८. हामी विश्वास गर्छौं, तेल तयारी पार्ने ती बुद्धिमानी कन्याहरूले प्रार्थना गर्न, धर्मशास्त्र पढ्न नचुक्ने, सेवामा जाने, प्रभुका लागि लगनशीलतासाथ काम गर्ने र जागा रहेर प्रभुको पुनरागमनको बाटो हेर्ने व्यक्तिहरूलाई बुझाउँछ। बुद्धिमत्ती कन्या हुनुको अर्थ यही हो, र जब प्रभु फेरि आउनुहुन्छ, हामी दुलहालाई स्वागत गर्नेछौं र थुमाको भोजमा भाग लिनेछौं।
सन्दर्भका लागि बाइबलका पदहरू:
“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ। त्यसपछि ती सबै कन्या बिउँझे, र आफ्ना बत्तीहरू तयार पारे। र निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, हामीलाई तिम्रो तेल देऊ; किनभने हाम्रा बत्तीहरू निभेका छन्। तर बुद्धिमतीहरूले यसो भन्दै उत्तर दिए, हुँदैन; हाम्रो लागि र तिमीहरूको लागि पर्याप्त छैन: बरु तिमीहरू तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि किन। अनि तिनीहरू किन्न जाँदा, दुलहा आए; अनि तयार भएकाहरू तिनीसँगै भित्र विवाहमा गए: अनि ढोका बन्द गरियो” (मत्ती २५:६-१०)।
“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)।
“आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)।
“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)।
“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानिसले परमेश्वरमा विश्वास गर्ने हुँदा, उसले परमेश्वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको साँच्चै खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई चिन्नेहरू तिनीहरू मात्रै हुन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिसले “यहोवा नै परमेश्वर हुनुहुन्छ” र “येशू नै ख्रीष्ट हुनुहुन्छ” भन्ने सत्यताहरू, जुन हरेक एउटा युगमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन र पवित्र आत्माको काम प्राप्त गर्न ऊ सधैँका लागि असमर्थ हुनेछ। परमेश्वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्माले हटाउन सक्नुहुन्छ? परमेश्वरले जे गर्नुभए तापनि, जबसम्म मानिस यो पवित्र आत्माको काम हो भन्ने कुरामा निश्चित हुन्छ र आशङ्का नगरिकन पवित्र आत्माको काममा सहकार्य गर्छ र परमेश्वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन् र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्वरका पदचापहरू भेट्टाएका छन् भनी विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू
बुद्धिमती कन्याहरूले प्रभुको स्वागत गरेको कुराले मुख्य रूपमा प्रभुको आवाज पहिचान गर्नु नै उनीहरूको बुद्धि थियो भन्ने देखाउँछ, जुन बुद्धि निर्वुद्धि कन्याहरूमा थिएन। प्रभुको आवाज पहिचान गर्न सक्नु के सामान्य कुरा हो र? यदि मानिसहरू आफूभित्रकै धारणा र कल्पनाहरूले फुले भने, प्रभुको आवाज सुन्ने समयमा उनीहरू साङ्लाले बाँधिएको र बन्धनमा परेको अवस्थामा हुनेछन्, अनि उनीहरूले प्रभुको आवाजलाई नै शङ्का गर्ने सम्भावना हुनेछ। बुद्धिमती कन्याहरूले प्रभुको आवाज सुनेपछि आफ्ना धारणा र कल्पनाहरूलाई पन्छाउँछन्; यो प्रभुको बोली हो भन्नेमा तिनीहरूमा कुनै शंका हुँदैन, र यसरी उनीहरूले प्रभुको स्वागत गर्छन्। अनि, जसले प्रभुको आवाज पहिचान गर्न सक्छ त्यसले आत्मिक कुराहरू बुझ्न सक्छ: उनीहरूका लागि यो आवाजको श्रोत के हो भन्ने स्पष्ट हुन्छ र उनीहरूले परमेश्वरको आत्माले कुरा गरेको हो भनी ठम्याउन सक्छन्। त्यो नै पर्याप्त छ र उनीहरूका धारणा र कल्पनाहरू अब कुनै ठुलो समस्या रहँदैन। निर्बुद्धि कन्याहरूले यतिखेर आफ्ना धारणा र कल्पनाहरूलाई आफ्नो निर्णय गर्ने आधारको रूपमा लिन्छन् र यस कुरालाई नै सत्यता मान्छन्। उनीहरूले प्रभुको आवाज सुने पनि त्यसलाई इन्कार र अस्वीकार गर्छन् र यसरी उनीहरूले प्रभुलाई स्वागत गर्ने अवसर गुमाउन पुग्छन्। निर्बुद्धि कन्याहरू यहीनेर चुक्छन्। अब, बुद्धिमती कन्याहरूले तेल तयार पारेको कुराले केलाई जनाउँछ त? यसले मुख्य गरेर कुनै पनि धारणा या कल्पनाहरूको दायरामा सीमित नभईकन प्रभुको आवाजलाई ध्यान दिएर सुन्ने र यो प्रभुको आवाज हो भनी सुनिश्चित गर्दै कुनै शंकाविना नै प्रभुलाई स्वागत र स्वीकार गर्ने कुरालाई जनाउँछ—यो एकदमै महत्त्वपूर्ण छ। प्रभुलाई स्वागत गर्ने कार्यमा धेरै मानिसहरू धार्मिक धारणाहरूको दायरामा सीमिति भएका छन्। मानौं, उनीहरूले पहिलेदेखि नै प्रभुको पुनरागमनको बारेमा एउटा नमुना स्थापित र सुनिश्चित गरिसकेका छन्, र यसैले उनीहरू आफ्ना धारणार कल्पनाहरूसँग नमिल्ने कुनै पनि कुरामा ध्यान दिँदैनन्। कस्ता मूर्ख मान्छेहरू! धेरै जनाले सत्य बाटोको खोज गरेका छन्, उनीहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर ती सत्य हुन् भनी स्वीकार गरेका छन्, तर तिनीहरूले यस व्यक्तिलाई देहधारणका रूपमा भने स्वीकार गर्दैनन्। ती व्यक्तिहरूले ठ्याक्कै फरिसीहरूले प्रभु येशूलाई गरेको जस्तो व्यवहार गर्छन्—सबैभन्दा मूर्ख मानिसहरू यिनीहरू नै हुन्। सर्वशक्तिमान् परमेश्वरका वचनहरूलाई पढेर ती वचनहरू सत्य हुन् भनी स्वीकार गर्ने, यो नै परमेश्वरको देखा पराइ र काम हो भनी निश्चित हुने, र सर्वशक्तिमान् परमेश्वर नै मुक्तिदाता हुनुहुन्छ भनी स्वीकार गर्नेहरू नै सबैभन्दा बुद्धिमानहरू हुन्। उनीहरूलाई के कुराले बुद्धिमान बनाउँछ त? पहिलो, उनीहरू परमेश्वरका वचनहरू सत्यता र प्रभुको आवाज हुन् भनी ठम्याउन सक्षम हुन्छन्। दोस्रो, उनीहरूले परमेश्वरका वचनहरू सत्य र परमेश्वरको आवाज हुन् भनेर ठम्याइसकेपछि, परमेश्वरको निन्दा र विरोध गर्ने शैतानको अफवाह र दियाबलसरूपी शब्दहरू पहिचान गर्न र शैतानबाट आउने सबै शब्दहरूलाई समग्र रूपमा अस्वीकार गर्न, अनि केवल परमेश्वर सत्य हुनुहुन्छ भनेर भरोसा गर्न सक्छन्। बुद्धिमती कन्याका बारेमा बुद्धिमानी कुराहरू यिनै हुन्। उनीहरूले प्रभुलाई स्वागत गरेपछि, शैतानका कुनै पनि झुट र बनावटी कुराहरूले उनीहरूलाई छल गर्न सक्दैन; उनीहरू केवल परमेश्वरलाई भरोसा गर्छन् र राजीखुसीले अन्य कुराहरूलाई पन्छाएर परमेश्वरलाई पछ्याउँछन्, र यसप्रकार उनीहरूले प्रभु येशूका सम्पूर्ण वचनहरूलाई पूरा गर्छन्: बुद्धिमती कन्याहरूले प्रभुलाई स्वागत गरेका छन्, अर्थात् उनीहरूलाई परमेश्वरको सिंहासनको सामुन्ने उठाइएको छ।
—माथिबाट दिइएको सङ्गतिबाट उद्धृत गरिएको