विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्
ख्रीष्टिविरोधीहरूका विभिन्न प्रकटीकरणसम्बन्धी आजको सङ्गति विषयवस्तु बाह्रमा छ: तिनीहरू आफूसँग हैसियत र आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्। यो विषयवस्तुले ख्रीष्टविरोधीहरूका स्वभावहरू पनि समेट्छ र यो तिनीहरूका ठोस प्रकटीकरणहरूमध्येको एक हो। यसो हेर्दा, हैसियत र आशिष् पाउने कुनै आशा छैन भने, ख्रीष्टविरोधी पछि हट्न चाहन्छ। उसले यी दुई कुरा गुमाएपछि पछि हट्न चाहन्छ। सतही अर्थ बुझ्न एकदमै सहज देखिन्छ—त्यो एकदमै जटिल वा अमूर्त देखिँदैन, तर यहाँ खास प्रकटीकरणहरू के-के हुन्? अर्का शब्दमा भन्दा, के-कस्ता परिस्थितिहरूले ख्रीष्टविरोधीको हैसियत र आशिष् पाउने आशामा प्रभाव पारेर उसलाई पछि हट्ने बनाउँछ? के यो गहन सङ्गति गर्नलायक कुरा हो? यदि तिमीहरूलाई यसबारे सङ्गति गर्न लगाइन्थ्यो भने, तिमीहरू यसका खास विवरण र प्रकटीकरणहरूबारे के भन्नेथ्यौ? कति मानिसहरूले भन्लान्, “हामीले यसबारे धेरैपटक सङ्गति गरेका छौँ। ख्रीष्टविरोधीहरूलाई हैसियत र शक्ति मन पर्छ, तिनीहरू उच्च प्रतिष्ठा हुँदा रमाउँछन्, अनि तिनीहरूले विश्वास गर्नुको उद्देश्य आशिष्, मुकुट र इनाम पाउनु हो। यदि यी आशाहरू चकनाचुर भए र गुमे भने, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने आफ्नो रुचि गुमाउनेछन् र तबउसो विश्वास गर्न चाहनेछैनन्।” के यसबारे तिमीहरूको सङ्गति ठ्याक्कै यी केही शब्दहरूजस्तै सरल हुनेछ? (हुनेछ।) यदि त्यस्तो हुन्थ्यो भने, यदि यो सङ्गति यी केही भनाइमै समाप्त गर्न सकिन्थ्यो भने, ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको यो पक्ष तिनीहरूको प्रकटीकरणबारेको हाम्रो सङ्गतिको श्रृङ्खलाको भाग हुन लायक हुनेथिएन, न त यसले कुनै निश्चित प्रकृति सार नै बताउनेथियो। तथापि, यो विषयवस्तु ख्रीष्टविरोधीहरूको सार र स्वभावसँग, साथै तिनीहरूको व्यक्तिगत पछ्याइ र अस्तित्वबारेको तिनीहरूको दृष्टिकोणसँग सम्बन्धित भएको हुनाले, यो पक्कै पनि बहुआयामी विषयक मामिला हुनुपर्छ। त्यसोभए, यसमा ठ्याक्कै के संलग्न हुन्छ? अर्थात्, ख्रीष्टविरोधीहरूलाई आइपर्ने कुन मामिलामा तिनीहरूको हैसियत र आशिष् प्राप्त गर्ने तिनीहरूको आशा संलग्न हुन्छ? यी मामिलाहरूप्रति तिनीहरूका दृष्टिकोण, सोच र मनोवृत्ति के-के हुन्? अवश्य नै, यी मामिलाहरूबारेको हाम्रो सङ्गति र विभिन्न मुद्दामा ख्रीष्टविरोधीहरूको दृष्टिकोणबारेको हाम्रो विगतको सङ्गतिबीच केही समानता हुनेछ, तर आजको सङ्गति बेग्लै कुरामा केन्द्रित छ, र यसले मामिलालाई बेग्लै कोणबाट हेर्छ। आज हामी ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र आशिष् पाउने आशा गुमाउँदा आफै देखिने प्रकटीकरणहरूबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ, जसले ख्रीष्टविरोधीहरूमा पछ्याइबारे गलत दृष्टिकोण हुन्छ, र परमेश्वरप्रति तिनीहरूको विश्वास साँचो हुँदैन भनेर प्रमाणित गर्छ; ती प्रकटीकरणहरूले यी मानिसहरूमा वास्तवमै ख्रीष्टविरोधी सार हुन्छ भनेर पनि पुष्टि गर्न सक्छन्।
अ. काटछाँटमा पर्नुप्रति ख्रीष्टविरोधीहरूको दृष्टिकोण
पहिलो, हामीले ख्रीष्टविरोधीहरूले आफू काटछाँटमा पर्दा कस्तो व्यवहार देखाउँछन्, तिनीहरू यस्ता परिस्थितिहरू कसरी सम्हाल्छन्, काटछाँटप्रति तिनीहरूको मनोवृत्ति, सोच र दृष्टिकोण के हुन्, अनि खास गरी तिनीहरू के भन्छन् र के गर्छन् त्यसलाई हेर्नुपर्छ—यी मामिलाहरू हामीले चिरफार र विश्लेषण गर्नलायक छन्। हामीले काटछाँटसित सम्बन्धित विषयबारे निकै धेरै सङ्गति गरेका छौँ; यो तिमीहरू सबैजना परिचित भएको सामान्य विषय हो। निकैपटक काटछाँट गरिएपछि मात्र धेरैजसो मानिसहरूले केही परिवर्तन अनुभव गर्छन्—अनि तिनीहरूले कर्तव्य निर्वाह गर्दा सत्यता खोज्न र सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न सक्छन्, र त्यसपछि मात्र तिनीहरूको विश्वास नवीन बन्न थाल्छ, र यसमा अझ राम्रो केही परिवर्तन आउँछ। यो भन्न सकिन्छ कि कठोर काटछाँटमा परिने प्रत्येक घटनाले हरव्यक्तिको हृदयमा गहिरो छाप पार्छ; यसले अमेट छाप छोड्छ। अवश्य नै, कठोर काटछाँटमा परिने प्रत्येक घटनाले ख्रीष्टविरोधीहरूमा पनि अमेट छाप छोड्छ, तर भिन्नता कहाँ हुन्छ? यसप्रतिको ख्रीष्टविरोधीको मनोवृत्ति र यससम्बन्धी तिनीहरूका विभिन्न प्रकटीकरणहरू, साथै यस परिस्थितिबाट आउने तिनीहरूका सोच, दृष्टिकोण, विचार र यस्ता सबै कुरा सामान्य व्यक्तिको भन्दा फरक हुन्छन्। जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब उसले सुरुमा आफ्नो हृदयको गहिराइदेखि नै यो कुरालाई विरोध र इन्कार गर्छन्। तिनीहरूले यस विषयमा लडाइँ गर्छन्। अनि किन त्यसो गर्छन् त? किनभने ख्रीष्टविरोधीहरू प्रकृति सारले नै सत्यताप्रति वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्, र तिनीहरूले सत्यता कदापि स्विकार्दैनन्। प्राकृतिक तवरबाटै, ख्रीष्टविरोधीको सार र स्वभावले उसलाई आफ्ना गल्तीहरू मान्न वा आफ्नो भ्रष्ट स्वभाव स्विकार्नबाट रोक्छ। यी दुई तथ्यहरूको आधारमा, ख्रीष्टविरोधीहरूले काटछाँटप्रति पूर्ण रूपमा र अत्यन्तै इन्कार र अवज्ञा गर्ने मनोवृत्ति राख्छन्। तिनीहरूले आफ्नो हृदयको गहिराइबाटै यसलाई घृणा र इन्कार गर्छन्, र तिनीहरूमा स्वीकार वा समर्पणको थोरै लक्षणसमेत हुँदैन, तिनीहरूमा साँचो मनन वा पश्चात्ताप हुनु त परको कुरा हो। जब कुनै ख्रीष्टविरोधीलाई काट-छाँट गरिन्छ, जोसुकैले त्यो कारबाही गरे पनि, यो जेसँग सम्बन्धित भए पनि, यसको लागि तिनीहरू जति हदसम्म दोषी भए पनि, तिनीहरूको गल्ती जति भद्दाभए पनि, तिनीहरूले जति धेरै दुष्टता गरे पनि, वा तिनीहरूको दुष्टताले मण्डलीको काममा जे-जस्ता परिणामहरू निम्त्याए पनि—ख्रीष्टविरोधीहरूले यीमध्ये कुनै पनि कुराको विचार गर्दैनन्। ख्रीष्टविरोधीको नजरमा त उसलाई काट-छाँट गर्ने व्यक्तिले उसलाई मात्र अलग व्यवहार गरिरहेको हुन्छ, वा उसलाई सताउन उसका गल्तीहरू खोतलिरहेको हुन्छ। ख्रीष्टविरोधीले उसलाई हेपिएको र अपमानित गरिएको छ, उसलाई मानवझैँ व्यवहार गरिएको छैन, र उसलाई हेला र तिरस्कार गरिएको छ भन्नेसमेत सोच्न सक्छ। कुनै ख्रीष्टविरोधी काटछाँटमा परेपछि, उसले आफूबाट के गल्ती भयो, उसले कस्तो भ्रष्ट स्वभाव प्रकट गर्यो, पालना गर्नुपर्ने सिद्धान्तहरू खोजी गर्यो कि गरेन, सत्यता सिद्धान्तअनुसार व्यवहार गर्यो कि गरेन, वा उसलाई काट-छाँट गरिएको मामलामा आफ्ना जिम्मेवारीहरू पूरा गर्यो कि गरेन भनेर कहिल्यै मनन गर्दैन। उसले यो कुनै पनि कुराबारे जाँच वा चिन्तन गर्दैन, न त यी विषयहरूबारे सोचविचार र मनन नै गर्छ। यसको सट्टा, उसले काटछाँटप्रति आफ्नै इच्छाले र आवेगपूर्वक प्रतिक्रिया दिन्छन्। जब ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब ऊ रिस, अवज्ञा, र द्वेषले, भरिन्छ, र कसैको सल्लाह सुन्दैन। उसले काटछाँट स्विकार्न इन्कार गर्छ, र ऊ आफ्नो बारेमा सिक्न र चिन्तन गर्न परमेश्वरकहाँ फर्केर आउन सक्दैन, अनि झारा टार्ने वा आफ्नो कर्तव्यमा जे पायो त्यही गर्नेजस्ता सिद्धान्तहरू उल्लङ्घन गर्ने आफ्नो व्यवहार सुधार्न सक्दैन, न त उसले यस मौकालाई आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि नै प्रयोग गर्न सक्छ। बरु, उसले आफ्नो प्रतिरक्षा गर्न र आफूलाई निर्दोष ठहराउन बहानाहरू बनाउँछ, अनि कलह पैदा गर्न र अरूलाई उक्साउन विभिन्न कुराहरूसमेत बोल्छ। सङ्क्षेपमा भन्दा, ख्रीष्टविरोधीलाई काटछाँट गरिँदा, तिनीहरूमा हुने खास प्रकटीकरणहरू अवज्ञा, असन्तुष्टि, प्रतिरोध र ललकार हुन्, अनि तिनीहरूका हृदयमा केही गुनासा पनि उब्जन्छन्: “मैले यति धेरै मूल्य चुकाएँ र यति धेरै काम गरेँ। मैले केही कुरामा सिद्धान्त नपछ्याए पनि र सत्यता नखोजे पनि, यो सब मेरो आफ्नै लागि गरेको होइन! मैले मण्डलीका काममा केही हानि गरे पनि, त्यो जानाजानी गरेको होइन! कसले पो गल्ती गर्दैन र? तिमीले मेरो कमजोरीप्रति विचार नपुर्याई र मेरो मनस्थिति वा आत्मसम्मानलाई वास्ता नगरी, मेरा गल्तीहरू मात्र पक्रेर मलाई निरन्तर काटछाँट गर्न मिल्दैन। परमेश्वरको घरले मानिसहरूलाई प्रेम गर्दैन र यो एकदमै अन्यायी छ! त्यसबाहेक, तिमी मलाई यस्तो सानो गल्ती गरेकोमा काटछाँट गर्छौ—के यसले तिमी मलाई नराम्रो नजरले हेर्छौ र हटाउन चाहन्छौ भन्ने अर्थ दिँदैन र?” ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिँदा, तिनीहरूको मनमा आउने पहिलो कुरा आफूले के गल्ती गरेँ भन्नेबारे वा आफूले प्रकट गरेको भ्रष्ट स्वभावबारे आत्मचिन्तन गर्ने भन्ने हुँदैन, बरु अडकल काट्दै बहस गर्ने, व्याख्या गर्ने र आफूलाई सही साबित गर्ने भन्ने हुन्छ। कस्ता अडकलहरू हुन्छन्? “मैले परमेश्वरको घरमा कर्तव्य निभाउँदा, यति ठूलो मूल्य चुकाएको त काटछाँटमा पर्नलाई मात्र रहेछ। यस्तो लाग्छ, मैले आशिष् पाउने त्यति आशा छैन। के परमेश्वर मानिसहरूलाई इनाम दिन चाहँदैनन्, र त्यसैले उनी मानिसहरूलाई खुलासा गरेर हटाउन यो पद्धति प्रयोग गर्छन्? यदि आशिष् पाउने कुनै आशा छैन भने, किन मैले कुनै प्रयास गर्ने? किन मैले कष्ट भोग्ने? आशिष् पाउने कुनै आशा नभएकोले, म सायद विश्वास पनि किमार्थ गर्दिनँ होला! के परमेश्वरमा विश्वास गर्नुको उद्देश्य आशिष् पाउनु होइन र? यदि त्यसको आशा छैन भने, किन मैले आफूलाई समर्पित गर्ने? सायद मैले विश्वास गर्न छोड्नुपर्छ र यसलाई यहीँ भुलिदिनुपर्छ। यदि मैले विश्वास गरिनँ भने, के तिमी मलाई अझै काटछाँट गर्न सक्छौ र? यदि मैले विश्वास गरिनँ भने, तिमी मलाई काटछाँट गर्न सक्दैनौ।” ख्रीष्टविरोधीहरू परमेश्वरबाट काटछाँट स्विकार्दैनन्। तिनीहरू उचित दृष्टिकोण र मनोवृत्तिले स्विकार्न र आज्ञापालन गर्न सक्दैनन्। तिनीहरू आफ्नो भ्रष्ट स्वभाव पखाल्न सकियोस् भनेर यसमार्फत आत्मचिन्तन गर्न र आफ्ना भ्रष्ट स्वभावहरू बुझ्न सक्दैनन्। बरु यसको साटो, तिनीहरू आफू काटछाँटमा पर्नुको उद्देश्यबारे तुच्छ र सङ्कुचित मनले अनुमान लगाउँछन् र अध्ययन गर्छन्। तिनीहरू परिस्थितिको विकासलाई होसियारीसाथ हेर्छन्, मानिसहरू बोल्दा उनीहरूको भाव सुन्छन्, आफू वरपरका मानिसहरूले आफूलाई कसरी हेर्छन्, उनीहरू आफूसँग कसरी बोल्छन्, र उनीहरूको मनोवृत्ति कस्तो छ त्यो नियाल्छन्, अनि यी कुरालाई आफूले आशिष् पाउने कुनै आशा छ कि छैन वा आफू खुलासा भएर हटाइने हो कि होइन भनेर पुष्टि गर्न प्रयोग गर्छन्। काटछाँटमा पर्नुको एउटा सामान्य घटनाले ख्रीष्टविरोधीहरूको हृदयमा यति ठूलो अशान्ति मच्चाउँछ र यति ठूलो चिन्तन उत्पन्न गराउँछ। जबजब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूको पहिलो प्रतिक्रिया नै घृणा हुन्छ, अनि तिनीहरू हृदयमा त्यसप्रति प्रतिकूल बन्छन्, तिनीहरू त्यसलाई इन्कार गर्छन्, र त्यससँग लडाइँ गर्छन्, अनि अघि मानिसहरूको बोली र हाउभाउ जाँच्छन्, र पछि अडकल काट्छन्। तिनीहरू आफ्नो दिमाग, सोच र क्षुद्र चतुऱ्याइँ प्रयोग गरेर परिस्थितिको विकास हेर्छन्, आफू वरपरका मानिसहरूले आफूलाई कसरी हेर्छन् भनेर नियाल्छन्, अनि आफूप्रति वरिष्ठ अगुवाहरूको मनोवृत्ति के छ भनेर अवलोकन गर्छन्। यी कुराहरूबाट तिनीहरू आफूले आशिष् पाउने आशा अझै कति छ, आफूसँग आशिष् पाउने झिनो आशा छ कि छैन वा आफू खुलासा भएर हटाइने हो कि होइन भनेर मूल्याङ्कन गर्छन्। ख्रीष्टविरोधीहरू अप्ठ्यारो परिस्थितिमा पर्दा, फेरि परमेश्वरको वचन अनुसन्धान गर्न थाल्छन्, परमेश्वरको वचनमा सही आधार, आशाको किरण, र जीवनबुटी भेट्टाउने कोसिस गर्छन्। तिनीहरू काटछाँटमा परेपछि, यदि कसैले प्रेमिलो हृदयले तिनीहरूलाई सान्त्वना, सहयोग र मदत प्रदान गर्यो भने, यी कुराले तिनीहरूलाई अझै पनि आफूलाई परमेश्वरको घरको सदस्य मानिन्छ भन्ने महसुस गराउँछ, र तिनीहरू आफूले आशिष् पाउने आशा अझै छ र आफ्नो आशा अझै बलियो छ भन्ने विश्वास गर्छन्, अनि तिनीहरूले पछि हट्ने जुनसुकै सोच पनि हटाउँछन्। तथापि, परिस्थिति उल्टो हुनासाथ र तिनीहरूले आशिष् पाउने आफ्नो आशा क्षीण र हराएको देख्दा, तिनीहरूको पहिलो प्रतिक्रिया यस्तो हुन्छ: “यदि मैले आशिष् पाउन सकिनँ भने, परमेश्वरमा विश्वास गर्न छोड्नेछु। उनलाई विश्वास गर्न मन पराउनेहरूले विश्वास गर्न सक्छन्, तर म कुनै हालतमा पनि तिमीबाट काटछाँट हुन स्विकार्नेछैनँ, अनि तिमीले मलाई काटछाँट गर्दा भन्ने हरकुरा गलत हो। म त्यो सुन्न चाहन्नँ, म त्यो सुन्न इच्छुक छैनँ, र तिमीले काटछाँट व्यक्तिको लागि सबैभन्दा लाभदायी कुरा हो भनेर भने पनि म काटछाँटमा पर्न स्विकार्नेछैनँ!” जब तिनीहरूले आशिष् पाउने आफ्नो आशा खेर गएको देख्छन्, जब तिनीहरूले धेरै लामो समयदेखि आफूले पछ्याएको हैसियत र स्वर्गको राज्य प्रवेश गर्ने सपनाहरू बेकाम भएको र गुमेको देख्छन्, तब तिनीहरू आफ्नो पछ्याउने शैली वा आफूले पछ्याउने उद्देश्यहरू परिवर्तन गर्नेबारे सोच्दैनन्, बरु छोड्ने र पछि हट्नेबारे सोच्छन्, तिनीहरू तबउसो परमेश्वरमा विश्वास गर्न चाहँदैनन्, अनि तिनीहरूलाई परमेश्वरप्रतिको आफ्नो विश्वासमा आशिष् पाउने कुनै आशा छैन भन्ने लाग्छ। ख्रीष्टविरोधीहरूको हकमा, यदि तिनीहरूले परमेश्वरमा विश्वास गर्न थाल्दा प्राप्त गर्न चाहेको इनाम, आशिष् र मुकुटको कल्पना र आशा समाप्त भयो भने, परमेश्वरमा विश्वास गर्ने तिनीहरूको प्रेरणा हराउँछ, साथै परमेश्वरको लागि आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्य निभाउने उत्प्रेरणा पनि हराएर जान्छ। जब तिनीहरूको उत्प्रेरणा समाप्त हुन्छ, तबउसो तिनीहरू मण्डलीमा रहन, र यसरी काम गर्न चाहँदैनन्, अनि कर्तव्य त्याग्न र मण्डली छोड्न चाहन्छन्। काटछाँटमा पर्दा, ख्रीष्टविरोधीहरूले सोच्ने भनेकै यो सब हो, अनि तिनीहरूको प्रकृति सार पूर्णतया खुलासा हुन्छ। समग्रमा हेर्दा, आफूले भन्ने र गर्ने दुवै कुरामा ख्रीष्टविरोधीहरूले सत्यता कहिल्यै स्विकार्दैनन्। सत्यता नस्विकार्ने स्वभाव के हो? के यो सत्यताप्रति प्रतिकूल रहनु होइन र? ठ्याक्कै त्यही हो। काटछाँटमा पर्ने सरल कुरा स्विकार्नु आफैमा सहज हुन्छ। पहिलो कुरा, तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिमा कुनै खराब आशय हुँदैन; दोस्रो कुरा, ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिने मामिलालाई विचार गर्दा, यो निश्चित छ कि तिनीहरू पक्कै परमेश्वरको घरको बन्दोबस्तविरुद्ध र सत्यता सिद्धान्तहरूविरुद्ध गएको हुनुपर्छ, अनि तिनीहरूको काममा गल्ती वा त्रुटी भएको हुनुपर्छ जसले मण्डलीको काममा अवरोध र बाधा पुऱ्यायो। तिनीहरू मानव इच्छाद्वारा दूषित भएकोले, तिनीहरूको भ्रष्ट स्वभावको कारण, र तिनीहरूले सत्यता सिद्धान्तहरू नबुझेर मनमानी ढङ्गले काम गरेको कारण तिनीहरूलाई काटछाँट गरिन्छ। यो एकदमै सामान्य कुरा हो। सारा संसारभरि नै, कुनै ठूलो सङ्गठन, कुनै समूह वा कम्पनीसँग नियम-कानुनहरू हुन्छन्, र यी नियम-कानुनहरू उल्लङ्घन गर्ने जोकोहीलाई दण्डित र नियन्त्रित गरिनैपर्छ। यो एकदमै सामान्य, र एकदमै उचित कुरा हो। तथापि, ख्रीष्टविरोधीहरू नियम-कानुन उल्लङ्घन गरेको कारण उचित रूपमा नियन्त्रण गरिनुलाई अरूले तिनीहरूको परिस्थिति गाह्रो बनाइदिएको, अन्यायपूर्वक दण्ड दिएको, तिनीहरूको गल्ती कोट्याएको र तिनीहरूलाई समस्यामा पारेको ठान्छन्। के त्यो सत्यता स्विकार्ने मनोवृत्ति हो? एकदमै स्पष्ट छ, त्यो होइन। सत्यता स्विकार्ने मनोवृत्तिविना, के यस्तो व्यक्तिलाई कर्तव्य निर्वाहमा गल्ती गर्न अनि अवरोध र बाधा पुऱ्याउनबाट जोगिनु सम्भव हुन्छ? निश्चय नै हुँदैन। के यस्तो व्यक्ति कर्तव्य निर्वाह गर्न सुयोग्य व्यक्ति हो? तोकेरै भन्नुपर्दा, ऊ होइन। यस्तो व्यक्ति कुनै पनि काममा दक्ष हुनु सम्भव छँदै छैन।
कर्तव्य निर्वाह गर्नु भनेको परमेश्वरले उहाँका चुनिएका मानिसहरूलाई दिनुहुने अवसर हो ताकि तिनीहरूले आफूलाई प्रशिक्षित गर्न सकून्, तर मानिसहरू यसलाई मूल्यवान् ठान्न जान्दैनन्। बरु उल्टै, तिनीहरू काटछाँटमा पर्दा, रिस पोखाउँछन्; तिनीहरू लडाइँ गर्छन् र यसविरुद्ध सोर मच्चाउँछन्; तिनीहरू उद्दण्ड र रुष्ट हुन्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरू कहिल्यै गल्ती नगरेका सन्त हुन्। भ्रष्ट मानिसहरूमाझ कसले पो गल्ती गर्दैन र? गल्ती गर्नु एकदमै सामान्य कुरा हो। परमेश्वरको घरले तँलाई मुखले मात्र काटछाँट गरिरहेको हुन्छ, यो तँलाई यसको लागि जिम्मेवार ठहराउनु वा निन्दा गर्नु होइन, झन् तँलाई श्राप दिनु त यो हुँदै होइन। कहिलेकाहीँ यो काटछाँट निकै कठोर हुन सक्छ, शब्दहरू घोच्ने वा अप्रिय सुनिन सक्छन्, र तेरा भावनामा चोट पनि लाग्न सक्छ। परमेश्वरको घरका आर्थिक हरहिसाब वा उपकरणहरूमा हानि गर्नेहरूलाई परमेश्वरको घरले जरिमाना तिराएर वा क्षतिपूर्ति मागेर अनुशासनमा राख्छ—के त्यसलाई कठोर भन्न मिल्छ? कि त्यसलाई उचित मान्न सकिन्छ? तँलाई दोब्बर क्षतिपूर्ति दिन लगाइँदैन, न त तँलाई धुत्ने काम नै गरिएको हुन्छ, तैँले बराबरी रकम मात्र तिर्नुपर्छ। के त्यो एकदमै उचित होइन र? यो त संसारका कतिपय देशमा जरिमाना तिराइएभन्दा धेरै हल्का हो। कतिपय शहरमा, तँलाई भुइँमा थुकेकोमा वा कागज फालेकोमा मात्र पनि ठूलो जरिमाना तिराइन्छ। के तैँले त्यो अवज्ञा गर्न वा जरिमाना तिर्न इन्कार्न सक्छस्? यदि तैँले इन्कार गरिस् भने, सायद तँलाई जेलमा हालिनेछ, र अझ कठोर कानुनी सजायसमेत दिइनेछ। प्रणाली यस्तै हुन्छ। कति मानिसले यो बुझ्दैनन्, र परमेश्वरको घरले मानिसहरूलाई यसरी काटछाँट गर्नु एकदमै कठोर कुरा हो र यसरी मानिसहरूलाई नियन्त्रणमा राख्नु अत्यन्तै क्रूरता हो भनेर सोच्छन्। यदि यस्ता मानिसहरूलाई अलि कठोर ढङ्गमा काटछाँट गरियो, र तिनीहरूको आत्मसम्मानमा चोट पुग्यो अनि तिनीहरूको शैतानी प्रकृति खलबलियो भने, तिनीहरूलाई यो असह्य हुन्छ, र यो तिनीहरूका धारणाहरूसँग मेल खाँदैन। तिनीहरू के विश्वास गर्छन् भने, यो परमेश्वरको घर भएकोले, मानिसहरूलाई यसरी व्यवहार गर्नु हुँदैन, परमेश्वरको घरले हरमोडमा सहनशीलता र धैर्यता देखाउनुपर्छ, अनि मानिसहरूलाई मनमानी ढङ्गले चल्न र आफूखुसी गर्न दिनुपर्छ। तिनीहरू मानिसहरूले गर्ने हरकुरा असल हुन्छ, र त्यसलाई परमेश्वरले याद गर्नुपर्छ भन्ने सोच्छन्। के यो उचित हो? (होइन।) मानिसहरूमा कस्तो प्रकृति सार हुन्छ? के तिनीहरू साँच्चै मानव हुन्? यसलाई अलि मिठो पाराले भन्नुपर्दा, तिनीहरू शैतान र दियाबलस हुन्। यसलाई अलि रुखो तरिकामा भन्नुपर्दा, तिनीहरू पशु हुन्। मानिसहरू कसरी व्यवहार गर्ने भन्ने नियमहरू जान्दैनन्, तिनीहरू एकदमै घटिया, साथै अल्छी, आराम मन पराउने र कडा परिश्रम गर्न नरुचाउने हुन्छन्, र तिनीहरू बेलगाम रूपमा खराब कुराहरू गर्न चाहन्छन्। सबैभन्दा चिन्ताजनक पक्ष के हो भने, परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्ने धेरैले आफूसँग सधैँ बाह्य सांसारका दुनियाँसित व्यवहार गर्ने दर्शनहरू, तौरतरिकाहरू र दुष्ट प्रवृत्तिहरू ल्याउन चाहन्छन्। तिनीहरू यी कुराहरू अनुसन्धान गर्न, सिक्न र अनुकरण गर्न आफ्नो ऊर्जासमेत लगाउँछन्, र परिणामस्वरूप परमेश्वरको घरका कतिपय काममा भद्रगोल र अशान्ति मच्चाउँछन्। यो कुरा हरव्यक्तिको लागि असह्य हुन्छ, र विश्वासमा नयाँ रहेका कतिपय दाजुभाइ-दिदीबहिनीहरूले समेत यी मानिसहरू भक्त होइनन्, यिनीहरूका कार्य सांसारिक प्रवृत्तिका छन्, इसाईका कुनै पनि कार्यजस्ता छैनन् भनेर भन्छन्—यी नयाँ विश्वासीहरूले समेत यी मानिसहरूका कार्य स्विकार्न सक्दैनन्। यी मानिसहरू थोरै मूल्य चुकाउँछन्, यिनीहरूमा अलिकति उत्साह, थोरै जोस र सद्भाव हुन्छ, अनि तिनीहरू आफूले सिकेको जुनसुकै वाहियात कुरा परमेश्वरका घरमा ल्याउँछन्, र आफ्नो कर्तव्य र काममा लागू गर्छन्, र परिणामस्वरूप, मण्डलीको काममा अवरोध र बाधा पुग्छ, अनि अन्ततः तिनीहरू काटछाँटमा पर्छन्। कति मानिसहरूले यो कुरा बुझ्दैनन्: “के परमेश्वर उहाँले मानिसहरूका असल कार्यहरू याद गर्नुहुन्छ भनेर भन्नुहुन्न र? त्यसोभए, आफ्नो कर्तव्य निभाएकोमा किन मलाई काटछाँट गरिँदै छ? किन म यो बुझ्न सक्दिनँ? परमेश्वरका वचनहरू कसरी पूरा गरिँदै छ? के ती केवल खोक्रा, आडम्बरी शब्द मात्र हुन् त?” त्यसोभए, किन तँ तेरा कार्यहरू याद गर्न योग्य असल कर्म हुन् कि होइनन् भनेर मनन गर्दैनस्? परमेश्वरले तँलाई के मापदण्ड दिनुभएको छ? के तैँले निर्वाह गरेको कर्तव्य, तैँले गरेको कार्य, र तैँले प्रदान गरेको विचार र सुझाव सन्तको शिष्टतासँग मेल खान्छन्? के ती परमेश्वरको घरले माग गरेको स्तरअनुसार छन्? के तैँले परमेश्वरको गवाही र परमेश्वरको नामबारे सोचेको छस्? के तैँले परमेश्वरको घरको प्रतिष्ठाबारे विचार गरेको छस्? के तैँले सन्तहरूको शिष्टताबारे विचार गरेको छस्? के तँ आफू एक इसाई हो भनेर स्विकार्छस्? तैँले यो कुनै कुरा पनि विचार गरेको छैनस्, त्यसोभए तैँले वास्तवमा के गरेको छस्? के तेरा कार्यहरू याद गर्नलायक छन्? तैँले मण्डलीको काम लथालिङ्ग पारेको छस्, र परमेश्वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता रद्द नगरी तँलाई मात्र काटछाँट गरेको छ। यो सबैभन्दा ठूलो प्रेम, सबैभन्दा साँचो प्रेम हो। तैपनि, तँ बेखुस हुन्छस्। के तँसित यसको कुनै कारण छ? तँ हदैसम्म नासमझ छस्!
कति मानिसहरूले परमेश्वरमा विश्वास गरेको दुई वा तीन वर्ष मात्र भएको छ, अनि तिनीहरूका कार्य, तिनीहरू बोल्ने र हाँस्ने तरिका, र तिनीहरूले प्रकट गर्ने दृष्टिकोण, र अरूसँग बोल्दा तिनीहरूको अनुहारको हाउभाउ र चालढाल अप्रिय हुन्छन्, र यी कुराले तिनीहरू पूर्णतया गैरविश्वासी र अविश्वासी हुन् भन्ने देखाउँछ। ती मानिसहरूलाई नियन्त्रित गरिनुपर्छ, तिनीहरूलाई काटछाँट गरिनुपर्छ, र तिनीहरूको लागि नियमहरू बनाइनुपर्छ, ताकि तिनीहरूले सामान्य मानवता के हो, सन्तको शिष्टता के हो, र इसाई कस्तो हुनुपर्छ भनेर जानून्, र ताकि तिनीहरूले मानव कसरी बन्ने, र मानव स्वरूप कसरी प्राप्त गर्न सकिन्छ भनेर सिकून्। कतिले त आठ वा दश वर्ष वा त्योभन्दा पनि लामो समयदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्, तर तिनीहरूको सोच र दृष्टिकोण, बोली र कार्य अनि तिनीहरूले कामकुरा सम्हाल्ने तरिका र परिस्थितिहरू आइपर्दा तिनीहरूमा फुर्ने विचारलाई हेर्दा, तिनीहरू पूर्णतया गैरविश्वासी र अविश्वासी हुन् भन्ने स्पष्ट हुन्छ। यी मानिसहरूले निकै धेरै प्रवचनहरू सुनेका हुन्छन्, अनि तिनीहरूमा केही अनुभव र अन्तर्दृष्टि हुन्छन्; तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग निकै धेरै अन्तरक्रिया गरेका हुन्छन्, अनि तिनीहरूसँग आफ्नै प्रकारको दैनिक भाषा हुनुपर्छ, तैपनि तिनीहरूमध्ये अधिकांशले गवाही दिनै सक्दैनन्, अनि तिनीहरूले कुरा गर्दा र आफ्नो दृष्टिकोण बताउँदा, तिनीहरूको भाषा अत्यन्तै सरल हुन्छ, र तिनीहरू कुनै कुरा पनि स्पष्टसँग व्याख्या गर्न सक्दैनन्। तिनीहरू वास्तवमै दरिद्र, दयनीय र अन्धा हुन्छन्—स्पष्टतः तिनीहरूको मुहार अत्यन्तै दयनीय हुन्छ। जब यस्तो व्यक्तिले कुनै कर्तव्य निभाउँछ र सानो जिम्मेवारी लिन्छ, तब ऊ सधैँ काटछाँटमा पर्छ। यो त हुन्छै हुन्छ। किन उसलाई काटछाँट गरिनेछ? किनभने उसको कार्यले सत्यता सिद्धान्तहरू एकदमै धेरै उल्लङ्घन गर्छ; उसले सामान्य मानिसहरूको विवेक र समझ प्राप्त गर्नसमेत सक्दैन, अनि ऊ गैरविश्वासीजस्तै बोल्छ र कार्य गर्छ, मानौँ परमेश्वरको घरको काम गर्न कुनै गैरविश्वासीलाई ज्यालामा ल्याइएको छ। त्यसैले, यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा गर्ने कार्यको गुणस्तर कस्तो हुन्छ? त्यसको मूल्य के हुन्छ? तिनीहरूको कुनै पक्ष समर्पित हुन्छ? के तिनीहरूसँग असाध्यै धेरै समस्या हुँदैनन् र? अनि तिनीहरूले अवरोध र बाधा मात्र ल्याउँदैनन् र? (ल्याउँछन्।) त्यसोभए के यी मानिसहरूलाई काटछाँट गर्नुपर्दैन र? (पर्छ।) कति मानिसहरू कुनै इसाईको जीवनबारे, नायक कसरी सतावट, सङ्कष्ट र विभिन्न परिस्थितिबाट गुज्रन्छ अनि उसले कसरी परमेश्वरको वचनको बोध र अनुभव गर्छ भन्नेबारे आलेख लेख्छन्। तथापि, सम्पूर्ण कथाभरि नायकले विरलै मात्र प्रार्थना गर्छ, र कहिलेकाहीँ कुनै कुरा सामना गर्दा, उसलाई प्रार्थनामा के भन्ने भनेरसमेत थाहा हुँदैन। पहिले, कति मानिसहरूले प्रार्थनैपिच्छे उही पुरानो कुरा लेख्ने गर्थे; नायकलाई केही आइपर्दा, ऊ यसरी प्रार्थना गर्थ्यो: “हे परमेश्वर, अहिले म एकदमै व्याकुल छु! म एकदमै दुःखी छु, पूर्ण रूपले दुःखी छु! बिन्ती छ, मलाई मार्गदर्शन र अन्तर्दृष्टि दिनुहोस्।” तिनीहरू यस्ता मामुली शब्दहरू मात्र लेख्थे, तर कुनै फरक घटना, फरक परिस्थिति, फरक मनस्थिति आइपर्दा, नायकलाई कसरी प्रार्थना गर्ने भनेर थाहा हुँदैनथ्यो र ऊसँग भन्ने कुरा केही हुन्थेन। यसले गर्दा म के सोच्छु भने, यदि यी मानिसहरू आफ्नो नायकले समस्याहरू आइपर्दा प्रार्थना नै नगरेको चित्रण गर्छन् भने, के तिनीहरू आफैसँग प्रार्थना गर्ने बानी हुन्छ त? यदि तिनीहरू कुनै कुरा आइपर्दा प्रार्थना गर्दैनन् भने, आफ्नो दैनिक जीवन र आफ्नो कर्तव्य निर्वाहमा केमा भर पर्छन्? तिनीहरू केबारेमा सोचिरहेका हुन्छन्? के तिनीहरूको हृदयमा परमेश्वर हुनुहुन्छ? (तिनीहरूका हृदयमा परमेश्वर हुनुहुन्न। तिनीहरू आफूले गर्ने कुरामा आफ्नै सोचाइ र प्रतिभामा भर पर्छन्।) यसको परिणामस्वरूप, तिनीहरू काटछाँटमा पर्छन्। म यस मामिलाको मूल्याङ्कन गर्नेछु भन्ने कुरा तिमीहरूलाई कस्तो लाग्छ? यस्ता मानिसहरूलाई काटछाँट गरिनुपर्छ। प्रगति नगर्ने, दिमाग त हुने तर हृदय नहुने यी मानिसहरू वर्षौँदेखिका विश्वासी हुन्, तैपनि तिनीहरूलाई समस्या आइपर्दा प्रार्थनामा के भन्ने भनेर थाहा छैन; तिनीहरूसँग परमेश्वरलाई भन्ने केही कुरा हुँदैन, न त तिनीहरूलाई परमेश्वरमा कसरी भरोसा गर्ने भन्ने नै थाहा हुन्छ, र परमेश्वरसँग तिनीहरूको हृदयभित्रदेखिको कुराकानी हुँदैन। परमेश्वर तेरो सबैभन्दा नजिकको, तेरो आडभरोसाको सबैभन्दा योग्य एउटै व्यक्ति हुनुहुन्छ, तैपनि तँसँग उहाँलाई भन्ने एउटा कुरा पनि छैन—त्यसोभए तैँले आफ्ना भित्री विचारहरू कसको लागि साँचिरहेको छस्? जसको लागि साँचिरहेको भए पनि, यदि तँसँग परमेश्वरलाई भन्ने केही कुरा छैन भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? के तँ सबैभन्दा मानवता नभएको व्यक्ति होइनस् र? यदि आलेखमा नायकको मानवता, विश्वासीको रूपमा उसको जीवन, अनि उसले परमेश्वरको वचनलाई कसरी अनुभव र बोध गर्छ, आदि इत्यादिबारे केही कुरा छैन भने, यदि त्यो आलेखको खोक्रो खोल मात्र हो भने, तैँले यो चलचित्र बनाएर मानिसहरूलाई के देखाउन खोजेको हो? तैँले लेख्दै गरेको त्यो आलेखको के काम छ? के तैँले परमेश्वरको गवाही दिइरहेको छस् वा आफूमा भएको थोरै ज्ञान र शिक्षाको गवाही दिइरहेको छस्? परमेश्वरको गवाही दिएको सबैभन्दा ठोस प्रमाण भनेको व्यक्तिले उसलाई केही आइपर्दा वा ऊ कठिनाइमा पर्दा कसरी प्रार्थना र खोजी गर्छ, अनि परमेश्वरबारे उसको विचार, मनोवृत्ति, दृष्टिकोण र सोच कसरी रूपान्तरित हुन्छ भन्ने हो। तर दुःखको कुरा, कति मानिसहरूले यो कुरा पटक्कै बुझ्दैनन्। तिनीहरू धेरै वर्ष विश्वासमा रहेपछि पनि कसरी प्रार्थना गर्ने भनी जान्दैनन्—तिनीहरूले अझै प्रगति नगर्नु अचम्म होइन। तिनीहरूको व्यावसायिक सिपमा सुधार आएको छैन, र तिनीहरूले आफ्नो जीवन प्रवेशमा प्रगति गरेका छैनन्। के यस्ता मानिसहरूलाई काटछाँट गर्नुपर्दैन र? त्यसकारण, मानिसहरू काटछाँटमा परेको पूर्वघटना छ। यदि तिमीहरू काटछाँट स्विकार्न मान्दैनौ भने, वा यदि तिमीहरूलाई काटछाँट गरिँदैन भने, यसको नतिजा र तिमीहरूको परिणाम खतरनाक हुनेछ। तिमीहरूले भाग्यवश अहिले आफूलाई काटछाँट गर्ने र अनुशासनमा राख्ने मानिसहरू पाएका छौ। तर यो राम्रो लाभदायी कुरा ख्रीष्टविरोधीहरूले स्विकार्न नसक्ने चीज हो। तिनीहरू के सोच्छन् भने, काटछाँटमा पर्नुको अर्थ आफू समाप्त हुनु, अब आफ्नो कुनै आशा नरहनु, र आफ्नो परिणाम के हुनेछ भनेर देख्न सक्नु हो। तिनीहरूलाई काटछाँटमा पर्नु भनेको अब आफ्नो कुनै मूल्य नरहनु, र माथिको प्रियपात्र हुन छोड्नु, अनि आफू हटाइने सम्भावनामा पर्नु हो भन्ने लाग्छ। त्यसपछि तिनीहरूले आफ्नो विश्वासमा उत्प्रेरणा गुमाउँछन् र बाहिरी संसारमा जाने र धेरै पैसा कमाउने, सांसारिक प्रवृत्तिहरू पछ्याउने, खाने, पिउने र रमाइलो गर्ने योजना बनाउन थाल्छन्, अनि तिनीहरूका योजनाहरू प्रकट हुन थाल्छन्। यसले तिनीहरूलाई खतरामा पार्छ, र तिनीहरूको अर्को पाइलाले तिनीहरूलाई सँघार नाघ्न लगाउँछ र परमेश्वरको घर छोडिजाने तुल्याउँछ।
जब परमेश्वरको घरमा ख्रीष्टविरोधीको हैसियत र शक्ति हुन्छ, जब उसले हरेक मोडमा लाभ लिन र फाइदा उठाउन सक्छ, जब मानिसहरूले उसलाई मान र चापलुसी गर्छन्, र जब उसलाई आशिष् र इनाम, अनि सबै सुन्दर गन्तव्य पहुँचमै रहेछन् भन्ने लाग्छ, तब ऊ सतही रूपमा परमेश्वरप्रति, परमेश्वरका वचनहरू र मानवजातिको लागि उहाँका प्रतिज्ञाहरूप्रति, अनि परमेश्वरको घरका कार्य र सम्भाव्यताहरूप्रति विश्वासले भरिभराउ देखिन्छ। तथापि, उसलाई काटछाँट गरिनासाथ, आशिष् पाउने उसको चाहना खतरामा पर्दा, उसले परमेश्वरप्रति आशङ्का र गलतफहमी विकास गर्छ। आँखा झिमिक्क गर्दा नै, उसको प्रचुर देखिने विश्वास गायब हुन्छ, र त्यसलाई कहीँ भेट्टाउन सकिँदैन। उसले हिँड्न वा बोल्नसमेत मुस्किलले ऊर्जा जुटाउँछ, आफ्नो कर्तव्य निभाउने उसको चासो गुम्छ, अनि उसले सबै उत्साह, प्रेम र विश्वास गुमाउँछ। उसले आफूसँग भएको थोरै सद्भाव पनि गुमाएको हुन्छ, र ऊ आफूसँग कुरा गर्ने कोहीकसैलाई कुनै ध्यान दिँदैन। ऊ क्षणभरमै पूर्णतया बेग्लै व्यक्तिमा परिणत हुन्छ। ऊ खुलासा हुन्छ, होइन र? यस्तो व्यक्तिले आशिष् पाउने आशा राखिराख्दा, ऊसँग असीमित ऊर्जा देखिन्छ, ऊ परमेश्वरप्रति बफादार देखिन्छ। ऊ बिहान चाँडै उठेर राती अबेरसम्म काम गर्न सक्छ, अनि कष्ट भोग्न र मूल्य चुकाउन सक्छ। तर जब उसले आशिषित हुने आशा गुमाउँछ, तब ऊ हावा खुस्केको बेलुनजस्तै हुन्छ। ऊ आफ्नो योजना बदल्न, अर्को मार्ग खोज्न र परमेश्वरप्रतिको विश्वास त्याग्न चाहन्छ। ऊ परमेश्वरसँग निरुत्साहित र हतोत्साहित हुन्छ, अनि गुनासाहरूले भरिन्छ। के यो सत्यता पछ्याउने र सत्यतालाई प्रेम गर्ने, मानवता र निष्ठा हुने व्यक्तिको अभिव्यक्ति हो र? (होइन।) ऊ खतरामा छ। तिमीहरूले यस्तो व्यक्तिलाई भेट्दा, यदि उसले सेवा चढाउन सक्छ भने, उसलाई काटछाँट गर्दा नरम बन, र उसलाई प्रशंसा गर्ने केही मिठा शब्दहरू खोज। उसलाई प्रशंसा गर, अनि बेलुनलाई झैँ फुकेर हुप्प पार, र त्यसपछि उसका कदमहरूमा फूर्ति आउनेछ। तैँले यसो भन्न सक्छस्: “तिमी एकदमै आशिषित छौ, तिम्रा आँखामा चमक छ, र म तिमीमा प्रचुर ऊर्जा देख्छु, अनि तिमी पक्कै पनि परमेश्वरको घरको मुख्य आधार हुनेछौ। तिमीविना परमेश्वरको राज्य कहिल्यै सम्भव हुन सक्दैन, र तिमीविना परमेश्वरको घरको कामले नोक्सानी भोग्नेछ। तर तिमीमा बस एउटा सानो कमी छ। तिमीले त्यसलाई अलिकति प्रयास गरेर हटाउन सक्छौ र त्यो ठिक गरेपछि सबै कुरा ठिक हुनेछ, र त्यसपछि सबैभन्दा महान् मुकुट निश्चय नै तिम्रो हुन्छ।” जब यस्तो व्यक्तिले केही गल्ती गर्छ, तैँले उसलाई सिधै काटछाँट गर्न सक्छस्। त्यो कसरी गर्नुपर्छ? तैँले यसो भन्, “तिमी यति चलाक छौ। कसरी तिमीबाट यस्तो आधारभूत गल्ती हुन गयो? त्यो हुनु हुन्थेन! तिमीमा सर्वोत्तम क्षमता छ र तिमी हाम्रो टोलीमा सबैभन्दा शिक्षित हौ, तिमी हामीमाझ सबैभन्दा प्रतिष्ठित हौ। तिमी यस्तो गल्ती गर्ने व्यक्ति हुनु हुन्थेन—कति लाजमर्दो! फेरि यस्तो गल्ती नगर्ने पक्का गर, नत्र यसले परमेश्वरलाई अवश्य नै चोट पुऱ्याउनेछ। यदि तिमीले फेरि यो गल्ती गऱ्यौ भने, यसले तिम्रो ख्यातिमा हानि गर्नेछ। म यो कुरा तिमीलाई सबैको अगाडि भन्नेछैनँ—म तिमीलाई यसबारे गोप्यमा बताउँदै छु ताकि दाजुभाइ-दिदीबहिनीहरूले तिम्रो बारेमा कुनै भेउ नपाऊन्। म त बस तिम्रो इज्जतमा आँच नआओस् भन्ने कुरा सुनिश्चित गर्ने र तिम्रो भावनालाई विचार गर्ने मात्र कोसिस गर्दै छु, होइन र? हेर, के परमेश्वरको घर प्रेमिलो छैन र?” त्यसपछि उसले भन्छ, “छ।” “त्यसोभए, अब के गर्ने?” अनि उसले जवाफमा भन्नेछ, “असल काम गरिरहने!” उसलाई त्यस्तो व्यवहार गर्नेबारे तँलाई कस्तो लाग्छ? त्यस्तो व्यक्ति परिश्रम गरेर आशिष् पाउन मात्र चाहन्छ, ऊ आफ्नो बोली वा काममा कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैन, अनि पटक्कै सत्यता स्विकार्दैन। ऊ आफूले भन्ने कुरा भन्नु हुन्छ कि हुँदैन वा गर्ने कुरा गर्नु हुन्छ कि हुँदैन भनेर कहिल्यै सोच्दैन, न त आफूले गर्ने कुराको परिणाम नै विचार गर्छ, न त प्रार्थना, मनन, खोजी वा सङ्गति नै गर्छ। ऊ त केवल आफ्नै विचारअनुसार कामकुराहरू गर्छ, ऊ आफूलाई जे मन लाग्छ त्यही गर्छ। जब कसैले उसको आत्मसम्मान वा हितलाई केही भनेर वा केही गरेर हानि पुऱ्याउँछ, जब उसको कमी वा समस्या खुलासा गर्छ, वा जब उसलाई कुनै उचित सल्लाह दिन्छ, तब ऊ रिसले चूर हुन्छ, ईख राख्छ, र प्रतिशोध लिन चाहन्छ, अनि अझ गम्भिर मामलामा त, ऊ विश्वास त्यागेर रातो अजिङ्गरकहाँ गई मण्डलीको रिपोर्ट गर्न चाहन्छ। हामीसँग यस्तो व्यक्तिलाई तह लगाउने तरिका छ, र त्यो ठ्याक्कै के हो भने, उसलाई काटछाँट गर्नबाट जोगिनु, बरु उसलाई लाडप्यार गर्नु हो।
ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिँदा, यसलाई तिनीहरूले कसरी आशिष्हरू प्राप्त गर्ने आफ्नो आशासित सधैँ जोडेर हेर्छन् भन्नेबारे हामीले भर्खरै सङ्गति गर्दै आएका छौँ। यो मनोवृत्ति र दृष्टिकोण गलत छ, र यो खतरनाक हुन्छ। कसैले ख्रीष्टविरोधीका त्रुटि वा समस्याहरू औँल्याइदिँदा, तिनीहरूलाई आशिष्हरू पाउने आफ्नो आशा गुम्यो भन्ने लाग्छ; अनि तिनीहरूलाई काटछाँट गरिँदा, वा अनुशासनमा राखिँदा वा गाली गरिँदा पनि तिनीहरूलाई आशिष्हरू पाउने आफ्नो आशा गुम्यो भन्ने लाग्छ। केही कुरा तिनीहरूले चाहेजस्तो नहुँदा वा ती कुरा तिनीहरूका धारणासित मेल नखाँदा, तिनीहरूलाई खुलासा र काटछाँट गरिँदा, तुरुन्तै तिनीहरूको आत्मसम्मानमा धक्का लागिहाल्छ, तुरुन्तै तिनीहरूमा अब आशिष्हरू पाउने आशा रहने हो कि होइन भन्ने सोचाइ आइहाल्छ। के यो अति संवेदनशील हुनु होइन र? के तिनीहरू आशिष् प्राप्त गर्न अति नै इच्छुक छैनन् र? मलाई बता, के यस्ता मानिसहरू दयनीय छैनन् र? (छन्।) वास्तवमा तिनीहरू दयनीय छन्! अनि तिनीहरू कुन तरिकामा दयनीय छन्? के कसैले आशिष् पाउन सक्छ कि सक्दैन भन्ने कुरा तिनीहरूको काटछाँटसित सम्बन्धित छ? (छैन।) त्यसोभए, काटछाँट गरिँदा, किन ख्रीष्टविरोधीहरूलाई आशिष् प्राप्त गर्ने आशा गुम्यो भन्ने लाग्छ? के तिनीहरूले पछ्याउने कुरासित यसको सम्बन्ध छैन र? तिनीहरू केको पछि लाग्छन्? (आशिष्हरूको पछि लाग्छन्।) तिनीहरू आशिष्हरू प्राप्त गर्ने आफ्नो चाहना र नियत कहिल्यै त्याग्दैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेदेखि नै आशिष्हरू प्राप्त गर्ने नियत राखेका छन्, र तिनीहरूले कैयौँ प्रवचनहरू सुने पनि, कहिल्यै सत्यता स्वीकार गरेका छैनन्। तिनीहरूले आशिष् प्राप्त गर्ने आफ्नो चाहना र नियत कहिल्यै त्यागेका छैनन्। तिनीहरूले परमेश्वरमाथिको विश्वासप्रति आफ्नो दृष्टिकोण सुधार वा परिवर्तन गरेका छैनन्, र तिनीहरूको कर्तव्य निर्वाहप्रतिको नियत शुद्ध पारिएको छैन। तिनीहरू सधैँ सबै कुरा आशिष्हरू प्राप्त गर्ने आशा र नियतले गर्छन्, र अन्त्यमा, आशिष्हरू प्राप्त गर्ने तिनीहरूको आशा चकनाचुर हुन लाग्दा, तिनीहरू रिसले चूर हुन्छन्, र तीव्र गुनासो गर्छन्, अनि आखिरमा आफूले परमेश्वरबारे शङ्का गरेको र सत्यता इन्कार गरेको कुरूप अवस्था उदाङ्गो पार्छन्। के तिनीहरूले काल खोजिरहेका छैनन् र? यो त ख्रीष्टविरोधीले कति पनि सत्यता स्वीकार नगर्नु, काटछाँट कदापि नस्विकार्नुको अपरिहार्य परिणाम हो। परमेश्वरका चुनिएका सबै मानिसहरूले परमेश्वरको काममा बटुलेको अनुभवबाट परमेश्वरको न्याय, सजाय, अनि उहाँको काटछाँट भनेका उहाँका प्रेम र आशिष् हुन् भनेर थाहा पाउन सक्छन्—तर ख्रीष्टविरोधीहरूले यसलाई मानिसहरूको भनाइ मात्र ठान्छन्, र यो सत्यता हो भनेर विश्वास गर्दैनन्। त्यसकारण, तिनीहरू काटछाँटलाई सिक्नुपर्ने पाठको रूपमा हेर्दैनन्, न त सत्यता खोजी गर्छन् न त आत्मचिन्तन नै गर्छन्। यसको विपरीत, तिनीहरू काटछाँटलाई मानव इच्छाबाट पैदा भएको, व्यक्तिगत नियतले भरिएको उत्पीडन हो र अवश्य नै परमेश्वरबाट आएका होइन भन्ने ठान्छन्। तिनीहरू यस कुराको विरोध र अनादर गर्ने, अनि कसैले आफूलाई त्यसरी किन व्यवहार गरेको भनेर अध्ययनसमेत गर्ने निर्णय गर्छन्। तिनीहरू झुक्दै झुक्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा घटित हुने हरेक कुरालाई आशिष् र इनाम प्राप्त गर्नुसित जोड्छन्, अनि आशिष् प्राप्त गर्नुलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण पछ्याइ, साथै परमेश्वप्रतिको आफ्नो विश्वासमा अन्तिम र सर्वोच्च लक्ष्य मान्छन्। परमेश्वरको घरले सत्यताबारे जे-जसरी सङ्गति दिए पनि, तिनीहरू आशिष् प्राप्त गर्ने आफ्नो नियतमा जीवनभर टाँसिइरहन्छन्, यसलाई त्याग्दैनन्, र आशिष् पाउने उद्देश्य नराखी परमेश्वरमा विश्वास गर्नु भनेको मूर्खता र बेबकुफी हो, यो ठूलो हानि हो भनेर सोच्छन्। तिनीहरू के सोच्छन् भने, आशिष् प्राप्त गर्ने नियत त्याग्ने जोकोही बेबकुफ बनेको हुन्छ, मूर्खले मात्र आशिष् प्राप्त गर्ने आशा त्याग्छ, अनि काटछाँट स्वीकार गर्नु भनेको मूर्खता र असक्षमता देखाउनु हो, र त्यो बुद्धि भएको व्यक्तिले गर्ने कुरा होइन। यो ख्रीष्टविरोधीको सोचाइ र तर्क हो। त्यसैले, ख्रीष्टविरोधीलाई काटछाँट गरिँदा, तिनीहरू मनमा असाध्यै प्रतिरोध गर्छन्, तिनीहरू तर्कजाल र बहाना बनाउनमा खप्पिस हुन्छन्; तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्, न त झुक्छन् नै। बरु, तिनीहरू पुरै अवाज्ञा र ललकारले भरिन्छन्। यसले सहजै परमेश्वरको विरोध गर्ने, परमेश्वरको निन्दा गर्ने, र उहाँविरुद्ध लडाइँ गर्ने अनि अन्त्यमा खुलासा भएर हटाइने हदमा पुऱ्याउँछ।
आ. आफ्नो कर्तव्य समायोजनप्रति ख्रीष्टविरोधीहरूको दृष्टिकोण
आशिष् प्राप्त गर्ने सन्दर्भमा ख्रीष्टविरोधीहरूमा असाध्यै हठी मनोवृत्ति हुन्छ। तिनीहरू आशिष् पाउने आफ्नो आशयमा कस्सिएर चिपिक्कै टाँसिइरहन्छन्, र तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूमा प्रतिरोध जाग्छ, अनि तिनीहरू आफ्नो सारा शक्ति लगाएर यसमा प्रतिवाद गर्ने र आफ्नो बचाउ गर्ने प्रयास गर्छन्। यसबाट, हामी ख्रीष्टविरोधीहरू पटक्कै सत्यता स्विकार्दैनन् भनेर निर्धारित गर्न सक्छौँ। तिनीहरूलाई बर्खास्त गरिँदा वा तिनीहरूको कर्तव्य समायोजित गरिँदा, तिनीहरू आशिष् प्राप्त गर्ने मामिलाबारे असाध्यै संवेदनशील हुन्छन्। किन तिनीहरू त्यसबारे संवेदनशील हुन्छन्? किनभने यस्ता मानिसहरूको हृदय आशिष् प्राप्त गर्ने चाहना र महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ। तिनीहरू सबै कुरा अरू केहीको निम्ति नभई आशिष् पाउनकै खातिर गर्छन्। जीवनमा तिनीहरूको सबैभन्दा ठूलो इच्छा आशिष् पाउनु नै हुन्छ। त्यसकारण, तिनीहरूलाई बर्खास्त गरिँदा वा तिनीहरूको कर्तव्य समायोजित गरिँदा, तिनीहरूलाई आशिष् पाउने आफ्नो आशा समाप्त भयो भन्ने लाग्छ, र स्वाभावैले तिनीहरू समर्पित हुन मान्दैनन्, अनि आफ्नै पक्षमा तर्क गरिरहन्छन्। तिनीहरू आफ्नै हितलाई मात्र विचार गर्छन्, र परमेश्वरको घरको कामलाई विचार गर्दैनन्। उदाहरणको लागि, कति मानिसहरू आफूलाई लेखनमा सिपालु ठान्छन्, त्यसैले तिनीहरू लेखनसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न जोडतोडले माग गर्छन्। अवश्य नै, परमेश्वरको घरले तिनीहरूलाई निराश पार्दैन, परमेश्वरको घर प्रतिभावान् व्यक्तिहरूको कदर गर्छ, र मानिसहरूमा जेजस्तो प्रतिभा वा सामर्थ्य भए पनि, परमेश्वरको घरले ती सदुपयोग गर्ने ठाउँ दिन्छ, त्यसैले मण्डलीले तिनीहरूको लागि लेख-आधारित काम गर्ने बन्दोबस्त मिलाउँछ। तर केही समय बितेपछि, तिनीहरूमा यो सिप नभएको र तिनीहरूले यो कर्तव्य उचित रूपमा निभाउन नसकेको वास्तविकता पत्ता लाग्छ; तिनीहरू पूर्ण रूपले अप्रभावकारी हुन्छन्। प्रतिभा र क्षमताको आधारमा, तिनीहरू यस काममा एकदमै अयोग्य बन्छन्। त्यसैले, यस्ता परिस्थितिमा के गर्नुपर्छ? के तिनीहरूलाई केवल सहेर “तिमीमा लगाव छ र तिमीसँग त्यति प्रतिभा नभए पनि, र औसत क्षमता भए पनि, यदि तिमी इच्छुक छौ र कडा परिश्रम गर्न अरुचि राख्दैनौ भने, परमेश्वरको घरले तिमीलाई सहनेछ र यो कर्तव्य जारी राख्न दिनेछ। तिमीले त्यो राम्ररी गरिनौ भने पनि, त्यसले केही फरक पार्दैन। परमेश्वरको घरले अन्देखा गर्नेछ, र तिमीलाई प्रतिस्थापित गर्नु आवश्यक पर्दैन” भनेर भन्नु सम्भव छ? के परमेश्वरको घरले मामिलाहरू सम्हाल्ने सिद्धान्त यही हो? अवश्यै होइन। यस्ता परिस्थितिमा, सामान्यतया तिनीहरूको लागि तिनीहरूको क्षमता र सामर्थ्यको आधारमा उपयुक्त कर्तव्यहरू बन्दोबस्त गरिन्छ; त्यो यसको एक पक्ष हो। तर यसमा मात्र भर पर्नु पर्याप्त हुँदैन, किनभने धेरै मामिलामा मानिसहरू आफैलाई आफू के गर्न योग्य छु भन्ने थाहा हुँदैन, र यदि तिनीहरूलाई आफू त्यसमा राम्रो छु भन्ने लागे पनि, त्यो सही हुन्छ नै भन्ने छैन, त्यसैले तिनीहरूले केही समय त्यसमा काम गरेर हेर्नुपर्छ र प्रशिक्षित हुनुपर्छ; तिनीहरू प्रभावकारी छन् कि छैनन् भन्ने आधारमा निर्णय गर्नु नै सही कुरा हो। यदि तिनीहरूलाई केही समय प्रशिक्षित गरियो, तर तिनीहरूले कुनै परिणाम हासिल गरेनन् वा कुनै प्रगति गरेनन् भने, तिनीहरूलाई जगेर्ना गर्नु बेकार हो भन्ने पुष्टि हुन्छ, र त्यसपछि तिनीहरूको कर्तव्य समायोजित गर्नुपर्छ, र तिनीहरूको लागि उपयुक्त कर्तव्य फेरि बन्दोबस्त गर्नुपर्छ। मानिसहरूको कर्तव्य यसरी पुनः बन्दोबस्त र समायोजित गर्नु उचित हुन्छ, र यो सिद्धान्अनुरूप कुरा पनि हो। तर कति मानिसहरू परमेश्वरको घरका बन्दोबस्तहरू पालना गर्न सक्दैनन्, बरु तिनीहरू सधैँ कर्तव्य निर्वाहमा आफ्ना दैहिक अभिरुचिहरू पछ्याउँछन्। उदाहरणको लागि, मानिलिऊँ कसैले यसो भन्छ रे, “मेरो सबैभन्दा ठूलो सपना साहित्यकार वा पत्रकार बन्नु थियो, तर मेरो पारिवारिक परिस्थिति र अन्य कारणले गर्दा, मैले त्यो सपना पूरा गर्न सकिनँ। तर अहिले म परमेश्वरको घरमा लेखन-सम्पादनको काम गर्छु। अन्त्यमा मैले आफूले चाहेको कुरा पाएको छु!” तर उसले सत्यता त्यति राम्ररी बुझेको हुँदैन, ऊसँग त्यति आत्मिक बुझाइ हुँदैन, र ऊ लेखन-सम्पादनको काम गर्न सक्षम हुँदैन, र त्यसैले उसले आफ्नो कर्तव्य केही समय निर्वाह गरेपछि उसलाई अर्का कर्तव्यमा स्थानान्तरण गरिन्छ। ऊ गुनासो गर्छ: “किन म आफूले चाहेको काम गर्नै सक्दिनँ? मलाई अरू प्रकारको कुनै काम मन पर्दैन!” यहाँ समस्या के हो? परमेश्वरको घरले सिद्धान्तअनुसार उसको कर्तव्य समायोजित गऱ्यो, तर किन ऊ त्यो परिवर्तन स्विकार्न सक्दैन? के यो उसको मानवताको समस्या होइन र? ऊ सत्यता स्विकार्न सक्दैन र परमेश्वरप्रति समर्पित हुँदैन—यो त बस समझको कमी हुनु हो। ऊ सधैँ आफ्नो व्यक्तिगत अभिरुचिअनुसार कर्तव्य निर्वाह गर्छ र सधैँ आफ्नै निर्णयहरू गर्न चाहन्छ। के यो भ्रष्ट स्वभाव होइन र? तँलाई कुनै कुरा गर्न मन पर्छ भन्दैमा, के तैँले त्यो राम्ररी गर्न सक्छस् भन्ने सुनिश्चित हुन्छ? तँलाई निश्चित कर्तव्य निभाउन मन पर्छ भन्दैमा, के त्यसको अर्थ तैँले त्यो सन्तुष्टदायी ढङ्गमा गर्न सक्छस् भन्ने हो? तँलाई कुनै कुरा गर्न मन पर्छ भन्दैमा, त्यसको अर्थ तँ त्यसको योग्य छस् भन्ने होइन, र तैँले आफू केको योग्य छ भनेर नदेख्न पनि सक्छस्। तसर्थ, तँमा समझ हुनुपर्छ र तैँले आज्ञापालन गर्न सिक्नुपर्छ। त्यसैले, जब तेरो कर्तव्य समायोजित गरिन्छ, तब तैँले कसरी आज्ञापालन अभ्यास गर्नुपर्छ? एकातिर, तैँले परमेश्वरको घरले तेरो कर्तव्य तेरो अभिरुचि वा कुनै अगुवा वा सेवकको पूर्वाग्रहको आधारमा नभई सत्यता सिद्धान्तहरूको आधारमा समायोजित गरेको हो भनेर विश्वास गर्नैपर्छ। तैँले तेरो कर्तव्यको समायोजन तेरो प्रतिभा, सामर्थ्य र अन्य वास्तविक परिस्थितिको आधारमा निर्णय गरिएको हो, अनि त्यो एक व्यक्तिको विचारबाट उत्पन्न भएको होइन भनेर भरोसा गर्नैपर्छ। तैँले आफ्नो कर्तव्य समायोजित गरिँदा आज्ञापालन गर्न सिक्नुपर्छ। तैँले आफ्नो नयाँ कर्तव्यमा केही समय प्रशिक्षण लिइसकेपछि र त्यो निर्वाह गरेर परिणामहरू हासिल गरिसकेपछि, आफू यो कर्तव्य निर्वाह गर्न अझ योग्य रहेछु भन्ने थाहा पाउनेछस्, र तँलाई आफ्नो अभिरुचिको आधारमा कर्तव्य छनौट गर्नु गलत रहेछ भन्ने महसुस हुनेछ। के यसले त्यो समस्या समाधान गर्दैन र? सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरको घरले मानिसहरूको लागि उनीहरूको अभिरुचिको आधारमा नभई कामको आवश्यकता र उनीहरूले त्यो कर्तव्य निर्वाह गर्दा परिणाम हासिल गर्न सक्छन् सक्दैनन् भन्ने आधारमा निश्चित कर्तव्यहरू निर्वाह गर्ने बन्दोबस्त मिलाउँछ। के तँ परमेश्वरको घरले व्यक्तिको अभिरुचिको आधारमा कर्तव्य बन्दोबस्त गर्नुपर्छ भनेर भन्छस्? के यसले मानिसहरूलाई तिनीहरूको व्यक्तिगत अभिरुचि पूरा गर्ने सर्तमा प्रयोग गर्नुपर्छ? (पर्दैन।) मानिसहरूलाई उपयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूसँग यीमध्ये कुनचाहिँ मेल खान्छ? सत्यता सिद्धान्हरूसँग कुनचाहिँ मेल खान्छ? यो मानिसहरूलाई परमेश्वरको घरको कामका आवश्यकता र मानिसहरूले कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने परिणामअनुसार छनौट गर्नु हो। तँमा केही झुकाव र रुचि हुन्छ, अनि तँमा आफ्नो कर्तव्य निर्वाह गर्ने अलिअलि इच्छा हुन्छ, तर के तेरो इच्छा, रुचि र झुकावले परमेश्वरको घरको कामले भन्दा बढी प्राथमिकता पाउनुपर्छ? यदि तैँले दृढतासाथ जिद्दी गर्दै “मैले यो काम गर्नैपर्छ; यदि मलाई यो गर्न दिइएन भने, म जिउन चाहन्नँ, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। यदि मलाई यो काम गर्न दिइएन भने, मलाई अरू कुनै कुरा गर्ने उत्साह हुनेछैन, न त म त्यसमा पूरा प्रयास नै लगाउनेछु,” भनेर भन्छस् भने, के यसले कर्तव्य निर्वाहप्रति तेरो मनोवृत्तिमा समस्या छ भन्ने देखाउँदैन र? के त्यो पूर्ण रूपमा विवेक र समझ नहुनु होइन र? तँ आफ्नो व्यक्तिगत इच्छा, रुचि र झुकाव पूरा गर्न मण्डलीको काममा असर र ढिलाइ गराउन हिचकिचाउँदैनस्। के यो सत्यताअनुसार छ? सत्यताअनुसार नभएका कुरालाई कसरी लिनुपर्छ? कति मानिसहरू भन्छन्: “समूहको खातिर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ।” के यो सही हो? के यो सत्यता हो? (होइन।) यो कस्तो प्रकारको भनाइ हो? (यो शैतानी भ्रम हो।) यो भ्रामक, बहकाउ र छद्मभेषी भनाइ हो। यदि तैँले “समूहको खातिर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ” भन्ने भनाइलाई कर्तव्यनिर्वाह सन्दर्भमा लागू गरिस् भने, तैँले परमेश्वरको विरोध र निन्दा गरिरहेको हुन्छस्। किन यो परमेश्वरको निन्दा गर्नु हुन्छ? किनभने तैँले आफ्नो इच्छा परमेश्वरमा लादिरहेको हुन्छस्, र त्यो ईश्वरनिन्दा हो! तैँले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुलाई परमेश्वरको सिद्धपाराइ र आशिष्सँग साट्ने प्रयास गरिरहेको हुन्छस्; तेरो अभिप्राय परमेश्वरसँग सौदा गर्नु हुन्छ। परमेश्वरलाई तैँले आफ्नो कुनै कुरा त्याग गर्नुपर्ने आवश्यकता पर्दैन; परमेश्वर त मानिसहरूले सत्यता अभ्यास गरून् र देहविरुद्ध विद्रोह गरून् भन्ने मापदण्ड मात्र दिनुहुन्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, परमेश्वरविरुद्ध विद्रोह र उहाँको विरोध गरिरहेको हुन्छस्। तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरिनस्, किनभने तेरो अभिप्राय गलत थियो, कामकुराबारे तेरो दृष्टिकोण सही थिएन, र तेरा भनाइहरू सत्यतासँग पूर्ण रूपले विरोधाभासी थिए। तर परमेश्वरको घरले तँलाई कर्तव्य निर्वाहको अधिकारबाट वञ्चित गरेको छैन। यति मात्र हो कि, तेरो कर्तव्य समायोजित गरियो, किनभने तँ पछिल्लो कर्तव्यको योग्य थिइनस्, र तँलाई तँ उपयुक्त हुने कर्तव्यमा खटाइयो। यो एकदमै सामान्य र बुझ्न सजिलो कुरा हो। तैँले यो मामिलालाई सही तरिकाले लिनुपर्छ। यो मामिलालाई लिने सही तरिका के हो? जब यस्तो हुन्छ, तब तैँले पहिला परमेश्वरको घरले गर्ने तेरो मूल्याङ्कन स्विकार्नैपर्छ। तँलाई व्यक्तिपरक तवरमा आफ्नो कर्तव्य मन परे पनि, वास्तवमा तँ त्यसमा सक्षम वा सिपालु छैनस्, त्यसैले तैँले त्यो काम गर्न सक्दैनस्। यसको अर्थ, तेरो कर्तव्य समायोजित गरिनुपर्छ। तैँले आज्ञा मानेर आफ्नो नयाँ कर्तव्य स्विकार्नुपर्छ। पहिला, केही समय त्यसमा प्रशिक्षण लिई—यदि तँलाई अझै पनि आफू त्यति राम्रो छैन, र त्यसको लागि तेरो क्षमताले भ्याउँदैन भन्ने लाग्छ भने, तैँले मण्डलीलाई बताउनुपर्छ: “म यो कर्तव्यमा सक्षम छैनँ। यदि यो जारी रह्यो भने, काममा रोकावट आउनेछ।” त्यो काम गर्ने एकदमै उचित तरिका हो! तैँले जे गरे पनि, त्यो कर्तव्यमा टाँसिइरहने प्रयास नगर्। यसो गर्दा काममा रोकावट आउनेछ। यदि तैँले त्यो मुद्दा चाँडै उठाइस् भने, मण्डलीले तेरो परिस्थितिको आधारमा तेरो लागि उपयुक्त कर्तव्य बन्दोबस्त गर्नेछ। परमेश्वरको घरले मानिसहरूलाई जबर्जस्ती कर्तव्य निर्वाह गर्न लगाउँदैन। के तैँले कर्तव्य समायोजित गरिएको अनुभव गर्नु तेरो लागि राम्रो कुरा होइन र? सर्वप्रथम, त्यसले तँलाई आफ्ना अभिरुचि र इच्छाहरूलाई समझदारीसाथ लिन सक्षम तुल्याउन सक्छ। सायद विगतमा त्यसप्रति तेरो झुकाव थियो होला, अनि तँ साहित्य र लेखन रुचाउँथिस् होला, तर लेखन-सम्पादनको काममा आत्मिक बुझाइ पनि चाहिन्छ। कम्तीमा पनि, तैँले आत्मिक शब्दावली बुझ्नुपर्छ। यदि तँमा अलिकति पनि सत्यताको बुझाइ छैन भने, लेखनमा थोरै सिप भएर मात्र पुग्नेछैन। तैँले केही समयको अनुभवमार्फत आत्मिक बुझाइ प्राप्त गर्नुपर्नेछ, आत्मिक शब्दभण्डार बुझ्नुपर्नेछ, र आत्मिक जीवनको भाषा धारण गर्नुपर्नेछ। त्यसपछि मात्र तैँले परमेश्वरको घरमा लेखन-सम्पादनको काम गर्न सक्नेछस्। तैँले अनुभवमार्फत र परिस्थितिबाट गुज्रेर, आफूमा जीवन अनुभवको भाषाको कमी रहेछ भन्ने थाहा पाउनेछस्, तैँले आफूमा एकदमै ठूलो अपर्याप्तता देख्नेछस्, तैँले आफ्नो साँचो कद चिन्नेछस्, अनि तैँले परमेश्वरको घर र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई तेरो क्षमता र कद स्पष्टसित देख्न सक्षम तुल्याउनेछस्। यो तेरो लागि राम्रो कुरा हो। कम्तीमा पनि, यसले तँलाई तेरो क्षमता कति उँचो वा निचो छ भनेर देखाउनेछ, र आफूलाई सही तरिकाले लिन सक्षम तुल्याउनेछ। तँमा अबदेखि आफ्नो क्षमता र झुकावबारे कल्पनाहरू हुनेछैनन्। तैँले आफ्नो साँचो कद चिन्नेछस्, तैँले आफू केमा सक्षम छु र केमा छैन भनेर अझ सही रूपमा र स्पष्टसित देख्नेछस्, अनि तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अझ दृढ र व्यावहारिक हुनेछस्। यो यसको एउटा पक्ष हो। अर्को पक्ष, जुन सबैभन्दा महत्त्वपूर्ण छ, त्यो के हो भने, तैँले जुनै हदमा बुझाइ प्राप्त गरे पनि वा तैँले यी कुराहरू बुझ्न सके पनि, जब परमेश्वरको घरले तेरो लागि बन्दोबस्तहरू मिलाउँछ, तब तैँले कम्तीमा पनि छनौट गर्नु वा चुन्नु, वा आफ्नै योजना र छनौटहरू गर्नुभन्दा पहिले आज्ञापालनको मनोवृत्ति अपनाउनैपर्छ। तिमीहरूमा सबैभन्दा बढी हुनुपर्ने समझ नै यही हो। यदि तैँले आफ्नो कर्तव्य निर्वाहमा कस्ता दूषित कुराहरू छन् भनेर मनन गर्न सकिनस् भने, ठिकै छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त तेरो हृदयमा समर्पण हुनु, र तैँले सत्यता स्विकार्न, आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिन र बफादारी देखाउन सक्नु हो, अनि समस्याहरू खडा हुँदा वा आफूले भ्रष्टता प्रकट गर्दा, तैँले आत्मचिन्तन गर्न, आफ्ना कमी र कमजोरीहरू बुझ्न अनि आफ्ना समस्या वा भ्रष्टताका प्रकटीकरणहरू समाधान गर्नहेतु सत्यता खोजी गर्न सक्नु हो। यस तरिकाले तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तँलाई थाहै नभई, तेरो जीवन र कद क्रमिक रूपमा बढ्नेछ, अनि तैँले आफ्नो कर्तव्य प्रशस्त गरी निर्वाह गर्न थाल्नेछस्। यदि तँ परमेश्वरको कार्य अनुभव गर्दा, उहाँप्रति सच्चा रूपले समर्पित भइस् र तैँले आफ्ना समस्याहरू हल गर्नहेतु सत्यता खोज्न कहिल्यै छोडिनस् भने, तँले उहाँका आशिष्हरू प्राप्त गर्नेछस्, अनि उहाँले तँलाई गलत व्यवहार गर्नुहुनेछैन।
कर्तव्य समायोजित गरिँदा, यदि यो मण्डलीले निर्णय गरेको हो भने, मानिसहरूले त्यो स्विकार्नुपर्छ र पालना गर्नुपर्छ, तिनीहरूले आत्मचिन्तन गर्नैपर्छ, अनि समस्याको सार र आफ्ना कमीकमजोरीहरू बुझ्नैपर्छ। यो मानिसहरूको लागि एकदमै लाभदायी हुन्छ, अनि त्यो अभ्यास गर्नुपर्ने कुरा हो। यस्तो सरल कुरालाई साधारण मानिसहरूले अति धेरै कठिनाइ वा अत्यधिक ठूला बाधाहरू सामना नगरी सही तरिकाले बुझ्न र सम्हाल्न सक्छन्। जब मानिसहरूका कर्तव्यहरू समायोजन गरिन्छ, तब कम्तीमा पनि तिनीहरू समर्पित हुनुपर्छ, तिनीहरूले आत्मसमीक्षा गरी फाइदा लिनुपर्छ, साथै आफ्नो कर्तव्य निर्वाह पर्याप्त छ कि छैन भनी सही मूल्याङ्कन राख्नुपर्छ। तर ख्रीष्टविरोधीहरूको हकमा भने यस्तो हुँदैन। तिनीहरूलाई जेसुकै हुँदा पनि तिनीहरूले प्रकट गर्ने कुरा सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। यो भिन्नता कहाँनेर हुन्छ त? तिनीहरूले आज्ञापालन गर्दैनन्, तिनीहरूले सक्रियतापूर्वक सहकार्य गर्दैनन्; न त तिनीहरूले अलिकति मात्र पनि सत्यता खोजी गर्छन्। त्यसको साटो, तिनीहरूलाई समायोजनप्रति वितृष्णा लाग्छ र तिनीहरूले त्यसलाई विरोध गर्छन्, विश्लेषण गर्छन्, चिन्तन गर्छन् र अनुमान लगाउँदै आफ्नो दिमाग खियाउँछन्: “मलाई किन यो कर्तव्य निभाउन दिइएको छैन? मलाई किन महत्त्वहीन कर्तव्यमा स्थानान्तर गरिएको छ? के मलाई खुलासा गर्न र हटाउनको लागि हो?” तिनीहरूले जे भएको छ सो कुरालाई मनमस्तिष्कमा तौलिरहन्छन्, त्यसैको बारेमा कहिल्यै नटुङ्गिने गरी विश्लेषण र चिन्तन गरिरहन्छन्। केही पनि नहुँदा तिनीहरू ठीकठाक हुन्छन्, तर जब केही आइपर्छ, तब भुमरीको पानीजस्तै तिनीहरूको हृदय बटारिन थाल्छ, र तिनीहरूको मस्तिष्क प्रश्नैप्रश्नले भरिन्छ। बाहिरबाट हेर्दा तिनीहरू समस्याहरू मनन गर्न अरूभन्दा उत्तम देखिन्छन्, तर वास्तवमा ख्रीष्टविरोधीहरू सामान्य मानिसहरूभन्दा बढी दुष्ट मात्रै हुन्छन्। यो दुष्टपन कसरी प्रकट हुन्छ? तिनीहरूका सोचविचार अत्यन्तै चरम, जटिल र गुप्त हुन्छन्। विवेक र समझ भएको सामान्य व्यक्तिको दिमागमा नआउने कुराहरू ख्रीष्टविरोधीको लागि दैनिकी हुन्छ। आफ्नो कर्तव्यमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूले आज्ञापालनको मनोवृत्तिसाथ यसलाई स्वीकार गर्नुपर्छ, परमेश्वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्नो क्षमताले भ्याउन्जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउन्जेलसम्म आफ्नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्य हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्कवितर्क, वाक्छल, र अवज्ञा प्रस्तुत गर्छन्, र हृदयका गहिराइमा तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूको हृदयमा वास्तवमा के हुन्छ? अविश्वास र शङ्का, अनि तिनीहरूले अनेक तरिकाहरू अपनाएर अरूलाई जाँच गर्छन्। तिनीहरूले आफ्नो बोलीवचन र व्यावहारद्वारा परिस्थिति जाँच्छन्, र मानिसहरूलाई सत्यता खोल्न र इमान्दारीपूर्वक बोल्न लगाउन बेइमान शैलीहरू अपनाउँदै तिनीहरूलाई बाध्य र प्रलोभनमा पार्नेसमेत गर्छन्। तिनीहरू बुझ्ने प्रयास गर्छन्: किन तिनीहरूलाई स्थानान्तरित गरिएको? किन तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न नदिइएको? वास्तवमा कसको हातमा लगाम थियो? कसले तिनीहरूको परिस्थिति बिगार्ने प्रयास गरिरहेको थियो? तिनीहरू हृदयमा किन भनेर प्रश्न गरिरहन्छन्, तिनीहरू वास्तवमा के भइरहेको छ भनेर बुझ्न खोजिरहन्छन्, ताकि तिनीहरूले कोसँग बहस गर्ने वा समस्या सुल्झाउने भनेर थाहा पाउन सकून्। तिनीहरू आत्मचिन्तन गर्नहेतु परमेश्वरसामु आउन र आफूभित्र के समस्या छ भनेर हेर्न जान्दैनन्, तिनीहरू आफूमा कारण खोज्दैनन्, र परमेश्वरलाई प्रार्थना गर्दैनन् र आत्मचिन्तन गर्दैनन्, र यसो भन्दैनन्: “मैले कर्तव्य निर्वाह गरेको तरिकामा के समस्या थियो? के त्यो म लापरवाह हुनु थियो, र ममा सिद्धान्त नहुनु थियो? के कुनै प्रभाव परेको थियो?” तिनीहरू आफूलाई कहिल्यै यी प्रश्नहरू सोध्दैनन्, त्यसको सट्टा हृदयमा परमेश्वरलाई निरन्तर यस्तो प्रश्न सोधिरहन्छन्: “किन मेरो कर्तव्य समायोजित गरिएको? किन मलाई यस्तो व्यवहार गरिँदै छ? किन तिनीहरू यस्तो अविचारशील हुँदै छन्? किन तिनीहरू मलाई अन्याय गर्दै छन्? किन तिनीहरू मेरो आत्मसम्मानबारे सोच्दैनन्? किन तिनीहरू मलाई आक्रमण र बहिष्कार गर्छन्?” यी सबै “किनहरू” ख्रीष्टविरोधीको भ्रष्ट स्वभाव र चरित्रका स्पष्ट प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरूले सरुवाजस्तो मामुली कुरामा समेत यस्तो खलबली गर्नेछन्, यस्तो रडाको मच्चाउनेछन्, र यत्ति ठूलो विवाद झिक्न हरप्रयास गर्नेछन् भनेर कसैले कल्पना गर्न सक्दैन। किन तिनीहरू सामान्य कुरालाई यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष्हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, “म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र सेवकहरू, र परमेश्वरलाई समेत भरोसा गर्न सकिन्न। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरोसा गर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँ छस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना बनाउनुपर्छ र हिसाब लगाउनुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?” तसर्थ, कसैले तिनीअरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्। त्यसैले, आफ्नो कर्तव्यमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष् पाउने आशा छ भन्ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो भने, तिनीहरू यो ठूलै समस्या हो भन्ने अनुमान गर्छन् र तिनीहरूले आशिष्हरू पाउने आशा थोरै छ भन्ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण हास्यास्पद छ! कसैले परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा उसले कुन कर्तव्य गर्छ भन्नेमा आधारित हुँदैन, बरु उसमा सत्यता छ कि छैन, ऊ साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन्छ कि हुँदैन, र ऊ निष्ठावान छ कि छैन भन्ने कुरामा आधारित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। परमेश्वरद्वारा मानिसहरूलाई मुक्ति दिइने अवधिमा, तिनीहरूले धेरै परीक्षाको सामना गर्नैपर्छ। विशेष गरी, आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले धेरै असफलता र बाधाहरू सामना गर्नैपर्छ, तर अन्त्यमा, तिनीहरूले सत्यता बुझे र तिनीहरूमा परमेश्वरप्रति साँचो समर्पण भए, तिनीहरू परमेश्वरको अनुमोदन पाउने मानिसहरू बन्नेछन्। कर्तव्यमा स्थानान्तर गरिने विषयमा ख्रीष्टविरोधीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरूमा बुझ्ने क्षमता पटक्कै हुँदैन भन्ने कुरा देख्न सकिन्छ।
कर्तव्य निर्वाह गर्नेहरू सबैमध्ये कति त सधैँ कुनै पनि काम राम्ररी नगर्नेहरू हुन्छन्। तिनीहरू लेख लेख्नमा राम्रा हुँदैनन्, किनभने तिनीहरू सत्यता बुझ्दैनन्, र यहाँसम्म कि तिनीहरू आत्मिक शब्दावली पनि बुझ्दैनन्, र इसाईहरूले प्रायः प्रयोग गर्ने भाषा पनि बुझ्दैनन्। तिनीहरूमा लेखन सिप वा केही शिक्षा होला, तर तिनीहरू त्यस काममा दक्ष हुँदैनन्। यदि तैँले तिनीहरूलाई लेखहरूको शुद्धाशुद्धि हेर्न लगाइस् भने, तिनीहरू त्यसमा पनि राम्रा छैनन् भन्ने कुरा केही समयपछि स्पष्ट भइहाल्छ। तिनीहरूमा क्षमताको कमी हुन्छ, र तिनीहरू सधैँ केही न केही कुराहरू छुटाउँछन्, त्यसैले तँ तिनीहरूलाई फेरि स्थानान्तरण गर्छस्। त्यसपछि तिनीहरूले आफूसँग कम्प्युटर सिप छ भनेर भन्छन्, तर त्यस क्षेत्रमा केही समय कर्तव्य निर्वाह गरेपछि, तिनीहरू त्यसमा पनि राम्रा हुँदैनन्। तिनीहरू राम्रो भान्सेजस्ता देखिन्छन्, त्यसैले तँ तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको लागि खाना बनाउन लगाउँछस्। तर सबैजनाको रिपोर्ट यो हुन्छ कि तिनीहरूले बनाएको खाना कि एकदमै नुनिलो कि एकदमै खल्लो हुन्छ, र तिनीहरू अति धेरै वा अति थोरै खाना बनाउँछन्। तिनीहरू खाना पकाउनमा सक्षम नभएको देखेपछि, तैँले तिनीहरूलाई सुसमाचार सुनाउन खटाउँछस्, तर तिनीहरू सुसमाचार टोलीमा आबद्ध हुनेबित्तिकै निरुत्साहित हुन्छन्, र सोच्छन्, “यही रहेछ। मलाई दर्जा घटाएर पन्साइँदै छ, र आशिष् पाउने कुनै आशा छैन। रुनुबाहेक केही गर्न सकिन्न।” त्यसपछि, तिनीहरू नकारात्मक र हतोत्साहित मनस्थितिमा डुब्छन् र पतित हुन्छन्, अनि सुसमाचार सुनाउनमा र परमेश्वरको नयाँ कामबारे गवाही दिनमा मन लगाउन सक्दैनन्। बरु त्यसको साटो, तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, “कहिले म लेखन-सम्पादन कर्तव्यमा फर्कन सक्छु? कहिले म फेरि आफ्नो शिर उच्च पार्न सक्नेछु? कहिले म फेरि माथिसँग बोल्न वा उच्चस्तरीय निर्णय गर्नमा सहभागी हुन सक्नेछु? कहिले सबैले म फेरि अगुवा हुँ भनेर थाहा पाउनेछन्?” तिनीहरू केही वर्ष कुर्छन् तर पुनर्वहाली हुँदैनन्, र त्यसपछि सोच्न थाल्छन्: “परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन। म त ठ्याक्कै बाहिरी संसारमा अधिकारी बन्ने मार्गमा अनेकौँ रोकावट भोग्ने मानिसहरूजस्तै हुँ, होइन र?” तिनीहरू ती धेरै रोकावटबारे सोचेर झनै हतोत्साहित बन्छन्, र अत्यन्तै निरुत्साहित हुन्छन्। तिनीहरू भन्छन्, “म विश्वासी बनेको यति वर्षपछि पनि एकपटक प्रमुख अगुवा बन्न पाएको छैनँ। बल्ल टोली अगुवाको रूपमा सेवा गर्न पाएको थिएँ, तर बर्खास्त भइहालेँ, र मैले अरू कर्तव्यमा पनि राम्रो काम गरेको छैनँ। मेरो भाग्य नै साह्रै खोटो छ—मैले चाहेजस्तो केही हुँदैन। यो त ठ्याक्कै कुनै अधिकारी बन्ने मार्गमा अनेकौँ रोकावटमाझ सङ्घर्ष गर्नुजस्तै हो। किन परमेश्वरको घरले मलाई बढुवा गर्दैन? मेरो हैसियत र ख्याति माटोमा मिलेको छ। म को हुँ भनेर कसैले यादसमेत गर्दैन, र माथिले कहिल्यै मेरो उल्लेख गर्दैन। मेरो महिमाको दिन सकियो। मैले आफ्नो विफलताबारे के गर्ने? म परमेश्वरलाई असाध्यै प्रेम गर्छु, र वास्तवमै मण्डली र परमेश्वरको घरलाई औधी प्रेम गर्छु, तर किन मैले सफलता पाएको छैन? परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन। म यहाँ परमेश्वरको घरमा आफ्नो ठूलो योजना पूरा गर्न, आफ्नो ऊर्जा लगाउन र सामर्थ्य प्रयोग गर्न साँच्चै चाहन्थेँ, तर परमेश्वर मलाई महत्त्वपूर्ण पदमा राख्दैनन् वा मलाई हेर्दैनन्। त्यसको कुनै अर्थ छैन।” तिनीहरूले कुनै अर्थ छैन भनेर निरन्तर सोर मच्चाउनुको अर्थ के हो? त्यसको अर्थ कर्तव्य निर्वाह गर्नु, स्वभाव परिवर्तनको पछि लाग्नु, सत्यता र प्रवचनहरू सुन्नु, परमेश्वरका वचनहरू पढ्नु, र सत्यता सिद्धान्तहरू खोजी गर्नुको कुनै अर्थ छैन भन्ने हो। त्यसोभए, तिनीहरूको लागि के गर्नुको चाहिँ अर्थ हुन्छ त? अधिकारीको पद पाउनु, आशिष् प्राप्त गर्नु, आशिष् पाउने आफ्नो चाहना र महत्त्वाकाङ्क्षा पूरा गर्नु, हरेक मोडमा देखावा गर्नु, र प्रशंसा र प्रतिष्ठा पाउनुको अर्थ हुन्छ। तिनीहरूको लागि अरू कुनै कुराको अर्थ हुँदैन। जब तिनीहरूलाई कुनै अर्थ छैन भन्ने लाग्छ, जब तिनीहरू निरुत्साहित हुन्छन्, तब तिनीहरू आफ्नो पाइला आफै ढोकातिर बढिरहेको पाउँछन्। तिनीहरू परमेश्वरको घर छोड्न, पछि हट्न चाहन्छन्। यसको अर्थ तिनीहरू खतरामा छन्। कति मानिसहरू यस्ता छन्, जो विशेषगरी गैरविश्वासीहरूसँग बारम्बार सम्पर्कमा आउनुपर्ने अति साधारण कर्तव्य निर्वाह गर्छन्, अनि यस समूहका केही सदस्यचाहिँ एउटा खुट्टा भित्र र अर्को खुट्टा बाहिर राख्छन्। त्यसको अर्थ के हो? त्यसको अर्थ यी मानिसहरू कुनै पनि बेला पछि हट्न सक्छन् भन्ने हो, र यदि तिनीहरूको अन्तिम सुरक्षा पर्खाल ढल्यो भने, तिनीहरूको अर्को खुट्टाले बाहिरतर्फ निर्णायक पाइला चाल्नेछ, र तिनीहरूले परमेश्वरको घरबाट पूरै नाता तोड्नेछन् र पूर्ण रूपले मण्डली छोड्नेछन्। तिनीहरूको कर्तव्य समायोजित गर्ने सन्दर्भमा, तिनीहरूलाई कहाँ स्थानान्तरण गरिन्छ, तिनीहरू केकस्ता कर्तव्य निभाउँछन्, त्यो कर्तव्यले तिनीहरूको व्यक्तिगत चाहना पूरा गर्छ कि गर्दैन, त्यसले तिनीहरूलाई इज्जत दिन सक्छ कि सक्दैन अनि तिनीहरूको नयाँ कर्तव्यको पद र दर्जा के हुन्छ भन्नेजस्ता सबै कुराहरूलाई यी मानिसहरूले आशिष् पाउने आफ्नो अभिप्राय र चाहनासँग जोड्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य समायोजनतर्फ राख्ने मनोवृत्ति र दृष्टिकोणको आधारमा, तिनीहरूको समस्या कहाँ हुन्छ? यो ठूलो समस्या हो कि होइन? (यो ठूलो समस्या हो।) त्यो समस्या के हो? (तिनीहरू आफ्नो कर्तव्यको सामान्य समायोजनलाई मण्डलीमा हुने आफ्नो हैसियतसित र आफूले आशिष् पाउन सकिन्छ सकिँदैन भन्ने कुरासित जोड्छन्। जब तिनीहरूको कर्तव्य समायोजित गरिन्छ, तब तिनीहरूले परमेश्वरको घरका बन्दोबस्तहरू स्विकार्नु र पालन गर्नुभन्दा पनि आफूले आफ्नो हैसियत गुमाउँदै छु र अबउप्रान्त आशिष् प्राप्त गर्न सक्दिनँ भन्ने सोच्छन्, र त्यसपछि तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन भन्ने लाग्छ र तिनीहरू परमेश्वरको घर छोड्न चाहन्छन्।) यहाँ तिनीहरूको सबैभन्दा ठूलो गल्ती नै कर्तव्यको समायोजनलाई आशिष् प्राप्त गर्नुसित जोड्नु हो। यो त तिनीहरूले सबैभन्दा अन्तिममा मात्र गरेको हुनुपर्ने कुरा थियो। वास्तवमा, यी दुई कुराबीच कुनै सम्बन्ध छैन, तर ख्रीष्टविरोधीहरूको हृदय आशिष् प्राप्त गर्ने चाहनाले भरिएको हुनाले, तिनीहरूले जुनै कर्तव्य निर्वाह गरे पनि, त्यसलाई आफूले आशिष् प्राप्त गर्न सक्ने वा नसक्नेसित जोड्नेछन्, जसको अर्थ तिनीहरूले कर्तव्य राम्ररी निर्वाह गर्नै असम्भव छ, र तिनीहरू खुलासा भएर हटाइन मात्र सक्छन्। यो त तिनीहरूले आफ्नो लागि आफै समस्या खडा गर्नु र आफूलाई विनाशको मार्गमा लैजानु मात्र हो।
तैँले आफ्नो कर्तव्य निर्वाहको मामिलालाई कसरी लिनुपर्छ? तँमा सही मनोवृत्ति हुनैपर्छ, र त्यो राम्ररी आफ्नो कर्तव्य निर्वाह गर्नको लागि अत्यावश्यक कुरा हो। तँलाई कुन कर्तव्य उचित हुन्छ भन्ने कुरा तेरा आफ्नै सामर्थ्यहरूमा आधारित हुनुपर्छ। यदि मण्डलीले तेरो लागि मिलाएको कर्तव्य तैँले राम्रोसित गर्न सक्ने काम होइन वा तँलाई गर्न मनपर्ने काम होइन भने, तैँले यो कुरा कुराकानीमार्फत उठाउन र समाधान गर्न सक्छस्। तर यदि तैँले त्यो कर्तव्य पूरा गर्न सक्छस्, र यो तैँले पूरा गर्नुपर्ने कर्तव्य हो, अनि कष्ट भोग्नुपर्छ भन्ने डरले मात्रै तँ यो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, तँमा समस्या छ। यदि तँ आज्ञापालन गर्न र आफ्नो देहविरुद्ध जान तयार छस् भने, तँलाई तुलनात्मक रूपमा उपयुक्त भनेर भन्न सकिन्छ। तर यदि तँ सधैँ यो वा त्यो कर्तव्य बढी प्रतिष्ठित छ भनेर हिसाबकिताब गर्छस्, र कुनै निश्चित कर्तव्य निर्वाह गर्दा तँलाई अरूले हेप्छन् भन्ने ठान्छस् भने, यसले तँमा भ्रष्ट स्वभाव छ भन्ने प्रमाणित गर्छ। कर्तव्यसम्बन्धी बुझाइमा तँ किन यति पूर्वाग्रही हुन्छस्? के आफ्नो विचारअनुसार कर्तव्य छनौट गरियो भने त्यो राम्ररी पूरा गर्न सकिन्छ त? यस्तै हुन्छ भन्ने छैन। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्नु हो, र यदि तैँले आफ्नो भ्रष्ट स्वभाव समाधान गरिनस् भने, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनस्, चाहे त्यो कर्तव्य तँलाई मनपर्ने नै किन नहोस्। कतिपय मानिसहरूले सिद्धान्तहरू पालना नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूको कर्तव्यपालन सधैँ तिनीहरूकै रुचिमा आधारित हुन्छ, त्यसकारण तिनीहरूले कहिल्यै पनि कठिनाइहरू समाधान गर्न सक्दैनन्, तिनीहरू आफूले निभाउने कर्तव्यमा सधैँ अल्याङटल्याङ गर्छन्, र अन्त्यमा तिनीहरू हटाइन्छन्। के यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? तैँले आफूलाई उपयुक्त हुने कर्तव्य नै छनौट गर्नुपर्छ, त्यो राम्ररी निर्वाह गर्नुपर्छ, अनि आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोजी गर्न सक्नुपर्छ। त्यसपछि मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तँ सधैँ देहगत आरामको पछि मात्र लाग्छस् र आफ्नो कर्तव्यमा राम्रो देखिन खोज्छस् भने, तैँले राम्ररी कर्तव्य निर्वाह गर्न सक्नेछैनस्। यदि तैँले कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सकिनस् भने, तँलाई हटाउनुपर्ने हुन्छ। कति मानिसहरू आफूले जुनै कर्तव्य निर्वाह गरिरहेको भए पनि असन्तुष्ट हुन्छन्, तिनीहरू आफ्नो कर्तव्यलाई सधैँ अस्थायी ठान्छन्, तिनीहरू झारातिरुवा हुन्छन्, अनि तिनीहरू आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव हटाउन सत्यता खोजी गर्दैनन्। परिणामस्वरूप, तिनीहरू कुनै जीवन प्रवेश प्राप्त नगरी धेरै वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहन्छन्। तिनीहरू श्रमिक बन्छन् र तिनीहरू हटाइन्छन्। के यो तिनीहरू आफैले आफूमाथि निम्त्याएको कुरो होइन र? दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूसँग आफ्नो कर्तव्यमा कहिल्यै सही मनोवृत्ति हुँदैन। तिनीहरूलाई स्थानान्तर गरिँदा तिनीहरूले के सोच्छन्? “के तपाईंलाई म सेवाकर्ता मात्र हुँ भन्ने लाग्छ? जब तपाईं मलाई प्रयोग गर्नुहुन्छ, तब मलाई तपाईंको लागि सेवा गर्न लगाउनुहुन्छ, अनि जब मसँग तपाईंको काम सकिन्छ, तब तपाईं मलाई खेदाउनुहुन्छ। तर, म त्यस्तो सेवा गर्नेछैनँ! म अगुवा वा सेवक बन्न चाहन्छु, किनभने यहाँ आदर पाउने एउटै मात्र काम त्यही हो। यदि तपाईं मलाई अगुवा वा सेवक बन्न दिनुहुन्न र अझै पनि मैले परिश्रम गरेको चाहनुहुन्छ भने, त्यो कुरा बिर्सिदिए हुन्छ!” यो कस्तो प्रकारको मनोवृत्ति हो? के तिनीहरू समर्पित छन्? तिनीहरू आफ्नो कर्तव्यमा स्थानान्तरित हुनुलाई कुन आधारले हेर्छन्? हडबडेपन, तिनीहरूको आफ्नै विचार, र तिनीहरूको भ्रष्ट स्वभावको आधारले, होइन त? अनि, यसलाई यसरी लिनुका परिणामहरू के-के हुन्? सर्वप्रथम, के अर्को कर्तव्य पाउँदा तिनीहरू बफादार र इमानदार हुन सक्छन्? अहँ, सक्दैनन्। के तिनीहरूमा सकारात्मक मनोवृत्ति हुनेछ? तिनीहरू कस्तो स्थितिमा हुनेछन्? (निराशाको अवस्थामा।) निराशाको सार के हो? यो विरोधी कुरा हो। अनि विरोधी र निराश मनस्थितिको अन्तिम परिणाम के हुन्छ? के त्यस्तो महसुस गर्ने व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? (सक्दैन।) यदि कुनै व्यक्ति सधैँ नकारात्मक र विरोधी हुन्छ भने, के ऊ कर्तव्य निर्वाह गर्न योग्य हुन्छ? उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो राम्ररी पूरा गर्न सक्दैन। यो एक दुष्चक्र हो, र यसको परिणाम राम्रो हुँदैन। किन त्यसो हुन्छ? त्यस्ता मानिसहरू असल मार्गमा हुँदैनन्; तिनीहरूले सत्यताको खोजी गर्दैनन्, तिनीहरू समर्पित हुँदैनन्, र परमेश्वरको घरले तिनीहरूप्रति राख्ने मनोवृत्ति र व्यवहार गर्ने शैलीलाई तिनीहरूले उचित रूपमा बुझ्दैनन्। यो समस्या हो, होइन र? यो कर्तव्यमा गरिने पूर्ण रूपमा उचित हेरफेर हो, तर ख्रीष्टविरोधीहरू भन्छन् कि यो तिनीहरूलाई सताउनको लागि गरिएको हो, तिनीहरूलाई मानवजस्तो व्यवहार गरिएको छैन, परमेश्वरको घरमा प्रेमको कमी छ, तिनीहरूलाई मेसिनजस्तो व्यवहार गरिएको छ, र तिनीहरूलाई चाहेको बेला बोलाउने, नचाहेको बेला खेदाउने गरिएको छ। के त्यो बङ्ग्याइएको तर्क होइन र? के यस्तो कुरा भन्ने व्यक्तिमा विवेक वा समझ हुन्छ? तिनीहरूमा कुनै मानवता हुँदैन! तिनीहरू पूर्ण रूपमा उचित विषयलाई बङ्ग्याउँछन्; तिनीहरूले उचित अभ्यासलाई बङ्ग्याएर नकारात्मक बनाउँछन्—के यो ख्रीष्टविरोधीको दुष्टपन होइन र? के यस्तो दुष्ट व्यक्तिले सत्यता बुझ्न सक्छ? अवश्य सक्दैन। यो ख्रीष्टविरोधीको समस्या हो; तिनीहरूले आफूलाई जेसुकै आइपरे पनि, त्यसबारे बाङ्गो पाराले सोच्नेछन्। किन तिनीहरू बाङ्गो पारामा सोच्छन्? किनभने तिनीहरूको प्रकृति सार अत्यन्तै दुष्ट हुन्छ। ख्रीष्टविरोधीको प्रकृति सार मुख्य रूपमा दुष्ट हुन्छ, र त्यसका साथै तिनीहरू दुराशयी हुन्छन्; तिनीहरूका मुख्य चरित्र यिनै हुन्। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिले तिनीहरूलाई कुनै पनि कुरा सही रूपमा बुझ्न दिँदैन, बरु त्यसको साटो, तिनीहरू सबै कुरा बङ्ग्याउँछन्, तिनीहरू चरम हदसम्म पुग्छन्, तिललाई पहाड बनाउँछन्, र तिनीहरूले परिस्थिति उचित रूपमा सम्हाल्न वा सत्यता खोजी गर्न सक्दैनन्। त्यसपछि, तिनीहरू सक्रिय रूपमा प्रत्याक्रमण गर्छन् र बदला लिन खोज्छन्, मण्डलीको काममा बाधा दिन अरूलाई उक्साउँदै र आफ्नो पक्षमा ल्याउँदै धारणा फैलाउँछन् र नकारात्मकता व्यक्त गर्छन्। तिनीहरू गुप्त रूपमा केही गुनासाहरू फैलाउँछन्, परमेश्वरको घरले मानिसहरूलाई व्यवहार गर्ने तरिका, यसका कतिपय प्रशासनिक नियमहरू, केही निश्चित अगुवाहरूको काम गर्ने तरिकाहरूबारे टीकाटिप्पणी गर्छन्, र ती अगुवाहरूको आलोचना गर्छन्। यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयी स्वभाव हो। ख्रीष्टविरोधीहरू प्रतिरोध र अवज्ञा मात्र गर्दैनन्, अझ धेरै मानिसहरूलाई मनाएर आफूसँगै अवज्ञाकारी हुन, आफ्नो पक्ष लिन र आफूलाई हौसला दिनसमेत लगाउँछन्। ख्रीष्टविरोधीको प्रकृति सार यस्तै हुन्छ। तिनीहरू आफ्नो कर्तव्यको सरल समायोजनलाई सही तरिकाले लिनसमेत सक्दैनन्, वा समझदार ढङ्गमा त्यसलाई स्विकार्न र त्यसप्रति समर्पित हुन सक्दैनन्। बरु, तिनीहरू समस्या खडा गर्छन् र विभिन्न बहाना बनाउँछन्, जसमध्ये कति त अनुचित हुन्छन् र अरूहरूमा तिरस्कार र घृणा उब्जाउँछन्। ख्रीष्टविरोधीहरूले केही भ्रम र विधर्म फैलाएपछि, आफ्नो लागि परिस्थिति बचाइराख्ने प्रयास गर्छन् र अरूलाई तिनीहरूमा विश्वास गर्न लगाउँछन्। यदि यी प्रयासहरू सफल भएन भने, के ख्रीष्टविरोधीहरू पहिलेकै मार्गमा फर्कन सक्नेछन्? यदि तिनीहरू यस मार्गमा जान सकेनन् भने, के तिनीहरूले सत्यता खोजी गर्न सक्नेछन्? के तिनीहरूमा पश्चात्ताप गर्ने कुनै इच्छा हुनेछ? पटक्कै हुनेछैन। तिनीहरूले भन्नेछन्: “यदि तिमीले मलाई आशिष् प्राप्त गर्न रोक्यौ भने, म तिमीहरू सबैलाई आशिष् प्राप्त गर्न रोक्नेछु! यदि मैले आशिष् पाउन सकिनँ भने, म विश्वास गर्न छोड्नेछु!” विगतमा मैले कसरी ख्रीष्टविरोधहरू पूर्णतया अनुचित हुन्छन् भन्नेबारे बताएको छु; यो अनुचिततापछाडिको प्रकृति सार यो हो कि, यी मानिसहरू अत्यन्तै दुष्ट र क्रूर हुन्छन्। अहिले हामीले सङ्गति गरिरहेको विषय यो प्रकृति सार पूर्ण रूपमा प्रदर्शित गर्ने प्रकटीकरण र प्रकाश हो, र यही नै यो प्रकृति सारको सबैभन्दा आधिकारिक प्रमाण हो। यी मानिसहरूमध्ये कतिपय त आफ्नो कर्तव्य एकपटक समायोजित गरिँदासमेत रिसाउँछन्, अनि कतिपयचाहिँ धेरैपटक स्थानन्तरण गरिएपछि, र एक कर्तव्यदेखि अर्का कर्तव्यमा सरेपछि, कुनै पनि कर्तव्य राम्ररी गर्न सक्दैनन्, र अन्त्यमा आफूसँग आशिष् पाउने कुनै आशा रहेनछ भन्ने सोच्छन् र पछि हट्न चाहन्छन्। सङ्क्षेपमा भन्दा, तिनीहरूको कर्तव्य जसरी समायोजित गरिए पनि, यदि कुनै समायोजन भयो भने, यी मानिसहरू हृदयमा त्यसबारे विश्लेषण, मूल्याङ्कन र मनन गर्छन्, र त्यो समायोजन आफूले आशिष् पाउनुसँग सम्बन्धित छैन भने मात्र ढुक्क हुनेछन्। तिनीहरूले त्यो समायोजन आशिष् पाउनुसँग अलिकति मात्र पनि सम्बन्धित छ वा त्यसले आफ्नो आशिष् प्राप्तिमा प्रभाव पार्छ भन्ने थाहा पाए भने, तिनीहरू अवज्ञा गर्न तुरुन्तै खडा हुनेछन्, र यसरी आफ्नो प्रकति सार खुलासा गर्नेछन्। यदि तिनीहरू त्यो अवज्ञामा असफल भएर खुलासा हुँदै अस्वीकृत भए भने, तिनीहरूले आफ्नो लागि आकास्मिक योजना बनाउनेछन्, अनि दृढ्तापूर्वक र नहिचकिचाई परमेश्वरको घर छोड्नेछन्, र त्यसउप्रान्त परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नेछैनन्, र आफूले परमेश्वरमा विश्वास गर्छु भनेर पनि स्विकार्नेछैनन्। तिनीहरूको दैनिक जीवन तुरुन्तै बद्लिनेछ, र तिनीहरूबाट परमेश्वरको विश्वासीको सबै स्वरूप गायब हुनेछ। तिनीहरूले तुरुन्तै रक्सी पिउन, चुरोट तान्न, असामान्य कपडा लगाउन, बाक्लो मेकअप गर्न र फेशनदार वस्त्र पहिरिन थाल्नेछन्। तिनीहरूले परमेश्वरको विश्वासीको रूपमा यी कुराहरूको आनन्द लिन नसकेको हुनाले, यो गुमेको समय पूर्ति गर्न हतार गर्नेछन्। जब तिनीहरू पछि हट्नेबारे विचार गर्छन्, तब तिनीहरूले तुरुन्तै अर्को कदमबारे, अर्थात् संसारमा अघि बढ्न, आफ्नो लागि ठाउँ खोज्न र राम्रो जीवन जिउन कसरी कडा परिश्रम गर्ने, साथै त्यसको निकास कहाँ छ भन्नेबारे सोच्नेछन्। तिनीहरूले यी दुष्ट प्रवृत्ति र यो दुष्ट संसारमा चाँडै नै आफ्नो लागि निकास भेट्टाउनेछन्, आफ्नो लागि ठाउँ पत्ता लगाउनेछन्, अनि आफूले के गर्ने हो, चाहे त्यो व्यापार होस्, राजनीति होस् वा अर्कै प्रकारको कामधन्धा होस्, त्यो निर्धारित गर्नेछन्, जसले तिनीहरूलाई अरूले भन्दा राम्रो जीवन जिउन, पृथ्वीमा आफ्नो बाँकी समयको लागि खुसी र आनन्द पाउन, अझ धेरै देहसुख पाउन, पूर्ण रूपले जीवनको आनन्द उठाउन अनि मनोरञ्जन र ऐसआराममा सहभागी हुन मदत गर्नेछ।
ख्रीष्टविरोधीलाई काटछाँट गरिँदा, र उसको कर्तव्य समायोजित गरिँदा, उसले आशिष् प्राप्त गर्नेबारे सोच्छ जुन ऊसँग एकदमै घनिष्ठ रूपले सम्बन्धित हुन्छ। जब उसलाई आफूसँग त्यसको कुनै आशा छैन भन्ने लाग्छ, तब ऊ पछि हट्न चाहनेछ, परमेश्वरको घरबाट निस्किजान, र फर्केर गैरविश्वासी जीवन जिउन चाहनेछ। यस आधारमा हेर्दा, व्यक्तिको प्रकृति सार अत्यन्तै महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ, त्यसैले के उसको पछ्याइ र छनौट पनि एकदमै महत्त्वपूर्ण हुँदैनन् र? यसमा एउटै सोचको मात्र फरक हुन्छ: एउटा सही निर्णय गरे, तैँले परमेश्वरको मुक्ति निरन्तर स्वीकार गरिरहनेछस्, जबकि एउटा गलत निर्णयले तँलाई आँखा झिमिक्क गर्दा नै गैरविश्वासीमा परिणत गर्नेछ, परमेश्वरको घर, परमेश्वरको कार्य वा आफ्नो कर्तव्यसँग कुनै सरोकार नराख्ने व्यक्ति बनाउन सक्छ। एउटै सोचले, एकै क्षणले वा एउटै सानो कुराले व्यक्तिको नियति पूरै बदल्न सक्छ। यसैयतिकै गरिएको एउटै छनौट, एउटै सानो सोच वा एउटै सरल दृष्टिकोणले व्यक्तिको भवितव्य बदल्न सक्छ, र अर्को क्षण ऊ कहाँ पुग्छ भन्ने कुरा निर्धारित गरिदिन सक्छ। जब मानिसहरूलाई कुनै पनि प्रकारको समस्या आएको हुँदैन, जब तिनीहरूले कुनै पनि निर्णय सामना गरेको हुँदैन, तब तिनीहरूलाई आफूले धेरै सत्यता बुझ्छु, आफूसँग कद छ, र आफू दृढ रहन सक्छु भन्ने लाग्छ। तर जब तैँले कुनै निर्णय, मुख्य सिद्धान्त वा ठूलो मामिला सामना गर्छस्, तब तैँले वास्तवमा के छनौट गर्छस्, परमेश्वरप्रतिको तेरो मनोवृत्ति के हो, र त्यो मामिलाप्रति तेरो दृष्टिकोण र मनोवृत्ति कस्तो छ भन्ने कुराले तेरो भवितव्य अनि तँ बस्छस् कि जान्छस् भन्ने कुरा निर्धारित गर्नेछ। ख्रीष्टविरोधीहरूले प्रायः गर्ने छनौटहरू र तिनीहरूको हृदयभित्रका गहनतम व्यक्तिपरक चाहनाहरू सबै सत्यताविपरीत हुन्छन्; यी कुराहरूमा कुनै समर्पण हुँदैन, विरोध मात्र हुन्छन्, यिनमा सत्यता वा मानवता हुँदैन, केवल मानव भ्रष्ट स्वभाव अनि मानव भ्रम र विधर्महरू हुन्छन्। यी कुराहरूले प्रायः परमेश्वरको घर छोडेर जाने र दुष्ट प्रवृत्तिहरूमा आफूलाई डुबाउनेजस्ता सोचहरू उत्पन्न गराउनेछन्, र कुनै पनि क्षण तिनीहरूलाई यस्तो सोच्न लगाउन सक्नेछन्: “यदि मैले आशिष् पाउने कुनै आशा छैन भने, किन परमेश्वरको घर नछोड्ने र? यदि कुरा त्यस्तो हो भने, म विश्वास गर्न वा आफ्नो कर्तव्य निभाउन जारी राख्नेछैनँ। यदि परमेश्वरको घरले मलाई यस्तो व्यवहार गर्छ भने, म अबदेखि परमेश्वरलाई स्विकार्नेछैनँ।” यसप्रकारका निर्लज्ज पाराका विद्रोही सोचहरू, यी विधर्म र भ्रमहरू, यी दुष्ट विचारहरू प्रायः ख्रीष्टविरोधीको हृदयमा आइरहन्छन् र रहिरहन्छन्। यसकारण, यदि तिनीहरू परमेश्वरलाई पछ्याउने क्रमको बीचैबाट पछि हटेनन् भने पनि, तिनीहरूलाई अन्त्यसम्मै त्यो मार्ग हिँड्न एकदमै कठिन हुन्छ, तिनीहरूमध्ये धेरैजसोलाई एकदमै धेरै दुष्टता गरेको अनि अवरोध र बाधा पुऱ्याएको कारण हटाइने र निष्कासित गरिनेछ। तिनीहरूले आफूलाई जबर्जस्ती अन्त्यसम्म अल्झाइराख्न सके पनि, वास्तवमा हामी ख्रीष्टविरोधीहरूको प्रकृति सारबाट के देख्न सक्छौँ भने, तिनीहरू मण्डलीबाट पछि हट्नु अवश्यम्भावी छ। तिनीहरूले भित्रभित्रै यस्तोसमेत सोच्न सक्छन, “म परमेश्वरको घरलाई छोडेर जान पटक्कै सक्दिनँ। ममा त्यस्तो सोच छ भने पनि, म छोडेर जान सक्दिनँ। म यहाँ मृत्युसम्मै बस्नेछु। म परमेश्वरको घरमै रहिरहनेछु; म अन्त्यसम्मै परमेश्वरलाई पछ्याइरहनेछु।” तिनीहरूलाई तिनीहरूको व्यक्तिगत इच्छाले परमेश्वरको घर नछोड्न जसरी बाध्य पारे पनि, र तिनीहरूले आफू आफ्नो व्यक्तिगत इच्छाअनुसार चल्नैपर्छ भनेर जसरी जिद् कसे पनि, तिनीहरूले अन्ततः परमेश्वरद्वारा दुत्कारिनु र आफ्नै कारण परमेश्वरको घर छोड्नु तय छ, किनभने तिनीहरू सत्यताप्रति प्रतिकूल र भित्रैदेखि दुष्ट हुन्छन्।
इ. आफू बरखास्त हुनुप्रति ख्रीष्टविरोधीहरूको दृष्टिकोण
हामीले भर्खरै ख्रीष्टविरोधीहरूका दुइटा प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ, एउटा हो, तिनीहरू काटछाँटमा पर्दाको प्रकटीकरण र अर्कोचाहिँ तिनीहरूको कर्तव्य समायोजित गरिँदाको प्रकटीकरण हो। हाम्रो सङ्गति ख्रीष्टविरोधीहरूलाई यस्ता कुराहरू आइपर्दा, तिनीहरू कस्तो मनोवृत्ति राख्छन् र कस्ता निर्णयहरू गर्छन् भन्नेबारे केन्द्रित रहेको छ। अवश्य नै, ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिँदा वा तिनीहरूको कर्तव्य समायोजित गरिँदा तिनीहरूको दृष्टिकोण र मनोवृत्ति जे भए पनि, तिनीहरू सधैँ यी कुरालाई आफू आशिषित हुनु वा नहुनुसँग जोड्छन्। यदि तिनीहरूलाई आफू आशिषित नहुने, आफूसँग कुनै आशा छैन भन्ने निश्चित भयो भने, तिनीहरू स्वतः पछि हट्नेछन्। कुनै सामान्य व्यक्तिको लागि, कुनै महत्त्वाकाङ्क्षा वा चाहना नभएका व्यक्तिको लागि आफू काटछाँटमा पर्नु वा आफ्नो कर्तव्य समायोजित गरिनु वास्तवमा ठूलो कुरा हुँदैन। न त त्यसले उसमा कुनै ठूलो प्रभाव नै पार्नेछ। उसलाई उसको कर्तव्य निर्वाह गर्ने अधिकारबाट वञ्चित गरिएको हुँदैन, न त मुक्ति पाउने उसको आशा नै खोसिएको हुन्छ, त्यसैले सामान्य व्यक्तिले अनावश्यक प्रतिक्रिया जनाउनु, डराउनु वा चोट महसुस गर्नु वा आकस्मिक योजनाहरू बनाउन थाल्नु जरुरी हुँदैन। तथापि, ख्रीष्टिविरोधीको हकमा त्यस्तो हुँदैन। ऊ यी कुरालाई एकदमै गम्भीर मामिला ठान्छ, किनभने उसले यी कुरालाई आशिषित हुनुसँग जोड्छ, र यसले अन्ततः उसमा हरप्रकारका विद्रोही सोच र व्यवहार पैदा गर्छ, जसले त्यसपछि पछि हट्ने र परमेश्वरलाई छोड्ने विचार र योजना उत्पन्न गराउँछ। यी र यस्ता अति सामान्य कुराहरू आइपर्दासमेत ख्रीष्टविरोधीहरूमा पछि हट्ने विचार पैदा हुन्छ। त्यसैले, परमेश्वरको घरमा हैसियत भएका र महत्त्वपूर्ण कामको जिम्मेवार रहेको व्यक्तिले आफू बरखास्त हुनुपर्दा कस्तो मनोवृत्ति देखाउँछ? उसले त्यसलाई कसरी सम्हाल्छ र उसले कस्तो छनौट गर्नेछ? यस्ता कुराहरू झनै व्याख्यात्मक हुन्छन्। ख्रीष्टविरोधीको लागि, हैसियत, शक्ति र प्रतिष्ठा उसको सबैभन्दा महत्त्वपूर्ण रुचि, र उसले आफ्नो जीवनबराबर मान्ने कुरा हुन्छ। यसकारण, जब ख्रीष्टविरोधी बरखास्त हुन्छ, जब उसले “अगुवा” पदवी गुमाउँछ र ऊसँग अब हैसियत हुँदैन, मतलब उसले शक्ति र प्रतिष्ठा गुमाएको हुन्छ, र त्यसउप्रान्त उसले सम्मान, साथ र मान पाइने विशेष व्यवहार पाउनेछैन, तब हैसियत र शक्तिलाई जीवन नै ठान्ने ख्रीष्टविरोधीको लागि यो पूर्णतया अस्वीकार्य लाग्छ। जब ख्रीष्टविरोधीलाई बरखास्त गरिन्छ, उसको पहिलो प्रतिक्रया उसलाई बिजुलीको झट्का लागेजस्तो हुन्छ, मानौँ आकासै खसेको छ, र उसको संसारै भत्केको छ। उसले आशा राख्न सकेको कुरा समाप्त भएको छ, साथै हैसियतका सबै लाभसित जिउने उसको मौका, अनि खराब काम गर्दै बेलगाम दौडन लगाउने उत्साह पनि सक्किएको छ। यो कुरा उसलाई सबैभन्दा अस्वीकार्य हुन्छ। उसको पहिलो सोचाइ यस्तो हुन्छ, “अब मेरो हैसियत गएको छ, मानिसहरूले मलाई के ठान्लान्? मेरो गाउँका दाजुभाइ-दिदीबहिनीहरूले मलाई के सोच्लान्? मलाई चिन्नेहरू सबैले मलाई के ठान्लान्? के तिनीहरूले अझै मलाई जिहजुरी गर्लान् त? के तिनीहरू मसँग यति मित्रैलो होलान् त? के तिनीहरूले मलाई हरमोडमा साथ देलान् त? के तिनीहरूले मलाई अझै पनि पछ्याउलान् त? के तिनीहरूले मलाई मेरा जीवनमा चाहिने सबै कुराको अझै ख्याल गर्लान् त? मैले तिनीहरूसँग कुराकानी गर्दा, के तिनीहरू अझै शिष्ट होलान् त र मलाई मुस्कुराएर अभिवादन गर्लान् त? मैले आफ्नो हैसियतविना कसरी जीवन धान्ने होला? त्यसपछिको मार्ग म कसरी हिँड्ने होला? अरू मानिसहरूमाझ मैले कसरी स्थान पाउन सक्छु होला? अहिले मैले आफ्नो हैसियत गुमाएको छु, के त्यसको अर्थ मसँग अब आशिषित हुने आशा कम छ भन्ने होइन र? के मैले ठूला आशिष्हरू प्राप्त गर्ने सकुँला त? के मैले कुनै ठूलो इनाम वा ठूलो मुकुट पाउँला त?” जब तिनीहरू आफ्नो आशिषित हुने आशा चकनाचुर भएको छ वा त्यो आशा गम्भीर रूपले कम भएको छ भनेर सोच्छन्, तब त्यो तिनीहरूको लागि शिर फुट्नै लागेजस्तो, मुटुमा घनले हिर्काएझैँ हुन्छ, अनि त्यो छुरीले रोपेजस्तै पीडादायी हुन्छ। जब तिनीहरूले रातदिन यति धेरै तृष्णा गरेको स्वर्गको राज्य प्रवेश गर्ने आशिष् गुम्न लागेको हुन्छ, तब त्यो तिनीहरूलाई कतैबाट अचानक आएको भयानक समाचारजस्तो लाग्छ। ख्रीष्टविरोधीको लागि, कुनै हैसियत नहुनु भनेको आशिषित हुने कुनै आशा नहुनुसमान हुन्छ, अनि ऊ जिउँदो लाशझैँ बन्छ, उसको शरीर रित्तो खोलजस्तै बन्छ, त्यसमा कुनै प्राण हुँदैन, र उसको जीवन मार्गदर्शन गर्ने केही हुँदैन। ऊसँग कुनै आशा हुँदैन र आशा गर्नुपर्ने कुनै कुरा हुँदैन। जब कुनै ख्रीष्टविरोधीले खुलासा र बरखास्त हुनुपर्ने हुन्छ, तब उसको मनमा आउने पहिलो विचार भनेकै उसले आशिषित हुने कुनै पनि आशा गुमाएको छ। त्यसैले, यो मोडमा के उसले लत्तो छोडिहाल्छ? के ऊ समर्पित हुन इच्छुक होला त? के उसले यो मौकालाई आशिष्प्रतिको चाहना छोड्न, हैसियत त्याग्न, स्वेच्छाले नियमित अनुयायी बन्न अनि खुसीले परमेश्वरको लागि परिश्रम गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न प्रयोग गर्ला त? (गर्दैन।) के यो उसको लागि बद्लावको मोड हुन सक्छ? के यो मोडले उसलाई राम्रो दिशा र सकारात्मक मार्गमा अघि बढाउला त, कि यसले अझ खराब दिशा वा नकारात्मक मार्गमा अघि बढाउला? ख्रीष्टविरोधीको प्रकृति सारको आधारमा, के स्पष्ट हुन्छ भने, ऊ बरखास्त हुनु भनेको उसले आशिष्प्रतिको आफ्नो चाहना त्याग्न थाल्नु वा उसले सत्यतालाई प्रेम गर्न र खोज्न थाल्नु हुँदै होइन। बरु, उसले त आशिषित हुने अवसर र आशाको लागि लड्न अझ कडा परिश्रमसमेत गर्नेछ; ऊ आफूलाई आशिष् दिलाउन सक्ने, र आफूलाई पुनरागमन गर्न मदत गर्न सक्ने र आफ्नो हैसियत पुनः प्राप्त गर्न सक्षम बनाउने कुनै पनि अवसरमा टाँस्सिइरहनेछ। त्यसकारण, बरखास्ती सामना गर्दा ख्रीष्टविरोधी खिन्न, निरुत्साहित र विरोधी हुनुबाहेक, बरखास्त हुनुविरुद्ध दिलोज्यान लगाएर लड्नेछ र त्यसलाई उल्टाउने, बदल्ने प्रयास गर्नेछ। उसले आशिषित हुने आफ्नो आशा थामी राख्न, अनि उही अवस्थामा आफ्नो हैसियत, प्रतिष्ठा र शक्ति कायम राख्न सक्दो सङ्घर्ष गर्नेछ। उसले कसरी सङ्घर्ष गर्छ? आफूलाई निर्दोष ठहराउने कोसिस गरेर, सफाइ दिएर, बहाना बनाएर, अनि आफूले कसरी र के गरेँ, केले गर्दा आफूले गल्ती गरेँ, कसरी आफू अरूलाई मदत गर्न र तिनीहरूसँग सङ्गति गर्न रातभर जागा बसेँ, र केले गर्दा आफू यस मामिलामा लापरवाह बनेँ भन्नेबारे कुरा गरेर सङ्घर्ष गर्छ। उसले यस मामिलाको हरपक्ष पूर्ण रूपमा स्पष्ट पार्छ र व्याख्या गर्छ, ताकि परिस्थिति बचाइराख्न सकियोस् र आफू बरखास्त हुनुपर्ने दुर्भाग्यबाट उम्कन सकियोस्।
कुन सन्दर्भ र मामिलामा ख्रीष्टविरोधीहरूले आफ्नो शैतानी प्रकृति उदाङ्गो पार्ने र प्रकट गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ? त्यो तिनीहरू खुलासा र बरखास्त हुँदा, अर्थात् तिनीहरूले हैसियत गुमाउँदा हुन्छ। ख्रीष्टविरोधीहरूले देखाउने प्रमुख प्रकटीकरण के हो भने तिनीहरू आफूलाई निर्दोष ठहराउन भरमग्दुर कोसिस गर्छन् र कुतर्क गर्छन्। तैँले तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तिनीहरू प्रतिरोध गर्छन्, र तैँले भनेको कुरा स्विकार्न मान्दैनन्। परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूको दुष्कर्मका सबै तथ्य खुलासा गर्दा, तिनीहरू यी कुरा पटक्कै स्विकार्दैनन्, किनभने यी कुरा स्विकारेमा आफूलाई दोषी ठहराइनेछ, अनि हटाइने वा निष्कासित गरिनेछ भनी तिनीहरू डराउँछन्। अनि तिनीहरूले आफूविरुद्ध लागेको दोष नस्विकार्ने क्रममा, आफ्ना गल्ती र जिम्मेवारीहरू अरू मानिसहरूको काँधमा समेत हालिदिन्छन्। यो तथ्यले ख्रीष्टविरोधीहरू कहिल्यै सत्यता स्विकार्दैनन्, आफ्नो गल्ती कहिल्यै मान्दैनन्, वा आफूलाई कहिल्यै साँचो रूपमा चिन्दैनन् भनेर छर्लङ्गै देखाउँछ, र यसले अझ धेरै केसमेत प्रमाणित गर्छ भने तिनीहरूको प्रकृति अहङ्कारी र आत्मधर्मी हुन्छ, त्यसले सत्यता रुचाउँदैन, सत्यता घिनाउँछ र सत्यता पटक्कै स्विकार्दैन, र त्यसैले तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। अलिअलि मानवता र केही समझ हुनेहरूले आफ्ना गल्तीहरू मान्न र स्विकार्न, तथ्यहरू सामना गर्दा शिर झुकाउन, अनि आफूले गरेको दुष्ट कुराको लागि पछुतो गर्न सक्छन्; तर ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्न सक्दैनन्। यसले ख्रीष्टविरोधीहरूसँग कुनै विवेक वा समझ पटक्कै हुँदैन, र तिनीहरू पूर्णतया मानवताहीन हुन्छन् भन्ने देखाउँछ। ख्रीष्टविरोधीहरूले हृदयभित्र सधैँ आफ्नो पद कति ठूलो वा सानो छ भन्ने कुरालाई आफूले कति ठूलो वा सानो आशिष्हरू पाउँछु भन्ने कुरासित तुलना गर्छन्। चाहे परमेश्वरको घरमा होस् वा अरू कुनै समूहमा होस्, तिनीहरूका लागि मानिसहरूको हैसियत र वर्ग, साथै तिनीहरूका अन्तिम परिणामहरू चित्रण गरिएका हुन्छन्; व्यक्तिको हैसियत जति उच्च हुन्छ र उसले यस जीवनमा परमेश्वरको घरमा जति धेरै शक्ति पाउँछ त्यो उसले आउँदो संसारमा पाउने आशिष्, इनाम, र मुकुटसँग बराबर हुन्छ—यी कुराहरू जोडिएका छन्। के त्यो दृष्टिकोण मान्य छ? परमेश्वरले कहिल्यै यसो भन्नुभएको छैन, न त उहाँले कहिल्यै यस्तो कुनै वाचा नै गर्नुभएको छ, तर ख्रीष्टविरोधीको मनमा यस्तै सोचाइ पैदा हुन्छ। अहिलेलाई, हामी ख्रीष्टविरोधीहरूमा किन यस्ता सोचहरू हुन्छन् भन्ने कारणहरू खोतल्नेछैनौँ। तथापि, तिनीहरूको प्रकृति सारको हिसाबमा, तिनीहरू जन्मजात रूपमै हैसियतलाई प्रेम गर्छन्, अनि तिनीहरू जीवनमा उदाहरणीय हैसियत र उच्च प्रतिष्ठा पाउने, शक्ति चलाउने आशा पनि साँच्छन् अनि आउँदै गरेको संसारमा यी सबै उपभोग गरिरहन चाहन्छन्। त्यसोभए, तिनीहरूले कसरी यो सब प्राप्त गर्नेछन्? ख्रीष्टविरोधीहरूको सोचाइमा, तिनीहरूले यो कुरा आफ्नो जीवनमा हैसियत, शक्ति र प्रतिष्ठा हुँदा आफूले गर्न सक्ने केही कुरा गरेर अनि आफूले गर्न चाहने र मन पराउने कुराहरू गरेर, अनि त्यसपछि यी कुराहरू भावी आशिष्, मुकुट र इनामसँग साटेर हासिल गर्नेछन्। ख्रीष्टिविरोधीहरूको सांसारिक व्यवहारको दर्शन यही हो, अनि तिनीहरूले परमेश्वरमा विश्वास गर्ने तरिका र परमेश्वरप्रतिको विश्वासमा राख्ने दृष्टिकोण यही हो। तिनीहरूको सोच, दृष्टिकोण र परमेश्वरमा विश्वास गर्ने तरिकासँग परमेश्वरका वचन र प्रतिज्ञाहरूको कुनै सम्बन्ध छैन—ती पूरै असम्बन्धित छन्। ल भन् त, के यी ख्रीष्टविरोधीहरू अलि मगज बिग्रेका हुँदैनन् र? के तिनीहरूमा चरम दुष्टता छैन र? तिनीहरू परमेश्वरका वचनहरूले भन्ने कुनै पनि कुरालाई बेवास्ता गर्छन् र स्विकार्न मान्दैनन्, तिनीहरू आफूले सोच्ने र आफूले परमेश्वरमा विश्वास गर्ने तरिका सही भएको भन्ठान्छन्, अनि रमाउँदै र आफ्नै प्रशंसा गदै यसैमा आनन्द अनुभूति गर्छन्। तिनीहरू कहिल्यै सत्यता खोज्दैनन्, न त तिनीहरू परमेश्वरका वचनहरू जाँचेर तिनले यस्ता कुराहरू गर्छन् कि गर्दैनन् वा यस्ता प्रतिज्ञाहरू गर्छन् कि गर्दैनन् भनेर नै हेर्छन्। ख्रीष्टविरोधीहरू आफू जन्मजातै अरू मानिसहरूभन्दा चलाक, जन्मजातै बुद्धिमान्, प्रतिभावान् र एकदमै प्रतिभाशाली छु भन्ने ठान्छन्; तिनीहरूलाई आफू अरू मानिसहरूमाझ अलग्गै व्यक्ति बन्नुपर्छ, आफू हाकिम हुनुपर्छ, आफूलाई अरूले मान गर्नुपर्छ, आफूले शक्ति चलाउनुपर्छ, र आफूले अरूलाई शासन गर्नुपर्छ भन्ने लाग्छ, यस्तो लाग्छ मानौँ परमेश्वरका सबै विश्वासीहरू उसकै नियन्त्रणमा हुनुपर्छ, र मानौँ सबैजना त्यहाँ उसले अगुवाइ गर्नकै लागि हुनुपर्छ। तिनीहरूले जीवनमा प्राप्त गर्न चाहने सबै कुरा यिनै हुन्। तिनीहरू अरू मानिसहरूले आउँदै गरेको संसारमा प्राप्त गर्न नसक्ने आशिष्हरू पनि हासिल गर्न चाहन्छन्, र तिनीहरू यसलाई स्वाभाविक ठान्छन्। ख्रीष्टिविरोधीहरूले यस्तो सोच र दृष्टिकोण राख्नुले तिनीहरूमा एकदमै लाज नभएको देखाउँदैन र? के तिनीहरू केही हदसम्म तर्क नसुन्ने हुँदैनन् र? कुन आधारमा तँ यस्तो सोच्छस्? कुन आधारमा तँ अरूबाट उच्च सम्मान पाउन चाहन्छस्? कुन आधारमा तँ अरूलाई नियन्त्रण गर्न चाहन्छस्? कुन आधारमा तँ मानिसहरूमाझ शक्ति र उच्च पद पाउन चाहन्छस्? के परमेश्वरले यी कुराहरू पूर्वनिर्धारित गर्नुभएको छ वा के तँमा सत्यता र मानवता छ? के तँ आफूमा केही शिक्षा र ज्ञान छ भन्दैमा, र तँ अलि अग्लो र सुन्दर छस् भन्दैमा, आफ्नो हैसियतको दाबी गर्न र अरूलाई अगुवाइ गर्न योग्य हुन्छस्? के त्यसले तँलाई आज्ञाहरू दिन योग्य बनाउँछ? के त्यसले तँलाई अरू मानिसहरूलाई नियन्त्रण गर्न योग्य बनाउँछ? परमेश्वर उहाँका वचनहरूको कहाँनेर, “तँ आकर्षक छस्, तँमा सामर्थ्य र प्रतिभा छ, त्यसैले तैँले अरू मानिसहरूलाई अगुवाइ गर्नुपर्छ र तँमा स्थायी हैसियत हुनुपर्छ” भनेर भन्नुहुन्छ? के परमेश्वरले तँलाई यो शक्ति दिनुभएको छ? के परमेश्वरले यो पूर्वनिर्धारित गर्नुभएको छ? छैन। जब दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अगुवा वा सेवक चयन गर्छन्, तब के उनीहरूले तँलाई हैसियत दिइरहेका हुन्छन्? के त्यो तैँले यो जीवनमा पाउनुपर्ने आशिष् हो? कति मानिसहरू यी कुरा पाउनुलाई यो जीवनमा सयगुणा प्राप्त गर्नु हो भनेर अर्थ्याउँछन्, र आफूमा हैसियत र शक्ति छ भने, र आफूले आज्ञा दिन र धेरै मानिसहरू नियन्त्रण गर्न सक्छन् भने, आफूवरपर सेवा गर्ने अनुयायीहरूको झुन्ड हुनैपर्छ र आफू जहाँ गए पनि सेवा गर्ने र वरपर झुम्ने मानिसहरू सधैँ हुनैपर्छ भन्ने सोच्छन्। कुन आधारमा तँ यी कुराहरू पाउन चाहन्छस? दाजुभाइ-दिदीबहिनीहरूले तैँले यो कर्तव्य निर्वाह गर्न सक् भनेर तँलाई अगुवा चयन गर्छन्; त्यो तैँले मानिसहरूलाई बहकाउन, उच्च सम्मान पाउन सक् र दाजुभाइ-दिदीबहिनीहरूले मान गरून् भनेर होइन, झन् तैँले शक्ति चलाउन र हैसियतका लाभहरू उठाउन सक् भनेर त हुँदै होइन, बरु त्यो त तैँले कार्य बन्दोबस्त र सत्यता सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्न सक् भनेर हो। त्यसबाहेक, दाजुभाइ-दिदीबहिनीहरूले अगुवा चयन गरेको व्यक्ति बरखास्त हुन सक्दैन भनेर परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको छैन। के तँ आफूलाई पवित्र आत्माले प्रयोग गरिरहनुभएको व्यक्ति ठान्छस्? के तँ आफूलाई कसैले बरखास्त गर्न सक्दैन भन्ने सोच्छस्? त्यसोभए, तँलाई बरखास्त गर्नुमा के गलत छ? यदि तँ निष्कासित भइनस् भने, त्यसको कारण के हो भने, तँलाई दया गरिएको छ र तँलाई पछुतो गर्ने मौका दिइँदै छ, तर तँ अझै पनि सन्तुष्ट हुँदैनस्। तँ केको बारे तर्क गर्दै छस्? यदि तँ आशिषित हुने तेरो आशा चकनाचुर भएकोले अबदेखि पछि हट्न र परमेश्वरमा विश्वास नगर्न चाहन्छस् भने, अघि बढ् र पछि हट्! तँलाई के लाग्छ, के तँविना परमेश्वरको घर चल्न सक्दैन? के तँविना संसार चल्न छोड्नेछ? के तँविना परमेश्वरको घरको काम पूरा हुन सक्दैन? सुन्, तैँले गलत सोचिस्! कुनै एक व्यक्ति नहुँदैमा संसार चल्न वा सूर्य उदाउन बन्द हुनेछैन—केवल परमेश्वर मात्र नभई हुँदैन, कुनै मानव होइन—मण्डलीको काम सदाझैँ चलिरहनेछ। यदि कसैले आफूविना मण्डली चल्न सक्दैन र आफूविना परमेश्वरको घर चल्न सक्दैन भनेर सोच्छ भने, के ऊ ख्रीष्टविरोधी होइन र? तँलाई हैसियतका लाभहरू उठाउने बानी पारेको छ, होइन र? तँ अरूले आफूलाई मान, उच्च आदर र लोलोपोतो गरेको आनन्द लिने लतमा छस्, होइन र? कसरी तँ अरूले मान गरेको आनन्द उठाउन योग्य भइस्? कसरी तँ अरूले मुस्कुराउँदै अभिवादन गर्न योग्य भइस्? के तँ मानिसहरूले तँलाई झुकेर आराधना गरून् भन्ने पनि चाहन्छस्? यदि त्यसो हो भने, के त्यसको अर्थ तँमा पटक्कै लाज छैन भन्ने होइन र? कति मानिसहरू आफ्नो कर्तव्यबाट बरखास्त हुँदा, परिवारको कुनै सदस्य बितेभन्दा बढी व्याकुल र दुःखी हुन्छन्। तिनीहरू हरकुरा खोतल्छन् र परमेश्वरको घरसँग तर्क गर्छन्, मानौँ सायद अरू कसैले मण्डलीको अगुवाइ गर्नै सक्दैन, मानौँ अहिलेसम्म मण्डलीको काममा साथ तिनीहरू मात्र हुन्—यो ठूलो गल्ती हो। परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई नछोड्नु परमेश्वरको वचनले प्राप्त गरेको परिणाम हो, अनि तिनीहरू भेलामा उपस्थित हुन्छन् र मण्डली जीवन जिउँछन् किनभने तिनीहरू परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरमा साँचो आस्था राख्छन्। ती मानिसहरूले सत्यता बुझेकाले र राम्ररी मलजल गरेकाले परमेश्वरका चुनिएका मानिसहरू दृढ रहेका र सामान्य रूपमा भेलामा उपस्थित हुने गरेका होइनन्। मण्डली अगुवाहरू प्रतिस्थापित हुन्छन्, घरिघरि धेरै झूटा अगुवा र झूटा सेवकहरू बरखास्त हुन्छन्, अनि परमेश्वरका चुनिएका मानिसहरू सदाझैँ भेलाहरूमा उपस्थित हुन्छन् र परमेश्वरका वचनहरू खान्छन् र पिउँछन्—यो कुरासँग यी झूटा अगुवा र झूटा सेवकहरूको कुनै सम्बन्ध हुँदैन। त्यस्ता तर्कहरू गर्नुको अर्थ के हो? के तैँले हास्यास्पद र भ्रमित तर्कहरू मात्र गरिरहेको छैनस् र? यदि तँमा साँच्चै सत्यता वास्तविकता छ र तैँले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका धेरै समस्या समाधान गरेको छस् भने, परमेश्वरका चुनिएका मानिसहरूलाई यो कुरा हृदयमा थाहा हुनेछ; यदि तँमा सत्यता वास्तविकता छैन र समस्याहरू समाधान गर्नहेतु सत्यता सङ्गति गर्न सक्दैनस् भने, मण्डलीको कार्यको सामान्य विकाससँग तेरो कुनै सम्बन्ध हुँदैन। यहाँ झूटा अगुवा र झूटा सेवकहरू धेरै छन्, जो बरखास्त भएपछि बहाना बनाइरहन्छन्, मानौँ तिनीहरूले मण्डलीमा एकदमै धेरै योगदान दिएका छन्, जबकि वास्तवमा तिनीहरूले कुनै वास्तविक काम गरेकै हुँदैनन्, न त मण्डली जीवनको सामान्य सुव्यवस्था नै कायम राखेका हुन्छन्; तिनीहरूविना पनि परमेश्वरका चुनिएका मानिसहरू सदाझैँ भेलाहरूमा सामान्य रूपले निरन्तर उपस्थित हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन। यदि तँसँग सत्यता वास्तविकता छैन र तँ कुनै वास्तविक काम गर्न सक्दैनस् भने, मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर र ढिलाइ गरिरहनबाट रोक्न तँलाई बरखास्त गरिनुपर्छ। परमेश्वरको घरले तँ झूटा अगुवा र झूटा सेवकहरूलाई प्रयोग गर्दैन—के तैँले परमेश्वरको घरसँग तँलाई बरखास्त गर्ने शक्ति छैन भन्ने सोचेको छस्? तैँले आफ्नो काममा यस्तो भद्रगोल गरेको छस्, तैँले मण्डलीको काममा यस्तो समस्या खडा गरेको छस् र यस्तो ठूलो हानि पुऱ्याएको छस्, तैँले माथिलाई एकदमै धेरै चिन्तित बनाएको छस, तँलाई प्रयोग गर्नु समस्याजनक छ, र यसले मानिसहरूलाई यस्तो घृणा, अरुचि र तिरस्कार महसुस गराउँछ। तँ साह्रै मूर्ख, अज्ञानी र हठी छस्, अनि काटछाँट गरिन लायकसमेत छैनस्, र त्यसैले परमेश्वरको घर तँलाई गलहत्त्याउन, तुरुन्तै हटाउन, र यो मामिलालाई यही समाप्त गर्न चाहन्छ। तैपनि, तँ अझै माथिले तँलाई अगुवा भइरहने अर्को मौका दिएको चाहन्छस्? यसलाई बिर्सिदे! विवेक र समझ नभएका, अनि दुष्टता गर्ने र बाधा पुऱ्याउने झूटा अगुवा र ख्रीष्टविरोधीहरूको सन्दर्भमा भन्नुपर्दा, एकपटक तिनीहरूलाई हटाइएपछि, तिनीहरू सदाको लागि हटाइन्छन्। यदि तँ वास्तविक काम गर्न सक्छस् भने, तँलाई प्रयोग गरिनेछ; यदि तँ वास्तविक काम गर्न सक्दैनस् अनि दुष्टता गर्छस् र बाधा पनि पुऱ्याउँछस् भने, तँलाई तुरुन्तै हटाइनेछ—परमेश्वरको घरले मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त यही हो। कतिपय ख्रीष्टविरोधीहरू झुक्दैनन्, र यसो भन्छन्, “तपाईं मलाई वास्तविक काम नगरेकोमा बरखास्त गर्दै हुनुहुन्छ—किन तपाईं मलाई पछुतो गर्ने मौका दिनुहुन्न?” के यो बाङ्गो तर्क होइन र? तँलाई बरखास्त गरिँदै छ किनभने तैँले धेरै ठूलो दुष्टता गरेको छस्, र यति धेरैपटक काटछाँट गरिएपछि पनि तँ अझै पछुतो गर्न एकदमै मानिरहेको छैनस्, त्यसैले तँ अरू कस्ता तर्कहरू प्रदान गर्न सक्छस्? तैँले ख्याति, प्राप्ति र हैसियत पछ्याइस् अनि वास्तविक काम गरिनस्, तैँले मण्डलीको काम ठप्प पारिस्, अनि त्यहाँ यति धेरै समस्याहरू थुप्रिएका थिए तर तैँले ती समाधान गरिनस्—माथिले तेरो कारण कति धेरै चिन्ता गर्नुपऱ्यो? माथिले तँलाई तेरो काममा साथ दिइरहनुभएको र मदत गरिरहनुभएको भए पनि, तैँले लुकीछिपी गलत कामहरू गरिरहेको थिइस्, तैँले सिद्धान्तहरू उल्लङ्घन हुने धेरै कुराहरू, र हेर्न उचित नहुने धेरै कुराहरू गरिरहेको थिइस्, माथिको पिठ्यूँपछाडि तैँले किन्नै नपर्ने धेरै कुराहरू किन्न मनपरी परमेश्वरका भेटीहरू खर्च गरिरहेको थिइस्, र परमेश्वरको घरको हितमा धेरै हानि पुऱ्याइरहेको थिइस् र मण्डलीको काममा यस्तो ठूलो विपत्ति ल्याइरहेको थिइस्! किन तँ कहिल्यै यी दुष्ट कार्यहरूबारे बोल्दैनस्? जब परमेश्वरको घरले तँलाई बरखास्त गर्न चाहन्छ, तब तँ पुरै लाज पचाएर भन्छस्, “के तपाईं मलाई अर्को मौका दिन सक्नुहुन्छ?” के परमेश्वरको घरले तँलाई बेलगाम खराब कुराहरू गरिरहन सक् भनेर अर्को मौका दिनुपर्छ? तैँले परमेश्वरको घरलाई अर्को मौका माग्नु तँमा कुनै लज्जाबोध नहुनु होइन र? तँ आफ्नै प्रकृति त पटक्कै चिन्दैनस्, झन् तेरो हृदयमा कुनै पछुतो त छँदै छैन भने, तँलाई अर्को मौका दिन मिल्छ त? यस्ता मानिसहरूमा कुनै लाज हुँदैन, तिनीहरू निर्लज्ज हुन्छन्, अनि तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधीहरू हुन्!
कतिपय अगुवा र सेवकहरू कुनै पनि वास्तविक काम फिटिक्कै गर्न सक्दैनन्, र तिनीहरूले माथिबाट केही समय मार्गदर्शन र मदत पाएपछि पनि अझै कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू सामान्य मामिलाको कामसमेत राम्ररी सम्हाल्न सक्दैनन्, र यसले तिनीहरूमा क्षमताको एकदमै कमी रहेको देखाउँछ। माथिले कामका सबै पक्षबारे नियमित सोधपुछ र निरीक्षण गर्नैपर्ने हुन्छ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि समस्याहरूको तुरुन्तै रिपोर्ट माग्नैपर्ने पनि हुन्छ; माथिले कामका सबै पक्षसम्बन्धी सिद्धान्तहरूबारे पनि जाँच, मार्गदर्शन र सङ्गति गर्नैपर्ने हुन्छ। माथिले सिद्धान्तहरूबारे सङ्गति दिइसकेपछि पनि, कति मानिसहरूले अझै कसरी काम गर्ने भनी जान्दैनन्, र तिनीहरू ती काम खराब तरिकाले गर्छन्, अनि कति त खराब काम गर्दै बेलगाम दगुरिरहने पनि गर्छन्; तिनीहरूले जुनै काम गरिरहे पनि, माथिसँग कहिल्यै मदत माग्दैनन्, तिनीहरू माथिलाई कुनै समस्याबारे कहिल्यै रिपोर्ट गर्दैनन्, बरु लुकीछिपी गलत काम गर्छन्—यो कस्तो समस्या हो? यी मानिसहरूको प्रकृति कस्तो हो? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? के तिनीहरू जगेर्ना गर्नलायक छन्? के तिनीहरू अझै अगुवा र सेवक हुनयोग्य छन्? पहिलो कुरा, तिनीहरू केही कुरा गर्नअघि खोजी गर्दैनन्; दोस्रो कुरा, तिनीहरू त्यो काम गर्दा कुनै रिपोर्ट पेश गर्दैनन्; अनि तेस्रो कुरा, तिनीहरू त्यो काम गरिसकेपछि कुनै प्रतिक्रिया दिँदैनन्। तिनीहरू एकदमै लज्जास्पद ढङ्गमा कार्य गर्छन्, र पनि अझै बरखास्त हुन चाहँदैनन्, अनि बरखास्त भएपछि झुक्दै झुक्दैनन्—के यिनीहरू मदत गर्न नसकिने मानिसहरू होइनन् र? मलाई भन् त, के मदत गर्न नसकिने धेरैजसो मानिसहरू पूर्णतया निर्लज्ज र समझ नछिर्ने हुँदैनन् र? तिनीहरू कुनै कुरा पनि राम्ररी गर्दैनन्, र तिनीहरू अल्छे हुन्छन् र आरामको लालच गर्छन्; तिनीहरू जुनसुकै काम गर्दा, आज्ञा दिन मुख मात्र चलाउँछन्, र मुख चलाइकेपछि अरू कुनै पनि कुरा गर्दैनन्। तिनीहरू कहिल्यै कामको सुपरिवेक्षण, निरीक्षण र अनुगमन गर्दैनन्, अनि यसो गर्ने जोकोहीप्रति वैरभाव र रुष्ट महसुस गर्छन्, अनि त्यो व्यक्तिलाई कष्ट दिन चाहन्छन्—के यिनीहरू खाट्टी ख्रीष्टविरोधीहरू होइनन् र? यो ख्रीष्टविरोधीहरूको लज्जास्पदता हो; तिनीहरू आफू को हुँ भनेर चिन्दैनन्, तिनीहरू एकदमै लज्जास्पद ढङ्गमा काम गर्छन्, तर तिनीहरू अझै पनि आशिषित हुन चाहन्छन्, तिनीहरू अझै पनि श्रेष्ठताको लागि परमेश्वरको घर र माथिसँग होड गर्न चाहन्छन्, र तिनीहरू अझै पनि तर्क गर्न चाहन्छन्—के तिनीहरूले यसो गरेर काल खोजिरहेका हुँदैनन् र? आफू बरखास्त हुँदा, यी र यस्ता कवाडहरू एकदमै रुष्ट र अटेरी बन्छन्। तिनीहरू साँच्चै निर्लज्ज हुन्छन् र तिनीहरूमा समझको सानो अंशसमेत हुँदैन! तिनीहरू कर्तव्य निर्वाह गर्दा बेलगाम खराब कुराहरू गर्छन्, अनि मण्डलीको काममा अवरोध र बाधा दिन्छन्, अनि बरखास्त हुँदा, तिनीहरूले आफ्नो गल्ती नस्विकार्ने मात्र होइन, अरूको काँधमा जिम्मेवारी थोपर्ने पनि गर्छन् र आफ्नो गल्तीको जिम्मा लिइदिने अर्को व्यक्ति खोज्छन्, र भन्छन्, “यो कुरा तिनीहरूले गरेको हो, र त्यो अर्को कुरा गर्नमा चाहिँ म मात्र जिम्मेवार छैनँ। सबैले त्यो मामिला सँगै छलफल गरेको हो र अगुवाइ लिने व्यक्ति म थिइनँ।” तिनीहरू फिटिक्कै जिम्मेवारी लिँदैनन्, मानौँ जिम्मेवारी लिएमा तिनीहरू निन्दित हुनेछन् र हटाइनेछन्, र आशिष् पाउने तिनीहरूको सबै आशा पूरै गुम्नेछ। तसर्थ, तिनीहरू मरेकाटे आफ्नो गल्ती स्विकार्दैनन् र आफू सिधै जिम्मेवार छु भन्ने कुरा मान्दै मान्दैनन्, बरु अरूको काँधमा जिम्मेवारी थोपर्ने जिद गरिरहन्छन्। तिनीहरूको मानसिकता हेर्दा, तिनीहरूले अन्त्यसम्मै परमेश्वरसँग लडाइँ गर्नेछन्! के यिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन्? के यिनीहरू परमेश्वरको न्याय र सजाय स्विकार्ने मानिसहरू हुन्? यसरी परमेश्वरको घरसँग लडाइँ गर्न सक्नुले तिनीहरूको स्वभावमा कुनै गम्भीर गलत कुरा छ भन्ने देखाउँछ। तिनीहरू आफ्ना गल्तीहरूलाई कसरी लिन्छन् भन्ने सन्दर्भमा भन्नुपर्दा, सर्वप्रथम त तिनीहरू सत्यता खोज्दैनन्, र दोस्रो कुरा, तिनीहरू आत्मचिन्तन गर्दैनन्; तिनीहरू अरूको थाप्लोमा दोष खन्याउँछन्, अनि परमेश्वरको घरले तिनीहरूलाई निश्चित तरिकामा परिभाषित गरेर कर्तव्यबाट बरखास्त गर्दा, तिनीहरू परमेश्वरको घरसँग लडाइँ गर्छन्, अनि आफू जाने ठाउँ चारैतिर गुनासा र नकारात्मकताहरू फैलाउँछन्, र यसरी परमेश्वरका चुनिएका मानिसहरूको सहानुभूति जित्न खोज्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि उहाँको विरोध गर्छन्—के तिनीहरूले काल खोजिरहेका होइनन् र? यी मानिसहरूमा समझको कुरा छिर्दै छिर्दैन! त्यसैले, तिनीहरू कर्तव्यबाट बरखास्त भएमा र तिनीहरूको हैसियत गुमेमा के हुन्छ? तिनीहरू निष्कासित भएका हुँदैनन्, र तिनीहरूको जिउने अधिकार खोसिएको हुँदैन; तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, र जहाँ विफल भए पनि र ढले पनि, नयाँ सुरुवात गर्न, र फेरि खडा हुन सक्छन्। ख्रीष्टविरोधीहरू यस्तो सरल कुरासमेत स्विकार्न सक्दैनन्—यी मानिसहरू मुक्ति पाउनबाट साँच्चै टाढा छन्! अनि अवश्य नै, कतिपय ख्रीष्टविरोधीहरूलाई बरखास्त गरिँदा, तिनीहरू बाहिरी रूपमा मन नलागीनलागी आज्ञापालन गर्छन्, र त्यति निराशापूर्ण व्यवहार गर्ने वा कुनै विरोधीपन देखाउने गर्दैनन्, तर के यसको अर्थ तिनीहरू सत्यता स्विकारिरहेका र परमेश्वरप्रति समर्पित भइरहेका छन् त? अहँ, छैनन्। ख्रीष्टविरोधीसँग ख्रीष्टविरोधीको स्वभाव र सार हुन्छ, र यसले उनीहरूलाई सामान्य व्यक्तिबाट अलग बनाउँछ। बरखास्त भएपछि तिनीहरूले बाहिर केही नभने पनि, हृदयमा भने प्रतिरोध गरिरहन्छन्। तिनीहरू आफ्ना गल्तीहरू स्विकार्दैनन्, र जति समय बिते पनि तिनीहरू कहिल्यै आफूलाई साँचो रूपमा चिन्न सक्षम हुनेछैनन्। यो कुरा धेरै अघिदेखि नै प्रमाणित हुँदै आएको छ। ख्रीष्टविरोधी कहिल्यै नबद्लिनेबारे अर्को कुरा पनि छ: तिनीहरूले जहाँ कामकुरा गरिरहेका भए पनि तिनीहरू फरक हुन, आदरभावले हेरिइन र अरूबाट सम्मानित हुन चाहन्छन्; मण्डली अगुवा वा टोली अगुवाको रूपमा उनीहरूसित वैध ओहदा र नाम-पदवी नभए पनि, तिनीहरू अझै पनि प्रतिष्ठा र मूल्यमा अरूभन्दा निकै राम्रा हुन चाहन्छन्। उनीहरूले काम गर्न सके वा नसके पनि, उनीहरूसँग जे-जस्तो प्रकारको मानवता वा जीवनको अनुभव भए पनि, उनीहरू सान देखाउने, मानिसहरूको निगाह सुनिश्चित गर्ने, मानिसहरूको मन जित्ने साथै मानिसहरूलाई लोभ्याउने र भ्रममा पार्ने मौकाहरू खोज्न जुनसुकै उपायहरू अपनाउँछन् र जुनसुकै हदसम्म जान्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूले तिनीहरूबारे के कुराको प्रशंसा गरून् भन्ने चाहन्छन्? तिनीहरू बर्खास्त गरिएका भए पनि, तिनीहरू “भालु कमजोर भए पनि मृगभन्दा बलियो नै हुन्छ” र ऊ कुखुराको माथि उड्ने चील नै रहन्छ भन्ने सोच्छन्। के यो ख्रीष्टविरोधीको अहङ्कार र आत्म-धार्मिकता साथै तिनीहरूको पृथकता होइन र? उनीहरू आफू हैसियत नभएको, एक सामान्य विश्वासी, केवल एक मामुली व्यक्ति भएको, भुइँमा खुट्टा टेकेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र आफ्नो स्थानमा रहने, वा आफ्नै काम मात्र राम्ररी गर्ने, आफ्नो बफादारी देखाउने, र आफूलाई आइपरेको काममा सक्दो राम्रो गर्ने हुन स्विकार्न सक्दैनन्। यी कुराहरूले उनीहरूलाई अलिकति पनि सन्तुष्ट पार्दैनन्। उनीहरू त्यस्तो व्यक्ति हुन वा त्यस्ता कुराहरू गर्न इच्छुक हुँदैनन्। उनीहरूको “ठूलो आकाङ्क्षा” के हो? सम्मानित् हुनु र आदरभावले हेरिनु, र शक्ति हातमा लिनु हो। यसैले, उनीहरूको नाममा कुनै विशेष पदवी नभए पनि, ख्रीष्टविरोधीले आफ्नो निम्ति प्रयत्न गर्नेछन्, आफ्नो निम्ति बोल्नेछैनन् र आफूलाई सही साबित गर्नेछन्, आफ्नो प्रदर्शन गर्नका लागि आफूले सक्ने सबथोक गर्छन्, किनकि तिनीहरूमा आफूलाई मानिसहरूले नदेख्ला वा कसैले पनि ध्यान नदेला भन्ने डर हुन्छ। उनीहरू अझ राम्ररी चिनिन, आफ्नो प्रतिष्ठा बढाउन, धेरै मानिसहरूलाई आफ्ना वरदान र शक्तिहरू देखाउन हरेक मौकामा हाम फाल्नेछन्, र आफू अरूभन्दा श्रेष्ठ रहेको देखाउनेछन्। यी कामकुराहरू गर्दा, ख्रीष्टविरोधीहरू वाहवाही र प्रशंसा पाउन, उनीहरू अगुवा नभए पनि र उनीहरूको हैसियत नभए पनि उनीहरू अझै पनि साधारण मानिसहरूभन्दा श्रेष्ठ छन् भनी सोच्ने बनाउन जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन्। त्यसपछि एक ख्रीष्टविरोधीले आफ्नो लक्ष्य हासिल गरेको हुनेछ। उनीहरू मामुली र साधारण व्यक्ति बन्न इच्छुक हुँदैनन्; उनीहरू शक्ति र प्रतिष्ठा चाहन्छन्, र अरूभन्दा निकै राम्रा हुन चाहन्छन्। कति मानिसहरू भन्छन्, “यो अविश्वसनीय कुरा हो। हैसियत, प्रतिष्ठा र शक्ति प्राप्त गर्नुको के अर्थ?” समझ भएको व्यक्तिको लागि, शक्ति र हैसियत बेकारका कुरा हुन्, ती उसले पछ्याउनुपर्ने कुरा होइनन्। तर महत्त्वाकाङ्क्षाले जलेका ख्रीष्टविरोधीहरूको लागि हैसियत, शक्ति र प्रतिष्ठा महत्त्वपूर्ण कुरा हुन्; कसैले पनि तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्दैन, र कसैले पनि तिनीहरूको जिउने तरिका र अस्तित्वप्रतिको तिनीहरूको उद्देश्य परिवर्तन गर्न सक्दैन—यो ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। तसर्थ, यदि तैँले सक्रियतासाथ आफ्नो कर्तव्य निर्वाह गर्ने र हैसियत हुँदा हैसियत जोगाउने अनि हैसियत गुमाउँदा आफ्नो ख्याति जोगाउन अझै पनि आफूले सकेजति सबै गर्न चाहने व्यक्ति देखिस् भने—यस्तो व्यक्ति मुक्ति पाउनबाट धेरै टाढा हुन्छ, र ऊ पूराको पूरा ख्रीष्टविरोधी हो।
ख्रीष्टविरोधी बरखास्त हुनुअघि र पछि, जब उसले एकपछि अर्को प्रयास गरे पनि अझै हैसियत, साथै शक्ति र प्रतिष्ठा प्राप्त गर्न सक्दैन, तब उसले आफ्नो हैसियत र आशिष् पाउने इच्छा त्याग्नेछैन। उसले सत्यता पछ्याउन यी कुराहरू पन्छाउने र आफूलाई बदल्नेछैन, वा उसले आफ्नो कर्तव्य व्यावहारिक र शिष्ट तरिकामा राम्ररी निर्वाह गर्नैछैन। उसले आफूले गलत गरेका कुनै पनि कुराको लागि कहिल्यै साँचो अर्थमा पश्चात्ताप गर्नैछैन, बरु बारम्बार यस्तो मूल्याङ्कन गर्नेछ, “के मैले भविष्यमा हैसियत पाउने कुनै आशा छ? हैसियतविना, के मसँग आशिष् पाउने कुनै आशा हुन्छ? के आशिष् प्राप्त गर्ने मेरो चाहना पूरा हुनेछ? परमेश्वरको घर, अर्थात् मण्डलीमा मेरो के दर्जा हुन्छ? दर्जानुक्रममा म कहाँ हुन्छु?” जब ऊ आफूले मण्डलीमा धेरै प्रतिष्ठा नपाउने, अधिकांश मानिसहरूले आफूलाई राम्रो रूपमा नहेर्ने र धेरैले आफूलाई शिक्षणको नकारात्मक उदाहरणको रूपमा समेत प्रयोग गर्ने निष्कर्षमा पुग्छ, तब उसलाई मण्डलीभित्र आफ्नो प्रतिष्ठा पूर्ण रूपमा बरबाद भएको छ, आफूलाई धेरैजसो मानिसहरूको साथ छैन र सायद धेरैजसो मानिसहरूले अब फेरि अनुमोदन गर्न सक्दैनन् र आशिष् प्राप्त गर्ने आफ्नो आशा लगभग छैन भन्ने लाग्छ। उसले यो सब देखेपछि, र ऊ आफूले मूल्याङ्कन गर्दा यी निष्कर्षहरूमा पुगेपछि, ऊसँग अब अझै पनि आफ्नो अभिप्राय र चाहना त्याग्ने, साँचो रूपमा परमेश्वरसित पश्चात्ताप गर्ने वा परमेश्वरको निम्ति परिश्रम गर्न पूर्ण रूपमा वचनबद्ध हुने र आफ्नो कर्तव्य निष्ठापूर्वक निभाउने सोच र मनोवृत्ति हुनेछैन। यो कुरा उसको मनमा हुँदैन—त्यसोभए के हुन्छ? “मैले आफ्नो आकाङ्क्षा हासिल नगर्ने अनि परमेश्वरको घर अर्थात् मण्डलीमा कुनै हैसियत नपाउने हुनाले, किन मैले यो निकासहीन मार्ग पछ्याइरहने? मानिसहरूले स्थान परिवर्तनबाट लाभ उठाउन सक्छन्। यदि म अन्य कुनै ठाउँमा गएँ भने मेरो लागि परिस्थिति निकै राम्रो हुन सक्छ। किन म मेरो चित्त दुखाउने यो ठाउँबाट ननिस्कने? मैले आफ्ना आकाङ्क्षाहरू पूरा गर्न नसक्ने, आफ्ना आकाङ्क्षाहरू हासिल गर्न गाह्रो हुने यो ठाउँ किन नछोड्ने?” जब ख्रीष्टविरोधीले यी कुराहरूबारे सोच्छ, तब के त्यसको अर्थ उसले मण्डली छोड्न लागेको होइन र? तिमीहरू त्यस्तो व्यक्ति छोडेर जाओस् कि बसोस् भन्ने चाहन्छौ? के उसलाई बस्नको लागि फकाउनुपर्छ? (उसलाई फकाउनुपर्दैन, अनि मानिसहरूले उसलाई फकाए पनि ऊ बस्नेछैन।) कसैले पनि उसलाई बस्न लगाउन सक्दैन—यो साँचो हो। यसको कारण के हो? सबै कुरा भनिए पनि र गरिए पनि, ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, त्यसैले परमेश्वरको घरमा बस्दा तिनीहरूलाई पीडा मात्र हुनेछ। यो त कुनै चरित्रहीन वेश्या आइमाईलाई उसको पतिलाई सहयोग गर्न र उसका बच्चाहरूलाई शिक्षा दिन, सद्गुणी स्त्री, असल पत्नी र दयालु आमा बन्न लगाउने प्रयास गर्नुझैँ हुनेछ। के त्यसले ती कुराहरू गर्न सक्छे र? (सक्दिन।) त्यो त व्यक्तिको प्रकृतिको कुरा हो। त्यसैले, यदि तैँले कुनै ख्रीष्टविरोधीले पछि हट्न चाहेको देखिस् भने, तैँले जे गरे पनि, उसले “म ख्रीष्टविरोधी भए पनि, परमेश्वरको घरको लागि परिश्रम गर्न चाहन्छु। म आफूलाई कुनै दुष्टता नगर्न बाध्य पार्नेछु र म शैतानविरुद्ध विद्रोह गर्नेछु” भनेर भन्ने निश्चित परिस्थिति नभएसम्म उसलाई विश्वस्त तुल्याउने प्रयास नगर्। यस्तो अवस्थामा, के उसलाई झिँगालाई जस्तै कुचोले हिर्काएर धपाउनुपर्छ र? (पर्दैन।) यस्तो अवस्थामा, हामी परिस्थितिलाई स्वाभाविक रूपमा छोडिदिन सक्छौँ, तर एउटा प्रक्रियाचाहिँ लागू गर्नुपर्छ: अझ धेरै मानिसहरूले त्यो ख्रीष्टविरोधीलाई सुपरिवेक्षण र निगरानी गर्नुपर्छ, उसले दुष्टता गर्न चाहेको जस्तो समस्याको पहिलो सङ्केत देख्नेबित्तिकै उसलाई तुरुन्तै हटाइहाल्नुपर्छ। यदि उसले अरूद्वारा सुपरिवेक्षण र निगरानी गरिएको सहन सक्दैन, र आफूलाई दुर्व्यवहार गरिएको महसुस गर्छ र परिश्रम गर्न चाहँदैन भने, यस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले उसलाई निस्केर जान मदत गर्नुर्छ र यसो भन्नुपर्छ, “तिमी प्रतिभावान् छौ, र तिमीले गैरविश्वासीहरूको संसार गएर आफ्ना ठुलठुला योजनाहरू पूरा गर्नुपर्छ। तिमी यो पोखरीमा नअटाउने ठूलो माछा हौ, मण्डली तिमीलाई उपयुक्त हुँदैन। तिमी यहाँ आफ्नो पखेटा फिँजाउन सक्दैनौ; यो काम तिम्रो प्रतिभाको लायक छैन। यदि तिमी बाह्य संसार फर्क्यौ भने, सायद तिमीले बढुवा पाउनेछौ, धेरै पैसा कमाउनेछौ, र तिमी धनी हुनेछौ। सायद तिमी सेलिब्रिटी नै हुनेछौ!” उसलाई निस्केर जान तुरुन्तै प्रोत्साहन दे। यदि ऊ धन र हैसियत पछ्याउँछ, अनि हैसियतबाट आउने लाभहरूको लालसा गर्छ भने, उसलाई बाह्य संसार फर्केर काम गर्न र पैसा कमाउन, र त्यसपछि अधिकारी बन्न र देहको जीवन उपभोग गर्न दे। उसलाई यस्तो व्यवहार गर्नु प्रेमिलो हृदयले व्यवहार गर्नु हो कि होइन भनेर कतिपयले सोध्न सक्छन्। वास्तवमा, तैँले ख्रीष्टिविरोधीहरूलाई यस्ता कुरा भनिनस् भने पनि, तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “हुँ, आजै बढुवा, भोली नै बरखास्त। मलाई हैसियत दिइने, तैपनि निगरानी, सुपरिवेक्षण, र काटछाँट गरिने—यो कस्तो पीडा हो! मेरो लागि यस्तो हैसियत पाउनु कठिन छैन, अनि यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, अहिलेसम्म संसारमा म धनी भइसक्थेँ र सामाजिक उचाइ प्राप्त गरिसक्थेँ, कम्तीमा पनि म नगरस्तरीय कार्यकर्ता त भइसक्थेँ। म अधिकारी बन्न जन्मेको हुँ। मैले संसारमा जे गरे पनि म विशिष्ट हुन्छु, म सबै कुरा राम्ररी गर्छु, म कुनै पनि उद्योगमा आफ्नो नाम कमाउन सक्छु, र म उद्यमी छु।” तैँले तिनीहरूलाई यस्ता कुरा भनिनस् भने पनि, तिनीहरूले यस्ता कुराहरू भन्नेछन्, त्यसकारण तैँले तुरुन्तै तिनीहरूले सुन्न चाहने मिठा शब्दहरू भन्नुपर्छ र तिनीहरूलाई चाँडै मण्डली छोड्न प्रोत्साहित गर्नुपर्छ—यसले सबैलाई लाभ पुऱ्याउनेछ। ख्रीष्टविरोधीहरू हैसियत, शक्ति र प्रतिष्ठा पछ्याउँछन्; तिनीहरू साधारण मानिसहरू हुन चाहँदैनन्, बरु सधैँ अरूभन्दा माथि हुन चाहन्छन्, र तिनीहरू त्यो पलसम्म त्यस्तो हुन चाहन्छन्, जुन पल अन्ततः तिनीहरू आफैले आफ्नो यश र इज्जत बरबाद पार्छन् र परमेश्वरद्वारा श्रापित हुन्छन्। त्यसोभए, के तिमीहरू साधारण मानिसहरू हुन इच्छुक छौ? (छौँ) साधारण मानिसहरू हुनु वास्तवमा अर्थपूर्ण छ। ख्याति र प्राप्ति नपछ्याउनु, बरु वास्तविक जीवन स्विकार्नु, शान्ति र आनन्दसँग जिउनु, हृदयमा स्थिर हुनु—जीवनको सही मार्ग यही हो। यदि कोही सधैँ अरूभन्दा वरिष्ठ र निकै राम्रो हुन चाहन्छ भने, त्यो उसले आत्मदाह गर्नु र आफूलाई ठूलो खतरामा पार्नुसरह हो—उसले आफैलाई समस्या निम्त्याउन खोजिरहेको छ। किन तिनीहरूमा यस्ता भावनाहरू हुन्छन्? के अरूभन्दा माथि हुनु राम्रो कुरा हो? (अहँ, होइन।) यो राम्रो कुरा होइन। तैपनि ख्रीष्टविरोधीहरू यो मार्ग रोज्न जिद् कस्छन्। तिमीहरू जेसुकै गर, तर यो मार्ग नपछ्याओ।
जब कुनै साधारण भ्रष्ट व्यक्तिसँग अझै परमेश्वरप्रतिको विश्वासमा जग हुँदैन, जब उसले परमेश्वरमा साँचो विश्वास विकास गरेको हुँदैन, तब ऊसँग थोरै मात्र विश्वास वा कद हुन्छ। यस्तो व्यक्तिलाई रोकावट आइलाग्दा, ऊ आफूलाई कमजोर ठान्छ, अनि परमेश्वर उसलाई प्रेम गर्नुहुन्न, र उहाँ उसलाई घृणा गर्नुहुन्छ भनेर सोच्छ। ऊ आफूले हरमोडमा ठक्कर खाएको र असफल भएको, र परमेश्वरलाई सन्तुष्ट पार्न नसकेको देख्दा, निरुत्साहित हुनेछ; उसलाई केही कमजोरी र नकारात्मकता पनि अनुभव हुनेछ, अनि कहिलेकाहीँ मण्डली छोड्ने सोच पनि आउनेछ। तर यो अवज्ञाकारी हुनुजस्तो होइन। यो त कुनै व्यक्ति निराश र उदास हुँदा आउने सोच हो, र यो ख्रीष्टविरोधीहरू पछि हट्ने कुराभन्दा एकदमै फरक कुरा हो। जब कुनै ख्रीष्टविरोधी पछि हट्न चाहन्छ, तब उसले मरेकाटे पश्चात्ताप गर्नेछैन, तर जब कुनै साधारण व्यक्तिले निरुत्साहित भएर मण्डली छोड्ने विचार गर्छ, तब अरूको मदत र सङ्गति, साथै उसको आफ्नै सक्रिय सहकार्य, अनि प्रार्थना र खोजी, र परमेश्वरका वचनहरूको पढाइमार्फत, परमेश्वरको वचनले उसलाई क्रमिक रूपमा प्रभाव पार्न र परिवर्तन गर्न सक्छ, र ऊ बस्छ कि जान्छ भन्ने कुरा, साथै उसको निर्णय र मन परिवर्तन गर्न सक्छ। त्यसको साथै, परमेश्वरको वचनले उसलाई क्रमिक रूपमा पश्चात्तापको बानी बसाल्न, सकारात्मक मनोवृत्ति राख्न र दृढ हुने इच्छा विकास गर्न पनि मदत गर्न सक्छ, र उसलाई क्रमिक रूपमा दह्रिलो हुन सक्षम पनि तुल्याउँछ। यो सामान्य व्यक्तिको जीवन प्रवेश गर्ने प्रक्रियाको प्रकटीकरण हो। अर्कोतिर, ख्रीष्टविरोधीले चाहिँ अन्त्यसम्मै लडाइँ गर्नेछ। उसले कहिल्यै पश्चात्ताप गर्नेछैन, मरेकाटे आफू गलत हो भनेर स्विकार्नेछैन, आफूलाई चिन्नेछैन, र आशिष् पाउने चाहना त्याग्नेछैन। ऊसँग अलिकति पनि जीवन प्रवेश हुँदैन। त्यसैले, परिश्रम गर्न पनि नचाहने र असल कार्य पनि नगर्ने यस्तो व्यक्तिलाई मण्डली छोड्ने सुझाव मात्र दे। यो बुद्धिमान् निर्णय हो, यस्तो मामिला सम्हाल्ने सबैभन्दा बुद्धिमान् तरिका हो। यदि तैँले उसलाई मण्डली छोड्ने सुझाव दिइनस् भने, के तँ उसलाई बसाउन सक्नेछस् र? के तँ उसको पछ्याउने पद्धति वा दृष्टिकोण परिवर्तन गर्न सक्छस् र? तैँले कहिल्यै पनि यी कुराहरू बदल्न सक्नेछैनस्। कतिपय मानिसहरूलाई परमेश्वरको घरले बस्न आग्रह गर्छ, मदत र साथ दिन्छ, किनभने तिनीहरूले प्रकट गरेका नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभावहरू सबै साधारण भ्रष्ट मानिसहरूमाझका आम कुरा हुन्छन्, अनि ती कुरा सामान्यताको दायराभित्र पर्छन्। परमेश्वरका वचनहरूबारे सङ्गति गरेर, अनि अरूको मदत र साथ पाएर, तिनीहरू क्रमिक रूपमा दह्रिलो हुन सक्छन्, कद प्राप्त गर्न सक्छन्, परमेश्वरमाथिको विश्वास विकास गर्न सक्छन्, र आफ्नो कर्तव्य निर्वाहमा इमानदार हुन सक्छन्। यस्तो व्यक्ति नै हामीले बस्न सहयोग र आग्रह गर्नुपर्ने व्यक्ति हो। तर परिश्रम गर्न पनि नचाहने र राम्ररी परिश्रम पनि नगर्ने ख्रीष्टविरोधीहरूलाई चाहिँ छोडेर जान प्रोत्साहन दे, किनभने तैँले तिनीहरूलाई छोडेर जान सुझाव दिनुभन्दा पहिले नै उसले त्यसो गर्ने इच्छा गरिसकेको हुन्छ, वा ऊ कुनै पनि क्षण छोडेर जान लागिसकेको हुन्छ। ख्रीष्टविरोधीहरूले बरखास्त भई पछि हट्ने इच्छा गर्दा तिनीहरूमा हुने विभिन्न प्रकटीकरण र सोचहरू यिनै हुन्।
ई. आफू बढुवा नहुँदा ख्रीष्टविरोधीहरूको व्यवहार
सत्यता नपछ्याउने अर्को प्रकारको व्यक्ति पनि छ। यसप्रकारको व्यक्तिले सत्यता नपछ्याउने हुनाले, उसले महत्त्वपूर्ण कर्तव्यहरू गर्दैन, र परिणामस्वरूप परमेश्वरका घरमा काटछाँट गरिएको बिरलै अनुभव गर्छ, उसले आफ्नो कर्तव्यबाट बरखास्त गरिएको कहिल्यै अनुभव गरेको हुँदैन, अनि अवश्य नै, उसलाई एकदमै बिरलै मात्र फरक कर्तव्यमा स्थानान्तर गरिन्छ। तथापि, जब उसलाई धेरै वर्ष परमेश्वरमा विश्वास गरेपछि पनि अझै बढुवा गरिएको हुँदैन, तब उसले आफूसँग आशिष् पाउने कति आशा छ भनेर बारम्बार मूल्याङ्कन गर्न थाल्छ। विशेष गरी, उसले परमेश्वरका वचनहरूमा “सत्यता नपछ्याउनेहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्,” भनेर भनिएको देख्दा, उसलाई आशिष् पाइने आफ्नो आशा एकदमै कम रहेछ भन्ने लाग्छ, अनि ऊ पछि हट्नेबारे सोच्न थाल्छ। कहिल्यै सत्यता नपछ्याउने यी केही मानिसहरूसँग केही ज्ञान र सामर्थ्य हुन्छ, र तिनीहरू बढुवा नभएका हुनाले असन्तुष्ट हुन्छन् र गुनासो गर्न थाल्छन्; तिनीहरू पछि हट्न चाहन्छन् तर आशिष् पाउने मौका गुम्नेछ भनेर डराउँछन्, तर तिनीहरू पछि हटेनन् भने पनि तिनीहरूले अझै बढुवा पाउनेछैनन्—तिनीहरूलाई आफू अप्ठ्यारा परिस्थितिमा परेको महसुस हुन्छ। तिमीहरूलाई यस मामिलाबारे के लाग्छ? यी मानिसहरूले सत्यता नपछ्याए पनि, तिनीहरूमध्ये केही तुलनात्मक रूपले अध्ययनशील र उत्साही हुन्छन्; तिनीहरूले जुनै कर्तव्य निभाए पनि, तिनीहरू सान्दर्भिक व्यावसायिक ज्ञान लिन सधैँ इच्छुक हुन्छन्, तिनीहरू सधैँ परमेश्वरको घरले आफूलाई बढुवा गरोस् भन्ने चाहन्छन्, अनि तिनीहरू आफूलाई विशिष्ट बनाएर आफूले चाहेको हैसियत र विभिन्न फाइदाहरू प्राप्त गर्ने दिनको चाह गर्छन्। यसो हेर्दा, यस्ता मानिसहरू अरूको अगाडि शान्त, ध्यान नखिच्ने, लगनशील र कर्तव्यनिष्ठ देखिन्छन्, तैपनि तिनीहरूको हृदय महत्त्वाकाङ्क्षा र चाहनाले भरिएको हुन्छ। तिनीहरूको आदर्श-वाक्य के हो? अवसर खोज्नेलाई नै अवसर प्राप्त हुन्छ। सतही रूपमा हेर्दा, तिनीहरू पटक्कै अरूको ध्यान खिच्दैनन् र तिनीहरू आफ्नो प्रदर्शन गर्दैनन्, तिनीहरू विभिन्न कुराहरूका लागि प्रतिस्पर्धा वा खोसाखोस गर्दैनन्, तैपनि तिनीहरूका हृदयमा अझै पनि “ठूलो आकाङ्क्षा” हुन्छ। त्यसकारण, जब तिनीहरूले मण्डलीमा बढुवा पाउँदै गरेको वा अगुवा वा सेवक बन्दै गरेको कुनै व्यक्ति देख्छन्, तब तिनीहरू अलि बेखुस र दुःखी हुन्छन्। जसलाई बढुवा र प्रशिक्षण वा केही महत्त्वपूर्ण भूमिका दिइए पनि, तिनीहरूलाई त्यो सदैव थप्पड लागेझैँ हुन्छ। कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले उच्च सम्मान, प्रशंसा गर्दा र साथ दिँदासमेत तिनीहरूलाई ईर्ष्या लाग्छ र तिनीहरू हृदयमा बेखुस हुन्छन्, अनि तिनीहरूमध्ये कतिपयले त एकान्तमा आँसुसमेत झार्छन्, र बारम्बार आफूलाई सोध्छन्, “मलाई कहिले उच्च सम्मान दिइने र चयन गरिने होला? माथिले मलाई कहिले चिन्ने होला? कहिले अगुवाले मेरो सामर्थ्य, गुण, खुबी र प्रतिभा देख्ने होला? मैले कहिले बढुवा र प्रशिक्षण पाउने होला?” ऊ दुःखी र नकारात्मक हुन्छ, तर ऊ यस्तै भइरहन चाहँदैन, त्यसैले ऊ एकान्तमा आफूलाई नकारात्मक नहुन, निरन्तर अघि बढ्ने इच्छाशक्ति राख्न, रोकावटद्वारा निरुत्साहित नहुन र कहिल्यै हरेस नखान प्रोत्साहित गर्छ। ऊ प्रायः आफूलाई यस्तो चेतावनी दिइरहन्छ: “म ठूलो आकाङ्क्षा बोकेको व्यक्ति हुँ। मैले साधारण, सामान्य व्यक्ति हुने इच्छा गर्नै हुँदैन, म व्यस्त, सामान्य जीवनमा चित्त बुझाउन इच्छुक हुनै हुँदैन। परमेश्वरप्रति मेरो विश्वास विशिष्ट हुनैपर्छ र त्यसले ठूला उपलब्धिहरू हासिल गर्नैपर्छ। यदि मैले यस्तै शान्त र औसत जीवन जिइरहेँ भने, त्यो असाध्यै कायरतापूर्ण र निस्सासिँदो कुरा हुन्छ! म त्यस्तो व्यक्ति हुन सक्दिनँ। म दोब्बर कडा परिश्रम गर्नेछु, हरक्षणको सदुपयोग गर्नेछु, अझ धेरै परमेश्वरका वचनहरू पढ्नेछु र कण्ठाग्र गर्नेछु, अझ धेरै ज्ञान लिनेछु र यस पेशालाई अझ धेरै अध्ययन गर्नेछु। अरूले जेजति कुरा पूरा गर्न सक्छन्, त्यो मैले पूरा गर्नैपर्छ, अनि अरू मानिसहरूले सङ्गति गर्न सक्ने कुराहरू मैले पनि सङ्गति गर्न सक्नैपर्छ।” केही समय कडा मेहनत गरेपछि, मण्डली चुनाव आउँछ, तर ऊ अझै पनि चयन हुँदैन। मण्डलीले प्रशिक्षण दिन, बढुवा गर्न र महत्त्वपूर्ण भूमिका दिन कुनै व्यक्ति खोज्दैगर्दा, ऊ हरेकपटक नै चयन हुँदैन; उसले आफू बढुवा हुने आशा छ भनेर सोच्दैपिच्छे, आखिरमा उसलाई निराशा हात लाग्छ, अनि हरेक निराशाले उसलाई खिन्न र नकारात्मक महसुस गराउँछ। उसलाई परमेश्वप्रतिको आफ्ना विश्वासमा आशिष् पाउने कुरा आफूबाट एकदमै टाढा छ भन्ने लाग्छ, र त्यसैले उसका मनमा पछि हट्ने विचार पैदा हुन्छ। तथापि, ऊ पछि हट्न इच्छुक हुँदैन, बरु फेरि एकपटक कडा प्रयास गरेर सङ्घर्ष गर्न चाहन्छ। उसले यसरी जति धेरै कडा प्रयास र सङ्घर्ष गर्छ, त्यति नै धेरै ऊ कसैले उसको सिफारिस गरोस्, र उसलाई बढुवा मिलोस् भन्ने चाह गर्छ। अनि उसलाई झन्झन् बढी यो चाह हुन्छ, तर अन्त्यमा गएर उसलाई निराशा नै प्राप्त हुन्छ, र यसरी उसलाई उसको व्यर्थको अभिमान र आशिष् पाउने चाहनाले पीडा दिन्छ। यस्तो हरेक निराशा तिनीहरूलाई आगोमा पोलेझैँ र खारेझैँ हुन्छ। उसलाई आफूले चाहेको कुरा प्राप्त हुन सक्दैन; ऊ पछि हट्न चाहन्छ तर उसलाई त्यसो गर्न सकिँदैन भन्ने लाग्छ; ऊ आफूले पकडमा राख्न चाहेको कुरा पकडमा राख्न सक्दैन, र उसलाई हुने भनेकै निराशा, उदासी, र अनन्त पर्खाइ मात्र हुन्छ। ऊ पछि हट्न चाहन्छ तर ठुलठुला आशिष्हरू गुम्छन् कि भनी डराउँछ, अनि उसले जति धेरै हताश बन्दै आशिष् पाउने चाहना गर्छ, त्यति नै कम मात्र आशिष् पाउन ऊ सक्षम हुन्छ। यसको परिणामस्वरूप, ऊ यस्ता अवस्थामा पुग्छ, जहाँ उसले आशिष् पाउने आशा र निराशा हात लाग्ने पीडाबीच निरन्तर सङ्घर्ष गर्नुपर्छ, अनि यसले उसको हृदयलाई एकदमै धेरै पीडा दिन्छ। तर के उसले यस मामिलाबारे परमेश्वरलाई प्रार्थना गर्नेछ त? अहँ, गर्नेछैन। ऊ त यस्तो सोच्छ: “प्रार्थना गरेर के फाइदा? दाजुभाइ-दिदीबहिनीहरूले मेरो प्रशंसा गर्दैनन् र अगुवाहरू मेरो सराहना गर्दैनन्, त्यसैले के परमेश्वरले मलाई छुट दिएर कुनै महत्त्वपूर्ण भूमिका दिन सक्छन्?” उसलाई अरूमाथि आशा राख्दा निराशा हात लाग्नेछ र आशिष् पाउने आफ्नो आशा परमेश्वरमा राख्नु पनि सुरक्षित हुँदैन भन्ने थाहा हुन्छ। उसले परमेश्वरका वचनहरूमा भनिएको “सत्यता नपछ्याउनेहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्,” भन्ने कुरा देखेको हुनाले, ऊ खिन्न र निराश हुन्छ। उसलाई मण्डलीमा कसैले ध्यान दिँदैन, अनि उसले कुनै आशा देख्न सक्दैन। उसले आफ्नो मुहार हेर्दा, अझै पनि आशिष् पाइने कुनै आशा देख्न सक्दैन, र ऊ सोच्छ, “म पछि हटूँ कि बसूँ? के मसँग साँच्चै आशिष् पाउने कुनै आशा छैन?” उसले हिचकिचाहट गर्दागर्दै र यी कुराबारे बारम्बार सोच्दासोच्दै वर्षौँ बितेर जान्छ, तर उसले बढुवा हुन वा महत्त्वपूर्ण पद पाउन सक्दैन। ऊ हैसियतका लागि होड गर्न चाहन्छ तर उसलाई त्यसो गर्नु त्यति विवेकपूर्ण वा उचित होइन भन्ने लाग्छ, उसलाई त्यसो गर्न लाज लाग्छ, तर यदि उसले हैसियतका लागि होड गरेन भने, उसले कहिले बढुवा पाउनेछ र उसलाई कहिले महत्त्वपूर्ण भूमिका दिइनेछ? उसले आफूसँगै परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई सम्झन्छ, जो ऊसँगै भेलाहरूमा उपस्थित हुन्छन् र कर्तव्य निर्वाह गर्छन्। तिनीहरूमध्ये धेरैलाई बढुवा गरिएको र महत्त्वपूर्ण भूमिका दिइएको छ, जबकि उसले चाहिँ जति नै कडा प्रयास गरे पनि कुनै महत्त्वपूर्ण भूमिका पाउन सक्दैन, र ऊ अलमल्ल पर्छ र दिशाहीन हुन्छ। उसले आफ्नो विचार, अवस्था, सोच र दृष्टिकोण, आफ्नो विचलन र कमीहरूबारे अरू कसैसँग कहिल्यै सङ्गति गर्ने वा खुलेर कुरा गर्ने गर्दैन—ऊ पूर्ण रूपमा अन्तर्मुखी हुन्छ। उसले निकै समझदारीसाथ बोलेको देखिन्छ र उसले केही हदसम्म विवेकी तरिकामा कार्य गरेको पनि देखिन्छ, तैपनि उसका भित्री महत्त्वाकाङ्क्षा र चाहनाहरू एकदमै प्रबल हुन्छन्। ऊ आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न कडा प्रयास र सङ्घर्ष गर्छ, कष्ट सहन्छ र मूल्य चुकाउँछ, अनि उसले आशिषित हुने आफ्नो आशाको खातिर सबै कुरा अर्पित गर्न सक्छ। तथापि, जब ऊ आफूले हासिल गर्न चाहेको परिणाम देख्न सक्दैन, तब परमेश्वर, परमेश्वरको घर र मण्डलीका सबैप्रति वैरभाव र रिसले समेत भरिन्छ। ऊ आफूले कडा प्रयास गरेको नदेखेकामा, उसको सामर्थ्य र असल कुराहरू नदेखेकामा, सबैलाई घृणा गर्छ, अनि ऊ आफूलाई अवसरहरू नदिएकामा, आफूलाई बढुवा नगरेकामा वा महत्त्वपूर्ण भूमिका नदिएकामा, परमेश्वरलाई पनि घृणा गर्छ। उसको हृदयभित्र यति धेरै ईर्ष्या र घृणा जन्मेको हुनाले, के उसले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सक्छ? के उसले परमेश्वरलाई प्रशंसा गर्न सक्छ? के उसले सत्यता स्विकार्न, व्यावहारिक तवरले दृढ भई कर्तव्य राम्ररी निभाउन, र साधारण व्यक्ति बन्न आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न सक्छ? के उसले यस्तो सङ्कल्प गर्न सक्छ? (सक्दैन।) ऊसँग यस्तो सङ्कल्प नहुने मात्र होइन, पश्चात्ताप गर्ने चाहनासमेत हुँदैन। उसले यसरी आफूलाई नै धेरै वर्षसम्म ढाकछोप गरेपछि, परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अनि परमेश्वरप्रति समेत उसको घृणा झन्झन् बलियो हुँदै जान्छ। उसको घृणा कति बलियो बन्छ? ऊ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य राम्ररी निर्वाह गर्न नसकून् भन्ने आशा गर्छ, ऊ परमेश्वरको घरको काम ठप्प होस् र परमेश्वरको व्यवस्थापन योजना व्यर्थ होस् भन्ने आशा गर्छ, अनि ऊ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो रातो अजिङ्गरले पक्रोस् भनेरसमेत आशा गर्छ। ऊ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ र परमेश्वरलाई पनि घृणा गर्छ। ऊ परमेश्वर धर्मी हुनुहुन्न भनेर गुनासो गर्छ, संसारमा मुक्तिदाता नभएकामा ऊ संसारलाई धिक्कार्छ, अनि उसको शैतानी रूप पूर्ण रूपले खुलासा हुन्छ। यस्तो व्यक्ति सामान्यतया गहन रूपमा लुकेको हुन्छ, अनि ऊ बाहिरी रूपमा ढोँग गरिरहन, नम्र, भद्र र प्रेमिलो भएको देखावटी गर्न एकदमै खप्पिस हुन्छ, तर ऊ वास्तवमा भेडाका भेसमा एक ब्वाँसो हुन्छ। उसले आफ्नो गोप्य दुर्भावपूर्ण अभिप्राय कहिल्यै प्रकट गर्दैन, उसलाई कसैले भित्रसम्म बुझ्न सक्दैन, र ऊ वास्तवमा कस्तो हो वा ऊ के सोचिरहेको हुन्छ भनेर कसैले जान्दैन। ऊसँग केही समय सङ्गत गर्नेहरूले ऊ एकदमै ईर्ष्यालु मानिस हो, ऊ सधैँ अरूसित प्रतिस्पर्धा गर्छ, आफूप्रति अरूको ध्यान खिच्न लागिपर्छ, ऊ अरूलाई उछिन्न असाध्यै उत्सुक हुन्छ, ऊ आफूले गर्ने हरकुरामा पहिलो स्थान पाउन एकदमै चाहन्छ भनेर देख्न सक्छन्। बाहिरबाट हेर्दा त ऊ यस्तै देखिन्छ, तर के ऊ वास्तवमा यस्तै हुन्छ त? वास्तवमा, आशिष् पाउने उसको चाहना अझ बलियो हुन्छ; ऊ आफूले चुपचाप कडा मेहनत गर्दा, आफूलाई समर्पित गर्दा र मूल्य चुकाउँदा, अरूले उसका असल कुरा र कार्य क्षमताहरू देख्न सकून्, र उसलाई परमेश्वरका घरमा महत्त्वपूर्ण भूमिका दिन सकियोस् भन्ने आशा गर्छ। अनि उसलाई महत्त्वपूर्ण भूमिका दिनुको नतिजा के हुन्छ? त्यो के हुन्छ भने, उसलाई सबैले उच्च सम्मान गर्न सक्छन् र अन्ततः उसको ठूलो आकाङ्क्षा पूरा हुन्छ; ऊ अरूमाझ विशिष्ट, र सबैले इज्जत र मान गर्ने व्यक्ति हुन सक्छ, अनि उसले यतिका वर्ष गरेको कडा परिश्रम, चुकाएको मूल्य र गरेको प्रयास सार्थक हुनेछ—यी मानिसहरूले आफ्नो भित्री हृदयमा पाल्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू यिनै हुन्।
यसप्रकारका मानिसहरू सत्यता पछ्याउँदैनन्, तर अझै पनि सधैँ परमेश्वरको घरमा बढुवा र महत्त्वपूर्ण भूमिका पाउन चाहन्छन्। तिनीहरू हृदयमा के विश्वास गर्छन् भने, व्यक्तिमा जति धेरै कार्य क्षमता हुन्छ, जति धेरै महत्त्वपूर्ण पद प्राप्त हुन्छ, जति धेरै ऊ परमेश्वरका घरमा बढुवा पाएर सम्मानित हुन्छ, र त्यति नै धेरै आशिष्, मुकुट र इनाम, प्राप्त हुने मौका हुन्छ। तिनीहरूलाई यदि कुनै व्यक्ति आफ्ना कार्यमा खासै सक्षम छैन, वा उसमा कुनै खास गुण छैन भने, ऊ आशिष् पाउन योग्य हुँदैन भन्ने लाग्छ। तिनीहरू व्यक्तिको प्रतिभा, गुण, क्षमता, सिप, शिक्षाको स्तर, कार्य क्षमता, अनि अरूलाई उछिन्ने तिनीहरूको सङ्कल्प र अदम्य मनोवृत्तिजस्ता बाहिर संसारमा मूल्यवान् ठानिने तिनीहरूको मानवताभित्रका तथाकथित सामर्थ्य र गुणहरूसमेतले आशिष् र इनाम प्राप्त गर्नहेतु पूँजीको काम गर्छन् भन्ने सोच्छन्। यो कस्तो मानक हो? के यो सत्यतासँग मेल खाने मानक हो? (होइन।) यो सत्यताको मानकसँग मेल खाँदैन। त्यसैले, के यो शैतानको तर्क होइन र? के यो दुष्ट युग र दुष्ट सांसारिक प्रवृत्तिहरूको तर्क होइन र? (हो।) यस्ता मानिसहरूले विभिन्न कुरा मूल्याङ्कन गर्न प्रयोग गर्ने तर्क, पद्धति र मापदण्ड, साथै यी कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति र शैलीलाई विचार गर्दा, यस्तो लाग्छ मानौँ तिनीहरूले परमेश्वरका वचनहरू कहिल्यै सुनेका वा पढेका छैनन्, र तिनीहरू तीबारे पूर्ण अनभिज्ञ छन्। तर वास्तवमा तिनीहरूले हरेक दिन परमेश्वरका वचनहरू सुनिरहेका, पढिरहेका र प्रार्थना-वाचन गरिरेहका हुन्छन्। त्यसोभए, किन तिनीहरूको दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन त? एउटा कुरा निश्चित छ—तिनीहरूले परमेश्वरको वचन जति नै सुने पनि वा पढे पनि, तिनीहरू परमेश्वरको वचन सत्यता हो र त्यो हरकुरा मापन गर्ने मापदण्ड हो भनेर हृदयमा कहिल्यै निश्चित हुँदैनन्; तिनीहरूले हृदयदेखि नै यो तथ्य बुझ्ने वा स्विकार्नेछैनन्। त्यसकारण, तिनीहरूको दृष्टिकोण जति नै हास्यास्पद र पूर्वाग्रही भए पनि, तिनीहरू त्यसमा सधैँभरि टाँसिइरहनेछन्, अनि परमेश्वरको वचन जति नै सही भए पनि, तिनीहरूले त्यसलाई इन्कार र निन्दा गर्नेछन्। ख्रीष्टविरोधीहरूको उग्र प्रकृति यही हो। तिनीहरूले महत्त्वपूर्ण भूमिका पाउन नसक्नेबित्तिकै, र तिनीहरूको चाहना र महत्त्वाकाङ्क्षा पूरा नहुनेबित्तिकै, तिनीहरूको साँचो रूप प्रकट भइहाल्छ, तिनीहरूको उग्र प्रकृति आफै देखा परिहाल्छ, र तिनीहरू परमेश्वरको अस्तित्व इन्कार गर्न चाहन्छन्। वास्तवमा, तिनीहरूले परमेश्वरको अस्तित्व इन्कार गर्नुअघि नै परमेश्वरको वचन सत्यता हो भन्ने कुरा इन्कार गर्छन्। यसको ठ्याक्कै कारण के हो भने, तिनीहरूको प्रकृति सारले नै सत्यता इन्कार गर्छ, र परमेश्वरको वचन हरकुरा मापन गर्ने मापदण्ड हो भन्ने कुरा इन्कार गर्छ, र तिनीहरूले चलाकी, षड्यन्त्र र कडा परिश्रम गरेपछि पनि आफूलाई महत्त्वपूर्ण पदमा नराख्दा तिनीहरू परमेश्वरप्रति यस्तो वैरभाव राख्न सक्छन्, र उहाँलाई अस्वीकार गर्ने, धोका दिने, इन्कार गर्ने र परमेश्वरको घर छोड्नेबारे सोच्छन्। तिनीहरूले शक्ति र नाफाका लागि अरू मानिसहरूसँग लडाइँ गरेको, वा आफ्नै बाटो हिँडेको, वा खुल्लमखुल्ला आफ्नै स्वतन्त्र राज्य खडा गरेको वा आफ्नो हैसियत खोजेको नदेखिए पनि, हामीले तिनीहरूको प्रकृति सारबाट के देख्न सक्छौँ भने, तिनीहरू पूराको पूरा ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू आफ्नो जुनसुकै पछ्याइ पनि सही छ भन्ने सोच्छन्, र परमेश्वरका वचनहरूले जे भने पनि, तिनीहरूको लागि यी शब्दहरू उल्लेखयोग्य वा सुन्नलायक लाग्दैनन्, अनि ती निश्चय नै प्रयोग गर्नलायक पनि। न्। यिनीहरू कस्ता बकवास मानिसहरू हुन्? परमेश्वरका वचनहरूले तिनीहरूमा कुनै प्रभाव पार्दैनन्; तिनले तिनीहरूलाई उत्प्रेरित गर्दैनन्, न त तिनीहरूको हृदय नै छुन्छन् न त तिनीहरूलाई आकर्षित नै गर्छन्। त्यसोभए, तिनीहरू केलाई मूल्यवान् ठान्छन् त? मानिसहरूको खुबी, प्रतिभा, क्षमता, ज्ञान, र रणनीति, साथै तिनीहरूका महत्त्वाकाङ्क्षा, अनि तिनीहरूका ठूला योजना र कार्यहरूलाई मूल्यवान् ठान्छन्। तिनीहरूले मूल्यवान् ठान्ने कुराहरू यिनै हुन्। यी कुराहरू सबै के हुन्? के यी परमेश्वरले मूल्यवान् ठान्ने कुराहरू हुन्? होइनन्। यी त भ्रष्ट मानवजातिले श्रद्धा र सम्मान गर्ने कुराहरू हुन्, अनि यी शैतानले पनि सम्मान र पूजा गर्ने कुराहरू हुन्। यी कुराहरू परमेश्वरको मार्ग, उहाँको वचन, र उहाँले मुक्ति दिने मानिसहरूका लागि उहाँको मापदण्डको पनि सरासर विरुद्ध जान्छन्। तर यस्ता मानिसहरूले यी कुराहरू शैतानका हुन्, यी दुष्ट कुराहरू हुन् र यी सत्यताविपरीत जान्छन् भनेर कहिल्यै सोचेका हुँदैनन्। बरु, तिनीहरू यी सबै कुरालाई मूल्यवान् ठान्छन्, अनि दृढतासाथ र सङ्कल्पित भएर यिनै कुराहरूमा टाँसिइरहन्छन्, र यिनलाई अरू सबै कुराभन्दा माथि ठान्छन्, र यिनलाई सत्यता पछ्याउनु र स्विकार्नुका ठाउँमा प्रयोग गर्छन्। के यो घोर विद्रोह होइन र? अनि अन्त्यमा, तिनीहरूको घोर विद्रोहीपन, र तिनीहरू अत्यन्तै अनुचित हुनुको एक मात्र परिणाम के हुनेछ? परिणाम के हुनेछ भने, ती मानिसहरू मुक्ति पाउनबाट धेरै टाढा रहनेछन्, र कसैले पनि तिनीहरूलाई परिवर्तन गर्न सक्नेछैनन्। तिनीहरूले यस्तो परिणाम भोग्ने तय छ। मलाई बता त, के तिनीहरू गोप्य रूपमा केवल आफ्नो सामर्थ्य बढाउने र आफ्नो उपयुक्त समय धैर्यसाथ कुर्ने मानिसहरू होइनन् र? तिनीहरूले पालन गर्ने सिद्धान्त के हो भने ढिलो होस् वा चाँडो, सुन त चम्किन्छ नै, र आफूले आफ्नो सामर्थ्य गोप्य रूपमा बढाउनैपर्छ, आफ्नो उपयुक्त समय धैर्यसाथ कुर्नैपर्छ र सही अवसर पर्खनैपर्छ, र त्यसबीचका समयमा तयारी गर्नैपर्छ र आफ्नो भविष्य, इच्छा र सपनाको लागि योजना बनाउनैपर्छ। तिनीहरूले पालन गर्ने सिद्धान्त, तिनीहरूको अस्तित्वजीवी सिद्धान्त, तिनीहरूले पछ्याउने उद्देश्य, र तिनीहरूले आफ्नो भित्री सारमा तृष्णा गर्ने कुराको आधारमा मूल्याङ्कन गर्दा, यी मानिसहरू पूराको पूरा ख्रीष्टविरोधीहरू हुन्। कतिपय मानिस भन्छन्, “तर के ख्रीष्टविरोधीहरू आफ्नै स्वतन्त्र राज्य स्थापित गर्दैनन् र, अनि हैसियतको लागि लडाइँ गर्दैनन्?” ठिकै छ, के यस्ता मानिसहरूले शक्ति पाएपछि स्वतन्त्र राज्य स्थापित गर्न सक्छन्? के तिनीहरूले मानिसहरूलाई यातना दिन सक्छन्? (सक्छन्।) के तिनीहरूले आफू शक्तिमा आएपछि सत्यता सिद्धान्तअनुसार काम गर्न सक्नेछन्? के तिनीहरूले सत्यता पछ्याउन सक्नेछन्? के तिनीहरूले मानिसहरूलाई परमेश्वरसामु ल्याउन सक्नेछन्? (सक्नेछैनन्।) यदि यस्ता मानिसहरूलाई महत्त्वपूर्ण पद दिइयो भने के हुनेछ? तिनीहरूले प्रतिभावान्, बोल्न सिपालु, र ज्ञानी मानिसहरूलाई बढुवा दिनेछन्, चाहे तिनीहरूले काम गर्न सकून् वा नसकून्; तिनीहरूले तिनै मानिसहरूलाई बढुवा दिनेछन् जो तिनीहरूजस्तै हुन्छन्, जबकि आत्मिक बुझाइ भएका, सत्यता पछ्याउने र इमानदार सबै सही मानिसहरूलाई तिनीहरूले थिचेर राख्नेछन्। जब यस्तो परिस्थिति आउँछ, तब के यस्ता मानिसहरूको ख्रीष्टविरोधी सार खुलासा हुँदैन र? के त्यो एकदमै प्रस्ट हुँदैन र? आफूले महत्त्वपूर्ण भूमिका नपाउँदा र आफूसँग आशिष् पाउने आशा नहुँदा पछि हट्न चाहनेहरू सबै ख्रीष्टविरोधी हुन् भनेर मैले सुरुमा भन्दा, कतिपय मानिसले पटक्कै बुझेका थिएनन्। तर के अहिले तिमीहरू तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा देख्न सक्छौ (सक्छौ।)
जब कतिपय मानिसलाई अगुवाको पदबाट बरखास्त गरिन्छ र तिनीहरूलाई फेरि प्रशिक्षित वा प्रयोग गर्न सकिँदैन भनेर माथिबाट भनिएको तिनीहरूले सुन्छन्, तब तिनीहरू आफूलाई हटाइयो नै जस्तो गरी अत्यन्तै दुःखी हुन्छन्, र बेस्सरी रुन्छन्—यो कस्तो समस्या हो? तिनीहरूलाई फेरि प्रशिक्षित वा प्रयोग नगरिनुको अर्थ के तिनीहरूलाई हटाइनु हो? के त्यसको अर्थ तिनीहरूले मुक्ति पाउन नसक्नु हो? के तिनीहरूलाई ख्याति, प्राप्ति र हैसियत साँच्चै त्यस्तो महत्त्वपूर्ण लाग्छ? यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, आफूले ख्याति, लाभ र हैसियत गुमाउँदा तिनीहरूले आत्मचिन्तन गर्नुपर्छ, र तिनीहरूलाई साँचो पछुतो हुनुपर्छ; तिनीहरूले सत्यता पछ्याउने मार्ग छनौट गर्नुपर्छ, तिनीहरू बद्लिनुपर्छ, र धेरै व्याकुल हुनु वा धेरै रुनु हुँदैन। यदि तिनीहरूलाई वास्तविक काम नगरेको र सत्यता नपछ्याएको कारण परमेश्वरको घरले आफूलाई बरखास्त गरेको छ भन्ने हृदयमा थाहा भयो अनि तिनीहरूले फेरि बढुवा पाउनेछैनन् भनेर परमेश्वरको घरले भनेको तिनीहरूले सुने भने, तिनीहरूलाई लाज लाग्नुपर्छ, आफू परमेश्वरप्रति ऋणी छु र आफूले परमेश्वरलाई निराश तुल्याएको छु भन्ने महसुस गर्नुपर्छ, तिनीहरूले आफू परमेश्वरद्वारा प्रयोग गरिन योग्य छैन भनेर जान्नुपर्छ, अनि यसरी तिनीहरूमा अलिअलि समझ छ भनेर मान्न सकिन्छ। तर तिनीहरू परमेश्वरको घरले तिनीहरूलाई फेरि प्रशिक्षित वा प्रयोग गर्नेछैन भनेको सुन्दा नै नकारात्मक र व्याकुल बन्छन्, र यसले के देखाउँछ भने तिनीहरू ख्याति, लाभ र हैसियत पछ्याइरहेका छन्, र तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। आशिष् पाउने तिनीहरूको चाहना यस्तो बलियो हुन्छ, तिनीहरू हैसियतलाई यस्तो मूल्यवान् ठान्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्, त्यसैले तिनीहरूलाई बरखास्त गरिनुपर्छ, र तिनीहरूले चिन्तन गर्नुपर्छ र आफ्ना भ्रष्ट स्वभावहरू बुझ्न थाल्नुपर्छ। तिनीहरूले आफूले पछ्याइरहेको मार्ग गलत हो, आफू हैसियत, ख्याति र लाभ पछ्याएर ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको छु, आफूलाई परमेश्वरले अनुमोदन नगर्नुहुने मात्र होइन, आफूले उहाँको स्वभावलाई पनि चिढ्याउनेछु, अनि आफूले हरप्रकारको दुष्टता गरेमा, आफूलाई परमेश्वरले दण्ड पनि दिनुहुनेछ भनेर थाहा पाउनुपर्छ। के तिमीहरूमा पनि यो समस्या छैन र? अहिले मैले तिमीहरूमा आत्मिक बुझाइ छैन भनेर भनेँ भने, के तिमीहरू बेखुस हुनेछैनौ र? (हुनेछौँ।) जब कतिपय मानिसले कुनै माथिल्लो अगुवाले उनीहरूमा आत्मिक बुझाइ छैन भनेको सुन्छन्, तब उनीहरूलाई आफू सत्यता बुझ्न सक्षम छैन, आफूलाई परमेश्वरले पक्कै चाहनुहुन्न, र आफूमा आशिष् पाउने आशा छैन भन्ने लाग्छ; तर तिनीहरूलाई दुःख लागे पनि, तिनीहरू अझै आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्छन्—यस्ता मानिसहरूमा अलिअलि समझ हुन्छ। जब कतिपय मानिसले उनीहरूमा आत्मिक बुझाइ छैन भनेर कसैले भनेको सुन्छन्, तब उनीहरू नकारात्मक बन्छन्, र त्यहाँदेखि आफ्नो कर्तव्य निभाउन चाहँदैनन्। तिनीहरू सोच्छन्, “तिमी मसँग आत्मिक बुझाइ छैन भनेर भन्छौ—के त्यसको अर्थ मसँग आशिष् पाउने आशा छैन भन्ने हो? मैले भविष्यमा कुनै आशिष् नपाउने भएकोले, मैले अझै केको लागि विश्वास गरिरहेको छु? म आफूलाई सेवा चढाउन लगाइएको स्वीकार गर्नेछैनँ। यदि केही पनि पाइँदैन भने कसले पो तिम्रा निम्ति परिश्रम गर्नेछ र? म त्यस्तो मूर्ख छैनँ!” के यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरू परमेश्वरबाट एकदमै धेरै अनुग्रहको आनन्द लिन्छन्, तैपनि त्यसको ऋण चुकाउन जान्दैनन्, र तिनीहरू सेवा चढाउनसमेत चाहँदैनन्। यस्ता मानिसहरू समाप्त हुन्छन्। तिनीहरूले अन्त्यसम्म सेवा चढाउनसमेत सक्दैनन् र तिनीहरूमा परमेश्वरप्रति साँचो विश्वास हुँदैन; तिनीहरू गैरविश्वासी हुन्। यदि तिनीहरूमा परमेश्वरका लागि सच्चा हृदय र परमेश्वरप्रतिको साँचो विश्वास छ भने, तिनीहरूलाई जसरी मूल्याङ्कन गरिए पनि, यसले तिनीहरूलाई केवल अझ साँचो र सही रूपमा आफूलाई चिन्न मात्र सक्षम बनाउनेछ—तिनीहरूले यस मामिलालाई सही तरिकाले लिनुपर्छ र त्यसलाई आफ्नो परमेश्वरलाई पछ्याउनमा वा आफ्नो कर्तव्य निर्वाहमा प्रभाव पार्न दिनु हुँदैन। तिनीहरूले आशिष् प्राप्त गर्न नसके पनि, तिनीहरू अझै पनि कुनै गुनासो नगरी परमेश्वरको लागि अन्त्यसम्म सेवा चढाउन इच्छुक हुनुपर्छ, र त्यसो गर्न खुसी हुनुपर्छ, अनि तिनीहरूले परमेश्वरलाई सबै कुरामा तिनीहरूलाई योजनाबद्ध गर्न दिनुपर्छ—त्यसपछि मात्र तिनीहरू विवेक र समझसहितको व्यक्ति हुनेछन्। कुनै व्यक्तिले आशिष् पाउँछ कि विपत्ति भोग्छ भन्ने कुरा परमेश्वरका हातमा हुन्छ, यसमा परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँ यसको बन्दोबस्त गर्नुहुन्छ, अनि यो मानिसहरूले माग्ने वा लक्षित रूपमा काम गर्ने कुरा होइन। बरु, यो त व्यक्तिले परमेश्वरको वचन पालन गर्न सक्छ कि सक्दैन, सत्यता स्विकार्न सक्छ कि सक्दैन, र परमेश्वरको मापदण्डअनुसार आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ—परमेश्वरले प्रत्येक व्यक्तिलाई उसको कार्यअनुसार प्रतिफल दिनुहुनेछ। यदि कसैसँग यतिको इमानदारी छ र उसले आफूले बटुल्न सक्ने सबै सामर्थ्य आफूले गर्नुपर्ने कर्तव्यमा समर्पित गर्छ भने, त्यो प्रशस्तै हुन्छ, र उसले परमेश्वरको अनुमोदन र आशिष् पाउनेछ। तर त्यसको विपरीत, यदि कसैले आफ्नो कर्तव्य प्रशस्त गरी निर्वाह गर्दैन र हरप्रकारको दुष्टतासमेत गर्छ, तैपनि परमेश्वरबाट अझै आशिष् प्राप्त गर्न चाहन्छ भने, के उसले यस्तो व्यवहार गर्नु एकदमै समझ नहुनु होइन र? यदि तँलाई आफूले त्यति राम्रो गरेको छैन, आफूले धेरै प्रयास लगाएको छु तर सिद्धान्तअनुसार अझै मामिलाहरू सम्हाल्न सकेको छैन भन्ने लाग्छ, अनि तँलाई आफू परमेश्वरप्रति ऋणी छु, तैपनि उहाँ तँलाई आशिष् दिनुहुन्छ र अनुग्रह देखाउनुहुन्छ भन्ने लाग्छ भने, के त्यसको अर्थ परमेश्वरले तँलाई कृपा देखाइरहनुभएको होइन र? यदि परमेश्वर तँलाई आशिष् दिन चाहनुहुन्छ भने, त्यो यस्तो कुरा हो जसलाई कसैले पनि खोसेर लैजान सक्दैन। तँलाई आफूले धेरै राम्रो गरेको छैन भन्ने लाग्न सक्छ, तर परमेश्वरका मूल्याङ्कनमा, उहाँले तँ इमानदार छस् र तैँले तेरो सबथोक दिएको छस् भनेर भन्नुहुनेछ र उहाँले तँलाई अनुग्रह देखाउन र आशिष् दिन इच्छा गर्नुहुनेछ। परमेश्वरले गर्ने कुनै पनि कुरा गलत हुन्न, र तैँले उहाँको धर्मीपनको प्रशंसा गर्नैपर्छ। परमेश्वरले जे गर्नुभए पनि, त्यो सधैँ सही हुन्छ, र तैँले परमेश्वरले गर्ने कुरा मानव भावनाप्रति विचारशील हुँदैन, त्यो तँलाई मन पर्दैन भन्ने सोच्दै, उहाँले गर्ने कुराहरूबारे धारणाहरू पाले पनि, तैँले अझै परमेश्वरलाई प्रशंसा गर्नैपर्छ। किन तैँले यसो गर्नैपर्छ? तँलाई त्यसको किन भन्ने कारण थाहा छैन, होइन र? त्यो बताउनु वास्तवमा एकदमै सजिलो छ: किनभने परमेश्वर परमेश्वर हुनुहुन्छ र तँ मानव होस्; उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र तँ सृष्टि गरिएको प्राणी होस्। तँ परमेश्वरले कुनै निश्चित तरिकामा कार्य गर्नुपर्छ वा उहाँले तँलाई निश्चित तरिकामा व्यवहार गर्नुपर्छ भनेर माग गर्न योग्य छैनस्, जबकि परमेश्वर तेरा लागि मापदण्ड न तोक्न योग्य हुनुहुन्छ। आशिष्, अनुग्रह, इनाम, मुकुट—यी सबै कुरा कसरी र कसलाई दिइन्छ, त्यो परमेश्वरमै निर्भर हुन्छ। किन त्यो परमेश्वरमै निर्भर हुन्छ? ती परमेश्वरका कुरा हुन्; ती मानिस र परमेश्वरको संयुक्त स्वमित्वमा रहेका सम्पत्ति होइनन् जुन उहाँहरूबीच बराबर वितरण गर्न सकिन्छ। ती परमेश्वरका हुन् अनि परमेश्वर जसलाई ती दिन्छु भनेर प्रतिज्ञा गर्नुहुन्छ उसैलाई दिनुहुन्छ। तर परमेश्वरले तँलाई ती दिने प्रतिज्ञा गर्नुहुन्न भने पनि, तँ अझै पनि उहाँमा समर्पित हुनुपर्छ। यदि तैँले यो कारण परमेश्वरमा विश्वास गर्न छोडिस् भने, त्यसले के समस्याहरू समाधान गर्नेछ? के तँ सृष्टि गरिएको प्राणी हुन छोड्छस्? के तँ परमेश्वरको सार्वभौमिकताबाट उम्कन सक्छस्? परमेश्वरले अझै पनि यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुनेछ, र यो अपरिवर्तनीय तथ्य हो। परमेश्वरको पहिचान, हैसियत र सार मानिसको पहिचान, हैसियत र सार बराबर मान्न सकिँदैन, न त यी कुराहरूमा कहिल्यै कुनै परिवर्तन नै हुनेछ—परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ, र मानिस सदैव मानिस नै हुनेछ। यदि व्यक्तिले यो बुझ्न सक्छ भने, उसले के गर्नुपर्छ? ऊ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ—परिस्थिति सम्हाल्ने सबैभन्दा उचित तरिका यही हो, र यसबाहेक अर्को मार्ग छनौट गर्न सकिँदैन। यदि तँ समर्पित हुँदैनस् भने, तँ विद्रोही होस्, अनि यदि तँ अवज्ञा र तर्क गर्छस् भने, तँ घोर विद्रोही बनिरहेको हुन्छस्, र तँ नष्ट हुनुपर्ने हुन्छ। परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुले तँमा समझ छ भन्ने देखाउँछ; मानिसहरूमा हुनैपर्ने मनोवृत्ति यही हो, अनि सृष्टि गरिएका प्राणीहरूमा हुनुपर्ने मनोवृत्ति यही मात्र हो। उदाहरणका लागि, मानिलिऊँ तँसँग सानो बिरालो वा कुकुर छ—के त्यो बिरालो वा कुकुर तैँले त्यसका लागि विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा वा खेलौनाहरू किन्नुपर्छ भनेर माग गर्न योग्य हुन्छ? के आफ्नो मालिकबाट मागहरू गर्ने त्यति अनुचित कुकुर वा बिरालो हुन्छ? (हुँदैन।) अनि के कुनै कुकुरले अर्को व्यक्तिका घरमा अर्को कुकुरले आफूले भन्दा राम्रो जीवन पाएको देखेर आफू आफ्नो मालिकको नबन्ने निर्णय गर्छ? (गर्दैन।) त्यसको प्राकृतिक नैसर्गिक प्रवृत्ति भनेकै यस्तो सोच्नु हो, “मेरो मालिकले मलाई खानेकुरा र बस्ने ठाउँ दिन्छ, त्यसैले मैले मालिकको घरको रखवाली गर्नैपर्छ। मेरो मालिकले मलाई खाना दिएन वा त्यति राम्रो खाना दिएन भने पनि, मैले उसको घरको रखवाली गर्नैपर्छ।” कुकुरसित आफ्नो स्थान नाघ्ने अर्को अनुचित सोच हुँदैन। त्यसको मालिक त्योप्रति असल भए पनि वा नभए पनि, मालिक घर आउँदा त्यो एकदमै खुसी हुन्छ, र त्यसले सक्दो खुसी हुँदै पुच्छर हल्लाइरहन्छ। त्यसको मालिकले त्यसलाई मन पराए पनि वा मन नपराए पनि, मालिकले त्यसका लागि स्वादिष्ट खानेकुरा किने पनि वा नकिने पनि, आफ्नो मालिकप्रति त्यसको व्यवहार सधैँ उस्तै हुन्छ, अनि त्यसले अझै पनि उसको घरको रखवाली गरिरहन्छ। यस आधारमा मूल्याङ्कन गर्दा, के मानिसहरू कुकुरभन्दा खराब छैनन् र? (छन्।) मानिसहरूले सधैँ परमेश्वरबाट माग गरिरहेका हुन्छन्, र उहाँविरुद्ध सधैँ विद्रोह गरिरहेका हुन्छन्। यस समस्याको जड के हो? त्यो के हो भने, मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, तिनीहरू सृष्टि गरिएको प्राणीका स्थानमा बस्न सक्दैनन्, त्यसैले तिनीहरू नैसर्गिक प्रवृत्ति गुमाउँछन् र शैतान बन्छन्; तिनीहरूको नैसर्गिक प्रवृत्ति परमेश्वरको विरोध गर्ने, सत्यता इन्कार गर्ने, दुष्टता गर्ने र परमेश्वरप्रति समर्पित नहुने शैतानी नैसर्गिक प्रवृत्तिमा परिणत हुन्छ। तिनीहरूको मानव नैसर्गिक प्रवृत्ति कसरी पुनर्स्थापित गर्न सकिन्छ? तिनीहरूलाई विवेक र समझ धारण गर्न लगाउनुपर्छ, व्यक्तिले गर्नुपर्ने कामकुराहरू गर्न लगाउनुपर्छ, र तिनीहरूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्न लगाउनुर्छ। त्यो कुरा कुकुरले घरको रखवाली गरेझैँ, र बिरालोले मुसा पक्रेझैँ हो—तिनीहरूको मालिकले तिनीहरूलाई जसरी व्यवहार गरे पनि, तिनीहरूले यी कुराहरू गर्न सम्पूर्ण शक्ति प्रयोग गर्छन्, तिनीहरू यी काममा लागिपर्छन्, अनि तिनीहरू आफ्ना स्थानमा बस्छन् र आफ्नो नैसर्गिक प्रवृत्ति पूरापूर प्रयोग गर्छन्, र त्यसैले तिनीहरूको मालिकले तिनीहरूलाई मन पराउँछ। यदि मानिसहरूले यसो गर्न सकेका भए, परमेश्वरले यी सब वचन बोल्नु वा यी सबै सत्यता व्यक्त गर्नुपर्दैनथ्यो। मानिसहरू अति गहन रूपमा भ्रष्ट छन्, तिनीहरूमा समझ र विवेक छैन, र तिनीहरूमा तुच्छ निष्ठा हुन्छ; तिनीहरूको भ्रष्ट स्वभावले सधैँ समस्या उब्जाउँछ, त्यो तिनीहरूमा प्रकट हुन्छ, त्यसले तिनीहरूको छनौट र सोचाइमा प्रभाव पार्छ, तिनीहरूलाई परमेश्वरको विद्रोह गर्ने र उहाँप्रति समर्पित हुन नसक्ने तुल्याउँछ, र तिनीहरूमा सधैँ व्यक्तिगत इच्छा, विचार र रुचि हुने सुनिश्चित गर्छ, र त्यसले गर्दा सत्यता तिनीहरूमा हाबी हुन र तिनीहरूको जीवन बन्न सक्दैन। यो सबले गर्दा, परमेश्वरले उहाँको वचनद्वारा तिनीहरूलाई न्याय, जाँच र शोधन गर्नैपर्छ—ताकि तिनीहरूलाई मुक्ति दिन सकियोस्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू मानिसहरूमाझ सधैँ नकारात्मक भूमिका खेल्छन्। तिनीहरू पूर्ण रूपमा पिशाच र शैतान हुन्; तिनीहरूले सत्यता नस्विकार्ने मात्र नभई आफूसँग भ्रष्ट स्वभावहरू छन् भनेर पनि स्विकार्दैनन्, र तिनीहरू अति लालची पनि हुन्छन्, र परमेश्वरबाट आशिष्, मुकुट र इनाम प्राप्त गर्न चाहन्छन्। तिनीहरू कुन हदसम्म सङ्घर्ष गर्छन्? पूर्ण रूपले निर्लज्ज र अनुचित हुने हदसम्म। यदि हरप्रकारका दुष्टता गरेपछि तिनीहरू खुलासा भएर हटाइए भने, हृदयमा इख राख्छन्। तिनीहरू परमेश्वरलाई सराप्छन्, अगुवा र सेवकहरूलाई सराप्छन्, अनि मण्डली र सबै साँचो विश्वासीहरूलाई घृणा गर्छन्। यसबाट सबै दुष्ट मानिस र ख्रीष्टिविरोधीहरूको कुरूप अनुहार पूर्ण रूपमा उदाङ्गो हुन्छ।
ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको विषय बाह्र हो: तिनीहरू आफूसँग हैसियत र आशिष् पाउने आशा नहुँदा पछि हट्न चाहन्छन्। हामी पछि हट्नुको अर्थबारे सरल शब्दमा कुरा गर्नेछौँ। पछि हट्नुको शाब्दिक अर्थ एक ठाउँबाट हटेर अर्का ठाउँमा जानु हो—यसलाई “पछि हट्नु” भनिन्छ। परमेश्वरका घरमा सत्यतालाई प्रेम नगर्ने केही न केही मानिस सधैँ हुन्छन्, जो मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई स्वेच्छाले छोडेर जान्छन्, किनभने तिनीहरूलाई भेलाहरूमा उपस्थित हुन र प्रवचनहरू सुन्न मन लाग्दैन, अनि तिनीहरू आफ्नो कर्तव्य निभाउन इच्छुक हुँदैनन्—यसलाई पछि हट्नु भनिन्छ। शाब्दिक अर्थमा यो नै पछि हट्नु हो। तथापि, यदि कुनै व्यक्ति परमेश्वरका नजरमा पछि हटिसकेको ठहरिन्छ भने, त्यो कुरा वास्तवमा उक्त व्यक्तिले परमेश्वरको घर छोडेको, उसलाई अबउसो त्यहाँ नदेखिएको, वा मण्डलीबाट उसको नाम काटिएको मामला मात्रै हुँदैन। वास्तविकता के हो भने, यदि कुनै व्यक्तिले परमेश्वरको वचन पढ्दैन भने, उसको विश्वासको परिमाण जति नै भए पनि, र उसले आफूलाई परमेश्वरको विश्वासी भनेर चिने पनि नचिने पनि, त्यसले के प्रमाणित गर्छ भने, तिनीहरू आफ्ना हृदयमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर मान्दैनन्, न त उहाँका वचनहरू सत्यता हुन् भनेर नै मान्छन्। परमेश्वरका नजरमा, त्यो व्यक्ति पहिले नै पछि हटिसकेको हुन्छ र ऊ अबउसो उहाँको घरको सदस्य गनिँदैन। परमेश्वरका वचनहरू नपढ्ने मानिसहरू पछि हटिसकेका एक प्रकारका मानिस हुन्। अर्का प्रकारका मानिसहरू पनि छन्, जो मण्डली जीवनमा कहिल्यै सहभागी हुँदैनन्, र जो दाजुभाइ-दिदीबहिनीहरूले भजनहरू गाउने, परमेश्वरका वचनहरू प्रार्थनाका साथ पढ्ने, र आफ्नो व्यक्तिगत अनुभव र बुझाइबारे सँगै सङ्गति गर्नेजस्ता मण्डली जीवनसित सम्बन्धित क्रियाकलापमा कहिल्यै सहभागी हुँदैनन्। परमेश्वर यी मानिसहरूलाई पहिल्यै पछि हटिसकेको ठान्नुहुन्छ। अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: कर्तव्य निभाउन नमान्नेहरू। परमेश्वरको घरले तिनीहरूलाई जस्तो अनुरोध गरे पनि, जस्तो काम गर्न लाए पनि, जस्तो कर्तव्य निभाउन दिए पनि, ठूलोसानो जस्तो मामला भए पनि, कहिलेकहीँ खबर पुर्याउनेजस्तो सरल काम नै भए पनि, त्यो तिनीहरू गर्न चाहँदैनन्। परमेश्वरको विश्वासी भनेर आफै दाबी गर्ने ती मानिसहरू कुनै अविश्वासीको मदत लिएर गर्न सकिने काम पनि गर्न सक्दैनन्। यो त सत्यता स्विकार्न र कर्तव्य निभाउन नमान्नु हो। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई जसरी प्रोत्साहित गरे पनि, तिनीहरू त्यो इन्कार गर्छन्, स्वीकार गर्दैनन्; मण्डलीले तिनीहरूलाई कुनै कर्तव्य सुम्पिने चाँजोपाँजो मिलाउँदा, तिनीहरू बेवास्ता गर्छन्, र त्यसलाई नकार्न अनेक बहाना बनाउँछन्। तिनीहरू कर्तव्य निभाउन नमान्ने मानिस हुन्। परमेश्वरका नजरमा, त्यस्ता मानिसहरू पछि हटिसकेका हुन्छन्। तिनीहरूको पछिहटाइ परमेश्वरको घरले तिनीहरूलाई हटाएको वा तिनीहरूको नाम काटेको मामला होइन; बरु यो त तिनीहरूमै साँचो विश्वास नभएको कुरा हो—तिनीहरू आफूलाई परमेश्वरको विश्वासी हो भनी स्विकार्दैनन्। यी तीन वर्गमा पर्ने जोकोही पछि हटिसकेको व्यक्ति हो। के यो सही परिभाषा हो? (हो।) यदि तँ परमश्वरको वचन पढ्दैनस् भने, के तँ परमेश्वरका विश्वासीमा गनिन्छस्? यदि तँ मण्डली जीवन जिउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दैनस् वा घुलमिल हुँदैनस् भने, के तँ विश्वासीमा गनिन्छस्? पटक्कै गनिन्दैनस्। त्यसबाहेक, यदि तँ आफ्नो कर्तव्य निभाउन मान्दैनस्, र सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो दायित्वसमेत पूरा गर्दैनस् भने, त्यो झनै गम्भीर कुरा हो। यी तीन प्रकारका मानिसहरूलाई परमेश्वर पछि हटिसकेको ठान्नुहुन्छ। तिनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिएको वा हटाइएको भन्ने होइन; बरु, तिनीहरू आफै पछि हटेका हुन्, र तिनीहरू आफैले लत्तो छाडेका हुन्। तिनीहरूको व्यवहारले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र स्विकार्दैनन्, र तिनीहरू आफ्नो पेट भर्न मात्र खोजी गर्ने र आशिष् पाउने आशा गर्ने मानिसहरूको ठेट उदाहरण हुन् भनी पूर्ण रूपमा खुलासा गर्छ।
अक्टोबर १७, २०२०