५८. झुटो अगुवाको खुलासा: एक व्यक्तिगत सङ्घर्ष

झेङ्ग यि, दक्षिण कोरिया

गत वर्ष म शहरबाहिर एउटा मण्डलीमा आफ्नो कर्तव्य गरिरहेको थिएँ तर व्यवहारिक काम नगरेको कारण मेरो ठाउँमा अर्कैलाई राखेकोले म घर फर्केँ। त्यसपछि, मैले हाम्री अगुवा सिस्टर लीले परमेश्‍वरका वचनहरूबारे अन्तर्दृष्टिपूर्ण कुनै कुरा नभनेको तर उहाँले केवल शाब्दिक सिद्धान्त मात्र प्रचार गर्नुभएको पाएँ। उहाँले आफूलाई कसरी जानेँ भनी कहिल्यै बताउनुहुन्‍नथ्यो र आफ्ना अनुभवहरू बाँड्नुहुन्‍नथ्यो। उहाँ अरूलाई उनीहरूको समस्यामा मदत गर्दा गुरूले आफ्ना शिष्यलाई सिकाएको जस्ती गरी हुकुम चलाउनुहुन्थ्यो, अनि उहाँले कसैको पनि व्यवहारिक मामिलाहरू समाधान गर्न सक्‍नुहुन्‍नथ्यो। उहाँ अरूबाट उच्‍च नजरले हेरिन र आदर पाउन आफ्नो कर्तव्यमा आफूले कसरी काम गरेँ र कष्ट भोगेँ भनेर मात्र कुरा गर्नुहुन्थ्यो। उहाँ आफै कानुन हुनुहुन्थ्यो। त्यहाँ, विश्‍वासमा नयाँ एकजना सिस्टर थिइन्, उनी कम्युनिस्ट पार्टीले ख्रीष्टियनहरूलाई गिरफ्तार गरेको देखेर डराइन्। सिस्टर लीले उनलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नुभएन केवल उनलाई उनको कर्तव्यबाट पदमुक्त गर्नुभयो। केही डिकनहरू र मैले उहाँलाई धेरैपटक सुझाउहरू दियौँ, तर उहाँ बहाना मात्र बनाउनुहुन्छ र हामीसित बहस गर्नुहुन्छ। सिद्धान्तहरूको आधारमा, सत्यताका सिद्धान्तहरूअनुसार काम नगर्ने र दाजुभाइ-दिदीबहिनीहरूबाट निरीक्षण र काँटछाँट हुन नस्विकार्ने अगुवा सत्यता स्विकार्ने र सत्यता पालन गर्ने व्यक्ति होइन। सिस्टर लीले आफूलाई चिन्‍नहुन्‍नथ्यो, उहाँसित जीवन प्रवेशको कमी थियो, उहाँ अरूका वास्तविक समस्याहरू समाधान गर्न सक्‍नु चिन्‍नहुन्‍नथ्यो। मण्डलीको त्यस्ता अगुवाले मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा हानि मात्र पुर्‍याउन सक्छ। सिस्टर ली झुटो अगुवा हुनुहुन्छ र उहाँ मण्डलीको कामको लागि योग्य हुनुहुन्‍न भनेर म पक्‍का थिएँ र म उहाँको रिपोर्ट गर्न चाहन्थेँ। तर उहाँको रिपोर्ट गर्न पत्र लेख्दै गर्दा म डराएँ। म भर्खरै पदमुक्त भएको थिएँ। मैले आफ्नो कर्तव्य गरिरहेको थिइनँ। यदि मैले सिस्टर लीको रिपोर्ट गरेँ अनि मैले देखेको कुरा अरूले देख्‍न सकेनन् भने, उल्टा मलाई यसो भन्‍न सक्थे: “झेङ यीलाई हेर न। उसलाई भर्खरै पदमुक्त गरिएको छ तर उसको नजर झुकेको छैन। उसले अरूलाई होइन पहिला आफूलाई हेर्नुपर्छ। उसित साँचो आत्म-ज्ञान वा पश्‍चात्ताप छैन जस्तो छ।” उनीहरूले त्यसो भनेको भए, मैले उनीहरूको सामु नजर उठाउन सक्दिनथेँ। मैले आफूलाई पदमुक्त गरिएको एक झुटो अगुवाको रूपमा बोल्न त्यति योग्य नभएको महसुस गरेँ। मैले विशेष गरी त्यो रिपोर्टले सिस्टर लीलाई कसरी ठेस पुर्‍याउन सक्छ भनेर सोचेँ। एकै मण्डलीमा भएकोले हामीले सधैँ एकअर्कालाई भेट्छौं। त्यसपछि त कसरी हाम्रो ताल मिल्न सक्थ्यो र? उहाँको पद कायम राहिरह्यो र उहाँले मेरो लागि परिस्थिति कठिन बनाइदिनुभयो भने के गर्ने? यसबारे जत्ति धेरै सोचेँ, त्यत्ति नै धेरै आफू चेपारोमा परेको महसुस गरेँ। मलाई लाग्यो, त्यो रिपोर्टले उहाँलाई ठेस पुग्‍न सक्छ र मैले त्यसरी खतरा मोल्नु हुँदैन। मेरा परिस्थितिहरूलाई विचार गर्दा मैले ती धान्‍न सक्दिनथेँ, मण्डलीमा झुटो अगुवा हुनु मैले मात्र सम्हाल्नुपर्ने समस्या थिएन। अरू कसैले उहाँको रिपोर्ट गरोस्। म केवल भेलाहरूमा गइरहन र शान्ति कायम गर्न चाहन्थेँ।

मैले त्यो मामिलालाई दिमागबाट निकालिदिने निर्णय गरेँ, तर मलाई अझै पिरोलिरहने असहजता महसुस भयो। राती ओछ्यानमा पल्टिँदा, सिस्टर लीले भेलाहरूमा फाइँफुट्टी लगाएको र रटेर प्रचार गरेको सोचाइले मेरो दिमाग भरिन्थ्यो। यदि यस्तै भइरहेमा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुग्‍नेथियो। यसबारे नबोलेकोले मलाई नराम्रो महसुस भयो। पछि मैले परमेश्‍वरका वचनहरूबाट यी कुरा पढेँ: “उदाहरणको निम्ति, मानौँ नेतृत्व गर्ने व्यक्तिसहितको मानिसहरूको एउटा टोली छ; यदि यस व्यक्तिलाई एक ‘अगुवा’ वा एक ‘कामदार’ भनेर जनाइन्छ भने टोलीमा तिनीहरूको काम के हुन्छ? (नेतृत्व गर्ने काम।) आफूले नेतृत्व गर्ने मानिसहरूमा वा सम्पूर्ण टोलीमा यस व्यक्तिको नेतृत्वको कस्तो प्रभाव हुन्छ? यसले टोलीको दिशा र यसको बाटोलाई प्रभाव पार्छ। यसले यो जनाउँछ कि यदि नेतृत्व ओहोदामा भएको मानिस गलत बाटोमा हिँड्छ भने, कम्तिमा पनि यसले आफूमुनिका मानिसहरू र सम्पूर्ण टोलीलाई सही बाटोबाट गलत दिशातर्फ जाने तुल्याउँछ; त्यसबाहेक, यसले अगाडि बढ्ने क्रममा सम्पूर्ण टोलीको दिशाको साथै तिनीहरूको गति र चाललाई अबरोध वा नष्ट गर्न सक्छ। यसैले जब यस समूहका मानिसहरूको कुरा आउँछ, तिनीहरूले पछ्याउने बाटो र तिनीहरूले छनौट गर्ने बाटोको दिशा, तिनीहरूले सत्यलाई बुझ्‍ने हद र परमेश्‍वरमा तिनीहरूको विश्‍वासले तिनीहरूलाई मात्र होइन, तिनीहरूको नेतृत्वको दायराभित्र पर्ने सबै दाजुभाइ र दिदीबहिनीहरूलाई समेत प्रभाव पार्छ। यदि अगुवा सही छ, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यलाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले उचित तरिकाले खाने र पिउनेछन् र उचित तरिकाले खोजी गर्नेछन्, अनि त्यही बेला, अगुवाको व्यक्तिगत प्रगति अरूले निरन्तर देख्नेछन्। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्‍याउन र अरूलाई परमेश्‍वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो। गलत बाटो के हो त? यो बारम्बार आफैँलाई उचाल्नु र आफ्नै साक्षी बन्‍नु, हैसियत, ख्याति र फाइदालाई पछ्याउनु र कहिल्यै पनि परमेश्‍वरको साक्षी नबन्‍नु हो। यसले तिनीहरू मुनिका मानिसमा कस्तो प्रभाव पार्छ? (यसले ती मानिसहरूलाई तिनीहरूको अगाडि ल्याउँछ।) मानिसहरूले बाटो बिराई परमेश्‍वरबाट टाढा हुनेछन् र यस अगुवाको नियन्त्रणमा आउनेछन्। अगुवाअगाडि ल्याइएका मानिसहरूलाई अगुवाले नियन्त्रण गर्नेछ भन्‍ने कुरा स्पष्ट छैन र? अनि, निश्‍चय नै यसले तिनीहरूलाई परमेश्‍वरबाट टाढा लैजान्छ। यदि तैँले मानिसहरूलाई तेरो अगाडि आउनलाई नेतृत्व गर्छस् भने तैँले तिनीहरूलाई भ्रष्ट मानवजातिको अगाडि आउन नेतृत्व गरिरहेको छस् र तैँले तिनीहरूलाई परमेश्‍वरको अगाडि होइन शैतानको अगाडि आउन नेतृत्व गरिरहेको छस्। मानिसहरूलाई सत्यको अगाडि आउन नेतृत्व गर्नु मात्र तिनीहरूलाई परमेश्‍वरको अगाडि आउन नेतृत्व गर्नु हो। यी दुई किसिमका मानिसहरूले—सही बाटोमा हिँड्ने र गलत बाटोमा हिँड्नेहरूले—नेतृत्व गरिएकाहरूमा पार्ने प्रभावहरू यिनै हुन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। मैले परमेश्‍वरका वचनहरूमा के देखेँ भने, एकजना अगुवाको मार्गले उनीहरूलाई व्यक्तिगत तवरमा मात्र असर गर्दैन, अरूको जीवन प्रवेशलाई र मण्डलीको सम्पूर्ण काममा पनि प्रत्यक्ष प्रभाव पार्छ। सिस्टर लीले केवल रित्तो शब्दहरू मात्र प्रचार गर्नुभयो र दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक जीवनका कठिनाइहरू समाधान गर्न सक्‍नुभएन। उहाँले सधैँ रबाफ मात्र देखाइरहनुभएको र मानिसहरूलाई भ्रममा पारिरहनुभएको थियो र दाजुभाइ-दिदीबहिनीहरूले उहाँलाई सम्मानको दृष्टिले हेर्नुहुन्थ्यो। त्योभन्दा पनि बढी, उहाँ अहङ्कारी र तानाशाही हुनुहुन्थ्यो र मण्डलीको धेरै काममा उहाँकै अन्तिम निर्णय चल्थ्यो। उहाँले सत्यताका सिद्धान्तहरू खोज्नुभएन वा अरूका सुझाउहरू स्विकार्नुभएन, आफ्नै धारणाको आधारमा मात्र काम-कर्तव्य सम्हाल्नुभयो। उहाँले मण्डलीको कामलाई कायम राख्‍नु त कहाँ हो कहाँ, उहाँले यसमा सिधै बाधा पुर्‍याउनुभएको थियो। मण्डलीमा त्यस्ता झुटो अगुवा हुँदा दाजुभाइ-दिदीबहिनीहरू उहाँसँगसँगै तानिएर जानेथिए। झुटो अगुवाले थुप्रै विश्‍वासीहरूलाई धोका दिएको र त्यसको कारण उनीहरू कष्टमा परेको देख्‍नु परमेश्‍वरको निम्ति एकदमै दुःखको कुरा हो। सिस्टर ली झुटो अगुवा हुनुहुन्छ भनेर मैले पहिल्यै बुझेको थिएँ र झुटो अगुवा इन्चार्ज भएकोले दाजुभाइ-दिदीबहिनी र मण्डली जीवनमा हानि पुगेको देखेको थिएँ। तर केवल उहाँको मन दुख्ला भन्‍ने डरले, मण्डलीको काम र अरूको जीवन प्रवेशमा रोकावट आएको मैले टुलुटुल हेरेर बसेँ। मैले उहाँको खुलासा र रिपोर्ट गर्न अडान लिइनँ। म पटक्‍कै धर्मी थिइनँ अनि म परमेश्‍वरको इच्छाप्रति विचारशील भइनँ। म एकदमै असंवेदनशील थिएँ! मैले पहिलाको कर्तव्यमा वास्तविक काम नगरेर मण्डलीको कामलाई हानि गरिसकेको थिएँ। अहिले झुटो अगुवाले परमेश्‍वरका चुनिएका जनलाई धोका दिएको देखेर पनि उहाँको रिपोर्ट गर्ने अडान नलिनु वा मण्डलीका हितहरूलाई कायम नगर्नु मेरो अनुचित कार्य थियो! मैले झन्-झन् महसुस गरेँ कि म परमेश्‍वरप्रति ऋणी छु, सृष्टि गरिएको प्राणीको रूपमा, मैले अडान लिनुपर्छ, परमेश्‍वरको इच्छालाई विचार गर्नुपर्छ र मण्डलीको कामलाई कायम राख्‍नुपर्छ। त्यो मेरो कर्तव्य थियो र त्यो मैले पूरा गर्नुपर्ने जिम्मेवारी थियो! यस सोचाइले मलाई केही शक्ति दियो र मैले आफैलाई भनेँ, “मण्डलीको हितको निम्ति र परमेश्‍वरको चुनिएका मानिसहरूले प्रामाणिक मण्डली जीवन जिउन सकून् भनेर, मैले सत्यता अभ्यास गर्नुपर्छ र सिस्टर लीको मामिलाबारे बोल्नुपर्छ। अबउप्रान्त म झुटो अगुवालाई दाजुभाइ-दिदीबहिनीहरू बहकाउन पटक्‍कै दिन सक्दिनँ!” रिपोर्ट लेख्‍ने तयारी गर्दै गर्दा मैले सुनेँ कि एक जना वृद्धा सिस्टरले सिस्टर लीका केही समस्यहरू उहाँलाई औँल्याइदिएपछि, उहाँले उनीसित भेला गर्न छोड्नुभएछ। यो कुरा सुनेर मलाई एकदमै रिस उठ्यो। मलाई लाग्यो उहाँले वास्तवमै सत्यता स्विकार्न इन्कार गर्नुभयो। तर त्यति नै बेला, मेरा चिन्ताहरू फेरि जागेर आए। उहाँले ती सिस्टरलाई आफ्ना केही दृष्टिकोण राखेकोमा बाहिर्‍याउनुभयो। मैले रिपोर्ट गरेको भनेर उहाँले थाहा पाउनुभएमा, के उहाँले मसित वैरभाव राख्‍नुहुन्‍न र मेरो निम्ति कठिनाइ खडा गर्नुहुन्‍न र? यदि उहाँले मलाई राय बनाउन थाल्नुभयो र अगुवा र कर्मचारीहरूलाई आक्रमण गरेको दोष लगाउनुभयो भने, अरूले के सोच्छन्? उहाँको दबाबले गर्दा मैले आफ्न कर्तव्य गर्ने मौका पाउनेथिइनँ त्यो त झन् सहनै नसक्‍ने समेत हुनेथियो। तर मैले उहाँको रिपोर्ट गरिनँ भने मलाई साँच्‍चै दोषी महसुस हुनेथियो। मेरो मनमा हलचल भयो—म बेचैन भएँ।

त्यसैले, मैले यस कुरालाई प्रार्थना र सत्यताको खोजी मार्फत परमेश्‍वरसामु ल्याएँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यी कुरा पढेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। प्रत्येक वचनले मेरो अन्तस्करणको ढोका ढकढकाइरहेको महसुस भयो, विशष गरी, यो वचनले यस्तो महसुस गरायो: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ?” यस्तो लाग्यो, परमेश्‍वर मेरो छेउमा उभिएर यो प्रश्‍न सोधिरहनुभएको छ। सिस्टर ली झुटो अगुवा हुनुहुन्छ भनेर मलाई थाहा थियो यस मामिलालाई समयमै समाधान गरिएन भने परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि पुग्छ भनेर पनि मलाई थाहा थियो, तर उहाँलाई ठेस पुग्ला र मसित वैरभाव राख्‍नुहोला वा मलाई एक्ल्याइन्छ र मण्डलीबाट निष्कासित गरिन्छ कि भनेर म डराएँ। मैले हरपल आफ्नै हितहरूलाई मात्र कायम राखेँ, सिद्धान्तहरू कायम राख्‍ने र उहाँको रिपोर्ट गर्ने आँट गरिनँ। यस आध्यामिक युद्धको निम्ति मैले महत्वपूर्ण समयमा साक्षी दिनु आवश्यक थियो तर मैले आफ्नो हितको रक्षा गरेँ र गरेर मानिसहरूलाई खुसी पार्ने, परमेश्‍वरले घिनाउनुहुने व्यक्ति भएँ। मैले साँच्‍चै आफूलाई घृणा गरेँ। म अबउप्रान्त मानिसहरूलाई खुसी पार्ने व्यक्ति हुन चाहिनँ। त्यसपछि म शान्त भएँ र आफूबारे चिन्तन गरेँ। उहाँ झुटो अगुवा हुनुहुन्छ भनेर मलाई राम्ररी थाहा थियो र सिद्धान्तहरूअनुसार म उहाँको रिपोर्ट गर्न इच्छुक थिएँ। तर केही सल्लाह दिएकोमा उहाँले कसैलाई बाहिर्‍याउनुभएको सुन्दा, मैले किन मण्डलीको कामको निम्ति खडा हुनुको सट्टा आफैलाई जोगाउन खोजेँ? किन मैले सधैँ आफ्ना हितहरूलाई जोगाइरहेकी थिएँ? मैले यस विशेष मामिलाबारे प्रार्थना गर्दै खोजी गर्न थालेँ।

एकपटक मैले भक्तिमा परमेशवरका केही वचनहरू पढेकी थिएँ। “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; तिनीहरूभित्र सत्यताको जीवन हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—यसरी परमेश्‍वरको घरमा हानि पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई नोक्‍सानी पुर्‍याइरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यो यीमध्ये कुनै पनि होइन; यसको अर्थ के हो भने तँ धेरै प्रकारका भ्रष्ट स्वभावद्वारा नियन्त्रित छस्। यीमध्ये एउटा स्वभाव धूर्तता हो। तैँले पहिले आफ्‍नै बारेमा सोच्छस्, र यस्तो विचार गर्छस्, ‘यदि म बोलेँ भने, यसले मलाई कसरी फाइदा दिनेछ? यदि म बोलेँ र कसैलाई बेखुशी तुल्याएँ भने, भविष्यमा हामी कसरी मिलेर बस्‍न सक्‍नेछौं?’ यो धूर्त मानसिकता हो, होइन र? के यो धूर्त स्वभावको परिणाम होइन र? अर्को स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। मैले यसो भएको देखेँ र सुनेँ भने पनि, मैले केही पनि गर्नु पर्दैन। यो मेरो जिम्‍मेवारी होइन—म अगुवा होइन।’ त्यस्ता कुराहरू तँभित्र हुन्छन्, मानौं ती तेरा अचेतन मनबाट पैदा भएका हुन्, मानौं तिनले स्थायी रूपमा तेरा हृदयका स्थानहरू ओगटेका छन्—ती मानिसका भ्रष्ट, शैतानी स्वभाव हुन्। यी भ्रष्ट स्वभावहरूले तेरा विचारहरूलाई नियन्त्रण गर्छन् र तेरा हात-खुट्टा बाँध्छन्, अनि तिनले तेरो मुखलाई काबुमा राख्छन्। जब तैँले आफ्‍नो हृदयमा भएको कुनै कुरा भन्छस्, शब्‍दहरू तेरो मुखसम्‍म आइपुग्छन् तर तैँले ती बोल्दैनस्, वा, तैँले बोलिस् नै भने पनि तेरा शब्‍दहरू घुमाउरो हुन्छन्, अनि तैँले आफ्‍नो निम्ति चलखेलको ठाउँ छोडेको हुन्छस्—तैँले स्पष्‍ट रूपमा बोल्दै बोल्दैनस्। तेरो कुरा सुनेर अरूले केही पनि महसुस गर्दैनन्, र तैँले बोलेको कुराले समस्या समाधान गरेको हुँदैन। तैँले मनमनै विचार गर्छस्: ‘ठीकै छ, मैले बोलेँ। मेरो अन्तरात्मामा सहज अनुभूति भएको छ। मैले मेरो जिम्‍मेवारी पूरा गरेँ।’ वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, र परमेश्‍वरको घरको कामको हानि यथावत् छ भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के तँ तेरो भ्रष्ट, शैतानी स्वभावहरूको पूर्ण नियन्त्रणमा छैनस् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका वचनहरूमार्फत मैले के बुझेँ भने, समस्या सामना गर्दा मैलै आफैबारे मात्र सोचेँ। म स्वार्थी र छली थिएँ। मैले यी शैतानी दर्शनहरू पालन गरेँ, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” अनि “इनामविना औँलो पनि नउठाउनू।” ती दर्शनहरू मेरो प्रकृतिमै गाडिएका थिए, त्यसले मलाई बलियोसँग जकडेको थियो जसले गर्दा सत्यता अभ्यास गर्न अत्यन्तै कठिन भयो। मण्डलीको कामको खातिर मैले सिद्धान्तहरूअनुसार उहाँको रिपोर्ट गर्नुपर्छ भनेर मलाई थाहा थियो, तर मैले त्यसो गर्न लाग्दा, उहाँको मन दुख्ला र मेरो बारेमा नराम्रो निर्णय लिइएला र ममाथि दुर्व्यवहार होला भनेर म डराएँ। त्यस्तो सोचाइले गर्दा, मेरो दायित्व, जिम्मेवारी र कर्तव्यको बोध यत्तिकै बिलायो र मण्डलीमा झुटो अगुवा हुनु मेरो व्यक्तिगत समस्या होइन भन्‍ने लाग्यो। म कुनै गडबड गर्न चाहँदिनथेँ ताकि मैले उहाँको मन दुखाउने काम नगर्न र आफूलाई जोगाउन सकूँ। बारम्बार म पवित्र आत्माको अन्तर्दृष्टिविरुद्ध गएँ र ग्लानिसमेत अनुभूति नगर्ने भएँ। म आफ्नै शैतानी भ्रष्टतामा पुरै जकडिएकी थिएँ। पहिला पनि मैले शैतानी दर्शनहरूअनुसार जीवन बिताएर आफ्नो कर्तव्यमा यस्तै गलत काम गरेकी थिएँ। मैले सत्यताको गलत बुझाइ भएको पदमुक्त गरिनुपर्ने अहङ्कारी अगुवालाई पत्ता लगाएँ। तर त्यसपछि मैले उहाँमा केही क्षमता भएको र शाब्दिक सिद्धान्त सिकाउनमा राम्रो र मानिसहरूलाई धोका दिइरहेको देखेँ। थुप्रै दाजुभाइ-दिदीबहिनीहरूलाई उहाँबारे थाहा नभएको देखेर, उहाँलाई पदमुक्त गरिएमा उनीहरूले मेरो बारेमा गलत राय बनाई मलाई निठुर भन्लान् भनेर म डराएँ। त्यसैले, उहाँलाई पदमुक्त गर्नुअघि दुई महिनाभन्दा धेरै समय मैले त्यस मामिलालाई त्यतिकै थन्काएँ। यो मण्डलीको कामको निम्ति असाध्यै बाधादायक थियो। मैले मण्डलीमा एकजना झुटो अगुवा देखेँ तर मैले पुरानै गल्ती गरेँ। म यसबाट टाडै रहन चाहेँ। मैले जुन तरिकामा आफ्नो कर्तव्य गरेँ, त्यसले म साँच्‍चै स्वार्थी र छली थिएँ भन्‍ने देखायो, मैले आफ्नो हितमा असर हुँदा मैले सत्यता अभ्यास गर्न सकिनँ। मैले बारम्बार सत्यताको उल्लङ्गन गरेको थिएँ र आफ्नो गवाही गुमाएँ। यो लज्‍जास्पद कुरा थियो। यो कुरा बुझेर, म परमेश्‍वरसामु झुकेँ र प्रार्थना गरेँ: “हे परमेश्‍वर! शैतानले मलाई कति गहिरोसित भ्रष्ट पारेको रैछ भनी अहिले बुझेको छु। म स्वार्थी, मानिसहरूलाई खुसी पार्ने घृणित व्यक्ति हुँ। म नीच र घिनलाग्दो मानिस हुँ। हे परमेश्‍वर, मलाई मेरो भ्रष्ट स्वभावको बन्धनबाट मुक्ति दिलाउनुहोस्।”

पछि मैले सङ्गतिमा के पढेँ भने, संसारमा शैतानले शासन गर्छ, तर मण्डलीमा परमेश्‍वर र सत्यताले शासन गर्नुहुन्छ, ती दुई भिन्‍ना-भिन्‍नै संसारहरू हुन्, परमेश्‍वरको मण्डलीमा केही दुष्ट व्यक्ति वा कमजोर मानवता भएको कसैलाई अगुवा चयन गरिए तापनि, तिनीहरू सत्यताको वास्विकताबिना धेरै टिक्‍नेछैनन्। यसले परमेश्‍वरको मण्डलीमा सत्यताले शासन गर्छ भन्‍ने कुरा प्रमाणित गर्छ। शैतानले संसारलाई अन्धकारमा राख्छ र मानिसहरूले त्यसका दर्शनहरूको आधारमा बोल्नु र काम गर्नुपर्छ। चापलुसी अगाडि बढ्ने एक मात्र तरिका हुन्छ। इमानदार हुँदा र कसैको मन दुखाउँदा सजाय पाइन्छ। सामान्य मानिसहरूमाझ होस् वा शक्तिशाली व्यक्तिहरूबीच, इमानदार हुँदा हेपाइ सहनुपर्छ वा बाहिरिनुपर्छ र थुप्रै मानिसले त यस सन्दर्भमा ज्यानसमेत गुमाउँछन्। तर परमेश्‍वरको मण्डलीमा सत्यता र धार्मिकताले शासन गर्छ। सत्यताको पछि लाग्‍नेहरू र न्यायको बोध भएका मानिसहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ र मन पराउनुहुन्छ। मण्डलीका हित र परमेश्‍वरका चुनिएका मानिसलाई जोगाउनेहरूलाई, झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न आँट गर्नेहरूलाई परमेश्‍वरले स्विकार्न, मुक्ति दिन र सिद्ध पार्न सक्‍नुहुन्छ। उनीहरूले अरूको अनुमोदन र समर्थन पनि पाउँछन्। सत्यताप्रति समर्पित नहुने बरु यसको विरुद्धमा जानेहरू, उनीहरूको नाम र हैसियत जत्ति नै ठूलो भए पनि, पवित्र आत्माद्वारा त्यागिनेछन् र हटाइनेछन्, जसरी ख्रीष्टविरोधी याङलाई गत वर्ष मण्डलीबाट निकालियो। उनी अगुवा हुँदा, उनले आफूसित असहमत हुने जोकोहीलाई दबाइन् र बाहिर्‍याइन् अनि अफ्ना परिवार र साथीहरूलाई महत्वपूर्ण पदहरूमा राखिन्। उनले परमेश्‍वरको विरोधमा आफ्नै साम्राज्य बनाउने प्रयास गरिन् र भेटीहरू समेत चोरिन्। उनले आफूलाई पुरै परिवार र साथीहरूले घेरेर राखेकोले गर्दा आफ्ना दुष्कर्महरू खुलासा हुँदैनन् भन्‍ने सोचिन्। तर परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ अनि उहाँले आफ्नो बुद्धिमा, शैतानका चालहरूलाई आफ्नो लाभको निम्ति प्रयोग गर्नुहुन्छ। उहाँले न्यायको बोध भएकाहरूलाई उनको दुष्टता रिपोर्ट र खुलासा गर्न लगाउन एउटा परिवेश खडा गर्नुभयो। मण्डलीको जाँच-पड्ताल र छानबिनपछि, उनले चोरेका सबै कुरा फर्काउनु त पर्‍यो नै, उनलाई मण्डलीबाट सदाको लागि निष्कासन समेत गरियो। यसले के देखाउँछ भने, कसैको कर्तव्य वा हैसियत जस्तोसुकै होस्, दुष्ट काम गर्ने वा सत्यताको पछि नलाग्‍ने कोही पनि परमेश्‍वरको धार्मिक न्यायबाट बच्न सक्दैन! परमेश्‍वरको घर संसारजस्तो होइन। सत्यताको विरुद्धमा चल्ने कुनै पनि कुरा परमेश्‍वरको घरमा फस्टाउन सक्दैन। सत्यताविरुद्धको कुरा पत्ता लगाउने जोकोहीले यसलाई खुलासा र रोक्‍न अडान लिन सक्छ। यसले परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍ने देखाउँछ। सिस्टर लीको रिपोर्ट गर्ने सन्दर्भमा, मैले परमेश्‍वरको धार्मिकतालाई वा उहाँले सबै कुरा देख्‍नुहुन्छ र सबैमाथि शासन गर्नुहुन्छ भनेर बुझिनँ। झुटा अगुवा र ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा खुट्टा टेक्‍न सक्दैनन्। मसित गर्नुपर्ने कर्तव्य भए पनि या नभए पनि, मेरो नियति र परिणाम के हुने भन्‍ने कुरा कुनै अगुवाको हातमा होइन परमेश्‍वरको हातमा थिए। अब म उनको मामिलालाई पन्छाएर राख्‍न सक्दिनथेँ। त्यसैले, मैले सिस्टर लीको मामिलाबारे एउटा तथ्यपरक रिपोर्ट गरेँ। त्यसपछि चाँडै त्यस परिस्थितिलाई जाँच्न एकजना अगुवा हाम्रो मण्डलीमा आए। सिद्धान्तहरूको आधारमा सिस्टर ली झुटो अगुवा भएको निर्धारित भयो र उनलाई पदमुक्त गरियो। त्यसपछि, सिस्टर लीले भक्ति र चिन्तनमार्फत केही आत्म-ज्ञान हासिल गरिन् अनि पश्‍चात्ताप गर्न र परिवर्तन हुन चाहिन्। सत्यताको पछि लाग्‍ने एकजना सिस्टरलाई अर्को अगुवा चयन गरियो र मण्डलीका सबै काम बिस्तारै अघि बढ्यो। मैले परमेश्‍वरको धार्मिकता र सत्यताले परमेश्‍वरको घरमा शासन गरेको देखेँ। परमेश्‍वरले मेरो स्वार्थीपन र छललाई खुलासा गर्नुहुन्छ अनि झुटा अगुवाहरूको रिपोर्ट गराएर मेरो भ्रष्टता सफा गर्नुहुन्छ। यो त साँच्‍चै परमेश्‍वरले मलाई मुक्ति दिनुभएको र सिद्ध पार्नुभएको हो!

अघिल्लो: ५७. रिपोर्ट गर्ने कि नगर्ने

अर्को: ५९. इमानदार उजुरीको फल

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्