परमेश्‍वरलाई चिन्‍नु (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८३

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

उत्पत्ति १:३-५  अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो।

उत्पत्ति १:६-७  अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो।

उत्पत्ति १:९-११  अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।

उत्पत्ति १:१४-१५  अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्: अनि त्यस्तै भयो।

उत्पत्ति १:२०-२१  अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

उत्पत्ति १:२४-२५  अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

पहिलो दिन, परमेश्‍वरको अख्‍तियारले गर्दा मानवजातिको दिन र रात पैदा र खडा हुन्छन्

हामी पहिलो परिच्छेदलाई हेरौं: “अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो” (उत्पत्ति १:३-५)। यस अनुच्‍छेदले सृष्टिको सुरुवात गर्नुहुने परमेश्‍वरको पहिलो कार्य, र साँझ परेर बिहान भएपछि उहाँले पूरा गर्नुभएको पहिलो दिनलाई व्याख्या गर्छ। तर त्यो असाधारण दिन थियो: परमेश्‍वरले सबै थोकका लागि उज्यालो तयार गर्नुभयो, यसका साथै, उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। त्यही दिन, परमेश्‍वरले बोल्‍न सुरु गर्नुभयो, अनि उहाँको वचन र अख्‍तियार सँगसँगै अस्तित्वमा रहे। सबै थोकमा उहाँको अख्तियार देखा पर्न थाल्यो, र उहाँका वचनको परिणामस्वरूप उहाँको शक्ति सबै थोकमा फैलियो। त्यो दिनदेखि, उहाँको वचन, उहाँको अख्‍तियार, र उहाँको शक्तिको कारण सबै थोकले आकार लिए र खडा भए, अनि परमेश्‍वरको वचन, उहाँको अख्‍तियार, र उहाँकै शक्तिको कारण ती सुचारु हुन थाले। जब परमेश्‍वरले “उज्यालो होस्,” भन्‍नुभयो तब उज्यालो भयो। परमेश्‍वरले कार्यहरूको कुनै सिलसिला सुरुवात गर्नुभएन; उहाँका वचनको परिणामस्वरूप ज्योति देखा पऱ्यो। त्यो, परमेश्‍वरले दिन भन्‍नुभएको ज्योति थियो, र मानिस आज पनि आफ्‍नो अस्तित्वको लागि यसैमा भर पर्छ। परमेश्‍वरको आज्ञाद्वारा यसको सार र मूल्य कहिल्यै परिवर्तन भएका छैनन्, र यी कहिल्यै पनि हराएका छैनन्। यसको अस्तित्वले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्छ, र सृष्टिकर्ताको अस्तित्वलाई घोषणा गर्छ। यसले बारम्‍बार सृष्टिकर्ताको पहिचान र हैसियतलाई पुष्टि गर्छ। यो अस्पृश्य वा भ्रामक कुरा होइन, तर मानिसले देख्‍न सक्‍ने यथार्थ ज्योति हो। त्यस समयपछि, यो रित्तो संसार जसमा “पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो,” पहिलो भौतिक कुरा पैदा गरियो। यो कुरा परमेश्‍वरको मुखबाट निस्केका वचनहरूबाट आयो, र उहाँको अख्तियार र परमेश्‍वरका वाणीहरूका कारण यावत् थोकको सृष्टिको पहिलो कार्य देखा पर्‍यो। त्यसपछि चाँडै, परमेश्‍वरले ज्योति र अन्धकारलाई अलग हुने आदेश दिनुभयो…। परमेश्‍वरको वचनको कारण सबै कुरा परिवर्तन भए र पूर्ण भए…। परमेश्‍वरले यो ज्योतिलाई “दिन” भन्‍नुभयो र अन्धकारलाई “रात” भन्‍नुभयो। त्यो बेला, परमेश्‍वरले सृष्टि गर्न चाहनुभएको संसारमा पहिलो साँझ र पहिलो बिहान उत्पन्‍न गरियो, र त्यो पहिलो दिन हो भनेर परमेश्‍वरले भन्‍नुभयो। त्यो दिन सृष्टिकर्ताले गर्नुभएको यावत् थोकको सृष्टिको पहिलो दिन थियो, र यावत् थोकको सृष्टिको प्रारम्‍भ थियो, अनि उहाँले सृष्टि गर्नुभएको यो संसारमा सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गरिएको त्यो पहिलो पटक थियो।

यी वचनहरूमार्फत, मानिसले परमेश्‍वरको अख्‍तियार र वचन, र शक्तिलाई देख्‍न सक्छ। परमेश्‍वरसँग मात्रै त्यस्तो शक्ति हुने भएकोले, उहाँमा मात्रै त्यस्तो अख्‍तियार छ; परमेश्‍वरसँग त्यस्तो अख्‍तियार हुने भएकोले, उहाँसँग मात्रै त्यस्तो शक्ति छ। के कुनै पनि मानिस वा वस्तुमा यस्तो अख्‍तियार र शक्ति हुन सक्छ? के तिमीहरूको हृदयमा यसको उत्तर छ? के परमेश्‍वरबाहेक, सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा त्यस्तो अख्‍तियार छ? के तिमीहरूले कुनै पुस्तक वा प्रकाशनमा यस्तो उदाहरण कहिल्यै देखेका छौ? के कसैले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गऱ्यो भन्‍ने कुनै अभिलेख छ? अरू कुनै पनि पुस्तक वा अभिलेखहरूमा यो कुरा देखा पर्दैन; अवश्य नै, परमेश्‍वरले सानदार संसार सृष्टि गर्नुभएको कुरासित सम्बन्धित आधिकारिक र शक्तिशाली वचनहरू यिनै हुन्, जसलाई बाइबलमा समावेश गरिएका छन्; यी वचनले परमेश्‍वरको अद्वितीय अख्‍तियार र पहिचानलाई उल्‍लेख गर्छन्। के त्यस्तो अख्तियार र शक्तिलाई परमेश्‍वरको अद्वितीय पहिचानका प्रतीक हुन् भनी भन्‍न सकिन्छ? के ती परमेश्‍वरमा, केवल परमेश्‍वरमा मात्रै छन् भनेर भन्‍न सकिन्छ? परमेश्‍वरसँग मात्रै त्यस्तो अख्‍तियार र शक्ति छ भन्‍ने कुरामा कुनै शङ्का छैन! कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा यो अख्‍तियार र शक्ति हुन सक्दैन वा त्यसलाई तिनले प्रतिस्थापन गर्न सक्दैनन्! के यो अद्वितीय परमेश्‍वर स्वयंको एउटा चरित्र हो? के तिमीहरूले यसलाई देखेका छौ? यी वचनले परमेश्‍वरमा अद्वितीय अख्‍तियार, र अद्वितीय शक्ति छ, उहाँको पहिचान र हैसियत सर्वोच्‍च छ भन्‍ने तथ्यलाई तुरुन्तै र स्पष्ट रूपमा बुझ्‍न मानिसहरूलाई सक्षम तुल्याउँछन्? माथिको सङ्गतिबाट, तिमीहरूले जुन परमेश्‍वरलाई विश्‍वास गर्छौ उहाँ अद्वितीय हुनुहुन्छ भनेर के तिमीहरू भन्‍न सक्छौ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८४

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

दोस्रो दिन, परमेश्‍वरको अख्तियारले पानीलाई व्यवस्थित पार्छ, र वायुमण्डल बनाउँछ, र मानव अस्तित्वको लागि सबैभन्दा आधारभूत ठाउँ देखा पर्छ

“अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो” (उत्पत्ति १:६-७)। परमेश्‍वरले “पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? पवित्र-शास्‍त्रमा यसो भनिएको छ: “अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो।” परमेश्‍वरले बोल्‍नुभएपछि र यसो गर्नुभएपछि के परिणाम आयो? यसको उत्तर परिच्छेदको अन्तिम भागमा छ: “अनि त्यस्तै भयो।”

यी दुई छोटा वाक्यले सानदार घटनाको विवरण दिन्छन्, र अचम्‍मको दृश्यलाई व्याख्या गर्छन्—अद्भुत कार्य जसमा परमेश्‍वरले पानीलाई व्यवस्थित गर्नुभयो, र मानिस अस्तित्वमा रहन सक्‍ने ठाउँ सृष्टि गर्नुभयो …

यस चित्रमा, एकै क्षणमा परमेश्‍वरको आँखाअघि पानी र वायुमण्डल देखा पर्छन्, र तिनलाई परमेश्‍वरको अख्‍तियारले विभाजित गर्छ, र परमेश्‍वरले तय गर्नुभएको शैलीमा ती “माथि” र “तल” गरी अलग हुन्छन्। भन्‍नुको अर्थ, परमेश्‍वरले सृष्टि गर्नुभएको वायुमण्डलले तलको पानीलाई मात्रै ढाकेन, यसले त माथिको पानीलाई पनि अड्यायो…। यसमा, मानिसले अक्‍क न बक्‍क भई हेर्ने, र उहाँको अख्‍तियारको शक्ति र सृष्टिकर्ताले जसरी पानीलाई हलचल गरी आदेश दिनुभयो, र वायुमण्डल सृष्टि गर्नुभयो त्यस दृश्यको वैभवप्रतिको प्रशंसामा अचम्‍मित हुनेबाहेक केही पनि गर्न सक्दैन। परमेश्‍वरले आफ्नो वचन, शक्ति, र अख्‍तियारमार्फत अर्को महान् उपलब्धि हासिल गर्नुभयो। के यो सृष्टिकर्ताको अख्‍तियारको शक्ति होइन र? परमेश्‍वरका कार्यहरूलाई व्याख्या गर्न हामी धर्मशास्‍त्रका खण्डहरू प्रयोग गरौं: परमेश्‍वरले आफ्ना वचन बोल्‍नुभयो, र यी वचनले गर्दा पानीहरूबीच वायुमण्डल सृजना भयो। यसै समयमा, उहाँका यिनै वचनहरूले गर्दा अन्तरिक्षमा ठूलो परिवर्तन आयो, र यो सामान्य अर्थको परिवर्तन थिएन, बरु यो त यस्तो प्रकारको प्रतिस्थापन थियो जसमा शून्यताबाट केही थोक बन्यो। यो, सृष्टिकर्ताका विचारहरूद्वारा जन्मियो, र सृष्टिकर्ताले बोल्‍नुभएका वचनहरूको कारण शून्यताबाट केही थोक बन्यो, यसका साथै त्यसपछि यो, सृष्टिकर्ताको खातिर नै अस्तित्वमा रही खडा भइरहनेवाला थियो, र सृष्टिकर्ताका विचारअनुसार यो हलचल, परिवर्तन, र नवीकरण हुनेवाला थियो। सृष्टिकर्ताले सम्पूर्ण संसारको सृष्टि गर्ने क्रममा गर्नुभएको दोस्रो कार्यलाई यो अनुच्‍छेदले व्याख्या गर्छ। यो, सृष्टिकर्ताको अख्‍तियार र शक्तिको अर्को अभिव्यक्ति, सृष्टिकर्ताको अर्को अग्रगामी कार्य थियो। संसारको जग बसालिएपछि सृष्टिकर्ताले बिताउनुभएको दोस्रो दिन यही थियो, र यो उहाँको लागि सुन्दर दिन थियो: उहाँ ज्योतिको बीचमा हिँड्‍डुल गर्नुभयो, उहाँले वायुमण्डल ल्याउनुभयो, पानीलाई व्यवस्थित गरी सञ्चालित गर्नुभयो, र त्यस नयाँ दिन उहाँका कार्य, अख्तियार, र शक्तिलाई काममा प्रयोग गरियो …

के परमेश्‍वरले आफ्ना वचनहरू बोल्‍नुभन्दा पहिले पानीहरूबीच वायुमण्डल थियो? अवश्य नै थिएन! परमेश्‍वरले “पानीहरूको बीचमा वायुमण्डल होस्” भनी भन्‍नुभएपछि के भयो? उहाँको अभिप्रायका कुराहरू देखा परे; पानीहरूको बीचमा वायुमण्डल सृजना भयो, र उहाँले “त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्‍नुभएको कारणले पानी अलग भयो। यसरी परमेश्‍वरको वचनलाई पछ्याएर उहाँको अख्‍तियार र शक्तिको परिणामस्वरूप यावत् थोकबीच दुई नयाँ थोक, दुईवटा भर्खरै जन्‍मेका कुरा देखा परे। यी दुई नयाँ कुरा देखा परेको घटनाबारे तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? के तिमीहरू सृष्टिकर्ताको शक्तिको महानता अनुभव गर्छौ? के तिमीहरू सृष्टिकर्ताको अद्वितीय र असाधारण सामर्थ्य अनुभव गर्छौ? परमेश्‍वरको अख्‍तियारले गर्दा त्यस्तो सामर्थ्य र शक्तिको महानता आएको हो, र यो अख्‍तियार परमेश्‍वर स्वयमको प्रतिनिधित्व अनि उहाँको अद्वितीय विशेषता हो।

के यो परिच्छेदले तिमीहरूलाई फेरि एक पटक परमेश्‍वरको अद्वितीयपनको प्रगाढ अनुभूति दियो? वास्तवमा, यो पर्याप्तताभन्दा टाढाको कुरा हो; सृष्टिकर्ताको अख्‍तियार र शक्ति योभन्दा धेरै अघिसम्म फैलिन्छन्। उहाँमा कुनै पनि प्राणीको भन्दा बेग्लै सार भएकोले मात्रै उहाँसँग अद्वितीयपन छ भन्‍ने होइन, बरु उहाँको अख्‍तियार र शक्ति सबैभन्दा असाधारण, असीमित, सर्वोत्कृष्ट, र सबैभन्दा माथि रहेकोले गर्दा हो, र अझ भन्‍ने हो भने, उहाँको अख्‍तियार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसले जीवन पैदा गर्ने, आश्‍चर्यकर्महरू उत्पन्‍न गर्ने, र हरेक सानदार र असाधारण मिनेट र सेकेन्ड रचना गर्ने भएकोले हो। यसका साथै, आफूले सृष्टि गर्नुहुने जीवनलाई उहाँ शासन गर्न सक्‍नुहुन्छ र आफूले सृष्टि गर्नुहुने आश्‍चर्यकर्महरू, हरेक मिनेट र सेकेन्डमाथि सार्वभौमिकता राख्‍न उहाँ सक्‍नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८५

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

तेस्रो दिन, परमेश्‍वरका वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छन्, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनद्वारा भरिपूर्ण तुल्याउँछ

अब हामी उत्‍पत्ति १:९-११ को पहिलो वाक्यलाई पढौँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्।” परमेश्‍वरले “वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? यो स्थानमा ज्योति र वायुमण्डलबाहेक के थियो? पवित्रशास्‍त्रमा यस्तो लेखिएको छ: “अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो।” भन्‍नुको अर्थ, त्यो स्थानमा अब भूमि र समुद्र थिए, अनि भूमि र समुद्र अलग गरिएका थिए। परमेश्‍वरको मुखबाट आएको आज्ञाद्वारा यी नयाँ कुरा देखा परे, “अनि त्यस्तै भयो।” के यसो गर्ने क्रममा परमेश्‍वरले हतारमा गर्नुभयो भनेर पवित्रशास्‍त्रले बताउँछ? के उहाँ शारीरिक परिश्रममा सहभागी हुनुभयो भनेर यसले बताउँछ? त्यसोभए, परमेश्‍वरले कसरी यो गर्नुभयो त? परमेश्‍वरले कसरी यी नयाँ कुरा पैदा गर्नुभयो? स्पष्टै छ, यी सबै हासिल गर्न, यसलाई पूर्णरूपमा सृष्टि गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुभयो।

…………

हामी यो परिच्छेदको अन्तिम वाक्यलाई निरन्तरता दिऔँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।” जब परमेश्‍वरले बोल्‍दैहुनुहुन्थ्यो, उहाँका विचारहरूलाई पछ्याउँदै यी सबै कुरा अस्तित्वमा आए, र एकै क्षणमा, विभिन्‍न प्रकारका जीवनका स-साना रूपहरूले आ-आफ्‍ना शिर माटोबाट फुत्त-फुत्त निकालिरहेका थिए, र आफ्‍नो शरीरका अलि-अलि धूलो टकटक्याउनुभन्दा पहिले तिनीहरूले संसारप्रति शिर हल्‍लाउँदै र मुस्कुराउँदै एकअर्कालाई उत्सुकताका साथ अभिवादन गरिरहेका थिए। तिनीहरूलाई सृष्टिकर्ताले दिनुभएको जीवनको निम्ति तिनीहरूले उहाँलाई धन्यवाद दिए, र तिनीहरू यावत् थोकका भाग हुन्, र सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्नको लागि तिनीहरूले आफ्‍नो जीवन समर्पित गर्नेछन् भनेर संसारलाई घोषणा गरे। परमेश्‍वरको वचन बोलिएपछि, भूमि हराभरा र हरियाली भयो, मानिसले उपभोग गर्न सक्‍ने सबै प्रकारका जडीबुटी जमिन फुटाएर उम्री निस्के अनि पहाड र समथर जमिन रूख र वनजङ्गलले भरिए…। जीवनको कुनै पनि नामनिशानै नभएको यो बाँझो जमिन प्रशस्त घाँसपात, जडीबुटी र रूख-बिरुवाले भरिए र हरियालीले ढाक्यो…। घाँसको मीठो बास्ना र माटोको सुगन्ध हावामा फैलियो, र हावाको बहावसँगै वनस्पतिका श्रेणीहरूले क्रमैसँग सास फेर्न थाले, र वृद्धि हुने प्रक्रिया सुरु गरे। यसका साथै, परमेश्‍वरका वचनहरूले गर्दा र उहाँका विचारहरूलाई पछ्याउँदै, सबै वनस्पतिले वृद्धि हुने, फुल्‍ने, फल फलाउने, र वृद्धि हुँदै जाने अनवरत जीवन चक्रलाई सुरु गरे। तिनीहरूले आ-आफ्‍नो जीवनको मार्गलाई पूर्ण रूपमा पालना गर्न थाले र सबै थोकबीच आ-आफ्‍नो भूमिका निर्वाह गर्न थाले…। सृष्टिकर्ताकै वचनको कारण ती जन्‍मे, र जिए। तिनीहरूले सृष्टिकर्ताको कहिल्यै नटुङ्गिने बन्दोबस्‍त र पालनपोषण प्राप्त गर्थे, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नको लागि तिनीहरू भूमिको हरेक कुनामा दृढताको साथ सधैँ बाँच्थे, र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवनशक्ति तिनीहरूले सधैँ प्रदर्शन गर्थे …

सृष्टिकर्ताको जीवन असाधारण छ, उहाँका विचारहरू असाधारण छन्, र उहाँको अख्‍तियार असाधारण छ, त्यसकारण, जब उहाँका वचनहरू उच्‍चारण गरिए, यसको अन्तिम परिणाम “अनि त्यस्तै भयो” भन्‍ने थियो। स्पष्टै छ, परमेश्‍वरले आफ्‍नै हातले काम गर्नु आवश्यक छैन; उहाँले हुकुम गर्न आफ्‍ना विचार र आदेश दिन उहाँका वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ, र यसरी कामकुरा हासिल गरिन्छन्। त्यो दिन, परमेश्‍वरले पानीहरूलाई एउटै ठाउँमा भेला गर्नुभयो, र सुक्खा जमिन देखा पर्न लगाउनुभयो, यसपछि परमेश्‍वरले भूमिबाट घाँसपात उमार्नुभयो, र बीउहरू फलाउने जडीबुटी, फल फलाउने बोटबिरुवा वृद्धि भए, अनि परमेश्‍वरले ती प्रत्येकलाई तिनका प्रकारअनुसार वर्गीकरण गर्नुभयो, र प्रत्येकलाई आ-आफ्‍नै बीउ उत्पन्‍न गर्ने तुल्याउनुभयो। यी सबै नै परमेश्‍वरका विचार र उहाँको वचनका आज्ञाहरूअनुसार प्रकट भए, र एकपछि अर्को गर्दै नयाँ संसारमा देखा परे।

परमेश्‍वरले आफ्‍नो कामको आरम्‍भ गर्नुभन्दा पहिले नै, आफूले जे हासिल गर्ने अभिप्राय राख्‍नुभएको थियो, त्यसको चित्र उहाँको मनमा थियो, र त्यो चित्रको विषयवस्तुबारे बोल्‍नका लागि आफ्‍नो मुख खोली यी कुरा हासिल गर्न जब परमेश्‍वर तयार हुनुभयो, उहाँको अख्‍तियार र शक्तिको कारण सबै थोकमा परिवर्तन आउन थाल्यो। परमेश्‍वरले त्यो जसरी गर्नुभए पनि, वा उहाँले आफ्‍नो अख्‍तियारको प्रयोग जसरी गर्नुभएको भए पनि, उहाँको योजनाअनुरूप र उहाँका वचनहरूले गर्दा चरणबद्ध रूपमा सबै कुरा हासिल गरिए, र उहाँकै वचन र अख्‍तियारद्वारा एकपछि अर्को गर्दै, स्वर्ग र पृथ्वीबीच परिवर्तनहरू आए। यी सबै परिवर्तन र घटनाहरूले सृष्टिकर्ताको अख्‍तियार, र जीवनको शक्तिको असाधारणपन र महानतालाई प्रदर्शन गरे। उहाँका सोचहरू सरल विचार, वा रित्तो चित्र होइनन्, ती त जीवनशक्ति र असाधारण ऊर्जासहितका अख्तियार हुन्, र सबै थोकलाई परिवर्तन हुन, पुनर्जीवित हुन, नवीकरण हुन, र नष्ट हुन लगाउने शक्ति हुन्। यसैले, उहाँकै विचारहरूले गर्दा सबै थोक सुचारु हुन्छन्, यसका साथै उहाँको मुखका वचनहरूको कारणले यी सबै हासिल गरिन्छन् …

सबै थोक देखा पर्नुभन्दा पहिले, परमेश्‍वरका सोचहरूमा निकै पहिले नै पूर्ण योजना निर्मित भइसकेको थियो, र धेरै पहिले नै नयाँ संसारलाई हासिल गरिसकिएको थियो। तेस्रो दिन, भूमिमा अनेक किसिमका वनस्पति देखा परेका भए तापनि, यो संसारको सृष्टि गर्ने आफ्‍नो कार्यका चरणहरूलाई रोक्‍ने कुनै कारण परमेश्‍वरसँग थिएन; उहाँको अभिप्राय आफ्ना वचनहरू निरन्तर रूपमा बोल्‍ने, हरेक नयाँ कुराको सृष्टि हासिल गरिराख्ने थियो। उहाँ बोल्‍नुहुन्थ्यो, उहाँले आफ्‍ना आज्ञाहरू जारी गर्नुहुन्थ्यो, र आफ्‍नो अख्तियार प्रयोग गर्नुहुन्थ्यो र आफ्‍नो शक्ति देखाउनुहुन्थ्यो, र उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका सबै थोक र मानवजातिको लागि तयारी गर्न उहाँले योजना बनाउनुभएको सबै कुरा तयारी गर्नुभयो …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८६

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग गर्नुहुँदा मानवजातिका ऋतु, दिन र वर्षहरू अस्तित्वमा आउँछन्

सृष्टिकर्ताले आफ्‍नो योजना हासिल गर्नका लागि आफ्‍ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले आफ्‍नो योजनाका प्रारम्‍भिक तीन दिन बिताउनुभयो। यी तीन दिनको अवधिमा, उहाँ व्यस्त हुनुभएको, वा आफूलाई रित्याउनुभएको देखिएन; यसको विपरीत, उहाँले आफ्‍नो योजनाका प्रारम्‍भिक सुन्दर तीन दिन बिताउनुभयो, र संसारलाई आमूल परिवर्तन गर्ने महान् कार्य सम्पन्न गर्नुभयो। उहाँकै आँखाअगाडि एउटा नयाँ संसार देखा पऱ्यो, र एक-एक गरी, उहाँका विचारहरूमा लुकेको सुन्दर दृश्य आखिरमा उहाँका वचनहरूमा प्रकट भयो। हरेक नयाँ कुरा देखा परेको घटना नयाँ बालकको जन्‍मजस्तै थियो, र कुनै बेला आफ्‍ना विचारहरूमा रहेको, तर अहिले जीवन्त बनाइएको चित्रप्रति सृष्टिकर्ता प्रसन्‍न हुनुभयो। त्यसबेला, उहाँको हृदयले भरपूर सन्तुष्टि हासिल गऱ्यो, तर उहाँको योजनाको सुरुवात मात्रै भएको थियो। आँखा झिमिक्‍क गर्दा, नयाँ दिन आइपुगेको थियो—र सृष्टिकर्ताको योजनाको अर्को पृष्ठमा के थियो त? उहाँले के भन्‍नुभयो? उहाँले कसरी आफ्‍नो अख्तियारको प्रयोग गर्नुभयो? यसबीच, यो नयाँ संसारमा के-कस्ता नयाँ कुरा आए? हाम्रो नजर सृष्टिकर्ताको मार्गनिर्देशनलाई पछ्याउँदै, उहाँले सबै थोक सृष्टि गर्नुभएको चौथो दिनमा केन्द्रित हुन्छ, जुन अर्को एक नयाँ सुरुवातको दिन थियो। सृष्टिकर्ताको लागि, अवश्य नै त्यो अर्को सुन्दर दिन थियो भन्‍नेमा कुनै शङ्का छैन, र त्यो दिन आजको मानवजातिको लागि निकै महत्त्वपूर्ण दिन थियो। अवश्य नै, त्यो अतुलनीय मूल्य भएको दिन थियो। कसरी त्यो सुन्दर थियो, कसरी त्यो त्यति महत्त्वपूर्ण थियो, र त्यो कसरी अतुलनीय मूल्यको थियो? हामी सुरुमा सृष्टिकर्ताले बोल्‍नुभएका वचनहरूलाई सुनौं …

“अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्” (उत्पत्ति १:१४-१५)। सुक्खा जमिन र यसमा भएका वनस्पतिलाई सृष्टि गरिसकेपछि सृष्टिका थोकहरूले प्रकट गरेको परमेश्‍वरको अख्तियारको यो अर्को प्रयोग थियो। परमेश्‍वरको लागि यस्तो कार्य उहाँले पहिले नै गर्नुभएको जत्तिकै सहज थियो, किनभने उहाँमा त्यस्तो शक्ति छ; उहाँ आफ्ना वचनजस्तै असल हुनुहुन्छ, र उहाँको वचन पूरा हुनेछ। परमेश्‍वरले आकाशमा ज्योतिहरू देखा पर्ने आदेश दिनुभयो, अनि ती ज्योतिहरू आकाश र पृथ्वीमा मात्रै चम्किएनन्, तर तिनले दिन र रात, ऋतु, दिन, र वर्षहरूको चिन्‍हका रूपमा पनि काम गरे। यसरी, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुभएपछि, आफूले हासिल गर्न चाहनुभएको हरेक कार्य उहाँको इच्छाअनुसार र उहाँले तोक्नुभएको तरिकामा नै पूरा भए।

आकाशका ज्योतिहरू आकाशका तत्व हुन् जसले ज्योति दिन सक्छन्; तिनले आकाश र जमिन अनि समुद्रलाई ज्योति दिन सक्छन्। परमेश्‍वरले आज्ञा गर्नुभएको ताल र आवृत्तिअनुसार ती परिक्रमा गर्छन्, र जमिनमा फरक-फरक समय अवधिमा चम्‍कन्छन्, र यसरी ज्योतिहरूको घुम्‍ने चक्रले भूमिको पूर्व र पश्‍चिममा दिन र रात पैदा गर्छ, र ती दिन र रातका चिन्‍हहरू मात्रै होइनन्, तर यी फरक-फरक चक्रहरूमार्फत तिनीहरूले मानवजातिका चाडपर्व र विभिन्‍न प्रकारका विशेष दिनहरूलाई पनि सङ्केत गर्छन्। परमेश्‍वरले जारी गर्नुभएका ती चार ऋतु अर्थात वसन्त, ग्रीष्म, शरद, र शिशिर ऋतुका सर्वोत्तम पूरक र सहयोगी हुन्, जसका साथमा ज्योतिहरूले मानवजातिका औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको नियमित र सटीक चिन्‍हहरूका रूपमा मैत्रीपूर्ण रूपमा काम गर्छन्। खेतीपातीको उदयपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएका ज्योतिहरूले पैदा गर्ने औंसी-पूर्णे, दिन, र वर्षको विभाजनलाई मानवजातिले बुझ्‍न र थाहा पाउन थालेको भए तापनि, वास्तवमा आज मानिसले बुझ्‍ने औंसी-पूर्णे, दिन र वर्ष धेरै पहिले सबै थोकलाई परमेश्‍वरले सृष्टि गर्नुभएको चौथो दिनमा नै पैदा हुन थालेका थिए, र मानिसले अनुभव गर्ने वसन्त, ग्रीष्म, शरद, र शिशिरको परिवर्तन भइरहने चक्र पनि धेरै पहिले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको चौथो दिनमा नै सुरु भएको थियो। परमेश्‍वरले सृष्टि गर्नुभएका ज्योतिहरूले मानिसलाई रात र दिनको बीचमा नियमित रूपमा सटीक र स्पष्ट तरिकामा भिन्‍नता छुट्याउन, र दिनहरूको गन्ती गर्न, र औंसी-पूर्णे र वर्षको हिसाब लगाउन सक्षम तुल्यायो। (पूर्णिमाको दिन एक महिना पूरा हुन्थ्यो, र यसबाट मानिसले ज्योतिहरूको प्रकाशले नयाँ चक्रलाई सुरु गर्छ भन्‍ने थाहा पायो; अर्धचन्द्रको दिन आधा महिना पूरा हुन्थ्यो, जसले नयाँ औंसी-पूर्णेको सुरुवात भएको छ भनेर मानिसलाई बताउँथ्यो, यसद्वारा औंसी-पूर्णेको चक्रमा कति दिन र कति रात हुन्छ, एउटा ऋतुमा कतिवटा पूर्णिमा पर्छन्, र एक वर्षमा कतिवटा ऋतु हुन्छन् भनेर जान्‍न सकिन्थ्यो, र यी सबैलाई ठूलो नियमितताको साथ प्रकट गरिए।) त्यसकारण, ज्योतिहरूको चक्रले सङ्केत गर्ने औंसी-पूर्णे, दिन, र वर्षहरूको हिसाब मानिसले सहजै गर्न सक्थ्यो। यस विन्दुयता मानवजाति र सबै थोक अचेतन रूपमै रात र दिनको सुव्यवस्थित परिवर्तन अनि ज्योतिको चक्रले पैदा गर्ने ऋतुहरूको फेरबदलबीच जिए। चौथो दिन, सृष्टिकर्ताले ज्योतिहरू सृष्टि गर्नुको महत्त्व यही नै थियो। यसरी नै, सृष्टिकर्ताको यो कार्यको उद्देश्य र महत्त्वलाई अझै पनि उहाँको अख्‍तियार र शक्तिबाट अलग गर्न सकिँदैनथियो। त्यसकारण, परमेश्‍वरले बनाउनुभएका ज्योति र तिनीहरूले मानिसमा चाँडै ल्याउने महत्त्व नै सृष्टिकर्ताको अख्‍तियारको प्रयोगको अर्को उल्‍लेखनीय उपलब्धि थियो।

मानवजाति अहिलेसम्‍म देखा नपरेको यो नयाँ संसारमा, सृष्टिकर्ताले चाँडै नै सृष्टि गर्न लाग्‍नुभएको जीवनको लागि साँझ र बिहान, वायुमण्डल, भूमि र समुद्र, घाँसपात, जडीबुटी र विभिन्‍न प्रकारका रूख र ज्योति, ऋतु, दिन र वर्षहरू तयार गर्नुभएको थियो। उहाँले सृष्टि गर्नुभएको हरेक नयाँ थोकमा उहाँको अख्‍तियार र शक्ति व्यक्त गरिएका थिए, र अलिकति भिन्‍नताविना नै, र अलिकति अन्तरालविना नै उहाँका वचन र उपलब्धिहरू एकसाथ आए। यी सबै नयाँ कुरा प्रकट हुनु र जन्‍मनु नै सृष्टिकर्ताको अख्‍तियार र शक्तिको प्रमाण थियो: उहाँ आफ्नो वचन जत्ति नै असल हुनुहुन्छ, अनि उहाँको वचन पूरा हुनेछ, र उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्। यो तथ्य कहिल्यै परिवर्तन भएको छैन: विगतमा यो जस्तो थियो, आज पनि त्यस्तै छ, र अनन्तकालसम्‍म यो यस्तै रहनेछ। जब तिमीहरू पवित्र-शास्‍त्रका ती वचनलाई फेरि एक पटक हेर्छौ, के ती तिमीहरूलाई ताजा लाग्छ? के तिमीहरूले नयाँ विषयवस्तु देखेका छौ, र नयाँ कुराहरू पत्ता लगाएका छौ? यस्तो हुनुको कारण के हो भने सृष्टिकर्ताका कार्यहरूले तिमीहरूको हृदयलाई छोएका छन्, र उहाँको अख्‍तियार र शक्तिसम्‍बन्धी तिमीहरूको ज्ञानको दिशालाई निर्देशित गरेका छन्, र सृष्टिकर्तासम्बन्धी तिमीहरूको बुझाइको लागि ढोका खोलेका छन्, र उहाँका कार्य र अख्तियारले यी वचनहरूमा जीवन प्रदान गरेका छन्। त्यसकारण, यी वचनमा मानिसले सृष्टिकर्ताको अख्‍तियारको वास्तविक र स्पष्ट अभिव्यक्तिलाई देखेको छ, सृष्टिकर्ताको सर्वोच्‍चतालाई साँचो रूपमा देखेको छ, र सृष्टिकर्ताको अख्तियार र शक्तिको असाधारणपन देखेको छ।

सृष्टिकर्ताको अख्‍तियार र शक्तिले एकपछि अर्को गर्दै आश्‍चर्यकर्म पैदा गर्छन्; उहाँले मानिसको ध्यान खिच्नुहुन्छ, र मानिस उहाँको अख्तियारको प्रयोगबाट उत्पन्न चकित पार्ने कार्यहरूलाई छक्‍क परेर नहेरी बस्नै सक्दैन। उहाँको असाधारण शक्तिले एकपछि अर्को गर्दै खुशी ल्याउँछ, र मानिस आदर, आश्चर्य र हर्षले चकित पर्छ र उल्लसित हुन्छ; यसका साथै, मानिस देखिँदो रूपमै प्रभावित हुन्छ र उसमा आदर, श्रद्धा, र घनिष्ठता पैदा हुन्छ। सृष्टिकर्ताका अख्‍तियार र कार्यहरूले मानिसको आत्मामा निकै महान् प्रभाव र शोधनकारी असर पार्छन्, यसका साथै, तिनले मानिसको आत्मालाई तृप्त गर्छन्। सबै थोकमध्ये उहाँका हरेक विचार, हरेक वाणी र उहाँको अख्तियारको हरेक प्रकटीकरण उत्कृष्ट कार्य हो, र यो, सृष्टि गरिएको मानवजातिको गहन बुझाइ र ज्ञानको निम्ति सबैभन्दा योग्य महान् कार्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८७

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले फरक-फरक तरिकामा सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्छन्

पवित्रशास्‍त्रले भन्छ, “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२०-२१)। त्यस दिन, परमेश्‍वरले पानीका प्राणीहरू र आकाशका पक्षीहरू सृष्टि गर्नुभयो भनेर पवित्रशास्‍त्रले स्पष्ट रूपमा भन्छ, भन्‍नुको अर्थ, उहाँले विभिन्‍न प्रकारका माछा र चराचुरुङ्गी सृष्टि गर्नुभयो, र तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो। यसरी, पृथ्वी, आकाश, र पानी परमेश्‍वरको सृष्टिले भरिपूर्ण भए …

परमेश्‍वरका वचनहरू बोलिएपछि, उहाँका वचनद्वारा नै सबै ताजा नयाँ जीवन फरक-फरक रूपमा जीवित भई निस्के। ती आफ्‍नो स्थानको लागि तँछाड-मछाड गर्दै, आनन्दले उफ्रँदै, उल्लासित हुँदै संसारमा आए…। सबै रूप र आकारका माछाहरू पानीमा पौडन थाले; बालुवाबाट हरप्रकारका खपटे माछाहरू निस्किए; कत्ला भएका, खपटो भएका, र मेरुदण्ड नभएका प्राणीहरू फरक-फरक आकारमा तुरुन्तै बढ्दै निस्के, चाहे ती ठूला हुन् वा साना, लामा हुन् वा छोटा। त्यसरी नै विभिन्‍न प्रकारका समुद्री वनस्पति तेज रूपमा वृद्धि भए, ती विभिन्‍न प्रकारका समुद्री प्राणीका चाललाई प्रभाव पार्दै, मन्द पानीलाई तरङ्गित तुल्याउँदै लहरिए, मानौं तिनले तिनीहरूलाई यसो भन्दैथिए: “खुट्टा झट्का! तेरा साथीहरूलाई ले! किनभने तँ अब फेरि कहिल्यै एकलो हुनेछैनस्!” परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरू पानीमा देखा परेको क्षणदेखि नै हरेक नयाँ जीवनले धेरै लामो समयदेखि अचल रहेको पानीमा जीवनशक्ति ल्यायो, र नयाँ युगलाई आरम्‍भ गऱ्यो…। यस विन्दुपछि, तिनीहरूले एकअर्कामा अडेस लिँदै बसे, र एकअर्कालाई साथ दिए, र एकअर्काको बीचमा कुनै दूरी राखेनन्। पानी यसको अङ्गालोभित्र रहेका हरेक जीवनलाई पालनपोषण गर्दै यसमा भएका प्राणीहरूकै निम्ति अस्तित्वमा रह्यो, र हरेक प्राणी पानीले दिने पोषणको खातिर अस्तित्वमा रह्यो। हरेकले अर्कोलाई जीवन प्रदान गऱ्यो, यसका साथै, हरेकले त्यही शैलीमा सृष्टिकर्ताको सृष्टिको आश्‍चर्यता र महानता, र उहाँको अख्‍तियारको सर्वोत्कृष्ट शक्तिको गवाही दियो …

जसरी समुद्र त्यसउप्रान्त कहिल्यै शान्त रहेन, त्यसरी नै आकाश पनि जीवनले भरिन थाल्यो। एकपछि अर्को गर्दै, ठूला-साना चराचुरुङ्गीहरू जमिनबाट आकाशतिर उडे। समुद्रका प्राणीहरूभन्दा फरक रूपमा, तिनीहरूसँग तिनीहरूका स-साना र सुन्दर स्वरूपलाई ढाक्‍ने पखेटा र प्वाँखहरू थिए। तिनीहरूका प्वाँखहरूको सुन्दर वस्त्र र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका विशेष क्षमता र सीपहरूलाई घमण्ड र गर्वका साथ प्रदर्शन गर्दै तिनीहरूले आफ्‍ना पखेटाहरू फरफराए। तिनीहरू स्वतन्त्रताका साथ उडे, र कुशलतापूर्वक आकाश र पृथ्वी, घाँसे मैदान र वन-जङ्गलहरूबीच वेग मार्दै उडे…। तिनीहरू आकाशका प्रिय थिए, तिनीहरू सबै थोकका प्रिय थिए। तिनीहरू चाँडै नै आकाश र पृथ्वीलाई जोड्ने बन्धन बन्‍नेवाला थिए, र तिनीहरूले नै सबै थोकलाई सन्देशहरू दिनेवाला थिए…। तिनीहरू गाउँथे, आनन्दले यताउता उडिहिँड्थे, कुनै बेला रित्तो रहेको यस संसारमा तिनीहरूले नै हर्ष, खुसी, र जीवन्तता ल्याए…। सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवनको लागि तिनीहरूले आफ्‍ना स्पष्ट, सुमधुर गीतको प्रयोग गरे, आफ्‍नो हृदयका वचनहरू प्रयोग गरे। सृष्टिकर्ताको सृष्टिको सिद्धता र आश्‍चर्यपनलाई प्रदर्शन गर्न तिनीहरू हर्षका साथ नाचे, र तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन उहाँले तिनीहरूलाई दिनुभएको विशेष जीवनमार्फत उहाँको अख्तियारको गवाही दिने कार्यमा नै अर्पण गर्नेवाला थिए …

चाहे ती पानीमा हुन् वा आकाशमा, जीवित प्राणीहरूको यो प्रचुरता सृष्टिकर्ताको आज्ञाद्वारा जीवनका विभिन्‍न स्वरूपमा अस्तित्वमा रह्यो, र सृष्टिकर्ताको आज्ञाद्वारा तिनीहरू आ-आफ्नो प्रजातिअनुसार एकसाथ भेला भए—र यो व्यवस्था, यो नियमलाई कुनै पनि प्राणीले परिवर्तन गर्न सक्दैनथ्यो। न त सृष्टिकर्ताले तिनीहरूको लागि तय गर्नुभएका सीमाहरूभन्दा बाहिर जाने आँट तिनीहरूले कहिल्यै गरे, न त त्यसो गर्न नै सके। सृष्टिकर्ताले तोक्‍नुभएअनुसार, तिनीहरू जिए र वृद्धि भए अनि सृष्टिकर्ताले अघि सार्नुभएको जीवनका दिशा र नियमहरूलाई तिनीहरूले कडाइका साथ पालना गरे, र उहाँका नबोलिएका आज्ञाहरू र उहाँले तिनीहरूलाई दिनुभएका स्वर्गीय आदेश र ज्ञानहरूलाई आजको दिनसम्‍मै सचेत रूपमा पालना गरिरहे। तिनीहरूले आफ्‍नै विशेष तरिकामा सृष्टिकर्तासँग कुराकानी गरे, र उहाँको आशयलाई बुझ्‍न पुगे, र उहाँका आज्ञाहरूलाई पालना गरे। सृष्टिकर्ताको अख्‍तियारलाई कसैले कहिल्यै भङ्ग गरेन, र उहाँका विचारहरूभित्र नै उहाँको सार्वभौमिकता र आज्ञा तिनीहरूलाई जारी गरिएका थिए; कुनै पनि वचन जारी गरिएन, तर कुनै पनि भाषिक विशेषता नभएको र मानवजातिको भन्दा फरक रहेको सृष्टिकर्ताको अद्वितीय अख्‍तियारले नै मौन रूपमा सबै थोकलाई नियन्त्रण गऱ्यो। यस प्रकारको विशेष तरिकामा गरिएको सृष्टिकर्ताको अख्तियारको प्रयोगले मानिसलाई उहाँको अद्वितीय अख्‍तियारबारे नयाँ ज्ञान प्राप्त गर्न, र त्यसलाई नयाँ तरिकाले अर्थ्याउन बाध्य तुल्यायो। यहाँ, मैले तिमीहरूलाई भन्नैपर्छ कि यो नयाँ दिनमा सृष्टिकर्ताको अख्‍तियारको प्रयोगले उहाँको अद्वितीयपनलाई फेरि एक पटक प्रदर्शित गऱ्यो।

यसपछि, हामी पवित्रशास्‍त्रको यो परिच्छेदको अन्तिम वाक्यलाई हेरौं: “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” यसको अर्थ के हो भन्‍ने तिमीहरूलाई लाग्छ? परमेश्‍वरका भावनाहरू यिनै वचनभित्र समावेश छन्। आफूले सृष्टि गर्नुभएका सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएको, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्‍वरले हेर्नुभयो। यो समयमा, उहाँले आफ्‍ना वचनद्वारा बनाउनुभएका कुराप्रति र उहाँले हासिल गर्नुभएका विभिन्‍न कार्यप्रति के उहाँ सन्तुष्ट हुनुहुन्थ्यो? यसको उत्तर “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने हो। तिमीहरू यहाँ के देख्छौ? “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ परमेश्‍वरले आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुरालाई हासिल गर्ने, हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि उहाँसँग छ भन्‍ने हुन्छ। जब परमेश्‍वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने नै हो। अर्को शब्‍दमा भन्नुपर्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्ट हुनुभयो। उहाँलाई कुनै पछुतो भएन भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको योजना सिद्ध छ, उहाँका शक्ति र बुद्धि सिद्ध छन्, र उहाँको अख्‍तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्‍ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्‍वरले जस्तै यसलाई हेरेर असल देख्‍न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्‍मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, उसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब परमेश्‍वरले आफूले गर्नुभएको र हासिल गर्नुभएका सबै कुरा असल देख्‍नुभयो, उहाँले बनाउनुभएका सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्‍नुको अर्थ, जब “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएका थिए, प्रकारअनुसार वर्गीकरण भएका थिए, र सदा अनन्तको लागि निश्‍चित स्थान, उद्देश्य र कार्य दिइएको थियो। यसका साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नैपर्ने यात्रा उहाँले पहिले नै नियुक्त गरिसक्‍नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो, सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।

“त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्‍वरले सारा प्राणीलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्‍तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यावहारिक, र अझै बढी गहन छ। सृष्टिकर्ताले आफ्‍ना वचनहरूद्वारा आफूले हासिल गर्न तय गर्नुभएका सबै कुरालाई प्राप्त मात्रै गर्न सक्‍नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएका सबै हासिल मात्रै गर्न सक्‍नुभएन, तर आफूले सृष्टि गर्नुभएका सबैलाई आफ्‍नै हातले नियन्त्रण गर्न, र आफ्‍नो अख्‍तियारको अधीनमा आफूले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्‍नुभयो, यसका साथै सबै व्यवस्थित र क्रमबद्ध थिए। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसका साथै, उहाँको अख्‍तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र यसमा कसैलाई छूट थिएन! “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्‍मै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्‍ने, र सबै थोकमाथि जीवन र जीवनशक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा आफ्‍नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिकासहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्‍ने तरिकामा पनि यसको प्रकटीकरण भयो। सृष्टिकर्ताको अख्तियारजस्तै, उहाँको अद्वितीय पहिचान पनि अनन्‍तदेखि अनन्‍तसम्‍म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतीक हुनेछ, र उहाँको अख्‍तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८८

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

छैटौं दिन, सृष्टिकर्ता बोल्‍नुहुन्छ, र उहाँको मस्तिष्कमा भएका हरेक प्रकारका प्राणी एकपछि अर्को गर्दै देखा पर्छ

चालै नपाई, सबै थोक सृष्टि गर्नुहुने सृष्टिकर्ताको कार्य पाँचौं दिनसम्‍म जारी रह्यो, र यसपछि तुरुन्तै सृष्टिकर्ताले सबै थोक सृष्टि गर्ने आफ्‍नो कार्यको छैटौं दिनलाई स्वागत गर्नुभयो। यो दिन अर्को नयाँ सुरुवात, र अर्को असाधारण दिन थियो। त्यसोभए, यो नयाँ दिनको अघिल्‍लो साँझ सृष्टिकर्ताको योजना के थियो त? उहाँले के-कस्ता नयाँ प्राणीहरू पैदा गर्नुहुनेथियो, सृष्टि गर्नुहुनेथियो? सुन, सृष्टिकर्ताको आवाज त्यही हो …

“अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२४-२५)। के-कस्ता जीवित प्राणीहरू समावेश छन्? पवित्रशास्‍त्रले भन्छ: पालिने पशुहरू, र घस्रने जन्तुहरू, र प्रजाति-प्रजातिका वन-पशुहरू। भन्‍नुको अर्थ, यो दिन पृथ्वीमा सबै प्रकारका प्राणी मात्रै थिएनन्, तर तिनीहरू सबैलाई प्रकारअनुसार वर्गीकरण पनि गरिएका थिए, त्यसरी नै, “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।”

अघिल्‍ला पाँच दिनको अवधिमा जस्तै, सृष्टिकर्ताले उस्तै शैलीमा बोल्‍नुभयो र आफूले चाहेका जीवित प्राणीहरू जन्मने आदेश दिनुभयो, र तिनीहरू आ-आफ्‍नै प्रकारअनुसार पृथ्वीमा देखा परे। जब सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, उहाँले बोल्‍नुभएको कुनै पनि वचन व्यर्थ हुँदैन, र त्यसैअनुसार छैटौं दिनमा उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका हरेक जीवित प्राणी तोकिएको समयमा देखा परे। सृष्टिकर्ताले “पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू उत्पन्‍न गरोस्” भनी भन्‍नुभएपछि, पृथ्वी तुरुन्तै जीवनले भरिपूर्ण भयो, र भूमिमा अचानक सबै प्रकारका जीवित प्राणीहरू प्रकट भए…। घाँसे मैदानमा, आफ्‍नो पुच्छर यताउता हल्‍लाउने गाईका बथानहरू एकपछि अर्को गर्दै देखा परे, भ्या-भ्या गर्ने भेडाहरू बथान-बथानमा जम्‍मा भए, र घोडाहरू हिं-हिं आवाज निकाल्दै दौडन थाले…। एकै क्षणमा, शान्त घाँसे मैदानको ठूलो क्षेत्र जीवनले भरिपूर्ण भयो…। यी विभिन्‍न प्रकारका चौपायाहरू देखा परेका घटना शान्त घाँसे मैदानमा देखिएको सुन्दर दृश्य थियो, र तिनले असीमित जीवनशक्ति ल्याए…। तिनीहरू एकअर्कामा आश्रित हुँदै घाँसे मैदानका साथी, र घाँसे मैदानका मालिक बन्‍नेवाला थिए; त्यसरी नै तिनीहरू यी भूमिका रक्षक र हेरचाह गर्नेहरू बन्‍नेवाला थिए, जुन तिनीहरूको स्थायी बासस्थान हुनेवाला थिए, र जसले तिनीहरूलाई चाहिने सबै कुरा, तिनीहरूको अस्तित्वको लागि अनन्त पोषणको स्रोत प्रदान गर्नेवाला थिए …

यी विभिन्‍न चौपाया अस्तित्वमा आएकै दिन, सृष्टिकर्ताको वचनद्वारा एकपछि अर्को गर्दै असंख्य कीराफट्याङ्ग्रा देखा परे। सबै प्राणीहरूमध्ये तिनीहरू सबैभन्दा साना जीवित प्राणीहरू थिए, तैपनि तिनीहरूको जीवनशक्ति सृष्टिकर्ताको आश्‍चर्यजनक सृष्टि थियो, र तिनीहरू आइपुगेको समय अत्यन्तै ढिलो भएको थिएन…। कतिले आफ्‍ना स-साना पखेटाहरू चलाउँथे, अरू भने बिस्तारै घस्रिन्थे; कति उफ्रन्थे र फड्को मार्थे, अरू मुस्किलले हिँड्थे; कति अघि दगुर्थे, कति तुरुन्तै पछि हट्थे; कति दायाँबायाँ गर्दै घस्रन्थे, अरू माथि-तल गर्दै उफ्रन्थे…। सबै आफ्‍नो लागि घर खोज्‍ने प्रयासमा व्यस्त थिए: कतिले घाँसको बीचमा ठाउँ तयार पारे, कतिले भूँइमा दुलो खन्‍नलागे, कति जङ्गलको बीचमा लुकेका रूखहरूतर्फ उडे…। आकारमा साना भए तापनि, खाली पेटको पीडा सहन तिनीहरू इच्‍छुक थिएनन्, र आफ्‍नो घर भेट्टाइसकेपछि, तिनीहरू आफ्‍नो लागि खानेकुरा खोज्‍न हतारमा निस्के। कति कलिलो मुना खान घाँसको बोटमा चढे, कतिले मुखभरि माटो लिए र निकै स्वादिलो मान्दै र खुसी हुँदै पेटसम्‍म पुग्‍ने गरी निले (तिनीहरूका लागि, माटोसमेत स्वादिलो खानेकुरा हो); कति जङ्गलहरूबीच लुकेका थिए, तर तिनीहरूले विश्राम गरेनन्, किनभने चमकदार गाढा हरिया पातहरूभित्रको भोजनले तिनीहरूलाई रसिलो खाना प्रदान गर्थ्यो…। कीराफट्याङ्ग्राहरूले तृप्त भएपछि पनि आफ्‍नो क्रियाकलापलाई रोकेनन्; तिनीहरू कदमा साना भए पनि, तिनीहरूमा अथाह ऊर्जा र असीमित जोस थियो, त्यसकारण सबै प्राणीमध्ये तिनीहरू नै सबैभन्दा सक्रिय र मेहनती थिए। तिनीहरूले कहिल्यै अल्छी गरेनन्, र तिनीहरू कहिल्यै विश्राममा भुलेनन्। तिनीहरूको भोक तृप्त भएपछि, आफ्‍नो भविष्यको लागि, भोलिको दिनको लागि व्यस्त रहँदै र दौडधूप गर्दै, आफ्‍नो अस्तित्वको लागि आफ्‍नो परिश्रममा तिनीहरू लागिरहे…। तिनीहरूले आफैलाई प्रोत्साहन गर्न र उत्साह दिइरहनको लागि विभिन्‍न प्रकारका धुन र तालमा गीतहरू गुनगुनाउथे। तिनीहरूले हरेक दिन, हरेक वर्षलाई अद्वितीय तुल्याउँदै घाँस-पात, रूख-पात, र हरेक इन्च माटोमा आनन्द थपे…। तिनीहरूले आफ्‍नै भाषा र तौर-तरिकाद्वारा सबै जीवित प्राणीहरूकहाँ जानकारी प्रसारण गरे। तिनीहरूले आफ्‍नै विशेष जीवनशैलीको प्रयोग गर्दै सबै कुरामा चिन्‍ह लगाउँथे, जसमा तिनीहरूले आफ्‍ना छाप छोड्थे…। माटो, घाँस-पात, र वन-जङ्गलसँग तिनीहरूको सम्‍बन्ध घनिष्ठ थियो, र तिनीहरूले माटो, घाँस-पात, र वन-जङ्गलमा जोस र जीवनशक्ति ल्याए। तिनीहरूले सबै जीवित प्राणीहरूकहाँ सृष्टिकर्ताको प्रोत्‍साहन र अभिवादन ल्याए …

आफूले सृष्टि गरेका सबै थोकमाथि सृष्टिकर्ताले नजर लगाउनुभयो, र यस क्षणमा उहाँको नजर वन-जङ्गल र पहाड-पर्वतमा रोकियो, उहाँको मन त्यसमा केन्द्रित भयो। उहाँका वचनहरू उच्‍चारण गरिएपछि, घना जङ्गलमा, र पहाडहरूमा एक प्रकारका प्राणीहरू देखा परे जुन पहिले कहिल्यै देखिएका थिएनन्: ती परमेश्‍वरको मुखले बोल्नुभएका वन-पशुहरू थिए। चाँडै नै, तिनीहरूले आफ्‍ना शिर हल्‍लाए र आफ्‍ना पुच्छर हल्‍लाए, हरेकका आ-आफ्‍नै अद्वितीय अनुहार थिए। कतिको भुवादार वस्‍त्र थियो, कति कवचधारी थिए, कति तीखा दाँत भएका थिए, कतिको पङ्क्तिबद्ध दाँत थिए, कति लामो घाँटी भएका थिए, कति छोटो पुच्छर भएका थिए, कति ठूला-ठूला आँखा भएका थिए, कति कमजोर नजरका थिए, कतिले घाँस खान निहुरिनुपर्थ्यो, कतिले मुखभरि रगत बोकेका हुन्थे, कति दुई खुट्टाले बुरुक्‍क-बुरुक्‍क उफ्रन्थे, कति चार खुरले हिँड्थे, कतिले रुखको टुप्पामा बसेर टाढा-टाढा हेर्थे, कति जङ्गलमा पस्रेर पर्खन्थे, कति विश्राम गर्नलाई गुफाहरू खोज्थे, कति समथर भूमिमा दौडँदै उल्‍लसित भइरहेका हुन्थे, कति वन-जङ्गलमा सिकारको खोजी गरिरहेका हुन्थे…; कति गर्जिरहेका हुन्थे, कति कुकुर रोएझैँ कराइरहेका हुन्थे, कति भुकिरहेका हुन्थे, कति रोइरहेका हुन्थे…; कति उच्‍च स्वरका थिए, कति मध्यम स्वरका, कति पूर्ण स्वरका, कति स्पष्ट र सुमधुर थिए…; कति डरलाग्दा थिए, कति सुन्दर थिए, कति घिनलाग्दा थिए, कति समाऊँ-समाऊँ लाग्दा थिए, कति भयानक थिए, कति मोहक थिए…। पालैपालो, तिनीहरू प्रत्येक देखा परे। तिनीहरू कति उच्‍च र शक्तिशाली छन्, स्वतन्त्र, एकअर्कालाई एक नजर हेर्ने झमेलामा नपरी एकअर्काको परवाह नगर्ने खालका छन्…। ती सबै सृष्टिकर्ताद्वारा दिइएको जीवन, र आफ्‍नै जङ्गलीपन र बर्बरता वहन गर्दै, वन-जङ्गलमा र पहाड-पर्वतमा देखा परे। सबैभन्दा घृणित, त्यति अभिमानले भरिएका—तिनीहरू आखिर पहाड-पर्वत र वन-जङ्गलका साँचो मालिकहरू थिए। सृष्टिकर्ताले तिनीहरू देखा पर्ने घटनाको प्रबन्ध गर्नुभएको क्षणदेखि नै, तिनीहरूले वन-जङ्गल र पहाड-पर्वतलाई “दाबी गरे”, किनभने सृष्टिकर्ताले पहिले नै तिनीहरूको सीमामा मोहर लगाइक्‍नुभएको थियो र तिनीहरूको अस्तित्वको क्षेत्रलाई निर्धारित गरिसक्‍नुभएको थियो। तिनीहरू मात्रै पहाड-पर्वत र वन-जङ्गलका साँचो प्रभुहरू थिए, अनि त्यही कारणले गर्दा नै तिनीहरू त्यति उग्र, त्यति घृणित थिए। सबै प्राणीमध्ये तिनीहरू नै साँचो रूपमा जङ्गली, पाशविक, र सधाउन नसकिने थिए, र खासमा यही कारणले नै तिनीहरूलाई “वन-पशुहरू” भनियो। तिनीहरूलाई सधाउन सकिँदैनथियो, त्यसैले तिनीहरूलाई पाल्‍न सकिँदैनथियो, र तिनीहरू मानवजातिसँग मिलेर बस्‍न वा मानवजातिको खातिर परिश्रम गर्न सक्दैनथिए। तिनीहरूलाई पाल्‍न नसकिने, तिनीहरूले मानवजातिको लागि काम गर्न नसक्‍ने भएकाले नै तिनीहरू मानवजातिबाट टाढा बस्‍नुपर्थ्यो, र मानिस तिनीहरूको नजिक जान सक्दैनथियो। तिनीहरू मानवजातिबाट टाढा बस्‍नुपर्ने भएकोले र मानिस तिनीहरूको नजिक जान नसक्‍ने भएकोले, सृष्टिकर्ताले तिनीहरूलाई प्रदान गर्नुभएको जिम्‍मेवारी अर्थात् पहाड-पर्वत र वन-जङ्गललाई रक्षा गर्ने काम तिनीहरूले पूरा गर्न सके। तिनीहरूको जङ्गलीपनले पहाड-पर्वतलाई सुरक्षा दियो र वन-जङ्गलको रखवारी गऱ्यो, र यो तिनीहरूको अस्तित्व र सन्तान उत्पादनको लागि सबैभन्दा उत्तम सुरक्षा र सुनिश्‍चितता थियो। यसका साथै, तिनीहरूको जङ्गलीपनले सबै थोकको बीचमा सन्तुलन कायम राख्यो र यसको सुनिश्‍चितता प्रदान गर्‍यो। तिनीहरूको आगमनले पहाड-पर्वत र वन-जङ्गललाई सहयोग र सुरक्षा मिल्यो; तिनीहरूको आगमनले अचल र रित्तो पहाड-पर्वत र वन-जङ्गलमा असीमित जोस र जीवन-शक्ति ल्यायो। यस विन्दुदेखि यता, पहाड-पर्वत र वन-जङ्गल तिनीहरूको स्थायी वासस्थान बने, र तिनीहरूले कहिल्यै आफ्‍नो घर गुमाउनेवाला थिएनन्, किनभने तिनीहरूकै लागि नै पहाड-पर्वत र वन-जङ्गल देखा परेका र अस्तित्वमा आएका थिए; वन-पशुहरूले आफ्‍नो कर्तव्य पूरा गर्नेवाला थिए र तिनलाई सुरक्षित गर्नको लागि आफूले सक्‍ने सबै गर्नेवाला थिए। त्यसरी नै, वन-पशुहरूले तिनीहरूको क्षेत्रलाई कायम राख्‍न, र सृष्टिकर्ताले स्थापित गर्नुभएका सबै थोकमा सन्तुलन कायम राख्‍न तिनीहरूको पाशविक प्रकृतिलाई निरन्तर प्रयोग गर्नको लागि सृष्टिकर्ताले दिनुभएका आदेशहरूलाई कडाइका साथ पालन गर्नेवाला थिए, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नेवाला थिए!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ८९

सृष्टिकर्ताको अख्‍तियारको अधीनतामा, सबै थोक सिद्ध छन्

चराचुरुङ्गी र माछा, रूख-बिरुवा र फूलहरूजस्ता चल्‍न सक्‍ने र चल्‍न नसक्‍नेलगायत, र छैटौं दिनमा बनाइएका चौपाया, कीराफट्याङ्ग्रा, र वन-पशुहरूलगायत, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक—परमेश्‍वरको नजरमा ती सबै असल थिए, यसका साथै, परमेश्‍वरको नजरमा उहाँको योजनाअनुसार, यी कुरा सबैले सिद्धताको शिखर प्राप्त गरेका थिए र तिनीहरू परमेश्‍वरले हासिल गर्न चाहनुभएका मापदण्डहरूमा पुगेका थिए। सृष्टिकर्ताले चरणबद्ध रूपमा आफ्‍नो योजनाअनुरूप नै आफ्‍नो अभिप्रायको काम गर्नुभयो। उहाँले एकपछि अर्को गर्दै सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका कुराहरू देखा परे, र हरेक कुराको देखा पराइ सृष्टिकर्ताको अख्‍तियारको प्रतिबिम्‍ब, उहाँको अख्‍तियारको मूर्तता थियो; यो मूर्तताको कारण, सारा जीव सृष्टिकर्ताको अनुग्रह र बन्दोबस्‍तप्रति आभारी नभई बस्‍न सकेनन्। परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरू आफै प्रकट हुने क्रममा, यो संसार एक-एक गरी परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराद्वारा भरिपूर्ण भए, र यो लथालिङ्गपन र अन्धकारबाट स्पष्टता र ज्योतिमा, मृत्युको सन्नाटादेखि जीवन्त र असीमित जीवनशक्तिमा परिवर्तन भयो। सृष्टिका सबै थोकमाझ, ठूलादेखि सानासम्‍म, सानादेखि अति सूक्ष्‍मसम्‍म, सृष्टिकर्ताको अख्‍तियार र शक्तिले सृष्टि नगरेको केही पनि थिएन, र हरेक जीवको अस्तित्वको अद्वितीय र अन्तर्निहित आवश्यकता र मूल्य थियो। तिनीहरूको आकार र संरचनामा रहेका भिन्‍नताहरूको बाबजुद पनि, तिनीहरूलाई सृष्टिकर्ताले उहाँको अख्तियारको अधीनमा रही जिउने गरी बनाउनुभएको थियो। कहिलेकाहीँ मानिसहरूले एउटा अत्यन्तै कुरूप कीरा देख्छन्, अनि भन्छन्, “त्यो कीरा अत्यन्तै भयानक छ, त्यसकारण यस्तो कुरूप थोक परमेश्‍वरले बनाउनुभएको हुँदै-होइन—उहाँले त्यस्तो कुरूप थोक सृष्टि गर्न सक्‍नुहुन्‍न।” कस्तो मूर्ख सोच! तिनीहरूले त यसो भन्‍नुपर्ने हो, “यो कीरा यति कुरूप भए पनि, परमेश्‍वरले नै यसलाई बनाउनुभएको हो, त्यसकारण पक्‍कै पनि यसको आफ्‍नै अद्वितीय उद्देश्य हुनुपर्छ।” परमेश्‍वरका विचारहरूमा, आफूले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरूलाई उहाँले हरेक स्वरूप र हरेक प्रकारका प्रकार्य र प्रयोजनहरू दिने अभिप्राय राख्‍नुभएको थियो, त्यसकारण परमेश्‍वरले बनाउनुभएका कुराहरू एकै प्रकारका थिएनन्। तिनीहरूको बाहिरी रूपदेखि भित्री बनावटसम्‍म, तिनीहरूको जिउने शैलीदेखि तिनीहरूले ओगट्ने स्थानसम्‍म—हरेक कुरा फरक छ। गाईसँग गाईकै रूप हुन्छ, गधासँग गधाकै रूप हुन्छ, मृगसँग मृगकै रूप हुन्छ, र हात्तीसँग हात्तीकै रूप हुन्छ। कुनचाहिँ सबैभन्दा राम्रो देखिन्छ, र कुनचाहिँ सबैभन्दा कुरूप देखिन्छ भनेर के तैँले भन्‍न सक्छस्? कुनचाहिँ सबैभन्दा उपयोगी छ, र कुनको अस्तित्व सबैभन्दा कम आवश्यक छ भनेर के तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूलाई हात्तीको रूप मन पर्छ, तर जमिनमा खेती गर्नको लागि कसैले पनि हात्तीको प्रयोग गर्दैन; कतिलाई सिंह र बाघको रूप मन पर्छ, किनभने तिनीहरूका रूप सबै थोकभन्दा आकर्षक देखिन्छन्, तर के तँ तिनलाई घरपालुवा जनावरको रूपमा राख्‍न सक्छस्? छोटकरीमा भन्नुपर्दा, जब सृष्टिका असंख्य थोकको कुरा आउँछ, मानिसले सृष्टिकर्ताको अख्तियारलाई काम गर्न दिनुपर्छ, भन्‍नुको अर्थ, सृष्टिकर्ताले यावत् थोकको निम्ति तय गर्नुभएको क्रमलाई काम गर्न दिनुपर्छ; सबैभन्दा बुद्धिमानी मनोवृत्ति यही हो। सृष्टिकर्ताका मौलिक अभिप्रायहरूको खोजी गर्ने, र त्यसको पालना गर्ने मनोवृत्ति मात्रै सृष्टिकर्ताको अख्‍तियारको साँचो स्वीकार र सुनिश्‍चितता हो। यो, परमेश्‍वरको नजरमा असल हो, त्यसकारण, मानिसले गल्ती भेट्टाउनुको कारण के हो त?

यसरी, सृष्टिकर्ताको अख्‍तियारअन्तर्गतका यावत् थोकले सृष्टिकर्ताको सार्वभौमिकताको नयाँ जयगान गाउनुपर्छ, उहाँले नयाँ दिनमा गर्नुभएको कामको लागि सानदार शुभारम्भ गर्नुपर्छ, र यस क्षणमा सृष्टिकर्ताले उहाँको व्यवस्थापन कार्यमा नयाँ पृष्ठ पनि खोल्‍नुहुनेछ। वसन्तमा मुना उम्रने, ग्रीष्ममा पाक्‍ने, शरदमा कटनी गर्ने, र शिशिरमा भण्डारण गर्नेसम्‍बन्धी सृष्टिकर्ताले तोक्‍नुभएको नियमअनुसार, सबै थोकले सृष्टिकर्ताको व्यवस्थापन योजनालाई प्रतिबिम्‍बित गर्नेछन्, र तिनीहरूले आफ्नो नयाँ दिन, नयाँ सुरुवात, र नयाँ जीवन यात्रालाई स्वागत गर्नेछन्। सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा हरेक दिनलाई स्वागत गर्नको लागि तिनीहरू जिइरहनेछन् र अनवरत रूपमा वृद्धि हुँदै जानेछन् …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९०

सृष्टि गरिएको र सृष्टि नगरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक उहाँकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियार प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयार गर्नको लागि आफ्ना अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएका सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्नलागेका थिए। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीमा, स्वर्ग, ज्योति, समुद्र र भूमिजस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुरामा, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरियालगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवमा परमेश्‍वरको अख्‍तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण सबै कुरा सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण सबै कुरा नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, आफ्ना विभिन्‍न रूप र संरचनाद्वारा नै सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवन व्यक्त गर्ने तरिका तिनीहरू सबैले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्‍तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका बाँच्‍नेसम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले बृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका सञ्चालनलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसका साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्‍नुहुन्छ, त्यसबाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजातिबाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुऱ्याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्‍तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन। उदाहरणको लागि, परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्‍वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्‍वरको शक्ति र अख्‍तियार हुँदैन। परमेश्‍वरका दूत र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्‍वरको सट्टामा केही कुरा गर्न सक्‍ने भए तापनि, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, परमेश्‍वरको अख्‍तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वरको अख्‍तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्‍वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्‍वरको कुनै दूतले सबै थोक सृष्टि गर्‍यो भनेर तैँले पढेको छस्? परमेश्‍वरले सबै थोक सृष्टि गर्नको लागि किन आफ्नो कुनै पनि दूत वा स्वर्गदूतलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार थिएन, त्यसकारण परमेश्‍वरको अख्‍तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सबै प्राणी जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्‍वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सक्‍ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्‍ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्‍वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्‍न सक्‍नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्य हुन्!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९१

मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३  अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

उहाँले सबै थोक बनाइसक्‍नुभएपछि, सृष्टिकर्ताको अख्‍तियारलाई फेरि एक पटक इन्द्रेनीको करारमा पुष्टि र प्रदर्शन गरिन्छ

सृष्टिकर्ताको अख्‍तियार सबै प्राणीहरूका बीचमा सधैँ प्रदर्शन र प्रयोग गरिन्छ, र उहाँले सबै थोकको नियतिमाथि शासन मात्रै गर्नुहुन्‍न, बरु उहाँले त आफ्‍नै हातले सृष्टि गर्नुभएको विशेष प्राणी र फरक जीवन संरचना भएको र फरक जीवन शैलीमा अस्तित्वमा रहने मानवजातिलाई पनि शासन गर्नुहुन्छ। सबै थोक बनाइसकेपछि, सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार र शक्ति व्यक्त गर्ने कार्यलाई थाती राख्‍नुभएन; उहाँको लागि, उहाँको हातबाट मानवजाति साँचो रूपमा जन्‍मिसकेपछि मात्रै सबै थोक र सम्पूर्ण मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्‍ने उहाँको अख्तियार औपचारिक रूपमा सुरु भयो। उहाँले मानवजातिलाई व्यवस्थापन गर्ने, र मानवजातिलाई शासन गर्ने अभिप्राय राख्‍नुभयो; उहाँले मानवजातिलाई मुक्ति दिने र मानवजातिलाई साँचो रूपमा प्राप्त गर्ने, सबै थोकलाई शासन गर्न सक्‍ने मानवजातिलाई प्राप्त गर्ने अभिप्राय राख्‍नुभयो; उहाँले त्यस्तो मानवजातिलाई उहाँको अख्‍तियारको अधीनमा जिउने र उहाँको अख्‍तियारलाई जान्‍न र पालना गर्न लगाउने अभिप्राय राख्‍नुभयो। तसर्थ, परमेश्‍वरले आफ्‍नो वचन प्रयोग गरेर मानिसको बीचमा आधिकारिक रूपमा आफ्‍नो अख्‍तियार व्यक्त गर्न सुरु गर्नुभयो, र आफ्‍नो वचनलाई प्रकट गर्न आफ्‍नो अख्‍तियारको प्रयोग गर्न थाल्‍नुभयो। अवश्‍य नै, यो प्रक्रियामा परमेश्‍वरको अख्तियारलाई सबै स्थानमा प्रदर्शन गरियो; मैले केही निश्‍चित, चिरपरिचित उदाहरणहरूलाई मात्रै छनौट गरेको छु, जसमार्फत तिमीहरूले परमेश्‍वरको अद्वितीयपन र उहाँको अद्वितीय अख्‍तियारलाई बुझ्‍न र जान्‍न सक्छौ।

उत्पत्ति ९:११-१३ को अनुच्‍छेद र परमेश्‍वरले गर्नुभएको संसारको सृष्टिको विवरण सम्‍बन्धी माथिका अनुच्‍छेदहरूमा समानता छ, तैपनि तिनमा भिन्‍नता पनि छ। समानता के हो? आफ्‍नो अभिप्रायअनुसार गर्नको लागि परमेश्‍वरले वचनको प्रयोग गर्नुभयो भन्‍ने अर्थमा समानता छ, र यहाँ उद्धृत गरिएका अनुच्‍छेदहरूले परमेश्‍वरले मानिससँग गर्नुभएको वार्तालापलाई जनाउँछ भन्‍ने अर्थमा भिन्‍नता छ, जसमा उहाँले मानिससँग करार स्थापना गर्नुभयो र करारमा के समावेश छ भन्‍ने कुरा मानिसलाई बताउनुभयो। मानिससँगको उहाँको वार्तालापको अवधिमा परमेश्‍वरको अख्तियारको यो प्रयोग हासिल गरियो, भन्‍नुको अर्थ, मानवजातिको सृष्टि हुनुभन्दा पहिले, परमेश्‍वरका वचनहरू उहाँले सृष्टि गर्न चाहनुभएका प्राणीहरूमा जारी गरिएका निर्देशन र आदेशहरू थिए। तर अब परमेश्‍वरको वचन सुन्‍नको लागि कुनै व्यक्ति थियो, त्यसकारण उहाँको वचन मानिससँगको वार्तालाप र मानिसलाई दिइएको अर्ती र सल्‍लाह पनि थियो। अझ भन्‍ने हो भने, परमेश्‍वरका वचनहरू उहाँको अख्तियार बोकेका र यावत् थोकलाई दिइएका आज्ञाहरू थिए।

यो अनुच्‍छेदमा परमेश्‍वरको कुन कार्यको विवरण दिइएको छ? जलप्रलयद्वारा उहाँले संसारलाई नष्ट गरिसक्‍नुभएपछि परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारलाई यो अनुच्‍छेदमा अभिलेख गरिएको छ; यसले मानिसलाई के बताउँछ भने परमेश्‍वरले संसारमा यस्तो विनाश फेरि ल्याउनुहुनेछैन, यसको लागि परमेश्‍वरले एउटा चिन्‍हको सृष्टि गर्नुभयो। यो चिन्‍ह के थियो? धर्मशास्‍त्रमा “म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ” भनेर भनिएको छ। यी सृष्टिकर्ताले मानवजातिसँग बोल्‍नुभएका मूल वचनहरू हुन्। उहाँले यी वचनहरू भन्‍नुभएपछि, मानिसको अघि एउटा इन्द्रेनी देखा पर्‍यो, र आजको दिनसम्‍म नै यो यस्तै रहिआएको छ। सबैले त्यस्तो इन्द्रेनी देखेको हुन्छ, र जब तँ यसलाई देख्छस्, यो कसरी देखा पर्छ के तँलाई थाहा छ? यसलाई प्रमाणित गर्न, वा यसको स्रोत पत्ता लगाउन, वा यो कहाँबाट आउँछ भन्‍ने पहिचान गर्न विज्ञानले सकेको छैन। किनभने इन्द्रेनी सृष्टिकर्ता र मानिसको बीचमा स्थापित गरिएको करारको चिन्‍ह हो; यसको लागि कुनै वैज्ञानिक आधार चाहिँदैन, यो मानिसले बनाएको होइन, न त मानिसले यसलाई परिवर्तन गर्न नै सक्छ। उहाँले आफ्‍ना वचनहरू बोल्‍नुभएपछिको यो सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता हो। सृष्टिकर्ताले मानिससँगको आफ्‍नो करार र आफ्‍नो प्रतिज्ञालाई पालन गर्न आफ्‍नै निश्‍चित विधिको प्रयोग गर्नुभयो, त्यसकारण उहाँले स्थापना गर्नुभएको करारको चिन्‍हको रूपमा उहाँले इन्द्रेनीको प्रयोग गर्नुभएको कुरा स्वर्गीय अध्यादेश र नियम नै थियो जुन सदासर्वदा नै अपरिवर्तित रहनेछ, चाहे त्यो सृष्टिकर्ताको हकमा होस् वा सृष्टि गरिएको मानवजातिको हकमा। यो अपरिवर्तनीय नियम उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछिको सृष्टिकर्ताको अख्‍तियारको अर्को साँचो प्रकटीकरण हो भनेर भन्‍नुपर्छ, र सृष्टिकर्ताको अख्‍तियार र शक्ति असीमित छ भनेर भन्‍नैपर्छ; उहाँले इन्द्रेनीलाई चिन्‍हको रूपमा गर्नुभएको प्रयोग सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता र विस्तार हो। यो परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गरेर गर्नुभएको अर्को काम थियो, र वचन प्रयोग गरेर परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारको चिन्‍ह थियो। उहाँले जे ल्याउने अठोट गर्नुभएको थियो, र यो जसरी पूरा गरिने र हासिल गरिनेथियो त्यसको बारेमा उहाँले मानिसलाई बताउनुभयो। यसरी उक्त कुरा परमेश्‍वरको मुखको वचन अनुसार पूरा भयो। त्यस्तो शक्ति परमेश्‍वरसँग मात्रै छ, र उहाँले यी वचनहरू बोल्‍नुभएपछिको हजारौँ वर्षपछि आज समेत, परमेश्‍वरको मुखले बोलेर आएको इन्द्रेनीलाई मानिसले हेर्न सक्छ। परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूका कारण, यो कुरा आजको दिनसम्‍मै तलमाथि नभई अपरिवर्तित रहेको छ। कसैले पनि यो इन्द्रेनीलाई हटाउन सक्दैन, कसैले पनि यसको नियम परिवर्तन गर्न सक्दैन, र यो केवल परमेश्‍वरको वचनको लागि मात्रै अस्तित्वमा रहन्छ। परमेश्‍वरको अख्‍तियार वास्तवमा यही नै हो। “परमेश्‍वरको वचन जत्ति असल छ उहाँ त्यति नै असल हुनुहुन्छ, र उहाँको वचन पूरा हुनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्।” यस्ता वचनहरू यहाँ स्पष्ट रूपमा प्रकट हुन्छन्, र यो परमेश्‍वरको अख्‍तियार र शक्तिको स्पष्ट चिन्‍ह र विशेषता हो। त्यस्तो चिन्‍ह वा विशेषता सृष्टि गरिएको कुनै पनि प्राणीसँग छैन वा तिनमा देखिँदैन, न त सृष्टि नगरिएको कुनै प्राणीमा नै यो देखिन्छ। यो अद्वितीय परमेश्‍वरको स्वामित्वमा मात्रै छ, र यसले सृष्टिकर्तामा निहित पहिचान र सारलाई प्राणीहरूको पहिचान र सारबाट अलग गर्छ। यसको साथै, यो त्यस्तो चिन्‍ह र विशेषता हो जसलाई परमेश्‍वर स्वयम्‌ बाहेक सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले कहिल्यै नाघ्‍न सक्दैन।

मानिससँग परमेश्‍वरले आफ्‍नो करार स्थापना गर्नुभएको कार्य निकै महत्त्वपूर्ण थियो, जसलाई मानिससँग आफ्‍नो तथ्य व्यक्त गर्न र उहाँको इच्‍छा मानिसलाई बताउनको लागि प्रयोग गर्ने अभिप्राय उहाँको थियो। यसको लागि उहाँले मानिससँग करार स्थापना गर्नको लागि विशेष चिन्‍हको प्रयोग गर्दै अद्वितीय विधिको प्रयोग गर्नुभयो, जुन चिन्‍ह उहाँले मानिससँग स्थापित गर्नुभएको करारको प्रतिज्ञा थियो। त्यसोभए, के यो करारको स्थापना महान् घटना थियो? यो कति महान् थियो? करार यति विशेष हुनुको कारण ठ्याक्‍कै यही नै हो: यो मानिस-मानिसले एक-अर्काको बीचमा स्थापना गरेको करार थिएन, न त एउटा समूहले अर्को समूहसँग, वा एउटा देशले अर्को देशसँग स्थापना गरेको करार नै थियो, तर यो सृष्टिकर्ता र सम्पूर्ण मानवजातिको बीचमा स्थापना गरिएको करार थियो, र सृष्टिकर्ताले सबै थोक रद्द गर्नुहुने दिनसम्‍म यो मान्य रहनेछ। यो करार लागू गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र यसलाई कायम राख्‍ने पनि सृष्टिकर्ता नै हुनुहुन्छ। छोटकरीमा भन्दा, मानवजातिसँग स्थापना गरिएको इन्द्रेनीको करारको सम्पूर्णता सृष्टिकर्ता र मानवजातिको बीचमा भएको कुराकानी अनुसार पूरा भयो र हासिल गरियो, र यो आजको दिनसम्‍मै त्यही अवस्थामा रहिआएको छ। प्राणीहरूले सृष्टिकर्ताको अख्‍तियारमा समर्पित हुने, त्यसको पालना गर्ने, त्यसमा विश्‍वास गर्ने, त्यसको कदर गर्ने, त्यसको साक्षी दिने, र त्यसलाई सम्‍मान गर्ने बाहेक के गर्न सक्छन्? किनभने त्यस्तो करार स्थापना गर्ने शक्ति अद्वितीय परमेश्‍वरमा बाहेक कसैसँग छैन। बारम्‍बार इन्द्रेनी देखा पर्नु भनेको सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करारको बारेमा मानवजातिलाई गरिने घोषणा हो र त्यसप्रति ध्यानाकर्षण गर्न उसलाई गरिने बोलावट हो। सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करार निरन्तर देखा पर्ने क्रममा, मानवजातिलाई इन्द्रेनी वा करार स्वयम्‌लाई होइन, तर सृष्टिकर्ताको अपरिवर्तनीय अख्‍तियारलाई देखाइन्छ। बारम्‍बार इन्द्रेनी देखा पर्नुले गुप्त ठाउँहरूमा सृष्टिकर्ताले गर्नुहुने अथाह र आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गर्छ, यसको साथै, यो कहिल्यै ओइलिएर नजाने, कहिल्यै परिवर्तन नहुने सृष्टिकर्ताको अख्‍तियारको महत्त्वपूर्ण प्रतिबिम्ब हो। के यो सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्को पक्षको प्रदर्शन होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९२

परमेश्‍वरका आशिष्‌हरू

उत्पत्ति १७:४-६  मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।

उत्पत्ति १८:१८-१९  अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्। किनकि म उसलाई चिन्छु, कि उसले आफ्ना छोराछोरीहरू र आफ्नो घरानालाई उनलाई पछ्याउने आज्ञा दिनेछ र न्यायिक व्यवहार तथा न्याय गर्नको निम्ति तिनीहरूले यहोवाको मार्ग पालन गर्नेछन्; ताकि यहोवाले अब्राहामलाई भन्‍नुभएका कुरा उहाँले पूरा गर्नुभएको होस्।

उत्पत्ति २२:१६-१८  यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

सृष्टिकर्ताका वाणीहरूका अद्वितीय शैली र विशेषताहरू सृष्टिकर्ताको अद्वितीय पहिचान र अख्‍तियारका चिन्‍ह हुन् (छनौट गरिएका खण्डहरू)

धेरैले परमेश्‍वरका आशिष्‌हरू खोजी गर्न, र प्राप्त गर्न चाहन्छन्, तर सबैले यी आशिष्‌हरू प्राप्त गर्दैनन्, किनभने परमेश्‍वरका आफ्‍नै सिद्धान्तहरू छन्, र उहाँले उहाँको आफ्‍नै तरिकाले मानिसलाई आशिष्‌ दिनुहुन्छ। परमेश्‍वरले मानिससँग गर्नुहुने प्रतिज्ञाहरू, र उहाँले मानिसलाई दिनुहुने अनुग्रहको मात्रा मानिसका विचार र कार्यहरूअनुसार निर्धारित गरिन्छन्। त्यसो भए, परमेश्‍वरका आशिष्‌हरूद्वारा के देखाइन्छ? तिनमा मानिसहरूले के देख्‍न सक्छन्? यस बिन्दुमा, हामी परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने बारेमा, र परमेश्‍वरले मानिसलाई आशिष्‌ दिने सम्‍बन्धी सिद्धान्तहरूको बारेमा छलफललाई पन्छाऔँ। बरु, परमेश्‍वरको अख्‍तियारलाई जान्ने उद्देश्यले, परमेश्‍वरको अख्‍तियारलाई जान्ने दृष्टिकोणबाट, परमेश्‍वरले मानिसलाई दिनुहुने आशिष्‌को बारेमा हामी हेरौं।

माथिका धर्मशास्‍त्रका चार वटै अनुच्‍छेदहरू परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुभएको बारेका विवरणहरू हुन्। तिनले अब्राहाम र अय्यूबजस्ता परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नेहरूको विस्तृत व्याख्या गर्नुका साथै परमेश्‍वरले किन आफ्‍ना आशिष्‌हरू दिनुभयो त्यसका कारणहरू, र ती आशिष्‌हरूमा के कुरा समावेश थिए भन्‍ने विवरण प्रदान गर्छ। परमेश्‍वरका वाणीहरूको शैली र तरिका, र उहाँले जुन दृष्टिकोण र स्थानमा बसी बोल्‍नुभयो त्यसले मानिसहरूलाई आशिष्‌हरू दिनुहुने एउटै उहाँ र त्यस्ता आशिष्‌हरू प्राप्त गर्नेहरू फरक पहिचान, हैसियत र सारका हुन् भन्‍ने कुरा बुझाउँछ। यी वाणीहरूको शैली र तरिका, र जुन स्थानमा रही ती बोलिए त्यो सृष्टिकर्ताको पहिचान बोक्नुभएका परमेश्‍वरसँग मात्र सम्बन्धित अद्वितीय कुरा हुन्। उहाँमा अख्‍तियार र सामर्थ्यका साथसाथै सृष्टिकर्ताको सम्‍मान र प्रताप छ जसमा कुनै पनि मानिसले कुनै शङ्‍का गर्न सक्दैन।

सुरुमा हामी उत्‍पत्ति १७:४-६ लाई हेरौँ: “मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।” यी वचनहरू परमेश्‍वरले अब्राहामसँग स्थापना गर्नुभएको करार, साथै परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ थियो: परमेश्‍वरले अब्राहामलाई धेरै जातिका पिता बनाउँदै हुनुहुन्थ्यो, तिनलाई अत्यन्तै फलवान् तुल्याउँदै हुनुहुन्थ्यो, र तिनीद्वारा राष्ट्रहरू खडा हुनेवाला थिए, र तिनीबाटै राजाहरू आउनेवाला थिए। के यी वचनहरूमा तँ परमेश्‍वरको अख्‍तियारलाई देख्छस्? अनि कसरी तँ त्यस्तो अख्‍तियार देख्छस्? तँ परमेश्‍वरको अख्तियारको सारको कुन पक्षलाई देख्छस्? यी वचनहरूलाई ध्यान दिएर पढ्दा, परमेश्‍वरका वाणीहरूको बोलमा परमेश्‍वरको अख्‍तियार र पहिचान स्पष्ट रूपमा प्रकट गरिएको छ भन्‍ने कुरालाई पत्ता लगाउनु कठिन छैन। उदाहरणको लागि, जब परमेश्‍वरले “मेरो करार तँसितै छ, र तँ … बन्‍नेछस् … मैले तँलाई … बनाएको छु … म तँलाई … बनाउनेछु…,” भनी भन्‍नुभयो, “तँ बन्‍नेछस्” र “म बनाउनेछु,” जस्ता परमेश्‍वरको पहिचान र अख्तियारको स्वीकारोक्ति दिने शब्दावलीहरू एक हिसाबमा, सृष्टिकर्ताको विश्‍वसनीयताको सूचक हो; अर्को हिसाबमा, ती परमेश्‍वरले प्रयोग गर्नुभएका सृष्टिकर्ताको पहिचान निहित विशेष वचनहरू हुन्—साथै ती परम्परागत शब्दभण्डारका भाग हुन्। यदि कसैले अर्को व्यक्ति अत्यन्तै फलवान् हुनेछ, तिनीहरूबाट राष्ट्रहरू खडा हुनेछन्, र तिनीहरूबाट राजाहरू आउनेछन् भन्‍ने आशा गरेको छु भनी भन्छ भने, त्यो अवश्य नै एक प्रकारको कामना हो, प्रतिज्ञा वा आशिष्‌ होइन। त्यसकारण, मानिसहरूले “म तिमीलाई यस्तो र उस्तो बनाउनेछु, तिमीले यस्तो र उस्तो गर्नेछौ,” भन्‍ने आँट गर्दैनन्, किनभने तिनीहरूसँग त्यस्तो शक्ति छैन भन्‍ने तिनीहरूलाई थाहा हुन्छ; यो तिनीहरूको हातमा हुँदैन, र तिनीहरूले यस्ता कुराहरू भने तापनि, तिनीहरूका वचनहरू तिनीहरूका इच्‍छा र अभिलाषाद्वारा उत्प्रेरित निरर्थक शब्‍दहरू हुनेछन्। यदि कसैले आफ्‍ना कामनाहरू पूरा गर्न सक्दैनन् भन्‍ने लाग्यो भने के तिनीहरूले यस्तो महान् शैलीमा बोल्‍ने आँट गर्छन्? हरेकले आफ्‍ना सन्तानको लागि सबैले राम्रै होस् भन्‍ने कामना गर्छन्, र तिनीहरू अघि बढ्नेछन् र ठूलो सफलता प्राप्त गर्नेछन् भन्‍ने आशा गर्छन्। “तिनीहरूमध्ये एक जना सम्राट भयो भने यो कति ठूलो सौभाग्यको कुरा हुनेथियो! यदि एक जना गभर्नर बन्यो भने त्यो पनि राम्रै हुनेथियो—राम्रै हुनेथियो जबसम्‍म तिनीहरू कुनै महत्त्वपूर्ण व्यक्ति हुन्छन्!” यी सबै मानिसहरूका कामनाहरू हुन्, तर मानिसहरूले आफ्‍ना सन्तानको लागि आशिष्‌हरूको कामना मात्रै गर्न सक्छन्, तिनीहरूका कुनै पनि प्रतिज्ञालाई पूरा गर्ने वा त्यसलाई यथार्थ तुल्याउन सक्दैनन्। आफ्‍ना हृदयमा, हरेकलाई त्यस्ता कुराहरू हासिल गर्ने शक्ति आफूसँग छैन भन्‍ने थाहा हुन्छ, किनभने तिनीहरूसँग भएको सबै कुरा तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ, अनि कसरी तिनीहरूले अरूको नियतिमाथि हुकुम चलाउन सक्छन् र? परमेश्‍वरले यस्ता वचनहरू भन्‍न सक्‍नुको कारण के हो भने परमेश्‍वरमा त्यस्तो अख्‍तियार छ, र उहाँमा उहाँले मानिससँग गर्नुहुने सबै प्रतिज्ञाहरूलाई पूरा गर्ने र यथार्थ तुल्याउने, र उहाँले मानिसलाई दिनुहुने सबै आशिष्‌हरू पूरा गर्ने क्षमता छ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो, र परमेश्‍वरको लागि कसैलाई अत्यन्तै फलवान् बनाउनु भनेको बच्‍चाको खेल हुनेथियो; कसैको सन्तानलाई सम्‍पन्‍न तुल्याउनको लागि उहाँले एउटै शब्‍द मात्र बोल्‍नु आवश्यक पर्थ्यो। त्यस्तो कुराको लागि उहाँले कहिल्यै पसिना बगाउने गरी काम गर्नुपर्दैनथियो, वा यसको लागि आफ्‍नो मस्तिष्कको प्रयोग गर्नुपर्ने, वा आफैलाई त्यसमा बाँधेर गाँठो पार्ने गर्नुपर्दैनथियो; परमेश्‍वरको शक्ति, परमेश्‍वरको अख्‍तियार यही नै हो।

उत्पत्ति १८:१८ मा “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भन्‍ने पढिसकेपछि, के तिमीहरू परमेश्‍वरको अख्‍तियारलाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको असाधारणतालाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको सर्वोच्‍चतालाई अनुभूति गर्न सक्छौ? परमेश्‍वरका वचनहरू निश्‍चित छन्। आफ्‍नो सफलताको सुनिश्‍चितताको कारण, वा त्यसको प्रतिनिधित्व स्वरूप परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुहुन्‍न; बरु, ती परमेश्‍वरका वाणीहरूको अख्तियारको सबुत हुन्, र परमेश्‍वरको वचनहरूलाई पूरा गर्ने आज्ञा हुन्। तिमीहरूले यहाँ ध्यान दिनुपर्ने दुई वटा अभिव्यक्ति छन्। परमेश्‍वरले “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्,” भनी भन्‍ने क्रममा, के यी वचनहरूमा कुनै अस्पष्टताको तत्व छ? के कुनै चिन्ताको तत्व छ? के कुनै डरको तत्व छ? परमेश्‍वरका वाणीहरूका “अवश्य नै हुनेछ” र “हुनेछ” भन्‍ने शब्‍दहरूको कारणले, मानिसमा निश्‍चित रूपमा हुने र उसमा प्रायजसो देखिने यी तत्वहरूले सृष्टिकर्तासँग कहिल्यै कुनै सम्‍बन्ध राखेका छैनन्। अरूलाई शुभकामना दिँदा कसैले पनि त्यस्ता वचनहरूको प्रयोग गर्ने आँट गर्दैनन्, कसैले पनि अरूलाई ठूलो र शक्तिशाली जाति दिने भनी आशिष्‌ दिन, वा पृथ्वीका सबै जातिले तिनमा आशिष्‌ पाउनेछन् भनेर प्रतिज्ञा गर्न कसैले पनि आँट गर्दैनन्। परमेश्‍वरका वचनहरू जति निश्‍चित छन्, तिनले कुनै कुरालाई त्यति नै प्रमाणित गर्छन्—र त्यो कुनै कुरा के हो? तिनले परमेश्‍वरसँग त्यस्तो अख्‍तियार छ, उहाँको अख्‍तियारले यी कुराहरू पूरा गर्न सक्छ, र ती पूरा हुनु अपरिहार्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छन्। उहाँले अब्राहामलाई जे आशिष्‌ दिनुभएको थियो त्यसको बारेमा परमेश्‍वर आफ्‍नो हृदयमा सुनिश्‍चित हुनुहुन्थ्यो, उहाँमा अलिकति पनि हिचकिचाहट थिएन। यसको साथै, यसको पूर्णता उहाँका वचनहरू अनुसार नै हासिल हुनेथिए, र यसको पूर्णतालाई कुनै पनि शक्तिले परिवर्तन गर्न, रोक्‍न, हानी गर्न, वा बाधा दिन सक्‍नेथिएन। अरू जेसुकै भए तापनि, परमेश्‍वरका वचनहरू पूर्ण हुनु र पूरा हुनुलाई कुनै कुराले पनि रोक्‍न वा बाधा दिन सकेन। यो सृष्टिकर्ताको मुखबाट बोलिएका वचनहरूको शक्ति, र मानिसको इन्कारमा नरोकिने सृष्टिकर्ताको अख्तियार हो! यी वचनहरूलाई पढिसकेपछि, के तँलाई अझै शङ्‍का लाग्छ? यी वचनहरू परमेश्‍वरको मुखबाट बोलिएका थिए, र परमेश्‍वरका वचनहरूमा शक्ति, प्रताप, र अख्तियार छ। त्यस्तो शक्ति र अख्तियार, र तथ्यहरू पूरा हुने अपरिहार्यतालाई सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले प्राप्त गर्न सक्दैन, र सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई नाघ्‍न सक्दैन। सृष्टिकर्ताले मात्रै मानवजातिसँग त्यस्तो शैली र स्वरमा कुराकानी गर्न सक्‍नुहुन्छ, र उहाँका प्रतिज्ञाहरू खोक्रा शब्‍दहरू, वा फोकट घमण्ड होइनन्, तर कुनै पनि व्यक्ति, घटना, वा थोकले नाघ्‍न नसक्‍ने अद्वितीय अख्तियारको अभिव्यक्ति हुन् भन्‍ने कुरालाई यी तथ्यहरूले प्रमाणित गरेको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९३

परमेश्‍वरका आशिष्‌हरू

उत्पत्ति १७:४-६  मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।

उत्पत्ति १८:१८-१९  अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्। किनकि म उसलाई चिन्छु, कि उसले आफ्ना छोराछोरीहरू र आफ्नो घरानालाई उनलाई पछ्याउने आज्ञा दिनेछ र न्यायिक व्यवहार तथा न्याय गर्नको निम्ति तिनीहरूले यहोवाको मार्ग पालन गर्नेछन्; ताकि यहोवाले अब्राहामलाई भन्‍नुभएका कुरा उहाँले पूरा गर्नुभएको होस्।

उत्पत्ति २२:१६-१८  यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

सृष्टिकर्ताका वाणीहरूका अद्वितीय शैली र विशेषताहरू सृष्टिकर्ताको अद्वितीय पहिचान र अख्‍तियारका चिन्‍ह हुन् (छनौट गरिएको खण्ड)

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू र मानिसले बोलेका वचनहरूका बीचमा के भिन्‍नता छ? जब तँ परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूलाई पढ्छस्, तैँले परमेश्‍वरका वचनहरू र परमेश्‍वरको अख्‍तियारको सामर्थ्यलाई अनुभूति गर्छस्। मानिसहरूले यस्ता शब्‍दहरू बोलेको सुन्दा तँलाई कस्तो अनुभूति हुन्छ? के तिनीहरू अत्यन्तै अहङ्कारी र घमण्डी छन्, तिनीहरू आफ्‍नै तमासा देखाइरहने मानिसहरू हुन् भन्‍ने तँलाई लाग्छ? तिनीहरूसँग यो शक्ति, तिनीहरूसँग त्यस्तो अख्‍तियार नभएको हुनाले, तिनीहरू त्यस्ता कुराहरू हासिल गर्न पूर्ण रूपमा असमर्थ छन्। तिनीहरू आफ्‍ना प्रतिज्ञाहरूप्रति त्यति ढुक्‍क छन् भने त्यसले तिनीहरूको वचनको हेलचेक्य्राइँपनलाई मात्रै देखाउँछ। यदि कसैले त्यस्ता शब्‍दहरू बोल्छन् भने, तिनीहरू निश्‍चय नै अहङ्कारी र अभिमानी छन्, र तिनीहरूले प्रधान स्‍वर्गदूतको स्वभावको एउटा उत्कृष्ट उदाहरणको रूपमा आफैलाई प्रकट गरिरहेका हुनेछन्। यी वचनहरू परमेश्‍वरको मुखबाट आएका हुन्; के तँ यहाँ कुनै अहङ्कारको तत्वको अनुभूति गर्छस्? के परमेश्‍वरका वचनहरू ठट्टा मात्रै हुन् भन्‍ने तँलाई लाग्छ? परमेश्‍वरका वचनहरू अख्‍तियार हुन्, परमेश्‍वरका वचनहरू तथ्य हुन्, र उहाँको मुखबाट वचनहरू उच्‍चारण गरिनुभन्दा पहिले, भन्‍नुको अर्थ, जब उहाँले कुनै काम गर्ने निर्णय गरिरहनुभएको हुन्छ, त्यो कुरा पहिले नै पूरा भइसकेको हुन्छ। परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएका सबै कुरा परमेश्‍वरले अब्राहामसँग गर्नुभएको करार, र परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा नै थियो भनेर भन्‍न सकिन्छ। यो प्रतिज्ञा स्थापित गरिएको तथ्य, साथै पूरा गरिएको तथ्य थियो, र यी तथ्यहरू परमेश्‍वरको योजनाअनुसार परमेश्‍वरका सोचहरूमा क्रमिक रूपमा पूरा भए। त्यसकारण, परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुको अर्थ उहाँमा घमण्डी स्वभाव छ भन्‍ने हुँदैन, किनभने परमेश्‍वरले त्यस्ता कुराहरू हासिल गर्न सक्‍नुहुन्छ। उहाँमा यो शक्ति र अख्‍तियार छ, र उहाँ यी कार्यहरू हासिल गर्न पूर्ण रूपमा समर्थ हुनुहुन्छ, र तिनीहरूको परिपूर्णता पूर्ण रूपमा उहाँको क्षमताको दायराभित्रै छ। जब यस्ता वचनहरू परमेश्‍वरको मुखबाट उच्‍चारित हुन्छन्, ती परमेश्‍वरको साँचो स्वभावको प्रकाश र अभिव्यक्ति, परमेश्‍वरको सार र अख्‍तियारको अति उत्तम प्रकाश र प्रकटीकरण हुन्, र सृष्टिकर्ताको पहिचानको प्रमाणको रूपमा योभन्दा उचित र उपयुक्त अरू केही हुन सक्दैन। त्यस्ता वाणीहरूको शैली, स्वर, र शब्‍दहरू नै सृष्टिकर्ताको पहिचानका चिन्‍ह हुन्, र परमेश्‍वरको आफ्‍नै पहिचानको अभिव्यक्तिसँग ती अति उत्तम रूपले मिल्छन्; तिनमा कुनै बहाना, कुनै अशुद्धता हुँदैन; ती पूर्ण रूपमा र स्पष्ट रूपमा सृष्टिकर्ताको सार र अख्तियारका अति उत्तम प्रदर्शन हुन्। प्राणीहरूका हकमा कुरा गर्दा, तिनीहरूमा न त यो अख्‍तियार हुन्छ, न त यो सार नै, परमेश्‍वरले दिनुभएको शक्ति तिनीहरूमा हुने कुरा त परै जाओस्। यदि मानिसले त्यस्तो बानीबेहोरा प्रकट गर्छ भने, यो पक्‍कै पनि उसको भ्रष्ट स्वभावको प्रकटीकरण हो, र यसको जड भनेका मानिसको अहङ्कार र उग्र महत्वाकांक्षाको हस्तक्षेपपूर्ण प्रभाव, र मानिसहरूसँग छल गर्न र परमेश्‍वरलाई धोका दिन तिनीहरूलाई फुस्ल्याउन चाहने दियाबलस, शैतानको दुर्भावनापूर्ण अभिप्रायहरूको प्रकटीकरण नै हुन्। त्यस्तो भाषाबाट प्रकट गरिएको कुरालाई परमेश्‍वरले कसरी लिनुहुन्छ? तैँले उहाँको स्थान हडप्‍न चाहन्छस् र तैँले उहाँको नक्‍कल गरेर उहाँलाई प्रतिस्थापन गर्न चाहन्छस् भनेर परमेश्‍वरले भन्‍नुहुनेछ। जब तँ परमेश्‍वरका वाणीहरूको स्वरलाई अनुकरण गर्छस्, तेरो अभिप्राय भनेको मानिसहरूको हृदयमा भएको परमेश्‍वरको स्थानलाई प्रतिस्थापन गर्नु, अधिकारको हिसाबले परमेश्‍वरको स्वामित्वमा रहेको मानवजातिलाई हडप्‍नु भन्‍ने हुन्छ। यो त विशुद्ध र सरल रूपमा शैतान नै हो; यी त प्रधान स्‍वर्गदूतका सन्तानका कार्यहरू हुन्, जुन स्वर्गको लागि सह्य छैन! तिमीहरूका बीचमा, त्यस्तो कोही छ जसले मानिसहरूलाई बहकाउने र धोका दिने अभिप्रायले, र यस व्यक्तिका वचन र कार्यहरूले परमेश्‍वरको अख्‍तियार र सामर्थ्य बोकेका छन् जस्तो, यस व्यक्तिको सार र पहिचान अद्वितीय छ जस्तो, र यस व्यक्तिका वचनहरूको स्वर परमेश्‍वरको जस्तै छ जस्तो तिनीहरूलाई अनुभूति गराउँदै थोरै शब्‍दहरू निश्‍चित तरिकाले बोलेर परमेश्‍वरको कहिल्यै अनुकरण गरेका छन्? के तिमीहरूले कहिल्यै यस्तो गरेका छौ? के तिमीहरूले जुन कुरालाई सामर्थ्य र अख्‍तियार भनी ठानेका छौ त्यसद्वारा तिमीहरूको बोली-वचनमा परमेश्‍वरको स्वभाव छ जस्तै हाउभाउ देखाएर कहिल्यै परमेश्‍वरको स्वरलाई अनुकरण गर्ने प्रयास गरेका छौ? के तिमीहरूले कहिल्यै यसरी व्यवहार गरेका छौ, वा त्यसो गर्ने योजना बनाएका छौ? अब, जब तिमीहरू सृष्टिकर्ताको अख्‍तियारलाई साँचो रूपमा देख्छौ, बुझ्छौ र चिन्छौ, र तिमीहरूले जे गर्ने गर्थ्यौ, र तिमीहरूले आफैलाई जे प्रकट गर्ने गर्थ्यौ त्यसलाई हेर्दा, के तिमीहरूलाई असहज महसुस हुन्छ? के तिमीहरू आफ्‍नो नीचता र लाजमर्दो अवस्थालाई पहिचान गर्छौ? त्यस्ता मानिसहरूको स्वभाव र सारलाई विश्‍लेषण गरिसकेपछि, के तिनीहरू नरकका श्रापित सन्तान हुन् भनेर भन्‍न सकिँदैन र? के त्यस्ता कुराहरू गर्ने हरेकले आफैमाथि अपमान निम्त्याइरहेका हुन्छन् भनेर भन्‍न सकिन्छ? के तिमीहरू यसको प्रकृतिको गम्‍भीरतालाई पहिचान गर्छौ? यो कति गम्‍भीर छ? यस्तो व्यवहार गर्ने मानिसहरूको अभिप्राय भनेको परमेश्‍वरको अनुकरण गर्नु हो। तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरू आफूलाई परमेश्‍वरकै रूपमा आराधना गर्ने तुल्याउन चाहन्छन्। तिनीहरू मानिसहरूका हृदयमा रहेको परमेश्‍वरको स्थानलाई नष्ट गर्न, र मानिसको बीचमा काम गर्नुहुने परमेश्‍वरलाई हटाउन चाहन्छन्, र तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्ने, मानिसहरूलाई नष्ट गर्ने, र तिनीहरूलाई पकडमा राख्‍ने उद्देश्य हासिल गर्न यसो गर्छन्। हरेकसँग यस्तै अवचेतन इच्‍छा र महत्वाकांक्षाहरू हुन्छन्, र हरेक नै यस प्रकारको भ्रष्ट शैतानी सार, शैतानी प्रकृतिमा जिउँछन्, जहाँ तिनीहरू परमेश्‍वरका शत्रु हुन्छन्, परमेश्‍वरलाई धोका दिन्छन्, र परमेश्‍वर नै बन्‍न चाहन्छन्। परमेश्‍वरको अख्तियार भन्‍ने विषयमा रहेको मेरो सङ्गतिपछि, के तिमीहरू अझै पनि परमेश्‍वरको नक्‍कल गर्ने वा परमेश्‍वरको अनुकरण गर्ने इच्‍छा गर्छौ वा आकांक्षा राख्छौ? के तिमीहरू अझै पनि परमेश्‍वर बन्‍ने इच्‍छा गर्छौ? के तिमीहरू अझै पनि परमेश्‍वर बन्‍ने चाहना गर्छौ? परमेश्‍वरको अख्‍तियारलाई मानिसले अनुकरण गर्न सक्दैन, र परमेश्‍वरको पहिचान र हैसियतलाई मानिसले नक्‍कल गर्न सक्दैन। परमेश्‍वरले बोल्‍नुहुने स्वरलाई तैँले अनुकरण गर्न सक्‍ने भए तापनि, तैँले परमेश्‍वरको सारलाई अनुकरण गर्न सक्दैनस्। तँ परमेश्‍वरको स्थानमा खडा हुन र परमेश्‍वरको नक्कल गर्न सक्‍ने भए तापनि, परमेश्‍वरले जे गर्ने अभिप्राय राख्‍नुहुन्छ त्यो गर्न तँ कहिल्यै सक्‍नेछैनस्, र तँ सबै थोकको शासन गर्न र त्यसमाथि हुकुम गर्न कहिल्यै सक्‍नेछैनस्। परमेश्‍वरको नजरमा, तँ सदासर्वदा सानो प्राणी हुनेछस्, र तेरा सीप र क्षमताहरू जति ठूलो भए तापनि, तँसँग जति वरदानहरू भए तापनि, तँ तेरो सम्पूर्णतामा सृष्टिकर्ताकै प्रभुत्वमा हुन्छस्। तैँले केही साहसिक शब्‍दहरू भन्‍न सक्‍ने भए तापनि, न त यसले तँसँग सृष्टिकर्ताको सार छ भन्‍ने कुरालाई देखाउन सक्छ, न त तँसँग सृष्टिकर्ताको अख्तियार छ भन्‍ने नै प्रस्तुत गर्न सक्छ। परमेश्‍वरको अख्तियार र शक्ति परमेश्‍वर स्वयमको सार हो। ती सिकेका वा बाहिरी रूपमा थपिएका होइनन्, तर ती परमेश्‍वर स्वयम्‌को अन्तर्निहित सार हुन्। त्यसैले सृष्टिकर्ता र प्राणीहरूका बीचको सम्‍बन्धलाई कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन। प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो तह कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९४

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन (छनौट गरिएका खण्डहरू)

हामी उत्पत्ति २२:१७-१८ लाई हेरौँ। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।” यहोवा परमेश्‍वरले अब्राहामलाई धेरै पटक आशिष्‌ दिनुभएको हुनाले तिनका सन्तान वृद्धि हुनेवाला थिए—तर कति हदसम्‍म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रमा बोलिएको हदसम्‍म: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह।” भन्‍नुको अर्थ, परमेश्‍वरले अब्राहामलाई आकाशका ताराहरू जत्तिकै धेरै, र समुद्रको किनारका बालुवाजत्तिकै प्रशस्त सन्तान दिन चाहनुभयो। परमेश्‍वरले अलङ्कारको प्रयोग गरी बोल्‍नुभयो, र यो अलङ्कारबाट परमेश्‍वरले अब्राहामलाई एक, दुई, वा हजार जना मात्रै होइन, बरु गन्ती गर्नै नसकिने सङ्ख्यामा सन्तान दिनुभयो, यतिसम्‍म कि तिनीहरू अनगिन्ती राष्ट्रहरू बन्‍नेवाला थिए, किनभने परमेश्‍वरले अब्राहामलाई तिनी धेरै जातिका पिता हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। अब, उक्त सङ्ख्याको निर्णय मानिसले गरेको थियो कि परमेश्‍वरले गर्नुभएको थियो? के मानिसले उसको सन्तान कति जना हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छ? के यो उसको हातमा हुन्छ? उसले धेरै जना जन्‍माउनेछ कि जन्‍माउनेछैन भन्‍ने कुरा समेत मानिसको हातमा हुँदैन, “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह” धेरै हुने त कुरै नगरौँ। कसले आकाशका ताराहरू जत्तिकै धेरै सन्तानको चाहना गर्दैन र? दुःखको कुरा, परिस्थिति सधैँ तैँले चाहेजस्तै हुन्छ भन्‍ने छैन। मानिस जति सिपालु वा सक्षम भए पनि, यो उसको हातमा हुँदैन; परमेश्‍वरले प्रबन्ध गर्नुभएको भन्दा बाहिर कोही पनि खडा हुन सक्दैन। उहाँले तँलाई जति धेरै दिनुहुन्छ, तैँले त्यति नै बढी पाउनेछस्: यदि परमेश्‍वरले तँलाई थोरै दिनुहुन्छ भने, तँसँग कहिल्यै धेरै हुनेछैन, र यदि परमेश्‍वरले तँलाई धेरै दिनुभयो, तँसँग धेरै भयो भनेर तैँले अफसोस गर्नुपर्दैन। के यो यस्तै होइन र? योमध्ये धेरैजसो कुरा परमेश्‍वरकै हातमा हुन्छ, मानिसको हातमा होइन! मानिसलाई परमेश्‍वरले नै शासन गर्नुहुन्छ, र कसैलाई पनि छूट छैन!

जब परमेश्‍वरले “तेरा सन्तानलाई वृद्धि गर्नेछु,” भनी भन्‍नुभयो, यो परमेश्‍वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेनीको करारजस्तै, यो अनन्तसम्‍मको लागि हासिल गरिनेथियो, र यो परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्‍वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्‍वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्‍द-शब्‍द गरी परमेश्‍वरले बोल्‍नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्‍छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्‍वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्‍वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्‍तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले शून्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई शून्यतामा हराउन सक्‍नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्‍वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्‍वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्‍पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्‍वरले पहिले नै देखिसक्‍नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्‍वरका वचनहरूको अख्‍तियारद्वारा हासिल गरिएको थियो? परमेश्‍वरका वचनहरू बोलिएको सयौँ वा हजारौँ वर्षसम्‍म, परमेश्‍वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्‍वरका वचनहरूको सामर्थ्य, र परमेश्‍वरको अख्‍तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्‍वरका वचनहरूका प्रभावहरू तत्‍कालीन थिए। ती दुवै नै परमेश्‍वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, उहाँले मानिसलाई परमेश्‍वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्‍तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्‍ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्‍तियारको अझै यथार्थ, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।

परमेश्‍वरका वचनहरू उच्‍चारण गरिएपछि, परमेश्‍वरको अख्‍तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्‍वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्‍न थाल्छ। परिणामस्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्‍न थाल्छन्, फूलहरू फुल्‍न थाल्छन्, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्‍चर्यजनक कार्य हो। जब परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्‍वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक यसलाई पूरा गर्नमा लाग्छन् र यसलाई पूरा गर्नकै खातिर सबै थोकलाई चलाकीसाथ परिचालित गरिन्छ; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र आ-आफ्‍नै प्रकार्य पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्‍वरको अख्‍तियारलाई कसरी जान्दछस्? के परमेश्‍वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्‍चित उचाइ, वा निश्‍चित लम्‍बाइ छ भनेर भन्‍न सकिन्छ? के यसको निश्‍चित आकार वा सामर्थ्य छ भनेर भन्‍न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्‍वरको अख्‍तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्‍न सक्‍ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ दिनुहुन्छ, यो आशिष्‌ अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्‍वरको अख्‍तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्‍ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्‍बार देख्‍न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्‍तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। के भन्‍न सकिन्छ भने, उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्‍वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्‍छन् भन्‍ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्‍ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्‍वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्‍चारण गरिएका जस्तै हुन्छन्। भन्‍नुको अर्थ परमेश्‍वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्‍ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्‍तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले ज्योति बनाउनुभयो, तर त्यसको अर्थ परमेश्‍वरले ज्योतिको मात्रै व्यवस्थापन गर्नुहुन्छ भन्‍ने हुँदैन, वा उहाँले पानीको व्यवस्थापन गर्नुहुन्छ किनभने उहाँले पानी सृष्टि गर्नुभयो, र अरू सबै कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैनन् भन्‍ने हुँदैन। के यो गलत बुझाइ हुँदैन र? परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ सयौँ वर्षपछि मानिसको स्मरणबाट क्रमिक रूपमा विलीन भएको भए तापनि, परमेश्‍वरको लागि, यो प्रतिज्ञा अझै पनि उस्तै रहिरह्यो। यो अझै पनि हासिल गरिने प्रक्रियामा थियो, र यो कहिल्यै रोकिएको थिएन। परमेश्‍वरले कसरी आफ्‍नो अख्‍तियारको प्रयोग गर्नुभयो, कसरी सबै थोकलाई योजनाबद्ध र व्यवस्थित गरियो, र यस समय परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा के-कस्ता सुन्दर घटनाहरू घटे सो मानिसले कहिल्यै जानेन वा सुनेन, तर परमेश्‍वरको अख्तियारको प्रदर्शनको हरेक सुन्दर भाग र उहाँका कार्यहरूको प्रकाशलाई सबै थोकका बीचमा हस्तान्तरण र बढाइ गरियो, सबै थोकले सृष्टिकर्ताको आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गरे र तिनको बारेमा बोले, र यावत् थोकमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको हरेक प्रचलित कथालाई सबै थोकले सदासर्वदा घोषणा गर्नेछन्। सबै थोकलाई शासन गर्ने परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको शक्तिले सबै थोकलाई परमेश्‍वर सबै ठाउँमा र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देखाउँछ। जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको सर्वव्यापकतालाई देखेको हुन्छस्, तब तैँले परमेश्‍वर सबै ठाउँ र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। परमेश्‍वरको अख्तियार र शक्ति समय, भूगोल, स्थान, वा कुनै व्यक्ति, घटना वा थोकद्वारा सीमित छैनन्। परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रले मानिसको कल्‍पनालाई नाघ्‍छ; मानिसले यसलाई बुझ्‍न सक्दैन, मानिसले यसलाई कल्‍पना गर्न सक्दैन, र यसलाई मानिसले कहिल्यै पनि पूर्ण रूपमा बुझ्‍न सक्नेछैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९५

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन (छनौट गरिएको खण्ड)

कतिपय मानिसहरूले अनुमान र कल्‍पना गर्न मन पराउँछन्, तर मानिसको कल्‍पना कति टाढा पुग्‍न सक्छ? के यो यस संसारभन्दा बाहिर जान सक्छ? के मानिसले परमेश्‍वरको अख्तियारको विश्‍वसनीयता र सटीकतालाई अनुमान गर्न र कल्‍पना गर्न सक्छ? के मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न दिन सक्छ? के तिनले मानिसलाई परमेश्‍वरको अख्‍तियारलाई साँचो रूपमा बुझाउन र त्यसमा समर्पित गराउन सक्छन्? मानिसको अनुमान र कल्‍पना मानिसको बौद्धिकताको उपज मात्रै हुन्, र परमेश्‍वरको अख्तियार सम्‍बन्धी मानिसको ज्ञानमा यसले अलिकति पनि सहयोग वा लाभ पुर्‍याउँदैन भन्‍ने कुरालाई तथ्यहरूले प्रमाणित गर्छ। केही विज्ञान सम्‍बन्धी काल्‍पनिक लेख पढिसकेपछि, कतिले चन्द्रमा वा ताराहरू कस्ता छन् भन्‍ने कुरा कल्‍पना गर्न सक्छन्। तैपनि, यसको अर्थ मानिसमा परमेश्‍वरको अख्‍तियारको कुनै बुझाइ छ भन्‍ने हुँदैन। मानिसको कल्‍पना केवल यही हो: कल्‍पना। यी कुराहरूका तथ्यहरूका बारेमा, भन्‍नुको अर्थ, परमेश्‍वरको अख्तियारसँगको तिनीहरूको सम्‍बन्धको बारेमा उसलाई केही थाहा हुँदैन। तँ चन्द्रमा नै पुगेको भए तापनि यसको के अर्थ? के यसले परमेश्‍वरको अख्तियारको बारेमा तँसँग बहुआयामिक बुझाइ छ भन्‍ने देखाउँछ र? के यसले तँ परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रलाई कल्‍पना गर्न सक्छस् भन्‍ने देखाउँछ र? मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्‍तियार जान्‍ने तुल्याउन नसक्‍ने हुँदा, मानिसले के गर्नुपर्छ त? सबैभन्दा बुद्धिमानी विकल्‍प भनेको अनुमान वा कल्‍पना नै नगर्नु हो, भन्‍नुको अर्थ, जब परमेश्‍वरको अख्‍तियारलाई जान्‍नेबारे कुरा आउँछ, मानिसले कहिल्यै कल्‍पनामा भर पर्नु हुँदैन र अनुमानमा भरोसा गर्नु हुँदैन। म तिमीहरूलाई यहाँ के बताउन चाहँदैछु त? परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई भन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्‍नु र प्रमाणित गर्नु हो। परमेश्‍वरलाई जान्‍ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको सबै थोक खोक्रो र रित्तो होइन, तर वास्तविक हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९६

सबै थोक र जीवित प्राणीहरूमाथि सृष्टिकर्ताको नियन्त्रण र प्रभुत्व छ भन्‍ने तथ्यले सृष्टिकर्ताको अख्‍तियारको साँचो अस्तित्वको बारेमा बताउँछ

यहोवाले अय्यूबलाई आशिष्‌ दिनुभएको विवरण अय्यूबको पुस्तकमा उल्‍लेख गरिएको छ। परमेश्‍वरले अय्यूबलाई के आशिष्‌ दिनुभयो त? “त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए” (अय्यूब ४२:१२)। मानिसको दृष्टिकोणबाट हेर्दा, अय्यूबलाई दिइएका कुराहरू के-के थिए? के ती मानवजातिका सम्पत्तिहरू थिए? के यी सम्पत्तिहरूद्वारा, अय्यूब त्यो युगमा अत्यन्तै धनी हुनेथिएन र? त्यसो भए, उनले त्यस्ता सम्पत्तिहरू कसरी प्राप्त गरे? केले उनको धन पैदा गर्‍यो? यसको बारेमा भनिरहनु पर्दैन—परमेश्‍वरको आशिषको कारणले गर्दा अय्यूबले ती प्राप्त गर्न पुगे। अय्यूबले यी सम्पत्तिहरूलाई कसरी हेरे, र परमेश्‍वरका आशिष्‌हरूलाई उनले कसरी लिए, त्यो हामीले यहाँ छलफल गर्ने कुरा होइन। जब परमेश्‍वरका आशिष्‌हरूको कुरा आउँछ, सबै मानिसहरू दिन-रात परमेश्‍वरको आशिष्‌ पाउन चाहन्छन्, तैपनि आफ्‍नो जीवनकालमा उसले कति धेरै सम्पत्ति प्राप्त गर्नेछ, वा उसले परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई मानिसले नियन्त्रण गर्न सक्दैन—यो निर्विवाद तथ्य हो! मानिसलाई कुनै पनि सम्पत्ति दिने, मानिसलाई कुनै पनि आशिष्‌ प्राप्त गर्न दिने अख्‍तियार र शक्ति परमेश्‍वरसँग छ, तैपनि परमेश्‍वरका आशिष्‌हरूको पनि सिद्धान्त हुन्छ। परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ त? अवश्य नै, उहाँलाई मन पर्ने मानिसहरूलाई उहाँले आशिष्‌ दिनुहुन्छ! अब्राहाम र अय्यूब दुवैलाई परमेश्‍वरले आशिष्‌ दिनुभएको थियो, तैपनि तिनीहरूले प्राप्त गरेका आशिष्‌हरू उस्तै थिएनन्। परमेश्‍वरले अब्राहामलाई बालुवा र तारा जत्तिकै अनगिन्ती सन्तान दिई आशिष्‌ दिनुभएको थियो। जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, एउटै मानिस र एउटै जातिका सन्तानहरूलाई उहाँले शक्तिशाली र सम्‍पन्‍न तुल्याउनुभयो। यसमा, परमेश्‍वरको अख्‍तियारले मानवजातिमाथि शासन गर्‍यो, जसले सबै थोक र जीवित प्राणीहरूका बीचमा परमेश्‍वरको सास फुकिदिनुभयो। परमेश्‍वरको अख्तियारको सार्वभौमिकतामा, मानवजाति परमेश्‍वरद्वारा निर्णय गरिएकै गतिमा, र परमेश्‍वरले निर्णय गर्नुभएकै क्षेत्रभित्र वृद्धि भयो र अस्तित्वमा रह्यो। निश्‍चित रूपमा, यो जातिको जीवनको क्षमता, विस्तारको गति, र आयु सबै नै परमेश्‍वरको बन्दोबस्तका भाग थिए, र यो सबैको सिद्धान्त परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञामा आधारित थियो। भन्‍नुको अर्थ, परिस्‍थिति जस्तोसुकै भए तापनि, परमेश्‍वरका प्रतिज्ञाहरू परमेश्‍वरको अख्तियारको बन्दोबस्तमा कुनै पनि अवरोधविना नै अघि बढ्छन् र पूरा हुन्छन्। परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञामा, संसारको परिवर्तनको बाबजुद पनि, युगको बाबजुद पनि, मानवजातिले भोगेका विपत्तिहरूको बाबजुद पनि, अब्राहामका सन्तानहरूले लोपको खतरा सामना गर्नेवाला थिएनन्, र तिनीहरूको जाति मरेर जानेवाला थिएन। तैपनि, परमेश्‍वरले अय्यूबलाई दिनुभएको आशिष्‌ले उनलाई अत्यन्तै धनी बनायो। परमेश्‍वरले तिनलाई जीवित प्राणीहरूको समूह, सास फेर्ने प्राणीहरू दिनुभयो, जसका विशेषतालाई पनि अर्थात् तिनीहरूको सङ्ख्या, तिनीहरूले सन्तान उत्पादन गर्ने गति, बाँच्‍ने दर, तिनीहरूको शरीरको बोसोको मात्रा, आदि इत्यादि कुराहरूलाई पनि परमेश्‍वरले नै नियन्त्रण गर्नुभएको थियो। यी जीवित प्राणीहरूसँग बोल्‍ने क्षमता नभए तापनि, तिनीहरू पनि सृष्टिकर्ताको बन्दोबस्तको हिस्सा नै थिए, र तिनीहरूको लागि परमेश्‍वरले गर्नुभएको बन्दोबस्तपछाडिको सिद्धान्त परमेश्‍वरले अय्यूबलाई प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूमा आधारित थियो। परमेश्‍वरले अब्राहाम र अय्यूबलाई दिनुभएका आशिष्‌हरूमा, प्रतिज्ञा गरिएका कुरा फरक भए तापनि, सृष्टिकर्ताले जुन अख्‍तियारद्वारा सबै थोक र सबै जीवित प्राणीहरूलाई शासन गर्नुभयो, त्यो उही थियो। अब्राहाम र अय्यूबलाई परमेश्‍वरले दिनुभएका फरक-फरक प्रतिज्ञा र आशिष्‌हरूमा परमेश्‍वरको अख्तियार र शक्तिको हरेक विवरण व्यक्त गरिएका छन्, र त्यसले फेरि पनि मानवजातिलाई परमेश्‍वरको अख्तियार मानिसको कल्‍पनाभन्दा धेरै परको कुरा हो भनी देखाउँछ। यी विवरणहरूले फेरि पनि मानवजातिलाई के बताउँछ भने, यदि उसले परमेश्‍वरको अख्तियारलाई जान्‍न चाहन्छ भने, उसले परमेश्‍वरका वचनहरूद्वारा र परमेश्‍वरको कार्यको अनुभवद्वारा मात्रै यसलाई हासिल गर्न सक्छ।

सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको अख्तियारले मानिसलाई तथ्य देख्‍ने तुल्याउँछ: परमेश्‍वरको अख्तियार “अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्, अनि उज्यालो भयो, अनि वायुमण्डल होस् भनी भन्‍नुभयो, वायुमण्डल भयो, र जमिन होस् भन्‍नुभयो, अनि जमिन भयो” भन्‍ने वचनहरूमा मात्रै अन्तर्निहित छैन, बरु योभन्दा पनि बढी, उहाँको अख्‍तियार त उहाँले कसरी ज्योतिलाई निरन्तर रहन दिनुभयो, वायुमण्डललाई हराउनबाट रोक्‍नुभयो, र जमिनलाई पानीबाट सदासर्वदा अलग राख्‍नुभयो भन्‍ने कुराका साथै उहाँले सृष्टि गर्नुभएका कुराहरूलाई अर्थात् ज्योति, वायुमण्डल, र भूमिलाई उहाँले कसरी शासन र व्यवस्थापन गर्नुभयो भन्‍ने कुरामा अन्तर्निहित छ। परमेश्‍वरले मानवजातिलाई दिनुभएको आशिष्‌मा तिमीहरू अरू के देख्छौ? अवश्य नै, परमेश्‍वरले अब्राहाम र अय्यूबलाई आशिष्‌ दिइसक्‍नुभएपछि, परमेश्‍वरका पाइलाहरू रोकिएनन्, किनभने उहाँले आफ्‍नो अख्तियारको प्रयोगलाई सुरु मात्रै गर्नुभएको थियो, र उहाँका हरेक वचनलाई यथार्थमा ल्याउने, उहाँले बोल्‍नुभएको हरेक कुरालाई वास्तविकता तुल्याउने अभिप्राय उहाँको थियो, त्यसकारण त्यसपछिका वर्षहरूमा उहाँले आफ्‍ना अभिप्रायका सबै कुराहरू निरन्तर गर्नुभयो। परमेश्‍वरसँग अख्‍तियार भएकोले, परमेश्‍वरले बोल्‍नु मात्रै आवश्यक छ, अनि औँला समेत नउठाई, सबै तत्व र थोकहरू हासिल हुन्छन् भन्‍नेजस्तो मानिसलाई लाग्न सक्छ। त्यस्ता कल्‍पनाहरू अलिक हास्यास्पद छन्! यदि तैँले वचनहरूको प्रयोग गरेर मानिससँग परमेश्‍वरले करार स्थापना गर्नुभएको, र वचनहरूको प्रयोग गरी परमेश्‍वरले सबै कुरा हासिल गर्नुभएको कुरालाई एकतर्फी दृष्टिकोणले मात्रै लिन्छस्, र सबै थोकको अस्तित्वमाथि परमेश्‍वरको अख्तियारले राख्‍ने प्रभुत्वका विभिन्‍न चिन्‍हहरू र तथ्यहरूलाई तँ देख्‍न असमर्थ छस् भने, परमेश्‍वरको अख्तियार सम्‍बन्धी तेरो बुझाइ अत्यन्तै खोक्रो र हास्यास्पद छ! यदि मानिसले परमेश्‍वर त्यस्तो हुनुहुन्छ भनी कल्‍पना गर्छ भने, परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञान असफल अवस्थातर्फ उन्मुख छ, र बन्द बाटोमा पुगेको छ, किनभने मानिसले कल्‍पना गरेको परमेश्‍वर आदेशहरू जारी गर्ने मेसिन बाहेक केही होइनन्, अख्‍तियार सहितका परमेश्‍वर होइनन्। अब्राहाम र अय्यूबको उदाहरणहरूबाट तैँले के देखेको छस्? के तैँले परमेश्‍वरको अख्तियार र शक्तिको वास्तविक पक्षलाई देखेको छस्? परमेश्‍वरले अब्राहाम र अय्यूबलाई आशिष्‌ दिनुभएपछि, परमेश्‍वर जहाँ हुनुहुन्थ्यो त्यहीँ बस्‍नुभएन, न त के परिणाम आउनेछ भनेर प्रतीक्षा गर्दै उहाँले आफ्‍ना दूतहरूलाई नै काम गर्न पठाउनुभयो। यसको विपरीत, परमेश्‍वरले आफ्‍ना वचनहरू उच्‍चारण गरिसक्‍ने बित्तिकै, परमेश्‍वरको अख्तियारको निर्देशनमा, परमेश्‍वरले गर्ने अभिप्राय राख्‍नुभएका कामलाई सबै थोकले अनुपालन गर्न थाले, र परमेश्‍वरलाई आवश्यक परेका मानिसहरू, थोकहरू, र वस्तुहरू तयार भए। भन्‍नुको अर्थ, परमेश्‍वरको मुखबाट वचनहरू उच्‍चारण गर्ने बित्तिकै, परमेश्‍वरको अख्तियारले सारा भूमिभरि काम गर्न थाल्यो, र उहाँले अब्राहाम र अय्यूबसँग गर्नुभएका प्रतिज्ञाहरूलाई हासिल गर्न र पूरा गर्न मार्ग तय गर्नुभयो, यसको साथै उहाँले अघि बढाउने योजना गर्नुभएका हरेक कदम र हरेक मुख्य चरणको लागि सम्पूर्ण उचित योजना र तयारीहरू गर्नुभयो। यो समय अवधिमा, उहाँले आफ्‍ना दूतहरूलाई मात्रै होइन, तर उहाँले सृष्टि गर्नुभएका सबै थोकलाई चलाउनुभयो। भन्‍नुको अर्थ परमेश्‍वरको अख्तियार प्रयोग गरिएको क्षेत्रमा दूतहरू मात्रै होइनन्, तर सृष्टिका सबै थोक समावेश थिए, जसलाई उहाँले पूरा गर्ने अभिप्राय राख्‍नुभएको कामको अनुपालन गर्नको लागि चलाउनुभयो; परमेश्‍वरको अख्तियार प्रयोग गरिएको निश्‍चित तरिकाहरू यिनै थिए। तिमीहरूका कल्‍पनाहरूमा, कति जनासँग परमेश्‍वरको अख्तियारको बारेमा निम्‍न बुझाइ हुन सक्छ: परमेश्‍वरसँग अख्तियार छ, र परमेश्‍वरसँग शक्ति छ, त्यसकारण परमेश्‍वर तेस्रो स्वर्गमा, वा निश्‍चित स्थानमा मात्रै रहनु आवश्यक हुन्छ, र कुनै पनि खास कार्य गर्नु आवश्यक हुँदैन, र परमेश्‍वरको कार्यको पूर्णता उहाँका विचारहरूमा नै पूर्ण हुन्छन्। कतिले के पनि विश्‍वास गर्न सक्छन्, परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभएको भए तापनि, परमेश्‍वरले केही पनि गर्नु परेन, र उहाँले आफ्‍ना वचनहरू बोल्‍नु नै पर्याप्त थियो। के वास्तवमा यही भएको हो त? अवश्य नै होइन! परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए तापनि, उहाँको अख्‍तियार साँचो र वास्तविक हो, रित्तो होइन। परमेश्‍वरको अख्तियार र शक्तिको विशुद्धता र वास्तविकता उहाँले गर्नुभएको सबै थोकको सृष्टिमा, सबै थोकमाथिको उहाँको नियन्त्रणमा, र उहाँले मानवजातिलाई अगुवाइ गर्ने र व्यवस्थापन गर्ने प्रक्रियामा क्रमिक रूपमा प्रकट र मूर्तरूप गरिन्छ। मानवजाति र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको हरेक विधि, हरेक दृष्टिकोण, र हरेक विवरण, र उहाँले पूरा गर्नुभएको सबै काम, साथै सबै थोकबारे उहाँको बुझाइ—ती सबैले परमेश्‍वरको अख्‍तियार र शक्ति खोक्रा शब्‍दहरू होइनन् भन्‍ने कुरालाई ठेड रूपमा प्रमाणित गर्छ। उहाँको अख्‍तियार र शक्तिलाई सबै कुरामा अटुट रूपमा देखाइन्छ र प्रकट गरिन्छ। यी प्रकटीकरण र प्रकाशले परमेश्‍वरको अख्तियारको यथार्थ अस्तित्वबारे बताउँछन्, किनभने उहाँले आफ्‍नो कार्यलाई जारी राख्‍न र सबै थोकमाथि हुकुम चलाउन, र हरेक क्षणमा सबै थोकलाई शासन गर्नको लागि उहाँले आफ्‍नो अख्‍तियार र शक्तिको प्रयोग गरिरहनुभएको छ; उहाँको शक्ति र अख्तियारलाई न त स्वर्गदूतहरूले न त परमेश्‍वरका कुनै दूतहरूले नै प्रतिस्थापन गर्न सक्छन्। अब्राहाम र अय्यूबलाई के-कस्ता आशिषहरू दिने हो त्यसको निर्णय परमेश्‍वरले नै गर्नुभयो—यो परमेश्‍वरले नै गर्नुपर्ने निर्णय थियो। परमेश्‍वरका दूतहरूले अब्राहाम र अय्यूबलाई व्यक्तिगत रूपमा नै भेटेका भए तापनि, तिनीहरूका कार्य परमेश्‍वरका आज्ञाहरूमा आधारित थिए, र तिनीहरूका कार्यहरू परमेश्‍वरको अख्‍तियारको अधीनमा गरिएका थिए, त्यसरी नै, दूतहरू परमेश्‍वरको सार्वभौमिकताको अधीनमा थिए। परमेश्‍वरका दूतहरूले अब्राहामलाई भेट्छन् भन्‍ने मानिसले देखे तापनि, बाइबलका विवरणहरूमा यहोवा परमेश्‍वरले आफै केही गर्नुहुन्छ भन्‍ने नदेख्‍ने भए तापनि, वास्तवमा, शक्ति र अख्तियारको प्रयोग गर्ने एक मात्र व्यक्ति परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, र यसले कुनै पनि मानिसमा शङ्का पैदा गर्दैन! तैँले स्वर्गदूतहरू र दूतहरूसँग महान् शक्ति भएको र तिनीहरूले आश्‍चर्यकर्महरू गरेको, वा तिनीहरूले परमेश्‍वरले आज्ञा गर्नुभएका केही कुराहरू गरेका देखेका भए तापनि, तिनीहरूका कार्यहरू परमेश्‍वरका आज्ञाहरू पालन गर्नको खातिर मात्रै हुन्, र ती कुनै पनि हालतमा परमेश्‍वरको अख्‍तियारको प्रदर्शन होइनन्—किनभने कुनै मानिस वा वस्तुमा सबै थोक सृष्टि गर्ने र सबै थोकलाई शासन गर्ने सृष्टिकर्ताको अख्तियार वा स्वामित्व छैन। त्यसकारण, कुनै पनि मानिस वा वस्तुले सृष्टिकर्ताको अख्‍तियारलाई प्रयोग गर्न वा प्रदर्शन गर्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९७

सृष्टिकर्ताको अख्‍तियार अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने छ

१. परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ

उत्पत्ति १:३-५  अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो।

उत्पत्ति १:६-७  अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो।

उत्पत्ति १:९-११  अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।

उत्पत्ति १:१४-१५  अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्: अनि त्यस्तै भयो।

उत्पत्ति १:२०-२१  अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

उत्पत्ति १:२४-२५  अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

२. मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३  अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

३. परमेश्‍वरका आशिष्‌हरू

उत्पत्ति १७:४-६  मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।

उत्पत्ति १८:१८-१९  अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्। किनकि म उसलाई चिन्छु, कि उसले आफ्ना छोराछोरीहरू र आफ्नो घरानालाई उनलाई पछ्याउने आज्ञा दिनेछ र न्यायिक व्यवहार तथा न्याय गर्नको निम्ति तिनीहरूले यहोवाको मार्ग पालन गर्नेछन्; ताकि यहोवाले अब्राहामलाई भन्‍नुभएका कुरा उहाँले पूरा गर्नुभएको होस्।

उत्पत्ति २२:१६-१८  यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

पवित्र-शास्‍त्रका यी तीन भागमा तिमीहरूले के देखेका छौ? के परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्ने सिद्धान्त छ भन्‍ने तिमीहरूले देखेका छौ? उदाहरणको लागि, मानिससँग करार स्थापना गर्नको लागि परमेश्‍वरले इन्द्रेनीको प्रयोग गर्नुभयो—संसार नष्ट पार्नलाई उहाँले फेरि कहिल्यै जलप्रलयको प्रयोग गर्नुहुनेछैन भनी मानिसलाई बताउन उहाँले बादलहरूमा इन्द्रेनी राखिदिनुभयो। के आज मानिसहरूले देख्‍ने इन्द्रेनी परमेश्‍वरको मुखबाट बोलिएको त्यही इन्द्रेनी हो? के यसको प्रकृति र अर्थ परिवर्तन भएको छ? यो परिवर्तन भएको छैन भन्‍नेमा कुनै शङ्‍का छैन। परमेश्‍वरले यो कार्य गर्नको लागि आफ्‍नो अख्‍तियार प्रयोग गर्नुभयो, र उहाँले मानिससँग स्थापना गर्नुभएको करार आजको दिनसम्‍मै निरन्तर रहेको छ, र अवश्य नै, यो करारलाई परिवर्तन गर्ने समय परमेश्‍वरकै निर्णय हुनेछ। परमेश्‍वरले “बादलमा इन्द्रेनी राख्‍नेछु,” भनी भन्‍नुभएपछि, परमेश्‍वर आजको दिनसम्‍म सधैँ नै यही करारमा बाँधिएर रहनुभयो। तँ यसमा के देख्छस्? परमेश्‍वरमा अख्‍तियार र शक्ति भए तापनि, उहाँका कार्यहरूमा उहाँ अत्यन्तै दृढ र सिद्धान्त केन्द्रित हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको दृढता, र उहाँका कार्यहरूका सिद्धान्तहरूले सृष्टिकर्ताको उल्‍लङ्घन गर्न नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको विजय गर्न नसकिने क्षमतालाई देखाउँछ। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र सबै थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग सबै थोकमाथि शासन गर्ने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै नष्ट गर्ने वा भङ्ग गर्ने गर्नुभएको छैन, र उहाँले जब-जब आफ्‍नो अख्तियारको प्रयोग गर्नुहुन्छ, यो पूर्ण रूपमा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई नै पछ्याउँछ, र उहाँको योजनाका चरण र उद्देश्यहरूलाई नै पछ्याउँछ। अवश्य नै, परमेश्‍वरले शासन गर्नुहुने सबै थोकले परमेश्‍वरको अख्तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै पालना गर्छन्, र उहाँको अख्‍तियारका प्रबन्धहरूबाट कुनै पनि मानिस वा वस्तुलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्तियार प्रयोगका सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। परमेश्‍वरको नजरमा, जसले आशिष्‌ पाएका छन् तिनीहरूले उहाँको अख्तियारले ल्याएको सौभाग्य प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारको कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताको अधीनमा, उहाँको अख्‍तियारको प्रयोगबाट कुनै पनि मानिस वा थोकलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्‍तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि कारकतत्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियारको प्रयोग गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वी ठूला-ठूला परिवर्तनहरू भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; सबै थोक लोप भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै हराउनेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन यही नै हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९८

शैतानलाई परमेश्‍वरको आज्ञा

अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।

शैतानले सृष्टिकर्ताको अख्‍तियारलाई भङ्ग गर्ने आँट कहिल्यै गरेको छैन, र यसले गर्दा, सबै थोक सुव्यवस्थामा जिउँछन्

यो अय्यूबको पुस्तकबाट लिइएको उद्धरण हो, र यी शब्‍दहरूमा “ऊ” ले अय्यूबलाई जनाउँछ। छोटो भए तापनि, यो वाक्यले विभिन्‍न विषयहरूलाई स्पष्ट पार्छ। यसले आत्मिक संसारमा परमेश्‍वर र शैतानको बीचमा भएको खास कुराकानीलाई व्याख्या गर्छ, र परमेश्‍वरका वचनहरू शैतानप्रति लक्षित थिए भनेर हामीलाई बताउँछ। परमेश्‍वरले विशेष गरी के भन्‍नुभएको थियो त्यसको विवरण पनि यसले दिन्छ। परमेश्‍वरका वचनहरू शैतानलाई दिइएको आज्ञा र आदेश थियो। यो आदेशका खास विवरणहरू अय्यूबको ज्यान बचाउने र शैतानले अय्यूबलाई गर्ने व्यवहारमा परमेश्‍वरले रेखा कोर्नुभएको कुरासँग सम्‍बन्धित छन्—शैतानले अय्यूबलाई ज्यान नलिई छाडिदिनुपर्नेथियो। यो वाक्यबाट हामीले थाहा पाउने पहिलो कुरा भनेको यी वचनहरू परमेश्‍वरले शैतानसँग बोल्‍नुभएका वचनहरू थिए भन्‍ने हो। अय्यूबको पुस्तकको मूल पाठले हामीलाई यी वचनहरूको पृष्ठभूमिको बारेमा बताउँछ: शैतानले अय्यूबलाई दोष दिन चाह्यो, त्यसकारण त्यसले उसलाई परीक्षा गर्न सक्‍नुभन्दा पहिले परमेश्‍वरको स्वीकृति लिनुपर्थ्यो। अय्यूबलाई परीक्षा गर्ने शैतानको अनुरोधलाई अनुमति दिने क्रममा, परमेश्‍वरले शैतानको सामुन्ने निम्‍न सर्त अघि सार्नुभयो: “अय्यूब तेरै हातमा छ; तर त्यसको ज्यान बचा।” यी वचनहरूको प्रकृति के हो त? ती स्पष्ट रूपमै आज्ञा, आदेश हुन्। यी वचनहरूको प्रकृतिलाई बुझिसकेपछि, यो आदेश जारी गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो, र यो आदेश पाउने र पालन गर्ने शैतान थियो भन्‍ने कुरालाई तैँले अवश्य बुझ्‍नुपर्छ। भन्न नपर्ला, यो आदेशमा, परमेश्‍वर र शैतानबीचको सम्‍बन्ध यी वचनहरू पढ्ने जोकोहीलाई स्पष्ट छ। अवश्‍य नै, यो आत्मिक संसारमा परमेश्‍वर र शैतानबीचको सम्‍बन्ध, र परमेश्‍वर र शैतानबीच भएको कुराकानीसम्बन्धी पवित्र-शास्‍त्रको अभिलेखअनुसार परमेश्‍वर र शैतानबीचको पहिचान र हैसियतको भिन्नता पनि हो, र यस खास उदाहरण र पाठ्य अभिलेखबाट मानिसले आजको मितिसम्‍म सिक्‍न सक्‍ने परमेश्‍वर र शैतानको पहिचान र अस्तित्व बीचमा रहेको पृथक भिन्‍नता पनि हो। यस बिन्दुमा, मैले के भन्‍नैपर्छ भने यी वचनहरूको अभिलेख परमेश्‍वरको पहिचान र हैसियतसम्‍बन्धी मानवजातिको ज्ञानको निम्ति महत्त्वपूर्ण दस्तावेज हो, र परमेश्‍वरसम्‍बन्धी मानवजातिको ज्ञानको लागि यसले महत्त्वपूर्ण जानकारी प्रदान गर्छ। सृष्टिकर्ता र शैतानबीच आत्मिक संसारमा भएको यो कुराकानीबाट मानिसले सृष्टिकर्ताको अख्‍तियारको थप एउटा निश्‍चित पक्षलाई बुझ्‍न सक्छ। यी वचनहरू सृष्टिकर्ताको अद्वितीय अख्‍तियारका अर्का गवाही हुन्।

बाहिरी रूपमा, यहोवा परमेश्‍वर शैतानसँगको कुराकानीमा सहभागी भइरहनुभएको छ। सारको हिसाबमा, यहोवा परमेश्‍वरले जुन मनोवृत्ति साथ बोल्‍नुहुन्छ, र उहाँ जुन स्थानमा खडा हुनुहुन्छ ती शैतानभन्दा उच्‍च छन्। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरले शैतानलाई आदेशको शैलीमा आज्ञा दिइरहनुभएको छ, र त्यसले के गर्नु हुन्छ र के गर्नु हुँदैन, अय्यूब पहिले नै त्यसको हातमा छ, र त्यसले अय्यूबलाई जसरी मन लाग्यो त्यसरी व्यवहार गर्न सक्छ भनी शैतानलाई भनिरहनुभएको छ—तर त्यसले अय्यूबको ज्यानचाहिँ लिनु हुँदैनथियो। यसको उपखण्ड के हो भने, अय्यूबलाई शैतानको हातमा सुम्पिइएको भए तापनि, उसको जीवन शैतानलाई दिइएको थिएन; परमेश्‍वरले अनुमति नदिनुभएसम्‍म कसैले पनि अय्यूबको जीवन परमेश्‍वरको हातबाट लिन सक्दैन। शैतानलाई दिइएको यो आज्ञामा परमेश्‍वरको मनोवृत्ति स्पष्ट रूपमा व्यक्त गरिएको छ, र यो आज्ञाले यहोवा परमेश्‍वरले शैतानसँग कुन स्थानबाट कुराकानी गर्नुभयो त्यसलाई पनि प्रकट र खुलासा गर्छ। यसमा, यहोवा परमेश्‍वरसँग ज्योति, र हावा, अनि सबै थोक र जीवित प्राणीहरू सृष्टि गर्नुहुने परमेश्‍वरको, सबै थोक र सबै जीवित प्राणीहरूमाथि सार्वभौमिकता राख्‍नुहुने परमेश्‍वरको हैसियत मात्र होइन, बरु मानवजातिमाथि हुकुम चलाउनुहुने, र पातालहरूमाथि हुकुम चलाउनुहुने परमेश्‍वरको, सबै जीवित प्राणीहरूको जीवन र मृत्युलाई नियन्त्रण गर्नुहुने परमेश्‍वरको हैसियत पनि रहेको छ। आत्मिक संसारमा, परमेश्‍वरबाहेक कसले शैतानलाई त्यस्तो आदेश जारी गर्न सक्थ्यो र? अनि परमेश्‍वरले किन व्यक्तिगत रूपमा शैतानलाई आफ्‍नो आदेश जारी गर्नुभयो त? किनभने अय्यूबको जीवनलगायत मानिसको जीवन परमेश्‍वरकै नियन्त्रणमा छ। परमेश्‍वरले शैतानलाई अय्यूबको ज्यानमा हानि पुर्‍याउन, वा त्यसलाई लिन अनुमति दिनुभएन, र परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्न अनुमति दिनुहुँदा पनि, परमेश्‍वरले त्यस्तो आदेश जारी गर्न स्मरण गर्नुभयो, र फेरि पनि शैतानलाई अय्यूबको ज्यान नलिन आज्ञा गर्नुभयो। शैतानले परमेश्‍वरको अख्‍तियार भङ्ग गर्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्‍वरका आदेशहरू र निश्‍चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्‍लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्‍वरका कुनै पनि आज्ञाहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्‍ने आँट कहिल्यै गरेन। के यो परमेश्‍वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्‍वरको अख्तियारको साक्षी होइन र? परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्‍वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्‍ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक संसारमा, शैतानले परमेश्‍वरको हैसियत र अख्‍तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्‍वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन कदर छ। यसले तिनलाई बेवास्ता गर्ने आँट गर्दै-गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्‍लङ्घन गर्ने, वा परमेश्‍वरको अख्‍तियारलाई भङ्ग गर्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्‍वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्‍वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्‍ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्‍म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्‍वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्‍ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमान् छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्‍नै सीमाहरू थाहा छ। शैतानको “समर्पित” कार्यहरूबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरको अख्‍तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्‍न सक्दैन, र परमेश्‍वरको अद्वितीयपन र अख्‍तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्‍वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र वृद्धि हुन सक्छ, यो आदेशलाई असर गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्‍ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको आदेश र अख्‍तियारबाट आउँछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९९

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ (छनौट गरिएको खण्ड)

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा पनि अख्‍तियार छ, किनभने शैतानले पनि आश्‍चर्यकर्महरू देखाउन सक्छ, र मानवजातिको लागि असम्‍भव रहेका कुराहरू गर्न सक्छ भनी विश्‍वास गर्ने धेरै मूर्ख मानिसहरू समेत छन्। त्यसैले, परमेश्‍वरलाई आराधना गर्ने बाहेक, मानिसले आफ्‍नो हृदयमा शैतानको लागि पनि ठाउँ साँचेर राख्छ, र शैतानलाई परमेश्‍वरको रूपमा आराधना समेत गर्छ। यी मानिसहरू दयनीय र घृणास्पद दुवै छन्। तिनीहरूको अज्ञानताको कारण तिनीहरू दयनीय छन्, र तिनीहरूको विधर्म र अन्तर्निहित दुष्ट सारको कारण तिनीहरू घृणास्पद छन्। यस विन्दुमा, तिमीहरूलाई अख्‍तियार भनेको के हो, यो केको प्रतीक हो, र यसले केलाई प्रतिनिधित्व गर्छ सो बारेमा जानकारी दिनु अत्यावश्यक छ भन्‍ने मलाई लाग्छ। वृहत् रूपमा भन्दा, परमेश्‍वर स्वयम्‌ नै अख्‍तियार हुनुहुन्छ, उहाँको अख्‍तियार परमेश्‍वरको सर्वोच्‍चता र सारको प्रतीक हो, र परमेश्‍वर स्वयम्को अख्तियारले परमेश्‍वरको हैसियत र पहिचानलाई प्रतिनिधित्व गर्छ। यसो हुनाले, के शैतानले त्यो आफै परमेश्‍वर हो भनेर भन्‍ने आँट गर्छ? के शैतानले त्यसले नै सबै थोक सृष्टि गरेको हो, र सबै थोकमाथि त्यसको सार्वभौमिकता छ भनेर भन्‍ने आँट गर्छ? अवश्य यसले त्यसो भन्दैन! किनभने यसले सबै थोक सृष्टि गर्न सक्दैन; अहिलेको मितिसम्‍म, परमेश्‍वरले सृष्टि गर्नुभएको कुनै पनि थोक यसले बनाएको छैन, र जीवन भएको कुनै पनि कुरा सृष्टि गरेको छैन। त्योसँग परमेश्‍वरको अख्तियार नभएको हुनाले, त्यसमा परमेश्‍वरको हैसियत र पहिचान हुनु कहिल्यै सम्‍भव हुन सक्दैन, र यसलाई त्यसकै सारले निर्धारित गर्छ। के त्योसँग परमेश्‍वरको जस्तै शक्ति छ? अवश्य त्यसमा त्यस्तो शक्ति छैन! शैतानले गरेका कार्यहरूलाई, र शैतानले प्रदर्शन गरेका आश्‍चर्यकर्महरूलाई हामी के भन्छौँ? के यो शक्ति हो? के यसलाई अख्‍तियार भनेर भन्‍न सकिन्छ? अवश्य सकिँदैन! शैतानले दुष्टताको छाललाई निर्देशित गर्छ, र परमेश्‍वरको कार्यका हरेक पक्षलाई बिथोल्‍ने, बिगार्ने, र बाधा दिने गर्छ। विगतका हजारौँ वर्षदेखि, मानवजातिलाई भ्रष्ट तुल्याउने र दुर्व्यवहार गर्ने, र मानिस मृत्युको छायाको घाटीतर्फ हिँडोस् भनेर मानिसलाई प्रलोभनमा पार्ने र छल गर्ने गरेर भ्रष्टता र परमेश्‍वरलाई इन्कार गर्ने कार्यमा लगाउने बाहेक, के शैतानले त्यस्तो केही गरेको छ जसको लागि मानिसले त्यसलाई अलिकति समेत स्मरण गर्नु, तारिफ गर्नु, वा कदर गर्नु योग्य छ? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा भ्रष्ट तुल्याइएको हुनेथियो? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा हानि गरिएको हुनेथियो? यदि शैतानसँग शक्ति र अख्तियार भएको भए, के मानवजाति परमेश्‍वरलाई त्यागेर मृत्युको शरण परेको हुनेथियो? शैतानसँग कुनै अख्‍तियार वा शक्ति नभएको हुनाले, त्यसले गर्ने सबै कुराको सारको बारेमा हामीले के निष्कर्ष निकाल्‍नुपर्छ? शैतानले गर्ने सबै कुरा छल मात्रै हुन् भनेर परिभाषित गर्नेहरू पनि छन्, तैपनि त्यस्तो परिभाषा त्यति उपयुक्त छैन भन्‍ने मलाई विश्‍वास छ। के मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसका दुष्ट कार्यहरू छल मात्रै हुन् त? अय्यूबलाई दुर्व्यवहार गर्नको लागि शैतानले प्रयोग गरेको दुष्टताको शक्ति, र तिनलाई दुर्व्यवहार गर्ने र तिनलाई निल्ने त्यसको तीव्र इच्‍छालाई छलद्वारा मात्रै हासिल गर्न सकिँदैन। फर्केर हेर्दा, पहाड-पर्वतभरि टाढा-टाढासम्‍म छरपष्ट भएका अय्यूबका बथान र बगालहरू एकै क्षणमा विलय भएका थिए; एकै क्षणमा, अय्यूबको भाग्य हराएर गयो। के त्यसलाई छलले मात्रै हासिल गर्न सकियो? शैतानले गर्ने सबै कुराको प्रकृति बिगार्ने, बिथोल्‍ने, नष्ट गर्ने, हानी गर्ने, दुष्टता, दुर्भावना, र अन्धकार जस्ता नकरात्मक शब्‍दहरूसँग सम्‍बन्धित छन् र तीसँग मिल्छन्, त्यसकारण घट्ने सबै अधार्मिकता र दुष्ट घटनाहरू अपरिहार्य रूपमा नै शैतानका कार्यहरूसँग जोडिएका हुन्छन्, र त्यसलाई शैतानको दुष्ट सारबाट अलग गर्न सकिँदैन। शैतान जति नै “शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश १००

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ (छनौट गरिएका खण्डहरू)

अख्‍तियार स्वयम्‌लाई परमेश्‍वरको शक्तिको रूपमा व्याख्या गर्न सकिन्छ। पहिलो, अख्‍तियार र शक्ति दुवै सकारात्मक छन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ। कुनै पनि नकारात्मक कुरासँग तिनको कुनै सम्‍बन्ध छैन, र सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीसँग ती सम्‍बन्धित छैनन्। परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

शैतानले अय्यूबमाथि लोभी नजरले हेरेको भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्‍वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्‍नुभएपछि, परमेश्‍वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्‍प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्‍वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्‍वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्‍वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्‍न सकिन्छ भने शैतानले यहोवा परमेश्‍वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्‍वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्‍वरको वचनको पछाडि परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्‍वरका दण्डहरू सङ्केत गरिएको हुन्छ। यदि त्यसले परमेश्‍वरका आदेशहरू उल्‍लङ्घन गर्‍यो भने, परमेश्‍वरको अख्‍तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्‍वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्‍ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्‍वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्‍वरको पूर्ण आज्ञापालन परमेश्‍वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्‍वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्न सक्‍ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्‍कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्‍नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो, र यो अख्‍तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्‍च छ, त्यसकारण “परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्‍नु असम्‍भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्‍वर छैन!

के अहिले तिमीहरूसँग परमेश्‍वरको अख्तियार सम्‍बन्धी नयाँ ज्ञान छ? सबभन्दा पहिले, के भर्खरै उल्‍लेख गरेको परमेश्‍वरको अख्‍तियार र मानिसको शक्तिको बीचमा भिन्‍नता छ? के भिन्‍नता छ? कतिपय मानिसहरूले यी दुईलाई तुलना गर्न सकिँदैन भनेर भन्छन्। त्यो सही कुरा हो! मानिसहरूले यी दुई बीचमा तुलना गर्न सकिँदैन भनेर भन्‍ने भए तापनि, मानिसका विचार र धारणाहरूमा, मानिसको शक्तिलाई नै प्रायजसो अख्‍तियार हो भन्‍ने ठानिन्छ, र यी दुईलाई प्रायजसो सँग-सँगै राखेर तुलना गरिन्छ। यहाँ के भइरहेको छ? के मानिसहरूले लापरवाहीको साथ एउटालाई अर्कोको सट्टा प्रयोग गरेर गल्ती गरिरहेका छैनन् र? यी दुई सम्‍बन्धित छैनन्, र तिनीहरूको बीचमा कुनै तुलना हुन सक्दैन, तैपनि मानिसहरू त्यसो नगरी बस्‍न सक्दैनन्। यसलाई कसरी समाधान गर्ने? यदि तँ साँच्‍चै ने समाधान पाउन चाहन्छस् भने, यसको एउटै मात्र तरिका भनेको परमेश्‍वरको अद्वितीय अख्‍तियारलाई बुझ्‍नु र जान्‍नु हो। सृष्टिकर्ताको अख्तियारलाई बुझेर जानिसकेपछि, तैँले मानिसको शक्ति र परमेश्‍वरको अख्‍तियारलाई समान रूपमा उल्‍लेख गर्नेछैनस्।

मानिसको शक्तिले केलाई जनाउँछ? सरल रूपमा भन्दा, यो त्यो क्षमता वा सीप हो जसले मानिसको भ्रष्ट स्वभाव, इच्‍छा र महत्वाकांक्षाहरूलाई त्यसको अधिकतम हदसम्म विस्तार हुने वा हासिल गर्ने तुल्याउँछ। के यो अख्‍तियारको रूपमा गन्ती हुन्छ त? मानिसको महत्वाकांक्षा र इच्‍छाहरू जति तीव्र वा लाभदायक भए तापनि, व्यक्तिमा अख्‍तियार छ भनेर भन्‍न सकिँदैन; बढीमा, यो फाइँफुट्टी र सफलता मानिसको बीचमा शैतानको तमासाको प्रदर्शन मात्रै हो; बढीमा, यो एउटा स्वाँग मात्रै हो जसमा शैतानले परमेश्‍वर बन्‍ने आफ्‍नो महत्वाकांक्षा पूरा गर्नका लागि त्यसको आफ्‍नै पुर्खाले जस्तो व्यवहार गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०१

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ (छनौट गरिएका खण्डहरू)

परमेश्‍वरको अख्तियार केको प्रतीक हो? के यो परमेश्‍वर स्वयम्‌को पहिचानको प्रतीक हो? के यो परमेश्‍वरको स्वयम्‌को शक्तिको प्रतीक हो? के यो परमेश्‍वर स्वयम्‌को अद्वितीय हैसियतको प्रतीक हो? सबै थोकमध्येमा, केमा तैँले परमेश्‍वरको अख्‍तियार देखेको छस्? तैँले यो कसरी देखिस्? मानिसले अनुभव गर्ने चार ऋतुहरूको हकमा कुरा गर्दा, के कसैले वसन्त, ग्रीष्म, शरद, र शिशिरको बीचमा हुने परिवर्तनको नियमलाई परिवर्तन गर्न सक्छ? वसन्तमा, रूखका मुनाहरू उम्रन्छन् र फक्रन्छन्; ग्रीष्ममा ती पातहरूले भरिन्छन्; शरदमा तिनीहरूले फल फलाउँछन्, र शिशिरमा पातहरू झर्छन्। के कसैले यो नियमलाई परिवर्तन गर्न सक्छ? के यसले परमेश्‍वरको अख्तियारको एउटा पक्षलाई झल्‍काउँछ? परमेश्‍वरले “उज्यालो होस्,” भनी भन्‍नुभयो र उज्यालो भयो। के यो उज्यालो अझै अस्तित्वमा छ? के कारणले यो अझै अस्तित्वमा छ? निश्‍चय नै, परमेश्‍वरका वचनहरूको कारणले, र परमेश्‍वरको अख्‍तियारको कारणले यो अस्तित्वमा छ। के परमेश्‍वरले सृष्टि गर्नुभएको हावा अझै अस्तित्वमा छ? के मानिसले फेर्ने सास परमेश्‍वरबाट आउँछ? के परमेश्‍वरबाट आउने कुराहरूलाई कसैले खोस्‍न सक्छ? के कसैले तिनीहरूका सार र कार्यगत गुणलाई परिवर्तन गर्न सक्छ? के परमेश्‍वरले तय गर्नुभएको रात र दिनलाई, र परमेश्‍वरले व्यवस्थित गर्नुभएको दिन र रातको नियमलाई कसैले उल्ट्याउन सक्छ? के शैतानले त्यस्तो कुरा गर्न सक्छ? यदि तँ राती सुत्दैनस्, र रातलाई दिनको रूपमा लिन्छस् भने पनि, त्यो अझै पनि रातको समय नै हुन्छ; तैँले आफ्‍नो दैनिकीलाई परिवर्तन गर्न सक्छस्, तर रात र दिन परिवर्तन हुने नियमलाई तैँले परिवर्तन गर्न सक्दैनस्—यस तथ्यलाई कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्दैन, होइन र? के गोरु जोतेजस्तो सिंहलाई खेत जोत्‍न लगाउन सक्‍ने कोही छ? के हात्तीलाई गधामा परिवर्तन गर्न सक्‍ने कोही छ? के कुखुरोलाई चीलजस्तो आकाशमा वेग हान्‍ने बनाउन सक्‍ने कोही छ? के ब्‍वाँसोलाई भेडाजस्तो घाँस खाने बनाउन सक्‍ने कोही छ? (छैन।) के पानीको माछालाई सुक्‍खा जमिनमा जिउने बनाउन सक्‍ने कोही छ? मानिसहरूले त्यसो गर्न सक्दैनन्। किन सक्दैनन्? किनभने परमेश्‍वरले माछालाई पानीमा बस्‍ने आज्ञा दिनुभयो, त्यसकारण तिनीहरू पानीमा बस्छन्। जमिनमा तिनीहरू बाँच्‍नेछैनन्, मर्नेछन्; तिनीहरूले परमेश्‍वरको आज्ञाका सीमितताहरूलाई भङ्ग गर्न सक्दैनन्। सबै थोकसँग तिनीहरूको अस्तित्व सम्‍बन्धी नियम र सीमितता हुन्छ, र तिनीहरू प्रत्येकसँग तिनीहरूको आ-आफ्‍नै प्राकृतिक गुणहरू हुन्छन्। यी सृष्टिकर्ताले निर्धारित गर्नुभएको हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न र नाघ्‍न सक्दैन। उदाहरणको लागि, सिंह सधैँ नै मानिसको समुदायबाट टाढा, जङ्गलमा बस्‍नेछ, र जसरी गोरु मानिससँग जिउँछ र मानिसको लागि काम गर्छ त्यसरी त्यो कहिल्यै पनि आज्ञाकारी र बफादार हुन सक्दैन। हात्ती र गधा दुवै जनावर हुन् र दुवैका चार खुट्टा हुन्छन्, र तिनीहरू हावामा सास फेर्ने प्राणीहरू हुन्, तैपनि तिनीहरू फरक-फरक प्रजाति हुन्, किनभने तिनीहरूलाई परमेश्‍वरले नै फरक-फरक प्रकारमा विभाजित गर्नुभएको थियो, तिनीहरू प्रत्येकसँग तिनीहरूका आ-आफ्‍नै प्राकृतिक गुणहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई कहिल्यै पनि एक-आपसमा साट्न सकिनेछैन। कुखुरोसँग चीलको जस्तै दुई खुट्टा र पखेटाहरू हुने भए तापनि, त्यो कहिल्यै पनि हावामा उड्न सक्‍नेछैन; बढीमा त्यो रूखसम्‍म उड्न सक्छ—यसलाई त्यसको प्राकृतिक गुणले नै निर्धारित गरेको हुन्छ। अवश्य नै, यी सबै परमेश्‍वरको अख्‍तियारका आदेशहरूका कारणले भएका हुन्।

आज मानवजातिको विकासमा, मानवजातिको विज्ञानले प्रगति गरिरहेको छ भनेर भन्‍न सकिन्छ, र मानिसको वैज्ञानिक अन्वेषणका उपलब्धिहरू उल्‍लेखनीय छन् भनेर व्याख्या गर्न सकिन्छ। मानिसको क्षमता झन्-झन् ठूलो हुँदै वृद्धि भइरहेको छ भनेर भन्‍नुपर्छ, तर मानिसले हासिल गर्न नसकेको एउटा वैज्ञानिक सफलता छ: मानवजातिले हवाई जहाज, विमान वाहक, र परमाणु बम बनाएको छ, मानवजाति अन्तरिक्षमा गएर चन्द्रमामा हिँडेको छ, इन्टरनेटको आविष्कार गरेको छ, र उच्‍च प्रविधिको जीवनशैली जिउन पुगेको छ, तैपनि मानवजातिले जीवित, सास फेर्ने थोक बनाउन सक्दैन। हरेक जीवित प्राणीका प्राकृतिक गुण र तिनीहरू जिउने नियम, र हरेक जीवित थोकको जीवन र मृत्युको चक्र—यी सबै नै मानवजातिको विज्ञानको शक्तिभन्दा बाहिर छन्, र तिनलाई यसले नियन्त्रण गर्न सक्दैन। यस विन्दुमा, मानिसको विज्ञानले हासिल गरेका उचाइहरू जति नै माथि भए पनि, सृष्टिकर्ताका कुनै पनि विचारहरूसँग यो अतुलनीय छ, र सृष्टिकर्ताले गर्नुभएको सृष्टिको आश्‍चर्यता र उहाँको अख्तियारको सामर्थ्यलाई यसले पत्ता लगाउन सक्दैन। पृथ्वीमा धेरै समुद्रहरू छन्, तैपनि तिनीहरू आफ्‍ना सीमितताहरूलाई नाघेर कहिल्यै पनि स्वेच्छाले भूमिमा आएका छैनन्, किनभने तिनीहरू प्रत्येकको लागि परमेश्‍वरले नै सीमाहरू तोक्‍नुहुन्छ; उहाँले तिनीहरूलाई जहाँ रहने आज्ञा दिनुभयो तिनीहरू त्यहीँ बसे, र परमेश्‍वरको अनुमतिविना तिनीहरू स्वतन्त्रतापूर्वक हलचल गर्न सक्दैनन्। परमेश्‍वरको अनुमतिविना, तिनीहरूले एक-अर्कालाई अतिक्रमण गर्न सक्दैनन्, र परमेश्‍वरले भन्‍नुहुन्छ भने मात्रै तिनीहरू हलचल गर्न सक्छन्, र तिनीहरू कहाँ जान्छन् र बस्छन् सो कुरा परमेश्‍वरको अख्‍तियारले नै निर्धारित गर्छ।

यसलाई सरल रूपमा भन्दा, “परमेश्‍वरको अख्‍तियार” को अर्थ यो कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने हुन्छ। कुनै कुरा गर्ने निर्णय गर्ने अधिकार परमेश्‍वरसँग छ, र उहाँले जसरी चाहनुहुन्छ यो त्यही अनुरूप गरिन्छ। सबै थोकको नियम परमेश्‍वरकै हातमा छ, मानिसको हातमा होइन; न त यसलाई मानिसले परिवर्तन नै गर्न सक्छ। यसलाई मानिसको इच्‍छाले हलचल गर्न सक्दैन, बरु यो परमेश्‍वरका विचारहरू, परमेश्‍वरको बुद्धि, र परमेश्‍वरका आदेशहरूद्वारा नै परिवर्तन हुन्छ; यो कुनै पनि मानिसले इन्कार गर्न नसक्‍ने तथ्य हो। स्वर्ग र पृथ्वी अनि यावत् थोक, ब्रह्माण्ड, ताराले भरिएको आकाश, वर्षका चार ऋतु, मानिसले देख्‍न सक्‍ने र देख्‍न नसक्‍ने कुरा—परमेश्‍वरको अख्‍तियारको अधीनमा, परमेश्‍वरका आदेशहरू अनुसार, परमेश्‍वरका आज्ञाहरू अनुसार, र सृष्टिको सुरुवातका नियमहरू अनुसार नै ती सबै अस्तित्वमा रहन्छन्, काम गर्छन्, र कुनै पनि गल्ती विना नै परिवर्तन हुन्छन्। कुनै एक व्यक्ति वा वस्तुले तिनीहरूको नियम परिवर्तन गर्न, वा तिनले काम गर्ने अन्तर्निहित तरिकालाई परिवर्तन गर्न सक्दैन; ती परमेश्‍वरको अख्‍तियारको कारणले नै अस्तित्वमा आए, र परमेश्‍वरको अख्‍तियारकै कारणले ती नाश हुन्छन्। परमेश्‍वरको अख्‍तियार यही नै हो। यतिसम्‍म भनिसकिएको हुनाले, के तैँले परमेश्‍वरको अख्‍तियार परमेश्‍वरको पहिचान र हैसियतको प्रतीक हो भन्‍ने अनुभूति गर्न सक्छस्? के कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा परमेश्‍वरको अख्‍तियार निहित हुन सक्छ? के यसलाई कुनै व्यक्ति, थोक, वा वस्तुले अनुकरण गर्ने, नक्‍कल गर्ने, वा प्रतिस्थापन गर्ने गर्न सक्छ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०२

सृष्टिकर्ताको पहिचान अद्वितीय छ, र तैँले बहुईश्‍वरवादको विचारलाई पालना गर्नु हुँदैन

शैतानका सीप र क्षमताहरू मानिसको भन्दा ठूलो भए तापनि, त्यसले मानिसले गर्न नसक्‍ने कुराहरू गर्न सक्‍ने भए तापनि, चाहे तैँले शैतानले जे गर्छ त्यसको ईर्ष्या वा चाहना गरे पनि, चाहे यी कुराहरूलाई तैँले मन नपराउने वा घृणा गर्ने भए पनि, चाहे तँ तिनलाई देख्‍न सक्‍ने भए पनि नभए पनि, र चाहे शैतानले जति नै धेरै हासिल गर्न सके पनि, वा त्यसले जति मानिसलाई त्यसको आराधना गर्न र प्रतिष्ठित गर्न लगाउन छल गर्न सके पनि, र चाहे तैँले त्यसलाई जे-जसरी परिभाषित गरे पनि, तैँले त्यससँग परमेश्‍वरको अख्‍तियार र शक्ति छ भनेर सायद भन्‍न सक्दैनस्। तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यसको साथै, परमेश्‍वरसँग मात्रै अख्‍तियार छ, सबै थोकलाई नियन्त्रण गर्ने र शासन गर्ने शक्ति परमेश्‍वरसँग मात्रै छ। शैतानसँग मानिसहरूलाई धोका दिने क्षमता छ र त्यसले परमेश्‍वरको अनुकरण गर्न सक्छ, परमेश्‍वरले प्रदर्शन गर्नुहुने चिन्‍ह र आश्‍चर्यकर्महरू अनुकरण गर्न सक्छ, अनि त्यसले परमेश्‍वरका जस्तै कुराहरू गरेको छ भन्दैमा, तैँले गलत रूपमा परमेश्‍वर अद्वितीय हुनुहुन्‍न, ईश्‍वरहरू धेरै छन्, यी फरक-फरक ईश्‍वरहरूसँग ठूला वा साना सीपहरू छन्, र तिनीहरूले चलाउने शक्तिको क्षेत्रमा भिन्‍नताहरू छन् भनेर विश्‍वास गर्छस्। तिनीहरूको आगमनको क्रम र तिनीहरूको उमेरको आधारमा तैँले तिनीहरूको महानताको क्रम मिलाउँछस्, र परमेश्‍वरबाहेक अरू ईश्‍वरहरू पनि छन् भनेर तैँले गलत रूपमा विश्‍वास गर्छस्, अनि परमेश्‍वरको शक्ति र अख्‍तियार अद्वितीय छैनन् भन्‍ने ठान्छस्। यदि तँसँग त्यस्ता विचारहरू छन् भने, यदि तैँले परमेश्‍वरको अद्वितीयपनलाई पहिचान गर्दैनस्, परमेश्‍वरसँग मात्रै अख्‍तियार छ भन्‍ने विश्‍वास गर्दैनस् भने, र तैँले बहुईश्‍वरवादलाई मात्रै मान्छस् भने, तँ प्राणीहरू मध्येको नीच प्राणी होस्, तँ शैतानको साँचो मूर्तरूप होस्, र तँ पूर्ण रूपमा दुष्ट व्यक्ति होस्! यी वचनहरू भनेर मैले तिमीहरूलाई के सिकाउने प्रयास गरिरहेको छु, के तिमीहरू बुझ्छौ? समय, स्थान, वा तेरो पृष्ठभूमि जेसुकै भए तापनि, तैँले परमेश्‍वर र अरू कुनै व्यक्ति, थोक, वा वस्तुमा झुक्‍किनु हुँदैन। परमेश्‍वरको अख्‍तियार र परमेश्‍वर स्वयम्‌को सार जति जान्‍न नसकिने र पहुँच प्राप्त गर्न नसकिने छ भन्‍ने तँलाई लागे पनि, चाहे तेरो धारणा र कल्‍पनासँग शैतानका जति कार्य र वचनहरू मिले पनि, चाहे तेरो लागि ती जति नै चित्तबुझ्‍दो भए पनि, मूर्ख नबन्, यी अवधारणाहरूप्रति अन्योल नबन्, परमेश्‍वरको अस्तित्वलाई इन्कार नगर्, परमेश्‍वरको पहिचान र हैसियतलाई इन्कार नगर्, परमेश्‍वरलाई ढोकाबाट बाहिर निकालेर परमेश्‍वरको सट्टा शैतानलाई तेरो परमेश्‍वर बनाउन नले। तिमीहरूले त्यसो गर्नुका परिणामहरू के हुनेछन् त्यसको कल्‍पना गर्न सक्छौ भन्‍नेमा मलाई कुनै शङ्का छैन!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०३

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको छ, र संसारमा भयानक अपराधहरू गरेको छ। त्यसले मानिसलाई दुर्व्यवहार गरेको छ, मानिसलाई धोका दिएको छ, मानिसलाई परमेश्‍वरको विरोध गर्न प्रलोभनमा पारेको छ, र बारम्‍बार परमेश्‍वरको व्यवस्थापन योजनालाई अलमल्याउने र दुर्बल तुल्याउने दुष्ट कार्यहरू गरेको छ। तैपनि, परमेश्‍वरको अख्‍तियारमा, सबै थोक र जीवित प्राणीहरू परमेश्‍वरले तय गर्नुभएका नियम र व्यवस्थाहरूलाई नै निरन्तर पालना गर्छन्। परमेश्‍वरको अख्‍तियारको तुलनामा, शैतानको दुष्ट प्रकृति र उच्छृङ्खलता अत्यन्तै कुरूप, अत्यन्तै घिनलाग्दो र तुच्छ, र अत्यन्तै सानो र असहाय छ। शैतान परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा हिँड्ने भए तापनि, परमेश्‍वरले हुकुम चलाउनुहुने मानिस, कामकुरा, र वस्तुहरूमा यसले अलिकति पनि परिवर्तन ल्याउन सक्दैन। हजारौँ वर्ष बितिसकेको छ, र मानवजातिले अझै पनि परमेश्‍वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ, परमेश्‍वर स्वयम्‌ले फुकिदिनुभएको सासद्वारा सास फेर्छ, परमेश्‍वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी, माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ, र परमेश्‍वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ; दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ; सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ; आकाशमा उड्ने हाँस शिशिरमा बिदा हुन्छन्, तैपनि अर्को वसन्तमा फर्कन्छन्; पानीमा बस्‍ने माछाले कहिल्यै पनि तिनीहरूको घर, अर्थात् खोलानाला र ताल-तलैयालाई छोड्दैन; ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्‍नो हृदयबाट गीत गाउँछन्; शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ; पानी-हाँसहरू बथानमा भेला हुन्छन्, जबकी चीलहरू एकला-एकलै रहन्छन्; सिंहका समूहले सिकार खेलेर आफ्‍नो पेट पाल्छन्; बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट टाढा जाँदैनन्…। सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्, आँखाको एक निमेषमा करोडौँ परिवर्तन भइरहन्छ—तर परिवर्तन नहुने भनेका तिनीहरूका प्राकृतिक गुण र अस्तित्व सम्‍बन्धी नियमहरू हुन्। ती परमेश्‍वरको बन्दोबस्‍त र पालनपोषणमा जिउँछन्, र कसैले पनि तिनीहरूको प्राकृतिक गुणलाई परिवर्तन गर्न सक्दैन, न त अस्तित्व सम्‍बन्धी तिनीहरूका नियमहरूलाई नै कसैले बिगार्न सक्छ। सबै थोकको बीचमा जिउने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको र छल गरेको भए तापनि, परमेश्‍वरले बनाउनुभएको पानीलाई, र परमेश्‍वरले बनाउनुभएको हावालाई, अनि परमेश्‍वरले बनाउनुभएको सबै थोकलाई मानिसले अझै त्याग्‍न सक्दैन, र परमेश्‍वरले सृष्टि गर्नुभएको यो क्षेत्रमा नै मानिस अझै जिउँछ र वृद्धि हुन्छ। मानवजातिको प्राकृतिक गुण परिवर्तन भएको छैन। मानिसले अझै पनि हेर्नको लागि आफ्‍नो आँखा, सुन्‍नको लागि आफ्‍नो कान, विचार गर्नको लागि आफ्‍नो मस्तिष्क, बुझ्‍नको लागि उसको हृदय, हिँड्नको लागि आफ्‍ना हात-खुट्टा, काम गर्नका लागि आफ्‍ना हातमा भर पर्छ, र यस्तै इत्यादि; उसले परमेश्‍वरको बन्दोबस्‍तलाई स्वीकार गर्न सकोस् भनेर परमेश्‍वरले मानिसलाई दिनुभएका सबै प्राकृतिक गुणहरू अपरिवर्तित नै रहन्छन्, परमेश्‍वरसँग मानिसले जुन अङ्गहरूको प्रयोग गरी सहकार्य गर्छ ती परिवर्तन भएका छैनन्, सृष्टि गरिएको प्राणीको रूपमा रहेको कर्तव्य निभाउने मानवजातिको अङ्ग परिवर्तन भएको छैन, मानवजातिका आत्मिक खाँचोहरू परिवर्तन भएका छैनन्, आफ्‍नो व्युत्पत्ति पत्ता लगाउने मानवजातिको इच्‍छा परिवर्तन भएको छैन, सृष्टिकर्ताद्वारा मुक्ति पाउने मानवजातिको तृष्णा परिवर्तन भएको छैन। मानवजातिका वर्तमान परिस्‍थितिहरू यस्तै छन्, जो परमेश्‍वरको अख्‍तियारको अधीनमा जिउँछन्, र जसले शैतानद्वारा ल्याइएका खूनी विनाशलाई भोगेको छ। मानवजाति शैतानको दमनमा परेको छ, र ऊ उप्रान्त सृष्टिको प्रारम्‍भका आदम र हव्‍वा होइन, तर ज्ञान, कल्‍पना, धारणाहरू र यस्तै इत्यादि जस्ता परमेश्‍वरको विरोध गर्ने कुराहरूले भरिएको छ, र भ्रष्ट शैतानी स्वभावले भरिएको छ, तैपनि, परमेश्‍वरको नजरमा मानवजाति अझै पनि उहाँले सृष्टि गर्नुभएको त्यही मानवजाति नै हो। मानवजातिलाई अझै पनि परमेश्‍वरले शासन गर्नुहुन्छ र योजनाबद्ध गर्नुहुन्छ, र ऊ परमेश्‍वरले तय गर्नुभएको मार्गभित्रै अझै जिउँछ, त्यसकारण परमेश्‍वरको नजरमा, शैतानले भ्रष्ट पारेको मानवजाति भोको पेट, अलिक ढिलो प्रतिक्रिया, पहिलेजस्तो राम्रो स्मरणशक्ति नभएको, र अलिक बूढो अवस्थामा फोहोर-मैलाले ढाकिएको मात्रै छ—तर मानिसका सबै कार्यगत गुण र प्राकृतिक गुणहरूमा कुनै क्षति पुगेको छैन। परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानवजाति यही नै हो। यो मानवजातिले सृष्टिकर्ताको बोलावटलाई र सृष्टिकर्ताको आवाजलाई सुन्नु मात्र पर्छ, अनि ऊ खडा हुनेछ र यो आवाज कहाँबाट आयो त्यो पत्ता लगाउन हतार गर्नेछ। यो मानवजातिले सृष्टिकर्ताको रूप देख्नु मात्र पर्छ, अनि उसले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि अरू कसैलाई सुन्‍नेछैन, र सबैलाई बिर्सनेछ, र उहाँको लागि आफ्‍नो जीवन समेत दिनेछ। जब मानवजातिका हृदयले सृष्टिकर्ताको हृदयविदारक वचनहरू बुझ्छ, मानवजाति शैतानलाई इन्कार गरेर सृष्टिकर्ताको पक्षमा आउनेछ; जब मानवजातिले आफ्‍नो शरीरबाट फोहोर-मैला पूर्ण रूपमा धोएको हुन्छ, र फेरि एक पटक सृष्टिकर्ताको बन्दोबस्‍त र पालनपोषण प्राप्त गरेको हुन्छ, मानवजातिको स्मरण फर्केको हुनेछ, र यस पटक मानवजाति सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा फर्केको हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०४

परमेश्‍वरलाई जिद्दी भई विरोध गर्दा, मानिसलाई परमेश्‍वरको क्रोधले नष्ट गर्छ (छनौट गरिएका खण्डहरू)

उत्पत्ति १९:१-११  अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५  त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

यी खण्डहरूबाट, सदोमको दुष्टता र भ्रष्टता पहिले नै मानिस र परमेश्‍वर दुवैको लागि घृणास्पद हदमा पुगिसकेको थियो, त्यसकारण परमेश्‍वरको नजरमा त्यो सहर नष्ट गरिन योग्य भइसकेको थियो भन्‍ने कुरालाई देख्‍नु त्यति कठिन छैन। तर यो सहरलाई नष्ट गरिनुभन्दा पहिले यो सहरभित्र के भयो? यी घटनाहरूबाट मानिसहरूले कस्तो प्रेरणा पाउन सक्छन्? यी घटनाहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई उहाँको स्वभावको बारेमा के देखाउँछ? सम्पूर्ण कथालाई बुझ्‍नको लागि, हामी धर्मशास्‍त्रमा के अभिलेख गरिएको छ त्यसलाई ध्यान दिएर पढौं …

सदोमको भ्रष्टता: मानिसको लागि रिसउठ्दो, परमेश्‍वरको लागि क्रोधित तुल्याउने

त्यो रात, लोतले परमेश्‍वरका दुई जना सन्देशवाहकहरूलाई स्वागत गरे र तिनीहरूको लागि भोज तयार गरे। खानपान गरिसकेपछि, तिनीहरू सुत्‍न लागेको बेला, सहरभरिका मानिसहरू आएर लोतको वासस्थान घेरे र तिनलाई बोलाए। धर्मशास्‍त्रले अभिलेख गरेअनुसार, तिनीहरू भन्दै थिए, “आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ।” कसले यी शब्‍दहरू बोले? कसको लागि यी शब्दहरू बोलिए? यी शब्‍दहरू लोतको वासस्थानबाहिर चिच्याइएका र लोतले सुनून् भनेर बोलिएका सदोमका मानिसहरूका शब्‍दहरू थिए। यी शब्‍दहरू सुन्दा कस्तो लाग्छ? के तँ क्रोधित हुन्छस्? के यी शब्‍दहरूले तँलाई घृणाको महसुस गराउँछ? के तँमा रिस उम्लेर आइरहेको हुन्छ? के यी शब्‍दहरूमा शैतानको दुर्गन्ध आउँदैन र? के यी शब्‍दहरू मार्फत, तैँले यस सहरमा भएको दुष्टता र अन्धकारलाई अनुभूति गर्न सक्छस्? के तैँले यी मानिसहरूले बोलेका शब्‍दहरूबाट तिनीहरूको व्यवहारका क्रूरता र जङ्गलीपनलाई अनुभूति गर्न सक्छस्? के तैँले तिनीहरूको बानीबेहोरामार्फत तिनीहरूको भ्रष्टताको गहिराइलाई अनुभूति गर्न सक्छस्? के तिनीहरूको बोलाइको विषयवस्तुमार्फत, तिनीहरूको दुष्ट प्रकृति र जङ्गली स्वभाव तिनीहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको थियो भन्‍ने देख्‍नु कठिन छैन। लोतबाहेक, यस सहरको एक-एक व्यक्ति शैतानभन्दा फरक थिएन; अर्को नयाँ व्यक्ति देख्दा मात्रै पनि यी मानिसहरूलाई ती व्यक्तिहरूलाई हानि गर्ने र निल्‍ने चाहना जाग्यो…। यी कुराहरूले सहरको भयानक र भयङ्कर प्रकृतिका साथै यस सहर वरिपरि रहेको मृत्युको रापको अनुभूति मात्रै दिँदैनन्, बरु यिनले त यसको दुष्टता र हत्यारापनको अनुभूति पनि दिन्छन्।

अमानवीय डाँकुहरू, मानव प्राणलाई निल्‍ने उग्र इच्‍छाले भरिएका मानिसहरूको आमने-सामने हुँदा, लोतले कस्तो प्रतिक्रिया दिए? धर्मशास्‍त्रअनुसार: “म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्।” लोतले यी शब्‍दहरूद्वारा यसो भन्न खोजिरहेका थिए: सन्देशवाहकहरूलाई सुरक्षित गर्नको लागि तिनी आफ्‍नी दुई छोरीलाई त्याग्‍न तयार थिए। कुनै पनि तर्कशील हिसाबमा, यी मानिसहरूले लोतका सर्तहरूमा सहमति जनाई दुई सन्देशवाहकलाई केही पनि नगर्नुपर्थ्यो; आखिर, सन्देशवाहकहरू तिनीहरूका लागि पूर्ण रूपमा अपरिचित थिए, तिनीहरूसँग कुनै सम्‍बन्ध नभएका र तिनीहरूका रुचिहरूमा कहिल्यै पनि कुनै हानि नपुर्‍याएका मानिसहरू थिए। तैपनि, तिनीहरूका दुष्ट प्रकृतिद्वारा उत्प्रेरित भएर, तिनीहरूले यस विषयलाई त्यत्तिकै छोडेनन्, बरु तिनीहरूका प्रयासलाई अझै तीव्र बनाए। यहाँ, तिनीहरू बीचको अर्को कुराकानीले मानिसहरूलाई निःसन्देह रूपमा नै यी मानिसहरूका साँचो, क्रूर प्रकृतिको बारेमा थप ज्ञान प्रदान गर्न सक्छ, यसको साथै यसले मानिसहरूलाई परमेश्‍वरले किन यस सहरलाई नष्ट गर्न चाहनुभयो भन्‍ने बारेमा स्पष्ट हुन र बुझ्‍न पनि सहयोग गर्छ।

त्यसो भए, तिनीहरूले यसपछि के भने त? बाइबलमा यस्तो लेखिएको छ: “पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए।” तिनीहरूले किन लोतको ढोका फोर्न चाहन्थे? कारण के थियो भने तिनीहरू ती दुई सन्देशवाहकहरूलाई हानि गर्न अत्यन्तै आतुर थिए। यी सन्देशवाहकहरू किन सदोम आएका थिए त? तिनीहरू त्यहाँ आउनुको उद्देश्य लोत र तिनको परिवारलाई बचाउनु थियो, तर यो सहरका मानिसहरूले तिनीहरू आधिकारिक पद ग्रहण गर्न आएका हुन् भनेर गलत रूपमा सोचेका थिए। सन्देशवाहकहरूको उद्देश्यको बारेमा नसोधीकन, यो सहरका मानिसहरूले पूर्ण अनुमानकै आधारमा मात्रै यी दुई सन्देशवाहकलाई जङ्गली तवरले हानि गर्ने इच्‍छा गरे; तिनीहरूले तिनीहरूसँग कुनै सम्‍बन्ध नै नभएका दुई जना मानिसहरूलाई हानि गर्न चाहे। यो सहरका मानिसहरूले तिनीहरूका मानवता र तर्कलाई पूर्ण रूपमा गुमाएका थिए भन्‍ने कुरा स्पष्टै छ। तिनीहरूको पागलपन र जङ्गलीपन पहिले नै मानिसहरूलाई हानि गर्ने र निल्‍ने शैतानको दुष्ट प्रकृतिभन्दा फरक थिएन।

यी मानिसहरूलाई हस्तान्तरण गर् भनेर जब तिनीहरूले लोतलाई भने, तब लोतले के गरे त? पाठबाट हामीलाई थाहा हुन्छ कि लोतले तिनीहरूलाई हस्तान्तरण गरेनन्। के लोतले परमेश्‍वरका यी दुई सन्देशवाहकलाई चिनेका थिए? अवश्य थिएनन्! तैपनि, किन तिनले यी दुई मानिसहरूलाई बचाउन सके? के तिनलाई तिनीहरू के गर्न आएका थिए भन्‍ने थाहा थियो? तिनीहरू आउनुको कारणबारे तिनी अनभिज्ञ रहेको भए पनि, तिनलाई तिनीहरू परमेश्‍वरका सेवक हुन् भन्‍ने थाहा थियो, त्यसकारण तिनले तिनीहरूलाई आफ्‍नो घरमा लगे। परमेश्‍वरका यी सेवकहरूलाई तिनले “प्रभु” भन्‍ने पदवीले बोलाउन सके भन्‍ने कुराले लोत सदोमका अरू मानिसहरूजस्ता नभई परमेश्‍वरलाई निरन्तर पछ्याउने व्यक्ति थिए भन्‍ने देखाउँछ। त्यसकारण, जब परमेश्‍वरका सन्देशवाहकहरू तिनीकहाँ आए, तिनले आफ्‍नै ज्यान जोखिममा पारी यी दुई सेवकलाई आफ्‍नो घरमा लगे; यस अलाबा, यी दुई सेवकलाई सुरक्षित राख्नको लागि उनले आफ्‍नी दुई छोरी दिने प्रस्ताव पनि गरे। यो लोतको धर्मी कार्य थियो; यो लोतको प्रकृति र सारको ठोस अभिव्यक्ति थियो, र परमेश्‍वरले लोतलाई बचाउन आफ्‍ना सेवकहरू पठाउनुको कारण पनि यही थियो। खतराको सामना गर्दा, लोतले अन्य केही कुराको परवाह नगरिकन यी दुई सेवकको सुरक्षा गरे; यी सेवकहरूको सुरक्षाको सट्टामा उनले आफ्‍ना दुई छोरी दिने प्रयास पनि गरे। लोतबाहेक, के यो सहरमा यस्तै कार्य गर्ने अरू कुनै व्यक्ति थियो? तथ्यहरूले प्रमाणित गर्छ—अहँ, त्यहाँ अरू कोही थिएन! त्यसकारण, लोतबाहेक, सदोमभित्रका हरेक व्यक्ति नै विनाशको निसाना थियो भन्‍नेमा कुनै द्विविधा छैन, र त्यो सही नै थियो—तिनीहरू त्यसैको योग्य थिए।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०५

उत्पत्ति १९:१-११  अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५  त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

परमेश्‍वरको क्रोध भड्काएकोले सदोम पूर्णतया भस्‍म हुन्छ

जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्‍वरको इच्‍छाको बारेमा प्रचार गर्न आएका हुन् कि भनेर नै सोधे। यसको विपरीत, तिनीहरूले भीड जम्‍मा गरे अनि, स्पष्टीकरणको प्रतीक्षा नगरीकन, यी दुई सेवकलाई पक्रन जङ्गली कुकुर वा घातक ब्‍वाँसाहरूजस्तो गरी आए। के यी घटनाहरू घट्दा परमेश्‍वरले हेर्नुभयो? यस प्रकारको मानव व्यवहार, यस प्रकारको घटनाप्रति परमेश्‍वरले आफ्‍नो हृदयमा के सोचिरहनुभएको थियो? परमेश्‍वरले यस सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो; उहाँ हिचकिचाउने वा प्रतीक्षा गर्नेवाला हुनुहुन्नथ्यो, न त उहाँ थप कुनै धैर्यता नै देखाउनेवाला हुनुहुन्थ्यो। उहाँको दिन आइसकेको थियो, त्यसकारण उहाँ आफूले गर्न चाहेको काम गर्न तयार हुनुभयो। तसर्थ, उत्‍पत्ति १९:२४-२५ ले भन्छ, “त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।” यी दुई पदले यो सहरलाई परमेश्‍वरले के-कसरी नष्ट गर्नुभयो साथै परमेश्‍वरले के-कस्ता कुराहरू नष्ट गर्नुभयो भन्‍नेबारेमा बताउँछन्। सबभन्दा पहिले, परमेश्‍वरले यो सहरलाई आगोले जलाउनुभयो, र यो आगोको मात्रा सारा मानिसहरूलाई नष्ट गर्न र जमिनबाट उम्रने सबै कुरा नष्ट गर्नको निम्ति पर्याप्त थियो भनी बाइबलले वर्णन गरेको छ। भन्‍नुको अर्थ, स्वर्गबाट झरेको उक्त आगोले सहरलाई मात्र होइन, यसभित्र बसोबास गरिरहेका मानिसहरू र सबै जीवित प्राणीहरूलाई पनि कुनै नाम-निशान नै नरहने गरी नष्ट गर्‍यो। यो सहर नष्ट गरिएपछि, उक्त भूमि जीवित प्राणी रहित भयो; त्यहाँ कुनै जीवन बाँकी थिएन, न त जीवनको कुनै लक्षण नै बाँकी थियो। यो सहर एक उजाड स्थान, घातक मौनताले भरिएको एक रित्तो स्थान बनेको थियो। यस ठाउँमा अबउप्रान्त परमेश्‍वरको विरुद्ध कुनै दुष्ट कार्यहरू हुनेवाला थिएनन्, कुनै हत्या वा रगत बगाउने कार्य हुनेवाला थिएनन्।

परमेश्‍वरले किन यो सहरलाई यति सम्पूर्ण तवरले जलाउन चाहनुभयो त? तिमीहरू यहाँ के देख्‍न सक्छौ? के परमेश्‍वरले मानवजाति र प्रकृति, अर्थात् उहाँको आफ्‍नै सृष्टि यसरी नष्ट भएको हेर्न सक्‍नुभयो त? स्वर्गबाट झारिएको आगोबाट तैँले यहोवा परमेश्‍वरको रिस पत्ता लगाउन सक्छस् भने, उहाँले गर्नुभएको विनाशका निसानाहरू र सहरलाई जुन हदसम्‍म नष्ट गरिएको थियो त्यस हदको आधारमा मूल्याङ्कन गर्दा, उहाँको क्रोध कति ठूलो थियो भनी देख्‍नु त्यति कठिन हुँदैन। जब परमेश्‍वरले कुनै सहरलाई घृणा गर्नुहुन्छ, उहाँले यसमाथि आफ्‍नो दण्डको वर्षा गराउनुहुन्छ। जब परमेश्‍वरलाई कुनै सहरदेखि घिन लागेर आउँछ, उहाँले मानिसहरूलाई उहाँको रिसको बारेमा जानकारी दिन बारम्‍बार चेतावनी दिनुहुन्छ। तैपनि, जब परमेश्‍वरले कुनै सहरलाई समाप्त गर्ने र नष्ट गर्ने निर्णय गर्नुहुन्छ—अर्थात्, जब उहाँको क्रोध र प्रतापलाई क्रुद्ध पारिएको हुन्छ—उहाँले थप कुनै दण्ड वा चेतावनी दिनुहुन्‍न। बरु, उहाँले यसलाई सीधै नष्ट गर्नुहुनेछ। उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुनेछ। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०६

उत्पत्ति १९:१-११  अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५  त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

मानव दृष्टिकोणबाट हेर्दा, सदोम मानिसको इच्‍छा र मानिसको दुष्टतालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने सहर थियो। हरेक रात सङ्गीत र नृत्यद्वारा मनोहर र मोहित गराउने यसको सम्‍पन्‍नताले मानिसहरूलाई मोह र पागलपनमा पार्थ्यो। यसको दुष्टताले मानिसहरूको हृदयलाई बिगार्दै जान्थ्यो र तिनीहरूलाई मोहित पारी भ्रष्टतामा लैजान्थ्यो। यो अशुद्ध र दुष्ट आत्‍माहरूले व्याप्त सहर थियो; यो सहर पाप र हत्याले भरिएको थियो र हावा रक्ताम्मे, सडिएर दुर्गन्धित भएको थियो। यो यस्तो सहर थियो जसले मानिसहरूको आङ सिरिङ्ङ पार्थ्यो, यस्तो सहर जहाँ व्यक्ति सन्त्रासले खुम्चन्थ्यो। यो सहरका कसैले पनि—चाहे पुरुष हुन् वा स्त्री, जवान हुन् वा वृद्ध—साँचो मार्गको खोजी गर्दैनथिए; कसैले पनि ज्योतिको चाहना गर्दैनथिए वा पापबाट टाढा जाने इच्‍छा गर्दैनथिए। तिनीहरू शैतानको नियन्त्रण, शैतानको भ्रष्टता र छलको दबाबमा जिउँथे। तिनीहरूले आफ्‍नो मानवता गुमाएका थिए, तिनीहरूले आफ्‍नो समझ गुमाएका थिए, र तिनीहरूले मानिसको अस्तित्वको मूल लक्ष्यलाई गुमाएका थिए। तिनीहरूले परमेश्‍वरको विरोध गर्दै अनगिन्ती दुष्कर्महरू गरेका थिए; तिनीहरूले उहाँको अगुवाइलाई इन्कार गर्थे र उहाँको इच्‍छाको विरोध गर्थे। तिनीहरूका दुष्कर्महरूले नै यी मानिसहरूलाई, यो सहर र यसभित्रका हरेक जीवित प्राणीलाई एक-एक कदम गरी विनाशको मार्गमा लगिरहेको थियो।

यी दुई खण्डले परमेश्‍वरका दुई जना सेवक सहरमा आइपुगेपछि यिनीहरूप्रति सदोमका मानिसहरूको व्यवहारको विवरण दिएको तर ती मानिसहरूको भ्रष्टताको हदको बारेमा सारा विवरणहरू अभिलेख नगरेको भए तापनि, सदोमका मानिसहरू कति हदसम्‍म भ्रष्ट, दुष्ट र परमेश्‍वरका विरोधी थिए भनी प्रकट गर्ने एउटा सरल तथ्य छ। यसले यो सहरका मानिसहरूको साँचो रूप र सारलाई पनि खुलासा गर्छ। यी मानिसहरूले परमेश्‍वरका चेतावनीहरूलाई स्वीकार गर्न नमानेका मात्र होइन, तिनीहरूले त उहाँको दण्डको डर पनि मानेनन्। यसको विपरीत, तिनीहरूले परमेश्‍वरको रिसको गिल्‍ला गरे। तिनीहरूले अन्धाधुन्ध परमेश्‍वरको विरोध गरे। उहाँले जे गर्नुभए पनि वा जसरी गर्नुभए पनि, तिनीहरूको भ्रष्ट प्रकृति झन्-झन् तीव्र मात्रै हुँदै गयो, र तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरोध गरे। सदोमका मानिसहरू परमेश्‍वरको अस्तित्व, उहाँको आगमन, उहाँको दण्ड, र त्योभन्दा पनि बढी उहाँका चेतावनीहरूप्रति शत्रुवत् थिए। तिनीहरू अत्यन्तै अहङ्कारी थिए। तिनीहरूले निल्‍न सकिने र हानि गर्न सकिने सबै मानिसहरूलाई निल्थे र हानि गर्थे, र तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई पनि त्यस्तै व्यवहार गर्थे। सदोमका मानिसहरूले गरेका सारा दुष्कर्महरूको विषयमा कुरा गर्दा, परमेश्‍वरका सेवकहरूलाई हानि गर्ने कार्य त एउटा सानो झलक मात्रै थियो, र त्यसरी प्रकट भएको तिनीहरूको दुष्ट प्रकृति विशाल समुद्रको सानो थोपाजस्तो मात्रै थियो। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई आगोद्वारा नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले बाढीको प्रयोग गर्नुभएन, न त उहाँले यस सहरलाई नष्ट गर्न आँधीबेहरी, भूकम्प, सुनामी, वा अरू कुनै तरिकाको नै प्रयोग गर्नुभयो। यस सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले आगोको प्रयोग गर्नुभएको तथ्यले के सङ्केत गर्‍यो? यसको अर्थ सहरको पूर्ण विनाश भयो भन्‍ने हो; यसको अर्थ सहर पृथ्वीबाट र अस्तित्वबाट पूर्ण रूपमा विलय भयो भन्‍ने हो। यहाँ, “विनाश” ले सहरको स्वरूप र संरचना वा बाहिरी स्वरूप विलय हुनुलाई मात्रै जनाउँदैन; यसको अर्थ पूर्ण रूपमा नष्ट गरिइसकेपछि, सहरभित्रका मानिसहरूको आत्मा पनि अस्तित्वमा रहेन भन्‍ने हुन्छ। सरल रूपमा भन्दा, त्यस सहरसँग सम्‍बन्धित सबै मानिसहरू, घटना र थोकहरू सबै नष्ट भए। त्यस सहरका मानिसहरूको निम्ति अर्को कुनै जीवन वा पुनर्जन्‍म हुनेवाला थिएन; परमेश्‍वरले तिनीहरूलाई उहाँको सृष्टिको मानवताबाट सारा अनन्तसम्‍मको लागि विलय गर्नुभएको थियो। आगोको प्रयोगले यस स्थानमा पापको अन्त्य भयो, र त्यहाँ पाप नियन्त्रित भयो भन्‍ने अर्थ दिन्छ; यो पाप अस्तित्वमा नरहने र नफैलनेवाला थियो। यसको अर्थ, शैतानको दुष्टताले यसको भरणपोषणको भूमि साथै बस्‍न र जिउन स्थान दिने समाधि स्थल गुमाएको थियो। परमेश्‍वर र शैतानको युद्धमा, परमेश्‍वरले आगोको प्रयोग गर्नु उहाँको विजयको छाप हो, जसद्वारा शैतानलाई चिन्हांकित गरिन्छ। सदोमको विनाश मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै परमेश्‍वरको विरोध गर्ने शैतानको महत्वाकांक्षाको एउटा ठूलो भूल हो, त्यसैगरी यो मानवजातिको विकास क्रममा मानिसले परमेश्‍वरको अगुवाइ इन्कार गरेको र आफैलाई पापकर्ममा डुबाएको त्यो समयको लाजको प्रतीक पनि हो। यसको साथै, यो परमेश्‍वरको धर्मी स्वभावको साँचो प्रकाशको विवरण हो।

जब परमेश्‍वरले स्वर्गबाट पठाउनुभएको आगोले सदोमलाई खरानीमा बदल्यो, तब यसको अर्थ “सदोम” नामको सहर, साथै सहरभित्रको सबै कुरा अस्तित्वबाट हट्यो भन्‍ने हुन्छ। यसलाई परमेश्‍वरको रिसले नष्ट गर्‍यो, यो परमेश्‍वरको क्रोध र प्रतापभित्र विलय भयो। परमेश्‍वरको धर्मी स्वभावको कारण, सदोमले यसको धर्मी दण्ड र यसको उचित अन्त्य प्राप्त गर्‍यो। सदोमको अस्तित्वको अन्त्य हुनुको कारण यसको दुष्टता थियो, र यस सहर वा यसमा बसोबास गरेका मानिसहरूमध्ये कसैलाई पनि वा यस सहरभित्र हुर्केको कुनै पनि प्राणीलाई फेरि कहिल्यै नहेर्ने परमेश्‍वरको इच्‍छाको कारणले पनि यसो भएको थियो। “यस सहरलाई फेरि कहिल्यै नहेर्ने” परमेश्‍वरको इच्‍छा उहाँको क्रोध, साथै उहाँको प्रताप पनि हो। परमेश्‍वरले यस सहरलाई जलाउनुभयो किनभने यसको दुष्टता र पापले उहाँमा यसप्रति रिस, घृणा र तिरस्कारको अनुभूति गरायो र यसलाई वा यसभित्रका कुनै पनि मानिसहरू वा जीवित प्राणीहरूलाई फेरि कहिल्यै नहेर्ने इच्‍छा जगायो। यो सहर डढेर खरानी मात्र बाँकी रहेपछि, यो परमेश्‍वरको नजरमा साँच्‍चै नै अस्तित्व विहीन बन्यो; यसको बारेमा रहेको उहाँको याद पनि गयो, हट्यो। यसको अर्थ के हो भने, स्वर्गबाट पठाइएको आगोले सारा सदोमलाई मात्रै नष्ट गरेन, न त यसले पापले भरिएका सहरका मानिसहरूलाई मात्रै नष्ट गर्‍यो, न त सहरभित्रका पापले कलङ्कित सबै कुराहरूलाई मात्रै नष्ट गर्‍यो; यी कुराहरूबाहेक, आगोले मानवजातिको दुष्टता र परमेश्‍वरको विरुद्धमा रहेको विरोधको यादलाई पनि नष्ट गर्‍यो। यो सहरलाई जलाउनु पछाडि परमेश्‍वरको उद्देश्य यही थियो।

यो मानवजाति अत्यन्तै भ्रष्ट बनेको थियो। यी मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा तिनीहरू स्वयम्‌ कहाँबाट आएका थिए भन्‍ने थाहा थिएन। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको बारेमा उल्‍लेख गर्थिस् भने, तिनीहरूले आक्रमण, मानहानि, र ईश्‍वर-निन्दा गर्नेथिए। परमेश्‍वरका सेवकहरू उहाँको चेतावनी फैलाउन आउनुहुँदा समेत, यी भ्रष्ट मानिसहरूले कुनै पश्‍चात्तापको सङ्केत नदेखाएको र तिनीहरूको दुष्ट व्यवहारलाई नत्यागेको मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले त निर्धक्‍क भई परमेश्‍वरका सेवकहरूलाई हानि गरे। तिनीहरूले जे व्यक्त गरे र प्रकट गरे त्यो परमेश्‍वरप्रतिको तिनीहरूको चरम शत्रुवत् प्रकृति र सार थियो। हामी देख्न सक्छौँ कि परमेश्‍वरको विरुद्धमा यी भ्रष्ट मानिसहरूको विरोध जसरी सत्यताको बुझाइको कमीबाट आउने निन्दा वा गिल्‍ला मात्रै थिएन, त्यसरी नै यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश मात्रै पनि थिएन। तिनीहरूको दुष्ट व्यवहारको कारण न त मूर्खता थियो न त अज्ञानता नै; तिनीहरू धोकामा परेकाले तिनीहरूले यस्तो कार्य गरेका थिएनन्, र अवश्य पनि तिनीहरूलाई बहकाइएकाले तिनीहरूले यसो गरेका थिएनन्। तिनीहरूको व्यवहार कुख्यात रूपमा परमेश्‍वरको विरुद्धमा गरिने निडर शत्रुताको कार्य, विरोध, र झगडाको स्तरमा पुगेको थियो। यसमा कुनै शङ्का छैन, यस प्रकारको मानव आचरणले परमेश्‍वरलाई क्रोधित तुल्याउनेवाला नै थियो, र यसले उहाँको स्वभावलाई क्रोधित तुल्याउनेछ—क्रोधित तुल्याउनै नहुने स्वभावलाई। त्यसकारण, परमेश्‍वरले प्रत्यक्ष र खुलेआम रूपमा उहाँको क्रोध र उहाँको प्रताप व्यक्त गर्नुभयो; यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश थियो। पापले भरिपूर्ण यस्तो सहरको सामना गर्दा, परमेश्‍वरले यसलाई जतिसक्दो चाँडो नष्ट गर्ने, यसभित्रका मानिसहरू र तिनीहरूको सम्पूर्ण पापलाई सबैभन्दा पूर्ण तवरले नष्ट गर्ने, यस सहरका मानिसहरूलाई अस्तित्व विहीन तुल्याउने र यस ठाउँको पापलाई वृद्धि हुनबाट रोक्‍ने इच्‍छा गर्नुभयो। यस कार्यलाई सबैभन्दा छिटो र सबैभन्दा पूर्ण तवरले गर्ने तरिका भनेको यसलाई आगोले जलाउनु थियो। सदोमका मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति परित्याग वा अवहेलना थिएन। बरु, उहाँले त यी मानिसहरूलाई दण्ड दिन, प्रहार गर्न, र पूर्ण रूपमा नष्ट गर्न आफ्‍नो क्रोध, प्रताप र अख्‍तियारको प्रयोग गर्नुभयो। तिनीहरूप्रतिको उहाँको मनोवृत्ति भौतिक विनाश गर्नु मात्रै थिएन बरु आत्माको विनाश, अनन्त विनाश गर्नु पनि थियो। परमेश्‍वरले “अस्तित्वबाट मेटिनु” भन्‍ने शब्‍दहरूद्वारा जे भन्‍न चाहनुहुन्छ त्यसको साँचो अर्थ यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०७

परमेश्‍वरको क्रोध लुकेको अनि मानिसको लागि अज्ञात भए पनि यसले कुनै उल्‍लङ्घन सहँदैन

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यतया कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ, धेरैजसो समय र धेरैजसो घटनाहरूमा उहाँको क्रोध लुकाइएको हुन्छ, यो मानिसको लागि अज्ञात हुन्छ। परिणामस्वरूप, परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको मानिसले देख्न कठिन हुन्छ, र उहाँको क्रोधलाई बुझ्‍न पनि कठिन नै हुन्छ। त्यसो भएको हुँदा, मानिसले परमेश्‍वरको क्रोधलाई हल्‍कासित लिन्छ। जब मानिसले परमेश्‍वरको अन्तिम कार्य र मानिसको लागि उहाँको सहनशीलता र पापक्षमाको सामना गर्छ—अर्थात्, जब परमेश्‍वरको अन्तिम पटकको कृपा र उहाँको अन्तिम चेतावनी मानवजातिमा आइपर्छ—यदि मानिसहरूले अझै पनि परमेश्‍वरको विरोध गर्नको लागि उही विधिहरूको प्रयोग गर्छन् भने र पश्‍चात्ताप गर्न, तिनीहरूका मार्गहरूलाई सुधार्न र उहाँको कृपालाई स्वीकार गर्न कुनै पनि प्रयास गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई अबउप्रान्त उहाँको सहनशीलता र धैर्यता प्रदान गर्नुहुनेछैन। यसको विपरीत, यस पटक परमेश्‍वरले आफ्‍नो कृपा फिर्ता लिनुहुनेछ। यसपछि, उहाँले आफ्‍नो क्रोध मात्रै बर्साउनुहुनेछ। जसरी उहाँले मानिसहरूलाई दण्ड दिन र नष्ट गर्नको लागि फरक-फरक विधिहरूको प्रयोग गर्नुहुन्छ त्यसरी नै उहाँले फरक-फरक तरिकाले आफ्‍नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ।

सदोम सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको सबैभन्दा शीघ्र तरिका हो। सदोमका मानिसहरूलाई जलाउँदा यसले तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गरेन; यसले तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्‍यो र त्यस सहरका मानिसहरूलाई भौतिक संसार र मानिसको निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्व विहीन हुने कुरा सुनिश्‍चित गर्‍यो। परमेश्‍वरले आफ्‍नो क्रोधलाई प्रकाश पार्ने र व्यक्त गर्ने एउटा तरिका यही हो। जसरी यो प्राकृतिक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकाश हो त्यसरी नै प्रकाश र अभिव्यक्तिको यो शैली परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो। जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, उहाँले न त कुनै कृपा वा प्रेमिलो दयालुपन नै प्रकट गर्नुहुन्छ, न त त्यसपछि उहाँले उहाँको सहनशीलता वा धैर्यतालाई नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गर्न, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गर्नको लागि उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, वस्तु वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो क्रोध र प्रताप प्रकट गर्नुहुन्छ। उहाँले आफ्‍नै चाहनाहरू अनुसार यी कुराहरू शीघ्र र शुद्ध रूपमा गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप निकाल्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, र यो उहाँको धर्मी स्वभावको एउटा पक्षको अभिव्यक्ति पनि हो। जब परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोधलाई पत्ता लगाउन, उहाँको प्रतापलाई देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलतालाई महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर विश्‍वास गर्ने तुल्याउँछ। तैपनि, जब कसैले परमेश्‍वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई तिरस्कार गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको प्रचुर रिस अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता यही हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले सृष्टि गरिएको कुनै पनि प्राणीको कल्‍पनालाई नाघ्छ, अनि सृष्टि नगरिएका प्राणीहरूमाझ, यसलाई हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको नक्कल गर्न वा अनुकरण गर्न सक्‍ने कुरा त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी जान्‍नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌मा मात्रै यस प्रकारको स्वभाव छ, र परमेश्‍वर स्वयम्‌ले मात्रै यस प्रकारको स्वभाव धारण गर्नुभएको छ। उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानको दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्‍म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्‍वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्‍नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०८

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू)

उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्‍न हुने कारणले उहाँ रिसाउनुहुन्‍न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसद्वारा परमेश्‍वरलाई हुने खुल्ला उक्साहट परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियतप्रतिको गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्‍वरको रिसको परीक्षा लिन्छ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको पनि प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्‍याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुनेछ। परमेश्‍वरको सारको कारणले गर्दा, परमेश्‍वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्‍वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।

परमेश्‍वरको क्रोध खन्याउने कार्य उहाँको धर्मी स्वभावको अभिव्यक्तिको एउटा पक्ष भए तापनि, परमेश्‍वरको रिसले कुनै पनि हालतमा अन्धाधुन्ध यसको निशाना तोक्दैन, न त यो सिद्धान्त विहीन नै छ। यसको विपरीत, परमेश्‍वर रिस गर्नमा छिटो हुनुहुन्‍न, न त उहाँले आफ्‍नो क्रोध र प्रताप हल्का रूपमा नै प्रकाश गर्नुहुन्छ। अझ भन्‍ने हो भने, परमेश्‍वरको क्रोध निकै नियन्त्रित र संयमित हुन्छ; यसलाई रिसले उफ्रने वा आवेग देखाउने मानिसको बानीसँग बिलकुलै तुलना गर्न सकिँदैन। मानिस र परमेश्‍वरको बीचमा भएका धेरै कुराकानीलाई बाइबलमा लेखिएका छन्। कुराकानीहरूमा संलग्‍न कतिपय व्यक्तिगत मानिसहरूका शब्‍दहरू सतही, अज्ञानी र अपरिपक्‍व थिए, तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गरेर लडाउनुभएन, न त उहाँले तिनीहरूलाई दोषी नै ठहराउनुभयो। विशेष रूपमा, अय्यूबको परीक्षाको बेलामा, अय्यूबका तीन जना साथीहरू र अरूले अय्यूबसँग बोलेका शब्‍दहरू सुनिसक्‍नुभएपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुभयो? के उहाँले तिनीहरूलाई दोषी ठहराउनुभयो? के उहाँ तिनीहरूप्रति क्रोधित हुनुभयो? उहाँले त्यस्तो केही पनि गर्नुभएन! बरु उहाँले अय्यूबलाई तिनीहरूका लागि बिन्ती गरिदिन र तिनीहरूका लागि प्रार्थना गरिदिन लगाउनुभयो, अनि परमेश्‍वर स्वयम्‌ले तिनीहरूको गल्तीलाई मनमा राख्‍नुभएन। यी सबै घटनाहरूले भ्रष्ट र अज्ञानी मानवजातिलाई परमेश्‍वरले व्यवहार गर्ने प्राथमिक मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ। त्यसकारण, परमेश्‍वरको क्रोध पोखाइनु भनेको कुनै पनि हालतमा उहाँको मनस्थितिको अभिव्यक्ति होइन, न त यो उहाँले आफ्‍ना भावनाहरू पोख्ने तरिका नै हो। मानिसको गलत बुझाइको विपरीत, परमेश्‍वरको क्रोध रिसको पूर्ण प्रस्फुटन होइन। उहाँले आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न नसक्‍ने हुनाले वा उहाँको रिस चरम विन्दुमा पुगेको र यसलाई पोखाइनै पर्ने भएकोले परमेश्‍वरले आफ्‍नो क्रोध पोखाउनुहुन्‍न। यसको विपरीत, उहाँको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन र सच्‍चा अभिव्यक्ति हो, र यो उहाँको पवित्र सारको रूपक प्रकाश हो। परमेश्‍वर क्रोध हुनुहुन्छ, र उहाँले कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न—यसो भन्‍नुको अर्थ, परमेश्‍वरको रिसले कारणहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैन वा यो सिद्धान्तहीन छ भन्‍ने होइन; कारणहरूका बीचमा भिन्‍नता नछुट्याउने प्रकारको प्रचुर रिसको असैद्धान्तिक, अनियमित आवेगलाई पूर्ण रूपमा दाबी गर्ने भनेको भ्रष्ट मानवजाति नै हो। मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्। जब दुष्टतासँग न्यायको टक्‍कर हुन्छ, तब मानिसको रिस न्यायको अस्तित्वको प्रतिरक्षा गर्न वा यसलाई सदर गर्नको लागि निस्किँदैन; यसको विपरीत, जब न्यायका शक्तिहरूलाई चुनौती दिइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति भनेको यसलाई बेवास्ता गर्ने, उम्केर जाने वा लुरुक्‍क भएर जाने किसिमको हुन्छ। तैपनि, दुष्टका शक्तिहरूको सामना गर्दा, मानिसले मिलनसार हुने, झुक्ने र सुमसुमाउने मनोवृत्ति देखाउँछ। त्यसकारण, मानिसको अभिव्यक्ति दुष्ट शक्तिहरू उम्कने बाटो, देहीय मानिसको उच्छृंखल र रोक्‍नै नसकिने दुष्ट बानीबेहोराको अभिव्यक्ति हो। तैपनि, जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, दुष्ट शक्तिहरू रोकिनेछन्, मानिसलाई हानि गर्ने सारा पाप नियन्त्रित हुनेछन्, परमेश्‍वरको कार्यमा वाधा पुर्‍याउने सबै शत्रुवत् शक्तिहरूलाई स्पष्ट, अलग र श्रापित तुल्याइनेछ, जबकि परमेश्‍वरको विरोध गर्ने शैतानका सबै मतियारहरूलाई दण्ड दिइनेछ र उखालेर फ्याँकिनेछ। तिनीहरूको स्थानमा, परमेश्‍वरको कार्य कुनै पनि बाधाहरूविना अघि बढ्नेछ, समय-तालिकाअनुसार नै परमेश्‍वरको व्यवस्थापन चरणबद्ध रूपमा निरन्तर विकसित हुनेछ, अनि परमेश्‍वरका चुनिएका मानिसहरू शैतानको बाधा र छलबाट मुक्त हुनेछन्, जबकी परमेश्‍वरलाई पछ्याउनेहरूले शान्त र शान्तिपूर्ण अवस्थितिहरूमा परमेश्‍वरको नेतृत्व र भरणपोषण प्राप्त गर्नेछन्। परमेश्‍वरको क्रोध सारा दुष्ट शक्तिहरूलाई वृद्धि र व्याप्त हुनबाट रोक्‍ने सुरक्षा हो, र यो न्यायसंगत र सकारात्मक सारा कुराहरूको अस्तित्व र वृद्धिलाई रक्षा गर्ने, अनि तिनीहरूलाई थिचोमिचो र विनाशबाट अनन्त रूपमा संरक्षण गर्ने सुरक्षा पनि हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०९

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू)

परमेश्‍वरले सदोम नष्ट गर्नुभएको घटनामा के तिमीहरूले उहाँको क्रोधको सारलाई देख्‍न सक्छौ? के उहाँको क्रोधमा अन्य कुनै कुरा समावेश छ? के परमेश्‍वरको क्रोध शुद्ध छ? मानिसका शब्‍दहरू प्रयोग गरेर भन्दा, के परमेश्‍वरको क्रोधमा अन्य तत्वहरूको मिश्रण छ? उहाँको क्रोधको पछाडि कुनै धोका हुन्छ? के कुनै षड्यन्त्र हुन्छ? के कुनै अकथनीय रहस्यहरू हुन्छन्? म तिमीहरूलाई कडाइका साथ र सत्यनिष्ठा पूर्वक बताउन सक्छु: परमेश्‍वरको क्रोधमा त्यस्तो कुनै भाग छैन जसले शङ्का पैदा गर्न सक्छ। उहाँको रिस शुद्ध, अन्य तत्वहरूको मिश्रण नभएको विशुद्ध रिस हो जसमा अरू कुनै अभिप्राय वा उद्देश्य हुँदैन। उहाँको रिसपछाडिका कारणहरू शुद्ध, निष्खोट र आलोचना गर्न नसकिने हुन्छ। यो उहाँको पवित्र सारको प्राकृतिक प्रकाश र प्रकटीकरण हो; यो सारा सृष्टिको कुनै पनि थोकमा नभएको कुरा हो। यो परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको भाग हो, र यो सृष्टिकर्ताको सार र उहाँको सृष्टिको सारबीचमा रहेको स्पष्टै देखिने भिन्‍नता पनि हो।

कुनै व्यक्ति अरूलाई देख्दा रिसाए पनि वा तिनीहरूको पछाडि रिसाए पनि, हरेक व्यक्तिको रिसको फरक अभिप्राय र उद्देश्य हुन्छ। सायद तिनीहरूले आफ्‍नो प्रतिष्ठा निर्माण गरिरहेका हुन्छन्, वा सायद तिनीहरूले तिनीहरूका आफ्‍नै रुचिहरूको प्रतिरक्षा गरिरहेका हुन्छन्, तिनीहरूको इज्‍जत वा मान-सम्‍मान कायम राखिरहेका हुन्छन्। कतिले आफ्‍नो रिसलाई काबुमा राख्‍ने प्रयास गर्छन् भने, अरूचाहिँ बढी हतार गर्छन् र कुनै पनि नियन्त्रण नगरी आफ्नो रिस जता मन लाग्यो त्यतै पोखाउँछन्। छोटकरीमा भन्दा, मानिसको रिस उसको भ्रष्ट स्वभावबाट आउँछ। यसको उद्देश्य जे भए पनि, यो उसको देह र प्रकृतिबाट आएको हुन्छ; न्याय वा अन्यायसँग यसको कुनै सम्‍बन्ध हुँदैन किनभने मानिसको प्रकृति र सारको कुनै पनि कुरा सत्यतासँग मिल्दैन। त्यसकारण, भ्रष्ट मानवजातिको रिस र परमेश्‍वरको क्रोधलाई उही रूपले उल्‍लेख गर्नु हुँदैन। शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको बानीबेहोरा भ्रष्टतालाई रक्षा गर्ने इच्‍छाबाट सुरु हुन्छ, र यो वास्तवमा नै भ्रष्टतामा आधारित हुन्छ, यसमा कुनै अपवाद छैन; त्यसकारण, सिद्धान्तको हिसाबले मानिसको रिस जति नै उचित देखिए पनि मानिसको रिसलाई परमेश्‍वरको क्रोधसँग उही रूपमा उल्‍लेख गर्न सकिँदैन। जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्‍ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्‍य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्‍छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्‍नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्‍वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्‍वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्‍वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्‍नको लागि निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौँ सहस्राब्दीको अवधिमा, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्‍माहरूलाई प्रहार गरी ढाल्‍न र नष्ट गर्नको लागि परमेश्‍वरले निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्ति सम्‍बन्धी परमेश्‍वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानिसका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११०

शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ

शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र यसले बारम्बार आफैलाई धार्मिकताको अग्रगामी र आदर्शको रूपमा स्थापित गर्छ। धार्मिकताको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, धोका दिन र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसका दुष्ट चाल स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षड्यन्त्रहरूलाई देख्छ र यसका खराब विशेषताहरूलाई देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसको वास्तविक अनुहार प्रकट गर्नको लागि, अर्थात् दुष्ट, आक्रामक, कुरूप र जङ्गली अनुहार प्रकट गर्नको लागि पहिले सन्तका जस्तै लाग्ने त्यसका विशेषताहरू परिवर्तन गर्छ र त्यसको झूटो मकुन्डोलाई च्यात्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्ने बाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्‍वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको वास्तविक कुरूप र दुष्ट विशेषताहरू प्रकट हुन्छन्। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो विशेषताहरूको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्‍ने यसको इच्‍छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। किनभने जब मानिस सत्यतामा बिउँझिन्छ तब यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाप्रति त्यसले शक्तिशाली प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।

हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई बहकाएर त्यसको पछि लाग्‍ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्कर्महरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिस विरुद्धको यसको प्रतिकारसम्‍म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्‍बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्‍ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र व्यवस्थालाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्‍वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्‍वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्‍नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्‍वरको प्रतिस्थापन गर्ने र परमेश्‍वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्‍छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ। शैतानका षड्यन्त्रहरूलाई पूरा हुन नदिने र शैतानको दुष्टताको फैलावट र उच्छृङ्खलतालाई विफल तुल्याउने भनेको परमेश्‍वरले समय-समयमा धेरै पटक आह्‍वान गर्नुभएको उहाँको क्रोध नै हो। यही कारणले गर्दा, शैतानलाई परमेश्‍वरको क्रोधप्रति घृणा र डर दुवै छ। जब-जब परमेश्‍वरको क्रोध बाहिर निस्कन्छ, यसले शैतानको साँचो खराब स्वरूपलाई पर्दाफास गर्ने मात्र होइन, शैतानका दुष्ट इच्‍छाहरूलाई ज्योतिमा प्रकट पनि गर्छ, र त्यस प्रक्रियामा, मानवजाति विरुद्धका शैतानका रिसहरू उदाङ्गो पारिन्छन्। शैतानको रिसको प्रस्फुटन यसको दुष्ट प्रकृतिको साँचो प्रकाश र यसका युक्तिहरूको प्रकटीकरण हो। अवश्य नै, शैतानलाई रिस उठ्दा हरेक पटक यसले दुष्ट कुराहरूको विनाश र सकारात्मक कुराहरूको सुरक्षा र निरन्तरतालाई उद्घोष गर्छ; यसले परमेश्‍वरको क्रोधलाई उल्‍लङ्घन गर्न सकिँदैन भन्‍ने सत्यता उद्घोष गर्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश १११

परमेश्‍वरको धर्मी स्वभावलाई जान्‍नको लागि अनुभव र कल्‍पनामा भर पर्नु हुँदैन

जब तैँले परमेश्‍वरको न्याय र सजायको सामना गरिरहेको हुन्छस्, के तैँले परमेश्‍वरको वचन अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले परमेश्‍वरको रिसको पछाडि कथा लुकेको छ, र यो अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले उहाँको स्वभाव पूर्ण रूपमा धर्मी नै छ भन्‍ने छैन भन्दै परमेश्‍वरको निन्दा गर्नेछस्? परमेश्‍वरका हरेक कार्यहरूको सामना गर्ने क्रममा, तँ पहिले परमेश्‍वरको धर्मी स्वभाव अरू कुनै तत्वहरूबाट मुक्त छ, यो पवित्र र त्रुटि विहीन छ भन्‍ने कुरामा निश्‍चित हुनैपर्छ। यी कार्यहरूमा परमेश्‍वरले मानवजातिलाई प्रहार गर्ने, दण्ड दिने र विनाश गर्ने कार्यहरू पर्दछन्। परमेश्‍वरको हरेक कार्यहरू विना कुनै अपवाद पूर्ण रूपमा उहाँको अन्तर्निहित स्वभाव र उहाँको योजनाअनुसार नै हुन्छन्, र तिनमा मानवजातिको ज्ञान, परम्परा र दर्शनको कुनै पनि भाग समावेश हुँदैन। परमेश्‍वरको हरेक कार्य उहाँको स्वभाव र सारको अभिव्यक्ति हो, जुन भ्रष्ट मानवजातिको स्वामित्वमा रहेको कुनै पनि कुरासँग सम्‍बन्धित हुँदैन। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम, कृपा र सहनशीलता मात्रै त्रुटि विहीन, विशुद्ध र पवित्र छन् भन्‍ने धारणा मानवजातिमा छ, तर परमेश्‍वरको रिस र उहाँको क्रोध पनि त्यस्तै विशुद्ध छन् भनेर कसैलाई पनि थाहा छैन; यसको साथै, परमेश्‍वरले किन कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न, वा उहाँको रिस किन यति ठूलो छ भन्‍ने जस्ता प्रश्‍नहरूमा कसैले पनि चिन्तन गरेका छैनन्। यसको विपरीत, कतिपयले परमेश्‍वरको क्रोधलाई भ्रष्ट मानवजातिको रिसाहा स्वभाव जस्तै हो भनी ठान्छन्, अनि परमेश्‍वरको रिस भनेको भ्रष्ट मानवजातिको रिस त हो नि भनेर गलत बुझ्छन्। तिनीहरूले परमेश्‍वरको रिस मानवजातिको भ्रष्ट स्वभावको प्राकृतिक प्रकाश जस्तै हो र परमेश्‍वरको क्रोध प्रकट हुनु भनेको कुनै चित्त नबुझ्‍ने परिस्थिति आइपर्दा भ्रष्ट मानिसहरूमा आउने रिस जस्तै हो भनेर गलत अनुमान गर्छन्, र परमेश्‍वरको क्रोध बाहिर आउनु भनेको उहाँको मनस्थितिको अभिव्यक्ति हो भन्‍ने विश्‍वास गर्छन्। म आशा गर्छु, यो सङ्गतिपछि तिमीहरू प्रत्येकमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा अबउप्रान्त कुनै पनि भ्रमहरू, कल्‍पनाहरू वा अनुमानहरू हुनेछैनन्। मलाई आशा छ, मेरा वचनहरू सुनिसकेपछि तिमीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावको क्रोधको साँचो पहिचान हुनसक्छ, परमेश्‍वरको क्रोध सम्‍बन्धी पहिलेका कुनै पनि गलत बुझाइहरूलाई तिमीहरूले पन्छाउन सक्छौ, अनि तिमीहरूले परमेश्‍वरको क्रोधको सार सम्‍बन्धी तिमीहरूका आफ्ना गलत विश्‍वासहरू र दृष्टिकोणहरू परिवर्तन गर्न सक्छौ। यसको साथै, मलाई आशा छ, तिमीहरूको हृदयमा परमेश्‍वरको स्वभाव सम्‍बन्धी यथार्थ परिभाषा हुनसक्छ, परमेश्‍वरको धर्मी स्वभावको बारेमा तिमीहरूसँग अब उप्रान्त कुनै शङ्का हुनेछैन, र परमेश्‍वरको साँचो स्वभावमा तिमीहरूले कुनै पनि मानवीय तर्क वा कल्‍पनाहरूलाई लाद्‍ने छैनौँ। परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले लेखेको वा आकार दिएको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र सृष्टिको कुनै पनि कुरासँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सृष्टिको हिस्सा बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ हो र, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौँ, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११२

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (छनौट गरिएका खण्डहरू)

यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ पुग्छ

हामी योनाको पुस्तकको तेस्रो अध्यायको दोस्रो खण्डमा जाऔँ: “अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ।” यी वचन निनवेवासीलाई भन्‍नू भनी यहोवा परमेश्‍वरले योनालाई प्रत्यक्ष रूपमा दिनुभएका वचनहरू हुन्, त्यसकारण अवश्य नै, यहोवाले निनवेवासीलाई भन्‍न चाहनुभएका वचन यिनै हुन्। यी वचनले मानिसहरूलाई के बताउँछ भने, परमेश्‍वरले त्यस सहरका मानिसहरूलाई तिरस्कार गर्न र घृणा गर्न थाल्‍नुभएको थियो किनभने तिनीहरूको दुष्टता उहाँको नजरमा आएको थियो, त्यसकारण उहाँले त्यस सहरलाई नष्ट गर्न चाहनुहुन्थ्यो। तैपनि, परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुभन्दा पहिले, निनवेवासीकहाँ एउटा घोषणा गर्दै हुनुहुन्थ्यो, साथै तिनीहरूलाई तिनीहरूको दुष्टताको निम्ति पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने मौका दिन चाहँदै हुनुहुन्थ्यो। यो अवसर चालीस दिनसम्‍म रहनेवाला थियो, त्योभन्दा बढी होइन। अर्को शब्‍दमा भन्दा, यदि चालीस दिनभित्र त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गरेनन्, आफ्ना पापहरू स्वीकार गरेनन्, र तिनीहरू परमेश्‍वरको सामुन्ने भक्तिभावले लम्पसार परेनन् भने, परमेश्‍वरले त्यस सहरलाई सदोमलाई जस्तै नष्ट गर्नेवाला हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले निनवेका मानिसहरूलाई यही कुरा बताउन चाहनुभयो। स्पष्टै छ, यो त्यति सरल घोषणा थिएन। यसले यहोवा परमेश्‍वरको रिसलाई मात्रै व्यक्त गरेन, बरु यस सहरभित्र बसोबास गर्ने मानिसहरूको लागि एउटा गम्भीर चेतावनीको रूपमा काम गर्दै यसले निनवेवासीप्रतिको उहाँको मनोवृत्ति पनि व्यक्त गर्‍यो। यो चेतावनीले तिनीहरूलाई आफ्ना दुष्कर्महरूको कारण तिनीहरूले यहोवा परमेश्‍वरको घृणा बटुलेका छन् र यसले तुरुन्तै तिनीहरूमाथि विनाश ल्याउनेछ भन्‍ने कुरा बतायो। त्यसकारण, निनवे सहरको हरेक निवासीको जीवन निकट खतरामा परेको थियो।

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको र सदोमको प्रतिक्रियाबीच आकाश-पातालको भिन्नता

परास्त हुनु भनेको के हो? बोलीचालीको शब्‍दमा, यसको अर्थ अबउप्रान्त अस्तित्वमा नरहनु भन्‍ने हुन्छ। तर कस्तो तरिकाले? कसले सम्पूर्ण सहरलाई परास्त गर्न सक्छ? अवश्‍य नै मानिसले त्यस्तो काम गर्नु असम्‍भव हुन्छ। निनवेका मानिसहरू त्यति मूर्ख थिएनन्; तिनीहरूले यो घोषणा सुन्‍नेबित्तिकै तिनीहरूको दिमागमा योजना फुरिहाल्यो। तिनीहरूले यो घोषणा परमेश्‍वरबाट आएको हो भनी थाहा पाइहाले, परमेश्‍वरले आफ्‍नो काम गर्दैहुनुहुन्छ भन्‍ने जानिहाले, र तिनीहरूको दुष्टताले यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याएको छ र उहाँको रिस तिनीहरूमाथि पोखिएको छ, त्यसकारण तिनीहरू चाँडै नै सहरसँगै नष्ट हुनेवाला छन् भन्‍ने थाहा पाइहाले। यहोवा परमेश्‍वरको चेतावनी सुनेपछि त्यस सहरका मानिसहरूले कस्तो प्रतिक्रिया दिए त? राजादेखि सर्वसाधारणसम्‍मले कस्तो प्रतिक्रिया देखाए सोबारे बाइबलले विशेष विवरण दिएको छ। धर्मशास्‍त्रमा निम्‍न वचनहरू लेखिएका छन्: “त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्…” (यूहन्‍ना ३:५-९)

यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका मानिसहरूले सदोमका मानिसहरूको भन्दा ठीक विपरीत मनोवृत्ति देखाए—सदोमका मानिसहरूले एकपछि अर्को दुष्ट कार्य गर्दै खुलेआम परमेश्‍वरको विरोध गरेका थिए भने, यी वचनहरू सुनिसकेपछि निनवेवासीले यस विषयलाई बेवास्ता गरेनन्, न त विरोध नै गरे। बरु, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे र उपवासको घोषणा गरे। यहाँ “विश्‍वास गरे” भन्‍ने शब्‍दको अर्थ के हो? यो शब्‍दले विश्‍वास र समर्पणतालाई जनाउँछ। यदि यस शब्‍दलाई व्याख्या गर्नको लागि हामीले निनवेवासीको वास्तविक व्यवहारलाई नै प्रयोग गर्‍यौं भने, यसको अर्थ परमेश्‍वरले आफूले जे भन्‍नुभएको छ त्यो गर्न सक्‍नुहुन्छ र गर्नुहुन्छ भनी तिनीहरू विश्‍वास गर्थे, र तिनीहरू पश्‍चात्ताप गर्न तत्पर थिए भन्‍ने हुन्छ। के निनवेका मानिसहरू आउन लागेको विपत्तिप्रति डराए? तिनीहरूको हृदयमा डर पैदा गर्ने कुरा तिनीहरूको विश्‍वास नै थियो। त्यसो भए, निनवेवासीको विश्‍वास र डरलाई प्रमाणित गर्नको लागि हामी के कुराको प्रयोग गर्न सक्छौँ त? यो, बाइबलले भनेजस्तै छ: “… उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए।” भन्‍नुको अर्थ निनवेवासीले साँचो रूपमा विश्‍वास गर्थे, र यही विश्‍वासद्वारा डर आएको थियो, जसले तिनीहरूलाई पश्‍चात्ताप गर्ने र भाङ्ग्रा लगाउने तुल्यायो। तिनीहरूले पश्‍चात्ताप गर्न सुरु गरेका छन् भन्‍ने कुरालाई तिनीहरूले यसरी नै प्रस्तुत गरे। सदोमका मानिसहरूको ठीक विपरीत रूपमा, निनवेवासीले परमेश्‍वरको विरोध त गरेनन् नै, बरु तिनीहरूले त आफ्‍नो व्यवहार र कार्यद्वारा आफ्‍नो पश्‍चात्तापलाई स्पष्ट रूपमा पनि देखाए। अवश्य नै, यो कार्य सर्वसाधारणले मात्रै होइन, सारा निनवेका मानिसले गरे—राजा पनि यसको अपवाद थिएनन्।

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ

जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र फुकाए, भाङ्ग्रा लगाए र खरानीमा बसे। त्यसपछि उनले सहरको कसैलाई पनि केही कुरा चाख्‍ने अनुमति छैन, र कुनै पनि भेडा, गोरु वा अरू कुनै पनि चौपायालाई चर्ने वा पानी पिउने अनुमति छैन भनेर घोषणा गरे। मानिस र चौपाया सबैले भाङ्ग्रा लगाउनुपर्नेथियो, र मानिसहरूले परमेश्‍वरसँग हृदयदेखि बिन्ती गर्नुपर्नेथियो। तिनीहरू प्रत्येकले आफ्ना दुष्ट मार्गहरूलाई छाड्नुपर्छ र आफ्ना हातका हिंसालाई त्याग्‍नुपर्छ भनेर पनि राजाले घोषणा गरे। यी श्रृंखलाबद्ध कार्यहरूबाट मूल्याङ्कन गर्दा, निनवेका राजाको हृदयमा साँचो पश्‍चात्ताप थियो भन्‍ने स्पष्ट हुन्छ। उनले गरेका श्रृंखलाबद्ध कार्यहरूले—आफ्‍नो सिंहासनबाट उठ्नु, लुगा फुकाल्नु, भाङ्ग्रा लगाउनु र खरानीमा बस्‍नुजस्ता कार्यहरूले—मानिसहरूलाई निनवेका राजाले आफ्‍नो राजकीय हैसियतलाई त्यागेर सर्वसाधारण मानिसहरूसँगै भाङ्ग्रा लगाइरहेका थिए भन्‍ने बताउँछ। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजाले आफ्‍नो दुष्ट मार्गलाई जारी राख्‍न आफ्‍नो राजकीय पदलाई ओगटिरहेनन् वा आफ्ना हातका हिंसालाई जारी राख्‍ने कार्य गरेनन्; बरु, तिनले आफ्‍नो अख्‍तियारलाई पन्छाए र यहोवा परमेश्‍वरको अघि पश्‍चात्ताप गरे। यस क्षणमा निनवेका राजाले राजाको रूपमा पश्‍चात्ताप गरिरहेका थिएनन्; तिनी परमेश्‍वरको सामान्य प्रजाको रूपमा पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न परमेश्‍वरको सामुन्ने आएका थिए। यसको अलावा, उनले सारा सहरलाई आफूले जस्तै यहोवा परमेश्‍वरको सामुन्ने पश्‍चात्ताप गर्न र तिनीहरूका पापहरू स्वीकार गर्न लगाए; यसको साथै, तिनीसँग कसरी यसो गर्ने भन्‍नेबारे खास योजना थियो, जुन कुरालाई धर्मशास्‍त्रका खण्डहरूमा देखिन्छ: “न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: … र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।” त्यस सहरका शासकका रूपमा, निनवेका राजासँग सर्वोच्‍च प्रतिष्ठा र शक्ति थियो, र उनले आफूले चाहेको जे पनि गर्न सक्थे। यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, उनले त्यस विषयलाई बेवास्ता गर्न वा एकलै पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न सक्थे; त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गर्ने निर्णय गर्छन् कि गर्दैनन् भन्‍ने विषयलाई उनले पूर्ण रूपमा बेवास्ता गर्न सक्थे। तैपनि, निनवेको राजाले त्यसो गरेनन्। उनले आफ्‍नो सिंहासनबाट उठेर, भाङ्ग्रा लगाई खरानीमा बसेर पश्‍चात्ताप गरी यहोवा परमेश्‍वरको सामुन्ने आफ्‍ना पापहरू स्वीकार मात्रै गरेनन्, बरु उनले त त्यस सहरका सबै मानिस र चौपायालाई पनि त्यसै गर्ने आदेश दिए। तिनले मानिसहरूलाई “परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्” भन्‍ने आज्ञा पनि दिए। यो श्रृंखलाबद्ध कार्यहरूमार्फत, निनवेका राजाले शासकले पूरा गर्नुपर्ने कार्यलाई साँचो रूपमा पूरा गरे। तिनले गरेको श्रृंखलाबद्ध कार्य मानव इतिहासको कुनै पनि राजाले हासिल गर्नु कठिन थियो, र वास्तवमै, अरू कुनै पनि राजाले यी कुरा हासिल गरेनन्। यी कार्यलाई मानव इतिहासका अभूतपूर्व कार्यहरू भन्‍न सकिन्छ, र यी कार्य मानवजातिले स्मरण र अनुकरण गर्न योग्य छन्। मानवको उदय भएदेखि नै, हरेक राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरको प्रतिरोध र विरोध गर्न नेतृत्व गरेका थिए। कसैले कहिल्यै पनि आफ्‍ना प्रजालाई आफ्नो दुष्टताको निम्ति छुटकाराको खोजी गर्न, यहोवा परमेश्‍वरबाट माफी प्राप्त गर्न र आउन लागेको दण्डबाट जोगिन परमेश्‍वरलाई बिन्ती गर्ने कार्यमा नेतृत्व गरेका थिएनन्। तैपनि, निनवेका राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरकहाँ फर्कन, तिनीहरूका आ-आफ्‍ना दुष्ट मार्गलाई त्यागेर तिनीहरूका हातका हिंसालाई त्याग्‍न अगुवाइ गर्न सके। यसको साथै, उनले आफ्‍नो सिंहासन समेत पन्छाउन सके, परिणामस्वरूप, यहोवा परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभई खेद अनुभूति गर्नुभयो, आफ्नो क्रोधलाई त्याग्‍नुभयो, अनि त्यस सहरका मानिसहरूलाई विनाशबाट जोगाउँदै बाँच्‍न दिनुभयो। राजाका यी कार्यहरूलाई मानव इतिहासमा बिरलै हुने आश्‍चर्यकर्म नै भन्न सकिन्छ, र भ्रष्ट मानवजातिले पश्‍चात्ताप गरेको र परमेश्‍वरको अघि आफ्‍ना पापहरू स्वीकार गरेको नमुना उदाहरण समेत भन्‍न सकिन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११३

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

परमेश्‍वरले निनवेवासीका हृदयभित्र इमानदार पश्‍चात्ताप देख्‍नुहुन्छ

परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजा र उनका प्रजाले श्रृंखलाबद्ध कार्यहरू गरे। यी कार्य र तिनीहरूका व्यवहारको प्रकृति कस्तो थियो? अर्को शब्‍दमा भन्दा, तिनीहरूको आचरणको सम्पूर्णताको सार कस्तो थियो? तिनीहरूले जे गरे सो किन गरे त? परमेश्‍वरको नजरमा तिनीहरूले इमानदारीसाथ पश्‍चात्ताप गरेका थिए किनभने तिनीहरूले परमेश्‍वरलाई सच्‍चा बिन्ती गरेर उहाँसामु आफ्ना पाप स्वीकार गरेका मात्र होइनन्, बरु आफ्‍ना दुष्ट आचरणलाई पनि त्यागेका थिए। तिनीहरूले यस्तो कार्य गरे किनभने परमेश्‍वरका वचन सुनिसकेपछि, तिनीहरू अत्यन्तै भयभीत भए र उहाँले जे भन्‍नुभएको छ सो गर्नुहुनेछ भनेर तिनीहरूले विश्‍वास गरे। उपवास बसेर, भाङ्ग्रा लगाएर अनि खरानीमा बसेर, तिनीहरूले आफ्‍ना मार्गलाई सुधार गर्ने र दुष्टताबाट अलग बस्‍ने आफ्नो इच्‍छा व्यक्त गरे, अनि यहोवा परमेश्‍वरलाई उहाँको निर्णय र तिनीहरूमाथि विपत्ति बर्साउने कार्यलाई फिर्ता लिन बिन्ती गर्दै, उहाँलाई उहाँको रिस रोक्‍न प्रार्थना गरे। यदि हामीले तिनीहरूका सबै व्यवहारलाई जाँच्यौँ भने, तिनीहरूले आफ्ना पहिलेका दुष्कर्महरू यहोवा परमेश्‍वरका निम्ति घृणास्पद थिए र आफूहरूलाई उहाँले किन चाँडै नाश पार्न लाग्‍नुभएको हो भनेर बुझिसकेका थिए भन्‍ने हामी देख्न सक्छौँ। यही कारणले गर्दा, तिनीहरू सबैले पूर्ण पश्‍चात्ताप गर्ने, दुष्ट मार्गहरू छाड्ने र आफ्‍ना हातका हिंसालाई त्याग्‍ने इच्‍छा गरे। अर्को शब्‍दमा भन्दा, यहोवा परमेश्‍वरको घोषणाबारे थाहा पाएपछि तिनीहरू प्रत्येकले हृदयभित्र डर अनुभूति गरे; तिनीहरूले आफ्‍ना दुष्ट व्यवहारलाई रोके र त्यसपछि फेरि कहिल्यै पनि यहोवा परमेश्‍वरलाई अत्यन्तै घृणास्पद लाग्ने ती कार्य गरेनन्। यसको साथै, तिनीहरूले यहोवा परमेश्‍वरलाई तिनीहरूका विगतका पाप क्षमा गर्न र तिनीहरूलाई तिनीहरूका विगतका कार्यहरूअनुसार व्यवहार नगर्न बिन्ती गरे। यदि यहोवा परमेश्‍वरलाई फेरि कहिल्यै क्रोधित नतुल्याउनु सम्‍भव छ भने, तिनीहरू फेरि कहिल्यै पनि दुष्टतामा संलग्‍न नहुन र यहोवा परमेश्‍वरका निर्देशनहरू अनुसार कार्य गर्न तत्पर थिए। तिनीहरूको पश्‍चात्ताप सच्‍चा र पूर्ण थियो। यो तिनीहरूको हृदयभित्रबाट आएको थियो अनि यो सच्‍चा र स्थायी थियो।

राजादेखि सर्वसाधारणसम्‍मका, निनवेका सारा मानिसहरूले यहोवा परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभएको छ भन्‍ने थाहा पाएपछि, तिनीहरू प्रत्येकले त्यसपछि गरेका हरेक कार्य र तिनीहरूको आचरणलाई, साथै तिनीहरूले गरेका हरेक निर्णय र छनौटलाई परमेश्‍वरले स्पष्ट र सरल रूपमा देख्‍न सक्‍नुभयो। तिनीहरूका व्यवहारअनुसार परमेश्‍वरको हृदय परिवर्तन भयो। त्यस क्षणमा परमेश्‍वरको मनस्थिति कस्तो थियो? बाइबलले तेरो लागि त्यो प्रश्‍नको उत्तर दिन सक्छ। धर्मशास्‍त्रमा यी वचनहरू लेखिएका छन्: “अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन” (योना ३:१०)। परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभएको भए पनि, उहाँको मनस्थितिमा केही पनि जटिलता थिएन। उहाँ केवल आफ्‍नो रिसलाई व्यक्त गर्ने अवस्थाबाट आफ्‍नो रिसलाई शान्त पार्ने अवस्थामा जानुभयो, र त्यसपछि निनवे सहरमाथि विपत्ति नल्याउने निर्णय गर्नुभयो। निनवेवासीलाई विपत्तिबाट बचाउने परमेश्‍वरको निर्णय त्यति छिटो आउनुको कारण परमेश्‍वरले हरेक निनवेवासीको हृदय अवलोकन गर्नु हो। उहाँले तिनीहरूले आफ्‍नो हृदयको अन्तस्करणमा के कुरालाई राखेका छन् भन्‍ने देख्‍नुभयो: तिनीहरूका इमानदार पश्‍चात्ताप र तिनीहरूका पाप स्वीकार, उहाँमाथिको तिनीहरूका इमानदार विश्‍वास, तिनीहरूका दुष्ट कार्यले उहाँको स्वभावलाई कसरी क्रोधित तुल्याएको छ भन्‍नेबारेमा तिनीहरूको गहन अनुभूति, र यहोवा परमेश्‍वरबाट आउन लागेको दण्डको डर। यसको साथै, यहोवा परमेश्‍वरले तिनीहरूको प्रार्थना पनि सुन्‍नुभयो, जुन तिनीहरूले आफूहरू यो विपत्तिबाट बच्‍न सकौँ भनेर, उहाँलाई अबउप्रान्त आफूहरूसँग नरिसाउन बिन्ती गर्दै आफ्‍नो हृदयको अन्तस्करणबाट गरेका थिए। जब परमेश्‍वरले यी सबै तथ्यलाई अवलोकन गर्नुभयो, अलि-अलि गर्दै उहाँको रिस हराएर गयो। उहाँको रिस पहिले जति नै धेरै भए पनि, उहाँले यी मानिसहरूले हृदयको गहिराइमा गरेको इमानदार पश्‍चात्तापलाई देख्नुभएपछि यसले उहाँको हृदय छोयो, त्यसकारण उहाँले तिनीहरूमाथि विपत्ति ल्याउन सक्‍नुभएन, र उहाँ तिनीहरूसित रिसाउन छोड्नुभयो। बरु, उहाँले तिनीहरूलाई आफ्‍नो कृपा र सहनशीलता दिने कार्यलाई जारी राख्‍नुभयो र तिनीहरूलाई मार्गनिर्देशित गर्ने र तिनीहरूलाई भरणपोषण गर्ने कार्यलाई जारी राख्‍नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११४

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले अक्सर उहाँको हेरचाह प्राप्त गर्नेछस्

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्राय परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन। बरु, यो त विशुद्ध रिसबाट विशुद्ध सहनशीलतामा भएको रूपान्तरण थियो। यो, परमेश्‍वरको सारको साँचो प्रकाश हो। आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्य पछाडिका सिद्धान्त र उद्देश्य सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले क्रोध वा कृपा र प्रेमिलो दयालुपन जे व्यक्त गरिरहनुभएको भए तापनि, परमेश्‍वरको स्वभावको प्रकाशमार्फत कुनचाहिँलाई व्यक्त गरिन्छ भन्‍ने कुरा मानिसको चालचलन, बानीबेहोरा, र मानिसले आफ्‍नो हृदयभित्र परमेश्‍वरप्रति राख्ने मनोवृत्तिले तय गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको हेरचाह, कृपा, र सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

यो छोटो विवरणले मानिसहरूलाई परमेश्‍वरको हृदय, उहाँको सारको यथार्थपन, उहाँको रिस र उहाँको हृदय परिवर्तन कारणविहीन हुँदैन भन्‍ने कुरा देख्‍न सहयोग गर्छ। उहाँ क्रोधित हुनुहुँदा र उहाँको हृदय परिवर्तन भएको बेला परमेश्‍वरले प्रदर्शन गर्नुभएका फरक-फरक आचरणले मानिसहरूलाई परमेश्‍वरको सारका यी दुई पक्ष, अर्थात् उहाँको रिस र उहाँको सहनशीलताबीचमा ठूलो भिन्‍नता छ भन्‍ने विश्‍वास दिलाउँछन्—तर यस ठूलो भिन्‍नताको बाबजुद, निनवेवासीको पश्‍चात्तापप्रति परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई फेरि उहाँको साँचो स्वभावको अर्को पक्षलाई देखाउँछ। परमेश्‍वरको परिवर्तन भएको हृदयले साँच्‍चै नै मानवजातिलाई फेरि पनि उहाँको कृपा र प्रेमिलो दयालुपनको सत्यता, र परमेश्‍वरको सारको साँचो प्रकाशलाई देख्‍ने तुल्याउँछ। परमेश्‍वरको कृपा र प्रेमिलो दयालुपन मिथ्या होइनन्, न त ती कुनै झूटो हल्‍ला नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक मानवजातिसँग कुनै विकल्‍प छैन। किनभने त्यतिबेला परमेश्‍वरको अनुभूति साँचो थियो, र उहाँको हृदय परिवर्तन पनि साँचो थियो—परमेश्‍वरले वास्तवमा मानवजातिमाथि फेरि पनि आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११५

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

निनवेवासीले हृदयमा गरेको साँचो पश्‍चात्तापले परमेश्‍वरको कृपा जित्छ र आफ्नो परिणामलाई परिवर्तन गर्छ

परमेश्‍वरको हृदय परिवर्तन र उहाँको क्रोधबीच कुनै विरोधाभास थियो? अवश्य थिएन! किनभने परमेश्‍वरले त्यस खास समयमा प्रस्तुत गर्नुभएको सहिष्णुताको आफ्नै कारण थियो। त्यो कारण के हुन सक्छ? त्यो, बाइबलमा दिइएकै कारण हो: “हरेक व्यक्तिले आफ्ना दुष्ट मार्ग छाडे” र “तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यो “दुष्ट मार्ग” ले एक-दुईवटा दुष्ट कार्यलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। “आफ्‍नो दुष्ट मार्गबाट फर्कून्” भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, उद्देश्य, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। “आफ्‍नो हातमा भएका हिंसाबाट फर्कून्” भन्‍ने पदावलीको “फर्कून्” भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो। भन्‍नुको अर्थ, यी मानिसहरूको आचरण र बानीबेहोरा अनि काम गर्ने विभिन्‍न तौरतरिका, साथै तिनीहरूले आफ्ना हृदयमा गरेको साँचो पश्‍चात्ताप र पाप स्वीकारको कारणले गर्दा परमेश्‍वरले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो, आफ्‍ना अभिप्रायलाई परिवर्तन गर्नुभयो, आफ्‍नो निर्णयलाई फिर्ता लिएर तिनीहरूलाई दण्ड नदिने वा नष्ट नगर्ने निर्णय गर्नुभयो। तसर्थ, निनवेका मानिसहरूले आफ्‍नो निम्ति फरक परिणाम हासिल गरे। तिनीहरूले आफ्‍नै जीवनलाई छुटकारा दिनका साथै परमेश्‍वरको कृपा र सहनशीलता जिते, त्यसैबेला परमेश्‍वरले आफ्‍नो क्रोधलाई पनि त्याग्‍नुभयो।

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ

परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिले—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस, कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले यी दुई विपरीत ध्रुवीय सारलाई व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्‍ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदैछैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्ग छाड्छन् र आफ्‍ना हातको हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११६

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी थियो? अवश्य थिएन! त्यसोभए परमेश्‍वरले यो एउटा परिस्थितिको सामना गर्ने क्रममा उहाँको स्वभावका यी दुई पक्षमा एकदेखि अर्कोमा भएको परिवर्तनले के देखाएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र सहनशीलता जे व्यक्त गरिरहनुभएको भए तापनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरको स्वभाव जीवन्त र स्पष्ट छ, र अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रति उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचार छन् भनेर बताउँछ; उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय परिवर्तन पनि गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तवमा, वस्तु र वातावरणमा आउने परिवर्तनअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचार रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले आफ्नो क्रोध, कृपा, प्रेमिलो दयालुपन, र सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध अनि आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामिला र सबै थोकमध्ये परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, उहाँको क्रोध र कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, उहाँको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रो शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रिया स्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रिया स्वरूप परमेश्‍वरको हृदय उत्प्रेरित हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँ उत्प्रेरित हुनुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र उसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यसको सार सृष्टिको जुनसुकै कुराको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले आफ्ना कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागमुक्त हुन्छन्, अनि उहाँका सोच, विचार र उहाँले गर्नुहुने हरेक निर्णय र हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र त्यसरी कार्य गर्नुभएको हुनाले, आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन सारा सृष्टिको बीचमा कसैसँग पनि छैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

निनवेको कथासम्‍बन्धी तेरो बुझाइबाट, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्षलाई देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्षलाई देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैमा यस प्रकारको क्रोध अर्थात् परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएको जस्तो कृपा र सहनशीलता छ? सृष्टिमध्ये कसले त्यति भयङ्कर क्रोध आह्‍वान गरी मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत्ति ल्याउने निर्णय गर्न सक्छ? मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णयलाई परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिस, घटना, वा कुराले लादेको नियन्त्रण वा प्रतिबन्धको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकोले, कसैले पनि उहाँका सोचाइ र विचारलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयलाई परिवर्तन गर्न नै सक्छ। सारा सृष्टिमा अस्तित्वमा रहेका बानीबेहोरा र विचारहरूको सम्पूर्णता उहाँको धर्मी स्वभावको न्यायअन्तर्गत अस्तित्वमा हुन्छन्। कसैले पनि उहाँले क्रोध वा कृपामध्ये के अभ्यास गर्नुहुन्छ सो नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्ति रूपान्तरणलाई विश्‍लेषण गरेर अनि बुझेर, के तिमीहरूले उहाँको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍दको प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि नै भनेका थियौँ। अब म यी दुईवटा पक्षलाई—परमेश्‍वरको क्रोध र कृपालाई—उहाँको धर्मी स्वभावको रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले चिढ्याएको वा सवाल उठाएको सहँदैन; यो सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणी कसैमा पनि नहुने कुरा हो। यो, परमेश्‍वरमा मात्र लागू हुने अद्वितीय र एकमात्र कुरा हो। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र चिढ्याउन नसकिने छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई चिढ्याउन सकिँदैन। सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीले उहाँका काममा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्थ्यो। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११७

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्‍वरले बारम्‍बार आफ्‍ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्‍नो कुराकानीलाई उहाँले कहिल्यै पनि रोक्‍नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाकछोप गर्नुभएको छैन, न त उहाँले आफूलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइ, विचार, वचन अनि कार्य सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्‍म मानिसले परमेश्‍वरलाई चिन्‍ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यम र तरिकाबाट बुझ्‍न र चिन्‍न सक्छ। मानिसले परमेश्‍वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, उहाँले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्‍न र चिन्‍न मानिसलाई दिने कुनै अभिप्राय उहाँसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्‍वरलाई बुझ्‍ने इच्‍छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचार, वचन वा कार्यप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताका वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्‍नको लागि यदि व्यक्तिले आफ्‍नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचार र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचार, वचन र कार्य स्पष्ट र पारदर्शी छन् भन्‍ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सधैँ मानिसको बीचमा हुनुहुन्छ, उहाँ सधैँ मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्‍ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइ र विचारलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म मेरा सृष्टिको बीचमा छु। म नियालिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हात न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्; उहाँको आवाज कोमल र शिष्ट छ; सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन-रात उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ। उहाँले निनवे सहरलाई बचाउनुहुँदा, मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्‍नेह, साथै मानिसको निम्ति उहाँको सच्‍चा चिन्ता र प्रेम एक-एक गरी प्रकट गरिए। विशेष गरी, यहोवा परमेश्‍वर र योनाबीचको कुराकानीले उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रति सृष्टिकर्ताको स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो। तैँले वचनहरूद्वारा मानवजातिको निम्ति परमेश्‍वरका सच्‍चा भावनाहरूबारे गहन बुझाइ प्राप्त गर्न सक्छस् …

निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: “त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” यी, परमेश्‍वर र योनाबीचको कुराकानीबाट अभिलेख गरिएका यहोवा परमेश्‍वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता अनि मानवजातिलाई त्याग्‍ने उहाँको अनिच्‍छाले भरिएको छ। यी वचन आफ्‍नो सृष्टिको लागि परमेश्‍वरले आफ्‍नो हृदयमा राख्‍नुहुने साँचो मनोवृत्ति र भावनाका अभिव्यक्ति हुन्। मानिसले बिरलै सुनेका स्पष्ट र सटीक यी वचनद्वारा, परमेश्‍वरले मानवजातिको निम्ति आफ्‍ना साँचो अभिप्रायहरूलाई उल्‍लेख गर्नुहुन्छ। यो कुराकानीले निनवेका मानिसहरूप्रति परमेश्‍वरले राख्‍नुभएको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ—तर यो कस्तो प्रकारको मनोवृत्ति हो? तिनीहरूले पश्‍चात्ताप गर्नुभन्दा पहिले र पछि निनवेका मानिसहरूप्रति उहाँले राख्‍नुभएको मनोवृत्ति, र उहाँले मानवजातिलाई व्यवहार गर्ने मनोवृत्ति यही नै हो। यी वचनभित्र उहाँका विचार र उहाँको स्वभाव छन्।

यी वचनहरूमा परमेश्‍वरका के-कस्ता विचार प्रकट गरिएका छन्? पढ्ने क्रममा तैँले विवरणहरूलाई ध्यान दिइस् भने, उहाँले “दया” शब्‍दको प्रयोग गर्नुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्न तँलाई कठिनाइ हुनेछैन; यो शब्‍दको प्रयोगले मानवजातिप्रति परमेश्‍वरको साँचो मनोवृत्तिलाई देखाउँछ।

शाब्दिक अर्थको हिसाबमा हेर्दा, मानिसहरूले “दया” शब्‍दलाई फरक-फरक तरिकाले अर्थ लगाउन सकिन्छ: पहिलो, यसको अर्थ “प्रेम गर्नु र रक्षा गर्नु, कुनै कुराप्रति कोमलताको अनुभव गर्नु” भन्‍ने हुन्छ; दोस्रो, यसको अर्थ “घनिष्ठताको साथ प्रेम गर्नु” भन्‍ने हुन्छ; र अन्तिम, यसको अर्थ “कुनै कुरालाई चोट पुऱ्याउन अनिच्छुक हुनु र त्यसो गरेको सहन नसक्‍नु” भन्‍ने हुन्छ। छोटकरीमा, यो शब्‍दले कोमल स्‍नेह र प्रेम, साथै कसैलाई वा कुनै कुरालाई छोड्न अनिच्‍छुक हुनु भन्‍ने आशय दिन्छ; यसले मानिसप्रति परमेश्‍वरको कृपा र सहनशीलतालाई जनाउँछ। परमेश्‍वरले यो शब्‍दको प्रयोग गर्नुभयो, जुन मानिसले आम रूपमा बोल्‍ने शब्‍द नै हो, तैपनि यसले मानवजातिप्रति परमेश्‍वरको हृदयको आवाज अनि उहाँको मनोवृत्तिलाई खुलासा गर्न सक्छ।

निनवे सहर सदोमका मानिसहरू जत्तिकै भ्रष्ट, दुष्ट, र हिंसात्मक मानिसहरूले भरिएको भए तापनि, तिनीहरूको पश्‍चात्तापले गर्दा परमेश्‍वरले हृदय परिवर्तन गर्नुभयो र तिनीहरूलाई नष्ट नगर्ने निर्णय गर्नुभयो। परमेश्‍वरका वचन र निर्देशनलाई तिनीहरूले जसरी लिए त्यो सदोमका नागरिकहरूको भन्दा ठीक विपरीत मनोवृत्तिको प्रदर्शन थियो, त्यसो हुनाले र परमेश्‍वरप्रतिको तिनीहरूको निष्कपट समर्पणता अनि आफ्‍ना पापप्रति तिनीहरूको निष्कपट पश्‍चात्तापलगायत सबै कुराप्रति तिनीहरूको साँचो र हृदयबाट निस्केको आचरणले गर्दा परमेश्‍वरले फेरि एक पटक आफ्‍नो हृदयको दया व्यक्त गर्नुभयो र सो तिनीहरूलाई दिनुभयो। परमेश्‍वरले मानवजातिलाई जे दिनुहुन्छ त्यसलाई र मानवजातिको निम्ति उहाँको दयालाई कसैले नक्‍कल गर्नु असम्‍भव छ, र मानवजातिप्रति परमेश्‍वरको कृपा, सहनशीलता, वा निष्कपट भावना कुनै व्यक्तिमा हुनु असम्‍भव छ। के तैँले महान् पुरुष वा स्‍त्री, वा महामानव ठानेको कुनै व्यक्ति छ, जसले उच्‍च स्थानबाट महान् पुरुष वा स्त्रीले जस्तो बोल्छ, वा उच्‍च स्थानबाट मानवजाति वा सृष्टिलाई यस्तो प्रकारको अभिव्यक्ति दिन्छ? मानवजातिमा त्यस्तो को छ जसले मानवजातिको अवस्थालाई आफ्‍नो हत्केलालाई जत्तिकै जान्‍न सक्छ? मानवजातिको अस्तित्वको भार र जिम्‍मेवारीलाई कसले बहन गर्न सक्छ? सहरको विनाशको घोषणा गर्न को योग्य छ? अनि सहरलाई क्षमा दिन को योग्य छ? कसले आफ्‍नो सृष्टिप्रति दया देखाउँछु भनी भन्‍न सक्छ? सृष्टिकर्ताले मात्रै सक्‍नुहुन्छ! यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै स्‍नेह छ! यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै करुणा र स्‍नेह देखाउनुहुन्छ। सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो, नतोडिने स्‍नेह छ। त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन र आफ्‍ना सम्पूर्ण सृष्टिप्रति दया देखाउन सक्‍नुहुन्छ। मानिसको हरेक कार्यमा उहाँको ढुकढुकी चल्छ र उहाँलाई पीडा हुन्छ: मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र दुःखित बन्‍नुहुन्छ; मानिसको पश्‍चात्ताप र विश्‍वासप्रति उहाँ प्रसन्‍न, आनन्दित, क्षमाशील र उल्लसित बन्‍नुहुन्छ; उहाँका हरेक सोचाइ र विचार मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र सेरोफेरोमा घुम्छ; उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानवजातिको खातिर व्यक्त गरिन्छ; उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गुँथिएको छ। मानवजातिको खातिर, उहाँ यताउता यात्रा गर्नुहुन्छ र दौडधूप गर्नुहुन्छ; उहाँले चुपचाप आफ्‍नो जीवनको एक-एक टुक्रा दिनुहुन्छ; उहाँले आफ्‍नो जीवनको हरेक मिनेट र सेकेन्ड दिनुहुन्छ…। उहाँको आफ्‍नै जीवनको मोल गर्न उहाँले कहिल्यै जान्‍नुभएको छैन, तैपनि आफैले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँले सधैँ दया देखाउनुभएको छ…। आफूसँग भएको सबै कुरा उहाँले यी मानवजातिलाई दिनुहुन्छ…। उहाँले सर्तरहित र प्रतिफल पाउने आशा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ। जीवनसम्‍बन्धी उहाँको बन्दोबस्‍तलाई प्राप्त गर्दै मानवजाति उहाँको आँखा अगाडि नै बाँचिरहन सकून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ। मानवजाति एक दिन उहाँको सामने समर्पित हुन सकून् र मानिसको अस्तित्वलाई पालनपोषण गर्ने अनि सारा सृष्टिलाई जुटाउने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गरून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११८

योना ४ तर यसले योनालाई अत्यन्त अप्रसन्न तुल्यायो र तिनी निकै रिसाए। अनि तिनले यहोवासँग प्रार्थना गरे र भने, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, के म मेरो देशमा हुँदा नै मेरो भनाई यही थिएन र? यसकारण, म पहिले तर्शीशतिर भागेर गएँ: किनभने मलाई थाहा थियो कि तपाईं अनुग्रही, दयालु, रिसाउनमा धिमा, अति कृपालु र खराबी गर्नबाट मन बदल्ने परमेश्‍वर हुनुहुन्छ। यसकारण अब, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, मेरो जीवन लिनुहोस्; किनभने म जिउनुभन्दा त मर्नु नै बेस हुन्छ। त्यसपछि यहोवाले भन्नुभयो, के तैँले रिस गर्न मिल्छ? त्यसैले सहर के हुन्छ भनी नदेखेसम्म योना सहर बाहिर गए र सहरको पूर्वतिर एउटा छाप्रो बनाएर यसको छहारीमा बसे। अनि यहोवा परमेश्‍वरले एउटा लौका उमार्नुभयो र तिनलाई तिनको क्लेशबाट छुटकारा दिन यसलाई योनाभन्दा माथितिर आउन लगाउनुभयो, ताकि यो तिनको टाउकोमाथि छहारी हुन सकोस्। त्यसैले योना त्यो लौकासँग निकै प्रसन्न भए। तर भोलिपल्ट एकाबिहानै परमेश्‍वरले एउटा कीरा ल्याउनुभयो र यसले लौकालाई खाइदियो र यो ओइलायो। अनि सूर्य उदाएपछि, परमेश्‍वरले भयानक पूर्वीय बतास पठाउनुभयो; र घाम योनाको शिरमाथि पर्‍यो, ऊ मूर्छा पर्‍यो र मर्ने इच्छा गर्दै यसो भन्यो, म त जिउनुभन्दा मर्नु नै उत्तम हुन्छ। अनि परमेश्‍वरले योनालाई भन्नुभयो, के तँ लौकाको निम्ति रिसाउन उचित छ? तिनले भने, म मृत्युसम्म नै रिसाउँछु। त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?

सृष्टिकर्ताले मानवजातिप्रतिको आफ्ना साँचो भावनाहरू व्यक्त गर्नुहुन्छ

यहोवा परमेश्‍वर र योनाबीचको यो कुराकानी मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावनाको अभिव्यक्ति हो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। एकतर्फ, यसले मानिसहरूलाई सृष्टिकर्ताले उहाँको सार्वभौमिकताको अधीनमा रहेका सारा सृष्टिलाई बुझ्नुहुन्‍छ भन्‍नेबारे जानकारी दिन्छ; किनभने यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ, “अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” अर्को शब्‍दमा भन्दा, निनवेसम्‍बन्धी परमेश्‍वरको बुझाइ कुनै पनि हालतमा सतही थिएन। उहाँलाई उक्त सहरमा बस्‍ने जीवित प्राणीहरूको सङ्ख्या मात्रै थाहा थिएन (जसमा मानिसहरू र चौपाया पनि पर्छन्), उहाँलाई त कति जनाले देब्रे र दाहिने हात छुट्याउन सक्दैनन्—अर्थात्, कति जना बालबालिका र जवान छन् भन्‍ने पनि थाहा थियो। यो मानवजातिसम्‍बन्धी परमेश्‍वरको पूर्ण बुझाइको ठोस प्रमाण हो। अर्कोतर्फ, यस कुराकानीले मानिसहरूलाई मानवजातिप्रति सृष्टिकर्ताको मनोवृत्तिबारे अर्थात् सृष्टिकर्ताको हृदयमा मानवजातिको बोझ कति छ भन्‍नेबारे जानकारी दिन्छ। यो कुरा यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: “तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि … त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” यी यहोवा परमेश्‍वरले योनाप्रति लक्षित गरी बोल्‍नुभएका धिक्‍कारका वचनहरू हुन्, तर ती सबै सत्य छन्।

योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्‍वरले दिनुभएका वचन घोषणा गर्ने जिम्‍मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्‍वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्‍वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्‍वरको आफ्‍नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्‍नो काँधमा परमेश्‍वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्‍वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्‍वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकाप्रति दया देखाउँछस्, त्यसरी नै परमेश्‍वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्‍नै हातको काम हो, त्यसप्रति दया देखाउनुहुन्छ भन्‍ने कुरा पनि बतायो। परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन, वा कम्तीमा पनि सहरभित्र धेरै बालबालिका र निर्दोष चौपाया भएको कारण त्यसो गर्नुहुनेथिएन। आफ्ना दाहिने र देब्रे हात चिन्‍न नसक्‍ने परमेश्‍वरको सृष्टिका यी साना र अज्ञानी उपजहरूसँग व्यवहार गर्ने क्रममा, परमेश्‍वरले त्यति हतार गरेर तिनीहरूको जीवन समाप्त गर्नुहुनेथियो र तिनीहरूको परिणामलाई निर्धारण गर्नुहुनेथियो भन्‍ने कुरा त अझै अपत्यारिलो हुनेथियो। परमेश्‍वरले तिनीहरू हुर्के-बढेको हेर्ने आशा गर्नुहुन्थ्यो; तिनीहरू आफ्ना अग्रजहरूकै मार्गमा नहिँडून्, तिनीहरूले फेरि यहोवा परमेश्‍वरको चेतावनी सुन्‍न नपरून्, र निनवेको विगतको गवाही दिऊन् भन्‍ने चाहना उहाँको थियो। त्यसरी नै, पश्‍चात्ताप गरेपछिको निनवेलाई हेर्ने, पश्‍चात्ताप पछिको निनवेको भविष्यलाई हेर्ने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, निनवे फेरि पनि परमेश्‍वरको कृपामा जिएको हेर्ने इच्‍छा परमेश्‍वरको थियो। त्यसकारण, परमेश्‍वरको नजरमा, दाहिने र देब्रे हात नचिन्‍ने ती सृष्टिका प्रजाहरू नै निनवेको भविष्य थिए। जसरी तिनीहरूले परमेश्‍वरको अगुवाइमा निनवेको विगत र भविष्यको गवाही दिने महत्त्वपूर्ण कर्तव्यलाई काँधमा बोकेर हिँड्नेवाला थिए, तिनीहरूले निनवेको तुच्‍छ विगतको बोझलाई पनि काँधमा बोक्‍नेवाला थिए। आफ्‍नो साँचो भावनाहरूको यस घोषणामा, यहोवा परमेश्‍वरले समग्र मानवताप्रतिको सृष्टिकर्ताको कृपालाई पूर्ण रूपमा प्रस्तुत गर्नुभयो। यसले मानवजातिलाई “सृष्टिकर्ताको कृपा” रित्तो वाक्यांश होइन, न त यो खोक्रो प्रतिज्ञा नै हो; यसमा ठोस सिद्धान्त, विधि र उद्देश्यहरू छन् भन्‍ने कुरा देखायो। परमेश्‍वर साँचो र वास्तविक हुनुहुन्छ, र उहाँले कुनै पनि झूट वा छलकपट प्रयोग गर्नुहुन्‍न, र यसरी नै हरेक समय र युगमा मानवजातिमाथि उहाँको कृपा अटुट रूपमा बर्सिरहन्छ। तैपनि, आजको दिनसम्‍म नै, योनासँगको सृष्टिकर्ताको कुराकानी उहाँले मानवजातिलाई किन कृपा देखाउनुहुन्छ, उहाँले मानवजातिलाई कसरी कृपा देखाउनुहुन्छ, मानवजातिप्रति उहाँ कति सहनशील हुनुहुन्छ र मानवजातिप्रति उहाँका साँचो भावनाहरू कस्ता छन् भन्‍नेबारे एउटै, विशेष मौखिक अभिव्यक्ति हो। यस कुराकानीको क्रममा यहोवा परमेश्‍वरले बोल्‍नुभएको संक्षिप्त वचनले अभिन्‍न समग्रताको रूपमा मानवजातिप्रति उहाँका सोचहरूलाई व्यक्त गर्छ; ती सोच मानवजातिप्रतिको उहाँको हृदयको मनोवृत्तिको साँचो अभिव्यक्ति हुन्, र ती मानवजातिप्रति उहाँले प्रशस्‍त कृपा प्रदान गर्नुभएको छ भन्‍ने कुराको ठोस प्रमाण पनि हुन्। उहाँको कृपा मानवजातिका पुराना पुस्ताहरूमा मात्रै प्रदान गरिएको छैन, बरु सधैँ झैँ एकपछि अर्को पुस्ता गरी मानवजातिका नयाँ सदस्यहरूलाई पनि प्रदान गरिएको छ। मानवजातिको निश्‍चित कुना र निश्‍चित युगमा परमेश्‍वरको क्रोध बारम्‍बार वर्षिने भए पनि, परमेश्‍वरको कृपा कहिल्यै रोकिएको छैन। आफ्‍नो कृपाद्वारा, उहाँले आफ्‍नो सृष्टिको एकपछि अर्को पुस्तालाई अगुवाइ र नेतृत्व गर्नुहुन्छ, र सृष्टिको एकपछि अर्को पुस्तालाई पालनपोषण र भरणपोषण दिनुहुन्छ, किनभने मानवजातिप्रति उहाँको साँचो भावना कहिल्यै परिवर्तन हुनेछैन। यो यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै छ: “… मैले दया देखाउनु पर्दैन र?” उहाँले आफ्‍नो सृष्टिप्रति जहिल्यै पनि दया देखाउनुभएको छ। यो, सृष्टिकर्ताको धर्मी स्वभावको कृपा हो, र यो सृष्टिकर्ताको पूर्ण अद्वितीयपन पनि हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११९

पाँच प्रकारका मानिसहरू

म परमेश्‍वरका अनुयायीहरूलाई परमेश्‍वरसम्‍बन्धी तिनीहरूको बुझाइ र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइ र अनुभवको आधारमा विभिन्‍न वर्गमा वर्गीकरण गर्नेछु, ताकि तिमीहरूले तिमीहरू हाल जुन चरणमा छौ त्यो चरणका साथै तिमीहरूको वर्तमान कदलाई जान्‍न सक। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइको आधारमा, मानिसहरूका विभिन्न चरणहरू र कदलाई सामान्यतया पाँच प्रकारमा विभाजन गर्न सकिन्छ। यो विषयलाई अद्वितीय परमेश्‍वर र उहाँको धर्मी स्वभावलाई जान्‍ने कार्यको आधारमा निर्धारित गरिन्छ। त्यसकारण, तिमीहरूले निम्‍न विषयवस्तु पढ्ने क्रममा, परमेश्‍वरको अद्वितीयपन र उहाँको धर्मी स्वभावको बारेमा तिमीहरूसँग वास्तवमा कति बुझाइ र ज्ञान छ भन्‍ने कुरालाई होसियारीसाथ पत्ता लगाउने प्रयास गर्नुपर्छ, र यसरी प्राप्त गरिएको उक्त नतिजालाई तिमीहरूले तिमीहरू वास्तवमा कुन चरणमा छौ, तिमीहरूको कद वास्तवमा कति ठूलो छ, र तिमीहरू वास्तवमा कस्तो प्रकारको व्यक्ति हौ भनी मूल्याङ्कन गर्न प्रयोग गर्नुपर्छ।

पहिलो प्रकार: थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरण

“थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरण” भनेको के हो? थाङ्ग्‍नोमा बेह्रिएको शिशु भनेको भर्खरै यस संसारमा आएको, नवजात शिशु हो। यो मानिसहरू आफ्नो सबैभन्दा अपरिपक्‍व स्थितिमा हुँदाको अवस्था हो।

यस चरणमा रहेका मानिसहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको विषयमा कुनै पनि चेतना वा विवेक हुँदैन। तिनीहरू हरेक कुराको बारेमा अनजान र अज्ञानी हुन्छन्। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको लामो समय भएको हुन सक्छ वा त्यति लामो समय नभएको हुन सक्छ, तर तिनीहरूको अनजान र अज्ञानी अवस्था र तिनीहरूको साँचो कद अनुसार त तिनीहरू थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरणमा नै रहन्छन्। थाङ्ग्‍नोमा बेह्रिएको शिशुको अवस्थाका यथार्थ परिभाषा यसप्रकार छ: यस प्रकारको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरू सधैँ मंद-विवेक भएका, अन्योलग्रस्त र सीधासाधा हुन्छन्; तिनीहरूलाई आफूले किन परमेश्‍वरमा विश्‍वास गर्छौं भन्‍ने नै थाहा हुँदैन, न त तिनीहरूलाई परमेश्‍वर को हुनुहुन्छ भन्‍ने नै थाहा हुन्छ। तिनीहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै पनि ठोस परिभाषा हुँदैन, र तिनीहरूले आफूले पछ्याउने परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्, तिनीहरूले साँच्चै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, पर्दैन र उहाँलाई पछ्याउनुपर्छ, पर्दैन भनी निर्धारण गर्न सक्नु त परै जाओस्। यस प्रकारको व्यक्तिको साँचो स्थिति यही हो। यस प्रकारका मानिसहरूको विचार धमिलो हुन्छ र, सरल रूपमा भन्दा, तिनीहरूको विश्‍वास भ्रमित हुन्छ। तिनीहरू सधैँ घबराहट र रित्तोपनको अवस्थामा अस्तित्वमा रहन्छन्; “मन्द-विवेक,” “अन्योल,” र “सीधासाधा” भन्‍ने शब्‍दहरूले तिनीहरूको स्थितिलाई सारांशित गर्छ। तिनीहरूले न त कहिल्यै परमेश्‍वरको अस्तित्वलाई देखेका हुन्छन्, न त अनुभव नै गरेका हुन्छन्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरलाई चिन्‍नेबारेमा बताउनु भनेको तिनीहरूलाई चित्रलेखमा लेखिएको किताब पढ्न लगाउनु सरह हुन्छ—तिनीहरूले न त यसलाई बुझ्‍नेछन् न त स्वीकार नै गर्नेछन्। तिनीहरूको लागि त, परमेश्‍वरलाई चिन्‍नु भनेको काल्‍पनिक कथा सुन्‍नु सरह हो। तिनीहरूका विचारहरू धमिलो भएको हुनसक्‍ने भए तापनि, परमेश्‍वरलाई चिन्‍नु भनेको समय र प्रयासको ठूलो बरबादी हो भन्‍ने कुरामा चाहिँ तिनीहरूले वास्तवमै दृढ रूपमा विश्‍वास गर्छन्। पहिलो प्रकारको व्यक्ति अर्थात् थाङ्ग्‍नोमा बेह्रिएको शिशु यही हो।

दोस्रो प्रकार: दूधे बालकको चरण

थाङ्ग्‍नोमा बेह्रिएको शिशुको तुलनामा, यस प्रकारको व्यक्तिले केही प्रगति गरेको हुन्छ। दुःखको कुरा, तिनीहरूसँग परमेश्‍वरको बारेमा अझै पनि कुनै बुझाइ हुँदैन। तिनीहरूमा अझै पनि परमेश्‍वरको बारेमा स्पष्ट बुझाइ र परमेश्‍वरको बारेमा अन्तर्ज्ञानको कमी हुन्छ, र तिनीहरू आफूले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍नेबारेमा अझै स्पष्ट हुँदैनन्, तैपनि हृदयमा भने तिनीहरूको आफ्‍नै उद्देश्य र स्पष्ट विचार हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नु सही हो कि होइन भन्‍नेबारेमा तिनीहरूले चासो लिँदैनन्। परमेश्‍वरमाथिको विश्‍वासमार्फत तिनीहरूले खोजी गर्न चाहेको उद्देश्य र लक्ष्य भनेको उहाँको अनुग्रहको आनन्द लिनु, आनन्द र शान्ति प्राप्त गर्नु, सहज जीवन जिउनु, परमेश्‍वरको वास्ता र सुरक्षाको आनन्द लिनु, अनि परमेश्‍वरको आशिष्‌हरूमा जिउनु हो। तिनीहरूले कुन हदसम्‍म परमेश्‍वरलाई चिन्छन् भन्‍नेबारेमा तिनीहरूलाई कुनै चासो हुँदैन; तिनीहरूमा परमेश्‍वरको बुझाइको खोजी गर्ने कुनै चाहना हुँदैन, न त तिनीहरूलाई परमेश्‍वरले के गर्दैहुनुहुन्छ वा उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुराको नै चासो हुन्छ। तिनीहरूले उहाँको अनुग्रहको आनन्द लिन र उहाँको अझै धेरै आशिष्‌ प्राप्त गर्नको लागि मात्रै अन्धाधुन्ध खोजी गर्छन्; तिनीहरूले वर्तमान युगमा सयौँ गुणा, र आउने युगमा अनन्त जीवन प्राप्त गर्न चाहन्छन्। तिनीहरूका विचारहरू, तिनीहरूले आफैलाई कति धेरै समर्पित गर्छन् भन्‍ने विषय, तिनीहरूको भक्ति, साथै तिनीहरूको कष्ट-भोग सबैको एउटै उद्देश्य हुन्छ: परमेश्‍वरको अनुग्रह र आशिष्‌ प्राप्त गर्नु। तिनीहरूलाई अरू कुनै कुराको चिन्ता हुँदैन। यस प्रकारको व्यक्ति परमेश्‍वरले मानिसहरूलाई सुरक्षित राख्‍नुहुन्छ र उहाँले तिनीहरूमाथि आफ्‍नो अनुग्रह प्रदान गर्नुहुन्छ भन्‍ने कुरामा मात्रै निश्‍चित हुन्छ। के भन्‍न सकिन्छ भने, परमेश्‍वरले मानिसलाई किन मुक्ति दिन चाहनुहुन्छ वा परमेश्‍वरले आफ्‍ना वचनहरू र कामद्वारा प्राप्त गर्न चाहनुहुने परिणामको बारेमा तिनीहरूलाई न कुनै चासो हुन्छ न तिनीहरू यसबारेमा स्पष्ट नै हुन्छन्। तिनीहरूले परमेश्‍वरको सार र धर्मी स्वभावको बारेमा जान्‍ने कुनै प्रयास कहिल्यै गरेका हुँदैनन्, न त तिनीहरूले त्यसो गर्ने चासो नै बटुल्न सक्छन्। तिनीहरूमा यी कुराहरूलाई ध्यान दिने इच्‍छा हुँदैन, न त तिनीहरूले यी कुरा जान्‍ने चाहना नै गर्छन्। तिनीहरूले परमेश्‍वरको कार्यको बारेमा, मानिसको लागि परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू, परमेश्‍वरको इच्‍छा, वा परमेश्‍वरसँग सम्‍बन्धित अन्य कुनै पनि कुराको बारेमा सोध्‍ने इच्‍छा गर्दैनन्, र यी कुराहरूको विषयमा सोध्‍ने इच्‍छा पनि तिनीहरूसँग हुँदैन। किनभने तिनीहरूलाई यी विषयहरू तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गर्नुसँग सम्‍बन्धित छैनन् भन्‍ने लाग्छ, र तिनीहरूकै रुचिहरूसँग सम्‍बन्धित भई अस्तित्वमा रहने, र मानिसलाई अनुग्रह दिनसक्‍ने परमेश्‍वरप्रति मात्रै तिनीहरूलाई चासो हुन्छ। अन्य कुनै पनि कुराको बारेमा तिनीहरूसँग कुनै चासो हुँदैन, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। तिनीहरूलाई निरन्तर पानी दिने वा खाना खुवाउने नहुँदा, तिनीहरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्ने मार्गमा निरन्तर हिँड्न कठिन हुन्छ। यदि तिनीहरूले पहिलेको आनन्द र शान्ति वा परमेश्‍वरको अनुग्रहमा आनन्द लिन सक्दैनन् भने, तिनीहरूले छाडेर जाने निकै सम्‍भावना हुन्छ। यो दोस्रो प्रकारको अर्थात् दूधे बालकको चरणमा रहने व्यक्ति हो।

तेस्रो प्रकार: दूध छुट्दै गरेको बालकको चरण, वा सानो बालकको चरण

मानिसहरूको यस समूहसँग निश्‍चित मात्रामा स्पष्ट चेतना हुन्छ। परमेश्‍वरको अनुग्रह प्राप्त गर्नु भनेको तिनीहरूमा साँचो अनुभव छ भन्‍ने हुँदैन भन्‍नेबारेमा तिनीहरूलाई थाहा हुन्छ, र तिनीहरू शान्ति र आनन्दको खोजी, अनुग्रहको खोजी गर्ने कार्यमा कहिल्यै नथाके पनि, वा तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गरेको अनुभव व्यक्त गरेर वा तिनीहरूलाई परमेश्‍वरले दिनुभएको आशिष्‌हरूको लागि परमेश्‍वरको प्रशंसा गरेर साक्षी दिन सके पनि, यी कुराहरूको अर्थ तिनीहरूसँग जीवन छ भन्‍ने हुँदैन, न त तिनीहरूसँग सत्यताको वास्तविकता छ भन्‍ने नै तिनको अर्थ हुन्छ भन्‍नेबारेमा तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूको चेतनाबाट सुरु गर्दै, तिनीहरूले तिनीहरूको साथमा परमेश्‍वरको अनुग्रह मात्र हुनेछ भन्‍ने ठूला आशाहरू गर्न छोड्छन्; बरु, परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरको लागि केही गर्ने चाहना गर्छन्। तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न, कठिनाइ र थकाइ सहन, परमेश्‍वरसँगको केही हदसम्‍मको सहकार्यमा सहभागी हुन इच्‍छुक हुन्छन्। तैपनि, परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको खोजीमा अन्य आशयहरू अत्यन्तै धेरै रूपमा मिश्रित हुने भएकोले, तिनीहरूको व्यक्तिगत अभिप्राय र तिनीहरूमा भएको इच्‍छा अत्यन्तै कठोर हुने भएकोले, तिनीहरूको स्वभाव अत्यन्तै अहङ्कारी हुने भएकोले, तिनीहरूलाई परमेश्‍वरको इच्‍छा पूरा गर्न वा परमेश्‍वरप्रति निष्ठावान हुन निकै कठिन हुन्छ। त्यसकारण, तिनीहरूले बारम्‍बार तिनीहरूको व्यक्तिगत कामनाहरूलाई पूरा गर्न वा परमेश्‍वरलाई तिनीहरूले गर्ने प्रतिज्ञाहरू पूरा गर्न सक्दैनन्। तिनीहरू प्रायजसो विरोधाभासपूर्ण अवस्थामा हुन्छन्: तिनीहरूले सम्‍भव भएको सबैभन्दा धेरै हदसम्‍म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छन्, तैपनि तिनीहरूले उहाँको विरोध गर्न आफ्‍नो सारा शक्तिको प्रयोग गर्छन्, अनि तिनीहरूले प्रायजसो परमेश्‍वरसँग शपथ खान्छन्, तर तुरुन्तै आफ्‍नो शपथ तोड्छन्। त्योभन्दा पनि बढी तिनीहरू अन्य विरोधाभासपूर्ण अवस्थाहरूमा हुन्छन्: तिनीहरूले इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूले उहाँलाई र उहाँबाट आउने सबै कुरालाई इन्कार गर्छन्; परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ, तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, तिनीहरूको निम्ति आपूर्ति जुटाइदिनुहुनेछ र तिनीहरूलाई सहयोग गर्नुहुनेछ भन्‍ने उत्कट आशा तिनीहरू गर्छन्, तैपनि तिनीहरूले आफ्‍नै मार्गको खोजी गर्छन्। तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने र चिन्‍ने चाहना गर्छन्, तैपनि तिनीहरू उहाँको नजिक हुन इच्‍छुक हुँदैनन्। बरु, तिनीहरू सधैँ परमेश्‍वरबाट टाढा हुन्छन्, र तिनीहरूका हृदय परमेश्‍वरको निम्ति बन्द हुन्छन्। तिनीहरूसँग परमेश्‍वरका वचनहरू र सत्यताको शाब्दिक अर्थको बारेमा सतही बुझाइ र अनुभव, अनि परमेश्‍वर र सत्यताको बारेमा सतही अवधारणा भए पनि, अर्धचेतन रूपमा परमेश्‍वर सत्यता हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने बारेमा तिनीहरूले पुष्टि वा निर्धारण गर्न सक्दैनन्, न त परमेश्‍वर साँच्‍चै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई नै पुष्टि गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको स्वभाव र सारको यथार्थतालाई पनि निर्धारित गर्न सक्दैनन्, उहाँको साँचो अस्तित्वलाई निर्धारण गर्न सक्ने कुरा त परै जाओस्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सधैँ शङ्‍का र गलत बुझाइहरू हुन्छन्, र यसमा कल्‍पना र धारणाहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिने क्रममा, तिनीहरूले आफ्‍नो विश्‍वासलाई सम्‍पन्‍न तुल्याउन, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको अनुभवलाई वृद्धि गर्न, परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको बुझाइलाई प्रमाणित गर्न, र तिनीहरू स्वयम्‌ले स्थापित गरेको जीवन मार्गमा हिँडेर अनि मानवजातिको लागि धर्मी कार्य पूरा गरेर तिनीहरूको आफ्‍नै अभिमानलाई सन्तुष्ट गर्न तिनीहरूले सम्‍भव ठानेका केही सत्यतालाई तिनीहरूले जबरजस्ती अनुभव वा अभ्यास गर्छन्। यसको साथै, तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा पूरा गर्नको लागि पनि यी कुराहरू गर्छन्, जुन मानवजातिको लागि अझै ठूला आशिष्‌हरू प्राप्त गर्ने आशामा तिनीहरूले लगाउने बाजीको हिस्सा हो, र तिनीहरूले परमेश्‍वरलाई प्राप्त नगरेसम्‍म विश्राम नगर्ने तिनीहरूको महत्त्वाकांक्षी आकाङ्क्षा र जीवनपर्यन्त इच्‍छालाई पूरा गर्नको लागि पनि यी कुराहरू गर्छन्। यी मानिसहरूले विरलै परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, किनभने आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा र तिनीहरूको अभिप्राय नै तिनीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तिनीहरूसँग यसलाई त्याग्‍ने कुनै इच्‍छा हुँदैन, र वास्तवमा तिनीहरूले त्यसो गर्न सक्दै सक्दैनन्। आशिष्‌हरू प्राप्त गर्ने इच्‍छाविना, तिनीहरूले परमेश्‍वरलाई प्राप्त नगरुञ्‍जेलसम्‍म विश्राम नगर्ने धेरै पहिलेदेखि तिनीहरूले बहुमूल्य ठानेको महत्वाकांक्षाविना, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने उत्प्रेरणा गुमाउनेछन् भन्‍ने डर तिनीहरूलाई हुन्छ। त्यसकारण, तिनीहरूले वास्तविकतालाई सामना गर्न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको कार्यलाई सामना गर्न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरको स्वभाव वा सारलाई सामना गर्न चाहँदैनन्, परमेश्‍वरलाई चिन्‍ने विषयको बारेमा बताउनु त परै जाओस्। किनभने परमेश्‍वर, उहाँको सार, र उहाँको धर्मी स्वभावले तिनीहरूको कल्‍पनालाई प्रतिस्थापन गरेपछि, तिनीहरूका सपनाहरू धुवाँ बनेर उड्नेछ, र तिनीहरूको तथाकथित शुद्ध विश्‍वास र वर्षौंको कठिन परिश्रमद्वारा तिनीहरूले बटुलेका “पुण्यहरू” हराएर जानेछन् र व्यर्थ हुनेछन्। त्यसै गरी, तिनीहरूले आफ्‍नो पसिना र रगतले वर्षौंको अवधिमा जितेको “अधिकार-क्षेत्र” ढल्‍नेछ। यो सबैले तिनीहरूको वर्षौंको कठिन परिश्रम र प्रयास बेकाम भएको, र तिनीहरूले फेरि शून्यताबाट सुरु गर्नुपर्ने तथ्यलाई इङ्गित गर्नेछ। यो तिनीहरूले आफ्‍नो हृदयमा सहनुपर्ने सबैभन्दा कठिन पीडा हो, र यो तिनीहरूले हेर्न नचाहने परिणाम हो, यही कारणले गर्दा तिनीहरू पछि फर्कन इन्कार गर्दै यस प्रकारको गतिरोधको स्थितिमा रहेका हुन्छन्। यो तेस्रो प्रकारको व्यक्ति हो: दूध छुट्ने बालकको चरणमा अस्तित्वमा रहने व्यक्ति।

माथि व्याख्या गरिएका तीन प्रकारका मानिसहरूमा—अर्थात्, यी तीन चरणमा अस्तित्वमा रहने मानिसहरूमा—परमेश्‍वरको पहिचान र हैसियत, वा उहाँको धर्मी स्वभावप्रति कुनै साँचो विश्‍वास हुँदैन, न त तिनीहरूसँग यी कुराको बारेमा कुनै स्पष्ट, सटीक पहिचान वा निश्‍चयता नै हुन्छ। त्यसकारण, यी तीन प्रकारका मानिसहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न निकै कठिन हुन्छ, र तिनीहरूले परमेश्‍वरको कृपा, अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्न पनि कठिन हुन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका र परमेश्‍वरप्रतिको तिनीहरूको गलत मनोवृत्तिले गर्दा उहाँले तिनीहरूको हृदयमा काम गर्न असम्‍भव हुन्छ। परमेश्‍वरप्रतिको तिनीहरूका शङ्‍का, भ्रम र कल्‍पनाहरू परमेश्‍वरसम्‍बन्धी तिनीहरूका विश्‍वास र ज्ञानभन्दा बढी हुन्छन्। यी तीन प्रकारका मानिसहरू अत्यन्तै जोखिममा हुन्छन्, र यी अत्यन्तै खतरनाक तीन चरणहरू हुन्। जब व्यक्तिले परमेश्‍वर, परमेश्‍वरको सार, परमेश्‍वरको पहिचान, परमेश्‍वर सत्यता हुनुहुन्छ कि हुनुहुन्‍न र उहाँको अस्तित्वको वास्तविकताप्रति शङ्काको मनोवृत्ति राख्छ, र जब व्यक्ति यी कुराहरूप्रति निश्‍चित हुन सक्दैन, तब व्यक्तिले कसरी परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्न सक्छ? परमेश्‍वर सत्यता, बाटो, र जीवन हुनुहुन्छ भन्‍ने तथ्यलाई व्यक्तिले कसरी स्वीकार गर्न सक्छ? व्यक्तिले कसरी परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्न सक्छ? व्यक्तिले कसरी परमेश्‍वरको मुक्ति स्वीकार गर्न सक्छ? यस प्रकारको व्यक्तिले कसरी परमेश्‍वरको साँचो अगुवाइ र बन्दोबस्‍तलाई प्राप्त गर्न सक्छ? यी तीन चरणमा हुनेहरूले परमेश्‍वरलाई कुनै पनि समयमा विरोध गर्न, परमेश्‍वरलाई दोषी ठहर्‍याउन, परमेश्‍वरको निन्दा गर्न वा परमेश्‍वरलाई धोका दिन सक्छन्। तिनीहरूले कुनै पनि समयमा साँचो मार्गलाई इन्कार गर्न र परमेश्‍वरलाई त्याग्‍न सक्छन्। के भन्‍न सकिन्छ भने, यी तीन चरणमा हुने मानिसहरू नाजुक अवधिमा जिउँछन्, किनभने तिनीहरू परमेश्‍वरलाई विश्‍वास गर्ने सही मार्गमा प्रवेश गरेका हुँदैनन्।

चौथो प्रकार: परिपक्‍व हुँदै गरेको बच्‍चा, वा बाल्यकालको चरण

व्यक्तिले दूध छोडेपछि—अर्थात्, तिनीहरूले पर्याप्त अनुग्रहको आनन्द लिइसकेपछि—तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो सो बारेमा खोजी गर्न थाल्छन्, फरक-फरक प्रश्‍नहरू बुझ्‍ने चाहना गर्न थाल्छन्, जस्तै मानिस किन जिउनुपर्छ, मानिस कसरी जिउनुपर्छ, र परमेश्‍वरले मानिसमा किन आफ्‍नो काम गर्नुहुन्छ। जब तिनीहरूभित्र यी अस्पष्ट विचारहरू र अन्योल विचार शैलीहरू उत्पन्‍न हुन्छन् र तिनीहरूभित्र अस्तित्वमा रहन्छन्, तब तिनीहरू निरन्तर रूपमा सिञ्चित हुन्छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पनि पूरा गर्न सक्छन्। यस अवधिमा, तिनीहरूसँग परमेश्‍वरको अस्तित्वको सत्यताको बारेमा अब फेरि कुनै शङ्का हुँदैन, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो तिनीहरूसँग सटीक बुझाइ हुन्छ। यस जगमा तिनीहरूले परमेश्‍वरको बारेमा क्रमिक रूपमा ज्ञान प्राप्त गर्छन्, र तिनीहरूले परमेश्‍वरको स्वभाव र सारसम्बन्धी तिनीहरूका अस्पष्ट विचार र अन्योल विचार-शैलीका उत्तरहरू क्रमिक रूपमा प्राप्त गर्छन्। तिनीहरूको स्वभाव परिवर्तन साथै परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञानको हकमा भन्दा, यस चरणका मानिसहरूले सही मार्गमा हिँड्न सुरु गर्छन्, र तिनीहरू अवस्था-परिवर्तनको अवधिमा प्रवेश गर्छन्। यस चरणभित्र रहँदा नै मानिसहरूले जीवन प्राप्त गर्न थाल्छन्। आफ्नो स्वामित्वमा जीवन छ भन्‍ने स्पष्ट सङ्केतहरू नै परमेश्‍वरलाई जान्‍ने सम्‍बन्धी मानिसहरूको हृदयमा रहेका विभिन्‍न प्रश्‍नहरू क्रमिक रूपमा समाधान हुनु हो—जस्तै, परमेश्‍वरसम्‍बन्धी गलत बुझाइ, कल्‍पना, धारणा, र अस्पष्ट परिभाषाहरू—अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको वास्तविकतालाई साँचो रूपमा विश्‍वास र पहिचान मात्रै गर्दैनन्, तिनीहरूसँग त परमेश्‍वरको बारेमा सटीक परिभाषा र तिनीहरूको हृदयमा सही स्थान पनि हुन्छ, अनि साँचो रूपमा परमेश्‍वरलाई पछ्याउने कार्यद्वारा तिनीहरूको अस्पष्ट विश्‍वास प्रतिस्थापित हुन्छ। यस चरणको अवधिमा, मानिसहरूले बिस्तारै परमेश्‍वरसम्‍बन्धी तिनीहरूका भ्रमहरूलाई र तिनीहरूका गलत खोजी र विश्‍वासका तौरतरिकाहरूलाई क्रमिक रूपमा जान्‍न थाल्छन्। तिनीहरूले सत्यताको चाहना गर्न, परमेश्‍वरको न्याय, सजाय र अनुशासनको अनुभव गर्ने चाहना गर्न, र तिनीहरूको स्वभाव परिवर्तन गर्ने चाहना गर्न थाल्छन्। तिनीहरूले यस चरणमा परमेश्‍वरसम्बन्धी सबै किसिमका धारणा र कल्‍पनाहरूलाई क्रमिक रूपमा छोड्न थाल्छन्, यसको साथै तिनीहरूले परमेश्‍वरसम्‍बन्धी आफ्ना गलत ज्ञानलाई परिवर्तन र सुधार गर्छन् र परमेश्‍वरको बारेमा केही सही आधारभूत ज्ञान प्राप्त गर्छन्। यस चरणका मानिसहरूमा हुने ज्ञानको केही भाग त्यति विशिष्ट वा सही नहुने भए पनि, कम्तीमा पनि तिनीहरूले परमेश्‍वरसम्‍बन्धी तिनीहरूका धारणा, गलत ज्ञान, र गलत बुझाइहरूलाई क्रमिक रूपमा त्याग्‍न थाल्छन्; तिनीहरूले परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै धारणा र कल्‍पनाहरूलाई अब फेरि कायम राख्दैनन्। तिनीहरूले कसरी त्याग्‍ने, अर्थात्, तिनीहरूका आफ्‍नै धारणाभित्र पाइने कुराहरू, तिनीहरूका ज्ञानबाट आएका कुराहरू, र शैतानबाट आएका कुराहरूलाई कसरी त्याग्‍ने सो सिक्‍न थाल्छन्; तिनीहरू सही र सकारात्मक कुराहरू, परमेश्‍वरका वचनहरूबाट आउने र सत्यता अनुरूपका कुराहरूमा समेत समर्पित हुने इच्‍छा गर्न थाल्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको अनुभव गर्न, उहाँका वचनहरूलाई व्यक्तिगत रूपमा नै जान्‍न र पालना गर्न, उहाँका वचनहरूलाई आफ्ना कार्यहरूको सिद्धान्त र आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यको आधारको रूपमा स्वीकार गर्न थाल्छन्। यस अवधिमा, मानिसहरूले अचेत रूपमा परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छन्, र अचेत रूपमा नै परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, र वचनहरूलाई स्वीकार गर्दा, तिनीहरू झन्-झन् बढी सचेत हुँदै जान्छन् र तिनीहरूले आफ्‍नो हृदयमा विश्‍वास गर्ने परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा अनुभूति गर्न सक्छन्। परमेश्‍वरका वचनहरूमा, आफ्ना अनुभवहरू र जीवनमा, झन्-झन् बढी रूपमा तिनीहरूले मानिसको नियतिमाथि परमेश्‍वरकै नियन्त्रण भएको र उहाँले सधैँ मानिसलाई अगुवाइ गर्नुभएको र मानिसलाई भरणपोषण गर्नुभएको महसुस गर्छन्। परमेश्‍वरसँगको तिनीहरूको सङ्गतद्वारा, तिनीहरूले क्रमिक रूपमा परमेश्‍वरको अस्तित्वलाई पुष्टि गर्छन्। त्यसकारण, तिनीहरूले महसुस गर्नुभन्दा पहिले नै, तिनीहरूले अर्धचेतन रूपमा परमेश्‍वरको कार्यलाई स्वीकार गरिसकेका हुन्छन् र त्यसमा दृढ विश्‍वास गर्न थालिसकेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गरिसकेका हुन्छन्। मानिसहरूले परमेश्‍वरका वचनहरू र कार्यलाई स्वीकार गरिसकेपछि, तिनीहरूले निरन्तर रूपमा आफैलाई इन्कार गर्छन्, आफ्‍ना धारणाहरूलाई इन्कार गर्छन्, आफ्‍नो ज्ञानलाई इन्कार गर्छन्, आफ्‍नो कल्‍पनालाई इन्कार गर्छन्, र त्यति नै बेला तिनीहरूले निरन्तर रूपमा सत्यता के हो र परमेश्‍वरको इच्‍छा के हो भन्‍नेबारेमा खोजी गर्छन्। विकासको यो अवधिमा परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान निकै सतही हुन्छ—तिनीहरूले यो ज्ञानलाई शब्‍दहरूमा स्पष्ट रूपमा व्यक्त गर्न समेत सक्दैनन्, न त तिनीहरूले यसलाई निश्‍चित विवरणहरूमा नै व्यक्त गर्न सक्छन्—र तिनीहरूसँग दृष्टिकोणमा आधारित बुझाइ मात्रै हुन्छ; तैपनि, अघिल्‍ला तीन चरणसँग तुलना गर्दा, यस अवधिका मानिसहरूका अपरिपक्‍व जीवनले पहिले नै परमेश्‍वरका वचनहरूको सिञ्चन र आपूर्ति प्राप्त गरिसकेका हुन्छन्, र पालुवा निकाल्‍न थालिसकेका हुन्छन्। तिनीहरूको जीवन जमिनमा गाडिएको बीउजस्तै हो; ओस र पोषण प्राप्त गरेपछि, यो माटोबाट बाहिर निस्किन्छ, र यसको मुनाले नयाँ जीवनको नयाँ जन्‍मलाई प्रतिनिधित्व गर्छ। यो जन्‍मले व्यक्तिलाई जीवनका चिन्‍हहरूको झलक देखाउँछ। जब मानिसहरूमा जीवन हुन्छ, तिनीहरू वृद्धि हुन्छन्। त्यसकारण, यी जगहरूमा—परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा क्रमिक रूपमा अघि बढ्दै, आफ्‍ना धारणाहरूलाई त्याग्दै, परमेश्‍वरको अगुवाइ प्राप्त गर्दै—मानिसहरूको जीवन अलि-अलि गर्दै अपरिहार्य रूपमा वृद्धि हुँदै जान्छन्। यो वृद्धिलाई कुन आधारमा मापन गरिन्छ त? यसलाई परमेश्‍वरका वचनहरूसम्‍बन्धी व्यक्तिको अनुभव र परमेश्‍वरको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको साँचो बुझाइअनुसार मापन गरिन्छ। वृद्धिको यो अवधिमा तिनीहरूले आफ्‍नै शब्‍दहरूको प्रयोग गरेर परमेश्‍वर र उहाँको सारसम्‍बन्धी आफ्नो ज्ञानको बारेमा सटीक रूपमा व्याख्या गर्न कठिन हुने भए पनि, यस समूहका मानिसहरू अबउप्रान्त परमेश्‍वरको अनुग्रहको आनन्दमार्फत सुख-चैनको खोजी गर्न, वा उहाँको अनुग्रह प्राप्त गर्ने तिनीहरूको आफ्‍नै उद्देश्यको पछि लाग्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न व्यक्तिपरक रूपमा इच्‍छुक हुँदैनन्। बरु, तिनीहरू परमेश्‍वरको वचनद्वारा जिइने जीवनको पछि लाग्‍न र परमेश्‍वरको मुक्तिको लक्षित व्यक्तिहरू बन्‍न इच्‍छुक हुन्छन्। यसको साथै, तिनीहरू परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नमा आत्मविश्‍वासी र तत्पर बन्छन्। वृद्धिको चरणमा रहेको व्यक्तिको चिन्‍ह यही हो।

यस चरणका मानिसहरूमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा केही ज्ञान हुने भए पनि, यो ज्ञान अत्यन्तै धमिलो र अस्पष्ट हुन्छ। तिनीहरूले यी कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तिनीहरूले आफूले पहिले नै आन्तरिक रूपमा कुनै कुरा प्राप्त गरिसकेको अनुभूति गर्छन्, किनभने तिनीहरूले परमेश्‍वरको सजाय र न्यायमार्फत परमेश्‍वरको धर्मी स्वभावको ज्ञान र बुझाइ केही हदसम्‍म प्राप्त गरिसकेका हुन्छन्। तैपनि, यो सतही हुन्छ, र यो अझै पनि प्रारम्भिक चरणमा नै हुन्छ। मानिसहरूको यो समूहसँग परमेश्‍वरको अनुग्रहलाई हेर्ने निश्‍चित दृष्टिकोण हुन्छ, जुन तिनीहरूले खोजी गर्ने उद्देश्यहरू र तिनलाई पछ्याउने तिनीहरूको तरिकामा आउने परिवर्तनहरूमा व्यक्त हुन्छन्। तिनीहरूले पहिले नै परमेश्‍वरका वचनहरू र कार्यमा, मानिसका लागि उहाँले तय गर्नुभएका सबै प्रकारका मापदण्डहरूमा र मानिसलाई दिइएका उहाँका प्रकाशहरूमा के देखिसकेका छन् भने यदि तिनीहरूले अझै पनि सत्यतालाई पछ्याउँदैनन् भने, यदि तिनीहरू अझै पनि वास्तविकतामा प्रवेश गर्ने प्रयास गर्दैनन् भने, यदि तिनीहरूले उहाँका वचनहरू अनुभव गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँलाई चिन्‍ने प्रयास गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थलाई गुमाउनेछन्। तिनीहरूले देख्छन् कि तिनीहरूले परमेश्‍वरको अनुग्रह जति नै प्राप्त गरे पनि, तिनीहरूले आफ्‍नो स्वभाव परिवर्तन गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न वा परमेश्‍वरलाई चिन्‍न सक्दैनन्, र यदि मानिसहरू निरन्तर परमेश्‍वरको अनुग्रहमा जिउँछन् भने, तिनीहरूले कहिल्यै पनि वृद्धि हासिल गर्नेछैनन्, जीवन प्राप्त गर्नेछैनन् वा मुक्ति प्राप्त गर्न सक्‍नेछैनन्। सारांशमा, यदि व्यक्तिले साँचो रूपमा परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न सक्दैन र उहाँका वचनहरूद्वारा उहाँलाई चिन्‍न सक्दैन भने, तिनीहरू अनन्तसम्‍मै बालकको चरणमा रहन्छन् र तिनीहरूले आफ्नो जीवनको वृद्धिमा कहिल्यै पनि एक कदम पाइला चाल्दैनन्। यदि तँ सदासर्वदा नै बालकको चरणमा अस्तित्वमा रहन्छस् भने, तँ कहिल्यै पनि परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्दैनस् भने, यदि तँमा तेरो जीवनको रूपमा परमेश्‍वरको वचन कहिल्यै हुँदैन भने, यदि तँमा परमेश्‍वरप्रतिको साँचो विश्‍वास र ज्ञान कहिल्यै हुँदैन भने, के परमेश्‍वरले तँलाई पूर्ण बनाउनुहुने कुनै सम्‍भावना हुन्छ? त्यसकारण, परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्ने जोकोही, परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा स्वीकार गर्ने जोकोही, परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्न थाल्‍ने जोकोही, आफ्‍नो भ्रष्ट स्वभावलाई परिवर्तन गर्न थाल्‍ने जोकोही, र जसको हृदयले सत्यताको चाहना गर्छ, जोसँग परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने चाहना हुन्छ त्यस्तो जोकोही, यिनीहरू साँचो रूपमा जीवन प्राप्त गरेका मानिसहरू हुन्। यो साँच्‍चै चौथो प्रकारको व्यक्ति हो, परिपक्‍व हुँदै गरेको, बाल्यकालको चरणमा रहेको व्यक्ति हो।

पाँचौँ प्रकार: जीवनको परिपक्‍वताको चरण, वा वयस्क अवस्था

बाल्यकालको चरण, अर्थात् दोहोरिरहने उतारचढावयुक्त वृद्धिको चरणलाई अनुभव गरिसकेपछि र यसबाट बामे सरिसकेपछि, मानिसहरूको जीवन स्थिर बन्छ, तिनीहरूको अगाडि बढ्ने गति अबउप्रान्त रोकिँदैन, र तिनीहरूलाई कसैले पनि बाधा दिन सक्दैन। अगाडिको मार्ग अझै कठिन र ढुङ्गेनी भए पनि, तिनीहरू अबउप्रान्त कमजोर वा भयभीत हुँदैनन्, र तिनीहरूले अबउप्रान्त अगाडि लडखडाउने वा आफ्‍नो सन्तुलन गुमाउने गर्दैनन्। तिनीहरूका जग परमेश्‍वरको वचनको वास्तविक अनुभवमा गाडिएको हुन्छ, र तिनीहरूको हृदय परमेश्‍वरको गरिमा र महान्‌ताले तानेको हुन्छ। तिनीहरूले परमेश्‍वरका पाइलाहरूलाई पछ्याउने, परमेश्‍वरको सारलाई जान्‍ने, परमेश्‍वरको बारेमा सबै कुरा जान्‍ने चाहना गर्छन्।

यस चरणका मानिसहरूलाई तिनीहरूले कसमा विश्‍वास गर्छन् सो स्पष्ट रूपमा पहिले नै थाहा हुन्छ, र तिनीहरूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ र तिनीहरूको आफ्‍नै जीवनको अर्थ के हो तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुन्छ, अनि परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा सत्यता हुन् भन्‍ने तिनीहरूलाई स्पष्टै थाहा हुन्छ। धेरै वर्षको अनुभवमा, तिनीहरूले के महसुस गरेका हुन्छन् भने, परमेश्‍वरको न्याय र सजायविना, व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट पार्न वा चिन्‍न कहिल्यै सक्‍नेछैन र ऊ परमेश्‍वरको अघि साँचो रूपमा कहिल्यै आउन सक्नेछैन। यी मानिसहरूको हृदयमा, परीक्षा गरिँदा परमेश्‍वरको धर्मी स्वभावलाई देख्‍न सकौं भनी परमेश्‍वरद्वारा परीक्षित हुने, र अझै शुद्ध प्रेम प्राप्त गर्ने, साथै परमेश्‍वरलाई अझै साँचो रूपमा बुझ्‍न र चिन्‍न सक्‍ने ठूलो इच्‍छा हुन्छ। यस चरणका मानिसहरूले बालकको चरणलाई र परमेश्‍वरको अनुग्रहको आनन्द लिने र आफ्नो पेटभरि रोटी खाने चरणलाई पहिले नै पूर्ण रूपमा बिदा गरिसकेका हुन्छन्। तिनीहरूले आफूलाई परमेश्‍वरको सहनशीलता र कृपा मिलोस् भन्‍ने हेतुले अबउप्रान्त कुनै लालची आशा गर्दैनन्; बरु, आफ्‍नो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि, तिनीहरूसँग परमेश्‍वरको अटुट सजाय र न्याय प्राप्त गर्ने र त्यस्तो आशा गर्ने आत्मविश्‍वास हुन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान र तिनीहरूको खोजी, वा तिनीहरूको खोजीका अन्तिम उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण, वयस्क चरणका मानिसहरूले अस्पष्ट विश्‍वासको चरण, मुक्तिको लागि तिनीहरू अनुग्रहमा भरोसा गर्ने चरण, परीक्षाहरूमा खडा हुन नसक्‍ने अपरिपक्‍व जीवनको चरण, अस्पष्टताको चरण, लडखडाउने चरण, बारम्बार हिँड्ने मार्ग नहुने चरण, अचानक तातो र चीसो हुने अस्थिर अवधि, र व्यक्तिले परमेश्‍वरलाई आँखा बन्द गरेर पछ्याउने चरणलाई पूर्ण रूपमा बिदा गरिसकेका हुन्छन्। यस प्रकारका मानिसहरूले बारम्‍बार परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्, र परमेश्‍वरसँग बारम्‍बार साँचो सहकार्य र संचारमा संलग्‍न हुन्छन्। के भन्‍न सकिन्छ भने, यस चरणमा जिउने मानिसहरूले परमेश्‍वरको इच्‍छाको केही भाग पहिले नै बुझिसकेका हुन्छन्, तिनीहरूले आफूले गर्ने सबै कुरामा सत्यताका सिद्धान्तहरूलाई पत्ता लगाउन सक्छन्, र तिनीहरूलाई परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट पार्ने हो सो कुरा थाहा हुन्छ। यसको साथै, तिनीहरूले परमेश्‍वरलाई चिन्‍ने मार्गलाई पनि भेट्टाएका हुन्छन् र परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञानको गवाही दिन थालेका हुन्छन्। क्रमिक वृद्धिको क्रममा, तिनीहरूले परमेश्‍वरको इच्‍छाको क्रमिक बुझाइ र ज्ञान प्राप्त गर्छन्: मानवजातिलाई सृष्टि गर्ने कार्यमा परमेश्‍वरको इच्‍छा, र मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा परमेश्‍वरको इच्‍छाको बारेमा बुझाइ र ज्ञान प्राप्त गर्छन्। तिनीहरूले सारको हिसाबमा परमेश्‍वरको धर्मी स्वभावको बुझाइ र ज्ञान पनि क्रमिक रूपमा प्राप्त गर्छन्। यस ज्ञानलाई कुनै पनि मानवीय धारणा वा कल्‍पनाले प्रतिस्थापन गर्न सक्दैन। पाँचौँ चरणमा व्यक्तिको जीवन पूर्ण रूपमा परिपक्‍व हुन्छ वा यो व्यक्ति धर्मी वा पूर्ण हुन्छ भनेर भन्‍न नसकिने भए तापनि, यस प्रकारको व्यक्तिले जीवनको परिपक्‍वताको चरणतर्फ पहिले नै कदम चालिसकेको हुन्छ र ऊ पहिले नै परमेश्‍वरको सामुन्ने आउन सक्‍ने, परमेश्‍वरको वचन र परमेश्‍वरसँग आमने-सामने खडा हुन सक्‍ने भइसकेको हुन्छ। यस प्रकारको व्यक्तिले परमेश्‍वरको धेरै वचन अनुभव गरेको, अनगन्ती परीक्षाहरूको अनुभव गरेको र परमेश्‍वरको अनगन्ती अनुशासन, न्याय र सजाय अनुभव गरेको हुनाले, परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणता सापेक्षित होइन निरपेक्षित हुन्छ। परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान अर्धचेतनबाट स्पष्ट र सटीक ज्ञानमा, सतहीबाट गहनमा, अस्पष्ट र धमिलोबाट स्पष्ट र ठोसमा रूपान्तरित भएको हुन्छ। तिनीहरू कठिन लडखडाइ र निष्क्रिय खोजीबाट सहज ज्ञान र सक्रिय गवाहीको अवस्थामा पुगेका हुन्छन्। के भन्‍न सकिन्छ भने, यस चरणका मानिसहरूमा परमेश्‍वरको वचनको सत्यताको वास्तविकता हुन्छ, तिनीहरूले पत्रुसले हिँडेको मार्गजस्तो सिद्धताको मार्गमा पाइला टेकेका हुन्छन्। यो पाँचौँ प्रकारको व्यक्ति हो, जो परिपक्‍वताको चरण अर्थात वयस्क चरणमा जिउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

अघिल्लो: परमेश्‍वरलाई चिन्‍नु (२)

अर्को: परमेश्‍वरलाई चिन्‍नु (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्