ख. साँचो मार्ग र झूटा मार्गहरूबीच कसरी भिन्नता छुट्याउने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताका अभिव्यक्ति हुन् कि होइनन्, कसको गवाही दिइँदै छ, र यसले तेरा लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्वरमाथिको मानिसहरूको विश्वासको सार भनेको परमेश्वरका आत्मामाथिको विश्वास हो, र जब देहधारी परमेश्वरमा विश्वास गर्छन्, त्यो पनि देह परमेश्वरको आत्माको मुर्तरूप भएकोले नै हो, जसको अर्थ यो हो कि यस्तो विश्वास भनेको अझै आत्मामाथिको विश्वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्वास गरेपनि त्यो परमेश्वरको अन्तर्निहित सार नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता भनेको सामान्य मानवत्वको जीवन स्वभाव हो, भन्नुको मतलब, यो त्यो कुरा हो जुन परमेश्वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा उबाट माग गर्नुभएको थियो, जस्तो कि, (मानव समझ, अन्तर्दृष्टि, बुद्धि, र मानिस हुनुको आधारभूत ज्ञान लगायत) सामान्य मानवत्वको सम्पूर्णता। अर्थात्, यस मार्गले मानिसहरूलाई सामान्य मानवत्वको जीवनमा डोर्याउन सक्छ कि सक्दैन, बोलिएको सत्यता सामान्य मानवत्वको यथार्थअनुसार माग गरिएको छ कि छैन, यस सत्यता व्यवहारिक र वास्तविक छ कि छैन, र यो सामयिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र वास्तविक अनुभवहरूमा अग्रसर गराउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्, तिनीहरूको समझ पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्, र तिनीहरूको भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छ। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्वरलाई प्रेम गर्ने हृदयको प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन आपूर्ति गर्न समर्थ छ कि छैन भन्ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग साँचो मार्ग हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। तिमीहरूको भावी अनुभवहरूमा अन्य मार्गहरू स्विकार गराउनको लागि म तिमीहरूलाई यी कुराहरू भन्दिनँ, न त भविष्यमा अर्को नयाँ युगको कार्य हुनेछ भनी पूर्वानुमानको रूपमा नै भन्छु। म ती भन्छु ताकि तिमीहरू आजको मार्ग नै साँचो मार्ग हो भन्ने कुरामा निश्चय हुन सक, ताकि तिमीहरू आजको कार्यमा आफ्नो विश्वासमा आंशिक रूपमा मात्र पक्का हुनेछैनौ र यसमा अन्तर्दृष्टि पाउन असमर्थ हुनेछैनौ। निश्चित हुनुको बाबजुद पनि अझै धेरै जना अन्योलमा पछ्याउँछन्; यस्तो निश्चयतामा कुनै सिद्धान्त हुँदैन, र यस्ता मानिसहरू चाँडो वा ढिलो हटाइनुपर्छ। आफ्नो पछ्याइमा विशेष गरी उत्सुक भएकाहरू समेत पनि तीन भाग निश्चित र पाँच भाग अनिश्चित हुन्छन्, जसले देखाउँछ कि तिनीहरूसँग कुनै जग छैन। तिमीहरूको क्षमता अति कमजोर छ र तिमीहरूको जग अति सतही छ त्यसैले तिमीहरूसँग फरक छुट्ट्याउने बुझाइ नै छैन। परमेश्वरले आफ्नो कार्य दोहोर्याउनुहुन्न, उहाँले त्यस्तो कार्य गर्नुहुन्न जुन यथार्थपरक हुँदैन, उहाँले मानिससँग अत्याधिक मागहरू गर्नुहुन्न, र उहाँले यस्तो कार्य गर्नुहुन्न जुन मानिसको समझभन्दा पर हुन्छ। उहाँले गर्नुहुने सबै कार्य मानिसको सामान्य समझको हदभित्र हुन्छ, र यसले सामान्य मानवत्वको समझ नाघ्दैन, र उहाँको कार्य मानिसको सामान्य आवश्यकताहरू अनुसार गरिन्छ। यदि यो पवित्र आत्माको कार्य हो भने, मानिसहरू पहिलाको भन्दा अझ बढी सामान्य बन्छन्, र तिनीहरूको मानवत्व पहिलाको भन्दा अझ अधिक सामान्य हुन्छ। मानिसहरूले तिनका भ्रष्ट शैतानी स्वभावको बारे, र मानिसको सारबारे बढ्दो ज्ञान हासिल गर्छन्, र तिनीहरूले सत्यताको लागि पहिलेको भन्दा अझ ठूलो तिर्सना पनि राख्छन्। भन्नुको मतलब, मानिसको जीवन वृद्धि हुन्छ र वृद्धि हुन्छ, र मानिसको भ्रष्ट स्वभाव झन्-झन् धेरै परिवर्तनको सक्षम बन्छ—यी सबैको अर्थ परमेश्वर मानिसको जीवन बन्नुहुन्छ भन्ने हो। यदि कुनै मार्ग मानिसको सारका ती कुराहरू खुलासा गर्न असक्षम छ, मानिसको स्वभाव परिवर्तन गर्न असक्षम छ, र यसको साथै, मानिसहरूलाई परमेश्वरको सामुन्ने ल्याउन वा परमेश्वरको बारेमा तिनीहरूलाई साँचो बुझाइ दिन असक्षम छ, र तिनीहरूको मानवत्वलाई अझ पहिलाको भन्दा पनि बढि खस्कने बनाउँछ र तिनीहरूको समझ अझ पहिलाको भन्दा असामान्य बनाउँछ भने, यो मार्ग सत्य मार्ग हुँदै होइन, र यो दुष्टात्माको कार्य, वा पुरानो मार्ग हुन सक्छ। छोटकरीमा, यो पवित्र आत्माको वर्तमान कार्य हुन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँगपरमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई ल्याउनुहुनेछ, र परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र वचनहरूबाट निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्वरलाई फेरि क्रूसमा टाँग्नु हुँदैन। तैँले परमेश्वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
सम्बन्धित भजनहरू
साँचो मार्ग खोज्ने सिद्धान्तहरू
आखिरी दिनहरूमा ख्रीष्टको देखापराइ र काम कसरी थाहा पाउने