विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग चार)

आ. ख्रीष्टविरोधीहरूका हितहरू

आज हामी हाम्रो पछिल्‍लो भेलामा गरिएको विषयबारे सङ्गति जारी राख्‍नेछौँ। पछिल्‍लोपटक हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणको नवौँ बुँदा ख्रीष्टविरोधीहरूका हितहरूको दोस्रो खण्डबारे सङ्गति गरेका थियौँ। यस खण्डमा हामीले तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियतबारे सङ्गति गरेका थियौँ, होइन र? (हो।) यसबारे स्मरण गरेर मलाई मोटामोटी सारांश देओ त। मुख्य रूपमा हामीले ख्रीष्टविरोधीहरूका आफ्नै प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कति वटा बुँदामा सङ्गति गर्‍यौँ? (परमेश्‍वरले पछिल्‍लोपटक दुइटा बुँदामा सङ्गति गर्नुभयो। पहिलो चाहिँ काटछाँटप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिसँग सम्बन्धित थियो। ख्रीष्टविरोधीहरू कहिल्यै काटछाँट स्वीकार गर्न वा यसमा समर्पित हुन सक्दैनन्, न त यसलाई सत्यताका रूपमा स्वीकार गर्न नै सक्छन्। अनि दोस्रो चाहिँ, ख्रीष्टविरोधीहरू मानिसहरूको समूहमा आफ्नो प्रतिष्ठा र हैसियत कसरी रक्षा गर्छन् र तिनीहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् भन्‍नेबारे थियो। ख्रीष्टविरोधीहरूको सार प्रतिस्पर्धा गर्नु हो, र तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्नैपर्छ।) त्यसोभए, अब आज हामी यस विषयबारे सङ्गति गर्न जारी राखौँ। पछिल्‍लो पटक मैले तिमीहरूलाई के गृहकार्य दिएको थिएँ? हाम्रो भेलापछि मैले तिमीहरूलाई के कुराबारे मनन र सङ्गति गर्न लगाएको थिएँ? तिमीहरूलाई याद छ? (परमेश्‍वरले हामीलाई हामीमा ख्रीष्टविरोधीहरूको कुन स्वभाव छ, र कामकुरा गर्दा हामी ख्रीष्टविरोधीहरूको कुन प्रकृतिमा भर पर्छौं भनेर हेर्न ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूबारे गरिएको सङ्गति र चिरफारसँग आफूलाई तुलना गर्न भन्‍नुभएको थियो।) मुख्य विषय यही थियो। उपविषय केबारे थियो? (त्यो ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्दा कुन-कुन प्रतिस्पर्धी प्रकृतिहरू प्रदर्शित गर्छन् भन्नेबारे, अनि हामीले आफ्नो वास्तविक जीवनमा ती कुरा कसरी प्रकट गर्छौं, र हामी कसरी काम गर्छौँ, हामी के भन्छौँ, अनि प्रतिष्ठा र हैसियतको खातिर के गर्छौँ, र आफ्नो हैसियत रक्षा गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्ने कुन-कुन प्रकटीकरणहरू प्रदर्शित गर्छौं भनेर हेर्न ती ख्रीष्टविरोधी कुराहरूसँग आफूलाई तुलना गर्ने बारे थियो।) के अरू कसैले यसमा केही थप्न सक्छ? (परमेश्‍वरले हामीलाई ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूबारे सङ्गति गर्दा अरू मानिस कस्ता छन् भनेर सधैँ कुरा नगर्नू, बरु ख्रीष्टविरोधीहरूमा जस्तै हामीमा कुन स्वभाव र प्रकटीकरणहरू छन् भनेर आफूलाई ती कुराहरूसँग तुलना गर्नू र तीबारे सङ्गति गर्नू भनेर भन्‍नुभएको थियो।) मोटामोटी रूपमा कुरा त्यही हो। मानिसहरूको समूहमा ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने आदर्शवाक्य के हो भनी हामीले पछिल्‍लोपटक सङ्गति गरेका थियौँ? के त्यसले तँलाई केही छाप पारेन र? (तिनीहरूको आदर्श वाक्य हो, “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!”) तँलाई यो कुरा याद रहेछ। तैँले कसरी यो याद गर्न सकिस्? (किनभने परमेश्‍वरले भन्‍नुभएको “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!” भन्‍ने ख्रीष्टविरोधीहरूको यो आदर्शवाक्य मैले आफै पनि प्रायजसो प्रकट र खुलासा गरिरहने कुरा हो। यसका साथै, परमेश्‍वरले गर्नुभएको सङ्गतिको भाव निकै स्पष्ट थियो, र परमेश्‍वरले जुन तरिकाले यी वचनहरू व्यक्त गर्नुभएको थियो त्यो मेरो आफ्नै हृदयको स्थितिसँग मिल्थ्यो, त्यसैले यसले मलाई निकै गहन प्रभाव पार्‍यो।) कहिलेकाहीँ, जब म ख्रीष्टविरोधीहरूका विविध प्रकटीकरण र तिनीहरूका विभिन्‍न प्रकारका प्रकृति सारबारे सङ्गति र चिरफार गर्छु, तब म केही दैनिक भाषा, साथै मानिसहरूलाई स्विकार्न सजिलो हुने, र मानिसहरूमा गहन छाप पार्ने निश्‍चित भाव र विधिहरू प्रयोग गर्छु, र वास्तविक जीवनसँग निकै मिल्ने केही उदाहरण पनि प्रयोग गर्छु। यसो गर्दा यसले साँच्‍चै नै मानिसहरूलाई ख्रीष्टविरोधीहरूको सार जान्‍न र आफूलाई चिन्‍न सहयोग गर्छ। यो मानिसहरूले आफूलाई चिन्‍न र आफ्नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव गर्न पनि फाइदाजनक हुन्छ, र तिनीहरूलाई यस्तो ख्रीष्टविरोधी स्वभाव परिवर्तन गर्न यो झनै फाइदाजनक हुन्छ, होइन र? (हो।) तिमीहरूले पछिल्‍लो सङ्गतिबारे याद गरेका कुरा बताएका छौ, तर पूरा विवरण यी कुराभन्दा धेरै छन्—अझै धेरै विवरण छन्। सङ्गति सुनेपछि तिमीहरूले सारांश बनाउनुपर्छ। कम्तीमा पनि, सङ्गति सुनेपछि, तिमीहरूले भेला भएर धेरैपटक यसलाई सुन्नुपर्छ, र त्यसपछि सबैले सँगै मिलेर सारांश बनाउन सक्छन्। हाम्रो पछिल्‍लो सङ्गतिबारे तिमीहरूले याद गरेका कुरा र सारांशहरू सुनेपछि, म तिमीहरूलाई भन्छु, यो अलिक थोत्रोजस्तो लाग्यो, मानौँ तिमीहरूले एक-दुई वर्ष पहिले यो सङ्गति सुनेका थियौ र यसले तिमीहरूमा कुनै छाप पार्न सकेको थिएन। तिमीहरूसँग एउटा खण्ड, वा एक-दुई वाक्य, वा एक-दुई वटा कुराको केही अवधारणा र छाप बाँकी हुन सक्छ, तर धेरैजसोमा ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने अझै धेरै आधारभूत ज्ञान र चिरफारबारे कुनै अवधारणा वा याद नभएजस्तो देखिन्छ। त्यसकारण, हामीले छलफल गरेका विषयहरूमा तिमीहरूले अझै धेरै मनन गर्दै एकअर्कासँग सङ्गति गर्नुपर्छ। ती कुराहरूलाई गम्भीरतापूर्वक नलिई त्यतिकै सुनेर एकातिर पन्छ्याउने काम नगर। यदि तिमीहरू त्यसो गर्छौ भने, सत्यतामा प्रवेश गर्ने तिमीहरूको गति अत्यन्तै सुस्त हुनेछ—यी प्रवचनहरूमा मनन नगरी हुँदैन। त्यसैले, तिमीहरू आफ्नो मण्डली जीवनमा यी प्रवचनहरूसित कसरी समन्वय गरेर काम गर्छौ? के तिमीहरू हरेक हप्ता आफ्‍ना भेलाहरूमा यी प्रवचनहरूबारे सङ्गति गर्छौ? कि तिमीहरू राम्रो छाप र गहन ज्ञान प्राप्त गर्न सकूँ, र त्यसपछि तीद्वारा सत्यता बुझ्न सकूँ भनेर हालैका प्रवचन र सङ्गतिहरू धेरैपटक सुन्छौ? के तिमीहरू यसो गर्छौ? (परमेश्‍वर, हरेक हप्ताका हाम्रा भेलाहरूमा हामी सुरुमा परमेश्‍वरका नयाँ सङ्गतिहरू खाने-पिउने गर्छौं।) यसका लागि मण्डली अगुवा, प्रचारक, र निर्णयकर्ताका समूहहरूमा मण्डली जीवनको इन्चार्ज रहेका मानिसहरूले जिम्मेवारी लिनुपर्छ; यसरी मात्रै मण्डलीको काम राम्रोसित गर्न सकिन्छ।

ग. आफ्नै फाइदाका लागि षड्यन्त्र रच्‍नु

१. परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्नु

आज हामी ख्रीष्टविरोधीहरूका हितहरूको तेस्रो खण्ड, अर्थात् फाइदाहरूबारे सङ्गति गर्नेछौँ। फाइदाहरू के-के हुन्? (आशिष्‌ र हितहरू प्राप्त गर्नु।) यो एकदमै सरल व्याख्या हो; यसको शाब्दिक अर्थ यही हो। यसमा अरू कुरा थप त—फाइदाहरू के-के हुन्? (ती मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा बाह्य संसारमा काम गर्दा प्राप्त गर्न सक्‍ने भौतिक र अभौतिक हित, मनपर्दा कुरा र सुविधाहरू हुन्।) यो व्याख्या सही छ। फाइदाहरू भनेका मानिसहरूले आफ्नो तलबबाहेक प्राप्त गर्ने केही राम्रो व्यवहार हुन्, र यसमा दैनिक आवश्यकताका कुराहरू, खाना, वा कुपनजस्ता कुराहरू समावेश हुन्छन्। यी कुराहरूले कर्तव्य निर्वाह गर्दा प्राप्त हुने सुविधा र भौतिक वा अभौतिक व्यवहारलाई पनि जनाउँछन्; यी सबै कुरा फाइदाहरू हुन्। अहिले मैले यस शब्दको अर्थ के हो भनेर व्याख्या गरिसकेपछि, के तिमीहरूलाई हामीले यस खण्डमा सङ्गति गर्न लागेको क्षेत्र, उदाहरण, र प्रकटीकरणहरूबारे थाहा भयो? अहिले तिमीहरूको दिमागमा निश्‍चित मानिसहरूका व्यवहार र कार्यहरू, साथै यी कुराहरू गर्न सक्‍ने मानिसहरूको झलझली झझल्को आइरहेको होला, होइन र? तिमीहरूले सोच्‍ने सबैभन्दा पहिला मानिसहरू को हुन्? (मण्डलीको भरमा बाँच्‍न आफ्नो हैसियतको फाइदा लिने मानिसहरू।) तिनीहरू एक प्रकारका व्यक्ति हुन्। ती मानिसहरू पनि आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूमध्ये केहीसँग हैसियत हुन्छ, तिनीहरू विभिन्‍न स्तरका अगुवा र कामदारहरू वा सुपरिवेक्षक हुन्छन्, जबकि अरूले साधारण कर्तव्यहरू निर्वाह गर्छन्। तिनीहरू सबैमा कुन आम प्रकटीकरण हुन्छ? तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो देह, परिवार र आफ्नो आनन्दका लागि निरन्तर केही काम र केही कुरा गर्छन्। हरेक दिन तिनीहरू दौडधूप गर्छन् र मूल्य चुकाउँछन्, र तिनीहरू सधैँ यो काम गरेर वा यो कर्तव्य पूरा गरेर के-कस्ता इच्छित कुराहरू प्राप्त हुन्छन् भन्‍ने बारेमा ध्यान दिइरहन्छन्। तिनीहरूले यसबाट के-कस्ता सुविधा र अनुकूल व्यवहार प्राप्त गर्न सकिन्छ भन्‍ने बारेमा सधैँ योजना बनाइरहेका र हिसाबकिताब गरिरहेका हुन्छन्। यी कुराहरू थाहा भएपछि, तिनीहरूले यी कुराहरू प्राप्त गर्न जे गर्नुपर्ने हो त्यही गर्नेछन्, र अझै बढी रूपमा, तिनीहरूले अवश्य नै यी सुविधा र यी हितहरू प्राप्त गर्ने कुनै अवसर पनि गुमाउनेछैनन्। यस मामलामा, तिनीहरू निर्दयी र असंवेदनशील हुन्छन् भनेर पनि भन्‍न सकिन्छ, र तिनीहरू पक्कै पनि आफ्नो निष्ठा र मर्यादालाई पनि ध्यान दिँदैनन्। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले नकारात्मक रूपमा हेर्छन् भन्‍ने डर हुँदैन, र परमेश्‍वरले यसको कारणले गर्दा तिनीहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्‍ने बारेमा पनि तिनीहरू अवश्य नै चिन्ता गर्दैनन्। तिनीहरू आफूले निर्वाह गरिरहेका कर्तव्यहरूबाट फाइदा कसरी लिने भनेर गुप्त रूपमा मनन र षड्यन्त्र मात्रै गर्छन् ताकि आफूले प्राप्त गर्न सक्‍ने सबै फाइदाजनक व्यवहारको आनन्द लिन सकून्। त्यसकारण, यस्ता मानिसहरूमा यस्तो सोचाइ र तर्क हुन्छ जसलाई सतही स्तरमा गलत मान्‍न सकिँदैन, अर्थात्: “परमेश्‍वरको घर मेरो परिवार हो, र मेरो परिवार परमेश्‍वरको घर हो; मेरो जे हो त्यो परमेश्‍वरको हो, र परमेश्‍वरको जे हो त्यो मेरो हो। मानिसहरूका कर्तव्यहरू तिनीहरूका जिम्मेवारी हुन्, र तिनीहरूले आफ्नो कर्तव्यबाट प्राप्त गर्न सक्‍ने सबै फाइदा परमेश्‍वरले दिनुभएका अनुग्रहहरू हुन्; मानिसहरूले तिनलाई इन्कार्नु हुँदैन, बरु उहाँबाट आएको भनी स्वीकार गर्नुपर्छ। यदि मैले ती प्राप्त गरिनँ भने, अरू कसैले प्राप्त गर्नेछ, त्यसैले म अघि बढेर यी फाइदाहरूको आनन्द लिनेछु र नम्रताको नाटक गर्नेछैनँ, र मैले अवश्य नै कुनै पनि कुरा शालीनतासाथ इन्कार्नु पर्दैन। म यी फाइदाहरूमा लागिपर्नुपर्छ र समर्पित हृदय र इमानदार मनोवृत्तिले यी कुराहरू स्विकार्न हात फैलाउनुपर्छ।” तिनीहरू त्यस्ता फाइदाहरूलाई स्वाभाविक रूपमै आफूले पाउनुपर्ने र ग्रहण गर्नुपर्ने व्यवहारको रूपमा हेर्छन्; यो त कुनै व्यक्तिले काम गर्दा अनि समय र मेहनत लगाउँदा, प्राप्त गर्ने तलब र इनाम, पाउनुपर्ने उचित कुरा हो भन्‍ने उसलाई लागेजस्तै हो। त्यसकारण, तिनीहरूले यी कुराहरू हिनामिना गरे पनि र यिनैमा लागिपरेर यी फाइदाहरू प्राप्त गरे पनि, यसलाई गलत वा परमेश्‍वरले घृणा गर्ने कुराका रूपमा हेर्दैनन्, न त विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूबारे कुनै राय राख्छन् कि राख्दैनन् भनेर नै वास्ता गर्छन्। ख्रीष्टविरोधीहरू यी सबै कुराको आनन्द लिन्छन्, यी कुरामै लागिपर्छन्, र अझै बढी रूपमा, हरदिन आफ्नो हृदयमा यी सबै कुराका लागि युक्ति गर्छन्, मानौँ त्यसो गर्नु नै पूर्ण रूपमा सही र स्वभाविक कुरा हो। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने नियमित अवस्था यही हो, र यही नै ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्ना व्यक्तिगत हितहरूका लागि षड्यन्त्र गर्ने नियमित अवस्था पनि हो। त्यसोभए, ख्रीष्टविरोधीहरूको मानसिकता के हो? “मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, यसको सट्टा केही कुरा प्राप्त गर्ने प्रयास गर्नुपर्छ। मैले यो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार त्यागेको हुनाले, अनि परमेश्‍वर र उहाँको घरका लागि आफ्नो मेहनत, ऊर्जा, र समय दिएको हुनाले, आफूले चाहेको सबै राम्रो व्यवहारको आनन्द लिन पाउनुपर्छ।” ख्रीष्टविरोधीहरू यी सबै कुरालाई आफूले स्वाभाविक रूपमै पाउन योग्य कुरा, र मानिसहरू यी कुराहरूमा लागिनपरे पनि परमेश्‍वरले दिनुपर्ने कुराका रूपमा हेर्छन्। यही नै ख्रीष्टविरोधीहरूको दृष्टिकोण हो। त्यसकारण, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूले निरन्तर फाइदाहरूका लागि मेहनत गरिरहेका हुन्छन्, र अरू कसैले तीमध्ये एउटा फाइदा लगिदेला, र तिनीहरूका लागि थोरै मात्र बाँकी रहला भन्‍ने कुराको सधैँ डर मान्छन्। यो ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने अवस्था हो। कर्तव्य निर्वाह गर्नुपछाडिका तिनीहरूका सबै अभिप्राय, मनसाय, र उद्देश्यहरूको आधार अन्ततः के हुन्छ? यी सबै कुराको आधार आफू एकदमै मूर्ख मात्रै होइएला र जीवनको कुनै अर्थ नहोला भन्‍ने सोच्दै आफ्नै लागि सबै फाइदा प्राप्त गर्न षड्यन्त्र गर्नु हो। ख्रीष्टविरोधीहरूको मानसिकता यही हो।

ख्रीष्टविरोधीहरूको प्रकृति वा सत्यतालाई प्रेम नगर्ने तिनीहरूको प्रकटीकरणलाई परमेश्‍वरले जसरी खुलासा गर्नुभए पनि, तिनीहरू यी अभिप्राय र पछ्याइहरू त्याग्दैनन्; तिनीहरू निरन्तर फाइदाहरूमै लागिपर्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले अतिथि-सत्कार गर्ने कर्तव्य पूरा गर्न सुरु गरेपछि, मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूले ती अतिथि सत्कारक निवासलाई केही खाना वा उपकरणहरू किनिदिन्छन् वा केही पैसासमेत प्रदान गर्छन्। यदि यो कर्तव्य निर्वाह गर्ने व्यक्ति ख्रीष्टविरोधी हो भने, उसले आफ्ना लागि प्राप्त गर्न प्रयास गर्ने चिताएका कुराहरू छोटामोटा उपहारजस्ता मामुली कुरा हुँदैनन्। तिनीहरू भन्छन्, “मैले यी दाजुभाइ-दिदीबहिनीहरूलाई खान-बस्‍न दिन मेरो घर दिइरहेको छु, र तिनीहरूले कर्तव्य निर्वाह गर्दा तिनीहरूका लागि सेवा प्रदान गरिरहेको छु, त्यसकारण परमेश्‍वरको घरले अवश्य नै सबै सामग्री र पैसा प्रदान गर्नुपर्छ। मैले तिमीहरू सबैलाई मेरो घर प्रदान गरिरहेको र खाना पकाइदिइरहेको छु र तिमीहरूको सुरक्षाको ग्यारेन्टी दिइरहेको छु; त्यो त पहिले नै राम्रो कुरा हो। बाँकी कुराको हकमा—तिमीहरूले जे खान्छौ, पिउँछौ, र प्रयोग गर्छौ—त्यो मण्डलीले नै प्रदान गर्नुपर्छ।” मण्डलीले नै यी कुराहरू प्रदान गर्नुपर्छ भन्‍ने कुरा वास्तवमा गलत होइन, तर यहाँ म ख्रीष्टविरोधीहरूले कसरी अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन् र अरूले कसरी साँचो रूपमा यो कर्तव्य निर्वाह गर्छन् भन्‍नेबीचको भिन्‍नताबारे सङ्गति गर्न चाहन्छु। जब ख्रीष्टविरोधीहरू अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन्, तब यसलाई जे देखिन्छ त्यस रूपमा मात्रै लिनु हुँदैन; तिनीहरूसित गुप्त मनसायहरू हुन्छन्। तिनीहरू सोच्छन्, “म यो अतिथिसत्कारको कर्तव्य निर्वाह गरिरहेको छु, त्यसकारण मैले यसबाट केही फाइदा लिन षड्यन्त्र रच्‍नुपर्छ। मण्डलीले केही खाना र अरू आवश्यकताहरू प्रदान गरिरहेको छ, त्यसकारण मेरो परिवारका सदस्यहरूले पनि दाजुभाइ-दिदीबहिनीहरूसँगै ती खाना खान र ती सबै कुरा चाहेअनुसार प्रयोग गर्न पाउनुपर्छ। मेरो परिवार परमेश्‍वरको घरको हो, त्यसकारण जुन कुरा परमेश्‍वरको घरको हो, त्यो मेरो परिवारको पनि हो।” ख्रीष्टविरोधीहरू यस्तै मनोवृत्तिले कर्तव्य निर्वाह गर्छन्, होइन र? (हो।) त्यसकारण, कतिपय मानिसले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्न थालेपछि, तिनीहरूको हृदय परिवर्तन हुन थाल्छ, तिनीहरूले निरन्तर दाजुभाइ-दिदीबहिनीहरूलाई खान-बस्‍न दिँदा प्रयोग गरिने भौतिक कुराहरू र पैसाबारे विचार गरिरहेका हुन्छन्, र यदि कसैले यी कुरालाई ध्यान दिएर हेरिरहेका छैनन् भने, यी ख्रीष्टविरोधीहरूका लागि केही फाइदा प्राप्त गर्ने अवसर आइहाल्छ। कस्तो अवसर? तिनीहरू गुप्त रूपमा यस्तो हिसाब लाउँछन्, “एक व्यक्तिले दिनमा यति खर्च गर्छ, त्यसकारण जति पैसा बाँकी हुन्छ, त्यो म मण्डलीलाई फर्काउँदिनँ; म त्यो आफ्नै लागि राख्‍नेछु। कम्तीमा पनि यो मैले कमाएको पैसा हो, त्यसकारण यसलाई आफैसित राखेकोमा कसैले पनि मलाई दोष दिन सक्दैन; अवश्य नै, यो मैले पाउनुपर्ने कुरा नै हो!” त्यसपछि तिनीहरूले बाँकी रहेको पैसा आफ्नै खल्तीमा राख्छन्। कति ख्रीष्टविरोधीहरू त दाजुभाइ-दिदीबहिनीहरूले दान दिएका वा परमेश्‍वरको घरले प्रदान गरेका केही भौतिक कुरा आफ्नै लागि राख्‍न हरकिसिमका बहानाहरू बनाउन खोज्छन्। कति ठाउँमा त दाजुभाइ-दिदीबहिनीहरू फेरि त्यहाँ बस्न जाँदा, ओछ्यानको गद्दा, सिरानी र तन्‍ना हुँदैनन्, खानामा मासु र सागसब्जी हुँदैनन्, र तिनीहरूले यसबारे सोध्दा, यी ख्रीष्टविरोधीहरू यसो भन्छन्, “लामो समयसम्म खाना राख्यो भने, यसको स्वाद त्यति मिठो हुँदैन, त्यसकारण हामीले खायौँ।” के यी लोभी मानिसहरू होइनन् र? (हुन्।) परमेश्‍वरको घरले प्रदान गर्ने भौतिक कुराहरू, साथै दाजुभाइ-दिदीबहिनीहरूले अतिथि-सत्कारक निवासका लागि किनेका कुराहरू यी ख्रीष्टविरोधीहरूको हातमा पर्नेबित्तिकै, ती तिनीहरूको स्वामित्वका वस्तु बन्छन्; तिनीहरू आफूखुसी ती प्रयोग गर्छन् वा खान्छन्, वा तिनलाई प्रत्यक्ष रूपमा आफ्नै सम्पत्तिका रूपमा लिन्छन् र लुकाउँछन्। दाजुभाइ-दिदीबहिनीहरू फेरि त्यहाँ जाँदा, ती कुराहरू कहीँ देखिँदैनन्। यदि मण्डलीले फेरि यी ख्रीष्टविरोधीहरूको निवासस्थान प्रयोग गर्नुपर्‍यो भने, फेरि ती कुराहरू किन्न पैसा खर्च गर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले ती कुराहरू फेरि तिनीहरूको घरमा ल्याउनुपर्छ। यो देख्दा, ख्रीष्टविरोधीहरू खुसी हुन्छन्, र सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु पक्कै पनि राम्रो कुरा हो! म अरू कुनै काम गरेर यति चाँडो धनी हुन सक्दिनँ; विभिन्‍न कुरा प्राप्त गर्ने सबैभन्दा सहज तरिका यही हो। साथै, मण्डलीका यी सामानहरू हराए भनेर पुलिसलाई रिपोर्ट गर्ने आँट कसैले गर्दैन; मेरो बारेमा रिपोर्ट गर्ने प्रयास भयो भने, म नै पहिले रिपोर्ट गरिदिनेछु! त्यसकारण तिमीले गर्न सक्‍ने एउटै कुरा भनेको चुपचाप बस्नु र सहनु हो, यसबारे गुनासो गर्ने तिम्रो कुनै ठाउँ छैन। मैले यी कुराहरू आफ्नो स्वामित्वमा लिएँ र यो खानेकुरा खाइदिएँ। तिमी मलाई के गर्न सक्छौ? परमेश्‍वर पक्षपात गर्नुहुन्न। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई खान-बस्‍नका लागि आफ्नो घर दिइरहेको छु, त्यसैले मैले दिएको योगदान त्यही हो, र यसका लागि परमेश्‍वरले मलाई याद गर्नुहुनेछ। मैले थोरै लिँदा केको डर मान्‍ने? यो त मैले पाउनुपर्ने कुरा नै हो! यो कुरा केही मात्रामा खाँदा केको डर? तिमीहरू जे खान पाउँछौ, के त्यो मैले खान नपाउने? तिमीहरू परमेश्‍वरको घरका सदस्य हौ भने, म पनि होइनँ र? म यस परिस्थितिबाट फाइदा मात्रै लिनेछैनँ, म त आफै पनि ती कुरा खानेछु र एक्लै भोजन गर्नेछु!” आफ्‍नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूको उद्देश्य ती कुराहरू प्राप्त गर्ने हुन्छ, र तिनीहरू ती कुराहरूलाई सबैभन्दा ठूलो फाइदाका रूपमा हेर्छन्, अनि यसो भन्छन्, “यी कुराहरू परमेश्‍वरले दिएका सबैभन्दा ठूला अनुग्रह हुन्; यो अनुग्रहभन्दा ठोस कुरा अरू केही छैन, र यो आशिष्‌भन्दा वास्तविक र ठोस रूपमा फाइदाजनक अरू केही छैन। यो एकदम राम्रो कुरा हो! सबैले ‘परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यस जीवनमा सय गुणा र आउँदो जीवनमा अनन्त जीवन प्राप्त गर्नु हो’ भनेर भन्छन्; यसले यो भनाइ पूरा गर्छ। अहिले मैले यस आशिष्‌को पूर्वस्वाद लिइरहेको छु। यो साँच्‍चै नै परमेश्‍वरको अनुग्रह हो!” त्यसकारण, परमेश्‍वरको घरका कुराहरू आफ्नो स्वामित्‍वमा लिन, र निर्दयी तरिकाले तिनलाई आफ्नै बनाउन ख्रीष्टविरोधीहरूलाई कुनै डर हुँदैन। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका ती सम्पत्तिहरूलाई कसरी हेर्छन्? तिनीहरू तिनलाई गैरविश्‍वासी संसारको सार्वजनिक सम्पत्तिजस्तै ठान्छन्; तिनीहरू सबै लोभी हुन्छन्, तिनीहरू सबै परमेश्‍वरको घरका कुराहरू आफ्नै लागि लिन चाहन्छन्, तैपनि अझै तिनीहरू यी कुराहरूलाई कर्तव्य निर्वाह गर्दा आफूले प्राप्त गर्नुपर्ने अनुग्रह र आशिष्‌हरू हुन् भन्‍ने विश्‍वास गर्छन्। यसका साथै, तिनीहरू यसबारे कहिल्यै कुनै पछुतो वा लाज महसुस गर्दैनन्, न त आफूमा दुष्टता रहेको वा निष्ठाको कमी भएको नै पहिचान गर्छन्। यीमध्ये कति ख्रीष्टविरोधीहरू त बढ्दो रूपमा लोभी र महत्त्वाकाङ्क्षीसमेत बन्छन्। अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरू कहिल्यै आफ्नो कार्यलाई परमेश्‍वर घृणा गर्नुहुन्छ वा आफ्नो कार्यले उहाँलाई चिढ्याउँछ भन्‍ने सोच्दैनन्। बरु, तिनीहरू मनमा हिसाबकिताब र तुलना गरिरहन्छन्, र सोच्छन्, “त्यस परिवारले पाहुना राख्‍ने काम गर्‍यो र ती कुराहरू पायो। यदि मैले पनि तिनै मानिसहरूलाई पाहुना राखेँ भने, मैले पनि उचित रूपमा ती कुराहरू पाउनुपर्नेछ। त्यो घरवाला मभन्दा बढी सहजतामा जिउँछ, र उसले मिठो खाना पनि खान्छ। मैले पनि त्यस्तो फाइदा कसरी नउठाएको होला?” तिनीहरू यी कुराहरूका लागि पनि हिसाबकिताब र प्रतिस्पर्धा गर्छन्। अवसर आउनेबित्तिकै, तिनीहरू निर्दयी हुन्छन् र यसलाई कदापि छोड्दैनन्। त्यसैले, अतिथिसत्कारको कर्तव्य पूरा गरिरहँदा, ख्रीष्टविरोधीहरू लोभ गर्छन् र आफूले सक्‍ने जुनसुकै कुरा हातमा लिन खोज्छन्—चाहे त्यो एक जोडी इनसोलजस्तो सानो कुरादेखि परमेश्‍वरको घरले किनेको उपकरणजस्तो ठूलो कुरा नै किन नहोस्। तिनीहरू कर्तव्य निभाउने अवसरको फाइदा उठाएर आफ्ना लागि विभिन्‍न कुरा लिन, परमेश्‍वरको घरको सम्पत्ति दुरुपयोग गर्न हरेक बहाना बनाउँछन् र उपायहरू रच्छन्, तर तिनीहरूले यो काम परमेश्‍वरको घरको सम्पत्ति रक्षा गर्न मात्रै गरिरहेका हुन्छन्, र यी कुराहरू कर्तव्य पूरा गर्दा आफूले पाउनुपर्ने कुरा मात्रै हुन् भनेर लाज नमानी भन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरूमाझ यस्ता कुराहरू हुने गर्छन्।

ख्रीष्टविरोधीहरूले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गरिरहेको बेला, बाहिरी रूपमा आफूलाई लोभ नगर्ने वा सरसामान लिन नखोज्‍ने व्यक्तिजस्तो रूपमा प्रस्तुत गर्न सक्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि-सत्कार गरेकामा कुनै पैसा लिन नमान्न सक्छन्, र काम नलाग्‍ने वस्तुहरूलाई समेत देख्‍नेबित्तिकै हतार-हतार सुरक्षित राख्न सक्छन्। तैपनि, परमेश्‍वरको घरका बहुमूल्य कुराहरूको हकमा भने, तिनीहरू ती कुराहरूलाई त्यतिकै छोड्दैनन्। तिनीहरूले सायद एक युआन मूल्य बराबरको कुरा फिर्ता दिनेछन् होला, तर सय युआन, हजार युआन, दश हजार युआन, वा अझै बहुमूल्य कुनै पनि कुरालाई भने, आफ्ना लागि दह्रिलो गरी खल्तीमा राख्‍नेछन्। कति मानिसहरूको हकमा चाहिँ, तिनीहरूले परमेश्‍वरको घरका सम्पत्तिहरूको हेरचाह गरिरहेका बेला स्थानीय स्तरमा खतरनाक परिस्थिति पैदा हुन्छ, र तिनीहरूले यो काम गरिरहेको थाहा भएका मानिसहरू सायद अरू ठाउँ भाग्छन् वा पक्राउ पर्छन्, त्यसकारण तिनीहरूले सुरक्षित राखेका यी सम्पत्तिहरूबारे तिनीहरूलाई बाहेक अरू कसैलाई थाहा हुँदैन—यस्ता परिस्थितिमा नै मानिसहरूको जाँच हुन्छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने, सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको डर मान्ने हृदय भएका मानिसहरू सधैँ आफ्नो कर्तव्यमा लागिरहन्छन्, र ती सम्पत्तिहरू हिनामिना गर्नेबारे तिनीहरूको कुनै विचार वा सोचाइ हुँदैन। तैपनि ख्रीष्टविरोधीहरू यस्ता हुँदैनन्; तिनीहरूले ती सम्पत्तिहरू आफ्नै लागि लिन दिमाग खियाएर हरउपाय सोच्छन्। आफूले ती सम्पत्तिहरू रक्षा गरिरहेको थाहा भएका मानिसहरूलाई केही हुनेबित्तिकै, ख्रीष्टविरोधीहरू गुप्त रूपमा मनमनै खुसी हुन्छन् र आनन्दले उफ्रनेसमेत गर्छन्। तिनीहरू कुनै डर नमानी तुरुन्तै ती सम्पत्ति आफै लिन्छन्, तिनीहरूलाई कुनै आत्मग्लानि वा दोषी महसुस हुनु त परको कुरा हो। कति ख्रीष्टविरोधीहरू त ती सम्पत्ति आफ्नै घरखर्चमा प्रयोग गर्छन् र आफ्‍नो इच्छाअनुसार तिनको ठाउँठेगान लाउँछन्, कतिले चाहिँ तुरुन्तै आफ्नो घरका लागि आफूले चाहेका कुराहरू किन्न त्यो पैसा प्रयोग गर्छन्, अनि कतिले चाहिँ त्यो पैसा सिधै आफ्नो ब्याङ्क खातामा हाल्छन् र आफ्नै लागि राख्छन्। अनि जब दाजुभाइ-दिदीबहिनीहरू ती सम्पत्ति सङ्कलन गर्न जान्छन्, तब के ख्रीष्टविरोधीहरूले आफूले गरेको कुरा स्विकार्न सक्छन् त? ख्रीष्टविरोधीहरू कहिल्यै कदापि स्वीकार गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य निर्वाह गर्नुपछाडि रहेको तिनीहरूको उद्देश्य आफूले चाहेका कुराहरू प्राप्त गर्नु हो, र तिनीहरूले चाहेका ती कुराहरूमा परमेश्‍वरका भेटी, परमेश्‍वरको घरका सम्पत्ति, र दाजुभाइ-दिदीबहिनीहरूका व्यक्तिगत सम्पत्तिहरूसमेत पर्छन्। त्यसैले, ख्रीष्टविरोधीहरू लोभ, इच्छा, र व्यक्तिगत महत्त्वाकाङ्क्षाका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन्; तिनीहरू सत्यता पछ्याउन, परमेश्‍वरको न्याय र सजाय स्विकार्न, वा परमेश्‍वरको मुक्ति स्विकार्न आएका हुँदैनन्, बरु सबै फाइदा, सबै सुविधा, र सबै सम्पत्ति प्राप्त गर्न आएका हुन्छन्। के भन्‍न सकिन्छ भने ती मानिसहरू लोभ र इच्छाले भरिएका हुन्छन्। तिनीहरू आफ्नो हृदय केमा केन्द्रित गर्छन्? तिनीहरूले परमेश्‍वरको घरका सम्पत्तिहरूमा हृदय केन्द्रित गर्छन्। त्यसकारण जब तिनीहरू अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन्, तब तिनीहरू परमेश्‍वरको घरले कसका लागि के किन्छ, परमेश्‍वरको घरले कसलाई कति पैसा दिन्छ, र अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्दा निश्‍चित मानिसहरूले परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूबाट कति ठूला फाइदा र कुन-कुन इच्छित कुराहरू प्राप्त गर्छन् भन्‍ने कुरामा ध्यान दिन्छन्—तिनीहरूले आँखा लाउने कुराहरू यिनै हुन्। यदि तिनीहरूलाई साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिन लगाइयो र त्यसो गरेर तिनीहरूले कुनै पनि इच्छित कुरा प्राप्त गर्न सक्दैनन् भने, तिनीहरूले त्यो काम गर्न नपरोस् भनेर हरकिसिमका बहानाहरू बनाउनेछन्। तर माथिल्लो अगुवालाई बास दिन लगाइयो भने, तुरुन्तै तिनीहरूको मनोवृत्ति १८० डिग्री मोडिन्छ र परिवर्तन हुन्छ, अनि तिनीहरू मुस्कुराइरहन्छन्, र व्यग्रतासाथ त्यस अगुवाको प्रतीक्षा गर्छन्; तिनीहरूलाई आफ्ना घरमा यो “गतिलो” पाहुनालाई स्वागत गर्न साह्रै हतार हुन्छ, र तिनीहरू यस अगुवालाई परमेश्‍वरलाई जस्तै पूजा गर्छन्। तिनीहरूलाई लाग्छ तिनीहरूको चिठ्ठा परेको छ, तिनीहरूको दुहुनो गाई आएको छ, र यदि तिनीहरूले यो अवसर गुमाए भने धनी बन्‍ने तिनीहरूको मौका गुम्‍नेछ, त्यसकारण तिनीहरूले यसलाई कसरी आफ्‍नो हातबाट फुत्कन दिन सक्छन् र? परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने लोभ, इच्छा, उत्प्रेरणा र अभिप्राय लिएर, तिनीहरू आफ्ना चाहनाहरू पूरा गर्न सक्‍ने यो कर्तव्य स्वीकार गर्छन्—यसमा तिनीहरूको अन्तिम उद्देश्य के हो? के यो आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नु हो? के यो दाजुभाइ-दिदीबहिनीहरूलाई राम्ररी खानबस्‍न दिनु हो? के यो आफ्‍नो बफादारी अर्पण गर्नु हो? के यो सत्यता प्राप्त गर्नु हो? होइन, यीमध्ये कुनै पनि होइन; तिनीहरू त आफ्ना इच्छित कुराहरू प्राप्त गर्न यो अवसर प्रयोग गर्न चाहन्छन्। तिनीहरू साधारण मानिसहरूलाई खानबस्‍न दिँदैनन्, तर हैसियत भएका अगुवा वा कामदारलाई स्वागत गर्नुपर्छ भन्‍ने सुन्‍नेबित्तिकै, तिनीहरू त्यसमा लागिपर्छन्, र त्यसपछि आफ्ना लागि हरप्रकारका दैनिक आवश्यकताका सरसामान र घरमा चाहिने उपकरणहरू परमेश्‍वरको घरलाई किन्न लगाउन विभिन्‍न बहानाहरू बनाउँछन्, र यसो भन्छन्, “अगुवाहरू यहाँ बस्‍न आउँदा खराब अवस्थामा बस्नु हुँदैन। के खानबस्‍न सहज बनाउन सबै तयारी गर्नु पर्दैन र? हामी परमेश्‍वरको घरले प्रदान गर्ने कुराहरू उपयोग गर्दैनौँ; यदि हामीले आनन्द उपयोग गऱ्यौँ नै भने पनि, अगुवाहरूको सेवा गर्ने क्रममा मात्र यसो गरिरहेका हुन्छौँ। साथै, यदि कुनै अगुवा आए भने, उनलाई यहाँ दैनिक रूपमा खाइने खाना खाने बानी हुँदैन होला। अगुवाहरूले हरदिन धेरै कुराको व्यवस्थापन गर्नुपर्छ, र यदि उनी अस्वस्थ भए भने, के हामी बासदाताका रूपमा आफ्‍नो कर्तव्यमा लापरवाह भएजस्तै हुँदैन र? त्यसकारण, मण्डलीले अगुवाहरूका लागि दिनमा तीनपटक खाना तयार गर्नुपर्छ। हामीले तिनीहरूका लागि दूध, रोटी, अण्डा, र हरप्रकारका सागसब्जी, फलफूल, माछामासु, र स्वास्थ्य सामग्रीहरू तयार राख्‍नुपर्छ।” के यो राम्रो र विचारशील सोच होइन र? ख्रीष्टविरोधीहरू बोल्दा मानव भाषा झैँ सुनिने भाषा ठूलो स्वरमा बोल्छन्, तर के तिनीहरूले साँच्‍चै आफ्नो हृदयमा अगुवाहरूबारे विचार गरिरहेका हुन्छन् त? तिनीहरूको गुप्त उद्देश्य वास्तवमा के हुन्छ? तिनीहरूको उद्देश्य त्यति सरल हुँदैन। तिनीहरू गरिब हुन सक्छन् र तिनीहरूले पहिले कहिल्यै मीठो कुरा खाएका वा देखेका नहुन सक्छन्, त्यसैले तिनीहरू यस अवसरलाई अनुभवहरू हासिल गर्न, धनीहरूले जस्तै जिउन, सबै आधारभूत आवश्यकताहरू भएको जीवन जिउन, आफ्नो स्वास्थ्य हेरचाह गर्न, साधारण मानिसहरूले खान नसक्‍ने कुराहरू खान र साधारण मानिसहरूले प्राप्त गर्न नसक्‍ने व्यवहारको आनन्द लिन प्रयोग गर्न चाहन्छन्। त्यसैले त तिनीहरूको सोच यति विचारशील देखिन्छ। तर तिनीहरूको त्यस विचारशीलतापछाडि के कुरा लुकेको हुन्छ? तिनीहरू आफ्ना खातिर षड्यन्त्र गर्न चाहन्छन्, यी कुरा प्राप्त गर्न, यी कुरा हत्याउन चाहन्छन्, र तिनीहरूले अवश्य नै आफ्नो षड्यन्त्रका हरेक पक्षबारे विचार गरिरहेका हुन्छन्—अरू कसैका लागि तिनीहरू यसो गर्दैनन्। अनि जब यी ख्रीष्टविरोधीहरूले अगुवालाई स्वागत गर्छन्, तब तिनीहरूले साँच्‍चै नै सुखी जीवन जिउँछन्। त्यसपछि, तिनीहरू सोच्छन्, “यसरी जिउँदा कति रमाइलो हुने रहेछ, तर यी कुराहरू वास्तवमा मेरा होइनन्। यी कुराहरू कहिले मेरा होलान्? यदि मैले यस अगुवालाई बिदा गरेँ भने, यी कुराहरूको आनन्द लिन पाउँदिनँ, तर मैले उसलाई बिदा नगरूँ भने, मसँग वास्तवमै उसलाई खानबस्‍न दिइरहने सदिच्छा छैन। यदि मेरा यी इच्छित कुराहरू नभएका भए, मैले कुनै पनि हालतमा यो कर्तव्य निर्वाह गर्नेथिइनँ। हरदिन, म बिहानै उठ्नुपर्छ र ढिलो सुत्नुपर्छ, म निरन्तर डरको स्थितिमा रहनुपर्छ, र मैले उसको टहल गर्नुपर्छ। अहिले त मलाई सधैँ लाग्छ, यो कर्तव्य निर्वाह गर्दा प्राप्त गर्नेभन्दा गुमाउने कुरा धेरै छ, र यसबाट प्राप्त हुने फाइदा र आनन्दहरू पर्याप्त छैनन्। यदि यो अगुवा लामो समयसम्म यहाँ बसिरह्यो भने, मैले के गर्ने? मैले उसलाई बिदा गर्ने उपाय खोज्नुपर्छ, त्यसपछि मेरो घरमा फेरि शान्ति र एकान्त छाउनेछ।” के मानिसहरू यस्तै सोच्छन्? के सामान्य मानवता भएका र साँचो रूपमा कर्तव्य निभाउने मानिसहरू यसरी सोच्छन्? (सोच्दैनन्।) ख्रीष्टविरोधीहरूले चाहिँ यस्तै सोच्छन्। तिनीहरूले प्राप्त गर्ने इच्छित कुराहरू वा फाइदाहरू जति नै ठूला भए पनि, तिनीहरूको लोभ र इच्छा कहिल्यै पूरा हुन सक्दैन; तिनीहरू अतृप्त हुन्छन्, तिनीहरू आफूले केही प्राप्त गरेको छैनँ भन्‍ने सोच्छन्, र तिनीहरू यो कर्तव्य निभाउनु आफूले गर्नुपर्ने काम हो भन्‍ने सोच्दैनन्। यसको विपरीत, तिनीहरू यो थप बलिदान र मूल्य हो भन्‍ने सोच्छन्। तिनीहरूले जति धेरै कुरा वा जति ठूला फाइदाहरू प्राप्त गरे नि, तिनीहरूलाई आफूले गुमाएको छु भन्‍ने लाग्छ र तिनीहरू आफूबाट परमेश्‍वरको घरले फाइदा लिइरहेको छ, दाजुभाइ-दिदीबहिनीहरूले फाइदा लिइरहेका छन्, तर आफूले यसबाट आफूले इच्छा गरेका केही पनि प्राप्त गरिरहेको छैनँ भन्‍ने सोच्छन्। समय बित्दै जाँदा, तिनीहरूलाई ती इच्छित कुराहरूले सन्तुष्ट पार्न र तिनीहरूको लोभ तृप्त पार्न सक्दैनन् भन्‍ने लाग्छ। अब भन् त, यी ख्रीष्टविरोधीहरूमा कस्तो मानवता हुन्छ? के तिनीहरूमा कुनै मानवता हुन्छ? (हुँदैन।) अनि के मानवता नभएका मानिसहरूमा विवेक हुन्छ? के तिनीहरूले साँचो रूपमा कर्तव्य पूरा गर्ने इच्छा, साथै नम्र बन्‍ने, निष्ठावान् हुने, र साँचो रूपमा आफूलाई लगाउने इच्छा बोकेर कर्तव्य निर्वाह गर्न सक्छन्? के तिनीहरूले कुनै पैसा नलिई, अनि कुनै पारिश्रमिक र कुनै इनाम नखोजी कर्तव्य निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरूमा विवेकको कुनै चेतना हुँदैन, र तिनीहरूले जति ठूला फाइदाहरू प्राप्त गरे पनि, तिनीहरू ती आफूले पाउनु नै पर्ने ठान्छन्। के यो सामान्य मानिसहरूले सोच्न नसक्‍ने र कहिल्यै नसोच्‍ने “पाउनु नै पर्ने” कुरा होइन र? के यस्तो सोचाइ र मनोवृत्तिमा कुनै लाजको बोध हुन्छ? (हुँदैन।) के लाजको बोध नभएका मानिसहरूमा कुनै मानवता हुन्छ? यो कुराले ख्रीष्टविरोधीहरूको एउटा प्रकृति खुलासा गर्छ, र त्यो लाज वा विवेकहीन बन्‍ने प्रकृति हो।

लाज विहीन मानिसहरू कस्ता मानिसहरू हुन्? मानवजातिका कस्ता प्रकारका मानिसहरूमा कुनै लाज हुँदैन? (मनोविदलता भएका मानिसहरूमा।) मानसिक रोगी मानिसहरूमा कुनै लाज हुँदैन, सबैले तिनीहरूलाई नै हेरिरहेका छन् भन्‍नेसमेत थाहा नपाई तिनीहरू सडकमा नाङ्गै दौडन्छन्, र तिनीहरू सायद लुगा लगाएकाहरूलाई समेत खिसी गर्दै यसो भन्छन्, “हेर त तिमीहरूलाई लुगा लगाउन कति समस्याजनक छ। म लुगा नलगाई सडकमा दौडिरहेको छु, र मलाई यति धेरै स्वतन्त्र र बन्धनमुक्त महसुस हुन्छ!” के लाज विहीन हुनु भनेको यही होइन र? (हजुर, हो।) लाज विहीन हुनु भनेको यही हो। लज्जाहीन मानिसहरूमा विवेकको कुनै चेतना हुँदैन र तिनीहरू मानसिक रूपमा बिरामी हुन्छन्; तिनीहरू अरू सबैलाई बेफाइदा गराएर फाइदा लिन्छन्, अरूको जुनसुकै कुरा लिन चाहन्छन्, तिनीहरूको लोभ र इच्छाले सामान्य मानव चेतनाको दायरा पार गरेको हुन्छ—तिनीहरू आफूलाई नियन्त्रण गर्न नसक्‍ने अवस्थामा पुगेका हुन्छन् र तिनीहरूमा विवेकको कुनै चेतना हुँदैन। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू ख्याति, प्राप्ति, हैसियत र भौतिक हितहरू मात्रै पछ्याउँछन्, र तिनीहरू सत्यता कहिल्यै प्राप्त गर्दैनन्। त्यसैले, के स्वर्गको राज्यमा तिनीहरूको स्थान हुनेछ? परमेश्‍वर त्यस्ता मानिसहरूलाई मुक्ति दिने वा सिद्ध पार्ने गर्नुहुन्न। के ती मानिसहरूलाई दया गर्नुपर्छ? (पर्दैन।) यी मानिसहरूलाई त घृणा गर्नुपर्छ; तिनीहरू घिनलाग्दा, तिरस्कारपूर्ण, र तुच्छ छन्। ती मानिसहरूको चरित्र घृणित र नीच हुन्छ; तिनीहरूसँग कुनै इज्जत वा लाज हुँदैन। तिनीहरूको हृदय लोभ, महत्त्वाकाङ्क्षा, र इच्छाले भरिएको हुन्छ। तिनीहरू आफ्‍ना हितहरू प्राप्त गर्ने प्रयास गर्न कर्तव्य निर्वाह गर्ने अवसरको फाइदा मात्रै लिन चाहन्छन्, र सत्यता पटक्‍कै स्वीकार गर्दैनन्, न त सत्यता सिद्धान्तहरूअनुसार काम नै गर्छन्। जब तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन्, तब आफूले इच्छा गरेका कुराहरू, हितहरू, र परमेश्‍वरका आशिष्‌हरू पनि माग्छन्। तिनीहरू परमेश्‍वरसमक्ष आफूले कसरी कष्ट भोगेको छु र त्याग गरेको छु भनेर व्याख्या गर्छन्, तर तिनीहरू आफूले भोगेका कष्ट र चुकाएका मूल्यहरूलाई उहाँसँग सौदा गर्न, परमेश्‍वरबाट आशिष् र इनाम माग्‍न, र खुलेआम परमेश्‍वरसामु आफ्‍नो हात पसारेर आफूले चाहेको अनुकूल भौतिक लाभ माग्‍नलाई मात्रै यी कुराहरूबारे प्रार्थना गर्न परमेश्‍वरसामु आउँछन्। परमेश्‍वरसामु आउँदा तिनीहरूले व्यक्त गर्न चाहने कुराहरू भनेको तिनीहरूका गुनासो, अवज्ञा, असन्तुष्टि, वेदना, द्वेष, साथै पूरा नभएको आफ्ना लोभ र चाहनाबारे निराशा हुन्। जब परमेश्‍वर यी प्रकटीकरणहरू देख्‍नुहुन्छ, तब उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ कि घृणा गर्नुहुन्छ? (उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ।) जब तिनीहरू मण्डलीको खातिर थोरै मेहनत गर्छन्, तब तिनीहरू यो घोषणा गर्न र श्रेय दाबी गर्न तुरुन्तै परमेश्‍वरसामु आउँछन्, र विभिन्‍न कर्तव्य निर्वाह गर्दा वा विभिन्‍न काम गर्दा तिनीहरूले के-कस्ता त्यागहरू गरेका छन् र के-कस्ता कुराहरू समर्पित गरेका छन् भनेर परमेश्‍वरलाई बताउँछन्; तिनीहरूलाई परमेश्‍वरले यी कुराहरूबारे थाहा पाउनुहुनेछैन, परमेश्‍वर यी कुराहरू देख्‍न सक्नुहुन्‍न, र तिनीहरूले चुकाएका मूल्यहरू परमेश्‍वरले बिर्सनुहुनेछ भन्‍ने डर लाग्छ। त्यसकारण, यी मानिसहरू परमेश्‍वरसामु दुष्ट र निकै लाज पचेका देखिन्छन्। जब तिनीहरू आफूले चुकाएका मूल्यहरू व्याख्या र घोषणा गर्न, आफूले के कुराहरू प्राप्त गर्न चाहेको हो त्यो उहाँलाई व्याख्या गर्न, र परमेश्‍वरसामु हात पसारेर आफूले चाहेका इनामहरू माग्‍नका लागि परमेश्‍वरसामु आउँछन्, तब परमेश्‍वर भन्‍नुहुन्छ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको मनोवृत्ति के हुन्छ? “तँजस्ता मानिसहरू मेरो अघि आउन लायक छैनन्। मलाई तँप्रति घृणा लाग्छ र तँप्रति वितृष्ण हुन्छ। मैले तँलाई चाहेको सबै कुरा दिएको छु; तैँले यस जीवनमा प्राप्त गर्न चाहेको सयगुणा प्राप्त गरिसकेको छस्। तँलाई अरू के चाहिन्छ?” परमेश्‍वर मानवजातिलाई मुख्य रूपमा जे दिन चाहनुहुन्छ, त्यो भौतिक कुरा होइन, बरु उहाँ त मानवजातिलाई सत्यता दिन चाहनुहुन्छ, ताकि सत्यताद्वारा तिनीहरूले मुक्ति प्राप्त गर्न सकून्। तैपनि, ख्रीष्टविरोधीहरू निर्लज्‍ज भई परमेश्‍वरको कामको विरोध गर्छन्, तिनीहरू सत्यता खोजी गर्दैनन्, र तिनीहरू सत्यता अभ्यास गर्दैनन्। बरु यसको साटो, तिनीहरू परमेश्‍वरको कामको अवधिमा पाएको कर्तव्य निर्वाह गर्ने अवसरलाई अनुचित रूपमा आफ्‍ना इच्छित कुराहरू प्राप्त गर्न प्रयोग गर्न चाहन्छन्; तिनीहरू सबै कुरामा अरूको कुनै पर्बाह नगरी चोरबाटो अपनाउँदै फाइदा लिन्छन्, तैपनि तिनीहरूलाई प्रायजसो आफूलाई घाटा भइरहेको छ र आफूले धेरै फाइदा प्राप्त गरेको छैनँ भन्‍ने लाग्छ। तिनीहरूलाई प्रायजसो आफूले धेरै त्याग र समर्पण गरेको छु, र आफूलाई फाइदाभन्दा घाटा बढी छ भन्‍ने पनि लाग्छ, र त्योभन्दा पनि अझ बढी, तिनीहरू प्रायजसो आफ्ना त्यागहरूप्रति पछुतो गर्छन्, र आफूले पर्याप्त रूपमा परिस्थिति विचार गरेको छैनँ वा आफ्ना लागि बाहिर निस्कने बाटो सोचेको छैनँ भन्‍ने पनि लाग्छ। त्यसकारण, तिनीहरूलाई आफ्‍ना त्यागहरूका लागि समयमै इनाम नपाएकामा हृदयमा प्रायः रिस उठिरहन्छ, र तिनीहरू परमेश्‍वरप्रति गुनासोले पनि भरिइरहन्छन्। तिनीहरूले आफ्नो हृदयमा प्रायः यस्तो सोच्दै हिसाबकिताब गरिरहेका हुन्छन्, “के परमेश्‍वर धर्मी हुनुहुन्न र? परमेश्‍वर पक्षपात गर्नुहुन्न, होइन र? के परमेश्‍वर मानिसहरूलाई आशिष् दिने परमेश्‍वर हुनुहुन्न र? के परमेश्‍वर मानिसका सबै असल कार्य र उसले समर्पित गरेका कुराहरू र आफूलाई समर्पित गरेको कुरा याद गर्नुहुन्न र? मैले परमेश्‍वरको कामका लागि आफ्‍नो परिवार त्यागेको र मूल्य चुकाएको छु, तर म परमेश्‍वरबाट के प्राप्त गर्छु?” यदि तिनीहरूको लोभ र इच्छा छोटो अवधिमा पूरा भएन भने, तिनीहरू नकारात्मक बनेर गुनासो गर्न थाल्छन्। यदि तिनीहरूको लोभ र इच्छा लामो अवधिमा सन्तुष्ट भएन भने, तिनीहरूको भित्री हृदय सञ्चित द्वेषले भरिन्छ। अनि यो सञ्चित द्वेषका परिणामहरू के-के हुन्? तिनीहरू हृदयमा परमेश्‍वरलाई शङ्का र प्रश्‍न गर्न थाल्छन्, तिनीहरू परमेश्‍वरको धर्मी स्वभावको आलोचना गर्न थाल्छन्, र तिनीहरू परमेश्‍वरको प्रेम र सारलाई समेत शङ्का गर्न थाल्छन्। यदि यो द्वेष लामो समयसम्म सञ्चित भयो भने, यी कुरा घातक ट्यूमर बन्छन् र फैलिन थाल्छन्, र तिनीहरू कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन सक्‍ने बन्छन्। विशेषगरी जब तिनीहरू नकारात्मक र कमजोर अनि तुलनात्मक रूपमा अपरिपक्‍व कद भएका कतिपय मानिसहरूको अगाडि हुन्छन्, वा विश्‍वासमा नयाँ रहेका कतिपय मानिसको अगाडि हुन्छन्, तब तिनीहरू बेलाबेलामा यी नकारात्मक भावनाहरू प्रकट गर्छन् र फैलाउँछन्, र परमेश्‍वरप्रतिको आफ्नो असन्तुष्टि र ईश्‍वरनिन्दा फैलाउँछन्, र तिनीहरू समझशक्ति नभएका कतिपय मानिसलाई परमेश्‍वरको धर्मी स्वभाव र उहाँको सारबारे शङ्का गर्नसमेत बहकाउँछन्। के ख्रीष्टविरोधीहरूले यसो गर्दैनन् र? तिनीहरूका महत्त्वाकाङ्क्षा, चाहना, पछ्याइ, र अभिप्रायहरू पूरा नभएका हुनाले, तिनीहरूले यी कुराहरू गर्न सक्छन् र परमेश्‍वरप्रति यस्तो मनोवृत्ति पैदा गर्न सक्छन्—यो कस्तो स्वभाव हो? यो स्पष्ट रूपमै ख्रीष्टविरोधीको स्वभाव र शैतानी स्वभाव हो।

ख्रीष्टविरोधीले जेसुकै कष्ट भोगे पनि वा मण्डलीमा जेसुकै मूल्य चुकाए पनि, तिनीहरूलाई यो आफ्नो दायित्वको भाग हो, सृजित प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्य हो भन्‍ने लाग्दैन, तर यसलाई तिनीहरू परमेश्‍वरले याद गर्नुपर्ने तिनीहरूको योगदानकारूपमा लिन्छन्। तिनीहरू सोच्छन्, यदि परमेश्‍वरले तिनीहरूको योगदान याद गर्नुभयो भने, तिनीहरूलाई तुरुन्तै आशिष्, प्रतिज्ञा, र विशेष भौतिक निगाहहरू दिनुपर्छ, र तिनीहरूलाई फाइदा र विशेष लाभहरू प्राप्त गर्न दिनुपर्छ। त्यसपछि मात्रै ख्रीष्टविरोधी सन्तुष्ट हुनेछ। कर्तव्यबारे ख्रीष्टविरोधीको बुझाइ कस्तो हुन्छ? तिनीहरूलाई कर्तव्य भनेको सृजित प्राणीले लिनुपर्ने दायित्व हो भन्‍ने लाग्दैन, न त यो परमेश्‍वर पछ्याउनेहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो भन्‍ने नै लाग्छ। बरु, तिनीहरूलाई कर्तव्य निर्वाह परमेश्‍वरसँगको लेनदेनमा मोलतोल गर्ने आधार हो, उहाँको इनामसित साट्‍न सकिने कुरा, र आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्ने र परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको कारण आशिष्‌हरू प्राप्त गर्ने तरिका हो भन्‍ने लाग्छ। तिनीहरू सोच्छन्, कर्तव्य निर्वाह गर्नका लागि पूर्वसर्त भनेकै परमेश्‍वरको अनुग्रह र आशिष् पाउनु हुनुपर्छ र यसले मात्र मानिसहरूलाई परमेश्‍वरमाथिको साँचो विश्‍वास दिन्छ, र यदि परमेश्‍वरले मानिसहरूलाई भविष्यका चिन्ताहरूबाट मुक्त गराउनुभयो भने मात्रै तिनीहरूले सहजतासाथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। तिनीहरू के पनि सोच्छन् भने, कर्तव्य निर्वाह गर्नेहरूलाई परमेश्‍वरले हरेक सुविधा दिनुपर्छ र राम्रो व्यवहार गर्नुपर्छ, अनि मानिसहरूले कर्तव्य निर्वाह गर्दाका अवधिमा परमेश्‍वरको घरले प्रदान गर्ने सबै फाइदाको आनन्द लिन पाउनुपर्छ। मानिसहरूले यी कुराहरू पाउनैपर्छ। ख्रीष्टविरोधीहरू हृदयमा यस्तै सोच्छन्। यी सोचाइका तरिकाहरू नै ख्रीष्टविरोधीहरूका दृष्टिकोण र जीवन-सूत्र हुन्, र यी कुराले कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छन्। परमेश्‍वरको घरले व्यक्तिको कर्तव्य निर्वाहबारे सत्यतासम्बन्धी जेजसरी सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरूले हृदयमा पालेर राखेका कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्। तिनीहरू कर्तव्य निर्वाह गर्नेबारे आफ्नो दृष्टिकोणमै सदैव टाँसिरहनेछन्। यो प्रकटीकरण सम्बन्धमा हामीले प्रयोग गर्न सक्ने एउटा वाक्यांश छ—त्यो के हो? त्यो भौतिक कुराहरूलाई अरू सबै कुराभन्दा माथि राख्‍नु हो; अर्थात्, हातमा लिन सकिने कुराहरू मात्रै वास्तविक हुन्, र प्रतिज्ञाहरू गर्नु व्यर्थ हो। यी मानिसहरूमा भएका प्रकटीकरणहरूको सार भौतिकवाद हो, होइन र? (हो।) भौतिकवाद भनेको नास्तिकवाद हो; तिनीहरू आफूले देख्‍न र छुन सक्‍ने कुराका आधारमा मात्रै अघि बढ्छन्, आफूले देख्‍न सक्‍ने कुराको मात्रै हिसाब लिन्छन्, र आफूले देख्‍न नसक्‍ने कुराको अस्तित्व इन्कार गर्छन्। त्यसकारण, के निर्धारित गर्न सकिन्छ भने, कर्तव्यसम्बन्धी ख्रीष्टविरोधीको ज्ञान र बुझाइ निश्‍चय नै सत्यता सिद्धान्तहरूसँग मिल्दैन, र यो पूर्ण रूपमा गैरविश्‍वासीहरूको दृष्टिकोणजस्तै हुन्छ; साँच्‍चै नै, तिनीहरू अविश्‍वासी हुन्। तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरका सबै वचनहरू सत्यता र साँचो मार्ग हुन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन्। तिनीहरू ख्याति, प्राप्ति र हैसियत मात्रै वास्तविक हुन्, र आफूले पछ्याउने र आनन्द लिने सबै कुरा केवल मानव प्रयास र संघर्षद्वारा, र आफूले चुकाएको मूल्यद्वारा प्राप्त गर्न सकिन्छ भन्‍ने मात्रै विश्‍वास गर्छन्। यो “मानिसहरूले आफ्नै दुई हातले खुसी निर्माण गर्नुपर्छ” भन्‍ने दृष्टिकोणभन्दा कसरी फरक छ र? कुनै फरक छैन। तिनीहरू मानिसहरूले परमेश्‍वरका खातिर कर्तव्य राम्ररी निर्वाह गर्न आफूलाई समर्पित गरेर अनि मूल्य चुकाएर अन्त्यमा सत्यता र जीवन प्राप्त गर्छन् भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरका मागहरूअनुसार कार्य गर्ने र यसरी आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न पुग्ने मानिसहरूले सृष्टिकर्ताको अनुमोदन र आशिष्‌हरू प्राप्त गर्न सक्छन् भन्‍ने कुरामा पनि विश्‍वास गर्दैनन्। यसले के देखाउँछ भने तिनीहरू मानवजातिलाई परमेश्‍वरले दिएको प्रतिज्ञा वा परमेश्‍वरका आशिष्‌हरूमा विश्‍वास गर्दैनन्। तिनीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्, त्यसकारण तिनीहरूमा साँचो विश्‍वास हुँदैन। तिनीहरू यति मात्रै विश्‍वास गर्छन्, “म आफ्नो कर्तव्य निर्वाह गर्छु, त्यसकारण मैले परमेश्‍वरको घरबाट विशेष व्यवहार र भौतिक आशिष्‌हरू प्राप्त गर्नुपर्छ। परमेश्‍वरको घरले मलाई हरेक भौतिक विशेषाधिकार र आनन्द प्रदान गर्नुपर्छ। त्यो चाहिँ व्यावहारिक कुरा हुनेछ।” ख्रीष्टविरोधीको मानसिकता र दृष्टिकोण त्यही हो। तिनीहरू परमेश्‍वरका प्रतिज्ञाहरू विश्‍वासयोग्य छन्, वा व्यक्तिले सत्यता प्राप्त गरेर जीवन प्राप्त गर्छ र परमेश्‍वरद्वारा आशिषित हुन्छ भन्‍ने तथ्यमा विश्‍वास गर्दैनन्। जब आफ्‍नो कर्तव्य निर्वाह गर्ने कुरा आउँछ, तब तिनीहरू सत्यता पटक्‍कै खोजी गर्दैनन्, सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले झनै कम रूपमा मात्र स्वीकार गर्ने कुरा यो सत्यता हो: मान्छेले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्नु नै परमेश्‍वरको सबैभन्दा ठूलो आशिष् हो र यो परमेश्‍वरले याद गर्ने कुरा हो, र यस प्रक्रियाका अवधिमा, मान्छेले सत्यता प्राप्त गर्न सक्छ र आखिरमा परमेश्‍वरबाट मुक्ति पाउन सक्छ—परमेश्‍वरले मान्छेलाई दिएको सबैभन्दा ठूलो प्रतिज्ञा यही हो। यदि तँ परमेश्‍वरले तँलाई दिइएका प्रतिज्ञाहरूमा विश्‍वास गर्छस् र यी प्रतिज्ञाहरू स्वीकार गर्न सक्छस् भने, तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ। यी वचनहरू सुन्दा ख्रीष्टविरोधी र अविश्‍वासीहरू कस्तो महसुस गर्छन्? (तिनीहरू परमेश्‍वरले भनेका कुराहरूमा विश्‍वास गर्दैनन् र यसलाई छल हो भन्ठान्छन्।) तिनीहरू सोच्छन्, परमेश्‍वरले बोलेका यी वचनहरू त मानिसहरूसित भ्रामक कुराहरू गरेर केही मूर्ख र सोझा मनका बेवकुफहरूलाई परमेश्‍वरको सेवा गर्न लगाउनु, र त्यसपछि तिनीहरूको सेवा समाप्त भएपछि तिनीहरूलाई निकाल्नु मात्रै हो। तिनीहरू सोच्छन्, “सत्यता प्राप्त गर्ने? हँ! सत्यता के हो भनेर कसले देख्‍न सक्छ? परमेश्‍वरका प्रतिज्ञाहरू के हुन् भनेर कसले छुन सक्छ? कसले ती प्राप्त गरेको छ? परमेश्‍वरका प्रतिज्ञाहरू वास्तविक हुँदैनन्; ख्याति र प्राप्ति, र हैसियतका फाइदाहरू प्राप्त गर्नु मात्रै वास्तविकता हो; ख्याति र प्राप्तिका लागि मेहनत गर्नु र हैसियतका फाइदाहरू प्राप्त गर्नु मात्रै वास्तविकता हो। मैले परमेश्‍वरले मानिसलाई दिने प्रतिज्ञाहरू र उहाँले मान्छेलाई प्रदान गर्ने सत्यताबारे सुनेको वर्षौँ भयो, तर म पटक्‍कै परिवर्तन भएको छैनँ, मैले कुनै फाइदा प्राप्त गरेको छैनँ, झन् यी कुराहरूले मलाई हैसियतका साथ उच्च जीवन जिउन मदत गर्नु त परको कुरा हो। कतिपय मानिसले आफूले सत्यता प्राप्त गरेको र आफू परिवर्तन भएको, अनि आफूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेको छु भनेर गवाही दिए पनि, तिनीहरू अझै पनि अत्यन्तै साधारण देखिन्छन्, तिनीहरू सबै सामान्य मानिस हुन्, त्यसकारण तिनीहरू कसरी परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेर स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्?” तिनीहरू हातैले प्राप्त गर्न सकिने कुराहरू मात्रै सबैभन्दा वास्तविक हुन्छन् भन्‍ने सोच्छन्। के यो अविश्‍वासीहरूको दृष्टिकोण होइन र? अवश्य नै हो। त्यसकारण, ती ख्रीष्टविरोधीहरू मण्डलीमा प्रवेश गरेपछि, सबै कुरालाई शङ्काको नजरले हेर्छन्, केही फाइदा कहाँ पाउन सकिन्छ, परमेश्‍वरमाथिको आफ्नो विश्‍वासबाट केही फाइदा लिन र अझै ठूलो व्यावहारिक फाइदा पाउन के-कस्ता अवसरहरू प्रयोग गर्न सकिन्छ भनेर सधैँ विचार गर्छन्—तिनीहरूले प्रायजसो यी कुराहरूबारे मनमा हिसाब-किताब गरिरहेका हुन्छन्। तिनीहरूलाई आफूले ख्याति, प्राप्ति र हैसियत प्राप्त गरेर मात्रै सबै फाइदाहरू प्राप्त गर्न सकिन्छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू हैसियत पछ्याउने र यी कुराहरूका लागि मेहनत गर्न आफूलाई समर्पित गर्ने निर्णय गर्छन्। तिनीहरू कहिल्यै सत्यताबारे मनन गर्ने वा परमेश्‍वरका अभिप्राय खोजी गर्ने गर्दैनन्, र तिनीहरू सत्यता पछ्याउनलाई नभई, आफ्नो हृदयलाई सान्त्वना दिन र रिक्तता भर्नलाई मात्र परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छन्। कुनै पनि बेला, यदि तैँले ख्रीष्टविरोधीहरूलाई आफ्ना लोभ र चाहनाहरू त्याग्‍न, ख्याति, प्राप्ति, र हैसियतको पछ्याइ पूरै त्याग्‍न, र परमेश्‍वरमाथिको आफ्नो विश्‍वासबाट आफूले चाहेका यी फाइदाहरू त्याग्‍न लगाइस् भने, तिनीहरूले त्यसो गर्न सक्दैनन्। तिनीहरूलाई यी कुराहरू त्याग्‍न लगाउँदा यसले तिनीहरूलाई तैँले तिनीहरूको छाला उतार्ने वा तिनीहरूको नसा निकाल्ने प्रयास गरिरहेको छस् भन्‍ने महसुस गराउँछ; यी कुराहरूविना, तिनीहरूलाई तिनीहरूको हृदय खोसिएको छ, तिनीहरूले आफ्नो प्राण गुमाएका छन् भन्‍ने लाग्छ, र यी महत्त्वाकाङ्क्षा र चाहनाहरूविना तिनीहरूलाई परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको कुनै आशा छैन, र जीवनले यसको अर्थ गुमाउँछ भन्‍ने लाग्छ। तिनीहरूको नजरमा, आफ्नो कर्तव्यको खातिर मात्रै आफूलाई समर्पित गर्ने र अर्पित गर्ने र मूल्य चुकाउने, व्यक्तिगत फाइदाहरू नखोज्ने मानिसहरू सबै मूर्ख हुन्। ख्रीष्टविरोधीहरूले अपनाउने सांसारिक व्यवहारको सिद्धान्त भनेको “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने हो। तिनीहरू सोच्छन्, “मानिसहरू कसरी आफ्‍नो बारेमा नसोची बस्‍न सक्छन् र? मानिसहरू कसरी आफ्नो फाइदाका लागि मेहनत नगरी बस्‍न सक्छन् र?” हृदयमा तिनीहरू सबै कुरा त्याग्‍ने र परमेश्‍वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गर्नेहरूलाई तुच्छ ठान्छन्, तिनीहरू आफ्नो कर्तव्य बफादार भई निर्वाह गर्ने र भौतिक जीवनमा अत्यन्तै मितव्ययी र सरल रूपमा जिउनेहरूलाई तिरस्कार गर्छन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको र कर्तव्य निर्वाह गरेको कारण सतावटमा परी घर फर्केर आउन नसक्‍नेहरूलाई तिरस्कार गर्छन्। तिनीहरूले प्रायजसो यी मानिसहरूलाई यसो भन्दै मनमनै हाँसोमा उडाउँछन्, “परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको कारण तिमीहरूले आफ्नो घर गुमाएका छौ। तिमीहरू आफ्नो परिवारसँग बस्न सक्दैनौ र अभावमा जिइरहेका छौ—तिमीहरू कति मूर्ख छौ! परमेश्‍वरमाथिको विश्‍वासलगायत, व्यक्तिले जेसुकै गरे पनि, उसले सांसारिक व्यवहारको सिद्धान्त अपनाउनुपर्छ: उसले कुनै पनि हालतमा घाटा सहनु हुँदैन। उसले परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू देख्‍न र छुन सक्नुपर्छ, र अपनाउनुपर्ने एउटै उचित मनोवृत्ति फाइदा नदेखेसम्म एक सिन्को नभाँच्‍नू भन्‍ने हो। तिमीहरू कति मूर्ख छौ! मलाई हेर त। म परमेश्‍वरमा विश्‍वास पनि गर्छु र ख्याति, प्राप्ति र हैसियत पनि पछ्याउँछु। म परमेश्‍वरको घरले दिएका सबै राम्रो व्यवहारको आनन्द लिन्छु र भविष्यमा आशिष्‌हरू पनि प्राप्त गर्न सक्छु। मैले कुनै कष्ट भोग्‍नुपर्दैन, र मैले प्राप्त गर्ने आशिष्‌हरू तिमीहरूका भन्दा ठूला हुनेछन्। म तिमीहरूले जस्तो भविष्यमा कुनै आशिष् प्राप्त गर्न सकिन्छ कि सकिँदैन भन्‍नेबारे निश्‍चित नभई आफ्नो परिवार र जागिर त्याग्ने अनि घर फर्केर जान नसक्‍ने हुने गरी मूल्य चुकाउँदिनँ।” यी मानिसहरू के कुरा हुन्? तिनीहरू सत्यता पछ्याउँदैनन्, इमानदारीसाथ कर्तव्य निर्वाह गर्दैनन्, तैपनि तिनीहरू सत्यता पछ्याउने र कर्तव्य निर्वाह गर्न, परमेश्‍वरको आज्ञा पूरा गर्न, र परमेश्‍वरको इच्छा पछ्याउन आफ्नो परिवार र जागिर त्याग्‍ने, कष्ट भोग्‍ने र मूल्य चुकाउनेहरूलाई तिरस्कार गर्छन्। के यस्ता मानिसहरू धेरै छन्? (छन्।) हरेक मण्डलीमा केही न केही छन्। के यी मानिसहरू परमेश्‍वरका साँचो विश्‍वासी हुन्? के तिनीहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनन्, तिनीहरूले मुक्ति पाउनु त परको कुरा हो।

ख्रीष्टविरोधीहरूले जुनसुकै समस्या सामना गरे पनि वा जे गरे पनि, तिनीहरूले सोच्ने पहिलो कुरा भनेको तिनीहरू सत्यता र मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने होइन, बरु आफ्‍ना सबै देहगत फाइदाहरूबारे विचार गर्छन्। तिनीहरूको हृदयमा आफ्नो देहसँग सम्बन्धित सबै फाइदाहरूले नै सबैभन्दा महत्त्वपूर्ण स्थान, सबैभन्दा उच्च स्थान, सर्वोच्च स्थान लिएका हुन्छन्। तिनीहरू हृदयमा कहिल्यै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्दैनन्, तिनीहरू कहिल्यै परमेश्‍वरको कामबारे विचार गर्दैनन्, झन् तिनीहरूले कुन कर्तव्य मान्छेले निर्वाह गर्नुपर्छ भन्‍नेबारे विचार गर्नु त परको कुरा हो। परमेश्‍वरले मानिसहरूलाई मानकअनुरूप कर्तव्य निर्वाह गर्न जसरी माग गर्नुभए पनि, परमेश्‍वरले मानिसहरूलाई मानकअनुरूपका सृजित प्राणीहरू हुन जसरी माग गर्नुभए पनि, ख्रीष्टविरोधीहरू पूर्ण रूपमा उदासीन रहन्छन्। परमेश्‍वरले जुनसुकै विधि अपनाउनुभए पनि वा उहाँले जुनसुकै वचनहरू बोल्नुभए पनि, उहाँ यी मानिसहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्न, र यसरी तिनीहरूलाई आफ्नो एजेण्डा परिवर्तन गर्न र आफ्‍ना लोभ र चाहनाहरू त्याग्‍न लगाउन सक्नुहुन्न। यी मानिसहरू नाम र तथ्य दुवै हिसाबमा ख्रीष्टविरोधीहरूमाझका भौतिकवादी र अविश्‍वासी हुन्। त्यसोभए, के यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूको दर्जाका थेग्रो मान्‍न सकिन्छ? (सकिन्छ, किनभने कतिपय ख्रीष्टविरोधीहरूले अझै पनि हैसियतको खातिर केही सेवा दिन सक्छन्, जबकि यी मानिसहरू सेवा दिनसमेत इच्छुक हुँदैनन्।) ठिक भन्यौ। यी मानिसहरू फाइदाहरू चाहन्छन्, तिनीहरूले दिनभरि नजर लगाउने र सोचिरहने कुरा भनेका फाइदाहरू हुन्, र तिनीहरूले गर्ने सबै कुरा फाइदाहरूमै केन्द्रित हुन्छन्। कतिपय मानिस अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन् र जब तिनीहरूको अण्डा, चामल, वा पीठो सकिन्छ, तब तिनीहरू तुरुन्तै यी कुराहरू किन्न कसैलाई पठाउन मण्डलीलाई अनुरोध गर्छन्। तिनीहरू आफैले केही पनि किन्दैनन्; मानौँ तिनीहरूले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्न सुरु गर्नुभन्दा पहिले घरमा यी कुराहरू कहिल्यै खाँदैनथिए। तिनीहरूले यो कर्तव्य पूरा गर्न सुरु गर्नुभन्दा पहिले यी सबै कुरा आफै किन्थे, तर यो कर्तव्य पूरा गर्न सुरु गर्नेबित्तिकै, तिनीहरूले बहाना बनाउन थाले, तिनीहरूलाई आफू सही र आत्मआश्‍वस्त भएझैँ लाग्न थाल्यो, र परमेश्‍वरको घरले तिनीहरूको ऋण खाएको छ जस्तैगरी तिनीहरू ऋण उठाउनेहरू, परमेश्‍वरको घरका ऋणदाताहरू बन्‍न थाले—यस्ता मानिसहरू असल हुँदैनन्।

म मूलभूमि चीनका केही अतिथि सत्कारक निवासहरूमा बसेको छु, र त्यहाँका कतिपय दाजुभाइ-दिदीबहिनीहरूको मानवता उत्कृष्ट थियो। तिनीहरूले विश्‍वास गरेको दुई-तीन वर्ष मात्रै भएको भए पनि र तिनीहरूले त्यति धेरै सत्यता नबुझेका भए पनि, तिनीहरू आफ्नो अतिथिसत्कार गर्ने कर्तव्य सच्चा रूपमा निर्वाह गर्थे। यदि परमेश्‍वरको घरले तिनीहरूलाई पैसा दिन खोज्यो भने, तिनीहरू इन्कार गर्थे; दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिएका कुनै पनि कुराको सट्टा तिनीहरू पैसा दिन्थे, र परमेश्‍वरको घरको स्वामित्वमा रहेको कुनै पनि कुरालाई तिनीहरू ध्यान दिएर सुरक्षित राख्थे; यदि परमेश्‍वरको घरले किनेको कुनै कुरा प्रयोग भएन भने, तिनीहरू यसको मूल्य बराबरको रकमसमेत परमेश्‍वरको घरलाई फिर्ता दिन्थे। आर्थिक रूपमा सम्पन्‍न कतिपय मानिसले स्वेच्छाले अतिथि-सत्कार गर्थे, र परमेश्‍वरको घरले दिएको एक पैसा पनि लिँदैनथिए। कतिपय मानिस धनी हुँदैनथे, तैपनि तिनीहरूले समेत परमेश्‍वरको घरले दिएको कुनै पनि पैसा लिँदैनथिए। मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको घरलाई अतिथि-सत्कारका लागि जे कुरा दिए पनि, तिनीहरू कुनै पनि कुराको हिनामिना गर्दैनथे। के तिनीहरूले सत्यता बुझेका हुनाले यस्तो भएको हो? होइन, यो त चरित्रको कुरा थियो। त्यसबाहेक, अझै महत्त्वपूर्ण कुरा, तिनीहरू साँचो विश्‍वासी थिए, र तिनीहरूमा असल चरित्र पनि थियो, त्यसकारण तिनीहरूले यो काम गर्न सकेका थिए, नत्र त तिनीहरूले त्यसो गर्न सक्दैनथे। म अतिथि-सत्कार गर्ने केही घरमा गएको छु र घरमालिकहरूले मलाई प्रयोग गर्नका लागि आफ्नो सबैभन्दा राम्रो सिरक र कम्बलहरू ल्याएर दिन्थे, र म भन्थेँ, “यी त नयाँ र प्रयोग नगरिएका छन्। तिनलाई प्याकेजिङमै राख, म ती प्रयोग गर्नेछैनँ।” तिनीहरू मलाई ती प्रयोग गर्न कर गर्थे। त्यसपछि केही अतिथि सत्कारकले मेरो प्रयोगका लागि सबै नयाँ कुरा किन्थे, र म भन्थेँ, “नयाँ कुरा नकिन, यो पैसा खेर फाल्नु हो। म यहाँ तिमीहरूसँग जे छ त्यही मात्रै प्रयोग गर्नेछु। कुनै पैसा खर्च नगर। म जहाँ गए पनि मानिसहरूलाई यो र त्यो किन भनेर सुझाव दिँदिनँ। सधैँ नयाँ कुराहरू प्रयोग गर्नु आवश्यक हुँदैन।” कतिपय मानिस त अझै पनि यसरी पैसा खर्च गर्न जिद्दी गर्थे। केही अतिथि सत्कारकले खानाको समयमा धेरै परिकारहरू पकाउँथे। मलाई के खान मन पर्छ भन्‍ने थाहा नभएर, तिनीहरूले धेरै थरीका परिकार बनाउँथे ताकि मैले छनौट गर्न सकूँ, किनभने थोरै किसिमका मात्रै परिकार बनाए भने, म राम्रोसँग खान सक्दिनँ कि भन्‍ने चिन्ता तिनीहरूलाई हुन्थ्यो। यस्ता मानिसहरू पनि धेरै हुन्छन्। तर कतिपय अतिथि सत्कारकहरू भने फरक हुन्छन्। म ती अतिथि सत्कारकहरूसँग बस्दा, तिनीहरू मेरो लागि दैनिक आवश्यकताहरू जोहो गरी टोपल्थे, तिनीहरूले खाना पकाउँदा प्रयोग गर्ने सामग्रीहरू दाजुभाइ-दिदीबहिनीहरूले किनेर ल्याएका कुराहरू मात्रै हुन्थे, र तिनीहरूले गएर थप सामग्री किन्‍नुपर्ने हुँदा, पैसाका लागि हात पसार्थे। त्यसपछि कतिपय यस्ता अतिथि सत्कारकहरू पनि छन्, जसका निवासमा म केही सामान सुरक्षित राख्‍नका लागि छोड्थेँ। केही समय म त्यहाँ नजाँदा, अतिथि सत्कारकहरूले दराजको ताला तोड्थे र केही कुरा हराउँथे। तिनीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरू सबै अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्छन्, तर के तिनीहरूबीच ठूलो भिन्‍नता छैन र? परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिस यस्ता कुराहरू गर्न सक्षम हुन्छन्—के यो मानिसहरूले गर्ने कुरा हो र? यो त डाँकू, लुटेरा, खलनायक, र बदमासहरूले गर्ने कुरा हो। के साँचो विश्‍वासीहरूले यस्ता कुराहरू गर्न सक्छन् त? यदि साँचो विश्‍वासीले तेरो लागि कुनै कुरा सुरक्षित राखेको छ भने, तँ जति लामो समयसम्म टाढा रहे पनि, आठ-दश वर्षसम्म नै टाढा रहे पनि, तिनीहरूले तेरो लागि त्यो सधैँ सुरक्षित राख्‍नेछन्; तिनीहरूले त्यसलाई छुने, हेर्ने, वा खोतल्‍नेछैनन्। तर कतिपय अतिथि सत्कारकहरूका हकमा भने, यदि तैँले तिनीहरूको निवासमा कुनै कुरा छोडिस् भने, तँ ढोकाबाट निस्कनेबित्तिकै तिनीहरूले त्यो खोतल्छन् र हेर्छन्। तिनीहरूले के कुरा खोतलिरहेका हुन्छन्? तिनीहरूले गहना, मोबाइल, वा पैसाजस्ता बहुमूल्य कुराहरू छन् भनेर तेरो झोला खोतलिहेर्छन्—तिनीहरू यी सबै कुरा खोतलिहेर्छन्। कतिपय महिलाले के कुरा खोतलिहेर्ने गर्छन्? तिनीहरू तँसँग कुनै राम्रो लुगा छ कि छैन भनेर हेर्न चाहन्छन्। खोतलखातल गरिसकेपछि, तिनीहरू सोच्छन्, “अहो, यी लुगाहरू कति राम्रा रहेछन्। म लगाएर हेर्छु।” मलाई भन त, के यस्ता घटनाहरू घट्दैनन् र? (घट्छन्।) तँलाई कसरी थाहा भयो? के तिमीहरूले यस्तो घटना भएको देखेका छौ? यी कुराहरू हुन्छन् भन्‍ने कुराको ठोस प्रमाण मसँग छ। एक साल, शरद ऋतुको अन्त्यतिर, मैले एउटा अतिथि सत्कारक निवासमा केही लुगाहरू छोडेँ। एक दिन, मलाई अचानक यीमध्ये केही लुगा लगाउनुपर्छ भन्‍ने लाग्यो र मैले ती लुगाहरू लिन जाने योजना बनाएँ, त्यसकारण म त्यो घर गएँ। अनि, के भयो अन्दाज लगाऊ त। म घर प्रवेश गर्दा, त्यस वृद्ध घरबेटीले मेरो ऊनको कोट कस्तो देखिएला भनेर लाएर हेर्दै थिई। संयोगवश मैले देखेँ। मैले भनेँ, “के गरिरहेको हो?” ऊ छक्क परी। उसले के गरिरहेकी छे भनेर मैले देख्‍छु भन्‍ने यस्तो संयोगबारे उसले कहिल्यै कल्पना गरेकी थिइन, र ऊ अत्यन्तै लज्जित भई। तैपनि, यस्ता मानिसहरू निर्लज्‍ज हुन्छन्, र उसले तुरुन्तै भनी, “अहो, तपाईँको ऊनको कोटले मलाई सुहाउँछ भन्‍ने के तपाईँलाई लाग्दैन?” मैले भनेँ, “त्यो मेरो कोट हो। तैँले लगाइरहेको छस् भने म लगाउन सक्दिनँ।” उसले भनी, “लिनुहोस्, म लिन चाहन्नँ।” मैले भनेँ, “तैँले लिन चाहँदैनस् भने किन लगाएर हेरिरहेको थिइस्? के अलमारीको ढोका ताल्चा लगाएको थिएन र?” उसले भनी, “आज मेरो कुनै काम थिएन, त्यसकारण मैले यसलाई निकालेर हेरेँ।” मैले भनेँ, “यो तेरो होइन, त्यसैले तैँले यसलाई छुनु हुँदैनथ्यो।” यो वास्तवमै घटित घटनाको एउटा उदाहरण हो। यसो गर्नुपछाडिको उसको अभिप्राय के थियो मलाई थाहा छैन। मलाई भन त, के यस्तो व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हो? के मैले तिनीहरूलाई परमेश्‍वरका विश्‍वासी र परमेश्‍वरको परिवारका सदस्य ठान्नुपर्छ? (पर्दैन।) तिनीहरू परमेश्‍वरका अनुयायी बन्‍नलायक हुँदैनन्, तिनीहरू लाज, विवेक वा चेतना, र कुनै मानवता नभएका शैतानको गिरोहका सदस्य हुन्—तिनीहरू बदमास हुन्। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुनेछ? यस्ता मानिसहरूमा न्यूनतम निष्ठा र मर्यादा वा परमेश्‍वरप्रति न्यूनतम आदरसमेत हुँदैन—परमेश्‍वर तिनीहरूलाई मुक्ति दिन सक्दै सक्नुहुन्न। परमेश्‍वरले बोल्ने सत्यता र उहाँले मान्छेलाई दिने जीवन त्यस्ता मानिसहरूलाई प्रदान गरिँदैन; ती मानिसहरू परमेश्‍वरको परिवारका सदस्य होइनन्, तिनीहरू त परमेश्‍वरको घरबाहिरका अविश्‍वासी हुन्, र तिनीहरू दियाबलसका हुन्। सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्णा राख्ने ख्रीष्टविरोधीहरूको प्रकृति सारबाहेक, तिनीहरूको चरित्र पनि अत्यन्तै नीच र घृणित हुन्छ, र त्यस्ता मानिसहरू घिनलाग्दा, घृणित, र तिरस्‍कारयोग्य हुन्छन्। हामीले भर्खरै कुरा गरेका परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने यी मानिसहरूको प्रकटीकरणबाट के देखाउन पर्याप्त हुन्छ भने, यी मानिसहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू कहिल्यै साँचो रूपमा आफूलाई समर्पित गर्दैनन् र तिनीहरू कहिल्यै इमानदारीसाथ त्यसो गर्दैनन्। बरु, तिनीहरू आफ्नै एजेण्डा, लोभ, र चाहनाहरू लिएर आउँछन्, तिनीहरू सत्यता प्राप्त गर्न होइन, बरु फाइदाहरू प्राप्त गर्न दौडँदै आउँछन्। त्यसकारण, तैँले यसलाई चाहे जसरी हेरे पनि, परमेश्‍वरका लागि त्यस्ता मानिसहरूको मानवता मानकअनुरूप हुँदैन। त्यसकारण मलाई भन त, के तिमीहरू त्यस्ता मानिसहरूको मानवतालाई मानकअनुरूप ठान्छौ, र के तिनीहरूलाई असल मानिस ठान्छौ? (ठान्दैनौँ।) तिमीहरू पनि त्यस्ता मानिसहरूलाई हेला गर्छौ, होइन र? (हजुर।) जब कतिपय मानिसले परमेश्‍वरको घरले कुनै कुरा किनेको छ भन्‍ने सुन्छन्, तब तिनीहरू त्यसमा आफ्नो भाग चाहन्छन्, र जब तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले लुगा दान गरिरहेको देख्छन्, तब तिनीहरू त्यो प्राप्त गर्न लायक भए नि नभए नि वा तिनीहरूले त्यो पाउनुपर्ने भए नि नभए नि, तिनीहरू त्यो प्राप्त गर्न प्रयास गर्छन्, र अरू कसैले भन्दा बढी सक्रिय भई मेहनत गर्छन्; जब तिनीहरूले परमेश्‍वरको घरमा गर्नुपर्ने कुनै काम छ वा गर्नुपर्ने केही फोहोरी वा थकाइलाग्दो काम छ भन्‍ने सुन्छन्, तब तिनीहरू तुरुन्तै लुक्छन् र तिनीहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन। त्यस्ता मानिसहरू धूर्त र कुटिल हुन्छन्, र नीच चरित्रका हुन्छन्—तिनीहरू घिनलाग्दा, तिरस्कारयोग्य, र घृणित हुन्छन्!

ख्रीष्टविरोधीहरू हरेक पक्षमा आफ्ना फाइदाहरूप्रति देखाउने चासोलाई चिरफार गर्नका लागि परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने क्रममा देखाउने विभिन्‍न प्रकटीकरणहरू प्रयोग गर्दा, हामीलाई यी मानिसहरू अविश्‍वासी, भौतिकवादी, घृणित, नीच, र कमसल चरित्रका, घिनलाग्दा मानिस हुन्, र परमेश्‍वरले मुक्ति दिने पात्रहरू होइनन् भनेर बुझ्न मदत मिल्छ। त्यस्ता मानिसहरूको परिभाषालाई सत्यताप्रति वितृष्णा राख्ने स्तरसम्‍म उठाउनु पर्दैन; हामी तिनीहरूको मानवता र चरित्रको हिसाबमा तिनीहरूको वास्तविकता पहिले नै देख्‍न सक्छौँ, त्यसकारण यसलाई सत्यतासँग सम्बन्धित छ भनेर यति उच्च स्तरसम्‍म लैजानु पर्दैन। तसर्थ, चाहे परमेश्‍वरको घरमा होस् वा मानिसहरूको कुनै समूहमा, त्यस्ता मानिसहरू सधैँ सबैभन्दा नीच र चरित्रहीन मानिस हुनुपर्छ। अनि अवश्य नै, यदि तिनीहरूलाई परमेश्‍वरको घरमा सत्यताका आधारमा मापन गर्नुपर्‍यो भने, तिनीहरू अझै घृणित र नीच देखिन्छन्। के तिमीहरूमा ख्रीष्टविरोधीहरूले देखाउने यस प्रकटीकरणका अरू कुनै उदाहरण छन्? (एउटा ख्रीष्टविरोधीले परमेश्‍वरको घरका लागि पुस्तकहरू छाप्‍ने काम गरिरहेको थियो, र उसले झूटो हिसाब देखाएर परमेश्‍वरको भेटीका सयौँ हजार युआन हिनामिना गर्‍यो। उसलाई अनुसन्धान गरेपछि के थाहा भयो भने, उसले यो कर्तव्य निर्वाह गर्न सुरु गर्नुभन्दा पहिले, उसको परिवारसँग थोरै मात्र पैसा थियो, तर यो कर्तव्य निर्वाह गर्न थालेपछि, उसले घर र कार किन्यो, तर यी कुराहरू खाताबाट पत्ता लगाउन सकिएन। उसको परिवार सबै जना अत्यन्तै क्रूर थिए, र त्यसकारण भेटीहरू फिर्ता लिन सकिएन।) के यस घटनाका लागि अगुवा र कामदारहरू प्रत्यक्ष रूपमा जिम्मेवार थिएनन् र? (थिए। पछि, थप विवरणहरू बाहिर आएपछि, त्यो बेला जिम्मेवार रहेका अगुवा र कामदारहरूले यस ख्रीष्टविरोधीले व्यवस्थापन गरेका खाताहरू कहिल्यै जाँच गरेनन् भन्‍ने पत्ता लाग्यो। तिनीहरूले आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरे र तिनीहरू जिम्मेवार नभएको कारणले नै यो परिस्थिति पैदा भएको थियो। तिनीहरू अवश्य नै प्रत्यक्ष रूपमा जिम्मेवार थिए।) त्यसोभए, के तिनीहरूको अपराध परमेश्‍वरको अभिलेख पुस्तकमा लेखिनुपर्थ्यो? (पर्थ्यो।) घटनापछि यी मानिसहरूलाई कसरी ठेगान लगाइयो? (कतिलाई हटाइयो र निष्कासित गरियो, र कतिले भेटीहरू फिर्ता गरिरहेका छन्।) तिनीहरूलाई ठेगान लगाउने उचित तरिका यही हो। अगुवा र कामदारहरूले आफ्नो कर्तव्यलाई बेवास्ता गरे र यस मामिलामा सुपरिवेक्षकका रूपमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्। खासगरी, तिनीहरूले गलत व्यक्तिलाई प्रयोग गरे र तिनीहरूले यस व्यक्तिलाई निगरानी वा रेखदेख गर्ने कुनै प्रयास गरेनन्, र आफूले प्रयोग गरिरहेको यस व्यक्तिका समस्याहरू समयमै पत्ता लगाउन सकेनन्, र त्यसैले गम्भीर परिणामहरू देखा परे, र यसले गर्दा परमेश्‍वरका भेटीहरू र परमेश्‍वरको घरका सम्पत्तिहरूमा ठूलो घाटा भयो; यो प्रत्यक्ष रूपमा जिम्मेवार रहेका यी सबै मानिसको जिम्मेवारी थियो, र तिनीहरूका सबै अपराधहरू रेकर्ड गरिनु नै पर्थ्यो। यो त सही व्यक्तिलाई काममा प्रयोग नगरेको कारण तिनीहरूले आफूमा ल्याएको प्रतिकूल परिणाम थियो र यसले गर्दा परमेश्‍वरको घरलाई घाटा भयो, र अन्त्यमा परमेश्‍वरको भेटीको मूल्य चुकाउनुपऱ्यो। मलाई भन त, के ख्रीष्टविरोधीहरू सधैँ लोभी हुन्छन्, कि मूल्यवान् कुरा देख्दा मात्रै तिनीहरूमा यी दुष्ट विचारहरू आउँछन्? (तिनीहरू सधैँ लोभी हुन्छन्।) त्यसकारण जब तँ त्यस्ता मानिसहरूसँग सङ्गत र अन्तरक्रिया गर्छस्, तब तैँले तिनीहरूको लोभ र चाहनाहरू अवश्य नै पत्ता लाउन सक्छस्। अगुवा र कामदारहरूले जिम्मेवारी नलिएको कारण, मानिसहरूलाई नचिनेको कारण, मानिसहरूलाई नखुट्ट्याएको कारण, र मानिसहरूलाई दुरुपयोग गरेको कारण, यो परिणाम आएको थियो, त्यसकारण तिनीहरूको काँधमा भारी जिम्मेवारी आइपर्‍यो र तिनीहरू निष्कासित हुनलायक थिए।

पहिले हामीले ख्रीष्टविरोधीहरूको प्रकृति, सार, स्वभाव, र तिनीहरूले पछ्याउने मार्गका मुख्य पक्षहरूबारे सङ्गति गरेका थियौँ। आज हामी ख्रीष्टविरोधीहरूको मानवताको क्षेत्रभित्रका प्रकटीकरणहरूबारे सङ्गति र चिरफार गरिरहेका छौँ, र यो वास्तविक जीवनसँग सम्बन्धित छ। यो सानो पक्ष भए पनि, यसले अझै पनि मानिसहरूलाई ख्रीष्टविरोधीहरूका निश्‍चित प्रकटीकरणहरू पहिचान गर्न मदत गर्न सक्छ; यी ख्रीष्टविरोधीहरूका केही स्पष्ट विशेषता, चिन्ह, र प्रतीक पनि हुन्। उदाहरणका लागि, ख्रीष्टविरोधीले हैसियत, ख्याति, प्राप्ति, र प्रभावलाई प्रेम गर्छ, र ऊ अत्यन्तै स्वार्थी, घृणित, र क्रूर हुन्छ, र उसले सत्यतालाई प्रेम गर्दैन, त्यसकारण उसको मानवता र चरित्र कस्तो हुन्छ? कतिपयले भन्छन्, “कति ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई प्रेम गरे पनि, तिनीहरूमा आदरणीय र उच्च चरित्रहरू हुन्छन्, र तिनीहरूमा विवेक र समझ हुन्छ।” के यो सही हो? (अहँ, होइन।) किन होइन? ख्रीष्टविरोधीहरूमा कस्तो स्वभाव सार हुन्छ भन्‍नेबारे कुरा नगरौँ; सुरुमा तिनीहरूको मानवता र चरित्र हेरौँ। तिनीहरू निश्‍चय नै असल मानिस होइनन्, तिनीहरू मर्यादा, विवेक, वा शिष्ट निष्ठा भएका मानिस होइनन्, झन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुनु त परको कुरा हो। के यस्तो मानवता भएका मानिसहरूले सही मार्ग पछ्याउन सक्छन्? निश्‍चय नै सक्दैनन्, किनभने तिनीहरूको चरित्रमा सही मार्ग पछ्याउने सार हुँदैन, र त्यसकारण यी मानिसहरू सत्यतालाई प्रेम गर्न सक्दै सक्दैनन्, झन् तिनीहरूले यसलाई स्वीकार गर्न सक्‍नु त परको कुरा हो। ख्रीष्टविरोधीहरू जुन अभिप्राय र मनोवृत्तिले कर्तव्य निर्वाह गर्छन् त्यस आधारमा हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्र र मानवताले मानिसहरूलाई तिनीहरूप्रति इन्कार र वितृष्णा राख्ने बनाउँछ, र यसभन्दा पनि नराम्रो त, परमेश्‍वर तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू सधैँ परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्न चाहन्छन्, र उहाँलाई इनाम, पैसा, वस्तु र लाभहरू माग्‍न चाहन्छन्। अनि परमेश्‍वर तिनीहरूलाई कुन प्रकारका मानिसका रूपमा हेर्नुहुन्छ? यी मानिसहरू पक्कै पनि असल मानिस होइनन्। त्यसैले, परमेश्‍वर उहाँको नजरमा त्यस्ता मानिसहरूलाई ठ्याक्‍कै कसरी परिभाषित गर्नुहुन्छ? उहाँले त्यस्ता मानिसहरूलाई के नाम दिनुहुन्छ? बाइबलमा अनुग्रहको युगको एउटा कथा छ: यहूदाले प्रायजसो पैसाको झोलाबाट चोर्ने गर्थ्यो, र अन्त्यमा परमेश्‍वरले उसलाई सेवा दिने काममा, अर्थात् प्रभु येशूलाई धोका दिने काममा प्रयोग गर्नुभयो। प्रभु येशूलाई क्रूसमा टाँगियो, र आफ्ना प्रभु र साथीहरूलाई धोका दिने भूमिका निर्वाह गरेको यहूदा पेट फुटेर मर्‍यो। त्यसकारण, परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने र परमेश्‍वरलाई चढाइएको भेटी चोर्ने यी मानिसहरू सबै परमेश्‍वरको नजरमा यहूदा हुन्, जसको अर्थ यी मानिसहरूलाई परमेश्‍वर यहूदा नाम दिनुहुन्छ भन्‍ने हो। अहिले यहूदाका रूपमा दोषी ठहराइएका यी ख्रीष्टविरोधीहरूले यहूदाले जस्तै आफ्ना प्रभु र साथीहरूलाई धोका नदिए पनि, तिनीहरूको प्रकृति सार उस्तै हुन्छ। तिनीहरूको के कुरा समान हुन्छ? तिनीहरू परमेश्‍वरको घरका सम्पत्तिहरू चोर्न र हिनामिना गर्न आफ्नो पद र आफ्नो कर्तव्य पूरा गर्ने अवसरको फाइदा उठाउँछन्। त्यसकारण परमेश्‍वरले यी मानिसहरूलाई यहूदा नाम दिनुभएको हो, र तिनीहरू आफ्ना प्रभु र साथीहरूलाई धोका दिने व्यक्तिको समान हुन्छन्। अर्थात्, परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्ने र हडप्‍ने यी ख्रीष्टविरोधीहरू आफ्ना प्रभु र साथीहरूलाई धोका दिने यहूदाजस्तै हुन्, र त्यस्ता मानिसहरूको परिणाम कस्तो हुन्छ भनेर पत्ता लगाउन धेरै विचार गरिरहनु पर्दैन।

२. तिनीहरूलाई सेवा प्रदान गर्न र तिनीहरूका लागि काम गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नु

कर्तव्य निर्वाह गर्दा, ख्रीष्टविरोधीहरू जुन फाइदाहरू प्राप्त गर्न लागिपर्छन्, ती फाइदाहरू हामीले पहिले नै छलफल गरिसकेका कुराहरूमा मात्र सीमित हुँदैनन्—पैसा, भौतिक वस्तु, भोजन र प्रयोगका सामानहरू—यी फाइदाहरूको दायरा निकै ठूलो हुन्छ। उदाहरणका लागि, ख्रीष्टविरोधीहरू कर्तव्य निर्वाह गर्दा, त्यो कर्तव्य निर्वाह गर्ने नाममा दाजुभाइ-दिदीबहिनीहरूलाई शोषण गर्छन्, उनीहरूलाई तिनीहरूका लागि सेवा प्रदान गर्न र काम गर्न लगाउँछन्, र तिनीहरूलाई आदेश दिन्छन्—के यो ख्रीष्टविरोधीहरूले प्राप्त गर्न प्रयास गर्ने फाइदा होइन र? (हो।) कतिपय मानिस मण्डली अगुवा बन्‍नुभन्दा पहिले घरमा सबै कुरा सधैँ एक्लै गर्छन्, र तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा खराब अभिप्रायहरू नभएजस्तो देखिन्छ। तैपनि, तिनीहरूले मण्डली अगुवाका रूपमा निर्वाचित भएर हैसियत प्राप्त गरेपछि, के अझै पनि सबै कुरा आफै गर्छन् त? तिनीहरूले हैसियत प्राप्त गरेपछि आफू फरक भएको छु, परमेश्‍वरको घरमा आफूलाई विशेष व्यवहार गरिनुपर्छ, र आफ्नो “कर्तव्य” संयुक्त रूपमा पूरा गर्न “भीडको शक्ति” कसरी परिचालित गर्ने भनेर सिक्‍नुपर्छ भन्‍ने सोच्छन्; अनि तिनीहरूको घरको हरेक काम मण्डलीको दायित्वभित्र पर्ने काम बन्छ, र तिनीहरू आफ्नो घरायसी कामकाज र दैनिक कार्यहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ बाँडिदिन्छन्। उदाहरणका लागि, जब तिनीहरूको घरमा गरिनुपर्ने कुनै काम हुन्छ, तब तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई भन्छन्, “म विगत केही दिनदेखि मण्डलीको काममा व्यस्त छु। के तपाईँहरूमध्ये कसैसँग मलाई एउटा काममा मदत गर्ने समय छ?” अनि, तीन वा पाँच जना मानिसले स्वेच्छाले काम गरिदिन्छन् र केही समयपछि काम पूरा हुन्छ। यी अगुवाहरू सोच्छन्, “धेरै हातले काम हल्का बन्छ। अगुवा हुनु राम्रो कुरा हो, मैले केही भन्‍नुपर्छ, अनि काम पूरा भइहाल्छ। भविष्यमा, जब घरमा गर्नुपर्ने कुनै काम हुन्छ, तब म दाजुभाइ-दिदीबहिनीहरूलाई नै मदत गर्न लाउनेछु।” यसरी अघि बढ्दै जाँदा, तिनीहरू मण्डली अगुवाको काम त्यति धेरै पूरा गर्दैनन्, तर तिनीहरू मानिसहरूलाई आफ्‍नो घरमा काम गर्न लाउन धेरै कुरा मिलाउँछन्, र यस कुरालाई तालिकामा समेत राख्छन्—तिनीहरू कति “व्यस्त” मण्डली अगुवा हुन्! तिनीहरू अगुवा बन्‍नुभन्दा पहिले तिनीहरूको घरमा कहिल्यै त्यति धेरै काम हुँदैन, तैपनि तिनीहरू अगुवा बनेपछि, घरमा गरिनुपर्ने काम धेरै हुन्छ। कति दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको बाली रोप्छन्, कतिले तिनीहरूको जमिनमा सिँचाइ गर्छन्, कतिले तिनीहरूको सागसब्जी रोप्छन्, कतिले घाँस काट्छन्, कतिले मल हाल्छन्, र कतिले त तिनीहरूको सागसब्जी बेचेरसमेत तिनीहरूलाई मदत गर्छन्, तर त्यसबाट प्राप्त सबै पैसा तिनीहरूलाई नै दिन्छन्, आफ्ना लागि एक पैसा राख्दैनन्। तिनीहरू मण्डली अगुवा बनेपछि, तिनीहरूको घरको जीवन फस्टाउँछ; तिनीहरूले जे गरे पनि, मानिसहरू सधैँ तिनीहरूलाई साथ र सहयोग दिन्छन्, र तिनीहरूको हरेक शब्द अत्यन्तै प्रभावकारी हुन्छ। तिनीहरूलाई अत्यन्तै खुसी लाग्छ र सन्तुष्टि हुन्छ, र तिनीहरू झन्-झन् यस्तो सोच्न थाल्छन्, “मण्डली अगुवाको यो पद अत्यन्तै राम्रो हो, र हैसियत हुनु निकै राम्रो कुरा हो। यदि घरमा कहिल्यै खानेकुराको कमी भयो भने, मैले एक शब्द मात्रै बोल्नुपर्छ र मानिसहरूले मलाई खानेकुरा दिइहाल्छन्, र तिनीहरू यसका लागि पैसासमेत लिन चाहँदैनन्। यो जीवन कस्तो सहज छ! मेरो विश्‍वासको कारण मलाई साँच्‍चै नै परमेश्‍वरले आशिष् दिइरहनुभएको छ। यो ठूलो आशिष् हो, र यो साँच्‍चै नै परमेश्‍वरको अनुग्रह हो! परमेश्‍वर एकदमै महान् हुनुहुन्छ; परमेश्‍वरलाई धन्यवाद होस्!” जब कसैले तिनीहरूलाई सेवा गरिसक्छ वा तिनीहरूले आदेश दिएको काम पूरा हुन्छ, तब तिनीहरू सधैँ “परमेश्‍वरलाई धन्यवाद दिन्छन्” र “परमेश्‍वरबाट आएको भनी स्वीकार गर्छन्।” यी मामुली मण्डली अगुवाहरूले त आफ्नो पदलाई यति हदसम्म प्रयोग गर्न सक्छन्—के तिमीहरू यसो गर्न सक्छौ? के तिमीहरू यस्तो काम गर्न सक्षम हुनेछौ? मानिसहरू किन अगुवा बन्‍न प्रतिस्पर्धा गर्छन्? तिनीहरू किन हैसियतका लागि प्रतिस्पर्धा गर्छन्? यदि कुनै फाइदा प्राप्त नगर्ने हो भने, के जोकसैले हैसियतका लागि प्रतिस्पर्धा गर्नेथियो त? यदि तिनीहरूले पदका लागि प्रतिस्पर्धा गर्दा गोरुजस्तो जोतिँदै काम गर्नुपरेको भए, के कसैले यसको झमेला लिनेथियो त? हैसियत पाएपछि यसबाट यति धेरै फाइदाहरू हुने भएकाले नै मानिसहरू हैसियत हात पार्न र हैसियतका लागि प्रतिस्पर्धा गर्न मरिहत्ते गर्छन्। मामुली मण्डली अगुवा बन्दा नै तिनीहरूलाई यति धेरै फाइदा हुन्छ, र तिनीहरूको जीवनमा यति धेरै सुविधा र फाइदा हुन्छ—कस्तो व्यक्तिले यस्तो व्यवहार गर्छ? के तिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के तिनीहरू मानवता र विवेक भएका मानिस हुन्? के तिनीहरू परमेश्‍वरको डर मान्ने हृदय भएका मानिस हुन्? (होइनन्।) तिनीहरूलाई आफूले सबै जनाका लागि र परमेश्‍वरको घरका लागि मण्डली अगुवाको काम गर्छु भन्‍ने विश्‍वास हुन्छ, र तिनीहरू यसलाई कर्तव्यका रूपमा लिँदैनन्। तिनीहरूलाई के पनि विश्‍वास हुन्छ भने, तिनीहरूले मण्डली अगुवाका रूपमा गर्ने कुनै पनि काम आफ्नो घरको जीवन त्याग गरेका आधारमा गरेका हुन्छन्, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूले चुकाएको मूल्यको परिपूर्ति गरिदिनुपर्छ। यदि तिनीहरूसँग घरको काम गर्ने समय छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मदत गरिदिनुपर्छ; यदि तिनीहरूसँग खेतमा काम गर्ने समय छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नै कर्तव्य जस्तै गरी, तिनीहरूको खेतमा हाजिर हुनुपर्छ र तिनीहरूका लागि काम गरिदिनुपर्छ। मण्डली अगुवाका रूपमा काम गर्नका लागि तिनीहरूले जे कुरा त्यागेका भए पनि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई त्यसको दोब्बर परिपूर्ति गरिदिनुपर्छ। यी केही यस्ता कुराहरू हुन् जसमा ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवामा लगाउँछन् र आफ्नो व्यक्तिगत जीवनका काम गराउँछन्। ख्रीष्टविरोधीहरू अगुवा बनेपछि, यस्तो अवसरलाई पटक्‍कै खेर जान दिँदैनन् र हात बाँधेर यी फाइदाहरू फुत्केर गएको हेरिबस्‍दैनन्। बरु, तिनीहरूले यसको ठिक विपरीत काम गर्छन्: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना लागि काम गराउन प्रयोग गर्न, र तिनीहरूलाई गोरुजस्तै काममा लगाउनका लागि हरेक क्षण र हरेक अवसर प्रयोग गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको मूर्खता र इमानदारीको फाइदा उठाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवामा लगाउन तिनीहरूको स्वेच्छाले कर्तव्य निर्वाह गर्ने र परमेश्‍वरका लागि मूल्य चुकाउने मानसिकताको समेत फाइदा उठाउँछन्। यस क्रममा, तिनीहरू केही वचन सत्यता हुन् भनेर नाटक पनि गर्छन् र तिनलाई दाजुभाइ-दिदीबहिनीहरूलाई शिक्षा दिन प्रयोग गर्छन्, ताकि तिनीहरूले यस्तो विचार सिकून्: अगुवाहरू पनि मानव नै हुन्, अगुवाहरूका पनि परिवार हुन्छन्, र अगुवाहरूले पनि आफ्नो जीवन जिउनुपर्छ, र यदि अगुवाले आफ्नो घरका मामलाहरू सम्हाल्ने समय पाउँदैन भने, दाजुभाइ-दिदीबहिनीहरूले यसलाई आफ्ना कर्तव्यहरूका रूपमा लिनुपर्छ; अगुवाले तिनीहरूलाई यी कुराहरू गर्न लगाइरहनु आवश्यक हुँदैन, तर अगुवाले गर्न नसक्‍ने यी कुराहरू तिनीहरूले सक्रिय रूपमा र स्वेच्छाले गर्नुपर्छ। यस्तो लहैलहै र उक्‍साहटमा फसेर धेरै दाजुभाइ-दिदीबहिनी यी अगुवाहरूलाई स्वेच्छाले सेवा गर्छन्। ख्रीष्टविरोधीहरूले शक्ति र हैसियत हातमा लिएर हासिल गर्न चाहने उद्देश्य यही हो, र यही नै तिनीहरूले शक्ति र हैसियत हातमा लिएर पूरा गर्न चाहने काम र पाउन चाहने फाइदा हो। के यस्ता मानिसहरू धेरै छन्? (छन्।) यी मानिसहरू शैतान हुन्। सत्यता नभएका र सही मार्ग नपछ्याउने मानिसहरूको हैसियत थोरै नै भए पनि तिनीहरूले यस्ता कुराहरू गर्न सक्छन्—के यी मानिसहरू दयनीय होइनन् र? तिनीहरूको चरित्र तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरूमा कुनै विवेक वा समझ हुन्छ?

कतिपय मण्डलीमा, त्यस्ता दाजुभाइ-दिदीबहिनीहरू पनि हुन्छन्, जो सामान्यतया आफ्‍नो घरमा बस्दैनन्, बरु लामो समयसम्म आफ्नो मण्डली अगुवाको घरमा बस्छन्। तिनीहरू किन प्रायजसो आफ्नो अगुवाको घरमा बस्छन्? किनभने अगुवाले “अगुवा” को पद लिएदेखि, उसको घरमा एक जना घरायसी कामदार आवश्यक परेको हुन्छ। उसले एक बहिनीलाई छनौट गर्छ, र त्यो बहिनी त्यस अगुवाको घरको समर्पित घरायसी कामदार बन्छे। त्यो बहिनी घरायसी कामदार बन्छे, अनि उसको कर्तव्य के बन्छ? उसले आफ्नो भागमा पर्ने काम वा मण्डलीसँग सम्बन्धित काम गरिरहेकी हुँदिन, बरु अगुवाको परिवारका सबै पुस्ताका दैनिक जीवनका काम गर्न टहल गरिरहेकी हुन्छे, र उसलाई अगुवाको घरका कामहरू पूरा गर्नु पूर्ण रूपमा उचित छ भन्‍ने लाग्छ, र यसबारे ऊसँग कुनै गुनासो वा धारणा पनि हुँदैन। यहाँ समस्या को हो? मण्डली अगुवाले जति धेरै काम गर्नुपरे पनि वा तिनीहरूले जति धेरै मानिसलाई अगुवाइ गरे पनि, के तिनीहरू साँच्‍चै यति धेरै व्यस्त हुन्छन् त? के तिनीहरू साँच्‍चै आफ्नो दैनिक जीवन चलाउन सक्दैनन् र? तिनीहरू दैनिक जीवन चलाउन सक्दैनन् नै भने पनि, त्यो तिनीहरूको आफ्नै मामला हो। अरू कसैसँग यसको के सम्बन्ध हुन्छ र? यदि दाजुभाइ-दिदीबहिनीहरू ध्यान नदिने वा निष्क्रिय रहेछन् भने, त्यस्ता अगुवाहरू तिनीहरूलाई आलोचनात्मक मनोवृत्ति देखाउँछन् र तिनीहरूसँग “सत्यतामा सङ्गति गर्न” यसको फाइदा उठाउँछन्, र यही मामिलाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई काटछाँट गरिन्छ—यहाँ के भइरहेको हुन्छ? जब तिनीहरूको घरमा ओछ्यान फोहोर हुन्छ, त्यो दाजुभाइ-दिदीबहिनीहरूले धुनुपर्छ, जब तिनीहरूको घर फोहोर हुन्छ, त्यो दाजुभाइ-दिदीबहिनीहरूले सफा गर्नुपर्छ, र खाने समयमा दाजुभाइ-दिदीबहिनीहरूले नै खाना पकाउनुपर्छ; यी अगुवाहरू अरूको भरमा बाँच्छन्, र तिनीहरू अगुवाका रूपमा यसरी नै काम गर्छन्। जब यस्ता मानिसहरूमा यी प्रकटीकरणहरू र यस्तो मानवता हुन्छ, तब के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? (यस्ता मानिसहरूमा मानवताको धेरै कमी हुन्छ र तिनीहरू अत्यन्तै घृणित हुन्छन्। तिनीहरूलाई सत्यताप्रति कुनै चासो हुँदैन।) यदि तिनीहरूलाई सत्यताप्रति कुनै चासो छैन भने, तिनीहरू किन अगुवा बन्छन्? (तिनीहरू प्रतिष्ठा र हैसियत पछ्याउन, र आफ्नो प्रदर्शन गर्न त्यसो गर्छन्।) तँ यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनस्, होइन र? कस्ता प्रकारका मानिसहरूले आफ्ना लागि काम गर्न र सेवा प्रदान गर्न लगाउन दाजुभाइ-दिदीबहिनीहरूको शोषण गर्न सक्छन्? के यो ख्रीष्टविरोधीहरूको एउटा स्पष्ट विशेषता होइन र? सबै कुरामा आफ्नै फाइदाहरू मात्रै खोज्‍ने, आफ्नो फाइदा र घाटाबारे मात्रै चिन्ता गर्ने, र यसरी व्यवहार गर्दा सत्यतासित मेल खान्छ कि खाँदैन, यसमा मानवता हुन्छ कि हुँदैन, यसले परमेश्‍वरलाई खुसी पार्छ कि पार्दैन, र यसबाट दाजुभाइ-दिदीबहिनीहरूले कुनै फाइदा वा सुधार प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारे सोच्दै नसोच्‍ने तिनीहरू यी कुराहरूबारे विचार गर्दै गर्दैनन्, केवल आफ्नो फाइदा र घाटाबारे, र आफूले ठोस फाइदाहरू प्राप्त गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले पछ्याउने मार्ग यही हो, र यही नै ख्रीष्टविरोधीहरूको चरित्र हो। यो हैसियत हुने प्रकारको व्यक्ति हो। कति मानिसहरूको चाहिँ कुनै हैसियत हुँदैन र तिनीहरू साधारण कर्तव्य निर्वाह गर्छन्, तर जब तिनीहरूले केही योग्यता प्राप्त गर्छन्, तब तिनीहरू पनि अरूलाई आफ्‍नो सेवामा लगाउन चाहन्छन्। कति मानिसहरूले भने केही जोखिमपूर्ण कर्तव्यहरू निर्वाह गर्छन् र अरूलाई आफ्नो सेवामा लगाउन आदेश दिन चाहन्छन्। अनि, कतिले चाहिँ विशेष कर्तव्यहरू निर्वाह गर्छन् र त्यो आफ्नो कर्तव्यलाई दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो सेवामा लगाउने आधारभूत सर्त, मोलतोलको आधार र पूँजीका रूपमा लिन्छन्। उदाहरणका लागि, कति मानिसहरूसँग अरूले नसिकेका वा नबुझेका विशेष व्यावसायिक सीपहरू हुन्छन्। जब तिनीहरूले परमेश्‍वरको घरमा यी व्यावसायिक सीपहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न थाल्छन्, तब तिनीहरू अरू मानिसहरूभन्दा आफू फरक छु, आफूलाई परमेश्‍वरको घरमा महत्त्वपूर्ण पदमा राखिएको छ, र आफू अहिले माथिल्लो तहमा छु भन्‍ने सोच्छन्, र विशेषगरी तिनीहरूलाई आफ्नो मूल्य दोब्बर भएको छ, र आफू आदरणीय छु भन्‍ने लाग्छ। परिणामस्वरूप, तिनीहरूलाई केही निश्‍चित कामहरू तिनीहरू आफैले गर्नु आवश्यक छैन भन्‍ने लाग्छ, र तिनीहरू आफूलाई खाना ल्याइदिने वा आफ्नो लुगा धोइदिनेजस्ता दैनिक कामहरूमा कुनै पारिश्रमिक नदिई अरूलाई सेवा गर्न लगाउनु स्वाभाविक कुरा हो भन्‍ने सोच्छन्। कतिले त आफ्नो कर्तव्यमा व्यस्त छु भनेर बहाना गरी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका लागि नानाथरी काम गर्न लगाउँछन्। तिनीहरू आफैले नगरी नहुने कुराहरूबाहेक बाँकी सबथोक, अरूलाई सेवामा लगाउन वा अरूलाई गर्न लगाउन सकिने अरू सबै कुरा, अरूलाई नै गर्न लगाउँछन्। किन? तिनीहरू यस्तो सोच्छन्, “मसँग पूँजी छ, म आदरणीय छु, म परमेश्‍वरको घरको एक दुर्लभ प्रतिभा हुँ, म विशेष कर्तव्य निर्वाह गर्छु, र म परमेश्‍वरको घरको संवर्धनको मुख्य प्रापक हुँ। तिमीहरू कोही पनि मजत्ति उत्तम छैनौ, तिमीहरू सबै मभन्दा तल्लो स्तरका छौ। म परमेश्‍वरको घरमा विशेष योगदान दिन सक्छु, तर तिमीहरूले सक्दैनौ। त्यसकारण, तिमीहरूले मेरो सेवा गर्नुपर्छ।” के यी कुराहरू हदभन्दा बढी र लाजमर्दा मागहरू होइनन् र? हरेकले आफ्नो हृदयमा यी मागहरू राखेका हुन्छन्, तर ख्रीष्टविरोधीहरू निर्दयी र लाजमर्दो रूपमा यी कुराहरूलाई अवश्य नै अझै बढी माग गर्छन्, र तैँले तिनीहरूसँग जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरू यी कुराहरू त्याग्‍दैनन्। साधारण मानिसहरूमा पनि ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हुन्छन्, र यदि तिनीहरूसँग थोरै प्रतिभा छ वा तिनीहरूले थोरै योगदान दिए भने, तिनीहरू केही विशेष व्यवहार पाउने अधिकार पाउँछु भन्‍ने सोच्छन्। तिनीहरू आफ्नै लुगा र मोजाहरू पनि धुँदैनन् र अरूलाई नै यो काम गर्न लगाउँछन्, र मानवताविरुद्ध जाने केही अनुचित मागहरू गर्छन्—तिनीहरूमा समझको एकदमै कमी हुन्छ! मानिसहरूमा रहेका यी विचार र मागहरू तर्कसङ्गतताको क्षेत्रभित्र पर्दैनन्; सुरुमा यी कुरालाई तल्लो स्तरबाट हेर्दा समेत, यी मानवता र विवेकका मापदण्डहरूअनुरूप हुँदैनन्, र माथिल्लो स्तरबाट हेर्दा, यी सत्यताअनुरूप हुँदैनन्। यी सबै प्रकटीकरणलाई ख्रीष्टविरोधीहरू आफ्ना फाइदाहरूमा लागिपर्ने कार्यको वर्गमा राख्‍न सकिन्छ। भ्रष्ट स्वभाव भएका हरेक व्यक्ति यी कुराहरू गर्न सक्षम हुन्छन्, र तिनीहरू पनि यी कुराहरू गर्ने आँट गर्छन्। यदि कसैसँग थोरै प्रतिभा र पूँजी छ र उसले केही योगदान दिन्छ भने, उसले अरूबाट नजायज फाइदा लिन चाहन्छ, उसले कर्तव्य निर्वाह गर्ने अवसरलाई आफ्नै फाइदाका लागि मेहनत गर्न प्रयोग गर्न चाहन्छ, ऊ आफ्ना लागि विभिन्‍न कुराहरू पूर्वतयार राख्‍न चाहन्छ र अरूलाई आफ्नो सेवा गर्न लगाएर त्यसबाट आउने खुसी र अनुकूल व्यवहारको आनन्द लिन चाहन्छ। कति मानिसहरू त कर्तव्य निर्वाह गर्नका लागि आफ्नो परिवार र जागिरसमेत त्याग्छन्, र त्यस अवधिमा तिनीहरूलाई केही सानातिना रोग लाग्छन् र परिणामस्वरूप तिनीहरू भावुक बन्छन्, र कसैले पनि तिनीहरूबारे चिन्ता वा तिनीहरूको हेरचाह गर्दैनन् भनेर गुनासोसमेत गर्छन्। तैँले आफ्नो कर्तव्य आफ्‍नै लागि निर्वाह गरिरहेको छस्, तैँले आफ्‍नै कर्तव्य निर्वाह गरिरहेको छस् र आफ्‍नै जिम्मेवारी पूरा गरिरहेको छस्—अरू मानिसहरूसँग यसको के सम्‍बन्ध छ? व्यक्तिले जेजस्ता कर्तव्यहरू निर्वाह गरे पनि, ती कहिल्यै अरू कसैका लागि वा कसैको सेवा गर्नका लागि गरिँदैन, त्यसकारण कुनै व्यक्तिलाई पनि कुनै पारिश्रमिक नपाई अरूको सेवा गर्ने वा अरूको खटनमा बस्‍ने दायित्व हुँदैन। के यो सत्यता होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई प्रेमिलो बन्‍न, र अरूप्रति धैर्यशील र सहनशील हुन माग गर्नुहुने भए पनि, व्यक्तिले अरूलाई यस्तो बन्‍न व्यक्तिगत रूपमा माग गर्नु हुँदैन र त्यसो गर्नु अतार्किक हो। यदि तैँले कुनै माग नगरी कसैले तँसँग सहनशील र धैर्यशील व्यवहार गर्न र तँलाई प्रेम देखाउन सक्छ भने, त्यो तिनीहरूको हातको कुरा हो। तैपनि, यदि दाजुभाइ-दिदीबहिनीहरूलाई तैँले माग गरेको कारण उनीहरूले तेरो सेवा गर्छन् भने, यदि तँ तिनीहरूलाई जबरजस्ती आदेश दिन्छस् र शोषण गर्छस्, वा तैँले तिनीहरूको आँखामा छारो हालेका आधारमा तिनीहरूले तेरो सेवा गर्छन् भने, तँमा समस्या छ। कतिले त आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरको फाइदासमेत उठाउँदै, त्यसलाई प्रायजसो निश्‍चित धनी दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्‍न कुरा लिन, तिनीहरूलाई यो वा त्यो कुरा किन्न लगाउन र तिनीहरूलाई आफ्नो सेवामा लगाउने बहानाका रूपमा प्रयोग गर्छन्। उदाहरणका लागि, यदि तिनीहरूलाई थप लुगा चाहिएको छ भने, तिनीहरू कुनै भाइ वा बहिनीलाई भन्छन्, “तिमीले लुगा सिलाउन सक्छौ, होइन र? मेरो लागि गएर लगाउने लुगा बनाइदेऊ न।” त्यो भाइ वा बहिनीले भन्छ, “त्यसोभए पैसा निकाल्‍नुहोस्। कपडा किन्‍नुहोस् अनि म तपाईँका लागि सिलाइदिन्छु।” तिनीहरू पैसा निकाल्दैनन् तर दाजुभाइ वा दिदीबहिनीलाई जबरजस्ती तिनीहरूका लागि कपडा किन्न लगाउँछन्—के यो कार्यको प्रकृति छली छैन र? दाजुभाइ-दिदीबहिनीहरूसँगको सम्बन्धबाट फाइदा उठाउनु, आफ्नै पूँजीबाट फाइदा उठाउनु, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरबाट दाजुभाइ-दिदीबहिनीहरूसित हरप्रकारका सेवा र अनुकूल व्यवहार माग गर्नु, र तिनीहरूलाई आफ्ना लागि काम गर्न आदेश दिन फाइदा उठाउनु—यी सबै ख्रीष्टविरोधीहरूको नीच चरित्रका प्रकटीकरण हुन्। के त्यस्ता मानिसहरूले सत्यता पछ्याउन सक्छन्? के तिनीहरू अलिकति पनि परिवर्तन हुन सक्छन्? (सक्दैनन्।) मैले यसरी सङ्गति गरेको सुन्दा, सायद कति मानिसहरूले यी कुराहरू गर्नु खराब कुरा हो भन्‍ने महसुस गर्लान् र आफूलाई अलिक नियन्त्रण गर्न पनि सक्लान्, तर के आफूलाई नियन्त्रण गर्नु भनेको सत्यता पछ्याउनु र सत्यता अभ्यास गर्नुसरह हो र? आफूलाई नियन्त्रण गर्नु भनेको आफ्‍नो गल्ती महसुस गर्नु, र आफ्नो छवि र अभिमानप्रति ध्यान दिनु मात्र हो। मैले यस्तो चिरफार गरेको सुनेपछि, यी मानिसहरूले समस्याको गम्भीरता देख्छन् र फेरि गल्ती गर्नु हुँदैन, र यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो वास्तविकता चिन्‍ने मौका दिए भने, तिनीहरूलाई खुलासा र इन्कार गरिनेछ भन्‍ने महसुस गर्छन्। तिनीहरूले महसुस गर्ने कुरा यस विन्दुसम्‍म मात्रै सीमित हुन्छ, र तिनीहरूको हृदयबाट इच्छा र लोभ हटाउन सकिँदैन।

कति मानिसहरू सोच्छन्, “म परमेश्‍वरको घरका लागि मेहनत गर्छु, परमेश्‍वरको घरमा धेरै योगदान दिएको छु, म यस्तो कर्तव्य निर्वाह गर्छु, जसमा कसैले पनि मेरो स्थान लिन सक्दैन। जब मलाई खाँचो पर्छ, तब मेरा आवश्यकताहरू पूरा गर्न मलाई मदत गर्नु दाजुभाइ-दिदीबहिनीहरू र परमेश्‍वरको घरको कर्तव्य हुन्छ। सधैँ तिनीहरूले कुनै सर्त र पारिश्रमिकविना मेरो सेवा गर्नुपर्छ।” के यो लाजमर्दो सोचाइ होइन र? के यो नीच चरित्रको प्रकटीकरण होइन र? उदाहरणका लागि, हरेक व्यक्ति कहिलेकहीँ बिरामी पर्छ, तर जब कतिपय मानिस बिरामी हुन्छन्, तब तिनीहरू अरूलाई यसबारे बताउँदै हिँड्दैनन्, बरु तिनीहरू आफ्नो कर्तव्य जसरी निर्वाह गर्नुपर्ने हो त्यसरी नै निर्वाह गरिरहन्छन्। कसैलाई थाहा हुँदैन र कसैले वास्ता गर्दैन, तर तिनीहरू व्यक्तिगत रूपमा गुनासो गर्ने वा कर्तव्यमा ढिलाइ गर्ने गर्दैनन्। तर कतिपय मानिस भने बिरामी नभए पनि बिरामी भएको बहाना गर्छन्, तिनीहरू महारानी वा कुलीन व्यक्तिले जस्तो व्यवहार गर्छन्, र मानिसहरूलाई तिनीहरूको टहल गर्न लगाउन सकेजति सबै माध्यम प्रयोग गर्छन्, र विशेष व्यवहार पाउनका लागि सम्भव भएका सबै कुरा गर्छन्। तिनीहरू बिरामी नहुँदा पनि बिरामी भएको बहाना गर्छन्, र यदि तिनीहरू साँच्चै बिरामी भए भने, त्यो अझै समस्याजनक कुरा बन्छ, किनभने तिनीहरूको हातबाट कति मानिसहरूले कष्ट भोग्छन् र कतिले तिनीहरूको खटनमा चल्‍नुपर्छ कसलाई थाहा। यो त्यस्तो व्यक्ति बिरामी हुँदा सबैको जीवनमा आइपर्ने दुर्भाग्य हो; कतिले तिनीहरूलाई कुखुराको मासुको सुरुवा बनाइदिन्छन्, कतिले तिनीहरूलाई मालिस गरिदिन्छन्, कतिले तिनीहरूलाई खुवाइदिन्छन्, र कतिले तिनीहरूलाई हिँड्न सहयोग गर्छन्—के धेरै मानिसले दुःख पाउँदैनन् र? (पाउँछन्।) सुरुमा त यो साधारण र सानोतिनो रोग मात्रै हुन्छ, तर तिनीहरूलाई त यो गम्भीर र घातक रोग हो भनेर नाटक गर्नुपर्छ—तिनीहरूले किन नाटक गर्नुपरेको? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई छल गरेर सेवा गराउन, तिनीहरूलाई रुङ्न र आफ्नो सेवामा लगाउन यसो गर्छन्। के यी मानिसहरू लाजपचेका हुँदैनन् र? (हुन्छन्।) के यस्ता मानिसहरू धेरै हुन्छन्? के तिमीहरू सबै पनि यस्तै छैनौ र? (मैले अझै पनि यो कुरा पहिचान गरेको छैनँ।) यदि तिमीहरूले यो कुरा पहिचान गरेका छैनौ भने, यसले तिमीहरू सामान्यतया आफ्नो दैनिक जीवनमा आफ्नो व्यवहार जाँच गर्दैनौ, तिमीहरू आफ्नो विचार र प्रकृति सार जाँच गर्दैनौ, र परमेश्‍वरको छानबिन स्वीकार गर्दैनौ भनेर प्रमाणित गर्छ। कति मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा अलिक थकित हुन्छन् र तिनीहरूलाई राती त्यति निद्रा लाग्दैन, र तिनीहरूले यसलाई भयानक अवस्था हो जस्तो बनाउँछन्। भोलि बिहान उठेपछि, तिनीहरू यसो भन्दै गुनासो गर्छन्, “हिजो राती एक झिमिक्क पनि सुतिनँ। विगत केही दिनदेखि म आफ्नो कर्तव्यमा यति व्यस्त भएको छु कि म सुत्न पनि नसक्‍ने गरी थकित छु। छिटो गरेर मलाई मालिस गरिदिने कसैलाई बोलाइदेऊ न!” वास्तवमा, तिनीहरू छ घण्टा सुतेका हुन्छन्। तिनीहरूसँग जेसुकै समस्या भए पनि, तिनीहरू सधैँ त्यसको दोष आफ्नो कर्तव्यलाई दिन्छन्; तिनीहरू थकित भए नि, तिनीहरूले कष्ट भोगे नि, वा तिनीहरू बिरामी भए नि र तिनीहरूलाई असहज भए नि, सधैँ यी कुराहरूको दोष तिनीहरू आफ्नो कर्तव्यलाई दिन्छन्। तिनीहरू किन आफ्नो कर्तव्यलाई दोष दिन्छन्? यो त बस केही फाइदा प्राप्त गर्ने, र सबैलाई तिनीहरूप्रति सहानुभूति महसुस गराउनु हो, अनि त्यसपछि तिनीहरूले मानिसहरूलाई सेवा गर्न र टहल्‍न लगाउँदा पनि त्यो उचित नै देखिन्छ। सधैँ सम्राट र साम्राज्ञी जस्तो व्यवहार गर्ने र अरूलाई टहल्‍न लगाउने यी मानिसहरू के कुरा हुन्? यी मानिसहरू नीच चरित्रका हुन् र तिनीहरू घिनलाग्दा हुन्छन्। जब कतिपय मानिसलाई अलिक अस्वस्थ महसुस हुन्छ, र कहिलेकहीँ खाना पच्दैन, तब तिनीहरू यसलाई अत्यन्तै गम्भीर देखाउँछन्, यसलाई ठूलो बनाउँछन्, र तुरुन्तै मालिस गर्ने व्यक्ति खोज्छन्। मालिस गर्दा अलिकति दुख्यो भने, चिच्याउँछन् र कराउँछन्, अनि त्यसको भित्री आशय हो: “मालिस गर्दा पनि मैले कष्ट भोग्‍नुपर्छ। यदि परमेश्‍वरले मलाई इनाम दिनुभएन र सिद्ध तुल्याउनुभएन भने, मलाई साँच्‍चै घाटा हुनेछ!” जब तिनीहरू अलिअलि कष्ट भोग्छन् र अलिअलि मूल्य चुकाउँछन्, तब यो कुरा पृथ्वीका हरेक व्यक्तिले थाहा पाऊन् भनेर सारा संसारको अघि घोषणा गर्न चाहन्छन्। के तैँले आफ्‍नै लागि कर्तव्य निर्वाह गर्दैनस् र? के तैँले परमेश्‍वरको अघि कर्तव्य निर्वाह गर्दैनस् र? तैँले केका लागि आफ्नो कष्ट मानिसहरूसामु घोषणा गरिरहेको छस्? के त्यो सतही कुरा होइन र? त्यस्ता मानिसहरू नीच चरित्रका हुन् र तिनीहरू अति घिनलाग्दा हुन्छन्! अरू कुन-कुन तरिकाले ती मानिसहरू नीच हुन्छन्? तिनीहरू विशेष बानीबेहोरा र विशिष्टताहरू पनि देखाउँछन्, ताकि मानिसहरूलाई तिनीहरू अरूभन्दा फरक छन्, र तिनीहरू अत्यन्तै बहुमूल्य छन् र तिनीहरूलाई ठूलो हेरचाह र सुरक्षाको खाँचो छ भन्‍ने कुरा थाहा होस्। उदाहरणका लागि, जब कुनै व्यक्तिले खाना रुच्दैन र केही खान सक्दिनँ भनेर भन्छ, तब यस्तो व्यक्तिले पेट समाउँदै उसको पेट पनि खराब छ भनेर भन्छ, तर ऊ कर्तव्य निर्वाह गर्न पनि लागिपरिरहन्छ, र कसैलाई तुरुन्तै गएर पेटको औषधि ल्याउन आदेश दिन्छ। एक यस्तो व्यक्ति पनि थियो जसलाई मैले भनेको थिएँ, “हेर्, म थोरै मात्र खान सक्छु, र चिसो खानेकुरा र पेय पदार्थ मेरो पेटले सहन सक्दैन।” मैले यसो भनेको सुनेपछि, त्यस व्यक्तिले भन्यो, “तपाईँको पेटले चिसो सहन सक्दैन? मेरो पनि त्यस्तै छ।” मैले भनेँ, “तेरो पेटले कसरी चिसो कुरा सहँदैन?” उसले भन्यो, “मलाई चिसो लाग्‍नेबित्तिकै, मेरो पेट दुख्छ; यसले चिसो कुरा सहँदैन।” तर उसले त्यसो भन्दै गर्दा, एउटा केरा हातमा लिएर एक-दुई गाँसमै सुलुक्क निलिहाल्यो। मैले भनेँ, “तैँले एक-दुई गाँसमै केरा निल्‍ने रहेछस्, तेरो पेटले साँच्‍चै चिसो पटक्‍कै सहँदैन होला। के तेरो पेटले साँच्‍चै चिसो सहन सक्दैन त?” के त्यस्ता मानिसहरू लाज पचेका र चेतनाहीन हुँदैनन् र? यदि कुनै व्यक्तिको सामान्य मानवतामा चेतना र लज्जाबोध छैन भने, ऊ मानव नै होइन, ऊ त पशु हो। पशुहरूले सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूमा सामान्य मानवताको निष्ठा, मर्यादा, विवेक, र समझ हुँदैन। यी मानिसहरूमा कुनै लाज वा मर्यादा नभएको हुनाले, जब तिनीहरू अलिअलि कर्तव्य निर्वाह गर्छन् र अलिअलि कठिनाइ भोग्छन्, तब तिनीहरू यसबारे सम्पूर्ण संसारको अगाडि घोषणा गर्न चाहन्छन्, ताकि सबैले तिनीहरूको प्रयासलाई स्वीकार गरून्, तिनीहरूलाई अझ आदरभावले मान गरून्, र ताकि परमेश्‍वरले तिनीहरूलाई विशेष व्यवहार दिनुहोओस्, दयालु व्यवहार गर्नुहोओस् र आशिष् प्रदान गर्नुहोओस्। योसँगै, तिनीहरूलाई कसै न कसैले तुरुन्तै सेवा प्रदान गर्नुपर्छ, तिनीहरूको मागको जबाफ दिनुपर्छ, र तिनीहरूको सेवामा हरपल हाजिर भइरहनुपर्छ। तिनीहरू तिर्खाउँदा, कसै न कसैले तिनीहरूलाई चिया दिनुपर्छ; तिनीहरूलाई भोक लाग्दा, कसै न कसैले तिनीहरूलाई खाना पस्किदिनुपर्छ। तिनीहरूसँग सधैँ तिनीहरूको सेवा गर्ने, तिनीहरूले भनेको कुरा गर्ने, र तिनीहरूको आवश्यकताहरू पूरा गर्ने कोही न कोही हुनैपर्छ। यस्तो लाग्छ मानौँ तिनीहरूको देह अरू कसैका लागि जन्मेको हो, र तिनीहरूलाई जन्मजातै टहल गरेर बस्‍ने कसै न कसैको आवश्यकता हुन्छ; मानौँ कसैले टहल गरेन भने तिनीहरूसँग आफ्नो हेरचाह गर्ने क्षमता नै हुँदैन, र तिनीहरू अशक्त हुन्छन्। जब तिनीहरूसँग अह्राउनका लागि, वा तिनीहरूका लागि काम गर्न र तिनीहरूलाई सेवा प्रदान गर्न आदेश दिन मिल्ने कुनै व्यक्ति हुँदैन, तब तिनीहरूलाई एक्लो र खोक्रो, अनि जीवनको कुनै अर्थ वा आशा नभएजस्तो महसुस हुन्छ। जब तिनीहरूले अरूलाई सेवा गर्न र रुङ्न लगाउने मौका र बहाना भेट्टाउँछन्, तब तिनीहरूलाई सन्तुष्टि र खुसी लाग्छ, मानौँ तिनीहरू अहिले उल्लासमय जीवन जिइरहेका छन्। तिनीहरू जीवन यति सुन्दर छ, परमेश्‍वरमाथिको विश्‍वास यति सुन्दर छ, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अर्थ हो, र यसरी नै विश्‍वासीले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने सोच्छन्। कर्तव्यबारेको तिनीहरूको बुझाइ यस्तो हुन्छ: कर्तव्य भनेको अरूलाई सेवा गर्न लगाउने र स्वतन्त्र रूपमा अरूलाई खटनमा राख्‍न सक्षम भइने आधारमा प्रयत्‍न लगाउनु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो—तिनीहरूको कर्तव्य यही हो। तिनीहरूलाई आफूले सधैँ आफ्नो कर्तव्यका लागि इनाम प्राप्त गर्नैपर्छ, सधैँ केही न केही प्राप्त गर्नैपर्छ र केही न केही प्राप्त गर्ने प्रयास गर्नैपर्छ भन्‍ने लाग्छ। यदि तिनीहरूले पैसा वा भौतिक कुराहरू प्राप्त गर्ने प्रयास गरिरहेका छैनन् भने, देहगत सुख र आनन्दहरू प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन्, र कम्तीमा पनि तिनीहरूको देह आनन्द र सहजताको स्थितिमा हुनुपर्छ, अनि तिनीहरूलाई खुसी लाग्‍नेछ, र त्यसपछि तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जा हुनेछ र तिनीहरूले केही बफादारीसाथ यो काम गर्न सक्‍नेछन्। के त्यस्ता मानिसहरूमा सत्यताबारे विकृत बुझाइ हुन्छ कि तिनीहरू आफ्नो नीच चरित्रको कारण सत्यता स्वीकार गर्दैनन्? (तिनीहरूको चरित्र नीच हुन्छ, त्यसकारण तिनीहरू सत्यता स्वीकार गर्दैनन्।) यी मानिसहरू पूराका पूरा अविश्‍वासी हुन्, ख्रीष्टविरोधीहरूका भक्त सन्तान र ख्रीष्टविरोधीहरूको मूर्तरूप हुन्।

परमेश्‍वरको घरमा केही यस्ता अभिनेताहरू छन्, जो बाहिरी संसारमा हुँदा अभिनय गरेर आनन्दित हुन्थे र अभिनय पेसा मन पराउँथे, तर त्यहाँ आफ्नो महत्त्वाकाङ्क्षा हासिल गर्न सक्षम भएका थिएनन्। अहिले तिनीहरू परमेश्‍वरको घर आएका छन् र अन्ततः तिनीहरूका इच्छाहरू पूरा भएका छन्: तिनीहरूले आफूलाई मनपर्ने पेसामा काम गर्न सक्छन्, तिनीहरूको हृदय चरम आनन्दले भरिएको हुन्छ, र सँगसँगै तिनीहरू यो अवसर दिएकामा परमेश्‍वरलाई धन्यवाद दिन्छन्। यिनीहरूमध्ये एक व्यक्तिले मुख्य भूमिका लिने सौभाग्य पायो, र त्यसपछि उसलाई आफू नाम र दाम भएको व्यक्ति हुँ, अनि त्यो नाम र दामको खातिर आफूले केही गर्नुपर्छ भन्‍ने लाग्यो। अनि, उसले संसारका सेलिब्रेटी र स्टारहरूले के गर्छन्, तिनीहरू कसरी व्यवहार गर्छन्, तिनीहरूको स्टायल के हो, र तिनीहरूको जीवनशैली कस्तो छ भनेर हेर्‍यो, अनि गुणस्तरीय र आदर्श जीवन जिउनु भनेको यही हो भन्‍ने विश्‍वास गर्दै तिनीहरूको नक्कल र अनुकरण गर्‍यो। त्यसैले, उसले मुख्य भूमिका पाएर “स्टार” बनेको क्षणदेखि नै फुइँ लगाउन थाल्यो। उसले कुन हदसम्म फुइँ लगायो त? एकपटक एउटा सानो घटना घटेको थियो, जसले यस समस्यालाई व्याख्या गर्न सक्छ। जब टोलीका सबै जना छायाङ्कन सुरु गर्न तयार भए, तब यो विशेष “स्टार” को एकपट्टिको आँखीभौँ राम्ररी बनाइएको थिएन, र सबैले उसलाई पर्खनुपर्‍यो, उसको अघिपछि हिँड्नुपर्‍यो, र सेवा गर्नुपर्‍यो। दश मिनेट बित्यो, त्यसपछि बीस मिनेट बित्यो, तर यस स्टारलाई उसको आँखीभौँ राम्ररी कोरिएको छैन भन्‍ने नै लाग्यो, र त्यसैले उसले मेकअप गर्नेलाई त्यो पूरै हटाएर फेरि नयाँ ढङ्गले बनाउन लगायो। एक घण्टा बित्यो, तर अझै सबै कलाकार र टोली यो “स्टार” को आँखीभौँ राम्रो बनेपछि मात्र छायाङ्कन सुरु गर्न पर्खिरहेका थिए—हरेकले यस व्यक्तिको सेवा गर्नुपर्थ्यो र उसकै अघिपछि लाग्नुपर्थ्यो। यो कस्तो व्यक्ति हो? के ऊ सामान्य व्यक्ति हो? के ऊ मानवता भएको व्यक्ति हो? होइन। ऊ शैतानको गुटको व्यक्ति हो, ऊ शैतानको हो, र ऊ परमेश्‍वरको घरको होइन। के परमेश्‍वरको घरमा स्टारहरू हुन्छन्? परमेश्‍वरको घरमा स्टारहरू हुँदैनन्, दाजुभाइ-दिदीबहिनीहरू मात्रै हुन्छन्; फरक-फरक कर्तव्यहरू मात्रै हुन्छन्, उचो र नीचो पदहरूबीच कुनै भिन्‍नता हुँदैन। त्यसोभए, कुन आधारमा यो एक जना व्यक्तिले दाजुभाइ-दिदीबहिनीहरूलाई यसरी कुरेको कुर्‍यौ गर्न लगायो? एउटा कुरा निश्‍चित छ, उसले आफू अरू मानिसभन्दा महत्त्वपूर्ण छु, आफ्‍नो कर्तव्य अरू मानिसको भन्दा वजनदार छ, आफूविना प्रस्तुतिको छायाङ्कन गर्न सकिँदैन, र आफूविना अरूले व्यर्थमा कर्तव्य निर्वाह गरिरहेका हुन्छन् भन्‍ने सोचेको थियो। त्यसैले, अरू सबैले उसको सेवा गर्नुपर्थ्यो, उसलाई कुर्दै मूल्य चुकाउनु र धैर्य गर्नुपर्थ्यो, र कसैले पनि गुनासो गर्नु हुँदैनथ्यो। मानवताको कमी हुनुबाहेक, यस्ता मानिसहरूले यसरी व्यवहार गर्ने सिद्धान्तहरू कहाँबाट प्राप्त गरेका हुन्छन्? तिनीहरूका सिद्धान्तहरू सत्यता र परमेश्‍वरका वचनहरूबाट आएका हुन्छन् कि मानव भ्रष्ट स्वभावहरूबाट आएका हुन्छन्? (मानव भ्रष्ट स्वभावहरूबाट।) शैतानको गुटबाट आएका मानिसहरूमा शैतानका भ्रष्ट स्वभावहरू मात्रै हुँदैनन्, तिनीहरूले मानिसहरूको समूहभित्र देखाउने कार्य, व्यवहार, र प्रकटीकरणहरू पनि घृणित हुन्छन्। ती किन घृणित हुन्छन्? तिनीहरू सधैँ परिस्थिति नियन्त्रण गर्न, अरूलाई चालवाजी गर्न, र अरूलाई आफ्‍नो वरिपरि घुमाएर आफूलाई केन्द्रीय व्यक्ति बनाउन चाहन्छन्। यसो गर्दा, तिनीहरूले स्पष्‍ट रूपमै आफूलाई अरू सबैभन्दा माथिको स्थानमा राखिरहेका हुन्छन्; तिनीहरू अरू सबैभन्दा माथि उठेर सबैलाई नियन्त्रण गर्न चाहन्छन्। के यो मानिसहरूले गर्नुपर्ने कुरा हो? (होइन।) कसले यसो गर्छ? (शैतानले।) यो त शैतानले गर्ने कुरा हो। परमेश्‍वर जुन सत्यताहरूमा मानिसहरूलाई कर्तव्य निर्वाह गर्ने माग गर्नुहुन्छ ती सत्यताहरूमा, के मानिसहरूले कर्तव्य निर्वाह गर्ने क्रममा परिस्थिति आफ्नो हातमा लिएर सबैको विचार र व्यवहार नियन्त्रण गर्नुपर्छ भन्‍ने कुनै माग छ? (छैन।) त्यसोभए यो कुरा कहाँबाट आउँछ? यो त मानिसहरूले जन्मजातै लिएर आउने शैतानी प्रकृति हो। मानिसहरू शैतान हुन् र जन्मेदेखि नै तिनीहरूमा यो प्रकृति हुन्छ। तिनीहरूले यो कुरा सिक्‍नु पर्दैन, कसैले पनि तिनीहरूलाई यस्तो कुरा सिकाउनु पर्दैन, र तैँले तिनीहरूसँग जेजसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले यो कुरा त्याग्‍नेछैनन्। एउटा यस्तो व्यक्ति पनि थियो जसको केही कपाल राम्ररी मिल्दैनथ्यो र उसले मञ्‍चमा आफ्‍नो प्रस्तुति दिनुभन्दा पहिले त्यो कपाल मिलाइएको थिएन। रूपको हिसाबमा, ऊ राम्रै देखिन्थ्यो, तैपनि ऊ समयमै प्रस्तुति दिन मञ्चमा चढ्दैनथ्यो; दाजुभाइ-दिदीबहिनीहरूले उसलाई जति नै अनुरोध गरे पनि, यो सबै व्यर्थ हुन्थ्यो। उसले आफूलाई एक स्टारका रूपमा, मुख्य चमक ठान्थ्यो; ऊ नमिलेका यी थोरै कपालको खातिर सबैलाई मूल्य चुकाउन र आफ्नो समय खर्च गर्न लगाउँथ्यो, र सबैले उसको मात्रै सेवा गर्नुपर्थ्यो। के यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने प्रकटीकरण हो? यस व्यवहारको प्रकृति के हो? के उसले फाइँफुट्टी लगाइरहेको थिएन र? ऊ जिम्मेवार बनिरहेको थिएन र ऊ सबै समझप्रति पूरै बहिरो थियो। जहाँसम्म उसको कुरा थियो, उसका लागि त कसैको कर्तव्य पनि उसको जत्ति महत्त्वपूर्ण थिएन, र हरेकले उसैको सेवा गर्नुपर्थ्यो। ऊ सोच्थ्यो, “यदि यी दुइटा कपाल सुकाएर ठिक ठाउँमा ल्याउन पूरै दिन लाग्यो भने पनि, तिमीहरूले मलाई यो पूरै दिन पर्खनुपर्छ; यदि दुई दिन लाग्यो भने पनि, तिमीहरूले दुई दिन नै पर्खनुपर्छ; अनि यदि जीवनभर लाग्यो भने भनि, तिमीहरूले जीवनभर नै पर्खनुपर्छ। परमेश्‍वरको घरका काम र हितहरू के हुन् र—मेरा हितहरू नै पहिलो स्थानमा आउँछन्! यदि मैले मेरो कपाल हावाले सुकाएर मिलाउन सकिनँ भने, के म क्यामेराअगाडि जाँदा मेरो छविमा चोट पुग्‍नेछैन र? मेरो छवि अत्यन्तै महत्त्वपूर्ण छ। परमेश्‍वरको घरका हितहरूको कुनै अर्थ छैन!” यो कस्तो चिज हो? यस्तो व्यक्तिले यसो पनि भन्‍नेछ, “म परमेश्‍वरलाई प्रेम गर्छु, परमेश्‍वरको गवाही दिन्छु, परमेश्‍वरका लागि आफ्नो कर्तव्य निर्वाह गर्छु, र सबै कुरा त्याग्छु।” के यो सबै झूट होइन र? उसले एक-दुईवटा कपाल सुकाउने जस्तो कुरासमेत त्याग्‍न सक्दैन भने, के चाहिँ त्याग्‍न सक्छ र? उसले के कुरा चाहिँ त्याग गर्न सक्छ? उसले परित्याग गर्ने सबै कुरा नक्कली हुन्! यस्ता मानिसहरू पूर्ण रूपमा समझहीन हुन्छन्, तिनीहरूमा विवेक हुँदैन, र तिनीहरूको चरित्र कमसल हुन्छ, र सत्यतालाई प्रेम गर्नबाट तिनीहरू झनै धेरै चुकेका हुन्छन्। तिनीहरूको मानवता मापदण्डअनुरूप नहुने हुनाले, कसैले पनि तिनीहरूसँग सत्यताबारे कुरा गर्नेछैनन्, तिनीहरू यसको योग्य हुँदैनन्, र तिनीहरूको चरित्र मापदण्डअनुरूप हुँदैन। अनि त्यस्तो नीच मानवता बोकेका तिनीहरूसँग सत्यताबारे कुरा गर्नु के सुँगुर वा कुकुरसँग सत्यताबारे कुरा गर्नुजस्तै हुनेछैन र? जब तिनीहरूमा केही मानव रूप हुन्छ र तिनीहरूले मानवजस्तो बोल्न सक्छन्, तब मानिसहरूले तिनीहरूसँग सत्यताबारे कुरा गर्नेछन्, तर अहिले तिनीहरू यसको योग्य हुँदैनन्। यस्ता मानिसहरू धेरै छन्, निकै धेरै छन्। त्यसोभए, किन कतिपय मानिस यी कुराहरू प्रकट गर्दैनन् त? किनभने तिनीहरूले अझै कुनै अवसरको फाइदा उठाएका हुँदैनन्; यो तिनीहरूको क्षमता र प्रतिभा अत्यन्तै साधारण भएकाले, र तिनीहरूले केन्द्रबिन्दु हुने मौका नपाएकाले र केही पूँजी प्राप्त नगरेकाले हो, तर तिनीहरूले हृदयमा भने षड्यन्त्र गरिरहेका हुन्छन्, तिनीहरूका योजनाहरू अझै पनि गर्भावस्थामै हुन्छन्। त्यसकारण तिनीहरूले यस्तो प्रकटीकरण देखाएका हुँदैनन्। तैपनि, यो प्रकटीकरण नहुनुको अर्थ तिनीहरूमा यो प्रकृति छैन भन्‍ने होइन। यदि तँ सत्यता पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउँछस् भने, ढिलोचाँडो एकदिन तैँले यो प्रकटीकरण अचानक देखाइहाल्नेछस्। तँ भनेको तँ नै होस्, र मानवतारहित हुनु भनेको मानवतारहित हुनु नै हो; नाटक गरेर वा तँसँग प्रतिभा नभएकाले र कमजोर क्षमता भएकाले तँ मानवता भएको व्यक्ति बन्‍न सक्दैनस्। त्यसकारण एउटै मात्र बाटो छ: जब व्यक्तिले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छ, तब उसको चरित्रमा केही सुधार आउन सक्छ। जब तिनीहरूले यी तथ्यहरू सामना गर्न सक्छन्, जब यी तथ्यहरूलाई सही रूपमा लिन सक्छन्, र त्यसपछि जब आफ्नो व्यवहार र अन्तस्करणलाई बारम्बार परीक्षण र जाँच गर्न सक्छन्, तब तिनीहरू अझै राम्रो बन्‍न सक्छन् र तिनीहरूले आफूलाई अलिक नियन्त्रण गर्न सक्छन्। आफूलाई अलिक नियन्त्रण गरेर के उद्देश्य हासिल गर्न सकिन्छ? तैँले आफूलाई त्यति लाजमा पार्नेछैनस्, तेरो प्रतिष्ठा अलिक राम्रो हुनेछ, मानिसहरूले तँलाई घिनाउनेछैनन्, परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछैन, र यसरी तँसँग अझै पनि परमेश्‍वरबाट मुक्ति पाउने मौका हुन सक्छ। के यो मानवजातिमा हुनुपर्ने न्यूनतम समझ होइन र? के अलिकति भए पनि विवेक र समझ भएको व्यक्तिलाई यसरी अभ्यास र प्रवेश गर्न सजिलो हुँदैन र?

जब तिमीहरू मैले त्यस्ता मानिसहरूबारे तिमीहरूलाई बताएको सुन्छौ, तब तिमीहरूलाई निकै ढुक्क लाग्छ, तर यदि मैले तिमीहरूमाझ रहेका निश्‍चित मानिसहरूबारे कुरा गरेँ भने, तिमीहरूलाई कस्तो लाग्‍नेथियो? के तिमीहरूले सामान्य रूपमा प्रतिक्रिया दिनेथियौ? म तँलाई भन्छु, यदि तँ स्वभाव परिवर्तन हासिल गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छस् भने, तैँले एकपछि अर्को परीक्षा पार गर्नुपर्छ। यी कुराहरूलाई सानोतिनो नठान्; यदि तेरो मानवता मापदण्डअनुरूप छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई घिनाउने मात्र होइनन्, तँलाई परमेश्‍वरले समेत सिद्ध पार्नुहुने वा मुक्ति दिनुहुनेछैन। परमेश्‍वरको कसैलाई मुक्ति दिने सबैभन्दा आधारभूत सर्त भनेको त्यस व्यक्तिमा मानवता, समझ, र विवेक हुनु हो, र उसलाई लाज भनेको के हो त्यो थाहा हुनैपर्छ। जब यस्तो व्यक्ति परमेश्‍वरसामु आउँछ र उहाँका वचनहरू सुन्छ, तब परमेश्‍वरले उसलाई ज्योति, डोर्‍याइ, र मार्गदर्शन प्रदान गर्नुहुनेछ। मानवता, विवेक, समझ, वा लज्जाबोध नभएका मानिसहरू परमेश्‍वरसामु आउन सदासर्वदा अयोग्य हुनेछन्। तैँले प्रवचनहरू सुने पनि र केही धर्मसिद्धान्त जाने पनि, अन्तर्दृष्टि पाउनेछैनस्, त्यसकारण तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सदैव असमर्थ हुनेछस्। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, मुक्ति प्राप्त गर्ने तेरा आशाहरू शून्य हुन्छन् भन्‍ने कुरा महसुस गर्न त्यति धेरै समय लाग्दैन। यदि तँमा ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू र ख्रीष्टविरोधीहरूको स्वभाव र सार मात्रै छन्, र तँसँग परमेश्‍वरले तँमा हुनुपर्छ भनी मापदण्ड दिएको सामान्य मानवताका कुनै पनि प्रकटीकरण छैन भने, तँ ठूलो खतरामा हुन्छस्। यदि तैँले मैले खुलासा गरिरहेका ख्रीष्टविरोधीहरूका यी हरेक प्रकटीकरण र सार, साथै तिनीहरूको व्यवहार र खुलासाहरूसँग आफूलाई तुलना गर्न सक्छस् भने, यदि तँमा थोरै वा धेरै हदसम्म ती सबै कुरा छन् भने, यो तेरो लागि अत्यन्तै खतरनाक हुन्छ। यदि तँ अझै पनि सत्यता पछ्याउँदैनस् र तँलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्जेल पर्खेर बस्छस् भने, तँ पूर्ण रूपमा समाप्त हुनेछस्। यीमध्ये कुन चाहिँ घातक रोग हो: ख्रीष्टविरोधीको सार हुनु कि ख्रीष्टविरोधीको स्वभाव हुनु? (ख्रीष्टविरोधीको सार हुनु।) हो र? (हो।) यसबारे ध्यान दिएर विचार गर, त्यसपछि फेरि उत्तर देओ। (ख्रीष्टविरोधीको सार हुनु र ख्रीष्टविरोधीको स्वभाव हुनु दुवै घातक रोग हुन्।) किन? (किनभने ख्रीष्टविरोधीको सार भएका मानिसहरू सत्यता पछ्याउँदैनन्, र ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूको हकमा पनि यस्तै हुन्छ। ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरू जुनसुकै समस्या सामना गरे पनि, कहिल्यै सत्यता पछ्याउनमा ध्यान दिँदैनन्, र तिनीहरूमा न्यूनतम मानवता र समझसमेत हुँदैन; यस्ता मानिसहरू सत्यता प्राप्त गर्न असमर्थ हुन्छन्, र तिनीहरूले मुक्ति पनि प्राप्त गर्न सक्दैनन्—यो पनि एउटा घातक रोग हो।) अरू कसले बोल्न चाहन्छ? (मेरो बुझाइ के हो भने, यी दुवै घातक रोग होइनन्, तर यदि कसैले सत्यता पछ्याउँदैन भने, त्यो चाहिँ घातक रोग हो।) यो यसबारे राम्रो बुझाइ हो। तैपनि, यसका लागि एउटा पूर्वसर्त छ, र त्यो ख्रीष्टविरोधीको सार हो—ख्रीष्टविरोधीको सार भएका मानिसहरू सत्यता पटक्‍कै पछ्याउँदैनन्, तिनीहरू अविश्‍वासी हुन्—ख्रीष्टविरोधीको सार हुनु सबैभन्दा खतरनाक कुरा हो। ख्रीष्टविरोधीको सार भन्‍नुको अर्थ के हो? यसको अर्थ यी मानिसहरू सत्यता पटक्‍कै पछ्याउँदैनन्; तिनीहरू हैसियत मात्रै पछ्याउँछन्, तिनीहरू अन्तर्निहित रूपमै परमेश्‍वरका शत्रु हुन्, तिनीहरू ख्रीष्टविरोधी हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्, जन्मैदेखि तिनीहरू दियाबलस हुन्, तिनीहरू मानवताविहीन हुन्छन्, तिनीहरू भौतिकवादी हुन्, तिनीहरू नमुना अविश्‍वासी हुन्, र त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्छन्। “सत्यताप्रति वितृष्णा राख्नु” भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, तिनीहरू परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने तथ्य स्वीकार गर्दैनन्, झन् परमेश्‍वर सबै थोक र सबै कुरामाथि सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने तथ्य स्वीकार गर्नु त परको कुरा हो। त्यसकारण, जब त्यस्ता मानिसहरूलाई सत्यता पछ्याउने मौका दिइन्छ, तब के तिनीहरू त्यसो गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले सत्यता पछ्याउन नसक्‍ने हुनाले, र तिनीहरू सदासर्वदा सत्यताका शत्रु र परमेश्‍वरका शत्रु हुने हुनाले, तिनीहरूले कहिल्यै सत्यता प्राप्त गर्न सक्‍नेछैनन्। सत्यता प्राप्त गर्न सदा असमर्थ हुनु घातक रोग हो। अनि स्वभावको हिसाबमा, ख्रीष्टविरोधीको स्वभाव भएका सबै मानिस र ख्रीष्टविरोधीको सार भएका मानिसहरूबीच समानताहरू हुन्छन्: तिनीहरू उस्तै प्रकटीकरणहरू, उस्तै खुलासाहरू प्रदर्शन गर्छन्, र तिनीहरूले यी प्रकटीकरण र प्रकाशहरू प्रदर्शन गर्ने तरिका, तिनीहरूको सोचाइ शैली, र परमेश्‍वरबारे तिनीहरूका धारणा र कल्पनाहरू पनि उस्तै हुन्छन्। तर ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सके पनि नसके पनि र परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने तथ्य स्विकार्न सके पनि नसके पनि, तिनीहरू सत्यता पछ्याउँदैनन् भने, तिनीहरूको ख्रीष्टविरोधीको स्वभाव घातक रोग बन्छ, र यही कारणले गर्दा तिनीहरूको परिणाम पनि ख्रीष्टविरोधीको सार भएका मानिसहरूको जस्तै हुनेछ। तैपनि भाग्यवश, ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूमध्ये कति जनामा मानवता, समझ, विवेक, र लज्जाबोध हुन्छ, तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, र तिनीहरूमा परमेश्‍वरबाट मुक्ति पाउनका लागि पूरा गर्नुपर्ने सर्तहरू हुन्छन्। यी मानिसहरू सत्यता पछ्याउँछन्, त्यसैले तिनीहरू स्वभाव परिवर्तन गर्छन्, आफ्नो भ्रष्ट स्वभाव त्याग्छन्, र आफ्नो ख्रीष्टविरोधी स्वभाव त्याग्छन्, र त्यसकारण तिनीहरूको ख्रीष्टविरोधी स्वभाव तिनीहरूका लागि घातक रोग हुन छोड्छ, र तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ। कुन परिस्थितिमा ख्रीष्टविरोधी स्वभाव हुनु घातक रोग हो भनेर भन्‍न सकिन्छ? यसका लागि एउटा पूर्वसर्त छ, र त्यो के हो भने यी मानिसहरूले परमेश्‍वरको अस्तित्व स्विकारे पनि, परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गरे पनि, परमेश्‍वरले भनेका सबै कुरामा विश्‍वास गरे पनि र त्यसलाई स्विकारे पनि, र तिनीहरूले कर्तव्य निर्वाह गर्न सके पनि, तिनीहरूमा एउटा कुरा गलत हुन्छ: तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। त्यसकारण तिनीहरूको ख्रीष्टविरोधी स्वभाव तिनीहरूका लागि घातक बन्छ, र यसले तिनीहरूको ज्यान लिन सक्छ। तर ख्रीष्टविरोधीको सार भएका मानिसहरूको कुरा आउँदा, परिस्थिति जेसुकै भए पनि, यी मानिसहरूले सत्यतालाई प्रेम गर्ने वा सत्यता स्विकार्ने सम्भावनै हुँदैन, र तिनीहरू कहिल्यै सत्यता प्राप्त गर्न सक्दैनन्। कुरो बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूले बुझ्यौ। मलाई यो कुरा दोहोर्‍याएर बताओ त। (ख्रीष्टविरोधीको सार भएका मानिसहरू अन्तर्निहित रूपमै परमेश्‍वरका शत्रु हुन्। तिनीहरू अवश्य नै सत्यतालाई प्रेम र स्वीकार गर्न सक्‍ने मानिस होइनन्, र तिनीहरूले सत्यता प्राप्त गर्नु सधैँ असम्भव हुन्छ, त्यसकारण तिनीहरूका लागि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक रोग हो। जबकि ख्रीष्टविरोधी स्वभाव भएका निश्‍चित मानिसहरूको हकमा भने, तिनीहरूमा मानवता, समझ, विवेक, र लज्जाबोध छ भने, र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन् र सत्यता पछ्याउँछन्, र त्यसपछि सत्यता पछ्याएर स्वभाव परिवर्तन गर्छन् भन्‍ने पूर्वसर्तका आधारमा, तिनीहरू सही मार्ग पछ्याइरहेका हुन्छन्, र तिनीहरूका लागि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक रोग होइन। यो सबै कुरालाई यी मानिसहरूको सार र तिनीहरूले पछ्याउने मार्गले निर्धारित गरेको हुन्छ।) भन्‍नुको अर्थ, ख्रीष्टविरोधी सार भएका मानिसहरूले सत्यता पछ्याउनु कहिल्यै सम्भव हुँदैन, र तिनीहरूले कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैनन्, जबकि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ: एक प्रकारकाले सत्यता पछ्याउँछन् र मुक्ति प्राप्त गर्न सक्छन्, र अर्को प्रकारकाले सत्यता पटक्‍कै पछ्याउँदैनन् र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। मुक्ति प्राप्त गर्न नसक्‍नेहरू सबै श्रमिक हुन्; केही निश्‍चित बफादार श्रमिक रहिरहन सक्छन्, र तिनीहरूले फरक परिणाम प्राप्त गर्ने सम्भावना हुन सक्छ।

ख्रीष्टविरोधी सार भएका मानिसहरू किन मुक्ति प्राप्त गर्न सक्दैनन्? किनभने यी मानिसहरू सत्यता स्वीकार गर्दैनन्, न त परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने कुरा नै स्वीकार गर्छन्। यी मानिसहरू सकारात्मक कुराहरू हुन्छन् भनेर स्वीकार गर्दैनन्, र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। बरु त्यसको साटो, तिनीहरू दुष्ट र नकारात्मक कुराहरूलाई प्रेम गर्छन्; तिनीहरू सबै दुष्ट र नकारात्मक कुराहरूका मूर्तरूप हुन्, र तिनीहरू सबै नकारात्मक र दुष्ट कुराहरू व्यक्त गर्नेहरू हुन्, र त्यसैले तिनीहरू सत्यताप्रति वितृष्णा राख्‍न, सत्यताप्रति शत्रुता राख्छन्, र सत्यतालाई घृणा गर्छन्। के तिनीहरूले त्यस्तो सार लिएर सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) त्यसकारण, यी मानिसहरूलाई सत्यता पछ्याउन लगाउनु असम्भव हुन्छ। के कुनै पशुलाई अर्को प्रकारको पशुमा रूपान्तरित गर्नु सम्भव छ त? उदाहरणका लागि, के बिरालोलाई कुकुर वा मूसा बनाउन सकिन्छ त? (सकिँदैन।) मुसो सधैँ मुसो नै हुनेछ, त्यो प्रायः प्वालहरूमा लुकेर अँध्यारोमै बस्‍ने गर्छ। बिरालो सधैँ मुसाको प्राकृतिक शत्रु हुनेछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन—यसलाई कहिल्यै परिवर्तन गर्न सकिँदैन। तैपनि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूमाझ केही यस्ता व्यक्ति पनि हुन्छन्, जो सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, जो सत्यता अभ्यास गर्न र पछ्याउन सबै कुरामा सक्रिय रूपमा लागिपर्न इच्छुक हुन्छन्; तिनीहरू परमेश्‍वर जे भन्‍नुहुन्छ त्यही अभ्यास गर्छन्, परमेश्‍वरले तिनीहरूलाई जसरी अगुवाइ गर्नुभए पनि तिनीहरूले पछ्याउँछन्, तिनीहरू परमेश्‍वर जे भन्‍नुहुन्छ त्यही गर्छन्, तिनीहरूले पछ्याउने मार्ग पूर्ण रूपमा परमेश्‍वरले माग गरेको मार्गअनुरूप हुन्छ, र तिनीहरू परमेश्‍वरले देखाएको दिशा र उद्देश्यअनुसार नै पछ्याउँछन्। तर अरूको हकमा भन्दा, तिनीहरू सत्यता पछ्याउँदैनन् भन्‍ने तथ्यबाहेक, तिनीहरू ख्रीष्टविरोधीको मार्ग पनि पछ्याउँछन्, र यी मानिसहरूको परिणाम के हुनेछ भन्‍ने कुरा थाहा पाउन त्यति धेरै समय लाग्दैन। तिनीहरूले सत्यता प्राप्त नगर्ने मात्र होइन, मुक्ति पाउने मौका पनि गुमाउनेछन्—यी मानिसहरू कति दयनीय हुन्छन्! परमेश्‍वर तिनीहरूलाई अवसर दिनुहुन्छ अनि सत्यता र जीवन पनि प्रदान गर्नुहुन्छ, तर तिनीहरू यी कुराहरूको कदर गर्दैनन्, र सिद्ध पारिने मार्ग पछ्याउँदैनन्। परमेश्‍वर केही मानिसहरूलाई अरूलाई भन्दा बढी निगाह गर्नुहुन्छ र यी मानिसहरूलाई चाहिँ मौका दिनुहुन्न भन्ने होइन, बरु के हो भने तिनीहरूले यी अवसरहरूको कदर नगरेकाले वा परमेश्‍वरले माग गर्नुभएअनुसार काम नगरेकाले तिनीहरूले मुक्ति पाउने मौका गुमाएका हुन्छन्। त्यसकारण, तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक बन्छ र यसले गर्दा तिनीहरूले आफ्नो जीवन गुमाउन सक्छन्। तिनीहरूले के सोच्छन् भने केही धर्मसिद्धान्त बुझ्दा अनि केही बाहिरी कार्य र असल व्यवहार प्रदर्शन गर्दा परमेश्‍वर तिनीहरूको ख्रीष्टविरोधी स्वभावको मामला हेर्नुहुन्न, तिनीहरूले यसलाई लुकाउन सक्छन्, र परिणामस्वरूप तिनीहरूले स्वाभाविक रूपमै सत्यता अभ्यास गर्नुपर्दैन र आफूले चाहेको जुनसुकै कुरा गर्न सक्छन्, र आफ्नै बुझाइ, विधि, र कामनाअनुसार काम गर्न सक्छन्। अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई जेसुकै मौका दिनुभए पनि, तिनीहरू जिद्दी भएर आफ्नै मार्गमा टाँसिरहन्छन्, तिनीहरू ख्रीष्टविरोधी मार्ग पछ्याउँछन्, र तिनीहरू परमेश्‍वरका शत्रु बन्छन्। परमेश्‍वरले तिनीहरूलाई सुरुदेखि नै शत्रुका रूपमा परिभाषित गर्नुभएकाले तिनीहरू परमेश्‍वरका शत्रु बन्ने होइनन्—परमेश्‍वरले सुरुमा तिनीहरूलाई कुनै परिभाषा दिनुभएन, किनभने परमेश्‍वरको नजरमा तिनीहरू उहाँका शत्रु वा ख्रीष्टविरोधी सार भएका मानिस थिएनन्, बरु तिनीहरू केवल शैतानी भ्रष्ट स्वभाव भएका मानिस मात्रै थिए। परमेश्‍वरले जति नै सत्यता व्यक्त गर्नुभए पनि, तिनीहरू अझै पनि आफ्नो पछ्याइमा सत्यताप्रति लागिपर्दैनन्। तिनीहरू मुक्तिको मार्गमा पाइला चाल्न सक्दैनन्, बरु ख्रीष्टविरोधी मार्ग पछ्याउँछन्, र अन्ततः मुक्ति पाउने आफ्नो मौका गुमाउँछन्। के त्यो लाजमर्दो कुरा होइन र? यो त अति लाजमर्दो कुरा हो! यी मानिसहरू अत्यन्तै दयनीय छन्। तिनीहरू किन दयनीय छन्? तिनीहरूले केही शब्द र धर्मसिद्धान्त बुझेका हुन्छन् तर तिनीहरू आफूले सत्यता बुझेको छु भन्‍ने सोच्छन्; तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा थोरै मूल्य चुकाउँछन् र केही असल व्यवहार देखाउँछन् तर तिनीहरू आफूले सत्यता अभ्यास गरिरहेको छु भन्‍ने सोच्छन्; तिनीहरूसँग केही प्रतिभा, क्षमता, र वरदान हुन्छन्, र तिनीहरू केही शब्द र धर्मसिद्धान्त बोल्न सक्छन्, केही काम गर्न सक्छन्, केही विशेष कर्तव्य निर्वाह गर्न सक्छन्, तर आफूले जीवन प्राप्त गरेको छु भन्‍ने सोच्छन्; तिनीहरूले थोरै कष्ट भोग्‍न सक्छन् र थोरै मूल्य चुकाउन सक्छन् तर तिनीहरू परमेश्‍वरमा समर्पित हुन र सबै कुरा त्याग्‍न सक्छु भनेर गलत रूपमा सोच्छन्। तिनीहरू आफ्नो बाहिरी असल व्यवहार, वरदान, र आफूलाई सुसज्जित पार्ने शब्द र धर्मसिद्धान्तहरूलाई सत्यता अभ्यासलाई प्रतिस्थापित गर्न प्रयोग गर्छन्—तिनीहरूको सबैभन्दा ठूलो समस्या, तिनीहरूको घातक कमजोरी यही हो। यसले तिनीहरूलाई तिनीहरू पहिले नै मुक्तिको मार्गमा हिँडिसकेका छन्, र तिनीहरूमा पहिले नै कद र जीवन छ भनेर गलत विश्‍वास गराउँछ। तर जे भए पनि, यदि यी मानिसहरूले अन्त्यमा मुक्ति प्राप्त गर्न सकेनन् भने, तिनीहरूले आफूबाहेक अरू कसैलाई दोष दिन पाउँदैनन्; किनभने तिनीहरू आफैले सत्यतामा ध्यान दिइरहेका, र सत्यता पछ्याइरहेका हुँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउन अत्यन्तै इच्छुक हुन्छन्।

अहिले कति मानिसहरू त यस्ता पनि छन्, जसले ३० वर्षदेखि प्रवचन सुनेपछि पनि सत्यता के हो, वा धर्मसिद्धान्त के हो भनेर अझै थाहा पाएका छैनन्। जब तिनीहरू मुख खोल्छन्, तब खोक्रा सिद्धान्तहरू, अरूलाई भाषण दिने शब्दहरू, र खोक्रा नाराहरू मात्रै बोल्छन्, र आफूले विगतमा कसरी कष्ट भोगेँ र मूल्य चुकाएँ भनेर मात्रै कुरा गर्छन्, र यसरी आफ्नो वरिष्ठता मात्र प्रकट गर्छन्। तिनीहरू कहिल्यै आफ्नो आत्मज्ञानबारे बोल्दैनन्, र तिनीहरूले काटछाँट कसरी स्वीकार गर्छन्, कसरी भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, कसरी ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्छन्, वा तिनीहरूमा ख्रीष्टविरोधी स्वभावका के-कस्ता प्रकटीकरणहरू छन् भन्‍ने कुरा बोल्दैनन्। तिनीहरू यी कुराहरूबारे कहिल्यै कुरा गर्दैनन्; तिनीहरू आफ्नो योगदानबारे मात्रै कुरा गर्छन् तर आफ्नो अपराधबारे कुरा गर्दैनन्। के यी मानिसहरू ठूलो खतरामा हुँदैनन् र? कति मानिसहरूले प्रवचन सुनेको २०-३० वर्ष भइसकेको हुन्छ तर अझै पनि सत्यता वास्तविकता के हो वा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु भनेको के हो भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन, त्यसकारण, मलाई त शङ्कै लाग्छ, यी मानिसहरूमा परमेश्‍वरका वचनहरू बुझ्ने सामर्थ्य सायद नहुन सक्छ। तिनीहरू ३० वर्षसम्म प्रवचन सुनेपछि आफूमा कद छ भन्‍ने सोच्छन्, तर जब तिनीहरूसँग हैसियत हुँदैन, तब अझै पनि तिनीहरू नकारात्मक हुन सक्छन्, र एकान्तमा तिनीहरू रुनेछन् र गुनासो गर्नेछन्, र तिनीहरूले आफ्नो कामसमेत त्याग्‍न सक्‍नेछन्। ३० वर्षसम्म प्रवचन सुनेपछि, जब तिनीहरूलाई बर्खास्त गरिन्छ, तब तिनीहरू अझै पनि झगडालु र अनुचित हुन सक्छन्, र आफूलाई परमेश्‍वरविरुद्ध खडा गर्न सक्छन्। तिनीहरूले त्यति धेरै वर्षदेखि प्रवचन सुनेर के बुझेका हुन्छन्? यदि तिनीहरूले त्यति धेरै प्रवचन सुनेपछि पनि सत्यता के हो भनेर बुझेका छैनन् भने, के तिनीहरूले व्यर्थमा विश्‍वास गरेका छैनन् र? भ्रमित विश्‍वास भनेको यही हो!

मार्च १४, २०२०

अघिल्लो: विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन)

अर्को: विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग पाँच)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्