१. हामीले विश्‍वास गरेका क्याथोलिक धर्म प्रेरितहरूबाट हस्तान्तरण भएको हो, र यो सबै धर्महरूमध्ये सबैभन्दा परम्‍परा-अनुयायी छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली इसाई धर्मसित सम्बन्धित छ, र इसाई धर्म क्याथोलिक धर्मको एउटा शाखा हो। यदि हामी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौं भने, के हामी इसाई धर्ममा परिवर्तन भइरहेका हुँदैनौं र? अनि त्यसो गरेर, के हामीले हाम्रा परमेश्‍वरतिर पिठिउँ फर्काइरहेका हुँदैनौं र?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले जित्‍ने काम, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई प्रकार अनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, उहाँले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै पनि आफै गर्नुहुनेछ—परमेश्‍वर बाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। सबै दुष्ट धर्महरू परमेश्‍वरसँग मेल खाँदैन, र तिनीहरू परमेश्‍वरसँग मेल नखाने हुनाले, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकोले नै उहाँले कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ—यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

यहोवाको कामपछि, येशू मानिसहरूको माझमा उहाँको काम गर्न देह बन्नुभयो। उहाँको काम एक्लोपनामा गरिएको थिएन, तर यहोवाको काममाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगका निम्ति काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वरले अर्को युगका लागि आफ्नो काम गर्न अघि बढनुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन सधैं अगाडि बढिरहेको छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि एकपटक पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने त्यहाँ नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँदछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, त्यहाँ सधैं नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैं एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसद्वारा उहाँको जस्तै प्रकारले विरोध भए पनि परमेश्‍वरले सधैं आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए तापनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू कसिलो गरी एक-अर्कासँग सम्‍बन्धित छन्, यो साङ्‍लाको हरेक जोडन अर्कोसँग राम्ररी जोडिएको छ। कार्यको यो चरण येशूले गर्नुभएको काममा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको काममा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्ने थियो, र अघिल्‍लो चरणको उद्धारको काम फेरि गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसकारण काम पूर्ण रूपमा पूरा भएको होइन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको चट्टानमा निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कार्यका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्‍बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिन, तर सीधै मानिसलाई न्याय गर्न र दण्ड दिन आउँछु? मानिसलाई न्याय गर्ने र सजाय दिने मेरो काम क्रूसीकरणपछि नआएको भए, अनि मेरो आगमन पवित्र आत्‍माको गर्भधारणद्वारा नभएको भए, मानिसलाई न्याय गर्न र सजाय दिनको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय दिन र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्‍लो चरणको काममा नै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तिमा ल्याउँछ। येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्माहरू एउटै छन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए तापनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरक-फरक रूपहरू लिन सक्छ, तर त्यो कुरा युगको परिवर्तन र हाम्रो कामको फरक आवश्यकताहरूको कारणले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि सार्ने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूको देहहरूको रूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा जन्‍मनुभएको थिएन, उही समय अवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट उद्धृत गरिएको

मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊ सँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्ने बाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौं यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही पनि नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ, र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ, अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञान बाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणको बारेमा निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; तिनीहरू अत्यन्तै रूढिवादी छन्, र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा” इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने, तर येशू भनिने मसीहलाई इन्कार गर्ने” भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको अधिकार-क्षेत्रमा जिउँछन्, र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नु पर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका इसाईहरू तिनीहरू भाग्यमानी बन्‍नेछन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित, र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुठ्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरको इच्‍छा—यीमध्ये कुनै पनि कुराको बारेमा तिनीहरूलाई केही पनि थाहा छैन, र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍ने बाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखा पर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन्, र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू” लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन्, र धोका र छल गर्छन्। अन्तिमसम्‍मै नपछ्याउनेहरू, पवित्र आत्‍माको कार्यमा नलागिरहनेहरू, र पुरानो काममा मात्रै टाँसिरहनेहरूले परमेश्‍वरप्रति बफादारीता हासिल गर्न असफल मात्रै भएका छैनन्, तर यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनेका छन्, नयाँ युगद्वारा इन्कार गरिएकाहरू बनेका छन्, र जो दण्डित हुनेछन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक” को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरको काम धर्मसिद्धान्तद्वारा बाँधिँदैन, र यो उहाँको आफ्‍नै काम हुन सक्‍ने भए तापनि, परमेश्‍वरले यसलाई पक्रिराख्‍नुहुन्‍न। इन्कार गरिनु पर्ने कुरालाई इन्कार गरिन्छ, हटाइनुपर्ने कुरालाई हटाइन्छ। तैपनि परमेश्‍वरको व्यवस्थापन कार्यको एउटै मात्र सानो भागलाई पक्रिराखेर मानिसले आफैलाई परमेश्‍वरको शत्रुता तुल्याउँछ। के यो मानिसको मूर्खता होइन र? के यो मानिसको अज्ञानता होइन र? मानिसहरू जति बढी डरपोक र अनावश्यक रूपमा सतर्क छन् किनभने तिनीहरू परमेश्‍वरका आशिषहरू प्राप्त गर्न डराउँछन्, त्यति नै बढी तिनीहरू महान् आशिषहरूलाई प्राप्त गर्न, र अन्तिम आशिष प्राप्त गर्न असमर्थ हुन्छन्। समर्पित भएर व्यवस्थालाई पालन गर्नेहरू सबैले व्यवस्थाप्रति उच्‍च बफादारीता देखाउँछन्, र तिनीहरूले व्यवस्थाप्रति जति धेरै त्यस्तो बफादारीता देखाउँछन्, तिनीहरू परमेश्‍वरलाई त्यति नै बढी विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकोले, आजको काम र विगतको कामलाई समान रूपमा उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ, र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्थालाई पक्रिराख्‍नु वा क्रूसलाई बोक्‍नु होइन, त्यसकारण व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीताले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको

जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सृष्टिहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सृष्टिहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

अघिल्लो: १. दुई हजार वर्षदेखि सम्पूर्ण धार्मिक समुदायले त्रिएक परमेश्‍वरमा विश्‍वास गरेको छ: पवित्र पिता, पवित्र पुत्र, र पवित्र आत्मा। त्रिएक परमेश्‍वर सम्पूर्ण इसाई जगतको मुख्य सिद्धान्तहरू मध्ये एउटा हो, त्यसैले तपाईं किन त्रिएक परमेश्‍वर धार्मिक संसारको सबैभन्दा ठूलो भ्रम हो, र त्रिएक परमेश्‍वरको कुनै अस्तित्व छैन भनी भन्नुहुन्छ?

अर्को: २. हामी विश्‍वास गर्छौं, कि मृत्युपछि मानिसका पापहरू पाप शुद्धीकरण गर्ने स्थानमा पखालिइन्छन्, त्यसपछि मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। तैपनि तपाईं परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार नगर्नेहरू शुद्ध हुनेछैनन्, र यसैले स्वर्गको राज्यमा प्रवेश गर्ने योग्य हुनेछैनन् भनी गवाही दिनुहुन्छ। तपाईंले त्यसो भन्नुको अर्थ के हो? वास्तवमा मानिसहरू स्वर्गको राज्यमा कसरी प्रवेश गर्न सक्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

परमेश्‍वर स्वयम् अद्वितीय १०

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (४)आज हामी एउटा विशेष विषयमा कुराकानी गर्दैछौं। हरेक विश्‍वासीको लागि, जान्‍नुपर्ने,...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्