656 परीक्षाहरूको पीडा परमेश्‍वरको आशिष् हो

पद १

निराश, कमजोर नहोऊ र परमेश्‍वरले

तिम्रो लागि सबथोक स्पष्ट बनाउनुहुनेछ।

राज्यको बाटो त्यति सहज छैन;

कुनै पनि कुरा त्यति सरल छैन!

के सजिलैसँग आशिष् चाहन्नौ?


कोरस १

आज, सबले तिता जाँच सामना गर्नुपर्नेछ।

यो बिना, उहाँप्रतिको प्रेमिलो हृदय बलियो,

र उहाँप्रतिको प्रेम साँचो हुनेछैन।

यी जाँचमा साना परिस्थिति मात्र भएनि,

सबै यसबाट पार हुनैपर्छ;

जाँचको कठिनाइ व्यक्ति अनुरूप

फरक मात्र हुनेछ।


कोरस २

जाँच उहाँबाट आएका आशिष् हुन्, तिमीहरूमध्ये कति जना

उहाँ सामु बारम्बार आएर उहाँका आशिषको लागि घुँडा टेक्छौ?

केही शुभ शब्द उहाँको आशिष् हो भनी मात्रै सोच्छौ,

तैपनि तितोपन उहाँका आशिषमध्ये एक हो भनी चिन्दैनौ।


पद २

उहाँको तितोपनमा भाग लिनेहरू, मिठासमा पक्कै भाग लिनेछन्।

यो तिमीहरूलाई परमेश्‍वरको प्रतिज्ञा र आशिष् हो।

वचन खान, पिउन नहिच्किचाऊ।

अन्धकार हटेपछि प्रकाश आउनेछ।

बिहान हुनु अघि पूर्ण अन्धकार हुन्छ; त्यसपछि आकाश बिस्तारै उज्यालो हुन्छ,


कोरस ३

त्यसपछि सूर्य उदाउँछ। नडराऊ, कमजोर नहोऊ।

आज्ञाकारी, समर्पितले महान् आशिष् पाउनेछन्।

मण्डलीमा उहाँको गवाहीमा दृढ खडा होऊ, सत्यता कायम राख;

सही सही हो, गलत गलत हो।

कालो र सेतोमा नअल्मलिऊ।


कोरस ४

शैतानसँग युद्धमा हुनुपर्छ, त्यसलाई पूरै हराउनै पर्छ

ताकि त्यो फेरि कहिल्यै नउठोस्।

शैतानसँग युद्धमा हुनेछौ र त्यसलाई पूरै हराउनै पर्छ

ताकि त्यो फेरि कहिल्यै नउठोस्।


ब्रिज

उहाँको गवाहीको सुरक्षा गर्न, आफूसँग भएको सब दिनैपर्छ।

यो तिमीहरूका कार्यको लक्ष्य हुनुपर्छ—

यसलाई नबिर्स।

तर अहिले, विश्‍वास र कुराहरू छुट्ट्याउन

सक्ने क्षमताको कमी छ

र उहाँका वचन र अभिप्राय बुझ्न सधैँ असक्षम छौ।


कोरस ५

जे होस्, चिन्तित नहोऊ; सबथोक उहाँका पाइला अनुसार अघि बढ्छ।

उहाँ सामु अझै धेरै समय बिताऊ

र भौतिक शरीरलाई महत्व नदेऊ।

बारम्बार उहाँका अभिप्राय खोज, र उहाँले ती स्पष्ट देखाउनुहुनेछ।


कोरस ६

बिस्तारै, सबथोकमा उहाँका अभिप्राय भेट्नेछौ,

ताकि हरेक मानिस भित्र, उहाँले अवरोध विहिन मार्ग पाउनुहुनेछ।

यसले उहाँको हृदय सन्तुष्ट पार्नेछ, उहाँको इच्छा पूरा हुनेछ।

यसले उहाँको हृदय सन्तुष्ट पार्नेछ, उहाँको इच्छा पूरा हुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१” बाट परिमार्जित

अघिल्लो: 655 परमेश्‍वरले सिद्ध पार्नुहुने विश्‍वास हो

अर्को: 657 जाँचहरूले विश्‍वास माग गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्