व्यावहारिक काम गर्न नसक्‍नुका परिणामहरू

25 अप्रिल 2023

हालै केही ब्रदर-सिस्टरहरूले समूह अगुवा, सिन्यु अहङ्कारी, निरङ्कुश र अरूसँग मिलेर काम गर्न वा सुझाव मान्न नसक्‍ने छिन् भनेर रिपोर्ट गरेका थिए। उनीद्वारा सबैले बन्धनमा परेको महसुस गर्छन् र यसले सुसमाचारको काममा असर गरेको छ। सबैले यो कुरा औँल्याएर उनलाई सहयोग गर्ने प्रयास गरे, तर उनले यो मुखले मात्र स्विकारिन् र मानिन्, तर उनी पटक्‍कै परिवर्तन भइनन्। हामीले यसबारे छलफल गरेर उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गऱ्यौँ। वास्तवमा, म यसले गर्दा निकै लज्‍जित भएँ, किनभने मैले व्यावहारिक काम गरिरहेकी छैन भन्‍ने यसले देखायो। मैले सिन्युलाई उनका समस्याहरूबारे एक-दुईपटक सङ्गति दिएकी थिएँ, तर अचम्‍मको कुरो, उनका समस्याहरू समाधान हुनुको सट्टा, झन् खराब भए। यसले गर्दा म त्यसको वास्तविक कारण के हो भनेर मनन गर्न र सोच्‍न बाध्य भएँ। मैले पहिलो पटक काम लिएको समयबारे विचार गरेँ। सिन्युको समूह सुसमाचारको काममा सबैभन्दा सफल भएको, र आफ्‍नो कर्तव्यमा साँच्‍चै तनमनले लागिपरेको मैले देखेँ। म तिनीहरूलाई निकै आदर गर्थेँ। विशेष गरी सिन्यु कति सक्षम छिन् भन्‍ने देख्दा मलाई समूह अगुवाको रूपमा उनमा कुनै ठूलो समस्या हुनु हुँदैन भन्‍ने लाग्थ्यो, त्यसैले म तिनीहरूको कामको त्यति अनुगमन गर्दिनथेँ। केही सिस्टरहरूले आफ्‍नो समस्याबारे मलाई रिपोर्ट गरे पनि, मैले गम्‍भीरतासाथ लिइनँ। तिनीहरूले सुसमाचारको काममा राम्रो गरेका हुनाले, केही समस्या भए पनि, त्यो ठूलो कुरा होइन भन्‍ने मलाई लाग्थ्यो। कहिलेकाहीँ तिनीहरूसँग सङ्गति गर्दा, म तिनीहरूलाई केही साधारण कुराहरू मात्र औँल्याइदिन्थेँ, र समस्याहरू समाधान भए कि भएनन् भनेर पछि अनुगमन गर्दिनथेँ। एकपटक हामीले कामबारे छलफल गरिरहेका बेला, मैले सिन्यु र सियाओली असहमत भएको देखेँ। तिनीहरू दुवै अत्यन्तै अहङ्कारी र आफ्‍नै दृष्टिकोणमा दृढ थिए। मैले तिनीहरूको स्थिति सुल्झाउने परमेश्‍वरका केही वचनहरू खोजेर सङ्गति दिएँ, र दुवै जना मनन गर्न र परिवर्तन हुन इच्‍छुक देखेर, समस्या समाधान भएछ भन्‍ने सोचेँ। मलाई लाग्यो, मैले परिस्थिति अनुगमन गरेर तिनीहरू साँच्‍चै परिवर्तन भए कि भएनन् हेर्नुपर्छ। तर त्यसपछि सोचेँ, तिनीहरूसँग थप सङ्गति गर्न, मैले परमेश्‍वरको वचनका खण्डहरू खोजेर तिनीहरूको स्थिति बुझ्‍ने प्रयास गर्नुपर्छ, जुन निकै थकाइलाग्दो कुरा हो। साथै, तिनीहरूले सामान्यरूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेका थिए, त्यसैले तिनीहरूको अनुगमन नगर्दा पनि हुन्छ भन्‍ने लाग्यो। त्यसकारण मैले त्यो त्यतिकै छोडिदिएँ। अर्कोपटक मैले सङ्गतिको बेला सिन्यु र अर्की सिस्टर असहमत भएका देखेँ। अर्की सिस्टरले उचित सुझाव दिएकी थिइन्, तर सिन्युले त्यो स्विकार्न मानिनन्, र आफू नै सही भनेर जिद्दी गरिरहिन्। अन्तिममा ती सिस्टरको केही सीप चलेन, तिनी झुक्नुपऱ्यो। सिन्यु कति आत्मधर्मी छिन् भन्‍ने देखेर, म उनको समस्या खुलासा गर्न चाहन्थेँ, तर यसबारे सङ्गति गर्न लाग्‍ने समय र शक्ति, र मैले गर्नुपर्ने अरू कामबारे सोचेँ। तिनीहरूबीच कुनै स्पष्ट झगडा वा फुट भएको थिएन, त्यसकारण यो मैले सोचे जत्तिको खराब होइन होला भन्‍ने लाग्यो। समस्या जति कम उति राम्रो। साथै, सिन्यु समूह अगुवा थिइन्, त्यसकारण उनले केही अहङ्कार प्रकट गरिन् भने, उनले खोजी गरेर त्यो समाधान गर्न सक्‍नुपर्छ। त्यसकारण, मैले उनको समस्या औँल्याइनँ।

यो सबै कुरालाई फर्केर हेर्दा, सिन्यु अहङ्कारी छिन् र उनले अरूसँग मिलेर काम गर्न सक्दिनन् भन्‍ने मलाई थाहा भयो। साथै तिनी अगुवा थिइन्, त्यसकारण त्यस्तो महत्त्वपूर्ण विषयलाई बेवास्ता गरेर, म निकै गैरजिम्‍मेवार बन्दै थिएँ! पछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “एउटा अगुवा र कार्यकर्ताले जुनसुकै महत्त्वपूर्ण काम गरे तापनि, अनि यो कामको प्रकृति जस्तोसुकै भए तापनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ, त्यसप्रति तल्‍लीन हुनु हो। तिनीहरू कामकुरालाई अनुगमन गर्न र प्रश्नहरू सोध्न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न त्यहाँ व्यक्तिगत रूपमा उपस्थित हुनुपर्छ। तिनीहरू केवल सुनेको भरमा चल्ने वा अरूका विवरणहरू सुन्ने मानिसहरू मात्र हुनु हुँदैन; बरु, तिनीहरूले आफ्नै आँखाले कर्मचारीहरूले कसरी काम गर्दैछन्, कामको कस्तो प्रगति भइरहेको छ, र के-कस्ता कठिनाइहरू छन्, माथिका मापदण्डहरूसित कुनै क्षेत्रहरू बेमेलमा छन् कि, विशेषज्ञ कार्यहरूले सिद्धान्तहरूलाई भङ्ग गरेका छन् कि, कुनै विघ्न वा बाधाहरू छन् कि, कुनै निश्चित कार्यको निम्ति आवश्यक उपकरणहरू वा प्रशिक्षणसम्बन्धी सामग्रीहरूको कमी छ कि भन्ने कुराहरूको बारेमा जानकारी लिनुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने तापनि वा सुनेको भरमा धेरै कुरा थाहा पाए तापनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा भेटघाट गरे जतिको राम्रो हुँदैन। आफ्नै आँखाले कामकुरा हेर्नु धेरै सही र विश्‍वसनीय हुन्छ; तिनीहरू परिस्थितिप्रति परिचित भइसकेपछि, तिनीहरूलाई के भइरहेको छ भन्ने कुराको राम्रो ज्ञान हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “जुनसुकै कामको निरीक्षण गरिरहेको हुँदा पनि, बोझ लिने अगुवाहरू सधैँ समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्। कुनै खास व्यावसायिक सीपको ज्ञानसम्बन्धी वा सिद्धान्तहरूको उल्‍लङ्घनसम्‍बन्धी समस्याहरूलाई तिनीहरू पहिचान गर्न, सोधपुछ गर्न र बुझ्‍न सक्षम हुन्छन्, र समस्या पत्ता लागेपछि, तिनीहरूले त्यसलाई तुरुन्तै समाधान गर्छन्। बुद्धिमान अगुवा र सेवकहरूले मण्डलीको काम, व्यावसायिक ज्ञान, र सत्यताका सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू मात्रै समाधान गर्छन्। तिनीहरूले दैनिक जीवनका सानातिना कुराहरूलाई कुनै ध्यान दिँदैनन्, तर परमेश्‍वरले आज्ञा गर्नुभएको सुसमाचार फैलाउने कामको हरेक पक्षलाई ध्यान दिन्छन्। तिनीहरू आफूले बुझ्‍न वा पत्ता लगाउन सक्‍ने हर समस्याको बारेमा सोध्छन् र निरीक्षण गर्छन्। अनि, उत्तिखेरै समस्या समाधान गर्न सकेनन् भने, तिनीहरूले अरू अगुवा र सेवकहरूलाई भेला गर्छन्, तिनीहरूसँग सङ्गति गर्छन्, सत्यताका सिद्धान्तहरू खोजी गर्छन्, र यसलाई समाधान गर्ने उपायहरू सोच्छन्। यदि तिनीहरूले समाधान गर्न सक्दै नसक्‍ने ठूलो समस्या सामना गरे भने, तुरुन्तै माथिबाट सहयोग माग्छन्, र यसलाई सम्‍हाल्ने र समाधान गर्ने काम माथिको हातमा सुम्पन्छन्। यस्ता अगुवा र सेवकहरू आफ्‍नो काममा सिद्धान्त पालना गर्ने मानिसहरू हुन्। समस्या जे भए पनि, तिनीहरूले यसलाई देखे, सुने वा थाहा पाए भने, यसलाई त्यतिकै छोड्दैनन्, र हरेकलाई समाधान गर्न सक्छन्। यदि यो समस्या राम्ररी समाधान भएन नै भने पनि, तिनीहरूले यो फेरि नदेखिने कुरा सुनिश्‍चित गर्छन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरले अगुवा र सेवकहरूबाट के माग गर्नुहुन्छ भन्‍ने देख्दा म निकै लाज्जित भएँ। मैले सुसमाचारको कामको लागि बोझ लिएकी थिइनँ। मैले तुरुन्तै सुसमाचारको कामको अनुगमन गर्न नसकेकी मात्र होइन, तर ब्रदर-सिस्टरहरूको स्थितिलाई विस्तृतरूपमा बुझेकी पनि थिइनँ। जस्तै, सिन्यु समूह अगुवा थिइन् तर उनीसँग काम गर्न गाह्रो थियो—मैले सङ्गतिद्वारा यसलाई समाधान गर्नुपर्थ्यो, तर मैले यसबारे विस्तृतरूपमा बुझ्‍न अरूसँग कुरा नगरी उनको समस्या सरसरती औँल्याइदिएँ। मैले उनको समस्याको प्रकृति वा यसका परिणामहरूलाई पनि खुलासा गरेकी थिइनँ। त्यसपछि, उनी परिवर्तन भइन् कि भइनन् भनेर सोधखोज गरिनँ। यो उनको सारको समस्या हो कि भ्रष्टता प्रकट भएको हो, उनी समूह अगुवा बन्‍न योग्य छन् कि छैनन्, र अरू त्यस्तै कुराबारे मैले मनन गरेकी थिइनँ। त्यसकारण उनका समस्याहरू कहिल्यै समाधान भएनन्, र सुसमाचारको काममा असर पऱ्यो। पछि, सिन्यु अझै अहङ्कारी, आत्म-धर्मी, र निरङ्कुश छिन् भन्‍ने देखेँ, र यसलाई समाधान गर्न उनीसँग सङ्गति गर्नुपर्छ, नत्र यसले काममा ढिलाइ गर्नेछ भन्‍ने मलाई थाहा थियो। तर मैले अझै पनि यसलाई सुल्झाइनँ किनभने म झमेला मोल्न चाहन्‍नथेँ। मैले समस्याहरू समाधान गरेको जस्तो गरेर झारा मात्रै टारिरहेकी थिएँ, सतही काम गर्न, समस्यामात्र बताएर केही नगर्नमै सन्तुष्ट भएँ। समस्या साँच्‍चै समाधान भयो कि भएन भनेर मैले ध्यान दिइनँ। म गैरजिम्‍मेवार बन्दै थिएँ, मैले आफ्‍नो काम वा कुनै व्यावहारिक काम गरिरहेकी थिइनँ। झूटो अगुवाले त्यस्तै व्यवहार गर्छ। मण्डलीले मलाई सुसमाचारको कामको इन्‍चार्ज बनाएको थियो, किनभने म परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सक्छु, आफ्‍नो काममा गम्‍भीर र जिम्‍मेवार हुन्छु, र ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सत्यताका सिद्धान्तहरू प्रयोग गर्न सक्छु, यसरी सुसमाचारको काम सहज रूपमा अघि बढ्न सक्छ भन्‍ने आशा गरेको थियो। तर यसको साटो, समस्याहरू पैदा भएर ती समाधान गर्नुपर्ने हुँदा, मैले केही गरिनँ, जति कम समस्या भयो, उति राम्रो हुन्छ भन्‍ने सोचेँ। मैले साँच्‍चै झूटो अगुवाको व्यवहार गरेर सुसमाचारको कामको प्रगतिमा बाधा दिइरहेकी थिएँ। आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति परमेश्‍वरको लागि साँच्‍चै घृणास्पद थियो!

त्यसपछि, मैले वास्तविक काम गर्न नसक्‍नुको साँचो जडबारे खोजी र मनन गरेँ। मैले परमेश्‍वरका वचनहरूमा केही कुरा पढेँ। “अगुवा र सेवकहरूले आफ्‍नो काममा परमेश्‍वरको इच्‍छाप्रति ध्यान दिनुपर्छ र उहाँप्रति इमानदार हुनुपर्छ। तिनीहरूको लागि काम गर्ने सबभन्दा राम्रो शैली भनेको सक्रिय भई समस्याहरू पहिचान र समाधान गर्नु हो। तिनीहरू निष्क्रिय हुनु हुँदैन, खास गरी अगुवाइ गर्ने यी व्यावहारिक वचन र सङ्गतिहरू हुँदा, त्यस्तो हुनुहुँदैन। तिनीहरूले सत्यता सङ्गति गरेर व्यावहारिक समस्या र कठिनाइहरू समाधान गर्न पहल गर्नुपर्छ। तिनीहरूले आफ्‍नो काम राम्ररी गर्नुपर्छ, र यसको प्रगतिबारे तुरुन्तै र सक्रिय रूपमा फलोअप गर्नुपर्छ। तिनीहरूले आफूलाई काम गर्न घचघच्याउने माथिको आदेश र प्रोत्साहन पर्खनु हुँदैन। यदि अगुवा र सेवकहरू सधैँ निष्क्रिय र प्रतिक्रियात्मक भएर बस्छन् भने, तिनीहरूले वास्तविक काम गरिरहेका हुँदैनन्, तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन लायक हुँदैनन्, र तिनीहरूलाई बर्खास्त गरिनुपर्छ र अर्को काम दिइनुपर्छ। अहिले आफ्‍नो काममा निष्क्रिय बन्ने अगुवा र सेवकहरू धेरै छन्। थोरै काम गर्नका लागि पनि तिनीहरूलाई सधैँ माथिबाट आदेश दिइनु र जबरजस्ती गरिनुपर्छ; नत्र, तिनीहरू सुस्त बन्छन् र आलटाल गर्छन्। कतिपय मण्डलीको काम निकै भताभुङ्ग भएको हुन्छ, त्यहाँ कर्तव्य निभाउने कतिपय मानिसहरू अत्यन्तै अल्छी र सुस्त हुन्छन्, र तिनीहरूले कुनै परिणाम प्राप्त गर्दैनन्। यी समस्याहरू अत्यन्तै गम्‍भीर र भयानक प्रकृतिका हुन सक्छन्, तर ती मण्डलीका अगुवा र सेवकहरूले अड्‍डाका मानिसहरूले जस्तो व्यवहार गर्छन्। तिनीहरूले कुनै व्यावहारिक काम गर्न मात्र होइन, समस्याहरू पहिचान वा समाधान गर्नसमेत सक्दैनन्। यसले मण्डलीको काम ठप्‍प पार्छ र गतिरोध उत्पन्‍न हुन्छ। जब मण्डलीको काम भयानक रूपमा भताभुङ्ग भएको हुन्छ र त्यहाँ व्यवस्थितपनको कुनै छनक हुँदैन, तब अवश्य नै त्यहाँ झूटो अगुवाले कार्यभार सम्‍हालिरहेको हुन्छ। झूटो अगुवाको अधीनमा रहेको हरेक मण्डलीमा, मण्डलीको सबै काम भताभुङ्ग र पूर्ण भद्रगोलको अवस्थामा हुन्छ—त्यसमा कुनै शङ्का छैन। … यदि मान्छेले पूरा गरिनुपर्ने काम नै देख्दैनन् भने, त्यहाँ के भइरहेको हुन्छ? (तिनीहरूले बोझ लिइरहेका हुँदैनन्।) तिनीहरूले बोझ लिइरहेका हुँदैनन्, तिनीहरू अल्छी पनि हुन्छन्, तिनीहरू चैन-आराम चाहन्छन्, जहिले सक्यो तहिले विश्राम लिन्छन्, र थप कुनै पनि परिश्रम गर्नबाट टाढा बस्‍ने प्रयास गर्छन्। यी अल्छी मानिसहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, ‘मैले यसबारेमा किन यति धेरै चिन्ता गर्ने? धेरै चिन्ता गर्दा छिटो बूढो भइन्छ। त्यस्तो काम गरेर, त्यति दौडधूप गरेर, अनि आफूलाई त्यति थकाएर मलाई कसरी फाइदा हुन्छ? अत्यधिक थकानले म बिरामी भएँ भने के हुन्छ? मसँग उपचार गर्ने पैसा छैन। अनि म बूढो भएपछि कसले मेरो हेरचाह गर्छ?’ यी अल्छी मानिसहरू यति निष्क्रिय र पछौटे हुन्छन्। तिनीहरूमा थोरै सत्यता पनि हुँदैन, र तिनीहरूले कुनै पनि कुरा स्पष्ट देख्‍न सक्दैनन्। तिनीहरू भ्रमित मानिसहरू हुन्, होइन र? तिनीहरू सबै दिग्भ्रमितहरू हुन्। तिनीहरू सत्यताप्रति बेखबर रहन्छन्, र तिनीहरूलाई यसप्रति कुनै चासो हुँदैन, अनि तिनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ र? किन मानिसहरू निद्रामा हिँडिरहेको जस्तो गरी सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको समस्यासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेको भए पनि, तिनीहरूलाई आफूलाई निगरानी र प्रोत्साहन गर्ने कोही सधैँ चाहिन्छ। कहिलेकहीँ मानिसहरू देहमा लिप्त हुन्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्‍नो लागि आपत्कालीन योजना बनाउँछन्—यी मानिसहरू अत्यन्तै कुटिल हुन्छन् र यिनीहरू साँचो रूपमा असल मानिस होइनन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका भए पनि, सधैँ आफूले सक्‍नेभन्दा कम नै गर्छन्। यो गैरजिम्‍मेवार र अबफादारी हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “यी अल्छी झूटा अगुवाहरूले कहिल्यै पनि व्यवहारिक काम गर्दैनन् र तिनीहरूको नेतृत्वको पदलाई कुनै आधिकारिक पदको रूपमा लिएर आफ्‍नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्। अगुवाले पूरा गर्नुपर्ने कर्तव्य र कामलाई तिनीहरूले घाँडो वा झमेलाको रूपमा लिन्छन्। तिनीहरू आफ्‍नो हृदयमा मण्डलीको कामप्रति अवज्ञाकारी हुन्छन्: तिनीहरूलाई कामको निगरानी गर्न वा तिनमा आएका समस्याहरू पत्ता लगाउन, अनि तिनलाई फलोअप गरेर समाधान गर्न लगाइयो भने, तिनीहरू हिचकिचाहटले भरिन्छन्। यो अगुवा र सेवकहरूले गर्ने काम हो, यो तिनीहरूको जिम्‍मेवारी हो। यदि तँ यो काम गर्दैनस् भने—यदि तँलाई यो काम गर्ने इच्‍छा छैन भने—तँ किन अझै पनि अगुवा वा सेवक बन्‍ने इच्‍छा गर्छस्? तँ परमेश्‍वरको इच्‍छा पूरा गर्न कि पदको फाइदाहरूमा रमाउन आफ्‍नो कर्तव्य पूरा गर्छस्? यदि तँ कुनै आधिकारिक पद हातमा लिनको लागि अगुवा बन्‍न चाहन्छस् भने के यो लाजमर्दो कुरा होइन र? यी मानिसहरूजति नीच चरित्रका अरू कोही छैनन्—यिनीहरूमा कुनै आत्मसम्मान हुँदैन, यिनीहरू लाज पचेका मान्छे हुन्। यदि तँ देहगत सहजतामा रमाउन चाहन्छस् भने, तुरुन्तै संसारमा फर्केर यसैमा लागिपर्, यसलाई समात्, अनि जति सक्छस् यसलाई खोसेर ली। कसैले दखल दिनेछैन। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने र उहाँको आराधना गर्ने ठाउँ हो; यो मानिसहरू सत्यताको पछि लागेर मुक्ति पाउने ठाउँ हो। यो देहगत सहजतामा रमाउने कुनै स्थान होइन, झन् यो मानिसहरूलाई पुलपुल्याउने ठाउँ हुनु त परको कुरा हो। झूटा अगुवाहरू लाज पचेका मानिसहरू हुन्; तिनीहरू धक नमान्‍ने, बेसरम हुन्, र तिनीहरूमा कुनै समझ हुँदैन। तिनीहरूलाई जस्तोसुकै वास्तविक काम दिइए पनि, तिनीहरूले यसलाई महत्त्वपूर्ण कामको रूपमा लिँदैनन्। तिनीहरूले त्यसलाई दिमागको पछिल्तिर हुत्याउँछन्, र मुखले मिठो जबाफ दिए पनि, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्। के यो नैतिकताको कमी होइन र? … कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा सफल हुन सक्दैनन्, तिनीहरूको लागि यो धेरै गाह्रो हुन्छ, तिनीहरू मानिसहरूले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारी पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् र? बुद्धू, मानसिक रूपमा अशक्त, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्‍नो कर्तव्य र जिम्‍मेवारी पूरा गर्नुनपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्तिले सधैँ धूर्त र फोहोरी खेल खेलिरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने यस्ता व्यक्तिहरूले उचित व्यक्तिले जस्तो व्यवहार गर्न चाहँदैनन्। परमेश्‍वरले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य निभाउन प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, बस सबै कुराको आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जे-जस्तो भए पनि, तिनीहरू सधैँ लापरवाह र झाराटारुवा बन्छन्, सधैँ अल्छी र भर नलाग्‍ने हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरूले आफ्‍नो जिम्‍मेवारी अरूको काँधमा थुपार्न चाहन्छन्; तिनीहरूले कुनै पनि जिम्‍मेवारी वहन गर्दैनन्, बरु परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। उहाँका वचनहरूले साँच्‍चै मलाई घोचे। त्यो समयभरि, परमेश्‍वरले अगुवाहरूका जिम्‍मेवारीहरूबारे विस्तृत सङ्गति दिइरहनुभएको थियो, तर म यसमा पटक्‍कै प्रवेश गरेकी थिइनँ। म सुस्त, गैरजिम्‍मेवार र देहमा लिप्त भइरहेकी थिएँ र आफ्‍नो कर्तव्यमा कुनै परिणाम प्राप्त गरिरहेकी थिइनँ। म त परमेश्‍वरले खुलासा गर्नुहुने परजीवी र निकम्मा व्यक्ति थिएँ। सिन्युको समस्या सम्‍हाल्‍ने क्रममा, मलाई यो समस्या समाधान भएको छैन भन्‍ने राम्ररी थाहा थियो, तर जुन कुराले मलाई कष्टबाट जोगाउँछ त्यही कुरा मात्र चलाखीपूर्वक गरेँ। मैले के महसुस गरेँ भने म अल्छी बनेकी र आफ्‍नै सहजतालाई मात्रै वास्ता गर्ने भएकीले, आफ्‍नो कर्तव्यमा प्रायः अप्रभावकारी भएकी रहेछु। सुरुमा, अरूलाई सुसमाचार सुनाउने काममा समस्या हुँदा, वा तिनीहरू केही सिद्धान्तहरूबारे निश्‍चित नहुँदा, म यी समस्याहरू समाधान गर्न तिनीहरूसँग सङ्गति गर्थेँ। तर तीमध्ये कतिको सुस्त प्रगति भएकोले वा तिनीहरूमा जटिल समस्याहरू आएकाले, तिनीहरूलाई सहयोग निकै गाह्रो र शक्ति खेर जानु हो भन्‍ने मलाई लाग्यो। मैले खोजी र मनन गर्नुपर्थ्यो, र तिनीहरूसँग धैर्यसाथ सङ्गति गर्नुपर्थ्यो, तसर्थ मैले त्यसबाट जोगिने निर्णय गरेँ, प्रस्टै देखिने समस्याहरू मात्रै समाधान गरेर कठिन समस्यालाई पन्छाएँ। मैले ठूला समस्याहरूलाई सानो बनाएँ र साना समस्याहरूलाई बेवास्ता गरेँ। त्यसैले धेरै समस्या कहिल्यै समाधान भएनन्। म समस्याहरू समाधान नै नगरी देहमा लिप्त भएँ। परिणामस्वरूप, लामो समयदेखि सुसमाचारको काममा प्रगति भएको थिएन। किनभने म प्रकृतिले नै अल्छी थिएँ, देहलाई मोल गर्थेँ र आफ्‍नो कर्तव्यमा समर्पित वा जिम्‍मेवार थिइनँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यो त गम्‍भीर हेल्चेक्र्याइँ हो! तैँले अगुवा वा सेवकको पदमा बस्‍ने व्यक्तिमा कर्तव्यप्रति हुनुपर्ने मनोवृत्ति र जिम्‍मेवारीबोध गुमाइसकेको छस्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। अहँ। म अगुवा थिएँ, त्यसकारण मैले भेट्टाएका समस्याहरू समाधान गर्न आफूले सक्‍ने सबै गर्नु मेरो जिम्‍मेवारी थियो। तर म सही मार्गमा हिँड्दिनथेँ—म सधैँ आफ्‍नै सहजताबारे सोचिरहेकी हुन्थेँ। म आफूले वास्तविक कदम चालेर वास्तविक काम गर्नुपर्दा, पछि सर्थेँ। यसले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि गऱ्यो। त्यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु गम्भीर लापरवाही थियो! सोच्नुहोस् त, मानिसको भ्रष्टता हटाउन परमेश्‍वरका आखिरी दिनहरूको काममा, उहाँले लाखौँ वचनहरू व्यक्त गर्नुभएको छ, हामी सत्यता बुझ्दैनौँ र प्रवेश गर्न सक्दैनौँ भनेर, उहाँले हामीलाई विस्तृतरूपमा सङ्गति दिन हरेक माध्यम प्रयोग गरेर हामीलाई सम्झाउनुभएको छ, अर्ती दिनुभएको छ, न्याय र सजाय दिनुभएको छ, चेतावनी दिनुभएको छ र खुलासा गर्नुभएको छ। शैतानले अति भ्रष्ट तुल्याएको मानवजातिलाई मुक्ति दिन, उहाँले धेरै चिन्ता गर्नुभएको छ र कष्ट भोग्‍नुभएको छ, धेरै प्रयास गर्नुभएको छ र ठूलो मूल्य चुकाउनुभएको छ। तर परमेश्‍वरबाट धेरै सत्यताको भरणपोषण पाउँदै, मैले उहाँको प्रेमको ऋण तिर्नेबारे नसोची उहाँको घरमा महत्त्वपूर्ण काम लिएँ। मैले आफ्‍नो कर्तव्यको लागि थोरै कष्ट भोग्‍न वा थोरै मूल्य चुकाउन सकिनँ। गम्‍भीर कदम चालेर केही वास्तविक काम गर्नुपर्ने हुनेबित्तिकै, म भाग्थेँ। म थोरै प्रयासको लागि परमेश्‍वरबाट सधैँ इनाम र आशिषहरू चाहन्थेँ। म अत्यन्तै स्वार्थी र नीच रहेछु, र ममा विवेक र समझको कमी थियो। त्यो बेला मलाई बल्‍ल के थाहा भयो भने सधैँ देहबारे सोच्‍नु र सहजताको तृष्णा गर्नु भनेको मर्यादाविना जिउनु र भरोसा लायक नहुनु हो। म अल्छी र झूटो अगुवा थिएँ। त्यसरी आफ्‍नो कर्तव्य पूरा गर्दा क्षणिक सहजता प्राप्त हुन्थ्यो, तर मैले आफ्‍नो अल्छीपनको कारण सत्यता प्राप्त गर्ने मौका गुमाइरहेँ, र परमेश्‍वरले अन्तिममा मलाई हटाउनुहुनेथ्यो। मैले थोरै कुरा बचाएर धेरै कुरा गुमाइरहेकी थिएँ, म साह्रै मूर्ख थिएँ! मलाई बाइबलले भनेको कुरा याद आयो: “अनि मूर्खहरूको उन्‍न्तिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। मैले त्यस्ता केही ब्रदर-सिस्टरहरू चिनेकी छु जसलाई वास्तविक काम नगरी सधैँ देह र सहजताबारे सोचेका कारण बर्खास्त गरिएको थियो। सहजताको लोभ गर्नेलाई परमेश्‍वर घिनाउनुहुन्छ, र यसले मुक्ति पाउने हाम्रो मौकालाई बरबादसमेत गर्न सक्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ र उहाँले आफ्‍नो कर्तव्यप्रतिका अभिप्रायहरू छानबिन गर्नुहुन्छ। मैले त्यसरी काम गरिरहनु हुँदैनथ्यो। परमेश्‍वरको घर भनेको मैले देहगत सहजताको लोभ गर्ने ठाउँ होइन, यो त मैले कर्तव्य पूरा गर्ने र सत्यता अभ्यास गर्ने ठाउँ हो। मैले त्यो कर्तव्य स्विकारेकी हुनाले, यो राम्ररी पूरा गर्न आफ्‍नो सर्वस्व लगाउनुपर्छ। मैले पश्‍चात्ताप गरेर परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले आफ्‍नो कर्तव्यमा देहगत सहजताको लोभ गरेकी छु र म पटक्‍कै जिम्‍मेवार बनेकी छैनँ भनेर देखाउन यो परिस्थिति तय गर्नुभएकोमा धन्यवाद छ। अबदेखि, म आफ्‍नो कर्तव्यमा साँच्‍चै काम गर्न सक्दो प्रयास गर्न चाहन्छु।” त्यसपछि, परमेश्‍वरको वचन पढेर, खोजी र मनन गरेर, मैले अर्को गलत दृष्टिकोण पालेकी रहेछु भन्‍ने मलाई थाहा भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अगुवा र सेवकहरूले महत्त्वपूर्ण कामको रेखदेख गर्नेहरू, सुसमाचार प्रचारमा निर्देशन दिनेहरू, अनि हरेक समूह अगुवा, चलचित्र समूह निर्देशक, र अन्य व्यक्तिहरूका बारेमा विभिन्‍न स्रोतहरूबाट बुझ्‍नुपर्छ। यी मानिसहरूका बारेमा पक्‍का हुनका लागि तिनीहरूले उनीहरूका बारेमा अवलोकन र जाँच गर्न तीव्रता दिनुपर्छ। यसरी मानिसहरूलाई होसियारीसाथ कर्तव्य सुम्पेर मात्रै कार्य बन्दोबस्तहरू उचित हुने, र ती मानिसहरू आफ्‍नो कर्तव्यमा प्रभावकारी बन्‍ने पक्‍का हुन्छ। कतिपय मानिसहरूले भन्छन्, ‘अविश्‍वासीहरू सबैले यसो भन्छन्, “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु।” परमेश्‍वरको घरले किन भरोसा गर्न नसकेको? तिनीहरू सबै विश्‍वासी हुन्; तिनीहरू कति नै खराब हुन सक्छन् र? के तिनीहरू सबै असल मानिसहरू होइनन् र? किन मण्डलीले तिनीहरूलाई चिन्‍नु, निगरानी गर्नु, र अवलोकन गर्नुपर्‍यो?’ के यी शब्‍दहरू उचित छन्? के ती समस्याग्रस्त छन्? (छन्।) के कसैलाई चिन्‍नु र तिनीहरूका बारेमा गहन अवलोकन गर्नु, र तिनीहरूसँग निकट रही कुराकानी गर्नु सिद्धान्तहरूअनुरूप छ? यो पूर्ण रूपमा सिद्धान्तअनुरूप छ। यो कुन सिद्धान्तअनुरूप छ? (अगुवा र सेवकहरूका जिम्‍मेवारीहरूको चौथो बुँदा: विभिन्‍न कामका सुपरभाइजर र विविध महत्त्वपूर्ण कामका जिम्‍मेवार मानिसहरूको परिस्थितिहरूबारे सुसूचित हुनुपर्छ, र अनुपयुक्त मानिसहरू काममा लगाउँदा हुने क्षतिहरू रोक्‍न वा कम गर्न, र कामको प्रभावकारी र सहज प्रगति सुनिश्‍चित गर्नका लागि, आवश्यक परे तिनीहरूलाई तुरुन्तै स्थानान्तर वा प्रतिस्थापन गर्नुपर्छ।) यो राम्रो सन्दर्भ बुँदा हो, तर त्यसो गर्नुको वास्तविक कारण के हो? त्यो के हो भने, मानिसहरूमा भ्रष्ट स्वभाव रहेको हुन्छ। आज, धेरै मानिसहरूले कर्तव्य निभाउने भए पनि, सत्यता खोजी गर्ने थोरै मात्र छन्। मानिसहरूले आफ्‍नो कर्तव्य निभाउने क्रममा बिरलै मात्र सत्यता खोजी गर्ने र सत्यताको वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुरा गर्दा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्ने मानिसहरू होइनन्; तिनीहरूले मुखले मात्र सत्यतालाई प्रेम गर्छु, र सत्यता पछ्याउन इच्‍छुक छु, अनि सत्यताप्रति लागिपर्न इच्‍छुक छु भनी भन्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्‍म टिक्छ थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समयमा र कुनै पनि स्थानमा भ्रष्ट स्वभाव प्रकट गर्न सक्छन्। सत्यता खोजी नगर्ने मानिसहरूमा आफ्‍नो कर्तव्यको कुनै जिम्‍मेवारीबोध हुँदैन, तिनीहरू लापरवाह र झाराटारुवा हुन्छन्, तिनीहरूले आफ्‍नो इच्‍छाअनुसार काम गर्छन्, र तिनीहरू काटछाँट र निराकरण स्विकार्नसमेत सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै सत्यता खोजी नगर्ने मानिसहरूले हरेस खाने सम्‍भावना हुन्छ—यो प्रायजसो भइरहन्छ, योभन्दा आम कुरा अरू केही छैन; सत्यता खोजी नगर्ने मानिसहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरोसा र विश्‍वास गर्न नसकिने हुन्छन्। तिनीहरू विश्‍वास गर्न नसकिने हुन्छन् भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले कठिनाइ वा बाधा सामना गर्दा, तिनीहरू पतन हुने, र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना धेरै हुन्छ भन्‍ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्‍वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्‍ने मानिसहरू फरक हुन्छन्। साँचो रूपमा सत्यता बुझेका मानिसहरूमा अवश्यै परमेश्‍वरको डर मान्‍ने, र उहाँको आज्ञापालन गर्ने हृदय हुन्छ, र परमेश्‍वरको डर मान्‍ने हृदय भएका मानिसहरू मात्रै भरोसालायक मानिसहरू हुन्; परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरू भरोसायोग्य हुँदैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा तिनीहरूलाई अझ बारम्‍बार जाँच्‍नुपर्छ, र अझ धेरै सहयोग र मार्गदर्शन गर्नुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्‍नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्‍ने सुनिश्‍चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्‍वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई भरणपोषण गर्नु, सहयोग गर्नु, अनि निराकरण र काटछाँट गर्नु, तिनीहरूको विचलन सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा कुनै पनि द्वेषपूर्ण कुरा हुँदैन। मानिसहरूको रेखदेख गर्नु, तिनीहरूलाई निगरानी गर्नु, तिनीहरूसित परिचित हुनु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य निभाउन सहयोग गर्नका लागि हो, ताकि तिनीहरूले कुनै पनि बाधा वा व्यवधान नल्याऊन्, ताकि तिनीहरूले समय बरबाद नगरून्। यसो गर्नुको उद्देश्य तिनीहरू र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी पूरा गर्नु हो; यसमा कुनै द्वेषभाव लुकेको हुँदैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूले हामीलाई आफ्नो काममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त देखाउँछन्। हामी आफ्नो कार्यक्षेत्र अन्तर्गतका ब्रदर-सिस्टरहरूलाई, विशेष गरी महत्त्वपूर्ण काम गर्नेहरूलाई राम्रो ध्यान दिनुपर्छ, किनभने हरेकमा भ्रष्ट स्वभाव हुन्छ र सत्यताको वास्तविकताको कमी हुन्छ, त्यसैले हामी भ्रष्टताअनुसार नचली बस्‍न सक्दैनौँ। हामीले कसैलाई अन्धाधुन्ध भरोसा गर्नु हुँदैन वा अप्रत्यक्ष शैली अपनाउनु हुँदैन—त्यसबाट हामी आफ्नो काममा गैरजिम्‍मेवार छौँ भन्‍ने देखिन्छ। म ठ्याक्‍कै त्यस्तै रहेछु। कहिलेकाहीँ अरूले मेरा समस्याहरू औँल्याइदिन्छन्, र त्यस बेला, म परिवर्तन हुने अठोट गर्छु, तर यो जोस मात्रै हुन्छ। मैले यसलाई साँच्‍चै व्यवहारमा उतार्दा, म अझै भ्रष्ट स्वभावको बन्धनमा पर्छु, सत्यता अभ्यास गर्न सक्दिनँ। त्यसकारण अभ्यास र अझै राम्ररी प्रवेश गर्न हामीलाई अरूको रेखदेख र सहयोग चाहिन्छ। सबैमा कमीकमजोरीहरू हुन्छन् र सबैले सत्यताका सिद्धान्तहरू बुझ्‍न सक्दैनन्, त्यसैले हाम्रो कर्तव्यमा केही समस्या वा गल्ती त हुन्छै हुन्छ, र कहिलेकाहीँ हामी भ्रष्टता प्रकट गर्छौँ र मनमानी ढङ्गले चल्छौँ। त्यस्तो बेला, अगुवाहरूले रेखदेख र अनुगमन गर्नैपर्छ, मानिसहरूको कर्तव्य कस्तो भइरहेको छ भनेर राम्ररी बुझ्नैपर्छ, समस्याहरू पत्ता लगाउनैपर्छ र विचलनहरू समाधान गर्नैपर्छ, र मण्डलीको काममा आउने हानिहरू रोक्नैपर्छ। तर म साँच्‍चै अन्धो र मूर्ख थिएँ। मैले सिन्यु आफ्‍नो कर्तव्यमा सक्रिय भएकी र उनले सुसमाचारको काम राम्ररी गरेकी जस्तो देखेँ, त्यसैले मैले उनीबारे चिन्ता गरिनँ। मैले उनलाई यस्तो महत्त्वपूर्ण काम दिएँ त्यसपछि यसबारे थप विचार गरिनँ। मेरो सहकर्मीले समूहमा समस्याहरू छन् भनेर बताएकी थिइन्, तर मैले गम्‍भीररूपमा लिइनँ। सिन्यु अहङ्कारी छिन् र अरूसँग मिलेर काम गर्न सक्दिनन् भन्‍ने मलाई थाहा भएपछि, मैले यसलाई राम्ररी जाँचिनँ। उनी समूह अगुवा भएकीले, मैले छोटकरीमा यो कुरा औँल्याइदिएँ र उनले खोजी र प्रवेश गर्नेछिन्, त्यसैले मैले चिन्ता गर्नु पर्दैन भन्‍ने सोचेँ। तर अवस्था मैले कल्‍पना गरेको भन्दा पूर्णतया फरक भयो। मैले सबैभन्दा कम चिन्ता गरेको व्यक्तिमा नै सबैभन्दा गम्‍भीर समस्याहरू थिए। उनको अहङ्कारी स्वभावको कारण, अरू बन्धनमा परे र तिनीहरूले सामान्यरूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सकेनन्। यो सबै मैले व्यावहारिक काम नगरेको अनि परिस्थिति र मानिसहरूलाई परमेश्‍वरको वचनअनुसार नहेरेको कारणले नै भएको थियो। पछि हामीले त्यो समूहको कामको समीक्षा गऱ्यौँ र यसमा अझै केही समस्या रहेको पायौँ। तिनीहरूले सुसमाचारको कामद्वारा धेरै मानिसहरू ल्याएका थिए, तर ती केही नयाँ विश्‍वासीहरू सिद्धान्तअनुरूपका थिएनन्। कतिमा असल मानवता थिएन र तिनीहरूलाई हटाइनुपर्थ्यो, जसले स्रोतसाधन खेर फालेका मात्रै होइनन्, तर यो मण्डलीको लागि झमेला पनि हुन्थ्यो। मैले तिनीहरूको काम जति अनुगमन गरेँ, त्यति नै निश्‍चित समस्याहरू भेट्टाएँ, र त्यति नै यसभन्दा पहिले व्यावहारिक काम गरिरहेकी रहेनछु भन्‍ने देखेँ। मैले सतहमा मात्रै हेरेँ—काम सहजरूपमा अघि बढिरहेको छ भन्‍ने देख्दा, कसैको कर्तव्यमा समस्या छैन भन्‍ने सोचेँ। मैले परिस्थितिलाई सतहीरूपमा हेरेकी थिएँ। मैले सत्यता नबुझ्‍नु कति दयनीय कुरा हो भन्‍ने थाहा पाएँ, र भविष्यमा मैले परिस्थितिलाई सत्यताअनुसार हेर्नुपर्छ, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ, मेरो सुपरिवेक्षणमा रहेका मानिसहरूको काम रेखदेख गर्नुपर्छ भनेर आफूलाई होसियार गराएँ। अगुवाहरूले व्यक्तिगतरूपमा विस्तृत काम गर्नुपर्ने परमेश्‍वरको मापदण्ड कति महत्त्वपूर्ण रहेछ भन्‍ने पनि मलाई महसुस भयो। यसले हामीलाई आफ्‍नो कर्तव्य स्वीकार्यरूपमा गर्ने बाटोमा चल्न सहयोग गर्छ। त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ। “यदि तँमा साँच्‍चै केही निश्‍चित हदको क्षमता छ, तैँले रेखदेख गर्ने क्षेत्रभित्रको व्यावसायिक सीपबारे तैँले राम्ररी बुझेको छस्, र तँ तेरो कार्यक्षेत्रभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांशको उपलब्धि मात्रै हासिल गर्नुपर्छ, अनि तँ आफ्‍नो कर्तव्यमा निष्ठावान्‌ हुन सक्‍नेछस्। कुन वाक्यांश? ‘आफ्‍नो हृदय लगाउनु।’ यदि तैँले काममा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्‍नो कर्तव्यमा निष्ठावान्‌ र जिम्‍मेवार हुन सक्छस्। के यो वाक्यांश अभ्यास गर्नु सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? कुनै कुरामा आफ्‍नो हृदय लगाउनु भनेको त्यसलाई सुँघ्‍न नाक वा सुन्‍न कान प्रयोग गर्नु होइन—हृदय प्रयोग गर्नु हो। यदि व्यक्तिले साँच्‍चै कुनै कुरामा हृदय लगाउन सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरिरहेको, कुनै तरिकाले आफ्‍नो कुरा व्यक्त गरिरहेको, वा कुनै किसिमले कुनै कुराको प्रतिक्रिया दिइरहेको देख्छ, वा जब उसको कानले कतिपय मानिसको शब्‍द, आवाज, वा तर्क सुन्छ, तब यी कुराहरूका बारेमा मनन र विचार गर्नका लागि उसले आफ्‍नो हृदय प्रयोग गर्छ र उसको मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्ति प्रकट हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिले गर्दा उसले उक्त व्यक्ति वा वस्तुको बारेमा गहन, वास्तविक र सही बुझाइ प्राप्त गर्छ, र साथमा यसबाट उचित र सही मूल्याङ्कन र सिद्धान्तहरू पनि प्राप्त हुन्छ। यसरी व्यक्तिले कुनै कुरामा आफ्‍नो हृदय लगायो भने मात्रै उसको अभिव्यक्ति आफ्‍नो कर्तव्यमा निष्ठावान्‌ रहने व्यक्तिको जस्तो हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न होसियार र जिम्‍मेवार हुन सिक्‍नुपर्थ्यो। मैले आफूले देखेका र सुनेका सबै कुरा हृदयमा हाल्न, अनि समस्याहरू पत्ता लगाउन वास्तविक कदम चाल्नुपर्थ्यो। नत्र, म कुनै समस्याप्रति आँखा चिम्लँदै झारा टारिरहेकी हुन्थेँ। मैले आफूले भेट्टाएका समस्याहरू समाधान गर्न, कुनै कुरा सच्याउन नसक्दा माथिकाहरूबाट सहयोग खोज्‍न, आफूले सक्‍ने जति गर्न र हासिल गर्न, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न, सफा विवेक राख्‍न, र परमेश्‍वरको छानबिन स्विकार्न आफूले सक्‍ने सबै गर्नुपर्थ्यो। मैले आफ्‍नो कर्तव्यमा आफ्ना धारणा र कल्‍पनाहरूमा भरोसा गर्नु हुँदैनथ्यो। समस्याहरू समाधान नभइञ्‍जेल मैले सत्यताका सिद्धान्तहरू र परमेश्‍वरका मापदण्डहरूलाई पछ्याउनुपर्थ्यो। हाम्रो काममा अझै धेरै समस्या भए पनि, मैले ती समाधान गर्न सक्दो गर्नुपर्थ्यो, र त्यो काम जति राम्ररी अघि बढे पनि, मैले सुरुमा यसमा आफ्‍नो हृदय लगाएर आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सिक्‍नुपर्थ्यो। परमेश्‍वरको घरको लागि सुसमाचारको काम महत्त्वपूर्ण छ, र यो महत्त्वपूर्ण, र अन्तिम समयमा, यदि मैले आफ्‍नो कर्तव्यलाई हल्‍कासित लिइरहेँ, सहजता खोजिरहेँ र आफ्‍नै हितहरूको रक्षा गरिरहेँ भने, त्यो जिउने स्वार्थी र घृणित तरिका हुनेथ्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कद सानो छ र ममा धेरै क्षमता छैन, तर म आफ्‍नो कर्तव्यमा सर्वस्व लगाएर तपाईंका मापदण्डहरूअनुसार अभ्यास गर्न चाहन्छु।”

हालै, मैले मुख्यतः सुसमाचार प्रचारकहरू नयाँ भएकाले र परमेश्‍वरको कामको गवाहीसम्‍बन्धी सत्यताहरू स्पष्ट नभएकाले मण्डलीको सुसमाचारको काम त्यति प्रभावकारी भइरहेको छैन भन्‍ने पत्ता लगाएँ। तसर्थ, मैले तिनीहरूलाई केही व्यावहारिक निर्देशन दिन ली मेईलाई खटाएँ। सुरुमा, म ली मेईसँग सुसमाचार प्रचार गर्न लायक मानिसहरूका धार्मिक धारणाहरू विश्‍लेषण गर्न र सुसमाचार प्रचारकहरूका समस्याहरू बुझ्न समय बिताउँथेँ। तर, मलाई नै कामको चटारो भएपछि, मैले ती सबै समस्या ली मेईको हातमा सुम्पने सोचेँ, ताकि मैले तीबारे त्यति चिन्ता गर्न नपरोस्। त्यो विचार आउँदा, मलाई दोषी महसुस भयो। सुसमाचारको काम राम्रो भइरहेको थिएन, र ली मेईले गएर ती समस्याहरू बुझेपछि मसँग छलफल गर्न चाहन्थिन्, तर म कुनै अधिकारीले जस्तो त्यो गाह्रो काम उनको काँधमा हाल्न चाहन्थेँ। त्यो घृणित कार्य थियो। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र सचेतरूपमा देहलाई त्यागेँ। ली मेईले समस्याहरूबारे प्रतिक्रिया दिँदा, म व्यावहारिक रूपमा संलग्‍न भएँ, ती समस्याहरू समाधान गर्न उनीसँग सङ्गति गरेँ र सत्यता खोजेँ। यो व्यावहारिक सहकार्यद्वारा, मैले समूहको काम बुझ्‍न सकेँ र निकै छिटो प्रगति गर्न सकेँ, र सुसमाचार प्रचारकहरूका समस्या र कठिनाइहरू तुरुन्तै पत्ता लगाएर समाधान गर्न सकेँ। यो व्यावहारिक सहकार्यद्वारा मैले परमेश्‍वरको डोऱ्याइ देखेँ। केही नयाँ सुसमाचार प्रचारकहरूले सिद्धान्तहरू बिस्तारै सिक्दै गए, सुसमाचारको काम अझ फलदायी भयो, र केही नयाँ विश्‍वासीहरूले परमेश्‍वरको नयाँ काम स्विकारेपछि कर्तव्यहरू लिए। मैले आजभोलि निकै समय र शक्ति खर्चिरहेकी भए पनि, आफ्‍नो कर्तव्यमा साँच्चै हृदय लगाउँदा, यो कठिन वा थकाइलाग्दो लाग्दैन। वास्तवमा, म सत्यताका अझै धेरै सिद्धान्तहरूले सुसज्‍जित भएकी छु, र समस्याहरू आइपर्दा शान्त भएर परमेश्‍वरसामु प्रार्थना र खोजी गरेर, म परमेश्‍वरको झन् नजिक भएकी छु र आफ्‍नो कर्तव्यमा अझै ध्यान दिएकी छु। मेरो कर्तव्यमा अझै पनि धेरै कमीकमजोरी छन्। म यसलाई पर्याप्तरूपमा पूरा गर्नबाट अझै धेरै टाढा छु। तर आफ्‍ना अनुभवहरूद्वारा, मैले व्यावहारिक काम नगर्ने आफ्नो समस्याबारे मनन गरेँ र सिकेँ, र भविष्यमा आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने त्यसबारे मैले मार्गनिर्देशन पाएकी छु। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र डोऱ्याइद्वारा नै मैले यो सबै प्राप्त गरेकी हुँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

मैले असफलताबाट सिकेको पाठ

सन् २०१४ मा, मैले मण्डलीको लागि भिडियो निर्माताको तालिम लिएँ। त्यो बेला, एउटा नयाँ भिडियोको निर्माण सुरु भयो। तयारी चरणको समयमा, त्यहाँ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्