२. हामीले यसलाई बुझे अनुसार, धेरै प्रतिष्ठित अन्तर्राष्ट्रिय धार्मिक विज्ञहरू र शिक्षाविद्हरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई उदीयमान इसाई मण्डलीको रूपमा मान्यता दिएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली र परम्परागत इसाई धर्मबीच के भिन्नता छ?

उत्तर:

देहधारी प्रभु येशूको उद्धारको कामपछि इसाईमत अस्तित्वमा आयो; यो अनुग्रहको युगसित सम्बन्ध राख्ने इसाई मण्डली हो। आखिरी दिनहरूमा, अनुग्रहको युगलाई अन्त्य गर्दै अनि राज्यको युगको शुभारम्भ गर्दै देहधारी सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ अनि प्रभु येशूको उद्धारको कामको जगमाथि, उहाँले सत्यतालाई व्यक्त गर्दै हुनुहुन्छ र परमेश्‍वरको घरबाट सुरू गरेर न्यायको काम गर्दै हुनुहुन्छ। सबै इसाई सम्प्रदायहरूमा, सत्यतालाई प्रेम गर्ने र प्रभु देखा पर्ने घटनालाई तिर्सना गर्ने सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूलाई पढे अनि परमेश्‍वरको आवाजलाई पहिचान गरे। तिनीहरू सर्वशक्तिमान् परमेश्‍वर नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भनी विश्वस्त भए, अनि हरेकले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरे र थुमाका पाइलाहरूलाई पछ्याए—यसैबाट सर्वशक्तिमान् परमेश्‍वरको मण्डली जन्मिएको थियो। यसरी, सर्वशक्तिमान् परमेश्‍वरको मण्डली र इसाईमत दुवै परमेश्‍वर देखा पर्ने घटना र कामबाट जन्मिएका थिए तर इसाईमत अनुग्रहको समयमा प्रभु येशूको उद्धारको कामको उपज हो भने, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीचाहिँ आखिरी दिनहरूमा न्यायको काम गर्न परमेश्‍वर देहधारी हुँदा जन्मिएको थियो; यो राज्यको युगको इसाई मण्डली हो। दुवै मण्डलीहरू देहधारी भएर देखापर्नु भएर काम गर्नुहुने परमेश्‍वरबाट उत्पन्न भए, युगहरूचाहिँ भिन्न भिन्न थिए। इसाईमत अनुग्रहको युगको मण्डली हो, जबकि सर्वशक्तिमान् परमेश्‍वरको मण्डली राज्यको युगको मण्डली हो, जसलाई आज परमेश्‍वरको व्यक्तिगत काम तथा वाणीहरूले डोर्याइन्छ र मागदर्शन गरिन्छ। अर्कोतिर, इसाईमतले पवित्र आत्माको कामलाई गुमाएको छ किनकि यसले परमेश्‍वरका पाइलाहरूसित एउटै गति कायम राखेको छैन अनि यसले आखिरी दिनहरूको परमेश्‍वरको कामलाई विरोध र भत्सर्ना गर्दछ; यो परमेश्‍वरद्वारा भत्सर्ना र त्यागिएको मण्डली हो, त्यसैले परमेश्‍वरले इसाईमतलाई परमेश्‍वरबाट भएको हो भनी पहिचान नगरी परमेश्‍वरलाई विरोध गर्ने र भत्सर्ना गर्ने मण्डलीको रूपमा पहिचान गर्नुहुन्छ। त्यसो हो भने, दुईबीच कुनै तुलना हुन सक्दैन। प्रभु येशू ख्रीष्ट दुई हजार वर्ष अघि नै स्वर्गारोहण हुनुभयो। उहाँ पृथ्वीमा हुनुहुन्न। इसाईमतका मानिसहरूले प्रभु येशूको नाउँमा विश्वास गरेतापनि, तिनीहरूले उहाँलाई कहिल्यै भेटेका छैनन्, उहाँद्वारा रेखदेख गर्ने र सिंचित हुने त परको कुरा हो अनि तिनीहरूले प्रभुका वचनहरूलाई अभ्यास र अनुभव गर्ने कुरालाई पनि ध्यान दिँदैनन्। तिनीहरूले प्रभु येशूलाई बिल्कुल चिन्दैनन्, न त तिनीहरूले उहाँको आत्मालाई नै चिन्दछन्। त्यसैले इसाई मण्डलीले केवल स्वर्गका अस्पष्ट र अमूर्त परमेश्‍वरलाई विश्वास गर्दछन्, आखिरी दिनहरूका देहधारी ख्रीष्टलाई होइन। त्यसैकारण, त्यस्तो मण्डली साँचो इसाईमत होइन; यो एउटा धार्मिक समूहमा बद्लिएको छ जुन बुद्धिष्ट वा टाओ पन्थभन्दा धेरै भिन्न छैन, अनि यो परमेश्‍वरको मण्डली होइन। यसरी, प्रभुको पुनरागमन अनि स्वर्गको राज्यभित्र उठाइलगिने कुराको निम्ति इसाईमतको तिर्सना विशुद्ध कल्पना मात्रै हो। सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने इसाईमतकाहरू बुद्धिमती कन्याहरू हुन् जो परमेश्‍वरको सामु उठाइएका छन्; तथापि, धेरै मानिसहरूले आखिरी दिनहरूको परमेश्‍वरको न्यायको कामलाई स्वीकार गर्दैनन्, तिनीहरूले बाइबलबाट अक्षरहरू र सिद्धान्तहरूका कुराहरू मात्रै बोल्छन् अनि धार्मिक नियमहरू र समारोहमा टाँसिबस्छन्। तिनीहरू पवित्र आत्माको हालको कामसित एउटै गति कायम राख्न सक्दैनन्, बरु आखिरी दिनहरूको परमेश्‍वरको कामलाई भरसक भत्सर्ना र विरोध गर्न चिनियाँ कम्युनिष्ट पार्टीको शैतानी शासनलाई पछ्याउँछन्। यी मानिसहरू मूर्ख कन्याहरू हुन् अनि तिनीहरूलाई परमेश्‍वरले पहिल्यै घृणा, इन्कार अनि निर्मूल गरिसक्नुभएको छ; परमेश्‍वरले तिनीहरूलाई मान्यता दिनुहुन्न, तिनीहरू सामान्य रूपले मात्र “इसाई” हुन्, अनि तिनीहरूले इसाईमतको सारलाई गुमाइसकेका छन्, जुन तिनीहरूले धेरै लामो समयअघि नाउँमा मात्र हासिल गरेका छन्।

जब सर्वशक्तिमान् परमेश्‍वर देखापर्नु भयो र काम गर्न थाल्नुभयो, तब परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने मानिसहरूको समूहमाथि ध्यान केन्द्रित गर्न परमेश्‍वरले सम्पूर्ण ब्रम्हाण्ड बारेको आत्माको कामलाई हटाइसक्नुभएको थियो। सर्वशक्तिमान् परमेश्‍वरलाई प्रार्थना गर्छन् र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूलाई खान्छन् र पिउँछन्, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका ख्रीष्टियनहरूले पवित्र आत्माको कामलाई हासिल गरेका छन्, तिनीहरूले परमेश्‍वरको जीवनको प्रचुर प्रबन्धलाई प्राप्त गरेका छन्, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको वचनहरूलाई अभ्यास र अनुभव गर्छन्, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय र ताड्नालाई अनुभव गर्छन्, तिनीहरूसित सत्यताको बढ्दो बुझाइ छ, तिनीहरूको भ्रष्टता शुद्ध हुँदैछ, तिनीहरूका स्वभावहरू परिवर्तन हुँदैछन् अनि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्दछन्, यस क्रममा तिनीहरू विपद्हरूअघि नै परमेश्‍वरद्वारा पूर्ण बनाइएर विजेताहरूको झुण्ड बनिँदैछन्। तथापि, इसाईमतमा थोरै मानिसहरू मात्रै बुद्धिमती कन्याहरू हुन् जसले परमेश्‍वरको आवाजलाई सुनेका छन्, सर्वशक्तिमान् परमेश्‍वरलाई ग्रहण गरेका छन् अनि जो थुमाको विवाहको भोजमा बस्छन्। इसाईमतका धेरै मानिसहरूले परमेश्‍वरको कामको पदचिह्नहरूलाई पछ्याउन मात्र चुकेका छैनन् तर सर्वशक्तिमान् परमेश्‍वर देखा पर्ने घटना र कामलाई विरोध र भत्सर्ना गर्दै अझै पनि धार्मिक संसारको ख्रीष्टविरोधी दुष्ट शक्तिहरूलाई पछ्याउँछन्। तिनीहरूले पवित्र आत्माको कामलाई गुमाएको धेरै लामो समय भइसकेको छ, तिनीहरू परमेश्‍वरद्वारा घृणित र इन्कार गरिएर तीतो आँशुहरू झार्दै अनि आफ्ना दाँतहरू किट्दै विपद्भित्र जाकिएका छन्।

अघिल्लो: १. प्रभुको पुनरागमन सम्बन्धी बाइबलका अगमवाणीहरू अहिले धेरै हदसम्म पूरा भइसकेका छन्, र प्रभु यहाँ पहिलेबाटै आइसक्नुभएको हुन सक्छ। हामी देख्छौं, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले सार्वजनिक रूपले अनलाइनमा यो गवाही दिइरहेको छ, सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ, र साँच्चै प्रभुमा विश्‍वास गर्ने र परमेश्‍वर देखा पर्नुभएको घटनाको तृष्णा गर्ने मानिसहरू सबै धर्म र सम्प्रदायहरूबाट सर्वशक्तिमान् परमेश्‍वारकहाँ फर्केका छन्। सर्वशक्तिमान् परमेश्‍वर नै देखापर्नुभएको परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न हामी त्यो मात्रै जान्‍न चाहन्छौं।

अर्को: १. प्रभु येशूको आगमन हुनुभन्दा पहिले, फरिसीहरूले प्रायजसो सभाघरहरूमा धर्मशास्त्रको व्याख्या गर्थे र मानिसहरूको सामु प्रार्थना गर्थे। तिनीहरू धेरै धर्मी देखिन्थे, र मानिसहरूको नजरमा, तिनीहरूले धर्मशास्त्रको उल्लङ्घन हुने कुनै पनि कार्य गर्दैनन् जस्तो लाग्थ्यो। त्यसो भए फरिसीहरूलाई प्रभु येशूले किन श्राप दिनुभयो? तिनीहरूले कुन प्रकारले परमेश्‍वरको अपमान गरे, तिनीहरूले किन परमेश्‍वरको क्रोध भड्काए?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्