३. यहूदी धर्म र इसाई धर्ममा धेरै मानिसहरू छन् जसले साँचो परमेश्‍वरमा विश्‍वास गर्छन्, जसले मन्दिरहरू र मण्डलीहरूमा परमेश्‍वरको आराधना गर्छन्, र जो सबैको अगाडि धेरै धर्मी देखिन्छन्। कसै-कसैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार नगरे पनि, तिनीहरूले स्पष्ट रूपमा परमेश्‍वरको विरोध वा निन्दा गर्ने केही पनि गरेका छैनन्। के परमेश्‍वरले तिनीहरू जस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ?

सन्दर्भका लागि बाइबल पदहरू:

“किनभने परमेश्‍वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्‍नो बाबु र आमाको आदर गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्‍नो बाबु वा आमालाई यसो भन्‍नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्‍नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्‍नो बाबु वा आमाको आदर गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्‍नो परम्‍पराद्वारा परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू हौ, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो आदर गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:४-९)

“मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समय परमेश्‍वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरलाई पछ्याउनुको प्रमुख महत्त्व भनेको सबै कुरा परमेश्‍वरको आजको वचन अनुसार नै हुनुपर्छ भन्‍ने नै हो: चाहे तैँले जीवनमा प्रवेशको खोजी गरिरहेको होस् वा परमेश्‍वरको इच्‍छाको पूर्णता नै, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनहरू वरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरको वचनको लागि अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुभएको कुरा भनेको उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छ्याउन सक्दैनस् भने, भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछ। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ यही नै हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू, परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट-भोग जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरको इच्‍छा अनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरूले परमेश्‍वरको इच्‍छाको निम्ति उपयुक्त केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूका बीचमा सेवा गर्छन्, अनि परमेश्‍वरको इच्‍छा अनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, र परमेश्‍वरको इच्‍छालाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वरले उहाँको आफ्‍नै हृदय अनुसारको सेवा चाहनुहुन्छ; उहाँले धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले बिथोल्छ र वाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरू अनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरू अनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्ने मात्रैहोइनन्, तर परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र अनाज्ञाकारीतालाई, अनि मानिसको स्वभावर सारलाई जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र साँचो मार्गलाई यथार्थ रूपमा पाएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले हो—यसको परिणाम स्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको न्याय गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ र इन्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो बिषय छैन, तर यदि मानिसहरूमा परमेश्‍वरको कामलाई पालना गर्ने र परमेश्‍वरको कामको खोजी गर्ने मन छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइलाई प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानी-जानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका वर्तमान वाणीहरूलाई पालन गर्न सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कार्यलाई प्राप्त गर्नेहरू नै सबैभन्दा आशिषितहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यही अनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन्, र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा, र पवित्र आत्‍माको कुनै पनि कार्य विहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू, र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन्, र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ, र दण्ड समेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन्, र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन्, र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्त अनुसार गर्ने बाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ, र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाको बारेमा तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रुवत बन्छन्, र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरले यहोवामा विश्‍वास गर्नेहरूको धर्मलाई के नाम दिनुहुन्छ? यहूदी धर्म। तिनीहरू एक प्रकारको धार्मिक समूह बने। अनि परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूको धर्मलाई कस्तो पदवी नाम दिनुहुन्छ? (इसाई धर्म।) परमेश्‍वरको नजरमा, यहूदी धर्म र इसाई धर्मले धार्मिक समूहहरूको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले तिनीहरूलाई किन त्यसरी परिभाषित गर्नुहुन्छ त? परमेश्‍वरले परिभाषित गर्नुभएका यी धार्मिक समूहहरूका सबै सदस्यहरूमाझ, के परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, उहाँको इच्छाअनुसार कार्य गर्ने, र उहाँको बाटो पछ्याउने कोही छ? (छैन।) यसले कुरा स्पष्ट पार्छ। के परमेश्‍वरको नजरमा नाम मात्रको शैलीमा उहाँलाई पछ्याउनेहरू उहाँले विश्‍वासीहरू भनी स्वीकार गर्नुभएका व्यक्तिहरू बन्न सक्छन् त? के तिनीहरू सबैको परमेश्‍वरसँग सम्बन्ध हुन्छ त? के तिनीहरू सबै उहाँको मुक्तिको पात्रहरू बन्न सक्छन् त? (सक्दैनन्।) त्यसो भए, कुनै दिन तिमीहरू परमेश्‍वरले धार्मिक समूह भनी हेर्नुहुने समूहमा परिणत हुनेछौ त? (यस्तो हुन सम्भव छ।) कुनै धार्मिक समूहमा परिणत हुनु—त्यो अकल्पनीय देखिन्छ। यदि मानिसहरू परमेश्‍वरको नजरमा कुनै धार्मिक समूहको हिस्सा बन्छन् भने, के तिनीहरूले उहाँबाट मुक्ति पाउन सक्‍नेछन् त? के तिनीहरू उहाँको घरका हुन् त? (होइन, तिनीहरू उहाँको घरका होइनन्।) त्यसो भए, सारांशित गर्ने कोसिस गरौं: साँचो परमेश्‍वरमा नामको मात्र विश्‍वास गर्ने यी मानिसहरू, जसलाई उहाँले धार्मिक समूहहरूका हुन् भन्ने ठान्‍नुहुन्छ—यी मानिसहरूले कस्तो बाटो हिँड्छन् त? के यस्ता मानिसहरू परमेश्‍वरको बाटोलाई कहिल्यै पनि नपछ्याईकनै विश्‍वासको झण्डा हल्लाउने र उहाँमा विश्‍वास गर्ने तर उहाँलाई कहिल्यै आराधना नगर्ने बरु उहाँलाई त्याग्ने बाटोमा हिँड्छन् भनेर भन्न सकिन्छ? यसको मतलब, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई त्याग्ने र उहाँको बाटो नपछ्याउने बाटोमा हिँड्छन्; तिनीहरूको बाटो त्यस्तो बाटो हो जसमा तिनीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन् तर आराधना भने शैतानको गर्छन्, तिनीहरूले दियाबलसको आराधना गर्छन्, तिनीहरूले तिनीहरूका आफ्नै व्यवस्थापन अघि बढाउने र तिनीहरूको आफ्नै राज्य स्थापित गर्ने प्रयास गर्छन्। के यसको सार यही होइन र? के मानवजातिको मुक्ति सम्‍बन्धी व्यवस्थापन योजनासँग यस्ता मानिसहरूको कुनै सम्बन्ध हुन्छ त? (हुँदैन।) जति धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, उहाँले तिनीहरूको विश्‍वासलाई धर्म वा समूहको विश्‍वास भनी परिभाषित गर्नुभएपछि, उहाँले तिनीहरूलाई मुक्ति दिन सकिँदैन भनी पहिले नै निर्धारण गरिसक्नुभएको हुन्छ। म किन यसो भन्दैछु त? परमेश्‍वरको काम र मार्गनिर्देशनरहितका र उहाँलाई आराधना गर्दै नगर्ने मानिसहरूको गिरोह वा भीडमा, तिनीहरूले कसलाई आराधना गर्छन् त? तिनीहरूले कसलाई पछ्याउँछन् त? स्वरूप र नाममा, तिनीहरूले कुनै व्यक्तिलाई पछ्याउँछन् तर तिनीहरूले आधारभूत रूपमा कसलाई पछ्याउँछन् त? अन्तस्करणमा तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्छन्, तर वास्तविक रूपमा भने, तिनीहरू मानव चालबाजी, बन्दोबस्तहरू र नियन्त्रणको अधीनमा रहन्छन्। तिनीहरूले शैतान, दियाबलसलाई पछ्याउँछन्; तिनीहरूले परमेश्‍वरसँग शत्रुवत् रहेका शक्तिहरू र उहाँका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले मानिसहरूको यस्तो झुण्डलाई मुक्ति दिन चाहनुहुन्छ? (चाहनुहुन्न।) किन चाहनुहुन्न त? के तिनीहरू पश्‍चात्ताप गर्न समर्थ हुन्छन् त? (हुँदैनन्।) तिनीहरू पश्‍चात्ताप गर्न असमर्थ हुन्छन्। तिनीहरूले मानव उद्यम अघि बढाउँदै र तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गर्दै विश्‍वासको झण्डा हल्लाउँछन् र तिनीहरू मानवजातिको मुक्ति सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापन योजनाको विपरीत दौडन्छन्। तिनीहरूको अन्तिम परिणाम भनेको परमेश्‍वरद्वारा घृणित र तिरस्कृत हुनु हो; उहाँले यी मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्न, तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्, तिनीहरूलाई शैतानले पहिले नै बन्दी बनाइसकेको छ—तिनीहरू सम्पूर्ण रूपमा शैतानको हातमा छन्। तेरो विश्‍वासमा, के तैँले कति वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस् भन्ने तथ्यले उहाँले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरामा कुनै अर्थ राख्छ र? के तैँले पालना गर्ने रीतिरिवाज र नियमहरूले कुनै अर्थ राख्छन् र? के परमेश्‍वरले मानिसहरूको अभ्यासको विधिलाई हेर्नुहुन्छ र? के उहाँले कति जना मानिसहरू छन् भन्ने कुरालाई हेर्नुहुन्छ र? उहाँले मानवजातिको एक भागलाई छनौट गर्नुभएको छ; उहाँले तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदै र तिनीहरूलाई मुक्ति दिनुपर्छ कि दिनुपर्दैन भन्ने कुराको मापन कसरी गर्नुहुन्छ त? यी मानिसहरूले हिँड्ने मार्गहरूको आधारमा उहाँले यो निर्णय गर्नुहुन्छ। अनुग्रहको युगमा, परमेश्‍वरले मानिसहरूलाई बताउनुभएका सत्यताहरू आजका भन्दा कम संख्यामा र कम विशिष्ट भएका भए तापनि, उहाँले त्यो बेलाका मानिसहरूलाई पनि सिद्ध पार्न सक्नुहुन्थ्यो, र मुक्ति पनि सम्भव नै थियो। त्यसकारण, जहाँसम्म धेरै सत्यताहरू सुनेका र परमेश्‍वरका इच्छाहरू बुझेका यस युगका मानिसहरूको कुरा छ, यदि तिनीहरू उहाँको मार्ग पछ्याउन असमर्थ छन् र उनीहरूले मुक्तिको बाटो हिँड्न सक्दैनन् भने, तिनीहरूको अन्तिम परिणाम के हुनेछ त? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्ममा विश्‍वास गर्नेहरूको जस्तै हुनेछ; त्यसमा कुनै पनि भिन्नता हुनेछैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो! तैँले जति नै धेरै उपदेशहरू सुनेको भए पनि वा तैँले जति नै धेरै सत्यता बुझेको भए पनि, यदि आखिर तैँले मानिसहरू र शैतानलाई पछ्याउँछस् भने, र अन्ततः तँ परमेश्‍वरको मार्ग पछ्याउन असमर्थ हुन्छस् र तँ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनस् भने, त्यस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुनेछ। बाह्य स्वरूप सबैलाई हेर्दा, परमेश्‍वरद्वारा घृणा र तिरस्कार गरिएका यस्ता मानिसहरूले अक्षरहरू र धर्मसिद्धान्तहरूको बारेमा धेरै कुरा बताउन सक्छन्, र तिनीहरूले धेरै सत्यता बुझेका पनि हुन सक्छन्, तैपनि तिनीहरू परमेश्‍वरको आराधना गर्न असमर्थ हुन्छन्; तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन्, र तिनीहरू उहाँप्रति पूर्ण रूपमा समर्पित हुन असमर्थ हुन्छन्। परमेश्‍वरको नजरमा, उहाँले तिनीहरूलाई धर्मको हिस्साको रूपमा, मानिसहरूको समूहको रूपमा—मानिसहरूको गिरोहको रूपमा—र शैतानको वास बस्ने ठाउँको रूपमा परिभाषित गर्नुहुन्छ। तिनीहरू सबैलाई सामूहिक रूपमा शैतानको गिरोह भनिन्छ, र यी मानिसहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा घृणा गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

अघिल्लो: २. पहिले, ममा विवेकको कमी थियो। म सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्न पाष्टरहरू र एल्डरहरूको पछि लागेँ, र निन्दा गर्दै हिँड्न तिनीहरूको साथमा गएँ। के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुन्छ?

अर्को: १. सारा संसारमा विपत्तिहरू बारम्बार आइरहेका छन्, र आकारमा ती वृद्धि भइरहेका छन्, यसरी आखिरी दिनहरूको आगमनको घोषणा गर्दैछन्। बाइबलले भन्छ, “तर सबै कुराको अन्त्य नजिकै छ” (१ पत्रुस ४:७)। हामीलाई थाहा छ, जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ र मानिसहरूको अन्त्य निर्धारण गर्नुहुनेछ। त्यसो भए उहाँले कसरी असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ, र उहाँले मानिसहरूका अन्त्यहरू कसरी निर्धारण गर्नुहुनेछ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्