विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

पूरक: वरदानहरू

म यो सङ्गतिको मुख्य विषयमा आउनुभन्दा पहिले, एउटा कथा सुनाउँछु। मैले कस्तो कथा सुनाउनुपर्छ? यदि यसले मानिसहरूमा कुनै प्रभाव पार्दैन, वा यदि यसले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई जीवन प्रवेश र परमेश्‍वरलाई चिन्‍ने विषयमा कुनै सुधार वा फाइदा गर्दैन भने, यसका बारेमा बताउनुको कुनै अर्थ हुँदैन। यदि मैले कथा सुनाउन लागेको छु भने, त्यो कथा आफैमा केही हदसम्म सुधारात्मक हुनुपर्छ—यसको मूल्य र अर्थ हुनुपर्छ। त्यसकारण आज यो कथा सुन र यो तिमीहरूका लागि सुधारात्मक र उपयोगी हुन सक्छ कि सक्दैन हेर। कतिपय कथाहरू साँचो हुन्छन्, जबकि अरू वास्तविक घटनाहरूबाट लिइएका मनगढन्ते कथाहरू हुन्छन्; ती साँचो त हुँदैनन्, तर जीवनमा प्रायजसो त्यस्ता घटनाहरू देखा पर्छन्, त्यसैले ती वास्तविकताबाट अलग हुँदैनन्। ती कुराहरू मनगढन्ते भए पनि, वा ती साँच्चै घटेका घटना भए पनि, ती सबै मानिसहरूको जीवनसँग नजिकबाट सम्बन्धित हुन्छन्। त्यसोभए तिमीहरूलाई किन त्यस्ता कथाहरू बताउने? (ताकि हामीले सत्यता बुझ्न सकौँ।) ठीक भन्यौ: ताकि तिमीहरूले तीबाट सत्यता बुझ्न सक—मानिसहरूलाई वास्तविक जीवनमा जान्न गाह्रो हुने केही सत्यताहरू। सत्यता र परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञानलाई वास्तविकताको नजिक ल्याउन अनि सत्यता र परमेश्‍वरलाई बुझ्न तिनीहरूका लागि सजिलो बनाउन हामी कथा वाचनको प्रयोग गरौँ।

जब म लामो समयसम्म मानिसहरूसँग धेरै सम्पर्कमा हुन्छु, तब अनौठा र रमाइला घटनाहरू अपरिहार्य रूपमा नै घट्ने गर्छन्। यो घटना यस वर्षको वसन्तमा भएको थियो। जाडो बित्दै र वसन्त याम नजिकिँदै जाँदा, मौसम झन्-झन् नरम हुँदै गएको थियो, र सबै किसिमका बोट-बिरुवाहरू उम्रन थालेका थिए, यसरी घाम र वर्षाले गर्दा ती दिनहुँ बढिरहेका थिए। तीमध्ये कतिपय बिरुवाहरू जङ्गली थिए, र कतिपय रोपिएका थिए; केही बोटबिरुवा पशुलाई खुवाउनका लागि थिए, केही मानिसका लागि, र केही पशु र मानिस दुवैका लागि थिए। यो वसन्तको दृश्य थियो: हराभरा र जीवन्त दृश्य। अनि कथा यहीँ सुरु हुन्छ। एक दिन, मैले एउटा विशेष उपहार प्राप्त गर्दा अचम्म लाग्यो। कस्तो उपहार? एक झोला जङ्गली सागपात। मलाई यो दिने व्यक्तिले भन्यो, “यो चम्सुरे झार हो—यो खान सकिने र तपाईंको स्वास्थ्यका लागि राम्रो छ। यसलाई अण्डासँग मिसाएर पकाउन अनि खान सकिन्छ।” ठीकै हो। त्यसपछि मैले त्यसलाई पहिले किनेको चम्सुरे झारसँग तुलना गरेँ, र मैले त्यसो गर्नेबित्तिकै एउटा समस्या देखा पर्यो। के तिमीहरू यो के थियो भन्‍ने कुरा अनुमान गर्न सक्छौ? मैले एउटा “रहस्य” भेट्टाएँ। कस्तो रहस्य? विदेशमा पाइने चम्सुरे झार चीनमा पाइने चम्सुरे झारभन्दा फरक हुने रहेछ। के यसमा केही गलत छ? (हो, छ।) यदि यो एउटै कुरा भएको भए, यो पनि उस्तै देखिनु पर्थ्यो, त्यसकारण यो फरक देखेपछि दिमागमा आएको पहिलो कुरा के थियो? यो चम्सुरे झार हो कि होइन? म निश्‍चित हुन सकिनँ। के मैले त्यो व्यक्तिलाई के भइरहेको छ भनेर सोध्नु पर्दैनथियो? त्यसकारण पछि, म गएर तिनलाई सोधेँ, “के यो चम्सुरे झार हो भन्‍ने कुरामा तँ पक्का छस्?” तिनले यसको बारेमा एकछिन सोचेर भने, “अहो, यो चम्सुरे झार हो कि होइन, मलाई पक्का थाहा छैन।” यदि तिनी निश्‍चित थिएनन् भने, तिनले कसरी मलाई यो कुरा दिन सके? तिनले किन मलाई यो दिन आँट गरे? भाग्यवश, मैले यो चुपचाप खाइनँ। दुई दिनपछि, यो साँच्‍चै चम्सुरे झार होइन भन्‍ने कुरामा म निश्‍चित भएँ। ती व्यक्तिले के भने? तिनले भने, “यो चम्सुरे झार होइन भन्‍ने कुरा तपाईंले कसरी थाहा पाउनुभयो? मलाई पक्का थाहा छैन, तर यसको बारेमा बिर्सिदिनुहोस्: यो नखानुहोस्।” के त्यस्तो कुरा पनि खान सकिन्छ र? (सकिँदैन।) यसलाई खान मिल्दैन। यदि मैले “तँ पक्का छैनस्, तर म अनुमानको भरमा खान्छु, किनभने तँ यति दयालु छस्” भनेर भनेँ भने, के त्यसरी हुन्छ? (हुँदैन।) त्यस्तो व्यवहार गर्नुको प्रकृति के हो? के यो मूर्खतापूर्ण कुरा हुनेछ? (हुनेछ।) हो, यो मूर्खता हो। भाग्यवश, मैले यो खाइनँ, न त मैले थप अनुसन्धान नै गरेँ, त्यसकारण यो कुरा त्यतिमै सकियो।

केही समयपछि, खेतहरूमा सबै किसिमका जङ्गली बोट-बिरुवाहरू बढ्न थाले: अल्गा र होचा, फूल फुल्ने र नफुल्ने, र हरेक वर्ण र प्रजातिका वनस्पतिहरू। तिनीहरूको सङ्ख्या बढ्दै गयो, ती झन्-झन् बाक्लो हुँदै गए र तिनीहरूको आकार झन्-झन् बढ्दै गयो। एक दिन मैले अर्को उपहारको झोला प्राप्त गरेँ, तर यो चम्सुरे झार थिएन। बरु, यसमा त्यही मानिसले पठाएको चिनियाँ तीतेपाती थियो। तिनले अर्को झोला पठाए, र त्यसमा, यस्ता निर्देशनहरू थिए, “यसलाई प्रयोग गरेर हेर्नुहोस्। यो चिनियाँ तीतेपाती हो: यसले चिसोलाई हटाउँछ, र तपाईंले यसलाई अण्डासँग भुटेर पनि खान सक्नुहुन्छ।” मैले त्यसभित्र हेरेँ: के यो तीतेपातीको नयाँ मुना थिएन र? चिनियाँ तीतेपाती चीनका धेरै ठाउँमा पाइन्छ, र यसका पातहरूमा विशेष सुगन्ध हुन्छ, तर त्यस मानिसले पठाएको कुरा त्यो थिएन—त्यसलाई कसरी चिनियाँ तीतेपातीका रूपमा लिन सकिन्छ? पातहरू लगभग उस्तै हुन्छन्, तर के त्यो चिनियाँ तीतेपाती थियो र? मैले त्यो दिने मानिसलाई सोधेँ, तर तिनले थाहा छैन भनेर भने—तिनलाई केही थाहा थिएन र तिनले पूर्ण रूपमा यो कुरालाई बेवास्ता गरे। तिनले यो समेत सोधे, “तपाईंले अझैसम्म किन खानुभएको छैन? यो के हो मलाई थाहा नभए पनि, तपाईंले केही मात्रामा खानुपर्छ। मैले केही मात्रामा खाएको थिएँ, साह्रै मीठो रहेछ।” तिनलाई पक्‍का थाहा थिएन, तैपनि तिनले मलाई त्यो खान लगाइरहेका थिए। तिमीहरू सबैलाई मैले के गर्नुपर्थ्यो भन्‍ने लाग्छ? के मैले जबरजस्ती खानुपर्थ्यो? (होइन।) त्यसलाई अवश्य नै खानु हुँदैनथियो, किनभने त्यो पठाउने व्यक्तिलाई त्यो के हो भन्‍ने समेत थाहा थिएन। यदि खाने व्यक्तिले केही हुँदैन भनेको कारण मैले नयाँ कुरा चाख्‍ने निहुँमा जोखिम लिएर त्यो खाएको भए, सायद केही हुनेथिएन, किनकि त्यो खाइसकेको मानिसले केही हुँदैन भनेर भनेको थियो। तर केही हुँदैन भनेर केही थाहा नपाई खाने कार्यलाई के भन्‍ने? के त्यो अन्धाधुन्ध काम गर्नु होइन र? कस्तो व्यक्तिले अन्धाधुन्ध त्यस्ता कुराहरू गर्छ? रुखो र लापरवाह व्यक्तिले मात्रै यसो गर्छ—यस्तो सोच्‍ने व्यक्तिले, “खाए पनि नखाए पनि केही फरक पार्दैन; कम्तीमा पनि यो राम्रो कुरा हो।” के तिमीहरूलाई मैले यसो गर्नुपर्छ भन्‍ने लाग्छ? (लाग्दैन।) किन लाग्दैन? खाने कुराहरू धेरै छन्; नचिनेको बोटबिरुवा खाने जोखिम किन लिनु? अनिकालको बेला, जब कुनै खानेकुरा बाँकी हुँदैन, तब तैँले खानका लागि विभिन्‍न जङ्गली सागपात खोजेर खान सक्छस्, र केही जोखिम लिन सक्छस्। यस्ता परिस्थितिहरूमा, तैँले नचिनेका बोटबिरुवा खान सक्छस्। तर के अहिलेको परिस्थिति त्यस्तै हो? (होइन।) खाने कुराहरू धेरै छन्, र पनि किन जङ्गली सागपात खोज्‍ने? के अदृश्य, अस्पृश्य, र काल्पनिक सानो फाइदाका लागि मात्रै जोखिम लिनु आवश्यक हुन्छ? (हुँदैन।) त्यसकारण, मैले यसलाई नखाने निर्णय गरेँ। भाग्यवश, मैले यो खाइनँ; न त मैले थप अनुसन्धान नै गरेँ, र त्यो कुरा पनि त्यतिमा नै सकियो।

केही समयपछि, त्यस मानिसले मलाई अर्को उपहार दियो; यो तेस्रो पटक थियो। यस पटकको उपहार निकै विशेष थियो: यो माटोमा उम्रेको थिएन, न त रूखमा नै फलेको थियो। त्यो के थियो? दुई वटा चरोको अण्डालाई एउटा कागजको झोलामा राम्ररी पोको पारिएको थियो, जसमा “परमेश्‍वरका लागि चरोको अण्डा” भन्‍ने शब्द लेखिएको थियो। हाँस उठ्दो कुरा, होइन र? मैले कागजको झोला खोलेपछि, सुन्दर ढङ्गले रङ्गाइएका दुई वटा अण्डाका खोल देखेँ। मैले पहिले कहिल्यै त्यस्ता अण्डाहरू देखेको थिइनँ, त्यसकारण मैले त्यो कुन चरोको अण्डा हो भनेर भन्‍न सकिनँ; मैले इन्टरनेटमा जानकारी खोज्ने विचार गरेँ, तर मैले कुनै पनि सुराग भेट्टाउन सकिनँ, किनभने त्यस्तै ढाँचा र रङका अण्डाहरू धेरै थिए, त्यसकारण तिनको आकार र रङको आधारमा तिनलाई पहिचान गर्न सकिने उपाय थिएन। के तिमीहरू कसैलाई मैले त्यस मानिसलाई त्यो कस्तो चरोको अण्डा हो भनेर सोध्नुको कुनै अर्थ हुनेथियो भन्‍ने लाग्छ? (लाग्दैन।) किन लाग्दैन? (तिनलाई पनि थाहा हुनेथिएन।) तिमीहरूले ठीक अनुमान गर्यौ; तिनलाई पनि थाहा हुनेथिएन। त्यसकारण मैले तिनलाई सोधिनँ। यदि मैले सोधेको भए, मैले तिनको भावनामा चोट पुर्याउनेथिएँ, र तिनले यस्तो सोच्नेथिए, “मैले यति राम्रो अभिप्राय राख्छु र वास्ता गर्छु, तर पनि तपाईं मलाई शङ्का गर्नुहुन्छ। तपाईंले किन त्यसको बारेमा इन्टरनेटमा खोजी गर्नुपर्ने? मैले ती तपाईंलाई खानका लागि दिइरहेको हुनाले, तपाईंले चुपचाप ती खानुपर्छ!” तिमीहरूलाई के लाग्छ, मैले अण्डा खानुपर्थ्यो कि पर्दैनथियो? (तपाईंले खानु हुँदैनथियो।) यदि तिनले तिमीहरूलाई ती दिएका भए, के तिमीहरूले ती खानेथियौ? (खानेथिएनौँ।) म पनि खानेथिइनँ। यी अण्डाहरू चराले बचेरा निकाल्‍नका लागि र प्रजननका लागि हुन्। के तिनलाई खानु क्रूरता हुनेथिएन र? (हुनेथियो।) मैले त्यसो गर्न सकिनँ, त्यसकारण चरोको अण्डाको मामला यसरी सकियो, तर यस्ता कुराहरू निरन्तर भइरहन्थे।

एक दिन, मैले कुनै ठाउँमा तीतेपातीको नयाँ मुना भेट्टाएँ—जुन चिनियाँ तीतेपाती जस्तो देखिन्थ्यो—त्यसलाई कुनै पर्खालमा सुकाइएको रहेछ, त्यसकारण मैले एक जना सिस्टरलाई यसको उद्देश्य के हो भनेर सोधेँ। तिनले भनिन्, “के यो त्यो मानिसले तपाईंलाई अस्ति दिएको चिनियाँ तीतेपाती नै होइन र?” “चिनियाँ तीतेपातीको सेवनले सर्दी र चिसोलाई हटाउन सक्छ। के तपाईं चिसोप्रति संवेदनशील हुनुहुन्‍न र? त्यस मानिसले भनेको, यो सुकेपछि, तातो पानीमा मिसाएर खुट्टा डुबाउन प्रयोग गरेर चिसोलाई हटाउनका लागि तपाईंको निम्ति राखिदिनेछन्।” यो सुनेपछि मेरो प्रतिक्रिया के थियो भन्‍ने तिमीहरूलाई लाग्छ? एउटा शब्द। (अवाक्।) ठीक भन्यौ, म अवाक् भएँ। यस्ता परिस्थितिहरूमा, के मैले यो व्यक्ति कति वास्ता गर्ने किसिमको छ, र उसले कसरी धेरै प्रयास गरिरहेको छ भन्‍ने बारेमा मनन गर्नु पर्दैन र? म कसरी अवाक् हुन सकेँ? यति मात्र हो कि, ती व्यक्तिले पहिलेका घटनाहरूबाट केही कुरा बुझेका थिएनन् र आफ्‍नो शैली परिवर्तन गरेका थिए, मानौँ तिनले यसो भनिरहेका थिए, “मैले तपाईंलाई खानेका लागि हारियो सागपात र अण्डा दिएँ, तर तपाईंले ती खानुभएन, त्यसकारण मैले तपाईंका लागि तातो पानीमा खुट्टा भिजाउन केही चिनियाँ तीतेपाती सुकाएर राखिदिएको छु, ताकि मेरो मेहनत खेर नजाओस्।” यो दृश्यलाई हेर्दा, म साँच्‍चै नै अवाक् भएँ। पछि, मैले अरू कसैलाई अहिले धेरै औषधि पसलहरूमा चिनियाँ तीतेपाती पाइन्छ भनेर भनिरहेकी थिएँ। आफूलाई चाहिने जति किन्न सकिन्छ: यो विभिन्‍न प्याकेजिङमा आउँछ, विभिन्‍न देशहरूले उत्पादन गर्छन्, र यसलाई स्वच्छ रूपमा प्रशोधन गरिन्छ। यो त्यस मानिसले मलाई पठाएको भन्दा निकै राम्रो हुन्छ, त्यसकारण के यसलाई सडकको छेउबाट उठाएर पर्खालमा राखी घाममा सुकाउनु व्यर्थ होइन र? यदि तिनले यसलाई सुकाएर मलाई दिए भने, के म त्यो चाहन्छु भन्‍ने तँलाई लाग्छ? (होइन।) म चाहन्नँ। समय बित्दै जाँदा, पर्खालमा तीतेपाती देखिन छोड्यो, किनभने मैले भनेको कुरा तिनलाई थाहा भयो, र तिनले पठाउन छोडे। पछि, खेतमा अझै धेरै जङ्गली सागपात उम्रेपछि तिनलाई अब दुर्लभ मान्‍न छोडिएको हुनुपर्छ, त्यसकारण कसैले पनि मलाई ती जङ्गली सागपात पठाएनन्। अनि मलाई लाग्छ, यस बीचमा चरोको अण्डाबाट पनि बचेरा निस्क्यो होला र त्यसलाई भेला गर्न सकिएन, त्यसकारण अहिलेसम्म, मैले थप चरोको अण्डा वा जङ्गली सागपात पाएको छैनँ। अनि मेरो कथा त्यही हो।

कथामा कुल चार वटा घटनाहरू थिए, जुन सबै मलाई पठाइएका कुराहरूका बारेमा थिए: दुई वटा अज्ञात जङ्गली सागपात पठाइएको बारेमा थिए, एउटा अज्ञात चरोको अण्डा पठाइएको बारेमा थियो, र अर्को एउटा घाममा सुकाइएको “परम्परागत चिनियाँ औषधि” को बारेमा थियो। यी कुराहरूका बारेमा कुरा गर्नु अलिक हास्यास्पद लाग्‍न सक्छ, तर घटनाहरूका सन्दर्भमा भन्दा, ती कुरा सुनेपछि तिमीहरूलाई के लाग्यो? के तिमीहरूले ती कुराहरूबाट बुझ्नुपर्ने वा ती कुराबाट लिनुपर्ने कुनै कुरा छ, तिमीहरूले सिक्‍नुपर्ने पाठहरू छन्? तिमीहरूले सुन्दा के सोचिरहेका थियौ? के मैले बताएका कुराहरू कुनै निश्‍चित व्यक्तिप्रति लक्षित थिए? अवश्य नै थिएनन्। तर, यदि ती कुनै निश्‍चित व्यक्तिप्रति लक्षित थिएनन् भने, मैले किन तिनको बारेमा कुरा गरिरहेको छु? के यो अर्थपूर्ण छ? कि यो गफ मात्रै हो? (होइन।) तिमीहरूले यसलाई गफ ठान्दैनौ, त्यसकारण मैले यसको बारेमा किन कुरा गरिरहेको छु भन्‍ने के तिमीहरूलाई थाहा छ? यी मानिसले किन यस्ता कुराहरू गरे? तिनको व्यवहारको प्रकृति के थियो? तिनको मनसाय के थियो? यहाँका समस्याहरू के-के हुन्? के तिनको प्रसङ्ग बताउनु आवश्यक छ? यदि तैँले मानिसहरूलाई र घटनाहरूको प्रकृतिलाई प्रसङ्गको आधारमा हेरिस् भने तैँले सत्यता बुझ्न सक्‍नेछस्। तिमीहरूलाई यी कुराहरू गर्ने मानिसका अभिप्रायहरू असल थिए कि खराब थिए भन्‍ने लाग्छ? (असल अभिप्रायहरू।) सर्वप्रथम, एउटा कुरा निश्‍चित छ: तिनको अभिप्राय राम्रो थियो। तिनका असल अभिप्रायहरूमा के कुरा गलत थियो? के असल अभिप्रायहरू लिएर काम गर्नु भनेको तैँले वास्ता गरिरहेको छस् भन्‍ने हो? (यस्तै हो भन्‍ने हुँदैन।) यदि व्यक्तिले कुनै कुरा गर्नुको मनसाय असल अभिप्रायहरू हुन् भने, के त्यसमा भ्रष्ट स्वभावको अशुद्धता हुँदैन भन्‍ने हुन्छ? हुँदैन। त्यसोभए म तिमीहरू सबैलाई सोध्छु, यदि तिमीहरू आफ्ना आमाबुबाप्रति आदर गर्ने र आज्ञाकारी छौ भने, किन तिमीहरूले तिनीहरूलाई यी कुराहरू खानका लागि पठाउँदैनौ? वा यदि तँलाई तेरा हाकिम र अगुवाहरू मनपर्छ र तँलाई तिनीहरूको वास्ता लाग्छ भने, तैँले तिनीहरूलाई किन यस्ता खानेकुरा नदिने? तैँले किन त्यसो गर्ने आँट गर्दैनस्? किनभने तँलाई कुनै कुरा गलत हुनेछ भन्‍ने डर लाग्छ। तँलाई तेरा आमाबुबा, अगुवा, र हाकिमहरूलाई हानि गर्ने डर लाग्छ, त्यसोभए के तँलाई परमेश्‍वरलाई हानि गर्छु भन्‍ने डर लाग्दैन र? तेरा अभिप्रायहरू के-के हुन्? तेरो दयामा के लुकेको हुन्छ? के तैँले परमेश्‍वरलाई छल गर्ने प्रयास गरिरहेको छस्? के तैँले उहाँसँग खेल खेल्ने प्रयास गरिरहेको छस्? के तैँले आत्मिक प्राणीको रूपमा परमेश्‍वरसँग यस्ता कुराहरू गर्ने आँट गर्नेछस्? यदि तैँले परमेश्‍वरको देह सामान्य मानवताको शरीर हो भन्‍ने देखेर, उहाँको डर मान्नुको सट्टा, यस्ता कुराहरू गर्ने आँट गरिस् भने के तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छैन भने, के त्यस्ता कुराहरू गर्नु साँच्‍चै नै तैँले वास्ता गरेको हुन्छ? त्यो वास्ता गर्नु होइन: यो त परमेश्‍वरलाई धोका दिनु र उहाँसँग खेल खेल्नु हो, र यो तेरो अत्यन्तै दुस्साहसी कार्य हो! यदि तँ साँच्‍चै नै जिम्मेवार व्यक्ति होस् भने, परमेश्‍वरको अघि ल्याउनुभन्दा पहिले केही पनि गलत छैन भन्‍ने कुरा निश्‍चित गर्नका लागि तैँले आफै केही मात्रामा किन नखाने र नचाख्‍ने? यदि तैँले आफै नखाई र नचाखी यसलाई सीधै परमेश्‍वरकहाँ ल्याइस् भने, के यो परमेश्‍वरसँग खेल्नु होइन र? के यसो गरेर तँलाई आफूले परमेश्‍वरको स्वभावलाई चिढ्याइरहेको छु भन्‍ने लाग्दैन? के यो परमेश्‍वरले बिर्सन सक्नुहुने कुरा हो? तैँले यसलाई बिर्सिइस् भए पनि, परमेश्‍वरले बिर्सनुहुनेछैन। यस्तो काम गर्दा, तेरो दिमागमा के कुरा चलिरहेको हुन्छ? तैँले यसलाई चाखिनस्, र तँसँग कुनै वैज्ञानिक प्रमाण छैन, तैपनि तँ यो कुरा परमेश्‍वरलाई दिने आँट गर्छस्। के यो जिम्मेवार व्यवहार हो? यदि तैँले परमेश्‍वरलाई हानि गरिस् भने, तैँले कस्तो जिम्मेवारी लिनेछस्? कानुनले तँलाई कारवाही नगरे पनि, परमेश्‍वरले तँलाई अनन्त दण्ड दिनुहुनेछ। तैँले यो रद्दी गैर-विश्‍वासी अगुवा र अधिकारीहरूलाई समेत दिनका लागि पर्याप्त रूपमा राम्रो छैन भन्‍ने सोच्छस्, र तैँले यसलाई अशोभनीय ठान्छस्, र पनि तैँले कुन अभिप्रायले परमेश्‍वरलाई यो दिन्छस्? के मेरो मूल्य त्यति थोरै छ? यदि तैँले आफ्नो हाकिमलाई एक झोला जङ्गली सागपात दिइस् भने, तिनले के सोच्नेछन्? “के मेरो मूल्य यति मात्र हो? मानिसहरूले मलाई पैसा र नामी ब्रान्डका सामानहरू दिन्छन्, र तैँले मलाई एक मुट्ठी झार दिने?” के तँ यो कुरा पूरा गर्न सक्‍नेछस्? अवश्य नै सक्‍नेछैनस्। तर यदि तैँले यो गरिस् भने, तैँले के कुराको बारेमा चिन्ता गर्नेथिइस्? तैँले सोच्नुपर्ने पहिलो कुरा के हो भने, “हाकिमलाई के मनपर्छ? के तिनलाई यो कुरा चाहिन्छ? यदि तिनलाई यो चाहिँदैन, र पनि मैले तिनलाई यो कुरा दिएँ भने, के तिनले मलाई कष्ट दिनेछन्? के तिनले मलाई काममा हेप्नेछन् र सताउनेछन्? यदि परिस्थिति गम्भीर भयो भने, के तिनले मलाई बहाना खोजेर र कुनै गल्ती पक्रेर बर्खास्त गर्नेछन्?” के तैँले यीमध्ये कुनै कुराको बारेमा विचार गर्छस्? (गर्छु।) यदि तँ आफ्नो हाकिमलाई खुसी पार्न चाहन्छस् भने, तैँले उसलाई दिनुपर्ने पहिलो कुरा के हो? (तिनलाई मन पर्ने कुनै कुरा।) तिनलाई मन पर्ने कुनै कुरा दिनु मात्रै पर्याप्त हुँदैन। उदाहरणको लागि, यदि तिनलाई अहिले एउटा कप चाहिएको छ भने, के तैँले तिनलाई दिनका लागि एउटा कप किन्न १०-२० युआन खर्च गर्न सक्छस्? (सक्दिनँ।) तैँले तिनलाई सुनको, चाँदीको सामान, र सुन्दर कुरा दिनुपर्छ। तैँले आफ्नै लागि किन्न नचाहने कुरा किन तिनलाई दिने? (तिनलाई खुसी पार्न।) तिनलाई खुसी पार्नुको उद्देश्य के हो? सर्वप्रथम, कम्तीमा पनि, तिनले तँलाई आफ्नो छत्रछायामा लिन सक्छन्, र तिनले प्रयोग गर्ने शक्तिद्वारा तिनले तेरो रक्षा गर्न र तेरो जागिर र तलबलाई स्थिर र सुरक्षित बनाउन सक्छन्। कम्तीमा पनि, तिनले तँलाई कष्ट दिनेछैनन्। त्यसकारण, तैँले तिनलाई कहिल्यै पनि नचिनेको जङ्गली सागपात दिनेछैनस्। होइन र? (हो।) तैँले आफ्नो हाकिमलाई समेत त्यसो गर्न सक्दैनस् भने, मलाई झारपात दिने मानिसले किन मलाई त्यसो गरे? के तिनले परिणामहरूका बारेमा सोचे? अवश्य नै तिनले त्यसो गरेनन्। किन? कतिपयले भन्‍नेथिए, “किनभने तपाईंले हामीलाई कष्ट दिनुहुनेछैन।” के यो कुरा त्यति सरल छ? किनभने म तिनलाई कष्ट दिनेछैनँ, के कुरा यति हो त? तिनले कसरी यस्तो कुरा दिने आँट गरे? (तिनलाई आफ्ना अभिप्रायहरू असल छन् भन्‍ने लाग्यो।) ठीक भन्यौ—तिनले आफ्नो सबै कुरूपता र दुष्टतालाई असल अभिप्रायले ढाकछोप गरे, अर्थात्, “तपाईंप्रति मेरा अभिप्रायहरू असल छन्, तर अरूका छैनन्! यी सबै जङ्गली सागसब्जी हेर्नुहोस् त। कसले ती उखेले? के मैले होइन र?” यो कस्तो मनोवृत्ति हो? यो कस्तो मानसिकता हो? के यी असल अभिप्रायहरू मानवताअनुरूप छन्? यदि ती मानवताअनुरूप समेत छैनन् भने, के ती सत्यताअनुरूप हुन सक्छन्? (सक्दैनन्।) ती सत्यताबाट धेरै टाढा छन्। यी असल अभिप्रायहरू के-के हुन्? के ती साँच्‍चै नै असल अभिप्रायहरू हुन्? (होइनन्।) त्यसोभए ती कस्तो मनोवृत्तिसँग सम्बन्धित हुन्छन्? तिनमा कस्तो प्रकारका अशुद्धता र सारहरू हुन्छन्? संसारको थोरै कुरा देखेका तिमी जवान मानिसहरूले समेत आफ्नो हाकिमलाई जसरी मन लाग्यो त्यसरी उपहार दिन सक्दैनौ भन्‍ने कुरा बुझ्छौ; तिमीहरूले परिणामहरूका बारेमा सोच्नुपर्छ। त्यसकारण यदि चालीस वा पचासको दशकको विशेष अनुभव भएको मानिसले मलाई त्यस्ता कुराहरू दिन्छ भने, तिमीहरूको दृष्टिकोणमा यसको प्रकृति के हो? के यो कुराको बारेमा यहाँ छलफल गर्नु सार्थक छ? (छ।) त्यसोभए समग्रमा, यसको प्रकृति के हो? त्यस मानिसले लापरवाही ढङ्गले मलाई केही जङ्गली सागसब्जीहरू दिए, र आफैले समेत ती के हुन् भन्‍ने नजानीकन मलाई ती खान अनुरोध गरे। जब मैले ती खान मिल्‍ने जङ्गली सागपात जस्ता देखिँदैनन् भनेर भनेँ, तब तिनले कुनै समय खेर नफाली मलाई ती नखानू भनेर भने—र यो कुरा यतिमै सीमित भएन। तिनले मलाई खानका लागि अर्को किसिमको जङ्गली सागपात पनि पठाए। मैले ती खाइनँ, र तिनले भने, “केही मात्रामा खानुहोस्, ती निकै स्वादिष्ठ छन्। मैले चाखेको छु।” त्यो कस्तो मनोवृत्ति हो? (यो अनादरणीय र गैरजिम्मेवार मनोवृत्ति हो।) ठीक भन्यौ। के तिमीहरू सबैलाई यो मनोवृत्तिको अनुभूति हुन्छ? (हुन्छ।) के यो राम्रो अभिप्रायले गरिएको हो? यसमा कुनै राम्रो अभिप्राय छैन! तिनले कुनै मूल्य नलाग्‍ने कुराहरू भेट्टाए, त्यसपछि तिनले त्यसलाई प्लास्टिकको झोलामा हालेर मलाई दिए, र मलाई खान लगाए। यदि तैँले भेडा र खरायोलाई खुवाउन केही जङ्गली घाँसहरू छनौट गरिस् भने पनि, तैँले अझै पनि यस्तो सोच्नुपर्छ, “के पशुहरूले यो खाए भने विष लाग्छ?” के त्यो तैँले विचार गर्नुपर्ने कुरा होइन र? यदि चौपायालाई खुवाउँदा तँ जोखिम लिन तयार हुँदैनस् भने, तैँले कसरी यत्तिकै कुनै जङ्गली सागपात टिपेर मलाई खान दिन सक्छस्? त्यो कस्तो स्वभाव हो? समस्याको प्रकृति के हो? के तिमीहरूले कुरा बुझ्यौ? यदि त्यस्तो व्यक्तिले मसँग यसरी व्यवहार गर्यो भने, तिमीहरूलाई तिनले आफ्ना अधीनस्थहरू वा सडकको सामान्य व्यक्तिसँग कसरी व्यवहार गर्छ भन्‍ने लाग्छ? यो त यत्तिकै खेलबाड गर्ने काम हो। त्यो कस्तो स्वभाव हो? यो दुष्ट र आक्रमक छ। के तिनलाई असल व्यक्ति भनेर भन्‍न सकिन्छ? (अहँ, सकिँदैन।) तिनलाई असल व्यक्ति भन्‍न सकिँदैन। मानिसहरूको शरीर र जीवनलाई गम्भीरतापूर्वक नलिनु, तिनीहरूसँग खेलबाड गर्नु र पछि केही पनि महसुस नगर्नु, र वास्तवमा कुनै विवेकको घोचाइ अनुभव नगर्नु, तर बारम्बार एउटै कुरा गर्न सक्नु: यो साँच्‍चै अनौठो कुरा हो।

कथाको सुरुवातमा, मैले केही वचनहरू बोले जसलाई तिमीहरूले त्यति ध्यान दिएनौ होला। मैले तीमध्ये केही जङ्गली सागपात मानव उपभोगका लागि थिए, कतिपय पशुको उपभोगका लागि थिए, र कतिपय मानव र पशु दुवैका लागि थिए भनेर भनेको थिएँ। यो “चिरपरिचित भनाइ” हो, र यसको एउटा स्रोत छ। के तँलाई यो कहाँबाट आएको हो भन्ने थाहा छ? यो एउटा कथाको उपमा हो। यो त्यस कथामा यी केही उपहार दिने व्यक्तिबाट आएको हो। यो मानिस रोप्ने कामको इन्‍चार्ज थिए, र तिनले तीन प्रकारका मकै रोपेका थिए। कुन तीन प्रकारका? मानिसहरूले खाने किसिमका, पशुले खाने किसिमका, र मानिसहरू र पशु दुवैले खाने किसिमका: यी तीन वटा। यी तीन प्रकारका मकै निकै रोचक छन्। के तिमीहरूले पहिले तिनको बारेमा सुनेका छौ? तिमीहरूले सुनेका छैनौ, र मैले पनि तिनको बारेमा पहिलो पटक सुनेको थिएँ—किनभने ती दुर्लभ छन्। अन्तमा, रोप्‍ने मानिसहरू निकै गैरजिम्मेवार भएका हुनाले, ती तीनै प्रकारका मकैहरू मिसिए: पशुले खानुपर्ने मकै मानिसहरूलाई खुवाइयो भने मानिसले खानुपर्ने मकै पशुलाई खुवाइयो। ती खाएपछि, सबैले मकैको स्वाद मीठो छैन, यसको स्वाद अन्‍न जस्तो छैन, र यसको स्वाद अलिक घाँस जस्तो छ भनेर गुनासो गरे। मकै रोप्‍ने मानिसहरूले के गरे? आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूको गैरजिम्मेवार व्यवहारको कारण, तिनीहरूले मान्छेले खानुपर्ने मकैलाई पशुले खानुपर्ने मकैसँग मिसाए, यहाँसम्म कि कसैले पनि यी दुईलाई छुट्याउन सकेन, र तिनीहरूले थप बीउ खरिद गरेर फेरि रोपाइँ गर्नुपर्यो। तिमीहरूलाई यो काम कसरी अघि बढ्यो भन्‍ने लाग्छ? के यस्ता मानिसहरूको व्यवहारमा कुनै सिद्धान्त हुँदैन? (हुँदैन।) के तिनीहरूले आफ्नो व्यवहारमा सत्यताको खोजी गर्छन्? (गर्दैनन्।) आफ्नो व्यवहारमा यस्तो मनोवृत्ति राख्दा, सबैप्रति यति अनादरपूर्ण र गैरजिम्मेवार व्यवहार गर्दा, यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा के सोच्छन्? सत्यताप्रतिको तिनीहरूको दृष्टिकोण के हो? तिनीहरूको हृदयमा, सत्यताको तौल कति हुन्छ? परमेश्‍वरको पहिचान कति महत्त्वपूर्ण हुन्छ? के तिनीहरूलाई थाहा छ? (छैन।) के तिनीहरूलाई त्यस्ता प्रमुख कुराहरूका बारेमा थाहा हुनुपर्दैन र? त्यसोभए किन तिनीहरूलाई थाहा भएन? यो तिनीहरूको स्वभावसँग सम्बन्धित हुन्छ। त्यो कस्तो स्वभाव हो? (यो दुष्टता हो।) यो दुष्टता हो, र यो सत्यताप्रति वितृष्ण हुनु हो। तिनीहरूले आफूले गर्ने कामको प्रकृतिप्रति सचेत हुँदैनन्, र तिनीहरूले कहिल्यै पनि मनन गर्ने वा खोजी गर्ने प्रयास गर्दैनन्, न त तिनीहरूले काम गरेपछि आफूलाई जाँच्ने नै गर्छन्। बरु, तिनीहरूले आफूले चाहेको कुरा गर्छन्, र तिनीहरूसँग असल र सही अभिप्रायहरू छन् भने, तिनीहरूलाई निरीक्षण गर्ने वा आलोचना गर्ने कसैको आवश्यकता हुँदैन भन्‍ने सोच्छन्; तिनीहरूले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा भएका छन् भन्‍ने सोच्छन्। हो त? कतिपय मानिसहरूले भन्छन्, “तपाईंले हामीलाई भन्‍नुभएको कथा हामीले बुझ्यौँ, तर हामीलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा अझै पनि हामीले बुझेका छैनौँ, र त्यो के हो भने: यस्तो घटनाप्रति तपाईंको मनोवृत्ति के हो? त्यस्ता कुराहरू गर्ने व्यक्तिप्रति तपाईंको मनोवृत्ति के हो? के यो रिस, तिरस्कार, र घृणा हो? कि तपाईंलाई यस्तो व्यक्ति मनपर्छ?” (यो घृणा हो।) के यस्तो कुरालाई घृणा गर्नु पर्दैन र? (पर्छ।) तिमीहरूलाई यस्तो कुरा आइपरेको भए तिमीहरूले के सोच्नेथियौ? मानौँ एक जना दयालु व्यक्तिले तँलाई बारम्बार नचिनेका वस्तुहरू दिन्छ, र तँलाई मनाउन धेरै मेहनत गर्छ, “यी कुराहरू खानुहोस्, तपाईंको स्वास्थ्यका लागि राम्रो छ; खानुहोस्, अनि तपाईंलाई कुनै रोग लाग्दैन; खानुहोस्, अनि तपाईंको सुन्दरता र बलमा सुधार आउनेछ। तपाईंले मेरो कुरा मान्‍नुभएन भने राम्रो हुँदैन!” यदि पुष्टि गरेपछि, ती वस्तुहरूको कुनै मूल्य छैन भन्‍ने थाहा भयो भने तैँले के सोच्नेथिइस्? (यदि म भएको भए, म यस्तो व्यक्तिसँग अबदेखि झमेलामा पर्न चाहनेथिइनँ; म तिनीदेखि रिसाउनेथिएँ र अवाक् हुनेथिएँ—त्यस्ता भावनाहरू।) त्यस्ता मानिसहरूलाई घृणा गर्नुपर्छ र तिनीहरूबाट टाढा बस्‍नुपर्छ। अरू के छ? के व्यक्तिलाई रिस उठ्नुपर्छ, दुःख लाग्‍नुपर्छ, वा पीडा हुनुपर्छ? (कुनै अर्थ छैन।) यसको कुनै अर्थ छैन, होइन र? के यसो भन्‍ने मानिसहरू पनि छैनन् र, “यो व्यक्तिले सत्यता नबुझेकोले नै पक्‍कै पनि यस्तो गरेको होला”? धेरैजसो मानिसहरूले सत्यता बुझ्दैनन्, तैपनि तिनीहरूमध्ये कति जनाले यस्ता कुराहरू गर्न सक्छन्? के मानिसहरू व्यक्ति-व्यक्तिमा फरक हुँदैनन् र? (हुन्छन्।) मानिसहरू फरक-फरक हुन्छन्। यो त मानिसहरूले एक-अर्कासँग व्यवहार गर्दाको अवस्था जस्तै हो: भौतिक सामग्रीहरूको विनिमय हुँदा, कतिपय मानिसहरूले निष्पक्षता र उचितताको खोजी गर्छन्। यदि यी मानिसहरूले अर्को पक्षलाई तिनीहरूबाट केही फाइदा लिन दिए पनि, तिनीहरूलाई यसको मतलब हुँदैन—यसरी, तिनीहरूको सम्बन्ध टिकेको हुन्छ; तिनीहरूसँग मानवता हुन्छ र तिनीहरूलाई सानो हानि भोग्‍नु ठूलो कठिनाइ होइन भन्‍ने लाग्छ। अरू मानिसहरूमा मानवताको कमी हुन्छ र तिनीहरूलाई सधैँ अरूबाट फाइदा लिन मन लाग्छ: अरूसँग गरिने तिनीहरूको व्यवहार अरूको हानि गरेर फाइदा लिन र नाफा कमाउनका लागि मात्रै हुन्छ। यदि तिनीहरूले तँबाट केही फाइदाहरू निकाल्न सक्छन् भने, तिनीहरूले तँलाई खुसी पार्नेछन् र तँसँग सम्बन्ध कायम राख्‍नेछन्, तर तिनीहरूले यसो गर्न सक्दैनन् भने, तिनीहरूले तँलाई हटाउनेछन्। तिनीहरूले तँप्रति कुनै इमानदारीता देखाउँदैनन्; त्यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन।

आज भनिएको कथामा जस्तै उपहार दिने किसिमका मानिसहरूका बारेमा तिमीहरूलाई के लाग्छ? यस्ता मानिसहरूले किन उपहारहरू दिन्छन्? के यो संयोग हो? यदि धेरै वर्षको अवधिमा यो घटना एक पटक मात्रै घटेको हो भने, यो संयोग मात्रै हुन सक्थ्यो, तर के एउटा ऋतुमा चार पटक यस्तै घटना घट्यो भने पनि यसलाई संयोगको रूपमा लिन सकिन्छ? (सकिँदैन।) तिनको यो व्यवहार संयोगपूर्ण थिएन, न त त्यस्ता स्वभावलाई भ्रष्टताको क्षणिक प्रकटीकरण र अभिव्यक्ति नै भन्‍न सकिन्छ। त्यसोभए तिनको व्यवहारको प्रकृति के थियो? हामीले यसभन्दा पहिले भने जस्तै, तिनको व्यवहार अनादरणीय, गैरजिम्मेवार, लापरवाह, हतारे र आवेगपूर्ण थियो, र त्यो असभ्य स्वभावको थियो। त्यसोभए तिनले किन त्यसो गरे? तिनले किन ती कुराहरू अरू कसैलाई दिएनन्, तर मलाई मात्रै दिए? मेरो फरक पहिचान र हैसियतले मलाई यी उपहारहरू प्राप्त गर्न योग्य तुल्यायो। के यस कुराले उपहार दिने व्यक्तिको अभिप्राय र तिनले गरेको कामको प्रकृतिलाई स्पष्ट पार्छ? तिनको उद्देश्य के थियो? (चापलुसी गरेर नजिकिनु।) ठीक भन्यौ। तिनको यो चापलुसीलाई व्याख्या गर्नका लागि सबैभन्दा सटीक शब्द के हो? यो तुच्छ चलाकी हो: चापलुसी र अवसरवाद। यो तेरो चापलुसी गरेर तँसँग नजिकिने, तैँले थाहै नपाई तँलाई त्यसले खनेको खाडलमा फसाउने, र तिनको बारेमा तँलाई राम्रो अनुभूति गराउने चलाख तरिका हो, जबकि वास्तवमा ऊ अलिकति पनि सच्चा हुँदैन—उसले कुनै मूल्य नचुकाई आफ्ना उद्देश्यहरू हासिल गर्न चाहन्छ। तिनले परिणामहरूका बारेमा कुनै विस्तृत विचार नगरी यसो गरे र तिनले आफूले टिपेको कुरा तँलाई निःशुल्क दिए, जसले गर्दा तँलाई तिनले वास्ता गरिरहेका छन् भन्‍ने महसुस भयो, र तँलाई खुसीको स्थितिमा ल्यायो। यसको साँचो अर्थ के हो? यसको अर्थ, एक पैसा पनि खर्च नगरी, तिनले तँलाई तिनको खर्चमा तँलाई धेरै फाइदा भएको छ भन्‍ने अनुभव गराएका छन्, जुन कुरा स्पष्ट रूपमा नै तँलाई मूर्ख बनाउने कार्य हो। के यसको अर्थ त्यही होइन र? तिनले मनमनै सोचिरहेका हुन्छन्, “मैले एक पैसा पनि खर्च गरिरहेको छैनँ, र मैले धेरै मेहनत गरिरहेको छैनँ; मसँग तपाईंको लागि कुनै इमानदारीता छैन। म बस तपाईंलाई मेरो सम्झना गर्नका लागि केही कुरा दिनेछु, ताकि तपाईंले मलाई दयालु, वास्ता गर्ने, र बफादार ठान्‍नुभएको होस्, र मेरो हृदयमा तपाईंप्रति प्रेम छ भन्‍ने सोच्‍नुभएको होस्।” तँलाई तिनी यस्तै छन् भनेर गलत रूपमा विश्‍वास गराउनु भनेको एउटा तुच्छ चलाकी हो, र यो अवसरवाद पनि हो। कुनै मूल्य नचुकाई वा कुनै इमानदारीता नदेखाई सबैभन्दा ठूलो लाभ र सबैभन्दा ठूलो फाइदाका लागि सबैभन्दा तुच्छ तथाकथित दयाको प्रयोग गर्नु तुच्छ चलाकी हो। के तिमीहरू कसैले यसो गर्नेथियौ? सबैले गर्छन्—यति मात्र हो कि तिमीहरूले तिनले गरेका जस्तो गरेका छैनौ, तर मौका पाए तिमीहरूले यसो गर्नेथियौ। यस्ता मानिसहरूसँग व्यवहार गर्दा मैले निष्कर्ष निकालेको पहिलो कुरा त्यही हो, अर्थात् तिनीहरू तुच्छ चलाकीमा निकै सिपालु हुन्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्; तिनीहरूले जसबाट फाइदा लिनेछु, आशिष् पाउनेछु, र जो पछ्याउन लायक छ भन्‍ने ठान्छन् त्यसैलाई पछ्याउँछन्। यो एउटा घटनाले यस्तो व्यक्तिको विश्‍वास र तिनी वास्तवमा कस्ता छन् भन्‍ने सत्यतालाई पूर्ण रूपमा खुलासा गर्‍यो। परमेश्‍वरप्रतिको प्रेम, बफादारिता, र समर्पणतासम्बन्धी त्यस्ता मानिसहरूको बुझाइ अत्यन्तै सरल हुन्छ, र तिनीहरूले परमेश्‍वरको अनुमोदन र आशिष्‌हरू प्राप्त गर्न तुच्छ चलाकी गर्ने विधि प्रयोग गर्न चाहन्छन्। के तिनीहरू परमेश्‍वरप्रति इमानदार हुन्छन्? के तिनीहरू कुनै पनि हिसाबले परमेश्‍वरको डर मान्‍ने किसिमका हुन्छन्? (हुँदैनन्।) त्यसपछि अरू कुराहरूको बारेमा त कुरै नगरौँ। मैले निष्कर्ष निकालेको पहिलो कुरा त्यही हो। तिमीहरूको दृष्टिकोणमा, के मेरो कुरा सही छ? (छ।) के मैले तिनलाई अनुचित रूपमा नाम दिइरहेको छु? के मैले तिललाई पहाड बनाइरहेको छु? अवश्य नै छैनँ। तिनको सारअनुसार भन्दा, यो कुरा त्योभन्दा अत्यन्तै गम्भीर छ। कम्तीमा पनि, तिनले परमेश्‍वरलाई धोका दिइरहेका र उहाँसँग खेल खेलिरहेका छन्।

मैले निष्कर्ष निकालेको दोस्रो कुरा भनेको त्यस्ता मानिसहरूबाट के कुरा देख्‍न सकिन्छ भन्‍ने हो। मानव हृदय भयानक छ! मलाई भन, यो डरलाग्दो कुरा के हो? मैले किन मानव हृदय भयानक छ भनेर भनेँ? (यो व्यक्तिले आशिष्‌हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहना पूरा गर्नका लागि चापलुसी गरेर परमेश्‍वरसँग नजिकिन्छन्, त्यसपछि तिनी गैरजिम्मेवार हुन्छन् र परमेश्‍वरले यी कुराहरू खानुभएपछि उहाँको शरीरलाई के हुनेछ वा परिणामहरू के हुनेछन् भनेर विचार गर्दैन। तिनले सधैँ आफ्नो परिवारलाई जे खान दिए पनि त्यसका परिणामहरूबारे विचार गर्छन्, तर जब तिनले परमेश्‍वरलाई केही दिन्छन्, तब तिनले परिणामहरूबारे पटक्‍कै विचार गर्दैनन्। तिनले उचित तरिकाले भए पनि वा खराब तरिकाले भए पनि चापलुसी गरेर परमेश्‍वरसँग नजिकिँदै आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि मात्रै त्यसो गर्छन्; तिनी निकै स्वार्थी र घृणित छन्, तिनको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ छैन, र तिनले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दैनन् भन्‍ने कुरालाई देख्‍न सकिन्छ।) तात्पर्यमा, के यसको अर्थ मसँग मानवको रूपमा व्यवहार नगर्नु होइन र? के यसलाई यसरी भन्‍न सकिन्छ? (सकिन्छ।) कस्ता भयानक अभिप्रायहरू! (हो, तिनले परमेश्‍वरलाई आफ्नै आफन्तका रूपमा व्यवहार गरेको भए पनि तिनले परमेश्‍वरलाई छल गर्नेथिएनन्।) त्यो साँच्‍चै भयानक कुरा हो। यदि कुनै व्यक्ति तेरो साथी भएको भए, के तिनले तँसँग त्यसरी व्यवहार गर्नेथिए? गर्नेथिएनन्। तिनले तँलाई के खानु राम्रो हो भनेर भन्नेथिए, र कुनै कुरा खाँदा प्रतिकूल असर पर्छ भने, तिनले तँलाई त्यो कुरा खानबाट कडाइका साथ निरुत्साहित गर्नेथिए; यो त साथीहरूले समेत गर्न सक्‍ने कुरा हो। तर के यो व्यक्तिले त्यसो गर्न सक्छ? अहँ। तिनले मलाई यस्तो गरेको हुनाले, तिनले अवश्य नै तिमीहरूलाई पनि त्यसो गर्नेथिए। तिनमा अरू के-कस्ता भयानक कुराहरू छन्? (तिनी गहन रूपमा षड्यन्त्रकारी हुन्। तिनले यसलाई सतहमा दयालु हृदयले ढाकछोप गर्छन्, तर भित्री रूपमा, तिनले षड्यन्त्र गरिरहेका हुन्छन्, आफूले गर्न सक्‍ने सबैभन्दा सस्तो कुराबाट सबैभन्दा बढी फाइदा लिने प्रयास गरिरहेका हुन्छन्, र यो भयानक लाग्छ।) यसलाई त्यसरी हेर्नु राम्रो कुरा हो। तिमीहरूले यसभन्दा पहिले उल्‍लेख गरेको कुरा तिनको स्वार्थी पक्ष हो, जबकि यसले तिनको षडयन्त्रलाई जनाउँछ। तिमीहरू सबैले भनेको कुराको आधारमा भन्दा, व्यक्तिको हृदयको गहिराइमा भएका यी कुराहरू, तिनको मानवताबाट प्रकट हुने यी कुराहरू, तिनले छुन सक्‍ने वा छुन नसक्‍ने, र अरूले देख्‍न सक्‍ने वा नसक्‍ने, अर्थ लगाउन नसक्‍ने कुराहरू कहाँबाट आएका हुन्छन्? के ती कुरा व्यक्तिका आमाबुबाले सिकाएका हुन्छन्? के ती कुरा स्कूलमा सिकाइन्छ? कि ती कुरा समाजले सिकाएको गरेको हुन्छ? ती कसरी पैदा हुन्छन्? एउटा कुरा निश्‍चित छ: ती कुराहरू अन्तर्निहित हुन्छन्। मैले किन त्यसो भनेँ? अन्तर्निहित कुराहरू केसँग सम्बन्धित हुन्छन्? ती व्यक्तिको प्रकृति सारसँग सम्बन्धित हुन्छन्। त्यसोभए, तिनले यसरी सोच्नु भनेको लामो समयदेखि सोचिएको कुरा थियो कि अचानक आएको कुरा? के तिनी अरू कसैले गरेको कुराले प्रेरित थिए कि तिनले निश्‍चित परिस्थितिहरूमा यो काम गर्नुपर्यो? कि मैले तिनको बारेमा कुनै सङ्केत पाएँ? यीमध्ये कुनै पनि होइन। यी साना कुराहरू बाहिरी रूपमा साधारण देखिने भए पनि, यी प्रत्येक कुराको अन्तर्निहित प्रकृति असाधारण छ। के यी कुराहरू गर्ने व्यक्तिले ती कुराहरू गर्नुका परिणामहरू महसुस गर्न सक्थ्यो? सक्दैनथियो। किन? मानौँ तैँले सडकको स्टलमा राखिएको सस्तो सामान आफ्नो हाकिमलाई दिनका लागि किन्छस्। त्यो दिनुभन्दा पहिले, के तैँले मामलाहरूको मूल्याङ्कन गरेर आफैलाई यो कुरा सोध्नु पर्दैन र, “के हाकिमले सडकको स्टलमा यो वस्तु भेट्टाउन सक्छन्? के तिनी अनलाइन गएर यसको मूल्य कति छ भनेर पत्ता लगाउन सक्छन्? के कसैले तिनलाई यसको मूल्य कति छ भनेर खुलासा गर्न सक्छ? यो देखेपछि तिनले मेरो बारेमा के सोच्नेछन्?” के यी तैँले मूल्याङ्कन गर्नुपर्ने कुराहरू होइनन् र? तैँले सुरुमा मूल्याङ्कन गरेपछि मात्र किन्नेथिइस्। यदि मूल्याङ्कन गरिसकेपछि, तँलाई यो वस्तु उपहारमा दिनुका परिणामहरू प्रतिकूल हुनेछन् भन्‍ने लाग्यो भने, के तैँले अझै पनि यो उपहार दिनेथिइस्? तैँले अवश्य नै त्यसो गर्नेथिइनस्। यदि तैँले यो वस्तु तेरो हाकिमलाई दिँदा यो त्यति धेरै महँगो हुँदैन, र यसले तेरो हाकिमलाई खुसी पार्नेछ भन्‍ने सोचिस् भने, तैँले अवश्य नै यो कुरा दिनेथिइस्। तर कथाका यी मानिसले यीमध्ये कुनै कुराको मूल्याङ्कन गरेनन्, त्यसकारण तिनले के सोचिरहेका थिए? तिनले आफ्नो अभिप्रायहरू हासिल गर्ने एउटै मात्र तरिका यही हो भन्‍ने मात्रै सोचिरहेका थिए। अहिले यसलाई विश्लेषण गरेर हेर्दा, यस मामलाको प्रकृति बाहिर आउँछ। यस मामलाको प्रकृतिबाट के कुरा देख्‍न सकिन्छ? मानिसहरूसँग सम्पर्क गर्दा तिनीहरूमा देखिने दोस्रो परिणाम के हो भने, तिनीहरूको हृदय भयानक हुन्छ। के त्यस्ता मानिसहरूले जानी-जानी भए पनि नभए पनि प्रकट गर्ने भ्रष्ट स्वभावका मा निष्कर्ष निकाल्न सकिन्छ? मानव हृदय यति भयानक हुनुको कारण के हो? के यो अत्यन्तै असंवेदनशील भएकोले हो? असंवेदनशील व्यक्ति समझको कमी भएको व्यक्ति हो। के तिनीहरूलाई असंवेदनशील भनेर व्याख्या गर्नु सही हुन्छ? (हुँदैन।) त्यसोभए, के यो अज्ञानताको कारणले गर्दा हो? (होइन।) त्यसोभए अन्तिममा यसको कारण केलाई मान्‍न सकिन्छ? यसको कारणका रूपमा मानिसहरूको दुष्ट स्वभावलाई मान्‍न सकिन्छ। मैले तिमीहरूलाई मानिसहरूको डरलाग्दो पक्ष कहाँ लुकेको हुन्छ भनेर भन्‍नुपर्छ: यो तिनीहरूको हृदयमा भूतहरू बास गर्छन् भन्‍ने तथ्यमा हुन्छ। तिमीहरू सबैलाई यो कुरा कस्तो लाग्यो? भूतहरू मानिसहरूको हृदयमा बास गर्छन् भनेर म किन भन्छु? तिमीहरूको बुझाइ के हो? के तिमीहरूलाई यो भयानक अभिव्यक्ति हो भन्‍ने लाग्दैन र? यो सुन्दा तिमीहरूलाई डर लाग्दैन र? तिमीहरूले पहिले तिमीहरूको हृदयमा भूतहरू बास गर्छन् भन्‍ने सोचेका थिएनौ; तिमीहरूलाई तिमीहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने मात्रै लाग्थ्यो तर तिमीहरूमा भूतहरू बास गर्छन् भन्‍ने थाहा थिएन। अहिले थाहा भयो। के यो गम्भीर समस्या होइन र? के तिमीहरूलाई मैले सही कुरा भनेको छु जस्तो लाग्छ? (लाग्छ।) के यसले समस्याको जडलाई छुँदैन र? (छुन्छ।) मैले किन मानिसहरूको हृदयमा भूतहरू बास गर्छन् भनेर भनेँ, सोच। यसबारे विचार गर: के विवेक र समझ भएको व्यक्तिले यसरी परमेश्‍वरलाई छल गर्छ? के यो परमेश्‍वरप्रतिको समर्पणता हो? यो त परमेश्‍वरलाई खुलेआम विरोध गर्नु हो र उहाँलाई परमेश्‍वरका रूपमा पटक्‍कै व्यवहार नगर्नु हो। अहिले परमेश्‍वर मानवजातिलाई मुक्ति दिन पृथ्वीमा आउनुभएको हुनाले, मानिस र परमेश्‍वरको बीचमा के-कस्तो सम्बन्ध छ? के यो श्रेष्ठ र अधीनस्थको सम्‍बन्ध हो? मित्रता? आफन्त? यो वास्तवमा कस्तो सम्बन्ध हो? तैँले यो सम्बन्धलाई कसरी सम्हाल्छस् र लिन्छस्? परमेश्‍वरसँग व्यवहार गर्दा र उहाँसँग मिलेर बस्दा तँमा कस्तो मानसिकता हुनुपर्छ? परमेश्‍वरसँग मिलेर बस्‍नका लागि तैँले आफ्नो हृदयमा के राख्‍नुपर्छ? (डर।) डर सबैका लागि अवास्तविक हुन्छ जस्तो देखिन्छ। (भय।) भय हासिल गर्न सकिँदैन। यदि तैँले मलाई साधारण व्यक्तिका रूपमा लिन्छस् भने—चिनजानको व्यक्तिका रूपमा लिन्छस्, एक-अर्कालाई राम्ररी नबुझेको र साथी बन्‍नको लागि पर्याप्त नजिक भइनसकेको व्यक्तिका रूपमा लिन्छस् भने—हामीबीचको सम्बन्ध कसरी सामञ्जस्यपूर्ण र मित्रवत् हुन सक्छ? विवेकको बोध भएको व्यक्तिले त्यस्ता कुराहरू कसरी उचित रूपमा गर्ने भन्‍ने कुरा जान्नुपर्छ। (सम्मान हुनुपर्छ।) तँमा हुनुपर्ने न्यूनतम कुरा यही हो। मानौँ दुई जना मानिसहरूको भेट हुन्छ: तिनीहरू एक-अर्कासँग अझै परिचित छैनन् र तिनीहरूलाई एक-अर्काको नाम पनि थाहा छैन। यदि तिनीहरूमध्ये एक जनाले अर्को व्यक्ति निष्कपट छ भन्‍ने देख्यो र तिनीसँग खेल खेल्न चाह्यो भने, के यो त हेपाइको खेल होइन र? यदि थोरै पनि आदर छैन भने, के कुनै मानवता बाँकी हुन्छ? मानिसहरू एक-अर्कासँग घुलमेल हुनका लागि, जस्तोसुकै विवाद वा द्वन्द्वहरू पैदा भए पनि, तिनीहरूले कम्तीमा पनि एक-अर्कालाई आदर गर्नुपर्छ। आदर भनेको मानव हुनुको आधारभूत सामान्य ज्ञान हो, र सबै मानवका बीचमा न्यूनतम आदर हुन्छ। त्यसोभए, के मानिसहरूले परमेश्‍वरसँग अन्तरक्रिया गर्दा यस्तो आदर हुन्छ? यदि तँ यो बिन्दुमा समेत पुग्‍न सक्दैनस् भने, तेरो मनमा, परमेश्‍वर र तँबीचको सम्बन्ध वास्तवमा के हो? त्यस्तो अवस्थामा त, कुनै पनि सम्बन्ध हुँदैन—बाहिरी व्यक्तिको सम्‍बन्ध पनि हुँदैन। त्यसकारण, उपहार दिने व्यक्तिले परमेश्‍वरलाई यसरी व्यवहार गर्न सके: तिनले परमेश्‍वरलाई आदर नगरेका मात्र होइन, तर तिनले उहाँलाई छल गर्न पनि चाहन्थे। तिनले हृदयमा, परमेश्‍वरलाई आदर गर्नुपर्छ, वा उहाँको स्वास्थ्य अवस्था र उपहारहरू खाँदा आउने परिणामहरूबारे सावधानीपूर्वक र सूक्ष्म रूपमा ख्याल गर्नुपर्छ भन्‍ने महसुस गरेनन्—यी कुराहरू तिनले विचार गर्ने दायराभित्र परेका थिएनन्। तिनले परमेश्‍वरलाई छल्न चलाकीहरू प्रयोग गरेर तिनलाई निगाह गर्न लगाउनु नै पर्याप्त थियो; तिनका लागि सबैभन्दा राम्रो कुरा भनेको परमेश्‍वरलाई छल गर्न सक्नु नै थियो। तिनको हृदय त्यस्तो थियो। के मानिससँग त्यस्तो हृदय हुनु भयानक कुरा होइन र? यो भयानक कुरा हो!

कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, र बाहिरी रूपमा, तिनीहरूले उहाँलाई पछ्याउँछन् जस्तो देखिन्छ। तर तिनीहरूको हृदयको गहिराइमा, के तिनीहरूले आफूले लिएको मार्ग र आफूले चुकाएको मूल्यका बारेमा कहिल्यै मनन गरेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कर्तव्य पूरा गरेका छन् कि छैनन् भनेर जाँचेका र खोजी गरेका हुन्छन्? परमेश्‍वरसँगको मानिसहरूको व्यवहारमा तिनीहरूको मनोवृत्ति वास्तवमा के-कस्तो हुन्छ? परमेश्‍वरसँग व्यवहार गर्ने क्रममा तिनीहरूले प्रकट गर्ने सबै स्वभावहरूका बारेमा त कुरै नगरौँ, तर मानिसहरूले प्रदर्शन गर्ने र प्रकट गर्ने विभिन्‍न कुराहरू र तिनीहरूको अन्तर्निहित षड्यन्त्रको आधारमा हेर्दा, मानिसहरूले परमेश्‍वरका लागि के गरेका छन्? मूल्य चुकाउने र आफूलाई फाइदा हुने कुराहरूका बारेमा राम्ररी विचार गर्ने बाहेक, परमेश्‍वरप्रतिको मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ, र तिनीहरूले उहाँलाई के दिन्छन्? षड्यन्त्र, हिसाबकिताब, सतर्कता, र तिरस्कारपूर्ण मनोवृत्ति बाहेक केही पनि दिँदैनन्। तिरस्कार एउटा मनोवृत्ति हो, र यो मनोवृत्तिबाट पैदा हुने व्यवहारलाई क्रियापदको रूपमा व्यक्त गरियो भने यसबाट के पैदा हुन्छ? “गिल्‍ला गर्नु।” के तिमीहरूले कहिल्यै यो शब्द सुनेका छौ? (छौँ।) “गिल्‍ला” भन्‍ने शब्द अलिक औपचारिक शब्द हो। हामीले बोलचालको भाषामा के भन्छौँ? हामी “गिज्याउनु”, “कसैसँग चलाकी गर्नु”, “कसैसँग ठट्टा गर्नु” भनेर भन्छौँ। तिनीहरूका नजरमा तँ सीधासाधा देखिन्छस्, तँ निष्कपट देखिन्छस्; तिनीहरूको नजरमा तँ केही पनि हुँदैनस् र तिनीहरूले तँलाई खुल्लमखुल्ला गिल्ला गर्ने दुस्साहस गर्छन्—यो कस्तो स्वभाव हो? यस्तो स्वभाव भएको व्यक्तिका हकमा भन्दा, तिनीहरूको हृदयमा स्वर्गदूत बास गर्छ कि भूत? (भूत।) भूत बस गर्छ। यदि तिनीहरूले परमेश्‍वरसँग यस्तो व्यवहार गर्न सक्छन् भने, तिनीहरू वास्तवमा के हुन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्‍वरका वचनहरूमा समर्पित हुन सक्छन्? उदाहरणका लागि, मलाई उपहार पठाउने मानिस जस्ता व्यक्तिले सत्यताको खोजी गर्दैनन्, न त तिनले परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छन्। परमेश्‍वरले मानिसबाट के माग गर्नुहुन्छ, परमेश्‍वरले के हेर्न चाहनुहुन्छ, वा परमेश्‍वरले मानिसबाट के प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा तिनलाई अलिकति पनि थाहा हुँदैन। तिनी त आफ्नो हाकिमसँग अन्तरक्रिया गर्ने, कसरी तिनको चापलुसी गर्ने र कसरी तिनलाई छल गर्ने भनेर ध्यान दिने, जसरी आफ्नो उद्देश्य हासिल हुन्छ त्यसरी तिनीसँग व्यवहार गर्ने व्यक्ति जस्तै हुन्—त्यस्तो व्यक्ति वास्तवमा के अनुसार जिउँछ? तिनले अरूको चाकडी गरेर, आफ्ना अगुवाहरूको चापलुसी गरेर घृणित जीवन बिताउँछन्। तिनले किन मलाई यस्तो “वास्ता” र “दया” देखाए? तिनले आफूलाई रोक्न सकेनन्, सके र? के तिनले मैले यसबारे कस्तो महसुस गर्नेछु भनेर पूर्वानुमान गर्न सक्थे? (सक्दैनथिए।) ठीक भन्यौ; तिनले यो कुरा बुझेनन्। तिनमा सामान्य मानव मनको पूर्ण कमी थियो। मैले तिनको व्यवहार र स्वभावलाई कसरी लिन, परिभाषित गर्न, वा मूल्याङ्कन गर्न सक्छु भन्‍ने कुरा तिनलाई थाहा थिएन र वास्ता पनि थिएन। तिनलाई केको वास्ता छ? तिनले आफ्ना उद्देश्यहरू हासिल गर्न कसरी मेरो चापलुसी गर्ने, अनि त्यसपछि तिनको बारेमा मलाई कसरी राम्रो धारणा राख्‍ने बनाउने भन्‍ने बारेमा वास्ता छ। काम गर्ने क्रममा तिनको अभिप्राय त्यही हुन्छ। यो कस्तो मानवता हो? के साँचो विवेक र समझ भएको व्यक्तिले यसो गर्छ? तँ धेरै वर्षदेखि जिइरहेको छस्, त्यसकारण तैँले यो कुरा बुझ्नुपर्छ: पहिलो, मलाई तेरो चापलुसीको आवश्यकता छैन। दोस्रो, मलाई तैँले केही कुरा दिनु पर्दैन। तेस्रो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, तैँले के कुरा बुझेको हुनुपर्छ भने, तैँले जे गरे पनि, तेरा अभिप्राय र उद्देश्यहरू जे भए पनि, र तैँले गर्ने कामको प्रकृति जे भए पनि, म यी सबै कुरालाई परिभाषित गर्छु र तिनको निष्कर्ष निकाल्छु। तँले कुनै काम गरेर त्यो त्यतिमा नै समाप्त हुन्छ भन्‍ने होइन; यसको विपरीत, मैले स्पष्ट रूपमा तेरा अभिप्राय र मनसायहरू के हुन् भन्‍ने कुरा हेर्नुपर्छ। म तेरो स्वभावलाई मात्रै हेर्छु। कतिपयले सायद भन्‍नेछन्, “तपाईंले मानिसहरूसँग कति कठोर व्यवहार गर्नुहुन्छ!” हो त? मलाई त्यस्तो पटक्‍कै लाग्दैन। म पटक्‍कै कठोर नभएको हुनाले नै कतिपय मानिसहरूले परिस्थितिको फाइदा लिने प्रयास गर्छन्। के कुरा यस्तै होइन र? कतिपय मानिसहरू मेरो सम्पर्कमा आउने बित्तिकै, तिनीहरूले मनन गर्छन्, “म तपाईंलाई साधारण व्यक्ति मात्रै ठान्छु। तपाईंप्रति त्यति ध्यान दिनु आवश्यक छैन। तपाईं पनि म जस्तै हुनुहुन्छ: तपाईं पनि दिनमा तीन पटक खाना खानुहुन्छ, र तपाईंसँग कुनै अख्तियार वा शक्ति छ भन्‍ने म देख्दिनँ। मैले तपाईंसँग जस्तो व्यवहार गरे पनि तपाईंसँग भन्‍ने केही हुँदैन। तपाईंले मलाई के गर्न सक्नुहुन्छ?” यो कस्तो सोचाइ हो? यो कहाँबाट आउँछ? यो व्यक्तिको स्वभावबाट आउँछ। मानिसहरूमा किन यस्तो स्वभाव हुन्छ? किनभने तिनीहरूको हृदयमा पिशाचहरूले बास गर्छन्। तिनीहरूको हृदयमा पिशाचहरूले बास गरिरहेका हुने हुनाले, तिनीहरूले परमेश्‍वरलाई जति नै महान् ठाने पनि, तिनीहरूले परमेश्‍वरको हैसियत जति नै महान् ठाने पनि, मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ भन्‍ने कुरामा तिनीहरूले जति नै विश्‍वास गरे पनि, तिनीहरूले मौखिक रूपमा आफ्नो कृतज्ञता जति नै व्यक्त गरे पनि, र तिनीहरूले कष्ट भोग्‍ने र मूल्य चुकाउने आफ्नो इच्छालाई जसरी प्रकट गरे पनि, जब आफ्नो कर्तव्य पूरा गर्ने समय आउँछ, तब पिशाचहरूले तिनीहरूको हृदयलाई नियन्त्रण गर्छन्, र काम गर्ने पिशाचहरू नै हुन्छन्। तिमीहरूको दृष्टिकोणमा, कस्तो व्यक्तिले परमेश्‍वरलाई समेत छल गर्ने र गिल्ला गर्ने आँट गर्छ? (पिशाचले।) पिशाचले; यो कुरा निश्‍चित छ।

यसभन्दा पहिलेको हाम्रो सङ्गतिमा, शैतान र परमेश्‍वरको बीचमा भएको कुन कुराकानीबाट हामीले शैतानको स्वभावलाई देख्‍न सक्छौँ? परमेश्‍वरले भन्‍नुभयो, “शैतान, तँ कहाँबाट आइस्?” शैतानले के उत्तर दियो? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) त्यो कस्तो कुराकानी हो? (पैशाचिक कुरा।) यो पैशाचिक कुरा हो! यदि शैतानले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिन्थ्यो भने, यसले यसो भन्‍नेथियो, “परमेश्‍वरले मलाई सोध्नुभएको छ, त्यसकारण म कहाँबाट आएँ भनेर राम्रो तरिकाले भन्‍नेछु।” के त्यो समझदार रूपमा बोल्नु होइन र? (हो।) यो सामान्य मानव सोचाइ अनुरूपको वाक्य हो: पूर्ण वाक्य, व्याकरणात्मक र तुरुन्तै बुझिने वाक्य। के शैतानले त्यसो भन्यो? (भनेन।) त्यसले के भन्यो? “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” के तिमीहरूले यो वाक्य बुझ्छौ? (बुझ्दैनौँ।) अहिलेसम्म पनि, यसको अर्थ के हो कसैलाई थाहा छैन। त्यसोभए शैतान कहाँबाट आएको थियो? यो कहाँ-कहाँ घुमिरहेको थियो? यो कहाँबाट आएको थियो, र कुन दिशामा गइरहेको थियो? के यी प्रश्नहरूका कुनै ठोस उत्तरहरू छन्? आजसम्म, बाइबललाई अर्थ्याउनेहरूले शैतान वास्तवमा कहाँबाट आएको थियो, वा परमेश्‍वरको अघि आइपुग्‍न र उहाँसँग बोल्नका लागि त्यसलाई कति समय लाग्यो भनेर पत्ता लगाउन सकेका छैनन्; यीमध्ये कुनै पनि कुरा ज्ञात छैन। त्यसोभए परमेश्‍वरले यस विषयमा प्रश्न गर्नुभएपछि शैतानले कसरी यस्तो शैली र भाषामा उत्तर दिन सक्यो? के परमेश्‍वरले त्यसलाई उत्सुकताको साथ सोध्नुभयो? (हो।) त्यसपछि के त्यसले यस्तै तरिकाले उत्तर दियो? (दिएन।) परमेश्‍वरलाई जवाफ दिँदा यसले कस्तो मनोवृत्ति अपनायो? हास्यास्पद किसिमको। यो त तैँले कसैलाई “तपाईं कहाँको हुनुहुन्छ?” भनेर सोध्दा तिनले “अनुमान गर्नुहोस्” भनेर भने जस्तै हो। “म अनुमान गर्न सक्दिनँ।” तैँले अनुमान गर्न सक्दैनस् भन्‍ने तिनलाई थाहा हुन्छ, तर तैपनि तिनले तँलाई अनुमान गर्न लगाउँछन्। तिनले तँसँग ठट्टा गरिरहेका मात्रै हुन्छन्। यही मनोवृत्तिलाई नै कसैसँग खेल खेल्‍नु वा उसलाई गिल्ला गर्नु भनेर भनिन्छ। तिनी इमानदार हुँदैनन्, र तिनले तँलाई थाहा होस् भन्‍ने चाहँदैनन्; तिनी तँसँग चलाकी गर्न र तँसँग ठट्टा गर्न मात्रै चाहन्छन्। शैतानको स्वभाव ठीक त्यस्तै हुन्छ। मैले भनेँ कि कतिपय मानिसहरूको हृदयमा पिशाचहरूले बास गर्छन्; के तिनीहरूले परमेश्‍वरसँग यसरी नै व्यवहार गर्दैनन् र? दौडधूप गर्ने, कामकुरा गर्ने, र कहिलेकाहीँ केही कठिनाइ भोग्‍ने र थोरै मूल्य चुकाउने तिनीहरूको बाहिरी व्यवहारलाई हेर्दा, तिनीहरू त्यस्ता मानिसहरू जस्ता देखिँदैनन्; तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ जस्तो देखिन्छ। तर तिनीहरूले परमेश्‍वर र सत्यतालाई व्यवहार गर्ने तरिकामा देखिने तिनीहरूको मनोवृत्तिबाट, तिमीहरूले देख्छौ कि तिनीहरूको हृदयमा बास गर्ने कुरा भनेको पिशाच हो, र कुरा यति मात्र हो। तिनीहरूले परमेश्‍वरका प्रश्नहरूको सीधा उत्तर समेत दिन सक्दैनन्—तिनीहरू सर्प जस्तै चक्कर लगाइरहन्छन्, जसले गर्दा तैँले उत्तर भेट्टाउन सक्दैनस् र तिनीहरूले भनेको कुराको शिर-पुच्छर भेट्टाउन सक्दैनस्। यी वास्तवमा कस्ता मानिसहरू हुन्? के तिनीहरू परमेश्‍वरसँगको आफ्नो व्यवहारमा इमानदार हुन सक्छन्? परमेश्‍वरलाई घृणा र तिरस्कार गर्ने मनोवृत्तिले गर्दा, के त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरूको हृदयमा पिशाचहरूले बास गर्छन्। होइन र? (हो; तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दैनन्।) यी मानिसहरूको दुष्टता त्यही हो। तिनीहरूको दुष्टता तिनीहरूले देख्‍ने परमेश्‍वरको इज्जत, नम्रता, सामान्यता, र व्यावहारिकता उहाँलाई प्रिय बनाउने कुरा होइनन् भन्‍ने सोचाइमा हुन्छ—तर ती के हुन्? तिनीहरूले सोच्छन् कि यी परमेश्‍वरका कमीकमजोरीहरू हुन्; ती कुराहरू मानिसहरूलाई धारणाहरू पैदा गर्न प्रवृत्त गर्ने क्षेत्रहरू हुन्; ती तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरका सबैभन्दा ठूला कमीकमजोरीहरू हुन्; ती कमीकमजोरी, समस्या, र त्रुटि हुन्। यस्ता मानिसहरूलाई कसरी हेर्नुपर्छ? तिनीहरूले परमेश्‍वरलाई यसरी नै व्यवहार गर्छन् र उहाँप्रति यस्तै मनोवृत्ति अपनाउँछन्; परमेश्‍वरका लागि यो अपमानजनक कुरा हो, तर तिनीहरू आफैका लागि के हो? के तिनीहरूले यसबाट कुनै फाइदा लिन्छन्? यो तिनीहरू आफ्‍नै लागि पनि अपमान हो। मैले किन त्यसो भनेँ? साधारण व्यक्तिका रूपमा, यदि कसैले तँलाई यत्तिकै केही खानेकुरा दियो, र तैँले यसको तथ्यलाई ध्यान नदिई र यसको बारेमा सोध्दै नसोधी मूर्खले जस्तै यसलाई लिएर खाइस् भने, के त्यसले तेरो मानवतामा केही कुराको कमी छ भन्‍ने कुरालाई सङ्केत गर्दैन र? कुनै व्यक्तिको मानवतामा केही कुराको कमी छ भने, के त्यो व्यक्ति सामान्य व्यक्ति हो? होइन। यदि देहधारी ख्रीष्टमा यस्तो सामान्य मानवता समेत नभएको भए, के उहाँ अझै पनि कसैको विश्‍वासको योग्य हुनुहुनेथियो? हुनुहुनेथिएन। देहधारी परमेश्‍वरको मानवताका चिन्हहरू के-के हुन्? उहाँको तर्कसङ्गतता, सोचाइ, र विवेक सबैभन्दा सामान्य हुन्छन्। के उहाँमा न्याय गर्ने क्षमता छ? (छ।) यदि ममा त्यो कुरा थिएन, यदि म सामान्य समझ वा अन्तर्ज्ञान नभएको, घटनाहरू आइपर्दा सोच्न नसक्‍ने अस्थिर व्यक्ति मात्र भएको भए, के मलाई अझै पनि सामान्य मानव मानिनेथियो? त्यो सामान्य मानवता होइन, तर दोषपूर्ण मानवता हुनेथियो। के त्यस्तो व्यक्तिलाई ख्रीष्ट भन्‍न सकिन्छ? जब परमेश्‍वर देहधारी हुनुभयो, तब के उहाँले यस्तो देह छनौट गर्नुहुनेथियो? (गर्नुहुनेथिएन।) अवश्य नै गर्नुहुनेथिएन। यदि मैले बेवास्ता गरेर त्यसो गरेको भए, के त्यस्तो परमेश्‍वर, अर्थात् देहधारी परमेश्‍वरको रूपमा परिचित परमेश्‍वर पछ्याउन लायक हुनुहुनेथियो? अहँ, र तिमीहरू गलत मार्गमा हुनेथियौ। मेरो दृष्टिकोणबाट हेर्दा यो एउटा पक्ष हो। अर्कोतर्फ, तिमीहरूको दृष्टिकोणबाट हेर्दा, यदि तिमीहरूले उहाँलाई परमेश्‍वरका रूपमा, तिमीहरूले पछ्याउने पात्रका रूपमा लियौ, र उहाँको अनुयायीका रूपमा यसरी व्यवहार गर्यौ भने—तिमीहरूले आफूलाई कहाँ राखिरहेका हुन्छौ? के त्यो तेरो लागि लाजमर्दो कुरा होइन र? (हो।) यदि तैँले विश्‍वास गर्ने परमेश्‍वर तेरो नजरमा तेरो आदरको लायक हुनुहुन्न, तैपनि तैँले अझै पनि उहाँमा विश्‍वास गर्छस् भने, त्यसले तँलाई के बनाउँछ? के तँ मूर्ख होस्? के तँ अन्योलमा परेको अनुयायी होस्? के तैँले आफूलाई अपमान गरिरहेको हुनेथिइनस् र? (हुनेथियौँ।) तर यदि तँलाई उहाँमा सामान्य मानवताका यी सबै पक्षहरू छन्, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने लाग्छ, र तैँले त्यो सबै कुरा त्यसरी नै गर्छस् भने, के तैँले परमेश्‍वरलाई अपमान गरिरहेको हुँदैनस् र? दुवै दृष्टिकोणहरू मान्य छन्। यसलाई परमेश्‍वरको दृष्टिकोणबाट हेरे पनि वा मानिसको दृष्टिकोणबाट हेरे पनि, तैँले समस्यालाई देख्‍न सक्छस्—अनि यो समस्या गम्भीर छ! होइन र? (हो।) मानव दृष्टिकोणबाट हेर्दा, यदि तैँले उहाँलाई परमेश्‍वर ठानेर यसरी व्यवहार गरिस् भने, तैँले खुलेआम परमेश्‍वरलाई अपमान गरिरहेको हुन्छस्। यदि तँ उहाँ परमेश्‍वर नभई मानव हुनुहुन्छ भन्‍ने सोच्छस्, तर तँ अझै पनि उहाँलाई पछ्याउँछस् भने, के त्यो विरोधाभास हुनेछैन र? के तैँले आफूलाई अपमान गरिरहेको हुँदैनस् र? यी दुई पक्षहरूका बारेमा विचार गर; के मैले भनेको कुरा सही हो? कुरो त्यसै होइन र? मानिसहरूले किन यी कुराहरूका बारेमा सोच्न सक्दैनन्? तिनीहरूले किन अझै पनि यसरी व्यवहार गर्छन्? के तिनीहरूले सत्यता नबुझेकाले मात्रै हो? हामी यस विषयमा गहन रूपमा नजाऔँ; क्षमताको दृष्टिकोणबाट हेर्दा मात्रै, तिनीहरू मूर्ख समझहीन मानिसहरू हुन्। म किन तिनीहरू समझहीन मानिसहरू हुन् भनेर भन्छु? मैले कुन समझको कुरा गरिरहेको छु? यो सोचाइसँग सम्‍बन्धित कुरा हो। विचार नगरी, फाइदा र बेफाइदाको मूल्याङ्कन गर्न नआई, आफूले गरिरहेको कुराको प्रकृति वा तैँले त्यो गर्नुपर्छ कि गर्नु हुँदैन भन्‍ने कुरालाई नजानी कुनै काम गर्नु भनेको समझहीन हुनु हो। कस्तो कुराको समझ हुँदैन? जीव-जनावर र पशुहरूमा कुनै समझ हुँदैन, तर मानिसहरूले यी कुराहरूलाई विचार गर्छन्। मानिसहरूले आवेगमा मूर्खतापूर्ण कामहरू गर्न सक्छन्, तर यदि तिनीहरूले एउटै मूर्खतापूर्ण काम बारम्बार गरे भने, तिनीहरूलाई समझहीन व्यक्तिका रूपमा चित्रण गर्न सकिन्छ। समझहीन व्यक्ति भनेको समझशक्ति कमजोर भएको व्यक्ति हो वा, बोलचालको भाषामा भन्दा, मूर्ख व्यक्ति हो। तर तिनीहरूको स्वार्थ स्पष्ट हुन्छ, र तिनीहरूमा धूर्त चलाकीको कमी हुँदैन, त्यसैले त म भन्छु, मानिसहरूको हृदयमा पिशाचहरूले बास गर्छन्।

के तिमीहरू सबै उपहार दिएको विषयलाई उठाएर सङ्गति गर्नु भनेको तिललाई पहाड बनाउनु हो भन्‍ने सोच्छौ? यदि मैले यसबारे सङ्गति नगरेको भए र यसलाई यत्तिकै उल्लेख मात्रै गरेको भए, के यो कुरा सुनेपछि तिमीहरूमा यस्तो प्रभाव हुनेथियो? (हुनेथिएन।) बढीमा, सुनेपछि तिमीहरूले मनन गर्नेथियौ, “यो मानिसले कसरी यस्तो काम गर्न सक्यो? म त्यस्तो काम गर्दिनँ; साँच्‍चै नै विभिन्‍न प्रकारका मानिसहरू छन्!” बढीमा, तिमीहरूले यस्तै सोच्नेथियौ। तिमीहरूले यसबारे थोरै कुरा गर्नेथियौ होला, त्यति हो—तर के तिमीहरूसँग यसबारे यति गहन बुझाइ हुनेथियो? (हुनेथिएन।) तँसँग यसबारे त्यति गहन बुझाइ हुनेथिएन। त्यसोभए, मेरा वचनहरूले तिमीहरूलाई के-कस्ता फाइदाहरू दिन्छन्? तिमीहरूले के-कस्ता सत्यता प्राप्त गरेका छौ? सर्वप्रथम, मैले तिमीहरूलाई यो कुरा याद दिलाउनुपर्छ: मानिस र परमेश्‍वरको बीचमा, स्थापना गर्नका लागि सबैभन्दा राम्रो सम्बन्ध के हो? जब कोही परमेश्‍वरको नजिक जान्छ, तब ऊ उहाँको नजिक हुँदा कसरी परमेश्‍वरसँग मिलेर बस्नुपर्छ? के यसका लागि सिद्धान्तहरू खोजी गर्नु आवश्यक छैन र? (छ।) यसको साथै, परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको दौरान, मानिसहरूको दैनिक जीवनमा कथामा उल्लेख गरिएको मानिसले गरेको जस्तै प्रकृतिका के-कस्ता घटनाहरू घटेका छन्? के यी प्रश्नहरू मनन गर्न लायक छैनन् र? के कसैले पाठ सिकेर यसो भन्‍न सक्छ, “परमेश्‍वरले सानातिना गल्तीहरूलाई पनि सहनुहुन्न, त्यसकारण यो अत्यन्तै गम्भीर कुरा हो। हामी उहाँकहाँ नजानु, उहाँसँग नजिक नहुनु, वा उहाँसँग व्यवहार नगर्नु नै राम्रो हुन्छ—उहाँलाई चानचुने ठान्‍नु हुँदैन! यदि तैँले गल्ती गरिस् भने, उहाँले सानो कुरालाई ठूलो बनाउनुहुनेछ र तँ गम्भीर समस्यामा पर्नेछस्। म अवश्य नै उहाँलाई केही दिनेछैनँ!”? के यस्तो सोच्नु स्वीकार्य हुन्छ? (हुँदैन।) वास्तवमा, तिमीहरूले चिन्ता गर्नु पर्दैन: हामीलाई नजिक हुने धेरै अवसर प्राप्त हुँदैन, र हामीले एक-अर्कासँग अन्तरक्रिया गर्ने क्षणहरू अझै कम हुन्छन्, त्यसकारण यो तिमीहरूले चिन्ता गर्नुपर्ने कुरा होइन। यदि कुनै दिन मैले तिमीहरूसँग अन्तरक्रिया गरेँ भने, चिन्ता नगर; म तिमीहरूलाई एउटा रहस्य बताउनेछु। तँ मसँग मिलेर बसे पनि वा गुप्त रूपमा प्रार्थना र खोजी गरे पनि, मुख्य रहस्य के हो? तैँले जे गरे पनि, मसँग होड गर्ने काम नगर्; यदि तँमा झगडा गर्ने मानसिकता छ भने, मबाट टाढा बस्। कतिपय मानिसहरू अत्यन्तै धूर्त भएर बोल्छन्, आँखा झिमिक्‍क गर्दा धेरै युक्तिहरू बनाउँछन्, र तिनीहरूले बोल्ने हरेक वाक्य अशुद्धताले भरिएको हुन्छ; यदि तिनीहरूले अझै धेरै बोले भने, कुन शब्द साँचो हो र कुन झूटो हो भन्‍ने तँलाई थाहा हुनेछैन। त्यस्ता मानिसहरू कहिल्यै मेरो नजिक आउनु हुँदैन। जब तँ परमेश्‍वरको सम्पर्कमा आउँछस् र उहाँसँग अन्तरक्रिया गर्छस्, तब तैँले गर्नुपर्ने मुख्य कुरा के हो र तैँले पालना गर्नुपर्ने मुख्य सिद्धान्त के हो? परमेश्‍वरसँगको तेरो व्यवहारमा इमानदार हृदय राख्। यसको साथै, सम्‍मान गर्न सिक्। सम्‍मान शिष्टता होइन; यो त चापलुसी गर्नु वा चिप्‍ले घस्नु पनि होइन, न त यो चाकडी गर्नु वा खुसामदी गर्नु नै हो। त्यसोभए यो वास्तवमा के हो? (यो परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो।) परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु एउटा मुख्य सिद्धान्त हो। यसका व्यावहारिक पक्ष के-के हुन्? (परमेश्‍वरको कुरा सुन्न सिक्‍नु।) त्यो अभ्यासको एउटा पक्ष हो। कतिपय मानिसहरू मेरो सम्पर्कमा आउँछन्, र तिनीहरू म बोल्दा-बोल्दै बोल्छन्, त्यसकारण अघि बढ्नुभन्दा पहिले तिनीहरूलाई आफ्‍नो कुरा समाप्त गर्न दिन्छु। अनि मैले बोल्दा तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन्? तिनीहरूले आँखा बन्द गरेर कुरा सुन्छन्। यसको अर्थ के हो? यो त यस्तो भन्‍नु जस्तै हो, “तपाईंले भनिरहनुभएको कुरा बकवास हो। तपाईंलाई के थाहा छ र?” तिनीहरूको मनोवृत्ति त्यस्तो हुन्छ। मलाई सबै कुरा थाहा नहुन सक्छ, तर मसँग सिद्धान्तहरू छन्, र मैले सिकेको, देखेको, र बुझ्न सक्‍ने कुरा, साथै मलाई थाहा भएका सिद्धान्तहरू म तँलाई बताउँछु, र तैँले यसबाट धेरै कुरा प्राप्त गर्न सक्छस्। तर यदि तैँले मलाई केही थाहा छैन भन्‍ने सोच्दै सधैँ मलाई पुलुक्क हेर्छस्, र तैँले मेरो कुरा ध्यान दिएर सुन्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्—तैँले आफै कुराहरू पत्ता लगाउनुपर्नेछ। के कुरा यस्तै होइन र? त्यसकारण, तिमीहरूले परमेश्‍वरका वचनहरू सुन्न सिक्‍नुपर्छ। जब तिमीहरू सुन्छौ, तब के मैले तिमीहरूलाई आफ्ना विचारहरू व्यक्त गर्नमा सीमित गर्छु? गर्दिनँ। मैले बोलिसकेपछि, म तिमीहरूसँग कुनै प्रश्न छ कि छैन भनेर सोध्छु, र यदि कसैसँग छ भने, म तुरुन्तै यसको उत्तर दिन्छु र ती प्रश्नहरूमा समावेश सिद्धान्तहरू बताउँछु। कहिलेकाहीँ म तिमीहरूलाई सिद्धान्तहरू मात्रै बताउँदिनँ, तर तिमीहरूले के गर्नुपर्छ भनेर सीधै बताउँछु, र हरेक पक्षलाई विस्तृत रूपमा बताउँछु। मैले नबुझेका कतिपय क्षेत्रहरू भए पनि, मसँग मेरा आफ्नै सिद्धान्तहरू छन्, र त्यस्ता कुराहरूलाई सम्हाल्ने मेरा आफ्नै दृष्टिकोण र तरिकाहरू छन्, त्यसकारण म तिमीहरूलाई मलाई उचित लागेका दृष्टिकोण र सिद्धान्तहरूका आधारमा सिकाइरहेको हुन्छु। म किन तिमीहरूलाई सिकाउन सक्छु? किनभने तिमीहरूले यी कुराहरू समेत बुझेका छैनौ। यी प्रश्नहरूको उत्तर दिइसकेपछि, म थप कुनै प्रश्नहरू छन् कि भनेर फेरि सोध्छु; छन् भने, म फेरि पनि ढिलाइ नगरी तिनको उत्तर दिनेछु। म तैँले मेरो कुरा सुनेको मात्रै चाहन्‍नँ; म तँलाई बोल्ने मौका दिन्छु, तर तैँले भनेको कुरा उचित हुनुपर्छ—बकवास होइन, र समय बरबाद गर्ने कुरा होइन। कहिलेकाहीँ, म अधीरताले कतिपय मानिसहरूको कुरा बीचमै काट्छु। कस्ता परिस्थितिमा? तिनीहरूले कुरा लम्ब्याएर बोल्दा, पाँच वटा वाक्यमा भन्‍न सकिने कुरा दश वाक्यमा भन्दा। वास्तवमा, मैले ती कुरा सुनेपछि बुझिहाल्छु; अब के आउँछ भन्‍ने मलाई थाहा हुन्छ, त्यसकारण तिनीहरूले थप केही भन्‍नु पर्दैन। संक्षिप्त र सटीक रूपमा बोल; अरूको समय बरबाद नगर। तैँले बोलिसकेपछि, म तँलाई उत्तर दिनेछु, र के गर्ने र कुन सिद्धान्तहरू अनुसार गर्ने भनेर बताउनेछु। कुरा त्यतिमा नै समाप्त हुनुपर्छ, होइन र? तर कतिपय मानिसहरूले यसलाई पहिचान गर्न सक्दैनन्, र भन्छन्, “अहँ, तपाईंले मलाई आदर गर्नुपर्छ; हाम्रो आदर दुवै पक्षबाट हुनुपर्छ। तपाईंले बोलिसक्‍नुभयो, तर मैले आफ्नो दृष्टिकोण व्यक्त गरिसकेको छैनँ। मेरो दृष्टिकोण यो हो—मैले फेरि सुरुबाट नै सुरु गर्नुपर्छ।” तिनीहरूले सधैँ मलाई आफ्ना दृष्टिकोणहरू व्यक्त गर्न चाहन्छन्, मानौँ मलाई तीबारे थाहा छैन, जबकि वास्तवमा, तिनीहरूले कुरा गर्न थाल्ने बित्तिकै, मलाई तिनीहरूको दृष्टिकोण के हो भन्‍ने थाहा हुन्छ—त्यसकारण के तिनीहरूले कुरा जारी राख्‍नु आवश्यक हुन्छ? यसको कुनै आवश्यकता छैन। कतिपय मानिसहरूको आइक्यू यति न्यून हुन्छ कि दुई शब्‍दमा भन्‍न सकिने कुरा बताउन तिनीहरूलाई दश वाक्य लाग्छ, र मैले तिनीहरूको कुरा बीचमा काटिनँ भने, तिनीहरू बोलिरहन्छन्। अरू सबैले बुझेका हुन्छन्; के मैले अझै बुझेको हुँदिनँ र? तैपनि, तिनीहरू आफ्‍नो कुरा व्यक्त गर्न चाहन्छन्, त्यसकारण तिनीहरूको आइक्यू मात्रै कमजोर भएको भन्ने होइन—तिनीहरूको समझ पनि कमजोर हुन्छ! के तिमीहरूले कहिल्यै त्यस्ता मानिसहरूलाई भेट्टाएका छौ? (छौँ।) तिनीहरूको समझ कमजोर भए पनि र तिनीहरूको आइक्यू न्यून भए पनि तिनीहरू आफूलाई चलाख ठान्छन्। के त्यो घिनलाग्दो कुरा होइन र? यो वाक्‍कलाग्दो र घिनलाग्दो कुरा हो। जब मानिसहरू परमेश्‍वरको सम्पर्कमा आउँछन्, तब पहिलो कुरा भनेको उहाँसँग इमानदार हृदयले व्यवहार गर्नु हो; दोस्रो कुरा भनेको मानिसहरूले आदर गर्न सिक्‍नुपर्छ; र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताको खोजी गर्न सिक्‍नु हो। के सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही होइन र? (हो।) यदि तैँले सत्यताको खोजी गर्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ हुन्छ? उहाँमा विश्‍वास गर्नुको मूल्य के हुन्छ र? यसो गर्नुको के अर्थ हुन्छ र? यो धेरैजसो मानिसहरूले पूरा गर्न नसक्ने कुरा हो, तर यो कुरा किन उठाउने? यो भविष्यका लागि तयारी हो; भविष्यमा तिमीहरूलाई यस्ता कुराहरू आइपर्दा तिमीहरूले यसरी अभ्यास गर्न सिक्‍नुपर्छ।

मण्डलीमा, म धेरै मानिसहरूको सम्पर्कमा आएँ, जसमध्ये कतिलाई मैले केही कामहरू सुम्पेँ। केही दिनपछि, तिनीहरूले मलाई प्रतिक्रिया दिए, र मैले अह्राएको सबै कुरा तिनीहरूले लेखेका छन्, र तिनीहरू अहिले हरेक कुरा लागू गर्ने प्रक्रियामा छन् भन्‍ने कुरा मलाई देखाए। जब तिनीहरूले मलाई भेटे, तब तिनीहरूले मलाई कार्यान्वयनको प्रगतिका बारेमा, के-कस्ता समस्याहरूको खोजी गर्नुपर्ने भयो, र के-कस्ता समस्याहरूका परिणामहरूको प्रतीक्षा अझै भइरहेको छ भन्‍ने बारेमा रिपोर्ट गरे, र मलाई पूर्ण रूपमा जानकारी दिए। तिनीहरूले विवरणहरू स्पष्ट रूपमा व्याख्या गरे, र कहिलेकाहीँ ती कुरा अलिक सानातिना भए पनि, तिनीहरूको मनोवृत्तिले तिनीहरूले परमेश्‍वरका वचनहरूलाई लिने मामिलामा तिनीहरू गम्भीर र जिम्मेवार छन्, र तिनीहरूको जिम्मेवारी, कर्तव्य, र दायित्वहरू के-के हुन् भन्‍ने तिनीहरूलाई थाहा छ भन्‍ने देखायो। कतिपय मानिसहरू फरक थिए: मैले तिनीहरूलाई दुई वटा काम दिन्थेँ, र तिनीहरूले ती कुराहरू नोटबुकमा लेख्थे, तर एक हप्तापछि, तिनीहरूले अझै पनि केही लागू नगरेपछि, मैले तिनीहरूलाई त्यसबारे प्रश्न गर्दा मात्रै तिनीहरूलाई यो कुरा याद आउँथ्यो—अनि तिनीहरूले यो सबै कुरा फेरि पनि नोटबुकमा लेख्थे। अर्को हप्तापछि, मैले तिनीहरूलाई किन यो काम अझै पनि समाप्त भएको छैन भनेर सोध्दा, तिनीहरूले यो र त्यो कठिनाइ देखाउँदै बहाना बनाउँथे, फेरि पनि लगनशीलताको साथ सबै कुरा आफ्नो नोटबुकमा लेख्थे। तिनीहरूले सबै कुरा कहाँ राखेका हुन्थे? (तिनीहरूको नोटबुकमा।) तर तिनीहरूले आफ्नो मनमा केही कुरा राखेका हुँदैनथिए। के यो गलत व्यक्तिलाई कुनै काम सुम्पनु होइन र? यी मानिसहरू मानव होइनन्। मैले तिनीहरूलाई सुम्पेको कुनै पनि कुरा एउटा कानबाट गएर अर्को कानबाट बाहिर निस्कन्थ्यो—तिनीहरूले यसलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनथिए। निश्‍चित पेसा वा सामान्य मामलाहरूसँग सम्बन्धित सबै कामहरू—साथै मण्डलीको कामसँग सम्बन्धित केही कुराहरू—जुन म मानिसहरूलाई सुम्पन्छु, ती तिनीहरूले हासिल गर्न सक्‍ने कुराको दायराभित्र हुन्छन्; कुनै पनि काम तिनीहरूलाई कठिन हुने अभिप्रायले दिइएको हुँदैन। यद्यपि, प्रायजसो जब मैले अगुवा र सेवकहरूलाई काम सुम्पन्थेँ, तब तिनीहरूमध्ये धेरैले काम सुरु गरेपछि मलाई रिपोर्ट गर्दैनथिए, र कामको स्थितिबारे मैले केही पनि सुन्दिनथिएँ। यो कामको बन्दोबस्त गरिएको छ कि छैन, यो काम कसरी गरिएको छ, के-कस्ता त्रुटिहरू देखा परेका छन्, वर्तमान परिणामहरू के-के हुन्—तिनीहरूले यीमध्ये कुनै कुराबारे रिपोर्ट गर्दैनथिए वा तिनीहरू त्यसको खोजीमा संलग्‍न हुँदैनथिए। तिनीहरूले आफ्नो आज्ञालाई पन्छाउँथे, र मैले कुनै पनि परिणामबारे सुन्न समेत पाउँदिनथिएँ। कतिपय मानिसहरूको समस्या अझै गम्भीर थियो, किनभने मैले तिनीहरूलाई सुम्पेको कुरा लागू गर्न नसक्नु बाहेक, तिनीहरू मेरो चापलुसी गर्न र मलाई छल गर्न आउँथे, र हिजो तिनीहरू कहाँ गए र के गरे, त्यसभन्दा पहिलेको दिनमा तिनीहरूले के गरे, र अहिले के गरिरहेका छन् भनेर मलाई बताउँथे। तिनीहरू नाटक र धूर्ततामा कति सिपालु थिए, हेर त—तिनीहरूले मैले तिनीहरूलाई विशेष रूपमा सुम्पेका कुनै पनि कुराहरू गर्दैनथिए, बरु महत्त्वपूर्ण काम लथालिङ्ग हुँदा तिनीहरू व्यर्थका कामहरूमा व्यस्त रहन्थे। यो कस्तो व्यवहार थियो? तिनीहरूले आफ्नो उचित कामलाई पूर्ण रूपमा बेवास्ता गर्थे, र तिनीहरू झूट र छलले भरिएका हुन्थे!

एउटा व्यक्ति रोपाइँका इन्‍चार्ज थिए। मैले तिनलाई सोधेँ, “यस वर्ष केही सागपात राम्रा भएका छन्। के तैँले कुनै बीउ बचाएर राखिस्?” तिनले भने, “हजुर, राखेँ।” मैले भनेँ, “तिनीहरूले केही समय पहिले सबै सागपातको बाली उठाए र अलिकति पनि बीउ बचाएर राखेनन् भन्‍ने मैले सुनेको छु।” तिनले भने, “तिनीहरूले बाली उठाउने काम सकेका छैनन्। अझै केही बाँकी छन्!” त्यसपछि मैले सोधेँ, “बाँकी सागसब्जी कहाँ छ? म हेर्छु।” तिनले भने, “अहो? ठीक छ … पहिले म गाएर हेर्छु।” तिनले वास्तवमा केही बीउ बचाएर राखेका थिए कि थिएनन्? थिएनन्। के तिनले बोलेका यी केही शब्दहरूमध्ये, “हजुर, राखेँ” भन्‍ने तिनको पहिलो अभिव्यक्ति झूट थियो? (हो।) अनि तिनको दोस्रो अभिव्यक्ति, “तिनीहरूले बाली उठाउने काम सकेका छैनन्। अझै केही बाँकी छन्!”, के त्यो झूट थिएन? तिनीहरूले कुनै बीउ बचाएर राखेका छन् कि छैनन् भन्‍ने तिनलाई थाहा थिएन, र तिनले भने, “पहिले म गएर हेर्छु।” त्यसकारण तेस्रो अभिव्यक्ति फेरि पनि अर्को झूट थियो। एकपछि अर्को अभिव्यक्तिसँगै झूटहरू झन्-झन् गम्भीर हुँदै गए; तिनले झूटमाथि झूट थप्दै गएका थिए, र ती झूट झन्-झन् गहन हुँदै गएका थिए—झूटले भरिएको मुख! के तिमीहरू झूटाले भरिएको मुख भएको व्यक्तिसँग अन्तरक्रिया गर्न इच्छुक हुनेछौ? (हुनेछैनौँ।) झूटले भरिएका मानिसहरूसँग कुरा गर्दा र काम गर्दा तँलाई कस्तो लाग्छ? के तँलाई रिस उठ्छ? तिनीसँग जोसुकैलाई धोका दिने दुस्साहस थियो; मैले थाहा पाइनँ भन्‍ने तिनले सोचे भने तिनी गलत थिए! के त्यो कुराको लागि छल नै गर्नुपर्थ्यो त? यति छली भएर तिनले के प्राप्त गर्न सके? यदि तैँले तिनले व्यवहारमा देखाएको मनोवृत्ति देखेको भए, यदि तिनले तँलाई यस्तो व्यवहार गरेका भए, तँलाई कस्तो लाग्‍नेथियो? यदि कुनै व्यक्तिले भनेको कुराको ९९ प्रतिशत झूट हो भने, चाहे त्यो व्यक्तिले गफ गरिरहेको होस् वा काम वा गम्भीर मामलाहरूका बारेमा कुरा गरिरहेको होस्, वा सत्यतामा सङ्गति गरिरहेको होस्, त्यो व्यक्ति आशाभन्दा बाहिर गएको हुन्छ। तिनले जोसुकैलाई छल गर्न सक्छन्; त्यसकारण त्यसले तिनलाई के बनाउँछ? तिनले परमेश्‍वरमा विश्‍वास गरेको कति भयो? कतिपय गैरविश्‍वासीहरूले सधैँ यसो भन्छन्, “जहाँसम्म मलाई थाहा छ”, वा, “मनैबाट भन्दा,” र यस्तै आधारमा, तिनीहरूले सत्य कुरा भनिरहेका हुन्छन्। ती व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भयो, र तिनले धेरै प्रवचन सुनेका थिए, तर तिनले सत्यताको एक शब्द पनि बोल्न सकेनन्; तिनले भनेको सबै कुरा झूट थियो। त्यसोभए तिनी कस्ता प्राणी हुन्? के यो घिनलाग्दो र घृणित कुरा होइन र? के यस्ता मानिसहरू धेरै छन्? के तिमीहरू यस्तै छौ? जब तिमीहरू मसँग अन्तरक्रिया गर्छौ, तब तिमीहरूले कुन परिस्थितिमा मसँग झूट बोल्छौ? यदि तैँले कुनै विपत्ति ल्याएको छस्, र परिणामहरू गम्भीर छन् र तँलाई हटाइन पनि सक्छ भन्‍ने तँलाई थाहा छ भने, अरूले यसबारे बताउने बित्तिकै, तैँले यसलाई ढाकछोप गर्न झूट बोल्छस्। त्यस्तो कुराका बारेमा जोकोहीले झूट बोल्न सक्छ। मानिसहरूले अरू केका बारेमा झूट बोल्न सक्छन्? आफ्नो छवि बढाउन र अरूको उच्च आदर पाउन झूट बोल्नु। त्यसपछि आफ्नो काममा अयोग्य छु भन्‍ने थाहा भएका मानिसहरू पनि हुन्छन्, तर तिनीहरूले माथिलाई स्पष्ट रूपमा यो कुरा बताउँदैनन्, किनभने तिनीहरूलाई त्यसो गरेको खण्डमा आफूलाई बर्खास्त गरिन्छ भन्‍ने डर हुन्छ। माथिलाई आफ्नो कामका बारेमा रिपोर्ट गर्दा, तिनीहरूले समस्या समाधान गर्ने उपायहरू खोजेका छन् भन्‍ने नाटक गर्छन्, जसले गर्दा अरूलाई गलतफहमी हुन्छ। तिनीहरूले भन्‍ने सबै कुरा झूट हुन्छ, र तिनीहरू आधारभूत रूपमा काम गर्न असमर्थ हुन्छन्। यदि तिनीहरूले केही प्रश्नहरू सोधेनन् भने, माथिले भिन्‍नताहरू पत्ता लगाएर तिनीहरूलाई प्रतिस्थापन गर्नुहुन्छ भन्‍ने तिनीहरूलाई डर हुन्छ, त्यसकारण तिनीहरूले तुरुन्तै बहाना बनाउँछन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको मानसिकता यस्तै हुन्छ।

मैले भर्खरै सङ्गति गरेका परमेश्‍वरसँग अन्तरक्रिया गर्ने तीन वटा सिद्धान्तहरूका बारेमा विचार गर। तिमीहरूले कुन कुरा गर्न सक्दैनौ, र तिमीहरूलाई कुन कुरा हासिल गर्न सजिलो हुन्छ? वास्तवमा, तीमध्ये कुनै पनि कुरालाई साँचो रूपमा लागू गर्न सजिलो छैन, किनभने मानिसहरूको हृदयमा पिशाचहरूले बास गर्छन्। तैँले आफ्नो हृदयबाट पिशाचलाई निकालेपछि मात्रै तैँले ती हासिल गर्न सक्‍नेछस्। तैँले आफ्नो हृदयमा भएको पिशाचसँग लडाइ गर्नुपर्छ, र यदि तैँले हरेक पटक यसलाई जित्न सक्छस् भने, तैँले ती कुराहरू हासिल गर्न सक्छस्। यदि तँ हरेक पटक असफल हुन्छस् र त्यसको पकडमा पर्छस् भने, तैँले ती कुराहरू हासिल गर्न सक्‍नेछैनस्; तैँले कुनै पनि सिद्धान्तहरू लागू गर्न सक्‍नेछैनस्। यदि तिमीहरूले मेरो साथमा बस्दा वा मसँग अन्तरक्रिया गर्दा मात्र नभई यी सिद्धान्तहरू पछ्याउँदै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँगको तिमीहरूको नियमित अन्तरक्रियामा पनि यी तीनै वटा कुराहरू पूरा गर्न सक्छौ भने, के सबैले यसबाट फाइदा पाउनेछैनन् र? (पाउनेछन्।) अब कथा सकिएको हुनाले, मुख्य विषयमा जाऊँ।

ख्रीष्ट विरोधीहरू कसरी दुष्ट, धूर्त, र छली हुन्छन् भन्‍ने कुराको एउटा विश्‍लेषण

पछिल्‍लो पटक हामीले ख्रीष्ट विरोधीहरूको सातौँ प्रकटीकरणका बारेमा सङ्गति गर्‍यौँ—तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन्। यो विषयमा लगभग दुई पटक सङ्गति गरिएको छ। पहिलो छलफल ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिका बारेमा थियो—त्यो छलफलको जोड के थियो? (सत्यताप्रति शत्रुवत् हुनु र त्यसलाई तिरस्कार गर्नु।) ख्रीष्ट विरोधीहरू सत्यताप्रति शत्रुवत् हुन्छन् र सत्यतालाई तिरस्कार गर्छन्, तिनीहरूले सत्यता र परमेश्‍वरसँग मिल्ने सबै सकारात्मक कुराहरूलाई घृणा गर्छन्, जुन ख्रीष्ट विरोधीहरूको दुष्टताको पहिलो र प्राथमिक प्रकटीकरण हो। पहिलो छलफल ख्रीष्ट विरोधीहरूले के कुरालाई तिरस्कार गर्छन् भन्‍ने बारेमा थियो। साधारण मानिसहरूले नकारात्मक कुराहरू र दुष्ट शक्तिहरूलाई तिरस्कार गर्छन्; तिनीहरूले फोहोरी, अन्धकारमय, र दुष्ट कुराहरूलाई तिरस्कार गर्छन्। तैपनि, यसको विपरीत, ख्रीष्ट विरोधीको दुष्ट प्रकृतिको पहिलो प्रकटीकरणको सबैभन्दा बलियो प्रमाण के हो भने, तिनीहरूले नकारात्मक कुराहरूलाई तिरस्कार गर्दैनन् तर सत्यता र परमेश्‍वरसँग सम्बन्धित सबै सकारात्मक कुराहरूलाई तिरस्कार गर्छन्, जुन तिनीहरूको दुष्टतासँग सम्बन्धित पहिलो बलियो प्रमाण हो। हाम्रो दोस्रो छलफल ख्रीष्ट विरोधीको दुष्टताको प्रकटीकरणसँग सम्बन्धित दोस्रो बलियो प्रमाणका बारेमा थियो। यदि तिनीहरूले सकारात्मक कुराहरू तिरस्कार गर्छन् भने, के कुरालाई प्रेम गर्छन्? (नकरात्मक कुराहरूलाई।) सामान्य मानवता भएका मानिसहरूले के कुरालाई प्रेम गर्छन्? तिनीहरूले इन्साफ, दया र सुन्दरता, त्यसका साथै मानवजातिसँग सम्बन्धित प्रेम, धैर्यता, र सहनशीलता, साथै मानिसहरूका लागि सकारात्मक र फाइदाजनक हुने सामान्य समझ र ज्ञान, र परमेश्‍वरबाट आएका सबै सकारात्मक कुराहरू, यावत् थोकका लागि परमेश्‍वरले स्थापना गर्नुभएका व्यवस्था र नियमहरू, परमेश्‍वरका व्यवस्था र प्रशासनिक आदेशहरू, र परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यता र जीवनका मार्गहरू, साथै परमेश्‍वरसँग सम्बन्धित अरू कुराहरूलाई प्रेम गर्छन्। ख्रीष्ट विरोधीको दुष्ट प्रकृति यसको विपरीत हुन्छ; उसलाई यी कुराहरू मन पर्दैन—उसलाई के मनपर्छ? (झूट र छलछाम।) हो, तिनीहरूलाई झूट र छलछाम, साथै षड्यन्त्र, र युक्तिहरू, संसारसँग व्यवहार गर्ने, मानिसहरूको चापलुसी गर्ने, चाकडी गर्ने विभिन्‍न माध्यमहरू, साथै कलह, हैसियत, र अख्तियार मन पर्छ। तिनीहरूले सत्यता र सकारात्मक कुराहरूका विरुद्धमा जाने यी सबै नकारात्मक कुराहरूलाई प्रेम गर्छन्, र यस कुराले ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिलाई ठ्याक्कै देखाउँछ। के यी प्रमाणहरू अकाट्य छैनन् र? (छन्।) यी सबै प्रमाणहरू अकाट्य भए पनि, अझै पूर्ण मान्‍न नसकिने दुई वटा भाग मात्रै छन्। आज हामी ख्रीष्ट विरोधीहरू कसरी दुष्ट, धूर्त, र छली हुन्छन् भन्‍ने कुराको तेस्रो भागको छलफललाई जारी राख्‍नेछौँ। यो तेस्रो भाग निश्चय नै पहिलो र दोस्रो भागभन्दा फरक छ, तर यो ती भागहरूसँग सम्बन्धित छ। यो कसरी सम्बन्धित छ? यी तीनै भागहरूले यस सारका बारेमा छलफल गर्छन्—ख्रीष्ट विरोधीको दुष्ट प्रकृति। यो कसरी फरक छ? यस भागमा, तिनीहरूको दुष्ट प्रकृतिले के कुराहरूलाई प्रेम गर्छ र त्यसलाई के कुराहरूको आवश्यकता हुन्छ, साथै तिनीहरूले के-के कुरालाई घृणा गर्छन् भन्‍ने कुराहरू, अघिल्लो दुई भागमा छलफल गरिएका कुराहरूभन्दा फरक छन्—विषयवस्तु फरक छ। यो भिन्‍नता भनेको ख्रीष्ट विरोधीले निश्‍चित सकारात्मक कुराहरूलाई पनि मन पराउँछन् वा तिनीहरूले केही नकारात्मक कुराहरूलाई घृणा पनि गर्छन् भन्‍ने होइन; बरु यसमा अर्को अंश समावेश छ, जुन तिनीहरूले के कुरालाई प्रेम गर्छन् वा तिनीहरूलाई के कुरा आवश्यक हुन्छ भन्‍ने कुरासँग मात्रै सम्बन्धित छैन, तर ख्रीष्ट विरोधीहरूको यो दुष्ट शक्तिले के कुरालाई कदर गर्छ भन्‍ने विषयसम्म पनि पुग्छ—अर्को तरिकाले भन्दा, तिनीहरूले आराधना गर्ने वा कदर गर्ने कुरासँग सम्बन्धित छ। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “‘सम्मान’, ‘आराधना’, र ‘कदर’ जस्ता शब्दहरू सकारात्मक कुराहरूका अर्थ लगाउनका लागि प्रयोग गरिनुपर्छ, त्यसोभए तिनलाई कसरी ख्रीष्ट विरोधीहरूमा लागू गर्न सकिन्छ? के यी शब्दहरू उचित छन्?” यी शब्दहरू न त तारिफ गर्ने किसिमका नै हुन् न त अपमानजनक नै हुन्—ती निरपेक्ष छन्। त्यसकारण, यहाँ तिनलाई प्रयोग गर्दा त्यो कुनै सिद्धान्तहरूको उल्लङ्घन हुँदैन र यसो गर्ने अनुमति हुन्छ।

३. ख्रीष्ट विरोधीहरूले आराधना गर्ने र कदर गर्ने कुराहरूको विश्‍लेषण

ख्रीष्ट विरोधीहरूले केको आराधना र कदर गर्छन्? सर्वप्रथम, तिनीहरूले सत्यता, परमेश्‍वर वा परमेश्‍वरसँग सम्बन्धित कुनै पनि सुन्दर वा असल कुराको आराधना गर्दैनन् भन्‍ने कुरा निश्‍चित छ। त्यसोभए, तिनीहरू ठ्याक्कै केको आराधना गर्छन् त? के तिमीहरूले कुनै कुरा सोच्न सक्छौ? म तिमीहरूलाई एउटा सङ्केत दिन्छु। प्रभुमा विश्‍वास गर्ने धर्ममा रहेका ती मानिसहरू कसरी इसाई जगतमा डुबे? तिनीहरूलाई अहिले किन परमेश्‍वरको मण्डली, परमेश्‍वरको घर, वा परमेश्‍वरको कामको पात्रका रूपमा होइन तर धर्म, सम्प्रदायका रूपमा चित्रण गरिन्छ? तिनीहरूसँग धार्मिक शिक्षाहरू हुन्छन्; तिनीहरूले परमेश्‍वरले एक पटक गर्नुभएको काम र परमेश्‍वरले एक पटक बोल्नुभएका वचनहरूलाई पुस्तकमा, शिक्षण सामग्रीमा सङ्कलन गर्छन्, त्यसपछि विद्यालयहरू खोल्छन्, र विभिन्‍न धर्मशास्त्रीहरूलाई भर्ना गर्छन् र तालिम दिन्छन्। यी धर्मशास्त्रीहरूले के कुराको अध्ययन गर्छन्? के त्यो सत्यताको अध्ययन हो? (होइन।) त्यसोभए तिनीहरूले के कुराको अध्ययन गर्छन्? (धर्मशास्‍त्रीय ज्ञान।) तिनीहरूले परमेश्‍वरको काम वा परमेश्‍वरले बोल्नुभएका सत्यतासँग कुनै सरोकार नराख्ने धर्मशास्त्रीय ज्ञान र सिद्धान्तवादहरूको अध्ययन गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू र पवित्र आत्माको कामलाई धर्मशास्त्रीय ज्ञानले प्रतिस्थापन गर्छन्, र त्यसरी तिनीहरू इसाई धर्म वा क्याथोलिक धर्ममा डुब्छन्। धर्ममा के कुराको सम्मान गरिन्छ? यदि तँ मण्डलीमा गइस्, र कसैले तँलाई परमेश्‍वरमा विश्‍वास गरेको कति भयो भनेर सोध्यो, र तैँले भर्खरै विश्‍वास गर्न थालेको हुँ भनेर भनिस् भने, तिनीहरूले तँलाई कुनै ध्यान दिनेछैन। तर यदि तँ बाइबल लिएर भित्र गइस् अनि “मैले भर्खरै फलानो-फलानो धर्मशास्त्रीय सेमिनारीबाट स्नातक गरेको छु,” भनेर भनिस् भने, तिनीहरूले तँलाई सम्माननीय स्थान लिन निम्त्याउनेछन्। यदि तँ एउटा साधारण विश्‍वासी होस् भने, तँसँग प्रमुख सामाजिक हैसियत नभएसम्म, तिनीहरूले तँलाई वास्ता गर्नेछैनन्। इसाई धर्म यही हो, र धार्मिक संसार यस्तै छ। मण्डलीहरूमा प्रचार गर्ने र हैसियत, पद, र प्रतिष्ठा भएका मानिसहरू धर्मशास्त्रीय सेमिनारहरूमा धर्मशास्त्रीय ज्ञान र सिद्धान्तवादको तालिम प्राप्त गरेका मानिसहरू हुन्, र तिनीहरू मूल रूपमा इसाई धर्मलाई कायम राख्‍ने मुख्य निकाय हुन्। इसाई जगतले त्यस्ता मानिसहरूलाई स्टेजमा चढ्न र प्रचार गर्न, सुसमाचार प्रचार गर्न र सबैतिर काम गर्नका लागि तालिम दिन्छ। तिनीहरूले के विश्‍वास गर्छन् भने यी धर्मशास्त्रका विद्यार्थीहरू, प्रचार गर्ने पाष्टरहरू, र धर्मशास्त्रीहरू जस्ता प्रतिभाहरूका साथ, आजको दिनसम्म इसाई जगतको अस्तित्व सुनिश्‍चित रहेको छ, र यी मानिसहरू इसाई जगतको अस्तित्वको मूल्य र पूँजी बनेका छन्। यदि कुनै मण्डलीको पाष्टरले धर्मशास्त्रीय सेमिनारीमा स्नातक पाएको छ, उसले बाइबलका बारेमा राम्ररी छलफल गर्छ, केही आत्मिक पुस्तकहरू पढेको छ, र उसमा केही ज्ञान र वाक्पटुता छ भने, त्यो मण्डलीको सहभागितामा वृद्धि हुनेछ र त्यो अरू मण्डलीहरूभन्दा निकै चर्चित हुनेछ। इसाई जगतका यी मानिसहरूले के कुरालाई सम्मान गर्छन्? ज्ञान, धर्मशास्त्रीय ज्ञानलाई। यो ज्ञान कहाँबाट आउँछ? के यसलाई प्राचीन समयदेखि हस्तान्तरण गरिएको छैन र? प्राचीन समयदेखि नै धर्मशास्त्रहरू रहेका छन्, जुन कुरालाई एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिएको छ, र आजसम्म पनि सबैले तिनलाई त्यसरी नै पढ्छन् र सिक्छन्। मानिसहरूले बाइबललाई विभिन्‍न खण्डहरूमा विभाजन गर्छन्, फरक-फरक संस्करणहरू सङ्कलन गर्छन्, र अध्ययन र सिकाइलाई प्रोत्साहन दिन्छन्, तर तिनीहरूले बाइबलको अध्ययन गर्नुको उद्देश्य भनेको परमेश्‍वरलाई चिन्नका लागि सत्यता बुझ्नु होइन, न त त्यो परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्‍नका लागि परमेश्‍वरका अभिप्रायहरू बुझ्नु नै हो; बरु त्यो बाइबलका ज्ञान र रहस्यहरू अध्ययन गर्नु, कुन-कुन घटनाले कुन-कुन समयमा प्रकाशको कुन अगमवाणी पूरा गरेका छन्, र महा-विपत्ति र सहस्राब्दी कहिले आउनेछ भनेर पत्ता लगाउनु हो—तिनीहरूले यी कुराहरू अध्ययन गर्छन्। के तिनीहरूको अध्ययन सत्यतासँग सम्बन्धित हुन्छ? (अहँ, हुँदैन।) तिनीहरूले किन सत्यतासँग कुनै सरोकार नै नभएका कुराहरू अध्ययन गर्छन्? किनभने तिनीहरूले जति धेरै अध्ययन गर्छन्, तिनीहरूले जति धेरै बुझेका छन् भन्‍ने अनुभव गर्छन्, र तिनीहरू जति धेरै शब्द र धर्मसिद्धान्तहरूद्वारा सुसज्जित हुन्छन्, तिनीहरूको योग्यता त्यति नै उच्च हुन्छ। तिनीहरूको योग्यता जति उच्च हुन्छ, तिनीहरूलाई तिनीहरूको क्षमता त्यति नै ठूलो लाग्छ, र तिनीहरूले अन्तमा आफ्नो आस्थामा आशिष् पाउनेछन्, तिनीहरू मृत्युपछि स्वर्ग जानेछन्, वा प्रभुलाई भेट्नका लागि जीवित मानिसहरू आकाशमा उठाइलगिनेछन् भन्‍ने कुरामा त्यति नै विश्‍वास गर्छन्। तिनीहरूका धार्मिक धारणाहरू यिनै हुन्, जुन परमेश्‍वरका वचनहरूसँग पटक्‍कै मिल्दैनन्।

धार्मिक संसारका पाष्टर र एल्डरहरू सबै बाइबलको ज्ञान र धर्मशास्त्र अध्ययन गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने ढोङ्गी फरिसीहरू हुन्। त्यसोभए तिनीहरू मण्डलीमा लुकेका ख्रीष्ट विरोधीहरूभन्दा कसरी फरक हुन्छन् त? अब, हामी यी दुईको बीचमा रहेको सम्बन्धका बारेमा कुरा गरौँ। के बाइबल, धर्मशास्त्र, र परमेश्‍वरको कामको इतिहास समेत अध्ययन गर्ने इसाई र क्याथोलिक धर्मका मानिसहरू साँच्‍चै विश्‍वासीहरू हुन्? के तिनीहरू परमेश्‍वरले बताउनुभएका परमेश्वरका विश्‍वासी र अनुयायीहरूभन्दा फरक छन्? परमेश्‍वरको नजरमा, के तिनीहरू विश्‍वासी हुन्? अहँ, तिनीहरूले धर्मशास्त्र अध्ययन गर्छन्, परमेश्‍वरबारे अध्ययन गर्छन्, तर परमेश्‍वरलाई पछ्याउँदैनन् वा उहाँको गवाही दिँदैनन्। परमेश्‍वरका बारेमा तिनीहरूको अध्ययन इतिहास, दर्शन, कानुन, जीवविज्ञान, वा खगोलशास्त्रको अध्ययन गर्नेहरूको जस्तै हुन्छ। यति मात्र हो कि तिनीहरूलाई विज्ञान वा अरू विषयहरू मन पर्दैन—तिनीहरूलाई निश्‍चित रूपमा धर्मशास्त्रको अध्ययन गर्न मन पर्छ। परमेश्‍वरको अध्ययन गर्न तिनीहरूले परमेश्‍वरको कामका टुक्रा-टाक्रीहरू खोज्नुको परिणाम के हुन्छ? के तिनीहरूले परमेश्‍वरको अस्तित्व पत्ता लगाउन सक्छन्? अहँ, कहिल्यै पनि सक्दैनन्। के तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरू शब्दहरूमा, ज्ञानमा, दर्शनमा, मानव मन र मानव सोचहरूमा जिउँछन्; तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई देख्‍नेछैनन् वा पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्नेछैनन्। परमेश्‍वरले तिनीहरूलाई कसरी वर्गीकरण गर्नुहुन्छ? अविश्‍वासी, गैरविश्‍वासीहरूका रूपमा। यी गैरविश्‍वासी र अविश्‍वासीहरू तथाकथित इसाई समुदायमा घुलमेल हुन्छन्, परमेश्‍वरका विश्‍वासीहरू, इसाईहरू भएको नाटक गर्छन्, तर के तिनीहरूसँग वास्तवमा परमेश्‍वरका लागि साँचो आराधना हुन्छ? के तिनीहरूमा साँचो समर्पणता हुन्छ? (हुँदैन।) किन? एउटा कुरा निश्‍चित छ: तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्; तिनीहरूले परमेश्‍वरले संसार सृष्टि गर्नुभएको हो र यावत् थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, र परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने कुरामा त तिनीहरूले झनै विश्‍वास गर्दैनन्। यो अविश्‍वासको अर्थ के हो? यसको अर्थ शङ्का गर्नु र इन्कार गर्नु हो। तिनीहरूले परमेश्‍वरले बोल्नुभएका अगमवाणीहरू, विशेष गरी विपत्तिहरूसँग सम्बन्धित अगमवाणीहरू पूरा नहुने वा नघट्ने आशा गर्ने मनोवृत्ति समेत अपनाउँछन्। परमेश्‍वरमाथिको विश्‍वासप्रतिको तिनीहरूको मनोवृत्ति यही हो, र यो तिनीहरूको तथाकथित आस्थाको सार र साँचो रूप हो। यी मानिसहरूले धर्मशास्त्रको विषय र ज्ञान, र परमेश्‍वरको कामका ऐतिहासिक तथ्यहरूमा विशेष रुचि राख्‍ने हुनाले परमेश्‍वरका बारेमा अध्ययन गर्छन्; तिनीहरू विशुद्ध रूपमा धर्मशास्त्रको अध्ययन गरिरहेका बुद्धिजीवीहरूको समूह मात्रै हुन्। यी बुद्धिजीवीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, त्यसोभए परमेश्‍वर काम गर्न आउनुहुँदा, परमेश्‍वरका वचनहरू पूरा हुँदा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? परमेश्‍वरले देहधारी भएर नयाँ काम सुरु गर्नुभएको छ भन्‍ने सुन्दा तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? “असम्भव!” तिनीहरूले परमेश्‍वरको नयाँ नाम र परमेश्‍वरको नयाँ कामको प्रचार गर्ने व्यक्तिलाई निन्दा गर्छन्, र उसलाई मार्न वा हटाउन समेत चाहन्छन्। यो कस्तो प्रकटीकरण हो? के यो उदाहरणीय ख्रीष्ट-विरोधीको प्रकटीकरण होइन र? तिनीहरू र फरिसी, मुख्य पूजाहारी र प्राचीन शास्त्रीहरू बीचमा के भिन्‍नता छ? तिनीहरू परमेश्‍वरको कामप्रति, परमेश्‍वरको आखिरी दिनहरूको न्यायप्रति, परमेश्‍वर देह बन्‍नुभएको तथ्यप्रति शत्रुवत् हुन्छन्, र अझै बढी, तिनीहरू परमेश्‍वरका अगमवाणीहरू पूरा हुने तथ्यप्रति शत्रुवत् हुन्छन्। तिनीहरूले यसो विश्‍वास गर्छन्, “यदि तपाईँ देह बन्‍नुभएन भने, यदि तपाईँ आत्मिक शरीरमा हुनुहुन्छ भने, तपाईँ परमेश्‍वर हुनुहुन्छ; यदि तपाईँ देहधारी भएर व्यक्ति बन्‍नुभएको छ भने, तपाईँ परमेश्‍वर हुनुहुन्‍न, र हामी तपाईंलाई चिन्दैनौँ।” यसको अर्थ के हो? यसको अर्थ तिनीहरू यहाँ रहेसम्‍म, तिनीहरूले परमेश्‍वरलाई देह बन्‍न दिनेछैनन् भन्‍ने हुन्छ। के यो एउटा उदाहरणीय ख्रीष्ट विरोधी होइन र? यो साँचो ख्रीष्ट विरोधी हो। के धार्मिक संसार यस्तो तर्कमा संलग्‍न हुन्छ? यो तर्कको आवाज ठूलो र अत्यन्तै शक्तिशाली हुन्छ, र यसले भन्छ, “परमेश्‍वर देहधारी हुनु गलत र असम्भव कुरा हो! यदि उहाँ देहधारी हुनुहुन्छ, उहाँ अवश्य नै झूटो हुनुहुन्छ!” यसो भन्‍ने मानिसहरू पनि छन्, “स्पष्ट रूपमा तिनीहरूले मानवमा विश्‍वास गर्छन्; तिनीहरू भ्रममा पारिएका मात्रै हुन्!” यदि तिनीहरूले यसो भन्‍न सक्छन् भने, तिनीहरू प्रभु येशू देखा परेर काम गर्नुभएको दुई हजार वर्ष पहिलेको समयमा उपस्थित भएका भए पनि, तिनीहरूले प्रभु येशूमा विश्‍वास गर्नेथिएनन्। अहिले तिनीहरू प्रभु येशूमा विश्‍वास त गर्छन्, तर वास्तवमा, तिनीहरू प्रभु येशूको नाउँमा, “प्रभु येशू” भन्‍ने दुईवटा शब्‍दमा मात्रै विश्‍वास गर्छन्, र तिनीहरू स्वर्गका अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्। त्यसकारण, तिनीहरू परमेश्‍वरका विश्‍वासीहरू होइनन्, तर अविश्‍वासीहरू हुन्। तिनीहरूले परमेश्‍वरको अस्तित्व, परमेश्‍वरको देहधारण, परमेश्‍वरको सृष्टिको कार्यमा विश्‍वास गर्दैनन्, क्रूसमा टाँगिएर सम्पूर्ण मानवजातिका लागि परमेश्‍वरले गर्नुभएको छुटकाराको काममा विश्‍वास गर्नु त परको कुरा हो। तिनीहरूले अध्ययन गर्ने धर्मशास्त्र एक प्रकारको धार्मिक सिद्धान्त वा प्रस्तावना हो, र मानिसहरूलाई बहकाउने घतलाग्दा भ्रमहरू बाहेक केही पनि होइन। इसाई जगतका यी तथाकथित धर्मशास्त्रीय बुद्धिजीवीहरूसँग हाम्रो मण्डलीका ख्रीष्ट विरोधीहरूको के अपरिहार्य सम्बन्ध छ? तिनीहरूको विभिन्‍न व्यवहार र हामीले छलफल गरेका ख्रीष्ट विरोधीहरूको प्रकृति सारको बीचमा के सम्बन्ध छ? किन तिनीहरूका बारेमा कुरा गर्ने? अहिलेका लागि हामी इसाई जगतका मानिसहरूका बारेमा कुरा गर्न छोडौँ; बरु, ख्रीष्ट विरोधीहरू भनेर वर्गीकरण गरिएका मानिसहरूले सत्यताप्रति कस्तो व्यवहार गर्छन्, र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिबाट, तिनीहरूले वास्तवमा के कुरालाई सम्मान गर्छन्, त्यो हेरौँ। सर्वप्रथम, तिनीहरूले केही सत्यताहरू जानेपछि, यी सत्यताहरूलाई कसरी बुझ्छन्? तिनीहरूले यी सत्यताहरूलाई कसरी व्यवहार गर्छन्? यी सत्यताहरूलाई स्वीकार गर्ने बारेमा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले यी वचनहरूलाई आफ्नो अभ्यासको मार्गका रूपमा स्वीकार गर्छन्, कि तिनलाई एक प्रकारको सिद्धान्तवादका रूपमा लिएर आफूलाई सुसज्जित गर्छन्, त्यसपछि गएर अरूलाई प्रचार गर्छन्? (तिनीहरूले तिनलाई प्रचार गर्ने सिद्धान्तवादका रूपमा लिन्छन्।) तिनीहरूले ती कुराहरूलाई सिक्ने, विश्लेषण गर्ने, र अध्ययन गर्ने एक प्रकारको सिद्धान्तवादका रूपमा लिन्छन्, र अध्ययन गरेपछि, तिनीहरूले यी कुराहरूलाई आफ्नो मन र विचारमा सिक्छन्; तिनीहरूले यी कुराहरूलाई याद गर्छन्, तिनका बारेमा छलफल गर्न सक्छन्, र ती कुरालाई धाराप्रवाह रूपमा बोल्न सक्छन्, त्यसपछि तिनीहरूले ती कुराहरू जताततै प्रस्तुत गर्छन्। तिनीहरूले जति लामो समयसम्म कुरा गरिरहे पनि, तैँले एउटा कुरा देख्‍न सक्दैनस्, त्यो के हो भने, तिनीहरूले जति धेरै धर्मसिद्धान्तका बारेमा कुरा गरे पनि, जति राम्रो बोल्न सके पनि, जति धेरै मानिसहरूसँग कुरा गरे पनि, जति धाराप्रवाह रूपमा, जति धेरै विषयवस्तु बोले पनि, वा यो सत्यता अनुरूप भए पनि, तैँले तिनीहरूबाट कुनै नतिजा देख्‍न सक्दैनस्—तैँले तिनीहरूको अभ्यास देख्‍न सक्दैनस्। यसले के कुरालाई सङ्केत गर्छ? तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरूले सत्यतालाई केमा रूपान्तरण गरेका हुन्छन्? आफ्‍नो रवाफ देखाउने औजारका रूपमा। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न र इमानदार व्यक्तिमा के-कस्ता प्रकटीकरणहरू हुन्छन्, इमानदार व्यक्तिले कसरी बोल्नुपर्छ, व्यवहार गर्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने कुरा व्याख्या गर्नुहुन्छ। यो सुनेपछि, तिनीहरूको प्रतिक्रिया के हुन्छ? यी वचनहरूले तिनीहरूमा कस्तो प्रभाव पार्छन्? पहिलो, तिनीहरूले यी वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूको मनोवृत्ति के हुन्छ? “मैले बुझेँ: इमानदार मानिसहरूले झूट बोल्दैनन्, इमानदार मानिसहरू अरूसँग सत्य बोल्छन् र आफ्नो हृदय खोल्न सक्छन्, इमानदार मानिसहरूले लापरवाह रूपमा होइन, तर बफादार भएर आफ्ना कर्तव्य पूरा गर्छन्।” तिनीहरूले यी वचनहरूलाई सिद्धान्तवादका रूपमा हृदयमा राख्छन्। के यस्तो सिद्धान्तवादले तिनीहरूको हृदयमा जरा गाडेपछि, तिनीहरूलाई परिवर्तन गर्न सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरूले किन अझै पनि यो कुरालाई याद राख्छन्? तिनीहरूलाई यी वचनहरूको सटीकता मन पर्छ, र तिनीहरूले आवरण पहिरन यी सही सिद्धान्तवादहरू प्रयोग गर्छन्, जसले गर्दा तिनीहरूले अरूबाट उच्च सम्मान प्राप्त गर्छन्। मानिसहरूले के कुरालाई निकै सम्मान गरिरहेका हुन्छन्? सही शब्दहरू धाराप्रवाह र विस्तृत रूपमा बोल्न सक्ने तिनीहरूको क्षमतालाई—यी मानिसहरूले त्यही चाहन्छन्। यी वचनहरू सुनेपछि, के तिनीहरूले तिनलाई गम्भीर रूपमा लिएका हुन्छन्? (अहँ, हुँदैनन्।) किन? तिमीहरूले कसरी यसो भन्‍न सक्छौ? (तिनीहरूले तिनको अभ्यास गर्दैनन्।) तिनीहरूले किन तिनको अभ्यास गर्दैनन्? तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “त्यसोभए के यी परमेश्‍वरका वचनहरू हुन्? सरल छ, एक पटक सुनेपछि म ती याद गर्न सक्छु। एक पटक सुनेपछि इमानदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ भनेर म फरर बताउन सक्छु; तिमीहरूले अझै पनि नोटहरू बनाउनुपर्छ र यसका बारेमा मनन गर्नुपर्छ, तर मैले त्यसो गरिरहनु पर्दैन!” तिनीहरूले परमेश्‍वरका वचनहरूलाई एक प्रकारको सिद्धान्तवाद वा ज्ञान मान्छन्; तिनीहरूले इमानदार व्यक्ति कसरी बन्‍ने भनेर आफ्नो हृदयमा मनन गर्दैनन्, तिनीहरूले आफूलाई यससँग तुलना गर्दैनन्, तिनीहरूले इमानदार व्यक्ति बन्‍न तिनीहरू कसरी असफल हुन्छन् वा तिनीहरूले इमानदार व्यक्ति बन्‍ने सिद्धान्तहरू विरुद्ध जाने के-कस्ता कार्यहरू गर्छन् भनेर हेर्नका लागि आफ्नो व्यवहारलाई जाँच्दैनन्, र तिनीहरूले कहिल्यै पनि यस्तो सोच्दैनन्, “यी परमेश्‍वरका वचनहरू हुन्, त्यसैले ती सत्यता हुन्: मानिसहरू इमानदार हुनुपर्छ, त्यसकारण इमानदार व्यक्ति बन्‍नका लागि व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ? मैले परमेश्‍वरलाई प्रसन्न पार्ने तरिकाले कसरी व्यवहार गर्न सक्छु? मैले बेइमानी कार्य के गरेको छु? कुन-कुन व्यवहारहरू इमानदार व्यक्तिका व्यवहार होइनन्?” के तिनीहरूले यस्तो सोच्छन्? (अहँ, सोच्दैनन्।) त्यसोभए तिनीहरूले के सोच्छन् त? तिनीहरूले सोच्छन्, “त्यसोभए के यो इमानदार व्यक्ति हो? के यो सत्यता हो? के यो सिद्धान्तवाद, नारा मात्रै होइन र? उच्च नैतिकता अपनाउनु मात्रै पर्छ, यसलाई अभ्यास गर्नु आवश्यक छैन।” तिनीहरूले किन यसलाई अभ्यास गर्दैनन्? तिनीहरूलाई यस्तो लाग्छ, “यदि मैले अरूलाई मेरो हृदयमा जे छ त्यो बताएँ भने, के मैले आफूलाई खुलासा गरिरहेको हुँदिन र? यदि मैले आफूलाई खुलासा गरेँ र अरूले मेरो वास्तविकता देखे भने, के तिनीहरूले अझै पनि मलाई सम्मान गर्नेछन्? यदि मैले बोलेँ भने, के अरूले अझै पनि सुन्‍नेछन्? इमानदार व्यक्तिले झूट बोल्नु हुँदैन भन्‍ने नै परमेश्‍वरका वचनहरूको अर्थ हो; झूट बोलिएन भने, मानिसहरूको हृदयमा कुनै गोपनीयता बाँकी हुनेथिएन, होइन र? के त्यसले अरूलाई तिनीहरूको वास्तविकता देख्ने तुल्याउनेथिएन र? के त्यसरी जिउनु मूर्खता हुनेथिएन र?” तिनीहरूको दृष्टिकोण यस्तै हुन्छ। यसको अर्थ जब तिनीहरूले सही ठानेको सिद्धान्तवादलाई स्वीकार गर्छन्, तब तिनीहरूको हृदयमा विचारहरू उत्पन्न हुन्छन्। यी विचारहरू के-के हुन्? म किन तिनीहरू दुष्ट हुन्छन् भनेर भन्छु? तिनीहरूले सुरुमा यी वचनहरूले तिनीहरूमा पार्न सक्‍ने प्रभावहरू, तिनले तिनीहरूलाई पुऱ्याउने फाइदा र हानिहरूका बारेमा विश्लेषण गर्छन्। तिनीहरूले ती वचनहरू विश्लेषण गरेपछि र ती वचनहरू तिनीहरूको फाइदाका छैनन् भन्‍ने पत्ता लगाएपछि, तिनीहरूले यस्तो सोच्छन्, “मैले यसरी अभ्यास गर्नु हुँदैन, म यसो गर्नेछैनँ, म त्यति मूर्ख छैनँ, म तिमीहरू जस्तो मूर्ख र सरल हुनेछैनँ! कुनै पनि बेला, म सधैँ आफ्ना विचारहरूमा अडिग रहनुपर्छ र मैले आफ्नै दृष्टिकोणहरूलाई कायम राख्‍नुपर्छ। तँसँग हजारौँ योजनाहरू हुन सक्छन्, तर मेरो एउटै नियम छ; मैले मेरो हृदयको युक्तिलाई खुलासा गर्नु हुँदैन—इमानदार व्यक्ति बन्‍नु मूर्खहरूका लागि हो!” एक हिसाबमा, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरालाई इन्कार गर्छन्; अर्को हिसाबमा, तिनीहरूले आवरण पहिरनका लागि केही तुलनात्मक रूपमा अत्यावश्यक रहेका वाक्यांशहरू याद गर्छन्, जसले गर्दा मानिसहरूले तिनीहरूलाई परमेश्‍वरका साँचो विश्‍वासी, र आत्मिक व्यक्तिका रूपमा हेर्छन्। तिनीहरूले आफ्नो हृदयमा यही कुराको हिसाब गर्छन्।

ख्रीष्ट विरोधीहरूले सत्यता सुनेपछि दिने प्रतिक्रियाबाट, तिनीहरूलाई सत्यताप्रति रुचि छैन र तिनीहरूले त्यसलाई प्रेम गर्दैनन् भन्‍ने कुरा स्पष्ट हुन्छ। तिनीहरूलाई के कुरालाई प्रेम गर्छन्? तिनीहरूले सही, ताजा, र अलिक परिष्कृत सिद्धान्तवादी ज्ञानलाई प्रेम गर्छन् जसले तिनीहरूलाई अझै सिद्ध रूपमा, अझै सम्माननीय रूपमा, अझै मर्यादाका साथ आवरण पहिरन सहयोग गर्न सक्छ, र मानिसहरूलाई तिनीहरूको अझै बढी आराधना गर्न लगाउन सक्छ। के यो दुष्टता होइन र? (हो।) यसमा के दुष्टता छ? ख्रीष्ट विरोधीले सत्यताको जुनसुकै पक्षका बारेमा सङ्गति गरे पनि, तिनीहरूले मानिसहरूलाई बहकाउन र तिनीहरूलाई आफूलाई पछ्याउने तुल्याउनका लागि सधैँ घतलाग्दा सिद्धान्तवादहरू वा सही शब्दहरू बोल्न सक्छन्, जुन शैतान जस्तै दुष्ट कुरा हो। ख्रीष्ट विरोधीको दुष्टता तिनीहरूको दुष्ट चालबाजी, षड्यन्त्र, र पूर्ण योजनामा प्रकट हुन्छ, तिनीहरूले आफ्नो दुष्टतालाई अघि बढाउनका लागि सिद्धान्तवादी आधार खोज्न परमेश्‍वरका वचनहरू पढ्ने बहाना बनाउने कार्यमा प्रकट हुन्छ; यो ख्रीष्ट विरोधीको दुष्टता हो। उसले मानिसहरूलाई बहकाउन र आफ्नो प्रदर्शन गर्नका लागि मात्रै पनि परमेश्‍वरका वचनहरूलाई प्रसंगबाहिर उद्धृत गर्छ। जब उसले सङ्गति र प्रवचनहरू सुन्छ र उसले प्रयोग गर्न सक्‍ने नयाँ शब्द सुन्छ, तब उसले तुरुन्तै यो कुरालाई नोट गर्छ। मूर्ख मानिसहरूले यस्तो व्यवहार देख्दा सोच्छन्, “तिनीहरू धार्मिकताप्रति कति भोकाउँछन् र तिर्खाउँछन्, जब पनि प्रवचन सुन्छन्, नोटहरू लिन्छन्, र हरेक महत्त्वपूर्ण बुँदालाई नोट गरेर लिने हुँदा तिनीहरूसँग कति धेरै आत्मिक बुझाइ होला!” के तिनीहरूको नोट बनाउने शैली अरू मानिसहरूको जस्तो हुन्छ? अहँ, हुँदैन। कतिपय मानिसहरूले यस्तो सोचेर नोटहरू बनाउँछन्, “यो राम्रो अभिव्यक्ति हो। मैले यो कुरा बुझेको छैनँ, त्यसकारण मैले यसलाई नोट गरेर पछि अभ्यासमा लागू गर्नुपर्छ, ताकि आफ्नो अभ्यासमा मार्ग र सिद्धान्तहरू पाउन सकूँ।” के ख्रीष्ट विरोधीले यसरी विचार गर्छ? उसको अडान के हुन्छ? उसले सोच्छ, “आज मैले सत्यताको एउटा बुँदा लेखेको छु जुन तिमीहरू कसैले सुनेका छैनौ, र म यसबारे कसैलाई बताउनेछैनँ वा अरूसँग सङ्गति गर्नेछैनँ—मैले बुझेको छु, र एक दिन म तिमीहरूलाई यसका बारेमा सबै कुरा बताउनेछु र मैले सत्यतालाई साँच्‍चै बुझ्छु भनेर तिमीहरूलाई थाहा दिनका लागि मेरा प्रतिभाहरू देखाउनेछु अनि सबैले मलाई अनुमोदन गर्नेछन्।” तैँले ख्रीष्ट विरोधीहरूले यसरी नोटहरू लिने र तिनीहरूको नोटहरू निकै सही हुने हुनाले तिनीहरू सत्यतालाई प्रेम गर्छन् र त्यसको तृष्णा गर्छन् भन्‍ने सोच्न सक्छस्, तर तिनीहरूले नोटहरू लिइसकेपछि के हुन्छ? तिनीहरूले नोटबुक बन्द गर्छन्, र त्यो कुरा त्यतिमा नै समाप्त हुन्छ। जब तिनीहरू कुनै दिन प्रचारक बन्छन् र तिनीहरूलाई के प्रचार गर्ने भन्‍ने थाहा हुँदैन, तब तिनीहरूले तुरुन्तै आफ्नो नोटबुक खोतल्छन्, आफ्नो प्रवचनको विषयवस्तुलाई व्यवस्थित गर्छन्, पढ्छन्, कण्ठ गर्छन्, र यो कुरालाई सम्झेर तबसम्‍म लेख्छन्, जबसम्म तिनीहरूका मनमा यो सबै कुरा स्पष्ट हुँदैन। त्यसपछि मात्रै तिनीहरूले बल्‍ल आफूसँग “सत्यता” छ र तिनीहरू जहाँ गए पनि तिनीहरूले हलचल ल्याउन सक्छन् भन्‍ने सोच्दै “आफूबारे निश्‍चितताको” अनुभव गर्छन्। यी मानिसहरूले बोल्ने कुराको एउटा विशेषता के हो भने त्यो सबै खोक्रा धर्मसिद्धान्तहरू, तर्कहरू, र प्रावधानहरू हुन्छन्। जब तँसँग निश्‍चित कठिनाइहरू हुन्छन् वा तैँले समस्याहरू पत्ता लगाउँछस् र तिनीहरूबाट समाधान खोज्छस्, तब पनि तिनीहरूले तँलाई स्पष्ट र तार्किक रूपमा बोल्दै केही धर्मसिद्धान्तहरू मात्रै दिन्छन्। यदि तैँले तिनीहरूलाई यसलाई कसरी अभ्यास गर्ने भनेर सोधिस् भने, तिनीहरूले केही बोल्‍न सक्दैनन्। यदि तिनीहरूले यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् भने, गम्भीर समस्या छ, र यसले तिनीहरूले सत्यता बुझेका छैनन् भन्‍ने कुरालाई प्रमाणित गर्छ। सत्यता नबुझ्ने र सत्यतालाई प्रेम नगर्ने मानिसहरूले प्रायजसो यसलाई भनाइ वा सिद्धान्तवादका रूपमा व्यवहार गर्छन्। अनि अन्त्यमा के हुन्छ? परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षपछि, जब तिनीहरूलाई कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसलाई बुझ्न सक्दैनन्, तिनीहरू समर्पित हुन सक्दैनन्, र सत्यताको खोजी कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। जब कसैले तिनीहरूसँग सङ्गति गर्छ, तब तिनीहरूसँग एउटा “प्रसिद्ध भनाइ” हुन्छ, र तिनीहरूले त्यसैद्वारा प्रतिक्रिया दिन्छन्: “मलाई केही नभन्‍नुहोस्, मैले सबै कुरा बुझेको छु। पहिले मैले प्रचार गरिरहेको बेला, तपाईंले हिँड्न समेत सिक्‍नुभएको थिएन!” यो तिनीहरूको “प्रसिद्ध भनाइ” हो। तिनीहरूले सबै कुरा बुझेको दाबी गर्छन्, त्यसोभए समस्याहरू आइपर्दा किन तिनीहरू अड्किन्छन् त? बुझ्ने व्यक्ति भएर पनि, तैँले किन कुनै कार्य गर्न सक्दैनस्? यो मामलाले तँलाई किन बाधा दिन्छ र अन्योलमा पार्छ? तैँले सत्यता बुझेको छस् कि छैनस्? यदि तैँले त्यसलाई बुझेको छस् भने, किन त्यसलाई स्वीकार गर्न सक्दैनस्? यदि तैँले त्यसलाई बुझेको छस् भने, तँ किन त्यसमा समर्पित हुन सक्दैनस्? मानिसहरूले सत्यता बुझेपछि गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरू समर्पित हुनुपर्छ; अरू केही होइन। कतिपय मानिसहरूले भन्छन्, “मैले सबै कुरा बुझेको छु—मसँग सङ्गति नगर्नुहोस्, मलाई अरूको सहयोग चाहिँदैन।” तिनीहरूलाई सहयोग गर्ने मानिसहरूको आवश्यकता पर्दैन भने ठीकै छ, तर दुःखको कुरा के हो भने, तिनीहरू कमजोर हुँदा, तिनीहरूले बुझेका ती धर्मसिद्धान्तहरू पटक्‍कै उपयोगी हुँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य समेत पूरा गर्न चाहँदैनन्, र तिनीहरूमा आफ्नो विश्‍वास त्याग्‍ने दुष्ट इच्छा पनि देखा पर्छ। धर्मशास्त्रीय सिद्धान्तहरू प्रचार गरेको कैयौँ वर्षपछि, तिनीहरूले विश्‍वास गर्न छोड्छन्, र त्यतिकै तिनीहरू टाढा जान्छन्—के तिनीहरूमा कुनै कद हुन्छ? (अहँ, हुँदैन।) कदविना, जीवन हुँदैन। यदि तँसँग जीवन छ भने, तैँले किन यस्तो सानो मामलालाई किन जित्न सक्दैनस्? तँ बोल्न निकै सिपालु छस्, होइन र? त्यसोभए आफूलाई मना। यदि तैँले आफूलाई समेत विश्‍वस्त गर्न सक्दैनस् भने, तैँले ठ्याक्कै के बुझिस् त? के यो सत्यता हो? सत्यताले मानिसहरूका वास्तविक कठिनाइहरूलाई समाधान गर्न सक्छ, र यसले मानिसहरूको भ्रष्ट स्वभावलाई पनि समाधान गर्न सक्छ। तैँले बुझेका ती “सत्यताहरू” ले किन तेरा आफ्नै कठिनाइहरूलाई समेत समाधान गर्न सक्दैनन्? तैँले बुझेको कुरा ठ्याक्कै के हो? ती त धर्मसिद्धान्तहरू मात्रै हुन्।

ख्रीष्ट विरोधीहरूको सातौँ प्रकटीकरणका बारेमा भन्दा—तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन्—मैले भर्खरै यो प्रकटीकरणको तेस्रो भागका बारेमा कुरा गरेँ: तिनीहरूले ज्ञान र विद्वतालाई सम्मान गर्छन्। ख्रीष्ट विरोधीहरूले ज्ञान र विद्वतालाई सम्मान गर्छन्—यसका बारेमा रहेको के कुराले तिनीहरूको दुष्ट स्वभावलाई चित्रण गर्न सक्छ? ज्ञान र विद्वतालाई सम्मान गर्नुको अर्थ तिनीहरूमा दुष्ट सार हुन्छ भनेर किन भनियो? हामीले अवश्य नै यहाँ तथ्यहरूका बारेमा कुरा गर्नुपर्छ, किनभने हामीले खोक्रा शब्दहरू वा सिद्धान्तवादहरूका बारेमा मात्रै छलफल गऱ्यौँ भने, मानिसहरूले यसका बारेमा एकतर्फी र कम विस्तृत बुझाइ अपनाउन सक्छन्। सुरुमा, हामी निकै पहिलेको इतिहासका केही कुराबाट सुरु गरौँ। मैले बोल्दा, मेरा वचनहरूलाई ख्रीष्ट विरोधीहरूको कार्य र व्यवहारसँग तुलना गर, र ख्रीष्ट विरोधीहरूको प्रकटीकरण र सारसँग तुलना गर। सुरुमा हामी दुई हजार वर्ष पहिलेका फरिसीहरूका बारेमा कुरा गरौँ। त्यो बेला, फरिसीहरू ढोङ्गी मानिसहरू थिए। जब देहधारी परमेश्‍वरले पहिलो पटक आफूलाई प्रकट गर्नुभयो र काम गर्नुभयो, तब फरिसीहरूले सत्यताको एउटै अंश पनि स्वीकार नगरेका मात्र होइनन्, तर तिनीहरूले प्रभु येशूलाई जोडदार रूपमा निन्दा र प्रतिरोध समेत गरे, र यसरी परमेश्‍वरले तिनीहरूलाई श्राप दिनुभयो। यसले फरिसीहरू ख्रीष्ट विरोधीहरूको उत्कृष्ट प्रतिनिधि पात्र हुन् भन्‍ने कुरालाई पुष्टि गर्न सक्छ। “ख्रीष्ट विरोधीहरू” भन्‍ने नाम फरिसीहरूको अर्को नाम बनेको छ, र सारमा, फरिसीहरू ख्रीष्ट विरोधीहरू जस्तै मानिसहरू हुन्। त्यसकारण, ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिलाई विश्लेषण गर्नका लागि फरिसीहरूबाट सुरु गर्नु एउटा छिटो-छरितो तरिका हो। त्यसोभए, फरिसीहरूले त्यस्तो के गरे जसले मानिसहरूलाई तिनीहरूमा ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृति छ भन्‍ने कुरा देखायो? भर्खरै मैले ख्रीष्ट विरोधीहरूले ज्ञान र विद्वतालाई सम्मान गर्छन् भन्‍ने कुरा उल्लेख गरेँ; ज्ञान र विद्वता कस्ता मानिसहरूसँग नजिकबाट सम्बन्धित छन्? तिनका व्यक्तिरूप को हुन्? के तिनले मास्टर र डाक्टर स्तरका विद्यार्थीहरूलाई जनाउँछन्? अहँ, त्यो त विषयवस्तुबाट अत्यन्तै टाढा जानु हुनेछ—तिनले फरिसीहरूलाई जनाउँछन्। फरिसीहरू ढोङ्गी हुनुका कारण, तिनीहरू दुष्ट हुनुको कारण के हो भने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् तर ज्ञानलाई प्रेम गर्छन्, त्यसकारण तिनीहरूले धर्मशास्त्रको अध्ययन गर्छन् र धर्मशास्त्रीय ज्ञान पछ्याउँछन् तैपनि सत्यता वा परमेश्‍वरका वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा उहाँलाई प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यताको खोजी वा सङ्गति नै गर्छन्। बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्छन्, परमेश्‍वरले भन्‍नुभएको र गर्नुभएको कुरा अध्ययन गर्छन्, यसरी परमेश्‍वरका वचनहरूलाई सिद्धान्तवाद, अरूलाई सिकाउने विषयमा परिणत गर्छन्, जसलाई विद्वत्तापूर्ण अध्ययन भनिन्छ। तिनीहरू किन विद्वत्तापूर्ण अध्ययनमा संलग्‍न हुन्छन्? तिनीहरूले के अध्ययन गरिरहेका हुन्छन्? तिनीहरूको नजरमा, यो परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको अभिव्यक्ति होइन, सत्यता हुनु त परको कुरा हो। बरु, यो एक प्रकारको विद्वत्ता हो, वा यसलाई धर्मशास्त्रीय ज्ञान समेत भन्‍न सकिन्छ। तिनीहरूको दृष्टिकोणमा, यो ज्ञान, यो विद्वत्ता प्रचार गर्नु भनेको परमेश्‍वरको मार्ग फैलाउनु, सुसमाचार प्रचार गर्नु हो—तिनीहरूले यसैलाई प्रचार भन्छन्, तर तिनीहरूले प्रचार गर्ने सबै कुरा धर्मशास्त्रीय ज्ञान मात्रै हुन्छ।

फरिसीहरूका दुष्ट पक्षहरू कसरी प्रकट हुन्छन्? सुरुमा, हामी फरिसीहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गरेका थिए, त्यसबाट हाम्रो छलफललाई सुरु गरौँ, त्यसपछि तिमीहरूले अझै बढी कुरा बुझ्न सक्छौ। देहधारी परमेश्‍वरका बारेमा कुरा गर्दा, हामीले सुरुमा दुई हजार वर्ष पहिले देहधारी परमेश्‍वर कस्तो परिवार र पृष्ठभूमिमा जन्‍मनुभएको थियो भन्‍नेबारे कुरा गर्नुपर्छ। सर्वप्रथम, प्रभु येशू समृद्ध परिवारमा जन्‍मनुभएको थिएन—उहाँको वंश त्यति विशिष्ट थिएन। उहाँलाई हुर्काउने बुबा, जोसेफ, एक सिकर्मी थिए, र उहाँकी आमा, मरियम साधारण विश्‍वासी थिइन्। प्रभु येशूका आमाबुबाको पहिचान र सामाजिक हैसियतले उहाँ जन्मेको परिवारको पृष्ठभूमिलाई प्रतिनिधित्व गर्छ, र उहाँ साधारण परिवारमा जन्‍मनुभएको थियो भन्‍ने कुरा स्पष्ट छ। “सामान्य” को अर्थ के हो? यसले साधारण मानिसहरूलाई, समाजको तल्लो स्तरको औसत परिवारलाई जनाउँछ, जसको कुलीन परिवारहरूसँग कुनै सम्बन्ध हुँदैन, जो अलिकति पनि प्रतिष्ठित हैसियतसँग सम्बन्धित हुँदैन, र अवश्य नै खानदानी हुँदैन। साधारण परिवारमा जन्‍मनुभएका, साधारण आमाबुबाका, कुनै पनि प्रतिष्ठित सामाजिक हैसियत वा विशिष्ट पारिवारिक पृष्ठभूमि नभएका, प्रभु येशूको जन्मको पृष्ठभूमि र परिवार जति सामान्य हुनुपर्ने हो त्यति नै सामान्य थियो भन्‍ने कुरा स्पष्ट छ। के प्रभु येशूले कुनै विशेष शिक्षा प्राप्त गर्नुभयो भनेर बाइबलले अभिलेख गरेको छ? के उहाँले कुनै सेमिनरीबाट शिक्षा प्राप्त गर्नुभयो? के उहाँलाई मुख्य पूजाहारीले तालिम दिएका थिए? के उहाँले पावलले जस्तै धेरै पुस्तकहरू पढ्नुभएको थियो? के उहाँले सामाजिक कुलीन वर्ग वा यहूदी धर्मका मुख्य पूजाहारीहरूसँग नजिकको सम्बन्ध वा उठबस कायम राख्‍नुभएको थियो? अहँ, थिएन। प्रभु येशूको जन्मको परिवारको सामाजिक हैसियतलाई हेर्दा, उहाँ यहूदी शास्त्री र फरिसीहरूको माथिल्लो स्तरका मानिसहरूसँग सम्पर्कमा आउनुभएको थिएन भन्‍ने कुरा स्पष्ट हुन्छ; उहाँ साधारण यहूदीहरूको बीचमा मात्रै जिउन सीमित हुनुहुन्थ्यो। कहिलेकहीँ, उहाँ सभाघर जानुहुन्थ्यो, र उहाँले भेट्नुहुने मानिसहरू सबै साधारण मानिसहरू थिए। यसले के देखाउँछ? प्रभु येशू हुर्कँदै जाँदा, उहाँले औपचारिक रूपमा आफ्नो काम सुरु गर्नुभन्दा पहिले, उहाँ हुर्केको पृष्ठभूमि अपरिवर्तित नै रह्यो। बाह्र वर्षको उमेरपछि, उहाँको परिवारमा समृद्धि हुन थालेन र उहाँ धनी बन्‍नुभएन, सामाजिक वा धार्मिक क्षेत्रका माथिल्लो स्तरका मानिसहरूसँग अन्तरक्रिया गर्ने मौका पाउनु त परको कुरा हो, र उहाँले आफ्नो पालनपोषणको अवधिमा उच्च शिक्षा प्राप्त गर्ने अवसर पनि प्राप्त गर्नुभएन। यसले पछिल्ला पुस्ताहरूलाई के सन्देश दिन्छ? यस साधारण र सामान्य व्यक्ति जो देहधारी परमेश्वर हुनुहुन्थ्यो, उहाँसँग उच्च शिक्षा प्राप्त गर्ने अवसर थिएन न त अवस्थाहरू नै थिए। उहाँ साधारण मानिसहरू जस्तै हुनुहुन्थ्यो, उहाँ साधारण सामाजिक वातावरणमा, साधारण परिवारमा जिउनुहुन्थ्यो, र उहाँमा कुनै विशेष कुरा थिएन। ठीक यही कारणले गर्दा नै, प्रभु येशूका प्रवचन र कार्यहरूका बारेमा सुनेपछि, ती शास्त्री र फरिसीहरूले खडा भएर उहाँलाई खुला रूपमा आलोचना गर्ने, निन्दा गर्ने, र दोष दिने आँट गरे। तिनीहरूको दोषारोपणको आधार के थियो? अवश्य नै, यो पुरानो करारका व्यवस्था र प्रावधानहरूमा आधारित थियो। पहिलो, प्रभु येशूले आफ्ना चेलाहरूलाई विश्राम-दिन नमान्‍न अगुवाइ गर्नुभयो—उहाँले विश्राम-दिनमा पनि काम गर्नुभयो। यसको साथै, उहाँले व्यवस्था र प्रावधानहरू पालन गर्नुभएन र उहाँ मन्दिर जानुहुन्‍नथियो, र जब उहाँले पापीहरूलाई भेट्नुहुन्थ्यो, तब कतिपय मानिसहरूले उहाँलाई तिनीहरूलाई कसरी ठेगान लगाउने भनी सोध्थे, तर उहाँले तिनीहरूलाई व्यवस्था अनुसार व्यवहार गर्नुहुन्‍नथियो, बरु कृपा देखाउनुहुन्थ्यो। प्रभु येशूका कार्यहरूका यी कुनै पनि पक्ष फरिसीहरूका धार्मिक धारणाहरू अनुरूप थिएनन्। तिनीहरूले सत्यतालाई प्रेम नगरेका र त्यसरी प्रभु येशूलाई घृणा गरेका हुनाले, तिनीहरूले प्रभु येशूलाई आक्रमक रूपमा दोष दिनका लागि उहाँले व्यवस्था उल्लङ्घन गर्नुभएको बहाना लिए, र उहाँलाई मार्नुपर्छ भनेर निर्धारित गरे। यदि प्रभु येशू एउटा प्रतिष्ठित र विशिष्ट परिवारमा जन्मनुभएको भए, यदि उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको भए, र उहाँ यी शास्त्री र फरिसीहरूसँग नजिक हुनुभएको भए, त्यो बेलाका परिस्थितिहरू, पछि जस्तो भए त्यस्ता हुनेथिएनन्—ती परिवर्तन हुनेथिए होलान्। उहाँको सामान्यता, उहाँको साधारण अवस्था, र उहाँको जन्मको पृष्ठभूमिका कारण नै उहाँलाई फरिसीहरूले निन्दा गरे। प्रभु येशूलाई निन्दा गर्ने तिनीहरूको आधार के थियो? ती तिनीहरूले पक्रेर राखेका नीतिहरू र व्यवस्थाहरू नै थिए, जुन अनन्तका लागि कहिल्यै परिवर्तन हुनेछैनन् भन्‍ने तिनीहरूले विश्‍वास गरेका थिए। फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि व्यक्तिको सारमा, न त व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्‍ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्‍नुभएको र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्‍ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्‍ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्‍ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबूलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्‍ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्‍ने कुरालाई देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्‍वरले पठाउनुभएको हो, र उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्‍वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्‍वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्‍मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको अभिभावकत्व स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्‍वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्‍जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशूमा यो ज्ञानले सुसज्जित हुनुहुन्‍नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्‍वर हुन सक्‍नुहुन्‍न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्‍वरको कार्य गर्न सक्‍नुहुन्‍न, तपाईँ परमेश्‍वर हुन सक्‍ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर सधैँ पापीहरूका बीचमा बस्‍नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्‍त्रको दायराभन्दा बाहिर छ, जसले गर्दा तपाईँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा झन् असम्भव हुन्छ। तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्‍त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्‍पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्‍वरले यी कुराहरूलाई उल्‍लङ्घन गर्न सक्‍नुहुन्‍न भन्‍ने विश्‍वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्‍वर। त्यसकारण, तिनीहरूले परमेश्‍वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्‍वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्‍वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे। तिनीहरूले परमेश्‍वरलाई मूल्याङ्कन गर्नका लागि आफ्ना धारणा, कल्पना, र ज्ञान प्रयोग गर्नुको परिणाम यही थियो, र तिनीहरूको दुष्टता यही हो।

ज्ञान र विद्वत्ताप्रति फरिसीहरूले गर्ने आदरको आधारमा हेर्दा, तिनीहरूको दुष्टता कहाँ लुकेको थियो? त्यो कसरी प्रकट हुन्छ? हामीले त्यस्ता मानिसहरूको दुष्ट प्रकृतिलाई कसरी खोतल्न र चिरफार गर्न सक्छौँ? ज्ञान र विद्वत्ताप्रति फरिसीहरूको आदरका बारेमा सबैलाई थाहा छ, र यसका बारेमा विस्तृत रूपमा कुरा गरिरहनु पर्दैन। त्यसोभए, यहाँ प्रकट भएको दुष्ट प्रकृति ठ्याक्कै के हो त? हामीले त्यस्ता मानिसहरूको दुष्ट प्रकृतिलाई कसरी चिरफार गर्न र त्यसको वास्तविकतालाई बुझ्न सक्छौँ? कसैले भन त। (तिनीहरूले परमेश्‍वरको सारको विरोध गर्न सिद्धान्तवादी ज्ञान प्रयोग गर्छन्; तिनीहरूको दुष्टताको एउटा प्रकटीकरण यही हो।) विरोध भनेको एउटा कार्य हो, त्यसकारण किन तिनीहरूले विरोध गरे? विरोधले अलिक द्वेषपूर्ण स्वभाव बोकेको हुन्छ, तर हामीले अझै दुष्टताका बारेमा कुरा गरेका छैनौँ। तिनीहरूले किन विरोध गरे? के यो तिनीहरूले उहाँलाई मन पराउने वा नपराउने कुरासँग सम्बन्धित थियो? तिनीहरूले यस्तो प्रकारको परमेश्‍वरलाई घृणा गर्थे, र यस्तो विश्‍वास गर्थे, “परमेश्‍वर स्वर्गमा हुनुपर्ने हो, अर्थात्, तेस्रो स्वर्गमा हुनुपर्ने हो, उहाँलाई सबैले प्रशंसा गर्नुपर्ने हो, उहाँ मानिसको पहुँचबाहिर, मानिसले बुझ्‍न नसक्ने हुनुपर्ने हो, उहाँ सारा मानवजाति, सबै सृजित प्राणी, र ब्रह्माण्डका सबै जीवित प्राणीहरूले समेत सम्मान गर्नुपर्ने जन हुनुपर्छ—त्यो पो परमेश्‍वर हो त! अहिले परमेश्‍वर आउनुभएको छ, तर तपाईँ सिकर्मीको घरमा जन्‍मनुभयो, तपाईंका आमाबुबा साधारण मानिसहरू मात्रै हुन्, र तपाईँ डुँडमा समेत जन्‍मनुभएको हो। तपाईंको जन्मको पृष्ठभूमि साधारण मात्र होइन, यो साधारणभन्दा एक स्तर तलको र सामान्यभन्दा एक स्तर तलको हो—मानिसहरूले यसलाई कसरी स्वीकार गर्न सक्छन्? यदि परमेश्‍वर साँच्‍चै आउनुभएको हो भने, उहाँ यसरी आउन सक्नुहुन्न!” के मानिसहरूले नियमहरू यसरी नै तय गर्दैनन् र? सबैले यसरी नै नियमहरू तय गर्छन्। वास्तवमा, भित्री रूपमा तिनीहरूलाई पनि प्रभु येशू साधारण व्यक्ति हुनुहुन्न, प्रभु येशूले भन्‍नुभएको कुरा सही हो, र मानिसहरूले उहाँमाथि आरोप लगाएका धेरै पापहरू वास्तवमा तथ्यहरूसँग मिल्दैनन् भन्‍ने अस्पष्ट रूपमा महसुस हुन्थ्यो। प्रभु येशूले बिरामीलाई निको पार्न र भूतहरू निकाल्न सक्नुहुन्थ्यो, र उहाँले बोल्नुभएका र दिनुभएका वचन र प्रवचनहरूमा तिनीहरूले कुनै त्रुटि भेट्टाउन वा कुनै गल्ती समात्न सक्दैनथिए, तर तिनीहरूले अझै पनि यसलाई स्वीकार गर्न सकेनन्, र अझै पनि हृदयमा शङ्का गरे: “के परमेश्‍वर साँच्‍चै यस्तै हुनुहुन्छ? परमेश्‍वर स्वर्गमा अत्यन्तै महान् हुनुहुन्छ, त्यसकारण यदि उहाँ देहधारी भएर पृथ्वीमा आउनुभयो भने, उहाँ अझै महान् हुनुपर्छ, सबै मानिसहरूले उहाँको प्रशंसा गर्नुपर्छ, उहाँ इज्जतदार परिवारहरूकहाँ जानुपर्छ, उहाँले धाराप्रवाह रूपमा बोल्नुपर्छ, र एउटै पनि मानव त्रुटि वा कमजोरी कहिल्यै प्रकट गर्नु हुँदैन। यसको साथै, उहाँले सुरुमा मन्दिरका धार्मिक अधिकारीहरूलाई वशमा ल्याउन आफ्नो ज्ञान, आफ्नो विद्वता, र आफ्नो सीप प्रयोग गर्नुपर्छ। उहाँले सुरुमा यी मानिसहरूलाई जित्नुपर्छ; परमेश्‍वरको अभिप्राय त्यो पो हुनेथियो।” प्रभु येशूले गर्नुभएको कामको सन्दर्भमा भन्दा, तिनीहरूले यसलाई पत्याएनन्, न त तिनीहरूले यो तथ्यलाई स्विकार्न वा मान्‍न नै चाहन्थे। यो तथ्यलाई मान्न नचाहनु ठूलो समस्या होइन; तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूसँग अझै घातक कुरा थियो: यदि त्यस्तो व्यक्ति परमेश्‍वर हुनुहुन्छ भने, सबै धार्मिक अधिकारीहरू परमेश्‍वर हुन सक्नेथिए, तिनीहरू सबै परमेश्‍वर स्वयम्‌भन्दा पनि बढी परमेश्‍वर समान थिए, र तिनीहरू सबै प्रभु येशूभन्दा बढी ख्रीष्ट हुन योग्य थिए। के यो समस्याग्रस्त कुरा होइन र? (हो।) तिनीहरूले प्रभु येशूलाई दोषी ठहराइरहेका बेला, यस पटक देहधारी परमेश्‍वरले देहधारी हुन छनौट गर्नुभएको स्थानसँग सम्बन्धित पृष्ठभूमिका हरेक पक्षलाई पनि विरोध र घृणा गरिरहेका थिए। हामीले अझै फरिसीहरूको दुष्टता कहाँ छ भनेर छलफल गरेका छैनौँ—हाम्रो सङ्गतिलाई जारी राखौँ।

परमेश्‍वर साधारण व्यक्तिका रूपमा देह बन्‍नुहुन्छ, जसको अर्थ परमेश्‍वर आफूलाई यावत् थोकभन्दा माथि रहेको उच्च छवि, पहिचान, र पदबाट झार्दै पूर्ण रूपमा साधारण व्यक्ति बन्नका लागि विनम्र तुल्याउनुहुन्छ। जब उहाँ साधारण व्यक्ति बन्‍नुहुन्छ, तब उहाँले विशिष्ट र समृद्ध परिवारमा जन्मने छनोट गर्नुहुन्न; उहाँको जन्मको पृष्ठभूमि अत्यन्तै सामान्य हुन्छ, र जीर्ण समेत हुन्छ। यदि हामीले यो मामलालाई साधारण व्यक्ति, विवेक, समझ, र मानवता भएको व्यक्तिको परिप्रेक्ष्यबाट हेर्‍यौँ भने, परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसहरूको अर्चना र प्रेम योग्य हुन्छन्। मानिसहरूले यसलाई कसरी लिनुपर्छ? (अर्चनाका साथ।) परमेश्‍वरलाई पछ्याउने साधारण र सामान्य व्यक्तिले परमेश्‍वरले आफूलाई उच्च हैसियतबाट असाधारण रूपमा एउटा सामान्य व्यक्तिमा विनम्र तुल्याउनुभएको तथ्यका लागि परमेश्‍वरको प्रेमिलो स्वभावको प्रशंसा गर्नुपर्छ—परमेश्‍वरको नम्रता र गुप्तता अत्यन्तै प्रेमिलो छ! यो कुरा कुनै पनि भ्रष्ट व्यक्तिले हासिल गर्न सक्दैन, न त दियाबलसहरू र शैतानहरूले नै हासिल गर्न सक्छन्। यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (सकारात्मक कुरा।) यस सकारात्मक कुरा, यस घटना, र यस तथ्यले के कुरालाई सही रूपमा चित्रण गर्छ? परमेश्‍वरको नम्रता र गुप्तता, परमेश्‍वरको प्रेमिलो स्वभाव र प्रियतालाई। अर्को तथ्य के हो भने परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; परमेश्‍वरको प्रेम वास्तविक हुन्छ, झूटो हुँदैन। परमेश्‍वरको प्रेम खोक्रो बोली होइन, न त नारा मात्रै नै हो, न त भ्रम नै हो, तर यो वास्तविक र तथ्यगत कुरा हो। परमेश्‍वर स्वयम् देह बन्‍नुहुन्छ र मानवजातिको गलतफहमी, साथै तिनीहरूको गिल्ला, बदनामी, र ईश्‍वरनिन्दा सहनुहुन्छ। उहाँले आफूलाई विनम्र तुल्याउनुहुन्छ र उहाँ साधारण व्यक्ति, कुनै उच्च स्वरूप नभएको, कुनै विशेष प्रतिभा नभएको र पक्कै पनि कुनै गहन ज्ञान वा विद्वत्ता नभएको व्यक्ति बन्‍नुहुन्छ—कुन उद्देश्यका लागि? उहाँले छनौट गर्नुभएको र मुक्ति दिने अभिप्राय राख्‍नुभएका मानिसहरूकहाँ यो पहिचान र मानव स्वरूपका साथ जानु हो जुन तिनीहरूका लागि सबैभन्दा पहुँचयोग्य हुन्छ। के परमेश्‍वरले गर्नुहुने यो सबै कुरा उहाँले चुकाउनुभएको मूल्यमा समावेश हुँदैन र? (हुन्छ।) के अरू कसैले यसो गर्न सक्छ? कसैले पनि सक्दैन। उदाहरणका लागि, सुन्दरतालाई विशेष रूपमा प्रेम गर्ने कतिपय महिलाहरूले सधैँ मेकअप लगाउँछन् र त्यसविना बाहिर नै जाँदैनन्। यदि तैँले त्यस्तो महिलालाई त्यत्तिकै बाहिर जान वा मेकअपविना स्टेजमा देखा पर्न आग्रह गरिस् भने, के उसले त्यसो गर्न सक्नेथिई? सक्नेथिइन। यस मामलामा त उसलाई अपमान समेत गरिएको हुँदैन; मेकअपविना बाहिर जानु नै उसका लागि असम्भव हुन्छ, उसले त्यो सानो आडम्बर, त्यो थोरै देहगत फाइदालाई समेत त्याग्‍न सक्दिन। त्यसोभए परमेश्‍वरका बारेमा के भन्‍ने? जब परमेश्‍वरले आफूलाई सबैभन्दा साधारण व्यक्तिका रूपमा समाजको सबैभन्दा नीच मानिसहरूको बीचमा जन्मनका लागि विनम्र बनाउनुहुन्छ, तब उहाँले के त्याग्‍नुहुन्छ? उहाँले आफ्नो गरिमा त्याग्‍नुहुन्छ। परमेश्‍वरले किन आफ्नो गरिमा त्याग्न सक्नुहुन्छ? (मानिसहरूलाई प्रेम गर्न र मुक्ति दिनका लागि।) मानिसहरूलाई प्रेम गर्न र मुक्ति दिनका लागि हो, र यसले परमेश्‍वरको स्वभाव प्रकट गर्छ। त्यसोभए, यो कसरी गरिमा गुमाउने कार्यसँग सम्बन्धित भयो? यस मामलालाई कसरी हेरिनुपर्छ? कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वरले कुन गरिमा गुमाउनुहुन्छ? के देह बनेपछि पनि तपाईँसँग अझै पनि परमेश्‍वरको पहिचान हुँदैन र? के तपाईँसँग अझै पनि तपाईँको प्रचार पछ्याउने र सुन्‍ने मानिसहरू हुँदैनन् र? के तपाईँले अझै पनि परमेश्‍वरको आफ्नै काम गरिरहनुभएको हुँदैन र—तपाईँले कुन गरिमा गुमाउनुहुन्छ?” यो “गरिमा गुमाउनु” ले धेरै पक्षहरूलाई समावेश गर्छ। एक हिसाबमा, परमेश्‍वरको यो सब कुरा गर्ने प्रेरणा मानिसहरूका खातिर नै हो, तर के मानिसहरूले यसलाई बुझ्न सक्छन्? उहाँलाई पछ्याउने मानिसहरूले समेत यसलाई बुझ्न सक्दैनन्। यो बुझाइको कमीमा के समावेश हुन्छ? कतिपय मानिसहरूमा गलतफहमी हुन्छ, गलत व्याख्या गर्छन्, र अनौठो वा तिरस्कारपूर्ण नजरले हेर्छन्। परमेश्‍वर आत्मिक क्षेत्रमा यावत् थोकका बीचमा हुनुहुन्छ, र सारा मानवजाति परमेश्‍वरको खुट्टामुनि छ, तर अहिले परमेश्‍वर देह बन्‍नुभएको हुनाले, यो त उहाँ मानिसहरूसँग समान रूपमा एउटै वातावरणमा जिउनु जस्तै हो। उहाँले मानवजातिको गिल्ला, बदनामी, गलतफहमी, र व्यङ्ग्यको साथै तिनीहरूका धारणा, शत्रुता, र आलोचनाको सामना गर्नुपर्ने हुन्छ—उहाँले यी कुराहरूको सामना गर्नुपर्ने हुन्छ। उहाँले यी कुराहरूको सामना गरिरहनुभएको बेला, के तिमीहरूलाई उहाँमा कुनै गरिमा हुन्छ भन्‍ने लाग्छ? परमेश्‍वरको पहिचान अनुसार, उहाँले यी कुराहरू भोग्‍नु हुँदैन, मानिसहरूले परमेश्‍वरलाई यसरी व्यवहार गर्नु हुँदैन, र उहाँले यी कुराहरू सहनु हुँदैन; यी कुराहरू परमेश्‍वरले सहनुपर्ने कुराहरू होइनन्, तर जब परमेश्‍वर देह बन्‍नुहुन्छ तब उहाँले यी कुराहरूलाई स्वीकार गर्नुपर्ने हुन्छ, यी सबै कुराहरू सहनैपर्ने हुन्छ, र यी कुराहरू अपरिहार्य हुन्छन्। भ्रष्ट मानवजातिले स्वर्गका परमेश्‍वरलाई धेरै कर्णप्रिय कुराहरू भन्‍न सक्छन्, तर तिनीहरूले देहधारी परमेश्‍वरलाई कुनै चासो दिँदैनन्। तिनीहरूले सोच्छन्, “परमेश्‍वर देहधारी बन्नुहुने? तपाईँ कुनै पनि असाधारण कुरा नभएको साधारण र सामान्य व्यक्ति हुनुहुन्छ; तपाईँले मलाई केही गर्न सक्नुहुन्न जस्तो देखिन्छ!” तिनीहरूले जे पनि बोल्ने आँट गर्छन्! जब तिनीहरूको आफ्नै फाइदा वा प्रतिष्ठाको कुरा आउँछ, तब तिनीहरूले जेसुकै आलोचना वा निन्दाको शब्द बोल्‍ने आँट गर्छन्। त्यसकारण, जब परमेश्‍वर देह बन्‍नुहुन्छ, तब उहाँले मानिसहरूसँग अन्तरक्रिया गर्नुभए पनि र उहाँ भ्रष्ट मानवजातिसँगै जिउनुभए पनि, उहाँसँग यो हैसियत हुन्छ र उहाँले यो पहिचानको आनन्द लिनुहुन्छ, यसको साथै, उहाँले वास्तवमा आफ्नो पहिचानले ल्याएको हरेक अपमान सहनुपर्ने हुन्छ। उहाँले आफ्नो सारा गरिमा गुमाउनुहुन्छ—भ्रष्ट मानवजातिले उहाँको विरुद्धमा देखाउने सबै अन्योलता, गलतफहमी, शङ्का, जाँच, विद्रोह, आलोचना, ढोङ्गीपन, इत्यादि कुराहरूको सामना गर्दै परमेश्‍वरले सहनुपर्ने पहिलो कुरा यही हो। उहाँले यो सब कुरा सहनुपर्छ—त्यो उहाँले गरिमा गुमाउनु हो। अरू के छ? सारगत रूपमा देहधारण र आत्माका बीचमा कुनै भिन्‍नता छैन—के यो सही हो? (हो।) सारगत रूपमा कुनै भिन्‍नता छैन, तर एउटा पक्ष छ: देहले कहिल्यै पनि आत्मालाई प्रतिस्थापन गर्नसक्दैन। अर्थात्, भौतिक शरीर धेरै कार्यक्षमताद्वारा सीमित हुन्छ। उदाहरणका लागि, आत्माले अन्तरिक्षमा यात्रा गर्न सक्नुहुन्छ, उहाँ समय, मौसम, वा विभिन्‍न वातावरणले प्रभावित हुनुहुन्न, र उहाँ सर्वव्यापी हुन्छ, जबकि भौतिक शरीर यी सीमितताहरूको अधीनमा हुन्छ। परमेश्‍वरको गरिमामा के घाटा भएको हुन्छ? यस मामलाको कठिनाइ के हो? परमेश्‍वर स्वयम्‌ले यो क्षमता राख्‍नुहुन्छ, तर उहाँ देहद्वारा सीमित हुनुभएको हुनाले, उहाँले आफ्नो कामको अवधिमा काम पूरा नभएसम्म विवेकशील, शान्त र आज्ञाकारी भएर देहको काममा लागिरहनुपर्छ। देहको कामको अवधिमा, मानिसहरूले आफ्ना धारणाहरूमा देख्‍ने र बुझ्न सक्‍ने परमेश्‍वर तिनीहरूको आँखाले देख्‍न सक्‍ने देह हुन्छ। तिनीहरूको कल्पना र धारणाहरूमा, के परमेश्‍वरको महान्‌ता, परमेश्‍वरको सर्वशक्तिमान्‌ता, परमेश्‍वरको बुद्धि, र परमेश्‍वरको अख्तियारको समेत निश्‍चित सीमा हुन्छ? (हो, हुन्छ।) धेरै हदसम्म, ती निश्‍चित सीमितताका अधीनमा हुन्छन्। यो सीमितताको कारण के हो? (देहधारण।) यो देहधारणका कारण हुन्छ। यो देहले परमेश्‍वर स्वयम्‌मा ल्याउने समस्या हो भनेर भन्‍न सकिन्छ। अवश्य नै, यहाँ “समस्या” भन्‍ने शब्द प्रयोग गर्नु अलिक अस्पष्ट हुन्छ, तर यसलाई यसरी भन्‍नु उचित छ—यसलाई यसरी मात्रै भन्‍न सकिन्छ। के यस समस्याले परमेश्‍वरबारे रहेको मानिसहरूका बुझाइमा र परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुनका लागि परमेश्‍वरसँग मानिसहरूले गर्ने साँचो सङ्गत र अन्तरक्रियामा निश्‍चित असर पार्छ? (पार्छ।) यसको निश्‍चित प्रभाव हुन्छ। व्यक्तिले परमेश्‍वरको देह देखेको छ, उसले परमेश्‍वरको देहसँग व्यवहार गरेको छ, परमेश्‍वरको देहले बोल्‍नुभएको सुनेको छ भने, उसको जीवनकालमा, परमेश्‍वरको स्वरूप, परमेश्‍वरको बुद्धि, परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव उसले यही देहमा चिनेको, देखेको र बुझेको कुरामा नै सदा रहनेछ। परमेश्‍वरका लागि यो अनुचित कुरा हो। के कुरा यही होइन र? (हजुर, हो।) यो परमेश्‍वरका लागि अनुचित कुरा हो। त्यसोभए परमेश्‍वर किन अझै पनि देहधारी बन्‍नुहुन्छ? किनभने परमेश्‍वर देहधारी हुनुहुने माध्यमबाट मात्रै मानिसहरूलाई परमेश्‍वरको शुद्ध पार्ने र मुक्ति दिने कार्यका सबैभन्दा राम्रा परिणामहरू हासिल गर्न सकिन्छ—परमेश्‍वरले यही मार्ग रोज्नुहुन्छ। परमेश्‍वर देह बन्‍नुहुन्छ र मानिसहरूका बीचमा आमने-सामने जिउनुहुन्छ, जसले गर्दा मानिसहरूले उहाँका वचनहरू सुन्न, उहाँको हरेक चाल हेर्न, र उहाँको स्वभाव, उहाँको व्यक्तित्व समेत, र उहाँका हर्ष र दुःखहरू हेर्न सक्छन्। मानिसहरूले यो स्वभाव र यी हर्ष र दुःख देख्दा तिनले तिनीहरूमा धारणाहरू विकास गर्न, परमेश्‍वरको सारका बारेमा रहेको मानिसहरूको बुझाइमा असर पार्न, र मानिसहरूको बुझाइमा सीमितता ल्याउन सक्छन्, तर पनि परमेश्‍वरले बरु मानिसहरूले उहाँलाई गलत रूपमा बुझ्न दिनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिने कार्यका सर्वोत्कृष्ट परिणामहरू हासिल गर्नका लागि अझै पनि यो विधि छनौट गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरको मौलिक मुहार, र परमेश्‍वरको साँचो पहिचान, हैसियत, र सारका बारेमा रहेका मानिसहरूको बुझाइको दृष्टिकोणबाट हेर्दा, उहाँले आफ्नो गरिमा त्याग्‍नुभएको छ। के यसो भन्‍न सकिँदैन र? यो यस दृष्टिकोणबाट हो। यसका बारेमा ध्यान दिएर विचार गर: परमेश्‍वरले जे मूल्य चुकाउनुभएको छ र जे गर्नुभएको छ त्यसको विभिन्‍न पक्षहरूमा, के मानिसहरूको बुझाइ अनुसार, फरिसी र ख्रीष्ट विरोधीहरूका ती सिद्धान्तवाद र नाराहरूसँग मिल्ने कुनै कुरा छ? केही पनि छैन। उदाहरणका लागि, जब फरिसीहरूले “परमेश्‍वर आदरणीय हुनुहुन्छ” भनेर भने, तब तिनीहरूले यो आदरणीयतालाई कसरी बुझे? तिनीहरूको नजरमा परमेश्‍वरको आदरणीयता कसरी साकार हुनुपर्छ? उहाँ महान् हुनुपर्छ भन्‍ने मात्रै हो। के यो “परमेश्‍वर आदरणीय हुनुहुन्छ, र परमेश्‍वर अत्यन्तै आदरणीय हुनुहुन्छ” भन्‍ने धर्मसिद्धान्त होइन र? (हो।) तिनीहरूले विश्‍वास गर्ने भनेको परमेश्‍वरको आदरणीयता के हो? त्यो त के हो भने, मानौँ, यदि परमेश्‍वर संसारमा आउनुभयो भने, उहाँसँग प्रतिष्ठित पद, उत्कृष्ट ज्ञान र प्रतिभा, उत्कृष्ट क्षमता, प्रथम श्रेणीको बोलीवचन, र प्रथम श्रेणी र प्रथम छनौटको स्वरूप हुनेथियो। तिनीहरूले विश्‍वास गर्ने त्यो आदरणीयता के हो? त्यो मानिसहरूले देख्‍न सक्‍ने कुरा हो। के यस्तो प्रकारको आदरणीयता त शैतानले गर्ने कुरा होइन र? (हो।) परमेश्‍वरले त त्यसो गर्नुहुन्न! परमेश्‍वरका यी चुनिएका मानिसहरूका लागि परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई छनौट गर्नुभयो हेर, र शैतानको संसारका उत्कृष्ट कुलीनहरू कस्ता मानिसहरू हुन् हेर। यसरी तिनीहरूलाई तुलना गरेर, परमेश्‍वरले कस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ र कस्तो व्यक्तिलाई मुक्ति दिन सकिन्न भन्‍ने कुरा तैँले जान्नेछस्। निकै अहङ्कारी, आत्म-धर्मी, वरदानप्राप्त, र प्रतिभाशाली मानिसहरूले सत्यतालाई स्वीकार गर्ने सम्भावना न्यून हुन्छ। तिनीहरूको बोली ज्ञानले भरिएको हुन्छ, अत्यन्तै धाराप्रवाह हुन्छ, र यसले मानिसहरूलाई तिनीहरूको आराधना र कदर गर्ने बनाउँछ, तर तिनीहरूको कमजोरी भनेको सत्यतालाई स्वीकार नगर्नु हो, र तिनीहरू सत्यताबाट वितृष्ण हुन्छन् र तिनीहरूले त्यसलाई घृणा गर्छन्, जसले तिनीहरूले विनाशको मार्ग लिनेछन् भन्‍ने कुरा निर्धारित गर्छ। अनि फेरि, परमेश्‍वरका चुनिएका मानिसहरूमा कुनै पनि विशेष वरदान वा प्रतिभा हुँदैन, तर तिनीहरूले सत्यतालाई स्वीकार गर्न, तिनीहरू परमेश्‍वरमा समर्पित हुन, परमेश्‍वरलाई पछ्याउनका लागि आफ्नो ख्याति, प्राप्ति, र हैसियत त्याग्‍न सक्छन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुन्छन्। परमेश्‍वरले यिनै प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ। गैरविश्‍वासीहरूले कसको आराधना गर्छन्? तिनीहरू सबैले उच्च स्तरका बुद्धिजीवीहरू र प्रख्यात पारिवारिक हैसियत भएका मानिसहरूको आराधना गर्छन्। वरदान, विशेषता, र पारिवारिक हैसियतको हकमा भन्दा, हामीसँग यीमध्ये कुनै पनि कुरा छैन—हामी उस्तै छौँ। तिमीहरू यसबारे के सोच्छौ? परमेश्‍वरले त्यस्ता कुराहरू गर्नुहुन्न—के यो त्यति सरल छ र? परमेश्‍वरले किन त्यसलाई यसरी प्रबन्ध गर्नुभएन? यसमा परमेश्‍वरको अभिप्राय छ। कुनै व्यक्ति कुन परिवारमा जन्मिन्छ, र उसले कुन ज्ञान सिक्न सक्छ भनेर परमेश्‍वरले सहजै प्रबन्ध गर्नुहुन्छ। के परमेश्‍वरले यसरी व्यवहार व्यवहार गर्न सक्नुहुन्छ? (सक्‍नुहुन्छ।) उहाँले साँच्‍चै नै गर्न सक्नुहुन्छ! त्यसोभए परमेश्‍वरले हामीलाई समृद्ध र प्रतिष्ठित परिवारमा जन्माउने प्रबन्ध किन गर्नुभएन? यो परमेश्‍वरको प्रेमिलो स्वभाव हो, यो परमेश्‍वरको सारको प्रकटीकरण हो, र सत्यता बुझेकाहरूले मात्रै यस कुरालाई बुझ्न सक्छन्। परमेश्‍वर देहधारी बन्नुभएपछि, मानिसहरूका धारणाहरू जति नै ठूला भए पनि, परमेश्‍वरले आफ्नो काममा जति नै ठूला कठिनाइहरू सामना गर्नुभए पनि, उहाँले जति नै ठूला बाधाहरू सामना गर्नुभए पनि, जति नै ठूलो गिल्ला र बदनामी भोगे पनि, र यसरी देहधारी बन्नुभएपछि उहाँले जति नै गरिमा गुमाउनुभए पनि, के उहाँले वास्ता गर्नुहुन्छ? उहाँले वास्ता गर्नुहुन्न। त्यसोभए, उहाँले के कुराको वास्ता गर्नुहुन्छ? यदि तिमीहरूले यो बुँदा बुझ्न सक्छौ भने, परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भन्‍ने तिमीहरूलाई साँच्‍चै थाहा छ। परमेश्‍वरले के कुराको वास्ता गर्नुहुन्छ? यो मूल्य चुकाउनु र यति धेरै मेहेनत गर्नुको पछाडि परमेश्‍वरको विचारशील अभिप्राय के हो? उहाँले ठ्याक्कै केका लागि यसो गर्नुभएको हो? (परमेश्‍वरलाई अझै राम्ररी बुझ्न, उहाँको देहधारी शरीरद्वारा उहाँसँग अझै राम्ररी सम्पर्क गर्न, त्यसपछि परमेश्‍वरका बारेमा साँचो बुझाइ पाउनका लागि परमेश्‍वरले छनौट गर्नुभएको यो समूहका लागि।) परमेश्‍वरका बारेमा बुझ्‍नु—त्यसोभए के यो अझै पनि परमेश्‍वरका लागि फाइदाजनक छ त? के परमेश्‍वरले यो एउटै उद्देश्यका लागि यति धेरै मूल्य चुकाउनुभएको हो? हो कि होइन? के परमेश्‍वरले मानिसहरूलाई केवल परमेश्‍वरका बारेमा बुझाउनका लागि ६,००० वर्ष परिश्रम गरेर काम गर्नुभएको हो त? मलाई भन, परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुभएपछि, मानवजातिले आफूलाई परमेश्‍वरबाट टाढा लगेपछि र तिनीहरूले शैतानलाई पछ्याएपछि, र हरेक मानवले जिउँदो भूतले जस्तै आफ्नो जीवन बिताउन थालेपछि—सबैभन्दा खुसी को भयो? (शैतान।) पीडित को भयो? (मानिसहरू।) त्यसोभए सबैभन्दा दुःखी को हुनुभयो? (परमेश्‍वर।) के तिमीहरू सबैभन्दा दुःखी हौ? (होइनौँ।) वास्तवमा, कसैले पनि यी कुराहरूलाई बुझ्न सक्दैन। यी कुराहरू कसैले पनि आफै जान्दैनन्: तिनीहरू जस्तो बन्‍नका लागि जिउँछन् त्यसैलाई स्वीकार गर्छन्। जब तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउँछस्, तब तिनीहरूले यसले कुनै फाइदा गर्न सक्छ भन्‍ने सोच्दैनन्। तिनीहरू निरन्तर आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछन्, र तिनीहरूले सधैँ परमेश्‍वरविरुद्धमा विद्रोह गरेका छन्। सबैभन्दा दुःखी र हृदय-तोडिएको जन त वास्तवमा परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो; के तिमीहरूलाई परमेश्‍वरले मानव अस्तित्वको तत्‍कालीन स्थिति, वा तिनीहरूको जीवन असल छ कि छैन भन्‍ने कुराको वास्ता गर्नुहुन्छ भन्‍ने लाग्छ? (उहाँले वास्ता गर्नुहुन्छ।) परमेश्‍वरलाई सबैभन्दा बढी चिन्ता लाग्छ, र सायद संलग्‍न भएका मानिसहरूले यो कुरा महसुस गर्दैनन्, र आफै यसलाई वास्तविक रूपमा बुझ्दैनन्। यस संसारमा जिउँदै गर्दा, मानवजाति सय वर्ष पहिले यस्तै थियो, र अहिले पनि यस्तै छ, पुस्तापछि पुस्ता वृद्धि हुँदै, र पुस्तौँ-पुस्ता यसरी नै जिउँदैछन्, कतिपय मानिसहरूले राम्रो गरिरहेका छन्, कतिपयले खराब गरिरहेका छन्—जीवन उकाली-ओरालीले भरिएको छ। मानिसहरूको एकपछि अर्को पुस्ता आइपुग्छ, तिनीहरूले फरक-फरक लुगा लगाउँछन्, एउटै खाना खान्छन्, तर सामाजिक संरचना र प्रणालीहरू अलिअलि गर्दै परिवर्तन हुन्छन्; मानिसहरू अनजानमा वर्तमानमा आइपुग्छन्—के तिनीहरू सचेत छन्? तिनीहरू सचेत छैनन्। त्यसोभए, सबैभन्दा बढी सचेत को छ त? (परमेश्‍वर।) यो मामला सबैभन्दा बढी वास्ता गर्ने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरले सृष्टि गर्नुभएका मानिसहरू कसरी जिउँछन्, मानिसहरूको जीवनको वर्तमान स्थिति के छ, तिनीहरू राम्ररी जिइरहेका छन् कि छैनन्, मानिसहरूले के खान्छन् र के लगाउँछन्, तिनीहरूको भविष्य कस्तो हुनेछ, र मानिसहरूले आफ्नो हृदयमा हरेक दिन के सोच्छन् भन्‍ने कुरा परमेश्‍वरले बिर्सनुहुन्न। यदि मानिसहरूले हरेक दिन सोच्ने भनेकै दुष्टता, कसरी परिवर्तन हुने र प्रकृतिका व्यवस्था विरुद्ध जाने, स्वर्ग विरुद्ध कसरी लडाइ गर्ने, संसारको दुष्ट प्रचलनलाई कसरी पछ्याउने भनी हो भने, के परमेश्‍वरले यसलाई हेरेर यसबारे राम्रो महसुस गर्नुहुन्छ? (अहँ, गर्नुहुन्न।) त्यसोभए, परमेश्‍वरलाई राम्रो लाग्दैन, त्यति हो त? के उहाँले यसका बारेमा केही गर्नु पर्दैन र? (हो, उहाँले गर्नुपर्छ।) उहाँले यी मानिसहरूलाई राम्ररी जिउन लगाउने, आफ्ना आचरणका सिद्धान्तहरू बुझ्न लगाउने, परमेश्‍वरको आराधना गर्न जान्ने, सबै प्रकृतिका व्यवस्थाहरू, परमेश्‍वरको योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन लगाउने तरिका खोज्नुपर्छ, ताकि मानिसहरू मानव रूपमा जिउन सकून्, अनि परमेश्‍वर ढुक्क हुनुहुनेछ। यदि परमेश्‍वरले यी मानिसहरूलाई छोड्नुभए पनि, तिनीहरू शैतानबाट कुनै पनि कष्ट नभोगी सामान्य रूपमा यस्तो वातावरणमा जिउन सक्छन्—परमेश्‍वरको अभिप्राय यही हो। जब शैतानले मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् र मानव रूपमा जिउन सक्छन् भन्‍ने देख्छ, तब यो पूर्ण रूपमा अपमानित हुन्छ र असफल हुन्छ, त्यसकारण यसले यी मानिसहरूलाई पूर्ण रूपमा त्याग्छ र फेरि कहिल्यै पनि तिनीहरूप्रति ध्यान दिँदैन। त्यसोभए, शैतानले कसको वास्ता गर्छ त? यसले परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता नपछ्याउने, परमेश्‍वरका वचनहरू नपढ्ने र परमेश्‍वरलाई प्रार्थना नगर्ने, आफ्नो कर्तव्य अर्ध-हृदयले पूरा गर्ने, र सधैँ विवाह गर्न र परिवार र करियर सुरु गर्नका लागि जोडी खोज्न चाहने मानिसहरूका बारेमा मात्रै वास्ता गर्छ। यसले यी मानिसहरूलाई परमेश्‍वरले नहटाउनुभइन्जेलसम्‍म प्रलोभनमा पार्न चाहन्छ, परमेश्‍वरबाट टाढा हुने, आफ्नो कर्तव्य पूरा नगर्ने, र परमेश्‍वरलाई धोका दिने गरी बहकाउनचाहन्छ—त्यसपछि त्यो पूर्ण रूपमा खुसी हुन्छ। तैँले सत्यताको खोजी जति गर्दैनस्, त्यो त्यति नै खुसी हुन्छ, तैँले ख्याति, प्राप्ति, र हैसियतको खोजी जति गर्छस्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तँ जति झारा टारुवा बन्छस्, त्यो त्यति नै खुसी हुन्छ। यदि तैँले आफूलाई परमेश्‍वरबाट टाढा राख्‍ने र उहाँलाई धोका दिने गरिस् भने, त्यो अझै खुसी हुन्छ—के यो शैतानको मानसिकता होइन र? के ख्रीष्ट विरोधीहरूको मानसिकता यस्तै हुँदैन र? शैतानका प्रकारका सबैमा यस्तो मानसिकता हुन्छ। तिनीहरूले परमेश्‍वरमा निष्ठापूर्वक विश्‍वास नगर्ने, ज्ञान सिक्न र ख्याति, प्राप्ति, र हैसियत पछ्याउनमा ध्यान दिने, र आफ्नो कर्तव्य पूरा गर्दा आफ्नो उचित कार्यमा ध्यान नदिने जोकोहीलाई प्रलोभनमा पार्न चाहन्छन्। जब तिनीहरूले यस्ता मानिसहरूलाई भेट्छन्, तब तिनीहरूले तिनीहरूसँग साझा भाषामा कुरा गर्छन्, तिनीहरू सँगै हुँदा धेरै बोल्छन्, र तिनीहरूले कुनै वास्ता नगरी स्वतन्त्र रूपमा आफ्नो विचार व्यक्त गर्छन्। यी मानिसहरूले सत्यताको खोजी नगरेको देख्दा परमेश्‍वरलाई कस्तो अनुभूति हुन्छ? उहाँलाई चिन्ता लाग्छ! त्यसकारण, परमेश्‍वरले चुकाउनुभएको यो सबै मूल्यको कारण के हो? यसको कारण उहाँको मानवजातिप्रतिको चासो, वास्ता र चिन्ता हो। परमेश्‍वरले मानिसहरूका बारेमा यी चासो, वास्ता, र चिन्ताहरू आफ्नो हृदयमा बोक्नुहुन्छ, र परमेश्‍वरसँग मानिसहरूप्रति यस्तो मनोवृत्ति भएको हुनाले, उहाँको काम चरणबद्ध रूपमा प्रस्तुत हुन्छ। मानिसहरूका नजरमा परमेश्‍वर विनम्र र गुप्त हुनुभए पनि, उहाँले मानिसहरूलाई साँच्चै प्रेम गर्नुभए पनि, उहाँ भरोसायोग्य हुनुभए पनि, वा उहाँ महान् हुनुभए पनि, परमेश्‍वरले यी सबै मूल्यहरू सार्थक छन् र त्यसको इनाम पाउन सकिन्छ भन्‍ने विश्‍वास गर्नुहुन्छ। यो इनामको अर्थ के हो? यसको अर्थ उहाँले आफ्नो हृदयमा चिन्ता गर्नुहुने कुराहरू फेरि हुनेछैनन्, र उहाँले आफ्नो हृदयमा चिन्ता गर्नुहुने मानिसहरू उहाँका अभिप्रायहरू अनुसार, उहाँले तिनीहरूलाई सिकाउनुभएको र मार्गदर्शन गर्नुभएको मार्ग र दिशा अनुसार जिउन सक्छन्, र यी मानिसहरू उप्रान्त शैतानद्वारा भ्रष्ट तुल्याइनेछैनन् भन्ने हो—तिनीहरूले उप्रान्त कष्टमा जिउनेछैनन्, परमेश्‍वरका चिन्ताहरू बिलाउनेछन् र परमेश्‍वर ढुक्‍क हुनुहुनेछ। त्यसकारण, परमेश्‍वरले गर्नुभएका सबै कुराको सन्दर्भमा भन्दा—उहाँको प्राथमिक प्रेरणा जेसुकै भए पनि, उहाँको योजना जति ठूलो वा सानो भए पनि—के यी सबै सकारात्मक कुरा होइनन् र? (हजुर, हुन्।) यी सबै सकारात्मक कुराहरू हुन्। परमेश्‍वरले काम गर्ने तरिका मानिसहरूका लागि अज्ञात भए पनि, यो कुरा उल्लेख गर्न लायक भए पनि नभए पनि, मानिसहरूलाई न्याय गर्न र मुक्ति दिनका लागि परमेश्‍वरले काम गर्नुहुने तरिकालाई मानिसहरूले जसरी आलोचना गरे पनि, परमेश्वरले गर्नुभएको सबै कुरा र उहाँले चुकाउन सक्नुहुने मूल्य हेर्दा, के परमेश्‍वर प्रशंसाको योग्य हुनुहुन्न र? (हो, उहाँ हुनुहुन्छ।) त्यसोभए, परमेश्‍वर महान् हुनुहुन्छ कि सानो हुनुहुन्छ? (उहाँ महान् हुनुहुन्छ।) अत्यन्तै महान् हुनुहुन्छ! मानवजातिमध्ये कसैले पनि यस्तो मूल्य चुकाउन सक्दैन। कतिपय मानिसहरूले भन्छन्, “मानवजातिमाझ सबैभन्दा ठूलो कुरा भनेको आमाको प्रेम हो।” के आमाको प्रेम यति ठूलो छ? सामान्यतया, छोराछोरीले स्वतन्त्र रूपमा आफ्नो जीवन बिताउन थालेपछि, आमाहरूले तिनीहरू बाँच्न सकुञ्जेल तिनीहरूलाई ध्यान दिँदैनन्। वास्तवमा, तिनीहरूले चाहेर पनि आफ्ना छोराछोरीलाई ध्यान दिन सक्दैनन्। त्यसोभए परमेश्‍वरले यो मानवजातिलाई कसरी व्यवहार गर्नुहुन्छ? उहाँले कति हजारौँ वर्षदेखि यो कुरा सहनुभएको छ? परमेश्‍वरले यसलाई छ हजार वर्षसम्म सहनुभएको छ र अहिले पनि हार मान्नुभएको छैन। अलिकति चिन्ता र चासोका लागि मात्रै पनि, परमेश्‍वरले यस्तो ठूलो मूल्य चुकाउनुभयो। फरिसीहरू र ख्रीष्ट-विरोधीहरूका नजरमा यस्तो ठूलो मूल्य के जस्तो देखिन्छ? यसलाई तिनीहरूले निन्दा गर्छन्, आलोचना गर्छन्, र ईश्‍वरनिन्दा समेत गर्छन्। यस दृष्टिकोणबाट हेर्दा, के ती ख्रीष्ट-विरोधीहरू प्रकृतिमा दुष्ट छैनन् र? (हो, छन्।) परमेश्‍वरले यस्ता प्रशंसायोग्य कुराहरू गर्नुभएको छ, र परमेश्‍वरको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो मानिसहरूको प्रशंसाको योग्य छ। तिनीहरूले उहाँको प्रशंसा नगर्ने मात्र होइन, तर उहाँलाई दोष दिन र आलोचना गर्न विभिन्‍न बहाना र सिद्धान्तवादहरू समेत प्रयोग गर्छन्, र उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्न समेत इन्कार गर्छन्। के यी मानिसहरू घृणास्पद छैनन् र? (हजुर, छन्।) के तिनीहरू दुष्ट छैनन् र? तिनीहरूको दुष्ट व्यवहारका आधारमा हेर्दा, के तिनीहरूले ज्ञान र सिकाइको आराधना गर्दैनन् र? के तिनीहरूले शक्ति र हैसियतको आराधना गर्दैनन् र? (हो, गर्छन्।) सकारात्मक कुराहरू जति हुन्छन्, ती मानिसहरूको प्रशंसा, स्मरण, र प्रचारको लायक जति हुन्छन्, तिनलाई ख्रीष्ट-विरोधीहरूले त्यति नै निन्दा गर्नेछन्। यो ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिको एउटा प्रकटीकरण हो। ख्रीष्ट विरोधीहरूको दुष्टताको हद भ्रष्ट स्वभाव भएका धेरैजसो मानिसहरूको भन्दा बढी हुन्छ भनेर भन्‍नु नै पर्छ।

हामी पावलबारे छलफललाई जारी राखौँ। पावल कस्तो परिवारमा जन्मेको थियो? ऊ बुद्धिजीवी परिवार, शिक्षित परिवारमा जन्मेको थियो। ऊ त्यस्तो परिवारमा जन्मेको थियो, र उसको जन्मको पृष्ठभूमिलाई राम्रो मानिन्थ्यो। ऊ अत्यन्तै शिक्षित व्यक्ति थियो। वर्तमान मानकहरू अनुसार, ऊ धर्मशास्त्र अध्ययन गर्ने वा विश्‍वविद्यालय जाने किसिमको व्यक्ति हुन सक्थ्यो। त्यसोभए के उसको ज्ञान र सिकाइ धेरैजसो मानिसहरूको भन्दा उच्च थियो? (थियो।) पावलको ज्ञान र सिकाइका आधारमा मूल्याङ्कन् गर्दा, के प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर पहिचान गर्न उसलाई सजिलो हुनेथियो? (हो, हुनेथियो।) अत्यन्तै सजिलो हुनेथ्यो। तर उसले किन प्रभु येशूलाई ख्रीष्टका रूपमा पहिचान गरेन? (उसले ज्ञानको आराधना गर्थ्यो र प्रभु येशू ऊ जस्तो ज्ञानले भरिएको हुनुहुन्‍न भन्‍ने उसलाई लाग्थ्यो, त्यसकारण उसले उहाँलाई चिनेन।) यसलाई यसरी भन्दा अत्यन्तै सरल हुन्छ। यदि प्रभु येशू ऊ जस्तो ज्ञानले भरिएको हुनुहुन्न थियो भने, उसले उहाँलाई चिन्‍न सक्‍नेथिएन। यदि उहाँसँग साँच्‍चै ज्ञान थियो भने, उसले उहाँलाई चिन्‍न सक्‍नेथियो। यो कुरालाई अलिक अर्ध-निर्क्योल गरेको भयो। अहिले, हामी ख्रीष्ट-विरोधीहरूले ज्ञानको आराधना गर्छन् भनेर मात्रै भन्छौँ; अर्थात्, जब तिनीहरूले मानिसहरूको कुरा सुन्छन् र मानिसहरू र मामलाहरूलाई सम्हाल्छन्, तब तिनीहरूमा यस्तो दृष्टिकोण हुन्छ जसले गर्दा अरूलाई तिनीहरूले ज्ञान र सिकाइको आराधना गर्छन् भन्‍ने कुरा देख्ने तुल्याउँछ। उदाहरणका लागि, यदि तेरा शब्दहरू अत्यन्तै तार्किक, उच्च स्तरका, चलाख, बुझ्‍न नसकिने, र अमूर्त छन् भने, उसलाई ठ्याक्कै यही कुरा मन पर्छ। अमूर्त किसिमको र तर्क, दर्शन, र निश्‍चित सिकाइ अनुरूपको—उसले चाहने कुरा यही हो। प्रभु येशू परमेश्‍वरको देहधारण हुनुहुन्छ, र उहाँले बोल्नुहुने सबै कुरा परमेश्‍वरका वचनहरू र सत्यताहरू हुन्। त्यसकारण, ज्ञान र सिकाइ भएका मानिसहरूले यी वचन र सत्यताहरूलाई हेर्दा, तिनीहरूले तिनलाई कसरी मूल्याङ्कन गर्छन्? “तपाईँले बोल्नुहुने वचनहरू अत्यन्तै भद्दा र सतही छन्। ती सबै परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा रहेका सानातिना कुराहरू हुन्। ती न त गहन छन् न त बुझ्‍न नसकिने नै छन्। त्यसमा कुनै रहस्यहरू छैनन्। तैपनि तपाईँ ती सत्यता हुन् भनेर भन्‍नुहुन्छ। सत्यतामा यति उच्च कुरा के हुन्छ? म पनि यी कुराहरू भन्‍न सक्छु!” के ख्रीष्ट विरोधीहरूले यही विश्‍वास गर्दैनन् र? (हो।) तिनीहरूले यस्तो सोच्दै यसलाई तौलन्छन्, “तपाईँले बोलिरहनुभएका कुरा मेरो ज्ञानभन्दा माथि छ कि तल छ, हेरूँ।” तिनीहरूले ती कुरा सुन्‍ने बित्तिकै, तिनलाई यसो भन्दै चुनौती दिन्छन्, “तपाईँले त प्राथमिक विद्यालयका विद्यार्थीले जस्तो कुरा गर्नुहुन्छ। म कलेजको विद्यार्थी हुँ, त्यसकारण तपाईँ म जतिको सिपालु हुनुहुन्न!” त्यसपछि तिनीहरूले परमेश्‍वरका वचनहरूमा केही त्रुटि भेट्टाउँछन्, र यसो भन्छन्, “तपाईँले त व्याकरण नै बुझ्नुहुन्न जस्तो लाग्यो, र कहिलेकहीँ तपाईँले बोल्दा प्रयोग गर्नुहुने शब्दहरू उचित हुँदैनन्। तपाईँ परमेश्‍वर जस्तो देखिनुहुन्‍न।” उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर हेर्न तिनीहरूले उहाँको रूपलाई हेर्छन्; तिनीहरूले उहाँका वचनहरूको विषयवस्तु सुन्दैनन्, व्यक्त गरिएको कुरा सत्यता हो कि होइन, वा ती वचनहरू परमेश्‍वरबाट आएका हुन् कि होइनन् भन्‍ने कुरा सुन्दैनन्। के यो आत्मिक बुझाइ नहुनु होइन र? (हजुर, हो।) त्यसकारण, ख्रीष्ट विरोधीहरूमा अर्को विशेषता पनि हुन्छ: तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरूले ज्ञान र सिकाइलाई महत्त्व दिने भएकाले तिनीहरूले सत्यता बुझ्दैनन्। तिनीहरूले कहिल्यै पनि सत्यता बुझ्न सक्‍नेछैनन्। यी मानिसहरू आत्मिक बुझाइ नभएका मानिसहरू बन्‍ने निर्धारित हुन्छ। तिनीहरूले परमेश्‍वरले बोल्नुहुने हरेक वाक्य तौलन आफ्नो ज्ञान प्रयोग गर्छन्। के तिनीहरूले सत्यता बुझ्न सक्छन्? के तिनीहरूले यो सत्यता हो भनेर जान्न सक्छन्? के तिनीहरूले अन्तमा परिभाषा तय गरेर परमेश्‍वरले बोल्नुभएका यी सबै वचनहरू सत्यता हुन् भनेर भन्‍न सक्छन्? के तिनीहरूले ती सुन्न सक्छन्? तिनीहरूले ती सुन्‍न सक्दैनन्। त्यसोभए, तिनीहरूको नजरमा तिनीहरूले देहधारी परमेश्‍वरलाई कसरी हेर्छन् त? तिनीहरूले यस्तो सोच्छन्, “मैले यसलाई चाहे जसरी हेरे पनि, उहाँ मानव हुनुहुन्छ। मैले यसलाई चाहे जसरी हेरे पनि, म परमेश्‍वरको गुण देख्‍न सक्दिनँ। मैले चाहे जसरी सुने पनि, उहाँका कुन-कुन वचनहरू सत्यताअनुरूप छन् र तीमध्ये कुन-कुन वचनहरू सत्यता हुन् भनेर म बताउन सक्दिनँ।” त्यसकारण, तिनीहरूले हृदयको गहिराइमा यस्तो सोच्छन्: “यदि तपाईँसँग कुनै नयाँ र ताजा कुरा छ, र मैले तपाईँबाट केही सिद्धान्तवाद प्राप्त गर्न र केही पुँजी निकाल्न सक्छु भने, अहिलेका लागि म तपाईँलाई पछ्याउनेछु र परिणाम के हुन्छ भनेर हेर्नेछु।” तर के तिनीहरूले प्रभु येशूलाई हृदयको गहिराइबाट स्वीकार गर्न सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूले उहाँलाई पटक्‍कै स्वीकार गर्नेछैनन्। तिनीहरूले किन उहाँलाई स्वीकार गर्दैनन्? यसको कारण के हो? तिनीहरूलाई ज्ञान अत्यन्तै मन पर्छ। तिनीहरूले मन पराउने कुरा र तिनीहरूले आफूलाई सुसज्जित गरेका र सिकेका ज्ञानले तिनीहरूको आँखा र मनलाई अन्धो बनाएको हुन्छ, जसले तिनीहरूलाई परमेश्‍वरले गर्नुभएको सबै कुरा देख्‍नबाट रोक्छ। परमेश्‍वरले भन्‍नुभएको कुरा स्पष्ट रूपमा नै सत्यता भए तापनि, परमेश्‍वरले गर्नुभएको कामले परमेश्‍वरको पहिचान र सारलाई स्पष्ट रूपमा व्यक्त गरे तापनि, तिनीहरूले यसलाई देख्‍न सक्दैनन्। तिनीहरूले किन देख्‍न सक्दैनन्? किनभने तिनीहरूको ज्ञान र सिकाइले तिनीहरूलाई परमेश्‍वरका बारेमा धारणा, कल्पना, र फैसलाले भरिदिन्छन्। अन्तमा, तिनीहरूले प्रवचनहरू चाहे जसरी सुने पनि वा परमेश्‍वरसँग जसरी सम्पर्कमा आए पनि, तिनीहरूले परमेश्‍वरले भन्‍नुहुने कुरा बुझ्न सक्दैनन्, यस व्यक्तिले भन्‍नुहुने कुराले मानिसहरूलाई परिवर्तन गर्न सक्छ वा यो सत्य, बाटो, र जीवन हो भन्‍ने कुरालाई स्वीकार गर्नु त परको कुरा हो। यो तिनीहरूले कहिल्यै पनि स्वीकार गर्न नसक्‍ने कुरा हो। तिनीहरूले यसलाई कहिल्यै स्वीकार गर्न सक्दैनन्, जसले गर्दा पावलले जस्तै तिनीहरूको नियतिमा पनि मुक्ति हुँदैन। के पावलले प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्‍यो? उसले अन्तमा समेत यो कुरा स्वीकार गरेन। कतिपय मानिसहरू भन्छन्: “के उसले दमस्कसको बाटोमा प्रहार गरिएको बेला प्रभुलाई पुकारेन र? उसले स्वीकार गरेको हुनुपर्छ। उसले स्वीकार गरेन भनेर कसरी भन्‍न सकिन्छ?” एउटा तथ्यले के प्रमाणित गर्छ भने पावलले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताका रूपमा कहिल्यै स्वीकार गरेन। अर्थात्, उसलाई प्रहार गरिएपछि पनि, उसले ख्रीष्ट बन्‍ने प्रयास गरिरह्यो। के मानिसहरू ख्यालठट्टामा ख्रीष्ट बन्‍न सक्छन्? ख्रीष्ट त मानव स्वरूपमा देहधारी बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ र चाहनाकै आधारमा कोही पनि उहाँ बन्‍न सक्दैन। ख्रीष्ट बन्‍न को चाहँदैन र, तर के त्यो मानिसहरूले गर्न सक्‍ने कुरा हो? यो मानिसहरूले गर्न चाहनुसँग मात्र सम्‍बन्धित मामला होइन। पावल ख्रीष्ट समेत बन्‍न चाह्यो। पावलको पछ्याइलाई मूल्याङ्कन गर्दा, के उसले प्रभु येशू नै ख्रीष्ट र प्रभु हुनुहुन्छ भनेर पहिचान गर्न सक्यो? (अहँ, सकेन।) त्यसोभए उसले प्रभु येशूको पहिचान र हैसियतलाई कहाँ राख्यो? परमेश्‍वरका पुत्रका रूपमा। परमेश्‍वरका पुत्र के हो? यो यस्तो छ, “तपाईँ परमेश्‍वर हुनुहुन्न, तपाईँ परमेश्‍वरका पुत्र हुनुहुन्छ, तपाईँ परमेश्‍वरभन्दा सानो हुनुहुन्छ, तपाईँ हामी जस्तै हुनुहुन्छ; हामी परमेश्‍वरका पुत्रहरू हौँ, र तपाईँ पनि परमेश्‍वरका पुत्र हुनुहुन्छ, तर परमेश्‍वरले तपाईँलाई फरक आज्ञा दिनुभएको छ र तपाईँले फरक काम गर्नुभएको छ। यदि परमेश्‍वरले मलाई यो कार्य दिनुभएको भए, म पनि यो कार्य गर्न र यसलाई वहन गर्न सक्थेँ।” के यसको अर्थ पावलले प्रभु येशू ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गरेको थिएन भन्‍ने हुँदैन र? (हो, हुन्छ।) उसले आफूले आस्था राख्ने परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, यो ख्रीष्ट परमेश्‍वर हुनुहुन्न, र परमेश्‍वरको पहिचान र हैसियतसँग यो ख्रीष्टको कुनै सम्बन्ध छैन भन्‍ने विश्‍वास गर्थ्यो। प्रभु येशूप्रति उसको बुझाइ र मनोवृत्ति कसरी विकास भयो? ती उसको ज्ञान र कल्पनाहरूद्वारा तय गरिएका थिए। उसले ती कसरी तय गऱ्यो? उसले तिनलाई कुन वाक्यमा देख्यो? प्रभु येशूले भन्‍नुभयो, “मेरा पिता यस्तो हुनुहुन्छ वा त्यस्तो हुनुहुन्छ”, र “स्वर्गमा हुनुहुने मेरा पिताका कारण म यो काम गर्छु वा त्यो काम गर्छु,”, र यो सुनेर उसले सोच्यो, “के तपाईँले पनि परमेश्‍वरलाई परमेश्‍वर भन्‍नुहुन्छ? के तपाईँले पनि स्वर्गका परमेश्‍वरलाई पिता भन्‍नुहुन्छ? त्यो अवस्थामा, के तपाईँ परमेश्‍वरका पुत्र हुनुहुन्छ त?” के यो मानव मस्तिष्कको कल्पना होइन र? ज्ञान भएका मानिसहरूले निकाल्‍ने निष्कर्ष यही हो: “यदि तपाईँले स्वर्गका परमेश्‍वरलाई पिता भन्‍नुहुन्छ, र हामीले पनि उहाँलाई पिता भन्छौँ भने, हामी दाजुभाइ हौँ। तपाईं जेठा पुत्र हुनुहुन्छ, हामी माइला छोराहरू हौँ, र स्वर्गका परमेश्‍वर हाम्रो साझा परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, तपाईँ परमेश्‍वर हुनुहुन्न, र हामी सबै समान स्थानमा छौँ। त्यसकारण, अन्तमा कसले इनाम पाउँछ, कसलाई दण्ड दिइन्छ, र तिनीहरूको परिणाम के हुन्छ भनेर निर्णय गर्ने प्रभु येशू ख्रीष्ट होइन—यो प्रभु येशू ख्रीष्टले होइन, तर स्वर्गका परमेश्‍वरले गर्नुहुन्छ।” पावलका यी निष्कर्ष र हास्यास्पद दृष्टिकोणहरू सबै ईश्वरशास्त्र र ज्ञानको अध्ययन गरेपछि उसले आफ्नो मस्तिष्कको प्रयोगद्वारा मूल्याङ्कन र विश्लेषण गरेर प्राप्त गरेको थियो। परिणाम यही थियो।

पावलले ज्ञानलाई जीवन बचाउने डोरी, आफ्नो पूँजीका रूपमा, र योभन्दा पनि बढी, आफ्नो पछ्याइको उद्देश्यका रूपमा लिएको थियो। यदि पावलले ज्ञानको आराधना नगरेको, तर आफूले पहिले सिकेको ज्ञानलाई त्याग्‍न सकेको भए, प्रभु येशूलाई प्रभुका रूपमा, पछ्याउन सकिने, सत्यता व्यक्त गर्न सक्‍ने जनका रूपमा लिएको भए, र प्रभु येशूका वचनहरूलाई पालन गर्नुपर्ने र अभ्यास गर्नुपर्ने सत्यताका रूपमा लिन सकेको भए—परिणाम फरक हुनेथियो। एक हिसाबमा, पत्रुसले प्रभुलाई तीन पटक इन्कार गर्न सक्नुको एउटा कारण उसलाई डर लागेको थियो, र अर्को हिसाबमा, उसले प्रभु येशू पक्राउ पर्नुभएका र कष्ट भोगिरहनुभएका साधारण मानिस हुनुहुन्छ भन्‍ने देख्यो। उसको हृदयमा कमजोरी थियो—घातक कमजोरी त्यो थिएन। न त उसले उहाँलाई एकछिन इन्कार गर्न सक्नु नै घातक कमजोरी थियो। अन्तमा व्यक्तिको नतिजा निर्धारित गर्न सक्‍ने प्रमाण यो होइन। अन्तमा तिनीहरूको नतिजा निर्धारित गर्ने कुरा के हो? तैँले परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा लिन्छस् कि लिँदैनस्, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्न, पालन गर्न, र अभ्यास गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा हो। पावल र पत्रुस दुई वटा पूर्ण रूपमा फरक उदाहरण हुन्। पत्रुस कुनै बेला कमजोर थियो, उसले एक पटक प्रभुलाई इन्कार गर्‍यो, र एक पटक प्रभुमा शङ्का गर्‍यो, तर यसको अन्तिम परिणाम स्वरूप पत्रुसलाई सिद्ध पारियो। पावलले प्रभुका लागि धेरै वर्ष काम गर्‍यो र कष्ट भोग्यो। उसले मुकुट प्राप्त गर्न सक्नु पर्नेथियो भनेर भन्‍नु उचित हुन्छ, तर ऊ किन परमेश्‍वरद्वारा दण्डित हुन पुग्यो? उसका र पत्रुसका परिणामहरू किन फरक भए? यो कुरा व्यक्तिको प्रकृति सार र उसले पछ्याउने मार्गमा निर्भर हुन्छ। पावलको प्रकृति सार के थियो? त्यसमा कम्तीमा पनि दुष्टताको एउटा तत्व रहेको छ। उसले पगाल झैँ ज्ञान र हैसियत पछ्याउँथ्यो, इनाम र मुकुट पछ्याउँथ्यो, र उसले सत्यता नपछ्याई त्यो मुकुट पाउन दौडधूप गर्‍यो, काम गर्‍यो, र मूल्य चुकायो। यसको साथै, उसले आफ्नो कामको अवधिमा कहिल्यै पनि प्रभु येशूका वचनहरूको गवाही दिएन, न त प्रभु येशू नै ख्रीष्ट, परमेश्‍वर हुनुहुन्छ, वा देहधारी परमेश्‍वर हुनुहुन्छ, प्रभु येशूले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, र उहाँले बोल्नुहुने सबै वचनहरू परमेश्‍वरले बोल्नुभएका वचनहरू हुन् भनेर नै गवाही दियो। पावलले यी कुराहरू बुझ्न सकेन। त्यसोभए, पावलले लिएको मार्ग के थियो? उसले जिद्दी भएर ज्ञान र ईश्‍वरशास्‍त्र पछ्यायो, सत्यतालाई इन्कार गर्‍यो, सत्यतालाई स्वीकार गर्न मानेन, र आफ्नो हैसियतलाई व्यवस्थापन गर्न, कायम राख्‍न, र स्थिर गर्ने कामका लागि आफ्नो वरदान र ज्ञानको प्रयोग गर्‍यो। उसको अन्तिम परिणाम के थियो? सायद तैँले बाहिरी रूपमा उसले मृत्युअघि कस्तो दण्ड पाएको थियो, वा उसमा असामान्य प्रकटीकरण थियो कि थिएन भन्‍ने कुरा देख्‍न सक्दैनस् होला, तर उसको अन्तिम परिणाम पत्रुसको भन्दा फरक थियो। यो “भिन्‍नता” के कुरामा निर्भर थियो? एउटा कुरा व्यक्तिको प्रकृति सार हो, र अर्को उसले लिने मार्ग हो। प्रभु येशूप्रतिको पावलको मनोवृत्ति र दृष्टिकोणको हकमा भन्दा, उसको प्रतिरोध सामान्य मानिसहरूको भन्दा कसरी फरक थियो? यसको साथै, पावलले प्रभुलाई इन्कारेको र नकारेको, अनि पत्रुसले कमजोरी र डरका कारण परमेश्‍वरको नाम तीन पटक इन्कार गरेको र प्रभुलाई स्वीकार गर्न नसकेको तथ्यका बीचमा के भिन्‍नता छ? पावलले आफ्नो काम गर्न ज्ञान, सिकाइ, र आफ्‍ना वरदानहरू प्रयोग गर्‍यो। उसले सत्यताको अभ्यास पटक्‍कै गरेन, न त परमेश्‍वरको मार्ग नै पछ्यायो। त्यसकारण, उसले दौडधूप र काम गरिरहेको बेला, के तैँले उसका पत्रहरूमा उसको कमजोरी देख्‍न सक्थिस्? सक्दैनथिइस्, होइन र? उसले मानिसहरूलाई के गर्ने भनेर बारम्बार सिकायो र इनाम, मुकुट, र राम्रो गन्तव्य प्राप्त गर्ने कार्य पछ्याउन मानिसहरूलाई प्रोत्साहित गऱ्यो। ऊसँग सत्यता अभ्यास गर्ने कुनै अनुभव, बुझाइ, वा कदर थिएन। तैपनि, पत्रुसले आफ्‍ना कार्यहरू निकै सूक्ष्म रूपमा काम गर्थ्यो। ऊसँग ती अत्यन्तै प्रसिद्ध रहेका गहन सिद्धान्तहरू वा पत्रहरू थिएनन्। ऊसँग सत्यताका बारेमा केही वास्तविक बुझाइ र अभ्यास थियो। उसले आफ्नो जीवनमा कमजोरी र भ्रष्टता अनुभव गरे पनि, धेरै परीक्षाहरूपछि, उसले परमेश्‍वरसँग स्थापित गरेको सम्बन्ध मानिस र परमेश्‍वर बीचको सम्बन्ध थियो, जुन पावलको भन्दा पूर्ण रूपमा फरक थियो। पावलले काम गरेको भए पनि, परमेश्‍वरसँग उसले गरेको कुनै पनि कुराको कुनै सम्बन्ध थिएन। उसले परमेश्‍वरका वचनहरू, उहाँको काम, उहाँको प्रेम, वा मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको गवाही दिएन, मानिसहरूप्रति परमेश्‍वरका अभिप्रायहरू वा उहाँका मागहरूको गवाही दिनु त परको कुरा हो। उसले प्रायजसो मानिसहरूलाई प्रभु येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर समेत बताउँथ्यो, जसले गर्दा मानिसहरूले परमेश्‍वरलाई अन्तमा त्रीएक परमेश्‍वरको रूपमा हेर्न थाले। “त्रीएक” भन्‍ने शब्द पावलले उत्पत्ति गरेको हो। यदि “पिता र पुत्र” भन्‍ने शब्‍द नभएमा, के कुनै “त्रीएक” हुन सक्छ? हुन सक्दैन। मानव कल्पनाहरू अत्यन्तै “सम्‍पन्‍न” हुन्छन्। यदि तैँले परमेश्‍वरको देहधारणलाई बुझ्न सक्दैनस् भने, अन्धाधुन्ध फैसला नदे वा अन्धाधुन्ध आलोचना नगर्। केवल प्रभु येशूका वचनहरू सुन् र उहाँलाई परमेश्‍वरका रूपमा, परमेश्वर देहधारी हुनुभएको र मानव बन्‍नुभएको रूपमा लिई। यसलाई यसरी लिनु थप वस्तुगत हुन्छ।

जब यस चरणमा परमेश्वरको देहधारण महिलाका रूपमा भएको गवाही पहिलो पटक दिइयो, तब धेरै मानिसहरूले यसलाई स्वीकार गर्न सकेनन् र तिनीहरू यसमा अल्झिए। तिनीहरूलाई के लाग्यो भने, “बोलिएका वचनहरू सबै सत्यता हुन्, भइरहेको काम वचनहरूद्वारा न्याय गरिने काम हो—यी कुराहरू परमेश्‍वरको काम जस्तै देखिन्छन्, र यो व्यक्ति देहधारी परमेश्‍वर हो भनेर म स्वीकार गर्न सक्छु—यो लिङ्गलाई स्वीकार गर्न सजिलो छैन, यति मात्र हो।” तर यी सबै वचनहरू सत्यता भएकाले, तिनीहरूले अझै पनि उहाँलाई मन नलागी-नलागी स्वीकार गर्छन्, र तिनीहरूले हृदयमा यसो सोच्छन्, “म पहिले उहाँलाई पछ्याउँछु अनि उहाँ साँच्‍चै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर हेर्छु”—धेरै मानिसहरूले यसरी पछ्याएका छन्। परमेश्‍वरले मानवजातिलाई दुई लिङ्ग, अर्थात् पुरुष र स्त्रीका रूपमा सृष्टि गर्नुभएको छ, र परमेश्‍वरको देहधारण पनि यसको अपवाद होइन, यो कि त पुरुष हुन्छ कि त स्त्री। एक दिन अचानक कसैले मलाई सोध्यो, “यस पटकको देहधारण महिला हो भन्‍ने कुरालाई कसरी बुझ्न सकिन्छ?” मैले भनेँ, “अँ, तैँले यसलाई कसरी हेर्छस्? परमेश्‍वरले मानिसहरूका धारणाहरू अनुरूप काम गर्नुहुन्न: यदि तँ यो परमेश्‍वरले नै गर्नुभएको हो भन्‍ने कुरामा पक्का छस् भने, मानिसहरूले परमेश्‍वरले के गर्नुहुन्छ भनेर अनुसन्धान गर्नु हुँदैन, र तैँले यो कुरा बुझेको छैनस् भने, तैँले प्रतीक्षा गर्नुपर्छ। यदि तैँले खोजी गरिस् र अझै पनि परिणामहरू प्राप्त गरिनस् भने, तैँले आफू समर्पित हुन सक्छस् कि सक्दैनस् भनेर हेर्नुपर्छ। यदि तँ समर्पित हुन सक्छस् भने, तँ समझ भएको व्यक्ति होस्, तर यदि तँ यसको कारण अड्किन्छस् र परमेश्‍वरले गर्नुभएका सबै कुरालाई इन्कार गर्छस् भने, तँ समझ भएको व्यक्ति होइनस्, तँ परमेश्‍वरको साँचो विश्‍वासी होइनस्। परमेश्‍वरले तँलाई सही लाग्‍ने र तेरा धारणाहरू अनुसार मिल्‍ने दश वटा कुराहरू गर्नुहुन्छ, तर यदि एउटा कुरा तेरो धारणाहरू अनुरूप छैन भने, तैँले दश वटा कुरालाई नै उल्ट्याइदिन्छस्—यो कस्तो दुष्ट व्यक्ति हो? के यो दियाबलस होइन र?” जब मैले यसरी सङ्गति गरेँ, तब तिनीहरूले भने, “हो, मैले यसलाई अहिले नै स्वीकार गर्नुपर्छ।” मैले मेरो सङ्गति सकिएपछि, तिनीहरूले तुरुन्तै यो कुरा बुझे र यसलाई स्वीकार गरे—के तिनीहरूको क्षमता निकै राम्रो छैन र? छ भनेर भनौँ। त्यसपछि तिनीहरूले यसो भने, “परमेश्‍वरले पुरुष र स्त्री बनाउनुभयो, र परमेश्‍वर पहिलो पटक देह बन्‍नुहुँदा उहाँ पुरुष, परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो। यस पटक उहाँ महिलाका रूपमा देहधारी हुनुभएको छ—के त्यो परमेश्‍वरको पुत्री हुँदैन र? यसका बारेमा मैले बुझेको तरिका सही छ कि छैन मलाई भन्‍नुहोस्। जब मानिसहरूले सन्तान जन्माउँछन् तब तिनीहरूले छोरा र छोरी दुवै जन्माउन चाहन्छन्—के परमेश्‍वरले पनि दुवै चाहनुहुन्छ?” मैले तिनीहरूलाई कसरी जवाफ दिनुपर्थ्यो र यो कुरालाई कसरी व्याख्या गर्नुपर्थ्यो? के यो कुरालाई गम्भीरतापूर्वक लिनु पर्दैन र? के यसलाई सुधार गर्नु पर्दैन र? के तिनीहरूले भनेको कुरामा समस्या छ? एउटा समस्या छ। तिनीहरूले भने, “परमेश्‍वरको पुत्र, प्रभु येशू हुनुहुन्छ, र यस पटक देहधारण महिला हुनुहुन्छ, त्यसकारण यो उहाँको पुत्री हो। त्यसकारण, परमेश्‍वरको एउटा पुत्र र एउटा पुत्री छन्, उहाँसँग दुवै छन्, त्यसकारण पवित्र आत्माको कुनै आवश्यकता छैन। पवित्र पिता, पवित्र पुत्र, र पवित्र पुत्री हुनुहुन्छ, यो त्रीएक—यो कति उपयुक्त र गरिमामय कुरा हो! पुत्रीविना त यो पूर्ण हुनेथिएन।” त्यो सुनेपछि तँलाई कस्तो लाग्छ? हाँस्ने कि रुने तँलाई थाहा हुँदैन। मलाई भन्, के यो एउटा मजाक होइन र? (हजुर, हो।) के देहधारणका बारेमा तिनीहरूको बुझाइ र पावलको बुझाइका बीचमा कुनै भिन्‍नता छ? (छैन।) कुनै भिन्‍नता छैन। यदि मानिसहरू परमेश्‍वरलाई बुझ्ने मामलामा, विशेष गरी परमेश्‍वरको पहिचान र सारका मामलाहरूलाई लिने विषयमा अनुमान गर्न र निष्कर्षहरू निकाल्नका लागि सधैँ आफ्नो चलाकी, कल्पना, र धारणाहरूमा भर पर्छन्, र तिनीहरूले यी कुराहरूलाई निश्‍चित दृष्टिकोणहरूद्वारा लागू गर्छन् भने, यो समस्याग्रस्त हुनेछ, र तिनीहरूले गल्तीहरू गर्नेछन् र समस्याहरूको सामना गर्नेछन्। त्यसोभए, यस कुरालाई सम्हाल्ने सबैभन्दा उचित तरिका के हो? कतिपय कुराहरू अझै गहन र अमूर्त हुन्छन्, मानिसहरूलाई ती कुरा बुझ्न सजिलो हुँदैन, र यो समस्याको सार र जडलाई छर्लङ्ग देख्‍न सजिलो छैन; यदि यी कुराहरूमा सत्यता समावेश छैन, वा तिनले सत्यताको तेरो पछ्याइमा असर गर्दैनन् भने, तैँले के गर्नुपर्छ? पहिले त्यसलाई त्याग्। तिनको अनुसन्धान गर्नुको के फाइदा? यो कुराको अनुसन्धान गर्नु तेरो काम होइन। तैँले गर्नुपर्ने एउटै कुरा भनेको जीवन प्रवेशमा ध्यान दिनु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्नु हो। एक दिन तैँले स्वाभाविक रूपमा नै यो कुरा बुझ्नेछस्। कतिपय मानिसहरूले यसलाई त्याग्‍न सक्दिनँ र अनुसन्धान गर्न चाहन्छु भनेर भन्छन्, जुन समस्याको कुरा हो। तैँले यसको अनुसन्धान गर्नु हुँदैन। मानिसहरूले परमेश्‍वरको पहिचान, परमेश्‍वरको सार, र परमेश्‍वरको हैसियतसँग सम्बन्धित मामलाहरूलाई अनुसन्धानको मनोवृत्तिले लिनु हुँदैन। यदि तैँले अनुसन्धान गर्न जारी राखिस् भने, यसले गम्भीर परिणामहरू ल्याउनेछ। गम्भीर अवस्थामा, तैँले परमेश्‍वरको निन्दा गर्नेछस्। परमेश्‍वरको पहिचान र सारसँग सम्बन्धित मामलाहरूलाई मानिसहरूले कसरी सम्हाल्नुपर्छ? सरल बन्, र यस विषयमा तँ स्पष्ट नभए पनि, एउटा कुरा निश्‍चित छ: उहाँले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ, उहाँ परमेश्‍वरको देखा पराइ हुनुहुन्छ, उहाँले व्यक्त गर्नुहुने कुरा सत्यता हो, मानिसहरूले स्वीकार गर्नुपर्ने कुरा सत्यता हो, र सत्यता प्राप्त गर्नु नै पर्‍याप्त हुन्छ।

ख्रीष्ट विरोधीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरूले सबैभन्दा बढी केको आराधना गर्छन्? उच्‍च, खोक्रा, र अमूर्त तथाकथित ईश्वरशास्त्रीय सिद्धान्तहरूलाई। तिनीहरूका लागि, यी सिद्धान्तहरू अत्यन्तै बहुमूल्य हुन्छन्। तिनीहरूले यी कुराहरूलाई अत्यन्तै महत्त्व दिन्छन् र प्रेम गर्छन्, र भीडबाट अलग हुनका लागि यी कुराहरू प्राप्त गर्ने हरप्रकारका तरिकाहरू सोच्छन्। तिनीहरूले यी कुराहरूलाई हृदयमा ख्याल गर्छन् र यी कुराहरू आधारभूत रूपमा सत्यता होइनन् भनेर नचिनी, तिनलाई पूँजी, आफ्ना जीवनका उद्देश्यहरूलाई साकार गर्ने खुड्किलाका रूपमा लिन्छन्। तर तिनीहरूले आफूलाई यी ईश्वरशास्त्रीय सिद्धान्तहरूद्वारा सुसज्जित गर्न मन पराउँछन्, जसले गर्दा ती गाडिन्छन्, र तिनीहरूले तिनलाई सत्यता ठान्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू अध्ययन गर्न यो ईश्वरशास्त्रीय ज्ञानको प्रयोग गर्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू तिनीहरूले वकालत गर्ने ईश्वरशास्त्रीय सिद्धान्तहरूसँग मिल्दैनन् भन्‍ने देख्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आलोचना गर्न र निन्दा गर्नबाट आफूलाई रोक्न सक्दैनन्। तिनीहरूले त्यसो गर्नका लागि तिनीहरूसँग बाइबलीय आधार छ भन्‍ने विश्‍वास गर्दै आफ्नो हृदयमा कुनै डर महसुस गर्दैनन्। तिनीहरूमध्ये कतिले यसो भन्दै परमेश्‍वरका वचनहरूलाई निन्दा समेत गर्छन्, “परमेश्‍वरका वचनहरू अत्यन्तै झ्याउलाग्दा छन्। तीमध्ये कतिपय तर्कसङ्गत छैनन्, कतिपय व्याकरण मिलेका छैनन्, र उहाँले प्रयोग गर्नुहुने केही शब्दावलीले काम समेत गर्दैनन्।” तिनीहरू आफ्नो मन र विचारभित्र जिउँछन्, र परमेश्‍वरका वचनहरू विश्लेषण र अध्ययन गर्न आफूसँग भएको ज्ञान र विद्वत्ता प्रयोग गर्छन्। तिनीहरूमध्ये धेरैले परमेश्‍वरका वचनहरूमा परमेश्‍वरले निश्‍चित मानिसहरूलाई कसरी परिभाषित गर्नुहुन्छ वा निश्‍चित मानिसहरूका लागि उहाँले के-कस्ता गन्तव्यहरू तय गर्नुहुन्छ भनेर पत्ता लगाउनका लागि आफ्नो कल्पना र मूल्याङ्कनको प्रयोग समेत गर्छन्, त्यसपछि बाइबलले भने अनुसार ती कुराहरूलाई विश्लेषण र निन्दा गर्छन्, यसरी तिनीहरूले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्न थाल्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई विश्लेषण गर्ने र निन्दा गर्ने क्रममा, एउटा भयानक घटना घट्छ। त्यो के हो तिमीहरूलाई थाहा छ? जब मानिसहरूले परमेश्‍वरलाई विश्लेषण र अध्ययन गर्छन्, र जब मानिसहरूमा दोषारोपणको मानसिकता पैदा हुन्छ, तब पवित्र आत्माले यी मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ र तिनीहरूमा काम गर्नुहुन्न। के यो भयानक कुरा होइन र? अनि पवित्र आत्माले काम नगर्नुले के कुरालाई सङ्केत गर्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा छ। जब पवित्र आत्माले काम गर्नुहुन्न, तब उहाँ यी मानिसहरूबाट टाढा बस्‍नुहुन्छ, जुन तिनीहरूलाई त्याग्नु समान हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। हामीले यसको कारणलाई विश्लेषण गर्न सक्छौँ। तिनीहरूले आफ्नो आधा जीवनभर आफूलाई जुन ईश्वरशास्त्रीय सिद्धान्तहरूले दह्रिलो बनाएर बिताएका हुन्छन् ती कहाँबाट आएका हुन्छन्? ती कुराले कसलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूको हृदयमा यो कुरा स्पष्ट हुँदैन। वास्तवमा, यी कुराहरू परमेश्‍वरबाट आएका हुँदै-हुँदैनन्, न त ती शुद्ध मानव बुझाइ नै हुन्छन्। ती त मानिसहरूका भ्रमपूर्ण अर्थ्याइहरू हुन्, त्यसकारण, ती शैतानबाट आएका हुन् र तिनले पूर्ण रूपमा शैतानलाई प्रतिनिधित्व गर्छन् भनेर भन्‍न सकिन्छ। यो ईश्वरशास्त्रीय ज्ञानमा अरू के समावेश हुन्छ? बाइबलका भ्रमपूर्ण अर्थ्याइहरू बाहेक, यसमा मानिसहरूको सुद्धि र तर्क, मानिसहरूका धारणा र कल्पनाहरू, साथै मानिसहरूको अनुभव, सदाचार, नैतिकता, र दार्शनिक विचारहरू समावेश हुन्छन्। जब तिनीहरूले परमेश्‍वरले भन्‍नुहुने कुराहरूलाई मूल्याङ्कन गर्न र उहाँको कामको मूल्याङ्कन गर्न यी कुराहरू प्रयोग गर्छन्, तब तिनीहरू परमेश्‍वरसँगको आफ्‍नो व्यवहारमा स्पष्ट रूपमा नै शैतानको पक्षमा उभिरहेका हुन्छन्। त्यसकारण, परमेश्‍वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुन्छ, र पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुन्छ। के तिमीहरूले कहिल्यै यो कुरा अनुभव गरेका छौ? विगतमा, कतिपय मानिसहरूले यस सन्दर्भमा आफ्नो अनुभवबारे यसो भन्दै छलफल गरेका थिए, “जब सुरुमा मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेँ, मलाई परमेश्‍वरका बारेमा अध्ययन गर्न मन लाग्थ्यो; मैले उहाँ के भन्‍नुहुन्छ, उहाँले कसरी शब्द प्रयोग गर्नुहुन्छ, उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ, उहाँ कोप्रति दयालु हुनुहुन्छ, र उहाँले कस्तो व्यक्तिलाई मन पराउनुहुन्छ वा घृणा गर्नुहुन्छ भनेर अध्ययन गरेँ। यो सबै अध्ययनको परिणामस्वरूप, मेरो हृदय अँध्यारो भयो, मैले प्रार्थनामा परमेश्‍वरलाई महसुस गर्न सकिनँ, मेरो हृदयमा रहेको स्वतन्त्रता र रिहा स्थिति हरायो, र मैले उप्रान्त शान्ति वा हर्ष महसुस गरिनँ। मेरो हृदय ढुङ्गाले थिचेको जस्तो लाग्यो।” के तिमीहरूले कहिल्यै यस्तो अनुभव गरेका छौ? (छौँ।) निरन्तर परमेश्‍वरको अध्ययन गर्नेहरूले पवित्र आत्माबाट कुनै अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्दैनन्। परमेश्‍वरका वचनहरू पढेर समेत कुनै ज्योति प्राप्त हुँदैन। ख्रीष्ट-विरोधीहरू परमेश्‍वरको अध्ययन गर्न सिपालु हुन्छन्, तर तिनीहरू सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन्। मण्डलीमा, तिनीहरूसँग कुनै सामान्य अन्तरवैयत्तिक सम्बन्ध हुँदैन, र अरूलाई भाषण दिन आफूलाई सधैँ अरूभन्दा माथि राख्छन्। तिनीहरूले प्रायजसो आफ्नो ज्ञानका बारेमा घमण्ड गर्छन् र साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई हेयको दृष्टिले हेर्छन्। यदि कुनै ख्रीष्ट-विरोधीले तँसँग अन्तरक्रिया गर्छ र तँ शिक्षित छैनस् भन्‍ने पत्ता लगाउँछ भने, उसले तँसँग बोल्‍ने झमेला लिँदैन। तैँले मण्डली अगुवा वा टोली अगुवा बन्‍ने मापदण्ड पूरा गरे पनि, तिनीहरूले तँलाई प्रयोग गर्नेछैनन्। तिनीहरूले कस्तो प्रकारका मानिसहरूलाई प्रयोग गर्छन्? तिनीहरूले सामाजिक हैसियत, शक्ति, ज्ञान, र वरदान भएका र धाराप्रवाह रूपमा बोल्न सक्‍ने मानिसहरू खोज्छन्—तिनीहरूले त्यस्ता मानिसहरूमा ध्यान केन्द्रित गर्छन्, र प्रयोग गर्न अघि बढ्छन्। यदि मानिसहरूलाई छनौट गर्ने र प्रयोग गर्ने काम तिनीहरूको हातमा छ भने, तिनीहरूले बोल्‍न सिपालु, उच्च शिक्षा प्राप्त गरेका, ज्ञान भएका, र समाजमा हैसियत भएका व्यक्तिहरूलाई मात्रै छनौट गर्छन्। त्यस्ता मानिसहरूले सत्यता नपछ्याए पनि वा कुनै काम गर्न नसके पनि, तिनीहरू अझै त्यस्ता मानिसहरूलाई मन पराउँछन्। यसले के कुराको सङ्केत गर्छ? तिनीहरू एक-आपसमा एउटै वर्गमा पर्छन्। आखिर, सङ्गत अनुसारको फल हुन्छ। कतिपय ख्रीष्ट विरोधीहरूले निश्‍चित शब्द र धर्मसिद्धान्तहरू बुझेका हुन्छन् त्यसपछि प्रवचन प्रचार गर्ने अभ्यास गर्नका लागि आफूले अपनाउन सक्‍ने हरेक उपायका बारेमा सोच्छन्। तिनीहरूले कुन हदसम्म अभ्यास गर्छन्? तिनीहरूले स्पष्ट र विस्तृत रूपमा बोल्न सक्‍ने, नोट प्रयोग नगरी स्टेजमा उत्रेर घण्टौँ बोल्‍न सक्‍ने हदसम्‍म अभ्यास गर्छन्। तिनीहरूले के सोच्छन् भने काम गर्नु भनेको यही हो, यो तिनीहरूको सबैभन्दा महिमित क्षण हो, र आफूलाई सबैभन्दा राम्रो रूपमा प्रदर्शन गर्न सक्‍ने समय हो। तिनीहरूले त्यस्ता अवसरहरूलाई कब्जा गर्छन् र तिनलाई कहिल्यै छोड्दैनन्। तैपनि, परमेश्‍वरले प्रायजसो सङ्गति गर्नुहुने विषयहरूका हकमा, सामान्य मानवता, मानिसहरूको विवेक र समझसँग सम्बन्धित कुराहरूका हकमा, र सामान्य मानिसहरूको वास्तविक जीवनमा मानवतासँग सबैभन्दा नजिकबाट सम्बन्धित कुराहरूका हकमा भन्दा—मानिसहरूका लागि यी कुराहरू सानातिना र महत्त्वहीन विवरणहरू जस्तै देखिए पनि, वास्तवमा, ती सत्यता वास्तविकतामा प्रवेश गर्नुसँग नजिकबाट सम्बन्धित हुन्छन्। ख्रीष्ट-विरोधीहरूले यी कुराहरूलाई कसरी लिन्छन्? तिनीहरूले हृदयदेखि नै तिनलाई घृणा गर्छन्, ती वचनहरूलाई गम्भीरतापूर्वक लिँदैनन्, र तिनको कुनै अर्थ छैन भन्‍ने महसुस गर्दै हृदयमा यी मामलाहरूलाई निन्दा गर्छन्। तैँले इमानदार व्यक्ति, बफादार व्यक्ति, वा नम्र र कर्तव्यनिष्ठ व्यक्ति बन्‍नेजस्ता सत्यता वास्तविकताका बारेमा चाहे जसरी सङ्गति गरे पनि, यी कुराहरूका बारेमा तैँले जसरी सङ्गति गरे पनि, तिनीहरूको दृष्टिकोण अपरिवर्तित नै रहन्छ। तिनीहरू धाराप्रवाह बोल्न सक्‍ने, प्रतिभाले भरिपूर्ण देखिने र विशेष क्षमता भएको व्यक्ति, वा विभिन्न भाषा बोल्न, असाधारण रूपमा छिटो पढ्न सक्‍ने, फोटोग्राफिक स्मरणशक्ति भएको, र इत्यादि जस्ता अलौकिक क्षमता भएको व्यक्ति समेत बन्‍न चाहन्छन्। यदि तिनीहरूसँग पनि यी क्षमताहरू भएका भए, तिनीहरूको हृदय हर्षले भरिनेथियो। तिनीहरूले हृदयको गहिराइमा यी कुराहरूलाई पछ्याउँछन् र सम्मान गर्छन्। उदाहरणका लागि, मैले केही कुरा भनेर सकेपछि, एकछिनमा, म बिर्सन्छु। जब म सबैलाई सोध्छु, तब अरू कसैलाई पनि याद हुँदैन। हेर् त, हाम्रा सबै समरणशक्ति निकै मिल्दोजुल्दो छन्, छैनन् र? (छन्।) तर जब ख्रीष्ट-विरोधीहरूले यो कुरा देख्छन्, तब तिनीहरूले भन्छन्, “तपाईंको स्मरणशक्ति पनि राम्रो छैन! फलानो-फलानो आत्मिक व्यक्तिलाई हेर्नुहोस् त; तिनीहरूले छिटो पढ्न सक्छन् र तिनीहरूमा फोटोग्राफिक स्मरणशक्ति छ। तपाईँ ख्रीष्ट हुनुहुन्छ—झट्ट हेरेर तपाईंले कति वटा हरफहरू पढ्न सक्नुहुन्छ?” म भन्छु, “मसँग त्यो अलौकिक क्षमता छैन। कहिलेकहीँ पढिसकेपछि मलाई एउटा वाक्य पनि याद हुँदैन, र मैले फेरि पढ्नुपर्छ।” तिनीहरूले भन्छन्, “के परमेश्‍वर सर्वशक्तिमान् हुनु पर्दैन र?” तिनीहरूले यसरी धारणाहरू निर्माण गर्न थाल्छन्। तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा देहधारी परमेश्‍वरलाई कसरी हेर्छन्? “देहधारी परमेश्‍वर पूर्ण रूपमा साधारण र पूर्ण रूपमा सामान्य व्यक्ति मात्रै हुनुहुन्छ। उहाँको स्मरणशक्ति राम्रो छैन, उहाँको शरीर संरचना त्यति राम्रो छैन; उहाँ कुनै पनि हिसाबमा परमेश्‍वर जस्तो देखिनुहुन्न।” त्यसकारण, जब तिनीहरूले कसैले परमेश्‍वरलाई प्रेम गर्ने बारेमा प्रचार गरेको सुन्छन्, तब यसो सोच्छन्, “यदि फलानो आत्मिक व्यक्ति वा फलानो प्रसिद्ध व्यक्ति परमेश्‍वर नै हुनुभएको भए, मैले तिनलाई स्वीकार गर्न र प्रेम गर्न सक्थेँ। तर यदि यो वर्तमान ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ भने, म उहाँलाई प्रेम गर्न सक्दिनँ किनभने उहाँ परमेश्‍वर जस्तो पटक्‍कै देखिनुहुन्न।” तिनीहरूले आफ्‍नो हृदयमा, परमेश्‍वर हुनका लागि, व्यक्ति परमेश्‍वर जस्तो देखिनुपर्छ भन्‍ने सोच्छन्; उहाँले परमेश्‍वरले जस्तो बोल्नुपर्छ, व्यवहार गर्नुपर्छ, र उहाँ त्यस्तो देखिनुपर्छ, ताकि मानिसहरूले उहाँलाई देख्दा, तिनीहरूमा कुनै धारणाहरू नआओस्—तिनीहरूले यही सोच्छन्। किन? तिनीहरूले सोच्छन्, “सुरुमा त, तपाईंसँग अलौकिक क्षमताहरू छैनन्। दोस्रो, तपाईंसँग विशेष प्रतिभाहरू छैनन्। तेस्रो, तपाईंसँग संसारका ठूला कुराहरू हासिल गर्ने मानिसहरूको वरदान छैन। तपाईँ कुनै पनि तरिकामा असाधारण हुनुहुन्न, त्यसकारण मैले किन तपाईंले भन्‍नुहुने कुरा सुन्‍ने? मैले किन तपाईंलाई सम्मान गर्ने? म किन तपाईंमा समर्पित हुने? म यो गर्न सक्दिनँ।” यो के समस्या हो? यो कस्तो स्वभाव हो? तिनीहरूले सत्यता नबुझे पनि, तिनीहरूमा अझै पनि सामान्य व्यक्तिको विवेक र समझ हुनुपर्छ। मानिसहरूमा धारणाहरू हुन्छन्, र परमेश्‍वरले त्यसका लागि तिनीहरूलाई दोषी ठहराउनुहुन्न, तर जब मानिसहरूले धारणाहरू बोक्छन् र स्वेच्छाले परमेश्‍वरको प्रतिरोध र निन्दा गर्छन्, तब यसले सजिलै परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ। ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिले गर्दा नै तिनीहरूले परमेश्‍वरलाई स्वतन्त्र रूपमा दोष दिन र प्रतिरोध गर्न सक्छन्। ज्ञान प्राप्त गरेपछि, तिनीहरूमा परमेश्‍वर र उहाँको महान्‌ता, सार, अख्तियार, र सर्वशक्तिमान्‌ताका बारेमा अझै सम्पन्‍न, व्यापक, र विस्तृत कल्पनाहरू हुन्छन्। त्यसपछि, तिनीहरूले यी कल्पनाहरूलाई आफूले देख्‍न र अन्तरक्रिया गर्न सक्‍ने परमेश्‍वरसँग मिलाउने प्रयास गर्छन्। के तिनीहरूले तिनलाई मिलाउन सक्छन्? तिनीहरूले कहिल्यै पनि तिनलाई मिलाउन सक्दैनन्। तिनीहरूले परमेश्‍वरका बारेमा जति अध्ययन गर्छन्, तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरलाई त्यति नै इन्कार गर्छन्। तिनीहरूले परमेश्‍वरको निन्दा र प्रतिरोध गर्न सक्छन्; यो अपरिहार्य कुरा हो।

तिमीहरूले बाइबलमा र परमेश्‍वरका सबै वर्तमान वाणीहरूमा देखेका कुराहरूबाट हेर्दा, के परमेश्‍वरले वरदान, सिकाइ, र ज्ञानको वकालत गर्नुहुन्छ? (गर्नुहुन्‍न।) यसको विपरीत, परमेश्‍वरले मानव ज्ञान र सिकाइलाई विश्‍लेषण गर्नुहुन्छ। परमेश्‍वरले वरदानहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? उहाँले अलौकिक क्षमता र विशेष प्रतिभाहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? तिमीहरूले के बुझ्नुपर्छ भने वरदानहरू, अलौकिक क्षमताहरू, र विशेष प्रतिभाहरूले जीवनलाई बिलकुलै प्रतिनिधित्व गर्दैनन्। तिनले जीवनलाई प्रतिनिधित्व गर्दैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ यी कुराहरू मानिसहरूले सत्यता प्राप्त गरेका कारण आएका नतिजा होइनन् भन्‍ने हुन्छ। यी कुराहरू वास्तवमा कहाँबाट आउँछन्? के ती परमेश्‍वरबाट आउँछन्? अहँ, परमेश्‍वरले मानिसहरूलाई ज्ञान वा सिकाइ प्रदान गर्नुहुन्न, र उहाँले निश्चय नै मानिसहरूलाई सत्यता पछ्याऊन् भनेर थप वरदान दिनुहुन्न। परमेश्‍वरले यसरी व्यवहार गर्नुहुन्न। मैले यसलाई यसरी बताएपछि तिमीहरूले अहिले यो कुरा बुझ्छौ, होइन र? त्यसोभए, ख्रीष्ट विरोधीहरूको दुष्टता कहाँ प्रकट हुन्छ? तिनीहरूले वरदान, सिकाइ, र ज्ञानलाई कसरी हेर्छन्? तिनीहरूले यी कुराहरूलाई, विशेष गरी वरदान र अलौकिक क्षमताहरूलाई सम्मान गर्छन्, पछ्याउँछन्, र तिनको चाहना समेत गर्छन्। यदि तैँले ख्रीष्ट विरोधीलाई “तपाईंमा अलौकिक क्षमताहरू छन् भने, तपाईंले दुष्ट आत्माहरूलाई आकर्षित गर्नुहुनेछ” भनेर भनिस् भने, उसले भन्‍नेछ, “म डराउँदिनँ!” तैँले यसो भनेर प्रतिक्रिया दिनेछस्, “त्यसोभए भविष्यमा तपाईंका लागि मुक्ति पाउने कुनै आशा हुनेछैन, तपाईंलाई नरकको अठारौँ तलमा, आगो र गन्धकको कुण्डमा झारिनेछ”, र उसले अझै पनि यसो भन्‍नेछन्, “म डराउँदिनँ!” यदि तैँले उसलाई दश वटा फरक-फरक भाषामा बोल्न लगाइस् र अरूले उसलाई उच्च मान्ने गरी उसले धाक लगाउन पायो भने, ऊ सहमत र इच्छुक हुनेथियो। परमेश्‍वरले सामान्य मानवताभित्र रहेर निकै साधारण रूपमा बोल्नुहुन्छ र निकै व्यावहारिक रूपमा काम गर्नुहुन्छ, र तिनीहरूले यो कामको विधि, स्वरूप, र विषयवस्तुलाई स्वीकार गर्दैनन्—तिनीहरूले यसलाई घृणा गर्छन्। मानिसहरूले यी मामलाहरूलाई कसरी चिन्‍नुपर्छ? उदाहरणका लागि, कतिपय मानिसहरूले विभिन्‍न भाषामा बोल्न सक्छन्। के तैँले यो तथ्यलाई स्वीकार गर्न सक्छस्? तँलाई यो सामान्य लाग्छ कि अनौठो लाग्छ? (अनौठो।) त्यसकारण, सामान्य मानवताको तर्कसङ्गत दायराभित्र, यो स्वीकार्य हुँदैन। रङ्ग, आकार, अनुहार, र नाम जस्ता सबै कुरा याद गर्ने, र पढिसकेपछि पुस्तकका सयौँ पानाहरू याद गर्न सक्‍ने, सुरुदेखि अन्त्यसम्मै सुनाउने व्यक्ति—यस्तो व्यक्तिसँग अन्तरक्रिया गरेपछि, के तँलाई कुनै असामान्य कुराको सामना गरेँ जस्तो लाग्दैन र? (लाग्छ।) तर ख्रीष्ट-विरोधीहरूलाई यस्ता कुराहरू मन पर्छ। मलाई भन्, जब तँ धार्मिक समुदायका तथाकथित सुसमाचार प्रचारक, प्रचारक, र पाष्टरहरूको सम्पर्कमा आउँछस्, जसलाई समग्रमा फरिसीहरू भनेर चिनिन्छ, तब तँलाई तेरो हृदयलाई खाँचो भएका मानिसहरू यिनीहरू नै भन्‍ने लाग्छ कि व्यावहारिक परमेश्‍वर नै तेरो हृदयलाई आवश्यक हुनुहुन्छ भन्‍ने लाग्छ? (परमेश्‍वरसँगको सम्पर्क मै हाम्रो हृदयलाई आवश्यक कुरा हो।) सामान्य र व्यावहारिक परमेश्‍वर तेरो भित्री आवश्यकताहरूको नजिक हुनुहुन्छ, होइन र? त्यसकारण, फरिसीहरूसँग अन्तरक्रिया गर्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ, यसका फाइदा र हानिहरू, र यसले कुनै फाइदा ल्याउँछ कि ल्याउँदैन भन्‍ने बारेमा कुरा गर। (यदि मैले फरिसीहरूसँग अन्तरक्रिया गरेँ भने, त्यो बनावटी लाग्छ र केही दूरी छ जस्तो लाग्छ। तिनीहरूले बताउने कुराहरू अत्यन्तै खोक्रा र झूटा हुन्छन्; त्यसलाई धेरै सुन्दा वाक्‍क लाग्छ, र म तिनीहरूसँग उप्रान्त अन्तरक्रिया गर्न चाहन्नँ।) फरिसीहरूले व्यक्त गर्ने दृष्टिकोणहरू सही हुन्छन् कि हास्यास्पद हुन्छन्? (हास्यास्पद।) तिनीहरूका दृष्टिकोणको प्रकृति हास्यास्पद हुन्छ। यसको साथै, तिनीहरूले भन्‍ने कुराहरू प्रायजसो व्यावहारिक हुन्छन् कि खोक्रा हुन्छन्? (खोक्रा।) धेरैजसो मानिसहरूले आफूले भन्ने हास्यास्पद र खोक्रा कुराहरू, साथै काल्पनिक र धारणागत कुराहरू सुन्न घृणा गर्छन् कि मन पराउँछन्? (धेरैजसो मानिसहरूले यी कुराहरू सुन्दा तिनलाई घृणा गर्छन्।) धेरैजसो मानिसहरूलाई ती कुरा मन पर्दैन र तिनीहरूले ती सुन्न इच्छुक हुँदैनन्। तिनीहरूको दृष्टिकोण र शब्‍दहरू सुनेपछि, र तिनीहरूको स्वभाव र तिनीहरूको झूटो र ढोङ्गी व्यवहारलाई अवलोकन गरेपछि, तँलाई हृदयमा के महसुस हुन्छ? के तँ थप सुन्न इच्छुक हुन्छस्? के तँ तिनीहरूसँग नजिक हुन, तिनीहरूसँग गहन अन्तरक्रिया गर्न, र तिनीहरूका बारेमा थप कुरा बुझ्न इच्छुक हुन्छस्? (हुँदिनँ।) तँ तिनीहरूसँग अन्तरक्रिया गर्न अनिच्छुक हुन्छस्। मुख्य समस्या के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै खोक्रा हुन्छन्, सिद्धान्त र नाराहरूले भरिएका हुन्छन्; वर्षौँ सुन्दा पनि तिनीहरूले के भनिरहेका छन् भन्‍ने कुराका बारेमा तँलाई अझै पनि अनभिज्ञ नै हुन्छस्। यसबाहेक, तिनीहरूको स्वभाव झूटो र ढोँगी हुन्छ; तिनीहरूले आफूमा विनम्र, धैर्य, र प्रेमिलो, अनुभवी विश्‍वासीको आचरण भएको, निकै “भक्त” व्यक्तिको झैँ आचरण भएको ढोँग गर्छन्। जब तैँले अन्तमा तिनीहरूको साँचो अनुहार देख्‍छस्, तब तँलाई घिन लाग्छ। तिमीहरूले मसँग त्यत्ति गहन अन्तरक्रिया गरेका छैनौ; मैले दिएका प्रवचनहरू तिमीहरूलाई कस्तो लाग्छ? के त्यसमा र फरिसीहरूले बताउने कुराको बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? (परमेश्‍वरका प्रवचनहरू व्यावहारिक हुन्छन्।) आधारभूत बुँदा त्यही हो। यसको साथै, मैले बताएको कुरा तिमीहरूका अभ्यास, अनुभवहरू, र तिमीहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा अनि वास्तविक जीवनमा सामना गर्ने मामलाहरूका विभिन्‍न पक्षहरूसँग सम्बन्धित छ। यो अव्यवहारिक र अस्पष्ट छैन। यसको साथै, मैले छलफल गर्ने हरेक सत्यता वा मैले मामलाहरूमा लिने दृष्टिकोण व्यावहारिक हुन्छ कि खोक्रो हुन्छ? (व्यावहारिक।) यो व्यावहारिक हुन्छ भनेर तिमीहरू किन भन्छौ? किनभने यो वास्तविक जीवनबाट टाढा जाँदैन, यो वास्तविक जीवनभन्दा माथिका खोक्रा सिद्धान्तहरू भट्टयाउने कार्य होइन। यो सबै वास्तविक जीवनमा मानिसहरूको समझशक्ति, बुझाइ, र अभ्याससँग, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्‍न समस्याहरूको सामना गर्दा तिनीहरूभित्र पैदा हुने स्थितिहरूसँग सम्बन्धित हुन्छ। छोटकरीमा भन्दा, यसले मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो आस्थाको अभ्यास कसरी गर्छन्, परमेश्‍वरमाथि तिनीहरूको विश्‍वासको जीवन, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले सामना गर्ने विभिन्‍न स्थितिसँग सम्बन्धित विषयहरूलाई समावेश गर्छ। हामी उत्पत्ति वा यशैयाको खोक्रो व्याख्या गर्न बाइबल निकाल्दैनौँ, न त हामी प्रकाशको पुस्तकका बारेमा खोक्रो रूपमा कुरा नै गर्छौं। मलाई सबैभन्दा बढी प्रकाशको पुस्तक पढ्न मन पर्दैन र यसका बारेमा कुरा गर्न मन लाग्दैन। यसका बारेमा कुरा गर्नुको के फाइदा? यदि मैले तँलाई कुन महामारी पूरा भएको हो भनेर बताएँ भने, त्यससँग तेरो के सम्बन्ध हुन्छ? त्यो त परमेश्‍वरको मामला हो। परमेश्‍वरको काम पूरा नै भयो भने पनि, त्यसले तँलाई कसरी असर गर्नेछ? के तँ अझै पनि तँ आफै नै हुनेछैनस् र? यदि मैले तँलाई कुन महामारी पूरा भएको हो भनेर बताएँ भने, के तैँले आफ्नो भ्रष्ट स्वभावलाई फाल्न सक्‍नेथिइस्? के त्यो त्यति आश्‍चर्यजनक हुनेछ? अहँ। त्यसकारण, जब मानिसहरूले अन्त्यसम्म पछ्याउँछन्, तब हरेकलाई आफ्नो प्रकार अनुसार अलग गरिनेछ। सत्यतालाई स्वीकार गर्न सक्‍ने, परमेश्‍वरका वचनहरू पढ्नमा आनन्द लिने, र सत्यताको अभ्यास गर्न सक्‍ने मानिसहरू दह्रिलो गरी खडा हुनेछन्। परमेश्‍वरका वचनहरू पढ्न वा प्रवचनहरू सुन्न अनिच्छुक हुने, निरन्तर जिद्दी भई सत्यतालाई स्वीकार गर्न नमान्‍ने र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक नहुनेहरूलाई अन्तमा खुलासा गरिनेछ र हटाइनेछ। तिनीहरूले भेलाहरूमा सहभागिता जनाए पनि र प्रवचन सुने पनि, कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनन्, तिनीहरू अपरिवर्तित नै रहन्छन्, र प्रवचन सुन्नप्रति वितृष्ण हुन्छन्—तिनीहरू ती सुन्न अनिच्छुक हुन्छन्। त्यसकारण, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा पनि, त्यो झाराटारुवा तरिकाले गर्छन्, र कहिल्यै परिवर्तन हुँदैनन्। यी मानिसहरू केवल अविश्‍वासीहरू हुन्। यदि परमेश्‍वरमा इमानदारीका साथ विश्‍वास गर्ने मानिसहरूले प्रायजसो अविश्‍वासीहरूसँग सङ्गत गर्छन् र तिनीहरूसँग जिउँछन् भने, तिनीहरूलाई कस्तो महसुस हुनेथियो? तिनीहरूले फाइदा नपाउने वा तिनीहरू सुधार नहुने मात्र होइन, तर तिनीहरूलाई हृदयबाट तिनीहरूप्रति झन्-झन् घृणा पनि महसुस हुनेथियो। यदि तँ फरिसीहरूको सम्पर्कमा आइस् र तिनीहरूले बोलेको सुनिस् भने, तिनीहरूले स्पष्ट र तार्किक रूपमा बोल्छन्, र तिनीहरूले सबै नियम र प्रावधानहरूलाई बुझ्ने तरिकाले व्याख्या गर्छन् भन्‍ने तैँले देख्‍नेछस्। तिनीहरूको वचनमा गहन सिद्धान्तहरू समावेश भएका जस्तो देखिन सक्छ, तर सावधानीपूर्वक विश्लेषण गरेपछि, तीमध्ये कुनै पनि सत्यता वास्तविकता हुँदैन; ती सबै खोक्रा सिद्धान्त हुन्छन्। उदाहरणका लागि, तिनीहरूले त्रीएकत्वको सिद्धान्त, ईश्‍वरशास्‍त्र, परमेश्‍वरबारे सिद्धान्तहरू, स्वर्गमा स्वर्गदूतहरूका साथ परमेश्‍वर कस्तो हुनुहुन्छ भन्‍ने बारेमा, परमेश्‍वरको र प्रभु येशूको देहधारणको अवस्थाका बारेमा छलफल गर्छन्—यी सबै कुरा सुनेपछि तँलाई कस्तो लाग्छ? परिणाम पौराणिक कथाहरू सुनेको जस्तै हुन्छ। त्यसोभए किन ख्रीष्ट विरोधीहरूले यी कुराहरू सुन्‍न र छलफल गर्न मन पराउँछन्, र किन तिनीहरू त्यस्ता मानिसहरूसँग संलग्‍न हुन तयार हुन्छन्? के यो तिनीहरूको दुष्टता होइन र? (हो।) तिनीहरूको दुष्टताबाट के कुरा अवलोकन गर्न सकिन्छ? भित्री रूपमा, तिनीहरूमा एउटा निश्‍चित खाँचो हुन्छ, जसले तिनीहरूलाई यो ज्ञान र सिकाइको आराधना गर्न, र फरिसीहरूसँग हुने यी कुराहरूको आराधना गर्न डोऱ्याउँछ। त्यसोभए, तिनीहरूको आवश्यकता के हो? (अरूको उच्च सम्मान पाउनु।) तिनीहरूलाई अरूले उच्च सम्मान गर्नुपर्ने मात्रै होइन, तर तिनीहरू हृदयको गहिराइमा, सधैँ महामानव, श्रेष्ठ व्यक्ति वा ज्ञानले भरिपूर्ण प्रसिद्ध व्यक्तित्व बन्‍न चाहन्छन्—तिनीहरू साधारण मानिसहरू बन्‍न चाहँदैनन्। महामानव बन्‍ने तिनीहरूको चाहनाले के जनाउँछ? बोलचालको भाषामा भन्दा, यसको अर्थ तिनीहरू वास्तविकताबाट टाढा छन् भन्‍ने हुन्छ। उदाहरणका लागि, धेरैजसो मानिसहरूले बढीमा, यस्तो कामना मात्रै गर्छन्, “यदि म आकाशमा हवाईजहाजमा उड्न सक्‍ने भए त कस्तो हुनेथियो होला।” तिनीहरूसँग त्यस्तो चाहना हुन सक्छ, होइन र? तर ख्रीष्ट-विरोधीहरूको चाहना के हुन्छ? “एक दिन, म पखेटाहरू उमारेर, उडेर टाढा जान चाहन्छु!” तिनीहरूमा यस्ता आकाङ्क्षाहरू हुन्छन्—के तँमा छ? (छैन।) किन छैन? किनभने यो यथार्थ परक हुँदैन। तँलाई दुई वटा ठूला पखेटा लाइदिए पनि, के तँ उड्न सक्नेथिइस्? तँ त्यस्तो प्राणी नै होइनस्, हो त? (होइन।) ख्रीष्ट विरोधीहरू जस्ता मानिसहरू सधैँ आफ्ना कल्पनामा भर पर्छन्, निरन्तर आफ्ना चाहनाहरूलाई पछ्याउँछन्। के तिनीहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) परमेश्‍वरले मुक्ति दिनुहुने यस्ता प्रकारका मानिसहरू होइनन्। सत्यतालाई प्रेम गर्ने, वास्तविकतामा ध्यान केन्द्रित गर्ने, र आधारभूत रूपमा सत्यताको खोजी गर्नेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ। निरन्तर महामानव वा श्रेष्ठ व्यक्ति बन्‍ने चाहना गर्नेहरू मस्तिष्कका बिरामी हुन्छन्, तिनीहरू सामान्य मानिसहरू होइनन्, र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन।

जब ख्रीष्ट-विरोधीहरू देहधारी परमेश्‍वरको सम्पर्कमा आउँछन्, तब तिनीहरूको अनौठा प्रश्नहरू सोध्ने प्रवृत्ति हुन्छ। तिनीहरूले त्यस्ता प्रश्नहरू सोध्न सक्छन् भन्‍ने कुराले तिनीहरूभित्र गहन रूपमा रहेका आवश्यकता र तिनीहरूले आफ्नो हृदयमा आराधना गर्ने कुरालाई प्रतिनिधित्व गर्छ। सुरुमा, देहधारी परमेश्‍वरको गवाही दिँदा, कतिपय मानिसहरूले सधैँ सोध्थे, “के परमेश्‍वरले घरमा बाइबल पढ्नुहुन्छ? मैले आफ्ना लागि सोधेको होइन, वास्तवमा मलाई यस मामलाबारे कुनै जिज्ञासा छैन; मैले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका लागि मात्रै सोधेको हुँ। तिनीहरूमध्ये धेरैमा पनि यो सोच हुन्छ। तिनीहरूले आफ्नो हृदयमा के मनन गरिरहेका हुन्छन् भने यदि परमेश्‍वरले वास्तवमा नै बारम्बार बाइबल पढ्नुहुन्छ भने, उहाँले बाइबलबारे कुरा गर्न र सत्यता व्यक्त गर्न सक्नु सामान्य कुरा नै हो। तैपनि, यदि परमेश्‍वरले बाइबल पढ्नुहुन्‍न र पनि त्यसको व्याख्या गर्न सक्नुहुन्छ भने, त्यो त चमत्कार हुनेछ, साँच्‍चै परमेश्‍वरको कार्य हुनेछ!” अवश्य नै, तिनीहरूले यस कुरालाई ठ्याक्कै यही वाक्यांशमा बताएका होइनन्; तिनीहरूले सीधै सोधेका थिए, “के परमेश्‍वरले घरमा बाइबल पढ्नुहुन्छ?” तिमीहरूलाई के लाग्छ? मैले पढ्नुपर्छ कि पर्दैन? के तिमीहरूले पढ्छौ? यदि तिमीहरूले येशूमा कहिल्यै विश्‍वास गरेका छैनौ भने, त्यो नपढ्नु सामान्य कुरा हुनेथियो। के विश्‍वास गरेका मानिसहरूले त्यो पढ्छन्? (हजुर, पढ्छन्।) विश्‍वास गरेका मानिसहरूले अवश्य नै पढ्छन्। मैले येशूमाथिको विश्‍वासबाट यात्रा सुरु गरेको हुँ, त्यसकारण म कसरी बाइबल नपढी बस्‍न सक्थेँ र? मैले पढेको थिइनँ भने के नि? (त्यो पनि सामान्य कुरा नै हो।) बाइबल पढ्नु सामान्य कुरा हो, र नपढ्नु पनि अवश्य नै सामान्य कुरा हो। त्यो पढ्नु वा नपढ्नुले के कुरा निर्धारित गर्छ र? यदि म यो स्थानमा नभएको भए भने, मैले बाइबल पढेको छु कि पढेको छैनँ भन्‍ने कुरा, के कसैलाई वास्ता हुनेथियो? (हुनेथिएन।) कसैले पनि मैले के पढेको छु भन्नेबारे सोधपुछ गर्नेथिएन। म यो विशेष स्थानमा भएको हुनाले, कतिपय मानिसहरूले यस मामलालाई अध्ययन गर्छन्। तिनीहरूले सधैँ यसबारे चियोचर्चो गरिरहेका हुन्छन्, “के उहाँले सानो छँदा बाइबल पढ्नुभएको थियो?” तिनीहरू ठ्याक्कै के जान्न चाहन्छन्? मैले यो पढेको छु कि छैन भन्‍ने कुराका आधारमा यसका दुई वटा स्पष्टीकरणहरू छन्। यदि मैले यो पढेको छु भने, मैले बाइबलको व्याख्या गर्न सक्नु कुनै ठूलो कुरा होइन भन्‍ने तिनीहरूलाई लाग्छ। तैपनि, यदि मैले बाइबल पढेको छैनँ र पनि यसलाई व्याख्या गर्न सक्छु भने, त्यो अलिक ईश्‍वर जस्तो हुन्छ। तिनीहरूले चाहेको परिणाम यही हो। तिनीहरूले यसको चुरोसम्म पुग्न चाहन्छन्; तिनीहरूले यसो सोच्छन्, “यदि तपाईंले बाइबल पढ्नुभएको छैन र पनि यति सानो उमेरमा यसबारे छलफल गर्न सक्‍नुहुन्छ भने, त्यो अनुसन्धान गर्न लायक कुरा हो। यो त परमेश्‍वर हो!” तिनीहरूको दृष्टिकोण त्यही हो, र तिनीहरूले यसरी नै परमेश्‍वरको अध्ययन गर्छन्। अब, धर्मशास्त्रबारे निकै जानकार रहेका ती फरिसीहरूका बारेमा विचार गर। के तिनीहरूले साँच्‍चै नै धर्मशास्त्रका वचनहरू बुझेका थिए? के तिनीहरूले धर्मशास्त्रबाट सत्यता पत्ता लगाए? (लगाएनन्।) अब, मैले बाइबल पढेको छु कि छैन भनेर सोध्ने कसैले यसका बारेमा सोच्यो? यदि तिनीहरूले यसका बारेमा विचार गरेका भए, तिनीहरूले निरन्तर यस मामलाबारे अनुसन्धान गर्नेथिएनन्, र यति मूर्खतापूर्ण कार्य गर्नेथिएनन्। सत्यता बोध नगर्ने वा आत्मिक बुझाइ नभएका, र परमेश्‍वरको सार र पहिचानलाई बुझ्न नसक्‍ने मानिसहरूले अन्तमा यसलाई समाधान गर्न यस्तो विधिको सहारा लिन्छन्। के यो विधिले समस्या समाधान गर्न सक्छ? अहँ, सक्दैन। यसले सानो जिज्ञासाको समस्यालाई मात्रै समाधान गर्न सक्छ। वास्तवमा, मैले पनि बाइबल पढ्छु। विश्‍वासीहरूमध्ये कसले बाइबल पढ्दैन र? म यसलाई सामान्य रूपमा पढ्छु। कम्तीमा पनि, मैले नयाँ करारका चार वटा सुसमाचारहरू पढ्छु, प्रकाश र उत्पत्तिको पुस्तकलाई सरसरती पढ्छु, र यशैया यसो हेर्छु। मलाई पढ्न मन पर्ने पुस्तक कुन होला जस्तो तिमीहरूलाई लाग्छ? (अय्यूबको पुस्तक।) एकदम सही। अय्यूबको कथा पूर्ण र निश्‍चित छ, शब्दहरू बुझ्न सजिला छन्, र, यसबाहेक, यो कथा बहुमूल्य छ र आजका मानिसहरूका लागि सहयोगी र सुधारात्मक हुन सक्छ। अब तथ्यहरूले के देखाएका छन् भने अय्यूबको कथाले पछिल्ला पुस्ताहरूमा वास्तवमै ठूलो प्रभाव पारेको छ। तिनीहरूले अय्यूवबाट धेरै सत्यताहरू बोध गरेका छन्—परमेश्‍वरप्रतिको उसको मनोवृत्ति, साथै ऊप्रतिको परमेश्‍वरको मनोवृत्ति र परिभाषाबाट, तिनीहरूले परमेश्‍वरको अभिप्राय र तिनीहरूले विश्‍वास गरेपछि कस्तो मार्गमा हिँड्नुपर्छ भन्‍ने कुरालाई बोध गरेका छन्। मानिसहरूले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने निश्‍चित तरिकाहरूका बारेमा, साथै परमेश्‍वरको आज्ञापालन गर्ने निश्‍चित तरिकाहरूका बारेमा सङ्गति गर्नका लागि म अय्यूबको पुस्तकलाई प्रसङ्गका रूपमा प्रयोग गर्छु—यो कथा साँच्‍चै नै बहुमूल्य छ। यो कथा व्यक्तिले खाली समयमा पढ्नुपर्ने कुरा हो। कतिपय मानिसहरूले परमेश्‍वर देहधारी हुनुभएको देख्दा र परमेश्‍वरको व्यावहारिकता र सामान्यतालाई देख्दा, उहाँ साँच्‍चै नै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न वा भविष्यमा के हुनेछ भन्‍ने कुरालाई पूर्ण रूपमा पत्ता लगाउन नसक्लान्। तैपनि, केही सत्यताहरू बुझेपछि, तिनीहरूले यी प्रश्नहरूलाई त्याग्छन्। तिनीहरूले यी मामलाहरूबारे अनुसन्धान गर्न वा वास्ता गर्न छोड्छन् र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, आफूले हिँड्नुपर्ने मार्गमा उचित रूपमा हिँड्न, र आफूले गर्नुपर्ने काम राम्ररी गर्नमा ध्यान केन्द्रित गर्छन्। तर कतिपय मानिसहरूले यो कुरालाई कहिल्यै त्याग्‍नेछैनन्; तिनीहरूले यसलाई अध्ययन गर्न जिद्दी गर्छन्। के मैले यो मामालालाई सम्हाल्नुपर्छ भन्‍ने तिमीहरूलाई लाग्छ? के मैले यसलाई कुनै ध्यान दिनुपर्छ? यसलाई ध्यान दिनु पर्दैन। सत्यतालाई स्वीकार गर्नेहरूले प्राकृतिक रूपमा नै यसबारे अनुसन्धान गर्न छोड्छन्, जबकि सत्यता स्वीकार नगर्नेहरूले यसलाई निरन्तरता दिन्छन्। यो अनुसन्धानले के कुराको सङ्केत गर्छ? अनुसन्धान भनेको प्रतिरोधको एउटा रूप हो। परमेश्‍वरका वचनहरूमा, एउटा भनाइ छ। प्रतिरोधको परिणाम के हुन्छ? (मृत्यु।) प्रतिरोधले मृत्युमा डोऱ्याउँछ।

कतिपय ख्रीष्ट विरोधीहरूले कामको यो चरणलाई स्वीकार गरेका भए पनि, देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरूमा र गर्नुभएको काममा कुनै पनि अलौकिक तत्व छ कि छैन, मानवजातिको सामान्य दायराभन्दा बाहिरका तत्वहरू छन् कि छैनन्, र परमेश्‍वरका रूपमा उहाँको पहिचान प्रमाणित गर्नका लागि निकाल्न सकिने तत्वहरू छन् कि छैनन् भन्‍ने बारेमा प्रायजसो चिन्ता गर्छन्। तिनीहरूले प्रायजसो यी मामलाहरू अनुसन्धान गर्छन्, र मैले कसरी बोल्छु, बोल्दा मेरो शैली र रूप कस्तो हुन्छ, साथै मेरा कार्यहरूका सिद्धान्तहरू के हुन् भनेर अथक रूपमा अध्ययन गरिरहन्छन्। तिनीहरूले यो अनुसन्धानका लागि के प्रयोग गर्छन्? तिनीहरूले यसलाई आफूले बोध गरेका प्रतिष्ठित र महान् मानिसहरूको छवि वा मानकका आधारमा मापन र अध्ययन गर्छन्। कतिपयले यस्तो समेत सोध्छन्, “तपाईँ देहधारी परमेश्‍वर हुनुभएकाले तपाईंको पहिचान र सार निश्चय नै साधारण मानिसहरूको भन्दा फरक हुनुपर्छ। त्यसोभए, तपाईँ कुन कुरामा सिपालु हुनुहुन्छ त? हामीलाई, तपाईंलाई पछ्याउने र पालन गर्ने, र हाम्रा परमेश्‍वरका रूपमा स्वीकार गर्ने तुल्याउन तपाईंसँग के-कस्ता विशेष गुणहरू छन्?” यो प्रश्नले मलाई साँच्‍चै छक्क पारेको थियो। साँच्‍चै भन्दा, म कुनै पनि कुरामा सिपालु छैनँ। मसँग सबै दिशामा हेर्न सक्‍ने आँखा वा सबैतिरबाट सुन्न सक्‍ने कान छैन। जब पाठहरू पढ्ने कुरा आउँछ, तब म एकै नजरमा दश वटा पङ्क्तिहरू पढ्न सक्दिनँ, र केही समय पढिसकेपछि, मैले पढेको कुरा बिर्सन्छु। मलाई सङ्गीतका बारेमा अलिअलि थाहा छ, तर म लिखित सङ्गीत पढ्न सक्दिनँ। यदि कसैले कुनै गीत एक-दुई पटक गायो भने, म पनि सँगसँगै गाउन सक्छु, तर के त्यसलाई काममा सिपालु हुनुका रूपमा लिइन्छ र? के मसँग कुनै विशेष प्रतिभा छ, जस्तै अङ्ग्रेजीमा फरर बोल्‍न सक्‍नु वा निश्‍चित अन्यभाषामा बोल्न सक्‍नु? म यीमध्ये कुनै पनि कुराहरू गर्न सक्दिनँ। त्यसोभए, म के कुरामा सिपालु छु? मलाई सङ्गीत, ललितकला, नृत्य, साहित्य, चलचित्र, र डिजाइनका बारेमा अलिअलि थाहा छ। यी क्षेत्रहरूका बारेमा मसँग सतही बुझाइ छ। विशेषज्ञहरूसँग सिद्धान्तहरू छलफल गर्दा, त्यो सबै मेरा लागि नबुझिने भाषा बन्छ, तर देख्दा भने यो कुरा बुझ्न सक्छु। उदाहरणका लागि, वास्तुकला डिजाइनमा, यदि व्यावसायिक र प्राविधिक डाटा समावेश छ भने, म बुझ्दिनँ। तैपनि, यदि यो रङको गहिराइ र शैलीको सामञ्जस्यताका बारेमा हो भने, मलाई अलिअलि थाहा हुन्छ र मसँग केही अन्तर्ज्ञानहरू हुन्छन्। तर म यस क्षेत्रमा विशेषज्ञ वा प्रतिभावान् बन्न सक्छु कि सक्दिनँ भनेर भन्‍न गाह्रो हुन्छ किनभने मैले त्यो विषयमा अध्ययन गरेको नै छैनँ। मानिसहरूले हाल जे कुराहरूमा पहुँच प्राप्त गर्न सक्छन्, सङ्गीत, साहित्य, नृत्य, र चलचित्र, अनि हाम्रो मण्डलीका परियोजनाहरूको कार्यक्षेत्रभित्रका कुराहरूलाई ख्याल गर्दा के देखिन्छ भने, थोरै सिकाइले आधारभूत बुझाइ प्रदान गर्न सक्छ। कतिपयले यसो भन्‍न सक्छन्, “अब मलाई तपाईंको पृष्ठभूमि थाहा भयो; तपाईंसँग आधारभूत बुझाइ मात्रै रहेछ।” म झूट बोल्दिनँ; वास्तवमै, मसँग आधारभूत बुझाइ मात्रै छ। तैपनि, तिमीहरूले सायद बोध नगर्ने एउटा कुरा छ, र त्यो मेरो विशेषज्ञता हुन सक्छ। त्यो कस्तो विशेषज्ञता हो? यी क्षेत्रहरूसँग सम्बन्धित परियोजनाहरू कसरी सञ्चालन हुन्छन् निश्‍चित कलालाई कसरी व्यक्त गरिन्छ, र त्यसमा समावेश कार्यक्षेत्र र सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरा म बुझ्छु। यी कुराहरूमा निपुण भएपछि, यी उपयोगी कुराहरूलाई कसरी मण्डलीको काममा लागू गर्ने, तिनलाई सुसमाचारको काममा सेवादायी बनाएर परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्ने कार्यमा प्रभावकारिता हासिल गराउन मलाई आउँछ। के यो विशेषज्ञता हो? (हो।) आजभोलि मानवजातिमा सबैभन्दा बढी के कुराको कमी छ भन्‍ने कुराको हकमा भन्दा, यदि कसैले सही विधिहरू प्रयोग गरेर सान्दर्भिक सत्यता पुऱ्याउन सक्छ, र मानिसहरूलाई यो देख्ने र स्वीकार गर्ने तुल्याउन सक्छ भने, यो नै सबैभन्दा प्रभावकारी हुन्छ। यदि तैँले मानिसहरूले स्वीकार गर्न सक्ने विधि अपनाउँछस् र सत्यता प्रस्तुत गर्न अनि परमेश्‍वरको कामलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस् भने, र यो सब सामान्य मानव सोचाइले स्वीकार गर्न र पहुँच पाउन सक्‍ने तरिकाले गर्न सक्छस् भने—मानिसहरूका लागि यो अत्यन्तै फाइदाजनक हुन्छ। यदि हामीले आफूसँग रहेको सतही ज्ञानलाई प्रयोग गरेर यी सबै उपयोगी कुराहरूलाई लागू गर्‍यौँ भने, यस्तो खालको विशेषज्ञता हुनु नै पर्‍याप्त हुन्छ। म एउटा कुरामा उत्कृष्ट छु, के तिमीहरूले त्यो पत्ता लगायौ? (परमेश्‍वर सत्यता सङ्गति गर्नमा उत्कृष्ट हुनुहुन्छ।) के सत्यता सङ्गति गर्नुलाई सीपका रूपमा गन्ती गर्न सकिन्छ? के त्यो विशेषज्ञता होइन र? त्यसोभए, म के कुरामा उत्कृष्ट छु त? तिमीहरू सबै भित्रको भ्रष्ट सारलाई पत्ता लगाउनमा म सिपालु छु। यदि म यसमा सिपालु नभएको भए, मलाई भन, तिमीहरूमा समस्याहरू देखा पर्दा र तिनीहरूले कुन भ्रष्ट स्वभाव वा प्रकृति सार प्रकट गर्छन् भन्‍ने मलाई थाहा नहुने हो भने मैले कसरी काम गर्न सक्थेँ? त्यो असम्भव हुनेथियो। के तिमीहरूको भ्रष्ट सार पत्ता लगाउनमा नै म सबैभन्दा उत्कृष्ट छु भनेर भन्दा उपयुक्त हुन्छ? (हुन्छ।) म सबैभन्दा उत्कृष्ट यही कुरामा हनुपर्छ। म व्यक्तिहरूको भ्रष्ट स्वभाव र तिनीहरूको प्रकृति सारलाई पहिचान गर्नमा सबैभन्दा सिपालु छु। म कुनै व्यक्तिले हिँड्ने मार्ग र परमेश्‍वरप्रतिको उसको मनोवृत्तिलाई उसको प्रकृति सारका आधारमा चिन्‍ने कार्यमा उत्कृष्ट छु। त्यसपछि तिनीहरूको प्रकटीकरण, व्यवहार, र सारका आधारमा म तिनीहरूसँग सत्यता सङ्गति गर्छु, निश्‍चित समस्याहरू समाधान गर्छु र तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न र त्यसबाट बाहिर निस्कन सहयोग गर्छु। वास्तवमा, यो सीप होइन; यो मेरो सेवकाइ हो, यो मेरो जिम्मेवारीको दायराभित्र पर्ने काम हो। के तिमीहरू यसमा सिपालु छौ? (अहँ, छैनौँ।) त्यसोभए, तिमीहरू के कुरामा सिपालु छौ? (भ्रष्टता देखाउनमा।) तिमीहरू भ्रष्टता देखाउन सिपालु छौ भन्‍ने कुरा सही छैन। तिमीहरू सत्यता सुनेपछि त्यसलाई त्यत्तिकै खारेज गर्न, यसलाई हल्का रूपमा लिन, र आफ्नो कर्तव्य पूरा गर्दा त्यसलाई गम्भीरतापूर्वक नलिई झाराटारुवा रूपमा व्यवहार गर्न सिपालु छौ। होइन र? (हो।) म तिमीहरूलाई यी कुराहरू खुलस्त रूपमा बताउँछु; के फरिसी र ख्रीष्ट विरोधीहरूले तिमीहरूलाई यसरी कुरा गर्न सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूले यसरी बिलकुलै बोल्दैनन्। किन? तिनीहरूले यसलाई लाजमर्दो, मानवतामा भएको कमीकमजोरी, व्यक्तिगत गोपनीयता र व्यक्तिगत पृष्ठभूमिको मामलाका रूपमा लिन्छन्। तिनीहरू भन्छन्, “मैले अरूलाई मेरो पृष्ठभूमिका बारेमा कसरी थाहा दिन सक्छु? यदि त्यसो भयो भने, के मैले सबै इज्जत, गरिमा, र हैसियत गुमाउनेछैनँ र? त्यसपछि त म अरूसामु कसरी आफूलाई प्रस्तुत हुन सक्छु?” तिनीहरूका अनुसार त, तिनीहरू जिउन छोड्नु नै राम्रो हुन्छ! त्यसकारण, तिमीहरूलाई मेरो परिस्थिति यति खुलस्त रूपमा बताइसकेपछि, के यसले परमेश्‍वरमाथिको तिमीहरूको आस्थामा असर गर्छ? (अहँ, गर्दैन।) तिमीहरूमा यसबारे केही विचारहरू आए पनि, मलाई डर लाग्दैन। मलाई किन डर लाग्दैन? केही विचारहरू आउनु सामान्य कुरा हो; यो अस्थायी कुरा हो। मानिसहरूले बेला-बेलामा दृष्टिगत र श्रवणगत भ्रमहरू अनुभव गर्न सक्छन्। अस्थायी, विकृत बुझाइ वा क्षणिक गलतफहमीको सम्भावना सधैँ हुन्छ। के यसको अर्थ मानिसहरू यसका कारण छोडिजानेछन् वा नकारात्मक र कमजोर बन्‍नेछन् भन्‍ने हुन्छ? तर यदि तँ साँचो रूपमा सत्यता पछ्याउने व्यक्ति होस् भने, के क्षणिक धारणाहरूका कारण तैँले परमेश्‍वरलाई इन्कार गर्न सक्छस् वा परमेश्‍वरलाई छोडेर जान सक्छस्? अहँ, तँ जान सक्दैनस्। साँचो रूपमा सत्यता पछ्याउने मानिसहरूले यी कामकुराहरूलाई सही रूपमा लिन र बोध गर्न सक्छन्, तिनीहरूले अवचेतन रूपमै यी तथ्यहरूलाई सामान्य रूपमा स्वीकार गर्न सक्छन्, र बिस्तारै तिनलाई परमेश्‍वरबारे साँचो ज्ञान, वस्तुगत र सही ज्ञानमा रूपान्तरण गर्न सक्छन्—सत्यताको साँचो बुझाइ यही हो। कुनै दिन, कसैले यसो भन्‍न सक्छ, “देहधारी परमेश्‍वर अत्यन्तै दयनीय हुनुहुन्छ; उहाँले सत्यता बोल्‍ने बाहेक केही गर्न सक्नुहुन्न।” यो कस्तो बोल्‍ने शैली हो? ख्रीष्ट विरोधीको बोल्‍ने शैली यही हो। के तिमीहरू तिनीहरूसँग सहमत हुन्छौ? (म सहमत हुँदिनँ।) तिमीहरू किन सहमत हुँदैनौ? (तिनीहरूले भनेको कुरा तथ्यपरक हुँदैन।) तिनीहरूले भनेका कुरा तथ्यपरक नै हो। देहधारी परमेश्‍वरलाई आफ्नो बोलीवचनमा सत्यता व्यक्त गर्न सक्‍ने कार्य बाहेक, अरू कुनै कुरा कसरी गर्ने भन्‍ने थाहा छैन; उहाँसँग कुनै एउटा निश्‍चित सीप छैन। के यो दयनीय कुरा हो? के तिमीहरूलाई त्यस्तो लाग्छ? (लाग्दैन।) त्यसोभए तिमीहरूलाई के लाग्छ? कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वर साधारण र सामान्य हुनुभएकोले, अनि उहाँले व्यावहारिक काम गरिरहनुभएकोले नै, हामी भ्रष्ट मानवजातिको मुक्ति पाउने अवसर पाएका छौँ। नत्र भने, हामी सबै नरकमा पुग्‍नेथियौँ। अहिले हामीले ठूलो फाइदा पाइरहेका छौँ, त्यसकारण सुटुक्क यसको आनन्द लिऔं!” के तिमीहरूमा यस्तो भावना छ? (छ।) तर कतिपय मानिसहरू फरक हुन्छन्। तिनीहरूलाई के लाग्छ भने “परमेश्‍वरले केवल बोलिरहनुभएको छ; उहाँमा कुनै असाधारण कुरा छैन। मैले के प्राप्त गरिरहेको छु? परमेश्‍वरका बारेमा मेरा आफ्नै धारणा र विचारहरू छन्, र म परमेश्‍वरलाई उहाँको पिठ्यूँ पछाडि आलोचना गर्छु, तर परमेश्‍वरले मलाई ताडना दिनुभएको छैन। मैले कष्ट भोगेको वा दण्ड पाएको छैनँ।” निरन्तर रूपमा, तिनीहरूको साहस बढ्छ, र तिनीहरूले जे पनि बोल्ने आँट गर्छन्। कतिपय मानिसहरूले भन्छन्, “देहधारी परमेश्‍वरलाई यसरी चिन्‍नुपर्छ: जब उहाँ बोल्नुहुन्छ, काम गर्नुहुन्छ, र सत्यता व्यक्त गर्नुहुन्छ, तब, भित्र, परमेश्‍वरका आत्माले काम गरिरहनुभएको हुन्छ, र देह त एउटा खोल, औजार मात्रै हो। साँचो सार परमेश्‍वरका आत्मा हुनुहुन्छ; यो त परमेश्‍वरका आत्मा बोलिरहनुभएको हो। यदि परमेश्‍वरका आत्मा नहुनुभएका भए, के देहले ती वचनहरू बोल्न सक्थ्यो?” यी वचनहरू सुन्दा सही लाग्न सक्छन्, तर तिनको अर्थ के हो? (ईश्‍वरनिन्दा।) ठीक भन्यौ, ती ईश्‍वरनिन्दा हुन्—कस्तो द्वेषपूर्ण स्वभाव! तिनीहरूले के भन्‍न खोजिरहेका हुन्छन्? “तपाईँ कस्तो साधारण व्यक्ति हुनुहुन्छ। तपाईंमा आदर्शमय स्वरूप छैन, तपाईँ त्यति प्रभावशाली देखिनुहुन्‍न। तपाईंको भाषण धाराप्रवाह वा सैद्धान्तिक रूपमा परिष्कृत हुँदैन—तपाईंले कुनै कुरा भन्‍नुभन्दा पहिले त्यसबारे सोच्नुपर्छ। तपाईँ कसरी देहधारी परमेश्‍वर हुन सक्नुहुन्छ? तपाईँ किन यति आशिषित र सौभाग्यशाली हुनुहुन्छ? म किन छैनँ?” अन्त्यमा, तिनीहरूले भन्छन्, “यो त सबै परमेश्‍वरका आत्माले काम गरिरहनुभएको र बोलिरहनुभएको हो; देह त आत्माको खोल मात्र हो, यो एउटा औजार हो।” यसो भन्दा तिनीहरूलाई संयमित महसुस हुन्छ। यो ईर्ष्या हो, जसले घृणामा डोऱ्याउँछ। यसको अर्थ के हो भने, “तपाईँ कसरी देहधारी परमेश्‍वर हुनुभयो? तपाईँ किन यति सौभाग्यशाली हुनुहुन्छ? तपाईंले यो फाइदा कसरी प्राप्त गर्नुभयो? मैले किन यो कुरा पाइनँ? मलाई तपाईँ मभन्दा असल हुनुहुन्छ जस्तो लाग्दैन। तपाईँ धाराप्रवाह बोल्‍न सिपालु हुनुहुन्‍न, तपाईंको शिक्षा त्यति उच्च छैन, तपाईँ म जस्तो सुन्दर हुनुहुन्‍न, र तपाईँ म जस्तो अग्लो हुनुहुन्‍न। तपाईँ मभन्दा कसरी असल हुनुहुन्छ? तपाईं कसरी देहधारी परमेश्‍वर बन्‍नुभयो? म किन बनिनँ? यदि तपाईँ नै उहाँ हुनुहुन्छ भने, धेरै मानिसहरू पनि उहाँ नै हुन्। मैले पनि यसका लागि लडाइ गर्नुपर्छ। सबैले तपाईँ परमेश्‍वर हुनुहुन्छ भनेर भन्छन्, तर म केही गर्न सक्दिनँ—म तपाईंलाई यसरी नै आलोचना गर्नेछु, यसरी बोल्दा मेरो घृणा शान्त हुन्छ!” के यो द्वेषपूर्ण छैन र? (छ।) तिनीहरूले पदका लागि प्रतिस्पर्धा गर्न जे पनि बोल्‍ने आँट गर्छन्—के यो मृत्यु खोज्‍नु होइन र? यदि तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्न चाहँदैनस् भने, तँलाई कसले जबरजस्ती गरिरहेको छ र? के मैले तँलाई जबरजस्ती गरेँ? मैले तँलाई जबरजस्ती गरेको छैन, होइन र? पहिलो कुरा, मैले तँलाई स्वीकार गर्न बिन्ती गरिनँ। दोस्रो कुरा, मैले तँलाई जबरजस्ती स्वीकार गर्न लगाउन अतिशय माध्यमहरूको प्रयोग गरिनँ। तेस्रो कुरा, परमेश्‍वरका आत्माले हस्तक्षेप गरेर तँलाई तैँले स्वीकार गर्नु नै पर्छ, नत्र तँलाई दण्ड दिइनेछ भनेर बताउनुभएको छैन। के परमेश्‍वरले यसो गर्नुभएको छ? अहँ। तँसँग स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार छ; तैँले स्वीकार नगर्ने छनौट गर्न सक्छस्। त्यसोभए, यदि तँ स्वीकार गर्न चाहँदैनस् भने, किन स्वीकार गर्छस् त? के तैँले आशिष्‌हरू मात्रै खोजिरहेको छैनस् र? तिनीहरूले आशिष्‌हरू चाहन्छन् तर स्वीकार गर्न वा पालन गर्न सक्दैनन्, वा तिनीहरूलाई अझै पनि असन्तुष्टि हुन्छ, त्यसैले तिनीहरूले के गर्छन्? तिनीहरूले यस्ता दुर्भावनापूर्ण शब्‍दहरू बोल्छन्। के तिमीहरूले पहिले यस्ता शब्दहरू सुनेका छौ? मैले केही मानिसहरूका बीचमा ती एक-दुई पटक भन्दा बढी नै सुनेको थिएँ। कतिपय मानिसहरूले सोच्छन्, “हामीले तपाईंसँगै परमेश्‍वरमा आस्था राखेका हौँ। त्यो बेला, तपाईँ जवान हुनुहुन्थ्यो, र प्रायजसो परमेश्‍वरका वचनहरू लेख्‍नुहुन्थ्यो। पछि, तपाईंले प्रचार गर्न थाल्नुभयो। तपाईँ साधारण व्यक्ति मात्रै हुनुहुन्छ; हामीलाई तपाईंको पृष्ठभूमिबारे थाहा छ।” मेरो पृष्ठभूमि कस्तो छ? म त साधारण व्यक्ति मात्रै हुँ; मेरोबारे सत्यता त्यही हो। म साधारण र सामान्य व्यक्ति भएकोले, र आज धेरै मानिसहरूले मलाई पछ्याएकाले नै, के तँ असन्तुष्ट छैनस् र? यदि तँ असन्तुष्ट छस् भने, विश्‍वास नगर्। यो परमेश्‍वरको काम हो; म मेरो जिम्मेवारीबाट पछि हट्न सक्दिनँ, मसँग कुनै बहाना छैन, र मैले कुनै चोट पुर्‍याउने वा हानि गर्ने काम गरेको छैनँ। त्यसोभए, तैँले किन मलाई यो दृष्टिकोणले हेर्छस्? यदि तँ असन्तुष्ट छस् भने, विश्‍वास नगर्। जसलाई विश्‍वास गर्दा सन्तुष्टि मिल्छ त्यसलाई विश्‍वास गर्; मलाई नपछ्या। मैले तँलाई जबरजस्ती गरेको छैनँ। तैँले किन मलाई पछ्याइरहेको छस्? कतिपय त अनुसन्धान गर्न मेरो घरमा समेत आए, तिनीहरूले के अनुसन्धान गरिरहेका थिए? तिनीहरूले मलाई सोधे, “के तपाईँ घर फर्केर जानुहुन्छ? अहिले तपाईंको घरको आर्थिक अवस्था कस्तो छ? तपाईंको परिवारका सदस्यहरूले के गर्छन्? तिनीहरू कहाँ छन्? तिनीहरूको जीवन कस्तो छ?” कतिपय मानिसहरूले मेरो घरमा भएको अतिरिक्त पर्दा वा कम्बल समेत छानबिन गरे। यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेर पटक्‍कै सन्तुष्ट हुँदैनन्! तिनीहरू किन सन्तुष्ट हुँदैनन्? किनभने तिनीहरूले सोच्छन्, “परमेश्‍वर यस्तो हुनु हुँदैन। परमेश्‍वर यति सानो, यति सामान्य र व्यावहारिक, र यति साधारण र आम हुनु हुँदैन। उहाँ अत्यन्तै साधारण हुनुहुन्छ, यति साधारण हुनुहुन्छ कि हामीले उहाँलाई परमेश्‍वरका रूपमा नै पहिचान गर्दैनौँ।” के आत्मिक बुझाइ नभएका तेरा आँखाले परमेश्‍वरलाई चिन्‍न सक्छन्? यदि परमेश्‍वर तँलाई यो कुरा बताउन स्वर्गबाट ओर्लनुभयो भने समेत, तैँले उहाँलाई चिन्‍नेथिइनस्। के तँ परमेश्‍वरको वास्तविक व्यक्तित्वलाई देख्‍न योग्य छस्? यदि परमेश्‍वरले तँलाई उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर स्पष्ट रूपमा भन्‍नुभए समेत, तैँले त्यसलाई स्वीकार गर्नेथिइनस्। के तैँले उहाँलाई चिन्‍न सक्थिस्? यी कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरूको प्रकृति के हो? (दुष्टता।) यी मानिसहरूले साँच्‍चै नै “मेरा क्षितिजहरू फराकिला बनाउँछन्”।

मैले परमेश्‍वरको काम लिएदेखि, यो पहिचान र पद लिएर मेरो काम अघि बढाउँदै गर्दा, म निश्‍चित व्यक्तिहरूसँग सम्पर्कमा आएको छु। “प्रतिभाहरू” को यो विभिन्‍न गठरीलाई सामना गर्दा, मैले के अवलोकन गरेँ भने मानवको भ्रष्ट स्वभावबाट दुई वटा शब्द अविभाज्य छन्: “खराब” र “दुष्ट”—यी दुवै शब्दहरूले त्यसलाई सारांशित गर्छन्। तिनीहरूले किन हरेक दिन मलाई अध्ययन गर्छन्? तिनीहरू किन मेरो पहिचानलाई स्वीकार गर्न अनिच्छुक हुन्छन्? के म अत्यन्तै साधारण र सामान्य व्यक्ति भएकोले होइन र? यदि म आत्मिक शरीरका रूपमा भएको भए, के तिनीहरूले आँट गर्नेथिए? तिनीहरूले मलाई यसरी अध्ययन गर्ने आँट गर्नेथिएनन्। यदि मसँग निश्‍चित सामाजिक हैसियत, साथै विशेष क्षमताहरू, महान् मानिसको छवि र स्वरूप, र अलिक दुष्ट, हुकुमी, र निर्दयी स्वभाव भएको भए, के यी मानिसहरूले मलाई अनुसन्धान गर्न र अध्ययन गर्न मेरो घरमा आउने आँट गर्नेथिए? तिनीहरूले पटक्कै आँट गर्नेथिएनन्; तिनीहरू मबाट जोगिनेथिए, मलाई आइरहेको देख्दा लुक्नेथिए, र तिनीहरूले निश्चय नै मलाई अध्ययन गर्ने आँट गर्नेथिएनन्, होइन र? त्यसोभए तिनीहरूले किन मलाई यसरी अध्ययन गर्न सक्छन्? तिनीहरूले मलाई सजिलो निसानाका रूपमा हेर्छन्। सजिलो निसाना बन्‍नु भनेको के हो? यसको अर्थ म अत्यन्तै साधारण छु भन्‍ने हो। “साधारण” को अर्थ के हो? “तपाईँ त एउटा व्यक्ति मात्रै हुनुहुन्छ; तपाईँ कसरी परमेश्‍वर हुन सक्नुहुन्छ? तपाईँमा परमेश्‍वरसँग हुनुपर्ने ज्ञान, सिकाइ, वरदान, प्रतिभा, र क्षमताहरूको पूर्ण रूपमा कमी छ। तपाईंँकसरी परमेश्‍वर जस्तै हुनुहुन्छ र? तपाईँ उहाँ जस्तो हुनुहुन्‍न! त्यसकारण, मलाई तपाईँ परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्न, तपाईंँलाई पछ्याउन, तपाईँका वचनहरू सुन्न, र तपाईँमा समर्पित हुन गाह्रो हुन्छ। मैले विस्तृत रूपमा अनुसन्धान गर्नुपर्छ: मैले तपाईँलाई नियाल्नुपर्छ, तपाईँमा नजर राख्‍नुपर्छ, र तपाईँलाई कुनै अनुचित काम गर्न दिनु हुँदैन।” तिनीहरूले के गर्ने प्रयास गरिरहेका हुन्छन्? उदाहरणका लागि, यदि मसँग सामाजिक हैसियत र निश्‍चित स्तरको ख्याति भएको भए, यदि म प्रथम श्रेणीको गायक भएको भए, र एक दिन मैले म परमेश्‍वर, ख्रीष्ट हुँ भनेर गवाही दिएँ भने, के कम्तीमा पनि केही मानिसहरू विश्‍वस्त हुनेथिएनन् र? मलाई अध्ययन गर्ने मानिसहरूको सङ्ख्या तुलनात्मक रूपमा कम हुनेथियो। म साधारण, सामान्य, व्यावहारिक, र अत्यन्तै आम व्यक्ति हुँ भन्‍ने तथ्यले नै धेरै मानिसहरूलाई प्रकट गर्छ। यसले तिनीहरूमा भएको के कुरालाई प्रकट गर्छ? यसले तिनीहरूको दुष्टतालाई प्रकट गर्छ। यो दुष्टता कुन हदसम्म पुग्छ? यो हदसम्म पुग्छ कि जब म तिनीहरूको नजिकबाट जान्छु, तब तिनीहरूले मेरो रूपरेखामा परमेश्‍वरको स्वरूप खोज्दै, मेरो बोलीवचनमा कुनै आश्चर्यकर्महरू देखा परेका छन् कि छैनन् भनेर जाँच्दै, मलाई लामो समयसम्म अध्ययन गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो हृदयमा यस्तो अनुमान लगाउँछन्, “यी वचनहरू कहाँबाट आउँछन्? के ती उहाँले सिक्‍नुभएको हो? त्यसको सम्भावना त छैन जस्तो लाग्छ: उहाँसँग अध्ययन गर्ने त्यत्ति समय हुन्छ जस्तो त देखिँदैन। हालैका वर्षहरूमा उहाँ निकै परिवर्तित हुनुभएको छ; यो सिकेको कुरा हो जस्तो देखिँदैन। त्यसोभए, यी वचनहरू कहाँबाट आउँछन्? यो कुरा बुझ्न गाह्रो छ; म सावधान हुनुपर्छ,” र तिनीहरूले अध्ययन गरिरहन्छन्। निरन्तर अध्ययन गर्नेहरूले मसँग आमने-सामने संलग्‍न हुने, अन्तरक्रिया, वा कुराकानी गर्ने गर्दैनन्; तिनीहरूले सधैँ मेरो पिठ्यूँ पछाडि मनन गरिरहेका हुन्छन्, सधैँ मेरा वचनहरूमा गल्तीहरू खोज्न, र केही गलचेप पत्ता लाउन चाहिरहेका हुन्छन्। तिनीहरूले आफ्नो धारणासँग नमिल्ने एउटै वाक्यको अध्ययन धेरै दिनसम्‍म गर्न सक्छन्, र अलिक कठोर टिप्पणीले तिनीहरूमा धारणा विकास गर्न सक्छ। यी कुराहरू कहाँबाट आउँछन्? ती मानिसहरूको मन र ज्ञानबाट आउँछन्। परमेश्‍वरको अध्ययन गर्न सक्‍ने, परमेश्‍वरबारे अनुमान लगाउन निरन्तर आफ्ना विचारहरू प्रयोग गर्न सक्‍ने मानिसहरू कस्ता मानिसहरू हुन्? के तिनीहरूलाई दुष्ट स्वभाव भएका मानिसहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ? अवश्य नै! तँसँग समय र ऊर्जा भएको देख्दा, तैँले सत्यताबारे मनन गर्न सके निकै राम्रो हुनेथियो! कुनचाहिँ सत्यता सङ्गति गर्न र मनन गर्न तँलाई अलिकति पनि समय लाग्नेछैन र? यति धेरै सत्यताहरू छन् कि तैँले यस जीवनकालमा ती सबै मनन गर्न सक्दैनस् होला। व्यक्तिले बुझ्नुपर्ने सत्यताहरू अत्यन्तै धेरै छन्। तिनीहरूले यस मामलामा कुनै बोझ महसुस गर्दैनन्, तैपनि तिनीहरूले ती बाहिरी र सतही मामलाहरूलाई कहिल्यै बिर्सँदैनन् र सधैँ तिनलाई अध्ययन गरिरहेका हुन्छन्। मैले बोल्ने बित्तिकै, तिनीहरूले आँखा झिमिक्क गर्छन्, मेरो स्वरूपलाई हेरिरहन्छन्, मेरा व्यवहार र अभिव्यक्तिहरूलाई छानबिन गर्छन्, र आफ्नो हृदयमा यस्तो अनुमान गर्छन्, “के यो विन्दुमा उहाँ परमेश्‍वरसँग मिल्दोजुल्दो हुनुहुन्छ त? उहाँको बोलीवचन उहाँसँग मिल्दोजुल्दो छैन, र उहाँको रूप पनि त्यति मिल्दोजुल्दो छैन। मैले कसरी उहाँलाई बुझ्न सक्छु? उहाँले मेरो बारेमा आफ्नो हृदयको गहिराइमा के सोच्‍नुहुन्छ भनेर मैले कसरी देख्न सक्छु? यो र त्यो विषयमा उहाँले के सोच्‍नुहुन्छ? उहाँले मलाई कसरी परिभाषित गर्नुहुन्छ?” तिनीहरू सधैँ यी विचारहरू बोकेर बस्छन्। के यो दुष्ट कुरा होइन र? (हो।) यो मुक्तिभन्दा बाहिरको कुरा हो—यो अत्यन्तै दुष्ट कुरा हो!

साँचो मानवले मानवता, विवेक, सामान्य मानव सोचाइ, र वास्तविक जीवन अनुरूप, सामान्य र व्यावहारिक, विकृति वा विचित्रता विनाका, अमूर्त, खोक्रा, र अलौकिक नहुने कुराहरूलाई प्रेम गर्छ र पछ्याउँछ। यी कुराहरूका हकमा भन्दा, सामान्य व्यक्तिले यी कुराहरूलाई सकारात्मक कुराहरूका रूपमा लिई कदर गर्न, सही रूपमा सम्हाल्न, र नियमित रूपमा स्वीकार गर्न सक्‍नेछ। यसको विपरीत, कतिपय व्यक्तिहरूले, खाना खाने, लुगा लगाउने, बस्‍ने ठाउँ, यातायात, व्यवहार, र व्यक्तिगत चालचलन जस्ता वास्तविक जीवनका विभिन्‍न पक्षहरूसँग नजिकबाट सम्बन्धित रहेका यी सत्यताहरू सामना गर्दा, तिनलाई हेला गर्छन्, बेवास्ता गर्छन्, र अपहेलना गर्छन्। यहाँ समस्या के हो? यो तिनीहरूको रुचि र प्रकृति सारको समस्या हो। कुनै कुरा जति सकारात्मक हुन्छ, त्यो जति परमेश्‍वरले प्रेम गर्नुहुने, चाहनुहुने, रगर्नुहुने कुरा हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूमा उहाँले मानिसहरूले हासिल गर्न र स्वीकार गर्न सकून् भनेर आशा गर्नुभएको कुरा हुन्छ, यी मानिसहरूले त्यसलाई त्यति नै प्रश्न गर्छन्, अध्ययन गर्छन्, विरोध गर्छन्, र निन्दा गर्छन्—के यो दुष्ट कुरा होइन र? यो अत्यन्तै दुष्ट कुरा हो! गैरविश्‍वासीहरूका बीचमा ख्रीष्ट विरोधीहरू निकै लोकप्रिय हुन्छन्। यदि म गैरविश्‍वासीहरूमाझ भएको भए, गैर-विश्‍वासीहरूले ख्रीष्ट-विरोधीहरू र देहधारी परमेश्‍वरबीच कसलाई तत्परताका साथ स्वीकार गर्नेथिए? (ख्रीष्ट विरोधीहरूलाई।) किन? गैरविश्‍वासीहरूले सोझा मानिसहरूलाई रुचाउँछन् कि दुष्ट मानिसहरूलाई? (दुष्ट मानिसहरूलाई।) तिनीहरूले चापलुसी गर्ने र चिप्लो घस्नेहरूलाई मन पराउँछन् कि इमानदारहरूलाई? (चापलुसी गर्ने र चिप्‍लो घस्नेहरूलाई।) एकदम सही, तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई मन पराउँछन्। यदि तँलाई समूहका विभिन्‍न अन्तरवैयक्तिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न दाउपेच कसरी प्रयोग गर्ने भन्‍ने थाहा छैन, र रणनीतिहरूद्वारा विभिन्‍न मानिसहरूलाई कसरी चालबाजी गर्ने वा नियन्त्रण गर्ने भन्‍ने तँलाई थाहा छैन भने, के त्यो समूहले तँलाई राख्‍न सक्छ? यदि तँ अत्यन्तै सोझो छस्, सधैँ सत्य बोल्छस्, धेरै समस्याहरूको सारलाई छर्लङ्ग देख्‍न सक्छस्, त्यसपछि आफूले छर्लङ्ग देखेका र बुझेका सत्यताहरूका बारेमा कुरा गर्छस् भने, के कसैले यसलाई स्वीकार गर्न सक्छ? अहँ, यस संसारको कसैले पनि यसलाई स्वीकार गर्न सक्दैन। यस संसारमा, सत्यता बोल्ने अपेक्षा नगर्—त्यसो गर्दा यसले समस्या ल्याउनेछ वा विपत्तिमा डोऱ्याउनेछ। इमानदार व्यक्ति बन्‍ने अपेक्षा नगर्; इमानदार बन्दा कुनै भविष्य हुँदैन। ख्रीष्ट विरोधीहरू कस्ता हुन्छन्? तिनीहरू झूट बोल्‍नमा उत्कृष्ट हुन्छन्, आफूलाई कुशलतापूर्वक ढाकछोप गर्छन् र असल झैँ प्रदर्शन गर्छन्, आफूलाई भव्य, गरिमामय, र सद्गुणीका रुपमा प्रदर्शन गर्छन् ठान्‍ने गर्छन्, मानिसहरूलाई तिनीहरूको आराधना गर्ने तुल्याउँछन्। तिनीहरू यी कुराहरूमा उत्कृष्ट हुन्छन्, र तिनीहरूलाई जे कुरामा आनन्द मान्छन् त्यो पनि त्यस्तै हुन्छ—तिनीहरूलाई खोक्रा ज्ञान र सिकाइका बारेमा छलफल गर्न, साथै वरदान र रणनीतिहरूको तुलना गर्न मन पर्छ। उदाहरणका लागि, कुनै कम्पनी वा मानिसहरूको समूहमा, सबैभन्दा बढी ज्ञान र सिकाइ हुनु प्राथमिक कुरा होइन, न त यो कम्पनीमा कुनै व्यक्तिको पद निर्धारण गर्ने मुख्य कारक नै हो। मुख्य कारक के हो? (रणनीति र प्रतिभा।) वास्तवमै हो, यो रणनीति र प्रतिभा हो। यीविना, व्यापक शिक्षा हुनुको कुनै काम हुँदैन। उदाहरणका लागि, मानौँ तँ विदेशबाट फर्केको छस्, र तँलाई घरका मानिसहरूको यो समूहको खेलका नियमहरूबारे पूर्ण रूपमा अनभिज्ञ छस्। यदि तैँले विदेशी कम्पनीहरूमा देखाउने आत्म-आचरणका नियम, प्रावधान, र सिद्धान्तहरू लागू गरिस् भने, तँ अड्किनेछस्। के यस्तै हुँदैन र? (हो।) यस्तै नै हुन्छ। तँसँग रणनीतिहरू हुनुपर्छ, र तँ माथिल्लो पदमा पुग्‍नका लागि खराब र दुष्ट हुनुपर्छ। यो त निश्‍चित महिलाहरू जस्तै हो: तिनीहरूलाई भरणपोषण गर्ने श्रीमान भए पनि, तिनीहरू सन्तुष्ट हुँदैनन्। अरूभन्दा उत्कृष्ट देखिन र ख्याति, प्राप्ति, र हैसियत प्राप्त गर्नका लागि, तिनीहरूले आवश्यक पर्ने कुनै पनि माध्यमहरूको सहारा लिन्छन्। तिनीहरू चापलुसीमा समेत संलग्न हुन्छन् र आवश्यक परे, “एस्कोर्ट” सेवाहरू प्रदान गर्छन्, र यो सब श्रीमान वा परिवारप्रति कुनै लाज वा ग्लानि वा ऋणी भएको अनुभूति नगरी गर्छन्। के तैँले त्यसो गर्न सक्थिस्? तँलाई यो घिनलाग्दो लाग्छ, र तैँले त्यसो गर्न सक्दैनस्। त्यसोभए, तँ तिनीहरूका बीचमा कसरी उच्च पदमा उक्‍लन सक्छस्? कुनै उपाय नै छैन। त्यो सबै आफ्नो प्राण बेचेर र विभिन्‍न दुष्ट विधिहरू प्रयोग गरेर हासिल गरिन्छ। के तँलाई काम गर्ने त्यो तरिका मनपर्छ? (मन पर्दैन।) तँलाई अहिले त्यो मन पर्दैन भनेर भन्छस्, तर कुनै दिन तँलाई निश्‍चित हदमा धकेले पछि, तँलाई यो मन पर्न थाल्नेछ। यदि मानिसहरूले तँलाई दिनभरि हेप्छन् र यातना दिन्छन्, तेरा लागि कामकुराहरू कठिन बनाउँछन्, तेरो गल्ती निकाल्छन्, र तँलाई निकाल्न चाहन्छन् भने, तैँले आफ्नो जागिरलाई कायम राख्‍नका लागि आफ्नो शरीर बेच्नुपर्ने हुन सक्छ। तैँले तिनीहरूले जुन दुष्ट चलाकीहरू प्रयोग गर्छन् त्यो कुरा सिक्‍नुपर्ने हुन्छ, र अन्त्यमा, तँ पनि तिनीहरू जस्तै बन्‍नेछस्। अहिले, तैँले कडाइका साथ घोषणा गर्छस्, “मलाई त्यो रणनीति मन पर्दैन। म त्यस्तो व्यक्ति बन्‍न चाहन्नँ। म त्यति दुष्ट छैनँ। म आफ्नो शरीर बेच्न चाहन्नँ। मलाई पैसा मन पर्दैन; खान र लगाउनका लागि पुग्ने पैसा हुनु नै पर्‍याप्त हुन्छ।” तँ कस्तो व्यक्ति होस्? तँ केही पनि होइनस्। शैतानले तँलाई भ्रष्ट तुल्याएर जे बनाएको छ तँ त्यही होस्। के तँलाई आफ्‍नो मालिक आफै हुन सक्छु भन्‍ने लाग्छ? वातावरण अनुसार मानिसहरू परिवर्तन हुन्छन्, तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तैँले ख्याति, प्राप्ति, हैसियत, पैसा, र सबै किसिमका परीक्षाहरूलाई जित्न सक्दै-सक्दैनस्। यदि तँ त्यो वातावरणमा भएको भए, तँ पनि आफूलाई नियन्त्रण गर्न त्यत्तिकै असक्षम हुनेथिइस्। गैरविश्‍वासीहरूका लागि अहिलेको चरण मासु पिस्ने मिल जस्तै भएको छ। व्यक्ति त्यसमा पिसिएपछि, बाँच्ने कुनै उपाय हुँदैन। अहिले, परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गरेर, परमेश्‍वरको सुरक्षामा रहेर, र कसैले तँलाई नहेपेको अवस्थामा, तँ परमेश्‍वरको उपस्थितिमा शान्तिपूर्वक बस्‍न सक्छस्। तँ अत्यन्तै आशिषित छस्, त्यसैले चुपचाप त्यसको आनन्द लिइ! यदि तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनस् र थोरै काट-छाँटको सामना गरिस् भने, तँलाई अन्यायमा परेको छु भन्‍ने महसुस हुनु हुँदैन। तैँले महान् आशिष्‌हरू प्राप्त गरेको छस्; के तँलाई त्यो कुरा थाहा छैन र? (थाहा छ।) मलाई भन्, गैरविश्‍वासीहरूलाई “मासु पिस्ने मिल” मा हुँदा कस्तो अनुभूति हुन्छ। तिनीहरू मरेकै राम्रो हुन्छ। परमेश्‍वरको घरमा तैँले सहने थोरै कष्ट मानिसहरूले सहनुनुपर्ने कुरा हो; यो त्यति पीडादायी कुरा होइन। तैपनि, मानिसहरू सन्तुष्ट हुँदैनन्, र तिनीहरूलाई जसरी काट-छाँट गरिए पनि तिनीहरू पश्चात्ताप गर्न अनिच्छुक हुन्छन्। तर जब तँलाई घर पठाइन्छ, तब तँ गैरविश्‍वासीहरूकहाँ फर्कन इच्छुक हुँदैनस् किनभने तँलाई तिनीहरू अत्यन्तै दुष्ट र खराब छन् भन्‍ने लाग्छ। मृत्युको सामना वास्तवमै गर्दा, मानिसहरू मर्न चाहँदैनन्; सबैले जीवनलाई कदर गर्छन् र “खराब जीवन असल मृत्युभन्दा असल हुन्छ” भन्‍ने सिद्धान्तलाई पछ्याउँछन्। तिनीहरूले आफ्नो कफन देख्नेबित्तिकै, आँसु झार्छन्। गैरविश्‍वासीहरूका बीचमा बाँच्नु सजिलो छैन भन्‍ने कुरा मानिसहरूलाई अहिले थाहा भएको छ। यदि तँ आफ्नो क्षमताका आधारमा गरिमाका साथ जिउन र जीविकोपार्जन गर्न चाहन्छस् भने, त्यसो गर्ने कुनै उपाय छैन। क्षमताहरू हुनु मात्रै पर्‍याप्त हुँदैन; सफल हुनका लागि तँ दुष्ट, खराब, र अपकारी पनि हुनुपर्छ। तँसँग के छ? कतिपय मानिसहरूले भन्छन्, “अहिले मसँग अलिकति दुष्टता छ, तर पर्‍याप्त दुष्टता छैन।” सजिलो छ। आफूलाई “मासु पिस्ने मिलमा” राख्, र एक महिनाभन्दा पनि कम समयमा, तँ दुष्ट बन्‍नेछस्। यदि तँ असल व्यक्ति होस् भने, तिनीहरूले तँलाई मार्न चाहनेछन्; तैँले तिनीहरूलाई छोड्छस्, तर तिनीहरूले तँलाई छोड्नेछैनन्, त्यसकारण बाँच्नका लागि तैँले प्रतिकार गर्नुपर्छ। एकपटक तँ दुष्ट बनेपछि, तँ फर्कन सक्दैनस्, र तँ दियाबलस पनि बन्छस्। दुष्टता यसरी नै निर्माण हुन्छ। गैरविश्‍वासीहरूको संसार अत्यन्तै अँध्यारो र दुष्ट छ। मानिसहरू कसरी अन्धकार र दुष्टताको शैतानी प्रभावबाट उम्कन सक्छन्? तिनीहरूले मुक्ति पाउन सत्यता बुझ्नुपर्छ। अहिले तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएको हुनाले, यदि तँ मुक्ति पाउन र शैतानको प्रभावबाट स्वतन्त्र हुन चाहन्छस् भने, त्यो मामला सरल छैन। तैँले परमेश्‍वरमा समर्पित हुन सिक्‍नुपर्छ, तँमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, तैँले धेरै कुराहरू छर्लङ्ग देख्‍नुपर्छ, यसको साथै, तेरो आनीबानीका सिद्धान्तहरू एक हिसाबमा बुद्धिमानी हुनुपर्छ र अर्को हिसाबमा परमेश्‍वरलाई चिढ्याउने हुनु हुँदैन। यसको साथै, सधैँ ख्याति र प्राप्तिका लागि लागिपर्ने, वा हैसियतका फाइदाहरूका आनन्द निरन्तर उठाउन खोज्ने नगर्। पुग्दो खानेकुरा हुनु र भोकै नमर्नु नै पर्‍याप्त हुन्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, यसरी अनुग्रह प्रदान गरियोस् भनेर अनुरोध गर्नुपर्छ, ताकि तैँले सुरक्षा पाउन सक्। यदि तँमा सधैँ अनर्गल चाहनाहरू पाल्छस् भने, त्यो व्यावहारिक हुँदैन, र परमेश्‍वरले तेरा प्रार्थनाहरू सुन्नुहुनेछैन।

ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिका बारेमा भन्दा, आज हामीले मुख्य रूपमा तेस्रो प्रकटीकरणका बारेमा सङ्गति गरिरहेका छौं, जुन ख्रीष्ट विरोधीहरूले आराधना गर्ने कुरा हो। ख्रीष्ट विरोधीहरूले केको आराधना गर्छन्? (ज्ञान र सिकाइ।) ज्ञान र सिकाइ, र अर्को एउटा कुरा पनि छ—वरदानहरू। ज्ञान र सिकाइमा के-के समावेश हुन्छ? तिनमा संसारमा अध्ययन गरिने ती पुस्तकहरूमा पाइने कुराहरू समावेश हुन्छन्, ज्ञानसँग सम्बन्धित उद्योगहरूमा संलग्‍न भएर प्राप्त गरिएको अनुभव, साथै नैतिकता, मानवता, व्यवहार, र इत्यादिका सन्दर्भमा समाजमा प्रचार गरिने विभिन्‍न प्रतिबन्ध, नियम र प्रावधानहरू समावेश हुन्छन्। यसको साथै, तिनमा विज्ञानका विभिन्‍न क्षेत्रका ज्ञानहरू समावेश हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरूमा उल्लेख गरिएको देहधारणमा विश्‍वास गर्दैनन्। तर यदि कुनै दिन वैज्ञानिक अनुसन्धानले मानिसमा प्राण हुन्छ किनभने, मृत्युपछि, कुनै कुराले शरीर छोड्छ, र व्यक्तिको तौल निश्‍चित मात्रामा घट्छ, जुन सायद प्राणको तौल हुन सक्छ भनेर पत्ता लगायो भने, तिनीहरूले त्यसलाई विश्‍वास गर्न सक्छन्। परमेश्‍वरले चाहे जसरी बोल्नुभए पनि, तिनीहरूले विश्‍वास गर्दैनन्, तर वैज्ञानिकहरूले तौलका आधारमा कुनै कुराको मापन गर्नेबित्तिकै, तिनीहरूले विश्‍वास गर्छन्। तिनीहरूले विज्ञानमा मात्रै भरोसा गर्छन्। कतिपय मानिसहरूले राष्ट्र, सरकार, र सान्दर्भिक जानकारी, सिद्धान्तहरू, र प्रसिद्ध व्यक्तिहरूले गरेका व्याख्यामा मात्रै विश्‍वास गर्छन्। तिनीहरूले यी कुराहरूमा मात्रै भरोसा गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू, शिक्षा, मार्गदर्शन, वा वाणीहरूलाई गम्भीरतापूर्वक लिँदैनन्। तर तिनीहरूले कोही प्रख्यात व्यक्तित्व बोलेको सुन्नेबित्तिकै, तुरुन्तै उसलाई स्वीकार गर्छन् र पूजा समेत गर्छन् र उसको कुरा फैलाउँछन्। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूका लागि हरेक दिन झार्नुहुने मन्‍न भण्डारण गर्न सकिँदैन र भोलिपल्ट खानु हुँदैन किनभने त्यो ताजा हुँदैन भनेर भन्‍नुभएको थियो, तर तिनीहरूले परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्। तिनीहरूले यसो सोचे, “परमेश्‍वरले मन्‍न पठाउनुभएन भने, अनि हामी भोकै बस्‍नुपर्‍यो भने के गर्ने?” त्यसकारण, तिनीहरूले यसलाई सङ्कलन गर्ने र भण्डारण गर्ने उपाय फेला पारे। परमेश्‍वरले दोस्रो दिन मन्‍न पठाउनुभयो, र तिनीहरूले यसलाई सङ्कलन गरिरहे। तेस्रो दिनमा परमेश्‍वरले मन्‍न पठाउनुभयो, र तिनीहरूले सङ्कलन गरिरहे। परमेश्‍वरले हरेक दिन एउटै वचन बोल्नुहुन्थ्यो, र तिनीहरूले निरन्तर परमेश्‍वरले तिनीहरूलाई दिनुभएको निर्देशन विरुद्ध काम गर्थे। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन् वा ती सुनेनन्। एक दिन, एउटा वैज्ञानिकले अनुसन्धान गऱ्यो र भन्यो, “यदि मन्‍न उही दिन खाइएन र भोलिको दिनका लागि छोडियो भने, बाहिरबाट ताजा देखिए पनि, त्यसमा ब्याक्टेरियाहरू हुन्छन् जसलाई खाइयो भने पेटको रोग लाग्न सक्छ।” त्यस दिनदेखि, तिनीहरूले सङ्कलन गर्न छोडे। तिनीहरूका लागि, एक जना वैज्ञानिकको एउटा वाक्य परमेश्‍वरका दश वटा वाक्यहरूभन्दा बढी हुन्छ। के यो दुष्ट कुरा होइन र? (हजुर, हो।) तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर मौखिक रूपमा स्वीकार गरे, र परमेश्‍वरलाई स्वीकार गरे, परमेश्‍वरलाई पछ्याए, र परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहे। सँग-सँगै, तिनीहरूले परमेश्‍वरले दिनुभएको अनुग्रह र आशिष्‌हरूको आनन्द उठाउँथे, परमेश्‍वरको हेरचाह र सुरक्षामा रमाउँथे, तर त्यस बाहेक, तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुराको एउटा वाक्य पनि सुन्दैनथिए, उहाँले तिनीहरूलाई जे गर्ने निर्देशन दिनुहुन्थ्यो, आज्ञा दिनुहुन्थ्यो, वा अह्राउनुहुन्थ्यो त्यसको एउटा वाक्य पनि सुन्दैनथिए। यदि अख्तियार र पद भएको ज्ञानी र शिक्षित व्यक्तिले कुनै कुरा भन्यो वा भ्रमित कुरा बतायो भने, त्यो सही भए पनि वा गलत भए पनि, तिनीहरूले त्यसलाई तुरुन्तै स्वीकार गर्थे। के भइरहेको छ? यो दुष्ट, अत्यन्तै दुष्ट कुरा हो! उदाहरणका लागि, मैले कतिपय मानिसहरूलाई अण्डासँग सुठुनी नखानू, किनभने यसले शरीरमा खाद्यविष पैदा गर्न सक्छ भनेर भनेको थिएँ। मेरो अभिव्यक्ति केमा आधारित छ? मैले यी कुराहरू बनाएर भनिरहेको छैनँ; मानिसहरूले एकै पटकमा यी दुवै खानेकुरा खाएका कारण शरीरमा खाद्यविष पैदा भएका घटनाहरू घटेका छन्। यो सुनेपछि, सामान्य व्यक्तिले कस्तो प्रतिक्रिया दिनेथियो? उसले सोच्नेथियो, “भविष्यमा, सुठुनी खाँदा म अण्डा खानेछैनँ, कम्तीमा पनि दुई-तीन घण्टाभित्र अण्डा खानेछैनँ।” उसले यसलाई गम्भीरतापूर्वक लिनेथियो र आफ्नो खाने बानीलाई परिवर्तन गर्नेथियो। तैपनि, कतिपय मानिसहरूले यो कुरालाई विश्‍वास गर्नेथिएनन्। तिनीहरूले यसो भन्नेथिए, “अण्डा र सुठुनी सँगै खाँदा खाद्यविष हुन्छ रे? त्यो असम्भव कुरा हो। म ती सँगै खानेछु, र मलाई खाद्यविष हुन्छ कि हुँदैन देख्‍नुहुनेछ!” यो कस्तो व्यक्ति हो? (दुष्ट।) मलाई यो व्यक्ति अलिक खराब लाग्यो! म यो कुरा भन्छु, र उसले ती सँगै खान्छु भनेर जिद्दी गर्छ; के यो खराब कुरा होइन र? उसले निश्‍चित रूपमा ठीक, सही, र सकारात्मक कुराको विरोध गर्छ, त्यसविरुद्ध प्रतिस्पर्धा गर्छ, र सङ्घर्ष गर्छ—यो दुष्टता हो। भ्रष्ट मानवजातिले दुष्टता र शक्तिलाई सम्मान गर्छ। दियाबलसहरू र शैतानहरूले चाहे जुनसुकै भ्रम अघि सारे पनि, मानिसहरूले यसलाई विनाप्रश्‍न स्वीकार गर्न सक्छन्, जबकि परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ, तर मानिसहरू ती स्वीकार गर्न अनिच्छुक हुन्छन् र धेरै धारणाहरू समेत निर्माण गर्छन्। अर्को उदाहरण हेरौँ। संयुक्त राज्य अमेरिकाका धेरै ग्रामीण क्षेत्रमा, आदिम वनहरू छन् जहाँ प्रायजसो जङ्गली जनावरहरू घुमफिर गर्छन्। बाहिर जाँदा साथी लिएर जानु उचित हुन्छ, र आवश्यक नभएसम्म राती बाहिर नजानु नै राम्रो हुन्छ। यदि बाहिर जानुपर्‍यो भने, तैँले सावधानी अपनाउनुपर्छ, कसैसँग जानुपर्छ, वा आत्म-रक्षाका हतियार बोक्‍नुपर्छ—पछि पछुताउनुभन्दा सुरक्षाको उपाय अपनाउनु नै राम्रो हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “केही हुँदैन; परमेश्‍वरले मलाई रक्षा गर्नुहुनेछ।” के यो परमेश्‍वरलाई जाँच्नु होइन र? मानिसहरूले यी सावधानीहरू अपनाउनुपर्छ। तँसँग दिमाग, हृदय, र आत्मा छ, र पनि किन तँ परमेश्‍वरले दिनुहुने सुरक्षामा जोड दिन्छस्? परमेश्‍वरलाई नजाँच्। आफूले गर्नुपर्ने कुरा गर्। यदि संयोगवस तैँले चार-पाँच जनाको समूहले पनि सम्हाल्न नसक्‍ने आक्रामक जङ्गली जनावरको सामना गरिस् भने पनि तँ बाँच्न सक्छस्—त्यो परमेश्‍वरको सुरक्षा हो। कतिपय मानिसहरूले साँच्‍चै ब्वाँसा देखेका छन् र ब्वाँसा र भालु कराएको सुनेका छन्, जसले यी जङ्गली जनावरहरूको अस्तित्वलाई पुष्टि गर्छ। त्यसकारण, जब म राती बाहिर नजानू किनभने जङ्गली जनावरहरूसँग सजिलै जम्काभेट हुन सक्छ भनेर भन्छु, तब के मैले कुरा बनाएर यसो भनिरहेको हुन्छु? (होइन।) मैले मानिसहरूलाई तर्साउने प्रयास गरिरहेको हुँदिनँ। यो सुनेपछि कतिपय मानिसहरूले यसो भन्छन्, “म अझै सावधान हुनुपर्छ। कतै जङ्गली जनावरसँग जम्काभेट पो भइहाल्छ कि भनेर म बाहिर जाँदा साथी लानेछु, वा आत्म-रक्षाको हतियार बोक्नेछ।” कतिपय मानिसहरूले यो सुनेपछि, यसलाई गम्भीरतापूर्वक लिन्छन्, विश्‍वास गर्छन् र स्वीकार गर्छन्, त्यसपछि मैले भनेको कुरा अभ्यास गर्नतिर लाग्छन्। यो सरल स्वीकार हो; यो कार्य योभन्दा सजिलो हुन सक्दैन। तैपनि, सुन्न नमान्ने निश्‍चित प्रकारको व्यक्ति पनि हुन्छन्। उसले भन्छ, “मैले किन कहिल्यै पनि जङ्गली जनावर देखेको छैनँ? तिनीहरू कहाँ छन्? कुनै एउटा बाहिर आओस् त; म त्यसको सामना गर्नेछु र को बढी आक्रामक रहेछ हेर्नेछु। जङ्गली जनावरका बारेमा यति डरलाग्दो कुरा के छ? तिमीहरू सबै कम आस्था भएका डरपोकहरू हौ। मेरो आस्था हेर; मलाई भालुहरूसँग डर लाग्दैन!” ऊ जानी-जानी एकलै बाहिर जान्छ, र कुनै कारणविना हिँड्न जान्छ। खाना खाएपछि, उसलाई बाहिर हिँड्न जानुपर्छ र ऊ एकलै जाने जिद्दी गर्छ। अरूले आफूसँग साथी लिएर जानू भनेर सुझाव दिँदा, उसले जवाफ दिन्छ, “पर्दैन, मलाई किन साथी चाहियो? साथी छ भने म नालायक देखिनेछु! म आफै बाहिर जानेछु!” तिनीहरूले यो कुरा जाँचेर हेर्नुपर्छ। यो कस्तो व्यक्ति हो? तिनीहरूले जङ्गली जनावरहरूको सामना गर्छन् कि गर्दैनन् भन्‍ने बारेमा कुरा समेत नगरौँ; के त्यस्ता मामलाहरूप्रति तिनीहरूको मनोवृत्ति समस्याग्रस्त छैन र? (हजुर, छ।) समस्या के हो? (त्यस्तो व्यक्तिको स्वभाव दुष्ट हुन्छ।) तैँले तिनीहरूलाई गम्भीर कुराहरूका बारेमा बताउने प्रयास गर्छस्, र तिनीहरूले त्यसलाई एउटा ठट्टाका रूपमा लिन्छन्। के त्यस्ता मानिसहरूसँग कुरा गर्नुको कुनै अर्थ हुन्छ? यस्ता मानिसहरू पशुहरूभन्दा खराब हुन्छन्; तिनीहरूसँग झमेला लिनु आवश्यक छैन।

भर्खरै, हामीले ख्रीष्ट विरोधीहरूको दुष्ट स्वभाव भएका मानिसहरू ज्ञान, सिकाइ, वरदान, र निश्‍चित प्रकारका विशेष प्रतिभाप्रति विशेष रूपमा संवेदनशील हुन्छन्; तिनीहरूले विशेष प्रतिभा भएका मानिसहरूलाई विशेष रूपमा कदर र सम्‍मान गर्छन्; र त्यस्ता मानिसहरूले भनेको कुराप्रति तिनीहरूले पूर्ण रूपमा कदर देखाउँछन् र आज्ञाकारी हुन्छन् भन्‍ने तथ्यका बारेमा कुरा गर्‍यौँ। सामान्य ज्ञान, अन्तर्ज्ञान, र साँचो सिकाइ, जुन मानिसहरूका लागि फाइदाजनक हुन्छ र जुन सामान्य मानवता भएका मानिसहरूसँग हुनुपर्छ, तीप्रति वा सामान्य मानव सोचाइबाट बुझिने व्यावहारिक र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले ती कुरालाई तिरस्कार गर्छन्, र कुनै ध्यान दिँदैनन्। हरेक पटक भेलाहरूमा यी वचन र सत्यताहरूका बारेमा सङ्गति गरिँदा, तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नो टाउको कन्याउँछन्, कतिले आँखा आधा बन्द गर्छन्, बोधो र मूर्ख देखिन्छन्, र कति जना सोचमा हराएकाझैँ देखिन्छन्। परमेश्‍वरको घरले अत्यन्तै गम्भीर कुराहरूका बारेमा जति धेरै छलफल गर्छ, तिनीहरूलाई त्यति कम रुचि हुन्छ। यसले सत्यताका बारेमा जति सङ्गति गर्छ, तिनीहरू त्यति नै उम्छन् र तिनीहरूलाई त्यति नै निद्रा लाग्छ। यी मानिसहरूलाई सत्यताप्रति पटक्‍कै रुचि हुँदैन भन्‍ने कुरा स्पष्ट छ। के यी अविश्‍वासीहरू छुटकारा दिन नसकिने मानिसहरू होइनन् र? धर्ममा रहेका कतिपय मानिसहरूलाई अरूले अन्यभाषामा बोलेको सुन्दा वा अनौठा कुराहरू देख्दा आनन्द लाग्छ, र अचम्‍मका कुराहरू देख्दा तिनीहरूको मनोबल तुरुन्तै बढ्छ। कतिपय मानिसहरूले मलाई देख्दा, यसो भन्‍न मन पराउँछन्, “मसँग स्नातक डिग्री छ र मेरो मुख्य विषय दर्शनशास्त्रमा थियो। तपाईंले के अध्ययन गर्नुभयो?” म भन्छु, “मैले कुनै निश्‍चित विषय अध्ययन गरिनँ; मैले केही अक्षरहरू बुझ्न र पुस्तकहरू पढ्न मात्रै सक्छु।” तिनीहरूले भन्छन्, “त्यसोभए, तपाईँ मापदण्डको स्तरमा हुनुहुन्‍न।” म भन्छु, “त्यसोभए, यसको तुलना गर्नु व्यर्थ छ, तर हामी अलिकति सङ्गति गरौँ—के तँसँग कुनै वर्तमान कठिनाइहरू छन्?” तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? “हँ, मसँग के कठिनाइहरू छन् र? मलाई कुनै पनि कठिनाइ छैन। मैले आफ्नो कर्तव्य निकै राम्ररी पूरा गरिरहेको छु!” तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा, तिनीहरूले रुचि गुमाउँछन्, भूत लागेको जस्तै हाइ काड्छन् र आँसु बगाउँछन्। यदि मैले तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गरेँ भने, तिनीहरूले त्यस उप्रान्त सुन्न चाहँदैनन्, आफ्नो कप बोकेर हिँड्छन्। मैले तिनीहरूसँग जति मिल्ने र समान स्तरमा रहेर कुराकानी गर्ने प्रयास गर्छु, तिनीहरूले मलाई त्यति नै हेयको दृष्टिले ठान्छन्। के यो सद्भावलाई बुझ्न नसक्नु होइन र? सवारी चलाउन सक्‍ने एक जना व्यक्ति थियो। मैले सोधेँ, “तैँले कति वर्षदेखि सवारी चलाइरहेको छस्?” उसले भन्यो, “मैले कलेजबाट स्नातक गरेपछि दुई वर्ष काम गरेँ, त्यसपछि एउटा कार किनेँ।” मैले भनेँ, “त्यसोभए, तैँले धेरै वर्षदेखि सवारी चलाइरहेको छस्। मलाई अझै पनि सवारी चलाउन आउँदैन।” के यसो भन्‍नु पनि एक-अर्कासँग मिल्नु होइन र? के यो सामान्य मानवता भएका मानिसहरूको कुराकानी होइन र? (हजुर, हो।) यो सुनेपछि, उसले भन्यो, “होर? तपाईंलाई अझै पनि सवारी चलाउन आउँदैन? त्यसोभए तपाईंले के गर्न सक्नुहुन्छ?” मैले भनेँ, “म त्यति धेरै गर्न सक्दिनँ। मलाई कारमा बस्न मात्र आउँछ।” मैले उसलाई सोधेँ, “तैँले अहिले कुन कर्तव्य पूरा गरिरहेको छस्?” उसले भन्यो, “म वित्त र लेखा क्षेत्रमा काम गर्छु। मेरो मष्तिष्क अङ्कहरूले भरिएको छ। कलेजमा, म गणितमा उत्कृष्ट थिएँ र विज्ञानमा सबैभन्दा अगाडि थिएँ। मैले त सिनहुवा वा बेइजिङ विश्‍वविद्यालयमा अध्ययन गर्न पाउने सम्भावना थियो।” मैले भनेँ, “म गणितमा निकै कमजोर छु। अङ्कहरू देख्दा मलाई टाउको दुख्छ। मलाई शब्दहरू अध्ययन गर्न, शब्दावली सिक्‍न, र त्यस्ता कुराहरू रुचाउँछु।” उसले भन्यो, “त्यो सिक्‍नु त व्यर्थ हुन्छ। ललित कला अध्ययन गर्ने मानिसहरूको सामान्यतया कुनै भविष्य हुँदैन।” उसले के भन्यो, हेर त। के त्यसमा कुनै सामान्य मानव समझ छ? (अहँ, छैन।) जब मैले ऊसँग यस्तो शान्त र मैत्रीपूर्ण शैलीमा कुरा गरेँ र अन्तरक्रिया गरेँ, तब उसले मामलालाई सही रूपमा सम्हाल्न सकेन। बरु, उसले मलाई हेला गरेर होच्यायो। यदि उसले हैसियत वा ज्ञान भएको व्यक्ति भेटेको भए, अवस्था फरक हुन सक्थ्यो। सँगै केही समय बिताएपछि, उसले यस्तो महसुस गर्न थाल्नेथियो, “मैले परमेश्‍वरलाई चिनेको छु, उहाँसँग कुराकानी गरेको छु, र उहाँसँग व्यवहार गरेको छु।” उसले अब केही पूँजी पाएको छु भन्‍ने सोच्नेथियो। परिणाम स्वरूप, उसको बोल्ने शैली परिवर्तन हुनेथियो। एक पटक, मैले उसलाई सोधेँ, “मैले त कसैले उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न नचाहेको र घर जान चाहेको कुरा सुनेको थिएँ। के त्यो व्यक्ति घर गयो?” उसले भन्यो, “ए, त्यो व्यक्ति? उसले कहिल्यै पनि घर जाने अभिप्राय राखेको नै थिएन!” यो कस्तो बोल्ने शैली हो? के त्यो परिवर्तन भयो? मैले उसलाई पहिलो पटक भेट्दा, उसलाई मसँग कुरा गर्न सक्दिनँ भन्‍ने लागेको थियो: उसले सम्मानजनक व्यवहार गर्थ्यो र नम्र भएर असल व्यवहार गर्थ्यो। अहिले ऊ अलिक परिचित भएको हुनाले, उसको साहस बढेको छ। यो कस्तो शैली हो? उसले मसँग बोल्दा आफूमा अलिक अनाज्ञाकारीता, जिद्दीपन, बेवास्ता, र हेला गर्ने अनि निन्दापूर्ण मनोवृत्ति देखाउँछ। यो कस्तो स्वभाव हो? यो दुष्टता हो। के यो सामान्य मानवता भएको व्यक्ति हो? (अहँ, होइन।) साधारण र सामान्य व्यक्तिले सामान्य रूपमा नै तँसँग कुराकानी गर्न र बोल्‍न सक्छ—यो सबैभन्दा सामान्य कुरा हो। यदि उसले तँलाई हेप्छ, दमन गर्छ, वा हेला गर्छ भने, कस्तो महसुस हुन्छ? के तँलाई यसरी व्यवहार गर्दा तिनीहरूले कुनै सामान्य मानवता देखाउँछन्? मलाई भन्, यदि यस्तो व्यक्तिले संसारको प्रसिद्ध व्यक्ति, हैसियत र प्रतिष्ठा भएको व्यक्ति, वा उसको मालिक वा वरिष्ठलाई भेट्यो भने, के उसले तिनीहरूसँग यसरी कुरा गर्ने आँट गर्नेथियो? आँट गर्नेथिएन। ऊ तत्परताका साथ लम्पसार पर्नेथियो, र आफूलाई जनाउन र यी मानिसहरूसँग कुरा गर्नका लागि अप्रधान, अनुचर, सेवक, विनम्र व्यक्ति, साधारण व्यक्ति, वा अकुलीन जस्ता पदवी नामहरू लिनेथियो। गैरविश्‍वासीहरूका बीचमा, शीर्ष अधिकारीहरूले आफूभन्दा तल्लो स्तरका मानिसहरूलाई कुल्चीमिल्ची गर्छन्, र तँ जस्तो व्यर्थको व्यक्तिसँग शान्त र मैत्रीपूर्ण शैलीमा कसले कुराकानी गर्नेथियो र? तिनीहरू खुशी हुँदा कहिलेकहीँ तँसँग कुरा गरे पनि, तिनीहरूले तेरो कुनै ख्याल गर्दैनन्; तिनीहरूले तँलाई कुनै कारणविना लात हान्दै तँसँग मानवभन्दा तल्‍लो स्तरको प्राणीका रूपमा व्यवहार गर्छन्। जब म त्यस व्यक्तिसँग शान्त र मैत्रीपूर्ण शैलीमा बोल्छु र कुराकानी गर्छु, तब मैले सकारात्मक प्रतिक्रिया प्राप्त गर्न नसक्‍ने मात्र होइन, तर मैले तिरस्कार, हेला, गिल्ला, र उपहासको सामना पनि गर्छु। त्यो व्यक्तिसँग अन्तरक्रिया गर्ने मेरो शैलीमा केही खराबी भएकोले यस्तो भएको हो कि उसको स्वभावमा समस्या भएकोले हो? (त्यो व्यक्तिको स्वभाव अत्यन्तै अहङ्कारी भएकोले हो।) ठीक भन्यौ, मैले पनि त्यस्तै सोचिरहेको छु। म सबैसँग एउटै तरिकाले व्यवहार गर्छु, त्यसोभए किन कतिपयले सही प्रतिक्रिया दिन्छन्, जबकि अरूले दिँदैनन्? मानिसहरूलाई सामान्यतया दुई वर्गमा विभाजन गर्न सकिन्छ: कसरी अरूलाई सम्मान गर्ने, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धलाई बुझ्ने, र तिनीहरू को हुन् भन्‍ने कुरा जान्ने मानवता भएका मानिसहरू, र आत्म-चेतना नभएका दुष्ट र अहङ्कारी मानिसहरू। मलाई भन्, मानव छाला ओढेको तर आफू को हुँ भनेर समेत नचिन्‍ने कुरालाई के भनिन्छ? त्यो एउटा समझ विहीन पशु हो। अर्को पटक, मैले उसलाई सोधेँ, “मैले केही दिन पहिले तँलाई सम्हाल्न निर्देशन दिएको मामला कस्तो भयो? के तैँले ती कुराहरू सम्हालिस्?” उसले भन्यो, “तपाईंले के कुरा गरिरहनुभएको छ?” मैले भनेँ, “ती एक-दुई वटा कुरा, के तिमीहरूले त्यसलाई सम्हाल्यौ? के ती कुरा सम्हालिए?” मैले उसलाई दुई पटक सम्झाएँ, र उसले बल्ल सम्झ्यो, “ए, तपाईंले ती कुराहरूका बारेमा पो भन्‍नुभएको हो? ती त धेरै पहिले नै सम्हालिसकिए।” पहिलो शब्द, “ए” ले कस्तो शैली व्यक्त गर्छ? यो फेरि पनि तिरस्कारको शैली हो, उसको दियाबलस प्रकृति फेरि देखा पर्‍यो। उसको प्रकृति अपरिवर्तित नै रह्यो; ऊ यस्तै प्रकारको दुष्ट व्यक्ति हो। मैले उसलाई उसले कसरी यसलाई सम्हाल्यो भनेर सोधिरहेँ, र उसले थप विवरणहरू नदिई, “केही मानिसहरूले यसलाई हेरेर त्यसरी नै सम्हाले” भनेर प्रतिक्रिया दियो। यदि मैले थप विवरणहरू सोध्‍ने प्रयास गरेको भए, मैले ती कुराहरू तोकेर सोधे पनि, मैले केही पत्ता लगाउनेथिइनँ। मैले उसलाई एउटा कार्य सम्हाल्ने निर्देशन दिएको थिएँ; के मलाई जानकारी लिने अधिकार हुँदैन र? (हुन्छ।) त्यसोभए, उसको जिम्मेवारी के थियो? मबाट कार्य पाएपछि, के उसले यसलाई कसरी सम्हाल्यो भनेर रिपोर्ट गर्नु पर्दैनथियो र? (पर्थ्यो।) तर उसले रिपोर्ट गरेन, र मैले त्यस अवधिमा कुनै पनि जानकारी प्राप्त गर्न सकिनँ। मैले यो मामला कसरी सम्हालियो भनेर सोधपुछ गर्न कसैलाई पठाउन मात्रै सकेँ, तर पनि, कुनै प्रतिक्रिया आएन। मैले मनमनै सोचेँ, “ठीक छ, म तँलाई सम्झनेछु। तँ भरपर्दो छैनस्। मैले तँलाई कुनै कुरा सुम्पन सक्दिनँ। तँमा विश्‍वासयोग्यताको धेरै कमी छ!” यो कस्तो दियाबलस हो? त्यस्तो व्यक्तिको स्वभाव कस्तो हुन्छ? दुष्टता। जब तैँले उसँग समान रूपमा व्यवहार गर्छस्, शिष्टताको साथ छलफल गर्छस्, र मित्रवत् व्यवहार गर्ने प्रयास गर्छस्, तब उसले यसलाई कसरी लिन्छ? उसले यसलाई तेरो अयोग्यता र कमजोरीका रूपमा हेर्छ, तँलाई सोझो व्यक्तिका रूपमा हेर्छ। के यो दुष्टता होइन र? (हजुर, हो।) यो पूर्ण दुष्टता हो। यस्ता दुष्ट व्यक्ति व्यापक नभए पनि, तिनीहरू हरेक मण्डलीमा हुन्छन्। तिनीहरूको हृदय कठोर, अहङ्कारी, सत्यताप्रति वितृष्ण हुन्छ, र तिनीहरूको स्वभाव दुर्भावनापूर्ण हुन्छ। यी स्वभाव र व्यवहारहरूले नै यस्ता मानिसहरूलाई दुष्ट हुन् भन्‍ने पुष्टि गर्छन्। तिनीहरूलाई दया, सहनशीलता, धैर्यता, र प्रेम जस्ता सामान्य मानवताका सकारात्मक पक्षहरू मन नपर्ने मात्र होइन, तर यसको विपरीत तिनीहरूले हृदयमा भेदभाव र अवहेलना पालेर बस्छन्। त्यस्ता मानिसहरूको हृदयको गहिराइमा के हुन्छ? दुष्टता। तिनीहरू अत्यन्तै दुष्ट हुन्छन्! यो ख्रीष्ट विरोधीहरूको दुष्टताको अर्को प्रकटीकरण हो।

आज, ख्रीष्ट विरोधीहरूका दुष्ट प्रकटीकरणहरूका बारेमा रहेको हाम्रो सङ्गतिको विषयवस्तु अघिल्ला दुई वटा सङ्गतिको भन्दा अलिक फरक छ, र हरेकले एउटा पक्षलाई जोड दिन्छ। मलाई भन्, ख्रीष्ट-विरोधीहरूको हृदयको गहिराइमा, तिनीहरूले ज्ञान, सिकाइ, वरदान, र विशेष प्रतिभाहरूलाई सम्मान गर्छन्—तिनीहरूले यी कुराहरूप्रति गहन सम्मान महसुस गर्छन्—त्यसोभए, के तिनीहरूमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? (अहँ, हुँदैन।) कतिपयले समय बित्दै जाँदा तिनीहरू परिवर्तन हुन सक्छन् भनेर भन्‍न सक्छन्। के तिनीहरू परिवर्तन हुनेछन्? अहँ, हुनेछैनन्, सक्दैनन्। परमेश्‍वरको नम्रता र गुप्तता, उहाँको साँचो प्रेम, उहाँको विश्‍वसनीयता, र मानवजातिप्रति उहाँको कृपा र हेरचाहलाई तिरस्कार गर्ने स्वभाव तिनीहरूको प्रकृतिमा हुन्छ। अरू के छ? तिनीहरूले मानिसहरूका बीचमा जिउनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई तिरस्कार गर्छन्, र अझै बढी, ज्ञान, सिकाइ, विज्ञान, र वरदानहरूसँग कुनै प्रसङ्ग नजोडिएका सबै सत्यताहरूलाई घृणा गर्छन्। के त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (अहँ, सकिँदैन।) किन तिनीहरूले मुक्ति पाउन सक्दैनन्? किनभने यो कुनै भ्रष्ट स्वभावको क्षणिक प्रकटीकरण होइन; यो तिनीहरूको प्रकृति सारको प्रकटीकरण हो। अरूले तिनीहरूलाई जसरी सल्लाह दिए पनि वा तिनीहरूलाई जति धेरै सत्यता सङ्गति गरे पनि, यीमध्ये कुनै पनि कुराले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। यो अस्थायी सौख होइन, तर यी कुराहरूका लागि तिनीहरूमा गहन रूपमा जरा गाडेर बसेको आवश्यकता हो। तिनीहरूलाई ज्ञान, सिकाइ, वरदान, र विशेष प्रतिभा चाहिने हुनाले नै, यसले तिनीहरूलाई यी कुराहरूलाई सम्मान गर्ने तुल्याउँछ। सम्मान भनेको के हो? यसको अर्थ यी कुराहरूलाई जुनसुकै मूल्य तिरेर पनि पछ्याउन र प्राप्त गर्न इच्छुक हुनु हो, सम्मान भनेको यही हो। यी कुराहरू प्राप्त गर्नका खातिर, तिनीहरू कष्ट सहन र कुनै पनि मूल्य चुकाउन इच्छुक हुन्छन्, किनभने यी कुराहरूलाई तिनीहरू सम्मान गर्छन्। कतिपयले यसो समेत भन्छन्, “परमेश्‍वरले मलाई जेसुकै गर्न लगाउनुहुन्छ त्यो ठीकै हुन्छ। परमेश्वरले मबाट सत्यता खोजी गर्ने माग नगर्नुभएसम्म, म परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छु।” तिनीहरूले यसको आशा गर्छन्। यी मानिसहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनन्; तिनीहरूले शान्त भएर प्रवचनहरू सुन्दै र परमेश्‍वरका वचनहरू पढ्दै बसे पनि, तिनीहरूले यी कुराहरूबाट प्राप्त गर्ने कुरा सत्यता हुँदैन। किनभने तिनीहरूले सधैँ मानव धारणा र कल्पनाहरूसँग परमेश्‍वरका वचनहरूलाई तुलना गर्छन्, ईश्वरशास्त्रीय ज्ञानको प्रयोग गरेर परमेश्‍वरका वचनहरू अध्ययन गर्छन्, जसले गर्दा तिनीहरूले सत्यता प्राप्त गर्नु असम्भव हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूबाट ज्ञान, सिकाइ, र कुनै प्रकारको जानकारी वा रहस्य प्राप्त गर्ने—, तिनीहरूले तृष्णा गर्ने र खोजी गर्ने कुनै प्रकारको सिकाइ प्राप्त गर्ने आशा गर्छन्, जुन कुरा आम मानिसहरूलाई थाहा हुँदैन। मानिसहरूका निम्ति अज्ञात रहेको यो सिकाइ प्राप्त गरेपछि, तिनीहरू यसलाई प्रदर्शन गरेर हिँड्छन्, र मानिसहरूका बीचमा अझै बढी प्रतिष्ठा, हैसियत, र विश्‍वासयोग्यता प्राप्त गर्न, मानिसहरूलाई अझै बढी आराधना गर्ने तुल्याउँदै, यो शिक्षा र ज्ञानले आफूलाई सुसज्जित तुल्याउने र प्रदर्शन गर्ने र अझै सम्माननीय र सन्तुष्ट जीवन जिउने व्यर्थको आशा गर्छन्। त्यसकारण, तिनीहरूले आफूले गरेका निश्‍चित महत्त्वपूर्ण कुराहरूका बारेमा, तिनीहरूले महिमामय ठानेका कुराहरूका बारेमा, साथै प्रभावशाली ठानेका कुराहरूका बारेमा अथक रूपमा धाक लगाउँछन्, र जसबारे तिनीहरू फाइँफुट्टी लाउन सक्छन् र जुन प्रयोग गरेर आफ्नो क्षमता र पृथक्ता देखाउन प्रयोग गर्न सक्छन्। तिनीहरूले जहाँ गए पनि, एउटै सिद्धान्त सङ्ग्रहको प्रचार गर्छन्। यी मानिसहरूले परमेश्‍वरका वचनहरू चाहे जसरी पढे पनि वा भेलाहरूमा जसरी सहभागिता जनाए पनि र प्रवचन सुने पनि, सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले अलिकति सत्यता बोध गरे पनि, यसलाई पटक्‍कै अभ्यास गर्नेछैनन्। त्यस्ता मानिसहरूको सार यही हो, र कसैले पनि परिवर्तन गर्न नसक्ने कुरा हो। किनभने तिनीहरू अन्तर्निहित रूपमा नै त्यस्ता कुराले भरिएका हुन्छन् जुन अरूसँग हुँदैन, र तिनीहरूले प्रेम गर्ने कुरा तिनीहरूको अन्तर्निहित दुष्ट सारसँग सम्बन्धित हुन्छ—यो तिनीहरूको घातक कमजोरी हो। तिनीहरूले सत्यतालाई स्वीकार नगर्ने, पावलको मार्ग पछ्याउने, र अन्त्यसम्म सत्यता र परमेश्‍वरको विरोध गर्ने नियति पाएका हुन्छन्। किन? किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरूले यसलाई कहिल्यै स्वीकार गर्नेछैनन्।

के तिमीहरूले ख्रीष्ट-विरोधीहरूको दुष्टता अनुभव गरेका छौ? के तिमीहरूको वरिपरि यस्ता मानिसहरू छन्? के तिमीहरू त्यस्ता मानिसहरूको सम्पर्कमा आएका छौ? हामीले किन धेरै भेलाहरूमा यस विषयमा छलफल गर्दै समय बिताएका छौँ? सामान्यतया, जब मानिसहरूले आफूलाई चिन्‍ने बारेमा कुरा गर्छन्, तब तिनीहरूले अहङ्कार, आत्म-धर्मीपन, र छलीपनका स्वभाव उल्लेख गरेको प्रायजसो सुन्छु। तैपनि, मानिसहरूले दुष्टताका बारेमा कुरा गरेको बिरलै सुनिन्छ। अहिले, हामीले दुष्ट स्वभावका बारेमा सङ्गति गर्ने क्रममा, म प्रायजसो मानिसहरूले कसैको स्वभाव दुष्ट छ भनेर भनेको सुन्छु। तिमीहरूले केही बुझाइ प्राप्त गरेका छौ जस्तो देखिन्छ। विगतमा, जब मानिसहरूले आफूलाई चिन्‍नेबारे कुरा गर्थे, तब तिनीहरूले सधैँ अहङ्कारको कुरा उठाउँथे। अहिले यसलाई हेर्दा, कुन स्वभावचाहिँ बढी गम्भीर छ, अहङ्कार कि दुष्टता? (दुष्टता।) ठीक भन्यौ। विगतमा, मानिसहरूले दुष्टताको समस्याको गम्भीरतालाई पहिचान गर्दैनथिए। वास्तवमा, दुष्टताको स्वभाव र सार अहङ्कारभन्दा पनि गम्भीर हुन्छ। यदि व्यक्तिको स्वभाव र प्रकृति सार अत्यन्तै दुष्ट छ भने, म तँलाई भन्छु, तँ तिनीहरूसँगको सम्पर्कबाट जोगिनुपर्छ—टाढा बस्। त्यस्ता मानिसहरू सही मार्गमा हिँड्नेछैनन्। दुष्ट मानिसहरूसँग सङ्गत गरेर र सम्पर्क कायम राखेर तैँले के-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि कुनै फाइदाहरू छैनन्, तर तिनीहरूको दुष्टतालाई प्रतिरोध गर्न तँसँग “प्रतिवस्तु” छ भने, तैँले तिनीहरूसँग अन्तरक्रिया गर्न सक्छस्। के तँसँग यो सुनिश्‍चितता छ? (छैन।) यदि तँसँग यो सुनिश्‍चितता छैन भने तँ किन त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्नबाट जोगिनुपर्छ? किनभने दुष्टताको पछाडि, अरू दुई वटा कुराहरू हुन्छन्—कपटीपन र छलीपन। सत्यताबारे बुझाइ नभएका र अनुभव र अन्तर्ज्ञान नभएका धेरैजसो मानिसहरू सहजै बहकाउमा पर्छन्। तँ तिनीहरूद्वारा वशमा मात्रै पारिन सक्छस्, र अन्त्यमा, तँ तिनीहरूको कैदी बन्छस्। तिनीहरूको कैदी दुई तरिकाले बन्‍ने सम्‍भावना हुन्छ: या त तैँले तिनीहरूलाई पराजित गर्न सक्दैनस्, र तँ हृदयमा विश्‍वस्त हुँदैनस्, तर बाध्यताले गर्दा, तँ तिनीहरूप्रति मौखिक रूपमा समर्पित हुनुपर्छ; वा, अर्को तरिका छ जसमा तँलाई तिनीहरूले पूर्ण रूपमा वशमा पार्छन्। किनभने ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिमा मानिसहरूलाई अज्ञात रहेको केही कुरा हुन्छ: तिनीहरूले तँलाई तिनीहरूको कुरा सुन्न, ती ठीक, सही, र सकारात्मक छन् भनेर विश्वस्त तुल्याउनका लागि विभिन्‍न माध्यम, भाषण, विधि, रणनीति, तरिका, र भ्रमहरू प्रयोग गर्न सक्छन्, र तिनीहरूले दुष्कर्म गरे पनि, सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, र भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, अन्तमा, तिनीहरूले परिस्थितिलाई उल्ट्याइदिनेछन् र मानिसहरूलाई तिनीहरू सही छन् भन्‍ने सोच्न लगाउनेछन्। तिनीहरूमा यो क्षमता हुन्छ। यो क्षमता के हो? यो अत्यन्तै बहकाउने व्यक्ति बन्‍नु हो। यो तिनीहरूको दुष्टता हो, तिनीहरू अत्यन्तै बहकाउने व्यक्ति हुन्। तिनीहरूको हृदयमा, तिनीहरूले मन पराउने, नपराउने, वितृष्णा मान्‍ने, सम्मान र आराधना गर्ने कुराहरू निश्‍चित विकृत दृष्टिकोणहरूद्वारा निर्मित हुन्छन्। यी दृष्टिकोणहरूमा धेरै सिद्धान्तहरू हुन्छन्, जुन सबै घतलाग्दा भ्रमहरू हुन्छन् जसलाई साधारण मानिसहरूले खण्डन गर्न गाह्रो हुन्छ किनभने तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र आफ्ना गल्तीहरूका लागि परिष्कृत तर्कहरू समेत प्रस्तुत गर्न सक्छन्। सत्यता वास्तविकताविना, तैँले तिनीहरूलाई सत्यता सङ्गति गरेर विश्‍वस्त पार्न सक्दैनस्। अन्तिम परिणाम के हुन्छ भने तिनीहरूले खोक्रा सिद्धान्तहरू प्रयोग गरेर तेरो खण्डन गर्छन्, तँलाई निशब्द बनाउँछन्, र बिस्तारै तँ तिनीहरूको अधीनमा पर्छस्। त्यस्ता मानिसहरूको दुष्टता तिनीहरू अत्यन्तै बहकाउने किसिमका छन् भन्‍ने तथ्यमा निहित हुन्छ। स्पष्ट रूपमा नै, तिनीहरू केही पनि होइनन् र आफूले पूरा गर्ने हरेक कर्तव्यमा तिनीहरूले गडबड गर्छन्; तैपनि, अन्तमा, तिनीहरूले अझै पनि कतिपय मानिसहरूलाई बहकाएर तिनीहरूको आराधना गर्ने तुल्याउन, तिनीहरूको पाउमा “घुँडा” टेकाउन, र तिनीहरूप्रति आज्ञाकारी बनाउन सक्छन्। यस्तो व्यक्तिले गलतलाई सही, कालोलाई सेतोमा रूपान्तरित गर्न सक्छ। उसले सत्य र झूटलाई उल्ट्याउन, आफूले गरेका गलत कुराहरूको दोष अरूको काँधमा हालिदिन, र अरूका असल कार्यहरूका श्रेय लिन सक्छ, मानौँ त्यो श्रेय उसको आफ्‍नै हो। समय बित्दै जाँदा, तँ अन्योलमा पर्छस्, र ऊ साँचो रूपमा को हो भन्‍ने तँलाई थाहा हुँदैन। उसको बोलीवचन, व्यवहार, र रूपलाई मूल्याङ्कन गर्दा, तैँले यस्तो सोच्न सक्छस्, “यो व्यक्ति असाधारण छ; हामी आफ्नो तुलना उसँग गर्न सक्दैनौँ!” के यो बहकाउमा पर्नु होइन र? तँ छलमा परेको दिन नै तँ खतरामा पर्ने दिन हो। के अरूलाई बहकाउने यस्तो व्यक्ति अत्यन्तै दुष्ट हुँदैन र? उसको कुरा सुन्‍ने जोकोही व्यक्ति बहकाउ र बाधामा पर्न सक्छ, र उसलाई सामान्य हुन केही समयसम्म गाह्रो हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले उसलाई चिन्‍न सक्छन् र ऊ बहकाउने व्यक्ति हो भन्‍ने देख्‍न सक्छन्, उसलाई खुलासा र इन्कार गर्न सक्छन्, तर बहकाउमा परेका अरूले यसो भन्दै उसको प्रतिरक्षा समेत गर्न सक्छन्, “होइन, परमेश्‍वरको घरले उसलाई अनुचित व्यवहार गरिरहेको छ; म उसको पक्षमा खडा हुनुपर्छ।” यहाँ समस्या के हो? स्पष्ट रूपमा नै, तिनीहरू बहकाउमा परेका हुन्छन्, तैपनि तिनीहरूले आफूलाई बहकाउने व्यक्तिको प्रतिरक्षा गर्छन् र उसलाई सही साबित गर्छन्। के यी परमेश्‍वरमा विश्‍वास गर्ने तर मानवलाई पछ्याउने मानिसहरू होइनन् र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी त गर्छन्, तर किन तिनीहरूले यस व्यक्तिको यसरी आराधना गर्छन् र विशेष रूपमा प्रतिरक्षा गर्छन्? यदि तिनीहरूले यस्तो स्पष्ट कुरा पत्ता लगाउन सक्दैनन् भने, के तिनीहरू निश्‍चित हदसम्म बहकाउमा परेका हुँदैनन् र? ख्रीष्ट विरोधीले मानिसहरूलाई यो हदसम्म बहकाएको हुन्छ कि तिनीहरू उप्रान्त मानव जस्तो देखिँदैनन् वा तिनीहरूलाई परमेश्‍वर पछ्याउने मन हुँदैन; बरु, तिनीहरूले ख्रीष्ट विरोधीको आराधना गर्छन् र उसलाई पछ्याउँछन्। के यी मानिसहरूले परमेश्‍वरलाई धोका दिइरहेका हुँदैनन् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर उहाँले तँलाई प्राप्त गर्नुभएको छैन, र ख्रीष्ट विरोधीले तेरो हृदय प्राप्त गरेको छ, र तँ उसलाई पूरै हृदयले पछ्याउँछस् भने, तँलाई उसले परमेश्‍वरको घरबाट टाढा लगेको छ भन्‍ने कुरा यसले प्रमाणित गर्छ। तँ परमेश्‍वरको हेरचाह र सुरक्षाबाट, परमेश्‍वरको घरबाट टाढा गएपछि, ख्रीष्ट विरोधीले तँसँग आफूले चाहे अनुसार चालबाजी गर्न र खेलाउन सक्छ। उसले तँलाई खेलाइसकेपछि, तँलाई उप्रान्त चाहनेछैन, र ऊ अरूलाई बहकाउने कार्यमा अघि बढ्नेछ। यदि तैँले उसको कुरा सुनिरहिस् र तँमा उसले फाइदा उठाउन सक्‍ने मूल्य छ भने, उसले तँलाई अझै केही समयका लागि पछ्याउन दिन सक्छ। तैपनि, यदि उसले उप्रान्त तँमा शोषण गर्न सकिने मूल्य छ भन्‍ने देख्‍न छोड्यो भने, यदि उसले उप्रान्त तेरो ख्याल गर्न छोड्यो भने, उसले तँलाई त्याग्‍नेछन। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न फर्केर आउन सक्छस्? (सक्दिनँ।) किन तैँले उप्रान्त फेरि विश्‍वास गर्न सक्दैनौ? किनभने तेरो प्रारम्भिक आस्था हराएको हुन्छ; यो बिलाएको हुन्छ। ख्रीष्ट विरोधीहरूले यसरी नै मानिसहरूलाई बहकाउँछन् र हानि गर्छन्। जसरी शैतानले आदम र हव्वालाई बहकाएको थियो, त्यसरी नै तिनीहरूले मानिसहरूले आराधना गर्ने ज्ञान र शिक्षा प्रयोग गरेर, साथै आफ्ना वरदानहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउँछन् र नियन्त्रण गर्छन्। ख्रीष्ट-विरोधीको प्रकृति सार जस्तोसुकै भए पनि, उसले आफ्नो प्रकृति सारमा जे कुरालाई मन पराए पनि, घृणा गरे पनि, र सम्मान गरे पनि, एउटा कुरा निश्‍चित छ: उसले मन पराउने कुरा र मानिसहरूलाई बहकाउन प्रयोग गर्ने कुरा सत्यताको विरुद्धमा जान्छ, सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन, र यो परमेश्‍वरप्रति शत्रुवत् हुन्छ—यो कुरा निश्‍चित छ। यो कुरा याद गर: ख्रीष्ट विरोधीहरू कहिल्यै पनि परमेश्‍वरसँग मिल्ने हुन सक्दैनन्।

मलाई भन्, कस्ता मानिसहरूले ख्रीष्ट विरोधीहरूको दुष्टताको लक्षण र चिन्हहरू प्रदर्शन गर्छन्? (वरदान भएका मानिसहरूले।) अरू कसले? (धाक लगाउन मन पराउनेहरूले।) धाक लगाउन मन पराउनेहरू, त्यो पर्‍याप्त रूपमा दुष्ट भएन। तिनीहरूलाई धाक लगाउन मन लाग्‍ने भए पनि, तिनीहरूमा अरूलाई नियन्त्रण गर्ने चाहना हुँदैन, तिनीहरू त्यो हदसम्‍म पुगेका हुँदैनन्—यो त भ्रष्ट स्वभाव हो। यसलाई विस्तृत रूपमा विचार गर: कुन-कुन मानिसहरूले लक्षण र चिन्हहरू देखाउँछन् जसले गर्दा तैँले तिनीहरूमा रहेका विभिन्‍न व्यवहार र सङ्केतहरूबाट त्यो कुकर्मी ख्रीष्ट विरोधी हो भनेर सुरुमा नै पत्ता लगाउने तुल्याउँछ? (हैसियतलाई प्रेम गर्ने अहङ्कारी मानिसहरू।) अहङ्कार र हैसियतप्रतिको प्रेमको केही प्रासंगिकता हुन्छ, तर यो त्यति हदसम्‍म पुग्दैन। म एउटा कुराका बारेमा बताउँछु र तिमीहरूले यो कुरा सुन र महत्त्वपूर्ण छ कि छैन भनी हेर। कतिपय मानिसहरूले सत्यता र सकारात्मक कुराहरूभन्दा फरक दृष्टिकोणहरू निरन्तर उठान गर्छन्। बाहिरबाट हेर्दा, तिनीहरू सधैँ लैलैमा लाग्न र अरूभन्दा उत्कृष्ट देखिन चाहन्छन् जस्तो लाग्‍न सक्छ, तर कुरा त्यही नै हो भन्‍ने आवश्यक छैन। तिनीहरूको दृष्टिकोणले यस्तो बाहिरी व्यवहार पैदा गरेको पनि हुन सक्छ। वास्तवमा, यदि तिनीहरूले साँच्‍चै नै त्यस्ता दृष्टिकोणहरू राख्छन् भने, गम्भीर समस्या हुनेछ। उदाहरणका लागि, जब सबैले यसो भन्दै सँगै सङ्गति गरिरहेका हुन्छन्, “हामीले यस कुरालाई परमेश्‍वरबाट आएको भनेर स्वीकार गर्नुपर्छ। यदि हामीले नबुझेमा, हामी सुरुमा समर्पित हुनुपर्छ,” र सबैले यस कुरामा सहमति जनाउँछन्, के यो दृष्टिकोण सही हुन्छ? (हजुर, हुन्छ।) के अभ्यासको यो सिद्धान्त विचलन हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, मानिसहरूले ख्रीष्ट विरोधीको दुष्ट स्वभावका चिन्ह र लक्षणहरू छन् भन्‍ने कुरा देखाउने कस्ता प्रकारका शब्दहरू बोल्छन्? “समर्पणता एउटा कुरा हो, तर तैँले के भइरहेको छ भन्‍ने बुझ्नुपर्छ, होइन र? सबै कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ, होइन र? अलमल्ल रूपमा समर्पित हुन सकिँदैन; परमेश्‍वरले हामीलाई त्यत्तिकै समर्पित हुन आग्रह गर्नुहुन्न।” के यो एक प्रकारको तर्क होइन र? (हजुर, हो।) कतिपय मानिसहरूले भन्छन्, “यदि हामीले केही नबुझेमा, हामीले बुझ्ने व्यक्तिसँग सङ्गति गर्न खोज्दै, धैर्य गरेर प्रतीक्षा गर्न सक्छौँ। अहिले, हामीमध्ये कसैले पनि बुझ्दैन, र हामीले सङ्गति गर्ने कोही पनि भेट्टाउन सक्दैनौँ। त्यसकारण, पहिले हामी समर्पित होऔँ।” ख्रीष्ट-विरोधीहरूको दृष्टिकोण के हुन्छ? “तिमीहरू सब थोकमा समर्पित भएर सब थोकमा परमेश्‍वरको कुरा सुन्‍ने कमजोर मानिसहरू हौ। मेरो कुरा सुन! किन कसैले पनि मेरो उल्लेख गरेको छैन? म तिमी सामु एउटा गहन राय प्रस्तुत गर्छु!” तिनीहरूले आफ्ना उच्च विचार साझा गर्न चाहन्छन्। तिनीहरू सत्यता अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मानिसहरूको विरुद्ध हुन्छन्। तिनीहरू सधैँ उच्च स्थानमा बस्न, लड्न, दुष्ट चलाकीहरूको सहारा लिन, उच्च विचार प्रस्तुत गर्न, र मानिसहरूलाई तिनीहरूलाई फरक तरिकाले हेर्न लगाउन चाहन्छन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट स्वभावको लक्षण होइन र? के यो तिनीहरूको चिन्ह होइन र? सबै जना समर्पित हुनु किन गलत हो? तिनीहरू मूर्खतापूर्ण रूपमा समर्पित भए पनि—के यो गलत हो? के परमेश्‍वरले त्यो कार्यको निन्दा गर्नुहुनेछ? (अहँ, गर्नुहुनेछैन।) परमेश्‍वरले त्यसको निन्दा गर्नुहुनेछैन। तिनीहरूसँग परिस्थिति भङ्ग गरेर खैलाबैला मच्चाउने के अधिकार हुन्छ? जब तिनीहरूले मानिसहरूलाई परमेश्‍वरमा समर्पित भइरहेको देख्छन्, तब के हृदयमा तिनीहरूलाई रिस उठ्छ? जब तिनीहरूले मानिसहरू परमेश्‍वरमा समर्पित भइरहेको देख्छन्, तब हृदयमा तिनीहरूलाई रिस उठ्छ, तिनीहरूले कुनै फाइदा पाउँदैनन्, मानिसहरूले तिनीहरूलाई पालन गर्दैनन्, तिनीहरूको कुरा सुन्दैनन्, तिनीहरूको सल्लाह लिँदैनन् भनेर तिनीहरू असन्तुष्ट हुन्छन्, र बेखुसी हुन्छन्—तिनीहरूले मनमनै यस्तो सोच्दै प्रतिरोध गर्छन्, “तँ कोमा समर्पित हुन्छस्? के तँ सत्यतामा समर्पित हुन्छस्? सत्यतामा समर्पित हुनु ठीकै हो, तर हामीले त्यसलाई अध्ययन गर्नुपर्छ। त्यसोभए, सत्यता के हो? के तँ सही तरिकाले समर्पित हुन्छस्? के तैँले कम्तीमा पनि भित्री-बाहिरी सबै कुरा बुझ्नु पर्दैन र?” के यो तिनीहरूको तर्क होइन र? तिनीहरूले के गर्ने प्रयास गरिरहेका हुन्छन्? तिनीहरू मानिसहरूलाई बहकाउनका लागि खैलाबैला मच्चाउन चाहन्छन्। कतिपय बोधो, मन्दबुद्धि भएका र मूर्ख मानिसहरू यो सुनेपछि, बहकिन्छन्, जबकि छुट्याउन सक्ने मानिसहरूले यसो भन्दै तिनीहरूलाई खण्डन गर्छन्, “तिमीले के गरिरहेको छौ? के म परमेश्‍वरमा समर्पित भएकोमा तिमीलाई ईर्ष्या र डाहा लाग्छ? म परमेश्‍वरमा समर्पित हुँदा तिमी बेखुसी हुन्छौ, तर मैले तिमीलाई पालन गर्दा तिमी खुसी हुन्छौ? के सबैले तिमीलाई पालन गर्दा, तिम्रो कुरा सुन्दा, र तिमीले जे भन्यो त्यही गर्दा मात्रै त्यो सही हुन्छ? के तिमीले भनेको कुरा सत्यतासँग मिल्छ?” यो देख्दा, तिनीहरूले यसो सोच्छन्, “कतिपय मानिसहरू छुट्याउन सक्ने हुन्छन्—म अहिलेलाई पर्खनेछु।” छोटकरीमा भन्दा, जब सबैले सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गरिरहेका हुन्छन्, तब तिनीहरू नउफ्री बस्न सक्दैनन्। सबैले जति परमेश्‍वरलाई पालन गर्छन्, परमेश्‍वरको घरका प्रबन्धहरूमा जति समर्पित हुन्छन्, परमेश्‍वरका वचनहरू अनुसार जति अभ्यास गर्छन्, कामका प्रबन्ध र सिद्धान्तहरू अनुसार जति मामलाहरू सम्हाल्छन्, तिनीहरू त्यति नै असहज, निराश र व्याकुल हुन्छन्। यो ख्रीष्ट-विरोधीहरूको दुष्ट सारको लक्षण हो। जबसम्म सबैले परमेश्‍वरका वचनहरू सुन्छन्, सत्यता अभ्यास गर्छन्, र सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्छन्, तबसम्म तिनीहरू असहज र बेचैन हुन्छन्। के यो समस्या होइन र? (हजुर, हो।) यदि कसैले पनि परमेश्‍वरका वचनहरू पढ्दैनन्, वा तिनीहरूले पढे पनि त्यसबारे सङ्गति गर्दैनन्, यदि तिनीहरूले ख्रीष्ट विरोधीहरूको कुरा मात्रै सुन्छन् भने, तिनीहरू हर्षित हुन्छन्। यसले कुन समस्यालाई चित्रण गर्छ? तिनीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूका बारेमा सङ्गति गर्दैनन्। जबसम्म सबैले शान्त भएर परमेश्‍वरका वचनहरूका बारेमा सङ्गति गरिरहेका हुन्छन्, र ख्रीष्ट विरोधीहरूले कसैले पनि तिनीहरूलाई ध्यान दिँदैनन्, तिनीहरूको कुरा सुन्दैनन्, तिनीहरूको आराधना प्राप्त गर्न सक्दैनन्, तिनीहरूको हैसियत खतरामा छ, र तिनीहरू खतरामा छन् भन्‍ने देख्छन्—तब तिनीहरूले परिस्थिति भङ्ग गर्न खैलाबैला मच्चाउँछन्, तँलाई बहकाउन र बाधा दिन विधर्म वा भ्रम अघि सार्छन्, जसले गर्दा तैँले भर्खरै छलफल गरेको कुरा सही हो कि गलत हो भन्‍ने कुरामा तँ अनिश्‍चित हुन्छस्। जब अन्तमा सबैले सङ्गतिद्वारा केही कुरा बुझ्छन्, तिनीहरू खैलाबैला मच्चाउन केही दुष्ट शब्दहरू बोल्छन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट स्वभाव होइन र? यो दुष्ट स्वभाव कुन प्रकटीकरणसँग मिल्छ? (सत्यताप्रतिको शत्रुतासँग।) एकदम सही। सबैले सत्यता जति धेरै बुझ्छन्, तिनीहरू त्यति नै निराश हुन्छन्। के यो सत्यताप्रतिको शत्रुता होइन र? के यो कुरा मिल्दैन र? (हजुर, मिल्छ।) के तिमीहरूले यस्ता मानिसहरू सामना गरेका छौ? सबैले कुनै कुराका बारेमा सङ्गति गरिरहेका बेला, तिनीहरू लामो समयसम्म चुप बस्छन्। अन्तमा, जब सङ्गतिमा केही स्पष्टता हुन्छ, तब तिनीहरू देखा पर्छन्, र देखा परेपछि यी मानिसहरूका लागि कामकुरा कठिन बनाइदिन चुनौतीपूर्ण प्रश्न प्रस्तुत गर्छन्। तिनीहरूको अभिप्राय यस्तो हुन्छ, “म तिमीहरूलाई देखाउँछु, म के गर्न सक्छु भन्‍ने तिमीहरूलाई देखाउनेछु! तिमीहरू सत्यताबारे सङ्गति गर्छौ, तिमीहरूले मेरो कुरा सुन्दैनौ, मलाई बेवास्ता गर्छौ, मेरा बारेमा वास्ता गर्दैनौ, र मलाई ध्यान दिँदैनौ, त्यसकारण म तिमीहरूलाई सङ्गति गर्न र गाह्रो प्रश्न गर्नेछु अनि अन्योलमा पार्नेछु!” के यो दियाबलस होइन र? (हजुर, हो।) यो दियाबलस हो, र यो वास्तविक ख्रीष्ट विरोधी हो।

कतिपय मानिसहरू, कुनै व्यक्ति नकारात्मक वा कमजोर छ भन्‍ने सुन्दा निकै खुशी हुन्छन्। विशेष गरी जब तिनीहरूले कसैले मण्डली जीवनमा बाधा दिइरहेको, कसैले मण्डलीको काम भताभुङ्ग पार्न दुष्ट कार्य गरिरहेको, वा कसैले अन्धाधुन्ध समस्या पैदा गरिरहेको देख्छन्—तिनीहरू साह्रै हर्षित महसुस गर्छन्, आतसबाजी गर्न र उत्सव मनाउन साह्रै उत्सुक हुन्छन्। त्यस्ता मानिसहरूको समस्या के हो? अरूको दुर्दशाप्रति तिनीहरू किन यति खुशी हुन्छन्? किन, यो निर्णायक क्षणमा, तिनीहरू परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दै परमेश्‍वरको पक्षमा खडा हुन सक्दैनन्? के त्यस्ता मानिसहरू अविश्‍वासीहरू होइनन् र? के तिनीहरू शैतानका चम्चाहरू होइनन् र? तिमीहरू सबैले त्यस्ता व्यवहारहरू प्रदर्शन गर्छौ कि गर्दैनौ भनेर चिन्तन गर्नुपर्छ र तिमीहरूको वरिपरि यस्ता मानिसहरू छन् कि छैनन् भनेर जाँच गर्नुपर्छ र त्यस्ता व्यक्तिहरूलाई कसरी छुट्याउने भनेर हेर्नुपर्छ, विशेष गरी जब तिमीहरूले दुष्ट मानिसहरूले दुष्ट कार्यहरू गरिरहेको देख्छौ—तिमीहरूको मनोवृत्ति के हुन्छ? के तँ दृश्यको आनन्द लिने दर्शक मात्रै होस्, कि तँ पनि यो मार्गमा हिँड्न सक्छस्? के तँ त्यस्तो व्यक्ति होस्? कतिपय मानिसहरूले यसरी आत्म-चिन्तन गर्नेछैनन्। तिनीहरूलाई मानिसहरूको असल कुरा देख्‍न मन पर्दैन; तिनीहरू सबैलाई आफूभन्दा खराब अवस्थामा देख्‍न मन पराउँछन्—त्यसपछि मात्रै तिनीहरूलाई हर्ष महसुस हुन्छ। उदाहरणका लागि, जब तिनीहरूले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने कुनै व्यक्तिलाई काट-छाँट गरिएको देख्छन्, वा जब परमेश्‍वरमा साँचो विश्‍वास गर्ने कसैले अपराध गर्छन्, तब तिनीहरू सुटुक्क रमाउँछन् र भन्छन्, “अहो, तेरो दिन पनि आएछ। तैँले परमेश्‍वरप्रति आफूलाई समर्पित गरिस्—त्यसले तँलाई के फाइदा दिइरहेको छ? तँलाई अन्याय भएको छ, होइन र? तैँले घाटा भोगेको छस्, होइन र? आफूलाई समर्पित गर्नुको के अर्थ हुन्छ? तैँले सधैँ सत्य बोल्छस्, र अहिले तँलाई काट-छाँट गरिएको छ, होइन र? तँ यसकै लायक छस्!” तिनीहरू किन यति हर्षित हुन्छन्? के तिनीहरू अरूको दुर्भाग्यमा रमाइरहेका छैनन् र? के त्यस्ता मानिसहरूको हृदय गलत ठाउँमा हुँदैन र? जब तिनीहरूले कसैले परमेश्‍वरको घरको काममा बाधा दिइरहेको देख्छन्, तब तिनीहरू खुसी हुन्छन्। जब तिनीहरूले परमेश्‍वरको घरको काममा नोक्सानी भएको देख्छन्, तब तिनीहरू खुसी हुन्छन्। तिनीहरूलाई के कुराले खुसी तुल्याउँछ? तिनीहरूले सोच्छन्, “बल्‍ल, म जस्तै सत्यतालाई प्रेम नगर्ने व्यक्तिले परमेश्‍वरको घरका हितहरूमा नोक्सान पुऱ्याएको छ, र उसलाई कुनै आत्मग्लानि भएको छैन।” तिनीहरूलाई यस्तो कुराले खुसी तुल्याउँछ। के यो दुष्ट कुरा होइन र? (हजुर, हो।) यो अत्यन्तै दुष्ट कुरा हो! के तिमीहरूबीच यस्ता मानिसहरू छन्? कतिपय मानिसहरूले अधिकांश समय कुनै गीत गुनगुनाउँदैनन्, तर कसैले गल्ती गरेको देख्‍ने बित्तिकै, तिनीहरू अचानक गाउन, झुल्न थाल्छन्, अत्यन्तै खुसी देखिन्छन् र तिनीहरूले सोच्न थाल्छन्, “आज, मैले बल्ल राम्रो खबर पाएँ। म निकै खुसी छु, त्यसकारण म थप एक-दुई कटौरा भात खान्छु!” यो कस्तो स्वभाव हो? दुष्टता। तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा नोक्सान भएका कारण एक थोपा पनि आँसु झार्दैनन् वा एक क्षण पनि दुःखी महसुस गर्दैनन्। तिनीहरूले कुनै आत्मग्लानि, शोक वा पीडा अनुभव गर्दैनन्। बरु, कसैको गल्तीले परमेश्‍वरको घरका हितहरूमा नोक्सान पुऱ्याएको छ र परमेश्‍वरको नाम बदनाम तुल्याएको छ भन्‍ने कुराले तिनीहरू खुसी र सन्तुष्ट हुन्छन्। के यो दुष्टता होइन र? के यो ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृति हुनुको लक्षण होइन र? यो पनि एउटा लक्षण हो।

सुसमाचार टोलीका कतिपय मानिसहरू कुशल वक्ताहरू हुन् भनेर भनिएको छ। तिनीहरूले वर्षौँदेखि प्रवचन सुनेका हुन्छन् र सिद्धान्तहरूको सारांश गरेका हुन्छन्, जहाँ गए पनि तिनीहरू बोल्छन्, तिनीहरूले प्रचार गर्दा तिनीहरूसँग शब्दहरूको कमी कहिल्यै हुँदैन, जसले तिनीहरूको आफ्नै वरदान छ र बोल्‍ने सीप पूर्ण रूपमा प्रदर्शन गर्छ। कतिपय मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई निकै सक्षम ठान्छन् र तिनीहरूलाई पछ्याउने निर्णय गर्छन्। अन्त्यमा तिनीहरूले के भन्छन्? “हामी त्यो व्यक्तिको सङ्गति सुन्छौँ, त्यसकारण हामीले माथिबाट आएका प्रवचनहरू सुन्नु पर्दैन; हामीले परमेश्‍वरका वचनहरू पनि सुन्नु पर्दैन। त्यस व्यक्तिको सङ्गतिले तिनलाई प्रतिस्थापन गर्छ।” के यी मानिसहरू खतरामा हुँदैनन् र? (हुन्छन्।) यी मानिसहरू ठूलो खतरामा हुन्छन्। तिनीहरूले ख्रीष्टविरोधीहरूका कार्य र व्यवहार, साथै तिनीहरूको अटेरीपन, अव्यावहारिकता, र दुष्टतालाई प्रेम गर्छन्। ख्रीष्ट-विरोधीहरूले जे प्रेम गर्छन् तिनीहरूले त्यसैलाई प्रेम गर्छन् र ख्रीष्ट-विरोधीहरू जे कुराप्रति वितृष्ण हुन्छन् तिनीहरू त्यही कुराप्रति वितृष्ण हुन्छन्। तिनीहरूलाई ख्रीष्ट विरोधीहरूले प्रचार गर्ने ज्ञान, सिकाइ, सिद्धान्तहरू, र विभिन्‍न ईश्वरशास्त्रीय सिद्धान्तहरू, विधर्म र भ्रमहरूलाई प्रेम गर्छन्। तिनीहरूले यी कुराहरूको आराधना गर्छन्। तिनीहरूले कुन हदसम्म तिनको आराधना गर्छन्? राती सपनामा पनि, तिनीहरू यी शब्दहरू बोल्छन्। के यो गम्भीर कुरा हो? जब तिनीहरूको आराधना यो स्तरमा पुग्छ, तब के यी मानिसहरूले अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छन् त? कतिपयले यसो भन्‍न सक्छन्, “अहँ, तिनीहरू अझै पनि मण्डलीमा छन्, तिनीहरूले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्छन्।” तिनीहरूले मौका पाइसकेका छैनन्। एक पटक तिनीहरूले आफूले आराधना गर्न चाहेको व्यक्ति वा वस्तु भेट्टाएपछि, कुनै पनि बेला परमेश्‍वरलाई त्याग्‍न सक्छन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट सार हुनुको लक्षण होइन र? (हो।) के तिमीहरूले त्यस्ता मानिसहरूलाई देख्दा छुट्याउन सक्छौ? (हजुर, सक्छौँ।) विगतमा, तिमीहरूलाई त्यस्ता मामलाहरूको गम्भीर प्रकृति थाहा थिएन होला। अहिले, जब तिमीहरूले फेरि त्यस्ता मानिसहरूको सामना गर्छौ, तब के तिमीहरूको मनमा अझै पनि तिनीहरूका बारेमा प्रश्नहरू हुनेछन्? के तिमीहरूले तिनीहरूलाई बेवास्ता गर्नेछौ? (अहँ, गर्नेछैनौँ।) त्यसोभए, के तिमीहरूले त्यस्ता मानिसहरूका बारेमा केही सुझबुझ प्राप्त गरेका छौ? (हो, गरेका छौँ।) यी तिनीहरूले प्रकट गर्ने केही लक्षण र जानकारीहरू हुन्। अर्थात्, यी मानिसहरूले मौका वा हैसियत पाएपछि, वा कसैले तिनीहरूलाई बहकाएपछि, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्‍वरलाई धोका दिन सक्छन्। के मानिसहरूले तिनीहरूका प्रकटीकरणहरू र तिनीहरूको दुष्ट सारलाई देख्‍न सक्छन्? के मानिसहरूले देख्‍न सक्‍ने केही सङ्केतहरू छन्? (हजुर, छन्।) अवश्य नै हुनुपर्छ। यदि मैले यी कुराहरू उल्लेख नगरेको भए, तिमीहरूले यस्तो सोच्‍नेथियौ होला, “यी चिन्हहरू कसले देखाउँछ? यी लक्षणहरू कसले प्रकट गर्छ? कसैले पनि गर्दैन, मैले त कोही देखेको छैनँ।” यी लक्षणहरूका बारेमा मैले गरेको छलफलबाट, के तिमीहरूले त्यस्ता मानिसहरू अस्तित्वमा छन् भन्‍ने पत्ता लगाएका छैनौ र? तिनीहरूमध्ये केही अनुयायी हुन्, र केही अगुवा र सेवकहरू हुन्। ख्रीष्ट विरोधीहरूको दुष्ट सार हुनुको तेस्रो लक्षण यही हो।

ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएका मानिसहरूमा अर्को विशिष्ट लक्षण हुन्छ, जुन कुरा तिनीहरू सबैमा समान हुन्छ। यी मानिसहरू, सत्यतालाई प्रेम गर्ने र साँचो मार्गको तृष्णा गर्ने ढोँगमा, प्रवचनहरूमा सहभागी हुन, सत्यतासँग सम्बन्धित विभिन्‍न ज्ञान र विषयवस्तुहरू सिक्न, र ईश्वरशास्त्रीय सिद्धान्त र ज्ञानहरूद्वारा सुसज्जित हुन आउँछन्, त्यसपछि यी सिद्धान्त र ज्ञानहरू अगुवा र सेवकहरूसँग मौखिक युद्धमा संलग्न हुन प्रयोग गर्छन्, निश्‍चित व्यक्तिहरूको निन्दा गर्न, अरूलाई बहकाउन र मनाउन, र निश्‍चित मानिसहरूलाई तथाकथित आपूर्ति, सहयोग, र मलजल समेत दिन प्रयोग गर्छन्। तैपनि, एउटा बुँदाले तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भन्‍ने कुरा स्पष्ट पार्छ। त्यो बुँदा के हो? यी मानिसहरूले आफूलाई चाहे जसरी सुसज्जित गरे पनि र प्रचार गरे पनि, तिनीहरूले केवल कुरा गर्छन् र कुराहरू भन्छन्, आफूलाई सशक्त मात्रै बनाउँछन्, तर तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार कहिल्यै पनि मामलाहरू सम्हाल्दैनन्। “कहिल्यै पनि” भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले एउटा पनि साँचो शब्द बोल्न सक्दैनन्, तिनीहरू कहिल्यै इमानदार भएका हुँदैनन्, र हैसियतका फाइदाहरूलाई त्याग्‍ने मूल्य कहिल्यै चुकाएका हुँदैनन् भन्‍ने हुन्छ। अवसर चाहे जेसुकै भए पनि, तिनीहरूले बोल्दा र व्यवहार गर्दा सधैँ आफ्नो ख्याति, प्राप्ति, र हैसियतका खातिर अधिकतम मेहनत गर्छन्। बाहिरी रूपमा तिनीहरूले मूल्य चुकाएका र सत्यतालाई प्रेम गरेका जस्तो देखिए पनि, तिनीहरूको दुष्ट सार अपरिवर्तित नै रहन्छ। यहाँ समस्या के हो? एक हिसाबमा, यी मानिसहरूले आफ्नो व्यवहारमा कहिल्यै पनि सत्यता सिद्धान्तहरू खोज्दैनन्। अर्को हिसाबमा, तिनीहरूले सत्यता सिद्धान्तहरू र अभ्यासको मार्ग चिने पनि, ती अभ्यास गर्दैनन्। यो तिनीहरूसँग ख्रीष्ट विरोधीहरूको दुष्ट सार छ भन्‍ने कुराको लक्षण हो। चाहे तिनीहरूसँग हैसियत भए पनि नभए पनि, र तिनीहरूले सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य पूरा गरे पनि नगरे पनि वा तिनीहरू अगुवा र सेवक भए पनि, तिनीहरूको विशेषता के हुन्छ? तिनीहरूले सही धर्मसिद्धान्तहरू मात्रै भन्न सक्छन्, तर कहिल्यै पनि सही कामकुराहरू गर्दैनन्। तिनीहरूको विशेषता त्यही हो। तिनीहरूले अरू कसैले भन्दा स्पष्ट रूपमा धर्मसिद्धान्तहरूका बारेमा कुरा गर्छन्, तर अरू कसैले भन्दा खराब काम गर्छन्—के यो दुष्ट कुरा होइन र? ख्रीष्ट विरोधीहरूको दुष्ट सार हुनुको चौथो लक्षण यही हो। आफै जाँच, र तिमीहरूका वरिपरि ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएका धेरै मानिसहरू छन् कि छैनन् भनेर मूल्याङ्कन गर। मैले यी कुराहरू सूचीकृत गरिसकेपछि, तिमीहरूले आफ्‍ना वरिपरि त्यस्ता मानिसहरू धेरै छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न सक्छौ। तिनीहरूको सङ्ख्या कति प्रतिशत छ? अगुवाहरू बढी छन् कि साधारण विश्‍वासीहरू? के तिमीहरूमध्ये कतिले यसभन्दा पहिले अगुवाहरूले मात्रै ख्रीष्ट विरोधी बन्‍ने मौका पाउँछन् भन्‍ने सोच्दैनथियौ र? (पहिले यस्तै सोच्थ्यौँ।) त्यसोभए, के यो दृष्टिकोण अहिले परिवर्तन भएको छ? ख्रीष्ट विरोधीहरू हैसियत भएका कारण ख्रीष्ट विरोधी बन्दैनन्; तिनीहरूसँग हैसियत नहुँदा पनि तिनीहरू यति नै नीच थिए। यति मात्र हो, सही तापक्रम र माटोमा ढुसीमा तुरुन्तै खमिर उठेर, यसको साँचो रूप प्रकट भए जस्तै, भाग्यले, तिनीहरू अगुवाइको पदमा पुग्छन्, र ख्रीष्ट विरोधीहरूका रूपमा रहेका तिनीहरूका साँचा विशेषताहरू तुरुन्तै खुलासा हुन्छन्। यदि उपयुक्त वातावरण छैन भने, तिनीहरूको प्रकृति सार प्रकट हुन अलिक समय लाग्न सक्छ, तर यो ढिलो प्रकटीकरणको अर्थ तिनीहरूमा त्यो प्रकृतिको कमी छ भन्‍ने हुँदैन। यस्तो प्रकृतिका साथ, मानिसहरूले अपरिहार्य रूपमा कार्य गर्नेछन् र कुराहरू प्रकट गर्नेछन्, र यी प्रकट गरिएका व्यवहारहरू ख्रीष्ट विरोधीहरूको दुष्ट सारका चिन्ह र लक्षणहरू हुन्। तिनीहरूसँग यी चिन्ह र लक्षणहरू भएपछि, तिनीहरूलाई ख्रीष्ट विरोधीहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ।

मलाई भन, के सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्नका लागि विभिन्‍न बहाना र औचित्यहरू चाहिन्छ? (अहँ, चाहिँदैन।) व्यक्तिमा इमानदार हृदय भएसम्म, उसले सत्यतालाई अभ्यास गर्न सक्छ। के सत्यता अभ्यास नगर्ने मानिसहरूले विभिन्‍न बहानाहरू बनाउँछन्? उदाहरणका लागि, जब तिनीहरूले कुनै गलत काम गर्छन्, सिद्धान्त विरुद्ध काम गर्छन्, र कसैले तिनीहरूलाई सच्याउँछ, तब के तिनीहरूले सुन्न सक्छन्? तिनीहरूले सुन्दैनन्। के तिनीहरूले सुन्दैनन् भन्‍ने तथ्य नै पूरा कुरा हो? तिनीहरू कसरी दुष्ट हुन्? (तिनीहरूले तिमीलाई मनाउन बहाना खोज्छन्, र तिमीलाई तिनीहरू सही छन् भन्‍ने सोच्‍न लगाउँछन्।) तिनीहरूले तेरा धारणा र कल्पनाहरू अनुरूपको व्याख्यान खोज्छन्, त्यसपछि तिनीहरूले तँलाई विश्‍वस्त गराउन, तँलाई तिनीहरूसँग सहमत गराउन, तिनीहरू सही छन् भनी साँच्चै विश्वस्त तुल्याउनका लागि तैँले स्वीकार गर्न सक्‍ने र सत्यता अनुरूपका आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्, यो सब मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने तिनीहरूको उद्देश्य हासिल गर्नका लागि हुन्छ। के यो दुष्टता होइन र? (हो।) यो वास्तवमै दुष्टता हो। स्पष्ट रूपमा नै, तिनीहरूले केही गलत गरेका हुन्छन्, आफ्नो व्यवहारमा सिद्धान्तहरू र सत्यताको विरुद्धमा गएका हुन्छन्, र सत्यताको अभ्यास गर्न असफल भएका हुन्छन्, तैपनि तिनीहरूले सिद्धान्त औचित्यहरू प्रस्तुत गर्छन्। यो साँच्‍चै दुष्टता हो। यो ब्वाँसाले भेडा खाएको जस्तै हो; सुरुमा नै ब्वाँसाको प्रकृति भेडा खाने प्रकृति थियो, र परमेश्‍वरले भेडा खानका लागि यस्तो पशु सृष्टि गर्नुभयो—भेडा यसका खाना हुन्। तर यो खाएपछि, ब्वाँसाले अझै पनि विभिन्‍न बहानाहरू खोज्छ। के तँसँग यसबारे कुनै विचार छ? तँलाई लाग्छ, “तैँले मेरो भेडा खाएको छस्, र अहिले तैँले त्यो खानुपर्थ्यो, तैँले त्यो खानु व्यावहारिक र उचित थियो, र मैले तँलाई धन्यवाद समेत दिनुपर्छ भनी मैले सोचूँ भन्ने तँ चाहन्छस्।” के तँ रिसाउँदैनस् र? (हजुर, रिसाउँछु।) तँ रिसाउँदा, तँमा के-कस्ता सोचहरू आउँछन्? तँलाई लाग्छ, “यो मान्छे अत्यन्तै दुष्ट छ! यदि तँ खान चाहन्छस् भने, जा, तँ त्यस्तै होस्; मेरो भेडा खानु एउटा कुरा हो, तर तैँले धेरै तर्क र बहानाहरू समेत बनाउँछस्, र त्यसको बदलामा मलाई तँप्रति कृतज्ञ हुन समेत भन्छन्। के यो सही र गलत कुरामा झुक्‍किनु होइन र?” यो दुष्टता हो। जब ब्वाँसाले भेडा खान चाहन्छ, तब त्यसले के-कस्ता बहानाहरू खोज्छ? ब्वाँसाले भन्छ, “सानो थुमा, आज मैले तँलाई खानैपर्छ किनभने गत वर्ष मलाई अपमान गरेकोमा मैले तँसँग बदला लिनुपर्छ।” अन्यायमा परेको महसुस गर्दै थुमाले भन्छ, “म गत वर्ष जन्मेको पनि थिइनँ।” जब ब्वाँसाले गल्ती बोलेको र थुमाको उमेरका बारेमा गलत हिसाब लगाएको भन्‍ने महसुस गर्छ, तब यसले भन्छ, “ठीक छ, हामी त्यसोभए त्यो कुराको गन्ती गर्नेछैनौँ, तर मैले अझै पनि तँलाई खानैपर्छ किनभने अस्ति मैले यस नदीको पानी पिउँदा, तैँले पानी धमिल्याइस्, त्यसकारण मैले तँसँग बदला लिनुपर्छ।” थुमाले भन्छ, “म नदीको तलतिर छु, र तपाईँ माथि हुनुहुन्छ। मैले कसरी माथिको पानीलाई फोहोर पार्न सक्छु? यदि तपाईँ मलाई खान चाहनुहुन्छ भने, खानुहोस्। विभिन्‍न बहानाहरू नखोज्नुहोस्।” ब्वाँसाको प्रकृति यस्तै हुन्छ। के यो दुष्टता होइन र? (हजुर, हो।) के ब्वाँसाको दुष्टता ठूलो रातो अजिङ्गरको जस्तै छ? (छ।) यो विवरण ठूलो रातो अजिङ्गरसँग सबैभन्दा राम्रोसँग मिल्छ। ठूलो रातो अजिङ्गरले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई पक्राउ गर्न चाहन्छ; यसले यी मानिसहरूलाई अपराधको आरोप लगाउन चाहन्छ। त्यसकारण, यसले सुरुमा निश्‍चित निहुँहरू बनाउँछ, निश्‍चित अफवाहहरू रच्छ, त्यसपछि सारा संसारलाई खडा भएर तँलाई दोषी ठहराउन लगाउनका लागि संसारअघि ती कुराहरू प्रसारण गर्छ। यसले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई “सार्वजनिक व्यवस्था भङ्ग गर्ने”, “राष्ट्रका रहस्यहरू खुलासा गर्ने”, र “राष्ट्रको शक्तिलाई विनाश गर्ने” जस्ता धेरै वटा दोष लगाउँछ। यसले तैँले विभिन्‍न अपराधहरू गरेको छस् भन्‍ने अफवाह पनि फैलाउँछ र तँमाथि यी आरोपहरू लगाउँछ। के तैँले ती स्वीकार गर्न मानेनस् भने ठीक हुन्छ? के यो मामला तैँले ती स्वीकार गर्छस् कि गर्दैनस् भन्‍ने तथ्यसँग सम्‍बन्धित हु्न्छ? अहँ, हुँदैन। यसले तँलाई पक्राउ गर्न निस्किएपछि, ब्वाँसाले भेडा खान हिँडे जस्तै, त्यसले विभिन्‍न बहानाहरू खोज्छ। ठूलो रातो अजिङ्गरले निश्‍चित निहुँहरू सिर्जना गर्छ, र हामीले कुनै खराब काम गरेका छौँ भनेर दाबी गर्छ, जबकि वास्तवमा, अरूले नै त्यो गरेका हुन्छन्। यसले दोष सार्छ र मण्डलीलाई फसाउँछ पार्छ। के तैँले त्यससँग बहस गर्न सक्छस्? (सक्दिनँ।) तैँले किन त्यससँग बहस गर्न सक्दैनस्? के तैँले त्यससँग स्पष्ट बहस गर्न सक्छस्? के तैँले त्यससँग बहस गरेर परिस्थितिलाई व्याख्या गरिस् भने, त्यसले तँलाई पक्राउ गर्नेछैन भन्‍ने तँलाई लाग्छ? तैँले त्यसका बारेमा चाहिनेभन्दा बढी राम्रो सोच्छस्। तैँले बोलिसक्नुभन्दा पहिले, त्यसले तेरो कपाल समात्नेछ, तेरो टाउको भित्तामा बजार्नेछ, त्यसपछि तँलाई सोध्‍नेछ, “म को हुँ तँलाई थाहा छ? म दियाबलस हुँ!” त्यसपछि, तँलाई कठोर रूपमा कुटपिट गरिनेछ, साथै दिन-रात सोधपुछ गरिनेछ र यातना दिइनेछ, त्यसपछि तँ झुक्‍न थाल्‍नेछस्। यस अवस्थामा, तैँले यस्तो महसुस गर्नेछस्, “यहाँ तर्क गर्ने कुनै ठाउँ छैन; यो एउटा पासो हो!” ठूलो रातो अजिङ्गरले तँसँग बहस गर्दैन—के यसले अनजानमा, र संयोगवस ती निहुँहरू बनाउँछ भन्‍ने तँलाई लाग्छ? यसको पछाडि षड्यन्त्र हुन्छ, र त्यसले अर्को कदमको मतोजतो गरिसकेको हुन्छ। यो त्यसका कार्यहरूको अग्रिम चरण मात्रै हो। कतिपय मानिसहरूले अझै पनि यस्तो सोच्न सक्छन्, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेसँग सम्बन्धित मामलाहरू बुझेका हुँदैनन्; यदि मैले तिनीहरूलाई स्पष्टीकरण दिएँ भने, सबै कुरा ठीक हुनेछ।” के तैँले त्यो स्पष्ट रूपमा व्याख्या गरेर हुन्छ? त्यसले तँलाई तैँले नगरेको कुरामा फसायो—के तैँले अझै पनि स्पष्ट रूपमा कुराहरूको स्पष्टीकरण दिएर हुन्छ? जब त्यसले तँलाई फसायो, तब के तैँले त्यो गरेको होइनस् भन्‍ने कुरा त्यसलाई थाहा थिएन र? के यो काम कसले गरेको हो भन्‍ने कुराप्रति त्यो अनभिज्ञ हुन्छ र? त्यसलाई राम्ररी थाहा हुन्छ! त्यसोभए किन त्यसले तँलाई दोष लगाउँछ? त्यसले पक्राउ गरिरहेको व्यक्ति तँ नै होस्। जब त्यसले तँलाई दोष लगाउँछ तब के तँलाई अन्याय गरिएको छ भन्‍ने त्यसलाई थाहा हुँदैन भन्‍ने तँलाई लाग्छ? त्यसले तँलाई अनुचित व्यवहार गर्न र तँलाई पक्राउ गरेर सताउन चाहन्छ। त्यो दुष्टता हो।

ख्रीष्ट विरोधीहरूको दुष्ट सार भएको जोकोहीले आफ्नो सारमा सत्यताप्रति वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्। तिनीहरूले हृदयमा सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन् र तिनीहरूसँग यसलाई अभ्यास गर्ने कुनै अभिप्राय हुँदैन। यदि तँलाई तिनीहरूमा सत्यताको बुझाइको कमी छ भन्‍ने लाग्छ र तैँले तिनीहरूसँग त्यसबारे सङ्गति गर्ने प्रयास गर्छस् भने, परिणाम के हुनेछ? तैँले ठक्‍कर खानेछस्—तैँले गलत व्यक्ति भेट्टाएको हुन्छस्। तिनीहरू सत्यतालाई स्वीकार गर्ने मानिसहरू होइनन्, र तैँले तिनीहरूसँग सङ्गति गर्नु हुँदैन; बरु, तैँले तिनीहरूलाई पाठ सिकाउनुपर्छ र यसो भन्दै तिनीहरूसँग कठोर हुनुपर्छ, “तैँले आफ्नो कर्तव्य पूरा गरेको कति भयो? तैँले कसरी आफ्नो कर्तव्यलाई सानो मामला रूपमा लिन सकिस्? के यो तेरो आफ्नै काम हो? तैँले कसलाई चुनौती दिइरहेको छस्? तँ मेरो विरुद्धमा छैनस्; तँ परमेश्‍वर र सत्यताको विरुद्धमा छस्!” के तैँले तिनीहरूलाई पाठ सिकाउनु पर्दैन र? के तिनीहरूसँग सत्यताबारे सङ्गति गर्नु उपयोगी हुन्छ? अहँ, हुँदैन। किन उपयोगी हुँदैन? तिनीहरू ब्वाँसाहरू हुन्, हराएका वा बाटो बिराएका भेडा होइनन्। के ब्वाँसाले सत्यता अभ्यास गर्न सक्छ? सक्दैन। ब्वाँसाको प्रकृति के हो? (दुष्टता।) भेडा देख्‍ने बित्तिकै, त्यसले र्‍याल काढ्न थाल्छ, त्यसका आँखा स्वादिष्ट खानाका तस्विरहरूले भरिन्छ, र भेडाको नियति त्यसको भोजन बन्‍ने नै हुन्छ। त्यसको प्रकृति त्यही हो; त्यो दुष्टता हो। यदि तैँले त्यसलाई यसो भनिस् भने, “भेडाहरू अत्यन्तै दयनीय र भद्र हुन्छन्; बिन्ती छ, तिनीहरूलाई नखा। खानका लागि अर्को भयानक पशु छनौट गर्, हुन्छ?” के त्यसले बुझ्न सक्छ? सक्दैन। त्यसको प्रकृति त्यही हो। कतिपय मानिसहरूले सत्यता अभ्यास गर्दैनन् र विभिन्‍न बहानाहरू खोज्छन्—त्यो तिनीहरूको प्रकृति हो। यो प्रकृति के हो? दुष्टता हो। तिनीहरूका कार्य चाहे जति नै नीच, विद्रोही, वा सिद्धान्तहरूको विरुद्ध भए पनि, तिनीहरूले अझै पनि आफ्नो इज्जत बचाउन चाहन्छन्; ती सत्यताको विरुद्धमा गए पनि, तिनीहरूले यसलाई भव्य र इज्जतदार तरिकाले गर्न चाहन्छन्। के यो दुष्टता होइन र? सत्यता उल्लङ्घन गर्नु सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकरात्मक।) नकारात्मक कुरालाई कसरी भव्य, इज्जतदार, र सम्माननीय तरिकाले गर्न सकिन्छ? के यी दुई पक्षहरूलाई मिलाउने प्रयास गर्नु अलिक अप्ठ्यारो कुरा होइन र? यो दुष्टता हो: ख्रीष्ट-विरोधीहरूको दुष्ट सार भएका मानिसहरूको व्यवहार र प्रकटीकरण यही हो। यो विरोधाभासपूर्ण सुनिन्छ होला, तर तिनीहरूले यसरी नै कार्य गर्छन्, तिनीहरूको स्वभाव र तिनीहरूले प्रकट गर्ने कुरा त्यही हो। तिनीहरूले सत्यताप्रति घृणा पाल्छन्, त्यसलाई कहिल्यै स्वीकार गर्दैनन्—त्यो ख्रीष्ट विरोधीहरू हो, त्यो ख्रीष्ट-विरोधीहरूको दुष्ट प्रकृति सार हो। ख्रीष्ट विरोधीहरूको दुष्ट सारमा कति वटा कुराहरू हुन्छन्? (चार वटा कुरा।) जम्मा चार वटा हुन्छन्। के यी चार वटा चिन्हहरू तिमीहरूलाई छुट्याउनको लागि पर्‍याप्त छैनन् र? दुष्टतामा अन्तर्निहित रूपमा नै कपटी र छली तत्वहरू समावेश हुन्छन्, र जब कपटी र छली तत्वहरू चरममा पुग्छन्, तब तिनलाई दुष्ट स्वभावका रूपमा वर्गीकरण गरिन्छ। ख्रीष्ट विरोधीहरूले आफूमा यस्तो दुष्ट स्वभावलाई मूर्त रूपमा समावेश गर्छन्।

सेप्टेम्बर ३, २०१९

अघिल्लो: विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

अर्को: विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगानेथिए (भाग एक)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्