567 परमेश्वरको महिमाले मानिसमाझ सबैभन्दा ठूलो महत्त्व राख्छ
पद १
सामान्य मानिसको स्वभावमा,
कुटिलपन वा छल छैन।
तिनीहरूको सम्बन्ध सामान्य छन्,
तिनीहरू एक्लै खडा हुँदैनन्।
तिनका जीवन औसत छैनन्,
न पतित नै छन्।
पद २
परमेश्वर सबमाझ उचालिनुभएको छ,
तिनको जीवनमा उहाँका वचन हुन्छन्।
मानिसहरू शान्तिमा,
उहाँको वास्ता र सुरक्षामुनि जिउँछन्।
शैतानका अवरोध बिना, पृथ्वी
सद्भावले भरिएको छ।
कोरस १
यस्ता मानिसलाई उहाँको महिमा सबैभन्दा महत्त्वपूर्ण छ।
तिनीहरू स्वर्गदूत झैँ, शुद्ध, जीवन्त, उहाँलाई गुनासो नगर्ने छन्।
पृथ्वीमा उहाँको महिमाको लागि गर्नसक्ने सबै गर्छन्।
ब्रिज
उहाँ मानिसको हृदयमा सिंहासनमा आरोहण गर्नुहुँदा,
उहाँका पुत्र र मानिसले पृथ्वीमा शासन गर्नेछन्।
यी वचनले पृथ्वीमा भएका स्वर्गदूतले स्वर्गमा परमेश्वरको
सेवा गर्दा आशिष् पाउने समयबारे बताउँछन्।
पद ३
मानिस स्वर्गदूतहरूका आत्माको
अभिव्यक्ति भएको कारण,
उहाँ भन्नुहुन्छ कि मानिस पृथ्वीमा
स्वर्गमा जस्तै जिउनेछ।
स्वर्गमा स्वर्गदूतले जस्तै
पृथ्वीमा उहाँको सेवा गर्नेछन्।
कोरस २
त्यसैले तिनीहरू पृथ्वीमा हुँदाको समयमा,
तेस्रो स्वर्गका आशिष् उपभोग गर्न पाउनेछन्।
यी वचनमा वास्तवमा भनिएको कुरा यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १६” बाट परिमार्जित