41 संसार ध्वस्त हुँदैछ, राज्यले आकार लिँदैछ
पद १
परमेश्वरका वचन नरम हुन
पर्खिन्छौ, तर फेरि सोच!
उहाँले प्रेम गर्नेहरूका लागि, उहाँको स्वर
कोमल, सधैँ सान्त्वनादायी छ।
तर तिमीहरूप्रति कठोर, न्यायपूर्ण छ,
त्यसमा सजाय, क्रोध थपिन्छ।
कोरस
दिन-प्रतिदिन संसार टुक्रिँदैछ।
दिन-प्रतिदिन मानिस नष्ट हुन्छ।
दिन-प्रतिदिन उहाँको राज्य बन्छ।
उहाँका मानिसको कद बढ्दै जान्छ।
दिन-प्रतिदिन उहाँको क्रोध बढ्दैछ,
सजाय झन् प्रचण्ड हुँदैछन्।
उहाँका वचन दिन-प्रतिदिन कठोर हुन्छन्।
पद २
संसारको हर देशमा स्थिति
झन् तनावग्रस्त छ,
दिन-प्रतिदिन टुक्रिँदै, अराजक हुँदैछ।
हरेक देशका नेताले अन्त्यमा
शक्ति जित्न खोज्छन्,
उहाँको सजाय तिनमा आइरहेको थाहै पाउँदैनन्।
पूर्व कोरस
उहाँको शक्ति खोस्न खोज्छन्, तर सपना मात्र देख्दैछन्!
कोरस
दिन-प्रतिदिन संसार टुक्रिँदैछ।
दिन-प्रतिदिन मानिस नष्ट हुन्छ।
दिन-प्रतिदिन उहाँको राज्य बन्छ।
उहाँका मानिसको कद बढ्दै जान्छ।
दिन-प्रतिदिन उहाँको क्रोध बढ्दैछ,
सजाय झन् प्रचण्ड हुँदैछन्।
उहाँका वचन दिन-प्रतिदिन कठोर हुन्छन्।
पद ३
सबमाथि शासन गर्न योग्य उहाँ मात्र,
सब उहाँमै भर पर्छ।
उहाँको काम यहाँसम्म आइपुगेकोले,
छानबिन गर्नेलाई मार्नुहुनेछ।
हर दिन, नयाँ प्रकाश र हर दिन, नयाँ ज्योति।
सबथोक झन्-झन् पूर्ण हुँदैछ।
ब्रिज
शैतानको अन्तिम दिन पहिले भन्दा झन्
नजिक आउँदैछ, र झन् स्पष्ट हुँदैछ।
कोरस
दिन-प्रतिदिन संसार टुक्रिँदैछ।
दिन-प्रतिदिन मानिस नष्ट हुन्छ।
दिन-प्रतिदिन उहाँको राज्य बन्छ।
उहाँका मानिसको कद बढ्दै जान्छ।
दिन-प्रतिदिन उहाँको क्रोध बढ्दैछ,
सजाय झन् प्रचण्ड हुँदैछन्।
उहाँका वचन दिन-प्रतिदिन कठोर हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ८२” बाट परिमार्जित