762 तिमीहरू परमेश्वरलाई साँच्चै प्रेम गर्दैनौ
पद १
तिमीहरू सोच्छौ कि परमेश्वरको लागि प्रशस्त त्याग
र पर्याप्त प्रेम गरिसक्यौ।
तर तिमीहरूका शब्द र कार्य विद्रोही र छली छन्,
तिमीहरू किन सधैँ यस्तो हुन्छौ?
उहाँलाई पछ्याउँछौ तैपनि उहाँको वचन स्वीकार्दैनौ।
के यसैलाई प्रेम भन्छौ?
उहाँलाई पछ्याउँछौ तर त्यसपछि पन्छ्याउँछौ।
के यसैलाई प्रेम भन्छौ?
कोरस
तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।
धेरै वर्षको काम र उहाँले
प्रदान गर्नुभएको सबै वचन पछि,
तिमीहरूले वास्तवमा कति पायौ?
के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?
पद २
उहाँलाई पछ्याउँछौ तैपनि उहाँप्रति सन्देहशील छौ।
के यसलाई प्रेम भन्न सकिन्छ?
पछ्याउँछौ तैपनि उहाँको अस्तित्व स्वीकार्न सक्तैनौ।
के यसलाई प्रेम भन्न सकिन्छ?
तिमीहरू उहाँलाई सुहाउँदो व्यवहार गर्दैनौ,
उहाँको लागि समस्या सृजना गर्छौ।
के यसलाई प्रेम भन्न सकिन्छ? के यसैलाई प्रेम भन्छौ?
कोरस
तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।
धेरै वर्षको काम र उहाँले
प्रदान गर्नुभएको सबै वचन पछि,
तिमीहरूले वास्तवमा कति पायौ?
के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?
ब्रिज
उहाँलाई पछ्याउँछौ तर उहाँलाई मूर्ख बनाउन
र हरेक कुरामा धोका दिने प्रयास गर्छौ।
उहाँको सेवा गर्छौ तर उहाँसँग डर मान्दैनौ।
सब तरिकाले, सब कुरामा उहाँको विरोध गर्छौ।
धेरै अर्पण गरेको छौ, यो सत्य हो,
तैपनि उहाँले माग गर्नुभएको कहिल्यै अभ्यास गरेको छैनौ।
के यसलाई प्रेम भन्न सकिन्छ?
कोरस
तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।
धेरै वर्षको काम र उहाँले
प्रदान गर्नुभएको सबै वचन पछि,
तिमीहरूले वास्तवमा कति पायौ?
के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?
कोरस
तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।
धेरै वर्षको काम र उहाँले
प्रदान गर्नुभएको सबै वचन पछि,
तिमीहरूले वास्तवमा कति पायौ?
के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट परिमार्जित