सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले अझै उहाँका वाणीहरू अनुसरण गर्दै अघि बढ्नुपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले मानिसको जीवनलाई अझै कनानको राम्रो भूमिमा प्रत्यक्ष डोर्याउनेछ। जब मोशा उजाड स्थानमा थिए, परमेश्‍वरले तिनलाई प्रत्यक्ष निर्देशन दिनुभयो र तिनीसँग कुरा गर्नुभयो। स्वर्गबाट परमेश्‍वरले मानिसहरूको उपभोगका लागि खाना, पानी र मन्न पठाइदिनुभयो, र यो आज पनि यस्तै छ: परमेश्‍वरले व्यक्तिगत रूपमा खाने र पिउने चीजहरू मानिसहरूको उपभोगका लागि पठाइदिनुभएको छ, र उहाँले व्यक्तिगत रूपमा मानिसहरूलाई सजाय दिन श्राप पठाउनुभएको छ। त्यसरी नै, परमेश्‍वरले उहाँको कामको हरेक चरण व्यक्तिगत तवरमा गर्नुहुन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोजी गर्दछन्, तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू खोज्छन्, र यो सम्भव छ कि त्यस्ता सबै मानिसहरूलाई हटाइनेछ, किनकि परमेश्‍वरको काम बढ्दो रूपमा व्यावहारिक हुँदै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको कसैलाई थाहा छैन, परमेश्‍वरले खाना र औषधीहरू स्वर्गबाट पठाउनुभएको कुरामा पनि उनीहरू अन्जान छन्—तर परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यका उत्तेजक दृश्यहरू पनि परमेश्‍वरका व्यक्तिगत वाणी हुन्। तथ्य यही हो, र केवल यसलाई नै पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नु भनेर भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नुले देहलाई जनाउँछ। जो देहबाट बनेको छैन त्यो पृथ्वीमा अस्तित्वमा रहँदैन, र यसरी तेस्रो स्वर्ग जाने कुरामा ध्यान केन्द्रित गर्ने सबै व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरमा फर्कन्छ, सम्पूर्ण ब्रह्माण्डभरि उहाँको कामको केन्द्रले उहाँका वाणीहरूको अनुसरण गर्दछ; अन्त कतै, परमेश्‍वरका वाणीहरू लिन कोही मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कोही हवाईजहाज चढ्नेछन्, कोही समुद्र तर्न डुङ्गा चढ्नेछन्, र कोहीले लेजरहरूको प्रयोग गर्नेछन्। हरेकले आराधना गर्नेछन्, र उत्कट अभिलाषा राख्नेछन्, तिनीहरू सबै परमेश्‍वरको निकट आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्—र यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरालाई याद राख! परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस अतुलनीय “मानव” को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जीवित पानीको मुहानबाट पानी खोज्न टेलिग्राम पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू यस व्यक्तिलाई आराधना गर्न आउनेछन्, जसलाई उनीहरूले घृणा गर्थे। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्ना हृदयले उहाँलाई भरोसा गर्नेछन्—के यो कुनै चिन्‍ह र अचम्‍मको काम होइन र? जब सम्पूर्ण राज्य आनन्दित हुन्छ, त्यो परमेश्‍वरको महिमाको दिन हुनेछ, अनि जो-कोही तिमीहरूकहाँ आउँछन् र परमेश्‍वरको सुखद समाचार ग्रहण गर्छन्, उनीहरूले परमेश्‍वरबाट आशीर्वाद पाउनेछन्, र ती देशहरू तथा मानिसहरू जसले त्यसो गर्छन् उनीहरूले परमेश्‍वरबाट आशीर्वाद एवं हेरचाह पाउनेछन्। भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, “सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्।” तथ्यहरू यस प्रकार छन्: परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई चलाउन तथा मानवजातिमाथि शासन गर्न र विजय प्राप्त गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुनेछ। परमेश्‍वरले कार्य गर्ने माध्यमहरूमा ठूलो परिवर्तन हुनेछ भन्‍ने मानिसहरूले सँधै आशा गरिरहेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा, वचनहरू मार्फत नै परमेश्‍वरले मानिसहरूलाई नियन्त्रण गर्नुहुन्छ, र तैँले चाहे पनि वा नचाहे पनि उहाँले भनेको गर्नै पर्छ; यो एक वस्तुनिष्ठ तथ्य हो, र यसलाई सबैले पालना गर्नै पर्दछ, र त्यसैले पनि, यो अपरिवर्तनीय छ, र सबैलाई थाहा छ।

पवित्र आत्माले मानिसहरूलाई भावना दिनुहुन्छ। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मानिसहरू आफ्नो हृदय स्थिर र शान्तिमा रहेको महसुस गर्छन्, जबकी परमेश्‍वरका वचन ग्रहण नगर्नेहरूले रिक्तता महसुस गर्दछन्। परमेश्‍वरका वचनहरूको शक्ति यस्तो प्रकारको हुन्छ। मानिसहरूले तिनलाई पढ्नुपर्छ, र तिनलाई पढेपछि उनीहरू पोषित हुन्छन्, र ती बिना उनीहरू केही गर्न सक्दैनन्। यो मानिसहरूले अफिम लिँदा जस्तै हो: यसले उनीहरूलाई शक्ति प्रदान गर्दछ, र यो बिना उनीहरू यसको शक्तिशाली आकर्षण महसुस गर्दछन्, र उनीहरूमा कुनै शक्ति हुँदैन। आज मानिसहरूमाझ यस्तै प्रवृत्ति छ। परमेश्‍वरका वचनहरूको पाठले मानिसहरूलाई शक्ति दिन्छ। यदि उनीहरू तिनलाई पढ्दैनन् भने, उनीहरू शिथिल हुन्छन्, तर तिनलाई पढिसकेपछि, उनीहरू तुरुन्तै आफ्ना “बिरामी अवस्थाहरू” बाट उठ्छन्। पृथ्वीमा परमेश्‍वरको वचन चलाउने शक्ति र पृथ्वीमा परमेश्‍वरले गर्ने शासन यही हो। केही मानिसहरू छोड्न चाहन्छन्, वा परमेश्‍वरको कामबाट थकित भएका छन्। तैपनि, उनीहरू आफूलाई परमेश्‍वरको वचनबाट अलग गर्न सक्दैनन्; उनीहरू जति कमजोर भए तापनि, तिनीहरू परमेश्‍वरका वचनहरूमा नै जिउनुपर्छ, र उनीहरू जतिसुकै विद्रोही भए पनि, उनीहरूले परमेश्‍वरका वचनहरू छोड्ने आँट गर्दैनन्। जब परमेश्‍वरका वचनहरूले साँच्चै आफ्नो सामर्थ्य देखाउँछन् तब परमेश्‍वरले शासन गर्नुहुन्छ र शक्ति चलाउनुहुन्छ; परमेश्‍वरले यसरी नै कार्य गर्नुहुन्छ। आखिर, यही माध्यमबाट नै परमेश्‍वरले कार्य गर्नुहुन्छ, र कसैले पनि यसलाई छोड्न सक्दैन। परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्टहरूलाई परमेश्‍वरको मुखबाट निस्केका वचनहरूद्वारा सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनद्वारा आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूर्ण पारिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरूको उत्सव मनाउनेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। परमेश्‍वर देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्‍ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माको इच्छा बताउन सक्नुहुन्छ, र देहका परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्‍ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि समर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई जित्‍न यो काम आफ्नो देहधारी शरीरले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वचनहरू प्रयोग गरेर गर्नुहुन्छ; वचन शरीर हुनु भनेको यही मात्रै हो, र वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसको बीचमा बस्न, मानिसको हरेक कार्य र उसको सबै आन्तरिक विचारहरूमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकट गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

अघिल्लो: नयाँ युगका आज्ञाहरू

अर्को: व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्