३. आज, विपत्तिहरू बढ्दो कठोरतासाथ र बारम्‍बार आइरहेका छन्। यी चिन्‍हहरूले बाइबलमा अगमवाणी गरिएका आखिरी दिनहरूका ठूला-ठूला विपत्तिहरू सुरु हुन् लागेको सङ्केत गर्दछन्। हामी कसरी परमेश्‍वरको सुरक्षा प्राप्त गर्न र यी विपत्तिहरूको माझमा जीवित रहन सक्छौं?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ।

नोआले जहाज बनाएको समयलाई हेरौं: मानवजाति गहन रूपमा भ्रष्‍ट बनेको थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घृणित अनैतिकतामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले परमेश्‍वरको प्रतिज्ञालाई पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य थिए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोकहरूलाई पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरूमा सबै तर्कको कमी भयो र तिनीहरू मानवता बाहिर पुगेर भ्रष्‍ट बने र झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युको अति नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टतालाई घृणा गरे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टतालाई घृणा गरे।

अब वर्तमान युगलाई हेर्नुहोस्: परमेश्‍वरलाई आराधना गर्ने र दुष्‍टतालाई त्याग्‍ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै दयालु हुनुहुन्छ र यस अन्तिम युगको अवधिमा अझै तिनीहरूलाई क्षमा दिनुहुन्छ। परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ

परमेश्‍वर निनवेवासीहरूसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍ने बित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिलेको क्षणमा—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस तिनीहरूप्रतिको कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्षहरू एकैसाथ प्रकाश भएको भए पनि त्यो विरोधाभासपूर्ण भने छैन। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले यी दुई विपरीत-ध्रुवीय सारलाई व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र रिस उठाउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र मानिसहरूले बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्‍नो हातको हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीहरूलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदै-छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्‍ना हातको हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरूप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटीक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरू भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरू तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरूले पनि उनीहरूको पापबाट छुटकारा पाउने छैनन्; उनीहरू पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरूमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरू आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्त्व दिन्छु र उनीहरूको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातिको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरूलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरूलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरूलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरूप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरू सही छ र मैले गरेका सबै कार्यहरू मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहना हो। यो मानिसका कार्यले होइन, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जीवित प्राणीको पालनाहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाति नाश मात्रै हुँदै जानेछ र विपदको अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातिले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातिले कठ्याङ्ग्रिँदो चिसो रात र मृत्युको छायाको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र मुक्ति हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाति तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातिले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरूमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरूको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरूमाथि आइपर्ने विपत्तिबाट तिमीहरू कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरू मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरू विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

सबै किसिमका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्रहरू र ठाउँहरूले विपत्तिहरू अनुभव गर्नेछन्: विपत्ति, अनिकाल, बाढी, खडेरी, र भूकम्प सबैतिर हुनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यो एक वा दुई दिनमा सकिनेछन्; बरु, यी प्रकोपहरू अझ ठूला-ठूला ठाउँहरूमा फैलिनेछन्, र अझ बढी कठोर हुँदै जानेछन्। यस समयावधिमा, सबै किसिमका किराका विपत्तिहरू एकपछि अर्को गरी बढ्दै जानेछन्, नरभक्षी घटना जताततै हुनेछ। सबै राष्‍ट्रहरू र मानिसहरूमाथि यो मेरो न्याय हो। मेरा छोराहरू हो! तिमीहरूले विपत्तिहरूको पीडा वा कठिनाइ भोग्नु पर्दैन। मेरो यही चाहना छ, कि तिमीहरू चाँडै वयस्क बन, र सकेसम्म चाँडो तिमीहरूका काँधमा परेका बोझ उठाओ। तिमीहरू किन मेरो इच्छा बुझ्दैनौ? अगाडिको काम झन्-झन् कठिन हुँदैजानेछ। के तिमीहरूका हृदय यति कठोर छ कि तिमीहरू सबै काम मेरो हातभरि छोडेर, यो म आफैले कठिनाइसाथ गर्नका निम्ति मलाई छोडिदिन्छौ? म यसलाई अझ स्पष्ट रूपमा भन्छु: जसको जीवन परिपक्व हुन्छ तिनीहरू आश्रय स्थलमा प्रवेश गर्नेछन्, र कुनै पीडा वा कठिनाइ भोग्‍नेछैनन्। जसको जीवन परिपक्व भएको छैन तिनीहरूले पीडा र हानि भोग्नेछन्। मेरा वचनहरू स्पष्ट छन्, के ती छैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५

भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछन्—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्। यदि, सामान्य रूपमा, सत्यलाई अभ्यास गर्न र परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न तँ सक्षम भइस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने जाँचबाट पक्कै रक्षा गर्नुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्नेमा निर्भर रहन्छ। आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्, जसमा तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट बनाउँछस्, तैँले तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले नबुझ्ने केही कुरा भए पनि, तँ तेरो अभिप्रायहरू सच्याउन परमेश्‍वरको सामु आउँछस् र परमेश्‍वरको इच्छाको खोजी गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट बनाउनका लागि आवश्यक पर्ने सबै कुराहरू गर्छस्। सायद तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्नेछन्, तर तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट बनाउनेछ, र तैँले देहको सुखको लालसा गर्नेछैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, ठूलो जाँच आउँदा तेरो रक्षा हुनेछ।

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै जाँचहरू लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै कुराहरू अशुद्ध छन्, र धेरै कुराहरू पाखण्डीपूर्ण छन्, र मानिसहरूलाई शुद्ध पार्न परमेश्‍वरले उनीहरूको जाँच लिनुहुन्छ। तर यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस् भने, भविष्यमा आउने जाँचहरू तेरो लागि सिद्धता हुनेछ। यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन असक्षम छस् भने, भविष्यका जाँचहरूले तँलाई परीक्षा गर्नेछन्, र तँ अनजानमै ढल्नेछस्, र उक्त क्षणमा तँ आफूलाई सहयोग गर्न असक्षम हुनेछस्, किनभने तँ परमेश्‍वरको कार्य सँगसँगै अगाडि बढ्न सक्नेछैनस् र तँमा वास्तविक कद निहित छैन। र त्यसैले, यदि तँ भविष्यमा दह्रिलो भएर खडा हुन, परमेश्‍वरलाई अझ राम्ररी सन्तुष्ट बनाउन, र उहाँलाई अन्त्यसम्मै विश्‍वास गर्न चाहन्छस् भने, आज तैँले बलियो जग बसाउनुपर्छ। तैँले यावत् थोकमा सत्यको अभ्यास गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनुपर्छ र उहाँको इच्छाप्रति सचेत हुनुपर्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँभित्र एउटा जग बस्नेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय प्रेरित गर्नुहुनेछ, र उहाँले तँलाई विश्‍वास दिनुहुनेछ। जब कुनै दिन तेरो वास्तविक जाँच हुन्छ, तैँले केही पीडा सहनु पर्ने हुनसक्छ र कुनै निश्‍चित विन्दुसम्म तँलाई दुःख महसुस हुनसक्छ, र कठोर शोक सहनु पर्ने हुनसक्छ, मानौं तेरो मृत्यु नै भएको छ—तर परमेश्‍वरका लागि तेरो प्रेममा परिवर्तन हुनेछैन, र यो झनै गहिरो हुनेछ। परमेश्‍वरको आशीर्वाद यस्तो हुन्छ। यदि तँ परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुराहरू आज्ञाकारी हृदयका साथ स्वीकार गर्न सक्षम हुन्छस् भने, तैँले परमेश्‍वरबाट पक्कै पनि आशीर्वाद पाउनेछस्, र तँ परमेश्‍वरबाट आशीर्वाद प्राप्त गर्ने व्यक्ति बन्‍नेछस् र उहाँको प्रतिज्ञा पाउनेछस्। यदि, आज, तैँले अभ्यास गरिनस् भने, जब कुनै दिन तेरो जाँच हुनेछ, तँ आस्था वा प्रेमिलो हृदय विहीन हुनेछस्, र उक्त समयमा जाँचहरू नै परीक्षा बन्नेछन्, तँ शैतानको परीक्षा बीचमा भासिएको हुनेछस् र उम्किने कुनै बाटो हुनेछैन। आज, तँमाथि सानो जाँच आउँदा तँ दह्रिलो भएर खडा हुन सक्षम हुन सक्छस्, तर कुनै दिन तँमाथि ठूलो जाँच आइपर्दा तँ दह्रिलो भएर खडा हुन्छस् नै भन्ने जरुरी छैन। केही व्यक्तिहरू घमण्डी हुन्छन् र उनीहरू पहिले नै सिद्धताको नजिक छन् भनेर सोच्छन्। यस्तो समयमा तँ यदि गहिराइमा गइनस् र आत्मसन्तुष्ट नै भइरहिस् भने, तँ खतरामा हुनेछस्। आज, परमेश्‍वरले ठूला जाँचहरूको कार्य गर्नुहुन्न र सबै कुराहरू ठीकै रहेको जस्तो हुन्छ, तर जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तँमा पनि कमजोरी रहेछन् भनेर तँलाई थाहा हुन्छ, किनभने तेरो कद एकदमै सानो छ र तैँले ठूलो जाँच सहन सक्दैनस्। यदि तँ अहिले जस्तो छस् त्यस्तै रहिस् र तँ निष्क्रियताको अवस्थामा छस् भने, जब जाँच आउँछ, तँ पतन हुनेछस्। तिमीहरूले तिमीहरूको कद कति सानो छ भनेर प्रायजसो हेर्नुपर्छ; यसरी मात्रै तिमीहरूले प्रगति गर्न सक्छौ। यदि जाँचको दौरान मात्रै तैँले तेरो कद एकदमै सानो छ, कि तँभित्रको सानो कुरा मात्रै वास्तविक छ, र त परमेश्‍वरको इच्छाका लागि अपर्याप्त छस् भनेर देखिस् भने—यदि तैँले उक्त क्षणमा मात्रै यी कुराहरू बोध गरिस् भने, त्यति बेला एकदमै ढिलो भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र तिनीहरूलाई आफ्‍नो अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। … दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अघिल्लो: २. पाष्टरहरूले प्रायजसो हामीलाई भन्ने गर्छन्, एकपछि अर्को विपत्ति बर्सिए पनि हामी डराउनुपर्दैन, किनकि बाइबलले हामीलाई भन्छ: “तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन” (भजनसंग्रह ९१:७)। यदि हामी प्रभुमा विश्‍वास गर्छौं भने, र निरन्तर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, र एकसाथ भेला हुन्छौं भने हामीमाथि विपत्तिहरू आउनेछैनन्। तर कतिपय धार्मिक पाष्टरहरू र इसाईहरू यस्ता विपत्तिहरूमा मरेका छन्। तिनीहरू सबैले बाइबल पढ्थे, प्रार्थना गर्थे, र प्रभुको सेवा गर्थे, त्यसो भए परमेश्‍वरले तिनीहरूलाई किन रक्षा गर्नुभएन?

अर्को: १. आजको संसार साँच्चै झन्-झन् अँध्यारो हुँदै गइरहेको छ, र मानवजाति झन् बढी भ्रष्ट हुँदैछ। संसार पतन हुँदैछ, नैतिकता हराएको छ, परमेश्‍वरमा विश्‍वास गर्ने र सही बाटोमा हिँड्ने असल मानिसहरूलाई धम्की दिइन्छ, थिचोमिचो गरिन्छ, र सताइन्छ, जबकि ती चापलुसीकार र हिनामिना गर्ने, जसले हरप्रकारका दुष्ट कामहरू गर्छन् तिनीहरूको उन्नति हुन्छ। संसार किन यति अँध्यारो, यति दुष्ट छ? मानवजातिको भ्रष्टता चरम सीमामा पुगिसकेको छ—के अब मानिस परमेश्‍वरद्वारा नाश पारिने समय आएको हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्