विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नका लागि मात्र आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग नौ)

आ. ख्रीष्टविरोधीहरूका हितहरू

घ. तिनीहरूका सम्भाव्यता र नियति

४. ख्रीष्टविरोधीहरू “सेवाकर्ता” पदलाई कसरी लिन्छन्

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारेको विषयवस्तु नौँ, तिनीहरूले आफूलाई पृथक्‌ देखाउन र आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नको लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्छन्; तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, र तिनीहरूले ती हितहरूलाई व्यक्तिगत वैभवको लागि समेत बेच्छन् भन्‍नेबारे सङ्गति जारी राख्‍नेछौं। यो विषयवस्तुमा, हाम्रो सङ्गतिको मुख्य विषय ख्रीष्टविरोधीहरूका हितहरूको चिरफार हो, र आज हामी ख्रीष्टविरोधीहरूका हितहरूको चौथो बुँदाभित्र रहेको चौथो उपविषय—तिनीहरूले “सेवाकर्ता” पदलाई कसरी लिन्छन्—भन्‍नेबारे सङ्गति गर्नेछौं र ख्रीष्टविरोधीहरूले यो पदलाई कसरी लिन्छन् भन्‍नेबारे चिरफार गर्नेछौं। अहिलेसम्म परमेश्‍वरलाई पछ्याएका मानिसहरू “सेवाकर्ता” भन्‍ने शब्दसँग परिचित छन्, र तिनीहरूमध्ये धेरैजसोले आफ्नो हृदयमा यो पदलाई आधारभूत रूपमा स्विकारेका हुन्छन्। तिनीहरूको व्यक्तिपरक अभिप्रायको हिसाबमा भन्दा, तिनीहरूसँग यो पदप्रति कुनै प्रतिरोध हुँदैन। तैपनि, कुनै निश्‍चित व्यक्ति सेवाकर्ता हो भनेर भन्‍ने खास विवरणहरूको कुरा गर्नुपर्दा, त्यो व्यक्तिले मुख्य रूपमा हिचकिचाहट र अनिच्छा व्यक्त गर्छ, अन्यायमा परेको महसुस गर्छ, यसरी नबोलाइयोस् भन्‍ने चाहन्छ र ऊ वास्तवमै सेवाकर्ता बन्‍न चाहँदैन। मानिसहरूको अभिव्यक्तिबाट हेर्दा, तिनीहरू “सेवाकर्ता” भन्‍ने पदनाम व्यक्तिपरक झुकावको हिसाबमा खराब पदनाम होइन भन्‍ने कुरामा सहमत देखिए पनि, वस्तुगत दृष्टिकोणबाट हेर्दा, मानिसहरूले अझै पनि “सेवाकर्ता” भन्‍ने पदनामलाई भेदभाव, शत्रुता, र अनिच्छाका केही तत्त्वहरू सहित लिने गर्छन्—तिनीहरूमा यसप्रति यिनै भावनाहरू हुन्छन्। मानिसहरूले “सेवाकर्ता” पदनामबारे जेसुकै सोचे नि, तिनीहरूले यसलाई इमानदारितासाथ स्विकारेर सेवाकर्ता बन्‍न सके नि नसके नि, वा तिनीहरूले यो पदनामबारे जे सोच्छन् त्यसमा मान्छेका धेरै अशुद्धता र इच्छाहरू समावेश भए नि नभए नि, आज हामी सुरुमा सेवाकर्ता भनेको ठ्याक्‍कै के हो, परमेश्‍वरको नजरमा “सेवाकर्ता” पद कसरी परिभाषित र वर्गीकरण गरिन्छ, परमेश्‍वरले बताउनुभएका यी सेवाकर्ताहरूको सार के हो, र परमेश्‍वरले “सेवाकर्ता” भन्‍ने शब्दलाई कसरी हेर्नुहुन्छ र त्यो कुरा मानिसहरूले यसलाई कसरी हेर्छन् त्योभन्दा कसरी फरक छ भन्‍नेबारे सङ्गति गर्नेछौं, ताकि तिमीहरू सबैले “सेवाकर्ता” भन्‍ने पदबारे आफ्नो हृदयमा सही बुझाइ र अवधारणा प्राप्त गर्न सक।

क. “सेवाकर्ता” पदको परिभाषा र उत्पत्ति

शाब्दिक रूपमा “सेवाकर्ता” भन्‍ने शब्दले कुनै कुराको लागि काम र मेहनत गर्ने व्यक्तिलाई जनाउँछ। यदि हामीले यो पदलाई पदको हिसाबमा मापन गर्‍यौँ भने, यसले अस्थायी अवधिको लागि प्रयोग गरिने व्यक्तिलाई जनाउँछ। भन्‍नुको अर्थ, यदि कुनै व्यक्तिलाई सेवाकर्ताको रूपमा लिइन्छ र उसले जागिर खान वा कुनै व्यवसायमा काम गर्न थाल्छ भने, यो उसले लिने दीर्घकालीन व्यावसायिक करियर वा जागिर होइन, बरु यो अस्थायी काम हो। तिनीहरूलाई अस्थायी रूपमा यो व्यवसाय वा जागिरमा केही मेहनत गर्न र केही समय सेवा गर्न लगाइन्छ। तिनीहरूसँग कुनै सम्भाव्यता हुँदैन, कुनै भविष्य हुँदैन, र तिनीहरूले कुनै भौतिक लाभ प्राप्त गर्दैनन्। तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्दैन; तिनीहरूलाई बस तिनीहरूको श्रमको लागि मात्रै भुक्तानी गरिन्छ। जब तिनीहरूलाई दिइएको काम पूरा हुन्छ, तब तिनीहरूको थप आवश्यकता पर्दैन, र तिनीहरू आफ्नो ज्याला लिएर जान्छन्। छोटकरीमा भन्दा, यो अस्थायी काम हो, र आवश्यक पर्दा तिनीहरूलाई काम गर्न लगाइन्छ। सेवाकर्ताको शाब्दिक बुझाइ यही हो। यदि हामीले “सेवाकर्ता” भन्‍ने शब्दलाई मानवजातिका विचारहरू अनुसार अर्थ्यायौँ भने, सेवाकर्ताहरूलाई “करारका कामदारहरू” र “अस्थायी कर्मचारीहरू,” अर्थात् कुनै काम वा व्यवसायको लागि अस्थायी रूपमा काम वा मेहनत गर्ने मानिसहरू भनेर भन्‍न सकिन्छ। कुनै कामको लागि तिनीहरूको आवश्यकता पर्ने समयावधिसँग मात्रै तिनीहरूको सम्बन्ध हुन्छ, र त्यो समय सकिएपछि, तिनीहरूको कुनै मूल्य रहँदैन। यस्तो किन हुन्छ भने, तिनीहरूको थप आवश्यकता नै पर्दैन, र तिनीहरूको थप प्रयोजनात्मक मूल्य नै हुँदैन—त्यो अवधिमा तिनीहरूको महत्त्व सक्किसकेको हुन्छ। “सेवाकर्ता” शब्दको मानिसहरूले बुझ्न र देख्‍न सक्‍ने शाब्दिक अर्थ यही हो। मानव भाषाले व्यक्त गर्न सक्‍ने अर्थभित्र, अर्थात् मानिसहरूले बुझ्न सक्‍ने गरी परमेश्‍वरले बताउनुभएको “सेवाकर्ता” पदनामको अर्थभित्र, के कुनै स्तरको अर्थ सत्यताअनुरूप छ? के सामान्य मानवता र समझसँग मिल्‍ने कुनै स्तरको अर्थ छ? के सृष्टि गरिएको साँचो प्राणीको रूपमा मानिसहरूले बुझ्नुपर्ने कुनै स्तरको अर्थ छ? परमेश्‍वरले यो पदनामलाई कसरी लिनुहुन्छ भन्‍ने कुरासँग सम्बन्धित कुनै स्तरको अर्थ छ? (छैन।) छैन भन्‍ने कुरा तिमीहरूलाई कसरी थाहा भयो? तिमीहरू झस्कन्छौ, तिमीहरू यसको व्याख्या गर्न सक्दैनौ। तिमीहरूमाझ विश्‍वविद्यालयका विद्यार्थीहरू, स्नातकोत्तरका विद्यार्थीहरू, विद्यावारिधिका विद्यार्थीहरू, र प्राध्यापकहरू पनि छौ, तैपनि तिमीहरू कसैले पनि यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ, होइन र? (हो, ठीक भन्‍नुभयो।) ज्ञान र सत्यताबीच रहेको भिन्‍नता यही हो। तँ शिक्षित हुन सक्छस्, तँलाई “सेवा” र “कर्ता” भन्‍ने छुट्टाछुट्टै शब्दहरू थाहा हुन सक्छ, र जब व्यक्ति र मानिसहरूको समूहलाई जनाउन यी शब्दहरूलाई जोडेर अर्को शब्द बनाइन्छ, तब तैँले ती मानिसहरूको सार, तिनीहरूको प्रकटीकरण, र सम्पूर्ण मानवजातिबीच रहेको तिनीहरूको स्तर बुझ्न सक्छस्, तर जब तैँले यो शब्दलाई सत्यताको दृष्टिकोण र सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट बुझ्न सक्दैनस्, तब तेरो बुझाइ ठ्याक्‍कै कहाँबाट आएको हुन्छ? तैँले बुझेको यो शब्दको सार वास्तवमा के हो? के यो भ्रष्ट मानवजाति, यो समाज, र यो मानवजातिको ज्ञानबाट आएको “सेवाकर्ता” भन्‍ने शब्दको बुझाइ यही होइन र? (हजुर, हो।) के मानवजातिको ज्ञान सत्यतासँग मिल्दो हुन्छ, कि सत्यतासँग विरोधाभासपूर्ण हुन्छ? (यो सत्यताप्रति विरोधाभासपूर्ण हुन्छ।) त्यसकारण, जब तँसँग यो शब्दको यो बुझाइ र ज्ञान हुन्छ, तब के तँ परमेश्‍वरको विरोधमा उभिरहेको हुन्छस्, कि परमेश्‍वरसँगको अनुकूलताको पक्षमा उभिरहेको हुन्छस्? अवश्य नै, जब तैँले आफ्नो ज्ञान, आफ्नो मस्तिष्कद्वारा यो शब्दलाई बुझ्छस् र जान्दछस्, तब तँ अनायासै र अनजानैमा परमेश्‍वरको विरोधमा खडा हुन्छस्। जब तैँले यो शब्दलाई बुझ्न आफ्नो ज्ञानको प्रयोग गर्छस्, तब तैँले बुझेका कुराहरूले अपरिहार्य रूपमै तँमा “सेवाकर्ता” शब्दप्रति प्रतिरोध, इन्कार, घिन, र घृणासमेतको भाव पैदा हुन्छ। के यहाँ कुनै समर्पण छ? के यहाँ कुनै साँचो स्वीकार छ? (छैन।) कतिपय मानिसहरू भन्छन्: “म असल शब्दहरू स्वीकार गर्छु, तर मैले किन यो खराब शब्द स्वीकार गर्ने? मलाई यसप्रति कुनै प्रतिरोधको अनुभूति हुँदैन, त्यो नै पर्याप्त छ। उदाहरणको लागि, म ‘मुकुट प्राप्त गर्नु’, ‘इनामहरू प्राप्त गर्नु’, ‘आशिष् पाउनु’, ‘राज्य प्रवेश गर्नु,’ ‘स्वर्ग जानु,’ ‘नर्क नजानु,’ ‘दण्ड नभोग्‍नु,’ र ‘ज्येष्ठ पुत्र बन्‍नु’ जस्ता सकारात्मक शब्दहरू स्वीकार गर्छु। यो प्राकृतिक कुरा हो, यो मान्छेको सामान्य प्रतिक्रिया हो, र मानिसहरूले पछ्याउनुपर्ने कुराहरू यिनै हुन्। ‘दुष्ट मानिसहरू,’ ‘ख्रीष्टविरोधीहरू,’ ‘दण्ड भोग्‍नु,’ र ‘नर्क जानु’ जस्ता नकारात्मक शब्दहरू स्वीकार गर्न कसैलाई मन पर्दैन। ‘सेवाकर्ता’ भन्‍ने शब्द तटस्थ छ, तर मेरो बुझाइअनुसार, मैले यसलाई स्वीकार गर्न सक्दिनँ, र यसलाई घृणा नगर्नु नै मेरो लागि पर्याप्त छ। यदि मैले यसलाई स्वेच्छाले स्वीकार गर्नुपर्छ, यसमा समर्पित हुनुपर्छ र परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ भने, त्यो असम्भव छ।” के मानिसहरूले यस्तै सोच्दैनन् र? (हजुर, हो।) यो सोचाइ सही हो कि गलत हो? (गलत हो।) यो गलत हो भन्‍ने कुरा तँलाई कहिले थाहा भयो? अहिले भर्खरै, होइन र? समस्या त्यही हो। तैँले यो गलत कुरा हो भनेर भर्खरै मात्र थाहा पाएको छस्। यो महसुस गर्नुभन्दा पहिले, तैँले सतही रूपमा “सेवाकर्ता” भन्‍ने पदनामलाई स्विकारिसकेको जस्तो देखिन्थ्यो, र व्यक्तिपरक रूपमा त तैँले यसलाई स्विकारी नै सकेको थिइस् जस्तो देखिन्थ्यो—तर यो स्वीकार साँचो थियो कि झूटो थियो? (यो झूटो थियो।) यो स्पष्ट रूपमा साँचो थिएन, न त तँ यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार नै थिइस्। यहाँ झूट, बहाना, र अनिच्छा थियो, र तँसँग अर्को कुनै विकल्प छैन भन्‍ने बोध पनि थियो।

हामीले भर्खरै “सेवाकर्ता” भन्‍ने पदनामसँग सम्बन्धित मानिसहरूको साँचो प्रतिक्रिया र प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ, र यसले यो पदनामप्रतिको मानिसहरूको विचार, दृष्टिकोण, र बुझाइलाई पूर्ण रूपमा प्रदर्शित गर्छ, र यो पदनामप्रतिको मानिसहरूको मनोवृत्ति अनिच्छा, भेदभाव, घृणा, र हृदयको गहिराइबाट आउने प्रतिरोध हो भन्‍ने कुरालाई पूर्ण रूपमा खुलासा गर्छ। यस्तो किन हुन्छ भने, मानिसहरू सेवाकर्ता बन्‍न मन पराउँदैनन्, तिनीहरूले “सेवाकर्ता” भन्‍ने शब्दलाई घृणा गर्छन्, र तिनीहरू सेवाकर्ता बन्‍न चाहँदैनन्, र सेवाकर्ता बन्‍ने कुरालाई घृणा गर्छन्। यो पदनामप्रतिको मानिसहरूको बुझाइ र मनोवृत्ति यही हो। अब, हामी परमेश्‍वरले सेवाकर्ताहरूलाई कसरी हेर्नुहुन्छ, “सेवाकर्ता” भन्‍ने शब्द कसरी आयो, परमेश्‍वरको नजरमा यो पदको सार के हो, र यसको उत्पत्ति के हो भन्‍ने कुरालाई हेरौँ। मानवजातिको भाषामा “सेवाकर्ता” भन्‍ने शब्दको शाब्दिक अर्थ अस्थायी कर्मचारी, कुनै व्यवसाय वा जागिरमा अस्थायी रूपमा सेवा गर्ने, र अस्थायी रूपमा आवश्यक परेको व्यक्ति भन्‍ने हुन्छ। परमेश्‍वरको व्यवस्थापन योजनामा, परमेश्‍वरको काममा, र परमेश्‍वरको घरमा, सेवाकर्ताहरू भनेर भनिने मानिसहरूको यो समूह अपरिहार्य नै हुन्छन्। जब यी मानिसहरू परमेश्‍वरको घरमा, परमेश्‍वरको कामको स्थानमा आउँछन्, तब तिनीहरूलाई परमेश्‍वरबारे वा परमेश्‍वरमाथिको विश्‍वासबारे केही थाहा हुँदैन, परमेश्‍वरको काम वा उहाँको व्यवस्थापन योजनाबारे थाहा हुनु त झन् परै जाओस्। तिनीहरूले केही बुझेका हुँदैनन्; तिनीहरू बाहिरियाहरू, र गैरविश्‍वासीहरू मात्रै हुन्छन्। जब परमेश्‍वरको नजरमा गैरविश्‍वासी रहेका मानिसहरू परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूले उहाँको लागि के गर्न सक्छन्? यो भन्‍न सकिन्छ कि तिनीहरूले केही पनि गर्न सक्दैनन्। मानिसहरू भ्रष्ट स्वभावले भरिएका हुनाले र तिनीहरूले परमेश्‍वरलाई पटक्‍कै नचिन्‍ने हुनाले, र मानिसहरूको प्रकृति सारको कारण, तिनीहरूले परमेश्‍वरले जे गर्न लगाउनुहुन्छ त्यो मात्रै गर्न सक्छन्। तिनीहरू परमेश्‍वरको काम जुनसुकै बिन्दुमा पुगे पनि यसलाई पछ्याउँछन्, र परमेश्‍वरका वचनहरूले तिनीहरूलाई जुन हदसम्‍म लैजान्छन् त्यससम्‍बन्धी तिनीहरूको ज्ञान त्यति नै हुन्छ; तिनीहरूलाई उहाँका वचनहरू मात्रै थाहा हुन्छ, तर तिनको बारेमा तिनीहरूसँग कुनै बुझाइ हुँदैन। ती मानिसहरूले परमेश्‍वरले अह्राउनुभएको हरेक काममा निष्क्रिय रूपमा सहकार्य गर्छन्—तिनीहरू पूर्ण रूपमा निष्क्रिय हुन्छन्, तर सक्रिय हुँदैनन्। यहाँ, “निष्क्रिय” भन्‍नुको अर्थ परमेश्‍वरले के गर्नुहुनेछ त्यो तिनीहरूलाई थाहा हुँदैन, परमेश्‍वरले तिनीहरूलाई के अह्राइरहनुभएको छ त्यो तिनीहरूलाई थाहा हुँदैन, परमेश्‍वरले तिनीहरूलाई अह्राइरहनुभएको कामको महत्त्व वा मूल्य तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूले कुन मार्ग हिँड्नुपर्छ त्यो पनि तिनीहरूलाई थाहा हुँदैन भन्‍ने हो। परमेश्‍वरको घर आउँदा, तिनीहरू परमेश्‍वरले तिनीहरूलाई जसरी चलाउनुहुन्छ त्यसरी मात्रै काम गर्ने मेसिनहरूजस्तै हुन्छन्। परमेश्‍वरले तिनीहरूबाट के चाहनुहुन्छ? के तिमीहरूलाई थाहा छ? (मानिसहरू परमेश्‍वरले न्याय गर्न व्यक्त गर्नुहुने सत्यताका लक्षित पात्रहरू हुन्। मानिसहरू परमेश्‍वरका वचनहरूका लक्षित पात्रहरू हुन्।) यो एउटा भाग हो; मानिसहरू परमेश्‍वरका वचनहरूका लक्षित पात्रहरू हुन्। अरू के छ? मानिसहरूका वरदान? (हजुर।) सामान्य मानवताको सोचाइ? (हजुर।) यदि तँमा सामान्य मानवताको सोचाइ छ भने मात्रै, परमेश्‍वरले तँलाई प्रयोग गर्नुहुन्छ। यदि तँमा विवेक र समझ छैन भने, तँ सेवाकर्ता हुनसमेत योग्य हुँदैनस्। अरू के छ? (मानिसहरूको सीप र विशेष प्रतिभा।) यी सबै वरदानहरूमा पर्छन् र यी पनि मानिसहरूमा रहेका विभिन्‍न सीपहरूकै भाग हुन्। अरू के छ? (परमेश्‍वरसँग सहकार्य गर्ने दृढता।) यो पनि यसको एउटा भाग हो, यो आज्ञापालन गर्ने र समर्पित हुने आकाङ्क्षा हो, र अवश्य नै यसलाई सकारात्मक कुराहरूलाई प्रेम गर्ने र ज्योतिलाई प्रेम गर्ने मानिसहरूको इच्छा भनेर पनि भन्‍न सकिन्छ। आज्ञापालन गर्ने र समर्पित हुने आकाङ्क्षा परमेश्‍वरसँग सहकार्य गर्ने सङ्कल्प हो, तर यसलाई भन्‍ने सबैभन्दा उचित तरिका के हो? (आज्ञापालन गर्ने र समर्पित हुने आकाङ्क्षा।) ठीक भन्यौ, “आकाङ्क्षा” भन्‍ने शब्द तुलनात्मक रूपमा व्यापक छ र यसले व्यापक क्षेत्र समेट्छ। हामीले “सङ्कल्प” भन्‍ने शब्द प्रयोग गर्‍यौँ भने, यसको क्षेत्र अलिक सङ्कुचित हुन्छ। यसको साथै, “आकाङ्क्षा” तुलनात्मक रूपमा “सङ्कल्प” भन्दा हल्का छ, मतलब तँसँग आकाङ्क्षा भएपछि, तँमा बिस्तारै विभिन्‍न सङ्कल्पहरू पैदा हुनेछन्; सङ्कल्पहरू अलिक विशिष्टीकृत हुन्छन्, जबकि आकाङ्क्षाहरू अलिक व्यापक हुन्छन्। सृष्टिकर्ताको हकमा भन्दा, परमेश्‍वरलाई भ्रष्ट मानवजातिबाट चाहिने विभिन्‍न कुराहरू यिनै हुन्। भन्‍नुको अर्थ, जब परमेश्‍वर, परमेश्‍वरको व्यवस्थापन, परमेश्‍वरको सार, परमेश्‍वरका वाणीहरू, र परमेश्‍वरको स्वभावबारे केही पनि नबुझ्ने बाह्य व्यक्ति परमेश्‍वरको घर आउँछ, तब ऊ मेसिनजस्तै हुन्छ, र उसले परमेश्‍वरको लागि र परमेश्‍वरको कामसँगको आफ्नो सहकार्यमा के गर्न सक्छ त्यसको परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू अर्थात्, सत्यतासँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरले प्रयोग गर्न सक्‍नुहुने त्यस्ता मानिसहरूका कुराहरू भर्खरै उल्लेख गरिएका कुराहरू नै हुन्: पहिलो हो, यी मानिसहरू परमेश्‍वरका वचनहरूका लक्षित पात्रहरू बन्‍न सक्छन्; दोस्रो, यी मानिसहरूसँग भएका वरदानहरू हुन्; तेस्रो यो हो कि, यी मानिसहरूमा सामान्य मानवताको सोचाइ हुन्छ; चौथो, यी मानिसहरूमा रहेका विभिन्‍न सीपहरू हुन्; पाँचौँ—र सबैभन्दा महत्त्वपूर्ण कुरा—यी मानिसहरूमा परमेश्‍वरका वचनहरू पालना गर्ने र त्यसमा समर्पित हुने आकाङ्क्षा हुन्छ। यी सबै कुराहरू महत्त्वपूर्ण छन्। व्यक्तिमा यी सबै कुराहरू भएपछि, उसले परमेश्‍वरको कामको सेवामा र उहाँको व्यवस्थापन योजनाको लागि काम गर्न थाल्छ, र आधिकारिक रूपमा सही मार्ग हिँड्न थाल्छ, र यसको अर्थ ऊ आधिकारिक रूपमा परमेश्‍वरको घरको सेवाकर्ता बनेको हुन्छ।

जब मानिसहरूले परमेश्‍वरका वचनहरू, सत्यता, वा परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, र अलिकति पनि परमेश्‍वरको डर मान्दैनन्, तब तिनीहरू प्रत्येकको भूमिका सेवाकर्ताको भूमिका बाहेक अरू कुनै हुन सक्दैन। भन्‍नुको अर्थ, तैँले सेवाकर्ता हुन चाहे नि नचाहे नि तँ सेवाकर्ता नै हुन्छस्—तँ यो पदबाट उम्कन सक्दैनस्। कति मानिसहरू भन्छन्: “मैले मेरो सम्पूर्ण जीवनभर परमेश्‍वरमा विश्‍वास गरेको छु। मैले येशूमा विश्‍वास गर्न थालेको समयदेखि अहिलेसम्म दशकौँ बितिसकेको छ—के म साँच्‍चै अझै पनि सेवाकर्ता मात्रै हुँ त?” यो प्रश्‍नबारे तँलाई के लाग्छ? तिनीहरूले यसबारे कसलाई सोधिरहेका छन्? तिनीहरूले आफैलाई यो प्रश्‍न गर्नुपर्छ र आफ्नो बारे मनन गर्नुपर्छ: “के मैले अहिले परमेश्‍वरका अभिप्रायहरू बुझेँ? अहिले मैले आफ्नो कर्तव्य पूरा गर्दा, मैले प्रयास मात्रै लाइरहेको हुन्छु कि सत्यता अभ्यास गरिरहेको हुन्छु? के मैले सत्यता पछ्याउने र बुझ्ने मार्ग पछ्याइरहेको छु? के म सत्यता वास्तविकतामा प्रवेश गरेको छु? के मसँग परमेश्‍वरको डर मान्ने हृदय छ? के म परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुँ?” यी कुराहरू विचार गर्दै तिनीहरूले आफ्‍नो बारे मनन गर्नुपर्छ। यदि तिनीहरूले यी मापदण्डहरू पूरा गरेका छन् भने, यदि तिनीहरूले परमेश्‍वरका परीक्षाहरू सामना गर्दा तिनीहरू दह्रिलो गरी खडा हुन सक्छन् भने, र यदि तिनीहरूले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्‍न सक्छन् भने, तिनीहरू अवश्य नै उप्रान्त सेवाकर्ता रहँदैनन्। यदि तिनीहरूले यी मापदण्डहरूमध्ये एउटा पनि पूरा गरेका छैनन् भने, तिनीहरू अवश्य नै सेवाकर्ता नै रहन्छन्, र यो उम्कनै नसकिने र अपरिहार्य कुरा हो। कति मानिसहरू भन्छन्: “मैले परमेश्‍वरमा विश्‍वास गरेको ३० वर्षभन्दा बढी भएको छ, र यसमा मैले येशूमा विश्‍वास गरेका वर्षहरू त समावेश नै छैन। परमेश्‍वर देहधारी हुनुभएको, देखा पर्नुभएको, काम गर्नुभएको, र आफ्ना वाणीहरू बोल्न थाल्‍नुभएको यो समय सुरु भएदेखि नै, म परमेश्‍वरको अनुयायी रहिआएको छु। परमेश्‍वरको काम व्यक्तिगत रूपमा पहिलोपटक अनुभव गर्नेहरूमा म पनि पर्छु, र उहाँले आफ्‍नो मुखबाट बोल्‍नुभएका वचनहरू पहिलोपटक सुन्‍ने मानिसहरूमा म पनि एक हुँ। त्यो बेलादेखि अहिले धेरै वर्ष बितिसकेको छ, र मैले अझै पनि परमेश्‍वरमा विश्‍वास गरिरहेको र उहाँलाई पछ्याइरहेको छु। मैले धेरैपटक पक्राउ र सतावट भोगेको छु र धेरै खतराहरू सामना गरेको छु, र परमेश्‍वरले मलाई सधैँ रक्षा र अगुवाइ गर्नुभएको छ; परमेश्‍वरले मलाई कहिल्यै त्याग्‍नुभएको छैन। अहिले पनि मैले अझै आफ्नो कर्तव्य निभाइरहेको छु, मेरो अवस्था झन्झन् राम्रो हुँदै गइरहेको छ, मेरो विश्‍वास झन्झन् बढिरहेको छ, र परमेश्‍वरप्रति ममा कुनै शङ्का छैन—के म साँच्‍चै अझै पनि सेवाकर्ता नै हुँ त?” तैँले कसलाई सोधिरहेको छस्? के तैँले गलत व्यक्तिलाई सोधिरहेको छैनस् र? तैँले यो प्रश्‍न सोध्‍नु हुँदैन। तैँले विश्‍वास गरेको धेरै वर्ष भएको हुनाले, तँ सेवाकर्ता होस् कि होइनस् भन्‍ने तँलाई थाहा छैन र? यदि तँलाई यो कुरा थाहा छैन भने, किन तैँले तँसँग सत्यता वास्तविकता छ कि छैन, तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ कि छैन, र तैँले दुष्टताबाट अलग हुने तरिकाले व्यवहार गर्छस् कि गर्दैनस् भनेर आफैलाई सोध्दैनस्? परमेश्‍वरले यतिका वर्ष काम गर्नुभएको छ, यी सबै वचनहरू बोल्नुभएको छ, तर तैँले कति कुरा बुझेको छस् र तँ कतिमा प्रवेश गरेको छस्? तैँले कति प्राप्त गरेको छस्? तैँले कति वटा काटछाँट, र कति वटा परीक्षा र शोधनहरू स्विकारेको छस्? तैँले यी कुराहरू स्विकार्दा, के तँ आफ्नो गवाहीमा दह्रिलो गरी खडा भइस्? के तँ परमेश्‍वरको गवाही दिन सक्छस्? जब तैँले अय्यूबले सामना गरेका जस्तै परीक्षाहरू सामना गर्छस्, तब के तँ परमेश्‍वरलाई इन्कार्न सक्छस्? परमेश्‍वरमाथिको तेरो विश्‍वास कति ठूलो छ? के तेरो विश्‍वास कुनै आस्था मात्रै हो, कि यो साँचो विश्‍वास हो? आफैलाई यी प्रश्‍नहरू सोध्। यदि तँलाई यी प्रश्‍नहरूको उत्तर थाहा छैन भने, म त भन्छु, तँ एउटा भ्रमित व्यक्ति होस्, र तँ भीडसँग मात्रै हिँडिरहेको छस्—तँ सेवाकर्ता भनेर बोलाइन पनि लायक छैनस्। “सेवाकर्ता” भन्‍ने पदप्रति यस्तो मनोवृत्ति राख्‍ने र अझै पनि हृदयमा अन्योल रहेको व्यक्ति अत्यन्तै दयनीय हुन्छ। तिनीहरूलाई आफू के हुँ भन्‍ने समेत थाहा हुँदैन, जबकि परमेश्‍वर सबै मानिसहरूलाई गर्ने व्यवहारमा पूर्ण रूपमा स्पष्ट र प्रस्ट हुनुहुन्छ।

हामीले भर्खरै “सेवाकर्ता” भन्‍ने शब्दबारे परमेश्‍वरको मूल अर्थ के हो भन्‍नेबारे सङ्गति गर्‍यौँ। जब मानिसहरू सुरुमा परमेश्‍वरको घर प्रवेश गर्छन्, जब तिनीहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा सहकार्य गर्ने विभिन्‍न आकाङ्क्षा वा केही सङ्कल्प मात्रै हुन्छ, तब तिनीहरूले त्यो अवधिमा खेल्ने भूमिका सेवाकर्ताको भूमिका मात्रै हुन सक्छ। अवश्य नै, “सेवा” भन्‍ने शब्द त्यति राम्रो सुनिँदैन। अर्को शब्दमा भन्दा, यसको अर्थ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको लागि सेवा दिनु र काम गर्नु हो; यसको अर्थ मेहनत गर्नु हो। यी मानिसहरूले कुनै सत्यता बुझ्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छन्, र मानवजातिलाई मुक्ति दिने र व्यवस्थापन गर्ने परमेश्‍वरको खास काममा तिनीहरूले कुनै प्रयत्‍न योगदान दिन वा सहकार्य गर्न सक्दैनन्, न त सत्यतासँग सम्बन्धित विभिन्‍न कामहरूमै तिनीहरूले त्यसो गर्न सक्छन्। तिनीहरूसँग केही सीप र वरदानहरू मात्रै हुन्छ, र तिनीहरूले सामान्य मामलाहरूको निश्‍चित कामको लागि मात्र केही मेहनत गर्न र केही कुराहरू बोल्न र केही बाहिरी सेवाको काम गर्न मात्रै सक्छन्। यदि मानिसहरूले आफ्नो कर्तव्य निभाउँदा गर्ने कामको सार यही हो भने, यदि तिनीहरूले सेवाको भूमिका मात्रै खेलिरहेका छन् भने, तिनीहरूलाई “सेवाकर्ता” को पदनाम त्याग्‍न गाह्रो हुन्छ। किन यसलाई त्याग्‍न गाह्रो हुन्छ? के यो पदनामबारे परमेश्‍वरले दिनुभएको परिभाषासँग यसको कुनै सम्बन्ध छ? हो, अवश्यै छ। मानिसहरूले थोरै मेहनत गरेर आफ्नो प्राकृतिक क्षमता र वरदान र मनअनुसार काम गर्न सजिलो छ, तर सत्यताअनुसार जिउन, सत्यता वास्तविकतामा प्रवेश गर्न, र परमेश्‍वरका अभिप्रायहरू अनुसार काम गर्न निकै गाह्रो हुन्छ; यसको लागि समय, परमेश्‍वरको अगुवाइ, परमेश्‍वरको अन्तर्दृष्टि, र परमेश्‍वरको अनुशासन चाहिन्छ, र यसको लागि अझै बढी रूपमा परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्ने आवश्यकता हुन्छ। त्यसकारण, मानिसहरूले यी उद्देश्यहरू हासिल गर्न काम गरिरहेको बेला, धेरैजसो मानिसहरूले गर्न र दिन सक्‍ने कुराहरू भनेकै भर्खरै उल्लेख गरिएका कुराहरू हुन्: परमेश्‍वरका वचनहरूका लक्षित पात्रहरू बन्‍नु, निश्‍चित वरदानहरू पाउनु र परमेश्‍वरको घरमा केही मात्रामा उपयोगी हुनु, सामान्य मानवताको सोचाइ साथमा हुनु र अह्राइएको कुनै पनि काम बुझ्न र पूरा गर्न सक्नु, निश्‍चित सीप धारण गर्नु र परमेश्‍वरको घरको निश्‍चित काममा आफ्नो विशेष प्रतिभा प्रयोग गर्न सक्नु, र सबैभन्दा महत्त्वपूर्ण कुरा, आज्ञापालन र समर्पित हुने आकाङ्क्षा राख्‍नु। परमेश्‍वरको घरमा सेवा गर्दा, परमेश्‍वरको कामको खातिर मेहनत गर्दा, तँमा आज्ञापालन गर्ने र समर्पित हुने थोरै आकाङ्क्षा छ भने पनि, तँ नकारात्मक र सुस्त हुनेछैनस्। बरु, तैँले आत्मसंयम अभ्यास गर्न र धेरै असल कुराहरू गर्दै खराब कुराहरू कम गर्न सक्दो गर्नेछस्। के धेरैजसो मानिसहरू यही स्थिति र अवस्थामा हुँदैनन् र? अवश्य नै, तिमीहरू सबैमाझ यो स्थिति र दायरालाई पछाडि छोडिसकेका मानिसहरू निकै थोरै छन्। अनि मानिसहरूको यो सानो समूहले के कुरा प्राप्त गरेको हुन्छ? तिनीहरूले सत्यता बुझेका हुन्छन्, र सत्यता वास्तविकता प्राप्त गरेका हुन्छन्। जब तिनीहरूले समस्याहरू सामना गर्छन्, तब तिनीहरूले प्रार्थना गर्न र परमेश्‍वरका अभिप्रायहरू खोजी गर्न सक्छन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्। आज्ञापालन गर्ने र समर्पित हुने तिनीहरूको आकाङ्क्षा सङ्कल्पको स्तरमा मात्रै रोकिँदैन, बरु तिनीहरूले त सक्रिय रूपमै परमेश्‍वरका वचनहरू अभ्यास गर्न, परमेश्‍वरका मापदण्डहरू अनुसार काम गर्न, र समस्याहरू सामना गर्दा परमेश्‍वरको डर मान्ने हृदय बोकेर हिँड्न समेत सक्छन्। तिनीहरू विचार नगरी बोल्ने वा व्यवहार गर्ने गर्दैनन्, बरु सतर्क र सावधान हुन्छन्। विशेषगरी तिनीहरूले सामना गर्ने काटछाँट जब तिनीहरूको आफ्नै विचारहरूसँग मिल्दैन, तब तिनीहरूले परमेश्‍वरलाई आलोचना गर्दैनन्, उहाँसँग तर्क गर्दैनन्, र तिनीहरूले हृदयमा कुनै प्रतिरोध महसुस गर्दैनन्। तिनीहरूले हृदयको गहिराइबाटै साँचो रूपमा परमेश्‍वरको पहिचान, हैसियत, र सार स्वीकार गर्छन्। के यी मानिसहरू र सेवाकर्ताहरूबीच कुनै भिन्‍नता छ? ती भिन्‍नताहरू के-के हुन्? पहिलो भिन्‍नता हो, तिनीहरूले सत्यता बुझेका हुन्छन्, र दोस्रो हो, तिनीहरूले केही सत्यता अभ्यास गर्न सक्छन्। तेस्रो, तिनीहरूमा परमेश्‍वरबारे केही ज्ञान हुन्छ, र चौथो, तिनीहरूको आज्ञापालन र समर्पण अब आकाङ्क्षाहरूमा मात्रै सीमित हुँदैन, त्यो व्यक्तिपरक मनोवृत्तिमै रूपान्तरित भइसकेको हुन्छ—तिनीहरू साँचो रूपमा समर्पित बनिसकेका हुन्छन्। पाँचौँ—र यी बुँदाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा बहुमूल्य बुँदा—तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय पैदा भएको हुन्छ। यो भन्‍न सकिन्छ कि यी कुराहरू धारण गरेका मानिसहरूले पहिले नै “सेवाकर्ता” पदनामलाई पछाडि छोडिसकेका हुन्छन्। यस्तो किन हुन्छ भने, प्रवेश सम्‍बन्धी तिनीहरूका विभिन्‍न पक्षहरू, साथै सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति र परमेश्‍वरबारे तिनीहरूको ज्ञानको स्तरको आधारमा हेर्दा, तिनीहरूले परमेश्‍वरको घरमा कुनै एउटा व्यावसायिक काम मात्रै गर्छन् भनेर सरल रूपमा भन्‍न सकिँदैन, र तिनीहरू अबदेखि थोरै काम गर्नको लागि अस्थायी रूपमा बोलाइएका अस्थायी कर्मचारी मात्रै हुँदैनन्। भन्‍नुको अर्थ, यी मानिसहरू अस्थायी इनामको लागि आएका हुँदैनन्; तिनीहरू अस्थायी प्रयोगको लागि काममा राखिएका हुँदैनन् र तिनीहरू यो काम दीर्घकालीन रूपमा लिन सक्छन् कि सक्दैनन् भनेर तिनीहरूलाई प्रयोग गरिएको अवधिमा अवलोकन गर्ने गरिँदैन। बरु, तिनीहरू सत्यता अभ्यास गर्न र कर्तव्य राम्ररी पूरा गर्न सक्छन्। त्यसकारण, यी मानिसहरूले “सेवाकर्ता” को पद, वा पदनामलाई पछाडि छोडिसकेका हुन्छन्। के तिमीहरूले त्यस्ता मानिसहरू देखेका छौ? मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्। तिमीहरू यी मानिसहरू को हुन् र तिनीहरू कति जना छन् भनेर जान्न चाहन्छौ, तर अहिले म त्यो कुरा भन्‍न सक्दिनँ; जब तिमीहरूले सत्यता बुझ्छौ, तब तिमीहरूले तिनीहरूलाई चिन्‍न सक्‍नेछौ। तिमीहरूले केचाहिँ जान्नुपर्छ भने, तिमीहरू कस्तो परिस्थितिमा छौ, तिमीहरूले पछ्याइरहेको अगाडिको बाटो कुन हो, र तिमीहरूले पछ्याउनुपर्ने बाटो कुन हो—तिमीहरूले जान्नुपर्ने कुराहरू यिनै हुन्।

अब, के “सेवाकर्ता” भन्‍ने पद परमेश्‍वरले मानिसहरूमा लाद्‌नुभएको हो त? के परमेश्‍वरले मानिसहरूलाई हेला गर्न, वर्गीकरण गर्न र स्तर निर्धारण गर्न यो पद प्रयोग गर्नुहुन्छ त? (होइन।) त्यसोभए, परमेश्‍वरले यो पदलाई कसरी परिभाषित गर्नुभएको छ? परमेश्‍वरले मानिसहरूलाई कुनै पदनाम दिनु भनेको उहाँले तिनीहरूलाई जथाभाबी उपनाम दिनु होइन र उहाँले बाहिरी रूपको आधारमा यो कुरा परिभाषित गर्नुहुन्न; यो पदनाम एउटा पदनाम मात्रै होइन। व्यक्तिको नाम त कुनै वास्तविक अर्थ नभएको नाम, उपाधि मात्रै हो। उदाहरणको लागि, कतिपय चिनियाँ आमाबुबाले आफ्नी छोरी चलाख र सुन्दर होस् भन्‍ने आशा गर्छन्, र त्यसैले तिनीहरूले उसको नाममा “सुन्दर” भन्‍ने अक्षर प्रयोग गर्छन्, तर त्यो त आशा मात्रै हो, र उसको सारसँग यसको कुनै सम्बन्ध हुँदैन। ऊ साँच्‍चै मूर्ख हुन सक्छे र ठूलो भएर आकर्षक नबन्‍न पनि सक्छे, त्यसैले उसलाई “सुन्दर” भन्‍नुको अर्थ के भयो र? कति बालकहरूलाई त “चेङलोङ” वा “चेङहु” भनेर नाम दिइएको हुन्छ, जसमा ड्रागन वा बाघजस्तो बन्‍नु भन्‍ने अर्थ दिने अक्षर प्रयोग गरिएको हुन्छ—के तिनीहरू त्यस्तो नामले बोलाउन मिल्ने गरी प्रखर हुन्छन् त? तिनीहरू कायर वा काम न काजका मानिसहरू हुन सक्छन्। यी कुराहरू आमाबुबाले आफ्ना छोराछोरीप्रति राखेका आशाहरू मात्र हुन्; तिनीहरूले यस्ता नामहरू दिन्छन्, र तिनीहरूको सारसँग यी नामको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, मानिसहरूका नाम र पदवीहरूले मानिसहरूका कल्पना र कामनाहरू बोकेका हुन्छन्, तर ती नाम र पदवीनामहरू मात्रै हुन्, र ती सारको आधारमा दिइएको हुँदैन। तैपनि, परमेश्‍वरले परिभाषित गर्नुभएका पद र नामहरू मानिसहरूको बाहिरी रूपको आधारमा दिइएको हुँदैन, न त ती परमेश्‍वरका आफ्नै इच्छाहरूमै आधारित हुन्छन्। के परमेश्‍वरले मानिसहरूलाई सेवाकर्ता बनेको चाहनुहुन्छ? (चाहनुहुन्‍न।) के तिमीहरूले कहिल्यै परमेश्‍वरका यी वचनहरू पढेका छौ, “म हरेक व्यक्ति सेवाकर्ता बनेको चाहन्छु र कसैले पनि मुक्ति पाएको चाहन्‍नँ”? (छैनौँ।) त्यसोभए परमेश्‍वरले के चाहनुहुन्छ? मानिसहरूले यसभन्दा पहिले यसो भनेका छन्, “परमेश्‍वरले हरेक व्यक्तिले मुक्ति पाएको चाहनुहुन्छ र कोही पनि विनाशमा नपरोस् भन्‍ने चाहनुहुन्छ।” यो एउटा कामना हो। तैपनि “सेवाकर्ता” भन्‍ने पदनाम त्यतिकै आएको होइन। यो त परमेश्‍वरले “रूख” र “घाँस” भन्‍ने नामहरू निर्धारित गर्नुभएजस्तै हो। रूखहरू ठूला र अग्‍ला कुराहरू हुन्, र कसैले रूखबारे उल्लेख गर्दा, रूखहरू ठूला र अग्‍ला हुन्छन् भन्‍ने कुरा सबैलाई थाहा हुन्छ, र कसैले घाँसबारे उल्लेख गर्दा, सबैलाई घाँस सानो र छोटो हुन्छ भन्‍ने थाहा हुन्छ, होइन र? (हो।) त्यसोभए, “सेवाकर्ता” पदनामबारे के भन्‍ने? यो पदनाम मान्छेको सार र प्रकटीकरणअनुसार, र परमेश्‍वरको कामको चरणअनुसार आएको हो। यदि मानिसहरूले परमेश्‍वरको कामसँगै क्रमिक रूपमा सत्यता बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र परमेश्‍वरप्रति समर्पण र डर प्राप्त गर्न सक्छन् भने, यो बेला, यो पदनाम परिवर्तन हुन्छ। त्यसैले, तँ सेवाकर्तामध्येको एक भए पनि, यसले तँलाई सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने र अभ्यास गर्ने कार्यमा असर पार्दैन, र यसले परमेश्‍वरप्रतिको तेरो समर्पण र डरमा असर पार्नु त झन् परको कुरा हो।

के त्यस्ता कोही मानिसहरू पनि हुन्छन् जो “सेवाकर्ता” पदबाट कहिल्यै मुक्त हुँदैनन्? (हुन्छन्।) कस्तो प्रकारका मानिसहरू? तिनीहरू सत्यता नपछ्याउने, सत्यता बुझ्‍ने तर सत्यता अभ्यास नगर्ने, अनि झनै कम रूपमा सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्, र तिनीहरूले प्रायजसो हृदयमा सत्यताप्रति घृणा र वितृष्णासमेत महसुस गर्छन्। सत्यताप्रति नै तिनीहरूलाई वितृष्णा लाग्छ भने, तिनीहरू किन परमेश्‍वरको घरमा बस्छन्? तिनीहरू केही फाइदा प्राप्त गर्न चाहन्छन्, तिनीहरू परमेश्‍वरको घरमा आकाङ्क्षी सोच लिएर केही मेहनत गर्छन् र केही असल व्यवहारहरू प्रदर्शन गर्छन्। तिनीहरू आफूले चुकाएको मूल्य, आफूले गरेको आफूस्वयम्‌को अर्पण र समर्पण, साथै आफूले खर्चेको आफ्नो केही जवानी र आफ्नो केही समयलाई आफूले प्राप्त गर्न चाहेको कुनै पनि फाइदासँग साट्न प्रयोग गर्छन्। यी मानिसहरूले पछ्याउने मार्गको कारण, अन्त्यमा, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्, तिनीहरू परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सक्दैनन्, झन् तिनीहरूले परमेश्‍वरप्रतिको डर हासिल गर्न सक्‍नु त धेरै परको कुरा हो—तिनीहरू सधैँको लागि सेवाकर्ताको रूपमा परिभाषित हुनेछन्। परमेश्‍वरको घरमा यस्ता मानिसहरूमध्ये कति जनाले अन्त्यसम्मै सेवा दिन सक्छन्, र कतिले सक्दैनन्, र अन्त्यसम्मै सेवा दिन सक्‍ने र नसक्‍ने मानिसहरूबीचको मानवतामा केही भिन्‍नता हुन्छ। सत्यता पछ्याउन नसक्‍ने तर अन्त्यसम्म सेवा दिन सक्‍ने मानिसहरू—अर्थात्, परमेश्‍वरको व्यवस्थापन योजनाको काम जारी रहँदा परमेश्‍वरको घरमा केही मेहनत गर्न सक्‍ने मानिसहरू—तिनीहरूमा तुलनात्मक रूपमा अलि राम्रो र दयालु मानवता हुन्छ। तिनीहरूले दुष्कर्म गर्दैनन्, तिनीहरूले सेवा दिँदा बाधा पैदा गर्दैनन्, र तिनीहरूलाई मण्डलीबाट हटाइँदैन। त्यस्ता मानिसहरूले अन्त्यसम्मै सेवा दिन सक्छन्, र तिनीहरू सधैँ सेवाकर्ता नै रहने मानिसहरू हुन्। अरूको हकमा भन्दा, तिनीहरूको मानवता अत्यन्तै खराब हुने भएकोले, तिनीहरूको चरित्र र निष्ठा कमजोर हुने भएकोले, तिनीहरूले सेवा दिँदा परमेश्‍वरको घरका विभिन्‍न काममा बारम्बार बाधा र व्यवधान ल्याउँछन्, र तिनीहरूले परमेश्‍वरको घरको धेरैजसो काममा घाटा ल्याउँछन्। तिनीहरूलाई बारम्बार काटछाँट वा अलग गरिँदा पनि पश्‍चात्ताप गर्न आउँदैन, र तिनीहरू बस आफ्नो पुरानै खराब शैलीमा फर्किहाल्छन्; तिनीहरूले कुनै सत्यता बुझ्दैनन्, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्, बरु स्वेच्छाचारी रूपमा व्यवहार गर्छन्, र त्यस्ता मानिसहरूलाई हटाइन्छ। तिनीहरूलाई किन हटाइन्छ? त्यस्ता मानिसहरूले सेवासमेत दिन सक्दैनन्। तिनीहरूले परमेश्‍वरको घरमा केही मेहनत गर्दा राम्ररी काम गर्न सक्दैनन्, र तिनीहरूले मेहनत गरिरहेका बेला, दुष्कर्म पनि गर्छन्, र तिनीहरूले परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूलाई मूल्य चुकाउन लगाउँछन्। त्यस्ता मानिसहरू प्रयोग गरेर घाटा खानु सार्थक हुँदैन। तिनीहरूलाई बारम्बार मनन गर्ने अवसर दिइन्छ, तर अन्त्यमा तिनीहरूको प्रकृति अपरिवर्तित रहन्छ, र तिनीहरूले कसैको कुरा सुन्दैनन्। त्यस्ता मानिसहरू परमेश्‍वरको घरमा सेवा दिनसमेत योग्य हुँदैनन्, न त तिनीहरूले यो काम गर्न नै सक्छन्, त्यसकारण तिनीहरूलाई सफाइ गरी हटाइन्छ।

के अब तिमीहरूले यो “सेवाकर्ता” पदलाई सामान्य रूपमा बुझ्यौ? के “सेवाकर्ता” परमेश्‍वरले मानवजातिलाई दिनुभएको भेदभावपूर्ण पद हो? के परमेश्‍वरले मानिसहरूलाई हेला गर्न जानीजानी यो पदनाम प्रयोग गरिरहनुभएको छ? के परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्न र जाँच्न यो पदनाम प्रयोग गरिरहनुभएको छ? के परमेश्‍वरले मानिसहरूलाई मानव वास्तवमा के हो भनेर थाहा दिन यो पदनाम प्रयोग गरिरहनुभएको छ? के परमेश्‍वरले यी आशय राख्‍नुभएको हुन्छ। वास्तवमा, परमेश्‍वरले यीमध्ये कुनै पनि आशय राख्‍नुभएको हुँदैन। परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्ने, वा मानिसहरूलाई हेला गर्ने र गिल्ला गर्ने आशय राख्‍नुभएको हुँदैन, न त उहाँले मानिसहरूलाई जाँच्नको लागि नै “सेवाकर्ता” भन्‍ने यो पदनाम प्रयोग गर्ने आशय राख्‍नुभएको हुन्छ। “सेवाकर्ता” भन्‍ने पदनामबारे परमेश्‍वरसँग भएको एउटै मात्र अर्थ के हो भन, उहाँले मानिसहरूको कार्यप्रस्तुति र सारअनुसार, परमेश्‍वरको कामको अवधिमा मानिसहरूले खेल्ने भूमिकाअनुसार, साथै मानिसहरूले के गर्न सक्छन् र सहकार्य गर्ने तिनीहरूको क्षमता कस्तो छ त्यसअनुसार यो पदनाम परिभाषित र निर्मित गर्नुहुन्छ। यो अर्थबाट हामीले के देख्छौं भने, परमेश्‍वरको घरका हरेक व्यक्तिले परमेश्‍वरको व्यवस्थापन योजनाको लागि सेवा दिइरहेका हुन्छन् र कुनै न कुनै बेला तिनीहरू सेवाकर्ताको भूमिकामा रहेका हुन्छन्। के हामीले यसो भन्‍न सक्छौं? (सक्छौँ।) हामीले साँच्‍चै नै सक्छौं, र अहिले तिमीहरू सबैले यो कुरा बुझ्न सक्छौ। परमेश्‍वरले मानिसहरूलाई निरुत्साहित गर्न वा मानिसहरूको विश्‍वास जाँच्न यो पदनाम प्रयोग गर्न चाहनुहुन्न, तिनीहरूलाई हेला गर्न वा तिनीहरूलाई अझ सुशील र आज्ञाकारी बनाउन, वा तिनीहरूको पहिचान र स्थान के हो भनेर तिनीहरूलाई देखाउन पनि यसको प्रयोग गर्न चाहनुहुन्‍न, झन् मानिसहरूबाट सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने अधिकार खोस्न उहाँले यो “सेवाकर्ता” पदनाम प्रयोग गर्न चाहनु त धेरै परको कुरा हो। यो पदनाम पूर्णतया मानिसहरूले परमेश्‍वरलाई पछ्याउने क्रममा प्रकट गर्ने विभिन्‍न भ्रष्ट स्वभावहरू र मानिसहरूको साँचो स्थितिअनुसार निर्धारित हुन्छ। त्यसकारण, परमेश्‍वरको व्यवस्थापनको काम समाप्त हुँदा, मानिसहरूको पहिचान, हैसियत, स्थान, र गन्तव्य कस्तो हुनेछ भन्‍ने कुरासँग यो पदनामको कुनै सम्बन्ध हुँदैन। यो पदनाम नितान्त रूपमा परमेश्‍वरको व्यवस्थापन योजना र व्यवस्थापन कार्यका आवश्यकताहरूबाट आएको हो, र यो परमेश्‍वरको व्यवस्थापन कार्यमा रहेको भ्रष्ट मानवजातिको साँचो स्थिति हो। सेवाकर्ताको रूपमा परमेश्‍वरको घरमा सेवा प्रदान गर्ने र मेसिनहरूजस्तै प्रयोग हुने मानिसहरूको हकमा भन्दा, यो स्थिति अन्त्यसम्‍मै कायम रहन्छ कि परमेश्‍वरलाई पछ्याउने तिनीहरूको यात्रामा सुधार हुन सक्छ भन्‍ने कुरा तिनीहरूको पछ्याइमा निर्भर हुन्छ। यदि कसैले सत्यता पछ्याउँछ, र स्वभाव परिवर्तन र परमेश्‍वरप्रतिको समर्पण र डर हासिल गर्न सक्छ भने, उसले “सेवाकर्ता” भन्‍ने पदनाम पूरै टक्टक्याएर फाल्नेछ। अनि “सेवाकर्ता” पदनाम फालेपछि मानिसहरू के बन्छन्? तिनीहरू परमेश्‍वरका साँचो अनुयायीहरू, परमेश्‍वरका मानिसहरू, र राज्यका मानिसहरू बन्छन्, अर्थात्, तिनीहरू परमेश्‍वरको राज्यका मानिसहरू बन्छन्। यदि तैँले परमेश्‍वरलाई पछ्याइरहेको बेला, तँ मेहनत गर्ने, कष्ट भोग्‍ने, र मूल्य चुकाउने कार्यमै सन्तुष्ट हुन्छस्, र तैँले सत्यता पछ्याउँदैनस् वा सत्यता अभ्यास गर्दैनस्, तेरो भ्रष्ट स्वभाव पटक्‍कै परिवर्तन हुँदैन, तैँले परमेश्‍वरको घरका सिद्धान्तहरू अनुसार काम कहिल्यै गर्दैनस्, र अन्त्यमा तैँले परमेश्‍वरप्रतिको समर्पण र डर हासिल गर्न सक्दैनस् भने, यो “सेवाकर्ता” पदनाम, यो “मुकुट” तेरो लागि धेरै ठूलो वा धेरै सानो हुनेछैन, बरु तेरो टाउकोमा ठ्याक्‍कै मिल्नेछ, र तैँले यसलाई कहिल्यै पनि हटाउन सक्‍नेछैनस्। यदि परमेश्‍वरको काम समाप्त हुँदा तँ अझै पनि यस्तो स्थितिमा हुन्छस् र तेरो स्वभाव अझै परिवर्तन भएको हुँदैन भने, “परमेश्‍वरको राज्यका मानिसहरू” भन्‍ने पदनामले तँसँग कुनै सम्बन्ध राख्‍नेछैन, र तँ सधैँ सेवाकर्ता नै रहनेछस्। यी वचनहरूलाई तैँले कसरी बुझ्न सक्छस्? तिमीहरूले के बुझ्नुपर्छ भने, परमेश्‍वरको काम समाप्त हुँदा, अर्थात् जब परमेश्‍वरले मुक्ति दिन चाहनुहुने सबै मानिसहरूले मुक्ति पाएका हुन्छन्, जब परमेश्‍वरले गर्नुहुने कामले यसको प्रभाव हासिल गरेको हुन्छ र जब यसका उद्देश्यहरू हासिल भएका हुन्छन्, उप्रान्त परमेश्‍वरले बोल्न वा मानिसहरूलाई अगुवाइ गर्न छोड्नुहुनेछ, मान्छेलाई मुक्ति दिने कुनै काम गर्नुहुनेछैन, र उहाँको काम त्यहीँ समाप्त हुनेछ, र सँगसँगै परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले पछ्याउने मार्ग पनि समाप्त हुनेछ। बाइबलमा यस्तो पङ्क्ति छ: “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्” (प्रकाश २२:११)। यसको अर्थ के हो? यसको अर्थ के हो भने, परमेश्‍वरले उहाँको काम समाप्त भयो भन्‍नुहुने बित्तिकै, यसले जनाउँछ कि परमेश्‍वरले मान्छेलाई मुक्ति दिने र मान्छेलाई सजाय र न्याय गर्ने उहाँको काम गर्न छोड्नुहुनेछ, परमेश्‍वरले मान्छेलाई उप्रान्त अन्तर्दृष्टि वा मार्गदर्शन दिनुहुनेछैन, र उहाँले मानिसलाई अर्ती दिँदै वा काटछाँट गर्दै धैर्य र उत्साहसाथ तिनीहरूसँग वचनहरू बोल्‍नुहुनेछैन—परमेश्‍वरले यो काम गर्न छोड्नुहुनेछ। यसको अर्थ के हो? यसको अर्थ के हो भने, त्यसपछि सबै कुराका परिणामहरू खुलासा गरिनेछन्, मानिसहरूका परिणामहरू निर्धारित हुनेछन्, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्‍नेछैनन्, र मानिसहरूले मुक्ति पाउने कुनै थप मौका हुनेछैन। यसको अर्थ यही हो।

जब कसैले परमेश्‍वरको कामको अन्त्यमा “सेवाकर्ता” पदनाम मिल्काउँछ, जब उसले यो नाम, यो अवस्था फाल्छ, तब यसले यो व्यक्ति परमेश्‍वरको नजरमा अब बाहिरिया वा गैरविश्‍वासी होइन, बरु परमेश्‍वरको घर र परमेश्‍वरको राज्यको व्यक्ति हो भन्‍ने जनाउँछ। अनि “परमेश्‍वरको घर र परमेश्‍वरको राज्यको व्यक्ति” भन्‍ने यो पदनाम कसरी आएको हो? मानिसहरूले कसरी यो पदनाम प्राप्त गर्छन्? सत्यता पछ्याएर अनि सत्यता बुझेर, कष्ट भोगेर अनि मूल्य चुकाएर, आफ्नो कर्तव्य राम्ररी पूरा गरेर, स्वभाव परिवर्तनको निश्‍चित स्तर हासिल गरेर, अनि परमेश्‍वरमा समर्पित हुन र उहाँको डर मान्न सकेर, तँ परमेश्‍वरको घरको व्यक्ति बन्छस्। अय्यूब र पत्रुसले जस्तै, अब तैँले शैतानद्वारा हानि र भ्रष्ट पारिनुपर्दैन, तँ परमेश्‍वरको राज्य र परमेश्‍वरको घरमा स्वतन्त्र रूपमा जिउन सक्छस्, तैँले अबदेखि आफ्नो भ्रष्ट स्वभावसँग सङ्घर्ष गर्नुपर्दैन, र परमेश्‍वरको नजरमा तँ सृष्टि गरिएको साँचो प्राणी, साँचो मानव बन्छस्। के त्यो आनन्दले हर्षोल्‍लास मनाउनुपर्ने कुरा होइन र? यसको अर्थ के हो? यसको अर्थ शैतानले भ्रष्ट तुल्याएको व्यक्तिको कष्ट र कठिनाइको जीवन पूर्ण रूपमा समाप्त भएको छ र उसले आनन्द, शान्ति, र खुशीको जीवन जिउन थालेको छ। ऊ सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन सक्छ, परमेश्‍वरसँग जिउन सक्छ, र यो आनन्दले हर्षोल्‍लास गर्नुपर्ने कुरा हो। तर अन्त्यसम्‍म पनि “सेवाकर्ता” पदनाम मिल्काउन नसकेका अरू मानिसहरूको हकमा भन्दा, परमेश्‍वरको काम समाप्त हुँदा तिनीहरूले अझै पनि यो पदनाम, यो “मुकुट” आफ्नो शिरबाट हटाएका छैनन् भने, तिनीहरूको लागि यसको अर्थ के हुन्छ? यसको अर्थ तिनीहरू बाहिरियाहरू नै रहन्छन् र परमेश्‍वरको नजरमा तिनीहरू अझै पनि गैरविश्‍वासीहरू नै हुन्छन् भन्‍ने हुन्छ। यसको कारण के हो भने, तिनीहरूले सत्यता स्विकार्ने वा अभ्यास गर्ने पटक्‍कै गर्दैनन्, तिनीहरूले स्वभाव परिवर्तन प्राप्त गरेका हुँदैनन्, तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, र तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। यी मानिसहरूलाई परमेश्‍वरको घरबाट हटाइनुपर्छ र परमेश्‍वरको राज्यमा तिनीहरूको कुनै स्थान हुँदैन। यदि परमेश्‍वरको राज्यमा तिनीहरूका लागि कुनै ठाउँ छैन भने, तिनीहरू कहाँ हुन्छन्? तिनीहरू परमेश्‍वरको राज्यभन्दा बाहिर हुन्छन् र तिनीहरू परमेश्‍वरका मानिसहरूबाट अलग गरिएका समूह हुन्। त्यस्ता मानिसहरूलाई अझै पनि “सेवाकर्ताहरू” भनिन्छ, र यसले के जनाउँछ भने, तिनीहरू परमेश्‍वरको घरका मानिसहरू बनेका छैनन्, तिनीहरू कहिल्यै परमेश्‍वरका अनुयायीहरू बन्‍नेछैनन्, परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्न, र तिनीहरूले फेरि कहिल्यै परमेश्‍वरबाट आशिष् वा अनुग्रह प्राप्त गर्नेछैनन्। यसले अवश्य नै के पनि जनाउँछ भने, तिनीहरूले परमेश्‍वरसँग उहाँको राज्यमा असल आशिष्‌हरू प्राप्त गर्ने वा शान्ति र आनन्द प्राप्त गर्ने कुनै मौका पाउँदैनन्—यो मौका गुमिसकेको हुन्छ। त्यसोभए, तिनीहरूको लागि यो क्षण आनन्द मनाउनुपर्ने कुरा हो, कि यो दुःखदायी घटना हो? यो एउटा दुःखदायी घटना हो। अनि जहाँसम्‍म परमेश्‍वरको घरभन्दा बाहिर र परमेश्‍वरको राज्यभन्दा बाहिर रहेको यो “सेवाकर्ता” पदनाम लिएकोमा तिनीहरूको इनाम के हुनेछ भन्‍ने कुरा छ, त्यो पछिको कुरा हो। चाहे जे होस्, सेवाकर्ताहरूलाई दिइने इनाम र परमेश्‍वरको राज्यका मानिसहरूलाई दिइने इनामबीच रहेको भिन्‍नता अत्यन्तै ठूलो छ; स्थान, इनाम, र अरू त्यस्तै पक्षहरूमा भिन्‍नताहरू छन्। के परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन आफ्नो काम गरिरहनुभएको बेला यस्ता मानिसहरूले सत्यता प्राप्त गरेको नहुनु र तिनीहरूले स्वभाव परिवर्तन प्राप्त गर्न नसक्‍नु दयनीय कुरा होइन र? यो अति दयनीय कुरा हो! “सेवाकर्ता” भन्‍ने पदनामसँग सम्बन्धित केही वचनहरू यिनै हुन्।

कतिपय मानिसहरू यसो भन्छन्, “सेवाकर्ताहरूबारे उल्लेख गर्दा मलाई प्रतिरोध अनुभूत हुन्छ। म सेवाकर्ता बन्‍न चाहन्नँ र म सेवाकर्ता बनेकोमा खुसी छैनँ। यदि म परमेश्‍वरका मानिसहरूमध्येको एक हुँ भने, म तिनीहरूमध्ये सबैभन्दा सानो भए नि म त्यो स्विकार्न सक्छु, तर म सेवाकर्ता नहुनु नै राम्रो कुरा हो। यो जीवनमा मेरो अरू कुनै खोजी छैन र मसँग अरू कुनै आदर्श छैन; म ‘सेवाकर्ता’ भन्‍ने पदनामबाट मुक्त हुन मात्रै चाहन्छु। मैले धेरै माग गरिरहेको छैनँ।” यस्ता मानिसहरूबारे तिमीहरूलाई के लाग्छ? के यो सत्यता पछ्याउने व्यक्तिको मनोवृत्ति हो? (होइन।) यो कस्तो मनोवृत्ति हो? के यो नकारात्मक मनोवृत्ति होइन र? (हो।) “सेवाकर्ता” पदनामको कुरा गर्नुपर्दा, तैँले यसलाई हटाउन लागिपर्नुपर्दैन, किनभने यो पदनाम तेरो जीवनमा तैँले गरेको प्रगतिको स्तरको आधारमा दिइन्छ र यसलाई तैँले के चाहन्छस् त्यसले निर्धारित गर्न सक्दैन। यो तैँले के चाहन्छस् त्यसमा निर्भर हुँदैन, बरु तैँले पछ्याउने मार्ग र तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तेरो उद्देश्य यो “सेवाकर्ता” पदनाम फाल्न सक्‍ने हुन खोज्‍नु मात्र हो भने, म तँलाई सत्यता बताउँछु: तँ बाँचुन्जेल तैँले यसलाई कहिल्यै फाल्न सक्‍नेछैनस्। यदि तैँले सत्यता पछ्याउन ध्यान दिन्छस् र स्वभाव परिवर्तन प्राप्त गर्न सक्छस् भने, यो पदनाम बिस्तारै परिवर्तन हुनेछ। यी दुई बुँदाबाट हेर्दा, के यो “सेवाकर्ता” पदनाम परमेश्‍वरले मानिसहरूमा जबरजस्ती लाद्‌नुभएको कुरा हो त? अवश्यै होइन! यो परमेश्‍वरले मानिसहरूमा जबरजस्ती लाद्‍नुहुने पदनाम होइन, न त यो उपाधि नै हो—यो त मानिसहरूले आफ्नो जीवनमा गरेको प्रगति स्तरको आधारमा दिइने पदनाम हो। तैँले जीवनमा जति धेरै प्रगति गरेको हुन्छस् र तेरो स्वभाव जति धेरै परिवर्तन भएको हुन्छ, सेवाकर्ता हुने तेरो अवस्था त्यति नै घट्छ। जब एक दिन तैँले परमेश्‍वरप्रति समर्पण र डर हासिल गर्न सक्छस्, तब तैँले सेवाकर्ता बन्‍न चाहे पनि, तँ सेवाकर्ता हुनेछैनस्, र यो कुरा तेरो पछ्याइ, सत्यताप्रतिको तेरो मनोवृत्ति, र तैँले पछ्याउने मार्गद्वारा निर्धारित हुन्छ। यसो भन्‍नेहरू पनि छन्, “म यो ‘सेवाकर्ता’ पदनाम मिल्काउन चाहन्छु र म त्यस्तो व्यक्ति बन्‍न चाहन्नँ, तर म सत्यता बुझ्दिनँ र म सत्यता पछ्याउन इच्छुक छैनँ। त्यसोभए, मैले के गर्न सक्छु?” के यसको समाधान छ? परमेश्‍वरले आफ्‍ना वचनहरू र सत्यताको आधारमा हरप्रकारका मानिसहरूको परिणाम निर्धारित गर्नुहुन्छ—यसमा सम्झौताको कुनै ठाउँ छैन। यदि तँ सत्यतालाई प्रेम गर्छस् र सत्यता पछ्याउने मार्ग हिँड्न सक्छस् भने, यो आनन्द लिनुपर्ने कुरा हो; यदि तँ सत्यताप्रति वितृष्णा राख्छस् र सत्यता पछ्याउने मार्ग नपछ्याउने निर्णय गर्छस् भने, यो दुःख मान्‍नुपर्ने कारण हुन्छ। यी दुई वटा मात्र मार्गहरू छन्—छनौट गर्नलाई कुनै मध्य मार्ग छैन। परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै मर्दैनन्; सबै कुरा मरिजाने भए नि, परमेश्‍वरको कुनै पनि वाणी मर्न सक्दैन। सबै कुराको न्याय र परिभाषा गर्ने मापदण्ड परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती कहिल्यै पनि मर्न सक्दैनन्। जब यो संसार, मानवजाति, र यावत् थोक बदलिन्छन् र मरेर जान्छन्, तर परमेश्‍वरको एउटै पनि वचन मरेर जाँदैन, बरु उहाँका सारा वचनहरू पूरा हुनेछन्। मानवजाति र यावत्‌ थोकका परिणामहरू परमेश्‍वरका वचनहरूद्वारा नै निर्धारित र खुलासा हुन्छन्—कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन, र यस विषयमा कुनै छलफल हुन सक्दैन। त्यसकारण, परमेश्‍वरले मानिसहरूको परिणाममाथि सार्वभौमिकता राख्‍नुहुने र त्यसलाई निर्धारित गर्नुहुने कुरा आउँदा, यदि मानिसहरू आकाङ्क्षी सोचमा डुब्छन् भने, तिनीहरू पूर्ण रूपमा मूर्ख छन्। यो विषयमा तिनीहरूले छनौट गर्ने कुनै दोस्रो मार्ग छैन, किनभने परमेश्‍वरले मानिसहरूलाई दोस्रो मार्ग दिनुभएकै छैन। यो परमेश्‍वरको स्वभाव हो, यो परमेश्‍वरको धार्मिकता हो, र मानिसहरूले चाहेर पनि यो विषयमा हस्तक्षेप गर्न सक्दैनन्। गैरविश्‍वासीहरूको संसारमा, तँलाई केही पैसा खर्च गरेर अनि आफ्‍ना चिनजानकाहरू प्रयोग गरेर मामलाहरू सम्हाल्न सक्छु भन्‍ने लाग्छ, तर परमेश्‍वरको हकमा त्यसले काम गर्दैन। याद गर्: परमेश्‍वरसँगको सम्बन्धमा यसले तँलाई कहीँ पुर्‍याउनेछैन!

आ. ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदलाई लिने तरिकाहरू

आजको सङ्गतिको विषय “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिको चिरफार हो। अहिले हामीले “सेवाकर्ता” पदनामको परिभाषाबारे सङ्गति गरिसकेका हुनाले, के धेरैजसो मानिसहरूमा यो पदनामबारे सकारात्मक बुझाइ हुँदैन र? के तँलाई अझै पनि यो पदनामप्रति प्रतिरोध वा अनिच्छा महसुस हुन्छ? (हुँदैन।) त्यसोभए, अब ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदलाई कसरी लिन्छन्, र यसप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्छन् भन्‍ने बारेमा हेरौँ। ख्रीष्टविरोधीहरूले सबैभन्दा बहुमूल्य ठान्‍ने कुराहरू भनेका उच्च पद, उच्च प्रतिष्ठा, र पूर्ण शक्ति हुन्। जब अत्यन्तै सामान्य, आधारभूत, र निम्‍न स्तरका पदहरू, र मानिसहरूलाई निकै अपमानजनक लाग्‍ने पदहरूको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले हृदयमा तीव्र प्रतिरोध र भेदभाव महसुस गर्छन्, र खासगरी तिनीहरूले “सेवाकर्ता” भन्‍ने यो पदको हकमा त्यस्तो महसुस गर्छन्। सेवाकर्ता भनेर चिनिने यो समूहका मानिसहरूप्रति परमेश्‍वर जति नै सहनशील र धैर्य हुनुभए पनि, र “सेवाकर्ता” पदनामबारे परमेश्‍वरको व्याख्या र अर्थ जे भए पनि, ख्रीष्टविरोधीहरूले हृदयबाट यो पदलाई हेयको दृष्टिले हेर्छन्। तिनीहरूले यो पद अत्यन्तै नीचो छ, र यदि तिनीहरू आफै सेवाकर्ताहरू हुन् भने, तिनीहरूलाई आफ्नो अनुहार देखाउन अत्यन्तै सरम हुन्छ भन्‍ने सोच्छन्। तिनीहरूलाई यो पदनाम दिइनेबित्तिकै, तिनीहरू आफ्नो इज्जत, अभिमान र प्रतिष्ठालाई चुनौती दिइएको र हेला गरिएको छ, आफ्नो मूल्य घटेको छ, र अब जीवनको कुनै अर्थ छैन भन्‍ने सोच्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले चाहे जेसुकै होस्, तर यो “सेवाकर्ता” पदनाम स्वीकार गर्नेछैनन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको घर गएर परमेश्‍वरको कामको लागि सेवा गर्न लगाइस् भने, तिनीहरूले यसो भन्‍नेछन्: “यो ‘सेवाकर्ता’ भन्‍ने पदनाम अत्यन्तै अपमानजनक छ, र म कुनै पनि हालतमा सेवाकर्ता बन्‍न चाहन्‍नँ। मलाई सेवाकर्ता बन्‍न लगाएर, तैँले मलाई अपमान गरिरहेको छस्। तेरो अपमान सहन मैले परमेश्‍वरमा विश्‍वास गरेको होइन—म आशिष्‌हरू प्राप्त गर्न आएको हुँ। अन्यथा, मैले केको लागि परिवार त्याग्‍ने, जागिर छोड्ने, र सांसारिक सम्भाव्यताहरू त्याग्‍ने काम गर्थेँ र? म सेवाकर्ता बन्‍न आएको होइनँ; म तेरो लागि काम गर्न र तेरो सेवा गर्न आएको होइनँ। यदि तँ मलाई सेवाकर्ता बन्‍नू भन्छस् भने, बरु म विश्‍वास नै गर्न चाहन्‍नँ!” के ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही होइन र? ख्रीष्टविरोधीहरू यस्ता पनि छन् जो भन्छन्: “यदि तैँले मलाई परमेश्‍वरको घरमा सेवाकर्ता बन्‍न लगाइस् भने, मैले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ हुन्छ? यसको के अर्थ बाँकी रहन्छ?” त्यसकारण, जब तिनीहरूले परमेश्‍वरको घरमा काम लिन्छन् र कुनै आज्ञा वा काम स्वीकार गर्छन्, तब तिनीहरूले सुरुमा यो कुरा पत्ता लगाउन चाहन्छन्: “मैले यो काम लिएपछि, म मण्डली अगुवा वा टोली अगुवा बन्‍नेछु, कि म अरूको लागि सेवा दिने र काम गर्ने सेवक मात्र बन्‍नेछु?” यो कुरा पत्ता लगाउनुभन्दा पहिले, तिनीहरूले केही समयको लागि मात्रै भनेर काम गर्न थाल्छन्। यो अवधिमा, तिनीहरूले मानिसहरूका बोली र अभिव्यक्तिहरू अवलोकन गर्छन्, आँखा चनाखो र कान ठाडो पार्छन्, र विभिन्‍न स्रोतहरूबाट जानकारी सोधपुछ गर्छन्। तिनीहरू आफूले यहाँ अस्थायी रूपमा सेवा दिइरहेको छु कि दीर्घकालीन रूपमा यो काम गर्न सक्छु, र आफू तालिम पाउन सक्‍ने व्यक्ति हुँ कि खाली ठाउँ भर्न अस्थायी रूपमा प्रयोग गरिएको व्यक्ति हुँ भनेर जान्‍न चाहन्छन्। यदि तिनीहरूलाई खाली ठाउँ भर्न मात्रै प्रयोग गरिएको हो भने, र तिनीहरूलाई अरूको फाइदा र अरूको ओहदा र शक्तिको लागि सेवा गर्न लगाइएको हो भने, तिनीहरूले यो काम पटक्‍कै गर्दैनन्। परमेश्‍वरको घरलाई तिनीहरूले कर्तव्य निर्वाह गर्नु आवश्यक पर्छ कि पर्दैन, वा तिनीहरूले निर्वाह गर्ने कर्तव्य परमेश्‍वरको घरको कामको लागि कति महत्त्वपूर्ण छ भन्‍ने कुरा तिनीहरूले वास्ता गर्दैनन्—तिनीहरूलाई यी कुराहरूबारे कुनै वास्ता हुँदैन। तिनीहरूले हुकुम दिने र निर्णय गर्ने शक्तिविनै आफूले यहाँ सेवा दिइरहेको छु भन्‍ने महसुस गरेपछि, तिनीहरू आफ्नो व्यवहारमा झाराटारुवा बन्छन्, आफ्नो कर्तव्यलाई बेवास्ता गर्छन्, लापरवाह रूपमा व्यवहार गर्छन्, र तिनीहरू निरङ्कुश पनि बन्छन्, र तिनीहरू कुनै पनि बेला कर्तव्यप्रति पिठ्यूँ फर्काएर छोडिजान सक्छन्; तिनीहरूले परमेश्‍वरको घरको काम र आफ्नो कर्तव्यलाई केटाकेटीको खेलजस्तै मान्छन्। तिनीहरूको जीवन आदर्श यस्तो हुन्छ: “अरूले लोकप्रियता पाइरहेको बेला म पर्दापछाडि बसेर काम गर्न चाहन्‍नँ।” तिनीहरूले सोच्छन्, “म अगुवा बन्‍न जन्मेको हुँ। म हुकुम दिने र निर्णय गर्ने शक्ति लिएर जन्मेको हुँ। यदि मैले यी दुई कुरा गुमाएँ भने, अबदेखि जिउनुको अर्थ के हुन्छ र? अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हुन्छ र? मैले किन परमेश्‍वरमा विश्‍वास गरिरहेको छु? के मैले ठूला आशिष्‌हरू प्राप्त गर्न साना लाभहरू त्यागेको थिइनँ र? यदि यो इच्छा पूरा गर्न सकिँदैन भने, बरु म अवश्य नै सांसारिक प्रचलनहरू पछ्याउनेछु र नरक जानेछु!” ख्रीष्टविरोधीहरूको नीति के हुन्छ? “कसैलाई पनि माथि चढ्ने क्रममा म कुनै पनि हालतमा मेरो शोषण गर्न दिनेछैनँ; अरूलाई शोषण गर्ने त म पो हुँ त। यदि मानिसहरूलाई योगदानको आधारमा इनाम दिइन्छ भने, त्यो सूचीको शीर्षमा म नै हुनुपर्छ। त्यसपछि मात्रै म उत्साहसाथ काम गर्नेछु र यसमा मेरो सबै थोक दिनेछु, नत्रभने तैँले मलाई त्यसो गर्न लाउनेबारे बिर्सिदिए हुन्छ। यदि तिमीहरू मलाई जोडतोडले लागिपर्न, तिमीहरूलाई सल्‍लाह दिन, र सारा हृदय र प्राणले काम गर्न लगाउँछौ, तर अन्त्यमा जब मानिसहरूलाई योगदानको आधारमा इनाम दिने समय आउँछ, तब मैले केही पनि प्राप्त गर्दिनँ भने, तिमीहरूले मलाई तिमीहरूको लागि काम गर्न, तिमीहरूको लागि मेहनत गर्न, र तिमीहरूको सेवा गर्न लगाउनेबारे बिर्सिदिए हुन्छ!” के ख्रीष्टविरोधीहरूको स्वभावका साँचो खुलासा र प्रकटीकरणहरू यिनै होइनन् र? तिनीहरूले यो “सेवाकर्ता” पदनामलाई जानीजानी मिल्काउने प्रयास नगरे पनि, तिनीहरूको प्रकृति सारको हिसाबमा, तिनीहरूले यसलाई निरन्तर फाल्न खोजिरहेका हुन्छन् र यो पदबाट आफूलाई मुक्त गर्न निरन्तर लडाइँ, परिश्रम, र सङ्घर्ष गरिरहेका हुन्छन्। यदि ख्रीष्टविरोधीले कुनै काम लिँदा, उसले अरूभन्दा माथि उठ्ने र केन्द्रीय स्थान लिने मौका पाउँछ भने, वा यदि उसले आफ्नै कुरालाई अन्तिम निष्कर्ष बनाउन र निर्णय गर्न पाउँछ, र ऊ अगुवा बन्छ, र उसले पद, प्रभाव, र प्रतिष्ठा पाउँछ, र कतिपय मानिसहरूलाई आफ्नो अधीनमा राख्छ भने, उसलाई अत्यन्तै खुशी लाग्छ। यदि कुनै दिन कसैले उसको समस्या खुलासा गरेर उसलाई काटछाँट गर्‍यो, र “तपाईंले धेरै कुरा सिद्धान्तहरू अनुसार सम्‍हाल्‍नुभएन, बरु आफूले चाहेअनुसार सम्हाल्‍नुभयो। यो त पूर्ण रूपमा सेवा दिने व्यक्तिकै व्यवहार हो; तपाईंले आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको छैन” भनेर भन्यो भने, के ख्रीष्टविरोधीले यो कुरा स्विकार्न सक्छ? (सक्दैन।) पहिलो कुरा त, तिनीहरूले आफ्नो निर्दोषता दाबी गर्नेछन्, यसलाई व्याख्या गर्नेछन्, र आफ्नो पक्षमा वकालत गर्नेछन्, र दोस्रो कुरा, तिनीहरूले तुरुन्तै “सेवा दिने” भन्‍ने शब्दप्रति वितृष्णा र प्रतिरोध महसुस गर्नेछन्, र तिनलाई पटक्‍कै स्विकार्नेछैनन्। तिनीहरूले भन्‍नेछन्, “मैले यति धेरै मूल्य चुकाएँ र यति धेरै कष्ट भोगेँ। म बिहानै काम गर्न थाल्छु र राती अबेरसम्म काम गर्छु, र म सुत्दिनँ र खान बिर्सन्छु, तैपनि तिमी अझै मैले सेवा दिने काम गरिरहेको छु भन्छौ? के यस्तो सेवा दिने मानिसहरू साँच्‍चै छन् त? मैले यति धेरै मूल्य चुकाएँ, तर यसको लागि मलाई यो ‘सेवाकर्ता’ पदनाम, यो परिभाषा मात्रै दिइन्छ। त्यसैले, मैले केचाहिँ आशा गर्ने त? परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ भो? यसमा उत्प्रेरणा के छ? यस्तो परमेश्‍वरमा त विश्‍वास नगर्नु नै बेस हुन्छ!” तिनीहरूले आफ्नो जोश गुमाउँछन्। काटछाँटमा परेपछि, ख्रीष्टविरोधीहरूले यसलाई स्वीकार गर्न नमान्ने मात्र होइन, बरु तिनीहरूले त प्रतिरोधको अनुभूति पनि गर्छन् र तिनीहरू वितृष्ण बन्छन्, र अझै बढी रूपमा तिनीहरूले गलतफहमीहरू पैदा गर्छन्। त्यसपछि जब तिनीहरूले काम गर्छन् र आफ्नो कर्तव्य निभाउँछन्, तब तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ, र तिनीहरूले सोच्छन्, “मैले अहिले जे गरे पनि म सेवाकर्ता नै हुँ, त्यसकारण जब म यो काम गर्छु, तब मैले आफूलाई रोक्‍नु नै बेस हुन्छ, आफ्‍नो लागि वैकल्पिक योजना तयार राख्‍नु, र आफ्नो सबै कुरा नदिनु नै बेस हुन्छ। सबैले परमेश्‍वर धर्मी छन् भनेर भन्छन्, तर कसरी म यो देख्‍न सक्दिनँ? परमेश्‍वर कसरी धर्मी छन्? मैले जे गरे पनि म सेवाकर्ता नै हुने हुनाले, अबदेखि म परमेश्‍वरमाथि विश्‍वास गर्ने मेरो तरिका परिवर्तन गर्नेछु; म सेवा मात्रै गर्नेछु, अनि कसले कसको डर मान्दो रैछ हेरौँला। मैले गरेको कुनै पनि कामको लागि मलाई प्रशंसा वा अनुमोदन गरिनेछैन, त्यसकारण, यस्तै होस्, म मेरो जीवन जिउने तरिका र काम गर्ने शैली परिवर्तन गर्नेछु। तैँले मलाई जे भन्छस् म त्यो गर्नेछु, र मसँग कुनै विचार छ भने पनि म बोल्नेछैनँ—जसलाई बोल्‍न मन लाग्छ, उसले बोल्न सक्छ। यदि कसैले मलाई काटछाँट गर्‍यो भने, म बाहिरी रूपमा सहमति जनाएजस्तो गर्नेछु, र यदि कसैले आफ्नो काममा गल्ती गर्‍यो भने, मैले त्यो देखे पनि केही भन्‍नेछैनँ। यदि कसैले सिद्धान्तहरू नबुझी काम गर्छ भने, मैले ती सिद्धान्तहरू बुझे पनि म तिनीहरूलाई भन्‍नेछैनँ। म तिनीहरूले मूर्खझैँ व्यवहार गरेको हेर्नेछु, र तिनीहरूलाई गल्तीहरू गर्न दिनेछु ताकि मजस्तै तिनीहरू पनि काटछाँटमा परून्, र यसरी तिनीहरूले सेवाकर्ताको रूपमा वर्गीकरण हुनुको स्वाद लिन सक्छन् कि सक्दैनन् हेर्नेछु। तिमीहरूले मलाई दुःख दिएको हुनाले, म पनि तिमीहरूको लागि परिस्थिति कठिन नै बनाइदिनेछु र तिमीहरूलाई पनि सहजतासाथ अघि बढ्न दिनेछैनँ!” काटछाँट र अनुशासनमा पर्दा मात्रै पनि तिनीहरूले यस्तो शक्तिशाली संवेग र प्रतिरोधको भावना महसुस गर्छन्—के यो सत्यता स्वीकार गर्ने मनोवृत्ति हो? (होइन।) सेवा गर्नुमा के गलत छ र? के परमेश्‍वरको लागि सेवा गर्नु खराब कुरा हो? के परमेश्‍वरको लागि सेवा गर्दा यसले तेरो मर्यादामा हानि गर्छ? के परमेश्‍वर तेरो सेवा पाउन लायक हुनुहुन्न र? त्यसोभए तँ परमेश्‍वरलाई तेरो लागि के गराउन लायक छस्? तँ किन यी शब्दहरूप्रति यति संवेदनशील र प्रतिरोधी हुन्छस्? सृष्टिकर्ताले त मानवमाझ जिउने र हरेक भ्रष्ट मानव, उहाँलाई विरोध गर्ने र इन्कार्ने हरेक मानवको सेवा गर्ने व्यक्ति बन्‍नको लागि आफूलाई नम्र तुल्याउनुभयो। तब परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर मानिसहरूले किन थोरै सेवा दिन सक्दैनन्? यसो गर्नुमा के गलत छ? के यसमा कुनै बेइज्‍जत हुने कुरा छ? के यसबारे कुनै भन्‍न नसकिने कुरा छ? परमेश्‍वरको नम्रता र गुप्ततासँग तुलना गर्दा त, मानवजाति सधैँ घृणित र कुरूप नै रहनेछन्। होइन र?

सत्यता पछ्याउने भ्रष्ट मानिसहरू अहिले सेवाकर्ता भन्‍ने पदनाम सुन्दा क्षणिक रूपमा मात्रै व्याकुल हुन सक्छन्, तर यो कुरा तिनीहरूको लागि परमेश्‍वरमा समर्पित हुने अवस्थामा पुग्‍नहेतु सत्यता पछ्याउन प्रेरित गर्ने प्रेरणादायी तत्त्‍व बन्‍न सक्छ; परमेश्‍वरले मानिसहरूलाई दिनुहुने यो पदनामबारे तिनीहरू त्यति संवेदनशील हुँदैनन्। तर ख्रीष्टविरोधीहरूको हकमा यस्तो हुँदैन। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने पदनामहरूबारे तिनीहरू सधैँ नाटीकुटी गर्छन् र यो कुरालाई हृदयमा लिन्छन्। तिनीहरूका हितहरूमा हस्तक्षेप हुन र तिनीहरूलाई चोट पुग्‍नको लागि परमेश्‍वरले त्यति धेरै वाक्य बोल्‍नैपर्दैन, र जब परमेश्‍वरले भन्‍नुभएका कुराहरू आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छाविरुद्ध जान्छन्, तब यसले तिनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउँछ। तिनीहरूको आत्मसम्मान र मर्यादामा चोट पुग्‍नेबित्तिकै, तिनीहरूले परमेश्‍वरलाई आलोचना गर्छन्, इन्कार्छन्, र धोका दिन्छन्; तिनीहरूले परमेश्‍वरलाई छोड्न चाहन्छन्, र कर्तव्य निर्वाह गरिरहन अनिच्छुक हुन्छन्, र सँगसँगै तिनीहरूले परमेश्‍वरलाई अधर्मी भएकोमा र मानिसहरूप्रति सहानुभूति नराखेकोमा सराप्छन्। कति मानिसहरूले त परमेश्‍वरलाई खुशी पार्न अत्यन्तै गाह्रो छ, र तिनीहरूले गर्ने कुनै पनि कुरा सही हुँदैन भनेर समेत भन्छन्। यी सबै शब्द, भावना, र स्वभावहरू ख्रीष्टविरोधीहरूबाट आएका हुन्छन्। परमेश्‍वरप्रति पूर्ण समर्पित हुने मनोवृत्ति नहुने बाहेक, परमेश्‍वरले भन्‍नुभएका विभिन्‍न कुराहरूको हकमा पनि तिनीहरूले ससाना कुरा कोट्याउँछन्, र परमेश्‍वरका विभिन्‍न मापदण्डहरूलाई बेवास्ता गर्छन् र तीप्रति उदासीनता देखाउँछन्। तिनीहरूले यो “सेवाकर्ता” पदनामको निरन्तर विरोध गरिरहेका हुन्छन् र तिनीहरूसँग यसलाई स्विकार्ने वा यसमा समर्पित हुने कुनै अभिप्राय हुँदैन, झन् परमेश्‍वरको अभिप्राय बुझ्ने अभिप्राय हुनु त परै जाओस्। तिनीहरूले यो “सेवाकर्ता” पद र पहिचान, यो हैसियत र स्थान टक्टक्याएर फाल्ने निरन्तर प्रयास मात्रै गर्छन्, र तिनीहरूले परमेश्‍वरको अभिप्राय सन्तुष्ट पार्न कसरी परमेश्‍वरसँग सहकार्य गर्ने, वा कसरी स्वभाव परिवर्तन हासिल गर्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने र परमेश्‍वरमा समर्पित हुने भनेर अलिकति पनि खोजी गर्दैनन्। तिनीहरूले यी सकारात्मक कुराहरू पटक्‍कै पछ्याउँदैनन्, र सेवाकर्ताको रूपमा खुलासा हुँदा पनि, तिनीहरूले अनुभव गर्ने आक्रोश र उग्रता एकै पटक विस्फोट भएर निस्‍कन्छन्। यो कति गम्भीर हुन सक्छ? कति ख्रीष्टविरोधीहरूले सार्वजनिक स्थानहरूमा परमेश्‍वरलाई चुपचाप सराप्छन्, तर बन्द कोठामा भने उहाँलाई यसो भन्दै ठूलो स्वरमा सराप्छन्, “परमेश्‍वर धर्मी छैनन्। मैले यस्तो परमेश्‍वरमा विश्‍वास नगरेकै बेस हुन्छ!” तिनीहरू खुलेआम परमेश्‍वरलाई चुनौती दिन्छन्, र उहाँविरुद्ध जान्छन्। “सेवाकर्ता” भन्‍ने यो शब्दले परमेश्‍वरको विरोध गर्ने र सत्यताप्रति वितृष्णा राख्‍ने ख्रीष्टविरोधीहरूको सार खुलासा गरिदिन्छ। “सेवाकर्ता” भन्‍ने यो शब्दसामु तिनीहरूको दुष्ट रूप पूर्ण रूपमा पर्दाफास हुन्छ, र तिनीहरू पूरै उदाङ्गो हुन्छन्। वास्तवमा के कुरा उदाङ्गो हुन्छ? यो कि, तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्न वा सत्यता स्विकार्न उहाँमा विश्‍वास गरेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ वा परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर नै परमेश्‍वरमा विश्‍वास गर्छन्। बरु, तिनीहरूले परमेश्‍वरबाट केही कुरा चाहने हुनाले उहाँमा विश्‍वास गर्छन्। तिनीहरूले आफ्नै महत्त्वाकाङ्क्षा र इच्छाहरूको खातिर आफूलाई परमेश्‍वरको घर ल्याउँछन्। तिनीहरूले व्यर्थमा भीडबाट माथि उठ्ने प्रयास गर्छन् र आफ्नै माध्यम, प्रयास, मेहनत, र सङ्घर्षद्वारा आशिष्‌हरू प्राप्त गर्ने, वा अझै राम्रो, सायद अर्को जीवनमा अझै ठूलो इनाम प्राप्त गर्ने प्रयास गर्छन्। त्यसकारण, तिनीहरूको नजरमा, “सेवाकर्ता” भन्‍ने शब्द सधैँ नीचो र अपमानजनक शब्द हुन्छ, जुन तिनीहरूले कहिल्यै स्विकार्न नसक्‍ने शब्द हो। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले सोच्छन्, “परमेश्‍वरको सेवा गर्नु हाम्रो लागि आशिष् हो। यो राम्रो कुरा हो, र यो सम्‍मानजनक कुरा हो।” तर ख्रीष्टविरोधीहरूले यो तथ्य कहिल्यै स्विकार्दैनन्, र यसो भन्छन्, “परमेश्‍वरको सेवा गर्नु हाम्रो लागि आशिष् हो? त्यो कस्तो कुरा हो? कस्तो मूर्ख कुरा! त्यसो गर्दाको आशिष् कहाँ छ? त्यसको आनन्द कहाँ छ? परमेश्‍वरको लागि सेवा प्रदान गरेर के प्राप्त गर्न सकिन्छ? के सेवाबाट तिमीले पैसा, सुन, वा सम्पत्ति प्राप्त गर्न सक्छौ? कि घर र कार पाउन सक्छौ? सेवा गर्नेहरू सबैलाई हटाइनेछ; के त्यस्ता कुनै सेवाकर्ता छन्, जो असल मानिसहरू हुन्? सेवा गर्नेहरू कसैले पनि कहिल्यै केही प्राप्त गर्नेछैन।” तिनीहरूले “परमेश्‍वरको सेवा गर्नु मानवजातिलाई दिइएको आशिष् हो” भनी दाजुभाइ-दिदीबहिनीहरूले दिने सङ्गति स्वीकार गर्दैनन्, र तिनीहरूलाई यसप्रति प्रतिरोध र घृणा लाग्छ; तिनीहरूलाई यो कुरा अलिकति पनि सुन्‍न मन पर्दैन।

ख्रीष्टविरोधीहरूले संसारको कुनै पनि अधिकारी वा पद र प्रतिष्ठा भएको कुनै पनि व्यक्तिको लागि मेहनत गर्न, काम गर्न, र रक्सी खन्याउन सक्छन्, र यी मानिसहरूको लागि सेवा गर्न समेत स्वीकार गर्नेछन् र त्यसो गर्न बढी इच्छुक हुनेछन्। तिनीहरू परमेश्‍वरको सेवा गर्न आउँदा मात्रै अनिच्छा र हिचकिचाहट, गुनासो, प्रतिरोध, र भावनाहरूले भरिन्छन्। यी मानिसहरू कस्ता प्राणीहरू हुन्? के परमेश्‍वरका अनुयायीहरूमा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन् त? यी त स्पष्ट रूपमै ख्रीष्टविरोधीहरूको सारका प्रकटीकरणहरू हुन्। यदि कुनै मेयर, प्रान्तीय गभर्नर, वा कुनै प्रतिष्ठित राजनीतिज्ञको सेवा गर्न ख्रीष्टविरोधीहरू बाह्य संसार जान्थे भने, यो कुराले तिनीहरूका पुर्खाहरूलाई महिमा दिन्छ र तिनीहरूको परिवारलाई गौरवान्वित तुल्याउँछ भन्‍ने तिनीहरूले सोच्नेथिए। तिनीहरू अत्यन्तै खुशी हुनेथिए; तिनीहरू खुसीले नाच्‍नेथिए। यदि कसैले तिनीहरूलाई तिनीहरूको काम के हो भनेर सोध्थे भने, तिनीहरूले भन्‍नेथिए, “म मेयरको सेवा गर्छु। म मेयरको नजिकको सेवक, र उहाँको व्यक्तिगत सुरक्षाकर्मी हुँ!” अथवा तिनीहरूले यसो भन्‍नेथिए, “म राष्ट्रपतिका दैनिक आवश्यकताहरू पूरा गर्छु!” तिनीहरूले यो कुरा गर्वसाथ भन्‍नेथिए। तिनीहरूले यो राम्रो काम हो, र तिनीहरूको सम्पूर्ण परिवार यसको महिमामा सहभागी हुनेछन् भनेर सोच्‍नेथिए। तिनीहरूले राती सपना देख्‍नेथिए र खुशीसाथ बिउँझिनेथिए, र जहाँ गए पनि तिनीहरूले आफूले गरेको कुरा नलुकाउनेथिए। किन? तिनीहरूले आफ्नो कामलाई लाजमर्दो ठान्‍नेथिएनन्; तिनीहरूलाई यो सम्‍मानजनक, तिनीहरूलाई अरूभन्दा माथि उठाउने, तिनीहरूको शिरमा महिमाको ज्योति दिने काम हो भन्‍ने लाग्‍नेथियो। तर यस्तो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेपछि, यदि उसलाई उहाँको सेवा गर्न लगाइयो भने, उसले त्यसो गर्न चाहँदैन, उसलाई प्रतिरोध महसुस हुन्छ र उसले परमेश्‍वरबारे गुनासो गर्ने र उहाँलाई सराप्‍ने समेत गर्छ, र उसले परमेश्‍वरलाई धोका दिन र इन्कार्न पनि सक्छ। यी दुई कुरालाई तुलना गर्दा, हामीले ख्रीष्टविरोधीहरू भनेका ख्रीष्टविरोधी नै हुन्, र तिनीहरू शैतानको गिरोहका हिस्‍सा हुन् भनेर देख्‍न सक्छौँ। तिनीहरूले शैतानको सेवा जसरी गरे पनि, र त्यो काम जति नै फोहोरी, थकाइलाग्दो, वा अपमानजनक भए पनि, तिनीहरूले त्यसलाई सम्मानको रूपमा लिन्छन्। तर परमेश्‍वरको लागि उहाँको घरमा काम गर्दा, तिनीहरूले गर्ने कुराहरू जति नै अर्थपूर्ण, बहुमूल्य, वा आदर्शमय भए पनि, वा ती काम गर्दा तिनले तिनीहरूलाई जति नै माथि उचाले पनि, तिनीहरूले सधैँ ती कुराहरूलाई उल्लेख गर्न लायक नरहेका कुराहरू भन्ठान्छन्। परमेश्‍वर र परमेश्‍वरको कामको लागि सेवा गर्नु मानवजातिको लागि जति नै ठूलो आशिष् भए पनि र जति नै सम्‍मानजनक कुरा भए पनि, र यो जति नै बहुमूल्य अवसर भए पनि, तिनीहरू यसप्रति खुशी हुन सक्दैनन्। किन यस्तो हुन्छ? यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरू शैतानको गिरोहका सदस्यहरू हुन्—तिनीहरू शैतानी हुन्छन् र तिनीहरू जीवित शैतानहरू हुन्, र तिनीहरू अन्तर्निहित रूपमै परमेश्‍वरविरोधी हुन्छन्। यदि तिनीहरूलाई परमेश्‍वरको सेवा गर्न र परमेश्‍वरलाई सेवा दिन लगाइयो भने, तिनीहरू यसप्रति खुशी हुनै सक्दैनन्। परमेश्‍वरको घरले मानिसहरूसँग जेजसरी सत्यता सङ्गति गरे पनि वा “सेवाकर्ता” पदनाम सम्बन्धमा परमेश्‍वरको अभिप्राय मानिसहरूलाई जेजसरी बुझाउने प्रयास गरे पनि, ख्रीष्टविरोधीहरूले यसलाई परमेश्‍वरबाट आएको भनेर स्विकार्न वा यससँग सम्बन्धित कुनै पनि सत्यता स्विकार्न सक्दैनन्, झन् तिनीहरूले सृष्टि गरिएको प्राणीले सृष्टिकर्तालाई सेवा गर्नु एउटा सम्‍मानजनक, बहुमूल्य, र अर्थपूर्ण कुरा हो भन्‍ने तथ्य वा सत्यता स्विकार्नु त धेरै परको कुरा हो—“सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूले राख्‍ने मनोवृत्ति यही हो। यो पदनाम सामना गर्दा, र मानिसहरूले परमेश्‍वरको सेवा गर्ने तथ्य सामना गर्दा, ख्रीष्टविरोधीहरूले यो “सेवाकर्ता” पदनाम परमेश्‍वरबाट आएको हो भनी स्विकार्ने, र त्यसपछि सत्यता पछ्याउने परमेश्‍वरका वचनहरू सुन्‍ने, र परमेश्‍वरमा समर्पित हुने र उहाँको डर मान्‍ने बन्‍नुको सट्टा, यो पदनामबाट आफूलाई मुक्त गर्ने र यो तथ्यबाट उम्कने प्रयास मात्रै गरेका हुन्छन्। यो “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूले देखाउने प्रकटीकरणहरूको आधारबाट हेर्दा, यो भन्‍नैपर्ने हुन्छ कि ख्रीष्टविरोधीहरू शैतानकै वर्गका हुन्, तिनीहरू शैतानका शत्रुवत्‌ शक्तिहरूकै भाग हुन्, र तिनीहरू परमेश्‍वर, सत्यता, र सबै सकारात्मक कुराहरूप्रति विरोधी हुन्छन्।

“सेवाकर्ता” पदनामबारे ख्रीष्टविरोधीहरूले राख्‍ने मनोवृत्ति भनेको अस्वीकार, प्रतिरोध, इन्कार, र घृणाको मनोवृत्ति हो। यो पदनाम जोसुकैबाट आएको भए पनि, तिनीहरूले निरन्तर यसप्रति प्रतिरोध अनुभूत गर्छन् र यसलाई स्विकार्दैनन्, किनभने तिनीहरूले सेवाकर्ता बन्‍नु नीच कुरा हो, र तिनीहरूले जसलाई सेवा दिए पनि यो सधैँ नीच नै हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सोच्छन्, यो “सेवाकर्ता” भनेको परमेश्‍वरले मान्छेको सारको आधारमा मान्छेलाई दिनुहुने परिभाषा होइन, बरु यो त मान्छेको पहिचान र मूल्यप्रतिको चुनौती र घृणाको अभिव्यक्ति हो—यो “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मुख्य दृष्टिकोण यही हो। परमेश्‍वरका वचनहरूप्रतिको ख्रीष्टविरोधीहरूको मनोवृत्तिबाट, हामीले देख्‍न सक्छौँ कि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई मापदण्ड वा सत्यताको रूपमा लिँदैनन्, बरु सूक्ष्मजाँच र विश्‍लेषण गर्नुपर्ने कुराहरूको रूपमा लिन्छन्। भन्‍नुको अर्थ, तिनीहरूले सत्यता बुझ्ने वा परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्ने आधारमा परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्दैनन्, बरु सूक्ष्मजाँच गर्ने, प्रतिरोध महसुस गर्ने, र विरोधमा उभिने आधारमा परमेश्‍वरका वचनहरूलाई लिन्छन्। तिनीहरूको लागि, परमेश्‍वरले बोल्‍नुहुने हरेक वचन र उहाँले भन्‍नुहुने हरेक भनाइ सूक्ष्मजाँच गर्नुपर्ने कुरा हो, र “सेवाकर्ता” भन्‍ने पदनाम पनि यसको अपवाद होइन। तिनीहरूले यो “सेवाकर्ता” शब्दबारे सूक्ष्मजाँच र मनन गर्न मेहनत गर्छन्, र परमेश्‍वरका वचनहरूमा परमेश्‍वरले सेवाकर्ताहरूलाई असल होइन, बरु तल्‍लो स्तरको, नीच, मूल्यहीन, परमेश्‍वरले प्रेम नगर्नुहुने, र परमेश्‍वरले घृणा गर्नुहुने मानिसहरूको रूपमा लिनुहुन्छ भन्‍ने देख्छन्। यो “सेवाकर्ता” पदनामप्रति परमेश्‍वरको मनोवृत्ति यही भए पनि, उहाँमा यस्तो मनोवृत्ति हुनुको प्रसङ्ग र कारण छ—यो मान्छेको सारमा आधारित छ। तिनीहरूले नदेखेको अर्को पनि तथ्य छ: परमेश्‍वरले भ्रष्ट मानवजातिलाई जति नै तिरस्कार र घृणा गर्नुभए पनि, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने काम कहिल्यै त्याग्‍नुभएको छैन, न त उहाँले मानवजातिलाई मुक्ति दिने आफ्नो व्यवस्थापन योजनाको काम नै रोक्नुभएको छ। ख्रीष्टविरोधीहरूले यो तथ्यमा विश्‍वास गर्दैनन्, न त तिनीहरूले यसलाई स्विकार्छन् न त देख्‍न नै सक्छन्। तिनीहरूले विभिन्‍न प्रकारका मानिसहरूका परिणामहरूबारे परमेश्‍वरले भन्‍नुभएको कुरामा मात्रै ध्यान दिन्छन्, र विशेषगरी यो “सेवाकर्ता” भन्‍ने पदनामको हकमा, तिनीहरूमा अत्यन्तै संवेदनशील मनोवृत्ति हुन्छ। तिनीहरू सेवाकर्ता बन्‍न चाहँदैनन्, र तिनीहरू परमेश्‍वरद्वारा सेवाकर्ताको रूपमा परिभाषित हुन चाहँदैनन्, झन् तिनीहरूले “सेवाकर्ता” पदनाम ग्रहण गरेर परमेश्‍वरको सेवा गर्न चाहनु त धेरै परको कुरा हो। त्यसकारण, जब ख्रीष्टविरोधीहरू परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूले फरकफरक समूहमा सोधपुछ गर्छन्, तिनीहरू सेवाकर्ता हुन् कि होइनन् भनेर सोध्छन्, र परमेश्‍वरका वचनहरू र मानिसहरूले तिनीहरूबारे के भन्छन्, त्यसबाट तिनीहरूले इमानदारिताका शब्दहरू सुन्न र यो मामलाको सत्यता थाहा पाउन चाहन्छन्—तिनीहरू सेवाकर्ता हुन् कि होइनन्? यदि हुन् भने, तिनीहरू तुरुन्तै र तत्कालै गइहाल्छन्; तिनीहरूले परमेश्‍वर वा परमेश्‍वरको घरको लागि सेवा गर्दैनन्। तिनीहरूले यो “सेवाकर्ता” पदनामविरुद्ध यस्तो कडा प्रतिक्रिया दिन्छन्, र ख्रीष्टविरोधीहरूको हकमा, पहिचान, पद, सम्भाव्यता, नियति र गन्तव्य भनेका स्थायी रूपमा पछ्याउनुपर्ने कुराहरू र कहिल्यै त्याग्‍न नहुने हितहरू हुन् भन्‍ने स्पष्ट हुन्छ। ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वरले परिभाषित गर्नुभएअनुसार सेवाकर्ताहरू मानवजातिमाझ सबैभन्दा न्यून स्थानमा पर्छन्। तैँले जे भने पनि वा जति जना मानिसहरूले यो तथ्य र यो पदनाम स्विकारे पनि, ख्रीष्टविरोधीहरूले यसलाई पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले काम गर्दा अरूलाई तिनीहरूको सेवा गर्न, तिनीहरूको कुरा सुन्न, तिनीहरूको आज्ञापालन गर्न, र तिनीहरूको वरिपरि घुम्न मात्रै लगाउँछन्, तर आफैलाई चाहिँ कहिल्यै पनि अरूसँग सहकार्य गर्न वा विभिन्‍न कुराहरू छलफल गर्न, वा अरूका विचारहरू सोध्न, परमेश्‍वरका अभिप्रायहरूबारे परामर्श लिन, वा सत्यता सिद्धान्तहरू खोजी गर्न लगाउँदैनन्। तिनीहरूले सोच्छन्, “यदि मैले काम गर्दा अरूसँग सहकार्य गरेर छलफल गरेँ र सत्यता सिद्धान्तहरू खोजेँ भने, मैले आफूलाई होच्याइरहेको हुन्छ र मैले आफ्‍नो स्वायत्तता गुमाउनेछु, र के त्यो सेवा प्रदान गर्नु होइन र? के अरूले लोकप्रियता पाउँदा मचाहिँ पर्दापछाडि मेहनत गरिरहेको हुँदिनँ र? के मैले अरूको हेरचाह र सेवा गरिरहेको हुँदिनँ र?” यो त तिनीहरूले गर्न नचाहेको कुरा हो। तिनीहरू त बस अरूलाई तिनीहरूको ख्याल गर्न, तिनीहरूमा समर्पित हुन, तिनीहरूको कुरा सुन्न, तिनीहरूलाई कदर गर्न, तिनीहरूलाई उच्च प्रशंसा दिन, सबै कुरामा तिनीहरूलाई राम्रो देखिने बनाउन, तिनीहरूको लागि ठाउँ छोडिदिन, तिनीहरूको सेवा गर्न, र तिनीहरूको लागि काम गर्न लगाउन मात्रै चाहन्छन्, र तिनीहरू आफूले गरेको कामअनुसार आफूलाई परमेश्‍वरले उचित इनाम र उचित मुकुट दिनुपर्छ भनेर समेत माग गर्छन्। जब कसैले परमेश्‍वरले मानवजातिको मुक्तिको लागि कति ठूलो मूल्य चुकाउनुभएको छ र उहाँले कति धेरै कष्ट भोग्‍नुभएको छ, उहाँले कसरी आफूलाई नम्र तुल्याउनुभएको छ, र उहाँले मानवजातिको लागि कति धेरै भरणपोषण गर्नुभएको छ भनेर उल्लेख गर्छ, जब ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्छन् र यी तथ्यहरू देख्छन्, तब तिनीहरू उदासीन हुन्छन् र यसलाई बेवास्ता गर्छन्। ख्रीष्टविरोधीहरू यस्ता कुराहरूलाई कसरी अर्थ्याउँछन्? तिनीहरू भन्छन्: “परमेश्‍वरले मान्छेको लागि सबै कुरा गर्नुपर्छ र उनले मान्छेलाई सबैभन्दा राम्रो कुरा दिनुपर्छ, आशिष् र अनुग्रह दिनुपर्छ, र मान्छेलाई शान्ति र आनन्द दिनुपर्छ। उनले यो सबै कुरा मान्छेमा समर्पित गर्नुपर्छ; यो उनको दायित्व हो। अनि जब मानिसहरूले परमेश्‍वरको लागि विभिन्‍न कुराहरू त्याग्छन्, आफूलाई समर्पित गर्छन्, र मूल्य चुकाउँछन्, जब तिनीहरूले परमेश्‍वरको लागि सबै अर्पित गर्छन्, तब तिनीहरूले परमेश्‍वरबाट इनाम प्राप्त गर्नुपर्छ र अझै राम्रो कुरा प्राप्त गर्नुपर्छ। के त्यो उचित लेनदेन होइन र? त्यो समान व्यापार होइन र? यसबारेमा कुरा गर्नुको अर्थ के हुन्छ र? परमेश्‍वरसँग के योग्यता छ? मैले किन परमेश्‍वरको कुनै पनि योग्यता देखेको छैनँ? परमेश्‍वरले मान्छेलाई विभिन्‍न कुरा दिन्छन्, त्यसकारण के मान्छे ती कुराहरू प्राप्त गर्न लायक हुनु स्वाभाविक होइन र? मानिसहरूले त मूल्य चुकाउँदै आइरहेका छन्!” परमेश्‍वरले मान्छेको लागि गर्नुहुने यी सबै कुराहरू मान्छेलाई दिनुहुने सबैभन्दा ठूला अनुग्रह हुन् भनेर तिनीहरू विश्‍वास गर्दैनन्; तिनीहरू कृतज्ञ हुँदैनन् र तिनीहरू परमेश्‍वरको ऋण तिर्नेबारेमा सोच्दैनन्। बरु, तिनीहरू परमेश्‍वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभएको सुन्दर गन्तव्यसित आफूले चुकाएको मूल्य साट्न चाहन्छन्, र प्राकृतिक हिसाबले नै तिनीहरू आफूले आशिष्‌हरू चाहनु र यी सबै अभिप्रायहरू राख्‍नु उचित नै हुन्छ, त्यसकारण यसलाई जसरी हेरे पनि, परमेश्‍वरले मानिसहरूलाई आफ्‍नो सेवाकर्ता बनाउनु हुँदैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई यो विश्‍वास हुन्छ भने, मानिसहरूमा इज्जत र सत्यनिष्ठा हुन्छ, र यदि यस्तो ठूलो प्रेम भएका र परोपकारमा मद्दत गर्न सक्‍ने, आफूलाई समर्पित गर्न, र विभिन्‍न कुराहरू त्याग्‍न सक्‍ने मानिसहरूलाई परमेश्‍वरको सेवा गर्न लगाइयो भने, तिनीहरूलाई गम्भीर रूपमा अपमानित गरिएको र अत्यन्तै अनुचित व्यवहार गरिएको हुन्छ। ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वरले गर्नुहुने यी सबै कुरा उल्लेख गर्न लायक हुँदैनन्। बरु यसको साटो, तिनीहरूले आफूले गर्ने कुराहरू अत्यन्तै साना भए पनि, तिनलाई असीमित रूपमा ठूला बनाउँछन्, र ती कुराहरूलाई आशिष्‌हरू प्राप्त गर्ने पुँजी मानेर व्यवहार गर्छन्।

कतिपय मानिसहरूले मण्डलीमा कर्तव्य निर्वाह गर्दा कहिल्यै राम्रोसित काम गर्दैनन्। यदि तिनीहरूले गर्ने कामकुराहरू, तिनीहरूले प्रदान गर्ने सीप र प्रतिभाहरू, वा तिनीहरूले प्रस्ताव गर्ने विचार र सुझावहरू दाजुभाइ-दिदीबहिनीहरूले स्विकारेनन् भने, तिनीहरू काम गर्न जारी राख्‍न मान्दैनन् र काम छोडेर जान चाहन्छन्—तिनीहरू परमेश्‍वरलाई त्याग्‍न चाहन्छन्। यदि तैँले तिनीहरूलाई कसैसँग सहकार्य गर्न लगाइस् भने, तिनीहरूले सहकार्य गर्दैनन्, र यदि तैँले तिनीहरूलाई कर्तव्य निभाउँदा सक्दो गर्न लगाइस् भने, तिनीहरूले त्यो पनि गर्दैनन्। तिनीहरूले बस दायाँबायाँ आदेश दिन्छन्, र अरूलाई तिनीहरूको कुरा सुन्न लगाउँछन्, र परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्नुको सट्टा मानिसहरूलाई तिनीहरूको ख्याल गर्न, तिनीहरूको सेवाकर्ता बन्‍न, र तिनीहरूको सेवा गर्न लगाउँछन्। अनि यदि तिनीहरूले अरूबाट यस्तो विशेष व्यवहार प्राप्त गरेनन् भने, वा यदि तिनीहरूले यस्तो विशेष व्यवहार गुमाए भने, अरूले तिनीहरूको प्रतीक्षा गर्नुपर्ने, तिनीहरूको लागि काम गर्नुपर्ने र तिनीहरूको आदेश पालना गर्नुपर्ने यो विशेष व्यवहार गुमाए भने, तिनीहरू काम छोडेर जान चाहन्छन्; तिनीहरू परमेश्‍वर धर्मी हुनुहुन्न भन्‍ने विश्‍वास गर्छन्, तिनीहरूको हृदय परमेश्‍वरप्रति गुनासो र रिसले भरिएको हुन्छ र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूप्रति घृणा पैदा गर्छन्, र कसैले पनि तिनीहरूलाई मद्दत गर्न सक्दैन। तिनीहरूले कसैसँग मिलेर काम गर्न सक्दैनन् र कसैसँग पनि समान स्तरमा रही सहकार्य गर्न सक्दैनन्। अरूसँग सङ्गत गर्ने तिनीहरूको नियम के हुन्छ भने, बोल्दा र व्यवहार गर्दा तिनीहरू मात्रै अरूभन्दा माथि खडा हुनुपर्छ, र तिनीहरूले अरूले तिनीहरूको लागि सबै कुरा गरेको र तिनीहरूले दिने हरेक आदेश र नारा पछ्याएको हेर्न पाउनुपर्छ; तिनीहरूसँग सहकार्य गर्न लायक कोही हुँदैन, र तिनीहरूसँग समान स्तरमा रही सङ्गत गर्न योग्य पनि कोही हुँदैन। यदि कसैले तिनीहरूलाई साथी वा साधारण दाजुभाइ-दिदीबहिनीको रूपमा व्यवहार गर्‍यो, र तिनीहरूसँग कुरा गर्‍यो, तिनीहरूसँग कामबारे छलफल गर्‍यो, र तिनीहरूलाई आफूसमान ठानेर आफ्‍नो बुझाइबारे तिनीहरूसँग सङ्गति गर्‍यो भने, तिनीहरूले यसलाई भयानक अपमान र तिनीहरूको इज्जतको लागि ठूलो चुनौतीको रूपमा लिन्छन्। तिनीहरूले हृदयमा त्यस्ता मानिसहरूप्रति घृणा र शत्रुता बोक्छन्, र तिनीहरूलाई आफूसमान ठान्‍ने वा गम्भीर रूपमा नलिने जोकोहीलाई बदला लिने अवसरहरू खोज्छन्। के ख्रीष्टविरोधीहरूले यही गर्दैनन् र? अरू मानिसहरूसँग सङ्गत गर्ने क्रममा ख्रीष्टविरोधीहरूले प्रकट गर्ने पदानुक्रमिक दृष्टिकोण यही हो। अवश्य नै, यो कुरा “सेवाकर्ता” पदनामबारे ख्रीष्टविरोधीहरूले राख्‍ने साँचो विचार र मनोवृत्तिसँग सम्बन्धित छ। तिनीहरूले परमेश्‍वरले मानवजातिलाई दिनुभएको पदनामसमेत स्विकार्न सक्दैनन्, त्यसकारण के तिनीहरूले अरूले गर्ने दोषारोपण, खुलासा, र मूल्याङ्कन स्विकार्न सक्छन् त? तिनीहरूले यी कुराहरू स्विकार्न त झनै सक्दैनन्। एक हिसाबमा, तिनीहरूलाई “सेवाकर्ता” को पदनाम र सारप्रति शत्रुता र प्रतिरोध महसुस हुन्छ, तर अर्को हिसाबमा, तिनीहरूले आफूलाई सेवा दिन, आफ्नो सेवा गर्न, आफ्नो ख्याल गर्न, र आफ्नो आज्ञापालन गर्न लगाउन अथक रूपमा अझै धेरै मानिसहरूलाई आफूतिर ल्याउने र आफ्‍नो समूहमा आबद्ध गर्ने गर्छन्। के यो घृणित कुरा होइन र? त्यस्ता मानिसहरूको सार दुष्ट हुन्छ, र त्यो पूर्णतया साँचो हो। तिनीहरूले अरूलाई नियन्त्रण गर्ने इच्छा गर्छन्। तिनीहरू आफै प्रस्टैसित व्यर्थका हुन्छन् र तिनीहरूले केही गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरको घरका कसिङ्गर मात्रै हुन्, तिनीहरूसँग कुनै सामान्य मानवता हुँदैन, र तिनीहरूले अरूसँग सामान्य रूपमा सङ्गत गर्न सक्दैनन्, झन् तिनीहरूमा सामान्य समझ हुनु त धेरै परको कुरा हो। तिनीहरूले सत्यता पटक्‍कै बुझ्दैनन्, तिनीहरूसित सत्यताबारे कुनै अन्तर्दृष्टि हुँदैन, तिनीहरूमा थोरै व्यावसायिक ज्ञान र केही सीप मात्रै हुन्छ, र तिनीहरूले कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्। तैपनि, तिनीहरूले राम्रो व्यवहार गर्दैनन् र शक्ति लिन चाहन्छन्, र जब तिनीहरूले शक्ति लिन सक्दैनन्, तब तिनीहरूलाई आफू सक्‍किएँ भन्‍ने लाग्छ, र तिनीहरूले सोच्छन्, “मैले पहिले यी कुराहरू गर्दा पक्‍कै पनि सेवा नै दिइरहेको थिएँ होला। म सेवा दिन इच्छुक छैनँ। मैले अब धेरै मेहनत गर्नु वा धेरै गुमाउनुभन्दा पहिले नै छिटो गरेर गइहाल्‍नु राम्रो हुन्छ।” तिनीहरूलाई आउने सोच यही हो। तिनीहरूले सधैँ यस्तो सङ्कल्प गर्छन् र यस्तो निर्णय गर्छन्; तिनीहरूले कुनै पनि बेला विश्‍वास गर्न छोडेर जान सक्छन्, कुनै पनि बेला कर्तव्य छोडेर भाग्‍न सक्छन्, र यसरी शैतानको अङ्गालोमा फर्केर दुष्ट काममा त्यसको साझेदार बन्‍न सक्छन्। के यस्ता मानिसहरू छन्? (छन्।) जब व्यावसायिक कामको कुनै पक्षको कुरा आउँछ, तब तिनीहरूले थोरथोरै कुरा त बुझ्छन्, तर व्यावसायिक कामको त्यो पक्षको लागि तिनीहरूले बुझ्नैपर्ने सत्यता सिद्धान्तहरूको हकमा, तिनीहरू पूर्ण अनभिज्ञ हुन्छन्; जब ज्ञान वा वरदानको कुनै पक्षको कुरा आउँछ, तिनीहरूसँग यीमध्ये केही कुरा हुन पनि सक्छ, तर कर्तव्य निर्वाह गर्नको लागि तिनीहरूले बुझ्नैपर्ने सत्यता सिद्धान्तहरूको हकमा, तिनीहरू फेरि पनि पूर्ण अनभिज्ञ हुन्छन्, र तिनीहरूको बुझाइ विकृत हुन्छ। तिनीहरूले अरूसँग सद्‌भावपूर्ण सहकार्य गर्न सक्दैनन्, र सँगै सङ्गति गर्दा तिनीहरूले अरूले जस्तै उही भाषा बोल्दैनन्। त्यस्ता मानिसहरू केको लागि उपयुक्त हुन्छन्? यदि तिनीहरूसँग साँच्‍चै विवेक र समझ छ भने, तिनीहरूले अरूप्रति सही व्यवहार गर्न सक्‍नेछन्, र जब मानिसहरूले सही र सत्यता अनुरूपका कुराहरू बोल्छन्, तब तिनीहरूले ती कुराहरू स्विकार्न, स्वेच्छाले तिनमा समर्पित हुन, र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। तिनीहरूले सधैँ भीडभन्दा माथि उठ्न, अरूलाई डोर्‍याउन, र अरूलाई नियन्त्रण गर्न चाहनु हुँदैन; बरु, तिनीहरूले अरूभन्दा माथि उठ्ने आफ्नो महत्त्वाकाङ्क्षा र इच्छा त्याग्‍नुपर्छ र सेवा नै गर्नु परे पनि सबैभन्दा सानो व्यक्ति बन्‍न तयार हुनुपर्छ—तिनीहरूले आफूले गर्न सक्‍ने जेसुकै गर्नुपर्छ। तिनीहरू आफै साधारण मानिसहरू हुन्, त्यसकारण तिनीहरू साधारण मानिसहरूको स्थानमा फर्केर आउनुपर्छ, कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गर्नुपर्छ, र व्यावहारिक मानिसहरू बन्‍नुपर्छ। यस्ता मानिसहरू अन्त्यमा दह्रिलो गरी खडा हुन सक्छन्। यदि तिनीहरूले यो मार्ग छनौट गर्दैनन् बरु आफूलाई महान् र आदर्शमय ठान्छन् भने, यदि कसैले पनि तिनीहरूलाई छुन वा भेट्न सक्दैनन् भने, र यदि तिनीहरू स्थानीय दादा, र अत्याचारी बन्‍न, र ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउन चाहन्छन् भने, तिनीहरू दुष्ट मानिसहरू बन्‍ने पक्‍का हुन्छ। यदि तिनीहरू सबैभन्दा सानो व्यक्ति बन्‍न, पूर्ण रूपमा अज्ञात हुन वा चर्चापरिचर्चाको दुनियाँबाट टाढा रहन, वा आफ्नो सबै कुरा समर्पित गर्न तयार छैनन् भने, तिनीहरू अवश्य नै ख्रीष्टविरोधीहरू हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन्—तिनीहरूको लागि यो कुरा खतरनाक हुन्छ। यदि यस्तो व्यक्तिले आफ्नो बारे मनन गर्न सक्छ, आत्मज्ञान प्राप्त गर्न सक्छ, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्न सक्छ, आफ्नो उचित स्थान लिन सक्छ, साधारण व्यक्ति बन्‍न सक्छ, र उप्रान्त कुनै पनि बहाना नगर्न सक्छ भने, उसले मुक्ति पाउने मौका पाउनेछ। यदि तँ सधैँ रोबदार र अनुचित हुँदै आफूलाई शक्तिशाली व्यक्तिको रूपमा देखाउन चाहन्छस् भने, त्यो व्यर्थ हुन्छ। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले भरिएको हुन्छ, र तँ जति नै भयानक, आक्रामक, वा दुष्ट भए पनि, यसको कुनै काम हुँदैन। परमेश्‍वरको घर रणभूमि होइन, त्यसैले यदि तँ लड्न चाहन्छस् भने, संसारको रणभूमिमा गएर लड्। परमेश्‍वरको घरमा कोही पनि तँसँग लड्‍न चाहँदैन; कसैसँग पनि यसमा चासो वा यसो गर्ने समय हुँदैन। परमेश्‍वरको घर सत्यता प्रचार गर्ने, र मानिसहरूलाई सत्यता बुझ्न र सत्यता अभ्यास गर्न मद्दत गर्ने ठाउँ हो। यदि तैँले सत्यता अभ्यास गर्न सक्दैनस् भने, त्यो सम्हाल्न गाह्रो हुन्छ, र यसले तँ यहाँ हुनुपर्ने होइन भन्‍ने मात्रै देखाउँछ। यदि तँ सधैँ लड्न चाहन्छस्, सधैँ आक्रामक हुन चाहन्छस्, सधैँ निर्दयी हुन चाहन्छस्, र सधैँ रोबदार र अनुचित हुन चाहन्छस् भने, मण्डली तेरो लागि सही ठाउँ होइन। परमेश्‍वरको घरका धेरैजसो मानिसहरूले सत्यतालाई प्रेम गर्छन्; तिनीहरू परमेश्‍वर पछ्याउन र जीवन प्राप्त गर्न चाहन्छन्, र तिनीहरूलाई षड्यन्त्रमा संलग्‍न हुन र दियाबलसहरूसँग लड्न मन पर्दैन। ख्रीष्टविरोधीहरूले मात्रै दायाँबायाँ लड्न र शक्ति र नाफाको लागि प्रतिस्पर्धा गर्न मन पराउँछन्, त्यसकारण ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरमा दह्रिलो गरी खडा हुन सक्दैनन्।

पहिचान, पद र हैसियतजस्ता कुराहरूप्रति अत्यन्तै संवेदनशील हुने, र “सेवाकर्ता” पदनामप्रति विशेष रूपमा ठूलो प्रतिरोध र घृणा गर्ने, र यसलाई स्विकार्न सक्दै नसक्‍ने किसिमका व्यक्तिहरू पनि हुन्छन्—यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले सत्यता नपछ्याउने र सत्यताप्रति वितृष्णा मान्‍ने मात्र होइन, तिनीहरूले त “सेवाकर्ता” भनेर गरिने सम्बोधनप्रति पनि वितृष्णा मान्छन्। “सेवाकर्ता” पदनामप्रति वितृष्णा मान्‍नेहरूले वास्तवमा सत्यता पछ्याउनुपर्छ—यदि तिनीहरूले सत्यता पछ्याउन सकेका भए, के तिनीहरूले “सेवाकर्ता” पदनाम फालिसकेका हुँदैनथे र? तर समस्या नै यही हो। तिनीहरूले सत्यताप्रति अत्यन्तै वितृष्णा मान्‍ने हुनाले, तिनीहरू सत्यता पछ्याउने र अभ्यास गर्ने मार्गमा कहिल्यै हिँड्नेछैनन्। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन योजनाको काममा, तिनीहरूले सधैँ सेवाकर्ताको भूमिका खेल्नेछन्। तर अवश्य नै, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको व्यवस्थापन योजनामा सेवाकर्ताको रूपमा काम गर्न पाउनु पनि आशिष् नै हो; तिनीहरूको लागि यो सृष्टिकर्ताका कार्यहरू हेर्ने, सृष्टिकर्ताले सत्यता व्यक्त गर्नुभएको र मानवजातिसँग आफ्नो मनभित्रका विचारहरू बताउनुभएको सुन्‍ने, र सृष्टिकर्ताको बुद्धि र सर्वशक्तिमान् कार्यहरू बुझ्‍ने मौका हो। तिनीहरू सृष्टिकर्ताको सेवाकर्ता बन्‍नु नराम्रो कुरा होइन, र तिनीहरूले बुझ्‍न सके पनि नसके पनि, र परमेश्‍वरको काम पछि समाप्त नै हुने भए पनि, परमेश्‍वरको सेवाकर्ता बन्‍नु र परमेश्‍वरको घरमा सेवा गर्नु भनेको यी ख्रीष्टविरोधीहरू र शैतानका मित्रहरूले सधैँ सम्झिरहने कुरा नै हुनुपर्छ। भ्रष्ट मानवजातिले परमेश्‍वरलाई विरोध गर्ने सम्पूर्ण प्रक्रियामा, ख्रीष्टविरोधीहरूले अनजानमै परमेश्‍वरको व्यवस्थापन योजनामा सेवा पुर्‍याउँछन्, र हरेक ख्रीष्टविरोधीको अस्तित्वको सानो मूल्य यही हो—यो एक तथ्य हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई नकारात्मक पक्षबाट ख्रीष्टविरोधीहरू खुट्याउन र पहिचान गर्न सहयोग गरेर आफ्नो योगदान दिन्छन्। तिनीहरूले यो तथ्य स्वीकार गर्न चाहे पनि नचाहे पनि, र तिनीहरू सेवाकर्ता बन्‍नमा इच्छुक, प्रसन्‍न र खुशी भए पनि नभए पनि, चाहे जेसुकै भए पनि, सेवाकर्ताको रूपमा परमेश्‍वरको कामको लागि सेवा प्रदान गर्नु र यो भूमिका लिनु सार्थक कुरा हो—परमेश्‍वरले तिनीहरूलाई उचाल्नु भनेकै यही हो। कति मानिसहरू सोध्छन्, “के परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई पनि उचाल्नुहुन्छ?” यसमा के गलत छ? तिनीहरू सृष्टि गरिएका प्राणीहरू हुन्; के परमेश्‍वरले तिनीहरूलाई उचाल्न सक्नुहुन्न र? म जे भन्छु त्यो साँचो हो। अब, ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्दा कस्तो महसुस गर्छन्? तिनीहरूले गल्तीहरू खोज्ने प्रयास गर्नु हुँदैन, बरु केही सान्त्वना प्राप्त गर्नुपर्छ। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको ठूलो मामलामा केही मेहनत योगदान गरेका हुन्छन्। तिनीहरूले स्वेच्छाले यसो गरे पनि नगरे पनि, वा सक्रिय वा निष्क्रिय रूपमा यसो गरे पनि, चाहे जेसुकै भए पनि, यो परमेश्‍वरले तिनीहरूलाई उचाल्‍नुभएको हो, र तिनीहरूले यो कुरालाई खुशीसाथ स्वीकार गर्नुपर्छ र यसलाई विरोध गर्नु हुँदैन। यदि ख्रीष्टविरोधीहरूले आफ्ना पुर्खाहरूविरुद्ध विद्रोह गर्न सक्छन्, शैतान विरुद्ध विद्रोह गर्न सक्छन्, र सत्यता पछ्याउन र सृष्टिकर्ताप्रतिको समर्पण पछ्याउन सक्छन् भने, मलाई भन त, के परमेश्‍वरलाई खुशी लाग्‍नेछ? (हो, लाग्‍नेछ।) यो परमेश्‍वरका चुनिएका मानिसहरूको लागि पनि एउटा सम्मान हो, र तिनीहरू पनि खुशी हुनुपर्छ—यो असल कुरा हो। यो तथ्य चिरस्थायी भए पनि नभए पनि, यदि ख्रीष्टविरोधीहरू आफ्नो मार्ग परिवर्तन गरेर पश्‍चात्तापको मार्ग हिँड्न सक्छन् भने, त्यो अवश्य नै असल कुरा हो। त्यसोभए, यो परमेश्‍वरका चुनिएका मानिसहरूको लागि सम्मान हो भनेर म किन भन्छु त? यदि कुनै ख्रीष्टविरोधीले स्वेच्छाले सेवा प्रदान गर्‍यो भने, के परमेश्‍वरको घरमा एउटा समस्या कम हुँदैन र? यदि तिमीहरूको बीचमा एक दियाबलस, एक बाधा र समस्या पैदा गर्ने व्यक्ति कम भयो भने, के तिमीहरूका दिनहरू अझै धेरै शान्त हुनेछैनन् र? यो दृष्टिकोणबाट हेर्दा, यदि ख्रीष्टविरोधीहरू साँच्‍चै नै सेवा दिन तयार छन् भने, यो पनि उत्सव मनाउन लायक कुरा हुनेछ। तिमीहरूले तिनीहरूलाई प्रोत्साहन र मद्दत दिनुपर्छ, तिनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन। यदि तँसँग असल अभिप्रायहरू छन् र तैँले तिनीहरूलाई बस्‍न दिन्छस्, तर तिनीहरूले प्रदान गर्ने सेवाको मूल्यभन्दा समस्या बढी छ र यसले विपत्ति ल्याउँछ भने, तिनीहरूलाई सिद्धान्तहरू अनुसार सम्हाल्नुपर्छ। के यो काम गर्ने राम्रो तरिका होइन र? (हजुर, हो।)

उल्‍लेख गर्न लायक अर्को प्रकारका व्यक्तिहरू पनि छन्। केही मानिसहरू कर्तव्य निर्वाह गर्ने क्रममा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, र कहिलेकहीँ सिद्धान्तहरू अनुसार आज्ञापालन गर्न र समर्पित हुन वा मामलाहरू सम्हाल्न पनि सक्छन्। तिनीहरूको व्यक्तिपरक इच्छा भनेको सत्यता पछ्याउने मार्ग हिँड्नु हो, र माथि वा मण्डलीद्वारा तय भएको कुनै पनि कुरामा तिनीहरू समर्पित हुन सक्छन्, र सधैँ समयमै काम पूरा गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको घरमा बाधा र व्यवधानहरू ल्याउँदैनन्, र तिनीहरूले गर्ने काम र तिनीहरूले लिने कर्तव्यले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई धेरै लाभ र फाइदाहरू दिलाउँछ। बाहिरबाट हेर्दा त, तिनीहरूले कुनै दुष्कर्म नगरेका भए पनि, तिनीहरूले बाधा वा व्यवधान नल्याए पनि, र तिनीहरू दुष्ट मानिसहरूजस्ता नदेखिए पनि, तिनीहरूले साधारण मानिसहरूले गर्न नसक्‍ने र नगर्ने केही कुरा गर्छन्, र त्यो के हो भने तिनीहरू आफ्नो प्रभाव वृद्धि गर्न र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्दै आनन्द मनाउँछन्। जब तिनीहरूलाई कुनै काम दिइन्छ, तब तिनीहरू त्यो कामको जिम्मेवार व्यक्ति बन्‍नेबित्तिकै, तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न र आफ्नो प्रभावको दायराभित्र रहेको आफ्नो शक्ति र सम्पर्कहरूलाई अवचेतन रूपमा बढाउन थालिहाल्न सक्छन्। यो दायराभित्र, तिनीहरूले सबै जनालाई पूर्ण रूपमा र पूरै आफ्नो पक्षमा पारेका हुन्छन्, र तिनीहरूले गर्ने सबै कुरा, तिनीहरूले भन्‍ने सबै कुरा, र तिनीहरूले चुकाएको मूल्यबारे मानिसहरूले मुख खोलेर प्रशंसा र आदर गर्छन्। तिनीहरूले आफ्नो व्यवस्थापनको दायरालाई परमेश्‍वरको परिवारभित्रको आफ्नो सानो परिवारको रूपमा लिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले मूल्य चुकाउन, कष्ट भोग्‍न, र जिम्मेवारी लिन सक्छन् जस्तो देखिन्छ—र कुनै समस्या छैन जस्तो देखिन्छ। तैपनि, महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई बेचिदिन सक्छन्। आफ्नो प्रतिष्ठा र आफ्नो उच्‍च स्थान रक्षा गर्नको लागि, र मण्डलीमा आफ्नो ठोस स्थान, मर्यादा, र शक्ति रक्षा गर्नको लागि, तिनीहरूले कसैलाई पनि चिढ्याउने वा चोट पुर्‍याउने काम गर्दैनन्। कसैले परमेश्‍वरको घरका हितहरूलाई हानि गरे पनि वा बेचिदिए पनि, र कसैले परमेश्‍वरको घरको काममा बाधा वा विनाश गरे पनि, तिनीहरूले यो विषयमा अनुसन्धान गर्दैनन्, यसप्रति ध्यान दिँदैनन्, बरु उल्टै यसलाई सहिदिन सक्छन्। त्यो व्यक्तिले तिनीहरूको पदलाई खतरामा नपारुन्जेलसम्‍म र उसले तिनीहरूको प्रभाव क्षेत्रमा रही तिनीहरूको सेवामा काम गरुन्जेलसम्‍म, त्यो ठीकै हुन्छ—यही नै तिनीहरूको सबैभन्दा उच्च मापदण्ड हो। त्यो व्यक्तिले जस्तोसुकै बाधाहरू ल्याए पनि, तिनीहरूले त्यो देख्दैनन्, र त्यसमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले त्यो व्यक्तिलाई काटछाँट वा गाली गर्दैनन्, झन् उसलाई तह लगाउनु त धेरै परको कुरा हो। त्यस्ता मानिसहरू खतरनाक तत्त्वहरू हुन्। सामान्य व्यक्तिलाई तिनीहरूको वास्तविकता खुट्याउन गाह्रो हुन्छ, र तिनीहरूको कुनै पद नभएको बेला सायद तैँले तिनीहरूमा कुनै पनि समस्या देख्‍न सक्‍नेछैनस्। तैपनि, तिनीहरूले पद प्राप्त गर्नेबित्तिकै, तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा भइहाल्छ। अनि ठ्याक्‍कै के कुरा खुलासा हुन्छ त? यो कि, तिनीहरूले चुकाउने मूल्य र तिनीहरूले गर्ने सबै कुरामा एउटा उद्देश्य हुन्छ; तिनीहरूले यी कुराहरू परमेश्‍वरको घरका हितहरू रक्षा गर्नको लागि गर्दैनन्, तिनीहरूले साँचो रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनन्, र तिनीहरूले यी सबै कुराहरू परमेश्‍वरलाई देखाउनको लागि नभई, मानिसहरूलाई देखाउनको लागि गरिरहेका हुन्छन्। तिनीहरू अरूको नजर, आँखा, र ध्यान आकर्षित गर्न चाहन्छन्, र यसभन्दा पनि बढी तिनीहरू मानिसहरूको हृदय बहकाउन चाहन्छन्, ताकि मानिसहरूले तिनीहरूलाई सम्‍मान, आदर, र प्रशंसा गरून्। त्यसकारण तिनीहरू परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍नेबारे कुनै वास्ता गर्दैनन्; यदि परमेश्‍वरले तिनीहरू सेवा दिनको लागि मात्रै आएका हुन् भनेर भन्‍नुभयो भने, तिनीहरू उदासीन रहन्छन्। तिनीहरूलाई मानिसहरूले खुट्टा ढोग्‍न र तिनीहरूअघि झुक्‍न सकुन्जेलसम्‍म, त्यो नै पर्याप्त हुन्छ। यी मानिसहरू खतरनाक तत्त्वहरू हुन् र तिनीहरू परमेश्‍वर र परमेश्‍वरको घरसँग एउटै मनका हुँदैनन्, र तिनीहरूको हृदय सत्यता पछ्याउने परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तो हुँदैन। तिनीहरूले आफ्नै लागि प्रभाव वृद्धि गरिरहेका हुन्छन्, र तिनीहरूले शैतानको लागि पनि प्रभाव विकास गरिरहेका हुन्छन्। तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूको आधारमा हेर्दा, तिनीहरूले निर्वाह गर्ने कर्तव्य र तिनीहरूले गर्ने सबै कुरा आफूलाई प्रदर्शन गर्ने र अरूलाई सक्दो धेरै चापलुसी गर्ने तरिका मात्रै हुन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा र परमेश्‍वरको व्यवस्थापन योजनाको काममा केही सेवा दिन सक्छन्, र कुनै बेला तिनीहरू असल सेवाकर्ता समेत हुन सक्छन्। तैपनि, तिनीहरूले हिँड्ने मार्गको कारण, र तिनीहरूले छनौट गर्ने उद्देश्य र दिशाको कारण, साथै तिनीहरूभित्र रहेको पद र शक्तिप्रतिको तिनीहरूको इच्छा र ख्याति र प्राप्तिप्रतिको तिनीहरूको तृष्णाको कारण, तिनीहरूले कहिल्यै पनि “सेवाकर्ता” पदनाम झट्कारेर फाल्न सक्दैनन्, र तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, सत्यता वास्तविकता के हो भनेर बुझ्न वा यसमा प्रवेश गर्न सक्दैनन्, र तिनीहरूले सत्यता अभ्यास गर्न सक्दैनन्, साँचो समर्पण प्राप्त गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको डर मान्‍ने स्थिति प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरू खतरनाक तत्त्वहरू हुन्। तिनीहरूसँग सांसारिक व्यवहारहरूबारे गहन दर्शनहरू हुन्छन्, तिनीहरूसँग मानिसहरूसँग अन्तरक्रिया गर्ने अत्यन्तै चलाख तरिकाहरू हुन्छन्, अरूसँग कुरा गर्दा तिनीहरूले बोल्ने शैली र शब्दहरूमा विशेष ध्यान दिन्छन्, र मानिसहरूसँग सङ्गत गर्दा तिनीहरूले प्रयोग गर्ने विधिहरूमा पनि एकदमै राम्रो ध्यान दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू षडयन्त्रकारी र दुष्ट किसिमका नदेखिए पनि, तिनीहरूको हृदय दुष्ट विचार, सोचाइ, र दृष्टिकोणहरूले अनि सत्यताबारेका धारणा र गलतफहमीहरू र परमेश्‍वरलाई बुझ्‍न नसक्‍ने अक्षमताले भरिएको हुन्छ। यी मानिसहरूको कुन कुराचाहिँ दुष्ट छ भनेर वा तिनीहरू दुष्ट मानिसहरू हुन् भनेर मानिसहरूले देख्‍न नसके पनि, तिनीहरूको सार यति दुष्ट भएकोले, र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य निर्वाह गर्न वा सत्यता खोजी गर्ने र परमेश्‍वरमा साँचो समर्पण हासिल गर्ने मार्ग हिँड्न कहिल्यै नसक्‍ने हुनाले, अन्त्यमा तिनीहरूले यो “सेवाकर्ता” पदनाम त्याग्‍न कहिल्यै कदापि सक्दैनन्। यी मानिसहरू खाट्टी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूभन्दा पनि धूर्त हुन्छन् र अरूलाई बहकाउन झन् सक्षम हुन्छन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूसँग यो “सेवाकर्ता” पदनामबारे कुनै राय र कुनै मनोवृत्ति छैन जस्तो देखिन्छ, र तिनीहरूलाई यसबारे कुनै प्रतिरोध अनुभूत भएजस्तो त झनै देखिँदैन। तैपनि, तथ्य के हुन्छ भने, तिनीहरूको सारको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले परमेश्‍वरलाई सेवा दिए पनि, तिनीहरूमा अझै पनि अभिप्राय र उद्देश्यहरू हुन्छन्; तिनीहरूले विनासर्त सेवा दिँदैनन्, र तिनीहरूले सत्यता प्राप्त गर्नको लागि त्यसो गर्दैनन्। यी मानिसहरू भित्री रूपमा दुष्ट र धूर्त हुने हुनाले, अरूले तिनीहरूलाई चिन्‍न सजिलो हुँदैन। महत्त्वपूर्ण मामला र महत्त्वपूर्ण समयमा मात्रै तिनीहरूको प्रकृति सार, विचार, दृष्टिकोण, र तिनीहरूले हिँड्ने मार्ग खुलासा हुन्छन्। यो कुरा जारी रहँदा, यदि यी मानिसहरूले यस्तो पछ्याइको मार्ग छनौट गरे र यस्तो मार्ग हिँड्ने निर्णय गरे भने, यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर कल्पना गर्न सकिन्छ। तिनीहरूले परमेश्‍वरको घरले तिनीहरूमा गरेको भरोसा र परमेश्‍वरको कामको अवसरलाई आफ्नै फाइदाको लागि षड्यन्त्र गर्न, मानिसहरूलाई नियन्त्रण गर्न र कष्ट दिन, र आफ्नै महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्नको लागि प्रयोग गर्छन्। अन्त्यमा, तिनीहरूले सत्यता प्राप्त गर्दैनन्, बरु हरकिसिमको दुष्कर्म गरेको कारण तिनीहरू खुलासा हुन्छन्। जब तिनीहरू खुलासा हुन्छन्, तब यो स्पष्ट हुन्छ कि यी मानिसहरूले सत्यता पछ्याउँदैनन्, र तिनीहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्दैनन्। परमेश्‍वरका वचनहरू सुनेपछि र हरप्रकारका मानिसहरूबारे उहाँले गर्नुभएको खुलासा सुनेपछि पनि, यदि यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न संसारसँग व्यवहार गर्ने सिद्धान्त, माध्यम, र विधिहरू निरन्तर प्रयोग गरिरहन्छन् भने, अन्तिम परिणाम एउटै मात्र हुन सक्छ: तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको काममा सेवाकर्ताको भूमिका लिनैपर्छ र अन्त्यमा खुलासा हुनैपर्छ र निकालिनैपर्छ—तथ्य यही हो। के तिमीहरूसँग कहिल्यै त्यस्ता मानिसहरूसँग सङ्गत गरेको अनुभव छ? जब ख्रीष्टविरोधीहरू खुलासा र निष्कासनमा पर्छन्, तब कतिपय ख्रीष्टविरोधीहरू सेनाविनाका कमान्डर बन्छन्। तिनीहरूले गरेको दुष्टता अत्यन्तै धेरै र अत्यन्तै ठूलो हुन्छ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई घिनाउँछन् र त्याग्छन्। अर्को प्रकारका व्यक्तिहरू पनि हुन्छन्, जसलाई जब मण्डलीले खुलासा अनि निन्दा र इन्कार गर्छ, तब तिनीहरूका धेरै मतियार र सहयोगीहरू हुन्छन्, जो तिनीहरूको पक्षमा बोल्छन्, तिनीहरूको लागि लड्छन्, र परमेश्‍वरविरुद्ध झगडा गर्छन्। के यस्ता मानिसहरू अरूलाई बहकाउन अझै बढी सक्षम हुँदैनन् र? त्यस्ता मानिसहरू अझै खतरनाक हुन्छन्। जहाँसम्‍म ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” भन्‍ने पदनामलाई कसरी लिन्छन्, र तिनीहरूले प्रदर्शन गर्ने आधारभूत अभ्यास, विचार, र प्रकटीकरणहरू के-के हुन् भन्‍ने सवाल छ, हामी अहिलेलाई हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौं।

इ. किन ख्रीष्टविरोधीहरू सेवाकर्ता बन्न अनिच्छुक हुन्छन्

ख्रीष्टविरोधीहरू सेवाकर्ता बन्‍न चाहँदैनन् र सेवाकर्ता हुन अनिच्छुक हुन्छन्। तिनीहरूले सोच्छन्, सेवाकर्ता बनेर तिनीहरूले ठूलो अपमान र भेदभाव भोग्‍नेछन्। त्यसोभए, तिनीहरू ठ्याक्‍कै के बन्‍न चाहन्छन् त? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा र परमेश्‍वरको घर आउँदा तिनीहरूको उद्देश्य के हुन्छ? के तिनीहरू परमेश्‍वरका मानिसहरू, परमेश्‍वरका अनुयायीहरू बन्‍न तयार हुन्छन्? के तिनीहरू सिद्ध पारिने व्यक्ति बन्‍न तयार हुन्छन्? के तिनीहरू पत्रुस र अय्यूबजस्तै बन्‍नमा खुसी हुन्छन् र यसलाई असल भन्छन्? (भन्दैनन्।) के कसैले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा आफू परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन पाउँदा खुसी छु, र त्यो नै मेरो लागि पर्याप्त छ भनेर भन्छ? के कोही परमेश्‍वरको हातको खेलौना बन्‍न तयार हुन्छ? अहँ, मानिसहरू विशेषगरी यस्तो व्यक्ति बन्‍न इच्छुक हुँदैनन्। जब कुनै व्यक्ति परमेश्‍वरको घर आउँछ, तब ऊ लाभ, आशिष्, इनाम, र मुकुट प्राप्त गर्ने उद्देश्य लिएर आउँछ। अनि उसले परमेश्‍वरका वचनहरूले गर्ने खुलासा र न्याय स्विकार्ने क्रममा, उसले परमेश्‍वरमाथिको विश्‍वासमा त्यस्ता अभिप्रायहरू राखेर सत्यता बुझ्न सक्‍नेछैन र अन्त्यमा मुक्ति प्राप्त गर्न सक्‍नेछैन भन्‍ने कुरा थाहा पाउँछ। त्यसकारण, धेरै मानिसहरूले आशिष् र मुकुट र इनाम पाउने आफ्नो इच्छा त्याग्‍ने, यी सबै फाइदाहरू त्याग्‍ने र सुरुमा परमेश्‍वरले के भन्‍नुहुन्छ, मान्छेप्रतिका उहाँका मापदण्डहरू के-के हुन्, र उहाँले मानिसलाई के भन्‍नुहुन्छ भनेर सुन्‍ने निर्णय गर्छन्। परमेश्‍वरका वचनहरू सुन्‍ने धेरै मानिसहरूले हृदयमा गुप्त आनन्द महसुस गर्छन् र यसो भन्छन्: “परमेश्‍वरले हाम्रो भ्रष्टता खुलासा गर्नुहुन्छ, उहाँले हाम्रो कुरूप साँचो रङ्ग खुलासा गर्नुहुन्छ, र उहाँले परमेश्‍वरको विरोध गर्ने र सत्यताप्रति वितृष्णा राख्‍ने हाम्रो सार खुलासा गर्नुहुन्छ—यी सबै तथ्य हुन्। भाग्यवश, मैले सम्पत्ति, अनुग्रह, र आशिष् माग्दै प्रार्थना गर्न परमेश्‍वरसामु हतारहतार हात पसारिनँ; भाग्यवश, मैले यी कुराहरू पहिले नै त्यागेँ। यदि मैले यी कुराहरू नत्यागेको भए, के मैले आफूलाई मूर्ख तुल्याउनेथिइनँ र? परमेश्‍वरले भन्‍नुहुने सबै कुराले मानिसको प्रकृति र सार खुलासा गर्छन्, त्यसैले मैले ती कुराहरू कसरी त्याग्‍न सक्छु? मानिसहरूले सुरुमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ र परमेश्‍वरको व्यवस्थापन योजनाभित्रको काममा सहकार्य गर्नुपर्छ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। यस प्रक्रियामा, यदि मानिसहरू सत्यता बुझ्ने र स्विकार्ने मार्ग हिँड्न सके भने, तिनीहरूले मुक्ति पाउने आशा पाउनेछन् र भविष्यमा धेरै फाइदाहरू प्राप्त गर्न सक्‍नेछन्।” यस विन्दुमा, धेरै मानिसहरूले यी कुराहरूबारे सोच्न छोड्छन्। तिनीहरूको सुन्दर इच्छा, भविष्यको लागि तिनीहरूले गर्ने तृष्णा र आशाहरू अब त्यति वास्तविक देखिँदैनन्। तिनीहरूलाई लाग्छ कि, यस क्षणमा आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने, परमेश्‍वरका अभिप्रायहरू कसरी सन्तुष्ट पार्ने, र सत्यता कसरी बुझ्ने र दह्रिलो गरी कसरी खडा हुने भन्‍ने कुराहरू ती इच्छा र आदर्शहरूभन्दा अझै वास्तविक, महत्त्वपूर्ण र अत्यावश्यक छन्। त्यसैले, यो महत्त्वपूर्ण विन्दुमा, धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्‍वरको काम अनुभव गर्ने, सत्यता प्राप्त गर्ने, आफ्नो समय र जवानी समर्पित गर्ने, र परमेश्‍वरको लागि र कर्तव्य निर्वाह गर्नको लागि आफ्नो परिवार, जागिर, र सांसारिक सम्भाव्यताहरू त्याग्‍ने निर्णय गर्छन्, र कति मानिसहरूले त यसको लागि आफ्नो विवाहसमेत छोड्छन्। मानिसहरूमा हुने यस्ता प्रकटीकरण, व्यवहार, र कार्यहरू पक्कै पनि सकारात्मक कुराहरूप्रतिका र परमेश्‍वरले बताउनुभएका सबै मापदण्डहरूप्रतिका आज्ञाकारी र समर्पित मनोवृत्ति हुन्, र यही मनोवृत्ति नै सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, परमेश्‍वरमा समर्पित हुन र अन्त्यमा मुक्ति प्राप्त गर्नको लागि मानिसहरूमा हुनुपर्ने अत्यावश्यक सर्त हो। कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउनुभन्दा पहिले, हरेक सामान्य व्यक्तिमा हुने विभिन्‍न प्रकटीकरण र सोचहरू यिनै हुन्। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि अहिलेसम्म, तिनीहरूका सोच र दृष्टिकोणहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन्, र सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति पनि निरन्तर रूपान्तरित भइरहेको हुन्छ। मानिसका यी पहिलेका इच्छा र महत्त्वाकाङ्क्षाहरू एकातिर निरन्तर नाश भइरहेका हुन्छन्, र अर्कोतिर तिनीहरूले यी कुराहरूलाई बिस्तारै र सक्रिय रूपमा छोडिरहेका र त्यागिरहेका हुन्छन्। मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्ने र उहाँमा समर्पित हुने इच्छा गर्दा यसले अन्त्यमा पैदा गर्ने असल फल यही हो। यो सकारात्मक र असल प्रकटीकरण हो, र यो राम्रो परिणाम हो। मानिसहरूले निरन्तर प्रगति गर्ने क्रममा, साँचो रूपमा सत्यता पछ्याउनेहरूले आशिष्‌हरू प्राप्त गर्ने आफ्नो इच्छा र अभिप्राय लगभग त्यागिसकेका हुन्छन्, त्यसकारण धेरैजसो मानिसहरू परमेश्‍वरले मानिसलाई पहिले दिनुभएका विभिन्‍न प्रतिज्ञाहरूप्रति त्यति संवेदनशील हुँदैनन् वा त्यति चासो राख्‍दैनन्। किनभने, सामान्य व्यक्तिको समझअनुसार मापन गर्दा, यदि कसैले आफ्नो कर्तव्य मापदण्डअनुसार निर्वाह गर्न र सत्यता बुझ्न सक्दैन भने, उसले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै आशिष्‌हरू प्राप्त गर्ने मौका गुमाउनेछ र ऊसँग यसको कुनै सम्बन्ध हुनेछैन। यो सबैभन्दा सरल तर्कलाई सबैले बुझ्नैपर्छ। अहिले धेरै मानिसहरूले यस्तो तथ्यलाई अवश्य नै पहिल्यै बुझिसकेका हुन्छन्, र तिनीहरूले यो तथ्यलाई मान्छन् र स्वीकार पनि गर्छन्; ख्रीष्टविरोधीहरूले मात्रै यसलाई स्विकार्दैनन्। तिनीहरूले किन यसलाई स्विकार्दैनन्? किनभने तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले यो तथ्य स्विकार्दैनन्, त्यसोभए तिनीहरूले के गर्न चाहन्छन्? जब तिनीहरू परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरू सूक्षमजाँच गर्छन् र तिनमा विभिन्‍न पदनाम र हैसियतहरू भेट्टाउँछन्, जस्तै “परमेश्‍वरको व्यक्तित्व,” “ज्येष्ठ पुत्र,” “परमेश्‍वरका पुत्रहरू,” “परमेश्‍वरका मानिसहरू,” र “सेवाकर्ताहरू” अनि तिनीहरूको आँखा उज्यालो हुन्छ। तिनीहरूका इच्छा र महत्त्वाकाङ्क्षाहरू तुरुन्तै सन्तुष्ट हुन्छन्, र तिनीहरूले सोच्छन्, “परमेश्‍वरका पुत्रहरूमध्ये एक हुनु अत्यन्तै साधारण कुरा हो; धेरैजसो मानिसहरू परमेश्‍वरका पुत्रहरू नै हुन्। परमेश्‍वरका मानिसहरूमध्ये एक हुनु भनेको साधारण व्यक्ति, ठूलो भीडको भाग, कुनै शक्ति वा प्रभाव नभएको साधारण व्यक्ति हुनु हो। अनि, मलाई ‘सेवाकर्ता’ बनाउनेबारे त विचारसमेत नगर। म बाँचुन्जेल सेवाकर्ता बन्‍नुसँग मेरो कुनै सम्बन्ध हुनेछैन; मसँग यो पूरै असम्बन्धित हुनेछ।” त्यसकारण, तिनीहरूले “परमेश्‍वरको व्यक्तित्व” र “ज्येष्ठ पुत्र” भन्‍ने दुई वटा पदनामहरूमा ध्यान दिन्छन्। तिनीहरूका धारणाहरूमा, तिनीहरूलाई के विश्‍वास हुन्छ भने, “परमेश्‍वरको व्यक्तित्व” परमेश्‍वर स्वयम् हुनुहुन्छ, “ज्येष्ठ पुत्रहरू” परमेश्‍वरका प्रथम पुत्रहरू हुन्, र यी दुईले शक्ति र प्रभाव ल्याउँछन्, र तिनीहरूले मानवजातिमाझ राजाको रूपमा शासन गर्न सक्छन्, मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, तिनीहरूमा पूर्ण शक्ति हुन्छ, र तिनीहरूसँग निर्णय गर्ने शक्ति हुन्छ, अगुवा बन्‍ने शक्ति हुन्छ, र मानिसहरूलाई योजनाबद्ध गर्ने र मानिसहरू बाँच्छन् कि मर्छन् भनेर निर्णय गर्ने शक्ति हुन्छ—तिनीहरूले यी शक्तिहरूलाई अत्यन्तै महान् ठान्छन्। त्यसैले तिनीहरूलाई सेवाकर्ता बन्‍न लगाउनु असम्भव हुन्छ। यदि तिनीहरूलाई आफै छनौट गर्न दिइयो भने, तिनीहरूले ज्येष्ठ पुत्र वा परमेश्‍वरको व्यक्तित्व बन्‍न छनौट गर्नेछन्; अन्यथा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेछन्। जब तिनीहरूले कर्तव्य निर्वाह गर्छन् वा परमेश्‍वरको घरमा अगुवा र सेवकको रूपमा काम गर्छन्, तब तिनीहरूले यी दुई उद्देश्य पछ्याउँदै काम गर्छन्, मूल्य चुकाउँछन्, कष्ट भोग्छन्, र दौडधूप गर्छन्। यो अवधिमा, तिनीहरूले दौडधूप गर्दै आफू कति टाढासम्‍म गएँ, सुसमाचार प्रचार गर्दा आफूले कति जना मानिसहरूलाई विश्‍वासमा ल्याएँ, आफूलाई कति जना मानिसहरूले आदर गर्छन् र उच्‍च ठान्छन्, आफूले मण्डलीको नेतृत्व गर्दा समस्याहरू सामना गर्ने दाजुभाइ-दिदीबहिनीहरू अरूकहाँ जान्छन् कि आफूकहाँ आउँछन्, र आफूले अरूका विचार र दृष्टिकोणहरू नियन्त्रित र प्रभावित पार्न सक्छु कि सक्दिनँ भनेर निरन्तर हिसाबकिताब गर्छन्। तिनीहरूले आफूले चाहेको कुरा हासिल गर्ने, अर्थात् परमेश्‍वरको घरमा राजाको रूपमा शासन गर्ने उद्देश्यले निरन्तर यी कुराहरू हिसाबकिताब, नापतौल र अवलोकन गर्छन्। धेरैजसो मानिसहरूले परमेश्‍वरको घर आएपछि र केही सत्यताहरू बुझेपछि, सृष्टि गरिएको प्राणीको कर्तव्य सामान्य रूपमै पूरा गर्न सक्छन्—तर ख्रीष्टविरोधीहरूले सक्दैनन्। तिनीहरूले आफू कुलीन वंशबाट आएको हुँ, आफू कुलीन र विशेष समूहको भाग हुँ, र आफूलाई परमेश्‍वरको घरमा महान् भनिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्; अन्यथा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास नै गर्दैनन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु छ भने, तिनीहरूलाई परमेश्‍वरको घरमा महान् भनेर आदर गरिनुपर्छ र तिनीहरू सबैभन्दा ठू्ला मानिसहरू बन्‍नुपर्छ। साथै, तिनीहरूले परमेश्‍वरको नोटबुकमा आफ्नो निम्ति कति धेरै श्रेय छ, र आफू परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न पर्याप्त रूपमा योग्य छु कि छैन भनेर पनि हिसाबकिताब र आकलन गर्छन्। त्यसकारण, परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आउने केही ख्रीष्टविरोधीहरूको स्रोत, सुरुवातको बिन्दु, र उत्प्रेरणा भनेकै राजाको रूपमा शासन गर्न उहाँको घर आउनु हो। तिनीहरू साधारण र सबैभन्दा कम महत्त्वका अनुयायीहरू हुनलाई कर्तव्य निर्वाह गर्न पक्‍कै पनि तयार हुँदैनन्, र तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छा निभ्‍नेबित्तिकै, तिनीहरू अचानक शत्रुवत्‌ बन्छन् र कर्तव्य निर्वाह गर्न इन्कार गर्छन्।

अहिले परमेश्‍वरको घरमा कति यस्ता मानिसहरू छन् जसले धेरै वर्षदेखि कर्तव्य निर्वाह गरिरहेका छन्, तर सबै कुरा नराम्ररी गरिरहेका छन्, र तिनीहरू जहाँ गए नि तिनीहरूलाई हटाइन्छ। तिनीहरूमा भयानक मानवता र न्यून सत्यनिष्ठा भएकोले, तिनीहरूले सत्यता नपछ्याउने हुनाले, र तिनीहरूमा सत्यताप्रति वितृष्ण रहने क्रूर र दुष्ट स्वभाव भएकोले, तिनीहरूलाई अन्ततः दाजुभाइ-दिदीबहिनीहरूले इन्कार गर्छन्। तिनीहरूले आशिष्‌हरू पाउने आफ्नो इच्छा धुवाँ बन्‍न लागेको, र राजाको रूपमा शासन गर्ने र परमेश्‍वरको घरमा अरूभन्दा माथि उठ्ने आफ्नो सपना अब पूरा हुन नसक्‍ने देख्‍नेबित्तिकै, तिनीहरू आफ्नो निजी जीवनमा कसरी जिउँछन्? तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन्, भजनहरू सुन्दैनन्, भेलाहरूमा सहभागी हुँदैनन्, कर्तव्य निर्वाह गर्न लगाउँदा तिनीहरूले परमेश्‍वरको घरलाई बेवास्ता गर्छन्, र भेला हुने समयमा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई बोलाउनु, निमन्त्रणा दिनु, र सम्झाउनु समेत पर्छ। तिनीहरूमध्ये कति जना त मन नलागीनलागी भेलाहरूमा सहभागी भइरहन्छन्, तर भेलाहरूमा तिनीहरूले एक शब्द पनि बोल्दैनन्, सङ्गति गर्दै गर्दैनन्, र अरूले भनेको सबै कुराप्रति तिनीहरूलाई घृणा लाग्छ र तिनीहरू ती कुरा सुन्न चाहँदैनन्। जब दाजुभाइ-दिदीबहिनीहरूले प्रार्थना गर्छन्, तब तिनीहरूले पनि आँखा बन्द गर्छन्, तर केही भन्दैनन्—तिनीहरूसँग परमेश्‍वरलाई भन्‍ने कुरा केही हुँदैन। अनि अरू मानिसहरूले भेलाहरूमा हुँदा, प्रवचनहरू सुन्दा, वा दाजुभाइ-दिदीबहिनीहरूले सत्यता सङ्गति गर्दा के गर्छन्? कति जना सुत्छन्, कतिले आफ्नो फोन हेर्छन् र समाचार पढ्छन्, कतिले अरूसँग च्याट गर्छन्, र कतिले अनलाइन गेमहरू खेल्छन्। तिनीहरूले के सोच्छन् भने, परमेश्‍वरमा विश्‍वास गरेर, यदि अरूले तिनीहरूलाई त्यति मन पराउँदैनन्, तिनीहरूप्रति अरू खुसी र राम्रो सम्बन्धमा हुन सक्दैनन्, तिनीहरूको वरिपरि कुनै समर्थकहरू जम्‍मा हुँदैनन्, र तिनीहरूलाई महत्त्वपूर्ण कामहरू दिन सकिँदैन भने, भविष्यमा तिनीहरूले परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न सक्‍नेछैनन्, र त्यसैले तिनीहरूको लागि परमेश्‍वर अस्तित्वमा हुनुहुन्‍न। तिनीहरूको नजरमा, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुन्न भन्‍ने कुरा तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरासँग जोडिएको हुन्छ। के ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्दैनन् र? यदि परमेश्‍वरले तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्न दिन सक्‍नुहुन्‍न भने, तिनीहरूले विश्‍वास गर्छन् कि उहाँ परमेश्‍वर हुनुहुन्‍न र उहाँसँग सत्यता छैन, र तिनीहरूलाई लापरवाह रूपमा काम गर्न, मण्डलीमा शक्ति हातमा लिन, र भविष्यमा राजाको रूपमा शासन गर्न दिन सक्‍ने परमेश्‍वर मात्रै परमेश्‍वर हुनुहुन्छ। यो शैतानको तर्क हो—यो सही र गलतलाई उल्टोपाल्टो पार्नु र तथ्यहरू बङ्ग्याउनु हो। परमेश्‍वरका विश्‍वासीहरूको रूपमा, तिनीहरूले परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्नु र आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुनुको कारण के हो भने, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, र तिनीहरू आफ्नो हृदयमा शैतानका दर्शनहरू, ज्ञान, ख्याति, प्राप्ति, र पदलाई मात्रै आदर गर्छन्। तिनीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर इन्कार गर्छन्, तिनीहरू परमेश्‍वरको कामप्रति ध्यान दिँदैनन्, त्यसकारण तिनीहरू भेलाहरूमा आफ्नो फोन हेर्छन्, गेम खेल्छन्, खाजा खान्छन्, र च्याट गर्छन्—तिनीहरू जे मन लाग्यो त्यही गर्छन् र आफैसँग खुसी हुन्छन्। आशिष् पाउने तिनीहरूको आशा चकनाचुर हुनेबित्तिकै, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा कुनै अर्थ भेट्टाउँदैनन्, र परमेश्‍वरमाथिको विश्‍वासमा कुनै अर्थ नभेट्टाएपछि, तिनीहरूले मण्डलीलाई—दाजुभाइ-दिदीबहिनीहरू भेला हुने ठाउँलाई—खेल मैदानको रूपमा लिन्छन्, तिनीहरूले भेला हुने समयलाई खाली समयको रूपमा लिन्छन्, र तिनीहरूले भेलाहरू र प्रवचनहरू सुन्‍ने समयलाई दमनकारी, थकाइलाग्दो, र न्यास्रोलाग्दो ठान्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले सुन्‍ने प्रवचन र सत्यतालाई केको रूपमा लिन्छन्? तिनीहरूले तिनलाई नारा, आधारहीन बकवासको रूपमा लिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुने समयलाई समयको बरबादीको रूपमा लिन्छन्। के यी मानिसहरू खुलासा भएका छैनन् र? तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा आफ्ना महत्त्वाकाङ्क्षा, इच्छा, र भ्रमहरू ल्याउँछन्, र यो तिनीहरूले अन्त्यसम्‍मै बाटो पछ्याउन सक्दैनन्, र तिनीहरू परमेश्‍वरको काम र परमेश्‍वरको व्यवस्थापन योजनाको लागि सेवा दिनसमेत योग्य छैनन् भन्‍ने कुरा निर्धारित गर्ने सङ्केत हो। तिनीहरूले प्रवचन सुन्‍नेहरूलाई र सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई तिरस्कारको नजरले हेर्छन्, र अझै बढी रूपमा, तिनीहरूले परमेश्‍वरको काम, परमेश्‍वरको अस्तित्व, र परमेश्‍वरको व्यवस्थापन योजनाको कामको तथ्यको अस्तित्वलाई इन्कार गर्छन्।

जब ख्रीष्टविरोधीहरूले—सत्यताप्रति वितृष्णा राख्‍ने मानिसहरूले—परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरूलाई कुनै फाइदा प्राप्त हुँदैन भन्‍ने सोच्न थाल्छन्, तब तिनीहरूको दुष्ट रूप पर्दाफास हुन्छ। कतिपय महिला ख्रीष्टविरोधीहरूले भूतजस्तो देखुन्जेलसम्म घरमा बसेर मेकअप लगाउँछन्। तिनीहरूले विपरीतलिङ्गीहरूको लागि फेशनेबल वा आकर्षक वस्‍त्रहरू लगाउँछन्, र कतिपय त लुकेर माजोङ र जुवातास खेल्दै, र धूम्रपान गर्दै हिँड्छन्—ती मानिसहरू अत्यन्तै भयानक र घृणित हुन्छन्। तिनीहरू नाटक गरेर परमेश्‍वरको घर आउँछन्, र अन्त्यमा के हुन्छ? तिनीहरूले त्यो नाटक कायम राख्‍न सक्दैनन्, सक्छन् त? सत्यताले मात्रै मानिसहरूलाई खुलासा गर्न सक्छ, र यदि कसैले सत्यतालाई प्रेम गर्दैन, सत्यताप्रति वितृष्णा राख्छ, र उसमा क्रूर स्वभाव छ भने, ऊ सत्यताप्रति शत्रुवत्‌ रहने र टिकिरहन नसक्‍ने व्यक्ति बन्‍ने पक्‍का हुन्छ। के मण्डलीले अझै पनि त्यस्ता मानिसहरूलाई हटाउनुपर्छ? के परमेश्‍वरले अझै पनि तिनीहरूलाई दोषी ठहराउनुपर्छ? के परमेश्‍वरले अझै पनि त्यस्तो व्यक्तिलाई इन्कार्नुपर्छ? पर्दैन, परमेश्‍वरले तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न। परमेश्‍वरको लागि त यी मानिसहरू कीराहरू मात्रै हुन्, सेवाकर्ता बन्‍न समेत लायक नभएका किराहरू हुन्—तिनीहरू यो स्तरका समेत हुँदैनन्। जब भेलाहरू, मण्डली जीवन, र कर्तव्यप्रति तिनीहरूमा यस्तो घृणास्पद मनोवृत्ति हुन्छ, यसले के प्रमाणित गर्छ? परमेश्‍वरले तिनीहरूको रेखदेख वा रक्षा गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई अगुवाइ नै गर्नुहुन्छ। उहाँले तिनीहरूलाई अन्तर्दृष्टि दिने, अगुवाइ गर्ने, वा अनुशासनमा राख्‍ने कुनै काम गर्नुहुन्न, त्यसकारण तिनीहरूले त्यस्तो अवाञ्छनीय र कुरूप जीवन जिउँछन्। तैपनि, तिनीहरू आफैले भने यस्तो सोच्छन्, “म परमेश्‍वरमा विश्‍वास गर्दिनँ; म स्वतन्त्र छु। परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूले कष्ट भोग्‍नुपर्छ र मूल्य चुकाउनुपर्छ, आफ्नो परिवार र करियर त्याग्‍नुपर्छ, जबकि मैले केही पनि भोग्‍नु पर्दैन। म घरमा बसेर फुर्सतको आनन्द लिन सक्छु, देहका सुखहरूमा रमाउन सक्छु, र जीवनका सुखहरूको आनन्द लिन सक्छु।” तिनीहरूले आफूले खुशी र स्वतन्त्रता प्राप्त गरेको छु भन्‍ने विश्‍वास गर्छन्। के परमेश्‍वरले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्छ र? (दिनुहुन्‍न।) किन दिनुहुन्‍न? परमेश्‍वरको लागि, यी मानिसहरू मानव होइनन् बरु कीराहरू हुन्, र तिनीहरू उहाँको ध्यान पाउन लायक हुँदैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई ध्यान दिनुभएन भने, के उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ? अहँ, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। त्यसोभए, के तिनीहरूले गर्ने कुराको परमेश्‍वरसँग कुनै सम्बन्ध हुन्छ? के परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूसँग यसको कुनै सम्‍बन्ध हुन्छ? अहँ, हुँदैन। त्यसकारण, तिनीहरू बाहिरी रूपमा हरदिन अत्यन्तै सहज, स्वतन्त्र र ढुक्क भएर, निकै खुशी भएर जिउँछन् भन्‍ने देखिन्छ। के तँलाई त्यो राम्रो कुरा हो भन्‍ने लाग्छ? तिनीहरूले जे कुरा जिउँछन् त्यो कुरालाई र तिनीहरूले पछ्याउने मार्गलाई झलक्‍क हेर्दा नै तिनीहरू सक्‍किसके, अबदेखि परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न भन्‍ने कुरा थाहा हुन्छ। यी कीराहरू साँच्‍चै दुर्गन्धित किराहरू हुन्! परमेश्‍वरले यस्ता मानिसहरूलाई कुनै ध्यान दिनुहुन्न।

वातावरण र परिस्थितिहरू जस्तोसुकै भए पनि, राजाको रूपमा शासन गर्न र आउने संसारमा परमेश्‍वरसँग समान स्थानमा रहनको लागि सक्दो प्रयास गर्ने मानिसहरू भनेका ख्रीष्टविरोधीहरूमाझ रहेका अत्यन्तै जिद्दी तत्त्वहरू हुन्। त्यस्ता मानिसहरू पावलजस्तै हुन्छन्; तिनीहरूले आफ्नो देहमा काँडा बोक्छन्, तिनीहरूले परमेश्‍वरबारे शङ्का गर्छन्, तिनीहरूले परमेश्‍वरलाई विरोध गर्छन् र धम्की दिन्छन्, र तिनीहरूले काम गर्दा, आफूलाई समर्पित गर्दा, कठिनाइ भोग्दा, र मूल्य चुकाउँदा ठूलो अनिच्छा देखाउँछन्। तिनीहरूले मुकुट पाउन र आउने संसारमा राजाको रूपमा शासन गर्ने मौका पाउन मात्रै यी कुराहरू गर्छन्। के यो सम्पूर्ण प्रक्रियाले ख्रीष्टविरोधीहरूलाई अति दयनीय देखाउँदैन र? वास्तवमा, तिनीहरू दयनीय हुँदैनन्। तिनीहरू दयनीय नहुने मात्र होइन, बरु वास्तवमा अलिक हास्यास्पद हुन्छन्। परमेश्‍वरले यति धेरै कुरा बोल्नुभएपछि पनि, यदि तिनीहरूले अझै सत्यता बुझेका छैनन् भने यो कुरै बिर्सिदेओ; तिनीहरूले कसरी यस्तो सीधा भाषासमेत बुझ्न सक्दैनन् र? तिनीहरूले कसरी यस्तो सरल सिद्धान्तसमेत बुझ्न सक्दैनन् र? यदि तैँले सत्यता अभ्यास गरिनस् भने, तैँले स्वभाव परिवर्तन हासिल गर्न वा मुक्ति प्राप्त गर्न सक्‍नेछैनस्; र परमेश्‍वरले तेरो लागि प्रतिज्ञा गर्नुभए पनि, तैँले त्यो प्राप्त गर्न सक्‍नेछैनस्। परमेश्‍वरले मानिसलाई दिनुहुने जुनसुकै पनि प्रतिज्ञा ससर्त हुन्छ; उहाँले कारण वा सर्तहरूविना मानिसहरूको लागि प्रतिज्ञा गर्नुहुन्न। परमेश्‍वरले मानिसको लागि तोक्‍नुभएका उहाँका मापदण्डहरू छन्, र यी मापदण्डहरू कहिल्यै परिवर्तन हुँदैनन्। परमेश्‍वरले सत्यता उल्लङ्घन गर्नुहुनेछैन, न त उहाँले उहाँका अभिप्रायहरू नै परिवर्तन गर्नुहुनेछ। यदि तैँले यो कुरा बुझिस् भने, के तँ अझै पनि आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाहरूमा जिद्दी भएर लागिरहनेछस्? मूर्ख र तर्कहीन मानिसहरू मात्रै यी कुराहरूमा जिद्दी भएर लागिरहन्छन्। सामान्य समझशक्ति र सामान्य मानवता भएका मानिसहरूले यी कुराहरू त्याग्‍नुपर्छ र तिनीहरूले खोजी गर्नुपर्ने, प्राप्त गर्नुपर्ने, र प्रवेश गर्नुपर्ने कुराहरू पछ्याउनुपर्छ—सर्वप्रथम, तिनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा गर्नुपर्छ। दोस्रोमा, सामान्य समझ भएका मानिसहरूले के कुरा पनि बुझ्नुपर्छ? बाइबलमा हामीले परमेश्‍वरसँग अनन्तकालसम्म राजाको रूपमा शासन गर्नेछौँ भनेर भनिएका अगमवाणीहरू छन्, र परमेश्‍वरको वर्तमान काममा, उहाँले मानिसहरूको लागि विभिन्‍न स्तर र पदनामहरू वर्गीकरण गर्दै परमेश्‍वरको व्यक्तित्व, ज्येष्ठ पुत्र, परमेश्‍वरका पुत्रहरू, परमेश्‍वरका मानिसहरू, आदि इत्यादि कुराहरू पनि उल्लेख गर्नुभएको छ। परमेश्‍वरले मान्छेको लागि यी कुराहरू प्रतिज्ञा गर्नुभएको भए पनि, मानिसहरूले किन तिनलाई पछ्याउन सक्दैनन्? त्यसोभए, सही बुझाइ र सही शैली के हुनुपर्छ? यदि कसैले राजाको रूपमा शासन गर्ने कार्य र परमेश्‍वरले दिनुभएका प्रतिज्ञाहरूलाई पछ्याउने उद्देश्यहरूको रूपमा लिन्छ भने, के यो सही मार्ग हुन्छ? अवश्यै हुँदैन; यो सकारात्मक छैन, यो मानव इच्छाद्वारा अति दूषित भएको हुन्छ, र यो मार्ग सत्यतासँग बाझिन्छ। कति मानिसहरूले भन्छन्, “तपाईँले यो प्रतिज्ञा गर्नुभएको भए पनि, हामीलाई किन यो प्राप्त गर्न दिनुहुन्न? तपाईँले यी सबै कुराहरू भन्‍नुभएको छ र सबै मानवजातिको निम्ति सार्वजनिक रूपमा घोषणा गर्नुभएको छ, र पनि तपाईं किन हामीलाई यो कुरा पछ्याउन दिनुहुन्न?” यो कुरा सत्यतासँग सम्बन्धित छ; सुरुदेखि आजसम्म कसैले पनि यो कुरालाई सही रूपमा बुझेको छैन। सत्यताको कुन पक्षसँग यो सम्बन्धित छ? तैँले यसलाई यसरी हेर्नुपर्छ: परमेश्‍वरले मानिसको लागि प्रतिज्ञा गर्नुभएको छ, र परमेश्‍वरबाट नै मानिसलाई राजाको रूपमा शासन गर्ने विचार, साथै “परमेश्‍वरको व्यक्तित्व”, “ज्येष्ठ पुत्र”, “परमेश्‍वरका पुत्रहरू”, आदि इत्यादिजस्ता विभिन्‍न पदनामहरूबारे थाहा दिइएको हो। तैपनि यी त पदनामहरू मात्रै हुन्। कुन पदनामसँग कस्ता मानिसहरू सम्बन्धित हुन्छन् भन्‍ने कुरा व्यक्तिको पछ्याइ र कार्यप्रस्तुतिमा निर्भर हुन्छ। सृष्टिकर्ताले तँलाई जे-जस्तो पदनाम दिनुहुन्छ, तँ त्यही व्यक्ति होस्। यदि उहाँले तँलाई पदनाम दिनुभएन भने, तँ केही पनि होइनस्; यो त परमेश्‍वरबाट आएको प्रतिज्ञा मात्रै हो, मानिसहरूले पाउनुपर्ने वा मानिसहरू हकदार हुने कुरा होइन। यो प्रतिज्ञा अवश्य नै मानिसहरूले चाहने उद्देश्य हो, तर यो उद्देश्य मानिसहरूले लिनुपर्ने मार्ग होइन, र मानिसहरूले लिने मार्गसँग यसको कुनै सम्बन्ध छैन। यो विषयमा निर्णय गर्ने अधिकार कसको हुन्छ? (परमेश्‍वरको।) ठीक भन्यौ, मानिसहरूले यो कुरा बुझ्नैपर्छ। यदि परमेश्‍वरले तँलाई केही कुरा दिइरहेको छु भनेर भन्‍नुहुन्छ भने, तँसँग केही हुन्छ; यदि उहाँले तँबाट यो कुरा खोस्दै छु भनेर भन्‍नुहुन्छ भने, तँसँग केही हुँदैन, तँ केही पनि होइनस्। यदि तैँले “परमेश्‍वरले मलाई यो कुरा दिनुहुन्न भने पनि म यसलाई पछ्याउनेछु, र परमेश्‍वरले मलाई दिनुहुन्छ भने, म यसलाई स्वाभाविक रूपमै स्विकार्नेछु” भनेर भनिस् भने, यो गलत कुरा हो। यो किन गलत छ? यसले एउटा प्रमुख वर्जना उल्लङ्घन गर्छ। तैँले परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुनेछ र मानिस सधैँ मानिस नै हुनेछ भन्‍ने तथ्य पहिचान गर्दैनस्—त्यसैले यो गलत छ। कति मानिसहरूले भन्छन्, “बाइबलमा यो कुराको अगमवाणी गरिएको छ। धेरै ठाउँमा, बाइबलले हामी परमेश्‍वरसँग अनन्तकालसम्म राजाको रूपमा शासन गर्नेछौँ भनेर भन्छ। परमेश्‍वरले यसो भन्‍न सक्नुहुन्छ र पनि किन हामीले यसलाई पछ्याउन सक्दैनौँ?” के सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो? मानिसहरूले राजाको रूपमा शासन गर्ने परमेश्‍वरको प्रतिज्ञालाई तँ राम्रो कुराको रूपमा देख्छस् र यसलाई पछ्याउँछस्, तर परमेश्‍वरले सेवाकर्ताहरूबारे पनि कुरा गर्नुभएको छ—के तैँले परमेश्‍वरको लागि राम्रो सेवा प्रदान गर्ने कुरालाई पनि पछ्याउँछस्? के तैँले योग्य सेवाकर्ता बन्‍ने प्रयास गर्छस्? परमेश्‍वरले मानिसहरूलाई कर्तव्य निर्वाह गर्न पनि लगाउनुहुन्छ; के तैँले आफूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न लगाउँछस्? परमेश्‍वरले मानिसहरूलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा व्यवहार गर्न पनि आज्ञा गर्नुहुन्छ, र के तैँले त्यसो गर्छस्? के तँ सृष्टि गरिएको योग्य प्राणी बन्‍नुलाई आफ्नो उद्देश्यको रूपमा लिन्छस् र यसलाई पछ्याउँछस्? मानिसहरूले राजाको रूपमा शासन गर्नेछन् भनेर परमेश्‍वरले भन्‍नुभएको कुरा मान्छेलाई दिइएको प्रतिज्ञा हो, र यो प्रतिज्ञाको एउटा आधार र प्रसङ्ग छ: तँ सृष्टि गरिएको असल प्राणी हुनुपर्छ, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, सेवाकर्ताको भूमिका फाल्नुपर्छ, र परमेश्‍वरप्रतिको समर्पण र सृष्टिकर्ताप्रतिको डर हासिल गर्नुपर्छ। जब तिमीहरूले यो सब कुरा हासिल गर्छौ, तब तिमीहरूले परमेश्‍वरसँग सदासर्वदा राजाको रूपमा शासन गर्न सक्‍नेछौ भनेर परमेश्‍वरले भन्‍नुभएको छ—यी वचनहरू बोलिएको प्रसङ्ग यही हो। मानिसहरूमा समझको कमी हुन्छ। यो सुन्‍नेबित्तिकै, तिनीहरूले सोच्छन्, “हामीले परमेश्‍वरसँग राजाको रूपमा शासन गर्न पाउनु राम्रो कुरा हो! यो कहिले हुनेछ? हामीले कसरी राजाको रूपमा शासन गर्नेछौँ? हामी कसरी परमेश्‍वरसँग समान स्थानमा हुनेछौँ? हामी कसका राजाहरू हुनेछौँ? हामीले कसमाथि शासन गर्नेछौँ? हामीले कसरी शासन गर्नेछौँ? हामी कसरी राजा बन्‍नेछौँ?” के मानिसहरूमा समझको कमी छैन र? यो परमेश्‍वरले मानिसलाई दिनुभएको प्रतिज्ञा, मानिसलाई सुनाउन बोल्‍नुभएको कुरा, र मान्छेलाई यो सुन्दर कुरा छ भनेर जानकारी गराउनुभएको कुरा भए पनि, तैँले आफै तेरो मापन गर्नुपर्छ—तँ को होस् त? परमेश्‍वरसँग यो विचार छ र उहाँ मानिसलाई उहाँसँग यसरी बाँच्न दिन तयार हुनुहुन्छ, तर के तँ यो प्राप्त गर्न योग्य छस् त? तैँले परमेश्‍वरलाई किन यस्तो कुरा सोध्दैनस्, “हामीले यो प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिले, तपाईँले हामीलाई के-कस्ता मापदण्डहरू दिनुहुन्छ? के त्यस्ता केही कुराहरू छन्, जुन कुरा तपाईं हामीलाई गर्न लगाउन चाहनुहुन्छ? हामीले यो प्रतिज्ञा प्राप्त गर्न सक्नुभन्दा पहिले हामीले सुरुमा के हासिल गर्नुपर्छ?” तैँले यी कुराहरू सोध्दैनस्, तर माग मात्रै गर्छस्। के यो समझको कमी हुनु होइन र? मानिसमा यस्तो समझको कमी हुन्छ। कुनै फाइदाजनक कुरा देख्दा, मानिसहरू हात तन्काएर यसलाई पक्रन खोज्छन्। मानिसहरू डाँकूहरूजस्तै हुन्छन्; यदि तैँले तिनीहरूलाई चाहेको कुरा दिइनस् भने, तिनीहरू रिसाउँछन्, तिनीहरू शत्रुवत्‌ बन्छन्, र तिनीहरूले मनपरी चिच्याउन थाल्छन्। के मानिसहरू यस्तै हुँदैनन् र? मानवजातिको नीचता यही हो।

मानिसमा समझको कमी हुनुको एउटा कारण के हो भने तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन्; तिनीहरूको भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध हुँदैन। तर जब तिनीहरूलाई चाहेको कुरा दिइँदैन, तब तिनीहरू रिसाउँछन्, गालीगलौज गर्छन्, घृणा गर्छन्, र बदला लिन्छन्—यो के हो? यो शैतान देखा पर्ने पैशाचिक रूप हो; यो तिनीहरूको शैतानी भ्रष्ट स्वभाव हो। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई दिनुभएको प्रतिज्ञाको हकमा भन्दा, परमेश्‍वरअघि हरेक व्यक्तिले प्रकट गर्ने कुराले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन। मानिसहरूले तुरुन्तै आफ्नो स्तर नचिनी, तुरुन्तै माग गर्दै आफ्‍नो हात पसार्छन्, र यदि आफूले माग गरेको कुरा प्राप्त गर्न सकेनन् भने, तिनीहरूले यसलाई साटेर लिन के प्रयोग गर्न सकिन्छ भनेर विचार गर्छन्। तिनीहरूले आफ्नो परिवार र करियर त्याग्छन्, तिनीहरूले कष्ट भोग्छन् र मूल्य चुकाउँछन्, तिनीहरूले दौडधूप र मेहनत गर्छन्, तिनीहरूले सुसमाचार प्रचार गर्छन् र अझै धेरै मानिसहरूलाई प्राप्त गर्छन्, तिनीहरूले अझै धेरै काम गर्छन्, र तिनीहरूले आफूले चाहेको कुरासित साट्न यी कुराहरू प्रयोग गर्छन्। यदि तिनीहरूले यी कुराहरूलाई आफूले चाहेको कुरासँग साट्न सकेनन् भने, तिनीहरू क्रोधित हुन्छन्, तिनीहरूको हृदय घृणाले भरिन्छ, र तिनीहरू परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित हरकुनै कुराप्रति वितृष्ण बन्छन्। यदि तिनीहरूलाई यी कुराहरू आफूले चाहेको कुरासँग साट्न सक्छु भन्‍ने लाग्यो भने, हरदिन तिनीहरूले परमेश्‍वरको काम चाँडै समाप्त होस्, परमेश्‍वरले शैतानलाई तुरुन्तै नष्ट गर्नुहोस्, मानवजातिलाई तुरुन्तै अन्त्य गर्नुहोस्, विपत्तिहरू तुरुन्तै ल्याउनुहोस् भन्‍ने तृष्णा गर्छन्, नत्र तिनीहरूलाई टिक्‍न सक्दिनँ भन्‍ने लाग्छ। सत्यताको उपस्थितिमा हरव्यक्तिले के कुरा प्रकट गर्छ? तिनीहरूले सत्यताप्रति वितृष्णा राख्‍ने र क्रूरताजस्ता स्वभावहरू प्रकट गर्छन्। अहिले यसलाई हेर्दा त, मानवजातिको सबै भ्रष्ट स्वभावहरूमध्ये मानिसहरूको अहङ्कार, छल, र कहिलेकहीँ देखिने हठलाई हल्का र त्यति गम्भीर नरहेको भनेर भन्‍न सकिन्छ। मानवजातिमा धेरै हुने, अझै गम्भीर र अझै गहन भ्रष्ट स्वभावहरू दुष्टता, सत्यताप्रतिको वितृष्णा, र क्रूरता हुन्—मानिसका भ्रष्ट स्वभावहरूमध्ये घातक तत्त्वहरू यिनै हुन्। जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ, तब अवश्य नै यी स्वभावहरू अझै गम्भीर हुन्छन्, र तिनीहरूले यी स्वभावहरू प्रकट गर्दा यिनलाई गम्भीरतापूर्वक लिँदैनन्, र यिनलाई जाँच्दैनन्, र परमेश्‍वरप्रति तिनीहरूलाई कुनै ऋणको अनुभूति हुँदैन, झन् तिनीहरूलाई आफूमा कुनै समस्या छ भन्‍ने कुरा महसुस हुनु त धेरै परको कुरा हो; तिनीहरू सत्यता स्विकार्दैनन्, तिनीहरू आफूलाई चिन्दैनन्, र तिनीहरूले पश्‍चात्ताप गर्नु त धेरै परको कुरा हो। त्यसकारण, परिस्थिति, वातावरण, वा प्रसङ्ग जेसुकै भए पनि, तिनीहरूले राजाको रूपमा शासन गर्नुलाई—परमेश्‍वरले दिनुभएको सबैभन्दा उच्च र उत्तम प्रतिज्ञालाई—पछ्याउनुपर्ने आफ्नो उद्देश्यको रूपमा लिन्छन्। तैँले तिनीहरूसँग सत्यता जेजसरी सङ्गति गरे पनि, तिनीहरूले यो पछ्याइ त्याग्‍नेछैनन्, बरु आफ्नो मार्ग पछ्याउन जिद्दी गर्छन्, र यसले तिनीहरूलाई मुक्ति पाउन नसक्‍ने बनाउँछ। यी मानिसहरू कति भयानक छन्! यी मानिसहरूले प्रकट गर्ने कुराहरूबाट, शैतानको स्वभाव र साँचो रूप के हो भनेर तैँले निश्‍चित रूपमा देख्‍न सक्छस्। यति धेरै सत्यता सङ्गति गरिएको छ, र समझ भएका, सत्यता स्विकार्न सक्‍ने, र आज्ञापालन गर्ने र समर्पित हुने आकाङ्क्षा भएका मानिसहरूले वास्तवमा परमेश्‍वरको अभिप्राय के हो भनेर बुझ्छन्। तिनीहरूले अब अटेरी भएर पद, सम्भाव्यता र नियति पछ्याउँदैनन्, बरु परमेश्‍वरका यी वचनहरूको खुलासापछि पश्‍चात्ताप गर्न तयार हुन्छन्, आशिष्‌हरूप्रतिको आफ्नो इच्छा त्याग्‍न, सत्यता पछ्याउन, परमेश्‍वरमा समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न, र मुक्ति प्राप्त गर्नमा लागिपर्न तयार हुन्छन्। अहिले धेरैजसो मानिसहरूका भित्री इच्छाहरू हेर्दा, तिनीहरूले पछ्याउने उद्देश्यहरूमा आधारभूत परिवर्तन आएको छ; तिनीहरू आफ्नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न, र सृष्टि गरिएको सच्‍चा प्राणी बन्‍न इच्छुक छन्, र तिनीहरू मुक्ति प्राप्त गर्न इच्छुक छन्। तिनीहरूले आशिष् पाउनको लागि कर्तव्य निर्वाह गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको घरमा आशिष् पाउनको लागि झारा टार्दै बस्दैनन्। सधैँ राजाको रूपमा शासन गर्न चाहने ख्रीष्टविरोधीहरू बाहेक, धेरैजसो मानिसहरू सत्यता पछ्याउन इच्छुक छन्। केवल ख्रीष्टविरोधीहरूले सम्‍भाव्यताहरू, आशिष्‌हरू, र राजाको रूपमा शासन गर्नुलाई परमेश्‍वरमाथिको विश्‍वासमा प्राप्त हुने उद्देश्य र फलको रूपमा लिन्छन्। तैँले जेसुकै भने पनि तिनीहरूले यी कुराहरू त्याग्‍ने वा मार्ग परिवर्तन गर्नेछैनन्—के तिनीहरू ठूलो समस्यामा छैनन् र? तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा राम्ररी थाहा हुन्छ, तर तिनीहरू यो कुरा स्विकार्दैनन्, त्यसकारण तिनीहरूलाई बदल्न सक्‍ने कुनै कुरा हुँदैन; तिनीहरूलाई त हटाउन र दण्ड दिन मात्रै सकिन्छ। यही नै परमेश्‍वरमाथिको ख्रीष्टविरोधीहरूको विश्‍वासको अन्तिम परिणाम हो।

के मैले अब मानिसहरूले राजाको रूपमा शासन गर्न खोज्ने यो विषयमा स्पष्ट रूपमा सङ्गति गरेको छु? के तिमीहरूले नयाँ बुझाइ पाएका छौ? के राजाको रूपमा शासन गर्ने यो मार्ग सही छ? (छैन।) त्यसोभए मानिसहरूले यो मामलालाई कसरी लिनुपर्छ? यो मामलामा, मानिसको सार जान्‍नको लागि कुन सत्यता बुझ्नुपर्छ? व्यक्तिको सार र व्यवहार वास्तवमा के हुन् भनेर मूल्याङ्कन गर्ने भनेको परमेश्‍वरकै हातको कुरा हो। परमेश्‍वरले यी सबै कुराबारेमा आफ्नो मूल्याङ्कन केमा आधारित गर्नुहुन्छ? उहाँले यसलाई सत्यतामा आधारित गर्नुहुन्छ। त्यसकारण, व्यक्तिको परिणाम वा गन्तव्य उसको आफ्नै इच्छाद्वारा निर्धारित हुँदैन, न त उनीहरूको आफ्नै झुकाउ वा कल्पनाहरूद्वारा नै हुन्छ। अन्तिम निर्णय सृष्टिकर्ता, परमेश्‍वरको हुन्छ। यस्ता मामिलाहरूमा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? मानिसहरूले चुन्न सक्ने एउटा मात्र बाटो छ: यदि तिनीहरू सत्यता खोजी गर्छन्, सत्यता बुझ्छन्, परमेश्‍वरको वचन पालन गर्छन्, परमेश्‍वरप्रतिको समर्पण हासिल गर्छन् र मुक्ति प्राप्त गर्छन् भने मात्र तिनीहरूले राम्रो अन्त्य र राम्रो भाग्य प्राप्त गर्नेछन्। यदि मानिसहरूले यसको विपरीत गर्छन् भने तिनीहरूको सम्भावना र भाग्य के हुनेछ भनेर कल्पना गर्न कठिन छैन। यसैले, यस मामिलामा, परमेश्‍वरले मानिससित गर्नुभएको प्रतिज्ञा, मानवजातिको परिणामबारे परमेश्‍वरले के भन्नुहुन्छ, र परमेश्‍वरले मानवजातिको लागि के तयार पार्नुभएको छ त्यसमा ध्यान नदे। तँसित यी कुराको कुनै सम्बन्ध छैन, ती परमेश्‍वरका काम हुन्, तैँले ती खोस्न, माग्न, वा साटफेर गर्न मिल्दैन। सृष्टि गरिएको प्राणीको नाताले तैँले के गर्नुपर्छ? तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र आफूले जे गर्नुपर्ने हो त्यो तैँले आफ्नो सम्पूर्ण मन, मस्तिष्क र सामर्थ्यले पूरा गर्नुपर्छ। बाँकी—सम्भाव्यताहरू र नियति, अनि मानवजातिको भविष्यको गन्तव्यसित सम्बन्धित कुराहरू—यी तैँले निर्णय गर्न सक्ने कुराहरू होइनन्, ती परमेश्‍वरको हातमा छन्; यो सबै सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत पर्छ, यो उहाँद्वारा प्रबन्ध गरिएको हुन्छ, र कुनै पनि सृष्टि गरिएको प्राणीसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरू भन्छन्, “यदि हामीसँग यसको कुनै सम्बन्ध छैन भने हामीलाई यो किन भनिएको?” तिमीहरूसँग यसको कुनै सम्बन्ध नभए पनि परमेश्‍वरसित यसको सम्बन्ध छ। परमेश्‍वरले मात्र यी कुराहरू जान्नुहुन्छ, परमेश्‍वर मात्र ती कुराहरूको बारेमा बोल्न सक्नुहुन्छ, र परमेश्‍वर मात्र मानवजातिलाई यी कुराहरूको प्रतिज्ञा दिने हकदार हुनुहुन्छ। र यदि परमेश्‍वरले ती कुराहरू जान्नुहुन्छ भने के परमेश्‍वरले त्यसको बारेमा बोल्नुपर्दैन र? तैँले आफ्ना सम्भाव्यताहरू र नियति के-के हुन भनी जान्दैनस् तैपनि अझै ती कुराहरू पछ्याउनु एउटा गल्ती हो। परमेश्‍वरले तँलाई त्यसको पछि लाग्नु भन्नुभएको थिएन, उहाँले तँलाई थाहा मात्र दिइरहनुभएको थियो; यदि तँ परमेश्‍वरले तँलाई त्यो कुरालाई तेरो पछ्याइको लक्ष्य बनाउन लगाउनुभएको थियो भनी गल्तीले विश्‍वास गर्छस् भने तँ पूर्ण रूपमा समझहीन छस्, र तँमा सामान्य मानवताको दिमाग छैन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै कुराहरूको बारेमा जान्नु पर्याप्त छ। तैँले एउटा तथ्यलाई स्वीकार गर्नैपर्छ: त्यो प्रतिज्ञा असल वा साधारण, मनपर्दो वा अरुचिकर जस्तै भए पनि यी सबै सृष्टिकर्ताका सार्वभौमिकता, प्रबन्ध, र सङ्कल्पहरूमा पर्छन्। सृष्टिकर्ताद्वारा देखाइएको सही दिशा र मार्गअनुसार अनुसरण र खोजी गर्नु मात्र सृष्टि गरिएको प्राणीको कर्तव्य र दायित्व हो। तैँले अन्त्यमा के प्राप्त गर्छस्, र परमेश्‍वरका प्रतिज्ञाहरूको कुन हिस्सा तैँले प्राप्त गर्छस् भन्ने सबै कुरा तेरो खोजीमा, तैँले लिएको बाटोमा, र सृष्टिकर्ताको सार्वभौमिकतामा आधारित हुन्छ। के यी वचनहरू अहिले तिमीहरूलाई स्पष्ट भयो? (भयो।) अनि यी वचनहरूले तिमीहरूलाई आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्न मद्दत गर्नेछन् कि जीवनमा सत्यता पछ्याउने सही मार्ग लिन मद्दत गर्नेछन्? (तिनले हामीलाई सत्यता पछ्याउन र जीवनको सही मार्ग पछ्याउन मद्दत गर्नेछन्।) सामान्य मानवता र समझ भएका, सकारात्मक कुराहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरूको हकमा भन्दा, यी वचनहरू सुन्दा तिनीहरू निराश नहुने मात्र होइनन्, बरु तिनीहरू त सत्यता पछ्याउने र परमेश्‍वरको मुक्ति स्विकार्ने क्रममा दह्रिलो गरी विश्‍वासयोग्य हुनसमेत सक्छन्; तर सामान्य समझ नभएका मानिसहरू, जिद्दीपूर्वक आशिष्‌हरू, देहगत हितहरू, र आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरूको सन्तुष्टि पछ्याउने ती असामान्य मानिसहरूले यी वचनहरू सुन्दा उत्साह गुमाउन, र परमेश्‍वरमा विश्‍वास गर्ने रुचि गुमाउन सक्छन्। कति मानिसहरूलाई त यी वचनहरू सुन्दा अवश्य नै कसरी विश्‍वास गर्ने भन्‍ने पनि थाहा हुँदैन। के मानिसहरूले सत्यता बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छैन र? के सत्यताले मानिसहरूलाई सही मार्ग पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न अझै राम्ररी डोर्‍याउन सक्दैन र? (सक्छ।) सत्यताले मात्रै मानिसहरूलाई मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छ; यदि तैँले सत्यता बुझ्दैनस् भने, मुक्तिको बाटोमा तैँले प्राय बाटो बिराउनेछस्, गल्ती गर्नेछस्, र घाटा भोग्‍नेछस्, र जब तँ आफ्नो विश्‍वासमा बाटोको अन्त्यमा पुग्छस्, तब तँसँग कुनै पनि सत्यता वास्तविकता हुनेछैन र तँ पूर्ण रूपमा सेवाकर्ता बन्‍नेछस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षको पूरै अवधिभर सेवाकर्ताको भूमिका खेलेको छस् र अन्ततः तँ सृष्टि गरिएको योग्य प्राणी बन्‍न सकेको छैनस् भने, त्यो एउटा दुःखद कुरा हो।

मे ९, २०२०

अघिल्लो: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नका लागि मात्र आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ)

अर्को: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नका लागि मात्र आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दस)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्