परिचय

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्‍नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्‍वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्‍चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्‍ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्‍वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्‍छामा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्‍वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्‍वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्‍नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन. तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचन ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने तिनीहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, सर्वथा तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो अवस्थिति यस्तो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्. त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहरिएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिर देखिँदा सरल होस् वा गहन होस्, जसै मानिस जीवनमा प्रवेश गर्छ ती वचनहरू मानिसको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता बन्दछन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछ। ती वचनहरूले मानिस जीवित रहन आवश्यक तत्त्वहरू; उसको दैनिक जीवन चलाउनको निम्ति सिद्धान्तहरू र विश्‍वासको सार; उद्धार प्राप्‍त गर्न उसले पार गर्नुपर्ने मार्ग, लक्ष्य र मार्गदर्शन; परमेश्‍वरले सृष्‍टि गर्नुभएको एक प्राणीको रूपमा उसले प्राप्‍त गर्नुपर्ने हरेक सत्यता; र मानिसले परमेश्‍वरको आज्ञापालन गर्न र आराधना गर्न चाहिने सत्यता उपलब्ध गराउँछ। यी कुराहरूले मानिसको उद्धार सुनिश्‍चित गर्न प्रत्याभूति दिन्छ, ती वचनहरू मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो सहायता हुन् जसले मानिसलाई बलियो हुन र खडा रहन सक्षम तुल्याउँछ। सृष्‍टि गरिएको मानवजाति तिनीहरू भएर जिउँदा तिनीहरू सामान्य मानवको सत्यताको यथार्थतामा धनी हुन्छन्, मानिसलाई भ्रष्‍टताबाट छुटकारा दिने र शैतानको जालबाट बचाउने सत्यतामा धनी हुन्छ, अथक शिक्षण, उपदेश, उत्साह, र सृष्‍टिकर्ताले सृष्‍टि गरिएको मानवलाई दिनुभएको सान्त्वनामा धनी हुन्छ। तिनीहरू सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र प्रकाश दिन्छ, मानिसहरूले सबै धार्मिकता र असल कुराहरू प्राप्‍त गरी त्यसैबमोजिम जीवन जिउनेछन् भन्‍ने प्रत्याभूति हो, सबै मानिसहरू, घटनाहरू, र वस्तुहरूको मापन गर्ने एक मापदण्ड हो, र मानिसहरूलाई उद्धार र ज्योतिको मार्गमा अगुवाइ गर्ने नेतृत्वपनको सङ्‍केत हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

“सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू,” मा परमेश्‍वरले आत्माको दृष्टिकोणबाट आफ्ना वचनहरू व्यक्त गर्नुभएको छ। उहाँले जुन तरिकाले बोल्‍नुहुन्छ, त्यो सृष्टि गरिएको मानवजातिको निम्ति अप्राप्य छ। यसका अतिरिक्त, उहाँका वचनहरूका शब्दावली र शैली सुन्दर र हृदय स्पर्शी छन् र कुनै पनि प्रकारको मानव साहित्यले तिनको स्थान लिन सक्दैन। उहाँले जुन वचनहरूद्वारा मानिसको पर्दाफास गर्नुहुन्छ ती सटीक छन्, कुनै पनि दर्शनद्वारा तिनको खण्डन गर्न सकिँदैन र तिनले सबै मानिसहरूलाई अधीनतामा ल्याउँछन्। धारिलो तरवारले जस्तै, मानिसको न्याय गर्न परमेश्‍वरले प्रयोग गर्नुहुने वचनहरूले मानिसहरूका आत्माका गहिराइसम्‍मै काट्छन्, यति गहिरो काट्छन् कि तिनीहरूका निम्ति लुक्‍ने ठाउँ रहँदैन। उहाँले मानिसहरूलाई सान्त्वना दिन प्रयोग गर्नुहुने वचनहरूमा कृपा र प्रेममय दया हुन्छन्, ती मायालु आमाको अँगालो झैँ न्याना छन्, अनि तिनले मानिसहरूलाई पहिले कहिले नभएको सुरक्षाको महसुस गराउँछन्। यी अभिव्यक्तिहरूको सबैभन्दा ठूलो गुण भनेको यही हो कि, यस युगमा, परमेश्‍वरले यहोवा वा येशू ख्रीष्टको पहिचानको प्रयोग गरेर बोल्‍नुहुन्‍न न त आखिरी दिनहरूका ख्रीष्टको। बरु, उहाँको अन्तर्निहित पहिचान, अर्थात् सृष्टिकर्ताको प्रयोग गरेर उहाँलाई पछ्याउने र उहाँलाई पछ्याउन बाँकी रहेकाहरूसँग बोल्‍नुहुन्छ र तिनीहरूलाई सिकाउनुहुन्छ। संसारको सृष्टिपछि परमेश्‍वरले सारा मानवजातिलाई सम्बोधन गर्नुभएको यो पहिलो पटक हो भन्दा अत्योक्ति नहोला। यसअघि सृष्टि गरिएको मानवजातिसँग परमेश्‍वरले कहिले पनि यस्तो विस्‍तृत रूपमा र व्यवस्थित रूपले बोल्‍नुभएको थिएन। निश्‍चय नै, उहाँले मानवजातिसँग यति धेरै र यति लामो समयसम्‍म बोल्‍नुभएको पनि यो पहिलो पटक नै हो। यो पूर्ण रूपले अभूतपूर्व छ। यति मात्र कहाँ हो र, यी वाणीहरूले परमेश्‍वरले मानवजाति माझमा व्यक्त गर्नुभएको प्रथम लिखित वचन निर्माण गर्छन्, जसमा उहाँले मानिसहरूको पर्दाफास गर्नुहुन्छ, तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ, तिनीहरूको न्याय गर्नुहुन्छ र तिनीहरूसँग आत्मीय तरिकाले बोल्‍नुहुन्छ, यसैले ती प्रथम वाणीहरू हुन्, जसमा परमेश्‍वरले मानिसहरूलाई उहाँका पाइलाहरू, उहाँ ढल्कनुहुने स्थान, परमेश्‍वरको स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जो हुनुहुन्छ, परमेश्‍वरका विचारहरू र मानवजातिप्रति उहाँको चासोको बारेमा जान्‍न दिनुहुन्छ। यिनीहरूलाई सृष्टिदेखि यता तेस्रो स्वर्गबाट मानवजातिसँग परमेश्‍वर बोल्‍नुभएको प्रथम वाणीहरू हुन्, र देखा पर्न र वचनहरूद्वारा मानवजातिकहाँ उहाँका हृदयका आवाज व्यक्त गर्नको निम्ति आफ्नो अन्तर्निहित पहिचानको प्रयोग गर्नुभएको पहिलो पटक हो भनेर भन्‍न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, परिचय

जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात्, परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको सारतत्व छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको बाटो छ। त्यसैले परमेश्‍वर मात्रै जीवनको स्रोत, र जीवनको जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। उहाँले संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले जीवनको शक्तिसँग सम्‍बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यो यसैले हो किनभने परमेश्‍वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, अनि मानिस पुनरुत्थित हुने बाटो परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै पनि अलग हुनुहुन्‍न, र उहाँ सँधैभरि मानिसकै बीचमा बस्‍नुहुन्छ। उहाँ नै मानिसको जियाइको संचालन शक्ति, मानिसको अस्तित्वको जरा, अनि जन्‍मपछि मानिसको अस्तित्वको लागि सम्‍पन्‍न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्‍म गराउने, र उसको हरेक भूमिकालाई दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवन शक्तिकै कारण, मानिस पुस्तौंदेखि जिएको छ, जुन अवधिमा परमेश्‍वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ, र जसको लागि कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य परमेश्‍वरले तिर्नुभएको छ। परमेश्‍वरको जीवन शक्ति अरू कुनै पनि शक्ति माथि प्रबल हुन सक्छ; यसको साथै, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त, उहाँको शक्ति असाधारण छ, र सृष्टि गरिएको कुनै पनि प्राणी वा शत्रुको शक्तिले उहाँको जीवन शक्तिलाई जित्‍न सक्दैन। समय वा स्थानको बावजूद परमेश्‍वरको जीवन शक्ति अस्तित्वमा नै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वी धेरै परिवर्तन भएर जान सक्छ, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुराहरू टलेर जान सक्छ, तर परमेश्‍वरको जीवन अझै उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत अनि तिनीहरूको अस्तित्वको जरा परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्‍वरबाट सुरु हुन्छ, परमेश्‍वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्‍वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। कुनै पनि थोकको जीवन-शक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्‍वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्‍वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने बुद्धिका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

अघिल्लो: १५. राज्यको सुन्दरता, मानवजातिको गन्तव्य र परमेश्‍वरका प्रतिज्ञा तथा आशिष्‌हरूको अगमवाणी गर्ने सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्