१. सारा संसारमा विपत्तिहरू बारम्बार आइरहेका छन्, र आकारमा ती वृद्धि भइरहेका छन्, यसरी आखिरी दिनहरूको आगमनको घोषणा गर्दैछन्। बाइबलले भन्छ, “तर सबै कुराको अन्त्य नजिकै छ” (१ पत्रुस ४:७)। हामीलाई थाहा छ, जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ र मानिसहरूको अन्त्य निर्धारण गर्नुहुनेछ। त्यसो भए उहाँले कसरी असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ, र उहाँले मानिसहरूका अन्त्यहरू कसरी निर्धारण गर्नुहुनेछ?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरको सजाय र न्यायको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र तिनीहरूलाई आफ्‍नो अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो कि उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख खातामा एक—एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरूका बारेमा, उनीहरूले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गका बारेमा, उनीहरूको अन्तर्निहित विशेषताहरूका बारेमा, र उनीहरूले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन् त्यसको बारेमा लेख्छु। यसरी, ती मानिसहरू जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउने छैन, र उनीहरू सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरूले गर्ने कारुणिक आह्‍वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्य दुष्टकर्मका लागि प्रतिशोध लिइएको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही भविष्यमा अझ धेरै विनाश पारिने सम्भावनामा हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्‍वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एक अर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सारहरू खराब भएका र दृश्य परमेश्‍वरको अवज्ञा गर्नेहरू विनाशका पात्रहरू हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समय परमेश्‍वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, एउटा आमाबुबाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो भाग्य भोग्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाको कल्याण हुन्छ भने, उनीहरूका छोराछोरीहरूको पनि कल्याण हुनुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति आमाबुबाका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धार्मिक कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका आमाबुबाप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका आमाबुबाको सट्टामा धार्मिक कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धार्मिक आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू धर्मीहरू हुन्—यद्यपि दुष्टहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका आमाबुबाले दुष्ट काम गरे पनि। विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दो किसिमका प्राणीहरू हुन्। उनीहरूका कर्तव्यहरू पूरा गर्ने प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धार्मिक स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको सेवा गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धार्मिक स्वभावले कसैलाई पनि दया देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

अघिल्लो: ३. यहूदी धर्म र इसाई धर्ममा धेरै मानिसहरू छन् जसले साँचो परमेश्‍वरमा विश्‍वास गर्छन्, जसले मन्दिरहरू र मण्डलीहरूमा परमेश्‍वरको आराधना गर्छन्, र जो सबैको अगाडि धेरै धर्मी देखिन्छन्। कसै-कसैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार नगरे पनि, तिनीहरूले स्पष्ट रूपमा परमेश्‍वरको विरोध वा निन्दा गर्ने केही पनि गरेका छैनन्। के परमेश्‍वरले तिनीहरू जस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ?

अर्को: २. चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले पागलले झैँ सर्वशक्तिमान् परमेश्‍वरको निन्दा र विरोध गरेको छ, यस क्रममा धेरै अफवाह र भ्रामक कुराहरू फैलाएको छ। ती अफवाहहरू र भ्रामक कुराहरूलाई अन्धाधुन्ध स्वीकार गर्नेहरू, साँचो बाटोको खोजी र अनुसन्धान गर्न कुनै कोसिस नगर्नेहरूलाई परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुनेछ? तिनीहरूको अन्त्य कस्तो हुनेछ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्