प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय १०३

सम्पूर्ण ब्रह्माण्डलाई नै हल्लाउँदै एउटा गर्जनयुक्त आवाज बाहिर निस्कन्छ। यो यति कर्णभेदी छ कि मानिसहरू यसबाट समयमै छलेर उम्किन सक्दैनन्। कोही मारिन्छन्, कोही नष्ट हुन्छन् अनि कोही चाहिँ न्यायमा पर्छन्। यो साँच्चै एउटा रमिता हो, यस्तो कसैले कहिल्यै देखेको छैन। ध्यानपूर्वक सुन: गर्जनको गडगडाहटहरूको साथमा विलापको आवाज छ अनि यसको आवाज पातालबाट आउँछ। यो नर्कबाट आउँछ। यो ती विद्रोहका पुत्रहरूको तीतो आवाज हो जसलाई मैले न्याय गरेको छु। मैले भनेको नसुन्‍नेहरू र मेरा वचनहरूलाई व्यवहारमा नउतार्नेहरूलाई कडा प्रकारले न्याय गरिएको छ र तिनीहरूले मेरो क्रोधको श्राप पाएका छन्। मेरो आवाज न्याय र क्रोध हो, म कसैलाई नरम व्यवहार गर्दिनँ अनि कसैलाई कृपा देखाउँदिन कारण म स्‍वयम्‌ धर्मी परमेश्‍वर हुँ अनि म क्रोधले भरिएको छु, अनि म ज्वलनले, शुद्धीकरणले, अनि विनाशले भरिएको छु। ममा केही पनि लुप्त अथवा भावनात्मक छैन तर यसको विपरीत, हरेक कुरा खुला, धर्मी तथा निष्पक्ष छ। मेरा सबै ज्येष्ठ पुत्रहरू सबै जातिहरू र मानिसहरूलाई न्याय गर्दै मसित मेरो सिंहासनमा भएकाले अहिले ती अन्यायी र अधर्मी कुराहरू तथा मानिसहरूको न्याय हुन सुरु हुँदैछ। म तिनीहरूलाई एक-एक गरेर जाँचपडताल गर्नेछु र कसैलाई नछुटाइकन तिनीहरूलाई पूर्ण रूपले प्रकट गरिदिनेछु। किनकि मेरो न्याय पूर्ण रूपले प्रकट गरिएको छ र पूर्ण रूपले खुला गरिएको छ, मैले कुनै कुरा बाँकी राखेको छैन; मेरो इच्छासित मेल नखाने कुनै पनि कुरालाई म फ्याँकिदिनेछु, र यो अतल कुण्डमा सारा अनन्तसम्मै नष्ट भएको होस्। म त्यसलाई त्यहाँ सदाभरिको लागि जल्न दिनेछु। मेरो धार्मिकता यही हो र मेरो निष्ठा यही हो। कसैले यसलाई बदल्न सक्दैन र सबै मेरो हुकुममुनि आउनैपर्छ।

धेरैजसो मानिसहरूले वचनहरू केवल वचनहरू मात्रै हुन् अनि तथ्यहरू भनेका तथ्यहरू नै हुन् भन्‍ने ठान्दै मेरा वाणीहरूलाई बेवास्ता गर्छन्। तिनीहरू अन्धा हुन्। के म स्वयम् विश्‍वासयोग्य परमेश्‍वर हुँ भन्‍ने तिनीहरूलाई थाहा छैन? मेरा वचनहरू र तथ्यहरू एकै समयमा अस्तित्वमा आउँछन्। के यो कुरा साँच्चै होइन र? मानिसहरूले मेरा वचनहरू बुझ्दै-बुझ्दैनन् अनि जसले अन्तर्दृष्टि पाएका छन्, केवल तिनीहरूले मात्रै साँचो रीतिले बुझ्न सक्छन्। तथ्य यहि नै हो। मेरा वचनहरू देख्नेबित्तिकै मानिसहरू अकलगुम नै हुने गरी डराउँछन् अनि लुक्नका लागि चारैतिर भागदौड गर्छन्। जब मेरो न्याय आउँछ यो झन् बढी लागू हुन्छ। जब मैले सबै थोक सृष्टि गरेँ, जब म संसार नष्ट गर्छु अनि जब म ज्येष्ठ पुत्रहरूलाई पूर्ण गर्छु—यी सबै कुराहरू मेरो मुखको एउटै वचनबाट सम्पन्न हुन्छन्। किनभने मेरो वचन आफैमा अधिकार हो, यो न्याय हो। यस्तो भन्न सकिन्छ कि व्यक्तिको रूपमा म न्याय र प्रताप हुँ; अपरिवर्तनीय तथ्य यही हो। मेरो प्रशासनिक आदेशहरूमध्येको एउटा पक्ष यही हो; मानिसहरूलाई न्याय गर्ने मेरो एउटा तरिका यही हो। मेरो दृष्टिमा हरेक कुरा—सबै मानिसहरू, सबै मामिलाहरू र सबै कुरा लगायत—मेरै हातमा छ र मेरो न्यायको अधीनमा छ। कसैले र कुनै कुराले अन्धाधुन्ध वा स्वेच्छाले व्यवहार गर्ने साहस गर्दैन, अनि सबै कुरा मैले बोल्ने वचनहरू अनुरूप सम्पन्न हुनुपर्छ। मानव धारणाहरू भित्रबाट, हरेकले मेरो अस्तित्वबाट निस्केका वचनहरूलाई विश्‍वास गर्छन्। जब मेरो आत्माले आवाज दिन्छ, तब हरेक जना दोधार हुन्छन्। मेरो सर्वशक्तिमान्‌ताको बारेमा मनिसहरूसित अलिकति पनि ज्ञान छैन, अनि तिनीहरूले मेरो विरुद्धमा अभियोग समेत लगाउँछन्। म तँलाई अहिले भन्दछु, ज-जसले मेरा वचनहरूलाई शङ्का गर्दछन् अनि ज-जसले मेरा वचनहरूलाई तुच्छ ठान्दछन्, नष्ट गरिने तिनीहरू नै हुन्; विनाशका अनन्त पुत्रहरू तिनै हुन्। यसबाट यो देख्न सकिन्छ कि ज्येष्ठ पुत्र बन्‍नेहरू थोरै मात्र छन् किनकि म यसरी नै काम गर्छु। मैले अघि भनेझैँ, म औंला नचलाइकनै सबै कुरा सम्पन्न गर्छु; म केवल मेरा वचनहरू मात्र प्रयोग गर्छु। यसैमा नै मेरो सर्वशक्तिमान्‌ता निहित रहन्छ। मेरा वचनहरूमा, कसैले मैले भन्ने कुराको श्रोत र उद्देश्य पत्ता लगाउन सक्दैन। मानिसहरूले यो हासिल गर्न सक्दैनन्, अनि तिनीहरूले तब मात्र काम गर्न सक्छन्, जब तिनीहरूले मेरो अगुवाइलाई पछ्याउँछन् अनि मेरो धार्मिकताअनुसार मेरो इच्छासित मेल हुने गरी हरेक कुरा गर्छन् अनि मेरो परिवारले धार्मिकता र शान्ति पाउने तुल्याउँछन्, सदाको निम्ति जिउने र अनन्तसम्मै दृढ र अचल हुने तुल्याउँछन्।

मेरो न्याय हरेककहाँ आउँछ, मेरो प्रशासनिक आदेशले हरेकलाई छुन्छ, अनि मेरा वचनहरू र मेरो व्यक्तित्व हरेकलाई प्रकट गरिन्छ। मेरो आत्माको महान् कामको निम्ति समय यही नै हो (यो समयमा, जो आशिषित हुनेछन् र जसले विपत्ति भोग्नेछन्, तिनीहरूलाई एक-अर्काबाट अलग गरिन्छ)। मेरा वचनहरू बाहिर निस्कनेबित्तिकै मैले जसले आशिष पाउनेछन् तिनीहरूलाई, साथै जसले विपत्ति भोग्नेछन् तिनीहरूलाई अलग गरेको हुन्छु। यो पूर्ण रूपले स्पष्ट छ र म सबै कुरालाई एकै झलकमा देख्नसक्छु। (म यो कुरा मेरो मानवतालाई ख्याल राखेर भन्दैछु, त्यसैले यी वचनहरूले मेरो पूर्वनियुक्ति तथा छनौटलाई खण्डन गर्दैन।) म पहाडहरूहुँदो र नदीहरूहुँदो घुम्छु अनि हरेक कुरालाई नियाल्दै र शुद्ध गर्दै ब्रह्माण्डको अन्तरिक्षको सबैतिर, घुम्छु ताकि मेरा वचनहरूको परिणामस्वरूप ती हरेक अशुद्ध स्थानहरू र छाडा भूमिहरू अस्तित्वमा रहन छोडून् र शून्यतामा भस्म होऊन्। मेरो निम्ति सबै कुरा सजिलो छ। यदि अहिले यो समय संसारको विनाशको निम्ति मैले पूर्वनियुक्त गरेको समय भएको भए मैले एउटै शब्दको उच्चारणले यसलाई निल्न सक्नेथिएँ। तथापि, समय अहिले होइन। यो काम गर्नु अघि सबै कुरा तयार हुनुपर्छ ताकि मेरो योजना नखल्बलियोस् अनि मेरो व्यवस्थापनमा बाधा नपुगोस्। यसलाई न्यायसङ्गत ढङ्गले कसरी गर्ने हो, मलाई थाहा छ: मसित मेरो बुद्धि छ, अनि मसित मेरा आफ्ना तयारीहरू छन्। मानिसहरूले एउटा औंला समेत चलाउनु हुँदैन; मेरो हातमा नमर्नको लागि होशियार होओ। यसले मेरो प्रशासनिक आदेशहरूलाई छोइसकेको छ। यसैबाट, कसैले मेरो प्रशासनिक आदेशहरूको कठोरतालाई र साथसाथै तिनीहरूपछाडि रहेका सिद्धान्तहरूलाई पनि देख्‍नसक्छ, जसको दुई पक्षहरू छन्: एकातिर, म तिनीहरू सबैलाई मार्छु, जो मेरो इच्छाअनुरूप छैनन् र जसले मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्छन्; अर्कोतिर, मेरो क्रोधमा मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्ने सबैलाई म श्राप दिन्छु। यी दुई पक्षहरू अपरिहार्य छन् र ती मेरा प्रशासनिक आदेशहरू पछाडिका कार्यकारी सिद्धान्तहरू हुन्। हरेकलाई यिनै दुई सिद्धान्तहरू अनुसार विनाभावना व्यवहार गरिन्छ, चाहे त्यो व्यक्ति जतिसुकै वफादार किन नहोस्। मेरो धार्मिकता, मेरो वैभव र मेरो क्रोध देखाउन पर्याप्त छ जसले सबै पार्थिव कुराहरू, सबै सांसारिक कुराहरू र मेरो इच्छासित मेल नखाने सबै कुरालाई भस्म गर्नेछन्। मेरा वचनहरूमा रहस्यहरू लुकेर रहेका छन्, अनि मेरा वचनहरूमा प्रकट गरिएका रहस्यहरू पनि छन्। यसरी मानव धारणाअनुसार, अनि मानव समझमा, मेरा वचनहरू सदा अबोधगम्य छन्, अनि मेरो हृदय सदा अथाह छ। यसको अर्थ, मैले मानिसहरूलाई तिनीहरूको धारणा र विचारदेखि बाहिर निकाल्नै पर्छ। यो मेरो व्यवस्थापन योजनाको सबैभन्दा महत्वपूर्ण तत्व हो। मेरा ज्येष्ठ पुत्रहरूलाई हासिल गर्नको निम्ति र मैले गर्न चाहेको कुराहरू सम्पन्न गर्नको निम्ति मैले यसलाई यही तरिका गर्नुपर्छ।

संसारका महाविपत्तीहरू प्रतिदिन झन् ठूलो भई बढ्दछन् र मेरो घरमा विनाशकारी महाविपत्तीहरू झन् शक्तिशाली रूपले बढ्दछन्। मानिसहरूको साँच्चै लुक्ने ठाउँ कतै छैन, आफैलाई लुकाउने ठाउँ कतै छैन। अहिले सङ्क्रमणकाल भइरहेको हुनाले मानिसहरूले आफ्नो अर्को कदम कहाँ राख्ने हो, तिनीहरूलाई थाहा छैन। यो मेरो न्यायपछि मात्रै स्पष्ट हुनेछ। याद राख! मेरो कामका कदमहरू यिनै हुन् र मैले काम गर्ने तरिका यहि नै हो। मेरा ज्येष्ठ पुत्रहरूलाई एक-एक गरेर म सान्त्वना दिनेछु र कदम-कदम गरी तिनीहरूलाई माथि उठाउनेछु। सेवाकर्ताहरूको सम्बन्धमा चाहिँ, म तिनीहरू सबैलाई एक एक-गरेर नामेट गरिदिनेछु र त्यागिदिनेछु। मेरो व्यवस्थापन योजनाको एउटा भाग यही हो। सबै सेवाकर्ताहरूलाई प्रकट गरिसकिएपछि मेरा ज्येष्ठ पुत्रहरूलाई प्रकट गरिनेछन्। (मेरो निम्ति यो अत्यन्तै सजिलो छ। तिनीहरूले मेरा वचनहरू सुनेपछि, न्याय र मेरा वचनहरूको त्रासको सामु ती सबै सेवाकर्ताहरू विस्तारै पछि हट्नेछन् र केवल मेरा ज्येष्ठ पुत्रहरू मात्र बाँकी रहनेछन्। यो कुनै स्वैच्छिक कुरा होइन, न त मानव इच्छाले परिवर्तन गर्न सक्ने कुरा नै हो, बरु यो त आत्माले व्यक्तिमा काम गर्नु हो।) यो कुनै परको घटना होइन अनि तिमीहरूले मेरो काम र मेरा वचनहरूको स्थिति भित्रबाट केही हदसम्म यसलाई अनुभूति गर्न सक्नुपर्ने हो। यति धेरै कुराहरू र पूर्वानुमान गर्न नसकिने प्रकृति भएका मेरा वाणीहरू मानिसहरूको निम्ति अगम्य छन् भनेर म किन भन्थें। मेरा ज्येष्ठ पुत्रहरूसँग म सान्त्वना, कृपा र प्रेमको भाकामा बोल्छु (किनभने म यिनीहरूलाई सधैँ अन्तर्दृष्टि दिन्छु अनि म तिनीहरूलाई छोड्नेछैन कारण मैले तिनीहरूलाई पूर्वनियुक्त गरेँ), तर म मेरा ज्येष्ठ पुत्रहरूबाहेक अरूलाई कठोर न्याय, धम्की र त्राससहित व्यवहार गर्नेछु र तिनीहरूलाई निरन्तर त्यस बिन्दुसम्म डरको अनुभूति गराउनेछु कि तिनीहरू सधैँ व्याकुल अवस्थामा रहेका होऊन्। परिस्थिति एउटा निश्चित हदसम्म पुगेपछि, तिनीहरू यस अवस्थाबाट उम्कनेछन् (जब म संसारलाई नष्ट गर्छु, यी मानिसहरू अतल कुण्डमा हुनेछन्), तापनि तिनीहरू मेरो हातको न्यायदेखि उम्‍कनेछैनन् वा यस परिस्थितिदेखि कहिल्यै मुक्त हुनेछैनन्। तिनीहरूको न्याय यही हो, तिनीहरूको सजाय पनि यो नै हो। विदेशीहरू आइपुग्ने दिनमा म यी मानिसहरूलाई एक-एक गरेर प्रकट गर्नेछु। मेरो कामका कदमहरू यिनै हुन्। के मेरा ती वचनहरूको अघिल्लो वाणीहरूपछाडि रहेको अभिप्रायलाई तिमीहरू अहिले बुझ्छौ? मेरो विचारमा पूरा नभएको कुनै पनि कुरा समेत पूरा भइसकेको कुरा हो, तर पूरा भइसकेको कुनै कुरा हासिल गरिएको कुरा हो भन्ने छैन। यसको कारण मसित आफ्नै बुद्धि छ र मेरो आफ्नै काम गर्ने तरिका छ, जुन मानिसहरूका निम्ति केवल रहस्यमय छन्। यस चरणद्वारा मैले परिणामहरू हासिल गरिसकेपछि (जब मेरो विरोध गर्ने सबै दुष्टहरूलाई मैले प्रकट गरेको हुन्छु), म अर्को कदम सुरु गर्नेछु, किनभने मेरो इच्छा निर्विघ्न छ र मेरो व्यवस्थापन योजनालाई अवरुद्ध गर्ने साहस गर्न कसैले सक्दैन, अनि कुनै कुराले बाधाअड्चन खडा गर्ने साहस गर्न सक्दैन—तिनीहरू सबैले बाटो सफा गर्नुपर्छ! ठूलो रातो अजिङ्गरका सन्तानहरू, मेरो कुरा सुन। मेरा ज्येष्ठ पुत्रहरूलाई हासिल गर्न, तिमीहरूका पितालाई लज्जित तुल्याउन (यी वचनहरू ठूलो रातो अजिङ्गरका सन्तानहरूलाई लक्षित गरिएका हुन्), मेरा ज्येष्ठ पुत्रहरूलाई आड दिन र मेरा ज्येष्ठ पुत्रहरूमाथि गरिएको खराबीलाई सच्याउन म सियोनबाट आएँ र मैले संसारमा देहधारण गरेँ। त्यसैकारण, फेरि पशु जस्तो नहोऊ; म मेरा ज्येष्ठ पुत्रहरूलाई तिमीहरूसित निराकरण गर्न लगाउनेछु। विगतमा मेरा पुत्रहरूलाई दमन गरिएको थियो र थिचोमिचो गरिएको थियो अनि पिताले उहाँका पुत्रहरूका निम्ति शक्ति चलाउनुहुने भएकोले मेरा पुत्रहरू मेरो प्रेमिलो अङ्गालोमा फर्केर आउनेछन् र अब उप्रान्त तिनीहरू दमन र थिचोमिचोमा पर्नेछैनन्। म अधर्मी छैन, यसले मेरो धार्मिकतालाई देखाउँछ र यो साँच्चै “मैले प्रेम गर्नेलाई प्रेम गर्नु र घृणा गर्नेलाई घृणा गर्नु हो”। यदि तिमीहरू म अधर्मी हुँ भनी भन्छौ भने तिमीहरू हतार गरेर बाहिर निस्कनुपर्छ। निर्लज्ज भएर मेरो उदारताको फाइदा लिएर मेरो घरमा नबस। तँ हतार गरेर आफ्नो घरमा फर्कनुपर्छ ताकि मैले अब उप्रान्त तेरो मुहार देख्न नपरोस्। अतल कुण्ड नै तिमीहरूको गन्तव्य हो अनि त्यहीँ नै तिमीहरूले विश्राम लिनेछौ। यदि तिमीहरू मेरो घरमा छौ भने तिमीहरूका निम्ति अब उप्रान्त त्यहाँ कुनै ठाउँ छैन किनकि तिमीहरू भारी बोक्ने पशुहरू हौ; तिमीहरू केवल मैले प्रयोग गर्ने औजारहरू मात्रै हौ। जब मैले तिमीहरूलाई प्रयोग गर्नुपर्ने कुनै खाँचो हुँदैन, तब तिमीहरूलाई भस्म गर्न म तिमीहरूलाई आगोभित्र फ्याँकिदिनेछु। यो मेरो प्रशासनिक आदेश हो; मैले यसलाई यसरी नै गर्नुपर्छ, अनि केवल यसले मात्र मैले काम गर्ने तरिका प्रकट गर्नेछ र मेरो धार्मिकता र मेरो वैभव प्रकट गर्दछ। अझ महत्वपूर्ण कुरा, यसरी मात्रै मेरा ज्येष्ठ पुत्रहरू मसित शक्तिका साथ राज्य गर्न पाउनेछन्।

अघिल्लो: प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय ८८

अर्को: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय ४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्