विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दुई)

आ. ख्रीष्टविरोधीहरूका हितहरू

आज, हामी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूबारे रहेको नवौँ बुँदाको सङ्गति जारी राख्‍नेछौं। तिनीहरूको प्रकटीकरणबारे रहेको नवौँ बुँदा निम्नानुसार छ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्। पछिल्‍लोपटक, हामीले यसको सानो भाग सङ्गति गर्‍यौँ, र हामीले बस विषयवस्तु थालनी गर्‍यौँ, र हितहरू भनेका के हुन् भन्‍नेबारे सङ्गति गर्‍यौँ, जुन पहिलो बुँदा हो। दोस्रो बुँदाको विषयमा भन्‍नुपर्दा, हामीले मानिसहरूका हितहरू के हुन् र मानिसहरूका हितहरूको सार के हो भन्‍नेबारे सङ्गति गर्‍यौँ। हामीले सङ्गति गरेको तेस्रो बुँदा परमेश्‍वरका हितहरू के हुन् र परमेश्‍वरका हितहरूको सार के हो भन्‍ने थियो—हामीले सङ्गति गरेका तीन बुँदाहरूको विषयवस्तु धेरथोर रूपमा यही थियो। हामीले पछिल्लोपटक सङ्गति गरेका कुराहरू मूलतः अवधारणागत सत्यताहरू थिए, र यसमार्फत हितहरूका विभिन्‍न पक्षहरूको परिभाषा दिँदै मानिसहरूलाई आधारभूत अवधारणाहरूको बुझाइ प्रदान गर्न गरिएको थियो। यसपटक हामी यी उल्लेखित विषयवस्तुको थप गहिराइमा प्रवेश गर्नेछैनौं, किनभने हाम्रो नवौं बुँदाको लागि हामीले सङ्गति गर्ने विषय ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूलाई थप प्रस्ट्याउने उद्देश्यले प्रस्तुत गरिएको विषय हो। त्यसकारण, हामी यो विषयवस्तुबारेको हाम्रो सङ्गतिमा ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूलाई अझै गहिरिएर हेर्नेछौं। हामी मूलतः ख्रीष्टविरोधीहरूले आफूसँग सम्‍बन्धित विभिन्‍न हितहरूप्रति देखाउने मनोवृत्ति र व्यवहार चिरफार गर्नेछौं, अनि यस दृष्टिकोणबाट ख्रीष्टविरोधीहरूको प्रकृति सार र स्वभाव पहिचान गरेर चिरफार गर्ने प्रयास गर्नेछौं। हामी ख्रीष्टविरोधीहरूको नजरमा तिनीहरूको हितसँग सम्बन्धित कुराहरू के-के हुन् भन्‍नेबारे सङ्गति गर्दै सुरु गर्नेछौं।

ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डली कुनै वास्तविक मूल्यविनाका लेबलहरू मात्र हुन्, अर्थात् नामहरूबाहेक अरू केही पनि होइनन्। त्यसकारण, तिनीहरूले परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डलीका हितहरूप्रति तिरस्कारको दृष्टिले हेर्छन्, र यी कुराहरू तिनीहरूले विचार पुर्‍याउनुपर्ने स्तरका वा तिनीहरूको ध्यान पाउन लायक हुँदैनन्। तर अर्कोतर्फ, ख्रीष्टविरोधीहरूका व्यक्तिगत हितहरू भने तिनीहरूको लागि सबैभन्दा ठूलो महत्त्वका हुन्छन्। फलस्वरूप, ख्रीष्टविरोधीहरूले प्राय आफ्ना व्यक्तिगत हितहरू साट्न मण्डली र परमेश्‍वरको घरका हितहरू बेचिदिन्छन्। अब, हितका मामलाहरूप्रति तिनीहरूका विचारहरूबारे मानिसहरूलाई स्पष्ट दृष्टिकोण प्रदान गर्नको लागि कुन-कुन कुराहरू ख्रीष्टविरोधीहरूका हितहरूसँग सम्बन्धित छन् भनेर वर्गीकरण गर्दै विस्तृत चिरफार गरौं। सर्वप्रथम त, ख्रीष्टविरोधीहरूलाई जसरी नाम दिए पनि, चाहे तिनीहरूलाई ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, वा चाहे सत्यता अभ्यास नगर्ने वा सत्यताविरुद्ध शत्रुता बोक्‍ने व्यक्तिहरू भनेर भने पनि, यस्ता मानिसहरू शून्यतामा जिउँदैनन्। तिनीहरू पनि देहमा जिउँछन् र तिनीहरूमा पनि सामान्य मानव जीवनका आवश्यकताहरू हुन्छन्। त्यसकारण, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग वा परमेश्‍वरको घर र मण्डलीभित्र बस्‍ने ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूसित पनि आफ्नै सुरक्षासँग सम्बन्धित हित वा स्वार्थहरू हुन्छन्। यो ख्रीष्टविरोधीहरूका हितहरूको पहिलो उपखण्ड, अर्थात् तिनीहरूको आफ्नै सुरक्षाको कुरा हो। ख्रीष्टविरोधीहरूका हितहरूको दोस्रो उपखण्ड तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, जुन तिनीहरूको अख्तियारसँग सम्बन्धित हुन्छ। ख्रीष्टविरोधीहरूका हितहरूको तेस्रो उपखण्ड तिनीहरूको फाइदासँग सम्बन्धित छ। के ख्रीष्टविरोधीहरूका हितहरूलाई यी तीन उपखण्डहरूद्वारा चिरफार गर्नु तिनीहरूबारे सीधै सङ्गति गर्नुभन्दा बढी स्पष्ट हुन्छ? (हुन्छ।) यदि मैले तिमीहरूलाई यी तीन उपखण्डहरूको आधारमा सङ्गति गर्न लगाएँ भने, के तिमीहरूसित कुनै अन्तर्ज्ञान हुन्छ? के तिमीहरूले केही बुझाइबारे सङ्गति गर्न सक्छौ? (म दोस्रो उपखण्डसम्बन्धी केही अन्तर्ज्ञानहरूबारे छलफल गर्न सक्छु होला, तर व्यक्तिगत सुरक्षा र फाइदाबारे म त्यति स्पष्ट छैनँ।) ठीक छ, मैले सङ्गति गरिरहेको बेला, तिमीहरूले स्पष्ट रूपमा बोल्न सक्‍ने ठाउँमा पूरक कुराहरू प्रदान गर्न सक्छौ, र तिमीहरूलाई अस्पष्ट लाग्‍ने कुराहरूबारे म सङ्गति गर्नेछु। के त्यसो गर्दा हुन्छ? (हुन्छ।)

क. तिनीहरूको आफ्नै सुरक्षा

हामी ख्रीष्टविरोधीहरूका हितहरूको पहिलो उपखण्ड, अर्थात् तिनीहरूको आफ्नै सुरक्षाबाट हाम्रो सङ्गति सुरु गर्नेछौं। यो उपखण्डको अर्थ सबैलाई स्पष्ट भइसकेको हुनुपर्छ; यो व्यक्तिको शारीरिक सुरक्षासँग सम्बन्धित छ। मूलभूमि चीनमा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको खतरनाक वातावरणमा जिउनु हो। परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले दैनिक रूपमा ठूलो रातो अजिङ्गरको पक्राउ, दण्ड र निर्दयी सतावटमा पर्ने जोखिम सामना गर्छ। ख्रीष्टविरोधीहरू पनि यसको अपवाद हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरको घरभित्र ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गरिएको त हुनसक्छ, तर ठूलो रातो अजिङ्गरले धार्मिक समुदायसँग मिलेर परमेश्‍वरको मण्डली र उहाँका चुनिएका मानिसहरूलाई दमन गर्न र सताउन निरन्तर सक्दो प्रयास गरिरहेको हुन्छ, र अवश्य नै, ख्रीष्टविरोधीहरू पनि यस्तो वातावरणमा पर्छन् र तिनीहरू पक्राउको खतराबाट मुक्त हुँदैनन्। तसर्थ, तिनीहरूले आफ्नै सुरक्षाको समस्या बारम्बार सामना गर्नुपर्छ। यसले हामीलाई ख्रीष्टविरोधीहरूले आफ्नो सुरक्षाको कुरा कसरी सम्‍हाल्छन् भन्‍ने प्रश्‍नतर्फ लैजान्छ। यो उपखण्डमा हामीले मूलतः ख्रीष्टविरोधीहरूले आफ्नो सुरक्षाप्रति राख्‍ने मनोवृत्तिबारे सङ्गति गरिरहेका छौं। त्यसोभए, तिनीहरूको मनोवृत्तिचाहिँ के हो त? (तिनीहरूले आफ्नो सुरक्षा जोगाउन सक्दो गर्छन्।) ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: “मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।” यस मामलामा, तिनीहरू प्राय: परमेश्वरसामु आएर आफूलाई समस्यामा पर्नबाट बचाउनुहोस् भनी याचना गर्छन्। तिनीहरूलाई, जे भए पनि आफूले मण्डली अगुवाको काम गरिरहेको छु र मलाई परमेश्वरले रक्षा गर्नुपर्छ भन्ने लाग्छ। आफ्‍नो सुरक्षाको खातिर र पक्राउ पर्नबाट जोगिन, सबै उत्पीडनबाट उम्‍केर आफूलाई सुरक्षित वातावरणमा राख्‍न, ख्रीष्टविरोधीहरू आफ्‍नो सुरक्षाको लागि प्रायजसो बिन्ती र प्रार्थना गर्छन्। तिनीहरू आफ्‍नै सुरक्षाको कुरा आउँदा मात्रै साँचो रूपमा परमेश्‍वरमा भरोसा गर्छन् र आफूलाई समर्पित गर्छन्। यस्तो बेला तिनीहरूको विश्‍वास साँचो हुन्छ र परमेश्‍वरमाथि तिनीहरूको भरोसा साँचो हुन्छ। तिनीहरू परमेश्‍वरलाई आफ्नो सुरक्षा गरिमाग्न मात्रै प्रार्थना गर्ने कष्ट गर्छन्, मण्डलीको काम वा आफ्‍नो कर्तव्यबारे अलिकति पनि विचार गर्दैनन्। तिनीहरूको काममा, व्यक्तिगत सुरक्षा नै तिनीहरूलाई डोऱ्याउने सिद्धान्त हो। यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्‍नो ठूलो “जिम्‍मेवारी बोध” र “बफादारिता” देखाउँछन्। यदि कुनै काममा खतरा हुन्छ र त्यसमा कुनै घटना घटित हुने सम्‍भावना छ, यो काम गर्ने व्यक्तिलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने खतरा छ भने, तिनीहरूले यस्तो बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्‍ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्‍नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कुनै वास्ता नगरी आफूलाई मुक्त गर्ने र आफ्‍नो कर्तव्य त्याग्‍ने उपाय सोच्छन्। तिनीहरूले आफूलाई खतराबाट मुक्त गर्ने बारेमा मात्रै सोच्छन्। तिनीहरूले पहिले नै हृदयमा तयारी गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ, वा परमेश्‍वरको घरका हितहरूमा के-कस्तो क्षति पुग्‍न सक्छ भन्‍नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी तिनीहरूले आफूले गरिरहेको कामलाई तुरुन्तै छोड्छन्। तिनीहरूलाई भाग्‍नुको मात्रै मतलब हुन्छ। तिनीहरूले आफूलाई रक्षा गर्नका लागि ‘कम्मरसमेत कसेका हुन्छन्’: तिनीहरूमाथि खतरा आइपर्नेबित्तिकै वा तिनीहरू पक्राउ पर्नेबित्तिकै, तिनीहरू आफूलाई थाहा भएका सबै कुरा बताउँछन्, आफ्नो सुरक्षा कायम राख्न आफूलाई खतरामुक्त पार्दै सबै जिम्‍मेवारीहरू त्याग्छन्। तिनीहरूले तयार पार्ने योजना यही हो। यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आइपर्ने सतावट भोग्‍न अनिच्‍छुक हुन्छन्; तिनीहरूलाई पक्राउ पर्ने, यातना भोग्‍ने, र जेल पर्ने डर हुन्छ। तथ्य के हुन्छ भने तिनीहरू आफ्नो हृदयभित्र शैतानको अधीनमा परेको लामो समय भइसकेको हुन्छ। तिनीहरूलाई शैतानी शासनको भय हुन्छ, र तिनीहरूमाथि यातना र कठोर सोधपुछ आइपर्ला भनेर तिनीहरूलाई अझै ठूलो डर हुन्छ। त्यसकारण ख्रीष्टविरोधीहरूका लागि, यदि सबै कुरा सहजतापूर्वक अघि बढिरहेको छ, र तिनीहरूको सुरक्षामा कुनै खतरा वा समस्या छैन, र कुनै जोखिम छैन भने, तिनीहरूले आफ्‍नो जोस र “बफादारिता,” अनि आफ्नो सरसम्पत्तिसमेत अर्पण गर्न सक्छन्। तर परिस्‍थितिहरू खराब छन् र परमेश्‍वरमा विश्‍वास गरेको र आफ्‍नो कर्तव्य निभाएको कारण तिनीहरू कुनै पनि बेला पक्राउ पर्न सक्छन् भने, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको कारण तिनीहरूलाई तिनीहरूको पदबाट हटाइने वा तिनीहरूका नजिकका मानिसहरूले तिनीहरूलाई त्याग्‍ने सम्भावना छ भने, तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, र यसरी तिनीहरूले न त सुसमाचार सुनाउँछन् अनि न त परमेश्‍वरको साक्षी दिन्छन् न त आफ्‍नो कर्तव्य नै पूरा गर्छन्। समस्याको सानो सङ्केत देखे भने पनि, तिनीहरू लुरुक्‍क पर्छन्; जब समस्याको सानो सङ्केत देखा पर्छ, तिनीहरूले आफूलाई सुरक्षित र सकुशल राख्‍नका लागि तुरुन्तै आफूसँग भएका परमेश्‍वरको वचनका पुस्तकहरू र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी कुनै पनि कुरा मण्डलीमा फिर्ता गर्न चाहन्छन्। के तिनीहरू खतरनाक हुँदैनन् र? पक्राउ परे भने, के तिनीहरू यहूदा बन्दैनन् र? ख्रीष्टविरोधीहरू यति खतरनाक हुन्छन् कि तिनीहरू कुनै पनि बेला यहूदा बन्‍न सक्छन्; तिनीहरूले परमेश्‍वरलाई धोका दिने सम्‍भावना सधैँ हुन्छ। यसको साथै, तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। यो कुरा ख्रीष्टविरोधीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ।

कतिपयले यसो भन्‍न सक्छन्, “सायद यस्ता प्रकटीकरणहरू भएका मानिसहरू ठूलो रातो अजिङ्गरको देश, अर्थात् चीनको सामाजिक क्षेत्रमा मात्रै भेटिएलान्। जब विदेश गइन्छ, तब यस्तो कुनै सतावट वा पक्राउ हुँदैन, त्यसकारण व्यक्तिगत सुरक्षा त्यति महत्त्वपूर्ण हुँदैन। के यो विषयबारे छलफल गर्नु आवश्यक छ र?” के तिमीहरूलाई यो आवश्यक छ जस्तो लाग्छ? (लाग्छ।) विदेशमा समेत, परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्ने धेरैजसो मानिसहरूले बारम्बार यस्ता व्यवहारहरू प्रदर्शन गर्छन्। यस्तो छलफल कुनै देशको राजनीतिक शासन वा परमेश्‍वरको घरविरुद्ध अविश्‍वासी वा धार्मिक समुदायले गर्ने आक्रमण, निन्दा, र अभियानमा केन्द्रित हुनेबित्तिकै, कतिपय मानिसहरूले भित्री मनमा गहन डर र कायरता अनुभूत गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेका भए अहिले तिनीहरू अझै राम्रो स्थितिमा र अझै स्वतन्त्र हुन्थे भन्‍नेसमेत सोच्छन्, र तिनीहरूमध्ये कतिले परमेश्‍वरमा विश्‍वास गरेकोमा पछुतो, र कतिले हृदयमा पछि हट्ने र विश्‍वास छोड्ने विचारसमेत गर्छन्। यस्ता मानिसहरूले सधैँ आफ्नै सुरक्षाबारे चिन्ता गर्छन्, र तिनीहरूलाई योभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन भन्‍ने लाग्छ। तिनीहरूको जीवन र तिनीहरूको आफ्नै सुरक्षा नै तिनीहरूको हृदयको गहिराइमा रहेका मुख्य चिन्ताहरू हुन्छन्। त्यसकारण, संसार र सारा मानवजातिले मण्डली र परमेश्‍वरको कामप्रति गर्ने बदनामी, निन्दा, र गिल्‍ला सामना गर्दा, यी मानिसहरू आफ्नो हृदयभित्र परमेश्‍वरको पक्षमा खडा हुँदैनन्। बरु यसको सट्टा, जब यी घटनाहरू घट्छन्, जब तिनीहरूले परमेश्‍वरको निन्दा गर्ने र उहाँलाई दोष दिने आवाजहरू सुन्छन्, तब भित्री मनमा, तिनीहरू परमेश्‍वरको विरोधमा खडा हुन्छन्। तिनीहरूले आफू र परमेश्‍वर, उहाँको घर, र मण्डलीबीच सीमा कोर्ने इच्छा गर्छन्। साथै, यस्ता क्षणहरूमा, तिनीहरूको लागि आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर स्विकार्नु एकदमै गाह्रो र पीडादायी काम बन्छ। अनि, तिनीहरू परमेश्‍वर, उहाँको घर, वा मण्डलीसँग कुनै सम्बन्ध नराख्‍न जोडतोड गर्छन्। यस्तो बेला, तिनीहरूलाई आफू परमेश्‍वरको घरको सदस्य बनेकोमा अप्ठ्यारो र लाजसमेत लाग्छ र तिनीहरू आफ्नो अनुहार देखाउनसमेत सक्दैनन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका साँचो अनुयायीहरू हुन् त? के तिनीहरूले परमेश्‍वरलाई पछ्याउन साँच्‍चै नै सबै कुरा त्यागेका हुन्छन् त? (हुँदैनन्।) जब मूलभूमि चीनमा मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरूले बारम्बार सतावट र पक्राउ, अनि व्यक्तिगत सुरक्षासम्बन्धी समस्याहरू सामना गर्छन्; विदेशको वातावरण त त्यति कठोर छैन, तर विदेशमा पनि मानिसहरूले यस्तै परिस्थितिहरू सामना गर्छन्। तिनीहरूले धार्मिक समुदायबाट हुने गिल्‍ला र निन्दाहरू भोग्छन्, र तिनीहरूले मण्डलीप्रति फरकफरक देशहरूको उदासीनता वा मण्डलीलाई नबुझ्ने किसिमका निश्‍चित अभिव्यक्तिहरूसँग जुध्‍नुपर्छ। कतिलाई परमेश्‍वरको काम साँचो हो होइन भन्‍ने कुरामा अन्योलता अनि अनिश्‍चितता र शङ्कासमेत हुन्छ, जसले गर्दा तिनीहरूले परमेश्‍वरको सहीपनमाथि नै प्रश्‍न गर्छन्। त्यसकारण, तिनीहरूले आफ्नै सुरक्षाबारे बारम्बार विचार गर्ने हुनाले, तिनीहरूले परमेश्‍वरको घरमा स्थिर र सहज हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। के यी व्यक्तिहरूले साँच्‍चै नै आफ्नो जीवन परमेश्‍वरलाई समर्पित गरेका हुन्छन् त? (अहँ, हुँदैनन्।) कतिपयले त यस्तोसमेत सोच्छन्, “विदेशमा आउनु भनेको ठूलो रातो अजिङ्गरको पकडबाट उम्कनु हो, होइन र? के विदेशमा धार्मिक स्वतन्त्रता छैन र? के सबै कुरा स्वतन्त्र र मुक्त छैन र? परमेश्‍वरले हामीलाई कर्तव्य निर्वाह गर्न विदेश ल्याउनुभएको भए पनि, किन हामीले अझै पनि यस्तै कठोर परिस्थितिहरू सामना गर्छौँ? किन हामीले विदेशमा अझै पनि यी पाठहरू सिक्‍नुपरेको र यो कष्ट भोग्‍नुपरेको?” कतिपय मानिसहरूको हृदयमा शङ्का हुन्छ, र कतिपयले चाहिँ शङ्का मात्रै होइन विरोध पनि गर्छन्, र तिनीहरूले यस्ता प्रश्‍नहरू गर्छन्, “यो साँचो मार्ग हो, यो परमेश्‍वरको काम हो, तर किन आफ्नो कर्तव्यमा निष्ठावान्‌ रहेका, र परमेश्‍वरमा समर्पित हुन सबै कुरा त्यागेका हामीले अझै पनि यो संसारमा यस्तो असमान व्यवहार भोग्‍नुपरेको हो?” तिनीहरूले कुरा बुझ्दैनन्। अनि, तिनीहरूले नबुझ्ने हुनाले र तिनीहरूले आफ्नै सुरक्षालाई अरू सबै कुराभन्दा माथि राख्‍ने हुनाले, तिनीहरूले यो बुझाइको कमीलाई परमेश्‍वरप्रतिको गुनासो र प्रश्‍नमा परिणत गर्छन्। के कुरा त्यही होइन र? (हो।) विदेशमा रहेका कतिपय मानिसहरूलाई कर्तव्य निभाउँदा जोखिम लिनसमेत डर लाग्छ। यदि तिनीहरूलाई कुनै जोखिमपूर्ण कर्तव्य दिइएको छ भने, तिनीहरूले यस्तो बहाना बनाउँछन्, “म यो कर्तव्यको लागि योग्य छैनँ। मेरो परिवार अझै पनि मूलभूमि चीनमा छ, र ठूलो रातो अजिङ्गरले मलाई पत्ता लगायो भने, के यो मेरो लागि समस्याको कुरा हुनेछैन र?” तिनीहरूले त्यस्ता कर्तव्यहरू निर्वाह गर्न इन्कार गर्छन्। तिनीहरू आफूलाई रक्षा गर्ने, आफ्नो सुरक्षा गर्ने, र आफ्नो जीवन बचाउने विकल्प रोज्छन्। तिनीहरूले कर्तव्य स्विकार्न आफूलाई पूर्ण रूपमा समर्पित गर्नुको सट्टा, र सबै कुरा छोड्नु र त्याग्‍नुको सट्टा आफ्नै लागि एउटा उम्‍कने बाटो छोडेका हुन्छन्। तिनीहरूले यो कुरा हासिल गर्न सक्दैनन्। आफ्नो सुरक्षाको कुरा आउँदा, तिनीहरूले देखाउने केही व्यवहारहरू यिनै हुन्। कतिपय मानिसहरूलाई हृदयमा असहज महसुस हुन्छ र यसबारे बारम्बार प्रार्थना गर्छन्। कतिपय मानिसहरूले शैतानका शक्तिहरू अत्यन्तै शक्तिशाली छन्, र आफूहरूजस्ता साधारण व्यक्तिले कसरी प्रतिरोध गर्न सकिन्छ भन्‍ने सोच्दै प्रायजसो डर र कायरता अनुभूत गर्छन्। त्यसकारण, तिनीहरू प्रायजसो यसबारे डर र चिन्तामा हुन्छन्। कतिपयले त आफूहरू पक्राउ परेपछि, मण्डली वा परमेश्‍वरको घरले गर्न सक्‍ने केही हुँदैन, र कुनै घटना घटेमा कसैको केही सीप लाग्दैन भन्‍नेसमेत अनुभूत गर्छन्। अनि, तिनीहरूले आफूलाई रक्षा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने सोच्छन्। त्यसकारण, जब तिनीहरूले कुनै खतरा मोल्नुपर्ने र जोखिमपूर्ण कर्तव्य लिनुपर्ने हुन्छ, तब तिनीहरू लुकेर बस्छन्, र कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। तिनीहरूले आफू योग्य छैन भनेर दाबी गर्छन्, र परमेश्‍वरको घरले तिनीहरूलाई सुम्पेको महत्त्वपूर्ण कर्तव्य इन्कार्न अनेक बहाना र कारणहरू देखाउँछन्। यदि वातावरण राम्रो छ भने, यी मानिसहरू ठूलो भीडअगाडि माइक्रोफोन लिएर खडा हुन र यसो भन्दै चिच्याउनसमेत सक्छन्, “म सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छु, म सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सदस्य हुँ। मलाई आशा छ, सबैजना आएर साँचो मार्गबारे अनुसन्धान गर्नेछन्।” तिनीहरूको व्यक्तिगत सुरक्षामा खतरा नहुँदा, तिनीहरूले कुनै डरविना यसो गर्न सक्छन्। तर तिनीहरूले आफ्नो सुरक्षासँग सम्बन्धित कुनै खतरा वा कुनै परिस्थितिबारे थोरै सङ्केत पाउनेबित्तिकै, वा अचानक परिस्थितिहरू देखा पर्नेबित्तिकै, तिनीहरूको जोस हराउँछ, तिनीहरूको “निष्ठा” बिलाउँछ, र तिनीहरूको “विश्‍वास” सेलाउँछ। तिनीहरूलाई यता र उता भाग्न मात्र आउँछ, र तिनीहरू सधैँ कुनै लुप्त, पर्दापछाडिको काम गर्ने प्रयास गर्छन्, तर खतरा मोल्‍नुपर्ने काम र कर्तव्यचाहिँ अरूतिर हुत्याइदिन्छन्। अनि, वातावरणमा सुधार आउनेबित्तिकै, तिनीहरू फेरि पनि नौटङ्कीवालाझैँ मञ्चमा उत्रिहाल्छन्। यसरी किन तिनीहरू फेरि देखा पर्छन् त? आफ्नो प्रदर्शन गर्न, मानिसहरूलाई आफ्नो अस्तित्वबारे थाहा दिन, परमेश्‍वरलाई आफ्नो जोस देखाउन, परमेश्‍वरलाई त्यो बेलाको तिनीहरूको बफादारी देखाउन, साथै तिनीहरूले पहिले गरेको कुराको भरपाई गर्न, र आफ्‍नो पछुतो मेटाउन। तर अलिकति समस्या आउने बित्तिकै वा वातावरणमा अलिकति पनि परिवर्तन आउनेबित्तिकै, यी मानिसहरू फेरि हराइहाल्छन् र कतै लुकिबस्छन्।

सुसमाचार कार्य भर्खरै विस्तार हुन थालेको बेला, सुसमाचार प्रचार गर्न निकै गाह्रो थियो। त्यो बेला, सुसमाचार प्रचार गर्न सक्‍ने मानिसहरू त्यति धेरै थिएनन्, र जो सुसमाचार प्रचार गर्थे तिनीहरूको सत्यतासम्‍बन्धी बुझाइ निकै सतही थियो। तिनीहरू मानिसहरूका धार्मिक धारणाहरू राम्ररी पत्ता लगाउन सक्दैनथे, र मानिसहरूलाई प्राप्त गर्नु चुनौतीपूर्ण थियो। यसको साथै, सुसमाचार प्रचार कार्य जोखिमपूर्ण पनि थियो। जब तैँले अलिक राम्रो मानवता भएका मानिसहरूलाई भेट्थिस्, तब बढीमा, तिनीहरूले यसलाई स्विकार्न मात्र मान्दैनथे र यतिमै कुरा टुङ्ग्याउँथे, र तिनीहरूले तँलाई हानि वा अपमान गर्दैनथे। अनि, तिनीहरूसँग सम्पर्क कायम राखिरहे, तिनीहरूलाई प्राप्त गर्ने आशा अझै पनि हुन सक्थ्यो, र यसले गर्दा केही न केही परिणामहरू प्राप्त हुन्थे। तर जब तैँले विभिन्‍न सम्प्रदायका दुष्ट मानिसहरू वा पाष्टर र एल्डरहरूलाई भेट्थिस्, तब यी मानिसहरूले स्विकार्न नमान्‍ने मात्र नभई संयुक्त रूपमा आक्रमणसमेत गर्थे, र तँलाई आफ्नो पाप स्विकार्न बाध्य पार्थे, र त्यसो नगरे, तिनीहरूले तँलाई शारीरिक चोटसमेत दिन सक्थे। अझै गम्भीर अवस्थामा त, तिनीहरूले तेरो बारे पुलिसलाई रिपोर्ट गरेर थानामा बुझाइदिनसमेत सक्थे, जसले गर्दा तँ कुनै पनि बेला पक्राउ पर्ने खतरा हुन्थ्यो। कतिपय मण्डली अगुवाहरू यी कुराहरूद्वरा बाधित हुन्थेनन्। तिनीहरूले कर्तव्य निभाउनुपर्दा आफ्नो कर्तव्य जारी राख्थे र सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने काममा अगुवाइसमेत गर्थे। तर कतिपय तथाकथित अगुवा वा ती झूटा अगुवाहरू यसरी व्यवहार गर्दैनथे। जब तिनीहरूले यस्ता खतराहरू सामना गर्थे, तिनीहरू आफै जाँदैनथे, बरु अरूलाई पठाउँथे। मैले एउटी अगुवाबारे सुनेको थिएँ, जसले सुसमाचार प्रचार गरिनुपर्ने व्यक्ति एउटा निश्‍चित सम्प्रदायका अगुवा हुन् भन्‍ने पत्ता लगाइछ। उसले त्यो व्यक्तिलाई सुसमाचार सुनाउन कसैलाई पठाउने अभिप्राय राखेकी रहिछ। तर यसबारे राम्ररी विचार गरेपछि पनि, उसले उपयुक्त व्यक्ति भेट्टाउन सकिन र आफै जानु नै उचित हुन्छ भन्‍ने निर्णय गरी। तर उसलाई खतराको डर लाग्यो र आफै जान मन लागेन, त्यसकारण उसले अठार-उन्‍नाइस वर्षकी एक जवान बहिनीलाई पठाई। तिमीहरूलाई के लाग्छ? के उसले त्यो जवान बहिनीलाई पठाउने बन्दोबस्त गर्नुपर्थ्यो त? (तिनले त्यसो गर्नु हुँदैनथ्यो।) किन गर्नु हुँदैनथ्यो? (किनभने सुसमाचार प्रचार गरिनुपर्ने ती व्यक्ति धेरै धार्मिक धारणाहरू भएको निश्‍चित सम्प्रदायका अगुवा थिए। ती जवान बहिनी सानो कदकी थिइन्, उनले सतही रूपमा मात्र सत्यता बुझेकी थिइन्, उनी सुसमाचार प्रचार गर्नुपर्ने सम्भावित व्यक्तिका समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्दिनथिन्, र उनले तिनलाई विश्‍वासमा ल्याउन सक्‍नुको साटो, उल्टै आफै बहकाउमा पर्न सक्थिन्।) उसको उमेरलाई ध्यानमा राख्दा, त्यो जवान बहिनीले कति वटा सत्यता बुझ्न सकेकी होली? ऊसँग बाइबलको कति धेरै ज्ञान थियो होला? त्यो सम्प्रदायको अगुवालाई विश्‍वासमा ल्याउन ऊसँग कति आत्मविश्‍वास हुन सक्थ्यो होला? उसको उमेरलाई हेर्दा त, सुसमाचार प्रचार गर्ने कार्यमा ऊसँग निश्‍चय नै त्यति धेरै अनुभव थिएन। यसको साथै, ऊ भर्खरै वयस्क भएकी थिई र ऊसँग अनुभवको कमी नै थियो। के उसले वयस्कहरूका धारणा, विचार, र कठिनाइहरू देख्‍न सक्थी त? (अहँ, सक्दिनथी।) अवश्य नै सक्दिनथी। उसको उमेरले, ऊ वयस्कहरूका विचारहरू सम्हाल्न सक्‍ने अवस्थामा थिइन। मलाई भन त, उसको उमेर हेर्दा, के त्यो बहिनी नै सबैभन्दा राम्रो विकल्‍प थिई त? (थिइन।) ऊ सबैभन्दा राम्रो विकल्प थिइन। त्यसकारण, त्यो जवान बहिनीलाई पठाउँदा, के त्यो अगुवाले सही अभिप्राय राखेकी थिई त? (त्यो अभिप्राय सही थिएन।) उसको अभिप्राय सही थिएन। उसले त्यो जवान बहिनीलाई पठाउनु हुँदैनथ्यो। पछि, त्यो सम्प्रदायको अगुवालाई सम्पर्क गरेर त्यो असल व्यक्ति होइन भन्‍ने थाहा पाएपछि, त्यो जवान बहिनीले अगुवालाई त्यो कुरा बताई, र आफूलाई निकै डर लागेको छ र फेरि जान आँट छैन भन्‍ने कुरा पनि बताई। तर त्यो अगुवाले उसलाई दबाब दिई र यसो भन्दै जोड दिई, “हुँदैन, यो तिम्रो कर्तव्य हो, र तिमी जानु नै पर्छ!” त्यो जवान बहिनीले आँसु झार्दै भनी, “यो मेरो कर्तव्य हो, र म जानुपर्छ, तर म यो काम सम्‍हाल्‍न सक्दिनँ, र म यो काम गर्न सक्दिनँ।” तैपनि, त्यो अगुवाले जिद्दी छोडिन र यसो भनिरही, “तिमीले यो काम गर्न नसके पनि, तिमी जानैपर्छ; अरू कोही छैन, त्यसकारण तिमी जानैपर्छ!” तिमीहरूलाई त्यो कस्तो अगुवा हो भन्‍ने लाग्छ? खतरा आइपर्दा उसले आफूलाई रक्षा गरेकी मात्र नभई, पछि हट्ने क्रममा उसले अर्को व्यक्तिलाई समेत खतरामा पारी। त्यो जवान बहिनीले आफ्नो असक्षमता व्यक्त गरेर डरले रोएको परिस्थितिमा पनि, ऊ सहमत थिइन। त्यो कस्तो नीच व्यक्ति हो? के त्यो व्यक्ति मानव हो र? (होइन।) त्यो व्यक्ति मानव होइन। उसले आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे विचार गर्दिनथिई, केवल आफ्नै बारेमा मात्रै विचार गर्थी। उसले अरूको सुरक्षासित आफ्नै हित साट्ने कामसमेत गरी, ठ्याक्‍कै त्यसरी नै जसरी जुवाडे आमाबाउले आफ्नो सबै पैसा हारेपछि र आफूसँग केही नभएपछि, आफ्नो खुसीको सट्टा आफ्ना प्रियजनहरू त्यागेर आफ्नो ऋण तिर्न, कठिन समयहरू पार गर्न र विपत्तिबाट उम्कन आफ्नै छोरीहरू जमानत राख्छन्। त्यो अगुवा कस्तो नीच व्यक्ति हो? के त्योसँग कुनै मानवता बाँकी छ? (छैन।) त्यसमा मानवताको एउटा सानो टुक्रा पनि छैन। यस्तो व्यवहारको आधारमा भन्दा, के यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ? (सकिन्छ।) अवश्य नै सकिन्छ! कतिपयले यसो भन्‍न सक्छन्, “तिनीहरूले मण्डलीको कामको खातिर, सुसमाचार प्रचार गर्नहेतु यसो गरिरहेका हुन्छन्। के तिनीहरूले राम्रो मनसाय राखेका हुँदैनन् र? के तिनीहरूले परमेश्‍वरको घरका हितहरू रक्षा गर्न यसो गरिरहेका हुँदैनन् र? तिनीहरूलाई कसरी ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ?” के कसैले यस्तो सोचेको छ? के यस्तो तर्क गर्न सकिन्छ? (अहँ, सकिँदैन।) त्यसोभए, मलाई भन त, यो समस्याको प्रकृति के हो? (आफ्नै हित र सुरक्षाको लागि, त्यो अगुवाले एउटी जवान बहिनीको जीवन र सुरक्षालाई सौदाको रूपमा प्रयोग गरिन्, अर्थात् तिनले जानीजानी उनलाई खाल्डोमा धकेलिन्—तिनमा निश्‍चित रूपमा खराब मानवता छ।) यसलाई अझै स्पष्ट रूपमा भन्दा, त्यो अगुवाले, त्यो जवान सिस्टर त्यो काम गर्न पूर्ण रूपमा असमर्थ छे भन्‍ने कुरा राम्ररी थाहा पाएर पनि, आफूलाई रक्षा गर्ने उद्देश्यले त्यस्तो बन्दोबस्त गरेकी थिई। साथै, त्यसले आफ्नो कर्तव्य पूरा भएको हिसाब दिन, र आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्न अरूका हित र सुरक्षा बलि चढाउँदै त्यसो गरेकी थिई। त्यसको अभिप्राय त्यही थियो। त्यसले त्यो काम गर्न सक्‍ने को छ, त्यो व्यक्तिलाई कसले विश्‍वासमा ल्याउन सक्छ, वा त्य काम कसले प्रभावकारी रूपमा गर्न सक्छ भनेर विचार गरेकी थिइन, र त्यो कामको लागि सबैभन्दा उपयुक्त व्यक्ति खोजी गरेकी थिइन। त्यसको व्यवहारको सार आफ्नो कर्तव्य निर्वाह गर्ने वा आफ्नो बफादारी वा जिम्मेवारी पूरा गर्ने कुरासँग सम्‍बन्धित थिएन, बरु अरूका हितहरू बलि चढाएर, अनि अरूलाई हानिसमेत गरेर आफ्ना उच्चपदस्थ व्यक्तिहरूको अघि आफ्‍नो हिसाबकिताब दिने र आफूलाई रक्षा गर्ने कुरासँग मात्र सम्‍बन्धित थियो। त्यसले आफूलाई रक्षा गर्न र आफ्नै उद्देश्यहरू हासिल गर्न अरूलाई हानि गर्ने तरिकाले व्यवहार गरी—के यसको सार यही होइन र? (हो।) यसको सार त्यही हो। त्यसकारण, त्यो अगुवाका कार्यहरूलाई ख्रीष्टविरोधीका कार्यहरू भनेर वर्गीकरण गर्न सकिन्छ। के समस्याको जड यही होइन र? (हजुर, हो।) वास्तवमा कुरा यही हो। यदि उपयुक्त व्यक्तिहरू नभएको भए, र त्यो जवान बहिनी त्यहाँ नभएकी भए, यदि त्यो अगुवा आफैलाई त्यो सम्प्रदायको अगुवालाई विश्‍वासमा ल्याउन लगाइएको भए, के त्यो अगुवा आफै जानेथिई त? के त्यसले यसो भन्‍न सक्थी त, “योग्य मानिसहरू छैनन् त्यसकारण म नै जान्छु। मलाई डर लाग्दैन। यदि मैले त्यो व्यक्तिलाई प्राप्त गर्न आफ्नो जीवन त्याग्‍नुपर्छ भने पनि, म जीवन त्याग्न तयार छु, किनभने यो मेरो कर्तव्य र जिम्मेवारी हो”? के त्यसले त्यसो गर्न सक्थी त? (सक्दिनथी।) त्यसले त्यसो गर्न सक्दिनथिई भनेर हामी किन भन्दै छौँ? हामीले यहाँ अनुमान गरिरहेका छैनौं। त्यसले गर्न सक्दिनथिई भनेर हामीले के कुराको आधारमा भनिरहेका छौं? (किनभने तिनले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा वास्तवमै परिणामहरू हासिल गर्न र सुसमाचार प्रचार गरिनुपर्ने व्यक्तिलाई विश्‍वासमा ल्याउनको लागि त्यो गरेकी थिइनन्। त्यसकारण, तिनले त्यो जवान बहिनीलाई पठाएर झारा टारिरहेकी थिइन्। यदि त्यो जवान बहिनी त्यहाँ नभएकी भए, तिनी त्यो व्यक्तिलाई प्राप्त गर्न व्यक्तिगत रूपमा पक्‍कै जान्थिनन्।) ठीक भन्यौ, यस्तै हुनेथ्यो। यदि त्यसले उपयुक्त व्यक्तिहरू छैनन् भन्‍ने कुरा देखेकी भए, के त्यसले आफै जानुपर्दैनथ्यो र? (हो।) यदि त्यो अगुवा आफ्नो कर्तव्यप्रति साँचो रूपमा निष्ठावान्‌ थी भने र त्यसले आफ्नै व्यक्तिगत सुरक्षाबारे विचार गर्दिनथी भने, त्यसले त्यो जवान बहिनीलाई पठाउनेथिइन, बरु आफै जानेथिई। त्यसोभए, त्यसले आफै नगएको कुराले प्रकट गरेको समस्या के हो? (तिनले आफ्नै सुरक्षा र हितहरू रक्षा गरिरहेकी थिइन्।) ठीक भन्यौ, कुरा यस्तै हो। यदि त्यो अगुवा आफ्नो कर्तव्यप्रति साँचो रूपमा निष्ठावान् थिई भने, त्यसले त्यो जिम्मेवारी आफै लिनेथिई। तर त्यसले त्यसो गरिन; बरु, त्यसले आफ्‍नो सट्टा त्यहाँ जानको लागि सबैभन्दा अनुपयुक्त व्यक्ति छनौट गरी। के त्यसको अभिप्राय सबैभन्दा अनुचित व्यक्तिलाई सबैभन्दा खतरनाक स्थानमा पठाएर खतराबाट आफूलाई रक्षा गर्ने र आफूलाई बचाउने आफ्‍नो उद्देश्य हासिल गर्नु थिएन र? (थियो।) यो ख्रीष्टविरोधीहरूको व्यवहार हो। यो मानिसहरूको बन्दोबस्त मिलाउने कार्यसँग जोडिएको छ।

मूलभूमि चीनमा, ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई निरन्तर र निर्दयी रूपले दबाउने, पक्राउ गर्ने, र सताउने, अनि तिनीहरूलाई प्राय खतरनाक वातावरणमा पार्ने गर्दै आएको छ। उदाहरणको लागि, विश्‍वासीहरूलाई पक्राउ गर्न सरकारले विभिन्‍न बहानाहरू बनाउने गरिरहन्छ। अनि, ख्रीष्टविरोधी बस्‍ने क्षेत्र पत्ता लागेमा, त्यो ख्रीष्टविरोधीले सुरुमा के सोच्नेछ? त्यो सोच मण्डलीको कामको उचित बन्दोबस्त गर्नेबारेमा हुँदैन, बरु उक्त खतरनाक परिस्थितिबाट कसरी उम्कने भन्‍नेबारेमा हुन्छ। जब मण्डलीले दमन र पक्राउ सामना गर्छ, तब ख्रीष्टविरोधीहरू कहिल्यै पनि फलोअप कार्यमा संलग्‍न हुँदैनन्। तिनीहरू मण्डलीका अत्यावश्यक स्रोतसाधन वा कर्मचारीहरू बन्दोबस्त गर्दैनन्। बरु यसको साटो, तिनीहरू आफ्नो लागि सुरक्षित स्थान खोज्न र त्यतिमै सीमित रहन बहाना र तर्कहरू प्रस्तुत गर्छन्। तर तिनीहरू आफ्नो व्यक्तिगत सुरक्षा प्रत्याभूत भएपछि पनि मण्डलीको काम, कर्मचारी, वा स्रोतसाधन बन्दोबस्त गर्नमा व्यक्तिगत रूपमा बिरलै सहभागी हुन्छन्, न त तिनीहरूले यस विषयमा सोधपुछ गर्ने वा कुनै निश्‍चित बन्दोबस्तहरू गर्ने नै गर्छन्। यसको परिणामस्वरूप मण्डलीका स्रोतसाधन र वित्तीय कुराहरू तुरुन्तै सुरक्षित स्थानहरूमा स्थानान्तर हुँदैनन्, र अन्त्यमा, ठूलो रातो अजिङ्गरले धेरै कुरा लुटेर लैजान्छ, जसले गर्दा मण्डलीमा ठूलो घाटा हुन्छ र अझै धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन्। यो ख्रीष्टविरोधीहरू आफ्नो कामप्रतिको जिम्मेवारीबाट तर्किनुको परिणाम हो। ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयको गहिराइमा सधैँ व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन्छन्। यो तिनीहरूको हृदयको समस्या हो जुन तिनीहरूको लागि सधैँ चिन्ताको विषय बनेको हुन्छ। तिनीहरू मनमनै यस्तो सोच्छन्, “म समस्यामा पर्नु हुँदैन। जोकोही पक्राउ पर्न सके पनि, मचाहिँ पक्राउ पर्नु हुँदैन—म बाँच्‍नुपर्छ। म अझै पनि परमेश्‍वरको काम सम्‍पन्‍न भएपछि परमेश्‍वरको महिमामा सहभागी हुन प्रतीक्षा गरिरहेको छु। यदि म पक्राउ परेँ भने, मैले यहूदाले जस्तो व्यवहार गर्नेछु, र मेरो लागि सब कुरा सक्‍किनेछ। मेरो लागि असल परिणाम हुनेछैन। म दण्डित हुनेछु।” त्यसकारण, जब तिनीहरू काम गर्न नयाँ ठाउँ जान्छन्, तब तिनीहरूले सर्वप्रथम सरकारको खोजतलासबाट लुक्न र सुरक्षित महसुस गर्नको लागि कसको परिवार सबैभन्दा सुरक्षित र शक्तिशाली छ भनेर जाँचबुझ गर्छन्। दोस्रोमा, तिनीहरूले राम्रो जियाइ स्थिति भएका घरहरू खोज्छन्, जहाँ हरेक खानामा मासु हुन्छ, अनि गर्मीमा एसी र जाडोमा हिटर हुन्छ। यसको साथै, तिनीहरूले विश्‍वासीहरूमध्ये को बढी उत्साहित छ र कसको जग अझै दह्रिलो छ, र समस्या आइपर्दा कसले सुरक्षा प्रदान गर्न सक्छ भनेर सोधपुछ गर्छन्। तिनीहरूले सुरुमा यी सबै कुरा जाँचबुझ गर्छन्। जाँचबुझ गरेपछि, तिनीहरूले बस्‍ने ठाउँ खोज्छन् र केही सतही काम गर्छन्, पत्र पठाउँछन्, वा मौखिक रूपमा केही जानकारी वा कार्य बन्दोबस्तहरू प्रदान गर्छन्। अब तँलाई के लाग्छ, के ख्रीष्टविरोधीहरू काम गर्न सक्छन् त? तिनीहरूले आफ्नो व्यक्तिगत सुरक्षाबारे बडो होसियारीसाथ र व्यवस्थित रूपमा जेजसरी सोचविचार र बन्दोबस्तहरू गर्छन् त्यो देख्दा, तँलाई तिनीहरूले कुनै खास काम कसरी गर्ने भन्‍ने जानेका छन्, र तिनीहरूलाई त्यो काम कसरी गर्ने भन्‍ने हृदयदेखि नै आउँछ जस्तो लाग्‍न सक्छ। तैपनि, तिनीहरूको अभिप्राय सही हुँदैन, तिनीहरूले व्यक्तिगत फाइदाबारे मात्रै विचार गर्छन्, र तिनीहरू सत्यताप्रति विमुख हुन्छन्; तिनीहरूलाई आफूले गरिरहेको कुरा सत्यताविरुद्ध छ र त्यो स्वार्थी र घृणित कुरा हो भन्‍ने थाहा भए पनि, तिनीहरूले आफ्नै तरिकाले, मनमौजी र लापरवाह रूपमा काम गर्न जिद्दी गर्छन्। तिनीहरूले गर्ने सबै कुरा आफ्नै सुरक्षा सुनिश्‍चित गर्नको लागि हुन्छ। ख्रीष्टविरोधीहरूले आफूलाई सुरक्षित स्थानमा राखेपछि र आफू खतरामुक्त छु, खतरा टरिसकेको छ भन्‍ने महसुस गरेपछि, केही सतही काम गर्न थाल्छन्। ख्रीष्टविरोधीहरू आफ्नो बन्दोबस्तमा निकै होसियार हुन्छन्, तर यो तिनीहरू कोसँग काम गरिरहेका छन् भन्‍ने कुरामा निर्भर हुन्छ। तिनीहरू आफ्नै हितहरूसँग सम्बन्धित कुराहरूबारे निकै होसियारीसाथ विचार गर्छन्, तर मण्डलीको काम वा आफ्नो कर्तव्यको हकमा, तिनीहरूले आफ्नो स्वार्थीपन र नीचता देखाउँछन् र कुनै जिम्मेवारी देखाउँदैनन्, र तिनीहरूमा अलिकति विवेक वा समझसमेत हुँदैन। यी व्यवहारहरूको कारण नै तिनीहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गरिन्छ। यदि हामीले तिनीहरूको क्षमताको आधारमा मात्रै मूल्याङ्कन गर्ने हो भने, तिनीहरूले आफ्नो सुरक्षाको लागि कति राम्ररी सोच्छन् र कति सावधानीपूर्ण र ठोस योजनाहरू बनाउँछन् भन्‍ने कुरालाई मात्र ध्यानमा राख्‍ने हो भने, तिनीहरूमा क्षमताको कुनै कमी छैन र तिनीहरूको दिमाग छ भन्‍ने देखिन्छ। तिनीहरूले परमेश्‍वरको घरको काम सम्हाल्न सक्नुपर्ने नै हो। अब, यदि तैँले तिनीहरूको क्षमताको आधारमा हेरिस् भने, तिनीहरूलाई ख्रीष्टविरोधी भनेर भनिनु हुँदैन, तर पनि किन तिनीहरूलाई अझै पनि ख्रीष्टविरोधी भनेर भनिएको हो त? यो तिनीहरूको सारको आधारमा, र तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् सक्दैनन्, र तिनीहरू सत्यता खोजी गर्ने मानिसहरू हुन् होइनन् भन्‍ने कुराको आधारमा निर्धारित हुन्छ। तिनीहरूले आफ्नो जिउने वातावरण, आफ्नो खानपान, र आफ्नो सुरक्षाबारे ध्यानपूर्वक र निर्दिष्ट रूपले सोचविचार र बन्दोबस्तहरू गर्छन्। तैपनि, जब परमेश्‍वरको घरको कामको कुरा आउँछ, तब तिनीहरू पूर्ण रूपमा फरक मानिसहरू बन्छन्, विशेष स्वार्थी र घृणित हुन्छन्, र परमेश्‍वरको इच्छाप्रति कुनै ध्यान दिँदैनन्। यिनीहरू पक्कै पनि सत्यता खोजी गर्ने मानिसहरू होइनन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरको काम र माथिका कार्य बन्दोबस्तहरूलाई पनि छानेर मात्र लिन्छन्। तिनीहरू आफूले गर्न चाहेका कुरा कुन-कुन हुन् र कुन-कुन होइनन्, र कुन-कुन कुरा तिनीहरूको आफ्‍नै सुरक्षासँग सम्‍बन्धित छ र कुन-कुन छैनन् भन्‍ने कुरालाई पनि छनौट गरेर मात्र लिन्छन्। त्यसपछि, तिनीहरू कुनै खतरा नभएका केही सजिला कामहरू गर्छन्, ताकि माथिकाले तिनीहरू खानमा छिटो तर काम गर्नमा ढिलो भएको, र तिनीहरूले आफ्नो उचित कर्तव्य पूरा गर्ने नगरको कुरा पत्ता लगाउन नसकून्। कामको बन्दोबस्त गरिसकेपछि, तिनीहरूले निर्दिष्ट कामहरू कसरी अघि बढिरहेका छन् भनेर सोधपुछ गर्ने वा सुपरिवेक्षण गर्ने कहिल्यै गर्दैनन्। उदाहरणको लागि, भेटी र विभिन्‍न स्रोतसाधनहरूबारे तिनलाई कसरी बन्दोबस्त गर्ने, कहाँ राख्‍ने, तिनलाई कसरी व्यवस्थापन गर्ने, र कसले जिम्‍मा लिने भन्‍ने परमेश्‍वरको घरका निर्दिष्ट सिद्धान्त र नियमहरू छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू यी कुराहरूबारे केवल बोल्ने काम मात्रै गर्छन्, र एकपटक यी बन्दोबस्तहरू गरिसकेपछि, यी कुराहरू पूरा भइसके भन्ठान्छन्। चाहे वातावरण उपयुक्त होस् वा नहोस्, तिनीहरू कहिल्यै पनि अवलोकन गर्न स्थल भ्रमण गर्दैनन्; तिनीहरू जिब्रो मात्रै चलाउँछन्, र परमेश्‍वरको घरका यी स्रोतसाधनहरूबारे गरिएका निश्‍चित बन्दोबस्तहरू उचित वा सुरक्षित छन् छैनन् भनेर हृदयमा बुझ्दैनन्, र सोधपुछ, अनुसन्धान, वा वास्ता गर्ने पनि गर्दैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले अगुवाको रूपमा काम गरेको समयमा, तिनीहरूको कामको क्षेत्रभित्र, परमेश्‍वरको वचनका कतिपय पुस्तकहरू दुष्ट मानिसहरूले लैजान्छन्। कतिपय पुस्तकहरू अनुचित रूपमा भण्डारण गरिएर ढुँडी पर्छन्, र कतिपय अवस्थामा, निश्‍चित पुस्तक वा स्रोतसाधनहरूलाई त्यस्तो ठाउँमा राखिन्छ जहाँ कसैले पनि तिनको हेरचाह गर्दै गर्दैन। ख्रीष्टविरोधीहरूले यी मामलाहरूबारे निर्दिष्ट बन्दोबस्तहरू गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले त यी कुराहरूबारे अवश्य नै खोजतलास, जाँचबुझ, वा सोधपुछ पनि गर्दैनन्। बरु यसको साटो, तिनीहरूले कुनै बन्दोबस्त गरेपछि आफ्नो काम पूरा भइसक्यो भन्ठान्छन्। तिनीहरूले केही बोल्छन् र त्यो त्यतिमै सीमित हुन्छ; तिनीहरूले कुनै वास्तविक परिणामहरू खोज्दैनन्, बस झारा मात्र टार्छन्। के यी व्यवहारहरूद्वारा ख्रीष्टविरोधीहरूले बफादारी देखाउँछन् त? (देखाउँदैनन्।) तिनीहरूमा कुनै बफादारी हुँदैन। मण्डलीका विभिन्‍न स्रोतसाधनहरू बन्दोबस्त गर्ने काममा, ख्रीष्टविरोधीहरूले कहिल्यै सोधपुछ गर्दैनन्। यहाँ, कहिल्यै “सोधपुछ गर्दैनन्” भनेर भन्‍नुको अर्थ के हो? के यसको अर्थ तिनीहरूले कुनै बन्दोबस्त नै गर्दैनन् भन्‍ने हुन्छ? तिनीहरूले मानिसहरूको आँखामा छारो हाल्न झाराटारुवा बन्दोबस्तहरू मात्र गर्छन्, नत्र कसैले तिनीहरूबारे माथिल्लो तहका मानिसहरूलाई रिपोर्ट गर्नेछ। तर तिनीहरूले कहिल्यै पनि कुनै निर्दिष्ट काम गर्दैनन्। यो निर्दिष्ट कामले के जनाउँछ? यसमा यी कुराहरू कहाँ राखिनुपर्छ, यी सुरक्षित छन् छैनन्, यिनलाई कुनै हानि हुने पो हो कि, मूसा आएर काटिदिन्छन् कि, यिनलाई बाढीले बगाउँछ कि वा यी चोरी हुन्छन् कि, सुरक्षा जिम्मेवारी पाएका व्यक्तिहरू उपयुक्त छन् छैनन् भन्‍नेजस्ता कुराहरू निर्धारित गर्ने कार्य समावेश हुन्छ। तर ख्रीष्टविरोधीहरू आफैले कहिल्यै सोधपुछ गर्दैनन्, कहिल्यै जाँचबुझ गर्दैनन्, र कहिल्यै चिन्ता गर्दैनन्। तिनीहरू हृदयमा यी कुराहरू आफूले आनन्द लिने कुरा होइनन् भन्‍ने विश्‍वास गर्छन्; तिनीहरू यी कुराहरूलाई महत्त्व दिँदैनन् र तिनीहरूलाई लाग्छ कि यी कुराहरूको कुनै काम छैन। यी कुराहरू त अरू मानिसहरूका हुन्, परमेश्‍वरको घरका हुन्, र यी कुरा तिनीहरूसँग सम्बन्धित छैनन्। तिनीहरूले यी कुराप्रति वास्ता गर्दैनन्; अरूले नै चिन्ता गरून् भन्‍ने सोच्छन्—तिनीहरूलाई यसको मतलब हुँदैन। तिनीहरूले बस बन्दोबस्त मिलाउँछन्, र त्यतिमै कुरो सक्‍किन्छ। कतिपय ख्रीष्टविरोधीहरू त बन्दोबस्त गर्ने झमेलासमेत लिँदैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने, काम राम्ररी गरिए पनि नगरिए पनि, कुनै इनाम प्राप्त हुँदैन, र कसैले पनि तिनीहरूलाई काम नराम्ररी गरेकोमा जिम्मेवार ठहराउँदैन। यस्तो सानो कुराको लागि कसले पो तिनीहरूबारे रिपोर्ट गर्छ र? के परमेश्‍वरले तिनीहरूलाई यसको लागि दण्ड दिनुहुनेछ र? आफ्नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति र दृष्टिकोण यस्तै हुन्छ: तिनीहरू झारा मात्र टार्छन् र लापरवाही रूपमा काम गर्छन्। यी कुराहरूले तिनीहरूको आफ्नै हैसियत वा सुरक्षामा असर गर्दैन भने, तिनीहरूलाई यी कुराहरूको व्यवस्थापन भयो भएन भन्‍नेबारे कुनै वास्ता हुँदैन। यी कुराहरू हराए पनि, घटेर गए पनि, वा यिनमा क्षति भए पनि, तिनीहरूलाई यसको कुनै मतलब हुँदैन। ख्रीष्टविरोधीहरूको मनमस्तिष्कमा, परमेश्‍वरको घरका यी स्रोतसाधनहरू सार्वजनिक सम्पत्ति हुन्। तिनीहरूले यी कुराहरूबारे चिन्ता गर्नु पर्दैन, यीबारे ध्यान दिनु पर्दैन, र यिनको व्यवस्थापन गर्न कुनै ऊर्जा खर्च गर्नु पर्दैन। यसकारण, ख्रीष्टविरोधीहरूले अगुवाको रूपमा काम गरेको समयमा, तिनीहरूको कर्तव्यप्रतिको लापरवाही र व्यक्तिगत आनन्दप्रतिको ध्यान, र तिनीहरूले निर्दिष्ट कामहरू पूरा गर्न नसकेको कारण, परमेश्‍वरको घरका विभिन्‍न स्रोतसाधनहरू ठूलो रातो अजिङ्गरले लुट्छ वा कब्जा गर्छ, वा ती स्रोतसाधनहरू केही दुष्ट मानिसहरूको पकडमा पर्छ। यस्ता घटनाहरू कैयौँ घटित भए। कतिपयले यसो भन्‍न सक्छन्, “यस्तो शत्रुतापूर्ण वातावरणमा, कसले यति होसियारीसाथ सबै कुरा हेरचाह गर्न सक्छ र? थोरै लापरवाही वा केही गल्तीहरू गर्नबाट को जोगिन सक्छ र?” के यो थोरै गल्ती गर्ने कार्य मात्रै हो त? म ठोकेरै भन्छु, यदि मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्न र बफादारी देखाउन सक्थे भने, यी स्रोतसाधनहरूमा त्यति ठूलो क्षति हुन्थेन; त्यो अवश्यै कम हुनेथ्यो, र कामको प्रभावकारिता निकै सुधार हुनेथ्यो।

ख्रीष्टविरोधीहरूले आशिष्‌हरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घर वा परमेश्‍वरका हितहरूसँग सम्बन्धित कुनै पनि कुराबारे चिन्ता गर्दैनन्। तिनीहरूले जे गरे पनि ती कुराहरू तिनीहरूका आफ्नै व्यक्तिगत हितहरूमा केन्द्रित हुनुपर्छ। यदि परमेश्‍वरको घरको काम तिनीहरूको व्यक्तिगत हितहरूसँग सम्बन्धित छैन भने, तिनीहरूले यसप्रति कुनै वास्ता गर्दैनन् र यसबारे कुनै सोधपुछ गर्दैनन्। तिनीहरू कति धेरै स्वार्थी हुन्छन्! जब केही निश्‍चित ख्रीष्टविरोधीहरूले अगुवाको रूपमा काम गरिरहेका थिए, तब ठूलो रातो अजिङ्गरले तिनीहरूको रेखदेखमा रहेका भेटीहरू ठूलो मात्रामा लुट्यो, र धेरै ठूलो घाटा भयो। तर ती ख्रीष्टविरोधीहरूले आफूलाई पटक्‍कै दोष दिएनन्। तिनीहरूले पछि यसोसमेत भने, “यो मेरो मात्रै जिम्मेवारी होइन: कसरी मलाई यो सब कुराको दोष दिन मिल्छ? यसअलावा, यस्तो परिस्थिति आउनु अपरिहार्य कुरा पनि हो।” तिनीहरूले कुनै पछुतो मानेनन्, र दोष अरूतर्फ सारिदिए, र बहानाहरू बनाउँदै आफूलाई बचाउने प्रयास गरे। तिनीहरू कस्ता मानिसहरू हुन्? के यस्ता मानिसहरूलाई हटाइनुपर्दैन र? के तिनीहरूलाई श्राप र दण्ड दिइनुपर्दैन र? (पर्छ।) यस्तो ठूलो गल्ती गरेपछि पनि, ती ख्रीष्टविरोधीहरूले कुनै पछुतो गरेनन्! यदि आफ्‍नो लापरवाहीले गर्दा ठूलो रातो अजिङ्गरले परमेश्‍वरको घरका सम्पत्तिहरू थुतेर लगेको भए, एक सामान्य व्यक्ति, अर्थात् मानवता भएको, परमेश्‍वरप्रति निष्ठावान्‌, वा परमेश्‍वरको डर मान्ने हृदय भएको एक व्यक्तिले के-कस्ता प्रकटीकरणहरू देखाउनेथ्यो? (उसले पछुतो मान्‍नेथ्यो, आफूलाई दोष दिनेथ्यो, र उसले हृदयमा आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको महसुस गर्नेथ्यो।) त्यसपछि उसले के गर्नेथ्यो? उसले सुधार गर्ने उपाय खोज्नेथ्यो। उसले आफ्‍नो हृदयको गहिराइबाट, ऋणी भएको र पछुतो लागेको अनुभूति गर्नेथ्यो; अरूले जे भने पनि, उसले गुनासोको एउटा शब्द पनि बोल्नेथिएन, र आफ्नो प्रतिरक्षा गर्नेथिएन। उसले यो आफ्नो लापरवाही, र आफ्नो अपराध हो भनेर स्वीकार गर्नेथ्यो। परमेश्‍वरले उसलाई जे भन्‍नुभए पनि र परमेश्‍वरको घरले उसलाई जेजसरी सजाय दिने निर्णय गरे पनि, उसले त्यसलाई स्वीकार गर्नेथ्यो। अनि, त्यसोभए किन ख्रीष्टविरोधीहरूले यस्तो कुरा स्वीकार गर्दैनन् त? निष्कासित भएपछि किन तिनीहरू गुनासोले भरिन्छन् त? यसले ख्रीष्टविरोधीहरूको प्रकृति प्रकट गर्छ। ती ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको काममा यति धेरै घाटा गराए, तिनीहरूले आफ्नो कर्तव्य बेवास्ता गरेको कारण अरूको धेरै मेहनत खेर गयो, र ठूलो रातो अजिङ्गरले धेरै भेटीहरू लुट्यो, तैपनि तिनीहरूलाई कुनै आत्मग्लानि भएन, कुनै ऋणको बोध भएन, र तिनीहरूले आफ्नो प्रतिरक्षासमेत गरे। परमेश्‍वरको घरले तिनीहरूलाई कारबाही गर्दा, तिनीहरू समर्पित हुन मानेनन्, र तिनीहरूले आफ्नो अवज्ञा जताततै फैलाए। ती कस्ता मानिसहरू हुन्? के यो मृत्युसँग खेल्‍नु होइन र? (हो।) यो मृत्युसँग खेल्‍नु हो। ख्रीष्टविरोधीहरूको भित्री कुरा हेर्दा, तिनीहरूको प्रकृति सार सत्यता र परमेश्‍वरप्रतिको शत्रुवत् सार हो। तिनीहरूमा मानवताको कमी हुन्छ; तिनीहरू जिउँदो पिशाचहरू, शैतानहरू, मानव वस्‍त्र पहिरेका पशुहरू हुन्। मानवता भएका मानिसहरूले सानो गल्ती गर्दा वा गलत कुरा बोल्दा पनि आत्मग्लानि महसुस गर्छन्। तर जीवित पिशाचहरू, अर्थात् ख्रीष्टविरोधीहरूले यस्तो महसुस गर्दैनन्। त्यस्तो गम्भीर गल्ती गरेपछि पनि, ती ख्रीष्टविरोधीहरूले कुनै आत्मग्लानि महसुस गरेनन्, र तिनीहरूले आफूलाई बचाउने प्रयाससमेत गरे। त्यसकारण, तिनीहरूको लागि सत्यता के हो? के तिनीहरूले आफ्नो हृदयमा सत्यता स्वीकार गर्छन्? परमेश्‍वरका वचनहरू सत्यता हुन्, र परमेश्‍वर सत्यता हुनुहुन्छ—के तिनीहरूले यो तथ्य स्वीकार गर्छन्? (तिनीहरूले स्वीकार गर्दैनन्।) स्पष्ट रूपमै तिनीहरूले यो तथ्य स्वीकार गर्दैनन्। तिनीहरूले हृदयमा आफैलाई नै सत्यता र परमेश्‍वरको रूपमा लिन्छन्; तिनीहरूले आफूबाहेक अरू कुनै परमेश्‍वर छैन भन्‍ने सोच्छन्। के यी दियाबलसहरू होइनन् र? (हुन्।) यी सबै दियाबलसहरू हुन्, ठेट दियाबलसहरू हुन्। ख्रीष्टविरोधीहरूले मण्डलीका स्रोतसाधनहरूबारे पटक्‍कै सोधपुछ गर्दैनन्, न त तिनीहरूले ती कुराहरूको लागि कुनै निर्दिष्ट बन्दोबस्त नै गर्छन्। तर यदि तिनीहरू आफैसँग कुनै बहुमूल्य कुरा छ भने, तँ पक्‍का भए हुन्छ, तिनीहरूले त्यो कुराको उत्कृष्ट हेरचाह गर्नेछन्। तिनीहरूले निद्रामा बोल्दा पनि त्यसबारे एक शब्द पनि खुलासा गर्नेछैनन्, र तैँले तिनीहरूलाई कुटपिट गरे पनि त्यो कुरा खुस्काउन सक्‍नेछैनस्। तिनीहरूले यसको रक्षा अत्यन्तै राम्ररी गर्नेछन्। तर परमेश्‍वरको घरका स्रोतसाधनहरूको हकमा, तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूमा त वास्तवमा यस्तो मनोवृत्ति हुन्छ: “त्योसँग मेरो के सम्बन्ध छ र? मैले त्यो स्रोतसाधनको आनन्द लिन पाउँदिनँ, र यो मेरो पनि होइन। मैले राम्ररी हेरचाह गरे पनि, सायद यो अरू कसैलाई दिइन्छ होला! यसलाई यति राम्ररी रक्षा गर्नुको के फाइदा र?” तिनीहरूले यो कुरालाई आफ्नो कर्तव्यको रूपमा लिँदैनन्। के यो मानवताको कमी होइन र? (हो।) यो मानवताको कमी हुनुको प्रकटीकरण हो। यसलाई के भनिन्छ? यसलाई भरनपर्दो हुनु भनेर भनिन्छ। परमेश्‍वरले तँलाई यो काम सुम्पनुभएको छ, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू दिनुभएको छ—यो तेरो कामको भाग हो। तैँले यी कुराहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ, यी कुराहरूलाई एकएक गरी अघि बढाउनुपर्छ, परमेश्‍वरले तोक्‍नुभएका सिद्धान्तहरू र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू पछ्याउनुपर्छ, र यी कुराहरूलाई उचित रूपमा चाँजोपाँजो मिलाउनुपर्छ, र त्यसपछि तेरो जिम्मेवारी पूरा हुनेछ। तर के ख्रीष्टविरोधीहरूमा यस्तो मानसिकता वा विचार हुन्छ त? (अहँ, हुँदैन।) पटक्‍कै हुँदैन। यो पूर्ण रूपमा मानवताको कमी हुनु हो। मानवताको कमी हुनुको खास प्रकटीकरण के हो? यो विवेक वा समझ धारण गर्नमा वास्ता नगर्नु, बरु स्वार्थी र घृणित हुनु, अनि विश्‍वासयोग्यताको कमी हुनु, भरोसायोग्य नहुनु, र कुनै कुरा पनि सुम्पिनयोग्य नहुनु हो।

मण्डलीभित्रका कर्मचारीहरूका मामलाहरूको हकमा, जस्तै क-कसले कुन काम कहाँ गरिरहेका छन्, तिनीहरूले त्यो काम राम्ररी गरिरहेका छन् छैनन्, तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गरिरहेका छन् छैनन्, कुनै अवरोध वा व्यवधानहरू देखा परेका छन् छैनन्, वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको प्रतिक्रिया कस्तो छ भन्‍ने कुराको हकमा, ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे विस्तृत रूपमा सोधपुछ गर्ने वा बन्दोबस्त मिलाउने कहिल्यै गर्दैनन्। उदाहरणको लागि, जब परमेश्‍वरको घरले तिनीहरूलाई विभिन्‍न प्रकारका प्रतिभाशाली व्यक्तिहरू प्रदान गर्न अनुरोध गर्छ, तब ख्रीष्टविरोधीहरूले यी व्यक्तिहरूको लिखित परिचय मात्रै हेर्छन् तर निर्दिष्ट रूपमै तिनीहरूको परिस्थितिबारे पत्ता लगाउने वा सोधपुछ गर्ने गर्दैनन्—विश्‍वासमा ती व्यक्तिहरूको जग छ छैन, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूले सत्यता स्विकार्न सक्छन् सक्दैनन्, तिनीहरूको खास प्रतिभा र प्राविधिक सीप परमेश्‍वरको घरले तोकेको मापदण्डअनुरूप छन् छैनन्, र तिनीहरू वृद्धिविकास गरिन र महत्त्वपूर्ण कर्तव्यहरू दिइन योग्य छन् छैनन् भनेर हेर्ने गर्दैनन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे झारा टार्दै देखावटी काम गर्छन्, लिखित परिचयहरू छोटकरीमा समीक्षा गर्छन्, र काम त्यतिमै सीमित पार्छन्। तिनीहरूले ती प्रदान गरिएका व्यक्तिहरूसँग कहिल्यै अन्तरक्रिया गर्दैनन्, न त तिनीहरूले ती व्यक्तिहरूबारे विस्तृत वा गहन बुझाइ प्राप्त गर्न खोज्छन्। परिणामस्वरूप, तिनीहरूले छनौट गर्ने धेरैजसो मानिसहरूले कर्तव्य निभाउन वा उचित काम गर्न सक्दैनन् र त्यसपछि तिनीहरूलाई हटाइन्छ। ख्रीष्टविरोधीहरूले यो परिस्थितिलाई कसरी हेर्छन्? “मलाई यी कर्तव्यहरू पूरा गर्न बढुवा दिइएको होइन; तिनमा म सहभागी हुँदिनँ। को जान्छ त्यसले के फरक पार्छ र? मैले सिफारिसहरू अनुमोदन गरेर यी मानिसहरू प्रदान गरेँ भने, त्यसलाई मैले काम गरेको रूपमा गन्ती गरिन्छ। साथै, बढुवा पाएका यी व्यक्तिहरू मप्रति ऋणी हुन्छन्। तिनीहरू वृद्धिविकासको लागि लायक छन् छैनन् भन्‍ने कुरा मेरो चासोको विषय होइन।” अनि, यदि ख्रीष्टविरोधीहरूले अनुचित व्यक्तिहरू प्रदान गर्छन्, र त्यसले गर्दा परमेश्‍वरको घरको काममा बाधा पुग्छ भने, के तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्छ? (पर्छ।) तिनीहरूले धेरै जिम्मेवारी लिनुपर्छ, तर यी दियाबलसहरूले कुनै पनि जाँच गर्दैनन्। कतिपयले भन्छन्, “कठोर वातावरण भएका निश्‍चित स्थानहरूमा, हामीले आमनेसामने भई मानिसहरूसँग अन्तरक्रिया गर्न सक्दैनौं। हामीले कसरी तिनीहरूको जाँच गर्न सक्छौं र?” परिस्थिति जति नै कठोर भए पनि, यी कुराहरू सम्हाल्ने विधि र शैलीहरू हुन्छन्। यो तँ जिम्मेवार अनि साँचो रूपमा समर्पित छस् छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। के यस्तै हुन्छ होइन र? (हो।) यदि तैँले आफ्नो बफादारी र जिम्मेवारी अर्पित गर्छस् भने, परिणाम उचित नभए पनि, परमेश्‍वरले यसलाई सुक्ष्म रूपमा जाँच्‍नुहुन्छ र चिन्‍नुहुन्छ, र यसको जिम्मेवारी तँमाथि आइपर्नेछैन। तर तैँले आफ्नो बफादारी र जिम्मेवारी अर्पित गर्दैनस् भने, केही पनि कुरा गलत भएन र यसले अन्त्यमा कुनै दुष्परिणाम ल्याएन भने पनि, परमेश्‍वरले यसलाई सुक्ष्म रूपमा जाँच्‍नुहुनेछ। यी दुई शैलीको प्रकृति फरक छ, र परमेश्‍वरले यी दुई कुरालाई फरकफरक तरिकाले लिनुहुनेछ। मानिसहरू प्रदान गर्ने क्रममा ख्रीष्टविरोधीहरूले षड्यन्त्र पनि गर्छन्, तिनीहरूका मनसायहरू पनि स्वार्थी र घृणित हुन्छन्, र तिनीहरूमा बफादारीको कमी हुन्छ। ख्रीष्टविरोधीहरूले जे गरे पनि, तिनीहरूका आफ्नै हिसाबकिताब हुन्छन् र तिनीहरूले सिद्धान्तहरू पालना गर्दैनन्। यति मात्र होइन, ठोस काम राम्ररी पूरा गर्नको लागि, तिनीहरूले आफ्नो अनुहार पनि देखाइहिँड्नुपर्छ, धेरै मानिसहरूसँग भेटघाट गर्दै यताउता यात्रा गरिरहनुपर्छ, कठिनाइहरू भोगिरहनुपर्छ, र जोखिम लिइरहनुपर्छ। कुनै कुराले आफ्नो सुरक्षाको विषय छुनेबित्तिकै, ख्रीष्टविरोधीहरूले फेरि पनि हिसाबकिताब गर्न थालिहाल्छन्, र तिनीहरूको प्रकृति प्रकट भइहाल्छ। के प्रकट भइहाल्छ? तिनीहरूले यो विश्‍वास गर्छन् कि धेरै मानिसहरूसँग अन्तरक्रिया गर्नु तिनीहरूको आफ्नै सुरक्षाको लागि खतरा हुन्छ, र तिनीहरूले मनमौजी रूपमा मानिसहरूसँग सम्पर्क गर्नु हुँदैन। अनि, ख्रीष्टविरोधीहरूले आफूले अन्तरक्रिया गर्नुपर्ने मानिसहरूसँग अन्तरक्रिया र भेट गर्ने काम गर्दै गर्दैनन्, बरु यसको साटो आफू बस्नलाई सुरक्षित स्थान खोज्छन्, र लुकेर साधारण कामहरू गर्नेबाहेक अरू केही गर्दैनन्। जब कामका अरू पक्षहरू कति राम्ररी पूरा गरिएका छन्, मानिसहरूले बाधाहरू ल्याइरहेका पो छन् कि, कार्य बन्दोबस्त, परमेश्‍वरका वचनहरूका विभिन्‍न पुस्तकहरू, वा रेकर्ड गरिएका प्रवचनहरू बाँडिएका छन् छैनन् भन्‍ने कुरा आउँछ, ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे निश्‍चित बन्दोबस्त मिलाउने वा सोधपुछ गर्ने काम कहिल्यै गर्दैनन्। निष्ठावान्‌ कहलिनको लागि तिनीहरूले जोखिम लिनुपर्छ, आफ्नो अनुहार देखाउनुपर्छ, र कठिनाइहरू सामना गर्नुपर्छ भन्‍ने होइन। यहाँ समस्या के हो? कसले व्याख्या गर्न सक्छ? (तिनीहरूले पहिले यो काम सुरु गर्दा, यसलाई कसरी राम्ररी पूरा गर्ने वा सिफारिस गरिएका मानिसहरू उपयुक्त छन् छैनन् भन्‍नेबारे कहिल्यै विचार गरेनन्, र तिनीहरूले आफ्नो सारा हृदयले काम गर्ने वा आफ्नो जिम्मेवारी पूरा गर्ने कहिल्यै गरेनन्। तिनीहरूले यी कुराहरूबारे कहिल्यै विचार गरेनन्।) तिनीहरूले वास्तवमै बफादारी देखाउँदैनन्। परमेश्‍वरको कामप्रति बफादार मानिसहरू र बफादारी नभएका मानिसहरूको प्रकृतिबीच भिन्‍नता छ। जब तिनीहरू दुवैले खतरासँग सम्बन्धित मामलाहरू सामना गर्छन्, तब बफादारी भएका व्यक्तिहरूले कार्य बन्दोबस्तहरू लागू गर्न बुद्धि र विधिहरू प्रयोग गरेर खतरा सामना गर्न र आफ्नो काम गर्न सक्षम हुन्छन्। तर खतरामा परे पनि नपरे पनि ख्रीष्टविरोधीहरू ठोस काममा संलग्‍न हुँदैनन्, र तिनीहरूले कार्य बन्दोबस्तहरू कहिल्यै लागू गर्दैनन्। भिन्‍नता त्यही हो। ख्रीष्टविरोधीहरूले मण्डलीको स्थितिबारे, विभिन्‍न कामहरूबारे, र आदि इत्यादि कुराहरूबारे मौखिक रूपमा सोधपुछ गर्न सक्छन्, तर तिनीहरूको सोधपुछ पनि औपचारिकता मात्रै हुन्छन्, र तिनीहरूले केही सतही प्रयास मात्रै गरिरहेका हुन्छन्, र तिनीहरूले यसबारे सतर्कतापूर्वक विचार गरिरहेका हुँदैनन्। बाहिरबाट हेर्दा, तिनीहरूले ठोस काम गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले कामलाई बुझेकै हुँदैनन्, र तिनीहरूले टिपोट लिने, यसबारे मनन गर्ने, र प्रार्थना वा खोजी गर्ने गर्दैनन्। तिनीहरूले कामका विभिन्‍न खण्डहरू कसरी अघि बढिरहेका छन्, वा राम्ररी नगरिएका कामका क्षेत्रहरूप्रति को जिम्‍मेवार छ, वा कुन-कुन मण्डली अगुवाहरू अनुपयुक्त हुन सक्छन्, वा कहाँ-कहाँ काम लागू गरिएको छैन भन्‍ने विषयमा विचार गर्न ऊर्जा खर्चँदैनन्। तिनीहरूले यी कुराहरूबारे विचार गर्दै गर्दैनन्, तिनीहरूले झारा मात्र टार्छन्, र तिनीहरूले समस्याहरू पहिचान गर्दा, तिनलाई समाधान गर्ने गर्दैनन्। कतिपय तथाकथित अगुवाहरूले त मानिसहरूलाई भेलाहरूमा बोलाउने, परिस्थितिबारे सोधपुछ गर्ने, र कामबारे विश्‍लेषण र अनुसन्धान गर्ने मात्र गर्छन्। तर कुनै ठोस काम आइपर्नेबित्तिकै, र यसको लागि तिनीहरूले कष्ट भोग्‍नुपर्ने र मूल्य चुकाउनुपर्ने हुनेबित्तिकै, र तिनीहरूको व्यक्तिगत सुरक्षालाई खतरामा पार्नुपर्ने, र केही हदसम्म कठिनाइ भोग्‍नुपर्ने हुनेबित्तिकै, तिनीहरूले त्यो काम गर्दै गर्दैनन्। त्यही क्षण तिनीहरूले काम गर्न छोड्छन्, र आत्मसंरक्षणलाई प्राथमिकता दिन्छन्। तिनीहरूले समस्याहरू पहिचान त गर्छन् तर त्यसको लागि कुनै निर्दिष्ट बन्दोबस्तहरू गर्दैनन्। अनि, यदि तिनीहरू विश्‍वासी हुन् भन्‍ने कुरा सबैलाई थाहा हुन्छ, र तिनीहरू पक्राउ पर्ने खतरा आइपर्छ भने, के तिनीहरूले यी काम अरूलाई सुम्पन्छन् त? अहँ, सुम्पँदैनन्। तिनीहरूले यी कामहरू गर्न अरूलाई अह्राउँदैनन्, र समस्या नै त्यही हो। त्यसोभए, यस्ता मानिसहरूले कस्तो सार प्रकट गर्छन् त? तिनीहरूमा बफादारीको कमी हुन्छ, तिनीहरू स्वार्थी र घृणित हुन्छन्, र तिनीहरूले हरकुरामा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्। तिनीहरूले परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू लागू भइरहेका छन् छैनन् भन्‍नेबारे, वा परमेश्‍वरको घरको कामको प्रगतिबारे कहिल्यै सोधपुछ गर्दैनन्, र यी कुराहरूप्रति तिनीहरूले कुनै मतलबै गर्दैनन्। तिनीहरूले आफ्नो बफादारी प्रस्तुत गरेका हुँदैनन्, र तिनीहरूले आफ्नो बफादारी देखाउने पनि गर्दैनन्। तिनीहरूको लागि त यी मामलाहरूमा झारा टार्नु नै पर्याप्त हुन्छ; तिनीहरूले यसैलाई काम गरेको रूपमा लिन्छन्। यदि खतरा सानो छ भने, तिनीहरूले मन नलागीनलागी केही काम गर्न पनि सक्छन्। तर यदि खतरा ठूलो छ, र तिनीहरू पक्राउ पर्ने सम्भावना छ भने, तिनीहरूले यो काम जति नै महत्त्वपूर्ण भए पनि, गर्दै गर्दैनन्। त्यही नै ख्रीष्टविरोधीहरूको सार हो। तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूका हितहरू सुरक्षित रहेसम्‍म, तिनीहरूले जोसुकैलाई पनि बेचिदिन सक्छन्। परमेश्‍वरको घरका हितहरू त्यागेर तिनीहरूले आफ्‍नो हित हासिल गर्छन्; तिनीहरूको लागि, तिनीहरूको हित नै सर्वोच्च हुन्छ। अनि, के कर्तव्य लिएपछि ख्रीष्टविरोधीहरू बफादार हुन सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूको लागि बफादारी सम्भवै हुँदैन। के तिनीहरूले आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन र सुरक्षाबारे विचार गर्न सक्छन्? (सक्दैनन्।) आफ्नै सुरक्षाको कुरा उठ्दा, ख्रीष्टविरोधीहरूले आफूलाई मात्रै रक्षा गर्छन्, आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई आगोको खाडलमा धकेल्छन्, र तिनीहरूलाई बलिको बोको बनाउँछन्। त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो।

आफ्नै सुरक्षाबारे विचार गर्नेबाहेक, कतिपय ख्रीष्टविरोधीहरू केबारे पनि विचार गर्छन्? तिनीहरू भन्छन्, “अहिले, हाम्रो वातावरण प्रतिकूल छ, त्यसैले हामी हाम्रो अनुहार कम देखाऔँ र सुसमाचार प्रचार कम गरौं। त्यसरी, हामी पक्राउ पर्ने सम्भावना कम हुन्छ, र मण्डलीको काम पनि नष्ट हुँदैन। यदि हामी पक्राउ पर्नबाट जोगियौं भने, हामी यहूदामा परिणत हुनेछैनौं, र भविष्यमा पनि हामी अस्तित्वमै रहिरहन सक्‍नेछौं, होइन र?” के यस्ता बहानाहरू प्रयोग गरेर आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू छैनन् र? कतिपय ख्रीष्टविरोधीहरूलाई मृत्युको निकै डर लाग्छ र तिनीहरू नीच अस्तित्वमा जिउँछन्; तिनीहरूलाई प्रतिष्ठा र हैसियत पनि मनपर्छ, र तिनीहरू नेतृत्वको भूमिका लिन इच्छुक हुन्छन्। तिनीहरूलाई “अगुवाको काम सजिलो हुँदैन—यदि आफूलाई अगुवा बनाइएको कुरा ठूलो रातो अजिङ्गरले थाहा पायो भने, आफूलाई चर्चा मिल्नेछ, र आफनो नाम खोजी सूचीमा राखिने सम्भावना हुनेछ, र पक्राउ पर्नेबित्तिकै आफ्नो जीवन खतरामा पर्नेछ” भन्‍ने थाहा भए पनि, यो हैसियतका फाइदाहरू प्राप्त गर्न तिनीहरू यी खतराहरू बेवास्ता गर्छन्। अगुवाको रूपमा सेवा गर्दा, तिनीहरू आफ्नो देहगत आनन्दबारे मात्रै वास्ता गर्छन्, र तिनीहरू वास्तविक काममा संलग्‍न हुँदैनन्। विभिन्‍न मण्डलीहरूसँग अलिअलि पत्रचारमा रहनेबाहेक, तिनीहरू अरू केही काम गर्दैनन्। तिनीहरू कतै लुकेर बस्छन् र कसैसँग भेट गर्दैनन्, आफूलाई बन्द गरेर राख्छन्, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको अगुवा को हो भन्‍ने थाहै हुँदैन—तिनीहरूलाई त्यति हदसम्म डर लाग्छ। त्यसोभए, के तिनीहरू नाममात्रका अगुवा हुन् भनेर भन्‍नु सही हुँदैन र? (हुन्छ।) तिनीहरू अगुवाको रूपमा कुनै वास्तविक काममा संलग्‍न हुँदैनन्; तिनीहरू आफूलाई लुकाउनेबारे मात्रै वास्ता गर्छन्। अरूले तिनीहरूलाई “अगुवा बन्दा कस्तो हुन्छ?” भनेर सोध्दा तिनीहरू भन्छन्, “म अत्यन्तै व्यस्त छु, र सुरक्षाको लागि, म घर सरिरहनुपर्छ। यो वातावरण यति तनावपूर्ण छ कि म आफ्नो काममा ध्यान दिनै सक्दिनँ।” तिनीहरूलाई सधैँ धेरैले हेरिरहेका छन्, र कहाँ लुक्न सुरक्षित हुन्छ त्यो थाहै छैन भन्‍ने लाग्छ। तिनीहरू देखावटी भेस अपनाउने, फरकफरक ठाउँमा लुकेर बस्‍ने, र एउटै ठाउँमा नबस्‍नेबाहेक, कुनै पनि दिन कुनै वास्तविक काम गर्दैनन्। के त्यस्ता अगुवाहरू छैनन् र? (छन्।) तिनीहरू के-कस्ता सिद्धान्तहरू पालना गर्छन्? यी मानिसहरू भन्छन्, “चलाक खरायोका तिन्टा दुला हुन्छन्। खरायोले सिकारीको आक्रमणबाट जोगिन र लुक्नलाई तिन्टा दुलो बनाउनुपर्छ। यदि व्यक्तिले खतराको सामना गर्‍यो र ऊ भाग्‍नुपर्‍यो, तर उसको लुक्ने ठाउँ छैन भने, के त्यो स्वीकार्य हुन्छ त? हामीले खरायोहरूबाट सिक्‍नुपर्छ! परमेश्‍वरले सृष्टि गर्नुभएका पशुहरूमा यस्तो बाँच्‍ने क्षमता हुन्छ, र मानिसहरूले तिनीहरूबाट सिक्‍नुपर्छ।” अगुवाको भूमिका लिएपछि, तिनीहरू यो धर्मसिद्धान्तको बुझाइमा पुगेका हुन्छन्, र तिनीहरू आफूले सत्यता बुझेको छु भनेरसमेत विश्‍वास गर्छन्। तर वास्तवमा, तिनीहरू अत्यन्तै डराएका हुन्छन्। बस्‍ने ठाउँ असुरक्षित भएको कारण प्रहरीमा रिपोर्ट गरिएको अगुवा, वा ठूलो रातो अजिङ्गरका जासूसहरूले निसाना बनाएको अगुवा, र आफ्नो कर्तव्य पूरा गर्न धेरैपटक बाहिर गएर धेरै मानिसहरूसँग अन्तरक्रिया गरेका कारण पक्राउ परेर सजाय पाएको अगुवाबारे सुन्दा, तिनीहरू तुरुन्तै डराउँछन्। तिनीहरू सोच्छन्, “अहो, कतै पक्राउ पर्ने अर्को व्यक्ति म त हुनेछैन? मैले यसबाट सिक्‍नुपर्छ। म त्यति सक्रिय हुनु हुँदैन। यदि मैले मण्डलीको केही कामबाट पन्छिन मिल्छ भने, म ती काम गर्नेछैनँ। यदि मैले आफ्नो अनुहार देखाउनबाट तर्किन मिल्छ भने, म अनुहार देखाउनेछैनँ। म मेरो काम सक्दो न्यूनतम हदमा गर्नेछु, बाहिर जानबाट जोगिनेछु, कसैसँग अन्तरक्रिया गर्नबाट टाढै बस्‍नेछु, र म अगुवा रहेको कुरा कसैलाई थाहा नहोस् भन्‍ने सुनिश्‍चित गर्नेछु। आजभोलि, अरूको वास्ता गरेर कसले के नै पाउन सक्छ र? जीवितै रहनु पनि त चुनौती नै हो!” अगुवाको भूमिका लिएपछि, तिनीहरू झोला बोकेर लुक्नेबाहेक, कुनै काम गर्दैनन्। तिनीहरू पक्राउ पर्छु र दण्डित हुनेछु भन्‍ने डरले लुकेर बस्छन्। जब तिनीहरूले कसैले यसो भनेको सुन्छन्, “तपाईं पक्राउ पर्नुभयो भने, तपाईं मारिनुहुनेछ! यदि तपाईं अगुवा नभएको भए, यदि तपाईं साधारण विश्‍वासी मात्रै हुनुहुभएको भए, थोरै जरिमाना तिरेर पनि तपाईं रिहाइ हुन सक्‍नुहुन्थ्यो, तर तपाईं अगुवा हुनुभएकोले, के हुन्छ भनेर भन्‍न गाह्रो छ। कुरो अत्यन्तै खतरनाक छ! पक्राउ परेका कतिपय अगुवा वा सेवकहरूले कुनै पनि जानकारी दिन मानेनन् र तिनीहरूलाई पुलिसले कुटीकुटी मारे।” कसैलाई कुटीकुटी मारियो भन्‍ने सुनेपछि, तिनीहरूको डर झन्झन् तीव्र हुन्छ, र तिनीहरूलाई काम गर्न झन्झन् डर लाग्छ। हरदिन तिनीहरू कसरी पक्राउ पर्नबाट जोगिने, कसरी आफ्नो अनुहार देखाउनबाट तर्किने, कसरी निगरानीमा पर्नबाट जोगिने, र कसरी विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आउनबाट तर्किने त्यसबारे मात्रै विचार गर्छन्। तिनीहरू यी कुराहरूबारे सोच्दै दिमाग खियाउँछन् र आफ्नो कर्तव्य पूर्ण रूपमा बिर्सन्छन्। के यी बफादार मानिसहरू हुन् त? के यस्ता मानिसहरूले कुनै काम गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) यस्ता मानिसहरू डरपोक हुन्छन्, तर यो प्रकटीकरणको आधारमा मात्रै तिनीहरूलाई ख्रीष्टविरोधी भनेर हामी भन्‍न सक्दैनौं, तैपनि यो प्रकटीकरणको प्रकृति के हो? यो प्रकटीकरणको सार भनेकै गैरविश्‍वासीको सार हो। परमेश्‍वरले मानिसहरूको सुरक्षा गर्न सक्नुहुन्छ भन्‍ने कुरा तिनीहरू विश्‍वास गर्दैनन्, र परमेश्‍वरको लागि मेहनत गर्न आफूलाई समर्पित गर्नु भनेको आफूलाई सत्यतामा समर्पित गर्नु हो, र यो परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा हो भन्‍ने कुरा पनि तिनीहरू बिलकुलै विश्‍वास गर्दैनन्। तिनीहरू हृदयमा परमेश्‍वरको डर मान्दैनन्; तिनीहरू शैतान र दुष्ट राजनीतिक दलहरूको मात्रै डर मान्छन्। तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनीहरू सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने विश्‍वास गर्दैनन्, अनि अवश्य नै तिनीहरू परमेश्‍वरले उहाँको खातिर, र उहाँको मार्ग पछ्याउन, र उहाँको आज्ञा पूरा गर्न सबै कुरा अर्पित गर्ने व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ भन्‍ने कुरामा पनि विश्‍वास गर्दैनन्। तिनीहरू यीमध्ये कुनै कुरा पनि देख्‍न सक्दैनन्। अनि, तिनीहरू केमा चाहिँ विश्‍वास गर्छन् त? तिनीहरू आफू ठूलो रातो अजिङ्गरको हातमा परे, आफ्नो अन्त्य नराम्रो हुनेछ, आफूलाई जेल सजाय हुनेछ वा आफ्नो ज्यानसमेत जाने खतरा हुनेछ भन्‍ने कुरामा विश्‍वास गर्छन्। तिनीहरू हृदयमा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्, मण्डलीको कामबारे विचार गर्दैनन्। के तिनीहरू गैरविश्‍वासीहरू होइनन् र? (हजुर, हुन्।) बाइबलले के भन्छ? “मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ” (मत्ती १०:३९)। के तिनीहरूले यी वचनहरूमा विश्‍वास गर्छन् त? (अहँ, गर्दैनन्।) यदि तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा जोखिम लिन लगाइयो भने, तिनीहरू लुकेर कसैको अघि देखा नपरी बस्न चाहन्छन्—तिनीहरू पूरै अदृश्य हुन चाहन्छन्। तिनीहरू यति हदसम्म डराउँछन्। तिनीहरू परमेश्‍वर मानिसहरूको आड हुनुहुन्छ, सबथोक परमेश्‍वरकै हातमा छ, र कुनै कुरा साँच्‍चै गलत भयो वा तिनीहरू पक्राउ परे भने, त्यो परमेश्‍वरले अनुमति दिनुभएको कुरा हो, र त्यसैले मानिसहरूमा समर्पित हृदय हुनुपर्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्। ती मानिसहरूमा यस्तो हृदय, यस्तो बुझाइ, वा यस्तो तयारी हुँदैन। के तिनीहरू साँच्‍चै नै परमेश्‍वरमा विश्‍वास गर्छन् त? (अहँ, गर्दैनन्।) के यो प्रकटीकरणको सार गैरविश्‍वासीको सार होइन र? (हजुर, हो।) हो, यस्तै हुन्छ। त्यस्ता मानिसहरू असाधारण रूपमा डरपोक हुन्छन्, अत्यन्तै त्रसित रहन्छन्, र शारीरिक कष्ट भोग्‍ने र आफूलाई कुनै नराम्रो कुरा आइपर्नेछ भन्‍नेबारे डर मानिरहन्छन्। तिनीहरू फिस्टे चराजस्तै डराइरहन्छन् र त्यसउप्रान्त आफ्नो काम गर्न सक्दैनन्। हामीले यसभन्दा पहिले कुरा गरेका व्यक्तिहरूमा काम गर्न सक्‍ने क्षमता त हुन्छ, तर तिनीहरू काम पटक्‍कै गर्दैनन्। तिनीहरूलाई समस्या छ भन्‍ने थाहा त हुन्छ, तर तिनीहरू त्यसलाई सम्हाल्दैनन्। तिनीहरू बस आफ्‍नो रक्षा मात्रै गर्छन्, र तिनीहरू निकै स्वार्थी र घृणित हुन्छन्। यी दुवै प्रकारका मानिसहरू गैरविश्‍वासीहरू हुन्। पहिलो प्रकारका व्यक्तिहरू लापरवाह र धोकेबाज व्यक्ति हुन्, कठिनाइ र थकाइको डर मान्ने, आफ्नो देहको चिन्ता गर्ने, र वास्तविक काममा संलग्‍न नहुने व्यक्ति हुन्। दोस्रो प्रकारका व्यक्तिहरू डरपोक र त्रासमा रहने व्यक्ति हो, तिनीहरू वास्तविक काम गर्ने आँटै गर्दैनन्, र तिनीहरू ठूलो रातो अजिङ्गरले पक्राउ गरेर सताउँछ भन्‍ने डर मान्छन्। के यी दुई प्रकारका मानिसहरूबीचमा भिन्‍नता छैन र? (छ।)

ख्रीष्टविरोधीहरूले आफ्नो रक्षा कसरी गर्छन् भन्‍नेबारे तिमीहरूलाई केही उदाहरणहरू थाहा छ? (परमेश्‍वर, मलाई त्यस्तो एउटा उदाहरण थाहा छ। एउटा मण्डलीलाई ठूलो रातो अजिङ्गरले आक्रमण गरेको थियो, किनभने त्यो मण्डली उन्मत्त रूपमा दुष्ट काम गर्ने ख्रीष्टविरोधीको नियन्त्रणमा थियो, र त्यसपछि अगुवा, डिकन, र केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका थिए। त्यो बेला, ख्रीष्टविरोधीलाई पक्राउ पर्छु भन्‍ने डर लाग्यो। त्यसैले घटनापछिको प्रभाव सम्हाल्‍ने कार्य बन्दोबस्तहरू नगरी, तिनी दुर्गम स्थानमा लुकेर बसे। तिनले तिनलाई बस्न दिइएको घरमा बस्‍नसमेत इन्कार गरे, र कोठा भाडामा लिन भेटीहरू प्रयोग गर्न जिद्दी गरे। तिनले त्यस घटनापछि गरिनुपर्ने कामको लागि उचित बन्दोबस्तहरू नगरेकोले र लुकेका खतराहरू तुरुन्तै नहटाएकोले, त्यसपछि धेरै जना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परे, र मण्डलीको काम रोक्‍नुपर्ने बाध्यता आइपर्‍यो। यसरी ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन् भन्‍ने कुरा स्पष्ट छ। नाजुक क्षणहरूमा, तिनीहरूले आफ्नै हितहरू मात्रै रक्षा गर्छन् र परमेश्‍वरको घरका हितहरू बिलकुलै रक्षा गर्दैनन्।) ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र प्रक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्‍वरप्रति बफादार र परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? (परमेश्‍वरप्रति बफादार मानिसहरूको जीवनमा यस्ता कुराहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरको घरको हित रक्षा गर्न, परमेश्‍वरको घरको भेटीमा घाटा हुनबाट जोगाउने उपायहरू सोच्छन् अनि तिनीहरूले नोक्सानी कम गराउन अगुवा र सेवकहरू, दाजुभाइ-दिदीबहिनीहरूको लागि आवश्यक व्यवस्था गर्छन्। ठीक यसै बेला, ख्रीष्टविरोधीहरूले चाहिँ सुरुमा आफूलाई रक्षा गर्ने कुरा सुनिश्‍चित गर्छन्। तिनीहरूलाई मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको सुरक्षाको चिन्ता हुँदैन, र जब मण्डलीले पक्राउहरू सामना गर्छ, तब यसले मण्डलीको काममा घाटा निम्त्याउँछ।) ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्‍वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको भेटी र उहाँका चुनिएका मानिसहरू हत्याउन अनुमति दिनुजस्तै हो। के यो परमेश्‍वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्‍वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्‍ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको असर सम्‍हाल्‍ने खतरा मोल्‍छन्, अनि आफू पछि हट्नुअघि परमेश्‍वरको घरमा हुने नोक्सान कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्‍नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्‍वरको आज्ञा हो, र परमेश्‍वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्‍नो कर्तव्य निभाउने खतरा मोल्‍नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्‍नो सुरक्षा सुनिश्‍चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्‍वरको इच्‍छालाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्‍नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ। परमेश्‍वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्ट विरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्‍वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्ट विरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्‍म तिनीहरू ढुक्‍क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ। के मूलभूमि चीनको वातावरणमा कर्तव्य निभाउने क्रममा कुनै जोखिम लिनबाट जोगिनु र कुनै पनि खराब घटना नघट्ने कुरा सुनिश्‍चित गर्नु सम्भव हुन्छ त? सबैभन्दा सतर्क व्यक्तिले पनि त्यस्तो ग्यारेन्टी गर्न सक्दैन। तर होसियार हुनु जरुरी छ। अग्रिम रूपमा राम्ररी तयारी गर्दा परिस्थिति अलिक सुधार हुन्छ, र यसले कुनै कुरा गलत हुँदा घाटाहरू न्यूनीकरण गर्न सहयोग गर्न सक्छ। यदि कुनै तयारी गरिएन भने, घाटा निकै धेरै हुनेछ। के तिमीहरूले यी दुई परिस्थितिहरूबीच रहेको भिन्‍नता स्पष्ट रूपमा देख्‍न सक्छौ? त्यसकारण, चाहे भेलाहरूको सन्दर्भमा होस् वा कुनै प्रकारको कर्तव्यपालनको सन्दर्भमा होस्, सतर्क हुनु नै सबैभन्दा राम्रो हो, र केही निवारक उपायहरू अपनाउनु जरुरी हुन्छ। जब बफादार व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले अलिक विस्तृत रूपमा र राम्रोसँग सोच्न सक्छ। उसले यी कुराहरू जतिसक्दो राम्ररी बन्दोबस्त गर्न चाहन्छ, ताकि कुनै कुरा गलत भयो भने, घाटाहरू कम गर्न सकियोस्। उसले यो परिणाम हासिल गर्नैपर्छ भन्‍ने उसलाई लाग्छ। निष्ठा नभएको व्यक्तिले यी कुराहरू विचार गर्दैन। उसलाई यी कुराहरू महत्त्वपूर्ण छैनन् भन्‍ने लाग्छ, र उसले यी कुराहरूलाई आफ्नो जिम्मेवारी वा कर्तव्यको रूपमा लिँदैन। जब कुनै कुरा गलत हुन्छ, तब उसलाई कुनै ग्लानिबोध हुँदैन। यो बफादारीको कमी हुनुको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति कुनै बफादारी देखाउँदैनन्। जब तिनीहरूलाई काम दिइन्छ, तिनीहरू खुशीसाथ यो काम स्वीकार गर्छन्, र केही राम्रा घोषणाहरू गर्छन्, तर खतरा आइपर्दा, तिनीहरू सबैभन्दा छिटो भाग्छन्; सबैभन्दा पहिले दौडने, सबैभन्दा पहिले भाग्‍ने तिनीहरू नै हुन्छन्। यसले तिनीहरूको स्वार्थीपन र घृणित अवस्था अत्यन्तै गम्भीर छ भन्‍ने देखाउँछ। तिनीहरूमा कुनै जिम्मेवारी वा बफादारीको भाव हुँदैन। समस्या सामना गर्दा, तिनीहरूलाई कसरी भाग्‍ने र कसरी लुक्ने भन्‍ने मात्रै थाहा हुन्छ, र तिनीहरू आफ्नो रक्षा गर्नेबारे मात्रै विचार गर्छन्, आफ्नो जिम्मेवारी वा कर्तव्यबारे कहिल्यै विचार गर्दैनन्। आफ्नो व्यक्तिगत सुरक्षाको लागि, ख्रीष्टविरोधीहरू निरन्तर आफ्नो स्वार्थी र घृणित प्रकृति प्रदर्शन गर्छन्। तिनीहरू परमेश्‍वरको घरको काम वा आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिँदैनन्। परमेश्‍वरको घरका हितहरूलाई त झन् तिनीहरू अझै कम मात्र प्राथमिकता दिन्छन्। बरु यसको साटो, तिनीहरूले आफ्नै सुरक्षालाई प्राथमिकता दिन्छन्।

के हामीले भर्खरै सङ्गति गरेको उपखण्ड ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको नवौँ बुँदा अर्थात्—तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्—भन्‍ने कुरासित सम्बन्धित छैन र? (छ।) आफ्नो रक्षा गर्न, खतरा र शारीरिक कष्टबाट बच्न, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको काम र आफ्ना कर्तव्यहरूप्रति झाराटारुवा मनोवृत्ति अपनाउँछन्। तिनीहरूले वास्तविक काम नगरी पदहरू ओगटेर बस्छन्। के यो परमेश्‍वरको घरका हितहरू बेचिदिनु होइन र? के यो व्यक्तिगत सुरक्षाको खातिर परमेश्‍वरको घरका हितहरू, परमेश्‍वरको का, र आफ्ना जिम्मेवारीहरू बेवास्ता गर्नु होइन र? (हो।) हामीले यो उपखण्डमा चिरफार गरेका प्रकटीकरणहरूले ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणित सार पूर्ण रूपमा खुलासा गर्छन्। यहाँ हामीले मुख्य रूपमा केबारे सङ्गति गरेका छौं? ख्रीष्टविरोधीहरूले समस्यामा पर्छु भन्‍ने डरले र आफूलाई रक्षा गर्नको लागि आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र परमेश्‍वरप्रति कुनै पनि किसिमको बफादारी देखाउँदैनन्। के यो प्रकटीकरणमा कुनै सत्यता वास्तविकता छ? के यो विवेक र समझ गुम्‍नु होइन र? यो पूर्णतया मानवताको अभाव हुनु हो!

ख. तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत

हामी अब सङ्गतिको दोस्रो उपखण्ड, अर्थात् ख्रीष्टविरोधीहरूको आफ्नै प्रतिष्ठा र हैसियतको विषयलाई निरन्तरता दिऔँ। यसमा ख्रीष्टविरोधीहरूका हितहरू पनि समावेश हुन्छन्। अहिले, हामीले यी तीन उपखण्डहरूबारे छलफल गरिरहेका छौं: ख्रीष्टविरोधीहरूको आफ्नै सुरक्षा, तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत, र तिनीहरूका आफ्नै फाइदाहरू—यी सबै कुरा ख्रीष्टविरोधीहरूका आफ्नै हितहरूसँग सम्बन्धित छन्। के यी कुराहरूको परमेश्‍वरको घरको कामसँग कुनै सम्बन्ध छ? (हो, छ।) के सम्बन्ध छ? (आफूलाई रक्षा गर्न र आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्न ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिन र खलल पुर्‍याउन सक्छन्।) ख्रीष्टविरोधीहरूले आफ्नै हितहरू रक्षा गर्न परमेश्‍वरको घरका हितहरू र मण्डलीको काममा हानि गर्छन्। ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणित प्रकृतिलाई हेर्दा, यस्ता व्यक्तिहरू आफ्नो सुरक्षाको निकै रक्षा गर्नेबाहेक, अरू के कुरालाई महत्त्व दिन्छन्? (तिनीहरूलाई प्रतिष्ठा र हैसियत निकै मन पर्छ।) ठीक भन्यौ। ख्रीष्टविरोधीहरूलाई प्रतिष्ठा र हैसियत निकै मन पर्छ। प्रतिष्ठा र हैसियत तिनीहरूको जीवनको आधार हो; तिनीहरूलाई प्रतिष्ठा र हैसियतविना जीवन अर्थहीन छ भन्‍ने लाग्छ, र प्रतिष्ठा र हैसियतविना कुनै पनि कुरा गर्न तिनीहरूलाई जाँगर चल्दैन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत दुवै नै तिनीहरूको व्यक्तिगत हितहरूसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छन्; ती तिनीहरूका घातक बिन्दुहरू हुन्। त्यसकारण ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा हैसियत र प्रतिष्ठामै केन्द्रित हुन्छन्। यी कुराहरू नहुने हो भने, तिनीहरूले कुनै पनि काम गर्नेछैनन्। ख्रीष्टविरोधीहरूसँग हैसियत भए पनि नभए पनि, तिनीहरूले जुन उद्देश्यको लागि सङ्घर्ष गर्छन्, तिनीहरू जुन दिशामा लागिपर्छन् त्यो यिनै दुई कुराहरू अर्थात् प्रतिष्ठा र हैसियतसँग सम्‍बन्धित हुन्छ। जब ख्रीष्टविरोधीहरूले चीनजस्तो निरङ्कुश वातावरणमा परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले आफ्नो सुरक्षा सुनिश्‍चित गर्ने हित वा स्वार्थको खातिर परमेश्‍वरको घरका हितहरूप्रति कुनै ध्यान दिँदैनन्। तिनीहरूले गर्ने कामको एउटा भाग भनेको आफ्नो सारा शक्तिले हैसियत पछ्याउनु, र शक्तिलाई दह्रिलो गरी पकडमा राख्‍नु र मण्डली नियन्त्रण गर्नु हो। अर्को पक्षचाहिँ के हो भने, तिनीहरूले सधैँ आफ्नै प्रतिष्ठा र हैसियतको खातिर बोल्ने, काम गर्ने, दौडधूप गर्ने, र परिश्रम गर्ने गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले भन्‍ने र गर्ने सबै कुरा यसैमा केन्द्रित हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि ख्रीष्टविरोधीहरूले कहिल्यै पनि कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि राज्यको सुसमाचार प्रचार गर्नको लागि कुनै वास्तविक काम गर्दैनन्। जब तिनीहरूले मूल्य चुकाउँछन्, त्यो बेला तिनीहरूले किन मूल्य चुकाएछन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै समस्याबारे आवेगसाथ बहस गर्छन्, तब तिनीहरूले किन यसबारे यसरी बहस गरिरहेका छन्, त्यो हेर्नू। जब तिनीहरूले कुनै व्यक्तिबारे छलफल गर्छन् वा उसलाई दोष दिन्छन्, तब तिनीहरूको अभिप्राय र उद्देश्य के हो, त्यो हेर्नू। अनि, जब तिनीहरू कुनै कुराको सन्दर्भमा व्याकुल हुन्छन् वा रिसाउँछन्, तब तिनीहरूले कस्तो स्वभाव प्रकट गर्दै छन्, त्यो हेर्नू। मानिसहरूले मान्छेको हृदयको भित्री भाग देख्‍न सक्दैनन्, तर परमेश्‍वरले देख्‍न सक्नुहुन्छ। जब परमेश्‍वरले मान्छेको हृदयको भित्री भाग हेर्नुहुन्छ, तब मानिसहरूले बोल्ने र गर्ने कुराको सार मापन गर्न उहाँ के प्रयोग गर्नुहुन्छ? यसलाई मापन गर्न उहाँ सत्यता प्रयोग गर्नुहुन्छ। मान्छेको नजरमा त आफ्नो प्रतिष्ठा र हैसियत रक्षा गर्नु उचित कुरा हो। तर त्यसोभए परमेश्‍वरको नजरमा किन यसलाई ख्रीष्टविरोधीहरूको प्रकटीकरण र अभिव्यक्ति, र ख्रीष्टविरोधीहरूको सारको रूपमा लिइन्छ? यो कुरा ख्रीष्टविरोधीहरूले गर्ने सबै कुराको प्रेरक शक्ति र उत्प्रेरणामा आधारित हुन्छ। परमेश्‍वरले तिनीहरूले गर्ने कामको प्रेरक शक्ति र उत्प्रेरणालाई सूक्ष्म जाँच गर्नुहुन्छ, र अन्त्यमा, तिनीहरूले गर्ने सबै कुरा कर्तव्य निर्वाह गर्ने, सत्यता अभ्यास गर्ने र परमेश्‍वरमा समर्पित हुने कामको लागि नभई आफ्नै प्रतिष्ठा र हैसियतको लागि हुन्छ भनेर निर्धारित गर्नुहुन्छ।

ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियत पछ्याउँछन्, त्यसकारण तिनीहरू अवश्य नै आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्‍न बोल्ने र काम गर्ने गर्छन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतलाई अरू सबै कुराभन्दा माथि राख्छन्। यदि तिनीहरूको वरपर कुनै व्यक्तिमा राम्रो क्षमता छ र उसले सत्यता खोजी गर्छ, र त्यो व्यक्तिले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ केही प्रतिष्ठा प्राप्त गर्छ र ऊ समूह अगुवा चुनिन्छ, र त्यो व्यक्तिलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले साँच्‍चै नै आदर र अनुमोदन गर्छन् भने, ख्रीष्टविरोधीहरू कस्तो प्रतिक्रिया दिन्छन्? अवश्य नै, तिनीहरू यसप्रति खुशी हुनेछैनन्, र तिनीहरूमा डाहा पैदा हुनेछ। यदि ख्रीष्टविरोधीहरूमा डाहा हुन्छ भने, मलाई भन त, के तिनीहरू राम्रोसित व्यवहार गर्न सक्छन्? के तिनीहरूले यसबारे केही गर्नुपर्दैन र? (पर्छ।) तिनीहरूले साँच्‍चै नै त्यो व्यक्तिलाई डाहा गर्छन् भने के गर्नेछन्? तिनीहरूले अवश्य नै मनमा यस्तो हिसाबकिताब गर्नेछन्: “यो व्यक्तिको क्षमता निकै राम्रो छ, उसमा यो पेसाबारे केही न केही बुझाइ छ, र ऊ मभन्दा दह्रिलो छ। यो कुराले परमेश्‍वरको घरको काममा फाइदा गर्ला, तर मेरो लागि गर्दैन! के उसले मेरो पद लिनेछैन र? यदि उसले एकदिन साँच्‍चै नै मलाई प्रतिस्थापन गर्‍यो भने, के त्यो समस्या हुँदैन र? मैले अगाडि नै केही गर्नुपर्छ। यदि एकदिन ऊ आफ्नै खुट्टामा उभिन सक्यो भने, उसलाई सम्हाल्न मलाई त्यति सजिलो हुनेछैन। मैले पहिले नै प्रहार गर्नु राम्रो हुन्छ। यदि मैले ढिलाइ गरेर उसलाई मेरो खुलासा गर्न दिएँ भने, परिणामहरू के हुनेछ कसलाई के थाहा। अनि, मैले कसरी प्रहार गर्न सक्छु र? मैले कुनै न कुनै बहाना बनाउनुपर्छ, कुनै न कुनै मौका खोज्नुपर्छ।” मलाई भन त, यदि मानिसहरू यसरी कसैलाई दण्ड दिन चाहन्छन् भने, के तिनीहरूले सजिलै त्यस्तो गर्ने बहाना बनाउने र मौका खोज्‍ने गर्दैनन् र? दियाबलसको एउटा युक्ति के हो? (“कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ।”) ठीक भन्यौ, “कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ।” शैतानको संसारमा, यस्तो तर्क हुन्छ, र यस्ता कुराहरू हुन्छन्। परमेश्‍वरको सन्दर्भमा यस्तो कदापि हुँदैन। ख्रीष्टविरोधीहरू शैतानका हुन् र तिनीहरू यी कुराहरू गर्न अत्यन्तै सिपालु हुन्छन्। तिनीहरू यसरी मनन गर्छन्: “कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ। म तँलाई दोष दिनेछु, तँलाई दण्ड दिने मौका खोज्नेछु, तेरो अहङ्कार र अभिमान दमन गर्नेछु, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई अर्कोपटक तँलाई आदर गर्न र टोली अगुवाको रूपमा छनौट गर्नबाट रोक्नेछु। त्यसपछि, तँ मेरो लागि खतरा बन्‍नेछैनस्, होइन र? यदि मैले यो आउनेवाला समस्या र यो प्रतिद्वन्द्वीलाई हटाएँ भने, के मलाई सहज हुनेछैन र?” यदि तिनीहरूको मनले यस्तो कसरत गर्दै छ भने, के तिनीहरूले बाहिरी रूपमा यस्तो काम गर्नबाट आफूलाई रोक्न सक्छन् र? ख्रीष्टविरोधीहरूको प्रकृतिलाई ध्यानमा राख्दा, के तिनीहरूले यो विचारलाई आफ्नो हृदयमै थुनेर केही नगरी बस्न सक्छन् र? अवश्य नै सक्दैनन्। तिनीहरूले अवश्‍यै यस्तो गर्ने उपाय भेट्टाउनेछन्। ख्रीष्टविरोधीहरूको क्रूरता नै यही हो। तिनीहरूले यस्तो सोच्ने मात्र होइन, यही उद्देश्य हासिल गर्नसमेत चाहन्छन्। त्यसकारण, तिनीहरूले यो मामलामा उत्कट रूपमा मनन गर्दै दिमाग खियाउँछन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त मण्डलीको कामबारे नै विचार गर्छन्। तिनीहरूले आफ्नो व्यवहार परमेश्‍वरको अभिप्रायअनुरूप छ छैन भनेर त झनै वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत कसरी कायम राख्‍ने, आफ्नो शक्ति कसरी रक्षा गर्ने भन्‍नेबारे मात्रै विचार गर्छन्। तिनीहरूलाई प्रतिद्वन्द्वीले आफ्नो हैसियत खतरामा पारिसकेको छ भन्‍ने लाग्छ, त्यसैले तिनीहरू उनीहरूलाई बरबाद गर्ने मौका खोज्ने प्रयास गर्छन्। जब तिनीहरूले त्यो प्रतिद्वन्द्वीले तिनीहरूसँग सल्लाह नै नगरी, निरन्तर आफ्नो कर्तव्य झारा टार्दै निर्वाह गर्ने कुनै व्यक्तिलाई प्रतिस्थापन गरेको थाहा पाउँछन्, तब यसलाई त्यो प्रतिद्वन्द्वीलाई दोष लाउने सही मौकाको रूपमा हेर्छन्। अनि, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसामु, तिनीहरूले यसो भन्छन्, “आज सबैजना यहाँ भएको हुनाले, यो मामलालाई चिरफारको लागि अघि सारौँ। के सहकर्मी वा साझेदारहरूसँग छलफल नगरी बिनाअनुमति कसैलाई प्रतिस्थापन गर्नु तानाशाही कार्य होइन र? किन कसैले यस्तो गल्ती गर्छ? के तिनीहरूको स्वभावमा समस्या हुँदैन र? के तिनीहरूलाई काटछाँट गरिनुपर्दैन र? के विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई त्याग्‍नुपर्दैन र?” तिनीहरूले यो समस्या टिप्छन् र आफ्नो प्रतिद्वन्द्वीलाई बदनाम गर्न र आफूलाई उचाल्न तिललाई पहाड बनाउँछन्। वास्तवमा, परिस्थिति त्यति गम्भीर हुँदैन। कुनै टोली सदस्यको कर्तव्यमा हेरफेर वा प्रतिस्थापन गरिएपछि त्यसबारे रिपोर्ट गर्नु पूर्ण रूपमा स्वीकार्य हुन्छ, तर त्यो हेरफेर वा प्रतिस्थापन सिद्धान्तहरूअनुरूप हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले यो समस्यालाई ठूलो बनाउँछन्। तिनीहरूले जानीजानी आफ्नो प्रतिद्वन्द्वीलाई आक्रमण गर्ने र आफूलाई उचाल्ने गर्छन्। के यो अरूलाई दण्ड दिने प्रवृत्तिको प्रकटीकरण होइन र? तिनीहरूले क्रूर रूपमा प्रतिद्वन्द्वीको काटछाँट गर्छन्, र उनीहरूमाथि अतिञ्‍जित आरोप लाउँछन्। यसबारेमा सुनेपछि, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सोच्छन्, “के भइरहेको हो? केही त गडबडी छ जस्तो छ। तिनीहरूले भनेको कुरा वास्तविकतासँग मिल्दैन! कर्तव्य हेरफेर गरिएको व्यक्तिले यो काम जिम्मेवारीसाथ गरिरहेको थिएन—यो पहिचान भइसकेको तथ्य हो। मण्डलीको काम परिपालन गर्न-गराउन उसलाई प्रतिस्थापन गरिएको हो। यसरी कर्तव्य निर्भाह गर्नु त गम्भीर र जिम्मेवार शैली हो, र यो बफादारीको प्रकटीकरण हो। त्यसकारण किन यसलाई तानाशाही शासनको कामको रूपमा वर्गीकरण गर्ने? यो त स्पष्ट रूपमै ‘कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ’ भन्‍ने भनाइजस्तो कुरा हो।” केही मात्रामा सत्यता बुझेको र अलिअलि समझशक्ति भएको जोकोही व्यक्तिले यी ख्रीष्टविरोधीहरूले आफ्नो अख्तियार दुरुपयोग गरिरहेका छन् र आफ्नो प्रतिद्वन्द्वीमाथि रिस पोखिरहेका छन् भन्‍ने कुरा झलक्‍क हेर्दा मात्रै पनि पहिचान गर्न सक्छ। यो कसरी कामको जिम्मेवारी लिएको भयो र? यो कसरी व्यक्तिलाई काटछाँट गरेको भयो र? यी ख्रीष्टविरोधीहरूले सानो कुरालाई ठूलो बनाइरहेका हुन्छन्: यो त स्पष्ट रूपमै रिसिबी र व्यक्तिगत बदला मात्रै हो। यो मानव इच्छा र शैतानबाट आएको हो, परमेश्‍वरबाट आएको होइन। यो काम र कर्तव्यप्रति जिम्मेवारी लिने मनोवृत्तिबाट आएको होइन—तिनीहरूको अभिप्राय त्यस्तो हुँदैन। ख्रीष्टविरोधीहरूले आफ्ना अभिप्रायहरू अत्यन्तै स्पष्ट रूपमा खुलासा गर्छन्, र कतिपय मानिसहरूले यो कुरा देख्‍न सक्छन्। के ख्रीष्टविरोधीहरूले त्यो कुरा महसुस गर्न सक्छन् त? (सक्छन्।) ख्रीष्टविरोधीहरूको चलाकी नै त्यही हो। तिनीहरू आफ्नो हैसियत रक्षा गर्ने, मानिसहरूलाई तर्कजालमा फसाउने, मानिसहरूको मन जित्ने, र विशेष गरी मानिसहरूको हृदय “बुझ्ने” कार्यमा सबैभन्दा सिपालु हुन्छन्। तिनीहरूले मनमनै यस्तो सोच्छन्, “तिमीहरूको हृदयमा भएको हरेक विचार म देख्‍न सक्छु। तिमीहरूले सत्यता बुझ्न सक्छौ होला, तर मेरो भित्री वास्तविकता देख्‍न सक्दैनौ। म तिमीहरूको भित्री वास्तविकता देख्‍न सक्छु। मैले भनेको कुरामा को विश्‍वस्त छैन भन्‍ने मलाई थाहा हुन्छ।” तर के तिनीहरूले यस्तो कुनै कुरा बोल्छन् त? अहँ, बोल्दैनन्। तिनीहरूले सबैलाई विश्‍वस्त पार्न, सबैलाई त्यस व्यक्तिको काटछाँट गरेर तिनीहरूले ठीकै गरे भनेर सोच्‍ने तुल्याउन केही मनमोहक शब्द र अभिव्यक्तिहरू प्रयोग गर्छन्। अनि, तिनीहरूले के-कस्ता शब्दहरू प्रयोग गर्छन् त? तिनीहरूले यसो भन्छन्, “मैले तिमीलाई स्वार्थी र व्यक्तिगत मनसायको कारण काटछाँट गरिनँ। वास्तवमा, हामीबीच कुनै व्यक्तिगत ईख छैन। यति मात्र हो कि जब तिमीले स्वेच्छाचारी ढङ्गले त्यो व्यक्तिलाई आफ्नो कर्तव्यबाट हटायौ, तब यसले परमेश्‍वरको घरका हितहरूमा हानि गर्‍यो। के म त्यो कुराप्रति आँखा चिम्लन सक्छु र? यदि मैले तिमीलाई त्यसो गर्न दिएँ भने, मेरो पाटोमा त्यो गैरजिम्मेवारी हुनेथ्यो। मैले खास रूपमा तिमीलाई वा अरू कसैलाई निसाना बनाएर यसो गरेको होइनँ। यदि म गलत छु भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई आलोचना र हप्की मार्न सक्छन्। म अर्को चुनावमा उठ्नेछैनँ।” कतिपय मानिसहरूले यो सुन्दा, तिनीहरू सबै भ्रमित हुन्छन्। तिनीहरूले सोच्छन्, “मैले यिनलाई गलत बुझेको रहेछु। यिनले त चुनावमा नउठ्‍ने इच्छासमेत गर्छन्। यिनले हैसियतको लागि प्रतिस्पर्धा गर्न त्यो व्यक्तिलाई काटछाँट गरेका रहेनछन्, यिनको कार्य त मण्डलीको कामप्रति जिम्मेवारी लिने मनोवृत्तिमा आधारित रहेछ। यसमा गलत कार्य केही छैन।” यी ख्रीष्टविरोधीहरूले यसरी फेरि पनि कतिपय मानिसहरूलाई बहकाउन सक्छन्। के ख्रीष्टविरोधीहरू धूर्त हुँदैनन् र? (हजुर, हुन्छन्।) तिनीहरू अत्यन्तै धूर्त हुन्छन्! यो भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खातिर दिमाग खियाउँछन्, मनको गहिराइ खोतल्छन्, र हरकुनै माध्यम प्रयोग गर्छन्। एउटा भनाइ छ: “पहिले थप्पड हान्‍नू, अनि मिठो भेटको प्रस्ताव गर्नू।” के ख्रीष्टविरोधीहरूले यही युक्ति प्रयोग गर्दैनन् र? तिनीहरूले तँलाई प्रहार गर्छन्, र त्यसपछि तँलाई फुस्लाउन, विश्‍वस्त तुल्याउन, र तिनीहरू अत्यन्तै सहनशील, धैर्य, र प्रेमपूर्ण छन् भन्‍ने अनुभूति दिलाउन केही मनमोहक शब्दहरू बोल्न सक्छन्। अन्ततः, तैँले तिनीहरूलाई अनुमोदन गरेर यसो भन्‍नुपर्ने हुन्छ, “हेर, यी व्यक्तिले आफ्नो काममा स्पष्ट उद्देश्यहरू राख्छन्, र यिनी यसमा सिपालु छन्—कस्तो राम्रो सीप! यिनमा अगुवाका गुणहरू छन्, र यिनको तुलनामा हामी सबै अपर्याप्त रहेको महसुस हुन्छ।” के त्यो बेला यी ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुँदैनन् र? ख्रीष्टविरोधीहरूका चलाकीहरू यिनै हुन्।

ख्रीष्टविरोधीहरू विशेष धोकेबाज र छली हुन्छन्। तिनीहरूले भन्‍ने सबै कुरा राम्ररी सोचविचार गरेर भनिएको हुन्छ; बहाना गर्न अरू कोही पनि यति सिपालु हुँदैन। तर खास कुरा पत्ता लागेपछि, मानिसहरूले तिनीहरूको वास्तविकतालाई देखेपछि, तिनीहरूले आफ्नै पक्षमा तर्क गर्न सक्दो प्रयास गर्छन्, र आफ्‍नो इज्जत र प्रतिष्ठा जोगाउने माध्यमको रूपमा परिस्थिति सुधार्ने र आफूलाई मुक्त गर्ने उपायहरू लगाउँछन्। ख्रीष्टविरोधीहरू हरेक दिन ख्याति र हैसियतको लागि मात्रै जिउँछन्, तिनीहरू हैसियतका फाइदाहरूमा मोज गर्नको लागि मात्रै जिउँछन्, तिनीहरू यसको बारेमा मात्रै सोच्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र ख्याति प्राप्त गर्नको लागि हो। हैसियत पछ्याउनु, शक्ति प्राप्त गर्नु, र सहज जीवन बिताउनु नै ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गरेपछि सधैँ योजना बनाउने प्रमुख कुरा हुन्, र तिनीहरू आफ्ना लक्ष्य प्राप्त नहुन्जेल हार मान्दैनन्। यदि तिनीहरूका दुष्ट कार्यहरू पर्दाफास भइहालेमा, तिनीहरू आफूमाथि आकास नै खसेझैँ गरी आत्तिन्छन्। तिनीहरू खान वा सुत्न सक्दैनन्, र बेहोसीको हालतमा भएजस्तो देखिन्छन्, मानौँ तिनीहरू डिप्रेसनका सिकार भएका छन्। मानिसहरूले के भयो भनी सोध्दा तिनीहरू कुरा लुकाउँछन् र यसो भन्छन्, “म हिजो अति व्यस्त भएर रातभरि सुत्दै सुतिनँ, त्यसैले म साह्रै थकित छु।” तर वास्तवमा, यो कुनै साँचो होइन, त्यो सबै छल हो। तिनीहरूलाई यस्तो अनुभूति हुन्छ किनभने तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, “मैले गरेका खराब कुराहरू पर्दाफास भएका छन्, त्यसैले म कसरी आफ्नो ख्याति र हैसियत फिर्ता ल्याउन सक्छु त? म आफूलाई छुटकारा दिलाउन कुन माध्यम प्रयोग गर्न सक्छु? यसको स्पष्टीकरण दिन मैले सबैसँग कस्तो लबज प्रयोग गर्न सक्छु? मानिसलाई मेरो बारेमा छर्लङ्ग बुझ्न नदिन के भन्दा हुन्छ?” लामो समयसम्म तिनीहरू के गर्ने भनी भेउ पाउन सक्दैनन्, त्यसैले तिनीहरूलाई निराश हुन्छन्। कहिलेकाहीँ तिनीहरूका एउटै ठाउँमा एक टकले हेरिरहन्छन्, र तिनीहरूले के हेरिरहेका छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यो समस्याले तिनीहरूको दिमाग खियाउँछ, एकपछि अर्को सोचाइ थुपारिदिन्छ, अनि खान वा पिउन मन नलाग्ने बनाउँछ। यसको बाबजुद, तिनीहरू अझै पनि मण्डलीको कामलाई वास्ता गरेको खोल ओड्छन्, र मानिसहरूलाई सोध्छन्, “सुसमाचार काम कस्तो भइरहेको छ? कति प्रभावकारी रूपमा त्यसको प्रचार भइरहेको छ? के हालै दाजुभाइ-दिदीबहिनीहरूले कुनै जीवन प्रवेश पाएका छन्? के कसैले कुनै अवरोध वा बाधा पुऱ्याइरहेको छ?” तिनीहरूले मण्डलीको कामबारे यसरी सोधपुछ गर्नुको उद्देश्य अरूलाई देखाउनका लागि हो। तिनीहरूले समस्याहरू थाहा पाएका भए, तिनीहरूसित ती समाधान गर्ने कुनै उपाय हुनेथिएनन, त्यसैले तिनीहरूका प्रश्न औपचारिकता मात्र हुन् ताकि अरूलाई तिनीहरूले मण्डलीको कामको वास्ता गरिरहेका छन् भन्ने देखाउन सकून्। यदि कसैले मण्डलीका समस्याहरूबारे रिपोर्ट गरेर तिनीहरूलाई ती समस्या समाधान गर्न लगाउने हो भने, तिनीहरूले आफ्नो मुन्टो मात्र हल्लाउनेथिए। तिनीहरूको योजना व्यर्थ व्यर्थ हुनेथ्यो, र तिनीहरूले आफ्नो भेष बदल्न चाहे पनि सक्दैनथे, र तिनीहरूको पर्दाफास र खुलासा हुने जोखिम हुनेथ्यो। ख्रीष्टविरोधीहरूले आफ्नो पूरै जीवनमा भोग्ने सबभन्दा ठूलो समस्या यही हो। त्यतिबेला, ख्रीष्टविरोधीहरू तातो थालमा राखिएका कमिलाजस्तै हुन्छन्, जसले “सधैँ यस्तो गरेर हुँदैन” भन्दै बेलाबेला टाउको हल्लाइरहेजस्तो देखिन्छ। त्यसपछि, तिनीहरूले हातले टाउकोमा प्याट्ट हान्छन्, मानौँ तिनीहरूले “म कसरी यति मूर्ख भएँ? मैले कसरी यस्तो मामिला सामना गर्न पुगेँ?” भनेर सोचिरहेका छन्। ख्रीष्टविरोधीहरूले यो तथ्य स्विकार्न सक्दैनन् र सुस्केरा हाल्न मात्रै सक्छन्। तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्रै परिश्रम गर्छन्, कष्ट भोग्छन्, र मूल्य चुकाउँछन्, अनि आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्न हरकिसिमका दुष्कर्म गर्छन्। यसको अपरिहार्य परिणाम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा पर्दाफास गरिनु हो। सत्यता नपछ्याएको कारण मानिसहरू ढिलोचाँडो पतन हुन्छन् नै। ख्रीष्टविरोधीहरूमा यो भनाइ पूर्ण रूपमा लागू हुन्छ। ख्रीष्टविरोधीहरू देखावटी रूप धरण गर्न, र विश्‍वस्त तुल्याउने गरी बोल्न र अरूलाई बहकाउन सक्षम भए पनि, यदि परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता बुझ्छन् र व्यक्तिको सार पत्ता लगाउन सक्छन् भने, ख्रीष्टविरोधीहरूले जति नै गहिरो गरी आफूलाई लुकाएर राखे पनि वा जति नै धेरै दुष्कर्म गरे पनि, तिनीहरूलाई परमेश्‍वरका चुनिएका जनले पूर्ण रूपमा पत्ता लगाउन सक्‍नेछन्। एकदुई वटा यस्ता भनाइहरू पनि छन्: “दुष्टतामा लागिरहँदा आफ्नै विनाश हुन्छ,” अनि “आगोसँग खेल्दा पोल्छ।” यी भनेका विभिन्‍न कुराहरूको विकासमा लागू हुने वस्तुपरक नियमहरू हुन्, जसलाई परमेश्‍वरले सबै थोक र सबै घटनाहरूको विकासको लागि स्थापित गर्नुभएको हो। यी नियमहरूबाट कोही पनि उम्कन सक्दैन। ख्रीष्टविरोधीहरूको शासनमा मण्डलीको काम जारी त रहन्छ, तर ठूलो मात्रामा यसको प्रभावकारिता घटेर जान्छ। कतिपय महत्त्वपूर्ण काम अझै पनि दुष्ट व्यक्तिहरूको नियन्त्रणमा रहन्छ, र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू लागू भएका हुँदैनन्। परमेश्‍वरका चुनिएका मानिसहरू हरेकले कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तर कुनै वास्तविक परिणाम प्राप्त हुँदैन, र विभिन्‍न कामहरू लामो समयदेखि ठप्प भएका हुन्छन्। यी समस्याहरूको जड के हो? ख्रीष्टविरोधीहरूले मण्डली नियन्त्रण गरेकोले यस्तो भएको हो। जहाँ ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ, तिनीहरूको प्रभावको दायरा जतिसुकै होस्, त्यो एउटा समूह मात्र भए पनि, तिनीहरूले परमेश्वरको घरको काम र परमेश्वरका चुनिएका मानिसहरूको एक भागलाई प्रभाव पार्नेछन्। यदि मण्डलीमा तिनीहरूको हातमा शक्ति छ भने, मण्डलीको काम र परमेश्वरको इच्छामा बाधा पुग्छ। किन निश्चित मण्डलीहरूमा परमेश्वरको घरको कार्य प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन? किनभने यी मण्डलीहरूमा ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ। ख्रीष्टविरोधी व्यक्ति परमेश्वरका लागि सच्चा रूपमा समर्पित हुँदैन, तिनीहरूको कर्तव्यपालन औपचारिकता र झारा टार्ने कुरा मात्र हुनेछ। तिनीहरू अगुवा वा सेवक भए पनि वास्तविक काम गर्नेछैनन्, र तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको निम्ति मात्र बोल्नेछन् र काम गर्नेछन्, मण्डलीको कामको रक्षा बिलकुलै गर्नेछैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरू दिनभर के गर्छन्? तिनीहरू नाटक र आफ्नो प्रदर्शन गर्नमै व्यस्त हुन्छन्। तिनीहरू आफ्नो ख्याति, प्राप्ति र हैसियत जोडिएका कामहरू मात्र गर्छन्। तिनीहरू अरूलाई छल गर्न र मानिसलाई तान्नमा व्यस्त हुन्छन्, र जब तिनीहरूले सामर्थ्य जुटाउँछन्, तब तिनीहरू अरू थप मण्डलीहरू नियन्त्रण गर्नतिर लाग्नेछन्। तिनीहरू राजा भएर शासन गर्न र मण्डलीलाई आफ्नो स्वतन्त्र राज्य बनाउन मात्र चाहन्छन्। तिनीहरू महान् अगुवा बन्न, पूर्ण र एकाधिकार राख्न, र थप मण्डलीहरू नियन्त्रण गर्न मात्र चाहन्छन्। तिनीहरू अरू कुनै कुराबारे अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे चासो राख्दैनन्, झन् परमेश्वरको इच्छा पालन भयो कि भएन भनेर वास्ता गर्नु त परै जाओस्। तिनीहरू आफूले कहिले एकाधिकार लिन, परमेश्वरका चुनिएका मानिसहरूलाई पकडमा राख्न, र परमेश्वर बराबार हुन सकिएला भन्नेमा मात्र चासो राख्छन्। ख्रीष्टविरोधीहरूका चाहना र महत्त्वाकाङ्क्षा वास्तवमा अपार छन्! ख्रीष्टविरोधीहरू जति नै मेहनती देखिए पनि, आफ्ना प्रयासहरूमा मात्र व्यस्त रहन्छन्, जे गर्न मन लाग्छ त्यही गर्छन्, अनि आफ्नै ख्याति, प्राप्ति र हैसियतसँग सम्बन्धित कुराहरूमा मात्र व्यस्त हुन्छन्। तिनीहरू आफ्ना जिम्मेवारी वा आफूले निर्वाह गर्नुपर्ने कर्तव्यबारे समेत सोच्दैनन्, र तिनीहरू कुनै उचित कुरा गर्दै गर्दैनन्। ख्रीष्टविरोधीहरू भनेका यस्ता हुन्छन्—तिनीहरू दियाबलस र शैतानहरू हुन्, जसले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछन्।

विगतमा, मैले एउटा अगुवालाई उसको कार्यकालमा पाँच वटा काम सुम्पेँ। तर दुई महिनापछि पनि यीमध्ये कुनै पनि कुरा लागू भएन। झट्ट हेर्दा, त्यो अगुवा त्यतिकै बसिरहेको छैनजस्तो र ऊ निकै व्यस्त र थकित भएजस्तो देखिन्थ्यो, र उसलाई तैँले बिरलै मात्र देख्‍न सक्थिस्। त्यसोभए, ऊ के कुरामा व्यस्त थियो, र मैले सुम्पेका कामहरू उसले किन पूरा गर्न सकेन त? यसमा एउटा समस्या थियो। त्यो अगुवाले कतिपय कामहरू आफ्नो कर्तव्यभन्दा बाहिर पर्छन् भन्‍ने सोच्यो, र उसलाई ती काम गर्न मन नपरेकोले उसले ती काम गरेन। यो एउटा समस्या थियो। यसअलावा, उसले कतिपय कामहरूबारे फरक विचार राख्थ्यो, र जानीजानी ती कामहरू पन्छाउँथ्यो। अनि, कतिपय कामहरूमा चुनौतीहरू आइपर्थे, र ती फत्ते गर्न अरूको सहयोग चाहिन्थ्यो र ती काम अलिक समस्याजनक पनि हुन्थे, त्यसैले त्यो अगुवाले ती काम सम्हाल्न चाहँदैनथ्यो। यसमा देखिएका परिदृश्यहरू यिनै थिए। त्यसकारण, दुई महिना बित्यो र पनि एउटै काम पूरा भएन। कतिपय मानिसहरूले भने, “के यी सबै काम दुई महिनाभित्र पूरा गर्नु सम्भव छ र?” सम्भव छ, यी सबै काम दुई महिनामा पूरा गर्न सकिन्थ्यो, र यीमध्ये धेरैजसो काम त एक-दुई दिनभित्रै पूरा गर्न सकिन्थ्यो, तर त्यो अगुवाले ती कुरा लागू गर्नै सकेन। जब अर्को कुनै व्यक्तिले यो कामको जिम्मा लियो र ती काम पूरा गर्‍यो, तब ती पाँच काम एक हप्ताभित्रै लागू भए। तिमीहरूलाई के लाग्छ, के त्यस्तो अगुवालाई प्रतिस्थापन गरिनुपर्छ? (पर्छ।) यदि तिमीहरूले माथिबाट दिइएका कुनै पनि काम पूरा नगर्ने, तर झट्ट हेर्दा निकै व्यस्त देखिने यस्ता व्यक्तिहरू भेट्यौ भने, तिनीहरू झूटा अगुवा हुन्। त्यस्ता व्यक्तिहरूलाई तुरुन्तै प्रतिस्थापन गरिनु वा हटाइनुपर्छ। तिमीहरूलाई यो सिद्धान्त कस्तो लाग्यो? (राम्रो लाग्यो।) तिनीहरूको बाहिरी जोस नहेर, तिनीहरू दिनभर निकै व्यस्त देखिएको तथ्य नहेर। वास्तवमा, तिनीहरूले कुनै वास्तविक काम गर्ने गर्दैनन्; तिनीहरूले आफूलाई सानातिना कुराहरूमा व्यस्त राख्‍ने मात्र गर्छन्। तिनीहरूले के गर्ने गर्छन् त? तिनीहरूका कार्यहरू फरकफरक वर्गमा पर्छन्। पहिलो, तिनीहरूले आफूले सम्हाल्न सक्छु जस्तो ठानेका, अनि सुरक्षित र त्यति धेरै जोखिम नरहेका कामहरू लिन्छन्। यहाँ, मैले “त्यति धेरै जोखिम नरहेका” भनेर के भन्‍न खोजेको हुँ? मेरो तात्पर्य के हो भने, यी कामहरू गर्दा, गल्तीहरू गर्नबाट सहजै जोगिन सकिन्छ, र यसरी तिनीहरूले माथिसँग अन्तरक्रिया पनि गर्नुपर्दैन, र तिनीहरू गलत काम गर्न र काटछाँट हुनबाट जोगिन सक्छन्। अझ भन्‍ने हो भने, तिनीहरूले आफूले सीप प्राप्त गरेका कामहरू सम्हाल्छन्, जहाँ तिनीहरूले गल्ती गर्ने सम्भावना निकै कम हुन्छ। यस तरिकाले, तिनीहरू जिम्मेवारी वहन गर्नुपर्ने अवस्थाबाट बच्छन् र धेरै हदसम्म काटछाँट गरिने, हटाइने, वा निष्कासन गरिने अवस्थाबाट आफूलाई रक्षा गर्छन्। यी कामहरू जोखिममुक्त हुन्छन् र यिनमा जिम्मेवारी वहन गर्नुपर्ने अवस्था समावेश हुँदैन, त्यसकारण तिनीहरूले यीबारे प्रतिक्रिया जनाउन र यिनलाई सम्हाल्न सक्छन्। वास्तवमा, यसमा एउटा तत्व पनि लुकेको हुन्छ। के तिनीहरूले यी काम गर्न सक्‍ने हुँदा, कसैले नदेख्‍ने अवस्थामा पनि यी काम गर्छन् त? यदि तिनीहरूको लागि कुनै व्यक्तिगत फाइदा छैन भने, के तिनीहरूले यी काम गर्छन् त? तिनीहरूले निश्‍चय नै गर्दैनन्। अनि, तिनीहरूले कस्तो काम मन पराउँछन्? तिनीहरूले तुलनात्मक रूपमा सजिला, सरल, र धेरै कष्ट नलिई पूरा गर्न सकिने कामहरूलाई प्राथमिकता दिन्छन्। यसको साथै, तिनीहरू आफूलाई चासो लागेका र तिनीहरूका धारणाहरूअनुरूप रहेका अझै धेरै प्रवचनहरू सुन्न र कण्ठ गर्न इच्छुक हुन्छन्। तिनीहरूले यी प्रवचनहरू बुझेपछि, अरूसँग यी प्रवचनहरूबारे छलफल गर्न सक्छन्, र यसरी तिनीहरूले आफ्‍नो प्रदर्शन गर्न र अरूबाट आदर पाउन सक्छन्। अझ भन्‍ने हो भने, यदि यी कामहरू पूरा गर्दा तिनीहरूले अझै धेरै मानिसहरूसँग अन्तरक्रिया गर्न पाउँछन् भने, र तिनीहरू काममा व्यस्त रहेको र तिनीहरू नेतृत्वको पदमा रहेको कुरा अरूले थाहा पाउँछन् भने, र तिनीहरूमा यस्तो हैसियत र पहिचान हुन्छ भने, तिनीहरूले यी काम गर्छन्। तिनीहरूले यस्तै प्रकृतिका कामहरू छनौट गर्छन्। तर यदि तिनीहरूले गर्नुपर्ने काम जटिल र तिनीहरूको क्षमताभन्दा बाहिर छ भने, र यदि तिनीहरूभन्दा अरू कोही सिपालु छ, र तिनीहरू असफल हुँदा इज्जत गुम्‍ने र अरूको हेयदृष्टिमा पर्ने खतरा छ भने, तिनीहरू यी काम गर्न अनिच्छुक बन्छन्। तिनीहरूलाई कठिन परिश्रम र थकानको, अनि राम्रो काम गर्न नसक्दा लज्‍जित हुनुपर्ने अवस्थाको डर हुन्छ। यसको साथै, तिनीहरू निकै अल्छी हुन्छन् र कठिन र श्रमजीवी कामहरूबाट टाढा बस्‍ने, र यी कामबाट लुक्‍ने प्रवृत्ति हुन्छ। बरु यसको साटो, तिनीहरू आफ्नो छवि सुधार्ने, हल्काफुल्का रूपमा लिन सकिने, र माथिको नजरमा नपरी झारा टार्दै मानिसहरूलाई आफ्नो पक्षमा पार्ने काम गर्न रुचाउँछन्। यी सबै ख्रीष्टविरोधीका अन्तर्निहित गुणहरू हुन्। कर्तव्य निर्वाह गर्ने कुरा आउँदा, तिनीहरूले रोज्‍ने र छान्‍ने काम गर्छन्। तिनीहरूसित व्यक्तिगत छनौट, योजना, र युक्तिहरूसमेत हुन्छन्। तिनीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना नगर्ने मात्र नभई, आफ्नै छनौटहरूसमेत गर्ने गर्छन्। माथिका निश्‍चित बन्दोबस्तहरूको हकमा, यदि तिनीहरू तीप्रति सहमत छैनन् भने, तिनीहरूले तिनलाई किमार्थ लागू गर्नेछैनन्। तिनीहरूले ती बन्दोबस्तहरूलाई पूरै लुकाउँछन्, र मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू तीबारे अनभिज्ञ नै रहन्छन्। यदि माथिबाट गरिएका यी बन्दोबस्तहरू लागू गर्दा केही निश्‍चित व्यक्तिहरूसँग बाझिन्छ वा यसले मानिसहरूलाई चिढ्याउँछ भने, के तिनीहरूले ती लागू गर्छन् त? गर्दैनन्। तिनीहरूले हृदयमा सोच्छन्, “यदि माथिबाट यो काम गर्ने आदेश आयो भने, म गर्दिनँ। मैले त्यसो गरेँ नै भने पनि, मैले यो काम माथिबाट आदेश गरिएको भनेर माथिको नाउँमै गर्नुपर्छ। मैले ती मानिसहरूलाई चिढ्याउनु हुँदैन।” ख्रीष्टविरोधीहरू चतुर हुन्छन्, होइन र? तिनीहरूले गर्ने हरेक कुरामा, आठ-दशपटक वा त्योभन्दा बढी युक्ति रच्छन् र हिसाबकिताब गर्छन्। भीडमाझ कसरी स्थिर पद पाउने, राम्रो प्रतिष्ठा र उच्च इज्‍जत कसरी पाउने, माथिको चापलुसी कसरी गर्ने, ब्रदर-सिस्टरहरूबाट कसरी साथ, प्रेम र सम्‍मान पाउनेजस्ता सोचहरूले तिनीहरूको मष्तिष्क भरिएको हुन्छ, र तिनीहरूले यी परिणामहरू प्राप्त गर्न सक्दो गर्छन्। तिनीहरू कुन मार्गमा हिँडिरहेका हुन्छन्? तिनीहरूका लागि, परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र परमेश्‍वरको घरको काम तिनीहरूको मुख्य ध्यान जानुपर्ने कुरा होइनन्, न त तिनीहरूलाई यी कुराको कुनै चिन्ता नै हुन्छ। तिनीहरूले के सोच्छन्? “यी कुराहरूसँग मेरो कुनै सम्‍बन्ध छैन। अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ; मान्छेले आफ्‍नै लागि र आफ्‍नै प्रतिष्ठा र हैसियतको लागि जिउनुपर्छ। सबैभन्दा ठूलो उद्देश्य त्यही हो। यदि कसैलाई ऊ आफ्‍नै लागि जिउनुपर्छ र उसले आफ्‍नै रक्षा गर्नुपर्छ भन्‍ने थाहा छैन भने, त्यो व्यक्ति मूर्ख हो। यदि मलाई सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन र उहाँको घरका बन्दोबस्तहरू मान्‍न लगाइयो भने, त्यो मैले यसमा कुनै फाइदा पाउँछु कि पाउँदिन, र त्यसो गर्दा कुनै लाभ मिल्छ कि मिल्दैन भन्‍नेमा निर्भर हुनेछ। यदि परमेश्‍वरको घरका बन्दोबस्तहरूमा समर्पित नहुँदा मलाई निकालिने सम्‍भावना हुन्छ र मैले आशिष्‌हरू पाउने असर गुमाउँछु भने, म समर्पित हुनेछु।” तसर्थ, आफ्‍नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि ख्रीष्टविरोधीहरूले प्रायजसो कुनै न कुनै सम्झौता गरिरहेका हुन्छन्। के भन्‍न सकिन्छ भने हैसियतका खातिर, ख्रीष्टविरोधीहरूले कुनै पनि प्रकारको कठिनाइ भोग्‍न सक्छन्, र राम्रो प्रतिष्ठा पाउनका लागि, तिनीहरूले कुनै पनि मूल्य चुकाउन सक्छन्। “कहिले झुक्‍ने र कहिले नझुक्‍ने, त्यो महान् व्यक्तिलाई थाहा हुन्छ” भन्‍ने भनाइ तिनीहरूलाई साँचो लाग्छ। यो शैतानको तर्क हो, होइन र? यो दुनियाँसित व्यवहार गर्ने सांसारिक व्यवहारसम्‍बन्धी शैतानको दर्शन हो, र यो अस्तित्वमा रहिरहनेसम्‍बन्धी शैतानको सिद्धान्त पनि हो। यो अत्यन्तै घृणित छ!

ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू छली, कुटिल र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाए भने, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्‍च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा झाराटारुवा हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्‍च नठानेपछि, र तिनीहरूद्वारा कोही नबहकिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय नहुने मात्र होइन, रत्तीभर समर्पण पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्‍वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्‍भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्‍वरको डर मान्‍ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा बफादार हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र? यिनीहरू स्पष्टतः दुष्ट मानिसहरू हुन्; ख्रीष्टविरोधीहरू सारमा दुष्ट मानिसहरू हुन्। भेलाहरू अनलाइन नै आयोजना गरिए पनि, तिनीहरूले इन्टरनेटको सिग्‍नल राम्रो देखे भने, मनमनै सराप्दै भन्छन्: “यो सिग्‍नल घटे हुन्थ्यो! यो सिग्‍नल घटे हुन्थ्यो! कसैले प्रवचनहरू सुन्‍न नसके राम्रो हुन्थ्यो!” यी मानिसहरू को हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्! तिनीहरू अवश्य नै परमेश्‍वरको घरका मानिसहरू होइनन्। यस्ता दियाबलस र दुष्ट मानिसहरू जुनसुकै मण्डलीमा भए पनि तिनीहरूले यसरी नै समस्या पैदा गर्छन्। समझशक्ति भएका मानिसहरूले तिनीहरूलाई पर्दाफास गरी प्रतिबन्धित गरे पनि, तिनीहरूले आफ्नो बारेमा मनन गर्ने वा आफ्ना गल्तीहरू स्विकार्ने गर्दैनन्। तिनीहरूले यो तिनीहरूको क्षणिक त्रुटि मात्रै हो र यसबाट तिनीहरूले पाठ सिक्‍नुपर्छ भन्‍ने सोच्छन्। पश्‍चात्ताप गर्न पूर्ण इन्कार गर्ने यस्ता व्यक्तिहरूलाई, जोसुकैले चिनेर खुलासा गरे पनि, तिनीहरू समर्पित हुँदैनन्। तिनीहरूले त्यो व्यक्तिविरुद्ध बदला लिने प्रयास गर्नेछन्। तिनीहरू आफूलाई सहज नलाग्दा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई पनि सहज होस् भन्‍ने चाहँदैनन्। तिनीहरूले हृदयमा गुप्त रूपले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई समेत श्राप दिन्छन्, तिनीहरूको जीवनमा नराम्रो घटना घटोस् भनेर कामना गर्छन्, र तिनीहरूले परमेश्‍वरको घरको कामप्रति पनि श्राप दिन्छन् र त्यसमा समस्या आइपरोस् भन्‍ने कामना गर्छन्। जब परमेश्‍वरको घरमा कुनै समस्या हुन्छ, तब तिनीहरूले गुप्त रूपमा आनन्द र उत्सव मनाउँछन्, र सोच्छन्, “ठिक्क पर्‍यो! बल्ल, कुनै समस्या आयो। तैँले मलाई प्रतिस्थापन गरेकोले नै यो सब भइरहेको हो। सबै कुरा लथालिङ्ग भएर राम्रै भयो!” अरू कमजोर हुँदै गएको र नकारात्मक हुँदै गएको देख्दा तिनीहरू खुसी हुन्छन्, र मानिसहरूलाई हेला गर्न गिल्ला र निन्दाका शब्दहरू बोल्छन्, र यसो भन्दै नकारात्मकता र मृत्युका शब्दहरूसमेत फैलाउँछन्, “हामी विश्‍वासीहरूले आफ्नो कर्तव्य पूरा गर्न र कष्ट भोग्‍न आफ्नो परिवार र जागिर त्याग्छौं। के परमेश्‍वरको घरले साँच्‍चै नै हाम्रो भविष्यको जिम्मेवारी लिन सक्छ भन्‍ने तिमीलाई लाग्छ? के तिमीले यसबारे कहिल्यै विचार गरेको छौ? के यो हामीले चुकाइरहेको मूल्यको निम्ति सार्थक हुन्छ? अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छैन, र म थाकेर कमजोर भएँ भने, बुढेसकालमा मलाई कसले हेरचाह गर्नेछ?” सबैले नकारात्मक महसुस गरून् भनेर तिनीहरूले यस्ता कुराहरू बोल्छन्—त्यसपछि मात्रै तिनीहरूलाई खुशी लाग्छ। के तिनीहरू खराब चिताउनेहरू होइनन् र, के तिनीहरू अनिष्टकारी र दुराशयी स्वभावका हुँदैनन् र? के त्यस्ता मानिसहरूले दण्ड पाउनुपर्दैन र? (हो, पर्छ।) के तिमीहरूलाई त्यस्ता मानिसहरूको हृदयमा साँच्‍चै नै परमेश्‍वर हुनुहुन्छ जस्तो लाग्छ? तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासीहरूजस्ता देखिँदैनन्, र परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ जाँच्‍नुहुन्छ भन्‍ने कुरामा आधारभूत रूपमै तिनीहरूले विश्‍वास गर्दैनन्। के तिनीहरू गैरविश्‍वासीहरू होइनन् र? यदि तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्थे भने, तिनीहरूले कसरी यस्ता कुराहरू भन्‍न सक्थे र? कतिपयले तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय नभएकोले यस्तो भएको हो भनेर भन्‍न सक्छन्—के त्यो सही हो त? (अहँ, होइन।) किन यो सही होइन? (परमेश्‍वर तिनीहरूको हृदयमा हुँदै हुनुहुन्‍न; तिनीहरू परमेश्‍वरविरुद्ध छन्।) वास्तवमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने हुनाले यस्ता कुराहरू बोल्ने आँट गर्छन्। परमेश्‍वरले सबैलाई सूक्ष्म जाँच गरिरहनुभएको हुन्छ भन्‍ने कुरामा तिनीहरूले झनै विश्‍वास गर्दैनन्, र परमेश्‍वरले तिनीहरूका हरेक बोली र व्यवहार, हरेक सोच र विचार अवलोकन गरिरहनुभएको छ भन्‍ने कुरामा पनि तिनीहरूले विश्‍वास गर्दैनन्। तिनीहरूले यी कुराहरूमा विश्‍वास गर्दैनन्, त्यसकारण तिनीहरू डराउँदैनन् र स्वतन्त्र र बेइमान रूपले यस्ता दुष्ट शब्दहरू बोल्न सक्छन्। अविश्‍वासीहरूले समेत प्राय “स्वर्गको आँखा हुन्छ” र “जब मानिसले कुनै काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ” भनेर भन्‍ने गर्छन्। थोरै विश्‍वास भएको कसैले पनि लापरवाही रूपमा गैरविश्‍वासीहरूका यी दुष्ट शब्दहरू बोल्दैन। के यसरी सोच्‍ने र बोल्ने विश्‍वासीहरूको निम्ति गम्भीर परिणामहरू हुनेछैनन् र? के यसको प्रकृति गम्भीर छैन र? यो अत्यन्तै गम्भीर छ! तिनीहरूले यसरी परमेश्‍वरलाई इन्कार्न सक्छन् भने, यसको अर्थ तिनीहरू परमेश्‍वरको घरमा घुसपैठ भएका साँचो दियाबलस र दुष्ट मानिसहरू हुन् भन्‍ने हुन्छ। दियाबलस र ख्रीष्टविरोधीहरूले मात्रै परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला आवाज उठाउने दुस्‍साहस गर्छन्। परमेश्‍वरको घरका हितहरूले परमेश्‍वरका हितहरू प्रतिनिधित्व गर्छन्, र परमेश्‍वरको घरले गर्ने सबै कुरा परमेश्‍वरको नेतृत्व, उहाँको अनुमति, र उहाँको अगुवाइअन्तर्गत हुन्छ; यो परमेश्‍वरको व्यवस्थापन कार्यसँग नजिकबाट सम्बन्धित हुन्छ र यसलाई त्यसबाट अलग गर्न सकिँदैन। यसरी परमेश्‍वरको घरको कामलाई खुल्‍लमखुल्‍ला सराप्‍ने र हृदयदेखि निन्दा गर्ने, र परमेश्‍वरको घरको गिल्ला गर्न चाहने, अनि परमेश्‍वरका चुनिएका मानिसहरू सबै पक्राउ परेको, मण्डलीको काम पूर्ण रूपमा अवरुद्ध भएको, र विश्‍वासीहरू आफ्नो विश्‍वास छोडेर गएको हेर्न चाहने, र यस्तो घटना घट्दा खुशी हुने मानिसहरू—यी मानिसहरू कस्ता खालका मानिसहरू हुन्? (दियाबलसहरू।) तिनीहरू दियाबलसहरू हुन्, पुनर्जन्म लिएका दुष्ट पिशाचहरू हुन्! साधारण मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तिनीहरू कहिलेकहीँ विद्रोही हुन्छन्, र तिनीहरूलाई नकारात्मक र कमजोर महसुस हुँदा तिनीहरूले केही साना सोचहरू राख्छन्, तर बस त्यति नै हो, तिनीहरू त्यति खराब हुँदैनन् वा त्यस्ता दुष्ट र दुर्भावपूर्ण सोचहरू राख्‍दैनन्। यस्तो सार ख्रीष्टविरोधी र दियाबलसहरूमा मात्रै हुन्छ। जब ख्रीष्टविरोधीहरूमा यस्ता विचारहरू हुन्छन्, तब के तिनीहरू आफू गलत हुन सक्छु भन्‍ने शङ्का गर्छन्? (अहँ, गर्दैनन्।) किन गर्दैनन्? (किनभने तिनीहरू आफूले सोच्ने र बोल्ने कुरालाई नै सत्यता ठान्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, र तिनीहरूको प्रकृति भनेकै परमेश्‍वरको विरोध गर्नु हो।) वास्तवमै हो, तिनीहरूको प्रकृति नै त्यही हो। शैतानले कहिले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिएको छ र? यसले कहिले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गरेको छ र? कहिल्यै गरेको छैन, र कहिल्यै गर्ने पनि छैन। ख्रीष्टविरोधी र दियाबलसहरू उस्तै हुन्छन्; तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिँदैनन् वा उहाँ सत्यता हुनुहुन्छ भनी विश्‍वास गर्दैनन्। तिनीहरूले सबै थोक सृष्टि गर्ने र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। त्यसकारण तिनीहरूले जे भन्छन् त्यही नै सही हो भन्‍ने सोच्छन्। तिनीहरूले बिनाकुनै नैतिक लगाम यस तरिकाले विचार र व्यवहार गर्छन्; यो तिनीहरूको प्रकृति हो। भ्रष्ट मानिसहरूले त्यस्तो गर्दा, तिनीहरूलाई अन्तर्द्वन्द्व महसुस हुन्छ। तिनीहरूमा विवेक र मानव चेतना हुन्छ। तिनीहरूको विवेक, चेतना, र तिनीहरूले बुझेका सत्यताहरूले तिनीहरूमा आन्तरिक प्रभाव पार्छन्, र त्यसले द्वन्द्व पैदा गर्छ। त्यो द्वन्द्व पैदा भएपछि, सही र गलत, ठीक र बेठीक, र न्याय र दुष्टताबीच युद्ध हुन्छ, र एउटा परिणाम प्राप्त हुन्छ: सत्यता पछ्याउनेहरू परमेश्‍वरको पक्षमा उभिन्छन्, तर सत्यता नपछ्याउनेहरू शैतानका दुष्ट शक्तिहरूको पक्षमा उभिन्छन्। ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा शैतानको सहकार्यमा हुन्छ। तिनीहरूले नकारात्मकता प्रचार गर्छन्, अफवाह फैलाउँछन् र परमेश्‍वरको घरको गिल्ला गर्छन्। तिनीहरूले परमेश्‍वरको घरको कामलाई धिक्‍कार्छन् र निन्दा गर्छन् र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सराप्छन्। तिनीहरूले यो सब गरेपछि सहजतासमेत अनुभव गर्छन्, तर यस क्रममा तिनीहरूको विवेकमा कुनै ग्लानि हुँदैन, थोरै पनि पछुतो हुँदैन, र तिनीहरू आफ्नो कार्य पूर्ण रूपमा सही छ भन्‍ने विश्‍वास गर्छन्। यसले ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति पूर्ण खुलासा गर्छ, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूको कुरूप अनुहार खुलासा गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरू साँचो दियाबलस र शैतानहरू हुन् भनेर भन्‍नु अतिशयोक्ति होइन। ख्रीष्टविरोधीहरू जन्मँदै दियाबलस हुन्छन् र तिनीहरू परमेश्‍वरको मुक्ति पाउनेहरू अवश्यै होइनन्। तिनीहरू सामान्य भ्रष्ट मानवजातिको भाग अवश्यै होइनन्। ख्रीष्टविरोधीहरू पुनर्जन्म लिएका दियाबलसहरू हुन्, तिनीहरू दुष्ट पिशाचहरू हुन्। कुरो यही हो।

ख्रीष्टविरोधीहरूको प्राथमिक ध्यान प्रतिष्ठा र हैसियतमै हुन्छ। अनि जब प्रतिष्ठा र हैसियतको कुरा आउँछ, ख्रीष्टविरोधीहरूले गर्ने कार्यहरू के-के हुन्? तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत व्यवस्थापन गर्न नैतिकताको पर्बाह नगरी व्यवहार गर्छन्, दिमाग खियाउँछन्, सोच्नुपर्ने सबै कुरा सोच्छन्, र यसको लागि कुनै कसर बाँकी छोड्दैनन्। यी दुई कुरा तिनीहरूको जीवन र सबै थोक हुन्। यी दुई कुरा प्राप्त गर्नु नै सबै कुरा प्राप्त गर्नु हो भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूको संसारमा, हैसियत, प्रतिष्ठा, र तिनीहरूका आफ्नै हितहरू मात्रै हुन्छन्; तिनीहरूलाई अरू केही कुराको कुनै महत्त्व हुँदैन। त्यसकारण, के ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूसँग सत्यता, मानवता, न्याय, वा सकारात्मक कुराहरूबारे सङ्गति गर्नुको कुनै फाइदा छ त? (कुनै फाइदा छैन।) ठीक भन्यौ, त्यसो गर्नुको कुनै फाइदा छैन। यो त वेश्यालाई इज्जतदार परिवारको महिला बन्‍ने भनेर बताउने, वा उसलाई चरित्रवान् श्रीमती र आमा बन्‍न सिकाउने प्रयास गर्नुजस्तै हो; उसले यो कुरा सुन्‍नै चाहँदिन, उसलाई यो मन पर्दैन, बरु घिनलाग्दो लाग्छ। उसलाई यो कति घिनलाग्दो लाग्छ? उसले हृदयमा तँलाई हप्काउँछे, र मौकाको सदुपयोग गर्दै तेरो गिल्ला र निन्दा गर्छे, र तँलाई नीच ठान्छे, र तँलाई बहिष्कार गर्छे। आजभोलि, मण्डलीमा कसैले सत्यता सङ्गति गरेको, वा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने वा परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नेजस्ता सत्यताहरू सङ्गति गरेको सुन्‍नेबित्तिकै अत्यन्तै विद्रोही मनोवृत्ति देखाउने मानिसहरू छैनन् र? (हो, छन्।) अवश्यै छन्। यस्तो व्यवहार देखाउने मानिसहरूलाई अवलोकन गरी पहिचान गर्‌। जब तैँले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुको आवश्यकताबारे सङ्गति गर्छस्, तब तिनीहरूले यस्तो सोच्दै अत्यन्तै घृणासाथ प्रतिक्रिया दिन्छन्, “दिनभर तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनेबारे कुरा गरिरहन्छन्, मानौँ सबथोक परमेश्‍वरले नै मिलाउनुभएको हो, र मानौँ मानिसहरूसँग कुनै छनौट गर्ने विकल्प नै छैन!” तैँले सत्यताबारे सङ्गति गर्नेबित्तिकै वा मिलेर सहकार्य गर्नुपर्ने, परमेश्‍वरको इच्छा खोजी गर्नुपर्ने, र कर्तव्यमा सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्ने आवश्यकताबारे बताउनेबित्तिकै, तिनीहरू निकै छिःछिः र दुरदुर गर्छन् र सुन्न अनिच्छुक हुन्छन्। तिनीहरूले मन नलागीनलागी सुने पनि, तिनीहरू चुपचाप बस्न सक्दैनन्, र तिनीहरू कुनै न कुनै तरिकाले चुपचाप बस्न सके भने पनि, तिनीहरू निदाएको हुने कुरा लगभग निश्‍चित हुन्छ। जब तैँले सत्यताबारे सङ्गति गर्छस् र मामलाहरू सम्हाल्दा सिद्धान्तहरू पालना गर्नेबारे कुरा गर्छस्, तब तिनीहरू निदाउँछन् र झुल्छन्। सत्यताबारे सङ्गति नगरी, अनि काटछाँट नगरी केही समय बितेपछि, तिनीहरू ऊर्जाले भरिन्छन्। अनि, तिनीहरूले स्वेच्छाचारी र लापरवाही व्यवहार गर्छन्, एकतर्फी निर्णय गर्छन्, र एउटा हातले प्रतिष्ठा र अर्को हातले हैसियत लिन्छन्। तिनीहरू अरूभन्दा माथि उफ्रन्छन् र हरकिसिमका समस्याहरू पैदा गराउन लागिपर्छन्। यी मानिसहरू सबै ख्रीष्टविरोधीहरू हुन्; यिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन् र यिनीहरूले कुनै पनि बेला ठूलो समस्या ल्याउन सक्छन्।

ख्रीष्टविरोधीको प्रकृति भएको जोकोही व्यक्तिलाई ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गरिनुपर्छ। जब तिनीहरूले एकतर्फी रूपमा काम गर्न चाहन्छन्, तिनीहरूलाई नियन्त्रण गरेर रोक्नुपर्छ; यसमा कुनै शङ्का छैन। कतिपयले यसो भन्‍न सक्छन्, “हामीले तिनीहरूलाई रोक्न सकेनौं भने के गर्ने? हामीले के गर्नुपर्छ?” म तिमीहरूलाई एउटै वाक्यले तिनीहरूलाई रोक्ने अचुक तरिका बताउँछु। जब तैँले त्यस्तो परिस्थिति सामना गर्छस्, तब यति मात्रै भन्, “यदि तिमीले लापरवाही व्यवहार गर्न, एकतर्फी निर्णय गर्न, र अन्तिम निर्णय लिन छोड्यौ भने, के तिमी बाँच्न सक्छौ?” कस्तो लाग्यो? (राम्रो लाग्यो।) तिमीहरूलाई के लाग्छ, यदि ख्रीष्टविरोधीलाई एकतर्फी रूपमा काम गर्नबाट रोकियो भने, के ऊ साँच्‍चै मर्छ? (मर्छ।) तिमीहरूले कसरी “मर्छ” भन्‍ने निष्कर्ष निकाल्यौ? (ख्रीष्टविरोधीहरू भित्री रूपमा यस्तै हुन्छन्; तिनीहरूले एकतर्फी रूपमा काम गर्न पाएनन् भने, तिनीहरू दुःखी हुन्छन्, र तिनीहरू बाँच्‍न सक्दैनन्।) ठीक भन्यौ, तिनीहरू भित्री रूपमा त्यस्तै हुन्छन्, र तिनीहरूले यसरी व्यवहार गर्न पाएनन् भने, तिनीहरूलाई दुःखी हुन्छन्। त्यसोभए, के यी मानिसहरू सामान्य हुन्छन् त? (हुँदैनन्।) तिनीहरू सामान्य हुँदैनन्। सामान्य व्यक्तिले कसरी सोच्नेथ्यो? “यदि मैले एकतर्फी रूपमा काम गर्न सकिनँ भने, म यसो गर्न छोड्नेछु; यसो गर्न छोड्नुमा गाह्रो के छ र? यसले मेरो जीवनसमेत सहज तुल्याउँछ!” सामान्य व्यक्तिले यस्तै सोच्नेछ। तर ख्रीष्टविरोधीहरूलाई यसरी व्यवहार गर्न दिइएन भने, तिनीहरू दुःखी हुनेछन्। के तिनीहरूभित्र दियाबलसले बास गरिरहेको हुँदैन र? (हुन्छ।) त्यसकारण, तिनीहरूलाई एकतर्फी रूपमा काम गर्न नदिनु भनेको तिनीहरूलाई मरेतुल्य बनाउनु हो। यो “मरेतुल्य” भन्‍ने शब्दको अर्थ के हो? यसको अर्थ दियाबलसले तिनीहरूलाई हृदयमा कष्ट र बाधा दिन्छ, जसले गर्दा तिनीहरूले यसलाई सहन नसक्‍ने वा जिउन नसक्‍ने महसुस गर्छन्, तिनीहरूलाई आफू मृत्युको मुखमा भएझैँ लाग्छ; यसको अर्थ त्यही हो। परमेश्‍वरको घरको काममा बाधा दिन खोज्‍ने ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र दियाबलसहरूको हकमा, तिनीहरूसित कुनै पनि सत्यताबारे छलफल गर्नुभन्दा यो एउटा वाक्य बोल्नु नै बढी प्रभावकारी हुन्छ। यो एउटा कथन नै परमेश्‍वरको घरको काममा बाधा दिने ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू र दियाबलसहरूजस्ता मानिसहरूको हकमा उपयोगी हुन्छ। अनि, के यी मानिसहरूलाई सत्यता बताउनु उपयोगी हुन्छ त? (अहँ, हुँदैन।) “तिमीले मिलेर सहकार्य गर्नुपर्छ, र सत्यता सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्नुपर्छ र मामलाहरू सम्हाल्नुपर्छ”—यस्ता वचनहरू धेरै वर्षदेखि बोलिएका छन्; के तिनलाई नबुझ्‍ने वा याद नगर्ने कोही छ त? कोही पनि छैन। त्यसोभए किन कतिपय मानिसहरूले अझै पनि एकतर्फी रूपमा काम गर्छन् त? यसको अर्थ एउटै मात्र हुन सक्छ: तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्; तिनीहरू सामान्य मानिसहरू होइनन्। तिनीहरूको मनमस्तिष्क र हृदयले तिनीहरूलाई शासन गर्न सक्दैन; तिनीहरूलाई भित्रबाट अरू नै कुराले शासन गरिरहेको हुन्छ, र त्यो कुराले तिनीहरूलाई हिंसात्मक रूपमा र जबरजस्ती यसो गर्न निर्देशित गरिरहेको हुन्छ, र त्यो परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउने, परमेश्‍वरको घरको काममा हानि गर्ने र परमेश्‍वरको घरका हितहरूमा घाटा पुर्‍याउने कार्य हो। यस्ता कार्यहरू कसले गर्न सक्छ? शैतान र दियाबलसहरू मात्रै गर्न सक्छन्। परमेश्‍वरलाई पछ्याउने मानिसहरू, सामान्य मानिसहरू, र सृष्टि गरिएको साँचो प्राणीहरूमा यस्ता कार्यहरू गर्ने उत्प्रेरणा हुँदैन; शैतान र दियाबलसहरूमा मात्रै यस्ता कार्यहरू गर्ने उत्प्रेरणा हुन्छ र तिनीहरूले जानीजानी यस्ता कार्यहरू गर्छन्। के तिमीहरूलाई यो कथन याद भयो? (भयो।) त्यसोभए, आजको लागि हामी हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौं। जयमसीह!

फेब्रुवरी २९, २०२०

अघिल्लो: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक)

अर्को: विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग एक)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्