657 जाँचहरूले विश्‍वास माग गर्छन्

पद १

जाँचहरू अनुभव गर्दा, मानिस

कमजोर हुनु, तिनीहरू भित्र

नकारात्मकता हुनु, परमेश्‍वरको

इच्छा वा अभ्यासको मार्गबारे

अस्पष्टता हुनु सामान्य कुरा हो।

सामान्य कुरा हो। तर हर अवस्थामा,

तिमीसँग परमेश्‍वरको काममा विश्‍वास हुनैपर्छ,

उहाँलाई इन्कार गर्नु हुँदैन, अय्यूबले नगरे झैँ।


कोरस १

अय्यूब कमजोर भए पनि, आफू जन्मिएको दिनलाई

धिक्कारे पनि, मानव जीवनमा सबथोक यहोवाले

दिनुभएको थियो र ती सब लैजाने पनि उहाँ नै हुनुहुन्छ

भन्ने कुरा उनले इन्कार गरेनन्।

जसरी जाँच गरिए पनि यो विश्‍वास उनले कायम राखे।


पद २

तिम्रो अनुभवमा,

उहाँका वचनद्वारा तिमीले जस्तो शोधन अनुभव गरे पनि,

उहाँ मानिससँग के चाहनुहुन्छ,

छोटकरीमा भन्नुपर्दा,

तिनको विश्‍वास र उहाँप्रतिको प्रेम हो।


पद ३

यसरी काम गर्नुभई उहाँले

मानिसको प्रेम, विश्‍वास

र आकांक्षाहरू सिद्ध पार्नुहुन्छ।

मानिसमा सिद्धताको काम गर्नुहुन्छ,

तिनले त्यो देख्न, आभास गर्न सक्तैनन्;

त्यस्ता परिस्थितिमा तिम्रो विश्‍वास चाहिन्छ।


कोरस २

कुनै कुरा नाङ्गो आँखाले देख्न नसकिँदा,

मानिसको विश्‍वास चाहिन्छ।

तिमीले आफ्ना धारणा त्याग्न नसक्दा,

तिम्रो विश्‍वास चाहिन्छ।

उहाँको कामबारे तिमीसँग स्पष्टता नहुँदा,

तिम्रो विश्‍वास चाहिन्छ,

र तिमी साक्षीको रूपमा दृढ भई खडा हुनुपर्छ।


कोरस ३

जब अय्यूब यो बिन्दुमा पुगे,

यो बिन्दुमा पुगे,

परमेश्‍वर उनीकहाँ देखा पर्नुभयो र उनीसँग बोल्नुभयो।

अर्थात, तिम्रो विश्‍वासद्वारा मात्र, उहाँलाई देख्न सक्नेछौ,

तिमीसँग विश्‍वास हुँदा उहाँले तिमीलाई सिद्ध पार्नुहुनेछ,

तिमीसँग विश्‍वास हुँदा उहाँले तिमीलाई सिद्ध पार्नुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट परिमार्जित

अघिल्लो: 656 परीक्षाहरूको पीडा परमेश्‍वरको आशिष् हो

अर्को: 658 साँचो विश्‍वास के हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्