परमेश्‍वरलाई चिन्‍नु (१)

परमेश्‍वरका दैनिक वचनहरू अंश १

तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्‍वरलाई कसरी विश्‍वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ, ताकि परमेश्‍वरलाई पछ्‍याउने प्रक्रियामा तिमीहरूले परमेश्‍वरलाई साँच्‍चिकै बुझेका, साँच्‍चिकै बोध गरेका, र साँच्‍चिकै चिनेका छौ कि छैनौ देख्‍न सक, परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूप्रति कस्तो किसिमको मनोवृत्ति राख्‍नुहुन्छ तिमीहरूलाई साँच्‍चिकै थाहा छ कि छैन र परमेश्‍वरले तिमीहरूमा गरिरहनुभएको काम र परमेश्‍वरले तिमीहरूको प्रत्येक कार्यलाई कसरी परिभाषित गर्नुहुन्छ तिमीहरूले साँच्‍चिकै बुझेका छौ कि छैनौ देख्न सक। तेरो प्रगतिलाई मार्गदर्शन दिनुहँदै, तेरो नियति निर्धारण गर्नुहुँदै, र तेरा आवश्यकताहरू परिपूर्ति गर्नुहुँदै तेरो छेवैमा रहनुहुने परमेश्‍वरलाई—सबै कुरालाई समग्रमा विचार गर्दा, तैँले यस्ता परमेश्‍वरलाई कत्तिको बुझेको छस? तैँले यस्ता परमेश्‍वरलाई साँच्चिकै कत्तिको चिनेको छस्? उहाँले हरेक दिन तँमा के काम गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले आफ्ना हरेक कार्य कुन-कुन सिद्धान्त र उद्देश्यहरूको आधारमा गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँलाई कसरी मार्गर्देशन गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले कुन माध्यमबाट तँलाई भरण-पोषण गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँलाई कुन तरिकाहरूबाट अगुवाइ गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँबाट के कुरा प्राप्‍त गर्न चाहनुहुन्छ र उहाँले तँमा के कुरा हासिल गर्न चाहनुहुन्छ, के तँलाई थाहा छ? तैँले व्यवहार गर्ने विभिन्‍न शैलीहरूप्रति उहाँले कस्तो मनोवृत्ति राख्‍नुहुन्छ, के तँलाई थाहा छ? तँ उहाँको प्रिय व्यक्ति हो कि होइन, के तँलाई थाहा छ? उहाँको आनन्द, रिस, दुःख र खुशीको उत्पत्ति, यी सबैपछिका उहाँका सोच र विचारहरू, र उहाँको सारको बारेमा के तँलाई थाहा छ? तँले विश्‍वास गरेको परमेश्‍वर, अन्ततः कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ, के तँलाई थाहा छ? के तैँले यी र अन्य प्रश्‍नहरूलाई कहिल्यै बुझेको थिइनस् वा तीबारेमा कहिल्यै विचार गरेको थिइनस्? परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई पछ्याउँदा, के तैँले परमेश्‍वरका वचनहरूको साँचो सराहना र अनुभवमार्फत, के तैँले उहाँको बारेमा तँसँग भएका तेरा गलत बुझाइहरूलाई हटाएको छस्? परमेश्‍वरको अनुशासन कार्यवाही र ताडना पाएपछि के तैँले साँचो आज्ञापालन र वास्ता गर्न सुरु गरेको छस्? परमेश्‍वरको सजाय र न्यायको बीचमा के तैँले मानिसको विद्रोह र शैतानी प्रकृतिको बारेमा थाहा पाएको छस, अनि परमेश्‍वरको पवित्रताको विषयमा अलिकति बुझाइ प्राप्‍त गरेको छस्? परमेश्‍वरका वचनहरूको मार्गदर्शन र अन्तर्दृष्टिमा के तैँले जीवनसम्बन्धी नयाँ दृष्‍टिकोण राख्न सुरु गरेको छस्? के तैँले परमेश्‍वरले दिनुभएका जाँचहरूको दौरान मानिसका अपराधप्रति परमेश्‍वरको असहिष्‍णुता, साथै तैँले पूरा गर्नको लागि उहाँले आवश्यक गर्नुभएका कुराहरू र तँलाई उहाँले कसरी बचाउनुहुन्छ भन्ने कुराको बारेमा महसुस गरेको छस्? यदि तँलाई परमेश्‍वरलाई गलत बुझ्‍नु भनेको के हो थाहा छैन वा उक्त गलत बुझाइ कसरी हटाउने हो थाहा छैन भने जोकोहीले भन्न सक्छ कि तँ परमेश्‍वरको साँचो सङ्‍गतिमा प्रवेश गरेको छैनस् र तैँले परमेश्‍वरलाई कहिल्यै पनि बुझेको छैनस् वा जोकोहीले कम्तीमा पनि भन्न सक्छ कि तैँले कहिल्यै पनि उहाँलाई बुझ्‍न चाहेको छैनस्। यदि तँलाई परमेश्‍वरको अनुशासन कार्यवाही र ताडना के हो थाहा छैन भने अवश्य पनि तँलाई आज्ञापालन र वास्ता के हो थाहा छैन वा कम्तीमा पनि तैँले कहिल्यै साँच्‍चिकै परमेश्‍वरको आज्ञापालन वा उहाँको वास्ता गरेको छैनस्। यदि तैँले परमेश्‍वरको सजाय र न्याय कहिल्यै पनि अनुभव गरेको छैनस् भने निश्‍चय नै तँलाई उहाँको पवित्रता भनेको के हो थाहा छैन, मानिसको विद्रोह के हो भन्‍ने विषयमा तेरो बुझाइ स्पष्‍ट हुने कुरा त परै जाओस्। यदि तँसँग साँच्चि नै कहिल्यै पनि जीवनसम्बन्धी सही दृष्‍टिकोण थिएन, वा जीवनमा सही लक्ष्य थिएन, तर तँ अझै पनि अस्पष्‍टताको स्थिति र तेरो जीवनको भावी मार्गप्रति अनिर्णयको स्थितिमा भई अगाडि बढ्न हिचकिचाइरहेको अवस्थामा छस् भने, निश्चिय नै तैँले कहिल्यै पनि परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्‍त गरेको हुँदैनस्; जोकोहीले पनि भन्न सक्छ कि तैँले साँच्‍चि नै परमेश्‍वरका वचनहरूद्वारा आपूर्ति र पुन:पूर्ति प्राप्‍त गरेको छैनस्। यदि तँ परमेश्‍वरको परीक्षाबाट गुज्रेको छैनस् भने, भन्नै पर्दैन, तँलाई मानिसको अपराधप्रति परमेश्‍वरको असहिष्‍णुता के-कस्तो हुन्छ निश्‍चय नै थाहा हुनेछैन, न त तैँले परमेश्‍वरले अन्ततः तँबाट के-कस्ता आवश्यक मापदण्डहरू पूरा गराउन चाहनुहुन्छ भन्ने नै बुझ्छस्, तैँले उहाँको व्यवस्थापकीय र मानिसलाई उद्धार गर्ने उहाँको काम अन्ततः के हुन् भन्ने बारेमा बुझ्‍नु त परै जाओस्। एक व्यक्तिले परमेश्‍वरलाई विश्‍वास गरेको जतिसुकै वर्ष भए तापनि, यदि तिनीहरूले परमेश्‍वरका वचनहरूबाट केही पनि अनुभव गरेका वा बुझेका छैनन् भने, तिनीहरू निश्‍चय नै उद्धारको मार्गतिर हिँडिरहेका छैनन्, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास निश्‍चय नै वास्तविक विष्यवस्तुरहित छ, तिनीहरूमा परमेश्‍वरको ज्ञान पनि निश्‍चय नै शुन्य छ, र भन्नै पर्दैन, तिनीहरूलाई परमेश्‍वरलाई आदर गर्नु भनेको के हो, केही पनि पनि थाहा हुँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २

परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब मानिसले परमेश्‍वरका वचनहरू अनुभव गर्छ, तब मानिसले तिनलाई अभ्यासमा लगाउने प्रक्रियाद्वारा परमेश्‍वरले बोल्‍नुभएको वचनको उद्देश्य बुझ्‍न थाल्छ, र परमेश्‍वरका वचनहरूको स्रोत र पृष्‍ठभूमि बुझ्‍न र परमेश्‍वरका वचनहरूको अपेक्षित प्रभाव बुझ्‍न र कदर गर्न थाल्छ। सत्य र जीवन हासिल गर्न, परमेश्‍वरका अभिप्रायहरू बुझ्‍न, उहाँको स्वभावमा रूपान्तरित हुन, र परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापन पालन गर्न सक्षम बन्‍न मानवजातिले अनुभव गर्नैपर्ने, बुझ्नैपर्ने, र प्राप्‍त गर्नैपर्ने सबै कुराहरू यिनै हुन्। मानिसले यी सबै कुराहरू अनुभव गर्न, बुझ्‍न र प्राप्‍त गर्न थालेको समयसम्ममा, उसले क्रमिक रूपमा परमेश्‍वरको बुझाइ प्राप्‍त गरिसकेको हुनेछ, र उसले यस समयसम्ममा उहाँको विषयमा ज्ञानको फरक तह हासिल गरिसकेको हुनेछ। यो बुझाइ र ज्ञान मानिसले कल्पना गरेको वा रचना गरेको कुनै कुराबाट आउँदैन, बरु उसले आफूभित्र के कुरालाई कदर गर्छ, अनुभव गर्छ, महसूस गर्छ, र सुनिश्‍चतता प्रदान गर्छ भन्‍ने कुराबाट आउँछ। यी कुराहरूलाई कदर गर्न, अनुभव गर्न, महसूस गर्न र सुनिश्‍चितता प्रदान गर्न थालेपछि मात्र परमेश्‍वरबारेको मानिसको ज्ञानले साँचो विषयवस्तु प्राप्‍त गर्छ; यस समयमा मानिसले प्राप्‍त गरेको ज्ञान मात्र वास्तविक, साँचो, सही हुन्छ, अनि उहाँका वचनहरूलाई कदर गर्ने, अनुभव गर्ने, महसूस गर्ने र सुनिश्‍चितता प्रदान गर्ने माध्यमद्वारा परमेश्‍वरको साँचो बुझाइ र ज्ञान प्राप्‍त गर्ने यो प्रक्रिया मानिस र परमेश्‍वरबीचको साँचो परमेश्‍वरीय सङ्‍गतिभन्दा अरू केही होइन। यस किसिमको सङ्‍गतिको दौरान मानिसले परमेश्‍वरका अभिप्रायहरूलाई साँच्‍चिकै बुझ्छ र बोध गर्छ, परमेश्‍वरको सम्पत्ति र अस्तित्वलाई साँच्‍चिकै बुझ्‍न र जान्न थाल्छ, परमेश्‍वरको सारलाई साँच्‍चिकै बुझ्न र जान्न थाल्छ, परमेश्‍वरको स्वभावलाई क्रमिक रूपमा साँच्‍चिकै बुझ्न र जान्न थाल्छ, सारा सृष्‍टिमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ भन्ने तथ्यप्रति साँच्‍चिकै निश्‍चितता पाउँछ र यसको सही परिभाषा बुझ्छ, र परमेश्‍वरको पहिचान र स्थानको आवश्यक बुझाइ र ज्ञान प्राप्‍त गर्छ। यस किसिमको सङ्‍गतिको दौरान, मानिसले परमेश्‍वरको विषयमा आफ्नो सोचविचार चरणबद्ध रूपमा परिवर्तन गर्छ, उहाँको विषयमा निराधार कुरा कल्पना गर्न छोड्छ, वा उहाँको विषयमा आफ्नो सन्देहमाथि लगाम लगाउँछ, वा उहाँमाथि गलत बुझाइ, वा उहाँलाई दोष लगाउने, वा उहाँको अनावश्यक मूल्यांकन गर्ने, वा उहाँमाथि शङ्‍का गर्ने जस्ता कुराहरूमाथि लगाम लगाउँछ। यसरी, परमेश्‍वरसँग मानिसको थोरै मात्र विवादहरू हुनेछन्, परमेश्‍वरसँग उसको थोरै मात्र द्वन्द्व हुनेछ, र मानिसले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने अवसरहरू पनि थोरै मात्र हुनेछन्। यसको विपरीत, मानिस परमेश्‍वरको वास्ता र आज्ञापालन गर्ने कुरामा वृद्धि हुँदै जानेछ, र परमेश्‍वरका निम्ति उसको आदर अझ धेरै वास्तविक र गहिरो बन्‍दै जानेछ। यस किसिमको सङ्‍गतिको दौरान, मानिसले सत्यताको बन्दोबस्त र जीवनको बप्‍तिस्मा मात्र प्राप्‍त गर्ने छैन, बरु उसले त यही समयमा परमेश्‍वरको साँचो ज्ञान पनि प्राप्‍त गर्नेछ। यस किसिमको सङ्‍गतिको दौरान, मानिस आफ्नो स्वभावमा रूपान्तरित हुने र उसले मुक्ति प्राप्‍त गर्ने मात्र होइन, बरु उसले त यही समयमा परमेश्‍वरप्रति सृष्टि गरिएको प्राणीको साँचो आदर र आराधाना पनि प्राप्‍त गर्नेछ। मानिसले यस किसिमको सङ्‍गति प्राप्‍त गरिसकेपछि परमेश्‍वरमाथिको उसको विश्‍वास एउटा खाली कागजजस्तो हुँदैन, वा मुखले मात्र ठिक्‍क पार्ने खालको सेवा दिने प्रतिज्ञाजस्तो हुँदैन, वा अन्धभक्त भएर पछ्याएजस्तो र कुनै कुराको आदर्शीकरणजस्तो हुँदैन्; केवल यस किसिमको सङगतिद्वारा मानिसको जीवन दिन-प्रतिदिन परिपक्‍वतातिर वृद्धि हुनेछ, र अब मात्र उसको स्वभाव रूपान्तरित हुँदै जानेछ, र परमेश्‍वरमाथिको उसको विश्‍वास चरणबद्ध रूपमा अस्पष्‍टता र अनिश्‍चत विश्‍वासबाट साँचो आज्ञापालन र वास्तातर्फ, साँचो आदरतर्फ जानेछ, र परमेश्‍वरलाई पछ्याउने प्रक्रियामा मानिस निष्‍क्रियताबाट सक्रियतातिर, नकारात्मकताबाट सकारात्मकतातिर क्रमिक रूपमा अघि बढ्नेछ; केवल यस किसिमको सङ्‍गतिद्वारा मानिस परमेश्‍वरको साँचो बुझाइ र बोधसम्म, परमेश्‍वरको साँचो ज्ञानसम्म आइपुग्‍नेछ। बहुसङ्‍ख्यक मानिसहरू परमेश्‍वरसँगको साँचो सङ्‍गतिमा कहिल्यै प्रवेश नगरेका कारण, परमेश्‍वरबारेको तिनीहरूको ज्ञान सिद्धान्तको तहमा, अक्षर र धर्मसिद्धान्तहरूको तहमा रोकिन्छ। भन्नुको अर्थ, बहुसङ्ख्यक मानिसहरू, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जतिसुकै धेरै वर्ष भए तापनि, परमेश्‍वरलाई चिन्‍ने सन्दर्भमा, तिनीहरूले पहिला विश्‍वास सुरु गरेकै अवस्थामा छन्, तिनीहरू सामन्ती अन्धविश्‍वास र मनोरम रङ्‍गीन छहारीसँग आबद्ध भएर आराधना विधिको आधारभूत परम्परागत रूपहरूमै अल्झेर बसेका छन्। परमेश्‍वरको बारेमा त्यस मानिसको ज्ञान पहिला सुरु गरेकै अवस्थामा रोकिएको छ भनी भन्‍नुको अर्थ त्यो ज्ञान व्यावहारिक रूपमा अस्तित्वमै छैन भन्‍नु हो। मानिसले परमेश्‍वरको स्थान र परिचय पुष्‍टि गरेको बाहेक, परमेश्‍वरमाथिको मानिसको विश्‍वास अस्पष्‍ट अनिश्चितताको अवस्थामा रहन्छ। यस्तो अवस्था भएकोले, मानिसले परमेश्‍वरप्रति कत्तिको साँचो आदर गर्न सक्छ?

तैँले परमेश्‍वरको अस्तित्वमाथि जतिसुकै दृढतासाथ विश्‍वास गरे तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन, न त परमेश्‍वरको निम्ति तेरो उच्‍च आदरलाई नै प्रतिस्थापन गर्न सक्छ। तैँले उहाँको आशिष् र उहाँको अनुग्रह जतिसुकै उपभोग गरेको भए तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। तँ उहाँको निम्ति तेरा सबै थोक पवित्रीकरण गर्न र सबै थोक समर्पण गर्न जति नै इच्छुक भए तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। सायद तँ परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति अति धेरै परिचित भएको होलास्, वा तैँले ती वचन कण्ठस्थ पारेको र नहेरीकन सुनाउन सक्लास, तर यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। परमेश्‍वरलाई पछ्‍याउने कुरामा मानिस जतिसुकै लगनशील भए तापनि, यदि परमेश्‍वरसँग उसको साँचो सङ्‍गति छैन वा परमेश्‍वरका वचनहरूको साँचो अनुभव छैन भने, परमेश्‍वरको बारेमा उसको ज्ञान शुन्यतामा, वा अन्तहीन दिवास्वप्नमा अडिएको हुन्छ; किनभने तैँले परमेश्‍वरसँग “काँधमा काँध मिलाउँदै” अघि बढेको, वा उहाँलाई आमनेसामने भेटेको भए तापनि, परमेश्‍वरको बारेमा तेरो ज्ञान शुन्य नै हुनेछ, र परमेश्‍वरको निम्ति तेरो आदर खोक्रो नारा वा आदर्श अवधारणा भन्दा अरू केही हुनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनखण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य सम्पत्तिको रूपमा लिँदै होशियारीसाथ कण्ठस्थ गर्छन्, अनि यसअलावा, परमेश्‍वरका वचनहरूलाई सबैतिर प्रचार गर्छन्, अरूहरूलाई परमेश्‍वरका वचनहरू उपलब्ध गराउँछन र तिनीहरूलाई ती वचनहरूद्वारा सहयोग गर्छन्। तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरको साक्षी बन्‍नु हो, उहाँका वचनहरूको साक्षी बन्‍नु हो, र यसो गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्‍याउनु हो; तिनीहरूले ठान्छन् कि कि यसो गर्नु भनेको परमेश्‍वरका वचनहरूबमोजिम जिउनु हो, यसो गर्नु भनेको तिनीहरूको वास्तविक जीवनमा उहाँका वचनहरू ल्याउनु हो, तिनीहरूले ठान्छन् कि यस कार्यले तिनीहरूलाई परमेश्‍वरको प्रशंसा प्राप्‍त गर्न सक्षम तुल्याउनेछ, र तिनीहरूलाई बचाउनेछ र सिद्ध बनाउनेछ। तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गरे तापनि तिनीहरूले व्यवहारमा कहिल्यै पनि परमेश्‍वरका वचनहरूको पालना गर्दैनन्, वा परमेश्‍वरका वचनहरूमा जे कुरा प्रकाश गरिएको छ त्यसअनुरूप आफैलाई सामञ्जस्य तुल्याउने प्रयास गर्दैनन्। बरु, तिनीहरूले चलाखी गरेर अरूबाट आदर र भरोसा प्राप्‍त गर्न, आफै व्यवस्थापनमा प्रवेश गर्न, र परमेश्‍वरको महिमा उपभोग गर्न र चोर्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्छन्। तिनीहरूले आफूलाई प्रदान गरिएको अवसरलाई परमेश्‍वरको काम र उहाँको प्रशंसाको इनाम प्राप्‍त गर्नको लागि प्रयोग गर्दै परमेश्‍वरका वचनहरू प्रसार गर्ने व्यर्थै आशा गर्छन्। धेरै वर्ष बितिसकेका छन्, तर यी मानिसहरूले परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा परमेश्‍वरको प्रशंसा हासिल गर्न असक्षम बनेका छन्, तिनीहरू परमेश्‍वरका वचनहरूको साक्षी हुने प्रक्रियामा पछ्याउनुपर्ने मार्ग पत्ता लगाउन असक्षम भएका छन्, तिनीहरूले परमेश्‍वरका वचनहरू अरूलाई प्रदान गर्ने र ती वचनहरूद्वारा अरूलाई सहयोग गर्ने प्रक्रियामा ती वचनहरू आफैलाई प्रदान गर्ने र ती वचनहरूद्वारा आफैलाई सहयोग गर्ने गरेका छन्, तिनीहरूले यी सबै कुराहरू गर्ने प्रक्रियामा परमेश्‍वरलाई चिन्‍न, वा तिनीहरू आफैलाई परमेश्‍वरको साँचो आदरमा जागरुक बनाउन असक्षम भएका छन्; तर यसको विपरीत, परमेश्‍वरका विषयमा तिनीहरूको गलत बुझाइ अझ वृद्धि हुँदै गइरहेको छ, उहाँमाथिको तिनीहरूको अविश्‍वास झन चुलिँदै गइरेहको छ, र उहाँको बारेमा तिनीहरूको कल्पना झन अतिरञ्जित हुँदै गइरहेको छ। परमेश्‍वरका वचनहरूको विषयमा तिनीहरूको आफ्नो सिद्धान्तहरूद्वारा परिपूर्ति र निर्देशित भएर, तिनीहरू पूर्ण रूपमा आफूलाई आनन्द लाग्ने अवस्थामा भएजस्तै गरी, आफ्ना सीपहरू सहजताका साथ प्रयोग गरेजस्तै गरी, तिनीहरूले जीवनमा आफ्नो उद्देश्य, आफ्नो मिसन पत्ता लगाएको जस्तै गरी, र तिनीहरूले नयाँ जीवन विजय गरेको र तिनीहरू उद्दार भएको जस्तै गरी, तिनीहरूको जिब्रोमा परमेश्‍वरका वचनहरू स्वतः उच्चारण भएजस्तै गरी, तिनीहरूले सत्यता प्राप्‍त गरेका छन्, परमेश्‍वरका अभिप्रायहरू बुझेका छन्, र परमेश्‍वरलाई चिन्ने मार्ग पत्ता लगाएका छन्, परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा भएजस्तै गरी, तिनीहरू प्रायःजसो परमेश्‍वरको आमनेसामने आएका छन्। साथै, तिनीहरू प्रायः “भावुक भई” रुने गर्छन्, र परमेश्‍वरका परमेश्‍वरद्वारा प्रायः डोर्‍याइएका छन्, तिनीहरू उहाँको इमान्दारीपूर्ण सरोकार र कृपालु अभिप्रायलाई बेपर्वाह रूपले उपयोग गरिरहेका देखिन्छन्, साथसाथै, मानिसको निम्ति परमेश्‍वरको मुक्ति र उहाँको व्यवस्थापनलाई उपयोग गरिरहेका देखिन्छन्, उहाँको सारलाई जानेका, र उहाँको धर्मी स्वभावलाई बुझेका जस्ता देखिन्छन्। यही जगको आधारमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा अझ बलियो गरी विश्‍वास गरेको देखिन्छ, तिनीहरू उहाँको उच्‍च स्थिति अझ बढी पहिचान गरेका, र उहाँको भव्यता वा महानता र उहाँको आत्मिक अस्तित्व अझ गहन रूपमा महसूस गरेका जस्ता देखिन्छन्। परमेश्‍वरका वचनहरूको सतही ज्ञानमा खडा भएर, तिनीहरूको विश्‍वास वृद्धि भएको जस्तो, दुःखकष्‍ट सहने तिनीहरूको क्षमता सबलीकरण भएजस्तो, र परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान गहिरिएको जस्तो देखिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू साँच्चिकै अनुभव नगरेसम्म, परमेश्‍वरको विषयमा तिनीहरूको सम्पूर्ण ज्ञान र उहाँको विषयमा तिनीहरूको सोचविचार तिनीहरूकै चाहले भरिएका कल्पना र अनुमानहरूबाट आएका हुन्छन् भन्ने कुरा तिनीहरूलाई कमै मात्र थाहा छ। तिनीहरूको विश्‍वास परमेश्‍वरबाट आएको कुनै पनि जाँचको अगाडि खडा हुन सक्दैन, तिनीहरूको कथित आत्मिकता र कद परमेश्‍वरको परीक्षा वा निरीक्षणको अगाडि कुनै हालतमा खडा हुन सक्दैन, तिनीहरूको सङ्‍कल्प बालुवामा बनाएको महलजस्तै हुन्छ, परमेश्‍वरको विषयमा तिनीहरूको कथित ज्ञान तिनीहरूको कल्पनाको मनगढन्ते कुराभन्दा बढी केही पनि हुँदैन। वास्तवमा, यी मानिसहरूले परमेश्‍वरका वचनहरूमा ठूलो प्रयत्‍न लगाएका छन्, तैपनि साँचो विश्‍वास के हो, साँचो आज्ञापालन के हो, साँचो वास्ता के हो, वा परमेश्‍वरको साँचो ज्ञान के हो भनी कहिल्यै महसुस गरेका छैनन्। तिनीहरूले सिद्धान्त, कल्पना, ज्ञान, वरदान, परम्परा, अन्धविश्‍वास, साथै मानवीय नैतिक मूल्य-मान्यतालाई लिन्छन्, र यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने “पुँजी” र “हतियार” बनाउँछन्, र तिनलाई तिनीहरूको परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरलाई पछ्याउने कार्यको आधार बनाउँछन्। साथै, परमेश्‍वरको निरीक्षण, परीक्षा, सजाय र न्यायलाई सामना र निराकरण गर्नको लागि तिनीहरूले यो पुँजी र हतियार लिन्छन् र तिनलाई जादुमय तावीज बनाउँछन् जसमार्फत तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्‍छन्। अन्त्यमा, तिनीहरूले जे प्राप्‍त गर्छन् त्यसमा परमेश्‍वरबारेका निष्‍कर्षहरूभन्दा अरू केही हुँदैनन्, जुन धार्मिक भाव, सामन्ती अन्धविश्‍वासमा आधारित हुन्छन्, र मनोरम, विचित्र र रहस्यमयी सबै कुरामा आधारित हुन्छन्। परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको परिभाषा गर्ने तिनीहरूको तरिका भनेको माथिको स्वर्ग, वा आकाशमा भएको बूढो मान्छेमा विश्‍वास गर्ने मानिसहरूको विश्‍वासजस्तै छ, जबकि परमेश्‍वरको वास्तविकता, उहाँको सार, उहाँको स्वभाव, उहाँको सम्पत्ति र अस्तित्व, र अन्य कुराहरू—साँचो परमेश्‍वर स्वयम्सँग सम्बन्धित सबै कुराहरू—यिनीहरू ती कुराहरू हुन् जसलाई बुझ्‍न तिनीहरूको ज्ञान असमर्थ भएको छ, जसबाट तिनीहरूको ज्ञान पूर्णतया अलग र उत्तरी र दक्षिणी धूर्व जतिकै टाढा छ। यसरी, यी मानिसहरू परमेश्‍वरका वचनहरूको प्रबन्ध र पोषणमा बाँचिरहेका भए तापनि, तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा साँच्‍चिकै हिँड्न असक्षम भएका छन्। यसको साँचो कारण भनेको तिनीहरू कहिल्यै पनि परमेश्‍वरसँग परिचित नहुनु हो, तिनीहरूको उहाँसँग साँचो सञ्‍चार वा सङ्‍गति नहुनु हो, र त्यसैले तिनीहरू परमेश्‍वरसँगको पारस्परिक बुझाइमा आउन असम्भव भएको हो, वा तिनीहरूले आफूभित्र परमेश्‍वरप्रति साँचो विश्‍वास जगाउन वा उहाँलाई पछ्याउन वा उहाँको आराधना गर्न असम्भव भएको हो। परमेश्‍वरलाई यसरी लिनुपर्छ, परमेश्‍वरका वचनहरूलाई यसरी लिनुपर्छ भन्ने तिनीहरूको दृष्‍टिकोण र स्वभावको कारण तिनीहरूले तिनीहरूका प्रयत्‍नहरूबाट रित्तो हात फर्कन बाध्य भएका छन्, अनन्तसम्म पनि परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा हिँड्न असक्षम हुन बाध्य भएका छन्। तिनीहरूले राखेको लक्ष्य र तिनीहरूले हिँड्न चुनेको मार्गले तिनीहरू अनन्तसम्म परमेश्‍वरका शत्रुहरू हुन् र तिनीहरूले अनन्तसम्म कहिल्यै पनि मुक्ति प्राप्‍न गर्न सक्‍नेछैनन् भन्‍ने दर्शाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४

परमेश्‍वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्‍वरको बारेमा तिनीहरूको परिभाषा पनि मूर्तिहरूको अगाडि आफ्नो आस्था प्रकट गर्न घोप्‍टो परेर दण्डवत् गर्ने कुनै एक मानिसको जस्तै हुन्छ भने, यसले उक्त व्यक्तिले परमेश्‍वरका वचनहरूको वास्तविकता प्राप्‍त गरेको छैन भन्ने जनाउँछ। यस्तो हुन्छ किनभने तिनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिसकेका छैनन्, र यसकारण, परमेश्‍वरका वचनहरूमा अन्तर्निहित रहेका वास्तविकता, सत्यता, अभिप्राय र मानवजातिले पूरा गर्नुपर्ने आवश्यक शर्तहरूसँग उक्त व्यक्तिको कुनै सरोकार नै हुँदैन। भन्नुको अर्थ, यस किसिमको व्यक्तिले परमेश्‍वरका वचनहरूको सतही अर्थमा जतिसुकै कडा परिश्रम गरेको भए तापनि, ती सबै व्यर्थ हुन्छन्: किनकि तिनीहरूले पछ्याएको कुरा केवल शब्दहरू हुन्, निश्‍चय नै तिनीहरूले प्राप्त गर्ने कुरा पनि केवल शब्दहरू नै हुनेछन्। परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, जसै मानिस जीवनमा प्रवेश गर्छ ती वचनहरू मानिसको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता बन्छन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन आवश्यक तत्त्वहरू प्रदान गर्छन्; उसको दैनिक जीवन चलाउनको निम्ति आवश्यक पर्ने सिद्धान्तहरू र विश्‍वासको सार प्रदान गर्छन्; मुक्ति प्राप्‍त गर्न उसले पार गर्नुपर्ने मार्ग, लक्ष्य र मार्गदर्शन प्रदान गर्छन्; परमेश्‍वरले सृष्‍टि गर्नुभएको एक प्राणीको रूपमा उसमा हुनुपर्ने हरेक सत्यता प्रदान गर्छन्; र मानिसले परमेश्‍वरको आज्ञापालन गर्न र आराधना गर्न चाहिने सत्यता प्रदान गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। सृष्‍टि गरिएको मानवजातिले तिनीहरूबमोजिम जिउने भएकोले तिनीहरू सामान्य मानवको सत्यता वास्तविकताले भरिपूर्ण हुन्छन्, मानिसलाई भ्रष्‍टताबाट छुटकारा दिने र शैतानको जालबाट बचाउने सत्यताले भरिपूर्ण हुन्छन, सृष्‍टिकर्ताले सृष्‍टि गरिएको मानवजातिलाई दिनुहुने अथक शिक्षण, उपदेश, उत्साह, र सान्त्वनाले भरिपूर्ण हुन्छन्। तिनीहरू सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, तिनीहरू प्रत्याभूति हुन् जसले मानिसहरूले सबै धर्मी र असल कुराहरू प्राप्‍त गरी त्यसैबमोजिम जीवन जिउनेछन् भन्‍ने सनिश्चित गर्छन्, तिनीहरू मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र वस्तुहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन संकेत हुन् जसले मानिसहरूलाई मुक्ति र ज्योतिको मार्गमा डोर्‍याउँछन्। परमेश्‍वरका वचनहरूको व्यावहारिक अनुभवले मात्र मानिसले सत्यता र जीवनको आपूर्ति प्राप्त गर्न सक्छ; यसरी मात्र मानिसले सामान्य मानवता के हो, अर्थपूर्ण जीवन के हो, सृष्‍टि गरिएको साँचो प्राणी के हो, परमेश्‍वरप्रतिको वास्तविक आज्ञापालन के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले आफूले परमेश्‍वरको कसरी वास्ता गर्नुपर्छ, सृष्‍टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्नुपर्छ, र वास्तविक मानिसको स्वरूप कसरी प्राप्‍त गर्नुपर्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले साँचो विश्‍वास र साँचो आराधनाको अर्थ के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले स्वर्ग र पृथ्‍वी र सबै थोकहरूका शासक को हुनुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिका मालिक एउटै उहाँले कुन माध्यमद्वारा सृष्‍टि गरिएकाहरूलाई शासन गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र भरणपोषण गर्नुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिका मालिक एउटै उहाँ कुन माध्यमहरूद्वारा अस्तित्वमा रहनुहुन्छ, प्रकट हुन आउनुहुन्छ, र काम गर्नुहुन्छ भनी मानिसले बुझ्‍न र बोध गर्न सक्छ। परमेश्‍वरका वचनहरूको वास्तविक अनुभवबाट अलग बसेर मानिसले परमेश्‍वरका वचनहरू र सत्यताप्रति वास्तविक ज्ञान वा अन्तर्दृष्‍टि प्राप्त गर्दैन। यस किसिमको मानिस जीवित लाश हो, खोक्रो खबटा मात्र हो, र यस किसिमको मानिसलाई सृष्‍टिकर्तासँग सम्बन्धित सबै ज्ञानहरूको कुनै काम हुँदैन। परमेश्‍वरको दृष्‍टिमा, यस किसिमको मानिसले कहिल्यै पनि उहाँमा विश्‍वास गरेको हुँदैन, न त कहिल्यै पनि उहाँलाई पछ्याएको नै हुन्छ, त्यसैले परमेश्‍वरले त्यसलाई न त आफ्नो विश्‍वासीको रूपमा पहिचान गर्नुहुन्छ न त आफ्नो अनुयायीको रूपमा नै। उहाँले त्यसलाई सृष्‍टि गरिएको साँचो प्राणीको रूपमा स्वीकार गर्नुहुने त कुरै छाडौं।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५

सृष्‍टि गरिएको साँचो प्राणीले सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृष्‍टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी पूरा गर्न सकिन्छ, र सारा सृष्‍टिका प्रभुलाई कसरी आराधना गर्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ, सृष्‍टिकर्ताका अभिप्राय, चाहना, र आवश्यक शर्तहरू बुझ्‍नुपर्छ, बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ र वास्ता गर्नुपर्छ, र सृष्‍टिकर्ताको मार्गको नियमबमोजिम काम गर्नुपर्छ—परमेश्‍वरको डर मान्‍नुपरछ र दुष्‍टताबाट अलग बस्नुपर्छ।

परमेश्‍वरको डर मान्नु के हो? अनि व्यक्ति कसरी दुष्‍टताबाट अलग बस्न सक्छ?

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अज्ञात डर र त्रास होइन, न त उम्कनु हो, न त टाढा राख्‍नु हो, न त यो आदर्शीकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त प्रशंसा, आत्म-विश्‍वास, भरोसा, बुझाइ, वास्ता, आज्ञापालन, पवित्रीकरण, प्रेम, साथै निःसर्त र गुनासोरहित आराधना, प्रत्युपकार र समर्पण हो। परमेश्‍वको साँचो ज्ञानविना मानवजातिसँग साँचो प्रशंसा, साँचो भरोसा, साँचो बुझाइ, साँचो वास्ता वा आज्ञापालन हुनेछैन, बरु केवल डर र असहजपन, शङ्‍का, गलत बुझाइ, छल र बेवास्ता मात्र हुन्छ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो पवित्रीकरण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो आराधना र समर्पणता हुनेछैन, केवल अन्ध-आदर्शीकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिले परमेश्‍वरको मार्गको नियमबमोजिम काम गर्न असम्भव हुन्छ, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्‍टताबाट अलग बस्ने कुरा असम्भव हुन्छ। यसको विपरीत, मानिस सहभागी हुने हरेक क्रियाकपाल र आचरण विद्रोह र अवज्ञाले भरिएको हुनेछ, उहाँको बारेमा निन्दनीय आरोप र द्वेषपूर्ण मूल्यांकनले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्‍ट आचरणले भरिएको हुनेछ।

जब मानवजातिको परमेश्‍वरमा साँचो भरोसा हुन्छ, तब तिनीहरू उहाँलाई पछ्याउने र उहाँमा भर पर्ने कुरामा सच्‍चा हुन्छन्; परमेश्‍वरमा साँचो भरोसा र निर्भरताको कारण मात्र मानवजातिले साँचो बुझाइ र बोध प्राप्त गर्न सक्छ; परमेश्‍वरको साँचो बोधसँगै उहाँप्रतिको साँचो वास्ता आउँछ; परमेश्‍वरप्रतिको साँचो वास्ताले मात्र मानवजातिमा साँचो आज्ञापालन आउन सक्छ; परमेश्‍वरको साँचो आज्ञापालनले मात्र मानवजातिमा साँचो पवित्रीकरण आउन सक्छ; परमेश्‍वरप्रतिको साँचो पवित्रीकरणले मात्र मानवजातिमा निःसर्त र गुनासोरहित प्रत्युपकार आउन सक्छ; साँचो भरोसा र निर्भरता, साँचो बुझाइ र वास्ता, साँचो आज्ञापालन, साँचो पवित्रीकरण र प्रत्युपकारद्वारा मात्र मावनजातिले परमेश्‍वरको स्वभाव र सारको बारेमा साँचो रूपले थाहा पाउन सक्छ, र सृष्‍टिकर्ताको पहिचान थाहा पाउन सक्छ; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न थाल्छन्, तब मात्र मानवजातिले आफूभित्र साँचो आराधना र समर्पणता जगाउन सक्छन्। जब तिनीहरूसँग सृष्‍टिकर्ताको निम्ति साँचो आराधना र समर्पणता हुन्छ, तब मात्र मानवजातिले आफ्ना दुष्‍टतालाई साँच्‍चिकै पन्छाउन सक्षम हुनेछन्, अर्थात्, तिनीहरू दुष्‍टताबाट अलग बस्न सक्नेछन्।

यो भनेको “परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने” सम्पूर्ण प्रक्रिया हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने कार्यको समष्टिगत विषयवस्तु पनि हो। परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने आचरण प्राप्‍त गर्नको लागि यात्रा गर्नुपर्ने मार्ग यही हो।

“परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने” कार्य र परमेश्‍वरलाई चिन्ने कार्य एउटै धागोमा अविभाज्य रूपमा गाँसिएका छन्, र तिनीहरूबीचको सम्बन्ध स्वःप्रमाणित छ। यदि कसैले दुष्‍टताबाट अलग बस्ने चाहना गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको साँचो डर मान्‍नुपर्छ; यदि कसैले परमेश्‍वरको साँचो डर मान्‍ने इच्छा गर्छ भने ऊसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनुपर्छ; यदि कसैले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्ने इच्छा गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ, परमेश्‍वरको ताडना र अनुशासन कार्यवाही अनुभव गर्नुपर्छ, उहाँको सजाय र उहाँको न्याय अनुभव गर्नुपर्छ; यदि कसैले परमेश्‍वरका वचनहरू अनुभव गर्ने इच्छा गर्छ भने, ऊ पहिला परमेश्‍वरका वचनहरूको आमनेसामने आउनुपर्छ, परमेश्‍वरको आमनेसामने आउनुपर्छ, र मानिस, घटना र वस्तुहरू समावेश भएको सबै किसिमका वातावरणको रूपमा परमेश्‍वरका वचनहरू अनुभव गर्ने अवसर प्रदान गर्नुहोस् भनी परमेश्‍वरसँग अनुरोध गर्नुपर्छ। यदि कसैले परमेश्‍वर र उहाँका वचनहरूको आमनेसामने आउने इच्छा गर्छ भने ऊसँग पहिला सरल र इमानदार हृदय हुनुपर्छ, सत्यता स्वीकार गर्ने तत्परता हुनुपर्छ, दुःखकष्‍ट सहने इच्छा हुनुपर्छ, दुष्‍टताबाट अलग बस्ने सङ्‍कल्प र साहस हुनुपर्छ, र सृष्‍टि गरिएको साँचो प्राणी बन्‍ने आकांक्षा हुनुपर्छ…। यसरी तँ चरणबद्ध तरिकाले अघि बढ्दै परमेश्‍वरको नजिक जानेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र परमेश्‍वरको बारेमा तेरो ज्ञानलगायत तेरो जीवन र जीवित रहनुको महत्व अझ बढी अर्थपूर्ण र बत्ती अझ धेरै उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ जुन दिन तैँले महसुस गर्नेछस कि सृष्‍टिकर्ता अबउप्रान्त प्रहेलिका हुनुहुन्न, सृष्‍टिकर्ता तँबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले आफ्नो मुहार तँबाट कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तँबाट बिलकुलै टाढा हुनुहुन्न, सृष्‍टिकर्ता तैँले आफ्नो विचारमा परिकल्पना गरी पर्खिरहेको एउटै उहाँ हुनुहुन्‍न बरु उहाँ त तेरा भावनाहरूद्वारा पुग्‍न नसकिने हुनुहुन्छ, उहाँ त तेरो दाहिने र देब्रेतिर साँच्‍चिकै र वास्तविक रूपमा तेरो पहरेदारी गर्न खडा हुनुहुन्छ, उहाँले त तेरो जीवनलाई आपूर्ति दिँदै हुनुहुन्छ र तेरो नियतिलाई निन्त्रण गर्दै हुनुहुन्छ। उहाँ टाढा क्षीतिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा नै लुकाउनुभएको छ। उहाँ तँ नजिकै हुनुहुन्छ, उहाँले तेरा सबै कुरा सञ्चालन गरिरहनुभएको छ, उहाँ नै तँसँग भएका सबै कुरा हुनुहुन्छ, र उहाँ नै तँसँग भएको केवल एउटै कुरा हुनुहुन्छ। यस किसिमका परमेश्‍वरले तँलाई हृदयदेखि उहाँलाई प्रेम गर्न, उहाँमा झुन्डिरहन, उहाँलाई नजिकबाट समात्‍न, उहाँको प्रशंसा गर्न, उहाँलाई गुमाउने डर मान्‍न, र उहाँलाई अबउप्रान्त इन्कार गर्न, उहाँको अवज्ञा गर्न वा उहाँलाई छल्‍न वा टाढा राख्‍न अनिच्छुक हुन लगाउनुहुन्छ। तैँले चाहने सबै कुरा भनेको उहाँलाई वास्ता गर्नु, उहाँको आज्ञापालन गर्नु, उहाँले दिनुभएका सबै थोकको सही पैँचो तिर्नु, उहाँको प्रभुत्वमा आफैलाई समर्पित गर्नु हो। तैँले फैरि कहिल्यै उहाँद्वारा मार्गदर्शन प्राप्‍त गर्न, बन्दोबस्त प्राप्‍त गर्न, हेरचाह प्राप्त गर्न, उहाँद्वारा सुरक्षित हुन इन्कार गर्दैनस्, तैँले फैरि कहिल्यै उहाँले तँलाई दिनुभएको हुकुम र आदेश इन्कार गर्दैनस्। तैँले चाहने सबै कुरा भनेको उहाँलाई पछ्याउनु, उहाँसँग हिँड्नु हो, तैँले चाहने सबै कुरा भनेको उहाँलाई तेरो एक मात्र जीवनको रूपमा स्वीकार गर्नु, उहाँलाई तेरो एक मात्र प्रभुको रूपमा ग्रहण गर्नु, तेरो एक मात्र परमेश्‍वरको रूपमा स्वीकार गर्नु हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६

मानिसहरूका विश्‍वासले सत्यताको ठाउँ लिन सक्दैन

केही मानिसहरूले कठिनाइ सहन सक्छन्, मूल्य चुकाउन सक्छन्, तिनीहरू बाह्य रूपमा एकदमै राम्रो व्यवहारका हुन्छन्, तिनीहरूलाई निकै राम्रो सम्मान गरिन्छ, र तिनीहरूले अन्य व्यक्तिहरूबाट प्राप्त हुने प्रशंसाको आनन्द उठाउँछन्। के तिमीहरू यस प्रकारको बाह्य व्यवहारलाई सत्यताको अभ्यास गरेको मान्न सकिन्छ भनेर भन्छौ? के त्यस्ता मानिसहरूले परमेश्‍वरको इच्छालाई पूरा गरेको छ भनेर कसैले निर्क्योल गर्न सक्छ? किन होला बारम्बार मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई हेर्छन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छन्, तिनीहरू सत्यताको अभ्यास गर्ने मार्गमा हिँडिरहेका छन् अनि तिनीहरू परमेश्‍वरको मार्गमा निरन्तर रहिरहेका छन् भनी सोच्छन्? किन केही मानिसहरूले यसरी सोच्ने गर्छन्? यसको एउटै मात्र स्पष्टीकरण छ। त्यो स्पष्टीकरण के हो त? त्यो हो—धेरै मानिसहरूको लागि केही निश्चित प्रश्नहरू जस्तै सत्यताको अभ्यास गर्नु भनेको के हो, परमेश्‍वरलाई सन्तुष्ट पार्नु भनेको के हो र साँच्चै नै सत्यता वास्तविकता धारण गर्नु भनेको के हो भन्ने कुराहरू स्पष्ट छैनन्। यसरी, केही मानिसहरूले बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट धोका खान्छन्। जहाँसम्म अक्षरहरू र सिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूबाट धोका खानेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवताको सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको आदर्श बन्छन्। यसको अलावा, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने आदर्श पात्रहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्‍वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू—नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ। तिनीहरूलाई के कुराले यस्तो विश्‍वास गर्न लगाउँछ? यो समस्याको सार के हो? यसले निम्त्याउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यसको सारको विषयमा छलफल गरौं।

तात्विक रूपमा, मानिसहरूका दृष्टिकोणहरू, तिनीहरूका अभ्यासका तौरतरिकाहरू, तिनीहरूले अँगाल्न चयन गरेको अभ्यासका सिद्धान्तहरू, अनि तिनीहरू प्रत्येकले प्रायः ध्यान केन्द्रित गर्ने कुराहरू सम्बन्धी यी सवालहरू र मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको बीचमा कुनै सम्बन्ध छैन। मानिसहरूले हल्का कुराहरू वा गहन विषयहरू, वा अक्षरहरू र सिद्धान्तहरू वा वास्तविकता जेसुकैमा ध्यान केन्द्रित गरून्, तिनीहरूले सबैभन्दा बढी पालना गर्नुपर्ने कुरा चाहिँ पालना गर्दैनन्, न त तिनीहरूले आफूले सबैभन्दा बढी जान्नुपर्ने कुरा नै जान्दछन्। यसको कारण भनेको मानिसहरूले सत्यतालाई बिलकुलै मन नपराउनु हो; र यसरी तिनीहरू परमेश्‍वरका वाणीहरूमा पाइने अभ्यासका सिद्धान्तहरूको खोजी गर्न एवं तिनको अभ्यास गर्नमा समय र प्रयत्न खर्च गर्न इच्छुक हुँदैनन्। बरु, तिनीहरूले असल अभ्यास र असल व्यवहार के हो भन्ने बारेमा जे बुझेका र जानेका छन् त्यसैलाई सारांशित गर्दै छोटो बाटो प्रयोग गर्न रुचाउँछन्; त्यसपछि त्यो सारांश नै तिनीहरूको आफ्नो पछ्याउने लक्ष्य बन्छ जसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताको रूपमा लिन्छन्। यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्‍वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्‍वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले अनैतिक ढङ्गले परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने आदर्श पात्रहरूलाई राख्छन्। मानिसहरूलाई यस्ता अज्ञानी कार्यहरू र दृष्टिकोणहरू अँगाल्ने वा एकपक्षीय विचारहरू र अभ्यासहरू अपनाउने तुल्याउने मूल कारण एउटा मात्र छ—र आज म तिमीहरूलाई यसको बारेमा बताउनेछु: त्यो कारण भनेको मानिसहरूले परमेश्‍वरलाई पछ्याए पनि, हरेक दिन उहाँ समक्ष प्रार्थना गरे पनि, र हरेक दिन उहाँका वाणीहरूलाई पढे पनि, तिनीहरूले वास्तविक रूपमा उहाँको इच्छा नबुझ्नु नै हो। समस्याको जरा यसैमा हुन्छ। यदि कुनै व्यक्तिले परमेश्‍वरको हृदयलाई बुझ्थ्यो वा उहाँले के मन पराउनुहुन्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, उहाँले के चाहनुहुन्छ, उहाँले कुन कुरालाई अस्वीकार गर्नुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई मन पराउनुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई घृणा गर्नुहुन्छ, मानिसहरूले पूरा गर्नैपर्छ भनी माग गर्दा उहाँले कस्तो प्रकारको मापदण्ड प्रयोग गर्नुहुन्छ अनि तिनीहरूलाई सिद्ध तुल्याउनको लागि उहाँले कस्तो पद्धति प्रयोग गर्नुहुन्छ भन्ने कुरा जान्दथ्यो भने, के त्यस्तो व्यक्तिसँग अझै पनि आफ्नै व्यक्तिगत विचारहरू हुन्थ्यो होल त? के त्यस्तो व्यक्तिले त्यसै गएर अरू कसैको आराधना गर्थ्यो त? के आम मानव तिनको आदर्श हुन सक्थ्यो त? परमेश्‍वरको इच्छालाई बुझ्ने व्यक्तिमा त्योभन्दा बढी विवेकपूर्ण दृष्टिकोण हुन्छ। तिनीहरूले मनोमानी ढङ्गले कुनै भ्रष्ट व्यक्तिलाई आदर्श बनाउनेछैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गर्ने क्रममा केही सामान्य नियमहरू र सिद्धान्तहरूलाई अन्धाधुन्ध रूपमा पालना गर्दैमा त्यो सत्यताको अभ्यास गर्नु बराबर हुन्छ भनेर नै विश्‍वास गर्नेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ७

परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न जुन मापदण्डहरूको प्रयोग गर्नुहुन्छ तिनका बारेमा धेरै विचारहरू छन्

हरेक व्यक्तिले आफ्नै परिणामको बारेमा सरोकार राख्ने भएकोले, त्यो परिणाम परमेश्‍वरले कसरी निर्धारण गर्नुहुन्छ के सो तिमीहरूलाई थाहा छ? कस्तो शैलीमा परमेश्‍वरले उक्त परिणाम निर्धारण गर्नुहुन्छ त? अझ भन्ने हो भने, यसलाई निर्धारण गर्नको लागि उहाँले के-कस्ता मापदण्डहरूको प्रयोग गर्नुहुन्छ त? जब कुनै व्यक्तिको परिणाम निर्धारण हुन अझै बाँकी हुन्छ, तब यस्तो कुरा प्रकट गर्न परमेश्‍वरले के गर्नुहुन्छ? कसैलाई थाहा छ? केही क्षणअघि मैले भनेझैँ, मानिसहरूको परिणामहरूको बारेमा, ती परिणामहरूलाई के-कस्ता वर्गहरूमा विभाजित गरिन्छ भन्ने बारेमा, र विभिन्न प्रकारका मानिसहरूले पाउने विभिन्न परिणामहरूको बारेमा सुराक पत्ता लगाउने प्रयासमा धेरै समयदेखि परमेश्‍वरका वचनहरूको खोज-अनुसन्धान गर्दै वर्षौं बिताएका केही व्यक्तिहरू छन्। तिनीहरूले परमेश्‍वरको वचनले मानिसहरूका परिणामहरूलाई के-कसरी नियन्त्रण गर्छ, उहाँले के-कस्ता मापदण्डहरू प्रयोग गर्नुहुन्छ, र वास्तवमा उहाँले कसरी कुनै व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ भन्ने कुरा पत्ता लगाउने पनि आशा गर्छन्। तैपनि अन्त्यमा, यी मानिसहरूले कहिल्यै पनि कुनै जबाफ पत्ता लगाउन सक्दैनन्। वास्तविक तथ्यमा, परमेश्‍वरका वाणीहरूमा यी मामलाहरूको बारेमा अति नै कम मात्र बोलिएको छ। किन यस्तो भएको हो त? जबसम्म मानिसहरूका परिणामहरूलाई प्रकट गर्न अझै बाँकी हुन्छ, तबसम्म परमेश्‍वरले अन्त्यमा के हुँदैछ भनेर कसैलाई पनि भन्न चाहनुहुन्न, न त उहाँले कसैलाई समयभन्दा पहिले उनीहरूको गन्तव्यको बारेमा नै सूचित गर्न चाहनुहुन्छ—किनभने त्यसो गर्नु मानवताको लागि कुनै फाइदाजनक हुँदैन। यहाँ अहिले नै म तिमीहरूलाई परमेश्‍वरले कुन शैलीमा मानिसहरूका परिणामहरूलाई निर्धारण गर्नुहुन्छ भन्ने बारेमा, यी परिणामहरू निर्धारण र प्रकट गर्ने उहाँको कामको लागि उहाँले प्रयोग गर्ने सिद्धान्तहरूको बारेमा, र कुनै व्यक्ति जीवित रहन सक्छ कि सक्दैन भन्ने कुरा निर्धारण गर्न उहाँले प्रयोग गर्नुहुने मापदण्डको बारेमा मात्र बताउन चाहन्छु। के तिमीहरूलाई सबैभन्दा बढी चासो लाग्‍ने प्रश्नहरू यिनै होइनन् र? त्यसो भए, मानिसहरूले कसरी परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ भनी विश्‍वास गर्छन् त? तिमीहरूले यसको केही अंश भर्खरै बतायौ: तिमीहरूमध्ये केहीले भन्यौ, यो व्यक्तिले आफ्ना कर्तव्यहरू बफादारी पूर्वक निभाउनु र परमेश्‍वरको लागि जीवन अर्पण गर्नुसँग सम्‍बन्धित रहेको छ; केहीले भन्यौ, यो परमेश्‍वरप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने बारेमा छ; केहीले भन्यौ, यसको एउटा तत्वचाहिँ परमेश्‍वरको कृपामा रहनु हो; अनि केहीले भन्यौ, मुख्य कुरा भनेको आफ्‍नो बारेमा निम्न चर्चा-परिचर्चा कायम राख्नु हो…। जब तिमीहरूले यी सत्यताहरूको अभ्यास गर्छौ र जब तिमीहरूले आफूलाई सही लागेको सिद्धान्तअनुरूप अभ्यास गर्छौ, तब परमेश्‍वरले के सोच्नुहुन्छ भन्ने तिमीहरूलाई थाहा छ? यसप्रकारले कार्य गर्न जारी राख्नु वा नराख्नु भनेको परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्नु हो भनेर के तिमीहरूले कहिल्यै सोचेका छौ? के यसले उहाँको मापदण्ड पूरा गर्छ? के यसले उहाँका आवश्यक सर्तहरू परिपूर्ति गर्छ? मलाई विश्‍वास छ, धेरैजसो मानिसहरूले यी प्रश्नहरूको बारेमा वास्तवमा सोच्दै सोच्दैनन्। तिनीहरूले केवल यान्त्रिक रूपमा परमेश्‍वरको वचनको एउटा अंश, वा उपदेशहरूको एउटा अंश, वा तिनीहरूले आदर्श बनाएका कुनै निश्चित आत्मिक व्यक्तित्वका मापदण्डहरू प्रयोग गर्छन् र आफूले आफैलाई यो वा त्यो कुरा गर्न बाध्य तुल्याउँछन्। तिनीहरूले यो नै सही मार्ग हो भन्ने विश्‍वास गर्छन् र त्यसैले यही कार्यमा अडिग रहन्छन् र यही कार्य गरिरहन्छन्, चाहे अन्त्यमा जेसुकै होस्। केही मानिसहरूले सोच्छन्, “मैले धेरै वर्षदेखि विश्‍वास गर्दै आइरहेको छु; मैले सधैँ यही तरिकाले अभ्यास गरेको छु। मलाई लाग्छ मैले परमेश्‍वरलाई साँच्चिकै सन्तुष्ट पारेको छु र मैले यसबाट धेरै कुरा पाएको पनि महसुस गर्छु। यस्तो महसुस हुन्छ किनभने यो समय अवधिमा मैले धेरै सत्यताहरू बुझेको छु, साथै मैले पहिले नबुझेका धेरै कुराहरू पनि बुझेको छु। निश्‍चित रूपमा, मेरा धेरै विचारहरू र दृष्टिकोणहरू परिवर्तन भएका छन्, मेरा जीवनसम्बन्धी मान्यताहरू अत्याधिक रूपमा परिवर्तन भएका छन्, र ममा अहिले यो संसार सम्‍बन्धी एकदमै राम्रो बुझाइ रहेको छ।” त्यस्ता मानिसहरूले यो फसल कटनी हो र मानवताको लागि परमेश्‍वरको कामको अन्तिम नतिजा हो भन्ने विश्‍वास गर्छन्। तिमीहरूको विचारमा, यी मापदण्डहरू र तिमीहरूका सबै अभ्यासहरूलाई समग्रमा लिँदा, के तिमीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पारिरहेका छौ त? तिमीहरूमध्ये केहीले पूर्ण निश्चितताका साथ भन्नेछौ, “अवश्य! हामीले परमेश्‍वरको वचन अनुरूप अभ्यास गरिरहेका छौं; हामीले माथिबाट जे प्रवचन र बताइएको छ सोही अनुरूप अभ्यास गरिरहेका छौं। हामीले सधैँ हाम्रा कर्तव्यहरू निर्वाह गरिरहेका छौं र निरन्तर परमेश्‍वरलाई पछ्याइरहेका छौं, र हामीले उहाँलाई कहिल्यै पनि छाडेका छैनौं। त्यसैले हामी पूर्ण आत्मविश्‍वासका साथ भन्न सक्छौ कि हामीले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छौं। उहाँका अभिप्रायहरूको बारेमा हामीले जति नै बुझे पनि र उहाँका वचनहरूलाई हामीले जति नै बोध गरे पनि, हामी सधैँ नै परमेश्‍वरको अनुरूप हुन खोजी गर्ने मार्गमा रहेका छौं। जबसम्म हामीले सही रूपमा कार्य गर्छौ र सही रूपमा अभ्यास गर्छौं, तबसम्म हामीले सही नतिजा ल्याउने कुरा निश्चित हुन्छ।” यो दृष्टिकोणको बारेमा तिमीहरू के सोच्छौ त? के यो सही छ त? केही त यस्ता पनि होलान् जो भन्छन्, “मैले यी कुराहरूको बारेमा पहिले कहिल्यै सोचेको थिइनँ। मलाई लाग्छ, जबसम्म मैले मेरो कर्तव्य पूरा गर्न र परमेश्‍वरका वाणीहरूका आवश्यक सर्तहरू अनुसार कार्य गर्न जारी राख्छु, तबसम्म म बाँच्न सक्छु। मैले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छु कि सक्दिन भन्ने प्रश्नको बारेमा कहिले पनि विचार गरेको छैन, न त मैले कहिल्यै उहाँले तय गर्नुभएको मापदण्डलाई मैले पूरा गरिरहेको छु कि छैन भन्ने कुराको बारेमा नै सोचेको छु। परमेश्‍वरले मलाई कहिल्यै पनि बताउनुभएको छैन वा कुनै पनि स्पष्ट निर्देशनहरू दिनुभएको छैन, त्यसैले म विश्‍वास गर्छु कि जबसम्म मैले काम गर्न जारी राख्छु र रोकिन्न, तबसम्म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ र उहाँले ममाथि कुनै थप आवश्यक सर्तहरू लाद्‍नुहुनेछैन।” के यी विश्‍वासहरू सही छन् त? जहाँसम्म मेरो सवाल छ, यो शैलीको अभ्यास, यो शैलीको सोच, र यी दृष्टिकोणहरू सबैमा कल्पनाका साथसाथै अलिअलि अन्धोपन समावेश छ। सायद मैले यो कुरा भन्दा तिमीहरूमध्ये केहीले अलि निरुत्साहित महसुस गर्छौ होला, र सोच्छौ होला, “अन्धोपन? यदि यो अन्धोपन हो भने, मुक्ति पाउने र जीवित रहने हाम्रो आशा झीनो र अनिश्चित छ, होइन र? यस प्रकारले कुरा गरेर, के तपाईंले हामीमाथि चिसो पानी खन्याउनुभएको छैन र?” तिमीहरूले जे-जस्तो विश्‍वास गरे तापनि, मैले भन्ने र गर्ने कुराहरूको आशय तिमीहरूलाई चिसो पानीले खन्याए जस्तो अनुभव गराउनु होइन। बरु, तिनको आशय त परमेश्‍वरका अभिप्रायहरूको बारेमा तिमीहरूको बुझाइ सुदृढ गराउनु र उहाँले के सोचिरहनुभएको छ, उहाँले के उपलब्धि हासिल गर्न चाहनुहुन्छ, कस्ता प्रकारका मानिसहरूलाई उहाँले मन पराउनुहुन्छ र उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई तुच्छ ठान्‍नुहुन्छ, उहाँ कस्ता प्रकारका मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ र उहाँले कस्ता प्रकारका मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ भन्ने सम्बन्धमा तिमीहरूको बोध अभिवृद्धि गर्नु हो। तिनको आशय तिमीहरूको मस्तिष्कलाई स्पष्टता प्रदान गर्नु हो र तिमीहरूलाई तिमीहरू प्रत्येकका कार्य र सोचहरू परमेश्‍वरका आवश्यक मापदण्डहरूबाट कति टाढा गएका छन् भन्ने कुराको बारेमा स्पष्ट बुझाइ प्रदान गर्नु हो। के यी विषयहरूलाई छलफल गर्न अति आवश्यक छ त? किनभने मलाई थाहा छ, तिमीहरूले लामो समयदेखि विश्‍वास गर्दै आएका छौ र यति धेरै प्रवचनहरू सुनेका छौ, तर ठ्याक्कै भन्ने हो तिमीहरूमा सबैभन्दा नभएका कुराहरू यिनै हुन्। तिमीहरूले आफ्ना स्मरण पुस्तिकाहरूमा हरेक सत्यतालाई अभिलेख गरी राखेका भए तापनि र तिमीहरूले व्यक्तिगत रूपमा महत्वपूर्ण हुन् भनी विश्‍वास गरेका केही कुराहरूलाई कण्ठस्थ गरेका र आफ्नो हृदयमा कुँदेर राखेका भए तापनि, र तिमीहरूले यी कुराहरूलाई अभ्यासको दौरान परमेश्‍वरलाई खुशी पार्नको लागि प्रयोग गर्न चाहे पनि, तिमीहरूले आफूले आफैलाई अभावग्रस्त अवस्थामा पाएको बेलामा तिनलाई प्रयोग गर्न चाहे पनि, भविष्यमा आउने कठिनाइपूर्ण समयहरूबाट पार पाउन प्रयोग गर्न चाहे पनि, वा तिमीहरूले जीवन जिउँदा यी कुराहरूको साथ होस भनी साथै राख्न चाहे पनि, जहाँसम्म मेरो सवाल छ, तिमीहरूले जसरी नै यसो गरे तापनि, यदि तिमीहरूले यो कार्य गरिरहेका मात्र छौ भने यो त्यति महत्वपूर्ण हुँदैन। त्यसो भए, महत्वपूर्ण कुरा के हो त? महत्वपूर्ण कुरा के हो भने तैँले अभ्यास गर्दा, तैँले गरिरहेको हरेक काम—हरेक कर्म—परमेश्‍वरले जे चाहनुहुन्छ सोसँग मेल खाने छ कि छैन र तेरा सबै कार्यहरू, तेरा सबै सोचहरू, र तैँले हासिल गर्न चाहेका नतिजाहरू र लक्ष्यले वास्तवमा परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन् कि पार्दैनन् र उहाँका आवश्यक सर्तहरू परिपूर्ति गर्छन् कि गर्दैनन्, साथै तिनलाई उहाँले स्वीकृति दिनुहुन्छ कि हुँदैन भनी तेरो भित्री अन्तस्करणमा तैँले पूर्ण निश्चितताका साथ थाहा पाउनुपर्छ। धेरै महत्वपूर्ण कुराहरू भनेका यिनै हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ८

परमेश्‍वरको मार्गमा हिँड: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस

एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्‍वास छ यो भनाइ एकदमै महत्वपूर्ण छ किनभने हरेक दिन यो भनाई धेरै पटक मेरो मस्तिष्कमा आइरहन्छ। त्यसो किन हुन्छ? यस्तो हुन्छ किनभने हरेक पल्ट मैले कसैको सामना गर्दा, हरेक पल्ट मैले कसैको कथा सुन्दा र हरेक पल्ट मैले कसैले परमेश्‍वरमा विश्‍वास गरेको अनुभव वा गवाही गरेको सुन्दा, म सधैँ उक्त व्यक्ति परमेश्‍वरले चाहनुहुने प्रकारको व्यक्ति वा परमेश्‍वरलाई मन पर्ने प्रकारको व्यक्ति हो कि होइन भनी मेरो हृदयमा निर्धारण गर्न यो भनाइको प्रयोग गर्छु। त्यसो भए: यो भनाइ के हो त? म अब तिमीहरू सबैलाई उत्साहित तुल्याउँछु। जब मैले यो भनाइलाई खुलासा गर्छु, तब तिमीहरू सायद निरुत्साहित हुन्छौ होला किनभने केहीले वर्षौंसम्‍म यो भनाइलाई ओठे सेवामात्र प्रदान गर्दै आइरहेका छन्। तर मैले कहिल्यै पनि केवल यो भनाइलाई ओठे सेवा प्रदान गरेको छैन। यो भनाइले मेरो हृदयमा बास गरेको छ। त्यसो भए, के हो त यो भनाइ? यो भनाइ यही हो: “परमेश्‍वरको मार्गमा हिँड: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस।” के यो औधी नै सरल वाक्यांश होइन र? तथापि, यसको सरलताको बाबजुद, साँचो रूपमा यी शब्दहरूको गहन बुझाइ भएका मानिसहरूले के महसुस गर्छन् भने, यी शब्दहरू गहन् छन्, यो भनाइ व्यक्तिको अभ्यासको लागि अत्यन्तै मूल्यवान् छ, यो भनाइ सत्यता वास्तविकता बोकेको जीवन सम्‍बन्धी भाषाबाट लिइएको पङ्‌क्ति हो, यो भनाइले परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्ने व्यक्तिहरूको जीवनभरिको लक्ष्यलाई प्रतिनिधित्व गर्छ र परमेश्‍वरका अभिप्रायहरूको बारेमा ध्यान दिने जोकोहीले जीवनभर पछ्याउनुपर्ने मार्ग हो। त्यसो भए, तिमीहरूलाई के लाग्छ: के यो भनाइ सत्यता होइन र? यो भनाइमा त्यस्तो महत्त्व छ कि छैन त? साथै, सायद तिमीहरूमध्ये केहीले यो भनाइको बारेमा सोचिरहेका छौ र यसलाई बुझ्ने प्रयास गरिरहेका छौ होला, र सायद तिमीहरूमध्ये कतिलाई त यसको बारेमा शङ्का पनि लाग्छ होला: के यो भनाइ अत्यन्तै महत्वपूर्ण हो त? के यो अत्यन्तै महत्वपूर्ण छ त? के यसलाई यति धेरै जोड दिनु जरुरी छ त? तिमीहरूमध्ये केहीलाई त यो भनाइ खासै मन पर्दैन होला किनभने परमेश्‍वरको मार्गलाई लिनु अनि त्यसलाई यो भनाइमा लागू गर्नु भनेको अत्यन्तै सरलीकरण गर्नु हो भन्‍ने तिमीहरूलाई लाग्छ। परमेश्‍वरले भन्नुभएका सबैलाई लिएर त्यसलाई एउटै भनाइमा समेट्नु—के त्यसो गर्नु भनेको परमेश्‍वरलाई अति नै महत्त्वहीन तुल्याउनु होइन र? के त्यो त्यस्तै होइन र? हुनसक्छ, तिमीहरूमध्ये धेरैजसोले यी शब्दहरूको गहन महत्त्वलाई पूर्ण रूपमा बुझ्दैनौ। तिमीहरू सबैले यो भनाइलाई टिपेर राखे तापनि, तिमीहरूले यसलाई आफ्नो हृदयमा सम्हालेर राख्ने मनसाय राखेका छैनौ; तिमीहरूले केवल यसलाई फुर्सदको बेलमा हेरौंला र सोचौंला भनी आफ्नो स्मरण पुस्तिकामा लेखेर राखेका छौ। तिमीहरूमध्ये केही त यो भनाइलाई कण्ठ गर्ने झमेलामा समेत पर्दैनौ, यसलाई असल प्रयोजनमा लगाउने कुरा त परै जाओस्। तर म किन यो भनाइको बारेमा बताउन चाहन्छु त? तिमीहरूको दृष्टिकोण जे-जस्तो भए पनि र तिमीहरूले जे-जस्तो सोचे पनि, मैले यो भनाइको बारेमा बताउनुपर्‍यो किनभने परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्ने सवालमा यो भनाइ अत्यन्तै सान्दर्भिक छ। यो भनाइको बारेमा तिमीहरूको वर्तमान बुझाइ जे-जस्तो भए पनि वा यो भनाइलाई तिमीहरूले जे-जसरी लिए पनि, म तिमीहरूलाई अझै पनि भन्छु: यदि मानिसहरूले यो भनाइका शब्दहरूलाई अभ्यास गर्न सक्छन् र अनुभव गर्न सक्छन् भने र तिनीहरूले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मापदण्ड पूरा गर्छन् भने, तिनीहरू संघर्ष गरेर बाँच्‍ने मानिसहरू बन्ने निश्‍चित हुन्छ र तिनीहरूले राम्रो परिणामहरू प्राप्त गर्ने निश्चित हुन्छ। तथापि, यदि तैंले यो भनाइद्वारा प्रस्तुत गरिएको मापदण्डलाई पूरा गर्न सकिनस् भने तेरो परिणाम अज्ञात हुन्छ भनेर भन्न सकिन्छ्‍। यसरी, तिमीहरूको आफ्नै मानसिक तयारीको लागि, र परमेश्‍वरले तिमीहरूलाई मापन गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ भन्ने कुरा थाहा पाउन सक भनेर म यो भनाइको बारेमा बोल्छु।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ९

मानिसहरूले परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् र दुष्टताबाट अलग बस्छन् कि बस्दैनन् भनेर जाँच्नको लागि परमेश्‍वरले विविध परीक्षाहरूको प्रयोग गर्नुहुन्छ

हरेक युगमा, मानिसहरूमाझ काम गर्दा, परमेश्‍वरले तिनीहरूमाथि केही वचनहरू अर्पण गर्नुहुन्छ र तिनीहरूलाई केही सत्यताहरू बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूले हिँड्नुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग रहन सक्षम तुल्याउने मार्ग अनि मानिसहरूले आफ्‍नो जीवनमा र तिनीहरूको जीवन यात्राको क्रममा अभ्यास गर्नुपर्ने तथा अनि अनुसरण गर्नुपर्ने मार्गको काम गर्छन्। यिनै कारणहरूले गर्दा परमेश्‍वरले मानवजाति समक्ष यी वाणीहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरबाट आउने यी वचनहरूलाई मानिसहरूद्वारा पालना गरिनुपर्छ र तिनीहरूको पालना गर्नु भनेकै जीवन प्राप्त गर्नु हो। यदि व्यक्तिले तिनलाई पालना गर्दैन भने, तिनको अभ्यास गर्दैन भने, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू अनुसार जिउँदैनन् भने, त्यो व्यक्तिले सत्यतालाई अभ्यास गरिरहेको हुँदैन। अझ भन्ने हो भने, यदि मानिसहरूले सत्यताको अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् अनि तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सकिरहेका हुन्छन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्ने मानिसहरूले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनन्, अनि त्यस्ता व्यक्तिहरूसँग कुनै प्रतिफल नै हुँदैन। त्यसो भए, आफ्‍नो कामको सिलसिलामा, परमेश्‍वरले कसरी कुनै व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ त? परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्न के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ त? सायद यस क्षण तिमीहरू अझै अस्पष्ट छौ होला, तर जब म तिमीहरूलाई उक्त प्रक्रियाको बारेमा बताउँछु, यो कुरा एकदमै स्पष्ट हुनेछ किनभने तिमीहरूमध्ये धेरैले यसलाई पहिले नै आफैले अनुभव गरिसकेका छौ।

परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा सुरुवातदेखि नै हरेक व्यक्तिको लागि—तिमीहरूले उहाँलाई पछ्याउने हरेक व्यक्तिहरूको लागि पनि भन्न सक्छौ—परीक्षाहरू तय गर्नुभएको छ र यी परीक्षाहरू विविध आकारहरूमा आउँछन्। आफ्ना परिवारहरूबाट इन्कारको परीक्षा अनुभव गरेकाहरू छन्, प्रतिकूल वातावरणको परीक्षा अनुभव गरेकाहरू छन्, पक्राउ पर्ने वा यातना पाउने परीक्षा अनुभव गरेकाहरू छन्, विविध विकल्पहरूको सामना गर्ने परीक्षा अनुभव गरेकाहरू छन्, र पैसा र हैसियतको परीक्षा सामना गरेकाहरू छन्। सामान्य रूपमा भन्दा, तिमीहरूमध्ये हरेकले हरेक प्रकारका परीक्षाहरू सामना गरेका छौ। परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ? किन उहाँले हरेकलाई यस प्रकारले व्यवहार गर्नुहुन्छ? उहाँले कस्तो प्रकारको नतिजाको खोजी गर्नुहुन्छ? मैले तिमीहरूलाई बताउन चाहने मुख्य कुरा यसप्रकार छ: परमेश्‍वरले उक्त व्यक्ति परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्न चाहनुहुन्छ। यसको अर्थ के हो भने, परमेश्‍वरले तँलाई कुनै परीक्षा दिनुहुँदा र तँलाई कुनै परिस्थिति वा अन्य कुराहरूसँग सामना गराउनुहुँदा, उहाँको अभिप्राय भनेको तँ उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनेर जाँच गर्नु हो। यदि कुनै व्यक्तिले कुनै भेटी राख्ने कर्तव्यको सामना गर्छ र उक्त कर्तव्यले उसलाई परमेश्‍वरको भेटीको सम्पर्कमा पुर्‍याउँछ भने, के तैंले यसलाई परमेश्‍वरले बन्दोबस्त गर्नुभएको अवस्था भन्छस्? निःसन्देह, हो। तैँले सामना गर्ने हरेक कुरा परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हो। जब तैँले यो कुराको सामना गर्छस्, तैँले के-कस्ता विकल्पहरू रोज्छस्, तैँले कसरी अभ्यास गर्छस् र तँमा के-कस्ता सोच-विचारहरू छन् सो हेर्दै परमेश्‍वरले तँलाई गुप्त रूपमा अवलोकन गर्नुहुनेछ। परमेश्‍वरले सबैभन्दा बढी ध्यान दिनुहुने कुरा भनेको अन्तिम नतिजा हो किनभने यही नतिजाले यो खास परीक्षामा तैँले उहाँका मापदण्डहरू पूरा गरेको छस् कि छैनस् भनेर मापन गर्न उहाँलाई सहयोग गर्छ। तथापि, जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूलाई किन यस्तो अवस्थाको सामना गर्न लगाइँदैछ, परमेश्‍वरले तिनीहरू मार्फत के-कस्ता मापदण्डहरू पूरा भएको अपेक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूमा के हेर्न चाहनुहुन्छ वा उहाँले तिनीहरूबाट के प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा तिनीहरूले प्रायः सोच्दैनन्। जब मानिसहरूले यो समस्याको सामना गर्छन्, तिनीहरूले केवल यस्तो सोच्छन्, “यो मलाई सामना गर्न लगाइएको अवस्था हो; म सावधान हुनुपर्छ, लापरवाह होइन! चाहे जेसुकै होस्, यो परमेश्‍वरको भेटी हो, र मैले यसलाई छुनु हुँदैन।” यस्ता सरल सोच-विचारहरूद्वारा सुसज्जित भएर मानिसहरूले आफूले आफ्ना कर्तव्यहरू पूरा गरेका छौं भन्‍ने विश्‍वास गर्छन्। के यो परीक्षाको नतिजाले परमेश्‍वरलाई सन्तुष्टि दिन्छ कि दिँदैन? अघि बढ र यसबारेमा कुरा गर। (यदि मानिसहरूले आफ्नो हृदयमा परमेश्‍वरको डर मान्छन् भने तिनीहरूले आफूलाई परमेश्‍वरको भेटीको सम्पर्कमा आउन दिने कुनै कर्तव्यको सामना गर्दा, तिनीहरूले परमेश्‍वरको स्वभावमा ठेस पुर्‍याउन कति सजिलो छ भन्‍ने सोच्छन् र त्यसले तिनीहरूलाई असावधानीसाथ अघि बढ्ने कार्यलाई सुनिश्चित गराउँछ।) तेरो जबाफ सही पथमा छ, तर अझै पनि सही ठाउँसम्म पुगेको छैन। परमेश्‍वरको मार्गमा हिँड्नु भनेको सतही नियमहरू पालना गर्नु होइन; बरु, यो भनेको त तैँले कुनै समस्याको सामना गर्दा तैँले सबैभन्दा पहिले यसलाई परमेश्‍वरद्वारा व्यवस्था गरिएको अवस्था, उहाँले तँलाई प्रदान गर्नुभएको उत्तरदायित्व, वा उहाँले विश्‍वासका साथ तँलाई सुम्पिनुभएको कार्यको रूपमा लिनु हो। यो समस्याको सामना गर्दा तैँले यसलाई परमेश्‍वरले तँलाई गर्नुभएको परीक्षाको रूपमा हेर्नुपर्छ। तैंले यो समस्या सामना गर्दा, तँसँग तेरो हृदयमा एक मापदण्ड हुनुपर्छ अनि तैँले यो कुरा परमेश्‍वरबाट आएको हो भनी सोच्नुपर्छ। तैँले कसरी यसलाई यस्तो तरिकाले निराकरण गर्न सकिन्छ जसबाट तैँले आफू परमेश्‍वरप्रति बफादार रहेरै आफ्नो उत्तरदायित्व निभाउन सक्छस् र साथसाथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई ठेस नपुर्‍याई यो कुरा गर्न सकिन्छ भनेर सोच्नुपर्छ। केही क्षण पहिले, हामीले भेटीको सुरक्षा गर्ने बारेमा कुरा गर्‍यौं। यो मामलामा भेटीको कुरा संलग्न छ र यसले तेरो कर्तव्य र उत्तरदायित्वको कुरालाई पनि छुन्छ। तँ यो उत्तरदायित्वप्रति कर्तव्यले बाँधिएको छस्। तथापि, यो समस्याको सामना गर्दा, के कुनै प्रलोभनको पनि सामना गर्नुपर्छ? पर्छ! यो प्रलोभन कहाँबाट आउँछ? यो प्रलोभन शैतानबाट आउँछ, र यो प्रलोभन मानिसहरूको दुष्ट, भ्रष्ट स्वभावहरूबाट पनि आउँछ। यसमा प्रलोभन भएको हुनाले, यो मामलामा मानिसहरूले दिनैपर्ने साक्षी दिनुपर्ने कार्य समावेश हुन्छ जुन तेरो उत्तरदायित्व र कर्तव्य पनि हो। केही मानिसहरू भन्छन्, “यो त एकदमै सानोतिनो कुरा हो; के यसलाई यति ठूलो बनाउनु आवश्यक छ र?” हो, आवश्यक छ! यस्तो किन हो भने परमेश्‍वरको मार्गमा रहिरहनको लागि, हामीले हामीमाथि वा हाम्रो वरिपरि घटित हुने कुनै पनि कुरालाई त्यसै छाड्न सक्दैनौं, चाहे त्यो सानो कुरा नै किन नहोस्; हामीले यसलाई ध्यान दिनुपर्छ भनेर सोचे पनि वा नसोचे पनि, जबसम्म हामीले कुनै कुरालाई सामना गरिरहन्छौं तबसम्म त्यसलाई हामीले छाड्नु हुँदैन। घटित हुने सबै कुराहरूलाई परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको परीक्षाको रूपमा लिइनुपर्छ। घटित हुने कुराहरूलाई यसप्रकार हेर्ने तरिकाको बारेमा तँलाई कस्तो लाग्छ? यदि तँसँग यस प्रकारको आचरण छ भने यसले एउटा कुरालाई पुष्टि गर्छ: भित्र अन्तस्करणमा तैँले परमेश्‍वरको डर मान्छस् र तँ दुष्टताबाट अलग रहन इच्छुक छस्। यदि तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने यस्तो चाहना छ भने, तैँले जे अभ्यास गर्छस् त्यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मापदण्डभन्दा त्यति टाढा हुँदैन।

मानिसहरूले त्यति धेरै ध्यान नदिने र प्रायः नबताउने कुराहरू मामुली तुच्छ वस्तुहरू मात्र हुन्, सत्यता अभ्यास गर्ने कुरासँग जसको कुनै सम्बन्ध हुँदैन भनी विश्‍वास गर्ने व्यक्तिहरू बारम्बार भेटिन्छन्। यस्तो मामला सामना गर्दा तिनीहरूले यस बारेमा त्यति सोचविचार गर्दैनन् र यसलाई त्यत्तिकै जान दिन्छन्। तैपनि, वास्तविक यथार्थमा यो मामला त्यो पाठ थियो जसलाई तैँले अध्ययन गर्नुपर्छ—कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने सम्बन्धी पाठ। अझ भन्ने हो भने, यो मामला देखा परी तैँले यसको सामना गर्नु पर्दा परमेश्‍वरले के गरिरहनुभएको हुन्छ भन्ने कुरा जान्नमा तँ अझ बढी चिन्तित हुनुपर्छ। तेरो हरेक वचन र कर्म अवलोकन गर्दै, तैँले गर्ने हरेक काम-कुरा हेर्दै र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै परमेश्‍वर ठीक तेरो छेउमा रहनुहुन्छ—यही नै परमेश्‍वरको काम हो। केही मानिसहरूले सोध्छन्, “यदि त्यो सत्य हो भने किन मैले त्यस्तो अनुभूति गरेको छैन त”? तैँले यस्तो अनुभूति गरेको छैनस् किनभने आफ्नो प्राथमिक मार्गको रूपमा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा तँ अडिग रहेको छैनस्, त्यसैले तैँले मानिसहरूमा परमेश्‍वरले गर्नुहुने सूक्ष्म कामको अनुभूति गर्न सक्दैनस् जुन आफै मानिसहरूको विविध सोच विचारहरू र कार्यहरूमा देखा पर्छ। तँ ताल न बेतालको छस्! मुख्य मामला के हो? सानोतिनो मामला के हो? परमेश्‍वरको मार्गमा हिँड्नेसँग सम्‍बन्धित मामला मुख्य र मामुलीमा विभाजित छैन, तर के तिमीहरू यसलाई स्वीकार गर्न सक्छौ? (हामी स्वीकार गर्न सक्छौं।) दैनिक मामलाको रूपमा केही मामला छन् जसलाई मानिसहरूले मुख्य र महत्वपूर्ण कुराको रूपमा हेर्छन् र अन्य मामलालाई मामुली तुच्छ कुराको रूपमा हेरिन्छ। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्वपूर्ण कुराको रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरले नै पठाउनुभएको ठान्छन्। तथापि, जब यी मुख्य मामलाहरू देखा पर्छन् तब मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरको इच्छा परिपूर्ति गर्न प्रायः असक्षम हुन्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले कुनै पनि मूल्यवान् ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र तिनलाई अलिअलि गर्दै त्यत्तिकै छाडिन्छ। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि जाँच गरिने र उहाँद्वारा परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू, वस्तुहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्यलाई अनि उहाँको नेतृत्वलाई तैँले हरेक दिन, हरेक क्षण निरन्तर रूपमा इन्कार गरिरहेको हुन्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थितिको बन्दोबस्त गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा हेरिरहनुभएको हुन्छ, तेरो हृदयभित्र हेरिरहनुभएको हुन्छ, तेरो सोच-विचारहरू र चिन्तनहरू अवलोकन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् भनेर हेरिरहनुभएको हुन्छ र तैँले कसरी कार्य गर्नेछस् भनी हेर्न प्रतीक्षा गरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस् भने—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू, वा सत्यताप्रति कहिल्यै पनि गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरो लागि निश्चित वातावरणको बन्दोबस्त गर्नुहुँदा उहाँले जे पूरा गर्न चाहनुहुन्छ वा तैँले जुन मापदण्डहरू पूरा गर्छस् भनी उहाँले अपेक्षा गर्नुहुन्छ सोबारेमा तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र वस्तुहरू के-कसरी सत्यता वा परमेश्‍वरको इच्छासँग सम्बन्धित छन् भन्ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी अघि बढ्नुहुन्छ? बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, तैँले तेरो हृदयमा परमेश्‍वरलाई ठूलो बनाएको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका परिस्थितिहरूलाई तिनीहरू जेका लागि हुन् सो रूपमा अर्थात् परमेश्‍वरले लिनुभएका परीक्षाहरू र जाँचहरूको रूपमा नै देखेको छस्। बरु, एकपछि अर्को गरी, तैँले तेरो लागि परमेश्‍वरले उपलब्ध गराउनुभएका अवसरहरूलाई अस्वीकार गरेको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम अवज्ञा होइन र? (हो।) के यसको कारण परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछ? (गर्नुहुनेछ।) परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन! मैले यस्तो कुरा भनेको सुन्दा तिमीहरू एकपल्ट फेरि चकित भएका छौ। तिमीहरूले सोचिरहेको हुन सक्छ: “के परमेश्‍वरले सधैँ ठेस पुगेको अनुभूति गर्नुहुन्छ भनेर यसभन्दा अघि भनिएको थिएन र? के परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन त? त्यसो भए परमेश्‍वरले कहिले ठेस पुगेको अनुभूति गर्नुहुन्छ त?” छोटकरीमा, यो परिस्थितिमा परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन। त्यसो भए, माथि चित्रण गरिएको प्रकारको व्यवहारप्रति परमेश्‍वरको कस्तो व्यवहार हुन्छ? जब मानिसहरूले परमेश्‍वरले पठाउनुभएको परीक्षा र जाँचहरू अस्वीकार गर्छन्, र जब तिनीहरू तीबाट पछि हट्छन्, तब त्यस्ता व्यक्तिहरूप्रति परमेश्‍वरको एउटै आचरण हुन्छ। त्यो कस्तो आचरण हो? परमेश्‍वरले त्यस प्रकारको व्यक्तिलाई उहाँको हृदयको अन्तस्करणबाटै तिरस्कार गर्नुहुन्छ। यो “तिरस्कार” शब्दको अर्थ दुई तहको हुन्छ। मैले कसरी यसलाई मेरो आफ्नो दृष्टिकोणबाट बताउनुपर्छ? भित्री गहन अर्थमा, “तिरस्कार” शब्दले घृणा र द्वेषको भाव बोक्छ। यसको अर्को तहको अर्थ के हो त? यो त्यो भाग हो जसले कुनै कुरालाई त्याग गरेको जनाउँछ। तिमीहरू सबैलाई “त्याग गर्नु” भनेको के हो थाहा छ, होइन त? सार-संक्षेपमा, “तिरस्कार” शब्दले त्यस शैलीमा व्यवहार गर्ने मानिसहरूप्रति परमेश्‍वरको आखिरी प्रतिक्रिया र आचरणको प्रतिनिधित्व गर्छ; यो तिनीहरूप्रतिको चरम द्वेष र घृणा हो र यसर्थ, यसको कारण तिनीहरूलाई त्याग गर्ने निर्णय गरिन्छ। कहिल्यै पनि परमेश्‍वरको मार्गमा नहिँडेको र कहिल्यै पनि परमेश्‍वरको डर नमानेको र दुष्टताबाट टाढा नबसेको व्यक्तिप्रति परमेश्‍वरले गर्नुहुने अन्तिम निर्णय यही हो। के अब तिमीहरू सबैले मैले अघि बताएको त्यो भनाइको महत्त्वलाई देख्न सक्छौ त?

के तिमीहरूले अब परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुने विधिको बारेमा बुझ्यौ? (उहाँले हरेक दिन विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ।) “उहाँले विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ”—यी कुराहरू मानिसहरूले महसुस गर्न र छुन सक्ने कुराहरू हुन्। त्यसो भए, यो कुरा गर्नको लागि परमेश्‍वरको आसय के हो त? उहाँको अभिप्राय भनेको हरेक व्यक्तिलाई विभिन्न समयमा र विभिन्न स्थानहरूमा विविध प्रकारका परीक्षाहरू प्रदान गर्नु हो। परीक्षाको अवधिमा व्यक्तिका के-कस्ता पक्षहरूलाई जाँच गरिन्छन् त? तैँले व्यक्तिगत रूपमा सामना गर्ने, सुन्ने, देख्ने र अनुभव गर्ने हरेक मामलामा तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरालाई परीक्षाले निर्धारण गर्छ। हरेक व्यक्तिले यस प्रकारको परीक्षाको सामना गर्नेछ किनभने परमेश्‍वर सबै मानिसहरूप्रति न्यायसंगत हुनुहुन्छ। तिमीहरूमध्ये केहीले भन्छौ, “मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आइरहेको छु, तैपनि किन मैले कुनै पनि परीक्षाहरूको सामना गरेको छैन त?” तैँले आफूले कुनै पनि परीक्षाहरूको सामना नगरेको महसुस गर्छस् किनभने जब-जब परमेश्‍वरले तेरो लागि परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ तब तैँले यसलाई गम्भीर रूपमा लिएको छैनस् र परमेश्‍वरको मार्गमा हिँड्न चाहेको छैनस्। यसरी, तँलाई परमेश्‍वरका परीक्षाहरूको अत्तो-पत्तो हुँदैन। केही मानिसहरू भन्छन्, “मैले केही परीक्षाहरूको सामना गरेको छु, तर उचित रूपमा कसरी अभ्यास गर्ने हो सो मलाई थाहा छैन। मैले अभ्यास गरेको बेलामा पनि, म परमेश्‍वरका परीक्षाहरूको दौरान खरो उत्रेको छु कि छैन मलाई थाहा हुँदैन।” यस प्रकारको अवस्थामा रहेका मानिसहरूको सङ्ख्या अवश्य पनि कम छैन। त्यसो भए, परमेश्‍वरले मानिसहरूको मापन गर्ने मापदण्ड के हो त? यो मैले केही क्षणअघि भनेको जस्तै हो: तैँले गर्ने, सोच्ने र व्यक्त गर्ने हरेक कुरामा तैँले परमेश्‍वरको डर मान्छस् किन मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भन्ने हो। यसरी तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनी निर्धारण गरिन्छ। के यो अवधारणा सरल छ, कि छैन त? भन्नलाई त यो एकदमै सरल छ, तर के यसलाई अभ्यास गर्न सजिलो छ त? (यो त्यति सजिलो छैन।) यो किन त्यति सजिलो छैन त? (किनभने मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र कसरी परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ भन्ने कुरा तिनीहरूले जान्दैनन्, त्यसैले जब तिनीहरूले यी मामलाहरूको सामना गर्छन् तब तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्नको लागि कसरी सत्यताको खोजी गर्ने भन्ने नै थाहा हुँदैन। तिनीहरूले परमेश्‍वरको डर मान्ने वास्तविकता धारण गर्नुभन्दा पहिले तिनीहरूले विविध परीक्षाहरू, शोधनहरू, सजायहरू, र न्यायहरूमार्फत गुज्रनुपर्छ।) तिमीहरूले त्यसरी पनि भन्न सक्छौ, तर जहाँसम्म तिमीहरूको सवाल छ, परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु तिमीहरूको लागि अहिल्‍यै यहीँ नै सहजै गर्न सकिने कार्य हो भन्‍ने जस्तो देखिन्छ। मैले किन यसो भन्दैछु त? मैले यसो भन्दैछु किनभने तिमीहरूले धेरै उपदेशहरू सुनेका छौ र सत्यता वास्तविकताबाट कम जल प्राप्त गरेका छैनौ; यसले तिमीहरूलाई सैद्धान्तिक र बौद्धिक रूपमा कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भन्ने कुरा बुझ्ने तुल्याएको छ। जहाँसम्म परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरालाई वास्तविक रूपमा कसरी अभ्यास गर्ने भन्‍ने सवाल छ, यो ज्ञान अति नै सहयोगी भएको छ र यसले तिमीहरूलाई यस्तो उपलब्धि सजिलै हासिल गर्न सकिन्छ कि जस्तो महसुस गर्ने तुल्याएको छ। त्यसो भए, किन मानिसहरूले त्यो उपलब्धि कहिल्यै हासिल गर्न सक्दैनन् त? यस्तो हुन्छ किनभने मानिसहरूको प्राकृतिक सारले परमेश्‍वरको डर मान्दैन र यसले दुष्टता मन पराउँछ। वास्तविक कारण यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका वचनहरूसँग आमने-सामने छौ; तिमीहरूसँग परमेश्‍वरको बारेमा अय्यूबसँग भएको भन्दा एकदमै धेरै ज्ञान छ। मैले किन यो कुरा ल्याएँ त? यी कुराहरू भन्नुको मेरो उद्देश्य के हो त? म तिमीहरूलाई एउटा तथ्य बताउन चाहन्छु, तर त्यसो गर्नुभन्दा पहिले, म तिमीहरूलाई एउटा प्रश्न गर्न चाहन्छु: अय्यूबले परमेश्‍वरको बारेमा एकदमै थोरै मात्र जान्दथे, तैपनि तिनले परमेश्‍वरको डर मान्थे र तिनी दुष्टताबाट अलग बस्थे; आजभोलीका मानिसहरू त्यसो गर्न किन असफल हुन्छन् त? (तिनीहरू गहन रूपले भ्रष्ट भएका छन्।) “गहन रूपले भ्रष्ट”—यो सतही घटना हो जसले समस्या पैदा गराइरहेको छ, तर म यसलाई कहिल्यै पनि त्यसरी हेर्दिनँ। तिमीहरूले प्रायजसो बारम्बार प्रयोग गरिने धर्मसिद्धान्तहरू र शब्दहरू लिन्छौं जस्तै “गहन रूपले भ्रष्ट”, “परमेश्‍वर विरुद्ध विद्रोह गर्ने”, “परमेश्‍वरप्रति बफादारी विहीनता”, “अवज्ञा”, “सत्यता मन नपराउने”, आदि इत्यादि, र यी चिरपरिचित शब्दावलीहरूलाई हरेक सवालको सार व्याख्या गर्न प्रयोग गर्छौ। यो अभ्यास गर्ने त्रुटिपूर्ण तरिका हो। फरक प्रकृतिका मामलाहरू व्याख्या गर्न उही जबाफको प्रयोग गर्नाले यसबाट अपरिहार्य रूपले सत्यता र परमेश्‍वरको बारेमा निन्दापूर्ण शङ्काहरू बढाउँछ; मलाई यस प्रकारका जबाफहरू सुन्न मन छैन। यसबारेमा लामो समयसम्म र दह्रिलो रूपमा सोच! तिमीहरूमध्ये कसैले पनि यस मामलामा सोचविचार गरेका छैनौ, तर म हरेक दिन यसलाई देख्न सक्छु, र हरेक दिन म यसलाई अनुभव गर्न सक्छु। यसरी, तिमीहरूले काम गर्दै गर्दा मैले हेरिरहेको हुन्छु। जब तिमीहरूले कुनै काम-कुरा गरिरहेका हुन्छौ, तब तिमीहरूले यसको सार अनुभव गर्न सक्दैनौ, तर जब म हेर्छु, तब म यसको सार देख्न सक्छु र मैले यसको सारलाई पनि अनुभव गर्न सक्छु। त्यसो भए, यो सार के हो त? किन आजभोलि मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन् त? तिमीहरूका जबाफहरूले यो समस्याको सार व्याख्या गर्न सक्दैनन्, न त तिनले यो समस्याको हल नै गर्न सक्छन्। यस्तो किन हो भने यसको एउटा स्रोत हुन्छ जसको बारेमा तिमीहरूलाई थाहा छैन। यो स्रोत के हो त? मलाई थाहा छ, तिमीहरू यसबारेमा सुन्न चाहन्छौ, त्यसैले म तिमीहरूलाई यो समस्याको त्यस स्रोतको बारेमा बताउनेछु।

परमेश्‍वरले काम गर्नु सुरु गर्नुभएदेखि उहाँले मानवजातिलाई कसरी लिनुभएको छ? परमेश्‍वरले तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले मानिसहरूलाई उहाँको परिवारका सदस्यहरूको रूपमा, उहाँको कामका वस्तुहरूको रूपमा, उहाँले विजय गर्न र उद्धार गर्न चाहनुभएका व्यक्तिहरूको रूपमा, र उहाँले सिद्ध तुल्याउन चाहनुभएका व्यक्तिहरूको रूपमा हेर्नुभएको छ। उहाँको कामको सुरुवातमा मानवताप्रति परमेश्‍वरको आचरण यही थियो। तर परमेश्‍वरप्रति मानिसहरूको आचरण चाहिँ कस्तो थियो त? मानिसहरूको लागि परमेश्‍वर अपरिचित हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरलाई पराईको रूपमा लिन्थे। यो पनि भन्न सकिन्छ कि तिनीहरूको परमेश्‍वरप्रतिको आचरणले सही नतिजाहरू ल्याएनन् र परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा तिनीहरूसँग स्पष्ट बुझाइ थिएन। यसरी, तिनीहरूले उहाँलाई जसरी मन लाग्यो त्यसरी व्यवहार गर्थे, र तिनीहरूले जस्तो मन लाग्यो त्यस्तो गर्थे। के तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै रायहरू थिए त? सुरुमा, तिनीहरूसँग कुनै रायहरू थिएनन्; तिनीहरूको तथाकथित रायहरूमा उहाँ बारेका केही निश्चित धारणाहरू र पूर्वानुमानहरू मात्र समावेश थिए। तिनीहरूले तिनीहरूका आफ्ना धारणाहरूसँग मेल खाने कुराहरू स्वीकार गरे र जब कुनै कुरा तिनीहरूका धारणाहरूसँग मेल खाँदैनथियो तब तिनीहरूले त्यसलाई सतही रूपमा पालन गर्थे, तर भित्र अन्तस्करणमा तिनीहरूले द्वन्द्व महसुस गर्थे र तिनीहरूले यसलाई अस्वीकार गर्थे। सुरुवातमा परमेश्‍वर र मानिसहरू बीचको सम्बन्ध यस्तै थियो: परमेश्‍वरले तिनीहरूलाई पारिवारिक सदस्यहरूको रूपमा हेर्नुहुन्थ्यो तैपनि तिनीहरूले उहाँलाई पराईको रूपमा व्यवहार गर्थे। तथापि, परमेश्‍वरको कामको अवधिपछि भने, मानिसहरूले उहाँले के उपलब्धि हासिल गर्ने प्रयास गर्दैहुनुहुन्थ्यो भन्ने कुरा बुझे र उहाँ साँचो परमेश्‍वर हुनुहुँदोरहेछ भन्ने थाहा पाए; तिनीहरूले परमेश्‍वरबाट के प्राप्त गर्न सक्दा रहेछन् भन्ने कुरा पनि थाहा पाए। उक्त समयमा मानिसहरूले परमेश्‍वरलाई कसरी लिन्थे त? तिनीहरूले उहाँलाई जीवन-रक्तको रूपमा हेर्थे र उहाँको अनुग्रह, आशीर्वाद, र प्रतिज्ञाहरू प्राप्त गर्ने आशा गर्थे। उक्त समयमा, परमेश्‍वरले मानिसहरूलाई कसरी लिनुहुन्थ्यो त? उहाँले तिनीहरूलाई उहाँको विजयको लक्ष्यको रूपमा लिनुहुन्थ्यो। परमेश्‍वरले तिनीहरूको न्याय गर्न, तिनीहरूलाई जाँच गर्न, र तिनीहरूलाई परीक्षाहरूमार्फत गुज्रन लगाउन वचनहरूको प्रयोग गर्न चाहनुहुन्थ्यो। तथापि, जहाँसम्म त्यति बेलाका मानिसहरूको सवाल छ, तिनीहरूको लागि परमेश्‍वर केवल एक वस्तु हुनुहुन्थ्यो जसलाई तिनीहरूले तिनीहरूका आफ्ना लक्ष्यहरू प्राप्त गर्नको लागि प्रयोग गर्न सक्थे। मानिसहरूले परमेश्‍वरबाट जारी भएका सत्यताले तिनीहरूमाथि विजय गर्न र तिनीहरूलाई उद्धार गर्न सक्छ भन्ने देखे, तिनीहरूले प्राप्त गर्न चाहेका कुराहरू उहाँबाट प्राप्त गर्नसक्ने साथसाथै तिनीहरूले चाहेका गन्तव्यहरू हासिल गर्ने अवसर हो भन्ने देखे। यसको फलस्वरूप, तिनीहरूको हृदयमा अलिअलि इमानदारीताको विकास भयो, र तिनीहरू परमेश्‍वरलाई पछ्याउन इच्छुक भए। समय बित्यो, अनि तिनीहरूले परमेश्‍वरको बारेमा प्राप्त गरेका सतही र धर्म-सैद्धान्तिक ज्ञानको कारण, यो भन्न सकिन्छ कि, मानिसहरू परमेश्‍वरसँग र उहाँले बोल्नुभएका वचनहरू, उहाँका प्रवचनहरू, उहाँले जारी गर्नुभएका सत्यताहरू र उहाँको कामसँग “परिचित” हुँदै गए। त्यसकारण, तिनीहरू परमेश्‍वर अब उप्रान्त अपरिचित हुनुहुन्न, र तिनीहरूले यसअघि नै परमेश्‍वरसँग सामञ्जस्य हुने पथमा पाइला चालिसकेका छन् भन्ने गलत बुझाइमा रहेका थिए। हालसम्म, मानिसहरूले सत्यतासम्बन्धी धेरै उपदेशहरू सुनिसकेका छन् र ठूलो मात्रमा परमेश्‍वरको कामको अनुभव गरेका छन्। तथापि, विविध कारक-तत्वहरू र परिस्थितिहरूको हस्तक्षेप र बाधाहरूको कारण, धेरैजसो मानिसहरू सत्यतालाई अभ्यास गर्न सफल हुँदैनन्, न त तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्षम हुन्छन्। मानिसहरू बढ्दो रूपमा सुस्त बन्दै गइरहेका छन् र तिनीहरूमा बढ्दो रूपमा आत्मविश्‍वासको कमी देखिँदै गइरहेको छ। तिनीहरूलाई आफ्ना परिणामहरू अज्ञात छन् भन्ने बढ्दो अनुभूति भइरहेको छ। तिनीहरू अतिव्ययी विचारहरू लिई आउन आँट गर्दैनन् र तिनीहरू प्रगति गर्न खोज्दैनन्; तिनीहरू केवल मन नलागी-नलागी पछ्याउँदै हिँड्छन्, एक-एक कदम गर्दै अघि बढ्छन्। मानिसहरूको वर्तमान अवस्थाको सम्बन्धमा भन्दा, तिनीहरूप्रति परमेश्‍वरको आचरण कस्तो छ त? उहाँ तिनीहरूलाई केवल सत्यता प्रदान गर्न चाहनुहुन्छ र तिनीहरूको मन-मस्तिष्कमा उहाँको मार्ग छिराउन चाहनुहुन्छ र त्यसपछि विभिन्न तरिकाले तिनीहरूको परीक्षा लिनको लागि विविध परिस्थितिहरूको बन्दोबस्त गर्न चाहनुहुन्छ। उहाँको लक्ष्य भनेको यी वचनहरू, यी सत्यहरू, र उहाँको कामलाई लिएर कुनै यस्तो परिणाम निकाल्नु हो जसबाट मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम होऊन्। मैले देखेका धेरैजसो मानिसहरूले केवल परमेश्‍वरका वचनहरूलाई लिन्छन् र तिनलाई धर्मसिद्धान्तहरू, कागजमा रहेका अक्षरहरू, पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र हेर्छन्। तिनीहरूका कार्य र वाणीहरूमा, वा तिनीहरूले परीक्षा सामना गर्दा, तिनीहरूले परमेश्‍वरको मार्गलाई तिनीहरूले पालना गर्नुपर्ने मार्गको रूपमा लिँदैनन्। यो कुरा विशेष रूपमा त्यो बेला साँचो हुन्छ जब मानिसहरूले कुनै ठूलो परीक्षा सामना गर्छन्: मैले कुनै पनि त्यस्तो मानिस देखेको छैन जसले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने दिशातर्फ अभ्यास गरेको छ। त्यसकारण, मानिसप्रति परमेश्‍वरको आचरण एकदमै घृणा र विरक्तपनले भरिएको हुन्छ। उहाँले तिनीहरूलाई बारम्बार परीक्षाहरू दिनुभएको भए तापनि, सयौं पल्ट नै दिनुभएको भए तापनि, तिनीहरूमा अझै पनि कुनै स्पष्ट आचरण हुँदैन जसको मद्दतले तिनीहरूको संकल्‍प प्रदर्शन गर्न सकियोस्: “म परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न चाहन्छु!” मानिसहरूमा यो संकल्प नभएको हुनाले र तिनीहरूले यस प्रकारको प्रदर्शन नगरेको हुनाले, तिनीहरूप्रति परमेश्‍वरको वर्तमान आचरण विगतको जस्तो छैन जुन बेला उहाँले तिनीहरूलाई कृपा, सहनशीलता, क्षमाशीलता, र धैर्यता प्रदान गर्नुहुन्थ्यो। यसको साटो, उहाँ मानवताबाट औधी नै निराश हुनुभएको छ। यस्तो निराशा कसले गरायो त? मानिसहरूप्रति परमेश्‍वरको आचरण कोमाथि निर्भर हुन्छ? यो त उहाँलाई पछ्याउने हरेक व्यक्तिमा भर पर्छ। आफ्‍नो कामको धेरै वर्षहरूको सिलसिलामा, परमेश्‍वरले मानिसहरूले पूरा गर्नको लागि धेरै आवश्यक मापदण्डहरू बनाउनुभएको छ र तिनीहरूको लागि धेरै परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको छ। तैपनि, तिनीहरूले जे-जसरी कार्य-प्रदर्शन गरेको भए तापनि, परमेश्‍वरप्रति तिनीहरूको जे-जस्तो आचरण भएको भए तापनि, मानिसहरू स्पष्टसित परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने लक्ष्य अनुरूप अभ्यास गर्न ‍असफल भएका छन्। यसर्थ, म सारांशमा एक शब्दावली प्रदान गर्नेछु र यस शब्दावलीलाई मानिसहरू किन परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने परमेश्‍वरको मार्गमा हिँड्न सक्दैनन् भन्ने बारेमा हामीले भर्खरै भनेका सबै कुराहरूको व्याख्या गर्न प्रयोग गर्नेछु। यो शब्दावली के हो त? यो शब्दावली हो: परमेश्‍वरले मानिसलाई उहाँको मुक्तिको वस्तुको रूपमा र उहाँको कामको वस्तुको रूपमा लिनुहुन्छ; मानिसहरूले परमेश्‍वरलाई तिनीहरूको दुस्मन र तिनीहरूको प्रतिवादको रूपमा लिन्छन्। के तैँले अब यो मामलाको बारेमा स्पष्ट बुझिस् त? मानवजातिको आचरण कस्तो छ, परमेश्‍वरको आचरण कस्तो छ, र मानिसहरू र परमेश्‍वर बीचको सम्बन्ध कस्तो छ भन्ने कुरा एकदमै स्पष्ट छ। तिमीहरूले जति नै धेरै प्रवचनहरू सुनिसकेको भए तापनि, ती कुराहरू जसको बारेमा तिमीहरू आफैले आफ्ना निष्कर्षहरू निकालेका छौ, जस्तै परमेश्‍वरप्रति बफादार हुने, परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने, परमेश्‍वरको लागि सारा जीवन खर्च गर्न चाहना गर्ने र परमेश्‍वरको लागि जिउने चाहना गर्ने—मलाई त लाग्छ, यी कुराहरू सचेत रूपमा परमेश्‍वरको मार्गमा अर्थात परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्ने उदाहरणहरू होइनन् बरु यी कुराहरू त त्यस्ता माध्यमहरू हुन् जसबाट तिमीहरूले केही निश्चित लक्ष्यहरू प्राप्त गर्छौ। ती लक्ष्यहरू प्राप्त गर्न तिमीहरूले मन नलागी-नलागी केही नियमहरू पालना गर्छौ र ठ्याक्कै भन्ने हो भने यी नियमहरूले नै मानिसहरूलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गबाट टाढा लैजान्छ र त्यसले फेरि एकपल्ट परमेश्‍वरलाई मानवजातिको विपक्षमा उभ्याउँछ।

आजको विषय अलि गहकिलो छ, तर जे-जस्तो भए तापनि, मलाई अझै के आशा छ भने, जब तिमीहरू आउँदो अनुभवहरूबाट र आउँदो समयहरूबाट गुज्रनेछौ, तब तिमीहरूले मैले भर्खरै तिमीहरूलाई भनेका कुराहरू गर्न सक्‍नेछौ। परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा नलेओ—मानौं कि उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभयो भने उहाँ अस्तित्वमा हुनुहुन्छ, तर उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभएन भने उहाँको अस्तित्वमा हुनुहुन्न। एक पल्ट तैँले तेरो अर्धचेतन मस्तिष्कमा त्यस्तो सोच ल्याइसकेपछि, तैँले परमेश्‍वरलाई पहिले नै क्रोधित तुल्याइसकेको हुनेछस्। सायद यसो भन्ने मानिसहरू पनि छन् होलान्, “मैले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिएको छैन। म सधैँ उहाँलाई प्रार्थना गर्छु र म सधैँ उहाँलाई सन्तुष्ट पार्ने प्रयास गर्छु र मैले गर्ने हरेक काम-कुराहरू परमेश्‍वरले आवश्यक गर्नुभएका क्षेत्रहरू, मापदण्डहरू र सिद्धान्तहरूभित्र पर्छन्। निश्चय नै मैले मेरा आफ्नै सोच-विचारहरू अनुरूप अभ्यास गरिरहेको छैन।” हो, तैंले अभ्यास गरिरहेको यो तरिका सही छ! तैपनि, जब तैँले कुनै समस्याको सामना गर्छस् तब तँलाई के लाग्छ? जब तैँले कुनै मामलाको सामना गर्छस्, तब तैँले कसरी अभ्यास गर्छस्? केही मानिसहरूले उहाँलाई प्रार्थना गरेको बेलामा र उहाँलाई बिन्ती गरेको बेलामा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्ने महसुस गर्छन् तर त्यसपछि जब तिनीहरूले कुनै समस्याको सामना गर्छन् तब तिनीहरूले आफ्नै सोच-विचारहरू निकाल्छन् र तिनै सोच-विचारहरूको पालना गर्न चाहन्छन्। यसको मतलब तिनीहरूले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिन्छन् र त्यस्तो अवस्थाले परमेश्‍वरलाई तिनीहरूको मस्तिष्कभित्र अस्तित्व विहीन तुल्याइदिन्छ। मानिसहरूले के विश्‍वास गर्छन् भने, जब तिनीहरूलाई उहाँको आवश्यकता पर्छ तब परमेश्‍वर अस्तित्वमा हुनुपर्छ, तर तिनीहरूलाई उहाँको आवश्यकता नपरेको बेलामा उहाँ अस्तित्वमा हुनु हुँदैन। तिनीहरूका आफ्नै सोच-विचारहरूको आधारमा अभ्यास गर्नु नै काफी हुन्छ भनी मानिसहरूले विचार गर्छन्। तिनीहरूले तिनीहरूलाई जे मन लाग्यो त्यही गर्न सक्छन् भन्ने विश्‍वास गर्छन्; तिनीहरूले परमेश्‍वरको मार्गको खोजी गर्नुपर्छ भन्ने विश्‍वास नै गर्दैनन्। जहाँसम्म अहिले यस प्रकारको अवस्थामा भएका र यस प्रकारको स्थितिमा अल्झिएका मानिसहरूको सवाल छ, के तिनीहरू खतराको पछि लागेका छैनन् र? केही मानिसहरू भन्छन्, “म खतराको पछि लागेको भए पनि नभए पनि मैले यतिका वर्षसम्म विश्‍वास गरेको छु, र मलाई विश्‍वास छ परमेश्‍वरले मलाई छाड्नुहुन्न किनभने उहाँले त्यसो गर्न सक्नुहुन्न।” अरू भन्छन्, “म मेरी आमाको गर्भमा भएदेखि नै मैले प्रभुमा विश्‍वास गरेको छु। चालीस वा पचास वर्ष पुगिसकेको छ, त्यसैले समयको हिसाबमा त, परमेश्‍वरद्वारा प्राप्त गर्नको लागि सबैभन्दा योग्य म नै छु र बाँच्‍नको लागि सबैभन्दा योग्य म नै छु। यी चार वा पाँच दशकहरूमा, मैले मेरो परिवार र मेरो जागिर छाडेको छु र मैले पैसा, हैसियत, आनन्द, र परिवारसँगको समयजस्ता मसँग भएका सबै कुराहरू त्याग गरेको छु। मैले स्वादिला खानेकुराहरू त्यति धेरै खाएको छैन, मैले धेरै मनोरञ्जनहरूको आनन्द लिएको छैन, मैले धेरै रोचक ठाउँहरू भ्रमण गरेको छैन र मैले सामान्य मानिसहरूले सहन समेत नसक्ने कष्टहरू सहेको छु। यदि यी कुराहरूको फलस्वरूप परमेश्‍वरले मलाई मुक्ति दिन सक्नुहुन्न भने मलाई अन्यायपूर्ण ढङ्गले व्यवहार गरिएको हुनेछ र म यस प्रकारको परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनँ।” के यस प्रकारको दृष्टिकोण भएका मानिसहरू धेरै छन्? (धेरै छन्।) ठीकै छ, त्यसो भए, आज म तिमीहरूलाई एउटा तथ्य बुझ्न मद्दत गर्नेछु: त्यस्तो दृष्टिकोण भएका मानिसहरूले आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका हुन्छन्। यस्तो हुन्छ किनभने तिनीहरूले तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा आफ्नो आँखा छोपिरहेका हुन्छन्। वास्तवमै परमेश्‍वरले मानिसहरूलाई पूरा गर्न अनिवार्य गर्नुभएका मापदण्डहरूको स्थान यिनै कल्पनाहरूले, साथसाथै तिनीहरूका आफ्नै निष्कर्षहरूले लिन्छन् र यी कुराले तिनीहरूलाई परमेश्‍वरका वास्तविक अभिप्रायहरू स्वीकार गर्नबाट रोक्छन्। यसले तिनीहरूलाई उहाँको साँचो अस्तित्व अनुभूति गर्न असक्षम तुल्याउँछ र यसले तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू पनि गुमाउने तुल्याउँछ, यसरी तिनीहरूले परमेश्‍वरको प्रतिज्ञाको कुनै अंश वा हिस्सा गुमाउँछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू

तैँले कुनै पनि दृष्टिकोण वा निष्कर्षहरू तय गर्नुअघि, तँप्रति परमेश्‍वरको कस्तो आचरण छ र उहाँले के सोचिरहनुभएको छ भन्ने कुरा तैँले पहिले जान्नुपर्छ, अनि त्यसपछि तैँले तेरो आफ्नो सोच सही छ कि छैन भनेर निर्णय गर्न सक्छस्। परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नको लागि समयलाई मापनको एक इकाइको रूपमा कहिल्यै पनि प्रयोग गर्नुभएको छैन, न त उहाँले कहिल्यै कुनै व्यक्तिले कति धेरै कष्ट सहेको छ भन्ने कुरामा नै त्यस्तो निर्धारणलाई आधारित गर्नुभएको छ। त्यसो भए, परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्नको लागि केलाई मापदण्डको रूपमा प्रयोग गर्नुहुन्छ त? समयको आधारमा परिणाम निर्धारण गर्दा नै यो मानिसहरूको धेरैजसो धारणाहरूसँग मेल खाने हुनेथियो। यस अलाबा, तिमीहरूले यस्ता व्यक्तिहरू प्रायः देखिरहन्छौ जसले कुनै एक समय एकदमै धेरै सुम्पेको थियो, धेरै अर्पण गरेको थियो, ठूलो मूल्य चुकाएको थियो र एकदमै ठूलो कष्ट सहेको थियो। तिमीहरूको हेर्ने शैलीअनुसार त यिनीहरू ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिन सकिन्छ। यी मानिसहरूले प्रदर्शन गर्ने र जिउने सबै कुराहरू व्यक्तिको परिणाम निर्धारण गर्नको लागि परमेश्‍वरले तय गर्नुभएका मापदण्डहरू सम्बन्धी मानिसहरूका धारणाहरूसँग दुरुस्त रूपमा मिल्छ। तिमीहरूले जेसुकै विश्‍वास गरे पनि, म यी उदाहरणहरूलाई एक-एक गरी सूचीबद्ध गर्दिन। संक्षिप्त रूपमा भन्दा, परमेश्‍वरको आफ्नै सोचभित्रको मापदण्डमा नभएको कुनै पनि कुरा मानव कल्पनाबाट आएको हुन्छ र त्यस्ता सबै कुराहरू मानव धारणहरू हुन्। यदि तैँले तेरा आफ्नै धारणा र मिथ्या कल्पनाहरूमै अन्धो भई जिद्दी गर्छस् भने, परिणाम के होला त? यो कुरा स्पष्ट छ, यसको परिणाम भनेको परमेश्‍वरले तँलाई तिरस्कार गर्नु मात्र हुन सक्छ। यस्तो हुन्छ किनभने तैँले सधैँ परमेश्‍वरको अगाडि तेरा आफ्ना योग्यताहरूलाई शानसाथ देखाउँछस्, उहाँसँग प्रतिस्पर्धा गर्छस् र उहाँसँग तर्कवितर्क गर्छस् तर तैँले साँचो रूपले उहाँको सोचलाई बुझ्ने कोसिस गर्दैनस्, न त तैँले उहाँको इच्छालाई वा मानवजातिप्रति उहाँको आचरणलाई नै बुझ्ने कोसिस गर्छस्। यस शैलीमा अघि बढेर तैँले सबैभन्दा माथि आफैलाई सम्मान गरिरहेको हुन्छस्; यसले परमेश्‍वरलाई ठूलो बनाउँदैन। तैँले आफैमाथि विश्‍वास गर्छस्; तैँले परमेश्‍वरमाथि विश्‍वास गर्दैनस्। त्यस्ता व्यक्तिहरूलाई परमेश्‍वर चाहनुहुन्न, न त उहाँले तिनीहरूलाई मुक्ति नै प्रदान गर्नुहुन्छ। यदि तैँले यस प्रकारको दृष्टिकोणलाई छाड्न सक्छस् भने, र अझ भन्ने हो भने, यदि तैँले विगतमा आफूले धारण गरेका यी गलत दृष्टिकोणहरूलाई सच्याउँछस् भने, यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप अघि बढ्न सक्छस् भने, यदि तैँले अब उप्रान्त परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गलाई अभ्यास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरलाई सबै थोकमा सबैभन्दा ठूला एकमात्र परमेश्‍वरको रूपमा सम्मान गर्न सक्छस् र तैँले तँ आफैलाई र परमेश्‍वरलाई परिभाषित गर्नको लागि तेरा आफ्नै मिथ्या कल्पनाहरू, दृष्टिकोणहरू वा विश्‍वासहरूको प्रयोग गर्नबाट आफूलाई रोक्न सक्छस् भने र त्यसको सट्टामा यदि तैँले सबै सन्दर्भमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्छस् भने, तैँले मानवताप्रति उहाँको आचरणको बारेमा अनुभूति र बुझाइ प्राप्त गर्छस् भने र उहाँका मापदण्डहरू पूरा गरी उहाँलाई सन्तुष्ट पार्छस् भने, त्यो एकदमै राम्रो हुनेछ! यसले के सङ्केत गर्नेछ भने, तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न लागेको छस्।

यदि परमेश्‍वरले मानिसहरूका विविध सोचहरू, विचारहरू र दृष्टिकोणहरूलाई तिनीहरूका परिणामहरू निर्धारण गर्ने मापदण्डहरूको रूपमा प्रयोग गर्नुहुन्न भने, उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ त? उहाँले तिनीहरूका परिणामहरू निर्धारण गर्नको लागि परीक्षाहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि प्रयोग गर्नुहुने परीक्षाहरूको लागि दुईवटा मापदण्डहरू हुन्छन्: पहिलो हो, मानिसहरूले भोग्ने परीक्षाहरूको संख्या र दोस्रो हो, यी परीक्षाहरूले मानिसहरूमा ल्याउने नतिजाहरू। यी दुई सूचकहरूले नै कुनै व्यक्तिको परिणाम स्थापित गर्छन्। अब हामी यी दुई मापदण्डहरूको बारेमा विस्तृत छलफल गरौं।

सुरुमा भन्दा, जब कुनै व्यक्तिले परमेश्‍वरले दिनुभएको परीक्षाको सामना गर्छ (नोट: तेरो आँखामा यो परीक्षा सामान्य कुरा, भन्न पनि योग्य नहुने कुरा हुन सक्छ), तब उहाँले तँलाई यो त तँमाथि उहाँका हातहरू राख्नुभएको हो र यो परिस्थिति तेरो लागि उहाँले नै बन्दोबस्त गर्नुभएको हो भनेर स्पष्ट रूपमै सचेत गराउनुहुन्छ। तँ कदमा अपरिपक्व रहेकै अवस्थामा, परमेश्‍वरले तँलाई जाँच्नको लागि परीक्षाहरूको बन्दोबस्त गर्नुहुन्छ र यी परीक्षाहरू तेरो कद अनुरूप, तैँले जे बुझ्न सक्छस् सोही अनुरूप हुनेछन् र तैँले जे सहन गर्न सक्छस् सोही अनुरूप हुनेछन्। तेरो कुन भागलाई जाँच गरिनेछ त? परमेश्‍वरप्रतिको तेरो आचरणको। के यो आचरण धेरै महत्वपूर्ण छ त? अवश्य पनि यो महत्वपूर्ण छ। यो विशेष महत्त्वको छ! मानिसहरूमा हुने यो आचरण नै परमेश्‍वरले चाहनुहुने नतिजा हो, त्यसैले जहाँको लागि त, यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। नत्रभने त परमेश्‍वरले यस्ता काममा संलग्न भई मानिसहरूमा आफ्ना प्रयत्नहरू खर्च गर्नुहुन्नथ्यो। यी परीक्षाहरूमार्फत परमेश्‍वरले उहाँप्रतिको तेरो आचरण हेर्न चाहनुहुन्छ; उहाँ तँ सही मार्गमा छस् कि छैनस् भनी हेर्न चाहनुहुन्छ। तैँले परमेश्‍वरको डर मान्छस् कि मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भनेर पनि उहाँले हेर्न चाहनुहुन्छ। त्यसकारण, कुनै खास समयमा तैँले सत्यताको धेरै वा थोरै कुरा बुझेको भए पनि नभए पनि, तैँले परमेश्‍वरको परीक्षाहरूको सामना गर्नुपर्नेछ, अनि तैँले बुझ्ने सत्यताको मात्राको वृद्धिसँगै उहाँले तेरो लागि सान्दर्भिक परीक्षाहरू बन्दोबस्त गर्न जारी राख्नुहुनेछ। जब तैँले फेरि पनि परीक्षाको सामना गर्छस्, परमेश्‍वरले तेरो दृष्टिकोण, तेरा विचारहरू, उहाँप्रतिको तेरो आचरणमा हस्तक्षेप गरिएको अवधिमा कुनै प्रगति भएको छ कि छैन सो हेर्न चाहनुहुनेछ। केही मानिसहरूले यस्तो विचार गर्छन्, “परमेश्‍वरले किन मानिसहरूको आचरण हेर्न चाहनुहुन्छ त? के उहाँले तिनीहरूले के-कसरी सत्यताको अभ्यास गर्छन् भनेर यसअघि नै देखिसक्नुभएको हुँदैन र? किन अझै पनि उहाँले तिनीहरूको आचरण हेर्न चाहनुहुन्छ?” यो त बकवास कुरा हो! परमेश्‍वरले यस शैलीमा काम गर्नुहुने हुनाले त्यसभित्र उहाँको इच्छा पक्कै हुनुपर्छ। परमेश्‍वरले निरन्तर रूपमा नजिकबाट मानिसहरूलाई अवलोकन गर्नुहुन्छ, तिनीहरूको शब्द र कार्य, तिनीहरूको हरेक कर्म र चाललाई हेर्नुहुन्छ; उहाँले तिनीहरूको हरेक सोच र विचारलाई समेत अवलोकन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा घट्ने हरेक घटनालाई—तिनीहरूका असल कर्महरू, तिनीहरूका गल्तीहरू, तिनीहरूका अपराधहरू, तिनीहरूका विद्रोहहरू र धोकाहरू समेतलाई—प्रमाणको रूपमा टिपेर राख्नुहुन्छ त्यसलाई तिनीहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुन्छ। चरणबद्ध रूपमा, जब परमेश्‍वरको काम उच्च तहमा जान्छ, तब तैँले अझै बढी सत्यताहरू सुन्नेछस् र तैँले अझ सकारात्मक कुरा र जानकारीहरू स्वीकार गर्न पुग्नेछस् र तैँले अझ बढी सत्यताको वास्तविकता प्राप्त गर्नेछस्। यो प्रक्रियाभरि नै, तेरो लागि परमेश्‍वरले तय गर्नुभएका आवश्यक मापदण्डहरू बढ्दै जानेछन् र ती मापदण्डहरू बढ्दै जाँदा उहाँले तेरो लागि अझ गम्भीर परीक्षाहरूको बन्दोबस्त गर्नुहुनेछ। उहाँको लक्ष्य भनेको यस बीचमा उहाँप्रतिको तेरो आचरणमा कुनै प्रगति भएको छ कि छैन भनेर जाँच गर्नु हो। अवश्य पनि, जब यस्तो हुन्छ, तब तैँले धारण गर्नैपर्ने भनेर परमेश्‍वरले तोक्‍नुभएको दृष्टिकोण तेरो सत्यता वास्तविकताको बुझाइसँग मेल खानेछ।

तेरो कद क्रमिक रूपले बढ्दै जाँदा, परमेश्‍वरले तैँले पूरा गर्नैपर्ने भनेर तोक्‍नुभएको मापदण्ड पनि बढ्दै जानेछ। तँ अझै पनि अपरिपक्व भएको बेलामा, उहाँले तैंले पूरा गर्नको लागि तल्लो तहको मापदण्ड तय गर्नुहुनेछ; जब तेरो कद अलि ठूलो हुन्छ, तब उहाँले तेरो मापदण्डलाई अलि माथिल्लो तहमा लैजानुहुनेछ। तर तैँले सबै सत्यताहरूको बारेमा बुझाइ हासिल गरिसकेपछि परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले तँलाई अझ ठूला परीक्षाहरूको सामना गर्न लगाउनुहुनेछ। यी परीक्षाहरूमाझ, परमेश्‍वरले तँबाट प्राप्त गर्न चाहनुभएको कुरा, उहाँले तँबाट देख्न चाहनुभएको कुरा भनेको उहाँको बारेमा अझ गहन बुझाइ, उहाँको बारेमा वास्तविक आदर हो। यो समयमा, तेरो लागि उहाँले तोक्‍नुभएका मापदण्डहरू तेरो कद अपरिपक्व भएको बेलाका मापदण्डहरूभन्दा अझ माथिल्लो तहका र “अझ कठोर” (नोट: मानिसहरूले तिनलाई कठोर भनी मान्लान् तर परमेश्‍वरले वास्तवमा तिनलाई उचित मान्नुहुन्छ) हुनेछन्। जब परमेश्‍वरले मानिसहरूको परीक्षा लिइरहनुभएको हुन्छ, तब उहाँले कस्तो प्रकारको वास्तविकता सृजना गर्न खोजिरहनुभएको हुन्छ? उहाँले मलाई तिमीहरूको हृदय देओ भनेर निरन्तर रूपमा मानिसहरूलाई भनिरहनुभएको हुन्छ। केही मानिसहरूले भन्नेछन्, “मैले त्यो कसरी दिन सक्छु? मैल त मेरो कर्तव्य पूरा गरिसकेको छु; मैले मेरो घर र जीविका छाडिसकेको छु र मैले आफैलाई समर्पण गरिसकेको छु। के यी सबै मैले मेरो हृदय परमेश्‍वरलाई दिएको उदाहरणहरू होइनन् र? मैले अन्यथा कसरी परमेश्‍वरलाई हृदय दिन सक्छु त? के यी शैलीहरू वास्तवमा मैले परमेश्‍वरलाई हृदय दिने शैलीहरू नहुन सक्छन् त? परमेश्‍वरको निश्‍चित मापदण्ड के हो त?” यो मापदण्ड एकदमै सरल छ। वास्तवमा, आफ्नो परीक्षाहरूको विविध चरणहरूको दौरान विभिन्न हदसम्म परमेश्‍वरलाई यसअघि नै हृदय दिइसकेका केही मानिसहरू छन्, तर अधिकांश मानिसहरूले कहिल्यै पनि परमेश्‍वरलाई हृदय दिँदैनन्। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तेरो हृदय उहाँसँग छ कि, देहसँग छ वा शैतानसँग छ भनेर हेर्नुहुन्छ। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तँ उहाँको विपक्षमा उभिएको छस् कि उहाँ अनुरूप हुने अवस्थामा उभिएको छस् भनेर हेर्नुहुन्छ, र उहाँले तेरो हृदय उहाँको पक्षमा छ कि छैन भनेर हेर्नुहुन्छ। तँ अपरिपक्व छस् र तैँले परीक्षाहरूको सामना गरिरहेको छस् भने, तँमा थोरै आत्मविश्‍वास हुन्छ र तैँले परमेश्‍वरका अभिप्रायहरू परिपूर्ति गर्नको लागि वास्तवमा के गर्नुपर्छ भन्ने कुरा जान्दैनस् किनभने सत्यतासम्बन्धी तेरो बुझाइ सीमित हुन्छ। तथापि, यदि तैँले अझै पनि साँचो रूपले र इमानदारीता पूर्वक परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस् भने, र यदि तँ परमेश्‍वरलाई हृदय दिन, उहाँलाई तेरो सम्प्रभु बनाउन इच्छुक बन्न सक्छस् भने र तैँले सबैभन्दा अमूल्य भनी विश्‍वास गरेका तेरा सबै कुराहरू उहाँमा अर्पण गर्न इच्छुक बन्न सक्छस् भने, तैँले यसअघि नै परमेश्‍वरलाई तेरो हृदय दिइसकेको हुनेछस्। तैँले अझ बढी उपदेशहरू सुन्दै जाँदा र अझ बढी सत्यता बुझ्दै जाँदा, तेरो कद पनि क्रमिक रूपमा बढ्दै जानेछ। यो समयमा, परमेश्‍वरका सर्तहरूका मापदण्डहरू तँ अपरिपक्व भएको अवस्थामा भएका मापदण्हरूजस्तो दुरुस्तै हुनेछैनन्; उहाँले तँबाट अलि माथिल्लो तहको मापदण्ड पूरा गर्ने सर्त राख्नुहुनेछ। मानिसहरूले क्रमिक रूपमा परमेश्‍वरलाई हृदय दिँदै जाँदा, तिनीहरूको हृदय बिस्तारै उहाँको नजिक जान्छ; मानिसहरू परमेश्‍वरको नजिक हुँदै जाँदा, तिनीहरूको हृदयले उहाँको झन् बढी आदर गर्दै जानेछ। परमेश्‍वरले त्यस्तै हृदय चाहनुहुन्छ।

जब परमेश्‍वरले कसैको हृदय प्राप्त गर्न चाहनुहुन्छ, तब उहाँले उक्त व्यक्तिलाई असंख्य परीक्षाहरूबाट गुज्रन लगाउनुहुन्छ। यी परीक्षाहरूको दौरान, यदि परमेश्‍वरले उक्त व्यक्तिको हृदय प्राप्त गर्नुभएन भने वा उक्त व्यक्तिसँग कुनै आचरण रहेको देख्नुभएन भने—यसको मतलब, यदि परमेश्‍वरले उक्त व्यक्तिले उहाँको आदर गर्ने गरी अभ्यास वा व्यवहार गरेको देख्नुभएन भने र यदि उहाँले उक्त व्यक्तिमा दुष्टताबाट अलग बस्ने आचरण र संकल्प देख्नुभएन भने—असंख्य परीक्षाहरूपछि परमेश्‍वरले तिनीहरूप्रतिको आफ्‍नो धैर्यतालाई फिर्ता गर्नुहुन्छ र उहाँले तिनीहरूलाई त्यसपछि फेरि सहन गर्नुहुनेछैन। उहाँले उक्त व्यक्तिलाई फेरि कहिल्यै परीक्षा गर्नुहुनेछैन, र उहाँले तिनीहरूसँग फेरि कहिल्यै काम गर्नुहुनेछैन। त्यसो भए, यसले उक्त व्यक्तिको परिणामको बारेमा के कुराको सङ्केत गर्छ त? यसको अर्थ तिनीहरूको कुनै परिणाम हुँदैन भन्ने हो। सायद उक्त व्यक्तिले कुनै दुष्कर्म गरेको छैन होला, सायद तिनीहरूले कुनै पनि विध्वंसात्मक कार्य गरेका छैनन् होला र कुनै बाधा-व्यवधान खडा गरेका छैनन् होला। सायद तिनीहरूले खुला रूपमा परमेश्‍वरको प्रतिरोध गरेका छैनन् होला। तैपनि, उक्त व्यक्तिको हृदय परमेश्‍वरबाट लुकेर रहेको हुन्छ; तिनीहरूसँग कहिल्यै पनि परमेश्‍वरप्रति स्पष्ट आचरण र दृष्टिकोण रहेको हुँदैन र परमेश्‍वरले तिनीहरूको हृदय उहाँलाई दिइएको छ भनेर स्पष्टसित देख्न सक्नुहुन्न वा तिनीहरूले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न खोजिरहेका छन् भनेर देख्न सक्नुहुन्न। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूप्रति धैर्यता गुमाउनुहुन्छ र तिनीहरूको लागि फेरि कहिल्यै कुनै मूल्य चुकाउनुहुनेछैन, कुनै कृपा प्रदान गर्नुहुनेछैन, वा तिनीहरूमा काम गर्नुहुनेछैन। त्यस्तो व्यक्तिको परमेश्‍वरमा विश्‍वास गर्ने जीवन यसअघि नै समाप्त भइसकेको हुन्छ। यस्तो हुन्छ किनभने परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै परीक्षाहरूमा परमेश्‍वरले आफूले चाहनुभएका कुनै पनि नतिजाहरू प्राप्त गर्नुभएको हुँदैन। यसरी, यस्ता धेरै मानिसहरू छन् जसमा मैले कहिल्यै पनि पवित्र आत्माको अन्तर्दृष्टि वा ज्योति देखेको छैनँ। कसरी यसलाई देख्न सकिन्छ त? यी मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका होलान् र सतही रूपमा तिनीहरूले जोशका साथ व्यवहार गरेका होलान्; तिनीहरूले धेरै पुस्तकहरू पढेका छन्, धेरै मामलाहरू सम्हालेका छन्, एक दर्जन स्मरण पुस्तिकाहरू भरेका छन्, र अत्यन्तै धेरै वचनहरू र धर्मसिद्धान्तहरूमा पोख्त भएका छन्। तैपनि तिनीहरूमा कहिल्यै पनि देख्‍न सकिने प्रगति भएको छैन, परमेश्‍वरप्रतिको तिनीहरूको दृष्टिकोण अदृश्य रहन्छ, र तिनीहरूको आचरण अझै अस्पष्ट छ। अर्को शब्दमा भन्दा, तिनीहरूको हृदयलाई देख्न सकिँदैन; ती सधैँभरि बेरिएका र सिल गरिएका हुन्छन्—ती परमेश्‍वरबाट टाढा हुने गरी सिल गरिएका हुन्छन्। फलस्वरूप, उहाँले तिनीहरूको साँचो हृदय देख्नुभएको छैन, उहाँले यी मानिसहरूमा उहाँप्रतिको साँचो आदर देख्नुभएको छैन, र त्योभन्दा बढी के हो भने, उहाँले यी मानिसहरू उहाँको मार्गमा कसरी हिँड्छन् भन्ने कुरा देख्नुभएकै छैन। यदि परमेश्‍वरले अहिलेसम्म त्यस्ता मानिसहरूलाई प्राप्त गर्नुभएको छैन भने, के उहाँले भविष्यमा तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ त? उहाँले तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्न। के उहाँले प्राप्त गर्नै नसकिने कुराको लागि जोड दिइरहनुहुन्छ त? उहाँले जोड दिइरहनुहुन्न! त्यसो भए, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको वर्तमान आचरण कस्तो हुन्छ त? (उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ र तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ।) उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ! परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ध्यान दिनुहुन्‍न; उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। तिमीहरूले यी वचनहरूलाई एकदमै चाँडो र एकदमै सही रूपले कण्ठस्थ पारिसकेका छौ। यस्तो लाग्छ तिमीहरूले जे सुनेका छौ त्यसलाई बुझिसकेका छौ!

केही मानिसहरू छन् जो परमेश्‍वरलाई पछ्याउन सुरु गर्दा अपरिपक्व र अज्ञानी हुन्छन्; तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्न सक्दैनन्, न त तिनीहरूले उहाँमा विश्‍वास गर्नु भनेको के हो भन्ने नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानव कल्पित र गलत तरिका अपनाउँछन्। जब त्यस्ता मानिसहरूले परीक्षाहरूको सामना गर्छन्, तिनीहरू यसको बारेमा सचेत नै हुँदैनन्; तिनीहरू परमेश्‍वरको मार्गनिर्देशन र अन्तर्दृष्टिको बारेमा स्तब्ध रहन्छन्। तिनीहरूले परमेश्‍वरलाई तिनीहरूको हृदय दिनु भनेको के हो वा परीक्षाको दौरान खरो उत्रनु भनेको के हो भन्ने नै जान्दैनन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई सीमित समय मात्र प्रदान गर्नुहुन्छ र उक्त समयमा उहाँले तिनीहरूलाई उहाँका परीक्षाहरूको प्रकृतिको बारेमा र उहाँका अभिप्रायहरू के हुन् भन्ने बारेमा बुझ्न दिनुहुन्छ। पछि गएर, यी मानिसहरूले तिनीहरूका दृष्टिकोणलाई प्रदर्शित गर्नुपर्छ। यो चरणमा रहेका व्यक्तिहरूको लागि परमेश्‍वरले अझै प्रतीक्षा गरिरहनुभएको हुन्छ। केही दृष्टिकोण भएका तर अझै दुबिधामा रहेका, परमेश्‍वरलाई तिनीहरूको हृदय दिन चाहने तर त्यसो गर्न स्वीकार गरी नसकेकाहरू, र केही आधारभूत सत्यताहरूलाई अभ्यास गरिसकेपछि पनि ठूला परीक्षाहरूको सामना गर्दा लुक्न प्रयास गर्ने र हार मान्ने व्यक्तिहरूको हकमा—तिनीहरूप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ त? उहाँले अझै पनि तिनीहरूबाट केही कुराको अपेक्षा गर्नुहुन्छ र नतिजा चाहिँ तिनीहरूको आचरण र कार्य-प्रदर्शनमा भर पर्छ। यदि मानिसहरू प्रगति गर्ने कार्यमा सक्रिय हुँदैनन् भने परमेश्‍वरले के गर्नुहुन्छ? उहाँले तिनीहरूलाई त्याग गर्नुहुन्छ। यस्तो हुन्छ किनभने परमेश्‍वरले तँलाई त्याग गर्नुभन्दा पहिले तैँले आफूले आफैलाई त्यागिसकेको हुन्छस्। यसरी, आफूलाई त्याग गरिएकोमा तैँले परमेश्‍वरलाई दोष लगाउन सक्दैनस्, सक्छस् त? यो न्यायसंगत कुरा हो कि होइन त? (यो न्यायसंगत कुरा हो।)

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२

परमेश्‍वरलाई पछ्याउँदा, मानिसहरूले विरलै मात्र परमेश्‍वरको इच्छाको बारेमा ध्यान दिन्छन् र तिनीहरूले कमै मात्र उहाँका सोचहरू र मानिसहरूप्रतिको उहाँको आचरणको बारेमा परवाह गर्छन्। मानिसहरूले परमेश्‍वरका सोचहरूको बारेमा बुझ्दैनन्, त्यसैले उहाँका अभिप्रायहरू र स्वभावको बारेमा प्रश्नहरू गर्दा, तिमीहरू द्विविधामा पर्छौ; तिमीहरू गहन अनिश्चिततामा पर्छौ, र तिमीहरूले कि त अनुमान लगाउँछौ कि त झटारो हान्छौ। यो कस्तो प्रकारको आचरण हो? यसले एउटा तथ्य प्रमाणित गर्छ: परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले उहाँलाई रित्तो हावाको एक पोकोको रूपमा र एक मिनेट अस्तित्वमा रहने अर्को मिनेट अस्तित्वमा नरहने कुनै वस्तुको रूपमा लिन्छन्। मैले यसलाई किन यसरी भनेँ त? किनभने जब तिमीहरूले कुनै समस्याको सामना गर्छौ तब तिमीहरूलाई परमेश्‍वरको इच्छाको बारेमा थाहै हुँदैन। किन तिमीहरूलाई उहाँको इच्छाको बारेमा थाहै हुँदैन त? अहिले मात्र होइन, बरु सुरुदेखि अन्त्यसम्म नै, के यो समस्याप्रतिको परमेश्‍वरको आचरणको बारेमा तिमीहरूलाई थाहा छैन त? तैँले यसलाई बुझ्न सक्दैनस् र तँलाई परमेश्‍वरको मनोवृत्तिको बारेमा थाहा छैन, तर के तैँले यसको बारेमा त्यति सोचेको छस् त? के तैँले यसको बारेमा जान्ने प्रयास गरेको छस् त? के तैँले यसको बारेमा सङ्गति गरेको छस् त? छैन! यसले एउटा तथ्य पुष्टि गर्छ: वास्तविकताको परमेश्‍वरसँग तेरो विश्‍वासको परमेश्‍वरको कुनै सम्बन्ध छैन। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले केवल आफ्ना अभिप्रायहरू र तेरा अगुवाहरूका अभिप्रायहरूको बारेमा मात्र चिन्तन गर्छस्; परमेश्‍वरको इच्छाको खोजी बिलकुलै नगरी तैँले परमेश्‍वरका वचनहरूको सतही र धर्मसैद्धान्तिक अर्थहरूलाई मात्र सोचविचार गर्छस्। के अवस्था यही हो, होइन र? यो मामलाको सार एकदमै भयानक छ! वर्षौंपछि मैले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू देखेको छु। तिनीहरूको मनभित्र तिनीहरूको विश्‍वासले परमेश्‍वरलाई के मा रूपान्तरित गरेको छ त? केही मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौं परमेश्‍वर केवल एक रित्तो हावाको पोको हुनुहुन्छ। यी मानिसहरूसँग परमेश्‍वरको अस्तित्व बारेका प्रश्नहरूको कुनै जबाफ हुँदैन किनभने तिनीहरूले उहाँको उपस्थिति वा अनुपस्थिति न त अनुभव गर्न सक्छन् न त महसुस नै गर्न सक्छन्, यसको बारेमा स्पष्टसँग देख्ने वा बुझ्ने कुरा त परै जाओस्। अर्धचेतन रूपमा, यी मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भनी सोच्छन्। अन्य मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौं परमेश्‍वर एक मानव हुनुहुन्छ। यी मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्ने सबै कुराहरू उहाँले पनि गर्न सक्नुहुन्न र तिनीहरूले जसरी सोच्छन् उहाँले पनि त्यसरी नै सोच्नुहुन्छ। परमेश्‍वर सम्‍बन्धी तिनीहरूको परिभाषा भनेको “एक अदृश्य र अस्पर्शनीय व्यक्ति” भन्‍ने हुन्छ। मानिसहरूको एक अर्को समूह पनि छ जसले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौं परमेश्‍वर एक कठपुतली हुनुहुन्छ; यी मानिसहरूले परमेश्‍वरमा कुनै भावनाहरू नै हुँदैनन् भनी विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर त एक माटोको मूर्ति हुनुहुन्छ अनि कुनै समस्याको सामना गर्दा परमेश्‍वरसँग कुनै आचरण, दृष्टिकोण वा विचारहरू नै हुँदैनन् भन्‍ने सोच्छन्; तिनीहरू परमेश्‍वर मानवजातिको निगाहमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले आफूलाई जसरी विश्‍वास गर्न मन लाग्यो त्यसरी नै विश्‍वास गर्छन्। यदि उनीहरूले उहाँलाई ठूलो बनाए भने उहाँ ठूलो हुनुहुन्छ; यदि उनीहरूले उहाँलाई सानो बनाए भने उहाँ सानो हुनुहुन्छ। जब मानिसहरूले पाप गर्छन् अनि तिनीहरूलाई परमेश्‍वरको कृपा, सहनशीलता र प्रेमको आवश्यक पर्छ, तब तिनीहरू परमेश्‍वरले कृपा प्रदान गर्नुपर्छ भन्‍ने ठान्छन्। यी मानिसहरूले आफ्नै मनभित्र “परमेश्‍वर” को आविष्कार गर्छन् र उक्त “परमेश्‍वर” लाई तिनीहरूका मागहरू पूरा गर्न तथा तिनीहरूका सबै चाहनाहरू सन्तुष्ट पार्न लगाउँछन्। यी मानिसहरू जुनसुकै समय र ठाउँमा भए तापनि र तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा अनि तिनीहरूको विश्‍वासमा यही कल्पनालाई अँगाल्नेछन्। अनि यस्ता खालका मानिसहरू पनि छन् जो परमेश्‍वरको स्वभावलाई क्रोधित पारिसकेपछि पनि अझै परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ भनी विश्‍वास गर्छन् किनभने परमेश्‍वरको प्रेम असीमित छ र उहाँको स्वभाव धर्मी छ अनि व्यक्तिले परमेश्‍वरलाई जति ठेस पुर्‍याए पनि उहाँले त्यो कुरालाई सम्झनुहुनेछैन भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरूले के सोच्छन् भने मानवीय त्रुटिहरू, मानवीय उल्लंघनहरू अनि मानवीय अवज्ञाहरू व्यक्तिको स्वभावको क्षणिक अभिव्यक्तिहरू भएका हुनाले परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्छ र तिनीहरूप्रति सहनशील र धैर्य रहनुहुन्छ; तिनीहरू परमेश्‍वरले आफूलाई पहिलेजस्तै प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्छन्। यसरी, तिनीहरूले मुक्ति प्राप्त गर्ने उच्च आशा राख्छन्। वास्तवमा, मानिसहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे तापनि, जबसम्म तिनीहरूले सत्यताको खोजी गरिरहेका हुँदैनन् तबसम्म उहाँले तिनीहरूप्रति नकारात्मक आचरण राख्नुहुन्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वरप्रति तेरो विश्‍वासको सिलसिलामा, तैँले परमेश्‍वरका वचनहरूको पुस्तक लिएर यसलाई अमूल्य सम्पत्तिको रूपमा लिए पनि, अनि यसलाई हरेक दिन अध्ययन र वाचन गरे पनि, तैंले वास्तविक परमेश्‍वरलाई एकातिर पन्छाएर राख्छस्। तैँले उहाँलाई केवल रित्तो हावा वा केवल एक व्यक्तिको रूपमा लिन्छस्—तिमीहरूमध्ये केहीले उहाँलाई कठपुतली भन्दा बढ्ता ठान्दैनौं। मैले किन यसरी यो कुरा राखेँ त? मैले त्यसो गरें किनभने मैले जे देख्दैछु त्यो अनुसार, तिमीहरूले कुनै समस्या वा केही परिस्थितिको सामना गरे पनि नगरे पनि, तेरो अर्धचेतनमा रहेका कुराहरू, तैँले भित्रैबाट उत्पन्न गरेका कुराहरू र परमेश्‍वरका वचनहरू वा सत्यताको खोजीको बीचमा कहिल्यै पनि कुनै सम्बन्ध नै रहेको छैन। तैँले तँ आफूले जे सोचिराखेको छस्, तेरो दृष्टिकोण जे छ त्यो मात्र जान्दछस्, अनि तैँले तेरा आफ्नै विचारहरू र रायहरूलाई जबरजस्ती परमेश्‍वरमा लाद्छस्। तेरो मनमा, ती कुराहरू परमेश्‍वरका दृष्टिकोणहरू बन्छन्, अनि तैँले ती दृष्टिकोणहरूलाई आफूले अटल रूपमा पालना गर्ने मापदण्डहरू बनाउँछस्। समयसँगै, यसरी अघि बढ्दै जाँदा यसले तँलाई परमेश्‍वरबाट टाढाभन्दा टाढा पुर्‍याउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३

परमेश्‍वरको मनोवृत्तिलाई बुझ र परमेश्‍वर सम्‍बन्धी सबै गलत अवधारणाहरूलाई पन्छाओ

तिमीहरूले हाल विश्‍वास गरेको यो परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ? के तिमीहरूले यसबारेमा कहिल्यै सोचेका छौ? जब उहाँले कुनै दुष्ट व्यक्तिलाई दुष्ट कार्यहरू गरिरहेको देख्नुहुन्छ, तब के उहाँले त्यसलाई घृणा गर्नुहुन्छ? (हो, उहाँले घृणा गर्नुहुन्छ।) उहाँले अज्ञानी व्यक्तिले गल्तीहरू गरेको देख्दा उहाँको आचरण कस्तो हुन्छ? (दुःखित।) जब मानिसहरूले उहाँका भेटीहरू चोरेको देख्नुहुन्छ, तब उहाँको मनोवृत्ति कस्तो हुन्छ? (उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।) यो एकदमै स्पष्ट छ, हैन त? जब परमेश्‍वरले उहाँप्रतिको कसैको विश्‍वासमा अन्योलता भएको देख्नुहुन्छ अनि जसले सत्यताको खोजी बिलकुलै गरिरहेको हुँदैनन्, तब परमेश्‍वरको आचरण कस्तो हुन्छ? तिमीहरू त्यति निश्चित छैनौ, छौ त? “आचरणको रूपमा अन्योलता” पाप होइन, न त यसले परमेश्‍वरलाई ठेस पुर्‍याउँछ अनि मानिसहरूले यसलाई ठूलो गल्ती हो भन्ने पनि ठान्दैनन्। त्यसो भए, मलाई बताओ—यो अवस्थामा परमेश्‍वरको आचरण कस्तो हुन्छ? (उहाँ तिनीहरूलाई स्वीकार गर्न अनिच्छुक हुनुहुन्छ।) “स्वीकार गर्न अनिच्छुक”—यो कस्तो प्रकारको आचरण हो? यसको मतलब, परमेश्‍वरले यी मानिसहरूलाई हेयको दृष्टिले हेर्नुहुन्छ र तिनीहरूलाई घृणा गर्नुहुन्छ। उहाँले त्यस्ता मानिसहरूलाई निराकरण गर्ने शैली भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो। परमेश्‍वरको पद्धति भनेको तिनीहरूलाई पन्छाउनु हो, तिनीहरूसँग कुनै पनि काममा संलग्न नहुनु हो र यसमा अन्तर्दृष्टि, ज्योति, सजाय र अनुशासनको काम समावेश हुन्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको काममा गन्ती नै गरिँदैन। उहाँको स्वभावलाई भड्काउने र उहाँका प्रशासनिक आदेशहरूलाई उल्लंघन गर्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ? अत्यन्तै धेरै घृणाले भरिएको हुन्छ! उहाँको स्वभावलाई भड्काएकोमा पश्‍चाताप नगर्ने मानिसहरूप्रति परमेश्‍वर अत्यन्तै धेरै क्रोधित बन्नुहुन्छ। “क्रोधित” भनेको एक अनुभव, एक मनस्थिति भन्दा बढी केही पनि होइन; यसले एक स्पष्ट आचरणलाई जनाउँदैन। तथापि, यो अनुभवले—यो मनस्थितिले—त्यस्ता मानिसहरूको लागि कुनै एउटा परिणाम निम्त्याउनेछ; यसले परमेश्‍वरलाई चरम घृणाले भरिदिनेछ! यो चरम घृणाको परिणाम के हुन्छ त? यसको परिणाम के हुन्छ भने परमेश्‍वरले यी मानिसहरूलाई पन्छाउनुहुनेछ र वर्तमान समयमा तिनीहरूप्रति कुनै प्रतिक्रिया जनाउनुहुन्न। त्यसपछि उहाँले “शरदपछि” तिनीहरूलाई ठीक पार्नलाई प्रतीक्षा गर्नुहुन्छ। यसले के कुराको सङ्केत गर्छ? के यी मानिसहरूको परिणाम आउनेछ त? परमेश्‍वरले त्यस्ता मानिसहरूलाई परिणाम प्रदान गर्ने सोच कहिल्यै पनि बनाउनुभएन! त्यसकारण, परमेश्‍वरले त्यस्ता मानिसहरूप्रति अहिले कुनै प्रतिक्रिया जनाउनुभएन भने के त्यो पूर्णतया सामान्य कुरा हुँदैन र? (हो, यो सामान्य कुरा हुन्छ।) त्यस्ता मानिसहरूले के गर्ने तयारी गरिरहेको हुनुपर्छ त? तिनीहरूले तिनीहरूको व्यवहार र तिनीहरूले गरेका दुष्ट कार्यहरूको नकारात्मक परिणामहरू भोग्न तयार हुनुपर्छ। त्यस्तो व्यक्तिको लागि परमेश्‍वरको प्रतिक्रिया यही हो। त्यसकारण म अब स्पष्टसित त्यस्ता मानिसहरूलाई भन्छु: तिमीहरू आफ्‍ना भ्रममा अब फेरि कहिल्यै नअल्झिओ, र अभिलाषी चिन्तनमा अब फेरि कहिल्यै संलग्न नहोओ। परमेश्‍वर मानिसहरूप्रति अनिश्चितकालीन रूपमा नै भने सहनशील रहिरहनुहुनेछैन; उहाँले तिनीहरूका अपराधहरू वा अवज्ञाहरूलाई सधैँभरि सहनुहुनेछैन। केही मानिसहरूले भन्नेछन्, “मैले त्यस्ता केही मानिसहरू पनि देखेको छु र जब तिनीहरूले प्रार्थना गर्छन्, तिनीहरूले आफूलाई परमेश्‍वरले छोएको अनुभूति गर्छन् र तिनीहरू त्यसपछि नमीठोसित रुन्छन्। प्रायजसो तिनीहरू खुशी पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको उपस्थिति र परमेश्‍वरको मार्गनिर्देशन पाएका मानिसहरू जस्ता देखिन्छन्।” यस्ता बकवास कुराहरू नबोल! नमीठो आशु झार्दैमा, त्यसको अर्थ व्यक्तिलाई परमेश्‍वरले छोएको वा उसले परमेश्‍वरको उपस्थितको आनन्द लिएको हो भन्ने जरुरी छैन, परमेश्‍वरको मार्गनिर्देशन पाएको भन्ने त कुरै छोडौं। यदि मानिसहरूले परमेश्‍वरलाई रिस उठाउँछन् भने के उहाँले अझै तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ त? छोटकरीमा, यदि परमेश्‍वरले कसैलाई हटाउने र परित्याग गर्ने निर्णय लिनुभएको छ भने त्यस्तो व्यक्तिको परिणाम समाप्त भइसकेको हुन्छ। तिनीहरूले प्रार्थना गर्दा तिनीहरूको भावना जति नै अनुकूल भए पनि, वा तिनीहरूको हृदयमा परमेश्‍वरमाथि जति नै विश्‍वास भए पनि, यो कुराले अब फेरि कहिल्यै पनि कुनै परिणाम दिँदैनन्। महत्वपूर्ण कुरा के छ भने परमेश्‍वरलाई यस प्रकारको विश्‍वासको आवश्यकता छैन; उहाँले यी मानिसहरूलाई पहिले नै तिरस्कार गरिसक्नुभएको छ। तिनीहरूलाई भविष्यमा कसरी निराकरण गर्ने भन्ने कुरा पनि त्यति महत्वपूर्ण छैन। महत्वपूर्ण कुरा के छ भने यी मानिसहरूले परमेश्‍वरलाई रिस उठाएको क्षणमै तिनीहरूको परिणामहरू तय हुन्छन्। यदि परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति नदिने सोच बनाउनुभएको छ भने तिनीहरूलाई दण्ड दिइनको लागि पछाडि छोडिनेछ। परमेश्‍वरको आचरण यही हो।

परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना जागृत नगराई कनै उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्ने होइन, न त उहाँमा कृपा छ भन्ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले सधैँ उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्नुपर्छ, उहाँको आचरणप्रति घनिष्ट रूपमा ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न थाल्नुपर्छ। हामीले परमेश्‍वरलाई परिभाषित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानिसहरूप्रति मानवीय कल्पनाहरूको आधारमा मानवीय रूपले व्यवहार गराउन उहाँमा मानवीय सोचहरू र इच्छाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा सावधान र विवेकी हुन आग्रह गर्छु। बोलीमा पनि सावधान र विवेकी होऊ—तिमीहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्ने भन्ने बारेमा, तिमीहरू जति धेरै सावधान र विवेकी हुन्छौ त्यति नै धेरै राम्रो हुन्छ! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू। अझै महत्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ; यी कार्यहरू पनि परमेश्‍वरको डर मान्नु ‍अनि दुष्टताबाट अलग रहनुको एक अभिव्यक्ति हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि सबैभन्दा मुख्य रूपमा, यदि तँसँग यो आचरण छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र वस्तु वा घटनापछाडिका कारणहरूको बुझाइको अभावको लागि तँलाई दोष लगाउनुहुन्न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो आचरणको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँको आज्ञापालन गर्ने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो आचरण चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुन्छ, तँलाई अनुशासन कार्यवाही गर्नुहुनेछ अनि तँलाई सजाय समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्न सक्नुहुनेछ। शायद यो टीकाटिप्पणीमा तेरो प्रतिफल संलग्न हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरलाई श्रद्धा गरिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो आचरण अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। मानिसहरूले जुनसुकै प्रकारको प्रदर्शन गरे तापनि परमेश्‍वरले तिनीहरूलाई स्पष्ट र सरल रूपमा हेर्नुहुन्छ, र उहाँले तेरा यी प्रदर्शनहरूको सही र उपयुक्त मूल्याङ्कन गरिदिनुहुनेछ। तैँले अन्तिम परीक्षाबाट गुज्री सकेपछि परमेश्‍वरले तेरा सबै व्यवहारहरूलाई लिनुहुनेछ र तरो प्रतिफल निर्क्योल गर्नको लागि तिनीहरूलाई सारांशित गर्नुहुनेछ। यो नतिजाले शङ्काको छाँयासम्म पनि नहुने गरी प्रत्येक व्यक्तिलाई विश्‍वास दिलाउँछ। म तिमीहरूलाई यहाँ यो कुरा बताउन चाहन्छु: तिमीहरूको प्रत्येक कर्म, तिमीहरूको प्रत्येक कार्य अनि तिमीहरूको प्रत्येक सोचले तिमीहरूको नियति निर्धारण गर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १४

मानिसहरूका परिणामहरूको निर्धारण कसले गर्छ?

छलफल गर्नुपर्ने अत्यन्तै महत्त्वको अर्को मामला छ, र त्यो मामला परमेश्‍वरप्रतिको तिमीहरूको आचरण हो। यो आचरण अति नै महत्वपूर्ण छ! यसले तिमीहरू अन्त्यमा विनाशको बाटोमा हिँड्नेछौ कि परमेश्‍वरले तिमीहरूको लागि तयार गर्नुभएको सुन्दर गन्तव्यतिर हिँड्नेछौ भन्ने कुराको निर्धारण गर्छ। राज्यको युगमा, परमेश्‍वरले यसअघि नै बीस वर्षभन्दा बढी समय काम गरिसक्नुभएको छ र सायद यी दुई दशकहरूको दौरान तिमीहरूले के-कस्तो कार्य-प्रदर्शन गर्यौ भन्ने बारेमा भित्र अन्तस्करणमा तिमीहरू अलिक अनिश्चित रहेका छौ होला। तथापि, परमेश्‍वरले उहाँको हृदयमा तिमीहरू प्रत्येकको वास्तविक र सत्यतापूर्ण अभिलेख राख्नुभएको छ। हरेक व्यक्तिले उहाँलाई पछ्याउन र उहाँका उपदेशहरू सुन्न, ‍क्रमिक रूपमा झनझन बढी सत्यता बुझ्न सुरु गरेको समयदेखि र हरेक व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्न सुरु गरेको समयसम्म, परमेश्‍वरले हरेक व्यक्तिमा लागू हुने हरप्रकारका व्यवहारहरूको अभिलेख राख्नुभएको छ। आफ्ना कर्तव्यहरू पूरा गर्ने र हरप्रकारका वातावरण र परीक्षाहरूको सामना गर्ने क्रममा, मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ त? तिनीहरूले के-कसरी कार्य-प्रदर्शन गर्छन् त? तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरप्रति के-कस्तो अनुभव गर्छन् त? … परमेश्‍वरसँग यी सबै कुराहरूको हिसाब-किताब हुन्छ; उहाँसँग यी सबै कुराहरूको अभिलेख हुन्छ। सायद, तिमीहरूको दृष्टिकोणबाट, यी मामलाहरू अन्योलमा पार्ने खालका होलान्। तथापि, परमेश्‍वर जहाँ उभिनुभएको छ त्यहाँबाट ती कुराहरू साङ्लो पानी झैं छर्लङ्ग छन् र तिनमा धमिलोपनको अलिकति झल्को समेत छैन। यो यस्तो मामला हो जसले हरेक व्यक्तिको परिणाम निर्धारण गर्छ र हरेक व्यक्तिको नियति र भावी सम्भाव्यताहरूसँग सम्बन्ध राख्छ, र अझ बढी भन्ने हो भने, यो त्यही कुरा हो जहाँ परमेश्‍वरले उहाँका सबै पीडादायी प्रयत्नहरूलाई अर्पण गर्नुहुन्छ; त्यसैले परमेश्‍वरले यसलाई कति पनि बेवास्ता गर्नुहुन्न, न त उहाँले कुनै हेलचेक्र्याइँलाई नै सहनुहुन्छ। परमेश्‍वरले उहाँलाई मानिसहरूले पछ्याएको सम्पूर्ण सिलसिलाको बारेमा टिपोट राख्दै, सुरुवातदेखि अन्त्यसम्म नै, मानवजातिको यो हिसाबकिताबको अभिलेख राख्दै हुनुहुन्छ। यो अवधिमा उहाँप्रति रहेको तेरो आचरणले तेरो नियति निर्धारण गरेको हुन्छ। के यो कुरा साँचो होइन र? के अब तँ परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्छस् त? के उहाँका कार्यहरू उपयुक्त छन् त? के उहाँको बारेमा तिमीहरूको टाउकोमा अझै अन्य कुनै कल्पनाहरू छन् त? (छैन।) त्यसो भए, तिमीहरू मानिसहरूका परिणामहरू परमेश्‍वरद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ कि मानिसहरू आफैद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ त? (तिनीहरू परमेश्‍वरद्वारा निर्धारण गरिने कुरा हुन्।) तिनलाई निर्धारण गर्ने को हुनुहुन्छ त? (परमेश्‍वर।) तिमीहरू निश्चित भएका छैनौ, छौ त? हङ्कङ्बाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल—कसले तिनको निर्धारण गर्नुहुन्छ? (तिनलाई मानिसहरू आफैले निर्धारण गर्छन्।) के मानिसहरू आफैले तिनको निर्धारण गर्छन् त? के त्यसको मतलब परमेश्‍वरसँग मानिसहरूका परिणामहरूको कुनै सम्बन्ध नै छैन भन्ने हुँदैन र? कोरियाबाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल। (मानिसहरूका परिणामहरू तिनीहरूका सबै कार्य र कर्महरूको आधारमा र तिनीहरू जुन बाटोमा हिँडेका थिए सोही अनुरूप परमेश्‍वरले निर्धारण गर्नुहुन्छ।) यो एकदम वस्तुपरक जबाफ हो। यहाँ एक तथ्य छ जुन मैले तिमीहरू सबैलाई भन्नैपर्छ: परमेश्‍वरको मुक्तिको कामको सिलसिलामा उहाँले मानिसहरूको लागि एक मापदण्ड तय गर्नुभएको छ। यो मापदण्ड के हो भने तिनीहरूले परमेश्‍वरको वचनलाई सुन्नैपर्छ र तिनीहरू परमेश्‍वरको मार्गमा हिँड्नैपर्छ। मानिसहरूका परिणामहरूलाई मापन गर्ने मापदण्ड यही नै हो। यदि तैँले परमेश्‍वरको यो मापदण्ड अनुरूप अभ्यास गर्छस् भने, तैँले राम्रो परिणाम प्राप्त गर्न सक्छस्; यदि तैँले यस अनुरूप अभ्यास गर्दैनस् भने तैँले राम्रो परिणाम प्राप्त गर्न सक्दैनस्। त्यसो भए, यो परिणाम कसले निर्धारण गर्छ भनेर तैँले भन्छस् त? परिणाम निर्धारण गर्ने परमेश्‍वर मात्रै हुनुहुन्न, बरु यसमा त परमेश्‍वर र मानिस दुवै साथसाथ हुन्छन्। के यो सत्य हो त? (हो।) किन? किनभने मानवजातिको मुक्तिको लागि सक्रिय रूपमा संलग्न हुन र मानवजातिको लागि सुन्दर गन्तव्य तयार गर्न चाहनुहुने परमेश्‍वर नै हुनुहुन्छ; मानिसहरू त परमेश्‍वरको कामका वस्तुहरू हुन् र यो परिणाम, यो गन्तव्य तिनीहरूको लागि परमेश्‍वरले तयार गर्नुहुन्छ। यदि उहाँले काम गर्नको लागि कुनै वस्तुहरू नै थिएन भने उहाँले यो काम गर्नुपर्ने नै थिएन; यदि उहाँले यो काम गरिरहनुभएको हुँदैनथियो भने मानिसहरूले मुक्ति प्राप्त गर्ने अवसर नै पाउने थिएनन्। मुक्ति पाउनु पर्ने त मानिसहरूले नै हो, र मुक्ति प्राप्त गर्ने कार्य यो प्रक्रियाको निष्क्रिय भाग भएको भए तापनि परमेश्‍वर मानवजातिलाई मुक्ति दिने उहाँको काममा सफल हुनुहुनेछ कि हुनुहुनेछैन भन्ने कुरा निर्धारण गर्ने कार्यमा भूमिका खेल्ने कुरा भनेको तिनीहरूको आचरण नै हो। यदि परमेश्‍वरले तेरो लागि दिनुहुने मार्गनिर्देशन नभएको भए त, तैँले उहाँको मापदण्डको बारेमा जान्ने थिइनस्, न त तँसँग कुनै उद्देश्य नै हुनेथियो। यदि तँसँग यो मापदण्ड, यो उद्देश्य छ, तर पनि तैँले सहकार्य गर्दैनस् भने, यसलाई अभ्यास गर्दैनस् भने वा मूल्य तिर्दैनस् भने, तैँले यो परिणाम हासिल गर्नेछैनस्। यस कारणले गर्दा, म त भन्छु, व्यक्तिको परिणामलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन र यसलाई उक्त व्यक्तिबाट पनि अलग गर्न सकिँदैन। अब भने तिमीहरूले मानिसहरूका परिणामहरू कसले निर्धारण गर्छ भन्ने कुरा थाहा पायौ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १५

मानिसहरूले अनुभवको आधारमा परमेश्‍वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ

परमेश्‍वरलाई चिन्ने विषयको बारेमा कुराकानी गर्दा, के तिमीहरूले केही कुरा ख्याल गरेका छौ? के तिमीहरूले आजभोलि उहाँको मनोवृत्ति रूपान्तरित भएको छ भन्ने कुरा ख्याल गरेका छौ? के मानिसहरूप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय छ त? के उहाँले यसरी नै सधैँ सहन गर्नुहुन्छ र मानिसहरूलाई अनिश्चितकालसम्म उहाँको सबै प्रेम र कृपा प्रदान गर्नुहुन्छ त? यो मामलामा परमेश्‍वरको सार पनि समावेश छ। … मानवजातिलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाएपछि, तिनीहरूले उहाँलाई प्रेमको प्रतीकको रूपमा परिभाषित गरे; तिनीहरूले के विश्‍वास गर्छन् भने, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले जे-जस्तो व्यवहार गरे तापनि, तिनीहरूले परमेश्‍वरलाई जे-जस्तो व्यवहार गरे तापनि र तिनीहरू जति नै अवज्ञाकारी भए तापनि, यी कुनै पनि कुराले केही फरक पर्दैन किनकि परमेश्‍वरसँग प्रेम छ र उहाँको प्रेम असीमित र अपरिमेय छ; परमेश्‍वरसँग प्रेम छ, त्यसैले उहाँ मानिसहरूप्रति सहनशील हुन सक्नुहुन्छ; र परमेश्‍वरसँग प्रेम छ त्यसैले उहाँ मानिसहरूप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अपरिपक्वताप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अज्ञानताप्रति कृपालु हुन सक्नुहुन्छ, र तिनीहरूको अवज्ञाप्रति कृपालु हुन सक्नुहुन्छ। के वास्तवमै हुने भनेको यस्तै होइन त? केही मानिसहरूको हकमा, तिनीहरूले एक पटक वा धेरै पटक परमेश्‍वरको धैर्यता अनुभव गरिसकेपछि, तिनीहरूले यी अनुभवहरूलाई परमेश्‍वरबारे तिनीहरूको आफ्नै बुझाइको महत्वपूर्ण कडीको रूपमा लिन्छन् र तिनीहरूले तिनीहरूप्रति उहाँ सधैँ धैर्य र कृपालु रहनुहुनेछ भन्ने विश्‍वास गर्छन् र त्यसपछि तिनीहरूले आफ्‍नो जीवनको सिलसिलामा, परमेश्‍वरको यो धैर्यतालाई उहाँले तिनीहरूप्रति गर्ने व्यवहारको मापदण्डको रूपमा लिन्छन्। अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले एकपल्ट परमेश्‍वरको सहनशीलताको अनुभव गरिसकेपछि सधैँभरि परमेश्‍वरलाई सहनशील भनेर परिभाषित गर्छन्—र तिनीहरूको मस्तिष्कमा, यो सहनशीलता अनिश्चितकालीन, निसर्त र पूर्णतया असैद्धान्तिक समेत हुन्छ। के यस्ता विश्‍वासहरू सही छन् त? परमेश्‍वरको सार वा परमेश्‍वरको स्वभावको मामला छलफल गरिने हरेक समय तिमीहरू चकित भएजस्तो देखिन्छौ। तिमीहरूलाई यस्तो अवस्थामा देख्दा म धेरै बेचैन हुन्छु। तिमीहरूले परमेश्‍वरको सारसम्बन्धी धेरै सत्यताहरू सुनेका छौ; तिमीहरूले उहाँको स्वभावको बारेमा पनि धेरै छलफलहरू सुनेका छौ। तथापि, तिमीहरूको मस्तिष्कमा, यी मामलाहरू र यी पक्षहरूको सत्यता केवल सिद्धान्त र लिखित शब्दहरूमा आधारित सम्झनाहरूका रूपमा मात्रै हुन्छन्; तिमीहरूको दैनिक जीवनमा, तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरको स्वभावलाई यो जे हो सोही रूपमा कहिल्यै अनुभव गर्न वा देख्न सकेको छैन। यसर्थ, तिमीहरू सबै तिमीहरूको विश्‍वासमा बेवकुफ दिमागवाला छौ; तिमीहरू सबैले अन्धो भई विश्‍वास गरिरहेका छौ, यो हदसम्म कि तिमीहरूले परमेश्‍वरप्रति अनादरकारी आचरण राख्छौ र उहाँलाई बढारेर समेत पन्छाउँछौ। तिमीहरूले परमेश्‍वरप्रति यस प्रकारको आचरण राख्दा यसले कतातर्फ डोर्‍याउँछ? यसले तिमीहरूलाई सधैँ परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्ने बाटोतर्फ डोर्‍याउँछ। तिमीहरूले एकपल्ट केही ज्ञान हासिल गरिसकेपछि, तिमीहरूले सन्तुष्टि महसुस गर्छौ, मानौं तिमीहरूले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा नै प्राप्त गरिसक्यौं। त्यसपछि, तिमीहरूले परमेश्‍वर यस्तै हुनुहुन्छ भनेर निष्कर्ष निकाल्छौ र तिमीहरूले उहाँलाई स्वतन्त्रतापूर्वक चलायमान हुन दिँदैनौ। यसको अलाबा, जब परमेश्‍वरले कुनै नयाँ कार्य गर्नुहुन्छ, तिमीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्ने कुरालाई सजिलै अस्वीकार गर्छौ। एक दिन जब परमेश्‍वरले “म मानवजातिलाई अब फेरि कहिल्यै प्रेम गर्दिनँ; म अब फेरि कहिल्यै मानिसलाई कृपा प्रदान गर्नेछैनँ; म तिनीहरूप्रतिको चरम घृणा र द्वेषले घाँटीसम्म भरिएको छु” भनेर भन्नुहुन्छ, तब त्यस्ता भनाइहरूले मानिसहरूको हृदयभित्र अन्तस्करणमा द्वन्द्व गराउनेछ। तिनीहरूमध्ये केहीले यसो समेत भन्नेछन्, “तपाईं अब उप्रान्त मेरो परमेश्‍वर हुनुहुन्न; तपाईं अब उप्रान्त मैले पछ्याउन चाहेको परमेश्‍वर हुनुहुन्न। यदि तपाईंले भन्ने कुरा यही हो भने तपाईं अब उप्रान्त मेरो परमेश्‍वर हुन लायक हुनुहुन्न र मैले तपाईंलाई पछ्याइराख्न जरुरी छैन। यदि तपाईं मलाई अब उप्रान्त कृपा, प्रेम र सहनशीलता प्रदान गर्नुहुन्न भने म तपाईंलाई पछ्याउन छोड्नेछु। यदि तपाईं मप्रति अनिश्चितकालीन रूपमा सहनशील हुनुहुन्छ भने, सधैँ मप्रति धैर्य हुनुहुन्छ भने, र तपाईंले मलाई तपाईं प्रेम हो, तपाईं धैर्य हो र तपाईं सहनशीलता हो भनी हेर्न दिनुहुन्छ भने मात्रै म तपाईंलाई पछ्याउन सक्छु र तब मात्रै तपाईंलाई अन्त्यसम्म पछ्याउनको लागि मसँग आत्मविश्‍वास हुनेछ। मसँग तपाईंको धैर्यता र कृपा भएको हुँदा मेरा अवज्ञा र मेरा अपराधहरूलाई अनिश्चितकालीन रूपमा माफ र क्षमा गर्न सकिनेछ, र मैले जुनसुकै समय र जुनसुकै ठाउँमा पाप गर्न सक्छु अनि मैले जुनसुकै समय र जुनसुकै ठाउँमा कबुल गरेर माफ पाउन सक्छु, र मैले तपाईंलाई जुनसुकै समय र जुनसुकै ठाउँमा रिस उठाउन सक्छु। तपाईंले मेरो बारेमा कुनै पनि रायहरू राख्नु वा निष्कर्षहरू ‍निकाल्नु हुँदैन।” तिमीहरूमध्ये हरेकले यस प्रकारको मामलाको बारेमा आत्मपरक तवरले वा सचेत रूपले नसोच्ने भए तापनि, जब तिमीहरूले परमेश्‍वरलाई तिमीहरूको पाप क्षमा गर्न प्रयोग गरिने औजार वा सुन्दर गन्तव्य प्राप्त गर्न प्रयोग गरिने वस्तुको रूपमा लिन्छौ, तब तिमीहरूले जीवित परमेश्‍वरलाई सूक्ष्म रूपले आफ्नो विपक्षमा, तिमीहरूको शत्रुको रूपमा राखेका हुन्छौ। मैले देख्न सक्ने कुरा यही हो। तैँले “म परमेश्‍वरमा विश्‍वास गर्छु,” “म सत्यताको खोजी गर्छु,” “म मेरो स्वभावलाई परिवर्तन गर्न चाहन्छु,”, “म अन्धकारको प्रभावबाट स्वतन्त्र हुन चाहन्छु,” “म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु,” “म परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु,” “म परमेश्‍वरप्रति बफादार हुन चाहन्छु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु,” आदि इत्यादि कुरा निरन्तर भनिरहन सक्छस्। तथापि, तेरा शब्दहरू जतिसुकै नै मीठा लाग्ने भए तापनि, तैँले जति नै धेरै सिद्धान्तहरू जाने तापनि, र उक्त सिद्धान्त जति नै प्रभावशाली वा प्रतिष्ठित भए तापनि, यो मामलाको तथ्य कुरा के हो भने अहिले तिमीहरूमध्ये धेरै यस्ता छौ जसले आफूले ज्ञान हासिल गरेका नियमहरू, धर्मसिद्धान्तहरू, सिद्धान्तहरूलाई परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्न कसरी प्रयोग गर्ने यसअघि नै जानिसकेको छ र यसरी तिमीहरूले प्राकृतिक रूपमै उहाँलाई आफ्नो विपक्षमा उभ्याएका छौ। तैँले अक्षरहरू र सिद्धान्तहरूको ज्ञान हासिल गरेको हुनसक्‍ने भए तापनि तँ साँचो रूपले सत्यताको वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले, तैँले परमेश्‍वरको नजिक हुन, उहाँलाई चिन्न र उहाँलाई बुझ्न एकदमै कठिन छ। यो एकदमै खेदपूर्ण छ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १६

परमेश्‍वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण

यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्‍वरको मार्गको बारेमा निश्चित भइसकेपछि, विविध कारणहरूले गर्दा, तिनीहरू चुपचाप गएँ है पनि नभनी, टाढा जान र तिनीहरूको हृदयले जे चाहन्छ त्यही गर्न छाडेर हिँड्छन्। हाललाई हामी यी व्यक्तिहरूले छाडेर हिँड्ने कारणहरूमा प्रवेश गर्नेछैनौं; हामी पहिले यस प्रकारको व्यक्तिप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ त भनेर हेर्नेछौं। यो एकदमै स्पष्ट छ! यी मानिसहरूले छाडी गएको क्षणदेखि, परमेश्‍वरको आँखामा तिनीहरूको विश्‍वासको अवधि समाप्त हुन्छ। यो उक्त एक व्यक्तिले अन्त्य गरेको होइन, यो त परमेश्‍वरले अन्त्य गर्नुभएको हो। उक्त व्यक्तिले परमेश्‍वरलाई छाडेर गयो भन्नुको अर्थ तिनीहरूले परमेश्‍वरलाई अस्वीकार गरे, तिनीहरूले उहाँलाई अब फेरि कहिल्यै चाहँदैनन् र तिनीहरूले परमेश्‍वरको मुक्ति अब फेरि कहिल्यै स्वीकार गर्दैनन् भन्ने हुन्छ। यस प्रकारका मानिसहरूले परमेश्‍वरलाई नचाहने भएको हुनाले, के तिनीहरूलाई उहाँले अझै चाहनुहुन्छ त? यसको अलाबा, जब त्यस्ता मानिसहरूसँग यस प्रकारको आचरण, यो दृष्टिकोण हुन्छ र तिनीहरू परमेश्‍वरलाई छाडी जान दृढ बन्छन्, तब तिनीहरूले पहिले नै परमेश्‍वरको स्वभावलाई भड्काइसकेका हुन्छन्। तिनीहरू रिसले चूर नभएको र तिनीहरूले परमेश्‍वरलाई नसरापेको भए पनि, तिनीहरू दुष्ट र अतिशय व्यवहारमा संलग्न नभए तापनि र यी मानिसहरूले “जब मैले बाह्य रूपमा धीत मरिन्जेल मजा लिइसकेको हुन्छु, वा जब मलाई अझै केही कुराको लागि परमेश्‍वरको आवश्यकता पर्छ, यदि यस्तो दिन आए, म फर्की आउनेछु वा परमेश्‍वरले मलाई बोलाउनुभयो भने म फर्की आउनेछु” भनेर सोचे तापनि वा तिनीहरूले “जब म बाह्य रूपमा चोटग्रस्त हुन्छु, वा जब मैले बाह्य संसार एकदमै अन्धकारमय र दुष्ट भएको देख्छु र म अब फेरि कहिल्यै जमानाअनुसार चल्न चाहन्न भने, म परमेश्‍वरकहाँ फर्की आउनेछु” भनेर भने तापनि यस्तो हुन्छ। यी मानिसहरूले तिनीहरू कहिले फर्की आउने भनेर तिनीहरूको मस्तिष्कमा हिसाबकिताब गरिसकेको हुने भए तापनि र तिनीहरूले फर्की आउने ढोका खुला राखे तापनि, तिनीहरूले महसुस गर्दैनन् कि चाहे तिनीहरूले जेसुकै विश्‍वास गरून् वा तिनीहरूले जे-जसरी नै योजना गरून् यो त केवल अभिलाषी सोच मात्र हुन्छ। तिनीहरूको सबैभन्दा ठूलो गल्ती भनेको परमेश्‍वरलाई छाडी जाने तिनीहरूको चाहनाले परमेश्‍वरलाई कस्तो अनुभव गर्ने तुल्याउँछ भन्ने बारेमा स्पष्ट नहुनु हो। तिनीहरूले परमेश्‍वरलाई छाडी जाने निर्णय गरेकै ‍क्षणदेखि, उहाँले तिनीहरूलाई पूर्ण रूपमा परित्याग गर्नुहुन्छ; त्यति बेलासम्ममा, उहाँले त्यस्तो व्यक्तिको परिणाम निर्धारण गरिसक्‍नुभएको हुन्छ। त्यो परिणाम के हो त? त्यो परिणाम भनेको उक्त व्यक्ति मुसाहरूमध्ये एक बन्नेछ र तिनीहरूसँगै नासिएर जानेछ भन्ने हो। यसरी, मानिसहरूले यस प्रकारको अवस्था बारम्बार देख्छन्: कुनै व्यक्तिले परमेश्‍वरलाई छाड्छ तर त्यसपछि उसले कुनै दण्ड पाउँदैन। परमेश्‍वरले उहाँको आफ्नै सिद्धान्तहरू अनुसार कार्य सञ्चालन गर्नुहुन्छ; केही कुराहरू देख्न सकिन्छ भन्ने अन्य कुराहरूचाहिँ परमेश्‍वरको हृदयभित्र निष्कर्षमा पुग्छन्, त्यसैले मानिसहरूले नतिजाहरू देख्न सक्दैनन्। मानिसहरूले देख्न सक्ने भाग नै वस्तुहरूको साँचो भाग हो भन्‍ने जरुरी छैन, तर त्यो अर्को भागमा—तैँले नदेख्ने भागमा—वास्तवमा परमेश्‍वरका साँचो हृदयस्पर्शी सोचहरू र निष्कर्षहरू हुन्छन्।

परमेश्‍वरको कामको अवधिमा भाग्ने मानिसहरू साँचो मार्ग त्याग्ने व्यक्तिहरू हुन्

त्यसो भए, परमेश्‍वरले यस प्रकारका मानिसहरूलाई कसरी त्यस्तो गम्भीर दण्ड दिन सक्नुहुन्छ? उहाँ तिनीहरूप्रति किन त्यति रिसाउनुहुन्छ? सर्वप्रथम, हामीलाई परमेश्‍वरको स्वभाव भनेको महिमा र क्रोध हो भन्‍ने थाहा छ; उहाँ जो कसैले काटेर मार्ने भेडा होइन, उहाँ मानिसहरूले जसरी चाह्यो त्यसरी काबूमा रहने कठपुतली हुने कुरा त झन् परै जाओस्। उहाँ यता-उता गराउन सकिने रित्तो हावाको पोको पनि होइन। यदि तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी सच्चा रूपमा विश्‍वास गर्छस् भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, अनि तैँले उहाँको सार क्रोधित पारिनु पर्ने कुरा होइन भनी जान्नुपर्छ। यस्तो क्रोध एउटा शब्दले, वा शायद एउटा विचारले, वा शायद कुनै प्रकारको दुष्ट व्यवहारले, वा शायद सामान्य व्यवहार—यस्तो व्यवहार जुन मानवीय आँखाहरू र आचारशास्त्रअनुसार ठीकै लाग्ने हुन्छन्—त्यसले समेत पैदा गराउन सक्छ; वा शायद यो क्रोधलाई कुनै धर्मसिद्धान्त वा सिद्धान्तले भड्काउँछ। तथापि, तैँले परमेश्‍वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुमिसकेको हुन्छ, अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो एकदम भयानक कुरा हो! यदि तैँले परमेश्‍वरलाई ठेस पुर्‍याउनु हुँदैन भन्ने कुरा बुझ्दैनस् भने, तँ परमेश्‍वरसँग डराउँदैनस्, र शायद तैँले नियमित रूपमा उहाँलाई ठेस पुर्‍याउँदै गरेको हुन सक्छस्। यति तँलाई कसरी परमेश्‍वरको डर मान्ने भन्ने कुरा थाहा छैन भने तैँले परमेश्‍वरको डर मान्न सक्दैनस्, र तँलाई कसरी आफूले आफूलाई परमेश्‍वरको मार्ग अर्थात परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने मार्गमा हिँड्ने बाटोमा लैजाने हो सो थाहा हुनेछैन। परमेश्‍वरलाई ठेस पुर्‍याउनु हुँदैन भन्ने तँलाई थाहा भइसकेपछि र तँ यसबारेमा सचेत भइसकेपछि, तैँले परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने भनेको के हो सो थाहा पाउनेछस्।

परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्नु भनेको तैँले कति सत्यता बुझेको छस्, तैँले कति परीक्षाहरूको अनुभव गरेको छस्, वा तँ कति अनुशासित छस् भन्ने बारेमा नै हुनु जरुरी छैन। बरु, यो त तँसँग तेरो हृदयमा परमेश्‍वरप्रति कस्तो प्रकारको आचरण छ र तैँले के सार व्यक्त गर्छस् भन्ने कुरामा निर्भर हुन्छ। मानिसहरूका सारहरू र तिनीहरूका आत्मपरक आचरणहरू—यी कुराहरू धेरै महत्वपूर्ण, धेरै निर्णायक छन्। जहाँसम्म परमेश्‍वरलाई परित्याग गर्ने र छोडेर जाने व्यक्तिहरूको सवाल छ, परमेश्‍वरप्रतिको तिनीहरूको निन्दनीय आचरण र सत्यतालाई घृणा गर्ने तिनीहरूको हृदयले यसअघि नै उहाँको स्वभावलाई क्रुद्ध पारिसकेका हुन्छ, जहाँसम्म उहाँको सवाल छ, उहाँले तिनीहरूलाई कहिल्यै पनि क्षमा गर्नुहुनेछैन। तिनीहरूले परमेश्‍वरको अस्तित्वको बारेमा जानेका छन्, तिनीहरूलाई उहाँ यसअघि नै आइसक्नुभएको छ भनी सूचित गरिसकिएको छ र तिनीहरूले परमेश्‍वरको नयाँ कामको पनि अनुभव गरिसकेका छन्। तिनीहरू प्रस्थान हुनुको कारण तिनीहरू भ्रममा परेकाले वा बेवकुफ भएकाले थिएन, तिनीहरूलाई जबरजस्ती छोडेर जान लगाउने कुरो त परै जाओस्। बरु, तिनीहरूले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्‍वरलाई छोडेर जाने विकल्प रोजे। तिनीहरूको प्रस्थान तिनीहरूले बाटो बिराएको कारण थिएन, न त तिनीहरू परित्याग गरिएका नै थिए। त्यसकारण, परमेश्‍वरको नजरमा तिनीहरू झुण्डबाट हराएका भेडाहरू होइनन्, तिनीहरू बाटो बिराएका उडन्ते पुत्रहरू हुने कुरा त परै जाओस्। तिनीहरूले दण्डहीनताका साथ प्रस्थान गरे—त्यस्तो अवस्थाले, त्यस्तो परिस्थितिले परमेश्‍वरको स्वभावलाई भड्काउँछ, र यही भड्काइको कारण उहाँले तिनीहरूलाई निराशाजनक परिणामहरू दिनुहुन्छ। के यस प्रकारको परिणाम डरलाग्दो हुँदैन त? त्यसकारण, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले उहाँलाई ठेस पुर्‍याउन सक्छन्। यो सानो कुरो होइन! यदि मानिसहरूले परमेश्‍वरको आचरणलाई गम्भीर रूपमा लिँदैनन् भने र तिनीहरू अझै पनि तिनीहरू उहाँका हराएका भेडाहरू भएकोले उहाँ तिनीहरू फर्की आउने आशामा हुनुहुन्छ र उहाँले अझै पनि तिनीहरूले हृदय परिवर्तन गरून् प्रतीक्षामा हुनुहुन्छ भन्ने विश्‍वास गर्छन् भने, तिनीहरू तिनीहरूको दण्डका दिनहरूबाट धेरै टाढा छैनन्। परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्न मात्र इन्कार गर्नुहुन्न—तिनीहरूले उहाँको स्वभावलाई भड्काएको त्यो दोस्रो पटक भएको हुँदा, मामला झनै भयानक हुन्छ! यी मानिसहरूको अनादरकारी आचरणहरूले यसअघि नै परमेश्‍वरका प्रशासनिक विधिहरूको उल्लंघन गरिसकेका छन्। के तिनीहरूलाई अझै उहाँले स्वीकार गर्नुहुन्छ त? परमेश्‍वरको हृदयमा, यो मामलाको सम्बन्धमा उहाँका सिद्धान्तहरू के हुन्छ भने यदि कसैले साँचो मार्गको बारेमा निश्चितता हासिल गरेको छ तर पनि अझै उसले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्‍वरलाई अस्वीकार गरी परमेश्‍वरबाट टाढा जान्छ भने, उहाँले त्यस्तो व्यक्तिको मुक्तिको बाटो बन्द गरिदिनुहुन्छ र उक्त व्यक्तिको लागि राज्यको प्रवेशद्वार अब उप्रान्त बन्द गरिनेछ। जब यस्तो व्यक्ति फेरि ढोका ढकढक्याउँदै आउँछ, परमेश्‍वरले ढोका उघार्नुहुनेछैन; उक्त व्यक्तिलाई सधैँको लागि ढोका बन्द गरी बाहिरै राखिनेछ। सायद तिमीहरूमध्ये केहीले बाइबलमा मोशाको कथा पढेका छौ होला। परमेश्‍वरद्वारा मोशाको अभिषेक भएपछि, तिनका कार्यहरूको कारण र अन्य विविध कुराहरूको कारण २५० जना अगुवाहरूले मोशाप्रति अवज्ञा व्यक्त गरे। तिनीहरूले कोप्रति समर्पित हुन अस्वीकार गरे त? तिनीहरूले परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन अस्वीकार गरे; तिनीहरूले यस मामला सम्बन्धी परमेश्‍वरको कामप्रति समर्पित हुन अस्वीकार गरे। तिनीहरूले यसो भने: “तपाईंहरूले अति गर्नुभयो! महासभामा सबै जना पवित्र छन्, हरेक व्यक्ति पवित्र छन् र तिनीहरूमाझ यहोवा हुनुहुन्छ…।” के यी शब्द र पङ्तिहरू, मानव दृष्टिकोणबाट, धेरै गम्भीर छन् त? ती धेरै गम्भीर छैनन्! कम्तीमा पनि यी शब्दहरूको शाब्दिक अर्थ गम्भीर छैन। कानुनी अर्थमा, तिनीहरूले कुनै पनि कानुन उल्लंघन गर्दैनन्, किनभने सतही रूपमा, यो शत्रुतापूर्ण भाषा वा शब्दसंग्रह होइन, यसमा ईश्‍वरनिन्दाको संकेतार्थ हुने कुरा त परै जाओस्। यी त केवल सामान्य वाक्यहरू हुन्, त्योभन्दा बढ्ता केही होइनन्। त्यसो भए, किन यी शब्दहरूले परमेश्‍वरको त्यस्तो क्रोध भड्काउन सक्छ त? किनभने ती शब्दहरू मानिसहरूलाई भनिएका थिएनन्, परमेश्‍वरलाई भनिएका थिए। तिनीहरूले व्यक्त गरेका मनोवृत्ति र स्वभाव नै ती कुराहरू हुन् जसले परमेश्‍वरको स्वभावलाई भड्काउँछ, र तिनीहरूले चिढ्याउनु नहुने परमेश्‍वरको स्वभावलाई चिढ्याउँछन्। अन्त्यमा ती अगुवाहरूका परिणामहरू के थिए, हामी सबैलाई थाहा छ। परमेश्‍वरलाई त्याग गरेका मानिसहरूको सम्बन्धमा भन्दा, तिनीहरूको दृष्टिकोण के हो त? तिनीहरूको आचरण के हो त? अनि किन तिनीहरूको दृष्टिकोण र आचरणले परमेश्‍वरलाई तिनीहरूसँग त्यस शैलीमा व्यवहार गर्ने तुल्याउँछ त? यसको कारण के हो भने, तिनीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्ने जाने तापनि, तिनीहरूले अझै उहाँलाई धोका दिने विकल्प रोजे, अनि यसको कारण तिनीहरूलाई तिनीहरूको मुक्तिका सबै अवसरहरूबाट पूर्ण रूपमा बन्चित गरिन्छ। बाइबलमा लेखिएझैं, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यस उप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।” के अब तिमीहरूले यो मामलाको बारेमा स्पष्ट बुझ्यौ त?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १७

मानिसहरूको नियतिलाई परमेश्‍वरप्रतिको तिनीहरूको आचरणले निर्धारण गर्छ

परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्दा ती व्यवहारहरूप्रति उहाँको आचरण पनि फरक-फरक नै हुन्छ किनभने न त उहाँ कठपुतली नै हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्तिको बारेमा जान्नु मानवजातिको लागि मूल्यवान् खोजी हो। मानिसहरूले परमेश्‍वरको आचरणको बारेमा जानेर कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र उहाँको हृदयलाई बुझ्न सक्छन् भन्ने कुरा सिक्नुपर्छ। जब तैँले क्रमिक रूपमा परमेश्‍वरको हृदयलाई बुझ्न थाल्छस् तब तैँले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने उपलब्धि प्राप्त गर्नु धेरै गाह्रो कुरा हो भन्ने महसुस गर्नेछैनस्। अझ भन्ने हो भने, जब तैँले परमेश्‍वरलाई बुझ्छस् तब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने सम्भावना कम हुनेछ। जब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने काम बन्द गर्नेछस्, तब तैँले उहाँलाई ठेस पुर्‍याउने सम्भावना कम हुनेछ, अनि तैँले महसुस नै नगरीकन उहाँले तँलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्नेतर्फ डोर्‍याउनुहुनेछ; यसले तेरो हृदयलाई उहाँप्रतिको श्रद्धाले भरिदिनेछ। त्यसपछि तैँले आफूले ज्ञान हासिल गरेका धार्मिक मतहरू, शाब्दिक अर्थहरू र सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छाड्नेछस्। यसको सट्टा, निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्दै, तँ अचेतन रूपमै परमेश्‍वरको हृदय अनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको कामलाई मानिसहरूद्वारा देख्न र छुन सकिँदैन, तर जहाँसम्म उहाँको सवाल छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको आचरणलाई—परमेश्‍वरले महसुस मात्र गर्न सक्नहुन्न बरु उहाँले तिनलाई देख्न समेत सक्नुहुन्छ। यो हरेकले पहिचान गर्नुपर्ने र स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। तैँले आफूलाई सधैँ सोधिराखेको हुन सक्छस्, “के यहाँ मैले जे गरिरहेको छु सो परमेश्‍वरलाई थाहा छ? के मैले अहिले जे सोचिरहेको छु सो उहाँलाई थाहा छ? शायद उहाँलाई थाहा छ, शायद उहाँलाई थाहा छैन।” यदि तैँले परमेश्‍वरलाई पछ्याउँदै र परमेश्‍वरमा विश्‍वास गर्दै तर उहाँको काम र उहाँको अस्तित्वको बारेमा शङ्का गर्दै यस प्रकारको दृष्टिकोण अपनाउँछस् भने ढिलो-चाँडो यस्तो दिन आउनेछ जुन दिन तैँले उहाँलाई रिस उठाउनेछस्, किनकि तँ अघिदेखि नै डरलाग्दो भीरको छेउमा हिँडिरहेको हुन्छस्। मैले धेरैलाई देखेको छु जो वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तैपनि तिनीहरूले सत्यता वास्तविकतालाई हासिल गरेका छैनन्, तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्ने कुरा त परै जाओस्। यस्ता मानिसहरूले आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन् र तिनीहरूले केवल सबैभन्दा सतही धार्मिक सिद्धान्तहरूलाई मात्र पालन गर्छन्। यस्तो हुन्छ किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफै जीवन हुन् भनेर कहिल्यै पनि मानेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै पनि सामना गरेका र स्वीकार गरेका हुँदैनन्। के तँ ठान्छस् त्यस्ता मानिसहरूलाई देख्दा परमेश्‍वर खुशीले गद-गद बन्‍नुहुन्छ? के तिनीहरूले उहाँलाई सान्त्वना दिन्छन्? यसरी मानिसहरूले परमेश्‍वरमा जे-जसरी विश्‍वास गर्छन् त्यसले तिनीहरूको नियतिलाई निर्धारण गर्छ। मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्ने विषयमा, मानिसहरूका आचरण प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल तेरो टाउकोको पछाडि उडिरहने रित्तो हावाको पोको हो जस्तै गरेर बेवास्ता नगर्नू; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौं भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका सानाभन्दा साना हरेक शब्द अनि सानाभन्दा साना हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो आचरणको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको आचरण निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैं गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैं गरी, अनि तँप्रतिको उहाँको आचरण अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैं गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैं नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण नै हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको आचरण सिद्धान्तमा आधारित छ, यो बिलकुलै पनि कट्टरपन्थी नियमहरूको सँगालो होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको आचरण परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा परमेश्‍वरको मार्गमा हिँड्ने सिद्धान्त अर्थात परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने सिद्धान्तको अनुसरण गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरको इच्छा र परमेश्‍वरको आचरण सम्बन्धी कुराहरूको बारेमा दरिलो बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञानी मानिसहरू भेटाउनुपर्छ, र तैँले इमानदारतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र उहाँले पाउनुपर्ने सम्मान नदिई उहाँप्रति व्यवहार गर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो प्रतिफल निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै आचरणको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ। परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान वा बुझाइको एक पक्षको आधारमा सधैँको लागि उहाँको परिभाषा नगर्। मृतक परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्। यो कुरा सम्झ! मैले यहाँ केही सत्यताहरूका बारेमा—तिमीहरूले सुन्न आवश्यक रहेका सत्यताहरूका बारेमा—बताएको भए तापनि तिमीहरूको वर्तमान स्थिति र वर्तमान कदको परिप्रेक्ष्यमा, तिमीहरूको उत्साहलाई नमार्नका खातिर म हालको लागि तिमीहरूलाई ठूला सर्तहरू राख्दिनँ। त्यसो गर्नाले तिमीहरूको हृदय उदासपनले भरिनेछ र तिमीहरूले परमेश्‍वरप्रति अत्यन्तै निराश अनुभव गर्नेछौ। यसको सट्टामा, म आशा गर्छु, तिमीहरूले भविष्यमा आउने बाटो हिँड्दा तिमीहरूको हृदयमा भएको परमेश्‍वरप्रतिको प्रेम र परमेश्‍वरप्रतिको आदरपूर्ण आचरणलाई प्रयोग गर्न सक्नेछौ। परमेश्‍वरमा कसरी विश्‍वास गर्ने भन्ने मामलामा उल्झनमा नपर; यसलाई सबैभन्दा ठूला सवालहरूमध्ये एकको रूपमा लेओ। यसलाई आफ्नो हृदयमा राख, यसलाई अभ्यास गर र यसलाई वास्तविक जीवनसँग जोड; केवल ओठे सेवा मात्र नगर—किनभने यो मामला भनेको जीवन र मृत्युको मामला हो र त्यस्तो मामला हो जसले तेरो गन्तव्य निर्धारण गर्छ। यसलाई हाँसि-मजाक वा बच्चाको खेलौनाको रूपमा नलेओ! मैले आज यी वचनहरू तिमीहरूसँग बाँडेपछि, तिमीहरूका मस्तिष्कले कतिको बुझाइ प्राप्त गरेका छन् भनी म आफै सोचिरहेको छु। आज मैले जे कुरा भनेँ सोबारेमा के तिमीहरूलाई सोध्न मन लागेका कुनै प्रश्‍नहरू छन्?

यी विषयहरू अलि नयाँ छन् र तिमीहरूका दृष्टिकोणहरू, तिमीहरूका सामान्य खोजीहरू र तिमीहरूले प्राय ध्यान दिने कुराहरूभन्दा अलि फरक भए तापनि, मलाई लाग्छ एकपल्ट केही समयको लागि तिमीहरूले तिनलाई सङ्गति गरिसकेपछि तिमीहरूले यहाँ मैले भनेका सबै कुराहरूको बारेमा आम बुझाइ प्राप्त गर्नेछौ। यी विषयहरू सबै नै धेरै नयाँ र तिमीहरूले पहिले कहिल्यै नसोचेका छन्, त्यसैले म आशा गर्छु कि तिनले कुनै पनि प्रकारले तिमीहरूको बोझलाई बढाउनेछैन। मैले आज तिमीहरूलाई डर देखाउनको लागि यी वचनहरू बोलिरहेको छैन, न त मैले तिमीहरूसँग काम-कार्यवाही गर्ने तरिकाको रूपमा नै तिनको प्रयोग गरिरहेको छु; बरु मेरो उद्देश्य त तिमीहरूलाई सत्यतासम्बन्धी वास्तविक तथ्यहरू बुझ्न मद्दत गर्नु हो। मानवजाति र परमेश्‍वरको बीचमा दरार विद्यमान रहेकोले, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, तिनीहरूले कहिल्यै पनि उहाँलाई बुझेका छैनन् वा उहाँको आचरणलाई चिनेका छैनन्। परमेश्‍वरको आचरणको बारेमा मानिसहरू आफ्ना सरोकारमा पनि कहिल्यै त्यति धेरै उत्साहित भएका छैनन्। बरु, तिनीहरूले त अन्धो भई विश्‍वास गर्दै अघि बढेका छन् र तिनीहरू परमेश्‍वरबारे तिनीहरूको ज्ञान र बुझाइमा लापरवाह रहेका छन्। त्यसकारण, तिमीहरूको लागि यी मामलाहरू स्पष्ट पार्न र तिमीहरूले विश्‍वास गरेका परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ साथै उहाँले के सोच्दै हुनुहुन्छ, विभिन्न प्रकारका मानिसहरूलाई व्यवहार गर्ने सम्बन्धमा उहाँको आचरण कस्तो हुन्छ, तिमीहरू उहाँका आवश्यक मापदण्डहरू पूरा गर्नबाट कति टाढा रहेका छौ, र तिमीहरूका कार्यहरू र उहाँले सर्त गर्नुभएका मापदण्डहरू बीचमा कति ठूलो भिन्नता रहेको छ भन्ने कुरा बुझ्न मद्दत गर्न म बाध्य भएको महसुस गर्छु। तिमीहरूलाई यी कुराहरूको जानकारी दिनुको लक्ष्य भनेको तिमीहरूलाई आफूले आफैलाई मापन गर्नको लागि नाप्ने गज दिनु हो ताकि तिमीहरूले तिमीहरू जुन बाटोमा छौ त्यो बाटोले कस्ता प्रकारका प्रतिफल निम्त्याएको छ, त्यो बाटोमा तिमीहरूले के कुरा प्राप्त गर्न सकेका छैनौ र कुन क्षेत्रमा तिमीहरूले संलग्नता जनाएकै छैनौ सो कुरा थाहा पाउनेछौ। तिमीहरूले तिमीहरूमाझ कुराकानी गर्दा प्रायः केही आम रूपमा छलफल गरिने विषयहरूको बारेमा कुरा गर्छौ जुन क्षेत्रको हिसाबमा एकदमै संकुचित र विषयवस्तुको हिसाबमा एकदमै सतही हुन्छन्। तिमीहरूले छलफल गर्ने कुरा र परमेश्‍वरका अभिप्रायहरूको बीचमा साथसाथै तिमीहरूका छलफलहरू र परमेश्‍वरका सर्तका क्षेत्र र मापदण्डहरू बीचमा दूरी, दरार छ। यसरी अघि बढ्दा, समयसँगै तिमीहरू परमेश्‍वरको मार्गबाट बरालिएर धेरै टाढा पुग्ने हुनसक्छ। तिमीहरूले केवल परमेश्‍वरका वर्तमान वाणीहरूलाई लिएर तिनलाई आराधनाका थोकहरू बनाउँदैछौ र तिनलाई धार्मिक विधि र नियमहरूको रूपमा हेर्दैछौ। तिमीहरूले गरिरहेको सबै यही हो! वास्तविक तथ्यमा, परमेश्‍वरको लागि तिमीहरूको हृदयमा कुनै स्थान नै छैन र उहाँले कहिल्यै पनि तिमीहरूको हृदय साँचो रूपमा प्राप्त गर्नुभएको छैन। केही मानिसहरूले सोच्छन्, परमेश्‍वरलाई चिन्नु एकदमै गाह्रो छ र यही नै सत्यता हो। यो गाह्रो छ! यदि मानिसहरूलाई बाह्य रूपमा तिनीहरूको कर्तव्य निर्वाह गर्न र काम पूरा गर्न, र कठिन परिश्रम गर्न लगाइयो भने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न एकदमै सजिलो हुन्छ भन्ने ठान्नेछन् किनभने ती सबै कुराहरू मानव क्षमताको क्षेत्रभित्र पर्छन्। तथापि, जब परमेश्‍वरका अभिप्रायहरू र मानवजातिप्रति उहाँको आचरणतर्फ विषय परिवर्तन हुन्छ, तब हरेक व्यक्तिको दृष्टिकोणमा परिस्थिति अलि अप्ठ्यारो बन्छ। किनभने यसमा सत्यताबारे मानिसहरूको बुझाइ र वास्तविकतामा तिनीहरूको प्रवेश संलग्न हुन्छ, त्यसैले अवश्य पनि त्यसमा केही हदसम्म अप्ठ्यारो त हुन्छ नै! तैपनि, तँ पहिलो ढोकाबाट छिरिसकेपछि र तैले प्रवेश प्राप्त गर्न सुरु भएपछि, परिस्थिति क्रमिक रूपमा अलि सहज हुँदै जान्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १८

परमेश्‍वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो

केही क्षणअघि, कसैले एउटा प्रश्‍न उठायो: हामीले परमेश्‍वरको बारेमा अय्यूबभन्दा बढी जाने पनि, हामीले अझै उहाँलाई कसरी आदर गर्न सक्दैनौं? हामीले यो मामलाको बारेमा पहिले नै अलिअलि कुरा गरिसक्यौं, गरेनौं त? हामीले वास्तवमा यो प्रश्‍नको सारको बारेमा पहिले पनि छलफल गरिसकेका छौं जुन अय्यूबले त्यति बेला परमेश्‍वरको बारेमा जानेका नभए पनि तिनले अझै उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्थे र उहाँलाई स्वर्ग र पृथ्वी अनि सब थोकको मालिकको रूपमा लिन्थे भन्ने तथ्य हो। अय्यूबले परमेश्‍वरलाई शत्रु मान्दैनथे; बरु तिनले उहाँलाई सबै थोकको सृष्टिकर्ताको रूपमा आराधना गर्थे। आजभोलि किन मानिसहरूले परमेश्‍वरको यति धेरै प्रतिरोध गर्छन् त? किन तिनीहरू उहाँलाई आदर गर्न असक्षम छन् त? एउटा कारणचाहिँ तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन् र त्यस्तो गहन रूपमा जरा गाडेको शैतानी प्रकृतिको कारण तिनीहरू परमेश्‍वरको शत्रु बनेका छन्। यसरी, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि र परमेश्‍वरलाई स्वीकार गरे तापनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रतिरोध गर्न सकेका हुन् र तिनीहरूले आफैलाई उहाँको विपक्षमा उभ्याउन सकेका हुन्। यो कुरा मानव प्रकृतिद्वारा निर्धारित हुन्छ। अर्को कारणचाहिँ तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दै नगर्नु हो। यसको साटो, तिनीहरूले उहाँलाई मानवताको विरुद्धमा हुनुभएको मान्छन्, उहाँलाई तिनीहरूको शत्रुको रूपमा लिन्छन्, र तिनीहरूले आफूलाई परमेश्‍वरसँग मेलमिलापमा रहनै नसक्ने भएको ठान्छन्। यो कुरा त्यति सरल छ। के यो मामलालाई अघिल्लो सत्रमा छलफल गरिएको थिएन र? यसबारेमा सोच त: के कारण त्यही होइन र? तँमा परमेश्‍वरको बारेमा केही ज्ञान हुन सक्छ, तर यो ज्ञानमा के कुराहरू समावेश छन् त? के हरेक व्यक्तिले कुरा गरिरहेको मामला यही होइन र? तँ यसको सैद्धान्तिक र धर्मसैद्धान्तिक पक्षहरूको बारेमा मात्र परिचित छस्—तर के तैँले कहिल्यै परमेश्‍वरको साँचो रूपको सराहना गरेको छस् त? के तँसँग आत्मपरक ज्ञान छ त? के तँसँग व्यावहारिक ज्ञान र अनुभव छ त? यदि परमेश्‍वरले तँलाई नबताउनुभएको भए, के तँलाई थाहा हुन्थ्यो त? तेरो सैद्धान्तिक ज्ञानले वास्तविक ज्ञानको प्रतिनिधित्व गर्दैन। संक्षिप्त रूपमा, तैँले यसलाई जति नै जाने तापनि वा तैँले जसरी यसलाई जानेको भए तापनि, तैँले परमेश्‍वरको वास्तविक ज्ञान हासिल नगरुन्जेलसम्म, उहाँ तेरो शत्रु नै हुनुहुनेछ, र तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सुरु नगरुन्जेलसम्म, उहाँले तेरो विरोध नै गर्नुहुनेछ किनभने तँ शैतानको प्रतिमूर्ति होस्।

जब तँ ख्रीष्टसित सँगै हुन्छस्, तब सायद तैँले उहाँलाई प्रतिदिन तीन पटक खाना दिन सक्छस् होला वा सायद उहाँलाई चिया दिन र उहाँको जीवनका आवश्यकताहरूको ख्याल गर्न सक्छस् होला; तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा व्यवहार गरेको जस्तो देखिनेछ। जब कुनै घटना घट्छ, तब मानिसहरूका दृष्टिकोणहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणको विरुद्ध हुन्छन्; मानिसहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणलाई बुझ्न र स्वीकार गर्न असफल हुन्छन्। तिनीहरू सतही रूपमा परमेश्‍वरसँग मिल्‍ने देखिए तापनि, यसको मतलब तिनीहरू उहाँको अनुरूप रहेका छन् भन्ने हुँदैन। केही घटना घट्नेबित्तिकै, मानवजातिको अवज्ञाको सत्यता बाहिर निस्किहाल्छ र यसरी मानिसहरू र परमेश्‍वरको बीचमा रहेको शत्रुता पुष्टि हुन्छ। यो शत्रुता परमेश्‍वरले मानिसहरूको विरोध गर्नुहुने शत्रुता होइन वा परमेश्‍वर तिनीहरूको शत्रु बन्न चाहनुभएको कुरा होइन, न त यो उहाँले तिनीहरूलाई उहाँको विपक्षमा उभ्याउनुभएको र तिनीहरूलाई सोही अनुरूप व्यवहार गर्नुभएको कुरा हो। बरु, यो त मानिसहरूको आत्मगत इच्छा र तिनीहरूको अर्धचेतन मस्तिष्कमा लुकेको परमेश्‍वरप्रतिको विरोधी सारको अवस्था हो। मानिसहरूले परमेश्‍वरबाट आउने सबै थोकलाई तिनीहरूको खोज अनुसन्धानको वस्तुहरूको रूपमा लिने भएकोले, परमेश्‍वरबाट आउने सबै थोक र परमेश्‍वरसँग सम्बन्धित हरेक कुराप्रति तिनीहरूको सर्वोपरि प्रतिक्रिया भनेको अनुमान गर्नु, शङ्का गर्नु र परमेश्‍वरसँग द्वन्द्व गर्ने र उहाँको विरोध गर्ने आचरणलाई चाँडो-चाँडो अपनाउनु हो। त्यसपछि चाँडै नै, तिनीहरूले नकारात्मक मनस्थितिलाई परमेश्‍वरसँग विवाद वा प्रतिस्पर्धा गर्न लैजान्छन् र तिनीहरू त्यस्ता परमेश्‍वर पछ्याउन लायक छन् कि छैनन् भनेर शङ्का गर्ने हदसम्म पुग्छन्। तिनीहरूको तर्क-चेतनाले तिनीहरूलाई यस्तो शैलीमा अघि बढ्नु हुँदैन भनेर भने पनि, तिनीहरूले त्यसो गर्ने योजना नहुँदा नहुँदै पनि अझै त्यसो गर्ने विकल्प नै रोज्नेछन् र तिनीहरूले कुनै हिचकिचाहटविना अन्त्यसम्म नै त्यसो गर्न जारी राख्नेछन्। उदाहरणको लागि, जब केही मानिसहरूले परमेश्‍वरको बारेमा अफवाह वा निन्दात्मक कुराहरू सुन्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? तिनीहरूको पहिलो प्रतिक्रिया भनेको यी अफवाहहरू साँचो हुन् कि होइनन् र यी अफवाहहरू विद्यमान छन् कि छैनन् भनी सोच्नु र त्यसपछि पर्ख-र-हेर मनोवृत्ति अपनाउनु हो। त्यसपछि तिनीहरू सोच्न थाल्छन्, “यो कुरालाई पुष्टि गर्ने उपाय नै छैन। के त्यो साँच्चै नै भएकै थियो त? यो अफवाह साँचो हो कि होइन?” यस्ता मानिसहरूले सतही रूपमा यस्तो कुरा नदेखाए तापनि, तिनीहरूले आफ्नो हृदयमा अघि नै शङ्का गर्न थालिसकेका हुन्छन्, र अघि नै परमेश्‍वरलाई इन्कार गर्न थालिसकेका हुन्छन्। यस प्रकारको आचरण र त्यस्तो दृष्टिकोणको सार के हो त? के यो धोका होइन र? तिनीहरूले यो मामलाको सामना नगरुन्जेलसम्म, तैँले यी मानिसहरूको दृष्टिकोण कस्तो रहेछ भनी देख्‍न सक्दैनस्; तिनीहरू परमेश्‍वरको विपरीत छन् भन्ने देखिँदैनन् र तिनीहरूले परमेश्‍वरलाई दुस्मनको रूपमा लिन्छन् जस्तो लाग्दैन। तथापि, तिनीहरूले कुनै समस्या सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै शैतानको साथमा उभिन्छन् र परमेश्‍वरको विरोध गर्छन्। यसले के कुरा सङ्केत गर्छ त? यसले मानिसहरू र परमेश्‍वर परस्पर विरोधी छन् भन्ने सङ्केत गर्छ। परमेश्‍वरले मानवजातिलाई दुस्मनको रूपमा लिनुहुन्छ भन्ने होइन, बरु यो त मानवताको सार आफै परमेश्‍वरको विरुद्धमा छ भन्ने हो। कुनै व्यक्तिले उहाँलाई जति नै लामो समयसम्म पछ्याएको नै किन नहोस् वा तिनीहरूले जति ठूलो मूल्य तिरेको नै किन नहोस् र तिनीहरूले जस्तोसुकै प्रकारले परमेश्‍वरको प्रशंसा गरेका भए पनि, तिनीहरूले उहाँको प्रतिरोध गर्नबाट आफूलाई जे-जसरी रोकेको भए पनि र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न भनी जति नै जोडसँग आफूले आफैलाई आग्रह गरेको भए पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्दैनन्। के यो कुरा मानिसहरूको सारद्वारा निर्धारण हुँदैन र? यदि तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्छस् र उहाँ नै परमेश्‍वर हुनुहुन्छ भनी साँचो रूपमा विश्‍वास गर्छस् भने, के तैँले उहाँप्रति अझै कुनै शङ्का गर्न सक्छस्? के तेरो हृदयले अझै उहाँको बारेमा प्रश्न चिन्ह खडा गर्न सक्छ? त्यस्तो कहिल्यै हुन सक्दैन, होइन र? यो संसारका प्रवृत्तिहरू एकदमै दुष्ट छन्, र यो मानवजाति पनि दुष्ट नै छ; त्यसैले, तँमा कसरी तिनीहरूको बारेमा कुनै धारणाहरू नहुन सक्छ त? तँ आफै नै त्यति दुष्ट छस्, त्यसैले तँमा कसरी त्यसको बारेमा कुनै धारणा छैन त? तर पनि, केही अफवाहहरू र केही निन्दाले परमेश्‍वरको बारेमा त्यस्ता विशाल धारणाहरू पैदा गर्न सक्छ र तँलाई यति धेरै कुराहरू कल्पना गर्ने तुल्याउँछ, जसले कदमा तँ कति अपरिपक्व छस् भन्ने देखाउँछ! केवल केही लामखुट्टेहरू र केही घिनलाग्दा झिंगाहरूको “भुनभुन” नै तँलाई छल गर्नको लागि काफी हुन्छ त? यो कस्तो प्रकारको व्यक्ति हो? यस्ता मानिसहरूको बारेमा परमेश्‍वरले के सोच्नुहुन्छ, तँलाई थाहा छ? परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने बारेमा उहाँको आचरण वास्तवमा एकदमै स्पष्ट छ। यस्ता मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने व्यवहार भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो—उहाँको आचरण तिनीहरूलाई ध्यान दिनु होइन तर यी अज्ञानी मानिसहरूलाई गम्भीर रूपमा नलिनु हो। किन त्यस्तो हुन्छ त? किनभने उहाँको हृदयमा, परमेश्‍वरले उहाँसँग अन्त्यसम्म नै शत्रुवत रूपमा रहने कसम खाएका र उहाँसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने कहिल्यै योजना नगरेका यी व्यक्तिहरूलाई प्राप्त गर्ने योजना कहिल्यै पनि बनाउनुभएन। सायद मैले बोलेका यी वचनहरूले केही मानिसहरूलाई चोट पुर्‍यायो होला। तर, के मलाई तिमीहरूले यसरी नै तिमीहरूलाई चोट पुर्‍याउन दिन सधैँ इच्छुक हुन्छौ? तिमीहरू इच्छुक भए पनि नभए पनि, मैले भनेका हरेक कुराहरू सत्यता हुन्। यदि मैले सधैँ यसरी नै तिमीहरूलाई चोट पुर्‍याएँ र तिमीहरूका खतहरू उदाङ्गो पारिदिएँ भने, के यसले तिमीहरूले आफ्नो हृदयमा राखेको परमेश्‍वरको उच्च प्रतिरूपमा असर गर्नेछ? (यसले असर गर्नेछैन।) म सहमत छु, यसले असर गर्नेछैन, किनभने तिमीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्न। तिमीहरूको हृदयमा बसेको उच्च परमेश्‍वर—तिमीहरूले दह्रिलो गरी रक्षा र संरक्षण गर्ने परमेश्‍वर—परमेश्‍वर हुँदै होइन। बरु, ऊ त मानव कल्पनाद्वारा कल्पित कुरा हो; ऊ त अस्तित्वमा नै छैन। त्यसकारण, मैले यो प्रहेलिकाको जबाफ खुलासा गर्नु राम्रो हुन्छ; के यसले सम्पूर्ण सत्यता उदाङ्गो पार्दैन र? साँचो परमेश्‍वर त मानिसहरूले उहाँ यस्तो हुनुहुन्छ भनी कल्पना गरेझैं हुनुहुन्न। म आशा गर्छु, तिमीहरू सबैले यो सत्यतालाई सामना गर्न सक्छौ र यसले परमेश्‍वरबारे तिमीहरूको ज्ञानमा सहयोग गर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १९

परमेश्‍वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू

केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वरले तिनीहरूलाई उहाँलाई पछ्याउनेहरूको रूपमा पहिचान गर्नुहुन्न, किनभने उहाँले तिनीहरूका विश्‍वासको निम्ति तिनीहरूलाई स्याबासी दिनुहुन्न। यी मानिसहरूको सवालमा, तिनीहरूले परमेश्‍वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्; तिनीहरू अविश्‍वासीहरूका सिद्धान्तहरू र काम गर्ने तौरतरिकाहरूलाई अनि अविश्‍वासीहरूको अस्तित्व र विश्‍वाससम्बन्धी कानुनहरूलाई पालना गर्ने अविश्‍वासीहरू जस्ता हुन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा लिएका छैनन्, कहिल्यै पनि परमेश्‍वरको वचनलाई सत्यताको रूपमा विश्‍वास गरेका छैनन्, कहिल्यै पनि परमेश्‍वरबाट मुक्ति स्वीकार गर्न चाहेका छैनन्, र कहिल्यै पनि परमेश्‍वरलाई तिनीहरूको परमेश्‍वरको रूपमा पहिचान गरेका छैनन्। तिनीहरूले उहाँलाई केवल आत्मिक जीवन-आधारको रूपमा लिँदै परमेश्‍वरमाथिको विश्‍वासलाई कुनै प्रकारको अव्यवसायी सोखको रूपमा हेर्छन्; त्यसैले तिनीहरूले परमेश्‍वरको स्वभाव वा सार बुझ्नु वा बुझ्ने प्रयास गर्नुलाई गर्न लायक कुरो नै सम्झँदैनन्। साँचो परमेश्‍वरसँग सम्‍बन्धित हुने सबै कुराहरूसँग यी मानिसहरूको कुनै सम्बन्ध हुँदैन; तिनीहरूसँग पर्बाह गर्ने रुचि नै हुँदैन, न त तिनीहरूलाई पर्बाह गर्न लगाउन नै सकिन्छ। यस्तो हुन्छ किनभने तिनीहरूको हृदयभित्रको अन्तस्करणमा एक तीव्र आवाज हुन्छ जसले तिनीहरूलाई सधैँ भन्ने गर्छ, “परमेश्‍वर अदृश्य र अस्पर्शनीय हुनुहुन्छ र उहाँ अस्तित्वमा हुनुहुन्‍न।” तिनीहरूले यस प्रकारको परमेश्‍वरलाई बुझ्ने प्रयास गर्नु तिनीहरूको प्रयत्नको लायक नै छैन भन्ने विश्‍वास गर्छन् र त्यसो गरेर तिनीहरूले आफूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। तिनीहरू विश्‍वास गर्छन् कि तिनीहरूले कुनै पनि वास्तविक निर्णय नलिइकनै वा वास्तविक कार्यमा आफूलाई नलगाइकनै परमेश्‍वरप्रति केवल शब्दहरूद्वारा आभार प्रकट गरेर तिनीहरू निकै नै चलाख बनेका छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूलाई अविश्‍वासीहरूका रूपमा हेर्नुहुन्छ। उहाँले तिनीहरूलाई अविश्‍वासीहरूको रूपमा हेर्नुहुन्छ। केही मानिसहरूले सोध्छन्, “के अविश्‍वासीहरूले परमेश्‍वरका वचनहरू पढ्न सक्छन्? के तिनीहरूले तिनीहरूका कर्तव्यहरू पूरा गर्न सक्छन्? के तिनीहरूले ‘म परमेश्‍वरको लागि जिउँछु’ भन्ने वचन बोल्न सक्छन्?” मानिसहरूले प्रायजसो देख्ने कुरा भनेको मानिसहरूले सतही रूपमा प्रदर्शन गरेका कुराहरू हुन्; तिनीहरूले मानिसहरूका सारहरूलाई देख्दैनन्। तथापि, परमेश्‍वरले यी सतही प्रदर्शनहरूलाई हेर्नुहुन्न, उहाँले तिनीहरूको भित्री सारलाई मात्र हेर्नुहुन्छ। यसर्थ, यी मानिसहरूप्रति परमेश्‍वरले राख्नुहुने आचरण र परिभाषा यस्तै प्रकारका हुन्छन्। यी मानिसहरू भन्छन्, “परमेश्‍वरले किन यो गर्नुहुन्छ? परमेश्‍वरले किन त्यो गर्नुहुन्छ? म यो बुझ्न सक्दिनँ; म त्यो बुझ्न सक्दिनँ; यो मानव धारणाहरूसँग मेल खाँदैन; तैँले मलाई बताउनैपर्छ…।” यसको जबाफको रूपमा म सोध्छु, के यी कुराहरू तँलाई मैले बताउन जरुरी छ? के तँसँग यी कुराहरूको वास्तवमा कुनै सम्बन्ध छैन? तैँले तँ को होस् भन्ने ठान्छस्? तँ कहाँबाट आइस्? के तँ परमेश्‍वरलाई सुझाव दिन साँच्चै योग्य छस्? के तँ उहाँमा विश्‍वास गर्छस्? के उहाँले तेरो विश्‍वास स्वीकार गर्नुहुन्छ? परमेश्‍वरसँग तेरो विश्‍वासको कुनै सम्बन्ध नभएको हुनाले, उहाँका कामहरूमा तेरो के सरोकार छ? तँलाई आफू परमेश्‍वरको हृदयमा कहाँ छु भन्ने नै थाहा छैन, त्यसैले तँ कसरी उहाँसँगको वार्तालापमा संलग्न हुन योग्य छस्?

अर्तीका वचनहरू

के तिमीहरू यी टिप्पणीहरू सुनेपछि असहज महसुस गर्दैनौ? तिमीहरू कि त तिनलाई सुन्न कि त तिनलाई स्वीकार गर्न अनिच्छुक हुनसक्‍ने भए तापनि तिनीहरू सबै तथ्यहरू हुन्। कामको यो चरण भनेको परमेश्‍वरले काम गर्नको लागि हो, त्यसैले यदि तँ उहाँका अभिप्रायहरूप्रति सरोकार राख्दैनस् भने, उहाँको आचरणको बारेमा परवाह गर्दैनस् भने र उहाँको सार र स्वभावलाई बुझ्दैनस् भने, अन्ततः तँ अवसरबाट बन्चित हुने व्यक्ति बन्नेछस्। मेरा वचनहरू सुन्न गाह्रो भएकोमा दोष नदेओ, र तिनले तिमीहरूको उत्साहलाई चिस्याइदिएकोमा दोष नदेओ। म सत्यता बोल्छु, मेरो अभिप्राय तिमीहरूलाई निरुत्साहित गर्नु होइन। मैले तिमीहरूबाट जेसुकै मागे तापनि र यसलाई तिमीहरूले जे-जसरी गर्न तय गरिएको भए तापनि, म आशा गर्छु कि तिमीहरूले सही मार्ग हिँड्छौ र परमेश्‍वरको मार्ग पछ्याउँछौ र तिमीहरू सही मार्गबाट कहिल्यै पनि बरालिँदैनौ। यदि तँ परमेश्‍वरको वचन अनुरूप अघि बढ्दैनस् भने वा उहाँको मार्गलाई पछ्याउँदैनस् भने तैँले परमेश्‍वर विरुद्ध विद्रोह गर्दैछस् र सही मार्गबाट भट्किएको छस् भन्नेमा कुनै शङ्का हुँदैन। यसर्थ, मलाई लाग्छ, केही यस्ता मामलाहरू छन् जसको बारेमा मैले तिमीहरूलाई स्पष्ट पार्नुपर्ने हुन्छ र जसलाई मैले तिमीहरूलाई द्विविधारहित तवरमा, स्पष्ट रूपले र अनिश्चितताको कुनै पनि अवशेषविना विश्‍वास गर्ने तुल्याउनुपर्छ र मैले तिमीहरूलाई परमेश्‍वरको आचरणको बारेमा, उहाँका अभिप्रायहरूको बारेमा, उहाँले मानिसहरूलाई कसरी सिद्ध तुल्याउनुहुन्छ भन्ने बारेमा र उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्ने तौरतरिकाहरूको बारेमा स्पष्ट बुझाइ हासिल गर्न सहयोग गर्नुपर्छ। तिमीहरूले यो मार्गमा यात्रा सुरु गर्न असक्षम हुने कुनै दिन आएमा, कुनै उत्तरदायित्व वहन गर्दिनँ, किनभने यी वचनहरूलाई यसअघि नै तेरो सामने स्पष्ट रूपमा भनिसकिएको छ। जहाँसम्म तैँले तेरो आफ्नो परिणामलाई कसरी निराकरण गर्छस् भन्ने सवाल छ, यो यस्तो मामला हो जुन पूर्ण रूपमा तँमा निर्भर रहन्छ। विविध प्रकारका मानिसहरूका परिणामहरूको सम्बन्धमा भन्दा, परमेश्‍वरसँग फरक-फरक आचरणहरू छन्, तिनीहरूलाई तौलने उहाँका आफ्नै तरिकाहरू छन्, साथसाथै तिनीहरूको लागि आवश्यक पर्ने उहाँका आफ्नै मापदण्डहरू छन्। मानिसहरूका परिणामहरू तौलने उहाँका मापदण्डहरू यस्तो मापदण्ड हो जुन सबैको लागि न्यायसंगत हुन्छ—यसको बारेमा कुनै सन्देह छैन! त्यसकारण, केही व्यक्तिहरूका डरहरू अनावश्यक छन्। के तिमीहरू अब ढुक्क महसुस गर्छौ?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २०

वास्तवमा, परमेश्‍वरको स्वभाव सबैका निम्ति खुला छ र लुकेको छैन, किनकि परमेश्‍वरले कहिले पनि जानाजान कुनै व्यक्तिलाई बेवास्ता गर्नुभएको छैन र मानिसहरूले उहाँलाई नचिनून् वा नबुझून् भनेर जानाजान कहिले पनि आफूलाई लुकाउनुभएको छैन। जहिले पनि खुला रहनु र खुला रूपले हरेक व्यक्तिको सामना गर्नु परमेश्‍वरको स्वभाव हो। परमेश्‍वरको व्यवस्थापनमा, हरेकको सामना गरेर परमेश्‍वरले उहाँको काम गर्नुहुन्छ र हरेक व्यक्तिमा उहाँको काम गरिन्छ। उहाँले यो काम गर्ने क्रममा, हरेक व्यक्तिलाई दिशानिर्देश गर्न र उपलब्ध गराउनको निम्ति उहाँले आफ्नो स्वभावलाई निरन्तर रूपमा प्रकट गर्दै हुनुहुन्छ र आफ्नो सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती कुरा को प्रयोग निरन्तर रूपमा गर्दै हुनुहुन्छ। हरेक युग र हरेक चरणमा, परिस्थितिहरू असल र खराब जस्ता भए पनि, परमेश्‍वरको स्वभाव हरेकको निम्ति सधैँ खुला छ र उहाँको सम्पत्तिहरू र अस्तित्व हरेकको लागि सधैँ खुला छन्, जसरी उहाँको जीवन नित्य र अटुट रूपमा मानवजातिको निम्ति उपलब्ध गराइरहेको र सहायता गरिरहेको छ। यी सबैको बाबजुद, केहीको निम्ति परमेश्‍वरको स्वभाव गुप्त नै रहन्छ। किन? किनकि यी मानिसहरू परमेश्‍वरको कामभित्र नै जिउने र परमेश्‍वरलाई पछ्याउने भएता पनि, तिनीहरूले कहिले पनि परमेश्‍वरलाई बुझ्‍न खोजेका छैनन् न त उहाँलाई चिन्‍न नै चाहेका छन्, तिनीहरू परमेश्‍वरको नजिक जाने त कुरै नगरौँ। ती मानिसहरूको निम्ति, परमेश्‍वरको स्वभाव जान्‍नु तिनीहरूको अन्त्य नजिक छ भन्‍ने कुराको सङ्‍केत हो; यसको अर्थ परमेश्‍वरको स्वभावद्वारा तिनीहरूको न्याय गरिन र दोषी ठहर्‍याइन लागेको छ भन्ने हुन्छ। यसर्थ, तिनीहरूले कहिले पनि परमेश्‍वर वा उहाँको स्वभावलाई बुझ्‍ने इच्छा गरेका छैनन्, न त परमेश्‍वरको इच्छाको गहिरो समझ वा ज्ञानको लालच नै गरेका छन्। तिनीहरूले सचेत साझेदारीको माध्यमबाट परमेश्‍वरको इच्छालाई बुझ्‍न खोज्दैनन्—तिनीहरूले जहिले पनि आनन्द मात्रै मनाउँछन् र तिनीहरूले गर्न चाहेको कुरा गर्नबाट कहिले पनि थाक्दैनन्; तिनीहरूले विश्‍वास गर्न चाहेको परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूका कल्पनाहरूमा मात्र अस्तित्वमा रहनुभएका परमेश्‍वरमा, तिनीहरूका धारणामा मात्र अस्तित्वमा रहनुभएको परमेश्‍वरलाई विश्‍वास गर्छन्; र तिनीहरूको दैनिक जीवनमा तिनीहरूबाट अलग नहनुभएका परमेश्‍वरमा विश्‍वास गर्छन्। तर जब साँचो परमेश्‍वर स्वयम्‌को कुरा आउँछ तिनीहरू त्यसलाई पूर्ण रूपमा महत्त्वहीन ठान्छन् र उहाँलाई बुझ्‍ने वा उहाँलाई ध्यान दिने कुनै पनि चाहना तिनीहरूमा हुँदैन र उहाँको नजिकमा जाने इच्छाको त कुरै नगरौँ। तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई आफ्नो सजावटको निम्ति, आफैँलाई सुन्दर देखाउनको लागि मात्र प्रयोग गर्छन्। तिनीहरूको विचारमा, यसले तिनीहरूलाई पहिले नै सफल विश्‍वासीहरू र आफ्ना हृदयमा परमेश्‍वरप्रति विश्‍वास भएका मानिसहरू बनाउँछ। तिनीहरूका हृदयमा तिनीहरूका कल्पना, तिनीहरूका धारणा र परमेश्‍वरसम्बन्धि आफ्नै व्यक्तिगत परिभाषाहरूद्वारा तिनीहरू निर्देशित छन्। अर्कोतिर, साँचो परमेश्‍वर स्वयम्‌प्रति चाहिँ तिनीहरूको कुनै सरोकार छैन। किनकि, साँचो परमेश्‍वर स्वयम्‌लाई तिनीहरूले बुझ्‍ने, परमेश्‍वरको साँचो स्वभावलाई बुझ्‍ने र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा बुझ्ने भएका भए, यसको अर्थ यही हुन्थ्यो कि तिनीहरूका कामहरू, तिनीहरूको विश्‍वास र तिनीहरूका खोजहरू दोषी ठहरिने थिए। यसैले तिनीहरू परमेश्‍वरको सार बुझ्‍न अनिच्छुक छन् र परमेश्‍वरलाई सक्रिय रूपमा खोज्‍न वा अझ राम्ररी परमेश्‍वरलाई बुझ्‍नको निम्ति प्रार्थना गर्न, परमेश्‍वरको इच्छा अझ राम्ररी जान्‍न र परमेश्‍वरको स्वभाव अझ राम्ररी बुझ्‍न तिनीहरू अनिच्छुक छन्। बरु तिनीहरू बनाइएको, खोक्रो र अस्पष्ट परमेश्‍वर चाहन्छन्। बरु परमेश्‍वर तिनीहरूले कल्पना गरे जस्तो भएको, तिनीहरूले चाहेको बेलामा जे पनि गरिदिन सक्‍ने, अक्षय रूपमा पूर्ति गर्न सक्‍ने र सधैँ उपलब्ध हुने जन भएको चाहन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिन चाहँदा, परमेश्‍वर त्यो अनुग्रह बनेको तिनीहरू चाहन्छन्। तिनीहरूलाई परमेश्‍वरको आशिष्‌को आवश्यकता पर्दा परमेश्‍वर त्यो आशिष्‌ बनेको तिनीहरू चाहन्छन्। प्रतिकूल परिस्थितिको सामना गर्नुपर्दा, तिनीहरूको पछिल्लो भागको ढाल बनेर तिनीहरूलाई निर्भीक बनाउनु भएको होस् भनेर परमेश्‍वरसँग माग्छन्। यी मानिसहरूको परमेश्‍वर बारेको ज्ञान अनुग्रह र आशिष्‌को परिधिभित्र अड्केको छ। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌ बारेको तिनीहरूको समझ तिनीहरूकै कल्पनाहरू, अक्षरहरू र सिद्धान्तहरूमा मात्र सीमित छन्। तर परमेश्‍वरको स्वभाव जान्‍न उत्सुक, परमेश्‍वर स्वयम्‌लाई साँच्चिकै देख्‍न चाहने, र साँचो रूपमा परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा बुझ्‍न खोज्‍ने केही मानिसहरू छन्। यी मानिसहरू सत्यको वास्तविकता र परमेश्‍वरबाट प्राप्त मुक्तिको खोजीमा छन् र परमेश्‍वरद्वारा प्राप्त विजय, मुक्ति र सिद्धताको खोजी गर्छन्। तिनीहरू परमेश्‍वरको वचन पढ्नलाई आफ्ना हृदयको प्रयोग गर्छन्, परमेश्‍वरले तिनीहरूको निम्ति प्रबन्ध गर्नुभएको हरेक परिस्थिति र हरेक व्यक्ति, घटना र वस्तुको कदर गर्नको निम्ति आफ्ना हृदयको प्रयोग गर्छन् र तिनीहरू इमानदारीसाथ प्रार्थना गर्छन् र खोज्छन्। तिनीहरूले सबैभन्दा धेरै जान्‍न चाहेको कुरा परमेश्‍वरको इच्छा हो, र तिनीहरूले सबैभन्दा धेरै बुझ्‍न चाहेको कुरा परमेश्‍वरको साँचो स्वभाव र सार हो, ताकि तिनीहरूले परमेश्‍वरलाई अपमानित नगरून् र आफ्ना अनुभवहरूद्वारा अधिक रूपमा परमेश्‍वरको सुन्दरता र उहाँको साँचो पक्ष देख्‍न सकून्। यस्तो पनि हो कि साँचो रूपमा वास्तविक परमेश्‍वर तिनीहरूको हृदयहरूमा हुनुहुनेछ, र परमेश्‍वर तिनीहरूको हृदयहरूमा बास गर्नुहुनेछ, यसरी तिनीहरू कल्पना, धारणाहरू वा अस्पष्टतामा जिउने छैनन्। यी मानिसहरूमा परमेश्‍वरको स्वभाव र सार जान्‍ने उत्कट इच्छा हुनुको कारण यही हो कि मानवजातिको अनुभवको दौरानमा तिनीहरूलाई हरेक पल परमेश्‍वरको स्वभाव र सारको जरुरत पर्छ; कुनै व्यक्तिको जीवनभर जीवनको पूर्ति गर्ने काम उहाँको स्वभाव र सारले नै गर्छ। तिनीहरूले परमेश्‍वरको सार बुझेपछि, तिनीहरू परमेश्‍वरको अझ आदर गर्न सक्षम हुन्छन्, परमेश्‍वरको काममा अझ सहकार्य गर्छन्, र परमेश्‍वरको इच्छाप्रति अझ विचारवान् हुन्छन् र तिनीहरूको क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्छन्। दुई किसिमका मानिसहरूले परमेश्‍वरको स्वभावप्रति राखेको मनोवृत्तिहरू यस्ता छन्। पहिलो प्रकारले परमेश्‍वरको स्वभाव बुझ्‍न चाहँदैन। तिनीहरूले परमेश्‍वरको स्वभाव जान्‍न चाहन्छ, परमेश्‍वर स्वयम्‌लाई अर्थात् परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा जान्‍न चाहन्छ र साँचो रूपमा परमेश्‍वरको इच्छाको कदर गर्छौँ भनेता पनि, भित्र गहिराइबाट परमेश्‍वरको अस्तित्व नभएको तिनीहरू चाहन्छन्। किनभने यस्ता किसिमका मानिसहरू निरन्तर परमेश्‍वरको अवज्ञा र विरोध गर्छन्; तिनीहरूका आफ्नै हृदयमा ओहोदाको निम्ति परमेश्‍वरसँग लडाइँ गर्छन् र परमेश्‍वरको अस्तित्वमाथि प्रायः शङ्‍का गर्छन् वा इन्कार गर्छन्। परमेश्‍वरको स्वभाव वा साँचो परमेश्‍वर स्वयम्‌ले तिनीहरूको हृदयमा बास गरेको तिनीहरू चाहँदैनन्। तिनीहरूका केवल आफ्नै इच्छा, कल्पना र महत्वाकांक्षा मात्र पूरा गर्न चाहन्छन्। यसैले, यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्, परमेश्‍वरलाई पछ्याउन सक्छन् र उहाँको निम्ति आफ्ना परिवार र जागिरहरू पनि छोड्न सक्छन्, तर तिनीहरूले आफ्ना दुष्ट मार्गहरूलाई छोड्दैनन्। केहीले भेटी चोर्छन् वा फजुल खर्च गर्छन्, वा गुप्तमा परमेश्‍वरलाई सराप्छन् भने, अन्यले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नको निम्ति बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरू ले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। केहीले आफूलाई परमेश्‍वर ठानेर र तिनीहरूलाई परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानीजानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट भएको कुरा कहिले पनि कसैलाई बताउँदैन्—कि तिनीहरू ज्यादै भ्रष्ट र अहंकारी भएको कारण तिनीहरूलाई पुजून् र तिनीहरूले जति नै असल गरेता पनि त्यो सबै परमेश्‍वरलाई उच्च पार्ने कामको कारणले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन्। तिनीहरूले यीकुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्, किनकि तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने प्रयास कहिले पनि गरेनन्। के तिनीहरूले परमेश्‍वरलाई नबुझीकन उहाँलाई चिन्‍न सक्छन्? असम्भव! यसैले, “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” विषयका शब्दहरू सामान्य हुन सक्छन्, तिनको अर्थ हरेक व्यक्तिका निम्ति फरक हुन्छ। बारम्बार परमेश्‍वरको अवज्ञा गर्ने, परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरप्रति शत्रुतापूर्ण व्यवहार गर्ने व्यक्तिको निम्ति भने, ती वचनहरूले दण्डको सङ्‍केत गर्छन्; जबकि सत्यको वास्तविकताको खोजी गर्ने र परमेश्‍वरको इच्छा खोज्‍न अक्सर परमेश्‍वरको सामु आउने व्यक्तिले माछाले पानीलाई जसरी लिन्छ त्यसरी नै यस्ता वचनहरूलाई लिन्छ। तर तिमीहरूका बीचमा यस्ता पनि छन्, जसलाई परमेश्‍वरको स्वभाव र परमेश्‍वरको कामको बारेमा सुन्दा टाउको दुख्‍न सुरु हुन्छ, तिनीहरूको हृदय विरोधले पूर्ण हुन्छ, र तिनीहरूले अत्यन्तै असहज महसुस गर्छन्। तर तिमीहरूका बीचमा यस्तो सोच्‍ने अन्य व्यक्तिहरू पनि छन्ः यो ठ्याक्कै मलाई चाहिने विषय हो, किनकि यो विषय मेरो लागि धेरै फाइदाजनक छ। यो मेरो जीवनको अनुभवबाट गुमाउन नसक्ने केही कुरा हो; यो महत्त्वपूर्णभन्दा पनि महत्त्वपूर्ण कुरा हो, परमेश्‍वरमा गरिने विश्‍वासको जग, र मानवजातिले त्याग्‍न नसक्ने केही कुरा हो। तिमीहरू सबैको निम्ति यो विषय नजिक र टाढा, अपरिचत तापनि परिचित दुवै लाग्‍न सक्छ। तर जे भए पनि यो सबैले सुन्‍नै पर्ने, जान्‍नै पर्ने र बुझ्‍नै पर्ने विषय हो। तैँले यसलाई जस्तो व्यवहार गरेता पनि, यसलाई तैँले जसरी हेरेता पनि वा यसलाई जसरी बुझेता पनि, यस विषयको महत्त्वलाई उपेक्षा गर्न सकिन्‍न।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २१

परमेश्‍वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र स्वभावको अभिव्यक्ति सामेल थियो। जबकि अहिले परमेश्‍वरको कामको उत्थान भएको छ, र उहाँको वचनको महान् अभिव्यक्तिका साथ उहाँलाई पछ्याउने हरेक व्यक्तिमा यो काम आसाधारण र ठोस बनेको छ भने, यस दौरानमा परमेश्‍वरको व्यक्तित्व मानवजातिबाट लुकेको छ। उहाँ दुई पटक देहधारी हुनुभयो, तापनि बाइबलीय वृतान्तहरूदेखि लिएर आधुनिक समयसम्म कसले परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छ? तिमीहरूको समझको आधारमा, के कसैले परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छ? छैन। कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छैन, अर्थात् कसैले पनि परमेश्‍वरको साँचो व्यक्तित्व देखेको छैन। यस कुरामा सबै सहमत छन्। यसको अर्थ यही हो कि परमेश्‍वरको वास्तविक व्यक्तित्व, वा परमेश्‍वरको आत्मा उहाँले सृष्टि गर्नुभएका आदम र हव्वा तथा उहाँले स्वीकार गर्नुभएका धर्मी अय्यूब लगायत सारा मानवजातिदेखि लुकेको छ। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेनन्। तर परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्वलाई किन जानाजान लुकाउनुहुन्छ? केही मानिसहरू भन्छन्ः “मानिसहरू तर्सिन्छन् कि भनेर परमेश्‍वर डराउनुहुन्छ।” अरू भन्छन्ः “मानिस अति नै सानो र परमेश्‍वर अति नै महान् भएको कारण परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्व लुकाउनुहुन्छ; मानवले उहाँलाई नदेख्‍न सक्छन्, नत्रता तिनीहरू मर्ने छन्।” यसो भन्‍नेहरू पनि छन्ः “परमेश्‍वर हरेक दिन आफ्नो कामको व्यवस्थापनमा व्यस्त हुनुहुन्छ, र अरूले देख्‍ने गरी देखा पर्ने उहाँसँग समय नहुन सक्छ।” तिमीहरूले जे विश्‍वास गरेता पनि, मेरो निष्कर्ष यहाँ छ। त्यो निष्कर्ष के हो? त्यो यही हो कि मानिसहरूले उहाँको वास्तविक व्यक्तित्व देखेको परमेश्‍वर चाहनुहुन्‍न। मानवताबाट लुकेर रहने कार्य नै परमेश्‍वरले जानाजान गर्ने कार्य हो। अर्को शब्दमा, उहाँको वास्तविक व्यक्तित्व मानिसहरूले नदेखून् भन्‍ने परमेश्‍वरको अभिप्राय छ। यो कुरा तिमीहरूलाई अहिलेसम्ममा स्पष्ट हुनुपर्ने हो। यदि परमेश्‍वरले आफ्नो व्यकित्व कसैलाई कहिल्यै पनि प्रकट गर्नुभएको छैन भने, के परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍ने तिमीहरू सोच्छौ? (उहाँ अस्तित्वमा हुनुहुन्छ।) अवश्य उहाँ हुनुहुन्छ। परमेश्‍वरको व्यक्तित्वको अस्तित्व सबै शंकादेखि बाहिर छ। तर परमेश्‍वरको व्यक्तित्व कति महान् छ वा उहाँ कस्तो देखिनुहुन्छ भन्‍ने सन्दर्भमा, के मानवजातिले यी प्रश्‍नहरूको छानबिन गर्नुपर्छ? पर्दैन। यसको जवाफ नकारात्मक छ। यदि परमेश्‍वरको व्यक्तित्व हाम्रो खोजको विषय होइन भने, केचाहिँ हो त? (परमेश्‍वरको स्वभाव।) (परमेश्‍वरको काम।) तथापि औपचारिक विषयको बारेमा सङ्‍गति गर्नु अगाडि, केही समय अगाडि हामीले छलफल गरिरहेको कुरामा फर्कौँ: परमेश्‍वरले आफ्नो व्यक्तित्व मानवजातिकहाँ किन कहिले पनि प्रकट गर्नुभएको छैन? परमेश्‍वरले किन उहाँको व्यक्तित्व जानाजान मानवजातिदेखि लुकाउनुहुन्छ? यसको एउटै कारण छ र त्यो यो होः परमेश्‍वरले सृष्टि गर्नुभएको मानिसले हजारौँ वर्षको उहाँको कामको अनुभव गरेको भए तापनि, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बुझ्‍ने एक जना पनि छैन। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू उहाँको विरुद्धमा हुन्छन् र उहाँको विरुद्ध लाग्‍ने मानिसहरूलाई उहाँले आफैँलाई देखाउनुहुन्‍न। परमेश्‍वरले उहाँको व्यक्तित्व मानवजातिकहाँ प्रकट नगर्नुको र उहाँले आफ्नो व्यक्तित्व जानाजान मानवजातिबाट लुकाउनुको एउटै कारण यही हो। के अब परमेश्‍वरको स्वभाव जान्‍नुको महत्त्व तिमीहरूलाई स्पष्ट भयो?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २२

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व मानिसदेखि लुकेता पनि, मानिसमा उहाँको काम गर्दै, उहाँको स्वभाव अभिव्यक्त गर्दै, सारा मानवजातिलाई आफ्नो सारले मार्गनिर्देश गर्दै र हरेक व्यक्तिमा उहाँको शक्ति, उहाँको बुद्धि र उहाँको अधिकारद्वारा आफ्नो काम गर्दै उहाँ सधैँ मानिसको छेउमा रहँदै आउनुभएको छ, यसरी उहाँले व्यवस्थाको युग, अनुग्रहको युग र आजको राज्यको युगलाई अस्तित्वमा ल्याउनुभयो। परमेश्‍वरले उहाँको व्यक्तित्व मानिसबाट लुकाउनु भएता पनि, उहाँको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र मानवजातिप्रति उहाँको इच्छा मानिसले देख्‍न र अनुभव गरून् भनेर खुला रूपमा मानिसको सामु प्रकट गरिएका छन्। अर्को शब्दमा, मानवजातिले परमेश्‍वरलाई देख्‍न र छुन नसकेता पनि, मानवजातिले सामना गरेको परमेश्‍वरको स्वभाव र सार पूर्णतया परमेश्‍वर स्वयम्‌को अभिव्यक्तिहरू हुन्। के त्यो सत्य होइन? परमेश्‍वरले उहाँको कामको निम्ति जुनसुकै मार्ग वा तरिकाको प्रयोग गरेता पनि, उहाँले सधैँ आफ्नो साँचो पहिचानका साथ मानिसहरूसँग व्यवहार गर्नुहुन्छ, उहाँले अनिवार्य रूपमा गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँले भन्‍नै पर्ने वचनहरू भन्‍नुहुन्छ। परमेश्‍वरले जुनसुकै ओहोदाबाट बोल्नुभएता पनि—उहाँ तेस्रो स्वर्गमा खडा भइरहनु भएको हुन सक्छ, वा शरीरमा खडा भइरहनु भएको हुन सक्छ, वा सामान्य व्यक्तिको रूपमा—उहाँ सधैँ आफ्नो सारा हृदय र सारा मनले मानिससँग बोल्‍नुहुन्छ, कुनै कपट वा गोप्यताविना। उहाँले आफ्नो काम सम्पन्न गर्नुहुँदा परमेश्‍वरले कुनै पनि किसिमको आरक्षणविना, आफ्नो वचन र आफ्नो स्वभाव अभिव्यक्त गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हो भन्‍ने कुरा अभिव्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो जीवन, उहाँको अस्तित्व र सम्पत्तिहरूद्वारा मानवजातिलाई मार्गनिर्देश गर्नुहुन्छ। व्यवस्थाको युगमा—मानवजातिको शिशु युगमा—“अदृष्य र अस्पृश्य” परमेश्‍वरको मार्गनिर्देशमा मानिसले यसरी नै जियो।

परमेश्‍वर व्यवस्थाको युगपछि पहिलो पटक देह बन्नुभयो—जुन देहधारण साँढे तेत्तिस वर्षसम्म रह्यो। मानवजातिको निम्ति, के साँढे तेत्तिस वर्ष लामो समय हो? (यो लामो समय होइन।) मानवजातिको आयु तीस वर्षभन्दा धेरै लामो हुने भएकोले, मानिसको लागि यो धेरै लामो समय होइन। तर देहधारी परमेश्‍वरको निम्ति, साँढे तेत्तिस वर्ष साँच्चै लामो थियो। उहाँ एक व्यक्ति बन्‍नुभयो—परमेश्‍वरको काम र कार्यभारको जिम्मा लिने एक साधारण व्यक्ति बन्‍नुभयो। यसको अर्थ यो हुन्छ कि उहाँले एक साधारण व्यक्तिले सम्हाल्न नसक्‍ने काम सम्हाल्नुपर्ने थियो, यसको साथै साधारण मानिसहरूले सहन नसक्‍ने कष्ट पनि सहनुपर्ने थियो। उहाँको कामको सुरुदेखि क्रूसमा काँटी ठोकिनुभएको समयसम्म, अनुग्रहको युगमा प्रभु येशू ख्रीष्टले भोग्‍नुभएको कष्ट आजका मानिसहरूले व्यक्तिगत रूपमा देख्‍न सक्‍ने कुरा नहुन सक्छ, तर के तिमीहरूले बाइबलका कथाहरू पढेर कम्तिमा पनि यसको बारेमा अन्दाज लगाउन सक्दैनौ? यी अभिलिखित तथ्यहरूमा जतिसुकै विवरणहरू भएता पनि समग्रमा यस समयमा परमेश्‍वरको काम पूर्ण रूपमा कठिन र कष्टकर थियो। भ्रष्ट मानवको लागि, साँढे तेत्तिस वर्ष लामो समय होइन; थोरै कष्ट सानो कुरा हो। तर पवित्र, निष्कलङ्‍क परमेश्‍वर, जसले सारा मानवजातिको पापहरू बोक्‍नुपरेको थियो र पापीहरूसँग खानु, सुत्‍नु र बस्‍नुपरेको थियो, उहाँको लागि यो पिडा अविश्‍वनीय रूपले ठुलो थियो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, सारा कुराहरूका सार्वभौम र हरेक कुराका शासक हुनुहुन्छ, तथापि जब उहाँ संसारमा आउनुभयो, उहाँले भ्रष्ट मानवहरूको थिचोमिचो र क्रूरता सहनुपर्‍यो। उहाँको काम पूरा गर्न र मानवजातिलाई दुःखको सागरबाट उद्धार गर्न, उहाँ मानिसबाट निन्दित हुनुभयो र उहाँले सारा मानवजातिका पापहरू बोक्‍नुपर्‍यो। उहाँले भोग्‍नुभएको कष्टको मात्रा साधारण मानिसहरूले सम्भवतः बुझ्न सकिंदैन र यसलाई सराहना गर्न सक्दैनन्। यो कष्टले केको प्रतिनिधित्व गर्छ? यसले मानवजातिप्रति भएको परमेश्‍वरको अनुरागको प्रतिनिधित्व गर्छ। मानिसका पापहरूको छुटकाराको निम्ति र यस चरणको आफ्नो काम सम्पन्‍न गर्नको निम्ति उहाँले भोग्‍नुभएको अपमान र मानिसको मुक्तिको लागि उहाँले तिर्नुभएको मूल्यको प्रतिनिधित्व यसले गर्छ। यसको यो पनि अर्थ हुन्छ कि परमेश्‍वरले मानिसलाई क्रूसद्वारा छुटकारा दिनुहुने थियो। यो रगतमा, जीवनमा तिरिएको मूल्य हो र यो मूल्य सृष्टि गरिएका कुनै पनि प्राणीले तिर्न सक्दैन। किनकि उहाँमा परमेश्‍वरको सार छ र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै स्वामित्व गर्नुहुन्छ, उहाँले यस्ता किसिमका कष्टहरू सहन र यस्ता किसिमका कामहरू गर्न सक्‍नुहुन्छ। उहाँद्वारा सृष्टि गरिएका कुनै पनि प्राणीले उहाँको साटोमा यो कुरा गर्न नसक्‍ने थियो। यो अनुग्रहको युगमा परमेश्‍वरको कार्य र उहाँको स्वभावको प्रकाश हो। के यसले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुराको बारेमा केही प्रकट गर्छ? के यो मानवजातिले थाहा पाउन लायकको छ?

त्यस युगमा, मानिसले परमेश्‍वरको व्यकित्व नदेखेता पनि, तिनीहरूले परमेश्‍वरको पाप बलि प्राप्त गरे र तिनीहरूलाई परमेश्‍वरले क्रूसद्वारा छुटकारा दिनुभयो। परमेश्‍वरले अनुग्रहको युगमा गर्नुभएको कामप्रति मानवजाति अपरिचित नहुन सक्छ, तर के यस अवधिमा परमेश्‍वरले अभिव्यक्त गर्नुभएको स्वभाव र इच्छासँग कोही परिचित छ? मानिसले परमेश्‍वरले फरक फरक युगहरूमा र विभिन्‍न माध्यमहरूद्वारा गर्नुभएका कामको विवरणको बारेमा वा परमेश्‍वरले आफ्नो काम सम्पन्न गरिरहनुभएको समयमा घटित परमेश्‍वरसँग सम्बन्धित कथाको बारेमा विरलै मात्र जान्दछ। यी विवरण र कथाहरू परमेश्‍वरको बारेमा केही जानकारी वा किंवदन्तीहरूभन्दा बढी होइनन् र परमेश्‍वरका स्वभाव र सारसँग तिनीहरूको केही सम्बन्ध छैन। यसैले मानिसहरूले परमेश्‍वरको बारेमा जति धेरै कथाहरू जानेता पनि, यसको अर्थ तिनीहरूसँग परमेश्‍वरको स्वभाव र उहाँको सारको बारेमा गहिरो बुझाइ र ज्ञान छ भन्‍ने होइन। व्यवस्थाको युगमा जस्तै, अनुग्रहको युगका मानिसहरूले देहमा हुनुभएको परमेश्‍वरसँग तात्कालिक र घनिष्ठ भेट अनुभव गरेका भए तापनि, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बारेको तिनीहरूको ज्ञान वास्तवमा अस्तित्वमा थिएन।

राज्यको युगमा, पहिले जसरी नै, परमेश्‍वर फेरि एक पटक देह बन्‍नुभयो। कामको यस अवधिमा, परमेश्‍वरले अझै खुला रूपमा उहाँका वचन अभिव्यक्त गर्नुहुन्छ, उहाँले गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा अभिव्यक्त गर्नुहुन्छ। यसको साथै, उहाँले मानिसको अनाज्ञाकारिता र अज्ञानतालाई झेल्‍ने र सहने काम निरन्तर गर्नुहुन्छ। के परमेश्‍वरले यस कामको अवधिमा पनि आफ्नो स्वभावलाई प्रकट गर्ने र उहाँको इच्छालाई अभिव्यक्त गर्ने कार्यलाई निरन्तरता दिनुहुन्‍न र? यसैले, मानिसको सृष्टिको सुरुदेखि अहिलेसम्म, परमेश्‍वरको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र उहाँको इच्छा हरेक मानिसको निम्ति सधैँ खुला रहिआएको छ। परमेश्‍वरले कहिले पनि जानाजान उहाँको सार, उहाँको स्वभाव वा उहाँको इच्छालाई लुकाउनुभएको छैन। मानवजातिले परमेश्‍वरले के गर्दै हुनुहुन्छ, उहाँको इच्छा के हो भन्‍ने कुराको वास्ता नराखेको मात्र हो—यसैले मानिससँग परमेश्‍वरको बारेमा यस्तो अपर्याप्त बुझाइ छ। अर्को शब्दमा, परमेश्‍वरले आफ्नो व्यक्तित्वलाई लुकाउँदै गर्दा हरेक पटक उहाँको इच्छा, स्वभाव र सारलाई हरबखत खुला रूपमा प्रस्तुत गर्दै उहाँ मानवजातिको सामु खडा भइरहेको हुनुहुन्छ। एक अर्थमा, परमेश्‍वरको व्यक्तित्व मानिसहरूको निम्ति पनि खुला छ, तर मानिसको अन्धोपन र अनाज्ञाकारिताको कारणले, तिनीहरूले परमेश्‍वर देखा पर्ने घटनालाई कहिले पनि देख्‍न सक्दैनन्। यसैले यदि त्यसो हो भने, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍ने सबैको निम्ति सजिलो हुनुपर्ने होइन र? यो जवाफ दिनलाई धेरै कठिन प्रश्‍न हो, होइन र? तिमीहरू भन्छौ यो सजिलो छ, तर जब केही मानिसहरूले परमेश्‍वरलाई जान्‍न खोज्छन्, वास्तवमा तिनीहरूले उहाँलाई जान्‍न वा उहाँको बारेमा स्पष्ट रूपले बुझ्‍न सक्दैनन्—यो सधैँ धमिलो र अस्पष्ट छ। तर यो सजिलो छैन भनी तिमीहरू भन्छौ भने, त्यो पनि सही होइन। यति लामो समयसम्म परमेश्‍वरको कामको विषय भएको कारण, आफ्ना अनुभवहरूद्वारा सबैले परमेश्‍वरसँग साँचो व्यवहार गरेको हुनुपर्ने हो। तिनीहरूले आफ्ना हृदयमा केही हदसम्म परमेश्‍वरको अनुभूति गरेका वा परमेश्‍वरको आत्मिक छुवाइको महसुस गरेका हुनुपर्ने हो, र तिनीहरूले कम्तिमा पनि परमेश्‍वरको स्वभावको बारेमा केही अवधारणात्मक जागरूकता प्राप्त गरेका वा उहाँको बारेमा केही बुझेका हुनुपर्ने हो। मानिसले परमेश्‍वरलाई पछ्याउन थालेको समयदेखि अहिलेसम्म, मानवजातिले ज्यादै धेरै प्राप्त गरेको छ, तर मानिसको कमजोर योग्यता, अज्ञानता, विद्रोह र विविध अभिप्रायहरूजस्ता कारणहरूले गर्दा मानवजातिले तीमध्ये धेरै गुमाएको पनि छ। के परमेश्‍वरले मानवजातिलाई पहिले नै प्रशस्त दिनुभएको छैन र? परमेश्‍वरले मानवजातिबाट आफ्नो व्यक्तित्व लुकाउनुभएता पनि, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै र उहाँको जीवन मानवको निम्ति उपलब्ध गराउनुहुन्छ; मानवजातिमा परमेश्‍वर बारेको ज्ञान अहिले भएको जस्तो मात्र हुनु नपर्ने हो। यसैले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌ विषयमा तिमीहरूसँग थप सङ्‍गति गर्नुपर्ने जरुरत छ भन्‍ने मलाई लाग्छ। परमेश्‍वरले मानिसमा लगानी गर्नुभएको हजारौँ वर्षको वास्ता र ख्याल खेर नजाओस् र मानवजातिले तिनीहरूप्रतिको परमेश्‍वरको इच्छालाई साँचो रूपमा बुझ्‍न र सराहना गर्न सकोस् भन्‍ने यसको उद्देश्य हो। ताकि मानिसहरू परमेश्‍वर बारेको तिनीहरूको बुझाइमा अर्को चरणमा प्रवेश गर्न सकोस् भन्ने हो। यसले परमेश्‍वरलाई मानिसहरूको हृदयहरूमा उहाँको वास्तविक स्थानमा परमेश्‍वरलाई फर्काउने पनि छ; अर्थात् परमेश्‍वरलाई इन्साफ पुर्‍याउने छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३

आदमलाई परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र छाँटकाँट गर्न राख्नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै यसो भन्नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

यी पदहरूबाट तिमीहरूले के बुझ्यौ? धर्मशास्त्रकाको यस खण्डले तिमीहरूलाई कस्तो महसुस गराउँछ? मैले किन आदमलाई परमेश्‍वरले दिनुभएको आज्ञाको बारेमा कुरा गर्ने निर्णय गरेँ? के अहिले तिमीहरू हरेकको मनमा परमेश्‍वर र आदमको बिम्ब छ। तिमीहरूले कल्पना गर्ने कोसिस गर्न सक्छौः यदि त्यस दृष्यमा तिमीहरू भएको भए, तिमीहरूलाई भित्रबाट परमेश्‍वर कस्तो हुनुहुन्थ्यो होला जस्तो लाग्छ? यस बारेको सोचाइले तिमीहरूलाई कस्तो महसुस गराउँछ? यो हृदयस्पर्शी र हृदयलाई आनन्दित गराउने तस्वीर हो। यसभित्र परमेश्‍वर र मानिस मात्र भएता पनि, उहाँहरू बिचको घनिष्ठताले तिमीहरूमा श्रद्धाको भाव भर्दछ: परमेश्‍वरको भरिपूर्ण प्रेम मानिसलाई सित्तैँमा दिएको छ र यसले मानिसलाई घेर्छ; मानिस निर्दोष र शुद्ध छ अनि भारमुक्त र निर्धक्क रूपमा परमेश्‍वरको नजरमुनि आनन्दपूर्वक जिइरहेको छ; परमेश्‍वरले मानिस परमेश्‍वरको सुरक्षा र आशिष्‌मा बस्दा परमेश्‍वरले मानिसप्रति चासो देखाउनुहुन्छ; मानिसले गर्ने र भन्‍ने हरेक कुरा परमेश्‍वरसँग छुटाउनै नमिल्‍ने गरी जोडिएका छन् र तिनलाई परमेश्‍वरबाट अलग गर्न सकिन्‍न।

यसलाई परमेश्‍वरले मानिसको सृष्टिपछि उसलाई दिनुभएको पहिलो आज्ञा भन्‍न सकिन्छ। यस आज्ञाले केव्यक्त गर्दछ? यसले परमेश्‍वरको इच्छाको बारेमाव्यक्त गर्दछ, यसले मानवजातिप्रति उहाँका चिन्ताहरूको बारेमा पनि व्यक्त गर्दछ। योपरमेश्‍वरको पहिलो आज्ञा हो र यो परमेश्‍वरले मानिसको निम्ति चिन्ता व्यक्त गर्नुभएको पहिलो पटक पनि हो। यसको अर्थ, परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको बेलादेखि नै उसप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुभयो। उहाँको जिम्मेवारी के हो? उहाँले मानिसको सुरक्षा गर्नुपर्छ, मानिसको हेरचाह गर्नुपर्छ। मानिसले उहाँका वचनहरूमा भरोसा गर्न र तिनको आज्ञा पालन गर्न सक्छ भन्‍ने कुराको आशा उहाँ गर्नुहुन्छ। यो परमेश्‍वरले मानिसबाट आशा गर्नुभएको पहिलो कुरा पनि हो। यही आशामा परमेश्‍वर निम्न कुरा भन्‍नुहुन्छः “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यी सरल वचनहरूले परमेश्‍वरको इच्छाको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले उहाँको हृदयमा मानिसप्रति चासो देखाउन थाल्‍नुभएको कुरालाई पनि यिनीहरूले प्रकट गर्छन्। सबै कुराहरूमध्ये, आदम मात्र परमेश्‍वरको प्रतिरूपमा बनाइएको थियो; परमेश्‍वरले जीवनको सास फुकिदिनुभएको जीवित प्राणी आदम मात्र थियो; ऊ परमेश्‍वरसँग हिँड्न र कुराकानी गर्न सक्थ्यो। यसैले परमेश्‍वरले उसलाई यो आज्ञा दिनुभयो। परमेश्‍वरले आफ्नो आज्ञामा मानिसले के गर्न सक्‍छ र के गर्न सक्दैन भन्‍ने कुराहरू एकदमै सरल तरिकाले बताउनुभयो।

यी केही सरल वचनहरूमा, हामीले परमेश्‍वरको हृदय देख्छौँ। तर कस्तो किसिमको हृदयले आफैँलाई देखाउँछ? के परमेश्‍वरको हृदयमा प्रेम छ? के त्यँहा चासो छ? यी पदहरूमा, परमेश्‍वरको प्रेम र चासोलाई सराहना गर्न मात्र होइन तर घनिष्ठ रूपले महसुस पनि गर्न सकिन्छ। के तिमीहरू सहमत हुँदैनौ। मैले यसो भनेको सुनेर पनि, के तिमीहरू यिनीहरू सामान्य वचनहरू मात्र हुन् भन्‍ने सोच्छौ? जे भए पनि ती त्यति सामान्य पनि छैनन्, होइन र? के तिमीहरूलाई पहिले यसको बारेमा अवगत थियो? परमेश्‍वरले व्यक्तिगत रूपमा तँलाई यी वचनहरू भन्‍नुभयो भने, तैँले भित्री रूपमा कस्तो महसुस गर्ने थिइस्? यदि तँ मानव नभएको भए, यदि तेरो हृदय कठोर भएको भए, तैँले केही महसुस गर्न सक्‍ने थिइनस्, तैँले परमेश्‍वरको प्रेमलाई सराहना गर्न सक्‍ने थिइनस् र तैँले परमेश्‍वरको हृदय बुझ्‍ने कोसिस गर्ने थिइनस्। तर मानवीय चेत र विवेक भएको व्यक्ति भएको कारण तैँले फरक महसुस गर्ने थिइस्। तैँले न्यानोपन महसुस गर्ने थिइस्, तैँले वास्ता गरिएको र प्रेम गरिएको महसुस गर्ने थिइस् र तैँले सुख महसुस गर्ने थिइस्। के यो सही होइन? जब तैँले यी कुराहरूको अनुभव गर्छस्, तैँले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने छस्? के तैँले परमेश्‍वरमा जोडिएको महसुस गर्ने छस्? के तैँले हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम र सम्मान गर्ने छस्? के तेरो हृदय परमेश्‍वरको नजिक जाने छ? यसबाट तैँले मानिसको निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ भ‍न्‍ने देख्‍न सक्छस्। तर मानिसले परमेश्‍वरको प्रेमको सराहना गर्नु र त्यसलाई बुझ्‍नु अझ जरुरी छ? वास्तवमा, परमेश्‍वरले आफ्नो कामको चरणमा उस्तै धेरै कुराहरू भन्‍नुहुन्‍न र? के आज परमेश्‍वरको हृदयको सराहना गर्ने मानिसहरू छन्? के तिमीहरूले मैले भर्खरै भनेका परमेश्‍वरका इच्छा बुझ्‍न सक्छौ? वास्तवमा यो यति ठोस, मूर्त र वास्तविक हुँदा पनि तिमीहरूले परमेश्‍वरको इच्छाको सराहना गर्न सक्दैनौ। त्यसैले तिमीहरूमा परमेश्‍वरको वास्तविक ज्ञान र समझ छैन भनेर म भन्छु। के यो साँचो होइन?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४

परमेश्‍वरले हव्वालाई सृष्टि गर्नुहुन्छ

उत्पत्ति २:१८-२० अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु। अनि यहोवा परमेश्‍वरले जमिनबाट भूमिका हरेक जनावर र आकाशका हरेक पक्षी बनाउनुभयो; र त्यसले तिनलाई के नामले बोलाउँदो रहेछ भन्‍ने हेर्नलाई उहाँले तिनीहरूलाई आदमकहाँ ल्याउनुभयो: र आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो। अनि आदमले सबै चौपाया र आकाशका पक्षीहरू र भूमिका हरेक जनावरको नाम राखे; तर आदमको निम्ति सहयोगी भेटिएन।

उत्पत्ति २:२२-२३ अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो। अनि आदमले भने, यो त मेरै हड्डीहरूको हड्डी र मासुको मासु हो: तिनलाई स्‍त्री भनिनेछ किनभने तिनलाई पुरुषबाट लिइएकी थिइन्।

धर्मशास्त्रको यस खण्डमा एउटा महत्त्वपूर्ण पङ्‍क्ति छ: “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो।” यसैले, सबै जीवित प्राणीहरूको नाम कसले राख्यो? आदमले, परमेश्‍वरले होइन। यस पङ्‍क्तिले मानवजातिलाई एउटा तथ्य भन्छः परमेश्‍वरले मानिसको सृष्टि गर्दा नै उसलाई बुद्धि दिनुभयो। यसको अर्थ, मानिसको बुद्धि परमेश्‍वरबाट आएको हो। यो एक निश्‍चितता हो। तर किन? परमेश्‍वरले आदमको सृष्टि गर्नुभए पछि, के आदम विद्यालय गयो? के उसलाई पढ्न आउँथ्यो? परमेश्‍वरले विभन्‍न जीवित प्राणीहरू बनाउनुभए पछि, के आदमले यी सबै प्राणीहरूको पहिचान गर्‍यो? के परमेश्‍वरले उसलाई तिनीहरूको नाम के के थिए भनी बताउनुभयो? परमेश्‍वरले उसलाई यी प्राणीहरूका नामहरू कसरी राख्‍ने भनेर पनि अवश्य सिकाउनुभएन। सत्य त्यही हो! त्यसो भए यी जीवित प्राणीहरूको नाम कसरी राख्‍ने र तिनीहरूलाई के नाम दिने भनेर आदमलाई कसरी थाहा भयो? यो आदमको सृष्टि गर्दा परमेश्‍वरले आदममा के कुरा थपिदिनुभयो भन्‍ने प्रश्‍नको जवाफसँग सम्बन्धित छ। यी तथ्यहरूले प्रमाणित गर्छन् कि परमेश्‍वरले मानिसको सृष्टि गर्नुहुँदा आफ्नो बुद्धि पनि उसमा थपिदिनुभयो। यो मूख्य बुँदा हो, त्यसैले ध्यान दिएर सुन। तिमीहरूले बुझ्‍नुपर्ने अर्को मूख्य बुँदा पनि छ: आदमले जीवित प्राणीहरूको नाम राखे पछि, ती नामहरू परमेश्‍वरको शब्दावलीमा स्थापित भए। म किन यो कुरा उल्लेख गर्छु? किनकि यसमा परमेश्‍वरको स्वभाव सामेल छ र यस बुँदाको थप व्याख्या मैले गर्नुपर्छ।

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, उसमा जीवनको सास फुकिदिनुभयो र उसलाई उहाँको बुद्धिबाट केही, उहाँको क्षमताहरू र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो दिनुभयो। परमेश्‍वरले मानिसलाई यी सबै कुराहरू दिनुभए पछि, मानिसले केही कुराहरू स्वतन्त्र रूपमा गर्न सक्‍ने र आफैँले सोच्‍न सक्‍ने भयो। मानिसले सोचेको र गरेको कुरा परमेश्‍वरको नजरमा असल छ भने, परमेश्‍वरले त्यसको पुष्टि गर्नुहुन्छ र हस्तक्षेप गर्नुहुन्‍न। यदि मानिसले गरेको कुरा सही छ भने, परमेश्‍वरले यसलाई हुन दिनुहुन्छ। त्यसो भए, “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो” वाक्यांशले के कुराको सङ्‍केत गर्छ? यसले विविध जीवित प्राणीहरूका कुनै पनि नामलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्छ भन्‍ने लागेन भन्‍ने कुराको सङ्‍केत गर्दछ। कुनै प्राणीलाई आदमले जे नाम दियो, परमेश्‍वरले “त्यस्तै होस्” भनेर उक्त प्राणीको नामलाई स्वीकार गर्नुहुन्थ्यो। के यस विषयमा परमेश्‍वरले कुनै धारणा व्यक्त गर्नुभयो? होइन, उहाँले अवश्य नै गर्नुभएन। त्यसो भए, यसबाट तिमीहरूले के बुझ्छौ? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुभयो र मानिसले परमेश्‍वरले दिनुभएको बुद्धिलाई कुराहरू गर्नको निम्ति प्रयोग गर्‍यो। यदि मानिसले गरेको कुरा परमेश्‍वरको नजरमा सकारात्मक छ भने, परमेश्‍वरले कुनै पनि न्याय वा आलोचना नगरी त्यसलाई पुष्टि गर्नुहुन्छ, मान्यता दिनुहुन्छ र र स्वीकार गर्नुहुन्छ। यो कार्य कुनै पनि व्यक्ति वा दुष्ट आत्मा वा शैतानले गर्न सक्दैन। के तिमीहरूले यहाँ परमेश्‍वरको स्वभावको प्रकाश देख्‍छौ? के मानवजाति, भष्ट व्यक्ति वा शैतानले तिनीहरूकै सामुन्‍ने आफ्नो नाममा कसैलाई केही गर्ने अनुमति दिन्छन् र? अवश्य नै दिँदैनन्! के तिनीहरूले अर्को व्यक्ति वा तिनीहरूभन्दा फरक अर्को शक्तिसँग यस स्थानको निम्ति लड्लान्? अवश्य नै तिनीहरूले यसो गर्ने छन्! यदि आदमसँग त्यति बेला कुनै भ्रष्ट व्यक्ति वा शैतान भएको भए, तिनीहरूले आदमले गरेको कुराको खण्डन गर्ने थिए। तिनीहरूमा स्वतन्त्र सोच्‍न सक्‍ने खुबी र आफ्नै अद्वितीय अन्तर्दृष्टि छ भन्‍ने कुरालाई प्रमाणित गर्नको निम्ति, आदमले गरेका सबै कुराहरूलाई तिनीहरूले पूर्ण रूपमा इन्कार गर्ने थिएः “तिमीले यसको नाम यस्तो राख्‍न चाहन्छौ? ठिकै छ, मचाहिँ यसलाई यो नामले बोलाउने छैन, म यसलाई त्यो नामले बोलाउँछु; तिमीले यसलाई टोम भन्यौ तर म यसलाई ह्‍यारी भन्‍ने छु। म कति बाठो छु भन्‍ने कुरा मैले देखाउनुपर्छ।” यो कस्तो किसिमको स्वभाव हो? के असभ्य अहंकार होइन? अनि परमेश्‍वरचाहिँ कस्तो हुनुहुन्छ? के उहाँसँग यस्तो स्वभाव छ? के आदमले गरिरहेको कुरामा परमेश्‍वरले अनौठो आपत्ति जनाउनुभयो? यसको जवाफ प्रष्ट रूपमा “जनाउनु भएन” हुन्छ। परमेश्‍वरले प्रकट गर्नुहुने स्वभावमा तर्क, अहंकार वा स्व-धार्मिकताको कति पनि सङ्‍केत छैन। यति कुराचाहिँ यहाँ स्पष्ट छ। यो सानो कुरा जस्तो देखिन सक्छ, तर यदि तैँले परमेश्‍वरको सार बुझ्‍दैनस् भने, यदि तेरो हृदयले परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र परमेश्‍वरको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा बुझ्‍ने प्रयास गर्दैन भने, तैँले परमेश्‍वरको स्वभाव बुझ्दैनस् वा परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश जान्‍ने छैनस्। के कुरा यही होइन? के मैले भर्खरै वर्णन गरेको कुरासँग तिमीहरू सहमत छौ? आदमले गरेका कार्यहरूको जवाफमा, परमेश्‍वरले भव्यतापूर्ण तरिकाले यस्तो घोषणा गर्नुभएन, “तैँले असल गरिस्, तैँले सही गरिस् र म सहमत छु!” उहाँको हृदयमा भने परमेश्‍वरले आदमले गरेको कामलाई स्वीकार गर्नुभयो, सराहना गर्नुभयो र प्रशंसा गर्नुभयो। सृष्टिदेखि यता परमेश्‍वरको निम्ति मानिसले उहाँको निर्देशनमा गरेको यो पहिलो कुरा थियो। परमेश्‍वरको साटोमा र परमेश्‍वरको खातिर, मानिसले यसो गरेको थियो। परमेश्‍वरको नजरमा, परमेश्‍वरले मानिसलाई दिनुभएको बुद्धिको कारण यसो भएको थियो। परमेश्‍वरले यसलाई असल, सकारात्मक कुराको रूपमा देख्‍नुभयो। आदमले त्यस बेला गरेको कुरा मानिसमा परमेश्‍वरको बुद्धिको पहिलो प्रस्फुटन हो। परमेश्‍वरको दृष्टिमा यो राम्रो प्रस्फुटन थियो। यहाँ मैले तिमीहरूलाई भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वरले मानवजाति उहाँलाई प्रस्फुटन गर्ने जीवित प्राणी बनोस् भन्‍ने उद्देश्यका खातिर नै परमेश्‍वरले मानिसलाई उहाँसँग जे छ तथा उहाँ जे हुनुहुन्छ त्यो र उहाँको बुद्धि प्रदान गर्नुभयो। उहाँको खातिर काम गर्ने यस्तै जीवित प्राणी देख्‍न परमेश्‍वरले चाहिरहनुभएको थियो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५

परमेश्‍वरले आदम र हव्वाको निम्ति छालाका लुगा बनाउनुहुन्छ

उत्पत्ति ३:२०-२१ अनि आदमले आफ्नी पत्‍नीको नाउँ हव्वा राखे; किनभने तिनी सारा जीवितहरूकी आमा थिइन्। यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।

“यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यस दृश्यमा, परमेश्‍वरले आदम र हव्‍वासँग हुँदा कस्तो भूमिका लिनुभयो भन्‍ने हामी देख्छौं? यस संसारमा दुई मानवजातिद्वारा मात्र परमेश्‍वरले आफैलाई कसरी प्रकट गर्नुहुन्छ? के उहाँले आफैलाई परमेश्‍वरको भूमिकामा प्रकट गर्नुहुन्छ? हंगकंग दाजुभाइ र दिदीबहिनीहरू, जवाफ देऊ। (बाबुआमाको भूमिकामा।) दक्षिण कोरियाका भाइ-बहिनीहरू, परमेश्‍वर कस्तो भूमिकामा देखा पर्नुहुन्छ भनी तिमीहरू सोच्छौ? (परिवारको शिर।) ताइवानका भाइ-बहिनीहरू, तिमीहरू के सोच्छौ? (आदम र हव्वाको परिवारको सदस्यको भूमिका।) परमेश्‍वर आदम र हव्वाको परिवारको सदस्यको रूपमा देखा पर्नुहुन्छ भनेर तिमीहरूमध्ये केहीले सोच्छौ भने, केहीले परमेश्‍वर परिवारको शिरको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन् र अन्यले उहाँ बाबुआमाको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन्। यी सबै धेरै नै उचित छन्। तर म के भन्‍न खोज्दैछु भन्‍ने के तिमीहरू देख्छौ? परमेश्‍वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै सङ्गीहरूको रूपमा व्यवहार गर्नुभयो। तिनीहरूको एक मात्र परिवारको रूपमा परमेश्‍वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस, बास र कपासका आवश्यकताहरू पूरा गर्नुभयो। यहाँ, परमेश्‍वर आदम र हव्वाको बाबुआमाको रूपमा देखापर्नुहुन्छ। जब परमेश्‍वरले यसो गर्नुहुन्छ, मानिसले परमेश्‍वर कति उच्च हुनुहुन्छ भन्‍ने देख्दैन; उसले परमेश्‍वरको सर्व-श्रेष्ठता, उहाँको रहस्य र विशेष गरी उहाँको क्रोध वा प्रतापलाई देख्दैन। उसले मानिसप्रतिको परमेश्‍वरको विनम्रता, उहाँको स्‍नेह, उहाँको चासो र उसको निम्ति उहाँको जिम्‍मेवारी र वास्ता मात्र देख्छ। आदम र हव्‍वासँग परमेश्‍वरले गर्नुभएको व्यवहारको आचरण र तरिका आमाबुबाले आफ्ना छोराछोरीहरूलाई गर्ने व्यवहारसँग मेल खान्छन्। आमाबाबुले आफ्ना छोरा-छोरीहरूलाई कसरी प्रेम, हेरचाह र वास्ता गर्छन् यो त्यस्तै पनि छ—वास्तविक, देख्‍न सकिने र मूर्त। आफैलाई उच्च र शक्तिशाली स्थानमा उठाउनुको साटो, परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको लागि पहिरन बनाउन छालाको प्रयोग गर्नुभयो। यो जनावरको रौँको लुगा तिनीहरूको लाज ढाक्‍नको लागि थियो कि तिनीहरूलाई जाडोबाट बचाउनका लागि थियो त्यो महत्त्वपूर्ण छैन। मानिसको शरीर ढाक्‍ने यो पहिरन परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नै हातले बनाउनुभएको थियो भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुन्छ भनी मानिसहरूले कल्पना गरे जस्तो पहिरनलाई अस्तित्वमा ल्याउन वा अन्य आश्‍चर्यजनक माध्यमको प्रयोग गर्ने बारेमा सोच्‍नु भन्दा पनि परमेश्‍वरले गर्नुहुन्‍न होला वा उहाँले यसो गर्नु हुँदैन भनेर मानिसले सोच्‍ने किसिमको काम नै परमेश्‍वरले वैधानिक रूपमा गर्नुभयो। यो सानो कुरा जस्तो देखिन्छ—यो कुरा उल्लेखनीय छ भन्‍ने समेत कतिपय मानिसहरूलाई लाग्दैन—तर यसले उहाँको बारेमा अस्पष्ट धारणाहरू बोकेर परमेश्‍वरलाई पछ्याउने कुनै पनि व्यक्तिलाई उहाँको सच्चाइ र सुन्दरताको बारेमा अन्तर्दृष्टि प्राप्त गर्ने र उहाँको विश्‍वासयोग्यता र विनम्रता देख्‍ने तुल्याउँछ। यसले आफैलाई उच्च र शक्तिशाली ठान्‍ने अत्यन्तै अहङ्कारी मानिसहरूलाई परमेश्‍वरको सच्चाइ र विनम्रताको सामुन्‍ने आफ्ना घमण्डी शिरहरू लाजले झुकाउने बनाउँछ। यहाँ परमेश्‍वरको सच्चाइ र विनम्रताले मानिसहरूलाई परमेश्‍वर कति स्‍नेही हुनुहुन्छ भन्‍ने कुरा देख्‍न थप सक्षम बनाउँछ। यसको विपरीत, मानिसहरूले आफ्ना हृदयमा राखेका “अपार” परमेश्‍वर, “स्‍नेही” परमेश्‍वर र “सर्वशक्तिमान्” परमेश्‍वर तुच्छ र कुरूप बनेको छ र सानो छुवाइले पनि चकनाचूर हुन्छ। जब तैँले यो पद देख्छस् र यो कथा सुन्छस्, परमेश्‍वरले यस्तो कुरा गर्नुभएको कारण के तैँले परमेश्‍वरलाई तिरस्कार गर्छस्। केही मानिसहरूले त्यसो गर्लान्, तर अरूले फरक प्रतिक्रिया दिनेछन्। तिनीहरूले परमेश्‍वर सच्‍चा र स्‍नेही हुनुहुन्छ र परमेश्‍वरको सच्चाइ र सुन्दरताले नै तिनीहरूलाई द्रवीभूत पार्छ। तिनीहरूले परमेश्‍वरको वास्तविक पक्ष जति धेरै देख्छन्, तिनीहरूले त्यति नै धेरै परमेश्‍वरको प्रेमको साँचो अस्तित्व, आफ्ना हृदयमा परमेश्‍वरको महत्त्व, र उहाँ हरेक क्षण कसरी तिनीहरूको छेउमा खडा हुनुहुन्छ भन्‍ने कुराको सराहना गर्न सक्छन्।

अब, हाम्रो छलफललाई वर्तमानसँग जोडौं। यदि परमेश्‍वरले आफूले सुरुमा सृष्टि गर्नुभएका मानिसहरूको निम्ति मानिसहरूले सोच्‍न वा अपेक्षा गर्न पनि हिम्मत गर्न नसक्‍ने यी विभिन्‍न साना कुराहरू गर्न सक्‍नुहुन्छ भने, के परमेश्‍वरले आजका मानिसहरूको निम्ति पनि यस्ता कुराहरू गर्न सक्‍नुहुन्छ? केहीले भन्छन्, “सक्‍नुहुन्छ!” किन सक्‍नुहुन्छ त? किनकि परमेश्‍वरको सार बहाना होइन र उहाँको सुन्दरता बहाना होइन। परमेश्‍वरको सार वास्तवमा नै अस्तित्वमा छ र यो अरूले थप्‍ने कुरा होइन, र फरक समय, ठाउँ र युगहरू अनुसार बदलिने कुरा होइन। मानिसहरूले सामान्य र नगण्य सोचेका कुराहरू गरेर मात्र परमेश्‍वरको सच्चाइ र सुन्दरतालाई साँचो रूपमा बाहिर ल्याउन सकिन्छ—यो यति सामान्य हुन्छ कि उहाँले यो कुरा गर्न सक्नुहुन्छ भन्‍ने कुरा मानिसहरूले सोच्‍न पनि सक्दैनन्। परमेश्‍वर कपटी हुनुहुन्न। उहाँको स्वभाव र सारमा कुनै पनि अतिशयोक्ति, भेष बदल्ने कुरा, घमण्ड वा अहङ्कार छैन। उहाँले कहिले पनि सेखी गर्नुहुन्‍न, तर उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई विश्‍वासयोग्यता र निष्कपटताका साथ प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, हेरचाह गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने कामलाई मानिसहरूले जति थोरै सराहना, अनुभव गरे पनि वा देखे पनि, उहाँले यो कार्य निश्‍चय नै गर्दै हुनुहुन्छ। परमेश्‍वरसँग यस्तो सार छ भन्‍ने कुरा जानेर के यसले परमेश्‍वरप्रति भएको मानिसहरूको प्रेमलाई प्रभाव पार्छ? के यसले परमेश्‍वरप्रति भएको तिनीहरूको भयलाई प्रभाव पार्छ? मलाई आशा छ तैँले परमेश्‍वरको वास्तविक पक्ष बुझेपछि, तँ अझ उहाँको नजिक जानेछस् र मानवजातिप्रतिको उहाँको प्रेम र वास्तालाई साँचो रूपले सराहना गर्न सक्‍नेछस्, साथै तेरो हृदय परमेश्‍वरलाई दिन सक्‍नेछस् र उहाँ बारेका सन्देह र शङ्काहरूदेखि छुटकारा पाउनेछस्। परमेश्‍वरले मानिसको निम्ति सबै कुरा चुपचाप गर्दैहुनुहुन्छ, सबै कुरा उहाँको निष्कपटता, विश्‍वासयोग्यता र प्रेमका साथ शान्तिपूर्वक तरिकाले गर्दैहुनुहुन्छ। तर उहाँले गर्नुहुने कुराहरूप्रति उहाँमा कुनै आशङ्का वा पछुतोहरू छैनन्, न त कसैले कुनै पनि तरिकाले उहाँले गर्नुभएका कुराको मूल्य चुकाउन नै आवश्यक छ वा मानवजातिबाट केही प्राप्त गर्ने अभिप्राय नै उहाँसँग छ। मानवजातिको साँचो विश्‍वास र प्रेम प्राप्त गर्नु नै उहाँले गर्नुभएका सबै कुराको एक मात्र उद्देश्य हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २६

परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने अभिप्राय राख्‍नुहुन्छ र नोआलाई जहाज बनाउने निर्देशन दिनुहुन्छ

उत्पत्ति ६:९-१४ नोआका पुस्ताहरू यी नै हुन्: नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए र नोआ परमेश्‍वरसँग हिँड्थे। र नोआले तीन छोराहरू शेम, हाम र येपेतलाई जन्माए। पृथ्वी पनि परमेश्‍वरको सामुन्‍ने भ्रष्ट नै थियो र पृथ्वी हिंसाले भरिएको थियो। अनि परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए। अनि परमेश्‍वरले नोआलाई भन्‍नुभयो, मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु। तैँले गोपेर काठको एउटा जहाज बना; जहाजमा तैँले कोठाहरू बना र त्यसलाई भित्र र बाहिर अलकत्राले लिप्।

उत्पत्ति ६:१८-२२ तर तँसँग म मेरो करार स्थापित गर्नेछु; र तँ अनि तँसँग तेरा छोराहरू र तेरी श्रीमती र तेरा छोराहरूका श्रीमतीहरू सँगै जहाजमा आउनेछौ। अनि सबै किसिमका हरेक जीवित प्राणीहरूमा, हरेक प्रजातिका दुई-दुई गरेर तँसँगै जीवित राख्‍नको निम्ति तैँले जहाजमा ल्याउनेछस्; तिनीहरू भाले र पोथी हुनेछन्; पक्षीहरूबाट तिनीहरूका प्रजाति अनुसार र पशुहरूबा तिनीहरूका प्रजाति अनुसार र पृथ्वीमा घस्रने हरेकका प्राणीबाट तिनीहरूका प्रजाति अनुसार, हरेकका दुई वटा जीवित रहनलाई तँकहाँ आउनेछन्। अनि खाइने सबै आहारा तँसँग लैजानू र तैँले त्यो तँसँग जम्मा गरेर राख्‍नू; र त्यो तँ र तिनीहरूका निम्ति आहारा हुनेछ। नोआले त्यस्तै गरे; तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम सबै गरे।

यी खण्डहरू पढे पछि के तिमीहरूले नोआको बारेमा सामान्य समझ प्राप्त गर्‍यौ? नोआ कस्ता व्यक्ति थिए? मूल पाठ यस्तो छ: “नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए।” आधुनिक मानिसहरूको बुझाइमा, ती दिनहरूका “धर्मी मानिस” भनेको कस्तो किसिमको व्यक्ति हो? धर्मी मानिस सिद्ध मानिस हुनुपर्छ। यो सिद्ध मानिस मानिसको दृष्टिमा वा परमेश्‍वरको दृष्टिमा सिद्ध थियो कि थिएन भन्‍ने तिमीहरूलाई थाहा छ? यसमा कुनै शंकै छैन, यो सिद्ध मानिस परमेश्‍वरको दृष्टिमा सिद्ध मानिस थियो, तर मानिसको दृष्टिमा सिद्ध थिएन। यो निश्‍चित छ! किनकि मानिस अन्धो छ र त्यसले देख्दैन, र परमेश्‍वरले मात्र सारा पृथ्वी र हरेक मानिसलाई हेर्नुहुन्छ, र नोआ सिद्ध मानिस थियो भन्‍ने कुरा परमेश्‍वरलाई मात्र थाहा थियो। यसैले, संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको योजना नोआलाई बोलाएको बेला नै सुरु भयो।

…………

नोआलाई बोलाइएको कुरा एउटा सामान्य तथ्य हो, तर हामीले यस अभिलेखमा कुरा गरिरहेको मुख्य बुँदा—परमेश्‍वरको स्वभाव, उहाँको इच्छा र उहाँको सार—चाहिँ सामान्य कुरा होइन। परमेश्‍वरका यी विभिन्‍न पक्षहरूलाई बुझ्‍नको निम्ति, हामीले पहिले परमेश्‍वरले कस्तो किसिमको व्यक्तिलाई बोलाउने इच्छा गर्नुहुन्छ भन्‍ने कुरा बुझ्‍नुपर्छ, र यसको माध्यमद्वारा उहाँको स्वभाव, इच्छा, र सार बुझ्‍नुपर्छ। यो महत्वपूर्ण छ। यसैले परमेश्‍वरको नजरमा, उहाँले बोलाउने मानिस कस्तो किसिमको व्यक्ति हुन्छ? उक्त व्यक्ति उहाँका वचनहरू सुन्‍न सक्ने र उहाँका निर्देशनहरू मान्‍न सक्ने व्यक्ति हुनुपर्छ। साथै, उक्त व्यक्ति जिम्मेवारी बोध गर्ने, परमेश्‍वरको वचनलाई पूरा गर्नैपर्ने जिम्मेवारी र कर्तव्यको रूपमा व्यवहार गरेर यसलाई पुरा गर्ने हुनुपर्छ। के त्यसो भए उक्त व्यक्तिले परमेश्‍वरलाई चिनेको हुनुपर्छ? होइन। त्यस बेला, नोआले परमेश्‍वरका शिक्षाहरूको बारेमा त्यति सुनेको थिएन वा परमेश्‍वरको कुनै पनि कामको अनुभव गरेको थिएन। यसैले, नोआसँग परमेश्‍वरको बारेमा थोरै ज्ञान थियो। नोआ परमेश्‍वरसँग हिँड्थे भनेर अभिलेख राखेको भएता पनि, के उसले कहिले परमेश्‍वरको व्यक्तित्वलाई देख्यो? यसको जवाफ हुन्छ, निश्‍चय नै देखेन! किनकि ती दिनहरूमा, परमेश्‍वरका दूतहरू मात्र मानिसहरूका माझमा आउँथे। तिनीहरूका बोली र काममा तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गरेता पनि, तिनीहरूले केवल परमेश्‍वरको इच्छा र उहाँका अभिप्रायहरू व्यक्त गर्थे। परमेश्‍वरको व्यक्तित्व मानिसकहाँ आमने सामने प्रकट गरिएको थिएन। धर्मशास्त्रको यस खण्डमा, नोआले के गर्नुपर्ने थियो र उसलाई परमेश्‍वरका निर्देशनहरू के थिए भन्‍ने मात्र देख्छौँ। यसैले परमेश्‍वरले यहाँ अभिव्यक्त गर्नुभएको सार के थियो? परमेश्‍वरले गर्ने हरेक काम सूक्ष्मताका साथ योजना गरिन्छन्। जब उहाँले भइरहेको कुनै कुरा वा परिस्थितिलाई हेर्नुहुन्छ, त्यसको मापन गर्ने मापदण्ड उहाँको नजरमा हुन्छ र त्यसको सामना गर्नको निम्ति उहाँले कुनै योजना शुरू गर्नुपर्छ कि पर्दैन अथवा त्यस कुरा वा परिस्थितिको सामना गर्नको निम्ति कुन तरिका अवलम्बन गर्नुपर्छ भ‍न्‍ने कुराको निर्धारण त्यही मापदण्डले गर्छ। सबै कुराप्रति उहाँ उदासीन वा भावनाविहिन हुनुहुन्‍न। वास्तवमा यसको ठिक विपरित छ। परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने कुरालाई व्यक्त गर्ने एउटा पद यहाँ छ: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु।” परमेश्‍वरले यसो भन्‍नुहुँदा के उहाँले मानवलाई मात्र नष्ट गर्दै हुनुहुन्थ्यो भन्‍ने अर्थ यसले दिन्छ? होइन! उहाँले शरीर भएका सबै जीवित प्राणीहरूलाई नष्ट गर्न गइरहनुभएको थियो भनी परमेश्‍वरले भन्नुभयो। परमेश्‍वरले किन विनाशको चाहना गर्नुभयो? यहाँ परमेश्‍वरको स्वभावको अर्को प्रकाश छ: परमेश्‍वरको नजरमा, मानिसको भ्रष्टता, सारा प्राणीहरूको फोहोरीपन, हिंसा र अनाज्ञाकारीताप्रति उहाँको धैर्यको सीमा छ। उहाँको सिमा के हो? यो परमेश्‍वरले भन्‍नुभए जस्तै होः “परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र हेर, त्यो भ्रष्ट थियो; किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए।” “किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए” वाक्यांशको अर्थ के हो? यसको अर्थ यही हो, परमेश्‍वरलाई पछयाउनेहरू, परमेश्‍वरको नाम पुकार्नेहरू, परमेश्‍वरलाई होमबली चढाउनेहरू, परमेश्‍वरलाई मुखले स्वीकार गर्ने र परमेश्‍वरको स्तुति गर्नेहरू लगायत कुनै पनि जीवित प्राणीहरू—तिनीहरूको व्यवहार भ्रष्टताले पूर्ण भएर त्यो परमेश्‍वरको नजरमा पुगेपछि, उहाँले तिनीहरूलाई पनि नष्ट गर्नुपर्ने हुन्थ्यो। त्यही नै परमेश्‍वरको सीमा थियो। त्यसो भए परमेश्‍वर मानिस र सारा प्राणीहरूको भ्रष्टतासँग कुन हदसम्म धैर्य रहनुभयो? चाहे परमेश्‍वरका अनुयायीहरू वा विश्‍वास नगर्ने सारा मानिसहरू सही बाटोमा नहिँडुञ्‍जेलसम्म। मानिस नैतिक रूपमा भ्रष्ट भएर दुष्टताले पूर्ण नभएको मात्र होइन, तर परमेश्‍वरको अस्तित्वलाई विश्‍वास गर्ने कोही पनि नहुञ्‍जेलसम्म, संसारलाई परमेश्‍वरले शासन गर्नुहुन्छ र परमेश्‍वरले मानिसहरूकहाँ ज्योति ल्याउनुहुन्छ र तिनीहरूलाई सही मार्गमा ल्याउन सक्‍नुहुन्छ भनेर विश्‍वास गर्ने व्यक्तिको त कुरै नगरौँ। मानिसले परमेश्‍वरको अस्तित्वलाई घृणा गर्ने र परमेश्‍वरलाई अस्तित्वमा आउन अनुमति नदिने हदसम्म। जब मानिसको भ्रष्टता यस बिन्दुमा पुग्छ, तब परमेश्‍वरले सहन सक्‍नुहुन्‍न। केले यसलाई प्रतिस्थापन गर्ने छ? परमेश्‍वरको क्रोध र परमेश्‍वरको दण्डको आगमनले। के त्यो परमेश्‍वरको स्वभावको आंशिक प्रकाश थिएन? यस वर्तमान युगमा, के कोही पनि मानिसहरू परमेश्‍वरको नजरमा धर्मी छैनन्? के परमेश्‍वरको नजरमा सिद्ध मानिसहरू कोही पनि छैनन्? के यो युग पृथ्वीका सारा प्राणीहरूको व्यवहार परमेश्‍वरको नजरमा भ्रष्ट भएको युग होइन? यस दिन र युगमा—परमेश्‍वरले पूर्ण बनाउन चाहनुभएका र परमेश्‍वरलाई पछयाउन र उहाँको मुक्तिलाई स्वीकार गर्न सक्ने बाहेकका—सबै देहका मानिसहरूले परमेश्‍वरको धैर्यको सीमालाई चुनौति दिइरहेका छैनन्? के तिमीहरूको नजिकै भइरहेका सबै कुराहरू—तिमीहरूका आफ्नै आँखाले देख्‍ने र तिमीहरूका कानले सुन्‍ने र यस संसारमा व्यक्तिगत रूपले हरेक दिन अनुभव गर्ने कुराहरू—हिंसाले पूर्ण छैनन्? परमेश्‍वरको नजरमा, यस्तो संसार, यस्तो युग, अन्त हुनुपर्दैन र? वर्तनमान युगको पृष्ठभूमि नोआको समयको पृष्ठभूमिभन्दा फरक भएता पनि, मानिसको भ्रष्टताप्रति परमेश्‍वरको भावनाहरू र क्रोध उस्तै छ। आफ्नो कामको कारण परमेश्‍वर धैर्य रहन सक्षम हुनुभएको छ, तर परिस्थिति र स्थितिहरूलाई मध्यनजर गर्दा, परमेश्‍वरको नजरमा, यो संसार धेरै पहिले नै नष्ट गरिसक्नुपर्ने थियो। संसारलाई जलप्रलयद्वारा नष्ट गर्दाको समयमा भएको भन्दा धेरै परका परिस्थितिहरू छन्। तर भिन्‍नता के छ? यो पनि परमेश्‍वरको हृदयलाई सबैभन्दा बढी दुःखी बनाउने कुरा, र सायद तिमीहरूमध्ये कसैले पनि सराहना गर्न नसक्ने कुरा हो।

उहाँले जलप्रलयद्वारा संसारलाई नाश गर्नुहुँदा, परमेश्‍वरले नोआलाई जहाज बनाउन र केही तयारीको काम गर्न बोलाउन सक्षम हुनुभयो। परमेश्‍वरले एक जना मानिस—नोआ—लाई उहाँको निम्ति यी शृङ्खलाबद्ध कुराहरू गर्न बोलाउन सक्‍नुभयो। तर यस वर्तमान युगमा, परमेश्‍वरले बोलावट गर्नुपर्ने कोही पनि छैन। यो किन? यहाँ बस्‍ने हरेक व्यक्तिले सम्भवतः त्यो कारण राम्ररी बुझ्छन् र जान्दछन्। के तिमीहरू मैले यो कुरा भनेको चाहन्छौ? मैले यसलाई ठुलो आवाजमा भनेँ भने तिमीहरूको नाक काटिन सक्छ र सबै उदास हुन सक्छौ। केही मानिसहरूले भन्‍न सक्छन्ः “हामी धर्मी मानिसहरू र परमेश्‍वरको नजरमा सिद्ध मानिसहरू नभएता पनि यदि परमेश्‍वरले हामीलाई केही कुरा गर्न लगाउनुभयो भने, हामी अझ पनि त्यो काम गर्न सक्षम छौँ। पहिले, उहाँले विनाशकारी विपत्ति आउँदै छ भन्‍नुहुँदा, विपत्तिमा चाहिने खाना र सरसमानहरू हामीले तयार गर्‍यौँ। के त्यो सबै परमेश्‍वरका मागहरूबमोजिम गरेकोथिएन र? के हामीले साँच्चै परमेश्‍वरको काममा सहकार्य गरेनौँ र? हामीले गरेका यी कुराहरूलाई नोआले गरेको कामसँग तुलना गर्न सकिन्‍न र? हामीले गरेको काम गर्नु साँचो आज्ञापालन होइन र? के हामीले परमेश्‍वरको निर्देशनलाई पछ्याइरहेका थिएनौँ र? के हामीले परमेश्‍वरले भनेको कुरा गरेनौँ किनकि हामीसँग परमेश्‍वरको वचनप्रति विश्‍वास छ? त्यसो भए परमेश्‍वर अझ पनि किन दुःखी हुनुहुन्छ? बोलावट गर्नुपर्ने कोही पनि छैन भनेर किन परमेश्‍वरले भन्‍नुहुन्छ?” तिमीहरू र नोआका कार्यहरूमा कुनै फरक छ? फरक के छ? (अहिलेको विपत्तिको निम्ति खाना तयार गर्नु हाम्रो आफ्नै अभिप्राय थियो।) (हाम्रा कार्यहरू “धर्मी” ठहरिँदैनन्, जबकि नोआचाहिँ परमेश्‍वरको नजरमा धर्मी थिए।) तिमीहरूले भनेको कुरा त्यति धेरै नमिल्दो कुरा होइन। नोआले गरेको कार्य मानिसहरूले अहिले गरेको कामभन्दा धेरै हदसम्म फरक थियो। नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरको अभिप्रायहरूको बारेमा थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचन पालना गर्ने र सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार आज्ञापालन थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिले हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथ्यो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त आज्ञापालन गर्‍यो, सुन्यो र त्यसबमोजिम गर्‍यो। अहिलेका मानिसहरू त्यस्ता छैनन्ः परमेश्‍वरको वचनबाट थोरै मात्र जानकारी चुहिने बित्तिकै, हावामा पातहरू बजेको सुन्‍ने बित्तिकै, तिनीहरू तुरून्त कामको निम्ति तयार हुन्छन्, जेसुकै होस् वा जस्तोसुकै मूल्य चुकाउनु परोस्, घटनापछि तिनीहरूले खाने, पिउने र प्रयोग गर्ने कुराहरूको जोहो गर्नतिर लाग्छन्, विपत्ति आइपर्दा भाग्‍ने बाटोहरूको योजना पनि गर्न थाल्छन्। त्योभन्दा चाखलाग्दो कुरा त के छ भने, यस्तो महत्त्वपूर्ण क्षणमा “काम फत्ते गर्ने कुरामा” मानव दिमाग धेरै राम्रो छ। परमेश्‍वरले कुनै निर्देशनहरू नदिनुभएका परिस्थितिहरूमा मानिसले सबै कुरा उचित तवरले योजना गर्न सक्छ। त्यस्ता योजनाहरूको वर्णन गर्न तिमीले “सिद्ध” शब्दको प्रयोग गर्न सक्छौ। परमेश्‍वरले के भन्‍नुहुन्छ, परमेश्‍वरका अभिप्रायहरू के छन् वा परमेश्‍वरले के चाहनुहुन्छ भ‍न्‍ने कुराहरूलाई कसैले पनि वास्ता गर्दैन र कसैले पनि सराहना गर्ने कोसिस गर्दैन। के यो नै आजमा मानिसहरू र नोआ बीचको ठुलो फरक होइन र?

नोआको कथाको यस अभिलेखमा, के तिमीहरूले परमेश्‍वरको स्वभावको एक भाग देख्छौ? मानिसको भ्रष्टता, फोहोरीपन र हिंसाप्रति परमेश्‍वरको धैर्यको सीमा छ। उहाँ त्यो सीमामा पुगेपछि, उहाँले धैर्य गर्नुहुने छैन र बरु उहाँले उहाँको नयाँ व्यवस्थापन र नयाँ योजना सुरु गर्नुहुनेछ, उहाँले जे गर्नुपर्ने त्यो गर्न सुरु गर्नुहुनेछ, उहाँका कामहरू र उहाँको स्वभावको अर्को पक्ष प्रकट गर्नुहुनेछ। उहाँको यो कार्य उहाँ कहिले पनि मानिसबाट चोट पुर्याइनुहुन्न वा उहाँ अधिकार र क्रोधले पूर्ण हुनुहुन्छ भन्‍ने कुराको प्रदर्शनको निम्ति होइन, र यो उहाँले मानवजातिको विनाश गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा देखाउनको लागि होइन। यस प्रकारको मानवजाति उहाँको सामुन्‍ने जिएको, उहाँको प्रभुत्वमा जिएको कुरालाई उहाँको स्वभाव र उहाँको पवित्र सारले अनुमति दिँदैन वा धैर्य गर्दैन। यसको अर्थ यही हो, सारा मानवजाति उहाँको विरुद्धमा हुँदा, पृथ्वीमा मुक्त गर्न सक्ने कोही पनि नहुँदा यस्तो मानवजातिप्रति उहाँले धैर्य गर्नुहुने छैन र कुनै पनि सन्देहविना नै यस्तो प्रकारको मानवजातिलाई नष्ट गर्ने योजना कार्यान्वयन गर्नुहुनेछ। परमेश्‍वरद्वारा गरिने यस्तो कार्यको निर्धारण परमेश्‍वरको स्वभावले गर्छ। यो आवश्यक परिणाम हो, र परमेश्‍वरको प्रभुत्वमा सृष्टि गरिएका हरेक प्राणीले सहनुपर्ने परिणाम हो। के यसले अहिलेको वर्तमान युगमा, आफ्नो योजना पूरा गर्न र उहाँले मुक्त गर्न चाहेका मानिसहरूलाई मुक्त गर्नको निम्ति परमेश्‍वरले पर्खनुहुन्‍न भन्‍ने देखाउँदैन र? यी परिस्थितिहरूमा, परमेश्‍वरले के कुराको सबैभन्दा धेरै वास्ता राख्‍नुहुन्छ? उहाँलाई नपछ्याउनेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा उहाँको विरोध गर्नेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा प्रतिरोध गर्छन् वा मानवजातिले कसरी उहाँको निन्दा गर्दैछन् भन्‍ने कुरा होइन। उहाँलाई पछ्याउनेहरू, उहाँको व्यवस्थापन योजनामा उहाँका मुक्तिका पात्रहरूलाई उहाँले सिद्ध पार्नुभएको छ कि छैन, तिनीहरू उहाँको सन्तुष्टिको योग्य भएका छन् कि छैनन् त्यो कुरालाई मात्रै उहाँले वास्ता गर्नुहुन्छ। उहाँलाई पछ्याउनेबाहेकका मानिसहरूलाई उहाँले आफ्नो क्रोध अभिव्यक्त गर्नको निम्ति दण्ड दिने काम विरलै मात्र गर्नुहुन्छ। उदाहरणको निम्तिः सुनामी, भुकम्प र ज्वालामुखीहरू। साथै, उहाँलाई पछ्याउनेहरू र उहाँद्वारा मुक्त गर्न लागेकाहरूलाई उहाँले मजबुद सुरक्षा र हेरचाह गर्दै हुनुहुन्छ। परमेश्‍वरको स्वभाव यही होः एकातिर, उहाँले पूर्ण बनाउने अभिप्राय राख्‍नुभएका मानिसहरूप्रति उहाँ एकदमै धैर्य र सहन गर्न सक्‍नुहुन्छ, र उहाँले सकेसम्म तिनीहरूको निम्ति प्रतिक्षा गर्न सक्‍नुहुन्छ; अर्कोतिर, उहाँलाई नपछ्याउने र उहाँको विरोध गर्ने शैतान-जस्ता मानिसहरूलाई परमेश्‍वरले उत्कटतापूर्वक घृणा र हेला गर्नुहुन्छ। यस्ता शैतान-जस्ताहरूले उहाँलाई पछ्याऊन् कि नपछ्याऊन् वा उहाँको आराधना गरून् कि नगरून् भन्‍ने कुराको वास्ता उहाँ राख्‍नुहुन्‍न, तिनीहरूप्रति उहाँको हृदयमा धैर्यता धारण गर्नुहुँदै उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ र यी शैतान-जस्ताहरूको अन्त्य निर्धारण गर्दै गर्दा, उहाँको व्यवस्थापन योजनाका चरणहरूको आगमनको प्रतिक्षा पनि उहाँ गर्दै हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २७

जलप्रलयपछि नोआलाई परमेश्‍वरको आशिष्‌

उत्पत्ति ९:१-६ अनि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, फलवन्त र वृद्धि भएर पृथ्वीलाई फेरि भर। र पृथ्वीका हरेक पशुमाथि, आकाशका हरेक पक्षीमाथि, पृथ्वीमा चहलपहल गर्ने सबैमाथि र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको डर र भय रहनेछ; तिनीहरू तेरा हातमा सुम्पिएका छन्। हरेक सजीव प्राणी तेरो निम्ति मासु हुनेछन्; मैले हरिया वनस्पतिझैँ तिमीहरूलाई सबै कुरा दिएको छु। तर रगतसँगको मासु, जुन रगत हो, तिमीहरूले खानेछैनौ। र म निश्‍चय नै तिमीहरूका जीवनका रगत लिनेछु; म हरेक पशुको साटो, र हरेक मानिसको साटो त्यो लिनेछु; हरेको मानिसको भाइको साटो म मानिसको जीवन लिनेछु। जसले मानिसको रगत बगाउँछ, मानिसबाटै त्यसको रगत बगाइनेछ: किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो।

नोआले परमेश्‍वरको निर्देशनहरूको पालना गर्दै जहाज बनाएर परमेश्‍वरले संसारलाई नष्ट गर्नको निम्ति प्रयोग गर्नुभएका जलप्रलयको दिनहरूमा जिएपछि, तिनका आठ जनाको सारा परिवार बाँचे। नोआका आठ जनाको परिवारबाहेकका सबै मानवजाति नष्ट पारिए, र पृथ्वीका सारा जीवित प्राणीहरू नष्ट पारिए। नोआलाई परमेश्‍वरले आशिष्‌ दिनुभयो र उसलाई र उसका छोराहरूलाई केही कुराहरू भन्‍नुभयो। ती कुराहरू परमेश्‍वरले उसलाई प्रदान गर्नुहुने कुराहरू र उसमाथि परमेश्‍वरको आशिष् थिए। यो आशिष् र प्रतिज्ञा परमेश्‍वरले उहाँलाई सुन्‍ने र उहाँका निर्देशनहरू स्वीकार गर्नेलाई दिनुहुन्छ र यो परमेश्‍वरले मानिसहरूलाई इनाम दिने तरिका पनि हो। यसको अर्थ, परमेश्‍वरको नजरमा नोआ सिद्ध वा धर्मी मानिस भएता पनि र उसले परमेश्‍वरको बारेमा जति धेरै जानेको भएता पनि, छोटकरीमा भन्‍नुपर्दा, नोआ र उसका तीन छोराहरू सबैले परमेश्‍वरको वचनहरू सुने, परमेश्‍वरको काममा सहकार्य गरे र परमेश्‍वरका निर्देशनहरूबमोजिम तिनीहरूले गर्नुपर्ने काम गरे। फलस्वरूप, तिनीहरूले जलप्रलयबाट संसारको विनाशको क्रममा परमेश्‍वरको निम्ति मानव र विभिन्‍न किसिमका जीवित प्राणीहरूको रक्षा गरे र तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको नयाँ चरणको निम्ति ठुलो योगदान गरे। उसले गरेका सबै कुराहरूको निम्ति, परमेश्‍वरले उसलाई आशिष् दिनुभयो। आजका मानिसहरूका निम्ति, नोआले गरेको काम उल्लेखनीय नहुन सक्छ। केहीले यस्तो पनि सोच्‍न सक्छन्ः नोआले केही पनि गरेनन्; परमेश्‍वरले तिनलाई बचाउने निर्णय गर्नुभएको थियो, यसैले तिनी निश्‍चय नै बाँच्‍ने थिए। ऊ जीवित रहनु उसको आफ्नै उपलब्धिहरूका कारणले थिएन। यो परमेश्‍वरले होओस् भनेर चाहनुभयो किनकि मानिस निष्क्रिय छ। तर परमेश्‍वरले त्यस्तो सोचिरहनुभएको थिएन। परमेश्‍वरको निम्ति, कुनै व्यक्ति महान् होस् कि तुच्छ होस् उहाँको इच्छा र उहाँको योजना सहज तरिकाले हासिल होस् भनेर यदि तिनीहरूले उहाँलाई सुन्‍न, उहाँका निर्देशनहरू र उहाँले सुम्पेका कुराहरूको पालना गर्न सक्छन्, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सक्छन् भने, त्यो व्यवहार उहाँको सम्झना र उहाँको आशिष्‌ प्राप्त गर्न योग्य ठहरिन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मूल्यवान ठान्नुहुन्छ र उहाँका निम्ति गरिएका तिनीहरूका कामहरू, तिनीहरूको प्रेम र स्‍नेहलाई उहाँले कदर गर्नुहुन्छ। यो परमेश्‍वरको मनोवृत्ति हो। त्यसो भए परमेश्‍वरले नोआलाई किन आशिष् दिनुभयो? किनकि मानिसका त्यस्ता कार्यहरू र आज्ञाकारिताप्रति परमेश्‍वरले यसरी व्यवहार गर्नुहुन्छ।

परमेश्‍वरले नोआलाई दिनुभएको आशिष्‌को बारेमा, केही मानिसहरूले भ‍न्‍नेछन्ः “यदि मानिसले परमेश्‍वरलाई सुन्यो र परमेश्‍वरलाई सन्तुष्ट पार्‍यो भने, परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुहुन्छ। यो भन्‍नुपर्ने कुरा नै होइन?” के हामी त्यसो भन्‍न सक्छौँ? कतिपय मानिसहरू भन्छन्: “सक्‍दैनौं।” किन हामीले त्यसो भन्‍न सक्दैनौं? केही मानिसहरू भन्छन्ः “मानिस परमेश्‍वरको आशिष्‌मा आनन्द लिने योग्यको छैन।” त्यो पूर्ण रूपमा सही छैन। कुनै एक व्यक्तिले परमेश्‍वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले आज्ञा पालना गर्‍यो कि गरेन र त्यस व्यक्तिले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्‍यो कि गरेन र तिनीहरूले गरेको कामले मापदण्ड पूरा गर्छ कि गर्दैन भन्‍ने कुराको निर्णय गर्नको निम्ति परमेश्‍वरसँग मापदण्ड छ। परमेश्‍वरले मानिसको हृदयको वास्ता राख्‍नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्‍म तिनीहरूले केही न केही गर्छन्, परमेश्‍वरले त्यसलाई आशिष् दिनुपर्छ भन्‍ने छैन। परमेश्‍वरको बारेमा मानिसहरूमा यही गतल बुझाइ छ। परमेश्‍वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्‍न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकासक्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको आज्ञाकारिता, ध्यान र तिनीहरूको हृदयमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ। नोआले त्यस समयमा परमेश्‍वरको बारेमा कति जानेका थिए? के त्यो तिमीहरूले अहिले जानेका धर्मसिद्धान्तहरू जति नै थियो? परमेश्‍वर बारेका धारणा र ज्ञान जस्ता सत्यताका पक्षहरूको आधारमा हेर्दा, के उसले तिमीहरूले जतिकै मलजल र हेरचाह प्राप्त गर्‍यो? होइन, गरेन! तर नकार्ने नसकिने एउटा तथ्य छ: आजका मानिसहरूको चेतना, मन र हृदयहरूको गहिराइमा, परमेश्‍वरप्रति तिनीहरूका धारणा र मनोवृत्तिहरू अस्पष्ट र अनेकार्थी छन्। मानिसहरूका एक भागसँग परमेश्‍वरको अस्तित्व प्रति नकारात्मक मनोवृत्ति छ पनि भन्‍न सकिन्छ। तर नोआको हृदय र चेतनामा, परमेश्‍वरको उपस्थिति पूर्ण र शंकारहित थियो र त्यसैले परमेश्‍वरप्रति उसको आज्ञाकारिता विशुद्ध र जाँचको सामना गर्न सक्‍ने किसिमको थियो। परमेश्‍वरप्रति उसको हृदय शुद्ध र खुला थियो। परमेश्‍वरको हरेक वचनलाई पछ्याउनको निम्ति उसलाई मनाउन धर्मसिद्धान्तहरूको धेरै ज्ञानको आवश्यकता परेन, न त उसलाई परमेश्‍वरले सुम्पनुभएको कुरालाई स्वीकार गर्न र परमेश्‍वरले उसलाई गर्न लगाउनुभएका कुराहरू गर्न सक्षम हुनको निम्ति परमेश्‍वरको अस्तित्वलाई प्रमाणित गर्ने धेरै तथ्यहरूको नै आवश्यकता नै उसलाई पर्‍यो। नोआ र आजका मानिसहरू बिचको अत्यावश्य फरक यही नै हो। परमेश्‍वरको नजरमा सिद्ध मानिसको वास्तविक परिभाषा पनि यही हो। परमेश्‍वरले नोआ जस्ता मानिसहरूको चाहना गर्नुहुन्छ। ऊ जस्तै मानिसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ र ऊ पनि परमेश्‍वरले आशिष् दिने ठिकै प्रकारको व्यक्ति हो। के यसबाट तिमीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्‍यौ? मानिसहरूले मानिसहरूलाई बाहिरबाट हेर्छन्, जबकि परमेश्‍वरले मानिसहरूको हृदय र तिनीहरूको सारहरू हेर्नुहुन्छ। परमेश्‍वरले कसैलाई पनि उहाँप्रति उत्साहहीन वा शंका हुने अनुमति दिनुहुन्‍न, न त उहाँले मानिसहरूलाई उहाँप्रति शंका गर्ने वा कुनै पनि प्रकारले उहाँको जाँच गर्ने अनुमति नै दिनुहुन्छ। यसर्थ, आजका मानिसहरू परमेश्‍वरको वचनसँग आमनेसामने भएता पनि—परमेश्‍वरसँग आमनेसामने भएता पनि—तिनीहरूको हृदयका गहिराइमा भएको केहीकुरा, तिनीहरूको भ्रष्टतापूर्ण तत्वको अस्तित्व र उहाँप्रति तिनीहरूको शत्रुतापूर्ण मनोवृत्तिको कारणले, परमेश्‍वरप्रति साँचो विश्‍वास गर्नबाट तिनीहरूलाई अवरोध गरेको छ र उहाँप्रति आज्ञाकारी हुनबाट रोकेको छ। यसैले परमेश्‍वरले नोआलाई दिनुभएको जस्तै आशिष् प्राप्त गर्न तिनीहरूलाई धेरै कठिन छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८

परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुने छ।

अब, परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा कसरी प्रयोग गर्नुभयो भन्‍ने बारेमा धर्मशास्त्रको यस खण्डलाई हेरौँ।

धेरैजसो मानिसहरूलाई इन्द्रेणी के हो भन्‍ने थाहा छ र इन्द्रेणीहरूसँग सम्बन्धित कथाहरू सुनेका छन्। जहाँसम्म बाइबलमा भएको इन्द्रेणीको कथाको कुरा छ, केही मानिसहरूले यसलाई विश्‍वास गर्छन् र केहीले यसलाई किंवदन्तीको रूपमा लिन्छन् भने, अन्यले यसलाई विश्‍वास नै गर्दैनन्। जेसुकै भए तापनि इन्द्रेणीसँग सम्बन्धित सारा घटनाहरू परमेश्‍वरका काम थिए र परमेश्‍वरले मानिसको व्यवस्थापन गर्ने प्रक्रियाको क्रममा ती घटनाहरू घटेका थिए। यी घटनाहरूलाई बाइबलमा ठीक तरिकाले अभिलिखित गरिएका छन्। यी अभिलेखहरूले त्यस समयमा परमेश्‍वरको मनस्थिति कस्तो थियो वा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूपछाडिका इरादाहरू के थिए भन्‍नेबारेमा बताउँदैनन्। यसअतिरिक्त, परमेश्‍वरले यी कुराहरू बोल्नुहुँदा कस्तो महसुस गरिरहनुभएको थियो भन्‍ने कुराको सराहना कसैले पनि गर्न सक्दैन। तथापि, यस सम्पूर्ण घटनाको विषयमा परमेश्‍वरको मनको अवस्था पाठका हरफहरूबाट प्रकटित हुन्छ। परमेश्‍वरका त्यस समयका सोचहरू उहाँको वचनका हरेक शब्द र वाक्यांशमार्फत तत्कालै स्पष्ट भए जस्तो लाग्छ।

मानिसहरूले चासो राख्‍नुपर्ने र तिनीहरूले सबैभन्दा बढी जान्‍न खोज्‍नुपर्ने कुरा भनेकै परमेश्‍वरका सोचहरू हुन्। किनकि परमेश्‍वरका सोचहरू परमेश्‍वरबारेको मानिसको बुझाइसँग जटिल तवरले सम्बन्धित छन् र परमेश्‍वरबारेको मानिसको बुझाइ मानिसको जीवनमा हुने प्रवेशसँग छुटाउन नसकिने गरी जोडिएको छ। यसैले, यी घटनाहरू घट्दाको समयमा परमेश्‍वरले के सोचिरहनुभएको थियो?

मूल रूपमा, परमेश्‍वरले आफ्नो नजरमा धेरै असल र उहाँसँग नजिक रहेको मानवजातिको सृष्टि गर्नुभयो तर उहाँविरुद्ध विद्रोहमा गएपछि तिनीहरूलाई जलप्रलयद्वारा नष्ट पारियो। यस्तो मानवजाति तत्कालै यसरी गायब हुँदा के परमेश्‍वरलाई दुःख लाग्‍यो? अवश्य नै उहाँलाई दुःख लाग्यो! त्यसो भए, त्यस पीडाप्रति उहाँको अभिव्यक्ति के थियो? त्यसलाई बाइबलमा कसरी अभिलिखित गरिएको थियो? बाइबलमा यसलाई यसरी लेखिएको थियो: “अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ।” यस सरल वाक्यले परमेश्‍वरका सोचहरू प्रकट गर्छ। संसारको विनाशले परमेश्‍वरलाई धेरै पीडा दियो। मानिसका शब्दमा भन्नुपर्दा, उहाँ धेरै दुःखी हुनुभयो। हामी कल्पना गर्न सक्छौँ: एकताका जीवनले भरिएको पृथ्वी जलप्रलयद्वारा नष्ट पारिएपछि कस्तो भयो? एकताका मानवजातिले भरिएको पृथ्वी त्यस समय कस्तो देखियो? मानव बसोबासरहित, जीवित प्राणीरहित र जताततै पानी र पानीको सतहमा पूर्ण विनाश। संसारको सृष्टि गर्दा, के यस्तो दृष्य परमेश्‍वरको मौलिक इरादा थियो? अवश्य नै थिएन! परमेश्‍वरको मौलिक इरादा भनेको सारा भूमि जीवनले भरिएको देख्नु, उहाँले सृष्टि गर्नुभएको मानवजातिले उहाँको आराधना गरेको देख्नु थियो, उहाँको आराधना गर्ने एकलो व्यक्ति वा उसलाई सुम्पिएको काम पूरा गर्ने उहाँको बोलावटको जवाफ दिने एकलो नोआलाई मात्र पाउनु होइन। मानवजाति गायब हुँदा, परमेश्‍वरले मौलिक रूपमा इरादा राख्‍नुभएको कुरालाई होइन बरु त्यसको ठीक विपरित कुरालाई देख्‍नुभयो। उहाँको हृदय कसरी पीडामा नहुन सक्थ्यो र? यसैले उहाँले आफ्नो स्वभाव प्रकट गरिरहनुहुँदा र आफ्ना संवेगहरू अभिव्यक्त गरिरहनुहुँदा परमेश्‍वरले एउटा निर्णय लिनुभयो। उहाँले कस्तो किसिमको निर्णय लिनुभयो त? परमेश्‍वरले मानवजातिलाई जलप्रलयद्वारा फेरि नष्ट गर्नुहुनेछैन भन्‍ने प्रतिज्ञास्वरूप, मानिससँगको करारको रूपमा बादलमा इन्द्रेणी (अर्थात्, हामीले देख्‍ने इन्द्रेणी) बनाउने निर्णय। साथै, यो परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभयो भनेर मानिसहरूलाई बताउनलाई पनि थियो, ताकि परमेश्‍वरले किन यस्तो काम गर्नुहुन्छ भनेर मानवजातिले सदैव सम्झिरहोस्।

के त्यस बेलाको संसारको विनाश परमेश्‍वरको चाहना थियो? यो पक्कै पनि परमेश्‍वरले चाहनुभएको कुरा थिएन। हामीले विनाशपछिको पृथ्वीको एउटा सानो खण्डको दयनीय अवस्थाको बारेमा कल्पना गर्न सक्छौँ, तर हामीले परमेश्‍वरको दृष्टिमा त्यस बेलाको उक्त दृष्य कस्तो थियो भन्‍ने कुराको अलिकति पनि कल्पना गर्न सक्दैनौँ। उक्त दृष्य, अर्थात् जलप्रलयद्वारा पृथ्वीको विनाशपछिको तस्बिर देख्‍नुभएपछि परमेश्‍वरले कस्तो अनुभव गरिरहनुभएको थियो भनेर अहिलेका वा त्यस बेलाका कुनै पनि मानिसहरूले कल्पना गर्न वा त्यसको सराहना गर्न सक्दैनन् भनेर हामी भन्‍न सक्छौँ। मानिसको अवज्ञाको कारण परमेश्‍वरलाई यसो गर्न कर लाग्यो, तर जलप्रलयद्वारा संसारको यो विनाशबाट परमेश्‍वरको हृदयले भोगेको पीडा एउटा यस्तो सत्य हो जसलाई कसैले पनि मापन गर्न वा सराहना गर्न सक्दैन। यसैले परमेश्‍वरले मानवजातिसँग एउटा करार बाँध्नुभयो, जसमार्फत उहाँले मानिसहरूलाई परमेश्‍वरले एकताका यस्तो पनि गर्नुभएको थियो भन्‍ने कुरा सम्झना गराउने र परमेश्‍वरले फेरि संसारलाई यसरी विनाश गर्नुहुनेछैन भनेर तिनीहरूसामु शपथ लिने लक्ष्य लिनुभयो। यस करारमा हामीले परमेश्‍वरको हृदयलाई देख्‍छौँ—परमेश्‍वरले यस मानवजातिको विनाश गर्नुहुँदा उहाँको हृदय पीडामा थियो भन्‍ने हामी देख्छौँ। मानिसको भाषामा भन्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्नुहुँदा र मानवजाति लोप हुँदै गर्दा उहाँको हृदय रोइरहेको र पीडाले भरिएको थियो। यसलाई वर्णन गर्ने सबैभन्दा उत्तम तरिका यही होइन र? मानवहरूले मानवीय भावनाहरूलाई चित्रित गर्न यी शब्दहरूको प्रयोग गर्छन्, तर मानिसको भाषामा धेरै नै कमी भएको कारण परमेश्‍वरका भावना र संवेगहरूको वर्णन गर्नको निम्ति तिनीहरूको प्रयोग गर्नु मेरो लागि त्यति खराब कुरा होइन, र तिनीहरू त्यति अतिरञ्जक पनि होइनन्। तिनीहरूले तिमीहरूलाई कम्तिमा पनि त्यति बेला परमेश्‍वरको मनस्थिति कस्तो थियो भन्‍नेबारेमा धेरै स्पष्ट र धेरै उचित बुझाइ प्रदान गर्छन्। अब तिमीहरूले इन्द्रेणी फेरि देख्दा के सोच्‍नेछौ? कम्तिमा पनि जलप्रलयद्वारा संसारको विनाश गर्नुभएपछि परमेश्‍वर कसरी शोकमा हुनुहुन्थ्यो भन्‍ने कुरा तिमीहरूले सम्झनेछौ। परमेश्‍वरले यस संसारलाई घृणा गर्नुभए तापनि र यस मानवजातिलाई घृणा गर्नुभए तापनि, उहाँले आफ्नै हातले बनाउनुभएको मानवजातिको विनाश गर्नुहुँदा, उहाँको हृदय पीडामा थियो, यसलाई भुल्नको निम्ति संघर्षरत, यसलाई सहन गर्न अनिच्छुक र कठिन अवस्थामा थियो। उहाँको एउटै सान्त्वना नोआको आठ जनाको परिवारमा थियो। नोआको सहकार्यले गर्दा नै सबै कुराको सृष्टि गर्दाको उहाँका कठिन प्रयासहरू खेर गएनन्। परमेश्‍वरले कष्ट भोग्दै गर्नुभएको समयमा, उहाँको पीडामा मलम लगाउने कुरा यही मात्र थियो। त्यस बेलादेखि परमेश्‍वरले मानवजातिप्रतिका उहाँका सबै अपेक्षाहरू नोआको परिवारमाथि राख्‍नुभयो, यस आशामा कि तिनीहरू उहाँको श्रापमा होइन, उहाँका आशिष्‌मा जिउन सकून्, यस आशामा कि तिनीहरूले फेरि कहिल्यै पनि परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभएको नदेखून् र यस आशामा कि तिनीहरू नष्ट नगरिऊन्।

यसबाट हामीले परमेश्‍वरको स्वभावको कुन भागको बारेमा सिक्‍नुपर्छ? मानिस उहाँको विरोधी भएको हुनाले परमेश्‍वरले मानिसलाई घृणा गर्नभएको थियो, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र दया अपरिवर्तित नै रहे। उहाँले मानवजातिको विनाश गर्दा पनि उहाँको हृदय अपरिवर्तित नै रह्‍यो। जब मानवजाति परमेश्‍वरप्रति गम्भीर हदसम्म भ्रष्टता र अनाज्ञाकारिताले भरिपूर्ण भयो, तब परमेश्‍वरले उहाँको स्वभाव र सारको कारण र उहाँका सिद्धान्तहरूबमोजिम यस मानवजातिलाई नष्ट गर्नुपर्ने भयो। तर परमेश्‍वरको सारको कारण उहाँले अझै पनि मानवजातिमाथि दया गर्नुभयो र तिनीहरू बाँचिरहून् भनेर मानवजातिलाई उद्धार गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्न चाहनुभयो। तर मानिसले परमेश्‍वरको विरोध गर्‍यो, परमेश्‍वरको अवज्ञा गर्न जारी राख्यो र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न इन्कार गर्‍यो; भन्नुको अर्थ उसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्‍यो। परमेश्‍वरले तिनीहरूलाई जसरी बोलाउनुभएको भए तापनि, तिनीहरूलाई जसरी सम्झाउनुभएको भए तापनि, तिनीहरूको निम्ति जसरी आपूर्ति गरिदिनुभएको भए तापनि, तिनीहरूलाई जसरी सहायता गर्नुभएको भए तापनि वा तिनीहरूलाई जसरी सहन गर्नुभएको भए तापनि, मानिसले त्यसलाई बुझेन वा सराहना गरेन, न त तिनीहरूले कुनै ध्यान नै दिए। परमेश्‍वरले आफ्नो पीडामा, मानिसले आफ्नो दिशा बदल्छ कि भनेर पर्खँदै तिनीहरूलाई अझै पनि हदैसम्मको सहनशीलता प्रदान गर्न भुल्नुभएन। उहाँको हद पार भएपछि बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुभयो। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुभएको समयदेखि मानवजातिको विनाश गर्ने कार्य सुरु गर्नुभएको समयसम्म निश्‍चित समयावधि र प्रक्रिया थियो। यो प्रक्रिया मानिसलाई मार्ग परिवर्तन गर्न सक्षम तुल्याउनको निम्ति अस्तित्वमा थियो र यही नै परमेश्‍वरले मानिसलाई दिनुभएको अन्तिम मौका थियो। मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले भारी मात्रामा सम्झाउने र प्रोत्सान गर्ने काम गर्नुभयो। परमेश्‍वरको हृदय जतिसुकै पीडा र शोकमा भएको भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुभयो। यसबाट हामी के देख्छौँ? नि:सन्देह, हामी देख्छौँ कि मानवजातिप्रति परमेश्‍वरको प्रेम वास्तविक छ, केवल ओठेभक्ति जस्तो मात्र छैन। यो वास्तविक, मूर्त र सराहनीय छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्‍वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्‍न वा उहाँ प्रेमयोग्य हुनुहुन्‍छ भन्‍ने देखाउन नक्कली छवि प्रयोग गर्नुहुन्‍न। उहाँले आफ्नो प्रेमिलोपन मानिसहरूलाई देखाउनको निम्ति वा आफ्नो प्रेमिलोपन र पवित्रताको देखावटी प्रदर्शन गर्न कहिले पनि झुटो साक्षीको प्रयोग गर्नुहुन्‍न। के परमेश्‍वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमको योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्‍नेहपूर्वक याद गरिन योग्य छैनन्? यस बिन्दुमा म तिमीहरूलाइ सोध्‍न चाहन्छुः यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्‍वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्‍ने सोच्छौ? के परमेश्‍वरको प्रेमिलोपन खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्‍वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्‍वरको स्वभाव र सारका विवध पक्षहरूको हरेक विवरण मानिसप्रति भएको उहाँको इच्छामा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूरा गरिन्छन् र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरेको वा नगरेको भए पनि परमेश्‍वर हरप्रकारले हरेक व्यक्तिको हेरचाह गर्ने स्वभावको हुनुहुन्छ र उहाँले हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्युँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्‍न विधिहरूको प्रयोग गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो; चाहे तिनीहरू भ्रष्ट भएका होऊन् वा चाहे तिनीहरूले उहाँलाई पच्छाऊन् वा नपछ्याऊन्, परमेश्‍वरले मानवजातिलाई उहाँका खेलौनाहरूको रूपमा होइन, उहाँको सबैभन्दा बढी स्‍नेहपूर्वक प्रेम गरिने प्राणीहरूको रूपमा व्यवहार गर्नुहुन्छ—वा मानवजातिहरूले भन्ने शब्दमा, उहाँका अत्यन्तै प्यारा मानिसहरूको रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सृष्टि हो भनेर भन्‍नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्‍ने महसुस गर्नुहुन्‍न। न त उहाँले मानवजातिलाई बचाउने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठुलो योगदान गरिरहेको छ भन्‍ने नै ठान्‍नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सोमार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्‍वरले कहिल्यै पनि त्यसको श्रेय लिनेबारेमा सोच्‍नुहुन्‍न वा श्रेय लिने कोसिस गर्नुहुन्‍न। यसको निर्धारण परमेश्‍वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्‍वरको स्वभावको साँचो अभिव्यक्ति हो। यसैले, बाइबल वा अरू कुनै पुस्तकहरूमा नै किन नहोस्, परमेश्‍वरले आफ्ना सोचहरू अभिव्यक्त गर्नुभएको हामी कहिल्यै देख्दैनौँ र मानवजाति उहाँप्रति आभारी होओस् वा मानवजातिले उहाँको प्रशंसा गरोस् भन्‍ने लक्ष्य राखेर परमेश्‍वरले मानवहरूसमक्ष उहाँले यी कुराहरू किन गर्नुहुन्छ, वा उहाँले मानवजातिको निम्ति किन यति वास्ता राख्‍नुहुन्छ भन्नेबारेमा व्याख्या वा घोषणा गर्नुभएको हामी कहिल्यै देख्दैनौँ। उहाँलाई चोट लाग्दा, उहाँको हृदय अत्यन्तै पीडामा हुँदा पनि उहाँले मानवजातिप्रति आफ्नो दायित्वलाई वा मानवजातिप्रतिको उहाँको चासोलाई कहिल्यै बिर्सनुहुन्‍न; उहाँले यी सबै चोटहरूलाई एकलै र मौनतामा सहनुहुन्छ। यसको ठीक विपरीत, उहाँले सधैँ गर्नुभएजस्तै परमेश्‍वरले मानवजातिको निम्ति निरन्तर भरणपोषण उपलब्ध गराउनुहुन्छ। मानवजातिले प्रायः परमेश्‍वरको प्रशंसा र उहाँको साक्षी दिए तापनि यी कुनै पनि व्यवहारहरू परमेश्‍वरद्वारा आवश्यक गरिएका कुरा होइनन्। किनकि परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका कुनै पनि असल कुराहरूको बदलामा उहाँले कृतज्ञता वा परिपूर्तिको आशा गर्नुहुन्‍न। अर्कोतर्फ, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍नेहरू, परमेश्‍वरलाई साँच्‍चै पछ्याउनेहरू, उहाँलाई सुन्‍ने र उहाँप्रति निष्ठावान हुनेहरू र उहाँको आज्ञापालन गर्न सक्‍ने मानिसहरूले प्रायः उहाँका आशिष्‌हरू प्राप्त गर्नेछन्, र परमेश्‍वरले कुनै पनि सन्देहविना नै यस्ता आशिष्‌हरू प्रदान गर्नुहुनेछ। यसअतिरिक्त, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने आशिष्‌हरू प्रायः गरेर तिनीहरूका कल्पना बाहिरका हुन्छन्, र मानवजातिले गरेका काम वा तिनीहरूले तिरेको मूल्यबाट औचित्य सिद्ध गर्न नसक्‍ने किसिमका पनि हुन्छन्। मानवजातिले परमेश्‍वरका आशिष्‌हरूमा आनन्‍द मनाउँदै गर्दा, परमेश्‍वर के गर्दै हुनुहुन्छ भन्‍ने कुराको मतलब के कसैले गर्छ? परमेश्‍वरले कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्‍ने कुराको चासो के कसैले देखाउँछ? के कसैले परमेश्‍वरको पीडालाई सराहना गर्ने कोसिस गर्छ? यसको जवाफ जोडदार रूपमा “गर्दैन” भन्ने हुन्छ! के नोआलगायतका मानवजातिले त्यस समय परमेश्‍वरले महसुस गर्नुभएको पीडाको सराहना गर्न सक्छ? परमेश्‍वरले किन यस्तो करार बाँध्‍नुभयो भनेर कसैले बुझ्‍न सक्छ? तिनीहरूले सक्दैनन्! मानवजातिले परमेश्‍वरको पीडा नबुझेको र मानिस तथा परमेश्‍वरबीचको दुरी वा तिनीहरूको हैसियतमा भएको फरकको कारणले परमेश्‍वरको पीडाको सराहना नगरेका होइनन्; बरु परमेश्‍वरका कुनै पनि अनुभूतिहरूप्रति मानवजातिलाई कुनै पनि वास्ता नभएको कारणले यस्तो भएको हो। मानवजातिले सोच्छ कि परमेश्‍वर स्वतन्त्र हुनुहुन्छ—यसैले उहाँको वास्ता गर्न, उहाँलाई बुझ्‍न वा उहाँप्रति ध्यान दिनको निम्ति परमेश्‍वरलाई मानिसहरूको आवश्यकता पर्दैन। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, यसैले उहाँसँग पीडा छैन, भावनाहरू छैनन्; उहाँ दुःखी हुनुहुन्‍न, उहाँलाई शोकको अनुभूति हुँदैन, उहाँ रुनु पनि हुन्‍न। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, यसैले उहाँलाई कुनै पनि भावनात्मक अभिव्यक्तिहरूको जरुरत पर्दैन र उहाँलाई कुनै पनि भावनात्मक ढाडसको जरुरत पर्दैन। केही परिस्थितिहरूमा उहाँलाई यी कुराहरूको आवश्यकता पर्‍यो भने उहाँले एक्लै सहन गर्न सक्‍नुहुन्छ र उहाँलाई मानवजातिको कुनै पनि सहयोग चाहिन्‍न। यसको विपरीत, “कमजोर, अपरिपक्‍व” मानवहरूलाई पो हरसमय र हरठाउँ उहाँको सान्त्वना, प्रबन्ध, उत्साह र तिनीहरूका भावनाहरूमा उहाँको सान्त्वनाको जरुरत पर्छ। मानवजातिको हृदयको गहिराइमा यस्ता कुराहरू लुकेर रहेका हुन्छन्ः मानिस कमोजोर छ, तिनीहरूलाई हरप्रकारले परमेश्‍वरको हेरचाहको खाँचो छ, परमेश्‍वरबाट प्राप्त गर्नुपर्ने हरेक वास्ता प्राप्त गर्न तिनीहरू योग्य छन् र तिनीहरूलाई जे कुरा तिनीहरूको हुनुपर्छ भन्‍ने लाग्छ त्यो कुरा तिनीहरूले परमेश्‍वरबाट माग्‍नुपर्छ। परमेश्‍वर बलियो हुनुहुन्छ; उहाँसँग सबै कुरा छ र उहाँ मानवजातिको संरक्षक र आशिष् दिने व्यक्ति बन्‍नुपर्छ। उहाँ पहिले नै परमेश्‍वर हुनुभएको हुनाले उहाँ सर्वशक्तिमान् हुनुहुन्छ र उहाँलाई मानवजातिबाट कहिल्यै पनि केही कुराको आवश्यकता पर्दैन।

मानिसले परमेश्‍वरका कुनै पनि प्रकाशहरूमा ध्यान नदिने हुनाले, उसले कहिल्यै पनि परमेश्‍वरको शोक, पीडा वा आनन्दको महसुस गरेको छैन। तर यसको विपरीत मानिसका सबै अभिव्यक्तिहरूलाई परमेश्‍वरले उहाँका हत्केलाझैँ जान्‍नुहुन्छ। हरेक व्यक्तिका परिवर्तनशील विचारहरूको अवलोकन गर्दै र तिनीहरूलाई सान्त्वाना र अर्ती दिँदै तथा मार्गनिर्देश गर्दै र प्रबोधित गर्दै परमेश्‍वरले हरसमय र हरठाउँमा हरेकको आवश्यकता परिपूर्ति गर्नुहुन्छ। मानवजातिप्रति परमेश्‍वरले गर्नुभएका सबै कुराहरू र तिनीहरूका निम्ति उहाँले तिर्नुभएका मूल्यहरूको सन्दर्भमा, के मानिसहरूले बाइबलका खण्डहरू वा परमेश्‍वरले आजसम्म भन्नुभएका अन्य कुराहरूमा परमेश्‍वरले मानिसबाट केही कुराको माग गर्नुहुनेछ भन्‍ने कुरा भेट्टाएका छन्? छैन! यसको विपरीत, मानिसहरूले परमेश्‍वरका विचारहरूलाई जतिसुकै वेवास्ता गरे तापनि, उहाँले तिनीहरूको निम्ति तयार गर्नुभएको सुन्दर गन्तव्यमा तिनीहरू पुग्‍न सकून् भनेर तिनीहरूलाई परमेश्‍वरको साँचो मार्ग पच्छ्याउन सक्षम बनाउन उहाँले निरन्तर रूपमा मानवजातिको निम्ति प्रबन्ध गर्नुहुन्छ र तिनीहरूलाई सहयोग गर्नुहुन्छ। परमेश्‍वरको बारेमा कुरा गर्दा उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ, उहाँको अनुग्रह, उहाँको कृपा र उहाँका सबै इनामहरू बिना कुनै सन्देह उहाँलाई प्रेम गर्ने र उहाँलाई पछ्याउनेहरूलाई दिइनेछन्। तर उहाँले भोग्‍नुभएका पीडा वा उहाँको मनस्थिति कसैसँग पनि प्रकट गर्नुहुन्‍न, र उहाँको बारेमा विचार गरेन वा उहाँको इच्छा बुझेन भनेर उहाँले कसैको बारेमा पनि गुनासो गर्नुहुन्‍न। मानवजातिले बुझ्‍ने दिनको प्रतिक्षा गर्दै उहाँले यी सबै कुराहरू मौनतामा सहनुहुन्छ।

मैले यी कुराहरू यहाँ किन भनेको हुँ? मैले भनेका कुराहरूबाट तिमीहरू के देख्छौ? परमेश्‍वरको सार र स्वभावमा यस्तो केही कुरा छ जसलाई बेवास्ता गर्न सजिलो छ, यस्तो कुरा जुन परमेश्‍वरमा मात्र छ र अन्य कुनै मानिसमा छैन, अन्य व्यक्तिहरूले महान् ठानेका मानिसहरू, असल मानिसहरू वा तिनीहरूका कल्पनाका परमेश्‍वरमा पनि छैन। यो कुरा के हो त? यो परमेश्‍वरको निःस्वार्थीपन हो। निःस्वार्थीपनको कुरा गर्दा तैँले आफूलाई पनि एकदमै निःस्वार्थ ठान्‍न सक्छस्, किनकि जब तेरा छोराछोरीको कुरा हुन्छ, तब तँले तिनीहरूसँग कहिले पनि मोलतोल र सौदा गर्दैनस्, वा जब तेरा अभिभावकहरूको कुरा आउँछ तब पनि तैँले आफूलाई तिनीहरूप्रति निःस्वार्थ रहेको ठान्न सक्छस्। तैँले जेसुकै सोचे तापनि तँमा कम्तिमा पनि निःस्वार्थ शब्दको अवधारणा छ र तैँले यो सकारात्मक शब्द हो र निःस्वार्थ व्यक्ति हुनु भनेको भद्रता हो भन्‍ने सोच्छस्। जब तँ निःस्वार्थ हुन्छस्, तैँले आफैलाई ठुलो मान दिन्छस्। तर सबै कुराहरूमा, मानिसहरू, घटनाहरू, वस्तुहरूमाझ र उहाँको काममा परमेश्‍वरको निःस्वार्थीपन देख्‍ने कोही पनि छैन। अवस्था किन यस्तो छ त? किनकि मानिस धेरै स्वार्थी छ! म किन त्यसो भन्छु त? मानवजाति भौतिक संसारमा जिउँछ। तैँले परमेश्‍वरलाई पच्छ्याउन सक्छस्, तर तैँले कहिले पनि परमेश्‍वरले कसरी तेरो भरणपोषण गर्नुहुन्छ, कसरी तँलाई प्रेम गर्नुहुन्छ र कसरी तेरो निम्ति चासो देखाउनुहुन्छ भन्‍ने कुरा देख्दैनस् वा सराहना गर्दैनस्। त्यसो भए तैँले; के देख्छस् त? तैँले तँलाई प्रेम वा स्‍नेह गर्ने तेरो रगतको साइनो भएका आफन्तजनहरू देख्छस्। तैँले तेरो देहको निम्ति फाइदा हुने कुराहरू देख्छस्, तैँले आफूले प्रेम गर्ने मानिस र वस्तुहरूको वास्ता गर्छस्। मानिसको तथाकथित निःस्वार्थीपन भनेको नै यही हो। यद्यपि, त्यस्ता “नि:स्वार्थ” मानिसहरूले तिनीहरूलाई जीवन दिनुहुने परमेश्‍वरको बारेमा कहिले पनि चासो देखाउँदैनन्। परमेश्‍वरको निःस्वार्थीपनको तुलनामा मानिसको निःस्वार्थीपन स्वार्थी र घृणित हुन्छ। मानिसले विश्‍वास गर्ने निःस्वार्थीपन खोक्रो र अवास्तविक, मिलावट भएको, परमेश्‍वरसँग नमिल्ने र परमेश्‍वरसँग सम्बन्ध नभएको हुन्छ। मानिसको निःस्वार्थीपन उसकै निम्ति हुन्छ भने परमेश्‍वरको निःस्वार्थीपन उहाँको सारको साँचो प्रकटीकरण हो। यथार्थमा परमेश्‍वरको निःस्वार्थीपनकै कारण परमेश्‍वरद्वारा निरन्तर मानिसको भरणपोषण हुन्छ। मैले आज कुरा गर्दै गरेको विषयले तिमीहरूलाई गहिरो प्रभाव नपारेको हुन सक्छ र तिमीहरूले केवल सहमतिमा टाउको हल्लाएको मात्र हुनसक्छ, तर जब तैँले तेरो हृदयमा परमेश्‍वरको हृदयको सराहना गर्ने कोशिश गर्छस्, तैँले नचाहँदा नचाहँदै यो पत्ता लगाउनेछस्ः तैँले यो संसारमा महसुस गर्ने सबै मानिसहरू, पदार्थहरू र वस्तुहरूमाझ परमेश्‍वरको निःस्वार्थीपन मात्र वास्तविक र मूर्त छ किनकि तेरो लागि परमेश्‍वरको प्रेम मात्र शर्तरहित र निष्कलङ्‍क छ। परमेश्‍वरबाहेक अरू जोकोहीको तथाकथित निःस्वार्थीपन बनावटी, सतही, अप्रामाणिक हन्छ; यसमा उद्देश्य हुन्छ, निश्‍चित अभिप्रायहरू हुन्छन्, यसमा केही पाउँदा केही गुमाउने हुन्छ र यो परिक्षामा खरो उत्रन सक्दैन। तिमीहरूले यसलाई फोहोरी र घृणित समेत भन्‍न सक्छौ। के तिमीहरू यी वचनहरूप्रति सहमत छौ?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३०

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुने छ।

नोआको कथाको अन्त्यमा परमेश्‍वरले आफ्नो अनुभूतिलाई व्यक्त गर्न अनौठो विधिको प्रयोग गर्नुभएको हामी देख्छौँ। यो धेरै विशेष विधि थियोः यो संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको कार्यलाई अन्त गर्ने करार स्थापित गर्ने कार्य थियो। सतहमा करार स्थापित गर्नु सामान्य कुरा जस्तै लाग्छ। यो दुई पक्षका हितहरूको रक्षा गर्नको निम्ति दुबै पक्षलाई एकसाथ जोड्ने र सहमति तोड्नदेखि रोक्‍न वचनहरूको प्रयोग गर्नुभन्दा धेरै होइन। बनावटलाई हेर्दा, यो धेरै सामान्य कुरा हो, तर यसो गर्नुपछाडिको परमेश्‍वरको अभिप्रेरणा र इरादालाई हेर्ने हो भने यो परमेश्‍वरको स्वभाव र मनको स्थितिको वास्तविक प्रकटीकरण हो। यदि तैँले यी वचनहरूलाई पन्छाएर तिनीहरूलाई बेवास्ता गरिस् भने, यदि मैले तिमीहरूलाई सत्य कुरा कहिले भनिनँ भने, मानवजातिले परमेश्‍वरको सोचलाई कहिले जान्‍ने छैन। सायद तेरो कल्पनामा यो करार बाँध्दा परमेश्‍वर मुस्कुराइरहनुभएको थियो होला वा सायद उहाँको मुहारको भाव गम्भीर थियो होला, तर परमेश्‍वरको मुहारको भाव कस्तो थियो भनेर मानिसहरूले सामान्य भावहरूजस्तो कल्पना गरे तापनि उहाँको एकलोपनको त कुरै छोडौं कसैले पनि परमेश्‍वरको हृदय वा उहाँका पीडा देख्‍न सक्दैनथियो। कसैले पनि आफूमाथि भरोसा गर्न परमेश्‍वरलाई बाध्य पार्न सक्दैन वा कसैले पनि आफुलाई परमेश्‍वरको भरोसायोग्य बनाउन सक्दैन वा उहाँले आफ्ना विचारहरू अभिव्यक्त गर्नुहुने वा उहाँका पीडाहरू गोप्य रूपमा सुनाउनुहुने व्यक्ति बनाउन सक्दैन। त्यसैले परमेश्‍वरसँग यसो गर्नुबाहेक कुनै विकल्प थिएन। सतही रूपमा, परमेश्‍वरले मानवजातिलाई सजिलै विदाइ गर्ने सजिलो कार्य गर्नुभयो, संसारलाई जलप्रलयद्वारा अन्त गरेर उहाँले पुराना कुराहरूलाई समाधान र उचित अन्त्य गर्नुभयो। तथापि, परमेश्‍वरले यस बेलाको पीडालाई हृदयको गहिराइमा लुकाएर राख्‍नुभयो। परमेश्‍वरले आफ्ना व्यथाहरू सुनाउनको लागि कोही नभएको बेला, उहाँले संसारलाई फेरि जलप्रलयद्वारा नष्ट गर्नुहुनेछैन भनेर परमेश्‍वरले मानवजातिसँग करार स्थापित गर्नुभयो। जब इन्द्रेणी देखा पर्‍यो, यसको उद्देश्य मानिसहरूलाई यस्तो घटना पनि घटेको थियो भन्ने कुराको सम्झना दिलाउनु र तिनीहरू दुष्टताबाट अलग रहनुपर्छ भनी सावधान गराउनु थियो। त्यस्तो पीडादायी अवस्थामा पनि परमेश्‍वरले मानवजातिलाई बिर्सनुभएन र अझ पनि तिनीहरूको निम्ति चासो देखाउनुभयो। के यो परमेश्‍वरको प्रेम र निःस्वार्थीपन होइन र? तर मानिसहरूले कष्ट भोग्दा के सोच्छन् त? के यही बेला तिनीहरूलाई परमेश्‍वरको सबैभन्दा बढी आवश्यकता पर्दैन र? यस्तो समयमा, परमेश्‍वरबाट तिनीहरूलाई सान्त्वना मिलोस् भनेर मानिसहरूले परमेश्‍वरलाई निम्त्याउँछन्। जेसुकै भए पनि, परमेश्‍वरले मानिसहरूलाई कहिले पनि निराश पार्नुहुन्न, र उहाँले सधैं मानिसहरूलाई तिनीहरूका कठिन परिस्थितिहरूबाट बाहिर निस्कन र ज्योतिमा हिँड्न सक्षम तुल्याउनुहुन्छ। परमेश्‍वरले मानवजातिको निम्ति यसरी प्रबन्ध गर्नुहुने भए तापनि मानिसको हृदयमा परमेश्‍वर शान्ति दिने चक्की वा सान्त्वना दिने औषधिभन्दा बढी हुनुहुन्‍न। परमेश्‍वर कष्टमा हुनुभएको बेला, उहाँको हृदय घायल भएको बेला, सृष्टि गरिएको प्राणी वा उहाँलाई साथ दिने वा उहाँलाई सान्त्वना दिने व्यक्ति पाउन चाहनु परमेश्‍वरको असाधरण इच्छा हो। मानिसले कहिले पनि परमेश्‍वरको अनुभूतिहरूप्रति ध्यान दिँदैन, यसैले परमेश्‍वरले उहाँलाई सान्त्वना दिने व्यक्ति न त माग्नुहुन्छ न त आशा गर्नुहुन्छ। उहाँले आफ्नो भाव व्यक्त गर्नको निम्ति आफ्नै विधिहरूको प्रयोग गर्नुहुन्छ। केही कष्टहरू भोग्नु परमेश्‍वरको निम्ति ठुलो कठिनाइको कुरा होइन भनेर मानिसहरूले सोच्छन्, तर जब तैँले साँचो रूपमा परमेश्‍वरलाई बुझ्‍ने कोसिस गर्छस्, जब उहाँले गर्नुभएका हरेक कुराहरूप्रति परमेश्‍वरको इमान्दार इरादाहरूलाई सराहना गर्न सक्छस् तब मात्र तैँले परमेश्‍वरको महानता र उहाँको निःस्वार्थीपनलाई बुझ्‍न सक्छस्। परमेश्‍वरले इन्द्रेणीको प्रयोग गरेर मानवजातिसँग करार स्थापित गर्नुभए तापनि उहाँले किन यसो गर्नुभयो—उहाँले यो करार किन स्थापित गर्नुभयो—भनेर कसैलाई पनि भन्‍नुभएन, अर्थात् उहाँले आफ्ना वास्तविक विचारहरू कहिले पनि कसैलाई भन्‍नुभएन। किनकि परमेश्‍वरले आफ्नै हातहरूले सृष्टि गर्नुभएका मानवजातिप्रति उहाँको प्रेमको गहिराइलाई कसैले पनि बुझ्‍न सक्दैन, र मानवजातिको विनाश गर्दा उहाँको हृदयले भोगेको कष्टलाई पनि कसैले सराहना गर्न सक्दैन। यसैले, उहाँले कस्तो अनुभूति गर्नुभयो भनेर माननिसहरूलाई भन्‍नुहुन्थ्यो भने पनि तिनीहरूले उहाँको भरोसा लिन सक्‍ने थिएनन्। कष्टमा हुँदाहुँदै पनि उहाँले आफ्नो कामको अर्को चरणलाई अझ पनि निरन्तरता दिइरहनुभएको छ। सबै कष्टहरूलाई चुपचाप आफैँ सहनुहँदै परमेश्‍वरले मानवजातिलाई सधैँ आफ्नो सर्वोत्तम पक्ष र सबैभन्दा असल थोकहरू दिनुहुन्छ। परमेश्‍वरले कहिले पनि ती कष्टहरूको खुलासा गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई सहनुहुन्छ र चुपचाप प्रतीक्षा गर्नुहुन्छ। परमेश्‍वरको सहनशीलता उदासीन, सुस्त वा असहाय छैन न त यो कमजोरीको सङ्केत नै हो। बरु उहाँको प्रेम र सार सधैँ निःस्वार्थ रहिआएको छ। यो उहाँको सार र स्वभावको स्वभाविक प्रकटीकरण र साँचो सृष्टिकर्ताको रूपमा परमेश्‍वरको पहिचानको वास्तविक मूर्तरूप हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

अघिल्लो: ११. गन्तव्य र परिणामहरू

अर्को: परमेश्‍वरलाई चिन्‍नु (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अध्याय १२

जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र...

प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैंले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको...

आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जीवनको बाटो जोसुकैसँग हुने कुरा होइन, न त यो जोकोहीले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यस्तो किन हुन्छ भने जीवन परमेश्‍वरबाट मात्रै आउन...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्