आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ

धेरै मानिसहरू एकदुई वर्ष, वा चारपाँच वर्ष कर्तव्य निर्वाह गरेपछि नै हटाइन्छन्। यसको मुख्य कारण के हो? यो मूल रूपमा ती मानिसहरूमा विवेक र समझ नहुने र मानवताको अभाव हुने भएकाले हो भन्न सकिन्छ। तिनीहरूले सत्यता नस्विकार्ने मात्र नभई बाधा र अवरोध पनि सिर्जना गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ लापरवाह र झाराटारुवा हुन्छन्। तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरे पनि तिनीहरू कहिल्यै सुन्दैनन्, र काटछाँट र निराकरण गरिँदा तिनीहरू प्रतिरोध र अवज्ञा गर्छन्। अन्त्यमा, तिनीहरूलाई निकाल्नु र हटाउनुबाहेक अर्को कुनै विकल्प नै रहँदैन। यसले के समस्या चित्रण गर्छ? कर्तव्यपालन गर्नका लागि, मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनैपर्छ; यी बिना, तिनीहरूलाई दृढ रहन कठिन हुनेछ। विवेक र समझ नहुने सबै मानिसहरूमा मानवता हुँदैन, र तिनीहरू सत्यता स्विकार्न सक्दैनन्, त्यसैले परमेश्वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्न, र तिनीहरूले सेवा प्रदान गरे पनि पर्याप्त मात्रामा गर्ने छैनन्। यो तैँले प्रस्ट रूपमा बुझ्नैपर्ने समस्या हो। भविष्यमा तैँले विवेक वा समझबिनाका मानिसहरू भेट्दा—अर्थात्, मानवता नभएका मानिसहरू भेट्दा—तैँले तिनीहरूलाई चाँडोभन्दा चाँडो निकाल्नैपर्छ।

कतिपय मानिसहरूले आफ्नो कर्तव्यपालन गर्दा कुनै जिम्मेवारी लिँदैनन्, तिनीहरू सधैँ झाराटारुवा हुन्छन्। तिनीहरू समस्या देख्न सक्ने भए पनि समाधान खोज्न अनिच्छुक हुन्छन् र मानिसहरूलाई चिढ्याउन डराउँछन्, त्यसैले तिनीहरू हतारमा कामकुरा गर्छन्, र फलस्वरूप उक्त काम दोहोऱ्याएर गर्नुपर्ने हुन्छ। तैँले यो कर्तव्य निभाइरहेको हुनाले यसको जिम्मेवारी पनि तैँले नै लिनुपर्छ। तँ किन यसलाई गम्भीरतापूर्वक लिँदैनस्? तँ किन झाराटारुवा हुन्छस्? के तैँले यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्दा तँ आफ्ना जिम्मेवारीहरूलाई उपेक्षा गरिरहेको हुँदैनस् र? मूल जिम्मेवारी जसले लिए पनि, कामकुरामाथि निगरानी राख्न अरू सबै जिम्मेवार हुन्छन्, यो बोझ र जिम्मेवारीको भावना सबैले बोक्नैपर्छ—तर तिमीहरूमध्ये कसैले पनि ध्यानै दिँदैनौ, तिमीहरू वास्तवमै झाराटारुवा छौ, तिमीहरूमा वफादारी छैन, तिमीहरू आफ्ना कर्तव्यलाई उपेक्षा गर्छौ! तिमीहरूले समस्या देख्न नसक्ने होइन, तर तिमीहरू जिम्मेवारी लिन इच्छुक छैनौ—न त समस्या देख्दा तिमीहरू यस मामलाप्रति कुनै ध्यान दिन चाहन्छौ, तिमीहरू “कामचलाउ” समाधान मै चित्त बुझाउँछौ। के यसरी झाराटारुवा हुनु परमेश्वरलाई छल्ने प्रयास होइन र? यदि, मैले काम गर्दा र तिमीहरूसँग सत्यताबारे सङ्गति गर्दा, मलाई “कामचलाउ” नै स्वीकार्य लागेको भए, तिमीहरू प्रत्येकले आफ्नो क्षमता र पछ्याइ अनुसार त्यसबाट के पाउन सक्छौ? यदि ममा तिमीहरूको जस्तै मनोवृत्ति भएको भए भने, तिमीहरूले केही पाउन सक्थेनौ। म किन यसो भन्छु? किनभने एकातिर तिमीहरू कुनै पनि कार्य निष्ठासाथ गर्दैनौ, र अर्कोतिर तिमीहरू कमजोर क्षमताका र अत्यन्तै बोधो छौ। मैले तिमीहरू सबै बोधो र सत्यताप्रति प्रेमविहीन, अनि सत्यता नपछ्याइरहेको, र कमजोर क्षमताका भएको देखेका कारण मैले विस्तारमा बोल्नैपर्छ। मैले सबथोक विस्तृत रूपमा भन्नैपर्छ, र मेरो प्रवचनमा कामकुरालाई खण्ड-खण्डमा विश्लेषण गर्नैपर्छ, र तिनलाई हरेक कोणबाट र हरेक तरिकाले व्याख्या गर्नैपर्छ। त्यसपछि मात्र तिमीहरूले अलि बुझ्छौ। यदि मैले तिमीहरूसित झारा टार्ने काम गरेँ र आफूलाई जब मन लाग्यो तब जेसुकै विषयमा अलिकति बोलेँ, तर त्यसमा सोच, मेहनत र हृदय लगाइनँ, आफूलाई बोल्न मन नलाग्दा बोलिनँ भने, तिमीहरूले के पाउन सक्नेथियौ? तिमीहरूमा जस्तो क्षमता छ, त्यसमार्फत त तिमीहरूले सत्यता बुझ्नेथिएनौ। तिमीहरूले केही पनि पाउनेथिएनौ, मुक्ति त झनै पाउनेथिएनौ। तर मैले त्यसो गर्न मिल्दैन, मैले त विस्तारमा बोल्नुपर्छ। मैले विस्तृत रूपमा हरप्रकारको व्यक्तिको स्थिति, सत्यताप्रति मानिसहरूमा भएको मनोवृत्ति, र हरेक प्रकारको दुष्ट स्वभावसम्बन्धी उदाहरणहरू दिनैपर्छ; त्यसपछि मात्र तिमीहरूले मैले भनिरहेको र आफूले सुनेको कुरा बुझ्नेछौ। सत्यताको जुनै पक्ष सङ्गति गरिए पनि, म विभिन्न विधिद्वारा बोल्छु, वयस्क र बालबालिकालाई सङ्गति गर्ने शैलीहरू अपनाउँछु, र तर्क र कथाका रूपमा पनि सिद्धान्त र अभ्यास प्रयोग गर्छु, र अनुभवहरू बताउँछु, ताकि मानिसहरू सत्यता बुझेर वास्तविकतामा प्रवेश गर्न सकून्। यसरी, क्षमता र हृदय बोकेका मानिसहरूसित सत्यता बुझ्ने र स्विकार्ने अनि मुक्ति पाउने मौका हुनेछ। तर आफ्नो कर्तव्यप्रति तिमीहरूमा सधैँ झारातिराइ, र ढिलाइको मनोवृत्ति रहिआएको छ, र आफूले कति ढिलाइ गरेका छौ भन्नेबारे तिमीहरूलाई वास्ता छैन। तिमीहरू समस्याहरू समाधान गर्नका निम्ति कसरी सत्यता खोज्ने भनी चिन्तन गर्दैनौ, परमेश्वरको साक्षी दिन सक्ने हुनका निम्ति कसरी आफ्नो कर्तव्य उचित रूपले निर्वाह गर्ने भनी सोच्दैनौ। यो आफ्नो कर्तव्यलाई बेवास्ता गर्नु हो। त्यसैले तिमीहरूको जीवन निकै सुस्त गतिमा अघि बढ्छ, तर तिमीहरू आफूले कति समय खेर फालेको छु भनेर उदास हुँदैनौ। वास्तवमा, यदि तिमीहरूले होसियारीसाथ र जिम्‍मेवारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गरेका भए, आफ्‍ना अनुभवहरू बताउन र परमेश्‍वरको गवाही दिन सक्‍ने बन्न पाँच-छ वर्ष पनि लाग्‍दैनथियो, अनि विभिन्‍न काम निकै प्रभावकारी रूपमा पूरा हुनेथियो—तर तिमीहरू परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्न इच्‍छुक हुँदैनौ, न त सत्यताप्रति नै तिमीहरू लागिपर्छौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ। तिमीहरूले लिनैपर्ने थोरै जिम्मेवारी यो मात्रै हो—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू मिठा-मिठा कुरा मात्रै गर्छौ। तिमीहरूलाई आफूले के गर्नुपर्छ भन्‍ने मनमा थाहा हुन्छ, तर तिमीहरू सत्यता अभ्यास नै गर्दैनौ। यो परमेश्‍वरविरुद्ध विद्रोह हो, र मुख्यतः यो सत्यताप्रति प्रेम नहुनु हो। सत्यताअनुसार कसरी काम गर्ने त्यो तिमीहरूलाई मनमा एकदमै राम्ररी थाहा छ—तिमीहरू यसलाई अभ्यास मात्रै गर्दैनौ। यो गम्‍भीर समस्या हो; तिमीहरू सत्यता अभ्यास नगरी यसलाई हेरी मात्रै रहेका छौ। तिमीहरू परमेश्‍वरमा समर्पित हुने मानिसहरू हुँदै होइनौ। तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न कम्तीमा पनि सत्यता खोजी र अभ्यास गर्नैपर्छ अनि सिद्धान्तहरूअनुसार काम गर्नैपर्छ। तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता अभ्यास गर्न सक्दैनस् भने, यसको अभ्यास कहाँ गर्न सक्छस् र? अनि यदि तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भने, तँ अविश्‍वासी होस्। तँ सत्यता स्विकार्दैनस्—यसलाई अभ्यास गर्नु त कता हो कता—र परमेश्‍वरको घरमा अल्याङटल्याङ गर्छस् भने तेरो उद्देश्य वास्तवमा के हो? के तँ परमेश्‍वरको घरलाई तेरो अवकाशगृह वा दानशाला बनाउन चाहन्छस्? यदि त्यस्तो हो भने, तँ गलत छस्—परमेश्‍वरको घरले फाइदा लुट्ने वा भतुवा मानिसहरूलाई हेरचाह गर्दैन। कमजोर मानवता भएको, आफ्‍नो कर्तव्य खुसीसाथ पूरा नगर्ने, कर्तव्य पूरा गर्न अयोग्य सबैलाई हटाइनैपर्छ; सत्यता पटक्‍कै स्वीकार नगर्ने सबै अविश्‍वासीहरूलाई हटाइनैपर्छ। कतिपय मानिसहरू सत्यता बुझ्छन् तर आफ्‍नो कर्तव्य निर्वाह गर्दा यसको अभ्यास गर्न सक्दैनन्। कुनै समस्या देख्दा, तिनीहरू त्यसलाई समाधान गर्दैनन्, अनि त्यो आफ्नो जिम्‍मेवारी हो भन्‍ने थाहा हुँदा पनि, तिनीहरू त्यो काम तनमनले गर्दैनन्। तैँले गर्न सक्‍ने जिम्‍मेवारीहरूसमेत पूरा गर्दैनस् भने, आफ्‍नो कर्तव्य पूरा गर्दा के-कस्ता मूल्य वा परिणाम निस्कन सक्छन् र? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु अर्थपूर्ण हुन्छ र? सत्यता बुझ्‍ने तर यसलाई अभ्यास गर्न नसक्‍ने, आफूले भोग्‍नुपर्ने कष्ट भोग्‍न नसक्‍ने व्यक्ति कर्तव्य निर्वाहको लायक हुँदैन। कर्तव्य पूरा गर्ने कतिपय मानिसहरू पेट भर्न मात्रै त्यसो गर्छन्। तिनीहरू भिखारी हुन्। तिनीहरू आफूले परमेश्‍वरको घरमा केही काम गरे भने, आफ्नो गाँसबासको व्यवस्था हुनेछ, काम नगरी खान पाइनेछ भन्‍ने विचार गर्छन्। के त्यस्तो मोलमोलाइ पनि हुन्छ र? परमेश्‍वरको घरले भतुवाहरूलाई पाल्दैन। यदि कसैले अलिकति पनि सत्यता अभ्यास गर्दैन, र जो आफ्‍नो कर्तव्यमा निरन्तर झाराटारुवा हुन्छ, अनि परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ भने, के परमेश्‍वर उसलाई स्वीकार गर्नुहुन्छ? त्यस्ता सबै मानिसहरू अविश्‍वासी हुन् र परमेश्‍वरको नजरमा तिनीहरू दुष्कर्मी हुन्।

परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नो नाफाघाटा हिसाबकिताब नगरी आफ्‍नो कर्तव्य स्वेच्छाले निर्वाह गर्छन्। तँ सत्यताको खोजी गर्ने व्यक्ति भए पनि नभए पनि, आफ्‍नो कर्तव्य निभाउने क्रममा तैँले आफ्‍नो विवेक र समझमा भरोसा गरेर साँच्चिकै प्रयास गर्नुपर्छ। साँच्चिकै प्रयास गर्नुको अर्थ के हो? यदि तँ केवल नाममात्रको प्रयास गरेर र थोरै शारीरिक कठिनाइ भोगेर सन्तुष्ट हुन्छस्, तर आफ्नो कर्तव्यलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनस् वा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, यो झाराटारुवा हुनुबाहेक अरू केही होइन—यो साँच्चिकै प्रयास गर्नु होइन। प्रयास गर्नुको कडी भनेको आफ्नो हृदय लगाउनु, हृदयमा परमेश्‍वरको डर मान्‍नु, परमेश्‍वरका इच्छाहरूलाई वास्ता गर्नु, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न र उहाँलाई चोट पुऱ्याउन डराउनु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै कठिनाइ भोग्‍नु हुन्: यदि तँसँग यसरी परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, तैँले आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्न सक्‍नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको डर छैन भने, आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा बोझको कुनै बोध हुनेछैन, यसमा कुनै चासो हुनेछैन, र तँ अपरिहार्य रूपमै झाराटारुवा हुनेछस्, र तैँले काम गरिटोपलेजस्तो गर्नेछस्, प्रभावचाहिँ केही पनि हासिल गर्नेछैनस्—र यो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँलाई साँच्‍चै नै बोझको बोध हुन्छ, र तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको तेरो आफ्‍नै जिम्‍मेवारी हो, र तैँले कर्तव्य पूरा नगर्दा तँ जिउनयोग्य हुँदैनस्, र तँ पशुसरह हुन्छस्, अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दा मात्रै तँ मानव भनिनलायक हुन्छस् भन्‍ने लाग्छ, अनि तैँले आफ्‍नै विवेकले भनेको मान्‍न सक्छस् भने—यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा विवेकशील रूपमा गर्न सक्‍नेछस्, र तैँले सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्‍नेछस्, र यसरी तैँले आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्‍नेछस्। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसन, र तेरो लागि परमेश्‍वरले बलिदान दिनुभएको सबै कुरा अनि तँप्रतिको परमेश्‍वरका अपेक्षाहरूको निम्ति लायक छस् भने, यो साँचो रूपमा प्रयास गर्नु हो। के अहिले तिमीहरूले बुझ्यौ? यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तिमीहरू केवल झारा टार्छौ र परिणामहरू बिलकुलै हासिल गर्न खोज्दैनौ भने, तिमीहरू ढोँगी, भेडाको भेषमा ब्‍वाँसो हौ। तैँले मानिसहरूलाई छल्‍न सक्छस्, तर परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन। यदि तैँले परमेश्‍वरमाथिको आफ्नो आस्थामा र आफ्नो कर्तव्यपालनमा साँच्चिकै प्रयास गर्दैनस् भने; यदि तँ सधैँ झारा टार्न चाहन्छस् र एक गैरविश्‍वासीले हाकिमको अधीनमा काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा लापरवाह हुन्छस् भने; यदि तँ नाममात्रको काम गर्छस्, दिमाग लगाउँदैनस्, हरेक दिन काम आइपर्दा लटरपटर गर्दै अघि बढ्छस्, समस्याहरू देख्दा तिनलाई बेवास्ता गर्छस्, कुनै कुरा छरपष्ट भएको देख्दा पनि तँ त्यसलाई सफा गर्दैनस्, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी पन्छाइदिन्छस् भने—के यो समस्या होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तिनीहरूमध्ये एकजनालाई पनि परमेश्‍वरले मान्यता प्रदान गर्नुहुन्‍न। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँ हृदयमा साँचो भइरहेको छस् कि छैनस् र तैँले प्रयास गरिस् कि गरिनस् भन्‍नेबारेमा परमेश्‍वरले हिसाब राख्‍नुहुन्छ, र तँलाई पनि पूर्ण रूपमाथाहा हुन्छ। त्यसो भए, के तिमीहरूले कहिल्यै आफ्नो कर्तव्य साँच्चिकै पूरा गर्ने प्रयास गरेका छौ? के तिमीहरूले यसलाई कहिल्यै गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तिमीहरूको दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? तैँले यी मामिलाहरूबारे उचित तरिकाले मनन गर्नैपर्छ र जान्‍नैपर्छ, र यसो गर्दा तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने समस्याहरू समाधान गर्न सजिलो हुनेछ, र यो तेरो जीवन प्रवेशका लागि लाभदायी हुनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गैरजिम्मेवार हुन्छस्, अनि तैँले समस्याहरू पत्ता लगाउँदा अगुवा र सेवकहरूलाई त्यसको रिपोर्ट गर्दैनस्, न त ती समस्या आफै समाधान गर्न सत्यता खोजी गर्छस्, सधैँ “जति कम समस्या उति राम्रो” भनी सोच्छस्, सधैँ सांसारिक कुराहरूसँग सम्‍बन्धित दर्शनहरूअनुसार जिउँछस्, कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा बन्छस्, कहिल्यै कुनै बफादारिता देखाउँदैनस्, र काटछाँट गरिँदा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् भने—यदि तँ यसरी आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तँ खतरामा छस्; तँ श्रमिकहरूमध्येको एक होस्। श्रमिकहरू परमेश्‍वरको घरका सदस्य होइनन्, केवल कर्मचारी, र भाडाका खेताला मात्र हुन्। काम सकिएपछि, तिनीहरूलाई हटाइनेछ, र स्वाभाविक रूपमै तिनीहरू महाविपत्तिमा पर्नेछन्। परमेश्‍वरको घरका मानिसहरू फरक छन्; तिनीहरूले कर्तव्य निभाउँदा, त्यो पैसा कमाउन, परिश्रम गर्न, वा आशिष्‌ पाउनको लागि होइन। तिनीहरू सोच्छन्, “म परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई चासो लाग्‍ने कुरा मलाई पनि चासो लाग्छ। परमेश्‍वरको घरका मामलाहरू मेरै मामलाहरू हुन्। मैले परमेश्‍वरको घरमा आफ्‍नो हृदय लगाउनुपर्छ।” यसले गर्दा, तिनीहरूले परमेश्‍वरको घरसँग सम्बन्धित हरेक मामलामा हृदय लगाउँछन् र त्यसको जिम्‍मेवारी लिन्छन्। तिनीहरूले आफूले सोच्‍न र देख्‍न सक्‍ने सबै कुराको जिम्‍मेवारी लिन्छन्। तिनीहरू सम्हाल्नुपर्ने मामलाहरूमाथि निगरानी राख्छन्, र तिनीहरूले मामलाहरूलाई हृदयदेखि लिन्छन्। परमेश्‍वरको घरका मानिसहरू यिनीहरू नै हुन्। के तिमीहरू पनि त्यस्तै छौ? (छैनौँ।) यदि तिमीहरू देहसुखको चाहना मात्र गर्छौ, परमेश्‍वरको घरमा सम्हाल्नुपर्ने मामलाहरू देख्दा कुनै ध्यान दिँदैनौ, एउटा सानो सिन्कासमेत भाँच्दैनौ, र समस्या छ भनेर हृदयमा थाहा भएर पनि तिमीहरू यसलाई समाधान गर्दैनौ भने, तिमीहरूले परमेश्‍वरको घरलाई आफ्‍नो घरजस्तो ठानिरहेको छैनौ। के तिमीहरू यस्तै छौ? छौ भने, तिमीहरू यति पतित भएका छौ कि तिमीहरू र गैरविश्‍वासीहरूको बीचमा कुनै भिन्‍नता छैन। तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरूलाई परमेश्‍वरको घरबाहिरका मानिसहरूका रूपमा गन्ती गरिनुपर्छ; तिमीहरूलाई बीचैमा रोकेर हटाइनुपर्छ। वास्तवमा परमेश्‍वरले हृदयमा तिमीहरूलाई आफ्‍नो परिवारका सदस्यका रूपमा व्यवहार गर्न चाहनुहुन्छ, तैपनि तिमीहरू सत्यता स्वीकार गर्दैनौ, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सधैँ झारा टारुवा, र गैरजिम्‍मेवार हुन्छौ। तिमीहरूलाई सत्यताबारे जसरी सङ्गति दिए पनि, तिमीहरू पश्‍चात्ताप गर्दैनौ। आफूलाई परमेश्‍वरको घरबाहिर राख्‍ने त तिमीहरू आफै हौ। परमेश्‍वर तिमीहरूलाई मुक्ति दिन र आफ्‍नै परिवारका सदस्य बनाउन चाहनुहुन्छ, र पनि तिमीहरू यो कुरा मान्दैनौ। त्यसकारण तिमीहरू उहाँको घरबाहिर छौ; तिमीहरू गैरविश्‍वासी हौ। अलिकति पनि सत्यता स्वीकार नगर्नेलाई गैरविश्‍वासीको रूपमा मात्रै व्यवहार गर्न सकिन्छ। आफ्‍नो परिणाम र स्थान स्थापित गर्ने तिमीहरू आफै हौ। तिमीहरूले यसलाई परमेश्‍वरको घरबाहिर स्थापित गरेका छौ। यसको लागि तिमीहरूबाहेक अरू कसलाई दोष दिने? मैले धेरै मानिसहरू आत्मारहित जनावर जस्तै हुन भन्ने याद गरेको छु: तिनीहरूले लगातार खान र काम गर्न मात्र जानेका छन्, तिनीहरू कहिल्यै पनि परमेश्वरको वचन खाने वा पिउने, सत्यतामा सङ्गति गर्ने गर्दैनन्। तिनीहरू जीवनमा आत्मिक मामलाहरूबारे केही पनि बुझ्दैनन्, र सधैँ गैरविश्वासी भएर जिउँछन्; तिनीहरू मानवका खोल ओडेका पशु हुन्। यस्ता मानिसहरू पूर्णतया बेकामे हुन्छन् र तिनीहरूलाई श्रमको लागि प्रयोग गर्न समेत सकिँदैन। तिनीहरू केही नकामका हुन्छन्, तिनीहरूलाई हटाएर तुरुन्तै निकाल्नुपर्छ, र तीमध्ये कसैलाई रहन दिनु हुँदैन। परमेश्‍वरलाई साँचो अर्थमा विश्‍वास गर्ने मानिसहरू सत्यता स्वीकार्न सक्षम हुन्छन्, उनीहरू आफूलाई सत्यताबारे जसरी सङ्गति गरिए पनि, वा आफूलाई जसरी काटछाँट गरिए पनि, समर्पित हुन सक्षम हुन्छन्; उनीहरू यो समझ भएका मानिसहरू हुन्, र उनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सुन्‍न र समर्पित हुन पनि सक्छन्। उनीहरूले जे कर्तव्य निर्वाह गरिरहेका भए पनि, उनीहरू जिम्मेवारी लिन, उचित तरिकामा कार्य गर्न, र यो काम सम्हाल्न सक्षम हुन्छन्। यस्ता व्यक्तिहरू मात्र मानव कहलिन योग्य हुन्छन्, र यिनीहरू मात्र परमेश्‍वरको घरका सदस्य हुन्। श्रम गर्नेहरू फाइदा उठाउनेहरू मात्र हुन्, तिनीहरूलाई परमेश्‍वरले काटछाँट गर्नुहुन्छ, तिनीहरू दाजुभाइ-दिदीबहिनी होइनन्, तिनीहरू अविश्‍वासी हुन्। यदि तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीझैँ व्यवहार गर्छस् भने, तँ अन्धो र मूर्ख छस्। अब सबैजना आ-आफ्नो समूहमा वर्गीकृत हुने समय आएको छ। यो परमेश्वरले मानिसहरूलाई खुलासा गरेर हटाउने समय हो। यदि तिमीहरू परमेश्वरका साँचो विश्वासी हौ भने, तिमीहरूले राम्ररी सत्यता पछ्याएर कर्तव्य निर्वाह गर्नुपर्छ। यदि तँ केही अनुभवात्मक गवाही सुनाउन सक्छस् भने, यसले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस्, र तँसित केही सत्यता वास्तविकताहरू छन् भन्ने प्रमाणित गर्छ। तर यदि तँ कुनै पनि अनुभवात्मक गवाही सुनाउन सक्दैनस् भने, तँ श्रम गर्ने व्यक्ति होस् र हटाइने खतरामा हुन्छस्। यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् अनि जिम्मेवार र वफादार छस् भने तँ वफादार श्रमकर्ता होस् र तँ रहन सक्छस्। जो वफादार श्रमकर्ता होइन, उसलाई हटाइनुपर्छ। तसर्थ, आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेर मात्र तँ परमेश्वरको घरमा दृढ रहन अनि विपत्तिबाट बच्न सक्छस्। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। परमेश्वरको घरका मानिसहरू कम्तीमा पनि इमानदार हुन्छन्। तिनीहरू आफ्नो कर्तव्यमा भरोसायोग्य, परमेश्वरको आज्ञा स्विकार्न सक्ने, र वफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू हुन्। यदि मानिसहरूमा साँचो आस्था, विवेक, र समझ छैन, र यदि तिनीहरूमा परमेश्वरको डर मान्ने र उहाँमा समर्पित हुने हृदय छैन भने, तिनीहरू कर्तव्यपालन गर्न उचित हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्यपालन गर्ने भए पनि त्यसमा लापरवाही गर्छन्। तिनीहरू श्रमकर्ता—साँचो रूपमा पश्चात्ताप नगरेका मानिसहरू हुन्। यस्ता श्रमकर्ताहरू ढिलोचाँडो हटाइनेछ। वफादार श्रमकर्ताहरू मात्र रहनेछन्। वफादार श्रमकर्ताहरूमा सत्यता वास्तविकता नभए पनि, विवेक र समझ हुन्छ, तिनीहरू इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्, र परमेश्वरले तिनीहरूलाई रहन अनुमति दिनुहुन्छ। सत्यता वास्तविकता भएका र परमेश्वरको जोरदार गवाही दिन सक्नेहरू उहाँका मानिस हुन्, र तिनीहरूलाई रहन दिइनेछ र तिनीहरू उहाँको राज्यमा ल्याइनेछन्।

अहिले, तिमीहरूले आफ्ना कर्तव्यहरूप्रति राख्ने मनोवृत्ति,कामकुरा गर्ने तिमीहरूको दक्षता, र तिमीहरूले आफ्ना कर्तव्यमा हासिल गर्ने नतिजालाई हेर्दा, तिमीहरू अझै पनि पर्याप्त रूपमा आफ्नो कर्तव्य निभाइरहेका छैनौ। किनभने तिमीहरू अत्यन्तै झाराटारुवा छौ, र तिमीहरूले अत्यन्तै धेरै कुराहरूलाई झारा टार्ने किसिमले व्यवहार गर्छौ; तिमीहरू अत्यन्तै धेरै मामलाहरूलाई बेवास्ता गर्छौ, र नियमहरू पालना गर्ने अत्यन्तै धेरै प्रकटीकरणहरू देखाउँछौ। यसको कारण के हो? के यो तिमीहरूको क्षमता र पछ्याइसँग सम्बन्धित छ? कमजोर क्षमता भएका र अन्यौलमा परेका मानिसहरू यसरी नै कर्तव्य निर्वाह गर्छन्, र सत्यता नपछ्याउनेहरूले कर्तव्य निर्वाह गर्ने पनि यसरी नै हो। त्यसोभए, तिमीहरू सबैजना ठ्याक्कै के पछ्याइरहेका छौ? के तिमीहरू सत्यता पछ्याउने मानिस हौ? (होइनौँ।) तिमीहरू सत्यता पछ्याउने मानिस होइनौ भन्ने प्रस्टै छ। तिमीहरू सबैको अहिलेको कदबारे विचार गर्दा, सत्यताबारे तिमीहरूको बुझाइ जति गहन वा सतही भए पनि, तिमीहरू सबैले जति बुझे पनि त्यसलाई अभ्यास गर्नुपर्छ—के तिमीहरूका लागि त्यसो गर्न सजिलो छ? तिमीहरूको बाह्य परिवेश र व्यक्तिगत कारकहरूका आधारमा भन्नुपर्दा, सायद त्यसो गर्न तिमीहरू सबैलाई केही कठिनाइ हुन्छ। तर, तिमीहरू दुष्ट मानिस र ख्रीष्टविरोधी हैनौ, र तिमीहरूको मानवता त्यति खराब छैन। यसको साथै, तिमीहरूमध्ये धेरैको क्षमता औसत भए पनि, तिमीहरू सत्यता बुझ्न सक्षम हुनुपर्छ। यसले तिमीहरूलाई सत्यता पछ्याउन त्यति कठिन हुनेछैन भनी सुनिश्चित गर्छ। कतिपय गहन सत्यताहरू तिमीहरूले नबुझ्न सक्छौ, तर यदि मैले तिनका बारेमा अझ ठोस र विस्तृत रूपमा कुरा गरेँ भने, तिमीहरूले ती बुझ्न र बोध गर्न सक्नेछौ। तिमीहरूले सत्यता बुझ्न सकेसम्म, तिमीहरूको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, र तिमीहरूसँग मार्ग भए सम्म, तिमीहरूले अभ्यास गर्न जान्नेछौ। यो सत्यता पछ्याउन र अभ्यास गर्न सक्ने आधारभूत सर्त यही हो, र तिमीहरू सबैले यो पूरा गर्न सक्छौ। यसैअनुसार, तिमीहरू सबैले सत्यता पछ्याउन र अभ्यास गर्न सक्नुपर्छ। त्यसोभए तिमीहरूले किन सत्यता अभ्यास गर्न सकेका छैनौ? के तिमीहरूको मार्गमा कुनै अवरोध छ? कुनै अवरोध हुनु हुँदैन, तिमीहरू सबैले सत्यता अभ्यास गर्न र आफ्ना कर्तव्यको दायराभित्रका सिद्धान्तहरूअनुसार कामकुरा गर्न सक्नुपर्छ। तिमीहरूसित यस्तो अद्भूत अवसर भए तापनि यो कुरा पूरा गर्न सक्दैनौ। यसले के देखाउँछ? पहिलो, यसले तँ सत्यता मन पराउँदैनस् र त्यसमा रुचि राख्दैनस् भन्ने देखाउँछ। दोस्रो, यसले तँमा कसरी सत्यता पछ्याउने र अभ्यास गर्ने भन्नेबारे साँचो बुझाइ छैन, र सत्यता अभ्यास गर्नुको अर्थ, महत्त्व र मूल्य के हो, र सत्यता अभ्यास गर्नुमा त्यस्तो बहुमूल्य कुरा के छ भन्ने बुझाइ छैन भन्ने देखाउँछ। यी कुराहरूको बुझाइ बिना, तिमीहरू कामकुराहरूबारे अलमलमा नै हुन्छौ, सत्यता वा त्यसको अभ्यासमा कुनै रुचि राख्दैनौ, र अझै पनि मनमनै यसो सोच्छौ, “सिद्धान्तअनुसार कामकुरा गर्नु र सत्यता अभ्यास गर्नुको फाइदा के हो?” यी सोचाइहरूले तँ सत्यताको मूल्य बुझ्दैनस्, तैँले आफैले सिद्धान्तअनुसार कामकुरा गर्नु र सत्यता अभ्यास गर्नुको फाइदा अहिलेसम्म अनुभव गरेको छैनस्, र तैँले तिनको महत्त्व बुझेको छैनस्, त्यसैले तँमा सत्यता अभ्यास गर्ने रुचि छैन भन्ने प्रमाणित गर्छ। तँमा प्रवचन सुन्ने धेरथोर रुचि भएको र केही उत्सुकता रहेको भए पनि, सत्यता अभ्यास गर्ने विषय उठ्दा तैँले कमै रुचि देखाउँछस्। कतिपय मानिसहरू प्रवचन सुन्न र परमेश्वरको वचन पढ्न इच्छुक हुन्छन्, र तिनीहरू कामकुरा गर्दा सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, तर साँच्चिकै सत्यता अभ्यास गर्ने समय आउँदा तिनीहरू पछि पर्छन्। संसारसँग व्यवहार गर्ने तिनीहरूका प्राथमिकता र दर्शनहरू देखा पर्छन्, र तिनीहरूका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, जस्तै, अल्छीपन, आरामको चाहना, छलीपन, र हैसियतको निम्ति प्रतिस्पर्धा। तिनीहरू आफ्नो कर्तव्यमा पूर्णतया गैरजिम्मेवार हुन्छन् र सत्यता सिद्धान्तहरूअनुसार कामकुरा बिलकुलै सम्हाल्दैनन्। तिनीहरू परिश्रम र काम मात्र गरिरहन्छन्, कष्टबाट जोगिएसम्म सन्तुष्ट रहन्छन्, र कुनै पनि कुराबारे इमानदार हुँदैनन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पर्याप्त रूपमा गरेका छैनन् भन्ने थाहा हुँदा पनि तिनीहरू आत्मचिन्तन गर्दैनन्, बरु लापरवाह र झाराटारुवा रूपमा कर्तव्य निभाउन जारी राख्छन्। दीर्घकालिन रूपमा, तिनीहरू बोधो, मन्द बुद्धिवाला, र प्रतिक्रिया नदिने खालका बन्छन्। सेवाकर्ताको स्थिति यस्तै हुन्छ।

धेरै मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्न चाहन्छन्, र कतिपय ती निर्वाह गर्न इच्छुक हुन्छन्, तर तिनीहरू सबैलाई किन सत्यता अभ्यास गर्न त्यति कठिन लाग्छ? तिनीहरू किन आफूले बुझ्ने सत्यताहरू समेत अभ्यास गर्न सक्दैनन्? यहाँ ठ्याक्कै के भइरहेको छ? के तिमीहरू सत्यता अभ्यास गर्न कठिन छ भन्ने सोच्छौ? (होइन।) त्यसोभए तिमीहरू किन त्यो अभ्यास गर्न सक्दैनौ? (हामी सत्यता मन पराउँदैनौँ।) सत्यता मन नपराउनु केसँग सम्बन्धित छ? (व्यक्तिको प्रकृतिसँग।) त्यो व्यक्तिको मानवता र प्रकृतिसँग सम्बन्धित छ। मानवता नभएका मानिसहरूमा विवेक र समझ हुँदैन, त्यसैले तिनीहरू सत्यतालाई प्रेम गर्न सक्दैनन्, र तिनीहरू त्यो खासै उपयोगी छैन भन्ने महसुस गर्छन्। तिनीहरू सत्यता अभ्यास गरेमा घाटा लाग्नेछ, र इमानदार हुनु भनेको मूर्खहरूका लागि हो भन्ने विश्वास पनि गर्छन्, त्यसैले तिनीहरू सत्यता पछ्याउन आवश्यक छैन भन्ने सोच्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूलाई अरूले चिढ्याउँदा, तिनीहरू यसो सोच्न थाल्छन्, “मैले बदला लिन र तिनीहरूलाई म कति क्रूर छु भनी थाहा दिनका लागि केही गर्नैपर्छ।” तिनीहरूमा एकपटक यस्तो सोच उत्पन्न भएपछि के तिनीहरूले त्यो पूरा गर्नैपर्छ र? मानिसहरू आफ्नो प्रकृतिको अधीनमा हुने हुनाले तिनीहरूमा दुष्ट सोचहरू उत्पन्न हुन्छन्, तर के सबै मानिसहरूले यी सोचहरूलाई पूरा गर्ने र ध्यान दिने गर्छन्? (सबै अवस्थामा गर्दैनन्।) त्यस्ता विभिन्न अवस्थाहरू कतिवटा छन् त? (कहिलेकाहीँ परिस्थितिले नदिने हुनाले मानिसहरू आफ्ना दुष्ट सोचहरू पूरा गर्न सक्दैनन्। तिनीहरूमा विवेक र समझ भएको, र तिनीहरू आफ्ना सोचहरू दुष्ट छन् भनी सचेत भएकाले तिनीहरूले जानीबुझी आफूलाई नियन्त्रणमा राखेको पनि हुन सक्छ।) हो, कतिपय मानिसहरूले आफ्ना दुष्ट सोचहरूलाई ध्यान दिन्छन् र अवसर मिल्नेबित्तिकै आफूलाई सन्तुष्ट तुल्याउनका निम्ति ती पूरा गर्छन्—यिनीहरू दुष्ट मानिसहरू हुन्। कुनै दुष्ट व्यक्तिको दिमागमा जस्तोसुकै दुष्ट विचार भए पनि, ऊ सधैँ त्यो सही हो भन्ठान्छ र सधैँ त्यसलाई वास्तविकतामा परिणत गर्ने अवसर खोज्न चाहन्छ। भन्नुको अर्थ, उसले आफ्ना दुष्ट सोचहरूलाई व्यवहारमा परिणत गर्छ, आफ्ना लक्ष्यहरू हासिल गर्न आफ्नो मनको दुष्टतालाई वास्तविक कार्यहरूमा परिणत गर्छ। ऊ समझहीन हुन्छ, ऊ संयमित रहँदैन, र उसले आफूलाई काबुमा राख्न विवेक प्रयोग गर्दैन, न त आफ्ना कार्यहरूको उचितता, वा परिणाम, वा उसले आफैलाई वा अरूलाई पुऱ्याउन सक्ने असर वा हानि मूल्याङ्कन गर्न उसले आत्मचिन्तन नै गर्छ। उसले यी कुराहरूमा यादै गर्दैन। ऊ आफूखुसी गर्छ, र यसमाथि यस्तो विश्वास गर्छ: “कठोरताविना असली पुरुष भइँदैन। मानिसहरू दुष्ट र क्रुर हुनैपर्छ, किनभने यदि तिनीहरू क्रुर छैनन् भने, तिनीहरूलाई सबैले हेप्नेछन्, तर दुष्ट व्यक्तिदेखि सबै डराउँछन्।” उसले यसबारे जति बढी सोच्छ,त्यति ऊ यसरी सोच्नु सही हो भनी विश्वस्त बन्छ, अनि त्यहीअनुसार कार्य गर्छ। के यस्तो व्यक्तिको व्यवहारलाई चेतना र विवेकले काबुमा राख्छ त? (राख्दैन।) उसको व्यवहार त्यस्तो कुनै प्रतिबन्धमा हुँदैन। अर्को खाले व्यक्तिमा पनि यस्तै सोचहरू हुन्छन्, र यस्ता सोच आउँदा उसले आफ्नो कुण्ठा व्यक्त गर्नका लागि सामानहरू फुटाउन सक्छ, तर उसले कदम चाल्नुपर्ने समयमा आफ्ना सोचहरूलाई व्यवहारमा परिणत गर्नेछैन। किन गर्नेछैन? (किनभने उसको विवेक र समझले उसलाई दुष्ट कार्यहरू गर्नबाट रोक्न सक्छ।) उसमा विवेक र समझका साथै सही र गलत छुट्ट्याउने क्षमता हुन्छ, र उसले यस्तो दृढनिश्चयता गर्न सक्छ: “मैले यस तरिकाले कार्य गर्न मिल्दैन, किनभने यसले अरूलाई अनि म आफैलाई, दुवैलाई हानि गर्नेछ।प्रतिशोध समेत निम्तिन सक्छ!” ऊ आफ्ना सोचहरू सही छन् कि गलत, असल छन् कि खराब भनी मूल्याङ्कन गर्न सक्षम हुन्छ। रिस पोखेपछि उसले मनन गर्नेछ: “म जहाँ मिल्छ त्यहाँ उदार बन्नुपर्छ। भई हाल्यो; म भविष्यमा त्यो व्यक्तिसित बोल्दै बोल्दिनँ। म यसबाट एउटा पाठ सिक्नेछु र भविष्यमा फेरि ठगीमा नपर्ने कोसिस गर्नेछु। बदला लिनुपर्ने आवश्यकता नै छैन।” मनन गरेपछि यसले उसलाई संयमित बनाउनेछ। यो “संयमता” के कुराको जगमा निर्मित हुन्छ? यो उसमा भएको विवेक र चेतना, के सही के गलत भनी छुट्ट्याउने क्षमता, उसको आचरण आधार-रेखा, र उसका छनोट र प्रवृतिको जगमा निर्मित हुन्छ। उसको प्रवृति कस्तो हुन्छ? उसको प्रवृति दुष्टताको बदलामा दुष्टता गर्ने नभई खराब काम र दुष्ट कार्यहरू नगर्ने हुन्छ, त्यसैले अन्त्यमा उसले आफूलाई काबुमा राख्ने निर्णय गर्छ र आफ्ना सोचहरूलाई कार्यान्वयन गर्दैन। ऊ रिसाएको पनि हुन्छ, र रिसमा उसले केही क्रुर कार्यहरू गर्न वा क्रुर शब्दहरू बोल्न पनि चाहन्छ। तर काम गर्ने समय आएपछि ऊ संयमित बन्छ, आफूलाई रोक्छ र कदम चाल्दैन। दुष्टता उसका सोचाइमै सीमित रहन्छ, र त्यो व्यवहार वा तथ्यमा परिणत हुँदैन। यी दुइटै प्रकारका मानिसहरूमा दुष्ट सोचहरू हुन्छन् भने यो प्रकारको व्यक्ति र पहिले उल्लेख गरेको आफ्ना दुष्ट सोचहरूलाई आफ्ना कार्य डोऱ्याउन दिने व्यक्तिको प्रकृतिमा के भिन्नता हुन्छ? (यस्तो प्रकारको व्यक्तिको प्रकृति नैतिक हुन्छ, त्यसैले ऊ दुष्ट सोचहरूद्वारा नियन्त्रित हुन सक्दैन।) यी दुईथरीका मानिसहरूको प्रकृतिबीच एउटा भिन्नता हुन्छ। कतिपय मानिसहरू अरूले तिनीहरूलाई आलोचना, खुलासा, वा काटछाँट र निराकरण गर्दा, घृणा, अनाज्ञाकारिता, र असन्तुष्टिले भरिन्छन्, र बदलाको मनोवृत्ति अपनाउँछन्। तर अरू मानिसहरू यी परिस्थितिहरूलाई सही र विवेकपूर्ण ढङ्गले सामना गर्न, भनिएको कुरा साँचो भएमा त्यसलाई स्विकार्न, र त्यसबाट पाठ सिक्न सक्छन्, तिनीहरू आज्ञाकारिता र स्वीकारको मनोवृत्ति अपनाउँछन्। यी दुईमध्ये कुन प्रकारका मानिसहरू सत्यता अभ्यास गर्न सक्छन्? (विवेक भएको र सत्यता स्विकार्न अनि परमेश्वरलाई पालन गर्न सक्नेहरूले।) तँ किन यस्तो व्यक्तिमा अलिकति विवेक हुन्छ भन्छस्? (किनभने उसको विवेकले उसमा प्रभाव पारेको हुन्छ, त्यसले उसका दुष्ट सोचहरूलाई नियन्त्रण गर्छ।) हो, यही नै भइरहेको छ। उसको विवेकले उसलाई प्रभाव पारिरहेको, उसका सोचहरूलाई नियन्त्रण र मार्गदर्शन गरिरहेको र अर्थपूर्ण तुल्याइरहेको हुन्छ; त्यसको प्रभाव पर्छ। के अर्को थरीको व्यक्तिको विवेकले कुनै प्रभाव पार्छ? पार्दैन; त्यसले प्रभाव पार्दैन। ती मानिसहरू कहिलेकाहीँ त्यसबारे सोच्ने काम मात्र गर्छन्, तर पछि फेरि अरूबेलाझैँ व्यवहार गर्छन्। उसको विवेक भनेको सजावटभन्दा बढी केही होइन र त्यसको प्रभावकारिता हुँदैन। तुलनात्मक रूपमा, यी दुईमध्ये कुन प्रकारका मानिसहरूमा मानवता हुन्छ? (जसको विवेक र समझले प्रभाव पार्छ।) जसको विवेकको प्रभावकारिता हुन्छ तिनीहरूमा सही र गलत छुट्ट्याउने क्षमता हुन्छ र तिनीहरू आफ्ना दुष्ट कार्यहरू नियन्त्रण गर्न सक्छन्। यस्तो प्रकारको व्यक्तिले सत्यता अभ्यास गर्न र सत्यता पछ्याउन सक्छ। तैँले केही मानिसहरूलाई असल कामहरू गर्न वा सत्यता सिद्धान्तअनुसार कामकुरा सम्हाल्न आग्रह गर्दा, तिनीहरूको विवेकले तिनीहरूमा कुनु प्रभाव पार्दैन। तिनीहरू आफूलाई सही लागेको काम गर्दैनन्, उल्टै आफूलाई मन लागेको काम मात्र गर्छन्। तिनीहरू गफ गर्न, अरूको मूल्याङ्कन गर्न, र अरूलाई चिल्लो घस्न वा चापलुसी गर्न तयार हुन्छन्, र विनाहिचकिचाहट यी कामहरू गर्छन्। तिमीहरू कस्तो प्रकारको व्यक्ति हौ? (मलाई लाग्छ म मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्ति हुँ।) के मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्तिहरू तिनीहरूको विवेक र चेतनाद्वारा संयमित हुन्छन्? के तिनीहरू सही र गलतबीचको भिन्नता बताउन सक्छन्? (मेरो विचारमा मानिसहरूलाई खुसी पारिहिँड्नेहरू वास्तवमा को सही र को गलत भनी बताउन सक्छन्, तर तिनीहरूमा न्यायको भावना हुँदैन, तिनीहरू मण्डलीको कामको रक्षा गर्दैनन्, र निकै गम्भीर हदसम्म शैतानी दर्शनहरूद्वारा नियन्त्रित हुन्छन्। उदाहरणका लागि, जब कसैले मलाई केही कुराको बारेमा सोध्छ, यदि मैले त्यहाँ अनुपस्थित अर्को व्यक्तिको बारेमा बोलिरहेको हुन्छु भने, म इमानदारीपूर्वक बोल्न सक्छु, तर यदि ऊ उपस्थित छ भने, म संयमित हुन्छु, र त्यति नै सिधा तरिकाले बोल्दिनँ।) धेरै मानिसहरू सत्यतालाई प्रेम नगर्ने वा नपछ्याउने भए पनि, तिनीहरूसित वास्तवमा आफ्ना विविध स्थितिहरूबारे केही बुझाइ हुन्छ। अहिलेका लागि, तैँले सत्यतालाई प्रेम वा अभ्यास गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा बिर्सिदे; पहिला, तैँले पहिचान गर्न सक्ने आफ्ना भ्रष्ट स्थितिहरू बिस्तारै सुधार्ने र रुपान्तरण गर्ने कोसिस गर्। त्यसरी तँ बिस्तारै सही मार्गमा लाग्नेछस्। सुरुमा तिनै कुराहरू परिवर्तन गर् जसबारे तँ सचेत छस्—मतलब, तेरो विवेक र चेतनाले बुझ्न सक्ने, वा तेरो मनले थाहा पाउन र पहिचान गर्न सक्ने गलत स्थिति, भनाइ, विचार र दृष्टिकोणहरू—यी तैँले बुझ्न सक्ने कुराहरू रुपान्तरण गरेर सुरू गर्। यदि तैँले यी कुराहरू बदल्न सकिस् भने, तैँले धेरै कुरा प्राप्त गरेको हुनेछस्। कम्तीमा पनि तँ विवेक र समझ भएको व्यक्ति बन्नेछस्, तैँले विवेकपूर्ण ढङ्गले कार्य गर्नेछस्, तँ आफ्ना गलत स्थितिहरू खुट्ट्याउन र सत्यतातर्फ लागि पर्न सक्षम हुनेछस्। यसरी, तँ सिद्धान्तहरूसाथ परिस्थितिहरू सम्हाल्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। त्यसपछि तेरो कर्तव्यपालन मापदण्डको स्तरको हुनेछ। यदि तँ सत्यता बुझ्न र आफ्नो कर्तव्यका व्यावहारिक समस्याहरू समाधान गर्न सक्छस् भने, तैँले सामना गर्ने कठिनाइहरू झन्-झन् घट्दै जानेछन्। उदाहरणका लागि, मानौँ विगतमा तेरो हृदयमा तँलाई स्वतन्त्र रूपमा बोल्नबाट रोक्ने कुनै न कुनै कुरा सधैँ हुन्थ्यो, त्यसैले तैँले अरूमा देखेका समस्याहरू सिधै औँल्याउँदैनथिस्। बरु, तँ सधैँ मिठामिठा शब्दहरू प्रयोग गरेर कुरा घुमाउँथिस्, किनभने तँ अरूको चित्त दुख्छ कि भनी डराउँथिस्, र सधैँ घमण्ड, भावना, र अन्तर-वैयक्तिक सम्बन्धहरूबारे चिन्ता लिन्थिस्। अहिले, तैँले कुरा घुमाउन छोडेको छस्; समस्या आएमा तँ त्यसबारे सिधा रूपमा र प्रस्टसित बोल्छस्, र तँ अरूका समस्याहरू औँल्याउन र तेरा जिम्मेवारीहरू पूरा गर्न सक्षम छस्। अब तेरो हृदयमा कुनै चिन्ता वा कठिनाइहरू छैनन् र तैँले केही कुरा व्यक्त गर्दा अन्य कुनै तत्वबाट प्रभावित वा नियन्त्रित नभई हृदयबाटै बोल्न सक्छस्। अब तँलाई थाहा छ कि तैँले आफूले गर्ने काममा सिद्धान्तहरू पालना गर्नैपर्छ, तँ संसारसँग व्यवहार गर्ने दर्शनहरूअनुसार जिउन मिल्दैन, र तैँले आफ्नो घमण्डलाई पन्छाएर सिद्धान्तहरू कायम राख्नैपर्छ। यी कुराहरू झन्-झन् प्रस्ट बन्छन्, र तेरो घमण्डले तँलाई त्यस्तो ठूलो प्रभाव पार्न छोडेको हुन्छ, र तैँले आफ्नो घमण्ड वा भावनाहरूद्वारा बाधित नभई बोल्न सक्छस्। तँ केही निष्पक्ष कुराहरू बोल्न सक्छस् र हृदयमा असहज महसुस गर्न छोड्नेछस्। अर्को शब्दमा, तँलाई बाधा दिन सक्ने कुराहरू झन्-झन् कम हुन्छन; तँ तिनलाई पार गर्न, त्याग्न, र तिनको नियन्त्रणबाट मुक्त हुन सक्षम हुन्छस्। जब तैँले सत्यता अभ्यास गर्छस् अनि सिद्धान्तहरूअनुसार काम गर्ने र बोल्ने गर्छस्, तब तँ तेरा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनेछैनस्, र तेरो हृदयले त्यसउप्रान्त कष्ट भोग्नेछैन। बरु, यो पूर्णतया प्राकृतिक लाग्नेछ, तेरो विवेकलाई शान्त हुनेछ, र तँलाई तेरा व्यवहारहरू जस्तो हुनुपर्थ्यो त्यस्तै छन् भन्ने अनुभूति हुनेछ। तेरा अभिव्यक्ति र व्यवहारहरू प्राकृतिक हुनेछन् र तेरा कठिनाइहरू साना हुनेछन्। के यो बदलाव होइन र?

मानिसहरूका आचरण र संसारलाई सामना गर्ने तरिकाहरू परमेश्‍वरका वचनहरूअनुरूप नै हुनुपर्छ; मानव आचरणको सबैभन्दा आधारभूत सिद्धान्त यही हो। यदि मानिसहरूले मानव आचरणका सिद्धान्तहरू बुझ्दैनन् भने तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन्? सत्यता अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु वा नाराहरू भट्याउनु होइन। बरु यो, मानिसहरूले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा मानव आचरणका सिद्धान्त, परिस्थितिबारे तिनीहरूको दृष्टिकोण, वा आफ्‍नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म कसरी तिनीहरूले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्छ, अनि सत्यता खोज्नुपर्छ, र परमेश्‍वरका वचनहरूमा आधार र सिद्धान्तहरू खोज्‍नुपर्छ, र त्यसपछि अभ्यासको मार्ग खोज्‍नुपर्छ भन्ने कुरा हो। यसरी अभ्यास गर्न सक्‍नेहरू नै सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्‍नु भनेको सत्यता खोजी गर्ने पत्रुसको मार्गमा हिँड्नु हो। उदाहरणको लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पालना गर्नुपर्छ? “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो”, त्यसैले तैँले सबैसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ, अरूको इज्‍जतमा धक्‍का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, र त्यसरी अरूसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ भन्‍ने तेरो आफ्नै दृष्टिकोण हुन सक्छ। यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले खराब कामहरू गरिरहेको वा सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको देख्दा चुप रहन्छस्। तँ कसैलाई चिढ्याउनुभन्दा बरु मण्डलीको काममा क्षति हुन दिन्छस्। तँ हर व्यक्तिसामु राम्रो छवि बनाउन खोज्छस्, चाहे ऊ जोसुकै होस्। तँ बोल्दाखेरी मानव भावनाहरू र इज्जत जोगाउनेबारे मात्र सोच्छस्, र अरूलाई खुसी तुल्याउन सधैँ मिठा शब्दहरू बोल्छस्। तैँले कुनै व्यक्तिमा समस्याहरू छन् भन्ने थाहा पाए पनि, तँ ती सहन रोज्छस्, र बस उसको पिठ्युँ पछाडि कुरा काट्छस्, तर उसलाई भेट्दा तँ शान्त रहन्छस् र आफ्नो सम्बन्धलाई कायम राख्छस्। यस्तो आचरणबारे तँलाई के लाग्छ? के यो मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्तिको आचरण होइन र? के यो अलिक धूर्त होइन र? यसले मानव आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। के आफूलाई यस्तो आचरणमा ढाल्नु अपमानजनक कुरा होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिस होइनन्। यो आफूलाई आचरणमा ढाल्ने शिष्ट तरिका होइन। तैँले जतिसुकै कष्ट भोगेको र जतिसुकै मूल्य तिरेको भए पनि, यदि तँ सिद्धान्तविना आचरण पालन गर्छस् भने, तँ यस अर्थमा चुकेको छस्, र तेरो आचरणलाई परमेश्वरसामु चिनिने, सम्झिने वा स्विकारिने छैन। यो समस्या थाहा पाएपछि, के तँलाई खिन्नता हुन्छ? (हुन्छ।) यो खिन्नताले के प्रमाणित गर्छ? यसले तँ अझै पनि सत्यतालाई प्रेम गर्छस्, र तँसित सत्यतालाई प्रेम गर्ने हृदय र इच्छा छ भन्ने प्रमाणित गर्छ। यसले तेरो विवेकमा अझै पनि चेतना छ, र तेरो विवेक पूर्ण रूपमा मरिसकेको छैन भन्ने प्रमाणित गर्छ। तँ जति गहिरो रूपमा भ्रष्ट तुल्याइएको भए पनि, वा तँमा जतिसुकै भ्रष्ट स्वभावहरू भए पनि, तेरो मानवतामा तँसित अझै पनि एउटा सार छ जसले सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ। यदि तँमा चेतना छ, र तँलाई आफ्नो मानवता, स्वभाव, आफ्नो कर्तव्यपालन, र परमेश्वरप्रतिको व्यवहारका सम्बन्धमा आफूमा कस्ता समस्याहरू छन् भन्ने थाहा छ, साथै तेरा शब्द र कार्यहरूले विचार, अडान र मनोवृत्तिहरू समेट्दा समेत तँ सचेत छस्, अनि तेरा विचारहरू गलत छन्, ती सत्यता वा परमेश्वरको इच्छासँग मिल्दो छैनन्, तर तिनलाई त्याग्न सजिलो छैन भनी थाहा पाउन सक्छस्, अनि तँ सत्यता अभ्यास गर्न चाहन्छस् तर सक्दैनस्, र तेरो हृदय सङ्घर्षरत, पीडामा र प्रताडित छ, र तँलाई ऋणी महसुस हुन्छ भने—यो सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानवताको एउटा प्रकटीकरण हो। यो विवेकको चेतना हो। यदि तेरो मानवतामा विवेकको चेतना छ, र त्यसमा सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने एउटा पाटो छ भने, तँमा यी भावनाहरू हुनेछन्। यी भावनाहरू हुनुले प्रमाणित गर्छ कि तँमा सकारात्मक र नकारात्मक कुराहरू छुट्ट्याउने क्षमता छ, र तँमा यी कुराहरूप्रति हेलचेक्र्याइँ वा उदासीनताको मनोवृत्ति छैन; तँ भावशून्य वा चेतनारहित छैनस्, बरु, तँमा चेतना छ। तँमा चेतना भएकै कारण तँसित सही र गलत, सकारात्मक र नकारात्मक कुराहरू छुट्ट्याउने क्षमता छ। यदि तँसित चेतना र यो क्षमता छ भने, के तँलाई यी नकारात्मक कुरा, नकारात्मक विचार, र भ्रष्ट स्वभावहरूलाई घृणा गर्न सजिलो हुनेछैन र? यो तुलनात्मक रूपमा सजिलो हुनेछ। यदि तँ सत्यता बुझ्छस् भने, तैँले निश्चय नै नकारात्मक र दैहिकताका कुराहरूलाई घृणा गर्न सक्नेछस्, किनभने तँमा न्युनतम र सबभन्दा आधारभूत कुराहरू छन्: त्यो हो विवेकको चेतना। विवेकको चेतना हुनु भनेको अत्यन्तै मूल्यवान् कुरा हो, र सही र गलतबीच फरक छुट्ट्याउने क्षमता हुनु र सकारात्मक कुराहरूलाई प्रेम गर्ने सन्दर्भमा इन्साफको समझ हुनु पनि त्यति नै मूल्यवान् कुरा हुन्। यी तीनवटा कुराहरू सामान्य मानवताका सबैभन्दा वाञ्छनीय र मूल्यवान् कुराहरू हुन्। यदि तँमा यी तीनवटा कुराहरू छन् भने, तँ सत्यता अभ्यास गर्न अवश्यै सक्षम हुनेछस्। तँमा यीमध्ये एउटा वा दुइटा मात्र कुरा भए पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्नेछस्। विवेकको चेतनालाई एकपटक हेरौँ। उदाहरणका लागि, यदि तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेको भेटिस् भने, के तँ त्यो खुट्ट्याउन सक्षम हुनेछस्? के तँ प्रस्ट रूपमा देखिने दुष्ट कार्यहरू पहिचान गर्न सक्छस्? अवश्यै सक्छस्। दुष्ट मानिसहरू खराब काम गर्छन्, र असल मानिसहरू असल काम गर्छन्; औसत व्यक्तिले एक नजरमै तीबीचको भिन्नता बताउन सक्छ। यदि तँमा विवेकको चेतना छ भने, के तँमा भावना र विचारहरू हुनेछैनन् र? यदि तँमा विचार र भावनाहरू छन् भने, तैँले सत्यता अभ्यास गर्नका लागि सबैभन्दा आधारभूत सर्तहरूमध्ये एउटा पूरा गर्छस्। यदि तैँले यस व्यक्तिले दुष्टता गरिरहेको छ भनी पहिचान र महसुस गर्न सक्छस्, त्यसलाई खुट्ट्याएर उक्त व्यक्तिको खुलासा गर्न सक्छस्, र परमेश्वरका चुनिएका मानिसहरूलाई यो मामला खुट्ट्याउन सक्षम तुल्याउँछस् भने, के उक्त समस्या समाधान हुनेछैन र? के यो सत्यता अभ्यास गर्नु र सिद्धान्तहरू पालना गर्नु होइन र? यहाँ सत्यता अभ्यास गर्न के-कस्ता विधिहरू प्रयोग गरिएका छन्? (खुलासा गर्ने, रिपोर्ट गर्ने, र दुष्टकर्मलाई रोक्ने।) सही भनिस्। यसरी कार्य गर्नु भनेको सत्यता अभ्यास गर्नु हो, र यसो गरेर तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको हुनेछस्। यदि तैँले यस्ता परिस्थितिहरू सामना गर्दा तँ आफूले बुझ्ने सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छस् भने, यो सत्यता अभ्यास गर्नु हो, यो सिद्धान्तहरूका साथ कामकुरा गर्नु हो। तर यदि तँसित विवेकको चेतना छैन, र तैँले दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देखिस् भने, के तँ यसबारे सचेत हुनेथिस्? (हुनेथिइनँ।) अनि चेतना नभएका मानिसहरूले त्यसबारे के सोच्नेथिए? “त्यो व्यक्तिले दुष्टता गरेर मलाई के भो त? उसले मलाई चोट पुर्याइरहेकै छैन, मैले उसलाई किन चिढ्याउनु? के त्यसो गर्नु साँच्चिकै जरुरी छ र? त्यसो गरेर मलाई कसरी फाइदा हुन्छ?” के यस्ता मानिसहरू दुष्ट मानिसहरूलाई दुष्टता गर्नबाट खुलासा गर्ने, रिपोर्ट गर्ने, वा रोक्ने गर्छन्। निश्चय नै गर्दैनन्। तिनीहरू सत्यता बुझ्छन् तर अभ्यास गर्न सक्दैनन्। के यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरूमा न त विवेक न समझ हुन्छ। म किन यसो भन्ने गर्छु? किनभने तिनीहरू सत्यता बुझ्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; यसको मतलब तिनीहरूमा विवेक वा समझ छैन, र तिनीहरू परमेश्वरविरुद्ध विद्रोह गरिरहेका छन्। तिनीहरू आफ्ना हितलाई क्षतिबाट जोगाउनमा मात्र ध्यान दिन्छन्; तिनीहरू मण्डलीको काममा कुनै क्षति पुग्ला, वा परमेश्वरका चुनिएका मानिसहरूलाई क्षति पुग्ला कि भन्नेबारे वास्ता नै गर्दैनन्। तिनीहरू आफैलाई मात्र बचाउन खोज्छन्, र यदि तिनीहरूले समस्याहरू पत्ता लगाए भने पनि, तिनलाई बेवास्ता गर्छन्। तिनीहरू कसैले दुष्टता गरिरहेको देख्दा समेत त्यो नदेखेझैँ गर्छन्, अनि यदि त्यसले आफ्ना हितमा हानि पुऱ्याइरहेको छैन भने ठिकै हो भन्ठान्छन्। अरूले जे गरे पनि, त्यो तिनीहरूको सरोकारको विषय नै नभएझैँ देखिन्छ; तिनीहरू कुनै जिम्मेवारीको भावना अनुभूत गर्दैनन्, र तिनीहरूको विवेकले तिनीहरूमाथि कुनै प्रभाव पार्दैन। यी प्रकटीकरणहरूका आधारमा भन्नुपर्दा, के यी मानिसहरूमा मानवता छ? विवेक र समझविनाको व्यक्ति भनेको मानवताविनाको व्यक्ति हो। विवेक र समझविनाका सबै मानिसहरू दुष्ट हुन्: तिनीहरू मानवको खोल ओडेका पशु हुन्, जसले हरप्रकारका खराब कुराहरू गर्न सक्छन्।

के विवेकको चेतना नभएको व्यक्ति असल कार्यहरू र दुष्ट कुराहरू खुट्ट्याउन सक्षम हुन्छ? के उसमा सही र गलत वा ठिक र बेठिकबारे कुनै बुझाइ हुन्छ? (हुँदैन।) त्यसोभए ऊ अरू मानिसहरूलाई कस्तो व्यवहार गर्छ? ऊ भ्रष्ट मानवजातिलाई कसरी हेर्छ? ऊ सम्पूर्ण मानवजाति खराब नै हुन्छ, मानवजातिमध्ये आफू नै सबैभन्दा खराब होइन, र अधिकांश मानिसहरू आफूभन्दा खराब हुन्छन् भन्ने विश्वास गर्छ। यदि तैँले उसलाई मानिसहरूमा विवेक र चेतना हुनैपर्छ, र मानिसहरूले असल कार्यहरू तयार गर्नुपर्छ भनिस् भने, उसले त्यसलाई झूट भन्छन् र विश्वास गर्दैन। त्यसकारण विवेकको चेतना नभएका यस्ता मानिसहरूले सत्यता अभ्यास गर्नुको अर्थ र मूल्य कहिल्यै थाहा पाउनेछैनन्। त्यसोभए, के यस्तो व्यक्तिलाई सत्यतालाई प्रेम गर्ने तुल्याउनु सम्भव छ? (छैन।) उसको प्रकृति सारमा सत्यतालाई प्रेम गर्ने त्यस्तो केही छैन, त्यसैले ऊ सत्यतालाई प्रेम गर्न कहिल्यै सक्षम हुनेछैन। यस्तो व्यक्तिले सत्यता के हो, असल के हो, वा दुष्टता के हो भनेर कहिल्यै बुझ्नेछैन। उसको मनमा सकारात्मक कुराहरू नकारात्मक हुन्छन् र नकारात्मक कुराहरू सकारात्मक हुन्छन्; यी दुई अवधारणाहरू जोल्टिएका हुन्छन्। ऊ आफ्ना कार्यहरूलाई कुन सिद्धान्तहरूमा आधारित गर्छ? उसले सही र गलत, वा असल र दुष्टबीच फरक छुट्याउँदैन, र प्रतिशोध वा इनामबारे चासो राख्दैन; उसले जे गर्छ वा भन्छ त्यसले बस उसको आफ्नै फाइदा गराउनुपर्छ। उसका दृष्टिकोणहरूको बारेमा भन्नुपर्दा, उसले तिनलाई आफ्नो परिवेशअनुसार आफ्ना हितहरूलाई मिल्नेगरी बदल्छ। ऊ आफ्ना लक्ष्य र चाहनाहरू पूरा नहुञ्जेल उसका हितहरूमा मद्दत पुग्ने दृष्टिकोणहरू पालना गर्छ। के यस्तो प्रकारको मानवता र यस्तो प्रकारको प्रकृति सार भएको व्यक्तिलाई सत्यता अभ्यास गर्न सम्भव छ? (छैन।) सत्यता अभ्यास गर्नका निम्ति व्यक्तिमा केचाहिँ हुनैपर्छ? (विवेकको चेतना, सही र गलत खुट्ट्याउने क्षमता, अनि इन्साफ र सकारात्मक कुराहरूप्रति प्रेम भएको हृदय हुनैपर्छ।) तिमीहरूमा यीमध्ये केके छन्? यी तीनमध्ये, सही र गलत खुट्ट्याउन सक्नु, र इन्साफ र सकारात्मक कुराहरूलाई प्रेम गर्नु अलि कठिन होला। सत्यतालाई प्रेम नगर्नेहरूका लागि यी दुई कुराहरू हासिल गर्न निकै कठिन हुन्छ। तर विवेक र समझ भएका मानिसहरूले कम्तीमा पनि आफ्नो विवेक र समझबमोजिम नै कामकुरा गर्नुपर्छ, कम्तीमा अरूलाई चोट पुऱ्याउनु हुँदैन, आफ्नै फाइदाको लागि अरूलाई हानि पुऱ्याउनु हुँदैन, र दुष्ट वा अविवेकी कामहरू गर्नु हुँदैन—यसरी तिनीहरूको विवेक शान्त बन्छ। यदि तिनीहरू सच्चा रूपमा परमेश्वरमा विश्वास गर्छन् भने, तिनीहरू कम्तीमा इमानदार हुनैपर्छ, र तिनीहरूले गर्ने सबथोक तिनीहरूको विवेक र समझसित मिल्नुपर्छ। असल व्यक्ति बन्ने मानकहरू यिनै हुन्। यदि तिनीहरूमा अलिकति क्षमता छ र तिनीहरूले सत्यता बुझ्न सक्छन् भने त्यो झनै राम्रो हो; तब तिनीहरू आफूले गर्ने सबथोकमा सत्यता खोज्न, र सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि भनी आफ्ना कार्यहरूबारे निरन्तर रूपमा चिन्तन गर्न सक्छन्। तेरो हृदयको गहिराइमा, के तँसित मूल्याङ्कनको मानक छ? यदि तैँले कुनै गलत काम गरिस् वा सिद्धान्तहरू उल्लङ्घन गरिस्, यदि तँ झाराटारुवा छस्, वा यदि तँ दैहिक सम्बन्धहरूको रक्षा गर्छस् भने, के तँ त्यसबारे सचेत हुन्छस्? यदि हुन्छस् भने, तँमा अलिकति विवेक छ। यदि तँसित विवेकको चेतना छैन भने, तँ समस्यामा छस्। मुक्तिको आशा हुनका निम्ति तँमा कम्तीमा विवेकको चेतना हुनैपर्छ; यदि तँमा त्यति पनि छैन भने, तँ खतरामा छस्, किनभने परमेश्वरले मानवता नभएकाहरूलाई मुक्ति दिनुहुन्न। विवेकको चेतनाले तेरो मानवतामा कस्तो असर पार्छ? कस्तो असर पार्छ भने तैँले आफूले व्यक्तिगत रूपमा अनुभव गर्ने कुरा, तेरा आँखाले देख्ने र कानले सुन्ने कुरा, तैँले सोच्ने कुरा, तेरो कार्ययोजना, र तैँले गरिसकेको काम सही छ कि गलत भनी मूल्याङ्कन गर्नका लागि तैँले आफ्नो विवेक प्रयोग गर्नैपर्छ। तेरा आचरण र व्यवहारहरूको कम्तीमा पनि एउटा आधाररेखा हुनैपर्छ। उदाहरणका लागि, मानौँ तैँले त्यस्तो व्यक्ति देखिस् जसले निकै उत्साहका साथ पछ्याउँछ, तर ऊ अत्यन्तै सरल र सोझो पनि छ, र तँ सधैँ उसलाई हेयको दृष्टिले हेर्छस्, र उसलाई तेरा शब्दहरूमार्फत निरन्तर हेप्न, रिस उठाउन र गिल्ला गर्न चाहन्छस्। तँमा यी सोचहरू छन्, र कहिलेकाहीँ तैँले यस्ता केही व्यवहारहरू पनि प्रकट गर्छस्—के तँ यसबारे हृदयमा सचेत हुनेछस्? के तैँले यी सोचाइ र व्यवहारहरू गलत र कुरुप छन् भनी थाहा पाउनेछस्? के तैँले तेरा कार्यहरूको प्रकृति कस्तो छ भनेर थाहा पाउनेछस्? (थाहा पाउनेछु।) यदि त्यसो हो भने, यसको मतलब तँमा विवेकको चेतना छ। यदि तँ मानिस, घटना र कामकुराहरूबारे तेरा विचारहरू, वा तेरो हृदयको गहिराइका सोचाइहरू कुरुप छन् कि सुन्दर र राम्रा छन् भनेर खुट्ट्याउन समेत सक्षम छैनस्, यदि तेरो हृदयमा मूल्याङ्कनको कुनै मानक छैन भने, तँसित मानवता छैन। विवेकविनाका मानिसहरूमा मानवता हुँदैन। यदि तँलाई आधारभूत मानवता समेत थाहा छैन भने, तेरो कुनै मूल्य हुँदैन र तैँले मुक्ति पाउन सक्दैनस्। परमेश्वरले किन यहुदालाई प्रभुलाई विश्वासघात गर्ने भूमिका दिनुभयो? उहाँले यहुदाको प्रकृतिकै आधारमा त्यसो गर्नुभयो। यहुदा त्यस्तो चिज थियो जसले आफ्नो लाभका लागि आफ्नो मालिकलाई विश्वासघात गर्नेथ्यो, र परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यहुदाले पैसा चोर्न सक्थ्यो भने के उसमा विवेक थियो? (थिएन।) विवेक नहुँदा यस्तै देखिन्छ। विशेषगरी, उसले चोरेको पैसा प्रभुको थियो भन्ने तथ्यले उसमा कुनै विवेक र समझ थिएन भन्ने अर्थ दिन्छ; ऊ एक राक्षस थियो जो खराब कुराहरू गर्नबाट कुनै रूपमा बाधित थिएन। उसमा विवेकको चेतना थिएन र उसले आफूलाई काबुमा राख्न सकेन, त्यसैले परमेश्वरलाई चढाइएका भेटीहरू उसले गोप्य रूपमा खर्चन सक्यो। यदि कुनै व्यक्तिले परमेश्वरलाई चढाइएको भेटी गोप्य रूपमा खर्च गर्न सक्छ भने, उसमा कस्तो मानवता हुन्छ? (दुष्ट व्यक्तिको मानवता हुन्छ।) उसमा मानवता नै हुँदैन। मानवता नहुनुको पहिलो चिन्ह भनेको विवेकको चेतना नहुनु, र उसले गर्ने कुनै पनि कार्यमा ऊ आफ्नो विवेकद्वारा निर्देशित नहुनु हो। यहुदामा यो सबैभन्दा आधारभूत कुरा समेत थिएन, यसको मतलब उसमा मानवता थिएन, त्यसैले उसले त्यस्तो काम गर्नु सामान्य थियो। त्यसकारण, परमेश्वरले यहुदालाई प्रभुलाई विश्वासघात गर्ने भूमिका खेल्ने प्रबन्ध गर्नु, र उसलाई यो सेवा प्रदान गर्न लगाउनु सबैभन्दा उचित छनोट थियो; परमेश्वरका कुनै पनि सामानहरू खेर जाँदैनन्, परमेश्वरले गर्ने सबैथोक सही हुन्छ। जब यहुदाले पैसाको झोलाबाट पैसा चोर्दा कसैले थाहा पाएन, तब उसले के विश्वास गऱ्यो भने उसले चोरेको परमेश्वरले समेत देख्नुभएन। उसमा विवेकको चेतना थिएन, र उसले अरू कसैले थाहा पाएन भन्ठान्यो, अनि यसको परिणाम के भयो? उसले प्रभुलाई विश्वासघात गर्ने, प्रभुलाई धोका दिने गम्भीर पाप गऱ्यो र ऊ युगौँयुग पापीको रूपमा परिचित बन्यो। त्यसपछि ऊ आफै झुण्डियो, र पेट फुटेर मऱ्यो। के यस्तो व्यक्तिलाई दया गर्नुपर्छ? कुनै मानवता नभएको पशुलाई त्यसरी दण्डित भएकोमा बिलकुलै दया गर्नु पर्दैन।

मानवता भएका मानिसहरू सबथोक आफ्नो विवेक र समझअनुसार गर्छन्। तिनीहरूको आचरणको आधाररेखा, कम्तीमा पनि तिनीहरूको विवेकले तोकेको मानकभन्दा तल झर्दैन। यदि तिनीहरू कुनै काम गर्नु गलत हो भनी सचेत छन् भने, तिनीहरूले आफ्नो व्यवहारलाई नियन्त्रणमा राख्न सक्नेछन्। विवेकले मानिसहरूलाई व्यवहार गर्ने उचित तरिका बताउन सक्छ, त्यसैले विवेक भएका मानिसहरू आफ्ना विवेकका आधारमा बोल्न र कार्य गर्न सक्षम हुन्छन्। विश्वासी बनेपछि तिनीहरूको विवेकले पहिलेजस्तै भूमिका खेल्न जारी राख्छ। त्यसैले, तिनीहरूले प्रस्टसित देख्न नसक्ने धेरै कुराहरू हुँदा पनि तिनीहरू कम्तीमा ती कुराहरूलाई आफ्नो विवेकका आधारमा व्यवहार गर्न र सम्हाल्न सक्छन्। यदि तिनीहरू यो जगको आधारमा सत्यता बुझ्छन् भने, तिनीहरूले कामकुराहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सम्हाल्नेछन्; तिनीहरूको विवेकमा तिनीहरूको कार्य सत्यता सिद्धान्तअनुरूप छ कि छैन भन्नेबारे चेतना हुनेछ, र त्यसले तिनीहरूलाई प्रभाव पार्नेछ। यदि मानिसहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् र दैहिक रुचिहरूको रक्षा गर्छन् भने, यो तिनीहरूको भ्रष्ट स्वभाव हाबी भएकाले हो, र विवेक भएकाहरू यसबारे सचेत हुनुपर्छ। यदि कुनै व्यक्तिले सत्यता बुझ्छ तर त्यो अभ्यास गर्दैन भने, के तिनीहरूलाई आफ्नो विवेकले दोषी ठहऱ्याउँछ? के तिनीहरूको हृदयलाई शान्ति मिल्छ? सबै मानिसहरू यो अनुभव गर्न सक्षम हुन्छन्। आफ्नो दैनिक जीवनमा तिमीहरू चाहे मानिसहरूसित व्यवहार गरिरहेको वा कामकुरा गरिरहेको भए पनि, के तँमा प्रस्ट रूपमा विवेकको चेतना हुन्छ? के तँलाई कहिलेकाहीँ ऋणी वा दोषी महसुस हुन्छ? के तँलाई कहिलेकाहीँ भित्री असहजता र आरोप, वा भित्री पीडा र सङ्घर्ष महसुस हुन्छ? के तँमा कहिल्यै यस्ता भावनाहरू आउँछन्? यदि आउँछन् भने, त्यो खासै नराम्रो होइन, तर यदि आउँदैनन् भने, तिमीहरू खतरामा छौ। तिमीहरू जोसुकै भए पनि, यदि तिमीहरूमा विवेकका भावनाहरू छैनन् भने, तिमीहरू सच्चा रूपमा परमेश्वरमा विश्वास गर्दैनौ। कतिपय मानिसहरू सोध्छन्, “कसैको विश्वास साँचो वा झूटो हो भन्नेसित यो कसरी सम्बन्धित हुन्छ?” तिमीहरूका विचारमा यी कुराहरूबीच के सम्बन्ध छ? (जब विवेकको चेतना भएको व्यक्तिले कुनै गलत काम गर्छ, तब उसले अनुभूत गर्ने आत्मग्लानि, दु:ख, र पश्चात्ताप सबै परमेश्वरबाटै आउँछन्। उसले परमेश्वरको हप्काइ महसुस गर्न सक्छ भन्ने तथ्यले उसले हृदयमा परमेश्वरको छानबीन स्विकार्छ भन्ने जनाउँछ। कतिपय मानिसहरूमा यो चेतना बिलकुलै हुँदैन, यसले तिनीहरू आफ्नो हृदयमा परमेश्वरले सबथोकको छानबीन गरिरहनुभएको छ भनी बिलकुलै विश्वास गर्दैनन् भन्ने जनाउँछ। तिनीहरू आफूले केही गलत काम गर्दा ऋणी भएको महसुस गर्दैनन्; तिनीहरूमा यस्तो प्रकारको चेतना हुँदैन।) यो आंशिक रूपमा सही हो। अरू केही छ? (विवेक भएका मानिसहरू परमेश्वर हुनुहुन्छ भनी स्विकार्छन् र तिनीहरूले केही गलत काम गर्दा तिनीहरू परमेश्वरलाई प्रार्थना गरेर आत्मचिन्तन गर्न जान्दछन्, र उक्त समस्यालाई समाधान गर्न सत्यता खोज्छन्। विवेक नभएको व्यक्तिले कुनै समस्या सामना गर्दा उसलाई विवेकले प्रभाव पार्दैन; उसको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन, र उसले समस्या समाधान गर्नका लागि सत्यता खोज्दैन। ऊ सत्यता उसलाई चाहिने कुरा हो भनेर विश्वास गर्दैन, त्यसैले ऊ सत्यता अभ्यास गर्ने कोसिस गर्दैन। परमेश्वरमा विश्वास गर्ने तर सत्यता अभ्यास नगर्नेहरू गैर-विश्वासी हुन्।) साँचो आस्था बोकेको व्यक्तिले जे सामना गरे पनि उसले परमेश्वरको छानबीन स्विकार्न सक्छ, र यसरी उसको विवेकमा के सही, के गलत, वा के असल, के खराब भन्ने चेतना हुन्छ। अझै महत्त्वपूर्ण कुरा त, उसले परमेश्वरको अस्तित्व र उहाँको वचनमा विश्वास गर्छ। ऊ आफूले सुनेका परमेश्वरका वचनहरूलाई हृदयमा राख्छ, जसले उसको आफ्नो व्यवहार र उसले संसारलाई सामना गर्ने तरिका मूल्याङ्कन गर्ने र उसले गर्ने सबथोकमा मानकको काम गर्छ। यो मानक के हो? उसले सत्यता बुझे पनि वा नबुझे पनि, उसले धेरैजसो समय परमेश्वरको वचनलाई आफ्नो मानकको रूपमा लिन्छ, किनभने ऊ परमेश्वरमा विश्वास गर्छ, उहाँको अस्तित्वमा विश्वास गर्छ, र उहाँको वचन नै सत्यता हो भनी विश्वास गर्छ। उसले परमेश्वरको वचन नै सत्यता हो भनी विश्वास गर्ने भएकाले, समस्याहरू सामना गर्दा, उसले स्वत: उहाँको वचन प्रयोग गरेर ती समस्याहरूको लेखाजोखा गर्छ। उसलाई कम्तीमा पनि उसका आफ्नै सोचाइ र धारणाहरू सत्यता होइनन् भन्ने थाहा हुन्छ। त्यसैले, उसले समस्याहरू सामना गर्दा, विवेकको चेतनाले उसलाई भन्छ कि उसले परमेश्वरको वचनलाई आधार बनाउनैपर्छ, र यदि उसले त्यसो गर्ने नसकेमा, र त्यो अभ्यास गर्न नसकेमा, उसको विवेकले शान्ति पाउन सक्नेछैन र पीडित महसुस गर्नेछ। उदाहरणका लागि, मानिसहरूलाई अरूसँगका आफ्ना दैहिक सम्बन्धहरू जोगाउनु, सहजतामा रमाउनु, र मानिसहरूलाई खुसी पारिहिँड्नु नकारात्मक कुरा हुन् भनी कसरी थाहा हुन्छ? (यो परमेश्वरको वचनमा खुलासा गरिएको छ।) हो, यदि तँ ती कुराहरूलाई परमेश्वरको वचनअनुसार मापन गर्छस् भने, ती सबै नकारात्मक हुन्छन्, भ्रष्ट स्वभावका प्रकटीकरण हुन्छन्, र ती मानिसहरूको प्रकृतिले निम्त्याएका हुन्छन्। यी मानिसहरूले ती कुराहरू प्रकट गर्दा, के तिनीहरूलाई हृदयमा खुसी र आनन्दित महसुस हुन्छ, कि निराशा र पीडा महसुस हुन्छ? तिनीहरूलाई आफूभित्र चक्कु रोपेझैँ. भित्री सङ्घर्ष र निराशा महसुस हुन्छ। हरेक पटक तिनीहरूले यी कुराहरू सामना गर्दा, जब तिनीहरू तिनलाई सत्यता सिद्धान्तअनुसार सम्हाल्न सक्दैनन्, वा आफ्ना भावनाका बन्धनहरू तोड्न सक्दैनन्, तब तिनीहरूलाई हृदयमा पीडा महसुस हुन्छ। यो पीडा कसरी उत्पन्न हुन्छ? यो उसमा विवेकको चेतना हुँदा र उसले परमेश्वरको वचनको सत्यता बुझ्दा उत्पन्न हुन्छ। जब तिनीहरूभित्र यो सबै पीडा, ग्लानि, र दोष उत्पन्न हुन्छन्, तब हृदयको गहिराइमा तिनीहरूलाई आफैप्रति घृणा र घिन जाग्छ, र तिनीहरूले यसो भन्दै आफैलाई अवहेलनापूर्वक हेर्न पनि सक्छन्, “मैले म परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट तुल्याउन चाहन्छु भनेर राम्रो कुरा बोल्छु होला, र म निकै चर्को रूपमा यी नाराहरू भन्छु, तर ममा परिस्थितिहरू आइपर्दा म सधैँ आफ्नै गौरवबारे ख्याल गर्छु। मैले जति पटक कोसिस गरे पनि, म यो बन्धनलाई तोड्न सक्दिनँ। म खालि अरूलाई चिढ्याउन चाहँदिनँ, र निरन्तर परमेश्वरलाई चिढ्याइरहन्छु।” समयक्रममा, तिनीहरूले हृदयको गहिराइमा आफूबारे एउटा राय बनाउँछन्—त्यो के हो? तिनीहरूलाई आफू असल मानिस हुँ भन्ने लाग्दैन; तिनीहरूलाई आफू धेरै खराब कामहरू गर्न सक्षम भएको थाहा हुन्छ, र तिनीहरू आफू ढोंग रच्न माहिर भएको, र आफू पाखण्डी भएको देख्छन्। यी परिस्थितिहरूमा, तिनीहरू आफैलाई नकार्न थाल्छन्, र आफैलाई विश्वास गर्न छाड्छन्। यी नतिजाहरू कसरी प्राप्त हुन्छन्? परमेश्वरको वचन बुझेको आधारमा, तिनीहरूको विवेकमा चेतना हुँदा र त्यसले आफ्नो प्रकार्य पूरा गर्दा ती नतिजाहरू प्राप्त हुन्छन्।

जो साँचो रूपमा परमेश्वरमा विश्वास गर्छन् तिनीहरू परमेश्वरमाथि साँचो आस्था राख्नेहरू हुन्। तिनीहरूमा आफ्नो विवेक र समझद्वारा निर्देशित भावनाहरू हुन्छन्; आफ्ना हृदयमा तिनीहरू परमेश्वरका वचनहरू नै सत्यता हुन् भनी विश्वास गर्छन्; तिनीहरू परमेश्वरले गर्नुहुने सबथोक सही हुन्छ, त्यसको उद्देश्य मानिसहरूलाई मुक्ति दिनु र शुद्ध पार्नु हो भनी विश्वास गर्छन्। मानिसहरूका धारणा र कल्पनासँग त्यो मिले पनि वा नमिले पनि, त्यो तिनीहरूका लागि लाभदायी हुन्छ। जो साँचो रूपमा परमेश्वरमा विश्वास गर्दैनन्, तिनीहरूमा विवेक र समझ हुँदैन, न त तिनीहरू विवेक र समझ प्राप्त गर्ने बारे चासो राख्छन्। तिनीहरूमा परमेश्वरका वचनहरूप्रति सधैँ अर्ध विश्वास र आधा अविश्वासको मनोवृत्ति हुन्छ; तिनीहरूका हृदयले परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरा महसुस गर्न सक्दैनन्। त्यसोभए परमेश्वरको अस्तित्वबारे तिनीहरूको विचार के हुन्छ त? तिनीहरू हृदयमा यसो सोच्छन्, “यदि परमेश्वर हुनुहुन्छ भने उहाँ कहाँ हुनुहुन्छ त? म त उहाँलाई देख्दिनँ। परमेश्वर साँच्चिकै हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाहा छैन। यदि तिमी उहाँको अस्तित्वमा विश्वास गर्छौ भने उहाँ हुनुहुन्छ; यदि विश्वास गर्दैनौ भने उहाँ हुनुहुन्न।” तिनीहरूको विचार यही हुन्छ। तैपनि तिनीहरू त्यसबारे मनमा कुरा खेलाउँछन्, र सोच्छन्, “अत्यन्तै धेरै मानिसहरूले परमेश्वरमा विश्वास गर्छन् र उहाँको गवाही दिएका छन्। सायद परमेश्वर साँच्चिकै हुनुहुन्छ। उहाँ हुनुहोस् भन्ने म आशा गर्छु, किनभने मैले परिस्थितिको फाइदा उठाएर आशिष् पाउन सक्छु। म भाग्यमानी भएको हुनेछु।” तिनीहरू भाग्य परिक्षण गर्ने र जोखिम मोल्ने मानसिकता प्रयोग गर्छन् र केही रमाइलोका लागि मात्र भाग लिन्छन्; तिनीहरू सोच्छन् कि तिनीहरू आशिषित् नभए पनि घाटा लाग्दैन, किनभने तिनीहरूले केही पनि लगानी गरेका हुँदैनन्। परमेश्वरको अस्तित्वप्रति तिनीहरूको विचार र मनोवृत्ति यस्तो हुन्छ, “के परमेश्वर वास्तवमै हुनुहुन्छ? म यसै भन्न सक्दिनँ। परमेश्वर कहाँ हुनुहुन्छ? म ठ्याक्कै निश्चित छैन। के गवाही दिएका यी सबै मानिसहरू साँचो हुन्? कि तिनीहरू झूट बोलिरहेका छन्? म पनि निश्चित छैन।” तिनीहरूको हृदयले यी सबै मामलाहरूमाथि एउटा प्रश्नचिह्न खडा गर्छ; तिनीहरू त्यो बुझ्नै सक्दैनन्, त्यसैले तिनीहरू निरन्तर त्यसलाई शङ्का गर्छन्। परमेश्वरमाथिको तिनीहरूको विश्वास शङ्का र गलत विचारहरूको मनोवृत्तिले कलङ्कित हुन्छ। परमेश्वरले बोल्नुहुँदा र सत्यता व्यक्त गर्नुहुँदा उहाँका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (शङ्का र अविश्वास।) तिनीहरूको प्रमुख विचार यो होइन; तिमीहरू यो मामला प्रस्टसित बुझ्दैनौ। के तिनीहरू परमेश्वरको वचनलाई सत्यताको रूपमा लिन्छन्? (लिँदैनन्।) तिनीहरू के सोच्छन्? “अत्यन्तै धेरै मानिसहरू परमेश्वरका वचनहरू पढ्न रुचाउँछन् भने मलाई चाहिँ त्यो किन रुचिकर लाग्दैन? परमेश्वरका वचनहरू पढेर अनि सत्यता बुझेर के प्राप्त गर्न सकिन्छ? यसमा के फाइदा छ? के तिमी स्वर्गको राज्यमा साँच्चै प्रवेश गर्न सक्छौ? मानिसहरूले स्वर्गको राज्य देख्न सक्दैनन्। मैले देखेअनुसार, परमेश्वरमा विश्वास गर्नुको कुनै वास्तविक फाइदा हुनैपर्छ; कुनै वास्तविक फाइदा हुनुपर्छ।” तिनीहरू यदि तिनीहरूले सत्यता बुझेनन् भने हटाइनेछन् भनी चिन्ता गर्छन्, त्यसैले कहिलेकाहीँ प्रवचन सुन्छन्। तर त्यसपछि तिनीहरू यसो सोच्दै घोत्लिन्छन्, “परमेश्वरका वचनमा अख्तियार र शक्ति हुन्छ भनिन्छ, त्यसोभए मैले किन त्यो सुन्दिनँ महसुस गर्दिनँ? परमेश्वरका वचनले मानिसहरूलाई परिवर्तन गर्न सक्छन् भनिन्छ, त्यसोभए उहाँका वचनहरूले मलाई किन परिवर्तन गरेका छैनन्? म अझै पनि पहिले जतिकै देह-सुखको लोभ गर्छु; मलाई खाना र कपडाहरू मन पर्छ; मेरो रिस सधैँ जतिकै चर्को छ; ठूलो रातो अजिङ्गरले मलाई सताउँदा म अझै पनि डराउँछु। ममा किन अझै पनि आस्था छैन? परमेश्वर मानिसहरूलाई इमानदार हुनू भन्नुहुन्छ; उहाँ मानिसहरूलाई सत्यता र मानवता भएको मानिस हुनू भन्नुहुन्छ। के इमानदार मानिसहरू मूर्ख होइनन् र? परमेश्वरले मानिसहरूबाट परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने माग गर्नुहुन्छ, तर कतिजना मानिसहरूले वास्तवमै त्यो हासिल गर्न सक्छन्? मानव प्रकृति स्वार्थी हुन्छ। यदि तँ आफ्नो मानव प्रकृति पछ्याउँछस् भने, तैँले कसरी आफ्ना लागि आशिषहरू पाउने भन्नेबारे सोच्नैपर्छ। तैँले आफूलाई फाइदा हुने षड्यन्त्र रच्नैपर्छ। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ। तैँले तेरो नियतिलाई आफ्नै हातमा लिनैपर्छ; तैँले तेरो खुसी आफैले बनाउनुपर्छ। यो सबभन्दा वास्तविक कुरा हो। यदि मानिसहरू झगडा गर्दैनन् र वस्तुहरू आफै हडप्दैनन्, यदि तिनीहरू ख्याति, प्राप्ति, र लाभको निम्ति जिउँदैनन् भने तिनीहरूले केही पनि पाउनेछैनन्। कसैले पनि यी कुराहरू तेरो ढोकामै ल्याएर राखिदिने बोझ लिनेछैन। मन्न वास्तवमा कहिल्यै स्वर्गबाट झर्दैन!” तिनीहरूका सोचविचार, संसारसँग व्यवहार गर्ने दर्शनहरू, र तिनीहरू बाँच्ने तर्क र नियमहरू यिनै हुन्। के यी सोचविचार भएका मानिसहरू गैर-विश्वासी हुन्? सत्यताप्रति गैरविश्वासीहरूको मनोवृत्ति ठ्याक्कै यही हुन्छ। तिनीहरूको मनलाई सत्यता के हो, परमेश्वरका वचनहरूको अख्तियार र शक्ति कहाँ प्रकट हुन्छ, र परमेश्वरले मानिसहरूको परिणाम कसरी प्रबन्ध गर्नुहुन्छ भनी थाहा हुँदैन। तिनीहरू खालि शक्तिको आराधना गर्छन् र आफ्नै अगाडि भएका फाइदाहरू खोज्छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरू परमेश्वरमा विश्वास गर्छन् भने तिनीहरू आशिषित हुनुपर्छ; र परमेश्वरले मानिसहरूलाई सौभाग्य प्रदान गर्नुभएमा, तिनीहरूको जीवन धन र प्रचुरताले भरिपूर्ण पार्नुभएमा, र तिनीहरूलाई खुसी जीवन दिनुभएमा मात्र त्यो साँचो मार्ग हो। तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन्, र यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ भनी विश्वास गर्दैनन्, परमेश्वरका वचनहरूले कुनै व्यक्तिको स्वभाव वा भाग्य बदल्न सक्छ भनी विश्वास गर्नु त परको कुरा हो। त्यसकारण, तिनीहरूले परमेश्वरमा विश्वास गर्दा कहिल्यै सत्यता पछ्याएका हुँदैनन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवन र आफ्नो जीवनको लक्ष्यका रूपमा नस्विकार्ने हुनाले परमेश्वरमाथिको तिनीहरूको आस्था झन्-झन् कमजोर बन्छ; तिनीहरूमा परमेश्वरका वचनहरू पढ्ने र प्रवचनहरू सुन्ने रुचि हुँदैन; सत्यताबारे सङ्गति भइरहँदा तिनीहरू निदाउने समेत गर्छन्। त्यसमाथि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको थप बोझ हो र तिनीहरू बेकारमा काम गरिरहेका छन् भन्ने अनुभूति गर्छन्। तिनीहरूको हृदयले परमेश्वरको काम सम्पन्न हुने समयको तृष्णा गर्छ, जब परमेश्वरले तिनीहरूलाई निर्णयको अभिव्यक्ति प्रदान गर्नुहुनेछ, अनि तिनीहरूले वास्तवमा आफूले आशिष् पाउनेछन् कि पाउनेछैनन् भनी बुझ्न सक्नेछन्। यदि तिनीहरूले यसरी परमेश्वरमा विश्वास गरेर तिनीहरूले कहिल्यै आशिष् पाउनेछैनन्, तिनीहरू पक्कै हटाइनेछन्, र तिनीहरू अझै विपत्तिमै मर्नेछन् भनी पत्ता लगाएमा, तिनीहरू अहिले नै पछि सर्न सक्छन्। तिनीहरू आफूले परमेश्वरमा विश्वास गर्ने भने पनि, तिनीहरूको हृदयले उहाँमाथि शङ्का गर्छन्। तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् त भन्छन्, तर तिनीहरूका हृदयले सत्यतामा विश्वास गर्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू कहिल्यै पढेका छैनन्, न त साँचो रूपमा कहिल्यै कुनै प्रवचन नै सुनेका छन्। तिनीहरूले सत्यताबारे कहिल्यै सङ्गति गरेका छैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कहिल्यै सत्यता खोजेका छैनन्; तिनीहरू आफ्नै प्रयत्न मात्र लगाउँछन्। यो खाट्टी गैरविश्वासी हो। तिनीहरू अविश्वासीभन्दा फरक छँदै छैनन्।

गैरविश्वासीहरूले परमेश्वरको अस्तित्व स्विकार्ने भए पनि, तिनीहरू सत्यतामा विश्वास गर्दैनन् र त्यसलाई स्विकार्दैनन्। तिनीहरूलाई हृदयमा परमेश्वरले गैरविश्वासीहरूलाई मुक्ति दिनुहुन्न भन्ने थाहा भएर पनि तिनीहरू किन परमेश्वरको घरमा बसाइँ लम्ब्याउँछन्? (आशिष् पाउनका लागि।) तिनीहरू त्यसो गर्छन् ताकि तिनीहरूले आशिष् पाउन सकून्; यो तिनीहरूको स्वार्थसँग सम्बन्धित छ। गैरविश्वासीहरूको हृदयमा आशिष् प्राप्त गर्ने एउटा अपेक्षा हुन्छ, र तिनीहरू के विश्वास गर्छन् भने, यदि तिनीहरूले परमेश्वरमा विश्वास गरे, उहाँलाई स्विकारे, र उहाँलाई शङ्का गरेनन् वा त्यागेनन् भने अन्त्यमा सौभाग्य प्राप्त गर्नेछन्। फलस्वरूप, यो “आस्था”ले सुसज्जित भएर तिनीहरू आफूलाई परमेश्वरको घरमा स्थापित गर्छन्, र कुनै पनि कुराले तिनीहरूलाई त्यहाँबाट जान बाध्य पार्नेछैन। मनमा तिनीहरू सबथोक बुझ्छन् र तिनीहरू अलिकति पनि मूर्ख हुँदैनन्कुरा यति मात्र हो कि तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरू यो विश्वास गर्छन् कि तिनीहरूले खराब कामहरू नगरेसम्म वा मण्डलीको काममा बाधा नपुऱ्याएसम्म तिनीहरूलाई मण्डलीबाट हटाइने वा बरखास्त गरिनेछैन, र त्यसपछि परमेश्वरको काम सम्पन्न हुने दिनसम्म धैर्यतापूर्वक प्रतीक्षा गरेर तिनीहरूले अन्त्यमा विजयी भएर आशिष् पाउनेछन्। तिनीहरूले हिसाबकिताब गरेका हुन्छन्, तर तिनीहरूले बदल्नै नसक्ने एउटा कुरा छ: तिनीहरू देहधारी परमेश्वर नै एउटै साँचो परमेश्वर हुनुहुन्छ भनी विश्वास नगर्ने, र सबथोकमाथि परमेश्वरको सार्वभौमिकताबारे शङ्का गर्ने हुनाले, तिनीहरूले कहिल्यै सत्यता स्विकार्नेछैनन्। सत्यता स्विकार्न नसक्नेहरूलाई अन्त्यमा के हुन्छ? (तिनीहरूलाई हटाइन्छ।) हो, तिनीहरू सबैलाई हटाइन्छ। यी गैर-विश्वासीहरू सत्यतामा रुचि राख्दैनन् तर सधैँ आशिषित् हुने आशा पालेर राख्छन्। परमेश्वरको धार्मिकताबारे तिनीहरूको बुझाइ र परिभाषा तिनीहरूको आफ्नै कल्पना र अपेक्षाहरूले कलङ्कित हुन्छ, र तिनीहरू परालको त्यान्द्रो समात्छन् प्यारो जीवनका निम्ति “परमेश्वर धर्मी हुनुहुन्छ” भन्ने वाक्यांशमा झुन्डिन्छन्। तिनीहरू प्यारो जीवनको निम्ति यो वाक्यांशमा झुन्डिन्छन् भन्नुले ठ्याक्कै के अर्थ दिन्छ? यसको अर्थ तिनीहरूमा परमेश्वरको धार्मिकताबारे सधैँ पूर्वाग्रह र अपव्याख्याहरू हुने गर्छन्। तिनीहरू यसो सोच्छन्, “परमेश्वर, तपाईं धर्मी हुनुभएकाले तपाईंले मेरो सबै कामलाई यो धार्मिकताको आधारमा हेर्नुपर्छ। मैले दुष्टता गरेको छैन, न त मैले बाधा वा अवरोध सिर्जना गरेको छु, त्यसैले तपाईंले मलाई प्रचुर कृपा देखाएर यहीँ रहन दिनुपर्छ।” तिनीहरू प्यारो जीवनको निम्ति यही त्यान्द्रो समात्छन्। के तिनीहरूको यो विचार वस्तुगत र वास्तविक छ? (यो अवास्तविक छ।) यो किन अवास्तविक छ? तिनीहरू पूर्ण रूपमा परमेश्वरको धार्मिकतामा विश्वास गर्दैनन्, तिनीहरू आफ्नो भाग्य परिक्षण गर्ने मानसिकताले जोखिम मोल्न चाहन्छन्, र परमेश्वरले तिनीहरूका चाहनाहरू पूरा गर्नुहुनेछ भन्ने आशा गर्छन्। के यो मनोकामना मात्र होइन र? तिनीहरूलाई परमेश्वरको धर्मी स्वभाव कस्तो हुन्छ भनी थाहा हुँदैन, तिनीहरू सत्यता खोज्दैनन्, र परमेश्वरलाई चिन्न खोज्दैनन्, र विशेषगरी तिनीहरू परमेश्वरको वचन खोज्दैनन्। तिनीहरू मनोकामनाका कारण मात्र यसरी विश्वास गरिरहेका हुन्छन्, र यसमा तिनीहरूको भाग्य परिक्षण गर्ने तत्व हुन्छ। तिनीहरू किन यसरी सोच्न सक्छन्? किनभने यो तिनीहरूका निम्ति लाभदायी हुन्छ: यो त्यान्द्रो तिनीहरूको जीवन बचाउने अन्तिम उपाय हो; तिनीहरूले यही अन्तिम आशामाथी आफ्ना सबै बाजी राखेका छन्। के तिनीहरू यो चाहनाका साथ आफ्नो ज्यान जोखिममा राखेर, हार्ने आशा गर्छन् त? (गर्दैनन्।) मानिसहरूले जोखिम मोल्दा प्राय: जित्ने आशा गर्छन्, त्यसोभए यी मानिसहरूले जित्न सक्छु भन्ने महसुस गर्न, र जित्नेछु भन्ने सुनिश्चित महसुस गर्न के कुरालाई पक्रेर राख्नुपर्छ त? “परमेश्वर धर्मी हुनुहुन्छ” भन्ने वाक्यांशलाई। के परमेश्वर धर्मी हुनुहुन्छ भन्ने यी गैरविश्वासीहरू उहाँको धार्मिकतामा साँच्चिकै विश्वास गर्छन्? के तिनीहरू उहाँले हरव्यक्तिलाई तिनीहरूका कार्यअनुसार परिणाम दिनुहुन्छ भनेर साँच्चिकै विश्वास गर्छन्? के तिनीहरूले बुझ्ने गरेको परमेश्वरको धार्मिकता र परमेश्वरको साँचो धार्मिकता एउटै हो त? (होइन।) के तिनीहरूलाई ती एउटै हुन् छैन भनेर थाहा छ? (थाहा छ।) त्यसोभए तिनीहरू किन अझै पनि “परमेश्वर धर्मी हुनुहुन्छ” भनिरहन्छन्? तिनीहरूको यो वाक्यांशमा के कुरा समेटिएको छ? त्यसमा कस्ता अभिप्रायहरू समेटिएका छन्? (तिनीहरू परमेश्वरलाई तिनीहरूका मागहरू पूरा गर्ने, र तिनीहरूलाई बाँच्न र स्वर्गको राज्यमा प्रवेश गर्न मद्दत गर्ने तुल्याउनका निम्ति यी वचनहरू प्रयोग गर्न चाहन्छन्।) हो, यो वाक्यांश पछाडि एउटा उद्देश्य हुन्छ: तिनीहरू त्यसमार्फत परमेश्वरलाई दबाब दिन खोजिरहेका हुन्छन्। तिनीहरूले यी वचनहरू बोल्नुको अर्थ यो हो: “के तपाईं धर्मी हुनुहुन्न र? मैले अत्यन्तै धेरै मूल्यहरू तिरेको छु, त्यसैले तपाईंले आफ्नो धार्मिकताअनुसार कार्य गर्नुपर्छ। मैले ज्यादै दौडधुप गरेको छु र ज्यादै कष्ट सहेको छु, अब म कसरी आशिषित् हुनुपर्छ?” यो दबाब, जबरजस्ती, र नाराबाजी हो। तिनीहरू आफू कुनै व्यक्तिलाई दबाब दिइरहेको र उसको चापलुसी गरिरहेको, अनि त्यसो गरेर आफूले आशिष् र आफूले चाहेको कुरा पाउन सक्ने सोच्छन्। के परमेश्वरले साँच्चिकै यसरी कार्य गर्नुहुनेथ्यो र? अहँ, गर्नुहुनेथिएन। तिनीहरूले परमेश्वरको अस्तित्व र उहाँको स्वभावमा विश्वास नगर्ने, र उहाँको वचन नै सत्यता हो भनी झनै विश्वास नगर्ने हुनाले तिनीहरू जानाजान परमेश्वरविरुद्ध नाराबाजी गर्न, परमेश्वरसित जोरी खोज्न, र यसरी जोखिम मोल्न आँट गर्छन्। तिनीहरू गैर-विश्वासी भएकै कारण यस्ता कामहरू गर्छन्। गैर-विश्वासीहरू यस्तै व्यवहार गर्छन्, छिनछिनमा यसो भन्छन्, “मैले ज्यादै कष्ट सहेर के पाएको छु?” वा “परमेश्वर धर्मी हुनुहुन्छ, र ममा परमेश्वरमाथि आस्था छ, मानिसहरूमाथि होइन।” गैर-विश्वासीहरू प्राय: यस तरिकाले बोल्ने, यस्तो प्रकारको स्वभाव प्रकट गर्ने, र यी व्यवहारहरू देखाउने गर्छन्; परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति यही हो। तिनीहरू उहाँको अस्तित्वमा विश्वास गर्दैनन् तर अझै पनि परिश्रम गरेर अनि मूल्य तिरेर परमेश्वरको चापलुसी गर्न चाहन्छन्, अनि आशिष् पाउने लक्ष्य पूरा गर्नका निम्ति परमेश्वरका वचन, शब्दहरू र धर्मसिद्धान्तहरू, अनि यी सिद्धान्तहरू प्रयोग गरेर परमेश्वरलाई दबाब दिन्छन् र आरोप लगाउँछन्। तर के तिनीहरू यस्तो मनोकामना राखेर गल्ती गरिरहेका छैनन् र? के तिनीहरूले मोलेको यो जोखिमले अन्त्यमा प्रतिफल दिनेछ? (दिनेछैन।) के तिनीहरूलाई आफू हार्नेछु भन्ने थाहा हुन्छ? के तिनीहरूलाई आफूले बाजी लगाइरहेको र जोखिम मोलिरहेको छु भन्ने थाहा हुन्छ? (थाहा हुन्छ।) तिमीहरू गलत छौ। तिनीहरूलाई बिलकुलै थाहा हुँदैन, र तिनीहरू आफ्नो आस्था साँचो हो भन्ने विश्वास गर्छन्। तिनीहरू किन आफ्नो आस्था साँचो हो भन्ने विश्वास गर्छन्? ल भन, मानिसहरूले यी स्थिति र स्वभावहरू कसरी चिन्न सक्छन्? यदि तिनीहरू अधर्मी संसारमा जिउँछन् र “कन्फ्युसियसको संश्लेषण” र “ताओ ते चिंग” जस्ता केही परम्परागत सँस्कृतिका क्लासिकल कृतिहरू अध्ययन गर्छन् भने, के तिनीहरूले यी व्यवहार र सारहरू चिन्न सक्नेछन्? (सक्नेछैनन्।) कहिल्यै चिन्न सक्नेछैनन्। मानिसहरूले आफ्नो प्रकृति सारसम्बन्धी यी समस्याहरू चिन्न सक्षम हुनका निम्ति के गर्नुपर्छ? (परमेश्वरको वचन स्विकार्नुपर्छ।) सुरुमा, तिनीहरूले परमेश्वरको वचन र सत्यता स्विकार्नैपर्छ। तिनीहरूले परमेश्वरको सबै वचन सही हो भनेर आस्था राख्नैपर्छ, परमेश्वरको वचन स्विकार्नैपर्छ, र त्यसलाई आफूलाई हेर्ने एक प्रकारको ऐनाको रूपमा लिनुपर्छ। त्यसपछि मात्र तिनीहरूले आफूभित्र पालेका स्थिति र दृष्टिकोणहरू, र तिनीहरूको प्रकृतिमै भएका भ्रष्ट स्वभावहरू चिन्न सक्छन्। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् वा परमेश्वरका वचनलाई सत्यता मान्दैनन् भने, के यसले तिनीहरूका लागि ऐनाको काम गर्नेछ? (गर्नेछैन।) त्यसले कहिल्यै तिनीहरूको ऐनाको काम गर्नेछैन। जब तिनीहरू हृदयको गहिराइमा खुल्लमखुल्ला परमेश्वरको सामना र उहाँविरुद्ध नाराबाजी गर्छन्, के तिनीहरूले यो एउटा समस्या हो भनेर बुझ्न सक्छन्? तिनीहरूले कहिल्यै बुझ्नेछैनन्। तिनीहरू आफ्नो सोच्ने र व्यवहार गर्ने शैली ठिक, व्यावहारिक र जायज हो भन्ने ठान्नेछन्। तिनीहरू सधैँ जस्तै व्यवहार र विश्वास गर्छन्, र आफूसँग रहेका दृष्टिकोणहरू विश्लेषण गर्न वा त्याग्न आवश्यक छ भन्ने महसुस गर्दैनन्, अनि परमेश्वरका वचनको, काटछाँट, न्याय, सजाय, वा खुलासा स्विकार्नुको उपयोगिता देख्दैनन्। तिनीहरू आफ्नै निम्ति जिउँछन्, आफ्नै भित्री संसारमा जिउँछन्। तिनीहरूले गर्ने कुनै पनि कार्य परमेश्वरको वचनसित सम्बन्धित हुँदैन। तिनीहरू जस्तो मन लाग्छ त्यस्तै तरिकाले सोच्छन्, र आफूले विश्वास गर्ने वा सोच्ने जुन सुकै कुरालाई पनि सही र सत्यता ठान्छन्। परमेश्वरको वचनप्रति तिनीहरूको मनोवृत्तिका आधारमा, तिनीहरूले आफ्ना हृदयको गहिराइमा रहेका समस्याहरू कहिल्यै चिन्नेछैनन्। जब तिनीहरू हरेक दिन मूल्य तिर्छन् र दौडधुप गर्छन्, त्यो कसका लागि र केका लागि दौडधुप गरिरहेका हुन्छन्? यस्तो व्यवहार केद्वारा निर्देशित हुन्छ? तिनीहरूको प्रेरणा के हो? एकातिर, तिनीहरूमा परमेश्वरमाथि साँचो आस्था हुँदैन, बरु आफ्नो भाग्य परिक्षण गर्ने मानसिकताका साथ उहाँसित जोखिम मोल्ने इच्छा गर्छन्। अर्कोतिर, तिनीहरूमा आशिष् पाउने चाहना हाबी हुन्छ। हरेक पटक तिनीहरूले आशिष् पाउने, र परमेश्वरको प्रतिज्ञा प्राप्त गर्नेबारे सोच्दा, तिनीहरू झनै उत्साहका साथ दौडधुप गर्छन्। तिनीहरूको हृदयको गहिराइ हर्षले भरिन्छ, र कतिपय त परमेश्वरले तिनीहरूलाई अत्यन्तै धेरै कुरा दिनुहुन्छ र उहाँ अत्यन्तै प्रिय हुनुहुन्छ भन्ने सोचेर निकै उत्साहित हुन्छन् र आँसु झार्न थाल्छन्। के यी गलत अवधारणाहरू होइनन् र? यी स्थिति र भावनाहरू सत्यता पछ्याउने मानिसहरूले परमेश्वरको प्रहार, ताडना, र हप्काइ अनुभव गर्दा तिनीहरूको हृदयको गहिराइमा अनुभूति हुने कुराजस्तै देखिन्छन्। सत्यता पछ्याउनेहरू आँसु झार्ने र परमेश्वरलाई धन्यवाद दिने काम पनि गर्छन्, तर यी दुई प्रकारका मानिसहरूको प्रकृति कुन अर्थमा फरक हुन्छ? सत्यता पछ्याउनेहरूले आफू परमेश्वरप्रति ऋणी भएको र परमेश्वरका प्रतिज्ञा र आशिषहरूको योग्य नभएको महसुस गर्ने हुनाले तिनीहरू पीडा र कष्ट सहन्छन्। तिनीहरू परमेश्वरले तिनीहरूलाई धेरै कुरा दिइसक्नुभएको छ भनेर निकै खुसी महसुस गर्छन्, तर हृदयको गहिराइमा तिनीहरू उदास हुन्छन्, किनभने तिनीहरूलाई आफूले पर्याप्त कार्य नगरेको र आफू परमेश्वरप्रति ऋणी भएको अनुभूति हुन्छ। तिनीहरू समयसमयमा अति उत्साहित हुन्छन् र रुन्छन्, तर त्यो तिनीहरूले परमेश्वरलाई उहाँको अनुग्रह, कृपा र सहनशीलताका लागि धन्यवाद दिइरहेको हो। जब तिनीहरू परमेश्वरले तिनीहरूका अपराध, वा विद्रोहीपन र भ्रष्टतालाई नहेरेर बरु अझै तिनीहरूलाई कृपा र सहनशीलता देखाउनुभएको, मार्गदर्शन गर्नुभएको, अनुग्रह दिनुभएको देख्छन्, तब तिनीहरूलाई हृदयको गहिराइमा वास्तवमै ऋणीपन र पीडा अनुभूति हुन्छ। तिनीहरू पछुताएको र पश्चात्तापी स्थितिमा हुन्छन्, र तिनीहरूसँग आशिष् पाउने कुनै आशा छ कि छैन भन्नेबारे सोच्ने आँट समेत गर्दैनन्, किनभने तिनीहरू त्यसका लागि अयोग्य महसुस गर्छन्। गैर-विश्वासीहरूको आँसुको प्रकृति कस्तो हुन्छ? म तिमीहरूलाई एउटा वर्णन सुनाउनेछु र तिमीहरूले त्यो सही छ कि छैन भनी हेर्न सक्छौ। जब तिनीहरूलाई केही आइपर्छ, र तिनीहरूले पवित्र आत्माको महान् काम र परमेश्वरले प्रदान गर्नुभएको अनुग्रह देख्छन्, जब तिनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन्छन्, र परमेश्वरको निर्देशन र अन्तर्दृष्टि पाउँछन्, अनि तिनीहरूको काम फलदायी हुन्छ, तब तिनीहरू खुसी महसुस गर्छन्, र हृदयको गहिराइमा परमेश्वरलाई प्रार्थना गर्छन्: “हे परमेश्वर, तपाईंको आशिष् र मार्गदर्शनका लागि धन्यवाद। यो सबै तपाईंकै महिमा हो।” तिनीहरू हृदयको गहिराइमा आफैसित अत्यन्तै प्रसन्न महसुस गर्छन्, र यसो सोच्छन्: “परमेश्वरले मलाई अझै त्याग्नुभएको छैन। म कुनै गैर-विश्वासीझैँ परमेश्वरलाई साँचो रूपमा विश्वास गर्दिनँ भन्ठान्थेँ, तर अहिले देख्छु कि म अझै परमेश्वरद्वारा आशिषित् छु र उहाँले मलाई छाड्नुभएको छैन। यसको मतलब आशिष् र सुन्दर गन्तव्य पाउने मेरा आशा र मौकाहरू झन्-झन् बढ्दैछन्। परमेश्वरमा विश्वास गर्ने मेरो निर्णय सही थियो भन्ने झैँ देखिन्छ; म परमेश्वरद्वारा चुनिएको छु।” तिनीहरूमा यस्ता सोचहरू आउँदा, के तिनीहरू ऋणी महसुस गर्छन्? के तिनीहरू आफैलाई बुझ्छन्? के तिनीहरू आफ्ना शैतानी प्रकृति र अहङ्कारी स्वभावलाई साँच्चिकै घृणा गर्छन्? (गर्दैनन्।) के तिनीहरू परमेश्वरले तिनीहरूमा गर्नुभएको कामका लागि साँचो कृतज्ञता महसुस गर्छन्? (गर्दैनन्।) तिनीहरूले केही सतही कृतज्ञता व्यक्त गरे पनि, तिनीहरू हृदयको गहिराइमा यस्तो सोच्छन्, “परमेश्वरले मलाई चुन्नु ठिक थियो भन्ने प्रस्टै छ। यदि उहाँले मलाई नचुन्नुभएको भए मैले कसरी उहाँमा विश्वास गर्न सक्नेथिएँ?” अन्त्यमा, तिनीहरू यो सबै तिनीहरूले सहेको कष्ट र तिरेको मूल्यको फल पाएको भन्छन्, र तिनीहरूले आशिष् पाउने कुरामा व्यावहारिक रूपमा आश्वस्त रहेको सोच्छन्। तिनीहरू परमेश्वरप्रति ऋणी महसुस गर्दैनन्, तिनीहरूमा आफूबारे केही पनि बुझाइ छैन, र परमेश्वरप्रति साँचो कृतज्ञता झनै कम छ, र सँगसँगै आशिषप्रति तिनीहरूको चाहना झन्-झन् गहन बन्छ। जसको आशिष् प्राप्त गर्ने चाहना झन्-झन् गहन बन्छ ती मानिसहरू र आफू आशिषका निम्ति, परमेश्वरको प्रतिज्ञा, निर्देशन र मार्गदर्शन पाउनका निम्ति अयोग्य महसुस गर्ने मानिसहरूबीच के भिन्नता छ? एउटा लड्न नचाहेर पछि सरिरहेको हुन्छ, र आशिष प्राप्त गर्न अयोग्य महसुस गर्छ, भने अर्कोचाहिँ सधैँ लड्न चाहन्छ, ऊ सधैँ षड्यन्त्र गरिरहेको र कसरी परमेश्वरसित आफ्नो हिसाबकिताब मिलाउने भनी आकलन गरिरहेको हुन्छ, र यस्तो सोचिरहेको हुन्छ: “म निकै धेरै वर्षदेखि विश्वासी रहिआएको छु र मैले अत्यन्तै कष्ट सहेको छु भने मैले आशिष् प्राप्त गर्ने सम्भावना कति छ? के भविष्यमा परमेश्वरले मलाई आशिष प्रदान गर्नुहुनेछ?” त्यसमा आकास पातालको फरक हुन्छ: एउटा लडिरहेको हुन्छ जबकि अर्को अयोग्य महसुस गर्छ। यी दुईथरीका मानिसहरूमध्ये कुनसँग विवेक र समझ हुन्छ? (आशिष पाउन अयोग्य महसुस गर्नेसँग।) आशिष पाउन अयोग्य महसुस गर्नेले वास्तविक परिस्थिति बुझ्दछ। उसले महत्त्वहीन सृजित प्राणी सृष्टिकर्ताको अगाडि आशिषको पाउन अयोग्य हुन्छ भन्ने अनुभूति गर्छ। उसलाई ऋणी र पछुतो महसुस हुन्छ, र सँगसँगै उसमा साँचो बुझाइ हुन्छ र उसको हृदयको गहिराइमा परमेश्वरप्रति साँचो कृतज्ञता झनै बढी हुन्छ। उसले आफ्नो साँचो स्थान पाएको हुन्छ। अर्कोथरी लडिरहेको हुन्छ: गन्तव्य, हैसियत वा आशिषहरूका निम्ति लडिरहेको हुन्छ। यो सबै कष्ट सहनु र यी सबै मूल्यहरू तिर्नुमा उसको लक्ष्य के हो? उसले यी कार्यहरू आशिष् र गन्तव्यसँग साट्नका लागि गर्छ। ऊ परमेश्वरबाट इनाम पाउनका निम्ति आफ्नो श्रम बेच्ने आशा गर्छ। के परमेश्वरको नजरमा यस्तो व्यक्ति वास्तविक सृजित प्राणी हो? के परमेश्वरले चाहनुहुने सृजित प्राणी यही हो? (होइन।) के परमेश्वरले कहिल्यै आशिष् वा इनामहरू पाउने एउटै उपाय भनेको तिनका लागि लड्नु हो भनेर भन्नुभएको छ? (छैन।) त्यसोभए परमेश्वरले मानिसहरूबाट के माग गर्नुहुन्छ? (हामीले आफूलाई सृजित प्राणीको कर्तव्य राम्ररी निभाउने व्यवहारमा ढालेको माग गर्नुहुन्छ।) (हामी इमानदार मानिस बनेको माग गर्नुहुन्छ।) ती केही ठोस मागहरू हुन्, अरू कस्ता मागहरू छन्? (हामीले आफ्ना कार्यहरूमा परमेश्वरका वचन र मागहरू पछ्याऔँ।) (हामीले आफूलाई थाहा भएका सत्यताहरू अभ्यास गरौँ।) उद्देश्य यी होइनन्। तिमीहरू कुरोको चुरो छुटाइरहन्छौ। तिमीहरूलाई अझै पनि परमेश्वर मानिसहरूबाट के माग गर्नुहुन्छ भन्ने कुरा थाहा छैन। उहाँका मागहरू वास्तवमा अत्यन्तै सरल छन्: उहाँको वचन सुन्ने र उहाँमा समर्पित हुने। मागहरू तिनै हुन्। परमेश्वरको वचन सुन्नुको मतलब मानिसहरूबाट उहाँले गर्नुहुने मागहरूलाई व्यवहारमा लागु गर्नु हो। तिमीहरूले भर्खरै उल्लेख गरेका मागहरूका साथै, खासमा अरू पनि थुप्रै मागहरू छन्। परमेश्वरमा समर्पित हुनु भनेको चाहिँ के हो? तँ सधैँ परमेश्वरको इच्छा बुझ्दैनस्, तर के तँ उहाँमा समर्पित हुन सक्षम छस्? यो सृष्टिकर्ताप्रति एउटा सृजित प्राणीको मनोवृत्तिसँग सम्बन्धित छ। कहिलेकाहीँ तैँले परमेश्वरको वचन पढेपछि ती ननबुझ्न सक्छस्, किनभने उहाँले तँलाई एउटा आज्ञा मात्र दिनुहुन्छ—के तँ त्यो सुन्छस्? तैँले त्यो सही छ कि गलत छ वा त्यसको कारण के हो भनेर नसोधिकनै सुन्नैपर्छ। परमेश्वरले तँलाई जे भन्नुहुन्छ वा बताउनुहुन्छ, वा जे गर्न लगाउनुहुन्छ, तैँले त्यो सुन्नैपर्छ; त्यो नै समर्पण हो। तँ समर्पित भएमा मात्र परमेश्वरको नजरमा तँ सृजित प्राणी हुन्छस्। परमेश्वरको वचन सुन्नु र उहाँमा समर्पित हुनु: मानिसहरूबाट परमेश्वरले गर्ने मागहरू यिनै हुन्। अर्को पनि वाक्यांश छ: परमेश्वरको मार्ग पछ्याउनु। “पछ्याउनु” को अर्थ के हो? यसको अर्थ परमेश्वरको वचनअनुसार अभ्यास गर्नु, उहाँका वचनअनुसार जिउनु, र उहाँको मार्ग पछ्याउने व्यक्ति हुनु हो। उहाँको मार्ग के हो? त्यो उहाँको वचन हो। वास्तवमा, “परमेश्वरको वचन सुन्नु र उहाँमा समर्पित हुनु” र “परमेश्वरको मार्ग पछ्याउनु” दुइटैको अर्थ एउटै हुन्छ, र परमेश्वरले यस्तै व्यक्तिलाई चाहनुहुन्छ। के परमेश्वरले मानिसहरूलाई कहिल्यै “तैँले मेरो वचन सुन्नुपर्दैन। तैँले आशिषहरू मात्र पछ्याए हुन्छ। तँ आशिषित् हुन सक्छस् भन्ने कुरा कहिल्यै नबिर्सि। यो उद्देश्यका निम्ति, तैँले सबथोक परित्याग गर्नुपर्छ, अझ कठिनाइहरू सहनुपर्छ, अझ मूल्यहरू तिर्नुपर्छ, र अझ दौडधुप गर्नुपर्छ” भन्नुभएको छ? के परमेश्वरले यस्ता मागहरू गर्नुहुन्छ? के यी कुराहरू उहाँका वचनमा कतै देखा पर्छन्? (देखा पर्दैनन्।) के ती वचनहरू सत्यता हुन्? (होइनन्।) के गैर-विश्वासीहरूले यी वचनहरूलाई सत्यता मान्नु विद्रोहीपन होइन र? तिनीहरूले यी वचनहरूलाई सत्यता मान्दा के भइरहेको हुन्छ? तिनीहरूले यी वचनहरूबाट फाइदा लिन सक्छन्, ती प्रस्ट रूपमा तिनीहरूका पछ्याइ र महत्त्वाकाङ्क्षा हुन्। के तिनीहरू आफ्नो हृदयमा परमेश्वरले मानिसहरूबाट के माग गर्नुहुन्छ भनेर याद गर्छन्? के तिनीहरू यी मागहरू पालना वा पूरा गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? किनभने तिनीहरूले यी—परमेश्वरको वचन सुन्ने र उहाँमा समर्पित हुने—मागहरू पूरा गर्नेबित्तिकै त्यसको मतलब तिनीहरूले आशिषित हुने चाहना, र तिनीहरूसँग आशिष् र इनामहरू खोज्ने अधिकार छ भन्ने विचार त्याग्नुपर्छ। आशिष् र इनाम भनेका तिनीहरूको जीवनका लागि अपरिहार्य कुराहरू हुन्, त्यसोभए के तिनीहरू तिनलाई त्याग्न सहमत हुनेछन्? (हुनेछैनन्।) तिनीहरूको जीवन भनेकै यिनै हुन्, त्यसैले यदि तिनीहरूले तिनलाई त्यागेमा, तिनीहरूले आफ्नो आत्मा गुमाउनेछन् र त्यसउप्रान्त तिनीहरूको जीवनको अर्थ नै रहनेछैन। तिनीहरू आशिषका निम्ति जिउँछन्, त्यसैले यदि तैँले तिनीहरूलाई आशिष पाउने आशा त्याग्न लगाइस् भने, तँ तिनीहरूलाई तिनीहरूको आचरण र सिद्धान्तको झुकाव जान, र आफैविरुद्ध विद्रोह गर्न आग्रह गरिरहेको हुन्छस्, त्यसैले तिनीहरू यो स्विकार्न सक्दैनन्। यसको मतलब के हो भने तिनीहरूलाई सत्यता अभ्यास गर्न, परमेश्वरको वचन सुन्न, र उहाँमा समर्पित हुन आग्रह गर्नु तिनीहरूका लागि ज्यादै कठिन हुन्छ, यो बुढी गाईलाई रुख चढाउनुभन्दा पनि कठिन हुन्छ। तिनीहरूको प्रकृतिले नै तिनीहरूलाई यी कामहरू गर्न दिँदैन।

के तिमीहरू आशिष् प्राप्त गर्ने चाहना र अभिप्राय बोकेर जिउन चाहन्छौ, कि सन्तुलित रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न,योग्य सृजित प्राणी र परमेश्वरको वचन सुन्ने र उहाँमा समर्पित हुने व्यक्ति हुन चाहन्छौ? तिमीहरू कस्तो व्यक्ति हुन चाहन्छौ? (म सन्तुलित सृजित प्राणी हुन चाहन्छु।) कतिपय मानिसहरू यसो गर्न इच्छुक हुँदैनन्। तिनीहरू यसो भन्छन्: “यसरी जिउनु अत्यन्तै पीडादायी हुन्छ। म बरु मर्थेँ, वा विश्वास गर्नै छोड्थेँ। आशिष् पाउने थोरै चाहनाविना, थोरै महत्त्वाकाङ्क्षाविना, मानिसहरूमा उत्प्रेरणा नै हुँदैन। म त्यसरी जिउनै सक्दिनँ; यो अत्यन्तै पीडादायी हुन्छ।” के तिमीहरूमध्ये कोही यस्तो छौ? (परमेश्वर, म कहिलेकाहीँ यस्तै हुन्छु। म कहिलेकहीँ यस्तै स्थितिमा हुन्छु।) के यी स्थितिहरू सामान्य हुन्? के तिमीहरूमा यस्तो स्थिति बारम्बार देखा पर्छ कि विरलै देखा पर्छ? कुन बलियो छ: आशिष् पाउने तिमीहरूको चाहना, कि सृजित प्राणी हुने तिमीहरूको इच्छा? के आशिषको चाहना त्याग्ने र सन्तुलित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने विचारले तिमीहरूमध्ये कसैलाई हावा खुस्केको बेलुन जस्तो, जीवनको कुनै अर्थ छैन जस्तो, र तेरो कुनै कुराप्रति रुचि छैन जस्तो र उर्जा उजागर गर्न नसके जस्तो महसुस गराउँछ? (यसले मेरो वर्णन ठ्याक्कै गर्छ।) त्यसोभए के यो स्थिति गम्भीर हो त? के तिमीहरूलाई कहिलेकाहीँ आशिष् प्राप्त गर्ने थोरै कुतकुती हुन्छ, कि यो तिमीहरूलाई निरन्तर भइरहने कुरा हो? कुन चाहिँ हो? के तिमीहरूलाई यतिखेर आफू साँचो विश्वासी हौ कि गैर-विश्वासी हौ भनेर थाहा छ? यदि तँलाई आफ्ना सबै स्थिति र व्यवहारहरू गैर-विश्वासीका नभई साँचो विश्वासीका हुन्, र तँ परमेश्वरको अस्तित्वमा साँचो रूपमा विश्वास गर्छस् अनि उहाँको वचन स्विकार्न इच्छुक छस् भन्ने अनुभूति हुन्छ, तर तँमा केही महत्त्वाकाङ्क्षाहरू र थोरै आडम्बर, र आशिष् पाउने आशा छ भने, यो समस्या होइन; तँ अझै मुक्ति पाउन र बदलिन सक्छस्। यदि तँ आशिषको निकै ठूलो चाहना भएको गैर-विश्वासी होस् भने, तँ समस्यामा छस्। यस्ता मानिसहरू कुन मार्गतर्फ हिँडिरहेका हुन्छन्? (ख्रीष्टविरोधी मार्गमा।) यदि तिनीहरू ख्रीष्टविरोधी मार्गतर्फ लाग्न सक्छन् भने, परमेश्वरसँगको तिनीहरूको सम्बन्ध अन्त्यमा कुन स्थितिमा पुग्नेछ? (परमेश्वरविरोधी स्थितिमा।) के तिमीहरू त्यो हदसम्म जान, परमेश्वरको विरुद्धमा हुन सक्नेथियौ? (म उहाँको विरोध गर्न चाहन्नँ।) नचाहनु तेरो इच्छा मात्र हो। के यी कुराहरू तेरो प्रकृति सारकै अंश हुन्? के तिमीहरू यो मार्गमा लाग्न सम्भव हुनेछ? (यदि मैले सत्यताको सम्बन्धमा प्रयत्न गरिनँ भने, म सजिलै त्यो मार्गमा पुग्न सक्छु, तर यदि म यसबारे सचेत छु र मैले बदलिन, आफ्नो मार्ग परिवर्तन गर्न, र यस मार्गमा नहिँड्न चाहेमा, म अलि बढी सुध्रिन सक्छु।) यसबारे सचेत हुनुले तँसित हृदयमा अझै केही चेतना छ, तँसित अझै एउटा आकाङ्क्षा छ, र तँ अझै सत्यतातर्फ लागिपर्न चाहन्छस् भन्ने जनाउँछ, तर भ्रष्ट स्वभावहरूले तेरो हृदयमा गहिरो जरा गाडेका हुन्छन्, त्यसैले त्यहाँ सधैँ द्वन्द्व हुन्छ। तिमीहरूले सत्यताप्रति चाल्ने प्रत्येक पाइलासँगै, र प्रत्येक पटक तिमीहरूले सत्यता स्विकार्दा, तिमीहरूको हृदयमा कुनै द्वन्द्व चलिरहेको हुन्छ, र तिमीहरू निरन्तर सङ्घर्ष कालमा जिइरहेका हुन्छौ। नयाँ विश्वासीहरूलाई यस्तै हुन्छ। त्यसमा द्वन्द्व हुनु सामान्य नै हो, र सत्यता पछ्याउन चाहनेहरूका लागि यो अपरिहार्य छ। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, शैतान पराजित हुन्छ, तिनीहरूका शैतानी स्वभाव, दर्शन, र तर्क नष्ट हुन्छन्, र सत्यताको जित भएर त्यसले तिनीहरूको हृदयमा राज गर्न थाल्छ, तब यो द्वन्द्वको टुङ्गो लाग्छ। जो सत्यता पछ्याउँदैनन्, जो आफ्ना शैतानी स्वभावहरूअनुसार जिउँछन्, तिनीहरू आफ्नो हृदयमा सबै कुरा ठिक छ, र त्यहाँ द्वन्द्व बिलकुलै छैन भन्ने अनुभूति गर्छन्। तिनीहरू भावशून्य र मन्द बुद्धिका हुन्छन्, तिनीहरू मृत मध्येमा पर्छन्; सत्यता नस्विकार्नेहरू सबै मृत हुन्। आफ्नो हृदयमा द्वन्द्व हुनुको फाइदा के छ? उदाहरणका लागि, यदि तेरा सोचहरूमध्ये आधा नकारात्मक र आधा सकारात्मक छन् भने, द्वन्द्व समाप्त भएपछि ती सकारात्मक सोचहरूले तँलाई सत्यता पछ्याउने मार्गमा हिँड्न रोज्ने मौका दिनेछन्, यसको मतलब तैँले मुक्ति पाउने-नपाउने सम्भावना बराबर हुनेछ। नकारात्मक सोचहरूले तँलाई तेरा दैहिक सोच र विचारहरू पछ्याउने, वा तेरा आफ्नै अभिप्राय, प्रेरणा, र दृष्टिकोणहरू पछ्याउने तुल्याउन सक्छन्। यसले तँलाई ख्रीष्टविरोधी मार्गमा पुऱ्याउन, र परमेश्वरविरोधी मार्गमा लाग्ने तुल्याउन सक्ला। तर, यदि तेरो सत्यताप्रतिको प्रेम विशाल छ र तँ सत्यता स्विकार्न र शैतानविरुद्ध विरोध गर्न सक्छस् भने, तैँले मुक्ति पाउने सम्भावना पनि विशाल नै हुन्छ। यो कुरा तैँले सत्यता स्विकार्न सक्छस् कि सक्दैनस्, र त्यसको प्रयोग गरेर आफ्ना भ्रष्ट स्वभावहरू धुन सक्छस् कि सक्दैनस् भन्ने कुराद्वारा निर्धारित हुन्छ। यो पूर्णतया तँमाथि नै भर पर्छ, तँलाई अरू कसैले मद्दत गर्न सक्दैन; यो तेरो आफ्नो मामला हो। तैँले सत्यतालाई प्रेम गर्नु-नगर्नु तेरो आफ्नो मामला हो, र तेरो हृदयको गहिराइमा द्वन्द्व चल्दा तैँले अन्त्यमा सत्यता रोज्नेछस् कि तेरा स्वार्थी चाहनाहरू पूरा गर्नेछस् भनी निर्णय गर्न तँलाई कसैले मद्दत गर्न सक्दैन, यो तेरो आफ्नै भित्री मामला हो। अरूले त तँलाई सङ्गति र परामर्शमार्फत मार्गदर्शन मात्र गर्न सक्छन्; तर, तैँले अन्त्यमा रोज्ने मार्ग कसैको नभई तेरो आफ्नै मामला होइन। यो कुरा सबैले बुझ्नुपर्छ।

अगष्ट २२, २०१९

अघिल्लो: उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

अर्को: व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्