१. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आफ्नो काम गर्न मानिस बन्नुभएको छ भनेर गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबल भन्छ, “ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ” (प्रेरित १:११)। प्रभु येशूले क्रूसीकरणको काम समाप्त गरिसक्नुभएपछि, उहाँ मरेकोबाट जीवित भई उठ्नुभयो र उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँ एक महिमित आत्मिक शरीर बन्नुभयो र स्वर्गमा उक्लनुभयो। जब प्रभु फेरि आउनुहुन्छ, उहाँ मरेकोबाट फेरि जीवित भई उठेको एक आत्मिक शरीरको रूपमा हामीकहाँ देखा पर्नुपर्छ। तपाईं किन आखिरी दिनहरूमा परमेश्‍वर मानिस बन्नुपर्छ र मानिसको पुत्रको रूपमा देखा परेर काम गर्नुपर्छ भनी भन्नुहुन्छ?

सन्दर्भका लागि बाइबल पदहरू:

“तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (लूका १२:४०)

“किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)

“किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ” (यूहन्‍ना ५:२२)

“र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ” (यूहन्‍ना ५:२७)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्‍वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्‍न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्‍नेछैनन्, स्वर्गका दूतहरूले जान्‍नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसको पुत्रले आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्‍वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर देह बन्‍नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्‍नो कामको पात्र बनाउनुभयो; यसको साथै, मानिस भ्रष्टताको पात्र भएकोले, परमेश्‍वरले मानिसलाई नै आफ्‍नो मुक्तिको कार्यको सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतले बनिएको छ, र मानिसलाई मुक्त गर्न सक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्‍नो काम गर्नको लागि परमेश्‍वर मानिसको जस्तै गुणहरू भएको देह बन्‍नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो, र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्नको लागि असक्षम छ, ठीक यही कारणले गर्दा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर देह बन्‍नैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र अझ भन्ने हो भने ऊ उहाँको वचनको प्राप्तिमा प्रवेश गर्न सक्दछ। र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह र रगतको भएकोले उसले परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो, र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्न सक्‍नुभएको होस् भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर गरिन्छन्। देहमा परमेश्‍वरले गर्नुहुने कार्यमा विभिन्‍न अकल्‍पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छ, र देहले आत्माले जस्तै महान् पहिचान प्राप्त गर्न सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्‍नुहुन्‍न, उहाँले आत्माको जस्तै अख्तियार पाउन सक्‍ने कुरा त परै जाओस्। तैपनि उहाँको साधारण देहले गर्ने कार्यको सार आत्माले प्रत्यक्ष रूपमा गर्ने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिको आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदीहरू, तालतलैयाहरू, अनि समुद्रहरूलाई समावेश गर्न सक्‍ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्‍बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्‍न र भरोसा गर्न सक्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ, र परमेश्‍वरका वास्तविक कार्यहरूका बारेमा मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीको लागि यो बुझ्‍न कठिन छ, र तिनीहरूले यसलाई देख्‍न अझै कठिन छ, त्यसकारण तिनीहरू खोक्रा कल्‍पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य, र वास्तविकतामा आधारित छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्‍न सक्‍ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ, र उसको प्रशस्त कल्‍पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको यथार्थता र वास्तविक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्‍पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्‍नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल, र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा वृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन्, र शब्‍दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्‍दहरूको यथार्थ निर्देशन संलग्‍न हुन्छ, यसको स्पष्ट इच्‍छा हुन्छ, र यसमा आवश्यक उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्‍नो कल्‍पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नु पर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो, र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै वास्तविक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्‍दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्‍न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समय अनुसारको अगुवाइ मात्रै उपयुक्त छन्, र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्‍नुहुन्छ। यदि आत्माले एकलै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्‍भव हुनेथिएन—यो स्पष्ट सत्यता हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको पहिचान र स्थानसँग मिल्दै नमिल्‍ने, र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्‍वरको साँचो स्वरूप वा परमेश्‍वरको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्‍नुहुन्छ जुन काम गर्न परमेश्‍वरका आत्मा असमर्थ छ। परमेश्‍वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्‍ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्‍वरका आत्मालाई आदरका साथ हेर्ने र परमेश्‍वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको वास्तविक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्‍य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यको खोजी गर्ने र परमेश्‍वरको प्रकटको लागि तृष्णा गर्ने हरेकको लागि, आत्माको कामले स्पर्श वा प्रेरणा, अनि अवर्णनीय र अकल्‍पनीय आश्‍चर्यको आभास, अनि यो महान्, श्रेष्ठ, र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्‍ने भाव मात्रै दिन्छ। मानिस र परमेश्‍वरका आत्माले एक-अर्कालाई टाढाबाट मात्रै हेर्न सक्‍नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ, र उहाँहरू कहिल्यै उस्तै बन्‍न सक्‍नुहुन्‍न, मानौं मानिस र परमेश्‍वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्‍न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्‍नुहुन्‍न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न। देहको कामले मानिसलाई पछ्याउनको लागि वास्तविक उद्देश्यहरू, स्पष्ट शब्‍दहरू र उहाँ वास्तविक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र सर्वसाधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिसले उहाँको डर मान्‍न सक्‍ने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्‍बन्धित हुन सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन्, र उहाँको आवाजलाई सुन्‍न सक्छन्, र उसले उहाँलाई टाढाबाट हेर्नु पर्दैन। यो देह मानिसले पहुँच गर्न सकिने हुनुहुन्छ, टाढा, बुझ्‍न नसकिने होइन, तर देख्‍न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन, तर मानिसको बीचमा गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसको साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्‍नुहुन्‍न, र यस कारणले गर्दा, यसको प्रभाव तत्‍कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको रिस उठाउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्‍न सक्‍नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्‍नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्‍ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता, र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्‍नुहुन्छ। सत्यता र धार्मिकता विहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्‍च हुन्छ, र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्‍नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्‍नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वर सम्‍बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ, र आत्माको बारेमा मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्‍नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्‍न, तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्‍न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्‍नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्‍नो सम्‍बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा, अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ, र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो, र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू, र मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ, ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम, र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्‍नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, परमेश्‍वरको कामलाई अवलोकन गर्ने, र परमेश्‍वरको व्यक्तिगत वचन सुन्‍ने मानिसको इच्‍छालाई पुरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ, र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्‍चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक, र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिको रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्‍म गुप्त बस्‍नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्‍छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे, अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोर्याउनुहुन्छ। यी सबै परमेश्‍वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ, र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्‍छाको बारेमा अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्‍नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन्, र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन्, र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ, र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएनन्; तथ्यहरूविना तर मानिसहरूको कल्‍पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्‍नुहुने थिएन। आत्मा मानिसको लागि अस्पृश्य छ, र मानिसको लागि अदृश्य छ, र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएको वचनहरूलाई नै सुन्‍नेछ। आखिर, मानिसका कल्‍पनाहरू रित्तो छन्, र परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; परमेश्‍वरको अन्तर्निहित स्वभाव, र परमेश्‍वर स्वयमको कामको नक्‍कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्‍नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्‍नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ, र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्‍नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

देहको परमेश्‍वरको कार्य देहमा नै गरिनुपर्छ। यदि यो सीधै परमेश्‍वरका आत्माले गर्नुभएको भए, यसले कुनै प्रभाव पार्ने थिएन। यो आत्माले गर्नुभएको भए पनि, कामको त्यति ठूलो महत्त्व हुनेथिएन, र आखिरमा यो विश्‍वस्त तुल्याउने हुनेथिएन। सबै प्राणीहरूले सृष्टिकर्ताको कामको महत्त्व छ कि छैन, र यसले के प्रतिनिधित्व गर्छ, र यो केको खातिर गरिन्छ, र परमेश्‍वरको काम अख्तियार र बुद्धिले भरिपूर्ण छ कि छैन, र यो अत्याधिक मूल्य र महत्त्वको छ कि छैन भनेर जान्‍न चाहन्छन्। उहाँले गर्नुहुने काम सारा मानवजातिको मुक्तिको लागि, शैतानलाई हराउनको खातिर, र सबै थोकहरूका माझ उहाँ स्वयमको साक्षी दिनको लागि हो। त्यसैले, उहाँले गर्नुहुने काम ठूलो महत्त्वको हुनैपर्छ। मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको, र अत्यन्तै उल्‍लेखनीय रूपमा हानी गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो, र किनभने परमेश्‍वरको काममा वाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो, र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो, र मानिस शैतानको मूर्तरूप बन्यो, अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ, र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्‍नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ, र उहाँले आफ्‍नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ, र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्‍नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न, र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्‍नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो, र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्‍नुहुन्छ, यसको साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। … यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्‍ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्‍ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्‍ने काम गर्न सक्‍नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्‍य तुल्याउँछ, र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्‍न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्‍नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्‍नुहुन्छ। यसरी, उहाँ आफ्‍ना प्राणीहरूका माझ आफ्‍नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ, र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ, र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्‍न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्‍नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

अघिल्लो: ८. हामी विश्‍वास गर्छौं, तेल तयारी पार्ने ती बुद्धिमानी कन्याहरूले प्रार्थना गर्न, धर्मशास्त्र पढ्न नचुक्ने, सेवामा जाने, प्रभुका लागि लगनशीलतासाथ काम गर्ने र जागा रहेर प्रभुको पुनरागमनको बाटो हेर्ने व्यक्तिहरूलाई बुझाउँछ। बुद्धिमत्ती कन्या हुनुको अर्थ यही हो, र जब प्रभु फेरि आउनुहुन्छ, हामी दुलहालाई स्वागत गर्नेछौं र थुमाको भोजमा भाग लिनेछौं।

अर्को: २. मैले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेको छु, र बाइबल धेरै पढेको छु। मैले किन प्रभु मानिसको पुत्रको रूपमा देह बन्नुहुने र आखिरी दिनहरूमा न्यायको काम गर्नुहुने बारेमा कुनै अगमवाणी पढेको छैन? तपाईं प्रभु येशू देहमा फर्केर आउनुभएको, र उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँले आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। के बाइबलमा यसको कुनै आधार छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्