ग. ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्वर ख्रीष्टविरोधीहरूलाई कसरी चित्रण गर्नुहुन्छ? सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्नेहरूका रूपमा—तिनीहरू परमेश्वरका शत्रु हुन्! सत्यताको विरोध गर्नु, परमेश्वरलाई घृणा गर्नु, र सबै सकारात्मक कुरालाई घृणा गर्नु—यो साधारण मानिसहरूमा पाइने क्षणिक कमजोरी वा मूर्खता होइन, न त क्षणिक विकृत बुझाइबाट उत्पन्न हुने गलत सोच र दृष्टिकोणको प्रकाश नै हो; समस्या यो होइन। समस्या त तिनीहरू ख्रीष्टविरोधी, परमेश्वरका शत्रु हुनु, तिनीहरूले सारा सकारात्मक कुरा र सारा सत्यतालाई घृणा गर्नु हो; तिनीहरू परमेश्वरलाई घृणा र विरोध गर्ने पात्र हुन्। परमेश्वर यस्ता पात्रहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न! यी मानिसहरू सत्यतालाई तिरस्कार र घृणा गर्छन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? यहाँ दुष्टपन, उग्रपन, र सत्यताप्रतिको घृणाको खुलासा भइरहेको छ। यो त भ्रष्ट स्वभावहरूमध्ये सबैभन्दा गम्भीर शैतानी स्वभावहरू हो, जसले सामान्य भ्रष्ट मानवजातिले प्रकट गर्ने भ्रष्ट स्वभावहरू मात्र नभई शैतानका सबैभन्दा खाँटी र महत्त्वपूर्ण विशेषताहरूलाई जनाउँछन्। ख्रीष्टविरोधीहरू परमेश्वरविरोधी शक्ति हुन्। तिनीहरूले मण्डलीलाई बाधा दिन र नियन्त्रण गर्न सक्छन्, अनि तिनीहरूमा परमेश्वरको व्यवस्थापन कार्यलाई भत्काउने र बिथोल्ने क्षमता हुन्छ। यो त भ्रष्ट स्वभावका सामान्य मानिसहरूले गर्न सक्ने कुरा होइन; ख्रीष्टविरोधीहरूले मात्र यस्ता कार्यहरू गर्न सक्छन्। यस मामलालाई कम नआँक्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ

परमेश्‍वर अझसम्म देहधारी नहुनुभएको समयमा, मानिसले उहाँको विरोध गरे-नगरेको मापन उसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गऱ्यो कि गरेन र खोजी गऱ्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यस समयमा परमेश्‍वरविरुद्धको विरोधलाई परिभाषित गर्ने तरिका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरबारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले आफ्नो कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, उहाँले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अत्यन्तै धेरै अपेक्षा राख्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्य देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यस क्षणमा, मानिसका सबै धारणा फिँजजस्तै बन्छन्। परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देख्ने व्यक्तिहरू स्वेच्छाले उहाँमा समर्पित हुन्छन् भने, उनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँविरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्‍वरविरुद्ध उभिन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा कहिल्यै समर्पित हुनेबारे मनस्थिति अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूसामु आफूलाई सबैभन्दा उच्‍च ठान्छन् र कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पारिवारिक विरासत हो भन्‍ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचारलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना “परमेश्‍वर”लाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजान परमेश्‍वरको विरोध गर्ने मानिस हुन्। जो परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन् जबकि मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाको मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथि विश्‍वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

हामीले धार्मिक क्षेत्रका धेरै जना अगुवाहरूलाई बारम्‍बार सुसमाचार प्रचार गरेका छौँ, तर हामीले तिनीहरूसँग सत्यताको बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। किन यस्तो हुन्छ त? यस्तो किन हुन्छ भने अज्ञानता तिनीहरूको दोस्रो प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्‍वरको कुनै पनि स्थान छैन। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “धार्मिक संसारका कतिपय पाष्टरहरूको नेतृत्वमा रहेका मानिसहरूसँग साँच्‍चै नै धेरै दृढ सङ्कल्‍प हुन्छ; यस्तो लाग्छ कि तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ।” के तैँले जोशलाई प्रेरणा भन्‍ने ठान्छस्? यी पाष्टरहरूका सिद्धान्तहरू जति नै उत्कृष्ट सुनिए पनि, के तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्? यदि तिनीहरू भित्री मनदेखि नै परमेश्‍वरसँग साँचो डर मान्थे भए, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्‍न र तिनीहरूको बढाइ गर्न लगाउँथे? के तिनीहरूले अरूलाई नियन्त्रण गर्नेथिए? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्थे? यदि परमेश्‍वरका भेडाहरूलाई तिनीहरूले वास्तवमा तिनीहरूका आफ्नै भेडाहरू भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा हेर्दैनन् र? त्यस्ता मानिसहरू फरिसीहरूभन्दा पनि खराब हुन्छन्। के तिनीहरू साँचो ख्रीष्ट-विरोधी होइनन् र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

धार्मिक संसारका पाष्टर र एल्डरहरू सबै बाइबलको ज्ञान र धर्मशास्त्र अध्ययन गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने ढोङ्गी फरिसीहरू हुन्। … के बाइबल, धर्मशास्त्र, र परमेश्‍वरको कामको इतिहास समेत अध्ययन गर्ने इसाई र क्याथोलिक धर्मका मानिसहरू साँच्‍चै विश्‍वासीहरू हुन्? के तिनीहरू परमेश्‍वरले बताउनुभएका परमेश्वरका विश्‍वासी र अनुयायीहरूभन्दा फरक छन्? परमेश्‍वरको नजरमा, के तिनीहरू विश्‍वासी हुन्? अहँ, तिनीहरूले धर्मशास्त्र अध्ययन गर्छन्, परमेश्‍वरबारे अध्ययन गर्छन्, तर परमेश्‍वरलाई पछ्याउँदैनन् वा उहाँको गवाही दिँदैनन्। परमेश्‍वरका बारेमा तिनीहरूको अध्ययन इतिहास, दर्शन, कानुन, जीवविज्ञान, वा खगोलशास्त्रको अध्ययन गर्नेहरूको जस्तै हुन्छ। यति मात्र हो कि तिनीहरूलाई विज्ञान वा अरू विषयहरू मन पर्दैन—तिनीहरूलाई निश्‍चित रूपमा धर्मशास्त्रको अध्ययन गर्न मन पर्छ। परमेश्‍वरको अध्ययन गर्न तिनीहरूले परमेश्‍वरको कामका टुक्रा-टाक्रीहरू खोज्नुको परिणाम के हुन्छ? के तिनीहरूले परमेश्‍वरको अस्तित्व पत्ता लगाउन सक्छन्? अहँ, कहिल्यै पनि सक्दैनन्। के तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरू शब्दहरूमा, ज्ञानमा, दर्शनमा, मानव मन र मानव सोचहरूमा जिउँछन्; तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई देख्‍नेछैनन् वा पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्नेछैनन्। परमेश्‍वरले तिनीहरूलाई कसरी वर्गीकरण गर्नुहुन्छ? अविश्‍वासी, गैरविश्‍वासीहरूका रूपमा। यी गैरविश्‍वासी र अविश्‍वासीहरू तथाकथित इसाई समुदायमा घुलमेल हुन्छन्, परमेश्‍वरका विश्‍वासीहरू, इसाईहरू भएको नाटक गर्छन्, तर के तिनीहरूसँग वास्तवमा परमेश्‍वरका लागि साँचो आराधना हुन्छ? के तिनीहरूमा साँचो समर्पणता हुन्छ? (हुँदैन।) किन? एउटा कुरा निश्‍चित छ: तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्; तिनीहरूले परमेश्‍वरले संसार सृष्टि गर्नुभएको हो र यावत् थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, र परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने कुरामा त तिनीहरूले झनै विश्‍वास गर्दैनन्। यो अविश्‍वासको अर्थ के हो? यसको अर्थ शङ्का गर्नु र इन्कार गर्नु हो। तिनीहरूले परमेश्‍वरले बोल्नुभएका अगमवाणीहरू, विशेष गरी विपत्तिहरूसँग सम्बन्धित अगमवाणीहरू पूरा नहुने वा नघट्ने आशा गर्ने मनोवृत्ति समेत अपनाउँछन्। परमेश्‍वरमाथिको विश्‍वासप्रतिको तिनीहरूको मनोवृत्ति यही हो, र यो तिनीहरूको तथाकथित आस्थाको सार र साँचो रूप हो। यी मानिसहरूले धर्मशास्त्रको विषय र ज्ञान, र परमेश्‍वरको कामका ऐतिहासिक तथ्यहरूमा विशेष रुचि राख्‍ने हुनाले परमेश्‍वरका बारेमा अध्ययन गर्छन्; तिनीहरू विशुद्ध रूपमा धर्मशास्त्रको अध्ययन गरिरहेका बुद्धिजीवीहरूको समूह मात्रै हुन्। यी बुद्धिजीवीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, त्यसोभए परमेश्‍वर काम गर्न आउनुहुँदा, परमेश्‍वरका वचनहरू पूरा हुँदा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? परमेश्‍वरले देहधारी भएर नयाँ काम सुरु गर्नुभएको छ भन्‍ने सुन्दा तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? “असम्भव!” तिनीहरूले परमेश्‍वरको नयाँ नाम र परमेश्‍वरको नयाँ कामको प्रचार गर्ने व्यक्तिलाई निन्दा गर्छन्, र उसलाई मार्न वा हटाउन समेत चाहन्छन्। यो कस्तो प्रकटीकरण हो? के यो उदाहरणीय ख्रीष्ट-विरोधीको प्रकटीकरण होइन र? तिनीहरू र फरिसी, मुख्य पूजाहारी र प्राचीन शास्त्रीहरू बीचमा के भिन्‍नता छ? तिनीहरू परमेश्‍वरको कामप्रति, परमेश्‍वरको आखिरी दिनहरूको न्यायप्रति, परमेश्‍वर देह बन्‍नुभएको तथ्यप्रति शत्रुवत् हुन्छन्, र अझै बढी, तिनीहरू परमेश्‍वरका अगमवाणीहरू पूरा हुने तथ्यप्रति शत्रुवत् हुन्छन्। तिनीहरूले यसो विश्‍वास गर्छन्, “यदि तपाईँ देह बन्‍नुभएन भने, यदि तपाईँ आत्मिक शरीरमा हुनुहुन्छ भने, तपाईँ परमेश्‍वर हुनुहुन्छ; यदि तपाईँ देहधारी भएर व्यक्ति बन्‍नुभएको छ भने, तपाईँ परमेश्‍वर हुनुहुन्‍न, र हामी तपाईंलाई चिन्दैनौँ।” यसको अर्थ के हो? यसको अर्थ तिनीहरू यहाँ रहेसम्‍म, तिनीहरूले परमेश्‍वरलाई देह बन्‍न दिनेछैनन् भन्‍ने हुन्छ। के यो एउटा उदाहरणीय ख्रीष्ट विरोधी होइन र? यो साँचो ख्रीष्ट विरोधी हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

देहधारी परमेश्‍वरप्रति ख्रीष्टविरोधीहरूको व्यवहारको अर्को पनि प्रकटीकरण छ: तिनीहरू यसो भन्छन्, “मैले ख्रीष्ट एक साधारण व्यक्ति भएको देख्नेबित्तिकै, मेरा मनमा धारणाहरू निर्मित भए। ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तक परमेश्‍वरको एउटा अभिव्यक्ति हो; यो सत्यता हो, र म यसलाई स्विकार्छु। मसित ‘वचन देहमा देखा पर्नुहुन्छ’ को एउटा प्रति छ, र त्यति भए पुग्छ। मैले ख्रीष्टसँग सम्पर्क गर्नुपर्दैन। यदि ममा धारणाहरू, नकारात्मकता वा कमजोरी छन् भने, म तिनलाई परमेश्‍वरका वचनहरू पढेरै समाधान गर्न सक्छु। देहधारी परमेश्‍वरसँग मेरो सम्पर्क भयो भने, धारणाहरू सजिलै निर्मित हुन्छन्, र यसले म अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु भन्‍ने देखाउनेछ। यदि मलाई परमेश्‍वरले निन्दा गर्नुभयो भने, ममा मुक्तिको कुनै आशा हुनेछैन। त्यसकारण, म आफैले परमेश्‍वरको वचन पढ्नु नै राम्रो हुन्छ। मानिसहरूलाई मुक्ति दिन सक्ने त स्वर्गको परमेश्‍वर नै हो।” परमेश्‍वरका अहिलेका वचनहरू र सङ्गतिले, विशेषगरी ख्रीष्टविरोधीहरूको स्वभाव र सार खुलासा गर्ने ती वचनहरूले ख्रीष्टविरोधीहरूको हृदयलाई सबैभन्दा बढी घोच्छन् र ती तिनीहरूको लागि सबैभन्दा पीडादायी हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरले चाँडै धर्ती छोड्नुभए हुन्थ्यो, ताकि आफूले आफ्नै शक्ति प्रयोग गरेर धर्तीमा शासन गर्न सकूँ भन्‍ने कामना गर्छन्। तिनीहरू परमेश्‍वर देहधारी हुनुभएको देह, अर्थात् यस साधारण व्यक्ति, तिनीहरूको लागि वाहियात हो भन्‍ने ठान्छन्। तिनीहरू सधैँ मनन गर्छन्, “ख्रीष्टका प्रवचनहरू सुन्नुअघि, मलाई म सबथोक बुझ्छु, र सबै रूपमा ठिकै छु भन्‍ने लाग्थ्यो, तर ख्रीष्टका प्रवचनहरू सुनेपछि, यो कुरा फरक भएको छ। अहिले मलाई मसँग केही पनि नभएजस्तो महसुस हुन्छ, मलाई म अत्यन्तै मामुली र दयनीय छु जस्तो महसुस हुन्छ।” त्यसकारण, तिनीहरू ख्रीष्टका वचनहरूले तिनीहरूको नभई अरूको खुलासा गरिरहेका छन् भन्‍ने निर्क्योल गर्छन्, र ख्रीष्टका प्रवचनहरू सुन्‍न आवश्यक छैन, “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तक पढे पुग्छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा, तिनीहरूको मुख्य अभिप्राय परमेश्‍वर देह बन्‍नुभएको तथ्य नकार्नु र ख्रीष्टले सत्यता व्यक्त गर्नुहुने तथ्य इन्‍कार्नु हो, र तिनीहरू यसरी परमेश्‍वरमाथिको विश्‍वासमार्फत तिनीहरूले मुक्ति पाउने आशा रहन्छ, र तिनीहरूले मण्डलीमा राजाको रूपमा शासन गर्न सक्छन्, साथै यसमार्फत परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको सुरुवाती अभिप्राय पूरा हुन्छ भन्ठान्छन्। ख्रीष्टविरोधीहरूमा परमेश्‍वरको प्रतिरोध गर्ने जन्मसिद्ध प्रकृति हुन्छ; देहधारी परमेश्‍वरसँग तिनीहरू आगो र पानीजतिकै अमिल्दा, र अनन्त असहमतिमा हुन्छन्। तिनीहरू ख्रीष्ट अस्तित्वमा रहनुभएको हरदिन तिनीहरूलाई प्रगति गर्न कठिन हुनेछ, र तिनीहरू निन्दित हुने, हटाइने, नष्ट पारिने, र दण्डित हुने खतरामा हुनेछन् भन्ठान्छन्। जबसम्म ख्रीष्टले बोल्नुहुन्‍न र काम गर्नुहुन्‍न, जबसम्म परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरलाई आदरभावले हेर्दैनन्, तबसम्‍म ख्रीष्टविरोधीहरूको अवसर हुन्छ। तिनीहरूले आफ्ना क्षमताहरू प्रस्तुत गर्ने मौका पाउँछन्। हातले एक इसारा गर्दा नै मानिसहरूको हुल तिनीहरूको पक्षमा आउनेछन्, र ख्रीष्टविरोधीहरूले राजाको रूपमा शासन गर्न सक्‍नेछन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्ण हुने र ख्रीष्टप्रति घृणा गर्ने हुन्छ। तिनीहरू ख्रीष्टसित को बढी प्रतिभाशाली वा को बढी सक्षम छ भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्; ख्रीष्टसित तिनीहरू कसका वचनहरूमा बढी शक्ति छ र कसका क्षमताहरू ठूला छन् भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्। ख्रीष्टले जस्तै काम गरेर, तिनीहरू अरूलाई तिनीहरू र उहाँ दुवै मानव भए पनि ख्रीष्टका क्षमताहरू र विद्वत्ता कुनै साधारण व्यक्तिका भन्दा राम्रा नभएको देखाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू ख्रीष्टसँग हरतरिकाले प्रतिस्पर्धा गर्छन्, को राम्रो भनेर होडबाजी गर्छन्, र ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ, उहाँ परमेश्‍वरको आत्माको मूर्तरूप हुनुहुन्छ, र उहाँ सत्यताको मूर्तरूप हुनुहुन्छ भन्‍ने तथ्यलाई हरेक कोणबाट नकार्ने कोसिस गर्छन्। तिनीहरू ख्रीष्टलाई परमेश्‍वरका चुनिएका मानिसहरूमाझ शक्ति धारण गर्नबाट रोक्न, परमेश्‍वरका वचनहरू परमेश्‍वरका चुनिएका मानिसहरूमाझ फैलाइन वा लागु गरिनबाट रोक्न, साथै ख्रीष्टले गर्नुहुने कामहरू र मानिसहरूप्रतिका उहाँका मापदण्ड र आशाहरू परमेश्‍वरका चुनिएका जनहरूमाझ साकार पारिनबाट रोक्नसमेत हरक्षेत्रका विविध उपाय र विधिहरू पनि सोच्छन्। यस्तो लाग्छ मानौँ ख्रीष्ट उपस्थित हुनुहुँदा, तिनीहरू मण्डलीद्वारा बरखास्त, निन्दित र अस्वीकृत हुन्छन्—र अँध्यारो कुनामा राखिएका एक हुल मानिसहरूमा सीमित हुन्छन्। हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूमा देख्न सक्छौँ कि स्वभाव र सारको हिसाबले तिनीहरू ख्रीष्टसँग मिल्नै नसक्‍ने हुन्छन्—तिनीहरू उहाँसँग एउटै आकाशमुनि रहन सक्दैनन्! ख्रीष्टविरोधीहरू जन्मेदेखि नै परमेश्‍वरप्रति शत्रुवत्‌ भइआएका छन्; तिनीहरू विशेषगरी परमेश्‍वरको प्रतिरोध गर्न आएका हुन्, र तिनीहरू ख्रीष्टलाई पराजित गर्न र पूरै हराउन चाहन्छन्। तिनीहरू ख्रीष्टले गर्नुहुने सबै काम व्यर्थ र अर्थहीन बनून्, ताकि अन्त्यमा ख्रीष्टलाई धेरै मानिसहरू प्राप्त नहोऊन्, र उहाँले जहाँ काम गर्नुभए पनि कुनै पनि नतिजा नआऊन् भन्‍ने चाहन्छन्। तबमात्र ख्रीष्टविरोधीहरू खुसी हुनेछन्। यदि ख्रीष्टले सत्यताहरू व्यक्त गर्नुहुन्छ, र मानिसहरू तिनका प्यासी छन्, तिनलाई खोज्छन्, तिनलाई खुसीसाथ स्विकार्छन्, र आफूलाई ख्रीष्टप्रति समर्पित गर्न, सबथोक त्याग्न र ख्रीष्टको सुसमाचार फैलाउन इच्छुक छन् भने, ख्रीष्टविरोधीहरू निरुत्साहित हुन्छन् र भोलिको लागि कुनै आशा नभएको, र तिनीहरूले प्रगति गर्ने मौका कहिल्यै पाउनेछैनन् भन्‍ने महसुस गर्छन्, मानौँ तिनीहरूलाई नरकमा पुर्‍याइएको छ। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हेर्दा, के परमेश्‍वरसित लड्ने र उहाँलाई वैरभावपूर्वक हेर्ने तिनीहरूको यो सार अरू कसैले तिनीहरूमा हालिदिएको हो? कदापि होइन; तिनीहरू त्यसलाई बोकेरै जन्मिन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू त्यस्ता व्यक्ति हुन् जो जन्मैदेखि दियाबलसको पुनर्जन्म हुन्, अर्थात् धर्तीमा आएका दियाबलस हुन्। तिनीहरूले सम्भवतः कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्, र तिनीहरूले ख्रीष्टलाई स्विकार्ने, उच्च पार्ने, वा गवाही दिने काम कहिल्यै गर्नेछैनन्। तैँले बाहिरी रूपमा तिनीहरूले ख्रीष्टलाई सार्वजनिक रूपमै आलोचना र निन्दा गरेको नदेखे पनि, साथै तिनीहरूले अनुपालन गरेर केही मेहनत लगाउन र मूल्य चुकाउन सके पनि, तिनीहरूलाई मौका मिल्नेबित्तिकै, र सही समय आउनेबित्तिकै, ख्रीष्टविरोधीहरूको परमेश्‍वरसँगको बेमेलता आफै प्रकट हुनेछ। ख्रीष्टविरोधीहरू परमेश्‍वरसित लड्छन् र स्वतन्त्र राज्य स्थापना गर्छन् भन्‍ने तथ्य सार्वजनिक हुने नै छ। ख्रीष्टविरोधीहरू भएका ठाउँहरूमा यसअघि यी सबै घटनाहरू घटेका छन्, र परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको न्यायको काम गर्नुहुँदाका यी वर्षहरूमा यी घटनाहरू अझ बारम्बार घटेका छन्; धेरै मानिसहरूले यी घटनाहरू अनुभव गरेका र देखेका छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार)

ख्रीष्टविरोधीहरूको व्यवहारको सार भनेको निरन्तर विविध उपाय र विधि प्रयोग गरेर आफ्ना महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नु, मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नु, अनि उच्च हैसियत प्राप्त गर्नु हो ताकि मानिसले तिनीहरूलाई पछ्याऊन् र आराधना गरून्। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई अलिकति लगाम लगाए पनि, तिनीहरूले अझै हैसियत र ख्याति पछ्याउन विविन्न विधिहरू प्रयोग गर्छन्; केही मानिसहरूको अनुमोदन र आदर प्राप्त गरेर वैध हैसियत प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई हृदयमा स्पष्टै थाहा हुन्छ। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले हरेक काममा कर्तव्य निभाएजस्तो देखिए पनि, यसको परिणाम भनेको मानिसहरूलाई बहकाउनु, र तिनीहरूलाई आफ्नो पूजा गर्न र आफूलाई पछ्याउन लगाउनु हो—यसरी तिनीहरूले आफ्‍नो कर्तव्य निभाउनु भनेको आफैलाई उचाल्‍नु र आफ्नै बारेमा गवाही दिनु हो। मानिसहरूलाई नियन्त्रण गर्ने—र मण्डलीमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन। तिनीहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, ख्रीष्टविरोधीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्दैनन्, न त कुनै पनि सत्यता बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्। जतिखेर पनि तिनीहरूका महत्वाकाङ्क्षा र चाहनाहरू अझै रहिरहेका हन्छन्, यिनैद्वारा अझै पनि तिनीहरूको हृदय कब्जा गरिएको र तिनीहरूको सम्पूर्ण अस्तित्व नियन्त्रित पारिएको हुन्छ, र यसरी यिनैद्वारा तिनीहरूका बानीबेहोरा र विचारहरू निर्देशित गरिएको, र तिनीहरू हिँड्ने मार्ग निर्धारित भएको हुन्छ। तिनीहरू खाँटी ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूमा सबभन्दा बढी के देखिन्छ? कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू मानिस प्राप्त गर्न परमेश्वरसित होडबाजी गर्छन्, तिनीहरू परमेश्वरलाई स्विकार्दैनन्।” तिनीहरूले परमेश्वरलाई नस्विकार्ने चाहिँ होइन; तिनीहरू हृदयमा सच्चा रूपले उहाँको अस्तित्व स्विकार्छन् र त्यसमा विश्वास गर्छन्। तिनीहरू उहाँलाई पछ्याउन इच्छुक हुन्छन् र सत्यता खोज्न चाहन्छन्, तर त्यसो गर्न सक्दैनन्, त्यसैले दुष्टता गर्न सक्छन्। तिनीहरूले मिठा कुराहरू धेरै भन्न सक्ने भए पनि एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन: शक्ति र हैसियतका लागि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैनन्। तिनीहरूले कहिल्यै असफलता वा रोकावटका कारण, वा परमेश्वरले तिनीहरूलाई पन्छाउनुभएको वा त्याग्नुभएको कारण शक्ति र हैसियत पछ्याउन छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ। त्यसोभए तँ के भन्छस्, के कुनै ख्रीष्टविरोधीले कष्ट भोगेको, वा सत्यता अलि बुझेको, र परमेश्वरबारे अलि ज्ञान हासिल गरेको कारण कहिल्यै आफ्नो मार्ग परिवर्तन गरेर सत्यता पछ्याउन थालेको छ—के यस्ता मानिसहरू छन्? हामीले त्यस्तो कहिल्यै देखेका छैनौँ। हैसियत र शक्तिका निम्ति ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र पछ्याइ कहिल्यै परिवर्तन हुनेछैनन्, अनि तिनीहरूले शक्ति हातमा लिएपछि, त्यसलाई कहिल्यै छोड्नेछैनन्; यसले ठ्याक्कै तिनीहरूको प्रकृति सार निर्धारण गर्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ख्रीष्ट-विरोधीहरूका रूपमा परिभाषित गर्नुभएको तथ्यमा कुनै पनि गल्ती छैन; यो कुरालाई तिनीहरूको प्रकृति सारले नै निर्धारित गरेको छ। सायद, कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरू मानवका निम्ति परमेश्वरसित होडबाजी गर्छन् भनी विश्‍वास गर्छन्। तर, कहिलेकाहीँ ख्रीष्टविरोधीहरूले उहाँसँग होड गर्नैपर्छ भन्ने हुँदैन; तिनीहरूको ज्ञान, बुझाइ, अनि हैसियत र शक्तिको चाहना सामान्य मानिसहरूका भन्दा फरक हुन्छ। सामान्य मानिसहरू सेखीले भरिएका हुन सक्छन्; तिनीहरूले अरूको श्रेय पाउने, राम्रो प्रभाव पार्ने, र राम्रो दर्जाका लागि प्रतिस्पर्धा गर्ने कोसिस गर्न सक्छन्। सामान्य मानिसहरूको महत्त्वाकाङ्क्षा यही हो। यदि तिनीहरू अगुवाका रूपमा प्रतिस्थापित भए, र तिनीहरूको हैसियत गुम्यो भने, तिनीहरूलाई कठिन पर्नेछ, तर तिनीहरूको वातावरण परिवर्तन भयो, तिनीहरूको कदमा केही वृद्धि भयो, सत्यतामा केही प्रवेश प्राप्त भयो, वा सत्यताको बारेमा गहन बुझाइ प्राप्त भयो भने, तिनीहरूको महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै जान्छ। तिनीहरूले लिने मार्गमा र तिनीहरू अघि बढ्ने दिशामा परिवर्तन आउँछ, र प्रतिष्ठा र शक्ति सम्‍बन्धी तिनीहरूको खोजी बिलाएर जान्छ। तिनीहरूका चाहनाहरू पनि बिस्तारै कम हुँदैजान्छन्। तापनि, ख्रीष्ट विरोधीहरू फरक हुन्छन्: तिनीहरूले प्रतिष्ठा र शक्ति सम्‍बन्धी आफ्‍नो खोजीलाई कहिल्यै पनि त्याग्‍न सक्दैनन्। जुनै पनि समयमा, कुनै पनि वातावरणमा, र तिनीहरूको वरिपरि जस्तो सुकै मानिसहरू भए पनि र तिनीहरू जत्ति नै वृद्ध भए पनि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैन। कुन कुराले तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुँदैन भन्ने सङ्केत दिन्छ? उदाहरणका लागि, मानिलिऊँ ऊ मण्डली अगुवा हो। ऊ आफ्नो हृदयमा सधैँ मण्डलीका सबैलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेररे सोचिरहेको हुन्छ। यदि उसलाई ऊ अगुवा नरहेको अर्को मण्डलीमा सरुवा गरियो भने, के ऊ खुसीसाथ सामान्य अनुयायी हुनेछ? कदापि हुनेछैन। ऊ अझै पनि कसरी हैसियत प्राप्त गर्ने, र कसरी सबैलाई नियन्त्रण गर्ने भनेर नै सोचिरहेको हुनेछ। ऊ जहाँ गए पनि, राजाझैँ शासन गर्न चाहन्छ। उसलाई मानिसहरू नै नभएको ठाउँमा, भेडाहरूको बथानमा राखिए पनि ऊ अझै पनि बथानलाई नेतृत्व गर्न चाहन्छ। यदि उसलाई कुकुर र बिरालाहरूसँग राखियो भने, ऊ कुकुर र बिरालाहरूको राजा हुन, र ती जनावरहरूमाथि शासन गर्न चाहन्छ। ऊ महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ, हुँदैन र? के यस्ता मानिसहरूको स्वभाव पैशाचिक हुँदैन र? के यी शैतानका स्वभावहरू होइनन् र? शैतान ठ्याक्कै यस्तै हुन्छ। स्वर्गमा, शैतान परमेश्वरबराबर भएर उभिन चाहन्थ्यो, र पृथ्वीमा फालिएपछि त्यसले सधैँ मानिसलाई नियन्त्रण गर्ने, मानिसलाई त्यसको आराधना गर्न र त्यसलाई परमेश्वरको रूपमा लिन लगाउने प्रयास गऱ्यो। ख्रीष्टविरोधीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् किनकि तिनीहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्, जुन सामान्य मानिसहरूको समझको सीमाबाहिर गइसकेको छ। के यो अलि असामान्य कुरा होइन र? यो असामान्यताले केलाई जनाउँछ? यसको अर्थ तिनीहरूको व्यवहार सामान्य मानवतामा पाइनु हुँदैन। त्यसोभए, यो व्यवहारचाहिँ के हो त? यसलाई केले नियन्त्रण गर्छ? यसलाई तिनीहरूको प्रकृतिले नियन्त्रण गर्छ। तिनीहरूमा दुष्टात्माको सार हुन्छ, र तिनीहरू सामान्य भ्रष्ट मानवजातिजस्तो हुँदैनन्। फरक यही हो। ख्रीष्टविरोधीहरू आफ्नो शक्ति र हैसियतको पछ्याइमा कुनै कुरामा पनि नरोकिनुले तिनीहरूको प्रकृति सार खुलासा गर्ने मात्र नभई, मानिसहरूलाई तिनीहरूको घिनलाग्दो रूप ठ्याक्कै शैतान र पिशाचहरूको रूप हो भन्नेसमेत देखाउँछ। तिनीहरू हैसियतका लागि मानिसहरूसित मात्र होड गर्दैनन्, परमेश्वरसँग पनि हैसियतका लागि होड गर्ने र परमेश्वरका चुनिएका जनहरूलाई लैजाने आँट गर्छन्। तिनीहरू उहाँका चुनिएका जनहरू पूर्ण रूपले आफ्नो नियन्त्रणमा भएपछि मात्र सन्तुष्ट हुनेछन्। ख्रीष्टविरोधीहरू जुनै मण्डली वा मानिसहरूको समूहमा भए पनि, हैसियत प्राप्त गर्न, शक्ति हातमा लिन, र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन चाहन्छन्। मानिसहरू इच्छुक वा सहमत भए पनि नभए पनि, ख्रीष्टविरोधीहरू अन्तिम निर्णय गर्न र मानिसहरूलाई आफ्नो आज्ञापालन गराउन र आफूलाई स्वीकार गर्न लगाउन चाहन्छन्। के यो ख्रीष्टविरोधीको प्रकृति होइन र? के मानिसहरू तिनीहरूका कुरा सुन्न इच्छुक हुन्छन्? के उनीहरू तिनीहरूलाई चयन र अनुमोदन गर्छन्? गर्दैनन्। तर ख्रीष्टविरोधीहरू अझै पनि अन्तिम निर्णय गर्न चाहन्छन्। चाहे मानिसहरू सहमत होऊन् वा नहोऊन्, ख्रीष्टविरोधीहरू आफ्नो पक्षमा बोल्न र काम गर्न चाहन्छन्, तिनीहरू सबैको नजरमा देखिन चाहन्छन्। तिनीहरू अरू मानिसमाथि आफ्ना विचारहरू लाद्नसमेत प्रयास गर्छन्, र यदि मानिसहरूले त्यो स्विकारेनन् भने, ख्रीष्टविरोधीहरूले दिमाग खियाएर उनीहरूलाई त्यो स्विकार्न लगाउने प्रयास गर्नेछन्। यो कस्तो समस्या हो? यो लाज पचाउनु र निर्लज्जपन हो। यस्ता मानिसहरू खाँटी ख्रीष्टविरोधी हुन्, र तिनीहरू अगुवा भए पनि नभए पनि, ख्रीष्टविरोधी नै हुन्। तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति सार हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्

ख्रीष्टविरोधीहरूलाई भौतिक कुराहरू, अनि पैसा, र हैसियतप्रति सबैभन्दा बढी चासो हुन्छ। तिनीहरू निश्‍चय नै त्यस्ता हुँदैनन्, जसरी तिनीहरू बाहिरी रूपमा बोल्छन्, “म परमेश्‍वरमा विश्‍वास गर्छु। म संसारको पछि लाग्दिनँ, र म पैसाको लोभ गर्दिनँ।” तिनीहरू आफूले बोलेजस्तो हुँदै हुँदैनन्। तिनीहरू किन आफ्नो सबै शक्तिले हैसियत पछ्याउने र त्यसलाई कायम राख्‍ने गर्छन्? किनभने तिनीहरूले आफ्‍नो अधिकारभित्र पर्ने सबै कुरा खासगरी पैसा र भौतिक कुराहरू प्राप्त गर्न, वा नियन्त्रण र कब्जा गर्न चाहन्छन्। तिनीहरूले यो पैसा र यी भौतिक कुराहरू आफ्नो हैसियतबाट आएका फाइदाहरू हुन् जस्तो गरी आनन्दसाथ प्रयोग गर्छन्। तिनीहरू नाम र वास्तविकता दुवैमा शैतानको प्रकृति सार भएका प्रधान स्वर्गदूतका सच्‍चा सन्तान हुन्। हैसियत पछ्याउने र पैसालाई महत्त्व दिने सबै मानिसहरूको प्रकृति सारमा निश्‍चय नै समस्या हुन्छ। यो कुरा तिनीहरूमा ख्रीष्टविरोधी स्वभाव हुन्छ भन्‍नेजस्तो सरल कुरा होइन: तिनीहरू अत्यन्तै महत्त्वाकाङ्क्षी हुन्छन्। तिनीहरू परमेश्‍वरको घरको पैसा नियन्त्रण गर्न चाहन्छन्। यदि तिनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छ भने, सर्वप्रथम तिनीहरूले अरूलाई हस्तक्षेप गर्न दिँदैनन्, न त तिनीहरूले माथिको सोधपुछ वा सुपरिवेक्षण नै स्वीकार गर्छन्; यसबाहेक, जब तिनीहरू कुनै पनि कामको सुपरभाइजर हुन्छन्, तब तिनीहरूले आफूलाई प्रदर्शन गर्ने, आफूलाई रक्षा गर्ने, र आफूलाई उचाल्ने उपायहरू खोज्छन्। तिनीहरू सधैँ सबैभन्दा माथि उठ्न, र अरूमाथि शासन र नियन्त्रण गर्ने मानिसहरू बन्‍न चाहन्छन्। तिनीहरूले उच्च हैसियत उपभोग गर्न र त्यसको लागि प्रतिस्पर्धा गर्न, र परमेश्‍वरको घरको हरेक भाग, र विशेषगरी यसको पैसा नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूलाई पैसाप्रति विशेष प्रेम हुन्छ। जब तिनीहरूले पैसा देख्छन्, तब तिनीहरूको तीन नेत्र बल्छ; तिनीहरूले आफ्नो मनमस्तिष्कमा सधैँ पैसाबारे र यसको लागि मेहनत गर्नेबारे सोचिरहेका हुन्छन्। यी सबै ख्रीष्टविरोधीहरूका चिन्ह र सङ्केतहरू हुन्। यदि तैँले तिनीहरूसँग सत्यता सङ्गति गरिस्, वा दाजुभाइ-दिदीबहिनीहरूको अवस्था जान्‍ने प्रयास गरिस्, र तिनीहरूमध्ये कति जना कमजोर र नकारात्मक छन्, तिनीहरू प्रत्येकले कर्तव्यमा के-कस्ता परिणामहरू प्राप्त गरिरहेका छन्, र तिनीहरूमध्ये को कर्तव्यको निम्ति उपयुक्त छैनन् भन्‍नेजस्ता प्रश्‍नहरू गरिस् भने, ख्रीष्टविरोधीहरूले चासो दिनेछैनन्। तर जब परमेश्‍वरका भेटीहरूको कुरा आउँछ—पैसा कति छ, यसको रक्षा कसले गरिरहेको छ, यसलाई कहाँ राखिएको छ, यसको पासकोड के हो, भन्‍नेजस्ता कुराहरूको प्रसङ्ग आउँछ—तिनीहरूलाई सबैभन्दा बढी चासो लाग्‍ने कुरा यही हुन्छ। ख्रीष्टविरोधीलाई यी कुराहरूमा असाधारण ज्ञान हुन्छ। तिनीहरूले यी कुराहरू राम्ररी जानेका हुन्छन्। यो पनि ख्रीष्टविरोधीको लक्षण हो। ख्रीष्टविरोधीहरू राम्रो सुनिने शब्दहरू बोल्न सिपालु हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्, बरु सधैँ परमेश्‍वरका भेटीहरूबाट आनन्द लिनेबारे सोचिरहन्छन्। मलाई भन त, के ख्रीष्टविरोधीहरू अनैतिक हुँदैनन् र? तिनीहरूमा कुनै मानवता हुँदैन—तिनीहरू पूर्ण रूपमा दियाबलसहरू हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)

परमेश्‍वरका चुनिएका जनहरूले ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले उनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ, तिनीहरूलाई रिपोर्ट गर्नुपर्छ, र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तब मात्र परमेश्‍वरलाई अन्तसम्म पछ्याउनु र परमेश्‍वरमा विश्‍वासको सही मार्गमा प्रवेश गर्नु सुनिश्चित हुन सक्छ। ख्रीष्टविरोधीहरूले आफूलाई अगुवाका रूपमा छान्‍नका लागि अरूलाई जसरी बहकाए पनि तिनीहरू तेरा अगुवा होइनन्। तिनीहरूलाई स्वीकार नगर् र तिनीहरूको नेतृत्व स्वीकार नगर्—तैँले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र तिनीहरूलाई तिरस्कार गर्नैपर्छ, किनभने तिनीहरूले तँलाई सत्यता बुझ्न मद्दत गर्न सक्दैनन्, न त तिनीहरूले तँलाई मद्दत गर्न सक्छन् वा तेरो लागि प्रबन्ध नै गर्न सक्छन्। यी तथ्यहरू हुन्। यदि तिनीहरूले तँलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्दैनन् भने, तिनीहरू अगुवा वा कामदार हुन योग्य छैनन्। यदि तिनीहरूले तँलाई सत्यता बुझ्न र परमेश्‍वरको कामको अनुभव गर्नतिर डोर्‍याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको विरोध गर्नेहरू हुन्, र तैँले तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तिनीहरूले गर्ने जुनै काम पनि तँलाई बहकाएर तिनीहरूको पछि लगाउन, र तिनीहरूको समूहमा सामेल गराएर मण्डलीको कामलाई कमजोर पार्न र बाधा पुर्‍याउन, तँलाई फकाएर तिनीहरू जस्तै ख्रीष्ट विरोधीहरूको मार्ग लिन लगाउनका लागि हो। तिनीहरू तँलाई तानेर नरकमा पुर्‍याउन चाहन्छन्! यदि तँ तिनीहरूलाई तिनीहरू के हुन् भनेर बताउन सक्दैनस् र तिनीहरू तेरा अगुवा भएकाले तैँले तिनीहरूको आज्ञापालन गर्नुपर्छ र तिनीहरूलाई छुट दिनुपर्छ भनेर विश्‍वास गर्छस् भने, तँ सत्यता र परमेश्‍वर दुवैलाई धोका दिने व्यक्ति होस्—र यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरको वास्तविकतालाई देख्‍न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्‍वरको मात्रै शत्रु हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरू बहकाउमा पर्ने र जितिने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने सम्‍भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई खुट्ट्याउन सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्ने मानिसहरूले मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। त्यसपछि कसै-कसैले भन्लान्, “यदि अहिले मसँग यसका लागि सत्यता छैन भने, म के गरूँ?” तैँले अविलम्ब आफूलाई सत्यताले सुसज्जित गर्नैपर्छ; तैँले मानिसहरू र चीजहरूलाई सूक्ष्म रूपमा चिन्‍न सिक्नैपर्छ। ख्रीष्टविरोधीलाई खुट्ट्याउनु चानचुने कुरा होइन, र यसका लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र मनसाय र उद्देश्यहरूलाई बुझ्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको बहकाउ वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीका तगारोहरू पार गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस् भनेर भन्‍न सकिन्छ, र तैँले ख्रीष्टविरोधीको बहकाउन र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ कि तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यताको पछि लाग्ने मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? केही मानिस छन्, जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यका रूपमा स्वीकार गर्ने हिम्मत नै गर्छन्। तर ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने काम साँच्चै नै मण्डलीमा हुने गर्छ, त्यो पनि प्राय: जसो; यति मात्र हो कि, मानिसहरूले त्यसलाई खुट्ट्याउन सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरू सम्‍बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्ट विरोधीको बहकाउमा र नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्‍वरमाथिको विश्‍वास हुँदैन, र तैँले यसो भन्नेछस्, “परमेश्‍वर त धर्मी समेत हुनुहुन्‍न! परमेश्‍वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै इन्साफ वा ज्योति छैन, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र परमेश्‍वरबाट तर्किन्छस्, उहाँ हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई बुझ्नु र छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरि छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्‍न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतानहरू र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति वितृष्ण हुने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा कामदार ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको बहकाउमा पर्न र पकडमा आउन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानले बलि दिने शिकार हुन्छस्। जे होस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम वा खोजी नगर्ने हुनाले, परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीको बहकाउमा पर्नु र तिनीहरूले तिनलाई पछ्याउनु अवश्यम्भावी हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

सम्बन्धित चलचित्र उद्धरणहरू

किन धार्मिक पाष्टरहरूले मानिसहरूलाई साँचो मार्ग जाँच्नबाट रोक्छन्?

सम्बन्धित अनुभवात्मक गवाहीहरू

खुकुरीको धारमा हिँडे जस्तो

सम्बन्धित भजनहरू

मानिसहरूलाई निन्दा गर्ने परमेश्‍वरको आधार

परमेश्‍वरलाई नचिन्नेहरू उहाँको विरोध गर्छन्

अघिल्लो: ख. साँचो मार्ग र झूटा मार्गहरूबीच कसरी भिन्‍नता छुट्याउने

अर्को: घ. परमेश्‍वरको काम र मानिसको कामबीच कसरी भिन्‍नता छुट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्