के तँलाई थाहा थियो? परमेश्वरले मानिसको बीचमा महान् काम गर्नुभएको छ
पुरानो युग बितेको छ, र नयाँ युग आएको छ। एक वर्षपछि अर्को वर्ष र एक दिनपछि अर्को दिन, परमेश्वरले धेरै काम गर्नुभएको छ। उहाँ यस संसारमा आउनुभयो र त्यसपछि प्रस्थान गर्नुभयो। यो चक्र धेरै पुस्ता भएर दोहोरिएको छ। आज, पहिलेजस्तै परमेश्वर आफूले गर्नैपर्ने काम निरन्तर गर्नुहुन्छ, उहाँले पूरा गर्ने काम अझ पनि बाँकी छ, किनकी उहाँ आजका दिनसम्म विश्राममा प्रवेश गर्नुभएको छैन। सृष्टिको समयदेखि आजसम्म, परमेश्वरले धेरै काम गर्नुभएको छ। तर के तँलाई आज परमेश्वरले पहिलेभन्दा धेरै काम गर्नुहुन्छ, र उहाँको कामको परिमाण पहिलेको भन्दा धेरै छ भन्ने थाहा थियो? त्यसै कारणले म भन्छु, परमेश्वरले मानिसहरूमाझ महान् कुरा गर्नुभएको छ। परमेश्वरका सबै काम अति नै महत्वपूर्ण छन्, चाहे ती मानिसको लागि हुन् वा परमेश्वरको लागि हुन्, किनकि उहाँको कामको हरेक कुरा मानिससँग सम्बन्धित छ।
परमेश्वरको कामलाई न त देख्न सकिन्छ न त छुन सकिन्छ—संसारले साह्रै थोरै मात्र देखेको छ—कसरी त्यो महान् कुरा हुन सक्छ? कस्तो प्रकारको कुरालाई मात्र महान् मानिन सकिन्थ्यो? निश्चय नै, कसैले पनि इन्कार गर्न सक्दैन कि परमेश्वरले जे काम गर्नुहुन्छ त्यसलाई महान् मान्न सकिन्छ, तर म किन परमेश्वरले अहिले गर्नुहुने यस कामबारे भन्छु। जब म भन्छु कि परमेश्वरले महान् कुरा गर्नुभएको छ, यसले निःसन्देह मानिसले बुझ्नै बाँकी धेरै रहस्यलाई समेट्छ। तीबारे अब कुरा गरौं।
येशूको अस्तित्वलाई नसहने युगमा उहाँ एउटा डुँडमा जन्मिनुभएको थियो, तर त्यसो हुँदा पनि संसार उहाँको मार्गमा उभिन सकेन, र उहाँ परमेश्वरको हेरचाहमा मानिसहरूमाझ तेत्तीस वर्ष जिउनुभयो। जीवनका ती धेरै वर्षमा उहाँले संसारको कटुता र पृथ्वीमा दुःखको जीवन अनुभव गर्नुभयो। सबै मानवजातिलाई छुट्कारा दिलाउन उहाँले क्रूसमा टाँगिने महान् अभिभारा बहन गर्नुभयो। उहाँले शैतानको सत्तामा जिइरहेका सबै पापीलाई छुट्कारा दिनुभयो, र अन्त्यमा उहाँको पुनरुत्थित शरीर उहाँको बासस्थानमा फर्कियो। अब परमेश्वरको नयाँ काम सुरु भएको छ, र यो नयाँ युगको सुरुवात पनि हो। परमेश्वरले मुक्तिको नयाँ काम सुरु गर्न छुट्कारा पाएकाहरूलाई उहाँको घरमा ल्याउनुहुन्छ। यस समय, मुक्तिको काम बितेको समयको भन्दा विस्तृत छ। यो, मानिसलाई आफै परिवर्तन गर्न लगाउन मानिसमा पवित्र आत्माले गर्नुहुने काम होइन, न त यो काम गर्न मानिसहरूमाझ देखापर्ने येशूको शरीर नै हो, र झन् यो अरू माध्यमद्वारा गरिने काम हुने त परै जाओस्। बरु, यो, देहधारी परमेश्वरले गर्नुहुने काम र आफूलाई निर्देशित गर्ने काम हो। उहाँले यसलाई यसरी नयाँ काममा मानिसलाई डोऱ्याउनको लागि गर्नुहुन्छ। के यो महान् कुरा होइन? परमेश्वरले यो काम मानवताको अंशमार्फत वा भविष्यवाणीहरूको माध्यमबाट गर्नुहुन्न; बरु, परमेश्वर आफैले यो गर्नुहुन्छ। कसैले भन्लान्, यो महान् कुरा होइन, र यसले मानिसमा परमानन्द ल्याउन सक्दैन। तर म तँलाई भन्नेछु, परमेश्वरको काम यो मात्र होइन, तर योभन्दा धेरै महान् र धैरै बढी अरू केही छन्।
यसपालि, परमेश्वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तँ उहाँलाई अरूबाट फरक देखाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यही नगण्य देह नै परमेश्वरका सत्यताका सबै वचनको मूर्तरूप, परमेश्वरको आखिरी दिनहरूको कामको वाहक, र मानिसले परमेश्वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हुनुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई हेर्ने ठूलो चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्ने ठूलो चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य हेर्ने ठूलो चाहना राख्दैनस्? उहाँ तँलाई यी सबै रहस्य—कुनै पनि मानिसले तँलाई कहिल्यै बताउन नसकेका रहस्यहरू बताउनुहुनेछ—र उहाँ तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यमा प्रवेश गराउने तेरो ढोका, र नयाँ युगमा डोर्याउने तेरो मार्गदर्शक हुनुहुन्छ। यस साधारण देहमा मानिसले बुझ्न नसक्ने धेरै रहस्य छन्। उहाँका कार्यहरू तेरा लागि अबोधगम्य छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्यले तँलाई उहाँ मानिसहरूले विश्वास गरेजस्तो साधारण देह हुनुहुन्न भनी देख्न सक्षम तुल्याउन पर्याप्त छ, किनभने उहाँ परमेश्वरका आखिरी दिनहरूका अभिप्रायहरू, र मानवजातिका लागि परमेश्वरको आखिरी दिनहरूको हेरचाहको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले स्वर्ग र पृथ्वीलाई हल्लाएजस्तो लाग्ने उहाँका वचनहरू सुन्न नसके पनि, तैँले उहाँका आँखाहरूलाई आगोको ज्वाला जस्तै देख्न नसके पनि, र तैँले उहाँको फलामे डण्डाको ताडना प्राप्त गर्न नसके पनि, तैपनि तैँले उहाँका वचनहरूबाट परमेश्वर रिसाउनुभएको छ भनी सुन्न सक्छस् र परमेश्वर मानवजातिलाई कृपा देखाइरहनुभएको छ भनी जान्न सक्छस्, र परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र, अझ बढी, सम्पूर्ण मानवजातिका लागि परमेश्वरको वास्तालाई कदर गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम भनेको मानिसलाई स्वर्गमा हुनुहुने परमेश्वर पृथ्वीमा मानिसबीच जिइरहनुभएको देख्न सक्षम तुल्याउनु, र मानिसलाई परमेश्वरलाई चिन्न, उहाँको अधीनमा रहन, उहाँको डर मान्न, र उहाँलाई प्रेम गर्न सक्षम तुल्याउनु हो। यसैकारण उहाँ दोस्रो पटक देहमा फर्कनुभएको छ। मानिसले आज देख्ने कुरा मानिसजस्तै परमेश्वर, एउटा नाक र दुई वटा आँखा भएको परमेश्वर, र एकदमै साधारण परमेश्वर भए तापनि, अन्तमा, परमेश्वर तिमीहरूलाई के देखाउनुहुनेछ भने, यदि यो व्यक्ति अस्तित्वमा नभएको भए, स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन आउनेथ्यो; यदि यो व्यक्ति अस्तित्वमा नभएको भए, स्वर्ग मधुरो हुनेथ्यो, पृथ्वी अराजकतामा डुब्नेथ्यो, र सम्पूर्ण मानवजाति अनिकाल र महामारीबीच जिउनेथ्यो। उहाँ तिमीहरूलाई के देखाउनुहुनेछ भने, यदि आखिरी दिनहरूका देहधारी परमेश्वर तिमीहरूलाई मुक्ति दिन नआउनुभएको भए, परमेश्वरले मानिसलाई धेरै अघि नै नरकमा नष्ट गरिसक्नुहुनेथ्यो; यदि यो देह अस्तित्वमा नहुनुभएको भए, तिमीहरू सधैँभरि महापापी हुनेथ्यौ, र तिमीहरू सदाका लागि लासहरू हुनेथ्यौ। तिमीहरूले के जान्नुपर्छ भने, यदि यो देह अस्तित्वमा नहुनुभएको भए, सम्पूर्ण मानवजातिलाई ठूलो विपत्बाट उम्कन असम्भव हुनेथ्यो, र परमेश्वरले आखिरी दिनहरूमा मानवजातिलाई दिने अझ गम्भीर दण्डबाट उम्कन असम्भव हुनेथ्यो। यदि यो साधारण देह नजन्मनुभएको भए, तिमीहरू सबै जिउन नसकी जीवनको भिख माग्ने र मर्न नसकी मृत्युको भिख माग्ने स्थितिमा हुनेथ्यौ; यदि यो देह अस्तित्वमा नहुनुभएको भए, तिमीहरूले आज सत्यता प्राप्त गर्न र परमेश्वरको सिंहासनसामु आउन सक्नेथिएनौ, बरु, तिमीहरूका गम्भीर पापहरूका कारण परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेथ्यौ। के तिमीहरूलाई थाहा थियो कि यदि परमेश्वर देहमा नफर्कनुभएको भए, कसैले पनि मुक्तिको मौका पाउनेथिएन; र यदि यो देह नआउनुएको भए, परमेश्वरले पुरानो युगलाई धेरै अघि नै अन्त्य गरिसक्नुहुनेथ्यो? यस्तो भएको हुनाले, के तिमीहरू अझै पनि परमेश्वरको दोस्रो देहधारणलाई इन्कार गर्नेछौ? तिमीहरूले यस साधारण व्यक्तिबाट यति ठूला लाभहरू प्राप्त गर्न सक्ने हुनाले, तिमीहरू किन उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?
परमेश्वरको काम यस्तो चिज हो जुन तैँले बुझ्न सक्दैनस्। यदि तँ न त तेरो छनौट सही छ कि छैन भनेर पूर्ण रूपमा बुझ्न सक्छस् न त परमेश्वरको काम सफल हुन सक्छ कि सक्दैन भन्ने नै थाहा पाउन सक्छस् भने, तैँले यो साधारण व्यक्तिबाट तँलाई ठूलो मद्दत मिल्न सक्छ कि सक्दैन, र परमेश्वरले वास्तवमै महान् काम गर्नुभएको छ कि छैन भनेर जोखिम मोलेर हेर्ने कोसिस किन नगर्ने? तर, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा मानिस यस हदसम्म खाइरहेको र पिइरहेको, विवाह गरिरहेको र विवाहमा दिइरहेको थियो कि परमेश्वरले त्यो हेर्नै सक्नुभएन, त्यसैले उहाँले आठ जनाको नोआको परिवार र सबै प्रकारका पशु-पक्षीहरूलाई बचाएर मानवजातिलाई नष्ट गर्न विशाल जलप्रलय पठाउनुभयो। तर, परमेश्वर अन्त्यसम्म उहाँप्रति बफादार रहेकाहरू सबैलाई नै आखिरी दिनहरूमा बचाउनुहुन्छ। दुवै युग परमेश्वरले देख्नै नसक्ने ठूलो भ्रष्टताका समय भए पनि, र दुवै युगका मानवजाति निकै भ्रष्ट भए पनि र तिनीहरूले परमेश्वर तिनीहरूका प्रभु हुनुहुन्छ भनी इन्कार गरे पनि, परमेश्वरले नोआको समयका मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगका मानवजातिले परमेश्वरलाई ठूलो कष्ट दिन्छन्, तैपनि परमेश्वर आखिरी दिनहरूका मानिसहरूप्रति अहिलेसम्म धैर्यवान् रहनुभएको छ। यस्तो किन भएको हो? के तिमीहरूले यस्तो किन भएको हो भनेर कहिल्यै सोचेका छैनौ? यदि तिमीहरूलाई साँच्चै थाहा छैन भने, म तिमीहरूलाई बताउनेछु। परमेश्वरले आखिरी दिनहरूमा मानिसहरूलाई अनुग्रह दिन सक्नुको कारण तिनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट हुनु होइन, वा तिनीहरूसँग परमेश्वरसामु पश्चात्ताप गर्ने अभिप्राय हुनु होइन, आखिरी दिनहरूमा प्रविधि यति उन्नत भएको छ कि तिनीहरूलाई नष्ट गर्न उहाँको मनले नमान्नु त झनै होइन। बरु, परमेश्वरले आखिरी दिनहरूमा मानिसहरूको एउटा समूहमा काम गर्नुपर्ने भएकाले, र परमेश्वरले यो काम आफ्नो देहधारणमा आफै गर्न चाहनुभएकाले यसो भएको हो। यसबाहेक, परमेश्वर यस समूहको एउटा भागलाई आफ्नो मुक्तिका पात्रहरू र आफ्नो व्यवस्थापनको योजनाको फल बनाउनका लागि चुन्न, र यी मानिसहरूलाई अर्को युगमा ल्याउन चाहनुहुन्छ। त्यसकारण, जेसुकै भए पनि, परमेश्वरले चुकाएको यो मूल्य पूर्ण रूपमा उहाँको देहधारी देहले आखिरी दिनहरूमा गर्ने कामको तयारीका लागि हो। तिमीहरू आजको दिनमा आइपुगेको तथ्य यसै देहको कारणले हो। परमेश्वर देहमा जिउनुहुने भएकाले नै तिमीहरूले बाँच्ने मौका पाएका छौ। यी सबै आशिष् यसै साधारण व्यक्तिका कारण प्राप्त भएका हुन्। यति मात्र होइन, तर अन्तमा, असङ्ख्य राष्ट्रले यस साधारण व्यक्तिलाई आराधना गर्नेछन्, साथै यस नगण्य व्यक्तिलाई धन्यवाद दिनेछन् र आफूलाई उहाँको अधीनमा राख्नेछन्, किनभने उहाँले ल्याएको सत्यता, जीवन, र मार्गले नै सम्पूर्ण मानवजातिलाई मुक्ति दिएको छ, मानिस र परमेश्वरबीचको द्वन्द्वलाई कम गरेको छ, तिनीहरूबीचको दूरीलाई घटाएको छ, र परमेश्वर र मानिसका विचारहरूबीच एउटा सम्बन्ध स्थापित गरेको छ। परमेश्वरका लागि अझ ठूलो महिमा प्राप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। के यस्तो साधारण व्यक्ति तेरो भरोसा र श्रद्धाको अयोग्य हुनुहुन्छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अयोग्य हुनुहुन्छ? के यस्तो साधारण व्यक्ति मानिसमाझ परमेश्वरको अभिव्यक्ति बन्न सक्नुहुन्न? के मानिसलाई प्रकोपबाट बचाउने यस्तो व्यक्ति तिमीहरूको प्रेम र उहाँलाई समाइराख्ने तिमीहरूको चाहनाको योग्य हुनुहुन्न र? यदि तिमीहरू उहाँको मुखबाट व्यक्त गरिएका सत्यताहरूलाई इन्कार गर्छौ र तिमीहरूबीचको उहाँको अस्तित्वलाई घृणा गर्छौ भने, अन्तमा तिमीहरूको के हुनेछ?
आखिरी दिनहरूमा परमेश्वरका सबै काम यही साधारण व्यक्ति मार्फत गरिन्छन्। उहाँले तँलाई सबै कुरा प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, उहाँ तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न सक्षम हुनुहुन्छ। के यस्तो व्यक्ति तिमीहरूले विश्वास गरे जस्तो: उल्लेख गर्न नै अयोग्य हुने गरी अति साधारण व्यक्ति हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? के आफ्नै आँखाले उहाँका कार्यहरू देख्नुले नै तिमीहरूलाई विश्वस्त तुल्याउन सक्दैन? कि उहाँले मानिसहरूलाई डोर्याउने मार्ग तिमीहरू हिँड्न योग्य नभएको हो? अन्ततः कुन कुराले तिमीहरूलाई उहाँप्रति वितृष्ण हुने र उहाँलाई इन्कार गर्ने र उहाँबाट टाढा रहने तुल्याउँछ? सत्यता व्यक्त गर्ने व्यक्ति यी नै हुनुहुन्छ, सत्यता प्रदान गर्ने व्यक्ति यी नै हुनुहुन्छ, तिमीहरूलाई पछ्याउनका लागि मार्ग दिने व्यक्ति यी नै हुनुहुन्छ। के तिमीहरू यी सत्यता भित्र परमेश्वरको कामका चिन्हहरू भेट्टाउन अझसम्म असक्षम भएका हुन सक्छ? येशूको काम विना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारी परमेश्वर बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यही साधारण व्यक्तिको आगमनविना, तिमीहरूले परमेश्वरको साँचो मुहार देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नाश भइसक्नुपर्ने पात्र हौ। परमेश्वरको दोस्रो देहधारणको आगमनका कारण, तिमीहरूलाई परमेश्वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। जे भए पनि, मैले तिमीहरूलाई अन्तिमतिर अझै पनि यी वचन छोड्नै पर्छ: यी साधारण व्यक्ति, जो देहधारी परमेश्वर हुनुहुन्छ, तिमीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ। परमेश्वरले मानिसहरूमाझ गरिसक्नुभएको महान् कुरा यही नै हो।