१. आजको संसार साँच्चै झन्-झन् अँध्यारो हुँदै गइरहेको छ, र मानवजाति झन् बढी भ्रष्ट हुँदैछ। संसार पतन हुँदैछ, नैतिकता हराएको छ, परमेश्‍वरमा विश्‍वास गर्ने र सही बाटोमा हिँड्ने असल मानिसहरूलाई धम्की दिइन्छ, थिचोमिचो गरिन्छ, र सताइन्छ, जबकि ती चापलुसीकार र हिनामिना गर्ने, जसले हरप्रकारका दुष्ट कामहरू गर्छन् तिनीहरूको उन्नति हुन्छ। संसार किन यति अँध्यारो, यति दुष्ट छ? मानवजातिको भ्रष्टता चरम सीमामा पुगिसकेको छ—के अब मानिस परमेश्‍वरद्वारा नाश पारिने समय आएको हो?

१) किन संसार यति अँध्यारो र दुष्ट छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“सारा संसार दुष्टतामा छ” (१ यूहन्‍ना ५:१९)

“अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए। किनभने दुष्ट कार्य गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, न त त्यो ज्योतिमा आउँछ, नत्रता त्यसका कार्यहरूको निन्दा गरिन्छ” (यूहन्‍ना ३:१९-२०)

परमेश्वरका सान्दर्भिक वचनहरू:

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। … यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्‍च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्‍ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्‍याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्‍वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको देखा पराइलाई इच्छापूर्वक खोज्ने व्यक्ति त झन् छँदै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्‍वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्‍ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ र? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै,[१] निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका छन्? मानव संसारका मामिलाबारे तिनीहरूले कसरी बुझ्ने सके तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण गर्छन् र लुट्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई अचेत होउन्जेल लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई छाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्‍म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

फूटनोटहरू:

१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।

२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।


जो व्यक्तिहरू दियाबलसहरूका हुन् तिनीहरू सबै आफ्ना लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूले बारम्बार दोहोर्‍याएर भनेका चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र यी विषको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्‍ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरेर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्‍न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्‍न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्‍ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्‍नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आत्म-आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्‍न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्‍वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

मानिस परमेश्वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डहरूमा हिँडेको छ, तैपनि परमेश्‍वर यावत् थोक र जीवित प्राणीहरूको नियतिमाथि सार्वभौम हुनुहुन्छ भनी उसले जान्दैन, न त परमेश्‍वरले यावत् थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्‍ने नै उसले जान्दछ। यसलाई वर्तमान समयको मानिस अनि अति प्राचीनकालको मानिसले समेत बुझेको छैन। यसो हुनुको कारण परमेश्‍वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन, न त परमेश्‍वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्‍वरबाट अति टाढा भएको कारण हो, यो यति टाढा छ कि मानिसले परमेश्‍वरलाई पछ्याउँदा पनि ऊ शैतानको सेवामा रहन्छ र उसलाई यो कुरा अझै थाहा छैन। परमेश्‍वरका कदमहरू र परमेश्‍वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्‍वरको हेरचाह र सुरक्षामा बाँच्न इच्छुक छैन। बरु, यस संसारसँग र यो दुष्‍ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग समायोजित हुनका लागि तिनीहरू शैतान र दियाबलसहरूको क्षय स्विकार्न इच्छुक हुन्छन्। यस अवस्थामा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई चढाउने भेटी र शैतानको खाद्य पदार्थ बन्छ। अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ, साथै त्यसको यथोचित खेल मैदान बनेको छ। यसरी मानिसले आफ्ना मानव आचरणका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइ थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्‍वरका व्यवस्थाहरू अनि परमेश्‍वर र मानिस बीचको करार क्रमिक रूपमा धुमिल्लिँदै जान्छ र उसले परमेश्‍वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दै जाँदा, मानिसले परमेश्‍वरले उसलाई सृष्‍टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ, न त उसले परमेश्‍वरको मुखबाट निस्केको वचन र परमेश्‍वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्‍वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…। परमेश्‍वरले सुरुमा सृष्‍टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको दुःखान्त यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

२) मानवजाति भ्रष्टताको उचाइमा पुगेकोले, के यसलाई नाश पारिनुपर्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अनि परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए। अनि परमेश्‍वरले नोआलाई भन्‍नुभयो, मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु” (उत्पत्ति ६:१२-१३)

“अनि नोआको दिनमा जस्तै, मानिसको पुत्रको दिनमा पनि हुनेछ। नोआ जहाजमा चढ्‍ने दिनसम्म र बाढी आएर तिनीहरू सबैलाई नष्ट नपारुञ्‍जेलसम्म तिनीहरूले खाए, तिनीहरूले पिए, तिनीहरूले पत्‍नीहरू विवाह गरे, तिनीहरू विवाहबारीमा लागिरहे। त्यसै गरी, लोतको समयमा जस्तै: तिनीहरूले खाए, तिनीहरूले पिए, तिनीहरूले बेचबिखन गरे, तिनीहरूले रोपाइँ गरे, तिनीहरूले निर्माण गरे: तर लोत सदोमबाहिर निस्केको दिन नै स्वर्गबाट आगो र गन्धक बर्सियो र तिनीहरू सबैलाई नष्ट गर्‍यो। मानिसको पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ” (लूका १७:२६-३०)

“जब दुष्टहरू घाँस जस्तै पलाउँछन्, र जब अधर्म गर्नेहरू सबै फस्टाउँछन्; तब तिनीहरूलाई सदाको लागि नष्ट गरिनेछ” (भजनसंग्रह ९२:७)

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वरले गर्ने हरेक काम सूक्ष्मताका साथ योजना गरिन्छन्। जब उहाँले भइरहेको कुनै कुरा वा परिस्थितिलाई हेर्नुहुन्छ, त्यसको मापन गर्ने मापदण्ड उहाँको नजरमा हुन्छ र त्यसको सामना गर्नको निम्ति उहाँले कुनै योजना सुरु गर्नुपर्छ कि पर्दैन अथवा त्यस कुरा वा परिस्थितिको सामना गर्नको निम्ति कुन तरिका अवलम्बन गर्नुपर्छ भ‍न्‍ने कुराको निर्धारण त्यही मापदण्डले गर्छ। सबै कुराप्रति उहाँ उदासीन वा भावना विहीन हुनुहुन्‍न। वास्तविकता यसको ठीक विपरीत छ। परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने कुरालाई व्यक्त गर्ने एउटा पद यहाँ छ: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु।” परमेश्‍वरले यसो भन्‍नुहुँदा के उहाँले मानवलाई मात्र नष्ट गर्दै हुनुहुन्थ्यो भन्‍ने अर्थ यसले दिन्छ? होइन! उहाँले शरीर भएका सबै जीवित प्राणीहरूलाई नष्ट गर्न गइरहनुभएको थियो भनी परमेश्‍वरले भन्नुभयो। परमेश्‍वरले किन विनाशको चाहना गर्नुभयो? यहाँ परमेश्‍वरको स्वभावको अर्को प्रकाश छ: परमेश्‍वरको नजरमा, मानिसको भ्रष्टता, देहका सबै प्राणीहरूको फोहोरीपन, हिंसा र विद्रोहीपनप्रति उहाँको धैर्यको सीमा छ। उहाँको सीमा के हो? यो परमेश्‍वरले भन्‍नुभए जस्तै हो: “परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए।” यो “किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए” भन्‍ने वाक्यांशको अर्थ के हो? यसको अर्थ यही हो, परमेश्‍वरलाई पछयाउनेहरू, परमेश्‍वरको नाम पुकार्नेहरू, परमेश्‍वरलाई होमबली चढाउनेहरू, परमेश्‍वरलाई मुखले स्वीकार गर्ने र परमेश्‍वरको स्तुति गर्नेहरू लगायत कुनै पनि जीवित प्राणीहरू—तिनीहरूको व्यवहार भ्रष्टताले पूर्ण भएर त्यो परमेश्‍वरको नजरमा पुगेपछि, उहाँले तिनीहरूलाई पनि नष्ट गर्नुपर्ने हुन्थ्यो। त्यही नै परमेश्‍वरको सीमा थियो। त्यसो भए मानिस र देहका सारा प्राणीहरूको भ्रष्टतासँग परमेश्‍वर कुन हदसम्म धैर्य रहनुभयो? सबै मानिसहरू, चाहे तिनीहरू परमेश्‍वरका अनुयायीहरू होऊन् वा विश्‍वास नगर्ने मानिसहरू होऊन्, तिनीहरू सही बाटोमा नहिँडुञ्‍जेलसम्म। त्यो हदसम्म, जब चाहे परमेश्‍वरका अनुयायीहरू हुन् वा गैरविश्‍वासीहरू, ती सबै मानिसहरू सही मार्गमा हिँडिरहेका थिएनन्। त्यो हदसम्म, जब मानिस नैतिक रूपमा भ्रष्ट भई दुष्टताले पूरै भरिएको थियो, र परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने कोही थिएन, र संसार परमेश्‍वरको सार्वभौमिकतामुनि छ र परमेश्‍वरले मानिसहरूका लागि ज्योति र सही मार्ग ल्याउन सक्‍नुहुन्छ भनेर विश्‍वास गर्ने त झनै कोही थिएन। यो हदसम्म कि मानिसले परमेश्‍वरको अस्तित्वलाई घृणा गर्‍यो र परमेश्‍वरलाई अस्तित्वमा रहन दिएन। जब मानिसको भ्रष्टता यस बिन्दुमा पुग्यो, तब परमेश्‍वरले उप्रान्त आफ्नो धैर्य कायम राख्‍न सक्‍नुभएन। केले यसलाई प्रतिस्थापन गर्नेछ? परमेश्‍वरको रिस र परमेश्‍वरको दण्डको आगमनले।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

उत्पत्ति १९:१-११  अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५  त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

…………

मानव दृष्टिकोणबाट हेर्दा, सदोम मानिसको चाहना र मानिसको दुष्टतालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने सहर थियो। हरेक रात सङ्गीत र नृत्यद्वारा मनोहर र मोहित गराउने यसको सम्‍पन्‍नताले मानिसहरूलाई मोह र पागलपनमा पार्थ्यो। यसको दुष्टताले मानिसहरूको हृदयलाई बिगार्दै जान्थ्यो र तिनीहरूलाई मोहित पारी भ्रष्टतामा लैजान्थ्यो। यो अशुद्ध र दुष्ट आत्‍माहरूले व्याप्त सहर थियो; यो सहर पाप र हत्याले भरिएको थियो र हावा रक्ताम्मे, सडिएर दुर्गन्धित भएको थियो। यो यस्तो सहर थियो जसले मानिसहरूको आङ सिरिङ्ङ पार्थ्यो, यस्तो सहर जहाँ व्यक्ति सन्त्रासले खुम्चन्थ्यो। यो सहरका कसैले पनि—चाहे पुरुष हुन् वा स्त्री, जवान हुन् वा वृद्ध—साँचो मार्गको खोजी गर्दैनथिए; कसैले पनि ज्योतिको चाहना गर्दैनथिए वा पापबाट टाढा जाने इच्‍छा गर्दैनथिए। तिनीहरू शैतानको नियन्त्रण, शैतानको भ्रष्टता र छलको दबाबमा जिउँथे। तिनीहरूले आफ्‍नो मानवता गुमाएका थिए, तिनीहरूले आफ्‍नो समझ गुमाएका थिए, र तिनीहरूले मानिसको अस्तित्वको मूल लक्ष्यलाई गुमाएका थिए। तिनीहरूले परमेश्‍वरको विरोध गर्दै अनगिन्ती दुष्कर्महरू गरेका थिए; तिनीहरूले उहाँको अगुवाइलाई इन्कार गर्थे र उहाँको इच्‍छाको विरोध गर्थे। तिनीहरूका दुष्कर्महरूले नै यी मानिसहरूलाई, यो सहर र यसभित्रका हरेक जीवित प्राणीलाई एक-एक कदम गरी विनाशको मार्गमा लगिरहेको थियो।

यी दुई खण्डले परमेश्‍वरका दुई जना सेवक सहरमा आइपुगेपछि यिनीहरूप्रति सदोमका मानिसहरूको व्यवहारको विवरण दिएको तर ती मानिसहरूको भ्रष्टताको हदको बारेमा सारा विवरणहरू अभिलेख नगरेको भए तापनि, सदोमका मानिसहरू कति हदसम्‍म भ्रष्ट, दुष्ट र परमेश्‍वरका विरोधी थिए भनी प्रकट गर्ने एउटा सरल तथ्य छ। यसले यो सहरका मानिसहरूको साँचो रूप र सारलाई पनि खुलासा गर्छ। यी मानिसहरूले परमेश्‍वरका चेतावनीहरूलाई स्वीकार गर्न नमानेका मात्र होइन, तिनीहरूले त उहाँको दण्डको डर पनि मानेनन्। यसको विपरीत, तिनीहरूले परमेश्‍वरको रिसको गिल्‍ला गरे। तिनीहरूले अन्धाधुन्ध परमेश्‍वरको विरोध गरे। उहाँले जे गर्नुभए पनि वा जसरी गर्नुभए पनि, तिनीहरूको भ्रष्ट प्रकृति झन्-झन् तीव्र मात्रै हुँदै गयो, र तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरोध गरे। सदोमका मानिसहरू परमेश्‍वरको अस्तित्व, उहाँको आगमन, उहाँको दण्ड, र त्योभन्दा पनि बढी उहाँका चेतावनीहरूप्रति शत्रुवत् थिए। तिनीहरू अत्यन्तै अहङ्कारी थिए। तिनीहरूले निल्‍न सकिने र हानि गर्न सकिने सबै मानिसहरूलाई निल्थे र हानि गर्थे, र तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई पनि त्यस्तै व्यवहार गर्थे। सदोमका मानिसहरूले गरेका सारा दुष्कर्महरूको विषयमा कुरा गर्दा, परमेश्‍वरका सेवकहरूलाई हानि गर्ने कार्य त एउटा सानो झलक मात्रै थियो, र त्यसरी प्रकट भएको तिनीहरूको दुष्ट प्रकृति विशाल समुद्रको सानो थोपाजस्तो मात्रै थियो। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई आगोद्वारा नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले बाढीको प्रयोग गर्नुभएन, न त उहाँले यस सहरलाई नष्ट गर्न आँधीबेहरी, भूकम्प, सुनामी, वा अरू कुनै तरिकाको नै प्रयोग गर्नुभयो। यस सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले आगोको प्रयोग गर्नुभएको तथ्यले के सङ्केत गर्‍यो? यसको अर्थ सहरको पूर्ण विनाश भयो भन्‍ने हो; यसको अर्थ सहर पृथ्वीबाट र अस्तित्वबाट पूर्ण रूपमा विलय भयो भन्‍ने हो। यहाँ, “विनाश” ले सहरको स्वरूप र संरचना वा बाहिरी स्वरूप विलय हुनुलाई मात्रै जनाउँदैन; यसको अर्थ पूर्ण रूपमा नष्ट गरिइसकेपछि, सहरभित्रका मानिसहरूको आत्मा पनि अस्तित्वमा रहेन भन्‍ने हुन्छ। सरल रूपमा भन्दा, त्यस सहरसँग सम्‍बन्धित सबै मानिसहरू, घटना र थोकहरू सबै नष्ट भए। त्यस सहरका मानिसहरूका निम्ति अर्को कुनै जीवन वा पुनर्जन्‍म हुनेवाला थिएन; परमेश्‍वरले तिनीहरूलाई उहाँको सृष्टिको मानवताबाट सारा अनन्तसम्‍मका लागि विलय गर्नुभएको थियो। आगोको प्रयोगले यस स्थानमा पाप नियन्त्रित गरियो, र त्यहाँ त्यो अन्त्य भयो भन्‍ने अर्थ दियो; यो पाप अस्तित्वमा नरहने र नफैलनेवाला थियो। यसको अर्थ, शैतानको दुष्टताले यसको भरणपोषणको भूमि साथै बस्‍न र जिउन स्थान दिने समाधि स्थल गुमाएको थियो। परमेश्‍वर र शैतानको युद्धमा, परमेश्‍वरले आगोको प्रयोग गर्नु उहाँको विजयको छाप हो, जसद्वारा शैतानलाई चिन्हांकित गरिन्छ। सदोमको विनाश मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै परमेश्‍वरको विरोध गर्ने शैतानको महत्वाकांक्षाको एउटा ठूलो भूल हो, त्यसैगरी यो मानवजातिको विकास क्रममा मानिसले परमेश्‍वरको अगुवाइ इन्कार गरेको र आफैलाई पापकर्ममा डुबाएको त्यो समयको लाजको प्रतीक पनि हो। यसको साथै, यो परमेश्‍वरको धर्मी स्वभावको साँचो प्रकाशको विवरण हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

यो मानवजाति अत्यन्तै भ्रष्ट बनेको थियो। यी मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा तिनीहरू स्वयम्‌ कहाँबाट आएका थिए भन्‍ने थाहा थिएन। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको बारेमा उल्‍लेख गर्थिस् भने, तिनीहरूले आक्रमण, मानहानि, र ईश्‍वर-निन्दा गर्नेथिए। परमेश्‍वरका सेवकहरू उहाँको चेतावनी फैलाउन आउनुहुँदा समेत, यी भ्रष्ट मानिसहरूले कुनै पश्‍चात्तापको सङ्केत नदेखाएको र तिनीहरूको दुष्ट व्यवहारलाई नत्यागेको मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले त निर्धक्‍क भई परमेश्‍वरका सेवकहरूलाई हानि गरे। तिनीहरूले जे व्यक्त गरे र प्रकट गरे त्यो परमेश्‍वरप्रतिको तिनीहरूको चरम शत्रुवत् प्रकृति सार थियो। हामी देख्न सक्छौँ कि परमेश्‍वरको विरुद्धमा यी भ्रष्ट मानिसहरूको विरोध जसरी सत्यताको बुझाइको कमीबाट आउने निन्दा वा गिल्‍ला मात्रै थिएन, त्यसरी नै यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश मात्रै पनि थिएन। तिनीहरूको दुष्ट व्यवहारको कारण न त मूर्खता थियो न त अज्ञानता नै; तिनीहरू धोकामा परेकाले तिनीहरूले यस्तो कार्य गरेका थिएनन्, र अवश्य पनि तिनीहरूलाई बहकाइएकाले तिनीहरूले यसो गरेका थिएनन्। तिनीहरूको व्यवहार कुख्यात रूपमा परमेश्‍वरको विरुद्धमा गरिने निडर शत्रुताको कार्य, विरोध, र झगडाको स्तरमा पुगेको थियो। यसमा कुनै शङ्का छैन, यस प्रकारको मानव आचरणले परमेश्‍वरलाई क्रोधित तुल्याउनेवाला नै थियो, र यसले उहाँको स्वभावलाई क्रोधित तुल्याउनेछ—क्रोधित तुल्याउनै नहुने स्वभावलाई। त्यसकारण, परमेश्‍वरले प्रत्यक्ष र खुलेआम रूपमा उहाँको क्रोध र उहाँको प्रताप व्यक्त गर्नुभयो; यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश थियो। पापले भरिपूर्ण यस्तो सहरको सामना गर्दा, परमेश्‍वरले यसलाई जतिसक्दो चाँडो नष्ट गर्ने, यसभित्रका मानिसहरू र तिनीहरूको सम्पूर्ण पापलाई सबैभन्दा पूर्ण तवरले नष्ट गर्ने, यस सहरका मानिसहरूलाई अस्तित्व विहीन तुल्याउने र यस ठाउँको पापलाई वृद्धि हुनबाट रोक्‍ने इच्‍छा गर्नुभयो। यस कार्यलाई सबैभन्दा छिटो र सबैभन्दा पूर्ण तवरले गर्ने तरिका भनेको यसलाई आगोले जलाउनु थियो। सदोमका मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति परित्याग वा अवहेलना थिएन। बरु, उहाँले त यी मानिसहरूलाई दण्ड दिन, प्रहार गर्न, र पूर्ण रूपमा नष्ट गर्न आफ्‍नो क्रोध, प्रताप र अख्‍तियारको प्रयोग गर्नुभयो। तिनीहरूप्रतिको उहाँको मनोवृत्ति भौतिक विनाश गर्नु मात्रै थिएन बरु आत्माको विनाश, अनन्त विनाश गर्नु पनि थियो। परमेश्‍वरले “अस्तित्वबाट मेटिनु” भन्‍ने शब्‍दहरूद्वारा जे भन्‍न चाहनुहुन्छ त्यसको साँचो अर्थ यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

मानिस परमेश्वरसँग शत्रुवत् भएकोले उहाँ मानिसलाई घृणा गर्नुहुन्छ, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र कृपा कहिल्यै परिवर्तन हुँदैन। उहाँले मानवजातिको विनाश गर्नुभएको भए पनि, उहाँको हृदय अपरिवर्तित नै रहन्छ। जब मानवजाति भ्रष्टताले भरिन्छ र परमेश्‍वरप्रति गम्भीर हदसम्म विद्रोही हुन्छ, तब परमेश्‍वरले उहाँको स्वभाव र सारका कारण, र उहाँका सिद्धान्तहरूअनुसार, यस मानवजातिलाई नष्ट गर्नुपर्ने हुन्छ। तर परमेश्‍वरको सारका कारण उहाँ अझै पनि मानवजातिमाथि दया गर्नुहुन्छ, र तिनीहरू जिउन जारी राख्न सकून् भनेर मानवजातिलाई फिर्ता ल्याउन विभिन्‍न तरिकाहरू प्रयोग गर्न समेत चाहनुहुन्छ। तर, मानिसले, परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरविरुद्ध विद्रोह गर्न जारी राख्छ र परमेश्‍वरको मुक्ति स्वीकार गर्न इन्कार गर्छ; भन्नुको अर्थ, मानिसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्छ—परमेश्‍वरले उसलाई जसरी बोलाउनुभए पनि, उसलाई जसरी सम्झाउनुभए पनि, उसका निम्ति जसरी आपूर्ति गरिदिनुभए पनि, उसलाई जसरी सहायता गर्नुभए पनि, वा उसलाई जसरी सहनुभए पनि, मानिसले त्यो बुझ्दैन, वा ऊ त्यसको कदर गर्दैन, न त उसले कुनै ध्यान नै दिन्छ। परमेश्‍वरले आफ्नो पीडामा, मानिसलाई अझै पनि अधिकतम सहनशीलता प्रदान गर्न भुल्नुहुन्न, मानिस फर्किन्छ कि भनेर पर्खनुहुन्छ। उहाँ आफ्नो सीमामा पुग्नुभएपछि, बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुहुने क्षणदेखि मानवजातिको विनाश गर्ने काम औपचारिक रूपमा सुरु गर्नुहुने समयसम्म निश्‍चित समयावधि र प्रक्रिया हुन्छ। यो प्रक्रिया मानिस फर्किनका खातिर अस्तित्वमा हुन्छ, र यही नै परमेश्‍वरले मानिसलाई दिनुहुने अन्तिम मौका हो। त्यसोभए मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले भारी मात्रामा सम्झाउने र अर्ती दिने काम गर्नुहुन्छ। परमेश्‍वरको हृदय जतिसुकै पीडा र शोकमा भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

मानिसको भ्रष्टता, फोहोरीपन र हिंसाप्रति परमेश्‍वरको धैर्यको सीमा छ। उहाँ त्यो सीमामा पुगेपछि, उहाँले धैर्य गर्नुहुने छैन र बरु उहाँले उहाँको नयाँ व्यवस्थापन र नयाँ योजना सुरु गर्नुहुनेछ, उहाँले जे गर्नुपर्ने हो त्यो गर्न सुरु गर्नुहुनेछ, उहाँका कामहरू र उहाँको स्वभावको अर्को पक्ष प्रकट गर्नुहुनेछ। उहाँको यो कार्य उहाँ कहिले पनि मानिसबाट चोट पुर्याइनुहुन्न वा उहाँ अधिकार र क्रोधले पूर्ण हुनुहुन्छ भन्‍ने कुराको प्रदर्शनको निम्ति होइन, र यो उहाँले मानवजातिको विनाश गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा देखाउनको लागि होइन। यस प्रकारको मानवजाति उहाँको सामुन्‍ने जिएको, उहाँको प्रभुत्वमा जिएको कुरालाई उहाँको स्वभाव र उहाँको पवित्र सारले अनुमति दिँदैन वा धैर्य गर्दैन। तसर्थ, सारा मानवजाति उहाँको विरुद्धमा हुँदा, पृथ्वीमा मुक्त गर्न सक्ने कोही पनि नहुँदा यस्तो मानवजातिप्रति उहाँले धैर्य गर्नुहुनेछैन र कुनै पनि सन्देहविना नै यस्तो प्रकारको मानवजातिलाई नष्ट गर्ने योजना कार्यान्वयन गर्नुहुनेछ। परमेश्‍वरद्वारा गरिने यस्तो कार्यको निर्धारण परमेश्‍वरको स्वभावले गर्छ। यो आवश्यक परिणाम हो, र परमेश्‍वरको प्रभुत्वमा सृष्टि गरिएका हरेक प्राणीले सहनुपर्ने परिणाम हो। के यसले अहिलेको वर्तमान युगमा, आफ्नो योजना पूरा गर्न र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मुक्त गर्नको निम्ति परमेश्‍वरले पर्खनुहुन्‍न भन्‍ने देखाउँदैन र? यी परिस्थितिहरूमा, परमेश्‍वरले के कुराको सबैभन्दा धेरै वास्ता राख्‍नुहुन्छ? उहाँलाई पछ्याउँदै नपछ्याउनेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा उहाँको विरोध गर्नेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा प्रतिरोध गर्छन् वा मानवजातिले कसरी उहाँको निन्दा गर्दैछन् भन्‍ने कुरा होइन। उहाँलाई पछ्याउनेहरू, उहाँको व्यवस्थापन योजनामा उहाँका मुक्तिका पात्रहरूलाई उहाँले सिद्ध पार्नुभएको छ कि छैन, तिनीहरू उहाँको सन्तुष्टिको योग्य भएका छन् कि छैनन् त्यो कुरालाई मात्रै उहाँले वास्ता गर्नुहुन्छ। उहाँलाई पछ्याउने बाहेकका मानिसहरूलाई उहाँले आफ्नो क्रोध अभिव्यक्त गर्नको निम्ति दण्ड दिने काम विरलै मात्र गर्नुहुन्छ। उदाहरणको निम्ति: सुनामी, भूकम्प र ज्वालामुखीहरू। साथै, उहाँलाई पछ्याउनेहरू र उहाँले मुक्ति दिन लाग्‍नुभएका मानिसहरूलाई उहाँले मजबुत सुरक्षा र हेरचाह गर्दै हुनुहुन्छ। परमेश्‍वरको स्वभाव यही हो: एकातिर, उहाँले पूर्ण बनाउने अभिप्राय राख्‍नुभएका मानिसहरूप्रति उहाँ एकदमै धैर्य र सहन गर्न सक्‍नुहुन्छ, र उहाँले सकेसम्म तिनीहरूको निम्ति प्रतिक्षा गर्न सक्‍नुहुन्छ; अर्कोतिर, उहाँलाई नपछ्याउने र उहाँको विरोध गर्ने शैतान-जस्ता मानिसहरूलाई परमेश्‍वरले उत्कटतापूर्वक घृणा र हेला गर्नुहुन्छ। यस्ता शैतान-जस्ताहरूले उहाँलाई पछ्याऊन् कि नपछ्याऊन् वा उहाँको आराधना गरून् कि नगरून् भन्‍ने कुराको वास्ता उहाँ राख्‍नुहुन्‍न, तैपनि तिनीहरूप्रति उहाँको हृदयमा धैर्यता धारण गर्दै उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ र यी शैतान-जस्ताहरूको अन्त्य निर्धारण गर्दै गर्दा, उहाँको व्यवस्थापन योजनाका चरणहरूको आगमनको प्रतिक्षा पनि उहाँ गर्दै हुनुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

मेरो काम छ हजार वर्षसम्म मात्र रहन्छ, मैले के प्रतिज्ञा गरेँ भने सारा मानवजातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्ष नै रहनेछ। त्यसैले, अब समय आएको छ। म उप्रान्त न त यो जारी राख्नेछु न ढिलाइ नै गर्नेछु: आखिरी दिनहरूका अवधिमा मैले शैतानमाथि ठूलो विजय हासिल गर्नेछु, मैले मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा मेरो स्वामित्वमा रहेका सबै प्राणहरूलाई म फिर्ता लिनेछु, ताकि यी शोकाकुल प्राणहरू कष्टको समुद्रबाट उम्कन सकून्, यसरी पृथ्वीमा मेरो सम्पूर्ण काम समाप्त हुनेछ। यो दिन उप्रान्त, म पृथ्वीमा फेरि कहिल्यै देह बन्नेछैनँ, अनि सबथोकमाथि सार्वभौम रहेको मेरो आत्माले पृथ्वीमा काम गर्नेछैन। म पृथ्वीमा मानवजातिलाई फेरि सृजना मात्र गर्नेछु, पवित्रीकरण गरिएको र पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुने मानवजाति। तर तैँले के जान्नुपर्छ भने, म सम्पूर्ण संसारलाई नष्ट गर्नेछैनँ, न त म सारा मानवजातिलाई नै नष्ट गर्नेछु। म बाँकी रहेको एक-तिहाइलाई राख्‍नेछु—त्यो एक-तिहाइ जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा विजय गरिएको छ, र म यो एक-तिहाइलाई पृथ्वीमा फलदायी र वृद्धि हुने तुल्याउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए; तिनीहरूले मैले तिनीहरूलाई पोषण गर्न प्रयोग गर्ने प्रशस्त भेडा र गाईबस्तु, साथै पृथ्वीका सारा प्रचुरता पाउनेछन्। यो मानवजाति सदासर्वदा मेरो साथमा रहनेछ, तैपनि यो आजको अत्यन्तै फोहोर मानवजाति हुनेछैन, तर मद्वारा प्राप्त गरिएका सबै मानिसहरूको झुन्ड रहेको मानवजाति हुनेछ। त्यस्तो मानवजाति शैतानको हानि, बाधा वा घेराउमा पर्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा अवस्थित एक मात्र मानवजाति हुनेछ। यो त्यही मानवजाति हो जो आज मद्वारा विजय गरिएको छ र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। र त्यसकारण, आखिरी दिनहरूका अवधिमा विजय गरिएको मानवजाति त्यही मानवजाति पनि हो जो बाँकी रहनेछ र जसले मेरा अनन्त आशिष्हरू प्राप्त गर्नेछ। शैतानमाथि मेरो विजयको प्रमाण, र शैतानसितको लडाइँबाट प्राप्त भएका फल यही मात्र हुनेछन्। लडाइँका यी फल मद्वारा शैतानको शक्तिबाट बचाइएका हुन्, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र परिष्कृत नतिजा र फल हुन्। तिनीहरू प्रत्येक राष्ट्र र सम्प्रदायबाट, सारा ब्रह्माण्डभरिका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका हुन्छन्, तिनीहरूका विभिन्न भाषा, रीतिथिति र वर्ण हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक राष्ट्र र सम्प्रदायमा, र संसारको हरेक कुनामा समेत फैलिएका छन्। आखिरीमा, तिनीहरू पूर्ण मानवजाति निर्माण गर्न एकसाथ मिल्नेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि क्रोधको दिनबाट उम्कन सक्दैन

अघिल्लो: ३. आज, विपत्तिहरू बढ्दो कठोरतासाथ र बारम्‍बार आइरहेका छन्। यी चिन्‍हहरूले बाइबलमा अगमवाणी गरिएका आखिरी दिनहरूका ठूला-ठूला विपत्तिहरू सुरु हुन् लागेको सङ्केत गर्दछन्। हामी कसरी परमेश्‍वरको सुरक्षा प्राप्त गर्न र यी विपत्तिहरूको माझमा जीवित रहन सक्छौं?

अर्को: २. तपाईं आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसको न्याय गर्ने र उसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ भनी गवाही दिनुहुन्छ। सबैभन्दा आखिरीमा, उहाँले विजेताहरूको एउटा समूह प्राप्त गर्नुहुनेछ, र त्यसपछि यो पुरानो, दुष्ट युगलाई पूर्ण रूपले नाश पारेर मानिसलाई नयाँ युगमा डोऱ्याउनुहुनेछ। परमेश्‍वरले आखिरी दिनहरूको दौरान यो पुरानो, दुष्ट युगलाई कसरी नाश पार्नुहुनेछ भन्ने विषयमा कृपया तपाईंले अझ विस्तारमा सङ्गति गर्न सक्नुहुन्थ्यो कि?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्