१६६  राज्यको युगमा, सबै कुरा वचनले नै पूरा गर्छ

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका माध्यमहरू परिवर्तन गर्न, र पूरै युगको काम गर्न वचन प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्‍नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, मानिसले वचन देहमा देखा पर्नुभएका परमेश्‍वरलाई साँच्चै देख्ने तुल्याउनुहुन्छ, र उहाँको बुद्धि र अद्भुतता देख्ने तुल्याउनुहुन्छ। मानिसहरूलाई विजय गर्ने, सिद्ध पार्ने, र हटाउने लक्ष्यहरू अझै राम्ररी हासिल गर्न परमेश्‍वर यसरी काम गर्नुहुन्छ, वचनको युगमा काम गर्न वचनको प्रयोग गर्नुको साँचो अर्थ यही हो।

वचनहरूद्वारा मानिसले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो, त्यो थाहा पाउन पुग्छन्। वचनहरूद्वारा, परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको सबै काम हासिल हुन्छन्। वचनहरूद्वारा, मानिसहरूलाई प्रकाश गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले यी वचन देखेका छन्, यी वचन सुनेका छन्, र यी वचनको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरू परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिमा, र मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्‍वरको हृदयमा विश्‍वास गर्न पुगेका छन्। “वचनहरू” भन्‍ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनले मानिसहरूका हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्।

युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यसरी काम गर्नुहुन्छ, र केवल उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यस प्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयदेखि, मानिस परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको खुवाइ र आपूर्तिमाझ जिउँछ; मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूका श्रापहरू र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिसहरू त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी सबै वचनहरू र यो काम मानिसको मुक्तिका खातिर, परमेश्‍वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले ब्रह्माण्डका सबै मानिसहरूलाई अगुवाइ गर्नुहुन्छ, वचनहरू प्रयोग गरेर नै उहाँ उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

अघिल्लो: १६०  अन्त्यसम्म पछ्याउन पवित्र आत्माको कामको पालन गर

अर्को: १६७  राज्यको युगमा परमेश्‍वरले मानिसलाई वचनहरूले सिद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्