६५६  परमेश्‍वरको स्वभाव पवित्र र खोटरहित छ

परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा र खरानी लगाउनेबित्तिकै, उहाँको हृदय बिस्तारै कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभएको क्षण अघि—तिनीहरूले तिनीहरूको पापको स्वीकृति र पश्‍चात्ताप गरेको क्षणअघि—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका कार्यहरूको शृङ्खला गरेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस बिस्तारै कृपा र सहनशीलतामा रूपान्तरित भयो।

भीषण क्रोध मानिसका दुष्ट कार्यको प्रतिक्रियामा परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध खोटरहित छ। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रियामा परमेश्‍वरको हृदय उत्प्रेरित हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। उहाँको हृदय उत्प्रेरित हुँदा, परिवर्तन हुँदा, र उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुँदा, यी सबै पूर्ण रूपमा खोटरहित हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। परमेश्‍वरको सहनशीलता सहनशीलता मात्र हो, र उहाँको कृपा कृपा मात्रै हो।

उहाँको स्वभावले मानिसका विभिन्‍न प्रकटीकरण र पश्‍चात्तापअनुरूप क्रोध प्रकट गर्छ वा कृपा र सहनशीलता व्यक्त गर्छ। उहाँले जे प्रकट र व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यसको सार जुनसुकै सृजित प्राणीको सारभन्दा पृथक् हुन्छ। परमेश्‍वरले व्यक्त गर्नुहुने कार्यका सिद्धान्तहरू, सोच अनि विचारअन्तर्गत, साथै उहाँले लिनुहुने हरेक निर्णय र गर्नुहुने हरेक कार्यअन्तर्गत—कहीँकतै कुनै खोट वा दाग हुँदैनन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

अघिल्लो: ६५५  परमेश्‍वर मानिसबाट साँचो पश्चातापको आशा गर्नुहुन्छ

अर्को: ६५९  परमेश्‍वर मानिसको नियतिको एकमात्र सार्वभौम हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्