विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

पूरक: क्यानडेली मण्डलीको व्यवस्थापनबारे मानिसहरूका गलत धारणाहरूको समाधान

हाम्रो गत भेलामा एउटा असामान्य घटना घटेको थियो। त्यो के थियो? (त्यो क्यानाडेली मण्डलीको व्यवस्थापनको कुरा थियो।) यो घटना एक महिना पहिले भएको हो। के यो अझै तिमीहरूको यादमा ताजै छ? (छ।) के यसले तिमीहरूको भावनालाई निकै जुरमुरायो? (हजुर।) जब निश्‍चित मण्डली वा कतिपय मानिसहरूमा समस्याहरू देखा पर्छन्, तब म परिस्थितिहरूका आधारमा निर्णय गर्छु र सिद्धान्तअनुसार ती सम्हाल्छु; क्यानाडेली मण्डलीको मामला सम्हाल्दा मूलतः यस्तै भएको थियो। त्यसोभए मलाई भन् त, क्यानाडाका मण्डलीमा ख्रीष्टविरोधी देखा परेर मानिसहरूलाई बहकाउँदा किन मैले न त्यसरी मामला सम्हालेँ? यसमा तिमीहरूका विचार कस्ता छन्? स्पष्ट त्यसले कतिपय मानिसलाई त्रसित पाऱ्यो। किन त्यसले तिनीहरूलाई त्रसित पाऱ्यो? कतिपय मानिस भन्छन्, “त्यसलाई अत्यन्तै कठोर तरिकाले सम्हालिएको थियो। के त्यो त्यति गम्भीर थियो? त्यसलाई कसरी त्यसरी सम्हाल्न सकियो? के त्यो सिद्धान्तअनुसार सम्हालिएको थियो? के त्यो क्षणिक आवेगमा सम्हालिएको थिएन र? त्यसलाई त्यसरी सम्हाल्नुको परिणाम के हुनेछ? के ती मानिसहरूले गरेका कुराहरू साँच्‍चै त्यति गम्भीर थिए? त्यहाँका मानिसहरूलाई अह्राइएको कुरा, अनि तिनीहरूको मनोवृत्ति, भनाइ, र तिनीहरूबाट सुनिएको जानकारीका आधारमा त, तिनीहरूलाई त्यति कठोर तरिकामा सम्हाल्नु हुँदैनथ्यो जस्तो देखिन्छ, होइन र?” कतिपय मानिस यस्तै सोच्छन्। अरू चाहिँ यसो भन्छन्, “सायद परमेश्‍वरले त्यसलाई त्यसरी सम्हाल्नुको पछाडि उहाँका आफ्‍नै कारण र विचारहरू थिए।” ती वास्तवमा कस्ता विचार हुन्? मामलालाई त्यसरी सम्हाल्नुको कुनै मूल अभिप्राय वा कारण थियो? के ती मानिसहरूलाई त्यसरी सम्हाल्नु उचित थियो? (थियो।) तिमीहरू सबै त्यो उचित थियो भन्छौ, त्यसकारण आज हामी त्यस मामिलामा छलफल गरौँ र यस मामिलालाई त्यसरी सम्हाल्‍नु किन उचित थियो, तिमीहरूलाई यस मामिलामा के लाग्छ, त्यसले भविष्यमा तिमीहरूमा कस्तो असर पार्नेछ, त्यसबारे तिमीहरूको विचार सही छ कि गलत, र तिमीहरूका विचारमा कुनै गलत वा विकृत कुरा छ कि छैन भनेर हेरौँ। यदि तिमीहरू सधैँ कुरा लुकाउँछौ, मुखमा बुजो लगाएर बस्छौ, र आफ्नो कुरा व्यक्त गर्दैनौ, सधैँ विरोधी भावना राख्छौ भने, समस्याहरू कहिल्यै सर्वोत्तम तरिकामा समाधान हुनेछैनन्, त्यसकारण हामी सहमतिमा पुग्नैपर्छ। सहमतिमा पुग्‍नुका सिद्धान्तहरू केके हुन्? यदि तिमीहरू मैले गरेको यो मूल्याङ्कन स्विकार्न सक्दैनौ, र तिमीहरूमा यसबारे विचार र धारणाहरू छन्, तिमीहरूलाई यसप्रति प्रतिरोध महसुस हुन्छ, र तिमीहरू यसबारे गलतफहमीहरूसमेत राख्छौ, र प्रश्न वा खराब विचारहरू पैदा हुन्छन् भने, हामीले के गर्नुपर्छ? हामीले यस मामिलामा छलफल गर्नुपर्छ। यदि हाम्रो विचार फरक छ भने, हामीबीच सहमति हुँदैन। त्यसोभए कसरी हामी सहमतिमा पुग्‍न सक्छौँ त? के आफ्नो भिन्‍नतालाई कायमै राखेर दुवै पक्ष सहमत हुने बिन्दु खोज्नु ठीक हुन्छ? यदि हामीले कुनै भिन्‍नता सम्झौता गरेर ठीक गऱ्यौँ, यदि मैले केही कुरा त्यागेँ, र तिमीहरूले केही कुरा त्याग्यौ भने, के त्यो ठीक हुनेछ? स्पष्ट रूपमा, त्यो ठीक हुँदैन। यो ठ्याक मिलाउने तरिका होइन। त्यसकारण, यदि हामी यस मामिलामा सहमतिमा पुग्‍न अनि मिल्दो समझदारी र निर्णयमा पुग्‍न चाहन्छौँ भने, त्यसो गर्ने तरिका के हो? तिमीहरूले सत्यता खोजी गर्नैपर्छ, सत्यताका लागि लागिपर्नैपर्छ, र सत्यता बुझ्न लागिपर्नैपर्छ, र मैले सबैलाई सम्पूर्ण कुरा व्याख्या गरेर स्पष्ट पार्नु आवश्यक छ। यसबारे कसैले पनि आफ्नो मनमा कुनै गलतफहमी राख्‍नु हुँदैन। यसरी, हामी यस मामिलाबारे आपसमा मिल्दो दृष्टिकोणमा पुग्नेछौँ, त्यसपछि त्यो पूरा र समाप्त हुनेछ। यदि भविष्यमा मलाई यस्तै मामला आइपऱ्यो भने, म यसलाई उही तरिकाले सम्हाल्छु होला, वा सायद म त्यसलाई यसरी सम्हाल्नेछैनँ, तर अर्को कुनै तरिका प्रयोग गर्नेछु। त्यसोभए, तिमीहरूले यस मामिलाबाट के प्राप्त गर्नुपर्छ? (हामीले सत्यता खोज्ने तरिका सिक्‍नुपर्छ र परमेश्‍वरले किन यस मामलालाई त्यसरी सम्हाल्नुभयो भनेर बुझ्नुपर्छ।) तिमीहरूले दुई पक्ष बताएका छौ, एकदमै राम्रो। अरू केही छ? (हामीले परमेश्‍वरको स्वभावलाई चिढ्याउनबाट जोगिन उहाँको कार्यका सिद्धान्तहरू बुझ्ने प्रयास गर्नुपर्छ। यो हाम्रा लागि चेतावनी हो।) यो अर्को पक्ष हो।

हामीले क्यानाडेली मण्डलीको व्यवस्थापनलाई स्पष्ट रूपमा व्याख्या गर्न सुरुदेखि नै कुरा थाल्नुपर्छ। हामीले केबाट सुरु गर्नुपर्छ? हामी यी मानिसहरू चीनबाट निस्केको समयबाट सुरु गर्नेछौँ। के त्यो अति पुरानो कुरा कोट्ट्याउनु हो? तिमीहरूलाई यो हास्यास्पद लाग्ला, तर वास्तवमा यो हाँस्ने विषय होइन। के यो पुरानो हिसाबकिताब मिलाउने कुरा हो? अहँ, होइन। जब तिमीहरू मैले मेरा कारणहरूबारे कुरा गरेको सुन्छौ, तब मैले किन त्यहाँबाट सुरु गरेँ भनेर जान्नेछौ। विदेश आउने सबै जना आज्ञा, मिसन, र जिम्मेवारी लिएर आएका हुन्छन् कि हुँदैनन् भन्‍ने कुरालाई पर पन्छाएर, हामी सानो विषयबाट सुरु गर्नेछौँ—के हरेक व्यक्तिले चीन छोडेर आउन सक्नु संयोग हो? (होइन।) यो संयोगबस हुँदैन। तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्न चीन त्याग्‍ने सङ्कल्प गरेदेखि र तँ इच्छुक भएदेखि विदेशमा आइपुग्दा सम्मको प्रक्रियाभरि, लौ मलाई भन् त, तेरो सहकार्य बाहेक, तँ चीनबाट सहजै जान सक्छस् कि सक्दैनस् भनेर कसले निर्धारित गर्छ? (परमेश्‍वरले।) ठीक भनिस्। त्यो कुरा तँसँग के-कस्ता सामाजिक सम्पर्कहरू छन् भन्‍ने कुराले निर्धारित गर्दैन, न त तँसँग कति पैसा छ, वा तैँले सबै औपचारिकता पूरा गरेको छस् कि छैनस् भन्‍ने कुराले नै निर्धारित गर्छ—विदेश आउने सबैसँग एउटै बुझाइ र अनुभव हुनुपर्छ। तिनीहरू सबैले के अनुभव गर्छन्? कुनै व्यक्तिले सहजै चीन छोड्न सक्छ कि सक्दैन भन्‍ने कुरामा परमेश्‍वर नै सार्वभौम शासन राख्नुहुन्छ; त्यसको तिनीहरू कति सक्षम छन् वा तिनीहरूमा केही ठूलो क्षमता छ कि छैन भन्‍ने कुरासँग कुनै सम्बन्ध हुँदैन। यो कुनै देशमा एक प्रान्तबाट अर्को प्रान्तमा जानु जस्तो होइन; यो त आफ्नो देश छोड्नु हो, र यसका लागि धेरै जटिल औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ। विशेष गरी ठूलो रातो अजिङ्गरले विश्‍वासीहरूलाई चरम दमन गर्ने र सताउने, तिनीहरू प्रत्येकलाई नजिकबाट निगरानी गर्ने यो युगमा, चीन छोड्ने औपचारिकताहरू पूरा गर्न त्यति सजिलो छैन। त्यसकारण, यी मानिसहरू सहज रूपमा विदेश पुग्‍नु पूर्णतयामा परमेश्‍वरको सार्वभौमिकता अन्तर्गत थियो र यसले परमेश्‍वरको सर्वशक्तिमानतालाई देखाउँछ। कसले चीन छोड्न सक्छ, औपचारिकताहरू सहज रूपमा पूरा हुन्छ कि हुँदैन, र ती पूरा गर्न कति समय लाग्छ भन्‍ने कुरा सबै परमेश्‍वरद्वारा निर्धारित हुन्छ, र परमेश्‍वरको हातले नै यो सबै कुरा योजनाबद्ध र बन्दोबस्त गर्छ। तैँले यो विश्‍वास नगरी हुनेछैन, न त तैँले यो नस्विकारी नै धर पाउनेछस्—यी तथ्यहरू हुन्। यो मामिला मानिसहरूको सहकार्य र परमेश्‍वरको सार्वभौमिकताद्वारा निष्कर्षमा पुग्छ। तैँले चीन छोड्नेबारे यदि हामीले निर्णय गर्नुपरेको भए, कसले यसलाई सहज पार्थ्यो? (परमेश्‍वरले।) परमेश्‍वरले सहज पार्नुहुन्थ्यो। मानिसहरूमा घमण्ड गर्ने केही छैन, बरु तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। त्यसोभए, तैँले के गर्नुपर्छ? (आफ्नो कर्तव्य निर्वाहमा प्रयास लगाउनुपर्छ।) तैँले आफ्नो कर्तव्य निर्वाहमा प्रयास लगाउनुपर्छ र त्यो ध्यान दिएर गर्नुपर्छ। विस्तृत दृष्टिकोणले हेर्दा, के हामी तैँले आफ्नो कर्तव्य पूरा गर्न चीन छोड्नु परमेश्‍वरको बन्दोबस्त र मार्गदर्शन थियो, र तेरो आफ्नै क्षमताले गर्दा त्यो भएको होइन भनेर अन्तिम निष्कर्ष निकाल्न र भन्‍न सक्छौँ? (हो, सक्छौँ।) कतिपय मानिस भन्छन्, “यो कसरी मेरो क्षमताले गर्दा होइन? ममा परमेश्‍वरको मार्गदर्शन भए पनि, यदि परमेश्‍वरले मलाई मार्गदर्शन नगर्नुभएको भए, चीन छोड्नु मलाई गाह्रो हुनेथिएन किनभने म अङ्ग्रेजी भाषामा TEM8 गरेको स्नातक हुँ, र TOEFL परीक्षा दिनु मलाई समस्या हुनेथिएन।” यस स्तरमा एकदमै थोरै मानिसहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिस धनी हुन्छन् र लगानीकर्ताको भिसामा बसाइँ सर्न सक्छन्, तर त्यस्ता परिस्थितिहरू एकदमै कम हुन्छन्। त्यसोभए, के यी मानिसहरूले परमेश्‍वरको सार्वभौमिकता र उहाँको अनुमतिमा नै चीन छोड्छन्? हजुर, त्यही हो। हामी व्यक्तिगत परिस्थितिहरूबारे कुरा गर्नेछैनौँ; हामी चीन छोड्न सक्‍ने र पछि इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न आउने मानिसहरूबारे मात्रै कुरा गर्नेछौँ। यो पूर्ण रूपमा तिनीहरूको आफ्नै अभिप्रायबाट आएको हुँदैन। तैँले चीन छोड्नुको एउटा कारण भनेको तँसँग एउटा मिसन छ, जबकि अर्को कारण भनेको तैँले परमेश्‍वरको मार्गदर्शनमा चीन छोडेको छस्। त्यस मामिलालाई यस बिन्दुबाट हेर्दा, तैँले के गर्न चीन छोडेको होस्? (आफ्नो कर्तव्य निर्वाह गर्न।) प्रारम्भिक चरणहरूमा प्रक्रियाहरू पूरा गर्न जति नै समय लागे पनि, तैँले जति नै खर्च गरे पनि वा परमेश्‍वरले त्यस मामिलामा जसरी नै सार्वभौम शासन गर्नुभए पनि, जे होस् तैँले चीन छोडेर परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने हुनाले, तेरो विदेश जाने मिसन छ भनेर निश्‍चित रूपमा भन्‍न सकिन्छ। तँ जिम्मेवारी र गह्रौँ बोझ उठाउँछस्, र विदेश आउने तेरो उद्देश्य एकदमै स्पष्ट हुनुपर्छ। पहिलो, तँ जीवनको आनन्द लिन विदेश आएका आप्रवासी होइनौ; दोस्रो, तिमीहरू जीविकोपार्जनको स्रोत खोज्दै विदेश आएका होइनौ; तेस्रो, तिमीहरू फरक जीवन शैली खोज्दै विदेश आएका होइनौ; र चौथो, तिमीहरू सुखी जीवन जिउन विदेश आएका होइनौ। होइन र? तँ संसारको पछि लाग्‍न विदेश आएको होइनस्; तँ मिसन र परमेश्वरको आज्ञासहित आफ्नो कर्तव्य निर्वाह गर्न आएको होस्। यस बिन्दुबाट हेर्दा, विदेश आएपछि तेरो मुख्य प्राथमिकता के हुनुपर्छ? (आफ्नो कर्तव्य निर्वाह गर्नु।) तेरो मुख्य प्राथमिकता भनेको परमेश्‍वरको घरमा आएर आफ्नो स्थान खोज्नु, र परमेश्‍वरको घरका बन्दोबस्‍तहरू अनुसार आफ्नो कर्तव्यलाई स्थिर र शिष्ट तरिकाले निर्वाह गर्नु हो। के त्यो साँचो होइन र? (हजुर, हो।) ठीक भनिस्। त्यसबाहेक, कसैले तँलाई धम्की दिएको वा अपहरण गरेको कारण तँ विदेश आएको होइनस्—तँ स्वेच्छाले आएको होस्। तैँले यसलाई जुनसुकै पक्षबाट हेरे पनि, तँ विदेश आएको छस् त्यसैले तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यो सही कुरा हो, होइन र? के यो मानिसहरूबाट धेरै माग गर्नु हो? (होइन।) यो धेरै माग होइन, न त यो अत्यधिक माग नै हो। यो अनुचित कुरा होइन। अब, मैले भर्खरै भनेको कुराका आधारमा, परमेश्‍वरले तँलाई दिएको आज्ञाअनुसार जिउन तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ र आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ? के तैँले यी कुराहरूबारे सोच्नुपर्छ? तैँले गर्नुपर्ने पहिलो कुरा भनेको यस्तो सोच्‍नु हो, “म अब साधारण व्यक्ति मात्र होइन, अहिले मेरो काँधमा बोझ छ। कस्तो बोझ? यो परमेश्‍वरले मलाई दिएको आज्ञा, बोझ हो। परमेश्‍वरले मलाई विदेश आउन मार्गदर्शन गर्नुभयो, र मैले परमेश्‍वरको सुसमाचार प्रचारमा सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ—यो मेरो कर्तव्य हो। पहिलो, मैले के कर्तव्य निर्वाह गर्न सक्छु भनेर सोच्नुपर्छ, र दोस्रो, मैले त्यो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर सोच्नुपर्छ ताकि म आफूमाथि रहेको परमेश्‍वरको सार्वभौमिकता र मेरा लागि उहाँले गरेका बन्दोबस्तहरू अनुसार जिउनदेखि चुक्न नपरोस्।” के तैँले सोच्नुपर्ने यसरी नै होइन र? के यो सोचाइ अतिरञ्जित छ? के यो झूट हो? अहँ, होइन; यो त समझ, मानवता, र विवेक भएको व्यक्तिले सोच्नुपर्ने कुरा हो। यदि कतिपय मानिस “विदेश आएपछि, मैले सोचेको जस्तो भएन, र मलाई आएकोमा पछुतो छ” भनेर भन्छन् भने, यी मानिसहरू कस्ता हुन्? त्यस्ता मानिसहरूमा मानवता हुँदैन र तिनीहरूले विश्‍वास तोडेका हुन्छन्। तैपनि, विदेश आउने धेरैजसो मानिस आफूलाई कर्तव्य निर्वाहमा होम्न तयार हुन्छन्। त्यो नै पर्याप्त छ। अब हामीले कुरा गरिरहेको क्यानाडेली मण्डलीको मामलासम्मका कुरामा सहभागी होऔँ। क्यानाडेली मण्डलीका मानिसहरू पनि यसका अपवाद होइनन्। के तिनीहरू संयोगवस क्यानाडा गएका हुन्? त्यो संयोगवस भएको थिएन, यो अपरिहार्य थियो। किन म त्यो अपरिहार्य थियो भनेर भन्छु? किनभने परमेश्‍वरले धेरै पहिले नै कुन मानिसहरू कुन देशमा जानुपर्छ भनेर निर्धारित गरिसक्‍नुभएको थियो, र यो “अपरिहार्य” कुरामा परमेश्‍वरले सार्वभौम शासन राख्नुभएको थियो। जब परमेश्‍वर तँ कुनै देशमा जानुपर्छ भनेर सार्वभौम शासन गर्नुहुन्छ, तब त्यही हुन्छ। क्यानाडेली मण्डलीका मानिसहरूसँग पनि मिसन थियो र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तद्वारा तिनीहरू विदेश आएका थिए। परमेश्‍वरले तिनीहरूलाई क्यानाडा आउन मार्गदर्शन गर्नुभयो, र तिनीहरूको आ-आफ्नो प्रतिभा अनि व्यावसायिक सीप र सामर्थ्यहरू इत्यादिमा आधारमा, मण्डलीले तिनीहरूलाई विभिन्‍न कामका पदहरूमा नियुक्त गऱ्यो, र तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न अनुमति दियो। तिनीहरूले सुरुदेखि नै आफ्नो कर्तव्य अलिक सख्तीपूर्वक निर्वाह गरे। मैले “सख्तीपूर्वक” भन्‍नुको अर्थ तिनीहरू अबोला र सुस्त थिए भन्‍ने होइन, बरु तिनीहरूमध्ये धेरैजसो आफ्नो कर्तव्य पूरा गर्न आएका भए पनि, तिनीहरूले सत्यता पछ्याएनन् भन्‍ने हो। किन म तिनीहरूले सत्यता पछ्याएनन् भनेर भन्छु? तिनीहरू समस्याहरू सामना गर्दा, सत्यता खोजी गर्दैनथे, र तिनीहरू आफ्नो कार्यमा सिद्धान्तहरू खोजी गर्दैनथे। कहिलेकाहीँ, माथिले तिनीहरूका लागि केही बन्दोबस्तहरू गर्नुहुँदा वा तिनीहरूलाई कुनै काम गर्न लगाउनुहुँदा, तिनीहरू बेवास्ता गर्थे—तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा राख्‍ने मनोवृत्ति यही थियो। तिनीहरू यसरी झारा टार्दै अघि बढे र तिनीहरूको कर्तव्य निर्वाह खराब स्थितिमा पुग्यो, र पूर्णतया लथालिङ्ग भयो। यी मानिसहरूको मण्डली जीवन वा जीवन प्रवेशमा कुनै कुरा राम्रो थिएन, तिनीहरूको कर्तव्यको प्रभाव खराब थियो, तिनीहरूको सत्यता सङ्गतिमा वास्तविकता थिएन, र तिनीहरूले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई पटक्‍कै खुट्टयाउँदैनथिए—तिनीहरूले गर्ने कुनै पनि कुरामा कुनै राम्रो कुरा थिएन। समय बित्दै जाँदा, यान नामक एउटा ख्रीष्टविरोधी देखा पऱ्यो, र तिनीहरू यस ख्रीष्टविरोधीसँग एक बने। “तिनीहरू एक भए” भन्‍नुको अर्थ के हो? यो ख्रीष्टविरोधी भर्खरको २६ वर्षे जवान मानिस थियो, जसले मण्डलीमा काम गरेको अढाई वर्ष भएको थियो। त्यस अवधिमा, उसले धेरै सिस्टरहरूलाई आकर्षित गरेको थियो, सायद १० जना जतिलाई। यी मानिसहरूमध्ये कतिपयलाई ऊ मन पराउँथ्यो, र कतिपयलाई मन पराउँदैनथ्यो, अनि ऊ यिनीहरूलाई बेवास्ता गर्थ्यो, तैपनि यी सबै मानिसहरू यस ख्रीष्टविरोधीलाई साह्रै मन पराउँथे। अढाई वर्ष पहिले, क्यानाडेली मण्डलीका मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा त्यति संलग्न थिएनन् र तिनीहरू जीवन विहीन जड अवस्थामा थिए। माथिद्वारा तिनीहरूका लागि जुनसुकै काम बन्दोबस्त गरिए पनि, तिनीहरू त्यसलाई झारा टार्ने तरिकाले लिन्थे र बेवास्ता गर्थे, अनि त्यो काम लागू गर्न कडा प्रयास गर्नुपर्थ्यो। माथिले तिनीहरूलाई काटछाँट गर्नुभएपछि, तिनीहरू खिन्न भए, तिनीहरू उदास मनस्थितिमा पुगे, तिनीहरूले माथिसँग बिरलै कुराकानी गरे, अनि कामप्रति तिनीहरूको मनोवृत्ति पनि अत्यन्तै उदासीन बन्यो। यान नामक ख्रीष्टविरोधी अगुवा बनेपछि, तिनीहरूको अवस्था दिनप्रतिदिन खराब हुँदै गयो, र तिनीहरूमध्ये धेरैले झारा टारेर दिन काट्थे। किन तिनीहरू यसरी झारा टार्ने अवस्थामा पुगे त? यो केसँग सम्बन्धित थियो? यसको वस्तुगत कारण के हुन सक्छ भने यो अगुवाहरूसँग सम्बन्धित थियो। तिनीहरूसँग कुनै असल अगुवा थिएन, तिनीहरूका कुनै पनि अगुवाले सत्यता पछ्याउँदैनथे बरु तिनीहरू व्यक्तिगत सम्बन्धहरूलाई गोडमेल गर्थे र धूर्त क्रियाकलापहरूमा संलग्‍न हुन्थे। अनि यसको व्यक्तिपरक कारण के थियो? त्यो के थियो भने तिनीहरूमध्ये कसैले पनि सत्यता पछ्याइरहेका थिएनन्। के सत्यता नपछ्याउने मानिसहरूको गुटलाई आफ्नो कर्तव्य निष्ठापूर्वक र मापदण्डअनुसार निर्वाह गर्न सजिलो हुन्छ? (हुँदैन।) तैपनि, के सत्यता पछ्याउँदै नपछ्याउने मानिसहरूको गुट र कतिपय अविश्‍वासीहरूलाई धूर्त क्रियाकलापमा संलग्‍न हुन, झाराटारुवा हुन, र माथिलाई विरोध गर्न सजिलो हुन्छ? (हुन्छ।) अनि के त्यस्ता मानिसहरूको गुटलाई गैरविश्‍वासीहरूजस्तै अधोगतिमा लाग्न र पतित हुन सजिलो हुन्छ? त्यो अत्यन्तै सजिलो हुन्छ, र तिनीहरूले पछ्याइरहेका मार्ग यही थियो। तिनीहरूले आफ्नो कर्तव्य निभाइरहेको नाटक गरेर, परमेश्‍वरको घरको खानेकुरा खाए, परमेश्‍वरको घरका आवासमा बसे, र परमेश्‍वरको घरले तिनीहरूलाई साथ दियो। तिनीहरूले परमेश्‍वरको घरलाई झुक्याएर खाए र पिए तैपनि स्वर्गको राज्यमा प्रवेश गर्ने र इनामहरू प्राप्त गर्ने अपेक्षा गरे—तिनीहरू यसरी चालबाजीमा भर परेर जिउँथे। त्यो ख्रीष्टविरोधीले मण्डलीका काममा बाधा पुऱ्याउँदा, तिनीहरूमध्ये कसैले पनि माथिलाई कुनै समस्याबारे रिपोर्ट गर्दैनथ्यो। एउटी महिलाले मात्रै एउटा झूटा अगुवालाई समस्याको रिपोर्ट गरिन्, र यसको परिणामस्वरूप मामला समाधान भएन। अरू अन्धो थिए, र मण्डलीमा यति धेरै समस्याहरू खडा भएको देखेर पनि, तिनीहरूले तीबारे रिपोर्ट गरेनन्। परमेश्‍वरको घरको कार्य प्रबन्धहरूले अगुवा र सेवकहरूलाई प्रतिस्थापन गर्ने सिद्धान्तहरू स्पष्ट रूपमा बताएका छन्, तर कसैले पनि तीप्रति ध्यान दिएनन्, बरु त्यो ख्रीष्टविरोधी सँगै अल्याङटल्याङ गरेरै मात्र दिनहरू बिताए। यी अविश्‍वासीहरूमध्ये, एकातिर २० वर्षभन्दा बढी देखि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरू थिए, र अर्कोतिर कम्तीमा पाँच वर्षदेखि विश्‍वास गरेका मानिसहरू थिए, तर कसैले पनि यी समस्याहरूबारे रिपोर्ट गरेनन्। तर अझै खराब कुरा के थियो? यस ख्रीष्टविरोधीसँग जिस्केर बस्ने धेरै महिला टोली अगुवा र उप-टोली अगुवाहरू थिए, जो उसको ध्यान पाउन एकअर्कासँग होड गर्थे। जब कुनै पुरुष र महिलाबीच प्रेम सम्बन्ध चल्न थाल्छ, तब वयस्क र बुढापाकाहरूले मानिसहरूले यो कुरा एक झलकमा नै देख्‍न सक्छन्। पुरुष र महिलाबीचका समबन्धहरूबारे मानिसहरू सबै संवेदनशील हुन्छन्, र तिनीहरूले एकै झलकमा के भइरहेको छ भनेर थाहा पाउन सक्छन्। तैपनि, कसैले यसबारे रिपोर्ट गरेन, तिनीहरूलाई हप्काउन वा तिनीहरूको खुलासा गर्न कोही खडा भएन, र कसैले पनि तिनीहरूलाई खुट्टयाउन सकेन। के कुनै व्यक्तिले अगाडि आएर तिनीहरू ख्रीष्टविरोधीको नेतृत्वमा रहेको गुट हुन् भन्‍ने देखेर मनमनै यस्तो सोच्यो, “म तिमीहरूलाई पछ्याउन सक्दिनँ। मैले यो कुरा माथिल्लो नेतृत्वलाई रिपोर्ट गरेर तिमीहरूलाई हटाउनैपर्छ, वा तिमीहरूलाई हटाउन इन्साफको बोध भएका केही दाजुभाइ-दिदीबहिनीहरूलाई सङ्गठित गर्नुपर्छ”? अहँ, कसैले पनि त्यसो गरेन। यो मामला खुलासा हुनु अघिसम्म कसैले पनि यसबारे रिपोर्ट गरेन। यी मानिसहरू कस्तो प्रकारका थिए? के तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी थिए? के तिनीहरू सत्यता पछ्याउनेहरू थिए? (थिएनन्।) तिनीहरूको आँखा अगाडि नै यस्तो ठूलो घटना घट्नु र तिनीहरूलाई यसबारे अत्तोपत्तो नहुनु, त्यो कुरा हेर्दा के सत्यता नपछ्याउने यी मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थे त? आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति कस्तो थियो? स्पष्टतया, तिनीहरू दिनदिनै सित्तैँमा खाँदै बस्‍ने आश्रित व्यक्ति मात्रै थिए। तिनीहरू परमेश्‍वरका घरमा सजिलै अल्याङटल्याङ गर्न सकिन्छ, कसैले समस्या देखे पनि एक शब्द बोल्नु हुँदैन, कसैले कसैलाई चिढ्याउनु हुँदैन, र तिनीहरूले “हाकिम” लाई चिढ्याए भने, त्यो भयानक हुनेछ, र परिणामहरू तिनीहरूका लागि खराब हुनेछन् भन्‍ने ठान्थे। यदि तँलाई मानिसहरू चिढ्याउन डर लाग्छ र त्यसो गर्ने आँट गर्दैनस् भने, के तँ परमेश्‍वरलाई चिढ्याउने आँट गर्छस् त? यदि तैँले परमेश्‍वरलाई चिढ्याइस् भने के तेरा लागि परिणामहरू असल हुनेछन्? परमेश्‍वरले तँलाई कसरी तह लगाउनुहुनेछ? के त्यसका परिणामहरू हुनेछैनन् र? (हो, हुनेछन्।) परिणामहरू हुनेछन्। तिनीहरू कसैलाई चिढ्याउँछु कि भनेर डराउनु, अवश्य नै मुख्य कुरा होइन। मुख्य कुरा त तिनीहरू सत्यताप्रति कुनै प्रेम नभएका दुष्ट मानिसहरू थिए। तिनीहरूले सत्यता नपछ्याउनु बाहेक, धेरै मूर्ख कुराहरू पनि गरे। क्यानाडेली मण्डलीमा धेरै मानिस थिएनन्, तैपनि तिनीहरूमा धेरै उग्र महत्त्वाकांक्षाहरू थिए। तिनीहरूको कर्तव्य निर्वाहले स्पष्ट रूपमा कुनै प्रभाव पारेको थिएन, तैपनि तिनीहरू अझै पनि आफ्नो कामको दायरा विस्तार गर्न चाहन्थे र जग्गा किन्नमा व्यस्त भइरहेका थिए, तर अन्त्यमा तिनीहरूले व्यर्थैमा जग्गाको बिना तिरे। अहिले यीमध्ये धेरैजसो मानिसलाई अलग्गै राखिएको छ। मलाई भन् त, यी मानिसहरूको जत्था के हुन्? के तिनीहरू पशु र दुष्ट मानिसहरूको जत्था होइनन् र? स्पष्टतया, तिनीहरू केही पनि होइनन्, तैपनि तिनीहरूले यसरी भेटीहरू फजुल खर्च गरे। कसैले पनि परमेश्‍वरको घरका हितहरूको रक्षा गरिरहेका थिएनन्, कसैमा पनि इन्साफको बोध थिएन—तिनीहरू केवल पिशाचका जत्था हुन्! यो साँच्‍चै नै रिस उठ्दो कुरा हो!

क्यानाडेली मण्डलीमा धेरै मानिस थिएनन्, एक-दुई सय मानिसहरू मात्रै थिए। तिनीहरू आफ्नो कर्तव्यमा त्यति मेहनत गर्दैनथे, तिनीहरू आफ्नो कर्तव्यमा लापरवाह थिए र गुटबन्दी गर्थे, दिनहरू केवल झारा टारेर काट्थे। के त्यो रिस उठ्दो कुरा होइन र? तिनीहरू काममा अदक्ष थिए र तिनीहरूले कुनै प्रगति गरेनन्, तिनीहरू सबै एकअर्का विरुद्ध षड्यन्त्र गरिरहेका हुन्थे र मिलेर काम गर्दैनथे। अगुवाहरू अरू केहीसँग भ्रष्ट क्रियाकलापहरूमा संलग्‍न हुन्थे, र कसैलाई कुनै आतुरीको बोध थिएन, कसैलाई रिस उठ्दैनथ्यो, र यसबारे कसैलाई दुःख लाग्दैनथ्यो। यस मामिलाबारे कसैले प्रार्थना गरेन, न त तिनीहरूले माथिबाट सहयोग खोजे वा मागे। कसैले यसो गरेन, र कोही पनि यसो भन्दै अघि आएन, “हामीले आफ्नो कर्तव्य यसरी निर्वाह गर्नु सही होइन। हामीले निर्वाह गरिरहेको यो कर्तव्य परमेश्‍वरले हामीलाई दिएको आज्ञा हो, र हामीले परमेश्‍वरलाई निराश तुल्याउनु हुँदैन!” तिनीहरूमा केही कुराको कमी थिएन, तिनीहरूसँग पर्याप्त मानिस थिए, तिनीहरूसँग पर्याप्त सरसामान थियो। तिनीहरूसँग केको कमी थियो? तिनीहरूसँग असल मानिसहरूको कमी थियो। मण्डलीको कामप्रति कसैलाई जिम्मेवारीको बोध थिएन, न त कसैले परमेश्‍वरको घरको कामको रक्षा गर्न, अगाडि आएर बोल्न, वा समझको सत्यताबारे सङ्गति गर्न नै सक्थ्यो, ताकि सबै जनाले खडा भएर झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्टयाएर खुलासा गर्न सकून्; कसैले पनि यसो गरेन। के यी दुष्ट मानिसहरू अन्धो भएकाले र तिनीहरूले के भइरहेको छ भन्‍ने नदेखेकाले यस्तो भएको थियो, वा तिनीहरूमा क्षमताको कमी भएकाले र वृद्ध अवस्थाको कारण तिनीहरू अन्योलमा परेकाले यस्तो भएको थियो? (कुनै पनि होइन।) यीमध्ये कुनै पनि थिएन। त्यसोभए वास्तविक परिस्थिति के थियो? तिनीहरू सबै ख्रीष्टविरोधीसँग मिलेका थिए, सबैले एकअर्काको रक्षा गरिरहेका र एकअर्काको चापलुसी गरिरहेका थिए, कसैले कसैको खुलासा गरेनन्, सबै जना पिशाचहरूको अखडामा ऐसआराम गरिरहेका थिए। के तिनीहरूले कहिल्यै आफ्नो कर्तव्य वा परमेश्‍वरको आज्ञाबारे विचार गरे? (गरेनन्।) तिनीहरू कुनै आत्म-ग्लानि महसुस नगरी यसरी झारा टार्न मात्र चाहन्थे। तिनीहरूलाई आत्म-ग्लानि महसुस नहुने यो अवस्था के हो? त्यो त पवित्र आत्माले तिनीहरूमा काम नगरिरहनुभएको, र परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको अवस्था हो। परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुको अर्को कारण पनि छ, र त्यो के हो भने आफ्नो कर्तव्य अनि सत्यता र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूको सोचका कारण, परमेश्‍वर तिनीहरूदेखि दिक्क हुनुभएको थियो र त्यस उप्रान्त तिनीहरू त्यो कर्तव्य निर्वाह गर्न योग्य रहेनन्। त्यसैकारण तिनीहरूलाई कुनै निन्दाभाव वा अनुशासन देखिएन, तिनीहरूको विवेक जागृत भएन, झन् तिनीहरूले कुनै अन्तर्दृष्टि वा ज्योति, कुनै काटछाँट, कुनै न्याय, वा सजाय पाउनु त परको कुरा थियो। तिनीहरूका लागि यी कुराहरू अर्थहीन थिए, तिनीहरू सबै भावशून्य थिए, र तिनीहरू दियाबलसहरूभन्दा केही फरक थिएनन्। तिनीहरूले परमेश्‍वरका घरमा वर्षौँदेखि प्रवचनहरू सुन्दै आएका थिए, र ख्रीष्टविरोधीहरूलाई खुट्टयाउनेबारे प्रवचनहरू र आफ्नो कर्तव्य मापदण्डअनुसार कसरी निर्वाह गर्ने भन्‍नेबारे प्रवचनहरू पनि सुनेका थिए, तर के तिनीहरूले यस समय दौरान सत्यता खोजे र स्विकारे? के तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्टयाए? के तिनीहरूले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे कुनै बहस चलाए? अहँ, चलाएनन्। यदि तिनीहरूले साँच्‍चै त्यसो गरेका भए, खडा भई ख्रीष्टविरोधीको मुखौटो उतारेर रिपोर्ट गर्ने केही मानिसहरू निश्चय नै हुनेथिए, र परिस्थिति जति खराब भयो, त्यति खराब हुनेथिएन। तिनीहरू त भ्रमित र निकम्मा मानिसहरूको जत्था मात्रै थिए! तिनीहरूको वास्तविक परिस्थिति, तिनीहरूको व्यवहार, र तिनीहरूलाई गरिएको वर्गीकरणअनुसार, मैले तिनीहरूलाई अलग बस्न र मनन गर्नका लागि केही समय समूह-ख मा झारेको छु। के मैले यस मामिलालाई यसरी सम्हाल्‍नु हदभन्दा बढी थियो? (थिएन।) थिएन, यो हदभन्दा बढी पटक्कै थिएन। अनि यदि यो हदभन्दा बढी थिएन भने, के यसलाई पूर्ण रूपमा उचित ठान्न सकिँदैन र? तिनीहरूलाई अलिकति मौका दिनका लागि यसो गरिएको थियो। कस्तो मौका? यदि तिनीहरूमा साँच्‍चै केही मानवता र विवेक छ भने, यदि तिनीहरू पश्चात्ताप गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्छन् भने, तिनीहरूले मण्डलीमा फर्कने मौका पाउनेछन्; यदि तिनीहरूमा पश्चात्ताप गर्ने चाहनासमेत छैन भने, तिनीहरू आफ्नो बाँकी जीवनभरि अलग रहनेछन्, र मण्डलीले तिनीहरूलाई निकाल्ने पनि छ। वास्तविकता यही हो। तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनका लागि तुरुन्तै निकालिएन। तिनीहरूले यसो भन्लान्, “हामीले यो खराब कुरा गऱ्यौँ, र तपाईं रिसाउनुभयो र हामीलाई अलग गरिदिनुभयो। त्यसकारण हामीले पहिले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै फाइदा नकमाए पनि, निश्चय नै यसका लागि कष्ट भोग्यौँ। तपाईं त्यो किन देख्‍नुहुन्‍न?” तर वास्तवमा, तिनीहरूलाई अलग राख्नुले पर्याप्त नरमपनलाई देखाउँछ, अनि तिनीहरूको कार्य र व्यवहारअनुसार त, तिनीहरूलाई निकालिदिनु पर्ने हो। तिनीहरूमा भएको यो मनोवृत्तिलाई हेर—तिनीहरू कत्रो खतरामा छन्! त्यसोभए, यो मामला कसरी सम्हाल्नुपर्छ? मैले आफ्नो कार्यलाई दुई चरणमा विभाजन गर्नुपर्छ: पहिलो चरण तिनीहरूलाई अलग राख्नु हो, र दोस्रो चरण चाहिँ तिनीहरूलाई अलग गरिँदाको अवधिमा तिनीहरूको परिस्थिति अनि व्यक्तिगत व्यवहारका आधारमा मलाई उचित लागेअनुसार सम्हाल्नु, र तिनीहरूलाई मण्डलीमा राख्‍ने कि निकाल्ने भनेर निर्णय गर्नु हो। के यो तिनीहरूप्रति पर्याप्त नरमपन देखाउनु होइन र?

क्यानाडेली मण्डलीका ती मानिसहरूले धेरै खराब कुराहरू गरे र तिनीहरूलाई तिनीहरूको व्यवहारअनुसार अलग्याउनुले ठूलो नरमपनलाई देखाउँथ्यो, तर किन कतिपय मानिसमा अझै पनि त्यस मामला कसरी सम्हाल्ने भन्‍नेबारे आफ्नै विचारहरू छन्? कतिपय मानिस भन्छन्, “तपाईंले त्यसरी मामला सम्हाल्नु सही होला, तर अझै पनि अलि समस्या छ। क्यानाडेली मण्डलीका ती मानिसहरूले यो कुरा आफूमाथि आफै ल्याए र आफूले पाउनुपर्ने कुरा प्राप्त गरे, तर त्यसलाई यसरी सम्हालेर, के तपाईंले अरूका लागि उदाहरण बसाल्न तिनीहरूलाई चरम दण्ड दिइरहनुभएको छैन र?” के यो सही बुझाइ हो? (होइन।) मैले कतिपय मानिसले यसो भनेको सुनेको छु, “त्यसलाई सम्हाल्ने सही तरिका यही हो। तपाईंले अरूका लागि उदाहरण बसाल्न तिनीहरूलाई चरम दण्ड दिनुपर्छ, तिनीहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु, र अरूलाई सन्देश दिन शक्ति देखाउनुपर्छ।” के यो गैरविश्‍वासीले भन्‍ने कुरा होइन र? गैरविश्‍वासीले कामकुरामा राख्‍ने दृष्टिकोण यही हो। तिमीहरूले सायद अझै यो समस्याको सार छर्लङ्ग देख्‍न सकेका छैनौ, त्यसकारण तिमीहरू अझै पनि गैरविश्‍वासीको दृष्टिकोण व्यक्त गर्न सक्छौ। के कसैले यसो भन्‍नु अलि घृणित कुरा हो भन्‍ने तिमीहरूलाई लाग्दैन? यदि तिमीहरूले यो मामिला व्याख्या गर्न त्यस्ता शब्दहरू प्रयोग गऱ्यौ भने, विषयबाहिरका कुराहरू भनिरहेका हुन्छौ, र परिस्थितिहरू यस्ता छैनन्। त्यसोभए, मैले त्यो मामिला सम्हालेको तरिकालाई तिमीहरू कसरी व्याख्या गर्छौ? (तपाईंले त्यसलाई सिद्धान्तअनुसार सम्हाल्नुभएको छ।) ठीक भनिस्, मैले त्यसलाई सिद्धान्तअनुसार सम्हालेको छु; यो भन्नुपर्ने व्यावहारिक कुरा हो। अरू कोही छ? के यो तिनीहरूले आफै आफूमाथि ल्याएका होइनन् र? (हो।) अनि यसलाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका के हो? (तिनीहरूले आफूले पाउनुपर्ने फल नै पाएका छन्।) ठीक भनिस्, तिनीहरूले कसरी व्यवहार गरे त्यसका आधारमा, तिनीहरूले आफूले पाउनुपर्ने फल नै पाए र यो आफूमाथि आफै ल्याएका हुन्। परमेश्‍वर सत्यता सिद्धान्तअनुसार काम गर्नुहुन्छ; उहाँ मानिसहरूलाई तिनीहरूको व्यवहारअनुसार पाउनुपर्ने दण्ड दिनुहुन्छ। त्यसबाहेक, मानिसहरूले आफ्नो कार्यका परिणामहरू भोग्‍नुपर्छ, र तिनीहरूले गलत कामकुरा गर्दा, तिनीहरूलाई दण्ड दिनुपर्छ—यो उचित कुरा हो। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको व्यवहारअनुसार दण्ड दिनुहुन्छ; यो क्यानाडेली मण्डलीका ती मानिसहरूलाई दण्ड दिनु हो र, वर्तमान शब्दावली प्रयोग गर्दा, तिनीहरूलाई सिद्धान्तअनुसार तह लगाइन्छ। मलाई भन् त, मैले खुलासा गरेका यी कुरामध्ये कुन कुरा तथ्य होइनन्? यी मामिलाहरूबारे मेरा कुन विश्लेषण र परिभाषाहरू, र तीबारे मेरा कुन वर्गीकरणहरू तथ्य होइनन्? ती सबै तथ्य हुन्। त्यसकारण, यी प्रकटीकरणहरू अनि तिनीहरूको कार्य र व्यवहारअनुसार तिनीहरूलाई दण्ड दिइन्छ—त्यसमा के गलत छ? त्यसकारण, अरूलाई सन्देश दिन शक्ति देखाउनु, अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु, र मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु—के यी कार्यहरूको प्रकृति मैले क्यानाडेली मण्डलीलाई सम्हालेको तरिका जस्तै हुन्छ? (हुँदैन।) त्यसोभए अरूका लागि उदाहरण बसाल्न किन मानिसहरूलाई चरम दण्ड दिनु? यसको प्रकृति के हो? अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु, अरूलाई सन्देश दिन शक्ति देखाउनु, र मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु—यी तीन कार्यहरूको प्रकृति मूलतः उस्तै हुन्छ। त्यो प्रकृति के हो? त्यो शासक वा शक्तिशाली व्यक्तिले आफ्नो अख्तियार स्थापना गर्न आवश्यक ठानेको निश्‍चित परिस्थितिमा केही कुरा गर्नु र त्यो कुरा प्रयोग गरेर अरूलाई तर्साउनु हो। यसलाई अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु हो। यसो गर्दा तिनीहरूको उद्देश्य के हुनेछ? अरूलाई तिनीहरूको आज्ञापालन गर्ने, तिनीहरूको डर मान्‍ने, र तिनीहरूसँग त्रसित हुने, तिनीहरूको अगाडि हडबडमा कुनै कुरा नगर्ने, र तिनीहरू सामु आफूलाई जे मन लाग्यो त्यही नगर्ने बनाउनु हो। के तिनीहरूले यसो गर्नु सिद्धान्त अनुरूप हुन्छ? (हुँदैन।) किन तिमीहरू त्यो सिद्धान्त अनुरूप हुँदैन भनेर भन्छौ? शासकमा काम गर्ने उत्प्रेरणा हुनेछ, र उसको उत्प्रेरणा आफ्नो शासन दह्रिलो बनाउन र आफ्नो शक्ति जोगाउनका लागि हुनेछ। ऊ तिललाई पहाड बनाउन चाहन्छ, र यो उसको कार्यको प्रकृति हुन्छ। क्यानाडेली मण्डलीलाई व्यवस्थापन गर्ने मामला गैरविश्‍वासीहरूका शैतानी दर्शनहरूमा नभई सत्यता सिद्धान्तहरूमा आधारित थियो। त्यो ख्रीष्टविरोधीले मानिसहरूलाई बहकायो, मण्डलीका काममा अवरोध र बाधा पुऱ्यायो, मण्डलीलाई उलटपुलट पाऱ्यो, र धेरैजसो मानिसले अझै पनि उसको बचाउमा बोले—तिनीहरूको कार्यको प्रकृति साँच्‍चै घृणित छ! यसरी झारा टार्दा, तिनीहरूले मण्डली छोडेर आफ्नै जीवन जिएका भए राम्रो हुन्थ्यो। कम्तीमा पनि परमेश्‍वरको घरका स्रोतसाधनहरू खेर त जानेथिएनन्, र त्यो राम्रो कुरा हुनेथियो। तर के तिनीहरूले त्यसो गरे? तिनीहरूको विवेकमा यो चेतना थिएन, अनि तिनीहरूले परमेश्‍वरको घरका आर्थिक र भौतिक स्रोतसाधनहरू खेर फाले, तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा मेहनत गरेनन्, र तिनीहरूले ख्रीष्टविरोधीसँग मिलेर ऊसँगै दुष्टता गरे—यी कार्यहरूको प्रकृति अत्यन्तै गम्भीर छ! परमेश्‍वरको घरले तिनीहरूलाई यसरी सम्हालेर तिनीहरूलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न लगाउनुभयो, यसो गर्दा तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्छन् र पश्चात्ताप गर्छन्, अनि यो तिनीहरूको फाइदाका लागि हो। यदि तिनीहरूलाई नसम्हालेको भए, सायद अहिलेको एक वर्षभित्र तिनीहरू सबैले परमेश्‍वरलाई धोका दिएर संसारमा फर्किनेथिए। खुसीको कुरा, तिनीहरूलाई समयमा नै अलग्गाइयो र सम्हालियो, र यसले अझै धेरै मानिसहरूलाई दुष्टता गर्न समेत रोक्यो र मण्डलीका काममा अझै ठूलो घाटा हुन दिएन। यसो गरेर, तिनीहरूलाई मुक्ति दिइन्छ कि हटाइन्छ? (तिनीहरूलाई मुक्ति दिइन्छ।) तिनीहरूलाई वास्तवमा मुक्ति दिइन्छ। यो तिनीहरूलाई सहयोग गर्न, चेतावनी दिन, तिनीहरूका लागि चेतावनीको घण्टी बजाउन, तिनीहरूलाई यसरी काम गर्नु सही होइन, यदि तिनीहरूले यसरी नै काम गरेमा तिनीहरू नरकको दण्ड भोगेर नष्ट हुन्छन् र तिनीहरूले मुक्ति पाउने कुनै पनि आशा गुमाउनेछन् भनेर बताउन गरिएको थियो। यदि तिनीहरूले यो कुरा बुझ्न सक्छन् भने, तिनीहरूसँग अझै आशा हुन्छ। यदि तिनीहरूले यो कुरासमेत बुझ्न सक्दैनन्, र तिनीहरूलाई निरन्तर खिन्न लाग्छ, हीनताबोध हुन्छ, र उदास लाग्छ, माथिलाई विरोध गर्छन् र नकारात्मक मुडमा आफ्ना धारणाहरू पोखाउँछन् भने, तिनीहरू समस्यामा पर्नेछन्। तिमीहरू तिनीहरूका लागि के इच्छा गर्छौ? (तिनीहरूले पश्चात्ताप गरून् भन्‍ने।) तिमीहरू सबै तिनीहरू राम्रो हुनेछन् र पश्चात्ताप गर्नेछन् भन्‍ने इच्छा गर्छौ। अनि म तिनीहरूका लागि के इच्छा गर्छु? के म तिनीहरूले पश्चात्ताप नगरून्, म तिनीहरू सबैलाई हटाउन सकूँ, यी मानिसहरूविना मण्डली अझ राम्रो हुनेछ भन्‍ने इच्छा गर्छु? के म यही चाहन्छु? (होइन।) अहँ, म यो चाहन्नँ। म तिनीहरू राम्रो भएर पश्चात्ताप गरून्, तिनीहरू पश्चात्ताप गरेपछि परमेश्‍वरका घरमा फर्कून्, र तिनीहरूले पहिले जस्तो गरी आफ्नो कर्तव्य निर्वाह नगरून् भन्‍ने इच्छा गर्छु। त्यो पदले के भन्छ? “तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्” (योना ३:८)। जहाँसम्म तिनीहरूका कुरा छ, यदि तिनीहरूले यो परिणाम हासिल गर्न सके भने त्यो तिनीहरूको जीवनभरि कहिल्यै नमेटिने यादगार र तिनीहरूका लागि असाधारण अनुभव हुनेछ, यो सुन्दर घटना बन्‍नेछ। यो तिनीहरूले व्यक्तिगत रूपमा पछ्याउने कुरामा निर्भर हुन्छ।

क्यानाडेली मण्डलीमा ख्रीष्टविरोधीको मामला सम्हालेपछि, कतिपय मानिसले सोचे, “यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गरेको धेरै वर्ष भएको छ, र पनि एक जना ख्रीष्टविरोधी देखा परेर बाधा पैदा दिएकाले, तिनीहरूलाई अलग्याइएको छ।” तिनीहरूलाई सङ्कटको बोध हुन्छ र सोच्छन्, “अहो, मैले परमेश्‍वरलाई रिसाएको र मानिसहरूलाई सरापेको पहिलो पटक देखेँ। ख्रीष्टविरोधीका सहकर्मी, मतियार, र अनुयायीहरूलाई समेत छोडिएन। परमेश्‍वर साँच्‍चै कसैको पनि भावनालाई ध्यान दिनुहुन्न! सामान्यतया, परमेश्‍वर मानिसलाई प्रेम र कृपा गर्नुहुन्छ भनेर प्रायः भनिन्छ, तर यस पटक उहाँको रिस साँच्‍चै असाध्यै दन्कियो!” तिनीहरू हृदयमा असहज महसुस गर्न थाल्छन्। मलाई भन् त, के मानिसहरूले यसरी सोच्नु सही हो? (होइन।) किन होइन? मानिसहरूले यस मामलालाई कसरी लिनुपर्छ? तिमीहरूले कति वर्षदेखि प्रवचनहरू सुन्दै आएका छौ? के कम्तीमा पनि पाँच वर्ष भएन र? अनि के हामी धेरै कुरामा, विशेष गरी सिद्धान्तहरू तुलनात्मक रूपले स्पष्ट हुने निश्‍चित मामलाहरूमा सहमतिमा पुग्‍न सक्‍नु पर्दैन र? (पर्छ।) “सहमति” को अर्थ के हो? यसको अर्थ एक प्रकारको मौन बुझाइ हो। मैले तिमीहरूलाई कारण नबताई कुनै कुरा गर्छु, र तिमीहरूलाई यसको कारण राम्ररी थाहा हुन्छ, र तिमीहरू यसलाई सकारात्मक दृष्टिकोणले बुझ्न, स्विकार्न, र बोध गर्न सक्छौ—मौन बुझाइ भनेको यही हो। यो मौन बुझाइ कसरी आउँछ? मानौँ तैँले धेरै प्रवचन सुनेको छस्, निश्चित स्तरमा सत्यता बुझेको छस्, र हामीले एकअर्कालाई अझ बढी चिनेका छौँ। मैले तिमीहरूलाई धेरै कुरा व्याख्या गरेको छु, अनि मेरा दृष्टिकोण, विचार, कार्यका सिद्धान्तहरू, साथै तिमीहरूले बुझ्नुपर्ने र गर्नुपर्ने कुराहरू बताएको छु। मैले तिमीहरूलाई यी सबै कुरा र मेरा दृष्टिकोणहरू के हुन् भनेर बताएको छु, त्यसपछि तिमीहरूले मेरा दृष्टिकोणहरू स्वीकार गरेका छौ, र परिस्थिति, आफ्नो कर्तव्य, विश्‍वास, जीवन, अनि अरू मानिसहरूलाई मेरा दृष्टिकोणअनुसार लिएका छौ। के त्यसपछि हामीबीच मौन बुझाइ बढ्दै-बढ्दै गएको छैन र? (छ।) त्यसोभए, के हामी क्यानाडेली मण्डलीको व्यवस्थापनबारे यस्तो मौन बुझाइमा पुगेका छौँ? यदि मैले यस मामिलालाई म नै बनेर व्याख्या नगरेको भए, हाम्रो मौन बुझाइले के अर्थ राख्थ्यो? “अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिनु” र “मानिसहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नु”—के यो हाम्रो मौन बुझाइ हो? (होइन।) यी मानिसहरूले धेरै वर्षदेखि प्रवचन सुनेका छन्, त्यसकारण मैले यो कार्य गर्दा कसरी तिनीहरूबाट यस्तो प्रतिक्रिया आउन सक्छ? मलाई भन् त, तिनीहरूले यस्ता दृष्टिकोण व्यक्त गरेको सुन्दा मलाई कस्तो लाग्यो? मानिसहरू यस्ता कुराहरू भन्‍न सक्छन् भनेर मलाई साह्रै दुःख लाग्यो! म तँलाई सोध्छु, के मैले त्यस्तो महसुस गर्नुपर्थ्यो? (पर्थ्यो।) किन तँ त्यसो भन्छस्? किनभने यस्तो बयान, यस्तो दृष्टिकोण, यस्तो बुझाइ, र यस्तो बोध हुनु हुँदैन वा उत्पन्न हुनु हुँदैन। अहिले ती उत्पन्न भएका छन् र मेरो अपेक्षाभन्दा बाहिर गएका छन्। ती मेरो मूल्याङ्कन र अपेक्षाहरूभन्दा यति बाहिर गएका छन् कि मलाई यस मामिलामा लाज लाग्छ! कसैले भन्‍नेछ, “के यो त्यति गम्भीर कुरा हो? के तपाईंले तिललाई पहाड बनाइरहनुभएको छैन र?” म तिमीहरूलाई भन्छु, यो ठूलो कुरा होइन, तर यो सानो कुरा पनि होइन। तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, जब परमेश्‍वर तेरा परमेश्‍वर र प्रभु हुनुहुन्छ भनेर स्विकार्छस्, जब परमेश्‍वरका वचनहरू खान र पिउन, परमेश्‍वरलाई पछ्याउन, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकार्न, र परमेश्‍वरले तँबाट माग गर्ने सबै कुराप्रति समर्पित हुन चाहन्छस्, तब त्यस दिनदेखि, तैँले परमेश्‍वरसँग सम्बन्ध स्थापित गरेको हुन्छस्। तैँले यो सम्बन्ध स्थापना गरिसकेपछि, तँ र परमेश्‍वर बीच सबैभन्दा महत्त्वपूर्ण समस्या हुन्छ। त्यो समस्या के हो? त्यो के हो भने यदि तैँले परमेश्‍वरले गर्ने कुरा र परमेश्‍वरले व्यवहार गर्ने तरिकाहरू स्विकार्न सक्दैनस् भने, यदि तँ यी कुराहरू बुझ्न सक्दैनस् भने, र ती खोज्न र बुझ्न पहल गर्न सक्दैनस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध हरेक क्षण सङ्कटको स्थितिमा पर्नेछ। अनि यो सङ्कटको स्थितिले केलाई जनाउँछ? तैँले परमेश्‍वरका वचनहरू जति नै खाए र पिए पनि, परमेश्‍वरमा समर्पित हुने योजना जति नै गरे पनि, यो सङ्कटको स्थिति एक दिन समेत रह्यो भने, परमेश्‍वरलाई पछ्याउने तेरो चाहना र परमेश्‍वरको मुक्ति स्विकार्ने तेरो इच्छा चकनाचूर हुन सक्छ, यो टिकाउ नहुन सक्छ, र यो कल्पना मात्रै हुन सक्छ। किन म यसो भन्छु? यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन र यो सङ्कटको स्थिति छ भने, के तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्‍न सक्नेछस्? त्यसपछि परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो हुनेछ? के यो मिलनसार सम्बन्ध हुनेछ? पारिवारिक सम्बन्ध, वा सहकर्मीहरू बीचको सम्बन्ध? वास्तवमा त्यो कस्तो सम्बन्ध हुनेछ? यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सङ्कटका स्थितिमा छ भने, तैँले कुनै पनि समय र स्थानमा परमेश्‍वरका कार्य र व्यवहारलाई आलोचना गर्न र गलत बुझ्न सक्‍नेछस्, अनि तैँले परमेश्‍वरले गर्ने कुराहरूलाई विरोध गर्न र नस्विकार्न समेत सक्‍नेछस्। त्यसपछि के तँ खतरामा हुनेछैनस् र? यो खतरा कसरी आउँछ? त्यो तैँले परमेश्‍वरलाई नचिनेकाले हुन्छ। हामी सकारात्मक पक्षबाट बोल्नेछैनौँ, तर नकारात्मक पक्षबाट बोल्नेछौँ। उदाहरणका लागि, तँ सधैँ परमेश्‍वरलाई निश्‍चित तरिकाले हेर्छस्, र तँलाई परमेश्‍वर पृथ्वीको राजा, सबैभन्दा महत्त्वपूर्ण अधिकारी, पृथ्वीमा शक्ति चलाउने सर्वोच्च व्यक्ति हुनुहुन्छ भन्‍ने लाग्छ। तेरा विचारमा, तँलाई सधैँ परमेश्‍वर यस्तो स्थितिमा हुनुहुने व्यक्ति हुनुहुन्छ भन्ने लाग्छ, र त्यसैले यस आधारमा, तैँले परमेश्‍वरले गर्ने र भन्ने कुराहरूबारे कस्तो दृष्टिकोण राख्नेछस्? म तिमीहरूलाई केही उदाहरण दिन्छु र त्यसपछि तिमीहरूले मैले भनेको दृष्टिकोण के हो भन्‍ने बुझ्न सक्छौ। संसारमा यस्तो भनाइ छ: “राजाको नजिक हुनु बाघसँग सुत्‍नुजस्तै खतरनाक हुन्छ।” त्यसोभए, के परमेश्‍वरसँगको आफ्ना सम्बन्धमा यो भनाइ लागू गर्ने कुनै मानिसहरू छन्? (छन्।) त्यस्ता मानिसहरू छन्, र धेरै मानिसले परमेश्‍वरबारे यस्तै दृष्टिकोण राख्छन्। त्यसपछि हामीले यसअघि उल्लेख गरेको भनाइ पनि छ, “मानिसहरूलाई अरूको चेतावनीका रूपमा प्रस्तुत गर्नु।” के यसले पनि परमेश्‍वरलाई पृथ्वीको राजा वा प्रभाव र हैसियत भएको व्यक्ति तुल्याउँदैन र? (तुल्याउँछ।) तिनीहरूमा परमेश्‍वरबारे यस्तो बुझाइ छ किनभने तिनीहरू परमेश्वरबारे यस्तो दृष्टिकोण राख्छन्, र तिनीहरूको परमेश्‍वरसँग यस्तो सम्बन्ध भएकाले, तिनीहरूले उहाँलाई यसरी हेर्ने हुनाले, तिनीहरूले उहाँको पहिचान र हैसियतलाई यसरी बुझ्ने हुनाले, तिनीहरू परमेश्‍वरलाई संसारमा हैसियत भएको व्यक्तिजस्तो ठान्छन्—यो स्वाभाविक कुरा हो। अर्को भनाइ छ: “आफ्नो प्रभाव क्षेत्रमा अरूले घुसपैठ गरेको कसले पो सहन सक्छ र?” यो हैसियत र प्रभाव भएका सांसारिक राजा र मानिसहरूलाई व्याख्या गर्ने तरिका हो। तिमीहरूमध्ये कतिपयले यस्ता मानिसहरूलाई चिन्छौ होला वा पहिले तिनीहरूसँग सङ्गत गरेका थियौ होला, र सायद तिमीहरू परमेश्‍वरमा पनि यो भनाइ लागू गर्छौ होला। अर्थात्, जब परमेश्‍वर कुनै कुरा गर्नुहुन्छ वा भन्‍नुहुन्छ, तब तँ ती भनाइहरूलाई परमेश्‍वरसँग जोडेर उहाँलाई त्यस्तै ठान्छस् होला। यदि तँ परमेश्‍वरलाई त्यस्तो ठान्छस् र उहाँप्रति त्यस्तो दृष्टिकोण राख्छस् भने, परमेश्‍वरसँग तेरो सम्बन्ध वास्तवमा कस्तो हुनेछ? त्यो अमिल्दो हुनेछ। तैँले आफ्नो मनमा परमेश्‍वरलाई जति नै आदर गरे पनि र उहाँको डर माने पनि, तँ जति नै आज्ञाकारी हुन र उहाँप्रति जति नै समर्पित हुन सके पनि, अनि उहाँप्रति तेरो मनोवृत्ति जेजस्तो भए पनि, परमेश्‍वरसँगको तेरो सम्बन्ध अझै पनि अमिल्दो नै हुनेछ। यसरी बोल्दा, मेरा वचनहरू अलि अस्पष्ट सुनिन्छन् भन्‍ने तिमीहरूलाई लाग्ला, तर यदि तिमीहरूले ती ध्यान दिएर मनन गऱ्यौ भने, के तिमीहरूले परिस्थिति यस्तै छ भन्‍ने देख्दैनौ र? मैले क्यानाडेली मण्डलीको ख्रीष्टविरोधीको मामलालाई सम्हालेपछि, तिमीहरूलाई परिस्थितिहरू सावधानीपूर्वक र विस्तृत रूपमा व्याख्या गरिनँ, र मैले ती मानिसहरूलाई सम्हाल्नुका कारणहरू पनि बताइनँ, त्यसैले धेरै मानिस आफ्नो सम्भावना र गन्तव्यबारे चिन्तित बने। यो चिन्ता कहाँबाट आयो? यो मानिसहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्नुले र उहाँलाई नचिन्नुले गर्दा आएको हो—मूल कारण यही थियो! यदि तैँले परमेश्‍वरलाई उहाँको सारअनुरूप बुझ्ने हो भने—उदाहरणका लागि, यदि तैँले परमेश्‍वरको धार्मिकता, अख्तियार, र बुद्धिलाई सत्यता अनुरूप बुझ्ने हो भने—परमेश्‍वरले जे गर्नुभए पनि, तैँले परमेश्‍वरका कारण र अभिप्रायहरू नबुझे पनि, के तैँले परमेश्‍वरलाई गलत रूपमा बुझ्नेछस्? अहँ, पटक्‍कै गलत रूपमा बुझ्‍नेछैनस्। मैले क्यानाडेली मण्डलीको त्यो समस्या समाधान गरेपछि, कतिपय मानिसले भने, “यो त तिनीहरूलाई चेतावनी दिन र हामीलाई डर देखाउन गरिएको हो।” तिनीहरूको समस्या के हो? के तिनीहरूले भनेको कुरा सत्यता अनुरूप छ? के यसले सही बुझाइ देखाउँछ? (देखाउँदैन।) किन देखाउँदैन? म तिमीहरूलाई अत्यन्तै सरल कुरा बताउँछु: तिनीहरूको बुझाइ साँचो परिस्थितिसँग मिल्दैनथ्यो, तथ्यहरू त्यस्ता थिएनन्, र तिनीहरूले गलत रूपमा बुझेका थिए। के यो भन्नु सरल कुरा होइन र? (हो।) त्यसोभए किन तिमीहरू यो समस्यालाई व्याख्या गर्न यति धेरै मेहनत गर्छौ? मैले कहिल्यै त्यस्तो सोचिनँ, र मैले कहिल्यै कसैलाई डर देखाउन चाहिनँ। धेरैजसो मानिसले वर्षौँदेखि आफ्नो कर्तव्यको प्रभावकारितालाई निरन्तर सुधार गर्दै आएका छन्, त्यसकारण के तिनीहरू अहिले आफ्नो कर्तव्य मापदण्डअनुसार निर्वाह गर्छन्? अहँ, गर्दैनन्, अझै पनि यी मानिसहरू आफ्नो कर्तव्यमा मापदण्डअनुसार बन्ने प्रक्रियामा छन्, र यदि कुनै सानातिना समस्याहरू छन् भने म तिनलाई त्यतिकै छोडिदिन्छु। यस प्रक्रियाको अवधिमा, कतिपय मानिसले बाधाहरू पुऱ्याउलान्, कतिपयले आलटाल गर्लान्, वा निश्‍चित मानिसहरूमाझ केही सानातिना समस्याहरू देखा पर्लान्, तर समग्रमा, ती निकै राम्रा हुन्। तथापि, तैँले एउटा कुरा बिर्सनु हुँदैन: तँ आफ्नो कर्तव्य निर्वाह गर्न आएको होस्। तैँले जति नै मेहनत गरे पनि, वा जति नै कष्ट भोगे पनि, वा तँलाई जति नै काटछाँट गरिए पनि, तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। परमेश्‍वरले तँलाई यो अवसर दिनुभयो ताकि तैँले फरक-फरक परिस्थितिहरूको अनुभव गर्न अनि सबै प्रकारका व्यक्तिगत अनुभव र भोगाइहरू प्राप्त गर्न सक्। यो राम्रो कुरा हो, र यो सब तिमीहरूले सत्यता बुझ्न सक भनेर गरिएको हो। त्यसोभए, तिमीहरूलाई केको चिन्ता छ? तिमीहरू केबाट जोगिरहेका छौ? त्यस्तो हुनु पर्दैन। सामान्य रूपमा सत्यता पछ्याउने गर्, आफ्नो सही स्थान खोज्, र आफ्नो कर्तव्य र आफूलाई दिइएको काम राम्ररी गर्, र त्यति भए पुग्छ। यो तिमीहरूबाट धेरै माग गरिएको होइन।

क्यानाडेली मण्डलीमा ख्रीष्टविरोधी देखा परेर बाधा पुऱ्याउन थालेदेखि ती मानिसहरू आज आजका अवस्थामा पुगेसम्म, मैले तिनीहरूलाई कति लामो सहेँ? तिनीहरूलाई के भइरहेको छ भन्‍ने मलाई पूर्ण रूपमा थाहा नभएको होइन, मैले त्यसलाई लामो समय सहेँ। मैले कति सहेँ? लामो समयसम्म, तिनीहरूले कामहरू पूरा गर्न सकेनन्, आफ्ना काममा प्रगति गरेनन्, र तिनीहरू कसैले पनि आफ्नो उचित मामलामा ध्यान दिएनन्; तिनीहरू सबै स्वेच्छाचारी र लापरवाह, लम्पट र अनियन्त्रित थिए, अनि तिनीहरूलाई धेरै पहिले नै तह लगाउनुपर्थ्यो। यदि तिमीहरू पनि स्वेच्छाचारी, लापरवाह हुन सक्छौ, अनि आफ्‍ना उचित मामलाहरूमा ध्यान दिँदैनौ भने, मैले तिमीहरूलाई तह लगाउने कुरिरहनु पर्दैन। बरु, आफै छोडेर जा; त्यो अझै इज्जतदार कुरा हुनेछ। के त्यसो गर्नु सही कुरा हुनेछ? अहँ, त्यसो गर्नु पनि सही हुनेछैन। छोडेर जानेबारे नसोची बस्, तैँले यहाँ एकचित्त भएर जरा गाड्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सके पनि नसके पनि, कम्तीमा पनि यसमा आफ्नो हृदय लगा, र आफूले अन्त्यमा आफ्ना सबै कामहरू फत्ते गरेको सुनिश्‍चित गर्। भगुवा नबन्। कतिपय मानिस भन्छन्, “मेरो क्षमता कमजोर छ, म त्यति शिक्षित छैनँ र ममा कुनै प्रतिभा छैन। मेरा व्यक्तित्वमा कमजोरीहरू छन् र मलाई सधैँ आफ्नो कर्तव्यमा कठिनाइहरू आइपर्छन्। यदि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकिनँ र मलाई प्रतिस्थापित गरियो भने के गर्ने?” तँलाई केको डर लाग्छ? के यो काम तँ एक्लै पूरा गर्न सक्छस्? तैँले एउटा मात्र भूमिका लिएको छस्, तँलाई सबै भूमिका लिन लगाइएको छैन। आफूले गर्नुपर्ने कुरा मात्रै लिई, त्यति भए पुग्छ। के त्यसपछि तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुँदैनस् र? यो अत्यन्तै सरल छ; तँ किन सधैँ यति सतर्क हुन्छस्? तँलाई बनको बाघले खानु कता हो कता, मनको बाघले खान्छ, र तैँले सबैभन्दा पहिले आफ्ना अनिश्चित योजनाहरू बारे विचार गर्छस्—के यो व्यर्थ होइन र? “व्यर्थ” भन्‍नुको अर्थ के हो? यसको अर्थ प्रगति गर्ने प्रयास नगर्नु, त्यसमा आफ्नो सब थोक दिन इच्छुक नहुनु, सधैँ सित्तैँमा खान खोज्नु र राम्रा कुराहरू लिन चाहनु हो—यस्ता निकम्मा हुन्। कतिपय मानिस अत्यन्तै सानो मनका हुन्छन्। हामी त्यस्ता मानिसहरूलाई कसरी व्याख्या गर्न सक्छौं? (तिनीहरू अत्यन्तै नीच हुन्छन्।) अत्यन्तै नीच व्यक्ति दुष्ट व्यक्ति हो, र कुनै पनि दुष्ट व्यक्तिले भद्र व्यक्तिको चरित्रलाई आफ्नो दुष्ट मापदण्डअनुसार मापन गर्न अनि अरूलाई आफूजस्तै स्वार्थी र घृणित ठान्न सक्छ। यी मानिसहरू बेकामका हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुनेछैन। कुनै व्यक्तिमा अत्यन्तै थोरै विश्‍वास हुनुको कारण के हो? त्यसको कारण तिनीहरूले सत्यता नबुझ्नु हो। यदि तँ एकदमै थोरै सत्यताहरू बुझ्छस् र तीबारे तेरो बुझाइ अत्यन्तै सतही छ, र परिणामस्वरूप, तँ परमेश्‍वरले गर्ने हरेक काम, परमेश्‍वरले गर्ने सबै कुरा, र परमेश्‍वरले तँबाट माग गर्ने हरेक कुरा बुझ्न सक्दैनस् भने, यदि तैँले यो बुझाइ प्राप्त गर्न सक्दैनस् भने, तँमा परमेश्‍वरबारे सबै किसिमका शङ्का, कल्पना, गलतफहमी, र धारणाहरू पैदा हुनेछन्। यदि तेरो हृदय यी कुराहरूले मात्र भरिएका छन् भने, के तँमा परमेश्‍वरप्रति साँचो विश्‍वास हुन सक्छ? तिमीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास छैन, त्यसैले तिमीहरूलाई सधैँ असहज हुन्छ, र आफूलाई कहिले प्रतिस्थापन गरिनेछ भन्‍ने थाहा नभएकामा चिन्ता लाग्छ। तिमीहरू डर लाग्छ र सोच्छौ, “परमेश्‍वर कुनै पनि बेला यहाँ निरीक्षण गर्न आउन सक्नुहुन्छ।” शान्त बस्। यदि तिमीहरू परमेश्‍वरको घरले तिमीहरूलाई सुम्पेको काम राम्ररी गर्छौ भने, तिमीहरूमा सत्यता पछ्याइ र जीवन प्रवेशमा केही कमी भए पनि, म त्यो बेवास्ता गर्नेछु। तिमीहरूको भेलामा सहभागिता र प्रवचन सुनाइ, मण्डली जीवन, र परमेश्‍वरका वचनहरू खाने-पिउने कार्य कस्तो भइरहेको छ भन्‍ने सन्दर्भमा भन्नुपर्दा, म ती कुराहरूलाई निगरानी गर्दिनँ, र म तिमीहरूको कामका हकमा तिमीहरूलाई हैरान गर्नेछैनँ। किन म तिमीहरूलाई हैरान गर्नेछैनँ? यसका धेरै कारण छन्। एउटा हो, मलाई भन्दा बढी तिमीहरूलाई नै विभिन्‍न व्यावसायिक सीपबारे थाहा छ। विगत केही वर्षको कार्य प्रक्रियामा, तिमीहरूले आफ्नो अनुभव वा व्यावसायिक सीपलाई तिखारेर आफ्नो कामका लागि कुनै कार्यक्रम तयार गर्नुपर्थ्यो। चाहे लिखित होस् वा मौखिक, तिमीहरूले केही नीति र नियमहरूलाई सारांशीकृत गर्नुपर्थ्यो। तिमीहरूले कुन कार्य शैली अपनाउँछौ मलाई थाहा छैन, र म तिमीहरूको कार्य योजना र कार्य विधिहरूमा गडबड गर्न चाहन्नँ। तिमीहरू आफ्नै शैली वा ढाँचा, वा नीति र नियमहरू पछ्याउन सक्छौ, अनि जसरी सहज र सुविधा हुन्छ त्यसरी काम गर, सबैलाई स्वतन्त्र र मुक्त महसुस गराऊ, परिणामस्वरूप उच्च स्तरको दक्षता प्राप्त हुन्छ। अर्थात्, म तिमीहरूलाई आफ्नो काममा पूर्ण स्वतन्त्रता दिन्छु। म कहिलेकाहीँ मण्डलीहरूमा टहलिहिँड्ने भए पनि, संलग्न हुँदिनँ, ताकि तिमीहरूले मलाई नदेखे—म तिमीहरूलाई स्वतन्त्र र मुक्त महसुस गराउन सक्दो प्रयास गर्छु। किन म यसो गर्छु? तिमीहरूमध्ये कसैलाई पनि व्यावसायिक सीपबारे त्यति थाहा छैन; तिमीहरूले क्रमिक रूपमा सिक्‍ने प्रक्रिया खोज्नुपर्छ। चाहे मानिसहरूले व्यावसायिक सीप सिकिरहेका होऊन् वा सत्यता प्रवेश गरिरहेका होऊन्, तिनीहरू सबैको आ-आफ्नै प्रगति दर र दक्षताको तह हुन्छ। तैँले मानिसहरूलाई तिनीहरूको क्षमताबाहिरका कुराहरू गर्न लगाउन सक्दैनस्। मानिसहरू प्रक्रियाअनुसार जानैपर्छ, असफलता, रोकावट अनुभव गर्नैपर्छ, वा आफ्ना गल्तीहरूबाट केही पाठ सिक्नैपर्छ अनि त्यसपछि अगाडि बढ्ने मार्गलाई क्रमिक रूपमा सारांशीकृत गर्नैपर्छ र सबै क्षेत्रका निश्‍चित सिद्धान्तहरूमा दक्ष हुनैपर्छ। त्यसपछि तिनीहरूले प्रगति गर्नेछन्। तिमीहरूको आफ्नै कार्य शैली र विधिहरू छन्—यी कुरामा मैले तिमीहरूलाई हैरान गर्नु अनुचित हुनेछ। त्यसकारण म तिमीहरूको कामसँग सम्बन्धित यी मामिलाहरू सम्बन्धी छलफलहरूमा आकलझुकल मात्र सहभागी हुन्छु। तिमीहरूसँग सम्बन्धित कारण यही हो। मसँग सम्‍बन्धित मुख्य कारण पनि छ। म तिमीहरूलाई इमानदारीसाथ भन्छु, तिमीहरूले देख्‍न र सोच्न सक्‍ने कुरा, चाहे व्यावसायिक सीपका सन्दर्भमा होस् वा कलाका सन्दर्भमा, वा त्योभन्दा पनि सत्यताका सन्दर्भमा, ती सबै म अत्यन्तै सतही देख्छु। यदि मैले तिमीहरूलाई छिटो प्रगति गर्न बाध्य पार्ने प्रयास गरेँ भने के तिमीहरू त्यो सहन सक्‍नेछौ? अहँ, तिमीहरू सहन सक्नेछैनौ। यदि मैले तिमीहरूबीच आफूले चाहेअनुसार कार्य गरेँ भने, तिमीहरूबाट मैले गर्ने मागहरू तिमीहरूको वास्तविक व्यावसायिक सीपको स्तर र जीवन प्रवेशसम्बन्धी तिमीहरूको वास्तविक कदभन्दा बढी हुनेछन्। म त्यसो गर्न चाहन्नँ, किनभने त्यो मेरा लागि एकदमै थकाइलाग्दो हुनेछ, र त्यो तिमीहरूका लागि एकदमै कठिन हुनेछ। हामी दुवै अप्ठ्यारो परिस्थितिमा पर्नेछौँ, र त्यो राम्रो हुनेछैन; म यो हेर्न चाहन्नँ। त्यस मामिलामा मेरा विचारहरू यिनै हुन्, र परिस्थिति यस्तै छ। तिमीहरूसँग सम्बन्धित एउटा कारण, र यस मामिलामा मेरो विचार छ भन्ने अर्को कारण, यी दुई कारणले गर्दा मैले परिस्थितिलाई यसरी सम्हालेको छु। यसरी परिस्थिति सम्हाल्नु तिमीहरूको क्रमिक वृद्धिका लागि उपयुक्त हुन्छ। जीवन प्रवेशका सन्दर्भमा भन्दा, तिमीहरूसँग परमेश्‍वरको वचनका पुस्तकहरू छन्, सबै किसिमका भेला र प्रवचनहरू छन्, अनि तिमीहरूलाई मलजल र सहयोग गर्ने अगुवा र सेवकहरू पनि छन्; तिमीहरूले खान, पिउन, र भरणपोषण प्राप्त गर्न सक्‍ने धेरै कुरा छन्। अर्को पक्ष के हो भने मानिसहरूको जीवन वृद्धिको प्रक्रिया माटोमा रोपिएको बीउजस्तै हो, त्यसले पानी र मल पाउँछ, त्यसपछि बिस्तारै अङ्कुराएपछि बढेर अन्त्यमा फल फल्छ। यो निकै सुस्त प्रक्रिया हो। अवश्य नै, तैँले पार गर्ने सुस्त प्रक्रिया बीउ टुसाएदेखि बढेर फल लाग्दासम्मको प्रक्रियाभन्दा सुस्त हुन सक्छ। किन? मानिसहरूमा यसका धेरै व्यावहारिक र वस्तुगत कारणहरू हुन्छन्। एउटा के हो भने मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तर हामी त्यसबारे कुरा गर्नेछैनौँ। अर्को हो, मानिसहरू निष्क्रिय हुन्छन् र प्रायजसो नकारात्मक बन्छन्। तिनीहरू अल्छी हुन्छन्, अनि सत्यता र सकारात्मक कुराहरूका सन्दर्भमा तिनीहरू भावशून्य र सुस्त हुन्छन्। त्यसबाहेक, मानिसहरूलाई सकारात्मक कुराहरू मन पर्दैन। त्यसकारण, जब मानिसहरू सत्यतामा प्रवेश गर्ने र जीवन प्रवेश प्राप्त गर्ने प्रयास गर्छन्, तब तिनीहरूले कठिन सङ्घर्ष गर्नुपर्छ, र फलामको चिउरा चपाउनुपर्छ। मानिसहरूका लागि, अरूले जसरी चल्छ त्यसरी चल्नु, सित्तैँमा खानु, बाहिरी संसारको पछि लाग्‍नु, र प्रचलनहरू पछ्याउनु भनेको पानीको बहावसँगै बग्‍नुसरह हो, जुन सजिलो हुन्छ, र व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, मानिसहरू साँच्‍चै यसरी चल्न चाहन्छन्। तैपनि, सत्यता पछ्याउनु, जे उचित छ त्यो गर्नु, र आफ्नो उचित गर्न सक्‍ने न्याय बोध भएका मानिसहरू बन्‍नु तिनीहरूका लागि निकै कठिन हुन्छ। तिनीहरूले आफ्नो व्यक्तिपरक इच्छा, आफ्नै भावना, आफ्नै धारणाहरूको विरोध गर्नुपर्छ, र तिनीहरूले आफ्नो अल्छीपन अन्य यस्ता अरू प्रतिकूल र नकारात्मक कुराहरूको पनि विरोध गर्नुपर्छ। जब तिनीहरू कल्पना नगरेका मानिस, सहकर्मी, वा वातावरणहरूको सामना गर्छन्, वा जब तिनीहरू व्याकुल पार्ने वा अप्रिय कुराहरू सुन्छन्, तब तिनीहरूले यसलाई जित्न प्रार्थनामा भर पर्नैपर्छ, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने सत्यता पछ्याइका मार्गमा ठूलो प्रतिरोधको सामना गर्छन्। यदि तिनीहरू असाधारण रूपले दृढ रूपमा सङ्कल्पित छन् र अविश्‍वसनीय ऊर्जाले सत्यता पछ्याऊन् भने, तिनीहरूले एक-दुई वर्षको अनुभवपछि केही प्रगति देख्‍नेछन्। नत्र भने, यदि तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन् र परिस्थितिलाई स्वभाविक रूपमा छोडिदिन्छन् भने, तिनीहरूले एकदमै ढिलो प्रगति गर्नेछन्। सायद केही समयपछि तिनीहरूले विशेष घटना सामना गर्नेछन्, जुन तिनीहरूका लागि अत्यन्तै महत्त्वको हुन्छ, र तिनीहरूले पाठ सिक्‍नेछन्, तिनीहरूलाई काटछाँट गरिनेछ, र तिनीहरूले आफ्‍नो हृदयमा ठूलो पीडा भोग्‍नेछन् र तिनीहरूलाई निकै असर पर्नेछ, त्यसपछि मात्रै तिनीहरूले आफ्नो जीवन प्रवेश सन्दर्भमा अलि सुधारको मोड लिन सक्‍नेछन्। के यो सुधारको मोडले तिनीहरूलाई प्रगति गराउन सक्छ? अहँ, सक्दैन। तिनीहरूको प्रगति तिनीहरूले यस अवधिमा कसरी सत्यता पछ्याउँछन् त्यसमा निर्भर हुन्छ। यदि तिनीहरू बहाना बनाउन मात्रै सक्‍ने, देहसुखमा लिप्त हुने, र सत्यतालाई साँच्चै प्रेम नगर्ने मानिस हुन् भने, तिनीहरूले यस घटनाबाट सतही पाठ बाहेक केही प्राप्त गर्नेछैनन्, र तिनीहरूले सत्यता बुझ्नेछैनन्। तिमीहरूको यो जीवन प्रगतिको सुस्त चालअनुसार, म तिमीहरूसँग मेरो सङ्गतिको यो दूरी कायम राख्छु र म यो विधि अपनाउँछु। के तिमीहरूलाई यो उचित लाग्छ? (लाग्छ।) यो तिमीहरूका लागि अत्यन्तै फाइदाजनक हो; कम्तीमा पनि तिमीहरूलाई ढुक्क त हुन्छ। म तिमीहरूलाई दिनभरि हेर्दै र निगरानी गर्दै, दिनको चौबीसै घण्टा आराम गर्न नदिई, लगनशील र अथक रूपमा काम गर्न लगाउँदै कुनै थप बोझ दिनेछैनँ। म त्यसो गर्ने युक्ति निकाल्नेछैनँ, बरु तिमीहरूसँगै परिस्थितिलाई स्वभाविक रूपमा अघि बढ्न दिनेछु। के यसको अर्थ तिमीहरू आत्म-लिप्त हुन सक्छौ भन्‍ने हो? (सक्दैनौँ।) त्यसोभए म तिमीहरूलाई नहेर्ने यो निर्णय कसरी विश्वस्त भई गर्न सक्छु? किनभने पवित्र आत्माको छानबिन हुन्छ। त्यसबाहेक, यदि कसैले सत्यता पछ्याउँछ, उसलाई यो खाँचो छ, र ऊ आफ्नो भित्री हृदयमा सत्यता पछ्याउन इच्छुक हुन्छ भने, तैँले उसलाई नहेरे पनि, उसले सत्यता पछ्याइरहेको हुन्छ—ऊ आफ्ना उचित मामलाहरूलाई ध्यान दिने शिष्ट व्यक्ति हो। यदि ऊ शिष्ट व्यक्ति होइन भने, तैँले उसलाई हेरे पनि त्यसको कुनै काम हुँदैन। जब तैँले उसलाई हेरिरहेको हुन्छस्, तब उसले तँसँग झारा टार्ने व्यवहार गर्नका लागि सतही रूपले निश्‍चित तरिकामा मात्रै व्यवहार गर्छ, र तैँले एकैछिन नहेर्दा, उसले सामान्य रूपमा गर्ने व्यवहार नै गर्छ र ऊ आफू पहिले जस्तो थियो त्यस्तै भइहाल्छ। सत्यता पछ्याइ मानिसहरूले निगरानी गर्न सक्‍ने कुरा होइन। यो कुरा मैले राम्ररी बुझेको छु, र त्यसैले म तिमीहरूसँग सङ्गत गर्न र अन्तरक्रिया गर्न यो विधि अपनाउँछु। मैले यसो गर्नु पूर्ण रूपमा उचित छ।

के क्यानाडाली मण्डलीको मामलालाई अहिले स्पष्ट रूपमा व्याख्या गरिएको छैन र? अनि के तिमीहरूले यस मामलाबाट केही सत्यता बुझ्यौ? यदि तैँले भविष्यमा फेरि यस्तो कुरा सामना गरिस् भने, के अझै पनि त्यो अरूका लागि उदाहरण बसाल्न मानिसहरूलाई चरम दण्ड दिने र तिनीहरूलाई अरूका लागि चेतावनीका रूपमा प्रस्तुत गर्ने मामिला हो भन्‍नेछस्? यो घटना हुनुअघि, तँलाई कसैले पनि परमेश्‍वरसँगको तेरो सम्बन्ध तोड्न सक्दैन र तेरो पहिले नै परमेश्‍वरसँग ठ्याक मिलेकै छ भन्‍ने लाग्थ्यो। तैपनि, जब तँलाई यो मामिला आइपऱ्यो, तब तेरो सानो कद प्रकट भयो। कस्तो कद? तैँले गह्रौँ बोझ उठाउन र कष्ट भोग्‍न सक्छु, आफ्नो सङ्कल्प र विश्‍वास पहिलेको भन्दा ठूलो छ, र तँ चाँडै सिद्ध हुनेछस् भन्‍ने सोचेको थिइस्; यो तैँले आफ्नो हृदयमा लिएको गलत धारणा थियो। अनि अहिले तँलाई के लाग्छ? तेरो सोचाइ अलिक अपरिपक्व थियो! मलाई हेर्: बाहिरी रूपमा म यस्तो देखिन्छु, मलाई छुन र देख्‍न सकिन्छ—के मेरो व्यक्तित्वलाई खुला र स्पष्ट मान्न सकिन्छ? मेरो व्यक्तित्व हेर्दा, म समस्या आइपर्दा तिमीहरूको पिठ्यूँपछाडि गएर केही नबोल्ने, गुप्तमा पाइला चालेर मेरा अभिप्रायहरू के हुन् भनेर तिमीहरूलाई अनुमान लगाउन लगाउने व्यक्ति होइन। म त्यस्तो व्यक्ति होइन। जेजस्तो समस्या आए पनि, म सधैँ त्यो तिमीहरूलाई स्पष्ट रूपमा व्याख्या गर्छु, र पनि तिमीहरू अझै त्यस्ता सिद्धान्तहरूलाई सारांशीकृत गरेर यसो भन्‍न सक्छौ, “परमेश्‍वरको बारेमा मेरो सबैभन्दा बढी बुझाइ यही हो।” यो बुझाइबारे तँलाई के लाग्छ? अहिले तैँले पाठ सिकेको छस्, होइन र? के यो परमेश्‍वरबारे तिमीहरूको बुझाइको सबैभन्दा ठूलो असफलता भएको हो भनेर भन्‍न सकिँदैन र? तिमीहरू मैले बोल्ने वचनहरू सुन्न र मेरो रूप देख्‍न सक्छौ, अनि म छुन र हेर्न सकिने देह र रगतले बनिएको व्यक्ति हुँ। मैले त्यो कार्य गरेँ र तिमीहरू कसैले पनि त्यसलाई बुझ्न सकेनौ, र हामी सहमतिमा पुग्‍न सकेनौँ—हामीसँग कुनै मौन बुझाइसमेत थिएन। तँ परमेश्‍वरबाट एकदमै टाढा छस्! तैँले परमेश्‍वरलाई बुझ्नबाट धेरै चुकेको छस्! यी साँचो वचनहरू हुन्; साँचो परिस्थिति यही हो। तँ अलिकति आफ्नो कर्तव्य निभाउन सक्छस्, तैँले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको छस्, र केही सिद्धान्तहरूबारे कुरा गर्न सक्छस् भन्दैमा परमेश्‍वरलाई बुझेको छस् भन्‍ने नसोच्। म तँलाई भन्छु, तेरो सोचाइ अपरिपक्व छ! तँ आफूलाई साँच्‍चै एक-दुइटा कुरा थाहा छ भन्‍ने नसोच्। वास्तवमा, तैँले परमेश्‍वरलाई अझै धेरै टाढो छ; तैँले यो बुझाइको एकछेउ छोएको छैनस्। मानिसहरू कुनै पनि मामिलामा खुलासा हुन सक्छन्, र क्यानाडेली मण्डली व्यवस्थापन गरिएको यस मामलाले कतिपय मानिसलाई खुलासा गरेको छ। मानिसहरू परमेश्‍वरका कार्य र स्वभावबारे सिक्न, तिनीहरूको विद्रोहीपन बुझ्न, परमेश्‍वरसँगको आफ्नो सम्बन्ध ठ्याक्कै कस्तो हो भनेर बुझ्न, अनि सत्यताको बुझाइ र ज्ञान र परमेश्‍वरसम्‍बन्धी आफ्नो बुझाइको स्तर कस्तो छ भनेर स्पष्टसित हेर्न निरन्तर वृद्धि हुनैपर्छ, र यी फरक-फरक परिस्थिति र घटनाहरूमार्फत आफू र परमेश्‍वरलाई निरन्तर बुझ्नैपर्छ। यी कुराहरूद्वारा, तेरो साँचो कद र साँचो स्थिति मापन गरिनेछ। के यस पटक तिमीहरूले पाठ सिक्यौ? अर्को पटक यस्तो बुझाइ नलिने प्रयास गर। यो अत्यन्तै पीडादायी हो, यो सब साह्रै अविश्‍वासनीय हो! के यो कुरालाई व्याख्या गर्न यति लामो समय लिनु सार्थक थियो भन्‍ने तिमीहरूलाई लाग्छ? यसो गर्नु पर्नेथिएन। यसो गर्नु पर्नेथिएन भनेर किन म भन्छु? तिमीहरूले आफूले बुझेका वचन र सिद्धान्तहरू अनुसार, यस मामलाको विघ्नबाधा पार गर्न सक्नुपर्थ्यो; तिमीहरूले यसबारे आफै मनन गरेर, र सबैले सँगै यसमा सङ्गति गरेर, यसलाई तुलनात्मक रूपमा शुद्ध तरिकाले बुझ्न सक्नुपर्थ्यो, तिमीहरूको बुझाइ यति हदको हुनु हुँदैनथ्यो। तर, खासमा, त्यस हदको बुझाइ त देखा परेको छ, र मैले निश्‍चित वृत्तान्तहरूमा सङ्गति गर्नु अत्यावश्यक भएको छ। के यो सङ्गति सुनेपछि अहिले तिमीहरूको हृदय प्रफुल्ल भएको छैन र? अब तँसँग यस मामिलाबारे थप कुनै विचार हुनु हुँदैन, होइन र? त्यसोभए, के तिमीहरूलाई मैले ती मानिसहरूलाई सम्हालेको तरिका हदबाहिर गएको लाग्छ? (लाग्दैन।) यस मामिलाको छलफललाई यहीँ टुङ्ग्याऔँ, र म मुख्य विषयबारे सङ्गति गर्न थाल्‍नेछु।

ख्रीष्टविरोधीहरू कसरी दुष्ट, धूर्त, र छली हुन्छन् भन्‍ने कुराको विश्‍लेषण

पछिल्लो पटक, हामीले ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणबारे सङ्गति गरेका थियौँ—तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन्। हामीले मुख्य रूपमा कुन पक्षमा सङ्गति गऱ्यौँ? हामीले ख्रीष्टविरोधीहरू कसरी दुष्ट हुन्छन् भन्‍नेबारे कुरा गऱ्यौँ। किन हामी तिनीहरू दुष्ट हुन्छन् भनेर भन्छौँ? तिनीहरूको प्रकृति सारभित्रका के-कस्ता विशेष स्वभाव, प्रकटीकरण, र विशेषताहरूले तिनीहरूलाई दुष्ट, धूर्त, र छली भनेर वर्गीकरण गर्न सक्छन्? तिनीहरूको दुष्टता हुन्छ नै, र त्यो तिनीहरूको वास्तविक परिस्थितिसँग मिल्छ भनेर प्रमाणित गर्ने स्पष्ट लक्षणहरू के-के हुन्? यस्ता मानिसहरू दुष्ट हुन्छन् भन्‍ने कारण दिने तिनीहरूको प्रकृति सारका मुख्य विशेषताहरू केके हुन्? आफ्ना विचारहरू बताओ। (धेरै ख्रीष्टविरोधीले सत्यता बुझ्छन्, तर त्यसको खुल्ला विरोध गर्छन्। तिनीहरू आफूलाई के सही हो भन्‍ने स्पष्ट रूपमा थाहा भए पनि जिद्दी गर्दै आफ्नै मार्गमा हिँड्ने निर्णय गर्छन्। ख्रीष्टिविरोधीहरूको दुष्टता त सच्चा रूपले सत्यता पछ्याउने मानिसहरू र सकारात्मक व्यक्तिहरूप्रति तिनीहरूले आधारहीन वैरभाव राख्नुमा पनि प्रकट हुन्छ।) (ख्रीष्टविरोधीहरू अरूले राम्रो गरेको हेर्न चाहँदैनन्। तिनीहरू परमेश्‍वरको घरले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रदान गर्ने फाइदाहरू आफू मात्र लिन चाहन्छन्—तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले ती फाइदाहरू लिएको चाहँदैनन्, त्यसकारण तिनीहरू यी फाइदाहरू उनीहरूको हातमा पार्दैनन्।) (परमेश्‍वर, कसरी ख्रीष्टविरोधीहरू परमेश्‍वर र सत्यतालाई हैसियत प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गर्छ भन्नेबारे तपाईंको अघिल्लो सङ्गतिले मलाई बलियो प्रभाव पाऱ्यो, मलाई त्यसको यो कार्य साह्रै दुष्ट लाग्छ।) तिमीहरू धेरैजसोलाई केही कुरा अर्थात्, मैले ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे सङ्गति गर्दा दिएका केही उदाहरण याद छ। तिमीहरू उदाहरणहरू मात्रै याद गर्छौ, तर तिमीहरूले ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे मैले गरेको सङ्गति र विश्लेषणको विषयवस्तुलाई बिर्सिसकेका छौ। मैले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति सारबारे सङ्गति गर्दा र विश्लेषण गर्दा उल्लेख गरेका सत्यताहरूमध्ये कति वटा तिमीहरू बुझ्न सक्छौ? तिमीहरूले यी कुराहरू सम्झन नसक्‍ने भएकाले, के त्यसले त्यसबेला तिमीहरूले ती कुनै कुरा बुझेनौ भन्‍ने देखाउँदैन र? यदि मेरो सङ्गतिले तिमीहरूलाई बलियो प्रभाव पारेको भए, के तिमीहरूले केही हदसम्म ती कुरा सम्झन सक्‍नेथिएनौ र? के तिमीहरूको यादमा आउने कुराहरू तिमीहरूले बुझेका कुरा होइनन् र? के तिमीहरूले सम्झन नसक्‍ने कुराहरू तिमीहरूलाई बुझ्न एकदमै गाह्रो लाग्‍ने, वा तिमीहरूले बुझ्नै नसक्‍ने कुरा होइनन् र? त्यो बेला तिमीहरूले ती सत्यताहरू सुन्दा, तिमीहरूलाई ती सही छन् भन्‍ने लागेको थियो, र तिमीहरूले तिनलाई धर्मसिद्धान्तका हिसाबमा सम्झ्यौ, र त्यसो गर्न तिमीहरूलाई धेरै मेहनत लाग्यो। तैपनि, एक रात सुतेपछि, तिमीहरूले ती कुरा बिर्स्यौ। एक महिनापछि, ती पूर्ण रूपमा हराए। के कुरा त्यस्तै हुँदैन र? तैँले कुनै मामला वा व्यक्तिको सारलाई छर्लङ्ग बुझ्न, सत्यता बुझ्नुपर्छ। यदि तँ अझै पनि गैरविश्‍वासीहरूको दृष्टिकोणमा झुन्डिबस्छस्, अनि गैरविश्‍वासीहरूको भनाइका आधारमा कामकुरालाई हेर्छस् र विचार गर्छस् भने, त्यसले तँ सत्यता बुझ्दैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तैँले प्रवचनहरू सुन्दै र सङ्गति गर्दै बिताएका धेरै वर्षमा केही प्राप्त गरेको छैनस्, र मानिसहरूले तँसँग सत्यतामा सङ्गति गर्दा, तिनीहरूले त्यसलाई जसरी व्याख्या गरे पनि बुझ्न सक्दैनस् भने, यसले तँमा सत्यता बुझ्ने क्षमताको कमी छ भन्ने देखाउँछ, यसलाई कमजोर क्षमता भनिन्छ। के कुरा त्यही होइन र? (हजुर।) ख्रीष्टविरोधीहरूको दुष्टतासम्बन्धी तिमीहरू कसैले पनि सबैभन्दा महत्त्वपूर्ण बयान उल्लेख गरेका छैनौ। किन तिमीहरूले त्यसको उल्लेख नगरेको? एकातिर धेरै समय बितिसकेको, र तिमीहरूले त्यसलाई बिर्सिसकेको हुनाले हो। अर्कोतिर, तिमीहरूले यस बयानको महत्त्व नबुझेकाले हो; यो बयान ख्रीष्टविरोधीहरूको दुष्ट सार उदाङ्गो पार्ने र खुलासा गर्ने प्रमुख बयान हो भन्‍ने तिमीहरूलाई थाहा भएन। यो बयान के हो? त्यो के हो भने ख्रीष्टविरोधीहरूको दुष्टता मुख्यतः सबै सकारात्मक कुरा र सत्यतासँग सम्बन्धित सबै कुराप्रतिको तिनीहरूको वैरभाव र घृणामा प्रकट हुन्छ। किन ख्रीष्टविरोधीहरू यी सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्? के यी सकारात्मक कुराहरूले तिनीहरूलाई हानि गरेका छन्? छैनन्। के तिनले तिनीहरूको हितलाई छुन्छन्? अँ, कहिलेकाहीँ छोलान्, तर कहिलेकाहीँ पटक्‍कै छुँदैनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूप्रति आधारहीन वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्? (त्यो तिनीहरूको प्रकृति हो।) तिनीहरूमा यस्तो प्रकृति हुन्छ, अनि तिनीहरू सबै सकारात्मक कुरा र सत्यताप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्। यसले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई पुष्टि गर्छ। यो बयान महत्त्वपूर्ण छ कि छैन? तिमीहरूलाई यस्तो महत्त्वपूर्ण बयान याद हुँदैन; तिमीहरूलाई अमहत्त्वपूर्ण कुराहरू मात्रै याद हुन्छ। किन मैले तिमीहरूलाई ती प्रश्नहरू सोधेँ? ताकि तिमीहरूले बोल्न सके, र म तिमीहरू यी कुराहरू कुन हदसम्म बुझ्छौ, तिमीहरू आफ्नो हृदयमा कति याद गर्न सक्छौ, र त्यो बेला तिमीहरूले कति कुरा बुझ्न सकेका थियो भनेर हेर्न सकूँ। अपेक्षा गरेअनुसार नै, तिमीहरूलाई सानातिना थोरै कुराहरू मात्रै याद हुन्छ। तिमीहरू मैले बताएका सबै कुरालाई हावादारी गफ ठान्छौ। म यहाँ गफ गर्न आएको होइन—म यहाँ तिमीहरूलाई मानिसहरू कसरी चिन्‍ने भनेर बताउन आएको हुँ। मैले बताएको बयान ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई चिन्‍ने सबैभन्दा उच्च सत्यता सिद्धान्त हो। यदि तँ यो बयान लागू गर्न सक्दैनस् भने, तैँले ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति चिन्‍न वा जान्न सक्‍नेछैनस्। उदाहरणका लागि, कुनै व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा परिभाषित गरिँदा, कतिपय मानिसले यसो भन्लान्, “उनी हामीसँग असल हुनुहुन्छ, उनी स्नेही छन्, र हामीलाई सहयोग गर्छन्। किन त्यस्तो असल व्यक्तिलाई ख्रीष्टविरोधी भनेर परिभाषित गर्ने?” ख्रीष्टविरोधीहरू अरूप्रति स्नेही देखिए पनि, परमेश्‍वरका काममा अवरोध र बाधा पुऱ्याउँछन्, अनि निश्‍चित रूपमा परमेश्‍वरको विरोध गर्छन् भन्‍ने कुरा तिनीहरू बुझ्दैनन्। तिनीहरूको यो अन्तर्घाती र धूर्त पक्ष धेरैजसो मानिसले देख्‍न नसक्‍ने कुरा हो। तिनीहरू त्यो पटक्‍कै चिन्न सक्दैनन्, र तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्छन्, परमेश्‍वरबारे धारणाहरू विकास गर्छन्, अनि यसले गर्दाको कारण परमेश्‍वरलाई निन्दा र गुनासोसमेत गर्छन्। त्यस्ता मानिसहरू त बदमास नै हुन् र तिनीहरू परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्। किनभने तिनीहरू सतही कुराहरू जस्तै ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई फन्दामा पार्छन्, लोभ्याउँछन्, र चापलुसी गर्छन् भन्‍ने कुरा मात्रै देख्छन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूको दुष्ट सार देख्दैनन्, न त ख्रीष्टविरोधीहरूले परमेश्‍वरको विरोध गर्न र स्वतन्त्र राज्य स्थापना गर्न प्रयोग गर्ने विधिहरू नै देख्छन्। किन तिनीहरू यी कुराहरू देख्‍न सक्दैनन्? किनभने तिनीहरू सत्यता बुझ्दैनन् र मानिसहरूलाई चिन्‍न सक्दैनन्। तिनीहरू सधैँ बाहिरी घटनाहरूद्वारा बहकिन्छन् र समस्याको सार र परिणामहरूलाई छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरू मानिसहरूलाई मापन गर्न र तिनीहरूबारे फैसला गर्न सधैँ नैतिकताका परम्परागत मानव धारणा र संसारका शैलीहरू पनि प्रयोग गर्छन्। परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्, ख्रीष्टविरोधीहरूको पक्षमा उभिन्छन्, अनि तिनीहरू र परमेश्‍वरबीच द्वन्द्व र भिडन्त पैदा हुन्छ। यो कसको गल्ती हो? यो गल्ती कसरी भयो? तिनीहरूले सत्यता नबुझ्नु, परमेश्‍वरको काम नचिन्नु, र सधैँ आफ्ना धारणा र कल्पनाका आधारमा मानिस र परिस्थितिहरूलाई हेर्नुको परिणाम हो।

२. ख्रीष्टविरोधीहरूले नकारात्मक कुराहरूलाई प्रेम गर्नुको विश्‍लेषण

आज, हामी ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणसम्बन्धी सङ्गतिलाई जारी राख्‍नेछौँ: तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन्। यो प्रकटीकरण तिनीहरूको दुष्टतामा केन्द्रित हुन्छ, किनभने दुष्टताले धूर्तपन र छलीपन दुवैलाई समेट्छ। दुष्टपनले ख्रीष्टविरोधीहरूको सारलाई प्रतिनिधित्व गर्छ, जबकि धूर्तपन र छलीपन त्यसभित्र पर्छन्। पछिल्लो पटक, हामीले ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे सङ्गति गऱ्यौँ र त्यसको खुलासा गऱ्यौँ। हामीले केही फराकिला अवधारणाहरू र केही तुलनात्मक रूपमा महत्त्वपूर्ण विषयवस्तुहरूबारे सङ्गति गऱ्यौँ, ख्रीष्टविरोधीहरूको सारको यो पक्ष खुलासा गर्ने केही शब्दहरू उल्लेख गऱ्यौँ। आज, हामी यस विषयको हाम्रो सङ्गतिलाई जारी राख्‍नेछौँ। कतिपयले यस्तो सोध्न सक्छन्, “यो विषयका सन्दर्भमा सङ्गति गर्ने कुनै कुरा छ?” छ नि। यहाँ अझै पनि सङ्गति गर्नुपर्ने केही कुरा छन्। आज हामी यस विषयमा फरक तरिकाले र फरक दृष्टिकोणबाट सङ्गति गर्नेछौँ। हामीले पछिल्लो पटक सङ्गति गरेको ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको मुख्य विशेषता र प्रकटीकरण के थियो? ख्रीष्टविरोधीहरूजस्ता मानिसहरू सबै सकारात्मक कुरा र सत्यताप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्। तिनीहरूले सत्यता र सकारात्मक कुराहरूप्रति वैरभाव राख्न र तिनलाई घृणा गर्न कारण चाहिँदैन, न त त्यो कसैले उक्साएकाले गर्दा नै हुन्छ, र त्यो अवश्य नै तिनीहरूमा दुष्ट आत्मा पसेकाले गर्दा हुँदैन। बरु, तिनीहरूलाई अन्तर्निहित रूपमा नै यी कुराहरू मन पर्दैन। तिनीहरू यी कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्; तिनीहरूलाई सकारात्मक कुराहरू देख्दा तनमन र अन्तरात्मादेखि नै घृणा लाग्छ। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको गवाही वा सत्यतामा सङ्गति दिइस् भने, तिनीहरूलाई तँप्रति घृणा लाग्नेछ, र तँलाई आक्रमण गर्ने मनसमेत होला। हामीले हाम्रो अघिल्लो सङ्गतिमा ख्रीष्टविरोधीहरूले सकारात्मक कुराहरूप्रति वैरभाव राख्ने र तिनलाई घृणा गर्ने यस पक्षलाई ढाक्यौँ, त्यसकारण यस पटक हामी यसबारे फेरि छलफल गर्नेछैनौँ। यस सङ्गतिमा, हामी अर्को पक्षलाई खोजबिन गर्नेछौँ। त्यो अर्को पक्ष के हो? ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन् र तिनलाई घृणा गर्छन्, त्यसोभए तिनीहरूलाई के मनपर्छ? आज, हामी ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई यस पक्ष र दृष्टिकोणबाट विश्लेषण र चिरफार गर्नेछौँ। के यो आवश्यक छ? (छ।) यो आवश्यक छ। के तिमीहरूले आफै त्यो महसुस गर्न सक्छौ? (सक्दैनौँ।) ख्रीष्टविरोधीहरूले सकारात्मक कुरा र सत्यतालाई मन नपराउनु तिनीहरूको दुष्ट प्रकृति हो। त्यसकारण, यस आधारमा, ख्रीष्टविरोधीहरूलाई के मनपर्छ, र तिनीहरू कस्ता कुराहरू गर्न मन पराउँछन्, साथै तिनीहरूको काम गर्ने विधि र माध्यम, अनि तिनीहरूलाई कस्तो मानिसहरू मन पर्छ, त्यो विचार गर्—के यो तिनीहरूको दुष्ट प्रकृतिलाई हेर्ने राम्रो दृष्टिकोण र पक्ष होइन र? यसले अझै निश्‍चित र वस्तुगत दृष्टिकोण प्रदान गर्छ। पहिलो, ख्रीष्टविरोधीहरूलाई सकारात्मक कुराहरू मन पर्दैन, त्यसको अर्थ तिनीहरू ती कुराहरूप्रति वैरभाव राख्छन् र नकारात्मक कुराहरू मन पराउँछन्। नकारात्मक कुराहरूका केही उदाहरण के हुन्? झूट र चलाकी—के यी नकारात्मक कुरा होइनन् र? हो, झूट र चलाकी नकारात्मक कुरा हुन्। त्यसोभए, झूट र चलाकीको विपरीत सकारात्मक कुरा के हो? (इमानदारी।) ठीक भनिस्, त्यो इमानदारी हो। के शैतानलाई इमानदारी मन पर्छ? (मन पर्दैन।) त्यसलाई चलाकी मनपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने पहिलो कुरा के हो? परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँ मलाई विश्‍वास गर्न र मलाई पछ्याउन चाहन्छस् भने, तँ सबैभन्दा पहिले कस्तो व्यक्ति बन्‍नुपर्छ?” (इमानदार व्यक्ति।) त्यसोभए, शैतानले मानिसहरूलाई गर्न सिकाउने पहिलो कुरा के हो? झूट बोल्नु। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको पहिलो प्रमाण के हो? (चलाकी।) हो, ख्रीष्टविरोधीहरूलाई चलाकी मन पर्छ, तिनीहरूलाई झूट मन पर्छ, र तिनीहरू इमानदारीलाई तिरस्कार र घृणा गर्छन्। इमानदारी सकारात्मक कुरा भए पनि, तिनीहरूलाई यो मन पर्दैन, बरु तिनीहरूलाई यसप्रति तिरस्कार र घृणा लाग्छ। यसको विपरीत, तिनीहरूलाई चलाकी र झूट मन पर्छ। यदि कसैले ख्रीष्टविरोधीहरूको अगाडि यसो भन्दै “तपाईंलाई हैसियतको पदमा बसेर काम गर्न मन पर्छ, र तपाईं कहिलेकाहीँ अल्छी गर्नुहुन्छ” भनेर साँचो कुरा भन्यो भने, ख्रीष्टविरोधीहरूलाई त्यो कस्तो लाग्छ? (तिनीहरू त्यो स्वीकार गर्दैनन्।) त्यो स्वीकार नगर्नु तिनीहरूमा हुने मनोवृत्ति हो, तर के त्यति मात्रै हो? साँचो बोल्ने यो व्यक्तिप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू उसलाई घृणा गर्छन् र मन पराउँदैनन्। कतिपय ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “मैले तपाईंहरूलाई केही समयदेखि अगुवाइ गरिरहेको छु। कृपया, सबै जनाले मलाई मेरा बारेमा आफ्नो राय बताउनुहोस्।” सबैले सोच्छन्, “तपाईं निकै इमानदार हुनुहुन्छ, त्यसकारण हामी तपाईंलाई आफ्ना केही राय दिनेछौँ।” कतिपय भन्छन्, “तपाईं आफूले गर्ने सबै कुरामा निकै गम्भीर र लगनशील हुनुहुन्छ, अनि तपाईंले धेरै कष्ट भोग्‍नुभएको छ। हामी त्यो हेर्नै सक्दैनौँ, र तपाईंका ठाउँमा हामीलाई पो पीडा महसुस हुन्छ। परमेश्‍वरको घरले तपाईं जस्ता धेरै अगुवाहरूलाई प्रयोग गर्न सक्छ! यदि हामीले कुनै कमीकमजोरी औँल्याउनु परेको भए, त्यो त तपाईंको अत्यन्तै गम्भीरता र लगनशीलता नै हुनेथियो। यदि तपाईंले ज्यादै काम गर्नुभयो लखतरान बन्‍नुभयो भने, कामलाई निरन्तरता दिन सक्‍नुहुनेछैन, के त्यसपछि हामी खतम हुनेछैनौँ र? हामीलाई कसले अगुवाइ गर्नेछ?” ख्रीष्टविरोधीहरूले यो सुन्दा, तिनीहरूलाई खुसी लाग्छ। यो झूट हो, यी मानिसहरू तिनीहरूलाई चापलुसी गरिरहेका छन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरू त्यो कुरा सुन्न इच्छुक हुन्छन्। वास्तवमा, यसो भन्‍ने मानिसहरूले यी ख्रीष्टविरोधीहरूलाई मूर्ख बनाइरहेका हुन्छन्, तर यी ख्रीष्टविरोधीहरू यी शब्दहरूको साँचो प्रकृति खुलासा गर्नुभन्दा मूर्ख बन्‍न चाहन्छन्। ख्रीष्टविरोधीहरू यसरी आफ्‍नो तलुवा चाट्ने मानिसहरूलाई मन पराउँछन्। यी व्यक्तिहरू ख्रीष्टविरोधीहरूका गल्ती, भ्रष्ट स्वभाव, वा कमीकमजोरी खुलासा गर्दैनन्। बरु, उनीहरू गुपचुपमा तिनीहरूलाई प्रशंसा गर्छन् र उच्च पार्छन्। तिनीहरूका शब्दहरू झूट र चापलुसी हुन् भनेर स्पष्ट भए पनि, ख्रीष्टविरोधीहरू खुसीसाथ यी शब्दहरू स्विकार्छन्, र ती सान्त्वनादायी र आनन्ददायी ठान्छन्। ख्रीष्टविरोधीहरूका लागि, यी शब्दहरू सबैभन्दा स्वादिष्ठ खानेकुराभन्दा स्वादिलो हुन्छ। यी शब्दहरू सुनेपछि, तिनीहरूलाई आत्मसन्तुष्टि हुन्छ। यसले केलाई चित्रण गर्छ? यसले ख्रीष्टविरोधीहरूमा झूटलाई प्रेम गर्ने निश्‍चित स्वभाव हुन्छ भनेर देखाउँछ। मानौँ कसैले तिनीहरूलाई यसो भन्छ, “तिमी अत्यन्तै अहङ्कारी छौ, र तिमी मानिसहरूलाई अनुचित व्यवहार गर्छौ। तिमीलाई साथ दिने मानिसहरूप्रति तिमी असल व्यवहार गर्छौ, तर यदि कसैले तिमीबाट दूरी बनायो वा तिम्रो चापलुसी गरेन भने, तिमी उसलाई होच्याउँछौ र बेवास्ता गर्छौ।” के यी शब्‍दहरू साँचो होइनन् र? (हो।) यो सुनेपछि ख्रीष्टविरोधीहरू कस्तो महसुस गर्छन्? तिनीहरू बेखुस हुन्छन्। तिनीहरू त्यो कुरा सुन्न चाहँदैनन्, र तिनीहरू त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरू बहाना र तर्क खोजेर ती कुराको सफाइ दिने र कुरा ठीकठाक पार्ने प्रयास गर्छन्। ख्रीष्टविरोधीहरूलाई व्यक्तिगत रूपमा चापलुसी गरिरहने, तिनीहरूलाई गुपचुपमा प्रशंसा गर्न सधैँ मीठो बोली बोल्ने, र आफ्नो बोलीले तिनीहरूलाई स्पष्ट रूपमा छलसमेत गर्नेहरूका हकमा भन्दा, ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई कहिल्यै अनुसन्धान गर्दैनन्। बरु, ख्रीष्टविरोधीहरू तिनीहरूलाई महत्त्वपूर्ण व्यक्तित्वको रूपमा प्रयोग गर्छन्। तिनीहरूले सधैँ झूट बोल्नेहरूलाई महत्त्वपूर्ण पदहरूमा राख्छन्, निश्‍चित महत्त्वपूर्ण र इज्जतदार कर्तव्यहरूमा खटाउँछन्, जबकि सधैँ इमानदारीसाथ बोल्ने, र प्रायः समस्याहरूबारे रिपोर्ट गर्नेहरूलाई त्यति नदेखिने पदहरूमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न लगाउँछन्, तिनीहरूलाई माथिल्लो नेतृत्वसँग सम्पर्क गर्न वा धेरैजसो मानिसहरूद्वारा चिनिन वा तिनीहरूसँग नजिकिन दिँदैनन्। यी मानिसहरू जति नै प्रतिभाशाली भए पनि वा तिनीहरूले परमेश्‍वरका घरमा जुनै कर्तव्य निर्वाह गर्न सक्ने भए पनि त्यसले फरक पार्दैन—ख्रीष्टविरोधीहरू ती सबै कुरालाई बेवास्ता गर्छन्। तिनीहरू त को चाहिँ चलाकीमा संलग्‍न हुन सक्छ र आफ्ना लागि को फाइदाजनक छ भन्‍ने बारे मात्रै वास्ता गर्छन्; तिनीहरू यी नै व्यक्तिहरूलाई परमेश्‍वरको घरका हितहरूलाई अलिकति पनि विचार नगरी महत्त्वपूर्ण पदहरूमा राख्छन्।

ख्रीष्टविरोधीहरू चलाकी र झूटहरूलाई प्रेम गर्छन्। उदाहरणका लागि, मानौँ तिनीहरूले सुपरिवेक्षण गर्ने मण्डलीहरूले सुसमाचार काममा कुनै ध्यान दिँदैनन्, र मानिसहरूलाई सुसमाचार प्रचार गर्ने तालिम दिन ध्यान दिँदैनन्, परिणामस्वरूप, सुसमाचार कामले खराब परिणामहरू ल्याउँछ, र थोरै मानिसहरू प्राप्त हुन्छ। तैपनि, ख्रीष्टविरोधीहरू मानिसहरूले वास्तविक परिस्थितिबारे रिपोर्ट गर्लान् भनेर डराउँछन्। तिनीहरू इमानदारीपूर्वक बोल्ने जोकोहीलाई घृणा गर्छन्, अनि झूट बोल्न, चलाकीमा संलग्‍न हुन, र सबै बेफाइदाजनक जानकारी लुकाउन सक्‍नेहरूलाई मन पराउँछन्। त्यसोभए, ख्रीष्टविरोधीहरू सबैभन्दा बढी कस्तो कुरा सुन्न मन पराउँछन्? “हाम्रा मण्डलीमा सुसमाचार प्रचार गर्ने हरेक व्यक्ति गवाही दिन सक्षम छन्, र तिनीहरू प्रत्येक सुसमाचार प्रचार गर्ने कार्यमा पोख्त छन्।” के यी शब्‍दहरू मानिसहरूलाई चलाकी गर्न बोलिएका होइनन् र? तर ख्रीष्टविरोधीहरू यस्ता कुराहरू सुन्दा आनन्द मान्छन्। ख्रीष्टविरोधीहरू यो सुनेपछि कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरू भन्छन्, “एकदम राम्रो, अहिले हाम्रो मण्डलीको सुसमाचार कामका परिणामहरूमा सुधार आइरहेको छ, ती अरू मण्डलीका भन्दा निकै राम्रा छन्। हाम्रो मण्डलीका सुसमाचार प्रचार गर्ने मानिसहरू सबै त्यसमा पोख्त छन्।” ख्रीष्टविरोधीहरू र तिनीहरूलाई चापलुसी गर्नेहरू यसरी एकअर्काको प्रशंसा गर्छन्, अनि ख्रीष्टविरोधीहरू तिनीहरूको लाजमर्दो चापलुसी खुलासा गर्दैनन्। ख्रीष्टविरोधीहरू यसरी काम गर्छन्: जब तिनीहरूका अधीनस्थहरूले तिनीहरूलाई चलाकी गर्छन्, तब तिनीहरू स्वेच्छाले त्यसमा पर्छन्। ख्रीष्टविरोधीहरू यसरी नै मूर्ख व्यवहार गर्छन्। कसैले वास्तविक परिस्थिति थाहा पाएर यसो भन्छ, “यो सही होइन। हामीले सुसमाचार सुनाएका १० जना व्यक्तिमध्ये, दुई जनाले सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले अनुसन्धान गर्न छोडिसकेका छन् भन्‍ने हामीले निर्धारित गरेका छौँ। अरू आठ जनामध्ये तीन जनाले मात्रै सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन्। हामी ती तीन जनालाई ल्याउन सक्दो प्रयास गरौँ।” जब परिस्थितिको वास्तविकता खुलासा हुन्छ, तब ख्रीष्टविरोधीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरू सोच्छन्, “मलाई यी कुराहरूबारे थाहा थिएन!” कसैले ख्रीष्टविरोधीहरूलाई थाहा नभएका कुराहरूको वास्तविक परिस्थितिबारे सत्य कुरा बताउँदा, तिनीहरू त्यसमा सहमति जनाउँछन् कि जनाउँदैनन्, तिनीहरू खुसी हुन्छन् कि बेखुस हुन्छन्? तिनीहरू बेखुस हुन्छन्। किन तिनीहरू बेखुस हुन्छन्? तिनीहरू अगुवा हुन्, तैपनि तिनीहरूलाई मण्डलीको कामका वृत्तान्त र तथ्यहरूबारे थाहा छैन र तिनीहरू ती कुरा बुझ्दैनन्—तिनीहरूलाई वास्तवमा के भइरहेको छ भन्‍ने कुरा बुझ्ने व्यक्तिले यो सब व्याख्यासमेत गरिदिनुपर्छ। जब परिस्थिति बुझ्ने र इमानदारीसाथ बोल्ने व्यक्तिले यी कुराहरू स्पष्ट पारिदिन्छ, तब सुरुमा ख्रीष्टविरोधीहरूलाई कस्तो महसुस हुन्छ? तिनीहरूलाई पूर्ण रूपमा आफ्नो इज्जत गुमाएको, र आफ्नो प्रतिष्ठा खतरामा परेको महसुस हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिलाई विचार गर्दा, तिनीहरूले के गर्नेछन्? तिनीहरूमा घृणा पैदा हुनेछ, र तिनीहरूले सोच्‍नेछन्, “तँ बकबक गर्छस्! यदि तँ नबोलेको भए, यो कुरा कसैले नदेखी बित्नेथियो। तैँले गर्दा, सबैलाई यसबारे थाहा भयो, अब तिनीहरूले मलाई होइन तर तँलाई आदर गर्न थाल्छन् होला। के यसले मलाई कुनै वास्तविक काम नगर्ने जस्तो, असक्षम देखाउँदैन र? म तँलाई भुल्दिनँ। तँ मलाई हरेक मोडमा चुनौती दिँदै र विरोध गर्दै सत्य बोल्छस्। म तँलाई पछुतो गर्न लगाएरै छोड्नेछु!” यसबारे विचार गर, ध्यान दिएर काम गर्ने, इमानदारीसाथ बोल्ने, र आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नेहरूलाई तिनीहरू कसरी हेर्छन्? तिनीहरू तिनीहरूलाई शत्रु ठान्छन्। के यो तथ्यहरू बङ्ग्याउनु होइन र? तिनीहरूले तुरुन्तै सहकार्य गर्न र कामसँग सम्बन्धित आफ्ना गल्तीहरू सुधार्न नसक्‍ने मात्र होइन, तर आफ्नो कर्तव्यलाई बेवास्ता पनि गरिरहन्छन्। तिनीहरू साँचो बोल्ने अनि आफ्ना काममा सावधान र जिम्मेवार हुने मानिसहरूप्रति घृणासमेत पाल्छन्। तिनीहरूले उनीहरूलाई कष्ट दिने प्रयाससमेत गर्लान्। के यो ख्रीष्टविरोधीहरूको व्यवहार होइन र? (हो।) यो कस्तो स्वभाव हो? यो दुष्टपन हो। ख्रीष्टविरोधीहरूको दुष्टपन यसरी खुलासा हुन्छ। जब कुनै इमानदार व्यक्ति देखा पर्छ, जब कसैले इमानदार र सत्य शब्‍दहरू बोल्छ, अनि जब कसैले सिद्धान्तहरू पालना गर्छ र मामलाको साँचो प्रकृति अनुसन्धान गर्छ, तब ख्रीष्टविरोधीहरू उसलाई तिरस्कार र घृणा गर्छन्, र तिनीहरूको दुष्ट प्रकृति आफै विस्फोट हुन्छ र प्रकट हुन्छ। जब कुनै चलाकी हुन्छ, र जब झूट बोलिन्छ, तब ख्रीष्टविरोधीहरू उल्लसित हुन्छन्, त्यसमा रमाउँछन्, र आफूलाई समेत बिर्सन्छन्। के तिमीहरू कसैले “सम्राटका नयाँ वस्त्रहरू” पढेका छौ? ख्रीष्टविरोधीहरूको व्यवहार केही हदसम्म यस्तै प्रकृतिको हुन्छ। त्यो कथामा, सम्राट सडकमा नाङ्गो हिँडेको छ, र हजारौँ मानिस यसो भन्दै चिच्याएका छन्, “सम्राटको नयाँ लुगा एकदमै सुन्दर छ! सम्राट साह्रै सुन्दर देखिनुहुन्छ! सम्राट अति महान् हुनुहुन्छ! सम्राटको नयाँ वस्त्र वास्तवमै असाधारण छ!” सबैले झूट बोलिरहेका थिए। के सम्राटलाई थाहा थियो? ऊ पूर्णतया नाङ्गै थियो, र उसलाई आफूले कुनै लुगा लगाएको छैन भन्‍ने कुरा कसरी थाहा नहुन सक्छ? मूर्खता भनेको यही हो। त्यसकारण, यी दुष्ट ख्रीष्टविरोधीहरू धूर्त र छली भए पनि, तिनीहरूमा बुद्धिको कमी हुन्छ। तिनीहरूमा बुद्धिको कमी हुन्छ भनेर किन म भन्छु? किनभने तिनीहरू त्यो नाङ्गो सम्राटजस्तै हुन्छन्। उसलाई चलाकी गर्न प्रयोग गरिएका शब्दहरूलाई उसले बुझेको थिएन। ऊ आफ्नो कुरूपता खुलासा गर्दै नाङ्गै हिँड्नसमेत सक्यो। के यो मूर्खता होइन र? त्यसोभए, ख्रीष्टविरोधीहरूको दुष्टताले प्रायजसो के प्रकट गर्छ? तिनीहरूको मूर्खता।

ख्रीष्टविरोधीहरूको स्वभाव दुष्ट हुने भएकाले, तिनीहरूले चलाकी र झूटलाई प्रेम गर्ने तर इमानदारीलाई घृणा गर्ने हुनाले, र तिनीहरूले साँचो बोलीलाई घृणा गर्ने हुनाले, ख्रीष्टविरोधीहरूको अधीनस्थ मण्डलीहरूमा, इमानदार वा इमानदार बन्न लागिपर्ने व्यक्तिहरू, सत्यता अभ्यास गर्ने र चलाकी गर्न वा झूट बोल्न नचाहनेहरू प्रायः यातनामा पर्छन्। के कुरा यही होइन र? तँ जति धेरै सत्य बोल्छस्, त्यति नै ख्रीष्टविरोधीले तँलाई यातना दिनेछ, अनि तँ जति धेरै सत्य बोल्छस्, त्यति नै उसले तँलाई घृणा गर्नेछ। यसको विपरीत, उसलाई चापलुसी गर्ने र चलाकी गर्नेहरूले निगाह पाउँछन् र तिनीहरू उसका नजरमा प्रिय हुन्छन्। के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? के तिमीहरूको वरपर यस्ता दुष्ट ख्रीष्टविरोधीहरू छन्? के तिमीहरूले कहिल्यै तिनीहरूलाई भेटेका छौ? तिनीहरू मानिसहरूलाई सत्य बोल्न दिँदैनन्; सत्य बोल्नेहरूको मुख बन्द गरिन्छ। यदि तँ कहिल्यै झूट बोलिस् र तिनीहरूको कुरा मानेर तिनीहरूको मतियार, बनिस् भने, तिनीहरू तेरो विरोधी हुनेछैनन्। यदि तैँले सत्य बोल्ने र सत्यता सिद्धान्तअनुसार मामलाहरू सम्हाल्ने गरिरहिस् भने, ढिलो-चाँडो, तिनीहरूले तँलाई यातना दिनेछन्। के तिमीहरूमध्ये कसैलाई यातना दिइएको छ? तैँले झूटा अगुवा र ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू खुलासा गरेकै कारण, तँलाई यातना दिइयो, र अन्त्यमा, तँलाई यति यातना दिइयो कि तैँले चाहेर पनि केही भन्‍ने आँट आएन। के यस्तो कहिल्यै भएको छ? सत्य बोल्दा र समस्याहरूबारे रिपोर्ट गर्दा तँलाई यातना दिइयो। विभिन्‍न मण्डलीहरूमा, के तिमीहरूमध्ये कसैलाई समस्याहरूको रिपोर्ट गरेकामा यातना दिइएको छ? यदि झूट बोल्ने र मण्डलीलाई चलाकी गर्ने व्यक्तिलाई काटछाँट गरियो भने, के उसलाई यातना दिइएको हुन्छ? (हुँदैन।) यो सामान्य अनुशासन हो; यो यातना दिनु सरह होइन। तँ आफ्नो कर्तव्यमा लापरवाह भएकाले, तैँले सिद्धान्तहरू उल्लङ्घन गरेकाले, अनि तैँले गलत अभिप्रायले काम गरेकाले, झूट बोलेकाले र चलाकी गरेकाले, तँ काटछाँटमा परेको हुन्छस्। त्यसकारण, परमेश्‍वरसामु तैँले सत्य बोल्दा कहिल्यै कुनै परिणाम भोग्‍नेछैनस्। तैपनि, शैतान र ख्रीष्टविरोधीहरूसामु, तँ सतर्क हुनैपर्छ। यसले “राजाको नजिक हुनु बाघसँग सुत्‍नुजस्तै खतरनाक हुन्छ” भन्ने बयानलाई झल्काउँछ। तैँले तिनीहरूसँग कुरा गर्दा, सधैँ तिनीहरूको मनस्थिति विचार गर्नुपर्छ, तिनीहरू कत्तिका खुसी छन् र तिनीहरूको मुहार उदास छ कि उज्यालो छ भनेर हेर्नुपर्छ, त्यसपछि तिनीहरूको विचारअनुरूप हुन के भन्‍ने भनेर निर्णय गर्नुपर्छ। उदाहरणका लागि, यदि कुने ख्रीष्टविरोधीले “आज पानी पर्दैन र?” भनेर भन्यो भने तैँले “आज पानी पर्छ भनेर पूर्वानुमान गरिएको छ” भनेर भन्‍नुपर्छ। वास्तवमा, ख्रीष्टविरोधीले आज पानी पर्न सक्छ भनेर भन्दा, बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न नचाहेको हुन्छ। यदि तैँले “आज घाम लाग्‍ने पूर्वानुमान गरिएको छ” भनेर भनिस् भने, ऊ रिसाउनेछ। तैँले तुरुन्तै यसो भन्‍नुपर्छ, “अहो, मैले गलत बोलेँ। आज पानी पर्नेछ।” ख्रीष्टविरोधीले भन्छ, “तिमीले भर्खरै पानी पर्नेछैन भनेर भन्यौ त। अहिले चाहिँ पानी पर्नेछ भनेर कसरी भन्‍न सक्छौ?” तैँले यस्तो जवाफ दिनुपर्नेछ, “अहिले घाम लागेको छ भन्दैमा यस्तै भइरहनेछ भन्‍ने हुँदैन। प्राचीन भनाइ नै छ, ‘स्वर्गको आँधी उसैले जानी।’ मौसम पूर्वानुमान सधैँ सटीक हुँदैन, तर तपाईंको मूल्याङ्कन एकदम सही हुन्छ!” यो सुन्दा ख्रीष्टविरोधी खुसी हुन्छ र समझदार भएकोमा उसले तँलाई प्रशंसा गर्छ। के तिमीहरू कहिल्यै यस्तो व्यवहार गर्छौ? गर्छौ, होइन र? के तिमीहरू ख्रीष्टविरोधीहरूले प्रायजसो गर्ने कुरा गर्न, मानिसहरूलाई सत्य बोल्न नदिन र सत्य बोल्ने जोकोहीलाई यातना दिन सक्छौ? के तिमीहरू सबैले दरबारका नाटकहरू हेरेका छैनौ र? सम्राट र उसका मन्त्रीहरूबीच कस्तो सम्बन्ध हुन्छ? तिनीहरूको सम्बन्धलाई एक वाक्यमा व्यक्त गर्न सजिलो नहुन सक्छ, तर तिनीहरूमाझ एउटा घटना हुन्छ, अर्थात्, सम्राटले कसैका पनि शब्दहरूलाई त्यतिकै विश्वास गर्ने गर्दैन। उसले आफ्ना मन्त्रीहरूले भनेका सबै कुरा विश्लेषण र छानबिन गर्छ, र त्यसलाई कहिल्यै सत्यताका रूपमा लिँदैन। यो उसले आफ्ना मन्त्रीहरूको कुरा सुन्दा प्रयोग गर्ने सिद्धान्त हो। मन्त्रीहरूका हकमा भन्दा, तिनीहरू नबताइएका आशयहरू बुझ्‍न सिपालु हुनुपर्छ। उदाहरणका लागि, सम्राटले “प्रधानमन्त्री वाङले आज केही कुरा उल्लेख गरेका छन्”, र इत्यादि भन्दा, सबैले यो कुरा सुन्छन् र सोच्छन्, “सम्राटले प्रधानमन्त्री वाङलाई बढुवा दिन चाहनुहुन्छ जस्तो देखिन्छ, तर उहाँलाई मानिसहरूले गुटबन्दी गर्ने, व्यक्तिगत फाइदा खोज्ने, र विद्रोह गर्ने कुराको सबैभन्दा बढी डर छ, त्यसकारण म खुलस्त रूपमा प्रधानमन्त्री वाङलाई समर्थन गर्न सक्दिनँ। म उसको विरोध पनि नगरी र समर्थन पनि नगरी बीचमा खडा हुनुपर्छ, ताकि सम्राटले मेरा साँचो अभिप्रायहरू पत्ता लगाउन नसक्नुभएको होओस्—तर मैले सम्राटको इच्छाको विरोध पनि गरिरहेको हुँदिनँ।” हेर् त, तिनीहरूका मनमा एउटै बयानका लागि त्यतिका धेरै विचार उठ्छन्, जुन घुमाउरो बाटोभन्दा पनि घुमाउरो हुन्छन्। तिनीहरूले भन्ने कुराको मूल अर्थ पत्ता लगाउन सकिँदैन, त्यो अस्पष्ट हुन्छ। कुन बयानहरू साँचो हुन् वा झूटा हुन् भनेर विश्लेषण गर्न वर्षौँको अनुभव चाहिन्छ, र तैँले तिनीहरू सामान्यतया कसरी व्यवहार गर्छन् र बोल्छन् त्यसका आधारमा तिनले भन्न खोजेको कुरा बुझ्नुपर्छ। छोटकरीमा भन्दा, तिनीहरूको बोलीमा एउटा पनि साँचो बयान हुँदैन, र तिनीहरूले भन्‍ने सबै कुरा झूट हुन्छन्। तिनीहरू सानो दर्जाको भए पनि ठूलो दर्जाको भए पनि, हरेकले आफ्नै शैलीमा कुराकानी गर्छन्। तिनीहरू आफ्नै दृष्टिकोणबाट बोल्छन्, तर तिनीहरूले भन्ने कुराको हामीले सुन्‍ने शाब्दिक अर्थ कहिल्यै हुँदैन—त्यो त झूट मात्रै हो। झूटहरू कसरी पैदा हुन्छन्? मानिसहरू आफ्नो बोली र व्यवहारमा निश्‍चित अभिप्राय, उद्देश्य, र मनसायहरू राख्छन्, तिनीहरू बोल्दा, आफ्ना शब्दहरू र तिनको आशयप्रति सावधान हुन्छन्, तिनीहरू कुरा घुमाउँछन्, र तिनीहरूको आफ्नै बोल्ने शैली हुन्छ। तिनीहरूसँग एउटा विधि भएपछि, के त्यो अझै पनि साँचो बोली हुन्छ? अहँ, हुँदैन। तिनीहरूका शब्‍दहरूमा धेरै तहका अर्थ, सत्यता र झूटको मिश्रण हुन्छन्—कति साँचो, कति झूटो—कति त चलाकीका लागि हुन्छन्। जे भए पनि, ती साँचो हुँदैनन्। भर्खरै उल्लेख गरिएको प्रधानमन्त्री वाङको उदाहरण लिऊँ। कसैले अदालतमा खुल्लमखुल्ला प्रधानमन्त्री वाङको विरोध गर्छ। उसको विरोध साँचो हो कि झूटो भनेर तुरुन्तै स्पष्ट हुँदैन। तैँले थप हेर्नुपर्छ। अर्को दृश्यमा, ऊ प्रधानमन्त्री वाङको घरका गुप्त बैठक कोठामा पिइरहेको हुन्छ। अचम्म, तिनीहरू दुई जना मिलेर काम गरिरहेका हुन्छन्। यदि तैँले यस व्यक्तिले प्रधानमन्त्री वाङको विरोध गरेको दृश्य मात्रै हेरिस् भने, यी दुई जना मिलेर काम गरिरहेको कसरी देख्‍न सक्छस्? उसले किन प्रधानमन्त्रीको विरोध गऱ्यो? शङ्काबाट जोगिन र यो कुरालाई सम्राटलाई कम सतर्क गराउन, उसलाई तिनीहरू मिलीभगतमा छन् भन्‍ने शङ्का हुन नदिन प्रयोग गर्न विरोध गर्छ। के यो चाल होइन र? (हजुर, हो।) यी मानिसहरू एउटा पनि सत्य शब्द बोल्ने आँट नगर्ने परिवेशमा जिउँछन्। यदि हरेक दिन झूट बोल्नु साह्रै थकाइलाग्दो हुन्छ भने, किन तिनीहरू त्यहाँबाट जाँदैनन्? तिनीहरू मृत विरोधीको चिहानमा समेत जान्छन्—त्यसको मतलब के हो? तिनीहरूलाई अरूसँग झगडा गर्न मन पर्छ; झगडा नगरी तिनीहरूलाई जीवन न्यास्रो लाग्छ। यदि कुनै झगडा भएन भने, तिनीहरू यो जीवनकाल पटक्कै स रमाइलो छैन भन्ने सोच्छ। तिनीहरूका मनमा यी सबै युक्ति र षड्यन्त्र हुन्छन् तर ती प्रयोग गर्ने ठाउँ हुँदैन, त्यसकारण तिनीहरूलाई को श्रेष्ठ छ भनेर हेर्न झगडा गर्ने प्रतिद्वन्द्वी चाहिन्छ। तब तिनीहरूलाई आफ्नो जीवन मूल्यवान् लाग्छ। यदि तिनीहरूको विरोधी मऱ्यो भने, तिनीहरूलाई आफ्नो जीवनको कुनै अर्थ बाँकी रहेन जस्तो लाग्छ। मलाई भन् त, के यस्ता मानिसहरूलाई सुधार्न सकिन्छ? (अहँ, सकिँदैन।) यो तिनीहरूको प्रकृति हो। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ: तिनीहरू हरेक दिन अरूसँग अनि अगुवा र सेवकहरूसँग झगडा गर्छन्। तिनीहरू परमेश्‍वर विरुद्ध समेत लडाइँ गर्छन्, हरेक दिन झूट बोल्छन् र चलाकी गर्छन्, परमेश्‍वरको घरका काममा अवरोध र बाधा पुऱ्याउँछन्। तिनीहरू एकछिन पनि चुपचाप बस्न सक्दैनन्। तिनीहरूलाई जसरी सङ्गति दिइए पनि तिनीहरू सत्यता स्विकार्न सक्दैनन्। ठूलो रातो अजिङ्गरजस्तै, तिनीहरू पूर्ण रूपमा नष्ट नभएसम्म विश्राम गर्नेछैनन्।

ख्रीष्टविरोधीहरूले सत्य बोल्नेहरूलाई, इमानदार मानिसहरूलाई घृणा गर्छन्। तिनीहरूलाई चलाकी र झूट मन पर्छ। त्यसोभए, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनी गरेको मागप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? पहिलो, तिनीहरू यो सत्यतालाई तिरस्कार गर्छन्। सकारात्मक कुराहरूलाई तिरस्कार गर्ने तिनीहरूको क्षमताले साँच्‍चै तिनीहरूको समस्यालाई देखाउँछ, र यसले तिनीहरूको प्रकृति दुष्ट छ भनेर प्रमाणित गरिसकेको हुन्छ। तैपनि, यो पूर्ण वा समग्र चित्र होइन। अझ भित्र खोतल्दा, ख्रीष्टविरोधीहरू परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्नू भनी गरेको मागलाई कसरी बुझ्छन्? तिनीहरू यसो भन्‍न सक्छन्, “इमानदार व्यक्ति बन्‍नु, परमेश्‍वरसँग सबै कुराबारे कुरा गर्नु, उहाँलाई सबै कुरा बताउनु, र दाजुभाइ-दिदीबहिनीहरूलाई सबै कुरा खुला रूपमा भन्नु—के त्यसको अर्थ आफ्नो इज्जत गुमाउनु होइन र? यसको अर्थ कुनै इज्जत, कुनै स्वयम् बोध, र अवश्य नै कुनै गोपनीयता नहुनु हो। यो भयानक कुरा हो; यो कस्तो सत्यता हो?” के तिनीहरू यसलाई यसरी हेर्दैनन् र? ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्‍वरका वचनहरू र इमानदार बन्‍नेसम्‍बन्धी मागलाई घृणा गर्ने मात्र होइन, तर निन्दासमेत गर्न सक्छन्। यदि तिनीहरूले त्यसलाई निन्दा गर्न सक्छन् भने, के तिनीहरू इमानदार मानिस हुन सक्छन्? बिल्कुलै सक्दैनन्, तिनीहरू बिल्कुलै इमानदार हुन सक्दैनन्। कतिपय मानिसले आफूले झूट बोलेको स्वीकार गरेको देख्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रिया कस्तो हुन्छ? तिनीहरू हृदय भित्रदेखि यस्तो व्यवहारलाई तिरस्कार र उपहास गर्छन्। तिनीहरू इमानदार हुन प्रयास गर्ने मानिसहरू अत्यन्तै मूर्ख हुन् भन्‍ने ठान्छन्। के तिनीहरूले इमानदार मानिसहरूलाई मूर्ख ठान्नु दुष्टता होइन र? (हजुर, हो।) यो दुष्टता हो। तिनीहरू सोच्छन्, “आजको समाजमा कसले सत्य बोल्छ? परमेश्‍वर तँलाई इमानदार हुनू भन्नुहुन्छ, र तँ वास्तवमा इमानदार हुने प्रयास गर्छस्—तँ त्यस्ता कुराहरूबारे इमानदारीपूर्वक बोल्‍नेसमेत गर्छस्। तँ साँच्‍चै साह्रै मूर्ख छस्!” तिनीहरूलाई हृदयमा इमानदार मानिसहरूप्रति हुने घृणाले तिनीहरू यो सत्यतालाई निन्दा र घृणा गर्छन्, र यसलाई स्वीकार गर्दैनन् न त यसमा समर्पित नै हुन्छन् भन्‍ने कुरा प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीहरूको दुष्टता होइन र? यो सत्यता स्पष्ट रूपमा सकारात्मक कुरा, र मानिसहरूको व्यवहारका सन्दर्भमा तिनीहरूमा हुनुपर्ने सामान्य मानवतामा जिउनुको एउटा पक्ष हो, तर ख्रीष्टविरोधीहरू यसलाई निन्दा गर्छन्। यो दुष्टता हो। मण्डलीमा प्रायः यस्ता मानिसहरू हुन्छन् जसले समस्याहरू रिपोर्ट गरेका वा माथिलाई मामिलाको वास्तविक अवस्था बताएका हुनाले, तिनीहरूलाई निश्‍चित अगुवाहरूले “काटछाँट” गर्छन्—तिनीहरूले यातना पाउँछन्। कहिलेकाहीँ, माथिले मण्डलीको स्थितिबारे सोध्दा, कतिपय अगुवा सकारात्मक कुराहरू मात्रै रिपोर्ट गर्छन् र नकारात्मक कुराहरू बताउँदैनन्। कतिपय मानिसले यी अगुवाहरूको रिपोर्ट वास्तविक होइनन् भन्‍ने सुनेर तिनीहरूलाई सत्य कुरा बताउन लगाउँदा, यी अगुवाहरू उनीहरूलाई पर पन्छाउँछन्, र सत्य बोल्न रोक्छन्। कतिपय मानिसले ख्रीष्टविरोधीहरूको काम गर्ने शैली स्वीकार गर्दैनन्। उनीहरू सोच्छन्, “तपाईं इमानदारीसाथ बोल्‍नुहुन्‍न, त्यसैले म तपाईंलाई अगुवा मान्नेछैनँ। म माथिलाई सत्य कुरा भन्‍नेछु। मलाई तिनीहरूले काटछाँट गर्लान् भन्‍ने डर छैन।” त्यसकारण, उनीहरूले वास्तविक परिस्थितिबारे माथिलाई विश्‍वासयोग्य ढङ्गले रिपोर्ट गर्छन्। तिनीहरूले यसो गर्दा मण्डलीको वास्तविकता पर्दाफास हुन्छ। कसरी? किनभने यी मानिसहरूले ती ख्रीष्टविरोधीहरूबारे वास्तविकता खुलासा गरेका हुन्छन्—तिनीहरूले मामिलाको वास्तविक स्थिति खुलासा गरेका हुन्छन्। के ख्रीष्टविरोधीहरू यसमा सहमत हुन्छन्? के तिनीहरूले त्यो सहन सक्छन्? तिनीहरूले समस्याबारे रिपोर्ट गर्ने मानिसहरूलाई अवश्य नै छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूले के गर्छन्? त्यसको तुरुन्तैपछि, तिनीहरूले यस विषयमा भेला बोलाउँछन्, र मानिसहरूलाई यसबारे छलफल गर्न लगाएर तिनीहरूको प्रतिक्रिया हेर्छन्। धेरैजसो मानिस सजिलै बहकिएर यस मामिलालाई विचार गर्छन् र सोच्छन्, “कसैले वास्तविक कुराहरू रिपोर्ट गरेको छ, र अहिले यो अगुवा खतरामा छ। हामीले के भइरहेको छ भनेर रिपोर्ट गरेनौँ—यदि माथिले यस अगुवालाई दण्ड दिने निर्णय गऱ्यो भने, के हामी पनि ऊसँगै पर्नेछैनौँ र?” त्यसकारण, यी मानिसहरू अगुवाहरूको रक्षा गर्ने उपायहरू खोज्छन्, र परिणामस्वरूप, सत्य कुरा रिपोर्ट गर्ने मानिसहरू एकलिन्छन्। यसरी, ख्रीष्टविरोधीहरू आफूले चाहेअनुसार गर्न सक्छन्, किनभने तिनीहरूले जनै दुष्ट काम गरे पनि, कसैले पनि त्यो परिस्थितिबारे माथिलाई रिपोर्ट गर्ने आँट गर्दैन, र यस तिनीहरू आफ्ना उद्देश्यहरू पूरा गर्छन्। त्यसकारण, कतिपय मानिसका लागि, परिस्थितिबारे माथिलाई रिपोर्ट गर्दा धेरै वास्तविक कठिनाइहरू खडा हुन्छन्। तिनीहरूलाई वास्तविक कुरा थाहा हुन्छ, तर ख्रीष्टविरोधीहरू सधैँ तिनीहरूलाई चुप गराउन चाहन्छन्। डर र कायरपनको कारण, तिनीहरू सम्झौता गर्छन्, र के त्यसो गर्दा तिनीहरू ख्रीष्टविरोधीहरूको दबाबको शिकार हुँदैनन् र? अन्त्यमा, यी ख्रीष्टविरोधीहरू खुलासा र प्रतिस्थापित भएपछि, सम्झौता गर्ने मानिसहरूलाई कस्तो महसुस हुन्छ भन्‍ने तँलाई लाग्छ? के तिनीहरूलाई त्यसको पछुतो हुन्छ? (हो, तिनीहरूलाई त्यसको पछुतो हुन्छ।) तिनीहरूलाई खुसी पनि लाग्छ र पछुतो पनि हुन्छ, तिनीहरू सोच्छन्, “यदि मलाई परिस्थिति यस्तै होला भन्‍ने थाहा भएको भए, हार मान्नेथिइनँ। मैले तिनीहरू प्रतिस्थापित। नभएसम्म खुलासा गरिरहनु र तिनीहरूको समस्याहरूबारे रिपोर्ट गरिरहनुपर्थ्यो।” तर धेरैजसो मानिस त्यसो गर्न सक्दैनन्; तिनीहरू साह्रै डरपोक हुन्छन्।

ख्रीष्टविरोधीहरू चलाकी र झूट मन पराउँछन् र इमानदारीलाई घृणा गर्छन्; तिनीहरूको दुष्ट प्रकृतिको पहिलो स्पष्ट प्रकटीकरण यही हो। हेर् त, कतिपय मानिस सधैँ मानिसहरूले बुझ्न नसक्ने किसिमले बोल्छन्। कहिलेकाहीँ तिनीहरूले बोलेको वाक्यको सुरुवात हुन्छ तर अन्त्य हुँदैन, कहिलेकाहीँ अन्त्य हुन्छ तर सुरुवात हुँदैन। तिनीहरूले के भन्‍न लागेका हुन्, तँलाई पटक्‍कै थाहा हुँदैन, तिनीहरूले भनेको कुनै पनि कुराले अर्थ दिँदैन, र तैँले तिनीहरूलाई स्पष्ट पार्न अनुरोध गरिस् भने पनि तिनीहरूले स्पष्‍ट पार्नेछैनन्। तिनीहरूले बोल्दा प्रायजसो सर्वनामहरूको प्रयोग गर्छन्। उदाहरणको लागि, तिनीहरूले कुनै कुराको बारेमा रिपोर्ट गर्दा, “फलानोले—अँ, यस्तो सोचिरहेको थियो, त्यसपछि दाजुभाइ-दिदीबहिनीहरू त्यति धेरै …” तिनीहरूले घण्टौँसम्‍म कुरा गर्न सक्छन् र पनि आफ्‍नो कुरा स्पष्ट रूपमा व्यक्त गर्दैनन्, आफ्‍नो वाक्य पूरा गर्दैनन्, एकअर्कासँग सम्‍बन्धित नरहेका एकल शब्‍दहरू बोल्छन्, र तिनीहरूको कुरा सुनिसकेपछि पनि तैँले पटक्‍कै केही बुझ्दैनस्, बरु चिन्तितचाहिँ हुन सक्छस्। वास्तवमा, तिनीहरूले धेरै अध्ययन गरेका हुन्छन् र तिनीहरू शिक्षित हुन्छन्—र पनि किन तिनीहरूले पूरा वाक्य बोल्‍न सक्दैनन्? यो स्वभाव सम्‍बन्धी समस्या हो। तिनीहरू यति छली हुन्छन् कि थोरै सत्यता भन्‍नलाई पनि धेरै प्रयास चाहिन्छ। ख्रीष्टविरोधीहरूले भन्‍ने कुनै कुरामा विशेष ध्यान दिइएको हुँदैन, सधैँ सुरुवात हुन्छ तर अन्त्य हुँदैन; तिनीहरूले आधा वाक्यलाई अस्पष्ट बनाउँछन् र आधा वाक्य त निकाल्दै निकाल्दैनन्, र तिनीहरूले सधैँ के भइरहेको छ भनेर जाँचिरहेका हुन्छन्, किनभने तिनीहरू आफूले भन्‍न खोजेको कुरा तैँले बुझेको चाहँदैनन्, तिनीहरू तैँले अनुमान गरेको चाहन्छन्। यदि तिनीहरूले तँलाई सीधै बताए भने, तिनीहरूले भनेको कुरा तैँले बुझ्छस् र तिनीहरूको वास्तविकता देख्छस्, होइन र? तिनीहरूले त्यस्तो भएको चाहँदैनन्। तिनीहरूले के चाहन्छन्? तिनीहरू तैँले आफै अनुमान गरेको चाहन्छन्, र तैँले अनुमान गरेको कुरा सही हो भनेर तिनीहरूले खुशीसाथ तँलाई विश्‍वास गर्न दिन्छन्—त्यस्तो अवस्थामा, तिनीहरूले यो कुरा भनेका हुँदैनन्, त्यसकारण तिनीहरूले कुनै जिम्‍मेवारी लिँदैनन्। यसबाहेक, तिनीहरूले भन्‍न खोजेको के हो भनी तैँले आफ्नो अनुमान तिनीहरूलाई बताउँदा तिनीहरूले के प्राप्त गर्छन्? तेरो अनुमान नै तिनीहरूले सुन्‍न चाहेको कुरा हुन्छ, र यसले त्यस विषयमा तेरो विचार र दृष्टिकोण के छ त्यो तिनीहरूलाई बताउँछ। त्यहाँबाट, तिनीहरूले छनौट गरेर बोल्‍नेछन्, के भन्‍ने र के नभन्‍ने, र कसरी भन्‍ने त्यो चुन्‍न सक्छन्, त्यसपछि तिनीहरू आफ्नो योजनाको अर्को चरणमा अघि बढ्नेछन्। हरेक वाक्य एउटा फन्दामा गएर टुङ्गिन्छ, र तैँले तिनीहरूको कुरा सुन्‍ने क्रममा, तैँले तिनीहरूको वाक्यलाई पूरा गरिदिइरहिस् भने, तँ पूर्ण रूपमा फन्दामा परेको हुनेछस्। सधैँ यसरी बोल्‍नु के तिनीहरूको लागि थकाइलाग्दो हुन्छ? तिनीहरूको स्वभाव दुष्ट हुन्छ—तिनीहरूले थकाइ महसुस गर्दैनन्। तिनीहरूको लागि यो पूर्ण रूपमा स्वाभाविक कुरा हुन्छ। किन तिनीहरूले तेरो लागि यी फन्दाहरू तयार गर्न चाहन्छन्? किनभने तिनीहरूले तेरा विचारहरूलाई स्पष्‍ट रूपमा देख्‍न सकेका हुँदैनन्, र तिनीहरूलाई तैँले तिनीहरूको वास्तविकता देख्लास् भन्‍ने डर हुन्छ। तिनीहरूले तँलाई तिनीहरूको वास्तविकता बुझ्‍नबाट रोक्‍ने प्रयास गरिरहेका हुन्छन्, र त्यही समयमा तँलाई बुझ्‍ने प्रयास पनि गरिरहेका हुन्छन्। तिनीहरूले तेरा दृष्टिकोण, विचार, र विधिहरू प्राप्त गर्न चाहन्छन्। तिनीहरू सफल भए भने, तिनीहरूको पासोले काम गरेको हुन्छ। कतिपय मानिसहरू “उम्” र “अँ” भन्दै रोकिन्छन्; तिनीहरूले निश्‍चित दृष्टिकोण व्यक्त गर्दैनन्। अरूचाहिँ “जस्तै” र “साँच्‍ची…” भन्दै रोकिन्छन्, र तिनीहरू आफूले भन्‍न चाहेको वास्तविक कुराको सट्टा यस्ता शब्‍दहरू प्रयोग गर्छन्, र तिनीहरूले वास्तवमा के विचार गरिरहेका छन् भन्‍ने कुरालाई ढाकछोप गर्छन्। तिनीहरूको हरेक वाक्यमा धेरै वटा निरर्थक शब्‍द, क्रियाविशेषण, र अतिरिक्त क्रियापदहरू हुन्छन्। यदि तैँले तिनीहरूका शब्‍दहरूलाई रेकर्ड गरिस् र लेखिस् भने, कुनै शब्‍दले पनि तिनीहरूको वास्तविक दृष्टिकोण वा मनोवृत्ति खुलासा गर्दैन। तिनीहरूका सबै शब्‍दहरूमा गुप्त पासो, परीक्षाहरू, र प्रलोभनहरू लुकेका हुन्छन्। यो कस्तो स्वभाव हो? (दुष्ट।) अत्यन्तै दुष्ट। के त्यसमा छल समावेश हुन्छ? तिनीहरूले बनाउने यी पासो, परीक्षा, र प्रलोभनहरूलाई नै छल भनिन्छ। यो ख्रीष्टविरोधीहरूको दुष्ट सार भएका मानिसहरूको सामान्य चरित्र हो। यो सामान्य चरित्र कसरी प्रकट हुन्छ? तिनीहरूले असल खबर सुनाउँछन् तर खराब खबर सुनाउँदैनन्, तिनीहरूले जहिल्यै पनि आकर्षक शैलीमा बोल्छन्, तिनीहरू रोकिँदै बोल्छन्, तिनीहरूले आंशिक रूपमा आफ्‍नो आशय लुकाउँछन्, अन्यौलपूर्ण तरिकाले र अस्पष्ट रूपमा बोल्छन्, र तिनीहरूका शब्‍दहरूमा परीक्षाहरू लुकेका हुन्छन्। यी सबै कुरा पासोहरू हुन्, र ती सबै छलका माध्यम हुन्।

धेरैजसो ख्रीष्टविरोधीहरू यसरी यी प्रकटीकरणहरू देखाउँछन्, बोल्छन् र व्यवहार गर्छन्। यदि तिमीहरू तिनीहरूसँग लामो समयसम्म सम्पर्कमा आयौ भने के तिमीहरूले यो कुरा पत्ता लगाउन सक्छौ? के तँ तिनीहरूलाई छर्लङ्गै देख्‍न सक्छस्? पहिलो, तैँले तिनीहरू इमानदार मानिस हुन् कि होइनन् भनेर निर्धारित गर्नुपर्छ। तिनीहरूले अरूलाई इमानदार हुन र सत्य बोल्न जति धेरै माग गरे पनि, तैँले तिनीहरू आफै इमानदार मानिस हुन् कि होइनन्, तिनीहरू इमानदार बन्‍ने प्रयास गर्छन् कि गर्दैनन्, अनि इमानदार मानिसहरूप्रति तिनीहरूको दृष्टिकोण र मनोवृत्ति कस्तो छ भनेर हेर्नुपर्छ। तिनीहरू हृदयमा इमानदार मानिसहरूलाई तिरस्कार, घृणा, र भेदभाव गर्छन् कि गर्दैनन्, तिनीहरू पनि भित्रैदेखि इमानदार मानिस हुन चाहन्छन् कि, तै पनि त्यसो गर्न गाह्रो र चुनौतीपूर्ण भएको कारण त्यसो गर्न सक्दैनन् कि भनेर हेर्। तैँले यीमध्ये कुनचाहिँ तिनीहरूको अवस्था हो भनेर पत्ता लगाउनुपर्छ। के तिमीहरू यो कुरा खुट्ट्याउन सक्छौ? छोटो अवधिमा, तैँले त्यसो गर्न नसक्लास्, किनभने यदि तिनीहरूका चलाकी विधिहरू चलाख प्रकारका छन् भने, तैँले तिनीहरूको वास्तविकता देख्‍न नसक्लास्। तैपनि, समय बित्दै जाँदा, सबैले तिनीहरूको वास्तविकता देख्‍न सक्‍नेछन्; तिनीहरूले सधैँ त आफ्नो वास्तविकता लुकाउन सक्दैनन्। यो त ठूलो रातो अजिङ्गरले प्रायः “मानिसहरूको सेवा गर्छौं” र “मानिसहरूको जन सेवकका रूपमा काम गर्छौं” भनेजस्तै हो। तर आजभोलि यो मानिसहरूको पार्टी हो भनेर कसले अझै विश्‍वास गर्छ? यसले मानिसहरूको पक्षमा निर्णय गरिरहेको छ भन्‍ने कसले अझै विश्‍वास गर्छ? अब कसैले पनि त्यो विश्‍वास गर्दैन, होइन र? सुरुमा, मानिसहरूले आशावादी अपेक्षाहरू राखेका थिए, कम्युनिस्ट पार्टीको साथले आफ्नो भाग्य बदल्न र आफू मालिक बन्‍न सकिन्छ, त्यसले मानिसहरूको सेवा गर्नेछ र तिनीहरूको जन सेवकका रूपमा काम गर्नेछ भन्‍ने सोचेका थिए। तर आजकल त्यसका शैतानी शब्दहरूमा कसले अझै विश्‍वास गर्छ? अहिले मानिसहरू त्यसलाई कसरी मूल्याङ्कन गर्छन्? त्यो मानिसहरूको जन शत्रु बनेको छ। त्यसोभए, त्यो कसरी जन सेवकबाट जन शत्रुमा परिवर्तन भयो? मानिसहरूले त्यसका कार्यहरूबाट, र त्यसको कार्यलाई त्यसका शब्दहरूसँग तुलना गरेर, त्यसले भनेका सबै कुरा छली झूट, झूटा कुरा, र आफूलाई ढाकछोप गर्ने आशयका शब्दहरू मात्रै हुन् भन्‍ने पत्ता लगाए। त्यसले सबैभन्दा मीठा शब्दहरू बोल्छ तर सबैभन्दा खराब कुराहरू गर्छ। ख्रीष्टविरोधीहरू पनि यस्तै हुन्छन्। उदाहरणका लागि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्छन्, “तपाईंहरूले आफ्नो कर्तव्य निष्ठापूर्वक गर्नुपर्छ—तिनलाई व्यक्तिगत अशुद्धताहरूले दूषित हुन नदिनुहोस्।” तर विचार गर् त, के तिनीहरू आफै चाहिँ यसो गर्छन्? तैँले तिनीहरूलाई कुनै कुराको सुझाव दिँदा, तैँले आफ्नो राय अलिकति बताउनेबित्तिकै, तिनीहरू यसमा सहमत हुँदैनन् वा त्यो स्वीकार गर्दैनन्। जब तिनीहरूको व्यक्तिगत हित तिनीहरूको कर्तव्य वा परमेश्‍वरको घरको हितसँग बाझिन्छ, तब तिनीहरूले पाई-पाई नाफाका लागि लडाइँ गर्छन् र एक पाई पनि छोड्दैनन्। तिनीहरूको व्यवहारबारे विचार गर्, त्यसपछि त्यसलाई तिनीहरूले भनेको कुरासँग तुलना गर्। तँ के देख्छस्? तिनीहरूको शब्द राम्रो सुनिन्छ तर ती सब मानिसहरूलाई छल गर्ने आशयका झूट कुरा हुन्। जब तिनीहरू आफ्नो हित षड्यन्त्र र लडाइँ गर्छन्, तब तिनीहरूको व्यवहार, साथै तिनीहरूको अभिप्राय, माध्यम, र कार्य विधिहरू सबै साँचो हुन्छन्—ती बनावटी हुँदैनन्। तैँले यी कुराहरूका आधारमा, ख्रीष्टविरोधीहरूलाई केही मात्रामा बुझ्न सक्छस्।

ख्रीष्टविरोधीहरू झूट र चलाकीलाई प्रेम गर्छन्—तिनीहरूलाई अरू के मन पर्छ? तिनीहरूलाई तरकिब, युक्ति, र षड्यन्त्र मन पर्छ। तिनीहरू शैतानको दर्शनअनुसार चल्छन्, कहिल्यै सत्यता खोजी गर्दैनन्, पूर्णरूपमा झूट र चलाकीमा भर पर्छन् अनि युक्ति र षड्यन्त्रहरू गर्छन्। तैँले सत्यतामा जति नै स्पष्टसित सङ्गति गरे पनि, तिनीहरूले शिर हल्लाएर सहमति जनाए पनि, सत्यता सिद्धान्तहरू अनुसार काम गर्दैनन्। बरु, तिनीहरूले आफ्नो दिमाग खियाएर युक्ति र षड्यन्त्रहरू प्रयोग गर्दै काम गर्छन्। तैँले सत्यतामा जति नै स्पष्टसित सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन् जस्तो देखिन्छ; तिनीहरू आफूलाई इच्छा लागेको तरिकाले, आफूले गर्न चाहेको शैलीले, र आफ्नो स्वार्थ अनुरूपको तरिकामा काम गर्छन्। तिनीहरू मीठो बोल्छन्, आफ्नो साँचो रङरूप लुकाउँछन्, मानिसहरूलाई मूर्ख बनाउँछन् र चलाकी गर्छन्, र अरू त्यसमा पर्दा, तिनीहरू खुसी हुन्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएका हुन्छन्। यो नै ख्रीष्टविरोधीहरूको निरन्तर विधि र शैली हो। सोझो बोल्ने, आफ्नो नकारात्मकता, कमजोरी, र विद्रोही स्थितिबारे इमानदारीपूर्वक र खुलस्तसित सङ्गति गर्ने, अनि हृदयदेखि बोल्ने इमानदार मानिसहरूका सम्बन्धमा, ख्रीष्टविरोधीहरूलाई तिनीहरूप्रति भित्री रूपमा घृणा लाग्छ र तिनीहरू उनीहरूलाई भेदभाव गर्छन्। तिनीहरूलाई तिनीहरूले जस्तै कुटिल र छली तरिकाले बोल्ने अनि सत्यताको अभ्यास नगर्ने मानिसहरू मन पर्छ। तिनीहरूलाई आफूले त्यस्ता मानिसहरूलाई भेट्दा, हृदयमा आनन्द हुन्छ, मानौँ तिनीहरूले आफूजस्तो व्यक्ति भेट्टाएका छन्। तिनीहरू आफूभन्दा अरू असल छन् वा तिनीहरूलाई चिन्‍न सक्‍ने छन् भन्‍नेबारे चिन्ता गर्न छोड्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको प्रकटीकरण होइन र? के यसले तिनीहरू दुष्ट छन् भन्‍ने देखाउन सक्दैन र? (हो, देखाउन सक्छ।) किन यी कुराहरूले ख्रीष्टविरोधीहरू दुष्ट छन् भन्‍ने कुरा देखाउन सक्छन्? सकारात्मक कुराहरू र सत्यता विवेकी कुनै पनि सृष्टि गरिएको प्राणीले प्रेम गर्नुपर्ने कुरा हुन्। तैपनि, जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ, तिनीहरू यी सकारात्मक कुराहरूलाई आँखाको कसिङ्गर र बिझाउने काँडा ठान्छन्। यी कुरा पालना गर्ने वा अभ्यास गर्ने जोकोही तिनीहरूको शत्रु बन्छ, र तिनीहरू त्यस्ता व्यक्तिहरूलाई शत्रु ठान्छन्। के यो शैतान अय्यूबप्रति गरेको शत्रुताको प्रकृतिसँग मिल्दैन र? (मिल्छ।) यो शैतानको जस्तै प्रकृति, स्वभाव, र सार हो। ख्रीष्टविरोधीहरूको प्रकृति शैतानबाट आएको हुन्छ, र तिनीहरू शैतानकै वर्गमा पर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू शैतानसँग सहकार्य गर्छन्। के यो बयान हदभन्दा बढी हो? पटक्‍कै होइन; यो पूर्ण रूपमा सही छ। किन? किनभने ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। तिनीहरू चलाकीमा संलग्‍न हुनमा रमाउँछन्, तिनीहरूलाई झूट, भ्रामक रूप, र ढोँग मन पर्छ। यदि कसैले तिनीहरूको साँचो रूप खुलासा गऱ्यो भने, के तिनीहरू त्यो खुसीसाथ मान्न र स्वीकार गर्न सक्छन्? तिनीहरूले त्यो स्विकार्न नसक्‍ने मात्र होइन, प्रत्युत्तरमा बेसरी दुर्व्यवहार गर्छन्। सत्यता बोल्ने वा तिनीहरूको साँचो रूप खुलासा गर्ने मानिसहरूले तिनीहरूलाई क्रोधित तुल्याउँछन् र झनक्क रिस उठाउँछन्। उदाहरणका लागि, ढोँग गर्नमा निकै सिपालु कुनै ख्रीष्टविरोधी हुन सक्छ। सबैले उसलाई असल व्यक्ति ठान्छन्: स्नेही, मानिसहरूप्रति सहानुभूति जनाउन सक्‍ने, अरूका कठिनाइहरू बुझ्न सक्‍ने, अनि कमजोर र नकारात्मक मानिसहरूलाई प्रायः साथ र सहयोग दिने। अरूलाई कुनै कठिनाइ हुँदा, तिनीहरू विचार पुऱ्याउन र तिनीहरूलाई माफी दिन सक्छन्। मानिसहरूका हृदयमा, यो ख्रीष्टविरोधी परमेश्‍वरभन्दा महान् हुन्छ। सद्गुणी रूपमा प्रस्तुत हुने यस व्यक्तिका सम्बन्धमा भन्दा, यदि तैँले तिनीहरूको ढोँग र छलीपनलाई खुलासा गरिस् भने, यदि तैँले तिनीहरूलाई सत्यता बताइस् भने, के तिनीहरू त्यो स्वीकार गर्न सक्छन्? तिनीहरूले त्यो स्वीकार नगर्ने मात्र होइन, तर झन् बढी ढोँग र छलछाम गर्न थाल्छन्। मलाई भन् त, यदि तैँले धर्मशास्त्र बोकी सडकका कुनामा गई प्रार्थना गर्ने र अरूलाई त्यो पढेर सुनाउने फरिसीहरूको छलछाम खुलासा गरेको भए, र तिनीहरूले देखावटी गर्ने त्यसो गरिरहेका छन् भनेर भनेको भए, के तिनीहरूले तैँले भनेको कुरा स्विकार्नेथिए? के तिनीहरूले त्यो खुसीसाथ ई स्वीकार गर्नेथिए? के तिनीहरूले तेरो शब्दहरू मनन गर्नेथिए? के तिनीहरूले आफूले गरिरहेको कुरा छलछाम र चलाकी हो भनेर मान्न सक्थे? के तिनीहरूले मनन गर्न, पश्चात्ताप गर्न, र फेरि कहिल्यै यस्तो व्यवहार नगर्न सक्थे? पटक्कै सक्दैनथे। यदि तैँले “तपाईंका कार्यहरूले मानिसहरूलाई बहकाइरहेका छन् र तपाईं नरकमा जानुहुनेछ र दण्डित हुनुहुनेछ” भनेर भन्दै गएको भए, के त्यो सत्यता बताएको हुनेथिएन र? (हुनेथियो।) यो सत्यता बताउनु हो। के तिनीहरूले त्यो स्वीकार गर्नेथिए? अहँ, तिनीहरू तुरुन्तै रिसाउनेथिए र भन्नेथिए, “के भन्यौ? म नरकमा जानेछु र दण्डित हुनेछु अरे? यो त अति भो! म परमेश्‍वरमा विश्‍वास गर्छु, तिमीमा होइन! तिम्रो भनाइको कुनै तुक छैन!” के त्यो कुरा यतिमै समाप्त हुन्छ? त्यसपछि तिनीहरूले के गर्नेथिए? तिनीहरूले यसो भन्दै जानेथिए, “मैले टाढा-टाढा यात्रा गरेको छु, धेरै मानिसहरूलाई सुसमाचार सुनाएको छु, धेरै फल फलाएको छु, धेरै क्रूस उठाएको छु, र जेलमा धेरै कष्ट भोगेको छु—तिमी बच्चै छौ, मैले प्रभुमा विश्‍वास गर्न थाल्दा तिमी आमाको गर्भमै थियौ!” तिनीहरूको प्रकृति खुलासा हुन्छ, होइन र? के तिनीहरू धैर्य र सहनशीलताको प्रचार गर्दैनन्—त्यसोभए किन तिनीहरू यो सानो कुरा सहन सक्दैनन्? किन तिनीहरू त्यो सहन सक्दैनन्? तैँले सत्य बोलेको हुनाले, तैँले तिनीहरूको वास्तविकता खुलासा गरेको छस्, र तिनीहरूको कुनै गन्तव्य छैन। के तिनीहरू अझै पनि यो कुरा सहन सक्छन्? यदि तिनीहरू ख्रीष्टविरोधी होइनन्, यदि तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा छन् तर सत्यता स्विकार्न सक्छन्, अनि छालछामको प्रकटीकरण पनि देखाउँछन् भने, तैँले तिनीहरूको छलछाम खुलासा गरिस् भने तिनीहरूले के गर्नेछन्? तिनीहरूले तुरुन्तै आत्मचिन्तन नगर्न सक्छन्, र त्यसो गर्छन् भनेर भन्दा त्यो अवास्तविक र खोक्रो लाग्न सक्छ। तैपनि, यो सुन्दा धेरैजसो सामान्य मानिसहरूको पहिलो प्रतिक्रिया के हुन्छ भने तिनीहरूलाई हृदयमा च्वास्स घोचेको पीडा अनुभव हुन्छ। यो च्वास्स घोचेको पीडाले केलाई जनाउँछ? यसको अर्थ तिनीहरूलाई सुनेको कुराले असर गर्छ; तिनीहरूले कसैले आफ्नै अगाडि यतिका सोचविचार नगरी व्यवहार गर्छ, सत्य कुरा बताउँछ, र यसरी निन्दा गर्ने आँट गर्छ भन्‍ने अपेक्षा गरेका थिएनन्—तिनीहरूले यी शब्दहरू कहिल्यै अपेक्षा गरेका र सुनेका थिएनन्। त्यसबाहेक, तिनीहरूमा लाज हुन्छ र तिनीहरू आफ्नो इज्जत जोगाउन चाहन्छन्। तैँले तिनीहरूलाई सडकका कुनामा उभिएर प्रार्थना गर्नु र धर्मशास्त्र पढ्नु मानिसहरूलाई बहकाउनु हो भनेर भनेको कुरामा तिनीहरूले मनन गर्ने क्रममा, आत्म-परीक्षण गरेपछि यसो गर्नु त आफू कति समर्पित छन्, आफूले प्रभुलाई कति धेरै प्रेम गर्छ, र आफूले कति धेरै कष्ट भोग्‍न सक्छ भनी वास्तवमा मानिसहरूलाई देखाउनु हो, यो छलछाम हो, र तैँले भनेको कुरा साँचो हो भन्‍ने पत्ता लगाउँछन्। तिनीहरूले यदि आफूले यस्तै व्यवहार गरिरह्यो भने, अरूलाई आफ्नो अनुहार देखाउन सक्‍नेछैन भन्‍ने पत्ता लगाउँछन्। तिनीहरूमा लाज हुन्छ, र त्यो लाज भएकाले, तिनीहरूले आफूलाई केही हदसम्म नियन्त्रण गर्न र आफ्नो दुष्ट कार्य वा लाजमर्दो र आफ्नो इज्जत गुमाउने कार्यहरू रोक्न सक्लान्। तिनीहरूले यस्तो व्यवहार गर्न छोड्नुको अर्थ के हो? त्यसले पश्चात्तापको सङ्केत दिन्छ। तिनीहरूले पश्चात्ताप गर्छै गर्छन् भन्‍ने निश्‍चित छैन, तर कम्तीमा पनि पश्चात्ताप गर्ने सम्भावना हुन्छ, जुन ख्रीष्टविरोधी र फरिसीहरूभन्दा निकै राम्रो कुरा हो। के कुराले यसलाई राम्रो बनाउँछ? तिनीहरूमा विवेक र लाज हुने हुनाले, अरूका खुलासा गर्ने शब्दहरूले तिनीहरूको हृदयमा च्वास्स घोच्छ। तिनीहरूलाई लाज लाग्न सक्ने र आफ्नो इज्जतमा चोट पुगेको महसुस हुने भए पनि, तिनीहरूले कम्तीमा पनि यी शब्दहरू सही छन् भनेर स्वीकार गर्न सक्छन्। तिनीहरूले आफ्नो इज्जत जोगाउन नसके पनि, मनभित्र, ती शब्दहरूलाई मानिसकेका हुन्छन् र तिनमा समर्पित भइसकेका हुन्छन्, र तिनलाई स्विकारिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरू कसरी फरक हुन्छन्? किन हामी ख्रीष्टविरोधीहरू दुष्ट हुन्छन् भनेर भन्छौँ? ख्रीष्टविरोधीहरूको दुष्टता केमा हुन्छ भने जब तिनीहरू सही कुरा सुन्छन्, तब तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍ने मात्र होइन, तर यसको विपरीत, यसलाई घृणा पनि गर्छन्। त्यसबाहेक, तिनीहरू आफ्नै तरिकाको सहारा लिन्छन्, आफ्नो बचाउ गर्न र सफाइ दिन बहाना, कारण, र विभिन्‍न वस्तुगत तत्वहरू खोज्छन्। तिनीहरू के उद्देश्य हासिल गर्ने लक्ष्य राख्छन्? तिनीहरू नकारात्मक कुरालाई सकारात्मक कुरामा र सकारात्मक कुरालाई नकारात्मक कुरामा परिवर्तन गर्ने उद्देश्य राख्छन्—तिनीहरू परिस्थितिलाई उल्ट्याउन चाहन्छन्। के यो दुष्टता होइन र? तिनीहरू सोच्छन्, “तँ जति नै सही भए पनि, वा तेरा शब्दहरू जति नै सत्यताअनुरूप भए पनि, के तैँले मेरो बोल्ने मुखलाई थुन्न सक्छस्? मैले बोल्ने सबै वचनहरू स्पष्ट रूपमा झूटो, छली, र बहकाउने भए पनि, म तैँले भन्ने कुरा अझै पनि इन्कार र निन्दा गर्नेछु।” के यो दुष्टता होइन र? वास्तवमै, यो दुष्टता हो। के तँलाई ख्रीष्टविरोधीहरूले असल मानिसहरू देख्दा, हृदयमा उनीहरूलाई इमानदार ठान्दैनन् भन्‍ने लाग्छ? तिनीहरू उनीहरूलाई इमानदार र सत्यता पछ्याउने मानिस ठान्छन्, तर तिनीहरू इमानदारी र सत्यता पछ्याउने मानिसलाई कसरी परिभाषित गर्छन्? तिनीहरू इमानदार मानिसहरू मूर्ख हुन् भन्‍ने सोच्छन्। तिनीहरू सत्यता पछ्याइलाई तिरस्कार र घृणा गर्छन्, अनि त्यसप्रति वैरभाव राख्छन्। तिनीहरू त्यसलाई झूटो ठान्छन्, सत्यता पछ्याउन सबै कुरा त्याग्‍ने, जोकोहीलाई कुनै पनि कुरा भन्‍ने, र सबै कुरा परमेश्‍वरलाई सुम्पने यति मूर्ख कोही हुन सक्दैन भन्‍ने सोच्छन्। कोही पनि त्यति मूर्ख हुँदैन। तिनीहरूलाई यी सबै कार्य झूटा हुन् भन्‍ने लाग्छ, र तिनीहरू ती कुनै कुरामा विश्‍वास गर्दैनन्। के ख्रीष्ट-विरोधीहरू परमेश्‍वर सर्वशक्तिमान् र धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्छन्? (गर्दैनन्।) त्यसकारण, तिनीहरू मनमा यी सबै कुराप्रति प्रश्न चिन्ह खडा गर्छन्। यसको अर्थ के हो? हामीले यो प्रश्न चिन्हहरूको थुप्रोलाई कसरी अर्थ्याउने? तिनीहरू त्यसमा शङ्का गर्ने वा प्रश्न उठाउने मात्र गर्दैनन्; अन्त्यमा, त्यसलाई इन्कार पनि गर्छन् र परिस्थितिलाई उल्ट्याउने प्रयास गर्छन्। मैले परिस्थितिलाई उल्ट्याउनु भन्नुको मतलब के हो? तिनीहरू सोच्छन्, “त्यस्तो न्यायोचित हुनुको के काम? यदि झूटलाई हजार पटक दोहोऱ्याइयो भने, त्यो सत्यता बन्छ। यदि कसैले पनि सत्यता बोलेन भने, त्यो सत्यता होइन र त्यसको कुनै काम हुँदैन—त्यो झूट मात्रै हो!” के यो सही र गलतलाई तोडमोड गर्नु होइन र? शैतानको दुष्टता यही हो—तथ्यहरूलाई बङ्ग्याउनु अनि सही र गलतलाई तोडमोड गर्नु—तिनीहरूलाई यही मन पर्छ। ख्रीष्टविरोधीहरू ढोँग र चलाकी गर्नमा माहिर हुन्छन्। तिनीहरू माहिर कुरा अवश्य नै तिनीहरूमा अन्तर्निहित रूपमै हुन्छ, र तिनीहरूमा अन्तर्निहित रूपमा हुने कुरा भनेको ठ्याक्कै तिनीहरूको प्रकृति सारमा रहेको कुरा हो। त्योभन्दा अझ, त्यो तिनीहरूले तृष्णा गर्ने र प्रेम गर्ने कुरा हो, अनि त्यो तिनीहरू संसारमा कसरी बाँच्छन् भन्‍ने कुराको नियम पनि हो। तिनीहरू “असल मान्छे उमेरमै मर्छ तर दुष्ट मान्छे हजार वर्ष बाँच्छ,” “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” “मानिसले प्रकृतिलाई जित्छ,” इत्यादि जस्ता भनाइहरूमा विश्‍वास गर्छन्। के यीमध्ये कुनै भनाइ मानवता वा सामान्य मानिसहरूले बुझ्न सक्‍ने प्राकृतिक नियमहरूसँग मिल्छ? एउटै पनि मिल्दैन। त्यसोभए कसरी ख्रीष्टविरोधीहरू शैतानका यी दुष्ट भनाइहरूलाई यति धेरै मन पराउँछन् र तिनलाई आफ्नो आदर्शसमेत ठान्न सक्छन्? तिनीहरूको प्रकृति नै अत्यन्तै दुष्ट भएकाले त्यस्तो भएको हो भनेर मात्रै भन्‍न सकिन्छ।

मैले लगभग एक वर्षका अवधिमा एक जना निश्‍चित मण्डली अगुवालाई केही पटक भेटेको थिएँ। हामीले भेट्ने धेरै अवसर पाएका थियौँ, तर ऊ खुलस्त बोल्ने व्यक्ति थिएन त्यसकारण हाम्रो कुराकानी सीमित हुन्थ्यो। “ऊ खुलस्त बोल्ने व्यक्ति थिएन” भन्नुको अर्थ के हो? यसको अर्थ तैँले उसलाई प्रश्नहरू गर्दा पनि उसले धेरै कुरा भन्दैथियो भन्‍ने हो। अब, के मण्डलीका अरूसँगका अन्तरक्रियामा ऊ यस्तै थियो? दुई वटा सम्भावित परिस्थिति थिए। ऊ आफूसँग विचार मिल्नेहरूलाई धेरै कुरा भन्थ्यो। तथापि, ऊ विचार नमिल्नेहरूसँग सतर्क हुन्थ्यो र खुलस्त बोल्दैनथ्यो। पछि, मैले ऊसँग कुराकानी गर्दा, उसले कुल पाँचवटा “विशेष” वाक्यांशहरू बोलेको याद गरेँ। ऊ खुलस्त बोल्दैनथ्यो, त्यसकारण जब ऊ कुनै कुरा भन्थ्यो, तब त्यो “विशेष” वाक्यांश बन्थ्यो। यो कस्तो व्यक्ति हो? के हामी उसलाई “विशिष्ट व्यक्ति” भन्‍न सक्छौं? मण्डली अगुवा वा सेवकहरूले मसँग भेटेर कुराकानी गर्नु सामान्य कुरा हो, होइन र? तैपनि, यो व्यक्ति एकदम फरक थियो। उसले पाँचवटा अत्यन्तै “विशेष” वाक्यांशहरू मात्रै बोल्यो। यी वाक्यांशहरूलाई के कुराले यति “विशेष” बनाउँछ, सुन। उसको हरेक वाक्यांशको पछाडि त्यसको आफ्नै प्रसङ्ग र छोटो कथा हुन्छ। हामी उसको पहिलो वाक्यांश कहाँबाट आएको थियो, त्यसबाट सुरु गरौं।

यस अगुवाले नेतृत्व गरेका मण्डलीमा, एक जना दुष्ट व्यक्ति थियो जसले धेरै खराब कुराहरू गरेका थिए र मण्डलीका काममा बाधा पुऱ्याएको थियो। सबैले उसलाई दुष्ट व्यक्ति हुन् भनेर देखे, त्यसकारण तिनीहरूले ऊ बारे सङ्गति गर्न र छलफल गर्न थाले। यदि उसलाई निष्कासित गर्नु र निकाल्नुपर्ने भएको भए, उसका बारेमा मण्डलीमा सूचना दिनुपर्थ्यो, ताकि सबैलाई उसले के-कस्ता खराब कुराहरू गरेको छ र उसलाई किन दुष्ट व्यक्तिका रूपमा वर्गीकरण गरिँदै छ र निकालिँदै छ भन्‍ने कुरा थाहा होस्। त्यो दुष्ट व्यक्तिले गरेका केही खराब कुराहरू खुलासा भइरहेका बेला, प्रायः धेरै नबोल्ने यो अगुवाले यसो भन्यो, “तिनको नियत राम्रो थियो।” उसले त्यस दुष्ट व्यक्तिले ती खराब कुराहरू गरिरहेको र मण्डलीका काममा बाधा दिइरहेको कुरालाई कसरी हेरेको थियो? “त्यो व्यक्तिको नियत राम्रो थियो।” ऊ खराब व्यक्तिको नियत राम्रो छ भने उसले गर्ने खराब कुराहरू सत्यता अनुरूप हुन्छ भन्ने ठान्थ्यो। उसका लागि त तिनीहरूको कार्यको प्रकृति असल वा खराब जस्तोसुकै भए पनि, वा तिनीहरूको कार्यका परिणामहरू जेसुकै भए पनि, तिनीहरूको नियत असल छ भने, तिनीहरूले ल्याउने अवरोध र बाधाहरू पनि सत्यता अनुरूप हुन्छन्। “तिनको नियत राम्रो थियो।” यस अगुवाले बोलेको पहिलो वाक्यांश त्यही थियो। के तिमीहरूले यस्तो कुरा कहिल्यै सुनेका छौ? दुष्ट व्यक्तिले स्पष्ट रूपमा नै दुष्ट काम गरिरहेको हुन्छ, तैपनि कसैले त्यस व्यक्तिले असल अभिप्राय राखेर ती खराब कुराहरू गरिरहेको छ भन्छ। के सबैले यो वाक्यांशलाई बुझ्यौ? मलाई लाग्छ कतिपय मानिस यो वाक्यांशद्वारा भ्रमित हुन सक्छन् किनभने धेरैजसो मानिस के सोच्छन् भने कसैको आशय राम्रो छ भने, उसलाई तह लगाउनु पर्दैन, र यदि कसैले असल अभिप्रायले कुनै खराब काम गर्छ भने, उसले जानाजानी दुष्टता गरिरहेको हुँदैन। यस अगुवाले यसरी उक्साएपछि र बहकाएपछि, कतिपय मानिस अगुवाका पक्षमा जान सक्ने, अनि दुष्ट व्यक्तिप्रति सहानुभूति राख्‍न थाल्ने सम्भावना भयो। यदि यस अगुवाले तिनीहरूलाई नबहकाएको भए, धेरैजसो मानिसले यो मामिला सही रूपमा बुझेका हुन्थे र दुष्ट व्यक्तिलाई दुष्टता गरेकामा निष्कासित गरेर निकाल्नुपर्छ भनेर सोच्नेथिए। तैपनि, यस अगुवाको उक्साहट र बहकाउमा परेपछि, कतिपय मानिसले सोचे, “तिनको नियत राम्रो थियो, त्यो तर्कसङ्गत छ। कहिलेकाहीँ हामी पनि त्यस्तै हुन्छौँ। त्यसकारण, यदि हामीले असल अभिप्रायले कुनै खराब काम गऱ्यौँ भने, के हामीलाई पनि हटाएर निकालिनेछ?” परिणामस्वरूप, तिनीहरू यस अगुवाका पक्षमा आए। किन? तिनीहरूले आफ्नो भविष्यबारे सोचिरहेका थिए। के मानिसहरूलाई यस अगुवाले बोलेको वाक्यांश स्वीकार गर्न सजिलो थिएन र? तिनीहरूले त्यो स्वीकार गर्नुको परिणाम के थियो? तिनीहरूले परमेश्‍वर, उहाँको धर्मी स्वभाव र काम गर्ने उहाँका सिद्धान्तहरूबारे शङ्का विकास गरे। तिनीहरूले परमेश्‍वरको घरका काम गर्ने सिद्धान्तहरूबारे शङ्का विकास गरे, तीबारे प्रश्न उठाए, र त्यसपछि तिनलाई निन्दा गरे। तिनीहरूले हृदयमा यी शङ्काहरू पाले। वास्तवमा, यो दुष्ट व्यक्तिलाई उसले एउटा खराब काम गरेको कारण हटाइएको थिएन। परमेश्‍वरका घरमा, कहिलेकाहीँ गल्ती गरेको कारण कसैलाई हटाइँदैन, चाहे तिनीहरूले शारीरिक श्रम गरून्, विशेष कर्तव्य, वा प्राविधिक सीपहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गरून्। तिनीहरू सबैलाई मण्डली अगुवा र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको निरन्तर व्यवहारलाई संयुक्त रूपमा वर्गीकरण गर्छन्, त्यसपछि तिनीहरूलाई सम्हाल्ने काम हुन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्ति काम गर्दा सधैँ अल्छी गर्छ र काम नगर्ने बहाना बनाउँछ भने, के यस व्यवहारका आधारमा उसलाई हटाउनु उचित हुन्छ? (हजुर, हुन्छ।) ठीक भनिस्, यो उचित हुन्छ। उदाहरणका लागि, यदि तँलाई सफाइको काममा खटाइएको छ, र तँ बारम्बार सूर्यमुखीको बीउ खान्छस्, चिया पिउँछस्, अखबार पढ्छस्, र लापरवाही रूपमा सूर्यमुखीको बीउका खोस्टाहरू फ्याँक्छस् भने, के तैँले आफ्नो कर्तव्यलाई बेवास्ता गरिरहेको हुँदैनस् र? तैँले सफाइ नगरिरहेको मात्र होइन, तर फोहोर पनि गरिरहेको हुन्छस्, जसको अर्थ तैँले आफ्नो कर्तव्यलाई बेवास्ता गरिरहेको छस्। यदि तँ आफ्नो काममा अयोग्य छस् भने, तँलाई हटाउन पूर्ण रूपमा सिद्धान्तअनुरूप हुन्छ, र तैँले यसबारे तर्क गर्नु हुँदैन। तैपनि, यो मण्डली अगुवाले त्यो व्यक्तिको अभिप्राय राम्रो छ भनेर दाबी गऱ्यो, जसले गर्दा मानिसहरू बहकिए। अगुवाले यसरी मानिसहरूलाई उक्साएपछि र बहकाएपछि, तिनीहरूमध्ये कतिले उसको नेतृत्व पछ्याए, र तिनीहरू सहमतिमा पुगे। तर तिनीहरूले यसरी व्यवहार गर्दा परमेश्‍वर र सत्यता सिद्धान्तहरूलाई कहाँ राखे? तिनीहरू “हाम्रो मण्डली” र “परमेश्‍वरको हाम्रो घर” बारे कुरा गर्ने परिवारजस्तै बने। “मण्डली” र “परमेश्‍वरको घर” लाई कसरी परिभाषित गरिन्छ? के परमेश्‍वर नभएका ठाउँमा परमेश्‍वरको घर हुन सक्छ? (सक्दैन।) यदि कुनै ठाउँमा परमेश्‍वर हुनुहुन्न भने, के त्यहाँ मण्डलीको अस्तित्व हुन्छ वा मण्डली स्थापित हुन सक्छ? (अहँ, सक्दैन।) त्यसोभए, तिनीहरूले “हाम्रो” भन्‍नुको अर्थ के हो? त्यसको अर्थ तिनीहरू परमेश्‍वरबाट अलग भएका छन् भन्‍ने हो। मण्डली यस भ्रमित अगुवाको मण्डली बन्यो, र ऊ मण्डलीका मालिक बन्यो, जबकि तथाकथित दाजुभाइ-दिदीबहिनीहरू र भ्रमित मानिसहरूले ऊसँग गुट बनाए र उसका आफन्तहरूले जस्तै व्यवहार गरे। तिनीहरूले आफूलाई परमेश्‍वरबाट टाढा राखे, त्यसकारण परमेश्‍वरले “परमेश्‍वरको घर” बाहिरको भूमिका लिनुभयो। यी परिस्थितिहरूमा यस अगुवाले पहिलो वाक्यांश बोल्दा पैदा भएका परिणामहरू यिनै थिए। सबैले उसलाई एकदमै अनुमोदन गरे र सोचे, “हाम्रो मण्डली अगुवा निष्पक्ष छन्, तिनी हाम्रो विचार गर्छन्, हाम्रा कमजोरीहरू क्षमा गर्छन्, र हाम्रो पक्षमा बोल्ने समेत गर्छन्। हामीले गल्ती गर्दा, परमेश्‍वर सधैँ हामीलाई खुलासा र काटछाँट गर्नुहुन्छ। तर हाम्रो अगुवाले हामीलाई कुखुरोको पोथीले चल्लाहरूलाई रक्षा गरे जस्तै सधैँ रक्षा गर्छन्। तिनी हाम्रो साथमा हुँदा, हामीले कुनै अन्याय भोग्‍नेछैनौँ।” सबै जना ऊप्रति कृतज्ञ थिए। यस अगुवाले बोलेको पहिलो वाक्यका परिणामहरू यिनै थिए।

यस अगुवाले बोलेको दोस्रो वाक्यांशलाई जारी राखौँ। मण्डलीमा बाहिरी मामलाहरूसँग सम्बन्धित केही कामहरू थिए जुन धेरैजसो मानिसहरूले निर्वाह गर्न सक्दैनथिए वा तिनीहरू आफ्नो कर्तव्यमा धेरै व्यस्त हुनाले तिनलाई सम्हाल्न सक्दैनथिए। बाहिरी मामलाहरू सम्हाल्न दक्ष केही नाम मात्रका विश्‍वासीहरू थिए, त्यसकारण परमेश्‍वरको घरले यस्तो व्यक्तिलाई यी कामहरू गर्न लगाउन केही पैसा छुट्यायो, र कहिलेकाहीँ परमेश्‍वरको घरले अलिक धेरै काम सम्हाल्न उसका लागि अलि बढी खर्च गर्थ्यो। मलाई भन् त, के यस्ता कुराहरू सम्हाल्न परमेश्‍वरको घरले थप २०० युआन खर्च गर्नु सिद्धान्तहरूको उल्लङ्घन हो? ती कुराहरू सम्हाल्ने एउटै मात्र तरिका यही थियो, र यसले राम्रा परिणामहरू ल्याउँथ्यो, त्यसकारण तिनलाई यसरी नै सम्हालियो। त्यस व्यक्तिलाई थप २०० युआन दिँदा परमेश्‍वरको घरलाई यी कुराहरू सम्हाल्न सहज भयो, र धेरै समस्याहरू समाधान भए। के त्यो थप २०० युआन खर्च गर्नु सार्थक थियो? (त्यो सार्थक थियो।) त्यो अवश्य नै सार्थक थियो। यसरी काम गर्नु उचित थियो। यदि परमेश्‍वरको घरले ती कामहरू सम्हाल्न नसक्‍ने कसैलाई २०० युआन दिएको भए, त्यो खेर जानेथियो। उसलाई २०० युआन दिनुको अर्थ ती कामहरू राम्ररी पूरा हुन सक्थ्यो—त्यसोभए के परमेश्‍वरको घरले यसरी कामकुरा सम्हाल्नु सिद्धान्तहरू अनुरूप थियो? (त्यो सिद्धान्तहरू अनुरूप थियो।) त्यसोभए, के यो कुरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल नगर्नु वा तिनीहरूलाई नबताउनु सिद्धान्तअनुरूप थियो? (त्यो सिद्धान्तअनुरूप थियो।) के माथिसँग यस्तो कुरा सम्हाल्ने अधिकार छ? (छ।) हो, त्यो निश्‍चित छ। तर यो मण्डली अगुवाले भन्यो, “त्यस व्यक्तिलाई थप २०० युआन दिइयो भनेर विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले भने…। म यस विषयमा दाजुभाइ-दिदीबहिनीहरूको तर्फबाट मात्रै सोधिरहेको छु। तिनीहरू यो सिद्धान्त बुझ्दैनन्, र हामी सत्यताको यो पक्षबारे कसरी सङ्गति गर्ने भनेर खोजी गर्न चाहन्छौं।” उसले आधा वाक्य मात्रै बोल्यो। यो उसको दोस्रो वाक्य थियो। स्पष्टतया, यो वाक्यांश एउटा प्रश्न थियो, जसको अर्थ यस्तो थियो, “तपाईं तपाईंले गर्ने सबै कुरा सिद्धान्तअनुरूप छ भनेर भन्‍नुहुन्छ, तर यो कुरा सिद्धान्तअनुरूप छैन, र केही दाजुभाइ-दिदीबहिनीहरूमा यसबारे राय र धारणाहरू छन्, त्यसकारण मैले तिनीहरूका पक्षमा यसबारे प्रश्न गर्नुपर्छ। तपाईं यो कुरालाई कसरी व्याख्या गर्नुहुन्छ? मलाई स्पष्टीकरण दिनुहोस्।” त्यो प्रश्न हो, होइन र? अब, यसमा कति वटा सन्देशहरू समावेश थिए भनेर विश्लेषण गर—यस्तो कुरा सुन्दा तिमीहरूको दृष्टिकोण कस्तो हुन्छ? यस मामलाका आधारमा तिमीहरू यो व्यक्तिलाई कसरी हेर्छौ? (परमेश्‍वर, उसको यस वाक्यांशमा प्रश्न गर्ने शैली थियो। उसले परमेश्‍वरलाई प्रश्न गरिरहेको थियो। वास्तवमा, यस विषयमा उसका आफ्नै धारणाहरू थिए। उसले आफ्नो साँचो विचार व्यक्त गरेन, बरु माथिबाट आएको निर्णय स्विकार्न नसक्‍ने त दाजुभाइ-दिदीबहिनीहरू हुन्, र त्यसबारे तिनीहरूसँग रायहरू छन् भनेर भने। मण्डली अगुवाका रूपमा उसले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग धारणाहरू हुँदा, यो समस्या समाधान गर्न तिनीहरूसँग सत्यतामा सङ्गति गर्नुपर्थ्यो, तर उसले त्यो समाधान गरेन मात्र होइन, तर यी धारणाहरू लिएर परमेश्‍वरलाई प्रश्न गर्न पनि गऱ्यो। उसमा छली र दुष्ट स्वभाव छ।) दुईवटा बुँदा उल्लेख गरिएका छन्: एउटा हो, उसले माथिलाई प्रश्न गरिरहेको थियो, र अर्को हो, ऊभित्र पहिले नै धारणाहरू थिए, तैपनि उसले भन्यो, “दाजुभाइ-दिदीबहिनीहरूले सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरू ती खोजी गर्न चाहन्छन्।” के यस वाक्यांशमा कुनै समस्या छ? के उसका लागि दाजुभाइ-दिदीबहिनीहरू त्यति महत्त्वपूर्ण थिए? उसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई अत्यन्तै महत्त्वपूर्ण ठानेको हुनाले, तिनीहरूले यस्ता बलिया धारणाहरू विकास गर्दा, किन ती समाधान गरेन? के उसले आफ्ना कर्तव्यमा लापरवाह गरिरहेको थिएन र? ऊ लापरवाह भइरहेको थियो। उसले त्यो समस्या समाधान गरेन, र माथिलाई प्रश्न गर्न लाज नमानी दाजुभाइ-दिदीबहिनीहरूका धारणाहरूसमेत लिएर आयो। त्यसोभए, ऊ के कामको थियो? उसले केले गर्दा प्रश्न गर्न सक्यो? के उसमा पनि धारणाहरू थिएनन् र? के उसमा पनि माथिबाट आएको निर्णयबारे विचारहरू थिएनन् र? के उसलाई पनि यो मामला अनुचित रूपमा सम्हालिएको छ भन्‍ने लागेको थिएन र? त्यो २०० युआन उसका लागि खर्च गरिएको थिएन, त्यसकारण उसलाई आफूले त्यो गुमाएको जस्तो लाग्यो, होइन र? उसले सोच्यो, “मैले त्यो थप २०० युआन पाउनुपर्थ्यो, हामी त्यसको योग्य छौँ। त्यो मान्छे अविश्‍वासी हो, र उसले त्यो पाउनु हुँदैन। हामी साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्छौं र हामी परमेश्‍वरको घरका मानिस हौँ, तर ऊ होइन।” के उसको आसय यही होइन र? (हो।) उसको आशय त्यही हो। अनि उसले यो कुरा सीधै भनेन; उसले त्यो अनकनाउँदै भन्यो। यो सुनेपछि, तिमीहरूले त्यो कुरा बुझ्यौ कि बुझेनौ? पैसा खर्च गर्ने यस विषयमा तिमीहरूको दृष्टिकोण के छ? धेरैजसो मानिस यो सानो मामिलालाई बुझ्न सक्छन्। परमेश्‍वरको घरको ठूलो कामलाई विचार गर्दा, के त्यो अगुवाले थप २०० युआन खर्च भएको कुरालाई त्यतिका ध्यान दिनुपर्थ्यो र? त्यसबाहेक, त्यो उसको खल्तीबाट आएको थिएन, त्यसोभए, किन उसलाई त्यसबारे त्यति दुःख लाग्यो? के उसलाई अरू असल मानिस भएको देख्दा डाह लाग्यो? के उसको आशय यही थिएन र? के तिमीहरू मैले भर्खरै तिमीहरूलाई व्याख्या गरेको कुरा बुझ्न सक्छौ? के तिमीहरूमध्ये कोही असहमत छौ, र भन्छौ, “होइन! हाम्रो जानकारीविना थप २०० युआन खर्च गर्नु—हामीलाई यसबारे जान्ने अधिकार नहुनु भयानक कुरा हो। के यो परमेश्‍वरको घरका भेटीहरू फजुल खर्च गर्नु होइन र?” परमेश्‍वरको घरको अवधारणा के हो? भेटीहरूको अवधारणा के हो? म तँलाई भन्छु, भेटीहरू सबैका होइनन्, ती दाजुभाइ-दिदीबहिनीहरूका होइनन्; यदि दाजुभाइ-दिदीबहिनीहरू मात्रै भएका भए र परमेश्‍वर नहुनुभएको भए, त्यसलाई परमेश्‍वरको घर भनिँदैनथ्यो। जब परमेश्‍वर देखा परेर काम गर्नुहुन्छ, जब उहाँ मानिसहरूलाई आफ्‍नो अघि बोलाउनुहुन्छ र मण्डली स्थापना गर्नुहुन्छ—तब त्यो परमेश्‍वरको घर हो। जब दाजुभाइ-दिदीबहिनीहरू दशांश दिन्छन्, तब त्यो परमेश्‍वरको घरलाई दिइएको हुँदैन, न त मण्डलीलाई नै दिइएको हुन्छ, र यो अवश्य नै कुनै पनि व्यक्तिलाई दिइएको हुँदैन। तिनीहरूले यो दशांश परमेश्‍वरलाई दिइरहेका हुन्छन्। सरल शब्दमा भन्दा, त्यो पैसा परमेश्‍वरलाई दिइएको हुन्छ; त्यो उहाँको निजी सम्पत्ति हो। उहाँको निजी सम्पत्तिले केलाई जनाउँछ? परमेश्‍वर त्यसलाई आफूले चाहेअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र त्यो अगुवा यसमा संलग्‍न हुन योग्य थिएन। म तँलाई भन्छु, यस मामलाको कारण प्रश्न गर्नु र सत्यता खोज्न चाहनु अलि हदभन्दा बढी र अनावश्यक कुरा थियो; त्यो त ऊ झूटो र ढोँगी हुनु थियो। यस अगुवाले सत्यता नखोजेका महत्त्वपूर्ण कुराहरू धेरै थिए, तैपनि उसले यस विषयमा खोजी गर्ने निर्णय गऱ्यो। किन उसले त्यो दुष्ट व्यक्तिलाई सम्हालेन? किन उसले यसो भन्दै खोजी गरेन, “यस व्यक्तिले दुष्टता गरेका केही प्रकटीकरण देखाएको छ; सबै दाजुभाइ-दिदीबहिनीहरू ऊदेखि दिक्‍क भएका छन्। के मैले यसलाई सम्हाल्नु पर्दैन र?” अगुवाले त्यसबारे सोधेन; यो दुष्ट व्यक्तिप्रति ऊ पट अन्धो बनेको थियो। के त्यो समस्या होइन र? यस अगुवाले बोलेको पहिलो वाक्यांश के थियो? (उसको नियत राम्रो थियो।) “उसको नियत राम्रो थियो।” हेर् त यो व्यक्ति कति “उपकारी” बनेको थियो; कस्तो ढोँगी! ऊ दुष्ट थियो, तैपनि उसका शब्दहरू उपकार र नैतिकताले भरिएका थिए; उसका शब्दहरू महजस्तो गुलिया थिए, तर उसका हृदयमा छुरा थियो, र ऊ मानवले जस्तो व्यवहार गर्दैनथ्यो। उसको दोस्रो वाक्यांश के थियो? “परमेश्‍वरको घरले काम पूरा गर्न कसैलाई थप २०० युआन दियो। यस विषयमा हामीले कसरी सिद्धान्त बुझ्नुपर्छ र जान्‍नुपर्छ भन्‍नेबारे म विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको तर्फबाट सोधपुछ गर्न चाहन्छु।” मैले यो कुरालाई पूर्ण बयानका रूपमा प्रदान गरेँ; अवश्य नै, उसले त्यसरी भनेन। ऊ हिचकिचाउँदै बोल्यो, जसले गर्दा उसले भन्न खोजेको कुरा बुझ्न गाह्रो भयो। उसले त्यसरी नै कुरा गऱ्यो। त्यस अगुवाले बोलेको दोस्रो वाक्यांश यही थियो।

अब त्यस अगुवाले बोलेको तेस्रो वाक्यांश सुन। सबै जना मिलेर खन्ने काम गरिरहेका थिए। हरेक व्यक्तिलाई एक टोकरी माटो भर्ने काम दिइएको थियो। एक व्यक्तिले चाँडै काम गरेर पहिले काम पूरा गऱ्यो, त्यसपछि पानी पिउँदै र आराम गर्दै अरू सबैलाई पर्खेर बस्यो। त्यसपछि, केही गलत कुरा भयो। के गलत भयो? तेस्रो समस्या खडा भयो। यो अगुवा फेरि माथिलाई सोध्न आयो र भन्यो, “हाम्रोमा यहाँ छिटो काम गर्ने र चाँडै काम सकाउने व्यक्ति छ, तर उसको एउटा कमजोरी छ। काम सकेपछि, ऊ त्यतिकै बसिरहन्छ र अरू कसैलाई सघाउँदैन, त्यसकारण सबैले उसका बारेमा राय राख्‍न थालेका छन्।” माथिका ब्रदरले सोध्यो, “के ऊ काम गर्दा सामान्यतया अल्छी गर्छ?” यस अगुवाले भन्यो, “अहँ, गर्दैन। ऊ केवल छिटो काम गर्छ, र काम सकेपछि, कसैलाई सहयोग नगरी त्यतिकै पर्खेर बस्छ, त्यसकारण उनका बारेमा दाजुभाइ-दिदीबहिनीहरू रायहरू राख्छन्, र तिनीहरू उसमा अनुकम्पाको कमी छ भनेर भन्छन्।” जब दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा बताए, तब त्यस कुराले यो अगुवा दुःखी भयो। उसले सोच्यो, “अहो, हेर त त्यो व्यक्ति कति निर्दयी! मेरा दाजुभाइ-दिदीबहिनीहरू काम गरेर हत्तू छन्, तिनीहरू बिस्तारै काम गर्छन्, र कसैले पनि तिनीहरूलाई सहयोग गरिरहेको छैन।” सम्पूर्ण समूह व्याकुल भयो, त्यसकारण ऊ पनि व्याकुल भयो। ऊ कति “सहानुभूतिशील” रहेछ! उसले माथिलाई रिपोर्ट गर्ने यो “बोझ” लियो। उसले सोधेको पहिलो कुरा यो थियो, “के यस्तो व्यक्तिलाई दण्ड दिन सकिन्छ?” मलाई भन् त, के तिमीहरूलाई यस्तो व्यक्तिलाई दण्ड दिन सकिन्छ भन्‍ने लाग्छ? (लाग्दैन।) त्यसोभए, यो सुनेपछि तिमीहरूको प्रतिक्रिया के हो? के त्यसबारे तिमीहरूमा मिश्रित भावनाहरू आउँछन्? के तँ व्याकुल हुन्छस्? (हुन्छु।) परमेश्‍वरको घरले मानिसहरूले सत्यता बुझ्नैपर्छ र अरूसँग उचित व्यवहार गर्नैपर्छ भनेर सधैँ सङ्गति गरेको छ, तर उसले यो सानो कुरासमेत गर्न सकेन। उसलाई त त्यो व्यक्तिलाई दण्ड दिनु उचित हो भन्‍ने लागेको थियो। के यो दुष्टता होइन र? (हजुर, हो।) उसले सोच्यो, “मेरा दाजुभाइ-दिदीबहिनीहरूले कष्ट भोगिरहेका छन्, र तिनीहरूले मलाई यस व्यक्तिमा अनुकम्पाको कमी छ भनेर रिपोर्ट गरेका छन्। मैले अगुवाका रूपमा, कसरी यी मानिसहरूको मन जित्न, तिनीहरूलाई शान्त पार्न, रक्षा गर्न, अन्यायमा पर्नबाट वा अनुचित व्यवहार गरिएको महसुस हुनबाट जोगाउन सक्छु?” उसको पहिलो प्रतिक्रिया नै त्यस व्यक्तिलाई दण्ड दिनु थियो, र उसले त्यस व्यक्तिलाई दण्ड दिएर, सबैको रिस मर्नेछ, र सबै कुरा निष्पक्ष र न्यायोचित हुनेछ भन्‍ने सोच्यो। के उसले यसो गर्न चाहेको थिएन र? (हो।) उसले सोच्यो, “हामी सबै एउटै खाना खान्छौ, एउटै ठाउँमा बस्छौँ, र हामी सबैलाई एउटै व्यवहार गरिन्छ। यति चाँडो काम गर्नलाई तिमीसँग के अधिकार छ? यदि तिमी चाँडो काम गर्छौ भने, किन अरूलाई सघाउँदैनौ?” मलाई भन् त, यो सुनेपछि मानिसहरूलाई कस्तो लाग्छ? “छिटो काम गर्नु पाप हो। हामीले कहिल्यै छिटो काम गर्नु हुँदैन जस्तो देखिन्छ—यस अगुवाका अधीनमा बसेर हामीलाई कुनै भलो हुँदैन। छिटो काम गर्नु राम्रो होइन, न त सक्रिय हुनु नै राम्रो हो। ढिलो हुनु उचित हो!” माथिले अगुवालाई सोध्नुभयो, “बिस्तारै काम गर्नेहरूबारे के भन्‍ने? के तँ तिनीहरूलाई इनाम दिन्छस्?” अगुवा अक्क न बक्क भयो, तर ऊ मूर्ख थिएन। उसले भन्यो, “अहँ, म तिनीहरूलाई इनाम दिन सक्दिनँ। तैपनि, चाँडै काम गर्ने त्यस व्यक्तिलाई दण्ड दिनुपर्छ। दाजुभाइ-दिदीबहिनीहरू सबैले तिनलाई दण्ड दिनुपर्छ भनेर भन्छन्।” उसले बोलेको वाक्यांश त्यही थियो। मलाई भन् त, यस वाक्यांशले साँच्‍चै नै दाजुभाइ-दिदीबहिनीहरूलाई प्रतिनिधित्व गर्छ कि अगुवालाई प्रतिनिधित्व गर्छ? (त्यसले अगुवालाई प्रतिनिधित्व गर्छ।) हामी दाजुभाइ-दिदीबहिनीहरूलाई पर राखौँ—तिनीहरूमाझ, सबै किसिमका भ्रमित मानिसहरू हुन्छन्: सत्यतालाई प्रेम नगर्नेहरू, कुटिल तरिकाले बोल्नेहरू, स्वार्थी र आफ्नै भलो चिताउनेहरू, विवाद खडा गर्नेहरू, सिद्धान्तहरूविना बोल्नेहरू, र न्यूनतम नैतिकताविना चल्नेहरू। तिनीहरूमाझ कस्तो व्यक्ति भेट्टाउन सकिँदैन? त्यसोभए, मण्डली अगुवाका रूपमा उसको जिम्मेवारी के थियो? के प्रभावशाली दाजुभाइ-दिदीबहिनीहरूको पक्षमा बोल्नु, यी दुष्ट प्रचलन र दुष्ट अभ्यासहरूको बचाउ गर्नु उसको कर्तव्य थियो? (थिएन।) त्यसोभए उसको जिम्मेवारी के थियो? जब उसले दाजुभाइ-दिदीबहिनीहरूमाझ विकृति र विचलनका समस्याहरू पत्ता लगाउँथ्यो, तब यी समस्याहरूलाई सत्यता प्रयोग गरेर समाधान गर्नु उसको जिम्मेवारी थियो, ताकि ती मानिसहरूले समस्याहरू कहाँ छन्, र तिनीहरूका अवस्थामा रहेका समस्याहरू कहाँ छन् भनेर बुझ्न सकून्, जसले गर्दा तिनीहरूले आफूलाई चिन्‍न र सत्यता बुझ्न, अनि तिनीहरू परमेश्‍वरसामु आउन सहयोग पाउँथे। के मण्डली अगुवाको जिम्मेवारी यही होइन र? (हो।) के उसले यो पूरा गऱ्यो? उसले यो पूरा गरेन मात्र होइन, तर ती दुष्ट प्रचलन र दुष्ट अभ्यासहरूलाई पोस्ने समेत दियो, अनि मण्डलीमा ती कुरा वृद्धि गर्ने र फैलाउने कामलाई रक्षा गऱ्यो, उक्सायो, र क्षमा दियो। के यो दुष्टता होइन र? (हो।) मलाई भन् त, यस्तो दुष्ट स्वभाव भएको व्यक्तिलाई माथिले काटछाँट गरेर खुलासा गरेपछि, के ऊ हृदयमा अवज्ञाकारी हुनेछ? (हुनेछ।) ऊ अवश्य नै अवज्ञाकारी हुनेछ। के उसले माथिद्वारा उसलाई दिइएको सिद्धान्तअनुसार मानिसहरूसँग निष्पक्ष व्यवहार गर्नेछ? कदापि गर्नेछैन। उसले बोलेका शब्दहरूबाट तैँले ऊ पूर्ण रूपमा छली थियो भनेर देख्न सक्छस्। पछि, मैले मनमनै सोचेँ: “यदि छिटो काम गर्नेहरूलाई दण्ड दिइयो भने, कसले चाहिँ छिटो काम गर्ने आँट गर्नेछ र? सबै जना कछुवा जस्तै ढिलो हुनेछन्, जो तीन दिनसम्म यताउता लसकलसक हिँडेर पनि नदी किनारमा चढ्न सक्दैन।” के अवस्था त्यस्तै हुनेछैन र? यस अगुवाले मानिसहरूलाई उचित व्यवहार गर्न नसक्नुबाहेक, उसको सबैभन्दा घातक र गम्भीर, अनि मानिसहरूलाई सबैभन्दा बढी बहकाउन सक्‍ने पक्ष के थियो भने, दाजुभाइ-दिदीबहिनीहरूले जे-जस्ता खराब कुराहरू गरे पनि वा तिनीहरूले जे-जस्ता गलत र निरर्थक दृष्टिकोणहरू फैलाए पनि, उसले ती कुरालाई चिन्‍न र सुधार गर्न सकेन मात्र होइन, तर ऊ तिनीहरूमा लिप्त भयो, तिनीहरूलाई आश्रय दियो, र तिनीहरूलाई खुसी पार्ने प्रयाससमेत गऱ्यो। के ऊ अति खतरनाक व्यक्ति थिएन र? (थियो।) तिनी अत्यन्तै खतरनाक व्यक्ति थियो! त्यस अगुवाले बोलेको तेस्रो वाक्यांश यही थियो।

हामी चौथो वाक्यांशलाई जारी राखौँ। म त्यो अगुवा इन्चार्ज रहेका मण्डलीमा बारम्बार जान्थेँ, र तिनीहरूले त्यहाँ केही कुखुराहरू पालेका थिए। म त्यहाँ जाँदैपिच्छे, तिनीहरू एउटा कुखुरा काट्थे। एक दिन, कुखुरोको मासु मन्द आँचमा पानीमा उमालेर पकाइन्थ्यो; अर्को दिन, कुखुरोको मासु रातो हुने गरी भुटिन्थ्यो; त्यसको अर्को दिन, कुखुरा पोलिन्थ्यो। यदि म हरेक दिन त्यहाँ गइरहेँ भने, केही दिनभित्र त्यहाँको कुखुरा सकिन्छ होला भन्‍ने मलाई लाग्यो। किन? कुखुरा पकाइँदा, कहिलेकाहीँ म एक-दुई चोक्टा खान्थेँ, र कहिलेकाहीँ मलाई खानै मन लाग्दैनथ्यो, तर ती मानिसहरू त्यो जहिल्यै पनि खान्थे, र हरेक पटक सिङ्गै कुखुरा सकिन्थ्यो। पछि, मैले यो कुरा विचार गरेँ: यदि म हरेक पटक जाँदा सिङ्गै कुखुरा सकिन्थ्यो भने, तिनीहरूसँग जति धेरै कुखुरा भए पनि, तिनीहरूले यसरी खाँदा त लामो समय टिक्‍नेथिएन। त्यसकारण, मैले अगुवालाई अबदेखि कुखुरा काट्नु हुँदैन भनेर भनेँ। के यसो गर्नु उचित थिएन र? (हजुर, उचित थियो।) अब, यसले उडनलाई एकदमै अप्ठ्यारोमा पाऱ्यो। उसले यस्तो प्रश्न गऱ्यो, “यदि हामी कुखुरा काट्न सक्दैनौँ भने,…” उसले त्यसपछि के सोध्यो भन्‍ने तँलाई थाहा छैन। उसले आखिरमा अनकनाउँदै के भन्यो? “त्यसोभए तपाईं के खान चाहनुहुन्छ?” मैले भनेँ, “के कुखुरा बाहेक अरू केही खानेकुरा छैन? के बारीभरि तरकारी छैन र? मलाई तीमध्ये कुनै पनि कुरा चल्छ।” उसको भनाइको मतलब के थियो भने यदि तिनीहरूलाई कुखुरा मार्न दिइएन भने, मलाई अझै पनि कुनै मासु चाहिन्छ। ऊ “विचारशील” होइन र? मैले भनेँ, “कस्तो मासु! यदि तिमीहरूसँग सागसब्जी छ भने म मासु खाँदिनँ। यदि मैले तँलाई कुखुरा नकाट्नू भन्छु भने, नकाट्नू!” यो कुरा बुझ्न सजिलो हुनुपर्थ्यो, होइन र? (हो।) तर उसका हकमा, त्यो दोधार बन्यो। कुखुरा काट्न नपाउँदा उसलाई निकै अप्ठ्यारो पऱ्यो; उसले भूत लागेको मानिसले जस्तै एकदमै अनौठो व्यवहार गर्न थाल्यो। त्यो बेला उसले कुखुरा खान नपाउने हुनाले, अर्को पटक म त्यहाँ जाँदा, उसले अर्को प्रश्न सोध्यो, जसले हामीलाई पाँचौँ वाक्यांशमा पुऱ्याउँछ। उसका प्रश्नहरू कसरी झन्-झन् हास्यास्पद बन्दै गए सुन है त। प्रश्न के थियो? उसले भन्यो, “हामीले कुखुरा काट्न नसक्ने हुनाले, र हामीसँग खरायो पनि भएकाले—के त्यो खानु हुन्छ त?” त्यसमा मलाई साँच्‍चै रिस उठ्यो। मैले भनेँ, “हामीले पालेका स-साना खरायोहरू कति सुन्दर छन्, तिनीहरूको चम्किलो रातो आँखा छ र निखुर सेतो भुत्ला छ। तिनीहरू यताउता खेल्दै रमाइलो गरिरहेका छन्। किन तँ सधैँ मासु खानेबारे विचार गरिरहेको हुन्छस्? के तँ मासु नखाई बस्न सक्दैनस्?” मैले कुरै बुझिनँ। तिनीहरूका भान्सामा कहिल्यै मासु छाकटुट्ट हुँदैनथियो; कुखुरोको फिला र सुँगुरको मासु छेलोखेलो हुन्थ्यो। ऊसँग खाने मासु नभएको होइन, तर पनि किन ऊ खरायो मारेर खानेबारे सोधिरहन्थे? मैले यसो भन्दै ओठे जवाफ दिएँ: “तैँले तिनीहरूलाई मार्न पाउँदैनस्! यो सब मार्ने काम गरेर हुन्छ?” मैले यसरी प्रतिक्रिया दिएको देख्दा, उसलाई काटछाँटमा परिन्छ भन्‍ने डर लाग्यो र उसले थप प्रश्नहरू सोध्‍ने आँट गरेन। त्यसपछि उसले कस्ता खानेकुरा तयार गऱ्यो? जुन र जुलाईका मौसममा, बारीमा सबै किसिमका खानेकुराहरू थिए; हरियो सागसब्‍जी र फलदार तरकारीहरू प्रशस्त थिए। एक दिन, त्यस अगुवाले टेबलभरि परिकारहरू बनाएर राख्यो। उसले के तयार गरेको थियो? उमारिएको मुङ दालको भुटेको तरकारी, उमारिएको भटमासको सुप, माछासँग पकाइएको टोफु, भुटेको हरियो केराउ र अण्डा, भुटेको काने-च्याउ—टेबलमा एउटै पनि हरियो सागपात थिएन। मैले ती सबै भुटेकामा परिकारहरूलाई एक झलक हेरेँ। त्यो मौसममा त नयाँ खानेकुरा हुनुपर्थ्यो, तर उसले तयार गरेका खानेकुराहरू मौसमअनुसारको पटक्कै थिएनन्। मैले सोचेँ, के यो व्यक्ति दुष्ट बनिरहेको होइन र? बारीमा सबै किसिमका सागसब्जी थिए; किन उसले कुनै हरियो सागसब्‍जी बनाएन? अन्त्यमा, मैले उसलाई तुरुन्तै हटाउनुपर्छ भनेर भनेँ। ऊजस्तो व्यक्ति भान्साको इन्चार्ज भएमा, मानिसहरूले कहिल्यै मौसमी खानेकुरा खान पाउनेथिएन। बरु, तिनीहरूले सधैँ बेमौसमी खानेकुरा खानुपर्नेथियो। के त्यो सामान्य कुरा हो? यो पक्कै पनि सामान्य कुरा होइन!

यस अगुवाले सोधेका प्रश्नहरू र उसको खाना पकाउने शैलीबाट, मैले के अवलोकन गरेँ भने पहिलो, उसको चरित्र खराब थियो; दोस्रो, ऊसँग दुष्ट र अन्तर्घाती स्वभाव थियो; र तेस्रो, ऊ सत्यता पछ्याउँदेनथियो। तैपनि, एउटा निश्चित अप्रत्याशित कुरा थियो; यसलाई विचित्रसमेत भन्‍न सकिन्छ। विगतमा, यस मण्डलीमा निर्वाचन हुँदैपिच्छे, उसले सबैभन्दा धेरै मत पाउँथ्यो, र फेरि निर्वाचन हुँदा पनि, उसले नै सबैभन्दा धेरै मत पाउँथ्यो। त्यस्तो व्यक्तिले बारम्बार सबैभन्दा बढी मत पाउनुको पछाडि के भइरहेको थियो? के दुवैतिर यसका कारणहरू थिएनन् र? (थिए।) दुवैतिर यसका कारणहरू थिए। मुख्य कारणहरू के थिए? एकातिर, धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले सत्यता पछ्याउँदैनथे वा बुझ्दैनथे, र तिनीहरूमा मानिसहरूलाई चिन्‍ने क्षमताको कमी थियो। अर्कोतिर, यो मण्डली अगुवा मानिसहरूलाई बहकाउन अत्यन्तै सक्षम थियो। यो व्यक्ति को थियो भनेर तिमीहरूलाई थाहा छैन, उसले के गऱ्यो त्यो तिमीहरूले देखेका छैनौ, र बन्द कोठामा ऊ कस्तो व्यक्ति थियो त्यो तिमीहरूलाई थाहा छैन। तर मैले बताएका मामलाहरू, साथै उसले बोलेका पाँचवटा वाक्यांशहरूका आधारमा मात्रै, तिमीहरूले ऊ कस्तो व्यक्ति थियो भनेर भन्‍नेथियौ? के ऊ मण्डली अगुवा बन्‍न उपयुक्त थियो? (थिएन।) त्यसोभए किन ती दाजुभाइ-दिदीबहिनीहरूले उसलाई चयन गरिरहन्थे? किनभने ऊसँग रणनीतिहरू थिए र उसले यी मानिसहरूलाई बहकाएका थिए। ऊ झट्ट हेर्दा देखिने सोझो र व्यावहारिक व्यक्ति थिएन; ऊसँग निश्चय नै रणनीतिहरू थिए। पछि, मैले त्यस मण्डलीमा अगुवा रूपमा काम गर्न उपयुक्त कोही छैन र यस पदमा सेवा गर्न अरू कसैलाई पठाउनुपर्छ भनेर भनेँ। तर कतिपय मानिसले कुरा बुझेन; तिनीहरूलाई यो अगुवा दाजुभाइ-दिदीबहिनीहरूद्वारा छनौट गरिएको होइन भन्‍ने लाग्यो। “दाजुभाइ-दिदीबहिनीहरू” लाई कसरी परिभाषित गर्नुपर्छ? के दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको प्रतिनिधित्व गर्छन्? के तिनीहरूलाई यसरी परिभाषित गरिन्छ? (होइन।) जब दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा माग गर्छन्, नियम खडा गर्छन्, वा राय राख्छन् र तर्क गर्छन्, तब के यी कुराहरू सत्यता अनुरूप हुन्छन् नै भन्‍ने छ र? के परमेश्‍वरले पहिले तिनीहरूका समस्याहरूलाई विचार गर्नुपर्छ र तिनीहरूको ख्याल गर्नुपर्छ? के परमेश्‍वर यसो गर्न सक्नुहुन्छ? (सक्‍नुहुन्‍न।) त्यसोभए तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यी दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी परिभाषित गर्नुपर्छ? तिनीहरूमध्ये धेरैजसो आफ्नो कर्तव्य निभाउन, मेहनत र काम गर्न इच्छुक हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्। तिनीहरूमा सत्यता बुझ्ने शक्ति र क्षमताको कमी हुन्छ, तिनीहरू मूर्ख, भावशून्य, र मन्दबुद्धिका हुन्छन्, तिनीहरू मानिसहरूलाई चिन्‍न वा मामिलाहरू छर्लङ्ग देख्‍न सक्दैनन्, अनि तिनीहरू स्वार्थी र आफ्नै भलो चिताउने हुन्छन्। तिनीहरूमा केही असल अभिप्राय भए पनि र तिनीहरू परमेश्‍वरका लागि विभिन्न कुरा त्याग्‍न, आफूलाई समर्पित गर्न, र मेहनत गर्न इच्छुक भए पनि, तिनीहरूको घातक कमीकमजोरी के हो? तिनीहरू सत्यता बुझ्दैनन् वा त्यो स्वीकार गर्दैनन्। तिनीहरू “मलाई खुवाउने मेरी आमा हो, मलाई पैसा दिने मेरो बुबा हो” भन्‍ने भनाइअनुसार चल्छन्। तिनीहरूका लागि असल वा फाइदाजनक, तिनीहरूको पक्षमा बोल्ने र तिनीहरूलाई रक्षा गर्ने व्यक्तिलाई तिनीहरू छनौट गर्छन्। यदि त्यस्ता मानिसहरूलाई आफ्नो अगुवा छनौट गर्न दिइयो भने, के तिनीहरूले असल अगुवा छनौट गर्न सक्छन्? सक्दैनन्। के तिनीहरूले आफ्नो जीवन प्रवेशमा कुनै प्रगति गर्न सक्छन्? यदि माथिले तिनीहरूलाई यति हठी हुन, र यति लापरवाही रूपमा काम गर्न दिनुभएको भए, के त्यो गैरजिम्मेवार बन्नु हुनेथिएन र? (हुनेथियो।) तिनीहरू भ्रमित थिए, तर माथि त्यस्तो हुनुहुन्न, र यी मानिसहरूले छनौट गरेको अगुवालाई हटाइयो र अर्को व्यक्तिलाई उसको स्थानमा राखियो। यी मानिसहरू नयाँ अगुवालाई स्वीकार गर्न अनिच्छुक भए पनि, त्यस व्यक्तिले केही वास्तविक काम गर्न सक्यो भने, मानिसहरूलाई बहकाउने त्यस झूटा अगुवाभन्दा त ऊ नै धेरै राम्रो हो। यी दाजुभाइ-दिदीबहिनीहरूले माथिको बन्दोबस्त नबुझेका भए पनि, एक दिन तिनीहरूले केही सत्यता र कामकुराहरू केही मात्रामा बुझ्नेछन्, त्यसपछि तिनीहरूले को असल थियो र को खराब थियो भनेर जान्नेछन्। यसरी काम गरेर, माथिले तिनीहरूका लागि पूर्ण रूपमा जिम्मेवारी लिइरहनुभएको थियो। के यसो गर्नु उचित थियो? (त्यो उचित थियो।) तिनीहरूले नबुझे पनि, तिनीहरूलाई आफूखुसी आफूले चाहेको व्यक्तिलाई चुन्ने अनुमति दिनु हुँदैनथियो। के तिनीहरू विद्रोह गर्न चाहन्छन्? यदि तिनीहरू दुष्टता गर्न, शैतानका सहकर्मी बन्‍न चाहन्छन् भने, तिनीहरू पूर्ण रूपमा नष्ट हुनेछन्। त्यसकारण, माथिले तिनीहरूका लागि निर्णय गरेर अर्को अगुवा छनौट गर्नुभयो। तर तिनीहरूले यो कुरा स्वीकार गरेनन्; तिनीहरूले आफूले छनौट गरेको व्यक्ति उपयुक्त छ भनेर जिद्दी गरे। के यो दुष्ट हुनु होइन र? किन तिनीहरूले उसलाई सधैँ असल ठाने? उसमा राम्रो कुरा के थियो र? किन तिनीहरू उसलाई राख्‍न यति सङ्कल्पित थिए? त्यसमा एउटा समस्या थियो: तिनीहरूलाई थाहै नपाई यस झूटा अगुवाले बहकाएका र हानि गरेका थिए। तिनीहरू साँच्‍चै मूर्खहरूको झुन्ड थिए। मैले यस विषयमा कुरा गरिसकेको छु। हामी यो झूटा अगुवाजस्ता मानिसहरूलाई यस विषयभित्र चिरफार र विश्लेषण गर्न एक उदाहरणीय मामलाका रूपमा लिन्छौँ—यसो गर्नु उचित कुरा हो। आखिर, तिनीहरूको स्वभावको दुष्टपन आफैमा नमुना हो।

ख्रीष्टविरोधीहरूको सातौँ प्रकटीकरणभित्रको दुष्टपनसम्बन्धी हाम्रो सङ्गतिका सन्दर्भमा, यी निश्‍चित उदाहरणहरूलाई मिलाएर, अनि तिनलाई विश्लेषण र तुलना गरेर, के यो विषय तेरा लागि स्पष्ट भएको छ? मैले भर्खरै छलफल गरेको यस व्यक्तिले भविष्यमा सत्यता पछ्याउन सक्छ कि सक्दैन भन्‍ने कुरा अज्ञात छ, भन्‍न गाह्रो छ, र हामी अहिलेका लागि कुनै निष्कर्ष निकाल्नेछैनौँ। तैपनि, एउटा कुरा निश्‍चित छ: उसको स्वभाव, सार, र प्रकृति सबै दुष्ट थिए। त्यसोभए, ऊ केलाई प्रेम गर्थ्यो? के ऊ निष्पक्षता र धार्मिकतालाई प्रेम गर्थ्यो? के ऊ परमेश्‍वरले बोलेका विभिन्‍न सत्यताहरूलाई प्रेम गर्थ्यो? के उसलाई इमानदार व्यक्ति बन्‍न, अरूसँग निष्पक्ष व्यवहार गर्न, सिद्धान्तअनुसार काम गर्न, र सत्यता खोज्न मन लाग्थ्यो? के ऊ यी कुराहरूलाई प्रेम गर्थ्यो? ऊ तीमध्ये कुनैलाई पनि प्रेम गर्दैनथियो—यो कुरा शतप्रतिशत निश्‍चित छ। उसले बोलेका यी केही वाक्य र उसले सोधेका यी केही प्रश्नद्वारा, उसले आफ्नो हृदय र अन्तरात्मादेखि प्रेम गरेका कुराहरू खुलासा भए। तीमध्ये सकारात्मक कुराहरूसँग मिल्ने एउटै कुरा थिएन। उसले मन पराएका र रक्षा गर्न इच्छा लाग्ने मानिसहरू को थिए? उसले दुष्टता गर्ने, मण्डलीका काममा बाधा दिने, पटक्कै वफादारी नभएका र आफ्नो कर्तव्य निर्वाहमा धेरै दुष्कर्ममा संलग्‍न हुनेहरूलाई रक्षा गर्थ्यो। ऊ त्यस्ता मानिसहरूलाई क्रोध वा घृणाको नजरले हेर्दैनथियो; ऊ तिनीहरूको पक्षमा बोल्‍ने र तिनीहरूको रक्षा गर्ने समेत गर्थ्यो। यसले केलाई देखाउँछ? तिनीहरू एकै प्रकारका हुन् भन्ने देखाउँछ: तिनीहरूका हित र सार उस्तै थिए। तिनीहरू स्वाभाविक रूपमै एकअर्कासँग सहमत थिए, र तिनीहरू दुई एकै प्रकारका दुष्ट व्यक्ति थिए। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचन र कार्यहरूबारे धारणा र गलतफहमीहरू पालिराख्दा, यस अगुवालाई कस्तो लाग्यो? के उसले यी समस्याहरू समाधान गर्ने बोझ लियो? (लिएन।) उसले यो बोझ लिएन; उसले यी समस्याहरू हल गरेन वा यी मामिलाहरूलाई ध्यान दिएन—उसले यी कुराहरूप्रति आँखा चिम्ल्यो। कसैले परमेश्‍वरको नामको अपमान गर्दा, वा परमेश्‍वरको घरका काममा अवरोध र बाधा पुऱ्याउँदा, कसैले आफ्नो कर्तव्य निर्वाहमा बफादारी नदेखाउँदा र झारा टार्दा, वा आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरको घरका हितहरूलाई हानि गर्दा अनि बाधा र विनाश ल्याउँदा, वा नकारात्मकता पोखाउँदा र धारणाहरू फैलाउँदा, के उसले यीमध्ये कुनैलाई समस्याका रूपमा पहिचान गर्न सक्यो? उसले तिनलाई समस्याका रूपमा पहिचान गर्न सकेन; उसले सोच्यो, “यी समस्याहरू अस्तित्वमा हुनु सामान्य कुरा हो; कसले भ्रष्टता प्रकट गर्दैन र?” उसले के भन्न खोजिरहेको थियो? उसले ती मानिसहरूले यसरी व्यवहार गर्नैपर्छ भनेर भनिरहेको थियो, किनभने त्यसपछि ऊ त्यति खराब देखिनेथिएन—ऊ “लुक्न” र “सुरक्षित” हुन सक्थ्यो। के यो दुष्टता होइन र? यी मानिसहरूले निरन्तर अवरोध र बाधाहरू ल्याउँथे, र ऊ तिनीहरूलाई सम्हाल्दैनथियो। यसका आधारमा, मलाई भन् त, के ऊसँग न्यायको बोध थियो? के ऊ सत्यतालाई प्रेम गर्थ्यो? ऊ परमेश्‍वरको घर केका लागि भनेर सोच्थ्यो? ऊ परमेश्‍वरको घर इमानदार मानिस, परमेश्‍वरप्रति निष्ठावान मानिस, परमेश्‍वरको मार्ग पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो स्थान चिन्ने मानिसहरूले भरिएको चाहँदैन थियो। ऊ सबै जनाले खुलस्त कुरा गरेर परमेश्‍वरका वचनहरूबारे सङ्गति गरून्, परमेश्‍वरमा समर्पित होऊन् र उहाँको गवाही दिऊन् भन्‍ने चाहँदैनथियो। परमेश्‍वरको घरका सबै जना त्यस्तो होस् भन्‍ने ऊ चाहँदैनथियो। त्यसोभए, ऊ के चाहन्थ्यो? ऊ सबै जनाले आफ्नो हित हुने सम्बन्धहरू बनाएको, एकअर्काका हितको रक्षा गरेको, कसैलाई हानि नगरेको, वा कसैको खराब पक्ष खुलासा नगरेको चाहन्थ्यो। ऊ सबै जनाले एकअर्काको रक्षा गरेको र एकअर्कालाई आश्रय दिएको, अरूले गरेका कुनै पनि खराब कुराहरू बाहिरी व्यक्तिहरूबाट लुकाएको, र एकतामा बसेको चाहन्थ्यो। ऊ त्यही चाहन्थ्यो। जब कसैले अरूको गलत काम र वास्तविक परिस्थितिहरू खुलासा सार्वजनिक गर्थ्यो, सीधै कुरा गरेर सबैलाई ती कुराबारे बताउँथ्यो, तब ऊ त्यस्ता कार्यहरूलाई घृणा र तिरस्कार गर्थ्यो। जब गलत कामहरू लुकाएर राखिन्थ्यो र ढाकिन्थ्यो, जब झूटहरू खुलासा हुँदैनथियो, र जब चालबाजीमा संलग्‍न हुने वा परमेश्‍वरको घरका हितहरूमा हानि पुऱ्याउने व्यक्तिलाई सिद्धान्तअनुसार तह लगाइँदनथियो, तब उसलाई त्यो कुरा मन पर्थ्यो। उसले रेखदेख गर्ने मण्डलीमा, परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको घरका प्रशासनिक आदेश र कार्य बन्दोबस्तहरू के बनेका थिए? ती खोक्रा शब्दहरू बनेका थिए, र ती लागू गर्न सकिएको थिएन। किन ती लागू गर्न सकिएको थिएन? किनभने उसले रोकेको थियो; ऊ तिनलाई रोक्ने पर्खाल बनेको थियो। ख्रीष्टविरोधीहरूले आफ्‍नो लक्ष्य हासिल गर्नका लागि तथ्यहरू बङ्ग्याएर, निश्‍चित युक्तिहरू प्रयोग गरेर र अरूलाई मूर्ख बनाउन र छल गर्न निश्‍चित रणनीति र युक्तिहरूमा संलग्‍न भएर प्रकट गर्ने दुष्ट स्वभाव यही हो।

ख्रीष्टविरोधीहरूले प्रभुत्व जमाउने मण्डलीहरूमा, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूलाई लागू गर्न सकिँदैन। यसका साथै, ती मण्डलीहरूमा अनौठो घटना उत्पन्न हुन्छ, जहाँ परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूसँग असम्बन्धित वा तीविपरीत काम मात्रै गरिन्छ, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा फरक-फरक राय र तर्कहरू पैदा हुन्छन्, अनि मण्डली अस्तव्यस्त हुन्छ। झूटा अगुवाहरू कसरी चल्छन्? तिनीहरू परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूअनुसार काम गर्दैनन्; मानौँ तिनको कुनै काम छैन, र तिनीहरू कार्य बन्दोबस्तहरूप्रति पटक्‍कै प्रतिक्रिया जनाउँदैनन्। यी अगुवाहरूका अधीनमा रहेका मानिसहरू बेखबर हुन्छन्; बालुवाको थुप्रो जस्तै, तिनलाई व्यवस्थित गर्ने कोही हुँदैन—हरेकले आफूले चाहेको कुरा गर्छ, र आफूले चाहेको जस्तो गर्छ। झूटा अगुवाहरू कुनै अभिव्यक्ति दिँदैनन् र यो जिम्मेवारी लिँदैनन्। तैपनि ख्रीष्टविरोधीहरू फरक तरिकाले चल्छन्। तिनीहरूले कार्य बन्दोबस्तहरू लागू गर्न नसक्‍ने मात्र होइन, तर आफ्नो अभिव्यक्ति र अभ्यासहरू पनि प्रस्तुत गर्छन्। कतिपयले माथिका कार्य बन्दोबस्तहरू लिएर ती परिवर्तन गर्छन्, तिनलाई आफ्नै अभिव्यक्तिमा बदल्छन्, त्यसपछि त्यो तिनीहरू लागू गर्छन्, जबकि अरू चाहिँ माथिका कार्य बन्दोबस्तहरूअनुसार पटक्‍कै चल्दैनन्, र आफ्नो काम मात्रै गर्छन्। तिनीहरू माथिका कार्य बन्दोबस्तहरूलाई रोक्छन् र तल पठाउँदैनन्, आफूमुनिका मानिसहरूलाई अन्धकारमा राख्छन् तर आफू भने जे मन लाग्यो त्यही गर्छन्, र आफूमुनिका मानिसहरूलाई बहकाउन र छल गर्न आफ्नै सिद्धान्त र अभिव्यक्तिहरूसमेत बनाउँछन्। त्यसकारण, बाहिरी रूपमा ख्रीष्टविरोधीहरू कति त्याग्‍न सक्छन् वा कस्तो कष्ट भोग्‍न सक्छन् भन्‍ने कुरालाई नहेर्। तिनीहरूको सतही कार्य र व्यवहारलाई पर राख्, अनि तिनीहरूले गर्ने यी कुराहरूको सारलाई हेर्। परमेश्‍वरसँग तिनीहरूको कस्तो सम्बन्ध हुन्छ? तिनीहरू परमेश्‍वरले भनेक र गरेका सबै कुरा, परमेश्‍वरले दाजुभाइ-दिदीबहिनीहरूलाई बुझ्‍न लगाउने सबै कुरा, र उहाँले मण्डलीको तल्लो स्तरमा लागू गर्न माग गर्ने सबै कुराको विरोध गर्छन्—तिनीहरू यी सबै कुराको विरोध गर्छन्। कतिपयले यस्तो प्रश्न गर्लान्, “के यी कुराहरू लागू गर्न नसक्नु र तिनको विरोध गर्नु एउटै कुरा हो?” किन तिनीहरू यी कुराहरू लागू गर्दैनन्? किनभने तिनीहरू ती कुरामा सहमत हुँदैनन्। तिनीहरू ती कुरामा कसरी सहमत हुँदैनन् भन्‍ने कुरालाई हेर्दा, के तिनीहरू परमेश्‍वरको घरभन्दा उच्च छन्? तिनीहरू ती कुरामा कसरी सहमत हुँदैनन् भन्‍ने कुरालाई हेर्दा, के तिनीहरूको योजना अझै राम्रो हुन्छ? अहँ, हुँदैन। त्यसोभए किन तिनीहरू आफू यी कुरामा सहमत छैन भन्दैमा यी कुराहरू लागू नगर्ने दुस्साहस गर्छन्? किनभने तिनीहरू मण्डलीलाई प्रभुत्वमा राख्‍न र नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूलाई यदि आफूले कार्य बन्दोबस्तहरू र माथिका मापदण्डअनुसार कामकुरा लागू गरेमा, आफ्ना योगदानहरू नदेखिएलान्, तिनमा कसैको नजर नपर्ला, र कसैले पनि नदेख्लान् भन्‍ने लाग्छ। ख्रीष्टविरोधीहरूका लागि त यो विपत्ति हुनेछ। यदि सबैले परमेश्‍वरको गवाही दिए र सत्यतामा नियमित सङ्गति गरेको भए, यदि सबैले सत्यता बुझ्न, सिद्धान्तअनुसार मामलाहरू सम्हाल्न, समस्याहरू आइपर्दा सत्यता खोज्न अनि परमेश्‍वरलाई प्रार्थना गर्न र पुकार्न सकेका भए, तिनीहरूको काम कस्तो हुनेथियो? ख्रीष्टविरोधीहरू सत्यता पछ्याउँदैनन्, त्यसकारण तिनीहरू कुनै कामका हुनेथिएनन्; तिनीहरू सजावटको वस्तु मात्रै बन्नेथिए। यदि तिनीहरू सजावटको वस्तु बनेका भए, र कसैले पनि तिनीहरूलाई वास्ता नगरेको भए, के तिनीहरूले यो स्वीकार गर्नेथिए? अहँ, गर्नेथिएनन्। तिनीहरूले परिस्थितिलाई जोगाउने उपायहरू सोच्नेथिए। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव र दुष्ट सार हुन्छ—यदि सबै दाजुभाइ-दिदीबहिनीहरूले सत्यता पछ्याएमा, तिनीहरूले आफू खुलासा हुनेछ भनेर अनुमान गर्न सक्छन्? ख्रीष्टविरोधीहरू अत्यन्तै खराब हुन्छन्, र तिनीहरू सत्यता पछ्याउँदैनन्; तिनीहरू दुष्ट, छली, धूर्त हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। यदि सबैले सत्यता बुझे भने, ख्रीष्टविरोधीहरूलाई चिन्‍नेछन्। के ख्रीष्टविरोधीहरूलाई यो कुरा थाहा हुन्छ? हो, हुन्छ। तिनीहरू यो कुरा आफ्ना आत्मामा महसुस गर्न सक्छन्। यो त तँ कुनै ठाउँमा जाँदा दुष्ट आत्माको सामना गर्नुजस्तै हो। जब दुष्ट आत्माले तँलाई हेर्छ, तब तिनीहरूलाई तँ अप्रिय लाग्छ, र झलक्क हेर्दा नै, तँलाई दुष्ट आत्मा घृणास्पद लाग्छ, र तँ तिनीहरूसँग कुरा गर्न चाहँदैनस्। वास्तवमा, तिनीहरूले तँलाई चिढ्याएका हुँदैनन् वा तँलाई हानि गर्ने केही गरेका हुँदैनन्, तर तँलाई तिनीहरूलाई देख्दा घृणा लाग्छ, र तिनीहरू बोलेको सुन्दा तँलाई झनै घृणा लाग्छ। वास्तवमा, तिनीहरू तँलाई चिन्दैनन्, र तँ तिनीहरूलाई चिन्दैनस्। वास्तविकता के हो? तिमीहरू दुई एकै प्रकारका होइनौ भन्‍ने कुरा तँ आफ्ना आत्मामा महसुस गर्न सक्छस्। ख्रीष्टविरोधीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको शत्रु हुन्। यदि तैँले तिनीहरूसँग अन्तरक्रिया गर्दा बुझ्न वा थाहा पाउन सक्दैनस् भने, के तँ अलिक भावशून्य छैनस् र? मानौँ जब ख्रीष्टविरोधी धेरै बोल्दैन, तर्क गर्ने क्रममा केही शब्‍द मात्र बोल्छ, र आफ्‍नो दृष्टिकोण अघि सार्छ, वा आफ्नो व्यवहारमा निश्‍चित मनोवृत्ति राख्छ, तब तँ यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यदि तैँले तिनीहरूसँग लामो समयसम्म अन्तरक्रिया गरिस्, र पनि तँलाई यो कुरा थाहा छैन, अनि एक दिन माथिले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा परिभाषित गर्नुहुन्छ, त्यसपछि मात्रै तँलाई बल्ल यो प्रकाश प्राप्त हुन्छ र अलि डर लाग्छ, र “मैले कसरी यस्तो प्रस्ट ख्रीष्टविरोधीलाई चिनिनँ! धन्न बचियो!” भनेर सोच्छस्! तँ कति सुस्त र भावशून्य!

ख्रीष्टविरोधीहरूका दुष्टतामा एउटा स्पष्ट विशेषता हुन्छ, र म यसलाई चिन्‍ने रहस्य तिमीहरूलाई बताउनेछु: तिनीहरूको बोली र व्यवहार एउटै हुन्छ, तैँले तिनीहरूको मन बुझ्‍न वा तिनीहरूको हृदय बुझ्न सक्दैनस्। तिनीहरूले तँसँग कुरा गर्दा, आफ्नो आँखा सधैँ यताउता घुमाइरहेका हुन्छन्, र तिनीहरूले कस्तो किसिमको षड्यन्त्र बुनिरहेका छन् भन्‍ने कुरा तैँले थाहा पाउन सक्दैनस्। कहिलेकाहीँ, तिनीहरूले तँलाई तिनीहरू निष्ठावान् वा निकै इमानदार छन् भन्‍ने महसुस गराउँछन्, तर वास्तविकता यस्तो हुँदैन—तैँले तिनीहरूको वास्तविकता कहिल्यै देख्‍न सक्दैनस्। तेरा हृदयमा कुनै खास अनुभूति हुन्छ, तिनीहरूका सोचमा गहन धूर्तता, अथाह गहिराइ छ, तिनीहरू छली हुन् भन्‍ने अनुभूति हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्टताको पहिलो विशेषता यही हो, र यसले ख्रीष्टविरोधीहरूमा दुष्टताको अवगुण हुन्छ भन्‍ने कुरा देखाउँछ। ख्रीष्टविरोधीहरूको दुष्टताको दोस्रो विशेषता के हो? तिनीहरूले भन्‍ने र गर्ने सबै कुरा अत्यन्तै भ्रामक हुन्छन्। यो कहाँ देखिन्छ? यो मानिसहरूको मनोविज्ञान बुझ्‍ने, मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने अनि स्वीकार गर्न सजिला कुराहरू बोल्ने तिनीहरूको विशेष चलाखीपनमा देखिन्छ। तैपनि, तैँले एउटा कुरा बुझ्नुपर्छ: तिनीहरू कहिल्यै आफूले भन्ने मनमोहक कुरा व्यवहारमा उतार्दैनन्। उदाहरणका लागि, तिनीहरू अरूलाई धर्मसिद्धान्त प्रचार गर्छन्, तिनीहरूलाई कसरी इमानदार मानिस बन्‍ने, र कुनै कुरा आइपर्दा कसरी प्रार्थना गर्ने र परमेश्‍वरलाई आफ्नो मालिक बन्न दिने भनेर बताउँछन्, तर जब ख्रीष्टविरोधीहरू आफैलाई कुनै कुरा आइपर्छ, तब तिनीहरू सत्यता अभ्यास गर्दैनन्। तिनीहरू आफ्नो इच्छाअनुसार काम गर्ने, र आफूलाई फाइदा पुऱ्याउने असंख्य तरिका सोच्ने, अरू सबैलाई तिनीहरूको सेवा गर्न र तिनीहरूका मामलाहरू सम्हाल्न लगाउने मात्रै गर्छन्। तिनीहरू कहिल्यै परमेश्‍वरलाई प्रार्थना गर्दैनन् वा उहाँलाई आफ्नो मालिक बनाउँदैनन्। तिनीहरूले सुन्नमा राम्रा कुराहरू भन्छन्, तर तिनीहरूको व्यवहार तिनीहरूले भन्ने कुरासँग मिल्दैन। तिनीहरूले कुनै कार्य गर्दा विचार गर्ने पहिलो कुरा भनेको आफ्नो फाइदा हो; तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्वीकार गर्दैनन्। मानिसहरूले तिनीहरू काम गर्दा आज्ञाकारी हुँदैनन्, सधैँ आफूलाई फाइदा दिने र अघि बढ्ने बाटो खोजिरहेका हुन्छन् भन्‍ने देख्छन्। मानिसहरूले देख्‍न सक्‍ने ख्रीष्टविरोधीहरूको छली र दुष्ट पक्ष यही हो। काम गर्दा, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू कष्ट सहन र मूल्य चुकाउन सक्छन्, कहिलेकाहीँ निद्रा र खानापानसमेत त्याग्‍न सक्छन्, तर तिनीहरू हैसियत प्राप्त गर्न वा आफ्नो नाम राख्‍नका लागि मात्रै यसो गर्छन्। तिनीहरू आफ्नो महत्त्वाकाङ्क्षा र उद्देश्यहरूका खातिर कष्ट भोग्छन् तर परमेश्‍वरको घरले तिनीहरूका लागि मिलाएको महत्त्वपूर्ण काममा झारा टार्छन्, जुन काम तिनीहरू पूरा गर्दैनन् भन्दा पनि हुन्छ। त्यसोभए, के तिनीहरू आफूले गर्ने सबै कुरामा परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन्छन्? के तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? यहाँ एउटा समस्या छ। अर्को प्रकारको व्यवहार पनि छ, त्यो के हो भने, जब दाजुभाइ-दिदीबहिनीहरूले फरक-फरक रायहरू अघि सार्छन्, तब ख्रीष्टविरोधीहरूले तिनलाई घुमाउरो पाराले इन्कार गर्नेछन्, कुरा बटार्छन्, मानिसहरूलाई ख्रीष्टविरोधीहरूले तिनीहरूसँग सङ्गति गरेका छन् र कुराहरू छलफल गरेका छन् भन्‍ने सोच्न लगाउँछन्—तर अन्त्यमा गएर, सबैले तिनीहरूले भनेअनुसार नै गर्नुपर्छ। तिनीहरू सधैँ अरूका सुझावहरूलाई रोक्ने उपायहरू खोजिरहेका हुन्छन्, ताकि मानिसहरूले तिनीहरूका विचार पछ्याऊन् र तिनीहरूले भनेअनुसार गरून्। के यो सत्यता सिद्धान्तहरू खोजी गर्नु हो? अवश्य नै होइन। त्यसोभए, तिनीहरूको कामको सिद्धान्त के हो? त्यो सबैले तिनीहरूको कुरा सुन्नैपर्छ र तिनीहरूले भनेको मान्नैपर्छ, तिनीहरूको बाहेक अरू कसैको कुरा सुन्‍नु असल हुँदैन, र तिनीहरूका विचारहरू सबैभन्दा राम्रा र उच्च छन् भन्‍ने सिद्धान्त हो। ख्रीष्टविरोधीहरूले सबैलाई आफूले भनेको कुरा सही छ, र यो सत्यता हो भन्‍ने महसुस गराउँछन्। के यो दुष्टता होइन र? ख्रीष्टविरोधीहरूको दुष्टताको दोस्रो विशेषता यही हो। ख्रीष्टविरोधीहरूको दुष्टताको तेस्रो विशेषता के हो भने जब तिनीहरू आफ्नो गवाही दिन्छन्, तब तिनीहरू प्रायजसो आफ्नो योगदान, आफूले भोगेका कठिनाइहरू, र सबैका लागि आफूले गरेका फाइदाजनक कुराहरूबारे गवाही दिन्छन्, त्यो कुरा मानिसहरूका दिमागमा घुसाइदिन्छन्, ताकि ती मानिसहरूले आफू ख्रीष्टविरोधीहरूको ज्योतिको न्यानो तापिरहेको छु भन्‍ने कुरा सम्झून्। यदि कसैले ख्रीष्टविरोधीलाई तारिफ गऱ्यो वा धन्यवाद दियो भने, उसले “परमेश्‍वरलाई धन्यवाद। यो सबै परमेश्‍वरले गर्नुभएको काम हो। परमेश्‍वरको अनुग्रह हाम्रा लागि पर्याप्त छ,” जस्ता आत्मिक शब्‍दहरूसमेत भन्‍न सक्छ, ताकि सबैले ऊ निकै आत्मिक छ, र ऊ परमेश्‍वरको असल सेवक हो भन्‍ने देखून्। वास्तवमा, उसले आफूलाई उचालिरहेको र आफ्नो गवाही दिइरहेको हुन्छ, र उसका हृदयमा परमेश्‍वरका लागि पटक्‍कै ठाउँ हुँदैन। अरू सबैका विचारमा, ख्रीष्टविरोधीको हैसियतले परमेश्‍वरको हैसियतलाई धेरै हदसम्म नाघिसकेको छ। के यो ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिन्छन् भन्‍ने कुराको वास्तविक प्रमाण होइन र? ख्रीष्टविरोधीले शक्ति हातमा लिएका र नियन्त्रण गरेका मण्डलीहरूमा, मानिसहरूका हृदयमा तिनीहरूको सबैभन्दा उच्च हैसियत हुन्छ। परमेश्‍वर त दोस्रो वा तेस्रो स्थानमा मात्र आउन सक्नुहुन्छ। यदि परमेश्‍वरले ख्रीष्टविरोधीले शक्ति हातमा लिएका मण्डलीमा गएर केही कुरा भन्नुभयो भने, के उहाँको कुरा त्यहाँका मानिसहरूका दिमागमा घुस्छ? के तिनीहरूले त्यो हृदयदेखि स्वीकार गर्नेछन्? भन्‍न गाह्रो छ। ख्रीष्टविरोधीहरूले आफ्नो गवाही दिन कति धेरै प्रयास गर्छन् भन्‍ने कुरा प्रमाणित गर्न यो पर्याप्त हुन्छ। तिनीहरू परमेश्‍वरको गवाही पटक्‍कै दिँदैनन्, तर आफूले परमेश्‍वरको गवाही दिनका लागि पाएका सबै अवसर आफ्‍नै गवाही दिन प्रयोग गर्छन्। के ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने यो तरकिब धूर्त छैन र? के यो अत्यन्तै दुष्ट छैन र? यहाँ सङ्गति गरिएका यी तीनवटा विशेषताका आधारमा, ख्रीष्टविरोधीहरूलाई चिन्न सजिलो हुन्छ।

ख्रीष्टविरोधीहरूको अर्को विशेषता पनि हुन्छ, र यो तिनीहरूको दुष्ट स्वभावको प्रमुख प्रकटीकरण पनि हो। परमेश्‍वरको घरले सत्यतामा जसरी सङ्गति गरे पनि, परमेश्‍वरका चुनिएका मानिसहरूले आफूलाई चिन्नेबारे जसरी सङ्गति गरे पनि, वा न्याय, सजाय, र काटछाँटलाई जसरी स्वीकार गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ध्यान दिँदैनन्। तिनीहरू अझै पनि ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्छन्, अनि आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्राय र इच्छा कहिल्यै त्याग्दैनन्। ख्रीष्टविरोधीहरूका विचारमा, कुनै व्यक्तिले कर्तव्य पूरा गर्न, मूल्य चुकाउन, र केही कठिनाइ भोग्‍न सक्छ भने, उसलाई परमेश्‍वरले आशिष दिनुपर्छ। त्यसकारण, तिनीहरूले केही समय मण्डलीको काम गरिसकेपछि, मण्डलीका लागि आफूले गरेका कामहरू, परमेश्‍वरको घरका निम्ति आफूले दिएका योगदानहरू, र दाजुभाइ-दिदीबहिनीहरूका लागि आफूले गरेका कुराहरूबारे गहिरिएर सोचविचार गर्न थाल्छन्। तिनीहरू यो सब कुरा मनमा जकडेर राख्छन् र ती कार्यका लागि परमेश्‍वरबाट के-कस्ता अनुग्रह र आशिषहरू पाइन्छ भनेर हेर्न कुरेर बस्छन्, ताकि तिनीहरूले गरिरहेको काम सार्थक छ कि छैन भनेर निर्धारित गर्न सकून्। किन तिनीहरू यस्ता कुराहरूमा सधैँ लिप्त हुन्छन्? तिनीहरूले हृदयका गहिराइमा के कुरा खोजिरहेका हुन्छन्? परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको उद्देश्य के हो? सुरुदेखि नै, तिनीहरूले आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गरेका छन्। अनि तिनीहरूले प्रवचनहरू सुनेका जति नै वर्ष भए पनि, वा परमेश्‍वरका जति नै वचनहरू खाए र पिए पनि, जति धेरै धर्मसिद्धान्तहरू बुझे पनि, आशिषहरू प्राप्त गर्ने आफ्नो इच्‍छा र अभिप्राय कहिल्यै त्याग्‍नेछैनन्। यदि तैँले तिनीहरूलाई सृष्टि गरिएको कर्तव्यनिष्ठ प्राणी बन्‍न अनि परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न अनुरोध गरिस् भने, तिनीहरू भन्नेछन्, “त्यसको मसँग कुनै लिनुदिनु छैन, मैले प्रयत्न गर्नुपर्ने कुरा त्यो होइन। मैले प्रयत्न गर्नुपर्ने कुरा त यो हो, मैले लडाइँ लडिसकेपछि, मैले आवश्यक प्रयास गरिसकेपछि र आवश्यक कठिनाइ भोगिसकेपछि—मैले यो परमेश्‍वरका मापदण्डहरूअनुसार गरिसकेपछि—परमेश्‍वरले मलाई इनाम दिनुपर्छ र मलाई रहन दिनुपर्छ, अनि राज्यमा मुकुट दिनुपर्छ, र परमेश्‍वरका मानिसहरूको भन्दा उच्‍च पद दिनुपर्छ। कम्तीमा पनि म दुई-तीनवटा सहरको इन्चार्ज हुनुपर्छ।” ख्रीष्टविरोधीहरू सबैभन्दा बढी यही कुराको वास्ता गर्छन्। परमेश्‍वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि, आशिषहरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्‍छालाई हटाउन सकिँदैन; तिनीहरू पावलजस्तै हुन्। के त्यस्तो खुला लेनदेनले दुष्ट र भयानक स्वभावलाई प्रश्रय दिँदैन र? धर्मका कतिपय मानिसहरू भन्छन्, “हाम्रो पुस्ताले परमेश्‍वरलाई क्रूसको बाटोमा पछ्याउँछ। परमेश्‍वरले हामीलाई चुन्‍नुभएको छ, त्यसकारण हामी आशिषका हकदार भएका छौँ। हामीले कष्ट भोगेर मूल्य चुकाएका छौँ, र हामीले तीतो कचौराबाट पिएका छौँ। हामीमध्ये कतिपयले पक्राउ परेर जेल सजाय पाएका छौँ। यो सब कठिनाइ भोगेपछि, यति धेरै प्रवचन सुनेपछि, अनि बाइबलबारे धेरै कुरा सिकेपछि, कुनै दिन हामीले आशिष्‌ पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग तर्क गर्नेछौँ।” के तिमीहरूले कहिल्यै यस्तो कुनै कुरा सुनेका छौ? तिनीहरू तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग तर्क गर्नेछौँ भनी भन्छन्—कस्तो साहस? के यो सुन्दा मात्रै पनि तिमीहरूलाई डर लाग्दैन र? कसले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्न साहस गर्छ? खुसीको कुरा, तिनीहरूले विश्‍वास गर्ने येशू धेरै पहिले स्वर्ग उक्लिसक्‍नुभएको छ। यदि येशू अझै पनि पृथ्वीमा हुनुभएको भए, के तिनीहरूले उहाँलाई फेरि क्रूसमा टाँग्‍ने प्रयास गर्नेथिएनन् र? अवश्य नै, कतिपय मानिसले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा यस्ता वचनहरूलाई शक्तिशाली र प्रभावशाली ठान्न सक्छन्, मानिसहरूमा यस्तो दृढता र सङ्कल्प हुनुपर्छ भन्‍ने सोच्न सक्छन्। तर अहिलेसम्म विश्‍वास गरिसकेपछि, तिमीहरू यी वचनहरूलाई कसरी हेर्छौ? के त्यस्ता मानिसहरू प्रधान स्वर्गदूत होइनन् र? के तिनीहरू शैतान होइनन् र? तँ कसैसँग पनि तर्क गर्न सक्छस् तर परमेश्‍वरसँग सक्दैनस्। तैँले त्यस्तो कुरा गर्नु हुँदैन, वा यसबारे सोच्नुसमेत हुँदैन। आशिष्‌ परमेश्‍वरबाट आउँछ: उहाँ त्यो जसलाई चाहनुहुन्छ उसलाई दिनुहुन्छ। तैँले आशिष्‌ प्राप्त गर्ने सर्तहरू पूरा गरे पनि र परमेश्‍वरले तँलाई त्यो प्रदान नगर्नुभए पनि, तैँले परमेश्‍वरसँग तर्क गर्नु हुँदैन। सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजाति परमेश्‍वरको शासनका अधीनमा छन्; परमेश्‍वर निर्णय गर्नुहुन्छ। तँ तुच्छ मानव भएर पनि, कसरी परमेश्‍वरसँग तर्क गर्ने आँट गर्न सक्छस्? तैँले कसरी आफ्नो क्षमतालाई यति बढी ठान्न सक्छस्? किन तँ आफू को हो भनेर हेर्न ऐना हेर्दैनस्? के तँ यसरी सृष्टिकर्ताविरुद्ध सोर मच्चाउने र लडाइँ गर्ने आँट गरेर, काल खोजिरहेको हुँदैनस् र? “कुनै दिन हामीले आशिष्‌ पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग विवाद गर्नेछौँ” भन्‍ने भनाइ परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु हो। तेस्रो स्वर्ग कस्तो स्थान हो? त्यो परमेश्‍वरको बासस्थान हो। परमेश्‍वरसँग तर्क गर्न तेस्रो स्वर्गमा जाने आँट गर्नु त परमेश्‍वरलाई “हटाउने” प्रयास गर्नुजस्तै हो! के कुरा यही होइन र? कतिपयले यस्तो सोध्न सक्छन्, “ख्रीष्टविरोधीहरूसँग यसको के सम्बन्ध छ?” तिनीहरूसँग यसको धेरै सम्बन्ध छ, किनभने परमेश्‍वरसँग तर्क गर्न तेस्रो स्वर्गमा जान चाहने सबै ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूले मात्रै यस्ता कुराहरू भन्‍न सक्छन्। यस्ता शब्दहरू ख्रीष्टविरोधीहरूले आफ्नो हृदयभित्र पाल्ने आवाज हुन्। यो तिनीहरूको दुष्टता हो। ख्रीष्टविरोधीहरूले यी शब्दहरू खुल्लमखुल्ला नभने पनि, वास्तवमा यी कुराहरू आफ्ना हृदयमा पालेका हुन्छन्, तिनीहरू ती प्रकट गर्ने आँट मात्रै गर्दैनन्, र तीबारे कसैलाई थाहा दिँदैनन्। तैपनि, तिनीहरूको हृदयभित्रका इच्छा र महत्त्वाकाङ्क्षाहरू निभाउन नसकिने आगोजस्तै जल्छन्। किन यस्तो हुन्छ? किनभने ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरू परमेश्‍वरको निष्पक्षता र धार्मिकता, उहाँको न्याय र सजायलाई प्रेम गर्दैनन्, अनि अवश्य नै सबै थोकमाथि रहेको परमेश्‍वरको सर्वशक्तिमानता, बुद्धि, र उहाँको सार्वभौमिकतालाई प्रेम गर्दैनन्। तिनीहरू यीमध्ये कुनै पनि कुरालाई प्रेम गर्दैनन्—तिनीहरू ती कुरालाई घृणा गर्छन्। त्यसोभए, तिनीहरू केलाई प्रेम गर्छन्? तिनीहरू हैसियतलाई प्रेम गर्छन् र इनामलाई वास्ता गर्छन्। तिनीहरू भन्छन्, “मसँग वरदान, प्रतिभा, र क्षमताहरू छन्। मैले मण्डलीका लागि मेहनत गरेको छु, त्यसकारण परमेश्‍वरले मलाई ऋण तिर्नैपर्छ र इनाम दिनैपर्छ!” के तिनीहरू समस्यामा छैनन् र? के यो काल खोज्नु होइन र? के यो परमेश्‍वरलाई सिधै चुनौती दिनु होइन र? के यो सृष्टिकर्तालाई चुनौती दिनु होइन र? परमेश्‍वर अर्थात् सृष्टिकर्तातिर सिधै आफ्नो भाला सोझ्याउने आँट गर्नु—यो त प्रधान स्वर्गदूत, शैतानले मात्रै गर्न सक्‍ने कुरा हो। यदि साँच्‍चै नै त्यस्ता दृष्टिकोण भएका, त्यस्ता कार्यहरू गर्न सक्‍ने मानिसहरू छन् भने, तिनीहरू ख्रीष्टविरोधी हुन् भन्‍ने कुरामा कुनै शङ्का छैन। पृथ्वीमा, ख्रीष्टविरोधीहरूले मात्रै खुल्लमखुल्ला परमेश्‍वरको प्रतिरोध गर्ने र यसरी आलोचना गर्ने आँट गर्छन्। कतिपयले यसो भन्‍न सक्छन्, “हामीले देखेका ख्रीष्टविरोधीहरू यति निर्भीक वा निर्लज्ज थिएनन्।” यसलाई ख्रीष्टविरोधीहरू रहेको प्रसङ्ग र वातावरणअनुसार हेर्नुपर्छ। तिनीहरूले पूर्ण शक्ति प्राप्त गरेका र आफूलाई स्थापित गरेका छैनन् भने कसरी आफ्नो वास्तविक रूप देखाउने आँट गर्न सक्छन्? ख्रीष्टविरोधीहरू आफ्नो समय पर्खिन जान्दछन्, उचित क्षण नआइन्जेल प्रतीक्षा गर्छन्। जब तिनीहरू शक्तिमा आउँछन् र आफूलाई स्थापित गर्छन्, तब तिनीहरूको वास्तविक रूप खुलासा हुनेछ। कतिपय ख्रीष्टविरोधीहरूले हैसियत नभएको बेला आफ्नो साँचो रूप राम्ररी लुकाउने भए पनि, र तिनीहरूमा बाहिर कुनै समस्या देखिन नसक्ने भए पनि, तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै र आफूलाई स्थापित गर्नेबित्तिकै, तिनीहरूको दुष्टता र कुरूपता पूर्ण रूपमा उदाङ्गो हुन्छ। त्यो त सत्यता वास्तविकता नभएका निश्‍चित मानिसहरूको अवस्था जस्तै हो। तिनीहरू आफूमा कुनै हैसियत नहुँदा, मन नलागी-नलागी मात्र काटछाँटमा पर्नका लागि मान्न सक्छन्, र हृदयमा विरोध गर्दैनन्। तैपनि, यदि तिनीहरू अगुवा वा सेवक बने र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूबीच केही प्रतिष्ठा प्राप्त गरे भने, तिनीहरूलाई काटछाँट गर्दा, तिनीहरूले आफ्नो साँचो रूप खुलासा गर्ने, र परमेश्‍वरसँग तर्क गर्ने र उहाँ विरुद्ध सोर मच्चाउने धेरै सम्भावना हुन्छ। यो त कतिपय मानिसले सामान्य परिस्थितिहरूमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु र कुनै गुनासो नगर्नु जस्तै हो, तर क्यान्सर लाग्यो र छिटै मृत्यु हुने अवस्थामा भने, तिनीहरूले आफ्नो साँचो रूप खुलासा गर्ने धेरै सम्भावना हुन्छ। तिनीहरूले परमेश्‍वरबारे गुनासो गर्न, उहाँसँग तर्क गर्न, र उहाँविरुद्ध सोर मच्चाउन थाल्नेछन्। ख्रीष्टविरोधीहरू अर्थात् मानिसहरूको यो समूह सत्यतामा रुचि राख्दैनन् र सत्यतालाई घृणा गर्छ, अनि कहिल्यै सत्यता अभ्यास गर्दैनन्। त्यसोभए, खुलासा र उदाङ्गो भएपछि पनि, किन तिनीहरू मण्डलीमा परिश्रम गर्न, र सबैभन्दा सानो अनुयायी हुनसमेत इच्छुक हुन्छन्? कुरा के हो? तिनीहरूको उद्देश्य हुन्छ: तिनीहरूले आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्राय कहिल्यै त्यागेका हुँदैनन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ, “म यो अन्तिम सहारालाई पक्रिराख्छु। यदि मैले आशिष्‌ प्राप्त गर्न सकिनँ भने, म परमेश्‍वरलाई कहिल्यै त्यतिकै छोड्नेछैनँ। यदि मैले आशिष्‌ प्राप्त गर्न सकिनँ भने, परमेश्‍वर हुनुहुन्न!” यो कस्तो स्वभाव हो? परमेश्‍वरलाई खुल्लमखुल्ला इन्कार गर्ने र उहाँविरुद्ध सोर मच्चाउने आँट गर्नु—यो दुष्टता हो। तिनीहरू आफूसँग आशिष्‌ प्राप्त गर्ने झीनो आशा पनि छ भने, परमेश्‍वरका घरमा बस्‍नेछन् र ती आशिष्‌हरूको प्रतीक्षा गर्नेछन्। यसलाई कसरी अवलोकन गर्न सकिन्छ? तिनीहरू सधैँ असल भएको ढोँग गर्ने फरिसीहरूजस्तै हुन्—के यसको पछाडि रहेको अभिप्राय र उद्देश्य स्पष्ट छैन र? तिनीहरूको बाहिरी व्यवहार जति नै राम्रो देखिए पनि, तिनीहरूले बाहिरी रूपमा जति नै कष्ट भोगे पनि, तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्, काम गर्दा सत्यता खोजी गर्दैनन्, वा परमेश्‍वरलाई प्रार्थना गर्दैनन् र उहाँका अभिप्रायहरू खोज्दैनन्। तिनीहरू परमेश्‍वरलाई मन पर्ने कुराहरू कहिल्यै गर्दैनन्। बरु, तिनीहरूले आफूले गर्न चाहेको र मन पर्ने कुरा गर्छन्, आशिष् पाउने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न मात्रै लागिपर्छन्। के यसले तिनीहरूलाई समस्यामा पार्नेछैन र? के यसले ख्रीष्टविरोधीहरूको सार खुलासा गर्दैन र? ख्रीष्टविरोधीहरूले प्रेम गर्ने र पछ्याउने कुराले तिनीहरूको शैतानी स्वभावलाई नै प्रतिनिधित्व गर्छ। तिनीहरू आफूले प्रेम गर्ने र खोजी गर्ने कुरालाई परमेश्‍वरलाई खुसी पार्ने सकारात्मक कुराका रूपमा लिन्छन्, र उहाँलाई ती स्वीकार गर्न र आशिष् दिन लगाउने प्रयास गर्छन्। के यो सत्यता सिद्धान्तहरूअनुरूप छ? के यो परमेश्‍वरको विरोध गर्नु र आफूलाई उहाँविरुद्ध खडा गर्नु होइन र? ख्रीष्टविरोधीहरू हरेक मोडमा परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्छन्। तिनीहरू परमेश्‍वरबाट इनाम र मुकुट माग्न, राम्रो गन्तव्यका लागि लेनदेन गर्न आफ्नो कष्ट र मूल्य चुकाइलाई प्रयोग गर्छन्। तर के तिनीहरूले गलत हिसाब गरेका हुँदैनन् र? यसरी परमेश्‍वरको प्रतिरोध गरेर, कसरी तिनीहरू परमेश्‍वरको दण्डबाट बच्न सक्छन्? तिनीहरूले आफ्नो पापका लागि पाउनुपर्ने कुरा यही हो। यो दण्ड हो।

एक पटक एक जना ख्रीष्टविरोधी थियो, जसलाई नाच्न-गाउन अलि आउँथ्यो, र त्यो बेला उसलाई गायन समूहका दाजुभाइ-दिदीबहिनीहरूलाई त्यो सीप सिकाउन खटाइयो। ती दाजुभाइ-दिदीबहिनीहरू जवान थिए, र तिनीहरूमध्ये धेरैजसोले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको थिएन; तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न उत्सुक र इच्छुक थिए, त्यति मात्र हो, तर तिनीहरूले सत्यता बुझेका थिएनन्, र तिनीहरूमध्ये कतिले जगसमेत बसालेका थिएनन्। त्यस ख्रीष्टविरोधीले काम गर्दा, तिनीहरूलाई पवित्र आत्माको काम अनुभव गर्न डोऱ्याउँथ्यो, परमेश्‍वरको उपस्थिति र उहाँको अनुपस्थितिको अनुभूतिबीचको भिन्‍नता अनुभव गराउँथ्यो—ऊ सधैँ तिनीहरूलाई आफ्ना अनुभूतिहरूमा भर पर्न लगाउँथ्यो। उसले सत्यता बुझेको थिएन, न त ऊसँग कुनै वास्तविक अनुभव नै थियो, तर उसले आफ्ना धारणा र कल्पनाका आधारमा यसरी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएको र भ्रममा पारेको थियो। माथिलाई ऊसँग सत्यता वास्तविकता छैन भन्‍ने कुरा थाहा थियो, र माथिले उसलाई त्यो सीप सिकाउन र त्यसको व्याख्या गर्न मात्रै अनुरोध गर्नुभयो। उसले आफ्नो कर्तव्यको यो पक्ष पूरा गर्नुलाई पर्याप्त काम र उसको जिम्मेवारी पूरा भएको ठानिसकिएको थियो। तर ऊ अझै “सत्यताबारे सङ्गति” गर्न, अनि मानिसहरूलाई आफ्ना अनुभूतिहरू बुझ्न र आफ्ना अनुभूतिहरूमा भर पर्न लगाउन चाहन्थ्यो। यस्तो काम गरेर, के उसले मानिसहरूलाई सजिलै दुष्ट आत्माको कामको अलौकिक अनुभूति गराउनेथिएन र? यो अत्यन्तै खतरनाक कुरा हो! दुष्ट आत्माले यस्तो अवसर छोपेर कुनै व्यक्तिमा पसेपछि, त्यो व्यक्ति बरबाद हुन्छ। तालिम अवधिमा, उसले यी मानिसहरूलाई प्रार्थना गर्न लगाउँथ्यो, र प्रार्थना गरेपछि, पवित्र आत्माले कसरी काम गरिरहनुभएको छ, र तिनीहरूलाई पसिना आइरहेको छ कि, तिनीहरू रोइरहेका छन् कि, वा तिनीहरूका शरीरमा अरू कुनै अनुभूतिहरू छन् कि भनेर हेर्न लगाउँथ्यो। ऊ यी कुराहरूलाई जोड दिन्थ्यो, तर वास्तवमा, यी कुराहरूलाई पहिले नै स्पष्ट रूपमा व्याख्या गरिसकिएको थियो। सत्यताहरू धेरै छन्, तर उसले तीबारे सङ्गति गरेन, न त ती मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन नै अगुवाइ गऱ्यो, र उसले आफ्नो उचित काम पूरा गर्न सकेन। उसले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई नृत्य कोरियोग्राफ गर्न दिँदैनथ्यो, बरु सबैलाई धित मर्ने गरी मञ्चमा नाच्न, त्यतिकै मनलागी अभ्यास गर्न दिन्थ्यो, र यसोसमेत भन्थ्यो, “ठीक छ, परमेश्‍वरले हामीलाई अगुवाइ गरिरहनुभएको छ, त्यसकारण हामी डराउनु पर्दैन, पवित्र आत्माले काम गरिरहनुभएको छ!” यस ख्रीष्टविरोधीले सत्यता बुझेको थिएन, त्यसकारण ऊ सधैँ मूर्ख कामकुरा गर्थ्यो। दाजुभाइ-दिदीबहिनीहरूमा कुनै समझशक्ति थिएन, त्यसकारण तिनीहरूले उसको कुरा सुने र यसो भन्दै प्रार्थना गर्न थाले, “हे परमेश्‍वर, काम गर्नुहोस्, हे परमेश्‍वर, बिन्ती छ काम गर्नुहोस्…।” तिनीहरू “पूर्ण हृदयले” प्रार्थना गर्न सक्दो प्रयास गर्थे, र प्रार्थना गरेपछि रुने समेत गर्थे, त्यसपछि तिनीहरू मञ्चमा गएर त्यतिकै नृत्य अभ्यास गर्थे। मञ्चको तलतिरबाट हेर्ने मानिसहरूलाई वातावरण एकदम राम्रो छ र पवित्र आत्माले शक्तिशाली काम गरिरहनुभएको छ भन्‍ने लाग्थ्यो! अरू नाचेको देख्दा तिनीहरू रुन्थे, मानौँ तिनीहरूलाई पवित्र आत्माको काम अनुभूति भएको छ। अन्त्यमा, यी मानिसहरूले यी सबै कुरा रेकर्ड गरे र मलाई देखाउन फोटोहरू खिचे। तस्विरमा कतिपय मानिस आँखा बन्द गरेर रोइरहेका थिए, र मध्य जाडो याममा पनि तिनीहरूको अनुहार गर्मीले रातो भएको थियो। मैले समस्याहरू पैदा भइरहेको छ, र उसले यी मानिसहरूलाई बरबाद गरिरहेको छ भन्‍ने देखेँ। उसलाई सीप सिकाउन मात्रै लगाइएको थियो, र उसले कुनै सत्यता बुझेको थिएन। उसले पवित्र आत्माको कामको अनुभूति पाउने चाहनामा आफ्नो कल्पनाका आधारमा अन्धाधुन्ध काम गरेको थियो। के पवित्र आत्माको काम अनुभूति गर्ने कुरा हो? तैँले सत्यता बुझ्नुपर्छ—त्यो वास्तविक कुरा हो। अनुभूतिहरू केवल खोक्रा र व्यर्थ हुन्छन्। के तँ आफ्ना अनुभूतिहरूका आधारमा परमेश्‍वरको सत्यता र अभिप्राय बुझ्न सक्छस्? कदापि सक्दैनस्। तैँले अनुभूति खोजी गर्नु पर्दैन, तैँले परमेश्‍वरको वचनअनुसार सिद्धान्त र परमेश्‍वरका अभिप्रायहरू मात्र खोजी गर्नुपर्छ, त्यसपछि ती कुरालाई आफ्ना जीवनमा आइपर्ने कुराहरूसँग तुलना गर्नुपर्छ—यो एकदमै व्यावहारिक कुरा हो, र तैँले बिस्तारै सत्यता बुझ्नेछस्। जब तँ परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्छस्, तब पवित्र आत्माले स्वाभाविक रूपमा नै काम गर्न थाल्नुहुनेछ। पवित्र आत्माले काम नगरे पनि, तैँले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेको हुनाले, परमेश्‍वरले तँलाई उहाँको अनुयायीका रूपमा चिन्‍नुहुनेछ—यो अत्यन्तै व्यावहारिक कुरा हो, यो नै सबैभन्दा साँचो कुरा हो। त्यस ख्रीष्टविरोधीले यसरी सङ्गति गर्दैनथियो, तर ती मानिसहरूलाई निरन्तर अनुभूतिहरू खोज्न, चिन्ह र अचम्मका कुरा, र सपनाहरू खोज्न प्रोत्साहित गर्थ्यो। ऊ आत्मिक बुझाइको कमी भएको एक सामान्य मानिस थियो जसले मूर्ख र नादान छोराछोरीको समूहलाई हास्यास्पद कुराहरू गर्न डोऱ्याइरहेको थियो। तस्विरका मानिसहरू रोइरहेका र बिलौना गरिरहेका थिए। त्यसले केलाई प्रतिनिधित्व गर्छ? यसले कुनै कुरालाई पनि प्रतिनिधित्व गर्दैन, तर त्यसमा उसले गरिरहेको कुराको प्रकृति व्याख्या गर्ने केही कुरा छ। यस ख्रीष्टविरोधीले यी सबै कुराका फोटो खिच्यो र तिनलाई “परमेश्‍वरको कामका वृत्तान्तहरू” भनेर नाम दियो। यी “वृत्तान्तहरू” के थिए? ती मानिसहरूले सत्यता बुझेका थिएनन्, तिनीहरूले पवित्र आत्माको कामको अनुभूति खोजी गरे र कुनै कारणविना त्यतिकै अभ्यास गरे, र तिनीहरूको नचाइ हरेक पटक फरक देखिन्थ्यो, किनभने हरेक पटकको अनुभूति फरक हुन्थ्यो, र परमेश्‍वरको “अगुवाइ” फरक हुन्थ्यो—“वृत्तान्तहरू” तिनै थिए। ती “विवरणहरू” मा अरू के समावेश थिए? ख्रीष्टविरोधीले ती पवित्र आत्माको कामका परिणामहरू हुन् पनि भनेर भन्थ्यो। उसले यसो भन्दा, दाजुभाइ-दिदीबहिनीहरू उत्साहित हुन्थे, मानौँ तिनीहरूको विश्‍वास र कद अचानक धेरै बढेको छ। उसले किन “वृत्तान्तहरू” भनेर भन्यो? “वृत्तान्तहरू” भन्‍ने शब्द कहाँबाट आयो? मैले एक पटक परमेश्‍वरको कामका वृत्तान्तहरू उल्लेख गरेको थिएँ। यी “वृत्तान्तहरूले” केलाई जनाउँछन्? ती मानिसहरूले देख्‍न र बुझ्न सक्‍ने परमेश्‍वरले मानिसहरूमा गरेका कामका परिणाम हुन्, र ती अलौकिक हुँदैनन्, न त ती अस्पष्ट नै हुन्छन्। ती तैँले अनुभव गर्न सक्‍ने कुरा हुन्। ती तब हुन्छ जब परमेश्‍वरले तँमा धेरै काम गर्नुभएको, तँलाई धेरै वचन सुनाउनुभएको, कडा परिश्रम गर्नुभएको, र यसरी तेरो अस्तित्वको शैली, कामकुरालाई हेर्ने तेरो दृष्टिकोण, काम गर्दा तैँले राख्‍ने मनोवृत्ति, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, साथै तेरा अरू पक्षहरूलाई परिवर्तन गर्नुभएको हुन्छ। अर्थात्, ती परमेश्‍वरको कामका उपलब्धि र फल हुन्—वृत्तान्तको अर्थ यही हो। त्यस ख्रीष्टविरोधीले पनि आफूले गरेका यी कुराहरूलाई “वृत्तान्तहरू” भनेर भनेका थिए। अहिलेका लागि यी कुराहरूको प्रकृतिलाई पन्छाएर हेर्दा, तिमीहरू यो वाक्यांशलाई विश्लेषण गरेर मात्रै के देख्‍न सक्छौ? परमेश्‍वर मानिसहरूमा काम गर्नुहुन्छ, र उहाँले मानिसहरूमा गर्ने कामका वृत्तान्तहरू मानिसहरूले देख्‍नेछन् भनेर भन्‍नुभएको छ, तर यस ख्रीष्टविरोधीले सबैलाई भाँडभैलो मच्चाउन लगाइरहेको थियो, र सबै कुरा लथालिङ्ग पारिरहेको थियो, तैपनि उसले यी कुराहरूलाई “वृत्तान्तहरू” भनेर पनि भनेको थियो—उसले के गर्ने प्रयास गरिरहेको थियो? (ऊ परमेश्‍वरसँग बराबर हुन चाहन्थ्यो।) ठीक भनिस्। उसलाई “वृत्तान्तहरू” भन्‍ने शब्द प्रयोग गर्ने विचार कहाँबाट आयो? त्यो परमेश्‍वरसँग बराबर हुने र परमेश्‍वरलाई अनुकरण गर्ने उसको इच्छाबाट आएको थियो। उसले यो शब्द प्रयोग गरेर, यसो भनिरहेको थियो, “परमेश्‍वर विस्तृत रूपमा काम गर्नुहुन्छ, र मैले मानिसहरूको यो समूहलाई गर्न नेतृत्व गरिरहेको कुरा पनि विस्तृत नै छ।” “वृत्तान्तहरू” को कारक वाक्यांश “परमेश्‍वरको काम” हो, तर वास्तवमा, उसले आफ्ना हृदयमा पवित्र आत्माको कामका वृत्तान्तहरूका परिणामको श्रेय आफूलाई नै दिइरहेको थियो, जुन ख्रीष्टविरोधीहरूले गर्ने कुरा हो। जब-जब चर्चामा आउने मौका हुन्छ, जब-जब मौकाको झलक देखिन्छ, तब-तब तिनीहरू त्यो त्याग्दैनन्; तिनीहरू मानिसहरूका लागि परमेश्‍वरसँग होड गर्छन्। तिनीहरूले कस्तो प्रकारका मानिसहरूका लागि होड गर्छन्? तिनीहरूमध्ये कतिले सत्यता बुझ्दैनन्, तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूलाई चिन्‍न सक्दैनन्, र तिनीहरू मूर्ख र अज्ञानी हुन्छन्; तिनीहरूमध्ये कतिले सत्यता पछ्याउँदैनन्, र तिनीहरूलाई भीड पछ्याउन र बाहिरी रूपमा अन्धाधुन्ध काम गर्न मन पर्छ; अनि कतिपय नयाँ विश्‍वासी पनि छन् र तिनीहरूको जग सतही हुन्छ—तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ अझै बुझिसकेका हुँदैनन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउँछन्। यो व्यवहारलाई पछि ठीक समयमा रोकियो। यसलाई रोक्‍नु एकदमै असाधारण कुरा होइन, तर यसको अर्थ ख्रीष्टविरोधीले गरेका मूर्ख कुराहरू एकाएक खुलासा भए। सबैले सङ्गति गरेर सोचेपछि, तिनीहरूले यसो भने, “यो ख्रीष्टविरोधी आउनुभन्दा पहिले, हामीले कहिलेकाहीँ गीत गाउने व्यावसायिक र प्राविधिक पक्षबारे थाहा पाउन नसके पनि, जब हामी गीत गाउँथ्यौँ, तब हामीलाई त्यो हृदयमा लिन सकेको, र हरेक शब्द हृदयबाट गाउन सक्छौँ भन्‍ने लाग्थ्यो। उसले आएर केही व्यावसायिक सिद्धान्तबारे बताएपछि, हामी सबैमा उत्प्रेरणा मऱ्यो र हामीलाई तबउसो गाउन मन लागेन, किनभने हामी परमेश्‍वरले बोलिरहेका हरेक शब्दमा स्वाद पाउन सक्दैनथियौँ—हामीले परमेश्‍वरलाई महसुस गर्न सकेनौँ।” के यी मानिसहरू समस्यामा थिएनन् र? ख्रीष्टविरोधीहरूले काम गर्न अघि सर्नेबित्तिकै, ल्याउने परिणामहरू के हुन् भने मानिसहरूले परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने महसुस गर्न सक्दैनन्, र उचित रूपमा कसरी काम गर्ने भन्‍ने जान्दैनन्। तिनीहरू कुइरोमा हराएको कागझैँ हुन्छन्। के मानिसहरूले परमेश्‍वरलाई महसुस गर्न नसकेपछि, आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? के तिनीहरूले अझै पनि परमेश्‍वरको गवाही दिन निष्ठासाथ काम गर्न सक्छन्? शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि, तिनीहरूले निश्‍चित चरित्र विकास गरे, जुन भीडलाई पछ्याउन मन पराउनु हो। तिनीहरू झिँगोजस्तै हुन्छन्: स्पष्ट उद्देश्य हुनु पर्दैन, अगुवा छ भने भइहाल्यो, अरू मानिसहरू मूर्ख बन्दै तिनीहरूसँग अन्धाधुन्ध आबद्ध हुनेछन्, किनभने त्यस्तो अवस्था अझै जीवन्त हुन्छ, र तिनीहरूले त्यस्तो व्यवहार गर्दा आफूलाई छेकथुन गर्नु पर्दैन, तिनीहरूको कार्यको कुनै मापदण्ड हुँदैन, र कसैले पनि सिद्धान्तअनुसार काम गर्दैन। तिनीहरूले प्रार्थना वा खोजी गर्नु पर्दैन, तिनीहरू भक्त वा शान्त हुनु पर्दैन; तिनीहरूमा ज्यान र सास छ भने भइहाल्यो, तिनीहरू त्यसरी व्यवहार गर्न सक्छन्। के यो लगभग पशुजस्तै भएन र? भ्रष्ट मानिसहरूमा यो चरित्र हुने भएकाले, तिनीहरू सजिलै बहकाउमा पर्छन्, तर यदि तैँले सत्यता बुझिस् र यी कुराहरू चिन्‍न सकिस् भने, तँ त्यति सजिलै बहकाउमा पर्नेछैनस्। यो ख्रीष्टविरोधी खुलासा भएपछि, सबैले उसले भनेका भ्रामक कुराहरू, र त्यसरी व्यवहार गर्न प्रयोग गरेका युक्तिहरू विश्लेषण गरे, र तिनलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरे। तिनीहरूलाई यो मान्छे मानिसहरूलाई बहकाउनमा निकै सिपालु रहेछ, उसले सबै कुरा भताभुङ्ग पारेको रहेछ, र उसले तिनीहरूलाई गर्न लगाएको कुरा निकै प्रभावकारी देखिए पनि, र तिनीहरूले पवित्र आत्माको शक्तिशाली काम अनुभूति गरिरहेको जस्तो देखिए पनि, वास्तवमा, तिनीहरूले परमेश्‍वरलाई पटक्‍कै अनुभूति गर्न सकेका थिएनन् भन्ने महसुस भयो। झट्ट हेर्दा, यो त सबैमा ठूलो जोस भएको जस्तो, अनि तिनीहरूको विश्‍वास र कद अचानक बढेको जस्तो देखिन्थ्यो; तर वास्तवमा, यो त भ्रम, दुष्ट आत्माको काम थियो। यी अलौकिक परिस्थितिहरू देखा परे, त्यसकारण पवित्र आत्माले काम गर्नुभएन। यसपछि केही समयसम्म, सबैले सत्यतामा सङ्गति गरेर, त्यस ख्रीष्टविरोधीलाई चिन्‍न सके, र तिनीहरूको स्थिति अलिअलि गर्दै सामान्य अवस्थामा फर्केर आयो। यी मानिसहरूलाई त्यस ख्रीष्टविरोधीले बहकाएको थियो, र तिनीहरू मबाट झनै टाढा भएका थिए। म बोल्दा, यी मानिसहरू मलाई अपरिचित व्यक्तिलाई जस्तो हेर्थे, तिनीहरू मेरा प्रश्नहरूको उत्तर दिन चाहँदैनथे, र हामी तुरुन्तै आपसमा अपरिचितजस्तै बन्यौँ। तिनीहरूले कुनै कुरा पालना गर्नुभन्दा पहिले ख्रीष्टविरोधीले बोलोस् भनेर प्रतीक्षा गर्थे; तिनीहरू ख्रीष्टविरोधीले जे भने पनि सुन्थे, र उसले जे भने पनि त्यसले तिनीहरूको प्रतिनिधित्व गर्थ्यो। त्यसकारण, यी मानिसहरूलाई कुनै कुरामा बोल्ने अधिकार थिएन, तर तिनीहरू केही नबोल्‍न इच्छुक थिए; तिनीहरू उसले बोलोस् भनेर प्रतीक्षा गर्थे र उसका नियन्त्रणमा थिए। दुष्ट आत्मा र ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाउन यस्ता कुराहरू गर्छन्।

कतिपय दुष्ट कुराहरूलाई स्पष्ट रूपले शब्दहरूमा व्यक्त गर्न र विश्लेषण गर्न सकिन्छ, तर अरूमा भने दुष्ट आत्माहरूले काम गरिरहेका छन् भनेर मात्रै भन्‍न सकिन्छ, र तिनलाई स्पष्ट रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन, तिनलाई तेरा भावना वा तैँले बुझेका सत्यता र तेरा अनुभवहरूका आधारमा मात्रै पत्ता चिन्न सकिन्छ। यस ख्रीष्टविरोधीलाई तुरुन्तै पहिचान गरेर तह लगाइयो, र मण्डली जीवन सामान्य अवस्थामा फर्क्यो। त्यसपछि, यस घटनाका बारेमा सङ्गति गर्दा सबैलाई डर भइरह्यो। तिनीहरूले भने, “त्यो निकै खतरनाक कुरा थियो! त्यस ख्रीष्टविरोधीका ‘वृत्तान्तहरू’ ले हामीलाई यति धेरै हानि गरेका छन् कि उसले हामीलाई लगभग बरबाद नै गरेको छ।” त्यसकारण, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्‍न सिक्‍नुपर्छ। यदि तैँले ख्रीष्टविरोधीहरू चिन्नुलाई कहिल्यै गम्भीर रूपमा लिइनस् भने, तँ खतरामा पर्नेछस्, र तँलाई कहिले वा कुन अवसरमा तिनीहरूले बहकाउमा पार्छन् कसलाई के थाहा। तैँले के भइरहेको छ भन्‍ने थाहै नपाई भ्रमित भएर ख्रीष्टविरोधीलाई पछ्याइरहेको समेत हुन सक्छस्। त्यो बेला तँलाई यसमा केही गलत छैन भन्‍ने लाग्नेछ, र तँलाई यस ख्रीष्टविरोधीले भनेको कुरा सही छ भन्‍नेसमेत लाग्‍नेछ—यसरी तँ थाहै नपाई बहकाउमा परेको हुनेछस्। तँ बहकाइएको छस् भन्‍ने तथ्यले तैँले परमेश्‍वरलाई धोका दिएको छस् भन्‍ने देखाउँछ, त्यसपछि परमेश्‍वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन। कतिपय मानिसले सामान्यतया राम्ररी काम गर्छन्, तर केही समयका लागि तिनीहरू ख्रीष्टविरोधीहरूका छलमा पर्छन्, र मण्डलीले तिनीहरूलाई अन्तमा सम्झाई-बुझाई र सङ्गतिद्वारा फर्काउँछ। तैपनि, कति मानिसहरूलाई सत्यतामा जसरी सङ्गति दिए पनि तिनीहरू फर्केर आउँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूसँगै लाग्न एकदमै सङ्कल्पित हुन्छन्—के तिनीहरू पूर्ण रूपमा बरबाद हुँदैनन् र? तिनीहरू दृढतासाथ फर्कन इन्कार गर्छन्, र त्यहाँदेखि परमेश्‍वर तिनीहरूमा काम गर्नुहुन्न। कतिपय मानिसहरूमा समझको कमी हुन्छ, र यस्तो व्यक्तिप्रति तिनीहरूलाई दया लाग्छ, र तिनीहरू भन्छन्, “त्यो व्यक्ति निकै शिष्ट व्यक्ति हो: उनले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भयो, र सबै कुरा त्यागे र आफूलाई समर्पित गरे; उनी आफ्नो कर्तव्य निकै बफादारीसाथ निर्वाह गर्थे, परमेश्‍वरमाथिको उनको विश्‍वास ठूलो थियो, र उनी साँचो विश्‍वासी थिए—के हामीले उनलाई अर्को मौका दिनु पर्दैन र?” के यो दृष्टिकोण सही छ? के यो सत्यताअनुरूप छ? मानिसहरूले अर्को व्यक्तिको बाहिरी रूप मात्रै देख्‍न सक्छन्, तर उनीहरूको हृदय देख्‍न सक्दैनन्; तिनीहरूले वास्तवमा उनीहरू कस्ता व्यक्ति हुन्, वा उनीहरूमा कस्तो सार छ भनेर स्पष्ट रूपमा देख्‍न सक्दैनन्। उनीहरूको वास्तविकता देख्‍नका लागि केही समय उनीहरूका सम्पर्कमा रहनैपर्छ वा उनीहरूलाई अवलोकन गर्नैपर्छ, र त्यस व्यक्तिले तिनीहरूलाई प्रकट गर्ने घटनाहरूको सामना गर्नैपर्छ। त्यसबाहेक, यदि तैँले आफ्‍नो हृदयको भलापनका कारण यी मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिस्, तर उनीहरूसँग जति नै सङ्गति गरे पनि उनीहरू फर्केर आउँदैनन् भने, यसको पछाडि के कारण छ भन्‍ने तँलाई थाहा हुनेछैन। वास्तवमा, परमेश्‍वरले यी मानिसहरूलाई पहिले नै देखिसक्‍नुभएको र हटाउनुभएको हुन्छ। किन परमेश्‍वरले उनीहरूलाई हटाउनुभएको हुन्छ? सबैभन्दा सिधा कारण के हो भने कतिपय ख्रीष्टविरोधीहरू स्पष्ट रूपमा नै दुष्ट आत्मा हुन्छन्, र तिनीहरूलाई दुष्ट आत्माहरूले काम गर्ने ख्रीष्टविरोधीहरू भनेर वर्गीकरण गर्न सकिन्छ। यदि मानिसहरूले तिनीहरूलाई केही समयसम्म पछ्याए भने, उनीहरूको हृदय अन्धकारमा पर्नेछ, र उनीहरू यति कमजोर हुनेछन् कि ढल्नेछन्, जुन कुराले परमेश्‍वरले तिनीहरूलाई धेरै पहिले नै त्याग्नुभएको छ भन्‍ने कुरा प्रमाणित गर्छ। परमेश्‍वरमा धर्मी स्वभाव छ, र उहाँ शैतानलाई घृणा गर्नुहुन्छ। यी मानिसहरूले शैतान र दुष्ट आत्माहरूलाई पछ्याउने हुनाले, के परमेश्‍वरले अझै पनि तिनीहरूलाई आफ्ना अनुयायीका रूपमा चिन्न सक्नुहुन्छ? परमेश्‍वर पवित्र हुनुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। उहाँ दुष्ट आत्माहरू पछ्याउनेहरूलाई चाहनुहुन्न; अरूले तिनीहरूलाई असल मानिस ठाने पनि, उहाँ तिनीहरूलाई चाहनुहुन्न। परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुन्छ भन्‍नुको अर्थ के हो? “दुष्टतालाई घृणा गर्नु” ले केलाई जनाउँछ? अहिले मैले भन्ने कुरा सुन, र तिमीहरूले बुझ्नेछौ। परमेश्‍वरले कुनै व्यक्तिलाई छनौट गर्नुभएदेखि, त्यस व्यक्तिले परमेश्‍वर सत्यता, धार्मिकता, बुद्धि, र सर्वशक्तिमानता हुनुहुन्छ, उहाँ एक मात्र हुनुहुन्छ भनेर स्वीकार गरिन्जेलसम्म—तिनीहरूले यी कुराहरू बुझेपछि, र केही अनुभव प्राप्त गरेपछि, परमेश्‍वरको स्वभाव, सार, अनि उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भन्नेबारे हृदयमा आधारभूत बुझाइ प्राप्त गर्नेछन्, र यो आधारभूत बुझाइ तिनीहरूको विश्‍वास बन्‍नेछ। यसले तिनीहरूलाई परमेश्‍वरलाई पछ्याउन, परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्न पनि उत्प्रेरित गर्नेछ। तिनीहरूले अनुभव प्राप्त गरेपछि, सत्यता बुझेपछि, अनि परमेश्‍वरको स्वभाव र उहाँबारे तिनीहरूको ज्ञानको बुझाइले तिनीहरूका हृदयमा जरा गाडेपछि—तिनीहरूमा यो कद भएपछि—तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्नेछैनन्। तर यदि तिनीहरूसँग व्यावहारिक परमेश्‍वर, ख्रीष्टबारे साँचो ज्ञान छैन, र यदि तिनीहरूले ख्रीष्टविरोधीको आराधना गर्ने र त्यसलाई पछ्याउने सम्भावना छ भने, तिनीहरू अझै पनि खतरामा हुन्छन्। तिनीहरूले अझै पनि दुष्ट ख्रीष्टविरोधीलाई पछ्याउन देहधारी ख्रीष्टलाई पिठ्युँ फर्काउन सक्छन्। यो ख्रीष्टलाई खुल्लमखुल्ला इन्कार गर्नु र परमेश्‍वरसँग सम्बन्ध तोड्नु हुनेछ। यसको अव्यक्त अर्थ यस्तो हुन्छ: “म अबदेखि परमेश्‍वरलाई पछ्याउँदिनँ—म शैतानलाई पछ्याउँछु। म शैतानलाई प्रेम गर्छु र त्यसको सेवा गर्न इच्छुक छु; म शैतानलाई पछ्याउन इच्छुक छु। त्यसले मलाई जसरी व्यवहार गरे पनि, बरबाद गरे पनि, कुल्चे पनि, र भ्रष्ट तुल्याए पनि, म एकदमै इच्छुक छु। परमेश्‍वर जति नै धर्मी र पवित्र हुनुभए पनि, उहाँले जति नै सत्यता व्यक्त गर्नुभए पनि, म उहाँलाई पछ्याउन इच्छुक छैनँ। मलाई सत्यता मन पर्दैन। मलाई ख्याति, हैसियत, इनाम, र मुकुट मन पर्छ; मैले ती प्राप्त गर्न नसके पनि, मलाई ती मन पर्छ।” ठिक त्यसरी नै, तिनीहरूले आफूसँग कुनै सम्बन्ध नभएको व्यक्तिलाई पछ्याएका हुन्छन्, र तिनीहरू परमेश्‍वरको विरोधी ख्रीष्टविरोधीको पछि लागेका हुन्छन्। के परमेश्‍वर अझै पनि यस्तो व्यक्तिलाई चाहनुहुन्छ? अवश्य नै चाहनुहुन्‍न। के परमेश्‍वरले तिनीहरूलाई नचाहनु उचित हुन्छ? एकदमै उचित हुन्छ। तँलाई परमेश्‍वर दुष्टतालाई घृणा गर्ने, र पवित्र परमेश्वर हुनुहुन्छ भन्‍ने कुरा धर्मसिद्धान्तबाट थाहा छ। तैँले यो सिद्धान्त बुझेको छस्, तर के तँलाई परमेश्‍वर यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने थाहा छ? यदि परमेश्‍वरले कसैलाई लत्याउनुभयो भने, कुनै हिचकिचाहट नगरी उसलाई त्याग्‍नुहुनेछ। के मैले भनेको कुरा त्यस्तै छैन र? (छन्।) कुरा त्यस्तै छ। त्यसोभए, के परमेश्‍वरले यस्तो व्यक्तिलाई त्याग्‍नुको अर्थ उहाँको हृदय क्रूर छ भन्‍ने हो? (होइन।) परमेश्‍वर आफ्ना कार्यहरू सिद्धान्तअनुसार गर्नुहुन्छ। यदि तँलाई परमेश्‍वर को हुनुहुन्छ भन्‍ने थाहा छ, तर तँलाई उहाँलाई पछ्याउन मन लाग्दैन भने—यदि तँलाई शैतान को हो भन्‍ने थाहा छ, तैपनि तँ त्यसलाई पछ्याउन जिद्दी गर्छस् भने—परमेश्‍वरले तँलाई जबरजस्ती गर्नुहुनेछैन। जा र शैतानलाई सधैँभरि पछ्या। फर्केर नआइज; परमेश्‍वरले तँलाई त्याग्नुभएको छ। परमेश्‍वरको स्वभावलाई कसरी बुझ्न सकिन्छ? परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, र उहाँको स्वभावमा दुष्टतालाई घृणा गर्ने एउटा तत्व छ। अर्को शब्दमा भन्दा, यदि सृष्टि गरिएको प्राणीका रूपमा, तँ भ्रष्ट हुन इच्छुक छस् भने, परमेश्‍वरले अरू के भन्‍न सक्नुहुन्छ र? परमेश्‍वर मानिसहरूलाई तिनीहरूले गर्न नचाहेका कुराहरू गर्न कहिल्यै जबरजस्ती गर्नुहुन्न। उहाँ कहिल्यै मानिसहरूलाई सत्यता स्वीकार गर्न बाध्य पार्नुहुन्न। यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, त्यो तेरो व्यक्तिगत निर्णय हो—आखिर, परिणामहरू भोग्‍ने तँ नै हुनेछस्, र त्यसको दोष तँलाई नै जानेछ। मानिसहरूलाई सम्हाल्ने परमेश्‍वरका सिद्धान्तहरू अपरिवर्तनीय छन्, त्यसकारण यदि तँ भ्रष्टतामा खुसी छस् भने, तैँले अन्त्यमा दण्ड पाएरै छोड्छस्। तैँले परमेश्‍वरलाई जति वर्ष पछ्याएको भए पनि त्यसले फरक पार्दैन; यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, परमेश्‍वरले तँलाई पश्चात्ताप गराउन जबरजस्ती गर्नुहुनेछैन। शैतानलाई पछ्याउन, शैतानका बहकाउमा पर्न र बरबाद हुन इच्छुक हुने व्यक्ति तँ नै होस्, त्यसकारण, अन्तमा, परिणामहरू भोग्‍नुपर्ने तैँले नै हो। कतिपय मानिसहरूलाई यस्ता मानिसहरूप्रति दया लाग्छ र तिनीहरूलाई सहयोग गर्नमा दया खेर फाल्छन्, तर तिनीहरूलाई जसरी आग्रह गरे पनि, तिनीहरू फर्कनेछैनन्। किन त्यस्तो भएको? वास्तवमा परमेश्‍वर यस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्न; उहाँ तिनीहरूलाई चाहनुहुन्न। त्यसका बारेमा मानिसले के गर्न सक्छ? यो नै मूलभूत कारण हो। तर मानिसहरूले परिस्थितिलाई स्पष्ट रूपमा देख्‍न नसक्दा, आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ, अनि आफूले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ। यी कामहरू पूरा गर्दा केकस्ता परिणामहरू प्राप्त हुन्छन् भन्‍ने कुराका हकमा भन्दा, तिनीहरू परमेश्‍वरका नेतृत्वमा भर पर्नैपर्छ। के तिमीहरूले मैले बताएका यी विवरणहरूबाट “परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ” भन्‍ने वाक्यांशका बारेमा केही बुझाइ प्राप्त गरेका छैनौ र? त्यसको एउटा पक्ष के हो भने, परमेश्‍वर दुष्ट आत्माहरूद्वारा दूषित भएका मानिसहरूलाई चाहनुहुन्न। परमेश्‍वरले तिनीहरूलाई नचाहनुको कारण के हो? यदि तैँले शैतानलाई छनौट गरेको छस् भने, परमेश्‍वरले कसरी तँलाई अझै चाहनुहुन्छ र? यदि तैँले शैतानलाई छनौट गरेको छस् भने, परमेश्‍वरले कसरी अझै पनि तँलाई कृपा देखाएर र तेरो हृदयलाई झकझकाएर तँलाई फर्काउन सक्नुहुन्छ र? के परमेश्‍वर त्यसो गर्न सक्नुहुन्छ? उहाँ एकदमै सक्‍नुहुन्छ, तर उहाँ यो काम नगर्ने निर्णय गर्नुहुन्छ किनभने उहाँको स्वभाव धर्मी छ, र उहाँ दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ।

पछिल्लोपटक, हाम्रो सङ्गति कसरी ख्रीष्टविरोधीहरूको दुष्ट सारको मुख्य प्रकटीकरण सबै सकारात्मक कुरा र सत्यताहरूप्रति तिनीहरूको शत्रुता र घृणा हो भन्‍ने कुरामा केन्द्रित थियो। आज म अर्को दृष्टिकोणबाट सङ्गति दिइरहेको छु, जुन सकारात्मक कुराहरूविपरीतका सबै कुरालाई ख्रीष्टविरोधीहरू प्रेम गर्छन् भन्‍ने हो। अनि त्यो के हो? (नकरात्मक कुराहरू।) हो, यी नकारात्मक कुराहरू अर्थात्, सत्यताविरुद्ध जाने, सत्यतासँग विरोधाभास हुने, र सहमत नहुने सबै कुरा हुन्। ख्रीष्टविरोधीहरूलाई सकारात्मक कुराहरू मन पर्दैन, त्यसकारण तिनीहरूलाई मन पर्ने कुरा अवश्य हुनुपर्छ, होइन र? अनि तिनीहरूलाई के मन पर्छ? तिनीहरूलाई चालबाजी र झूट, साथै युक्ति, षड्यन्त्र र चालहरू मन पर्छ। के खाली समयमा “छत्तीस युक्तिहरू” पढ्ने ख्रीष्टविरोधीहरू छन्? मलाई त्यस्तै लाग्छ। के तिमीहरूलाई मैले “छत्तीस युक्तिहरू” पढेको छु भन्‍ने लाग्छ? म पढ्दिनँ। म यसको अध्ययन गर्दिनँ। यसलाई पढेर के फाइदा हुन्छ? यो पढ्दा मलाई वाकवाकी लाग्छ र साह्रै झोँक चल्छ। “छत्तीस युक्तिहरू” पढिसकेपछि सामान्य मानिसहरूलाई कस्तो लाग्छ भन्‍ने तिमीहरूलाई लाग्छ? के यसले तिनीहरूलाई दुष्ट मानवजातिप्रति झनै घृणा गर्ने बनाउँदैन र? के तिनीहरूले यो अनुभूति गर्छन्? तिनीहरू जति पढ्छन्, तिनीहरूलाई त्यति नै घृणा लाग्छ। तिनीहरूलाई यो व्यक्ति अत्यन्तै खराब छ भन्‍ने लाग्छ! के हरेक साना कुरामा युक्तिहरू प्रयोग गर्नु, यति हदसम्‍म जानु, राती सुत्न वा दिनमा खान नसक्नु, र कसरी लडाइँ गर्ने भनी सोच्न आफ्नो दिमाग खियाउनु सार्थक हुन्छ? कतिपय ख्रीष्टविरोधीहरू आफ्नो खाली समयमा “छत्तीस युक्तिहरू” अध्ययन गर्न सक्छन्, अनि अर्को व्यक्ति र परमेश्‍वरसित आफ्नो बुद्धिको सिङ जुधाउन सक्छन्। तिनीहरूलाई झूट, चालबाजी, षड्यन्त्र, युक्ति, साथै चाल र रणनीतिहरू मन पर्छ—तर के तिनीहरूलाई परमेश्‍वरको निष्पक्षता र धार्मिकता मन पर्छ? निष्पक्षता र धार्मिकताको विपरीत शब्द के हो? (दुष्टता र कुरूपता।) दुष्टता र कुरूपता। तिनीहरूलाई कुरूप कुराहरू, दुष्ट र अनुचित सबै कुरा, न्यायोचित नभएका र अनुचित सबै कुरा मन पर्छ। उदाहरणका लागि, मानिसहरूले सत्यता पछ्याउनु न्यायोचित कार्य हो—ख्रीष्टविरोधीहरू यसलाई कसरी परिभाषित गर्छन्? तिनीहरू भन्छन्, “सत्यता पछ्याउनेहरू मूर्ख हुन्! यदि व्यक्तिले आफूलाई मन पर्ने तरिकाले जिउँदैन भने जीवन जिउनुको मूल्य के हो? मानिसहरू आफ्‍नै लागि जिउनुपर्छ, अनि सत्यता र न्यायका लागि जिउने मानिसहरू त, सबै मूर्ख हुन्!” तिनीहरूको दृष्टिकोण त्यही हो। त्यसोभए, के तिनीहरू न्यायसङ्गत काम गर्न सक्छन्? सक्दैनन्। के तिनीहरू मण्डलीका काममा बाधा र अवरोध ल्याउने कुराहरू मण्डलीमा उत्पन्न हुँदा खडा भएर बोल्न सक्छन्? तिनीहरू खडा नहुने मात्र होइनन्, तर गुप्तमा यस दुर्भाग्यमा रमाउँछन् र आनन्द लिन्छन्—तिनीहरू खराब बीउ हुन्। तिनीहरू कहिल्यै पनि परमेश्‍वरको घरको कामसँग सम्बन्धित मामलाहरूबारे चिन्तित हुँदैनन्, न त कहिल्यै परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्न खडा भएर केही नै गर्छन्। दुष्ट मानिसहरूले दुष्टता गरेको, र खराब मानिसहरूले मण्डलीमा अत्याचार गरेको देख्दा गुप्तमा खुसी मान्‍ने, र परमेश्‍वरको घरको मजाक उडाउने मानिसहरू—तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू दुष्ट व्यक्ति हुन्। त्यसोभए यी दुष्ट मानिसहरूलाई आश्रय दिन सक्‍ने अगुवाहरू कस्ता मानिस हुन्? तिनीहरू ख्रीष्टविरोधी हुन्। तिनीहरू आफ्ना हितहरूमा हानि हुन दिँदैनन्, तर मण्डलीका हितहरूमा हानि हुँदा केही जस्तो मान्दैनन्, र तिनीहरू पटक्‍कै दुःखित हुँदैनन्। तिनीहरू आफूले केही नगुमाएकामा भित्रभित्र खुसी पनि मान्छन्। ख्रीष्टविरोधीहरूको दुष्टपन यही हो।

हामीले ख्रीष्टविरोधीहरू कसरी सत्यताप्रति अरुचि राख्छन्, अधर्मी र दुष्ट कुराहरूलाई मन पराउँछन्, कसरी हित र आशिष्‌हरूको पछि लाग्छन्, आशिष्‌हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र इच्छा कहिल्यै त्याग्दैनन्, र सधैँ परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्छन् भन्‍ने बारेमा कुरा गऱ्यौँ। त्यसोभए, यस मामिलालाई कसरी चिन्‍नु र वर्गीकरण गर्नुपर्छ? यदि हामीले यसलाई अरू सबै कुराभन्दा नाफालाई अघि राख्नु हो भन्यौँ भने, त्यो अत्यन्तै नरमपन हुनेछ। यो त पावलले आफ्ना देहमा छेस्को छ, र उसले आफ्नो पाप प्रायश्‍चित गर्न काम गर्नुपर्छ भन्नु, तर अन्त्यमा अझै पनि धार्मिकताको मुकुट प्राप्त गर्न चाहनुजस्तै हो। यसको प्रकृति के हो? (उग्रपन।) यो एक प्रकारको उग्र स्वभाव हो। तर यसको प्रकृति के हो? (परमेश्‍वरसँग सौदा गर्नु।) त्यससँग यो प्रकृति हुन्छ। ऊ आफूले गर्ने सबै कुरामा नाफा खोज्थ्यो, र सबै कुरालाई लेनदेनका रूपमा लिन्थ्यो। गैरविश्‍वासीहरूमाझ एउटा भनाइ छ: “सित्तैँमा खाना पाइँदैन।” ख्रीष्टविरोधीहरूले पनि यस्तो तर्क राख्छन्, र सोच्छन्, “यदि मैले तपाईंका लागि काम गरेँ भने, बद्लामा तपाईं मलाई के दिनुहुन्छ? म केकस्ता फाइदाहरू प्राप्त गर्न सक्छु?” यो प्रकृतिलाई कसरी सारांशीकरण गर्नुपर्छ? यो त नाफाद्वारा प्रेरित हुनु, अरू सबै कुराभन्दा पहिले नाफालाई राख्‍नु, अनि स्वार्थी र घृणित हुनु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। तिनीहरू नाफा र आशिष्‌ प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्‍वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌ र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष्‌ प्राप्त गर्नका लागि होइन भने परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र त्यो आशिष्‌का लागि होइन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको भए पनि, ख्रीष्टविरोधीहरूले तीमध्ये कुनै पनि वचन स्वीकार गर्दैनन्, बरु तिनलाई विरोध र निन्दा गर्छन्। सत्यताप्रति तिनीहरूलाई अरुचि हुने र सत्यतालाई घृणा गर्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। यदि तिनीहरू परिवर्तन हुन सक्दैनन् भने, यसले केलाई जनाउँछ? यसले तिनीहरूको प्रकृति दुष्ट छ भन्‍ने कुरालाई जनाउँछ। यो सत्यता पछ्याउने वा नपछ्याउने कुरा मात्र होइन; यो दुष्ट स्वभाव हो, यो परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु र परमेश्‍वरको विरोध गर्नु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको साँचो रूप हो। ख्रीष्टविरोधीहरूले खुल्लमखुल्ला परमेश्‍वरविरुद्ध सोर मच्चाउनु र उहाँको विरोध गर्न सक्‍ने हुनाले, तिनीहरूको स्वभाव के हो? दुष्टता हो। किन म दुष्टता हो भनेर भन्छु? ख्रीष्टविरोधीहरू आशिष्‌ प्राप्त गर्न, अनि ख्याति, प्राप्ति, र हैसियतका लागि परमेश्‍वरको विरोध गर्ने र उहाँविरुद्ध सोर मच्चाउने आँट गर्छन्। तिनीहरू किन यसो गर्ने आँट गर्छन्? तिनीहरूका हृदयमा तिनीहरूलाई शासन गर्ने एउटा शक्ति, दुष्ट स्वभाव हुन्छ, त्यसकारण तिनीहरूले बेइमानीपूर्वक काम गर्न, परमेश्‍वरसँग तर्क गर्न, र उहाँविरुद्ध सोर मच्चाउन सक्छन्। परमेश्‍वरले तिनीहरूलाई मुकुट दिनेछैनँ भन्‍नुभन्दा पहिले, परमेश्‍वरले तिनीहरूको गन्तव्य खोस्नुभन्दा पहिले, तिनीहरूको दुष्ट स्वभाव तिनीहरूको हृदयबाट बाहिर निस्कन्छ, र तिनीहरू भन्छन्, “तपाईंले मलाई मुकुट र गन्तव्य दिनुभएन भने, म तेस्रो स्वर्गमा गएर तपाईंसँग तर्क गर्नेछु!” यदि तिनीहरूमा दुष्ट स्वभाव नभएको भए, तिनीहरूले त्यस्तो ऊर्जा कहाँ प्राप्त गर्नेथिए? के धेरैजसो मानिसले त्यस्तो ऊर्जा जुटाउन सक्छन्? किन ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्? किन तिनीहरू आशिष् पाउने आफ्नो इच्छालाई दृढतापूर्वक पक्रिरख्छन्? के यो फेरि पनि तिनीहरूको दुष्टपन होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई दिने प्रतिज्ञा गरेका आशिषहरू नै ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र इच्छा बनेका हुन्छन्। तिनीहरू ती कुरा प्राप्त गर्ने सङ्कल्प गर्छन्, तर परमेश्‍वरको मार्ग पछ्याउन चाहँदैनन्, र सत्यतालाई प्रेम गर्दैनन्। बरु, तिनीहरू आशिष्, इनाम, र मुकुटको पछि लाग्छन्। परमेश्‍वरले तिनीहरूलाई यी कुराहरू दिनेछैनँ भनेर भन्‍नुभन्दा पहिले नै, तिनीहरू परमेश्‍वरसँग लड्न चाहन्छन्। तिनीहरूको तर्क के हो? “यदि मैले आशिष् र इनाम प्राप्त गर्न सकिनँ भने, म तपाईंसँग तर्क गर्नेछु, म तपाईंलाई विरोध गर्नेछु, र तपाईं परमेश्‍वर हुनुहुन्न भनेर भन्‍नेछु!” के तिनीहरूले यस्ता कुराहरू बोलेर परमेश्‍वरलाई धम्की दिइरहेका हुँदैनन् र? के तिनीहरूले उहाँलाई हटाउने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गर्नेसमेत आँट गर्छन्। यदि परमेश्‍वरका कार्यहरू तिनीहरूको इच्छाअनुरूप भएनन् भने, तिनीहरू परमेश्‍वर सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नसमेत दुस्साहस गर्छन्। के यो शैतानको स्वभाव होइन र? के यो शैतानको दुष्टता होइन र? ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने तरिका र परमेश्‍वरप्रति शैतानको मनोवृत्तिबीच कुनै भिन्‍नता छ? यी दुई शैलीलाई पूर्ण रूपमा समान मान्‍न सकिन्छ। ख्रीष्टविरोधीहरू सबै थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकता स्वीकार गर्न मान्दैनन्, र तिनीहरू परमेश्‍वरको हातबाट आशिष्, इनाम, र मुकुटहरू खोस्न चाहन्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू के आधारमा यस्तो काम गर्न र ती कुराहरू खोस्न चाहन्छन्? तिनीहरू कसरी यस्तो ऊर्जा जुटाउन सक्छन्? यसको कारणलाई अहिले यसरी सारांशीकृत गर्न सकिन्छ: ख्रीष्टविरोधीहरूको दुष्टता यही हो। ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, तैपनि अझै आशिष् र मुकुट प्राप्त गर्न, र परमेश्‍वरको हातबाट यी इनामहरू खोस्न चाहन्छन्। के यो काल खोज्नु होइन र? के तिनीहरू आफूले काल खोजिरहेको छु भन्‍ने महसुस गर्छन्? (तिनीहरू त्यो महसुस गर्दैनन्।) तिनीहरूमा इनामहरू प्राप्त गर्नु असम्भव छ भन्‍ने अलिकति अनुभूति पनि हुन सक्छ, त्यसकारण तिनीहरू सुरुमा यस्तो अभिव्यक्ति दिन्छन्, “यदि मैले आशिष्‌हरू प्राप्त गर्न सकिनँ भने, म तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग तर्क गर्नेछु!” तिनीहरूले आशिष्‌ प्राप्त गर्नु असम्भव हुनेछ भन्‍ने कुरा पहिले नै जानेका हुन्छन्। आखिर, शैतानले धेरै वर्षदेखि परमेश्‍वरविरुद्ध आकाशमा सोर मच्चाउँदै आएको छ, र परमेश्‍वरले त्यसलाई के दिनुभएको छ? परमेश्‍वरले त्यसलाई यसो मात्रै भन्‍नुभएको छ, “काम सकिएपछि, म तँलाई अतल कुण्‍डमा फ्याँकिदिनेछु। तँ अतल कुण्डको होस्!” परमेश्‍वरले शैतानलाई गरेको एउटै मात्र “प्रतिज्ञा” यही हो। के त्यसले अझै पनि इनामको कामना गर्नु उद्दण्डता होइन र? यो दुष्टपन हो। ख्रीष्टविरोधीहरूको अन्तर्निहित सार परमेश्‍वरप्रति शत्रुता हो, र ख्रीष्टविरोधीहरू आफैलाई किन यस्तो हुन्छ भन्‍ने थाहा हुँदैन। तिनीहरूको हृदय आशिष् र मुकुट प्राप्त गर्नमा मात्रै केन्द्रित हुन्छ। जब कुनै कुरा सत्यता वा परमेश्‍वरसँग सम्बन्धित हुन्छ, तब तिनीहरूभित्र प्रतिरोध र रिस पैदा हुन्छ। यो दुष्टपन हो। सामान्य मानिसहरू सायद ख्रीष्टविरोधीहरूको भित्री भावना बुझ्न सक्दैनन्; ख्रीष्टविरोधीहरूका लागि त्यो निकै गाह्रो हुन्छ। ख्रीष्टविरोधीहरूमा यस्ता ठूला महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तिनीहरू आफूभित्र यस्तो ठूलो दुष्ट ऊर्जा पाल्छन्, र आशिष्‌हरू पाउने यस्तो ठूलो इच्छा हुन्छ। तिनीहरूलाई इच्छाले जलेका भन्न सकिन्छ। तर परमेश्‍वरको घरले निरन्तर सत्यतामा सङ्गति गर्छ—तिनीहरूलाई यो कुरा सुन्न निकै पीडादायी र गाह्रो भएको हुनुपर्छ। तिनीहरू आफूलाई अन्याय गर्छन् र त्यो सहन धेरै नाटक गर्छन्। के यो एक प्रकारको दुष्ट ऊर्जा होइन र? यदि साधारण मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूलाई मण्डली जीवन अरोचक लाग्छ र त्यसप्रति घृणासमेत लाग्छ। तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढ्दा र सत्यतामा सङ्गति गर्दा आनन्दभन्दा बढी कष्टजस्तो लाग्छ। त्यसोभए, ख्रीष्टविरोधीहरू त्यो कसरी सहन सक्छन्? कसरी सक्छन् भने, आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्छा यति ठूलो हुन्छ कि जसले तिनीहरूलाई आफूलाई अन्याय गर्न र मन नलागी-नलागी त्यो सहन बाध्य पार्छ। त्यसबाहेक, तिनीहरू शैतानको नोकरका रूपमा काम गर्न परमेश्‍वरका घरमा घुस्छन्, र मण्डलीका काममा अवरोध र बाधाहरू ल्याउन आफूलाई समर्पित गर्छन्। तिनीहरू यो आफ्नो मिसन हो भन्‍ने विश्‍वास गर्छन्, र परमेश्‍वरलाई विरोध गर्ने आफ्नो काम पूरा नगरेसम्म, तिनीहरूलाई ढुक्क हुँदैन र आफूले शैतानलाई निराश तुल्याएको छु भन्ने लाग्छ। यो ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गर्छ।

ख्रीष्टविरोधीहरूमा हैसियतप्रति स्पष्ट रुचि हुन्छ, र सबैलाई यो कुरा थाहा छ। तिनीहरूलाई कुन हदसम्म हैसियत मन पर्छ? यसका प्रकटीकरणहरू केके हुन्? सर्वप्रथम, तिनीहरू माथि उक्लने कुनै पनि अवसर छोप्छन्, चाहे त्यो कृपापात्र बनेर होस् वा चलाकी शैलीहरू प्रयोग गरेर होस्, वा मानिसहरूको हृदय जित्न असल कुराहरू गरेर होस्। जे भए पनि, जब माथि उक्लने मौका हुन्छ, तब तिनीहरू त्यो मौका छोप्छन्। तिनीहरूले हैसियत प्राप्त गरेपछि, त्यसलाई पहिलेको भन्दा अझै बढी प्यारो ठान्छन्। जब सामान्य मानिसहरूले हैसियत प्राप्त गर्छन्, तब तिनीहरूमा लज्जाबोध हुन्छ र तिनीहरू आफूलाई अलि नियन्त्रण गर्छन्। त्यसबाहेक, परमेश्‍वरका घरमा अगुवा वा सेवकको पद त कर्तव्य हो। यो हैसियत वा आधिकारिक पद्वी होइन, तर कर्तव्य हो। कहिलेकहीँ यी सामान्य मानिसहरूले अब आधिकारिक पदमा छु भन्‍ने सोच्दै धाक लगाएर आफ्नो भ्रष्ट स्वभाव अलिकति प्रकट गर्न सक्छन्। कहिलेकहीँ यस्तो व्यवहार गर्नु सामान्य मानिसहरूलाई अलि स्वीकार्य लाग्छ, तर तिनीहरूले नियमित रूपमा यस्तो गरे भने, तिनीहरूलाई आफूप्रति घृणा लाग्‍नेछ र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले देख्‍नेछन् भन्‍ने डर हुन्छ। तिनीहरूमा मर्यादा र लाजको बोध हुन्छ, त्यसकारण तिनीहरू आफूलाई अलि नियन्त्रण गर्छन्। तिनीहरूले सत्यता बुझेपछि, क्रमिक रूपमा हैसियतलाई त्यति महत्त्व दिँदैनन्। यसले कस्तो सकारात्मक प्रभाव पार्नेछ, र केकस्ता असल परिणामहरू ल्याउनेछ? यसले तिनीहरूलाई मनोशान्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सहयोग गर्नेछ। तिनीहरूले आफ्नो वर्तमान भूमिका जेसुकै भए पनि, यसलाई कर्तव्य ठान्नेछन्। तिनीहरू नेतृत्व गर्न चुनिएका हुनाले, अनि मानिसका लागि नेतृत्व बोझ र कर्तव्य पनि भएको हुनाले, तिनीहरूले सुरुमा केकस्ता कुराहरू यस कर्तव्यका दायरामा पर्छन् भनेर बुझ्नुपर्छ। तैँले आफू नेतृत्वका भूमिकामा, निश्‍चित मामलाहरूको चिन्ता लिनु पर्दैन, र तँमा साँच्‍चै कुनै बोझ हुँदैन। तर जब तँ नेतृत्वको भूमिका लिन्छस्, तब तैँले आफ्नो काम कसरी राम्ररी पूरा गर्ने, र परमेश्‍वरको घरका सिद्धान्तहरू र कार्य बन्दोबस्तहरूअनुसार आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भन्‍ने कुरा पत्ता लगाउनुपर्छ। सत्यता पछ्याउनेहरूले यसरी सकारात्मक दिशामा प्रगति गर्न सक्छन्। त्यसोभए, ख्रीष्टविरोधीहरू र सत्यता पछ्याउनेहरूले हैसियतलाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा तिनीहरूबीच के भिन्‍नता छ? ख्रीष्टविरोधीहरू आफ्नो हैसियतप्रति तीव्र इच्छा राख्छन्, त्यसलाई पछ्याउने, कदर गर्ने, र व्यवस्थापन गर्ने गर्छन्। तिनीहरू हरेक मोडमा आफ्नो हैसियतबारे सोच्छन्। हैसियत तिनीहरूको जीवनरस जस्तै हुन्छ। यदि अरूले तिनीहरूलाई आदर गर्दैनन्, वा यदि तिनीहरूले गल्तीले केही भने र अरूले तिनीहरूलाई तुच्छ ठाने, र तिनीहरूले अरूका हृदयमा आफ्नो स्थान गुमाए भने, तिनीहरूलाई आफ्नो हैसियतबारे निरन्तर चिन्ता लाग्छ, र तिनीहरू आफ्‍नो व्यवहार गर्ने र बोल्ने तरिकामा अत्यन्तै सतर्क बन्छन्। तैँले सत्यता पछ्याइबारे जसरी सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न सक्‍ने एउटै कुरा के हो? “मैले यो ‘पद’ को जिम्मेवारी कसरी राम्ररी पूरा गर्न सक्छु र अधिकारीको जस्तो व्यवहार गर्न सक्छु?” यसका निश्‍चित प्रकटीकरणहरू छन्। उदाहरणका लागि, जब मण्डली अगुवाले २० जनाभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूसँग समूह फोटो खिच्छ, तब मर्यादा र लज्जाबोध भएको व्यक्तिले कहाँ बस्‍ने निर्णय गर्छ? उसले बस्‍नका लागि छेउको ठाउँ खोज्छ। ख्रीष्टविरोधीहरू सामान्यतया कहाँ बस्छन्? (बीचमा।) तिनीहरू बीचमा बसून् भन्‍ने सबैको चाहना हो कि तिनीहरूको व्यक्तिगत इच्छा हो? (यो तिनीहरूको व्यक्तिगत इच्छा हो।) कहिलेकहीँ, अरू सबैले तिनीहरूका लागि बीचमा ठाउँ छोडेर, तिनीहरूलाई बीचमा बस्न बाध्य पार्छन्, र तिनीहरूलाई हृदयमा अत्यन्तै खुसी लाग्छ, “हेर त मैले सबैको कति धेरै साथ पाएको छु! म यहाँ बस्नैपर्छ। यसबाट मैले सबैको हृदयमा स्थान पाएको छु भन्‍ने कुरा देख्‍न सक्छु। तिनीहरूलाई म नभई हुँदैन!” तिनीहरूलाई निकै खुसी र सन्तुष्टी महसुस हुन्छ। यदि सबैले तिनीहरूका लागि बीचमा ठाउँ छोडेको तिनीहरूलाई मन नपरेको भए, किन पो तिनीहरू किन त्यहाँ गएर बस्नेथिए र? तिनीहरूलाई त्यो निश्‍चित क्षणमा आफ्नो पद र त्यसले दिने अनुभूतिमा एकदमै आनन्द लाग्छ भन्‍ने कुरा स्पष्टै छ। तिनीहरू साँच्‍चै नै त्यो क्षणको अनुभूति चाहन्छन् र त्यसलाई बहुमूल्य ठान्छन्, त्यसैले तिनीहरू त्यो पद इन्कार गर्दैनन्। यो अगुवा अरू दर्जनौँ मानिसहरूका बीचमा बस्छ, र उसले आफूलाई अलग्गै देखाउन कुशनसमेत प्रयोग गर्छ। ऊ सोच्छ, “अरू जतिकै अग्लो भएर हुँदैन। यसले कसरी अगुवाका रूपमा मेरो भिन्‍नतालाई देखाउन सक्छ र? मैले आफूलाई अलिक माथि उठाउनुपर्छ, म बीचमा बस्नुपर्छ, त्यसपछि म स्पष्टसँग देखिनेछु। बस्‍नका लागि सही ठाउँ चिन्‍नु भनेको यही हो। जब मानिसहरूले फोटो हेर्छन्, तब तिनीहरूले देख्‍ने पहिलो व्यक्ति म नै हुनेछु। तिनीहरूले भन्‍नेछन्, ‘उहाँ हाम्रो फलानो अगुवा हुनुहुन्छ।’ कति गौरवमय! यो फोटो धेरै वर्षसम्म रहनेछ। यदि मानिसहरूले मलाई देख्‍न सकेनन्, र बिस्तारै मेरा बारेमा बिर्से भने, म अगुवा बन्‍नुको के अर्थ हुन्छ र?” यसरी तिनीहरू आफ्नो हैसियतलाई उच्च महत्त्व दिन्छन्।

एकपटक, मैले त्यहाँको अवस्थाबारे जान्‍नका लागि एउटा मण्डलीका कतिपय मानिसहरूलाई भेटेँ। तिनीहरूले भिडियो खोलेपछि, तिनीहरू सबै क्यामेराको अगाडि बसे, र बीचमा ठाउँ छोडे। मैले कुरा बुझिनँ अनि क्यामेराको फ्रेम त्यति ठूलो नभएकाले र आधा अनुहार देखिने भएकाले अनौठो देखिने कारण तिनीहरू बीचतिर सरेर नजिक बस्‍नुपर्छ भनेर सुझाव दिएँ। त्यसपछि, तिनीहरू बीचतिर अलि सरे, तर अझै बीचमा खाली ठाउँ छोडे। मैले मनमनै सोचेँ, “किन बीचमा कोही पनि बस्दैन? मानौँ त्यहाँ कुनै पवित्र बुद्धमूर्ति छ—किन कसैले त्यहाँ जाने आँट गर्दैन?” त्यसपछि, पवित्र “बुद्ध” जस्तै देखिने एक जना मोटोघाटो ज्यान भएको निकै मोटो मानिस बीचमा आएर ढसक्‍क बस्यो। बीचको बस्‍ने ठाउँ त उसका लागि पो राखिएको रहेछ। के तिमीहरू यो व्यक्ति को थियो भन्‍ने अनुमान गर्न सक्छौ? (अगुवा।) ठिक भन्यौ, ऊ ठ्याक्‍कै बीचमा बस्यो। त्यो हैसियतको प्रतीक हो। बुद्धजस्तो देखिने यो दियाबलस आएर त्यहाँ बसेपछि, उसले स्वाभाविक रूपमा नै त्यो स्थान ओगट्यो, मानौँ यो उसको अधिकारको स्थान हो। तिनीहरू सबै जना उसलाई अत्यन्तै “बुझेको” जस्तो गरी, विशेष रुचिका साथ उसलाई हेर्दै दुवैतिर बस्न पाउँदा अझ खुसी थिए। मलाई तिनीहरू त यसो भन्दै चापलुसी गर्ने मानिसहरूको झुन्ड हुन् जस्तो लाग्यो “अहो, तपाईं बल्ल आइपुग्‍नुभयो। हामीले तपाईंलाई पर्खेको धेरै भयो।” मैले बोल्दै गर्दा, कसैले पनि मेरो कुरा सुनिरहेका थिएनन्; तिनीहरूले अगुवाको प्रतीक्षा गरिरहेका थिए। यो “पवित्र बुद्ध” पहिले आउनुपर्थ्यो। यदि ऊ आएन भने, म बोलिरहन सक्दिनथिएँ। ऊ कसरी त्यहाँ बस्‍न, र त्यति स्वाभाविक रूपमा बस्‍न सक्यो? के यस कुरासँग उसको सामान्य रुचि, प्राथमिकता, र पछ्याइहरूको कुनै सम्बन्ध छ? (छ।) यी मानिसहरूले सामान्यतया कस्तो दृश्य प्रस्तुत गर्छन्? आफ्नो कल्पना प्रयोग गरेर त्यसबारे सोच। जब यस अगुवाले भेला आयोजना गर्छ वा ऊ मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका कोठामा प्रवेश गर्छ, तब तिनीहरूले उसलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू उसलाई पुर्खा वा बुद्धलाई जस्तै व्यवहार गर्छन्: तिनीहरू तुरुन्तै उसलाई बस्ने आसन दिन्छ, र मुख्य आसन उसका लागि नै राखिएको हुनुपर्छ। यदि तिनीहरूले उसका लागि त्यो आसन नराखेका भए के त्यो ठिक हुनेथियो? त्यस बेला मैले क्यामेरामा देखेको घटनाका आधारमा भन्दा, तिनीहरूले उसलाई मुख्य आसन नराखेका भए त्यो ठिक हुनेथिएन—त्यो नियम, अलिखित नियम बनेको थियो। जब “बुद्ध” आउँछ, तब उसलाई तुरुन्तै मुख्य आसन दिनैपर्छ। यदि “बुद्ध” छैन भने, मुख्य आसन खाली नै रहनुपर्छ। हैसियत भनेको त्यही हो। के तिमीहरूमध्ये कसैले यस्तो व्यवहार गर्छौ, र हैसियतलाई अरू सबै कुराभन्दा उच्च ठान्छौ? मैले भर्खरै व्याख्या गरेको दृश्यबाट तिमीहरू के देख्‍न सक्छौ? फरक-फरक मानिसहरूले हैसियतलाई फरक-फरक रूपमा लिन्छन्। सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो हैसियतलाई कर्तव्य ठान्छन्, आफ्ना हृदयमा परमेश्‍वरको आज्ञालाई बहुमूल्य ठान्छन्। तिनीहरू आफ्नो कर्तव्य स्वीकार गर्छन् तर आफ्नो हैसियतको दाबी गर्दैनन्। कतिपय मानिसहरू हैसियतलाई बोझका रूपमा हेर्छन्, र त्यो तिनीहरूलाई दबाब दिने, बन्धनमा पार्ने, र समस्यामा समेत पार्ने थप बोझ हो भन्‍ने लाग्छ। तैपनि, हैसियतको पूजा गर्नेहरूले हैसियतलाई अधिकारी बन्‍नु ठान्छन्, र सधैँ यसका फाइदाहरूमा आनन्द लिन्छन्। तिनीहरू हैसियतविना जिउन सक्दैनन्। तिनीहरूले यो प्राप्त गरेपछि, तिनीहरू यसका लागि आफ्नो जीवन र आत्म-सम्मानलगायत सबै कुरा त्याग्‍न इच्छुक हुन्छन्—तिनीहरू यसका लागि आफ्नो शरीरसमेत बेच्न इच्छुक हुन्छन्। के यो दुष्टपन होइन र? (हो।) यसलाई दुष्टपन भनिन्छ। तिनीहरूका नजरमा हैसियत के हो? यो माथि उठ्ने बाटो र माध्यम, अनि मानिसहरूबीच रहेको आफ्नो पहिचान, गन्तव्य, र स्तर परिवर्तन गर्ने विधि हो। त्यसकारण, तिनीहरू हैसियतलाई अत्यन्तै महत्त्व दिन्छन्। तिनीहरूले यो प्राप्त गरेपछि, र मानिसहरूले तिनीहरूको कुरा सुनेपछि, तिनीहरूको आज्ञापालन गरेपछि, तिनीहरूमा लिप्त भएपछि, र सबै कुरामा आफूलाई कृपापात्र बनाएपछि, तिनीहरूले यी सबै कुरालाई घृणा गर्नुको सट्टा, यसमा चरम आनन्द लिन्छन्। बीचको आसन लिने अगुवाले जस्तै—उसको हाउभाउ अत्यन्तै ढुक्क र सहज थियो, र यसप्रति उसलाई अत्यन्तै खुसी र आनन्दको अनुभूति थियो। के यो दुष्टता होइन र? यदि कुनै व्यक्तिले श्रेष्ठताका सबै भावना र हैसियतले ल्याउने सबै फाइदाको विशेष रूपमा आनन्द लिन्छ, र यी कुराहरूलाई विशेष रूपमा पछ्याउँछ र मूल्यवान् ठान्छ, ती त्याग्‍न चाहँदैनन् भने, त्यो व्यक्ति अत्यन्तै दुष्ट हो। म किन ऊ अत्यन्तै दुष्ट हो भनेर भन्छु? हैसियत भएका मानिसहरूलाई चापलुसी गर्ने, तिनीहरूसँग मिठो बोल्ने, र तारिफ गर्नेहरूका हकमा भन्दा, तिनीहरूले के भनिरहेका हुन्छन्? तिनीहरूले झूटा शब्दहरू, लाजमर्दा शब्दहरू, दिक्कलाग्दो र वाकवाकी लाग्ने शब्दहरू, र चलाकीका शब्दहरू, र सुन्दा अपमानजनक लाग्‍ने केही कुराहरूसमेत बोलिरहेका हुन्छन्। उदाहरणका लागि, मानौँ हैसियत भएको व्यक्तिको छोरो निकै कुरूप छ, उसको अनुहार चुच्चो छ र गाला बाँदरको जस्तो छ—के ती चापलुसी गर्नेहरूले उसलाई कुरूप भन्छन्? तिनीहरूले के भन्छन्? (ऊ एकदमै सुन्दर छ।) के तिनीहरूले “ऊ एकदमै सुन्दर छ” भनेर भन्‍नु मात्रै पर्याप्त हुन्छ? तिनीहरूले यस्तो दिक्कलाग्दो कुरा भन्‍नुपर्छ, जस्तै, “उसको निधार ठूलो छ र चिउँडो चौडा र गोलाकार छ। उसले भविष्यमा धनी हुने र उच्च हैसियत पाउने व्यक्तिको अनुहार पाएको छ!” वास्तविकता त्यस्तो होइन भन्‍ने कुरा स्पष्ट भए पनि, तिनीहरू अझै पनि यी झूट खुल्लमखुल्ला बोल्ने आँट गर्छन्। जब त्यस अधिकारीले यो कुरा सुन्छ, तब ऊ हर्षित हुन्छ, र उसलाई यी कुराहरू सुन्न मन पर्छ—उसलाई ती कुरा सुन्दा आनन्द हुन्छ। उसलाई ती कुरा सुन्न कति मन पर्छ? यदि कसैले पनि उसको अगाडि यी ढोँगी शब्दहरू, चापलुसी शब्दहरू, र चलाकीका शब्दहरू नबोलेका भए, यदि कसैले पनि उसलाई खुसी र प्रसन्‍न पार्न झूटा र घृणित शब्दहरू नबोलेका भए, उसलाई जीवन अरोचक लाग्‍नेथियो। के यो दुष्टता होइन र? (हो।) यो अत्यन्तै दुष्ट कुरा हो। तिनीहरूले आफूसँग झूट बोल्नु आफैमा एकदमै वाकवाकी लाग्ने कुरा हो, तर तिनीहरूलाई अरू झूटा मानिसहरूलाई पनि फोहोरी झिँगाका समूहजस्तो आफ्‍नो वरिपरि घुम्न लगाउँदा आनन्द लाग्छ, र तिनीहरू यसो गर्नदेखि कहिल्यै थकित हुँदैनन्। तिनीहरू शब्दहरू चलाउन जान्‍ने, चापलुसी गर्न र कृपापात्र बन्न सिपालु, अनि घुमाउरो शैलीमा बोल्‍ने जोकोहीलाई प्रेम गर्छन्—तिनीहरू यी मानिसहरूलाई नजिक राख्छन् र महत्त्वपूर्ण पदहरूमा राख्छन्। के त्यस्ता अगुवाहरू खतरामा हुँदैनन् र? तिनीहरू कस्तो काम गर्न सक्छन्? के मण्डली तिनीहरूका नियन्त्रणमा पऱ्यो भने खतम हुनेछैन र? के यसमा अझै पनि पवित्र आत्माको काम हुन सक्छ?

कतिपय अगुवाहरूलाई खान खूबै मन पर्छ भन्‍ने सुनेको छु। जब तिनीहरू खाना पकाउन त्यति नजान्ने र राम्रो खाना नबनाउने दाजुभाइ-दिदीबहिनीहरूसँग बस्थे, तब तिनीहरूले तिनीहरूलाई चापलुसी गर्ने र चिप्लो घसेर बोल्‍ने, अनि हरेक दिन विशेष रूपमा तिनीहरूका लागि स्वादिष्ट खाना तयार गर्ने घरधनी खोज्थे। हरेक दिन, अगुवाहरूले यसो भन्दै मन तृप्त हुने गरी खाने र पिउने गर्थे, “परमेश्‍वरलाई धन्यवाद होस्, हामी हरेक दिन परमेश्‍वरका भोजमा रमाउन पाउँछौं। यो त साँच्‍चै परमेश्‍वरको अनुग्रह हो!” त्यस्ता मानिसहरू खतरामा हुन्छन्। तिनीहरू अझै ख्रीष्टविरोधी बनिन सकेका भए पनि, तिनीहरूको व्यवहारले तिनीहरूमा ख्रीष्टविरोधी प्रकृति सार र दुष्ट स्वभाव छ, अनि तिनीहरू अहिले ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेका छन् भन्‍ने कुरा खुलासा गरिसकेको हुन्छ। तिनीहरू ख्रीष्टविरोधी बन्‍न सक्छन् कि सक्दैनन्, वा तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भन्‍ने कुरा तिनीहरूले छनौट गर्ने भावी मार्गमा निर्भर हुन्छ। तिनीहरू अहिले ख्रीष्टविरोधीका मार्गमा हिँडिरहेका छन् र तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधी सारसँग मिल्छ भन्‍ने कुरा निकै स्पष्ट छ, किनभने तिनीहरूलाई नकारात्मक कुराहरू मन पर्छ र सकारात्मक कुराहरू मन पर्दैन। तिनीहरू सकारात्मक कुराहरूलाई घृणा गर्छन्, हृदयमा तिनलाई निन्दा र इन्कार गर्छन्। तिनीहरूले के कुरा स्वीकार गर्छन्? छलकपट, झूट, र नकारात्मक कुराहरूसँग सम्बन्धित सबै कुरा। जब म कुनै ठाउँमा पुग्छु, तब कतिपय मानिस यसो भन्छन्: “तपाईं सन्चो देखिनुहुन्न; केही समय आराम गर्नुहोस्।” मलाई सन्चो छ कि छैन र मैले कहिले आराम गर्नुपर्छ, यी कुराहरू म आफै जान्दछु। तैँले चलाख बन्ने नाटक गर्नु पर्दैन, र तैँले आफू कति चलाख छु भनेर देखाउनु पर्दैन। म यस्तो कुरा स्वीकार गर्दिनँ; मलाई यस्तो कुरा घृणित लाग्छ। मलाई कस्ता मानिसहरू मन पर्छ? कुनै कुरा आइपर्दा तुरुन्तै सङ्गति गर्न सक्ने र मेरो सामु आफ्नो विचार बताउन सक्‍ने मानिसहरू मन पर्छ। म तँसँग तेरा कठिनाइहरू समाधान गर्न सङ्गति गर्छु, र तँ मसँग नजिक हुन सक्छस्। आफूलाई कृपापात्र बनाउने र मलाई खुसी पार्न प्रयास गर्ने बारे चिन्ता नगर्—त्यो अत्यन्तै घृणित कुरा हो! यस्ता मानिसहरू मबाट टाढा बस्नुपर्छ, किनभने म तिनीहरूलाई घृणास्पद ठान्छु। म तँलाई झिजोलाग्दो झिँगो वा कीराका वर्गमा राख्छु। टाढा बस्! कतिपय मानिसहरूले भन्छन्, “के तपाईंलाई आफ्ना साथमा तपाईंको सेवा गर्ने कोही चाहिँदैन?” तेरो दृष्टिकोणमा, मेरो पहिचान र हैसियतअनुसार मिल्‍ने व्यवहार र सेवा हुनुपर्छ। तर मलाई त्यसको आवश्यकता छैन। तैँले यी कुराहरू पटक्कै गर्नु हुँदैन, बुझिस्? मलाई यी कुराहरूप्रति घृणा र तिरस्कार लाग्छ। यदि तँमा साँच्‍चै मलाई ख्याल गर्ने र मेरो वास्ता गर्ने हृदय छ भने, त्यसो गर्ने धेरै उचित तरिकाहरू छन्। उदाहरणका लागि, यदि मैले तँलाई कुनै काम गर्न लगाएँ भने, तँ आज्ञाकारी भएर त्यो गर्छस्, र जब तँलाई कठिनाइहरू आइपर्छन्, तब तँ तुरुन्तै तीबारे मसँग छलफल गर्न सक्छस्। तैपनि, तैँले जे गरे पनि, गैरविश्‍वासीहरूले पदवाला मानिसहरूलाई खूबै चिप्लो घसेर चापलुसी गर्ने तरिका अनुकरण नगर्—मलाई ती कुराहरू सुन्न मन पर्दैन। म स्पष्ट रूपमा नै अग्लो छैनँ, तैपनि तँ यसो भन्दै जिद्दी गर्छस्, “तपाईं अग्लो हुनुहुन्न होला, तर हामीभन्दा त अग्लो हुनुहुन्छ।” मलाई त्यस्तो कुरा सुन्‍न मन पर्दैन, त्यसकारण तैँले जे गरे पनि, मलाई त्यो नभन्; तैँले त्यो गलत व्यक्तिलाई भनिरहेको छस्। ख्रीष्टविरोधीहरूलाई यस्ता शब्दहरू सुन्न मन पर्छ। उदाहरणका लागि, तिनीहरू आफूमुनिका दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्छन्: “के म मोटो देखिन्छु?” अनि कतिपय मानिस भन्छन्: “तपाईं मोटो भए पनि, हामीभन्दा राम्रो देखिनुहुन्छ।” “त्यसोभए के म पातलो छु त?” “तपाईं पातलो भए पनि, सुन्दर देखिनुहुन्छ। जुनसुकै हिसाबले पनि, तपाईं फेसन मोडलजस्तै हुनुहुन्छ; तपाईंलाई सबै कुराले सुहाउँछ।” यो सुन्दा ख्रीष्टविरोधीहरू, खुसी हुन्छन् अनि तँलाई आफ्नो सहकर्मी र सहयोगी ठान्छन्। ख्रीष्टविरोधीहरूलाई मन पर्ने यी सबै कुरा घृणित र दुष्ट छन्—नत्र अरू कसले तिनीहरूलाई कसरी दुष्ट भन्‍न सक्छ? के ख्रीष्टविरोधीहरू विवेक, समझ, लाज, र मर्यादाजस्ता सामान्य मानवताका तत्वहरू, साथै सामान्य मानवताका अरू कुराहरू लगायत असल र खराब, कालो र सेतो, र सही र गलत बीचको भिन्‍नतालाई प्रेम गर्छन्? के ख्रीष्टविरोधीहरू लाज भएका मानिसहरूलाई प्रेम गर्छन्? के तिनीहरू मर्यादा भएका मानिसहरूलाई प्रेम गर्छन्? तिनीहरू लाजमर्दो भई कुनै आत्म-चेतनाविना र लाज नमानी साह्रै चिप्लो बोल्न सक्‍ने मानिसहरूलाई प्रेम गर्छन्। के तिनीहरूमा लाजको कमी हुँदैन र? तेरा शब्दहरू जति चिप्लो हुन्छन्, तिनीहरू त्यति नै खुसी हुन्छन्। ख्रीष्टविरोधीहरूको रुचि र विभिन्‍न कुराप्रति तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूका छनौट र झुकावलाई हेर्दा, तिनीहरूको दुष्टताको कुनै सीमा छैन भन्‍ने स्पष्ट छ। सत्यता बुझ्नेहरूको कुरै नगर्—समाजमा अलिकति पनि न्यायबोध भएका मानिसहरूले समेत त्यस्तो व्यवहारलाई मन पराउँदैनन्। हेर् त, आधिकारिक वृत्तका कतिपय मानिस पदवाला मानिसहरूको कृपापात्र बन्न मरिहत्ते गर्छन्। तिनीहरू पदमा रहेका मानिसहरूलाई जे चाहिन्छ त्यही दिन्छन्, यहाँसम्म कि आफ्नी श्रीमतीसमेत दिन्छन्—के तिनीहरूमा मर्यादा हुँदैन? (हुन्छ।) त्यसबाहेक, कतिपय अधिकारी समलिङ्गी सम्बन्धमा संलग्‍न हुन्छन्, र कतिपय मानिस व्यक्तिगत रूपमा नचाहेर पनि यी अधिकारीहरू तिनीहरूसँग समलिङ्गी सम्बन्ध राख्न नजिकिँदा सो सम्बन्ध राख्छन्। के तिमीहरू त्यस्ता कुराहरू गर्न सक्छौ? (अहँ, सक्दैनौँ।) तर तिनीहरू गर्न सक्छन्। तिनीहरूमा न्यूनतम नैतिकता, लाज, विवेक, समझ हुँदैन—त्यसैले तिनीहरू यी कुराहरू गर्छन्। यदि तँलाई तिनीहरूले भन्ने कुराहरू नाटकमा हरफका रूपमा प्रस्तुत गर्न लगाइएको भए पनि, तैँले ती भन्‍न सक्दैनथिइस्; यी मानिसहरूले मञ्चमा प्रस्तुति दिनेहरूले भन्दा पनि बढी चिप्लो घसिरहेका हुन्छन्। मैले मञ्चमा प्रस्तुति दिनेहरू भनेर के भन्‍न खोजेको हुँ? मैले सर्वाङ्ग नाङ्गो अवस्थामा देखिँदा वा भेटिँदा केही फरक नपर्ने र अलिकति पनि धक नमान्ने मानिसहरू भन्न खोजेको हुँ। त्यस्ता मानिसहरूलाई मञ्चमा प्रस्तुति दिनेहरू भनिन्छ। त्यसकारण, यी चापलुसहरू तिनीहरूको दिक्कलाग्दो र घृणित शब्दहरू अनि दुष्ट कुराहरूप्रतिको रुचिले गर्दा मञ्चमा प्रस्तुति दिनेहरूभन्दा पनि खराब हुन्छन्। मञ्चमा प्रस्तुति दिनेहरूले आफ्नो शरीर मात्रै बेच्छन्, तर ख्रीष्टविरोधीहरू भनेर चिनिने दुष्ट मानिसहरूको यो गुटले के बेच्छ? तिनीहरूले आफ्नो प्राण बेच्छन्। तिनीहरू छुटकारा पाउन नसक्‍ने भूत हुन्। त्यसकारण यी मानिसहरूलाई सत्यता बताउनु सुँगुरको अघि मोती फाल्‍नुजस्तै हो—तिनीहरूले सत्यतालाई प्रेम गर्नु असम्भव छ। तिनीहरू हैसियतलाई यसरी लिन्छन्, र यसबाट प्राप्त हुने श्रेष्ठताका विभिन्‍न अनुभूति र अरू राम्रा अनुभूतिहरूको आनन्द लिन्छन्। यो आनन्दबाट प्राप्त हुने विभिन्‍न अनुभूति केके हुन्? ती सकारात्मक कुरा हुन् कि नकारात्मक? यी सबै नकारात्मक कुरा हुन्। जब तिनीहरूले हैसियत प्राप्त गर्छन्, तब तिनीहरू मानिसहरूले तिनीहरूलाई चापलुसी गर्ने, तिनीहरूको सेवा गर्ने, र तिनीहरूको हितलाई ख्याल गर्ने अपेक्षा गर्छन्। तिनीहरू विशेष व्यवहार गरिएको पनि चाहन्छन्—तिनीहरूको खानेकुरा, बस्‍ने ठाउँ, र तिनीहरूले प्रयोग गर्ने कुराहरू सबै विशेष हुनैपर्छ, र तिनीहरू सबै कुरामा अरूभन्दा फरक हुनैपर्छ। के तेरो त्यो भौतिक शरीर अरूको भन्दा साँच्‍चै फरक छ? ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गरेपछि, आफूलाई कुलिन र असाधारण ठान्छन्, मानौँ पृथ्वीमा अबदेखि तिनीहरू अटाउने कुनै ठाउँ छैन—तिनीहरू “गुलाबका खाटमै” बस्नुपर्छ र मानिसहरूले तिनीहरूलाई भेटी चढाउनैपर्छ। के कुरा त्यही होइन र? मलाई भन् त, के यी कुराहरू सामान्य मानिसहरूले सामान्यतया राख्ने विचार हुन्? सामान्य मानिसहरूसँग हैसियत भए पनि नभए पनि, यसका लागि निश्‍चित आकाङ्क्षा र चाहना होला, तर तिनीहरूमा अहिले तिनीहरूले केही सत्यता बुझेको बाहेक लाज, विवेक, र समझ भएको हुनाले, हैसियतप्रति तिनीहरूको मोह घट्छ र हराउँछ। त्यसबाहेक, तिनीहरू हैसियतसँग आउने फाइदाहरूलाई त्यति महत्त्व दिँदैनन्, र यदि तिनीहरूले यसले ल्याउने फाइदाहरू महत्त्वपूर्ण छैन भन्‍ने देख्न सकेमा, तिनीहरू अरूको चापलुसी र मीठो बोली, धूर्तता र अरू यस्ता व्यवहारहरूलाई घृणा गर्छन्, र यस्ता कुराहरूबाट टाढा बस्‍न वा तिनलाई पिठ्यूँ फर्काउन र त्याग्‍नसमेत सक्छन्। तर के ख्रीष्टविरोधीहरूले यी कुराहरू त्याग्‍न वा छोड्न सक्छन्? बिलकुलै सक्दैनन्। यदि तैँले तिनीहरूलाई यी कुराहरू त्याग्‍न लगाइस् भने, त्यो त तिनीहरूको जीवन मागिरहेको जस्तै हुन्छ। नत्र, कतिपय मानिसले आफ्नो हैसियत गुमाउनेबित्तिकै किन यसो भन्छन्, “म अबदेखि विश्‍वास गर्दिनँ, म जिउन सक्दिनँ, जीवन जिउन लायक छैन?” के यहाँ केही भइरहेको छैन र? तिनीहरूका लागि हैसियत किन यति महत्त्वपूर्ण हुन्छ? तिनीहरूले महत्त्वहीन र साधारण जीवन जिउन सक्दैनन्; तिनीहरूसँग हैसियत हुनु नै पर्छ, तिनीहरू भीडभन्दा माथि उठ्नु नै पर्छ अनि अरूको आदर, आराधना, र प्रशंसा, साथै तिनीहरूलाई बहकाउने, छल गर्ने, र चापलुसी गर्ने आशयका झूटहरूमा रमाउनु नै पर्छ। तिनीहरू यी कुराहरूमा डुब्न चाहन्छन्। के सामान्य मानवता भएका मानिसहरू स्वेच्छाले त्यस्ता कुराहरूमा डुब्छन्? अवश्य नै डुब्दैनन्; यसले तिनीहरूलाई अशान्तिमा पार्छ। किन ख्रीष्टविरोधीहरू यी कुराहरूको आनन्द लिन मन पराउँछन्? किनभने तिनीहरूमा शैतानी स्वभाव हुन्छ। शैतान वर्गका मानिसहरूले मात्रै यी कुराहरू पछ्याउँछन् र यस्ता मागहरू राख्छन्। सामान्य मानिसहरूले केही समयसम्म यी कुराहरूको आनन्द लिन सक्लान्, तर ती अर्थहीन र झर्कोलाग्दो समेत रहेछन् भन्‍ने थाहा पाउँछन्, त्यसपछि तिनीहरू ती सबैबाट टाढा बस्छन्। तर कतिपय मानिस जिद्दी भई ती कुरा त्याग्‍न मान्दैनन्। उदाहरणका लागि, कतिपय चलचित्र स्टारहरूले चलचित्र क्षेत्रमा वर्षौं बिताएपछि पनि किन त्यस क्षेत्रबाट कहिल्यै अवकाश लिँदैनन्? किनभने त्यो महिमाविना, मानिसहरूले नघेरीकन, तिनीहरूलाई जीवन खल्‍लो लाग्छ। तिनीहरूलाई आकास यति नीलो छैन, आफ्नो जीवनको कुनै दिशा छैन, र यो अर्थहीन र मूल्यहीन भएको छ भन्‍ने लाग्छ। तिनीहरूलाई आफ्नो सम्पूर्ण जीवन उदास हुन्छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू स्टार बन्‍ने भावनालाई पुनर्जीवित गर्न चलचित्र क्षेत्रमा फर्केर जानुपर्छ। ख्रीष्टविरोधीहरूको पनि तिनीहरूको जस्तै गुण हुन्छ: तिनीहरूमा पनि त्यस्तै दुष्ट स्वभाव र सार हुन्छ। जब ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गर्छन्, तब त्यसको चारैतिर सान देखाउँछन्, र आफ्नो घरमा अख्तियार समेत जमाउँछन् र परिवारका सदस्यहरूलाई आफ्‍नो आज्ञापालन गर्न लगाउँछन्। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव र सार हुन्छ, र तिनीहरूले हैसियतलाई विशेष स्नेहको साथ लिन्छन्, यसलाई प्रदर्शन गर्न र यसको सान देखाउन लागिपर्छन्। यसले हामीलाई के देखाउँछ? के यी मानिसहरूमा लाज हुन्छ? हुँदैन। तिनीहरूले हैसियत प्राप्त गर्छन् र आफ्नो पहिचान परिवर्तन भएको छ, र आमाबुबासँगको आफ्नो सम्बन्ध समेत परिवर्तन भएको छ भन्‍ने सोच्छन्। के यसमा समस्या छैन र? यो उद्दण्डता हो! तिनीहरूले हैसियतप्रति यस्तो मनोवृत्ति राख्‍न सक्नु तिनीहरूको दुष्ट सारलाई खुलासा गर्ने एक प्रकारको प्रमाण हो।

परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, अनि उहाँको पहिचान र हैसियत सर्वोच्च छ। परमेश्‍वरसँग अख्तियार, बुद्धि, र शक्ति छ, अनि उहाँसँग आफ्नै स्वभाव र आफ्नो सम्पत्ति र अस्तित्व छ। के कसैलाई परमेश्‍वरले मानवजाति र सारा सृष्टिका बीचमा कति वर्षदेखि काम गरिरहनुभएको छ भन्ने थाहा छ? परमेश्‍वरले काम गर्नुभएको र सारा मानवजातिलाई व्यवस्थापन गर्नुभएको ठ्याक्कै कति वर्ष भयो भन्‍ने कुरा अज्ञात छ; कसैले पनि ठ्याक्कै सङ्ख्या दिन सक्दैन, र परमेश्‍वर यी कुराहरूबारे मानवजातिलाई बताउनुहुन्‍न। तैपनि, यदि शैतानले यस्तो काम गर्यो भने, के यसले यसको बारेमा बताउनेथिएन र? अवश्य नै बताउनेथियो। यसले अझै धेरै मानिसहरूलाई बहकाउन र अझै धेरै मानिसहरूलाई यसको योगदानको बारेमा सचेत गराउनका लागि आफ्‍नो प्रदर्शन गर्न चाहन्छ। परमेश्‍वरले किन यी कुराहरूका बारेमा बताउनुहुन्‍न? परमेश्‍वरको सारको एउटा नम्र र गुप्त पक्ष छ। नम्र र गुप्त हुनुको विपरीत के हो? यो अहङ्कारी हुनु र आफूलाई देखाउनु हो। परमेश्‍वरले जति नै ठूलो काम गर्नुभए पनि, उहाँ मानिसहरूलाई तिनीहरूले जान्‍न र बुझ्न सक्‍ने कुरा मात्रै बताउनुहुन्छ, उहाँ आफूले गर्ने कामद्वारा मानिसहरूलाई ज्ञान प्राप्त गर्न, उहाँको सार चिन्‍न सहयोग गर्नमा सन्तुष्ट हुनुहुन्छ। यसले मानिसहरूलाई के-कस्ता फाइदाहरू दिन्छ? यसले कस्तो परिणाम हासिल गर्छ? के मानिसहरूले परमेश्‍वरको आराधना गर्नका लागि यी कुराहरू जान्नु नै पर्छ? वास्तवमा त्यस्तो होइन। मानिसहरूले परमेश्‍वरको आराधना गर्न सक्नु नै अन्तिम वस्तुगत परिणाम हो, तर परमेश्‍वरले मानिसहरूलाई यी कुराहरू थाहा दिनुको मूल अभिप्राय के हो? त्यसको अभिप्राय तिनीहरूलाई तिनीहरूले यी कुराहरूको ज्ञान प्राप्त गरेपछि, परमेश्‍वर मानवजातिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ र मानवजातिमाथि कसरी सार्वभौमिकता राख्‍नुहुन्छ र तिनीहरूलाई कसरी मिलाउनुहुन्छ भन्‍ने बुझेपछि, उहाँका सार्वभौमिकतामा समर्पित हुन, व्यर्थको प्रतिरोध गर्न छोड्न, र अबदेखि पथभ्रष्ट नहुन सहयोग गर्नु हो—यसरी, मानिसहरूले त्यति धेरै कष्ट भोग्‍नेछैनन्। परमेश्‍वरले प्रदान गरेका मार्ग र नियमहरूअनुसार, अनि उहाँका मापदण्ड र सिद्धान्तहरूअनुसार प्राकृतिक रूपमा जिएर र अस्तित्वमा रहेर, तँ अबदेखि शैतानको पकडमा पर्नेछैनस्, न त तँ दोस्रो पटक भ्रष्ट हुनेछस् र कुल्चाइमा नै पर्नेछस्। बरु, तँ परमेश्‍वरले तय गरेका नियमहरूअनुसार सदासर्वदा जिउनेछस्, मानव स्वरूपमा र सृष्टि गरिएको प्राणीका रूपमा जिउनेछस्, अनि तैँले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्नेछस्। परमेश्‍वरको कामको मूल अभिप्राय र उद्देश्य यही हो। त्यसोभए, परमेश्‍वरले यदि धेरै काम गर्नुभएको छ, तर के उहाँले कहिल्यै यसको प्रदर्शन गर्नुभएको छ? के उहाँले कहिल्यै मानिसहरूलाई आफूले के गरेको छ भनेर बताउनुभएको छ? कहिल्यै बताउनुभएको छैन। परमेश्‍वरले के गर्नुभएको छ, वा उहाँले के-कस्ता कुराहरू गर्नुभएको छ र के-कस्ता कुराहरू गर्नुभएको छैन भन्‍ने धेरै मानिसलाई थाहा हुँदैन। वास्तवमा, परमेश्‍वरले धेरै कुरा गर्नुभएको छ, तर यी कुराहरू कहिल्यै पनि मानवजातिलाई बताउनुभएको छैन। परमेश्‍वर तीबारे मानवजातिलाई बताउनुहुन्न; तैँले गर्नुपर्ने कुरा भनेको आफूले जान्‍नुपर्ने कुराबारे स्पष्ट हुनु मात्रै हो। भविष्यमा, मानवजातिले पृथ्वीमा सामान्य रूपमा अस्तित्वमा रहन र परमेश्‍वरको नेतृत्वलाई स्विकार्न सक्‍नेछ, र जब परमेश्‍वर मानवजातिको बीचमा आउनुहुन्छ, तब मानिसहरूले परमेश्‍वरसँग सामान्य अन्तरक्रिया गर्न, उहाँलाई स्वागत गर्न, आराधना गर्न, उहाँका वचनहरू सुन्न सक्‍नेछन्, र तिनीहरू शैतानसँग हिँड्न छोड्छन्। यसरी, परमेश्‍वरको राज्य पृथ्वीमा देखा पर्नेछ, र पृथ्वीमा उहाँलाई आराधना गर्न सक्‍ने, उहाँका वचनहरू सुन्न र ती अभ्यास गर्न सक्‍ने मानिसहरूको समूह हुनेछ। यसरी परमेश्‍वरको काम पूरा हुनेछ; यो परिणाम हासिल गर्नु नै पर्याप्त हुन्छ। त्यसकारण, परमेश्‍वरले कुनै काम गर्नुहुँदा, यदि तैँले त्यो बुझिनस् वा तँलाई त्यसबारे थाहा भएन भने, परमेश्‍वरले तँलाई त्यो व्याख्या गर्नुहुनेछैन। किन उहाँ त्यो व्याख्या गर्नुहुन्न? त्यसो गर्नु पर्दैन। तैँले नबुझ्ने धेरै कुरा छन्, र परमेश्‍वरले तँलाई यी कुराहरू थाहा दिन वा उहाँको पहिचान र सार बुझाउन, वा उहाँको शक्ति बुझाउन निश्‍चित रहस्यहरू प्रकट गर्नुहुन्न। परमेश्‍वर यो काम गर्नुहुन्न। परमेश्‍वर अहिले के गर्नमा ध्यान दिइरहनुभएको छ? उहाँ मानिसहरूलाई सत्यता बुझ्न लगाउनमा ध्यान दिनुहुन्छ। तैँले सत्यता बुझेपछि, परमेश्‍वरलाई चिन्‍नेछस्, आफ्नो जीवनको जग बसाल्नेछस्, अनि भविष्यमा परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्‍नेछस्, र तैँले शैतानलाई चिन्‍न र त्याग्‍न पनि सक्‍नेछस्, त्यसको बहकाउमा पर्न वा त्यससँगै चल्न छोड्नेछस्—त्यसपछि उहाँको काम पूरा हुनेछ। ती रहस्यहरूका हकमा भन्दा, मानवजातिले भविष्यमा ती बुझ्ने अवसर पाउनेछ, तर परमेश्‍वरको कार्यका रहस्यहरू अत्यन्तै विशाल छन्, र परमेश्‍वरले तँलाई ती प्रकट गर्नुभए पनि यसको अर्थ तैँले बुझ्नेछस् भन्‍ने होइन। तँ तिनको सम्पर्कमा आए पनि, सायद तैँले ती बुझ्न वा बोध गर्न सक्दैनस्। किन यस्तो हुन्छ? किनभने सृष्टि गरिएको प्राणी र परमेश्‍वरको बीचमा, मानव विचार र परमेश्‍वरका विचारहरूका बीचमा दूरी छ। उदाहरणका लागि, तँलाई इन्द्रेणी परमेश्‍वर र मानवजातिबीच भएको करारको चिन्ह हो भन्‍ने थाहा होला, तर इन्द्रेणी कसरी बनिन्छ तँलाई थाहा छ? यदि परमेश्‍वरले तँलाई यो रहस्य व्याख्या गर्नुभएको भए, के तैँले बुझ्नेथिइस्? तैँले बुझ्नेथिइनस्, त्यसकारण परमेश्‍वर तँलाई बताउनुहुन्न। यदि उहाँले बताउनुभएको भए त्यो तेरा लागि बोझ हुनेथियो, किनभने तैँले त्यसलाई अध्ययन र विश्लेषण गर्नुपर्नेथियो, जुन पीडादायी हुनेथियो। त्यसकारण, परमेश्‍वर रहस्यहरूबारे त्यति धेरै बताउनुहुन्न। तर के शैतान पक्षको मानिसलाई यी रहस्यहरूबारे थाहा छ भने चुप लागेर बस्न सक्छ? कदापि सक्दैन। तिनीहरूको सार यहीँ फरक हुन्छ। के परमेश्‍वर उहाँले मानवजातिलाई वर्षौंदेखि प्रकट गरेका तर मानिसहरूले कहिल्यै बुझ्न नसक्‍ने धेरै कुराहरू व्याख्या गर्नुहुन्छ? के उहाँ अलौकिक कुराहरू गर्नुहुन्छ? अहँ, उहाँ गर्नुहुन्न। मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र मानिसहरूले कति बुझ्न सक्छन् र कति हदसम्म त्यो बुझ्न सक्छन् भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ। यी कुराहरू मानिसहरूको आँखाको अगाडि राखिएको हुन्छ, तर यदि तिनीहरूले बुझ्नु आवश्यक छैन भने, तिनीहरूलाई अन्तर्दृष्टि दिनु वा मानिसहरूमा यी कुराहरू लादेर तिनीहरूका लागि बोझ बनाउनु आवश्यक छैन, त्यसकारण परमेश्‍वर त्यसरी काम गर्नुहुन्न। त्यसकारण, परमेश्‍वरका कार्यहरूमा सिद्धान्तहरू हुन्छन्। मानवजातिप्रतिको उहाँको शैलीलाई कदर गर्ने, वास्ता गर्ने, र प्रेम गर्ने किसिमको छ। परमेश्‍वरले मानिसहरूका लागि जे हितमा हुन्छ त्यही चाहनुहुन्छ—परमेश्‍वरका सबै कार्यहरूको स्रोत र मूल अभिप्राय यही हो। अर्कोतर्फ, शैतानले आफूलाई प्रदर्शन गर्छ, मानिसहरूलाई जबरजस्ती काम गर्न लगाउँछ, तिनीहरूलाई यसको आराधना गर्न लगाउँछ र बहकाउँछ, र तिनीहरूलाई भ्रष्ट तुल्याउँछ, जसले गर्दा तिनीहरू क्रमिक रूपमा जीवित दियाबलसहरू बन्छन् र विनाशको बाटोमा हिँड्छन्। तर जब तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तब यदि तैँले सत्यता बुझेको छस् र प्राप्त गरेको छस् भने, तँ शैतानको प्रभावबाट उम्कन सक्छस् र तैँले मुक्ति प्राप्त गर्न सक्छस्—तैँले नष्ट हुने परिणामको सामना गर्नेछैनस्। शैतानले मानिसहरू राम्ररी अघि बढिरहेको हेर्न सक्दैन, र मानिसहरू बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई यसले वास्ता गर्दैन; यसले आफूलाई, आफ्नो फाइदा, र आफ्नो खुशीको बारेमा मात्रै वास्ता गर्छ, र यसमा प्रेम, कृपा, सहनशीलता, र क्षमादानको कमी हुन्छ। शैतानमा यी गुणहरू हुँदैनन्; परमेश्‍वरमा मात्रै यी सकारात्मक कुराहरू हुन्छन्। परमेश्‍वरले मानिसहरूमा धेरै काम गर्नुभएको छ, तर के उहाँले यसको बारेमा कहिल्यै बोल्नुभएको छ? के उहाँले कहिल्यै यसको व्याख्या गर्नुभएको छ? के उहाँले कहिल्यै यो कुराको घोषणा गर्नुभएको छ? अहँ, उहाँले त्यसो गर्नुभएको छैन। मानिसहरूले परमेश्‍वरलाई जसरी गलत रूपमा बुझे पनि, उहाँले व्याख्या गर्नुहुन्न। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, तँ साठी वर्षको भए पनि वा असी वर्षको भए पनि, परमेश्‍वरबारे तेरो बुझाइ अत्यन्तै सीमित हुन्छ, र तँलाई कति थोरै थाहा छ भन्ने आधारमा, तँ अझै पनि बच्‍चा होस्। परमेश्‍वरले यसलाई तेरो विरुद्धमा प्रयोग गर्नुहुन्‍न; तँ अझै पनि अपरिपक्‍व बच्‍चा होस्। कतिपय मानिसहरू धेरै वर्ष बाँचेका भए पनि र तिनीहरूको शरीरले वृद्ध अवस्थाका लक्षणहरू देखाए पनि, त्यसले केही फरक पार्दैन; परमेश्‍वरको बारेमा तिनीहरूको बुझाइ अझै पनि अत्यन्तै अपरिपक्व र सतही छ। परमेश्‍वरले यसमा तँलाई दोषी मान्नुहुन्‍न—यदि तैँले बुझिनस् भने, बुझिनस्। त्यो तेरो क्षमता र सामर्थ्य हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। परमेश्‍वर तँलाई कुनै कुरामा जबरजस्ती गर्नुहुन्‍न। परमेश्‍वरले मानिसहरूलाई उहाँको गवाही दिनुपर्छ भनेर माग गर्नुहुन्छ, तर के उहाँले आफ्नो गवाही दिनुभएको छ? (छैन।) अर्कोतर्फ, शैतानलाई यसले गरेको सानो कुराको बारेमा समेत मानिसहरूले थाहा पाउनेछैनन् भन्‍ने डर लाग्छ। ख्रीष्ट-विरोधीहरू पनि त्यस्तै हुन्छन्: तिनीहरूले गर्ने हरेक सानो कामको बारेमा सबैका अगाडि घमण्ड गर्छन्। तिनीहरूको कुरा सुनेपछि, तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका छन् जस्तो लाग्छ—तर यदि तैँले ध्यान दिएर सुनिस् भने तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका छैनन्, तर तिनीहरूले धाक लगाइरहेका छन्, आफूलाई निर्माण गरिरहेका छन् भन्‍ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूले भनेको कुराको पछाडि रहेको अभिप्राय र सार भनेको परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरू, र हैसियतका लागि प्रतिस्पर्धा गर्नु हो। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्‍नो धाक देखाउँछ। के भिन्‍नता छ? आफ्‍नो प्रदर्शन गर्नु र नम्रता र गुप्तता: सकारात्मक कुराहरू के-के हुन्? (नम्रता र गुप्तता।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारको आधारमा हेर्दा, यो केही न कामको फोहोर हो भन्‍ने देखिन्छ; शैतानले आफ्‍नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी “नम्र” भनेर भन्‍न सकिन्छ? “नम्रता” त परमेश्‍वरको बारेमा मात्रै भन्‍न सकिन्छ। परमेश्‍वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँले कहिल्यै पनि धाक लगाउनुहुन्न। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्‍ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्ने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्‍वरले नै मिलाउनुभएको हो। के परमेश्‍वरले यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्‍ने कुरा गुप्तता र नम्रता होइन र? परमेश्‍वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँले कहिल्यै पनि तिनको बारेमा उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तिनको बारेमा मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताको बारेमा कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। मानवजातिलाई अगुवाइ गर्दै, परमेश्‍वरले यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँले सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै पनि “मेरो शक्ति असाधारण छ” भनेर भन्‍नुभएको छैन। उहाँ सबै थोकको बीचमा लुकेर बस्‍नुहुन्छ, सबै कुराको अगुवाइ गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तादेखि पुस्तासम्म निरन्तरता अघि बढ्न दिनुहुन्छ। उदाहरणको लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुराहरूलाई लिऊँ—ती सबै निरन्तर रूपमा बगिरहन्छन्। परमेश्‍वरले मानिसका लागि प्रदान गर्नुहुने कुरामा कुनै प्रश्‍न छैन। यदि शैतानले कुनै असल काम गर्यो भने, के यसले चुपचाप काम गर्नेथियो, र अज्ञात नायक बन्‍नेथियो? कहिल्यै पनि त्यसो गर्नेथिएन। यो त मण्डलीमा रहेका कतिपय ख्रीष्ट-विरोधीहरू जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्‍न कुराहरूलाई त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेल समेत गएका थिए; कति जनाले परमेश्‍वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरूले यी कुराहरूलाई कहिल्यै बिर्सँदैनन्, तिनीहरूले ती कुराहरूका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्‍ने सोच्छन्, तिनीहरूले यी कुराहरूलाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्‍ने कुरा देखाउँछ! मानिसहरू साँच्‍चै नै सानो हुन्छन्, र शैतान लाजमर्दो हुन्छ।

मलाई भन् त, यदि ख्रीष्टविरोधीहरूको पनि परमेश्‍वर समान हैसियत भएको भए, तिनीहरूले के खानेथिए र लगाउनेथिए? तिनीहरूले सबै भन्दा मीठो खाना खानु र सबैभन्दा राम्रो ब्रान्डको लुगा लगाउनु पर्नेथियो, होइन र? त्यसोभए, भौतिक कुराहरूप्रति तिनीहरूको मागबारे कुरा गर्दा, मलाई भन् त, के तिनीहरूमा निश्‍चित मागहरू हुँदैनन् र? तिनीहरू कतै जाँदा, विमान चढ्नुपर्छ। तिनीहरू त्यहाँ पुगेपछि, के साधारण दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई आफ्नो घरमा राख्न सक्छन्? तिनीहरूले राख्न सके पनि, ती ख्रीष्टविरोधीहरू तिनीहरूसँग बस्‍नेछैनन्—तिनीहरू उच्च कोटिका होटेलमा बस्नुपर्छ। के ख्रीष्टविरोधीहरू आफ्नो मागहरूबारे अत्यन्तै निश्‍चित हुँदैनन् र? हैसियतले ल्याउने इज्जत, आनन्द, र अभिमानको कुरा गर्नुपर्दा, के तिनीहरू यी कुराहरू त्याग्‍न सक्छन्? तिनीहरूसँग सही परिस्थिति र अवसरहरू छन् भने, तिनीहरू यी कुराहरू जतिसक्दो धेरै लिएर आनन्द लिन्छन्। तिनीहरूका सिद्धान्तहरू केके हुन्? तिनीहरूसँग हैसियत छ भने, तिनीहरू पैसा हात पारेर नामी ब्रान्डको लुगा र सरसामान प्रयोग गर्न सक्छन्। तिनीहरू साधारण चीजबीज लगाउन चाहँदैनन्; तिनीहरूले प्रसिद्ध ब्रान्डहरू लगाउनुपर्छ। तिनीहरूको टाई, सूट, शर्ट, कफ्लिङ्क, सुनको हार, र पेटी—सबै नामी ब्रान्डका हुन्छन्। यो राम्रो लक्षण होइन, र के यसको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई कष्ट हुँदैन र? दाजुभाइ-दिदीबहिनीहरूले दिने पैसा यी ख्रीष्टविरोधीहरूले नामी ब्रान्डका सामानहरू किन्न प्रयोग गर्छन्। के तिनीहरूले गरेको यो ठूलो दुष्टता होइन र? के यो तिनीहरूको दुष्टपनले गर्दा भएको होइन र? तिनीहरूले गर्न सक्‍ने कुराहरू यिनै हुन्। एक जना व्यक्तिले पहिलो पटक नेतृत्वको भूमिका लिएपछि शिष्ट किसिमको वस्त्र लगाउँथे, उसका तीनदेखि पाँचवटा कपडा मात्रै नामी ब्रान्डका वा उच्च कोटिका थिएनन्। धेरै वर्ष नेतृत्व गरेपछि, उसले कुनै वास्तविक काम नगरेको कारण, उसलाई प्रतिस्थापन गरियो। ऊ जाँदा, उसले गाडीभरि सरसामान लिएर गयो: नामी ब्रान्डका लुगा, झोला, र सबै किसिमका राम्रा कुराहरू। उसले अगुवाका रूपमा कुनै पैसा कमाउँथेन, त्यसोभए यी कुराहरू कहाँबाट आए त? ती उसको हैसियतबाट आएका थिए। अरूले उसका लागि यी कुराहरू किनिदिँदा उसले इन्कार गरेको भए, के दाजुभाइ-दिदीबहिनीहरूले उसका लागि ती कुराहरू किन्न जिद्दी गर्नेथिए र? के त्यस्तो कुरा हुनेथियो? यदि उसले यी कुराहरू नचाहेको भए, दाजुभाइ-दिदीबहिनीहरूले उसका लागि ती कुराहरू किन्‍नेथिएनन्। यहाँ समस्या के हो? उसले जबरजस्ती र लोभ गर्दै यी सामानहरू लिइरहेको थियो। एक हिसाबमा, उसले यी कुरा दाजुभाइ-दिदीबहिनीहरूबाट जबरजस्ती लियो, र अर्को हिसाबमा, उसले सक्रिय रूपमा ती कुरा आफै किन्यो। त्यसबाहेक, उसले आफ्ना लागि दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरू किन्न दियो, र यदि कसैले इन्कार गरे भने, उसले तिनीहरूलाई यातना दिएर गाह्रो बनाउँथ्यो। यी अनेक कारणहरू सबै लागू हुन्छन्। अन्त्यमा, उसले “प्रचुर फसल” पायो र ऊ धनी भयो। के तिमीहरू यस्तो अगुवालाई डाह गर्छौ? यदि तिमीहरूले अवसर पाएको भए, के तिमीहरूले पनि यस्तो सम्पत्ति प्राप्त गर्न सक्थ्यौ? म तँलाई भन्छु, यसरी धनी हुनु राम्रो होइन—परिणामहरू छन्! जब कतिपय मानिसहरू अगुवा बन्छन्, तब यी कुराहरू आइपर्छन् भन्‍ने तिनीहरूलाई डर लाग्छ। तिनीहरूले के सोच्छन् भने परीक्षाहरू अत्यन्तै ठूला हुनेछन्, यी परीक्षाहरूबाट जोगिन वा त्यसलाई सामना गर्न गाह्रो हुनेछ, र तिनमा पर्न सजिलो हुनेछ। तर कतिपय मानिसलाई वास्ता हुँदैन, र तिनीहरू सोच्छन्, “यो सामान्य कुरा हो। त्यस्ता कुराहरू आनन्द नलिई कसले पद लिन्छ? नत्र किन पदलाई पहिलो स्थानमा राख्नु त? त्यसको निचोड नै त्यही त हो!” यो कस्तो आवाज हो? यो ख्रीष्टविरोधीहरूको आवाज हो, र यी मानिसहरू खतरामा हुन्छन्।

मैले अहिले काम गरेको लगभग तीस वर्ष भयो। के मैले कहिल्यै कसैबाट कुनै कुरा जबरजस्ती लिएको छु? उदाहरणका लागि, यदि मैले कसैले राम्रो गहना लगाएको देखेँ भने, के मैले यस्तो मेसेज पठाएर ऊबाट जबरजस्ती त्यो लिएको छु, “आफ्नो गहना मलाई दे; यो तँलाई सुहाएन। सुन र चाँदीको गहना हैसियत भएका मानिसहरूका लागि हो, अनि हैसियत नभएका मानिसहरूले त्यो लगाउनु हुँदैन?” के यस्तो कहिल्यै भएको छ? छैन। कतिपय विश्‍वासी दाजुभाइ-दिदीबहिनीसँग थोरै पैसा हुँदा र मलाई छालाको ज्याकेट वा कुनै कुरा किनिदिँदा पनि, म त्यो सधैँ फर्काउथें। मलाई त्यो मन नपरेर होइन; त्यस्ता कुराहरू मलाई कुनै कामको नभएर नै हो। पछि, मैले यसबारे सोचेँ: “मैले यी कुराहरूलाई उचित रूपमा कसरी सम्हाल्नुपर्छ? मैले ती सामान किन्‍ने मानिसहरूलाई चोट नपुऱ्याउन के गर्नुपर्छ?” मैले यी सामानहरू मण्डलीमा लगेँ ताकि दाजुभाइ-दिदीबहिनीहरूले सिद्धान्तअनुसार ती बाँडफाँट गर्न सकून्। यदि कसैले ती बहुमूल्य वस्तुहरू किन्ने इच्छा गर्‍यो भने, मण्डलीले तिनीहरूलाई छुट मूल्यमा बेच्नेथियो। त्यो पैसा कमाउनका लागि थिएन; त्यो त दुवै पक्षलाई उपयुक्त हुने तरिकाले परिस्थिति सम्हाल्नका लागि थियो। खासगरी यी कुराहरू तेरा लागि दिइएका होइनन्, त्यसकारण कसैले पनि यी कुराहरू सित्तैँमा लिनु हुँदैन। यी वस्तुहरू सीमित थिए र सबैलाई समान रूपमा बाँडफाँट गर्न सकिँदैनथियो, र ती कुरा कसैलाई दिनु उचित थिएन। त्यसकारण, एउटै मात्र विकल्प भनेको पैसा भएका र किन्‍न इच्छुकहरूले मात्रै ती किन्न सक्थे। ती अवश्य नै बजार मूल्यभन्दा सस्ता थिए, त्यसकारण यो परमेश्‍वरको घरबाट आएको अनुग्रह थियो। मसँग यसो गर्ने अधिकार थियो। किनभने मलाई कुनै कुरा दिइएपछि, त्यो मेरो भएको थियो, र त्यसलाई आफूलाई उचित लागे अनुसार सम्हाल्ने अधिकार मसँग थियो। त्यसको सुरुमा त्यो किन्ने व्यक्तिसँग कुनै सम्बन्ध रहेको थिएन। मैले यसरी मामला सम्हालेर, त्यो व्यक्तिको आत्मसम्मानलाई ख्याल गरिसकेको थिएँ। यो शैली पूर्ण रूपमा उचित। भएकाले कुनै आपत्ति हुनु हुँदैनथ्यो। धेरै दाजुभाइ-दिदीबहिनीहरूले मलाई सामानहरू किनिदिएका छन्। मैले उनीहरूलाई मेरा लागि सामान किन्न खटाएको थिइनँ, झन् तिनीहरूले त्यसो गर्नुपर्छ भनेर माग गर्नु त परको कुरा हो। तिनीहरूसँग त्यसो गर्ने हृदय थियो, जुन कुराको मैले कदर गरेँ, तर मैले स्वीकार गर्न नसक्‍ने धेरै कुरा थिए किनभने मलाई ती चाहिँदैनथियो। त्यो व्यावहारिक समस्या हो। के मैले भनेको कुरा उचित छ? (छ।) के त्यसलाई सम्हालेको पनि उचित थियो? (थियो।) म चिसोप्रति संवेदनशील छु र चिसो खानेकुरा खाँदिनँ भन्‍ने थाहा पाएका केही दाजुभाइ-दिदीबहिनीहरू पनि थिए, त्यसकारण तिनीहरूले मलाई “पेट दुख्दा” खाने औषधि किनेर दिए। तैपनि, ती औषधिहरू खाएपछि पनि मलाई त्यति सन्चो भएन—मेरो शरीरले त्यस्ता औषधिहरू सहन सक्दैन, त्यसकारण धेरै औषधिहरूप्रति म सावधान हुनुपर्छ। तिमीहरूले यो कुरा बुझ्नुपर्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले केही स्वास्थ्यवर्द्धक पदार्थहरू पनि किनिदिएका थिए, जस्तै हिमाली जेठीमधु, रातो जेठीमधु र अरू किसिमका टनिकहरू। मैले तीमध्ये कुनै पनि सेवन गर्न सकिनँ। किन? किनभने ती मलाई उपयुक्त भएनन्। मैले दाजुभाइ-दिदीबहिनीहरूले मलाई किनिदिएको कुरा वा कहाँबाट किनेका हुन् भन्‍ने कुरालाई तुच्छ ठानेको होइन; त्यति हो मैले ती प्रयोग गर्न मिल्दैनथ्यो; मैले ती प्रयोग गर्न सकिनँ। सबै असल कुरा सबैका लागि उपयुक्त हुन्छ भन्‍ने छैन। असल कुराहरू धेरै छन्, यदि तैँले कुनै असल कुरा प्रयोग गरिस् र यसले प्रतिकूल असर गर्छ वा एलर्जी हुन्छ भने, त्यो तेरा लागि राम्रो कुरा होइन। त्यसोभए, यसलाई कसरी सम्हाल्नुपर्छ? जसलाई त्यो उपयुक्त छ उसैलाई प्रयोग गर्न दिनु राम्रो हुन्छ। त्यसकारण, म तिमीहरूलाई भन्छु, मेरा लागि सामानहरू किन्न जसले पैसा खर्च गरे पनि, यी वचनहरू याद गर—ती नकिन। यदि मलाई कुनै कुरा चाहिएमा, म तँलाई सीधै बताउनेछु, म यसबारे यति शिष्ट हुनेछैनँ। बुझ्यौ त? तर जब तिमीहरू यी कुराहरू मलाई दिन्छौ, र म मलाई ती चाहिँदैन वा ती उपयुक्त छैनन् भनेर भन्छु, तब त्यो पनि म तिमीहरूसँग शिष्ट हुनु होइन। यो झूट वा ढोँग होइन। मैले भन्ने सबै कुरा वास्तविक हुन्छ; त्यो सबै साँचो हुन्छ। हेर, मैले बोल्ने कुराको भित्री अर्थ बुझ। मैले मलाई त्यो चाहिँदैन भन्नुको अर्थ हो, मलाई त्यो चाहिँदैन। मैले त्यो प्रयोग गर्न मिल्दैन भन्नुको अर्थ हो, मैले त्यो प्रयोग गर्नु मिल्दैन। तिमीहरूले जे गरे पनि, सामान किन्ने बारेमा सोचेर समय खेर नफाल वा व्यर्थमा पैसा खर्च नगर। सबै असल कुरा परमेश्‍वरलाई दिनुपर्छ भन्‍ने नसोच्—मलाई ती चाहिन्छ कि चाहिँदैन भन्‍ने तँलाई थाहासमेत छ त? यदि मलाई ती आवश्यकता छैन भने, के तैँले ती व्यर्थमा किनेको हुँदैनस् र? यदि तँ साँच्‍चै मेरा लागि केही किन्न चाहन्छस् भने, म तँलाई भन्छु—मेरा लागि केही नकिन्। यदि तँ यो सबैसँग बाँड्नका लागि मलाई किनेर दिएको हो भनेर भन्छस् भने, ठीक छ, म यो बाँडिदिनेछु। म त्यस्ता कुराहरूलाई कसरी लिन्छु, अनि हैसियत र पदले ल्याउने भौतिक सम्पत्तिहरूलाई कसरी लिन्छु भन्‍ने हकमा, मेरो मनोवृत्ति यही हो। के ख्रीष्टविरोधीहरूले पनि यी कुराहरूलाई यसरी नै लिन्छन्? (अहँ, लिँदैनन्।) पहिलो, तिनीहरू अवश्य नै कुनै कुरा इन्कार गर्दैनन्—जति बढी, त्यति नै राम्रो। तिनीहरूलाई जसले उपहार पठाए पनि वा उनीहरू जस्तो भए पनि, तिनीहरू ती उपहारहरू स्वीकार गर्छन्। दोस्रो, निस्सन्देह तिनीहरू मानिसहरूबाट निश्‍चित कुराहरू जबरजस्ती धुत्छन्, र अन्त्यमा, तिनीहरू केही कुरा आफ्ना लागि लिन्छन्। तिनीहरू यही कुरा खोजी गर्छन् र चाहन्छन्; तिनीहरूले पछ्याउने हैसियतले तिनीहरूलाई यही कुरा दिन्छ।

ख्रीष्टविरोधीहरूको दुष्ट सारका हकमा भन्दा, पछिल्लो पटक र आज हामीले गरेको सङ्गतिका आधारमा, के तिमीहरू यो दुष्ट सारलाई उदाङ्गो पार्ने सारांश एक-वाक्यमा निकाल्न सक्छौ? ख्रीष्टविरोधीहरूमा हुने दुष्टपनको सबैभन्दा ठूलो विशेषता यो हो: तिनीहरू सकारात्मक सबै कुरा, न्यायसंगत सबै कुरा र सत्यताअनुरूपका सबै कुरा, अनि मानवजातिको बीचमा सुन्दर मानिने सबै कुरालाई निन्दा गर्छन्। तिनीहरू यी कुराहरूलाई घृणा गर्छन् र तीप्रति अरुचि राख्छन्। यसको विपरीत, विवेक र समझ अनि न्यायबोध भएका मानिसहरूले निन्दा गर्ने र तुच्छ ठान्ने सबै नकारात्मक कुरामा नै ख्रीष्टविरोधीहरू आनन्द लिन्छन्। तिनीहरूले पछ्याउने र कदर गर्ने कुराहरू यिनै हुन्। यसलाई सारांशमा बताउन सक्‍ने अर्को वाक्य पनि छ: ख्रीष्टविरोधीहरू परमेश्‍वरबाट आउने सबै सकारात्मक कुरालाई घृणा गर्छन् र परमेश्‍वरले प्रेम गर्ने कुरालाई घृणा गर्छन्, बरु परमेश्‍वरले घृणा र निन्दा गर्ने कुराहरूलाई चाहिँ प्रेम गर्छन्। ख्रीष्टविरोधीहरूको दुष्टपन यही हो। यो दुष्टपनको मुख्य विशेषता के हो? तिनीहरूलाई कुरूप र नकारात्मक सबै कुराप्रति विशेष लगाव हुन्छ, जबकि तिनीहरू सुन्दर, सकारात्मक, र सत्यताअनुरूपका सबै कुरालाई घृणा गर्छन् र तीप्रति शत्रुता देखाउँछन्। दुष्टपन भनेको त्यही हो। बुझिस्, बुझिनस् त? आजका सङ्गतिमा “ख्रीष्टविरोधीहरू केलाई प्रेम गर्छन्” भन्‍ने विषय समावेश थियो। हामीले केही उदाहरण पनि दिएका थियौँ, जसमध्ये केही अरूभन्दा बढी आम किसिमका थिए, तर ती सबैलाई ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको सारलाई व्याख्या गर्न प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ। त्यसपछि, तिमीहरूले के गर्नुपर्छ भने आफूले देख्ने र बुझ्ने दुष्ट वा सकारात्मक कुराहरू, ख्रीष्टविरोधीहरूले प्रेम गर्ने नकारात्मक कुराहरू, आफूले घृणा गर्ने सकारात्मक कुराहरू, र आफूले बुझ्न सक्ने कुरा, साथै आफूले देख्ने र अनुभव गर्ने कुराहरू कुन-कुन हुन भनी मनन र सङ्गति गर्नुपर्छ। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूको स्वभाव र सारमा निश्‍चित समस्याहरू उस्तै हुन्छन्, र यी समानताहरूको गम्भीरता फरक हुन सक्‍ने भए पनि, तिनीहरूको स्वभावको सार उस्तै हुन्छ। तिनीहरूले हिँड्ने मार्ग र तिनीहरूले पछ्याउने उद्देश्यहरू पनि फरक-फरक हुन सक्छन्, तर तिनीहरूले एउटै भ्रष्ट स्वभावका धेरै सारहरू प्रकट गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको सारका विभिन्‍न पक्षलाई खुलासा गर्नु हरेक भ्रष्ट व्यक्तिका लागि उपयोगी हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको सार चिन्‍न सके भने, उनीहरू तिनीहरूका बहकाउमा पर्नेछैनन् र उनीहरूले तिनीहरूलाई आराधना गर्नेछैनन् वा पछ्याउनेछैनन् भनेर ग्यारेन्टी दिन सक्छन्।

अगस्ट ७, २०१९

अघिल्लो: विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

अर्को: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्