विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन्

आज हामी ख्रीष्टविरोधीहरूको विभिन्न प्रकटीकरणहरूको विषयवस्तु एघारमा सङ्गति गर्नेछौँ: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन्। यस वस्तुको विशिष्ट सामग्री भनेको ख्रीष्टविरोधीहरूले काटछाँटलाई कसरी लिन्छन् भन्‍ने बारेमा हो; अर्थात्, यसको सामना गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, र त्यसपछि तिनीहरू के गर्छन् र यस्तो मनोवृत्ति आल्दै गर्दा तिनीहरूको प्रकटीकरण कस्तो हुन्छ। के हामीले पहिले नै ख्रीष्टविरोधीहरूले काँटछाँटलाई कसरी लिन्छन् भन्‍ने विषयवस्तुका बारेमा सङ्गति गरिसकेका छौँ? (गरिरसकेका छौँ, ख्रीष्टविरोधीहरूले आफ्नो भविष्य र नियतिप्रति कस्तो व्यवहार गर्छन् भन्‍ने सङ्गतिमा यसलाई समेटिएको थियो।) त्यसोभए, काटछाँट गरिने सम्बन्धमा ख्रीष्टविरोधीको मनोवृत्ति कस्तो हुन्छ? के हामीले त्यतिबेला ख्रीष्टविरोधीहरूले काटछाँट गरिँदा बोल्ने प्रख्यात भनाइहरूका बारेमा सङ्गति गरेका थिएनौँ? (थियौँ।) यस प्रकारको अवस्थाका लागि तिनीहरूसँग दुई प्रसिद्ध भनाइहरू छन्। एउटा “परमेश्वर धर्मी हुनुहुन्छ, र म परमेश्वरमा विश्वास गर्छु, कुनै व्यक्तिमा होइन,” भन्ने हो र अर्को चाहिँ “तिमी मलाई काटछाँट गर्न निकै अयोग्य छौ। यदि मैले परमेश्वरमा विश्वास नगर्ने हो भने, म कसैको वास्ता गर्नेथिइनँ।” भन्ने हो। साथै, तिनीहरूलाई काटछाँट गर्ने जोसुकैलाई तिनीहरूल घृणा गर्छन्, र यसका अतिरिक्त, तिनीहरूलाई काटछाँट गर्ने बित्तिकै, तिनीहरू आफूलाई हटाइने शङ्का गर्छन्। अन्तमा, तिनीहरूले कसरी काटछाँटलाई स्वीकार गर्न इन्कार गर्ने मात्र होइन, तर सबै ठाउँमा धारणाहरू फैलाउँने कार्य पनि गर्छन् भन्‍ने बारेमा पनि हामीले सङ्‌गति गर्‍यौँ। के हामीले यसैको बारेमा कुरा गरेका होइनौँ? (हो।)

अ. ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्नुका कारणहरू

मैले भर्खरै ख्रीष्टविरोधीहरूले आफ्ना निजी स्वार्थलाई छुने गरी काटछाँट गरिंदा कसरी व्यवहार गर्छन् भन्‍ने विषयमा हाम्रो अघिल्लो सङ्‍‍गतिका बारेमा छोटो समीक्षा दिएँ। आज हामी यसलाई अर्को कोणबाट सङ्‍गति र चिरफार गर्न जाँदैछौँ र ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्दा तिनीहरूले कस्ता निश्चित स्वभावहरू प्रकट गर्छन् र तिनीहरूमा कस्तो मनोवृत्ति हुन्छ, साथै तिनीहरूका विशिष्ट दृष्टिकोणहरू के हुन् भन्‍ने कुरालाई हेर्नेछौँ र हामी यी दृष्टिकोणहरूका आधारमा तिनीहरूको स्वभावलाई चिरफार गर्ने छौँ। यसमा काटछाँट गर्ने विषय समावेश भएकोले पहिले ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ भन्‍ने कारणहरूका बारेमा सङ्गति गरौँ। काटछाँट आधारहीन रूपमा गरिने कुरा होइन, त्यसोभए कुन सन्दर्भमा र कुन परिस्थितिमा ख्रीष्टविरोधीलाई यस्तो हुनेछ? के उक्त व्यक्ति ख्रीष्टविरोधी भएका कारणले मात्र यसो हुनेछ? केही मानिसहरू भन्छन्: “जोसँग हैसियत छ, जो चर्चामा छ, उसलाई अन्तमा काटछाँट गरिनेछ।” के त्यो सत्य हो? (होइन।) त्यसोभए, ख्रीष्टविरोधीहरूले के गर्छन् जसका कारण तिनीहरूलाई काटछाँट गरिन्छ? के उनीहरूले साधारण गल्ती गरेमा उनीहरूलाई कठोर रूपमा काटछाँट गरिने छ? के यसका बारेमा सङ्‍गति गरिनुपर्दैन र? (पर्छ।) ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ? यसलाई सैद्धान्तिक रूपमा हेर्दा, ख्रीष्टविरोधीहरूको अहङ्कारी स्वभाव हुन्छ, तिनीहरू सत्यतामा समर्पित हुँदैनन्, तिनीहरू परमेश्‍वरका वचन वा सकारात्मक कुराहरूलाई मन पराउँदैनन्, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यलाई घृणा गर्छन् र तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्, त्यसैले तिनीहरूलाई काटछाँट गरिनुपर्छ वा निर्दयतापूर्वक खुलासा समेत गरिनुपर्छ। के यो भनाइ सही हो? तिनीहरूको प्रकटीकरण र प्रकाशका आधारमा, तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा वर्गीकृत गर्न सकिन्छ, त्यसैले तिनीहरू काँटछाँट गर्न र निर्दयतापूर्वक खुलासा गरिन लायक छन्; तिनीहरू जसरी काँटछाँट गरिए पनि, तिनीहरू दयाको योग्य छैनन्, तिनीहरूलाई अस्वीकार गरिनुपर्छ र तिनीहरूलाई जो कोहीले पनि काँटछाँट गर्न सक्छ। के कुराहरू यस्तै नै हुन् त? (अहँ होइनन्।) के तिमीहरू पक्का छौ? ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ? मैले भर्खरै यसका लागि धेरै कारणहरू उल्लेख गरेको छु। तिमीहरूमध्ये केहीलाई ती कारणहरू सही छैनन् जस्तो लाग्‍न सक्छ, तर तिमीहरू यसका बारेमा पक्का छैनौ; यसको कारण यो हो कि तिमीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छौ र यसको सार बुझ्‍न सक्दैनौ। तिमीहरूले यसलाई चिनेका छैनौ भन्ने तथ्यले देखाउँछ कि तिमीहरूले ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ भन्‍ने कुरा बुझेका छैनौ। धेरैजसो मानिसहरूले यस विषयका धर्मसिद्धान्तहरू मात्र बुझ्छन् र तिनीहरू आफ्नो हृदयमा जान्दछन् कि ख्रीष्टविरोधीलाई काटछाँट गरिनुपर्छ र निर्दयतापूर्वक खुलासा गरिनुपर्छ, तर तिनीहरू ख्रीष्टविरोधीको वास्तविक व्यवहार खुट्टयाउन सक्दैनन्; यसले के सङ्केत गर्दछ भने तिनीहरूले यस मामलाको सार वा ख्रीष्टविरोधीहरूको सारलाई बुझ्‍न सक्दैनन्। सत्यता वास्तविकता धारण नगर्नेहरूले धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तिनीहरूले अन्धाधुन्ध प्रावधानहरू लागू गर्छन्, त्यसैले यदि त्यहाँ साँच्चै ख्रीष्टविरोधीले केही गरिरहेको भए, तिनीहरू यसलाई बुझ्‍न सक्षम हुने थिएनन्।

ख्रीष्टविरोधीलाई किन काँटछाँट गरिन्छ होला? कारण एकदम सरल छ—यो तिनीहरूका विभिन्‍न प्रकटीकरणहरू र तिनीहरूको सारबाट प्रकाश हुने विभिन्न अभ्यासहरू र व्यवहारहरूका कारणले हो। र यी अभ्यास, व्यवहार र प्रकटीकरणहरू के हुन्? पहिलो, ख्रीष्टविरोधीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्छन्। तिनीहरूको ख्रीष्टविरोधी सारका कारण, तिनीहरू परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्छन् र तिनीहरू इलाका र मानिसहरूको हृदयका लागि प्रतिस्पर्धा गर्छन्—यी सबै कुराहरू तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गरिरहेका हुन्। कसैले आफ्नो स्वतन्त्र राज्य स्थापना गर्दैछ भने, के उसले आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छ? (हुँदैन।) तिनीहरू आफ्नै उद्यम चलाइरहेका हुन्छन्, आफ्नै प्रभावको दायरा र आफ्नो अख्तियार व्यवस्थापन गरिरहेका हुन्छन्, आफ्नै इलाकाको विशेष नियन्त्रण प्राप्त गर्न, आफ्नै गुट बनाउन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउने कोसिस गरिरहेका हुन्छन् ताकि तिनीहरूले परमेश्‍वरलाई अस्वीकार गरून् र यसको साटो तिनीहरूलाई पछ्याऊन्। यो तिनीहरूले कर्तव्य निर्वाह गरिरहेको होइन, बरू परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको हो। एक ख्रीष्टविरोधीले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूले यी कुराहरू गर्दा, के तिनीहरूलाई काटछाँट गरिनुपर्छ? (गरिनुपर्छ।) के यो ख्रीष्टविरोधीलाई काटछाँट गर्नुको एउटा कारण हो? के यो तिनीहरूको विशेष अभिव्यक्तिहरूमध्ये एक हो? (हो।) त्यसोभए तिमीहरूले भर्खरै किन त्यसो भन्‍न सकेनौ? के यी शब्दहरू तिमीहरूका ओठ र तिमीहरूका मनमा छैनन्? (छन्।) के यो प्रकटीकरण मैले भर्खरै उल्लेख गरेको सैद्धान्तिक कारणहरूसँग बाझिएको छ? तिनीहरू बिचको भिन्‍नता के हो? (ती कारणहरू सामान्य नै थिए, जबकि परमेश्‍वरले भर्खरै उल्लेख गर्नुभएको प्रकटीकरण विस्तृत छ—यो ख्रीष्टविरोधीको व्यावहारिक प्रकटीकरण हो।) पहिले उल्लेख गरिएका ती कारणहरू सामान्य थिए, ती केवल केही धर्मसिद्धान्तहरू थिए; ती ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्ने निश्चित कारणहरू थिएनन्। यो प्रकटीकरण वास्तविक कारणहरू मध्ये एक हो। पहिलो प्रकटीकरण यही हो कि तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्न खोजिरहेका हुन्छन्। दोस्रो प्रकटीकरण तिनीहरूको गुप्त चालवाजी हो। यसको प्रकृति आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न खोज्‍नु समान छ, तर निश्चित अभ्यासहरू फरक छन्। त्यसोभए गुप्त चालवाजीको अर्थ के हो? यो सकारात्मक शब्द हो कि नकारात्मक? यसका प्रशंसनीय अर्थहरू छन् कि वा अपमानजनक? (अपमानजनक अर्थहरू।) सामान्यतया गुप्त चालवाजीको अर्थ के हो? यसमा कस्ता प्रकारका प्रकटीकरणहरू समावेश छन्? (ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत सुदृढ पार्न पर्दा पछाडि गर्ने कामहरू। उदाहरणका लागि, मण्डलीको चुनावको समयमा, तिनीहरूले पर्दा पछाडि मत माग्छन्।) यो ती कुराहरूमध्ये एउटा हो जुन यसमा समावेश छ। छोटकरीमा, यस प्रकारको प्रकटीकरण भनेको केही निश्चित कुराहरू गोप्य रूपमा गर्नु, अरूसँग छलफल नगरी, पारदर्शिता बिना, सबैको पछाडि परिस्थितिहरू हेरफेर गर्नु, विशेष गरी उच्च वा माथिल्लो तहका अगुवाहरूलाई यसको बारेमा थाहा नदिनु हो। ख्रीष्टविरोधीहरूले केही कुराहरू गोप्य रूपमा गर्छन्, ती कुराहरू सिद्धान्तहरूको विरुद्धमा छन् र सत्यतासँग मेल खाँदैनन्, ती कुराहरूले परमेश्‍वरको घरलाई हानि पुर्‍याउँछन् र परमेश्‍वरले ती कुराहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरू पूर्ण रूपमा जान्दछन्। तिनीहरू अझै पनि यी कुराहरू गर्ने जिद्दी कस्छन्, परिस्थितिलाई हेरफेर गर्न शैतानको चाल र मानवीय रणनीतिहरू प्रयोग गर्छन् र त्यसपछि तिनीहरू गोप्य रूपमा कार्य गर्छन्। गोप्य रूपमा काम गर्नु पछाडिको तिनीहरूको लक्ष्य के हो? एउटा लक्ष्य भनेको शक्ति कब्जा गर्नु हो र अर्को उनीहरूले चाहेको स्वार्थहरू प्राप्त गर्नु हो। यी उद्देश्यहरूलाई प्राप्त गर्न, तिनीहरूले सत्यता सिद्धान्तहरू, मण्डलीका नियमहरू, परमेश्‍वरका अभिप्रायहरू र योभन्दा बढी, आफ्नै विवेकलाई उल्लङ्घन गर्ने कामहरू गर्छन्। तिनीहरूको कार्यमा कुनै पारदर्शिता छैन—तिनीहरूले सबैबाट कुराहरू लुकाउँछन् वा तिनीहरूले आफ्नो प्रभावको दायराभित्र भएका थोरै मित्रहरूलाई मात्र बताउँछन्, ताकि तिनीहरूले परिस्थितिलाई नियन्त्रण गर्ने, माथिल्लो अगुवाहरू र परमेश्‍वरका चुनिएका मानिसहरूको आँखामा धुलो छर्ने आफ्नो उद्देश्य प्राप्त गर्न सकून्। गुप्त चालवाजीको अर्थ तिनीहरूले अधिकांश मानिसहरूलाई पूर्ण रूपमा अनभिज्ञ राखेर, केही निर्णयहरू गर्छन् र केही कुराहरू योजनाबद्ध गर्छन् र यी कुराहरू भएपछि, अधिकांश मानिसहरूलाई तिनको स्रोत वा कसले ती सुरु गऱ्यो वा वास्तवमा के भयो भन्‍ने कुरा थाहा हुँदैन। अधिकांश मानिसहरू किन अन्धकारमा हुन्छन्? यो ख्रीष्टविरोधीको दुष्टता, दुराशय हो। तिनीहरूले जानाजानी आफ्ना कार्यहरूमा दाजुभाइ र दिदीबहिनीहरू, माथिल्ला अगुवाहरू र माथिलाई छल्छन्। तिमीहरूले यी कुराहरूबारे जसरीसुकै खोजीनिती गर्ने प्रयास गरे तापनि वा तिमीहरूले जसलाई सोधे तापनि, तिनीहरूको कारण के हो भनेर कसैलाई थाहा हुँदैन र विशेष गरी धेरै समय अघि भएका धेरै कुराहरूक सन्दर्भमा, त्यस बेला के भइरहेको थियो भन्‍ने कुरा धेरै मानिसहरूलाई अझै पनि थाहा छैन। यो गुप्त चालबाजी हो। यो ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने साझा रणनीति हो—जब तिनीहरू केही गर्न चाहन्छन्, तिनीहरूले अरू कसैसँग छलफल नगरी निजी रूपमा चाल रच्छन् र योजना बनाउँछन्। यदि तिनीहरूसँग तिनीहरूले भरोसा गर्ने कोही छैन भने तिनीहरूले आफ्नो मस्तिष्कमा षड्यन्त्र रच्छन्; यदि तिनीहरूसँग साथीहरू छन् भने, तिनीहरूले तिनीहरूसँग गोप्य रूपमा चाल रच्ने र योजना बनाउनेछन्, र तिनीहरूको प्रभावको दायराभित्रका जो कोही पनि तिनीहरूको षड्यन्त्रको निशाना बन्‍न सक्छ। यस प्रकारको अभ्यासको प्राथमिक विशेषता के हो? पारदर्शिताको कमी हो, जहाँ धेरै जसो मानिसहरूले के भइरहेको छ भनेर जान्‍ने अधिकारको आनन्द लिइरहेका हुँदैनन् र भ्रमको स्थितिमा हुँदा ख्रीष्टविरोधीहरूको खेलौना भएका, चालवाजी र भ्रममा परेका हुन्छन्। ख्रीष्टविरोधीहरू किन गुप्त चालवाजीमा किन संलग्‍न हुन्छन् र खुला वा पारदर्शी तरिकाले कार्य गर्दैनन्, वा सबैलाई के भइरहेको छ भनेर जान्‍ने अधिकार दिँदैनन्? किनभने तिनीहरूलाई राम्ररी र स्पष्ट रूपमा थाहा छ कि तिनीहरूले जे गरिरहेका छन् त्यो परमेश्‍वरको घरका सिद्धान्त वा नियमहरूसँग मेल खाँदैन र तिनीहरूले जथाभाबी दुष्कर्म गरिरहेका छन्। तिनीहरू जान्दछन् कि यदि अधिकांश मानिसहरू उनीहरूले के गरिरहेका छन् भनेर जानकार भएमा, तिनीहरूमध्ये केही खडा भएर तिनीहरूको विरोध गर्नेथिए र यदि माथिल्लो नेतृत्वलाई थाहा भयो भने, तिनीहरूलाई काटछाँट गरेर बर्खास्त गरिनेथियो र त्यसपछि तिनीहरूको हैसियत खतरामा पर्नेथियो। त्यसकारण तिनीहरूले आफूले गर्ने केही कामहरूमा गुप्त चालवाजीको विधि अपनाउँछन् र अन्य मानिसहरूलाई तीबारे जान्‍न दिँदैनन्। के तिनीहरूको गुप्त चालवाजीका परिणामहरू मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि लाभदायक छन्? के तिनीहरू सबैका लागि सुधारोन्मुख छन्? बिलाकुल छैनन्। धेरैजसो मानिसहरू बहकिएका र धोकामा परेका छन् र यसबाट पटक्कै लाभ पाउँदैनन्। के ख्रीष्टविरोधीहरूद्वारा अपनाइने यो गुप्त चालवाजीको विधि सत्यता सिद्धान्तहरूअनुरूप छ? के यो परमेश्‍वरका मागहरूअनुरूप कार्य गर्नु हो? (होइन।) त्यसोभए गुप्त चालवाजीमा संलग्‍न भइरहेका ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू फेला पारिए भने, के ती ख्रीष्टविरोधीहरूको काटछाँट गरिनुपर्छ? के तिनीहरूलाई खुलासा गरेर अस्वीकार गरिनुपर्छ? (गरिनुपर्छ।) गुप्त चालवाजीमा संलग्‍न हुनु ख्रीष्टविरोधीहरूको एउटा ठोस प्रकटीकरण हो।

ख्रीष्टविरोधीहरूले काम गर्दा देखापर्ने अरू साझा प्रकटीकरणहरू के-के हुन्? (ख्रीष्टविरोधीहरूले आफ्नै हैसियतका खातिर मानिसहरूलाई दमन गर्छन् र यातना दिन्छन्।) ख्रीष्टविरोधीहरूका लागि अरू मानिसहरूलाई यातना दिनु सबैभन्दा सामान्य काम हो, र यो तिनीहरूको ठोस प्रकटीकरणहरूमध्ये एक हो। आफ्‍नो हैसियत कायम राख्‍नका लागि, ख्रीष्टविरोधीहरूले सधैँ सबैलाई, तिनीहरूलाई पालन गर्न र तिनीहरूको कुरा सुन्‍न माग गरिरहेका हुन्छन्। यदि तिनीहरूले कसैले तिनीहरूको कुरा नसुन्‍ने वा तिनीहरूप्रति सहानुभुतिहीन वा प्रतिरोधी भएको भेटे भने, तिनीहरू त्यस व्यक्तिलाई काबुमा ल्याउन दमन गर्ने र यातना दिने, चाल चल्छन्। ख्रीष्टविरोधीहरूले आफ्‍नो भन्दा फरक विचार राख्‍नेहरूलाई प्राय दमन गर्छन्। तिनीहरूले सत्यता खोजी गर्ने र निष्ठापूर्वक आफ्‍नो कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई प्राय दमन गर्छन्। तुलनात्मक रूपमा शिष्ट र सोझा जो तिनीहरूको चापलुसी वा लोलोपोतो नगर्ने मानिसहरूलाई तिनीहरूले प्राय दमन गर्छन्। तिनीहरूसँग नमिल्‍ने वा तिनीहरूको अधीनमा नआउने मानिसहरूलाई तिनीहरूले दमन गर्छन्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यताका सिद्धान्तहरूका आधारमा व्यवहार गर्दैनन्। तिनीहरूले मानिसहरूसँग निष्पक्ष व्यवहार गर्न सक्दैनन्। जब तिनीहरूले कसैलाई मन पराउँदैनन्, जब कोही हृदयबाट तिनीहरूको अधीनमा आएको छैन जस्तो देखिन्छ, तब तिनीहरूले त्यस व्यक्तिलाई आक्रमण गर्न र यातना दिन मौका र बहाना खोज्छन्, र विभिन्न अत्तो थाप्नेसमेत गर्छन्, यहाँसम्‍म कि त्यस व्यक्तिलाई दमन गर्नको लागि मण्डलीको काम गरेको झण्डासमेत बोक्छन्। मानिसहरू नमनशील नभएसम्म र तिनीहरूलाई नाइँ भन्‍ने आँट गर्न नसक्‍ने अवस्थामा नपुगेसम्‍म तिनीहरू लागिपर्न छोड्दैनन्; मानिसहरूले तिनीहरूको हैसियत र शक्ति स्वीकार गरेर, तिनीहरूलाई मुस्कुराउँदै नमस्कार गर्ने, तिनीहरूप्रति समर्थन र अनुपालन व्यक्त गर्ने, र तिनीहरूबारे कुनै जोखाना गर्ने आँट नै नगर्ने अवस्थामा नपुगेसम्‍म तिनीहरू लागिपर्न छोड्दैनन्। कुनै पनि परिस्थितिमा, कुनै पनि समूहमा, ख्रीष्टविरोधीहरूले अरूसँग गर्ने व्यवहारमा “निष्पक्ष” भन्‍ने शब्‍द अवस्थित हुँदैन, र परमेश्‍वरमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति तिनीहरूले गर्ने व्यवहारमा “प्रेमपूर्ण” भन्‍ने शब्‍द अवस्थित हुँदैन। तिनीहरूको हैसियतलाई चुनौती दिने जोकोहीलाई तिनीहरूले आफ्‍नो आँखाको कसिङ्गर र शरीरको काँडा ठान्छन्, र उसलाई यातना दिन तिनीहरूले मौका र बहाना खोज्छन्। यदि त्यो व्यक्ति अधीनमा आउन मान्दैन भने, उसलाई यातना दिन्छन्, र त्यो व्यक्ति काबुमा नआएसम्‍म तिनीहरू रोकिँदैनन्। ख्रीष्टविरोधीहरूको यस्तो व्यवहार सत्यताका सिद्धान्तहरूसँग एकदमै नमिल्दो र सत्यतासँग शत्रुवत् हुन्छ, त्यसकारण, के तिनीहरूलाई काटछाँट गरिनुपर्छ? यति मात्र होइन—तिनीहरूको खुलासा गर्ने, तिनीहरूलाई खुट्टयाउने, र तिनीहरूको वर्गीकरण गर्नेबाहेक कुनै पनि कारबाही पर्याप्त हुनेछैन। ख्रीष्टविरोधीले सबैलाई उसको आफ्नै प्राथमिकता, अभिप्राय र लक्ष्‍यअनुसार व्यवहार गर्छ। तैपनि तिनीहरूको अख्‍तियारअन्तर्गत, इन्साफको बोध भएकाहरू, न्यायोचित रूपमा बोल्‍न सक्‍नेहरू, अन्यायसँग लड्ने आँट गर्नेहरू, सत्यताका सिद्धान्तहरू पालना गर्नेहरू, साँचो रूपमा प्रतिभावान् र शिक्षितहरू, परमेश्‍वरको गवाही दिन सक्‍नेहरू—त्यस्ता सबै मानिसहरूले ख्रीष्टविरोधीको डाहा सहनुपर्नेछ, दमन र बहिस्कार भोग्‍नुपर्नेछ, र फेरि उठ्न नसक्ने अवस्थामा पुग्ने गरी ख्रीष्टविरोधीको पैतालामुनि समेत कुल्चिइनुपर्छ। असल मानिसहरू र सत्यता पछ्याउने मानिसहरूलाई ख्रीष्टविरोधीले यस्तो घृणाको साथ व्यवहार गर्छ। ख्रीष्टविरोधीले डाहा महसुस गर्ने र दमन गर्ने लगभग अधिकांश मानिसहरू सकारात्मक व्यक्तित्त्वहरू र असल मानिसहरू नै हुन्छन् भन्न सकिन्छ। तिनीहरूमध्ये धेरैजसो मानिसहरू परमेश्‍वरले मुक्ति दिनुहुने, परमेश्‍वरले प्रयोग गर्न सक्‍नुहुने, र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मानिसहरू हुन्छन्। परमेश्‍वरले मुक्ति दिनुहुने र प्रयोग गर्नुहुने अनि सिद्ध तुल्याउनुहुने मानिसहरूविरुद्ध त्यस्तो दमन र बहिष्कारको रणनीति अपनाउँदा, के ख्रीष्टविरोधीहरू परमेश्‍वरविरोधी हुँदैनन् र? के तिनीहरूले परमेश्‍वरको प्रतिरोध गरिरहेका हुँदैनन् र? सत्यता पछ्याउनेहरूलाई यसरी ईर्ष्या आक्रमण र बहिष्कार गर्दै गर्दा, तिनीहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई प्रत्यक्ष रूपमा बाधा पुर्‍याइरहेका छन्। यस प्रकारको ख्रीष्टविरोधी देहधारी परमेश्‍वरप्रति मात्र होइन, परमेश्‍वरको पछि लाग्ने र सत्यता पछ्याउनेहरूप्रति पनि शत्रुवत् हुन्छ। यो एक प्रामाणिक ख्रीष्टविरोधी हो। के परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको यस प्रकारको प्रकटीकरणलाई खुट्टयाउनुपर्छ? के तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा र अस्वीकार गर्नुपर्छ? के ख्रीष्ट विरोधीहरूसँग भएको यस किसिमको स्वभाव सत्यता सङ्‍गति गरेर समाधान गर्न सकिन्छ? तिनीहरूको स्वभाव सत्यता र परमेश्‍वरलाई घृणा गर्ने स्वभाव हो र तिनीहरूले पूर्ण रूपमा सत्यतालाई पटक्कै स्वीकार गर्ने वा त्यसमा समर्पित हुनेछैनन्। तसर्थ, त्यस्ता प्रामाणिक ख्रीष्टविरोधीहरूलाई सम्हाल्ने एक मात्र तरिका भनेको त्यस्ता मानिसहरूलाई खुलासा गर्नु, पहिचान गर्नु र त्यसपछि अस्वीकार गर्नु हो। यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरू र परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। ख्रीष्टविरोधीहरूले यस तरिकाले परमेश्‍वरका चुनिएका मानिसहरूलाई यातना दिनु भनेको तिनीहरूले स्पष्ट रूपमा परमेश्‍वरसँग टक्कर लिनु र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि उहाँसँग प्रतिस्पर्धा गर्नु हो। आफूले बहकाउन र नियन्त्रण गर्न नसक्नेहरूलाई तिनीहरू मन पराउँदैनन्। तिनीहरू यी मानिसहरूलाई प्राप्त गर्न असमर्थ छन् तर तिनीहरूले परमेश्‍वरलाई पनि तिनीहरूलाई प्राप्त गर्न दिँदैनन्। यसरी, के तिनीहरूले मण्डलीमा शैतानको भूमिका खेलिरहेका छैनन्, जसले परमेश्‍वरका चुनिएका मानिसहरूका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छ र तिनीहरूमाथि हानि र विनाश ल्याउँछ? ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्‍न चाहन्छन्, परमेश्‍वरलाई तिनीहरू प्राप्त गर्न दिँदैनन् र तिनीहरू परमेश्‍वरलाई पछ्याउने सबैलाई बहकाउने र यी मानिसहरूलाई आफ्नो पछि लगाई, तिनीहरूको मुक्तिको अवसरलाई बर्बाद गर्ने इच्छा पनि राख्‍छन्। त्यसपछि मात्र तिनीहरूले आफ्नो लक्ष्य प्राप्त गरेका हुनेछन्। के मानिसहरूलाई मृत्युसम्मै हानि गर्ने ख्रीष्टविरोधीहरू परमेश्‍वरका प्रमुख शत्रुहरू होइनन्? तिमीहरू तिनीहरूलाई खुट्टयाउन सक्षम हुनुपर्दछ।

ख्रीष्टविरोधीसँग अरू कस्ता प्रकटीकरणहरू छन्? (तिनीहरू कामको प्रबन्ध विरुद्ध जान्छन् र आफ्नै तरिकाले काम गर्छन्।) यो र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु र गुप्त चालबाजीको बिचमा केही समानताहरू छन्, तर यो अर्को निश्चित प्रकटीकरण पनि हो। ख्रीष्टविरोधीहरूले कसरी आफ्नै तरिकाले काम गर्छन्? (परमेश्‍वरका चुनिएका मानिसहरूका लागि झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू खुट्टयाउन माथिबाट कार्य व्यवस्थाहरू जारी हुन्छ, तर केही ख्रीष्टविरोधीले यी कार्य व्यवस्था लागू गर्दैनन्, यसको सट्टा दाजुभाइ र दिदीबहिनीहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्टयाउनबाटबाट रोक्‍नलाई तिनीहरूल “तैँले आफूलाई खुट्टयाउन सक्षम भएपछि मात्र अरू मानिसहरूलाई खुट्टयाउन सक्छस्” भन्‍ने बहानाको प्रयोग गर्छन्।) यो माथिको कार्य व्यवस्थाको विरोध गर्नु, साथै आफ्नै तरिकाले काम गर्नु हो। अरू के हुनसक्छ? (ख्रीष्टविरोधीहरूसँग माथिको कार्य व्यवस्थाका बारेमा आफ्नै विचारहरू छन्। बाहिरी रूपमा, तिनीहरू यी व्यवस्थाहरू लागू गर्न सक्षम छन् जस्तो र तिनीहरू दाजुभाइ र दिदीबहिनीहरूसँग सङ्‍गति गरिरहेका जस्तो देखिन्छ, तर तिनीहरूले यी कुराहरूलाई कहिल्यै अनुगमन गर्दैनन् वा यसको बारेमा सोध्दैनन् र पछि त्यसलाई बेवास्ता गर्छन्।) ख्रीष्टविरोधीहरूले आफ्नै तरिकाले काम गर्नुको मुख्य अर्थ यही हो कि माथिबाट जुनसुकै कामको व्यवस्था भए तापनि वा माथिले तल भएकाहरूबाट जुनसुकै कुरा लागू गर्ने माग गरे तापनि ख्रीष्टविरोधीहरूले त्यसलाई एकतिर पन्छाइदिनेछन् बेवास्ता गर्नेछन्, त्यसलाई अगाडि पुऱ्याउनेछैनन् र कार्यान्वयन गर्ने छैनन् र त्यसपछि तिनीहरूले आफूले चाहेको कुरा, आफूले गर्न इच्छुक भएको कुरा र आफूलाई गर्दा फाइदा हुने कुरा गर्नेछन्। उदाहरणका लागि, परमेश्‍वरका वचनका पुस्तकहरू जारी गर्दा, मण्डलीको पुस्तक वितरणका सिद्धान्त अनुसार, सामान्य मण्डली जीवन बिताउने प्रत्येक व्यक्तिसँग पुस्तक हुनुपर्छ। तर जब कुनै ख्रीष्टविरोधीले यो देख्छ, उसले यसो सोच्छ, “सबैका लागि पुस्तक? के त्यो मेरा लागि नराम्रो सौदा हुनेछैन? हरेक व्यक्तिका निम्ति एउटा पुस्तक हुन सक्दैन—प्रत्येक व्यक्तिले विशेष रूपमा मेरा बारेमा के सोच्छ भन्‍ने आधारमा मैले यो काम अघि बढाउनु र कार्यान्वयन गर्नु पर्छ। यो केवल सामान्य मण्डली जीवन बिताउने बारेमा मात्र हुनुहुँदैन, यो सामान्यतया कसले बढी भेटी दिन्छ भन्‍ने बारेमा हुनुपर्दछ। कुनै अपवाद बिना, कुनै पनि भेटी नदिने वा गरिब व्यक्तिहरूले पुस्तक पाउनु हुँदैन। यदि तिनीहरूले मलाई एउटा मागे र केही नगद दिए भने, उनीहरूले गर्ने व्यवहारको आधारमा, तिनीहरूलाई पुस्तक दिने कि नदिने भन्‍ने निर्णय गर्नेछु।” के यो सिद्धान्तहरूअनुसार काम गर्नु हो? तिनीहरू के गरिरहेका हुन्? तिनीहरू आफ्नै तरिकाले काम गरिरहेका हुन्। तिनीहरूले आफ्नो तरिकाले काम गर्नु भनेको विद्यमान कार्य व्यवस्था बाहिर आफ्नै नीतिहरू स्थापना गर्नु, तिनीहरूको स्थानीय मण्डलीमा ती नीतिहरूअनुसार कार्य गर्नु, कार्य व्यवस्थाहरू र परमेश्‍वरको घरद्वारा माग गरिएका सिद्धान्तहरूलाई बिलकुलै लागू नगर्नु र बरु आफ्नै उद्देश्य र लक्ष्यहरू अनुसार कार्य गर्नु हो। बाहिरबाट हेर्दा, तिनीहरूले पुस्तकहरू वितरण गरिरहेका छन् र कार्य पूरा भएको जस्तो देखिन्छ। तर तिनीहरूले यो गर्ने आधार के थियो? यो परमेश्‍वरको घरको कार्य व्यवस्थामा वा मण्डलीका नियमहरूमा आधारित थिएन, यो त तिनीहरूको आफ्नै नीतिहरू, तिनीहरूको आफ्नै दृष्टिकोणमा आधारित थियो। यो तिनीहरूले आफ्नै तरिकाले काम गर्नु हो। तिनीहरूले परमेश्‍वरको घरको कार्य व्यवस्थाप्रति कुनै पनि समर्पणता देखाउँदैनन्; तिनीहरू तिनलाई कडाइका साथ लागू गर्न वा कार्यान्वयन गर्न असमर्थ छन् र यसको सट्टामा तिनीहरूले आफ्नै नियम र प्रावधानहरू गोप्य रूपमा स्थापित गर्छन् जुन तिनीहरूले आफ्नो स्थानीय मण्डली भित्र अभ्यास र कार्यान्वयन गर्छन्। यो आफ्नो स्वतन्त्र राज्य स्थापना गर्नु मात्र होइन, अझ त्यो भन्दा बढी, यो आफ्नै तरिकाले काम गर्नु हो। अर्को शब्दमा, तिनीहरूले आफ्नो स्थानीय मण्डलीमा कार्य व्यवस्थाहरू लागू गर्दा तिनीहरूले आफ्नै काम गरिरहेका हुन्छन्, जुन माथिबाट जारी गरिएको र अन्य मण्डलीहरूमा लागू गरिएको कार्य व्यवस्थाहरू भन्दा फरक हुन्छन्। सतही रूपमा, तिनीहरूले काम गरेजस्तो गर्छन्, तिनीहरूले कार्य व्यवस्था प्राप्त गरेका र ती पढेका हुन्छन्, तर तिनीहरूसँग ती निश्चित रूपमा कार्यान्वयन गर्ने आफ्नै विधिहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको घरको कार्य व्यवस्थालाई बेवास्ता गर्छन् र तिनको खुला रूपमा उल्लङ्घन गर्छन्। यसलाई आफ्नै तरिकाले काम गर्नु भनिन्छ। ख्रीष्टविरोधीहरूले किन आफ्नै तरिकाले काम गर्छन्? (तिनीहरू मण्डलीभित्र शक्ति चलाउन चाहन्छन् र तिनीहरू सबै कुरामा अन्तिम निर्णय गर्न चाहन्छन्।) ठीक हो। तिनीहरू केवल शक्ति कब्जा गर्न चाहन्छन्; तिनीहरूले शक्ति प्राप्त गरेर अरूलाई नियन्त्रण गर्ने, अरूलाई आफ्नो कुरा मान्‍ने, आफूलाई पालन गर्ने र डर मान्ने तुल्याउने सबै मौकाहरू खोजेर ती कब्जा गर्छन्। तिनीहरू अरूलाई नियन्त्रण गर्न आफ्ना विभिन्न अभ्यास प्रयोग गर्न चाहन्छन्, यस ठाउँमा केवल उनीहरूसँग मात्र शक्ति छ, र अरू कोहीसँग पनि छैन, अरूले तिनीहरूलाई नाघेर जान, तिनीहरूको अनुमोदन बिना काम गर्न असम्भव छ र कोही पनि तिनीहरूभन्दा अगाडि जान सक्दैन भन्‍ने कुरा सबैलाई थाहा दिन चाहन्छन्। तिनीहरू मुख्यतया परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न र शक्ति कब्जा गर्न चाहन्छन्। यो स्पष्ट छ कि ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार गर्नु सत्यता सिद्धान्तहरू वा परमेश्‍वरको घरका मागहरूअनुसार कुराहरू सम्हाल्नु होइन। यो कुनै पनि अगुवा वा आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गरिरहेको जो कोहीले गर्नुपर्ने कुरा होइन। त्यसोभए, ख्रीष्टविरोधीहरूले यो प्रकटीकरण प्रदर्शन गर्दा के तिनीहरूको काटछाँट गरिनु पर्छ? के तिनीहरूलाई खुलासा र अस्वीकार गरिनुपर्छ? (गरिनुपर्छ।)

ख्रीष्टविरोधीका अन्य केही प्रकटीकरणहरू के हुन्? (ख्रीष्टविरोधीहरूले भेटीहरू चोर्छन्, परमेश्‍वरको घरको पैसा आफ्नै आनन्दका लागि खर्च गर्छन् र विशिष्ट विशेषाधिकारहरूमा रमाउँछन्।) विशिष्ट विशेषाधिकारहरूमा रमाउनु एउटा विशेष प्रकटीकरण हो। ख्रीष्टविरोधीले हैसियत प्राप्त गर्नेबित्तिकै, उसलाई रोक्न सम्भव हुँदैन—उसले अन्य मानिसहरूलाई खुट्टा मुनि कुल्चिनुपर्ने कुराहरूका रूपमा देख्छ र उसले गर्ने हरेक कुरामा उसलेले चर्चा बटुल्न, पूर्ण फाइदा लिन चाहन्छ। ऊ आफूले गर्ने हरेक कुरामा, साथै बोल्दा पनि माथि पर्न लागिपर्छ। ऊ जुनसुकै आसनमा बसे पनि, त्यो विशेष होस् भन्ने चाहन्छन्। उसले परमेश्‍वरको घरमा जुनसुकै व्यवहारको आनन्द लिए पनि, त्यो अरू कसैले प्राप्त गर्ने भन्दा राम्रो होस् भन्‍ने चाहन्छ। ऊ सबैले उसलाईलाई अझ उच्च ठानून् र उसका बारेमा अरूको भन्दा उच्च राय राखून् भन्ने चाहन्छ। जब उसको हैसियत हुँदैन, ऊ यसलाई खोस्‍न चाहन्छ र हैसियत पाउनेबित्तिकै अविश्‍वसनीय रूपमा अहङ्कारी हुन्छ। ऊसँग बोल्ने जो कोहीले पनि उसलाई प्रशंसाका साथ हेर्नुपर्छ, कोही पनि ऊसँग सँगै हिँड्न सक्दैन र बरु एक वा दुई कदम पछाडि नै रहनुपर्छ; कसैले पनि ऊसँग धेरै चर्को स्वरमा वा कठोरतापूर्वक बोल्न सक्दैन, गलत शब्दहरू प्रयोग गर्न सक्दैन वा उसलाई गलत तरिकाले हेर्न सक्दैन। उसले सबैलाई स-साना कुराहरूमा किचकिच गर्नेछ र उसका बारेमा केही न केही भन्‍नेछ। कसैले पनि उसलाई चिढ्याउन वा आलोचना गर्न सक्दैन; बरु, सबैले उसलाई सम्मान गर्नुपर्छ, उसलाई फकाउनुपर्छ र उसको चापलुसी गर्नुपर्छ। एकचोटि कुनै ख्रीष्टविरोधीले हैसियत प्राप्त गरेपछि, ऊ जहाँ जान्छ त्यहाँ मनपरी र स्वेच्छाचारी तरिकाले कार्य गर्नेछ र अरूले उसलाई सम्मान गरून् भनेर देखावटी गर्नेछ। उसले केवल हैसियतमा आनन्द मान्‍ने र अरूको सम्मानलाई साँच्चिकै महत्त्व दिने मात्र होइन, भौतिक सुख पनि उसका लागि विशेष रूपमा महत्त्वपूर्ण हुन्छन्। ऊ सर्वोत्तम व्यवहार गर्ने मेजमानहरूसँग बस्‍न चाहन्छ। उसको मेजमान जोसुकै भए तापनि, ऊ खानेकुराबारे विशेष माग गर्छ र यदि खाना पर्याप्त रूपमा राम्रो छैन भने, उसले आफ्नो मेजमानलाई काटछाँट गर्ने मौका खोज्नेछ। उसले कुनै पनि गुणस्तरहीन सुखहरू स्वीकार गर्न मान्दैन—उसको खाना, लुगाफाटा, आवास र यातायात सबै माथिल्लो स्तरको हुनुपर्छ, औसतले काम चल्दैन। उसले सामान्य दाजुभाइ र दिदीबहिनीहरूले प्राप्त गर्ने कुराहरू समान कुराहरू स्वीकार गर्न सक्दैन। यदि अरू बिहान ५ वा ६ बजे उठिरहेका छन् भने, ऊ ७ वा ८ बजे उठ्नेछ। सर्वोत्तम खाना र वस्तुहरू उसका लागि आरक्षित गरिनुपर्छ। यतिससम्म कि मानिसहरूले चढाउने भेटीहरू पनि पहिले ऊद्वारा छानिनुपर्छ र उसले जे राम्रो वा बहुमूल्य छ वा जे उसको आँखामा पर्छ, त्यो राख्नेछ र बाँकी रहेका कुराहरू मण्डलीका लागि छोडिदिनेछ। अनि ख्रीष्टविरोधीहरूले गर्ने एउटा अर्को सबैभन्दा घृणित कुरा छ। त्यो के हो? जब तिनीहरूले हैसियत प्राप्त गर्छन्, तिनीहरूको भोक बढ्छ, तिनीहरूको क्षितिज फराकिलो हुन्छ र तिनीहरू आफैँमा रमाउन सिक्छन्, जसपछि तिनीहरूले पैसा खर्च गर्ने, उपभोग गर्ने चाहना विकास गर्छन् र फलस्वरूप मण्डलीले त्यसको कामका लागि प्रयोग गर्ने सबै पैसा आफूसँग राख्‍न चाहन्छन्, आफूले चाहे अनुसार यसलाई बाँड्न चाहन्छन्, आफ्ना चाहनाअनुसार यसलाई नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले विशेष गरी यस प्रकारको शक्ति र यस प्रकारको व्यवहारमा आनन्द लिन्छन् र एकचोटि शक्ति पाए पछि, तिनीहरू, सबै चेक र विभिन्न सम्झौताहरूजस्ता सबै कुरामा आफ्नो नाम हस्ताक्षर गर्न चाहन्छन्। तिनीहरू निरन्तर कलमले आफ्नो हस्ताक्षर गर्ने, पानी जसरी पैसा खेर फाल्ने अनुभूतिको आनन्द लिन चाहन्छन्। जब कुनै ख्रीष्टविरोधीसँग हैसियत हुँदैन, कसैले पनि ऊमा यी प्रकटीकरणहरू देख्न, वा ऊ यस प्रकारका व्यक्ति हो, उसमा यस प्रकारको स्वभाव छ, उसले त्यस्ता कामहरू गर्छ भन्‍ने कुरा देख्‍न सक्दैन। तर उसले हैसियत प्राप्त गर्ने बित्तिकै, यो सबै प्रकाश हुन्छ। यदि उसलाई बिहान चुनियो भने, दिउँसोसम्म ऊ अविश्‍वसनीय रूपमा अहङ्कारी बन्छ, उसको नाक घमण्डले फुल्छ, उसको टाउको घमण्डले फुल्छ र उसले साधारण मानिसहरूलाई कुनै ख्याल गर्दैन। यो परिवर्तन निकै छिटो हुन्छ। तर वास्तवमा, ऊ परिवर्तन भएको हुँदैन—उसको खुलासा भएको मात्रै हुन्छ। उसले यी अहङ्कारी व्यवहारहरू देखाउँछ, र उसले के गर्न गइरहेको हुन्छ? ऊ जिउनका लागी मण्डलीमा भर पर्न चाहन्छ, हैसियतका फाइदाहरूमा लिप्त हुन चाहन्छ। जब कसैले कुनै स्वादिष्ट भोजन अगाडि राखिन्छ, ऊ त्यो खाना घपा-घप खान थाल्छ, र आफ्नो दुर्घन्धित देहलाई स्वस्थ राख्‍नका निम्ति पूरक पोषणको माग गर्छ। ख्रीष्टविरोधीहरू विशिष्ट विशेषाधिकारहरूमा रमाउने कार्य प्राय हुने गर्छ; यसमा गम्भीरताको हद मात्र भिन्‍न हुन्छ। जब देहको सुखमा टाँसिने कुनै पनि व्यक्ति अगुवा बन्छ, उसले विशिष्ट विशेषाधिकारहरूको आनन्द उठाउन चाहन्छ। यो ख्रीष्ट विरोधीहरूको स्वभाव हो। तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू पूर्ण रूपमा फरक व्यक्ति बन्छन्। तिनीहरूले हैसियतसँगै आउने सुखसयल र विशेष व्यवहारलाई आफ्नो नजरमा र आफ्नो मुठ्ठीमा दृढतासाथ अनि सुरक्षितसाथ राख्छन् र तिनलाई छोड्नेछैनन्, तीमध्ये एक टुक्रामा पनि आफ्नो पकडलाई हल्का गर्दैनन् वा तिनको कुनै पनि अंशलाई उम्कन दिँदैनन्। ख्रीष्टविरोधीहरूका यीमध्ये कुन प्रकटीकरण र अभ्यासहरू सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नु हो? कुनै पनि होइन। तिनीहरूमध्ये हरेकलाई हेर्नु वाक्कलाग्दो र घृणित हुन्छ; तिनीहरूका अभ्यास र अभिव्यक्तिहरू सत्यता सिद्धान्तहरूसँग मेल नखाने मात्र होइन, तर तिनीहरूसँग निश्‍चित रूपमा अलिकति पनि विवेक, समझ वा लज्जाबोध छैन। जब ख्रीष्टविरोधीहरूसँग हैसियत हुन्छ, तिनीहरू लापरवाहीपूर्वक दुष्कर्महरू गर्न र आफ्नै शक्ति र हैसियतमा काम गर्न बाहेक, तिनीहरू मण्डलीको काम वा दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेशलाई फाइदा पुर्‍याउने कुनै पनि काम गर्न असफल मात्र हुँदैनन्, तिनीहरू हैसियत, देहसुख र मानिसहरूले तिनीहरूलाई उच्च मान्ने र श्रद्धा गर्ने फाइदाहरूको आनन्द पनि लिन्छन्। कतिपय ख्रीष्टविरोधीहरूले त आफ्नो सेवा गर्नका लागि मानिसहरू खोज्छन्, तिनीहरूले पिउने चिया अरूले नै दिएका हुन्छन्, तिनीहरूले लगाउने लुगा अरूले नै धोएका हुन्छन् र नुहाउँदा आफ्नो ढाड माड्ने समेत विशेष व्यक्ति हुन्छ र खाना खाँदा तिनीहरूलाई पर्खने व्यक्ति पनि हुन्छ। यो भन्दा नराम्रो कुरा, केहीले त आफ्नो दैनिक तीन छाक भोजनका निम्ति निर्धारित मेनु समेत बनाएका छन्, यस माथि, तिनीहरू स्वास्थ्य पूरकहरू लिन चाहन्छन् र आफ्ना लागि हर प्रकारका विभिन्न सीरुवाहरू उमालिएको चाहन्छन्। के ख्रीष्टविरोधीहरूलाई लाज लाग्छ? अँह, लाग्दैन! के तिमीहरूलाई त्यस प्रकारको व्यक्तिलाई काटछाँट मात्र गर्नु केही हदसम्म नरम कदम नै हो भन्‍ने लाग्छ? के काटछाँटले तिनीहरुलाई लज्जाबोध गराउनेछ? (गराउनेछैन।) त्यसोभए, यो मामलालाई कसरी समाधान गर्न सकिन्छ? यो एकदम सरल छ। काटछाँट गरिसकेपछि, तिनीहरूको खुलासा गर्ने अनि तिनीहरू के हुन् भनेर तिनीहरूलाई बताइदिने। तिनीहरूले चाहे यसलाई मानून् कि नमानून्, तिनीहरूलाई खारेज गरिनुपर्छ र सबैले तिनीहरूलाई इन्कार गर्नुपर्छ। तिमीहरूले कुनै ख्रीष्ट विरोधी पत्ता लगाएपछि, के तिनीहरूलाई अस्वीकार गर्न सक्छौ? के तिमीहरू खडा भएर तिनीहरूलाई रिपोर्ट गर्ने र खुलासा गर्ने हिम्मत गर्छौ? (गर्छौं।) तैँले साँच्चै हिम्मत गर्छस् कि गर्दैनस्? अहिले तेरो साथमा तँलाई समर्थन गर्ने अरू हुँदा, तँ खडा भएर तिनीहरूको खुलासा गर्ने हिम्मत गर्छस्, तर समर्थनबिना के तँमा अझै पनि त्यो हिम्मत हुनेछ? तँ अहिले जहाँ छस् त्यहाँ सुरक्षित छस्, जहाँ ठूलो रातो अजिङ्गरले शासन गरिरहेको छैन, त्यसैले तँ सोच्छस् “म किन डराउनुपर्छ र? के तिनीहरू केवल ख्रीष्टविरोधीहरू मात्र होइनन् र? परमेश्‍वर हाम्रो समर्थक हुनुभएकोले, ममा ख्रीष्टविरोधीको खुलासा गर्ने हिम्मत छ र म डराउँदिनँ।” तैपनि, ठूलो रातो अजिङ्गरको देशमा अवस्था फरक हुन्छ। यदि तैँले ख्रीष्ट विरोधीको खुलासा गरिस् भने, तिनीहरूले आफ्नो हैसियत गुमाउँछन् तिनीहरूले तँलाई यातना दिने र, तँलाई धोका दिने हिम्मत गर्नेछन्, तँलाई अख्तियार हुनेहरूको हातमा दिनेछन्। के तँ अझै पनि तिनीहरूको खुलासा गर्ने हिम्मत गर्नेथिइस्? (सायद गर्नेथिइन।) सायद गर्नेथिइनस्। तेरो मनोवृत्ति तुरुन्तै परिवर्तन हुनेछ; त्यो वातावरणमा, तैँले तिनीहरूको खुलासा गर्ने हिम्‍मत गर्नेथिइनस्। त्यसो भए, के तिनीहरूको खुलासा गर्ने हिम्मत गर्नु सही होइन र? यो सही होइन, तँसँग कुनै गवाही छैन, र यसको अर्थ तँ विजेता होइनस् भन्ने हुन्छ; यो परमेश्वरलाई पछ्याउने व्यक्तिले भन्न मिल्ने कुरा होइन। मानौँ त चुपचाप बसिस्, तर तेरो हृदय बारम्बार कराउँछ: “तँ ख्रीष्ट विरोधी, तँ दियाबलस र शैतान, म तेरो खुलासा गर्नेछु। तँलाई अस्वीकार गर्न, तँलाई मण्डलीबाट पखाल्न म बुद्धि प्रयोग गर्नेछु! तँ परमेश्‍वरको घरमा बस्न लायक छैनस्, तँ दियाबलस होस्, तँ शैतान होस्! मैले तँलाई आफ्ना शब्दहरूद्वारा सार्वजनिक रूपमा खुलासा नगरे पनि, मेरो हृदयको अन्तस्करणबाट म तँलाई अस्वीकार गर्दछु। म सत्यता बुझ्‍ने अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्‍नेछु र मिलेर तँलाई अस्वीकार गर्नेछौँ। हामी तेरो नेतृत्व वा तेरो चालबाजी स्वीकार गर्नेछैनौँ!” के यो व्यवहार गर्ने सही तरिका हो? (हो।) वातावरण प्रतिकूल हुनसक्छ र सार्वजनिक रूपमा ख्रीष्टविरोधीको खुलासा गर्दा गर्दा तँ खतरामा पर्न सक्छस्, तर परमेश्‍वरको आदेश, सत्यता सिद्धान्तहरू, र तेरो कर्तव्यलाई त्याग्न वा छोड्न मिल्दैन। ती ख्रीष्ट विरोधीहरू, जसले विशिष्ट विशेषाधिकारहरूको आनन्द उठाउँछन्, जसले निर्लज्ज बनी हैसियतका फाइदाहरूको आनन्द उठाउँछन्, हामीले तिनीहरूलाई अस्वीकार गर्नुपर्छ, र तिनीहरूलाई परमेश्‍वरको घरमा परजीवी बन्ने अनुमति दिनु हुँदैन, वा अरू दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने र बहकाउने अनुमति दिनु हुँदैन। हामीले तिनीहरूलाई पखाल्नुपर्छ। परमेश्‍वरको घरका स्रोत-साधनहरू यी परजीवीहरूलाई सहयोग गर्नका लागि होइनन्। तिनीहरू परमेश्‍वरको घरमा खान लायक छैनन्, न त परमेश्‍वरको घरमा सबथोकको आनन्द लिने लायक नै छन्, किनकि तिनीहरू दियाबलसहरू हुन् र तिनीहरू अस्वीकार गरिन लायक छन्। यो ख्रीष्ट विरोधीहरूको अर्को प्रकटीकरण हो—विशिष्ट विशेषाधिकारहरूको आनन्द उठाउनु, निर्लज्ज रूपमा विशिष्ट विशेषाधिकारहरूको आनन्द उठाउनु। केही योगदान नदिई, तिनीहरूले अगुवाको पद प्राप्त गर्ने बित्तिकै, शक्ति कब्जा गर्छन्, हैसियतका लाभहरूमा लिप्त हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका निम्ति स्वादिष्ट भोजन पकाउन र किन्न बाध्य पार्छन्, तिनीहरूको परिश्रम गरेर कमाएको सम्पत्ति लुट्छन्, र तिनीहरूको पैसा र चिजहरू धुत्छन्। तिनीहरूका लागि, यो निस्सन्देह, एउटा अमूल्य अवसर हो, फेरि नआउने अवसर हो। के दियाबलसले यस्तै प्रकारले सोच्दैन र? यो कस्तो निर्लज्ज सोच हो। यस प्रकारको व्यक्तिलाई काटछाँट र खुलासा गरिनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूद्वारा इन्कार गरिनुपर्छ।

ख्रीष्टविरोधीहरूका अन्य केही प्रकटीकरणहरू के हुन्? के आफूभन्दा माथि र तलकालाई धोका दिनु एक विशेष प्रकटीकरण हो? (हो।) ख्रीष्टविरोधीहरू अन्तर्निहित रूपमै रूपले दुष्ट हुन्छन्; तिनीहरूसँग इमानदारीता, सत्यप्रतिको प्रेम वा सकारात्मक कुराहरूलाई प्रेम गर्ने हृदय हुँदैन। तिनीहरू प्रायः अँध्यारो कुनाहरूमा जिइरहेका हुन्छन्—तिनीहरू इमानदार मनोवृत्तिका साथ काम गर्दैनन्, तिनीहरू आफ्ना शब्दहरूमा स्पष्ट हुँदैनन् र तिनीहरू अन्य मानिसहरू र परमेश्‍वरप्रति दुष्ट र छली हुन्छन्। तिनीहरू अरूलाई धोका दिन चाहन्छन् र परमेश्‍वरलाई पनि धोका दिन चाहन्छन्। तिनीहरूले अरूको पर्यवेक्षण स्वीकार गर्नेछैनन्, परमेश्‍वरको छानबीन स्वीकार गर्ने कुरा त परै जाओस्। जब तिनीहरू अन्य मानिसहरूका बिचमा हुन्छन्, तिनीहरूले भित्र के सोचिरहेका छन् र योजना बनाइरहेका छन्, तिनीहरू कस्ता व्यक्ति हुन् र तिनीहरूले सत्यताप्रति कस्तो मनोवृत्ति राख्छन्, आदि जस्ता कुराहरू अरूले जानेको कहिल्यै चाहँदैनन्; तिनीहरू अरूलाई यीमध्ये कुनै कुरा थाहा होस् भन्‍ने चाहँदैनन् र तिनीहरू परमेश्‍वरलाई पनि अन्धकारमा राख्नका लागि फकाउन चाहन्छन्। त्यसकारण, जब ख्रीष्टविरोधीसँग हैसियत हुँदैन, जब ऊसँग मानिसहरूको समूहमा परिस्थितिलाई हेरफेर गर्ने अवसर हुँदैन, तब वास्तवमा कसैले पनि उसको वचन र कार्यहरूको पछाडि के छ भनेर पत्ता लगाउन सक्दैन। मानिसहरूमा कौतूहलता हुनेछ: “उसले हरेक दिन केका बारेमा सोचिरहेको हुन्छ? के उसले कर्तव्य पालन गर्नुको पछाडि उसको कुनै अभिप्राय छ? के उसले भ्रष्टता प्रकाश गरिरहेको छ? के उसले अरूप्रति कुनै ईर्ष्या वा घृणा महसुस गर्छन्? के तिनीहरूमा अन्य मानिसहरूविरुद्ध कुनै पूर्वाग्रहरू छन्? अरूले भनेका कुरामा तिनीहरूको धारणा के छ? कुनै कुराहरूको सामना गर्दा तिनीहरू के सोच्छन्?” ख्रीष्टविरोधीहरूले आफूलाई के भइरहेकेको छ भनेर अरूलाई कहिल्यै बताउँदैनन्। यदि तिनीहरूले कुनै विषयमा आफ्नो रायका बारेमा कुनै शब्दहरू व्यक्त नै गरे पनि, तिनीहरू अस्पष्ट र संदिग्ध हुने छन्, तिनीहरूले घुमाएर कुरा गर्नेछन् ताकि अरूले तिनीहरूले व्यक्त गर्न खोजिरहेको कुरा थाहा पाउन नसकून् र तिनीहरूले के भन्‍न चाहेका हुन् वा के व्यक्त गर्न खोजिरहेका हुन भन्‍ने थाहा नपाऊन्, अनि सबैजना आफ्नो टाउको कन्याउनुपर्ने अवस्थामा पुग्छन्। त्यस्तो व्यक्तिले हैसियत प्राप्त गरेपछि, उसले अन्य मानिसहरू वरपर आफ्नो व्यवहारमा अझ बढी गोपनीय बन्छ। उसले आफ्ना महत्त्वाकाङ्क्षा, प्रतिष्ठा, छवि र आफ्नो नाम, आफ्नो हैसियत र मर्यादा आदिको सुरक्षा गर्न चाहन्छ। त्यसकारण ऊ कसरी काम गर्छ वा काम गर्ने उसको मनसाय के हो भन्‍ने बारेमा खुलस्त हुन चाहँदैन। जब उसले गल्ती गर्छ, भ्रष्ट स्वभाव प्रकाश गर्छ वा जब उसको कार्यको पछाडि मनसाय र अभिप्रायहरू गलत हुन्छन्, ऊ खुलस्त भएर अरूलाई यसका बारेमा थाहा दिन चाहँदैन र उसले प्रायः दाजुभाइ र दिदीबहिनीहरूलाई छल गर्न निर्दोषता र सिद्धताको स्वरूप धारण गर्छ। अनि माथि र परमेश्‍वरसँग, ऊ केवल कर्णप्रिय कुराहरू मात्र बोल्छ र प्राय: माथिसँगको सम्बन्ध कायम राख्‍न छली रणनीति र झूटहरूको प्रयोग गर्छ। उसले आफ्नो कामका बारेमा माथिलाई रिपोर्ट गर्दा र माथिसँग कुरा गर्दा, कहिल्यै अप्रिय कुरा बोल्दैन, ताकि कसैले पनि उसको कुनै पनि कमजोर पक्षहरू पत्ता लगाउन नसकोस्। उसले तल के गरेको छ, मण्डलीमा उत्पन्‍न भएका कुनै पनि समस्याहरू, उसको काममा भएका समस्या वा त्रुटिहरू वा उसले बुझ्‍न वा देख्‍न नसक्ने कुराहरूलाई कहिल्यै उल्लेख गर्नेछैन। उसले यी कुराहरूका बारेमा उच्चसँग कहिल्यै सोध्ने वा खोजी गर्ने गर्नेछैन, बरू आफ्नो काममा पूर्ण रूपमा आफ्नो काममा सक्षम भएको, कामको बोझ वहन गर्न सक्षमता भएको छवि र स्वरूप प्रस्तुत गर्छ। उसले मण्डलीमा अवस्थित कुनै पनि समस्याहरूका बारेमा माथि रिपोर्ट गर्दैन र मण्डलीमा कुराहरू चाहे जति नै अवव्यस्थित किन नहून्, उसको काममा देखा परेका त्रुटिहरूको परिमाण वा उसले तल ठ्याक्कै के गरिरहेको छ भन्‍ने कुराहरूलाई बारम्बार ढाक्छ, यी कुराहरूका बारेमा माथिलाई थाहा नदिने वा यसको समाचार सुन्‍न नदिन प्रयास गर्छ, उसले के सम्म पनि गर्छ भने, वास्तविक रूपमा भइरहेका कुराहरूलाई लुकाउने प्रयासमा यी मामलाहरूसँग जोडिएका मानिसहरू वा उसको बारे सत्य थाहा पाएका मानिसहरूलाई टाढाका स्थानहरूमा सरुवा गरिदिन्छ। यी कस्ता प्रकारका अभ्यासहरू हुन्? यो कस्तो प्रकारको व्यवहार हो? के सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यस्तो हो र? एकदम स्पष्ट रूपमा, होइन। यो भूतप्रेतको व्यवहार हो। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत वा प्रतिष्ठालाई असर गर्न सक्ने कुनै पनि कुरालाई लुकाउन, ढाकछोप गर्न, यी कुराहरू अन्य मानिसहरू र परमेश्‍वरबाट लुकाउन सक्दो प्रयास गर्नेछन्। यो तिनीहरूभन्दा माथि र तलकालाई धोका दिनु हो। तिनीहरूले प्रायः आफूभन्दा तलकालाई यसो भन्‍ने छन्, “माथिले मेरा बारेमा उच्च सोच राख्छ र मलाई अति मूल्यवान ठान्छ। माथिले मलाई यस्ता-यस्ता कामहरू खटाएको छ, मलाई यस्तो महत्त्वपूर्ण कामहरू सुम्पेको छन। माथिले मेरो वास्तवमै राम्रो हेरचाह गर्छ, मलाई मेरो कामका लागि मार्गदर्शन दिन्छ र वास्तवमै मेरो जीवनको जिम्मेवारी पनि लिएको छ। माथिले मलाई यस्ता मामलाका कारण काटछाँट गऱ्यो र मैले यसलाई यसरी-यसरी स्वीकार गरेँ र यसका बारेमा मेरो बुझाइ यस्तो-यस्तो छ। हेर परमेश्‍वरले मलाई कति प्रेम गर्नुहुन्छ—उहाँले व्यक्तिगत रूपमा मलाई काटछाँट गर्नुभएको छ र मलाई मेरो काममा व्यक्तिगत मार्गदर्शन दिनुभएको छ।” र माथिप्रति, तिनीहरूले आफ्नो कामका लागि ठूलो जिम्मेवारी लिएको, दाजुभाइ र दिदीबहिनीहरूको गहन रूपमा हेरचाह गरेको र आफ्नो हृदय र बल पूर्ण रूपमा अर्पण गरेको देखावटी गर्छन्, तर तिनीहरूले दाजुभाइ वा दिदीबहिनीले फरक विचार वा राय प्रस्तुत गरेको वा तिनीहरूको काममा भएको कुनै त्रुटि वा विचलनका बारेमा कहिल्यै एक शब्द बोल्नेछैनन्। तिनीहरू तलका मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्‍ने सक्दो प्रयास गर्छन्, जबकि माथिले उनीहरूले वास्तविक कुरा थाहा पाए भने बर्खास्त हुने डरले आफ्नाबारे विभिन्‍न सत्यहरू माथिबाट गोप्य राख्‍न सक्दो प्रयास गर्छन्। के यो आफूभन्दा माथि र तलकालाई धोका दिनु होइन? ख्रीष्टविरोधीले शक्ति कब्जा गरेको क्षणदेखि नै, उसले आफूबारे सत्य लुकाउनका लागि आफूले गर्न सक्ने सबै कुरा गर्छ ताकि कसैले पनि उसको वास्तविक स्थिति, वास्तविक परिस्थिति वा वास्तविक मानवता वा कार्य क्षमताहरूलाई देख्‍न नसकून्। उसले यी कुराहरू लुकाउन सबै प्रकारका रणनीतिहरू र माध्यमहरू प्रयोग गर्नेछ, ताकि उसले बलियो गरी खडा रहन र सदा आफ्नो शक्ति र हैसियतको फाइदाहरूको आनन्द उठाउन सकोस्। आफूभन्दा माथि र तलकलाई धोका दिने काम ख्रीष्टविरोधीहरूले मात्र गर्छन्। के यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? के यो परमेश्‍वरको सेवा गर्ने व्यक्तिसँग हुनुपर्ने प्रकटीकरण हो? के यो सत्यताको पछि लाग्‍ने व्यक्तिसँग हुनुपर्ने प्रकटीकरण हो? (होइन।) त्यसोभए, एउटा ख्रीष्टविरोधीसँग यस प्रकारको प्रकटीकरण, यस प्रकारको स्वभाव हुन्छ भने, के उसको काटछाँट गरिनुपर्छ? (गरिनुपर्छ।)

हामीले भर्खरै ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिनुपर्ने ६वटा कारणहरूका बारेमा कुरा गरेका छौँ। पहिलो तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्नू; दोस्रो, गुप्त चालवाजीमा संलग्‍न हुनु; तेस्रो, अरूलाई यातना दिनु; चौथो, आफ्नै तरिकाले काम गर्नु; पाँचौँ, विशिष्ट विशेषाधिकारहरूमा रमाउनु; र छैटौंँ आफूभन्दा माथि र तलकालाई धोका दिनु। के अरू पनि छन्? (दाजुभाइ र दिदीबहिनीहरूलाई भ्रमित पार्नका निम्ति गर्न विधर्म र झुट फैलाउनु।) (परमेश्‍वरलाई उच्च पार्ने वा उहाँकोगवाही दिने काम कहिल्यै नगर्नु र यसको सट्टा सधैँ आफ्नै गवाही दिनु र मानिसहरूलाई बहकाउन शब्दहरू र धर्मसिद्धान्तहरू प्रचार गर्नु।) (पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई आलोचना गर्नु, आक्रमण गर्नु र घृणा गर्नु।) यी तीन कुराहरूमध्ये कुनचाहिँ हामीले पहिले नै छलफल गरिसकेका छवटा कारणहरूको सारसँग तुलनात्मक रूपमा नजिक छ? (सधैँ आफैलाई उच्च पार्नु र आफ्नै गवाही दिनु अनि परमेश्‍वरको गवाही कहिल्यै नदिनु।) यो तुलनात्मक रूपमा गम्भीर प्रकृतिको छ। यसपछिको दोस्रो भनेको पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई आक्रमण गर्नु र आलोचना गर्नु हो, त्यसपछि मानिसहरूलाई बहकाउन भ्रम फैलाउनु हो। ख्रीष्टविरोधीका केही अन्य विशिष्ट प्रकटीकरणहरू हुनुपर्दछ, तर यिनले लगभग सबै कुराको प्रतिनिधित्व गर्छन्, त्यसैले हामीले आज ती प्रत्येकका बारेमा अनावश्यक विवरणमा जानु पर्दैन। आजको सङ्‍गतिको त्यसमा केद्रित होइन; बरु, आजको केन्द्रीय विषय, कसरी ख्रीष्टविरोधीले काँटछाँटलाई स्वीकार गर्दैन र कसरी उसमा कुनै गलत कार्य गर्दा पश्‍चात्तापको मनोवृत्तिको कमी हुन्छ, र यसको सट्टामा उसले धारणाहरू फैलाउँछ र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छ भन्ने हो। अर्को शब्दमा, ख्रीष्टविरोधीको काटछाँटपछिको मनोवृत्ति, यस मनोवृत्तिको जड र उसको स्वभाव सार वास्तवमा के हो—यो हामीले सङ्‍गति गर्नुपर्ने कुराको केन्द्रबिन्दु हो। हामीले भर्खरै समेटेका अन्य कुराहरू यससँग केही हदसम्म सम्बन्धित साना विषयहरू हुन्। हामीले तिनका बारेमा पहिले नै पर्याप्त रूपमा विस्तारमा छलफल गरिसकेकाले, आज हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा भएको हाम्रो अघिल्लो सङ्‍गतिलाई संक्षेप गर्दै, फराकिलो र सामान्य तरिकामा तिनका बारेमा सङ्‍गति गर्‍यौँ। ख्रीष्टविरोधीहरूसँग यी प्रकटीकरण, यी स्वभाव र सारहरू हुन्छन् अनि तिनीहरूले यस प्रकारका कुराहरू गरेका हुन्छन्, त्यसैले तिनीहरूलाई काटछाँट र अस्वीकार गरिनुपर्छ। यद्यपि, के एउटा साँचो ख्रीष्टविरोधी, जोसँग ख्रीष्टविरोधीको सार छ, उसले आफूले गरेका यी कुराहरू स्वीकार गर्ला वा यी प्रकटीकरणहरू ख्रीष्टविरोधीका हुन् भनेर स्वीकार गर्ला? (अहँ, उसले गर्नेथिएन।) के तिमीहरूले कहिल्यै दियाबलस शैतानले आफूले परमेश्‍वरको विरोध गर्छु भनेर स्वीकार गरेको देखेका छौ? त्यसले परमेश्‍वरको विरोध गर्छु भनेर कहिल्यै स्वीकार गर्नेछैन र त्यसले जस्तोसुकै गल्तीहरू गरे तापनि, त्यसले त्यो गलत थियो भनेर कहिल्यै स्वीकार गर्नेछैन। त्यसोभए, आजको सङ्‍गतिको विषय, ख्रीष्टविरोधीहरूको यस सारको दृष्टिकोणबाट सुरु गरौँ।

आ. ख्रीष्टविरोधीहरूले काटछाँट गरिन नस्विकार्दा कस्तो व्यवहार गर्छन्

क. तिनीहरू आफूले गल्ती गरेको स्विकार्न मान्दैनन्

ख्रीष्टविरोधीले जतिसुकै ठूलो गल्ती गरे तापनि र उसले जतिसुकै दुष्टता गरे तापनि, जब उसको काटछाँट गरिन्छ, उसले गर्ने पहिलो व्यवहार भनेको आफूले गरेको गलत कुरालाई पूर्ण रूपमा इन्कार गर्नु, आफूलाई प्रमाणित गर्नका लागि हायल-कायल भएर कुतर्कको प्रयोग गर्नु हो। यो यस कारणले हुन्छ कि जब तिनीहरूले गल्ती गर्छन्, तिनीहरूमा पश्‍चात्तापको मनोवृत्तिको अभाव हुन्छ, जुन ख्रीष्टविरोधीहरूको एघारौँ प्रकटीकरणमा उल्लेख गरिएको छ। ख्रीष्टविरोधीहरूमा पश्‍चात्तापको मनोवृत्ति हुँदैन, त्यसोभए तिनीहरूले भित्री रूपमा के सोचिरहेका हुन्छन्? तिनीहरूमा किन पश्‍चात्तापको मनोवृत्ति किन हुँदैन? (किनभने तिनीहरू आफूले केही पनि गलत नगरेको कुरामा विश्‍वास गर्छन्।) ठीक हो। ख्रीष्टविरोधीहरूले पटक्कै स्वीकार गर्दैनन् कि तिनीहरूले केही गलत गरेका छन्। त्यसोभए के तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा स्वीकार गर्न सक्षम छन्? यो अझ कठिन छ। यदि तँ ख्रीष्टविरोधीको खुलासा गर्न तथ्यहरूको सूची बनाउन सक्षम हुन्छस् भने, के ऊ यसलाई स्वीकार गर्न सक्षम हुनेछ? यसमा कुनै शङ्‍का नै छैन, ऊ यसलाई स्वीकार गर्न झनै सक्षम हुनेछैन। यस प्रकारका प्रकटीकरणहरूमार्फत, हामी देख्न सक्छौँ कि ख्रीष्टविरोधीको सार परमेश्‍वरलाई प्रतिरोध र उहाँलाई विश्‍वासघात गर्ने हो र तिनीहरूको स्वभाव सत्यताप्रति वितृष्ण हुन्छ, सत्यतालाई घृणा गर्ने र सत्यतालाई पटक्कै प्रेम नगर्ने हुन्छ। तसर्थ, जब ख्रीष्टविरोधीहरूको खुलासा र काटछाँट हुन्छ, तब तिनीहरूले सबैभन्दा पहिले गर्ने भनेकै आफ्‍नो प्रतिरक्षाको लागि विभिन्‍न कारणहरू खोजी गर्नु, पासोबाट आफूलाई मुक्त गर्ने प्रयास गर्न हरप्रकारका बहानाहरू बनाउनु, र यसरी आफ्‍ना जिम्‍मेवारीहरूलाई पन्छ्याउने र माफी पाउने आफ्‍नो उद्देश्य हासिल गर्नु हो। ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको चरित्र, तिनीहरूको कमजोरी र त्रुटिहरू, तिनीहरूको कमजोर पक्ष, र तिनीहरूको साँच्चिकैको क्षमता र काम गर्ने सामर्थ्य देख्लान् भन्‍ने सबैभन्दा बढी डर हुन्छ—त्यसकारण तिनीहरूले देखावटी व्यवहार गर्न र आफ्‍ना कमीकमजोरी, समस्या, र भ्रष्ट स्वभावहरू ढाकछोप गर्नेगरी आफूलाई प्रस्तुत गर्ने सक्दो प्रयास गर्छन्। जब तिनीहरूको दुष्कर्मको भेद खुल्छ, र त्यसको खुलासा हुन्छ, तिनीहरूले सबैभन्दा पहिले यो तथ्यलाई स्वीकार गर्ने वा मान्‍ने, वा आफ्ना गल्तीहरू सुधार्ने र त्यसलाई भराउने सक्दो प्रयास गर्ने गर्दैनन्, बरु तिनीहरू ती कुराहरू ढाकछोप गर्न, आफ्ना कार्यहरूबारे परिचित मानिसहरूलाई झुक्याउन र भ्रममा पार्न, विभिन्न विधिहरू सोच्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूलाई वास्तविक अवस्था नदेखाउन, र तिनीहरूका कार्यहरू परमेश्‍वरको घरको लागि कति हानिकारक छन्, तिनीहरूले मण्डलीको काममा कति धेरै बाधा र अड्चन ल्याएका छन् भन्‍ने कुरा थाहा नदिन प्रयोग गर्ने विभिन्न विधिहरू सोच्छन्। अवश्‍य नै, तिनीहरूलाई माथिकाहरूले थाहा पाउलान् भन्‍ने कुराको सबैभन्दा बढी डर हुन्छ, किनभने माथिकाहरूले थाहा पाए भने, तिनीहरूलाई सिद्धान्तअनुसार निराकरण गरिनेछ र तिनीहरूको खेला खत्तम हुनेछ, र तिनीहरूलाई बर्खास्त गरेर हटाइने नै छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूको दुष्कर्म खुलासा हुन्छ, तब तिनीहरूले गर्ने पहिलो काम भनेको तिनीहरूले कहाँ गल्ती गरेका छन्, कहाँ सिद्धान्तहरू उल्‍लङ्घन गरेका छन्, तिनीहरूले किन त्यस्तो काम गरे, तिनीहरूलाई कस्तो स्वभावले नियन्त्रण गरेको थियो, तिनीहरूका आशयहरू के थिए, त्यो बेला तिनीहरूको स्थिति कस्तो थियो, यो बाटो बिराएर गरिएको थियो कि दूषित आशयहरूका कारणले गरिएको थियो भन्‍ने विषयमा चिन्तन गर्नु होइन। यी कुराहरूका बारेमा चिन्तन गर्नु त कता हो कता, तिनलाई विश्‍लेषण समेत नगरी, तिनीहरू साँचो तथ्यहरूलाई ढाक्नको लागि दिमाग खियाउँछन्। यो सँगसँगै, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूसामु स्पष्टीकरण दिन र आफूलाई सत्य सावित गर्न, तिनीहरूलाई छल्‍न सक्दो प्रयास गर्छन्, ठूला समस्याहरूलाई सानो देखाउँछन्, साना समस्याहरूलाई समस्यारहित देखाउँछन्, र अरूलाई झुक्याएर त्यसबाट उम्कन्छन्, ताकि तिनीहरू परमेश्वरको घरमै रहेर लापरवाहीपूर्वक गलत कार्यहरू गर्न, आफ्नो शक्तिको दुरुपयोग गर्न र मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न जारी राख्न सकून्, र तिनीहरूलई आफ्नो आदर गर्न लगाउन, र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि तिनीहरूलाई जे भन्यो त्यही गर्ने पार्न सक्षम होऊन्। सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूले वास्तवमा के गरिरहेका हुन्छन्? प्रार्थना गर्नलाई परमेश्‍वरको अगाडि आउनु र आफ्ना गल्ती र अपराधहरू स्वीकार गर्नु अनि आफ्ना अभिप्रायहरू र भ्रष्ट स्वभावहरूलाई चिन्‍नुको साटो, ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठाका निम्ति कुराहरू भन्‍ने, कुराहरू गर्ने र आफैँलाई व्यस्त राख्‍ने प्रयासमा दिमाग खियाइरहेका हुन्छन्। तिनीहरूले गरेका गल्तीहरूले मण्डली र दाजुभाइ दिदीबहिनीहरूको काममा ल्याउने नोक्सानीलाई पनि तिनीहरूले स्वीकार गर्दैनन्। यसको साटो, तिनीहरू आफ्नो हृदयको गहिराइमा बारम्बार व्यग्रतापूर्ण रूपले खोजी गरिरहन्छन्: “मैले ठ्याक्कै कहाँ गल्ती गरेको छु? म कहाँ सतर्क भएको छैन, जसको कारण मैले कसैलाई मबाट लाभ लिने अनुमति दिएँ? मैले कहाँ पर्याप्त प्रयास गरेको वा कुराहरूमा पूर्ण रूपमा विचार गरेको छैन, जसको कारण केही गलत भयो र यो आलोचनाको स्रोत या मेरो विरुद्ध उपयोग गर्न सकिने आड बन्यो?” तिनीहरू खान वा सुत्‍न असमर्थ हुने गरी यी कुराहरूका बारेमा बारम्बार सोच्ने र छान्ने गरिरन्छन्। तर ख्रीष्टविरोधीले कहिल्यै आत्म-चिन्तन गर्देन वा आफैँलाई चिन्दैन, उसले परमेश्‍वरसँग प्रार्थना गर्दैन र आफूले केही गल्ती गरेको स्वीकार गर्दैन र उसले परमेश्‍वरको वचनमा आधारित जवाफहरू खोज्दैन, उसले अभ्यास गर्नुपर्ने सत्यताहरू वा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू खोज्दैन र उसले ती दाजुभाइ र दिदीबहिनीहरूको खोजी गर्दैन जसले सङ्‍गतिमा खुल्‍नका निम्ति सत्यता बुझ्छन् र समस्याहरूको समाधान गर्नका निम्ति सत्यता खोजी गर्छन्। उसले कुनै मामला सामना गर्दा, खोजी गर्देन वा समर्पित हुँदैन, बरु, उसले आफ्ना समस्याहरू लुकाउनका लागि आफूसँग भएका हर सम्भव साधनहरूको प्रयोग गर्ने प्रयास गर्छ, यो सोचेर कि जति कम मानिसहरूले उसको बारेमा थाहा पाउँछन्, त्यति नै राम्रो हुन्छ र उसले आफ्नो प्रतिष्ठा र हैसियत सुरक्षित राख्नु नै सर्वोत्तम नीति हो। ख्रीष्टविरोधीहरूको हृदय यति अँध्यारो हुन्छ र तिनीहरू विद्रोहीपन र दुष्टताले भरिएका छन्, तिनीहरूमा परमेश्‍वरप्रति समर्पित हुने अभिप्राय अलिकति पनि छैन। ख्रीष्टविरोधीहरू सधैँ आफ्नो प्रतिष्ठा र हैसियतलाई नोक्सान हुनबाट जोगाउने तरिकाहरू खोजिरहेका हुन्छन्। तिनीहरूलाई सहयोग र मद्दत गर्न तिनीहरूसँग जोसुकैले सत्यता सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्, र मनमनै सोच्छन्: “म सबै कुरा बुझ्छु, मलाई तिमीहरूको सहयोगको आवश्यकता छैन! मलाई समस्या हुँदा पनि, म तिमीहरूभन्दा असल छु। तिमीहरूसँग भएको थोरै बुझाइले तिमीहरूले के मलाई सहयोग गर्न सक्छौ भन्‍ने सोच्छौ? तिमीहरूले वास्तवमै यहाँ आफ्नो क्षमतालाई अत्यधिक मूल्याङ्कन गर्दैछौ!” ख्रीष्टविरोधीहरू यति अहङ्कारी र आत्म-धर्मी हुन्छन्। तिनीहरूले धेरै नराम्रा कामहरू गर्छन्, तैपनि तिनीहरू स्वीकार गर्न इन्कार गर्छन् कि तिनीहरूले केही गलत गरेका छन् वा तिनीहरूमा कुनै समस्या छ। तिनीहरूको हृदयमा, तिनीहरू धेरै हठी हुन्छन् र कसैको पनि कुरा नै सुन्‍ने छैनन्। तिनीहरूले आफ्नो दिमागबाट हटाउन नसक्ने एउटा मात्र कुरा भनेको तिनीहरूको कार्यले पछि तिनीहरूको प्रतिष्ठा र हैसियतमा कस्तो प्रभाव पार्छ भन्‍ने हो। यो नै तिनीहरूलाई सबैभन्दा बढी हैरान पार्ने कुरा हो र यही कुराका बारेमा तिनीहरू सबैभन्दा बढी चिन्तित हुन्छन्।

ख्रीष्टविरोधीले जति नै धेरै गलत काम गरे पनि, जुनसुकै प्रकारका गलत काम गरे पनि, चाहे त्यो परमेश्‍वरको भेटी हिनामिना गर्ने, उडाउने, दुरुपयोग गर्ने होस्, वा मण्डलीको काममा बाधा र अवरोध ल्याएर काम भताभुङ्ग पारेर परमेश्‍वरलाई क्रोध उक्साउने काम नै किन नहोस्, तिनीहरू सधैँ शान्त, स्थिर र पूर्ण रूपमा निस्फिक्री रहन्छन्। ख्रीष्टविरोधीले जस्तोसुकै दुष्कर्म गरे पनि वा यसले जे-जस्ता परिणामहरू ल्याए पनि, तिनीहरू कहिल्यै आफ्‍नो पाप स्विकार्न र पश्‍चात्ताप गर्न तुरिन्तै परमेश्‍वरसामु आउँदैनन्, वा तिनीहरू कहिल्यै आफूलाई उदाङ्गो पार्ने र आफ्‍ना गलत कार्यहरू स्विकार्ने मनोवृत्ति लिएर दाजुभाइ-दिदीबहिनीहरूको अघि आउँदैनन्, आफ्‍ना अपराधहरू र भ्रष्टता कहिल्यै जान्दैनन्, र आफ्‍ना दुष्ट कार्यहरूको कहिल्यै पछुतो गर्दैनन्। बरु, तिनीहरू जिम्‍मेवारीबाट पछि हट्न र आफ्‍नो इज्‍जत र छवि पुनर्स्थापित गर्न अरूमाथि दोष थोपर्न दिमाग खियाउँछन्। तिनीहरू मण्डलीको कामका बारेमा होइन, बरु आफ्नै प्रतिष्ठा र हैसियतमा हानि वा कुनै तरिकाले असर भयो कि भएन भन्‍ने कुरामा ध्यान दिन्छन्। तिनीहरू आफ्ना अपराधहरूले परमेश्‍वरको घरमा पुर्‍याएका क्षतिहरूबारे बिलकुलै विचार गर्दैनन् वा त्यसलाई परिपूर्ति गर्ने उपायहरूबारे कहिल्यै सोच्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो ऋण उतार्ने प्रयास नै कहिल्यै गर्छन्। भन्‍नुको अर्थ, तिनीहरू आफूबाट गलत काम हुन सक्छ वा आफूले गल्ती गरेको छु भनेर कहिल्यै स्वीकार गर्दैनन्। ख्रीष्टविरोधीहरूको हृदयमा, सक्रिय भएर गल्ती स्विकार्नु र तथ्यहरूको इमानदार लेखा दिनु असक्षमता र मूर्खता हो। यदि ख्रीष्टविरोधीहरूका दुष्कर्महरू पत्ता लागे र खुलासा भए भने, तिनीहरूले क्षणिक लापरवाहीले भएको गल्ती भनेर मात्रै स्विकार्छन्, आफू कर्तव्यविमुख र गैरजिम्‍मेवार भएको भनेरचाहिँ कहिल्यै स्विकार्दैनन्, र आफ्‍नो जीवनबाट त्यो कलङ्क हटाउन तिनीहरूले अरू कसैको काँधमा जिम्‍मेवारी थोपर्ने प्रयास गर्छन्। यस्तो बेला, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा पुगेको नोक्सानीको पूर्ति कसरी गर्ने, आफ्‍ना गल्तीहरू स्विकार्न कसरी खुलेर कुरा गर्ने, वा घटेको घटना विवरण परमेश्वरका चुनिएका मानिसहरूलाई दिने भन्‍नेबारेमा चिन्ता गर्दैनन्। तिनीहरू ठूलो समस्यालाई सानोजस्तो देखाउन र सानो समस्यालाई समस्या नै होइनजस्तो देखाउन उपायहरू खोज्‍न मात्रै चिन्ता गर्छन्। तिनीहरूले अरूलाई कुरा बुझाएर आफूप्रति सहानुभूति देखाउने बनाउन वस्तुगत कारणहरू दिन्छन्। अरूको मनमा आफ्‍नो प्रतिष्ठा पुनर्स्थापित गर्न, आफ्‍ना अपराधहरूले आफैमाथि पार्ने अत्यन्तै नकारात्मक असर कम गर्न, र माथिकहाँ आफ्नो खराब छाप पर्न नदिन माथिले तिनीहरूलाई कहिल्यै पनि जवाफदेही तुल्याउन, बर्खास्त गर्न, परिस्थितिको अनुसन्धान गर्न, वा तिनीहरूलाई ठेगान लगाउन नदिनका लागि सक्दो गर्छन्। ख्रीष्टविरोधीहरू आफ्ना हितहरूमा कुनै हानि नहोस् भनेर आफ्‍नो प्रतिष्ठा र हैसियत पुनर्स्थापित गर्न, जति धेरै कष्ट भोग्‍न पनि तयार हुन्छन्, र तिनीहरूले जुनसुकै कठिनाइ समाधान गर्न हर सम्भव विधी सोच्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्‍नो अपराध वा गल्तीको सुरुदेखि नै आफूले गरेका गलत कामहरूको जिम्‍मेवारी लिने अभिप्राय कहिल्यै राखेका हुँदैनन्, तिनीहरूमा आफूले गर्ने गलत कार्यहरूपछाडिका मनसाय, इरादा, र भ्रष्ट स्वभाव स्वीकार गर्ने, त्यसबारे सङ्गति गर्ने, त्यसलाई खुलासा वा चिरफार गर्ने कुनै अभिप्राय हुँदैन, र अवश्य नै तिनीहरूले मण्डलीको काममा आफूबाट भएको हानि र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पुगेको नोक्सानीको भरपाई गर्ने अभिप्राय कहिल्यै राखेका हुँदैनन्। त्यसकारण, तैले यो मामलालाई जुनसुकै परिप्रेक्ष्य हेरे पनि, ख्रीष्टविरोधीहरू आफ्ना गल्ती जिद्दिपूर्वक नस्विकार्ने र पश्‍चात्ताप गर्नुभन्दा बरु मर्न रुचाउने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू छुटकाराको सबै आशा गुमाएका बेसरम र थेत्तर मानिसहरू हुन्, र तिनीहरू जीवित शैतानभन्दा कमका हुँदैनन्। तिनीहरूले मण्डलीभित्र जतिसुकै ठूलो गल्ती गरे तापनि, तिनीहरूले आफ्नो छाती फुलाउँछन् र आफ्नो शिर उच्च राख्छन्, तिनीहरू यसप्रति पूर्ण रूपमा उदासीन रहन्छन्, र यो विश्‍वास गर्छन् कि तिनीहरूले केही पनि गल्ती गरेका छैनन् र तिनीहरूमा पश्चात्ताप गर्ने अलिकति पनि अभिप्राय अलिकति पनि हुँदैन। तिनीहरू आफूले गरेका गल्तीहरूमा कहिल्यै आँसु झार्दैनन्, न त यी कुराहरूका कारण तिनीहरूले कहिल्यै कुनै दुःख वा पश्चात्ताप महसुस गर्छन्। यसको विपरित, यदि तिनीहरूले अनजानमा आफ्नो खुलासा गरेमा पीडा वा दुःख महसुस गर्छन्, जसले अधिकांश मानिसहरूलाई तिनीहरूको वास्तविक अनुहार देख्ने र तिनीहरूलाई अस्वीकार गर्ने तुल्याउँछ। जब तिनीहरूले गल्ती गर्छन् अनि तिनीहरूका कार्यहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुर्‍याएको हुन्छ र मण्डलीको काममा क्षति पुर्‍याएको हुन्छ, तिनीहरूले बोल्ने हरेक शब्द र तिनीहरूले गर्ने सबै कार्यको उद्देश्य यी त्रुटिहरूको क्षतिपूर्ति गर्न वा नोक्सानको भरपाइ गर्नलाई होइन, बरु तिनीहरूले आफ्नै अभिप्रायहरू पालिरहेका हुन्छन् र आफ्नो प्रतिरक्षा गर्न, प्रदर्शन र तमाशा गर्नका निम्ति हर सम्भव विधिहरू तयार गरिरहेका हुन्छन्। तिनीहरूको उद्देश्य धेरै मानिसहरूलाई तिनीहरूले जे गरे त्यो अनजानमा गरिएको थियो भनेर देखाउनु हो, कि तिनीहरू क्षणिक रूपमा मात्र लापरवाह भएका थिए, ताकि तिनीहरूले तिनीहरूको क्षमा प्राप्त गर्न सकून्, तिनीहरूको पक्षमा बोलून् र परमेश्‍वरका चुनिएका मानिसहरूको भरोसा र कृपा प्राप्त गर्न सकून् र यसरी पूर्ण रूपमा फर्की आउने आफ्नो लक्ष्य प्राप्त गर्न सकून्।

कतिपय ख्रीष्टविरोधीहरू, काटछाँट गरिएपछि, आफूलाई किन काटछाँट गरियो भनेर बुझ्‍न, आफ्नो खुलासा भएको मामलामा आफ्नो गल्ती वास्तवमा कहाँ छ भनेर पत्ता लगाउन र तिनीहरूले अगाडि बढ्ने क्रममा यसलाई कसरी सच्याउनुपर्छ भन्नेबारे आत्म-चिन्तन गर्दैनन्। यसको सट्टा, तिनीहरूले काटछाँट गरिने कुराबाट फाइदा उठाउँछन्, तिनीहरूले कसरी काटछाँटलाई स्वीकार गरे, कसरी तिनीहरूले यसबाट पाठ सिके, कसरी तिनीहरू समर्पित हुन सक्षम भए र माथिसँग नजिकको सम्पर्क पछि तिनीहरूले कसरी माथिको प्रशंसा प्राप्त गरे भन्‍ने बारेमा अरूसँग सङ्‍गति गर्छन्। साथ-साथै, यी ख्रीष्टविरोधीहरूले माथिका बारेमा आफ्नो असन्तुष्टि र धारणाहरू फैलाउन तिनीहरूले कसरी काटछाँटलाई स्वीकार गरे भन्‍ने बारेमा सङ्‍गति गरेर एक बनावटी परिस्थिति पनि सिर्जना गर्छन् र मानिसहरूमा यस्तो छाप छोड्छन् कि माथिसँग मानिसहरूको काँटछाँट गर्ने सिद्धान्तहरू नै छैनन्, माथिले मानिसहरूलाई जथाभावी काटछाँट गर्छ र माथि सहानुभूतिहीन छ, त्यसले मानिसहरूको भावनालाई ख्याल गर्दैन र मानव कमजोरीहरूलाई ख्याल गर्दैन, अनि त्यो सबका बावजुद पनि तिनीहरू अझै पूर्ण रूपमा समर्पित भए र अझै पनि तिनीहरूको भागमा परेको कामलाई पूर्ण रूपमा सर्वोत्तम तरिकाले गर्न सक्षम भए, तिनीहरू नकारात्मक, कमजोर वा प्रतिरोधी भएनन्, न त तिनीहरूले हार नै माने। जब एक ख्रीष्टविरोधीले यी सबै कुराहरू भन्छ, उसले मानिसहरूलाई सत्यतामा समर्पित हुन र स्वेच्छाले काटछाँट स्वीकार गर्न असफल मात्र बनाउँदैन, यसको विपरित, उसले मानिसहरूलाई परमेश्‍वरका बारेमा धारणा र रायहरू विकास गर्न अनि परमेश्‍वरविरुद्ध प्रतिरक्षा गर्न प्रेरित गर्छ भने ख्रीष्टविरोधीप्रति ईर्ष्या, प्रशंसा र सम्मानको भावना विकास गर्ने बनाउँछ। एकचोटि यी दुई परिणामहरू उत्पन्‍न भइसकेपछि, मानिसहरूले गर्ने सबैभन्दा ठूलो त्रुटिहरू भनेको ख्रीष्टविरोधी आफ्नो काममा असक्षम भएकोले र उसले लापरवाहीपूर्वक दुष्कर्म गरेकोले उसले के अपराध गऱ्यो, उसले के गल्ती गऱ्यो भन्ने हो र उसले मण्डलीको काममा, परमेश्‍वरको घरमा नोक्सान पुऱ्यायो भन्ने तथ्य हो। यो ख्रीष्टविरोधीको रणनीतिहरू मध्ये एक हो—झूटो प्रतिवाद गर्ने र यसरी अरूलाई बहकाउने। उसले कहिले पनि यस तथ्यको उल्लेख गर्दैन कि उसले परमेश्‍वरको घरको काममा यति धेरै समस्या ल्यायो र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा यति ठुलो नोक्सान पुऱ्यायो किनभने ऊ आफ्नो कर्तव्यमा लापरवाह थियो, ऊ मूर्ख र अज्ञानी थियो, किनभने उसले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गऱ्यो। उसले कहिले पनि यी कुराहरूलाई स्वीकार वा चिरफार गर्दैन, उसले यी मामिलाहरूको तथ्य कहिल्यै उल्लेख गर्दैन, उसले आफू बर्खास्त भएको कारण वा उसलाई किन काटछाँट गरिएको थियो भन्‍ने कुरा कहिल्यै उल्लेख गर्दैन। उसले केवल यही कुरा गर्छ कि माथिले उसलाई कसरी काटछाँट गऱ्यो, माथिको काटछाँट कति क्रूर थियो, माथिले उसँग कति कठोरताका साथ बोल्यो, ऊ कति रोयो, उसलाई कसरी बलीको बोको बनाइयो र उसले कति कष्ट भोग्यो, तैपनि ऊ कसरी सदा झैँ अडिग रह्यो, आफ्नो कर्तव्य निर्विवाद रूपमा निभाइरह्यो। सुरुदेखि अन्तसम्म, के कुनै ख्रीष्टविरोधीमा आफ्नै गल्ती स्वीकार गर्ने मनोवृत्ति अलिकति पनि हुन्छ? (हुँदैन।) जब वास्तविक अवस्था थाहा नपाएका, सत्यता नबुझेका मूर्ख र अज्ञानी मानिसहरूले यसका बारेमा सुन्छन्, तिनीहरूले यसो सोच्छन्, “माथिसँग मानिसहरूलाई कसरी काटछाँट गर्ने भन्‍ने सम्बन्धमा कुनै सिद्धान्तहरू नै छैनन्। कसैले आफ्नो काम चाहे जतिसुकै राम्ररी गरे पनि वा जसरीसुकै मूल्य चुकाए पनि फरक पर्दैन, उसलाईउसै गरी काटछाँट गरिनेछ, त्यसपछि उसले कुनै कमजोरी देखाउन मिल्दैन, ऊ केवल समर्पित हुनुपर्छ।” ख्रीष्टविरोधीको सङ्‍गति र बहकाइको एक चरणपछि र उसले कामकुराहरू गर्ने पर्याप्त प्रयास गरेपछि, उसले प्राप्त गर्ने परिणाम भनेको मानिसहरूको हृदयमा परमेश्‍वरप्रति गलतफहमी र सतर्कता उत्पन्‍न गर्नु हो, ताकि जब मानिसहरूलाई काटछाँट गरिन्छ, तिनीहरूले परमेश्‍वरको हृदयलाई अझ राम्ररी बुझ्‍न वा खुशीसाथ समर्पित हुन र काटछाँट स्विकार्न सक्नुको सट्टा, त्यसपछि तिनीहरूको आफ्नै भ्रष्ट स्वभाव, मूर्खता तथा अज्ञानता अनि तिनीहरू वास्तवमा को हुन् भनेर चिन्नुको सट्टा, तिनीहरूले थप विरोध र प्रतिरोध महसुस गर्ने छन्। ख्रीष्टविरोधीको यस सङ्‍गतिभरि, के उसले कहिल्यै आफूले के गल्ती गऱ्यो भनेर उल्लेख गर्छ? के उसले कहिल्यै आफ्नो गल्ती स्वीकार गर्ने मनोवृत्ति अलिकित पनि देखाउँछ? अलिकति पनि देखाउँदैन। यो पूरै प्रक्रिया दौरान, उसले आफ्नो त्रुटी कहिल्यै स्वीकार गर्दैनन्। के तिमीहरूले कहिल्यै कुनै ख्रीष्टविरोधीले आफूलाई बर्खास्त गरिएपछि उसको गल्तीको कारण परमेश्‍वरको घरमा नोक्सान पुगेको कुरा स्वीकार गरेको सुनेका छौ? (छैन।) यदि त्यो व्यक्ति ख्रीष्टविरोधी हो भने, उसले यसलाई स्वीकार गर्नेछैन। हामीले पहिले केही ख्रीष्टविरोधीहरूका बारेमा कुरा गरेका छौँ, जस्तै त्यो “महिला अगुवा” र केही अन्य कुख्यात ख्रीष्टविरोधीहरू, जसका कार्यहरूले परमेश्‍वरको भेटीमा दशौँ हजारको नोक्सानी पुऱ्यायो, तर अन्तिममा तिनीहरूले आफूले गरेको गलत कुरा कहिल्यै स्वीकार गरेनन्। तिनीहरूले के गल्ती गरे भन्‍ने बारेमा एक शब्द पनि बोलेनन् र यसको सट्टा अरूसँग काम गर्न गाह्रो भएको भन्दै दोष लगाउने कार्य बाहेक अरू केही गरेनन्। तिनीहरूले सबै जिम्मेवारी, गलत काम, दोष अरूको काँधमा थोपरिदिए जबकि सबै असल कुराहरू, सही गरिएका कामहरू र सबै सही निर्णयहरूको श्रेय आफूले लिए। सम्पूर्ण घटनाक्रमभरि, तिनीहरू मुख्य जिम्मेवार व्यक्तिहरू हुँदा पनि, सबै गल्तीहरू अन्य मानिसहरूले नै गरेको दाबी गरे। यदि त्यस्तो हो भने, तिनीहरू के गर्दैथिए? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरलाई नोक्सान पुर्‍याउँछन् र त्यसको जिम्मा अन्य मानिसहरूले लिनुपर्छ। र तैपनि अलिकति उपलब्धि हुँदा, त्यो गर्ने तिनीहरू नै थिए भन्दै ख्रीष्टवोरोधीहरू तुरुन्तै देखा पर्छन्, मण्डलीमा सबैलाई यहाँसम्म कि गैरविश्‍वासीहरूलाई पनि यसका बारेमा थाहा दिनका निम्ति आतुर हुन्छन्। जब तिनीहरूले सानो गल्ती गर्छन्, तिनीहरू त्यसको जिम्मेवारी लिनबाट उम्किन, बलिको बोका खोज्‍न हतार गर्छन्। तिनीहरूले ठूला समस्याहरूलाई साना समस्याहरू जस्तै देखाउँछन् र साना समस्याहरू समस्या नै होइनन् जस्तो देखाउँछन्, कुनै पनि समस्याहरू कोपिला रहँदा नै निमोठ्ने प्रयास गर्छन्। यसो यस कारणले गर्छन् ताकि कसैले पनि यसका बारेमा थाहा नपाओस् र सबैले यसलाई सकेसम्म चाँडो बिर्सिऊन् र वास्तवमा के भएको थियो भन्‍ने बारेमा कसैलाई पनि थाहा नहोस्, ताकि तिनीहरूले तुरुन्तै अरूको सम्मान तुरुन्तै फेरि प्राप्त गर्न सकून् र चाँडै आफ्नो पहिलेको हैसियत र शक्ति पुनः प्राप्त गर्न सकून्। जब कुनै ख्रीष्टविरोधीले केही गल्ती गरेको हुन्छ, मानिसहरूले त्यसलाई जतिसुकै व्यावहारिक रूपमा काटछाँट गरे पनि वा एकदम सही कुरा गरे पनि, ऊ प्रतिरोधी, विपक्षी र पूर्ण रूपमा इन्कार्ने हुनेछ र हरू वा प्रमाणहरू भए तापनि, उसले आफ्ना गल्तीहरू स्वीकार गर्न हठपूर्वक इन्कार गर्नेछ र काटछाँटलाई आफ्नो हृदयमा मान्ने वा स्वीकार गर्ने छैन। ख्रीष्टविरोधीले भन्‍ने छ, “यदि म यसमा गलत थिएँ भने पनि, अन्य मानिसहरू पनि यसमा संलग्‍न थिए। तिनीहरूलाई काटछाँट नगरी किन मलाई मात्र गरिन्छ? जवाफदेहीताका लागि किन ममाथि मात्र अनुसन्धान गरिइरहेको छ अरू कोहीलाई किन गरिएको छैन?” चाहे काटछाँट जतिनै सत्यता र वास्तविकताअनुरूप नै किन नहोस्, उसलाई लाग्छ कि उसलाई गलत आरोप लगाइएको छ, उसलाई अन्याय भइरहेको छ, यति धेरै पीडा भोगेपछि र यति धेरै मूल्य चुकाएपछि उसलाई त्यसरी व्यवहार गरिनु हुँदैन र उसलाई एउटा सानो गल्तीका लागि त्यसरी आक्रमण गरिनु हुँदैन। उसले के विश्वास गर्छ भने उसले त्यस प्रकारको काटछाँटलाई स्वीकार नै गर्नु नपर्ने हो। यदि कुनै सामान्य दाजुभाइ वा दिदीबहिनीले उसको काटछाँट गर्छन् भने, उसले तुरुन्तै जवाबी हमला गर्नेछ र यसको प्रतिरोध गर्नेछ, झर्कोफर्को गर्नेछ र आफ्नो क्रोध देखाउनेछ, वा सम्भवतः तिनीहरूको विरुद्धमा हात उठाउने साहस समेत गर्नेछ। यदि माथिले उसको काटछाँट गर्छ भने, ऊ अनिच्छुक रूपमा चुपचाप रहनेछ, तर भित्र उसले आफूले अत्यन्तै अन्याय भोगेको महसुस गर्छ। ऊ अप्रसन्‍न र अनिच्छुक हुन्छ र बारम्बार विकृत तर्कहरू प्रस्तुत गर्दै भन्‍नेछ, “मलाई लाग्छ कि तिमीहरूले यसको बारेमा थाहा पाउनु मेरो दुर्भाग्य हो वास्तवमा, सबै श्रेणीका कैयौँ अगुवाहरू र दाजुभाइ र दिदीबहिनीहरूले यस्ता डरलाग्दा कामहरू गरे जसका बारेमा तिमीहरूलाई थाहा छैन, अनि मचाहिँ पक्राउ परेँ। मेरो भाग्य यति खराब छ!” माथि वा दाजुभाइ र दिदीबहिनीहरूले उसलाई जसरीसुकै काटछाँट गरे पनि, उसले यसलाई जस्तो छ त्यस्तै स्वीकार्न सक्दैन, उसले यस मामलाको सत्यतालाई स्वीकार गर्न र जिम्मेवारी लिन सक्दैन। यस्तो लाग्छ कि जिम्मेवारी र वास्तवमा जे भयो त्यसलाई स्वीकार गर्नाले उसको मृत्यु हुनेछ। उसले आफूले गरेको गल्ती, ऊ यस कुराका लागि जिम्मेवार छ भनेर कहिल्यै पनि स्वीकार गर्नेछैन, यसले परमेश्‍वरको घरलाई ठूलो नोक्सान पुर्‍याएको कुरा त झनै स्वीकार्नेछैन। के यो ख्रीष्टविरोधीको स्वभाव होइन? (हो।) यो ख्रीष्टविरोधीको स्वभाव हो।

जब कुनै ख्रीष्टविरोधीलाई केही गलत गरेकोमा काँटछाँट गरिन्छ, उसले यसलाई स्वीकार गर्दैन र ऊ आफ्नो हृदयको गहिराइबाट समर्पित हुँदैन, न त उसले आफूले पालना गर्नुपर्ने सत्यता र सत्यता सिद्धान्तहरू नै बुझ्छ, न त ऊ पनि गल्ती गर्न सक्षम छ भन्‍ने कुरा नै स्वीकार गर्छ। उसको प्राथमिक विशेषता विश्‍वस्त नहुनु, नस्विकार्नु र नमान्‍नु हो। ख्रीष्टविरोधीहरू मुख्य रूपमा यसरी व्यवहार गर्छन् किनभने तिनीहरू आफू सिद्ध व्यक्ति भएको र आफूले कुनै गल्ती गर्न नसक्ने विश्वास गर्छन्। तिनीहरूका लागि, जसले तिनीहरूलाई गल्ती गरेको आरोप लगाउँछ त्यो नै गलत हुन्छ—त्यो गलत दृष्टिकोण भएको व्यक्ति हो, जसले यस मामलाबारे फरक परिप्रेक्ष्य र अडान राख्छ। ख्रीष्टविरोधीहरूले सोच्छन् कि तिनीहरूलाई काटछाँट गर्ने जो कोहीले पनि त्यसो गर्छन् किनभने उनीहरूले अझै तिनीहरूको शक्ति देख्‍न बाँकी नै छ, कि उनीहरूले तिनीहरूका लागि कुराहरू कठिन बनाइरहेका छन्, तिनीहरूमा गल्ती फेला पारिरहेका छन् र जानाजानी तिनीहरूलाई निशाना बनाइरहेका छन्। के यस किसिमको स्वभाव ख्रीष्टविरोधीको होइन र? (हो।) एउटा ख्रीष्टविरोधीले यसका लागि काटछाँट गरिन स्वीकार गर्नेछैन, न त उसलाई कुनै पश्‍चात्ताप नै हुनेछ, मुख्यतः किनभने उसले आफूलाई गल्ती गर्न सक्ने व्यक्तिका रूपमा कहिल्यै देखेको हुँदैन—ऊ विश्‍वास गर्छ कि ऊ सिद्ध छन् र केवल उसले मात्र गल्ती नगर्न सक्छ। यसले जनाउँछ गर्छ कि उसले आफू धर्मी भएको, सन्त भएको निश्‍चित रूपमा विश्‍वास गर्छ। यदि उसले वास्तवमै आफू भ्रष्ट व्यक्ति हुँ भनेर स्वीकार गर्ने हो भने, उसले यो पनि स्वीकार गर्नुपर्छ कि उसमा भ्रष्टता छ, ऊ गलत काम गर्न सक्षम छ र ऊ मानव भएकोले गल्तीहरू गर्न बाध्य छ। कतिपय मानिसहरू एकदम निर्दोष देखिन्छन्, तर तिनीहरूको मानवता भित्र कुनै कुरा हुन्छ जसलाई मानिसहरूले आफ्नो धारणामा शक्ति मान्छन्, जुन प्रतिस्पर्धा र अरूलाई पछाडि पार्ने चरम उत्सुकता हुन्छ। यी मानिसहरूसँग उत्कृष्ट आत्म-नियन्त्रण हुन्छ र आफैँबाट धेरै मागहरू गर्छन्। तिनीहरू आफैसँग अत्यन्तै कठोर हुन्छन्; तिनीहरूले जे पनि गर्छन्, त्यसमा सिद्धता र सर्वोत्कृष्टताको माग गर्छन्, सानोतिनो गल्ती वा विचलन समेत हुन् दिँदैनन्। साथै, तिनीहरू अवचेतन रूपमा यो विश्‍वास गर्छन् कि तिनीहरूले कुनै गलत काम गर्न सक्दैनन्, किनभने तिनीहरू आफूले गर्ने सबै कुरामा अत्यन्तै सावधान रहन्छन्, तिनीहरू कामकुराबारे विचार गर्न सिपालु हुन्छन्, र त्यसलाई अत्यन्तै राम्ररी गर्छन्; प्रत्येक मामलालाई राम्ररी र पूर्ण रूपमा विचार गर्दै तिनीहरूले कुनै पनि कुरा बिना त्रुटि गर्छन्। फलस्वरूप, तिनीहरू विश्‍वास गर्छन् कि तिनीहरू कहिल्यै गल्ती गर्नेछैनन्। जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूलाई स्वीकार गर्न सबैभन्दा कठिन कुरा भनेकै तिनीहरू गल्ती गर्न सक्षम छन् भन्‍ने तथ्य हो। त्यसैले त्यस्ता मानिसहरूलाई कसरी आत्म-चिन्तन गर्ने भनेर थाहा हुँदैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने नै छन्। तिनीहरूले आफ्नो मानवतामा प्रतिस्पर्धा गर्ने र अरूलाई उछिन्‍ने कुरालाई सकारात्मक कुराका रूपमा हेर्छन् र तिनलाई यसरी पालन गर्छन् मानौँ ती सत्यता सिद्धान्तहरू हुन्; तिनीहरू सोच्छन् कि यदि तिनीहरूले यी सिद्धान्तहरूका आधारमा कुराहरू गर्छन् र आफ्नो कर्तव्य पूरा गर्छन् भने, तिनीहरूले कहिल्यै गल्ती गर्ने छैनन् र यदि त्रुटिहरू भए पनि, तिनीहरूले त्यसलाई परिप्रेक्ष्यको मामलाका रूपमा, फरक दृष्टिकोण भएका मानिसहरूको रूपमा हेर्छन् र सोच्छन् कि निश्‍चित रूपमा यसको मतलब तिनीहरूले गरेको कुरा गलत थियो भन्‍ने होइन। तसर्थ, तिनीहरूलाई कसले काटछाँट गर्छ भन्‍ने कुराले फरक पार्दैन, चाहे काटछाँट वा खुलासा तथ्यहरूअनुरूप होस् कि नहोस्—तिनीहरूले यसलाई स्वीकार गर्नेछैनन्। यदि तिनीहरूले आफूले साँच्चै केही गल्ती गरेको पत्ता लगाए भने, के तिनीहरूले त्यसलाई स्वीकार गर्नेछन्? (तिनीहरूले गर्नेछैनन्।) तिनीहरूले यसलाई स्वीकार गर्नेछैनन्, तिनीहरू तुरुन्तै चुप लाग्‍नेछन् र तिनीहरू नै यसलाई उल्लेख गर्ने अन्तिम व्यक्ति हुनेछन्। तिनीहरूले यस कुरालाई कहिल्यै पनि, उठाउने छैनन्। यदि ख्रीष्टविरोधीले उसको कामका केही त्रुटिहरू वा गल्तीहरू खुलासा गर्ने कसैलाई भेट्छ र ऊ यसबाट लुक्न सक्दैन भन्‍ने देख्छ भने, उसले त्रुटि कसले गऱ्यो भनेर खोजनिती गरिरहेको ढोँग गर्नेछन् र खोजनितीमाथि खोजनिती गरेपछि अप्रत्याशित रूपमा यो पत्ता लाग्छ कि ऊ नै जिम्मेवार थियो। यदि कसैले, “यो अरू कसैले होइन, तैँले नै गरेको हो; तैँले बिर्सेको मात्र हो,” भन्छ भने, ख्रीष्टविरोधीले कस्तो प्रतिक्रिया दिने छ? यी परिस्थितिहरूमा एक सामान्य व्यक्तिले के गर्नुपर्छ? एउटा लाज भएको सामान्य व्यक्ति रातोपिरो हुनुपर्छ, उसले लज्जित र अप्ठ्यारो महसुस गर्नुपर्छ र तुरुन्तै यो स्वीकार गर्नुपर्छ, “मैले त्यसबारे बिर्सिएँ। मैले यो गरेँ, यो गल्ती मेरै थियो। यसको क्षतिपूर्ति कसरी गर्ने भनेर चाँडै पत्ता लगाऔँ र यसलाई ठिक गरौँ, ताकि त्रुटिले निरन्तरता नपाओस्।” लाज, विवेक र समझ भएको व्यक्तिले तुरुन्तै आफ्नो गल्ती स्वीकार गर्नेछ, त्यसपछि यसलाई समाधान गरेर ठिक गर्नेछ। अर्कोतर्फ, ख्रीष्टविरोधी निर्लज्ज हुन्छ; जब कसैले गल्ती गर्ने व्यक्ति उही हो भनेर पत्ता लगाउँछ, जब तिनीहरूलाई कसैले खुलासा गर्छ र कसैले त्यसको बारेमा थाहा पाउँछ, उसले तुरुन्तै आफ्नो कुरा परिवर्तन गर्नेछ र आफ्नो गल्ती स्वीकार गर्नबाट जोगिन विभिन्न तरिकाहरू सोच्‍नेछ, उसले त्यो गल्ती गर्ने व्यक्ति आफू हो भनेर स्वीकार गर्नबाट जोगिनका लागि—उसले सरासर झुट बोल्‍नेछ र आफ्नै कुरा प्रमाणित गर्न बहस गर्नेछ। ऊ वरपरका सबैलाई यो लाजमर्दो र असहज लाग्‍ने छ, तर ख्रीष्टविरोधीले केही पनि महसुस गर्ने छैन। उसले ठूला समस्याहरूलाई साना समस्याहरू जस्तै देखाउनेछ र साना समस्याहरूलाई समस्यारहित जस्तै देखाउनेछ, त्यसपछि यो मामलालाई कहिले पनि उठाउने छैन। यस मामिलामा, उसको मूर्खता प्रकट भएको हुन्छ, त्यसैले उसले आफ्नो गल्तीलाई खुलेर अस्वीकार गर्नेछ र कैयौँ मानिसहरूको अगाडि झूट बोल्नेछ, जिम्मेवारीबाट पछि हट्ने प्रयास गर्नेछ, उसको अनुहार लाजले रातो-पिरो र उसको मुटुको धड्कन अनियमित हुनेछैन। के ख्रीष्टविरोधीहरूलाई लाज लाग्छ? (लाग्दैन।)

जब केही ख्रीष्टविरोधीहरू भर्खरै बर्खास्त गरिएका हुन्छन्, तिनीहरू गुनासोले भरिएका हुन्छन्; तिनीहरूले घाटाको भावना, तिनीहरूसँग उप्रान्त कुनै हैसियत नभएको, कसैले पनि उप्रान्त तिनीहरूमा विश्‍वास नगर्ने वा तिनीहरूलाई नकुर्ने र तिनीहरूले उप्रान्त हैसियतको फाइदाहरूको आनन्द उठाउन नसक्ने महसुस गर्छन्। तिनीहरूले चुकाएको सबै मूल्यहरू र तिनीहरूले भोगेका विगतका कष्टहरूको कुने मूल्य नै नभएको महसुस गर्छन् र तिनीहरूको हृदय अन्यायको भावनाले भरिएको हुन्छ। यद्यपि, तिनीहरूलाई काटछाँट गरिँदा तिनीहरूले देखाएका कुनै पनि प्रकटीकरणका लागि वा तिनीहरूले जे गलत गरे त्यसका लागि तिनीहरूले अलिकति पनि पछुतो महसुस गर्दैनन्। तिनीहरू यो न्यायोचित नभएको महसुस गर्छन्, तिनीहरूको हृदय गनगन र गुनासोहरूले भरिएको हुन्छ, साथै तिनीहरूमा परमेश्‍वरप्रतिको गलतफहमीहरू पनि हुन्छन्। तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्न नमान्ने र तिनीहरूमा आफ्नो गल्तीको पूर्ति गर्ने, काटछाँटलाई स्वीकार गर्ने, यस बर्खास्तीलाई स्वीकार गर्ने कुनै योजना नहुने मात्र होइन, यसको विपरित, तिनीहरू यसो सोच्छन्: “परमेश्‍वर धर्मी हुनुहुन्‍न। चाहे कसैले जति नै कष्ट भोगेको होस् वा उसले जति नै ठूलो अन्याय भोगेका होस्, उसका लागी त्यो व्यक्त गर्ने ठाउँ नै छैन। यो निकै पीडादायी छ! परमेश्‍वरमा पनि भरोसा गर्न सकिँदैन, मैले सहारा लिन मिल्ने कोही छैन। यदि मैले भविष्यमा परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गरिरहेँ भने पनि, मैले अत्यधिक सावधानीका साथ अगाडि बढ्नुपर्ने हुन्छ र कसैलाई पनि भरोसा गर्न सकिँदैन।” ऊ परमेश्‍वरप्रतिको प्रतिरक्षा र गलतफहमीले भरिएका हुन्छ। यो कस्तो स्वभाव हो? उसले जतिसुकै गल्ती गरे तापनि, मण्डलीको काममा जति नै ठूलो नोक्सानी पुऱ्याए तापनि वा मण्डलीको कामलाई जति नै खतरामा पारे तापनि, ऊ के सोच्छ भने यी कुराहरूलाई सजिलै बेवास्ता गर्न सकिन्छ र उसले कुनै जिम्मेवारी लिनेछैन वा आफ्नो तर्फबाट कुनै त्रुटि स्वीकार गर्नेछैन। यसको सट्टा, उसले आफूसँग भएको सानोभन्दा सानो गुनासो, उसले चुकाएको अलिकति बेकार मूल्यलाई लिएर यसलाई पहाड बनाउनेछ परमेश्‍वरको घरले नै उसलाई निराश पारेको हो, र र परमेश्‍वरले नै उसलाई गलत आरोप लगाउनुभएको हो भन्ने विश्वास गर्नेछ। उसको गल्तीले परमेश्‍वरको घरमा जुन नोक्सानी भएको छ, त्यो उसको मनमा पूर्ण रूपमा महत्त्वहीन हुन्छ। उसले सोच्छ, “यसको हिसाब गर्न आवश्यक छैन, वा यसका बारेमा चिन्ता लिनु आवश्यक छैन। यसलाई कसले हानि भन्‍छ र? जे भए पनि, कुन अगुवाले भेटीको केही हिस्सा फजुल खर्च गर्दैन र? म मात्र कसरी दोषी हुँ र? कुन अगुवाले कहिल्यै परमेश्‍वरको घरलाई नोक्सान पुर्‍याउँदैन र? परमेश्‍वरका भेटीहरू के हुन्? त्यो पैसा सबैको हो, त्यसैले यदि अन्य मानिसहरूलाई त्यो खर्च गर्ने अनुमति छ भने, मलाई किन छैन? अन्य मानिसहरूलाई फजुल खर्च गर्ने अनुमति छ, तर मलाई छैन? यदि हामी परमेश्‍वरको घरमा भएको नोक्सानका बारेमा कुरा गर्छौं भने, अन्य मानिसहरूले मैले भन्दा धेरै नोक्सान पुर्‍याउँछन्। मलाई मात्र किन गम्भीर रूपमा काटछाँट र बर्खास्त गरिएको? जहाँसम्म सिद्धान्तहरू अनुसार काम नगर्ने तर लापरवाहीपूर्वक दुष्कर्म गर्ने कुराको प्रश्‍न छ, कतिपय मानिसहरू यस सन्दर्भमा मभन्दा धेरै खराब छन्, त्यसोभए काटछाँट गरिँदा किन तिनीहरू बर्खास्त गरिँदैनन्? जहाँसम्म मूल्य तिर्ने प्रश्‍न छ, मैले धेरै मानिसहरूभन्दा बढी तिरेको छु। इमानदारिताका सन्दर्भमा मेरो तुलना कोसँग गर्न सकिन्छ? प्रवचनहरूका बारेमा नि? मैले ती अरूभन्दा धेरै दिएको छु। अनि जहाँ सम्म सत्यता बुझ्‍ने कुरा छ, त्यसलाई मभन्दा बढी कसले बुझ्छ? जब माथिबाट काटछाँट गरिने कुरा आउँछ, मभन्दा बढी कसले यसलाई स्वीकार गर्छ? त्याग गर्ने सन्दर्भमा, म भन्दा बढी कसले त्याग गरेको छ? जहाँ सम्म दाजुभाइ दिदीबहिनीहरूलाई मद्दत गर्ने र तिनीहरूका समस्याहरू समाधान गर्ने प्रश्‍न छ, त्यो मभन्दा बढी कसले गर्छ? जब मण्डलीमा दौडधुप गर्ने र काम गर्ने कुरा आउँछ, कसैले पनि मेरो बराबरी गर्न सक्दैन। जब दाजुभाइ र दिदीबहिनीहरूले कसलाई भोट हाल्ने, समर्थन गर्ने र अनुमोदन गर्ने कुरा आउँछ, मभन्दा बढी भोट कसले पाउँछ?” हेर्, यी ख्रीष्टविरोधीहरूले गर्ने तुलनाहरू हुन्। जब तिनीहरू काटछाँटको सामना मात्र गर्छन्, ख्रीष्टविरोधीहरूले केवल सम्बन्धित मामिलाहरूका बारेमा मात्र कुरा गर्छन्। यदि कुनै ख्रीष्टविरोधीले आफूले गरेका सबै गल्तीहरू र आफूले उल्लङ्‍घन गरेका सबै सत्यता सिद्धान्तहरू स्वीकार गऱ्यो भने, यदि उसले काँटछाँट स्वीकार गर्न र ऊ त्यसमा समर्पित हुन सक्यो भने, यदि उसले त्यसउप्रान्त सिद्धान्तहरूमा आधारित भएर कार्य गऱ्यो भने र मण्डलीको काममा भएको नोक्सानीको पूर्ति गर्न सक्दो प्रयास गऱ्यो भने, के परमेश्‍वरको घरले उसको मामलाहरूमा अनुसन्धान गरिरहनेथ्यो? के त्यसले उसको निन्दा गर्नेथ्यो? के यसले उसलाई नरकमा फ्याँक्नेथ्यो? के उसले स्पष्टीकरण दिन र बहाना बनाउन यति धेरै प्रयास गर्नु आवश्यक छ? के उसलाई आफ्ना गुनासाहरूका बारेमा यसरी घुमाउरो तरिकामा गनगन गरिरहनु आवश्यक छ? के साँच्चै उसमा भ्रष्ट स्वभाव नभएको र ऊ गल्ती गर्न असमर्थ भएको हुन सक्छ? यति धेरै प्रवचनहरू सुनेपछि, के उसलाई अझै पनि ऊ वास्तवमा कस्तो प्रकारको वस्तु हो भनेर थाहा हुँदैन? थोरै काटछाँट गरिएपछि, उसले अन्याय भएको महसुस गर्छ—यदि उसले कुनै दुष्टता गरेन भने, उसलाई काटछाँट गर्न को इच्छुक हुनेथ्यो वा कसले चाहनेथ्यो? यसबाहेक, यदि ऊ जिम्मेवारी वहन गर्ने अगुवा नभएको भए, उसलाई काटछाँट गर्न को इच्छुक हुनेथ्यो? परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुहुन्छ, तिनीहरूलाई मण्डलीको जीवन बिताउने अनुमति दिनुहुन्छ र मानिसहरूले कुन बाटो लिन्छन् र के पछ्याउँछन् भन्‍ने कुरा, तिनीहरूको आफ्नै व्यक्तिगत विषय हो। यसमा कसैले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले परमेश्‍वरको घरमा अगुवाका रूपमा, एक पर्यवेक्षकका रूपमा, यदि तिनीहरूले गल्ती गरे भने, यसले परमेश्‍वरको घरमा पुऱ्याउने नोक्सानी कुनै सानो मामला हुनेछैन र तिनीहरूले केही गलत कुरा भनेमा, त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूमा पार्ने प्रभाव पनि सानो मामला हुनेछैन, किनभने तिनीहरूले वहन गरेको जिम्मेवारी साधारण व्यक्तिको भन्दा फरक हुन्छ। त्यसकारण माथिले तिनीहरूलाई काटछाँट गर्नु पूर्णतया सामान्य हो। यदि तिनीहरूसँग यो हैसियत नभएको भए वा तिनीहरूले यो जिम्मेवारी नलिएका भए के माथिले त्यसो गर्नेथियो? माथिले कतिजना साधारण विश्‍वासीहरूलाई काटछाँट गरेको छ? तिनीहरूले ठूलो जिम्मेवारी वहन गर्ने र तिनीहरूको कामको दायरा पनि धेरै ठूलो हुने हुनाले, जब पनि तिनीहरूले गल्ती गर्छन्, त्यसको प्रभाव धेरै ठूलो हुन्छ र त्यसैले तिनीहरूको काटछाँट निश्‍चित हुन्छ। यो अत्यन्तै सामान्य कुरा हो। यदि तिनीहरूले काटछाँटलाई पनि स्वीकार गर्न सक्दैनन् भने, के तिनीहरू अगुवा हुन लायक छन् त? तिनीहरू त्यसका लागि अयोग्य छन्, तिनीहरू दाजुभाइ र दिदीबहिनीहरूद्वारा निर्वाचित हुन योग्य छैनन्—तिनीहरू त्यसका लागि अयोग्य छन्! जब तिनीहरूले गल्ती गर्छन्, तिनीहरूमा यसको जिम्मेवारी लिने, यसलाई स्वीकार गर्ने साहस समेत हुँदैन। तिनीहरूसँग त्यस्तो समझ पनि छैन, त्यसैले तिनीहरू कसरी अगुवा हुन सक्छन्? तिनीहरू अनुपयुक्त र अयोग्य छन्!

तिनीहरूसँग ख्रीष्टविरोधीहरूको सार हुन्छ भएकै कारण ख्रीष्टविरोधीहरूले आफूले त्रुटि गरेको स्वीकार गर्न सक्दैनन् र त्यसैले जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू जिम्मेवारी लिन वा सत्यता सिद्धान्तहरू खोजी गर्न इच्छुक हुँदैनन्। तिनीहरू यी कुराहरू गर्न इच्छुक नभएकाले र तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्न इन्कार गर्ने भएकाले, के तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन् त? के तिनीहरू परमेश्‍वरको घरको कार्य बन्दोबस्तहरूलाई पूरा गर्न सक्षम हुन्छन् त? बिलकुलै हुँदैनन्। तसर्थ, जब कुनै ख्रीष्टविरोधी अगुवा हुन्छ, उसले आफ्नै उद्यम चलाउनुबाहेक, सम्भवतः परमेश्‍वरको घरको कामलाई फाइदा पुर्‍याउने कुनै कुरा गर्न सक्दैन र सत्यता सिद्धान्तहरूअनुसार कहिल्यै कामहरू गर्नेछैन, न त उसले कहिल्यै परमेश्‍वरको घरको कार्य बन्दोबस्तअनुसार काम पूरा नै गर्नेछन्। चाहे ख्रीष्टविरोधीलाई सानो गल्तीका लागि काटछाँट गरियोस्, वा मण्डलीको कामलाई ठूलो नोक्सान पुर्‍याउने ठूलो भूलका लागि, ऊ आफ्नो गल्ती स्वीकार गर्न असमर्थ हुन्छ र उसले आफूले अपराध गरेको र यस मामलामा आफू परमेश्‍वरप्रति ऋणी भएको कुरा स्वीकार गर्न सक्दैन। यसको विपरित, जुनसुकै बेला होस्, ऊ यसका कारण भएको नोक्सानसँग आफ्नो कुनै सम्बन्ध छ भनेर स्वीकार गर्नु भन्दा त बरु मर्न चाहनेथ्यो, उसले यो यो स्वीकार गर्नेछैन कि ऊ प्राथमिक रूपमा जिम्मेवार छ, उसका कार्यहरू गलत थिए, उसले गलत मार्ग रोज्यो वा उसले सत्यतालाई राम्ररी जानेको भए तापनि उसले जानाजानी दुष्टता गरेर गल्ती गऱ्यो, यस विषयमा आफ्नो पछि हट्न नमिल्ने जिम्मेवारी छ भनेर स्वीकार गर्ने त कुरै छाडौँ। उसले कार्य गर्दा उसका अभिप्रायहरू गलत थिए, उसले कसैसँग सहकार्य गर्न सकेन, उसले मनमानी र स्वेच्छापूर्ण रूपमा काम गऱ्यो, ऊ हैसियतका फाइदाहरूमा रमायो, ऊ आफ्ना कर्तव्यमा लापरवाह भयो र उसले परमेश्‍वरको घरको कामलाई नोक्सान पुर्‍यायो भनेर उसले स्वीकार गर्नेछैन। बरु, उसले त्रुटि गरेपछि, हरेक मोडमा कति कष्ट भोगेको छ, ऊ जेल गयो तर यहूदा कहिल्यै बनेनन्, उसले कति मूल्य चुकाएको छ र परमेश्‍वरको घरको काममा उसले कति ठूलो योगदान दिएको छ भनेर बताउनेछ। उसले यी कुराहरू जताततै फैलाउनेछ र घोषणा गर्नेछ। उसले आफ्नो योगदान र आफूले चुकाएको मूल्यको प्रचार गर्नेबाहेक, उसलाई काटछाँट गर्ने र व्यवहार गर्ने कुरामा परमेश्‍वरको घर गलत र अन्यायपूर्ण थियो भनेर फैलाउनेछ। पश्‍चात्तापको मनोवृत्ति नहुनुको साथै, उसले परमेश्‍वरबारे र परमेश्‍वरको घरले उसलाई कस्तो व्यवहार गर्‍यो भनी सबैतिर आलोचना गर्नेछ। यदि अझ धेरै मानिसले उसले भनेको कुरामा विश्‍वास गर्छन् भने, यदि अझ धेरै मानिसले उसको प्रतिरक्षा गर्ने प्रयास गर्छन् भने, परमेश्‍वरको घरका लागि उसले तिरेको मूल्यलाई मान्यता दिन्छन् र स्वीकार गर्छन् अनि परमेश्‍वरको घर अन्यायपूर्ण थियो र त्यसले ख्रीष्टविरोधीहरूलाई व्यवहार गर्दा अन्याय गरेको छ भन्ने विश्‍वास गर्छन् भने, त्यो ख्रीष्टविरोधीले आफ्नो उद्देश्य हासिल गरेको हुनेछ। ऊ यी कुराहरू गर्न कहिल्यै हिचकिचाउँदैन, आफूलाई रोक्‍ने त परै जाओस्। ऊसँग परमेश्‍वरको भय मान्ने हृदय हुँदैन, झन् पश्‍चात्ताप गर्ने अभिप्राय हुनु त परै जाओस्। उसले कुनै गल्ती गरेपछि, यसलाई स्वीकार गर्न नमान्ने मात्र होइन, यसको विपरित, उसले जिम्मेवारीबाट पछि हट्ने प्रयास गर्छ र साथै, ऊ आफ्नो भावी गन्तव्यका बारेमा अझ बढी चिन्तित हुन्छ। जब कुनै ख्रीष्टविरोधीले आफ्नो गन्तव्य खतरामा परेको देख्छ वा परमेश्‍वरको घरले ऊजस्ता मानिसहरूलाई मलजल गर्ने छैन भन्ने सुन्छ, उसले आफ्नो हृदयको गहिराइमा आफ्नो काटछाँट गर्ने र पर्दाफास गर्ने मानिसहरू र उसको इज्जतमा आँच पुर्‍याउने मानिसहरूप्रति अझ घृणा महसुस गर्नेछ। उसलाई काटछाँट गर्ने सम्पूर्ण प्रक्रियाभरि, ख्रीष्टविरोधीले पटक्कै पश्‍चात्ताप गर्नेछैन। यदि उसले साँच्चै आफ्नो हैसियत र गन्तव्य सुरक्षित हुनेछैन, आफ्नो इच्छा र महत्त्वाकाङ्क्षा कहिल्यै पूरा हुनेछैन भनेर पत्ता लगायो भने, ऊ लड्न तयार हुनेछन् र उसले गोप्य रूपमा आफ्नो धारणा र नकारात्मकता फैलाउन सुरु गर्नेछन्। उसले दाजुभाइ र दिदीबहिनीहरू वा उसलाई काटछाँट गर्ने माथिल्लो तहका अगुवाहरूको आलोचना गर्नेछ र उसलाई काटछाँट कुनै कारण नभएको र उसलाई इज्जत जोगाउन नदिएको भन्दै पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई पनि आलोचना र आक्रमण गर्ने छ। ऊ एकदम समझहीन हो। यस प्रकारको व्यक्तिले जति नै प्रवचनहरू सुने पनि, उसले सत्यता बुझ्‍न सक्दैन, वा उसमा परमेश्वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन; तिनीहरूले परमेश्‍वरमा जति वर्षसम्म विश्‍वास गरेको भए पनि, उसँग हुनुपर्ने विवेक वा समझ हुन सक्दैन। तिनीहरू वास्तवमै दयनीय र घृणित छन्! कुनै ख्रीष्टविरोधीलाई लापरवाहीपूर्वक दुष्कर्म गरेकोमा गम्भीर रूपले काटछाँट गरिएको क्षणदेखि नै, उसले आफूले कुनै गल्ती गरेको छ भनेर कहिल्यै स्वीकार गर्दैन र उसलाई अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गर्ने र परमेश्‍वरको घरको आलोचना गर्ने क्रममा उसलाई एकदमै अन्याय बोध हुन्छ, र अन्तिममा ऊ खुलस्त रूपमा आफ्ना धारणाहरू फैलाउन थाल्छ, लड्न तयार हुन्छ र परमेश्‍वरको घर विरुद्ध सोर मच्चाउन थाल्छ र अन्तिममा निष्कासित हुन्छ। के यी कुनै पनि चरणमा ख्रीष्टविरोधीको व्यवहारमा ख्रीष्टविरोधीका व्यवहारमा अलिकति पनि सामान्य मानवता हुन्छ? विवेक र समझ चाहिँ हुन्छ कि हुँदैन? के त्यसमा सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने कुनै पनि प्रकटीकरणहरू हुन्छन्? के त्यसमा परमेश्‍वरको भय मान्‍ने हृदय अलिकति पनि हुन्छ? अहँ, यी कुनै पनि कुराहरू हुँदैनन्। ख्रीष्टविरोधी अत्यन्तै घृणित, निर्लज्ज र पूर्ण रूपमा समझहीन हुन्छ! जब उसले उप्रान्त हैसियतका फाइदाहरू उठाउन सक्दैनन्, उसले आफूलाई आशाहीन मानेर लापरवाहीपूर्वक कार्य गर्न थाल्छ। ऊ आफ्ना काममा चाहे जति असक्षम र उसको कार्य क्षमतामा जति कमी भए पनि, ऊ अझै पनि हैसियतका लाभहरू र अरूबाट पाउने सम्मान लिन चाहन्छ। उसले हैसियत र प्रतिष्ठालाई आफ्नो जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छ र आफूले जति नै ठूलो त्रुटि गरे पनि, कुनै आत्मग्लानि महसुस गर्दैन। के ऊ मानव नै हो त? ऊ भेडाका भेषमा ब्वाँसो हो। बाहिरबाट हेर्दा, उसले मानिसको छाला पहिरिन्छ र ऊ व्यक्तिजस्तै देखिन्छ, तर भित्र ऊ मानव हुँदैन। ऊ वास्तवमै घृणित छ—ऊ वाकवाकी लाग्ने र घृणास्पद छन्!

ख. तिनीहरू आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्न मान्दैनन्

जब कुनै ख्रीष्टविरोधीको काटछाँट गरिन्छ, तिनीहरूले पश्‍चात्ताप नगर्ने मात्र होइन, धारणाहरू पनि फैलाउँछ र खुलेर आलोचना गर्छ। यसको पहिलो मुख्य कारण यो हो कि तिनीहरूले गल्ती गरेको स्वीकार गर्न मान्दैन। दोस्रो कारण के हो? दोस्रो कारण के हो भने ख्रीष्टविरोधीले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैन। के यो उसले कुनै गल्ती गरेको स्वीकार्न नमान्‍नु भन्दा बढी गम्भीर र ठोस छैन? परमेश्‍वरको काम स्वीकार गर्ने, परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्ने जो कोहीमा पनि हुनुपर्ने न्यूनतम ज्ञान भनेको, सुरुमा उसले मानवहरू भ्रष्ट छन्, तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, तिनीहरूसँग समझ र मानवता छैन, तिनीहरूसँग सत्यता हुँदैन वा तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू ती व्यक्ति हुन् जसले परमेश्‍वरको प्रतिरोध गर्छन् भन्‍ने मान्नुपर्छ। ख्रीष्टविरोधीहरूले मात्र, तिनीहरू अत्यन्तै गहन रूपमा भ्रष्ट छन् र भ्रष्ट मानिसहरू सबै शैतानका हुन् भनेर कहिल्यै पनि स्वीकार गर्नेथिएनन्, तिनीहरू आफैँ दियाबलस र शैतानहरू हुन् भनी स्वीकार गर्नु त परको कुरा हो। विशेष गरी, धेरैजसो मानिसहरूले चिन्तन गर्न, आफूलाई चिन्‍न, र काटछाँट स्वीकार गर्न सक्षम हुने बेलामा, ख्रीष्ट विरोधीहरूले भने आफ्नो स्वभाव भ्रष्ट छ भनेर स्वीकार समेत गर्न सक्दैनन्—यो गम्भीर समस्या हो। म यसलाई गम्भीर किन भन्छु? ख्रीष्टविरोधीहरू सत्यतालाई स्वीकार गर्न असमर्थ भएकाले र तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी विश्‍वास नगर्ने भएकाले, तिनीहरूले आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरका वचनमा भनिएका कुनै पनि कुरा स्वीकार्न मान्दैनन्। कतिपय मानिसहरू भन्छन्, “तपाईँले कसरी भन्‍न सक्नुहुन्छ कि तिनीहरूले त्यो स्वीकार्न मान्दैनन्? तिनीहरूले आफू दियाबलस र शैतानहरू थिए, तिनीहरू परमेश्‍वरका शत्रुहरू थिए भनी स्वीकार गरे।” त्यसलाई स्वीकारोक्तिको रूपमा कसरी गणना गर्ने? एउटा गैरविश्‍वासीले पनि भन्‍न सक्छ कि ऊ एक असल व्यक्ति होइन, तर के त्यसलाई भ्रष्ट स्वभाव हुनुको स्वीकारोक्ति रूपमा गणना गरिन्छ? (गरिन्‍न।) भ्रष्ट स्वभाव भएको साँचो स्वीकारोक्तिको अर्थ सुरुमा आफू कस्तो प्रकारको व्यक्ति हो भनेर जान्‍नु हो। यसको अर्थ परमेश्‍वरले वर्णन गर्नुभएको विभिन्‍न भ्रष्ट स्वभावहरूसँग विभिन्‍न तहमा आफूलाई जोड्न सक्षम हुनु र त्यसमाथि विभिन्‍न स्थितिमा हुँदा आफूले प्रकट गर्ने विभिन्‍न भ्रष्ट स्वभावहरूलाई स्वीकार गर्नु पनि हो। के यी केही ठोस प्रकटीकरणहरू होइनन्? (हुन्।) तर ख्रीष्टविरोधीमा यी कुराहरू हुँदैनन्, किनभने उसले परमेश्‍वरका वचनहरू स्वीकार गर्दैन—बरु तिनलाई तुच्छ ठान्छ। त्यसैले ऊ केवल मानवजातिको भ्रष्ट स्वभावको खुलासा गर्ने परमेश्‍वरका वचनहरू सुन्छ र बस् त्यति नै हो; उसले कहिल्यै पनि आत्मचिन्तन गर्दैन, आफ्नो विश्‍लेषण गर्दैनन् वा आफ्नो हृदयमा गहन रूपमा यी वचनहरूसँग आफूलाई तुलना गर्दैन। अर्को शब्दमा, उसले परमेश्‍वरका यी वचनहरू अनुसार आफ्ना विभिन्‍न प्रकटीकरण, अभिप्राय, विचार र दृष्टिकोणहरूको विश्लेषण र तुलना गर्दैन; उसले यी कुराहरू बिलकुलै गर्दैन। उसले यी कुराहरू नगर्नुले के जनाउँछ? यसले यो जनाउँछ कि, परमेश्‍वरले बोल्नुभएका यी वचनहरू केवल कुराहरू राख्‍ने एउटा तरिका हो, एउटा फरक दृष्टिकोण हो—ती मानिसको स्वभाव, व्यक्तित्व, अभ्यासहरू र सार वर्णन गर्ने एउटा फरक तरिका हुन्, ती कुनै पनि हिसाबले मानिसको स्वभाव परिभाषित गर्ने मापदण्ड होइनन्। ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन् भनेर वर्णन गर्ने यो एक सही तरिका हो। ख्रीष्टविरोधीहरूको मनमा परमेश्‍वरले गर्नुहुने मानवजातिका विभिन्‍न भ्रष्ट स्वभावहरूको खुलासाबारे केवल एक अनुमानित बुझाइ मात्र छ, तर तिनीहरूले यसलाई आफ्नो हृदयको गहिराइमा कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले यसलाई स्वीकार नगर्ने हुनाले, जब तिनीहरूलाई कुनै कुरा आइपर्छ, के तिनीहरू आफ्नो स्वभावलाई नियन्त्रण गर्न, आफ्नो अभ्यासहरू परिवर्तन गर्न र आफ्नो गलत दृष्टिकोणहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गर्दैनन्, जसको अर्थ तिनीहरूसँग भ्रष्ट स्वभाव छ भनेर मान्दैनन्। उदाहरणका लागि अहङ्कारलाई नै लिऔँ—यस स्वभावलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूले यो प्रकट हुने र मानिसमा प्रकाश हुने केही तरिकाहरूका बारेमा कुरा गर्छन। सत्यतालाई पछ्याउने र परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्ने व्यक्तिले परमेश्‍वरका यी वचनहरूसँग उसको आफ्नै व्यवहार र स्वभावलाई दाँज्‍नेछ। उसले यी कुराहरूलाई बारम्बार दाँज्‍नेछ र त्यसपछि स्वीकार गर्नेछ: “ममा अहङ्कारी स्वभाव छ। यसो गर्दा मैले प्रकट गरेको स्वभाव यही हो। मेरा यी विचार, कार्य, मनोवृत्तिहरू अहङ्कारी छन्। अरूसँग व्यवहार गर्ने, आफ्नो काम गर्ने र मेरो कर्तव्यप्रति मेरा यी तरिकाहरू अहङ्कारी छन्।” के त्यो परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार्नु होइन र? (हो।) उसले परमेश्‍वरको वचनहरूलाई मानकको रूपमा हेर्छ र यसलाई आफ्नै व्यवहारसँग तुलना गर्न प्रयोग गर्छ, र जब उसले कुनै सम्बन्ध भेट्टाउँछ, उसले थाहै नपाई स्वीकार गर्छ कि उसमा भ्रष्ट स्वभाव छ, परमेश्‍वरले भन्‍नुहुने सबै कुरा सत्य हो र बिलकुलै झुटो होइन। अहिलेका लागि, मानिसहरूले आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरिसकेपछि त्यसलाई समाधान गर्न परमेश्‍वरका वचनहरूको प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा नजाऔँ। सुरुमा, मानिसहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने बारेमा मात्र कुरा गरौँ। जब स्वीकारोक्तिको कुरा आउँछ, समझ, विवेक र सामान्य सोच भएका अधिकांश मानिसहरूले परमेश्‍वरको वचनबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन् र त्यसपछि, थाहै नपाई स्वीकार गरेर परमेश्‍वरका वचनहरूलाई “आमेन” भन्‍न सक्छन्, परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्छन् र यसरी आफू भ्रष्ट स्वभाव भएका भ्रष्ट मानिस भएको कुरा स्वीकार गर्छन् र परमेश्‍वरको सामुन्‍ने झुक्छन्। एकचोटि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको स्वीकार गरेपछि, परमेश्‍वर, सत्यता र विशेष गरी काँटछाँटप्रति तिनीहरूसँग सही, उपयुक्त मनोवृत्ति हुनेछ। अर्थात्, तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनी स्वीकार गर्दा, जब तिनीहरूको काटछाँट गरिन्छ तिनीहरू थाहै नपाई र अवचेतन रूपमै हृदयबाट यस काटछाँटप्रति समर्पित हुन सक्षम हुनेछन् र यसलाई स्वीकार गर्न इच्छुक हुनेछन्। कतिपय मानिसहरू यस्ता पनि छन् जो अरूले तिनीहरूलाई काटछाँटको माध्यमबाट नियन्त्रण गरून् र ताडना दिऊन् भन्ने चाहन्छन् र तिनीहरूले निकै प्राकृतिक रूपमै काटछाँटप्रति सकारात्मक भावनाहरू विकास गर्छन्; तिनीहरूसँग यसप्रति सकारात्मक, सक्रिय मनोवृत्ति हुन्छ। यी सामान्य मानिसहरू हुन्। असामान्य मानिसहरू ख्रीष्टविरोधीहरू मात्रै हुन्; त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू स्वीकार गर्दैनन्, प्राय तिनलाई घृणाको दृष्टिले हेर्छन् र हृदयमा तिनको प्रतिरोध, आलोचना र निन्दा गर्छन्। तसर्थ, परमेश्‍वरले गर्नुहुने खुलासा र मानिसको भ्रष्ट स्वभावहरूका विशेषतागत वर्णनप्रति तिनीहरूको उही मनोवृत्ति हुन्छ। त्यो कस्तो मनोवृत्ति हो? उदाहरणका लागि, मानिसहरूमा अहङ्कारी स्वभाव हुन्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ र यसको निश्चित प्रकटीकरणहरूको बारेमा कुरा गर्नुहुन्छ। जब कुनै ख्रीष्टविरोधीले यी निश्चित प्रकटीकरणहरूका बारेमा सुन्छन्, उसले यसलाई केवल स्वीकार गर्न मान्दैन, बरु परमेश्‍वरले भन्नुहुने यी निश्चित प्रकटीकरणहरूलाई तुच्छ ठान्ने अवस्थासम्म पुग्छ। उसले किन त्यसो गर्छ? किनभने उसले शैतानको तर्कलाई पछ्याउँछ अर्थात्, सत्यता र सकारात्मक कुराहरूप्रति शैतानको मनोवृत्तिलाई पछ्याउँछन्। ऊ भन्छन्, “तपाईँ यसलाई अहङ्कार भन्‍नुहुन्छ, तर जो सक्षम छन्, तिनीहरूमध्ये को आडम्बरी छैन र? अगुवाइको प्रतिभा भएका मानिसहरूमध्ये, कसले रोबदार तरिकाले बोल्दैन र? हैसियत भएका मानिसहरूमध्ये, को अलिकति आडम्बरी छैन? यीमध्ये कुनै पनि कुराहरू ठूला कुरा होइनन्। यी सबै कुराहरू गैरविश्‍वासीहरूको संसारमा पूर्ण रूपमा सामान्य छन्, तर यहाँ तिमीहरू सबैले तिलबाट पहाड बनाउँदै छौ। साथै, के अरूसँग छलफल नगरी कदम चाल्नुलाई वास्तवमा अहङ्कार मानिन्छ? के त्यो वास्तवमै आफैँ कानून बन्‍नु हो? सक्षम व्यक्तिहरूले निर्णय गर्नुपर्छ र शक्तिको एकाधिकार जामाउन सक्षम हुनुलाई योग्य हुनु भनिन्छ। तिमीहरू जस्ता साधारण मानिसहरूसँग यी कुराहरूको बारेमा कुरा गरेर के फाइदा हुन्छ र? तिमीहरूलाई के थाहा छ? त्यसैले, म अहङ्कारी भएको होइन, म त केवल योग्य र सक्षम छु। यसलाई अगुवाइ क्षमता हुनु भनिन्छ र यो एक जन्मजात प्रतिभा हो। मसँग यस्तो ठूलो योग्यता छ, म जे पनि गर्न सक्छु। परिस्थिति जे भए पनि वा म जुनै समूहमा भए पनि, म हैकम लिन सक्छु—यो नै एक प्रतिभाशाली व्यक्ति हुनु हो! प्रतिभाशाली व्यक्तिहरूमाथि प्रहार गरिनु हुँदैन, न त तिनीहरूको खुलासा नै गरिनु पर्छ। यसको साटो, तिनीहरू जुनसुकै समूहमा भए तापनि, तिनीहरूको सिफारिस गरिनुपर्छ, तिनीहरूलाई उच्च पारिनुपर्छ र महत्त्वपूर्ण भूमिकाहरू दिइनुपर्छ! तिनीहरू सक्षम, नेतृत्व क्षमता भएका प्रतिभाशाली व्यक्तिहरू भएको हुनाले, तिनीहरूमा अगुवाको, प्रमुखको आचरण हुनुपर्दछ। यदि तिनीहरूले यी कुराहरूलाई लुकाउँछन् भने, के त्यो मुखौटा लगाउनु होइन?” तिनीहरूले यो विकृत तर्क र यी विधर्महरूलाई परमेश्‍वरले गर्नुहुने अहङ्कारी स्वभावको खुलासाको आलोचना र निन्दा गर्न प्रयोग गर्छन्, त्यसैले तैँले जे भने पनि, उसले परमेश्‍वरद्वारा वर्णन र परिभाषित गरिएका भ्रष्ट स्वभावका विभिन्‍न प्रकटीकरणहरूलाई कहिल्यै स्वीकार गर्नेछैन। उसले सोच्छ, “परमेश्‍वरले जे भन्‍नुभएको छ त्यो कुराहरू राख्‍ने एउटा तरिका मात्र हो। यो एकदम सकारात्मक, नैष्ठिक र परम्परागत छ, तर यसलाई सत्यताको रूपमा परिभाषित गर्न सकिँदैन। यो केही मानिसहरूको लागि मात्र मिल्छ। उदाहरणका लागि, कतिपय मानिसहरू एकदम सिधा हुन्छन् र तिनीहरूसँग कुनै प्रतिभा हुँदैन, न त तिनीहरू धेरै सक्षम वा बुद्धिमान हुन्छन् र यसमाथि तिनीहरूसँग कुनै अगुवाइ क्षमता हुँदैन। यदि तिनीहरूसँग उपयुक्त सहकर्मी नहुने हो भने, तिनीहरूले कार्य गर्दा अरूसँग परामर्श लिनुपर्दछ र यदि तिनीहरूले त्यसो नगर्ने हो भने, आफ्नो काम वहन गर्न सक्दैनन्—परमेश्‍वरको वचनहरूसँग मेल खाने व्यक्ति यस्तो खालको हुन्छ।” यस्ता तर्कहरू सबै शैतानी विधर्म र झूटहरू हुन्।

परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर ख्रीष्टविरोधीहरूले कहिल्यै विश्‍वास गर्दैनन्, त्यसैले जब पनि तिनीहरूले ती वचन सुन्छन्, तिनीहरूले ती वचनलाई त्यति महत्त्वपूर्ण ठान्दैनन्; तिनीहरू केवल फरिसीहरू जस्तै हुन्, देखाउनका लागि परमेश्‍वरका वचनहरू प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो हृदयमा गहन रूपमा स्वीकार गर्दैनन् वा आफ्नो जीवन र अभ्यासको लक्ष्य बनाउँदैनन्। त्यसैले, जब कुनै ख्रीष्टविरोधीले त्रुटि गर्छ, तब तैँले उसलाई काटछाँट गर्दा वा खुलासा गर्दा उसले गल्ती गरेको स्वीकार गर्नेछैन, अनि तैँले उसले त्यस मामलामा प्रकट गरेका स्वभाव र सारको सन्दर्भमा उसको काटछाँट गर्दा उसले त्यसलाई झनै स्वीकार गर्नेछैन। उसले आफूले गरेको गल्ती स्वीकार गर्न नमाने जस्तै, जब कुनै ख्रीष्टविरोधीले भ्रष्ट स्वभाव प्रकट गर्छ, उसँग भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई इन्कार गर्नका लागि सधैँ कुनै न कुनै कारण, कुनै बहाना, कुनै स्पष्टीकरण हुन्छ। उदाहरणका लागि, जब उसले कुनै निश्‍चित मामलामा अहङ्कारी स्वभाव प्रकट गर्छ, तब उसले के भन्छ भने ऊ हतारमा थियो, शब्दहरूको छनौट गलत भयो र उसले अलिकति चर्को स्वरमा बोल्यो। कसैले ऊ अर्को कुनै मामलामा छली भइरहेको छ र खुलस्त भइरहेको छैन भनेमा, उसले के भन्छ भने अधिकांश मानिसहरूमा कमजोर क्षमता हुन्छ, त्यसैले यदि उसले के भइरहेको छ भन्ने कुराको बारेमा बतायो भने पनि अरूले ती कुरा बुझ्‍ने छैनन् र उसले भनेको कुरालाई गलत बुझ्‍ने छन् र त्यसैले ऊ खुलस्त नभएको हो। उसले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे तापनि, सधैँ बहाना बनाउने र स्पष्टीकरण दिने कुराहरू फेला पार्न सक्छ। समग्रमा, उसले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यो जतिसुकै स्पष्ट देखिने वा गम्भीर भए तापनि, उसले त्यो भ्रष्ट स्वभाव हो भनेर कहिल्यै स्वीकार गर्ने छैन। ख्रीष्टविरोधीहरू प्रायः झूट बोल्छन्, मानिसहरूको सामुन्‍ने एउटा कुरा भन्छन् र तिनीहरूको पछाडि अर्को कुरा गर्छन् र तिनीहरूले कहिले सत्य बोल्छन् र कहिले झूट बोल्छन् भन्‍ने कुरा कसैले पनि बताउन सक्दैन र कसैले पनि थाहा पाउँदैन। यद्यपि, तिनीहरूले कहिले पनि आफू कि इमानदार व्यक्ति होइन, छली व्यक्ति हो कुरा स्वीकार गर्ने छैनन्। यसको विपरित, तिनीहरू प्रायः आफैँलाई जायज ठहराउँछन् र आफूहरू पूर्ण रूपमा निष्कपट छन्, अरूप्रति कति इमानदार छन् र जब अर्को व्यक्तिलाई कुनै कठिनाइ हुन्छ, तिनीहरू आफ्नो हृदयको उदारताका कारण उनीहरूलाई कति मद्दत गर्न चाहन्छन् भनेर व्याख्या गर्छन्। ख्रीष्ट विरोधीहरूले आफूसँग भ्रष्ट स्वभाव छ भनी स्वीकार नगर्ने मात्र होइन, तिनीहरू सधैँ आफूलाई असल देखाउने प्रयास गरिरहेका हुन्छन्, तिनीहरू कसरी असल, दयालु व्यक्ति हुन् भनेर फाइँफुट्टी लगाउँछन्। तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार नगर्ने मात्र होइन, आफूहरू मानिसहरूको निम्ति काम गर्नमा कति महान् छन्, मानिसहरूको समर्थन प्राप्त गर्न र मानिसहरूको हृदय जित्‍नमा आफूहरू कति असल छन् भनेर पनि फाइँफुट्टी लगाउँछन्। तिनीहरू मानिसहरूमाझ कार्य गर्ने र बोल्ने कुरामा कतिको रणनीतिक र सक्षम छन्, कसरी कसैले पनि तिनीहरूभन्दा उत्कृष्ट गर्न सक्दैन र तिनीहरूलाई उछिन्न सक्दैन, कसरी कोही पनि तिनीहरूको पेशामा तिनीहरूभन्दा बढी सक्षम छैन भनेर फाइँफुट्टी लगाउँछन्। जब कुनै ख्रीष्टविरोधीले अलिकति मूल्य तिर्छ, केही उच्च धर्मसिद्धान्त र सैद्धान्तिक कुराहरू प्रचार गर्न सक्ने हुन्छ र मानिसहरूलाई बहकाउनका निम्ति छोटो समयको लागि केही गर्छ र अधिकांश मानिसहरूलाई उसको सम्मान गर्ने बनाउँछ, तब उसले के सोच्छ भने उसले सफलतापूर्वक आफ्नो भ्रष्ट स्वभावलाई ढाकेको छ र मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभावलाई बेवास्ता गर्ने बनाएको छ। त्यसैले ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र आफ्ना भ्रष्ट स्वभावप्रति ख्रीष्टविरोधीहरूले राख्‍ने यस प्रकारको बुझाइ र मनोवृत्तिको आधारमा हेर्दा, जब तिनीहरूको काटछाँट हुन्छ, तब तिनीहरूको पहिलो प्रतिक्रिया यसको विरोध र प्रतिरोध गर्नु, आफूलाई निर्दोष देखाउनका निम्ति गर्न सकिने सबै कुरा गर्नु हुने छ। तिनीहरू आफूले मण्डलीको काममा पुर्‍याएको नोक्सानलाई स्वीकार गर्न नमान्नुका अतिरिक्त, तिनीहरूले यस मामलामा प्रकट गरेको भ्रष्ट स्वभाव र तिनीहरूको भ्रष्ट स्वभावको दबाबमा गरेको त्रुटिलाई पनि स्वीकार गर्न मान्ने छैनन्। ख्रीष्टविरोधीहरूको यस प्रकटीकरण र सारलाई विचार गर्दा, के तिनीहरूले स्वभाव परिवर्तन प्राप्त गर्न सम्भव छ? (छैन।)

मैले कतिपय ख्रीष्टविरोधीहरू भेटेको छु जसले आफ्नो काममा गल्ती गर्छन्, जो अल्छी छन्, आफ्नो काम पूरा गर्दैनन्न् र निश्‍चित कार्यहरूलाई बेवास्ता गर्छन्, जबकि अझै पनि वरपरका मानिसहरूमाथि हैकम चलाउँछन्, जथाभावी दुष्कर्म गर्छन् र आफ्नै तरिकाले काम गर्छन्। जब त्यस्ता ख्रीष्टविरोधीहरूलाई त्यसका निम्ति काटछाँट गरिन्छ, बाहिर तिनीहरू निकै आज्ञाकारी देखिन्छन्, तर पर्दा पछाडि तिनीहरू बिलकुलै पश्‍चात्ताप गर्दैनन्। तिनीहरूको पश्‍चात्ताप नगर्ने मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, तिनीहरूले काटछाँटलाई कत्ति पनि स्वीकार गरेका छैनन्। तिनीहरूले काटछाँटलाई स्वीकार नगरेको कुरालाई मूल्याङ्कन गर्दा, तिनीहरूले आफूसँग भ्रष्ट स्वभावका के कस्ता प्रकटीकरणहरू छन् भनेर कहिल्यै जाँच गरेका छैनन्। यसको सट्टा, काटछाँट गरिएपछि पनि तिनीहरूले आफूले चाहेको कामलाई निरन्तरता दिन्छन्, आफ्नै तरिकाले काम गर्छन्, गुप्त चालबाजीमा संलग्‍न हुन्छन्, आफूभन्दा माथि र तलकालाई धोका दिन्छन्, आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्छन् र विशिष्ट विशेषाधिकारहरूको आनन्द उठाउँछन्, तिनीहरू अलिकति पनि परिवर्तन हुँदैनन्। तिनीहरू किन अलिकति पनि परिवर्तन हुँदैनन्? ठ्याक्कै भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर कत्ति पनि स्वीकार गर्दैनन्, न त तिनीहरूले सत्यतालाई स्वीकार गर्छन्; त्यसैले तिनीहरू, ठूलो शक्ति पाउने र त्यस शक्तिको अधिकतम फाइदा उठाउने मौका छोप्छन् र त्यसपछि त्यस समयको लाभ उठाउँदै आफूले चाहेको काम गर्ने, खराब कामहरू गर्न सक्दो प्रयास गर्ने र परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउने र परमेश्‍वरको घरको सामान्य व्यवस्थालाई कमजोर पार्ने काम गर्छन्। परमेश्‍वरको घरबाट सबै प्रकारका भौतिक सुविधा-सामग्रीहरूको आनन्द उठाउँदै गर्दा, तिनीहरूले कुनै पनि असल कार्य पटक्कै गर्दैनन्। केही सतही काम गर्नु बाहेक, तिनीहरूले लुकीछिपी के गर्छन्? तिनीहरूले भेलाहरू बोलाउँछन्, शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र असम्बन्धित मामिलाहरूमा हस्तक्षेपसमेत गर्छन्—त्यसबाहेक, तिनीहरू वरपरका मानिसहरूमाथि हैकम चलाउँछन्। तिनीहरूले माथिबाट तोकिएको कुनै पनि निश्‍चित काम पूरा गर्दैनन् र तिनीहरू विस्तृत निर्देशन, सुपरिवेक्षण, वा मार्गदर्शन प्रदान गर्न व्यक्तिगत रूपमा देखा पर्दैनन्। तिनीहरू केवल वरपरका मानिसहरूलाई माथि बसेर आदेश दिन्छन् र कहिलेकाँही, जब तिनीहरूसँग वास्तवमै कुनै विकल्प हुँदैन, तब तिनीहरू केही कार्य पूरा गर्न र केही निर्देशनहरू दिन कार्यस्थलमा देखा पर्नेछन्। यो उत्साहको अस्थायी प्रदर्शन मात्र हो र त्यसपछि तुरुन्तै तिनीहरू कतै भेटिन्‍नन्। जब तिनीहरूले कसैको पदोन्‍नति गर्छन् वा कसैलाई पदमा नियुक्त गर्छन्, कसैले पनि त्यो व्यक्ति असल छैन भन्‍न वा त्यसको विरोध गर्न सक्दैन र ख्रीष्टविरोधीहरूले त्यस व्यक्तिको कामको जाँच र सुपरिवेक्षण कहिल्यै गर्ने छैनन्। तिनीहरूले पदोन्‍नति वा नियुक्त गरेको व्यक्तिले जतिसुकै नराम्रो काम गरे तापनि, तिनीहरूले अरू कसैलाई उसको खुलासा गर्ने अनुमति दिँदैनन्, कसैले उसलाई बर्खास्त गर्न सक्दैन र कसैलाई उसको रिपोर्ट गर्ने अनुमति हुँदैन। त्यस व्यक्तिलाई रिपोर्ट गर्ने जो कोही पनि तिनीहरूको शत्रु बन्‍नेछ। तिनीहरूले प्रयोग गरिरहेका व्यक्तिले मण्डलीको काममा जति ठूलो नोक्सान पुर्‍याए पनि, तिनीहरूले जति ठूलो बाधा निम्त्याए पनि, ख्रीष्टविरोधीहरूले तिनीहरूको सुरक्षा गर्न सक्दो प्रयास गर्नेछन् र यदि तिनीहरू त्यसो गर्न असफल भए भने, तिनीहरू त्यस व्यक्तिबाट आफूलाई अलग गर्न हतार गर्नेछन् र आफूलाई जिम्मेवारीबाट तुरुन्त उम्काउनेछन्। ख्रीष्टविरोधीहरूले जेसुकै गरे पनि, चाहे त्यो अरूको अगाडि होस् वा पछाडि, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुँदै हुँदैन। तिनीहरू अविश्‍वासी, भूत र जीवित शैतानहरू हुन् र तिनीहरू अझै पनि निर्लज्ज रूपमा पद कब्जा गर्न र हैसियतका फाइदाहरूको आनन्द लिन चाहन्छन्; तिनीहरू परमेश्‍वरको घरबाट सित्तैमा लाभ उठाउने परजीविहरू हुन्। केही मानिसहरू यस्ता पनि छन्, जो काटछाँट गरिँदा र तिनीहरूले आफ्नो हैसियत कायम राख्‍न नसक्ने देख्दा, तिनीहरू हतोत्साहित, निराश र हतास महसुस गर्छन्। तिनीहरू किन हतास महसुस गर्छन्? तिनीहरू किन हतोत्साहित महसुस गर्छन्? किनभने तिनीहरू आफ्नो हैसियतलाई कायम राख्न सक्दैनन्, तिनीहरूले विशिष्ट विशेषाधिकारहरू र विशेष व्यवहारको आनन्द उठाउने मौका गुमाउँछन् र तिनीहरूलाई उप्रान्त कसैले सम्मान गर्दैन, तिनीहरूको शक्तिसँग खेल्ने दिनहरू समाप्त भएका हुन्छन्। तिनीहरूले आफ्नो लागि सबै कुरा आफैँ गर्न सुरु गर्नुपर्ने हुन्छ—तिनीहरूले उप्रान्त त्यत्तिकै उभिएर आदेश दिने मौका पाउनेछैनन्। तिनीहरू आफ्नो भ्रष्ट स्वभावले ल्याएका परिणामहरूको बारेमा पछुतो वा दुःखी महसुस गर्दैनन्। बरु, तिनीहरू उप्रान्त हैसियतको फाइदाहरू लिन नसक्ने भएकोमा दुःखी हुन्छन्, आँसु बगाउँछन् र नोक्सानीको अनुभूति गर्छन्। कतिपय मानिसहरू त बर्खास्त भएपछि निर्लज्जतापूर्वक बारम्बार अर्को अवसरको माग समेत गर्छन्। मलाई भन, के त्यस्ता मानिसहरूलाई अर्को अवसर दिन सकिन्छ? तिनीहरूले त्यो अवसरलाई कसरी प्रयोग गर्ने मनसाय राख्छन्? तिनीहरू मण्डलीको भरमा बाँच्‍न, सित्तैमा लाभ उठाउन र जथाभावी काम गर्न चाहन्छन्। यदि तिनीहरूलाई अर्को मौका दिइयो भने, के तिनीहरूले आफ्ना भ्रष्ट स्वभावलाई चिन्नेछन्? के तिनीहरू आफैँलाई चिन्‍न सक्षम हुनेछन्? (हुनेछैनन्।) यदि तिनीहरूलाई अर्को अवसर दिइयो भने, के तिनीहरूमा अलिकति लाजको अनुभूति हुनेछ? के तिनीहरूको चरित्र परिवर्तन हुने छ? अर्को अवसर पाउँदा, के तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार काम गर्न थाल्नेछन् र उप्रान्त आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्ने प्रयास नगर्ने गर्नेछन्? (तिनीहरूले गर्नेछैनन्।) तिनीहरूले यी कुनै पनि काम गर्नेछैनन्—के तिनीहरू सकिएका छैनन् त? यदि तिमीहरूलाई काटछाँट गरिएको भए र यो यति गम्भीर कुरा थियो कि माथिसँग तिमीहरूलाई बर्खास्त गर्नु बाहेक अरू कुनै विकल्प थिएन भने, तिमीहरू के सोचिरहेका हुन्थ्यौ? (कि म वास्तवमै बर्खास्त हुनुपर्छ, किनभने मेरो स्वभाव निकै दुष्ट छ, मैले सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने धेरै कार्यहरू गरेको छु, मैले धेरै दुष्टता गरेको छु र मैले मण्डलीको काममा धेरै नोक्सान पुर्‍याएको छु। मलाई बर्खास्त गरिनुपर्छ।) समझ भएको व्यक्तिले सुरुमा आत्मचिन्तन गर्नेछ, “मैले यस समयमा वास्तवमा के गरेँ? मलाई किन काटछाँट गरिएको थियो? के मलाई ती कामहरू गरेको कारण काटछाँट गरिएको थियो र मलाई काटछाँट गरिँदा त्यस व्यक्तिले भनेका कुराहरू के वास्तवमै सही थिए? मैले तिनलाई कसरी स्वीकार गर्नुपर्छ? मैले यो काटछाँटलाई कसरी लिनुपर्छ?” त्यसपछि तिनीहरूले साँच्चै के गरेका थिए भनेर जाँच्‍नेछन्, तिनीहरूका कार्यमा मानव इच्छाको कुनै मिलावट थियो कि थिएन, तिनीहरूमा विवेक र समझ थियो कि थिएन, तिनीहरूले जे गरे त्यो सत्यता सिद्धान्तहरू अनुरूप थियो कि थिएन, तिनीहरूले जे गरे त्यो कति मात्रामा परमेश्‍वरका माग अनुरूप थियो र तिनीहरूले आफ्नै इच्छाअनुसार कतिवटा कामहरू गरे। समझ भएको व्यक्तिले यी पक्षहरूको जाँच गर्नुपर्छ, तिनीहरूले तिनीहरूको हैसियत गुमेको छ कि छैन, यदि परमेश्‍वरको घर तिनीहरूको लागि न्यायोचित भएको छ कि छैन, तिनीहरूको हैसियत नहुँदा मानिसहरूले तिनीहरूको बारेमा के सोच्‍नेछन् वा तिनीहरूको भविष्य र गन्तव्य कस्तो हुनेछ भन्‍ने बारेमा विवाद गर्नुहुँदैन। समझ भएको व्यक्तिले त्यस्ता कुराहरूको बारेमा विवाद गर्नेछैन।

कतिपय ख्रीष्ट विरोधीहरू कति निर्लज्ज हुन्छन्? यी ख्रीष्ट विरोधीहरूलाई बर्खास्त गरिए पछि, यदि दाजुभाइ र दिदीबहिनीहरूले उनीहरूप्रति पहिले जस्तो सम्मानजनक व्यवहार गर्दैनन्, यदि तिनीहरू पहिले जस्तै न्यानो र दयालु हुँदैनन्, बरु उनीहरूलाई रूखो व्यवहार गर्छन् र बेवास्ता गर्छन् भने, यी ख्रीष्ट विरोधीहरूले यसलाई सहन सक्‍नेछैनन्। यी कुराहरूमा तिनीहरू किन यति संवेदनशील छन्, जबकि आफ्नो भ्रष्ट स्वभावबारे त्यति संवेदनशील छैनन्? के त्यो तिनीहरूको स्वभावको हिस्सा हो? के तिनीहरूमा मर्यादा छ? के तिनीहरूसँग लज्जा छ? (छैन।) मानवतामा सबैभन्दा बहुमूल्य दुई कुराहरू लज्जा र सोझोपन हुन्। ख्रीष्ट विरोधीमा यीमध्ये कुनै पनि कुराको कुनै निशान हुँदैन। ख्रीष्ट विरोधीहरू निर्लज्ज हुन्छन् र तिनीहरूले चाहे जति नै भ्रष्ट स्वभावहरू प्रकट गरे तापनि वा दुष्टता गरे तापनि तिनीहरूलाई कुनै अनुभूति हुँदैन, कुनै दोषबोध हुँदैन, तैपनि तिनीहरूले अझै पनि आफ्नो बसाइ लम्ब्याउन र परमेश्‍वरको घरबाट सित्तैको फाइदा उठाउन चाहन्छन्। तिनीहरूलाई काटछाँट र खुलासा गरिएपछि, तिनीहरू बर्खास्त भइसकेपछि र उप्रान्त तिनीहरूसँग कुनै हैसियत नभएपछि, तिनीहरू अझै पनि दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई सम्मानपूर्वक र विनम्रतापूर्वक आदर गरून् भन्‍ने चाहन्छन्। के त्यो अव्यावहारिक छैन? के तिमीहरूलाई ख्रीष्ट विरोधीहरूको यो प्रकटीकरण घृणास्पद लाग्छ? (लाग्छ।) प्रत्येक व्यक्तिले आफूलाई काटछाँट गरिँदा नोक्सानीको भावना महसुस गर्छन्, विशेष गरी यदि तिनीहरूलाई बर्खास्त गरिन्छ र तिनीहरूले आफ्नो हैसियत गुमाउँछन् भने। तिनीहरूलाई अप्ठ्यारो परिस्थितिमा पारिएको र अरूको अगाडि अलिकति लज्जित बनाइएको महसुस हुन्छ र तिनीहरूलाई कसैको सामना गर्न अत्यन्तै लाज लाग्छ। यद्यपि, लज्जाबोध हुने व्यक्तिले बाङ्गो तर्कहरू गर्दैन। बाङ्गो तर्कहरू गर्दैन भन्‍नुको अर्थ के हो? यसको अर्थ सही तरिकामा सबै कुराको सामना गर्न सक्षम हुनु, कामकुराहरूबारे बाङ्गो नसोची र र बाङ्गो कुरा नगरी, र बरु इमानदारीपूर्वक आफूले गरेका गलत कुराहरू स्वीकार गर्नु र निष्पक्ष र तर्कसङ्‍गत रूपमा मामलाको सामना गर्नु हो। निष्पक्ष र तर्कसङ्‍गतको अर्थ के हो? यसको अर्थ यो हो कि, तँलाई कुनै कुराका लागि काटछाँट गरिएकोले, तैँले गरेको काममा गल्ती भएको हुनुपर्छ, तँमा भएको भ्रष्ट स्वभावलाई छोडेर, मानौँ कि यदि तैँले यस मामलामा गडबड गरिस् भने, पक्कै पनि त्यसमा तँ अलिकति जिम्मेवार हुन्छस्; र तँ जिम्मेवार भएको हुनाले, तैँले यसको जिम्मेवारी वहन गर्नुपर्छ र तैँले यो गरेको हो भनेर स्वीकार गर्नुपर्छ। एकपटक तैँले यसलाई स्वीकार गरिसकेपछि, तैँले आफैलाई जाँच गर्नुपर्छ र सोध्नुपर्छ: “यसमा मैले कुन भ्रष्ट स्वभाव प्रकट गरेँ? यदि म भ्रष्ट स्वभावबाट प्रेरित थिइनँ भने, के मेरा कार्यहरूमा मानवीय इच्छा मिश्रित थिए? के यो मूर्खताका कारण भएको थियो? के मेरो पछ्याइसँग, मैले लिइरहेको मार्गसँग यसको केही सम्बन्ध थियो?” यसरी आफैलाई जाँच्‍न सक्षम हुनुलाई तर्कसङ्‍गतता हुनु, लज्जाबोध चिन्नु, कामकुराहरूलाई निष्पक्ष, वस्तुगत तरिकाले हेर्नु, तथ्यहरूसँग मेल खाने रूपमा हेर्नु भनिन्छ। ख्रीष्ट विरोधीहरूमा ठ्याक्कै यही कुराको कमी हुन्छ। जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू सुरुमा यस्तो सोच्छन्, “तपाईँले यति निर्दयी रूपमा म जस्तो सम्मानित अगुवालाई यति धेरै मानिसहरूको अगाडि, मेरो लाजमर्दो रहस्यलाई समेत पर्दाफास गर्ने गरी, कसरी काटछाँट गर्न सक्नुहुन्छ? एक अगुवाको रूपमा मेरो मान खोइ? मलाई काटछाँट गर्ने क्रममा, के तपाईँले त्यसलाई नष्ट गर्नुभएको छैन? अबदेखि मेरो कुरा कसले सुन्‍नेछ? यदि कसैले मेरो कुरा सुन्दैन भने, मैले अगुवाको रूपमा कुनै पनि हैसियत कसरी पाउन सक्छु? के यसले मलाई केवल नाम मात्रको बनाउँदैन? त्यसपछि मैले कसरी हैसियतका लाभहरूको आनन्द उठाउने? के मैले उप्रान्त दाजुभाइ र दिदिबहिनीहरूले चढाएका वस्तुहरूको आनन्द लिन सक्‍नेछैनँ र?” के यो विचार सही छ? के यो सत्यतासँग मेल खान्छ? के यो जायज छ? (छैन।) यो समझविहीन हुनु र बाङ्गो तर्कहरू प्रस्तुत गर्नु हो। मानको अर्थ के हो? अगुवा भनेको के हो? पक्कै पनि तँ भ्रष्टाचाररहित छैनस्? “तेरो लाजमर्दो रहस्य खुलासा गर्नु” भनेको के हो? तेरो लाजमर्दो रहस्य के हो? त्यो तेरो भ्रष्ट स्वभाव हो। तेरो भ्रष्ट स्वभाव अरूको जस्तै छ—त्यो तेरो लाजमर्दो रहस्य हो। तँबारे केही भिन्‍न कुरा छैन, तँ अरूभन्दा श्रेष्ठ छैनस्। तँसँग केही क्षमता छ र तँ केही काम गर्न सक्छस् भन्‍ने कुरा मात्र परमेश्‍वरको घरले देख्यो, त्यसैले यसले तँलाई प्रवर्द्धन र मलजल गर्‍यो र तँलाई केही बढी बहन गर्नका निम्ति विशेष बोझ दियो। तर यसको मतलब तैँले हैसियत पाएपछि, तँमा अब भ्रष्ट स्वभाव छैन भन्‍ने होइन। र तैपनि, ख्रीष्ट विरोधीहरूले यसो भन्दै यसमा अडिन्छन्, “अब मेरो हैसियत भएकोले, तपाईँले मलाई काटछाँट हुँदैन, विशेष गरी यति धेरै मानिसहरूको अगाडि, जसले गर्दा अधिकांश मानिसहरूले मेरो वास्तविक अवस्थाको बारेमा थापा पाउनेछन्।” के यो बाङ्गो तर्क होइन? यस दृष्टिकोणलाई कहाँ लागू गर्न सकिन्छ? बाहिर समाजमा, जब तैँले कसैलाई प्रवर्धन गर्छस्, तैँले तिनीहरूलाई सिद्ध व्यक्तिको रूपमा तिनीहरूको प्रशंसा गर्नुपर्छ र तिनीहरूका लागि, अलिकति पनि त्रुटिबिना, सिद्धताको छवि स्थापना गर्नुपर्छ। के त्यो छलपूर्ण हुँदैन? के परमेश्‍वरको घरले त्यो गर्नेछ? (छैन।) शैतानले त्यही गर्छ र ख्रीष्ट विरोधीहरूले पनि त्यही कुराको माग गर्छन्। शैतान समझविहीन छ र यसरी नै ख्रीष्ट विरोधीहरूमा पनि यस सन्दर्भमा समझको कमी हुन्छ। त्यति मात्र होइन, तर तिनीहरूले बाङ्गो तर्कहरू गर्छन् र अत्यधिक मागहरू राख्छन्। आफ्नो हैसियतको सुरक्षा गर्नका लागि, तिनीहरूलाई काटछाँट गर्ने तरिका र अवसरहरू र कुन कस्तो किसिमको बोल्ने शैली प्रयोग गरिन्छ भन्‍ने कुरा विचार गर्न तिनीहरू माथिलाई अनुरोध गर्छन्। के यो आवश्यक छ? तिनीहरू भ्रष्ट मानिस हुन् र तिनीहरूलाई वास्तविक र साँचो कुराका लागि काटछाँट गरिँदै छ—यसलाई कुनै निश्चित तरिकाले गर्न के आवश्यक छ? के तिनीहरूको प्रवर्धन गर्ने कार्यले दाजुभाइ र दिदीबहिनीहरूलाई हानि गर्नेथिएन र? के तिनीहरूलाई, जो त्यस्ता दुष्ट मानिसहरू हुन्, प्रवर्धन गरिनुपर्छ र तिनीहरूको हैसियत सुरक्षित गरिनुपर्छ, ताकि तिनीहरूले तलका मानिसहरूमाथि जथाभावी खराब कार्यहरू गर्न सकून् र आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्न सकून्? के त्यो दाजुभाइ र दिदीबहिनीहरूका लागि न्यायोचित हुनेछ? के यो तिनीहरूप्रति जिम्मेवारी देखाउनु हो? यो तिनीहरूप्रति जिम्मेवारी देखाउने तरिका होइन। त्यसैले यस्तो व्यवहार गर्ने, यसरी सोच्‍ने र यस्ता किसिमका मागहरू गर्ने ख्रीष्ट विरोधीले विशुद्ध रूपमा बाङ्गो तर्कहरू प्रस्तुत गररिरहेको हुन्छ र जानाजानी समस्या निम्त्याइरहेको हुन्छ, जसमा लाजको सर्वथा अभाव हुन्छ। उसले गरेको गल्तीका लागि काटछाँट गरिँदा, ख्रीष्ट विरोधीले आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैन, न त कुन भ्रष्ट स्वभावले आफूलाई यस्तो काम गर्न लगायो भनेर जाँच नै गर्छ। धेरै बाङ्गा तर्कहरू प्रस्तुत गरेपछि, उसले आफूलाई जाँच्‍न इन्कार गर्ने मात्र होइन, प्रतिकारात्मक उपायहरूका बारेमा पनि सोच्छ। “यसको रिपोर्ट कसले गऱ्यो? यो कुरा माथिकहाँ कसले चुहायो? मैले यो गरेँ भनेर अगुवाहरूलाई कसले रिपोर्ट गऱ्यो? यो को थियो भनेर मैले थाहा पाउनुपर्छ र उसलाई पाठ सिकाउनुपर्छ। मैले सभाहरूमा उसलाई हप्काउनुपर्छ र म कति भयानक छु भनेर देखाउनुपर्छ।” जब उसको काटछाँट गरिन्छ, ख्रीष्ट विरोधीले आफ्नो प्रतिरक्षा गर्न, निस्कने उपाय खोज्‍न, सबै कुरा गर्नेछ, र यसो सोच्नेछ “यस पटक म लापरवाह भएँ र मेरो भेद खुलेको छ, त्यसैले अर्को पटक यस्तो हुन नदिन मैले सक्दो गर्नुपर्छ, अनि माथिलाई र तलका दाजुभाइ र दिदीबहिनीहरूलाई छल्‍न नयाँ उपाय अपनाउनुपर्छ, ताकि कसैलाई थाहा नहोस्। मैले केही सही कार्य गर्दा, मैले अगाडि बढेर यसको श्रेय लिन हतार गर्नुपर्छ, तर गल्ती गर्दा, मैले तुरुन्तै त्यसको जिम्मेवारी अरूमाथि थोपर्नुपर्छ।” के त्यो लाजमर्दो हैन? त्यो अत्यन्तै लाजमर्दो हो! जब एक सामान्य व्यक्तिलाई काटछाँट गरिन्छ, उसले आफ्नो मनको गहिराइमा, निजी रूपमा स्वीकार गर्छ, “म असल छैनँ—ममा भ्रष्ट स्वभाव छ। योभन्दा बढी भन्‍नु बाँकी नै छैन। मैले आत्म-चिन्तन गर्नुपर्छ।” उसले मौन रूपमा सङ्कल्प गर्छ कि यदि फेरि यस्तो परिस्थितिको सामना गर्नुपर्‍यो भने, उसले परमेश्‍वरका माग अनुसार कार्य गर्नेछ। चाहे उसले यो हासिल गर्न सकोस् वा नसकोस्, जे भए पनि, जब उसलाई काटछाँट गरिन्छ, उसले यसलाई आफ्नो हृदयमा तर्कसङ्‍गत तरिकाले स्वीकार गर्छ र उसको समझले उस्लाई बताउँछ कि उसले वास्तवमै केही गल्ती गऱ्यो, अनि उसमा भ्रष्ट स्वभाव भएको कारण, उसले यसलाई स्वीकार गर्नुपर्छ। ऊ हृदयमा कुनै प्रतिरोधविना समर्पित हुन्छ र यदि उसले अलिकति अन्याय महसुस गरे पनि, उसको मुख्य मनोवृत्ति सकारात्मक हुन्छ। ऊ आत्म-चिन्तन गर्न, पछुतो महसुस गर्न र भविष्यमा यस मामलामा उस्तै गल्ती नगर्ने अठोट गर्न सक्षम हुन्छ। अर्कोतर्फ, ख्रीष्ट विरोधीले पछुतो महसुस नगर्ने मात्र होइन, ऊ आफ्नो हृदयमा प्रतिरोधी पनि हुन्छ र ऊ आफूलेले गरिरहेको दुष्टतालाई छोड्न असमर्थ मात्र हुँदैन, उसले अघि बढ्ने अर्को तरिका खोज्‍ने प्रयास समेत गर्छ ताकि उसले आफ्नो दुष्ट व्यवहारलाई निरन्तरता दिँदै जथाभावी दुष्कर्महरू गर्न सकोस्। जब उसको काटछाँट गरिन्छ, उसले आफ्नै भ्रष्ट स्वभाव, तिनीहरूको गलत कार्य स्रोत, उसका अभिप्रायहरू वा उसको भ्रष्ट स्वभाव प्रकट हुँदा ऊ भित्र उत्पन्‍न भएका विभिन्‍न स्थिति र दृष्टिकोणहरूको जाँच गर्दैनन्। उसले कहिल्यै यी कुराहरूको जाँच वा चिन्तन गर्दैन, न त अरू कसैले उसलाई सुझाव, सल्लाह दिँदा वा खुलासा गर्दा यसलाई स्वीकार नै गर्छ। बरु, उसले आफूभन्दा माथिका र आफूभन्दा मुनिका मानिसहरूलाई छल्‍न विभिन्‍न तरिका, साधन र दाउपेचहरूको खोजी गर्ने आफ्ना प्रयास बढाउँछ, ताकि उसले आफ्नो हैसियतको रक्षा गर्न सकोस्। उसले परमेश्‍वरको घरमा बाधा पुर्‍याउनका निम्ति आफ्ना प्रयास बढाउँछ र आफ्नो हैसियतलाई दुष्ट कार्य गर्नका निम्ति प्रयोग गर्छ। ऊ साँच्चै नै आशाविहीनछ!

जब ख्रीष्ट विरोधीहरूले कामको कुनै पनि भागको जिम्मा लिन्छन्, तिनीहरू लापरवाह हुन्छन् र तिनीहरूले दुष्ट मानिसहरू र परमेश्‍वरको घरको काममा बाधा दिनेहरूप्रति आँखा चिम्लन्छन्, वा तिनीहरूले ती व्यक्तिहरूको ढाकछोप समेत गर्छन्, लिप्त समेत हुन्छन् र तिनीहरूको रक्षा समेत गर्छन्। बर्खास्त भएपछि, ख्रीष्ट विरोधीले फरक कर्तव्य लिँदा के ऊ परिवर्तन हुनेछ? (हुनेछैन।) किन त्यस्तो? (उसको प्रकृति सारमा भएको समस्याका कारण।) यस्तो गम्भीर त्रुटि गरेपछि, उसले अझै पनि पश्‍चात्ताप गर्दैन र उसले अझै पनि आफ्नो हृदयमा धारणा र गुनासोहरू पाल्छ, त्यसोभए के उसलाई आफूले गर्ने कुनै पनि कर्तव्यमा अलिकति इमानदार हुन सम्भव हुन्छ? ऊसँग कुनै धारणा वा गुनासोहरू हुनु अघि नै उसले आफ्नो कर्तव्यमा जथाभाबी दुष्कर्म गर्छ, त्यसैले उसमा यस्ता कुराहरू हुँदा, के ऊ आफ्नो कर्तव्यमा इमानदार हुन सम्भव हुन्छ? (हुँदैन।) अनि इमानदारीविना, के ऊ लापरवाह हुनेछ? के उसले जथाभाबी दुष्कर्म गर्नेछ? (गर्नेछ।) तिमीहरूमध्ये कतिपय विश्‍वस्त नहुन सक्छौ, त्यसैले आफै राम्ररी हेर, र त्यो दिन आउनेछ जब तँ विश्‍वस्त हुनेछस्। ख्रीष्ट विरोधी कहिल्यै परिवर्तन हुन सक्दैन र उसलाई चाहे जहाँ राखे पनि ऊ सधैँ खराब नै हुनेछ। सत्यता पछ्याउने कुनै व्यक्तिलाई भ्रष्ट स्वभाव प्रकाश गरेकोमा काटछाँट गरिएपछि, उसमा केही परिवर्तनहरू हुन्छन्। उसको स्थिति अझ राम्रो हुँदै जान्छ, उसको मनोवृत्ति झन्-झन् सक्रिय बन्दै जान्छ, उसको दृष्टिकोण झन्-झन् सकारात्मक बन्दै जान्छ, उसको पछ्याइको लक्ष्य र दिशा झन्-झन् सही बन्दै जान्छ, उसले बढ्दो रूपमा परमेश्‍वरको डर मान्‍ने हृदयको विकास गर्छ र उसको मानवता झन्-झन् सम्मानयोग्य देखिन्छ। यसको विपरित, ख्रीष्ट विरोधीलाई जति धेरै काटछाँट गरिन्छ, त्यति उसको भित्री आक्रोश बढ्छ, ऊ बढी रक्षात्मक बन्छ, उसले आफ्नो हृदयमा त्यति अन्याय महसुस गर्छ र परमेश्‍वरबारे उसको धारणा, घृणा र गुनासोहरू त्यति नै बढ्दै जान्छन्। उसलाई काटछाँट गरिएन भने उसको देहले थोरै मूल्य तिर्न सक्षम हुन्छ, तर जब उसलाई धेरै काटछाँट गरिन्छ, ऊसँग अलिकति पनि इमानदारी हुँदैन। ऊ साँच्चै नै आशारहित हुन्छ! यसलाई आफै अवलोकन गर्—यस प्रकारको व्यक्तिले सधैँ अरूलाई सहायता गर्ने प्रवचनहरू प्रचार गर्दछ, तर ऊ आफैले पटक्कै अभ्यास गर्दैन वा ऊसँग कुनै प्रवेश हुँदैन—यो एउटा विशेषता हो। अर्को विशेषता यो हो कि, उसले जुनसुकै काम गरिरहेको भए तापनि, उसले एकपटक हैसियत पाएपछि, उसले केही पहल गर्न सक्छ र केही उत्साह देखाउन सक्छ, तर ऊ सधैँ लापरवाह हुन्छ र आफ्नो काममा जथाभाबी दुष्कर्म गर्छ। जब उसले हैसियत गुमाउँछ, ऊ लड्न तयार हुन्छ, उसले आफ्नो अवस्थालाई आशारहित ठान्छ र दुस्साहसी र जथाभाबी रूपमा कार्य समेत गर्छ र परमेश्‍वरको डर मान्‍ने हृदयको पूर्ण रूपमा अभाव भएको एक अराजक जङ्‍गलीको रूपमा व्यवहार गर्छ। सारा मानवजातिमाझ, यस प्रकारको व्यक्ति ख्रीष्ट विरोधीको एउटा उत्कृष्ट उदाहरण हो। ऊ अरू मानिसहरूका स्थितिहरूलई निकै स्पष्ट र तार्किक रूपमा, बुझ्‍न सजिलो हुनेगरी चिरफार गर्न सक्षम हुन्छ, र तँलाई यो महसुस गराउँछ कि उसमा पनि आफ्नो बारे यस किसिमको बुझाइ छ। तर जब उसले कुनै प्रकारको गल्ती गर्छ, जब उसले भ्रष्ट स्वभावलाई प्रकाश गरेको हुन्छ र तैँले उसको खुलासा गर्ने र चिरफार गर्ने प्रयास गर्छस्, उसको मनोवृत्ति कस्तो हुन्छ हेर्। ऊ यसलाई स्वीकार गर्न पूर्ण रूपमा अनिच्छुक हुनेछ र उसले यसलाई स्वीकार नगरी, यसको खण्डन गर्ने र आफ्नो प्रतिरक्षा गर्ने सबै तरिकाहरू सोच्‍नेछ। कसैले उसलाई छुन सक्नेछैन, र जसले उसलाई उक्साउँछ, वा उसको कुनै समस्या खुलासा गरिदिन्छ, तिनीहरूले स्वयम्‌लाई समस्यामा पाउनेछन् र तिनीहरूलाई उसको शत्रुका रूपमा व्यवहार गरिने छ।

जब ख्रीष्ट विरोधीसँग हैसियत हुन्छ, ऊ अलिक कठिनाइ सहन र त्यसको सुरक्षा गर्नका लागि अलिकति मूल्य तिर्न सक्षम हुन्छ। ऊ संसारका सबैप्रति दया भएको अनुहार धारण गर्ने, सबैलाई मुक्ति दिन चाहने—एक पाखण्डी अनुहार धारण गर्न पनि सक्षम हुन्छ। यद्यपि, उसले आफ्नो हैसियत गुमाउनेबित्तिकै, उसको सबै परोपकार हराउँछ र तैपनि ऊ अझै पनि विगतमा पाएको समर्थन, सम्मान र विशेष ध्यानमा टाँसिन र आनन्द उठाउन चाहन्छ। ऊ अत्यन्तै निर्लज्ज छ! ख्रीष्ट विरोधी जुनसुकै समूहमा भए तापनि, उसले अरू कसैलाई अलिकति पनि सहायता वा सुधार प्रदान गर्दैन, तैपनि ऊ अझै अरू सबैको समर्थन र सम्मानको आनन्द उठाउन चाहन्छ। चाहे अरू जोसुकैले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरे पनि, ख्रीष्ट विरोधीले आफूसँग पनि सो छ भनेर बोल्नेछैन वा उसले विगतमा कस्तो भ्रष्ट स्वभाव प्रकाश गरेको छ भनेर कुरा गर्नेछैन। उसले कहिल्यै आफ्नो चिरफार गर्दैन र जब उसलाई कुनामा धकेलिन्छ, उसले केवल यसो भन्‍नेछ, “हो, म भूत हुँ, म शैतान हुँ,” त्यति नै हो। उसले यस प्रकारका केही उच्च सुनिने, खोक्रा शब्दहरू मात्र बोल्छ। यदि तैँले उसलाई, “तँमा भूत र शैतान हुनुका निश्चित प्रकटीकरण र प्रकाशहरू कुन-कुन छन्? तैँले काम गर्दा तँसँग कस्ता प्रकारका मनसाय र अभिप्रायहरू हुन्छन्?” भनेर सोधिस् भने, उसले केही पनि भन्‍नेछैन। के ऊ शैतान होइन? त्यो शक्तिमा आएदेखि, ठूलो रातो अजिङ्गरले अनगिन्ती दुष्टताहरू गरेको छ, र त्यसको शासनकालमा त्यसले लगातार आफ्ना गलत कार्यहरूलाई स्वीकार र सुधार गर्दै आएको छ, यस दौरानमा त्यसले त्यसका मानिसहरूमाथिको दुर्व्यवहारलाई झनै बढाउँदै आएको छ। जब तैँले त्यसले आफ्ना गलत कार्यहरू स्वीकार गरेको देख्छस्, तैँले सोच्‍न सक्छस् कि यसले पश्‍चात्ताप गर्नेछ र नयाँ जीवन सुरु गर्नेछ, यसमा स्वीकारोक्तिको मनोवृत्ति छ र यसले सायद फेरि त्यस्ता गल्तीहरू गर्नेछैन। तर त्यसपछि घट्ने घटनाहरू र कामकुराहरूको विकासलाई मुल्याङ्कन गर्दा, ठूलो रातो अजिङ्गरको आफ्ना गलत कार्यहरूको स्वीकारोक्ति केवल आफ्नो छवि र हैसियतको रक्षाका खातिर हो, त्यसले शक्ति जमाई राख्‍न र आफ्ना मानिसहरूलाई दुर्व्यवहार गर्ने थप भयानक कार्यहरू गर्नका लागि मार्ग प्रशस्त गरिरहेको हुन्छ। ख्रीष्ट विरोधीहरू उस्तै हुन्छन्—तिनीहरूसँग दियाबलसहरू, शैतान र ठूलो रातो अजिङ्गरको जस्तै प्रकृति सार हुन्छ। तिनीहरू ढोँग गर्न माहिर हुन्छन् र तिनीहरूमा झूटो बोल्ने बानी हुन्छ; लाज भन्‍ने कुरो तिनीहरूलाई थाहा हुँदैन, तिनीहरू सत्य र सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र सत्यतालाई बिलकुलै स्वीकार गर्दैनन्। यस-अतिरिक्त, तिनीहरू केवल कर्णप्रिय कुराहरू मात्रै बोल्छन् र हर प्रकारका खराब कुराहरू मात्र गर्छन्। दाजुभाइ र दिदीबहिनीहरूका वरिपरि, ख्रीष्ट विरोधीहरूले प्राय: सही कुराहरू भन्छन् र बाहिरबाट सही देखिने कुराहरू गर्छन्, तर जब तिनीहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार कडाइका साथ अभ्यास गर्न, परमेश्‍वरको घरको कामका प्रबन्धहरू लागू गर्न आग्रह गरिन्छ, तब तिनीहरूले त्यस्तो कुनै काम गर्दैनन्, अनि बरु विना कुनै निशान गायब हुन्छन्। यदि तैँले तिनीहरूलाई विना कुनै पर्यवेक्षण, निरीक्षण वा आग्रह छोडिस् भने, तिनीहरूले जथाभाबी दुष्कर्म गर्नेछन् र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नेछन्। शक्ति प्राप्त गर्ने गर्ने आफ्नो उद्देश्य प्राप्त गर्न, तिनीहरूले जुनसुकै कठिनाइ पनि सहनेछन् र कुनै पनि मूल्य तिर्नेछन्। हामी यसबाट देख्‍न सक्छौँ कि ख्रीष्ट विरोधीहरूमा अर्को प्रकारको प्रकृति सार हुन्छ, जुन यो हो कि तिनीहरू स्वार्थी र घृणास्पद हुन्छन्। आफ्नो लागि केही गर्दा अलिकति मूल्य तिर्नुबाहेक, यदि तिनीहरूलाई दाजुभाइ र दिदीबहिनीहरूका लागि, परमेश्वरको घरका लागि, बदलामा केही प्राप्त नगरीकन केही गर्न वा भन्‍न लगाइयो भने, के तिनीहरू यति दयालु हुनेछन्? के तिनीहरूले त्यो बोझ लिनेछन्? (अहँ।) त्यसोभए माथिले तिनीहरूलाई कार्यान्वयन गर्न भनेका कुराहरूको सन्दर्भमा, जब त्यो कामको जाँच गर्ने समय आउँछ, तिनीहरूले तीमध्ये कुनै पनि कार्यान्वयन गरेका हुनेछैनन्। किन त्यस्तो? किनभने त्यसो गर्नाका निम्ति तिनीहरूले आफैलाई थकाउनु पर्ने र पीडा भोग्नुपर्ने हुनेथ्यो; तिनीहरूले मूल्य तिर्नुपर्ने हुनेथ्यो र तिनीहरूले यसबाट धेरै फाइदा नपाउने सम्भावना हुनेथ्यो। त्यसैले, तिनीहरूले बिलकुलै त्यसो गर्नेछैनन्। यदि अधिकांश मानिसहरूले त्यसबाट फाइदा उठाउने भए, यदि अधिकांश मानिसहरूले यसबाट लाभ उठाउने भए, के ख्रीष्ट विरोधी यसको मूल्य तिर्न इच्छुक हुनेथियो? हुनेथिएन। यदि अधिकांश मानिसहरूले त्यसका निम्ति उसलाई सम्मान र सम्झना, आराधना, प्रशंसा गर्ने भएका भए र यदि उसलाई यस राम्रो कार्यका निम्ति पुस्तौँ-पुस्तासम्म याद गरिने भएको भए, उसले कसरी कार्य गर्नेथियो? ऊ तुरुन्तै कार्यमा उत्रिने थियो र अरूभन्दा खुसी भएरका त्यो गर्नेथियो। यो निर्लज्ज कुरा हो, होइन र? शैतान, दियाबलस, साँच्चै निर्लज्ज छ। त्यसले अनगिन्ती दुष्टताहरू गरेको छ, तैपनि सबैजना त्यसप्रति गहन रूपमा आभारी भएको, मानिसहरूले त्यसलाई नजिकबाट पछ्याएऊन् र उसलाई मन पराइरहुन् भन्ने चाहन्छ। त्यसले मानिसहरूलाई निकै दुर्व्यवहार गर्छ, तापनि तिनीहरूले अझै पनि त्यसको प्रशंसा गरून् भन्ने चाहन्छ। ख्रीष्ट विरोधीहरू उस्तै हुन्। ख्रीष्ट विरोधीले कतिवटा प्रवचनहरू सुनेको छ, वा उसले कतिवटा धर्मसिद्धान्तहरू बुझ्छ भन्‍ने कुराले फरक पार्दैन, यदि तैँले उसलाई कुनै काम वा कर्तव्य झारा नटारीकन गर्न भनिस् भने उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई आफ्नै स्वतन्त्र राज्य स्थापना नगर्न वा जथाभाबी दुष्कर्म नगर्न आग्रह गरिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई हैसियतका लाभहरू, आरामको लोभ, हैसियत र विशिष्ट विशेषाधिकारहरूको आनन्दमा लिप्त नहुनआग्रह गरिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई अरूलाई यातना नदिन वा झूट नबोल्न भनिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई भेटीहरूलाई फजुल खर्च नगर्न र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न आग्रह गरिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई आफ्नै गवाही नदिन भनिस् भने, उसले कहिल्यै त्यसो गर्न सक्नेछैन; यदि तैँले उसलाई बदलामा केही प्राप्त नगरी परमेश्‍वरका चुनिएका मानिसहरूका लागि अलिकति मूल्य तिर्न, वा बेनाम रूपमा थोरै मात्र भए पनि काम गर्न भनिस् भने, उसले त्यसो गर्न सक्नेछैन। ऊ के गर्न सक्षम छ त? ऊ जथाभाबी दुष्कर्म गर्न, आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न, आफ्नै गवाही दिन, भेटीहरू फजुल खर्च गर्न, मण्डलीको भरमा बाँच्‍न, अरूलाई यातना दिन, नाराहरू लगाउन, धर्मसिद्धान्तहरू बक्न, मानिसहरूलाई बहकाउनका निम्ति विधर्म र भ्रम फैलाउन, र इत्यादि गर्न सक्षम छ—उसका निम्ति यी कुराहरू गर्नु निकै सहज हुन्छ। के तिमीहरू वरिपरि त्यस्तो कोही छ? उसले शक्ति पाउने बित्तिकै, एकपटक अलिकति मात्रै शक्ति पाए पछि, ऊ परमेश्‍वरको घरको खजानालाई कब्जा गर्न चाहन्छ; उसले जेसुकै किने तापनि, ऊ उच्च गुणस्तर, महँगो र ब्रान्ड भएका कुराहरू प्राप्त गर्न चाहन्छ र उसले यसबारे अरू कसैसँग छलफल गर्दैन वा अरूले भनेको कुरा नै सुन्दैन। एकपटक उसलाई अलिकति शक्ति दिइयो भने उ त्यसमा रमाउँछ। जब उसलाई अलिकति शक्ति दिइन्छ, ऊ गुटहरू बनाउन र आफ्नै तरिकाले कामकुरा गर्न चाहन्छ, र माथि वा अरू कसैको कुरा सुन्‍न इन्कार गर्छ। जब उसलाई अलिअक्ति शक्ति दिइन्छ, उसले आफू ईश्वर भएको महसुस गर्छ र आफ्नै गवाही दिन चाहन्छ ताकि अरूले उसको समर्थन गरून्, र ऊ आफ्नै गुट, आफ्नै गिरोह बनाउन चाहन्छ। जब उसलाई अलिकति शक्ति दिइन्छ, ऊ दाजुभाइ र दिदीबहिनीहरू उसको पकड भित्र कडा रूपमा नियन्त्रित भएको चाहन्छ। यदि परमेश्‍वरको घरको कामले कसैलाई ऊबाट टाढा सरुवा गर्न आवश्यक ठान्यो भने, त्यो एकदम कठिन हुनेछ। उसले यसलाई अनुमोदन गर्नैपर्ने हुन्छ र कसैले ऊसँग यसबारे छलफल गर्नुपर्ने हुन्छ, अनि उसले त्यस व्यक्तिबाट आफूलाई मन नपर्ने मनोवृत्ति स्वीकार गर्नेछैन। सारा संसारले ऊसँग शक्ति र प्रभाव छ भनेर जानेको ऊ चाहन्छ र सबैजनाले ऊप्रति सम्मानजनक र विचारशील व्यवहार गर्नैपर्छ। यो आम रूपमा पहिचान गरिएको तथ्य हो। ख्रीष्ट विरोधीले आफूमा भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्नेछैन। यसलाई आफै अवलोकन गर—आफूमा भ्रष्ट स्वभाव छ भनी स्वीकार नगर्नेहरूले केही गलत गरेपछि र भ्रष्ट स्वभाव प्रकाश गरेपछि पश्‍चात्ताप गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू कुन दिशामा विकासित हुन्‍छन् र अन्तमा कस्तो मार्ग लिन्छन्, आफ्नो कर्तव्य पूरा गर्दा र अरूसँग अन्तरक्रिया गर्दा कसरी व्यवहार गर्छन्, हैसियतको सन्दर्भमा कसरी व्यवहार गर्छन् र काम गर्ने तिनीहरूको तरिका र विधिहरू के-के हुन्। के तिमीहरूले यो खुट्टयाउन सक्नेछौ? यदि तिमीहरू यी कुराहरूको निष्कर्षमा आउन सक्छौ भने, तिमीहरूसँग केही सुझबुझ छ।

ग. परमेश्वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न नमान्नु

ख्रीष्ट विरोधीहरूले काँटछाँट स्वीकार्न नमान्‍नु र कुनै गलत काम गर्दा तिनीहरूमा पश्‍चात्तापको मनोवृत्तिको अभाव हुनुको तेस्रो कारण छ, जुन यो हो कि तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबैकुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्। मैले अघिल्ला दुई कारणहरूका बारेमा एकदम विस्तृतमा सङ्‍गति गरेँ; शाब्दिक अर्थको सन्दर्भमा यो पहिलो दुईभन्दा अलि फरक छ, तर सारमा, ख्रीष्ट विरोधीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्न नमान्‍ने कारणसँग सम्बन्धित छन्, त्यसैले हामीले हाम्रो सङ्‍गतिलाई छोटो र सङ्क्षिप्त राख्‍न सक्छौँ। जब एक ख्रीष्ट विरोधीको काटछाँट गरिन्छ, अनि तैँले ऊसँग सत्यताबारे सङ्गति गर्छस्, सत्यता सिद्धान्तहरू र कार्य गर्ने सिद्धान्तहरूबारे कुरा गर्छस्, के उसले यसलाई सुनेपछि यसलाई स्वीकार गर्न सक्षम हुनेछ? (अहँ।) चाहे ख्रीष्ट विरोधीले सत्यतालाई जुनसुकै बेला सुनोस्, यसप्रति उसको मनोवृत्ति सधैँ एउटै हुनेछ—निन्दा र प्रतिरोध। सत्यताका सिद्धान्तहरू के हुन्? ती कुनै कुरा कसरी गर्ने भनेर मापन गर्ने मानक हुन्। जबसम्म यसलाई पूर्ण रूपमा परमेश्‍वरका वचनहरूका सत्यतासँग मिल्नेगरी गरिन्छ, तबसम्म एक व्यक्तिले जे गर्छ त्यो सिद्धान्तमा आधारित हुनेछ। यो नै सिद्धान्तहरू अनुसार कार्य गर्नु हो। यदि तेरो सङ्‍गति सत्यता सिद्धान्तहरूअनुसार छ भने, ख्रीष्ट विरोधीले यसलाई पटक्कै स्वीकार गर्नेछैन; तेरो सङ्‍गति जति सकारात्मक, व्यावहारिक, निष्पक्ष, सही र तथ्यमा आधारित हुन्छ, ख्रीष्ट विरोधीका लागि त्यो त्यति नै अस्वीकार्य हुनेछ। उसले सत्यता वा तथ्यहरू स्वीकार गर्न इन्कार गर्दै बाङ्‍गो तर्कहरूका साथ प्रतिक्रिया दिनेछ। यदि तैँले उससँग त्यस मामलामा आफ्नो जिम्मेवारीहरू पूरा गर्नका निम्ति कसरी कार्य गर्ने भन्‍ने बारेमा कुरा गरिस् भने, उसले आफूले कसरी कष्ट भोगेको छ र मूल्य तिरेको छ भनेर तँलाई बताउनेछ; यदि तैँले उसलाई सत्यता सिद्धान्तहरू अनुसार कसरी कार्य गर्ने भन्‍ने बारे कुरा गरिस् भने, उसले कति धेरै सडकहरूको यात्रा गरेको छ, कति कष्ट भोगेको छ र कति धेरै बातचित गरेको छ भनेर तँलाई बताउनेछ। यदि तैँले ऊसँग इमानदार व्यक्ति कसरी बन्‍ने, इमानदार र सच्चा हृदयका साथ कसरी काम गर्ने र कर्तव्य पूरा गर्ने भन्‍ने बारेमा कुरा गरिस् भने, उसले चासो दिनेछैन र तँलाई बेवास्ता गर्नेछ। जब उसले कार्य गर्छ, उसले दाउपेच, षड्यन्त्र र युक्तिहरूमा मात्र ध्यान केन्द्रित गर्नेछ। समग्रमा, ख्रीष्ट विरोधीसँग आफ्ना कार्यहरूका लागि आफ्नै अद्वितीय सिद्धान्तहरूको थुप्रो हुन्छ र ऊ अरूका नजरमा वा परमेश्‍वरका नजरमा जतिसुकै गलत, नीच, हास्यास्पद र अर्थहीन भए तापनि, ऊ यी विधि र सिद्धान्तहरूलाई अङ्‍गालेर कहिल्यै थाक्नेछैन। उसले परमेश्‍वरका वचनहरूलाई सत्यता सिद्धान्तहरूका रूपमा स्वीकार गर्नेछैन, न त उसले आफ्नै सिद्धान्तहरू त्याग्‍नेछ, त्यसैले तैँले उसलाई चाहे काटछाँट, खुलासा वा खारेज गरे पनि, उसका मानक, दृष्टिकोण र कुराहरूको मापन गर्ने हेराइ कहिल्यै परिवर्तन हुनेछैन। यीमध्ये केही मानव विज्ञानका मानकहरू हुन्, केही ज्ञानका, केही परम्परागत संस्कृतिका र केही यस संसारका खराब प्रचलनका मानक हुन्, तर यी कुराहरू जतिसुकै गलत भए तापनि, ख्रीष्ट विरोधीले तिनलाई त्याग्‍न सक्दैन। उसले समाजमा लोकप्रिय जुनसुकै दुष्ट प्रचलन र जुनसुकै भनाइहरू र दृष्टिकोणहरूलाई स्वीकार गर्नेछ, तर उसका लागि परमेश्‍वरका वचनहरू वा सत्यता कहिल्यै पनि सबै कामकुरा र घटनाहरू, सबै कुरा मापन गर्ने मानक हुँदैनन्। उसले परमेश्‍वरलाई पछ्याइरहँदै हुन्छ र परमेश्‍वरको घरमा सित्तैमा खाइरहँदै गर्दा, उसले सत्यतालाई इन्कार र निन्दा गरिरहेको हुन्छ। सत्यलाई इन्कार र निन्दा गर्दै गर्दा, उसले संसारका सबै प्रकारका विधर्म र झूटहरूलाई आदर गरिरहेको र उच्च मानिरहेको हुन्छ। उसले स्वीकार गर्न नसक्ने कुराहरू परमेश्‍वरका वचनहरू, सत्यता मात्र हुन्। ख्रीष्ट विरोधीहरूको यस सारबाट मुल्याङ्कन् गर्दा, तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, परमेश्‍वरका वचनहरू पढ्छन् र आफ्नो आस्थाको दौरानमा कर्तव्य पूरा गर्छन्, तैपनि एउटा कुरा निश्‍चित छ—तिनीहरूको स्वभाव कहिल्यै परिवर्तन हुनेछैन, न त तिनीहरूको सांसारिक र दुष्ट प्रचलनको दृष्टिकोण नै परिवर्तन हुनेछ। यदि तैँले ख्रीष्ट विरोधीलाई जीवन प्रवेश वा स्वभावगत परिवर्तनबारे कुरा गर्न भनिस् भने, उसका शब्दहरू किन यति विचित्र, विरक्‍तलाग्दा र अस्वभाविक किन छन् भनेर तैँले अचम्म मान्‍नेछस्। उसका शब्दहरू बाहिरका व्यक्तिका जस्तै सुनिनेछन् र ऊ केवल एक आत्मिक बुझाइ नभएको तर आफू आत्मिक र जीवन प्राप्त गरेको व्यक्ति भएको ढोँग गर्ने अलमल्ल परेको व्यक्ति मात्र हो। यो साँच्चै अत्यन्तै घिनलाग्दो छ! के परमेश्‍वरको वचनहरूलाई सत्यताका रूपमा कहिल्यै स्वीकार नगरेको वा परमेश्‍वरको वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार नगरेको कुनै व्यक्तिसँग जीवन हुन सक्छ? त्यो ठट्टा हो, होइन र? आफ्नो वरिपरि एक नजर लगाओ र जाँच गर कि कुनै व्यक्तिले बारम्बार यसो भन्दैछ कि: “फलानो-फलानो प्रख्यात व्यक्तिले यसो भन्यो; फलानो-फलानो पुस्तकले यसो भन्यो; फलानो-फलानो टिभी नाटकले यसो भन्यो; फलानो-फलानो उत्कृष्ट कृतिले यसो भन्यो” वा “यो हाम्रो परम्परागत संस्कृति हो; म जहाँबाट आउँछु, हामी यसो भन्छौँ; हाम्रो परिवारमा, यस्तो नियम छ,” आदि। कोसँग सधैँ यस्ता कुराहरूको थुप्रो हुन्छ, को परमेश्‍वरको वचनहरू सुनेपछि पनि विचलित हुँदैन र कसले परमेश्‍वरको वचनबारे आफ्नो बुझाइका बारेमा सङ्‍गति गर्ने मौका पाउँदा अलमल्ल खालका शब्दहरू, अर्थहीन शब्दहरू र आत्मिक बुझाइ नभएका शब्दहरू मात्र बोल्छ, अनि कसले परमेश्‍वरका वचनहरूको कुनै बोघ वा बुझाइ नभए तापनि, तीमध्ये केहीलाई जबरजस्ती एकसाथ जोड्ने प्रयास गर्छ र आत्मिक भएको ढोँग गर्छ। यो पूर्ण रूपमा घिनलाग्दो छ! यी मानिसहरूले वर्षौँदेखिपरमेश्‍वरमा विश्वास गर्दै आएका छन् र प्रवचनहरू सुनेका छन् र धेरै वर्ष भेलाहरूमा सहभागी भएका छन्, तैपनि अविश्‍वसनीय रूपमा तिनीहरूलाई आफूमा भ्रष्ट स्वभाव छ भनेर अझै पनि थाहा छैन र तिनीहरूले आफूसँग गलत दृष्टिकोण छ वा तिनीहरूका यी भ्रामक दृष्टिकोणहरू पूर्ण रूपमा परमेश्‍वरका वचनहरूको विपरीत र विरोधाभासपूर्ण छन् भनेर पत्ता लगाएका छैनन्। यसको कारण के हो? यो ख्रीष्ट विरोधीहरूले काटछाँट स्वीकार गर्न नमान्‍नु र कुनै गलत काम गर्दा तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नहुनु पछाडिको तेस्रो कारण हो: तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन् यो नै समस्याको जरा हो।

ख्रीष्ट विरोधीहरूले काँटछाँटलाई स्विकार्न किन मान्दैनन्। तिनीहरूले कुनै कुरा सामना गर्दा किन पश्‍चात्ताप गर्दैनन् र त्यसको सट्टा विभिन्‍न धारणाहरू फैलाउँछन् र परमेश्‍वरको आलोचना समेत गर्छन्? कारणहरू एकदम स्पष्ट छन्: पहिलो कारण भनेको, ख्रीष्ट विरोधीहरूले आफूले गल्ती गर्न सक्छु भनेर कहिल्यै स्वीकार गर्दैनन्; दोस्रो, तिनीहरूमा भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्दैनन्; तेस्रो, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्। काँटछाँट स्वीकार नगर्ने सबैका हकमा, गल्ती गर्दा स्पष्ट रूपमा भ्रष्ट स्वभाव प्रकट गर्ने सबैका हकमा, परमेश्‍वरका चुनिएका मानिसहरूलाई बारम्बार नोक्सान पुर्‍याउने, परमेश्‍वरका चुनिएका कैयौँ मानिसहरूको जीवन प्रवेशमा ढिलाइ गर्ने र परमेश्‍वरको घरको काममा नोक्सान पुर्‍याउने सबैका हकमा, यदि यी मानिसहरूलाई काटछाँट गरिँदा, तिनीहरूमा पछुतो वा पश्‍चात्तापको मनोवृत्ति छैन भने, एउटा कुरा निश्‍चित छ कि तिनीहरूमा ख्रीष्ट विरोधीका यी तीनै प्रकटीकरणहरू छन्। हैन र? (हो।) समग्रमा, ख्रीष्ट विरोधीहरूले काँटछाँट स्विकार्न नमान्‍ने तीनवटा कारणहरू छन्। तिनलाई फेरि पढ। (पहिलो, ख्रीष्ट विरोधीहरूले आफूले गल्ती गर्न सक्छु भनेर कहिल्यै स्वीकार गर्दैनन्; दोस्रो, तिनीहरूसँग भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्दैनन्; तेस्रो, तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्।) जम्मा तीनवटा छन्। हामीले पहिलो दुई कारणहरूबारे धेरै विस्तृतमा सङ्‍गति गर्‍यौँ। अन्तिमचाहिँ शाब्दिक अर्थको सन्दर्भमा पहिलो दुईभन्दा अलि फरक छ, तर सारमा, पहिलो दुईवटा, ख्रीष्ट विरोधीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार नगर्नेका कारणसँग सम्बन्धित छन्, त्यसैले हामी त्यस कारणमा अरू विस्तृत सङ्‍गति गर्नेछैनौँ। ठीक छ, आजका लागि हाम्रो सङ्‍गतिलाई यहीँ समाप्त गरौँ। अलबिदा! (अलबिदा परमेश्‍वर!)

सेप्टेम्बर १९, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग सात)

अर्को: विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्