167 ख्रीष्ट हुनुहुन्छ हाम्रा परमेश्‍वर

पद १

जीवन शक्ति बोक्छन् परमेश्‍वरका वचन, मार्ग देखाउँछन्,

सत्यता बुझ्न हामीलाई मद्दत गर्छन्।

उहाँका वचन र बोलीको तरीकाले खिँचिन्छौं,

र चासो लिन्छौं यस साधारण व्यक्तिका भावनामा।

हाम्रो निम्ति काम गर्दै, रगत ओकल्दै, निदाउनुहुन्न

हाम्रो निम्ति रुदै सुस्केरा हाल्नुहुन्छ,

र हाम्रो मुक्तिको लागि अपमानित हुनुहुन्छ।

हाम्रो सुन्नता र विद्रोहले उहाँका आँसु झार्छन्।


पूर्व कोरस

साधारण व्यक्तिको यस्तो तरीका हुन सक्तैन,

न सक्छ भ्रष्ट मानवले पाउन।

उहाँमा छ प्रेम, सहनशीलता, धीरज

जुन कुनै सृष्टिसँग छैन।


कोरस

हामीले इन्कार गरेको यस साधारण, नगण्य व्यक्ति,

के उहाँ प्रभु येशू हुनुहुन्न र, हामीले निरन्तर सम्झने

र रात दिन चाहने?

उहाँ नै! हाम्रा परमेश्‍वर! सत्य, बाटो, र जीवन!


पद २

उहाँ बाहेक कसैले जान्दैन हाम्रो हरेक विचार,

न बुझ्न सक्छ हाम्रो प्रकृति र सार,

न सक्छ मानव विद्रोह र भ्रष्टताको न्याय गर्न,

न स्वर्गको परमेश्‍वर पक्ष हामी माझ काम गर्न, बोल्न।

परमेश्‍वरको अख्तियार, बुद्धि र गरीमा

उहाँ बाहेक छैन अरू कसैमा।

उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

उहाँबाटै अघि ल्याइन्छ।


कोरस

हामीले इन्कार गरेको यस साधारण, नगण्य व्यक्ति,

के उहाँ प्रभु येशू हुनुहुन्न र, हामीले निरन्तर सम्झने

र रात दिन चाहने?

उहाँ नै! हाम्रा परमेश्‍वर! सत्य, बाटो, र जीवन!


ब्रिज

उहाँले मात्र ज्योति र बाटो देखाउन सक्नुहुन्छ,

नदेखाइएका रहस्यहरू प्रकट गर्न सक्नुहुन्छ।

उहाँले मात्र बन्धनबाट मुक्ति दिन सक्नुहुन्छ,

शैतानद्वारा भ्रष्टित हाम्रो स्वभावबाट।


पद ३

परमेश्‍वरको प्रतिनिधि उहाँ; परमेश्‍वरको हृदय,

अर्ती र मानवको न्याय व्यक्त गर्नुहुन्छ।

नयाँ युग, स्वर्ग र पृथ्वी उहाँले ल्याउनुभएको छ।

अस्पष्टताको हाम्रो जीवन अन्त्य गर्दै,

हामीलाई मुक्तिको मार्ग देखाँउदै,

हाम्रो लागि आशा र नयाँ काम ल्याउनुहुन्छ।

हाम्रा अस्तित्व र हृदय जित्नुभएको छ।

अब हाम्रा मन सचेत र आत्मा जागृत हुन्छन्।


कोरस

हामीले इन्कार गरेको यस साधारण, नगण्य व्यक्ति,

के उहाँ प्रभु येशू हुनुहुन्न र, हामीले निरन्तर सम्झने

र रात दिन चाहने?

उहाँ नै! हाम्रा परमेश्‍वर! सत्य, बाटो, र जीवन!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु” बाट परिमार्जित

अघिल्लो: 165 परमेश्‍वरको आगमन कसैले देख्दैन

अर्को: 168 राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्