ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आखिरी दिनहरूको काम भनेको सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने काम हो, र त्यो परमेश्‍वरको व्यवस्थापनको योजनालाई निष्कर्षमा पुर्‍याउने काम हो, किनकि समय नजिक छ र परमेश्‍वरको दिन आएको छ। परमेश्‍वर उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई—अन्तिमसम्‍म उहाँप्रति बफादार हुने सबैलाई—परमेश्‍वर स्वयम्‌को युगमा ल्याउनुहुन्छ। तैपनि परमेश्‍वर स्वयम्‌को युग आइपुग्‍नुभन्दा पहिले, परमेश्‍वरको काम मान्छेका कार्यहरूलाई निरीक्षण गर्नु, वा मान्छेको जीवनबारे सोध्नु होइन, बरु मान्छेको विद्रोहीपनलाई न्याय गर्नु हो, किनकि परमेश्‍वरले उहाँको सिंहासनसामु आउने सबैलाई शुद्ध गर्नुहुनेछ। यस दिनसम्म परमेश्‍वरका पदचापहरू पछ्याएकाहरू सबै परमेश्‍वरको सिंहासनसामु आउनेहरू हुन्, अनि यसो हुनाले, परमेश्‍वरको अन्तिम काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरको अन्तिम काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको न्यायको पात्र हुन्छ।

विगतका समयहरूमा कुरा गरिएको परमेश्‍वरको घरबाट सुरु हुने न्यायमा, यी वचनहरूको “न्याय” ले आखिरी दिनहरूमा परमेश्‍वरको सिंहासनसामु आउनेहरूमाथि आज उहाँले गर्ने न्यायलाई जनाउँछ। सायद यस्ता मानिसहरू छन् जो आखिरी दिनहरू आउँदा परमेश्‍वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, जसमाथि सेतो टेबुलपोस ओछ्याइनेछ, अनि त्यसपछि, सबै मानिस भुइँमा घुँडा टेकेर बसिरहँदा एउटा ठूलो सिंहासनमा बसेर उहाँले प्रत्येक व्यक्तिका पापहरू खुलासा गर्नुहुनेछ र यसरी तिनीहरू स्वर्गमा उक्लने हुन् कि आगो र गन्धकको कुण्डमा पठाइने हुन् भनी निर्धारण गर्नुहुनेछ भनेर विश्‍वास गर्छन्, साथै यस्तै अरू अलौकिक कल्पनाहरू गर्छन्। मानिसले चाहे जेसुकै कल्पना गरोस्, यसले परमेश्‍वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानिसका कल्पनाहरू मानिसका सोचाइहरूका उपजहरूबाहेक केही होइनन्; ती मानिसको दिमागबाट आउँछन्, मानिसले देखेका र सुनेका कुराहरूबाट सारांशीकृत गरिएका र जोडेर बनाइएका हुन्छन्। त्यसकारण म भन्छु, मानिसका कल्पनाहरू जतिसुकै अद्भुत भए पनि, ती कार्टुन चित्र मात्र हुन्, र तिनले परमेश्‍वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। आखिरमा, मानिस शैतानद्वारा भ्रष्ट तुल्याइएको छ भने उसले परमेश्‍वरका विचारहरू कसरी बुझ्न सक्छ र? मानिस परमेश्‍वरको न्यायको कामलाई कुनै अनौठो कुराको रूपमा लिन्छ। ऊ के विश्‍वास गर्छ भने न्यायको काम गर्ने परमेश्‍वर स्वयम् हुनुभएकोले, यो काम सबैभन्दा विशाल स्तरको र नश्‍वरहरूले बुझ्न नसक्ने हुनुपर्छ, साथै यो स्वर्गभरि गुञ्जिनुपर्छ र यसले पृथ्वीलाई हल्लाउनुपर्छ; यदि त्यसो होइन भने, यो कसरी परमेश्‍वरद्वारा गरिने न्यायको काम हुन सक्छ? ऊ के विश्‍वास गर्छ भने यो न्यायको काम भएको हुनाले, परमेश्‍वरले काम गर्दा उहाँ विशेष रूपमा प्रभावशाली र प्रतापी हुनुपर्छ, र जसको न्याय गरिँदै छ तिनीहरू आँसु बगाएर रोइरहेका र घुँडा टेकेर कृपाको भिख मागिरहेका हुनुपर्छ। त्यस्ता दृश्यहरू पक्कै पनि शानदार र अत्यन्तै रोमाञ्चक हुनेछन्...। सबैले परमेश्‍वरको न्यायको काम चमत्कारी हुने कल्पना गर्छन्। तर, के परमेश्‍वरले मानिसमाझ आफ्नो न्यायको काम धेरै अघि सुरु गरिसक्दा पनि तँ सुस्त निद्रामा नै गुँडुल्किएर बसिरहेको हुन्छस् भन्ने कुरा तँलाई थाहा छ? तैँले परमेश्‍वरको न्यायको काम औपचारिक रूपमा सुरु भएको छ भनेर सोच्ने बेलामा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई पहिले नै नयाँ बनाइसक्नुभएको हुनेछ भन्ने कुरा तँलाई थाहा छ? त्यस बेलामा, सायद, तैँले जीवनको अर्थ भर्खरै मात्र बुझेको हुनेछस्, तर परमेश्‍वरको निर्मम दण्डको कामले अझै पनि गहिरो निद्रामा रहेको तँलाई नरकमा ल्याउनेछ। त्यसपछि मात्र तैँले परमेश्‍वरको न्यायको काम समाप्त भइसकेको कुरा अचानक थाहा पाउनेछस् र बुझ्नेछस्।

अब हामी आफ्नो बहुमूल्य समय खेर नफालौँ, र यी घृणित, घिनलाग्दा विषयहरूका बारेमा थप कुरा नगरौँ। यसको सट्टा हामी बरु न्याय भनेको के हो त्यसबारे कुरा गरौँ। “न्याय” शब्द उल्लेख गर्नेबित्तिकै, तैँले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिनका लागि यहोवालेबोल्नुभएका वचनहरू र फरिसीहरूलाई हप्काउनका लागि येशूले बोल्नुभएका वचनहरू सम्झने सम्भावना हुन्छ। ती जतिसुकै कठोर भए पनि, यी वचनहरू परमेश्‍वरले गर्नुभएको मानिसको न्याय थिएनन्; ती त परमेश्‍वरले फरक-फरक वातावरणमा, अर्थात् फरक-फरक सन्दर्भमा बोल्नुभएका वचनहरू मात्र थिए। यी वचनहरू आखिरी दिनहरूका ख्रीष्टले मानिसको न्याय गर्दा उहाँद्वारा बोलिएका वचनहरू जस्ता छैनन्। आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको मूल-तत्त्वलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यता प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनुपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको मूल-तत्त्व र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी मूलतः शैतानको मूर्तरूप हो, र मानिस कसरी परमेश्‍वरविरुद्धको विरोधी शक्ति हो भन्‍नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्‍वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्‍दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायले मात्र मानिसलाई वशमा ल्याउन र उसलाई परमेश्वरबारे पूर्णतः विश्‍वस्त पार्न सक्छ, र त्यसमाथि उसलाई परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्षम बनाउन सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको परमेश्‍वरको साँचो मुहारबारे मानिसको ज्ञान हो; यसले ल्याउने कुरा भनेको मानिसको आफ्नै विद्रोहीपनको सत्यताको बुझाइ हो। न्यायको कामले मानिसलाई परमेश्‍वरका अभिप्रायहरूबारे धेरै स्पष्टता, परमेश्‍वरको कामको उद्देश्यबारे धेरै स्पष्टता, र उसले पत्ता लगाउन नसक्ने रहस्यहरूबारे धेरै बोध प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानिसलाई आफ्नो भ्रष्ट सार र आफ्नो भ्रष्टताको जडलाई चिन्न र त्यसबारे सचेतना प्राप्त गर्न पनि सक्षम बनाएको छ, र मानिसलाई आफ्नो कुरूप मुहार पत्ता लगाउन सक्षम बनाएको छ। कामका यी नतिजाहरू सबै न्यायको कामद्वारा ल्याइएका हुन्, किनभने न्यायको कामको सार वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्ने सबैका लागि उहाँको सत्यता, मार्ग, र जीवन खुलस्त पार्ने काम हो। यो काम परमेश्‍वरद्वारा गरिने न्यायको काम हो। यदि तँ यी सत्यताहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, यदि तँ सधैँ यी सत्यताहरूबाट पन्छिने प्रयास गरिरहेको हुन्छस्, र नयाँ निकासका लागि सधैँ यी सत्यताहरूभन्दा बाहिर खोज्ने प्रयास गरिरहेको हुन्छस् भने, म त भन्छु तँ एक जघन्य पापी होस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तैपनि सत्यताको खोजी गर्दैनस् वा परमेश्‍वरका अभिप्रायहरू खोज्दैनस्, न त तँलाई परमेश्‍वरको अझ नजिक ल्याउने मार्गलाई नै प्रेम गर्छस् भने, म त भन्छु तँ न्यायबाट पन्छिन प्रयास गरिरहेको व्यक्ति होस्, र तँ महान् सेतो सिंहासनबाट भाग्ने कठपुतली र विश्‍वासघाती होस्। परमेश्‍वरले उहाँको नजरबाट भाग्ने कुनै पनि विद्रोहीलाई बाँकी राख्नुहुनेछैन। त्यस्ता मानिसहरूले झनै कठोर दण्ड पाउनेछन्। जो परमेश्‍वरको न्याय प्राप्त गर्न उहाँसामु आउँछन्, र त्यसमाथि शुद्ध गरिएका छन् तिनीहरू सधैँभरि परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य नै, यो भविष्यको कुरा हो।

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको सत्यता प्रयोग गरेर मानवजातिलाई विजय गर्नु भएकोले, परमेश्‍वर अझै पनि यो काम गर्न देहधारी स्वरूपमा मानिसहरूका बीचमा देखा पर्नुहुन्छ भन्‍ने कुरा निर्विवाद छ। भन्नुको मतलब, आखिरी दिनहरूका ख्रीष्टले सत्यता प्रयोग गरेर सबै ठाउँका मानिसहरूलाई सिकाउनुहुनेछ र तिनीहरूलाई स्पष्ट रूपमा सबै सत्यता बताउनुहुनेछ। यो परमेश्‍वरको न्यायको काम हो। परमेश्‍वरको दोस्रो देहधारणका सम्बन्धमा धेरैले असहज महसुस गर्छन्, किनभने न्यायको काम गर्न परमेश्‍वर देह बन्नुहुनेछ भनी विश्‍वास गर्न सबै मानिसलाई गाह्रो लाग्छ। तैपनि, मैले तँलाई के भन्नैपर्छ भने परमेश्‍वरको काम प्रायजसो मानिसका अपेक्षाहरूभन्दा धेरै पर जान्छ, र मानव दिमागलाई यो स्वीकार गर्न गाह्रो हुन्छ। किनभने मानिसहरू पृथ्वीका औँसा मात्र हुन्, जबकि परमेश्‍वर ब्रह्माण्ड भर्ने सर्वोच्च जन हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडल जस्तै हो, र यसले औँसाहरू मात्र जन्माउँछ, जबकि परमेश्‍वरका सोँचहरूद्वारा निर्देशित कामको प्रत्येक चरण परमेश्‍वरको बुद्धिको मूर्तरूप हो। मानिस सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको हुन्छ, जसमा म भन्छु कि अन्तमा को हार्नेछ भन्‍ने कुरा स्वतः स्पष्ट छ। म तिमीहरू सबैलाई आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान्न अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्याय स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूभन्दा कति माथि उभिएको छस्? यदि अरूले सत्यतासामु आफ्नो शिर झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामलाई रोक्न सकिँदैन। तैँले गरेको “योगदान” का कारण उहाँले न्यायको काम दोहोर्‍याउनुहुनेछैन, र यस्तो राम्रो अवसर चिप्लिन दिएकोमा तँलाई हृदयविदारक पछुतो हुनेछ। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, आकाशमा भएको त्यो महान् सेतो सिंहासनले तँलाई “न्याय” नगरेसम्म पर्खेर मात्र बस्! तैँले के जान्नुपर्छ भने इस्राएलीहरू सबैले येशूलाई अस्वीकार गरे, र तिनीहरूले येशूलाई नकारे, तैपनि येशूले मानवजातिलाई छुटकारा दिनुभएको तथ्य ब्रह्माण्डभरि र पृथ्वीको कुना-कुनासम्म फैलियो। के यो परमेश्‍वरले धेरै पहिले सम्पन्न गर्नुभएको तथ्य होइन र? यदि तँ अझै पनि येशूले तँलाई स्वर्गमा लैजानुहुनेछ भनी पर्खिरहेको छस् भने, म त भन्छु तँ हठी र काम नलाग्ने चिज होस्। येशूले तँजस्तो सत्यताप्रति बेइमानी गर्ने र आशिष्‌हरू मात्र खोज्ने झूटो विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। यसको उल्टो, उहाँले तँलाई दशौँ हजार वर्षसम्म जलाउनका लागि आगोको कुण्डमा फाल्नमा कुनै कृपा देखाउनुहुनेछैन।

के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्‍वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्‍वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्‍वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्‍वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्‍वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्‍वरले ती अबफादार झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्‍वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्‍न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्‍वर उहाँप्रति कहिल्यै निष्कपट नरहेका, कुनै विकल्प नभएकाले उहाँसित झाराटारुवा तरिकाले मात्र व्यवहार गर्नेहरूलाई लिनुहुन्छ, र उहाँका मानिसहरूका लागि सेवा गर्नेहरूको सूचीमा राख्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्‍नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्‍वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्‍वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्‍वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरको कामको परिष्कृत उपज हुन्। परमेश्‍वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्‍वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्‍नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्‍ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्‍वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्‍वरको कामले पर्खँदैन, र परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कृपा देखाउँदैन।

फूटनोटहरू:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

अघिल्लो: के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

अर्को: के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसको बीचमा महान् काम गर्नुभएको छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्