२. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ, र उहाँले परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम पूरा गर्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। तैपनि परमेश्वरको वचन र काम सबै बाइबलमा लेखिएका छन्, र बाइबलका सत्यताहरू पूरा र पूर्ण छन् भनेर पाष्टरहरू र एल्डरहरूले भन्छन्। तिनीहरू बाइबलदेखि बाहिर परमेश्वरको कुनै वचन र काम हुन सक्दैन, र बाइबलदेखि बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनेर भन्छन्। यो विषयलाई हामीले कसरी लिनुपर्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“अनि येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरी लेखिएमा, मलाई लाग्छ लेखिनुपर्ने पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्नेथिएनन्” (यूहन्ना २१:२५)।
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्। जित्नेलाई म गुप्त मन्न खान दिनेछु, र उसलाई सेतो ढुङ्गा दिनेछु, र त्यो ढुङ्गामा एउटा नयाँ नाम लेखिएको हुन्छ, र त्यो पाउनेलाई बाहेक अरू कसैलाई त्यो कुरा थाहा हुँदैन” (प्रकाश २:१७)।
“अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यी मोहोरहरू हटाउन को योग्य छ?’ भनेर उच्च सोरमा भनिरहेको मैले देखेँ। र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने नै। अनि म निकै रोएँ, किनभने न त त्यो पुस्तकलाई खोल्न र पढ्न योग्य कुनै मानिस भेटियो न त त्यसलाई हेर्ने। अनि धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, नरोऊ: हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्” (प्रकाश ५:१-५)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
बाइबलमा अभिलेख गरिएका कुराहरू सीमित छन्; तिनले परमेश्वरको कामलाई त्यसको सम्पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैनन्। चार वटा सुसमाचारमा जम्मा एक सयभन्दा कम अध्याय छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू लेखिएका छन्, जस्तै येशूले अन्जीरको रूखलाई सराप्नुभएको, पत्रुसले प्रभुलाई तीन पटक इन्कार गरेको, येशू आफ्नो क्रूसीकरण र पुनरुत्थानपछि चेलाहरूकहाँ देखा पर्नुभएको, उहाँले उपवासका बारेमा सिकाउनुभएको, प्रार्थनाका बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदका बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरूलाई नियुक्त गर्नुभएको, इत्यादि। तर, मानिसले तिनलाई खजानाझैँ महत्त्व दिन्छ, आजको कामलाई तीसँग तुलना समेत गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएको सबै काम यति मात्रै थियो भन्ने समेत विश्वास गर्छन्, मानौँ परमेश्वर यति मात्रै गर्न सक्षम हुनुहुन्थ्यो र योभन्दा बढी केही गर्न सक्नुहुन्नथ्यो। के यो बेतुके कुरा होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (१)
यदि तँ व्यवस्थाको युगको काम हेर्न, र इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने, तैँले पुरानो करार पढ्नैपर्छ; यदि तँ अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नैपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्वर देह बन्नुभएको छ र उहाँले चीनमा अरू चुनिएका मानिसहरू छान्नुभएको छ। परमेश्वर यी मानिसहरूमाथि काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई निरन्तरता दिनुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिनुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै सक्छन्। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी कामलाई अति पुरानो भएर ढुसी लागेको त्यो पुस्तकमा कसले अभिलेख गर्न सक्थ्यो र? वर्तमान काम इतिहास होइन, र यस्तो भएकाले, यदि तँलाई आजको नयाँ मार्गमा हिँड्ने इच्छा छ भने, तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। यो सबै तिमीहरूले बुझ्नुपर्ने कुरा हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन अझै पनि पुराना ऐतिहासिक अभिलेखहरूमाझ जिउने? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना अभिलेखहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरू पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् र वर्तमान काम होइनन् भनी प्रमाणित गर्छ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको एक पाना समेत अभिलेख नभए पनि, नयाँ मार्ग नै वर्तमान हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)
बाइबल एउटा इतिहासको पुस्तक हो, र यदि तैँले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको थिइस् भने, अनि यदि तैँले पुरानो करारको युगमा चाहिएको कुरालाई अनुग्रहको युगमा व्यवहारमा लागु गरेको भए, येशूले तँलाई अस्वीकार गर्नुहुनेथ्यो, र तँलाई दोषी ठहराउनुहुनेथ्यो; यदि तैँले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैँले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्गको प्रचार गर्नुभयो—जसको एउटा वचनका बारेमा पुरानो करारका कैयौँ अगमवाणीमा बिलकुलै उल्लेख गरिएको थिएन। उहाँले बाइबलअनुसार काम नगर्नुभएको मात्र होइन, उहाँले त एउटा अझ नयाँ बाटोमा पनि अगुवाइ गर्नुभयो र अझ नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, उहाँका शिक्षा, अनि उहाँको बोलीको अख्तियार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको पहुँचभन्दा बाहिर थिए। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के त्यो पुरानो करारमा उहाँको शिक्षा, साथै बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको शक्तिका बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानाजानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तर विकसित हुन दिनका लागि थिएन। उहाँको कामले बाइबललाई आधार बनाएको छ कि छैन भन्ने कुरालाई उहाँले कुनै ख्याल गर्नुभएन बरु उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो, त्यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको भ्रम थिएन र? के परमेश्वरले उहाँको काममा प्रावधानहरू लागु गर्नु आवश्यक हुन्छ? अनि के परमेश्वरले अगमवक्ताहरूका अगमवाणीअनुसार नै काम गर्नुपर्छ? आखिरकार, ठूलो के हो: परमेश्वर कि बाइबल? परमेश्वरले किन बाइबलअनुसार काम गर्नैपर्छ र? के परमेश्वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्ने हुन सक्छ? के परमेश्वर बाइबलबाट टाढा भएर अरू काम गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन अनुसार र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुहुन्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, बरु खुट्टा धुनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा नभएका होइनन् र? यदि येशूले पुरानो करार पालन गर्नुहुन्थ्यो भने, उहाँले यी प्रावधानहरू किन तोड्नुभयो? परमेश्वर र बाइबलमध्ये कुनचाहिँ पहिले आयो भन्ने कुरा तँलाई थाहा हुनुपर्छ! के उहाँ शबाथका प्रभु हुनुभएकाले बाइबलका परमप्रभु पनि हुन सक्नुहुन्न र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)
त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, र अनुग्रहको युगमा अरूहरूलाई कस्तो व्यवहार गर्नेभन्नेबारे अनुग्रहको युगका शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युगको काम थियो र त्यतिबेलाका चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। त्यस बेला, उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्वरका अभिप्राय कसरी पूरा गर्न खोज्ने भन्नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्त गर्न सक्छन्?
बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्वरको कामका अघिल्ला दुई चरणको गवाहीभन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्वरको कामको उद्देश्यको बुझाइ प्रदान गर्दैन। यसमा व्यवस्थाको युग र अनुग्रहको युगको दौरान परमेश्वरको कामका दुई चरण अभिलेख गरिएको छ भन्ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारमा इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गरिएको छ। नयाँ करारमा पृथ्वीमा येशूले गर्नुभएको काम अभिलेख गरिएको छ, जुन सुसमाचारका चार पुस्तकमा छ, र यसमा पावलको काम पनि अभिलेख गरिएको छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्वर इतिहासलाई फर्केर हेर्नुहुन्न! यसैले, यदि तँ केवल बाइबल बुझ्छस्, र आज परमेश्वरले गर्न चाहनुभएको कामबारे केही बुझ्दैनस् भने, र यदि तँ परमेश्वरमा विश्वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, तँलाई परमेश्वरको खोजी गर्नुको अर्थ थाहा छैन। यदि तँ इस्राएलको इतिहास अध्ययन गर्न, परमेश्वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहास अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तँ परमेश्वरमा विश्वास गर्दैनस्। तर आज, तँ परमेश्वरमा विश्वास गर्ने, तँ जीवन, र परमेश्वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नैपर्छ, र पवित्र आत्माको कामको दिशा खोज्नैपर्छ। यदि तँ पुरातत्वविद् भएको भए तैँले बाइबल पढ्न सक्नेथिस्—तर तँ होइनस्, तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)
मैले यहाँ व्याख्या गर्न चाहेको तथ्य के हो भने: परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो अनन्त रूपमा अक्षय र असीमित छ। परमेश्वर जीवन र यावत् थोकको स्रोत हुनुहुन्छ; कुनै पनि सृजित प्राणीले उहाँको भेउ पाउन सक्दैन। अन्त्यमा, मैले अझै पनि सबैलाई सम्झाउनैपर्छ: परमेश्वरलाई पुस्तकहरूमा, शब्दहरूमा, वा उहाँका विगतका वाणीहरूमा फेरि कहिल्यै सीमित नगर। परमेश्वरको कामको एक मात्र विशेषतालाई वर्णन गर्ने एउटै मात्र शब्द छ: नयाँ। उहाँ पुराना मार्गहरू लिन वा आफ्नो काम दोहोर्याउन मन पराउनुहुन्न; अझै बढी, उहाँ मानिसहरूले उहाँको आराधना गर्दा उहाँलाई कुनै निश्चित दायराभित्र सीमित गरून् भन्ने चाहनुहुन्न। परमेश्वरको स्वभाव यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्तभाषण