विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन)

२. ख्रीष्टविरोधीहरूका हितहरू

ख. तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत

पछिल्लो पटक हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे रहेको बुँदा नौमा सङ्गति गरेका थियौँ। अब हामी त्यसबारे एउटा सरल पुनरावलोकन गरौं। हामीले ख्रीष्टविरोधीहरूका हितहरूलाई हाम्रो विश्लेषणको लागि कति उपखण्डमा बाँडेका थियौँ? (तीन उपखण्डमा। पहिलो ख्रीष्टविरोधीहरूको आफ्नै सुरक्षा थियो, दोस्रो तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत थियो, र तेस्रो फाइदाहरू थियो।) ख्रीष्टविरोधीहरूसँग सम्बन्धित हितहरू यी तीन उपखण्डहरूसँग सम्बन्धित छन्: तिनीहरूको आफ्नै सुरक्षा, हैसियत र तिनीहरूका व्यक्तिगत फाइदाहरू—के यो सही कुरा हो? (हो।) पहिलो उपखण्ड, अर्थात् तिनीहरूको आफ्नै सुरक्षा तुलनात्मक रूपमा बुझ्न अलि सजिलो छ। यो तिनीहरूले सामना गर्ने खतरनाक वातावरणसँग सम्बन्धित छ, र यसले ख्रीष्टविरोधीहरूका प्रत्यक्ष हितहरू, अर्थात् तिनीहरूको व्यक्तिगत सुरक्षालाई छुन्छ। हामीले यो उपखण्डबारे सङ्गति गरेर लगभग सकिसकेका छौं। दोस्रो उपखण्ड तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो। पछिल्‍लो पटक हामीले यसका केही प्रकटीकरणहरूबारे सङ्गति गर्‍यौँ, तर यो अलि व्यापक अर्थमा गरिएको थियो। मलाई लाग्छ, तिमीहरू सबैमा यो उपखण्डको अवधारणागत बुझाइ र ज्ञान मात्रै छ। यदि मैले तिमीहरूलाई केही उदाहरणहरू दिइनँ, र केही विस्तृत र ठोस विश्‍लेषण प्रदान गरिनँ भने, तिमीहरूमा ख्रीष्टविरोधीहरूको सार र प्रकटीकरणहरूको यो पक्षबारे थोरै मात्र धर्मसैद्धान्तिक र शाब्दिक बुझाइ हुन सक्छ, र तिमीहरू यी कुनै पनि वास्तविक, विशिष्ट प्रकाश र प्रकटीकरणहरू पहिचान गर्न सक्षम नहुन सक्छौ। तिमीहरूको दृष्टिकोणबाट हेर्दा, यी विषयहरूमा सङ्गति गर्ने कुरा हुँदा, यो जति निर्दिष्ट तवरको भयो, त्यति नै राम्रो हुन्छ, होइन र? (हो।) तिमीहरूलाई पूर्वतयार कुराहरू सुन्न मनपर्छ; तिमीहरूलाई आफै कुराहरू पत्ता लगाउन मन पर्दैन। के तिमीहरूले यी प्रवचनहरू सुनेपछि केही गृहकार्य गर्छौ? यदि मैले धेरै विवरणबारे सङ्गति गरेँ भने, के तिमीहरूलाई म साना-साना कुरामा धेरै ध्यान दिँदै छु र कुराहरू लम्ब्याउँदै छु जस्तो लाग्छ? तैँले यसो भन्‍न सक्छस्, “तपाईंले साँच्‍चै हाम्रो आइक्यूलाई कम ठानिरहनुभएको छ; के हामी साँच्‍चै त्यति कमजोर क्षमताका छौं? तपाईंले एक-दुई वटा उदाहरण दिनु नै पर्याप्त हुन्छ। यसको साथै, ख्रीष्टविरोधीहरूको सार विश्‍लेषण गर्ने कुरा गर्नुपर्दा, हामीले तिनीहरूको हैसियत र शक्तिप्रतिको प्रेमसँग सम्बन्धित कुराहरूबारे पहिले नै निकै धेरै सङ्गति गरिसकेका छौं। ख्रीष्टविरोधीहरूका हितहरूबारेको हाम्रो सङ्गतिले पनि किन यो विषय छुनुपर्‍यो? के त्यो कुरा दोहोर्‍याउने र साना-साना कुरामा धेरै ध्यान दिने कार्य होइन र? के यसबारे सङ्गति गर्नु साँच्‍चै आवश्यक छ र?” वास्तवमा, अलिअलि दोहोर्‍याउनु नराम्रो कुरा होइन। यदि हामीले सबै कोणबाट सङ्गति गर्‍यौँ भने, तिमीहरूले ख्रीष्टविरोधीहरूको सारको यो पक्षबारे अझै राम्ररी बुझ्नेछौ। यसको साथै, सत्यता सङ्गति गर्दा, तिमीहरू कुरा दोहोर्‍याउनबाट पछि हट्नु हुँदैन। कति सत्यताहरू त यस्ता पनि छन्, जसबारे वर्षौंदेखि सङ्गति गर्दै आइएको छ, तैपनि त्यसमा मानिसहरूले प्रवेश प्राप्त गरेका छैनन्। के सधैँ कुरा दोहोर्‍याउनबाट जोगिने प्रयास गर्नु, र सधैँ नयाँ शैली र अभिव्यक्तिहरू खोजी गर्नु सही हो? (यो गलत हो।) सत्यता आफै मानिसहरूको जीवनसँग घनिष्ठ रूपले सम्बन्धित हुन्छ। मानिसहरूले आफ्नो जीवनमा प्रकट गर्ने हरकिसिमका कुरा र भ्रष्ट स्वभावहरू, तिनका प्रकटीकरणहरू र हरकिसिमका कुराहरूप्रति तिनीहरूमा रहेका दृष्टिकोण र मनोवृत्तिहरू हरदिन निरन्तर दोहोरिँदै आइरहेका हुन्छन्। सत्यता सङ्गति गर्नु र विभिन्‍न कोणबाट फरक-फरक विषयवस्तु र सारहरू विश्‍लेषण गर्ने कार्य मानिसहरूको सत्यता प्रवेशको लागि अत्यन्तै फाइदाजनक हुन्छ। पछिल्‍लो पटक, हामीले ख्रीष्टविरोधीहरूका हितहरूको दोस्रो उपखण्ड, अर्थात् तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियतबारे सरल र विस्तृत रूपमा सङ्गति गर्‍यौँ। आज म केही उदाहरणहरू दिनेछु ताकि हामीले यस विषयमा विस्तृत रूपमा सङ्गति गर्न सकौं। अवश्य नै, यदि तिमीहरूले मेरो सङ्गतिको जगमा केही नयाँ बुझाइ प्राप्त गरेका वा केही प्रकाश वा ज्योति हासिल गरेका छौ भने, वा यदि तिमीहरूले आफ्नो अनुभव वा जीवनको क्रममा केही उपयुक्त उदाहरणहरू देखेका छौ भने, तिमीहरूले पनि सङ्गतिमा सहभागिता जनाउन सक्छौ। अब यसपछि, हामी ख्रीष्टविरोधीहरूका हितहरूको दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हकमा के कुरा प्रकट गर्छन्, ख्रीष्टविरोधीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, र ख्रीष्टविरोधीहरूले कस्तो किसिमले यस्ता प्रकृति सारहरू प्रकट गर्छन् भन्‍ने कुरालाई अलि निर्दिष्ट रूपमा चिरफार गरौं।

ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: “मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?” तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्‍न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्‍वरमाथिको विश्‍वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्‍ने विश्‍वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्‍वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्‍मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, “के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?” तिनीहरूले आफ्‍नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्‍बार विचार गर्छन्, आफ्‍नो लागि परमेश्‍वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्‍चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्‍वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्‍न सक्षम छैनन् त? के परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्‍ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्‍दै नसक्‍ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू र सत्यता सुनेपछि आफ्नो हृदयमा दिशा भेट्टाएजस्तो लाग्छ। तर यो तथाकथित दिशा वास्तवमा के हो त? यो तिनीहरूले एक प्रकारको औजार प्राप्त गर्नु हो—वा, यसलाई एक प्रकारको फाइदाजनक हतियार प्राप्त गर्नु हो भनेर पनि भन्‍न सकिन्छ—जसले तिनीहरूलाई हैसियत प्राप्त गर्नेबारे थप निश्‍चितता प्रदान गर्छ। त्यसकारण, तिनीहरूले यो अवसरलाई थप सुन्न, थप पढ्न, थप सिक्न, थप सङ्गति गर्न, र थप अभ्यास गर्न प्रयोग गर्छन्, र यसरी तिनीहरू बिस्तारै धेरै वचन र सिद्धान्तहरूबारे कुरा गर्न, र तथाकथित यादगार प्रवचनहरू प्रचार गर्न र मानिसहरूलाई तिनीहरूको आदर गर्न लगाउन सक्‍ने अवस्थामा पुग्‍न सक्षम बन्छन्। मानिसहरूले आफ्नो शाब्दिक अर्थको हिसाबमा असल ठानेका यी सिद्धान्तहरू बुझेपछि, तिनीहरूले जीवनडोरी पक्रेका छन् जस्तै, र दिशा र बिहानीको ज्योति भेट्टाएका छन् जस्तै हुन्छ। त्यसकारण, ख्रीष्ट-विरोधीहरूले आफ्नो अभ्यासको खातिर वा परमेश्‍वरको मार्ग पछ्याउनको लागि प्रवचन सुन्दैनन् र परमेश्‍वरका वचनहरू पढ्दैनन्, र तिनीहरूले अवश्य नै उहाँका अभिप्रायहरू बुझ्नको लागि पनि यी कुराहरू गर्दैनन्। तिनीहरूले यी कुराहरू गर्नुको कारण त तिनीहरूले परमेश्‍वरका वचनहरू प्रयोग गरेर, वा तिनीहरूलाई आत्मिक लागेका यी सिद्धान्तहरू प्रयोग गरेर, वा उत्कृष्ट प्रवचनहरू प्रचार गरेर मानिसहरूलाई आफ्नो पक्षमा पार्न सकूँ र आफूलाई आराधना गर्न र पछ्याउन लगाउन थप मानिसहरूलाई प्रलोभनमा पार्न सकूँ भनेर हो। अमूर्त रूपमा, परमेश्‍वरका वचनहरू, सत्यता, र उहाँको मार्ग अरूमाझ हैसियत र प्रतिष्ठा प्राप्त गर्न यी मानिसहरूले प्रयोग गर्ने एक प्रकारको माध्यम, एक प्रकारको भर्‍याङ, र एक प्रकारको औजार बन्छन्। त्यसकारण, तैँले जसरी हेरे पनि ख्रीष्टविरोधीहरूमा कुनै पनि साँचो विश्‍वास वा कुनै पनि साँचो समर्पण भेट्टाउन सक्‍नेछैनस्। बरु यसविपरीत, तिनीहरूले प्रवचनहरू सुन्न र परमेश्‍वरका वचनहरू पढ्न जति नै मेहनत गरे पनि, र उहाँका वचनहरूमाथिको तिनीहरूको विश्‍वास जति नै “भक्त” जस्तो देखिए पनि, एउटा कुरा इन्कार गर्न सकिँदैन, र त्यो के हो भने, ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्दा, तिनीहरूको अभिप्राय र योजना परमेश्‍वरको इच्छा पछ्याउनु भन्‍ने हुँदैन, र यो पक्कै पनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु भन्‍ने पनि हुँदैन; तिनीहरू परमेश्‍वरको आज्ञा र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरू बफादार रूपमा स्वीकार गर्दै सबैभन्दा सानो अनुयायी बन्‍न वा सृष्टि गरिएको प्राणी बन्‍न चाहँदैनन्। बरु, तिनीहरू त यी कुराहरूलाई आफ्नो व्यक्तिगत उद्देश्यहरू हासिल गर्न, अरूको हृदयमा स्थान पाउन, र परमेश्‍वरको अघि सकारात्मक मूल्याङ्कन पाउन मात्रै प्रयोग गर्न चाहन्छन्—तिनीहरूले चाहने भनेकै यही मात्र हो। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू जसरी प्रचार गरे पनि, र तिनीहरूले प्रचार गर्ने प्रवचनहरू जति नै सही, उच्च, आत्मिक, र मानिसहरूको चाखअनुरूप भए पनि, तिनीहरूमा अभ्यास र प्रवेश शून्य हुनेछ। यसको साथै, तिनीहरूको हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइले झन्झन् बढी “फल” फलाउनेछ। मैले किन यसो भन्छु त? मैले यसो भन्छु, किनभने यस्ता मानिसहरूले जे गरे पनि, तिनीहरूले ठूलो मेहनतद्वारा जे हासिल गर्न सके पनि, तिनीहरूले पछ्याउने दिशा र उद्देश्यहरू, र तिनीहरूले काम गर्दा हृदयको गहिराइमा राख्‍ने अभिप्राय र उत्पत्ति बिन्दुलाई तिनीहरूका हैसियत र प्रतिष्ठाबाट अलग गर्न सकिँदैन, ती तिनीहरूका आफ्नै हितहरूसँग अत्यन्तै नजिकबाट जोडिएका हुन्छन्।

भनाइ नै छ, तैँले जे छर्छस्, त्यही कुराको फसल भित्र्याउँछस्। ख्रीष्टविरोधीहरूमा जस्तोसुकै राम्रो क्षमता र वरदान भए पनि, वा तिनीहरूले जस्तोसुकै भक्त र आत्मिक प्रकटीकरणहरू प्रदर्शन गरे पनि, तिनीहरूसँग शक्ति प्रयोग गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने महत्त्वाकाङ्क्षा र इच्छा हुने हुनाले, र तिनीहरूले सत्यता खोजी नगर्ने हुनाले र प्रतिष्ठा र हैसियत मात्रै खोजी गर्ने हुनाले, के तिनीहरूले परमेश्‍वरका मापदण्डहरू अनुसार अभ्यास गर्न सक्छन् त? के तिनीहरूले आफ्नो व्यवहारमा परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू पूरा गर्न सक्छन् त? (सक्दैनन्।) त्यसोभए तिनीहरूका कार्य र व्यवहारले वास्तवमा के-कस्ता परिणामहरू ल्याउनेछन्? (निश्‍चय नै तिनीहरूलाई आफ्नो स्वतन्त्र राज्य स्थापना गर्ने र आफै निर्णय गर्ने स्थानमा पुर्‍याउनेछन्।) ठीक भन्यौ। ख्रीष्टविरोधीहरूले जे गरे पनि, अन्तिम परिणाम यही हो। त्यसोभए, केले यो परिणाम पैदा गर्छ? यो मुख्य रूपमा तिनीहरूले सत्यता स्विकार्न नसक्नुको कारण पैदा हुन्छ। ख्रीष्टविरोधीहरूलाई काटछाँट, आलोचना, वा सजाय भए पनि, तिनीहरू यसलाई हृदयमा स्विकार्दैनन्। ख्रीष्टविरोधीहरूले जे गरिरहेको भए पनि, तिनीहरूको सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू हुन्छन्, तिनीहरू सधैँ आफ्‍नै योजनाअनुसार काम गरिरहेका हुन्छन्, र परमेश्‍वरको घरका बन्दोबस्त र कामप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, “तपाईंका हजारौँ योजना होलान्, तर मेरो एउटै नियम छ”; यो सबै ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। के ख्रीष्टविरोधीहरूले आफ्‍नो मानसिकता परिवर्तन गरेर सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्? त्यो पूर्ण रूपमा असम्‍भव हुन्छ, माथिबाट प्रत्यक्ष रूपमा तिनीहरूलाई त्यसो गर्न लगाइएको अवस्थामा, बाध्यतावश तिनीहरूले मन नलागी-नलागी केही मात्रामा त्यसो गर्न सक्छन्, नत्रभने त्यो कुरा असम्भव हुनेछ। तिनीहरूले केही गरेनन् भने त तिनीहरूलाई खुलासा गरेर बर्खास्त गरिन्छ। त्यसैले यी परिस्थितिहरूमा मात्रै तिनीहरूले थोरै वास्तविक काम गर्न सक्छन्। कर्तव्य निभाउनुप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ; सत्यता अभ्यास गर्नुप्रति पनि तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ: सत्यता अभ्यास गर्दा तिनीहरूलाई फाइदा हुन्छ भने, तिनीहरूलाई सबैले अनुमोदन र आदर गर्छन् भने, तिनीहरू अवश्यै आज्ञापालन पर्छन्, र अरूलाई लगभग स्वीकार्य लाग्‍ने गरी केही प्रयास गरेजस्तो गर्छन्। यदि सत्यता अभ्यास गर्दा तिनीहरूलाई कुनै फाइदा हुँदैन, कसैले देख्दैन, र माथिल्‍लो स्तरका अगुवाहरूले देख्दैनन् भने, त्यस्तो बेला तिनीहरूले सत्यता अभ्यास गर्ने कुरै हुँदैन। तिनीहरूको सत्यता अभ्यास प्रसङ्ग र परिस्थितिमा निर्भर हुन्छ, र तिनीहरूले अरूले देख्‍ने तरिकाले कसरी यो काम गर्न सकिन्छ, र फाइदाहरू कति ठूला हुनेछन् भनेर विचार गर्छन्; तिनीहरूमा यी कुराहरूबारे उत्कृष्ट बुझाइ हुन्छ, र तिनीहरूले फरक-फरक परिस्थितिमा आफूलाई समायोजित गराउँछन्। तिनीहरूले सधैँ आफ्नो ख्याति, लाभ र हैसियतबारे विचार गरिरहेका हुन्छन्, र परमेश्‍वरका अभिप्रायहरूप्रति कति पनि ख्याल पुर्‍याइरहेका हुँदैनन्, र यहीँनेर तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तहरू पालना गर्न चुक्छन्। ख्रीष्टविरोधीहरू आफ्नो ख्याति, लाभ, हैसियत, र व्यक्तिगत हितहरूप्रति मात्रै ध्यान दिन्छन्, र तिनीहरूलाई आफूले कुनै फाइदा नपाउनु वा आफ्नो प्रदर्शन गर्न नपाउनु स्वीकार्य हुँदैन, र सत्यता अभ्यास गर्नु तिनीहरूको लागि समस्याको कुरा हुन्छ। यदि तिनीहरूको प्रयासलाई पहिचान गरिएन भने, र यदि तिनीहरूले अरूको अघि काम गरिरहेका भएर पनि तिनीहरूको कामलाई देखिएन भने, तिनीहरूले सत्यता अभ्यास पटक्‍कै गर्दैनन्। यदि काम परमेश्‍वरको घरले प्रत्यक्ष रूपमा बन्दोबस्त गरेको हो, र यो काम गर्नेबाहेक तिनीहरूसँग कुनै विकल्‍प छैन भने पनि अझै तिनीहरूले यसबाट तिनीहरूको हैसियत र प्रतिष्ठामा फाइदा हुन्छ कि हुँदैन भन्‍ने कुरा विचार गर्छन्। यदि यो तिनीहरूको हैसियतको लागि राम्रो हो र यसले तिनीहरूको प्रतिष्ठा बढाउन सक्छ भने, तिनीहरूले यो काममा आफ्‍नो सर्वस्व सुम्पन्छन् र राम्ररी काम गर्छन्; तिनीहरूलाई आफूले एक पन्थ दुई काज गरिरहेको छु जस्तो लाग्छ। यदि यसले तिनीहरूको ख्याति, लाभ र हैसियतमा कुनै फाइदा पुग्दैन, र यो काम नराम्ररी गरिएमा तिनीहरूको विश्‍वसनीयता गुम्‍न सक्छ भने, तिनीहरू यसबाट उम्‍कने उपाय वा बहानाको बारेमा सोच्छन्। ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाए पनि, तिनीहरू सधैँ एउटै सिद्धान्तमा लागिरहन्छन्: तिनीहरूले प्रतिष्ठा, हैसियत, वा आफ्‍ना हितहरूमा केही न केही फाइदा पाउनैपर्छ, र तिनीहरूलाई कुनै घाटा हुनु हुँदैन। ख्रीष्टविरोधीहरूलाई तिनीहरूले कुनै कष्ट भोग्‍नु वा मूल्य चुकाउनु नपर्ने, अनि तिनीहरूको प्रतिष्ठा र हैसियतमा फाइदा पुग्‍ने काम सबैभन्दा बढी मन पर्छ। समग्रमा, ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि, तिनीहरू सुरुमा आफ्‍नै हितहरूलाई विचार गर्छन्, र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक, र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात्, सत्यता सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू, र परमेश्‍वरको घरको कामलाई कसरी लिने, वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि, र कतै तिनीहरूको प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसहरूले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने, तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसहरूले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन्, वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसहरूले तिनीहरूको कुरा मान्छन् भने, तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र, तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणित कुरा होइन र? कुनै पनि परिस्थितिमा, ख्रीष्टविरोधीहरू आफ्‍नो हैसियत र प्रतिष्ठालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरूसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन। जुनसुकै शैलीको आवश्यकता परे पनि, यदि त्यसले मानिसहरूको मन जित्छ र अरूलाई तिनीहरूको उपासना गर्न लगाउँछ भने, ख्रीष्टविरोधीहरू त्यही शैली अपनाउँछन्। यदि परमेश्‍वरको गवाही दिएकोमा परमेश्‍वरका चुनिएका मानिसहरूले अरू कसैलाई आदर र अनुमोदन गरेका छन् भने, ख्रीष्टविरोधीहरूले पनि मानिसहरूलाई आफ्नो पक्षमा पार्न यही विधि प्रयोग गर्नेछन्। तर ख्रीष्टविरोधीहरूमा सत्यता वा व्यावहारिक अनुभव हुँदैन, त्यसकारण तिनीहरूले मानव कल्पनाहरूको आधारमा परमेश्‍वरको गवाही दिने सिद्धान्तहरू निर्माण गर्न दिमाग खियाउँछन्, अनि परमेश्‍वर कति महान् हुनुहुन्छ, परमेश्‍वरले मानिसलाई कति प्रेम गर्नुहुन्छ, परमेश्‍वरले मानिसलाई मुक्ति दिन कसरी मूल्य चुकाउनुहुन्छ, र परमेश्‍वरले कति धेरै आफूलाई नम्र बनाउनुहुन्छ र गुप्त राख्‍नुहुन्छ भन्‍ने बारेमा कुरा गर्छन्। तिनीहरूले यसरी परमेश्‍वरको गवाही दिएपछि, तिनीहरूले हासिल गर्ने परिणाम यो हुन्छ कि, मानिसहरूले तिनीहरूलाई पहिलेभन्दा अझै बढी आदर गर्छन्, र तिनीहरूको हृदयमा यी ख्रीष्टविरोधीहरूको लागि अझै धेरै ठाउँ हुन्छ, तर परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन। यदि तिनीहरूले आत्मज्ञानबारे कुरा गर्दा अझै धेरै मानिसहरूले तिनीहरूलाई भरोसा, आदर, र सम्‍मान गर्न सक्छन् भन्‍ने देखे भने, तिनीहरूले प्रायजसो आफूलाई चिन्‍ने बारेमै कुरा गर्नेछन्, र प्रायजसो आफूलाई विश्‍लेषण गरिरहनेछन्। तिनीहरूले तिनीहरू दियाबलस हुन्, तिनीहरू मानव होइनन्, तिनीहरूमा कुनै समझ छैन, तिनीहरूले सत्यता खोजी गर्दैनन्, र तिनीहरूमा सत्यता छैन भन्‍ने तथ्यबारे विश्‍लेषण गर्नेछन्। तिनीहरूले अरूलाई बहकाउन, अरूको भरोसा जित्न, र अझै धेरै मानिसहरूलाई तिनीहरूको प्रशंसा गर्न र आदर गर्न लगाउन केही मिथ्या र अर्थहीन विषयहरूबारे सङ्गति गर्नेछन्। ख्रीष्टविरोधीहरू यसरी नै व्यवहार गर्छन्। यदि अनुभव गवाही बाँड्ने निश्‍चित विधिले तिनीहरूलाई अरूको अनुमोदन र आदर प्राप्त गर्न सहयोग गर्छ भने, तिनीहरूले यसलाई प्रयोग गर्न हिचकिचाउँदैनन्। तिनीहरूले साँच्‍चै नै यो विधिमा ध्यान लगाउनेछन्, मेहनत गर्नेछन्, र आफ्नो दिमाग खियाउनेछन्। समग्रमा भन्दा, यो सब गर्ने तिनीहरूको उद्देश्य र मनसाय हैसियत र प्रतिष्ठा बाहेक अरू केही कुरामा केन्द्रित हुँदैन। चाहे यो तिनीहरूको बाहिरी भाषा, विधि, व्यवहार होस्, वा चाहे तिनीहरूको कुनै प्रकारको विचार, दृष्टिकोण, वा पछ्याइ विधि होस्, यी सबै कुरा प्रतिष्ठा र हैसियतमा केन्द्रित हुन्छन्। ख्रीष्टविरोधीहरूको काम गर्ने तरिका यही हो।

ख्रीष्टविरोधीहरूको लागि, उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि, आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको बाटो लिएकोमा, अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा, उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्‍जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्‍वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसहरू हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन, र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक, उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्‍वास गर्दैनन्, र उनीहरू परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनन् भनेर पनि भन्‍न सकिन्छ। यसैले, उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्‍वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि, उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्‍बन्धी निरन्तरको खोजीमा, तिनीहरूले परमेश्‍वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीले आफ्‍नो हृदयको गहिराइमा यस्तो विश्‍वास गर्छन्, “सबै प्रतिष्ठा र हैसियत आफ्‍नै प्रयासहरूद्वारा कमिन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत, परमेश्‍वरको वचनमा भनिएजस्तै, सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृष्टि गरिएको प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्‍कै टिप्‍नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।” ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गरून्, गल्तीहरू स्वीकार गरून्, र साँचो पश्‍चात्ताप गरून् भन्‍ने आशा गर्छौ भने, त्यो असम्‍भव हुन्छ—तिनीहरूले कदापि त्यो गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा शैतानको प्रकृति सार हुन्छ, र तिनीहरू सत्यतालाई घृणा गर्छन्, त्यसकारण तिनीहरू जहाँ गए पनि, तिनीहरू पृथ्वीको अन्तिम छेउमा गए पनि, प्रतिष्ठा र हैसियत खोजी गर्ने तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन, न त विभिन्‍न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ, न त तिनीहरूको मार्ग नै परिवर्तन हुनेछ। कतिपय मानिसहरूले यसो भन्‍नेछन्: “यसबारेमा आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्‍ने केही ख्रीष्टविरोधीहरू पनि हुन्छन्।” के यो अभिव्यक्ति सही छ? यदि तिनीहरू साँच्‍चै परिवर्तन हुन सक्छन् भने, के तिनीहरू ख्रीष्टविरोधीहरू हुन्? ख्रीष्टविरोधी प्रकृति भएकाहरू कहिल्यै परिवर्तन हुनेछैनन्। ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूले सत्यता खोजी गरे भने मात्रै परिवर्तन हुन्छन्। ख्रीष्टविरोधीको बाटोमा हिँड्ने कतिपय मानिसहरूले मण्डलीको काममा बाधा दिने केही दुष्कर्म गर्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गरिए पनि, तिनीहरूलाई बर्खास्त गरिएपछि, तिनीहरूले साँचो रूपमा पछुतो गर्छन्, र तिनीहरूले आफूलाई नयाँ व्यवहारमा ढाल्ने संकल्प गर्छन्, अनि एक अवधिको मनन, आत्मज्ञान, र पश्‍चात्तापपछि, तिनीहरूले केही वास्तविक परिवर्तन हासिल गर्छन्। यस्तो हुँदा, यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्न सकिँदैन; तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव मात्रै हुन्छ। यदि तिनीहरूले सत्यता खोजी गर्छन् भने, तिनीहरू परिवर्तन हुन सक्छन्। तैपनि, निश्‍चयताको साथ के भन्‍न सकिन्छ भने, मण्डलीले ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण, सफाइ वा निष्कासन गर्ने धेरैजसो मानिसहरूचाहिँ साँचो रूपमा पश्‍चात्ताप गर्ने वा परिवर्तन हुनेछैनन्। यदि तिनीहरूमध्ये कुनै व्यक्तिले यस्तो गर्‍यो भने पनि, त्यो दुर्लभ कुरा हुनेछ। कति मानिसहरूले सोध्नेछन्: “त्यसोभए के ती दुर्लभ घटनाहरूलाई गलत वर्गीकरण गरिएको हो?” त्यो असम्भव छ। आखिर तिनीहरूले केही न केही दुष्कर्म गरेकै हुन्छन्, र यसलाई बेवास्ता गर्न सकिँदैन। तैपनि, यदि तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने, यदि तिनीहरू कर्तव्य पूरा गर्न तयार छन् भने, र तिनीहरूसँग तिनीहरूको पश्‍चात्तापको साँचो गवाही छ भने, मण्डलीले तिनीहरूलाई अझै पनि स्वीकार गर्न सक्छ। यदि यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गरिएपछि तिनीहरूले गल्ती स्विकार्न वा पश्‍चात्ताप गर्न पूर्ण रूपमा इन्कार गर्छन् भने, र तिनीहरूले आफूलाई कुनै पनि माध्यमले सही साबित गर्ने प्रयास गरिरहन्छन् भने, तिनीहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्नु ठीक र पूर्ण रूपमा सही हुन्छ। यदि तिनीहरूले आफ्नो गल्ती स्विकार्थे र साँचो रूपमा पछुतो गर्थे भने, मण्डलीले तिनीहरूलाई कसरी ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्न सक्थ्यो र? त्यो असम्भव हुनेथियो। व्यक्ति जोसुकै भए पनि, उसले जति नै धेरै दुष्कर्म गरे पनि, वा उसको गल्ती जति नै गम्भीर भए पनि, व्यक्ति ख्रीष्टविरोधी हो होइन, वा उसमा ख्रीष्टविरोधी स्वभाव छ छैन भन्‍ने कुरा उसले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छ सक्दैन, र उसमा साँचो पछुतो छ छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छन् भने, यदि तिनीहरूसँग साँचो पछुतो छ भने, र यदि तिनीहरू परमेश्‍वरको लागि आफ्नो सारा जीवन परिश्रम गरेर बिताउन तयार छन् भने, यसले साँच्‍चै केही पश्‍चात्तापको सङ्केत दिन्छ। यस्तो व्यक्तिलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गर्न सकिँदैन। के ख्रीष्टविरोधीहरूले साँच्‍चै सत्यता स्विकार्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने, र सत्यताप्रति वितृष्णा मान्‍ने हुनाले नै, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई कहिल्यै त्याग्‍न सक्‍नेछैनन् किनकि ती तिनीहरूको सम्पूर्ण जीवनसँग अत्यन्तै नजिकबाट जोडिएका हुन्छन्। ख्रीष्टविरोधीहरू दृढताका साथ हृदयमा विश्‍वास गर्छन् कि ख्याति र हैसियत भएमा मात्र उनीहरूको इज्जत हुन्छ र उनीहरू साँचो सृष्टि गरिएको प्राणी हुन्छन्, र हैसियत हुँदा मात्र उनीहरूलाई इनाम र मुकुट मिल्छ, उनीहरू परमेश्‍वरको अनुमोदन पाउन योग्य हुन्छन्, सबै कुरा प्राप्त गर्छन्, र सच्चा व्यक्ति बन्छन्। ख्रीष्ट विरोधीहरूले हैसियतलाई केको रूपमा हेर्छन्? उनीहरूले यसलाई सत्यको रूपमा हेर्छन्; उनीहरू त्यसलाई सामान्य मानिसहरूले पछ्याउनुपर्ने सर्वोच्‍च लक्ष्य मान्छन्। के यो एउटा समस्या होइन र? हैसियतमा यस प्रकारले आशक्त हुन सक्ने मानिसहरू सच्चा ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू पावलकै प्रकारका व्यक्तिहरू हुन्। तिनीहरू के विश्‍वास गर्छन् भने सत्यता पछ्याउनु, परमेश्‍वरप्रति समर्पित हुन खोज्नु, र इमानदार हुन खोज्नु सबै त्यस्ता प्रक्रिया हुन् जसले व्यक्तिलाई सबभन्दा उच्च हैसियतमा पुऱ्याउँछन्; ती केवल प्रक्रिया हुन्, लक्ष्य र मानव हुनुको मानक होइनन्, र ती पूर्ण रूपमा परमेश्वरले हेर्नको लागि भनेर गरिन्छ। यस्तो बुझाइ निरर्थक र हास्यास्पद छ! सत्यतालाई घृणा गर्ने बेतुकेहरूले मात्र यस्तो हास्यास्पद विचार उत्पन्‍न गर्न सक्छन्।

जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ, तैँले सत्यताको जुनसुकै पक्ष सङ्गति गरे पनि, तिनीहरूको बुझ्‍ने क्षमता र बुझाइको तरिका सत्यता पछ्याउने मानिसहरूको भन्दा फरक हुनेछ। सत्यता सुनेपछि, सत्यता पछ्याउने मानिसहरूले सोच्छन्, “मसँग सत्यताको यो पक्ष छैन, र परमेश्‍वरले मलाई प्रकट गर्नुभएको यो स्थितिलाई म आफैसँग जोड्न सक्छु। यो सुनेपछि, किन म यति धेरै पछुतोले भरिएको र परमेश्‍वरप्रति यति ऋणी भएको महसुस गर्छु? म अझै पनि सत्यता पछ्याउनबाट धेरै चुकेको छु, र साँचो रूपमा समर्पित हुन सक्‍ने अवस्थाको छेउ पनि पुगेकै छैन। मलाई एकदमै धेरै डर लाग्छ; यो मेरो लागि एउटा चेतावनीको घण्टी भएको छ। मलाई लाग्थ्यो मैले हालै निकै राम्रो काम गरिरहेको छु, र म वास्तवमा सत्यता अभ्यास गर्ने वा परमेश्‍वरलाई खुशी पार्ने व्यक्ति होइन भन्‍ने मलाई थाहा थिएन। अबदेखि, म होसियार र समझदार हुनुपर्छ, र परमेश्‍वरको अघि प्रार्थना गर्ने र मार्गदर्शन र ज्योतिको लागि उहाँलाई बिन्ती गर्ने कार्यमा ध्यान दिनुपर्छ। म आफ्नै बाटो लाग्‍नु हुँदैन। म सत्यताको यो पक्षमा गहन रूपमा प्रवेश गर्नेछु, र मैले प्रगति गर्ने ठाउँ अझै पनि बाँकी छ। परमेश्‍वरले मलाई अझै राम्ररी काम गर्न र मेरो इमानदारी र बफादारी प्रस्तुत गर्न मदत गर्ने वातावरण तय गर्नुहुनेछ भन्‍ने आशा छ।” सत्यता पछ्याउने मानिसहरूले यस्तै सोच्छन्। तर ख्रीष्टविरोधीहरूले चाहिँ विभिन्‍न प्रकारका सत्यताहरूलाई कसरी बुझ्छन्? मान्छेलाई धिक्‍कार्ने परमेश्‍वरका वचनहरू सुनेपछि, तिनीहरूले के सोच्छन्? “मैले त्यो काममा राम्रो गरिनँ, मैले मेरो कार्यशैलीमा केही कुराहरू खुस्काएँ, र गल्तीहरू देखा परे। यसबारेमा कति मानिसहरूलाई थाहा छ? परमेश्‍वरका वचनहरू स्पष्ट रूपमा बोलिएका थिए; के यसको अर्थ उनले मेरो वास्तविकता देखेका छन् भन्‍ने हुन्छ? ठीक छ, तर यो राम्रो परिणाम होइन; यो मैले चाहेको कुरा होइन। यदि परमेश्‍वरले मेरो वास्तविकता देखेका छन् भने, के यसबारेमा अरू कसैलाई पनि थाहा छ? यदि कसैले थाहा पाएको छ भने, त्यो अझै खराब कुरा हुनेछ। यदि परमेश्‍वरलाई मात्रै थाहा छ, र अरू कसैलाई थाहा छैन भने, त्यो ठीकै हुन्छ। यदि केही मानिसहरूले मान्छेको खुलासा गर्ने परमेश्‍वरका यी वचनहरू सुनेर तिनलाई मसँग जोडे र मेरो जीवनमा लागू गरे भने, त्यो मेरो प्रतिष्ठाको लागि खराब हुनेछ। मैले यसलाई समाधान गर्ने उपाय सोच्नुपर्छ। मैले यसलाई कसरी समाधान गर्न सक्छु होला?” ख्रीष्टविरोधीहरूले यसरी नै मनन गर्छन्। उदाहरणको लागि, मानिसहरू कसरी इमानदार हुनुपर्छ भन्‍ने बारेमा परमेश्‍वरले गर्नुभएको सङ्गति सुनेपछि, ख्रीष्टविरोधीले तुरुन्तै यस्तो सोच्नेछ, “मूर्खहरू मात्रै इमानदार मानिस बन्‍ने प्रयास गर्छन्। मजस्तो चलाख व्यक्ति कसरी इमानदार व्यक्ति हुन सक्छ? इमानदार मानिसहरू बुद्धिहीन र मूर्ख हुन्छन्; तिनीहरूले मनमा जे आउँछ त्यही भन्छन्, तिनीहरूले अरूलाई सबै कुरा बताउँछन् र सबै कुरा बुझ्न दिन्छन्। म कहिल्यै त्यसो गर्दिनँ! परमेश्‍वरले हामी इमानदार हुनुपर्छ भनेर भन्‍नु सापेक्षित कुरा हो, त्यसकारण म बुद्धिमान्‌ व्यक्ति मात्रै हुनेछु, कुरो त्यति हो। इमानदार व्यक्ति बन्‍ने हकमा भन्दा, म कहिले त्यस्तो व्यक्ति बन्‍ने भनेर आफै छनौट गर्नेछु। म केही कुराहरूबारे खुलस्त कुरा गर्नेछु, तर म हृदयको गहिराइमा मैले राखेका ती सबै रहस्य र लुकेका कुराहरूबारे, अर्थात् मैले बताउँदा मानिसहरूले मलाई हेला गर्ने खालका त्यस्ता कुराहरूबारे बताउनेछैनँ। इमानदार व्यक्ति बन्‍नुको के फाइदा हुन्छ र? मलाई त यसको कुनै फाइदा छ जस्तो लाग्दैन। कति मानिसहरू सधैँ आफूलाई चिरफार गरिरहेका हुन्छन्, इमानदार हुन र इमान्दारीपूर्वक बोल्ने प्रयास गरिरहेका हुन्छन्, र आफ्नो भ्रष्ट स्वभाव खुलासा गरिरहेका हुन्छन्, तर तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गरेका हुँदैनन्, र तिनीहरूलाई काटछाँट गरिनुपर्ने बेला, तिनीहरूलाई अझै पनि काटछाँट गरिन्छ; परमेश्‍वरले थप रूपमा तिनीहरूको कुनै उत्थान गर्दैनन्।” तिनीहरूले बारम्बार मनन गरिरहन्छन्, “मैले अर्को मार्ग रोज्नुपर्छ। यो मैले हिँड्नुपर्ने बाटो होइन; म अरूलाई नै यो कुरा सुम्पनेछु। मजस्तो बुद्धिमान्‌ व्यक्ति कसरी यसरी जिउन सक्छ र?” ख्रीष्टविरोधीहरूले सत्यताको जुनसुकै पक्षबारे सुने पनि, तिनीहरूले आफ्नो हृदयमा के-कस्ता हिसाबकिताबहरू गर्छन्? के तिनीहरूले त्यो सत्यता शुद्ध रूपमा बुझ्न सक्छन्? के तिनीहरू यसलाई हृदयको गहिराइमा सत्यताको रूपमा स्विकार्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूले निरन्तर हिसाबकिताब र षड्यन्त्र गरिरहेका हुन्छन्, र निरन्तर अवलोकन गरिरहेका हुन्छन्। तिनीहरूले अन्तिममा कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरू परिस्थितिअनुसार परिवर्तन हुन्छन्, अवस्थाअनुसार आफूलाई अनुकूल बनाउँछन्, अरूसँगको व्यवहारमा मधुर र धूर्त बन्छन्, र तिनीहरूले पूरै गुप्त रूपमा काम गर्छन्। तिनीहरूले जे गरे पनि, भित्री मनमा जे सोचे पनि वा हिसाबकिताब नै गरे पनि, तिनीहरूले अरूलाई थाहा दिन सक्दैनन्, न त परमेश्‍वरलाई नै थाहा दिन सक्छन्; तिनीहरूले यी कुराहरू परमेश्‍वरको अघि उदाङ्गो पार्न सक्दैनन्, मानिसहरूलाई स्पष्ट रूपमा बताउनु त परै जाओस्—तिनीहरूले यी कुराहरू तिनीहरूको आफ्नै व्यक्तिगत मामला हुन् भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू सत्यता अभ्यास गर्न पूर्ण असमर्थ मानिसहरू हुन्। सत्यता अभ्यास नगर्ने बाहेक, तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरूलाई घृणा पनि गर्छन्, र योभन्दा पनि बढी, सत्यता अभ्यास गर्दा केही गडबडी गरेको, वा केही गलत मोड लिएको, वा केही गल्तीहरू गरेको कारण काटछाँट गरिएका मानिसहरूलाई तिनीहरू गिल्ला गर्छन्, र हाँसोमा उडाउँछन्। तिनीहरू परमेश्‍वरको धार्मिकतामा विश्‍वास गर्दैनन्, झन् मानिसहरूलाई व्यवहार गर्ने उहाँका विभिन्‍न तरिकाहरूमा सत्यता र उहाँको प्रेम हुन्छ भन्‍ने कुरामा तिनीहरूले विश्‍वास गर्नु त परको कुरा हो; ख्रीष्टविरोधीहरूले यी कुराहरूमा विश्‍वास गर्दै गर्दैनन्। तिनीहरूको दृष्टिकोणबाट, तिनीहरू यी सबै कुरा मानिसहरूलाई धोका दिन बनाइएका झूट हुन् भन्‍ने विश्‍वास गर्छन्; तिनीहरू ती सबै बहाना हुन्, राम्रो सुनिने भनाइहरू मात्रै हुन् भन्‍ने सोच्छन्। अनि, तिनीहरू गुप्त रूपमा प्राय कुन कुरामा आनन्द मान्छन्? “भाग्यवश, म सबै कुरा अर्पण गर्ने गरी मूर्ख छैनँ; भाग्यवश, मैले मेरो हृदयभित्र राखेका ती फोहोरी र कुरूप कुराहरूबारे केही बताएको छैन; भाग्यवश, मैले अझै पनि आफ्नो हैसियत र प्रतिष्ठा कायम राखिरहेको छु र तिनलाई पछ्याउन सक्दो गरिरहेको छु, र तिनकै खातिर दौडधूप गरिरहेको छु। यदि मैले आफ्नो खातिर दौडधूप गरिनँ भने, मेरो बारे कसले विचार गर्नेछ र?” ख्रीष्टविरोधीहरू छली मात्र हुँदैनन्, तर तिनीहरू दुष्ट पनि हुन्छन्, तिनीहरू सत्यताप्रति प्रतिकूल हुन्छन्, र तिनीहरू आक्रमक स्वभावका हुन्छन्; अर्थात्, ख्रीष्टविरोधीहरूमा भ्रष्ट मानिसहरूमा देखिने भ्रष्ट स्वभावका सबै पक्षहरू पुष्टि भएका हुन्छन् र एक कदम अगाडिसम्‍म “उच्च पारिएका” हुन्छन्। यदि तँ मानवजातिको भ्रष्ट स्वभाव हेर्न चाहन्छस् भने, एउटा ख्रीष्टविरोधी खोज्, अनि त्यसको चिरफार गर् र त्योसित अन्तरक्रिया गर्; त्यही नै समस्यालाई चित्रण गर्ने सबैभन्दा राम्रो तरिका हो, त्यही नै भ्रष्ट मानवजातिको भ्रष्ट सार र शैतानको अनुहार देख्‍ने सबैभन्दा राम्रो तरिका हो। यदि तैँले ख्रीष्टविरोधीलाई प्रमुख उदाहरणको रूपमा लिन्छस् र त्यसलाई चिरफार गरेर चिन्छस् भने, तैँले यी कुराहरू अझै स्पष्ट रूपमा बुझ्न सक्‍नेछस्।

ख्रीष्टविरोधीहरूको हैसियत र प्रतिष्ठा पछ्याइ साधारण मानिसहरूको भन्दा निकै पर जाने खालको हुन्छ, र हैसियत र प्रतिष्ठाप्रतिको तिनीहरूको इच्छा पनि त्यस्तै खालको हुन्छ। साधारण मानिसहरूमा हैसियत र प्रतिष्ठाप्रतिको इच्छा त्यति ठूलो हुँदैन, जबकि ख्रीष्टविरोधीहरूमा त्यो इच्छा अत्यन्तै दह्रिलो र स्पष्ट हुन्छ। तैँले ख्रीष्टविरोधीसँग अन्तरक्रिया गरेर तिनीहरूसँग कुराकानी गरेपछि र तिनीहरूसँग समय बिताएपछि, तेरो आँखाअगाडि तिनीहरूको प्रकृति सार खुलासा हुनेछ, र तैँले तुरुन्तै तिनीहरूको वास्तविकता छर्लङ्गै देख्‍नेछस्। तिनीहरूको इच्छा यति ठूलो हुन्छ। जब तिनीहरूसँगको तेरो अन्तरक्रिया गहिरिँदै जान्छ, तब तँलाई तिनीहरूप्रति घृणा लाग्‍नेछ र तैँले तिनीहरूलाई इन्कार गर्नेछस्। अन्ततः, तैँले तिनीहरूलाई इन्कार गर्ने मात्र होइन, निन्दा र श्रापसमेत दिनेछस्। ख्रीष्टविरोधीहरू असल कुराहरू होइनन्; तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्, सत्यता पछ्याउनेहरू सबैका शत्रुहरू हुन्। ख्रीष्टविरोधीहरूलाई सत्यताप्रति वितृष्णा हुन्छ, र तिनीहरूले हैसियत र प्रतिष्ठाको खातिर हरकिसिमका खराब कुराहरू गर्न सक्छन्। तिनीहरू आफूले गर्ने हरकुरामा हैसियत र प्रतिष्ठाको खातिर सम्झौता गर्दै आफूलाई ढाकछोप गर्छन्, अनुकरण गर्छन्, र परिस्थितिअनुसार खेल्दै जान्छन्। यस्ता मानिसहरूको त प्राण र सार नै फोहोरी हुन्छ; ती घिनलाग्दा हुन्छन्। तिनीहरूमा सत्यता वा सकारात्मक कुराहरूप्रति अलिकति पनि प्रेम हुँदैन। यसको साथै, तिनीहरू मानिसहरूलाई बहकाउन सकारात्मक कुरा, अनि सही वचन र सिद्धान्त प्रचारको प्रयोग गर्छन्, ताकि तिनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न, र आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न सकून्। ख्रीष्टविरोधीहरूको व्यवहार र सार यही हो। तैँले शैतान कस्तो देखिन्छ, शैतानले संसारमा कस्तो आचरण देखाउँछ र मानिसहरूसित कसरी व्यवहार गर्छ, र शैतानसँग कस्तो प्रकृति सार छ भनेर देख्‍न सक्दैनस्; परमेश्‍वरको नजरमा शैतान वास्तवमा कस्तो कुरा हो भन्‍ने तँलाई थाहै छैन। तर यो समस्या होइन; तैँले ख्रीष्टविरोधीलाई अवलोकन र चिरफार गर्नु मात्रै पर्छ, अनि यी सबै कुराहरू देख्‍नेछस्—शैतानको प्रकृति सार, शैतानको कुरूप रूप, र शैतानको दुष्टता र क्रूरता—यी सबै कुराहरू तेरो लागि स्पष्ट हुनेछन्। ख्रीष्टविरोधीहरू जीवित शैतानहरू हुन्; तिनीहरू जीवित पिशाचहरू हुन्।

१. ख्रीष्टविरोधीहरू काटछाँट हुनुलाई कसरी लिन्छन्

हैसियत र प्रतिष्ठाको हकमा ख्रीष्टविरोधीहरूले ठूलो महत्त्वाकाङ्क्षा र इच्छाहरू बोकेका हुन्छन्, र अरूलाई यो अत्यन्तै वाकवाकलाग्दो र घृणित लाग्छ। ख्रीष्टविरोधीको प्रकृति सार अत्यन्तै कुरूप र दुष्ट हुन्छ भनेर देखाउन यो नै पर्याप्त छ। त्यसोभए, कुन-कुन खास प्रकटीकरणहरूले ख्रीष्टविरोधीको प्रकृति सार चित्रित गर्छन्? सुरुमा, ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने बारेमा विचार गरौं। (तिनीहरूले यसलाई घृणा गर्छन् र स्वीकार गर्दैनन्।) तिनीहरूले यसलाई कुन तरिकाले घृणा गर्छन्? विस्तृत रूपमा व्याख्या गर्। (एउटा ख्रीष्टविरोधी थियो, उसले निकै धेरै दुष्कर्म गर्‍यो, र जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उसका केही प्रकटीकरणहरू खुलासा गरे, तब उसले पटक्‍कै पश्‍चात्ताप गरेन, ऊ अत्यन्तै कठोर भयो, र उसलाई अलिकति पनि पछुतो भएन। उसलाई आफूमाथि अन्याय भएको छ भन्‍ने समेत लाग्यो। मैले देखेको प्रकटीकरण यही हो।) यो ख्रीष्टविरोधीको एउटा ठेट प्रकटीकरण हो। काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्‍कै हुँदैन। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्‍याउँछन्—परमेश्‍वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्‍न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्‍न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्‍न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्‍ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म वितृष्ण भइसकेका हुन्छन् कि तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्‍मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको कामलाई गम्‍भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि, यदि तिनीहरूले आफ्‍नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले “मरे पनि नस्विकार्ने” मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्‍ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्‍ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्‍ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्‍ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले धिक्‍कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्‍ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्‍वरको घरको हितमा जति नै ठूलो हानि पुर्‍याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन्, र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूले जति धेरै खराब कुरा गरे पनि, र तिनीहरूले मण्डलीको काममा जति ठूलो घाटा ल्याए पनि, तिनीहरूले यो कुरा स्वीकार गर्न जोरदार रूपमा इन्कार गर्छन्। तिनीहरू यो कुरा स्विकार्नु भनेको तिनीहरूले केही गलत गरेका छन् भन्‍ने अर्थ लाग्‍नु हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सोच्छन्, “के मैले कुनै गल्ती गर्न सक्थेँ र? म त कहिल्यै पनि कुनै गलत गर्दिनथिएँ! यदि मलाई आफ्‍नो गल्ती स्विकार्न बाध्य बनाइयो भने, के त्यो मेरो चरित्रको अपमान हुँदैन र? म त्यो घटनामा संलग्‍न भए पनि, मैले त्यो घटना गराएको होइन, र म प्रमुख इन्‍चार्ज पनि थिइनँ। जा, जसलाई चाहन्छस् खोज्, तर तँ मलाई खोज्‍न आउनु हुँदैन। जे भए पनि, म यो गल्ती स्विकार्न सक्दिनँ। म यो जिम्मेवारी लिन सक्दिनँ!” तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरे भने, तिनीहरूलाई दोषी ठहराइनेछ, मृत्युको सजाय दिइनेछ, अनि नरक पठाइनेछ, र आगो र गन्धकको कुण्डमा हालिनेछ। मलाई भन त, के यस्ता मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्? के कसैले तिनीहरूको साँचो पश्‍चात्ताप अपेक्षा गर्न सक्छ? अरूले जेजसरी सत्यता सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरूले अझै पनि यसको विरोध गर्छन्, यस विरुद्ध उभिन्छन्, र हृदयको गहिराइमा यसको अवज्ञा गर्छन्। तिनीहरूलाई बर्खास्त गरिएपछि पनि, तिनीहरूले अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्, र तिनीहरूले पश्‍चात्तापका कुनै प्रकटीकरणहरू देखाउँदैनन्। जब १० वर्षपछि यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै आफूलाई चिनेका हुँदैनन्, र तिनीहरू आफूले गल्ती गरेँ भनेर स्वीकार गर्दैनन्। २० वर्षपछि यो कुरा उठाइयो भने पनि, तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्, र अझै पनि आफूलाई सही साबित गर्ने र रक्षा गर्ने प्रयास गर्छन्। अनि अझै घृणित कुरा त, ३० वर्षपछि पनि जब यो कुरा उल्लेख गरिन्छ, तब पनि तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्, र अझै पनि यसो भन्दै आफ्नो पक्षमा तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गर्छन्: “मैले गल्ती गरिनँ, त्यसकारण म गल्ती स्वीकार गर्न सक्दिनँ। यो मेरो जिम्मेवारी थिएन; मैले यसको बोझ लिनु पर्दैन।” अनि सबैलाई अचम्म पार्ने कुरो, तिनीहरूलाई बर्खास्त गरिएको ३० वर्षपछि पनि, मण्डलीले तिनीहरूलाई जसरी सम्हालेको थियो त्यसप्रति यी ख्रीष्टविरोधीहरूले अझै पनि प्रतिरोधको मनोवृत्ति नै राख्छन्। ३० वर्षपछि पनि, तिनीहरू पटक्‍कै परिवर्तन भएका हुँदैनन्। त्यसोभए, तिनीहरूले ती ३० वर्ष कसरी बिताए त? के तिनीहरूले परमेश्‍वरको वचन नपढेको वा आफ्नो बारे मनन नगरेको हुन सक्छ? के तिनीहरूले परमेश्‍वरलाई प्रार्थना नगरेको वा उहाँलाई भरोसा नगरेको हुन सक्छ? के तिनीहरूले प्रवचन र सङ्गति नसुनेको हुन सक्छ? के तिनीहरू दिमागहीन रहेको र तिनीहरूसँग सामान्य मानवताको सोचाइ नभएको हुन सक्छ? तिनीहरूले ती तीस वर्ष कसरी बिताए, त्यो साँच्‍चै नै रहस्यमय कुरा हो। घटना घटेको तीस वर्ष बितिसकेपछि पनि, तिनीहरू अझै पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अन्याय गरे, परमेश्‍वरले तिनीहरूलाई बुझ्नुभएन, र परमेश्‍वरको घरले तिनीहरूलाई दुर्व्यवहार गर्‍यो, तिनीहरूलाई समस्या पैदा गरिदियो, तिनीहरूको लागि परिस्थिति कठिन पारिदियो, र तिनीहरूलाई अनुचित रूपमा दोष लगायो भन्‍ने सोच्दै आक्रोशले भरिएका हुन्छन्। मलाई भन त, के यस्ता मानिसहरू परिवर्तन हुन सक्छन्? तिनीहरू अवश्य नै परिवर्तन हुन सक्दैनन्। तिनीहरूको हृदय सकारात्मक कुराहरूप्रति शत्रुता, र प्रतिरोध र विरोधले भरिएको हुन्छ। तिनीहरू त यो विश्‍वास गर्छन् कि, तिनीहरूको दुष्ट कार्यहरू खुलासा गरेर अनि तिनीहरूलाई काटछाँट गरेर, अरूहरूले तिनीहरूको चरित्रमा हानि गरे, तिनीहरूको प्रतिष्ठाप्रति अनादर गरे, र तिनीहरूको प्रतिष्ठा र हैसियतमा ठूलो हानि पुर्‍याए। तिनीहरू यो मामिलामा प्रार्थना गर्न, खोजी गर्न, र आफ्ना गल्तीहरू पहिचान गर्न कहिल्यै पनि परमेश्‍वरको अघि आउँदैनन्, र तिनीहरूसँग कहिल्यै पनि पश्‍चात्ताप गर्ने वा आफ्ना गल्तीहरू स्वीकार गर्ने मनोवृत्ति हुँदैन। तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नु त झन् परको कुरा हो। आज पनि अझै तिनीहरू परमेश्‍वरको अघि आफूलाई धर्मी साबित गर्ने प्रयास गर्दै अनाज्ञाकारिता, असन्तुष्टि, र गुनासोहरू बोकेर बस्छन्, र परमेश्‍वरलाई यी अन्यायहरू सच्याउन, यो मामला खुलासा गर्न, र सही को थियो, गलत को थियो भनेर सही रूपमा मूल्याङ्कन गर्न अनुरोध गर्छन्, यहाँसम्म कि यो मामलाको कारण परमेश्‍वरको धार्मिकतालाई समेत शङ्का गर्छन् र इन्कार्छन्, र परमेश्‍वरको घरमा सत्यता र परमेश्‍वरको शासन चल्छ भन्‍ने तथ्यलाई समेत शङ्का गर्छन् र इन्कार्छन्। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा आउने अन्तिम परिणाम यही हो—के तिनीहरू सत्यता स्वीकार गर्छन् त? तिनीहरू किमार्थ सत्यता स्विकार्दैनन्; तिनीहरू यसलाई नस्विकार्न दृढ हुन्छन्। यसबाट हामीले देख्‍न सक्छौं कि ख्रीष्टविरोधीको प्रकृति सार सत्यताप्रति विमुख हुने र त्यसलाई घृणा गर्ने किसिमको हुन्छ।

ख्रीष्टविरोधीहरू काटछाँटमा पर्न स्वीकार गर्दैनन्, त्यसैले के तिनीहरूलाई काटछाँट हुनेबारे कुनै ज्ञान हुन्छ त? जब तिनीहरू सत्यताको यो पक्षबारे सङ्गति गर्छन्, तब तिनीहरू के भन्छन्? तिनीहरू अरूलाई के सिकाउँछन्? तिनीहरू भन्छन्, “मानिसहरूलाई काटछाँट गर्नु परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्न प्रयोग गर्ने एउटा विधि हो। यसले मानिसहरूलाई आफूलाई अझै राम्ररी चिन्‍न मदत गर्छ। जब मानिसहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले यसलाई स्विकार्नुपर्छ र कुनै सर्तविना यसमा समर्पित हुनुपर्छ। काटछाँट हुन नस्विकार्ने मानिसहरू परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने, तैँले सुरुमा काटछाँट हुनु स्विकार्नुपर्छ; परमेश्‍वरले मानिसहरूलाई यसरी नै सिद्ध पार्छन्, र हरेक व्यक्तिले यो कुरा अनुभव गर्नुपर्छ। यो भन्‍न सकिन्छ कि काटछाँट हुनु स्विकार्नु भनेको मानिसहरूले सत्यता बुझ्ने र यसमार्फत आत्मज्ञान हासिल गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने अभ्यासको सबैभन्दा राम्रो मार्ग हो। तँ जोसुकै भए पनि—अगुवा भए नि वा साधारण विश्‍वासी भए नि—र तैँले जुनसुकै कर्तव्य निभाइरहेको भए पनि, तँ काटछाँट हुन तयार हुनुपर्छ। यदि तैँले काटछाँट हुन स्विकार्न सक्दैनस् भने, यसले तँ कदहीन व्यक्ति होस्, र बच्‍चा होस् भन्‍ने प्रमाणित गर्छ। काटछाँट हुन स्विकार्न सक्‍ने हरेक व्यक्ति जीवन भएको र सिद्ध पारिन सक्षम परिपक्‍व व्यक्ति हो।” यी ठूलाठूला शब्दहरू ख्रीष्टविरोधीहरूको मुखबाट हतौडाको प्रहार जसरी निस्‍कन्छन्, र ती सुन्दर सुनिन्छन्! तर ती शब्दहरू के हुन्? के तिनीहरूले बोल्ने एउटै हरफसमेत सत्यता हुन्छ त? के तिमीहरू यो कुरा चिन्‍न सक्छौ? तिमीहरू पनि प्रायजसो यस्ता कुराहरू भन्छौ, होइन र? (हो।) मलाई भन् त, ती शब्दहरू के हुन्? (धर्मसिद्धान्तहरू।) धर्मसिद्धान्तहरू के हुन् भनेर सारांशित र परिभाषित गर्न साधारण वाक्यांश प्रयोग गर् त। (नाराहरू।) के तँलाई अरू कुनै वाक्यांश याद छ? (अर्थहीन, सैद्धान्तिक शब्दहरू।) अरू कुनै छ? (ती सबै फोहोर र वाहियात कुरा हुन्।) ठीक भनिस्, यो परिभाषा ठ्याक्‍कै ठाउँमा पुग्यो, र यो वास्तविकता हो। यसलाई दैनिक भाषा भनिन्छ: धर्मसिद्धान्तहरू सबै वाहियात कुराहरू हुन्। “वाहियात” भन्‍ने शब्दले के जनाउँछ? खोक्रा शब्दहरू। वास्तवमा, हामीले यसलाई कसरी परिभाषित गर्छौं? शब्‍द र सिद्धान्तहरूको रूपमा। ख्रीष्टविरोधीहरूले बोल्ने यी वचनहरू त शब्‍द र सिद्धान्तहरू मात्रै हुन्। काटछाँट हुने विषयमा, तिनीहरूले यस्ता धर्मसिद्धान्तहरू बारम्बार बताउन सक्छन्, तर के त्यसले तिनीहरूमा यसको साँचो बुझाइ र ज्ञान छ भन्‍ने प्रमाणित गर्छ र? तिनीहरूले यी वचनहरू बोलेको सुन्‍ने बित्तिकै तिमीहरूलाई तिनीहरूले काटछाँट हुनेबारेमा कुनै वास्तविक बुझाइ प्राप्त गरेका छैनन् भनेर थाहा हुन्छ। तिनीहरू यस्तो फोहोर कुरा बोल्‍न सक्‍नुले तिनीहरू सत्यता पछ्याउँदैनन् भन्‍ने देखाउँछ। यदि तिनीहरूलाई साँच्‍चै काटछाँट गरियो भने, तिनीहरू यसलाई कुनै पनि हालतमा स्वीकार गर्दैनन्। काटछाँट हुनुप्रतिको ख्रीष्टविरोधीहरूको मनोवृत्ति शत्रुता र प्रतिरोधको मनोवृत्ति हो; तिनीहरूले यसलाई स्वीकार गर्दैनन् वा यसलाई सत्यता मानी समर्पित हुँदैनन्। तिनीहरूको लागि त त्यसो गर्नु भनेको तिनीहरूको चरित्र र इज्जतको अपमान हुनु हो।

ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍नेबारे, के तिमीहरूमा अरू कुनै उदाहरणहरू छन्? (कतिपय ख्रीष्टविरोधीहरूले काटछाँट हुने अवस्था सामना गरेको बेला, झट्ट हेर्दा तिनीहरूले आफूलाई चिनेका छन् जस्तो लाग्छ, तर यसको पछाडि, मानिसहरूलाई बहकाउन खोज्‍ने तर्कजाल र यस्तो गुण लुकेको हुन्छ। कहिलेकहीँ यदि तिनीहरूले गल्ती गरेका छन् भने, तिनीहरू यसो भन्छन्, “परमेश्‍वरले नै यस्तो हुन दिएका हुन्, त्यसैले सबै जना परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुनुपर्छ।” कहिलेकहीँ ख्रीष्टविरोधीहरूले यसो भन्दै झूटो प्रतिदोषारोपण समेत गर्छन्, “तैँले अगुवा र सेवकहरूको गल्ती समात्‍ने प्रयास गर्नु हुँदैन, वा तिनीहरूबाट अत्यन्तै उच्च मागहरू गर्नु हुँदैन।” ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने र ती कुराहरू पत्ता लगाउनबाट तिनीहरूलाई रोक्‍ने प्रयासमा यस्ता कुराहरू भन्छन्।) यो एउटा प्रकटीकरण हो—भन्‍नुको मतलब, ख्रीष्टविरोधीहरू गलतलाई बङ्ग्याएर सही बनाउँछन्, अनि कालोलाई सेतो र सेतोलाई कालो पार्छन्। मानिसहरूले तिनीहरूका समस्याहरू छर्लङ्गै देख्‍नेछन् भन्‍ने डरले, ख्रीष्टविरोधीहरू आफूले गरेका कुराहरूबारे मानिसहरूलाई कुनै ज्ञान वा बुझाइ हुनबाट रोक्‍नको लागि, र यसरी मानिसहरूको मनमा आफ्नो उच्च हैसियत र राम्रो प्रतिष्ठा कायम राखिराख्‍नको लागि, मानिसहरूलाई बहकाउन, तिनीहरूको मनमा बाधा दिन, र तिनीहरूको दृष्टिकोण अस्पष्ट पार्न तर्कजालमा संलग्‍न हुन्छन् र हरकिसिमका मौखिक चलाकीहरू प्रयोग गर्छन्। यो ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा, वा तिनीहरूले गल्ती गर्दा वा गलत मार्ग लिएपछि तिनीहरू पटक्‍कै परिवर्तन हुँदैनन् भन्‍ने विषयमा हामीले केही समय पहिले कुरा गरेको मनोवृत्तिजस्तै हो। अरू उदाहरणहरू के-के हुन्? (ख्रीष्टविरोधीहरू तिनीहरूलाई काटछाँट गर्ने जोकोहीप्रति ईख पाल्छन्, र पछि तिनीहरू विरुद्ध बदला लिन र आक्रमण गर्न अवसरहरूसमेत खोज्न सक्छन्।) आक्रमण गर्नु र बदला लिनु अर्को प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठा रक्षा गर्नुसँग यसको कस्तो सम्बन्ध हुन्छ? तिनीहरूले किन आक्रमण गर्न र बदला लिन चाहन्छन्? (किनकि जसले तिनीहरूलाई काटछाँट गरे, ती मानिसहरूले तिनीहरूले गरेका सबै दुष्टता र साँचो तथ्यहरू खुलासा गरेका हुन्छन्; तिनीहरूले तिनीहरूको हैसियत र प्रतिष्ठामा हानि गरेका हुन्छन्, र मानिसहरूको हृदयमा रहेको तिनीहरूको छवि नष्ट पारेका हुन्छन्, त्यसकारण तिनीहरू तिनीहरूप्रति ईख राख्छन्।) ठीक भनिस्, त्यहीँनेर यो सम्‍बन्ध रहेको छ। तिनीहरूलाई लाग्छ कि तिनीहरूलाई काटछाँट गर्ने मानिसहरूले तिनीहरूको गर्वमा चोट पुर्‍याएका हुन्छन्, तिनीहरूलाई लाजमर्दो स्थितिमा राखेका हुन्छन्, तिनीहरूको प्रतिष्ठा बरबाद पारेका हुन्छन्, र धेरै मानिसहरूसामु तिनीहरूलाई खुलासा गरेर अरूको मनमा रहेको तिनीहरूको हैसियतमा गम्भीर चुनौती दिएका हुन्छन्। तिनीहरूको बदलाको कारण यही हुन्छ। यो मामलामा, तिनीहरूको प्रतिष्ठा र हैसियतमा क्षति पुगेको हुन्छ, र आफ्नो हृदयमा रहेको आफ्नो आक्रोश र घृणा पोखाउन, तिनीहरू आफूलाई खुलासा र काटछाँट गर्ने मानिसहरूको विरुद्ध आक्रमण गर्ने र बदला लिने मौका खोज्छन्। ख्रीष्टविरोधीहरूले अरू के-कस्ता प्रकटीकरणहरू देखाउँछन्? (कति ख्रीष्टविरोधीहरू त अत्यन्तै धूर्त हुन्छन्। जब कसैले तिनीहरूलाई काटछाँट गर्छ, तब तिनीहरूले बाहिरी रूपमा तिनीहरूको विरोध वा कुनै उद्‌घोष गर्न सक्दैनन्, र तिनीहरूले वास्तवमा आफ्‍नो बारे केही कुरा बुझेजस्तो पनि लाग्छ, तर पछि, तिनीहरूले पहिलेजस्तै दुष्ट कार्यहरू गर्न जारी राख्छन् र कहिल्यै साँचो रूपमा पश्‍चात्ताप गर्दैनन्। तिनीहरूले मानिसहरूलाई बहकाउन त्यस्ता देखावटी व्यवहारहरू प्रयोग गर्छन्।) यो अर्को प्रकटीकरण हो। एक निश्‍चित प्रकारको ख्रीष्टविरोधीले ठ्‍याक्‍कै त्यही गर्छ। तिनीहरूले मनमनै सोच्छन्, “जहाँ जीवन हुन्छ त्यहाँ आशा हुन्छ। म अहिलेको लागि धैर्य अभ्यास गर्नेछु र तँलाई मेरो वास्तविकता देख्‍न दिनेछैनँ। यदि मैले तँलाई खुलेर विरोध गरेँ र काटछाँट हुन स्विकारिनँ भने, तैँले म सत्यता अभ्यास नगर्ने वा सत्यतालाई प्रेम नगर्ने व्यक्ति हुँ भनेर भन्‍नेछस्, र यदि यो कुरा बाहिर आयो भने, यसले मेरो प्रतिष्ठामा असर पार्नेछ। यदि हाम्रा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाए भने, सत्यताप्रति कुनै प्रेम नगर्ने व्यक्तिको नेतृत्व स्विकार्न तिनीहरू अवश्य नै मान्नेछैनन्। मैले सुरुमा राम्रो छवि स्थापना गर्नुपर्छ। जब मैले काटछाँट हुने अवस्था सामना गर्छु, र कसैले मैले गरेका कुनै पनि गल्ती वा अपराधहरू खुलासा गरिरहेको हुन्छ, तब म यसलाई स्विकारेको बहाना गर्दै र शिर हल्लाउँदै, कसैलाई पनि मेरो वास्तविकता नदेखाई वा मैले वास्तवमा के सोचिरहेको छु भनेर थाहा नदिई यसलाई मुस्‍कुराउनेछु र सहनेछु। त्यसपछि म देखावटी रूप धारण गरेर केही आँसु झार्न सक्छ, र परमेश्‍वरप्रति आफू ऋणी भएको बारे केही कुराहरू बोल्दै यो मामिला सल्टाउन सक्छु। त्यो तरिकाले काम गर्दा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई सत्यता स्विकार्ने व्यक्ति ठान्‍नेछन्, र म जायज रूपमा अगुवा रहिरहन सक्छु—र त्यसपछि मेरो प्रतिष्ठा र हैसियत जोगिनेछ, होइन र?” तिनीहरूले गर्ने सबै कुरा देखावटी मात्रै हुन्छ। तिमीहरू के भन्छौ, के यस्ता मानिसहरूको वास्तविकता सहजै देख्‍न सकिन्छ? (तिनीहरूको वास्तविकता देख्‍न सजिलो छैन।) तिनीहरूले समस्याहरू सामना गर्दा परमेश्‍वरको घरका हितहरू रक्षा गर्छन् कि गर्दैनन्, र तिनीहरूले साँच्‍चै सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन् कि गर्दैनन् भन्‍ने कुरा देख्‍नलाई तिनीहरूसँगको केही समयको अवलोकन र अन्तरक्रिया जरुरी हुन्छ। तिनीहरूले सतही रूपमा जति नै राम्रो वा सही रूपमा बोले पनि, त्यो क्षणिक कुरा मात्र हो; ढिलोचाँडो, तिनीहरूको वास्तविक सोच शैली प्रकट हुनेछ। परमेश्‍वरले तिनीहरूलाई खुलासा नगर्नुभए पनि, के ख्रीष्टविरोधीहरूले आफ्नो साँचो विचार र आफ्नो प्रकृति सार यति दह्रिलो गरी लुकाएर राख्‍न सक्छन् र? के तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभर तिनलाई ढाकछोप गर्न सक्छन् र? त्यो असम्भव हुनेछ; ढिलोचाँडो, ती कुराहरू प्रकाशमा आउनेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरू जति नै दुष्ट वा धूर्त भए पनि, जबसम्‍म तिनीहरूले आफ्नो कार्यमा अभिप्राय र मनसायहरू राख्छन् र जबसम्‍म सत्यताविरुद्ध जान्छन्, तबसम्‍म अन्ततः सत्यता बुझ्ने मानिसहरूले तिनीहरूलाई छर्लङ्गैसित चिन्‍नेछन् र देख्‍नेछन्। यस्ता ख्रीष्टविरोधीहरू सबैभन्दा धूर्त हुन्छन्; झट्ट हेर्दा, तिनीहरू सत्यता र सकारात्मक कुराहरू स्विकार्छन् जस्तो लाग्छ, तर वास्तवमा, तिनीहरूको हृदयको गहिराइ र सारमा, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरू सकारात्मक कुरा र सत्यताप्रति पनि विमुख हुन्छन्। तिनीहरू बोल्न सिपालु हुने भएकाले, धेरैजसोले तिनीहरूलाई चिन्‍न सक्दैनन्, र सत्यता बुझेका मानिसहरूले मात्रै त्यस्ता व्यक्तिहरू चिन्‍न र देख्‍न सक्छन्। अरू कुनै उदाहरणहरू छन्? (एउटा ख्रीष्टविरोधी थियो, र उसले आफ्ना सहकर्मीहरू आफूभन्दा राम्रो क्षमताका छन् र काम गर्न आफूभन्दा सिपालु छन् भन्‍ने देख्यो। आफ्नो हैसियत सुरक्षित गर्न, उसले गुप्त रूपमा तथ्यहरू बङ्ग्यायो र आफ्ना सहकर्मी र साझेदार साथीहरूलाई आलोचना गर्‍यो, मानिसहरूलाई बहकायो, आफ्‍नो पक्षमा ल्यायो, र तिनीहरूलाई आफ्नो कुरा सुन्न लगायो। यसले गर्दा उसका सहकर्मीहरूमाझ आपसी अविश्‍वास पैदा भयो। तिनीहरूले मिलेर काम गर्न छोडे, र कामका कुनै पनि पक्षमा कुनै परिणाम हासिल भएन। जब त्यो ख्रीष्टविरोधीका दुष्ट कार्यहरू खुलासा भए, तब उसले यसलाई स्विकार्न नमानेको मात्र होइन, उसले बहाना बनाएर जिम्मेवारीबाट पन्छिने प्रयाससमेत गर्‍यो। उसले आफ्नो प्रतिष्ठा र हैसियतको खातिर जेसुकै गर्दो रहेछ भन्‍ने कुरा स्पष्ट थियो; उसले जति धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गरे पनि, र उसले परमेश्‍वरको घरको काममा जति नै गम्भीर रूपमा बाधा र व्यवधान ल्याए पनि, उसलाई कुनै वास्ता थिएन, झन् उसले व्याकुल वा दोषी महसुस गर्नु त धेरै परको कुरा थियो। वास्तवमै उसमा मानवता वा समझको एउटा सानो अंश पनि थिएन।) छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरू आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्न जोकसैका हितहरू बलि चढाउन पनि कुनै हिचकिचाहट गर्दैनन्। तिनीहरू आफ्नो हैसियत कायम राखिराख्‍नको लागि सबैलाई कुल्चीमिल्ची गर्नु परे पनि, तिनीहरू यसो गर्न हिचकिचाउँदैनन्। जब तिनीहरूको प्रतिष्ठा र हैसियत रक्षा गर्ने कुरा आउँछ, तब अरू मानिसहरू जिउँछन् कि मर्छन् भन्‍ने कुराप्रति तिनीहरू कुनै वास्ता गर्दैनन्, र तिनीहरूको मनमा परमेश्‍वरको घरको काम र मण्डलीका हितहरू अस्तित्वमा समेत हुँदैनन्, ती तिनीहरूको विचारको क्षेत्रभित्र हुँदै हुँदैनन्। यी व्यवहारहरूबाट हामी देख्‍न सक्छौं कि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका मानिसहरू होइनन्; तिनीहरू घुसपैठ भएका गैरविश्‍वासीहरू हुन्। परमेश्‍वरको घर तिनीहरूको घर होइन, त्यसकारण यसका कुनै पनि हितहरू तिनीहरूसँग सम्बन्धित हुँदैनन्। तिनीहरू त बस शक्ति प्रयोग गर्ने र मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो उद्देश्य हासिल गर्न, र परमेश्‍वरको घरमा आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्न मात्रै चाहन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यस्तै हुने भएकोले, तिनीहरू काटछाँट हुन पटक्‍कै स्विकार्दैनन्, न त तिनीहरू सत्यताको कुनै पनि पक्षलाई नै स्विकार्छन्।

हामीले भर्खरै दिएका उदाहरणहरूबाट, तैँले प्रतिष्ठा र हैसियत पछ्याउने ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र इच्छा अन्तर्निहित रूपमै हुन्छ भन्‍ने देख्‍न सक्छस्। ख्रीष्टविरोधीहरू यस्तै प्रकृति सारसहित जन्मिन्छन्। यो कुरा तिनीहरूले जन्मिएपछि सिकेका होइनन्, र यो तिनीहरूको वातावरणको परिणाम पनि होइन। यो त कतिपय बिरामी मानिसहरूलाई जन्मेपछि रोग लाग्‍नुको साटो वंशानुगत रूपमै रोग आउनुजस्तै हो। यस्ता रोगहरू निको पार्न असम्भव हुन्छ। ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियत पछ्याउने महत्त्वाकाङ्क्षा लिएर जन्मिन्छन्, र तिनीहरू दियाबलस राजाको पुनर्जन्मभन्दा फरक हुँदैनन्। ख्रीष्टविरोधीहरू सत्यताप्रति विमुख हुन्छन् र सत्यतालाई घृणा गर्छन्, र तिनीहरूले परमेश्‍वरको न्याय र सजाय पटक्‍कै स्वीकार गर्दैनन्। त्यसकारण, तिनीहरूले जस्तोसुकै काटछाँट सामना गरे पनि, त्यसलाई स्वीकार गर्दैनन्। झन् साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई काटछाँट गरे भने त, तिनीहरू त्यसलाई स्विकार्न अझै कम इच्छुक हुन्छन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्: “तँ मलाई काटछाँट गर्न योग्य छैनस्, तँ लायक छैनस्! तँ विश्‍वासी भएको कति दिन भयो? जब म विश्‍वासी बने, तब तँ जन्मेको समेत थिइनस्! जब म अगुवा बनेँ, तब तैँले परमेश्‍वरमा विश्‍वास समेत गर्न थालेको थिइनस्!” तिनीहरूलाई काटछाँट गर्ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। तिनीहरूले योग्यता र वरिष्ठतामा ध्यान दिन्छन्, र यिनै आधारमा काटछाँट हुन इन्कार गर्छन्। त्यसोभए, के माथिबाट तिनीहरूलाई काटछाँट गरिँदाचाहिँ तिनीहरूले स्विकार्न सक्छन् त? तिनीहरूको प्रकृति सारको आधारमा हेर्दा, तिनीहरूले त्यसलाई पनि स्विकार्दैनन्। तिनीहरूले बाहिरी रूपमा केही नबोल्‍न सक्छन्, तर तिनीहरूको हृदयले अवश्यै यसको विरोध र इन्कार गर्नेछ। यो कुरामा कुनै शङ्का छैन। जब ख्रीष्टविरोधीहरूले साँच्‍चै नै माथिको काटछाँट सामना गर्छन्, तब तिनीहरूको सबैभन्दा आम प्रकटीकरण भनेको जिम्मेवारीबाट पन्छिनलाई आफ्नो पक्षमा जोडदार रूपमा विवाद र तर्क गर्नु, माथिसँग झूट बोल्नु र आफूभन्दा तलका मानिसहरूबाट कुरा लुकाउनु हो, ताकि तिनीहरू सजायबाट बच्न सकून्। ख्रीष्टविरोधीहरूले प्रायजसो माथिबाट काटछाँट हुनबाट बच्न माथिसँग झूट बोल्ने र आफूभन्दा तलका मानिसहरूबाट कुरा लुकाउने शैली प्रयोग गर्छन्। उदाहरणको लागि, यदि मण्डलीमा धेरै समस्याहरू छन् भने, तिनीहरूले कहिल्यै पनि ती कुराको रिपोर्ट गर्दैनन्। यदि तिनीहरूका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले ती समस्याहरू रिपोर्ट गर्न चाहे भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई रिपोर्ट गर्न दिँदैनन्, र जसले रिपोर्ट गर्छ, त्यसले तिनीहरूको दमन र बहिष्कार भोग्छन्। परिणामस्वरूप, धेरैजसो मानिसहरू रिपोर्ट गर्नबाट टाढै बस्न, समस्याहरू समाधान नगरी त्यतिकै छोड्न, र मान्छे खुशी पार्ने काम गर्दै बस्‍न बाध्य हुन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीका सबै समस्याहरूलाई ढोका बन्द गरेर राख्छन्, तिनलाई पूर्ण रूपमा गुप्त राख्छन्, र तिनीहरूले माथिलाई हस्तक्षेप वा सोधपुछ गर्न दिँदैनन्। ख्रीष्टविरोधीहरूले माथिबाट आएका कार्य बन्दोबस्तहरूलाई पनि सक्दो हदसम्म रोक्छन्, र तिनलाई हस्तान्तरण वा लागू गर्ने गर्दैनन्। यदि माथिबाट आएका कार्य बन्दोबस्तहरूले तिनीहरूको व्यक्तिगत प्रतिष्ठा वा हैसियतमा असर गर्दैन भने, तिनीहरूले केही सतही घोषणाहरू गर्न सक्छन्, र झारा टार्न सक्छन्, तर ती कुरालाई लागूचाहिँ तिनीहरूले पक्कै गर्दैनन्। यदि माथिबाट आएका कार्य बन्दोबस्तहरूले ख्रीष्टविरोधीहरूको प्रतिष्ठा र हैसियतमा खतरा पैदा गर्ने, वा निश्‍चित असर पार्ने गर्छन् भने, तिनीहरूले सोच्नुपर्ने हुन्छ। तिनीहरूले कसरी व्यवहार गर्ने, कसलाई के गर्ने, र कहिले गर्ने भनेर विचार गर्नुपर्छ। तिनीहरूले यी कुराहरूबारे सावधानीपूर्वक सोच्नुपर्छ, र तीबारेमा बारम्बार आफ्नो मनमस्तिष्कमा हिसाबकिताब गर्नुपर्छ। यदि मण्डलीको काममा केही समस्याहरू देखा परे भने, ती समस्याहरू माथि थाहा भएपछि आफूलाई अवश्यै काटछाँट गरिनेछ, वा बर्खास्तसमेत गरिनेछ भनेर ख्रीष्टविरोधीहरूलाई थाहा हुन्छ, त्यसकारण तिनीहरूले ती समस्याहरू लुकाएर राख्छन्, र माथि रिपोर्ट गर्दैनन्। यदि ती समस्याहरू समाधान गरिएनन् भने, ती समस्याहरूले परमेश्‍वरको घरको काममा कस्तो असर पार्छन् वा हानि ल्याउँछन् भन्‍नेबारे तिनीहरूले पटक्‍कै वास्ता गर्दैनन्; परमेश्‍वरको घरको काममा जे-जस्ता घाटाहरू आइपरे पनि तिनीहरू उदासीन रहन्छन्। तिनीहरूले कुन कार्यविधिले परमेश्‍वरको घरको काममा फाइदा पुर्‍याउँछ वा परमेश्‍वरलाई सन्तुष्ट पार्छ भन्‍नेबारे विचार गर्दैनन्, तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतबारे मात्र, र माथिले तिनीहरूलाई कसरी हेर्छ र व्यवहार गर्छ, र आफ्‍नो प्रतिष्ठा र हैसियतलाई कसरी रक्षा गर्ने भन्‍नेबारे मात्रै विचार गर्छन्, ताकि तिनीहरूले प्रभावित हुनु नपरोस्। ख्रीष्टविरोधीहरूले परिस्थितिलाई हेर्ने र समस्याहरूबारे सोच्ने तरिका यही हो, र यसले पूर्ण रूपमा तिनीहरूको स्वभाव प्रतिनिधित्व गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूले मण्डलीभित्र रहेका, वा आफ्नो काममा देखा परेका समस्याहरूबारे सत्य रूपमा रिपोर्ट गर्दैनन्। तिनीहरूले जुनसुकै काम गरे पनि, जुनसुकै कठिनाइहरू सामना गरे पनि, वा तिनीहरूले कसरी सम्हाल्ने भन्‍ने थाहा नभएका परिस्थितिहरू सामना गरे पनि, वा कुन विकल्प छनौट गर्ने भन्‍ने थाहा नभएका परिस्थितिहरू सामना गरे पनि, तिनीहरूले त्यो काम गर्ने क्रममा, माथिले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भनेर भन्ला, वा तिनीहरूको वास्तविक परिस्थिति पत्ता लगाउला, वा तिनीहरूलाई ती कठिनाइ वा परिस्थितिहरू तुरुन्तै सम्हालेर समाधान नगरेको कारण काटछाँट गर्ला भन्‍ने डरले तिनीहरूले यसलाई ढाकछोप गर्नेछन् र लुकाउनेछन्। ख्रीष्टविरोधीहरू माथिबाट काटछाँट हुनबाट बच्न परमेश्‍वरको घर र मण्डलीको कामका हितहरू बेवास्ता गर्छन्। तिनीहरू आफ्नो हैसियत र रोजीरोटी जोगाउन, र माथि तिनीहरूको राम्रो छाप परोस् भन्‍ने सुनिश्‍चित गर्न मण्डलीको काम र हितहरू बलि चढाउन हिचकिचाउँदैनन्। तिनीहरू मण्डलीको कामको प्रगतिमा ढिलाइ गराउन वा असर पार्न पनि मतलब गर्दैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे त तिनीहरूलाई झनै मतलब गर्दैनन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, वा तिनीहरूको जीवन प्रवेशको मामलामा जस्तोसुकै समस्याहरू भए पनि, ख्रीष्टविरोधीहरू तिनलाई समाधान गर्न सक्दैनन्, र तिनीहरू माथिबाट खोजी गर्दैनन्। समस्याहरू लुकाएर राख्दा र तिनलाई समाधान नगरी राख्दा, त्यसले मण्डलीको कामको प्रगतिमा ढिलाइ र असर पुर्‍याउनेछ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा घाटा हुनेछ भनेर तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुन्छ, तैपनि तिनीहरू ती कुराहरूलाई उपेक्षा गर्छन्, र तीबारेमा वास्ता गर्दैनन्। मण्डलीमा जे-जस्ता ठूला समस्याहरू देखा परे पनि, तिनीहरूले कहिल्यै पनि तिनको रिपोर्ट गर्दैनन्, बरु तिनलाई लुकाउन र बन्द गरेर राख्‍न सक्दो प्रयास गर्छन्। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको दुष्ट कार्य पत्ता लगाएर तिनीहरूबारे रिपोर्ट गर्ने पत्रहरू लेखे भने, ख्रीष्टविरोधीहरू ती पत्रहरूलाई रोक्न र बन्द गरेर राख्‍न झनै बढी प्रयास गर्छन्। ती पत्रहरू लुकाउनु र बन्द गरेर राख्‍नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो तिनीहरूको हैसियत कायम राख्‍नु, तिनीहरूको मर्यादा र प्रतिष्ठा रक्षा गर्नु, र हाल तिनीहरूसित भएका सबै कुरा जोगाएर राख्‍नु हो। तिनीहरूको लागि, बर्खास्त हुनु वा माथिबाट तिनीहरूलाई आफ्नो काममा अयोग्य भनी मूल्याङ्कन गरिनु भनेको जीवन गुमाउनु र मृत्युदण्ड पाउनुजस्तै हो, यो परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा अगाडि बढ्ने बाटै नभएको ठाउँ पुग्‍नुजस्तै हो। त्यसकारण, जेसुकै भए पनि, तिनीहरू कहिल्यै पनि माथिबाट खोजी गर्दैनन्। बरु, तिनीहरू आफ्नो काममा रहेका सबै समस्याहरू लुकाउने र माथिलाई ती पत्ता लगाउनबाट रोक्ने उपायहरू सोच्छन्। के तिनीहरूको यो अभ्यास अत्यन्तै घृणित कुरा होइन र? तिनीहरूको विश्‍वास के हुन्छ भने, परमेश्‍वर र माथिको नजरमा असल अगुवा त्यस्तो व्यक्ति हुनुपर्छ, जोसँग कहिल्यै पनि कुनै समस्या वा कठिनाइ हुँदैन, जसले सबै मामला राम्ररी सम्हाल्न सक्छ, र जो हरप्रकारको कामको लागि उपयुक्त हुन्छ। तिनीहरूले के सोच्छन् भने, असल अगुवाले कठिनाइहरूबारे गुनासो गर्ने वा समस्याहरूबारे खोजी गर्ने कहिल्यै गर्दैन, र असल अगुवा परमेश्‍वर र माथिको मनमस्तिष्कमा सिद्ध र त्रुटिरहित व्यक्ति हुनुपर्छ, जसले माथिको काटछाँटमा नपरी राम्ररी काम गर्न सक्छ। परिणामस्वरूप, तिनीहरूले माथिको नजरमा राम्रो हुने, र माथिलाई तिनीहरू आफ्नो काममा योग्य छन्, तिनीहरूले आफ्नो कामको बोझ लिन सक्छन्, र कुनै ठूलो समस्या हुनेछैन, त्यसकारण तिनीहरूको कामबारे सीधै सोधपुछ गरिरहनु वा तिनीहरूलाई मार्गदर्शन दिइरहनु पर्दैन, र तिनीहरूलाई काटछाँट गरिरहनु पनि पक्कै पर्दैन भन्‍ने गलत विश्‍वास गराउने आशा गर्छन्। ख्रीष्टविरोधीहरू आफ्‍नो यस्तो छवि बनाउन चाहन्छन्, र अरूलाई परमेश्‍वरले तिनीहरूमा विश्‍वास गर्नुहुन्छ र सबै कुरा तिनीहरूलाई सुम्पनुहुन्छ, उहाँले तिनीहरूलाई महत्त्वपूर्ण कामहरू सुम्पनुहुन्छ र तिनीहरूमा ठूलो भरोसा गर्नुहुन्छ, यहाँसम्‍म कि तिनीहरू नकारात्मक भए र सुस्त बने भने यसले काममा असर गर्नेछ भन्‍ने डरले तिनीहरूलाई काटछाँट गर्न चाहनुहुन्‍न भनेर समेत गलत विश्‍वास गराउन चाहन्छन्। ख्रीष्टविरोधीहरू तिनीहरू परमेश्‍वरको घर र मण्डलीका लोकप्रिय मानिसहरू हुन्, र परमेश्‍वरको घरका महत्त्वपूर्ण व्यक्तिहरू हुन् भनेर विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सोच्न लगाउँछन्। तिनीहरू किन विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको मनमा यस्तो भ्रम र देखावटी रूप छाप्‍न चाहन्छन्? यो तिनीहरूले मानिसहरूलाई तिनीहरूको आदर र आराधना गर्न लगाउन सकून् भनेर हो, यो तिनीहरूले मण्डलीमा हैसियतका फाइदाहरू, साथै उच्च हैसियत र अनुकूल व्यवहारको आनन्द लिन सकून्, यहाँसम्‍म कि तिनीहरूले परमेश्‍वरको स्थानसमेत लिन सकून् भनेर हो। तिनीहरू प्रायजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “परमेश्‍वरले व्यक्तिगत रूपमा तिमीहरूसँग बोल्न सक्दैनन्, उनले तिमीहरूको स्तरमा झरेर व्यक्तिगत रूपमा काम गर्न सक्दैनन्, र उनले तिमीहरूसँग बस्‍न सम्भवै छैन र दैनिक जीवनमा तिमीहरूले सामना गर्ने सबै कुराहरूमा तिमीहरूलाई मार्गदर्शन दिन सम्भवै छैन। त्यसैले, यी निश्‍चित कामहरू कसले पूरा गर्नेछ? के यो हामीजस्ता अगुवा र सेवकहरूले होइन र?” तिनीहरूले आफ्नो हैसियतको रक्षा गर्न सक्दो प्रयास गर्ने क्रममा, तिनीहरू प्रायजसो यस्ता कुराहरू बोलिरहने र यस्ता विचारहरू व्यक्त गरिरहने गर्छन्, ताकि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले पूर्ण र निस्‍सन्देह रूपमा तिनीहरूमा विश्‍वास र भरोसा गरून्। तिनीहरूको यो अभ्यासको प्रकृति के हो? के यो माथिलाई झूट बोल्नु र तिनीहरूको मुनिका मानिसहरूबाट कुराहरू लुकाउनु होइन र? (हो।) यो तिनीहरूको कार्यशैलीको धूर्त पक्ष हो। धेरैजसो मानिसहरूको क्षमता कमजोर हुन्छ, तिनीहरू सत्यता बुझ्दैनन्, ख्रीष्टविरोधीहरू चिन्‍न सक्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइन र प्रयोग गरिन मात्रै सक्छन्। यदि ख्रीष्टविरोधीहरूले हाकाहाकी “माथिले मलाई साँच्‍चै विश्‍वास गर्छ, सबै कुरामा मेरो कुरा सुन्छ” भन्दै, मानिसहरूलाई बहकाउने प्रयास गर्थे भने, मानिसहरू अलिक सतर्क हुन सक्थे र तिनीहरूबारे अलिअलि समझ पाउँथे, तर ख्रीष्टविरोधीहरू यसरी हाकाहाकी बोल्दैनन्। तिनीहरू मानिसहरूलाई बहकाउनको लागि बोल्‍ने निश्‍चित तरिका प्रयोग गर्छन्, र तिनीहरूलाई अगुवाको काम सुम्पन माथिले तिनीहरूमा विश्‍वास र भरोसा गर्ने गरेको हुनुपर्छ भनेर मानिसहरूलाई गलत विश्‍वास गराउँछन्। समझशक्ति नभएका र सत्यता नपछ्याउने मूर्खहरूले यसलाई पत्याउँछन् र तिनीहरूलाई पछ्याउँछन्। अनि, जब कुनै घटना घट्छ, तब ती मूर्खहरूले परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरका वचनहरूमा सत्यता खोजी गर्ने गर्दैनन्, बरु तिनीहरू ख्रीष्टविरोधीहरूसामु आउँछन्, र आफूलाई बाटो देखाउन र आफ्नो लागि बाटो छनौट गर्न अनुरोध गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कार्यद्वारा हासिल गर्न चाहने उद्देश्य यही हो। यदि मण्डलीमा सत्यता बुझ्‍ने, अनि ख्रीष्टविरोधीहरूलाई चिन्‍ने र खुलासा गर्ने मानिसहरू छैनन् भने, धेरैजसो मानिसहरूले अन्धाधुन्ध तिनीहरूलाई विश्‍वास गर्नेछन्, तिनीहरूलाई आराधना गर्नेछन् र पछ्याउनेछन्, र तिनीहरूको नियन्त्रणमा जिउनेछन्। यो अत्यन्तै खतरनाक कुरा हो! यदि कसैलाई ख्रीष्टविरोधीले तीनदेखि पाँच वर्षसम्म बहकाउँछ र नियन्त्रण गर्छ भने, तिनीहरूको जीवनमा ठूलो घाटा हुनेछ। यदि तिनीहरूलाई आठ वा १० वर्षसम्म ख्रीष्टविरोधीले बहकाउँछ र नियन्त्रण गर्छ भने, तिनीहरू पूर्ण रूपमा बरबाद हुनेछन्; तिनीहरूले आफूलाई छुटकारा दिलाउन चाहे पनि, त्यस्तो मौका पाउनेछैनन्।

ख्रीष्टविरोधीहरू सधैँ हैसियतको आनन्द लिने र अन्तिम निर्णय सदैव आफैले गर्ने आफ्नो उद्देश्य हासिल गर्न प्राय मानिसहरूलाई बहकाउँछन्, र तिनीहरूलाई आफ्नो पक्षमा पार्छन्, र नियन्त्रण गर्छन्, र त्यसो गर्नलाई तिनीहरूले आफू परमेश्‍वरको घरको लोकप्रिय मान्छे हुँ, आफूलाई परमेश्‍वरले महत्त्वपूर्ण पदमा राख्‍नुभएको छ, र आफूलाई परमेश्‍वरले आदर र भरोसा गर्नुहुन्छ भन्‍ने दाबी प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरू सबैभन्दा बढी के कुराको डर मान्छन्? तिनीहरूलाई सबैभन्दा बढी आफ्नो हैसियत गुमाउने र खराब प्रतिष्ठामा पर्ने डर हुन्छ। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू सत्यता पछ्याउँदैनन्, तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, र तिनीहरूमा आत्मिक बुझाइ छैन, वा तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरूमा कुनै वास्तविक काम गर्ने क्षमता छैन भनेर सोच्लान् भन्‍ने डर हुन्छ। ख्रीष्टविरोधीहरूलाई यी कुराहरू सुन्न सबैभन्दा बढी डर लाग्छ। जब ख्रीष्टविरोधीहरू त्यस्ता अभिव्यक्ति र घोषणाहरू सुन्छन्, तब तिनीहरू आत्तिन्छन् र झिजो मान्छन्, कहिलेकहीँ त यसो भन्दै आक्रोशसमेत पोख्छन्, “मेरो क्षमता कमजोर छ, त्यसैले तिमीले प्रयोग गर्न सक्‍ने जोकोहीलाई प्रयोग गर; आखिर म यो काम गर्न सक्दिनँ! के परमेश्‍वर धर्मी छैनन् र? मैले उनीमा विश्‍वास गरेको यति वर्ष भयो, मैले आफ्‍नो परिवार र करियर उनको लागि त्यागेको छु, र तिमीहरू मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू सबैको लागि धेरै परिश्रम गरेको छु। किन तिमीहरूले मेरो बारे निष्पक्ष शब्दसमेत बोल्न सक्दैनौ?” तब तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतप्रति ध्यान दिन सक्दैनन्, न त तिनीहरूले आफूलाई ढाकछोप गर्ने वा नाटक गर्ने प्रयास नै गर्छन्; तिनीहरूको कुरूपता पूरै छताछुल्‍ल हुन्छ। आफ्नो रिस पोखाएपछि, तिनीहरू आँसु पुछ्छन् र सोच्छन्, “अहो, हुँदैन; मैले आफूले आफैलाई अपमानित गरेको छु। म सही रूपमा पुनरागमन गर्नुपर्छ!” त्यसपछि तिनीहरू नाटक गरिरहन्छन्, र असल नारा र सिद्धान्तहरू सिक्दै जान्छन्, अनि सुन्दै, पढ्दै र प्रचार गर्दै मानिसहरूलाई बहकाउँछन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियत बचाउनुपर्छ भन्‍ने महसुस गर्छन्, र एक दिन निर्वाचनको बेला आउँदा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि तीनहरूबारे विचार गर्नेछन्, तिनीहरूले गरेका असल कुराहरू याद गर्नेछन्, तिनीहरूले चुकाएका मूल्यहरू, र तिनीहरूले भनेका कुराहरू याद गर्नेछन् भन्‍ने आशा गर्छन्। यो पूर्णतया लाजमर्दो कुरा हो, होइन र? तिनीहरूको त्यो पुरानो प्रकृति कति पनि परिवर्तन भएको हुँदैन, होइन र? किन ख्रीष्टविरोधीहरू कहिल्यै परिवर्तन हुँदैनन्? यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ, र तिनीहरू परिवर्तन हुन सक्दैनन्; तिनीहरू यस्तै हुन्छन्। जब तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छाहरू पूरै धुवाँमा उडेका हुन्छन्, तब तिनीहरूले आवेग पोख्छन्, र त्यसपछि तिनीहरूको व्यवहार निकै राम्रो हुन्छ। मैले हालै एउटा व्यक्तिको हालखबर के छ भनेर सोधेको थिएँ, र केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उसले निकै राम्रो व्यवहार गरिरहेको छ भनेर भने। “राम्रो व्यवहार” भन्‍नुको अर्थ के हो? यसको अर्थ उसले पछिल्लो समय आफूलाई निकै सुधारेको थियो, र पहिलेभन्दा निकै राम्रो व्यवहार गरिरहेको थियो; उसले अब समस्या पैदा गर्न, मानिसहरूलाई आक्रमण गर्न, वा हैसियतको लागि होड गर्न छोडेको थियो, र उसले मानिसहरूसँग अझै कोमल, विनम्र र शान्त रूपमा कसरी बोल्ने भनेर सिक्दै आएको थियो। अनि उसले अरूलाई मदत गर्न सही वचनहरू प्रयोग गरिरहेको थियो, र दैनिक जीवनमा अरू मानिसहरूप्रति विशेष चिन्ता र वास्ता गरिरहेको थियो। ऊ पूर्ण रूपमा नयाँ व्यक्तिमा रूपान्तरित भएजस्तो थियो। तर के उसले साँच्‍चै यसो गरेको थियो त? अहँ। त्यसोभए, ती अभ्यासहरू के थिए? (बाहिरी असल व्यवहार।)

केही ख्रीष्टविरोधीहरू खुलासा भएपछि र तिनीहरूका सबै दुष्ट कार्यहरू पर्दाफास भएपछि, जब तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छन्, तब तिनीहरू यसो भन्छन्, “मलाई भर्खरै परमेश्‍वरले अन्तर्दृष्टि र ज्योति दिनू भएजस्तो महसुस गरेको छु, र म निकै राम्रो स्थितिमा छु। मलाई मेरा विगतका कार्यहरूप्रति गहन घृणा लाग्छ, र मैले मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति पुर्‍याएका घाटाहरू म कहिल्यै बिर्सने वा त्यतिकै छोड्‍नेछैनँ। मलाई निकै दुःख लाग्छ।” यसो भन्‍ने क्रममा, तिनीहरू आँसु पनि झार्छन् र आफूलाई काटछाँट गर्न विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्दै अनुरोधसमेत गर्छन्, “म कमजोर हुँला भनेर चिन्ता नगर्नुहोस्। यदि तपाईंहरूले मलाई कुनै गलत काम गरिरहेको देख्‍नुभयो भने, मलाई काटछाँट गर्नुहोस्, र म त्यो स्विकार्न सक्छु—म त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छु; म तपाईंहरूप्रति कुनै ईख राख्‍नेछैनँ।” तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले काटछाँट गर्दा जिद्दी भई इन्कार गर्ने, विरोध गर्ने, र अवज्ञा गर्ने, आफ्नै पक्षमा तर्क गर्ने र आक्रोशले भरिने व्यक्तिहरूबाट सक्रिय रूपमा काटछाँट हुन खोज्ने व्यक्तिहरूमा परिवर्तन भएका हुन्छन्। यो अलिक द्रुत रूपले आएको मनोवृत्ति परिवर्तन हो, होइन र? के यसको अर्थ तिनीहरूले पछुतो गर्छन् भन्‍ने हुन्छ? यो मनोवृत्तिको आधारमा हेर्दा, तिनीहरू परिवर्तन भएजस्तो देखिन्छ, त्यसकारण तैँले तिनीहरूलाई काटछाँट गर्नुपर्छ। यसो गर्दा यसले तिनीहरूलाई तिनीहरूले विगतमा गरेका गल्तीहरू महसुस गर्न, र आफूलाई चिन्‍न सहयोग गर्न सक्छ। त्यो बेला, तैँले तिनीहरूलाई केही इमानदारी देखाएर यसो भन्दै सहयोग गर्नुपर्छ, “म देख्‍न सक्छु, आजभोलि तपाईंले निकै राम्रो व्यवहार गरिरहनुभएको छ। म तपाईंसित मनैबाट कुरा गर्नेछु। यदि मैले भनेको कुरा गलत छ, र तपाईंले यसलाई स्वीकार गर्न सक्‍नुहुन्‍न भने, यसबारे ध्यान नदिनुहोस्; यदि मैले भनेको कुरा सही छ भन्‍ने विश्‍वास लाग्छ भने, यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुहोस्। मेरो अभिप्राय तपाईंलाई सहयोग गर्नु हो, तपाईं निराश हुँदा तपाईंलाई कुल्चिनु वा आक्रमण गर्नु होइन। हामी एकअर्काप्रति हृदय खोली सङ्गति गरौं। पहिले अगुवाको रूपमा सेवा गर्दा तपाईं गजक्‍क पर्नुहुन्थ्यो, र आफ्नो गल्ती स्विकार्न मान्‍नुहुन्‍नथियो; बाहिरी रूपमा केही गल्ती स्विकारे पनि, तपाईं वास्तवमा भित्री रूपमा गल्ती स्विकार्नुहुन्‍नथियो—अनि पछि, त्यस्तै समस्या सामना गर्दा, तपाईं पहिलेजस्तै व्यवहार गर्नुहुन्थ्यो। उदाहरणको लागि, हामी त्यो अस्तिको घटनाबारे कुरा गरौं। तपाईं गैरजिम्मेवार हुनुभएकोले, केही कुरा गलत भयो, र परमेश्‍वरको घरका सम्पत्तिहरूमा ठूलो घाटा भयो। तपाईंको गैरजिम्मेवार व्यवहारले गर्दा धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परी जेल परे, र तिनीहरूले यसको मूल्य चुकाए। के तपाईंले यसको जिम्मेवारी लिनुपर्छ भन्‍ने तपाईंलाई लाग्दैन? त्यो घटनाको प्रत्यक्ष जिम्मेवार व्यक्ति तपाईं नै हुनुहुन्थ्यो, त्यसकारण तपाईं परमेश्‍वरको अघि आउनुपर्छ, आफ्नो पाप स्विकार्नु र पश्‍चात्ताप गर्नुपर्छ। वास्तवमा, यदि तपाईंले आफ्नो गल्ती स्वीकार गर्नुभयो भने, परमेश्‍वरले बढीमा यसलाई एउटा अपराधको रूपमा हेर्नुहुनेछ, र यसले भविष्यमा तपाईंको सत्यता पछ्याइमा असर गर्नेछैन। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले पनि तपाईंसँग उचित व्यवहार गर्न र तपाईंलाई परमेश्‍वरको घरको सदस्यको रूपमा हेर्न सक्‍नेछन्; तिनीहरूले तपाईंलाई बहिष्कार वा आक्रमण गर्नेछैनन्। यो साँचो हो कि व्यक्तिको सबै कुरा परमेश्‍वरको हातमा हुन्छ, तर यदि तपाईं कहिल्यै सत्यता पछ्याउनुहुन्‍न भने, तपाईंलाई परमेश्‍वरले अवश्यै घिनाउनु र त्याग्‍नुहुनेछ, त्यसपछि तपाईं विनाशको पात्र बन्‍नुहुनेछ। यदि तपाईं परमेश्‍वरको काम स्विकार्नुहुन्छ र त्यसमा समर्पित भई साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नुहुन्छ भने, परमेश्‍वरले तपाईंका विगतका अपराधहरू याद गर्नुहुनेछैन र तपाईं अझै पनि परमेश्‍वरको अघि सत्यता पछ्याउने व्यक्ति बन्‍नुहुनेछ। हामी उहाँको माफी वा क्षमादान माग्दैनौँ, तर कम्तीमा हामीले मानिसहरूले गर्नुपर्ने काम गर्नुपर्छ; यो सृष्टि गरिएको हरेक प्राणीको जिम्मेवारी र कर्तव्य हो, र यो हामी सबैले हिँड्नुपर्ने मार्ग हो।” यी साँचो वचनहरू हुन्, होइन र? के तिनमा कुनै गिल्ला वा छल छ? के तिनमा कुनै व्यङ्ग्य वा निन्दा छ? (छैन।) यी त शान्त भएर मानिसहरूलाई सहयोग गर्ने र सुधार गर्ने सिद्धान्त अनुरूप बोलिने हृदयदेखिका वचनहरू हुन्। यी वचनहरू सही छन्; यीभित्र अभ्यासको मार्ग, साथै खोजी गर्नुपर्ने सत्यता पनि छ। तर के ख्रीष्टविरोधीहरूले यी वचनहरू स्विकार्न सक्छन् त? के तिनीहरूले यिनलाई सत्यताको रूपमा बुझ्न र अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले यी वचनहरूप्रति कस्तो प्रतिक्रिया दिनेछन्? “अहिले पनि, तिमीहरू सबै मेरो गल्ती पक्रिरहेका छौ र यसलाई छोड्न मान्दैनौ, होइन त? परमेश्‍वरले समेत मानिसहरूको विगतका अपराधहरू याद गर्दैनन्, तैपनि किन तिमीहरू सधैँ मेरो अपराधबारे जाँचबुझ गरिरहन्छौ? तिमीहरू मसँग हृदयदेखि कुरा गर्न चाहन्छौ र मलाई सहयोग गर्दै छौ भनेर भन्छौँ। यो कस्तो सहयोग हो? यो त अवश्यै मेरो विगतमा अल्झिएर म आफूलाई जिम्मेवार बनाउने प्रयास हो। तिमीहरू मलाई जिम्मेवार तुल्याउने प्रयास गरिरहेका छौ, होइन र? के त्यो घटनाको लागि म एक्लै जिम्मेवार छु? सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ, मतलब जिम्मेवार पनि उनी नै हुन्छन्। त्यो घटना घट्दा, परमेश्‍वरले हामीलाई यसबारे किन कुनै सङ्केत दिएनन्? के यो परमेश्‍वरले नै योजनाबद्ध गरेको होइन र? त्यसैले, तिमीहरू मलाई कसरी दोष दिन सक्छौ?” यो तिनीहरूले आफ्नो मनको कुरा गरेको हो, होइन र? तिनीहरूको समस्या केमा छ? झट्ट हेर्दा, तिनीहरू परिवर्तन भएका र नम्र बनेका झैँ देखिन्थे; तिनीहरू पहिलेभन्दा निकै राम्रो व्यवहार गरिरहेका देखिन्थे, मानौँ तिनीहरू अब पद र प्रतिष्ठा पछ्याउँदैनन् र शान्त भएर बस्‍न अनि जोसुकैसँग कुरा गर्न र हृदयदेखि बोल्‍न सक्छन्। त्यसैले, तिनीहरू अझै पनि कसरी यस्तो कुरा बोल्न सक्छन्? यसमा के समस्या देख्‍न सकिन्छ? (तिनीहरूको व्यवहार गर्ने तरिका तिनीहरूले पुनरागमन गर्न सकूँ भनेर देखावटी रूपमा प्रस्तुत गरेको भ्रम मात्रै थियो।) अरू के छ? (तिनीहरू आफूलाई साँचो रूपमा चिन्दैनन्, र ती साँचो पश्‍चात्तापका प्रकटीकरणहरू होइनन्। ती एक प्रकारका ढोङ्गी अभ्यास मात्रै हुन्। अरू मानिसहरूले तिनीहरूका समस्याहरूबारे तिनीहरूसँग सङ्गति गर्दा, तिनीहरू अझै पनि सत्यता स्विकार्न असमर्थ हुन्छन्। स्पष्ट रूपमा नै तिनीहरूको प्रकृति सार सत्यताप्रति शत्रुवत् छ।) यसमा दुइटा कुराहरू स्पष्ट छन्। सर्वप्रथम त, आफ्नो हैसियत गुमाउँदा, ख्रीष्टविरोधीहरूको एउटा स्थिति भनेको “जहाँ जीवन हुन्छ त्यहाँ आशा हुन्छ” भन्‍ने हुन्छ—तिनीहरू सधैँ पुनरागमन गर्न तयार हुन्छन्। दोस्रो कुरा के हो भने, ख्रीष्टविरोधीहरूले पहिले हिँडेको गलत मार्ग र तिनीहरूले गरेका अपराधहरूको हकमा, तिनीहरूले आफ्नो बारेमा कहिल्यै साँचो रूपमा मनन गर्नेछैनन्। तिनीहरूले आफ्ना गल्तीहरू मान्‍ने वा सत्यता स्विकार्नेछैनन्, र तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरूबाट आफ्नो सार बुझ्ने, वा सत्यताअनुसार कसरी अभ्यास गर्ने भनेर सारांश तयार पार्ने त झनै गर्नेछैनन्। बर्खास्त भएपछि र आफ्नो हैसियत गुमेपछि, तिनीहरूले “मैले वास्तवमा के गल्ती गरेँ? मैले कसरी पश्‍चात्ताप गर्नुपर्छ? यदि यस्तो कुरा फेरि भयो भने, म परमेश्‍वरको अभिप्राय अनुरूप हुन सकूँ भनेर मैले कसरी व्यवहार गर्नुपर्छ?” भनेर सोच्दैनन्। तिनीहरूमा आफूलाई परिवर्तन गर्ने यस्तो मनोवृत्ति हुँदैन। तिनीहरूलाई काटछाँट गरिए पनि, तिनीहरूलाई बर्खास्त गरिए पनि, तिनीहरू पछाडि फर्केर सत्यता पछ्याउँदैनन्, र अभ्यासको मार्ग खोज्‍ने, वा आफ्नो पछ्याइको दिशा बदल्‍ने गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरमा जति ठूलो घाटा ल्याए पनि र तिनीहरूले जति ठूलो पतन सामना गरे पनि, तिनीहरूले कहिल्यै आफ्नो पाप स्विकार्दैनन्। तिनीहरूलाई तिनीहरूको असफलताले त्यसपछिको समयमा सत्यता पछ्याउन र खोजी गर्न लगाउँदैन; तिनीहरूले सबै कुरा बचाउन र आफ्नो गुमेको हैसियत फर्काउन के गर्न सकिएला भनेर मात्र हिसाबकिताब गरिरहेका हुन्छन्। ती दुइटा कुराहरू यिनै हुन्। पहिलो तिनीहरूले आफ्नो हैसियत गुमाएपछि प्राप्त गर्ने स्थिति हो, जुन निरन्तर पुनरागमन गर्न तयार हुनु हो। दोस्रो तिनीहरू जुन गलत मार्गमा थिए त्यसलाई स्विकार्न वा बुझ्न इन्कार गर्नु हो। यो दोस्रो कुरामा, तिनीहरू जुन गलत मार्गमा थिए त्यो नबुझ्नु भन्‍ने एउटा भाग हो; यस अलावा, तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्दैनन्, न त सत्यता नै स्विकार्छन्, र आफूले परमेश्‍वरको घरमा गरेको क्षतिको पूर्ति पछुतोको हृदयले गर्दैनन्। तिनीहरूले कसरी रूपान्तरित हुने, र सत्यता नपछ्याउने मानिसहरूबाट कसरी सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने मानिसहरूमा परिणत हुने भनेर सोच्दैनन्। यी दुई बुँदाहरूले ख्रीष्टविरोधीहरू प्रकृतिले नै सत्यताप्रति विमुख हुन्छन् र दुष्ट हुन्छन् भन्‍ने कुरा स्पष्ट पार्छन्; तिनीहरू आफूलाई ढाकछोप गर्न र छेपारोजस्तै वातावरण अनुकूल हुन विशेष सिपालु हुन्छन्। तिनीहरूको सार अस्थिर हुन्छ, र तिनीहरूको हृदयको गहिराइमा हैसियतको पछ्याइ र तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्छाहरू कहिल्यै कम हुँदैनन्, न त कहिल्यै परिवर्तन नै हुन्छन्। यी मानिसहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यी प्रकटीकरणहरू हेर्दा, यस्तो व्यक्तिको प्रकृति सार के हो? के ख्रीष्टविरोधी दाजुभाइ वा दिदीबहिनी हो? के ख्रीष्टविरोधी वास्तविक व्यक्ति हो? (होइन।) यदि तिमीहरूले यी मानिसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा हेर्‍यौ भने, के तिमीहरू गम्भीर रूपमा मूर्ख छौ भन्‍ने हुँदैन र? यी प्रकटीकरणहरू ख्रीष्टविरोधीको सारका प्रकटीकरणहरू हुन्। जब ख्रीष्टविरोधीहरूको कुनै हैसियत हुँदैन, तब तिनीहरू यस्तो स्थितिमा हुन्छन्; तिनीहरूले हृदयमा गर्ने हिसाबकिताबहरू, तिनीहरूले प्रकट गर्ने कुराहरू, र तिनीहरूले बाहिरी रूपमा गर्ने व्यवहारहरू, अनि सत्यता र आफ्ना अपराधहरूप्रति तिनीहरूको हृदयको गहिराइमा रहेको मनोवृत्ति यस्तै हुन्छ, र तिनीहरूको दृष्टिकोण परिवर्तन हुँदैन। तैँले सत्यता जति धेरै सङ्गति गरे पनि वा अभ्यासका सही र सकारात्मक मार्गहरूबारे जति धेरै कुरा भने पनि, तिनीहरूले त्यसलाई कहिल्यै हृदयबाट स्विकार्दैनन्; बरु, त्यसको प्रतिरोध गर्नेछन्। तिनीहरूले यस्तोसमेत विश्‍वास गर्नेछन्, “अँ, अब त मेरो हैसियत छैन, त्यसकारण मैले भनेको कुराको कुनै महत्त्व हुँदैन। कसैले पनि मलाई अब समर्थन गर्दैन; तिमीहरू मलाई हाँसोमा उडाउन र पाठ सिकाउन मात्रै चाहन्छौ। तर के तँ मलाई पाठ सिकाउन योग्य छस्? तैँले आफूलाई को ठानेको छस्? म अगुवा बनेको बेला, तैँले हिँड्न समेत जानेको थिइनस्! के तैँले बोल्‍ने केही कुराहरू मबाट सिकेको होइनस् र? अनि तँ मलाई पाठ सिकाउन खोज्दै छस्। तँलाई त ब्रह्माण्डमा रहेको तेरो स्थान पनि थाहा रहेनछ!” तिनीहरू आफूलाई काटछाँट गर्न, आफूसँग बोल्‍न, कुरा गर्न, वा हृदयदेखि अन्तरक्रिया गर्नलाई मानिसहरूसँग निश्‍चित वरिष्ठता हुनुपर्छ भन्‍ने सोच्छन्। यी मानिसहरू कस्ता चीजहरू हुन्? ख्रीष्टविरोधीहरूले मात्रै यस्ता कुराहरू भन्‍न सक्छन्; सामान्य मानिसहरू, र केही लाजको बोध र अलिक समझ भएका मानिसहरूले कहिल्यै पनि यी कुराहरू भन्दैनन्। यदि कसैले तिमीहरूलाई प्रवचन दिइरहेको छ, तिमीहरूसँग शान्त भएर हृदयदेखि कुरा गरिरहेको छ, र तिमीहरूका समस्याहरू औँल्याइरहेको छ र केही सुझाव दिइरहेको छ भने, के तिमीहरू त्यो स्विकार्न सक्छौ? कि तिमीहरूसँग ख्रीष्टविरोधीको जस्तै मानसिकता हुन्छ? उदाहरणको लागि, मानौँ तँ विश्‍वासी भएको १० वर्ष भयो तर तैँले कहिल्यै पनि अगुवाको रूपमा सेवा गरेको छैनस् रे। अर्को व्यक्तिले चाहिँ विश्‍वास गरेको दुई वर्ष मात्रै भएको छ तर उसको हैसियत तेरो भन्दा माथि छ, अनि तँ यसप्रति व्याकुल हुन्छस्। मानौँ तँ परमेश्‍वरमा विश्‍वास गरेको २० वर्ष भएपछि मात्रै जिल्‍ला अगुवा बनिस् रे। अर्को कोही व्यक्तिचाहिँ विश्‍वास गरेको पाँच वर्ष भएपछि नै क्षेत्रीय अगुवा बन्छ र तँलाई अगुवाइ गर्न थाल्छ, अनि तँलाई यो कुरा स्विकार्न गाह्रो हुन्छ। तिनीहरूले तँलाई काटछाँट गरे भने, तँलाई असहज लाग्छ, र तँलाई काटछाँट गर्दा तिनीहरू सही नै भए पनि, तँ त्यो स्विकार्न चाहँदैनस्। के तिमीहरूमा कहिल्यै यस्तो मनोवृत्ति वा प्रकटीकरणहरू आएको छ? (छ।) यो ख्रीष्टविरोधी स्वभाव हो। के तँलाई ख्रीष्टविरोधीहरूमा मात्रै ख्रीष्टविरोधी स्वभाव हुन्छ भन्‍ने लाग्छ? ख्रीष्टविरोधी स्वभाव भएको जोकोही व्यक्ति खतरामा हुन्छ, ऊ ख्रीष्टविरोधी मार्गमा लाग्‍न सक्छ, र यो स्वभावले उसलाई नष्ट गर्न सक्छ। अवस्था यस्तै हुन्छ। जब हामी कुनै ख्रीष्टविरोधीको सारबारे सङ्गति र चिरफार गर्छौं, तब यसमा ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू पनि पर्छन्। यसमा पर्ने यी मानिसहरू अल्पसंख्यक हुन्छन् कि बहुसंख्यक, तिमीहरू के भन्छौ? कि यसमा सबै जना पर्छन्? (यसमा सबै जना पर्छन्।) ठीक भन्यौ, त्यस्तो किन हो भने, ख्रीष्टविरोधी स्वभाव भनेकै शैतानको स्वभाव हो, र सबै भ्रष्ट मानिसहरूमा शैतानको स्वभाव हुन्छ। अहिले, हामीले ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने विषयमा थोरै सङ्गति गरेका छौं। अझै विस्तृत रूपमा कुरा गर्न केही ठोस उदाहरणहरू दिन सकिन्छ। म यो कुरा तिमीहरूले तिमीहरूका भेलाहरूमा सङ्गति गर भनेर तिमीहरूलाई नै जिम्‍मा दिन्छु। तिमीहरूले सङ्गति गर्दा अरू मानिसहरू कस्ता छन् भनेर मात्र सधैँ भने कुरा नगर। अरूका प्रकटीकरणहरूबारे सङ्गति गर्नु अवश्यै अपरिहार्य छ, तर तिमीहरूले मुख्य रूपमा आफ्नै प्रकटीकरणहरूबारे सङ्गति गर्नुपर्छ। यदि तिमीहरूले आफूभित्र ख्रीष्टविरोधी स्वभावसँग सम्बन्धित केही प्रकटीकरण वा प्रकाशहरू भेट्टाउन सक्यौ भने, यो तिमीहरूको आत्मज्ञानको लागि उपयोगी र फाइदाजनक हुनेछ, र यसले तिमीहरूलाई त्यो स्वभाव त्याग्‍न सहयोग गर्नेछ।

हामीले ख्रीष्टविरोधी स्वभावका विभिन्‍न प्रकटीकरणहरूको विषयमा यसभन्दा पहिले सङ्गति गरिसकेका छौं—के तिमीहरूले अहिले ती कुराहरूसँग आफूलाई तुलना गर्न सक्छौ? के तिमीहरू केही बुझाइ प्राप्त गर्न सक्षम भएका छौ? के तिमीहरू केही वास्तविक समस्याहरू सुल्झाउन सक्छौ? तिमीहरूले आफ्नो भ्रष्ट स्वभावको जुनसुकै पक्ष परिवर्तन गरे पनि, यो सबै सत्यता बुझ्ने, आफूलाई सत्यतासँग तुलना गर्ने, र त्यसपछि आफूलाई बुझ्‍न थाल्ने जगमा हासिल गरिन्छ। त्यसकारण, भ्रष्ट स्वभावका विभिन्‍न प्रकटीकरणहरू चिन्‍न र चिरफार गर्न सक्नु भनेको तैँले आफूलाई चिन्‍ने र स्वभाव परिवर्तन हासिल गर्ने क्रममा हिँड्नुपर्ने मार्ग हो। के तिमीहरूले यो कुरा बुझिसकेका छौ? तिमीहरूमध्ये कतिले बुझेका छैनौ होला, र सायद यस्तो सोच्छौ होला, “तपाईं सधैँ यी सानातिना विषय र कुराहरूबारे सङ्गति गरिरहनुहुन्छ; तपाईं कहिल्यै पनि केही गहन सत्यताहरूबारे कुरा गर्ने वा कुनै गहन रहस्यहरू प्रकट गर्ने गर्नुहुन्‍न। यो कति अल्छीलाग्दो र थकानपूर्ण छ! हामीले स्वर्गको राज्य प्रवेश गर्नु, ठूलो आशिष् प्राप्त गर्नु, र भविष्यमा सिद्ध पारिनुसँग तपाईंले सङ्गति गरिरहनुभएका यी कुराहरूको के सम्बन्ध छ?” यी मानिसहरूले कहिल्यै बुझ्दैनन्; यी कुराहरू सुन्दा तिनीहरू निदाउँछन्। आत्मिक बुझाइ नभएका मानिसहरूले यो कुरा बुझ्दैनन्; हरेक सत्यताले छुने विभिन्‍न मानव स्थितिहरू, वा विभिन्‍न सत्यताहरू बीचका सम्बन्धहरू तिनीहरूले बुझ्दैनन्। तिनीहरूले यी कुराहरू बुझ्दैनन्। तैँले तिनीहरूलाई जति विस्तृत व्याख्या दिन्छस्, त्यति नै तिनीहरू अन्योल पर्छन् र त्यति नै कम कुरा बुझ्छन्, त्यसकारण तिनीहरू सधैँ झुल्छन्। जब पहिलो पटक भेला सुरु हुन्छ, तब तिनीहरू गीत गाइरहेका र नाचिरहेका हुन्छन्, र यी नियम र रीतिरिवाजहरू जति नै अल्छीलाग्दा वा दोहोरिने किसिमका भए पनि तिनीहरू झुल्दैनन्। तैपनि, तैँले सत्यता र मानिसहरूका फरक-फरक स्थितिहरूबारे सङ्गति गर्नेबित्तिकै, तिनीहरू झुल्न थाल्छन्। सधैँ यसरी निदाउने मानिसहरूमा के भइरहेको हुन्छ? के तिनीहरू खुलासा भएका हुँदैनन् र? यो सत्यतालाई प्रेम नगर्नुको प्रकटीकरण हो, होइन र? जब जीवन प्रवेशसँग सम्बन्धित विभिन्‍न सत्यताका विवरणहरूको कुरा आउँछ, साँचो रूपमा सत्यता पछ्याउने र निश्‍चित क्षमता भएका मानिसहरूले तिनको बारेमा जति धेरै सुन्छन्, त्यति नै राम्ररी बुझ्छन्, जबकि सत्यतालाई प्रेम नगर्ने र आत्मिक बुझाइ नभएका मानिसहरू तिनको बारेमा जति धेरै सुन्छन् त्यति नै अन्योल पर्छन्। तिनीहरूले जति धेरै सुन्छन्, तिनीहरूलाई त्यति नै अल्छीलाग्दो लाग्छ, र तिनीहरूले जति धेरै सुने पनि, तिनीहरूलाई पहिलेको जस्तै महसुस हुन्छ; तिनीहरूले तिनमा कुनै मार्ग सुन्‍न सक्दैनन्। तिनीहरूलाई जीवन प्रवेशसँग सम्बन्धित कुराहरू वास्तवमा त्यति जटिल छैनन्, त्यसकारण तिनको बारेमा धेरै सङ्गति गर्नुपर्दैन भन्‍ने लाग्छ। आत्मिक बुझाइ नभएका मानिसहरू यस्तै हुन्छन्। स्वभाव परिवर्तनसँग धेरै सत्यताहरू संलग्‍न हुन्छन्। यदि आफ्नो स्वभाव परिवर्तन गर्ने प्रयासको मार्गमा मानिसहरूले हरेक सत्यतामा समय र प्रयास लगाउँदैनन्, हरेक सत्यताबारे बुझ्दैनन्, जान्दैनन्, र ज्ञान प्राप्त गर्दैनन्, र अभ्यासको मार्ग भेट्टाउँदैनन् भने, तिनीहरू कुनै पनि सत्यतामा प्रवेश गर्न सक्‍नेछैनन्। त्यो कुन तरिका हो जसमार्फत मानिसहरूले परमेश्‍वरलाई चिन्‍न पुग्छन्? यो तरिका सबै विविध सत्यताहरू बुझ्‍नु र त्यसमा प्रवेश गर्नु हो; एउटै मात्र तरिका यही हो। यसको साथै, हरेक सत्यता कुनै प्रकारको सिद्धान्त वा ज्ञान वा दर्शन होइन; यो मानिसहरूको जीवन र तिनीहरूको अस्तित्वको अवस्था, तिनीहरू जुन स्थितिमा छन् ती स्थितिहरू र तिनीहरूले हरेक दिन सोच्ने कुराहरू, र तिनीहरूको भ्रष्ट सारको प्रभुत्वमा तिनीहरूभित्र उत्‍पन्‍न हुने विभिन्‍न सोच, विचार, अभिप्राय, र मनोवृत्तिहरूसँग सम्बन्धित कुरा हो। त्यसकारण, हामीले कुरा गरिरहेका विषयहरू यिनै हुन्। जब तैँले यी विषयहरू पत्ता लगाई तिनलाई आफूसँग जोडेको हुन्छस्, जब अभ्यासका सिद्धान्तहरू पत्ता लगाएको हुन्छस्, र जब तेरा फरक-फरक स्वभावले पैदा गर्ने विभिन्‍न स्थिति र दृष्टिकोणहरू चिनेको हुन्छस्, तब तैँले तीसँग सम्बन्धित सत्यताहरू साँच्‍चै बुझेको हुनेछस्, र त्यसपछि मात्रै तैँले सत्यता सिद्धान्तहरू अनुसार सही रूपमा अभ्यास गर्न सक्‍नेछस्। यदि तैँले शाब्दिक रूपमा मात्रै यी वचनहरू बुझेको छस्, र ख्रीष्टविरोधीहरूको स्वार्थीपन र घृणितता परमेश्‍वरले खुलासा गर्नुभएको देख्‍दा, तैँले यस्तो सोच्छस् भने, “ख्रीष्टविरोधीहरू स्वार्थी र घृणित हुन्छन्, तर म अलिक निस्वार्थ छु; मसित दिनको लागि एकदमै धेरै प्रेम छ, म सहनशील छु, म विद्वानहरूको परिवारमा जन्मेको हुँ, मैले उच्च शिक्षा प्राप्त गरेको छु, र म प्रसिद्ध व्यक्तित्व र उत्कृष्ट लेखहरूको प्रभावमा परेको छु, म स्वार्थी व्यक्ति होइन”—के यी कुराहरू भन्‍नु सत्यता स्विकार्नु हो? के यो आफूलाई चिन्‍नु हो? यो एकदमै स्पष्ट छ, तैँले यो खास सत्यता, वा यो खास सत्यताले समावेश गर्ने विभिन्‍न स्थितिहरू बुझ्दैनस्। जब तैँले कुनै निश्‍चित सत्यतामा समेटिएका परमेश्‍वरले बोल्नु र खुलासा गर्नुभएका विभिन्‍न स्थितिहरू बुझ्छस्, र जब तिनलाई आफूसँग तुलना गरेर अभ्यासका सही सिद्धान्तहरू पत्ता लगाउन सक्छस्, तब तैँले सत्यता अभ्यास गर्ने मार्ग हिँड्न थालेको हुनेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस्। यदि तैँले यसो गरेको छैनस् भने, तैँले केवल धर्मसिद्धान्त मात्रै बुझेको छस्; तैँले सत्यता बुझेको छैनस्। यो त हामीले भर्खरै कुरा गरेको विषय, अर्थात् ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने कुराजस्तै हो। हामीले सङ्गति गरेका विभिन्‍न स्थिति, प्रकटीकरण, र प्रकाशहरू सबै ख्रीष्टविरोधीका प्रकृति सार र स्वभावसँग सम्बन्धित छन्। यीमध्ये कति कुरा तैँले बुझ्छस्? तैँले तीमध्ये कतिलाई आफूसँग तुलना गरेको छस्? यो विषयभित्र समावेश रहेका तैँले बुझेका अभिव्यक्ति, विवरण, र स्थितिहरू अरूसँग सम्बन्धित छन् कि तँ आफैसँग सम्बन्धित छन्? के यी स्थितिहरूसँग तेरो आफ्नो कुनै सम्बन्ध छ? के तैँले साँच्‍चै तिनलाई आफूसँग तुलना गरेको छस्, कि तैँले मन नलागी-नलागी तिनलाई स्विकारेको र तिनमा सहमति जनाएको मात्र छस्? यो कुरा सत्यताप्रतिको तेरो बुझाइ र मनोवृत्तिमा निर्भर हुन्छ। यी स्थितिहरूलाई आफूसँग जोड्नु भनेको तैँले सत्यता अभ्यास गर्न सक्‍ने हुनको लागि पूरा गर्नुपर्ने पूर्वसर्त मात्रै हो; यसको अर्थ तैँले पहिले नै यस्तो अभ्यास गर्न थालेको छस् भन्‍ने होइन। तर यदि तैँले यी स्थितिहरूलाई आफूसँग जोड्न सक्दैनस् भने, सत्यता अभ्यास गर्ने कार्यसँग तेरो कुनै सम्बन्ध हुनेछैन। त्यसो भएको हुनाले, जब तैँले प्रवचनहरू सुन्छस्, तब के सुन्छस्? तैँले नाटक मात्रै गर्नेछस्; तैँले परमेश्‍वरमा विश्‍वास गरेजस्तो देखिनेछ, तर तैँले वास्तवमा उहाँका वचनहरू अनुसार अभ्यास गरिरहेको हुनेछैनस्, र तँ उहाँका वचनहरूको वास्तविकमा प्रवेश गर्न सक्‍नेछैनस्। तँ एक साधारण व्यक्ति, सेवा गर्ने वस्तु, र प्रतिभार मात्रै हुनेछस्। जब तिमीहरूले आफूलाई यी स्थितिहरूसँग कसरी तुलना गर्ने र मैले भनेका कुराहरूसँग सम्बन्धित विभिन्‍न स्थितिहरूलाई कसरी चिरफार गर्ने भन्‍ने सवाल आउँछ, यो तिमीहरूको आफ्नै ज्ञानमा निर्भर हुन्छ। मैले त गर्न सक्‍ने भनेकै तिमीहरूलाई यी वचनहरू बताउनु र यी वचनहरू प्रदान गर्नु मात्रै हो, बाँकी कुराको हकमा त, तिमीहरू आफैले प्रयास गर्नुपर्छ। तिमीहरूले यी वचनहरू स्विकार्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरा तिमीहरूको मनोवृत्तिमा निर्भर हुन्छ। कतिपय मानिसहरू हृदयमा हठी हुन्छन्; तिनीहरूले सधैँ बहाना गरिरहेका हुन्छन् र आफ्नो हैसियत र प्रतिष्ठा रक्षा गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूसँग स्पष्ट रूपमै समस्याहरू हुन्छन्, तर तिनीहरूले यी समस्याहरू देख्‍न सक्दैनन् र तिनलाई स्वीकार गर्दैनन्, र तिनीहरूले अरूलाई खुलासा र चिरफार गर्ने कामसमेत आफ्‍नो हातमा लिन्छन्। परिणामस्वरूप, ती अरू मानिसहरूले चाहिँ यसबाट फाइदा पाउँछन्, तर तिनीहरू आफैले भने केही पनि प्राप्त गर्दैनन्। यी मानिसहरू मूर्ख हुन्, होइनन् र? यो मूर्ख व्यवहार हो। प्रवचनहरू सुन्नुको उद्देश्य अरू मानिसहरूलाई कसरी चिन्‍ने भनेर सिक्‍नु होइन, न त यो अरूको खातिर सुनिदिनु नै हो; यो त जे भनिएको छ त्यो कुरा तैँले नै सुन्‍न र प्राप्त गर्न सक् भनेर हो। तैँले परमेश्‍वरका वचन, सत्यता, र प्रवचनहरू सुन्छस्, र यसबाट तैँले सत्यता बुझ्छस्, जीवन प्राप्त गर्छस्, र स्वभाव परिवर्तन हासिल गर्छस्। के अरू मानिसहरूसँग यसको कुनै सम्बन्ध हुन्छ र? यी वचनहरू तँसँग सम्बन्धित हुन्छन्। यदि तैँले यस्तो मनोवृत्ति अपनाइस् भने, यी वचनहरूले तँलाई परिवर्तन गर्न सक्छन्, ती तेरो वास्तविकता बन्‍न सक्छन्, र तिनले तँलाई स्वभाव परिवर्तन हासिल गर्न मदत गर्न सक्छन्।

यो पहिलो विषयमा, हामीले ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन् भन्‍ने कुराका विभिन्‍न प्रकटीकरणहरूबारे कुरा गर्‍यौँ। एक हिसाबमा, यो विषय सङ्गति गर्दा यसले तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मनोवृत्ति कस्तो हुन्छ, र यो मामिलामा तिनीहरूको प्रकृति सारका प्रकटीकरणहरू के-के हुन् भनेर बुझ्न मदत गर्छ; अर्को हिसाबमा, यसले तिमीहरूलाई केही सकारात्मक मार्गदर्शन र चेतावनी दिन्छ। तिमीहरूले आफै सङ्गति गरेर बाँकी समस्याहरू समाधान गर्न सक्छौ; ती तिमीहरूका आफ्नै मामलाहरू हुन्।

२. ख्रीष्टविरोधीहरू आफूभन्दा बलियाहरूलाई कसरी लिन्छन्

जब ख्रीष्टविरोधीहरूको प्रतिष्ठा र हैसियत रक्षा गर्ने इच्छाको कुरा आउँछ, तब तिनीहरूलाई काटछाँट गरिँदा तिनीहरूले आफ्नो प्रकृति सार प्रदर्शन र खुलासा मात्रै गर्दैनन्—तिनीहरूले अरू धेरै प्रकारका परिस्थिति र मामलाहरू सामना पनि गर्छन्। त्यसकारण, हामीले सङ्गति गर्ने दोस्रो विषय भनेको ख्रीष्टविरोधीहरूले मानिसहरूको समूहभित्र आफ्नो हैसियत र प्रतिष्ठा कसरी कायम राख्छन् भन्‍ने हो। मानिसहरूको समूहमा हुँदा, ख्रीष्टविरोधीहरूले त्यस्ता के-कस्ता व्यवहारहरू प्रदर्शन गर्छन् जसले तिनीहरू आफूले गर्ने सबै कुरामा आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्ने प्रयास गरिरहेका हुन्छन् भन्‍ने कुरा चित्रण गर्न सक्छन्? यो विषय स्पष्ट छ कि छैन? यसको दायरा ठूलो छ कि सानो? यो प्रतिनिधिमूलक छ कि छैन? (यो प्रतिनिधिमूलक कुरा हो।) यो विषय ख्रीष्टविरोधीहरूको प्रकृति सारसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। मानिसहरूको समूहमा जिउँदा ख्रीष्टविरोधीहरूले के-कस्ता प्रकटीकरणहरू देखाउँछन्? तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्न कस्ता मनोवृत्ति र कार्य-व्यवहारहरू प्रयोग गर्छन्? सर्वप्रथम त, यदि ख्रीष्टविरोधीहरूको कुनै हैसियत छैन भने, के तिनीहरू अझै पनि ख्रीष्टविरोधीहरू नै हुन् त? (हुन्।) तँसँग यो अवधारणाबारे स्पष्ट बुझाइ हुनुपर्छ। हैसियत भएका मानिसहरूमा मात्रै ख्रीष्टविरोधीहरूको सार हुन सक्छ र तिनीहरू मात्रै ख्रीष्टविरोधीहरू बन्‍न सक्छन्, वा हैसियत नभएका साधारण मानिसहरू ख्रीष्टविरोधीहरू हुँदैनन् भन्‍ने नसोच्। यसको दायरा वास्तवमा निकै ठूलो छ। ख्रीष्टविरोधीहरूको सार भएको कुनै पनि व्यक्तिमा हैसियत भए नि नभए नि, र ऊ अगुवा भए नि वा साधारण विश्‍वासी भए नि ऊ ख्रीष्टविरोधी नै हुन्छ; यो उसको सारले निर्धारित गर्छ। त्यसोभए, ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूले साधारण अनुयायी हुँदा के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्? प्रकृति सारका कुन-कुन खुलासाहरूले तिनीहरू वास्तवमा ख्रीष्टविरोधीहरू हुन् भन्‍ने पर्याप्त प्रमाणको काम गर्छन्? पहिला, हामी मानिसहरूको समूहमा तिनीहरू कसरी जिउँछन्, तिनीहरूले अरूसँग कसरी व्यवहार गर्छन्, र सत्यताप्रति तिनीहरूले राख्‍ने मनोवृत्ति कस्तो हुन्छ, त्यो हेरौँ। हामीले सबैभन्दा बढी केबारे सङ्गति गर्नुपर्छ भन्‍ने कुरा ख्रीष्टविरोधीहरूले के खान्छन्, के लगाउँछन्, तिनीहरू कहाँ बस्छन्, वा तिनीहरू कसरी घुम्छन् भन्‍ने कुरा होइन, बरु त्यो त तिनीहरूले समूहमा हुँदा आफ्नो प्रतिष्ठा र हैसियत कसरी रक्षा गर्छन् भन्‍ने कुरा हो। तिनीहरू साधारण विश्‍वासीहरू नै भए पनि, तिनीहरूले निरन्तर आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्ने प्रयास गरिरहेका हुन्छन्, निरन्तर यस्तो स्वभाव र सार प्रकट गरिरहेका हुन्छन्, र यस्ता कुराहरू गरिरहेका हुन्छन्। त्यसैले, यसले हामीलाई ख्रीष्टविरोधीहरूको स्वभाव र सारको हाम्रो बुझाइमा एक कदम अघि बढ्न सहयोग गर्छ। ख्रीष्टविरोधीहरूको हैसियत भए नि नभए नि, र तिनीहरू जहिले वा जहाँ भए नि, ख्रीष्टविरोधीहरूको स्वभाव र सार सधैँ तिनीहरूमा खुलासा वा प्रकट भइरहेको हुन्छ। यो कुनै पनि ठाउँ, भूगोल, वा मानिस, घटना र परिस्थितिहरूमा सीमित हुँदैन।

जब ख्रीष्टविरोधीहरूले कर्तव्य निर्वाह गर्छन्, यो जे भए पनि र तिनीहरू जुनै समूहमा रहे पनि, तिनीहरूले फरक किसिमको व्यवहार देखाउँछन्, अर्थात् सबै कुरामा, तिनीहरू सधैँ फरक देखिन र आफूलाई प्रदर्शन गर्न चाहन्छन्, तिनीहरू सधैँ मानिसहरूलाई बाध्यतामा पार्न र नियन्त्रण गर्न चाहन्छन्, तिनीहरू सधैँ मानिसहरूलाई नेतृत्व गर्न र आफै अन्तिम निर्णय गर्न चाहन्छन्, सधैँ चर्चाको शिखरमा रहन चाहन्छन्, सधैँ मानिसहरूको आँखा र ध्यान आफूतिर आकर्षित गर्न चाहन्छन्, र सबैको आदर पाउन चाहन्छन्। जब ख्रीष्टविरोधीहरू कुनै समूहमा आबद्ध हुन्छन्, तब यसको सदस्य सङ्ख्या जति भए नि, समूहका सदस्यहरू जोसुकै भए नि, वा तिनीहरूको पेसा वा पहिचान जेसुकै भए नि, ख्रीष्टविरोधीहरूले सुरुमा को शानदार र उत्कृष्ट छ, को बोल्‍न सिपालु छ, को प्रभावशाली छ, र को योग्य छ वा को प्रतिष्ठित छ भनेर हेर्न परिस्थिति मूल्याङ्कन गर्छन्। तिनीहरूले कसलाई हराउन सकिन्छ र कसलाई हराउन सकिँदैन, साथै को तिनीहरूभन्दा माथि छन् र को नीच छन् भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले हेर्ने पहिला कुराहरू यिनै हुन्। तुरुन्तै परिस्थिति मूल्याङ्कन गरेपछि, तिनीहरूले कार्य गर्न थाल्छन्, र तत्कालको लागि आफूभन्दा तल्‍लो स्तरकाहरूलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। तिनीहरू सबभन्दा पहिले आफूभन्दा श्रेष्ठ, र केही प्रतिष्ठा र हैसियत, वा वरदान र प्रतिभा भएका भन्‍ने लागेका मानिसहरूकहाँ जान्छन्। तिनीहरूले सुरुमा आफूसँग तुलना गर्ने मानिसहरू यिनै हुन्। यदि यीमध्ये कुनै कसैलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आदर गर्छन् भने, वा तिनीहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन् र तिनीहरूको स्थिति राम्रो छ भने, तिनीहरू ख्रीष्टविरोधीहरूको ईर्ष्याको पात्र बन्छन्, र अवश्य नै प्रतिस्पर्धाको रूपमा पनि हेरिन्छन्। त्यसपछि, ख्रीष्टविरोधीहरूले आफूलाई प्रतिष्ठा भएका, हैसियत भएका, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको आदर पाउने यी मानिसहरूसँग चुपचाप तुलना गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूबारे मनन गर्न थाल्छन्, र ती मानिसहरूले के गर्न सक्छन् र तिनीहरू के कुरामा पोख्त छन्, र केही मानिसहरूले किन तिनीहरूलाई आदर गर्छन् भनेर जाँच्न थाल्छन्। अनि नियाल्दै र अवलोकन गर्दै, ख्रीष्टविरोधीहरूले यी मानिसहरू निश्‍चित पेसाका विज्ञहरू हुन्, साथै तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको लामो समय भएको हुनाले, र तिनीहरूले केही अनुभव गवाही बाँड्न सक्‍ने हुनाले सबैले तिनीहरूलाई उच्च आदर गर्छन् भन्‍ने कुरा महसुस गर्छन्। ख्रीष्टविरोधीहरूले त्यस्ता मानिसहरूलाई “शिकार” को रूपमा हेर्छन् र तिनीहरूलाई विरोधीहरूको रूपमा पहिचान गर्छन्, र त्यसपछि तिनीहरूले कार्ययोजना बनाउँछन्। कस्तो कार्ययोजना? तिनीहरूले ती विरोधीहरूसँग आफ्‍नो नमिल्ने पक्षहरू हेर्छन्, र त्यसपछि ती पक्षहरूमा काम गर्न थाल्छन्। उदाहरणको लागि, यदि तिनीहरू निश्‍चित पेसामा तिनीहरू जति सिपालु छैनन् भने, तिनीहरूले त्यो पेसा अध्ययन गर्छन्, अझै धेरै पुस्तकहरू पढ्छन्, हरप्रकारका जानकारीहरू खोज्छन्, र अरूलाई थप निर्देशन दिन विनम्रतासाथ अनुरोध गर्छन्। तिनीहरूले त्यो पेसासँग सम्बन्धित हरप्रकारका काममा सहभागिता जनाउँछन्, र बिस्तारै अनुभव जम्मा गर्दै आफ्नो शक्ति वृद्धि गर्छन्। अनि जब तिनीहरूले विरोधीहरूसँग प्रतिस्पर्धा गर्ने पूँजी आफूले पाइसकेको विश्‍वास गर्छन्, तब तिनीहरू प्रायजसो आफ्ना “उत्कृष्ट दृष्टिकोणहरू” व्यक्त गर्न अगाडि आउँछन्, र प्रायजसो जानी-जानी विरोधीहरूलाई खण्डन र हेला गर्छन्, तिनीहरूलाई लज्‍जित र बदनाम गर्छन्, र यसरी तिनीहरू कति चलाख र असाधारण छन् भन्‍ने कुरामा जोड दिन्छन्, र विरोधीहरूलाई दमन गर्छन्। स्पष्ट दृष्टि भएका मानिसहरूले यी सबै कुरा देख्‍न सक्छन्, मूर्ख, अज्ञानी र समझहीन मानिसहरूले मात्रै देख्‍न सक्दैनन्। धेरैजसो मानिसहरूले ख्रीष्टविरोधीहरूको जोश, तिनीहरूको पछ्याइ, तिनीहरूको कष्ट, मूल्य चुकाइ, र बाह्य असल व्यवहार मात्रै देख्‍छन्, तर वास्तविक अवस्था ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ। तिनीहरूको मूल उद्देश्य के हुन्छ? हैसियत प्राप्त गर्नु। तिनीहरूको सबै काम, सबै परिश्रम, र तिनीहरूले चुकाउने सबै मूल्य तिनीहरूले हृदयमा सबैभन्दा बढी आराधना गर्ने कुरामा केन्द्रित हुन्छ, र त्यो हो, हैसियत र शक्ति।

शक्ति र हैसियत प्राप्त गर्नका लागि, ख्रीष्टविरोधीहरूले मण्डलीमा गर्ने पहिलो कुरा भनेको अरूको भरोसा र आदर जित्ने प्रयास गर्नु हो, ताकि तिनीहरूले अझै धेरै मानिसहरूलाई विश्‍वस्त गराउन, र तिनीहरूलाई आदर र आराधना गर्ने बनाउन सकून्, र यसरी मण्डलीमा अन्तिम निर्णय आफ्नै गर्ने, र शक्ति कायम राख्‍ने आफ्नो उद्देश्य हासिल गर्न सकून्। जब शक्ति प्राप्त गर्ने कुरा आउँछ, तब तिनीहरू अरूसँग प्रतिस्पर्धा र लडाइँ गर्न सबैभन्दा बढी सिपालु हुन्छन्। सत्यता पछ्याउने, मण्डलीमा प्रतिष्ठा भएका, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले प्रेम गर्ने मानिसहरू नै तिनीहरूको प्राथमिक प्रतिस्पर्धा हुन्छन्। तिनीहरूको हैसियतमा खतरा पैदा गर्ने जोकोही तिनीहरूको प्रतिस्पर्धा हुन्छ। तिनीहरू निडर भई आफूभन्दा शक्तिशाली मानिसहरूसँग प्रतिस्पर्धा गर्छन्; र तिनीहरू दया नदेखाई आफूभन्दा कमजोर मानिसहरूसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरूको हृदय युद्धको दर्शनले भरिएको हुन्छ। तिनीहरू यदि मानिसहरूले प्रतिस्पर्धा र लडाइँ गरेनन् भने, कुनै फाइदा प्राप्त गर्न सक्‍नेछैनन्, र प्रतिस्पर्धा र लडाइँ गरेर मात्रै तिनीहरूले आफूले चाहेका कुरा प्राप्त गर्न सक्‍नेछन् भन्‍ने विश्‍वास गर्छन्। हैसियत प्राप्त गर्न, र मानिसहरूको समूहमा प्रमुख स्थान लिनको लागि, तिनीहरू अरूसँग प्रतिस्पर्धा गर्न जेसुकै गर्नुपरे पनि गर्छन्, र तिनीहरूको हैसियतमा खतरा पैदा गर्ने एउटै व्यक्तिलाई पनि छोड्दैनन्। तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, तिनीहरू युद्ध गर्ने इच्छाले भरिएका हुन्छन्, र तिनीहरू वृद्ध हुँदा पनि, अझै लडाइँ गर्छन्। तिनीहरू प्रायजसो “के मैले त्यो व्यक्तिसँग प्रतिस्पर्धा गरेँ भने, त्यसलाई जित्न सक्छु?” भनेर प्रश्‍न गरिरहन्छन्। जो बोल्‍न सिपालु छ, र जो तर्कसङ्गत, संरचनात्मक र विधिवत् तरिकाले बोल्न सक्छ, त्यो व्यक्ति तिनीहरूको डाहा र नक्कलको निसाना बनिहाल्छ। यति मात्र होइन, ऊ तिनीहरूको प्रतिस्पर्धी पनि बन्छ। जो सत्यता पछ्याउँछ र विश्‍वास गर्छ, जो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बारम्बार सहयोग र साथ दिन सक्षम छ, र जसले तिनीहरूलाई नकारात्मकता र कमजोरीबाट बाहिर आउन सक्षम बनाउँछ, ऊ पनि तिनीहरूको प्रतिस्पर्धी बन्छ, र त्यसैगरी कुनै निश्‍चित पेसामा विज्ञ रहेको, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले केही हदसम्म आदर गर्ने व्यक्ति पनि तिनीहरूको प्रतिस्पर्धी बन्छ। जसले आफ्नो काममा परिणामहरू प्राप्त गर्छ, र माथिबाट मान्यता प्राप्त गर्छ, ऊ स्वाभाविक रूपमै तिनीहरूको प्रतिस्पर्धाको अझै ठूलो स्रोत बन्छ। ख्रीष्टविरोधीहरू चाहे जुनसुकै समूहमा होऊन्, तिनीहरूको आदर्श वाक्य के हुन्छ? आफ्ना विचारहरू बाँड त। (अरू मानिसहरू र स्वर्गसँग लडाइँ गर्नु अनन्त आनन्दको स्रोत हो।) के यो पागलपन होइन र? यो पागलपन हो। अरू केही छ? (परमेश्‍वर, के तिनीहरूले यस्तो सोच्दैनन् र: “सारा ब्रह्माण्डमा, मैले मात्रै सर्वोच्च शासन गर्छु?” अर्थात्, तिनीहरू सबैभन्दा माथि हुन चाहन्छन्, र तिनीहरू जोसँग भए पनि, तिनीहरू सधैँ अरूलाई जित्न चाहन्छन्।) यो तिनीहरूको एउटा विचार हो। अरू केही छ? (परमेश्‍वर, मलाई चार शब्द याद आयो: “विजेता नै राजा हो।” मलाई लाग्छ तिनीहरू जहाँ भए नि सधैँ अरूभन्दा माथि उठ्न र अलग हुन चाहन्छन्, र तिनीहरू सबैभन्दा माथि उठ्न लागिपर्छन्।) तिमीहरूले बोलेका धेरैजसो कुराहरू विचारहरूका प्रकार हुन्; तिनलाई व्याख्या गर्न एक प्रकारको व्यवहार प्रयोग गर्ने प्रयास गर। ख्रीष्टविरोधीहरू जहाँ भए नि तिनीहरू सबैभन्दा माथिल्लो पद ओगट्न चाहन्छन् नै भन्‍ने हुँदैन। तिनीहरू कुनै ठाउँ जाँदा, तिनीहरूमा एउटा स्वभाव र मानसिकता हुन्छ जसले तिनीहरूलाई कुनै काम गर्न बाध्य पार्छ। त्यो मानसिकता के हो? त्यो हो: “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!” किन एउटा “प्रतिस्पर्धा” नभई, तीन वटा “प्रतिस्पर्धा”? (प्रतिस्पर्धा तिनीहरूको जीवन बनेको हुन्छ, र तिनीहरू यसैअनुसार जिउँछन्।) यो तिनीहरूको स्वभाव हो। तिनीहरू अत्यन्तै अहङ्कारी र काबुमा राख्‍न नसकिने स्वभावसित जन्‍मेका हुन्छन्, अर्थात्, तिनीहरूले आफूलाई कोहीभन्दा कम ठान्दैनन् र तिनीहरू अत्यन्तै अहम् हुन्छन्। तिनीहरूको यस्तो अहङ्कारी स्वभावमा कसैले रोक लाउन सक्दैन; तिनीहरू आफैले पनि यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यसकारण, तिनीहरूको जीवन लडाइँ र प्रतिस्पर्धामै केन्द्रित हुन्छ। तिनीहरूले केको लागि लडाइँ र प्रतिस्पर्धा गर्छन्? प्राकृतिक हिसाबमै, तिनीहरूले ख्याति, लाभ, हैसियत, इज्जत, र आफ्‍नै हितहरूको लागि प्रतिस्पर्धा गर्छन्। तिनीहरूले जस्तोसुकै विधिहरू प्रयोग गर्नु परे पनि, सबै जना तिनीहरूको अधीनमा बस्छन् भने, र तिनीहरूले आफ्‍नो लागि फाइदा र हैसियत प्राप्त गर्न सक्छन् भने, तिनीहरूले आफ्‍नो लक्ष्य हासिल गरिसकेका हुन्छन्। प्रतिस्पर्धा गर्ने तिनीहरूको इच्छा क्षणिक आवेग होइन; यो शैतानी प्रकृतिबाट आउने स्वभाव हो। यो त स्वर्गसँग, पृथ्वीसँग, र मानिसहरूसँग लडाइँ गर्ने ठूलो रातो अजिङ्गरको जस्तो स्वभाव हो। अनि, मण्डलीमा ख्रीष्टविरोधीहरूले अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्दा, तिनीहरूले के चाहन्छन्? निस्सन्देह नै, तिनीहरूले प्रतिष्ठा र हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तर तिनीहरूले हैसियत प्राप्त गरे पनि, तिनीहरूका लागि यसको के काम हुन्छ? यदि अरूले तिनीहरूको कुरा सुन्छन्, तिनीहरूलाई आदर र उपासना गर्छन् भने यसको फाइदा के हुन्छ? ख्रीष्टविरोधीहरू स्वयम्‌ले पनि यो कुरा व्याख्या गर्न सक्दैनन्। वास्तवमा, तिनीहरूलाई प्रतिष्ठा र हैसियतमा रमाउन, अनि सबै जना तिनीहरूसामु मुस्कुराएको र सबैले तिनीहरूलाई चापलुसी र ज्यूज्यू गर्दै अभिवादन गरेको हेर्न मन पर्छ। त्यसकारण, जब-जब ख्रीष्टविरोधी मण्डलीमा जान्छ, तब-तब उसले एउटा काम गर्छ, र त्यो हो अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्नु। शक्ति र हैसियत जिते पनि, तिनीहरूलाई चित्त बुझ्दैन। तिनीहरूले आफ्‍नो हैसियत र शक्ति जोगाउन, अरूसँग निरन्तर लडाइँ र प्रतिस्पर्धा गरिरहन्छन्। तिनीहरू जबसम्‍म जीवित रहन्छन्, तबसम्‍म यसै गरिरहन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको दर्शन यस्तो हुन्छ, “जबसम्‍म जिउँदो रहिन्छ, तबसम्‍म लडाइँ गर्न छोड्नु हुँदैन।” यदि यस्तो दुष्ट मानिस मण्डलीमा छ भने, के यसले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा पुग्नेछ? उदाहरणको लागि, मानौं सबैले शान्तिसित परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने गरिरहेका छन्, र वातावरण शान्त र माहोल सुखद हुन्छ। यस्तो बेला, ख्रीष्टविरोधीहरू असन्तुष्टिले क्रोधित हुन्छन्। तिनीहरू सत्यता सङ्गति गर्नेहरूलाई डाहा र घृणा गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आक्रमण र आलोचना गर्न थाल्‍छन्। के यसले शान्तिपूर्ण वातावरण खलबल्याउँदैन र? तिनीहरू अरूलाई बाधा र व्यवधान गर्न आउने दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू भनेकै यस्तै हुन्छन्। कहिलेकहीँ, ख्रीष्टविरोधीहरूले आफूले प्रतिस्पर्धा गर्दै दमन गरेका मानिसहरूलाई नष्ट गर्न वा जित्‍न खोजिरहेका हुँदैनन्; तिनीहरूले प्रतिष्ठा, हैसियत, गर्व, र इज्‍जत प्राप्त गरे भने, र मानिसहरूलाई आफ्नो आदर गराउन सके भने, तिनीहरूले आफ्‍नो उद्देश्य हासिल गरिसकेका हुन्छन्। तिनीहरूले प्रतिस्पर्धा गर्ने क्रममा, एक प्रकारको स्पष्ट शैतानी स्वभाव प्रकट गर्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू जुनसुकै मण्डलीमा देखिए पनि, तिनीहरू सधैँ अरू मानिसहरूसँग प्रतिस्पर्धा र लडाइँ गर्न चाहन्छन्, तिनीहरू सधैँ ख्याति, लाभ, र हैसियतको लागि होड गर्न चाहन्छन्, र मण्डली भताभुङ्ग र भद्रगोल हुँदा, तिनीहरूले हैसियत प्राप्त गर्दा र सबै तिनीहरूको अघि झुक्दा मात्रै तिनीहरूको उद्देश्य हासिल भयो भन्‍ने तिनीहरूलाई लाग्छ। ख्रीष्टविरोधीहरूको प्रकृति यही हो, अर्थात्, तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न प्रतिस्पर्धा र लडाइँ प्रयोग गर्छन्।

ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि तिनीहरूको आदर्श वाक्य के हुन्छ? “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! सबैभन्दा उच्च र सबैभन्दा महान् हुन मैले प्रतिस्पर्धा गर्नैपर्छ!” ख्रीष्टविरोधीहरूको सार यही हो; तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरू प्रतिस्पर्धा गर्छन् र आफ्नो उद्देश्य हासिल गर्ने कोसिस गर्छन्। तिनीहरू शैतानका दास हुन्, र तिनीहरूले मण्डलीको कामलाई बिथोल्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तो हुन्छ: तिनीहरूले सुरुमा मण्डलीमा लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेको र पुँजी भएको, केही वरदान वा विशेष प्रतिभा भएको, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा फाइदा पुर्‍याउने क्षमता भएको, राम्रो प्रतिष्ठा भएको, वरिष्ठता भएको, दाजुभाइ-दिदीबहिनीहरूमाझ राम्रोसित कुरा गर्ने गरिएको, र सकारात्मक कुराहरू धेरै भएको व्यक्तिलाई खोज्छन्। त्यस्तो व्यक्ति तिनीहरूको प्रतिस्पर्धी बन्छ। सारांशमा, ख्रीष्टविरोधीहरूले मानिसहरूको समूहमा हुँदा हरेक पटक यही गर्छन्: तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्छन्, उच्‍च प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्छन्, मामलाहरूमाथिको अन्तिम निर्णय र समूहमा निर्णय गर्ने अधिकारको लागि प्रतिस्पर्धा गर्छन्, र यी कुराहरू प्राप्त गरेमा तिनीहरू खुसी हुन्छन्। के तिनीहरूले यी कुराहरू प्राप्त गरेपछि वास्तविक काम गर्न सक्छन्? अवश्यै सक्दैनन्, वास्तविक काम गर्न तिनीहरू प्रतिस्पर्धा र लडाइँ गर्दैनन्; तिनीहरूको उद्देश्य अरू सबैलाई जित्नु हो। “तँ मेरो अघि झुक्न तयार छस् कि छैनस् भन्‍ने कुराप्रति मलाई वास्ता छैन; पूँजीको हिसाबमा, म सबैभन्दा ठूलो छु, बोल्ने सीपको हिसाबमा, म सबैभन्दा उत्कृष्ट छु, र वरदान र प्रतिभाको हिसाबमा, मसँग यी कुरा सबैभन्दा बढी छन्।” जुनसुकै क्षेत्र भए पनि, तिनीहरू सधैँ पहिलो स्थानको लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सुपरभाइजरको रूपमा छनौट गरे भने, तिनीहरूले अन्तिम निर्णय आफै गर्न र निर्णय गर्ने अधिकार पाउन आफ्ना सहकर्मीहरूसँग प्रतिस्पर्धा गर्छन्। यदि मण्डलीले तिनीहरूलाई निश्‍चित कामको इन्‍चार्ज बनायो भने, तिनीहरू त्यो काम कसरी अघि बढाउने भन्‍नेबारे आफै निर्णय गर्ने जिद्दी गर्छन्। तिनीहरू आफूले भनेको सबै कुरा र आफूले निर्णय गर्ने सबै कुरा सफल बनाउन र वास्तविकतामा परिणत गर्न लागिपर्न चाहन्छन्। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अरू कसैको विचार अपनाए भने, के यो कुरा तिनीहरूदेखि पार हुन्छ त? (हुँदैन।) यसको मतलब समस्या हो। यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तिनीहरूले तँलाई पाठ सिकाउँछन्, तिनीहरूविना तँ केही गर्न सक्दैनस् भन्‍ने अनुभव गराउँछन्, र तिनीहरूको आज्ञापालन नगर्दा के-कस्ता परिणामहरू आउनेछन् भन्‍ने कुरा देखाउँछन्। ख्रीष्टविरोधीहरूको स्वभाव त्यति अहङ्कारी, घृणास्पद र अमनासिब हुन्छ। तिनीहरूसँग न त विवेक न त समझ, न त सत्यताको सानो अंश नै हुन्छ। ख्रीष्टविरोधीका व्यवहार र कार्यहरूबाट यो देख्‍न सकिन्छ कि तिनीहरूले जे गर्छन् त्यसमा सामान्य व्यक्तिको कुनै पनि समझ हुँदैन, र तिनीहरूलाई कसैले सत्यताबारे सङ्गति दिए पनि, तिनीहरूले त्यो स्वीकार गर्दैनन्। तैँले जतिसुकै सही कुरा भनिस् भने पनि, त्यो तिनीहरूका लागि केही कामको हुँदैन। तिनीहरूलाई पछि लाग्‍न मनपर्ने एकमात्र कुरा प्रतिष्ठा र हैसियत हो, जसलाई तिनीहरू सम्मान गर्छन्। हैसियतबाट लाभ उठाउन सकुञ्‍जेलसम्म तिनीहरू सन्तुष्ट नै हुन्छन्। तिनीहरू यही नै तिनीहरूको अस्तित्वको ‍महत्त्व हो भन्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि, तिनीहरूले मानिसहरूलाई आफूले प्रदान गर्ने “ज्योति” र “न्यानोपन”, आफ्ना प्रतिभाहरू, र आफ्नो अद्वितीयपन देखाउनुपर्छ। अनि तिनीहरूले आफू विशेष भएको विश्‍वास गर्ने हुनाले, प्राकृतिक रूपमै तिनीहरूले आफूलाई साधारण मानिसहरूभन्दा राम्रो व्यवहार गरिनुपर्छ, आफूले मानिसहरूको सहयोग र आदर प्राप्त गर्नुपर्छ, आफूलाई मानिसहरूले उच्च रूपमा हेर्नुपर्छ र आराधना गर्नुपर्छ भन्ने सोच्छन्—तिनीहरूले यी सबै कुराहरू तिनीहरूले पाउनु पर्ने कुरा हुन् भन्ने सोच्छन्। के त्यस्ता मानिसहरू गतिछाडा र बेसरम हुँदैनन् र? त्यस्ता मानिसहरू मण्डलीमा हुँदा समस्या हुँदैन र? जब कुनै घटना घट्छ, तब मानिसहरूले सही कुरा बोल्ने जोकोहीको कुरा सुन्‍नुपर्छ, परमेश्‍वरको घरको कामको लागि फाइदाजनक सुझाव दिने जोकोहीप्रति समर्पित हुनुपर्छ, र सत्यता सिद्धान्तहरूअनुरूप भए जोकसैको सुझाव अपनाउनुपर्छ भन्‍ने त सामान्य समझको कुरा हो। यदि ख्रीष्टविरोधीहरूले सिद्धान्तहरूअनुरूप नरहेको कुरा बोल्यो भने, अरू सबैले तिनीहरूको कुरा नसुन्‍न, वा तिनीहरूको सुझाव नअपनाउन सक्छन्। त्यस हकमा, ख्रीष्टविरोधीहरूले के गर्छन्? तिनीहरूले आफूलाई रक्षा गर्ने र सही साबित गर्ने प्रयास गरिरहन्छन्, अनि अरूलाई विश्‍वस्त पार्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कुरा सुन्न र तिनीहरूको सुझाव अपनाउन लाउने उपाय सोचिरहन्छन्। तिनीहरूको सुझाव अपनाइँदा, यसले मण्डलीको काममा कस्तो असर पार्छ भनेर तिनीहरू विचार गर्दैनन्। यो तिनीहरूको विचारको क्षेत्रभित्र पर्दैन। तिनीहरू के मात्रै विचार गर्छन्? “यदि मेरो सुझाव अपनाइएन भने, मैले कहाँ आफ्नो अनुहार देखाउन सक्छु? त्यसैले, मैले प्रतिस्पर्धा गर्नुपर्छ, र मेरो सुझाव अपनाइयोस् भनेर लागिपर्नुपर्छ।” जब कुनै घटना घट्छ, तब तिनीहरू यसरी नै विचार र व्यवहार गर्छन्। तिनीहरू यो सिद्धान्तहरूअनुरूप छ छैन भनेर कहिल्यै मनन गर्दैनन्, र तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको स्वभाव हो।

ख्रीष्टविरोधीहरूमा समझको पूर्ण कमी हुन्छ भन्‍ने कुराको प्राथमिक प्रकटीकरण के हो? तिनीहरूले तिनीहरूसँग वरदान छ, तिनीहरू सक्षम छन्, तिनीहरूमा राम्रो क्षमता छ, र तिनीहरूलाई अरूले आराधना गर्नुपर्छ र साथ दिनुपर्छ, र परमेश्‍वरको घरले महत्त्वपूर्ण पद दिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। यसको साथै, तिनीहरू आफूले अघि सार्ने सबै सुझाव र विचारहरूलाई परमेश्‍वरको घरले अपनाउनुपर्छ र प्रवर्धन गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्, र यदि परमेश्‍वरको घरले ती कुराहरू अपनाएन भने, तिनीहरू अत्यन्तै रिसाउँछन्, परमेश्‍वरको घरविरुद्ध उभिन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्छन्। के ख्रीष्टविरोधीहरूको स्वभाव र सारको यो प्रकटीकरणले मण्डलीमा वाधा र व्यवधान पैदा गर्दैन र? यो भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरूका सबै कार्यहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो बाधा र व्यवधान ल्याउँछन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूमाझ मण्डली नेतृत्वका पदहरू तथा प्रतिष्ठाको निम्ति प्रतिस्पर्धा गर्छन्, तब तिनीहरू आफूले सक्ने सबै विधिहरू प्रयोग गरेर अरूलाई आक्रमण गर्ने र आफूलाई माथि उठाउने गर्छन्। तिनीहरू परमेश्‍वरको घरको काम तथा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई तिनीहरूले कति नराम्रोसित क्षति पुर्याउन सक्लान् भनी विचार गर्दैनन्। तिनीहरूले आफ्ना महत्वाकांक्षाहरू र चाहनाहरूलाई सन्तुष्ट गर्न सकिन्छ कि सकिँदैन, अनि तिनीहरूका आफ्नै हैसियत र प्रतिष्ठा सुरक्षित पार्न सकिन्छ कि सकिँदैन भनेर मात्र विचार गर्छन्। मण्डलीहरूमा अनि परमेश्‍वरका चुनिएका मानिसहरूको माझमा तिनीहरू राक्षस र दुष्ट मानिसको भूमिका खेल्छन्, र शैतानका नोकरको काम गर्छन्। तिनीहरू साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुँदै होइनन्, न त परमेश्‍वरलाई पछ्याउने मानिसहरू नै हुन्, झन् सत्यतालाई प्रेम र स्वीकार गर्ने मानिसहरू हुने त परको कुरा हो। जब तिनीहरूका अभिप्राय र लक्ष्य अझै पूरा हुन बाँकी हुन्छ, तब तिनीहरू कहिल्यै आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने गर्दैनन्, आफ्ना अभिप्राय र लक्ष्य सत्यताबमोजिम छन् कि छैनन् भनी कहिल्यै चिन्तन गर्दैनन्, तिनीहरू मुक्ति प्राप्त गर्न सत्यता पछ्याउने मार्गमा कसरी हिँड्ने भनी कहिल्यै खोजी गर्दैनन्। तिनीहरू समर्पित मनस्थितिले परमेश्वरमा विश्वास गर्ने वा आफूले हिँड्नुपर्ने मार्ग रोज्ने गर्दैनन्। बरु, तिनीहरू यस्तो सोच्दै आफ्नो दिमाग खियाउँछन्: “अगुवा वा सेवकको पदमा म कसरी पुग्‍न सकुँला? मण्डलीका अगुवा र सेवकहरूसँग मैले कसरी प्रतिस्पर्धा गर्न सकुँला? कसरी मैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न, र ख्रीष्टलाई नाममात्रको बनाउन सकुँला? कसरी मैले मण्डलीमा आफ्नो ठाउँ सुरक्षित गर्न सकुँला? कसरी मैले मण्डलीमा आफ्नो दरिलो पकड सुनिश्चित गर्न, हैसियत प्राप्त गर्न, आफू सफल हुने निश्‍चित गर्न र असफल नहुन, र अन्त्यमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रणमा राख्ने र आफ्नै राज्य स्थापना गर्ने आफ्नो लक्ष्य हासिल गर्न सकुँला?” ख्रीष्टविरोधीहरू यिनै कुराहरूबरे सोच्दै दिनरात बिताउँछन्। यो कस्तो स्वभाव र प्रकृति हो? उदाहरणको लागि, जब साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले गवाही लेख्छन्, तब तिनीहरूले लेखमा विश्‍वासयोग्य ढङ्गले आफ्नो अनुभव र बुझाइ कसरी व्यक्त गर्ने भनेर सोच्छन्। त्यसैले, तिनीहरू उहाँले तिनीहरूलाई सत्यताबारे अझै धेरै अन्तर्दृष्टि दिनुहुनेछ, र यसबारे अझै ठूलो र गहन बुझाइ प्राप्त गर्न मदत गर्नुहुनेछ भन्‍ने आशा गर्दै, परमेश्‍वरको अघि प्रार्थना गर्छन्। तर जब ख्रीष्टविरोधीहरूले लेखहरू लेख्छन्, तब तिनीहरूले अझै धेरै मानिसहरूले तिनीहरूलाई बुझून्, तिनीहरूलाई चिनून्, र आदर गरून्, र यसरी अझै धेरै मानिसहरूको मनमा तिनीहरूले हैसियत प्राप्त गरून् भन्‍ने हिसाबले कसरी लेख्‍ने भनेर सोच्दै आफ्नो दिमाग खियाउँछन्। तिनीहरू यो सबैभन्दा साधारण र सानो कुरालाई पनि आफ्नो ख्याति बढाउन प्रयोग गर्न चाहन्छन्। तिनीहरू यस्तो अवसर गुमाउन समेत मान्दैनन्। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? कति ख्रीष्टविरोधीहरू त अरूले अनुभव गवाही लेखहरू लेख्‍न सकेको देखेर हैसियत र प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्ने प्रयासमा हरकसैको अनुभव गवाहीभन्दा सुन्दर कुरा लेख्‍न चाहन्छन्। त्यसकारण, तिनीहरू झूटा कथाहरू बनाउँछन् र चोरेर लेख्छन्। तिनीहरू झूटो गवाही दिनेजस्तो काम गर्न समेत आँट गर्छन्। ख्रीष्टविरोधीहरू आफ्नो नाम कमाउन, आफ्नो बारेमा धेरै मानिसहरूलाई थाहा दिन, र आफ्नो नाम फैलाउन, हरकिसिमका लाजमर्दा कुराहरू गर्न पनि हिचकिचाउँदैनन्। तिनीहरू प्रसिद्ध बन्‍ने, हैसियत प्राप्त गर्ने, र मानिसहरूको समूहमा आदर पाउने र विशेष आदरसाथ हेरिने व्यक्ति बन्‍ने सानोभन्दा सानो अवसरसमेत गुमाउँदैनन्। विशेष आदरसाथ हेरिने व्यक्ति बन्‍नुको उद्देश्य के हो? ख्रीष्टविरोधीहरू के-कस्ता परिणाम र उद्देश्यहरू हासिल गर्न चाहन्छन्? ख्रीष्टविरोधीहरू अरूले तिनीहरूलाई असाधारण मानिसहरू, र अरूभन्दा आदर्शवान्‌ अनि निश्‍चित क्षेत्रका उत्कृष्ट मानिसहरूको रूपमा हेरेको चाहन्छन्; तिनीहरू अरूको मनमा राम्रो, र गहन छाप छोड्न चाहन्छन्, र बिस्तारै अरूलाई तिनीहरूको ईर्ष्या गर्ने, आदर र सम्‍मान गर्ने समेत बनाउन चाहन्छन्। यो उद्देश्य हासिल गर्न तिनीहरू आफ्नो सबै शक्तिले लागिपर्छन्, र त्यो सँगसँगै पहिलेकै बाटोमा पनि हिँडिरहन्छन्।

ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए नि, तिनीहरूले नाटक गरे नि वा मेहनत गरे नि, तिनीहरूको हृदयको गहिराइमा लुकेको कुरा हैसियत पाउने चाहना बाहेक अरू केही हुँदैन। तिनीहरूले प्रकट र प्रदर्शन गर्ने कुराको सार भनेको झगडा र प्रतिस्पर्धा बाहेक अरू केही हुँदैन। ख्रीष्टविरोधीहरूले जे गरे नि, तिनीहरूले हैसियत, इज्जत, र हितहरूकै लागि अरूसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। यसको सबैभन्दा आम प्रकटीकरण भनेको मानिसहरूको मनमस्तिष्कमा राम्रो नाम, राम्रो मूल्याङ्कन, र हैसियत पाउनको लागि प्रतिस्पर्धा गर्नु हो, ताकि मानिसहरूले तिनीहरूलाई आदर र आराधना गरून्, र तिनीहरूको वरिपरि घुमून् र तिनीहरूलाई केन्द्र बनाएर बसून्। ख्रीष्टविरोधीहरूले हिँड्ने मार्ग यही हो; ख्रीष्टविरोधीहरूले प्रतिस्पर्धा गर्ने कुरा यही हो। परमेश्‍वरका वचनहरूले यी कुराहरूलाई जसरी निन्दा र चिरफार गरे नि, ख्रीष्टविरोधीहरू सत्यता स्विकार्ने, वा परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्ने, वा परमेश्‍वरले न्याय र निन्दा गर्नुहुने यी कुराहरू त्याग्‍ने गर्दैनन्। यस विपरीत, परमेश्‍वरले यी कुराहरू जति धेरै खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरू त्यति नै धूर्त बन्छन्। यिनै कुराहरू पछ्याउन तिनीहरू अझै बढी गुप्त र धूर्त माध्यमहरू अपनाउँछन्, ताकि तिनीहरूले के गरिरहेको छन् भन्‍ने कुरा मानिसहरूले नदेखून्, र तिनीहरूले यी कुराहरू त्यागिसकेका छन् भन्‍ने गलत विश्‍वास गरून्। परमेश्‍वरले यी कुराहरू जति धेरै खुलासा गर्नुहुन्छ, यिनै कुराहरू पछ्याउन र प्राप्त गर्न ख्रीष्टविरोधीहरू त्यति नै धेरै अझै धूर्त र चलाख विधिहरू प्रयोग गर्ने तरिकाहरू खोज्छन्। अझ, तिनीहरूले आफ्नो गुप्त मनसाय लुकाउन मनमोहक सुनिने शब्दहरू पनि प्रयोग गर्छन्। समग्रमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरू सत्यता पटक्‍कै स्वीकार गर्दैनन्, आफ्नो व्यवहारबारे मनन गर्दैनन्, वा प्रार्थना गर्न र सत्यता खोजी गर्न परमेश्‍वरको अघि आउँदैनन्। यस विपरीत, तिनीहरू परमेश्‍वरले गर्नुहुने खुलासा र न्यायप्रति हृदयमा अझै बढी असन्तुष्ट हुन्छन्, यहाँसम्‍म कि तिनीहरूले यी कुराहरूप्रति शत्रुवत् मनोवृत्ति समेत अपनाउँछन्। तिनीहरूले प्रतिष्ठा र हैसियतको खोज नत्याग्‍ने मात्र होइन, बरु यी कुराहरूलाई त अझै बढी प्रिय ठान्‍ने, र यो खोजलाई लुकाउने र ढाकछोप गर्ने, र मानिसहरूलाई यो कुरा देख्‍न र पत्ता लगाउनबाट रोक्ने उपायहरूबारे विचार समेत गर्छन्। परिस्थिति जेसुकै भए नि, ख्रीष्टविरोधीहरू सत्यता अभ्यास गर्न नसक्‍ने मात्र होइन, जब तिनीहरूको साँचो रङहरू प्रकट हुन्छन्, अर्थात् जब तिनीहरूले गल्तीले आफ्ना यी महत्त्वाकाङ्क्षा र इच्छाहरू प्रकट गर्छन्, तब तिनीहरूलाई अरूले परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा तिनीहरूको सार र साँचो रूप देख्लान् भनेर अझै बढी चिन्ता लाग्छ, त्यसकारण तिनीहरूले यसलाई ढाकछोप गर्ने प्रयास गर्छन्, र आफूलाई रक्षा गर्न दिलोज्यान लगाउँछन्। तिनीहरूले यो कुरा लुकाउनुको उद्देश्य के हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठामा घाटा हुनबाट जोगाउन, र तिनीहरूको अर्को लडाइँको लागि आफ्‍नो शक्ति जोगाउनलाई हो। ख्रीष्टविरोधीहरूको सार यही हो। जहिलेसुकै भए नि, वा परिस्थिति जेजस्तो भए नि, तिनीहरूको व्यवहारका उद्देश्य र दिशाहरू परिवर्तन हुँदैनन्, न त तिनीहरूको जीवनका उद्देश्यहरू, वा तिनीहरूको कार्यपछाडिका सिद्धान्तहरू, वा हैसियत पछ्याउने तिनीहरूको हृदयको गहिराइमा लुकेका इच्छा, महत्त्वाकाङ्क्षा, र उद्देश्य नै परिवर्तन हुनेछन्। तिनीहरूले हैसियत प्राप्त गर्न सक्दो रूपमा लागिपर्ने मात्र होइन, हैसियत प्राप्तिको खातिर आफ्नो प्रयासलाई अत्यन्तै तीव्र समेत बनाउनेछन्। परमेश्‍वरको घरले सत्यताबारे जति धेरै सङ्गति गर्छ, तिनीहरू त्यति नै धेरै चलाकीसाथ अरूले देख्‍न र चिन्‍न सक्‍ने केही स्पष्ट व्यवहार र प्रकटीकरणहरू प्रयोग गर्नबाट टाढा बस्छन्। त्यसको सट्टामा तिनीहरूले फरक तरिका अपनाउँछन्, र तिनीहरू आफ्ना गल्तीहरू स्विकार्ने र आफूलाई दोषी ठहराउने क्रममा नराम्ररी रुन्छन्, र मानिसहरूको सहानुभूति जित्छन्, र यसले गर्दा मानिसहरूलाई तिनीहरूले पश्‍चात्ताप गरेका छन् र तिनीहरू परिवर्तन भएका छन् भन्‍ने गलत विश्‍वास हुन्छ, र यसले गर्दा मानिसहरूलाई ती कुराहरू पत्ता लगाउन गाह्रो समेत हुन्छ। ख्रीष्टविरोधीहरूको यो सार के हो? के यो अलिक कपटी कुरा हो, होइन र? (हो।) जब मानिसहरू यति कपटी हुन्छन्, तब तिनीहरू दियाबलस हुन्छन्। के दियाबलसहरूले साँच्‍चै पश्‍चात्ताप गर्न सक्छन्? के तिनीहरूले साँचो रूपमा हैसियत पछ्याउने आफ्नो महत्त्वाकाङ्क्षा र इच्छा पन्छाउन सक्छन्? दियाबलसहरू यो महत्त्वाकाङ्क्षा पन्छाउनुको सट्टा मर्न तयार हुन्छन्। तैँले तिनीहरूसँग जे-जसरी सत्यता सङ्गति गरे नि व्यर्थ हुनेछ, र तिनीहरूले यो महत्त्वाकाङ्क्षा पन्छाउनेछैनन्। यदि यो परिस्थितिमा तिनीहरू लडाइँ हारे र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई खुलासा गरे भने, तिनीहरूले अझै पनि लडाइँ जारी राख्‍नेछन्, र अर्को समूहमा सर्दा हैसियत र इज्जतको लागि, आफ्नै कुरा सदर हुनुपर्ने अवस्थाको लागि र निर्णय गर्ने अधिकारको लागि प्रतिस्पर्धा गर्नेछन्। तिनीहरूले यी कुराहरूको लागि प्रतिस्पर्धा गर्नेछन्। परिस्थिति जस्तोसुकै भए नि, वा तिनीहरू मानिसहरूको जुनै समूहमा भए नि, तिनीहरूले सधैँ पालना गर्ने सिद्धान्त भनेको प्रतिस्पर्धा गर्नु नै हो: “मैले मात्रै नेतृत्व गर्न सक्छु; अरू कसैले मलाई नेतृत्व गर्न सक्दैन!” तिनीहरू साधारण अनुयायी बन्‍न, वा अरूको नेतृत्व वा सहयोग स्विकार्न पूर्ण अनिच्छुक हुन्छन्। ख्रीष्टविरोधीहरूको सार यही हो।

मण्डलीमा, के परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएर पनि सत्यता पटक्‍कै नपछ्याउने, बरु सधैँ हैसियत र प्रतिष्ठा पछ्याउने मानिसहरू हुन्छन्? त्यस्ता मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? के तिमीहरू यस्ता व्यक्तिहरू सधैँ आफूलाई प्रदर्शन गर्ने, र मौलिक सोचहरू निकाल्‍न र उत्कृष्ट सुनिने विचारहरू बोल्‍न सिपालु व्यक्तिहरू हुन् भनेर भन्‍छौ? तिनीहरूले प्रायजसो के-कस्ता कुराहरू गरिरहन्छन्? (कसैले आफ्नो दृष्टिकोण व्यक्त गर्छ, र अरू सबैलाई यो सही लाग्छ, तर यस्ता व्यक्तिहरू आफू कति प्रतिभाशाली छु भनेर देखाउन फरक दृष्टिकोण लिएर आउँछन्, र त्यो कुरालाई मानिसहरूले झन् सही ठान्‍छन्, र त्यो कुराले पहिलो व्यक्तिको दृष्टिकोण पनि इन्कार गरिदिन्छ, र यसले तिनीहरू कति प्रतिभाशाली छन् भन्‍ने कुरा देखाउँछ।) यसलाई आफ्नो प्रदर्शन गर्नु भनिन्छ। तिनीहरूले अरूका दृष्टिकोणहरू इन्कार गर्छन्, र त्यसपछि आफ्नै पृथक दृष्टिकोण लिएर आउँछन्, जुन दृष्टिकोण तिनीहरू आफैलाई पनि वास्तविक वा मान्य लाग्दैन—केवल नारा मात्र हो भन्‍ने लाग्छ—तैपनि तिनीहरूले मानिसहरूलाई आफू कति प्रतिभाशाली छु भनेर देखाउनैपर्छ र सबैलाई तिनीहरूको कुरा सुन्न लगाउनैपर्छ। तिनीहरू सधैँ फरक हुनैपर्छ, तिनीहरूले सधैँ मौलिक सोचहरू निकाल्‍नैपर्छ, तिनीहरूले सधैँ उत्कृष्ट सुनिने विचारहरू बोलिरहनैपर्छ, र अरूले भनेको कुरा जति नै लागू गर्न सकिने र व्यावहारिक भए पनि, तिनीहरूले त्यस विरुद्ध मतदान गर्नैपर्छ, र अरूका दृष्टिकोणहरू काट्न विभिन्‍न कारण र बहानाहरू खोज्‍नैपर्छ। मौलिक सोचहरू निकाल्‍न र उत्कृष्ट सुनिने विचारहरू सुनाउन प्रयास गर्ने मानिसहरूको सबैभन्दा आम व्यवहारहरू यिनै हुन्। कुनै व्यक्तिको कार्य जति नै सही वा उचित भए नि, तिनीहरूले त्यसलाई इन्कार्छन् र बेवास्ता गर्छन्। त्यो व्यक्तिले उचित रूपमा व्यवहार गरेको छ भन्‍ने तिनीहरूलाई स्पष्टै थाहा भएर पनि, अझै तिनीहरूले उसका कार्य-व्यवहारहरू उचित थिएनन् भनेर भन्छन्, र तिनीहरूले ऊभन्दा राम्रो गर्न सक्थे, र तिनीहरू उसको तुलनामा दोस्रो स्थानमा छैनन् भन्‍नेजस्तो देखाउँछन्। यस्ता मानिसहरूले तिनीहरूजस्तो असल कोही पनि छैन, र तिनीहरू सबै हिसाबमा अरूभन्दा असल छन् भन्‍ने सोच्छन्। तिनीहरूको लागि, अरूले भन्‍ने सबै कुरा गलत हुन्छ; अरू मानिसहरू व्यर्थका हुन्छन्, तर तिनीहरू आफै भने हरेक हिसाबले असल हुन्छन्। तिनीहरूले कुनै गलत काम गरे पनि र तिनीहरू काटछाँटमा परे पनि, तिनीहरू समर्पित हुन अनिच्छुक हुन्छन्, तिनीहरूले सत्यता पटक्‍कै स्वीकार गर्दैनन्, र तिनीहरूले थुप्रै बहानाहरू पनि बनाउन सक्छन्, जसले गर्दा अरूले तिनीहरूले गल्ती गरेका छैनन्, र तिनीहरूलाई काटछाँट गरिनु हुँदैन भन्‍ने सोच्छन्। मौलिक विचारहरू निकाल्‍न र उत्कृष्ट सुनिने विचारहरू सुनाउन मन पराउने मानिसहरू यसरी अहङ्कारी र आत्मधर्मी हुन्छन्। वास्तवमा, यीमध्ये धेरैजसो मानिसहरूमा वास्तविक प्रतिभाको कमी हुन्छ, र तिनीहरूले कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन्, अनि तिनीहरूले जे गरे पनि त्यो पूर्ण रूपमा बरबाद हुन्छ। अनि तिनीहरूमा कुनै आत्मज्ञान हुँदैन, र तिनीहरूले आफू अरूभन्दा असल छु भन्‍ने सोच्छन्, र तिनीहरूले अरूले जे गरिरहेका छन् त्यसमा हस्तक्षेप गर्ने र संलग्‍न हुने दुस्‍साहस गर्छन्, र उत्कृष्ट सुनिने विचारहरू बोल्दै जान्छन्, र सधैँ अरूले तिनीहरूको आदर गरून् र तिनीहरूको कुरा सुनून् भन्‍ने चाहन्छन्। परिस्थिति जस्तोसुकै भए पनि, वा तिनीहरू जुन समूहमा भए पनि, तिनीहरू अरूले तिनीहरूलाई सेवा गरून् र तिनीहरूको कुरा सुनून् भन्‍ने मात्र चाहन्छन्; तिनीहरू अरू कसैलाई सेवा गर्न वा अरू कसैको कुरा सुन्न चाहँदैनन्। के तिनीहरू ख्रीष्टविरोधीहरू होइनन् र? ख्रीष्टविरोधीहरू यति अहङ्कारी र आत्मधर्मी हुन्छन्; तिनीहरूमा यति धेरै समझको कमी हुन्छ। तिनीहरूले मिथ्या धर्मसिद्धान्तहरूबारे मात्रै कुरा गर्छन्, र यदि अरूले तिनीहरूका गल्तीहरू औँल्याए भने, तिनीहरूले मानिसहरूलाई तिनीहरू नै सही छन् भन्‍ने महसुस गराउनको लागि शब्‍द र तर्कहरू बङ्ग्याउनैपर्छ, र झूटो, मनमोहक सुनिने तरिकाले बोल्नैपर्छ। अरूको विचार जति नै सही भए नि, ख्रीष्टविरोधीहरूले त्यसलाई गलत लाग्‍ने बनाउन, र सबैलाई तिनीहरूकै विचार स्वीकार गर्न लगाउन कुशल बोल्‍ने शैली प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरू यस्तै मानिसहरू हुन्—तिनीहरू अरूलाई बहकाउन असाधारण रूपमा सक्षम हुन्छन्, र तिनीहरूले अरूलाई दुबिधा र दिग्‍भ्रममा पर्ने गरी, र गलतबाट सही कुरा छुट्याउन नसक्‍ने हुने गरी बहकाउन सक्छन्। अन्त्यमा, समझशक्ति नभएकाहरू सबै जनालाई यी ख्रीष्टविरोधीहरूले पूर्ण रूपमा बहकाउ र बन्धनमा पार्नेछन्। धेरैजसो मण्डलीहरूमा अरूलाई यसरी नै बहकाउने यस्ता मानिसहरू हन्छन्। जब परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता सङ्गति गरिरहेका वा आफ्नो अनुभव गवाही बाँडिरहेका हुन्छन्, तब ख्रीष्टविरोधीहरू सधैँ खडा हुन्छन् र आफ्नै दृष्टिकोणहरू व्यक्त गर्छन्। तिनीहरूले आफ्नो अनुभव र ज्ञानबारे खुलस्त रूपमा सङ्गति गर्न आफ्नो हृदय खोल्दैनन्; बरु, तिनीहरूले सधैँ अरूका अनुभव र ज्ञानहरूबारे खोट औँल्याउँछन् र तिनीहरू कति चलाख छन् भनेर देखाउनलाई अरूको बारेमा आलोचनात्मक, गैरजिम्मेवार टिप्पणीहरू गर्छन्, र अरूलाई तिनीहरूको आदर गर्न लगाउने तिनीहरूको उद्देश्य हासिल गर्छन्। ख्रीष्टविरोधीहरू वचन र धर्मसिद्धान्तहरूबारे बोल्न सबैभन्दा सिपालु हुन्छन्; तिनीहरूले कहिल्यै पनि साँचो अनुभव गवाही बाँड्न सक्दैनन्, र तिनीहरूले कहिल्यै पनि आत्मज्ञानबारे कुरा गर्दैनन्। बरु, तिनीहरूले सधैँ अरू मानिसहरूमा समस्याहरू खोजिरहेका हुन्छन् र तिनलाई ठूलो बनाइरहेका हुन्छन्। तैँले ख्रीष्टविरोधीहरूले खुला मनसित अरूका विचारहरू स्वीकार गरेको, वा आफ्नो भ्रष्ट स्वभावबारे सक्रिय रूपमा सङ्गति गरेको र अरूको अघि आफूलाई उदाङ्गो पारेको कहिल्यै देख्दैनस्। तिनीहरूले के-कस्ता गलत र हास्यास्पद दृष्टिकोणहरू पालेर राखेका थिए, र तिनीहरूले कसरी तिनलाई परिवर्तन गरे भन्‍नेबारे तिनीहरूले सङ्गति गरेको पनि तैँले अवश्यै देख्दैनस्, र तिनीहरूले आफूले गरेका गल्तीहरू वा आफ्ना कमीकमजोरीहरू स्वीकार गरेको पनि तैँले अवश्यै सुन्दैनस्…। ख्रीष्टविरोधीहरूले अरूसँग जति लामो समयसम्म अन्तरक्रिया गरे पनि, तिनीहरूले सधैँ अरूलाई आफूमा कुनै भ्रष्टता छैन, तिनीहरू जन्मजात रूपमै सन्त र सिद्ध मानिसहरू हुन्, र अरूले तिनीहरूलाई आराधना गर्नुपर्छ भन्‍ने महसुस गराउँछन्। साँचो रूपमा समझ भएका मानिसहरूले अरूको आदर वा आराधना पाउन चाहँदैनन्। यदि अरू मानिसहरूले तिनीहरूलाई साँच्‍चै आदर र आराधना गरे भने, तिनीहरूलाई यो लाजमर्दो लाग्छ, किनभने तिनीहरू भ्रष्ट स्वभाव भएका भ्रष्ट मानिसहरू हुन्, र तिनीहरूसँग सत्यता वास्तविकताहरू छैनन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूलाई आफ्नो नाप थाहा हुन्छ, त्यसकारण तिनीहरूले जुनसुकै भ्रष्टता प्रकट गरे पनि, र तिनीहरूले जुनसुकै गलत दृष्टिकोणहरू पैदा गरे पनि, तिनीहरूले ती कुराहरूबारे खुलस्त सङ्गति गर्न र अरूलाई जानकारी दिन सक्छन्, र यसो गर्दा तिनीहरूलाई निकै ढुक्क, स्वतन्त्रता, र खुशी महसुस हुन्छ। तिनीहरूलाई यो काम गर्न गाह्रो छ भन्‍ने पटक्‍कै लाग्दैन। अरूले तिनीहरूलाई आलोचना गरे नि, नीच ठाने नि, मूर्ख भने नि, वा घृणा गरे नि, तिनीहरू त्यति व्याकुल हुँदैनन्। यस विपरीत, तिनीहरूलाई यो अत्यन्तै सामान्य कुरा हो भन्‍ने लाग्छ, र तिनीहरूले यसलाई सही रूपमा लिन सक्छन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकोले, तिनीहरूले स्वतः नै भ्रष्टता प्रकट गर्छन्। तैँले यसलाई स्विकारे नि नस्विकारे नि, यो तथ्य हो। यदि तैँले आफ्नो भ्रष्टता पहिचान गर्न सक्छस् भने, त्यो राम्रो कुरा हो, र अरूले यसलाई स्पष्ट रूपमा देख्‍न सके भने, त्यो अझै राम्रो हुन्छ, त्यसरी तिनीहरूले तँलाई आराधना वा आदर गर्नेछैनन्। सत्यता बुझेका र अलिअलि समझ भएका मानिसहरूले आफ्नो हृदय खोली आफूलाई चिन्‍नेबारेमा सङ्गति गर्न सक्छन्; तिनीहरूलाई यो गाह्रो लाग्दैन। तर ख्रीष्टविरोधीहरूको लागि यो निकै गाह्रो हुन्छ। तिनीहरूले विशुद्ध रूपमा खुलस्त कुरा गर्नेहरूलाई मूर्खहरूको रूपमा हेर्छन्, र आफ्नो आत्मज्ञानबारे कुरा गर्ने र इमानदारितासाथ बोल्नेहरूलाई बेवकुफहरूको रूपमा हेर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई पूर्ण रूपमा हेयले दृष्टिले हेर्छन्। यदि कसैले सत्यता बुझेको छ र सबैले उसलाई विशेष रूपमा अनुमोदन गर्छन् भने, ख्रीष्टविरोधीहरूले त्यो व्यक्तिलाई आफ्नो आँखाको तारो र बिझाउने काँडाको रूपमा हेर्छन्, र उसलाई आलोचना र निन्दा गर्नेछन्। तिनीहरूले त्यो व्यक्तिको सही अभ्यास र सकारात्मक कुराहरू खण्डन गर्छन्, र तिनलाई गलत र विकृत बुझाइजस्तो सुनिने बनाउँछन्। मण्डली वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा दिने कुरा जोसुकैले गरे पनि, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई हेला, गिल्ला, र निन्दा गर्ने तरिकाहरू सोच्नेछन्; तिनीहरूले गरेको कुरा जति नै राम्रो भए नि, वा यसले मानिसहरूलाई जति नै फाइदा गरे नि, ख्रीष्टविरोधीहरूले यसलाई उल्लेख गर्न लायक छैन भन्‍ने ठान्‍नेछन्, र तिनीहरूले यसलाई सानोतिनो र न्यूनतम बनाउनेछन्, र यसलाई पूर्ण रूपमा व्यर्थ देखिने हदसम्म घटाउनेछन्। तर यदि ती ख्रीष्टविरोधीहरू आफैले थोरै राम्रो काम गरे भने, तिनीहरूले यसलाई बढाइचढाइ गर्न र ठूलो बनाउन, सबैलाई यो कुरा देखाउन, यो काम तिनीहरूले गरेका हुन्, र यो तिनीहरूको सराहनीय सेवा हो भन्‍ने कुरा सबैलाई थाहा दिलाउन सक्दो गर्नेछन्, ताकि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई विशेष आदरसाथ हेरून्, निरन्तर तिनीहरूकै बारेमा विचार गरून्, तिनीहरूप्रति एकदमै कृतज्ञ महसुस गरून्, र तिनीहरूको राम्रो पक्ष के हो भनेर याद गरून्। यसरी व्यवहार गर्न सबै ख्रीष्टविरोधीहरू सक्षम हुन्छन्, र ख्रीष्टविरोधीहरूको स्वभाव भएकाहरूले पनि यसो गर्न सक्छन्। यो हिसाबले हेर्दा, ख्रीष्टविरोधीहरू ढोँगी फरिसीहरूभन्दा फरक छैनन्; वास्तवमा, यिनीहरू त तिनीहरूभन्दा अझै खराब छन्। ख्रीष्टविरोधीहरूका सबैभन्दा आम र स्पष्ट प्रकटीकरणहरू यिनै हुन्।

ख्रीष्टविरोधीहरूले काम गर्दा कस्तो मनोवृत्ति राख्छन्? तिनीहरूले अरूको अगाडि असल कुराहरू गर्न चाहन्छन्, र तिनीहरूले खराब कुराहरू गुप्त रूपमा गर्न चाहन्छन्। तिनीहरूले आफूले गर्ने असल कुराहरूबारे सबैलाई थाहा होस् भन्‍ने चाहन्छन्, तर सबै खराब कुराहरू ढाकछोप गर्न चाहन्छन् ताकि ती बारेमा कसैले पनि पत्तो नपाओस्, र यसको एउटा शब्द पनि बाहिर नआओस्, र तिनीहरूले ती कुराहरू लुकाउन सक्दो गर्ने विवशता नै महसुस गर्छन्। ख्रीष्टविरोधीहरूको यो स्वभाव घृणित छ, होइन र? ख्रीष्टविरोधीहरूले यसरी व्यवहार गर्नुको उद्देश्य के हो? (यो तिनीहरूको प्रतिष्ठा र हैसियतको रक्षा गर्नलाई हो।) ठीक भन्यौ। झट्ट हेर्दा, तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका वा हैसियतको खातिर केही भनिरहेका हुँदैनन् जस्तो लाग्छ, तर तिनीहरूले गर्ने र भन्‍ने सबै कुरा आफ्नो हैसियत रक्षा गर्न र बचाउन, र उच्च प्रतिष्ठा र राम्रो नाम कमाउनको लागि हुन्छ। कहिलेकहीँ तिनीहरू कसैले थाहा नपाउने गरी समूहभित्र हैसियतको लागि प्रयत्‍न लाउन समेत लागिपर्छन्। तिनीहरूले कसैलाई सिफारिस गरे पनि, अर्थात् तिनीहरूले गर्नुपर्ने केही काम गर्न लगाए पनि, तिनीहरूले सिफारिस गरेको व्यक्तिलाई तिनीहरूप्रति अत्यन्तै कृतज्ञ महसुस गराउन, र तिनीहरूको सिफारिसको कारण मात्रै उसले यो कर्तव्य गर्ने मौका पाएको हो भनेर उसलाई थाहा दिन चाहन्छन्। ख्रीष्टविरोधीहरूले यसप्रकारको अवसर कहिल्यै गुमाउनेछैनन्। तिनीहरूले सोच्छन्, “मैले तिमीलाई सिफारिस गरेको भए पनि, म अझै तिम्रो अगुवा हुँ, त्यसकारण तिमीले मलाई जित्नु हुँदैन।” हैसियत र प्रतिष्ठाप्रतिको ख्रीष्टविरोधीहरूको जोश निकै स्पष्ट हुन्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्न र त्यसलाई रक्षा गर्न, तिनीहरूले कसैको एउटा नजर पनि वा अनजानमा बोलेको एउटा शब्द पनि बेवास्ता गर्दैनन्, कुनै कुनामा हुने कुनै कुरा बेवास्ता गर्नु त झन् परको कुरा हो। ख्रीष्टविरोधीहरूले ठूला-साना यी सबै कुराहरू देख्‍न सक्छन्, र अरूले बोलेका शब्दहरू तिनीहरूको मनमस्तिष्कमा बारम्बार खेलिरहेका हुन्छन्। यसो गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? के तिनीहरूलाई तर्क गर्न मन पर्छ? होइन; यो त तिनीहरूले सबै कुरामा आफ्नो हैसियत रक्षा गर्ने बाटो र अवसर खोज्न चाहने भएर भएको हो। तिनीहरू कुनै क्षणिक बेवास्ता वा लापरवाहको कारण तिनीहरूको हैसियत वा नाममा घाटा होस् भन्‍ने चाहँदैनन्। हैसियतको खातिर, तिनीहरूले सबै कुराबारे “अन्तर्दृष्टि” कसरी प्राप्त गर्ने भन्‍ने कुरा सिकेका हुन्छन्; जब कुनै विश्‍वासी दाजु वा दिदीले आफूलाई अनादरपूर्ण लागेको कुरा बोल्छ वा आफ्नो विचारसँग बाझिने विचार व्यक्त गर्छ, तब तिनीहरू त्यो कुरालाई त्यतिकै छोड्दैनन्; तिनीहरूले त्यसलाई गम्भीरतापूर्वक लिन्छन्, विस्तृत अनुसन्धान र गहन विश्‍लेषण गर्छन्, र त्यसपछि त्यो दाजु वा दिदीले भनेको त्यो कुरा सामना गर्न सम्बन्धित जबाफ खोज्छन्, र यसले गर्दा तिनीहरूको हैसियत सबैको मनमा दह्रिलो र अटल भएर बस्‍छ। तिनीहरूको नाममा क्षति पुगेको वा त्यो नामको लागि हानिकारक रहेका केही शब्दहरू सुन्‍नेबित्तिकै, तिनीहरूले तुरुन्तै त्यसको स्रोत पत्ता लगाउँछन् र आफूलाई पुनः माथि उकास्‍न बहाना र तर्कबाजी गर्ने प्रयास गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए नि, तिनीहरूले अगुवा र सेवकको रूपमा काम गरिरहेका भए नि नभए नि, तिनीहरूले आफूले गर्ने हरेक काम र बोल्ने हरेक शब्द तिनीहरूको हैसियतको खातिर नै हुन्छ, र त्यसलाई तिनीहरूको आफ्नो हित रक्षा गर्ने इच्छाबाट अलग गर्न सकिँदैन। ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा, तिनीहरूसँग सत्यता अभ्यास गर्ने वा परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने कुनै अवधारणा हुँदैन। त्यसकारण, ख्रीष्टविरोधीहरूको सारलाई सही रूपमा यसरी परिभाषित गर्न सकिन्छ: तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्; तिनीहरू परमेश्‍वरको घरको काममा बाधा, व्यवधान, र विनाश पुर्‍याउन आएका दियाबलस र शैतानका हूलहरू हुन्। तिनीहरू शैतानका सेवकहरू हुन्; तिनीहरू परमेश्‍वर पछ्याउने मानिसहरू होइनन्, न त तिनीहरू परमेश्‍वरको घरका सदस्यहरू नै हुन्, न त तिनीहरू परमेश्‍वरको मुक्तिका पात्र नै हुन्।

के आज हामीले सङ्गति गरेको कुनै पनि कुराले तिमीहरूलाई भावुक तुल्याएको छ? कुन भागले तिमीहरूलाई भावुक तुल्यायो? (अन्तिम भाग, अर्थात्, परमेश्‍वरले ख्रीष्टविरोधीहरूको प्रतिस्पर्धी प्रकृति चिरफार गर्नुभएको कुराले।) सधैँ प्रतिस्पर्धा गर्नु राम्रो कुरा होइन। यो व्यवहार ख्रीष्टविरोधीहरू र विनाशसँग सम्बन्धित छ। यो राम्रो मार्ग होइन। मानिसहरूमा यी प्रकटीकरण र खुलासाहरू हुँदा तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले कस्तो विकल्प रोज्‍नुपर्छ? तिनीहरू यी कुराहरूबाट कसरी जोगिनुपर्छ? अहिले मानिसहरूले सबैभन्दा बढी सोच्नुपर्ने र मनन गर्नुपर्ने समस्याहरू यिनै हुन्, र ती मानिसहरूले हरेक दिन सामना गर्ने समस्याहरू पनि हुन्। परिस्थितिहरू आइपर्दा तिनीहरू कसरी प्रतिस्पर्धा गर्नबाट टाढा बस्न सक्छन्, र प्रतिस्पर्धा गरेपछि तिनीहरूले हृदयमा हुने पीडा र असहजता कसरी समाधान गर्नुपर्छ—हरेक व्यक्तिले सामना गर्नुपर्ने समस्या यही हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसकारण तिनीहरू सबैले प्रतिष्ठा, नाफा, र इज्जतको लागि प्रतिस्पर्धा गर्छन्, र तिनीहरूले आफूलाई प्रतिस्पर्धा गर्नबाट रोक्न गाह्रो हुन्छ। त्यसोभए, यदि व्यक्तिले प्रतिस्पर्धा गर्दैन भने, के यसको अर्थ उसले आफ्नो ख्रीष्टविरोधी स्वभाव र सार हटाएको छ भन्‍ने हुन्छ? (हुँदैन, त्यो त सतही स्तरको घटना मात्रै हो। यदि उसको भित्री स्वभाव समाधान भएको छैन भने, ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने उसको समस्या समाधान गर्न सकिँदैन।) त्यसोभए, ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने तिनीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ? (एक हिसाबमा, तिनीहरूले नै यो कुरा बुझ्नुपर्छ, र तिनीहरूले हैसियतमा लागिपर्ने विचार प्रकट गर्दा, तिनीहरू प्रार्थना गर्न परमेश्‍वरको अघि आउनुपर्छ। यसको साथै, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अघि आफूलाई उदाङ्गो पार्नुपर्छ, र त्यसपछि सचेत रूपमा यी गलत विचारहरू विरुद्ध विद्रोह गर्नुपर्छ। अनि, तिनीहरूले आफूलाई न्याय गर्न, सजाय दिन, काटछाँट गर्न र अनुशासनमा राख्‍न परमेश्‍वरलाई अनुरोध पनि गर्नुपर्छ। तब तिनीहरू सही मार्ग हिँड्न सक्‍नेछन्।) एकदम राम्रो उत्तर। तैपनि, यो हासिल गर्न सजिलो छैन, र प्रतिष्ठा र हैसियतलाई धेरै प्रेम गर्ने मानिसहरूको लागि त यो अझै गाह्रो हुन्छ। प्रतिष्ठा र हैसियत त्याग्‍न सजिलो छैन—यो सत्यता खोजी गर्ने मानिसहरूमा निर्भर हुन्छ। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्‍न, ख्याति, लाभ र हैसियत पछ्याउनुको खोक्रोपन देख्‍न, र मानवजातिको भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्‍न सक्छ। व्यक्तिले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै उसले प्रतिष्ठा र हैसियत त्याग्‍न सक्छ। आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सजिलो छैन। यदि तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्‍ने कुरा पहिचान त गर्छस्, तर सत्यता पछ्याउन कुनै प्रयास गर्दैनस्, बरु पाखण्डीपनमा संलग्‍न हुन्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्‍ने विश्‍वास गर्छन् भने, यसले तँलाई खतरामा पार्नेछ—अनि, ढिलोचाँडो तैँले ठक्‍कर खाएर लड्ने समय आउनेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तैँले यो स्विकार्नैपर्छ कि तँमा कमजोरीहरू छन्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमी छन्। यो सामान्य कुरा हो, किनभने तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। जब अरूले तँलाई हेला गर्छन् वा व्यङ्ग्य गर्छन्, तब तिनीहरूले भनेको कुरा नराम्रो लागेको कारण तुरुन्तै तिरस्कारसाथ प्रतिक्रिया नदे, वा तैँले आफूलाई सक्षम र सिद्ध ठान्‍ने गरेको कारण यसको प्रतिरोध नगर्—यस्तो कुराप्रति तेरो मनोवृत्ति यस्तो हुनु हुँदैन। तेरो मनोवृत्ति कस्तो हुनुपर्छ त? तैँले आफैलाई यसो भन्‍नुपर्छ, “मेरा गल्तीहरू छन्, ममा भएको सबै कुरा भ्रष्ट र त्रुटिपूर्ण छ, र म साधारण व्यक्ति मात्रै हुँ। तिनीहरूले मलाई तिरस्कार र व्यङ्ग्य गरेको बाबजुद पनि, के यसमा कुनै सत्यता छ? यदि तिनीहरूले भनेको कुराको एउटा भाग साँचो हो भने, मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ।” यदि तँमा यस्तो मनोवृत्ति छ भने, यो तैँले हैसियत, प्रतिष्ठा र अरूले तेरो बारे के भन्छन् भन्‍ने कुरालाई सही रूपमा सम्हाल्न सक्छस् भन्‍ने कुराको प्रमाण हो। हैसियत र प्रतिष्ठालाई सजिलै पन्साउन सकिँदैन। जो केही हदसम्म प्रतिभाशाली छन्, जोसँग केही हदसम्म क्षमता छ, वा केही मात्रामा कामको अनुभव छ, तिनीहरूलाई यी कुराहरू पन्साउनु अझ गाह्रो हुन्छ। तिनीहरूले कहिलेकहीँ ती कुराहरू पन्साएको छु भनेर दाबी गर्न सक्छन्, तर हृदयमा चाहिँ तिनीहरूले त्यसो गर्न सक्दैनन्। परिस्थितिले अनुमति दियो भने, मौका पाउनेबित्तिकै, तिनीहरूले पहिलेजस्तै ख्याति, लाभ, र हैसियतकै लागि प्रयास गरिरहनेछन्, किनभने सबै भ्रष्ट मानिसहरू यी कुराहरूलाई प्रेम गर्छन्, तर यति मात्र हो कि वरदान वा प्रतिभा नभएका मानिसहरूमा हैसियत पछ्याउने इच्छा अलिक कमजोर हुन्छ। ज्ञान, प्रतिभा, सुन्दरता र विशेष पूँजी भएका मानिसहरूमा प्रतिष्ठा र हैसियतप्रति विशेष रूपमा तीव्र इच्छा हुन्छ, यहाँसम्म कि तिनीहरू यो महत्त्वाकाङ्क्षा र इच्छाले पूरै भरिएका हुन्छन्। तिनीहरूलाई पन्छाउन सबैभन्दा गाह्रो लाग्‍ने कुरा यही हो। जब तिनीहरूमा कुनै हैसियत हुँदैन, तिनीहरूको चाहना टुसाएको चरणमा हुन्छ; तिनीहरूले हैसियत प्राप्त गरेपछि, जब परमेश्‍वरको घरले तिनीहरूलाई केही महत्त्वपूर्ण काम सुम्पन्छ, र विशेष गरी यदि उनीहरूले धेरै वर्ष काम गरेका छन् र धेरै अनुभव र पूँजी छ भने, यो चाहना अब टुसाएको चरणमा हुँदैन, तर पहिले नै जरा गाडिसकेको, फक्रेको र फल फलाउन लागेको हुन्छ। यदि व्यक्तिमा ठूला कामहरू गर्ने, प्रसिद्ध बन्ने, कुनै महान् व्यक्तित्व बन्ने निरन्तर इच्छा र महत्वाकाङ्क्षा छ भने, तिनीहरूले ठूलो दुष्कर्म गर्नेबित्तिकै र यसका परिणामहरू देखा पर्नेबित्तिकै, तिनीहरू पूर्णतया समाप्त भइसकेका हुन्छन्, र तिनीहरूलाई हटाइसकिएको हुन्छ। त्यसकारणले गर्दा, यसले महाविपत्तिमा पुऱ्याउनुअघि, समय छँदै तिनीहरूले तुरुन्तै यो परिस्थितिलाई बदल्‍नुपर्छ। जब-जब तैँले केही गर्छस्, सन्दर्भ जस्तोसुकै भए पनि, तब-तब तैँले सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरप्रति इमानदार र आज्ञाकारी रहने व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्छ, अनि हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइलाई पन्छ्याएर फाल्नुपर्छ। जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता खराब कुराहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्‍ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले स्मरण र अनुमोदन गर्नुहुनेछ। त्यसो भए, मैले कुन कुरालाई जोड दिने प्रयास गर्दै छु? त्यो हो: तेरा चाहना र महत्त्वाकाङ्क्षाहरूले छिप्पिएर ठूलो विपत्ति ल्याउनुअघि नै तैँले ती कुराहरूबाट आफूलाई मुक्त गर्नुपर्छ। यदि तैँले ती कुराहरू कलिलो अवस्थामा हुँदा नै समाधान गरिनस् भने, ठूलो मौका गुमाउनेछस्; र त्यसले ठूलो विपत्ति ल्याइसकेपछि, ती समाधान गर्न धेरै नै ढिलो भइसकेको हुनेछ। यदि तँसित देहको विरुद्ध विद्रोह गर्ने इच्छाको समेत कमी छ भने, सत्यताको पछि लाग्‍ने मार्गमा हिँड्न तँलाई एकदमै कठिन हुनेछ; यदि तैँले ख्याति, लाभ र हैसियतको पछि लाग्दा रोकावट र असफलता सामना गर्छस् र पनि तेरो होस खुल्दैन भने, यो खतरनाक कुरा हो: सम्भवतः तँ हटाइनेछस्। जब सत्यतालाई प्रेम गर्ने मानिसहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हिसाबमा एक-दुई वटा असफलता र बाधाहरू सामना गर्छन्, तब तिनीहरूले प्रतिष्ठा र हैसियतको कुनै मूल्य हुँदैन भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्। तिनीहरूले हैसियत र प्रतिष्ठा पूर्ण रूपमा त्याग्‍न सक्छन्, र तिनीहरूले कहिल्यै हैसियत नपाए पनि, सत्यता पछ्याउन र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न, र आफ्नो अनुभव गवाही बाँड्न जारी राख्‍ने, र यसरी परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्ने दृढ संकल्प लिन सक्छन्। तिनीहरू साधारण अनुयायी हुँदा पनि, तिनीहरूले अझै पनि अन्त्यसम्म पछ्याउन सक्छन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न मात्रै चाहन्छन्। यिनीहरू मात्रै सत्यतालाई साँचो रूपमा प्रेम गर्ने र दृढ संकल्प भएका मानिसहरू हुन्। परमेश्वरको घरले धेरै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई हटाएको छ, र त्यसैले सत्यता पछ्याउने कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरूको असफलता देखेर त्यस्ता मानिसहरूले लिएको मार्गबारे चिन्तन गर्छन्, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने काम पनि गर्छन्। यसबाट तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई बुझ्छन्, साधारण अनुयायी बन्ने सङ्कल्प गर्छन्, अनि सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निभाउनमा ध्यान दिन्छन्। परमेश्वरले तिनीहरू सेवाकर्ता वा तल्लो स्तरका महत्त्वहीन मानिसहरू हुन् भनेर भन्नुभए पनि, तिनीहरूलाई त्यो ठीकै लाग्छ। तिनीहरू परमेश्वरको नजरमा तल्लो स्तरका र तुच्छ महत्त्वहीन अनुयायी नै बन्‍ने प्रयास गर्छन्, जो अन्त्यमा परमेश्वरद्वारा सृष्टि गरिएका स्वीकार्य प्राणी कहलिन सक्छन्। यस्ता व्यक्तिहरू असल हुन्छन्, र यस्ता व्यक्तिहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुनेछ।

परमेश्‍वरले सत्यता पछ्याउने मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँले ख्याति, लाभ, र हैसियत पछ्याउने मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ। कतिपय मानिसहरूले हैसियत र प्रतिष्ठालाई वास्तवमै बहुमूल्य ठान्छन्, तिनीहरू ती कुराप्रति गहन रूपमा जोडिएका हुन्छन्, र तिनीहरूले तिनलाई त्याग्‍न सक्दैनन्। तिनीहरूलाई सधैँ हैसियत र प्रतिष्ठाविना जिउनुको कुनै आनन्द वा आशा हुँदैन, तिनीहरूले हैसियत र प्रतिष्ठाको लागि जिउँदा मात्रै यो जीवनमा आशा हुन्छ भन्‍ने लाग्छ, र तिनीहरूसँग थोरै मात्र पनि ख्याति छ भने, तिनीहरूले कहिल्यै हरेस नखाई संघर्ष जारी राख्‍छन्। यदि तेरो सोचाइ र दृष्टिकोण यस्तै हो भने, यदि तेरो हृदय यस्ता कुराहरूले भरिएको छ भने, तँ सत्यतालाई प्रेम गर्न र पछ्याउन समर्थ छैनस्, तँसँग परमेश्‍वरमाथिको विश्‍वासमा सही दिशा र उद्देश्यहरू छैनन्, र तँ आत्मज्ञान पछ्याउन, भ्रष्टता त्याग्‍न र मानिसको स्वरूपमा जिउन सक्षम छैनस्; तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा परिस्थितिहरू बिग्रे पनि हेरेर बस्छस्, तँमा जिम्मेवारीको कुनै बोध छैन, र तँ दुष्कर्म नगर्न, बाधा नदिन, हटाइनेमा नपर्न सक्दा नै सन्तुष्ट हुन्छस्। के त्यस्ता मानिसहरूले स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य निभाउन सक्छन्? अनि के परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो असम्भव छ। जब तैँले प्रतिष्ठा र हैसियतको खातिर काम गर्छस्, तब तैँले यस्तो समेत सोच्छस्, “मैले गर्ने काम दुष्ट कार्य होइन र यसले बाधा पैदा गर्दैन भने, मेरो मनसाय गलत भए नि, कसैले यसलाई देख्‍न वा मलाई दोष दिन सक्दैन।” तँलाई थाहै छैन, परमेश्‍वरले सबै कुरा छानबिन गर्नुहुन्छ। यदि तैँले सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनस्, र परमेश्‍वरले तँलाई घृणा गर्नुहुन्छ भने, तेरो लागि सबै कुरा खतम हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबै मानिसहरूले आफूलाई चलाख ठान्छन्; वास्तवमा, तिनीहरूलाई आफूले उहाँलाई कहिले चिढ्याएँ भनेर समेत थाहा हुँदैन। कतिपय मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्; तिनीहरूले सोच्छन्, “म अझै धेरै काम गर्न, अझै धेरै जिम्मेवारी लिनको लागि मात्रै प्रतिष्ठा र हैसियत पछ्याउँछु। यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँदैन, र यसले अवश्य नै परमेश्‍वरको घरका हितहरूमा हानि गर्दैन। यो ठूलो समस्या होइन। म त बस हैसियतलाई प्रेम गर्छु र आफ्नो हैसियतको रक्षा गर्छु, तर त्यो दुष्ट कार्य होइन।” झट्ट हेर्दा, यस्तो पछ्याइ दुष्ट कार्य हो जस्तो देखिँदैन, तर यसले अन्त्यमा के ल्याउँछ? के त्यस्ता मानिसहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्? अवश्य नै गर्नेछैनन्। त्यसकारण, प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्‍कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्‍नुपर्दा, तेरो पछ्याइको दिशा वा उद्देश्य जेसुकै भए नि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे मनन गर्दैनस्, र यी कुराहरू पन्छाउन तँलाई निकै गाह्रो हुन्छ भने, यी कुराहरूले तेरो जीवन प्रवेशमा असर पार्नेछन्। जबसम्‍म तेरो हृदयमा हैसियतको स्थान हुन्छ, तबसम्‍म यसले तेरो जीवन दिशा र तँ लागिपर्ने लक्ष्यहरू पूर्ण रूपमा नियन्त्रित र प्रभावित पार्नेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्न पनि गाह्रो हुनेछ; तैँले अन्त्यमा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्‍ने कुरा झन् त भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई पन्छाउन सकिनस् भने, यसले पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई सृष्टि गरिएको स्वीकार्य प्राणी बन्‍न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्‍वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्‍वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्‍वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्‍वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। अनि प्रकृतिको हिसाबमा, के यो सबै परमेश्‍वरको विरुद्ध हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टि गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्‍मान गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्‍नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र तैँले गन्तव्यहीन मार्ग सामना गर्नेछस्। कुरो बुझिस् नि, हैन?

मार्च ७, २०२०

अघिल्लो: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दुई)

अर्को: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्