१. हामीले विश्‍वास गरेका क्याथोलिक धर्म प्रेरितहरूबाट हस्तान्तरण भएको हो, र यो सबै धर्महरूमध्ये सबैभन्दा परम्‍परा-अनुयायी छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली इसाई धर्मसित सम्बन्धित छ, र इसाई धर्म क्याथोलिक धर्मको एउटा शाखा हो। यदि हामी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौं भने, के हामी इसाई धर्ममा परिवर्तन भइरहेका हुँदैनौं र? अनि त्यसो गरेर, के हामीले हाम्रा परमेश्‍वरतिर पिठिउँ फर्काइरहेका हुँदैनौं र?

सन्दर्भका लागि बाइबलका पदहरू:

“र मसँग भएका अन्य भेडा, जो यस बगालका होइनन्: तिनीहरूलाई पनि मैले ल्याउनैपर्छ र तिनीहरूले मेरो आवाज सुन्‍नेछन्; र एउटै मात्र बगाल र एउटै गोठालो हुनेछ” (यूहन्‍ना १०:१६)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, धर्मका प्रमुखहरू वा अगुवाहरूको अगुवाइमा अस्तित्वमा रहँदैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले प्रतिस्थापन गर्ने काम, प्राकृतिक विज्ञानको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सिर्जित प्राणीहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृजित प्राणीहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनैपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यस मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सब थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, तब उहाँले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै आफै गर्नुहुनेछ—परमेश्‍वरबाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न र उसको चरित्र शोधन गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। यदि दुष्ट धर्म हो भने, यो परमेश्‍वरसँग मेल खाँदैन, र परमेश्‍वरसँग मेल नखाने कुरा परमेश्‍वरको शत्रु हो। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकाले नै उहाँ कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ। यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। यी तीन वटा चरणलाई अलग गर्ने सबैले परमेश्‍वरको प्रतिरोध गर्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

यहोवाको कामपछि, येशू मानिसमाझ आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम अलग्गै गरिएको थिएन, बरु यहोवाको कामको जगमा टेकेर गरिएको थियो। यो परमेश्‍वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि नयाँ युगका लागि गरेको काम थियो। त्यसै गरी, येशूको काम सकिएपछि, परमेश्‍वरले अर्को युगका लागि आफ्नो काम जारी राख्नुभयो, किनभने परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बितेर जान्छ, त्यसलाई नयाँ युगले प्रतिस्थापन गर्नेछ र पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिनका लागि नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जुन येशूको कामपछि आउँछ। अवश्य नै, यो देहधारण स्वतन्त्र रूपमा भएको होइन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको कामको तेस्रो चरण हो। हरेक पटक परमेश्‍वरले कामको नयाँ चरण सुरु गर्दा, त्यहाँ सधैँ एउटा नयाँ सुरुवात हुनैपर्छ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनैपर्छ। त्यसै गरी परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको कामको स्थानमा र उहाँको नाममा पनि सोहीअनुरूपका परिवर्तनहरू आउँछन्। त्यसैले, मानिसलाई नयाँ युगमा परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै आश्‍चर्य होइन। तर परमेश्‍वरलाई मानिसले जतिसुकै विरोध गरे पनि, उहाँ सधैँ आफ्नो काम गरिरहनुभएको हुन्छ र सधैँ सम्पूर्ण मानवजातिलाई अगाडि बढाइरहनुभएको हुन्छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

आजको कामले अनुग्रहको युगको कामलाई अघि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजनाअन्तर्गतको काम अघि बढेको छ। अनुग्रहको युग समाप्त भएको भए पनि, परमेश्‍वरको काम अझै अघि बढेको र गहिराइमा पुगेको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा टेकेर गरिन्छ भनेर म किन बारम्बार भन्छु? अर्को शब्दमा भन्दा, आजको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र यो व्यवस्थाको युगमा गरिएको कामभन्दा एक कदम अगाडि रहेको छ। यी तीन वटै चरण एक-अर्कासँग कसिलो रूपमा जोडिएका छन्, र उक्त सञ्जालको हरेक कडी अर्कोसँग कसिलो रूपमा गाँसिएको छ। म किन कामको यो चरण येशूले गर्नुभएको कामको जगमा टेकेर गरिन्छ भनेर पनि भन्छु? यदि यो चरण येशूले गर्नुभएको कामको जगमा टेकेर नगरिएको भए, यस चरणमा अर्को क्रूसीकरण हुनुपर्नेथियो, र अघिल्लो चरणको छुटकाराको काम फेरि सुरुदेखि नै गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसैले काम पूर्ण रूपमा समाप्त भएको होइन, बरु युग चाहिँ अघि बढेको हो र काम पहिलेभन्दा उच्च स्तरमा पुगेको हो। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कामको चट्टानमाथि टेकेर गरिन्छ भनेर भन्न सकिन्छ। परमेश्‍वरको काम चरणबद्ध रूपमा गरिन्छ, र यो चरण कुनै नयाँ सुरुवात होइन। कामका तीन वटै चरणको संयोजनलाई मात्र छ हजार वर्षे व्यवस्थापनको योजना मान्न सकिन्छ। यस चरणको काम अनुग्रहको युगको कामको जगमा टेकेर गरिन्छ। यदि काकाको यी दुइटा चरण असम्बन्धित थिए भने, यस चरणमा क्रूसीकरण किन दोहोर्‍याइँदैन? म किन मानिसका पापहरू वहन गर्दिनँ, बरु यसको सट्टा सिधै मानिसलाई न्याय गर्न र सजाय दिन आउँछु? यदि मानिसलाई न्याय गर्ने र सजाय दिने मेरो काम क्रूसीकरणपछि नआएको भए—साथै मेरो अहिलेको आगमन पवित्र आत्माद्वारा गर्भधारण नगरिएको हुनाले—म मानिसलाई न्याय गर्न र सजाय दिन योग्य हुनेथिइनँ। म येशूसँग एक भएको कारणले गर्दा नै म सिधै मानिसलाई सजाय दिन र न्याय गर्न आउँछु। यस चरणको काम पूर्ण रूपमा अघिल्लो चरणको कामको जगमा टेकेर गरिएको हो। त्यसैकारण यस्तो प्रकारको कामले मात्र मानिसलाई चरणबद्ध रूपमा मुक्तिसम्म पुर्‍याउन सक्छ। येशू र म एउटै आत्माबाट आउँछौँ। हाम्रा देहहरू असम्बन्धित भए पनि, हाम्रा आत्माहरू एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम एउटै नभए पनि, हाम्रो सार एउटै हो; हाम्रा देहहरूले फरक-फरक रूप धारण गर्छन्, तर यो युगमा आएको परिवर्तन र हाम्रो कामका फरक-फरक मागहरूले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसैले हामीले अगाडि ल्याउने काम र हामीले मानिसलाई प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। त्यसैकारण मानिसले आज जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जुन युगमा आएको परिवर्तनले गर्दा हो। उहाँहरूको देहका लिङ्ग र रूप फरक भए पनि, र उहाँहरू एउटै परिवारमा नजन्मनुभएका, एउटै कालखण्डमा त झनै नजन्मनुभएका भए पनि, उहाँहरूको आत्मा एउटै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उसले परमेश्‍वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” यस्तो गर्नेहरू मात्रै साँचो मार्गको साँच्चै खोजी गर्नेहरू हुन्, जो पवित्र आत्माको काम चिन्दछन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिस एउटा युगमा मात्रै लागू हुने “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरूलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन, र ऊ पवित्र आत्‍माको काम प्राप्त गर्न सधैँका लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, यदि मानिस अलिकति पनि शङ्का नगरी पछ्याउँछ र नजिकबाट पछ्याउँछ भने, मानिस कसरी पवित्र आत्‍माद्वारा हटाइन सक्‍छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरी पवित्र आत्‍माको कामसँग सहकार्य गर्छ, र परमेश्‍वरका मागहरू पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पदचापहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापनको कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको काम थोरै मात्र प्राप्त गरेपछि, ऊ यो कहिल्यै परिवर्तन नहुने झैँ गरी यसलाई व्यवहार गर्छ; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको अझ नयाँ कामलाई “पछ्याउँदैन”; परमेश्‍वरको थोरै काम मात्र देखेपछि, ऊ तुरुन्तै परमेश्‍वरलाई काठको विशेष आकृति हुनुमा सीमित गर्छ, र आफूले देख्ने स्वरूपलाई परमेश्‍वर सदा कायम राख्नुहुनेछ, विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; अलिकति सतही ज्ञान मात्र प्राप्त गरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि ऊ आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको परमेश्‍वरको स्वभाव र अस्तित्व जथाभावी घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ काम घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिस यो कुरा स्वीकार गर्दैन। यस्ता मानिसहरू पवित्र आत्माको नयाँ काम स्वीकार गर्न सक्दैनन्; यिनीहरू अत्यन्तै रूढिवादी हुन्छन्, र नयाँ कुराहरू स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। मानिस इस्राएलीहरूले “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगर्नु” गलत थियो भन्‍ने विश्‍वास गर्छ, तैपनि अधिकांश मानिस “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि तिर्सना गर्ने तर येशू भनिने मसीहको विरोध गर्ने” भूमिका खेल्छन्। त्यसैले, पवित्र आत्माको कामको एउटा चरण स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको सत्ताअन्तर्गत जिउँछन्, र अझै परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नुपर्दैन। के यो मानिसको विद्रोहीपनको नतिजा होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका इसाईहरू तिनीहरू भाग्यमानी बन्‍नेछन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुठ्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरका अभिप्राय—यीमध्ये कुनै पनि कुराबारे तिनीहरूलाई केही पनि थाहा छैन र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍नेबाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखापर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन् र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन् र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू”-लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन् र धोका र छल गर्छन्। ती मानिसहरू जो अन्तिमसम्‍मै पछ्याउन, र पवित्र आत्‍माको कामसँग तालमेल राख्न सक्दैनन् अनि पुरानो काममा मात्रै टाँसिरहन्छन्, तिनीहरूले परमेश्‍वरप्रतिको बफादारी हासिल गर्न असफल मात्रै भएका छैनन्, बरु यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू, नयाँ युगद्वारा इन्कार गरिएकाहरू र दण्डित हुनेहरू बनेका छन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक”-को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरले समेत उहाँको काममा प्रावधानहरू पालन गर्नुहुन्न, र यो उहाँको आफ्‍नै काम भए पनि, परमेश्‍वर अझै पनि यसमा टाँसिनुहुन्न। इन्कार गरिनुपर्ने कुरा इन्कार गरिन्छ, हटाइनुपर्ने कुरा हटाइन्छ। तैपनि मानिस परमेश्‍वरलाई शत्रु बनाउनका लागि उहाँको व्यवस्थापनको कार्यको एउटा सानो भागलाई मात्र पक्रिरहन्छ। के यो मानिसको बेतुकापन होइन र? के यो मानिसको अज्ञानता होइन र? आशिष्हरू प्राप्त नगर्ने डरका कारण मानिसहरू जति बढी डरपोक र अति सावधान हुन्छन्, तिनीहरू अझ धेरै आशिष्हरू प्राप्त गर्न र अन्तिम आशिष् प्राप्त गर्न त्यति नै बढी असमर्थ हुन्छन्। जिद्दीपूर्वक व्यवस्था पालन गर्नेहरू सबैले व्यवस्थाप्रति सबैभन्दा धेरै बफादारी देखाउँछन् र तिनीहरूले व्यवस्थाप्रति त्यस्तो बफादारी जति धेरै देखाउँछन्, तिनीहरू त्यति नै बढी परमेश्‍वरलाई विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकाले, आजको काम र विगतको कामलाई सँगै उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्था पालन गर्नु वा क्रूस बोक्‍नु होइन, त्यसकारण, व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सिर्जित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सिर्जित प्राणीहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अघिल्लो: १. दुई हजार वर्षदेखि सम्पूर्ण धार्मिक समुदायले त्रिएक परमेश्‍वरमा विश्‍वास गरेको छ: पवित्र पिता, पवित्र पुत्र, र पवित्र आत्मा। त्रिएक परमेश्‍वर सम्पूर्ण इसाई जगतको मुख्य सिद्धान्तहरू मध्ये एउटा हो, त्यसैले तपाईं किन त्रिएक परमेश्‍वर धार्मिक संसारको सबैभन्दा ठूलो भ्रम हो, र त्रिएक परमेश्‍वरको कुनै अस्तित्व छैन भनी भन्नुहुन्छ?

अर्को: २. हामी विश्‍वास गर्छौं, कि मृत्युपछि मानिसका पापहरू पाप शुद्धीकरण गर्ने स्थानमा पखालिइन्छन्, त्यसपछि मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। तैपनि तपाईं परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार नगर्नेहरू शुद्ध हुनेछैनन्, र यसैले स्वर्गको राज्यमा प्रवेश गर्ने योग्य हुनेछैनन् भनी गवाही दिनुहुन्छ। तपाईंले त्यसो भन्नुको अर्थ के हो? वास्तवमा मानिसहरू स्वर्गको राज्यमा कसरी प्रवेश गर्न सक्छन्?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्