परमेश्वरको देखापराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
परमेश्वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्य हुन लागेको छ, र उहाँको देखापराइ खोज्ने सबैका लागि राज्यको ढोका खोलिसकिएको छ। प्रिय ब्रदर-सिस्टरहरू, तिमीहरू केको प्रतीक्षा गरिरहेका छौ? तिमीहरूले खोजिरहेको कुरा के हो? के तिमीहरू परमेश्वर देखा पर्नुहुने पर्खाइमा छौ? के तिमीहरू उहाँका पदचापहरू खोजिरहेका छौ? परमेश्वरको देखापराइ कति वाञ्छनीय छ! अनि परमेश्वरका पदचापहरू भेट्टाउन कति गाह्रो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्वर देखापर्ने दिन देख्न हामीले के गर्नुपर्छ? परमेश्वरका पदचापहरूसँग तालमेल मिलाउन हामीले के गर्नुपर्छ? परमेश्वरको देखापराइको प्रतीक्षा गरिरहेका सबैले यस्ता प्रश्नहरूको सामना गर्छन्। तिमीहरू सबैले यसबारे एक पटकभन्दा बढी नै विचार गरेका छौ—तर तिमीहरूले कस्तो परिणाम पाएका छौ? परमेश्वर कहाँ देखापर्नुहुन्छ? परमेश्वरका पदचापहरू कहाँ छन्? के तिमीहरूले उत्तरहरू पाएका छौ? धेरै मानिस यसरी जवाफ दिन्छन्: “परमेश्वर उहाँलाई पछ्याउने सबैमाझ देखापर्नुहुन्छ र उहाँका पदचापहरू हामीबीच छन्; यो त्यति सरल छ!” जोकोहीले पनि सूत्रबद्ध जवाफ दिन सक्छ, तर के तिमीहरू परमेश्वरको देखापराइ वा उहाँका पदचापहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्वरको देखापराइले परमेश्वर स्वयम् काम गर्न पृथ्वीमा आउनु, आफ्नै पहिचानले र आफ्नै स्वभावले, र उहाँको जन्मजात तरिकाले युगको सुरुवात गर्ने र युगको अन्त्य गर्ने काम सञ्चालन गर्न मानिसबीच ओर्लनुलाई जनाउँछ। यस प्रकारको देखापराइ कुनै प्रकारको समारोह होइन, यो कुनै सङ्केत होइन, यो कुनै चित्र होइन, यो कुनै चमत्कार होइन, र यो कुनै प्रकारको भव्य दर्शन होइन, यो कुनै प्रकारको धार्मिक प्रक्रिया त झनै होइन। बरु, यो त सबैले छुन सक्ने र सबैले हेर्न सक्ने साँचो र वास्तविक तथ्य हो। यस प्रकारको देखापराइ औपचारिकता पूरा गर्नका लागि वा कुनै प्रकारको अल्पकालीन कामका लागि होइन। बरु, यो त परमेश्वरको व्यवस्थापनको योजनामा कामको एउटा चरणका लागि हो। परमेश्वरको देखापराइ सधैँ अर्थपूर्ण हुन्छ र यो सधैँ उहाँको व्यवस्थापनको योजनासँग सम्बन्धित हुन्छ। यहाँ “देखापराइ” भनिने कुरा परमेश्वरले मानिसलाई मार्गदर्शन गर्ने, मानिसलाई अगुवाइ गर्ने, र मानिसलाई प्रबोधित गर्ने प्रकारको “देखापराइ” भन्दा पूर्ण रूपमा फरक छ। परमेश्वर हरेक पटक देखापर्नुहुँदा कामको एउटा महत्त्वपूर्ण चरण गर्नुहुन्छ। यो काम अरू कुनै पनि युगको कामभन्दा फरक छ। यो मानिसका लागि अकल्पनीय छ र यसलाई कसैलेले यसअघि कहिल्यै अनुभव गरेको छैन। यो नयाँ युग सुरु गर्ने र पुरानो युग अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिका लागि कामको अझ नयाँ र अझ उच्च चरण हो; अझ बढी, यो मानवजातिलाई नयाँ युगमा डोऱ्याउने काम हो। परमेश्वरको देखापराइको महत्त्व यही हो।
तिमीहरूले परमेश्वरको देखापराइको अर्थ के हो भनेर बुझिसकेपछि, तिमीहरूले परमेश्वरका पदचापहरू कसरी खोज्नुपर्छ? यो प्रश्नलाई प्रस्ट्याउन गाह्रो छैन: जहाँ परमेश्वर देखा पर्नुहुन्छ, त्यहाँ उहाँका पदचापहरू हुन्छन्। यस्तो व्याख्या सुन्दा धेरै सिधा लाग्छ, तर व्यवहारमा त्यति सजिलो छैन, किनभने धेरै मानिसलाई परमेश्वर वास्तवमा कहाँ देखा पर्नुहुन्छ भन्ने नै थाहा हुँदैन, उहाँ कहाँ देखा पर्न इच्छुक हुनुहुन्छ, वा उहाँ कहाँ देखा पर्नुपर्छ भन्ने कुरा त झनै थाहा हुँदैन। कतिपयले आवेगमा आएर पवित्र आत्मा जहाँ काम गरिरहनुभएको छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ भन्ने विश्वास गर्छन्। अथवा तिनीहरू जहाँ आत्मिक व्यक्तित्वहरू छन्, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ भन्ने विश्वास गर्छन्। अथवा तिनीहरू जहाँ प्रख्यात मानिसहरू छन्, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ भन्ने विश्वास गर्छन्। अहिलेका लागि, त्यस्ता विश्वासहरू वास्तवमा सही हुन् कि गलत हुन् भन्ने कुरालाई थाती राखौँ। यस्तो प्रश्नको व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्वरका पाइलाहरू खोजिरहेका छौँ, आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौँ, झन् चर्चित व्यक्तित्वहरूलाई पछ्याउनु त परै जाओस्—हामी परमेश्वरका पदचापहरू पछ्याइरहेका छौँ। यसै कारण, हामीले परमेश्वरका पदचापहरू खोज्नुपर्ने हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू खोज्नैपर्छ, परमेश्वरका वचनहरू खोज्नैपर्छ, र उहाँका वाणीहरू खोज्नैपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ; जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ; र परमेश्वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसले सत्यता प्राप्त गर्दा पनि, तिनीहरू परमेश्वरका पदचापहरू भेट्टाएको विश्वास गर्दैनन्, अनि तिनीहरू यो परमेश्वरको देखा पराइ हो भनेर त झनै स्वीकार गर्दैनन्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू हुन्छन्, उहाँका आफ्नै योजनाहरू हुन्छन् र त्यसभन्दा पनि बढी, उहाँका उहाँका आफ्नै उद्देश्यहरू छन् र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र त्यसभन्दा पनि बढी, यो त सबैले चिन्नुपर्ने कुरा हो। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न चाहन्छौ, र परमेश्वरका पदचापहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, परमेश्वरलाई तैँले तेरा सीमित गर्नु र तेरा धारणाहरूमा उहाँलाई सीमित गर्नु त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पदचापहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: वास्तवमा मानिसले गर्नुपर्ने यही हो। कोही पनि सत्यता नभएकाले, र कोहीसँग सत्यता नभएकाले, मानिसले गर्नुपर्ने भनेकैखोजी, स्वीकार, र समर्पण हो।
तेरो राष्ट्रियता अमेरिकी, बेलायती, वा अरू जुनसुकै भए पनि, तँ आफ्नो राष्ट्रियताको घेराबाट बाहिर निस्कनुपर्छ, आफ्नो स्वार्थभन्दा माथि उठ्नुपर्छ, र तैँले परमेश्वरको कामलाई एक सृजित प्राणीको हैसियतले हेर्नुपर्छ—त्यसो गर्दा, तैँले परमेश्वरका पदचापहरूलाई कुनै विशेष क्षेत्रमा सीमित गर्नेछैनस्। किनभने आजकाल त्यस्ता धेरै मानिस छन् जो आफ्ना धारणाहरूभित्र परमेश्वर कुनै विशेष देशमा देखा पर्नै सक्नुहुन्न, वा उहाँ कुनै निश्चित जातीय समूहको बीचमा देखा पर्नै सक्नुहुन्न भन्ने विश्वास गर्छन्। परमेश्वरको कामको महत्त्व कति गहन छ, र परमेश्वरको देखापराइ कति महत्त्वपूर्ण छ—मानिसका धारणाहरू र सोचाइले कसरी चाहिँ तिनको मापन गर्न सक्छन् र? त्यसैले म भन्छु, परमेश्वरको देखापराइ खोज्न तैँले राष्ट्रियता र जातीयतासम्बन्धी आफ्ना धारणाहरूलाई भत्काउनुपर्छ! त्यसपछि मात्र तँ आफ्नै धारणाहरूद्वारा बाँधिनेछैनस्; त्यसपछि मात्र तँ परमेश्वरको देखापराइलाई स्वागत गर्न योग्य हुनेछस्। नत्र, तँ सधैँभरि अन्धकारमा रहने व्यक्ति हुनेछस्, र सधैँभरि परमेश्वरको अनुमोदन प्राप्त गर्न नसक्ने व्यक्ति हुनेछस्।
परमेश्वर सम्पूर्ण मानवजातिका परमेश्वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै देश वा कुनै जातीय समूहको निजी सम्पत्ति मान्नुहुन्न, बरु कुनै पनि रूप वा कुनै पनि देश वा जातीयतामा सीमित नभई उहाँले योजना गर्नुभएको काम गर्नुहुन्छ। सायद तैँले यो रूपको कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो रूपप्रतिको तेरो मनोवृत्ति इन्कार गर्ने खालको छ, वा सायद परमेश्वर देखा पर्नुहुने देश र जातीय समूह ठ्याक्कै तिनै हुन् जसलाई मानिसहरू सबैले भेदभाव गर्छन् र ठ्याक्कै तिनै हुन् जुन पृथ्वीमा सबैभन्दा पिछडिएका छन्। तैपनि परमेश्वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिद्वारा, अनि उहाँको सत्यता र उहाँको स्वभावलाई प्रयोग गरेर, उहाँले साँच्चै नै उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको एउटा समूह प्राप्त गर्नुभएको छ, र त्यस्ता विजय गरिएका मानिसहरूको एउटा समूह प्राप्त गर्नुभएको छ जसले सबै प्रकारका कष्ट र परीक्षाहरू सहेका छन्, सबै प्रकारका सतावट सहेका छन्, र जो उहाँलाई अन्त्यसम्म पछ्याउन सक्छन्, र जसलाई उहाँ पूर्ण पार्न चाहनुहुन्छ। कुनै पनि रूप वा देशमा सीमित नभई देखा पर्नुमा परमेश्वरको लक्ष्य भनेको उहाँले योजना गर्नुभएको काम पूरा गर्नु हो। यो ठ्याक्कै परमेश्वर यहूदियामा देह बन्नुभएको जस्तै हो: उहाँको लक्ष्य सारा मानवजातिलाई छुटकारा दिनका लागि क्रूसमा टाँगिने काम पूरा गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्वरले यसरी काम गर्नु असम्भव छ, र परमेश्वर प्रभु येशूको स्वरूपमा देह बन्नु असम्भव छ भन्ने विश्वास गरे। तिनीहरूको “असम्भव” नै परमेश्वरलाई दोषी ठहराउने र परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको आधार बन्यो, र अन्ततः यसले गर्दा इस्राएलको विनाश भयो। आज, धेरै मानिसले त्यही गल्ती गरेका छन्। तिनीहरू जथाभावी रूपमा परमेश्वरको आसन्न देखापराइको घोषणा गर्छन्, तर त्यो सँगसँगै उहाँको देखापराइलाई दोषी पनि ठहराउँछन्; तिनीहरूको “असम्भव” ले परमेश्वरको देखापराइलाई फेरि एक पटक तिनीहरूले कल्पना गर्ने कुरामा सीमित गर्छ। त्यसैले, मैले धेरै मानिस परमेश्वरका वचनहरू हात परेपछि बहुलाहा र उद्दण्ड हाँसोमा उत्रिएको देखेको छु। के यो “हाँसो” ठ्याक्कै यहूदीहरूले दोषी ठहराएको र ईशनिन्दा गरेको जस्तै होइन र? तिमीहरू सत्यताको उपस्थितिमा श्रद्धालु छैनौ, र तिमीहरूसँग तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरूले गर्ने भनेको हठपूर्वक गहन जाँच गर्ने, र घोर बेवास्ताका साथ प्रतीक्षा गर्ने मात्र हो। यसरी गहन-जाँच र प्रतीक्षा गरेर तिमीहरू के प्राप्त गर्न सक्छौ? के तिमीहरूलाई वास्तवमा तिमीहरू परमेश्वरबाट व्यक्तिगत मार्गदर्शन प्राप्त गर्न सक्छौ भन्ने लाग्छ? तँ परमेश्वरका वाणी र वचनहरू खुट्ट्याउन समेत सक्दैनस्—तँ कसरी परमेश्वरको देखापराइ हेर्न योग्यहुन सक्छस्? परमेश्वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरू मात्रै परमेश्वरको आवाज सुन्न जान्दछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरको देखा पराइ देख्न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्वरले तैँले उहाँका अभिप्रायहरू बुझ्नेछस् र उहाँका वचनहरू बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता” का दाबीहरू त्यागिदेओ! मानिसले कुनै कुरा “असम्भव” छ भन्ने विश्वास जति धेरै गर्छ, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्वर अझै परमेश्वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्वरका पदचापहरू चाहे जहाँ भए पनि, उहाँको स्वभाव परिवर्तन हुनेछैन; परमेश्वरका पदचापहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्वर नभई, एसिया, युरोप र दुवै अमेरिकी महादेशका सबै मानिसका परमेश्वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र नयाँ पृथ्वीमा प्रवेश गर्नेछौ।