प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ, उहाँले प्रताप धारण गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँ मानिसको पुत्र हुनुहुन्छ, उहाँले खुट्टासम्‍म झुण्डिएको वस्‍त्र लगाउनुभएको छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ। उहाँको टाउको र केश ऊनजस्तो सेता छन्; उहाँका आँखाहरू ज्वालाहरू जस्ता छन्; उहाँका पाउहरू टल्काएका काँसाजस्ता छन्, मानौं ती भट्टीमा खारिएका हुन्, र उहाँको स्वर उर्लँदो पानीहरूको आवाजजस्तै छ। उहाँले आफ्नो दाहिने हातमा सातवटा ताराहरू पक्रनुहुन्छ र उहाँको मुखबाट धारिलो दुईधारे तरवार छ, र उहाँको अनुहार जलिरहेको सूर्यजस्तो चम्किरहन्छ!

मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? विरोधले मृत्युमा पुर्‍याउँछ! तैँले आफ्नो हृदयमा सोच्‍ने, तैँले बोल्‍ने कुनै शब्द वा तैँले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्याय बाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले बाधा दिन्छौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँले ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ! ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

ती दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक समाप्त हुनेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! नबिर्सी! कुनै अस्पष्टता हुन सक्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! पश्चात्ताप गर, र मुक्ति नजिकै छ! म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज उठेको छ। मेरो आवाज तिमीहरूको अघि उठेको छ; प्रत्येक दिन यसले तेरो सामना गर्छ, तिमीहरूको आमनेसामने हुन्छ, र प्रत्येक दिन ताजा र नयाँ हुन्छ। तैँले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, तैँले मलाई स्वीकार गर्दैनस् र मलाई चिन्दैनस्। मेरा भेडाहरूले मेरो आवाज सुन्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित अनुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय!

मेरो सिंहासनको सामनेका सातवटा आत्मालाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउँछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका अन्तस्करणहरूलाई जाँच गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, र मेरा पुत्रबाट निस्कने मेरा वचनहरू नै हुन्; जसको कान छ तिनीहरूले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ। केवल तिनलाई खा र पिई, र शङ्का नगर्। जो-जो अधीनमा बस्छन् र मेरा वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्! जो कसैले गम्भीरतासाथ मेरो मुहारको खोजी गर्छन् तिनीहरूले निश्चय नयाँ प्रकाश, नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन्; सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछन्, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, यसरी तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्छस् र परमेश्‍वरको राज्यलाई मानिसहरूको बीचमा आएको देख्नेछस्। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछन्; अनिकाल र महामारीले तँलाई छुन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस्, मसँग हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

सर्वशक्तिमान् परमेश्‍वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र देह दुवै परिवर्तन भएको छ, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ र संसार र सबै थोक उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवारजस्तो छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमा उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, अद्वितीय, साँचो परमेश्‍वरको स्वागत गर्दैछन्, जसको विजयी वापसीले उहाँको छ हजार वर्षको व्यवस्थापन योजनाको समापनको वर्णन गर्दछ। सबै उफ्रन्छन् र आनन्दले नाच्छन्! हर्षोल्‍लास गर्छन्! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, सँगै बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, उहाँसँग राजसत्तामा सहभागी हुँदै, र परमेश्‍वरको राज्यमा सँगसँगै अस्तित्वमा रहँदै—अहो, यो कस्तो सुखद छ! अहो, यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौं, उहाँसँग हरेक दिन बोल्छौ र नियमित कुराकानी गर्छौं, र हरेक दिन नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त हुन्छ। हाम्रा आत्मिक आँखाहरू खोलिएका छन्, र हामी सबै कुरा देख्छौं; आत्माका सबै रहस्यहरू हामीलाई प्रकट गरिएका छन्। पवित्र जीवन साँच्चै चिन्ता मुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वादमा मात्र सन्तुष्ट नबन; परमेश्‍वरमा प्रवेश गर्ने निरन्तर कोसिस गरिराख। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र कुनै पनि थोक फेरि पहिलेको जस्तो रहनेछैन। हाम्रो जीवन सर्वोत्कृष्ट हुनेछ, र कुनै पनि व्यक्ति, पदार्थ, वा थोकले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको नियन्त्रणभन्दा पर पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइको समयमा जिउनु भनेको यही हो।

अघिल्लो: प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय ५

अर्को: प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय ८८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्