३. पावलले बोलेका “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो” (२ तिमोथी ३:१६) भन्‍ने वचनहरूको आधारमा धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले बाइबलका वचनहरू परमेश्‍वरका वचनहरू हुन् भनी विश्‍वास गर्छन्। तैपनि तपाईं बाइबलमा भएका सबै वचनहरू परमेश्‍वरका वचनहरू होइनन् भनी भन्नुहुन्छ। तपाईंले के भन्न खोज्नुभएको हो?

परमेश्वरका सान्दर्भिक वचनहरू:

आज, मानिसहरू सधैँ बाइबल नै परमेश्‍वर हुनुहुन्छ र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। साथै, तिनीहरू बाइबलका वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरद्वारा भनिएका थिए भनेर पनि विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबै के समेत सोच्छन् भने, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तक मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरको प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूको अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्र मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्दृष्टिका नतिजा थिए, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अर्ती र प्रोत्साहनका शब्दहरू थिए। ती पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, अनि तिनले यूहन्नाले देखेका दर्शनहरू झनै देखेका थिएनन्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र त्यस समयका अन्य मण्डलीहरूका लागि लेखिएका थिए। अनि त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू हुन्, अनि ती न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त ती पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती त तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका अर्ती, सान्त्वना र प्रोत्साहनका शब्दहरू मात्र हुन्। त्यसै गरी, ती पावलको त्यतिखेरका धेरै कामका अभिलेख पनि हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि, अनि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले तिनको सल्लाह सुनून् र प्रभु येशूको पश्चात्तापको मार्ग पछ्याऊन् भनेर लेखिएका थिए। चाहे ती त्यस समयका मण्डलीहरू होऊन् वा भविष्यका, पावलले कुनै पनि हिसाबले सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर भनेनन्, न त तिनले आफ्ना सबै शब्द परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। कुरा यति मात्र थियो कि, त्यस बेलाका मण्डलीहरूका परिस्थिति अनुसार, उनले दाजुभाइ तथा दिदीबहिनीहरूसँग सङ्गति गरे, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूमा आस्थाको प्रेरणा दिए, र तिनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि अर्ती दिए। तिनका शब्दहरू तिनको आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग गरिएको कामदार थिए, यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनैपर्थ्यो, मण्डलीहरूको काम गर्नैपर्थ्यो, र दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिबारे थाहा पाउनैपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि पत्रहरू लेखे। उनले मानिसहरूका लागि भनेका सबै शिक्षाप्रद र सकारात्मक कुरा सही थिए, तर तिनले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैनथे, र तिनले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे। यदि मानिसहरू एउटा व्यक्तिका अनुभवहरूका अभिलेखहरू र व्यक्तिका पत्रहरूलाई मण्डलीहरूलाई पवित्र आत्माले बोल्नुभएका वचनहरूका रूपमा लिन्छन् भने, त्यो एक अत्यन्तै गलत बुझाइ, र ठूलो ईश्‍वरनिन्दा हो! विशेष गरी पावलले मण्डलीहरूका लागि लेखेका पत्रहरूका हकमा यो कुरा साँचो हो, किनभने तिनका पत्रहरू त्यसबेलाका प्रत्येक मण्डलीको परिस्थिति र अवस्थाका आधारमा दाजुभाइ-दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई अर्ती दिनका लागि थिए, ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यस समयका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जागृत गर्नका लागि थिए। यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले तिनलाई दिएको बोझ पनि थियो भनेर भन्न सकिन्छ; आखिर, तिनी त्यस समयका मण्डलीहरूको अगुवाइ गर्ने प्रेरित थिए र मण्डलीहरूका लागि पत्रहरू लेख्नु र तिनीहरूलाई अर्ती दिनु तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल काम गर्ने प्रेरितको थियो, तिनी केवल परमेश्‍वरद्वारा पठाइएका प्रेरित थिए, अगमवक्ता थिएनन्, न त भविष्यक्ता नै थिए अनि तिनका लागि त आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन अत्यन्तै महत्त्वपूर्ण थियो। त्यसैले, तिनले पवित्र आत्माको तर्फबाट बोल्न सकेनन् र तिनका वचनहरू पवित्र आत्माका वचन थिएनन्, झन् ती परमेश्‍वरका वचनहरू हुन् भनेर भन्न सक्नु त परको कुरा हो, किनभने तिनी एक सृजित प्राणीबाहेक अरू केही थिएनन् र तिनी निश्चित रूपमा देहधारी परमेश्‍वर थिएनन्। तिनको पहिचान येशूको जस्तो थिएन। येशूका वचनहरू पवित्र आत्माका वचन थिए, ती परमेश्‍वरका वचनहरू थिए, किनभने उहाँको पहिचान ख्रीष्ट—परमेश्‍वरका पुत्रको थियो। पावललाई कसरी उहाँको बराबर मान्न सकिन्छ र? यदि मानिसहरू पावलका जस्ता पत्रहरू वा वचनहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरका रूपमा आराधना गर्छन् भने, तिनीहरूमा खुट्ट्याउने क्षमताको अत्यन्तै कमी छ भनेर मात्रै भन्न सकिन्छ। अझ गम्भीर शब्दमा भन्दा, के यो केवल ईश्‍वरनिन्दा होइन र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि मानिसहरू कसरी कुनै व्यक्तिका पत्रहरू र तिनले बोलेका वचनहरूका अभिलेखहरूलाई कुनै पवित्र पुस्तक वा स्वर्गीय पुस्तकजस्तो गरी तीसामु दण्डवत् गर्न सक्छन् र? के कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू त्यतिकै बोल्न सक्छ र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसैले, तँ के भन्छस्—तिनले मण्डलीहरूका लागि लेखेका पत्रहरू तिनका आफ्नै विचारहरूद्वारा दूषित हुन सक्दैनन् र? ती कसरी तिनका आफ्नै विचारहरूबाट आएका कुराहरूद्वारा दूषित हुन सक्दैनन् र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानका आधारमा मण्डलीहरूका लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातियाका मण्डलीहरूलाई एउटा पत्र लेखे, जसमा एउटा निश्चित राय थियो र पत्रुसले अर्को पत्र लेखे, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुन चाहिँ पवित्र आत्माबाट आएको थियो? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन। त्यसैले, तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बोकेका थिए भनेर मात्रै भन्न सकिन्छ, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कदलाई प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूका लागि तिनीहरूको भरणपोषण र साथको अनि मण्डलीहरूप्रति तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्छन् र तिनले मानव कामलाई मात्रै प्रतिनिधित्व गर्छन्—ती पूर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तँ तिनका पत्रहरू पवित्र आत्माका वचन हुन् भनी भन्छस् भने, तँ बेतुके होस् र तैँले ईश्‍वरनिन्दा गरिरहेको छस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालैका आत्मिक व्यक्तित्वहरूका संस्मरणहरू बराबर हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरू इत्यादि बराबरका हुन्। यति मात्र हो, हालैका आत्मिक व्यक्तित्वहरूका पुस्तकहरू नयाँ करारमा सङ्कलित गरिएका छैनन्, तैपनि यी मानिसहरूको सार एउटै थियो: तिनीहरू एक निश्चित अवधिको दौरान पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस थिए र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

पुरानो करारको व्यवस्थाको युगमा, यहोवाले उहाँका निम्ति अगमवाणी बोल्न, विभिन्न वंश र राष्ट्रलाई निर्देशनहरू दिन र यहोवाले गर्नुहुने कामको भविष्यवाणी गर्न ठूलो सङ्ख्यामा अगमवक्ताहरू खडा गर्नुभयो। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाद्वारा अगमवाणी गर्ने आत्मा दिइएको थियो। तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; ती त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। यी पुस्तकहरूले यहोवाद्वारा खडा गरिएका अगमवक्ताहरूद्वारा बोलिएका भविष्यवाणीको स्थान लिन सक्दैनन्; उदाहरणका लागि, उत्पत्ति र प्रस्थानका पुस्तकहरूलाई यशैयाको पुस्तक र दानिएलको पुस्तकसँग तुलना गर्न मिल्दैन। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। … यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यो पूर्णतया परमेश्‍वरबाट आएको हो, यो पवित्र आत्माको काम थियो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुरा त्यस समयको यहोवाको कामबारे मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबलमा भएका सबै कुरा परमेश्‍वर स्वयम्‌ले बोलेका वचनहरूको अभिलेख होइनन्। बाइबलले परमेश्‍वरको कामको अघिल्ला दुई चरणलाई मात्रै दस्ताबेजीकरण गर्छ, जसमध्ये एउटा भाग अगमवक्ताहरूका अगमवाणीहरूको अभिलेख हो र एउटा भाग युगौँयुगभरि परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूले लेखेका अनुभवहरू र ज्ञान हो। मानव अनुभवहरू मानिसको राय र ज्ञानद्वारा दूषित भएका हुन्छन् अनि यो अपरिहार्य कुरा हो। बाइबलका धेरै पुस्तकमा मानव धारणाहरू, मानव पूर्वाग्रहहरू र मानिसहरूको विकृत बुझाइ समावेश छन्। अवश्य नै, धेरैजसो वचन पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिका नतिजा हुन् र ती सही बुझाइहरू हुन्—तैपनि ती अझै पनि सत्यताका पूर्णतया सही अभिव्यक्तिहरू हुन् भनेर भन्न सकिँदैन। निश्चित कुराहरूबारे तिनीहरूका दृष्टिकोणहरू व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान वा पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही होइनन्। अगमवक्ताहरूका अगमवाणीहरूलाई परमेश्‍वर स्वयम्‌ले निर्देशन दिनुभएको थियो: यशैया, दानिएल, एज्रा, यर्मिया र इजकिएलजस्ता व्यक्तिहरूका अगमवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका थिए; यी मानिसहरू दर्शी थिए, तिनीहरूले अगमवाणीको आत्मा प्राप्त गरेका थिए र तिनीहरू सबै पुरानो करारका अगमवक्ता थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा प्राप्त गरेका यी मानिसहरूले धेरै अगमवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष रूपमा निर्देशन दिनुभएको थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू:

बाइबलको निर्माण कसरी भयो र यो कहिले अस्तित्वमा आयो? व्यवस्थाको युगमा, यहूदीहरूले पुरानो करारलाई मात्र पवित्रशास्‍त्रको रूपमा उल्लेख गर्थे। पछि, प्रभु येशूले मुक्तिको काम गर्नुभयो र त्यसको तीन सय वर्षपछि, केही मण्डलीका अगुवाहरूले परिषद् बोलाए अनि प्रभु येशूका चेला र प्रेरितहरूले लेखेका सबै पत्रहरूलाई सङ्‍कलन गरे। अन्तमा, धेरै सोच विचारपछि, तिनीहरूले तीमध्ये २७ ओटालाई नयाँ करारको प्रमाणित पुस्तकहरूको रूपमा छाने, जसलाई तिनीहरूले बाइबलको सम्पूर्ण विषयवस्तु बनाउनको निम्ति पुरानो करारसँग गाभे। नयाँ र पुरानो करारको व्युत्पत्तिका तथ्यहरू यिनै हुन्, अनि बाइबलको भित्री कथा यही हो। धेरै मानिसहरूले बाइबल परमेश्‍वरबाट आएको हो भनी विश्‍वास गर्छन्; पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रमा, विशेष रूपमा यसो भनिएको छ, “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो।” वास्तवमा, जब पावलले यी वचनहरू बोले, त्यस बेला नयाँ करारलाई पुस्तक बनाउन बाँकी नै थियो; यस सन्दर्भमा, पावलले उल्लेख गर्दै गरेको पवित्रशास्‍त्र पुरानो करार थियो, नयाँ करार होइन। यो एक तथ्य हो। तापनि आखिरी दिनहरूका मानिसहरूले पावलले उल्‍लेख गरेको पवित्रशास्‍त्रलाई सम्पूर्ण बाइबलको रूपमा—नयाँ र पुरानो करारको रूपमा लिन्छन्। यो कुरा तथ्यहरूसँग मेल खाँदैन। यो अपव्याख्या, भ्रम हो। यसको अतिरिक्त, के सबै पुरानो करार परमेश्‍वरको प्रेरणाबाट दिइएको भनेर दाबी गर्नु उचित हो? व्यवस्थाको युगको काम मोशालाई प्रयोग गरेर परमेश्‍वरले ल्याउनुभएको हो। पुरानो करारका पहिला पाँच पुस्तकहरू पनि मोशाद्वारा नै लेखिएका हुन्। उसले भन्दा बढी कसैले पनि व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएको कामलाई बुझेन भन्‍नु न्यायोचित नै हुन्छ। त्यसो भए, मोशाका पाँच पुस्तकहरूमा, के आफूले लेखेका वचनहरू सबै परमेश्‍वरको प्रेरणाबाट दिइएको भनेर मोशाले भनेका छन्? पहिलो कुरा, उनले यसो भनेका छैनन्। दोस्रो, व्यवस्थाको युगमा परमेश्‍वरद्वारा प्रयोग गरिएका कुनै पनि अगमवक्ताहरू—यशैया, यर्मिया, इजकिएल, दानिएल आदि जस्ता अगमवक्ताहरू—कसैले पनि यसो भनेका छैनन्। पावलले मात्रै पवित्र शास्‍त्रका पुस्तकहरू परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका हुन् भनी भनेका छन्। यदि पावल एक्लैले यसो भन्यो भने, यस्ता वचनहरू मान्य हुँदैनन्। यसैले हामीले कुनै पनि कुरालाई यी वचनहरूमा आधारित बनाउनु हुँदैन।

यसका अतिरिक्त, पत्रुस, पावल र अरू व्यक्तिले लेखेका पत्रहरूलाई मण्डलीहरूमा पठाउँदा तिनको बारेमा मण्डलीका दाजुभाइ र दिदीबहिनीहरूले के सोचे? तिनीहरूले यसो भनेका हुनसक्छन्, “यो दाजु वा भाइ पत्रुसको पत्र हो,” “यो दाजु वा भाइ पावलको पत्र हो,” “यो मत्तीको पत्र हो।” … त्यस बेला कसैले प्रेरितहरूका यी पत्रहरूलाई परमेश्‍वरको वचनको रूपमा लिए होलान्? बिलकुलै लिएनन्, किनकि पत्रुस, मत्ती र अरू कसैले आफू परमेश्‍वर भएको वा देहधारी भएको कुरा गरेनन्; तिनीहरूले प्रभु येशूमा विश्‍वास गर्छौं र प्रभु येशूका चेलाहरू हौं भनी भने, यसैले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दाजु-भाइको रूपमा र तिनीहरूका पत्र र वचनहरूलाई दाजु-भाइको सङ्‍गति र गवाहीको रूपमा लिए। यो सम्पूर्ण रूपमा सही छ र ऐतिहासिक तथ्यहरू अनुरूप छ। तर आज, सबै सम्प्रदायहरूका मानिसहरूले यी प्रेरितहरूका वचनहरूलाई परमेश्‍वरको प्रेरणाबाट आएको वचनको रूपमा लिन्छन्। तिनीहरूले तिनलाई परमेश्‍वरका वचनहरूको रूपमा लिन्छन् र तिनलाई परमेश्‍वरका वचनहरू समान राख्छन्। के यो ऐतिहासिक तथ्यहरूको विपरीत छैन र? मानिसहरूका यी वचनहरूलाई परमेश्‍वरका वचनहरूको रूपमा लिनुमा कुनै गल्ती भएको कुरा तिनीहरूले महसुस गर्दैनन्। जब मानिसहरूले तिनीहरूको गल्तीलाई औँल्याउँछन्, तिनीहरूले आफ्नो बचाउमा बाइबलमा भएका पावलका वचनहरूलाई देखाउँछन्—तर पावलका वचनहरूमा कुनै आधार छ र? प्रेरितहरूका पत्रहरूमा, पत्रुसले पावलका पत्रहरूमा पवित्र आत्माका प्रकाशहरू र काम छन् भनी भनेका थिए। तर पावलका वचनहरू पवित्र आत्माद्वारा प्रेरित हुन् र तिनलाई परमेश्‍वरको वचनको रूपमा लिनुपर्छ भनेर पत्रुसले कहिले पनि भनेनन्, अनि पावलले आफ्ना वचनहरू परमेश्‍वरबाट प्रेरणाप्राप्त छन् भन्‍ने हिम्मत गरेनन्। न त पावल न त पत्रुसले आफ्ना वचनहरूलाई परमेश्‍वरका वचनहरू हुन् भनेर गवाही दिए, यसैले आखिरी दिनहरूका विश्‍वासीहरूले कसरी तिनीहरूका वचनहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा लिन सक्छन्? तिनीहरूले के गल्ती गरिरहेका छन्? यी पक्षधरहरूको व्याख्याहरू सही छन्? यो कति हास्यास्पद गल्ती हो भन्‍ने कुरा तिनीहरूलाई महसुस हुँदैन, तिनीहरूले यसलाई देख्‍न सक्दैनन्, यसले तिनीहरू सत्यता विहीन छन् भन्‍ने देखाउँछ। तापनि मानिसहरूले अझ पनि आँखा चिम्लेर आराधना र विश्‍वास गर्छन्; तिनीहरूले जे भने तापनि, मानिसहरूले त्यसैलाई विश्‍वास गर्छन्। यसमा, मानिसहरूमा अविश्‍वसनीय रूपमा समझको कमी छैन र? धर्मका मानिसहरूले बाइबलमा अन्धो विश्‍वास गर्छन्, तिनीहरूले बाइबलको आराधना गर्छन्, तिनीहरूले यसलाई परमेश्‍वरभन्दा पनि बढी सम्मान गर्छन्, तिनीहरूले बाइबलले परमेश्‍वरको प्रतिनिधित्व गर्छ भन्‍ने विश्‍वास गर्छन्, अनि तिनीहरूले हरेक कुरालाई बाइबलमा आधारित बनाउँछन्। तिनीहरूले यो हदसम्म बाइबलको आराधना गर्नु र अन्ध विश्‍वास राख्‍नु हास्यास्पद कुरा होइन र? अनि बाइबलमाथि तिनीहरूको अन्धविश्‍वासले कस्तो रूप लिन्छ? तिनीहरूले यसलाई ऐतिहासिक तथ्यअनुसार लिन सक्दैनन् र तिनीहरूले सत्यतालाई पछ्याउँदैनन् र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको खोजी गर्दैनन्। बरु, तिनीहरूले आँखा चिम्लेर प्रख्यात व्यक्तिहरूमाथि भरोसा राख्दै, स्वीकार गर्दै र तिनीहरूमध्ये कसैले भनेको कुरालाई कठोर रूपमा व्यावहारिक प्रयोग गर्दै तिनीहरूको आराधना गर्छन्। के मानिसका वचनहरू कहिले पनि गलत हुँदैनन् भन्‍ने हुनसक्छ?। के पावलले भनेको हरेक कुरा सही हुन सक्छ?। पावल मानिस थियो—र मानिसको रूपमा, कसरी ऊ दोषरहित हुन सक्थ्यो? यसैले, मानिसहरूले प्रेरितहरूका पत्रहरूलाई परमेश्‍वरका वचनहरू समान ठान्‍नु गम्भीर गल्ती हो। बाइबलमा, परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन् अनि मानिसहरूका वचनहरू मानिसहरूका वचनहरू नै हुन्। यी दुईलाई बराबरी रूपमा लिन सकिँदैन। त्यसो भए बाइबलमा भएका परमेश्‍वरका वचनहरू कुन-कुन हुन्? यहोवा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका सबै वचनहरू, यहोवा परमेश्‍वरले हस्तान्तरण गर्नु भनी अगमवक्ताहरूलाई निर्देशन दिनुभएका कुराहरू, र प्रभु येशूले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू—यी मात्र परमेश्‍वरका वचनहरू हुन्। अनि अगमवक्ताहरूले बाइबलमा बोलेका सबै वचनहरूमा के विशिष्टता छ भन्‍ने तिमीहरूलाई लाग्छ? तिनीहरू सबैले भने, “यहोवा यसो भन्‍नुहुन्छ” र “यहोवाले यसो भन्‍नुभयो।” तिनीहरूले यसो भनेनन्, “म दानिएल (वा यशैया) यसो भन्छु।” अगमवक्ताहरूले परमेश्‍वरका मूल सन्देशहरूलाई हस्तान्तरण गरिरहेका थिए भन्‍ने कुरा यसले मानिसहरूको लागि स्पष्ट पार्छ। यसैले, अगमवक्ताहरूद्वारा परमेश्‍वरले हस्तान्तरण गर्नुभएका मूल वचनहरू मात्र परमेश्‍वरका वचनहरू हुन्, यहोवा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू मात्रै परमेश्‍वरका वचनहरू हुन्, अनि प्रभु येशूले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू मात्र परमेश्‍वरका वचनहरू हुन्। यी बाहेक कुनै पनि कुरा परमेश्‍वरका वचनहरू होइनन्; प्रेरितहरूले बोलेका वचनहरू र परमेश्‍वरका दासहरूले अभिलेख राखेका घटनाहरू केवल मानिसहरूका गवाही मात्र हुन्।

—माथिबाट दिइएको सङ्गतिबाट उद्धृत गरिएको

अघिल्लो: २. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम पूरा गर्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। तैपनि परमेश्‍वरको वचन र काम सबै बाइबलमा लेखिएका छन्, र बाइबलका सत्यताहरू पूरा र पूर्ण छन् भनेर पाष्टरहरू र एल्डरहरूले भन्छन्। तिनीहरू बाइबलदेखि बाहिर परमेश्‍वरको कुनै वचन र काम हुन सक्दैन, र बाइबलदेखि बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनेर भन्छन्। यो विषयलाई हामीले कसरी लिनुपर्छ?

अर्को: ४. मैले बीस वर्षभन्दा बढी समयदेखि बाइबल अध्ययन गर्दैआएको छु। बाइबललाई ४० जनाभन्दा बढी विभिन्न लेखकहरूद्वारा फरक-फरक समयमा लेखिएको भए पनि यसमा एउटै पनि त्रुटि छैन भन्‍ने मैले थाहा पाएको छु। यसले परमेश्‍वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ, र धर्मशास्त्रका सबै पुस्तकहरू पवित्र आत्माबाट आएका हुन् भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्