304 म केवल सत्यता प्राप्त गर्न चाहन्छु र अब पतित हुनेछैन
शुरुवात
संसारको दुष्टता, अन्धकार देखेको छु,
अब यसका प्रचलनलाई पछ्याउने छैन।
पद १
सर्वशक्तिमान् परमेश्वरले मात्र मानिसलाई मुक्ति दिनुहुन्छ; यो साँचो हो।
किन सत्यता स्वीकार्न, उहाँलाई पछ्याउन सक्दिनँ?
अझै किन उदासीन छु?
के म यति पतित भएँ कि अज्ञानताको कारण नष्ट हुनेछु?
कोरस १
मैले विपत्तिहरू देखेँ
र सपनाबाट झस्केर ब्युझिएँ।
म यति नकारात्मक र पतित रहन चाहन्न।
अबदेखि म जाग्नेछु।
आज आफ्नो खुट्टामा उभिनेछु।
कायर होइन, योद्धा हुनेछु।
पद २
केवल सत्यता पाउन इच्छुक छु;
ख्रीष्टको निम्ति लड्न चाहन्छु,
उहाँको साक्षी दिन, उहाँका
योजनामा समर्पित
हुन चाहन्छु र मेरो बाँकी जीवन
उहाँलाई पालन गर्नेछु, पछ्याउनेछु।
उहाँलाई पछ्याउनेछु।
कोरस २
केवल सत्यता पाउन इच्छुक छु;
ख्रीष्टको निम्ति लड्न चाहन्छु,
उहाँको साक्षी दिन, उहाँका
योजनामा समर्पित
हुन चाहन्छु र मेरो बाँकी जीवन
उहाँलाई पालन गर्नेछु, पछ्याउनेछु।