128 परमेश्‍वरको काम अघि बढिरहन्छ

पद १

परमेश्‍वरको काम अघि बढिरहन्छ;

उद्देश्य अपरिवर्तित रहेपनि,

निरन्तर बदलिरहन्छ उहाँको कामको विधि

र उहाँलाई पछ्याउनेहरू पनि।

उहाँले जति धेरै काम गर्नुहुन्छ,

त्यति मानिसले उहाँलाई पूरा जान्दछ,

त्यति मानिसको स्वभाव उहाँको काम

अनुसार परिवर्तन हुन्छ।


कोरस

परमेश्‍वरको काम अघि बढिरहन्छ;

उहाँको काम सधैँ नयाँ हुन्छ, पुरानो हुन्न।

पुरानो काम उहाँ दोहोर्याउनुहुन्न,

पहिले नगरिएका काम उहाँ गर्नुहुनेछ।


पद २

उहाँ उही काम गरिरहनुहुन्न;

त्यो सधैँ परिवर्तनीय र नयाँ हुन्छ।

उहाँले नयाँ वचन बोल्नुभए जस्तै,

हरदिन नयाँ काम गर्नुभए जस्तै।

यही हो उहाँले गर्ने काम

र मुख्य शब्द “नयाँ” र “अद्भुत” हुन्।

उहाँ अपरिवर्तनीय परमेश्‍वर हुनुहुन्छ।

यो भनाइ वास्तवमै सत्य छ।


कोरस

परमेश्‍वरको काम अघि बढिरहन्छ;

उहाँको काम सधैँ नयाँ हुन्छ, पुरानो हुन्न।

पुरानो काम उहाँ दोहोर्याउनुहुन्न,

पहिले नगरिएका काम उहाँ गर्नुहुनेछ।


ब्रिज

उहाँको काम निरन्तर परिवर्तनशील भएकोले;

पवित्र आत्माको काम नजान्नेहरू,

र सत्य नजान्ने बेतुका मानिसहरू

अन्तिममा उहाँको विरोधी बन्छन्।


पद ३

उहाँको सार परिवर्तन हुनेछैन;

उहाँ सधैँ परमेश्‍वर, शैतान कहिल्यै बन्नुहुन्न।

यसको मतलब यो होइन कि उहाँको काम

उहाँको सारजस्तो अपरिवर्तनीय छ।

तिमी उहाँ अपरिवर्तनीय हुनुहुन्छ भन्छौ

तर कसरी “पुरानो होइन, सधैँ नयाँ” को व्याख्या गर्छौ?

उहाँको काम विस्तार र परिवर्तन भइरहन्छ,

मानिसलाई उहाँको इच्छा प्रकट र ज्ञात गराउनुहुन्छ।


कोरस

परमेश्‍वरको काम अघि बढिरहन्छ;

उहाँको काम सधैँ नयाँ हुन्छ, पुरानो हुन्न।

पुरानो काम उहाँ दोहोर्याउनुहुन्न,

पहिले नगरिएका काम उहाँ गर्नुहुनेछ, उहाँ गर्नुहुनेछ।

पहिले नगरिएका काम उहाँ गर्नुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट परिमार्जित

अघिल्लो: 127 परमेश्‍वरले आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुभएको छ

अर्को: 129 परमेश्‍वरको काम दोहोरिदैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्