११. गन्तव्य र परिणामहरू

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिले प्रज्वलित भएर, मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ, र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ। ए, सारा मानव जाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा संघर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असंख्य थोकहरू जसलाई म मेरा हातहरूमा समात्छु! तिनीहरू मेरा वचनहरूद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना कामहरू कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड् र दुःखी छैन। स्वर्ग र पृथ्वी, एक शून्यताद्वारा अब अलग छैन, ती फेरि कहिल्यै अलग नहुने गरी, एक भएर जोडिएका छन्। हर्षोल्‍लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानव जातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यस बेला, को खुसी छैन, र को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रताको कारण, मानिस नवीकरणको कारण, स्वर्ग अब उप्रान्‍त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ, र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एक-अर्कासित घुस्सा प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँको बदनाम गर्ने कोही छन्? सबै मानिसहरूले आफ्ना श्रद्धालु नजर मतिर लगाउँछन्, र तिनीहरूका हृदयमा, तिनीहरूले मलाई गुप्तमा पुकार्छन्। मैले मानव जातिका सबै कार्यहरू खोजेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मेरो अनाज्ञाकारी छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिसहरू मेरो स्वभावले भरिएका छन्। सबै मानिसहरू मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको रगतको नसामा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैन, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १८” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८१

मानवजातिको बीचमा राज्य विस्तार भइरहेको छ, यो मानवजातिको बीचमा निर्माण भइरहेको छ, र यो मानवजातिको बीचमा खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमा, तिमीहरूमध्ये को मानवजातिका बीचमा रहेको मानव होइनौ र? तिमीहरूमध्ये को मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब कसरी मानवजातिले प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै नजरले देखेका छौ; यो संसारमा सदासर्वदा रहने आशालाई तिमीहरूले पक्‍कै पनि अझै राखेका छैनौ? म अहिले मेरा मानिसहरूका बीचमा हिँडडुल गरिरहेको छु र म तिनीहरूका बीचमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्यका हुन्। मप्रति समर्पित हुनेहरू धन्यका हुन्, अवश्य नै तिनीहरू मेरो राज्यमा रहनेछन्। मलाई चिन्‍नेहरू धन्यका हुन्, अवश्य नै तिनीहरूले मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। मलाई खोजी गर्नेहरू धन्यका हुन्, निश्‍चय नै तिनीहरू शैतानको बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिषहरूको आनन्द लिनेछन्। आफैलाई त्याग्न सक्षम हुनेहरू धन्यका हुन्, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको उदारताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरो वचनमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरूलाई अड्याउने खम्‍बाहरू हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिहरूको घाँटी दबाउने कार्यलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १९” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८२

मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य पृथ्वीमा स्थापित हुन्छ। राज्यमा, परमेश्‍वरका सबै मानिसहरूले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद जान्छन्, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित हुन्छ जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। मानिसहरूले अब उसो मानिसको उदास, दयनीय संसारको सामना गर्नुपर्दैन र तिनीहरूले अब उसो मानिसको ठन्डा चिसो संसारलाई सहनुपर्दैन। मानिसहरू एक-अर्कासँग झगडा गर्दैनन्, देशहरू एक-अर्काको विरुद्धमा लडाइँ गर्दैनन्, अब उसो नरसंहार र नरसंहारबाट बग्‍ने रगत हुँदैन; सारा भूमि खुसीले भरिन्छ र मानिसहरूको बीचको न्यानोले जताततै न्यानो पार्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथि आनन्द लिन्छु र म ताराहरूका माझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। तिनीहरूको अनुहारहरूमा अब उसो तिनीहरूको आफ्नै नाजुकताले आँसु बगाउँदैन। अब उसो मेरो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज म सुन्दिनँ र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामुन्‍ने जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गरेको सबैभन्दा ठूलो आशिष् यही होइन र? आज तैंले तिर्ने मूल्यको कारण तैंले भविष्यका आशिष्‌हरू पाउनेछस् र मेरो महिमामा जिउनेछस्। के तिमीहरू अझै पनि मेरा आत्माको सारमा संलग्‍न हुन चाहँदैनौ? के तिमीहरू अझै पनि आफूलाई मार्न चाहन्छौ? मानिसहरू देख्न सक्ने प्रतिज्ञाहरू क्षणिक प्रकृतिकै भए पनि तिनकै पछि लाग्न इच्छुक छन्, भोलिका प्रतिज्ञाहरू अनन्तका निम्ति भए पनि ती स्वीकार गर्न कोही पनि तयार छैनन्। मानिसले देख्न सक्ने कुराहरू नै मैले नाश गर्ने कुराहरू हुन् अनि जुन मानिसहरूले सजिलै देख्न-छुन नसक्ने कुराहरू नै मैले हासिल गर्ने कुराहरू हुन्। परमेश्‍वर र मानिसबीचको भिन्नता नै यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २०” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८३

मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले तिनीहरूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट आउँछु। जब मेरो महिमा चम्कन्छ, सबै राष्ट्रहरू उज्यालो हुनेछन्, सबैलाई ज्योतिमा ल्याइन्छ, एउटै पनि कुरा अन्धकारमा रहनेछैन। राज्यमा, परमेश्‍वरका मानिसहरूले परमेश्‍वरसँग जिउने जीवन नाप्नै नसकिने गरी आनन्दमय हुन्छ। ती मानिसहरूको आशिषित जीवनमा समुद्रहरू आनन्दले नाच्छन्, पहाडहरू मेरो प्रशस्ततामा मानिसहरूसँगै आनन्दित हुन्छन्। सबै मानिसहरूले प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा उनीहरूको बफादारी देखाइरहेका छन्। परमेश्‍वरको राज्यमा उप्रान्त विद्रोह हुँदैन, कुनै विरोध हुँदैन; आकाश र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, मानिस र म एक-अर्कामा अडेस लाग्दै मीठो सुखको गहिरो भावनामा घनिष्ठ हुन्छौं…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। उप्रान्त शैतानको बाधा हुँदैन, र मानिसहरू विश्राममा प्रवेश गर्छन्। सम्पूर्ण ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू मेरो महिमामा, तुलना नै गर्न नसकिने आशिषमा जिउँछन्, मानिसहरूको बीच बस्ने मानिसहरू जस्तो होइन, तर परमेश्‍वरसँग बस्ने मानिसहरू जस्तो भएर। सारा मानव जाति शैतानको भ्रष्टताबाट भएर गएको छ, अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र पीठो पिएको छ। अब, मेरो ज्योतिमा जिउँदा को आनन्दित हुन नसक्ला? यो सुन्दर क्षणलाई कसले हलकासाथ छोडिदिन र उम्कन दिनसक्छ? हे मानिसहरू हो! तिमीहरूका हृदयमा गीत गाओ र मेरो लागि आनन्दले नाच। तिमीहरूका निष्कपट हृदय उचाल र ती मलाई चढाओ! तिमीहरूको ढोल बजाओ र आनन्दसाथ मेरो निम्ति बजाओ। म सारा ब्रह्माण्डमा मेरो आनन्द चम्काउँछु! मानिसहरूलाई म मेरो महिमित अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले पहिले नै मानिसहरू माझ शासन गरें। म मानिसहरूद्वारा उच्च पारिएको छु! म माथि नीलो आकाशमा तैरिन्छु र मानिसहरू मसँग हिंड्नलाई जान्छन्। म मानिसहरूको माझ हिँड्छु र मेरा मानिसहरू मेरा वरिपरि हुन्छन्! मानिसहरूका हृदय आनन्दित छन्, तिनीहरूका गीतहरूले अन्तरिक्षलाई चिर्दै ब्रह्माण्डलाई हल्लाउँछन्! ब्रह्माण्ड अब कुहिरोमा ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिमीहरू आफ्नो वास्तविक अनुहार देखाओ। तिमीहरू फोहोरले ढाकिएका मानिसहरू होइनौ, तर पवित्र मोतीजस्ता शुद्ध सन्तहरू हौ, तिमीहरू सबै मेरा प्रियहरू हौ, तिमीहरू सबै मेरो खुसी हौ! सबै थोकहरू फेरि जीवित हुन्छन्! सन्तहरू सबै मेरो न्यानो अङ्गालोमा प्रवेश गर्दै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, अब रुवाइ हुनेछैन, अब चिन्ता हुनेछैन, आफूलाई ममा अर्पण गर्दै, मेरो घर फर्किरहेका छन्, र तिनीहरूको आफ्ना मातृ भूमिमा तिनीहरूले मलाई कुनै बाधाविना प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैन! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! पृथ्वी बितेर जान्छ, तर स्वर्ग सदासर्वदा रहन्छ। म सबै मानिसमा देखा पर्दछु, र सबै मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, अनन्त कालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “हे सबै मानिस हो, आनन्दित होओ!” बाट

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८४

मैले तिमीहरूमाझ धेरै कार्यहरु गरिसकेको छु, र पक्कै पनि, धेरै वाणीहरु पनि बोलेको छु। तर पनि आखिरी दिनहरुमा मेरा वचनहरु तथा मेरा कार्यले मेरो कार्यको उद्देश्य पूर्ण रुपमा परिपूर्ति गर्न नसकिरहेको जस्तो मलाई प्रतीत भएको छ। किनभने विगतका केही दिनहरुका मेरा कार्यहरु केही निश्चित व्यक्ति वा केही निश्चित मानिसहरुका लागि नभई मेरो अन्तर्निहित स्वभाव प्रदर्शन गर्नेतर्फ उन्मुख छ। तर पनि असंख्य कारणहरुले गर्दा—शायद समयको अभाव वा व्यस्त कार्यतालिकाका कारण, मेरो स्वभावबाट मेरो विषयमा मानिसहरुले कुनै पनि ज्ञान प्राप्त गरेका छैनन्। तसर्थ, म मेरो नयाँ योजना, मेरा अन्तिम कार्य प्रारम्भ गर्दछु, र मेरो कार्यको नयाँ पृष्ठ खोल्दछु, ताकि मलाई भेट्ने सबैले आफ्नो छाती पिट्नेछ र मेरो अस्तित्वको कारण नरोकिइ रोइकराइ र विलाप गर्नेछन्। यसको कारण भनेको म संसारमा मानवजातीको अन्त्य ल्याउँछु, र यो विन्दुपश्चात्, म मानवजातीको समक्ष मेरो सम्पूर्ण स्वभाव उजागर गर्दछु, ताकि मलाई चिन्ने सबै र मलाई नचिन्ने सबैले आ—आफ्ना आँखाबाट आनन्द लिन सकुन् र म वास्तवमै मानव संसारमा आएको छु, सबै कुराहरुको गुणन हुने पृथ्वीमा आएको छु भनेर हेर्न सकुन्। यो मेरो योजना हो, र मानवाजातीको मेरो सृष्टिपछिको मेरो एकमात्र “स्वीकारोक्ति” हो। मेरो प्रत्येक चालमा तिमीहरू अविभक्त ध्यान देऊ, किनकी मेरो दण्ड एकपटक फेरि मानवजातीका उपर, मेरा सबै विरोधीहरुका उपर बज्रन्छ।

स्वर्गहरुसँगसँगै, म मैले गर्नुपर्ने कार्यको प्रारम्भ गर्छु। र त्यसैले म मेरो मार्ग मानिसहरुको बीचबाट निकाल्छु र मेरो गतिविधिहरुको बारेमा कहिल्यै कसैले नसोची वा मेरा वाणीहरुको बारेमा थाहा नपाइकनै, म पृथ्वी र स्वर्गबीच आवतजावत गर्छु। तसर्थ, मेरो योजना सहज रुपमा अघि बढ्छ। तिमीहरूको सबै इन्द्रियहरु यतिसम्म शून्य छन् कि मेरो कार्यका कदमहरुका बारेमा तिमीहरू अनभिज्ञ भएका छौ। तर तिमीहरूले मेरो अभिप्रायहरु थाहा पाउने त्यस्तो दिन पक्कै आउनेछ। आज, म तिमीहरूसँगै बाँच्छु र तिमीहरूसँगै सहन्छु, र मानवजातीले मप्रति बनाएको दृष्टिकोण मैले बुझ्न थालेको धेरै लामो समय भएको छ। म यसको विषयमा थप बोल्न चाहन्नँ, र यो पीडादायी विषयका उदाहरणहरुको चर्चा गरेर तिमीहरूलाई लज्जित बनाउन त झनै चाहन्नँ। म आशा गर्छु, तिमीहरूले के गरेका छौ भनेर आफ्नो हृदयभित्रै स्मरण गर्छौ जसबाट हामी अर्को पटक भेट्दा हामीले हाम्रो हिसाब मिलान गर्न सक्नेछौँ। म तिमीहरूमध्ये कसैलाई पनि गलत आरोप लगाउन चाहन्नँ, किनभने मैले सधैँ न्यायसङ्गत, निष्पक्ष, र मर्यादित व्यवहार गरेको छु। पक्कै पनि, तिमीहरू इमानदार रहनेछौ र स्वर्ग र पृथ्वी वा तेरो विवेक विरुद्ध हुने कुनै पनि काम गर्नेछैनस् भन्ने पनि मैले आशा गरेको छु। तिमीहरूबाट मैले माग्न सक्ने कुरा यो मात्रै हो। धेरै मानिसहरु सहज परिस्थितिमा व्याकुल र बिरामी महसुस गर्छन् किनभने उनीहरुले धेरै क्रूर गल्तीहरु गरेका हुन्छन्, र धेरैलाई आफूले कहिल्यै एउटा पनि असल कार्य नगरेकोमा लज्जा बोध हुन्छ। तर पनि, आफ्ना पापहरुबाट लज्जा बोध हुँदै नहुनेहरु पनि छन् जो मेरो स्वभावको परीक्षा लिनका लागि, पूर्ण रुपमा उजागर हुन बाँकी उनीहरुको घृणित गुणहरु छोप्ने मुखौटालाई पूर्ण रुपमा उदाङ्गो बनाउँदै खराबबाट निकृष्ट बन्छन्। म कुनै एक व्यक्तिको कुनै कार्यका विषयमा चासो लिन्न र ध्यान पनि दिन्न। बरु, म मैले गर्नुपर्ने कार्य गर्दछु, जानकारी संकलन गर्ने कार्य होस् वा भूमिको भ्रमण गर्ने वा मेरो रुचिभित्र पर्ने अन्य कुनै कार्य नै होस्। मुख्य समयहरुमा, न एक सेकेन्ड चाँडो न एक सेकेन्ड ढिलो, वास्तविक योजना मुताबिक मानिसमाझ म मेरो कामलाई अघि बढाउँछु, दुवै सहजता र स्थिरताका साथ। यद्यपि, मेरो कामको प्रत्येक कदममा, केही विलय हुन्छ, किनभने म उनीहरुको चाप्लुसीले भरिएको व्यवहार र उनीहरुको झूठो अधीनताको तिरस्कार गर्दछु। मेरा विरोधीहरुको त्याग निश्चित रुपमा हुनेछ, चाँहे जानेर होस् वा नजानेर। संक्षिप्त रुपमा भन्नुपर्दा, मैले तिरस्कार गर्ने सबै जना मभन्दा परै रहनेछन्। भनी रहनु नपर्ला, मेरो घरमा बस्ने दुष्टलाई पनि म छोड्ने छैन। मानिसको दण्डको दिन नजिक आउँदै गरेकाले, म मेरो घरमा रहेका तिरस्कृत प्राणहरुको त्याग गर्न हतारो गर्ने छैन किनभने मेरो आफ्नै योजना छ।

— वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८५

अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न शुरु गरेको चरण होइन। म मेरो अभिलेख खातामा एक—एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरुका बारेमा, उनीहरुले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गका बारेमा, उनीहरुको अन्तर्निहित विशेषताहरुका बारेमा, र उनीहरुले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन् त्यसको बारेमा लेख्छु। यसरी, ती मानिसहरु जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउने छैन, र उनीहरु सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरु सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरुले गरेका असङ्ख्य दुष्टकर्मका लागि प्रतिशोध दिइएको हो। मैले मेरो योजनामा यसको प्रारम्भदेखि एउटा पनि परिवर्तन गरेको छैन। यो यति मात्र छ, जहाँसम्म मानिसको कुरा छ, म जसलाई मेरा वचनहरू निर्देशन दिन्छु ती संख्यामा कम हुँदै गइरहेको जस्तो देखिन्छ, जसको म साँच्चिकै स्वीकृति दिन्छु। यद्यपि, मैले मेरो योजनामा कुनै पनि परिर्वतन नगरी कायम राखेको छु; बरु, मानिसको विश्‍वास र प्रेम निरन्तर परिवर्तन भइरहेको छ, सधैँ फितलो हुँदै गएको छ, प्रत्येक व्यक्तिलाई मेरो चाप्लुसी गर्न सम्भव बनाउने हददेखि मप्रति रुचि नदेखाउने र मेरो बारेमा सोच्नै छोड्ने हदसम्म। मैले अरुचि र घृणाको अनुभव नगरेसम्म, तिमीहरूप्रतिको मेरो दृष्टिकोण न न्यायो हुनेछ र न चिसो नै, र अन्त्यमा दण्ड तोकिनेछ। यद्यपि, तिमीहरूले दण्ड पाउने दिन, मैले तिमीहरूलाई हेरिरहेको हुनेछु, तर तिमीहरूले मलाई देख्न छोड्नेछौ। तिमीहरूबीच रहेको जीवन मेरा लागि कठिन र निरस भइसकेको छ, त्यसैले, मेलै बाँच्नका लागि भिन्न वातावरणको चयन गरिसकेको छु, तिमीहरूको द्वैषले भरिपूर्ण शब्दहरुबाट हुने दुखाइबाट र तिमीहरूको सहन गर्न नसकिने पतित व्यवहारबाट टाढा रहन, ताकि तिमीहरूले मलाई थप मूर्ख बनाउन नसकोस वा मप्रति लापरबाही व्यवहार गर्न नसकोस। तिमीहरूलाई विदा दिनुअघि, सत्यअनुरुप नहुने कार्यहरुबाट आफूलाई टाढा राख्न मैले तिमीहरूलाई उपदेश दिनैपर्ने हुन्छ। बरु, तिमीहरूले सबैलाई खुशी बनाउने, सबैले लाभ मिल्न सक्ने, र तेरो आफ्नै गन्तव्यमा पनि लाभ हुन सक्ने कार्यहरु गर्नुपर्दछ, अन्यथा, विपद्को बीचमा दुःख पाउने अन्य कोही नभई तँ नै हुनेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८६

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरुप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटिक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरु भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरु तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरुले पनि उनीहरुको पापबाट छुटकारा पाउने छैनन्; उनीहरु पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरुमा विरलै देखिएको छ, र उनीहरु सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरु आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरुले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातीलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्व दिन्छु र उनीहरुको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातीको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरुको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरुलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरुलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरुलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउँनेछ। अब अन्ततः मेरो दिने आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरुमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरुको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरुको असल कार्यहरुप्रति चासो राख्छु। जे भए पनि, तिमीहरुले तिमीहरुको आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरुमाथि आइपर्ने विपत्तिबाट तिमीहरु कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरु मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरु विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ। यो विपत्तिको बीचमा, तिमीहरुको कार्य र व्यवहारहरु पूर्ण रुपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरुको विश्‍वास र प्रेम खोक्रो थियो, र तिमीहरुले आफूलाई कायर वा रुखो मात्रै देखायौँ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरु प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरुको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्दछ: संकष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरुप्रति, अब म कृपालु हुनेछैन, किनभने मेरो कृपा यहीँ सम्मका लागि मात्रै थियो। साथै, मलाई एकपटक विश्‍वासघात गर्नेहरुलाई म मनपराउँदिन, र आफ्ना साथीहरुको हितलाई बिक्री गर्नेहरुसँग संलग्न हुन झनै मनपराउँदिन। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरुलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरु सधैँ मेरा हृदयमा रहनेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८७

संसारको व्यापक फैलावटमा अनगिन्ती परिवर्तनहरू भएका छन्, महासागरहरू भरिएर मैदानमा परिणत हुँदैछन्, जमिनहरू बगेर महासागरहरूमा परिवर्तन भइरहेका छन् र यो क्रम जारी नै रहन्छ। ब्रम्‍हाण्डमा भएका सबै थोकमाथि शासन गर्नुहुने बाहेक अरू कोही पनि मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशित गर्न सक्षम छैन। मानवजातिको निम्ति काम गर्ने वा तयारी गर्न सक्ने शक्तिशाली व्यक्ति कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्‍ने व्यक्ति अझै कम छन्। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस फर्कन नसक्‍ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। मानवजातिले परमेश्‍वरको हृदयलाई छियाछिया बनाएको छ र दुष्‍टलाई खोज्नको लागि उहाँलाई त्यागेको छः के मानवजाति यस्तो मार्गमा लागेको हुन सक्छ भन्ने कुराप्रति कसैले कहिल्यै विचार गरेको छ? यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध थाहा गर्दैन, कसैले परमेश्‍वरको मार्गलाई खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि परमेश्‍वरको अनुग्रह र वास्ताबाट तर्केर उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ र परमेश्‍वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्‍वरलाई फर्केर नहेरिकन नै उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले विचार गरेको छ? परमेश्‍वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्‍य हुनेछ। यो विपत्ति देहको निम्ति मात्र दण्ड होइन, तर प्राणको निम्ति पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूले कुनै जवाफ पाउँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला? यो कुनै पनि सृष्‍टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। मानवजातिलाई सृष्‍टि गर्ने परमेश्‍वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८८

मानिसले आजको कामबारे अनि भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले प्राणीको कर्तव्य पालना गर्नुपर्दछ: परमेश्‍वरले जे गर्नुहुन्छ, उसले त्यसैमा उहाँलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई बताउने जुनसुकै मार्गमा तिमीहरू अगाडि बढ्नुपर्छ। आफ्नै निम्ति प्रबन्ध गर्ने तेरो कुनै उपाय छैन अनि आफैमाथि तेरो कुनै प्रभुत्व छैन; परमेश्‍वरको कृपामा सबै छोडिनुपर्छ, अनि हरेक कुरा उहाँकै हातमा छन्। यदि परमेश्‍वरको कामले मानिसलाई समय अगावै एउटा समाप्ति, उद्देश्य वा एउटा सुन्दर गन्तव्य प्रदान गर्‍यो र यदि परमेश्‍वरले मानिसलाई प्रलोभनमा पार्न र उहाँलाई पछ्याउने तुल्याउन यसलाई प्रयोग गर्नुभयो—यदि उहाँले मानिससित सौदा गर्नुभयो भने—यो जित हुने थिएन, न त यो मानिसको जीवनको निम्ति काम हुने थियो। यदि परमेश्‍वरले मानिसलाई नियन्त्रण गर्न अनि उसको हृदयलाई जित्न उसको गन्तव्य प्रयोग गर्ने हो भने यसमा उहाँले मानिसलाई सिद्ध बनाइरहनुभएको हुने थिएन, न त उहाँले मानिसलाई हासिल गर्न नै सक्नुहुने थियो तर त्यसको साटो उहाँले उसलाई नियन्त्रण गर्न उसको गन्तव्यलाई प्रयोग गरिरहनुभएको हुनेथियो। मानिसले आफ्नो भावी उद्देश्य, अन्तिम गन्तव्य अनि आशा गर्नको निम्ति कुनै असल कुरा छ वा छैन भन्ने कुरा भन्दा अरू कुनै कुरालाई वास्ता गर्दैन। यदि मानिसलाई जितको कामको अवधिमा एउटा सुन्दर आशा दिइयो, र यदि मानिसलाई जित्‍नुभन्दा पहिले, पछ्याउनको निम्ति उसलाई एउटा उचित गन्तव्य दिइयो भने मानिसको जितले यसको असरलाई हासिल नगर्ने मात्र होइन तर जितको कामको असर पनि प्रभावित हुनेछ। यसको अर्थ, मानिसको भाग्य र उसको भावी अपेक्षालाई हटाएर अनि मानिसको विद्रोही स्वभावलाई न्याय गरेर अनि त्यसलाई ताडना दिएर मात्रै जितको कामले यसको असरलाई हासिल गर्नसक्छ। यो मानिससित सौदा गरेर अर्थात् उसलाई आशिष् तथा अनुग्रह दिएर होइन तर यसको साटोमा उसलाई “स्वतन्त्रता” बाट वञ्चित गरेर अनि उसको भावी अपेक्षालाई मेटाएर यसद्वारा उसको वफादारितालाई प्रकट गरेर हासिल गर्न सकिन्छ। जितको कामको सार यही नै हो। यदि मानिसलाई सुरुमै सुन्दर आशा दिइयो अनि सजाय र न्यायको काम पछि मात्र गरियो भने मानिसले यो सजाय र न्यायको कामलाई उसको भविष्यमा रहेको अपेक्षाको आधारमा स्वीकार गर्नेथियो र अन्त्यमा सृष्टिकर्ताले आफ्ना सृष्टिहरूबाट पाउनुपर्ने निःशर्त आज्ञाकारीता र आराधना हासिल गर्न सक्नुहुने थिएन; केवल अन्धो, अनजान आज्ञाकारीता मात्र हुनेथियो, अन्यथा मानिसले परमेश्‍वरबाट अन्धाधुन्ध मागहरू गर्नेथियो अनि मानिसको हृदय जित्ने कुरा असम्भव हुनेथियो। परिणामस्वरूप, मानिसलाई प्राप्त गर्ने त्यस्तो जितको काम अथवा परमेश्‍वरको गवाही हुने काम असम्भव हुने थियो। त्यस्ता सृष्टिहरू आफ्नो कर्तव्य पालना गर्न असक्षम हुनेथिए अनि तिनीहरूले परमेश्‍वरसित मोलतोल मात्र गर्नेथिए; यो जित हुने थिएन तर कृपा र आशिष मात्रै हुनेथियो। मानिसको सबैभन्दा ठूलो समस्या भनेको उसले आफ्नो भाग्य र भावी अपेक्षा बाहेक अरू केही सोच्दैन र यिनै कुराहरूलाई मूर्ति बनाउँछ। मानिसले आफ्नो भाग्य र भावी अपेक्षाको खातिर परमेश्‍वरलाई पछ्याउँदछ; उसले परमेश्‍वरलाई उहाँको निम्ति प्रेम भएको कारणले आराधना गर्दैन। अनि यसैले मानिसको जितमा स्वार्थ, लोभ अनि परमेश्‍वरको आराधना गर्न उसलाई बाधा दिने सबै कुराहरूको निराकरण गरिनुपर्छ र त्यसलाई मेटाइनुपर्छ। त्यसो गरेर मानिसको जितका असरहरूलाई हासिल गरिनेछन्। यसको फलस्वरूप, मानिसको जितको प्रथम चरणहरूमा मानिसको जङ्गली लक्ष्यहरू तथा अत्यन्त घातक कमजोरीहरूलाई शुद्ध गर्नु र यसद्वारा परमेश्‍वरप्रति मानिसको प्रेम प्रकट गर्नु अनि मानव जीवनबारे उसको ज्ञान, परमेश्‍वरबारे उसको दृष्टिकोण र उसको अस्तित्वको अर्थलाई परिवर्तन गर्नु आवश्यक छ। यसप्रकारले परमेश्‍वरप्रति मानिसको प्रेमलाई शुद्ध गरिन्छ, अर्को शब्दमा, मानिसको हृदय जितिन्छ। तर सारा सृष्टिप्रति परमेश्‍वरको आचरणमा, परमेश्‍वरले जित्नकै खातिर जित्‍नुहुन्‍न; बरु मानिसलाई हासिल गर्नको निम्ति, आफ्नै महिमाको खातिर अनि मानिसको सबैभन्दा सुरुको मूल प्रतिरूपलाई पुनर्स्थापना गर्नको निम्ति उहाँले जित्नुहुन्छ। यदि जित्नकै खातिर मात्रै उहाँले जित्नु हुनेथियो भने जितको कामको महत्त्व हराउनेथियो। भनाइको अर्थ, यदि मानिसलाई जितिसकेपछि परमेश्‍वर मानिसप्रति उत्तरदायी हुन छोड्नुभयो र मानिसको जीवन र मरणलाई नै बेवास्ता गर्नुभयो भने यो मानवजातिको व्यवस्थापन हुने थिएन, न त मानिसको जित उसको मुक्तिको खातिर नै हुनेथियो। केवल मानिसको जितपछि र अन्त्यमा सुन्दर गन्तव्यमा ऊ आइपुगेपछि मानिसलाई हासिल गर्नु मुक्तिको सबै कामको केन्द्रविन्दु हो र यसले मात्रै मानिसको मुक्तिको लक्ष्यलाई हासिल गर्न सक्दछ। अर्को शब्दमा, मानिस सुन्दर गन्तव्यमा आइपुग्नु र विश्राममा प्रवेश गर्नु हरेक सृष्टिले प्राप्त गर्नुपर्ने भावी अपेक्षाहरू र सृष्टिकर्ताद्वारा गरिनुपर्ने काम हुन्। यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यस बाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्‍वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोर्‍याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो। जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भएतापनि, मानिसलाई अन्ततः उसको निम्ति परमेश्‍वरले तयार गर्नुभएको उचित गन्तव्यमा ल्याइनु नै पर्छ। परमेश्‍वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ र उसको भाग्य सुनिश्चित हुन्छ। यहाँ उल्लेख भएको उचित गन्तव्य भन्नाले विगतका समयहरूमा शुद्ध गरिएका मानिसको आशा र भावी अपेक्षा होइन, ती दुई फरक छन्। ती कुराहरू जसको लागि मानिसले आशा गर्दछ र पछ्याउँछ, ती उसको देहका अत्याधिक लालसाहरूको अनुसरणबाट उत्पन्न भएका तृष्‍णाहरू हुन्, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्‍वरले मानिसको निम्ति जे तयार गर्नुभएको छ, ती उसलाई शुद्ध पारिएपछि मानिसले पाउनुपर्ने आशिषहरू तथा प्रतिज्ञाहरू हुन् जुन परमेश्‍वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसको निम्ति तयार गर्नुभयो, जुन मानिसका छनौटहरू, धारणाहरू, कल्पनाहरू अथवा देहद्वारा कलङ्कित हुँदैनन्। यो गन्तव्य एउटा विशेष व्यक्तिको निम्ति तयार गरिएको होइन तर सम्पूर्ण मानवजातिको विश्रामको स्थान हो। अनि यसरी यो गन्तव्य मानवजातिको निम्ति सबैभन्दा उचित गन्तव्य हो।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५८९

सृष्टिकर्ताले सृष्टिका सबै प्राणीहरूको प्रबन्ध मिलाउने इच्छा गर्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा गर्नुहुँदैन, न त तँ उहाँप्रति विद्रोही नै बन्‍नु हुन्छ। जब उहाँले गर्नुहुने कामले अन्ततः उहाँका उद्देश्यहरू हासिल गर्दछ, यसमा उहाँले महिमा प्राप्त गर्नुहुन्छ। आज किन तँलाई मोआबको सन्तान होस् वा ठूलो रातो अजिङ्गरको सन्तान होस् भनी भनिएको छैन? किन चुनिएका मानिसहरूको बारेमा कुनै कुराकानी छैन, केवल सृष्टि भएका प्राणीहरूको मात्र कुराकानी हुन्छ? सृष्टि गरिएको प्राणी—यो नै मानिसको सुरुको पदवी नाम थियो र यो नै उसको जन्मसिद्ध परिचय हो। नामहरू हेरफेर हुन्छन् किनभने युगहरू र कामका अवधिहरू हेरफेर हुन्छन्; वास्तवमा, मानिस एउटा साधारण सृष्टि हो। सबै सृष्टिहरू चाहे ती अत्यन्त भ्रष्ट होऊन् वा अत्यन्त पवित्र होऊन्, तिनीहरूले सृष्टि गरिएको प्राणी भएको हैसियतले आफ्नो कर्तव्य पालना गर्नुपर्छ। जब परमेश्‍वरले जितको काम गर्नुहुन्छ, उहाँले तेरो भावी अपेक्षा, भाग्य वा गन्तव्यलाई प्रयोग गरेर तँलाई नियन्त्रण गर्नुहुन्न। वास्तवमा, यस प्रकारले काम गर्नुपर्ने कुनै खाँचो छैन। जितको कामको लक्ष्य मानिसलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो काम गर्न लगाउनु, उसलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो; केवल यसपछि मात्रै उसले सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि, र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र? संक्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसको निम्ति हो। उदाहरणको निम्ति, आकाश तथा पृथ्वी र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू मानिसको सेवा गर्नकै निम्ति हुन्: उहाँले मानिसको निम्ति बनाउनुभएको चन्द्र, सूर्य, अनि ताराहरू, जनावरहरू र वनस्पति, वसन्त ऋतु, वर्षा ऋतु, शरद ऋतु तथा शिशिर इत्यादि—सबै मानिसको खातिर नै बनाइएका हुन्। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसको शारीरिक आशाहरूबाट बन्चित गर्नुहुने भए तापनि यो उसको शुद्धीकरणको निम्ति हो र मानिसको शुद्धीकरण ऊ बाँच्न सकोस् भन्ने हेतुले गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९०

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ, अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्‍कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नु अघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्‍णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब अन्तिम दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ, त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्तता प्रवेश गरिसकेको हुनेछ। अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिसकिएपछि मात्रै मानिस जतासुकै गए तापनि स्वतन्त्र हुन्छ अनि ऊ विद्रोहीपन वा विरोधरहित हुनेछ। शैतानलाई बन्धनभित्र राखिनुपर्छ र मानिसको सबै कुरा ठीक-ठाक हुनेछ; शैतानले अझै पृथ्वीमा सबै ठाउँमा समस्या उत्पन्न गर्ने भएकोले र परमेश्‍वरको व्यवस्थापन यसको लक्ष्यमा पुग्न बाँकी रहेकोले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्‍वरलाई प्राप्त गर्छ र शैतानको अधिकारक्षेत्रबाट बाहिर आउँछ, उसले धार्मिकताको सूर्यलाई हेर्नेछ। सामान्य मानिसले पाउनुपर्ने जीवन पुनर्स्थापित हुनेछ; सामान्य मानिसले अधिकार गर्नुपर्ने सबै कुराहरू—जस्तै असल र खराब छुट्याउन सक्ने क्षमता, आफूले कसरी खानुपर्छ र पहिरिनुपर्छ भन्ने समझ, र सामान्य प्रकारले जिउने क्षमता—यी सबै कुरालाई पुनर्प्राप्ति गरिनेछ। यदि हव्‍वा सर्पद्वारा परीक्षित नभएको भए सुरुमा मानिस सृष्टि गरिएपछि ऊसित यस प्रकारको जीवन हुनेथियो। उसले खानेथियो, पहिरिनेथियो र पृथ्वीमै सामान्य जीवन जिउनेथियो। मानिस भ्रष्ट भइसकेपछि यो जीवन एउटा अप्राप्य भ्रम भयो र आज पनि मानिसले त्यस्ता कुराहरूको कल्पना गर्ने साहस गर्न सक्दैन। वास्तवमा, मानिसले तृष्णा गरेको यो सुन्दर जीवन एउटा आवश्यकता हो। यदि मानिस त्यस्तो गन्तव्यरहित भएको भए, पृथ्वीमा उसको भ्रष्ट जीवन कहिल्यै टुङ्गिदैन थियो, अनि यदि यस्तो सुन्दर जीवन नभएको भए, शैतानको भाग्य वा यस युग जसमा शैतानको पृथ्वीमाथि शक्ति छ, त्यसको अन्त्य हुँदैनथियो। मानिस अन्धकारका शक्तिहरूले पहुँच गर्न नसक्‍ने राज्यभित्र आउनुपर्छ र जब मानिस त्यहाँ आइपुग्छ, शैतान पराजित भइसकेको छ भन्‍ने कुरा यसले प्रमाणित गर्नेछ। यस प्रकारले जब शैतानको कुनै बाधा हुँदैन तब परमेश्‍वर स्वयमले मानवजातिलाई नियन्त्रण गर्नुहुनेछ र उहाँले मानिसको सम्पूर्ण जीवनमाथि हुकुम चलाउनुहुनेछ र नियन्त्रण गर्नुहुनेछ; तब मात्र शैतान साँचो रूपमा हारेको हुनेछ। मानिसको जीवन आज मुख्यतया एउटा अशुद्धताको जीवन हो; यो अझै पनि कष्ट र पीडाको जीवन हो। यसलाई शैतानको पराजय भन्न सकिँदैन; मानिस अझै पनि कष्टको सागरदेखि उम्‍कन बाँकी नै छ, मानिसको जीवनभरिको कठिनाइदेखि वा शैतानको प्रभावदेखि उम्‍कन बाँकी नै छ र ऊसित अझै परमेश्‍वरको अति सूक्ष्म ज्ञान मात्रै छ। मानिसको सबै कठिनाइ शैतानद्वारा सृष्टि गरिएको थियो; मानिसको जीवनभरि पीडा ल्याउने शैतान नै थियो र शैतानलाई बन्धनमा राखिएपछि मात्रै मानिस कष्टको सागरदेखि पूर्ण रूपले उम्कनेछ। तापनि, शैतानको बन्धन मानिसलाई र उसको हृदयलाई जितिसकेपछि अनि मानिसलाई शैतानसितको युद्धमा लुटको माल बनाइसकेपछि मात्रै हासिल गरिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९१

आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी यस पृथ्वीमा उसले सामान्य मानव जीवन पाउनुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन्, र शैतानलाई बन्धनमा राखिनुअघि उसले पछ्याउने उद्देश्यहरू तिनै हुन्। सारमा, विजेता हुने र सिद्ध बनाइने वा ठूलो प्रयोगमा आउने सम्‍बन्धी मानिसको खोजी शैतानको प्रभावदेखि उम्किनका निम्ति हो: मानिसको खोजी भनेको विजेता बन्‍नु हो, तर ऊ शैतानको प्रभावबाट उम्कनु मात्रै यसको अन्तिम परिणाम हुनेछ। शैतानको प्रभावदेखि उम्केर मात्रै मानिसले यस पृथ्वीमा सामान्य मानव जीवन, परमेश्‍वरको आराधना गर्ने जीवन जिउनसक्छ। आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी त्यस्ता कुराहरू हुन् जुन यस पृथ्वीमा सामान्य मानव जीवन प्राप्त गर्नुभन्दाअघि उसले खोजी गर्ने कुराहरू हुन्। ती शुद्ध हुन र सत्यताको अभ्यास गर्नको खातिर र सृष्टिकर्तालाई आराधना गर्नको निम्ति नै मुख्य रूपमा तिनको खोजी गरिन्छ। यदि मानिसले पृथ्वीमा सामान्य मानव जीवन, कठिनाइ वा कष्टविनाको जीवन प्राप्त गर्छ भने, मानिस विजेता हुने खोजीमा लाग्नेछैन। “विजेता हुनु” र “सिद्ध बनाइनु” परमेश्‍वरले मानिसलाई खोजी गर्नका निम्ति दिनुहुने दुई उद्देश्यहरू हुन् र यी दुई उद्देश्यहरूको खोजीद्वारा नै उहाँले मानिसलाई सत्यताको अभ्यास गर्न र अर्थपूर्ण जीवन जिउन लगाउनुहुन्छ। यसको उद्देश्य भनेको मानिसलाई पूर्ण बनाउनु र उसलाई हासिल गर्नु हो र विजेता हुने र सिद्ध बनाइने कार्यको खोजी केवल एउटा माध्यम मात्रै हो। यदि भविष्यमा मानिस एउटा सुन्दर गन्तव्यमा प्रवेश गर्दछ भने, त्यहाँ विजेता हुने र सिद्ध बनाइने कुनै सन्दर्भ हुनेछैन; त्यहाँ हरेक सृष्टिले आफ्नो कर्तव्य पालना गरिरहेको मात्र हुनेछ। आज मानिसको निम्ति कार्यक्षेत्र निर्धारण गर्न नै मानिसलाई यी कुराहरू खोजी गर्न लगाइन्छ ताकि मानिसको खोजी धेरै लक्षित र व्यवहारिक हुन सकोस्। नत्रभने, मानिस अस्पष्ट अमूर्त कुराहरूको बीचमा जिउनेथियो र अनन्त जीवनको प्रवेशको खोजी गर्नेथियो र यदि यसो भयो भने, मानिस झन् बढी दयनीय हुने थिएन र? यस प्रकारले विनालक्ष्य वा विनासिद्धान्त खोजी गर्नु—के यो आत्म-छल होइन र? अन्ततः यो खोजी स्वभाविक रूपले निष्फल हुनेछ; अन्त्यमा, मानिस अझै शैतानको अधिकारक्षेत्रभित्र जिउनेथियो र त्यसबाट आफैलाई मुक्त गर्न सक्‍नेथिएन। किन त्यस्तो लक्ष्यहीन खोजीमा आफैलाई राख्ने? जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्दछ तब मानिसले सृष्टिकर्तालाई आराधना गर्दछ, अनि मानिसले मुक्तिलाई हासिल गरिसकेको र अनन्तताभित्र प्रवेश गरिसकेको हुने भएकोले उसले अरू कुनै उद्देश्यहरूको खोजी गर्नेछैन, यसबाहेक न त उसले शैतानद्वारा घेराबन्दी हुने कुराको चिन्ता गर्नुपर्नेछ। त्यस समयमा मानिसले आफ्नो स्थान जान्नेछ र आफ्नो कर्तव्य पालना गर्नेछ र यदि तिनीहरूको सजाय र न्याय नभएको भए पनि हरेक व्यक्तिले आफ्नो कर्तव्य पालना गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवैमा एक सृष्टि हुनेछ। त्यहाँ अब उप्रान्त माथिल्लो र तल्लो दर्जाको भिन्नता हुनेछैन; हरेक व्यक्तिले फरक-फरक भूमिका निर्वाह गर्नेछ। तापनि, मानिस अझै पनि मानवजातिको निम्ति व्यवस्थित र उचित गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्तालाई आराधना गर्नको खातिर कर्तव्य पालना गर्नेछ र यही मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा प्रज्वलित जीवन हासिल गरिसकेको हुनेछ, एउटा यस्तो जीवन जुन परमेश्‍वरको वास्ता र संरक्षणको अधीनतामा अनि परमेश्‍वरको साथमा रहने जीवन हुनेछ। मानवजातिले पृथ्वीमा एउटा जीवन जिउनेछ र सबै मानिसहरू ठीक मार्गमा प्रवेश गर्नेछ। ६,००० वर्षे व्यवस्थापन योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरिसकेको हुनेछ, यसको अर्थ, परमेश्‍वरले उहाँको सृष्टिमा मानिसको सुरुको स्वरूप पुनर्स्थापित गरिसक्नुभएको हुनेछ र त्यही रूपमा परमेश्‍वरको सुरुको उद्देश्य पूरा भइसकेको हुनेछ। सुरुमा, शैतानद्वारा मानवजाति भ्रष्ट तुल्याइनुअघि मानवजातिले पृथ्वीमा सामान्य जीवन जिए। पछि, जब मानिस शैतानद्वारा भ्रष्ट भयो, तब मानिसले यो सामान्य जीवन गुमायो, अनि परमेश्‍वरको व्यवस्थापनको काम र मानिसको सामान्य जीवन पुनर्स्थापना गर्न शैतानसितको लडाइँ सुरु भयो। परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन कार्य समाप्त भएपछि मात्रै पृथ्वीमा सबै मानवजातिको जीवन आधिकारिक रूपले सुरु हुनेछ; तब मात्रै मानिससित सुन्दर जीवन हुनेछ, अनि परमेश्‍वरले सुरुमा मानिस सृष्टि गर्नुभएको आफ्नो उद्देश्य र मानिसको सुरुको स्वरूपलाई पुनर्स्थापित गर्नुहुनेछ। अनि यसरी जब मानिससित पृथ्वीमा मानवजातिको सामान्य जीवन हुनेछ, तब मानिसले विजेता हुने वा सिद्ध बनाइने कुराको खोजी गर्नेछैन, किनभने मानिस पवित्र हुनेछ। “विजेताहरू” तथा “सिद्ध बनाइने” जसको बारेमा मानिसहरू कुरा गर्छन्, ती परमेश्‍वर र शैतानबीचको युद्धको अवधिमा मानिसलाई खोजी गर्नका निम्ति दिइएका उद्देश्यहरू हुन् र मानिस भ्रष्ट भएको कारणले मात्रै त्यसको अस्तित्व छ। तँलाई यो उद्देश्य दिएर अनि यो उद्देश्यलाई खोजी गर्ने तुल्याएर, शैतानलाई पराजित गरिनेछ। तँलाई विजेता बन्‍न वा सिद्ध बन्‍न वा प्रयोगमा आउन लगाउनको लागि शैतानलाई पराजित गर्न तैँले गवाही दिनु आवश्यक हुन्छ। अन्त्यमा, मानिसले पृथ्वीमा सामान्य जीवन जिउनेछ, अनि मानिस पवित्र हुनेछ; जब यो हुन्छ, के मानिसहरूले अझै विजेताहरू बन्‍न खोजी गर्नेछन् र? के तिनीहरू सबै सृष्टिका प्राणीहरू होइनन् र? विजेता हुनु र सिद्ध हुनुको बारेमा कुरा गर्दा, यी शब्दहरू शैतानप्रति र मानिसको अशुद्धताप्रति लक्षित छन्। के “विजेता” भन्‍ने यो शब्दले शैतान र त्यसका विरोधी शक्तिहरूमाथि विजयी बन्‍नुलाई जनाउँदैन र? जब तँ आफू सिद्ध बनाइएको छु भनी भन्छस्, तँभित्रको कुन कुरा सिद्ध बनाइएको हुन्छ? परमेश्‍वरको सर्वोच्च प्रेमलाई प्राप्त गर्न सकूँ भनेर तैँले आफूलाई भ्रष्ट शैतानिक स्वभावबाट स्वतन्त्र तुल्याएको हुँदैनस् र? त्यस्ता कुराहरू मानिसभित्रको अशुद्ध कुराहरूको सम्बन्धमा अनि शैतानको सम्बन्धमा बोलिन्छ; ती परमेश्‍वरको सम्बन्धमा बोलिँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९२

जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू दासत्वमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो कठिन हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित त्यस्तो हृदय हुन्छ जसले परमेश्‍वरलाई आदर र प्रेम गर्दछ। परमेश्‍वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि, अर्थात्, शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू दासत्वमा परेपछि पृथ्वीमा मानिसको जीवन समस्यारहित हुनेछ, र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ, र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन, र तैंले कसैको बारेमा चिन्ता लिइरहनु पर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन, र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरू जस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूत जस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा। आज मानिस सजाय र न्यायबाट भएर जान्छ; के तँ मानिसले गर्ने त्यस्ता अनुभवहरू अर्थहीन छन् भनी सोच्छस्? के सजाय र न्यायको काम विनाकारण गर्न सकिन्छ? मानिसलाई सजाय दिनु र न्याय गर्नु भनेको उसलाई अतल कुण्डमा फाल्नु हो, जसको अर्थ उसको भाग्य र सम्भावनाहरू खोस्नु हो भनेर यसभन्दा पहिले भनिएको थियो। यो एउटा कुराका लागि हो: मानिसलाई शुद्ध पार्नु। मानिसलाई जानाजानी अतल कुण्डमा हालिँदैन, त्यसपछि परमेश्‍वरले ऊबाट आफ्ना हातहरू धुनुहुन्छ। यसको साटो, यो मानिस भित्रको विद्रोहीपनको निराकरण गर्नलाई हो, यसैले कि अन्त्यमा मानिसभित्रका थोकहरू शुद्ध हुन सकोस्, यसरी उसले परमेश्‍वरको सत्य ज्ञान पाउन सकोस् र पवित्र व्यक्तिजस्तो हुन सकोस्। यदि यसो गरियो भने सबै कुरा पूरा हुनेछ। वास्तवमा, जब मानिस भित्रका निराकरण गर्नुपर्ने थोकहरूको निराकरण गरिन्छ, र मानिसको गवाही जोडदार हुन्छ, तब शैतान पनि पराजित हुनेछ, र मानिसभित्र सुरुदेखि नै रहेका केही कुराहरू शुद्ध नभए पनि शैतान पराजित भएपछि यसले उप्रान्त समस्या पैदा गर्नेछैन, र त्यो बेला मानिस पूर्ण रूपमा शुद्ध पारिएको हुनेछ। मानिसले त्यस्तो जीवनको अनुभव कहिल्यै गरेको छैन, तर जब शैतानलाई पराजित गरिएपछि, सबै कुरा मिलाइनेछ अनि ती सबै तुच्छ कुराहरूको समाधान गरिनेछ, र एक पटक त्यो मुख्य समस्या समाधान गरेपछि अरू सबै समस्याहरू समाप्त हुनेछन्। परमेश्‍वर पृथ्वीमा देहधारण गरी आउनुभएको यो अवधिमा जब उहाँले पृथ्वीमा मानिसहरूको माझमा व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुन्छ, तब उहाँले गर्नुहुने सबै कामहरू शैतानलाई हराउनका लागि गरिन्छ र उहाँले मानिसमाथि विजय हासिल गरेर अनि तिमीहरूलाई सम्पूर्ण बनाएर शैतानलाई हराउनुहुनेछ। जब तिमीहरूले जोडदार गवाही दिन्छौ, यो पनि शैतानको पराजयको चिह्न हुनेछ। पहिले मानिसलाई जितिनेछ र शैतानलाई पराजित गर्नको लागि अन्त्यमा उसलाई पूर्ण रूपमा सिद्ध बनाइन्छ। तापनि, सारमा शैतानको पराजयको साथसाथै यो कष्टको रित्तो समुद्रबाटको सारा मानव जातिको मुक्ति पनि हो। काम सम्पूर्ण ब्रह्माण्डमा गरिओस् वा चीनमा गरिओस्, ती सबै शैतानलाई हराउन र सम्पूर्ण मानव जातिलाई मुक्ति दिनका लागि गरिन्छ, यसैले कि मानिस विश्रामको स्थानमा प्रवेश गर्न सकोस्। देहधारी परमेश्‍वर, यो सामान्य देह, शैतानलाई हराउनकै निम्ति हो। शरीरमा आउनुभएका परमेश्‍वरको काम आकाशमुनि उहाँलाई प्रेम गर्नेहरू सबैको मुक्तिका निम्ति हो, यो सम्पूर्ण मानव जातिलाई जित्नका लागि हो र त्यसबाहेक शैतानलाई पराजित गर्नका लागि पनि हो। परमेश्‍वरका सबै व्यवस्थापन कार्यका मुख्य कुराहरू सारा मानवजातिलाई मुक्ति दिनको लागि शैतानलाई पराजय गर्ने कार्यबाट अलग गर्न सकिँदैन। यो धेरै जस्तो काममा किन तिमीहरूलाई गवाही दिने कुरा गरिन्छ? यो गवाही कोतिर निर्देशित हुन्छ? के यो शैतानतिर निर्देशित हुँदैन? यो गवाही परमेश्‍वरका निम्ति दिइन्छ, र यो परमेश्‍वरको कामले यसको प्रभाव प्राप्त गरेको गवाही दिनका निम्ति दिइन्छ। गवाही दिनु शैतानलाई हराउने कामसँग सम्बन्धित छ; यदि शैतानसँग लडाइँ गर्नुपर्ने थिएन भने, मानिसले गवाही दिनु पर्ने थिएन। शैतानलाई पराजित गर्नै पर्ने र त्यसको साथै मानिसलाई मुक्ति दिनु पर्ने भएकोले परमेश्‍वरले मानिससँग शैतानको अगि गवाही दिने माग गर्नुहुन्छ, जसलाई उहाँले मानिसलाई मुक्ति दिन र शैतानसँग युद्ध गर्नको लागि प्रयोग गर्नुहुन्छ। फलस्वरूप, मानिस मुक्तिको पात्र र शैतानलाई पराजित गर्ने साधन दुवै हो, त्यसैले मानिस परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यको केन्द्र हो भने शत्रु शैतान केवल विनाशको पात्र हो। तैंले केही गरेको छैनस् जस्तो तँलाई लाग्न सक्छ, तर तेरो स्वभावमा भएको परिवर्तनको कारण गवाही दिइएको छ, र त्यो गवाही शैतानतिर निर्देशित हुन्छ र मानिसलाई दिइएको हुँदैन। मानिस त्यस्तो गवाहीको आनन्द लिने योग्यको छैन। उसले परमेश्‍वरले गर्नुभएको काम कसरी बुझ्न सक्छ? परमेश्‍वरको लडाइँको पात्र शैतान हो; मानिसचाहिँ केवल मुक्तिको पात्र मात्र हो। मानिससँग शैतानिक भ्रष्ट स्वभावहरू छन्, र यो काम बुझ्न असक्षम छ। यो शैतानको भ्रष्टताको कारणले र यो मानिसमा अन्तर्निहित रूपमा छैन तर शैतानद्वारा निर्देशित हुन्छ। आज, परमेश्‍वरको मुख्य काम शैतानलाई हराउनु हो, अर्थात् मानिसहरूलाई पूर्ण रूपमा जित्नु हो, यसैले कि मानिसले शैतानको सामु परमेश्‍वरलाई अन्तिम गवाही दिन सकोस्। यसरी, सबै कुराहरू पूरा हुनेछन्। धेरैजसो अवस्थाहरूमा, तेरो नाङ्गो आँखाको लागि के देखिन सक्छ भने, केही पनि गरिएको छैन, तर वास्तवमा, काम पहिलेबाटै पूरा भइसकेको हुन्छ। मानिस पूरा भएका सबै कामहरू देख्न सकियोस् भन्ने चाहन्छ, तैपनि तिमीहरूका निम्ति देख्न सक्ने नबनाई मैले मेरो काम पूरा गरेको छु, किनकि शैतान अधीनमा पारिएको छ, जसको अर्थ, त्यो पूर्ण रूपमा पराजित भएको छ, परमेश्‍वरको सबै ज्ञान, शक्ति र अख्तियारले शैतानलाई हराएको छ। यो हामीले धारण गर्नैपर्ने गवाही हो, तर यो मानिसमा स्पष्ट व्यक्त नगरिए पनि, यो नाङ्गो आँखाले नदेखिए पनि शैतान पहिलेबाटै हारिसकेको छ। यो कामको सम्पूर्णता शैतानको विरुद्ध निर्देशित छ र शैतानसितको लडाइँको कारण यो पूरा गरिन्छ। यसरी, धेरै यस्ता कुराहरू छन् जुन मानिसले सफल भइरहेको भनी देख्दैन, तर जुन परमेश्‍वरको आँखामा, धेरै अघि नै सफलतापूर्वक पूरा भइसकेका थिए। यो परमेश्‍वरका सबै कामको एक भित्री सत्यता हो।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९३

सबै, जो सिद्ध हुन इच्छुक छन् तिनीहरूसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ सिद्ध हुन इच्छुक छैनस् र त्यो सुन्दर क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनस् भने त्यो तेरो आफ्नै समस्या हो। ती सबै जो सिद्ध हुन इच्छुक छन् र परमेश्‍वरप्रति बफादार हुन्छन्, ती सबै जसले आज्ञापालन गर्छन्, र जसले विश्‍वासयोग्य ढङ्गले आफ्नो काम गर्दछन्—त्यस्ता सबै मानिसहरूलाई सिद्ध बनाउन सकिन्छ। आज, ती सबै जसले बफादार भई आफ्नो कर्तव्य पालन गर्दैनन्, ती सबै जो परमेश्‍वरप्रति बफादार छैनन्, ती सबै जो परमेश्‍वरको अधीन बस्दैनन्, विशेष गरी तिनीहरू जसले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेका छन्, तर त्यसलाई व्यवहारमा प्रयोग गर्दैनन् त्यस्ता सबै मानिसहरू सिद्ध बन्न असमर्थ हुन्छन्। तिनीहरू सबै जो बफादार छन् र परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक छन्, तिनीहरू सिद्ध बनाइन सक्छन्, चाहे तिनीहरू थोरै अज्ञानी नै किन नहोऊन्; ती सबै जो पछ्याउन इच्छुक छन्, तिनीहरूलाई सिद्ध पार्न सकिन्छ। यसको बारेमा चिन्ता लिनु आवश्यक छैन। जबसम्म तँ यस दिशातिर लाग्न तयार हुन्छस्, तँलाई सिद्ध पारिन सकिन्छ। म तिमीहरूको बीचमा भएका कसैलाई पनि त्याग्न वा हटाउन इच्छुक छैन, तर यदि मानिसले राम्रो गर्ने कोसिस गर्दैन भने, तैँले आफैलाई नाश पारिरहेको हुन्छस्; तँलाई हटाउने म होइनँ, तर तँ आफै होस्। यदि तँ आफैले राम्रो गर्ने कोसिस गर्दैनस् भने—यदि तँ अल्छी छस् वा आफ्‍नो कर्तव्य पालन गर्दैनस्, वा तँ बफादार छैनस्, वा सत्यको पछि लाग्दैनस् र सधैँ तँलाई जे मन लाग्छ त्यही गर्छस्, यदि तँ लापरवाही व्यवहार गर्छस्, तेरो आफ्नै प्रसिद्धि र धनको लागि लडाइँ गर्छस्, विपरीत लिङ्गप्रतिको तेरो व्यवहारमा बेइमान छस् भने तैँले आफ्नो पापको बोझ आफै बोक्‍नेछस्; तँ कसैको दया पाउने लायकको हुँदैनस्। मेरो अभिप्राय तिमीहरू सबै सिद्ध बन, र कम्तीमा पनि जितिएका हौ भन्ने हो, यसैले कि यो चरणको काम सफलतापूर्वक पूरा हुन सकोस्। परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पछौटे वा कम क्षमताका छौ भन्दा केही फरक पर्दैन—यो सब तथ्य हो। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु, र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो, कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस्, र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो कमजोर योग्यता अनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमता अनुरूप हुनेछ; यदि तँ अन्जान र अशिक्षित छस् भने तँसित मेरा मागहरू तेरो असाक्षरता अनुरूप हुनेछ; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्य अनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरको अनुरूप हुनेछ; यदि तँ अतिथिसत्कार प्रदान गर्न सक्छस् भने तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथिसत्कार गर्न सक्दिनँ, केही कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको देखरेख गर्ने ना अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, आखिरीसम्म आज्ञापालन गर्नु, र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो, र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ, र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध बनाइनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, कि प्रत्येक व्यक्तिसँग सिद्ध हुने मौका हुन्छ र सिद्ध हुनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ आफ्नो खोजीमा अझ उत्तम हुने प्रयास गर्दैनस्। यदि तैँले यी तीन मापदण्डहरू हासिल गर्दैनस् भने, अन्त्यमा तँलाई हटाइनु नै पर्छ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्‍ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस्, र आखिरीसम्म आज्ञापालन गर्न सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्‍वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन्, अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्‍नको लागि रहिरहनेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९४

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले उहाँको व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजाति माझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विद्रोहले गर्दा परमेश्‍वरले उहाँको विश्राम गुमाउनुभयो। यदि परमेश्‍वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्‍वरलाई पनि विश्रामको कमी छ, र जब फेरि उहाँ एक पटक विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहित जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ “शैतान” शब्दले वैरी दलहरूलाई जनाउँछ) र शैतानको भ्रष्टता विनाको जीवन हो, अनि न त यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन हो; यो सबै थोक आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, न त त्यहाँ वैरी दलहरूबाट कुनै अरू आक्रमण हुनेछ, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—यस उप्रान्त शैतानद्वारा भ्रष्ट पारिएको मानवजाति हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले उहाँको विश्राम गुमाउनुभयो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन; न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा वैरी दलहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गर्ने सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। एक पटक परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरको परमेश्‍वरकै गन्तव्य छ र मानवको मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनहरूमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। यस उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्दैन; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको निर्दिष्ट रूप हो। मानवलाई नेतृत्व गरिन्छन् र उनीहरू परमेश्‍वर झैँ उही सारका होइनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर उहाँको विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ उहाँको मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ यस उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजाति माझ हुनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; उनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू यस उप्रान्त परमेश्‍वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा उहाँको प्रतिरोध गर्नेछैनन् अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। उनीहरू विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका यी आ-आफ्नै जीवनहरू र गन्तव्यहरू हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य प्रचलन हो। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेश पछि विश्राममा परमेश्‍वरको प्रवेश पनि अनिवार्य प्रचलनहरू भएका छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। जब मानवले विश्राममा परमेश्‍वरको आराधना गर्छन्, तब उनीहरू पृथ्वीमा बस्नेछन् र जब परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुन्छ, तब उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा हुन्छन्। परमेश्‍वरले विश्राम गर्नुहुँदा, उहाँ मानव माझ आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानवले विश्राम लिँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन बन्द हुनेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्न अघि पृथ्वीमा परमेश्‍वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका वैरीहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई अन्तका दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएका हुनेछन्। एक पटक ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नलाई जरुरी कुराहरू यी नै हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९५

यी सबै थोकहरूको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट पारिएको, मानव तिनीहरूको विकासको अन्तिम चरणमा पुगेको हुनेछ, अनि आदम र हव्वाका सन्तानहरूले तिनीहरूका सन्तानहरूको वृद्धि गर्ने काम पूरा गरेका हुनेछन् भन्ने हो। यसको अर्थ यो पनि हो कि शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले निरन्तर विकास गर्न असम्भव हुनेछ भन्ने हुन्छ। आदम र हव्वालाई प्रारम्भमा भ्रष्ट पारिएका थिएन, तर अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा शैतानद्वारा भ्रष्ट पारिएका थिए। जब परमेश्‍वर र मानव एकसाथ विश्राममा प्रवेश गर्छन्, तब अदनको बगैँचाबाट निकालिएका—आदम र हव्वा—र तिनीहरूका सन्तानहरू आखिरमा अन्तमा आउनेछन्। भविष्यको मानवजाति अझै पनि आदम र हव्वाको सन्तानहरूले रचना गरिएको हुनेछ, तर उनीहरू शैतानको अधिकार-क्षेत्रमुनि बस्ने मानव हुनेछैनन्। बरु, उनीहरू मुक्त गरिएका र शुद्ध पारिएका मानिसहरू हुनेछन्। यो न्याय गरिएका र सजाय दिइएका, र पवित्र भएको मानवजाति हुनेछ। यी मानिसहरू मौलिक रूपमा जस्ता थिए त्यस्ता मानव हुनेछैनन्; यसलाई लगभग यसो भन्न सकिन्छ कि उनीहरू सुरुमा भएका आदम र हव्वा जस्ता थिए त्योभन्दा समग्र रूपमा भिन्न किसिमका मानवजाति हुनेछन्। यी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबैको माझबाट नै छानिएकाहरू हुनेछन्, र उनीहरू परमेश्‍वरको न्याय र सजायको अवधिमा चरम रूपमा दृढ खडा रहनेहरू मध्येका हुनेछन्; उनीहरू भ्रष्ट मानवजाति माझबाट अन्तिम बाँकी रहेका मानवको समूह हुनेछन्। यी मानिसहरू मात्र परमेश्‍वरसँगै अन्तिम विश्राममा प्रवेश गर्न सक्षम हुनेछन्। अन्तका दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा दृढ खडा रहन सक्षम हुनेहरू नै—परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिएका यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। सजाय र न्यायको परमेश्‍वरको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र उनीहरूलाई उनीहरूको अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सकिँदैनथ्यो। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र ती टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछन्। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछन् र उनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा उनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, उनीहरूले विश्रामको उनीहरूको मानव दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, उनीहरू सबैलाई नष्ट पारिनेछन् र शैतानलाई झैँ उनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त उनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। उनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र उनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; उनीहरू पनि कुनै समय परमेश्‍वरको सेवा गरे। यद्यपि, जब अन्तको दिन आउँछ, उनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई उनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप उनीहरूलाई अझ पनि हटाइनेछन् र नष्ट पारिनेछन्; उनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र उनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। चाहे उनीहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, सबै दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू सबैलाई मानवजाति माझ एक पटक पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि नष्ट पारिनेछन्। जहाँ सम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछन्, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तको युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्नेहरू र मुक्ति पाउन नसक्नेहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई उनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिन्छन्। एक पटक यसरी वर्गीकरण गरिसकेपछि, उनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले अन्तको दिनहरूमा विजयको उहाँको कार्यको कार्यान्वयनलाई सिद्ध्याउनुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम कार्यान्वयन गर्नुहुनेछ। वास्तवमा, उहाँले मानवजाति माझ काम गर्न सुरुवात गर्नुभएदेखि नै उनीहरूलाई असल र खराब गरी छुट्टाउँदै आइरहनुभएको छ। यो यस्तो मात्र हुन्छ कि उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; यो यस्तो होइन कि उहाँको काम पूरा भएपछि उनीहरूलाई वर्गहरूमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध मानवजाति ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असक्षम हुने थियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैन थियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्षम हुनुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९६

आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै जसो मानिसहरूले उनीहरूका आफ्नै शौकहरू बेपरवाह किसिमले गरिहिँड्छन्। वास्तवमा, यी मानिसहरूले उनीहरूको हृदयहरूमा परमेश्‍वरलाई बिलकुलै राख्दैनन्; योभन्दा पनि नराम्रो कुरो त, उनीहरूले परमेश्‍वरको भय मान्दैनन्। उनीहरूको हृदयहरूमा परमेश्‍वर हुनुहुन्न, र त्यसैले परमेश्‍वरले गर्नुहुने सबै कुरा उनीहरूले बुझ्न सक्दैनन् र झनै उहाँले बोल्नुभएका कुराहरू बुझ्नु त परै जाओस्। यस्ता मानिसहरू अति शारीरिक हुन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र कुनै पनि सत्यताको कमी छ। यसको अलाबा, परमेश्‍वर देहधारी हुन सक्नुहुन्छ भन्ने उनीहरूले विश्‍वास गर्दैनन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्‍वरमा वा उहाँको काम र वचनहरूमा विश्‍वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्‍वर अझ धेरै विश्‍वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्‍वर धेरै विश्‍वासयोग्य र प्रशन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्‍वरको इच्छाको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्‍वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्‍त पार्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्‍वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले उनीहरू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्‍वास गर्दैनन्। सट्टामा, परमेश्‍वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्‍वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो “बफादारीता” ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने उनीहरूले विश्‍वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्‍वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्‍वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्‍त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने कथित दुष्टहरू हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्‍वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्‍वरको कुनै काम वा वचनहरूलाई विश्‍वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्‍वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्‍वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्‍वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्ने विश्‍वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्‍वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्‍वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्‍वरमा विश्‍वास गर्छन्, उत्ति नै धेरै परमेश्‍वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९७

मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही भविष्यमा अझ धेरै विनाश पारिने सम्भावनामा हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्‍वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एक अर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सारहरू खराब भएका र दृश्य परमेश्‍वरको अवज्ञा गर्नेहरू विनाशका पात्रहरू हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव संवेग वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि प्राणीको विरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्‍वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्‍वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९८

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट—विरोधी हो! शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्, यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू नै होइनन् भने? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तँ भूतहरूसँग आबद्ध भइरहेको छैन र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै इरादाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिसहरू विनाशका पात्रहरू हुनेछन्। मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समय परमेश्‍वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति एक पटक सही मार्गमा आएपछि, मानिसहरूको सामान्य जीवनहरू हुनेछन्। उनीहरूले आ-आफ्ना कर्तव्यहरू पुरा गर्नेछन् र परमेश्‍वरप्रति पूर्ण रूपमा विश्‍वासयोग्य हुनेछन्। उनीहरूले उनीहरूका अनाज्ञाकारीता र उनीहरूका भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा छोड्नेछन्, र उनीहरू दुवै अनाज्ञाकारीता रहित र प्रतिरोधरहित भएर परमेश्‍वरको निम्ति र परमेश्‍वरको कारणले जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्‍वरको अधीनमा रहन सक्षम हुनेछन्। परमेश्‍वर र मानवजातिको जीवन यस्तो हुनेछ; यो राज्यको जीवन हुनेछ र यो विश्रामको जीवन हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५९९

उनीहरूका पूर्ण रूपमा अविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि, यो परमेश्‍वरको इच्छा होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्‍नीहरूलाई परमेश्‍वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्‍वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले “प्रतिभाशाली मानिसहरूलाई” परमेश्‍वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्‍वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थिति नभएकाहरूले परमेश्‍वरलाई पछ्याउने संघर्ष गरे तापनि, कसैले विश्‍वास गरेजस्तो उनीहरूलाई अझै मुक्त गर्न सकिँदैन। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले सामान्य रूपमा परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको प्रकाश वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्‌? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरूलाई नष्ट पारिने पात्रहरूको रूपमा निर्दिष्ट गरिएका छन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्‍वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नेहरू र परमेश्‍वरमा विश्‍वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याउनेहरूप्रति कसैले सम्भावित महान्‌ प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्‍वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्‍त गर्नेछन्। ईमानदार रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, सापेक्षित रूपमा असल क्षमता भएका तर ईमानदार रूपमा विश्‍वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्‍चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्‍वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्‍वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्। मानिसहरूले जोशका साथ खोजी गर्छन् वा गर्दैनन् भन्ने कुरा अरूहरूले कसरी न्याय गर्छन् वा वरिपरिकाहरूले कसरी उनीहरूलाई हेर्छन् भन्ने कुराले निर्धारण गर्दैन, तर पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ वा गर्नुहुन्न र उनीहरूसँग पवित्र आत्माको उपस्थिति छ वा छैन भन्ने कुराद्वारा निर्धारण गरिन्छ। यसको अतिरिक्त, कुनै अवधिभरि पवित्र आत्माको काम भएर गुज्रेपछि उनीहरूको स्वभाव परिवर्तन भएको छ वा छैन र उनीहरूले परमेश्‍वरको बारे कुनै ज्ञान हासिल गरेका छन् वा छैनन् त्यसमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुन्छ भने, यो व्यक्तिको स्वभाव क्रमिक रूपमा परिवर्तन हुनेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने उनीहरूको दृष्टिकोण क्रमिक रूपमा शुद्ध हुँदै जानेछ। मानिसहरूले परमेश्‍वरलाई पछ्याएको जति लामो समय भए तापनि उनीहरू परिवर्तन भएसम्म, यसको अर्थ पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छ भन्ने हो। यदि उनीहरूमा परिवर्तन आएको छैन भने, पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छैन। यी मानिसहरूले केही सेवाहरू गरे तापनि उनीहरूलाई यसो गर्न लगाउने कुराचाहिँ असल भाग्य हासिल गर्ने इच्छा नै हो। कहिलेकाहीँ सेवाकर्ता कुराले उनीहरूको स्वभावहरूमा हुने परिवर्तनको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अन्तमा उनीहरूलाई अझ पनि नष्ट गरिनेछ, किनभने राज्यमा सेवा गर्नेहरूको आवश्यक हुँदैन, न त त्यहाँ सिद्ध बनाइएका र परमेश्‍वरप्रति विश्‍वासयोग्य हुने मानिसहरूका निम्ति सेवा गर्नलाई स्वभाव परिवर्तन नभएकाहरू आवश्यक नै पर्नेछ। “जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्‌हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्‍वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्ने उनीहरूको आशय थिएन, न त एक जनाले असल भाग्य हासिल गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्ने नै उनीहरूको आशय थियो। कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको बुबाआमाहरूमा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको बुबाआमासँग बाँड्न नै सकिन्छ, एउटा बुबाआमाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा बुबाआमाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो भाग्य भोग्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि बुबाआमाको कल्याण हुन्छ भने, उनीहरूका छोराछोरीहरूको पनि कल्याण हुनुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छ भने, उनीहरूलाई बुबाआमाहरूले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति बुबाआमाहरूका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धार्मिक कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका बुबाआमाहरूप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका बुबाआमाहरूको सट्टामा धार्मिक कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धार्मिक आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछन्, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछन्। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू धर्मीहरू हुन्—यद्यपि दुष्टहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका बुबाआमाहरूले दुष्ट काम गरे पनि। विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने बुबाआमाहरू बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्न अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैन। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दो किसिमका प्राणीहरू हुन्। उनीहरूका कर्तव्यहरू पूरा गर्ने प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना अविश्‍वासी बुबाआमाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरप्रति अनाज्ञाकारीहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ बुबाआमाहरू वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६००

मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन, परिवारहरूको त कुरै नगरौं, तर मानवजातिको भ्रष्टताको परिणामस्वरूप, सबै किसिमका मानिसहरूले आफैलाई अलग-अलग कुलहरूमा, र पछि देशहरू र राष्ट्रहरू विकास हुँदै गए। यी देशहरू र राष्ट्रहरू स-साना अलग-अलग परिवारहरूले बनेका छन्, र यसरी नै, सबै किसिमका मानिसहरूलाई विभिन्न भाषाहरू र सिमानाहरूका आधारमा विभिन्न जातिहरूमा विभाजन गरियो। वास्तवमा, संसारमा जति धेरै जातिहरू भए तापनि, मानवजातिको एउटै पुर्खा छ। प्रारम्भमा, दुई किसिमका मात्र मानव मात्र थिए र यी दुई किसिमहरू पुरुष र महिला थिए। तथापि, परमेश्‍वरको कामको वृद्धि, इतिहासको गतिविधि र भौगोलिक परिवर्तनहरूको कारणले गर्दा, यी दुई किसिमका मानिसहरू केही हदसम्म अझै धेरै किसिमका मानवमा विकास भए। आधारभूत रूपमा, मानवजाति जति धेरै जातिहरूले बनेको भए तापनि, सबै मानवजाति अझै पनि परमेश्‍वरको सृष्टि नै हुन्। मानिसहरू जुनसुकै जातिहरूका होऊन्, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्; उनीहरू सबै आदम र हव्वाका सन्तानहरू हुन्। तथापि, उनीहरूलाई परमेश्‍वरको हातले बनाइएका होइनन्, तर पनि उनीहरू आदम र हव्वाका सन्तानहरू हुन्, जसलाई परमेश्‍वरले व्यक्तिगत रूपमा सृष्टि गर्नुभएको थियो। मानिसहरू जुनसुकै जातिमा परेको भए पनि, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्, किनभने उनीहरू मानवजातिमा पर्छन्, जसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, उनीहरूको गन्तव्य मानवजातिको हुनुपर्ने गन्तव्य नै हो र उनीहरूलाई मानवजातिलाई सङ्गठित गर्ने नियमहरूबमोजिम विभाजन गरिएका छन्। अर्थात्, सबै दुष्ट कर्म गर्नेहरू र सबै धर्मीहरू आखिर सृष्टिहरू नै हुन्। दुष्ट काम गर्ने सृष्टिहरूलाई अन्तमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टिहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्ट काम गर्नेहरू उनीहरूका अनाज्ञाकारिताको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्‍वरका सृष्टिहरू हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्ने तथ्यको आधारमा आफैलाई धार्मिक रूपमा आचरण गर्ने सृष्टिहरूले उनीहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्‍त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुने सृष्टिहरू हुन्; उनीहरू मुक्त हुन नसकिने सृष्टिहरू हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिसहरू नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टिहरू नै हुन्, त्यसरी नै धार्मिक आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्‍वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी धार्मिक आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्‍वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्ने चाहिँ होइन। आफ्ना सृष्टिहरू माझ परमेश्‍वरको काम समाप्‍त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्‍वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र रद्द गरिनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणामहरू हुन्, र तिनीहरू परमेश्‍वरका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्। मानवजातिको निम्ति परमेश्‍वरको आखिरी व्यवस्थापनचाहिँ परिवारहरूलाई तोडेर, राष्ट्रहरूलाई चुर-चुर बनाएर र राष्ट्रिय सीमाहरूलाई नष्ट गरेर विनापरिवार वा विनाराष्ट्रिय सीमाहरूको एउटा व्यवस्थापनमा उनीहरूलाई विभाजन गर्नु हो, किनकि मानव, आखिर, एउटै पूर्खाबाट जन्मेका थिए र परमेश्‍वरका सृष्टि हुन्। सारांशमा, दुष्ट काम गर्ने सृष्टिहरू सबैलाई नष्ट पारिनेछन् र परमेश्‍वरको आज्ञा पालन गर्ने सृष्टिहरू बाँच्नेछन्। यसरी, त्यहाँ कुनै परिवारहरू हुनेछैन, कुनै देशहरू हुनेछैन र विशेष गरी आउने विश्रामको समयमा कुनै राष्ट्रहरू हुनेछैन; यस किसिमका मानवजाति सबैभन्दा पवित्र किसिमका मानवजाति हुनेछन्। मानवजातिले पृथ्वीमा रहेका सबै थोकहरूको हेरचाह गर्न सकोस् भनी आदम र हव्वालाई मौलिक रूपमा सृष्टि गरिएको थियो; मानव मौलिक रूपमा सबै थोकका मालिकहरू थिए। मानवजातिलाई सृष्टि गर्ने परमप्रभुको अभिप्राय चाहिँ उनीहरूलाई पृथ्वीमा अस्तित्वमा रहन दिएर यसमाथि रहेका सबै थोकहरूको हेरचाह गरोस् भन्ने थियो, किनभने मानवजाति मौलिक रूपमा भ्रष्ट पारिएका थिएनन् र दुष्ट काम गर्न असक्षम थिए। तथापि, मानव भ्रष्ट भएपछि, उनीहरू सबै थोकहरूको हेरचाह गर्नेहरू रहेनन्। परमेश्‍वरको मुक्तिको उद्देश्यचाहिँ मानवजातिको यो कामलाई पुनर्स्थापना गर्नु, मानवजातिको मौलिक विवेक र मौलिक आज्ञाकारीता पुनर्स्थापना गर्नु हो; विश्राममा हुने मानवजाति परमेश्‍वरले उहाँको मुक्तिको कामसँगै हासिल गर्ने आशा गर्नुभएको कुराको दुरुस्त प्रतिनिधित्व हुनेछ। तथापि अदनको बगैँचामा भएको जस्तो जीवन हुनेछैन, तैपनि उनीहरूको सार उस्तै हुनेछ; मानवजाति उनीहरूको पहिलेको भ्रष्ट नभएको स्व मात्र हुनेछैन, तर बरु भ्रष्ट भएको मानवजाति र पछि मुक्ति पाएको मानवजाति हुनेछ। यी मुक्ति पाएका मानिसहरू अन्तमा (अर्थात्, परमेश्‍वरको काम समाप्‍त भएपछि) विश्राममा प्रवेश गर्नेछन्। त्यसरी नै, अन्तमा ती दण्ड दिइनेहरूका परिणामहरू पनि पूर्ण रूपमा प्रकट गरिनेछ र परमेश्‍वरको काम समाप्‍त भएपछि मात्र उनीहरूलाई नष्ट पारिनेछन्। अर्को शब्दमा, उहाँको काम सिद्धिएपछि, ती दुष्ट काम गर्नेहरू र ती मुक्त भएकाहरूलाई प्रकट गरिनेछन्, किनभने सबै किसिमका मानिसहरूलाई (चाहे उनीहरू दुष्ट कर्म गर्नेहरू हुन् वा उनीहरूमध्ये मुक्त भएकाहरू हुन्) प्रकट गर्ने कार्य हरेकमाथि एकै समयमा कार्यान्वयन गरिनेछ। दुष्ट काम गर्नेहरूलाई हटाइनेछन् र ती रहन दिइएकाहरूलाई एकै समयमा प्रकट गरिनेछन्। यसकारण, सबै किसिमका मानिसहरूका परिणामहरूलाई उही समयमा प्रकट गरिनेछन्। मुक्तिमा ल्याइएका मानिसहरूको समूहलाई परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई पन्छाउन र एक समयमा उनीहरूलाई थोरै मात्र न्याय गर्न वा दण्ड दिन अघि नै विश्राममा प्रवेश गर्न दिनुहुनेछैन; त्यो तथ्यहरूसँग समान हुँदैन। जब दुष्ट काम गर्नेहरूलाई नष्ट गरिन्छन् बाँच्न सक्नेहरू विश्राममा प्रवेश गर्छन्, तब सारा ब्रह्माण्डभरिको परमेश्‍वरको काम पूरा हुनेछ। आशिष्‌हरू पाउनेहरू र दुर्गति भोग्नेहरू माझ कुनै पनि प्राथमिकता क्रम हुनेछैन; ती आशिष्‌ पाउनेहरू सदासर्वदाको निम्ति जिउनेछन्, जबकि दुर्गति भोग्नेहरू सारा अनन्तताको निम्ति नष्ट हुनेछन्। यी दुई चरणका कामहरू उही समयमा पूरा गरिनेछन्। अनाज्ञाकारी मानिसहरूको अस्तित्वको कारणले अधीनमा रहनेहरूको धार्मिकता स्वभाविक रूपमा प्रकट गरिनेछ, र त्यहाँ आशिष्‌ प्राप्‍त गर्नेहरू पनि छन् ताकि दुष्ट काम गर्नेहरूले उनीहरूका दुष्ट आचरणको कारण दुर्गति भोगेको कुरा प्रकट गरिनेछ। यदि परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई प्रकट गर्नुभएको थिएन भने, तब इमानदार पूर्वक परमेश्‍वरको अधीनमा रहने मानिसहरूले कहिल्यै पनि सूर्य देख्दैनथे; यदि परमेश्‍वरले उहाँका अधीनमा बस्नेहरूलाई उपयुक्त गन्तव्यमा लानु भएन भने, तब परमेश्‍वरप्रति अनाज्ञाकारी हुने उनीहरूलाई सुहाउने प्रतिफलहरू पाउन सक्षम हुँदैनथे। यो परमेश्‍वरको कामको प्रकृया हो। यदि उहाँले दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने कार्यलाई कार्यान्वयन गर्नुभएको थिएन भने, तब उहाँका सृष्टिहरू उनीहरूका आ-आफ्नो गन्तव्यहरूमा प्रवेश गर्न सक्षम हुने थिएनन्। एक पटक मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्ट काम गर्नेहरूलाई नष्ट पारिनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नु पर्ने कार्यहरू अनुसार उनीहरूको आ-आफ्नै किसिमसँग हुनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मानवजातिको विकासको निम्ति अपरिहार्य प्रचलन हुनेछ, र जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्‍वरको महान्‌ र आखिरी उपलब्धिले पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यो कार्यले मानवजातिको शरीरको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त गर्नेछ। त्यस पश्चात्, मानवजाति नयाँ राज्यमा प्रवेश गर्नेछ। तथापि सबै मानव शरीरमा नै जिउँछन्, तर पनि जीवनको सार र भ्रष्ट मानवजातिको जीवनबीच सार्थक भिन्नताहरू छन्। अस्तित्वको सार्थकता र भ्रष्ट मानवजातिको अस्तित्वको सार्थक तापनि फरक हुन्छ। यद्यपि, यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्‍त गरेको मानवजातिको जीवन साथै मानवता र विवेकलाई पुनःप्राप्‍त गरिएको मानवजातिको एउटा जीवन भन्न सकिन्छ। यी ती मानिसहरू हुन् जो कुनै समय परमेश्‍वरप्रति अनाज्ञाकारी थिए, जसलाई परमेश्‍वरले जित्नुभयो र त्यसपछि उहाँले मुक्त गर्नुभयो; यी ती मानिसहरू हुन् जसले परमेश्‍वरको अपमान गरेका थिए र पछि उहाँको गवाही वहन गरे। उहाँको जाँच भएर गुज्रेर र बाँचेपछि उनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण छ; उनीहरू शैतानको सामु परमेश्‍वरको गवाही दिने मानिसहरू हुन् र बाँच्न योग्यका मानव हुन्। ती नष्ट पारिनेहरूचाहिँ परमेश्‍वरको निम्ति गवाहीको रूपमा खडा हुन नसक्नेहरू र जिइरहन अयोग्यहरू हुन्। उनीहरूको विनाश उनीहरूको दुष्ट आचरणको परिणाम हुनेछ, र यस्तो सर्वनाश नै उनीहरूको निम्ति उत्तम गन्तव्य हो। भविष्यमा, जब मानवजाति सुन्दर राज्यमा प्रवेश गर्नेछ, मानिसहरूले त्यहाँ पाउनेछन् भनी कल्पना गरेका पति र पत्‍नीबीच, बुबा र छोरीबीच, वा आमा र छोरा बीचको कुनै सम्बन्धहरू हुनेछैन। त्यस बेला, हरेक मानवले उनीहरूको आ-आफ्नै वर्ग-समूहलाई पछ्याउनेछ र परिवारहरूलाई पहिले नै चकनाचूर पारिएको हुनेछ। पूर्ण रूपमा असफल भएकोले शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन र मानवजातिमा भ्रष्ट शैतानी स्वभावहरू हुनेछैनन्। ती अनाज्ञाकारी मानिसहरूलाई पहिले नै नष्ट गरिसकेका हुनेछन्, र अधीनमा रहने मानिसहरू मात्र रहनेछन्। यस्तै, अति थोरै परिवार मात्र अखण्ड रहेनछन्; शारीरिक नाता-सम्बन्धहरू कसरी रहिरहन सक्छ? मानवजातिको अघिल्लो शारीरिक जीवनलाई पूर्ण रूपमा निषेध गरिनेछ; तब मानिसहरू माझ शारीरिक नाता-सम्बन्धहरू कसरी रहन सक्छ? भ्रष्ट शैतानी स्वभावहरूविना, मानव जीवन यस उप्रान्त विगतको पुरानो जीवन हुनेछैन, तर बरु नयाँ जीवन हुनेछ। बुबाआमाहरूले छोराछोरीहरू गुमाउनेछन् र छोराछोरीहरूले बुबाआमाहरू गुमाउनेछन्। पतिहरूले पत्नीहरूलाई गुमाउनेछन् र पत्‍नीहरूले पतिहरूलाई गुमाउनेछन्। हाल मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरू रहेको छ, तर सबै जना एक पटक विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त सो रहनेछैन। यस किसिमका मानवजातिले मात्र धार्मिकता र पवित्रता हासिल गर्नेछन्; यस किसिमका मानवजातिले मात्र परमेश्‍वरको आराधना गर्न सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०१

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टिमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै परमेश्‍वरको सृष्टिहरूको अनिवार्य कार्य गुमायो, त्यसैद्वारा उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी शत्रु भए। त्यसपछि मानवजाति शैतानको अधिकार-क्षेत्रमा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्नो सृष्टिहरू माझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भयपूर्ण आदरलाई जित्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्त गर्नुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनको निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनको निम्ति ती अनाज्ञाकारिताका सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई दृढ रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरप्रति अनाज्ञाकारी भएका ती शत्रुहरूलाई उहाँले नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँप्रति अनाज्ञाकारी ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०२

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र संकष्टमा पर्नेछ। यो संकष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो संकष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो, र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ, र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। संकष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइ विहीन हुन्छन्, तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-संकष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्‍न सक्‍ने भए तापनि, अन्तिम संकष्टबाट उम्‍कन कोही पनि सक्‍दैन, र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो संकष्ट अति बृहत शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण निष्कासनको कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन्, र तिनीहरू परमेश्‍वरबाट अलग समेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ, र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवता विहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ, वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारीलाई कुनै पनि शब्‍द वा कारण विना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूत आत्‍माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? मानिसलाई मुक्त गर्ने कार्य विजयको कामको पूर्णतालाई पछ्याएर हासिल गरिँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वर विहीन हुने ती देखावटी मानिसहरूलाई सफाइ गरिएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पुर्ण रूपमा हटाइनेछ, र हटाइएकाहरू दियाबलसबाटका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन्, र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ संकष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन्, तर जब परमेश्‍वरको काम समाप्त हुन लागेको हुन्छ, तैँले “पछ्याउनु” को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, संकष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले, अर्थात्, परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छ, र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन्, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न। तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा, राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन्, र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन्, र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। संकष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकार अनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ, र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो, र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ, र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०३

दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरप्रति श्रद्धाको हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरप्रति आज्ञाकारिताको हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काम बाधा दिने र उहाँलाई चुनौती दिनेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति आज्ञाकारी नहुनु वा उहाँलाई आदर नगर्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र अविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू अविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूले निश्चित रूपमा निष्कासनको सामना गर्नेछन्। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरलाई आदर गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्‍वरको भवनमा अझ बढी यस्तो हुँदैन र? के ती मापदण्डहरू अझ कडा छैनन् र? के त्यहाँ अझ बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्नु मिल्दैन। परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?

— वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०४

प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीका लागि समस्या उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा हस्तक्षेप गर्दछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्‍वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई अलग गर्छन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्‍लो घस्‍ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” प्रायः मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ सुटुक्क यताउता जान्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “दिमागी भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई उनीहरूले बाहिर निकालिदिन्छन्, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि विश्‍वासीहरू खडा हुँदैनन् र प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई निकाल्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई “स-साना झिँगोहरू” ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि विश्‍वासीहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछन्। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन।

— वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०५

जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले सत्यको अभ्यास गर्नेहरूको सधैँ डाह गर्छन्, र अस्तव्यस्त दिमाग भएका र विवेकको कमी हुनेहरूलाई सधैँ धोका दिन खोज्छन्। यी व्यक्तिहरूले ओकल्ने कुराहरूले तँलाई बिगार्न, तल खसाल्न, एक असामान्य अवस्था विकास गर्न, र अन्धकारले भर्न सक्छ। ती कुराले तँलाई परमेश्‍वरबाट टाढा लैजान र शरीरको कदर गर्न र आफैमा लिप्त हुने बनाउन सक्छ। सत्यलाई प्रेम नगर्ने र परमेश्‍वरप्रति सदैव लापरवाही हुने व्यक्तिहरूमा आत्म-चेतना हुँदैन र त्यस्ता व्यक्तिहरूको स्वभावले अरूलाई पाप गर्न र परमेश्‍वरलाई चुनौती दिन लोभ्याउँछ। तिनीहरू सत्यताको अभ्यास गर्दैनन्, न त तिनीहरू अरूलाई त्यो अभ्यास गर्न दिन्छन्। तिनीहरू पापलाई सम्हालेर राख्छन् र आफैप्रति कुनै घृणा हुँदैन। तिनीहरूले आफैलाई चिन्दैनन्, र तिनीहरूले अरूलाई पनि आफूलाई चिन्न दिँदैनन्; तिनीहरू अरूलाई पनि सत्यको चाहना गर्नबाट रोक्छन्। तिनीहरूले धोका दिएकाहरूले ज्योति देख्न सक्दैनन्। तिनीहरू अन्धकारमा पर्छन्, आफैलाई चिन्दैनन्, सत्यको बारेमा अस्पष्ट हुन्छन्, र परमेश्‍वरबाट झनझन धेरै टाढा हुन्छन्। उनीहरूले सत्यको अभ्यास गर्दैनन् र उनीहरूले सबै मूर्खहरूलाई आफ्नो अगि ल्याउँदै अरूलाई पनि सत्यको अभ्यास गर्नबाट रोक्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भन्नुको साटो उनीहरू आफ्ना पुर्खाहरूमा विश्‍वास गर्छन् वा उनीहरूका हृदयका मूर्तिहरूमा विश्‍वास गर्छन् भनी भन्‍नु उचित हुन्छ। परमेश्‍वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्‍वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैंले विश्‍वास गरेको साँच्चै परमेश्‍वर हुनुहुन्छ कि शैतान हो? यदि तैंले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैंले कसमाथि विश्‍वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्‍वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु बाध्य पार्दैन। तिमीहरू ममा विश्‍वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्‍नँ, किनकि जुन कुरामा तिमीहरू विश्‍वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अन्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अन्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैंले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैंले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!

— वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०६

परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्ने मानिसहरू ती हुन् जो परमेश्‍वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्‍वर सम्‍बन्धी आफ्‍ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्‍वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्‍वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई अवरोध पुर्‍याउँछन् र परमेश्‍वरको काममा बाधा उत्पन्न गर्छन् तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेको लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझशक्ति नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्‍वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्‍वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्। सत्यको अभ्यास नगर्ने योजना बनाउनेहरूलाई म उनीहरू अझ बढी पापहरू गर्नबाट जोगिनको निम्ति सम्भव भएसम्म चाँडोभन्दा चाँडो मण्डली छोडेर जाने सल्लाह दिन्छु। जब समय आउँछ, तब पछितो गर्न धेरै ढिलो भइसकेको हुनेछ। विशेष गरी, गुट र सम्प्रदायहरू बनाउनेहरू र मण्डलीभित्रका स्थानीय बदमासहरूले तुरुन्तै मण्डली छोड्नुपर्छ। त्यस्ता मानिसहरू, जसका स्वभाव दुष्ट ब्वाँसाहरूको जस्तो छ, तिनीहरू परिवर्तन हुन असमर्थ हुन्छन्। तिनीहरूले सबैभन्दा पहिलो मौकामा नै यदि मण्डली छोडे भने त्यो राम्रो हुन्छ, यसैले कि दाजुभाइ, दिदी-बहिनीहरूको सामान्य जीवनलाई फेरि कहिल्यै पनि बाधा नपरोस्, र यसरी परमेश्‍वरको दण्डबाट बच्न सकून्। तिमीहरू जो उनीहरूसँगै हिँडेका छौ तिमीहरूले यस अवसरलाई आफ्नै बारेमा विचार गर्न सदुपयोग गऱ्यौ भने राम्रै गर्नेछौ। के तँ दुष्टहरूसँगै मण्डली छोड्नेछस् वा बसेर आज्ञाकारी भई पछ्याउनेछस्? तैंले यस कुरामा ध्यानपूर्वक विचार गर्नुपर्छ। म तिमीहरूलाई छनौट गर्ने अझै एउटा मौका दिन्छु, र म तिमीहरूको जबाफको प्रतीक्षा गर्दछु।

— वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०७

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार चल्न सक्नुपर्छ। तथापि, सबैले यो सन्देश बुझे पनि, मानिसका विविध कठिनाइहरूको कारण—उदाहरणको लागि, उसको अज्ञानता, निरर्थकता र भ्रष्टताको कारण—यी सत्यहरू उसमा सम्पूर्ण रूपले स्पष्ट देखिँदैनन्, जुन सबैभन्दा स्पष्ट र आधारभूत कुराहरू हुन्, त्यसैले तिमीहरूको अन्त्य अपरिवर्तनीय हुनुभन्दा अगाडि, म पहिले तिमीहरूलाई तिमीहरूको लागि अत्याधिक महत्त्वका केही कुराहरू बताउन चाहन्छु। म अघि बढ्नुभन्दा पहिले, तिमीहरूले यो बुझ्‍नुपर्छ: मैले बोल्ने वचनहरू सम्पूर्ण मानवजातिप्रति लक्षित सत्यताहरू हुन्; तिनीहरू केवल निश्‍चित व्यक्ति वा निश्‍चित प्रकारको व्यक्तिको लागि मात्र सम्बोधन गरिएका होइनन्। त्यसकारण, तिमीहरूले मेरा वचनहरूलाई सत्यताको दृष्टिकोणबाट बुझ्नको लागि ध्यान केन्द्रित गर्नुपर्छ र तिमीहरूसँग अविभाजित ध्यान र इमानदारीताको आचरण हुनुपर्छ; मैले बोलेका कुनै पनि वचन वा सत्यलाई बेवास्ता नगर्नू र मैले बोलेका सबै वचनहरूलाई हल्का रूपमा नलिनू। तिमीहरूले तिमीहरूको जीवनमा सत्यसँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ भन्ने मैले देखेको छु र त्यसैले म तिमीहरूलाई विशेष अनुरोध गर्दछु, कि तिमीहरू सत्यताका सेवकहरू बन, तिमीहरू दुष्टता र कुरूपताको दास नबन र तिमीहरूले सत्यतालाई नकुल्चिओ वा परमेश्‍वरको घरको कुनै पनि भागलाई अपवित्र नतुल्याओ। तिमीहरूलाई मेरो अर्ती यही हो। अब म हालको विषयमा कुरा गर्नेछु।

पहिलो, तिमीहरूको नियतिको लागि, तिमीहरूले परमेश्‍वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्‍वरको घरानाको एक सदस्य भएको कुरा स्वीकार गरेको हुनाले तिमीहरूले परमेश्‍वरकहाँ मनको शान्ति ल्याउनुपर्छ र सबै कुराहरूमा उहाँलाई सन्तुष्ट पार्नुपर्छ। अर्को शब्दमा भन्ने हो भने, तँ आफ्ना सबै कार्यहरूमा अनुशासित हुनुपर्छ र तिनीहरूमा सत्यता बमोजिम चल्नुपर्छ। यदि यो कुरा तिमीहरूको वशभन्दा बाहिर छ भने परमेश्‍वरले तिमीहरूलाई तिरस्कार र इन्कार गर्नुहुनेछ र हरेक मानिसले घृणा गर्नेछ। तिमीहरू यस्तो बन्धनमा फसिसकेपछि, तिमीहरूलाई परमेश्‍वरको घरानाको सदस्यको रूपमा गणना गर्न सकिँदैन, र परमेश्‍वरले स्वीकृति नदिनु भन्नुको मतलब ठ्याक्कै यही हो।

दोस्रो, परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुनसक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदी तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छैन भने तँभित्र अनाज्ञाकारिता, छलकपट, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीतादेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

मैले तिमीहरूलाई भन्न चाहेको तेस्रो कुरा हो: प्रत्येक व्यक्तिले परमेश्‍वरप्रतिको विश्‍वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्‍वरलाई धोका दिने र प्रतिरोध गर्ने खालका कामहरू गरेको छ। केही दुष्कर्महरूलाई कसूरको रूपमा उल्लेख गरिरहनु आवश्यक छैन, तर केही भने अक्षम्य छन्; किनभने त्यसमा धेरै कर्महरू छन् जसले प्रशासनिक विधि उल्लंघन गर्छन् जसले परमेश्‍वरको स्वभावलाई नै अपमान गर्छन्। आफ्नै अन्तको गतिबारेमा चिन्ता गर्ने धेरै व्यक्तिहरूले यी कर्महरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरू स्वभावैले घमण्डी र अहङ्कारी छौ र तथ्यहरूमा समर्पित हुन अनिच्छुक छौ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा अनुशासित नभएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा अनुशासनहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा अनुशासित हुनुहुन्छ भन्ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसको पापको निम्ति अरू कुनै बलिदान छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्‍चातापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले नियमहरू उल्लंघन गर्‍यो, तर आवश्यक कारबाहीमा परेपछि र मार्गदर्शन दिएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज सतर्क भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरको इच्छा खोज्छस्, र तँसँग परमेश्‍वरप्रति आदरभाव भएको हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरलाई आदर गर्दैन र जोसँग डरमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थालाई भङ्ग गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई बाहिर फ्याँकिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरूले आफ्नो अनभिज्ञ असल नियतको दममा परमेश्‍वरको भवनमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलो पल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ। अहिलेसम्ममा तैँले परमेश्‍वरमाथिको विश्‍वास ईश्‍वर शास्‍त्रको अध्ययन मात्र होइन भन्ने कुरा बुझिसकेको हुनुपर्छ।

मैले तिमीहरूलाई अर्ती दिएका शब्दहरू संक्षिप्त भए तापनि मैले बताएका ती सबै कुराहरू तिमीहरूमा निकै कमी छ। मैले अहिले बताएका कुराहरू मानिसहरू माझ मेरो अन्तिम कार्यको लागि र मानिसहरूको अन्त्य निर्धारण गर्नको लागि हो भनी तिमीहरूले बुझ्नुपर्छ। म कुनै उद्देश्य नै पूरा नगर्ने अत्याधिक धेरै कार्य गर्न चाहन्न, न त कुहेका काठ जस्तै विवश भई तिमीहरूलाई मार्गदर्शन नै गरिरहन चाहन्छु, झनै गुप्‍तमा गलत नियत थुपारिरहनेहरूलाई अगुवाइ गर्नु त परै जाओस्। शायद एक दिन तिमीहरूले मेरा वचनहरू पछाडिका अभिप्रायहरू र मैले मानवजातिको लागि गरेका योगदानहरूलाई बझ्‍नेछौ। सायद एक दिन तिमीहरूले त्यो सन्देश बोध गर्नेछौ जसले तिमीहरूलाई आफ्नो अन्त्यबारे निर्णय गर्न सक्षम तुल्याउनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू” बाट

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०८

मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्‍वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य अवज्ञाहरू र विद्रोहहरूलाई पनि नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्‍नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराधहरू र अवज्ञाहरू अनगिन्ती भएका छन्, त्यसैले मैले आफैलाई तिमीहरूसमक्ष निरन्तर दोहोर्याइरहेको कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक मैले अघि भनेका कुराहरूलाई दोहोर्याउँछु। म आशा गर्छु कि तिमीहरूले मलाई सन्तुष्ट पार्नेछौ र अझ भन्ने हो भने, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्‍वास गर्न सक्‍नेछौ र मेरा वचनहरूको गहन तात्पर्य बुझ्नेछौ। मैले जे भन्छु त्यसमा शङ्का नगर, मेरा वचनहरूलाई मन लागे टिप्ने अनि मन लागे हुत्याइफाल्ने त झन् गर्दै-नगर; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूलाई प्रलोभनमा पार्दैछु भन्ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरूले, मेरा वचनहरूलाई कहिल्यै पनि सराहना नगर्ने अनि मलाई सधैँ उपेक्षा गर्ने कार्य गर्दै, मलाई र मैले भनेका कुराहरूलाई शङ्काको दृष्टिले व्यवहार गर्ने भएकोले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: मैले जे भन्छु त्यसलाई दर्शनशास्‍त्रसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। अवहेलनाको साथमा मेरा वचनहरूको प्रत्युत्तर दिने कार्य त झन् गर्दै-नगर। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्‍वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म के आशा गर्छु भने तिमीहरूलाई ज्योतिको पथमा ल्याउन सकियोस्। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्ने हो।

— वचन देहमा देखा पर्नुहुन्छको “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६०९

लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उ‍म्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले, तँलाई रोक्ने केही नभएको गलत पक्षमा रहँदै, मनलागी गरिरहन चाहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्‍वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?

पहिलो, तेरा सबै अपराधहरूलाई एकपल्ट हेर् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र तँमा भएका जुनसुकै सोचहरूको जाँच गर्।

यो तैँले सजिलैसँग गर्न सक्‍ने एउटा कुरा हो, र म सबै बुद्धिमान मानिसहरूले यो कुरा गर्न सक्छन् भन्ने विश्‍वास गर्छु। तथापि, जसलाई अपराध र सत्यता के हुन् भन्ने नै थाहा छैन तिनीहरू अपवाद हुन्, किनभने आधारभूत तहमा तिनीहरू बुद्धिमान मानिसहरू होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु जसलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ, जो इमान्दार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लंघन गरेका छैनन् र आफ्ना अपराधहरू सजिलैसित देख्न सक्छन्। मैले तिमीहरूलाई पूरा गर्न लगाएको एउटा कुरा यही भए तापनि, र तिमीहरूलाई त्यो कुरा पूरा गर्न सजिलो भए तापनि, मैले तिमीहरूले पूरा गर्न अनिवार्य गरेको कुरा यही मात्रै होइन। जे-जस्तो कुरा भए पनि, तिमीहरू यी आवश्यकताप्रति एक्लै हाँस्नेछैनौ अनि विशेष गरी तिमीहरूले यसलाई तुच्छ नजरले हेर्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्ने म आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र बेवास्ता गर्नुहुँदैन।

दोस्रो, तेरा हरेक अपराधहरू र अवज्ञाहरूको लागि तैँले सम्बन्धित सत्यतालाई खोज्नुपर्छ, त्यसपछि ती सत्यताहरूलाई ती समस्याहरू समाधान गर्नको लागि प्रयोग गर्नुपर्छ। त्यसपछि, तेरा ती अपराधी कार्यहरू र अवज्ञाकारी विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।

तेस्रो, तैँले आफू इमान्दार मानिस बन्नुपर्छ, सँधै बाठो बनिरहने र निरन्तर छली रहिरहने व्यक्ति होइन। (यहाँ मैले तिमीहरूलाई फेरि पनि एक इमान्दार व्यक्ति बन्नू भनी अनुरोध गरिरहेको छु।)

यदि तैँले यी तीन वटै कुराहरू पूरा गर्न सक्छस् भने, तँ भाग्यमानीहरू मध्येको एक होस्—एक यस्तो व्यक्ति जसको सपना पूरा हुन्छ र जसको भाग्य चम्कन्छ। शायद तिमीहरूले यी तीन अनाकर्षक आवश्यकताहरूलाई गम्भीर रूपमा लिनेछौ होला, वा शायद तिमीहरूले तिनलाई गैर-जिम्मेवारपूर्वक लिनेछौ होला। जेसुकै गरे तापनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूको आदर्शलाई व्यवहारमा उतार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूलाई मूर्ख बनाउनु होइन।

मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई जे भनिरहेको छु त्यो एकमा एक जोड्दा दुई हुन्छ भन्‍ने जत्तिको सरल छैन। यदि तिमीहरू यसको बारेमा त्यत्तिकै कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउँछौ मात्रै भने तिमीहरूका योजनाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि केवल खाली पानामा मात्र सीमित रहिरहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौं कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, जसले मेरा मागहरू पूरा गरेका छैनन् म तिनीहरूलाई सजाय दिन्छु, पुरस्कार दिन्नँ, सहानुभूति दिने कुरा त परै जाओस्। तिमीहरूले कल्पना गर्न सक्छौ कि वर्षौंसम्‍म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र एक सेवाकर्ता भएकै कारण तिमीहरूलाई परमेश्‍वरको घरमा एक कचौरा भात प्रदान गरिनुपर्छ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो आचरणमा कति सुधार गरिस् भन्ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैंले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा शैतानको रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिन।

— वचन देहमा देखा पर्नुहुन्छको “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६१०

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र मानवता हासिल गर्छौ, यस्ता मानिस बन्छौ जसले परमेश्‍वरको लागि आफूसँग भएका सबै कुरा र ज्यानै पनि त्याग्नसक्छ, र यस्तै-यस्तै अन्य कुराहरू गर्नेछौ। यी सबै आशाहरू तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र अवज्ञाबाट आएका हुन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म कहिले पनि थकाइ मार्दिन, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्नुपर्थ्यो भने म त भन्छु, तैँले बारम्बार अपराधहरू गर्ने थिइनस् र तेरा मुखहरू कुहिएका हुने थिएनन्। के यो स्पष्ट छैन र?

तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्‍वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्‍नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्र अवज्ञा गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्छुक व्यक्ति होस् भने अवश्य पनि परमेश्‍वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्‍म झनझन बढी अवज्ञा गर्दै जानेछस् जबसम्‍म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशीर्वादहरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।

— वचन देहमा देखा पर्नुहुन्छको “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६११

मेरो काम सुचारु रूपमा बढ्दै जाओस् र सारा ब्रह्माण्डमा मेरो उद्घाटनको काम सही र सिद्ध रूपमा गरियोस् भनेर, आज म मेरा वचनहरू, अधिकार, प्रताप र न्याय सबै देश र जातिका मानिसहरू प्रकट गर्दै तिमीहरूको आफ्‍नै अस्तित्वको खातिर तिमीहरूलाई अर्ती दिन्छु। म जुन काम तिमीहरूका माझमा गर्छु, त्यो सारा ब्रह्माण्डमा हुने मेरो कामको सुरुआत हो। अहिले आखिरी दिनहरूको समय आइसकेको भए पनि यो जान कि “आखिरी दिनहरू” अरू केही नभएर एउटा युगको नाउँ मात्रै हो; व्यवस्थाको युग र अनुग्रहको युगले जस्तै यसले एउटा युगलाई सङ्केत गर्दछ, र यसले अन्तिम केही वर्ष वा महिनालाई मात्र नबुझाएर सम्पूर्ण युगलाई नै जनाउँछ। तापनि आखिरी दिनहरू अनुग्रहको युग र व्यवस्थाको युगजस्तो हुँदैन। आखिरी दिनहरूको काम इस्राएलमा गरिँदैन, तर अन्यजातिहरूको माझमा गरिन्छ; यो इस्राएल बाहिरका सबै जाति र कुलका मानिसहरूको मेरो सिंहासन अगि हुने विजय हो, यसैले कि सारा ब्रह्माण्डमा भएको मेरो महिमाले ब्रह्माण्ड र आकाशमण्डललाई भर्न सकोस्। यसरी त्यसले अझ ठूलो महिमा प्राप्त गर्न सकोस्, अनि पृथ्वीका सबै प्राणीहरूले पुस्ता-पुस्तासम्म मेरो महिमा प्रत्येक जातिमा सार्न सकून्, र स्वर्ग र पृथ्वीमा भएका सबै प्राणीहरूले पृथ्वीमा मैले प्राप्त गरेको महिमा देख्न सकून्। आखिरी दिनहरूको अवधिमा गरिने कार्य विजयको कार्य हो। यो पृथ्वीमा हुने सबै मानिसहरूका जीवनको मार्गनिर्देशन होइन, तर पृथ्वीमा मानव जातिको अविनाशी, हजारौं वर्ष लामो कष्टको जीवन हो। त्यसको फलस्वरूप, आखिरी दिनहरूका काम इस्राएलमा भएको हजारौं वर्षको कामजस्तो हुँदैन, न त त्यो यहूदियामा गरिएको केही वर्षको काम जस्तो नै हुन्छ, जुन परमेश्‍वरको दोस्रो देहधारण नहुञ्जेल दुई हजार वर्षसम्म जारी रहेको थियो। आखिरी दिनमा जिउने मानिसहरूले उद्धारक फेरि शरीरमा देखा पर्नु भएको मात्र देख्नेछन् अनि तिनीहरूले परमेश्‍वरको व्यक्तिगत काम र वचनहरू प्राप्त गर्नेछन्। आखिरी दिनहरू समाप्त हुनुभन्दा अघि दुई हजार वर्ष बितेको हुनेछैन; ती छोटो हुनेछन्; ठीक त्यो समयजस्तै जुन बेला येशूले यहूदियामा अनुग्रहको युगको काम गर्नुभएको थियो। किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्ति हुनेछ। ती परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको परिपूर्ति र समाप्ति हुनेछ, अनि तिनले मानव जातिको कष्टको जीवन यात्रालाई समाप्त गर्नेछ। तिनले सम्पूर्ण मानव जातिलाई एउटा नयाँ युगभित्र लैजाने छैनन् वा मानव जातिको जीवनलाई निरन्तर बढ्ने अनुमति दिने छैनन्; मेरो व्यवस्थापन योजनामा वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुँदैन। यदि मानव जाति यसरी नै अगि बढिरह्‍यो भने, ढिलो चाँडो तिनीहरू दियाबलसद्वारा पूर्ण रूपमा नाश पारिनेछन्, अनि तिनीहरूका आत्मा, जुन मेरो हो, त्यो त्यसको हातद्वारा नाश हुनेछ। मेरो काम छ हजार वर्षसम्म रहन्छ, र म प्रतिज्ञा गर्दछु, कि सारा मानव जातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्षभन्दा धेरै रहनेछैन। यसैले अब समय समाप्त भएको छ। म न त यो जारी राख्छु न अझै ढिलो नै गर्छु: आखिरी दिनहरूमा म शैतानलाई पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा रहेका मेरा सबै आत्माहरू फेरि प्राप्त गर्नेछु, ताकि यी दुःखी प्राणहरू कष्टको समुद्रदेखि उम्कन सकून्, यसरी पृथ्वीमा मेरा सबै काम समाप्त हुनेछ। यो दिनदेखि उसो म पृथ्वीमा फेरि कहिल्यै देह हुनेछैन, अनि सबैमाथि नियन्त्रण गर्ने मेरो आत्माले पृथ्वीमा फेरि कहिल्यै काम गर्नेछैन। म पृथ्वीमा एउटै मात्र काम गर्नेछु: म मानव जातिलाई फेरि पहिलेदेखि बनाउनेछु, जुन मानव जाति पवित्र हुनेछ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुनेछ। तर यो जान, कि म सम्पूर्ण संसारलाई पूर्ण रूपमा नाश पार्नेछैन, न त म मानव जातिको संसारलाई नै पूर्ण रूपमा नाश पार्नेछु। म बाँकी रहेको तेस्रो भागलाई बचाएर राख्‍नेछु—त्यो तेस्रो भाग जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा जितिएको छ, र म यो तेस्रो भागलाई फलदायी र वृद्धि हुने बनाउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए, म तिनीहरूलाई प्रशस्त भेडा र गाईवस्तु साथै पृथ्वीका सारा सम्पत्तिले पोषण गर्नेछु। यो मानव जाति सदासर्वदा मेरो साथमा रहनेछ, तापनि यो आजको दुःखलाग्दो फोहोर मानव जाति हुनेछैन, तर यस्तो मानव जाति, त्यही मानिसहरूको झुन्ड हुनेछ जो मद्वारा प्राप्त गरिएको छ। त्यस्तो मानव जातिलाई शैतानले हानि गर्न, बाधा दिन वा फन्दामा पार्न सक्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा हुने एक मात्र मानव जाति हुनेछ। यो त्यही मानव जाति हो जसलाई आज मैले जितेको र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। अनि यसैले आखिरी दिनहरूमा जितिने मानव जाति त्यही मानव जाति हो जो बचाइनेछ र मेरो अनन्त आशिषहरूद्वारा प्राप्त गरिनेछ। शैतान माथि मेरो विजयको प्रमाण र शैतानसित लडाइँबाट प्राप्त भएको लुटको माल यही मात्र हुनेछ। लडाइँका यी लुटका मालहरू शैतानको अधिकार क्षेत्रबाट खोसेर मैले बचाएँ, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र टुङ्गो र फल हो। तिनीहरू प्रत्येक जाति र सम्प्रदायबाट, सारा ब्रह्माण्डका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका, विभिन्न भाषा-भाषीहरू, रीतिथितिहरू र छालाको वर्णको हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक जाति र सम्प्रदायमा संसारको हरेक कुनामा फैलिएका छन्। आखिरीमा, तिनीहरू सम्पूर्ण मानव जाति निर्माण गर्न एकसाथ आउनेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैन। मैले मानव जातिको बीचबाट मुक्ति नदिएका र नजितेका मानिसहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि सारा अनन्तताभरि मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोर मानव जातिलाई नाश पार्नेछु, जसरी मैले मिश्रमा जन्‍मेका ज्येष्ठ पुत्रहरू र पशुहरूलाई मारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मैले जितेका मानिसहरू, जो मेरो परिवारका पनि हुन्, तिनीहरूले त्यो थुमाको मासु खाँदैनन् र, जुन थुमा म हुँ, र के तिनीहरूले थुमाको रगत पिउँदैनन् र, जुन थुमा म हुँ, के तिनीहरू मद्वारा छुटकारा पाएकाहरू र मेरो आराधना गर्नेहरू होइनन् र? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के मेरो, अर्थात्, थुमाको मासु नहुनेहरू अघिबाटै चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो विरोध गर्छौ, र मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तापनि, तिमीहरूका हृदयको गहिराइमा भएको कठोरताले मेरो क्रोध बटुल्दैछ, तिमीहरूको शरीरमा अझ धेरै कष्ट ल्याउँछ, तिमीहरूका पापको निम्ति अझ धेरै दण्ड ल्याउँछ, अनि तिमीहरूको अधर्ममाथि अझ धेरै क्रोध ल्याउँछ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो क्रोधको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधर्म उम्कन सक्छ? कसका पापहरू म, सर्वशक्तिमान्‌को हातबाट उम्कन सक्छ? कसको अनाज्ञाकारीता म, सर्वशक्तिमान्‌को न्यायबाट उम्‍कन सक्छ? म, यहोवा, यी कुराहरू तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका वचनहरूभन्दा उच्‍च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा कठोर छौ। मैले शान्तिसाथ मेरो काम रहिरहँदा के तिमीहरूले मेरो क्रोध थुपार्दैनौं र? म, सर्वशक्तिमान्‌को दिनमा तिमीहरू हानिबाट कसरी उम्कन सक्छौ?

— वचन देहमा देखा पर्नुहुन्छको “जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ६१२

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धार्मिक स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूका सल्लाहमा हिँडून् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र सेवा गर्न पनि योग्य नभएकाहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धार्मिक स्वभावले कसैलाई पनि दया देखाउँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट उद्धृत गरिएको

अघिल्लो: जीवनमा प्रवेश (६)

अर्को: परमेश्‍वरलाई चिन्‍नु (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विजयको कामको भित्री सत्यता (३)

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान...

प्रस्तावना

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन...

परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्