५६८  परमेश्‍वरले मानवजाति जिउन जारी राख्न सकोस् भन्ने आशा राख्नुहुन्छ

मानिस परमेश्‍वरसँग शत्रुवत् भएकोले उहाँ मानिसलाई घृणा गर्नुहुन्छ, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र कृपा कहिल्यै बदलिँदैन। उहाँले मानवजातिको विनाश गर्नुभएको भए पनि, उहाँको हृदय अपरिवर्तित नै रहन्छ। जब मानवजाति भ्रष्टताले भरिन्छ र परमेश्‍वरप्रति गम्भीर हदसम्म विद्रोही हुन्छ, तब परमेश्‍वरले उहाँको स्वभाव र सारका कारण, र उहाँका सिद्धान्तहरूअनुसार, यस मानवजातिलाई नष्ट गर्नुपर्ने हुन्छ। तर परमेश्‍वरको सारका कारण उहाँ अझै पनि मानवजातिमाथि दया गर्नुहुन्छ, र तिनीहरू जिउन जारी राख्न सकून् भनेर मानवजातिलाई फिर्ता ल्याउन विभिन्‍न तरिका प्रयोग गर्न समेत चाहनुहुन्छ। तर, मानिसले, परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरविरुद्ध विद्रोह गर्न जारी राख्छ र परमेश्‍वरको मुक्ति स्वीकार गर्न इन्कार गर्छ; भन्नुको अर्थ, मानिसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्छ—परमेश्‍वरले उसलाई जसरी बोलाउनुभए पनि, उसलाई जसरी सम्झाउनुभए पनि, उसका निम्ति जसरी आपूर्ति गरिदिनुभए पनि, उसलाई जसरी सहायता गर्नुभए पनि, वा उसलाई जसरी सहनुभए पनि, मानिसले त्यो बुझ्दैन, वा ऊ त्यसको कदर गर्दैन, न त उसले कुनै ध्यान नै दिन्छ।

परमेश्‍वरले आफ्नो पीडामा, मानिसलाई अझै पनि अधिकतम सहनशीलता प्रदान गर्न भुल्नुहुन्न, मानिस फर्किन्छ कि भनेर पर्खनुहुन्छ। उहाँ आफ्नो सीमामा पुग्नुभएपछि, बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, उहाँले मानवजातिको विनाश गर्ने योजना बनाउनुहुने क्षणदेखि मानवजातिको विनाश गर्ने काम औपचारिक रूपमा सुरु गर्नुहुने समयसम्म निश्‍चित समयावधि र प्रक्रिया हुन्छ। यो प्रक्रिया मानिस फर्किनका खातिर अस्तित्वमा हुन्छ, र यही नै परमेश्‍वरले मानिसलाई दिनुहुने अन्तिम मौका हो। त्यसोभए मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा, परमेश्‍वरले भारी मात्रामा सम्झाउने र अर्ती दिने काम गर्नुहुन्छ। परमेश्‍वरको हृदय जति पीडा र शोकमा भए पनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुहुन्छ। यसमा हामी के देख्छौँ भने मानवजातिप्रतिको परमेश्‍वरको प्रेम वास्तविक छ र यो केवल बोलीमा मात्र सीमित छैन। यो वास्तविक, मूर्त र अनुभूत गर्न सकिने छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

अघिल्लो: ५६७  मानिसलाई मार्गदर्शन दिन परमेश्‍वर सधैं काम गरिरहनुभएको छ

अर्को: ५७१  परमेश्‍वरले उहाँलाई सुन्ने र उहाँमा समर्पित हुनेहरूलाई मूल्यवान् ठान्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्