281 समय
पद १
एक्लो आत्मा टाढाबाट यात्रा गर्दै आएको छ,
भविष्य टटोल्दै, अतीत खोज्दै,
कडा संघर्ष गर्दै, एउटा सपना पछ्याउँदै।
कहाँबाट आउँछ वा कहाँ जाँदैछ भनी जान्दैन,
आँसुमा जन्मिन्छ, निराशामा ओइलाउँछ।
खुट्टामुनि कुल्चीइए पनि, सहिरहेको छ।
कोरस १
तपाईँको आगमनले कष्टपूर्ण जीवनको अन्त्य गर्छ।
आशा देख्छु, मिर्मिरेको उज्यालोलाई स्वागत गर्छु।
परको कुहिरोमा हेर्छु, तपाईँको आकारको झलक पाउँछु।
यो तपाईँको मुहारको चमक हो, चमक हो।
पद २
हिजो परदेशमा हराएको थिएँ,
तर आज घर फर्कने बाटो पाएको छु।
घाउले भरिएको, म मानिसझैँ छैन,
जीवन सपना हो भनी विलाप गर्छु।
कोरस २
तपाईँको आगमनले कष्टपूर्ण जीवनको अन्त्य गर्छ।
म अब हराएको, भौँतारिरहेको छैन।
अब मेरो घर भित्र छु। तपाईँको सेतो वस्त्र देख्छु।
म तपाईँको मुहारको चमक देख्छु, चमक देख्छु।
अन्त्य
पुनर्जन्मका धेरै चक्र, वर्षौँको पर्खाइ;
अब सर्वशक्तिमान् आउनुभएको छ।
एक्लो आत्माले आफ्नो बाटो भेट्टायो, ऊ अब उदास छैन।
हजारौँ वर्षको एउटा सपना।