कर्तव्य गुमाएप्रतिको चिन्तन

20 जनवरी 2022

वाङ लिन्, दक्षिण कोरिया

मसित वेल्डिङ गर्ने केही सीप भएकोले, सन् २०१७ मा म मण्डलीको केही काम सम्हाल्न खटिएँ। यो शारीरिक तवरमा निकै काम गर्नुपर्ने कर्तव्य थियो र यसमा ओभरटाइम पनि गर्नुपर्ने हुन्थ्यो। कहिलेकाहीं खाना खान वा समयमा भेलामा उपस्थित हुन पाउँदिनथेँ। पहिला त केही जस्तो लागेन, र आफ्नो कर्तव्यमा त्यो सीप प्रयोग गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो भन्‍ने सोचें। म आफूसँग भएका सबै कुरा यसमा लगाउन चाहन्थें। पछि, हाम्रो टोली झनै व्यस्त भयो र मेरो कर्तव्यमा कामको निकै चटारो पऱ्यो। कोही समयपछि मलाई अति थकान भयो र अलिअलि झोक चल्न थाल्यो।

एकपटक भेलामा, एकजना सिस्टरले अचानक हामीलाई केही सामानहरू गाडीबाट झार्न मदत गर्न लगाइन्। मलाई त्यो काम गर्न पटक्‍कै मन लागेन। भेला नसकिन्जेल किन पर्खन नसकेको, अनि त्यत्ति साह्रो हतार छ भने, अरू कसैले गर्दा भइहाल्छ नि भन्‍ने सोचें! हामीले नै गर्नुपर्छ भन्‍ने के छ र? के हामी भाडाका मान्छेबाहेक अरू केही होइनौं? म काम गर्न त गएँ तर यस्तो प्रतिरोधको भित्री भावनाले गर्दा काममा आलेटाले गरिरहेको थिएँ। मैले यसमा आफ्नो मन लगाइनँ, झारा टार्ने काम गरिरहेको थिएँ। समयमा काम सकाउने चटारो पर्दा सबैले ओभरटाइम गरिरहेका थिए, तर म चाहिं सकेसम्म कामचोर भएँ। यदि कम काम गरेर उम्कन सकिन्छ भने, म गाह्रो कामबाट पन्छिहाल्थें। अलि धेरै समय काम गर्नुपर्दा, आफूलाई साह्रै अन्याय भएझैँ रिस उठ्थ्यो र काम गर्न मन लाग्दैनथ्यो। म सतही रूपमा मन नलागी-नलागी काम गर्थें। टोली अगुवाले खटाएको काम सकाएपछि म केही नगरी हल्का हुन चाहन्थें र अरूले काम सकेको छैन भने सघाउने इच्छा हुँदैनथियो। मलाई लाग्थ्यो, त्यो तिनीहरूको काम हो र त्यसमा मेरो कुनै सरोकार छैन। मैले त्यसरी खुट्टा झिकेको देखेर टोली अगुवाले मलाई डाँटे र निराकरण गरे, तर मलाई उनले मेरो दोष कोट्याएजस्तो मात्र लाग्यो र मैले आत्मसमीक्षा गरिनँ। यसरी मैले आफ्नो कर्तव्य एकदमै निष्क्रिय पाराले गरें, न्यूनतम रूपमा गरेरै सन्तुष्ट भएँ। अरू सबै दाजुभाइहरू निकै कडा परिश्रम गरिरहेका थिए, र मैले तिनीहरूको ईर्ष्या गर्नुको साटो लुकिछिपी खिसी गरें। एकपटक केही काठहरू सार्दै गर्दा, मैले एक खेपमा एक बन्डल मात्र बोकिरहेको थिएँ तर अर्को ब्रदरले चाहिं एक खेपमा दुई वटा बन्डल बोकिरहेका थिए। मैले सोचें, “किन मरिमेटेको होला? कस्तो मूर्ख रहेछ। सक्यो भन्दैमा त्यसरी काम गर्नु पर्छ त। आफ्नो ज्यानै मार्दै छ।” वास्तवमा, उनीभन्दा म कान्छो थिएँ, त्यसैले एक खेपमा दुई बन्डल बोक्‍नु मलाई कुनै ग्राहो हुनेथिएन, तर त्यत्रो भारी बोक्दा मलाई पीडा हुनेथियो। मैले त्यसो गरिनँ। मैले आफ्नो काममा अल्याङटल्याङ गरेको देखेर अरू भाइहरूले मेरो निन्दा गरे र मलाई आफ्नो कर्तव्यमा अलिक ध्यान दिनू भने, तर मैले वास्ता गरिनँ। मलाई आफूले काम गर्दै छु, कुनै हानि गरेको छैनँ भन्‍ने लाग्यो। मैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति सुधार गर्न नमानेकोले, परमेश्‍वरको न्याय र सजाय ममाथि आइपऱ्यो।

त्यसै वर्षको २१ जुलाईको दिन, मैले आधाआधी काम सकाइसकेको बेला, टोली अगुवाले अचानक आएर ममा मानवताको कमी भएको, मैले आफ्नो कर्तव्यमा अल्छी गरेको र त्यसैले म त्यो ओहोदाको लागि योग्य नभएको कुरा मलाई बताए। त्यो खबर सुन्दा मेरो त हात-खुट्टा लत्रक्‍क गलेर आयो। कर्तव्यबिना त म बर्बादै भइनँ र? के मसित मुक्तिको कुनै आशा थियो? म झन् झनै खिन्‍न हुँदै गएँ र डिप्रेसनको शिकार भएँ। मैले घुँडा टेकेर तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर! मलाई थाहा छ, तपाईंले नै यो कुरा ममाथि हुन दिनुभएको हो, तर यसमा तपाईंको इच्छा के छ, मलाई थाहा छैन र यसबाट मैले कस्तो पाठ सिक्‍नुपर्ने हो, त्यो पनि मलाई थाहा छैन। कृपया मेरो हृदय जाँच्नुहोस् ताकि मैले आफूलाई तपाईंको काममा समर्पित गर्न सकूँ र दोष भेट्टाउन नसकूँ।” प्रार्थना गरेपछि, अलिक शान्त महसुस भयो। मैले कुम्लोकुटुरो कसेर जान लाग्दा, अरू दाजुभाइहरूलाई टाढैबाट हेरें, उनीहरू सबै जना जोसका साथ यताउता काम गरिरहेका थिए। म चाहिं बाटो तताउन लागेको थिएँ। मलाई नराम्रो लाग्यो। म विश्‍वासी भएको १० वर्ष नाघिसकेको थियो र जहिले पनि मैले आफूलाई सत्यताको पछि लाग्‍ने, त्यागहरू गर्न सक्‍ने व्यक्ति ठान्थें। म कर्तव्यबाट बर्खास्त हुँला भनेर कहिल्यै कल्पना गरेको थिइनँ। यदि म कर्तव्य गर्नसमेत योग्य भइनँ भने, मैले गर्न सक्‍नेचाहिं के हो त? किन टोली अगुवाले मसित मानवताको कमी छ भने, मैले बुझिनँ। सामान्तया, मेरो अरूसित कुनै पनि प्रकारको झै-झगडा परेन सबैसित धेरैजसो कुरामा ठ्याक मिल्थ्यो। मलाई लाग्यो, मेरो मानवतामा कुनै त्यस्तो खोट छैन। मेरो कर्तव्यको सन्दर्भमा भन्‍नुपर्दा, मैले त्यसमा आफ्नो निकै शक्ति खर्चेको छु भन्‍ने मलाई लाग्यो। तर मलाई के पनि लाग्यो भने, परमेश्‍वर धर्मी हुनुहुन्छ, त्यसैले, यदि मैले आफ्नो कर्तव्य राम्ररी गरेको भए, म निस्किनुपर्नेथिएन। मैले कर्तव्य गुमाएपछि, सधैं त्यस्तो व्यस्त हुनुपरेन वा कडा परिश्रम गर्नुपरेन, तर मलाई एकदमै निराश र उदास महसुस भयो। मैले सदैव परमेश्‍वर सामु आई प्रार्थना गरिरहेको थिएँ, आफूलाई चिन्‍न उहाँसित अन्तर्दृष्टि मागें। एक समय मैले परमेश्‍वरका वचनहरूमा यस्तो कुरा पढेः “कतिपय मानिसहरूले आफूसँग असल मानवता भएकोमा जहिल्यै पनि घमन्ड गर्छन्, तिनीहरूले कहिल्यै नराम्रो काम नगरेका, अरूका सम्पत्तिहरू नचोरेका वा अरू मानिसहरूका थोकहरूको लालच नगरेका दाबी गर्छन्। जब रुचिहरूको विषयमा विवाद हुन्छ तब घाटा रोज्दै तिनीहरू अरूलाई फाइदा उठाउन दिने हदसम्‍म जान्छन्, अनि सबैले तिनीहरूलाई असल मानिसहरू ठानून् भनेर तिनीहरू कसैको बारेमा कहिल्यै नराम्रो कुरा गर्दैनन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो राम्रो मानवताको उदाहरण होइन। यस्तो व्यक्तिले के भन्छ त्यसमा ध्यान नदे; ऊ कसरी जिउँछ, उसले के प्रकट गर्छ, र उसले आफ्ना कर्तव्यहरू पूरा गर्दा उसको आचरण कस्तो हुन्छ, साथसाथै उसको आन्तरिक अवस्था कस्तो छ र उसले कुन कुरालाई प्रेम गर्छ त्यो तैँले हेर्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। यसमाथि चिन्तन गरेर मैले के बुझें भने, मैले आफूसित असल मानवता छ भनेर सोचें किनभने सतही तवरमा केही असल कुराहरू गरेको थिएँ, तर वास्तवमा यो सत्यताअनुरूप थिएन। परमेश्‍वरले व्यक्तिको मानवतालाई उसको कार्य प्रस्तुति र कर्तव्यप्रति उसको मनोवृत्तिको आधारमा न्याय गर्नुहन्छ। यो उसले आफ्नो व्यक्तिगत चासोहरूलाई पन्छाएर परमेश्‍वरको घरका हितहरूलाई कायम रख्छ कि राख्दैन भन्‍ने कुरा हो। साँच्‍चै असल मानवता भएको व्यक्ति आफ्नो कर्तव्यमा परमेश्‍वरप्रति समर्पित हुन्छ। उसले पीडा भोग्‍न सक्छ र मूल्य चुकाउन सक्छ। कठिन घडीमा उसले आफ्नो देहलाई परित्याग गर्छ र परमेश्‍वरको घरको कामलाई कायम राख्छ। त्यसपछि, मसित साँच्‍चै मानवता छ कि छैन र परमेश्‍वरका वचनहरूको दृष्टिकोण आफ्नो कर्तव्यप्रति मेरो कस्तो प्रकारको मनोवृत्ति रहेछ भनेर मैले चिन्तन गर्न थालें,

अनि मैले यो खण्ड पढें: “परमेश्‍वरले आज्ञा गर्नुभएको कुराबाट आउने सबै कुरा, परमेश्‍वरका मापदण्डहरूसँग सम्‍बन्धित विभिन्‍न परिश्रम र कार्यका पक्षहरू—यो सबैको लागि मानिसको सहकार्य चाहिन्छ, यो सबै मानिसको कर्तव्य हो। कर्तव्यहरूको क्षेत्र अत्यन्तै बृहत् हुन्छ। कर्तव्यहरू तेरा जिम्‍मेवारी हुन्, ती तैँले गर्नुपर्ने कुरा हुन्, र यदि तँ सधैँ तीबाट तर्किन्छस् भने, तँमा समस्या छ। यसलाई हल्का रूपमा भन्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै छली छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम गर्न मन पर्दैन; यसलाई अझै गम्‍भीर रूपमा भन्दा, तँ आफ्‍नो कर्तव्य पूरा गर्न अनिच्‍छुक छस्, तँसँग कुनै प्रतिबद्धता, कुनै आज्ञापालन छैन। यदि तैँले यो सानो काममा पनि प्रयास लगाउन सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि व्यक्ति साँचो रूपमा समर्पित छ भने, र आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवारी बोध गरेको छ भने, उसले छनौट नगरीकन जे गर्न लगाइएको छ त्यही गर्नेछन्, तर त्यो परमेश्‍वरको मापदण्डले मागेको, र परमेश्‍वरको घरलाई चाहिएको कुरा हुनुपर्छ; तिनीहरूले गर्न सक्‍ने र गर्नुपर्ने कुनै पनि काम गर्नेछन् र पूरा गर्नेछन्। के मानिसहरूले बुझ्‍नुपर्ने कुरा, र तिनीहरूले हासिल गर्नुपर्ने कुरा यही होइन र? (हो।) कतिपय मानिसहरू असहमत हुन्छन्, र भन्छन्, ‘तपाईं आफ्नै कोठामा बसेर, घाम र बतासबाट बचेर आफ्‍नो कर्तव्य पूरा गर्दै सारा दिन बिताउनुहुन्छ। यसमा कुनै कठिनाइ छैन। तपाईंले जे भनिरहनुभएको छ त्यो तपाईं आफैलाई थाहा छैन—जब तपाईं एकदुई घण्टा घाममा उभिनुपर्छ र तपाईंले थोरै कठिनाइ भोग्‍नुपर्छ, तब के हुँदो रहेछ हेरौंला!’ यी शब्दहरू गलत छैनन्; सबै कुरा भन्‍नुभन्दा गर्नु कठिन हुन्छ। जब मानिसहरूले साँच्‍चै काम गर्छन्, एक हिसाबमा, तैँले तिनीहरूको चरित्रलाई हेर्नुपर्छ, र अर्को हिसाबमा, तिनीहरूले सत्यतालाई कति धेरै प्रेम गर्छन् सो कुरालाई हेर्नुपर्छ। सुरुमा हामी मानिसहरूको चरित्रको बारेमा कुरा गरौं। यदि कुनै व्यक्ति राम्रो चरित्रको छ भने, उसले सबै कुराको सकारात्मक पक्षलाई देख्छ, उसले अवस्थालाई अङ्गाल्छ, र ती कुरालाई सकारात्मक र सक्रिय दृष्टिकोणले हेर्ने प्रयास गर्छ; अर्थात्, उसको हृदय, चरित्र, र मनोवृत्ति धर्मी हुन्छ—यो चरित्रको दृष्टिकोणबाट हेर्नु हो। अर्को पक्ष भनेको तिनीहरूले सत्यतालाई कति धेरै प्रेम गर्छन् भन्‍ने हो। यो केसँग सम्‍बन्धित छ? यसको अर्थ के हो भने, तेरो मनमा भएको मान्यता, विचार, र दृष्टिकोणहरू सत्यतासँग जे-जति मिले पनि, तैँले जति नै बुझे पनि, यो परमेश्‍वरबाट आएको हो भनेर तैँले यसलाई स्वीकार गर्न सक्छस्; तँ आज्ञाकारी र इमानदार हुनु नै पर्याप्त हुन्छ। जब तँ आज्ञाकारी र इमानदार हुन्छस्, तब तैँले काम गर्दा तँ सुस्त हुँदैनस्, तैँले वास्तविक प्रयास गर्छस्। जब तैँले आफ्‍नो काममा आफ्‍नो हृदय लगाउँछस्, तेरो हातले पनि त्यसै गर्छ। जब तैँले हरेस खान्छस्, जब तैँले प्रयास गर्न छोड्छस्, तब तँ छली हुन थाल्छस्, र तेरो मनले यस्तो विचार गर्न थाल्छ: ‘खाना खाने बेला कति खेर हो? अझै किन समय बाँकी छ? मैले यस्तो झमेलापूर्ण कामलाई कहिले टक्टक्याउन सक्छु? यो अत्यन्तै झर्कोलाग्दो छ। म मूर्ख होइन; म सकेसम्‍म कम प्रयास गर्नेछु, म यसमा मेरो सबै प्रयास लगाउनेछैन।’ यस्तो व्यक्तिको चरित्र कस्तो हुन्छ? के यस्ता व्यक्तिहरूको अभिप्राय धर्मी हुन्छ? (हुँदैन।) तिनीहरूको खुलासा भएको छ। के त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्छन्? तिनीहरूले सत्यतालाई कति धेरै प्रेम गर्छन्? तिनीहरूसँग आफ्‍नो कर्तव्य पूरा गर्ने थोरै इच्‍छा मात्रै हुन्छ; तिनीहरूको विवेक त्यति खराब हुँदैन, तिनीहरू थोरै काम गर्न सक्‍ने हुन्छन्, तर तिनीहरूले त्यसमा कुनै ठूलो प्रयास नै लगाउँदैनन्। तिनीहरूले जहिल्यै सतही काम मात्रै गर्छन्। जब काम गर्ने बेला आउँछ, तब तिनीहरूको दुष्ट अभिप्राय देखा पर्न थाल्छ, र तिनीहरूले सधैँ सुस्त हुने उपाय खोजिरहेका हुन्छन्; जब तिनीहरूले काम गर्छन्, तिनीहरूको उत्पादकत्व अत्यन्तै न्यून हुन्छ। तिनीहरूले जब-जब कुनै उपकरणको प्रयोग गर्छन्, तब-तब तिनीहरूले त्यसलाई बिगार्छन्। समय बित्दै जाँदा, मानिसहरूले तिनीहरूमा समस्या भएको, र तिनीहरूको खुलासा हुनुपर्छ भन्‍ने चाल पाउन थाल्छन्। वास्तवमा, परमेश्‍वरले पहिले नै यो सबै कुरा देखिसक्‍नुभएको हुन्छ, र तिनीहरूलाई खुलासा गर्न र हटाउनको लागि मानिसहरू कहिले ब्यूँझन्छन् भनेर मात्र प्रतीक्षा गरिरहनुभएको हुन्छ। तैपनि, उक्त व्यक्तिले के सोच्छ भने, ‘म कति चलाख छु, हेर त। हामी उही खाना खान्छौं‘ तर काम गरिसकेपछि, तिनीहरू थाकेर लखतरान हुन्छन्—अनि मलाई हेर त, आफैमा कसरी रमाउने त्यो कुरा मलाई थाहा छ। सबैभन्दा बाठो म नै हुँ; वास्तविक काम गर्ने जो पनि मूर्ख व्यक्ति हो।’ के तिनीहरूले इमानदार मानिसहरूलाई यसरी हेर्नु ठीक हुन्छ? वास्तवमा, वास्तविक काम गर्ने मानिसहरू नै बाठा मानिसहरू हुन्। केले तिनीहरूलाई बाठो तुल्याउँछ? तिनीहरू भन्छन्, ‘म परमेश्‍वरले मलाई गर्न नलगाउनुभएको कुनै पनि कुरा गर्दिन, र म उहाँले गर्न लगाउनुभएको सबै कुरा गर्छु। उहाँले जे भन्‍नुहुन्छ म त्यही गर्छु, र म यसमा मेरो हृदय लगाउँछु, मैले सक्‍ने सबै कुरा यसमा लगाउँछु, म चलाखीहरू अपनाउँदिन। मैले यो कुनै व्यक्तिको लागि गरिरहेको छैन, मैले यो परमेश्‍वरको लागि गरिरहेको छु, र मैले यो परमेश्‍वरले देख्‍ने गरी परमेश्‍वरकै लागि गरिरहेको छु; कुनै व्यक्तिले देखोस् भनेर मैले यो काम गरिरहेको छैन।’ अनि परिणाम के हुन्छ? एउटा समूहले सबै धूर्त मानिसहरूलाई निकाल्छ, र इमानदार मानिसहरू मात्रै बाँकी रहन्छन्। यी इमानदार मानिसहरूको स्थिति एकपछि अर्को सामर्थ्यमा पुग्छ, र तिनीहरूमाथि आइपर्ने सबै कुरामा परमेश्‍वरले नै तिनीहरूको रक्षा गर्नुहुन्छ। अनि केले गर्दा तिनीहरूले यो सुरक्षा प्राप्त गर्छन्? किनभने तिनीहरू आफ्नो हृदयमा इमानदार हुन्छन्। तिनीहरूले कठिनाइ वा हैरानीको डर मान्दैनन्, र तिनीहरूलाई सुम्पिएको कुनै कुराको बारेमा तिनीहरूले छान्‍ने वा रोज्‍ने गर्दैनन्; तिनीहरूले किन भनेर नसोधी, कुनै जाँचबुझ वा विश्‍लेषण नगरी, वा अरू कुनै कुराको बारेमा विचार नगरी, जे अह्राइएको छ त्यही पालना गर्छन्; तिनीहरूसँग कुनै पनि भित्री मनसाय हुँदैन, तर तिनीहरूले सबै कुरामा आज्ञापालन गर्न सक्छन्। तिनीहरूको भित्री स्थिति सधैँ सामान्य हुन्छ; खतराको सामना गर्दा, परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ; जब तिनीहरूमाथि रोग वा रूढि आइपर्छ, तब पनि परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ—तिनीहरू अत्यन्तै आशिषित् हुन्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग चार)”)। यो खण्ड पढेपछि म पूर्णरूपमा विश्‍वस्त भएँ। परमेश्‍वरका वचनहरूले मेरो दृष्टिकोण, मनोवृत्ति र कर्तव्यमा भएको मेरो स्थितिलाई पूर्णतया उदङ्गो पारिदिए, र परमेश्‍वरले हाम्रो आत्मालाई वास्तवमै जाँच्नुहुन्छ भनेर बुझें। उहाँले हाम्रो हरेक कार्य, हरेक चाल र हरेक बदलिँदो सोचलाई देख्‍नुहुन्छ। मैले आफ्नो कर्तव्य सुरु मात्र गर्दा, परमेश्‍वरको लागि समर्पित हुन र उहाँको प्रेमको पैँचो तिर्न म पूर्ण सङ्कल्पित थिएँ। तर केही समयपश्‍चात्, मैले अझ धेरै प्रयास गरेपछि र पीडा भोगेपछि, मेरो साँचो प्रकृति आफै प्रकट भइहाल्यो। म आफ्नो कर्तव्यमा कामचोर हुन थालें, कम काम गरेर उम्कने प्रयास गर्न थालें। अलिक धेरै काम गर्नुपर्दा र अलिक शारीरिक कठिनाइ भोग्‍नुपर्दा मैले प्रतिरोध गरें र आफू कहीं न कहीं अन्यायमा परेको महसुस गरें। हामी काम गर्दा, अरू सबैले दिलोज्यान लगाउँथे, आफू शिथिल हुँला भनेर डराउँदैनथिए, तर म चाहिं आफ्नो खुट्टा झिक्‍ने गर्थें, आफूलाई मनपर्ने सजिलो काम मात्र रोज्थें। ती ब्रदरले कडा परिश्रम गरेको देख्दा मैले उहाँलाई मूर्ख सम्झँदै चुपचाप खिसी समेत गरें, आफूलाई चाहिं आफ्नो ज्यान नबिगारी कर्तव्य निर्वाह गरेर पनि परमेश्‍वरको आशिष्‌ प्राप्त गर्न सक्‍ने, दुःख नगरी घिउ-भात खाने चतुर व्यक्ति ठानें। मैले आफ्नो कर्तव्यमा व्यक्तिगत लाभ र हानिको हिसाबकिताब समेत गरिरहेको थिएँ। म असाध्यै धूर्त र घृणित थिएँ! परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, अरूले सारा प्रयास लगाइरहँदा उनीहरूको खिसी गरेर वास्तवमा मूर्खचाहिं म भएको थिएँ। ती सबै दाजुभाइहरूमध्ये मैले मूर्ख ठानेका एक जनाले पनि आफ्नो कर्तव्य गुमाएका थिएनन्, तर मैले आफूलाई एकदमै चलाक ठानें पनि मलाई बर्खास्त गरियो, मैले सेवा गर्ने मौका गुमाएँ। म आफ्नै “चलाकीपन” को शिकार भएँ। म मूर्ख कहलिन योग्य थिएँ र मैले त्यसरी आफ्नो कर्तव्य गर्नु परमेश्‍वरलाई घिन लाग्‍ने कुरा थियो। उहाँको काम राम्ररी गर्नु नै सृष्टि गरिएका प्राणीको कर्तव्य र जीवन अभियान हुनुपर्छ र यो सृष्टिकर्ताले मानवजातिलाई सुम्पनुभएको कुरा हो। तर मैले दैनिक ज्यालादारी कामदारले जस्तो मात्र काम गरिरहेको थिएँ, कुनै जिम्मेवारी नलिई त्यतिकै लटरपटर काम गरिरहेको थिएँ। मैले सृष्टि गरिएको प्राणीसित हुनुपर्ने विवेक र समझ पुरै गमाएको थिएँ, घर रुङ्ने कुकुरभन्दा कम मोलको थिएँ। कुकुरले त कम्तीमा पनि मालिकको सेवा गर्छ, घरको रखावली गर्छ, र यसलाई जस्तोसुकै व्यवहार गरिए पनि मालिकप्रति बफादार हुन्छ। तर मेरो सन्दर्भमा भन्‍नुपर्दा, मैले परमेश्‍वरले प्रदान गर्नुभएको कुराहरू खाँदै र पिउँदै थिएँ, उहाँको अनुग्रहका आशिष्‌हरू प्राप्त गरिरहेको थिएँ, तर उहाँले सुम्पनुभएको काम भने पूरा गरिरहेको थिइनँ। म पशुभन्दा तुच्छ र मानव कहलिन अयोग्य थिएँ। मलाई कर्तव्यबाट बर्खास्त गरिनु परमेश्‍वरको धर्मी स्वभावको प्रदर्शन थियो। मेरो विद्रोहको कारणले नै यस्तो भएको थियो। यसमा मलाई रतीभर शङ्का थिएन।

पछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन। यदि तैँले आफूलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वासप्रति र आफ्नो कर्तव्य पूरा गर्ने कार्यप्रति समर्पित गरेको छैनस् भने; यदि तँ सधैँ झारा टार्ने काम गर्छस् र एक अविश्‍वासीले हाकिमको अधीनमा काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा लापरवाही हुन्छस् भने; प्रत्येक दिन कर्तव्य पूरा गर्नुपर्दा काम चलाउ गर्ने काम गर्दै, समस्याका कुराहरू देख्दा तिनलाई बेवास्ता गर्दै, कुराहरू छरपष्ट भएको देख्दा पनि तँ त्यसलाई सफा नगर्ने, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी खारिज गर्ने गर्दै देखावटी प्रयास मात्रै गर्छस् भने—के यो समस्या होइन र? यस्तो कुनै व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू बाहिरकाहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँ आफ्नो हृदयमा साँचो भइरहेको छस् कि छैनस्, तैँले आफैलाई समर्पित गरिरहेको छस् कि छैनस् भनी स्पष्ट जान्दछस्, र परमेश्‍वरले हिसाब पनि राख्नुहुन्छ। त्यसो भए, के तिमीहरूले आफूलाई कहिल्यै आफ्नो कर्तव्य पूरा गर्ने काममा समर्पित गरेका छौ? के तिमीहरूले यसलाई कहिल्यै गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तिमीहरूको दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? के तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा समस्या पत्ता लगाउँदा त्यसको बारेमा कहिल्यै कुरा उठाएका छौ? यदि समस्या भएको थाहा पाएर पनि त्यसको बारेमा तिमीहरूले कहिल्यै कुरा उठाएका छैनौ, त्यसको बारेमा सोचविचार समेत गरेका छैनौ भने, यदि तिमिहरू त्यस्ता कुराहरूमा चासो राख्न अनिच्छुक भएका छौ भने, र थोरै कठिनाइ हुनु नै राम्रो हो भनी सोच्छौ भने—यदि यस्ता कुराहरूप्रति तिमीहरूको यस्तै सिद्धान्त हो भने, तिमीहरूले आफ्नो कर्तव्य गरिरहेका हुँदैनौ; तिमीहरू कठोर परिश्रम गर्दै जिइरहेका हुन्छौ, तिमीहरूले सेवा मात्रै गरिरहेका हुन्छौ। सेवा-कर्ताहरू परमेश्‍वरको घरका हुँदैनन्। तिनीहरू जागिरेहरू हुन्; काम गरिसकेपछि तिनीहरू आफ्नो पैसा लिन्छन् र जान्छन्, प्रत्येक आ-आफ्नै बाटो लाग्छन् र अर्को व्यक्तिका निम्ति अपरिचित बन्छन्। परमेश्‍वरको घरसँग तिनीहरूको सम्बन्ध यस्तै हुन्छ। परमेश्‍वरको घरका सदस्यहरू फरक हुन्छन्: तिनीहरूले परमेश्‍वरको घरका सबै कुराहरूमा कष्ट उठाउँछन्, तिनीहरूले जिम्मेवारी लिन्छन्, तिनीहरूका आँखाले परमेश्‍वरको घरमा के गर्नु आवश्यक छ त्यो देख्छन्, र ती कामहरूलाई तिनीहरूले आफ्नो मनमा राख्छन्, तिनीहरूले सोचेका र देखेका सबै कुरा याद राख्छन्, तिनीहरूले बोझ बोकेका हुन्छन्, तिनीहरूमा जिम्मेवारीको बोध हुन्छ—यिनीहरू परमेश्‍वरको घरका सदस्यहरू हुन्। के तिमीहरू यो स्थितिमा पुगेका छौ? (छैनौं।) त्यसो भए तिमीहरू अझै लामो बाटो हिँड्नु बाँकी छ, त्यसैले तिमीहरू त्यसको पछि लागिरहनुपर्छ! यदि तँ आफैलाई परमेश्‍वरको घरको सदस्य ठान्दैनस् र आफैलाई अलग गर्छस् भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तँलाई बाहिरी मानिससँग जस्तो व्यवहार गर्नुहुन्न; बरु तैँले नै आफैलाई उहाँको घरको ढोकाबाहिर राख्छस्। निष्पक्ष रूपमा कुरा गर्ने हो भने, तँ वास्तवमा कस्तो प्रकारको व्यक्ति होस्? तँ उहाँको घरमा हुँदैनस्। के परमेश्‍वरले भन्नुहुने वा निर्धारण गर्नुहुने कुरासँग यसको कुनै सम्बन्ध हुन्छ? तैँले नै आफ्नो अन्त्य निर्धारण गरेको हुन्छस् र परमेश्‍वरको घरको बाहिर बसेको छस्—अब अरू कसलाई दोष दिने?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कर्तव्य राम्ररी पूरा गर्नको लागि कम्तीमा पनि विवेक चाहिन्छ”)। मैले परमेश्‍वरका वचनहरूबारे मनन गरेर के महसुस गरें भने, सबै कुरामा परमेश्‍वरको घरको हितलाई विचार गर्नु र परमेश्‍वरको घरलाई आफ्नै घर ठान्‍नु परमेश्‍वरलाई खुसी पार्ने र उहाँलाई राहत महसुस गराउने एकमात्र मार्ग हो। उहाँको परिवारको सदस्य हुने एकमात्र मार्ग त्यही हो। मैले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गरिरहेको थिएँ, तर मेरो कर्तव्यप्रतिको मेरो मनोवृत्ति र कर्तव्य गर्ने तरिकाले गर्दा, म उहाँको परिवारको साँचो अर्थमा सदस्य भइनँ। म त परमेश्‍वरको घरमा कामदारजस्तो थिएँ, मन नलागी-नलागी सतही रूपमा काम गरिरहेको थिएँ। मलाई प्रत्यक्ष असर नगर्ने कुनै पनि कुरामा मैले आफूलाई लगाइनँ। आफूसित पूर्णतया मानवता र कुनै सत्यनिष्ठा नभएको मैले देखें। म सेवक हुन लायक समेत थिइनँ—अविश्‍वासी भएको थिएँ। मण्डलीको कुनै पनि कर्तव्य गर्न म पूर्ण अयोग्य थिएँ।

त्यसपछि, मैले परमेश्‍वरलाई खुरन्धार बिन्ती र प्रार्थना गरिरहें, कुन कुराले मलाई आफ्नो कर्तव्यप्रति त्यस्तो मनोवृत्ति राख्‍न लगायो भनेर सोचें। मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शनशास्‍त्र मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। यस कुराले मलाई म शैतानका बाँच्ने नियमहरूअनुसार जिइरहेको थिएँ भनेर बुझ्न मदत गऱ्यो। जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन।” त्यसै गरी, “प्रशंसा र पुरस्कार आफूले लिनू, दोषचाहिँ अरूलाई छोड्दिनू।” यी कुराहरूले मेरो हृदयमा गहिरो जरा गाडेका थिए र ती मेरो प्रकृति नै भइसकेका थिए। म त्यहीअनुसार जिउँथें र झन् झनै स्वार्थी र घृणित भएको थिएँ। मैले आफ्नो कर्तव्यमा आफ्नै हित र फाइदाजनक कुराहरूबारे मात्र सोचें र आफूलाई सबभन्दा सजिलो लागेको कुरा मात्र गरें। आफ्नो कर्तव्यमा परमेश्‍वरको इच्छालाई कसरी ख्याल गर्ने भनेर केही विचार गरिनँ। मानवजातिलाई धुन र मुक्ति दिनका लागि सत्यताहरू व्यक्त गर्न घोर अपमान र पीडा सहुँदै परमेश्‍वर कसरी देह बन्‍नुभयो र पृथ्वीमा आउनुभयो तर पनि उहाँले मानवजातिलाई उहाँको ऋण तिर्नू भनी कहिल्यै भन्‍नुभएको छैन भनेर मैले सोचें। हामीप्रति उहाँको प्रेम अपार छ। अनि मैले कुनै कृतज्ञताको भावबिना र आफ्नो कर्तव्यमा अलिकति कठिनाइ आइपर्दा पनि रिसाउँदै परमेशवरले दिनुभएका प्रचुर भौतिक प्रबन्धहरू र उहाँका वचनहरूबाट प्राप्त सिञ्‍चनको आनन्द उठाइरहेको थिएँ। म पूर्णतः विवेक र समझहीन भएको थिएँ। क्षमताको कमी हुँदा, मैले कुनै पनि प्रकारको महत्वपूर्ण कार्य गर्न सकिनँ, तर परमेश्‍वरले मलाई इन्कार गर्नुभएन। उहाँले मलाई सुहाउँदो कर्तव्यको प्रबन्ध गर्नुभयो, मलाई सत्यता र मुक्ति प्राप्त गर्ने मौका दिनुभयो। यो परमेश्‍वरको प्रेम हो। यसबारे सोच्दा, मलाई असाध्यै पछुतो भयो र आफ्नो कर्तव्यमा त्यस्तो अल्छे र लापरवाह भएकोमा मैले आफैलाई घृणा गरें। विशेष गरी, म शैतानी भ्रष्टतामा डुबेकोमा र आफूसित मानवताको कमी भएकोमा मैलै आफूलाई घृणा गरें अनि अबउप्रान्त त्यसरी जिउने चाहना गरिनँ। त्यसपछि मलाई जुनसुकै कर्तव्य दिइए पनि मैले यसमा आफ्नो सारा हृदय लगाउने, सारा प्रयास गर्ने र परमेश्‍वरलाई कम आँक्‍न छोड्ने सङ्कल्प गरें। मैले परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर! तपाईंको न्याय र सजायको लागि धन्यवाद, जसले मलाई आफूले कर्तव्यलाई हल्कासित लिइरहेको, आफू स्वार्थी, घृणित र मानवताविहीन भएको देख्‍न मदत गऱ्यो। म आफ्नो दोष स्वीकार्छु र पश्‍चात्ताप गर्छु। म मेरो कर्तव्य पूरा गर्न, तपाईंको ऋण तिर्न र तपाईंको हृदयलाई राहत दिन कडा परिश्रम गर्नेछु।” त्यसपछि, मैले आफ्नो सारा समय र प्रयास सुसमाचार बाँड्नमा लगाउन थालें, विगतका गल्तीहरू सच्याउनकै लागि भए पनि त्यो कर्तव्य राम्रोसित निर्वाह गर्न चाहें।

एक महिना जत्तिपछि, अगुवाले म निकै राम्रो स्थितिमा भएको र मैले कर्तव्यप्रतिको आफ्नो मनोवृत्तिमा सुधार गरेको देखे र मैले फेरि पहिलाकै कर्तत्व गर्न सक्‍ने कुरा मलाई फोन गरेर बताउनुभयो। म असाध्यै उत्साहित भएँ र मनमनै भनें, “मलाई फेरि आफ्नो कर्तव्य गर्ने मौका दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु।” फोन राख्दै गर्दा मेरो आँखामा आँसु छचल्कियो। मेरो हृदय परमेश्‍वरप्रतिको कृतज्ञताले भरियो र एकदमै ऋणी महसुस गरें। विगतमा कर्तव्यप्रतिको मेरो मनोवृत्ति र विद्रोहीपनबारे विचार गर्दा, मलाई साह्रै पछुतो र लज्‍जित महसुस भयो। मैले घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरें, उहाँलाई के भन्‍ने थाहा भएन, केवल रोएँ। मैले भन्‍न सक्‍ने कुनै पनि कुरा अपुग लाग्थ्यो, त्यसैले एउटै कुरा दोहोऱ्याइरहें: “हे परमेश्‍वर! तपाईंलाई मुरीमुरी धन्यवाद।” परमेश्‍वरले मेरो लागि कत्ति धेरै काम गर्नुभएको छ भनेर मात्र सोचिरहें, उहाँले मलाई न्याय, सजाय र शुद्धीकरण गरेर मुक्ति दिनुभयो। म त कृतज्ञता व्यक्त गर्नु मात्र सक्थें। मेरो चाहना भनेकै परमेश्‍वरको लागि आफूलाई सम्पूर्ण रूपले चढाउनु र उहाँको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्यमा तनमन लगाउनु थियो। मैले गुमाएको कर्तव्य फेरि पाएर यसको कदर गर्न सिकें र अन्ततः परमेश्‍वरले यसो भन्‍नुभएको आशय बुझें “परमेश्‍वरले आज्ञा गर्नुभएको कुराबाट आउने सबै कुरा, परमेश्‍वरका मापदण्डहरूसँग सम्‍बन्धित विभिन्‍न परिश्रम र कार्यका पक्षहरू—यो सबैको लागि मानिसको सहकार्य चाहिन्छ, यो सबै मानिसको कर्तव्य हो।” अबउप्रान्त, आफ्नो काममा प्रयत्‍न गर्नु भनेको पीडा र अपमान भोग्‍नु हो भनेर मैले सोच्दै सोच्दिनँ, बरु त्यसलाई सम्मान ठान्छु। किनकि यो परमेश्‍वरको आदेश हो। उहाँले आवश्यक गर्नुभएको यही हो, र त्योभन्दा पनि बढी, यो मेरो कर्तव्य हो। मलाई के गलत छाप परेको थियो भने, परमेश्‍वरको घरमा काम गर्नु र बाहिर संसारमा काम गर्नुबीच कुनै भिन्‍नता छैन, यो परिश्रमबाहेक अरू केही होइन। तर यस अनुभवले मलाई सिकायो कि, बाहिर संसारमा काम गर्नु भनेको केवल जिउनुका लागि हो, र कुनै पनि कठिनाइ भोग्‍नु भनेको व्यक्तिगत लाभको लागि हो। यो निरर्थक छ। परमेश्‍वरको घरमा पनि परिश्रम नै गरियो तर त्यो त मैले आफ्नो कर्तव्य गरिरहेको थिएँ। मेरो कर्तव्यमा आइपर्ने कुनै पनि कठिनाइको मोल हुन्छ र यसबाट परमेश्‍वरको स्वीकृति प्राप्त हुन्छ।

मेरो कर्तव्यको समायोजनले गर्दा मलाई परमेश्‍वरको प्रेम वास्तवमै अनुभव गर्न मदत मिल्यो। त्यसउप्रान्त मैले परमेश्‍वरको घरमा केवल कामदार बनेर रहन चाहिनँ बरु परिवारको भाग हुन चाहें। त्यसै बेलादेखि, म आफ्नो कर्तव्यमा पूरा शक्तिसाथ लागिपरिरहेको छु। कहिलेकाहीं काम अलिक कठिन वा थकाइलाग्दा हुन्छन्, तर म गुनासो गर्दै गर्दिनँ। म असल काम गर्न आफ्नो सारा हृदय, आफ्नो सारा बल लगाउन सक्छु। आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिलाई बदल्नका लागि परमेश्‍वरले गर्नुभएको न्याय र सजायको लागि र यसप्रतिको मेरो निरर्थक दृष्टिकोण हटाइदिनुभएकोमा म उहाँप्रति एकदमै कृतज्ञ छु। यसले मेरो भ्रष्ट स्वभावलाई पनि अलिअलि परिवर्तन गरेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई...

सुसमाचार सुनाउँदा कठिनाइहरूको सामना कसरी गर्ने

मेरो पुरै परिवार क्याथोलिक थियो, र अरू धेरेजसो गाउँलेहरू पनि क्याथोलिक नै थिए। तर हाम्रो गाउँको क्याथोलिक गिर्जामा देखरेख गर्ने पादरी नभएको...

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्