७. तपाईं भन्नुहुन्छ, प्रभु येशू एक चिनियाँ व्यक्तिको रूपमा, देहमा फर्केर आउनुभएको छ। हामी त्यो कुरा स्वीकार गर्न सक्दैनौं। बाइबलमा जे लेखिएको छ त्यसअनुसार, प्रभु येशू एक यहूदीको रूपमा प्रस्थान हुनुभयो, त्यसैले जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ, त्यसबेला उहाँ एक यहूदीको रूपमा आउनुपर्छ भन्‍ने हामी विश्‍वास गर्छौं। उहाँ कसरी एक चिनियाँ व्यक्तिको रूपमा आउन सक्नुहुन्छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्‍वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्‍वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउन दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्‍वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्‍वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्‍वर स्वयम्‌को स्वरूपको प्रतिस्थापन हो भन्‍ने होइन; परमेश्‍वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्‍नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्‍वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्‍वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्‍वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्‍वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्‍वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्‍ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्‍वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्‍वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्‍वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्‍वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्‍वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्‍वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउन होइन। देहधारणको महत्त्वलाई परमेश्‍वरले दुईपटक देह बनेर पूरा गरिसक्‍नुभएको छ, तापनि उहाँलाई यसअघि कहिल्यै नदेख्‍ने कुनै पनि जातिको सामु उहाँले आफूलाई खुल्लमखुल्ला प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरूसामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडाको टुप्‍पामा खडा भएर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा जे देखे त्यो उहाँको चित्र मात्र हो। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्षअघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजातिका मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्‍ने कुरा त कल्पनै नगरौं, किनकि देहधारी येशूको स्वरूप एक यहूदीको स्वरूप मात्र हो, र यूहन्‍नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्‍वरको काम एउटा युग सुरु गर्नु हो भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्‍वरका आत्माका सबै काम पूरा गर्न सक्‍नुहुन्‍न, जसरी एक यहूदीको रूपमा रहेको येशूको स्वरूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्‍वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्‍नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्‍नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ सर्वोच्‍च उचाइमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्‍वासयोग्य विश्‍वासीहरू प्रभु येशूको प्रकटीकरण देख्‍न असमर्थ रहे, तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्‍न सके। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्‍वरले आफैलाई मानिसकहाँ देखाउनुभएको स्वरूप होइन। परमेश्‍वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको स्वरूपमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानवजातिको बीचमा गर्नुहुने काम उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। यी सबै कुरा मानिसलाई विभिन्‍न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको स्वरूप प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, मानिसको निम्ति परमेश्‍वरको स्वरूपलाई देहधारी स्वरूपद्वारा नभई, स्वरूप र रूप दुवै हुने देहधारी परमेश्‍वरले गर्नुभएको कामद्वारा चिनाइन्छ, र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्‍नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मका परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्‍लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र इमानदारीपूर्वक उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

अघिल्लो: ६. अनुग्रहको युगको दौरान, परमेश्‍वर देह बन्नुभयो र मानवजातिका लागि पापको एउटा बलिको रूपमा काम गर्नुभयो, त्यसरी मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। परमेश्‍वर आखिरी दिनहरूमा फेरि देह बन्नुभएको छ। उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, यसरी मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मानवजातिलाई शैतानको प्रभावबाट बचाउनुहुन्छ। मानवजातिलाई मुक्ति दिने काम गर्न उहाँ किन दुई पटक देह बन्नु पऱ्यो? यी दुई देहधारणको वास्तविक महत्त्व के हो?

अर्को: ८. तपाईंले आखिरी दिनका परमेश्‍वर एउटी महिलाको रूपमा देहधारण हुनुभएको छ भनी गवाही दिनुहुन्छ। हामी त्यो कुरा स्वीकार गर्न सक्दैनौं। बाइबलमा लेखिएको छ, कि येशूले स्वर्गका परमेश्‍वरलाई पिता भन्नुभयो, र स्वर्गका परमेश्‍वरले येशूलाई प्रिय पुत्र भन्नुभयो। के पिता र पुत्रहरू पुरुष होइनन् र? बाइबलले यो पनि भन्छ कि, “स्‍त्रीको शिर पुरुष हो” (१ कोरिन्थी ११:३)। त्यसैले महिलाहरूको कुनै अधिकार हुँदैन, त्यसो भए तपाईंले किन आखिरी दिनका परमेश्‍वर एउटी महिलाको रूपमा देहधारण हुनुभएको छ भनी भन्नुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्