149 तपाईँ मेरो सामु देखा पर्नुहुँदा म तपाईँको मुस्कुराइरहेको मुहारलाई स्वागत गर्नेछु

पद १

एउटा परिचित आवाजले मलाई बारम्बार बोलाउँछ,

मेरो आत्मा जगाउँदै, लामो रातबाट ब्युँझाउँदै।

कुहिरोमा तपाईँको मुस्काइरहेको मुहार देख्छु।

परमेश्‍वरको मुहार देख्ने सपना कहिल्यै देखिनँ।


पद २

म भ्रष्ट मानिस हुँ, इज्जतरहित, तैपनि

परम महिमित राजा मतर्फ आउँदै हुनुहुन्छ।

तपाईँका वचनले तान्छन्, आनन्दले मातिएको छु।

हर दिन तपाईँ सामु जिउनु मिठास र आनन्द हो।


कोरस

वचन सत्य हो, मेरो हृदयलाई पक्रेको छ।

तपाईँको वचनमा जिउनु नै परम आनन्द हो।

जीवनभर तपाईँलाई प्रेम गर्न, साक्षी दिन चाहन्छु।

गवाही पछि, तपाईँको मुस्काईरहेको मुहार देख्नेछु।


पद ३

तपाईँसामु शान्त भई, तपाईँका वचन सुन्छु।

तपाईँका वचन न्यानो र शक्तिशाली छन्।

न्याय, सजायमा भएको प्रेमले हृदय जगाएको छ।

म देख्छु कि तपाईँका वचन सत्य, अनमोल छन्!


पद ४

तपाईँको इमान्दार, सुन्दर प्रेमले हृदय

भर्छ, मेरो प्रेमलाई जगाउँछ।

प्रेमिलो हुनुहुन्छ, त्यो मेरो हृदयमा कुँदिएको छ।

तपाईँलाई मेरो हृदय, प्रेम अर्पण गर्नु मेरो इच्छा हो।


कोरस

वचन सत्य हो, मेरो हृदयलाई पक्रेको छ।

तपाईँको वचनमा जिउनु नै परम आनन्द हो।

जीवनभर तपाईँलाई प्रेम गर्न, साक्षी दिन चाहन्छु।

गवाही पछि, तपाईँको मुस्काईरहेको मुहार देख्नेछु।


पद ५

अहिले कहाँ हुनुहुन्छ, मेरो प्रिय?

तपाईँको प्रेमको यादमा, अनिदो रात लामो हुन्छ।

मलाई प्रेम गर्नुहुन्छ, तर किन लुक्नुहुन्छ?

तपाईँको मुहार देख्न नसक्दा हृदय असहज हुन्छ।


पद ६

सङ्कष्ट, परीक्षामा तपाईँलाई पुकार्छु, अगुवाइ माग्छु।

वचनको अगुवाइ, तपाईँको मुहार देखे झैँ हुन्छ।

तपाईँलाई प्रेम गर्दै, पछ्याउँदै, विश्‍वासमा बलियो हुन्छु।

वचन अनुसार जिउँदा शान्त, सहज महसुस हुन्छ।


कोरस

वचन सत्य हो, मेरो हृदयलाई पक्रेको छ।

तपाईँको वचनमा जिउनु नै परम आनन्द हो।

जीवनभर तपाईँलाई प्रेम गर्न, साक्षी दिन चाहन्छु।

गवाही पछि, तपाईँको मुस्काईरहेको मुहार देख्नेछु।

गवाही पछि, तपाईँको मुस्काईरहेको मुहार देख्नेछु।

अघिल्लो: 140 हे परमेश्‍वर, मलाई तपाईंको धेरै याद आउँछ

अर्को: 222 मैले परमेश्‍वरको प्रेमिलो स्वभाव देखेको छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्