आफ्‍नो कर्तव्यबाट रूपान्तरण हुँदा

30 अप्रिल 2025

गत वर्ष, मैले ग्राफिक डिजाइनको कर्तव्य लिएँ, र म अरू धेरै जनाको कामको पनि जिम्‍मेवार थिएँ। सुरुमा, मैले सिद्धान्तहरू र सबै पक्षका विवरणहरूलाई राम्ररी नबुझेकी हुनाले, मैले धेरै अध्ययन गरेँ, र मलाई कुनै कुरा थाहा भएन भने, म सहयोगको लागि मेरा ब्रदर-सिस्टरहरूलाई अनुरोध गर्थेँ। केही समयपछि, मैले केही सिद्धान्तहरू बुझेँ र मेरो कर्तव्यमा केही परिणामहरू प्राप्त गरेँ। म यथास्थितिमा नै सन्तुष्ट हुन थालेँ, र यसरी काम गर्नु स्वीकार्य छ भन्‍ने मलाई लागेको थियो। त्यसपछि, मैले आफ्‍नो व्यावसायिक सीपलाई सुधार गर्न सक्रिय रूपमा बिरलै अध्ययन गर्थेँ। त्यो बेला, मण्डली अगुवाहरूले हामीलाई अझै राम्रा तस्विहरू बनाउन, हामीले अझै सिकेर नयाँ अविष्कार गर्न सुझाव दिए। मौखिक रूपमा मैले सहमति जनाएँ, तर मनमा, मैले सोचेँ, “नयाँ अविष्कार अपनाउनु थकाइलाग्दो र बियाँलो हुन्छ, र हामीले अहिले बनाएका तस्विरहरूले केही परिणामहरू प्राप्त गरिसकेका छन्। नयाँ अविष्कार गर्नको लागि किन हामीले यति प्रयास लगाउने?” त्यसपछि, मैले यस कुरालाई गम्‍भीरताको साथ लिइनँ।

एक दिन, मेरी सहकर्मीले तस्विरहरू बनाउने नयाँ तरिका पत्ता लगाएकी छु जुन तरिकाले अझै राम्रा परिणामहरू प्रदान गर्छ भनेर भनिन्, र मलाई पनि सिक्‍न सिफारिश गरिन्। मैले सोचेँ, “परिणामहरू अवश्य नै राम्रा छन्, तर मलाई यो शैली थाहा छैन, र मैले यो सिके पनि, यसको लागि धेरै समय लाग्छ र दुःख हुन्छ। यदि हामीले अहिलेकै तरिकाहरू प्रयोग गरेर काम गर्‍यौँ भने, हामीले समय र प्रयास खर्च गर्नु नपर्ने मात्र होइन, हामीले केही परिणामहरू पनि हासिल गर्न सक्छौँ, त्यसकारण नयाँ शैली सिक्‍ने झमेलामा किन पर्ने? हामीले गरेको काम राम्रो भए भइहाल्यो नि।” त्यसकारण, मैले पुरानै तरिकाले चरणबद्ध रूपमा तस्विहरू बनाएँ। समूहको कामको बारेमा फलोअप गर्ने क्रममा, मैले समस्या न्यूनीकरणको उपायहरू सोच्‍न थालेँ। सुरुमा, समूहको एक मात्र इन्‍चार्ज म मात्रै थिएँ, त्यसकारण मलाई निकै तनाव हुन्थ्यो। पछि, मैले सिस्टर हनसँग सहकार्य गरेँ, र मलाई निकै खुशी लाग्यो। मैले सोचेको थिएँ, “सिस्टर हनले आफ्‍नो कर्तव्यहरू राम्ररी पूरा गर्छिन्, र उनी मूल्य चुकाउन तयार छिन्। भविष्यमा म उनलाई अझै धेरै कामको जिम्‍मा दिन सक्‍छु। त्यसरी, मलाई त्यति धेरै तनाव हुनेछैन, र धेरै कुराको चिन्ता गरिरहनु पर्दैन।” पछि, सिस्टर हनले गर्नु पर्ने काम धेरै भएकोले, उनले आफू धेरै तनावमा रहेको र पर्‍याप्त समय छैन भन्‍ने लागेको कुरा बताइन्। मैले आफ्‍नो बारेमा मनन मात्रै नगरेको होइन, तर मैले यो उनले अभ्यास गर्ने मौका हो भन्‍ने बहाना बनाउँदै मैले उनलाई अझै धेरै काम दिइरहेँ। त्यो बेला, मलाई अलिक ग्‍लानि भएको थियो। मलाई मेरी सिस्टर धेरै तनावमा छिन्, र मैले उनलाई धेरै काम दिएकी छु जस्तो लाग्यो, जुन मेरो निर्दयी व्यवहार हो। तर आफू थकित हुनबाट बच्‍न मैले यसै गरिरहेँ।

त्यसकारण, म अध्ययन गर्दिनथिएँ, नयाँ शैली अपनाउँदिनथिएँ, र कतिपय काम सिस्टर हनलाई दिन्थेँ, र आफ्‍नो लागि धेरै खाली समय निकाल्थेँ। खाली समयमा, मलाई रमाइलो लाग्‍ने कुराहरू गर्थेँ। त्यो अवधिमा, म सौन्दर्यशास्‍त्रको बोधलाई सुधार गर्ने नाममा मैले केही सांसारिक छोटा चलचित्रहरू हेरेँ। म एउटा हेर्थेँ, त्यसपछि तुरुन्तै अर्को हेरिहाल्थेँ। परमेश्‍वरको वचन पढ्दा र भेलाहरूमा समेत, ती भिडियोका झलकहरू मेरो मनमा आइरहन्थ्यो, त्यसकारण मैले आफूलाई शान्त पारेर परमेश्‍वरको वचन मनन गर्न सक्दिनथिएँ। दिनदिनै, मैले देहगत आनन्दमा, मीठो खानेकुरा कसरी तयार गर्ने त्यसमा ध्यान दिन थालेँ, र म प्रायजसो अनलाइनमा विभिन्‍न नयाँ भिडियोहरू हेर्थेँ। कहिलेकहीँ त म निकै वटा फिल्‍म हेर्थेँ र मैले आफ्‍नो कर्तव्यलाई बेवास्ता गरिरहेकी छु भनेर अरूले भन्‍लान् भन्‍ने डर लाग्थ्यो, त्यसकारण जब कुनै व्यक्ति म बसेको छेउबाट भएर जान्थ्यो, मलाई डर लाग्थ्यो, त्यसकारण म तुरुन्तै भिडियोको विन्डो बन्द गर्थेँ, र कामको इन्टरफेस खोल्थेँ, र काम गरेको बहाना बनाउँथेँ। यस्तै भइरह्यो, र मैले मेरो कर्तव्यमा झन्-झन् कम बोझ लिन थालेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको कर्तव्यको बारेमा फलोअप गर्दा, म अल्याङटल्याङ मात्र गर्थेँ। तिनीहरूले कुनै कठिनाइ भएको छैन, वा कुनै समस्या छैन भन्यो भने, त्यो निकै राम्रो हुन्थ्यो, र समस्याहरू छन् भने समाधानहरू पत्ता लगाउन मलाई कठिन परिश्रम गर्न मन लाग्दैनथियो। म सोच्थेँ, “यदि मैले हरेक व्यक्तिले आफ्‍नो कर्तव्यमा भेटेका समस्याहरू समाधान गर्न प्रयास गरेँ भने, कति धेरै समय र परिश्रम लाग्‍नेछ? म तिनीहरू आफैलाई समाधान पत्ता लगाउन लगाउँछु। म तिनीहरूलाई प्रविधिको बारेमा बुझेका ब्रदर-सिस्टरहरूसँग अझै खोजी-निधो गर्नू भनी स्मरण गराउँछु।” त्यसकारण, मैले कामको बारेमा फलोअप गर्ने दर हप्तामा एक पटकदेखि घटेर हरेक पन्ध्र दिनमा एक पटक पुग्यो। कहिलेकहीँ मलाई यसको बारेमा ग्‍लानि हुन्थ्यो। परमेश्‍वरले हामीलाई हाम्रो सारा हृदय, मन, र शक्तिले आफ्‍नो कर्तव्य पूरा गर्ने मापदण्ड दिनुभएको छ भन्‍ने मलाई थाहा थियो, तर म सधैँ यसरी समय बचाएर आफ्‍नो देहगत इच्छाहरूलाई सन्तुष्ट तुल्याउन आफ्‍नो कर्तव्यलाई पन्छ्याउँथेँ, जुन परमेश्‍वरको इच्‍छा अनुरूपको कार्य थिएन। तर अर्को दृष्टिकोणबाट हेर्दा, मैले तस्विर रचना गर्ने कार्यमा ढिलाइ गरेकी थिइनँ, मेरो कर्तव्यमा कुनै निश्‍चित समस्या थिएन, र सबै कुरा सामान्य रूपमा नै अघि बढिरहेको थियो, त्यसकारण मलाई यो ठूलो समस्या हो भन्‍ने लागेन। बिस्तारै, मैले परमेश्‍वरको उपस्थिति अनुभव गर्न छोडेँ, प्रार्थनाहरूले मलाई छुँदैनथिए, र परमेश्‍वरको वचन पढ्दा त्यसले मलाई अन्तर्दृष्टि दिँदैनथियो, र तस्विरहरू निर्माण गर्नको लागि मसँग कुनै उत्प्रेरणा बाँकी थिएन। मेरो कर्तव्यका परिणामहरू झन्-झन् खराब हुँदै गए। यसको साथै, मैले मेरा ब्रदर-सिस्टरहरूको कामको बारेमा गम्‍भीर रूपमा फलो-अप नगरेकी हुनाले, र तिनीहरूले समस्याहरूको सामना गर्दा, मैले वास्ता गर्ने वा सत्यताको खोजी गर्ने नगरेकी हुनाले, तिनीहरूले आफ्‍नो कर्तव्यमा अल्छी गर्न थाले, अगाडि बढ्ने प्रयास गर्न छोडे, जे छ त्यसैमा सन्तुष्ट हुन थाले, कर्तव्यमा कुनै पनि प्रगति गर्न छोडे, र काममा राम्रा परिणामहरू प्राप्त गर्न छोडे। मलाई त्यो बेला कुनै कुरा गलत भएको छ भन्‍ने मात्रै लाग्यो, र म अलिक भ्रमित थिएँ। कसैले मलाई स्मरण गराए पनि, म त्यसलाई वास्ता गर्नेथिइनँ।

एक दिन, एक जना मण्डली अगुवा मलाई भेट्न अचानक आइन्, र सोधिन्, “तपाईंले तस्विर निर्माण गर्ने काम गर्नुभएको धेरै भयो, र पनि किन काम थोरै मात्र पूरा भएको छ र त्यति प्रभावकारी छैन? तपाईंको काम कति खराब हुँदै गएको छ मलाई त विश्‍वासै लागेको छैन!” उनले मलाई व्यवहारिक काम नगरेकोमा, “काम नलाग्‍ने” व्यक्ति बनेकोमा, र मेरा ब्रदर-सिस्टरहरूलाई मन्द, अप्रभावकारी, आफ्‍नो कर्तव्यमा गुणस्तर काम नगर्ने तुल्याएकोमा खुलासा गरिन्। मैले यसरी कर्तव्य पूरा गर्नु भनेको अल्याङटल्याङ गर्नु, परमेश्‍वरलाई धोका दिनु, र परमेश्‍वरको घरलाई हानि गर्नु हो, र यदि मैले मनन गरेर पश्‍चात्ताप गरिनँ भने, मैले मेरो कर्तव्य गुमाएपछि यसलाई समाधान गर्न धेरै ढिला भइसकेको हुनेछ भनेर उनले भनिन्। त्यो बेला, अगुवाका शब्‍दहरू सुन्दा निकै पीडा भयो, तर यो त्यति गम्‍भीर हो जस्तो मलाई लागेन, त्यसकारण मैले आफ्‍नो बारेमा साँचो रूपमा मनन गरिनँ। त्यसपछि, मैले लापरवाही रूपमा कामको बारेमा फलोअप गरेँ र मेरो कर्तव्यसँग सम्‍बन्धित नरहेका भिडियोहरू हेर्न छोडेँ।

एक महिनापछि, मैले लामो समयसम्‍म अल्याङटल्याङ गरेको, ढिलासुस्ती गरेको, र झारा टारेको कारण, मलाई निष्कासित गरियो, र वास्तविक काम गर्न नसकेको कारण अरू दुई जना सिस्टरले पनि आफ्‍नो कर्तव्य गुमाए। मेरो अगुवाले मलाई मेरो कर्तव्यमा लापरवाही बनेकोमा, आलटाल गरेकोमा, ढिलासुस्ती गरेकोमा, र गुप्त अभिप्राय राखेकोमा, अनि त्यसो गरेर परमेश्‍वरलाई धोका दिएकोमा मेरो खुलासा गरिन्, र मैले कामको बारेमा फलो-अप गर्ने वा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्ने गरिनँ, त्यसकारण सारगत रूपमा, मैले तिनीहरूको व्यवहारको रक्षा गरिरहेकी र तिनीहरूलाई माफी दिइरहेकी थिएँ, जुन परमेश्‍वरको घरलाई हानि गर्नु हो भनेर मलाई भनिन्। अगुवाले मेरो व्यवहारको खुलासा गरेको सुन्दा म छक्‍क परेँ। मैले मेरो कर्तव्य यति खराब तरिकाले गरिरहेकी थिएँ कि अरूले हेर्न समेत सकेनन्, र मलाई यो कुराको महसुस नै भएको थिएन। मैले त काममा बाधा दिइरहेकी छैन भन्‍ने मलाई लागेको थियो। म किन त्यति अबुझ भएँ? ती दिनहरूमा, म सधैँ सोच्थेँ, “मैले यी कुराहरू गरेकी छु, र मैले के गरिरहेकी छु भन्‍ने कुराप्रति सचेत भएर नै मैले ती काम गरेकी छु। म मेरो कर्तव्यमा निष्ठावान हुनुपर्छ भन्‍ने मलाई थाहा थियो, तर किन मैले टार्ने काम गरेँ र यस्तो धूर्त व्यवहार गरेँ? म कस्तो व्यक्ति रहेछु?” पीडा र अन्योलतामा, मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ र आफूलाई चिन्‍न अगुवाइ गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ।

त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्‍वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्‍नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक मामुली सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्‍वरका वचनहरू पालना गर्न जान्दथे, उनलाई परमेश्‍वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको स्थान के हो थाहा थियो, र उनी परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा विश्‍वास र तीप्रति समर्पित हुन सक्षम थिए—तर त्योभन्दा बढीचाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्‍वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) अनि, किन सक्दैनथ्यो त? कतिपयले सत्यता नबुझेकोले यस्तो भएको हो भन्छन्—तर त्यो तथ्यअनुरूप छैन। नोआले कति धेरै सत्यताहरू बुझ्थे? नोआ किन यी सबै गर्न समर्थ थिए? आजका विश्‍वासीहरूले परमेश्‍वरका धेरै वचनहरू पढेका छन्, उनीहरूले केही सत्यता बुझेका छन्—त्यसो भए, उनीहरू किन यो गर्न असमर्थ छन्? अरूहरू मानिसहरूमा भ्रष्ट स्वभाव भएको कारण यसो भएको हो भन्छन्—तर के नोआसित भ्रष्ट स्वभाव थिएन र? किन नोआले यस्तो उपलब्धि हासिल गर्न सके, तर आजका मानिसहरूले सकेनन्? (किनभने आजका मानिसहरू परमेश्‍वरका वचनहरूलाई विश्‍वास गर्दैनन्, तिनीहरूले ती वचनहरूलाई न त सत्यताको रूपमा व्यवहार गर्छन् न त पालन नै गर्छन्।) अनि किन उनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्दैनन्? किन उनीहरू परमेश्‍वरका वचनहरू पालन गर्न असमर्थ छन्? (उनीहरूसित परमेश्‍वरको डर मान्ने हृदय छैन।) त्यसो भए, यदि मानिसहरूले सत्यता बुझेकै छैनन्, र त्यति धेरै सत्यता सुनेकै छैनन् भने, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय कसरी उत्पन्न हुन्छ त? (तिनीहरूमा मानवता र विवेक हुनैपर्छ।) ठिक भनिस्। मानिसहरूको मानवतामा दुईवटा सबैभन्दा बहुमूल्य कुराहरू हुनैपर्छ: पहिलो विवेक, र दोस्रो सामान्य मानवताको समझ हो। विवेक र सामान्य मानवताको समझ हुनु व्यक्ति बन्‍नका लागि चाहिने न्यूनतम मापदण्ड हो; यो व्यक्तिलाई मापन गर्ने न्यूनतम, सबैभन्दा आधारभूत मापदण्ड हो। तर यो आजका मानिसहरूमा छैन, र त्यसैले उनीहरूले जतिसुकै सत्यता सुने र बुझे पनि, परमेश्वरको डर मान्ने हृदय हुनु तिनीहरूभन्दा टाढाको कुरा हो। त्यसो भए, आजका मानिसहरू र नोआबीचको फरक के हो? (उनीहरूमा मानवता छैन।) अनि, यो मानवता अभाव हुनुको सार के हो? (पशु र पिशाचहरू।) ‘पशु र पिशाचहरू’ सुन्दा त्यति राम्रो लाग्दैन, तर यो तथ्यहरूअनुरूप छ; यसलाई अलिक विनम्र तरिकामा भन्‍नुपर्दा, उनीहरूमा मानवता छैन भनेर भन्‍नुपर्छ। मानवता र समझबिनाका मानिसहरू मानव होइनन्, तिनीहरू पशुभन्दा पनि निम्‍न स्तरका हुन्। नोआ परमेश्‍वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्‍वरका वचनहरू सुनेपछि, तिनलाई दृढताका साथ हृदयमा राख्‍न सक्षम भए; उनको लागि, परमेश्‍वरको आज्ञा जीवनभरको कार्य थियो, उनको विश्‍वास अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। किनभने उनीसँग परमेश्‍वरको डर मान्ने हृदय थियो, उनी वास्तविक व्यक्ति थिए, र उनलाई परमेश्‍वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा आफूलाई सुम्पनुभएको छ भन्‍ने कुराको पूर्ण समझ थियो। नोआजत्तिकै मानवता र समझ भएका मानिसहरू एकदमै कम छन्, नोआजस्तो अर्को व्यक्ति भेट्टाउन धेरै गाह्रो छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। पढेपछि परमेश्‍वरका वचनहरूले मलाई घोचे र मलाई पीडा भयो। यस्तो लागेको थियो म आफ्‍नो कर्तव्यमा निष्ठावान नभएकोमा परमेश्‍वरले मलाई आमने-सामने बसेर हप्काइरहनुभएको छ। मैले ममा कमजोर क्षमता भएको र सत्यताको सतही बुझाइ भएको कारण, र कर्तव्यलाई कसरी लिने भन्‍ने थाहा नभएको कारण मैले आफ्‍नो कर्तव्य नराम्ररी पूरा गरेकी थिइनँ, तर ममा कुनै विवेक, समझ, वा मानवता नभएको कारणले थियो, र मेरो हृदयमा परमेश्‍वरप्रति कुनै डर नमानी मैले परमेश्‍वरको आदेशलाई लिएकी थिएँ। तर नोआको बारेमा भन्दा, तिनले परमेश्‍वरको थोरै वचन सुनेका र थोरै सत्यता बुझेका भए पनि, तिनले परमेश्‍वरको आदेश पालना गर्दा तिनी तत्पर र लगनशील भएर लागिपरे। तिनले हरेक विवरण याद गरेका थिए र असल परिणामहरू हासिल गर्न लागिपरे। नोआले परमेश्‍वरको इच्‍छालाई ध्यान दिएर काम गरेँ। तिनले परमेश्‍वरप्रतिको आफ्‍नो बफादारीता र आज्ञापालनको गवाही दिन १२० वर्ष धैर्य गरे। तर मैले त के गरेँ? मैले परमेश्‍वरको धेरै वचन पढेकी थिएँ, धेरै सत्यता र रहस्यहरूलाई देखेकी थिएँ, र विगतका मानिसहरूले भन्दा धेरै कुरा प्राप्त गरेकी थिएँ, तर मेरो कर्तव्यमा जताततै चतुर बन्‍ने प्रयास गरेर सुस्त भएँ। कसरी असल परिणामहरू हासिल गर्ने र राम्ररी परमेश्‍वरलाई सन्तुष्ट पार्ने मलाई थाहा थियो, तर पनि मलाई यी कुराहरू झमेलामय लाग्यो, त्यसकारण मैले त्यसो गरिनँ र मेरी सहकर्मीलाई अझै बढी काम दिँदै उनीबाट फाइदा उठाएँ। जब मेरा ब्रदर-सिस्टरहरूलाई कठिनाइ आइपर्थ्यो, तब म आफ्‍नै लागि सबै कुरा सहज तुल्याउने प्रयास गर्थेँ, र समस्याहरू समाधान गर्न परिश्रम गर्दिनथिएँ। कामको बारेमा फलोअप गर्दा पनि म झारा टार्ने काम मात्रै गर्थेँ। मैले मेरो कर्तव्यमा मन लगाएकी नै थिइनँ। परिणाम स्वरूप, तिनीहरूले आतुरी वा चिन्ताविना नै आफ्‍नो कर्तव्य पूरा गर्थे। मैले त आफ्‍नो कर्तव्य पूरा गर्ने नाममा सांसारिक भिडियोहरू पनि हेर्थेँ, यस क्रममा लापरवाही बनेँ, कसरी मीठो खाना खाने र देहगत आनन्द खोज्‍ने त्यसमा मात्रै ध्यान दिन्थेँ, र अरूले थाहा पाउँछ भन्‍ने डरले, कुरा लुकाउने प्रयास गर्थेँ र छली काम गर्थेँ। वास्तवमा, मैले यी कुराहरू गर्दा, विवेकले मलाई हप्काए पनि, र मैले परमेश्‍वरको इच्‍छा पूरा गरिरहेकी छैन भन्‍ने मलाई मनमा थाहा भए पनि, मैले जिद्दी भएर यसै गरिरहेँ। मेरो विवेक र समझ कति कमजोर रहेछन् मलाई थाहा भयो। मैले आफूलाई नोआसँग तुलना गर्न सक्दिनँ, न त आफ्‍नो कर्तव्य निष्ठावान रूपमा पूरा गर्ने कुनै पनि ब्रदर-सिस्टरहरूसँग नै तुलना गर्न सक्छु। यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको परमेश्‍वरलाई मूर्ख तुल्याउनु र धोका दिन खोज्‍नु हो। ममा कुनै मानवता थिएन र परमेश्‍वरप्रति कुनै बफादारीता थिएन। म परमेश्‍वरको आज्ञा पाउन पूर्ण रूपमा अयोग्य थिएँ। म निष्कासित हुनु भनेको परमेश्‍वरको धर्मी स्वभाव ममाथि खनिनु थियो। म साँच्‍चै हदभन्दा बाहिर गएकी थिएँ।

त्यो बेला, म यो समस्याको बारेमा बारम्‍बार विचार गर्थेँ। ममा किन विवेक र समझको यति कमी भयो भनेर विचार गर्थेँ। त्यसपछि एक दिन, मैले परमेश्‍वरको वचनको एउटा भजन सुनेँ, “शैतानद्वारा मानिसको भ्रष्टता पछिको सत्यता।” “धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। परमेश्‍वरका वचनहरूलाई मनन गरेपछि, मैले कुरा बुझेँ। म आफ्‍नो कर्तव्यमा सधैँ अल्याङटल्याङ गर्थेँ र परमेश्‍वरलाई मूर्ख बनाउने प्रयास गर्थेँ, किनकि म शैतानी दर्शनशास्‍त्रहरू अनुसार जिएकी थिएँ, जस्तै “जीवन छोटो छ; जहिले सकिन्छ आनन्द लेऊ,” “आजको रक्सी आजै पिऊ,” र “मोजमस्ती गरेर दिनको सदुपयोग गर, किनभने जीवन छोटो छ।” यी निरर्थक कुराहरूले मेरो मन भ्रष्ट तुल्याएको थियो र बिगारेको थियो। फुर्सतमा र सहजताको जीवन जिउनु बुद्धिमानी कार्य हो भन्‍ने मलाई लागेको थियो। जीवन छोटो छ, किन मरिहत्ते गर्ने? अति परिश्रम गर्नु मूर्खता हो। मानिसहरूले आफूलाई माया गर्नुपर्छ, राम्रो व्यवहार गर्नुपर्छ, र सक्दो रमाइलो गर्नुपर्छ। यस्तो विचारको नियन्त्रणमा परेर, म कपटी बनेँ र सबै कुरामा ठग्‍ने काम गरेँ। म झन्-झन् छली हुँदै गएँ। मलाई याद छ, म स्कूल पड्दा, म पार्ट-टाइम जब गर्थेँ। त्यो काम निकै सजिलो थियो। सुपरभाइजर नहुँदा, म आराम गर्न सुलुक्‍क पछाडि ओछ्यानमा जान्थेँ, र अरूले थाहा नपाई जति सक्दो कम काम गर्ने उपायहरू सोच्थेँ। एक पटक मसँगै कोठामा बस्‍ने साथीले थाहा पाइन्, र मलाई अत्यन्तै अल्छी भनी भनिन्। यदि मैले भविष्यमा साँच्‍चै जागिर पाएँ भने, मैले अवश्य नै कामचोर काम गर्नेछु भनेर उनले भनिन्। यो कुरा सुन्दा, मलाई लाज लाग्यो। तर त्यसपछि मैले के सोचेँ भने, “ठीकै छ, तिमीलाई जे मन लाग्छ त्यो भन्‍न सक्छौ। मानिसहरूले अति कठिन परिश्रम गर्नु मूर्खता नै होइन र? भनाइ नै छ, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ आफ्‍नो लागि कसले जिउने प्रयास गर्दैन र? आफ्‍नो बारेमा विचार नगर्नु मूर्खता होइन र?” मैले परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले सत्यताको खोजी गर्ने र मेरो भ्रष्ट स्वभावलाई समाधान गर्ने कार्यमा ध्यान दिइनँ। म अझै पनि ती शैतानी जीवन दर्शनशास्‍त्रहरू जिउँथेँ, र कसरी देहगत सहजता र सुख प्राप्त गर्ने भन्‍ने बारेमा मात्रै सोच्थेँ, त्यसकारण आफ्‍ना कर्तव्यहरूमा, म समस्याबाट बच्‍न मात्रै चाहन्थेँ र देहगत कष्टबाट बच्‍नको लागि आवश्यक सबै कुरा गर्थेँ। म यी शैतानी दर्शनशास्‍त्रहरू अनुसार जिउँथेँ, त्यसकारण म सधैँ आफ्‍नो कर्तव्यमा कामचोर गर्थेँ, यसमा पूरा मन लगाएर काम गर्दिनथिएँ, र कहिल्यै पनि साँचो रूपमा मूल्य चुकाउँदिनथिएँ। म सधैँ चलाकी, धूर्तता, र छलको प्रयोग गर्थेँ। मेरो अगुवाले मलाई खुलासा र निराकरण गरे पनि, मेरो अझै होस आएन। म केही हदसम्‍म अचेत थिएँ र यी शैतानी दर्शनशास्‍त्रहरूको पूर्ण नियन्त्रणमा थिएँ। म प्रगतिको बारेमा विचारै नगरी आफ्‍नो कर्तव्य पूरा गर्थेँ, र कामको बारेमा वास्तविक रूपमा फलो-अप पनि गर्दिनथिएँ, जसले गर्दा मेरा ब्रदर-सिस्टरहरूले पनि आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरे र प्रगति गरेनन्, र मसँगै अरू दुई जना सिस्टरहरू पनि निष्कासित भए। यसरी आफ्‍नो कर्तव्य पूरा गरेर मैले साँच्‍चै नै अरूलाई हानि गरिरहेकी थिएँ। म शैतानी दर्शनशास्‍त्रहरूद्वारा भ्रष्ट बनेर मानव बन्‍नुको आधारलाई गुमाएकी छु भन्‍ने मैले थाहा पाएँ। म अल्छी, स्वार्थी, धूर्त, र छली व्यक्ति बनेकी थिएँ। म दयनीय, र लाजमर्दो स्थितिमा जिइरहेकी थिएँ। यो महसुस गरेपछि, मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्‍वर! म वास्तवमा यसरी उप्रान्त जिउन चाहन्‍नँ। बिन्ती छ मलाई मेरा शैतानी स्वभावका बन्धनहरूबाट मुक्त गर्नुहोस्।”

पछि, परमेश्‍वरका वचनहरू पढेर, मैले अभ्यासको मार्ग भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरले मानिसहरूलाई गर्नू भनी आवश्यक गराउनुभएका सबै कुराहरू र परमेश्‍वरको घरमा हुने विभिन्‍न प्रकारका काम मानिसहरूले निर्वाह गर्नु आवश्यक छ—यी सबै कुराहरू मानिसहरूका कर्तव्यमा गनिन्छन्। मानिसहरूले जुनसुकै काम गरे पनि, यो उनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य हो। कर्तव्यहरूले एकदमै फराकिलो दायरा समेटेका हुन्छन्, र यिनमा थुप्रै क्षेत्रहरू समावेश हुन्छन्, तर तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सरल भाषामा भन्‍नुपर्दा, यो तेरो दायित्व र तैँले गर्नुपर्ने काम हो। यदि तैँले यसलाई हृदयबाटै राम्रोसँग निर्वाह गर्न खोज्छस् भने, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तँलाई साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा मान्नुहुनेछ। तँ जोसुकै भए पनि, यदि तैँले सधैँ आफ्नो कर्तव्यबाट भाग्‍ने वा लुक्‍ने प्रयास गर्छस् भने, त्यहाँ समस्या छ। यसलाई हल्का रूपमा भन्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै धूर्त छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम मन पर्दैन। यसलाई अझै गम्‍भीर रूपमा भन्दा, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्न अनिच्‍छुक छस्, र तँसँग कुनै बफादारी वा समर्पण छैन। यदि तैँले यो सानो कामको भार बोक्न पनि शारीरिक मेहनत लगाउन सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि कुनै व्यक्तिमा आफ्नो कर्तव्यप्रति साँच्चिकै बफादारी र जिम्‍मेवारीबोध छ भने, उसले आफैले निर्णय नगरी जे गर्न लगाइएको छ त्यही गर्नेछ, तर त्यो परमेश्‍वरको मापदण्डले मागेको, र परमेश्‍वरको घरलाई चाहिएको कुरा हुनुपर्छ। के आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य लिनु र राम्रोसँग गर्नु नै कर्तव्य निर्वाह गर्नुको एउटा सिद्धान्त होइन र? (हो।) बाहिर साधारण श्रम गर्ने कतिपय मानिसहरू असहमत हुन्छन्, र भन्छन्, ‘तपाईँहरू आफ्नै कोठामा बसेर, घाम र बतासबाट बचेर आफ्‍नो कर्तव्य पूरा गर्दै सारा दिन बिताउनुहुन्छ। यसमा बिलकुलै कठिनाइ छैन, तपाईँहरूको कर्तव्य हाम्रोभन्दा धेरै नै आरामदायी छ। आफूलाई हाम्रो ठाउँमा राख्नुहोस्, अनि बाहिर हावाहुरी र वर्षामा घण्टौँ काम गर्न सहन सक्नुहुन्छ कि हुन्न, हेरौँ न।’ वास्तवमा, सबै कर्तव्यमा केही कठिनाइ हुन्छन्। शारीरिक श्रममा शारीरिक कठिनाइ हुन्छ, अनि मानसिक श्रममा मानसिक कठिनाइ हुन्छ; प्रत्येक कर्तव्यको आफ्नै कठिनाइ हुन्छ। सबै कुरा भन्‍नुभन्दा गर्नु कठिन हुन्छ। मानिसहरूले साँच्‍चै कुनै काम गर्न सुरु गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, एक हिसाबमा, तिनीहरूको चरित्र हो, र अर्को हिसाबमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍ने हो। सुरुमा हामी चरित्रबारे कुरा गरौँ। यदि कुनै व्यक्ति राम्रो चरित्रको छ भने, उसले सबै कुराको सकारात्मक पक्षलाई देख्छ, उसले सकारात्मक दृष्टिकोणबाट र सत्यताको आधारमा कामकुराहरू स्विकार्न र बोध गर्न सक्षम हुन्छ; अर्थात्, उसको हृदय, चरित्र, र आत्मा इमानदार छन्—यो चरित्रको दृष्टिकोण हो। अब हामी अर्को पक्ष अर्थात् व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍नेबारेमा कुरा गरौँ। सत्यतालाई प्रेम गर्नु भनेको सत्यता स्वीकार गर्न सक्षम हुनु हो, भन्‍नुको मतलब, तैँले परमेश्‍वरका वचनहरू बुझे पनि वा नबुझे पनि, र तैँले परमेश्‍वरको अभिप्राय बुझे पनि नबुझे पनि, कामबारे र तैँले निर्वाह गर्नुपर्ने कर्तव्यबारे तेरो विचार, राय र दृष्टिकोण सत्यताअनुरूप भए पनि नभए पनि, तैँले अझै पनि यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छस्; यदि तँ समर्पित र इमानदार छस् भने, त्यो नै काफी हुन्छ, यसले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न योग्य बनाउँछ, र यो न्यूनतम मापदण्ड हो। यदि तँ समर्पित र इमानदार छस् भने, तैँले कुनै काम गर्दा, तँ झाराटारुवा हुनेछैनस्, र तँ सुस्ताउनेछैनस्, बरु तैँले त्यसमा आफ्नो पूरै हृदय र शक्ति लगाउनेछस्। यदि कुनै व्यक्तिको भित्री स्थिति गलत छ, र उसमा नकारात्मकता उत्पन्न हुन्छ भने, उसको हुटहुटी हराउँछ, र ऊ झाराटारुवा हुन चाहन्छ; उसलाई आफ्नो स्थिति ठीक छैन भनेर हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि ऊ सत्यता खोजी गरेर यसलाई सुल्झाउने प्रयास गर्दैन। यस्ता मानिसहरूमा सत्यताप्रति प्रेम हुँदैन, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न अलिअलि मात्र इच्छा गर्छन्; तिनीहरू कुनै पनि प्रयास गर्न वा कठिनाइ भोग्‍न अनिच्छुक हुन्छन्, र सधैँ सुस्ताउने कोसिस गरिरहेका हुन्छन्। वास्तवमा, परमेश्‍वरले पहिले नै यो सबै कुरा सूक्ष्मजाँच गरिसक्नुभएको हुन्छ—त्यसो भए, तिनीहरूलाई किन उहाँ थोरै पनि ध्यान दिनुहन्‍न? परमेश्‍वर त उहाँका चुनिएका मानिसहरू ब्युँझिऊन् र ती मानिसहरूलाई खुट्ट्याएर खुलासा र निष्कासित गरून् भनेर मात्र प्रतीक्षारत हुनुहुन्छ। तैपनि, त्यस्ता मानिसहरूले अझै यस्तो सोच्छन्, ‘म कति चलाख छु, हेर त। हामी उही खाना खान्छौं, तर काम गरिसकेपछि, तिमीहरू थाकेर लखतरान हुन्छौ र म बिलकुलै थाक्दिनँ। सबैभन्दा बाठो मै हुँ। म त्यस्तो कडा मेहनत गर्दिनँ; जसले कडा मेहनत गर्छ त्यो मूर्ख हो।’ के तिनीहरूले इमानदार मानिसहरूलाई यसरी हेर्नु ठीक हुन्छ? हुँदैन। साँच्‍चै भन्‍ने हो भने, आफ्नो कर्तव्य निर्वाह गर्दा कडा मेहनत गर्ने मानिसहरूले सत्यता अभ्यास गरिरहेका र परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका हुन्छन्, त्यसैले तिनीहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्। केले तिनीहरूलाई बाठा तुल्याउँछ? तिनीहरू भन्छन्, ‘म परमेश्‍वरले मलाई गर्न नलगाउनुभएको कुनै पनि कुरा गर्दिन, र म उहाँले गर्न लगाउनुभएको सबथोक गर्छु। उहाँले जे भन्‍नुहुन्छ म त्यही गर्छु, म मेरो हृदय र सारा ऊर्जा यसैमा लगाउँछु, मैले सक्‍ने सबै कुरा यसमा लगाउँछु, र म बिलकुलै झारा टार्दिनँ। मैले यो कुनै व्यक्तिको लागि गरिरहेको छैन, मैले त यो परमेश्‍वरको लागि गरिरहेको छु। परमेश्‍वरले मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ; परमेश्‍वरलाई सन्तुष्ट पार्न मैले यो काम गर्नुपर्छ।’ यो सही मनस्थिति हो। फलस्वरूप, जब मण्डलीले मानिसहरूलाई शुद्धीकरण गर्छ, तब आफ्नो कर्तव्य निर्वाह गर्दा, धुर्त्याइँ गर्नेहरू सबैलाई हटाइन्छ, तर इमानदार र परमेश्‍वरको सूक्ष्मजाँच स्विकार्ने मानिसरू मण्डलीमै रहन्छन्। ती इमानदार मानिसहरूका स्थितिहरूमा सुधार आइरहन्छ, र तिनीहरूमाथि आइपर्ने सबै कुरामा परमेश्‍वरले नै तिनीहरूको रक्षा गर्नुहुन्छ। अनि केले गर्दा तिनीहरूले यो सुरक्षा प्राप्त गर्छन्? किनभने तिनीहरू हृदयमा इमानदार हुन्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा कठिनाइ वा थकानको डर मान्दैनन्, र तिनीहरू आफूलाई सुम्पिइएको कुनै पनि कुरामा चयनशील हुँदैनन्; तिनीहरूले किन भनेर सोध्दैनन्, तिनीहरू आफूलाई जसो गर्न भनिएको छ त्यसै गर्छन्, कुनै छानबिन वा विश्‍लेषण नगरी, वा अरू कुनै कुराबारे विचार नगरी आज्ञापालन गर्छन्। तिनीहरूले कुनै पनि अनुमानहरू लाउँदैनन्, र सबै थोकमा आज्ञापालन गर्न सक्छन्। तिनीहरूको भित्री स्थिति सधैँ निकै सामान्य हुन्छ। खतरा सामना गर्दा, परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, जब तिनीहरूमाथि रोग वा महामारी आइलाग्छ, तब पनि परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, र भविष्यमा तिनीहरूले आशिष्‌हरू मात्र पाउनेछन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले बुझेँ। हामीले इमानदार हृदयले र वास्तविक शैलीमा आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ, व्यक्तिगत नाफा र घाटाको बारेमा विचार गर्ने, चलाकी गर्ने गर्नु हुँदैन, र समस्याहरू देखा पर्दा, हामीले तिनलाई तुरुन्तै समाधान गरेर हाम्रो कर्तव्यमा कुनै पनि कसर बाँकी राख्‍नु हुँदैन। यसरी मात्रै हामी परमेश्‍वरका अघि इमानदार मानिसहरू बन्‍न सक्छौँ र हामीले परमेश्‍वरका सुरक्षा र आशिष्‌हरू पाउन सक्छौँ। मलाई म कति स्वार्थी, घृणित, देहको वास्ता गर्ने व्यक्ति रहेछु, अनि मैले आफ्‍नो कर्तव्यमा प्रयास गर्न चाहिनँ, र तस्विरहरू बनाउने कार्यमा कुनै राम्रो परिणामहरू हासिल गरिनँ, त्यसको बारेमा सोचेँ, र मलाई निकै ग्‍लानि भयो। पछि, मैले खाली समयमा अझै ग्राफिक डिजाइनको कर्तव्य पूरा गरेँ, र मैले परिवर्तन हुने जमर्को गरेँ। मैले नयाँ शैलीहरू सिक्‍न, मानिसहरूलाई प्रश्‍न सोध्‍न, र नयाँ तरिकाले रचना गर्न थालेँ। समस्याहरू आइलाग्दा, म परमेश्‍वरसँग प्रार्थना गर्थेँ, र अरूको सुझावको आधारमा बारम्‍बार संशोधन गर्थेँ। नयाँ तस्विरको बारेमा विचार गर्दा म हरेक पटक नै यसलाई प्रत्येक कोणबाट सोच्थेँ, अनि नयाँ तरिका अपनाउने अरू कुनै उपाय छन् कि भनी हेर्थेँ। यसरी, मेरो कर्तव्यमा केही समयसम्‍म यसरी अभ्यास गरिसकेपछि, मैले परमेश्‍वरको आशिष्‌ प्राप्त भएको देखेँ। मैले रचनाको अवधारणा र शैलीमा निकै ठूलो नयाँ पद्धति सिकेँ, र मेरा ब्रदर-सिस्टरहरूले अहिले मैले बनाएका तस्विरहरू पहिलेका भन्दा राम्रा छन् भनी भने। मैले आफ्‍नो कर्तव्य पूरा गर्ने जोश प्राप्त गरेँ र मैले मेरा ब्रदर-सिस्टरहरूलाई पनि उत्प्रेरणा दिन सकेँ। सबै जनाले नयाँ अविष्कार गर्न, नयाँ पद्धति पत्ता लगाउन, र अझै राम्रो गर्न चाहन्थे।

मैले मेरो कर्तव्यमा वास्तवमा नै परिश्रम गर्दा, मैले यसमा सारा मन लगाउँदा, मलाई आफ्‍नो कर्तव्य पूरा गर्दा ढुक्‍क महसुस भयो। प्रार्थना गर्दा पनि मैले भन्‍ने कुराहरू धेरै हुन्थे। मैले कतिपय समस्याहरूका बारेमा केही बुझाइ पनि प्राप्त गरेँ र आफ्‍नो व्यवसायमा केही प्रगति गरेँ। मैले परमेश्‍वर साँच्‍चै पवित्र हुनुहुन्छ भन्‍ने देखेँ। परमेश्‍वर पवित्रताका स्थानहरूमा देखा पर्नुहुन्छ, र फोहोरका ठाउँहरूमा उहाँ लुक्‍नुहुन्छ। मैले परमेश्‍वरप्रति हृदयदेखि श्रद्धाभावको अनुभव नगरी म बस्‍न सकिनँ। र मैले मेरो कर्तव्यमा सारा प्रयास लगाउँदा, मलाई त्यति थकाइ पनि लागेन। कहिलेकहीँ अलिक बढी ध्यान दिनुपर्ने भए पनि, मलाई सन्तुष्टि र आनन्दको अनुभव हुन्थ्यो। परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि असम्‍भव काम दिनुहुन्‍न, थोरै प्रयासले सबै कुरा हासिल गर्न सकिन्छ भन्‍ने मैले देखेँ, र म परमेश्‍वरप्रति विशेष आभारी भएँ। केही समयपछि, मलाई ब्रदर-सिस्टरहरूसँग फेरि मेरै कर्तव्यमा स्थापित गरियो। त्यो बेला, म अत्यन्तै कृतज्ञ भएँ, तर मलाई आफू यसको निम्ति अयोग्य छु जस्तो पनि लाग्यो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्‍वर! यस्तो मानवता भएको म कर्तव्य पूरा गर्नको लागि, र यस्तो उत्थान पाउन अयोग्य छु। म यो कर्तव्यमा सक्दो प्रयास गर्न चाहन्छु, र यदि मैले अझै पनि तपाईंको आज्ञालाई पहिलेको जस्तै लिएँ भने, म अनुरोध गर्छु, मलाई दण्ड दिनुहोस् र अनुशासनमा राख्‍नुहोस् ताकि मैले साँचो रूपमा पश्‍चात्ताप गरेर तपाईंको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्य निष्ठावान तरिकाले पूरा गर्न सकूँ!”

त्यो बेला, अगुवाले मलाई र अरू तीन जना ब्रदर-सिस्टरहरूलाई सँगै मिलेर केही नयाँ इफेक्टहरू रचना गर्न लगाए। प्रडक्सन प्रक्रियाको लागि धेरै समय र प्रयासको आवश्यकता पर्थ्यो, र त्यो बेला तस्विरहरूको धेरै माग पनि थियो, त्यसकारण मेरो कर्तव्य निकै थकाइलाग्दो भएको थियो। विशेष गरी धेरै काम थाक लाग्दा र त्यसलाई पूरा गर्नुपर्ने हुँदा, मलाई मुटु बाहिर निस्कन लागेको छ जस्तै हुन्छ। एक पटक, मैले समयमा नै तस्विरहरू पूरा नगरेकी हुनाले, मेरो सहकर्मीले मलाई किन ढिला काम गरेको भनेर सोध्यो। त्यो बेला, मलाई नरमाइलो लाग्यो, र मैले सोचेँ, “हेर, सबै जनाले तस्विरहरू रचना गर्ने काममा मात्रै ध्यान दिइरहेका छन्, तर मैले भने तस्विरहरू बनाउने बाहेक नयाँ तरिका र इफेक्टहरू पनि सिक्‍नुपर्ने हुन्छ। मलाई अझै धेरै समय र प्रयासको आवश्यकता हुन्छ। र मैले थोरै तस्विरहरू निर्माण गरेँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? सायद मैले हाम्रा अगुवासँग कुरा गर्नुपर्छ र मैले यी नयाँ इफेक्टहरूमा काम गर्न सक्दिनँ भनेर भन्‍नुपर्छ, ताकि तिनीहरूले यो काम गर्न अरू कसैलाई लगाऊन्।” यसको बारेमा यसरी विचार गरेपछि, मलाई मैले फेरि पनि देहलाई ध्यान दिन थालेकी छु भन्‍ने थाहा भयो, त्यसकारण मैले ध्यान दिएर परमेश्‍वरको वचनको उचित खण्डहरू खाएँ र पिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैन; तिनीहरू बस परमेश्‍वरको घरका काम र हितको रक्षा गर्छन्। तिनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ बहाना बनाउँछ, कामकुरा ढाकछोप गर्छ र लुकाउँछ, र तिनलाई अति कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्‍न सक्दैनन्, तर परमेश्‍वरले तेरो भित्र हृदयका कुराहरू जाँच्न सक्‍नुहुन्छ। यदि परमेश्‍वरले तँ इमानदार व्यक्ति होइन, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भने, परमेश्‍वर तँलाई मन पराउनुहुन्न, र उहाँ तँलाई तिरस्कार गर्नुहुन्छ र त्याग्‍नुहुन्छ। गैरविश्‍वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई अत्यन्तै रहस्यमय, अत्यन्तै छली र धूर्त, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्‍न सकिन्छ। के परमेश्‍वर यस्ता मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ? परमेश्‍वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई तिरस्कार गर्नुहुन्‍न—र उहाँ यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्न। बोल्दा सधैँ सतर्क र चनाखो रहनेहरू, मामिलाहरू सम्हाल्दा चापलुस र चालबाज हुनेहरू अनि परिस्थितिसँग मिल्दो हुने भूमिका खेल्नेहरू—म तँलाई भन्छु, परमेश्‍वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। छली र धूर्त मानिसहरूको वर्गमा पर्नेहरू सबैका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती सबै छली, शैतानी शब्द हुन्। तिनीहरूका शब्‍दहरू जति मिठा सुनिन्छन्, त्यति नै यी मानिसहरू दियाबलस र शैतान हुन्छन्। यिनीहरू ठ्याक्कै परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। यो एकदमै सही कुरा हो। तिमीहरू के भन्छौ: के छली, बारम्बार झूट बोल्ने, र चिप्‍लो बोल्‍ने मानिसहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र धूर्त मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई जनावरको दर्जामा राख्‍नुहुन्छ। परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र वास्तवमा तिनीहरू दियाबलस र शैतान हुन्छन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्‍वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन। त्यसैले, अहिले यी मानिसहरू कस्तो स्थितिमा छन्? तिनीहरूका हृदयमा अन्धकार छ, तिनीहरूमा साँचो आस्थाको कमी छ, र तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले कहिल्यै अन्तर्दृष्टि र ज्योति पाउँदैनन्। विपत्ति र सङ्कष्टहरू सामना गर्नुपर्दा, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन्, तर परमेश्‍वर तिनीहरूसँग हुनुहुन्न, अनि तिनीहरूले आफ्ना हृदयमा साँचो रूपमा भर पर्न सक्ने कोही हुँदैन। आशिष्‌हरू प्राप्त गर्नका निम्ति, तिनीहरू राम्रो देखिने कोसिस गर्छन्, तर तिनीहरूले आफैलाई रोक्न सक्दैनन्, किनकि तिनीहरूमा विवेक र समझ हुँदैन। तिनीहरू चाहेर पनि असल मानिस बन्‍न सक्दैनथे: तिनीहरूले खराब कामकुरा गर्न बन्द गर्न चाहे पनि, आफूलाई नियन्त्रण गर्न सक्दैनथे, त्यो बेकाम हुनेथ्यो। के तिनीहरूले खेदिएर हटाइएपछि आफूलाई चिन्‍न सक्नेथे? तिनीहरूलाई आफू यसको लायक छु भन्ने थाहा पाउने भए पनि, तिनीहरूले त्यो कुरा कसैलाई स्विकार्नेछैनन्, अनि तिनीहरू कुनै कर्तव्य निर्वाह गर्न सक्षम देखिए पनि, तिनीहरूले अझै छट्टु पाराले काम गर्नेछन्, र तिनीहरूको कामले प्रस्ट नतिजाहरू ल्याउनेछैन। त्यसोभए तिमीहरू के भन्छौ: के यी मानिसहरू साँच्चिकै पश्चात्ताप गर्न सक्षम छन्? कदापि छैनन्। किनभने तिनीहरूमा विवेक वा समझ छैन र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। परमेश्‍वर यस्तो धूर्त र दुष्ट व्यक्तिलाई मुक्ति दिनुहुन्‍न। यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर के आशा हुन्छ? तिनीहरूको विश्‍वास पहिलेदेखि नै महत्त्वहीन हुन्छ, र तिनीहरूले निश्चय नै त्यसबाट केही पनि प्राप्त गर्दैनन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको अवधिभरि सत्यता पछ्याउँदैनन् भने, उनीहरू जति नै वर्षदेखि विश्‍वासी भएका भए पनि, त्यसले केही प्रभाव पार्नेछैन; उनीहरूले अन्त्यसम्मै विश्वास गरे पनि, केही पनि प्राप्त गर्नेछैनन्। परमेश्‍वरलाई प्राप्त गर्न, मानिसहरूले सत्यता प्राप्त गर्नैपर्छ। यदि उनीहरू सत्यता बुझ्छन्, सत्यता अभ्यास गर्छन् र सत्यता वास्तविकतामा प्रवेश गर्छन् भने मात्र उनीहरूले सत्यता प्राप्त गरेको र परमेश्‍वरको मुक्ति पाएको हुनेछ; अनि त्यसपछि मात्र उनीहरूले परमेश्‍वरबाट मान्यता र आशिष् प्राप्त गर्नेछन्; र यो मात्र परमेश्‍वरलाई प्राप्त गर्नु हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले ममा अझै पनि केही गलत दृष्टिकोणहरू बाँकी रहेछन् भन्‍ने थाहा पाएँ। पहिले, म चलाक मानिसहरूलाई खुब मान गर्थेँ। तिनीहरूले आफूलाई राम्रो देखाउने काम मात्र गर्छन्, र सही तरिकाले छिटो-मीठो तरिका अपनाउँछन् भन्‍ने लाग्थ्यो, मलाई। मलाई त्यस्ता मानिसहरू बाठा र चलाक हुन्छन् भन्‍ने लाग्थ्यो, म र म पनि त्यस्तै बन्छु भन्‍ने चाहना हुन्थ्यो। परमेश्‍वरका वचनहरू पढिसकेपछि मात्रै मैले परमेश्‍वरको लागि, यो धूर्तता हो, चलाकीपन होइन भन्‍ने थाहा पाएँ। आफ्‍ना उद्देश्यहरू हासिल गर्न, तिनीहरूले सबै प्रकारका दुष्ट माध्यमहरू प्रयोग गर्न सक्छन्। त्यस्ता मानिसहरू रहस्यमय हुन्छन् र तिनीहरूमा दियाबलसको प्रकृति हुन्छ। परमेश्‍वरले सरल र इमानदार मानिसहरू, हृदयमा छल नबोक्‍ने मानिसहरू, धेरै धूर्त मनसाय नबोक्‍ने मानिसहरू, परमेश्‍वरले सुम्‍पनुहुने अभिभाराहरू लिन सक्‍ने, र सारा हृदयले र वास्तविक रूपमा काम गर्ने मानिसहरूलाई मन पराउनुहुन्छ। परमेश्‍वरले हाम्रो हृदय र मन जाँच्‍नुहुन्छ र हाम्रो सार अनुसार फरक-फरक तरिकाले हामीलाई व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले छलछामलाई घृणा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सत्यताको बुझाइले अन्तर्दृष्टि दिनुहुन्‍न, र अन्तिममा तिनीहरूलाई हटाउनुहुन्छ, र उहाँले इमानदार मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ र आशिष्‌ दिनुहुन्छ। त्यसपछि मैले आफ्‍नै बारेमा विचार गरेँ। मेरो कर्तव्यमा, मैले मूल्य चुकाउनुपर्दा र देहगत कष्ट सहनु पर्दा, म आफ्‍नो कर्तव्यबाट टाढा बस्‍न चाहन्थेँ, ताकि मलाई थकाइ नलागोस्। यो स्वार्थी र छली कार्य, धुर्तताको अभिव्यक्ति थियो। मैले यसो गरेको भए, परमेश्‍वरले मलाई घृणा गर्नुहुन्थ्यो र मैले पवित्र आत्‍माको कार्य प्राप्त गर्दिनथिएँ, र त्यस्तो वातावरणमा, मैले अवश्य नै कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ। यस विन्दुमा, मैले अचानक के महसुस गरेँ भने यो कर्तव्य परमेश्‍वरले मलाई गर्नुभएको जाँच थियो र उहाँले यसद्वारा म सुधार भएको छु कि छैन, मेरो कर्तव्यप्रति ममा जिम्‍मेवारी बोध छ कि छैन, र कर्तव्य र शारीरिक सहजताको बीचमा मैले सही छनौट गर्न सक्छु कि सक्दिन भनेर हेर्न चाहनुहुन्थ्यो। म आफ्‍नै हितहरूको रक्षा गर्न आफ्‍नो कर्तव्यबाट पछि हटेँ भने, यो जाँचमा मैले आफ्‍नो गवाही गुमाउनेथिएँ। मैले केही समय अगाडि अवस्थाको बारेमा विचार गरेँ। मेरो देह अलिक थाकेको भए पनि, मेरो हृदय पूर्ण थियो। मेरो कर्तव्यमा मेरा चिन्ता र कठिनाइहरू धेरै भए पनि, सत्यता र सिद्धान्तहरू अझै खोजी गर्न म परमेश्‍वरको नजिक भएकी थिएँ। हरेक दिन आफ्‍नो कर्तव्यमा मैले केही न केही सिकेकी हुन्थेँ, र यो निकै अर्थपूर्ण लाग्थ्यो। पहिले, म देहको सहजता चाहन्थेँ, र म थकित नभए पनि, मलाई कुनै आनन्द हुँदैनथियो, र पवित्र आत्‍माले मलाई त्याग्‍नुभएको थियो। त्यो पीडा शारीरिक पीडाभन्दा पनि खराब हुन्थ्यो। मैले उप्रान्त चलाकीहरू र छलमा भरोसा गर्नु हुँदैनथियो। त्यसपछि, मैले आफ्‍नो हातमा भएको कामको बारेमा फेरि मूल्याङ्कन गरेँ, र वास्तविक कठिनाइ आएको हुनाले, मैले इन्‍चार्जमा रहेकी सिस्टरबाट सहयोग मागेँ, मैले लगाउन सक्‍ने प्रयास लगाएँ, र आफूले गर्नुपर्ने कुरा सक्दो लागिपरेर गरेँ। यसो गर्दा मलाई अझै सहज महसुस भयो।

मेरो कर्तव्यप्रतिको यसभन्दा पहिलेको मेरो सोचाइको बारेमा विचार गर्दा, मलाई निकै गहन ग्‍लानि र लाज महसुस हुन्छ। मलाई शुद्ध पार्न र परिवर्तन गर्नको लागि बारम्‍बार यस्ता परिस्थितिहरू मिलाएर, मलाई देहगत सहजताको इच्‍छा र पशु जस्तो जिउने तरिकाबाट मुक्त गर्ने, लाजको बारेमा सिकाउने, अनि मलाई आफ्‍नो कर्तव्य वास्तविक किसिमले गर्न र मानव रूपमा जिउन सिकाउने परमेश्‍वर नै हुनुहुन्थ्यो। यो मेरो लागि साँच्‍चै नै परमेश्‍वरको मुक्ति थियो! परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्