सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो

पछिल्लो भेलामा, हामीले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निभाउनेबारे कुरा गऱ्यौँ। यसो गर्नु भनेको परमेश्वरले मानिसलाई सिद्ध तुल्याउन चाहिने चार मूलभूत सर्तमध्ये पहिलो र सबैभन्दा आधारभूत सर्त हो। पछिल्लोपटक, हामीले आफ्नो कर्तव्य निर्वाह गर्नुका परिभाषा र सिद्धान्तबारे सङ्गति गऱ्यौँ। हामीले केही उदाहरणहरू पनि छलफल गर्दै, मानिसहरूले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह नगरिरहेको जनाउने विविध बाह्य सङ्केतहरूबारे सङ्गति गऱ्यौँ। यसो गरेर, मैले परमेश्वरका चुनिएका मानिसहरूलाई यस्ता समस्याहरू सच्याउनुपर्छ भनी प्रस्टसित देख्न, र यसरी आफ्ना कर्तव्य निभाउने मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति बुझ्न मद्दत गरेँ। यसबारे सङ्गति गरेपछि, तैँले कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्ने, के कुरामा ध्यान दिने, के गर्न मिल्दैन, र कस्ता कार्यहरूले परमेश्वरको स्वभाव चिढ्याउन र विनाशतर्फ डोऱ्याउन सक्लान् भनेर सामान्य बुझाइ प्राप्त गरिस्। कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्ने भन्नेबारेको सङ्गतिमा संलग्न भएर, के तिमीहरू यस मामलाको कुनै कुरा वैचारिक रूपमा देख्न र बुझ्न सक्छौ? विविध कर्तव्यहरू निर्वाह गर्ने क्रममा, विभिन्न प्रकारका मानिसले कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, र कस्ता सत्यताहरू अभ्यास गर्नुपर्छ? के तिमीहरूले यी यस्ता कुराहरू प्रस्टसित बुझेका छौ? (हामीले प्रस्टसित बुझेका छैनौँ।) त्यसोभए हामीले त्यसबारे अझ विस्तारमा कुरा गर्नु आवश्यक छ। हामीले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्नुको अर्थ के हो भनेर छलफल गर्न अझ विस्तृत वर्गीकरणहरू गर्नैपर्छ।

परमेश्वरको घरको कामलाई केही मुख्य श्रेणीमा विभाजन गरिएको छ। परमेश्वरको घरको सबैभन्दा अग्रपङ्क्तिको काम सुसमाचार सुनाउनु हो। यसमा ठूलो सङ्ख्यामा मानिसहरू संलग्न हुन्छन्, यसले बृहत क्षेत्रका कुराहरू समेट्छ, र यसमा धेरै काम गर्नुपर्ने हुन्छ। यो नै कामको पहिलो श्रेणी र मण्डलीको समग्र काममध्ये सबैभन्दा महत्त्वपूर्ण कार्य हो। सुसमाचार विस्तार गर्ने काम नै परमेश्वरको व्यवस्थापन योजनाको पहिलो महत्त्वपूर्ण कार्य हो। त्यसैले यसलाई पहिलो श्रेणीको कामको रूपमा वर्गीकरण गर्नैपर्छ। त्यसोभए, यो कर्तव्य निर्वाह गर्नेहरूको पदवी के हो? सुसमाचार प्रचारक। दोस्रो श्रेणीको कुरा गर्नुपर्दा, मण्डलीको आन्तरिक काममध्ये सबैभन्दा महत्त्वपूर्ण कर्तव्य के हो? (अगुवा र सेवकहरूको काम।) ठिक भनिस्, मण्डलीको सबै तहका अगुवा र सेवकहरूको कर्तव्य नै सबैभन्दा महत्त्वपूर्ण हो, जसमा विविध समूहका पर्यवेक्षक र टोली अगुवाहरू पर्छन्। यो कर्तव्य सबैभन्दा महत्त्वपूर्ण हो, र यी मानिसहरूले गर्ने सबै काम महत्त्वपूर्ण हुन्छन्। यो दोस्रो श्रेणी हो। तेस्रो श्रेणीका कर्तव्यका सन्दर्भमा भन्नुपर्दा, सुसमाचार सुनाउने काममा तुलनात्मक रूपले कस्ता कर्तव्यहरू महत्त्वपूर्ण छन्? (केही विशेष कर्तव्यहरू।) हो, तेस्रो श्रेणीमा लेखन, अनुवाद, सङ्गीत, चलचित्र निर्माण, कला, र बाह्य मामलाको कामलगायत विविध विशेष कर्तव्य निभाउने मानिसहरू पर्छन्। चौथो श्रेणीका मानिसहरू मुख्य गरी स्वागत गर्ने, खाना बनाउने, र किनमेल गर्नेजस्ता साधारण कर्तव्य निर्वाह गर्छन्। यी कर्तव्यहरूको विस्तृत वर्गीकरण जरुरी हुँदैन। पाँचौ श्रेणीचाहिँ ती मानिसहरूका लागि हो जो आफ्नो पारिवारिक परिस्थिति, शारीरिक अवस्था, वा अन्य यस्तै कारणहरूले गर्दा समय मिल्दा मात्र केही कर्तव्य निर्वाह गर्न सक्छन्। यी मानिसहरू आफ्नो क्षमताले भ्याइन्जेल आफ्ना कर्तव्य निर्वाह गर्छन्। यो नै पाँचौ श्रेणी हो। आफ्नो कर्तव्य निर्वाह नगर्ने अन्य मानिसहरूलाई छैठौँ श्रेणीमा राखिन्छ। यिनीहरूको कर्तव्य निर्वाह गर्नुसित कुनै सम्बन्ध हुँदैन, त्यसोभए तिनीहरूलाई किन कुनै श्रेणीमा राख्ने? तिनीहरू मण्डलीका सदस्यमा गनिने भएकाले यो अन्तिम श्रेणीमा सूचीकृत गरिएका हुन्? यदि तिनीहरूले धेरै प्रवचन सुनेका छन्, सत्यता बुझ्न सक्छन्, र स्वेच्छाले कर्तव्य निर्वाह गर्न खोज्छन् भने, हामीले यस्ता मानिसहरूलाई तिनीहरूमा साँचो आस्था भएको र तिनीहरू अत्यन्तै कमजोर क्षमताका वा दुष्ट मानिस नभएको र तिनीहरूले बाधा नदिने वचन दिएको खण्डमा, कर्तव्य निर्वाह गर्न र पश्चात्ताप गर्ने अवसर दिनुपर्छ। मण्डलीका सबै सदस्य मूलत: भर्खरै उल्लेख गरिएका छवटा श्रेणीमा पर्छन्। नयाँ विश्वासीहरू मात्र छुट्छन्। तिनीहरू आफ्ना कर्तव्य निर्वाह गर्दैनन् भन्न मिल्दैन। बरु, तिनीहरूको कद सानो हुने र तिनीहरूमा सत्यताको सतही बुझाइ मात्र हुने भएकाले तिनीहरू केही पनि गर्न सक्दैनन्। तिनीहरूमध्ये कतिपयमा राम्रो क्षमता भए पनि तिनीहरू सत्यता वा सिद्धान्तहरू बुझ्दैनन्, त्यसैले अझै पनि कुनै कर्तव्य निर्वाह गर्न सक्दैनन्। तिनीहरू दुईतीन वर्ष परमेश्वरमा विश्वास गरेपछि कर्तव्य निर्वाह सुरु गर्न सक्छन्। त्यतिबेला, हामी तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने मानिसहरूका विविध श्रेणीमा सूचीकृत गर्न सक्छौँ। निष्कर्षमा भन्नुपर्दा, अब हामीले छवटा श्रेणीलाई प्रस्टसित वर्णन गरेका छौँ। पहिलो श्रेणी सुसमाचार सुनाउनेहरूका लागि हो; दोस्रो श्रेणी मण्डलीको सबै तहका अगुवा र सेवकहरूका लागि हो; तेस्रो श्रेणी विशेष कर्तव्यहरू निर्वाह गर्नेहरूका लागि हो; चौथो श्रेणी साधारण कर्तव्यहरू निर्वाह गर्नेहरूका लागि हो; पाँचौ श्रेणी समय मिल्दा कर्तव्य निर्वाह गर्नेहरूका लागि हो; र छैठौँ श्रेणी कर्तव्य निर्वाह नगर्नेहरूका लागि हो। यी श्रेणीहरूलाई क्रमबद्ध गर्ने आधार कुन सिद्धान्तहरूले दिन्छन्? यी श्रेणीहरू कामको प्रकृति, काम गर्न लाग्ने समय, कार्यभार, र कामको महत्त्वअनुसार विभाजन गरिन्छन्। हामीले कर्तव्य निर्वाह गर्नेबारे पहिले कुरा गर्दा, मूलत: कर्तव्य निर्वाहबारे सत्यताका विविध पक्षहरू छलफल गऱ्यौँ। हाम्रो सङ्गति सबै मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूसँग सम्बन्धित थियो। हामीले कुनै पनि श्रेणी मिलाएनौँ र यी हरप्रकारका मानिसले कुन सिद्धान्तहरू पालना गर्नुपर्छ भनेर विस्तृत छलफल गरेनौँ, न त तिनीहरूले कुन विशेष सत्यतामा प्रवेश गर्न ध्यान दिनुपर्छ भनेर नै विस्तृत छलफल गऱ्यौँ। अब, हामी सत्यताको यो पक्षबारे अझ पूर्ण रूपमा सङ्गति गर्दै, स्पष्ट हुन प्रत्येक श्रेणीबारे पालैपालो छलफल गर्नेछौँ।

म पहिला सुसमाचार सुनाउनेहरूले बुझ्नुपर्ने सत्यताहरूबारे सङ्गति गर्नेछु। सुसमाचार सुनाउने मानिसहरूले बुझ्नुपर्ने र आफूलाई सुसज्जित पार्नुपर्ने मूलभूत सत्यताहरू के-के हुन्? तैँले कसरी यो कर्तव्य राम्ररी निभाउनुपर्छ? तँ सुसमाचार सुनाउन चाहिने दर्शनका केही सत्यताद्वारा सुसज्जित हुनैपर्छ र सुसमाचार सुनाउने सिद्धान्तमा पोख्त बन्नैपर्छ। तैँले आफू सुसमाचार सुनाउने सिद्धान्तहरूमा पोख्त बनिसकेपछि, अरूका धारणा र समस्या समाधान गर्न आफूलाई अरू कस्ता सत्यताद्वारा सुसज्जित पार्नुपर्छ? तैँले साँचो मार्ग अनुसन्धान गर्नेहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खुट्ट्याउन सिक्नु हो। तैँले कसलाई सुसमाचार सुनाउन मिल्छ र कसलाई मिल्दैन: तैँले बुझ्नैपर्ने पहिलो सिद्धान्त यही हो। यदि तैँले सुनाउन नमिल्नेहरूलाई सुसमाचार सुनाइस् भने, प्रयत्न खेर जाने मात्र होइन, तर नदेखिने खतराहरू सजिलै निम्तिन सक्छ। यो कुरा बुझ्नैपर्छ। यसका अलावा, यदि तैँले थोरै वचन मात्र बताइस् वा केही गहन धर्मसिद्धान्तबारे मात्र कुरा गरिस् भने सुसमाचार सुनाउन मिल्ने मानिसहरूले समेत त्यो स्विकार्नेछैनन्। यो त्यति सजिलो छैन। हुन सक्छ तँ मुख र जिब्रो नसुकिन्जेल बोल्छस्, र पूरै धैर्य गुमाउँछस्, साँचो मार्ग अनुसन्धान गरिरहेकाहरूलाई त्याग्न चाहन्छस्। यस्ता परिस्थितिमा, हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (प्रेम र धैर्य।) तँमा प्रेम र धैर्य हुनैपर्छ। यदि तँमा प्रेमको भावना नै छैन भने, तँसित निश्चय नै धैर्य हुँदैन। दर्शनसम्बन्धी सत्यता बुझ्नुका अलावा, सुसमाचार सुनाउन पनि निकै प्रेम र धैर्य चाहिन्छ। यस तरिकाले मात्र तैँले सुसमाचार सुनाउने कर्तव्य राम्ररी निभाउन सक्छस्। सुसमाचार सुनाउने कर्तव्यलाई कसरी परिभाषित गरिन्छ? तँ सुसमाचार सुनाउने कर्तव्यलाई कसरी हेर्छस्? सुसमाचार सुनाउनेहरू अन्य कर्तव्य निभाउनेहरूभन्दा केमा फरक हुन्छन्? तिनीहरू परमेश्वरका आखिरी दिनहरूको कामको र परमेश्वरको आगमनको गवाही दिन्छन्। कतिपय मानिस आफू सुसमाचारका दूत हो, आफूलाई एउटा मिसनमा पठाइएको छ, र आफू माथिबाट आएका स्वर्गदूत हो भन्छन्। के तिनीहरूलाई त्यसरी परिभाषित गर्न मिल्छ? (मिल्दैन।) सुसमाचार सुनाउनेहरूको मिसन के हो? मानिसहरूको मनमा तिनीहरूको छवि कस्तो हुन्छ? तिनीहरूको भूमिका के हो? (प्रचारकको भूमिका।) प्रचारक, दूत, अरू के? (गवाही।) धेरैजसो मानिस तिनीहरूलाई यसरी परिभाषित गर्छन्। तर के यी परिभाषाहरू वास्तवमा सही छन्? “प्रचारक” र “गवाही” प्रचलित शब्दहरू हुन्—“सुसमाचारको दूत” अझ बढी प्रतिष्ठित पदवी हो। यी तीन शब्दावली प्रायजसो सुनिन्छन्। यो कर्तव्य निर्वाह गर्नेहरूका पदवीलाई मानिसहरूले जसरी बुझे पनि वा परिभाषित गरे पनि, यी पदवीहरू र “सुसमाचार” शब्दबीच अटुट सम्बन्ध हुन्छ। यी तीन शब्दमध्ये कुनचाहिँ सुसमाचार सुनाउनुसित बढी सान्दर्भिक र बढी उपयुक्त, अझ उचित पदवी हो? (प्रचारक।) धेरैजसो मानिस प्रचारक पदवीलाई बढी उपयुक्त ठान्छन्। के कसैले गवाही पदवीलाई समर्थन गर्छ? (गर्छ।) अनि दूत पदवीलाई समर्थन गर्छ? (गर्दैन।) मूलत: सुसमाचारको दूत पदवीसँग कोही पनि सहमत हुँदैन। पहिला प्रचारक पदवी उचित छ कि छैन भनी छलफल गरौँ। “प्रचार गर्नु” भनेको कुनै कुरा फैलाउनु, फिँजाउनु, दिनु, र सार्वजनिक गर्नु हो—अनि प्रचारकहरूले प्राचर गर्ने “मार्ग” कुन हो? (साँचो मार्ग।) यो राम्रो अभिव्यक्ति हो। “मार्ग” नै परमेश्वरको काम र परमेश्वरले मानिसलाई दिने मुक्तिको साँचो मार्ग हो। हामी प्रचारक शब्दलाई यसरी व्याख्या र परिभाषित गर्छौ। यसपछि, गवाहीबारे कुरा गरौँ। कुनै गवाहीले केको गवाही दिन्छ? (परमेश्वरका आखिरी दिनहरूको कामको।) कुनै गवाहीले परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिन्छ भन्नु गलत होइन। यी दुई पदवीहरू तुलनात्मक रूपले उचित देखिन्छन्। सुसमाचारको दूत पदवी नि? “सुसमाचार” ले केलाई जनाउँछ? यो परमेश्वरको काम, परमेश्वरले मानिसलाई दिने मुक्ति, र परमेश्वरको पुनरागमनबारे राम्रो समाचार र शुभ समाचार हो। हामी “दूत” लाई कसरी व्याख्या गर्न सक्छौँ? “दूत” लाई राम्ररी व्याख्या गर्नुपर्दा ऊ परमेश्वरले पठाएको र सिधै सुसमाचार सुनाउन पठाइएको व्यक्ति, वा परमेश्वरले निश्चित समयमा उहाँका वचन वा महत्त्वपूर्ण सन्देश सुनाउन पठाउने व्यक्ति हो। ऊ एक दूत हो। के सुसमाचार सुनाउनेहरू यस्तो भूमिका खेल्छन्? के तिनीहरू यस्तो काम गर्छन्? (गर्दैनन्।) त्यसोभए तिनीहरू कस्तो काम गर्छन्? (तिनीहरू परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिन्छन्।) के परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिने तिनीहरूको काम सिधै परमेश्वरबाट आएको हो? (होइन।) त्यसोभए यो मिसनलाई कसरी व्याख्या गर्न सकिन्छ? (यो त सृष्टि गरिएका प्राणीहरूको कर्तव्य हो।) यो मानिसहरूको कर्तव्य हो। चाहे परमेश्वरले तँलाई उहाँको नयाँ काम र सुसमाचार प्रचार घोषणा गर्न जिम्मेवारी दिनुभएको, बताउनुभएको होस्, वा सुम्पनुभएको होस्, सुसमाचारबारे अझ धेरै मानिसलाई बताउनु, त्यसको प्रचार गर्नु, र त्यो सुनाउनु तेरो जिम्मेवारी र दायित्व हो। तँसित धेरै मानिसलाई यो समाचार थाहा दिन, परमेश्वरसामु आउन, र परमेश्वरको घरमा फर्कन मद्दत गर्ने जिम्मेवारी र दायित्व छ। यो मानिसहरूको जिम्मेवारी र दायित्व भएकाले तिनीहरूलाई परमेश्वरले पठाउनुभएको हो भन्न मिल्दैन। त्यसकारण, “दूत” शब्द यहाँ उचित हुँदैन। यो शब्द कस्तो प्रकृतिको हो? यो झूटो, अतिरञ्जित, र खोक्रो शब्द हो। “दूत” शब्द उचित हुनै नसक्ने गरी साह्रै अतिरञ्जित छ। पुरानो करारको समयदेखि अहिलेसम्म, परमेश्वरको व्यवस्थापन कामको सुरुवातदेखि अहिलेसम्म, दूतको भूमिका कहिल्यै रहेको छैन। त्यसको मतलब, मानवजातिको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनाको कामको अवधिभरि यस्तो भूमिका खेलिएको छैन। साधारण मानिसहरूले “दूत” शब्दको अर्थअनुसारको बोझ कसरी उठाउन सक्छन्? यस्तो काम कसैले पनि लिन सक्दैन। त्यसकारण, यो भूमिका मानिसका लागि खुला हुँदैन, र यो शब्दसित कोही पनि जोडिन वा आबद्ध हुन सक्दैन। मानिसहरूको बुझाइअनुसार, दूत भनेको परमेश्वरले केही गर्न वा सन्देश दिन पठाएको व्यक्ति हो। यस्तो व्यक्तिको मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको भव्य र अति महत्त्वपूर्ण कामसित खासै सम्बन्ध हुँदैन। त्यसको मतलब, परमेश्वरका तीन चरणका काममा दूतको लगभग भूमिका हुँदैन। त्यसकारण, भविष्यमा यो शब्द प्रयोग नगर्। यो तरिकाले बोल्ने म हुँ। के कुनै व्यक्तिले “सुसमाचारको दूत” पदवी लिन सक्छ? सक्दैन। एउटा कारण त, ऊ देह र रगतले बनेको हुन्छ। त्यसबाहेक, ऊ भ्रष्ट मानवजातिको सदस्य हो। दूत कस्तो प्राणी हो? के तिमीहरूलाई थाहा छ? (थाहा छैन।) तिमीहरूलाई थाहा छैन, तैपनि तिमीहरू यो नाम प्रयोग गर्ने आँट गर्छौ। यो प्रतिरूप हो। बिलकुलै के भन्न सकिन्छ भने मानवजातिसँग दूतहरूको कुनै सम्बन्ध हुँदैन, र मानवको “दूत” शब्दसित कुनै सम्बन्ध हुन सक्दैन। मानवजातिले यो भूमिकाको बोझ उठाउन सक्दैन। सुसमाचारका दूतहरू, माथिबाट दूतहरूको अवतरण, र दूतहरूको काम सबै मूलत: पुरानो करारको अब्राहामको समयमा अन्त्य भयो। यो पहिल्यै पूर्ण रूपमा समाप्त भइसकेको छ। परमेश्वरले मानवजातिलाई मुक्ति दिने काम औपचारिक रूपमा गर्नुभएदेखि, मानवजातिले “दूत” शब्द प्रयोग गर्न छाड्नुपर्छ। यो शब्द किन प्रयोग गर्न छोड्नुपर्छ? (मानिसले यसको बोझ लिन सक्दैन।) यो त मानिसले यसको बोझ लिन सक्छ कि सक्दैन भन्ने मामला होइन, बरु भ्रष्ट मानवजातिसित दूतहरूको कुनै सम्बन्ध हुँदैन। भ्रष्ट मानवजातिमा त्यस्तो कुनै भूमिका हुँदैन, न त त्यस्तो पदवी नै हुन्छ। “प्रचारक” शब्दमै फर्कौँ। यदि हामीले तिनीहरूले प्रचार गर्ने “मार्ग” को उद्देश्यमूलक, सही र गहन परिभाषा दिने हो भने, त्यसलाई कसरी परिभाषित गर्नेर्थ्यौँ? (परमेश्वरको वचन भनेर।) यो तुलनात्मक रूपले सामान्य शब्द हो। विशेषतः के यसले सुसमाचार र परमेश्वरको वर्तमान समयको कामको सन्देशलाई मात्र जनाउँछ? (होइन।) त्यसोभए सुसमाचार सुनाउने मानिसहरूले वास्तवमा घोषणा गर्ने कुराचाहिँ के हो? सुसमाचार सुनाउनेहरूको काम “मार्ग” सित कुन हदसम्म सम्बन्धित छ? वास्तवमा कस्तो कामचाहिँ तिनीहरूका कर्तव्यको दायराभित्र पर्छ? तिनीहरू सुसमाचार प्रापकहरूलाई केही आधारभूत जानकारी दिन्छन्—जस्तै आखिरी दिनहरूमा परमेश्वर आउनुभएको, उहाँले गरेको काम, परमेश्वरका वचनहरू र उहाँको इच्छा—ताकि मानिसहरूले यो जानकारी सुन्न र स्विकार्न अनि त्यसपछि परमेश्वरकहाँ फर्कन सकून्। तिनीहरूले मानिसहरूलाई परमेश्वरसामु ल्याएपछि, तिनीहरूको सुसमाचार सुनाउने जिम्मेवारी पूरा हुन्छ। के तिनीहरूले दिने जानकारीमा “मार्ग” को कुनै अर्थ समाविष्ट हुन्छ? यहाँ, “जानकारी” र “सुसमाचार” शब्दहरू मूलत: समान हुन्। त्यसोभए के “मार्ग” सँग तिनीहरूको कुनै सम्बन्ध छ? (छैन।) किन त्यस्तो कुनै सम्बन्ध नभएको? “मार्ग” ले ठ्याक्कै केलाई जनाउँछ? त्यसलाई व्याख्या गर्न हामीले प्रयोग गर्न सक्ने सबभन्दा सजिलो शब्द भनेको बाटो हो। “बाटो” शब्दले “मार्ग” को परिभाषा समेट्छ, जुन अझ निर्दिष्ट छ। अझै तोकेर भन्नुपर्दा, “मार्ग” भनेको मानवजातिको मुक्तिका लागि, मानिसलाई तिनीहरूका भ्रष्ट स्वभावबाट मुक्त गर्न, र शैतानको बन्धन र नराम्रो प्रभावबाट उम्कन मद्दत गर्न परमेश्वरले दिएका सबै वचन हो। के यो सही र ठोस वर्णन हो? अहिले हेर्दा, के “प्रचारक” शब्दले सुसमाचार सुनाउने कर्तव्य निर्वाह गर्नेहरूको उचित परिभाषा दिन्छ? (यसले उचित परिभाषा दिँदैन।) प्रचारकको कर्तव्य सुसमाचार सुनाउनुभन्दा कता हो कता बढी हुन्छ। परमेश्वरलाई चिन्ने र उहाँको गवाही दिनेहरूले मात्र यो पदवी लिन सक्छन्। के सुसमाचार सुनाउने औसत व्यक्तिले प्रचारकको काम वहन गर्न सक्छ? कदापि सक्दैन। सुसमाचार सुनाउनु भनेको राम्रो समाचार सुनाउने र केवल परमेश्वरको कामको गवाही दिनेभन्दा बढी केही होइन। यी मानिसहरू प्रचारकको काम बिलकुलै वहन गर्न सक्दैनन्, तिनीहरू प्रचारकको कर्तव्य निर्वाह गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई प्रचारक भन्न मिल्दैन। प्रचारकको पदवीको अझ उच्च हैसियत हुन्छ, र सुसमाचार सुनाउनेहरू यो पदवीको योग्य हुँदैनन्। यो पदवी तिनीहरूका लागि उपयुक्त हुँदैन। अब “गवाही” शब्द मात्र बाँकी छ। गवाहीले केको गवाही दिन्छ? (परमेश्वरका आखिरी दिनहरूको कामको।) के तिनीहरू परमेश्वरका आखिरी दिनहरूको कामको घोषणा गर्छन् र गवाही दिन्छन् भन्नु उचित हो? यदि गवाहीको सही परिभाषा दिने हो भने, यसले परमेश्वरको गवाही दिने व्यक्तिलाई जनाउनुपर्छ, सुसमाचारको गवाही दिनेलाई होइन। हामीले सुसमाचार सुनाउने यी मानिसहरूलाई परमेश्वरका गवाहीहरू भन्दा कसो होला? के तिनीहरू परमेश्वरको गवाही दिन सक्छन्? (सक्दैनन्।) हामी यहाँ प्रयोग गरिएको “गवाही” शब्दलाई कसरी व्याख्या गर्न सक्छौँ? नजिकबाट नियाल्दा, “गवाही” शब्द पनि उचित छैन। सुसमाचार सुनाउनेहरूले परमेश्वरका वचनको तृष्णा गर्ने मानिसहरूलाई परमेश्वरद्वारा व्यक्त वचनहरू सुनाउने र परमेश्वरको देखापराइ स्विकार्नेहरूलाई उहाँको वचन बताउने काम मात्र गर्ने भएकाले, यसले यो “गवाही” शब्दको साँचो महत्त्वलाई समेट्न सक्दैन। म किन गवाही दिनुको अर्थ यो होइन भन्छु? गवाही दिनुमा कुनै व्यक्तिले मानिसहरूलाई परमेश्वर चिन्न सक्षम पार्न र यी मानिसहरूलाई उहाँसामु ल्याउनका निम्ति सङ्गति र घोषणा गर्नु समावेश छ। अहिले, सुसमाचार सुनाउनेहरूले मानिसहरूलाई मण्डलीमा, परमेश्वरको पार्थिव कार्यस्थलमा मात्र ल्याइरहेका छन्। तिनीहरू परमेश्वरको स्वभाव, परमेश्वरसँग भएको कुरा र उहाँ को हुनुहुन्छ भन्ने कुरा, वा परमेश्वरको कामको गवाही दिँदैनन्। के गवाही पदवी तिनीहरूलाई उपयुक्त छ? ठ्याक्कै भन्नुपर्दा, यो न त उपयुक्त छ न त उचित नै। अब, हामीले तीनवटै शब्दावली—सुसमाचारका दूत, प्रचारक र गवाही—बारे अनुसन्धान र मनन गरेका छौँ, र ती सबै सुसमाचार सुनाउनेहरूलाई उपयुक्त नहुने पायौँ। चाहे यी शब्दहरू धर्मबाट आएका हुन् वा परमेश्वरको घरका सदस्यहरूमाझ प्रचलित हुन्, यी पदवीहरू न त उपयुक्त छन् न त उचित नै। अब प्रश्न उठ्छ: के पदवीहरू महत्त्वपूर्ण छन्? (महत्त्वपूर्ण छन्।) के ती साँच्चै महत्त्वपूर्ण छन्? उदाहरणका लागि, यदि तेरो खास नाम जोन स्मिथ थियो, तर अहिले तँ जेम्स क्लार्क नामले चिनिन्छस् भने, के तँ परिवर्तन भएको होस्? के तँ तँ नै रहँदैनस् र? यसको मतलब तैँले प्रयोग गर्ने पदवी वा नाम महत्त्वपूर्ण होइन। यदि त्यसले केही फरक पार्दैन भने, यी शब्दहरूलाई किन विश्लेषण गर्ने? मैले यी शब्दहरूलाई मानिसहरूले सुसमाचार सुनाउने कर्तव्यबारे सही दृष्टिकोण पाउन सकून्, वास्तवमा कर्तव्य के हो भनी सही तरिकाले परिभाषित गर्न सकून्, र आफूले कसरी यो कर्तव्य उचित तरिकाले निर्वाह गर्ने र लिने सो जान्न सकून् भनी विश्लेषण गरेँ। पहिला तैँले यस कर्तव्यभित्र आफ्नो स्थान निर्धारण गर्न जरुरी छ। यो एकदमै महत्त्वपूर्ण छ। त्यसकारण, यो पदवी सही हुनैपर्छ।

मैले भर्खरै सुसमाचार प्रचारको कर्तव्य निभाउने मानिसहरूलाई जनाउने केही पदवी वा शब्दहरूलाई मोटामोटी रूपमा विश्लेषण गरेको छु। गवाही, प्रचारक, र सुसमाचारका दूत सबैका पदवी र परिभाषा सही छैनन्। ती किन सही छैनन्? किनभने सुसमाचार मात्र सुनाउने मानिसहरू यी नामसुहाउँदो कुनै ठोस काम गर्दैनन्। तिनीहरू परमेश्वरका कार्य, उहाँको काम, वा उहाँको सारबारे गवाही दिइरहेका हुँदैनन्। यो तिनीहरूले गर्ने काम होइन, न त निर्वाह गर्ने कर्तव्य नै हो। त्यसकारण, तिनीहरू गावाही पदवीद्वारा बोलाइन योग्य छैनन्। प्रचारक पदवी पनि यही प्रकृतिको हुन्छ, झन् सुसमाचारका दूत पदवी यही प्रकृतिको नहुने कुरै भएन। यो अन्तिम पदवी अर्थहीन छ, यसको बिलकुलै केही आधार छैन। यो त मानिसहरूले आफूलाई दिने उच्च पदवीबाहेक केही होइन। दूत पदवी कहाँबाट आएको हो? के यो मानिसको अहङ्कारी स्वभाव बढ्नुको परिणाम होइन र? (हो।) यो त आफूलाई उच्च पदवी दिने चाहना मात्र हो। यस्तो कर्तव्यसँग सतही रूपमा सान्दर्भिक देखिने यी गतिला पदवीहरू उपयुक्त छैनन्। अन्य कतिपय त झनै कम उपयुक्त र कम उचित छन्, त्यसैले हामी ती प्रत्येकलाई पालैपालो सूचीकृत र विश्लेषण गर्नेछैनौँ। यी पदवीहरू अनुचित भएकाले सुसमाचार सुनाउने कर्तव्यको सार वास्तवमा केले बनिएको हुन्छ भनी हेरौँ। कुनै धर्ममा, सुसमाचारको प्रचारमार्फत कसैलाई मनाउन सकियो भने मानिसहरू त्यसलाई के भन्ने गर्छन्? (फल फलाएको।) जब सुसमाचार सुनाउनेहरू कुनै व्यक्तिलाई मनाउन सक्छन्, तब तिनीहरू त्यसलाई आफूले फल फलाएको भन्छन्। तिनीहरूले भेटेर कुराकानी गर्दा सधैँ फलानो ठाउँमा सुसमाचार प्रचार गरेर आफूले कति फल फलाएको छ भनी छलफल गर्छन्। तिनीहरू कसले बढी फल फलाएका छन् र ती कस्ता फल हुन् भनी हेर्न आफूलाई एकअर्कासँग दाँज्छन्। किन तिनीहरू यस्तो तुलना गर्छन्? बाहिरी रूपमा फलको सङ्ख्या तुलना गर्दा, वास्तवमा तिनीहरू के तुलना गरिरहेका हुन्छन्? तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नका लागि गुण र आफ्नो योग्यता तुलना गरिरहेका हुन्छन्। यदि तिनीहरू आफूमाझ यस्ता तुलना गर्छन् भने, के तिनीहरू सुसमाचार सुनाउने कामलाई आफ्नो कर्तव्यको रूपमा हेर्छन्? किन तिनीहरू आफूले फलाउने फललाई यस्तो महत्त्व दिन्छन्? तिनीहरू आफूले फलाउने फलहरू स्वर्ग जाने, आशिष् प्राप्त गर्ने, र इनाम आर्जन गर्नेसित कता न कताबाट सम्बन्धित छन् भन्ठान्छन्। यदि ती कुरासित यी फलहरूको सम्बन्ध नहुने हो भने, के तिनीहरूले भेट्दैपिच्छे यस्ता तुलना गर्नेथिए त? तिनीहरूले आफूहरूलाई अन्य पक्षमा तुलना गर्नेथिए। तिनीहरूले आफूहरूलाई इनाम प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्नेसँग सम्बन्धित कुनै पनि पक्षमा तुलना गर्नेथिए। सुसमाचार फैलाउने क्रममा मानिसहरूको मन जितेर फल फलाउनु स्वर्गमा गएर इनाम प्राप्त गर्नुसित सम्बन्धित भएकाले, यी कुरा हासिल गर्नका निम्ति मानिसहरू कसले सुसमाचार सुनाउँदा धेरै मानिसको मन जित्यो र धेरै फल फलाएको छ भनी तुलना गर्न कहिल्यै दिक्क मान्दैनन्। त्यसपछि, तिनीहरू हृदयमा धेरै मानिसको मन जितेर फल फलाउने तरिकाहरू आकलन गर्छन् ताकि स्वर्गमा प्रवेश गरेर इनाम प्राप्त गर्ने सम्बन्धमा आफ्ना योग्यता र आत्मविश्वासमा सुधार आओस्। यसमा, सुसमाचार सुनाउने सम्बन्धमा सबै थरीका मानिसहरूको मनोवृत्ति छर्लङ्ग हुन्छ। के सुसमाचार सुनाउनेसम्बन्धी तिनीहरूको मनोवृत्ति र प्रेरणा नै सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको चाहना हो? (होइन।) यो गलत दृष्टिकोण हो। तिनीहरूको लक्ष्य आफ्ना कर्तव्य राम्ररी निभाउनु र परमेश्वरको आज्ञा पूरा गर्नु होइन, तर इनाम प्राप्त गर्नु हो। यस्तो लेनदेनको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु स्पष्टतः सत्यताअनुरूप होइन, बरु सत्यताको उल्लङ्घन हो। यो परमेश्वरको इच्छाअनुरूप होइन, बरु उहाँविरुद्ध हो। यी मानिसहरूले जति नै फल फलाए पनि, त्यसले तिनीहरूको अन्तिम गन्तव्यमा असर पार्दैन। तिनीहरू सुसमाचार सुनाउनुलाई पेशा, आशिष् र इनाम प्राप्त गर्ने मार्ग वा पुल ठान्छन्। आफ्ना कर्तव्य निभाउनु र यो आज्ञा स्विकार्नुमा यस्ता मानिसहरूको अभिप्राय भनेको परमेश्वरको आज्ञा पूरा गर्नु वा आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्नु होइन, बरु आशिष् र इनाम प्राप्त गर्नु मात्र हो। त्यसकारण, यस्ता मानिसहरूले जति नै फल फलाए पनि, तिनीहरू न त गवाही हुन् न त प्रचारक नै। तिनीहरूले गर्ने काम कर्तव्य निर्वाह होइन, बरु आफ्नै लागि आशिष् प्राप्त गर्न गरिएको परिश्रम र सेवा मात्र हो। यसमा सबैभन्दा गम्भीर समस्या भनेको सुसमाचार सुनाउनमा तिनीहरूले आशिष् र इनाम पाउने उद्देश्य राख्नु मात्र होइन, तर तिनीहरूले सुसमाचार सुनाएर मानिसहरूको मन जित्ने तथ्यलाई इनाम र स्वर्गमा प्रवेश गर्ने आशिष् पाउन परमेश्वरसित लेनदेन गर्ने माध्यमका रूपमा प्रयोग गर्नु पनि हो। के यो एकदमै गम्भीर समस्या होइन र? यो समस्याको सार के हो? तिनीहरू सुसमाचारलाई बिक्रीमा राखिरहेका छन्, त्यसलाई आशिषका निम्ति “बेच्छन्”। के यो नै तिनीहरूले परमेश्वरसित गर्न खोजेको सौदाको प्रकृति होइन र? तिनीहरूका अभिप्रायको सार, अभ्यास अनि तिनीहरूका कार्यको प्रकृति यही हो। इनामको बद्लामा सुसमाचार बेच्नु नै धार्मिक संसारका तथाकथित “प्रचारकहरू” माझ भेटिने समस्या हो जस्तो देखिन्छ। त्यसोभए, के अहिले परमेश्वरको घरमा सुसमाचार सुनाउने कर्तव्य निर्वाह गरिरहेकाहरूमा त्यही समस्या छ? (छ।) दुइटैको मूलभूत साझा समस्या के हो? त्यो हो, तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न र उहाँबाट पुष्टि पाउन सुसमाचार बेचिरहेका छन् ताकि आशिष् र त्यो सुन्दर गन्तव्य प्राप्त गर्ने आफ्नो लक्ष्य पूरा होस्। त्यसलाई यो शैलीमा प्रस्तुत गर्दा, तिमीहरूमध्ये कतिपयलाई चित्त नबुझ्ला, तर वास्तवमा धेरै मानिस यस्तै व्यवहार गर्छन्।

मानिसहरूलाई जितेपछि, सुसमाचार सुनाउनेहरूमध्ये धेरै जना आफूले मानिसहरूलाई मुक्ति दिन सक्छु भन्ने र आफूले ठूलो सेवा गरेको महसुस गर्छन्, अनि तिनीहरू आफूबाट सुसमाचार स्विकारेका मानिसहरूलाई प्रायजसो यसो भन्ने गर्छन्: “यदि मैले तिमीलाई सुसमाचार नसुनाएको भए, तिमी कहिल्यै परमेश्वरमा विश्वास गर्न सक्षम हुनेथिएनौ। मेरो प्रेमिलो हृदयले गर्दा नै तिमीले सुसमाचार ग्रहण गर्ने सौभाग्य पायौ।” अनि ती मानिसहरूले तिनीहरूबाट सुसमाचार स्विकारिसकेपछि, यस्तै प्रकारको व्यक्तिले उनीहरूलाई सधैँ यस्तो सोध्ने विचार गर्छ, “तिमीलाई सुसमाचार सुनाउने को थियो?” ती मानिसहरूले यस प्रश्नबारे मनन गरेर सोच्नेछन्, “तपाईंले नै मलाई सुसमाचार सुनाउनुभएको साँचो हो, तर त्यो पवित्र आत्माको काम थियो—मैले त्यसको श्रेय तपाईंलाई दिन मिल्दैन।” त्यसपछि तिनीहरूले जवाफ दिन चाहनेछैनन्। तिनीहरूले जवाफ नदिएपछि, प्रश्नकर्ताहरू रिसाउनेछन् र तिनीहरूलाई प्रश्न सोधेको सोधेकै गर्छन्। तिनीहरूले प्रश्न सोधेको सोधेकै गर्नुको अभिप्राय के हो? तिनीहरू श्रेय लिन चाहन्छन्। सुसमाचार सुनाउनेहरूमध्ये, त्यस्ता केही मानिस पनि छन् जसले कसैलाई सुसमाचार सुनाउनेछन्, तर उक्त व्यक्तिले मण्डलीमा प्रवेश गर्ने सर्तहरू पूरा गरेपछि उसलाई मण्डलीमा हस्तान्तरण गर्न अस्वीकार गर्छन्। सुसमाचार सुनाउने त्यस्ता केही मानिस छन् जसले कैयौँ मानिसलाई सुसमाचार सुनाउनेछन् तर तिनीहरूलाई मण्डलीमा सुम्पँदैनन्, र केही मानिस छन् जसले २०/३० जनालाई सुसमाचार सुनाउनेछन्—एउटा मण्डली स्थापना गर्नका लागि पर्याप्त—, तर तिनीहरूलाई पनि मण्डलीमा सुम्पँदैनन्। किन तिनीहरू यी मानिसहरूलाई मण्डलीमा सुम्पँदैनन्? तिनीहरू भन्छन्, “यी मानिसहरूको अझै बलियो जग बसेको छैन। तिनीहरूको जग बलियो नभइन्जेल, तिनीहरूमा कुनै शङ्का नहटेसम्म, तिनीहरू सजिलै भ्रममा पर्न नसक्ने नभइन्जेल प्रतीक्षा गरौँ, त्यसपछि म तिनीहरूलाई मण्डलीमा सुम्पनेछु।” आधा वर्षपछि, यी मानिसहरूले केही मात्रामा जग बसाल्नेछन् र मण्डलीमा प्रवेश गर्ने सिद्धान्तहरू पूरा गर्नेछन्, तर यी सुसमाचार प्रचारकहरूले तिनीहरूलाई अझै पनि सुम्पनेछैनन्। तिनीहरू यी मानिसहरूलाई आफै डोऱ्याउन चाहन्छन्। यसको अभिप्राय के हो? यदि त्यसबाट कुनै फाइदा नहुने हो भने के तिनीहरूले यी मानिसहरूलाई डोऱ्याउन चाहनेथिए? तिनीहरू कस्तो फाइदा खोज्छन्? तिनीहरू यी मानिसहरूबाट व्यक्तिगत लाभ र फाइदा लिन खोज्छन्। यदि तिनीहरूले यी मानिसहरूलाई मण्डलीमा सुम्पने हो भने, ती लाभहरू प्राप्त गर्न सक्थेनन्। त्यसैले, तैँले यो समस्या बुझ्नैपर्छ। यो त धर्मको संसारका थुप्रै पास्टर र एल्डरहरूले आफूलाई साँचो मार्ग थाहा भएर पनि त्यो नस्विकारेको र विश्वासीहरूलाई स्विकार्न नदिएको जस्तै हो। खासमा, तिनीहरू यो आफ्नै प्रतिष्ठा र फाइदाका लागि गर्ने गर्छन्। यदि विश्वासीहरूले साँचो मार्ग स्विकार्ने हो भने, ती पास्टर र एल्डरहरूले तिनीहरूको आस्थाबाट कुनै फाइदा उठाउन सक्नेथिएनन्। यस्ता सुसमाचार प्रचारकहरू आफूबाट सुसमाचार पाएकाहरू मण्डलीमा आबद्ध भएपछि, आफू त बिर्सिइनेछ र आफूले तिनीहरूको आस्थाबाट फाइदा उठाउन सक्नेछैन भनेर डराउँछन्। यही कारण तिनीहरू यी मानिसहरूलाई मण्डलीमा सुम्पदैनन्। यस्ता सुसमाचार प्रचारकहरूले यी मानिसहरू कहिले सुम्पनेछन्? ती सबै मानिसले तिनीहरूको कुरा सुन्ने र आज्ञापालन गर्ने भएपछि तिनीहरूले उनीहरूलाई मण्डलीमा सुम्पनेछन्। यी मानिसहरू मण्डलीमा प्रवेश गरेपछि, राम्रो मानवता र शुद्ध बुझाइ भएका अनि सत्यतालाई प्रेम गर्ने कतिपयले अक्सर प्रवचनहरू सुन्नेछन् र केही सत्यता बुझ्नेछन्, अनि त्यसरी आफूलाई सुसमाचार सुनाउने यी मानिसहरूलाई खुट्ट्याउन सक्नेछन्। त्यसपछि उनीहरूले भन्नेछन्, “त्यो व्यक्ति पावलजस्तै ख्रीष्टविरोधी देखिन्छ।” अर्कोपटक भेट्दा, उनीहरूले सुसमाचार सुनाउने ती मानिसहरूलाई कुनै वास्ता गर्नेछैनन्। आफूलाई बेवास्ता गरिँदा, यी प्रचारकहरू रिसाएर यसो भन्नेछन्, “तिमी बैगुनी रहेछौ। यदि मैले तिमीलाई सुसमाचार नसुनाएको भए, के तिमीले परमेश्वरमा विश्वास गरेका हुनेथियौ? के तिमीले साँचो मार्ग भेट्टाएका हुनेथियौ? के तिमीले आफूलाई डोऱ्याउने अरू कोही भेटेपछि मलाई अर्थात् तिम्री आमालाई बिर्स्यौ?” तिनीहरू आमाको रूपमा देखिन चाहन्छन्। के यस्तो कुरा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) यदि कसैले आफूबारे यस्तो भन्न सक्छ भने, ऊ निश्चय नै असल होइन। म किन यसो भन्छु? तिनीहरूले परमेश्वरको सुसमाचार फैलाउँदा, मन जित्ने मानिस कसको स्वामित्वमा हुन्छ? (परमेश्वरको।) तिनीहरूले सुसमाचार सुनाउन मेहनत गर्लान्, तैपनि आफूले मन जित्ने मानिसहरू तिनीहरूको नभई परमेश्वरको स्वामित्वमा हुन्छन्। सुसमाचार स्विकार्नेहरू परमेश्वरलाई पछ्याउन चाहन्छन्, आफूलाई सुसमाचार सुनाउनेहरूमा विश्वास गर्न चाहँदैनन्, तर यस्तो सुसमाचार प्रचारकले तिनीहरूलाई मण्डलीमा आबद्ध हुन र परमेश्वरलाई पछ्याउन दिँदैन। बरु ऊ यी मानिसहरूलाई आफ्नो पकड र नियन्त्रणमा राख्न, अनि उसको पछि लाग्ने तुल्याउन चाहन्छ। के यो सुसमाचार प्रचारबाट अत्यधिक फाइदा उठाउनु होइन र? यस्तो सुसमाचार प्रचारकले मानिसहरूलाई परमेश्वरसामु आउन रोक्छ, मानिसहरू ऊमार्फत नै परमेश्वरसामु आउनुपर्ने, र सबथोक ऊमार्फतै आदान-प्रदान हुनुपर्ने अवस्था सिर्जना गर्छ। के ऊ तिनीहरूको आस्थाबाट फाइदा उठाउन खोजिरहेको छैन र? के ऊ यी मानिसहरूलाई नियन्त्रण गर्न चाहँदैन र? (चाहन्छ।) यो कस्तो व्यवहार हो? यो खाँटी शैतानको व्यवहार हो! यसको मतलब ख्रीष्टविरोधीले आफ्नो साँचो चरित्र देखाएको छ, र ऊ मण्डली र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छ। यस्ता खालका मानिसहरू सबै ठाउँका मण्डलीहरूमा भेट्न सकिन्छ। गम्भीर मामिलामा, तिनीहरूले दर्जनौँ वा सयौँ मानिसहरूलाई समेत नियन्त्रण गर्लान्। अलि हल्का मामिलामा, तिनीहरूले थोरै मानिसलाई सुसमाचार प्रचार गर्दा, उनीहरूले कृतज्ञता देखाएको मात्र माग गरिरहनेछन्, उनीहरूलाई भेट्दैपिच्छे उनीहरूले तिर्नुपर्ने ऋणबारे कुरा उठाउँछन्, र उनीहरूले विश्वास गर्न थाल्दाका कुराहरू सधैँ बताउँछन्। किन तिनीहरू सधैँ यस्ता कुराहरू बताउँछन्? यसको उद्देश्य ती मानिसहरूले तिनीहरूको दया अनि उनीहरूलाई कसले प्रचार गरेर परमेश्वरको घरमा प्रवेश गर्न सक्षम तुल्याएको हो र यसको श्रेय कसले पाउनुपर्छ भन्ने कुरा नबिर्सून् भन्ने हो। तिनीहरूले यस्ता मामलाहरू उठाउनुमा कुनै उद्देश्य राखेका हुन्छन्, र यदि त्यो पूरा भएन भने, तिनीहरू ती मानिसहरूलाई गाली गर्छन्। तिनीहरूले उनीहरूलाई गाली गर्न भन्ने पहिलो कुरा के हो? (उनीहरू बैगुनी छन् भन्छन्।) के तिनीहरूका यी बोलीमा कुनै समझ हुन्छ? (हुँदैन।) तँ किन तिनमा समझ हुँदैन भन्छस्? (किनभने यी सुसमाचार सुनाउनेहरू आफ्नो उचित स्थानमा उभिएका हुँदैनन्। सुसमाचार सुनाउनु तिनीहरूको कर्तव्य हो, त्यो तिनीहरूले गर्नुपर्ने हुन्छ। तैपनि, मानिसहरूलाई सुसमाचार सुनाएपछि, तिनीहरू त्यसलाई आफ्नो कर्तव्य नभई आफूले गरेको योगदान ठान्छन्।) तिनीहरू सधैँ आफूले सुसमाचार सुनाएर योगदान गरेको छु भन्ने सोच्छन्। यो गलत हो। एकातिर, तिनीहरू आफ्नो उचित स्थानमा उभिरहेका हुँदैनन्। मानिसहरूलाई मुक्ति त परमेश्वरले नै दिनुहुन्छ, र मानिसहरू त यसमा सहकार्य गर्न मात्र सक्छन्। यदि परमेश्वरले काम नगर्ने हो भने व्यक्तिले के हासिल गर्न सक्छ र? अर्कोतिर, अरू मानिसलाई सुसमाचार सुनाउनु तिनीहरूको योगदान होइन। तिनीहरूले ठूलो योगदान गरेका हुँदैनन्, त्यो तिनीहरूको कर्तव्य हो। मानिसहरू प्राप्त गर्न चाहने त परमेश्वरले हो, सुसमाचार सुनाउनेहरू त उहाँसँग थोरै सहकार्य मात्र गरिरहेका हुन्छन्। मानिसहरूलाई मुक्ति दिनु र प्राप्त गर्नु परमेश्वरको काम हो, अनि यसको सुसमाचार सुनाउनेहरूसित कुनै सम्बन्ध छैन। तिनीहरू यी कामहरू गर्न सक्दैनन्। सुसमाचार सुनाउने काममा तिनीहरू यसलाई प्रसार गर्ने काम मात्र गररहेका हुन्छन्, तिनीहरू परमेश्वरका आखिरी दिनहरूको सुसमाचार अरू मानिसहरूलाई सुनाइरहेका मात्र हुन्छन्। यसलाई तिनीहरूले मानिसलाई केही दया देखाएको भन्न मिल्दैन, त्यसैले यदि यी मानिसहरूले तिनीहरूलाई वास्ता गर्दैनन् भने, उनीहरू बैगुनी बनिरहेका हुँदैनन्। के यस्ता कुराहरू मानिसहरूले सुसमाचार सुनाएर आफ्ना कर्तव्य पूरा गर्ने क्रममा प्रायजसो हुँदैनन् र? के तिमीहरूबाट यस्तो भ्रष्टता प्रकट भएको छ? (भएको छ।) के त्यो चरम प्रकट थियो? के तँ अरूलाई गाली गर्ने हदसम्म पुगेको छस्? के तँ अरूलाई घृणा गर्ने हदसम्म पुगेको छस्? के तँ मानिसहरूलाई श्राप दिन र नियन्त्रण गर्न इच्छा लाग्ने हदसम्म पुगेको छस्? तँ आफूबाट सुसमाचार प्राप्त गर्ने जोकोहीमाथि प्रभुत्व जमाउन र उसलाई नियन्त्रण गर्न चाहन्छस्। तँ ती मानिसहरू परमेश्वरलाई सम्पनुको साटो आफ्नै लागि राख्न चाहन्छस्। तँ आफूबाट सुसमाचार ग्रहण गर्ने जोकोही तेरो वफादार सन्तान होस् भन्ने अपेक्षा गर्छस्। के तिमीहरू यस्ता सोच राख्छौ? धेरै मानिस सुसमाचार प्रचार गर्नुलाई फल फलाउनुझैँ ठान्छन्। तिनीहरू आफूबाट सुसमाचार ग्रहण गर्ने जोकोही तिनीहरूको फल र अनुयायी बन्छ, र उसले तिनीहरूलाई आज्ञाकारी भई पछ्याउनैपर्छ अनि आफ्नो परमेश्वर र मालिकझैँ व्यवहार गर्नैपर्छ भन्ने सोच्छन्। के तँ यस्तो सोच्छस्? तँ यस्तो चरम हदमा नपुगे पनि, तँमा अझै भ्रष्ट स्वभावको यो पक्ष हुन्छ। यसको कारण के हो? मूलत: सबैभन्दा महत्त्वपूर्ण कारण ती दुई बुँदा नै हो: एकातिर, मानिसहरू आफ्नो उचित स्थानमा उभिँदैनन् र आफूलाई चिन्दैनन्। अर्कोतिर, तिनीहरू सुसमाचार सुनाउनुलाई आफ्नो कर्तव्य ठान्दैनन्। यदि तैँले सुसमाचार सुनाउनुलाई आफ्नो कर्तव्यको रूपमा लिइस् भने, आफू जे गरे पनि, जति नै धेरै मानिसहरूलाई सुसमाचार सुनाए पनि वा जति नै धेरै मानिसको मन जिते पनि, यो त सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु मात्र हो, यो आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्व हो, र यसलाई ठूलो योगदान भन्नु मिल्दैन भनेर बुझ्नेछस्। त्यो मामलालाई यसरी बुझ्नु सत्यताअनुरूप हुन्छ। तर किन सुसमाचार सुनाउने कतिपय मानिस आफूबाट सुसमाचार प्राप्त गर्नेहरूलाई नियन्त्रण गर्न र उनीहरूलाई आफ्नै जस्तो गरेर लिन सक्षम हुन्छन्? किनभने तिनीहरूको प्रकृति नै अति अहङ्कारी र आत्मधर्मी हुन्छ अनि तिनीहरूमा अलिकति पनि समझ हुँदैन। यसका अलावा, तिनीहरू सत्यता बुझ्दैनन् र तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको यो पक्ष हटाएका हुँदैनन्। त्यही कारण तिनीहरू अरू मानिसले घृणा गर्ने र परमेश्वरले घिनाउने यस्ता मूर्ख, अहङ्कारी, र असभ्य कामहरू गर्न सक्छन्।

मानिसहरू आफूले केही काम गर्दा, आफूसँग अलिकति पुँजी हुँदा वा आफूले कुनै योगदान दिँदा, त्यो प्रदर्शन गर्न चाहन्छन्, मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्, आफूले गरेको कामबापत इनाम पाउन वा राम्रो गन्तव्य सुरक्षित गर्न चाहन्छन्। कतिपय त परमेश्वरको सुसमाचार प्रयोग गरेर कारोबार कोसिस गर्ने हदसम्म पुग्छन्। तिनीहरू कस्तो कारोबार गर्न चाहन्छन्? एउटा उदाहरण यस्तो छ। जब यस्तो व्यक्ति सुसमाचार ग्रहण गर्ने सम्भावना भएको कुनै व्यक्तिको घरमा पुग्छ र उसको परिवार गरिब रहेछ भन्ने देख्छ, तब ऊ यो व्यक्तिलाई सुसमाचार सुनाएर सायद आफूलाई फाइदा हुनेछैन भन्ने सोच्छ। फलस्वरूप, उसले उनीप्रति रूचि देखाउँदैन वा उनलाई भेदभावसमेत गर्छ। ऊ त्यो व्यक्तिलाई देख्नेबित्तिकै खिसिक्क हुन्छ, र आफ्नो अगुवालाई भन्छ, “त्यो व्यक्तिले परमेश्वरमा विश्वास गर्न सक्नेछैन। उसले विश्वास गरिहाले पनि सत्यता प्राप्त गर्न सक्दैन।” यही बहाना बनाएर उसले त्यस व्यक्तिलाई सुसमाचार सुनाउँदैन। त्यसलगत्तै, उक्त व्यक्तिलाई सुसमाचार सुनाउन अरू कोही जान्छ, र उसले सुसमाचार स्विकार्छ। सुसमाचार सुनाउने पहिलो व्यक्तिले यसलाई कसरी व्याख्या गर्न सक्छ? कसरी उसले यो व्यक्तिले परमेश्वरमा विश्वास गर्नेछैन भनेर भन्न सक्यो? कसरी ऊ त्यति स्वेच्छाचारी हुन सक्यो? उसले सुसमाचार नै नसुनाई कुनै व्यक्तिले विश्वास गर्ला कि नगर्ला भनेर कसरी थाहा पाउनसक्थ्यो? थाहा पाउनै सक्दैनथ्यो। उसले यो व्यक्तिको मन किन जितेन? ऊ त्यस व्यक्तिप्रति पक्षपाती भयो, उसले तिनलाई हेय दृष्टिले हेऱ्यो, र हृदयबाट प्रेम देखाएन, त्यसैले उसले त्यस व्यक्तिको मन जित्न सकेन। त्यसरी आफ्नो कर्तव्य निर्वाह गरेर ऊ लापरवाह भइरहेको थियो। उसले हृदयबाट प्रेम देखाएन र आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। परमेश्वरका नजरमा यो श्रेय हो कि दोष हो? (दोष हो।) यो निश्चय नै अपराध हो। यो अपराध किन सिर्जना भयो? के यो उसले सुसमाचार ग्रहण गर्ने उक्त व्यक्तिबाट कुनै फाइदा लिन नसकेकाले होइन र? त्यस व्यक्तिलाई सुसमाचार सुनाएर आफूलाई फाइदा नहुने देखेपछि, उसमा उनीप्रति वितृष्णा जाग्यो र उसले उनलाई प्रतिशोध लिँदै मुक्ति प्राप्त गर्न दिन चाहेन, र उनलाई सुसमाचार नसुनाउने अनेक थरीका कारण र बहाना खोज्यो। यो त कर्तव्यप्रति गम्भीर लापरवाही र गम्भीर अपराध हो! कुनै फाइदा नहुने देखेपछि कुनै व्यक्तिलाई सुसमाचार सुनाउन नमान्नु—यो कस्तो मनोवृत्ति हो? के यो सुसमाचार बेच्ने व्यक्तिको ठेट प्रकटीकरण होइन र? (हो।) उसले कुन रूपमा सुसमाचार बेचिरहेको छ? विस्तृत कुरा र प्रक्रिया बता। (सुसमाचार सुनाउने व्यक्तिले आफूले सुसमाचार सुनाउँदा फाइदा हुन्छ कि हुँदैन भन्ने कुराका आधारमा कुनै व्यक्तिलाई सुसमाचार सुनाउन चाहने वा नचाहने निर्णय गरेको थियो। यो त परमेश्वरको सुसमाचारलाई कुनै वस्तुको रूपमा लिनु र त्यसलाई बेचेर आफूले चाहेका फाइदा उठाउनुसरह हो। उसले त्यसबाट कुनै फाइदा नहुने देखेपछि सुसमाचार सुनाउन नमानेको हो।) ऊ परमेश्वरको सुसमाचारलाई आफ्नो निजी सम्पत्ति ठान्छ। यदि उसले धनी र सशक्त परिवारको राम्रो खान र लाउन पाएको कुनै व्यक्तिलाई देखेमा, “मैले उसलाई सुसमाचार सुनाएँ भने, म उसको घरमा रहन सक्छु, र मैले पनि राम्रो खान र लाउन पाउन सक्छ” भनेर मनमनै सोच्छ, र त्यसपछि त्यस व्यक्तिलाई सुसमाचार सुनाउने निर्णय गर्छ। यो कस्तो व्यवहार हो? यो त सुसमाचार बेच्ने व्यक्तिको ठेट उदाहरण हो। सुसमाचार सुनाउने यो व्यक्तिले परमेश्वरको सुसमाचार र परमेश्वरको नयाँ कामका सुखद समाचारलाई वस्तु र आफ्नो निजी सम्पत्ति ठान्छ, अनि लाभ पाउन र आफूलाई चाहिने कुरा सुनिश्चित गर्न चारैतिर अरूलाई धोका दिन्छ र छल गर्छ। के यो आफ्नो कर्तव्य निर्वाह गर्नु हो? यसलाई व्यापार गर्नु र घुमफिर गर्दै सुसमाचार बिक्री गरेर नाफा कमाउनु भनिन्छ। घुमफिर गर्दै बिक्री गर्नु भनेको व्यापारमार्फत आफूसँग भएका सामानहरू बेच्नु, र त्यसको बदलामा आफूले चाहेको पैसा वा भौतिक चीजहरू प्राप्त गर्नु हो। त्यसोभए उसले कसरी घुमफिर गर्दै सुसमाचार बिक्री गर्छ? यो उसले सम्भावित सुसमाचार ग्रहणकर्ताहरूबाट लाभ प्राप्त गर्न सक्छ कि सक्दैन भन्नेमा भर पर्छ। यसको मतलब हो, “यदि मलाई फाइदा हुन्छ भने म तिमीलाई सुसमाचार सुनाउनेछु। यदि त्यसबाट मलाई फाइदा हुँदैन भने, म बहाना बनाएर तिमीलाई सुसमाचार सुनाउनेछैनँ। त्यो असफल सौदाबाजी मात्र हुनेछ।” यो सौदाबाजी किन सफल भएन? यो सफल हुन सकेन किनभने सुसमाचार सुनाउने व्यक्तिले त्यसबाट लाभ पाउन सकेन। हामी यस्तो व्यक्तिलाई के भन्ने गर्छौँ? तिनीहरूलाई “ठगी गरिहिँड्ने मानिस” भनिन्छ। तिनीहरूसित दिने वास्तविक कुरा केही पनि हुँदैन, बरु चारैतिर अरूलाई धोका दिँदै र झुक्याउँदै हिँड्छन्, आफ्ना बोलीका भरमा पैसा र नाफा कमाउँछन्। यसरी सुसमाचार प्रचार गरेर के तिनीहरू आफ्ना कर्तव्य निर्वाह गरिरहेका हुन्छन्? तिनीहरू पूर्णतया खराबी गरिरहेका हुन्छन्। तिनीहरूका कार्य र कर्तव्य पूरा गर्नुबीच कुनै सम्बन्ध हुँदैन, किनभने तिनीहरू सुसमाचार सुनाउनुलाई आफ्नो कर्तव्य ठान्दैनन्, अनि त्यसलाई आफ्नो जिम्मेवारी वा दायित्व, वा परमेश्वरले तिनीहरूलाई सुम्पेको कार्यभारको रूपमा हेर्दैनन्। बरु, तिनीहरू त्यसलाई आफूलाई आवश्यक पर्ने कुराहरूको सट्टामा, आफ्ना रूचि र माग पूरा गर्नका लागि गरिने जागिर अर्थात् पेशाको रूपमा लिन्छन्। कतिपय त्यस्ता मानिस पनि हुन्छन् जो धनाढ्यहरू बस्ने क्षेत्रहरूमा सुसमाचार सुनाउन गएपछि त्यो ठाउँ छोड्न चाहँदैनन्, किनकि तिनीहरू मिठो खान्छन्, राम्रो लाउँछन्, र राम्रा ठाउँमा बस्छन्। तिनीहरू सुसमाचार ग्रहण गर्नेहरूसामु आफ्नो गरिबीबारे रुँदै गिडगिडाउन थाल्छन्, “हेर त परमेश्वरले तपाईंहरूलाई कति धेरै अनुग्रह र आशिष् दिनुभएको छ। हरपरिवार आफ्नै गाडी चढ्छ, आफ्नै महलमा बस्छ, र राम्रो लाउँछ। तपाईंहरू त हरदिन मासु पनि खानुहुन्छ। हाम्रो ठाउँमा त त्यो सम्भव नै छैन।” यो सुनेपछि सुसमाचार ग्रहणकर्ताहरू “तपाईंहरूको बसोबास गर्ने ठाउँ त्यस्तो गरिब छ भने, यता आएर हामीसँगै बस्ने गर्नुस्” भन्छन्, त्यसपछि उनीहरूले यी सुसमाचार प्रचारकहरूलाई केही सामान दिन्छन्। यो त छद्मवेशमा मानिसहरूबाट पैसा र भौतिक वस्तुहरू माग्नु र धुत्नु हो। तिनीहरू केको आधारमा धुत्ने गर्छन्? “हामीले तपाईंहरूलाई परमेश्वरको सुसमाचार सुनाएका छौँ, र त्यसको बदलामा केही पनि पाएका छैनौँ। हामीले परमेश्वरको आज्ञा पूरा गरेका छौँ। तपाईंहरूले यति धेरै आशिषहरू पाउनुभएको छ, त्यसैले तपाईंहरूले परमेश्वरको प्रेम चुक्ता गर्नुपर्छ र हामीलाई अलिकति दान दिनुपर्छ। के हामी त्यसको हकदार छैनौँ र?” यसरी तिनीहरू छद्म रूपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसहरूबाट भौतिक सरसामान र पैसा धुत्ने विविध विधिहरू प्रयोग गर्छन्। तिनीहरू सुसमाचार प्रचारलाई व्यक्तिगत लाभ खोज्ने अवसरका रूपमा प्रयोग गर्छन्। यसको पहिलो प्रकटीकरण सुसमाचार बेच्नु हो, यसको प्रकृति सबैभन्दा गम्भीर हुन्छ। दोस्रो प्रकटीकरणचाहिँ छद्म रूपमा धुत्नु हो। त्यसकारण, सुसमाचार प्रचारको कर्तव्य निभाउने मानिसहरूमा, सुसमाचार सुनाउने क्रममा कतिपय मानिसको गोजी अलिअलि गर्दै भरिन थाल्छ, र तिनीहरू धनी बन्छन्। कतिपय मानिस भन्छन्, “के धनी हुनु राम्रो होइन र? के यो परमेश्वरको आशिष् होइन र?” त्यो वाहियात कुरा हो! तँ आफ्नै चालबाजी र युक्तिहरू प्रयोग गरेर मानिसहरूबाट सामान धुत्ने र ठग्ने गर्छस्, अनि त्यसपछि त्यो परमेश्वरको आशिष् भएको दाबी गर्छस्। यी कस्ता प्रकृतिका कुरा हुन्? ती परमेश्वरविरुद्धका निन्दा हुन्। यो परमेश्वरको आशिष् होइन। परमेश्वर मानिसहरूलाई यसरी आशिष् दिनुहुन्न। त्यसोभए कुनै व्यक्तिमा यस्तो विचार किन उत्पन्न हुन्छ? यो तिनीहरूका महत्त्वाकाङ्क्षा र लोभी, शैतानी प्रकृतिको नतिजा हो।

सुसमाचार सुनाउने सबैले धेरै दुःख भोग्छन्। कहिलेकाहीँ तिनीहरू धर्मका मानिसहरूको सतावट र घेराबन्दीमा पर्छन्, वा यहाँसम्म कि शैतानको शासनमा सुम्पिइन्छन्। तिनीहरू थोरै असावधान भएमा ठूलो रातो अजिङ्गरद्वारा पक्राउ पर्ने सम्भावना हुन्छ। तर, सत्यतालाई प्रेम गर्नेहरू यस्ता कुराहरूलाई सही रूपमा सम्हाल्न सक्छन्, जब कि सत्यतालाई प्रेम नगर्नेहरू थोरै दुःख भोग्दा पनि बारम्बार गुनासो गर्नेछन्। सुसमाचार सुनाउने कतिपयले यसो भनेका छन्: “मैले एउटा व्यक्तिलाई सुसमाचार सुनाएँ, र त्यति धेरै समयसम्म कुरा गरेपछि पनि उसले मलाई एक गिलास पानीसमेत दिएन। म उसलाई प्रचार गर्न चाहन्नँ।” के कुनै व्यक्तिले तिनीहरूलाई एक गिलास पानी नदिनु समस्या हो? सुसमाचार सुनाउने यी मानिसहरूका शब्दमा एक प्रकारको स्वभाव लुकेको हुन्छ। यसको आशय के हो भने सुसमाचार प्रचार त्यसबेला मात्र सार्थक हुन्छ जब त्यो रमाइलो र फाइदाजनक हुन्छ। यदि त्यसमा दुःख हुन्छ, वा तिनीहरूले एक गिलास पिउने पानीसमेत पाउँदैनन् भने, त्यो सार्थक हुँदैन। यसमा केही कुरा माग्ने र सौदा गर्ने अभिप्राय हुन्छ। यदि कुनै व्यक्तिको सुसमाचार सुनाउने काममा सधैँ लेनदेन गर्ने प्रकृति हुन्छ भने, के ऊ इमानदारीसाथ परमेश्वरप्रति समर्पित भइरहेको हुन्छ? यदि उसले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यति थोरै दुःखसमेत सहन सक्दैन, र सानो कुराले नै उसलाई नकारात्मक बनाउँछ भने, के उसले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निभाउन सक्छ? उसले यस्तो पनि भन्नेछ, “उसले मलाई पानी नदिएको मात्र होइन, दिउँसोको खाना नै दिएन।” के कुनै व्यक्तिले यी सुसमाचार प्रचारकहरूलाई ऊसँगै बसेर खाना खान नदिनु समस्या हो? तिनीहरूले निकै वर्षदेखि सुसमाचार सुनाउँदै आइरहेका छन् र मानिसहरूले तिनीहरूलाई कस्तो मेजमानी गर्छन्, के खान र पिउन दिन्छन्, र आफूले कस्ता उपहारहरू पाउँछन् भन्ने कुरामा सधैँ ध्यान दिन्छन्—किन यसो गर्छन्? के तिनीहरूलाई साँचो मार्ग अनुसन्धान गरिरहेकाहरूलाई कस्तो व्यवहार गर्ने भनेर थाहा हुँदैन? यो तिनीहरूको चरित्रको समस्या हो। के तिनीहरूको हृदयमा मानिसहरूप्रति अलिकति पनि प्रेम हुन्छ? अनि किन तिनीहरू सुसमाचार सुनाउनेहरूले सहनुपर्ने कष्ट र तिनीहरूले कसरी सत्यता अभ्यास गर्नुपर्छ भन्ने कुरा अझै बुझ्दैनन्? किन तिनीहरूले यसलाई बिलकुलै अभ्यास गरेका छैनन्? तैँले सुसमाचार सुनाउने मानिसहरूले तँलाई पानी वा खाना दिएनन् भने के त्यो समस्या हो र? यो समस्या होइन। मानिसहरूलाई सुसमाचार सुनाउनु हाम्रो दायित्व हो; यो हाम्रो कर्तव्य हो। यसका थप सर्तहरू छैनन्। तैँले सुसमाचार सुनाउनेहरूमा तँलाई खाना खुवाउने, तँलाई पर्खेर बस्ने, वा तँलाई मुस्कान दिने दायित्व हुँदैन। उनीहरूले तैँले भनेको सबथोक सुन्नु र तेरो आज्ञा मान्नु पर्दैन। उनीहरूमा यस्तो दायित्व हुँदैन। यदि तैँले यसरी सोच्न सकिस् भने, त्यो वस्तुगत र समझदारीपूर्ण हुन्छ। त्यसपछि, तैँले यी कुराहरूलाई सही रूपमा लिन सक्नेछस्। त्यसोभए, साँचो मार्गको अनुसन्धान गरिरहेको व्यक्तिसँग कस्तो व्यवहार गरिनुपर्छ? यदि ऊ परमेश्‍वरको घरका सुसमाचार प्रचारका सिद्धान्तहरू पालना गर्छ भने, उसलाई सुसमाचार सुनाउनु हाम्रो दायित्व हुन्छ; र उसको वर्तमान मनोवृत्ति कमजोर र ग्रहणशील भए पनि, हामीले धैर्य अभ्यास गर्नुपर्छ। हामी कति लामो समय र कति हदसम्‍म धैर्य हुनुपर्छ? जबसम्‍म तिनीहरूले तँलाई इन्कार गरेर तँलाई आफ्‍नो घरमा पस्‍न दिँदैनन्, र जति छलफल गरे पनि, तिनीहरूलाई कल गरे पनि, वा तिनीहरूलाई निम्तो दिन अरू कसैलाई पठाउँदा पनि पार लाग्दैन, अनि तिनीहरूले तँलाई स्वीकार गर्दैनन्, तबसम्‍म। यस्तो अवस्थामा, तिनीहरूलाई सुसमाचार सुनाउन सम्भव हुँदैन। त्यतिखेर तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको हुन्छस्। आफ्नो कर्तव्यपालन गर्नु भनेको त्यही हो। तर, जबसम्‍म थोरै भए पनि आशा बाँकी हुन्छ, तबसम्‍म तैँले सकेजति सबै उपाय सोच्‍नुपर्छ र तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउन र उहाँको कामको गवाही दिन सक्दो गर्नुपर्छ। उदाहरणको लागि, मानौँ तँ कसैको सम्पर्कमा रहेको दुईतीन वर्ष भयो। तैँले उसलाई सुसमाचार सुनाउने र परमेश्‍वरको गवाही दिने धेरै प्रयास गरिस्, तर उसँग यसलाई स्वीकार गर्ने कुनै अभिप्राय छैन। तर उसको बुझाइ निकै राम्रो छ र ऊ साँच्‍चै नै सुसमाचार प्रचार गर्न लायक व्यक्ति हो। तब, तैँले के गर्नुपर्छ? सर्वप्रथम त, तैँले उसलाई त्याग्नै हुँदैन, बरु ऊसँग सामान्य अन्तरक्रियाहरू गरिरहनुपर्छ, र तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाइरहनुपर्छ र उहाँको कामको गवाही दिइरहनुपर्छ। तिनीहरूप्रति हरेस नखा; अन्त्यसम्‍मै धैर्य गर्। कुनै दिन, तिनीहरूको होस खुल्‍नेछ र तिनीहरूले अब साँचो मार्गको अनुसन्धान गर्ने समय आयो भन्‍ने अनुभव गर्नेछन्। त्यसैले धैर्य र कटिबद्धता अभ्यास गर्नु सुसमाचार प्रचारको निकै महत्त्वपूर्ण पक्ष हो। अनि किन यसो गर्ने? किनभने यो सृष्टि गरिएको प्राणीको कर्तव्य हो। तँ तिनीहरूको सम्पर्कमा छस्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउने दायित्व र जिम्‍मेवारी तेरै हुन्छ। तिनीहरूले पहिलोपटक परमेश्‍वरका वचनहरू र सुसमाचार सुनेको दिन र तिनीहरू सही दिशामा फर्केको दिनबीच थुप्रै प्रक्रिया हुन्छन्, र यसको लागि समय लाग्छ। तिनीहरूले आफूलाई सही दिशामा नफर्काउन्जेल, र तैँले तिनीहरूलाई परमेश्‍वरकहाँ, उहाँको परिवारमा नल्याउन्जेलसम्‍म अवधिमा तैँले धैर्य भएर प्रतीक्षा गर्नुपर्छ। यो तेरो दायित्व हो। दायित्व भनेको के हो? यो यस्तो जिम्‍मेवारी हो, जसबाट पन्छिन मिल्दैन, र जसमा व्यक्तिको नैतिक जिम्मेवारी हुन्छ। यो आमाले आफ्नो बच्‍चालाई गर्ने व्यवहारजस्तै हो। बच्‍चा जति नै अनाज्ञाकारी वा उपद्रे भए पनि, वा ऊ बिरामी भएर खान नसक्‍ने भए पनि, आमाको दायित्व के हुन्छ? यो उनको सन्तान भएकोले, उनी ऊप्रति मरिहत्ते गर्छिन्, र उसलाई प्रेम र ध्यानपूर्वक हेरचाह गर्छिन्। त्यो बच्चाले उनलाई आफ्‍नी आमाको रूपमा स्वीकार गरे पनि नगरे पनि त्यसले केही फरक पार्दैन, र उसले उनीसँग जसरी व्यवहार गरे पनि त्यसले केही परक पार्दैन—उनी तँलाई साथ दिइरहन्छिन्, तँलाई एकछिन पनि छोड्दिनन्, र उनी निरन्तर उसले उनी आफ्नी आमा हुन् भनी विश्वास गरेको ऊ उनको अङ्गालोमा फर्केको प्रतीक्षामा हुन्छिन्। यसरी, उनले उसलाई निरन्तर निगरानी र हेरचाह गरिरहन्छिन्। जिम्‍मेवारी भनेको यही हो; नैतिक जिम्मेवारी भनेको यही हो। यदि सुसमाचार प्रचार गर्नेहरूले मानिसहरूप्रति यस्तै प्रेमिलो हृदय बोकेर, यसरी नै अभ्यास गरे भने, तिनीहरूले सुसमाचार प्रचारका सिद्धान्तहरू पालन गरिरहेका हुन्छन्, र तिनीहरू पूर्ण रूपमा नतिजाहरू हासिल गर्न सक्षम हुन्छन्। यदि तिनीहरू सधैँ बहाना बनाइरहेका वा आफ्ना अवस्थाबारे कुरा गरिरहेका हुन्छन् भने, तिनीहरूले सुसमाचार सुनाउन सक्नेछैनन्, र आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुनेछैनन्। सुसमाचार सुनाउने कतिपय मानिस सम्भावित सुसमाचार ग्रहणहरूले धेरै प्रश्न सोधेको र कठिनाइहरू सामना गर्नुपरेको र उनीहरूको क्षमता कमजोर भएको कारण उनीहरूलाई छान्नेबारे सधैँ नाटीकुटी गर्छन्, र फलस्वरूप, तिनीहरू उनीहरूको मन जित्नका लागि दुःख भोग्न र मूल्य चुकाउन चाहँदैनन्। तर यदि तिनीहरू आफ्ना आमाबुबा र आफन्तहरूसँग धेरै कठिनाइ र कमजोर क्षमता भए पनि, उनीहरूलाई प्रेमिलो हृदयले व्यवहार गर्न सक्छन्। के यसको अर्थ तिनीहरू मानिसहरूलाई निष्पक्ष व्यवहार गरिरहेका छैनन् भन्ने होइन र? के यी मानिसहरूमा प्रेमिलो हृदय हुन्छ? के तिनीहरू परमेश्वरको इच्छाप्रति विचारशील मानिस हुन्? कदापि होइनन्। तिनीहरू सुसमाचार सुनाउने क्रममा, मानिसहरूलाई सुसमाचार नसुनाउन आफूले भेट्टाउन सक्ने वस्तुगत अवस्थाका आधारमा सधैँ कुनै पनि कारण र बहाना खोज्छन्, वा जो देखे पनि तिनीहरूलाई राम्रो लाग्दैन र उनीहरूलाई आफूभन्दा तुच्छ ठान्छन्, अनि तिनीहरूलाई सधैँ कोही पनि सुसमाचार सुनाउनलायक छैन भन्ने लाग्छ—फलस्वरूप, तिनीहरू एउटा व्यक्तिलाई पनि सुसमाचार सुनाउँदैनन्। के यस्तो सुसमाचार सुनाउनका सिद्धान्तहरू छन्? यस्तो व्यक्तिले परमेश्वरको इच्छा वा परमेश्वरका मापदण्डलाई बिलकुलै विचार गर्दैन। परमेश्वरका वचनलाई सत्यता मान्न सक्ने र सत्यता स्विकार्न सक्ने जोकोही प्रस्ट रूपमा दुष्ट वा निरर्थक मानिस होइन भने, ऊ सुसमाचार ग्रहण गर्ने सम्भावित व्यक्ति हो। यदि मानिसहरू परमेश्वरको इच्छाप्रति साँच्चै चासो देखाउँछन् भने, तिनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्नेछन् र सिद्धान्तहरूअनुसार मानिसहरूलाई व्यवहार गर्नेछन्। साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूमा जे-जस्ता समस्या भए पनि वा तिनीहरूले जति नै भ्रष्ट स्वभाव प्रकट गरे पनि, यदि तिनीहरू सत्यतालाई मान्न र स्विकार्न सक्छन् भने, तैँले तिनीहरूलाई अथक रूपमा परमेश्वरका वचनहरू पढेर सुनाउनुपर्छ र परमेश्वरको कामबारे गवाही दिनुपर्छ। सुसमाचार प्रचार गर्दा पालना गर्नैपर्ने सिद्धान्त यही हो।

मैले सुसमाचार सुनाउने कतिपय मानिसको हृदयमा बिलकुलै प्रेम हुँदैन भन्ने सुनेको छु। साँचो मार्ग अनुसन्धान गरिरहेकाहरूका धारणा र प्रश्नहरू सम्हाल्ने क्रममा यी सुसमाचार प्रचारकहरू कैयौँपटक सङ्गतिर् गर्छन्। तर ती मानिसहरूले अझै नबुझेर बारम्बार प्रश्नहरू सोधिरहँदा, यी सुसमाचार प्रचारकहरू सहनै सक्दैनन् र तिनीहरूलाई भाषण छाँट्न थाल्छन्। “तिमीहरू साह्रै धेरै प्रश्न सोध्छौ। मैले तिमीहरूसँग जति नै सङ्गति गरे पनि तिमीहरू सत्यता बुझ्दैनौ। तिमीहरूको क्षमता ज्यादै कम छ, तिमीहरूमा बोध क्षमता छैन, र तिमीहरू सत्यता र जीवन प्राप्त गर्न सक्दैनौ। तिमीहरू सबै सेवाकर्ता हौ।” कतिपय मानिस यस्ता वचनहरू सुन्नै सक्दैनन् र केही बेर नकारात्मक बन्छन्। मानिसहरू एकभन्दा अर्का फरक हुन्छन्। कतिपय मानिसले साँचो मार्ग अनुसन्धान गर्दा परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने बुझ्छन्। तिनीहरूमा केही धारणा र समस्या भए पनि, तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा ती समाधान हुन्छन्। यी मानिसहरू यति शुद्ध हुन्छन् कि तिनीहरू सजिलै सत्यता स्विकार्न सक्छन्। तिनीहरू आफै परमेश्वरको वचन पढ्छन्, खोजी र अनुसन्धान गर्छन्, र त्यसपछि कसैले तिनीहरूसँग सङ्गति गर्दा, तिनीहरू स्वेच्छाले साँचो मार्ग स्विकार्छन् र मण्डलीमा आबद्ध हुन्छन्। तर अरू मानिससँग धेरै प्रश्न हुन्छन्। तिनीहरूले सबै पक्षमा स्पष्ट नभइन्जेल अनुसन्धान गर्नुपर्छ। यदि तिनीहरूले प्रस्ट नहुन्जेल एउटै मात्र कुरा अनुसन्धान गरेका छैनन् भने, साँचो मार्ग स्विकार्नेछैनन्। यी मानिसहरू आफूले गर्ने सबथोकमा होसियार र सजग हुन्छन्। सुसमाचार सुनाउने कतिपयको हृदयमा यस्ता मानिसहरूप्रति कुनै प्रेम हुँदैन। तिनीहरूको मनोवृत्ति कस्तो हो? “तिमीले विश्वास गर कि नगर! तिमी नहुँदा परमेश्वरको घरलाई ठूलो घाटा हुनेछैन, न त तिमी हुनु कुनै ठूलो उपलब्धि नै हुनेछ। विश्वास गर्दैनौ भने र नगर! तिमीसित कसरी यतिका धेरै प्रश्न हुन्छन् हँ? यी सबैको जवाफ पाइसकेका छौ।” वास्तवमा, यी सुसमाचार प्रचारकहरू यी सम्भावित सुसमाचार ग्रहणकर्ताहरूले उठाएका प्रश्नहरूको प्रस्ट जवाफ दिँदैनन्, तिनीहरू सत्यतामा प्रस्ट रूपले सङ्गति गर्दैनन्, तिनीहरू यी मानिसहरूका हृदयका शङ्काहरूलाई पूर्ण रूपमा हटाउँदैनन्, तर तिनीहरू उनीहरूले आफ्ना धारणाहरू त्यागेर चाँडोभन्दा चाँडो सुसमाचार स्विकारेको चाहन्छन्। के यो मानिसहरू अनिच्छुक भए पनि तिनीहरूलाई गर्न बाध्य पार्न सकिने कुरा हो? यदि कसैले साँचो रूपमा बुझ्दिनँ भन्छ भने, तैँले उसलाई उसका समस्या र धारणासम्बन्धी परमेश्वरका वचनका केही खण्ड पढेर सुनाउनुपर्छ, अनि त्यसपछि सत्यतामा सङ्गति गरेर उसलाई बुझ्न सक्षम तुल्याउनुपर्छ। कतिपय सम्भावित सुसमाचार ग्रहणकर्ताहरू कामकुराको जडमै पुग्न रुचाउँछन्। यस्ता मानिसहरू सबथोक थाहा पाउन चाहन्छन्। तिनीहरूले तँलाई कठिनाइमा पारिरहेका हुँदैनन्, तिनीहरू सानोतिनो गल्ती खोतल्ने वा दोष कोट्याउने गरिरहेका हुँदैनन्, तिनीहरू केवल कामकुरालाई गम्भीरतापूर्वक लिन्छन्। यस्ता गम्भीर मानिसहरूको सामना गर्दा, कतिपय सुसमाचार प्रचारक तिनीहरूलाई जवाफ दिन सक्दैनन् र आफूले आफैलाई मूर्ख बनाएको महसुस गर्छन्। फलस्वरूप, तिनीहरू यस्ता मानिसहरूसँग सङ्गति गर्न चाहँदैनन्, र यसो भन्छन्, “मैले धेरै वर्षदेखि सुसमाचार प्रचार गर्दै आएको छु, तर यस्तो आँखाको कसिङ्गर कहिल्यै भेटेको थिइनँ!” यी सुसमाचार प्रचारकहरू यस्ता मानिसहरूलाई आँखाका कसिङ्गर भन्छन्। वास्तवमा, यी सुसमाचार प्रचारकहरूले सत्यताको कुनै पनि पक्ष आधा मात्र बुझेका हुन्छन्, तिनीहरू केही ठूलाठूला धर्मसिद्धान्त र खोक्रा वचनहरूबारे बोल्छन् र मानिसहरूलाई ती कुरा सत्यताको रूपमा स्विकार्न लगाउने प्रयास गर्छन्। के यो अरूलाई गाह्रो पार्नु होइन र? यदि अरूले नबुझेर विस्तृत प्रश्नहरू सोधेमा, तिनीहरू खुसी हुँदैनन्, र यसो भन्छन्, “मैले तिमीलाई परमेश्वरको कामका तीन चरणबारे बताएको छु, र मैले त्यो प्रस्ट रूपमा बताएको छु। मैले यति धेरै बताएपछि पनि बुझ्न सक्दैनौ भने, तिमी आफै परमेश्वरका वचनहरू पढेर आफ्ना धारणाहरू हटाउनुपर्छ। परमेश्वरको वचन त्यहीँ छ। यदि तिमीले त्यो पढेर बुझ्छौ भने, विश्वास गर। यदि बुझ्न सक्दैनौ भने, विश्वास नगर!” यो सुनेर, सम्भावित सुसमाचार ग्रहणकर्ताहरू सोच्छन्, “यदि मैले प्रश्न सोधिरहेँ भने, मैले मुक्ति पाउने मौका गुमाउन सक्छु र आशिष प्राप्त गर्न सक्दिनँ। त्यसोभए म प्रश्न सोध्दिनँ, म उसको पछि लागेर विश्वास गर्नेछु!” त्यसपछि, यी मानिसहरू भेलाहरूमा सहभागी भइरहन्छन् र ध्यानपूर्वक प्रवचनहरू सुन्छन्, र तिनीहरूले बिस्तारै केही सत्यता बुझ्छन् र बिस्तारै आफ्ना धारणाहरू हटाउँछन्। अहिले तिनीहरूको विश्वास जेजस्तो भए पनि, के यो सुसमाचार सुनाउने उचित तरिका हो? के यी सुसमाचार प्रचारकहरूले आफ्नो जिम्मेवारी पूरा गरेका छन् भन्न मिल्छ? (मिल्दैन।) सुसमाचार फैलाउने क्रममा, तैँले सुरुमा आफ्‍नो जिम्मेवारी पूरा गर्नैपर्छ। तैँले गर्न सक्‍ने र गर्नुपर्ने सबै कुरा गर्नको लागि आफ्‍नो विवेक र समझलाई पछ्याउनुपर्छ। तैँले साँचो मार्गबारे छानबिन गर्ने व्यक्तिमा भएको कुनै पनि धारणा वा उसले उठाउने कुनै पनि प्रश्‍नको हल प्रेमपूर्वक प्रदान गर्नुपर्छ। यदि तैँले हल प्रदान गर्न सक्दैनस् भने, परमेश्‍वरका वचनहरूको सान्दर्भिक खण्डहरू खोजी पढेर सुनाउन सक्छस्, वा अनुभव गवाहीका क्लिपहरू वा केही सान्दर्भिक सुसमाचार गवाही चलचित्रहरू देखाउन सक्छस्। यो प्रभावकारी हुन सक्‍ने सम्‍भावना अधिक हुन्छ; अनि, कम्तीमा पनि तैँले आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको हुन्छस्, र तँलाई तेरो विवेकले दोष दिनेछैन। तर यदि तँ लापरवाही भएर झारा टार्ने काम गर्छस् भने, तैँले कामकुरामा ढिलाइ गर्ने सम्‍भावना हुन्छ, र त्यस व्यक्तिको विश्‍वास जित्न सहज हुनेछैन। अरूलाई सुसमाचार सुनाउने क्रममा, व्यक्तिले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नैपर्छ। “जिम्‍मेवारी” भन्‍ने शब्‍दलाई कसरी बुझ्नुपर्छ? यसलाई सही रूपमा कसरी अभ्यास र लागू गर्नुपर्छ? प्रभुलाई स्वागत गरेपछि र परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुभव गरेपछि, तैँले उहाँको देखापराइको तृष्णा गर्नेहरूलाई उहाँको कामको गवाही दिने दायित्व पाएको हुन्छस् भन्‍ने कुरा तैँले बुझ्‍नुपर्छ। त्यसो भए, तैँले कसरी तिनीहरूलाई सुसमाचार प्रचार गर्नुपर्छ? अनलाइन होस् वा वास्तविक रूपमा होस्, तैँले जुन तरिकाले मानिसहरूको विश्वास जित्छस् र जुन तरिका प्रभावकारी हुन्छ त्यही तरिकाले प्रचार गर्नुपर्छ। सुसमाचार फैलाउने काम तँलाई मन लागेको बेला गर्ने, राम्रो मनस्थिति हुँदा गर्ने र राम्रो मनस्थिति नहुँदा नगर्ने कुरा होइन। न त यो तेरो रूचिअनुसार तैँले नै कसले अधिमान्य व्यवहार पाउने भनी निर्णय गर्ने काम हो, न त तँलाई मन पर्ने मानिसहरूलाई सुनाउने र मन नपर्ने मानिसहरूलाई नसुनाउने कुरा नै हो। सुसमाचार परमेश्‍वरका मागहरूअनुसार र उहाँको घरका सिद्धान्तहरूअनुसार फैलाउनुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी र कर्तव्य पूरा गर्नुपर्छ र साँचो मार्ग छानबिन गर्ने मानिसहरूलाई आफूले बुझेका सत्यताहरू, परमेश्‍वरका वचनहरू, अनि परमेश्‍वरको कामबारे गवाही दिन आफ्‍नो क्षमताले भ्याउन्जेल सक्दो गर्नुपर्छ। तैँले यसरी नै सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी र कर्तव्य पूरा गर्नुपर्छ। सुसमाचार प्रचार गर्ने क्रममा व्यक्तिले के गर्नुपर्छ? उसले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, आफूले सकेजति सबै गर्नुपर्छ, र हर मूल्य चुकाउन इच्छुक बन्‍नुपर्छ। सम्भवतः तैँले सुसमाचार प्रचार गरेको धेरै भएको छैन, तँमा पर्याप्त अनुभव छैन, तँ त्यति वाक्पटु छैनस्, र तैँले उच्च शिक्षा पाएको छैनस्। खासमा, यी कुराहरू अत्यन्तै महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले परमेश्वरको वचनबाट उपयुक्त खण्डहरू रोज्नु स्पष्ट र समस्या हल गर्न सक्ने सत्यताहरूमा सङ्गति गर्नु हो। तेरो मनोवृत्ति सच्चा हुनैपर्छ र त्यसले मानिसहरूलाई समेट्न सक्नैपर्छ, ताकि तैँले जे भने पनि, सम्भावित सुसमाचार ग्रहणकर्ताहरू सबै, विशेष गरी तैँले तेरा वास्तविक अनुभवहरूबारे कुरा गर्दा र हृदयबाट बोल्दा, तेरो कुरा सुन्न इच्छुक होऊन्। यदि तैँले सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई तँजस्तै बनाउन सक्छस् जसले गर्दा तिनीहरू स्वेच्छाले तँसित उठबस् गर्छन्, स्वेच्छाले तँसित सङ्गति गर्छन्, र स्वेच्छाले तेरो गवाही सुन्छन् भने, त्यो सफलता हो। त्यसपछि तिनीहरूले तँलाई विश्वासपात्र ठान्नेछन् र तैँले भन्ने हरकुरा स्वेच्छाले सुन्नेछन्, तैँले सङ्गति गर्न रोज्ने सत्यताका सबै पक्ष तिनीहरूलाई राम्रा र एकदमै व्यावहारिक लाग्नेछन्, र तिनीहरू ती सबै स्विकार्न सक्षम हुनेछन्। यसरी, तैँले सजिलै तिनीहरूको मन जित्न सक्छस्। यदि तँ सुसमाचार सुनाउँछस् भने तँमा हुनैपर्ने बुद्धिमत्ता यही नै हो। यदि तँ मानिसहरूलाई हृदयबाट प्रेम गर्दै मद्दत गर्न सक्दैनस् र अरूको विश्वासपात्र बन्न सक्दैनस् भने, सुसमाचार सुनलाउन र मानिसहरूको मन जित्न तँलाई निकै मुस्किल पर्नेछ। सरल र खुला रूपमा बोल्ने, स्पष्टवादी र दयालु हृदय भएकाहरूले अत्यन्तै प्रभावकारी रूपमा सुसमाचार सुनाउनुको कारण के हो? के हो भने यस्ता सुसमाचार प्रचारकहरूलाई सबैले रुचाउँछन्, र तिनीहरू उनीहरूसँग अन्तरक्रिया गर्न र मित्रता गाँस्न इच्छुक हुन्छन्। यदि यस्ता सुसमाचार प्रचारकहरू सत्यता बुझ्छन् र सत्यतामा अत्यन्तै व्यावहारिक र प्रस्ट शैलीमा सङ्गति गर्छन् भने, यदि तिनीहरू अरूसँग धैर्यसाथ सत्यतामा सङ्गति गर्न, मानिसहरूका विविध समस्या, कठिनाइ, र अन्योलहरू समाधान गर्न, उनीहरूको हृदय प्रफुल्लित बनाउन, र उनीहरूलाई ठूलो आराम दिन सक्छन् भने, मानिसहरूले हृदयबाट तिनीहरूलाई मन पराउनेछन् र भरोसा गर्नेछन्, विश्वासपात्र ठान्नेछन्, र तिनीहरूले भन्ने कुनै पनि कुरा स्वेच्छाले सुन्नेछन्। यदि कुनै सुसमाचार प्रचारकले सधैँ आफूलाई माथि राखेर अरूलाई भाषण छाँट्छ, तिनीहरूलाई बच्च र विद्यार्थीलाई जस्तै व्यवहार गर्छ भने, सम्भवतः मानिसहरूका नजरमा ऊ रिसउठ्दो र मन नपर्दो बन्छ। त्यसकारण, सुसमाचार सुनाउन तँमा हुनुपर्ने बुद्धिमत्ता यो हो: पहिला, तेरा श्रोताहरूलाई स्वीकार्य हुने तरिकाले बोलेर अरूमा आफ्नो राम्रो छाप पार्। तिनीहरूले तेरो कुरा सुनेपछि त्यसबाट केही कुरा र केही लाभ पाउन सक्नुपर्छ। यसरी, तेरो सुसमाचार प्रचार सहज हुनेछ, त्यसमा अवरोधहरू आउनेछैनन् र फलदायी नतिजा प्राप्त हुनेछ। कतिपय मानिसले सुसमाचार नस्विकार्लान्, तैपनि तिनीहरूको नजरमा तँ असल व्यक्ति हुनेछस् र तिनीहरूले स्वेच्छाले तँसित उठबस गर्नेछन्। सुसमाचार प्रचार गर्नेहरू मानिसहरूसित घुलमिल हुन सक्नुपर्छ। धेरै साथीहरू बनाउनु राम्रो उपाय हो। यसको अलावा, अझै एउटा सबैभन्दा महत्त्वको कुरा छ। तैँले जसलाई सुसमाचार सुनाए पनि, सुरुमा धेरै तयारी गर्नैपर्छ। तैँले आफूलाई सत्यताद्वारा सुसज्जित पार्ने, सिद्धान्तहरूमा दक्ष बन्ने, मानिसहरू खुट्ट्याउने क्षमता राख्ने, र बुद्धिमानी विधिहरू प्रयोग गर्ने गर्नैपर्छ। तैँले यो तयारी निरन्तर अभ्यास गर्नैपर्छ। सर्वप्रथम, तैँले अनुसन्धान गरिरहेका मानिसहरूसँग कुराकानी गर्दा, तिनीहरूको पृष्ठभूमि, तिनीहरू कुन धार्मिक सम्प्रदायका हुन्, तिनीहरूका प्राथमिक धारणाहरू के हुन्, तिनीहरू अन्तर्मुखी हुन् कि बहिर्मुखी, तिनीहरूको बोध क्षमता कस्तो छ, र तिनीहरूको चरित्र कस्तो छ भनी बुझ्न र बोध गर्न एकदमै जरुरी हुन्छ। मुख्य कुरा यही हो। तैँले सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई सबै पक्षबाट पक्कासित बुझेपछि, तेरो सुसमाचार प्रचार अझ प्रभावकारी हुनेछ, र तैँले तिनीहरूका धारणा र समस्या समाधान गर्न कसरी सही औषधी दिने भनी जान्नेछस्। यदि तँलाई दुष्ट मानिस, नास्तिक, वा दियाबलसहरूबाट प्रलोभन आइपऱ्यो भने, तैँले तिनीहरूलाई चिन्न, खुट्ट्याउन, र तुरुन्तै त्याग्न सक्नेछस्। परमेश्वरका वचनहरू पढ्दा सबै प्रकारका मानिसहरूको खुलासा गर्न सकिन्छ। ती वचनहरू सुन्दा दुष्ट मानिस र नास्तिकहरूमा घृणा जाग्नेछ, अनि दियाबलसहरू परमेश्वरका वचनहरू सुन्न रुचाउँदैनन्। सत्यताको तृष्णा गर्नेहरूले मात्र रूचि राख्नेछन्। तिनीहरूले सत्यता खोज्नेछन् र प्रश्नहरू सोध्नेछन्। यसरी तैँले तिनीहरू सम्भावित सुसमाचार ग्रहणकर्ताहरू भएको पुष्टि गर्न सक्छस्। हामीले यो पुष्टि गरेपछि, हामी तिनीहरूलाई सत्यतासम्बन्धी व्यवस्थित सङ्गतिमा संलग्न गराउन सक्छौँ। सत्यतामा सङ्गति गर्दा, हामीले यी सम्भावित सुसमाचार ग्रहणकर्ताहरूको क्षमता कस्तो छ, तिनीहरूले सत्यता कतिको बुझ्न सक्छन्, र तिनीहरूका चरित्रको स्थिति कस्तो छभनी पूर्ण रूपमा बुझ्न सक्छौँ। यसरी, हामीले कुन मानिसहरूमा काम गर्ने र कसरी सत्यतामा सङ्गति गर्ने भनी थाहा पाउनेछौँ। हामीले जति नै प्रयत्न लगाए पनि, त्यो व्यर्थ हुनेछैन। सुसमाचार सुनाउने क्रममा, यदि तैँले अर्को पक्षको परिस्थिति बुझिनस् र सही औषधीमूलो दिइनस् भने, मानिसहरूको मन जित्न सजिलो हुनेछैन। तैँले केही मानिसहरूको मन जित्न सकिस् भने पनि, त्यो संयोग मात्र हुनेछ। सत्यता बुझ्ने र कामकुराको गहिराइ बुझ्ने हरू सुसमाचार सुनाउने क्रममा कम गलत कदम चाल्न वा चाल्दै नचाल्न सक्षम हुन्छन्। तिनीहरू प्रचार गर्नुपर्ने मानिसहरूलाई प्रचार गर्छन् र प्रचार गर्नु नर्ने मानिसहरूलाई प्रचार गर्दैनन्। तिनीहरू प्रचार गर्नुअघि सही आकलन गर्छन् र बेकारको काम गर्दैनन्। यसरी, तिनीहरू एकदमै दक्षताका साथ र कम प्रयत्न गरेर आफ्नो कर्तव्य निर्वाह गर्छन्, र राम्रा नतिजा हासिल गर्छन्। त्यसैले, यदि तँ प्रभावकारी रूपमा सुसमाचार सुनाउन चाहन्छस् भने, आफूलाई सत्यताद्वारा सुसज्जित पार् र पर्याप्त तयारी गर्। यदि तैँले बाइबलबारे राम्रो ज्ञान भएको कुनै धार्मिक व्यक्तिलाई भेटिस्, तर तैँले बाइबल पढेको छैनस् भने के हुन्छ? तैँले के गर्न सक्छस्? त्यस बखत, तैँले बाइबलको सत्यताद्वारा आफूलाई सुसज्जित पार्नु ज्यादै ढिलो भइसकेको हुनेछ, त्यसैले तैँले तुरुन्तै उसलाई बाइबल बुझ्ने सुसमाचार प्रचारकसँग परिचय गराउनुपर्छ। यस व्यक्तिलाई जसले बाइबल बुझ्छ उसको जिम्मा लगा। यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तैँले उसलाई सुसमाचार सुनाएर अन्धाधुन्ध प्रदर्शन गर्ने कोसिस गरिस् भने, यस व्यक्तिले सुसमाचार स्विकार्नेछैन। तेरो गैरजिम्मेवारीले गर्दा यो नतिजा निम्तिनेछ। यसको अलावा, तैँले आफूले काम नगरेको बेला आफूलाई बाइबलका केही ज्ञानद्वारा सुसज्जित पार्ने समय निकाल्नुपर्छ। बाइबलबारे केही पनि नजानी सुसमाचार प्रचार गर्नु त्यति व्यावहारिक हुँदैन। अनुसन्धानकर्ताहरूले उठाएका धेरैजसो प्रश्नबाइबलका वचनहरूसँग सम्बन्धित हुन्छन्। यदि तैँले बाइबल बुझिस् भने, बाइबलको सत्यता प्रयोग गरेर यी प्रश्नहरू हल गर्न सक्छस्। सम्भावित सुसमाचार ग्रहणकर्ताहरूमा जेजस्ता धारणा भए पनि, तैँले बाइबलका मिल्दा पद र परमेश्वरका वचनहरू खोजेर तिनीहरूका धारणा हटाउन सक्छस्। यसरी मात्र अपेक्षित नतिजा हासिल गर्न सकिन्छ। त्यसकारण, सुसमाचार प्रचार गर्न बाइबलका केही ज्ञान आवश्यक हुन्छ। उदाहरणका लागि, पुरानो करारका कुन अगमवाणीहरू र नयाँ करारका कुन पदहरूले परमेश्वरको पुनरागमन र परमेश्वरका आखिरी दिनहरूको कामबारे गवाही दिन्छन् भनी तैँले थाहा पाउनुपर्छ। तैँले यी वचनहरू अझ धेरै पढ्नुपर्छ, तीबारे अझ धेरै मनन गर्नुपर्छ, र ती आफ्नो हृदयमा राख्नुपर्छ। यसको अलावा, तैँले धर्मका मानिसहरूले बाइबलका यी पदहरू कसरी बुझ्छन् भनी बुझ्नैपर्छ, तिनीहरूलाई यी पदहरूलाई सही र शुद्ध बुझ्न लगाउन कसरी सङ्गति गर्ने भनी मनन गर्नैपर्छ, र त्यसपछि बाइबलका यी पदहरू समावेश गरेर परमेश्वरका आखिरी दिनहरूको काम बुझ्न डोऱ्याइ दिनैपर्छ। के यो तेरो तयारी हो? तयारी गर्नु भनेको ठ्याक्कै यही हो। तैँले साँचो मार्ग अनुसन्धान गर्ने विभिन्न खालका मानिसहरूका आवश्यकताहरू बुझ्नुपर्छ, र त्यसपछि परिस्थितिअनुसार केही तयारी गर्नुपर्छ। त्यसपछि मात्र तँ आफूले सक्ने सबै गर्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम हुनेछस्। यो तेरो जिम्मेवारी हो। कतिपय मानिसले भन्नेछन्, “मैले त्यो सब गर्नु आवश्यक छैन। मैले एकदुई पटक बाइबल पढे पुग्छ। मैले जसलाई सुसमाचार सुनाए पनि, म सधैँ त्यही कुराहरू भन्ने गर्छु। मैले सुसमाचार सुनाउन प्रयोग गर्ने वचनहरू निश्चित छन् र परिवर्तन हुँदैनन्। म यी वचनहरू भन्नेछु, विश्वास गर्नु नगर्नु तिनीहरूको कुरा हो। विश्वास नगर्ने मानिसहरूले आशिषहरू प्राप्त गर्नेछैनन्। तिनीहरूले त्यो मलाई थोपर्न मिल्दैन। आखिर, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु।” के तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरे त? अनुसन्धान गरिरहेको व्यक्तिको परिस्थिति कस्तो छ, उसको उमेर, शैक्षिक स्तर, वैवाहिक स्थिति, सौख, व्यक्तित्व, मानवता, पारिवारिक अवस्था आदि कस्ता छन्? तँलाई यी केही थाहा छैन, तर तँ अझै पनि तिनीहरूकहाँ प्रचार गर्न जान्छस्। तैँले कुनै तयारी गरेको छैनस् र बिलकुलै प्रयत्न गरेको छैनस्। अनि तँ अझै आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गर्छस्? के यो मानिसहरूलाई मूर्ख बनाउनु मात्र होइन र? आफ्नो कर्तव्यलाई यसरी लिनुले लापर्बाही र गैरजिम्मेवार मनोवृत्तिलाई देखाउँछ। यो सतही मनोवृत्ति हो। तँ यस्तो मनोवृत्तिले सुसमाचार प्रचार गर्छस् र, कसैको मन जित्न नसक्दा यसो भन्छस्, “उसले विश्वास गर्दैन भने त्यो उसैको दुर्भाग्य हो। त्यसबाहेक, उसमा आत्मिक बुझाइ नभएकाले, उसले विश्वास गरेको भए पनि सत्यता प्राप्त गर्न वा मुक्ति पाउन सक्नेथेन!” यो गैरजिम्मेवार कुरा हो। तँ आफ्नो जिम्मेवारी पन्छाइरहेको छस्। तैँले राम्ररी तयारी नगरेको, प्रस्ट छ। स्पष्टतः तैँले आफ्नो जिम्मेवारी पूरा गरिनस्, आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरिनस्। तर तँ अझै पनि वचनहरू चलाएर अनेकथरीका तर्क दिँदै बहनाहरू बनाउँछस्, र आफ्नो जिम्मेवारी पन्छाउने कोसिस गर्छस्। यो कस्तो व्यवहार हो? यसलाई छल भनिन्छ। तँ आफ्नो जिम्मेवारी पन्छाउन मानिसहरूको आकलन गर्छस् र तिनीहरूबारे निष्कर्ष निकाल्छस् अनि गैरजिम्मेवार वाहियात कुरा गर्छस्। यसलाई अहङ्कार र आत्मधर्मीपन, कपटीपन र उग्रपन भनिन्छ। यसलाई छल पनि भनिन्छ। यो परमेश्वरलाई धोका दिन खोज्नु हो।

यदि परमेश्‍वरले तँलाई सुसमाचार फैलाउने कर्तव्य सुम्पनुभएको छ भने, तैँले सम्‍मानपूर्वक र समर्पित भएर परमेश्‍वरको यो आज्ञालाई स्वीकार गर्नुपर्छ। तँ साँचो मार्ग अनुसन्धान गरिरहेका हरेक व्यक्तिलाई प्रेम र धैर्यताको साथ व्यवहार गर्न लागिपर्नुपर्छ, र तैँले कठिनाइ भोग्‍न र परिश्रम गर्न सक्‍नुपर्छ। सुसमाचार प्रचार गर्ने कार्यमा जिम्‍मेवारी लिन लगनशील बन्; सत्यताबारे स्पष्ट सङ्गति दे, ताकि तैँले यसबारे परमेश्‍वरलाई लेखा दिन सक्। व्यक्तिले यस्तै मनोवृत्तिद्वारा आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ। साँचो मार्ग अनुसन्धान गरिरहेको कुनै व्यक्तिले यदि तँबाट सत्यताको खोजी गर्छ, र तैँले उसलाई पाखा लगाउँछस्, सत्यताबारे उसलाई सङ्गति गर्न र उसको समस्या समाधान गर्न सक्दैनस्, अनि यसो भन्दै बहानासमेत बनाउँछस् भने, “अहिले मलाई यो काम गर्ने मन छैन। ऊ जो भए पनि, सत्यता वा परमेश्‍वरको देखापराइ र कामको निम्ति उसमा जति नै तृष्णा भए पनि, यो मेरो काम होइन। तिनीहरूले विश्‍वास गर्न सक्‍नु नसक्‍नु मेरो हातमा छैन। यदि पवित्र आत्‍माले काम गर्नुहुन्‍न भने, मैले जति नै तयार गरे पनि, त्यसको केही काम हुँदैन—त्यसकारण म त्यो प्रयास गर्नेछैन! जे भए पनि, मैले बुझेको सबै सत्यता पहिले नै बताइसको छु। तिनीहरूले साँचो मार्ग स्विकार्न सक्नु नसक्नु परमेश्‍वरको कुरा हो। योसँग मेरो कुनै सम्‍बन्ध छैन,” यदि तँ त्यसो भन्छस् भने, यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवार, र कठोर मनोवृत्ति हो। के यसरी सुसमाचार प्रचार गर्ने मानिसहरू धेरै छैनन् र? के त्यस्तो सुसमाचार सुनाउने कामले पर्याप्त मापदण्ड पूरा गर्न सक्छ? के यसले परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिन सक्छ? अहँ, अलिकति पनि गर्न सक्दैन। त्यस्तो सुसमाचार प्रचार अलिकति सेवा मात्रै हो; यो कर्तव्यपालनको नजिकसमेत आउँदैन। त्यसो भए, पर्याप्त मात्रामा कसरी सुसमाचार फैलाउन सकिन्छ? साँचो मार्ग अनुसन्धान गर्ने जोसुकै भए पनि, सुरुमा तैँले पूर्वतयारी गर्नैपर्छ र आफूलाई सत्यताले सुसज्‍जित गर्नुपर्छ, त्यसपछि प्रेम, धैर्यता, र जिम्‍मेवारीबोधमा भर परेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। अशुद्ध नबनीकन काम गर् र आफूले गर्न सक्‍ने र गर्नुपर्ने सबै कुरा गर्। यसरी सुसमाचार प्रचार गर्नु पर्याप्त हो। यदि परिस्थितिले तँलाई सुसमाचार सुनाउन दिँदैन, वा यदि अनुसन्धान गर्ने व्यक्ति सुन्न नमानेर छोडेर जान्छ भने, यो तेरो गल्ती होइन। तैँले आफूले गर्नुपर्ने गरेको छस्, र तेरो विवेकले तँलाई घोच्नेछैन। यसको मतलब तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छस्। कतिपय मानिसले सुसमाचार सुनाउनेसम्बन्धी सिद्धान्तहरू पूरा गर्लान्, तर समय सही नहुन सक्ला। परमेश्वरको समय अझै आएको हुँदैन। यस्तो अवस्थामा, सुसमाचार प्रचारको काम तत्कालका लागि थाती राख्नैपर्छ। काम थाती राख्नुको अर्थ के तैँले उक्त व्यक्तिलाई सुसमाचार सुनाउँदैनस् भन्ने हो? यसको मतलब तैँले सुसमाचार सुनाउँदैनस् भन्ने होइन, यति मात्र हो कि तँ त्यसका लागि सही समय पर्खिन्छस्। अरू कस्ता मानिसहरूलाई सुसमाचार सुनाउनु हुँदैन? उदाहरणका लागि, यदि कुनै व्यक्तिले एकदुई दिन, वा एकदुई वर्ष मात्र नभई लामो समयसम्म अन्य भाषा बोल्छ, अनि कुनै पनि समय र स्थानमा यसरी बोल्न सक्छ भने, यो व्यक्ति दुष्टात्मा हो र उसलाई सुसमाचार सुनाउन मिल्दैन। बाहिर असल देखिने मानिसहरू पनि हुन्छन्, तर सोधपुछ गर्दा र थप कुरा बुझ्दा, तँलाई तिनीहरूले धेरै मानिससँग व्यभिचार गरेका रहेछन् भन्ने थाहा हुन्छ। यदि यस्ता मानिसहरूलाई सुसमाचार सुनाइएमा, यसले धेरै समस्या निम्त्याउनेछ। सम्भवतः तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई बाधा दिनेछन्, त्यसैले तिनीहरूलाई सुसमाचार सुनाउनै हुँदैन। सत्यता स्विकार्न एकदमै प्रयत्न चाहिने धर्मका केही पास्टरहरू पनि छन्। तिनीहरू सत्यता स्विकार्न इच्छुक भए पनि, तिनीहरूसँग सर्तहरू हुन्छन्। तिनीहरू अगुवा र सेवकका रूपमा सेवा गर्दा मात्र सन्तुष्ट हुन्छन्। यस्ता धेरैजसो मानिस ख्रीष्टविरोधी हुन्छन्। सिद्धान्तअनुसार, तिनीहरूलाई सुसमाचार सुनाउनु हुँदैन। तिनीहरू सुसमाचार सुनाउने सेवा गर्न इच्छुक हुन्छन् र अन्य धेरैलाई भित्र्याउन सक्षम छन् भने मात्र तिनीहरूलाई सुसमाचार सुनाउने अनुमति दिइन्छ। यदि कसैको मानवता अति दुष्ट छ, र तँ उसको रूपबाटै ऊ दुष्ट व्यक्ति हो भनी बताउन सक्छस् भने, यस्तो व्यक्तिले कहिल्यै सत्यता स्विकार्नेछैन र कहिल्यै पश्चात्ताप गर्नेछैन। यस्तो व्यक्ति मण्डलीमा छिरे पनि, निष्कासित हुनेछ, त्यसैले उसलाई कहिल्यै सुसमाचार सुनाउनु हुँदैन। यस्तो व्यक्तिलाई सुसमाचार सुनाउनु भनेको शैतान, दियाबलसलाई मण्डलीमा ल्याउनु बराबर हुनेछ। केही नाबालिगहरूले परमेश्वरमा विश्वास गर्ने अर्को परिस्थिति हुन्छ। तर, कतिपय प्रजातान्त्रिक देशमा, नाबालिगहरूले मण्डली जीवनमा सामेल भएर आफ्ना कर्तव्य निभाउन चाहेमा आफ्ना अभिभावकको स्वीकृति लिनैपर्छ। यस मापदण्डलाई बेवास्ता नगर्। यसका लागि उचित समाधान, र बुद्धिमत्ता आवश्यक पर्छ। चीनमा, यदि यस्तो नाबालिगलाई बुबा वा आमाले परमेश्वरमा विश्वास गर्न डोऱ्याउँछ भने, बिलकुलै समस्या हुँदैन। यदि युवा वयस्कले सत्यता बुझ्न सक्छ र परमेश्वरमा विश्वास गर्न चाहन्छ, तर उसका आमाबुबाले विरोध गर्छ र उसलाई रोक्छ भने, उक्त युवाले आफ्नो परिवार त्यागेर मण्डलीमा आई आफ्ना आमाबुबाको रोकटोक वा अवरोधबिना परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन सक्छ। यो पूर्णतया उचित हो। यो त पत्रुसले परमेश्वरमा विश्वास गर्दाको अवस्था जस्तै हो। निष्कर्षमा भन्नुपर्दा, परिस्थिति जेजस्तो भए पनि, वस्तुगत परिस्थितिले साथ दिन्छ र त्यसले कानुन उल्लङ्घन गर्दैन भने सुसमाचार सुनाउने अनुमति छ। यस मामलालाई सत्यता सिद्धान्तहरू र बुद्धिमत्ताका नियमअनुसार सम्हाल्नुपर्छ।

कुनै व्यक्तिले सुसमाचार प्रचार गर्दा कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छ? सुरुमा, उसले सुसमाचार प्रचारसम्बन्धी सत्यता बोध गर्न र बुझ्न सक्नैपर्छ। उसले सत्यता बुझ्यो भने मात्र सही दृष्टिकोण राख्न, गलत वा निरर्थक दृष्टिकोणहरूलाई कसरी निराकरण गर्ने भनी जान्न, र कसरी मामलाहरू सम्हाल्ने र सत्यता सिद्धान्तबमोजिम समस्याहरू निराकरण गर्ने भनी जान्न सक्छ। त्यसपछि, तिनीहरूले विविध गलत अभ्यास र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने ख्रीष्टविरोधी अभ्यासहरू खुट्ट्याउन सक्नेछन्। यसरी, तिनीहरूले सुसमाचार सुनाउने आफ्नो कर्तव्य निर्वाह गर्न कुन सत्यता सिद्धान्तहरूमा दक्ष हुनुपर्छ भनी स्वाभाविक रूपमा बुझ्नेछन्। यो कर्तव्य निर्वाह गर्न सुरुमा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यता के हो? तैँले परमेश्वरको कामको सन्देश सुनालाउनु भनेको परमेश्वरका चुनिएका हरेक जनको जिम्मेवारी र दायित्व हो भनेर तैँले बुझ्नैपर्छ। यो त परमेश्वरले सबैलाई सुम्पेको कार्यभार हो। यस कर्तव्यको स्रोत यही हो। कतिपय मानिस भन्छन्, “म सुसमाचार टोलीमा छैन, त्यसैले के मसित यो जिम्मेवारी र दायित्व हुन्छ?” तिनीहरू सबैमा यो जिम्मेवारी र दायित्व हुन्छ। कर्तव्यको यो पक्षसम्बन्धी सत्यता सबैका लागि उपयोगी हुन्छ। मण्डलीमा विविध कर्मचारीहरू खटाउने क्रममा तिमीहरूले कुनै निश्चित घटना देखेका छौ कि छैनौ, मलाई थाहा छैन। कतिपय मानिस पहिले अगुवा थिए, तर त्यसपछि तिनीहरू प्रतिस्थापित भए किनकि तिनीहरूले व्यावहारिक काम गर्न सकेनन्। प्रतिस्थापित भएपछि, तिनीहरूमा कुनै सीप वा दक्षता नभएकाले, तिनीहरूले विशेष कर्तव्यहरू निर्वाह गर्न सकेनन्। त्यसैले अन्त्यमा, तिनीहरूलाई सुसमाचार प्रचार गर्न, वा नयाँ विश्वासीहरूलाई मलजल गर्न वा केही साधारण कर्तव्य निर्वाह गर्न सुसमाचार टोलीमा खटाइए। यदि तिनीहरूले यसरी नै मण्डलीमा अन्य कुनै कर्तव्यहरू पूरा गर्न सकेनन् भने, तिनीहरूलाई के गर्नुपर्छ? यस्ता मानिसहरू कबाड हुन् र तिनीहरूलाई हटाउनुपर्छ। त्यसैले, यदि तँलाई अयोग्य भएकाले मण्डली अगुवाबाट बर्खास्त गरियो र तँसँग कुनै विशेष प्रतिभा वा सीपहरू छैनन् भने, तँ सुसमाचार प्रचार गर्न तयार हुनुपर्छ। यदि तँ सुसमाचार प्रचार गर्न र सुसमाचार टोलीको भागको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस् भने, पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नेसम्बन्धी सत्यता तँलाई उपयुक्त हुन्छ। यदि तैँले सुसमाचार सुनाउने आफ्नो कर्तव्य निर्वाह गर्न सकिनस् भने, पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नेसम्बन्धी सत्यता तँलाई उपयुक्त हुँदैन, र परमेश्वरको घरमा, परमेश्वरको कामको समयमा, कर्तव्य निर्वाहको काम तेरो सरोकारको कुरा हुँदैन। यसले त्यो सबै कुरालाई जनाउँछ भनेर तैँले हृदयमा प्रस्ट रूपमा जान्नुपर्छ। यदि तँ कुनै कर्तव्य निर्वाह गर्दैनस् भने, परमेश्वरको कामसित तेरो के सम्बन्ध हुन्छ र? त्यसकारण, कसैले जे कर्तव्य निर्वाह गरे पनि, उसले अन्त्यसम्म दृढ भई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकेमा त्यो स्वाभाविक रूपले सर्वोत्तम कुरा हो। कतिपय मानिस भन्छन्, “म सुसमाचार सुनाउन चाहन्नँ किनकि यसले मलाई सधैँ नौला मानिसहरूसँग सम्पर्क गराउँछ। अनेक थरिका खराब कुरा गर्न सक्ने सबै प्रकारका मानिसहरू हुन्छन्। विशेष गरी, धार्मकामानिसहरू परमेश्वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनेहरूलाई शत्रु ठान्छन् र तिनीहरूलाई शैतानको शासनको हातमा सुम्पन निकै सक्षम हुन्छन्। तिनीहरू अविश्वासीहरूभन्दा खराब हुन्छन्। म यो पीडा सहन सक्दिनँ। उनीहरूले मलाई कुटेर मार्न, अपाङ्ग बनाउन, वा ठूलो रातो अजिङ्गरको हातमा सुम्पन सक्छन्। त्यसले मलाई सिध्याउनेछ।” तैँले कष्ट सहन नसक्ने र तेरो कद अत्यन्तै सानो भएकाले, तैँले हालको आफ्नो काम राम्ररी गर्नुपर्छ। त्यो नै बुद्धिमानी निर्णय हुनेछ। अवश्य नै, यदि तैँले सुसमाचार प्रचारका साथै विविध कर्तव्य निर्वाह गर्न सकिस् भने, त्यो झनै राम्रो हुनेछ। सुसमाचार प्रचार गर्नु सुसमाचार टोलीका सदस्यहरूको जिम्मेवारी मात्र होइन, यो सबैको जिम्मेवारी हो। सबैले परमेश्वरबाट शुभ समाचार र परमेश्वरको नयाँ कामको खुसीको खबर सुनिसकेकाले, सबैसँग यो सुसमाचार सुनाउने जिम्मेवारी र दायित्व हुन्छ ताकि शुभ समाचार सुनेर अझै धेरै मानिस परमेश्वरको घरमा आऊन् र परमेश्वरसामु आएर उहाँको मुक्ति स्विकारून्। यसले परमेश्वरको कामलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्न मद्दत गर्नेछ। परमेश्वरको आज्ञा यस्तै हुन्छ, उहाँको इच्छा यस्तै हुन्छ।

सुसमाचार फैलाउने कतिपय मानिस दिनभरि सुसमाचार प्रचार गर्नमै व्यस्त हुन्छन्, तैपनि वर्षौँसम्म प्रचार गरेपछि पनि एउटा व्यक्तिको समेत मन जित्न सक्दैनन्। के भएको हुन्छ? तिनीहरू अत्यन्तै व्यस्त देखिन्छन्, र बडो सावधानीका साथ आफ्नो कर्तव्य निभाउँछन् भन्ने देखिन्छ। त्यसोभए तिनीहरूले किन कसैको मन जितेनन्? सुसमाचार प्रचार गर्ने कर्तव्यका लागि बुझ्नैपर्ने सत्यता वास्तवमा अन्य कर्तव्यका लागि बुझ्नैपर्ने सत्यताजस्तै हो। यदि कुनै व्यक्तिले वर्षौँसम्म सुसमाचार प्रचार गर्छ तर कसैको मन जित्दैन भने, त्यसको मतलब यो व्यक्तिमा समस्याहरू छन्। यी समस्याहरू के-के हुन्? प्रमुख समस्या के हो भने उसले सुसमाचार सुनाउने क्रममा दर्शनको सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्दैन। उसको सङ्गति किन अस्पष्ट हुन्छ? कि त यसका लागि उसको क्षमता अति कमजोर छ, कि चाहिँ ऊ दिनभरि यति व्यस्त हुन्छ कि ऊसित परमेश्वरका वचन पढ्ने वा सत्यताबारे मनन गर्ने समय नै हुँदैन, अनि ऊ सत्यताका कुनै कुरा बुझ्दैन, र कुनै पनि धारणा, झूटो शिक्षा, वा भ्रमहरू समाधान गर्न सक्दैन। यदि कारणयी दुइटै कुरा हुन् भने, के यो व्यक्तिले सुसमाचार प्रचार गर्ने कर्तव्य पूरा गर्न सक्छ? मलाई त मानिसहरूको मन जित्न उसलाई निकै कठिन हुनेछ भन्ने डर छ। उसले जति वर्ष सुसमाचार प्रचार गरे पनि, कुनै प्रस्ट नतिजा प्राप्त गर्नेछैन। तैँले सुसमाचार प्रचार गर्नका लागि सुरुमा दर्शनसम्बन्धी सत्यता बुझ्नैपर्छ। मानिसहरूले जे-जस्ता प्रश्नहरू सोधे पनि, यदि तँ सत्यतामा सङ्गति गरेर त्यसलाई प्रस्ट पार्छस् भने, तैँले तिनीहरूका प्रश्नका जवाफ दिन सक्छस्। यदि तँ दर्शनसम्बन्धी सत्यता बुझ्दैनस् र जसरी सङ्गति गरे पनि प्रस्टसित बोल्न सक्दैनस् भने, तैँले जसरी सुसमाचार प्रचार गरे पनि नतिजा प्राप्त गर्नेछैनस्। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले सत्यता खोज्न र सत्यतामा सङ्गति गर्न ध्यान दिनुपर्छ। यदि तँ परमेश्वरका वचनहरू अझ धेरै पढ्छस्, प्रवचनहरू अझ धेरै सुन्छस्, सुसमाचार प्रचारसम्बन्धी सत्यतामा अझ धेरै सङ्गति गर्छस्, र दर्शनसम्बन्धी सत्यता साँच्चै बुझ्न, र धार्मिक मानिसहरूका सबैभन्दा साझा धारणा र समस्याहरू समाधान गर्न सक्न दर्शनसम्बन्धी सत्यतामा सङ्गति गर्नमा सधैँ कडा मेहनत गर्छस् भने, तैँले केही नतिजा प्राप्त गर्न सक्नेछस्, बिलकुलै कुनै नतिजा प्राप्त नहुने होइन। त्यसकारण, परमेश्वरको कामको दर्शनसम्बन्धी सत्यता बुझ्न नसक्नु मानिसहरूले सुसमाचार प्रचारमा नतिजा हासिल गर्न नसक्नुको एउटा कारण हो। यसको अलावा, तँ साँचो मार्ग अनुसन्धान गर्नेहरूले उठाएका प्रश्नहरू बोध गर्न वा बुझ्न सक्दैनस्, अनि तिनीहरूको सबैभन्दा ठूलो समस्या कहाँ छ भनी भेट्टाउन र तिनीहरूलाई साँचो मार्ग स्विकार्न रोक्ने मुख्य समस्याहरू पत्ता लगाउन तिनीहरूको हृदय जाँच्न सक्दैनस्। यदि तँ यी समस्याहरू यकिन गर्न सक्दैनस् भने, सुसमाचार सुनाउन वा अरू मानिसहरूलाई परमेश्वरको गवाही दिन सक्दैनस्। यदि तँ खोक्रा सिद्धान्तहरू प्रयोग गरेर सुसमाचार सुनाउने अभ्यास मात्र गर्छस् भने, त्यो काम लाग्नेछैन। अनुसन्धान गर्ने मानिसहरूले प्रश्न सोध्न थालेपछि तैँले तिनीहरूलाई जवाफ दिन सक्नेछैनस्। तैँले केही धर्मसिद्धान्तहरूबारे कुरा गरेर तिनीहरूलाई लापर्बाहीसाथ बेवास्ता गर्न मात्र सक्नेछस्। के यस तरिकाले सुसमाचार प्रचार गर्नाले मानिसहरूको मन जित्न सकिन्छ? कदापि सकिँदैन। प्रायजसो, अनुसन्धान गरिरहेकाहरूले सजिलै साँचो मार्ग स्विकार्न नसक्नुको कारण भनेको तैँले तिनीहरूका प्रश्नको प्रस्ट जवाफ नदिनु हो। यस्तो अवस्थामा, तिनीहरू तैँले यत्तिका समय विश्वास गरेर पनि किन यी प्रश्नहरूको प्रस्ट जवाफ दिन सक्दैनस् भनी सोच्छन्। तिनीहरूलाई मनमा यो साँचो मार्गबारे शङ्का लाग्नेछ, त्यसैले तिनीहरूले त्यसलाई विश्वास गर्न वा स्विकार्न आँट गर्नेछैनन्। के साँचो अवस्था यही होइन र? मानिसहरूले सुसमाचार प्रचारमा नतिजा हासिल गर्न नसक्नुको दोस्रो कारण यही हो। यदि तँ सुसमाचार प्रचार गर्न चाहन्छस् तर वास्तविक समस्याहरू समाधान गर्न सक्दैनस् भने, तैँले कुनै पनि हालतमा मानिसहरूलाई सुसमाचार सुनाउन सक्दैनस्। तँ सत्यता बुझ्दैनस् भने, तिनीहरूका समस्या कसरी समाधान गर्न सक्छस्? त्यसकारण, यदि तँ सुसमाचार प्रचारमा नतिजा हासिल गर्न चाहन्छस् भने, तैँले सत्यता खोज्न कडा मेहनत गर्नैपर्छ र अनुसन्धान गर्ने मानिसहरूले उठाएका सबै प्रश्नहरू राम्ररी बुझ्नैपर्छ। यसरी, तैँले तिनीहरूसित सत्यताको सङ्गतिमा संलग्न भएर तिनीहरूका प्रश्नको जवाफ दिन सक्छस्। कतिपय सुसमाचार प्रचारक सधैँ कुनै बहानी बन्न सक्ने केही वस्तुगत कारण खोज्छन्, र यसो भन्छन्, “यी मानिसहरूसँग व्यवहार गर्नु साह्रै कठिन छ। कोहीभन्दा कोही कम छैन, र तिनीहरू कसैले सत्यता स्विकार्दैन। तिनीहरू विद्रोही र हठी हुन्छन्, र सधैँ धार्मिक धारणाहरूमा टाँसिरहन्छन्।” यस्ता सुसमाचार प्रचारकहरूले यी मानिसहरूका कठिनाइ र समस्या समाधान गर्न कडा मेहनत गर्नेछैनन्, त्यसैले सुसमाचार प्रचार गर्ने तिनीहरूको हरप्रयास विफल बन्नेछ। तिनीहरूमा अलिकति पनि प्रेम हुँदैन र तिनीहरू यो कर्तव्यमा धेरै लामो समय टिक्न सक्दैनन्। यसो हेर्दा, तिनीहरू एकदमै व्यस्त देखिन्छन्, तर वास्तवमा, साँचो मार्ग अनुसन्धान गरिरहेको हरव्यक्तिप्रति पर्याप्त प्रयास गरेका हुँदैनन्। तिनीहरू यी मानिसहरूका प्रश्नलाई गम्भीर र जिम्मेवार रूपमा लिँदैनन्। तिनीहरू समाधान खोज्न, एक-एक गर्दै यी प्रश्नहरू सुल्झाउन, र अन्त्यमा ती मानिसहरूको मन जित्न सत्यता खोज्दैनन्। बरु, तिनीहरू केवल हावामा मुक्का रहान्छन्। तिनीहरूले जतिसुकै मानिसहरू गुमाए पनि एउटै विधि चलाइरहन्छन्। तिनीहरू केही दिन काम गर्छन्, त्यसपछि केही दिन छुट्टी लिन्छन्। तिनीहरू सुसमाचार प्रचारलाई के ठान्छन्? तिनीहरू त्यसलाई एक खेल, एक प्रकारको सामाजिक अन्तरक्रिया ठान्छन्। तिनीहरू सोच्छन्, “आज म यस्तो मानिसलाई भेटेर जीवन्त असल समय बिताउनेछु। भोलि म त्यस्तो मानिसलाई भेट्नेछु, जुन नौलो र रोचक हुनेछ।” अन्त्यमा, तिनीहरूले कहिल्यै कसैको मन जित्नेछैनन्। तिनीहरू कसैको मन जित्न नसकेकोमा कहिल्यै कुनै ग्लानि वा बोझ महसुस गर्दैनन्। यसरी सुसमाचार प्रचार गरेर के तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? के तिनीहरू झाराटारुवा र लापरवाह बनिरहेका अनि परमेश्वरलाई धोका दिन खोजिरहेका छैनन् र? सधैँ यस तरिकाले सुसमाचार प्रचार गरेको व्यक्तिले साँचो रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको हुँदैन किनभने उसले आफ्नो जिम्मेवारी बिलकुलै पूरा गरेको हुँदैन। ऊ हरेक कुरामा लापरवाह र झाराटारुवा हुन्छ। सुसमाचार प्रचार गर्ने क्रममा मानिसहरूको मन जित्न नसक्नुका अन्य कारणहरू केके हुन्? ल भन्। (सिद्धान्तअनुसार सुसमाचार प्रचार नगर्नु।) यस्तो लाग्छ, मानिसहरू सुसमाचार प्रचार गर्दा परिमाणलाई मात्र महत्त्व दिन्छन्। यस्ता मानिसहरू सिद्धान्तअनुसार प्रचार गर्दैनन् र मानिसहरूको मन जित्न प्राय: सक्दैनन्। के पनि देखिन्छ भने, सुसमाचार समूहका कतिपय मानिस धेरै मानिसलाई सुसमाचार सुनाउने व्यक्तिले धेरै श्रेय पाउनेछ भन्ने सोचेर सुसमाचार स्विकार्ने सम्भावित मानिसका लागि उत्सुकतापूर्वक लड्छन्। सुसमाचार स्विकार्ने सम्भावित व्यक्तिहरूले तिनीहरू यसरी प्रतिस्पर्धा गरेको देख्दा, ज्ञान प्राप्त गर्नेछैनन्। बरु, तिनीहरूका मनमा धारणा उत्पन्न हुनेछन्, “परमेश्वरका विश्वासी तिमीहरू नै मिलेका छैनौ, तिमीहरूमाझ ईर्ष्या र झगडा छ।” त्यसपछि, उनीहरूले विश्वास गर्न चाहनेछैनन्। यो अवरोध हो। के तिनीहरूले सुसमाचार प्रचार गर्दा मानिसहरूको मन जित्न नसक्नुको कारण यो पनि हो? (हो।) सुसमाचार स्विकार्ने सम्भावित केही मानिस लामो समयदेखि समाजमा बसेका हुन्छन् र अनेक थरीका मानिसहरूबाट, विशेष गरी नौला मानिसहरूबाट जोगिन्छन्। यदि चिनापर्ची गराउने कोही भएन भने, उनीहरू पहिलोपटक कसैलाई भेट्दा तिनीहरू सावधान हुन्छन्। उदाहरणका लागि, यदि तैँले भर्खरै कुनै नौलो व्यक्ति भेटेको छस् भने, तैँले सजिलै उसलाई आफ्नो नाम, ठेगाना, र फोन नम्बर निश्चय नै भन्नेछैनस्। जब तँ ऊसित परिचित हुन्छस्, जब तिमीहरू एकअर्कालाई चिन्छौ, जब तैँले उसमा तँप्रति कुनै दुर्भावना रहनेछ भन्ने थाहा पाउँछस्, तब तिमीहरू साथी बन्नेछौ। त्यसपछि मात्र तैँले उसलाई यो जानकारी दिनेछस्। तर, सुसमाचार प्रचार गर्ने कतिपयले मानिसहरूलाई बुझ्न सक्दैनन्, त्यसैले मानिसहरू तिनीहरूप्रति सावधान हुँदा, तिनीहरू यी मानिसहरूलाई छली र दुष्ट भन्छन्। तिनीहरू उनीहरूको रक्षात्मक मानसिकताको निन्दा गर्छन्, र आफ्नो जिम्मेवारी अरूमा सार्छन्। के ती सुसमाचार प्रचारकहरू पनि अपरिचित मानिसहरूबाट सावधान हुँदैनन् र? किन तिनीहरू आफूलाई निन्दा गर्दैनन्, बरु सावधान भएकोमा आफूलाई बुद्धिमान् ठान्छन्? मानिसहरूलाई यसरी व्यवहार गर्नु उचित होइन। कतिपय सुसमाचार प्रचारकहरू सुसमाचार स्विकार्ने सम्भावित मानिसहरूलाई भेट्नेबित्तिकै उनीहरूको व्यक्तिगत जानकारी माग्छन्। यदि कसैले आफ्नो जानकारी दिन चाहेन भने, यस्तो सुसमाचार प्रचारकले त्यस व्यक्तिलाई सुसमाचार सुनाउन चाहनेछैन। यो कस्तो स्वभाव हो? यो दुर्भावनापूर्ण स्वभाव हो। तिनीहरू कुनै व्यक्तिले यस्तो सानो मामलामा आफ्ना माग पूरा नगरेकै कारण रिसाउँछन् र सुसमाचार सुनाउन मान्दैनन्। कस्तो जघन्य कुरा! किन तँ अरूलाई सुसमाचार सुनाउन चाहन्छस्? के यो आफ्नो कर्तव्य निभाउनु होइन र? यदि तँ आफूखुसी चल्छस् भने पनि के यो आफ्नो कर्तव्य निभाउनु नै हो? के यो विशुद्ध रूपमा सेवा चढाउनु होइन र? तैँले परमेश्वरलाई कसरी आफ्नो लेखा दिनुपर्छ? यदि तँ कहिल्यै पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई निन्दा गरेर हटाउनुहुनेछ। तैँले आफूमाथि समस्या निम्त्याइरहेको हुन्छस्।

मैले दुइटा सुसमाचार टोलीका सदस्यहरूले सुसमाचार स्विकार्ने सम्भावित एक व्यक्तिलाई भेटेको घटना सुनेँ। त्यसपछि, तिनीहरूले एकअर्कासँग विवाद गरे, र दुवै टोलीले त्यो व्यक्तिलाई पहिला आफूले भेटेको दाबी गरे। यसमा झगडा गरेर के काम? के यो अज्ञानता हो? यो गर्न नमिल्ने कुरा हो। त्यसोभए, के गर्नुचाहिँ उचित हो? सबैले सँगै बसेर उक्त मामलाबारे छलफल गर्नुपर्छ। जसले पहिला भेटेको भए पनि फरक पर्दैन। तिमीहरूले एउटै व्यक्तिलाई भेटेको थाहा पायौ भने, सँगै सुसमाचार सुनाऊ, काम बाँडफाँड गर, अनि सँगै सहकार्य गर। यदि तैँले सुरुमा दुई महिना लगाएर यो व्यक्तिलाई सुसमाचार सुनाउने योजना बनाएको भए, एकै महिनामा सुनाउने कोसिस गर् किनकि तँसित थप मानिसहरू छन्। त्यसपछि, सुसमाचार स्विकार्ने सम्भावित व्यक्तिका समस्या र कठिनाइबारे, यी समस्या समाधान गर्न हरव्यक्तिले सत्यताका कुन पक्षहरू खोज्नुपर्छ, दुई समूहले कसरी सहकार्य गर्नुपर्छ, आदिबारे हरव्यक्तिले सङ्गति गर्नुपर्छ। यसो गर्नुको उद्देश्य के हो? यसको उद्देश्य यस व्यक्तिको मन जितेर आफ्नो कर्तव्य पूरा गर्नु हो। जब सबैको हृदय र मन मिल्छ, सँगै सङ्गति गर्छन्, र आफ्ना सारा प्रयास एउटै लक्ष्यमातिर लक्षित हुन्छ, तब पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ र अगुवाइ गर्नुहुनेछ। मानिसहरू एकताबद्ध हुँदा कामकुरा सजिलै पूरा गर्न सक्छन्, अनि परमेश्वरका आशिष् र मार्गदर्शन प्राप्त गर्नेछन्। तर, यदि तँ यसरी कार्य गर्दैनस्, सधैँ अरूसित प्रतिस्पर्धा गर्छस्, सधैँ आफ्नै मामला सम्हालिरहेको हुन्छस्, सधैँ आफू र अरूबीच प्रस्ट सीमा छुट्याउँछस् र सुसमाचार सुनाउने क्रममा सधैँ आफूले मानिसहरूको मन जित्नेबारे सोच्छस्—तिमी आफ्ना लागि प्रचार गर, म मानिसहरूको मन जित्छु—भन्छस् भने के तँ एकै हृदय र मनले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्? कहिलेकाहीँ मानिसहरू एक्लै आफ्ना कर्तव्य निभाउन सक्छन्, तर अरू समय मण्डलीको काम ठिकसित निर्वाह गर्न सबैले मिलेर सँगै काम गर्नुपर्छ। यदि सबै जना आ-आफ्नै तवरले काम गर्छन् र मिलेर सहकार्य गर्दैनन् भने, मण्डलीको काम लथालिङ्ग हुनेछ। यसको जिम्मेवारी कसले लिनेछ? हरव्यक्ति जिम्मेवार हुन्छ, तर मुख्य पर्यवेक्षक बढी जिम्मेवार हुन्छ। तैँले मण्डलीको काम लथालिङ्ग पार्दा, उचित तरिकाले आफ्नो कर्तव्य निभाउन नसक्ने मात्र होइन तर ठूलो दुष्टता पनि गर्छस्, र परमेश्वरको घृणा र तिरस्कार निम्त्याउँछस्। त्यसपछि तँ समस्यामा पर्छस्। यदि परमेश्वरले तँलाई मण्डलीको काममा बाधा दिने दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी भनेर निन्दा गर्नुभयो भने, त्यो झनै नराम्रो हुनेछ। तँलाई निश्चय नै खुलासा गरेर हटाइनेछ, र तैँले दण्डसमेत भोग्नुपर्नेछ। यदि तँ आफ्नो कर्तव्य त्याग्छस् भने, यो केसरह हो? परमेश्वरको काममा तेरो कुनै सहभागिता हुनेछैन र तैँले परमेश्वरको मुक्ति पाउनेछैनस्। तँ अविश्वासीमध्ये पर्नेछस्, र तेरो जीवनको अर्थ गुम्नेनेछ। तँ आज केका लागि जिइरहेको छस्? तँ सुसमाचार टोलीलाई के योगदान दिन्छस्? तँ व्यक्तिको रूपमा आफ्नो महत्त्व कसरी देखाउन सक्छस्? तैँले व्यावहारिक तवरमा आफ्ना जिम्मेवारीहरू पूरा गर्ने, आफ्नो कर्तव्य राम्ररी निभाउने गर्नैपर्छ, र परमेश्वरलाई आश्वस्त पार्न सक्नैपर्छ, अनि यसो भन्नुपर्छ, “मैले सुसमाचार प्रचार गरेर केही मानिसहरूको मन जितेको छु। मैले आफूले सक्ने सबथोक गरेको छु। मैले आफूमा कमजोर क्षमता भए पनि र थोरै सत्यता वास्तविकताहरू भए पनि, आफूले सक्दो गरेको छु। मैले हार नमानी, व्याकुल नभई, नकारात्मक र सुस्त नबनी, वा ख्याति र नाफा पाउन नखोजी आफ्नो कर्तव्य निर्वाह गरेको छु। बरु, मैले सुसमाचार प्रचारमा ज्यादै अपमान भोगेको छु, धार्मिक वृत्तबाट बेइज्जत र बहिष्कार सहेको छु, र म सडकहुँदो रात बिताएको छु। मैले नकारात्मकता र कमजोरी अनुभव गरेको भए पनि, आफ्नो कर्तव्य त्यागिनँ, बरु म सधैँ सुसमाचार प्रचारमा लागिरहेँ। म परमेश्वरलाई सुरक्षा र मार्गदर्शन दिनुभएकोमा धन्यवाद दिन्छु।” साँचो रूपमा आफ्ना जिम्मेवारी पूरा गर्नु भनेको यही हो। दिन आएपछि तँ यस्तै सफा विवेक लिएर परमेश्वरसामु आउन र आफ्नो लेखा दिन सक्षम हुनेछस्। सायद तैँले सुसमाचार स्विकार्ने सम्भावित धेरै मानिस भेटिस्, तर धेरै मानिसको मन जितिनस् होला। तर, तेरो क्षमता र व्यवहारका आधारमा त तैँले सक्दो प्रयास गरेर आफूले सकेको सबै मानिसको मन जितिस्। यस्तो अवस्थामा परमेश्वरले तेरो मूल्याङ्कन कसरी गर्नुहुनेछ? तैँले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निभाएको छस्। तैँले सक्दो प्रयास गरेको छस् र आफ्नो सारा हृदय त्यसमा लगाएको छस्। तैँले सुसमाचार स्विकार्ने सम्भावित मानिसहरूलाई सुसमाचार सुनाउनका निम्ति आफूलाई दर्शनसम्बन्धी सत्यताद्वारा सुसज्जित पार्न कडा मेहनत गरेको छस्, र तँ बाइबलका सान्दर्भिक पदहरूसित परिचित भएको छस्। तैँले घोक्नुपर्ने कुराहरू घोकेको छस् र घोक्न नसकेका कुराहरू लेखेर राखेको छस्। सुसमाचार प्रचार गर्ने क्रममा, तैँले जो भेटे पनि र उसले जे प्रश्नहरू सोधे पनि, जवाफ दिन सकिस्। यसरी, सुसमाचार प्रचार गर्ने तेरो काम झन्-झन् प्रभावकारी बन्यो र तैँले अझ धेरै मानिसको मन जित्न सकिस्। तैँले सुसमाचार प्रचार गर्ने क्रममा अझ धेरै मानिसको मन जित्न, यो कर्तव्य राम्ररी निर्वाह गरेर आफ्ना जिम्मेवारी पूरा गर्न, आफ्नो कमीकमजोरी र नकारात्मक भावनालगायतका आफ्ना धेरै कठिनालाई जितिस्। तैँले यो सबैलाई जितिस्, र यो कार्यमा धेरै समय खर्चिस्। के आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न यस्ता कठिनाइहरूलाई जित्नुपर्दैन र? (पर्छ।) यसबाहेक, तैँले साँचो मार्ग अनुसन्धान गर्नेहरूलाई परमेश्वरको स्वर सुनाउन, उहाँको काम बुझ्न र जान्न, अनि साँचो मार्ग स्विकार्न, अझ धेरै सत्यता बुझ्नुपर्छ ताकि तैँले अझ राम्ररी परमेश्वरको गवाही दिन सकेस्। सत्यतामा तेरो सङ्गति जति नै गहनवा सतही भए पनि, तँमा प्रेम र धैर्य हुनुपर्छ। तेरा श्रोताहरूले तँलाई गिल्ला गर्लान्, बेइज्जत गर्लान्, अस्वीकार गर्लान्, वा नबुझ्लान्—तर केही छैन, यदि तैँले यसलाई सही रूपमा सम्हाल्न र तिनीहरूसँग सत्यतामा धैर्यपूर्वक सङ्गति गर्न सकिस्, र यसका लागि धेरै प्रयत्न लगाएको छस् र उच्च मूल्य तिरेको छस् भने, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको हुन्छस्। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नु हो।

जब केही सुसमाचार प्रचारक सुसमाचार स्विकार्ने कुनै सम्भावित व्यक्तिलाई भेट्छन् जो आफ्नो परिवारिक सम्पत्ति र सामाजिक हैसियतका कारण अहङ्कारी छ, तब तिनीहरूलाई ऊसामु आफूलाई सधैँ तुच्छ लाग्छ र असहज महसुस हुन्छ। के यो अप्ठ्यारोपनले तेरो कर्तव्य निर्वाहलाई असर गर्नेछ? यदि त्यसले तँलाई असर पारेर तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र आफ्ना जिम्मेवारी पूरा गर्न सक्दैनस् भने, तैँले कर्तव्य निर्वाह गरिरहेको हुँदैनस्। यदि त्यसले तेरो मनस्थितिलाई मात्र असर गर्छ—र तँलाई बेखुस र असहज तुल्याउँछ—तर तँ आफ्नो कर्तव्य त्याग्दैनस् वा आफ्ना जिम्मेवारी र दायित्व बिर्सँदैनस्, जसले गर्दा अन्त्यमा, आफ्नो कार्य राम्रोसँग पूरा गर्छस् भने, तैँले आफ्नो कर्तव्य साँचो रूपमा पूरा गरेको हुन्छस्। के सत्यता यही हो? (हो।) सत्यता यही हो, र यो कुरा सबैले स्विकार्नुपर्छ। के तँ पुग्ने सक्ने परिस्थिति यो हो? उदाहरणका लागि, तँ गाउँबाट आएको हुनाले कतिपय सुसमाचार स्विकार्नेहरूले तँलाई हेय दृष्टिले हेर्लान्। तिनीहरूले तँलाई होच्याउनेसमेत गर्लान्। तँ यो स्थितिलाई कसरी सम्हाल्छस्? तँ यसो भन्छस्, “म गाउँको गरिबीमा जन्मेँ, जबकि तपाईं सहरको सम्पन्नतामा जन्मिनुभयो। यो परमेश्वरले निर्धारण गर्नुभएको थियो। तर, हामी जहाँ जन्मिए पनि परमेश्वर अनुग्रही हुनुहुन्छ। हामी यस युगमा जिउँछौँ, र परमेश्वरका आखिरी दिनहरूको काम भेट्टाएर हामी सबै आशिषित् छौँ।” यी कुरा साँचो हुन्, तेरो प्रिय हुन भनिएका होइनन्। ती सुसमाचार स्विकार्नहरूले भन्नेछन्, “त्यसोभए तपाईं हामी जति आशिषित् हुनुहुन्न। हामी यो संसार रआउँदो संसारमा रमाउँछौँ, तर तपाईंहरू अर्को जुनीमा मात्र रमाउन सक्नुहुन्छ। त्यसकारण, हामी तपाईंहरूभन्दा बढी रमाउँछौँ।” तँ “यो सबै परमेश्वरको अनुग्रह हो” भन्छस्। तिनीहरूलाई परमेश्वरको काम थाहा नभएकाले के तिनीहरूसित विवाद गर्न जरुरी छ? यदि तँ यस्ता कुरालाई महत्त्व दिँदैनस् भने, तँ तिनीहरूसित विवाद गर्नेछैनस्। तैँले हृदयमा प्रस्टसित बुझ्नुपर्छ “मेरो हृदयमा एउटा कर्तव्य, काँधमा एउटा जिम्मेवारी, एउटा मिसन र दायित्व छ। म त्यसबारे तिनीहरूसित विवाद गर्नेछैनँ। तिनीहरू विश्वास गरेर परमेश्वरको घरमा फर्केको दिन आउँदा, जब तिनीहरूले प्रवचन अझ धेरै सुनेका हुन्छन् र केही सत्यता बुझ्छन्, तब तिनीहरू अहिलेको आफ्ना आचरण र कार्य सम्झेर लज्जित हुनेछन्।” यदि तँ त्यसबारे यसरी सोच्छस् भने, तेरो हृदय खुल्नेछ। वास्तवमा यही नै हुने हो। यदि तैँले साँच्चै तिनीहरूको मन जितिस् र तिनीहरूले साँच्चै सत्यता पछ्याए भने, चारपाँच वर्ष विश्वास गरेपछि, तिनीहरूले तँलाई पहिलोचोटी भेट्दा त्यस्तो व्यवहार गर्नु अनुचित, मानवताहीन, र सत्यताविपरीत थिएछ भनेर ताहा पाउनेछन्। त्यसपछि तिनीहरूले तँलाई अर्कोपटक भेट्दा माफी माग्नुपर्नेछ। तैँले सुसमाचार प्रचार गर्ने क्रममा, यस्तो परिस्थिति बारम्बार सामना गर्नेछस्। यस्तो हुँदा, म यसको कसरी सामना गरूँ? म यस्ता कुराहरूलाई खासै ध्यान दिन्नँ। यो ठूलो कुरा होइन। यदि तँलाई त्यो ठूलो कुरा लाग्दैन भने, तिनीहरूका कुराले तँ परेसान हुनेछैनस्। यसलाई कद हुनु भनिन्छ। यदि तँ सत्यता बुझ्छस् र तँसित सत्यता वास्तविकता छ भने, तैँले त्यस्ता धेरै भनाइ वा अभ्यासहरू छर्लङ्गै बुझ्न सक्नेछस् जसले मानिसहरूलाई हानि गर्ने सम्भावना हुन्छ। तँ ती समाधान गर्न सक्षम हुनेछस्। तर, यदि तँ यी कुराहरू बुझ्न सक्दैनस् भने, जिन्दगीभर यस्ता वचन र कार्य सम्झनेछस् र, आँखा झिमिक्क गर्दा, एकै शब्दमा वा एकै इशारामा तँलाई जोकोहीले चोट पुऱ्याउन सक्छ। यस्ता चोटहरू कति गम्भीर हुन्छन्? तिनले तेरो हृदयमा दाग छाड्नेछन्। जब तँ धनी, आफूभन्दा उच्च हैसियतका, वा पहिले तँलाई हेय दृष्टिले हेर्ने र आक्रमण गर्ने खालका मानिसहरू देख्छस्, तब तँ डराउनेछस् र भयभित हुनेछस्। तँ यो डर कसरी हटाउन सक्छस्? तैँले तिनीहरूको सार बुझ्नुपर्छ। तिनीहरू जतिसुकै महान् भए पनि, तिनीहरूको हैसियत वा स्तर जेजस्तो भए पनि, तिनीहरू भ्रष्ट मानिसबाहेक केही होइनन्। तिनीहरूमा त्यस्तो विशेष कुरा केही हुँदैन। यदि तैँले यो देखिस् भने, तेरो हृदय बाधित हुनेछैन। तैँले सुसमाचार सुनाउने काममा, यी समस्याहरू निश्चय नै सामना गर्नेछस्। ती सबै साझा समस्या हुन्। कतिपय मानिसले तँलाई बुझ्नेछैनन् वा तँप्रति पूर्वाग्रह राख्नेछन्, वा तँलाई गिल्ला गर्न छड्के हान्दै वा घुमाएर नराम्रा कुराहरू भन्नेछन्। कतिपय मानिसले तँ पैसा कमाउन, फाइदा उठाउन, वा रोमान्स गर्न सुसमाचार प्रचार गर्छस् भनेर भन्नेछन्। तँ यस्ता परिस्थितिहरू कसरी सम्हाल्छस्? के तैँले यस्ता मानिसहरूसित विवाद गर्नुपर्छ? विशेष गरी सुसमाचार स्विकार्ने कुनै सम्भावित व्यक्ति धनी परिवारको हो र यदि तँ उसको घरमा खाना खाइरहेको छस् र तैँले उसको मुहारमा त्यस्तो भाव देखिस् भने के गर्नुपर्छ? यदि तैँले आफ्नो इज्जत कायम राख्न उसको घरमा खाइनस् भने, के तँ भोको पेटले सुसमाचार प्रचार जारी राख्न सक्छस्? तैँले त्यो मामलामा यसरी मनन गर्नुपर्छ: “आज म उसको घरमा खाना खान र उसलाई सुसमाचार सुनाउन सक्छु। उसले सुसमाचार सुनाउनेहरूलाई स्वागत गर्न सक्छ। यो उसको सौभाग्य हो।” खासमा, परिस्थिति यस्तै हुन्छ। यो उसको सौभाग्य हो। ऊ यो कुरा महसुस गर्दैन, तर तैँले हृदयमा यो कुरा जान्नुपर्छ। सुसमाचार सुनाउने क्रममा, व्यक्तिले प्रायजसो गिल्‍ला, खिसी, खिसीटिउरी, र अपमान सामना गर्नुपर्छ, वा आफूलाई खतरनाक परिस्थितिहरूमा समेत पाउन सक्छन्। उदाहरणको लागि, सुसमाचार सुनाउँदा कतिपय ब्रदर-सिस्टरहरूलाई दुष्ट मानिसहरूद्वारा सार्वजनिक रूपमै दोष लगाइन्छ वा अपहरण गरिन्छ, र कतिलाई भने पुलिस बोलाएर सरकारको जिम्मा लगाइन्छ। कतिलाई पक्राउ गरेर जेल हालिन्छ भने, र कतिलाई कुटेर मारिन्छ। यी सबै भइरहेकै कुराहरू हुन्। तर अब हामीलाई यी कुरा थाहा छ, त्यसैले के हामीले सुसमाचार सुनाउने कामप्रतिको हाम्रो मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ? (पर्दैन।) सुसमाचार फैलाउनु सबैको कर्तव्य र दायित्व हो। हामीले जे सुने पनि, वा जे देखे पनि, वा हामीले जस्तोसुकै व्यवहारको सामना गर्न परे तापनि कुनै पनि समय हामीले सधैँ सुसमाचार फैलाउने यो जिम्मेवारी परिपालन गरिरहनुपर्छ। कुनै पनि परिस्थितिमा हामीले नकारात्मकता वा कमजोरीको कारण यो कर्तव्य छोड्न सक्दैनौं। सुसमाचार फैलाउने कर्तव्य धेरै सजिलो हुँदैन, तर जोखिमले भरिएको हुन्छ। जब तिमीहरू सुसमाचार फैलाउँछौ, तिमीहरूले स्वर्गदूतहरू, वा एलियन्स, वा रोबोटहरूको सामना गर्दैनौ। तिमीहरूले दुष्ट र भ्रष्ट मानवजाति, जीवित भूतात्माहरू, पशुहरूको मात्रै सामना गर्नेछौ—तिनीहरू सबै यस दुष्ट ठाउँ, यस दुष्ट संसारमा जिइरहेका मानवहरू हुन् जो शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। त्यसैले सुसमाचार फैलाउने प्रक्रियामा निश्‍चय नै हरप्रकारका जोखिमहरू हुन्छन्, सानातिना निन्दा, खिसीटिउरी र गलत बुझाइहरूको कुरै छोडौँ, ती त सामान्य घटनाहरू हुन्। यदि तैँले सुसमाचार फैलाउने कार्यलाई साँच्चै नै एउटा जिम्मेवारी, आफ्‍नो एउटा दायित्व, तेरो कर्तव्य मान्छस् भने, तैँले यी कुराहरूलाई सही ढङ्गबाट सम्मान गर्न र तिनलाई सही ढङ्गले सम्हाल्न सक्नेछस्। तैँले कुनै पनि समय आफ्नो जिम्मेवारी र दायित्व छोड्नेछैनस्, न त यी कुराहरूको कारण तँ सुसमाचार फैलाउने र परमेश्‍वरलाई साक्षी दिने आफ्नो मूल उद्देश्यबाट तर्केर जान्छस्, र तैँले कहिल्यै पनि यो जिम्मेवारीलाई पन्छाउनेछैनस्, किनकि यो तेरो कर्तव्य हो। यो कर्तव्यलाई कसरी बुझ्नुपर्छ? यो मानव जीवनको मूल्य-मान्यता र मूल दायित्व हो। आखिरी दिनहरूमा परमेश्‍वरको कामको शुभ समाचार र परमेश्‍वरको कामको सुसमाचार फैलाउनु मानव जीवनको मूल्य-मान्यता हो।

आज, हामी सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य निर्वाहको सत्यताबारे सङ्गति गरिरहेका छौँ। के तिमीहरूले यसबाट केही प्राप्त गरेका छौ? (गरेका छौँ।) विगतमा, सुसमाचार प्रचारको सत्यताबारे हाम्रो सङ्गति दर्शनमा केन्द्रित थियो अर्थात्, हामीले दर्शनसँग सम्बन्धित सत्यताबारे प्रस्ट रूपमा सङ्गति गऱ्यौँ र आजजस्तो धेरै विस्तृत मामलाहरू छलफल गरेनौँ। धेरै मानिसलाई दर्शनसम्बन्धी सत्यताको सामान्य रूपरेखाबारे केही कुरा थाहा छ, तर विशेष समस्याहरूको विस्तृत अभ्यास मार्ग र सिद्धान्तहरूबारे प्रस्ट नहोला, त्यसैले आज म यी विशेष मामलाहरूलाई हाम्रो सङ्गतिमा राख्छु। केही घटना र मानिसहरूको व्यवहार—वा कसैले यी परिस्थितिहरू सामना गर्दा गरिने सही र गलत कुराहरू, मानिसहरूले राख्ने दृष्टिकोण, अनि यो जिम्मेवारी, यो दायित्व पूरा गर्ने तरिकामार्फत—यी सबै विषयमा सङ्गति गरेर, के तँ सुसमाचार प्रचारको सत्यता अझ ठोस र वास्तविक जीवनमा लागू गर्न सजिलो बनेको पाउँछस्? मलाई विश्वास छ, सत्यताको यो पक्ष सुनेपछि, तिमीहरूको हृदय निकै प्रफुल्लित बन्नेछ। तिमीहरूले सुसमाचार प्रचार गर्ने क्रममा केही विशेष समस्याहरू सामना गर्दा, तिमीहरूलाई यी वचनहरूबाट फाइदा हुनेछ किनकि ती व्यावहारिक छन् र तिनले सत्यता सिद्धान्तहरू समेट्छन्। ती खोक्रा वचनहरू होइनन्। जब तिमीहरू आफ्नो दैनिक जीवनमा सुसमाचार प्रचारसँग सम्बन्धित यस्ता मामलाहरू सामना गर्छौ र केही गलत स्थितिमा जिउँछौ, वा जब तिमीहरू सुसमाचार प्रचारको आफ्नो काममा केही समस्या सामना गर्छौ, तब के तिमीहरू यी सत्यताहरू प्रयोग गरेर आफूले सामना गर्ने समस्याहरू हल गर्न सक्छौ? यदि तिमीहरू यस्ता समस्याहरू हल गर्न सक्छौ भने, आजका वचनहरू व्यर्थै बोलिएका हुँदैनन्। यदि तिमीहरू अझै पनि यस्ता समस्याहरू समाधान गर्न सक्दैनौ, वा आफ्नै तरिकाले कामकुरा गर्छौ, आफैले निर्णय गर्छौ र तिनमा टाँसिरहन्छौ, आफूले जे चाहन्छौ त्यही गर्छौ, अनि आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई विचार नगरी जानाजानी र लापरवाहीपूर्वक कार्य गर्छौ भने, यी सत्यताहरू तिमीहरूका लागि खोक्रो कुरा मात्र हुन्छन् र ती काम लाग्दैनन्। सत्यताले तँलाई मद्दत गर्न नसक्ने भएकाले, तेरा लागि सत्यता फाइदाजनक नहुने भएकाले ती काम नलाग्ने हुने होइनन्, बरु तँमा सत्यताप्रति बिलकुलै प्रेम नहुने र तैँले सत्यता अभ्यास नगर्ने भएकाले ती काम नलाग्ने भएका हुन्। तँ सुसमाचार प्रचार गर्ने कर्तव्यलाई सोख वा समय कटाउने माध्यमको रूपमा मात्र हेर्छस्। यदि तिमीहरू सुसमाचार प्रचार गर्ने कर्तव्यलाई यस दृष्टिकोणले हेर्छौ भने के होला? के तिमीहरू आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्षम हुनेछौ? (हुनेछैनौँ।) यदि पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्नेबारे कुरा गर्नु अलिअनौठो लाग्छ भने, पहिला म तिमीहरूलाई यो कुरा सोध्छु: यदि तिमीहरू सुसमाचार प्रचार गर्ने कर्तव्यलाई यस दृष्टिकोणले हेर्छौ भने, के तिमीहरू परमेश्वरको इच्छा पूरा गर्न सक्छौ? (सक्दैनौँ।) तिमीहरू सबैको हृदयमा यो प्रस्ट हुनुपर्छ। तैँले यस कर्तव्यलाई यस्तो दृष्टिकोण र यस्तो मनोवृत्तिद्वारा हेर्दा, तेरो हृदय अस्थिर हुनेछ। तँलाई आफ्नो मनोवृत्ति परमेश्वरलाई मनपर्ने खालको छैन भन्ने लाग्नेछ। यदि तँ यसरी कार्य गर्छस् भने, तैँले केही मानिसहरूको मन जिते पनि र यसो हेर्दा तैँले असल कार्यहरू गरिरहेको जस्तो देखिए पनि, कर्तव्य निर्वाह गर्नुका तेरा अभिप्राय र मनसायहरू सत्यता सिद्धान्तहरूविपरीत हुन्छन्। तँ ठ्याक्कै ती धार्मिक मानिसहरूजस्तै छस् जो आशिष् पाउन र परमेश्वरसँग सौदा गर्नसुसमाचार प्रचार गर्छन्। यस्तो अभिप्राय र प्रेरणाको स्रोत गलत हुन्। मानिसहरू कसरी आफ्नो कर्तव्य निर्वाह गर्छन् भनेर विचार गर्दा, परमेश्वर मानिसहरूका अभिप्राय र मनसायहरूको मूल्याङ्कन गर्नुहुन्छ। मानिसहरूले आफ्ना कर्तव्यहरूप्रति राख्ने मनोवृत्ति र मानसिकताहरूलाई परमेश्वर अवलोकन गर्नुहुन्छ। यसको आधारमा परमेश्वर मानिसहरूको भ्रष्टता धुन र तिनीहरूलाई मुक्ति दिन काम गर्नुहुन्छ ताकि तिनीहरू पापमुक्त हुन सकून्। त्यसकारण, तैँले जसरी सुसमाचार प्रचार गरे पनि, परमेश्वरको छानबीन स्विकार्नुपर्छ। तँ जस्तो प्रकारको व्यक्ति भए पनि, तँमा जे क्षमता भए पनि, तैँले जस्तोसुकै कर्तव्य पूरा गरेको भए पनि, र तँ सुसमाचार प्रचारकहरूको दर्जामा आबद्ध हुनुअघि तेरो कर्तव्य जे भए पनि, तैँले सुसमाचार प्रचारका यी सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ, तैँले सुसमाचार प्रचार गर्नुलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठान्नुपर्छ, र त्यसलाई आफ्नो काँधमा लिनुपर्छ।

व्यावहारिक काम गर्न वा व्यावहारिक समस्याहरू समाधान गर्न नसक्ने कतिपय अगुवा र सेवकहरूलाई प्रतिस्थापित गरिन्छ र सुसमाचार टोलीको भागको रूपमा सुसमाचार प्रचार गर्न खटाइन्छ। तिनीहरू आफूले भेट्ने जति सबैलाई यसो भन्लान्, “म अगुवा थिएँ। मैले राम्रो काम नगरेकाले मलाई सुसमाचार प्रचार गर्न सुसमाचार टोलीमा पठाइयो। सायद परमेश्वरले मलाई केही समय दह्रिलो बनाउन र सत्यताले सुसज्जित पार्न र तालिम दिन सुसमाचार प्रचार गर्न लगाइरहनुभएको छ। त्यसको मतलब सुसमाचार प्रचार गर्नमा मैले त्यति धेरै प्रयत्न गर्नु पर्दैन। मैले जे गरे पनि ठिकै हुन्छ। आखिर, ममा अगुवामा हुनुपर्ने गुणहरू छन्। मेरो कद वृद्धि भएपछि म अगुवा बन्ने नै छु। ममा यस्तो राम्रो क्षमता भएकाले, यदि म अगुवा भइनँ भने प्रतिभा खेर जानेछ। अहिले मण्डलीमा अगुवा र सेवकहरूको कमी छ!” तिनीहरूका कुराले के जनाउँछ भने तिनीहरू अगुवा नबनी परमेश्वरको घर चल्नै सक्दैन। तिनीहरूलाई अभ्यास गर्ने अवसर दिन, सत्यताले सुसज्जित पार्न, र तिनीहरूको संवर्धन र प्रशिक्षणस्वरूप जमिनी स्तरका केही काम गराउन मात्र तिनीहरूलाई सुसमाचार प्रचारक बनाइन्छ। त्यसकारण, तिनीहरू सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्यलाई अस्थायी कुरा ठान्छन्, तिनीहरू आफ्नो बारेमा बढाइचढाइ गर्न, रमाइलो गर्न, र आफ्ना दायरा फराकिलो पार्न मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू सोच्छन्, यदि आफूले सुसमाचार प्रचार गरेर नतिजा प्राप्त गऱ्यो, सत्यता बुझ्यो, र केही काम गर्न सक्यो भने, आफूलाई अगुवा वा सेवकका रूपमा सेवा गर्न बढुवा गरिनेछ। यदि तिनीहरू सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य निर्वाहप्रति यस्तो मानसिकता अपनाउँछन् भने, के तिनीहरू साँचो पश्चात्ताप गर्न सक्छन्? तिनीहरूले आत्मचिन्तन गरेका वा आफूलाई चिनेका हुँदैनन्। तिनीहरूमा आत्मचेतना हुँदैन। के यी मानिसहरू समस्यामा हुन्छन्? तिनीहरू सुसमाचार प्रचार गर्नुलाई सही रूपमा बुझ्दैनन्। तिनीहरू आफूमा खुबै गर्व गर्छन्; तिनीहरू वास्तवमा आफूलाई बिलकुलै चिन्दैनन्! तिनीहरूलाई वास्तवमा के भइरहेको छ भनेर केही थाहा हुँदैन। खासमा, यो किन भएको हो भने तिनीहरू सत्यता पछ्याउने मानिस होइनन् र तिनीहरूमा बोध क्षमता बिलकुलै हुँदैन। बाहिरी रूपमा तिनीहरूको बोली प्रस्ट हुन्छ, तिनीहरूलाई मामलाहरू सम्हाल्न रमाइलो लाग्छ, र तिनीहरूमा केही क्षमता छजस्तो देखिन्छ, तर जब तिनीहरू अगुवा र सेवकका रूपमा सेवा गर्छन्, तब तिनीहरूको चरित्र र क्षमता अपेक्षा गरेजति राम्रो हुँदैन। तिनीहरूले अगुवा र सेवक हुन चाहिने मानक र मापदण्डहरू पूरा गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई हटाइन्छ। तिनीहरू आफूलाई मामुली व्यक्ति ठान्दैनन्, बरु निर्लज्ज भई घमण्ड गर्छन् र गमक्क पर्छन्। कतिपय मानिसले यो कुरा कहिल्यै नभने पनि, तिनीहरू अरू कुनै कुरा गर्न नसक्नेहरूलाई मात्र सुसमाचार प्रचार गर्न खटाइन्छ भन्ने अडकल लगाउँछन्। तिनीहरू आफ्नो मनमा परमेश्वरको घरका सम्पूर्ण कर्तव्यलाई उच्च, मध्यम र निम्न दर्जामा विभाजन गर्छन्। तिनीहरू सुसमाचार प्रचार गर्ने कर्तव्यलाई परमेश्वरको घरका सम्पूर्ण कर्तव्यमध्ये सबैभन्दा तल्लो स्तरको ठान्छन्। कुनै गल्ती गर्ने वा पर्याप्त मात्रामा आफ्नो कर्तव्य पूरा नगर्ने व्यक्तिलाई सुसमाचार प्रचार गर्न पठाइन्छ। यी मानिसहरू यो कर्तव्यलाई यसरी नै बुझ्छन्। के यो बुझाइ र सुसमाचार प्रचार गर्नुलाई आफूले जीवनमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वको रूपमा लिनुबीच कुनै भिन्नता छ? यदि कसैले यो कुरालाई यसरी बुझ्छ भने, के उसले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ? (सक्दैन।) तिनीहरूको गल्ती कहाँ भयो? तिनीहरू कुनै व्यक्तिको सबैभन्दा ठूलो जिम्मेवारी र उसले जीवनमा पूरा गर्नुपर्ने दायित्व—सुसमाचार प्रचार गर्ने काम—लाई सबैभन्दा तल्लो स्तरको काम ठान्छन्। तिनीहरू त्यसलाई आफ्नै जिम्मेवारी र दायित्वको रूपमा लिँदैनन्, र त्यसलाई कर्तव्यको रूपमा बुझ्दैनन्। परमेश्वरको घरले बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न जरुरी छ र सुसमाचार प्रचार गर्नु यी कर्तव्यमध्ये एउटा हो भनेर जति नै सङ्गति गरे पनि, तिनीहरू यो कुरा स्विकार्दैनन्। तिनीहरूलाई मनमा के लाग्छ भने, परमेश्वरको घरका विविध तहका अगुवा, सेवक र रेखदेखकर्ताहरू सबैभन्दा माथि हुन्छन्। तिनीहरूमा पूर्ण अख्तियार हुन्छ र अन्त्यमा तिनीहरूले ठूला इनामहरू प्राप्त गर्नेछन् र तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिनेछन्। तिनीहरूभन्दा मुनिका अनुयायीहरू, विशेष गरी मण्डलीभन्दा बाहिर रहेर सधैँ मानिसहरूसँग अन्तरक्रिया गर्ने सुसमाचार प्रचारकहरू थल सैनिक मात्र हुन्। सबै काममध्ये, सायद तिनीहरूको काम सबैभन्दा कठिन र सबैभन्दा थकाइलाग्दो हुन्छ। अन्त्यमा, यी मानिसहरूलाई सिद्ध पार्न सकिन्छ सकिँदैन भनी तँ निश्चयका साथ भन्न सक्दैनस्। के तिनीहरूले सुसमाचार प्रचार गर्ने कर्तव्यलाई यस्तो सोच्नु तिनीहरूको गल्ती हो? के त्यस्ता मानिसहरू छन् जो सुसमाचार प्रचार गर्ने यो पवित्र जिम्मेवारी र दायित्वलाई सबैभन्दा तल्लो स्तरको काम ठान्छन् अनि दर्जा र श्रेणीमा सबैभन्दा तल राख्छन्? तिनीहरू यो कर्तव्यलाई तुच्छ ठान्छन् र यो कर्तव्य निर्वाह गर्नेहरूलाई पनि तुच्छ ठान्छन्। त्यसोभए तिनीहरू कस्तो दृष्टिकोण राखेर यो कर्तव्य निर्वाहन् गर्छन्? (तिनीहरू यसलाई अस्थायी कुराको रूपमा हेर्छन्।) अरू केही छ? तिनीहरू आफूले कसैको मन जित्दा त्यसबारे धैरै सोच्दैनन्, र कसैको मन जित्न नसक्दा, तिनीहरू वास्तै गर्दैनन्। तिनीहरू सुसमाचार प्रचार गर्नुलाई तिनीहरूको आफ्नै कामको भाग ठान्दैनन् र यो कर्तव्य राम्ररी निर्वाह गर्न हरप्रयास गर्दैनन्। तिनीहरू मनमा सुसमाचार प्रचार गर्ने कर्तव्यलाई तुच्छ ठान्छन्, त्यसैले सुसमाचार प्रचार गर्ने तिनीहरूको कामको नतिजा के हुनेछ? के तिनीहरू सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य पूरा गर्न आफूलाई सत्यताका सम्पूर्ण पक्षहरूले सुसज्जित पार्न सक्छन्? के तिनीहरू मानिसहरूको मन जित्नका निम्ति, सुसमाचार प्रचार गर्ने क्रममा आइपर्ने विविध समस्याहरू समाधान गर्न सक्न भनी परमेश्वरको वचनका अंश र बाइबलका पदहरू कण्ठस्थ गर्ने र आफूलाई विभिन्न अनुभवात्मक गवाहीहरूसँग परिचित गराउने गर्छन्? (गर्दैनन्।) सुसमाचार प्रचार गर्दा, यदि विकृत बुझाइ हुने र धेरै धारणा बोक्ने मानिसहरूले तिनीहरूलाई कठिन प्रश्नहरू सोधेमा, तिनीहरूले उनीहरूलाई कसरी सम्हाल्नेछन्? (तिनीहरू हार मान्नेछन्।) यो एक प्रकारको मनोवृत्ति हो। के तिनीहरूले “किन मैले सुसमाचार प्रचार गर्ने क्रममा कुनै आत्मिक बुझाइ नभएको यस्तो हास्यास्पद व्यक्तिलाई भेट्नुपरेको? कस्तो दुर्भाग्य!” भन्दै परमेश्वरलाई गुनासो गर्नेछन्? तिनीहरूमा सम्भावित सुसमाचार ग्रहणकर्ताहरूप्रति कुनै प्रेम हुँदैन, र तिनीहरू परमेश्वरले यस्तो व्यक्तिलाई मुक्ति दिनुहुनेछैन भन्ने आशा गर्छन्। यस मामलाको सम्बन्धमा भन्नुपर्दा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्दैनन्, न त परमेश्वरको इच्छा नै खोज्छन्, झन् परमेश्वरको इच्छालाई कुनै विचार गर्नु त परको कुरा हो। तिनीहरू आफूले सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई कस्तो व्यवहार गर्ने भनेर देहगत रूचिका आधारमा निर्णय गर्छन्, अनि धेरै समस्या र गम्भीर धारणाहरू भएका मानिसहरू भेट्दा, तिनीहरू हार मान्छन्। तिनीहरू धारणाहरू कम भएका वा बिलकुलै नभएका मानिसहरूलाई मात्र सुसमाचार सुनाउने निर्णय गर्छन्, र कुनै मूल्य चुकाउन चाहँदैनन्। जब कुनै कुराले तिनीहरूको आडम्बर वा इज्जतलाई, वा तिनीहरूको ख्याति वा हैसियतलाई हानि पुऱ्याउँछ, जब कुनै कुरा देहगत रूचिविरुद्ध हुन्छ वा देहसुखसँग बाझिन्छ, तब तिनीहरू के गर्ने निर्णय गर्छन्? तिनीहरू हार मान्ने, भाग्ने, यो जिम्मेवारी पूरा नगर्ने, बरु यो जिम्मेवारी अस्वीकार गर्ने निर्णय गर्छन्। त्यो सँगसँगै, तिनीहरू मनमनै परमेश्वरलाई गुनासो गर्छन्, “यति धेरै धारणा बोकेको यस्तो हास्यास्पद व्यक्तिलाई मैले किन भेट्नुपरेको? किन मलाई यो कष्ट? मैले इज्जत गुमाएको छु, आफ्नो प्रयत्न खेर फालेको छु, र कसैको मन जित्न सकेको छैनँ।” भित्रभित्रै तिनीहरूको हृदय परमेश्वरप्रति रोषले भरिएको हुन्छ। त्यसकारण, तिनीहरू सुसमाचार प्रचार गर्ने कर्तव्य स्विकार्न इच्छुक हुँदैनन्, र सुसमाचार प्रचार गर्ने जिम्मेवारी पूरा गर्न पनि इच्छुक हुँदैनन्; यदि सुसमाचार प्रचार गर्ने कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति यस्तो छ भने, तिनीहरू चाँडै हटाइनेछन्।

सुसमाचार प्रचार गर्ने क्रममा, सुसमाचार प्रचार गर्ने धेरैजसो मानिस आफ्नो कामप्रति झाराटारुवा र लापरवाही मनोवृत्ति राख्छन्। तिनीहरू कहिल्यै बदलिँदैनन्। तिनीहरू त्यसलाई कहिल्यै राम्रो ध्यान दिने, विवेकपूर्ण र परमेश्वरको भय मान्ने मनोवृत्तिले हेर्दैनन्। बरु, तिनीहरू यस्तो सोच्छन्, “जे भए पनि, मेरो अरू काम छैन, मैले जे गर्दा पनि हुन्छ। सुसमाचार टोली रमाइलो देखिन्छ, त्यसैले म त्यसैमा आबद्ध हुनेछु।” त्यसपछि, तिनीहरू त्यहीअनुरूप सुसमाचार प्रचार गर्छन्। खासमा, तिनीहरू यस प्रक्रियामा अत्यन्तै थोरै योगदान दिन्छन्। तिनीहरू केही समय निकालेर अलिकति यात्रा गर्छन्, तर कुनै वास्तविक मूल्य चुकाउँदैनन्। तिनीहरू सधैँ आफ्नो देहका रूचि अनि तिनीहरूका आफ्नै धारणा र कल्पनाअनुसार सुसमाचार प्रचार गर्छन्। तिनीहरू कहिल्यै अलिकति पनि सत्यता सिद्धान्तहरू पछ्याउँदैनन्। धेरै मानिसहरू सम्पन्न र पैसावाल मानिसहरूलाई प्रचार गर्न रुचाउँछन्, तर गरिबहरूलाई प्रचार गर्न रुचाउँदैनन्। तिनीहरू आकर्षक मानिसहरूलाई प्रचार गर्न रुचाउँछन्, तर सादा देखिने मानिसहरूलाई प्रचार गर्न रुचाउँदैनन्। तिनीहरू आफूसँग मिल्ने मानिसहरूलाई प्रचार गर्न रुचाउँछन्, तर आफूसँग नमिल्नेहरूलाई प्रचार गर्न रुचाउँदैनन्। तिनीहरू थोरै धारणा बोकेका मानिसहरूलाई प्रचार गर्न रुचाउँछन्, तर धेरै धारणा भएका मानिसहरूलाई प्रचार गर्न रुचाउँदैनन्। तिनीहरू सुसमाचार सुनाउन सजिलो मानिसहरूलाई, धेरै बोल्न नपरी सुसमाचार स्विकार्ने मानिसहरूलाई प्रचार गर्न रुचाउँछन्। तिनीहरू थाकिन्जेल कुरा गर्नुपर्ने भएमा त्यस्ता मानिसहरूलाई प्रचार गर्न चाहँदैनन्। एउटा उदाहरण दिनुपर्दा, मानिलिऊँ एउटी महिला सुसमाचार प्रचार गरिरहेकी छे र उसले सम्पन्न परिवारको एक पुरुषलाई भेट्छे, जसको घर र गाडी छ, उसको आमाबुबाको राम्रो जागिर छ, ऊ एक्लो सन्तान हो, र ऊ आकर्षक छ। ऊ यदि आफूले त्यो पुरुषसँग विवाह गर्न सकेमा आफ्नो जीवन सम्पन्न हुन सक्नेछ भन्ने सोच्छे, त्यसैले ऊ त्यो व्यक्तिले सुसमाचार स्विकारेमा गजब हुने सोचेर उसलाई सुसमाचार सुनाउन चाहन्छे। अरू केही मानिस यो सत्यता खोज्ने व्यक्ति होइन, त्यसलाई सुनाउन सकिँदैन भन्दै उसलाई रोक्न खोज्छन्, तर ऊ भन्छे, “यदि हामीले सत्यतामा अझ धेरै सङ्गति गऱ्यौँ भने, सम्भवतः त्यसले सत्यता स्विकार्नेछ। यदि हामीले यस्तो असल व्यक्तिलाई सुसमाचार सुनाएनौँ र मुक्ति दिलाएनौँ भने, के त्यो परमेश्वरको इच्छाविरुद्ध हुनेछैन र?” खासमा, उसको आफ्नै उद्देश्य छ। ऊ यस व्यक्तिलाई परमेश्वरसामु ल्याउन त्यसको मन जित्न खोजिरहेकी छैन, बरु विज्ञापन गरेर आफूलाई त्योसँग बेच्न चाहन्छे। उसले धेरै मोलतोल गरेपछि, अन्तत: आफूले चाहेको कुरा पाउँछे, र ऊ आफ्नै लागि ऊसँग सम्बन्ध गाँस्न सक्षम हुन्छे। यसमा के समस्या छ? उसले गर्ने सबै कुरामा उसका आफ्नै मनसायहरू छन्, जसले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छन्। अन्त्यमा, उसले त्यो व्यक्तिकहाँ सुसमाचार “पुऱ्याउन” अनेक उपाय अपनाउँछे, र विवाहसमेत गर्छे, र यसो भन्छे, “सुसमाचार प्रचार गर्ने मेरो कामको सबैभन्दा ठूलो उपलब्धि भनेकै यस्तो मन मिल्ने व्यक्ति भेट्टाउनु हो। यो मैले परमेश्वरबाट स्विकार्नैपर्ने कुरा हो। विवाह परमेश्वरले निर्धारण गर्नुहुन्छ। मैले यस व्यक्तिलाई भेटेर विवाह गर्नु पूर्णतया परमेश्वरको बन्दोबस्त थियो। यो परमेश्वरको निगाह र आशिष् हो।” उसले सानो परिवार बसाएर सुखी जीवन जिउँछे—के ऊ अझै सुसमाचार प्रचार गर्न सक्षम छे? (छैन।) एकदुई वर्षपछि, ऊ ठिक हुँदा बेलाबेला सुसमाचार प्रचार गर्न जान्छे, तर बढीजसो समय पारिवारिक जीवनमा बिताउँछे, अनि उसको हृदय झन्-झन् खोक्रो बन्दै जान्छ। अन्त्यमा, उसलाई पारिवारिक जीवन भनेको पकाउने, खाने, पिउने, खेल्ने र होहल्ला गर्ने मात्र हो भन्ने महसुस हुन्छ। उसलाई त्यो सब अर्थहीन हो भन्ने लाग्छ। उसले विगतलाई फर्केर हेर्दै, मनन गर्छे र मनमनै सोच्छे, “परमेश्वरप्रतिको आस्था—यो अझै अर्थपूर्ण छ। म फर्केर जान्छु र आस्था अँगालेर सुसमाचार प्रचारलाई निरन्तरता दिन्छु!” अन्त्यमा, उसले यसो भन्दै भव्य तरिकाले आफ्ना अनुभवहरू सुनाउँछे: “मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, त्यसैले उसले परमेश्वरलाई छोड्न मिल्दैन। परमेश्वरविना मानिस जिउन सक्दैन। जसरी पानीविना माछा मर्छ, त्यसरी नै यदि मानिसले परमेश्वरलाई त्यागेमा, ऊसित निश्चय नै जीवनमा अगाडि बढ्ने मार्ग हुनेछैन। त्यसैले म फर्केर आएको छु। किनकि परमेश्वरले मलाई बोलाउनुभयो।” कस्तो अति निर्लज्जपन! फर्केर आएपछि, ऊ आफ्नो कर्तव्य निर्वाह गर्ने माग गर्छे, र यसो भन्छे, “मैले आफ्नो कर्तव्य निर्वाह गरिनँ भने सबै कुरा खोक्रो हुन्छ। हरव्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।” सत्यता अभ्यास नगर्ने र सत्यताप्रति प्रेम नभएका मानिसहरूका कुराप्रति ती सुन्नेहरूलाई घृणा लाग्छ। तँ आफूले परमेश्वरलाई त्याग्न नसक्ने भन्छस्, त्यसोभए परमेश्वर तँलाई चाहनुहुन्छ कि चाहनुहुन्न भनेर उहाँलाई नै किन नसोध्ने? तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जोडी भेट्टाइस्, र त्यसपछि आफ्नो कर्तव्य त्यागेर भागिस्। किन तँ परमेश्वरलाई प्रार्थना गरेर उहाँ यसमा सहमत हुनुभयो कि भएन भनी सोधिनस् र उहाँको मनोवृत्ति बुझिनस्? के तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस्? के परमेश्वरले तँलाई सुम्पेको कार्यभार तैँले पूरा गरिस्? के तैँले परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गरिस्? के तैँले तेरो कर्तव्यलाई आफ्नो कर्तव्यको रूपमा हेरिस्? यी सबै प्रश्नको जवाफ ‘अहँ’ हो। तेरा लागि परमेश्वर के हो? उहाँ तैँले बाटोमा भेटेको साथी मात्र हो। तँ उहाँलाई अभिवादन गर्छस् र तुरुन्तै उहाँलाई साथी हो भन्ठान्छस्। यदि तेरा हितहरू पूरा हुन्छन् भने तँ उहाँसँगै रहिरन्छस्, तर यदि तँलाई फाइदा हुँदैन भने, तँ बिदाबारी गर्छस्। तर आफूलाई चाहिँदा तँ फेरि उहाँलाई सम्झिन्छस्। तेरो सम्बन्ध यस्तै हुन्छ। यदि तँ परमेश्वरलाई तेरो पहिलाको साथी ठान्छस् भने, परमेश्वरले तेरो बारेमा के सोच्नुहुनेछ? परमेश्वरले तँलाई कस्तो व्यवहार गर्नुहुनेछ? तँ दुःखी हुन्छस्, तेरा दिनहरू रित्ता हुन्छन्, त्यसैले तँलाई परमेश्वरको आवश्यकता पर्छ। तँ फर्केर आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छस्। के परमेश्वरले तँलाई त्यतिकै कर्तव्य दिनुहुनेछ? (दिनुहुनेछैन।) किन? तँ त्यसको लायक छैनस्! यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्न थाल्नेबित्तिकै आफ्ना कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, आफ्ना कर्तव्य पूरा नगरी कुनै चेतावनीबिना परमेश्वरलाई त्याग्नेछन्, आफ्नो पद त्याग्नेछन् र आफ्नो काम छाड्नेछन्। परमेश्वर यसलाई कसरी हेर्नुहुन्छ? यो कस्तो प्रकृतिको आचरण हो? (यो विश्वासघात हो।) विश्वासघात सानोतिनो कुरा होइन। यस्ता मानिसहरू भगुवा हुन्! भगुवाहरू कसरी आफ्नो कर्तव्य निर्वाह गर्छन्? तिनीहरू कर्तव्य निर्वाहको नाममा आफ्नै हित खोज्छन्। तिनीहरू आफ्नै भविष्य र जीविका सुरक्षित गर्ने योजनाहरू बनाउँछन् जबकि आफ्ना कर्तव्य निर्वाह गर्ने मूल अभिप्राय तोड्छन्। अन्त्यमा, तिनीहरू आफ्नो कर्तव्य निर्वाहलाई बीचैमा छाडेर भाग्छन्, र भगुवा बन्छन्। यस्तो व्यक्ति सच्चा हृदयले परमेश्वरप्रति समर्पित हुँदैन। बरु, उसले आफ्नै व्यक्तिगत अभिप्राय र उद्देश्यहरू बोकेको हुन्छ र परमेश्वरलाई धोका दिने प्रयास गर्छ, र अन्त्यमा आफ्नो साँचो रूप देखाउँछ। के यिनीहरू परमेश्वरलाई विश्वासघात गर्ने मानिस होइनन् र? कतिपय मानिस भन्छन्, “के परमेश्वरको घरमा आउजाउ गर्ने स्वतन्त्रता छैन?” त्यहाँ आउजाउ गर्ने स्वतन्त्रता छ, त्यो साँचो हो, तर परमेश्वरको घरमा प्रवेश गर्दा जाँचबाट गुज्रनैपर्छ। तँलाई परमेश्वरको घर छोड्ने स्वतन्त्रता छ र तेरो बाटोमा कोही पनि तगारो बन्नेछैन। तर, यदि तँ परमेश्वरको घरमा फर्कन चाहन्छस् भने, यो त्यति सजिलो छैन। तेरो पश्चात्ताप साँचो हो भनी प्रमाणित गर्न तँलाई सबै तहका अगुवा र सेवकहरूले परीक्षण गर्न र जाँच्न जरुरी छ। त्यसपछि मात्र तँलाई स्विकारिनेछ। तसर्थ, बाहिर निस्कन सजिलो छ, तर फर्केर भित्र पस्न कठिन छ। मैले सुनेको छु, केही मानिसहरूलाई सुसमाचार प्रचार गर्न यति कठिन लागेछ र यति धेरै कष्ट भएछ कि तिनीहरू आफ्नो जिम्मेवारी छोडेर भागेछन्। यसमा समस्या के हो? तिनीहरू भगुवा हुनु नै समस्या हो। सुसमाचार प्रचारको काममा के कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ? परमेश्वरको नजरमा सुसमाचार प्रचार गर्ने हरव्यक्तिको, विशेष गरी महत्त्वपूर्ण पदमा जिम्मेवार रहेका मानिसहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यदि तँ सुसमाचार सुनाउने कामको महत्त्वपूर्ण भूमिकामा छस् र परमेश्‍वरको अनुमतिविना आफ्‍नो पद छोडेर भाग्छस् भने, योभन्दा ठूलो अपराध अरू केही हुँदैन। के यो परमेश्‍वरविरुद्धको धोकाको रूपमा गनिँदैन र? (छ।) तिमीहरूका विचारमा, परमेश्‍वरले भगुवाहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? (तिनीहरूलाई पन्छाइनुपर्छ।) पन्छाइनु भनेको बेवास्ता गरिनु, तँलाई जे मन लाग्छ त्यही गर् भनेर छोडिदिनु हो। यदि पन्छाइएका मानिसहरूलाई पश्‍चात्ताप महसुस भयो भने, परमेश्‍वरले तिनीहरूको मनोवृत्ति पर्याप्त रूपमा पश्‍चात्तापी छ भनी देखेर तिनीहरूलाई अझै पनि फर्काउन चाहनुहुने कुरा सम्‍भव छ। तर आफ्‍नो कर्तव्य छोडेर भाग्‍ने मानिसहरूप्रति—र केवल यी मानिसहरूप्रति—परमेश्‍वरको यस्तो मनोवृत्ति हुँदैन। त्यस्ता मानिसहरूसँग परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुन्छ? (परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ।) यो पूर्णतया सही हो। अझै किटेर भन्दा, महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मानिसहरूलाई परमेश्‍वरले आज्ञा दिनुभएको हुन्छ, र यदि तिनीहरूले आफ्‍नो पद छोडेर भागे भने, तिनीहरूले त्यसभन्दा पहिले जति नै राम्रो काम गरेका भए पनि वा पछि जति नै राम्रो काम गरे पनि, परमेश्‍वरको नजरमा, तिनीहरू परमेश्‍वरलाई धोका दिइसकेका मानिसहरू हुन्, र तिनीहरूलाई फेरि कहिल्यै पनि कर्तव्य निभाउन दिइनेछैन। अर्को अवसर नदिइनुको अर्थ के हो? यदि तँ “मलाई निकै पछुतो लागेको छ। म परमेश्वरप्रति ऋणी छु। मैले सुरुमा यस्तो निर्णय गर्नुहुन्थेन। त्यो बेला, मैले मोहमा परेर बाटो बिराएँ, र अहिले मलाई त्यसमा पछुतो लाग्छ। म परमेश्वरलाई बिन्ती गरेर आफ्नो कर्तव्य निर्वाह गर्न अर्को मौका माग्छु ताकि मैले जे गरेको छु त्यसका लागि सराहनीय कार्यहरू गरेर आफ्ना गल्तीहरूको परिपूर्ति गर्ने अवसर पाऊँ” भनेर भन्छस् भने, परमेश्वरले यस मामलालाई कसरी लिनुहुनेछ? जब परमेश्वर तँसित कुनै अवसर छैन भन्नुहुन्छ, तब उहाँले फेरि कहिल्यै तँलाई वास्ता गर्नुहुनेछैन। भगुवाहरूप्रति परमेश्वरको मनोवृत्ति यही हो। परमेश्वरले साधारण अपराधहरू गर्ने मानिसहरूलाई सम्हाल्दा, त्यो क्षणिक अपराध थियो, वा त्यो प्रतिकूल वातावरण, सानो कद, सत्यतासम्बन्धी बुझाइको कमी, वा यस्तै अन्य केही कारणले भएको थियो भन्नुहोला। यो अवस्थामा, परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने अवसर दिनुहोला। तर, भगुवाहरूलाई त परमेश्वर कुनै दोस्रो मौका दिनुहुन्न। कतिपय मानिस भन्छन्, “परमेश्वर दोस्रो मौका दिनुहुन्न भन्नुको अर्थ के हो? यदि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न चाहेमा, के परमेश्वरले अनुमति दिनुहुने छैनर?” तँ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्, तँ सुसमाचार प्रचार गर्न सक्छस्, तँ प्रवचनहरू सुन्न र मण्डलीमा आबद्ध हुनसमेत सक्छस्। मण्डलीले आफ्नो सूचिबाट तेरो नाम हटाउनेछैन, तर परमेश्वरको सन्दर्भमा भने, तैँले जसरी आफ्नो कर्तव्य निर्वाह गरे पनि र जसरी पश्चात्ताप गरे पनि, उहाँलाई तेरो आवश्यकता पर्दैन, न त उहाँ तँलाई अनुमोदन नै गर्नुहुन्छ, चाहे तैँले उहाँलाई सेवा चढाइरहेको नै किन नहोस्। यो परमेश्वरको मनोवृत्ति हो। कतिपय मानिसले सायद यो मामला बुझ्न सक्दैनन् र यसो भन्छन्, “किन परमेश्वर यस्तो व्यक्तिलाई निराकरण गर्दा यति निर्दयी हुनुहुन्छ र सिद्धता खोज्नुहुन्छ?” मानिसले यो मामला बुझ्नु आवश्यक छैन। यो परमेश्वरको स्वभाव हो। यो परमेश्वरको मनोवृत्ति हो। तैँले जे मन लाग्छ त्यो सोच्न सक्छस्। परमेश्वरसँग निर्णय गर्ने शक्ति हुन्छ। उहाँमा यसरी कार्य गर्ने र यस्तो मामला सम्हाल्ने शक्ति हुन्छ। कुनै मानिसले के गर्न सक्छ? के मानिसहरू विरोध गर्न सक्छन्? सुरुदेखि नै सही मार्ग नपछ्याउनू, परमेश्वरलाई विश्वासघात गरेर भगुवा बन्नू भनेर तँलाई कसले भन्यो? सुसमाचार प्रचार गर्ने काम एक व्यक्तिले मात्र पूरा गर्न सक्दैन, त्यसका लागि धेरै मानिस आवश्यक पर्छ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनस् भने, परमेश्वरले कर्तव्य निर्वाह गर्न सक्ने अर्को व्यक्तिलाई रोज्नुहुनेछ। यदि तँ सहकार्य गर्दैनस् र आफ्नो कर्तव्य निर्वाह गर्दैनस् भने, यसले तँ अन्धो होस् भन्ने प्रमाणित गर्छ। यसले तँ अन्योलमा छस् र मूर्ख होस् भन्ने प्रमाणित गर्छ। तँलाई यो आशिष् हो भन्ने कुरा थाहा छैन, त्यसैले तैँले यो आशिष् पाउनेछैनस्। तँ खुरुक्क गइहाल्नुपर्छ! यदि तँ गइस् तर केही समयपछि फर्केर आइस् भने, के परमेश्वरले अझै पनि तँलाई चाहनुहुनेछ? अहँ, परमेश्वर वास्ता गर्नुहुन्न। यो त सिर्फ भगुवाहरूप्रति परमेश्वरको मनोवृत्ति हो। कतिपय मानिसले भने, “म फर्केर आई आफ्नो कर्तव्य निर्वाह गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि पाउँछु!” जब तँ पहिलोपटक कर्तव्य निर्वाह गर्दागर्दै, छुट्टी नलिई भागिस्, र पवित्र आत्माले तँलाई रोक्नुभएन। अहिले तँ फर्केर आएको छस्, के पवित्र आत्माले अझै तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्छ? भावनामा त्यस्तो धेरै नबग्। परमेश्वरले उहाँको इच्छाविरुद्ध केही पनि गर्नुहुनेछैन, र उहाँसँग हरव्यक्तिलाई निराकरण गर्ने सिद्धान्तहरू छन्। यहाँ मानिसहरूका लागि के चेतावनी छ? तँ आफ्नो कर्तव्यमा लागिरहनुपर्छ, अडिग रहनुपर्छ, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। के यस्ता भगुवाहरूप्रतिको परमेश्वरको मनोवृत्ति ज्यादै चरम हुन्छ? (हुँदैन।) किन तँ चरम हुँदैन भन्छस्? तैँले कसरी यो ज्यादै चरम हुँदैन भनेर थाहा पाउँछस्? कुनै व्यक्तिले जे कर्तव्य निर्वाह गर्ने भए पनि, अहिलेको समयमा, के हरव्यक्तिले गर्ने हरेक कर्तव्य परमेश्वरले तोकेको कर्तव्यसँग कुनै सम्बन्ध हुन्छ? तीबीच घनिष्ठ सम्बन्ध हुन्छ। त्यसलाई यसरी हेर्दा, यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छस् भने, के त्यसको अर्थ परमेश्वरले धेरै काम गर्नुभएको छ भन्ने हो? संसारको सृष्टि भएदेखि नै परमेश्वरले तँलाई पूर्वनिर्धारण गर्नुभएको छ। उहाँले तँ जन्मने युग र काल, तँ कस्तो परिवारमा जन्मिन्छस्, तँमाथि तेरो परिवारको प्रभाव, परमेश्वरले तैँले निर्वाह गरेको माग गर्ने कर्तव्य, र तँलाई अग्रिम रूपमा थाहा पाउन अनुमति दिइएका कुराहरू पूर्वनिर्धारण गर्नुभएको हुन्छ। उदाहरणका लागि, यदि तैँले कुनै विदेशी भाषा सिकेको छस् भने, अब तँसँग यो क्षमता, यो प्रतिभा छ, जसले तँलाई सफलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न मद्दत गर्छ। परमेश्वरले तयारीको क्रममा धेरै काम गर्नुभएको छ। परमेश्वरले के उद्देश्यका लागि यस्ता तयारीहरू गर्नुहुन्छ? के त्यो तँ भीडमा अलग देखिन सकोस् भनेर हो? के त्यो तैँले संसारलाई पछ्याउन र शैतानको सेवा गर्न सकेस् भनेर हो? कदापि होइन! परमेश्वर तैँले उहाँद्वारा तँलाई दिइएका कुराहरू उहाँको घरमा, उहाँको सुसमाचार प्रचारमा, र उहाँको व्यवस्थापन योजनामा चढाएको चाहनुहुन्छ। तर, यदि तँ परमेश्वरले तँलाई दिएको कुरा चढाउन सक्दैनस्, बरु शैतानको सेवा गर्छस् भने, परमेश्वरलाई कस्तो लाग्नेछ? परमेश्वरले यसलाई कसरी सम्हाल्नुहुनेछ? परमेश्वरले कसरी यसलाई उहाँको स्वभावबमोजिम सम्हाल्नुपर्छ? परमेश्वरले एकै झटकामा तँलाई उहाँबाट फाल्नुहुनेछ। उहाँ तँलाई चाहनुहुन्न। तँ उहाँको दया बिर्सन्छस् र उहाँको भरोसा तोड्छस्। तँ आफ्नो सृष्टिकर्तालाई स्विकार्दैनस् वा उहाँकहाँ फर्कँदैनस्। तँ परमेश्वरले तँलाई दिएको कुरा उहाँलाई समर्पित गर्दैनस्, बरु त्यो कुरा शैतानलाई चढाउँछस्। यो गम्भीर विश्वासघात हो, र परमेश्वर यस्तो गद्दारलाई चाहनुहुन्न!

मानवजातिलाई मुक्ति दिने परमेश्वरको काममा, हरव्यक्तिको क्षमताले उसलाई आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न योग्य बनाउँछ। यसका अलावा, तिनीहरूले परमेश्वरमा विश्वास गरेपछि प्राप्त गर्ने अनुभव र ज्ञानका साथै तिनीहरूले बुझ्ने सत्यताहरू सबै तिनीहरूको कर्तव्य निर्वाह गर्न प्रयोग गर्नैपर्छ। यसरी मात्र मानिसहरूले राज्यको सुसमाचार प्रचारको काममा शिष्ट प्रयास गर्न सक्छन्। यो शिष्ट प्रयास भनेको के हो? यो कुनै व्यक्तिले निर्वाह गर्नुपर्ने कर्तव्य हो। परमेश्वर तँलाई सत्यता बुझ्न अनि बौद्धिकता र बुद्धिमत्ता पाउन मद्दत गर्नुहुन्छ ताकि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकेस्। तेरो जीवनको मूल्य र अर्थ यही हो। यदि तँ यो मूल्य र अर्थअनुसार जिउँदैनस् भने, यसले तैँले परमेश्वरप्रतिको विश्वासबाट केही पनि प्राप्त गरेको छैनस् प्रमाणित गर्छ। तँ परमेश्वरको घरमा काम नलाग्ने कबाड बनेको छस्। यदि तँ शैतान र देहअनुसार नै जिउँछस् भने, के अझै परमेश्वरले तँलाई चाहन सक्नुहोला त? तेरो जीवनका मूल्य र अर्थ समाप्त भएका छन्। परमेश्वरको दृष्टिकोणमा, तँ उहाँको घरबाट तुरुन्तै गायब हुनुपर्छ, सदाका लागि गायब हुनुपर्छ। उहाँ तँलाई उप्रान्त चाहनुहुन्न। यसका अलावा, परमेश्वरको व्यवस्थापन काम विस्तार गर्ने अवधिमा, परमेश्वरलाई पछ्याउने हरव्यक्तिले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छ, र तिनीहरू सबैले बारम्बार ठूलो रातो अजिङ्गरको दमन र क्रूर सतावट भोगेका हुन्छन्। परमेश्वरलाई पछ्याउने मार्ग अप्ठेरो र असजिलो हुन्छ, र यो अत्यन्तै कठिन हुन्छ। परमेश्वरलाई दुईतीन वर्षभन्दा बढी पछ्याएको जोकोहीले यो अनुभव गरेको हुन्छ। हरव्यक्तिले निर्वाह गर्ने कर्तव्य, चाहे त्यो निश्चित कर्तव्य होस् वा अस्थायी बन्दोबस्त, त्यो परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूबाट आउँछ। मानिसहरू बारम्बार पक्राउ पर्लान्, अनि मण्डलीको काम बाधित होला र बिग्रिएला, अनि कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूको, विशेष गरी अल्पसङ्ख्यकमा रहेका राम्रो क्षमता र व्यावसायिक दक्षता भएकाहरूको स्पष्ट कमी होला, तर परमेश्वरको अगुवाइका कारण, उहाँको शक्ति र अख्तियारका कारण, परमेश्वरको घरले सबैभन्दा कठिन समयहरू पार गरिसकेको हुन्छ, र त्यसका सबै काम सही दिशामा पुगेको हुन्छ। मानिसका लागि, यो असम्भव देखिन्छ, तर परमेश्वरलाई यो गर्न कुनै गाह्रो हुँदैन। परमेश्वर देखा परेर काम गर्न थाल्नुभएको तीस वर्षदेखि हालसम्मको अवधिमा आँधी र सबै प्रकारका सङ्कष्टहरू देखिएका छन्। यदि परमेश्वरको अगुवाइ, अनि मानिसहरूमा विश्वास र शक्ति भरिदिने उहाँका वचनहरू नहुने हो भने, यो अवस्थासम्म कोही पनि पुगेको हुन्थेन। परमेश्वरका चुनिएका मानिसहरू सबैले व्यक्तिगत रूपमा यो कुरा अनुभव गरेका छन्। परमेश्वरको घरको कुनै पनि काम सहज रूपमा अगाडि बढ्दैन, त्यो सबै शून्यदेखि सुरु हुन्छ, र ठूलो कठिनाइका साथ गरिन्छ, र समस्याहरूले घेरिएको हुन्छ। यस्तो किन? किनभने हामी ठूलो रातो अजिङ्गरको शासनको चरम दमन र सतावट मात्र नभई सम्पूर्ण धार्मिक समुदाय र भ्रष्ट मानवजातिबाट भेदभाव, अपमान र निन्दा पनि सामना गर्छौँ—पूरै युगले समेत हामीलाई त्याग्ने र रोक्ने गर्छ। परमेश्वरको सबै व्यवस्थापन काम त्यस्ता वातावरण र अवस्थामा सुरु र सञ्चालन हुन्छ जुन शैतानका दुष्ट प्रवृत्तिहरूले भरिएका हुन्छन्, र जसमा शैतानको प्रभुत्व हुन्छ। यो बिलकुलै सजिलो छैन; यो अत्यन्तै गाह्रो छ। त्यसकारण, कर्तव्य निर्वाह गर्न सक्ने हरव्यक्तिबाट परमेश्वरलाई सान्त्वना मिल्छ, र उसले कर्तव्य निर्वाह गर्नु दुर्लभ र अमूल्य कुरा हो। हरव्यक्तिले अर्पण गर्न सक्ने तत्परता, बफादारी, र समर्पण, साथै आफ्नो कर्तव्यप्रति उसको इमानदारी र जिम्मेवारीको, परमेश्वरको कार्यभारप्रतिको समर्पणको, र परमेश्वरप्रति श्रद्धाको मनोवृत्तिलाई उहाँ प्रिय ठान्नुहुन्छ, र उहाँ यी कुराहरूलाई अत्यन्तै महत्त्वपूर्ण ठान्नुहुन्छ। यसको उल्टो, आफ्‍नो कर्तव्य छोड्ने वा यसलाई ठट्टाको रूपमा लिने मानिसहरूप्रति र उहाँविरुद्धका विभिन्न धोकापूर्ण व्यवहार, कार्य, र प्रकटीकरणहरूप्रति परमेश्‍वर चरम घृणा गर्नुहुन्छ, किनभने परमेश्‍वरले बन्दोबस्त गर्नुभएका विभिन्‍न प्रसङ्ग, मानिस, घटना, र कामकुरामाझ, यी मानिसहरूले परमेश्‍वरको कामको प्रगतिमा अवरोध, हानि, ढिलाइ, बाधा, वा असर गर्ने भूमिका खेलेका हुन्छन्। अनि यसले गर्दा, भगुवाहरू र परमेश्‍वरलाई धोके दिने मानिसहरूबारे परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ र कस्तो प्रतिक्रिया दिनुहुन्छ? परमेश्‍वरमा कस्तो मनोवृत्ति हुन्छ? (उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ) तिरस्कार र घृणाबाहेक अरू केही गर्नुहुन्न। के उहाँलाई दया लाग्छ? अहँ—उहाँलाई कहिल्यै दया लाग्न सक्दैन। कतिपयले भन्छन्, “के परमेश्‍वर प्रेम हुनुहुन्‍न र?” किन परमेश्‍वर यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्‍न? यी मानिसहरू प्रेम पाउनलायक हुँदैनन्। यदि तँ तिनीहरूलाई प्रेम गर्छस् भने, तेरो प्रेम मूर्खता हुन्छ, र तैँले तिनीहरूलाई प्रेम गर्छस् भन्दैमा, परमेश्‍वरले पनि प्रेम गर्नुहुन्छ भन्‍ने हुँदैन; तैँले तिनीहरूलाई प्रिय ठान्‍न सक्छस्, तर परमेश्‍वर प्रिय ठान्‍नुहुन्‍न, किनभने यस्ता मानिसहरूमा प्रिय ठान्‍नलायक केही पनि हुँदैन। त्यसकारण, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई दृढ रूपमा त्याग्‍नुहुन्छ, र तिनीहरूलाई कुनै दोस्रो मौका दिनुहुन्‍न। के यो उचित छ? यो उचित मात्र होइन, यो त परमेश्‍वरको स्वभावको एउटा सबैभन्दा उच्‍च पक्ष हो, र यो सत्यता पनि हो। सुसमाचार प्रचार गर्ने क्रममा, कतिपय मानिस सत्यताको कुनै पनि पक्ष स्विकार्दैनन्। तिनीहरू सधैँ आफ्नै इच्छाअनुसार मनोमानी र लापरवाही रूपमा कार्य गर्छन्। तिनीहरू सुसमाचार प्रचार गर्ने काममा रोकावट र अवरोध हुन्। तिनीहरू सुसमाचारको काममा बाधा दिने, अवरोध पुऱ्याउन, र बिगार्ने काम गरेर, अनि त्यसको विस्तारलाई रोकेर नकारात्मक भूमिका खेल्छन्। त्यसकारण, यी मानिसहरूप्रति परमेश्वर तिरस्कार र घृणा गर्ने मनोवृत्ति राख्नुहुन्छ। तिनीहरू हटाइनुपर्छ। परमेश्वरको धर्मी स्वभाव यसरी नै प्रकट हुन्छ। कतिपय मानिस भन्छन्, “के यस्ता मानिसहरूलाई यसरी सम्हाल्नु अलि ज्यादै होइन र?” त्यसमा ज्यादा केही पनि छैन। यस्ता दियाबलसहरूलाई सामना गर्दा, परमेश्वर तिरस्कार र घृणा मात्र महसुस गर्न सक्नुहुन्छ। परमेश्वरले आफ्नो भेष बदल्नुहुन्न। परमेश्वरको स्वभाव धर्मी हुन्छ, र त्यो प्रस्ट देखिन्छ। परमेश्‍वरको धर्मी स्वभावका दुई सबैभन्दा महत्त्वपूर्ण पक्ष के-के हुन्? (प्रचुर कृपा र गहिरो क्रोध।) यहाँ यसको के महत्त्व छ? परमेश्वरको गहिरो क्रोध कसले सहन्छ? तिनीहरूले सहनुपर्छ जसले परमेश्‍वरको विरोध गर्छन्, सत्यतालाई अस्वीकार गर्छन्, र शैतानलाई पछ्याउँछन्। परमेश्‍वर ती व्यक्तिहरूलाई चाहनुहुन्न जो शैतानको पछि लाग्न दृढ सङ्कल्पित हुन्छन्, न त उहाँले विश्‍वासघाती र छोडेर जाने व्यक्तिहरूलाई चाहनुहुन्छ। कतिपय मानिस भन्छन्, “कमजोरीको क्षणमा, मैले मेरो कर्तव्य नगर्ने निर्णय गरेँ, तर म वास्तवमा परमेश्‍वरलाई छोड्न वा संसारमा र शैतानको शिविरमा फर्कन चाहन्नथेँ।” चाहे तँ कमजोर भएको होस् वा तैँले संसारमा फर्कन चाहेको होस्, परमेश्‍वरले परिस्थितिको आधारमा तेरा कमजोरीहरू निराकरण गर्दा दया र सहनशीलता देखाउन सक्नुहुन्छ। परमेश्‍वर अत्यन्तै दयालु हुनुहुन्छ। मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरूमाझ जिउँछन्, र कुनै-कुनै परिस्थितिहरूमा, तिनीहरूले कमजोर, नकारात्मक, वा अल्छी महसुस गर्नु अपरिहार्य हुन्छ। परमेश्‍वर सबैलाई बारिकीसँग जाच्नुहुन्छ र उहाँ परिस्थितिअनुसार तिनीहरूलाई निराकरण गर्नुहुन्छ। यदि तँ छोडेर जाने व्यक्ति होइनस् भने, उहाँले तँसँग त्यस्तो व्यक्तिलाईझैँ व्यवहार गर्नुहुनेछैन। यदि तँ कमजोर छस् भने, उहाँले तेरो कमजोरीअनुसार तँलाई निश्चय नै तह लगाउनुहुनेछ। यदि तँ क्षणिक रूपमा भ्रष्टता प्रकट गर्छस्, यदि तँ क्षणिक रूपमा कमजोर हुन्छस्, वा यदि तँ अस्थायी रूपमा तेरो बाटो हराउँछस् भने परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँलाई मार्गदर्शन गर्नुहुनेछ, र तँलाई सहायता गर्नुहुनेछ। उहाँले तँलाई सत्यता नबुझ्ने सानो कदको व्यक्तिझैँ व्यवहार गर्नुहुन्छ, किनकि यो समस्या तेरो एउटा प्रकृति सार होइन। परमेश्‍वरले किन त्यस्ता मानिसहरूलाई त्यागेर तिनीहरूलाई निराकरण गर्नुहुन्न? किनकि तिनीहरू उहाँलाई वा सत्यतालाई अस्वीकार गर्न चाहँदैनन्, र किनकि तिनीहरू शैतानको पछि लाग्न चाहँदैनन्। तिनीहरूले केवल केही समय कमजोरी देखाउँछन् र कदम उठाउन सक्दैनन्, त्यसैले परमेश्‍वरले तिनीहरूलाई अर्को मौका दिनुहुन्छ। त्यसोभए, क्षणिक कमजोरी अनुभव गर्ने र आफ्ना कर्तव्यहरू पूरा गर्न नसक्ने, तर पछि फर्केर ती पूरा गर्ने मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? तिनीहरूलाई स्वीकार गर्नुपर्छ। यो मामिलाको प्रकृति छोडेर जानेहरूको भन्दा फरक छ, त्यसैले तैँले तिनीहरूलाई व्यवहार गर्न एउटै नियम लागु गर्नु वा एउटै शैली अपनाउनु हुँदैन। केही मानिसहरू कमजोरी भोगिरहेका हुँदैनन्; तिनीहरू वास्तवमा छोडेर जानेहरू हुन्। यदि तैँले तिनीहरूलाई फिर्ता लिइस् भने, फेरि त्यस्तै परिस्थिति आइपर्दा तिनीहरू छोडेर जानेछन्। त्यस्तो व्यक्ति केही क्षणको लागि छोडेर जाने व्यक्ति हुँदैन; त्यस्तो व्यक्ति सधैँ नै छोडेर जाने व्यक्ति हुन्छ। यसकारण परमेश्‍वरले त्यस्ता मानिसहरूलाई निकाल्नुहुन्छ र तिनीहरूलाई कहिल्यै फिर्ता लिनुहुन्न। यो कतिपनि घोर होइन। तिनीहरूलाई फिर्ता नलिइने भएकाले, यसको मतलब परमेश्वरले अरू जसलाई मुक्ति दिनुहोला तर उहाँले ती मानिसहरूलाई भने मुक्ति दिनुहुन्न। परमेश्वरले मुक्ति टोलीमा एक व्यक्ति कम भएको देख्नुभएमा, अर्को कोही थप्न सक्नुहुन्छ। तर यस्तो व्यक्ति चाहँदैन। ऊ सदाका लागि हटाइन्छ र अचाहिँदो हुन्छ।

अर्को वर्गका मानिसहरू हुन्छन् जो सुसमाचार प्रचार गर्ने क्रममा प्रायजसो सुसमाचारको कामलाईबाधा दिने र बिगार्ने गर्छन्, तर तिनीहरूले केही काम गरेर केही मानिसहरूको मन जितेका पनि हुन्छन्। के यी कुरालाई तिनीहरूका असल कार्य मान्न सकिन्छ? हालका लागि, तिनीहरूले असल कार्यहरू गरेका छन् कि छैनन् भन्ने प्रश्नलाई पर पन्छाऔँ। पहिला मानौँ, यस्ता मानिसहरू सुसमाचार प्रचार गर्ने क्रममा सुसमाचार कामलाई प्रायजसो बाधा दिने र बिगार्ने गर्छन्। उदाहरणका लागि, यदि कुनै व्यक्ति सुसमाचार कामको रेखदेख गर्छ अनि हैसियत र शक्तिका लागि सधैँ अरूसँग प्रतिस्पर्धा गर्छ वा प्रायजसो अरूसँग विवाद गर्छ, सुसमाचार कामलाई बाधा दिने र बिगार्ने गर्छ भने, परमेश्वरले यस मामलालाई कसरी हेर्नुहुनेछ? के परमेश्वरले यस्तो व्यक्तिका उपलब्धि र गल्तीहरूलाई सन्तुलनमा राख्नुहुनेछ कि उसलाई अरू कुनै तरिकामा व्यवहार गर्नुहुनेछ? (परमेश्वरले उसलाई दोष दिनुहुनेछ।) किन परमेश्वरले उसलाई दोष दिनुहुनेछ? तिनीहरूले केही मानिसलाई प्रचार गरेको, केही काम गरेको, र केही नतिजा हासिल गरेको भए पनि, दुष्ट कार्यहरू गर्न जारी राखेका छन्। तिनीहरूले ठूला गल्तीहरू नगर्ने भए पनि, बारम्बार सानातिना गल्तीहरू गर्छन्। बारम्बार सानातिना गल्तीहरू गर्नुको अर्थ के हो? यसको अर्थ सत्यता अभ्यास नगर्नु, ख्याति, लाभ, र हैसियतका निम्ति लड्नु, अलिकति पनि भक्ति नराखी बोल्नु, सत्यता सिद्धान्तहरू कहिल्यै नखोज्नु, बारम्बार मनोमानी रूपमा र संयमविना कार्य गर्नु, कहिल्यै कुनै परिवर्तन नगर्नु, र अविश्वासझैँ हुनु हो, जसले मण्डलीको जीवन र परमेश्वरका चुनिएका मानिसहरूमा हानिकारक प्रभाव पार्छ र केही नयाँ विश्वासीहरूलाई धरमरिन लगाउँछ। के यी दुष्ट कार्यहरू होइनन् र? (हो, दुष्ट कार्य नै हुन्।) यदि मानिसहरूले यस्ता दुष्ट कार्य गरेका छन् भने, तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्न कडा मेहनत गरेका भए पनि, के तिनीहरूले साँच्चै आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुन्छन्? के तिनीहरूले साँच्चै आफ्ना कर्तव्यहरू पर्याप्त मात्रामा निर्वाह गरेका हुन्छन्? परमेश्वर यी मानिसहरूलाई कसरी हेर्नुहुन्छ? तिनीहरूले केही काम गरेका भए पनि, लापरवाहीपूर्वक दुष्टता गर्न सक्छन्, त्यसैले के तिनीहरू आफ्ना कर्तव्यहरू निभाइरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरू किन यस्तो लापरवाहीका साथ दुष्टता गर्न सक्छन्? एकातिर, यो तिनीहरूका दुष्ट स्वभावका कारणले गर्दा हो। अर्कोतिर, यी मानिसहरू मौका छोप्नो मानसिकता राख्छन्। तिनीहरू सोच्छन्, “मैले सुसमाचार प्रचारमा धेरै राम्रो गरेको छु। मैले सुसमाचार सुनाएको कारण यो वा त्यो मण्डलीमा सयौँ मानिसहरू छन्। यदि यी मानिसहरूले मुक्ति पाउन सके भने, त्यो मेरा लागि ठूलो उपलब्धि हुनेछ। त्यसैले परमेश्वरले कसरी मलाई सम्झन सक्नुहुन्न र? परमेश्वरले यी मानिसहरूबारे सोचविचार गर्दा मलाई निन्दा गर्न मिल्दैन।” के तिनीहरू आफूलाई बढी महत्त्व दिइरहेका छैनन् र? के तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय छ? के तिनीहरू सच्चा हृदयले आफूलाई परमेश्वरमा समर्पित गर्ने मानिस हुन्? तिनीहरू पावलले जस्तै इनाम र मुकुटहरू प्राप्त गर्न खोज्छन्। तिनीहरूका हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन। तिनीहरू परमेश्वरको स्वभाव बुझ्दैनन् र परमेश्वरसित सौदा गर्ने आँट गर्छन्। यसले तिनीहरूमा कुनै पनि सत्यता वास्तविकता छैन भन्ने प्रमाणित गर्छ। एक व्यक्तिले केही वर्षदेखि सुसमाचार प्रचार गरिरहेको थियो र ऊसँग यसका केही अनुभवहरू थिए। उसले सुसमाचार प्रचार गर्ने क्रममा धेरै कठिनाइ भोग्यो, र बन्दी बनेर धेरै वर्षको जेल सजायसमेत पायो। बाहिर निस्केपछि, उसले सुसमाचार प्रचार गर्ने कार्य जारी राख्यो, र सयौँ मानिसहरूलाई विश्‍वासी बनायो, र तीमध्ये केही अत्यन्तै प्रतिभावान् थिए; कति त अगुवा वा सेवकहरूका रूपमा समेत छनौट भए। परिणामस्वरूप, यस व्यक्तिले आफूलाई ठूलो स्याबासीको योग्य ठान्यो, र यसलाई उसले धाक लगाउने पूँजीको रूपमा प्रयोग गर्दै ऊ जहाँ जान्थ्यो त्यहाँ आफ्नै प्रदर्शन गर्ने र आफ्नै गवाही दिने गर्‍यो: “म आठ वर्ष जेल बसेँ, र आफ्नो गवाहीमा दृढ रहेँ। मैले सुसमाचार सुनाउने क्रममा धेरै मानिसहरूलाई विश्‍वासमा ल्याएको छु, तीमध्ये कति त अहिले अगुवा वा सेवक बनेका छन्। परमेश्‍वरको घरमा, मैले श्रेय पाउनुपर्छ, मैले योगदान दिएको छु।” उसले जहाँ सुसमाचार प्रचार गरे पनि, स्थानीय अगुवा वा सेवकहरूलाई धाक लगाएरै छाड्थ्यो। उसले यसो पनि भन्थ्यो, “तपाईंहरूले मेरो कुरा सुन्नैपर्छ; मसँग बोल्दा तपाईंहरूका वरिष्ठ अगुवाहरूसमेत विनम्र हुनैपर्छ। विनम्र नहुने जोकोहीलाई म पाठ सिकाउनेछु!” यो व्यक्ति त धमासे हो, होइन र? यस्तो व्यक्तिले सुसमाचार प्रचार नगरेको र ती मानिसहरूलाई विश्‍वासमा नल्याएको भए, के ऊ त्यस्तो आडम्‍बरी हुन्थ्यो त? वास्तवमा ऊ त्यस्तै हुन्थ्यो। ऊ त्यति आडम्बरी हुनुले आडम्बर उसको प्रकृतिमै हुन्छ भन्‍ने प्रमाणित गर्छ। यो उसको प्रकृति सार हो। ऊ यति अहङ्कारी बन्छ कि उसमा थोरै समझ पनि हुँदैन। सुसमाचार प्रचार गरेपछि र एकदुई जना मानिसहरूलाई विश्‍वासमा ल्याएपछि, तिनीहरूको अहङ्कारी प्रकृति बढ्छ, र तिनीहरू अझै बढी आडम्‍बरी बन्छन्। त्यस्ता मानिसहरूले जहाँ गए पनि आफ्‍नो पूँजीको धाक लगाउँछन्, जहाँ गए पनि श्रेय लिने प्रयास गर्छन्, र विभिन्‍न तहका अगुवाहरू बराबर हुने प्रयास गर्दै तिनीहरूलाई दबाबसमेत दिन्छन्, अनि परमेश्‍वरको घरमा आफू वरिष्ठ अगुवा हुनुपर्छ भन्‍नेसमेत सोच्छन्। यस्तो व्यक्तिको व्यवहारमा जे प्रकट हुन्छ त्यसको आधारमा, हामी यस्ता व्यक्तिहरूसँग कस्तो प्रकृति हुन्‍छ, र तिनीहरूको नतिजा सम्भवतः कस्तो होला भनी स्पष्ट हुनुपर्छ। जब कुनै पिशाच परमेश्‍वरको घरमा घुस्छ, तब उसले थोरै श्रम गरेपछि आफ्‍नो साँचो रूप देखाइहाल्छ; त्यस्ता व्यक्तिहरूलाई जसले काटछाँट गरे पनि तिनीहरूले कसैको कुरा सुन्दैनन्, र परमेश्‍वरको घरविरुद्ध लडाइँ जारी राख्छन्। तिनीहरूको व्यवहारको प्रकृति कस्तो हुन्छ? परमेश्‍वरको नजरमा, तिनीहरूले काल खोजिरहेका हुन्, र तिनीहरूले आफैलाई नमारेसम्‍म विश्राम गर्नेछैनन्। यसलाई उल्‍लेख गर्ने एउटै मात्र उचित तरिका यही हो। “काल खोज्नु” भन्ने शब्दावलीको व्यावहारिक अर्थ छ। यो व्यावहारिक अर्थ के हो? मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दा त त्यो राम्रो कुरा हो। कतिपय मानिस जन्मिँदै केही प्रतिभा लिएर आउँछन्, यो एउटा आशिष् हो, तर यदि तिनीहरूले सही मार्ग नपछ्याएमा, तिनीहरू समस्यामा पर्नेछन्। उदाहरणका लागि, कतिपय मानिस बोल्नमा सिपालु हुन्छन्। तिनीहरू फरक-फरक मानिससँग कुरा गर्ने तरिका जान्दछन् र जोसँग पनि सजिलै वार्तालाप गर्न सक्छन्। यसलाई पनि जन्मजात क्षमता मान्न सकिन्छ। सुरुमै त्यो राम्रो कुरा हो कि खराब कुरा हो भन्नुको साटो, उक्त व्यक्तिको प्रकृति कस्तो छ र ऊ सही मार्गमा हिँडिरहेको छ कि दुष्ट मार्गमा भनी हेर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। सुसमाचार प्रचार गर्ने परमेश्वरको कामको अवधिमा, तैँले आफ्ना प्रतिभाहरू समर्पित गरेको छस्, धेरै सोच लगाएको छस्, र धेरै मानिसको मन जितेको छस्। यो आफैमा खराब कुरा होइन। तैँले सुसमाचारको काममा आफ्नो प्रयत्न लगाएको छस्, जुन परमेश्वरले सम्झन लायक छ। यदि तँ कुनै देखावटी नगरी यो कर्तव्य राम्ररी गर्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूले तेरो काम देख्दा तँलाई आदर गर्नेछन्, र कतिपय कुरा नबुझ्नेहरूले तँबाट खोजी गर्नेछन् र त्यसबारे तँलाई सल्लाह माग्नेछन्। यदि तँमा मानवता छ र तँ सत्यता पछ्याउँछस् भने, मानिसहरूले तँलाई मन पराउनेछन्, र परमेश्वरले तँलाई आशिष् दिनुहुनेछ। तर, तैँले सही मार्ग नलिन सक्छस्। तैँले परमेश्वरबाटको यो सानो वरदानलाई पूँजी ठान्लास् र चारैतिर टाढा टाढासम्म गएर जेल परेको बारेमा धाक लगाउँलास्। खासमा, जेल पर्नु कुनै महान् कुरा होइन। ठूलो रातो अजिङ्गरको देशमा, धेरै मानिस सुसमाचार प्रचार गरेको वा मण्डलीको काम गरेको कारण पक्राउ परेर थुनामा परेका छन्। यसलाई पूँजी ठान्नु हुँदैन, बरु मानिसहरूले सहन उचित हुने एक प्रकारको कष्ट ठान्नुपर्छ। यदि मानिसहरूले कष्ट भोगेपछि तिनीहरूसँग गवाही छ भने, तिनीहरूले परमेश्वरका कार्यहरूको गवाही दिन, सतावटको बेला आफूले कसरी परमेश्वरमा भर परेर शैतानलाई जित्यो, आफूले कस्तो कष्ट सह्यो, र त्यसबाट के प्राप्त गर्यो भनी गवाही दिन सक्छन्। यो नै सही तरिका हो। तर, तिनीहरू जानाजानी यो सही मार्गमा हिँड्दैनन्, बरु चारैतिर आफै मपाइँ भई हिँड्छन्। “मैले धेरै वर्ष जेल परेर धेरै दुःख पाएकाले तिमीहरूले मलाई यस्तै व्यवहार गर्नुपर्छ। यदि तिमीहरू मलाई यस्तो व्यवहार गर्दैनौ भने, तिमीहरू अन्धो, अज्ञानी र हृदयविहीन हौ।” के तिनीहरू सही मार्ग लिन चुकिरहेका छैनन् र? सुरुमा, तिनीहरूले जेल पर्नु र विश्वासघात नगरी कष्ट भोग्नु अनि सजाय भोगेपछि आफ्नो गवाहीमा दृढ रहनु राम्रो कुरा थियो। यो परमेश्वरले सम्झन लायक कुरा थियो। तर, तिनीहरूले गर्नुपर्ने जस्तो जानाजानी गरेनन्। तिनीहरू जहाँ गए, त्यहाँ मानिसहरूको आदर र सहानुभूति पाउन आफ्ना उपलब्धिहरूबारे घमण्ड गर्थे। यहाँसम्म कि तिनीहरूकेही भौतिक वस्तुहरू माग्थे। यो त आफ्ना उपलब्धिहरूका लागि इनाम खोज्नु हो। यसरी मानिसहरूबाट इनाम खोज्नुको भित्री अर्थ के हो? तिनीहरूले मानिसहरूलाई त इनाम माग्न तर, तर के तिनीहरूले परमेश्वरबाट इनाम माग्न सक्छ? तिनीहरू मानिसहरूकहाँ जान्छन् र पर्याप्त इनाम माग्छन्, हैसियत, ख्याति र लाभ, प्रतिष्ठा, र देहसुख माग्छन्, र त्यसपछि तिनीहरू परमेश्वरबाट इनाम माग्छन्। के यो पावलले गरेजस्तै होइन र? यसका अलावा, तिनीहरूले यो कर्तव्य निर्वाह गरेर धेरै मानिसहरूको मन जितेका छन्। जहाँसम्म परमेश्वरको कुरा छ, यदि तिनीहरू सत्यता बुझाइको जगमा निरन्तर आफ्ना कर्तव्यहरू निर्वाह गर्न र निरन्तर यो जिम्मेवारी राम्ररी निभाउन सक्छन् भने, परमेश्वरले निरन्तर तिनीहरूलाई सुसमाचार प्रचार गर्ने काम सुम्पनुहुनेछ। तर, तिनीहरू यसो नगर्ने निर्णय गर्छन्, बरु ती कुरा सबैलाई सुनाउन सक्न आफूमा पर्याप्त यकिन र योग्यता छ भन्ने सोच्छन्। त्यसकारण, तिनीहरू बिलकुलै काम गर्दैनन्, बरु इनाम माग्न थाल्छन्। जहाँ गए पनि, तिनीहरू आफ्नो घमण्ड गर्ने, आफ्नो पूँजीको सान देखाउने, उपलब्धिहरू दाँज्ने, र आफूले कति सयौँ वा हजारौँ मानिसहरूलाई सुसमाचार सुनाएका छन् भनी प्रदर्शन गर्ने गर्छन्। यसमा, तिनीहरू परमेश्वरलाई कुनै महिमा दिँदैनन् अनि कहिल्यै परमेश्वरको सर्वशक्तिमानता र बुद्धिमत्ताको गवाही दिँदैनन्। के यो काल खोज्नु होइन र? तिनीहरू परमेश्वरमा विश्वास गर्छन् तर सही मार्गमा हिँड्दैनन्। त्यसोभए, प्रवचन र सङ्गति सुन्नेप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू सोच्छन्, “मैले सुन्नु पर्दैन, म जेल बसेको छु, म यहूदा बनेको छैनँ, मसँग दिनका लागि गवाही छ। त्यसबाहेक, मैले अरू कसैले भन्दा धेरै मानिसहरूको मन जितेको छु, मैले सबैभन्दा उच्च मूल्य चुकाएको छु। मैले हरेक दुःखकष्ट सहेको छु, झाडीहुँदो लुकेको छु, र गुफाहरूमा सुतेको छु। मैले सहन नसक्ने कष्ट नै छैन, र म नपुगेको ठाउँ नै छैन। तिमीहरूमध्ये को मेरो बराबरीमा आउन सक्छौ? त्यसकारण, मैले आफूले सुन्ने प्रवचनहरू पूर्ण रूपमा बुझ्नु आवश्यक छैन। के प्रवचन सुन्नु भनेको अभ्यासका लागि मात्र होइन र? मैले त्यो सबै पहिल्यै गरिसकेको छु, मैले त्यो जिएको छु। परमेश्वरको देहधारणसमेत त्यति प्रभावशाली छैन।” कस्तो खालको व्यक्तिले यस्ता कुरा गर्छ? (पावलले।) यो त पावललाई जीवनमा फिर्ता ल्याइएको हो। तिनीहरू यसो पनि भन्छन्, “तिमीहरू म जतिको सिपालु छैनौ। यदि भएको भए, तिमीहरूले त्यति धेरै प्रवचन सुन्नुपर्दैनथ्यो, र हरदिन परमेश्वरका वचनहरू ध्यानपूर्वक लेख्नु, सार्नु, र कण्ठ पार्नु पर्दैनथ्यो। मलाई हेर त। मैले सुसमाचार प्रचार गरेर धेरै मानिसको मन जितेको छु। मैले तिमीहरूले जस्तो कहिले अध्ययन गरेँ र? मलाई आवश्यक पर्दैन, पवित्र आत्माले उहाँको काम गर्नेबित्तिकै मसित सबथोक हुन्छ।” के यो ठूलो मूर्खता होइन र? तिनीहरूको अहङ्कारको कुनै सीमा हुँदैन। तिनीहरू परमेश्वरको काम स्विकार्नु र मुक्ति पछ्याउनुलाई के ठान्छन्? तिनीहरू त्यसलाई बच्चाको खेल ठान्छन्। तिनीहरू आफूले अलिकति असल व्यवहार देखाएको र अलिकति काम गरेको, आफ्नो काम सकाएको र आफ्नो लड्न्त लडेको हुनाले मुकुट प्राप्त गर्न मात्र बाँकी रहेको विश्वास गर्छन्। तिनीहरूका लागि, मुकुट नदिने परमेश्वर परमेश्वर नै होइन। यसमा, तिनीहरू र धार्मिक मानिसहरूको दृष्टिकोण एउटै छ। तिनीहरू यसो पनि भन्छन्, “अब मैले भोग्नुपर्ने सबै दुःख भोगिसकेँ र हरेक मूल्य चुकाइसकेँ। मैले झण्डै परमेश्वरले जति नै कष्ट भोगेको छु। मैले परमेश्वरको इनाम प्राप्त गर्न पाउनुपर्छ।” के यी मानिसहरू पावलजस्तै होइनन् र? तिनीहरू सधैँ योग्यता र वरिष्ठताका आधारमा मानिसहरूको दर्जा छुट्याउँछन्। तिनीहरूले आफूहरूका निम्ति त जिउनु नै ख्रीष्ट हो भनेर लगभग लगभग भने। यदि तिनीहरूले साँच्चै ख्रीष्ट हुन चाहेमा, तिनीहरू समस्यामा पर्नेछन्। यो त दोस्रो पावल हुन्छ। के यो मार्गमा हिँड्ने व्यक्तिसँग अझै आफूलाई परिवर्तन गर्ने मौका हुन्छ? पटक्कै हुँदैन। यो मार्ग ख्रीष्टविरोधीहरूको अँध्यारो गल्ली हो।

धेरै वर्ष परमेश्वरमा विश्वास गरेका कतिपय मानिस किन ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्? यो कुरा व्यक्तिको प्रकृति सारद्वारा निर्धारित हुन्छ। सम्पूर्ण दुष्ट मानिस, विवेक र समझ नभएका सम्पूर्ण मानिस सत्यतालाई प्रेम नगर्नेहरू हुन्। त्यसकारण तिनीहरू परमेश्वरमा विश्वास गर्न थालेपछि स्वाभाविक रूपमा ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न रोज्छन्। हरव्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उहाँका वचन पढ्छ, र प्रवचनहरू सुन्छ, त्यसोभए किन कतिपय मानिस सत्यता पछ्याउने मार्गमा हिँड्न रोज्छन्? किन अन्य मानिस ख्याति, लाभ, हैसियत, र आशिषहरू पछ्याउने मार्गमा हिँड्न रोज्छन्? तिनीहरूका वस्तुगत परिवेशहरू उस्तै हुन्छन्, तर तिनीहरूका मानवता र व्यक्तिगत रूचिको गुणस्तर फरक-फरक हुन्छन्, त्यसैले तिनीहरू फरक-फरक मार्ग रोज्छन्। परमेश्वरका भेडाहरू परमेश्वरको सोर सुन्छन्। आखिरी दिनहरूमा परमेश्वरले धेरै वचन बोल्नुभएको छ, र लगभग ३० वर्षदेखि परमेश्वरका वचनहरू व्यक्त गरिएका छन्, तर यी मानिसहरू ती वचन बुझ्दैनन्। त्यसोभए, के तिनीहरू परमेश्वरका भेडा हुन्? (होइनन्।) यदि तिनीहरू परमेश्वरका भेडाहरूमध्येका होइनन् भने, तिनीहरू मानवजाति कहलिन अयोग्य छन्। सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने ती मानिसहरू के कुरामा ध्यान दिन्छन्? तिनीहरूले पछ्याउने कुरा के हो? हैसियत र आशिषहरू पछ्याउने तिनीहरूको चाहना निकै बलियो छ, र तैँले सत्यतामा जति सङ्गति गरे पनि तिनीहरूले त्यो सुन्नेछैनन् भन्ने कुरा सजिलै देखिनुपर्ने हो। तिनीहरूले सत्यता स्विकार्न नसक्ने मात्र होइन, तर हठी हुँदै ख्याति, लाभ, र हैसियत पछ्याइरहन्छन्। तिनीहरूले आफूलाई पटक्कै चिन्दैनन् मात्र होइन, तर तिनीहरू सधैँ उपलब्धिहरूको तुलना गर्छन् र चारैतिर आफनो पूँजीबारे घमण्ड गर्छन्। यस्ता आचरण र अभ्यासहरूको प्रकृति के हो? (काल खोज्ने प्रकृति।) ठिक भनिस्। पावलले यसरी नै काल खोजेको थियो। त्यतिका वर्षसम्म प्रवचन सुनेपछि पनि मानिसहरू अझै पश्चात्ताप नगरी पावलजस्तो हुन सक्छन्। तिनीहरूमा सत्यताबारे कुनै बुझाइ हुँदैन र तिनीहरू सत्यता बिलकुलै स्विकार्दैनन्। के यो काल खोज्नु होइन र? सुरुमा, मानिसहरूले सत्यता नबुझ्दा, त्यस्ता केही व्यवहार र अभ्यास देखाउँछन् जुन मानव इच्छाबाट आउँछन् र दूषित हुन्छन्, वा तिनीहरू केही सौदाबाजी वा व्यक्तिगत अभिप्राय र चाहनाहरू देखाउँलान्। परमेश्वर यसलाई हेर्नुहुन्न किनकि तिनीहरू सत्यता बुझ्दैनन्। जब परमेश्वरका वचनहरू मानिसहरूलाई त्यति प्रस्ट पारिएका थिएनन्, तब परमेश्वरले मानिसलाई उसका भ्रष्टता, दूषितपन, कमजोरी, र सौदाबाजी राख्न दिनुहुन्थ्यो। अब परमेश्वरले धेरै र पर्याप्त मात्रामा बोल्नुभएको छ, तैपनि तँ अझै आफूले कामय राख्ने कुरा र अभ्यास गर्ने व्यवहार सही छन् भनी जिद् कस्छस्। तँ परमेश्वरका यी वचनहरूलाई नकार्छस्, वा परमेश्वरका वचनहरूलाई तिरस्कार र बेवास्तासमेत गर्छस्, हेर्छस् तर देख्दैनस् अनि सुनेर पनि सुन्दैनस्। यस्ता मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? परमेश्वर यस्ता कुराहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्वरले तँ सत्यतालाई प्रेम गर्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँ गैरविश्वासी होस् भन्नुहुनेछ। यस्ता मानिसहरू सत्यता हुन्छ, परमेश्वरले भनेका सबथोक सत्यता र मानिसको मुक्तिको मार्ग हो भनी विश्वास गर्दैनन्। तिनीहरू यो तथ्य स्विकार्दैनन्। यस्ता मानिसहरू परमेश्वरका यी वचनहरूलाई अस्वीकार नगर्ने भए पनि, ती स्वीकार पनि गर्दैनन्। तैँले तिनीहरूको व्यवहार र तिनीहरूले प्रकट गर्ने कुराबाट तिनीहरू सत्यता पछ्याउने मार्गमा छैनन् भनेर देख्न सक्छस्। तिनीहरू कुन मार्गमा हिँडिरहेका छन्? तिनीहरू परमेश्वरबाट इनामहरू खोज्न आफ्ना पूँजी र उपलब्धिहरूमा भर परेर पावलको मार्गमा हिँडिरहेका हुन्छन्। पावललाई जसरी विश्लेषण गरिए पनि, तिनीहरूले आफूमा त्यस्तै कुराहरू पहिचान गर्नेछैनन्। पावललाई जसरी विश्लेषण गरिए पनि, तिनीहरूले आफूलाई बदल्नेछैनन्, पश्चात्ताप गर्नेछैनन्, वा आफूलाई चिन्नेछैनन्। तिनीहरू अझै पनि आफूले गर्ने सबै कुरा ठिक र सत्यताबमोजिम छ भन्ने विश्वास गर्छन्। परमेश्वरले जतिसुकै वचनहरू व्यक्त गर्नुभए पनि, उहाँले यस्ता मानिसहरूलाई जसरी विश्लेषण र निन्दा गर्नुभए पनि, तिनीहरूले कहिल्यै आत्मचिन्तन गर्नेछैनन्। परमेश्वरमाथिको विश्वासप्रति तिनीहरूका दृष्टिकोण, आशिष् प्राप्त गर्ने तिनीहरूको अभिप्राय, र परमेश्वरसँग सौदा गर्ने तिनीहरूको अभ्यास यथावत रहन्छन्, ढलपल हुँदैनन् र बद्लिँदैनन्। यसो हुनुको कारण के हो? तिनीहरू परमेश्वरको सोर चिन्न सक्दैनन् र परमेश्वरको सोर सुन्दैनन्। परमेश्वरले जे भन्नुभए पनि, तिनीहरूका लागि त्यसको त्यति महत्त्व हुँदैन। “तपाईं जे भन्न चाहनुहुन्छ भन्नुहोस्, तर मलाई मेरो आफ्नै मार्गमा जान दिनुहोस्। तपाईं तपाईं नै हुनुहुन्छ, म म नै हुँ। तपाईंले जे गर्नुभए पनि वा तपाईंको इच्छा जे भए पनि, मलाई त्यसको के मतलब? मेरो जीवन वा मृत्युसँग त्यसको कुनै सम्बन्ध छैन।” यिनीहरू कस्ता मानिस हुन्? (गैरविश्वासीहरू।) तिनीहरू कसलाई विश्वास गर्छन्? तिनीहरू आफूलाई विश्वास गर्छन्। के यस्ता मानिसहरू घृणित होइनन् र? (तिनीहरू घृणित हुन्।) तिनीहरू घृणित हुन् र नष्ट गरिनुपर्छ। तिनीहरू परमेश्वरले मुक्ति दिने जन होइनन्। त्यसकारण, सुसमाचार प्रचार गर्नेहरूमध्ये, यदि धेरै मानिस आफ्ना कीर्तिहरूमा भर पर्छन्, आफ्नो वरिष्ठताको शान देखाउँछन्, र विगतका उपलब्धिहरूका लागि परमेश्वरलाई इनाम माग्छन् भने, तिनीहरू समस्यामा पर्नेछन्। तिनीहरूको आचरणका कारण, तिनीहरूको परिणाम काल खोज्नुको रूपमा निर्धारित हुनेछ। त्यसैले, तैँले यस्तो व्यक्तिलाई भेट्दा, के तैँले उसलाई काल नखोज्न चेतावनी दिनु उचित हुन्छ? यदि तिनीहरूले अझै पनि सुसमाचार प्रचार गर्न सक्छन् भने, तिनीहरूलाई त्यो नभन्। तैँले तिनीहरूलाई सक्दो मद्दत गर्न घुमाउरो पाराले सङ्केत दिएर सम्झाउन, चेतावनी दिन, अनि मार्गदर्शन गर्न सक्छस्। तर, यदि तिनीहरूको सार र स्वभाव साँच्चै एउटै र पावलको जस्तै छ भने, तैँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू काल खोजिरहेका छन् भन्ने थाहा पाउनु, तर तिनीहरूलाई सत्य कुरा नबताउनु र अझै तिनीहरूलाई हौसला दिनु र निरन्तर सेवा चढाउन दिनु: यसलाई शैतानको अपमान गर्नु भनिन्छ। के यसो गर्नु उचित हो? (उचित हो।) शैतानको सेवाको फाइदा लिनु परमेश्वरको बुद्धिमत्ता हो। यदि तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई यस्तो व्यवहार गर्छस् भने, त्यो दुष्ट कार्य हो र परमेश्वर त्यसलाई घृणा गर्नुहुन्छ। यदि तँ शैतानको सेवाको फाइदा लिन्छस् भने, यसलाई शैतानको अपमान गर्नु भनिन्छ। यसलाई बुद्धिमत्ता भनिन्छ। ठूलो रातो अजिङ्गर, शैतान र दियाबलसहरू परमेश्वरका चुनिएका मानिसहरूको सेवा गर्छन्। के यो परमेश्वरको काम हो? (हजुर, हो।) हामीले यसलाई कसरी हेर्नुपर्छ? यो परमेश्वरको बुद्धिमत्ता हो। यो कुरालाई निन्दा गर्न मिल्दैन। यो सत्यता हो। तैँले शैतानलाई अर्थात् यो कुरालाई तेरो फाइदाका लागि प्रयोग गर्नुपर्छ। यदि तँ त्यसलाई सेवाको प्रयोजनका लागि प्रयोग गर्दैनस् भने, कतिपय काम राम्ररी हुनेछैनन्, र नतिजा हासिल गर्न सजिलो हुनेछैन। सत्यता पछ्याउने मार्ग र मुक्तिको मार्गमा हिँड्ने मानिसहरू पनि एक चरणमा पुगेर सेवा चढाउँछन्, तर यो स्थायी हुँदैन। परमेश्वर बुद्धिमत्ता प्रयोग गरेर तँलाई सेवा चढाउन लगाउनुहुन्न, बरु तँ यो चरणबाट गुज्रनैपर्छ। तैँले सत्यता नबुझ्ने भएकाले, सिद्धान्तविना आफ्नै इच्छाअनुसार धेरै काम गर्छस्। तेरो सारको सन्दर्भमा भन्नुपर्दा, तँ सेवा गर्न अनिच्छुक छस्, तर वस्तुगत तथ्यको सन्दर्भमा भन्नुपर्दा, तँ सेवा चढाइरहेको छस्। मानिसहरूले राम्ररी सेवा चढाउँदा अनि बिस्तारै परमेश्वरको इच्छा र सत्यता बुझ्दा मात्र तिनीहरू क्रमिक रूपमा, सत्यता पछ्याउन, साँचो रूपमा आफ्ना कर्तव्य निर्वाह गर्न, परमेश्वरप्रति समर्पित र उहाँको इच्छाअनुरूप हुन, अनि क्रमिक रूपमा मुक्तिको मार्गमा हिँड्न सक्छन्। तर, यो सेवा शैतानको सेवाको फाइदा लिनुभन्दा पूर्ण रूपमा फरक कुरा हो। यो भिन्नै प्रकृतिको हुन्छ। परमेश्वर शैतानको सेवाको मात्र फाइदा लिनुहुन्छ; परमेश्वर शैतानलाई मुक्ति दिनुहुन्न। परमेश्वरमा सच्चा हृदयले विश्वास गर्ने र सत्यता पछ्याउन सक्ने सेवाकर्ताहरू नै परमेश्वरको मुक्ति प्राप्त गर्नेहरू हुन्। कतिपय सेवाकर्ताहरूको हकमा, तिनीहरूका सेवाहरू उपयोगी हुँदा प्रयोग गरिन्छन्, तर यदि तिनले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँछन् भने, तिनीहरूलाई गम्भीर रूपमा चेतावनी दिनैपर्छ। यदि तिनीहरूले पश्चात्ताप नगरेमा, तिनीहरूलाई हटाइनेछ र निष्कासित गरिनेछ। तिनीहरूलाई यस्तै व्यवहार गर्नुपर्छ। यदि तिनीहरू सामान्य तवरमा इमानदारीसाथ सेवा चढाउन सक्छन् र काममा बाधा दिँदैनन् भने, तिनीहरूलाई निरन्तर सेवा चढाउन दे। सायद कुनै दिन तिनीहरूले सत्यता बुझ्नेछन् र मुक्ति प्राप्त गर्न सक्छन्। यो राम्रो कुरा हो, त्यसैले किन यो खुसीसाथ नगर्ने? तैँले कसैलाई समय अगावै निन्दा गर्न मिल्दैन। कतिपय मानिस निन्दित हुनुको कारण के हो? तिनीहरूले गम्भीर बाधा पुऱ्याउने भएकाले तिनीहरू निन्दित हुन्छन्। तैँले तिनीहरूसँग सत्यतामा जति नै सङ्गति गरे पनि, तिनीहरूले त्यो स्विकार्न सक्नेछैनन् र आफ्ना कर्तव्यहरू खराब ढङ्गले निर्वाह गर्नेछन्। तिनीहरूका प्रकृति सारहरू एउटै र पावलको जस्तै हुन्छन्। तिनीहरू हठ गर्दै पश्चात्ताप गर्दैनन्। निस्सन्देह, तिनीहरू काल खोजिरहेका हुन्छन्। यस्ता मानिसहरू मण्डलीमा निश्चय नै हुन्छन्। तिनीहरू सुसमाचार प्रचार गर्नेहरूमध्ये निश्च्य नै हुन्छन्। तिमीहरूलाई के लाग्छ, के यस्ता मानिसहरूलाई वास्तविक सत्यता थाहा दिनु राम्रो कुरा हो? के यस्ता मानिसहरूले वास्तविक सत्यता थाहा पाउनेछन् भनेर तिमीहरूलाई डर लाग्छ? (हामीलाई डर लाग्दैन।) यदि त्यस्ता मानिसहरूले यसमा आफूलाई चिन्न सक्छन् र पश्चात्ताप गर्छन् भने, त्यो राम्रो कुरा हो। तैँले मानिसहरूलाई एक मौका दिनुपर्छ। तिनीहरूलाई बेवास्ता नगर्। तर, यदि तिनीहरूलाई वास्तविक सत्यता थाहा छ, तर तिनीहरू आफ्ना मार्ग परिवर्तन गर्न सक्दैनन् र बाधा पुऱ्याइरहन्छन् भने, यो साँच्ची नै काल खोजेको हो। मानिसहरू सही मार्गमा नहुँदा, तिनीहरूलाई कुनै शिष्टाचार देखाइँदैन। यस्ता मानिसहरूलाई निकाल्नुपर्छ र हटाउनुपर्छ।

मूलभूत रूपमा, सुसमाचार प्रचार गर्ने अभ्याससम्बन्धी सिद्धान्तहरू यिनै हुन्। सुसमाचार सुनाउने क्रममा, मानिसहरूले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नैपर्छ र सुसमाचार स्विकार्न चाहने हरेक व्यक्तिसँग इमानदारीपूर्वक व्यवहार गर्नैपर्छ। परमेश्‍वर मान्छेलाई सम्‍भव भएसम्म मुक्ति दिनुहुन्छ, र मानिसहरूले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्नैपर्छ, तिनीहरूले साँचो मार्गबारे खोजी र अनुसन्धान गरिरहेका कसैलाई पनि लापरवाही रूपमा छुटाउनु हुँदैन। यसका साथै, सुसमाचार फैलाउने क्रममा, तैँले सिद्धान्तहरू बुझ्नैपर्छ। साँचो मार्ग अनुसन्धान गरिरहेको हरव्यक्तिको हकमा, तैँले तिनीहरूको धार्मिक पृष्ठभूमि, र तिनीहरूको क्षमता राम्रो छ कि नराम्रो, र तिनीहरूको मानवताको गुणस्तरजस्ता कुराहरूलाई अवलोकन गर्नु, बुझ्‍नु, र जान्‍नुपर्छ। यदि तैँले सत्यताको तृष्णा गर्ने, परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍ने, र सत्यता स्वीकार गर्न सक्‍ने व्यक्ति भेट्टाइस् भने, त्यो व्यक्तिलाई परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तिनीहरूसँग सत्यता सङ्गति गर्न र तिनीहरूको विश्वास जित्नका लागि तैँले सारा शक्तिले प्रयास गर्नुपर्छ। तर, यदि तिनीहरू कमजोर मानवता र खराब चरित्रका छन्, र तिनीहरूको तृष्णा एउटा बहाना हो, र तिनीहरू तर्क गरिरहहन्छन्, र आफ्‍नै धारणामा लागिरहन्छन् भने, तैँले तिनीहरूलाई पाखा लगाउनुपर्छ र छोडिदिनुपर्छ। साँचो मार्ग अनुसन्धान गरिरहेका कतिपय मानिस बुझ्‍न सक्‍ने र राम्रो क्षमताका हुन्छन्, तर तिनीहरू अहङ्कारी र आत्मधर्मी हुन्छन्। तिनीहरू कडाइका साथ धार्मिक धारणाहरूमै लागिरहन्छन्, त्यसकारण यसलाई समाधान गर्न मद्दत गर्नको लागि तैँले प्रेम र धैर्यका साथ तिनीहरूलाई सत्यताबारे सङ्गति गर्नुपर्छ। तैँले तिनीहरूसँग जसरी सत्यता सङ्गति गरे पनि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने मात्रै तैँले तिनीहरूलाई छोडिदिनुपर्छ—त्यसपछि, तैँले आफूले गर्न सक्‍ने र सबथोक गरेको हुन्छस्। छोटकरीमा, सत्यतालाई मान्ने र स्वीकार गर्ने कुनै पनि व्यक्तिलाई हल्‍कासँग नछोड्। यदि तिनीहरू साँचो मार्गबारे अनुसन्धान गर्न इच्छुक छन् र तिनीहरूले सत्यता खोजी गर्न सक्छन् भने, तैँले तिनीहरूलाई अझै धेरै परमेश्‍वरका वचनहरू पढेर सुनाउन र अझै धेरै सत्यतामा सङ्गति गर्न, अनि परमेश्‍वरको कामको गवाही दिन र तिनीहरूका धारणा र जिज्ञासा समाधान गर्न सक्दो गर्नुपर्छ, ताकि तैँले तिनीहरूलाई विश्‍वासी बनाउन र तिनीहरूलाई परमेश्‍वरसामु ल्याउन सक्। यो सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ। त्यसोभए, तिनीहरूलाई कसरी विश्‍वासमा ल्याउन सकिन्छ? तिनीहरूसँग अन्तरक्रिया गर्ने क्रममा, यदि तैँले तिनीहरू राम्रो क्षमता र असल मानवता भएका मानिसहरू हुन् भन्‍ने निश्‍चित गरिस् भने, तैँले आफ्‍नो जिम्मेवारि पूरा गर्न सके जति सबै कुरा गर्नुपर्छ; तैँले निश्‍चित मूल्य चुकाउनुपर्छ, र निश्‍चित तरिका र माध्यमहरू प्रयोग गर्नुपर्छ, र यदि त्यो तिनीहरूलाई प्राप्त गर्नकै लागि हो भने तैँले जुनसुकै तरिका र माध्यमहरू प्रयोग गर्दा हुन्छ। समग्रमा, तिनीहरूलाई प्राप्त गर्नको लागि, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, र प्रेमको प्रयोग गर्नुपर्छ, र आफ्‍नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नुपर्छ। आफूले बुझेका सबै सत्यता तैँले सङ्गति गर्नुपर्छ र गर्नुपर्ने सबै कुरा गर्नुपर्छ। यो व्यक्तिलाई विश्‍वासमा ल्याउन सकिएन भने पनि, तेरो विवेक सफा हुनेछ। तैँले आफूले गर्न सक्‍ने सबै गरिसकेको हुनेछस्। यदि तैँले सत्यताबारे स्पष्ट रूपमा सङ्गति गरिनस्, र त्यो व्यक्ति आफ्‍नो धारणामा लागिरहन्छ भने, र यदि तैँले आफ्‍नो धैर्य गुमाइस्, र आफ्‍नै हिसाबले यो व्यक्तिलाई छोडिदिइस् भने, यो आफ्‍नो कर्तव्यमा लापरवारह हुनु हो, र तेरो लागि यो एउटा अपराध र कलङ्क हुनेछ। कतिपय मानिस भन्छन्, “के यो कलङ्क लाग्‍नु भनेको मलाई परमेश्‍वरले दोषी ठहराउनुभएको हो?” यो मानिसहरूले यी कुरा अनजानमा गरेका हुन् कि जानीजानी गरेका हुन् भन्‍नेमा भर पर्छ। आक्‍कलझुक्‍कल अपराध गर्दा परमेश्‍वरले मानिसहरूलाई दोषी ठहर्‍याउनुहुन्‍न; तिनीहरूले पश्‍चात्ताप मात्रै गरे पुग्छ। तर जब तिनीहरूले जानीजानी गलत काम गरेर पश्‍चात्ताप गर्न मान्दैनन्, तब परमेश्‍वरले तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ। आफूलाई साँचो मार्गबारे स्पष्ट थाहा हुँदाहुँदै पनि तिनीहरूले जानीजानी पाप गर्छन् भने परमेश्‍वरले तिनीहरूलाई कसरी दोषी ठहर्‍याउनुहुन्‍न र? सत्यता सिद्धान्तहरूअनुसार हेर्दा, यसो गर्नु भनेको गैरजिम्‍मेवार र लापरवाह हुनु हो, र कम्तीमा पनि, यी मानिसहरूले आफ्ना जिम्‍मेवारी पूरा गरेका छैनन्; परमेश्‍वरले त्यसरी नै तिनीहरूका गल्तीहरूको मूल्याङ्कन गर्नुहुन्छ। यदि तिनीहरूले पश्‍चात्ताप गर्न मानेनन् भने, तिनीहरू दोषी ठहर्‍याइनेछन्। त्यसकारण, त्यस्ता गल्तीहरू कम गर्न वा त्यसबाट बच्‍न, मानिसहरूले आफ्‍नो जिम्मेवारी पूरा गर्न सक्दो गर्नुपर्छ, साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूसँग भएका सबै प्रश्‍नहरूलाई सम्बोधन गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्छ, र निश्‍चय नै महत्त्वपूर्ण प्रश्‍नहरूलाई थाती राख्‍ने वा ढिलाइ गर्ने गर्नु हुँदैन। यदि साँचो मार्ग अनुसन्धान गरिरहेको व्यक्तिले बारम्बार प्रश्‍न गर्छ भने तैँले कसरी प्रतिक्रिया गर्नुपर्छ? तिनीहरूले नबुझेसम्म र फेरि प्रश्‍न गर्न नछाडेसम्म समय लिएर तिनीहरूलाई जबाफ दिन, उनीहरूका प्रश्‍नबारे स्पष्टसित सङ्गति गर्ने तरिका खोज्न झमेला मान्‍नु हुँदैन। तब तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्, र तेरो हृदय दोषमुक्त हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरप्रतिको दोषदेखि मुक्त हुनेछस्, किनकि परमेश्‍वरले नै तँलाई यो कर्तव्य, यो जिम्मेवारी, सुम्पिनुभएको हो। जब तैँले गर्ने सबै कुरा परमेश्‍वरसामु गरिन्छ, परमेश्‍वरको सामना गर्दै गरिन्छ, जब सबै कुरालाई परमेश्‍वरको वचनअनुसार जाँचेर हेरिन्छ र सत्यता सिद्धान्तहरूअनुसार गरिन्छ, तब तेरो अभ्यास पूर्णतया सत्यता र परमेश्‍वरका मापदण्डहरूअनुरूप हुनेछ। यसरी, तैँले गर्ने र भन्‍ने सबै कुराले मानिसहरूलाई फाइदा पुऱ्याउनेछ, र तिनीहरूले यसलाई अनुमोदन र सहजै स्वीकार गर्नेछन्। यदि तैँले बोल्‍ने शब्‍दहरू ज्ञानवर्धक, व्यावहारिक र स्पष्ट छन् भने, तैँले विवाद र तर्कबाट बच्‍न, मानिसहरूलाई सत्यता बुझ्‍न सक्षम तुल्याउन र तिनीहरूलाई ज्ञान बाँड्न सक्नेछस्। यदि तैँले बोल्‍ने शब्‍दहरू भ्रमित र अस्पष्ट छन्, र सत्यतासम्‍बन्धी तेरो सङ्गति अपारदर्शी, ज्ञान नदिने, र अव्यावहारिक छ भने, तैँले मानिसहरूका धारणा र समस्याहरू समाधान गर्न सक्नेछैनस्, र तिनीहरूले तेरा गल्तीहरू कोट्याएर तँलाई आलोचना र दोषारोपण गर्न लगाउन सक्छन्। यी समस्याहरू समाधान गर्न तँलाई झन् गाह्रो हुनेछ; मानिसहरूले सत्यतालाई बुझेर स्वीकार गर्नको लागि तैँले परमेश्‍वरका वचनहरूका थप धेरै खण्डहरू सङ्गति गर्नुपर्ने हुन सक्छ। त्यसकारण, सुसमाचार सुनाउँदा बोलीवचनमा समझदार हुनुपर्छ, र मानिसहरूका धारणा र कल्‍पनाहरू समाधान गर्ने, तिनीहरूको आदर जित्‍ने अनि तिनीहरूलाई इमानदारीका साथ विश्वास दिलाउने तरिकाले पारदर्शी रूपमा सत्यताबारे सङ्गति गर्नुपर्छ। यसो गरेमा सहजै नतिजाहरू हासिल हुन्छन्; यसले मानिसहरूलाई सहज रूपमा परमेश्‍वरको काम स्विकार्न सक्षम तुल्याउँछ, जुन सुसमाचार फैलाउने कामका लागि फाइदाजनक हुन्छ।

सुसमाचार सुनाउने अभ्यासमा पालना गर्नुपर्ने सिद्धान्तहरूका सम्बन्धमा भन्नुपर्दा, अर्कोतिर, सुसमाचार प्रचार गर्नेहरूको आचरण मर्यादित र सोझो हुनैपर्छ, तिनीहरूले सन्तहरूको शैलीमा बोल्ने र व्यवहार गर्ने गर्नुपर्छ, सुसमाचार प्रचार गर्ने क्रममा आफूले गर्ने सबै कुरामा उचित संयम देखाउनुपर्छ, र अनुशासित तरिकाले व्यवहार गर्नुपर्छ। कतिपय सम्भावित सुसमाचार ग्रहणकर्ताहरू नौला मानिसहरूबाट बाधित हुन मन पराउँदैनन्, त्यसोभए तैँले तिनीहरूलाई कसरी प्रचार गर्नुपर्छ? कतिपय मानिस दिनमा तीनपटक फोन गरेर, मानिसहरू कामबाट घर फर्केपछि तिनीहरूको घरमै गएर, अनि सम्भावित सुसमाचार ग्रहणकर्ताहरू देख्नेबित्तिकै तिनीहरू जतिसुकै व्यस्त भए पनि तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाएर सुसमाचार प्रचार गर्छन्। यी मानिसहरू कहिल्यै सही समय रोज्दैनन्, त्यसैले तिनीहरूले उनीहरूलाई चिढ्याउने सम्भावना हुन्छ। कतिपय मानिस यति मूर्ख हुन्छन् कि तिनीहरू साँचो मार्ग अनुसन्धान गर्नेहरूसित समेत यसरी बोल्छन्: “यो संसार अत्यन्तै दुष्ट छ, त्यसैले जे गरिरहेका छौ त्यो छोड, काममा नजाऊ। के तिमीलाई यो कस्तो समय हो भनी थाहा छ? महाविपत्ति आउनैलागेको छ। तिमीले तत्कालै परमेश्वरमा विश्वास गर्नुपर्छ!” के यो तरिकाले सुसमाचार प्रचार गर्नु उचित हो? यसले कस्ता परिणामहरू ल्याउनेछ? तिनीहरू परमेश्वरको काम अझै नस्विकारेका अविश्वासी हुन्। के तिनीहरूसित यसरी कुरा गर्न जरुरी छ? यसका अलावा, सम्भावित सुसमाचार ग्रहणकर्ताहरूको निजी जीवन वा व्यक्तिगत दृष्टिकोणमा हस्तक्षेप नगर्। उदाहरणका लागि, कतिपय मानिस आफूले मन जित्न खोजिरहेकाहरूलाई यसो भन्छन्, “हेर, के तिमी अझै पनि परमेश्वरमा विश्वास गर्छौ? हामी विश्वासीहरू अविश्वासीका यस्ता कपडा लगाउँदैनौँ।” “परमेश्वरमा विश्वास गर्ने मानिसहरू यस्तो खाना खाँदैनन्, तिमीले यस्ता-उस्ता खानेकुरा खानुपर्छ।” के यो अरू मानिसहरूका मामलामा हात हाल्नु होइन र? यसलाई मूर्खता भनिन्छ। यदि कुनै क्षण तेरो बोली र काम उचित भएन भने, त्यसले गर्दा तैँले सुसमाचार प्रचार गरेर चुकाएको मूल्य खेर जान सक्छ। यसकारण, तैँले हरेक मोडमा सचेत भएर कार्य गर्ने, आफ्नो आचरणलाई नियन्त्रित र नियमन गर्ने, अनि अनुशासित तरिकाले व्यवहार गर्ने गर्नैपर्छ। यसलाई नै हामी अनुशासन भन्छौँ? त्यसको अर्थ नियमबमोजिम कामकुरा गर्नु, आफूले निर्वाह गरिरहेको कर्तव्यका लागि कस्ता वचनहरू उपयुक्त हुनेछन्, र सुसमाचार ग्रहणकर्ताहरू कस्ता वचन सुन्न इच्छुक हुनेछन् भनी सोच्नु हो। तिनीहरूले घृणा गर्ने वा तिनीहरूलाई रिस उठाउने कुरा गर्ने वा भन्ने नगर्, ठाडो प्रश्न नगर्, र तिनीहरूका निजी मामलामा कहिल्यै हस्तक्षेप नगर्। मानिलिऊँ कुनै व्यक्तिका दुई छोरा छन् र तैँले उसलाई यसो भनिस्, “दुई छोरा हुनु राम्रो हो, तर के एउटी छोरी पनि भए झन् राम्रो हुन्थेन र?” वास्तवमा तँलाई यो कस्तो लाग्छ? कतिपय सम्भावित सुसमाचार ग्रहणकर्ताहरूले अङ्ग्रेजी भाषा जान्दछन् भने, तँ यसो भन्छस्, “तिम्रो अङ्ग्रेजी एकदमै उत्कृष्ट छ। तिमीले परमेश्वरमा विश्वास गरेर परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाए गजब हुनेथ्यो। परमेश्वरको घरमा तिमीजस्तो मानिसहरूको कमी छ।” के यस तरिकाले बोल्नु उचित हो? दुई जना व्यक्ति एकै हुँदैनन्। यी मानिसहरूले विश्वास गर्न थालेपछि, तिनीहरू तँभन्दा बढी सक्रिय र उत्साहित होलान्, तर तिनीहरू अझै विश्वास गर्दैनन् न त स्विकार्छन्, त्यसैले समय अगावै कुनै कुरामा जबर्जस्ती नगर्, अनि अरू मानिसको जीवनमा कहिल्यै हस्तक्षेप नगर्। बुझिस्?

अर्को परिस्थिति आइपर्न सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, कतिपय मानिस परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्छन् र केही सत्यता बुझ्छन्। त्यसपछि, तिनीहरू आफूलाई औसत र साधारण मानिसहरूभन्दा निकै उच्च ठान्छन्। तिनीहरू सबै अविश्वासीलाई घृणा गर्छन् अनि साँचो मार्ग अनुसन्धान गरिरहेका जोकोहीलाई भेटेमा तिनीहरूलाई समेत घृणा गर्छन् र हेय दृष्टिले हेर्छन्। तिनीहरू सोच्छन्, “यदि तिमीहरू परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्दैनौ भने, अन्धा, मूर्ख र अज्ञानी हौ, मृत्युका लागि मात्र योग्य र पूर्ण रूपमा बेकारका चिज हौ। आज, तिमीलाई सुसमाचार सुनाउनु मेरो कर्तव्य हो, नत्र म तिमीलाई बेवास्ता गर्नेथेँ!” यो कस्तो मनोवृत्ति हो? तैँले परमेशअवरका आखिरी दिनहरूको काम स्विकार्नुभन्दा बढी केही पनि गरेको छैनस्। तँ अरू कोहीभन्दा उच्च छैनस्। यदि तँ राजा नै भएको भए पनि, के तँ भ्रष्ट मानवजाति मात्र हुनेथिनस् र? तँ कुन तरिकामा अरूभन्दा ठूलो छस्? साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूलाई घृणा नगर्। तैँले तिनीहरूलाई सुसमाचार सुनाउने भए पनि, तँ तिनीहरूभन्दा महान् वा राम्रो छैनस्। तँ तिनीहरूजस्तै भ्रष्ट मानवजाति होस् भन्ने कुरा निबिर्सी। तँ हृदयमा यस मामलाबारे प्रस्ट हुनैपर्छ। आफूले संसारमा कुनै ठूलो सेवा गरिरहेको छु वा सम्पूर्ण जीवित प्राणीलाई तिनीहरूको मुक्तितर्फ डोऱ्याइरहेको छु जस्तो गरी अरूलाई सधैँ नहेर्। तँ सधैँ सोच्छस्, “सुसमाचार नस्विकारेका तिमीहरू दयनीय छौ। म हरदिन तिमीहरूका निम्ति चिन्ताले पिरोलिन्छु।” तँ कस्तो चिन्ताले पिरोलिन्छस्? तैँले आफ्नै समस्याहरू अझै समाधान गरेको छैनस्, तर तँ अरूको मामलामा चिन्ताले पिरोलिन्छस्। के त्यो पाखण्ड होइन र? के तँ अरूलाई धोका दिइरहेको छैनस्? सद्गुणको खोलमा लुक्ने नगर्। वास्तवमा, तँ केही पनि होइनस्। तैँले २०-३० वर्षदेखि परमेश्वरको नयाँ काम स्विकारेको भए पनि, तँ अझै कोही पनि होइनस्। तँ हरदिन परमेश्वरसित जिउने र उहाँसित आमनेसामने कुरा गर्ने भए पनि, तँ अझै एक साधारण व्यक्ति होस्। तेरो सार यथावत् रहन्छ। अरूलाई सुसमाचार सुनाउनु भनेको आफ्नो कर्तव्य निर्वाह गर्नु हो। यो तेरो दायित्व र जिम्मेवारी हो। तैँले के बुझ्नुपर्छ भने तैँले जति नै धेरै मानिसहरूको मन जिते पनि, तँ तँ नै रहन्छस्। तँ अर्को व्यक्ति बनेको हुँनस्, तँ अझै भ्रष्ट मानवजाति नै हुन्छस्। तैँले धेरै मानिसको मन जितेको भए पनि, तैँले गर्व गर्नु हुँदैन, झन् अहङ्कारी बन्नु त परको कुरा हो। यसो भन्दै घमण्डसाथ आफ्ना उपलब्धिहरूको सान नदेखा, “मैले धेरै वर्ष सुसमाचार प्रचार गरेको छु, र मैले धेरै अनुभव बटुलेको छु र धेरै पाठ सिकेको छु। मैले जसलाई प्रचार गरे पनि, म एकै नजरमा ऊ असल व्यक्ति हो कि खराब भनी बताउन सक्छु अनि म कहाँ सुसमाचार सुनाउने र कहाँ नसुनाउने भनी थाहा पाउँछु। सुसमाचार प्रचार गर्न उचित हुँदा, त्यो सजिलो वा सम्भव हुन्छ कि हुँदैन भनेर म थाहा पाउँछु। म सुसमाचार सुनाउन सम्भव हुने व्यक्तिहरूकहाँ सुसमाचार पुऱ्याउने उपाय भेट्टाउन सक्छु।” तँसित सुसमाचार प्रचार गर्ने अनुभव भए पनि, तेरो जीवन प्रवेश अझै एकदमै सतही छ। तँसित जीवनका केही अनुभव भएको र तँ अलिकति परिवर्तन भएको भए पनि, कहिलेकाहीँ तँ घमण्डसाथ देखावा गर्छस्। के यो समस्या होइन र? प्रतिभावान् मानिसहरूले नै आडम्बरी र खोक्रो हुने सबैभन्दा बढी सम्भावना हुन्छ। तिनीहरू सधैँ आफूलाई अरूभन्दा राम्रो ठान्छन्, तिनीहरू सधैँ सुसमाचार ग्रहणकर्ताहरूलाई भाषण छाँट्न मन पराउँछन्, र सधैँ आफूलाई मानिसहरूले आदर र आराधना गरून् भन्ने चाहन्छन्। के यो स्वभावसम्बन्धी समस्या होइन र? के व्यक्तिले आफ्नो स्वभाव परिवर्तन नगरी आफ्नो व्यवहार मात्र परिवर्तन गरेर परमेश्वरको गवाही दिन सक्छ? यदि तँ स्वभाव परिवर्तनबारे गवाही दिन सक्दैनस्, सुसमाचारको सत्यताबारे कुरा गर्न र परमेश्वरको गवाही दिन मात्र सक्छस् भने, के तँ परमेश्वरले प्रयोग गर्न योग्य छस्? मानिसहरूले साँचो मार्ग स्विकारेपछि, तिनीहरूले जीवन प्रवेशको सत्यता र अभ्यासको सत्यता बुझ्नुपर्छ। यदि तँमा वास्तविक अनुभव छैन, र तँलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न आउँदैन भने, के ती कमी होइनन् र? यदि तँ मानिसहरूले तँलाई आदर गरून् र प्रशंसा गरून् भनेर सधैँ धर्मसिद्धान्तबारे कुरा गर्नमा ध्यान दिन्छस्, सधैँ उच्च स्थानमा उभिन चाहन्छस् भने, के यो परमेश्वरको गवाही दिनु हो? कदापि होइन। यो त आफ्नै गवाही दिनु हो। यो भ्रष्ट स्वभाव हुनु हो। यदि तँ न्याय र सजाय भोग्दैनस् भने, तैँले कसरी आफ्नो स्वभाव परिवर्तन गर्न सक्छस्? सुसमाचार प्रचार गर्ने कतिपय मानिस केही अनुभवात्मक गवाहीबारे बोल्छन्, र तिनका श्रोताहरूले यसबाट धेरै लाभ उठाउँछन्, तिनीहरू उत्प्रेरित हुन्छन्, र यी वक्ताहरूलाई हृदयदेखि नै प्रशंसा गर्छन्। तैपनि, यी सुसमाचार प्रचारकहरूमा परमेश्वरको भय मान्ने हृदय हुन्छ। तिनीहरू कुनै सम्भावित सुसमाचार ग्रहणकर्तालाई घृणा गर्दैनन्। तिनीहरू मानिसहरूसित हृदयबाटै कुरा गर्न, मानिसहरूसित मिल्न र सामान्य रूपमा मित्रता गाँस्न सक्छन्, र तिनीहरूमा वास्तवमै अलिकति सामान्य मानवताको समझ हुन्छ। तिनीहरू यो कसरी गर्छन्? यसले के प्रमानित गर्छ भने तिनीहरूले परमेश्वरमाथिको विश्वासमा केही कुरा हासिल गरेका छन्। कम्तीमा पनि, तिनीहरू केही सत्यता बुझ्छन्, आफूलाई केही मात्रामा चिन्छन्, र तिनीहरूका जीवन स्वभावहरू अलिकति परिवर्तन भएका हुन्छन्, त्यसैले तिनीहरू उप्रान्त अहङ्कारी बन्दैनन्। सुसमाचार नस्विकारेका मानिसहरूलाई देख्दा, तिनीहरू सोच्छन्, “पहिले म पनि यस्तै थिएँ, त्यसैले मैले तिनीहरूलाई होच्याउनु हुँदैन। म स्वयं पनि त्यस्तो महान् होइन।” तिनीहरूको मानसिकता पहिलेजस्तो हुँदैन। मानिसहरूले आफ्नो प्रकृति चिनेपछि, सम्भावित सुसमाचार ग्रहणकर्ताहरूले अलिकति अज्ञानता, मूर्खता र कमजोरी प्रकट गरेको देख्दा त्यसलाई स्वाभाविकै ठान्नेछन्। अरूलाई उपहास नगर्, र अरू सबै आममानिस र साधारण मानिसहरूको भाग हो भन्ने भावना वा मनोवृत्ति नराख्। यदि तँ यस्तो मनोवृत्ति राख्छस् भने, यसले तेरो सुसमाचार प्रचार गर्ने कामलाई रोक्नेछ र सम्झौता गर्नेछ। तर, भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका धेरै मानिस देख्दा तेरो मनमा कहिलेकाहीँ यस्ता भ्रष्ट स्थितिहरू उत्पन्न हुनेछन्। उदाहरणका लागि, मानिलिऊँ तैँले २० वर्षदेखि परमेश्वरका आखिरी दिनीहरूको काम स्विकार्दै आएको छस् र तैँले १० वर्षदेखि सुसमाचार प्रचार गर्दै आएको छस्। तँ सम्भावित सुसमाचार ग्रहणकर्ताहरूमाझ हुँदा, तिनीहरूलाई सधैँ तँ तिनीहरूभन्दा उच्च छस् भन्ने लाग्छ र यसो भन्नेछन्, “तपाईंले २० वर्षदेखि परमेश्वरमा विश्वास गर्नुभएको छ, जबकि हामीले उहाँलाई भर्खरै मात्र स्विकारेका छौँ। हाम्रो कद अझै निकै सानो छ र, तुलना गर्दा हामी निश्चय नै तपाईंभन्दा ज्यादै तल छौँ। तपाईं वयस्क हुनुहुन्छ, र हामी भर्खरै जन्मेका बच्चा हौँ।” तिनीहरूले यस्ता तुलना गर्दा तैँले के सोच्नुपर्छ? “मैले परमेश्वरलाई तिनीहरूले भन्दा अगाडि स्विकारेको र तिनीहरूले भन्दा लामो समय विश्वास गरेको भए पनि, म जीवन प्रवेश र सत्यताको सन्दर्भमा अझै धेरै पछि छु। मैले परमेश्वरको वास्तविक न्याय र सजाय अझै स्विकारेको छैनँ, र म मुक्ति र सिद्धता प्राप्त गर्नदेखि अझै धेरै टाढोछु।” तँलाई आफू साँच्चिकै कस्तो छु भन्ने कुरा हृदयमा थाहा छ। मानिसहरूले तँलाई जति आदर वा जति उच्च सम्मान गरे पनि, तँलाई कस्तो अनुभूति हुन्छ? “म एक साधारण व्यक्ति मात्र हुँ, मलाई आदर नगर।” तँलाई घृणा लाग्नेछ र कुनै आनन्द महसुस लाग्नेछैन किनकि हृदयमा, तैँले आफू केही पनि होइन, आफूले कुनै पनि सत्यता बुझ्दिनँ, र तैँले केही वचन र धर्मसिद्धान्त मात्र भन्न सक्छस् भन्ने प्रस्ट रूपमा देख्छस्। मानिसहरू मूर्ख हुन्छन् र तिनीहरूले अरूलाई आदर गर्ने सम्भावना हुन्छ। यदि तँ आदर गरिँदा खुसीसाथ रमाउँछस् र त्यसमा आनन्द लिन्छस् भने, तँ समस्यामा पर्छस्। यदि तँ त्यसमा चिढिन्छस् र यस्तो परिस्थितिबाट निस्कन चाहन्छस्, अरूले तँलाई यस तरिकाले व्यवहार गरेको मन पराउँदैनस् भने, त्यसले तँ आफूलाई केही चिन्छस् भन्ने प्रमाणित गर्छ। यो सही स्थिति हो, र यो स्थितिमा तैँले त्रुटि गर्ने वा गलत कुरा गर्ने सम्भावना हुँदैन।

मैले कुरा गरिरहेका परिस्थितिहरू त मूलत: मानिसहरूले सुसमाचार प्रचार गर्ने क्रममा सामान्यतया सामना गर्ने परिस्थिति हुन्। परिस्थितिहरूको नकारात्मक पाटो हेर्ने हो भने, तिमीहरू केही अनुचित बोल्ने शैली, अभ्यास, र व्यवहारबाट जोगिनुपर्छ अनि आफ्नो स्वभावले सत्यतासँग नमिल्ने अनुचित कुराहरू प्रकट नगरेको सुनिश्चित गर्नुपर्छ। सकारात्मक पाटो हेर्ने हो भने, यो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले आफ्नो कर्तव्यप्रति बफादारी हुने र अन्त्यसम्म जिम्मेवारी लिने मनोवृत्ति राख्नुपर्छ। यसरी, तैँले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्। यो क्रममा, तैँले परमेश्वरको इच्छा पूरा गर्न बिस्तारै सत्यता र सिद्धान्तहरू खोज्नुपर्छ, अनि आफ्नो हरेक कर्तव्य निर्वाहमा अन्त्यसम्म नै दृढ र बफादार रहने प्रयास गर्नुपर्छ। तैँले जस्तो प्रकारको कर्तव्य निर्वाह गर्ने भए पनि, परमेश्वरलाई सन्तुष्ट पार्न र तँ आफूले पर्याप्त मात्रामा र सराहनायोग्य रूपमा गरेका कामहरूका लागि परमेश्वरले सम्झिने हुन सक्नुपर्छ। सुसमाचार प्रचारको अवधिमा, तैँले झन्-झन् कम अपराध र गल्तीहरू गर्ने प्रयास गर्नैपर्छ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा सौदाबाजीमा संलग्न हुने वा इनामहरू खोज्ने, वा त्यसो गर्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्ने झन्-झन् कम चोटी हुनैपर्छ। त्यस सँगसँगै, तैँले सक्रिय रूपमा आफ्ना जिम्मेवारी पूरा गर्न, ती पूर्ण रूपमा पूरा गर्न, र आफ्नो कर्तव्यलाई आफ्नै कुरा ठान्न खोज्नैपर्छ। साथै, आफ्नो कर्तव्य निभाउने प्रयास गर् ताकि, धेरै वर्षपछि त्यसबारे फर्केर सोच्दा, तेरो विवेक प्रस्ट होस्। यसको मतलब तैँले आफूलाई ऋणी महसुस गराउने कुराहरूको सङ्ख्या बिस्तारै घटाउनैपर्छ। तँ बिलकुलै नबद्लिकन अगाडि बढिरहन सक्दैनस्। मानौँ तैँले सम्भावित सुसमाचार ग्रहणकर्तालाई सुसमाचार सुनाउने क्रममा आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, र यसले तँलाई असहज तुल्यायो, मानौँ तँ ऋणी भइस्, र तँलाई आफूले पर्याप्त तयारी नगरेको महसुस भयो। तर, पछि तैँले सुसमाचार प्रचार गर्दा, तेरो स्थिति उस्तै थियो र तँमा कुनै परिवर्तनआएन। यसको मतलब यस अवधिमा तँमा बिलकुलै वृद्धि भएन। यो वृद्धि नहुनुले के जनाउँछ? यसको मतलब तैँले सत्यताको यो पक्ष अभ्यास गरेको वा प्राप्त गरेको छैनस्; यसको मतलब मैले सङ्गति गरिरहेका यी कुराहरू तेरा निम्ति धर्मसिद्धान्तबाहेक केही पनि थिएनन्। यदि तँ अपराध र गल्तीहरू झन्-झन् कम गर्दै जान्छस्, कम ऋणी र विवेकले कम घोचेको महसुस गर्छस् भने, यसले के जनाउँछ? यसको मतलब तँ झन्-झन् बढी शुद्धताका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्, र तेरो जिम्मेवारी बोध झन्-झन् बलियो बन्दै गइरहेको छ। अर्को शब्दमा भन्नुपर्दा, तँ यस कर्तव्य निर्वाहमा झन्-झन् बफादार बनिरहेको छस्। उदाहरण दिनुपर्दा, विगतमा सुसमाचार प्रचार सत्यतामा सङ्गति वा बाइबलका पदहरू व्याख्यामा भन्दा पनि मानवीय विधिहरूमा भर पर्थ्यो। अहिले के देखिन्छ भने, यस्तो शैली उचित होइन, यो परमेश्वरको आज्ञा मान्ने व्यक्तिले गर्नुपर्ने कुरा होइन, र यो परमेश्वरको अनादार गर्ने कुरा हो। के तिमीहरूले यस्तो महसुस गरेका थियौ? सायद अहिले तिमीहरू यस्तो महसुस गर्दैनौ, तर कुनै दिन, तिमीहरूले आफूलाई विविध खालका बढीभन्दा बढी सत्यताले सुसज्जित गरेर निश्चित कद प्राप्त गरिसकेपछि, तैँले आफ्ना विगतका अभ्यासहरूलाई हेर्दा, अझ सही र व्यावहारिक मनोवृत्ति र दृष्टिकोण अपनाउनेछस्। यसले तेरो भित्री स्थिति सामान्य बनेको छ भन्ने प्रमाणित गर्छ। अहिले, तँलाई अघिका आफ्ना अभ्यासहरूबारे केही पनि महसुस हुँदैन, तँ तिनलाई तिरस्कार गर्दैनस्, र तँसँग तीप्रति सही दृष्टिकोण छैन वा तिनको सही मूल्याङ्कन गर्दैनस्। बरु, तँ उदासीन हुन्छस्। के यो एकदमै चिन्ताजनक कुरा होइन र? यसले तँमा यी कुराहरूसँग सान्दर्भिक कुनै पनि सत्यता छैन। तँ मानिसका विविध दुष्ट कार्य र चाल अनि सत्यतासँग नमिल्ने उसका अभ्यासहरूप्रति भावशून्य मनोवृत्तिसमेत अपनाउँछस्, र यी फोहोर कुराहरू स्विकार्ने, तीसँग सहमत हुने, र ती पालना गर्नेसमेत गर्छस्। त्यसोभए तेरो भित्री स्थिति कस्तो छ? तँ अधर्मी कुराहरूलाई प्रेम गर्छस्, पापसँग सम्बन्धित कुराहरूलाई प्रेम गर्छस्, र सत्यतासँग मेल खाने कुरालाई नभई सत्यताविपरीतका कुराहरूलाई प्रेम गर्छस्। यो एकदमै चिन्ताजनक कुरा हो। यदि तँ यी अभ्यासहरूबमोजिम कार्य गरिहन्छस् भने, तैँले निकै गम्भीर परिणाम सामना गर्नेछस्। यो कस्तो परिणाम हो? तँ निरन्तर दुष्ट कार्यहरू थुपारिरहेको र मुक्तिको मार्गबाट झन्-झन् टाढिँदै गइरहेको हुन्छस्। किन म तँ झन्-झन् टाढिँदै गइरहेको हुन्छस् भन्छु? किनकि, यो कर्तव्य निर्वाह गर्ने क्रममा, तँ सत्यता खोज्न चुक्छस् र आफूले गर्ने कामकुरामा सिद्धान्तहरू पालना गर्दैनस्। तँ आफ्नै इच्छा र रूचिहरू मात्र पछ्याउँछस्। त्यसोभए तँ कसरी पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्? तैँले आफ्नो कर्तव्य निभाउनुको उद्देश्य सत्यतामा प्रवेश गर्नु होइन, बरु कुनै कार्य पूरा गर्नु र त्यसपछि आफ्नो लेखा दिनु हो। तँ जे पछ्याउँछस् त्यो परमेश्वरको इच्छा होइन, र तँ जे स्विकार्छस् त्यो परमेश्वरको आज्ञा होइन। यी कुराहरूका प्रकृति भिन्नभिन्न छन्। त्यसकारण, तँ सुसमाचार प्रचार गर्न अघि बढ्दा, मुक्तितर्फ डोऱ्याउने मार्गमा हिँडिरहेको हुँदैनस्, बरु सेवाको मार्गमा, परमेश्वरसँग सौदा गर्ने पावलको मार्गमा हिँडिरहेको हुन्छस्। ढिलोचाँडो, तैँले गर्ने सबै कुराको आधारमा, परमेश्वरले तेरा लागि पावलको जस्तै नतिजा निर्धारण गर्नुहुनेछ। के नतिजा यही हुनेछैन र? हुनेछ, निश्चय नै हुनेछ। यसको उल्टो, यदि सुसमाचार प्रचार गर्ने क्रममा, तेरा सबै विधि र शैली व्यावहारिक छन्, तेरो प्रस्थान बिन्दु र अभिप्राय परमेश्वरलाई सन्तुष्ट पार्नु र परमेश्वरको प्रेमको ऋण चुकाउनु हुन्, र तँ चल्ने सिद्धान्त र तँ हिँड्ने मार्ग परमेश्वरका मापदण्डबमोजिम छन् र पूर्ण रूपमा सत्यतासँग मिल्छन् भने, यस्तो अभ्यासबाट कस्तो नतिजा प्राप्त हुनेछ? सत्यताबारे तेरो बुझाइ झन्-झन् गहन बन्नेछ, तैँले मामलाहरू झन्-झन् सिद्धान्तहरूअनुसार सम्हाल्नेछस्, तेरो जीवन झन्-झन् वृद्धि हुनेछ, र परमेश्वरप्रतिको तेरो आस्था, प्रेम र बफादारी बिस्तारै बढ्नेछ। यसरी, तँ मुक्तिको मार्गमा पाइला चाल्नेछस्। त्यस सँगसँगै, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, बिस्तारै आफ्नै विद्रोहीपन र भ्रष्टतालाई जाँच्नेछस् अनि आफ्ना विविध भ्रष्ट स्वभावलाई क्रमिक रूपमा जाँच्नेछस्। त्यसपछि, तैँले यो कर्तव्य निर्वाह गर्ने क्रममा, आफूलाई झन्-झन् काबुमा राख्न अनि परमेश्वरको भय मान्ने हृदय र समर्पण प्राप्त गर्न सक्नेछस्। त्यसपछि, तेरो जिम्मेवारी बोध झन्-झन् दह्रिलो हुनेछ र तेरो बफादारीको शुद्धता झन्-झन् बढ्नेछ। परमेश्वरप्रतिको तेरो भय पनि गहिरिनेछ। त्योसँगसँगै, तैँले विविध सत्यताहरूको वास्तविकताको धेरैभन्दा धेरै अनुभव र ज्ञान हासिल गर्नेछस्। यसरी, तँ हिँड्ने मार्ग पावलले लिएको मार्गभन्दा पूर्ण रूपमा उल्टो हुनेछ। यो त पत्रुसको सत्यता पछ्याइको मार्ग हो। यो मार्ग मुक्तिको मार्ग हो। अन्तिम परिणामबारे भन्नुपर्दा, त्यो तँ आफै अनुभव गर्नेछस्। परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तेरो हृदयले झन्-झन् धेरै शान्ति र खुसी थाहा पाउनेछ। परमेश्वरको नजरमा, तेरो मार्गमा जतिसुकै उतारचढाव आएको भए पनि, तैँले जति नै घुमाउरो बाटो हिँडेको भए पनि, वा तँमा जस्तोसुकै नकारात्मकता, कमजोरी, वा असफलता र पराजयहरू भोगे पनि त्यसले फरक पर्दैन। तैँले गरेको, तैँले खुलासा गरेको छस्, र तैँले प्रकट गरेका कुराहरूलाई समग्रमा हेर्दा, तँ हिँड्ने मार्ग मुक्तिको मार्ग हुनेछ। त्यसोभए, परमेश्वरले तेरो परिणाम कसरी निर्धारण गर्नुहुनेछ? परमेश्वरले हतारमा तेरो परिणाम निर्धारण गर्नुहुनेछैन। परमेश्वरले विधिपूर्वक र धैर्यपूर्वक तँलाई साथ दिनुहुनेछ, सहयोग गर्नुहुनेछ, र मुक्तिको मार्गमा डोऱ्याउनुहुनेछ। उहाँले तँलाई उहाँको न्याय र सजाय, परीक्षा र शोधनहरू स्विकार्न मद्दत गर्नुहुनेछ, र अन्त्यमा तँलाई सिद्ध पार्नुहुनेछ। यसरी, तैँले राम्ररी र पूर्ण रूपमा मुक्ति पाउनेछस्। त्यसकारण, यस दृष्टिकोणबाट हेर्दा, सुसमाचार प्रचार गर्ने कर्तव्य निर्वाह गरेर, के मानिसहरू मुक्तिको मार्गमा हिँडने अवसर र सम्भावना हुँदैन र? (हुन्छ।) तिनीहरूलाई यो अवसर मिल्छ र त्यो पूर्णतया सम्भव छ। यो कुरा तिनीहरू सत्यता पछ्याउन र सत्यता पछ्याउने मार्ग लिन सक्छन् सक्दैनन् भन्ने कुरामै भर पर्छ।

आज, हामीले मुख्यत: सुसमाचार सुनाउने कर्तव्य पूरा गर्नेसम्बन्धी विविध सत्यताहरूबारे सङ्गति गऱ्यौँ। हाम्रो सङ्गतिको सुरुको विषयमै फर्कौँ। सुसमाचार सुनाउने कर्तव्य निर्वाह गर्नेहरूलाई हामीले के भनेर बोलाउनुपर्छ? (सुसमाचार प्रचारको कर्तव्य निभाउने मानिसहरू।) ठिक भनिस्। तिनीहरूलाई गवाही, प्रचारक, र निश्चय नै सुसमाचारका दूत भन्न मिल्दैन। सबै कुरा विचार गर्दा, तिनीहरू सुसमाचार सुनाउने मानिस हुन्। आफूलाई कहिल्यै साक्षी नभन्। मानिसहरू कुनै कुराको गवाही दिन सक्दैनन्, तिनीहरूले परमेश्वरलाई लज्जित नतुल्याए पुग्छ। आफूलाई प्रचारक भन्नु झनै नराम्रो हो। तँ योभन्दा अझ बढी छस्। तँ जे प्रचार गर्छस् त्यो “मार्ग” होइन र तैँले प्रचार गर्ने कुरा “मार्ग” बाट धेरै टाढा छन्। त्यसकारण, यदि हामीले “सुसमाचार सुनाउने मानिसहरू” भन्ने नाम चुन्यौँ भने, सबैले यस कर्तव्यको सही परिभाषा पाउनेछन्, त्यो हो तिनीहरू यो कर्तव्य निर्वाह गर्ने मानिस मात्र हुन्। तिनीहरू गवाही वा प्रचारक बिलकुलै होइनन्। तिनीहरू ती कुराहरूबाट धेरै टाढा छन्। यदि तैँले तिनीहरूलाई गवाही वा प्रचारक भनिस् भने, के तिनीहरूले आफूलाई अरूभन्दा उच्च ठान्नेछैनन् र? मानिसहरूलाई देखावटी गर्न र गमक्क पर्न धेरै समय लाग्दैन। यसरी देखावटी गर्नु र गमक्क पर्न असल कुरा हो कि खराब? (खराब कुरा।) यदि तैँले मानिसहरूलाई उच्च पारिनस् वा उचालिनस् भने, तिनीहरू सधैँ गमक्क पर्न चाहन्छन्। यदि तैँले तिनीहरूलाई उच्च पारिस्, तिनीहरूलाई गवाही, प्रचारक, वा सुसमाचारका दूत भनेर बोलाइस् भने, यस्तो प्रशंसा पाएपछि तिनीहरू कस्ता होलान् भनेर के तँ कल्पना गर्न सक्छस्? तिनीहरू यति गमक्क पर्छन् कि हावामा उड्नेछन्। अब, के तैँले सुसमाचार सुनाउने कर्तव्यका विविध सत्यताहरूबारे आधारभूत बुझाइ प्राप्त गरिस्? (गरेँ।) तैँले सुसमाचार सुनाउने कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, आफूलाई धेरै सत्यताद्वारा सुसज्जित पार्नैपर्छ। कतिपय मानिस भन्छन्, “म सुसमाचार सुनाउँदिनँ, त्यसैले के मैले आफूलाई सत्यताद्वारा सुसज्जित पार्नुपर्छ?” अरू मानिस भन्छन्, “म कहिले सुसमाचार सुनाउन सक्षम हुनेछु, मलाई थाहा छैन। मैले कहिल्यै सुसमाचार सुनाएको छैनँ र म राम्रो वक्ता होइन, त्यसैले म कसरी सुसमाचार सुनाउन सक्छु र?” तैँले सुसमाचार सुनाउन नसक्लास्, तर के तँ सुसमाचार सुनाउनेसम्बन्धी सत्यताहरूद्वारा आफूलाई सुसज्जित पार्न सक्दैनस्? के तँ बोल्न मानिसहरूलाई भेट्न सक्दैनस्? यदि तँमा मिसन र जिम्मेवारीको बोध छ, तँ यो कर्तव्य राम्ररी निभाउन र परमेश्वरसित सहकार्य गर्न चाहन्छस् भने, तैँले आफूलाई सुसमाचार सुनाउनेसम्बन्धी सत्यताहरूद्वारा आफूलाई सुसज्जित पार्नैपर्छ। तैँले आफूलाई दर्शन र अभ्याससम्बन्धी सत्यताहरूद्वारा सुसज्जित पार्नैपर्छ। परमेश्वरका चुनिएका मानिसहरू यी दुई पक्षसम्बन्धी सत्यताहरूद्वारा सुसज्जित हुनैपर्छ किनकि आफूलाई यी सत्यताद्वारा सुसज्जित पार्नु वाहियात कुरा हुँदै होइन। ती सुसमाचार सुनाउनुसँग सम्बन्धित मात्र नभएर मानवजातिले बुझ्नैपर्ने सत्यता हुन्। यी सत्यताहरू बुझेर मानिसहरूलाई के फाइदा हुन्छ? यसले तिनीहरूलाई कस्ता आशिषहरू ल्याउन सक्छ? सायद सबैले सामान्य विचार बुझ्न सक्छन्, तर परमेश्वरको काम प्रगति हुँदै र गहन बन्दै जाँदा, मानिसहरूले निरन्तर परमेश्वरको काम अनुभव गर्नेछन् र सत्यताबारे तिनीहरूको बुझाइ पनि त्यसरी नै बढ्नेछ र गहिरिनेछ। परमेश्वरसित तिनीहरूको सम्बन्ध झन्-झन् घनिष्ठ हुनेछ र उहाँसँग तिनीहरूको झन्-झन् बढी सङ्गत हुनेछ। मानिसहरूले दर्शन र परमेश्वरको कामसम्बन्धी सत्यताहरूलाई परमेश्वरका कार्य अनि हरव्यक्तिप्रति उहाँको मनोवृत्तिसँग तुलना गर्न चरणबद्ध रूपमा कायम राख्नेछछन्। यस तुलनाको चरणबद्ध प्रक्रिया भनेको परमेश्वरलाई चिन्ने प्रक्रिया हो। तैँले सृष्टि गरिएको प्राणीको रूपमा, लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छस्, तर तँलाई परमेश्वर को हुनुहुन्छ वा उहाँ कसरी देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ भनेर थाहा छैन। के यो अत्यन्तै अन्योलपूर्ण र दुविधाजनक विश्वास होइन र? तैँले यत्तिका धेरै वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छस्। तर अन्त्यमा यदि तँलाई परमेश्वरबारे अझै केही पनि थाहा छैन भने, परमेश्वरप्रतिको तेरो विश्वास अर्थहीन भएको छ। यदि तैँले दियाबलसहरूले परमेश्वरबारे केही अफवाह फैलाएको सुनिस् भने, के तँ तिनीहरूलाई विश्वास गर्छस्? (गर्दैनौँ।) अहिले त तँ यस्ता कुराहरू विश्वास गर्दिनँ भन्छस्, तर यदि तँ परमेश्वरलाई साँच्चै बुझ्दैनस् भने, तैँले यी अफवाहहरू सुनेको दिन, तँमा शङ्काहरू उब्जिनेछन् र तैँले हृदयमा ती कुराबारे मनन गर्नेछस् र सोच्नेछस्, “के यो साँचो हुन सक्ला? के परमेश्वरले यसो गर्न सक्नुहोला र?” अप्ठ्यारो लागेर तँ आफ्नो कर्तव्य निभाउन अनिच्छुक हुनेछस्। अफवाहको प्रभावमा परेर, तँलाई अगाडिको बाटो उजाड र अन्धकार छ भन्ने लाग्नेछ, त्यसैले तँ अलमल र दुविधामा पर्नेछस्। मानिसहरू सधैँ अलमल र दुविधामा हुन्छन्, किन? परमेश्वर कहाँ हुनुहुन्छ, वा परमेश्वर नै हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा थाहा नहुने भएकाले तिनीहरू सधैँ अलमल र दुविधामा हुन्छन्। कस्ता परिस्थितिमा यो दुविधा उत्पन्न हुन्छ? यो तब उत्पन्न हुन्छ जब विरोधाभास देखिने कुराहरूले मानिसहरूलाई अलमलमा पार्छन् र तिनीहरू आफूले लिनुपर्ने दिशा प्रस्टसित देख्दैनन् र कुन मार्गमा जाने भनी थाहा पाउँदैनन्। यसरी, तिनीहरू अलमल र दुविधामा पर्छन्। के तिमीहरू आफ्ना आँखा अगाडिका थुप्रै कुरा प्रस्ट रूपमा देख्न र खुट्ट्याउन अनि सही मार्ग पछ्याउन सक्छौ? यसमा परमेश्वरबारे तेरो बुझाइ, सत्यताबारे तेरो बुझाइ, र तँ सत्यताद्वारा कति सुसज्जित छस् भन्ने कुरा संलग्न हुन्छ। मानिसहरू सधैँ अलमल र दुविधामा हुन्छन् भन्नुको अर्थ के हो? के वास्तवमा तिनीहरू अगाडिको बाटो साँच्चै देख्दैनन्? के अलमल र दुविधामा परेकाहरू साँच्चै अन्धा हुन्छन्? हुँदैनन्, यो त हृदयको अन्धोपन हो अनि सत्यता, परमेश्वर, र सबै मानिस, मामला र वस्तुहरूको मूल्याङ्कनप्रति भावशून्यता हो। किन तिनीहरू भावशून्य हुन्छन्? किनभने तिनीहरू सत्यता बुझ्दैनन्, परमेश्वरका कार्यहरू जान्दैनन्, परमेश्वरको स्वभावबारे जान्दैनन्, र तिनीहरूमा यावत कुराबारे सही मूल्याङ्कन गर्ने आधार हुँदैन। त्यसकारण, तिनीहरूसँग कुनै कुराको मूल्याङ्कन र चित्रण गर्ने कुनै मानक हुँदैन। तिनीहरू अस्पष्ट छन्, तिनीहरूमा हरकुरालाई प्रस्टसित नदेखी वा नबुझी हेर्छन्, र मूल्याङ्कन गर्न सक्दैनन्। न त तिनीहरू कामकुराको गहिराइलाई परिभाषित गर्न वा छर्लङ्गै बुझ्न नै सक्छन्। यसलाई भावशून्यता भनिन्छ। भावशून्यताले अन्धोपनमा पुऱ्याउँछ, अनि अन्धोपनले मानिसहरूलाई अलमल र दोमनका बनाउँछ। कुरा त्यही हो। त्यसोभए धेरै वर्षदेखि प्रवचन सुन्दै आएका मानिसहरू किन कामकुरा खुट्ट्याउन सक्दैनन्? किनभने यस्ता मानिसहरू सत्यता बुझ्दैनन्। तिनीहरू कुनै पनि कुरा छर्लङ्गै बुझ्न सक्दैनन्, बरु अन्धाधुन्ध नियमहरू पालना गर्छन् र निष्कर्षमा पुगिहाल्छन्। के यसलाई अन्धोपन मान्न सकिन्छ? तिनीहरू पूर्ण रूपमा अन्धो हुन् भन्न नमिले पनि, आंशिक रूपमा अन्धो हुन्। खासमा, यदि तँ सत्यता बुझ्दैनस् भने, कुनै पनि कुराको गहिराइ छर्लङ्गै बुझ्न सक्दैनस्। कुनै व्यक्तिले परमेश्वरमा जति समय विश्वास गरेको भए पनि वा जतिसुकै प्रवचन सुनेको भए पनि, यदि उसले कहिल्यै सत्यता बुझ्न सक्दैन भने, यसको अर्थ समस्या नै उसको क्षमता हो। यो सिधै उसमा आत्मिक बुझाइ छ कि छैन भन्ने कुरासँग सम्बन्धित छ। धेरै वर्षदेखि प्रवचन सुनेका धेरैजसो मानिस सत्यताबारे केही कुरा बुझ्न सक्छन्, र सायद तिमीहरू वास्तवमा निकै बुझ्छौ, तर उपयुक्त वातावरण मात्र छैन, त्यसैले तिमीहरूले केही सत्यताहरू प्रयोगमा ल्याएका छैनौ र अझै ती नबुझेको महसुस गर्छौ। जब तँ आफैले त्यो कुरा साँच्चै अनुभव गर्छस्, जब तैँले कुनै निर्णय लिनुपर्छ वा कामकुरालाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ, तब सायद सत्यताको सान्दर्भिक पक्ष तँलाई बिस्तारै प्रस्ट हुनेछ। अहिले, तैँले छोड्ने छापहरू रुखो र खोक्रो खेस्रा अनि धर्मसिद्धान्तका कुराहरूले भरिएका छन्। तेरो अनुभव र उमेर बढ्दै जाँदा, तँमा धेरै सत्यता बिस्तारै अझ व्यावहारिक र वास्तविक बन्नेछन्। यसले तँलाई सत्यताको सार बुझ्न झन्-झन् मद्दत गर्नेछ। यसरी, तैँले साँच्चै कुनै सत्यता बुझ्न सक्छस् र समस्याहरूलाई संवेदनशील भई हेर्नेछस्। सत्यता नबुझ्ने मानिसहरूले जति नै प्रवचनहरू सुने पनि, मानवता, भ्रष्ट स्वभाव, विविध मानव स्थिति, र विविध प्रकारका मानिसका सारका प्रकटीकरणहरू दुइटै आँखा खुला राखेर पनि, छर्लङ्ग देख्नेछैनन्। तिनीहरू अन्धा हुन्। तर, बाहिरबाट हेर्दा, सत्यता पछ्याउने व्यक्तिले ध्यान दिइरहेको जस्तो नदेखिए पनि, आफ्नो हृदयमा अरूको व्यवहार र बर्तावप्रति प्रतिक्रिया जनाउनेछन् र उक्त मामलाबारे अनजानमा छाप बनाउनेछन्। यो छाप, यो भावना कहाँबाट आउँछ? मानिसहरूले बुझ्ने सत्यताले तिनीहरूलाई समझशक्ति दिनेछ। यसले त्यस्ता मानिसहरूलाई त्यस्तो व्यवहार, अभ्यास, वा प्रकटीकरणको सारको परिभाषा दिन्छ। यो परिभाषा कहाँबाट आउँछ? मानिसहरूलाई बुझ्न मद्दत गर्ने सत्यता यही हो, र मानिसहरूलाई समझ र मूल्याङ्कन गर्ने क्षमता दिने सत्यता यही हो। अहिले, तिमीहरू केही सत्यता बुझ्छौ र निश्चित कुराहरूबारे अलि समझ पाएका छौ। तर, तेरो बुझाइ खासै सही छैन, त्यसैले तँ अझै आश्वास्त अनुभूति गर्दैनस्, र तँ अझै पनि छामछुम गर्दै अघिको बाटो पहिल्याउने क्रममा छस्। कतिपय मानिस भन्छन्, “त्यस्तो बेला, तपाईंले हरेक कुरामा हामीसँग सङ्गति गर्नुपर्छ।” यो जरुरी छैन। मानवसँग मानवीय जिम्मेवारीहरू हुन्छन्, र परमेश्वरसित उहाँको आफ्नै कामको दायरा हुन्छ। मैले तिमीहरूलाई सत्यताको हरेक पक्ष बताएको छु, तिमीहरूले आफ्नो दैनिक जीवनमा अनेक थरीका मानिस, मामला, र कामकुरा अनुभव गर्न मात्र बाँकी छ। पवित्र आत्माले कार्य र योजनाबद्ध गर्नुहुनेछ। मानिसहरूले एउटा काम गर्नुपर्छ: मानव सहकार्य र मानव पछ्याइमा संलग्न हुनुपर्छ। यदि तँ यो पछ्याइमा संलग्न भइनस् भने, मैले यो जति नै प्रस्ट रूपमा बताए पनि, तैँले त्यो प्राप्त गर्नेछैनस्। म तँलाई जबरजस्ती शिक्षा दिनेछैनँ, जान्न, बुझ्न, र प्रवेश पाउन बाध्य पार्नेछैनँ। म त्यसो गर्नेछैनँ, न त पवित्र आत्माले नै गर्नुहुनेछ। तेरो इच्छुक, स्वेच्छिक, र सक्रिय अभ्यास अनि सत्यता प्रवेशद्वारा मात्र सत्यताले थाहै नपाई तँमा फल फलाउनेछ। सत्यताले फल फलाएपछि, तेरो हृदय ज्योतिले भरिनेछ। यो सत्यता बुझ्नु हो। तर यदि तँ सत्यता बुझ्दैनस् भने, सबथोकप्रति भावशून्य हुनेछस्, प्रतिक्रिया दिन सुस्त हुनेछस्, र कुनै पनि कुराको गहिराइ बुझ्न सक्नेछैनस्। उदाहरणका लागि, कुनै व्यक्तिले केही कुरा गर्दा, र अरू कसैले त्यो दुष्ट कार्य हो र यो यस्तो-उस्तो प्रकृतिको छ भन्दा, तैँले थाहा पाउनेछैनस् र देख्न सक्नेछैनस्। कसैले तँलाई जवाफ बताउँदा, तैँले धर्मसिद्धान्तका आधारमा त्यो स्विकार्लास् र त्यसलाई मानिलेलास् तर सारको सन्दर्भमा, तैँले अझै पनि सहमति जनाउन सक्नेछैनस्। यदि तँ सहमति जनाउन सक्दैनस् भने, के तैँले साँच्चै बुझ्छस्? तैँले बुझ्दैनस्, त्यसैले तैँले आफूलाई आइपर्ने परिस्थितिलाई सम्हाल्न नियमहरू पछ्याउन मात्र सक्छस्। तैँले सत्यता नबुझ्ने हुनाले यस्तो हुन्छ।

तँ कसरी सुसमाचार सुनाउने कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस्? सर्वप्रथम, तैँले सुसमाचार सुनाउने कर्तव्यमा संलग्न विविध सत्यताहरू बुझ्नैपर्छ। उदाहरणका लागि, सुसमाचार सुनाउने कर्तव्यको परिभाषा र स्थिति, साथै अपनाउनुपर्ने मनोवृत्ति, सहनुपर्ने उचित कष्ट, तिर्नुपर्ने उचित मूल्य, र यो कर्तव्य निर्वाह गर्दा अभ्यास र प्रवेश गर्नुपर्ने सत्यताहरूका सम्बन्धमा, यदि यी सत्यताहरू बुझिएमा, सुसमाचार सुनाउने कर्तव्य राम्ररी निर्वाह गर्न सजिलो हुनेछ। यसको अलावा, नकारात्मक पाटो हेर्ने हो भने, कुन गलत अभ्यासहरू पन्छाउनुपर्छ, कुनचाहिँ मानिसका असल अभिप्रायहरूमा गनिन्छन्, अनि मानिसका विचार र अभ्यासहरू अन्तत: सुसमाचार सुनाउने सिद्धान्तहरूसँग मिल्छन् कि मिल्दैनन् भन्ने सबै प्रश्नमाथि चिन्तन गर्नुपर्छ। यसको मतलब सुसमाचार सुनाउने क्रममा हरेक व्यवहार, हरेक अभ्यास, हरेक सिद्धान्त, र हरेक निष्कर्षलाई प्रस्ट रूपमा जाँचेर अन्त्यमा ती कुरा सत्यता सिद्धान्तहरूसित मिल्छन् कि मिल्दैनन् भनी हेर्नुपर्छ। सत्यता सिद्धान्तबमोजिमका कुराहरूमा मात्र लागिपर्। सत्यता सिद्धान्तहरूसित नमिल्ने कुराहरूलाई त्याग्नैपर्छ। यसो गरेर मात्र सुसमाचार सुनाउने कर्तव्य पूरा गरेर आउने नतिजाहरूमा सुधार हुँदै जानेछ। त्यसबाहेक, तैँले मैत्रीपूर्ण सहकार्य अभ्यास गर्नैपर्छ, जुन सुसमाचार कामका लागि सबैभन्दा लाभदायी हुन्छ। मैत्रीपूर्ण सहकार्यविना, कार्य पूरा गर्न कठिन हुन्छ। दाजुभाइ-दिदीबहिनीहरू एकअर्काप्रति सहनशील र धैर्यशाली हुनुपर्छ र तिनीहरूले एकअर्कालाई साथ दिनुपर्छ। तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका निम्ति मैत्रीपूर्ण समन्वय आवश्यक हुन्छ। जसले सही कुरा भन्छ उसको कुरा मान्नुपर्छ। जहिले पनि आफू सही छु र अरू गलत छन् भन्ने निष्कर्षमा पुगिनहाल्। तैँले परमेश्वरका वचनअनुसार नै निर्धारणहरू गर्नुपर्छ। सहमतिमा पुग्न परमेश्वरको घरले तोकेका सिद्धान्तअनुसार सत्यतामा सङ्गति गर्। यसको अलावा, आफ्नो कर्तव्य निर्वाह गर्न सहकार्य गर्ने क्रममा, तिमीहरूले एकअर्काबाट सिक्नैपर्छ, एक व्यक्तिको सबलताद्वारा अर्को व्यक्तिको कमीलाई पूर्ति गर्नुपर्छ, र अरूप्रति अति कठोर बन्नु हुँदैन। त्यसबाहेक, तैँले साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूसँग व्यवहार गर्दा होसियारी र समझदारी अपनाउनुपर्छ र प्रेममा भर पर्नुपर्छ, किनभने साँचो मार्ग अनुसन्धान गर्ने हरेक व्यक्ति अविश्‍वासी हुन्छन्—तिनीहरूमाझ रहेका धार्मिक व्यक्तिहरूसेमत करिबकरिब अविश्‍वासी नै हुन्छन्—र तिनीहरू सबै नाजुक हुन्छन्: आफ्ना धारणासँग मेल नखाने कुनै पनि कुरालाई तिनीहरूले सजिलै विरोध गर्न सक्छन्, र आफ्नो इच्छाअनरूप नभएको कुनै पनि भनाइप्रति तिनीहरूले सजिलै विवाद खडा गर्न सक्छन्। तसर्थ, तिनीहरूलाई सुसमाचार सुनाउँदा हामी सहनशील र धैर्य हुनुपर्छ। यसको लागि हामीमा असीम प्रेम हुनुपर्छ, र हामीलाई केही निश्‍चित विधि र व्यवहार-शैलीहरू जरुरी पर्छ। तैपनि, महत्त्वपूर्ण कुरा भनेको तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउनु, मानिसलाई मुक्ति दिन परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यता तिनीहरूलाई बताउनु, अनि तिनीहरूलाई परमेश्‍वरको आवाज र सृष्टिकर्ताका वचनहरू सुन्‍न दिनु हो। यसरी तिनीहरूले लाभहरू प्राप्त गर्नेछन्। सुसमाचार सुनाउने सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको परमेश्वरको देखापराइको तृष्णा गर्ने र सत्यतालाई प्रेम गर्नेहरूलाई परमेश्वरका वचन पढ्न र उहाँको स्वर सुन्न दिनु हो। त्यसकारण, तिनीहरूलाई मानिसका कुराहरू कम बताऊ र परमेश्वरका वचन धेरै पढेर सुना। तैँले पढेर सुनाइसकेपछि, सत्यतामा सङ्गति गर् ताकि तिनीहरूले परमेश्वरको स्वर सुन्न र सत्यताबारे केही बुझ्न सकून्। त्यसपछि, तिनीहरू सम्भवतः परमेश्वरतिर फर्कनेछन्। सुसमाचार सुनाउनु हरव्यक्तिको जिम्मेवारी र दायित्व हो। यो दायित्व जसलाई आए पनि, त्यसबाट भाग्नु वा कुनै बहाना बनाएर वा कारण देखाएर अस्वीकार गर्नु पटक्कै हुँदैन। कतिपय मानिस भन्छन्, “म बोल्नमा राम्रो छैनँ, म बाइबल बुझ्दिनँ, र म निकै कलिलो पनि छु। मलाई प्रलोभन वा खतरा आइपऱ्यो भने म के गरूँ?” यसो भन्नु गलत हो। सुसमाचार सुनाउनु भनेको तँलाई खतरनाक कामकुरा अह्राइन्छ भन्ने होइन। परमेश्वरको घरले तँलाई खतरा हुने ठाउँमा जान दिनेछैन। मण्डलीले मानिसहरूलाई सुसमाचार सुनाउन अह्राउँदा सिद्धान्तहरू पालना गर्दछ। यो मानिसहरूलाई जोखिम लिन लगाउउनुहोइन, बरु व्यक्तिगत अवस्था, क्षमता, र सबलताका आधारमा उचित बन्दोबस्त मिलाउनु हो। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग सहकार्य गर्छन्, र काम तिनैलाई दिइनेछ जो त्यो गर्न योग्य छन्। जोखिम बिलकुलै हुँदैन भन्न मिल्दैन। जो जिउँछ उसले बेलाबेला खतरा सामना गर्नेछ। यदि परमेश्वरले तँलाई सिधै खटाउनुभयो भने, यसको अर्थ तैँले प्रलोभन, पीडा, वा खतरा सामना गर्नु परे पनि त्यो स्विकार्नु तेरो नैतिक दायित्व हुन्छ। तैँले किन त्यो स्विकार्नुलाई तेरो नैतिक दायित्व ठान्नुपर्छ? (यो मानिसहरूको जिम्मेवारी हो।) ठिक भनिस्, यसरी मात्र तैँले सुसमाचार सुनाउनुलाई साँच्चै आफ्नो जिम्मेवारी र कर्तव्यको रूपमा लिन्छस्। कुनै व्यक्तिमा हुनुपर्ने सही मनोवृत्ति यही हो। यो सत्यता हो, र सत्यता भएकाले, मानिसहरूले यसलाई पूर्ण रूपमा स्विकार्नुपर्छ। यदि कुनै दिन तँलाई अन्य कर्तव्यहरू निर्वाह गर्न उचित नभएमा, वा यदि सुसमाचार सुनाउन मानिसहरू आवश्यक परेर तँलाई सुसमाचार सुनाउन खटाइयो भने तँ के गर्नेछस्? तैँले त्यसलाई आफ्नो नैतिक दायित्वको रूपमा कुनै मिश्रित भावना, विश्लेषण, वा सोचविचार नगरी स्विकार्नुपर्छ। यो परमेश्वरको आज्ञा हो। यो तेरो जिम्मेवारी हो; यो तेरो कर्तव्य हो। यो तैँले छान्ने कुरा होइन। तैँले परमेश्वरलाई पछ्याउने भएकाले, तैँले आफ्नो निर्णय आफै गर्ने होइन। किन तैँले निर्णय गर्नु हुँदैन? किनभने सुसमाचार सुनाउनु परमेश्वरको आज्ञा हो, र यो काममा परमेश्वरका चुनिएका सबै मानिसहरू सहभागी हुन्छन्। कतिपय मानिस भन्छन्, “म ८० वर्ष नाघिसकेँ, म घरबाहिर जानसमेत सक्दिनँ। के परमेश्वरले मलाई अझै पनि यो कार्यभार सुम्पन मिल्छ?” अन्यले भन्छन्, “म १८-१९ वर्ष मात्र पुगेँ, मैले खासै संसार देखेकै छैनँ, र मलाई मानिसहरूसँग अन्तरक्रिया गर्न आउँदैन। मलाई एकदमै सङ्कोच लाग्छ र सार्वजनिक स्थलमा बोल्न डर लाग्छ। के परमेश्वरले मलाई अझै पनि यो कर्तव्य सुम्पन मिल्छ?” त्यसको बाबजुद परमेश्वर तँलाई यो कार्यभार दिनुहुन्छ। तँ जति उमेरको भए पनि, तैँले सुसमाचार सुनाउने आफ्नो कर्तव्य पूरा गर्न सक्दो गर्नुपर्छ। यसलाई जतिसक्दो र आफूले जति मानिसलाई सकिन्छ त्यतिलाई सुना। तैँले अहिले जे कर्तव्य निर्वाह गरिरहेको भए पनि, सुसमाचार सुनाउन जे सकिन्छ त्यो गर्नुपर्छ। यदि कुनै दिन तैँले कसैलाई सुसमाचार सुनाउने अवसर पाइस् भने, के तैँले त्यो काम गर्नुपर्छ? (गर्नुपर्छ।) ठिक भनिस्। धेरै मानिसका आ-आफ्नै कर्तव्य हुन्छ, तर तिनीहरूले फुर्सदको समयमा सुसमाचार सुनाएर केही नतिजासमेत हासिल गर्न सक्छन्। परमेश्वर यसलाई अनुमोदन गर्नुहुन्छ। त्यसकारण, सुसमाचार सुनाउने जिम्मेवारी सबैसँग हुन्छ। तैँले आफै निर्णय गर्ने वा यो जिम्मेवारीबाट भाग्नु हुँदैन, बरु सक्रिय रूपमा र स्वेच्छाले सहकार्य गर्नुपर्छ। निष्क्रिय वा नकारात्मक मनोवृत्ति नराख्, अस्वीकार नगर्, र यो कर्तव्य पूरा नगर्ने कुनै कारण वा बहानाहरू नबना। कतिपय मानिस भन्छन, “म अति नै खतरनाक परिवेशमा छु। के म सुसमाचार प्रचारबाट अलग्ग बस्दा हुन्छ?” यदि अहिले तेरो कद सानो छ, तेरो जिम्मेवारी लिने अरू कोही छ, र तँ अरू कर्तव्य निभाउन योग्य छस् भने, तैँले यो कर्तव्य अर्कोसित साट्न मिल्छ। तर यदि यो कर्तव्य तैँले नै निभाउनुपर्ने हो भने तैँले के गर्नुपर्छ? (स्विकार्नु मेरो नैतिक कर्तव्य बन्छ।) ठिक भनिस्। त्यसलाई स्विकार्नु तेरो नैतिक दायित्व हो र परमेश्वरबाट त्यो स्विकार्। यही नै हरेक सृष्टि गरिएको प्राणीको जिम्मेवारी र दायित्व हो। कतिपय मानिस भन्छन्, “म शारीरिक रूपले कमजोर छ, त्यसैले बाहिर गएर सुसमाचार सुनाउने कष्ट सहन सक्दिनँ।” यदि तँ यो ठूलो कष्ट सहन सक्दैनस् भने, के तँ कम्तीमा पनि स-साना कष्टहरू सहन सक्छस्? यदि तँ कुनै कष्ट सहन सक्दैनस् भने, के तैँले दण्डको ठूलो कष्ट भोग्नुपर्दैन र? तैँले आफ्नो जीवन र सास रहुन्जेल कर्तव्य निर्वाह गर्नुपर्छ, सुसमाचार सुनाउनुपर्छ। यो मात्र सही र उचित हो। यदि तँ आफ्नो कर्तव्य अस्वीकार गर्छस्, सुसमाचार प्रचार गर्दैनस्, आफ्ना जिम्मेवारीहरू टार्न र तीबाट उम्कन रोज्छस् भने, यो मानवजातिको उचित मनोवृत्ति होइन, न त मानिसहरूले प्रतिरोध गर्ने र आफू जोगिने मनोवृत्ति अपनाउनु नै हुन्छ। मानिसहरू सुसमाचार प्रचारलाई जुनै समय र स्थानमा आफ्नो दायित्व र कर्तव्यको रूपमा लिन तयार हुनुपर्छ। कतिपय मानिस भन्छन्, “मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु, तर मण्डलीले मलाई कहिल्यै सुसमाचार सुनाउन खटाएको छैन।” यो राम्रो कुरा हो कि नराम्रो? यो राम्रो वा नराम्रोको प्रश्न होइन। सायद परमेश्वरलाई अहिले सुसमाचार सुनाउने काममा तेरो खाँचो छैन, तर उहाँलाई तैँले अरू कर्तव्यहरू निभाउनमा तेरो खाँचो छ। सबै कर्तव्य महत्त्वपूर्ण छन्, त्यसैले, तैँले तीमध्ये कसरी रोज्नुपर्छ? तँ कुनै व्यक्तिगत इच्छाहरू नराखी मण्डलीका बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। जब परमेश्वरलाई सुसमाचार सुनाउने काममा तेरो खाँचो पर्छ, तब परमेश्वर भन्नुहुन्छ, “तैँले अहिलेको कर्तव्य निभाउनु उचित वा महत्त्वपूर्ण छैन। सुसमाचार सुनाउने कर्तव्य बढी महत्त्वपूर्ण छ।” त्यसपछि तैँले के गर्नुपर्छ? तैँले त्यसलाई, विश्लेषण, मूल्याङ्कन, वा सोचविचार नगरी आफ्नो नैतिक दायित्वको रूपमा स्विकार्नुपर्छ, झन् त्यसलाई प्रतिरोध वा इन्कार गर्नु त परको कुरा हो। सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताप्रति लिनुपर्ने सही मनोवृत्ति यही हो। जब मानिसहरू यस्तो मनोवृत्ति अपनाउँछन्, तब के कुनै अर्थमा तिनीहरू र परमेश्वरबीचको सम्बन्ध सामान्य र उचित छ भन्न सकिन्छ? मानिस र परमेश्वरबीचको सम्बन्ध के कुरामा देखिन्छ? त्यो परमेश्वरले तँलाई गराउने कामहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरामा देखिन्छ। यदि परमेश्वरले तँलाई कुनै काम गर्न सुम्पनुभयो र तैँले त्यो मामलाबारे सोचविचार र मनन गर्छस्, अनि “तपाईं किन मैले यो काम गरेको चाहनुहुन्छ? के यसबाट मलाई फाइदा हुन्छ?” भनी सोध्छस् भने—यदि तँ यसरी सोच्न सक्छस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध असामान्य छ, र तँ परमेश्वरको आज्ञापालन गर्न चुकेको छस्। यदि तँ “यो त परमेश्वरले मलाई गर्न अह्राएको महत्त्वपूर्ण कुरा हो। म परमेश्वरले मलाई गर्न अह्राएको कामबारे लापरवाह हुन मिल्दैन। मैले यसलाई होसियारीसाथ सम्हाल्नैपर्छ। परमेश्वरले मलाई जे गर्न अह्राउनुहुन्छ, परमेश्वरले मलाई जे सुम्पनुहुन्छ, त्यो मेरो कर्तव्य हो। म परमेश्वरको कुरा सुन्नेछु र परमेश्वरले जे बन्दोबस्त गर्नुहुन्छ त्यो गर्नेछु। मैले अस्वीकार गर्न मिल्दैन। यदि म आफ्नो कर्तव्यमा अडिग रहन सकिनँ, यदि मैले अस्वीकार गरेँ, यदि मैले यसलाई गम्भीरतापूर्वक लिइनँ, र राम्ररी पूरा गरिनँ भने, त्यो परमेश्वरलाई विश्वासघात गर्नु हो” भन्छस् भने—तँमा सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ छ र तैँले सृष्टि गरिएको प्राणीले आफ्नो कर्तव्यप्रति अपनाउनुपर्ने सही मनोवृत्ति अपनाएको छस्। यदि, तैँले यो परमेश्वरको आज्ञा हो भनेर पूर्ण रूपमा थाहा भएर पनि, तँ त्यो स्विकार्न मान्दैनस् र आफ्नो कर्तव्यबाट भाग्नुलाई सही साबित गर्न कारणहरू दिन्छस् भने, यो समस्या गम्भीर प्रकृतिको हो। यो परमेश्वरलाई अवज्ञा गर्नु मात्र होइन, यो परमेश्वरलाई विश्वासघात गर्नु हो। यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने, तैँले सृष्टि गरिएको प्राणीको अडान र हैसियत लिनैपर्छ अनि सृष्टिकर्ताका आज्ञाहरू स्विकार्नैपर्छ र तीप्रति समर्पित हुनैपर्छ। यो नै सही मनोवृत्ति हो। यदि तँमा आफ्नो कर्तव्यप्रति सही मनोवृत्ति छैन भने, यो समस्या निकै गम्भीर प्रकृतिको हो। तैँले भर्खरै विश्वास गर्न थाल्दा, यदि सत्यता बुझ्दैनस् भने, तँ गम्भीर हुनुपर्ने आवश्यकता छैन। यदि तैँले केही वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस् र तँ केही सत्यता बुझ्छस्, तर अझै पनि परमेश्वरको आज्ञा अस्वीकार गर्न सक्छस्, यदि तँ सुसमाचार सुनाउँदैनस्, अनि आफ्नो कर्तव्य निर्वाहमा अझै लापरवाही गर्छस् र झारा टार्छस् भने, यो कस्तो प्रकृतिको समस्या हो? यसले विवेक र समझ नभएको देखाउने मात्र होइन, तर सबैभन्दा महत्त्वपूर्ण त, यो परमेश्वरविरुद्धको विद्रोह र प्रतिरोध हो, यो परमेश्वरलाई विश्वासघात गर्नु हो। यसलाई ठूलो अनाज्ञाकारिता हो भन्न सकिन्छ। त्यो बढाइचढाइ गरिएको हुनेछैन। यस्तो व्यक्ति मानव कहलाइन लायक हुँदैन र उसले कुनै पनि हालतमा दण्ड भोग्नेछ। तैँले आफूलाई सृष्टि गरिएको प्राणी भनेकाले, सृष्टि गरिएका प्राणीहरूमा हुनुपर्ने समझ के हो? सृष्टिकर्ताले जे अह्राउनुहुन्छ त्यो गर्नु, अनि सृष्टिकर्ताका सबै बन्दोबस्तहरूमा समर्पित हुनु हो। मानवजातिमा हुनुपर्ने विवेक र समझ यही हो। सत्यता बुझ्नेहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति पूर्णतया समर्पित भएको झनै बढी अपेक्षा गरिन्छ। तिनीहरूले कहिल्यै अलिकति पनि विद्रोह गर्नै हुँदैन।

सुसमाचार प्रचार गर्नेसम्बन्धी सत्यता विभिन्न खालका मानिसहरूसँग सम्बन्धित हुन्छ। त्यो सबैसँग सम्बन्धित हुनुपर्छ। सुरुमा, कतिपय मानिसले सत्यताको यस पक्षमा सङ्गति सुन्दा, त्यो आफूसँग सम्बन्धित छैन भनेर सोचे। तर अब भने, सुसमाचार सुनाउने कर्तव्यको सम्बन्धमा हरव्यक्तिले स्विकार्ने मनोवृत्ति राख्नुपर्छ, र हरव्यक्तिलाई सत्यताको यस पक्षबारे थाहा हुनुपर्छ। तिनीहरूसँग यस कर्तव्यको सही परिभाषा पनि हुनुपर्छ। त्यसोभए, मानिसहरूले आफूलाई कुन स्थानमा राखेका छन्? (सृष्टि गरिएको प्राणीको स्थानमा।) तँ सृष्टि गरिएको प्राणी होस्, त्यसोभए सृष्टि गरिएको प्राणीको पहिलो प्राथमिकता के हो? (सृष्टिकर्ताप्रति समर्पित हुनु।) सृष्टिकर्ताप्रति समर्पित हुनुको पहिलो ठोस प्रकटीकरण के हो? (सृष्टि गरिएका प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु।) त्यसोभए, सृष्टि गरिएको प्राणीले निर्वाह गर्नुपर्ने पहिलो कर्तव्य के हो? (सुसमाचार प्रचार गर्नु र परमेश्वरको गवाही दिनु।) ठिक भनिस्। मैले खोजेको जवाफ त्यही हो। तिमीहरूले सही जवाफमा पुग्नुअघि एकदमै घुमाउरो बाटो लियौ। सृष्टि गरिएको हरेक प्राणीको पहिलो प्राथमिकता भनेको सुसमाचार प्रचार गर्नु, परमेश्वरको कामको गवाही दिनु र त्यसलाई संसारभर र संसारको कुनाकुनामा फैलाउनु हो। यो परमेश्वरको सुसमाचार स्विकार्ने हरव्यक्तिको जिम्मेवारी र दायित्व हो। यो तिनीहरूको नैतिक दायित्व हो। सायद अहिले तँ यो कर्तव्य निर्वाह गरिरहेको छैनस्, वा यो कर्तव्य तँभन्दा निकै टाढाको कुरा हो, वा तैँले यो कर्तव्य आफूले निर्वाह गर्नैपर्छ भनेर कहिल्यै सोचेको छैनस्। तर, यसबारे तेरो हृदय प्रस्ट हुनैपर्छ: यो कर्तव्य तँसित जोडिएको छ। यो अरूको मात्र जिम्मेवारी होइन, यो तेरो पनि जिम्मेवारी र कर्तव्य हो। तँलाई अहिले यो कर्तव्य निर्वाह गर्न खटाइएको छैन भन्दैमा यसको अर्थ यो कर्तव्य तेरो सरोकारको विषय होइन, यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य होइन, वा परमेश्वरले तँलाई यो कर्तव्य निर्वाह गर्न सुम्पनुभएको छैन भन्ने होइन। यदि तेरो बुझाइ यो स्तरसम्म पुग्न सक्छ भने, के यसको मतलब सुसमाचार प्रचारप्रति तेरो हृदयमा भएको दृष्टिकोण सत्यता र परमेश्वरको इच्छाबमोजिम छ भन्ने होइन र? जब तेरो बुझाइ यो स्तरसम्म पुग्छ, तब कुनै दिन, तिमीहरू सबैले आफूसँग भएका सबै काम सकाइसकेपछि, परमेश्वरले तिमीहरूलाई चारैतिर छरिन आदेश दिनुहुनेछ र तिमीहरूलाई बाँडेर चारैतिर पठाउनुहुनेछ, सबैभन्दा अनौठो, सबैभन्दा मन नपर्दो, सबैभन्दा कठिन लाग्ने कतिपय ठाउँमा समेत पठाउनुहुनेछ। त्यसपछि तिमीहरू के गर्नेछौ? (हामीले सम्मानबोधले स्विकार्नैपर्ने हुन्छ।) अहिले त तिमीहरू त्यही भन्छौ, तर त्यो दिन आएपछि तिमीहरूका आँखाभरि आँशु होला। अब, तिमीहरूले यो तरिकाले तयारी गर्नैपर्छ: तिमीहरूलाई यो थाहा हुनैपर्छ, “म जन्मेको युग यही हो। परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्न पाएकोमा र परमेश्वरको व्यवस्थापन योजनाको काममा सहभागी हुन पाएकोमा म भाग्यमानी हुँ। त्यसकारण, मेरो जीवनको मूल्य र महत्त्व भनेको मेरो पूरै जीवनको ऊर्जा परमेश्वरको सुसमाचारको काम फैलाउनमा समर्पित गर्ने हुनुपर्छ। म अरू कुनै कुरा सोच्नेछैनँ।” के तिमीहरूमा यो आकाङ्क्षा छ? (छ।) तिमीहरूमा यो आकाङ्क्षा हुनुपर्छ र तिमीहरूले यो तयारी र योजना गरेको हुनुपर्छ। यसरी मात्र तँ सृष्टि गरिएको साँचो प्राणी, परमेश्वरले प्रेम गर्ने र उहाँलाई स्वीकार्य सृष्टि गरिएको प्राणी बन्न सक्छस्। कतिपय मानिस भन्छन्, “म तयार छैनँ, र यदि अहिले मलाई सुसमाचार प्रचार गर्न भनियो भने म डराउनेछु।” नडरा, तँ तयार नभई परमेश्वरले तँलाई यो काम गर्न जबरजस्ती गर्नुहुनेछैन। अनि यदि तैँले तयार छु भनिस् भने परमेश्वर तँलाई तत्कालै प्रयोग गर्नुहुन्न होला। त्यसोभए तँलाई कहिले प्रयोग गरिनेछ? त्यो कुरा परमेश्वरमा भर पर्छ, त्यसैले तैँले त्यसबारे चिन्ता लिनुपर्दैन। जब परमेश्वर तँलाई प्रयोग गर्न चाहनुहुन्छ, तब उहाँले सबथोक तयार गर्नुहुनेछ। जब तँसित आवश्यक कद र अनुभव हुन्छ अनि तैँले अन्य सबै आवश्यक सर्त पूरा गर्छस्, तब सायद उहाँले तँलाई विभिन्न ठाउँहरूमा गएर सुसमाचार प्रचार गर्ने बन्दोबस्त मिलाउन सक्नुहुन्छ। त्यो समय आएपछि, के तँलाई सुसमाचारको दूत भन्न मिल्छ? (मिल्दैन।) यो कर्तव्य निर्वाह गर्नेहरूलाई सुसमाचारको दूत भन्न कहिल्यै मिल्दैन। यो कहिल्यै परिवर्तन हुनेछैन। यस्ता मानिसहरूलाई के भनेर बोलाउनुपर्छ? (सुसमाचार प्रचार गर्ने मानिसहरू।) यो अझ सही हुन्छ। यस्ता मानिसहरूलाई जे भनिए पनि, तिनीहरूले निर्वाह गर्ने कर्तव्य यही हो। सत्यता यही हो र यो कहिल्यै बदलिनेछैन। यदि यो नाम र यी मानिसहरूको पहिचान बदलियो भने, उक्त कामको सार बदलिनेछ। सार बदलिएपछि, यो सत्यताको मार्गबाट तर्किनेछ। त्यो काम सत्यताको मार्गबाट तर्किएएपछि, त्यो धार्मिक व्यवहार बन्नेछ। त्यो अवस्थामा, मानिसहरू मुक्तिको मार्गबाट झन्-झन् तर्किनेछन्, उत्तरतिर जानुपर्नेमा दक्षिणतिर जानेछन्। त्यसकारण, गलत मार्गमा कहिल्यै नजा। जब सुसमाचार प्रचार गर्नेहरूलाई विभिन्न ठाउँमा खटाएर पठाइन्छन्, तब तिनीहरू सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य निर्वाह गर्नेभन्दा बढी केही गर्दैनन्। तिनीहरू गवाही होइनन्, तिनीहरू प्रचारक होइनन्, झन् तिनीहरू सुसमाचारका दूत हुनु त परको कुरा हो। यो चिरस्थायी र अपरिवर्तनशील सत्यता हो।

मैले अहिलेसम्म भनेको कुराबाट धेरैजसो मानिसले निश्चय नै आफ्नो हृदयमा ज्योति चम्केको महसुस गरेका हुनेछन्, र तीमध्ये धेरै जना उत्सुक भएर अपाक्षा साँच्दै, यस्तो सोच्नेछन्, “गजब भो, भविष्य धेरै उज्ज्वल देखिन्छ! परमेश्वरले हाम्रो लागि तयार पारेको मार्ग चमचम चम्किरहेको छ!” यस्तो हुन्छै भन्ने छैन। परमेश्‍वरसित उहाँका हरेक अनुयायीको लागि योजना हुन्छ। यी हरेक अनुयायीसँग परमेश्‍वरले मान्छेका लागि प्रदान गर्नुभएको वातावरण हुन्छ जसमा उसले कर्तव्य निभाउनुपर्छ, अनि हरेकसँग परमेश्‍वरको अनुग्रह र निगाह हुन्छ जुन मानव उपभोगका लागि दिइएको हो। तिनीहरूसँग परमेश्‍वरले मानिसका लागि तय गरेका विशेष परिस्‍थितिहरू, र तिनीहरूले भोग्‍नुपर्ने धेरै कष्टहरू पनि हुन्छन्—यो कुरा मानिसले कल्पेको सहज यात्राजस्तो हुँदैन। यसबाहेक, यदि तैँले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्वीकार गर्छस् भने, तैँले सुसमाचार सुनाउने आफ्नो जिम्‍मेवारी पूरा गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नका लागि कष्ट भोग्‍न र मूल्य चुकाउन आफूलाई तयार गर्नुपर्छ। यस्तो मूल्य केही शारीरिक रोगबिमार वा कठिनाइको सामना वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलतबुझाइको कष्ट, साथै सुसमाचार सुनाउँदा सामना हुने सङ्कष्टहरू हुन सक्छन्: कसैले हाम्रो पोल खोलिदिन सक्छ, कुटपिट र हप्की, अनि निन्दा सहनुपर्ने हुन सक्छ—भीडको कुटाइ खाएर ज्यानसमेत जान सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्‍वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्‍वरको महिमाको दिन देख्‍नको लागि तँ बाँच्‍न नपाउने सम्‍भावना पनि हुन्छ। तिमीहरू यसको लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। अब मैले यो कुरा स्पष्ट पारिसकेको छु, र तिमीहरूले बुझिसकेका छौ, त्यसैले यदि तिमीहरूमा अझै पनि यो आकाङ्क्षा छ र यो परिवर्तन हुनेछैन भन्‍नेमा पक्‍का छौ, अनि मृत्युसम्‍मै तिमीहरू बफादार रहन्छौ भने, तिमीहरूमा निश्‍चित कद छ भन्‍ने कुरा प्रमाणित हुन्छ। धार्मिक स्वतन्त्रता र मानव अधिकार भएका यी वैदेशिक राष्ट्रहरूमा सुसमाचार सुनाउनु कुनै खतरा हुनेछैन र तैँले गर्ने सबथोक सहज रूपमा चल्नेछ, त्यो सबैमा परमेश्वरको आशिष् हुनेछ र उहाँको महान् शक्ति र अख्तियारको साथ रहनेछ भन्ने नसोच्। यो त मानव धारणा र कल्पना हो। फरिसीहरूले पनि परमेश्वरमा विश्वास गर्थे, तर तिनीहरूले देहधारी परमेश्वरलाई लगेर क्रूसमा टाँगे। त्यसोभए अहिलेको धार्मिक संसारले देहधारी परमेश्वरलाई कस्ता खराब कामहरू गर्न सक्छ? तिनीहरूले खराब कामहरू एकदमै धेरै गरेका छन्—परमेश्वरको आलोचना गर्ने, उहाँलाई दोष लगाउने, उहाँको निन्दा गर्ने—तिनीहरूले गर्न नसक्ने खराब कुरा नै छैन। प्रभु येशूलाई लगेर क्रूसमा टाँग्नेहरू विश्वासी नै थिए भनेर नबिर्स। तिनीहरूलाई नै यसो गर्ने अवसर मिल्यो। अविश्वासीहरूलाई ती कुराबारे कुनै चासो थिएन। प्रभु येशूलाई लगेर क्रूसमा टाँगेर मार्न सरकारसँग मिलेमतो गर्ने यिनै विश्वासीहरू थिए। यसबाहेक, प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधको निम्ति नियमअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई दोष दिइयो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका आचरणलाई परमेश्वरले परिभाषित गरेको विषयमा कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानिसका धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम फैलाउनका लागि त्यति ठूलो मूल्य चुकाए भने, तर तिनीहरूलाई अन्त्यमा सैतानले मारिदियो। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूको स्थितिमा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, “यी मानिसहरूले परमेश्‍वरको सुसमाचार फैलाउने आफ्नो कर्तव्य गरे, र तिनीहरूलाई असल मानिसहरू मानिनुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?” वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको नतिजा एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको साधन चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृष्टि गरिएका प्राणीहरूका निम्ति परिभाषित गर्नुभएको अन्तिम नतिजा त्यो थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन सही रूपमा तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कामहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कामहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले संसारलाई घोषणा गर्न, प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गर्नुभएको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रतिको परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति—जीवन—अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ। आजकल मानिसहरूको मनमा डर र चिन्ता छ, तर ती भावनाहरूको प्रयोजन के नै हुन्छ र? यदि परमेश्‍वर तैँले यस्तो गर् भन्‍ने चाहनुहुन्‍न भने, यसबारे चिन्ता गरेर के फाइदा? यदि परमेश्‍वर तैँले यो गर् भन्‍ने चाहनुहुन्छ भने, यो जिम्मेवारी तैँले पन्छाउन मिल्दैन न त इन्कार नै गर्न मिल्छ। तैँले सक्रिय भई सहकार्य गर्नुपर्छ र चिन्ता नलिई यसलाई स्विकार्नुपर्छ। व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्‍वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्‍वरबाट आए, र परमेश्‍वरकहाँ नै फर्कन्छन्—सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो। व्यक्तिले सुसमाचार सुनाउँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा बुझ्नुपर्ने अन्तिम सत्य यही हो—देहधारी परमेश्‍वरले आफ्नो काम गरिरहनुभएको र मानवजातिलाई मुक्ति दिइरहनुभएको सम्बन्धमा सुसमाचार सुनाउन र गवाही दिन व्यक्तिले आफ्नो जीवनको मोल चुकाउनुपर्छ। यदि तँमा यो आकाङ्क्षा छ, यदि तँ यसरी गवाही दिन सक्छस् भने, त्यो एकदमै राम्रो हो। यदि तँमा अझै यस्तो आकाङ्क्षा छैन भने पनि तैँले कम्तीमा आफूसामु भएको जिम्मेवारी र कर्तव्य उचित रूपले पूरा गर्नुपर्छ अनि बाँकी कुरा परमेश्‍वरको जिम्‍मामा छोड्नुपर्छ। त्यसपछि सायद महिना र वर्षहरू बित्दै जाँदा, र तेरो अनुभव र उमेर बढ्दै जाँदा अनि सत्यताबारे तेरो बुझाइ गहिरिँदै जाँदा, तँलाई जीवनको अन्तिम क्षणसम्मै परमेश्‍वरको सुसमाचार कार्यमा आफ्नो जीवन अर्पित गर्नु नै जिम्मेवारी र कर्तव्य रहेछ भन्‍ने महसुस हुनेछ।

अहिले यी विषयहरूबारे कुरा गर्न सुरु गर्ने उचित समय हो किनकि राज्यको सुसमाचार प्रचार सुरु भइसकेको छ। पहिले, व्यवस्थाको युग र अनुग्रहको युगमा, केही प्राचीन अगमवक्ता र सन्तहरूले सुसमाचार प्रचारमा आफ्नो जीवन दिए, त्यसैले आखिरी दिनहरूमा जन्मेकाहरूले पनि यो उद्देश्यका लागि आफ्नो जीवन दिन सक्छन्। यो कुनै नयाँ वा अचानक हुने कुरा होइन, झन् यो अत्यधिक माग हुनु त परको कुरा हो। यो त सृष्टि गरिएका प्राणीहरूले निभाउनुपर्ने र पूरा गर्नुपर्ने कर्तव्य हो। यो सत्यता हो; यो सर्वोच्च सत्यता हो। यदि तँ परमेश्वरका निम्ति के गर्न चाहन्छस्, कसरी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस्, र परमेश्वरका निम्ति कति समर्पण गर्न चाहन्छस् भन्नेबारे नारा मात्र लगाउँछस् भने, त्यो बेकार हो। जब तँलाई वास्तविकता आइपर्छ, जब तँलाई जीवन बलिदान दिन भनिन्छ, तब के तँ अन्तिम क्षणमा आएर गुनासो गर्नेछस्, के तँ इच्छुक हुनेछस्, के तँ साँचो रूपमा समर्पित हुनेछस्? यो तेरो कदको परीक्षण हो। यदि तँबाट तेरो जीवन खोसिनै लागेको बेलामा, तँ ढुक्क हुन्छस्, इच्छुक हुन्छस्, र गुनासो नगरी समर्पित हुन्छस्, यदि तँलाई आफूले आफ्ना जिम्मेवारी, दायित्व र कर्तव्य अन्त्यसम्मै पूरा गरेको छु भन्ने लाग्छ, यदि तेरो हृदय खुसी र शान्त छ—यदि तँ यसरी जान्छस् भने, परमेश्वरको नजरमा, तँ बिलकुलै गएको हुँदैनस्। बरु, तँ अर्को क्षेत्रमा र अर्को स्वरूपमा जिइरहेको हुन्छस्। तैँले तैँले केही गरेको हुँदैनस् तर आफ्नो जिउनेशैली बदल्छस्। तँ कुनै हालतमा साँच्चै मरेको हुँदैनस्। मानिसहरूलाई यस्तो लाग्छ, “यो व्यक्ति यस्तो कलिलो उमेरमै मऱ्यो, कति दुःखलाग्दो!” तर परमेश्वरको नजरमा, तँ मरेको वा दुःख भोग्न गएको हुँदैनस्। बरु, तँ आशिषहरू पाउन र परमेश्वरको नजिक गएको हुन्छस्। किनभने, तैँले सृष्टि गरिएको प्राणीको नाताले, परमेश्वरको नजरमा पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरिसकेको छस्, अब तैँले आफ्नो कर्तव्य पूरा गरेको छस्, परमेश्वर उप्रान्त तैँले सृष्टि गरिएको प्राणीको दर्जामा रहेर यो कर्तव्य निर्वाह गरेको चाहनुहुन्न। परमेश्वरको नजरमा, तँ “गएको” लाई “गएको” भनिँदैन, तँलाई “लगिएको,” “ल्याइएको” वा “डोऱ्याइएको” हो, र यो राम्रो कुरा हो। के तिमीहरू परमेश्वरद्वारा डोरिन चाहन्छौ? (हामी यो चाहन्छौँ।) यस्तो चाहना नराख्। यो जुनीमा, त्यस्ता धेरै कुरा छन् जुन मानिसले बुझ्दैन। यो चरणमा पुग्न हतार नगर्। त्यो दिन आउनुअघि, तैँले अझ धेरै सत्यता बुझ्ने र सृष्टिकर्ताबारे अझ धेरै जान्ने कोसिस गर्नैपर्छ। पछि पछुताउनुपर्ने काम नगर्। मैले पछि पछुताउनुपर्ने काम नगर् भन्नुको कारण के हो? मानिसहरूसँग यो जीवनमा यी कुराहरू बुझ्नेदेखि लिएर यो अवसर पाउने, यो क्षमता हासिल गर्ने, सृष्टिकर्तासँग संवाद गर्न आवश्यक सर्त पूरा गर्ने, सृष्टिकर्ताबारे साँचो बुझाइ, ज्ञान र डर भएको स्थिति हासिल गर्ने, अनि परमेश्‍वरको भय मान्‍ने र शैतानबाट अलग बस्‍ने मार्ग हिँड्नेसम्मका कार्य गर्नको लागि सीमित समय हुन्छ। यदि तँ अहिले परमेश्‍वरले तँलाई चाँडै डोर्‍याउनुभएको चाहन्छस् भने, तँ आफ्नो जीवनप्रति जिम्मेवार भइरहेको छैनस्। जिम्मेवार हुन, तैँले आफूलाई सत्यताले सुसज्‍जित पार्न कडा मेहनत गर्नुपर्छ, आफूलाई परिस्थितिहरू आइपर्दा झन् बढी आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्ना कमीकमजोरी तुरुन्तै परिपूर्ति गर्नुपर्छ। तैँले सत्यता अभ्यास गर्ने, सिद्धान्तअनुसार कार्य गर्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, परमेश्‍वरलाई अझ धेरै चिन्‍ने, परमेश्‍वरका अभिप्रायहरू जान्‍न र बुझ्न सक्षम हुने, र अफ्नो जीवन व्यर्थमा नजिउने गर्नुपर्छ। तैँले सृष्टिकर्ता कहाँ हुनुहुन्छ, सृष्टिकर्ताका अभिप्रायहरू के हुन्, अनि सृष्टिकर्ता कसरी खुसी, रिस, दुःख र आनन्द व्यक्त गर्नुहुन्छ भनेर जान्‍नुपर्छ—तैँले गहन चेतना वा पूर्ण ज्ञान प्राप्त गर्न सकिनस् भने पनि, कम्तीमा परमेश्‍वरबारे आधारभूत बुझाइ प्राप्त गर्नुपर्छ, उहाँलाई कहिल्यै विश्‍वासघात गर्नु हुँदैन, आधारभूत रूपमा परमेश्‍वरसँग मिल्दो बन्‍नुपर्छ, परमेश्‍वरप्रति विचारशील हुनुपर्छ, परमेश्‍वरलाई आधारभूत सान्त्वना दिनुपर्छ, अनि सृष्टि गरिएका प्राणीहरूले उचित र आधारभूत तवरमा हासिलयोग्य कुराहरू गर्नुपर्छ। तर यी सजिला कुरा होइनन्। मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, आफूलाई बिस्तारै चिन्दै जान सक्छन्, र त्यही क्रममा परमेश्‍वरलाई चिन्‍न सक्छन्। वास्तवमा, यो प्रक्रिया सृष्टिकर्ता र सृष्टि गरिएको प्राणीबीचको अन्तरक्रिया हो, र यो व्यक्तिको जीवनभर स्मरणयोग्य प्रक्रिया हुनुपर्छ। यो प्रक्रिया पीडादायी र कठिन नबनी मानिसहरूले आनन्द लिन सक्‍ने कुरा हुनुपर्छ। तसर्थ, मानिसहरूले कर्तव्य निर्वाहमा बिताएको दिन र रात, वर्ष र महिनाको कदर गर्नुपर्छ। तिनीहरूले जीवनको यो चरणको कदर गर्नुपर्छ, अनि यसलाई भार वा बोझ ठान्‍नु हुँदैन। तिनीहरूले आफ्नो जीवनको यो चरणको अनुभवात्मक ज्ञान चाख्‍नु र हासिल गर्नुपर्छ। त्यसपछि, तिनीहरूले सत्यता बुझ्नेछन् र मानिसहरूको स्वरूपमा जिउनेछन्, परमेश्‍वरको भय मान्‍ने हृदय पाउनेछन्, अनि झन्झन् कम दुष्कर्म गर्दै जानेछन्। तँ निकै धेरै सत्यता बुझ्छस्, र तँ परमेश्‍वरलाई दुःखी पार्ने वा उहाँलाई मन नपर्ने कुराहरू गर्दैनस्। परमेश्‍वरसामु जाँदा, तैँले अबउप्रान्त परमेश्‍वरले तँलाई घृणा गर्नुहुन्‍न भन्‍ने महसुस गर्छस्। कस्तो राम्रो कुरा! कुनै व्यक्तिले यस्तो स्थिति हासिल गरिसकेपछि, के ऊ मरे पनि उसलाई शान्ति हुनेछैन र? त्यसैले, अहिले मर्न मरिहत्ते गर्ने ती मानिसहरूलाई के भएको हो? तिनीहरू केवल उम्कन चाहन्छन् र कष्ट भोग्‍न चाहँदैनन्। तिनीहरू चाँडै यो जीवन अन्त्य गर्न मात्र चाहन्छन्, ताकि परमेश्‍वरसमजक्ष जाना र हाजिर हुन सकून्। तँ परमेश्‍वरसमक्ष हाजिर हुन चाहन्छस्, तर परमेश्‍वर अझै तँलाई चाहनुहुन्‍न। परमेश्‍वरको बोलावट नै नआई, तँ किन उहाँसमक्ष हाजिर हुने हो? तेरो समय नआई उहाँसमक्ष हाजिर नहू। यो राम्रो होइन। यदि तँ अर्थपूर्ण र मूल्यवान् जीवन जिउँछस् अनि परमेश्‍वरले तँलाई लैजानुहुन्छ भने, त्यो एकदमै राम्रो कुरा हो!

के आज हामीले छलफल गरेको कुरा तिमीहरू सबैले बुझ्यौ? मलाई आशा छ, यी वचनहरूले तिमीहरूमाथि कुनै थप बोझ थपेनन्, र आजको सङ्गतिको कुराले तिमीहरूलाई त्रसित तुल्याएन भन्ने आशा गर्छु। बरु, मलाई आशा छ, यसले तिमीहरूलाई तिमीहरूले बुझ्नुपर्ने केही सत्यताहरू बुझ्न मद्दत गऱ्यो, जसले गर्दा तिमीहरूले परमेश्वरप्रतिको आस्थाको मामलालाई अझ राम्ररी सम्हाल्नेछौ, र त्यसबारे अझ स्थिर र प्रस्ट महसुस गर्नेछौ। के मेरा वचनहरूले यो नतिजा ल्याएका छन्? (ल्याएका छन्।) यसबारे मलाई व्याख्या गर्। (विगतमा, मैले सुसमाचार प्रचारलाई साँचो रूपमा आफ्नो कर्तव्यको रूपमा लिइनँ। मैले हृदयमा धेरै भ्रमित दृष्टिकोण राखेँ। यदि मैले अरू कर्तव्य राम्ररी निर्वाह गरिनँ भने मात्र मलाई सुसमाचार प्रचार गर्न खटाइनेछ भन्ने लाग्थ्यो। मलाई सुसमाचार प्रचार गर्नु नै सबैभन्दा खराब कर्तव्य हो भन्ने लाग्थ्यो, र म सुसमाचार प्रचार गर्नुलाई साँचो रूपमा परमेश्वरले मानिसलाई सुम्पने कार्यभार मान्दिनथेँ। आज, परमेश्वरको सङ्गतिले हामीलाई के बतायो भने, सुसमाचार प्रचार गर्नु र परमेश्वरको गवाही दिनु मानिसको जिम्मेवारी हो र मानिसहरूले गएर यो जिम्मेवारी पूरा गर्ने नैतिक दायित्व महसुस गर्नुपर्छ। त्यसपछि मात्र मलाई मेरा दृष्टिकोणहरू अत्यन्तै निरर्थक रहेछन्, र तिनले मलाई सुसमाचार प्रचार गर्ने कर्तव्य राम्ररी निभाउन साँच्चै नचाहने तुल्याएका छन् भन्ने अनुभूति भयो। आज परमेश्वरको सङ्गति सुनेर मेरा दृष्टिकोणहरू परिवर्तन भएका छन्।) एकदमै राम्रो। अरू कोही बोल्न चाहन्छौ? (मलाई आफू सृष्टि गरिएको सानो प्राणी मात्र हुँ भन्ने लाग्थ्यो, र मैले आफ्नो यो कर्तव्य पालनलाई ठूलो कुरा ठानिनँ। मलाई आफ्नो कर्तव्य महत्त्वहीन छ र ध्यान दिन लायक छैन भन्ने लाग्थ्यो। तर, आज परमेश्वरको कुरा सुनेँ, त्यो हो उहाँले पूर्वनिर्धारित गरेको हरव्यक्तिले निभाउने कर्तव्यहरू उहाँद्वारा निर्धारित हुन्छन्, र ती सबै उहाँले ध्यानपूर्वक योजना गर्नुभएको र मिलाउनुभएको हुन्छ। यदि मानिसहरूले बफादारीपूर्वक आफ्ना कर्तव्य निभाउँदैनन् भने, तिनीहरूले आफ्ना जिम्मेवारी र दायित्व पन्छाइरहेका हुन्छन्। खास गरी, जब मैले परमेश्वरको सङ्गतिमा सुसमाचार प्रचार गर्नु र परमेश्वरको गवाही दिनु भनेको परमेश्वरले हरव्यक्तिलाई सुम्पने कार्यभार र सृष्टि गरिएका प्राणीहरूको जिम्मेवारी हो भनेर सुनेँ, तब त्यसले मलाई ठूलो आस्था र परमेश्वरले निर्धारित गरेको मार्गमा हिँड्ने ठूलो आकाङ्क्षा दियो। म आफ्नो जीवनको जिम्मेवारी लिन, आफ्नो कर्तव्य राम्ररी निभाउन, र आफ्नो मिसन पूरा गर्न चाहन्छु। त्यसपछि म परमेश्वरलाई थोरै सान्त्वना दिन सक्षम हुनेछु। परमेश्वरको सङ्गति सुनेपछि, मेरो हृदय निकै प्रभावित भयो। मलाई परमेश्वरले मलाई दिएको कार्यभारलाई मैले उप्रान्त काम आँक्नु हुँदैन भन्ने लाग्यो।) राम्रोसँग भनिस्। सबैलाई यस्तै लाग्छ, हैन त? (हो।) तिमीहरू देख्न सक्छौ, मानिसहरूले सत्यता नबुझ्दा तिनीहरू अन्योलमा पर्छन् र सुसमाचार प्रचार गर्नेजस्तो ठूलो कुरालाई समेत बेवास्ता गर्न सक्छन्। तर, सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्दा, मानिसहरूले यो कुराको महत्त्व बुझ्छन्, आफ्नो स्थान चिन्छन्, र आफ्नो जीवनको मूल्य थाहा पाउँछन्। के यसको अर्थ तिनीहरूले दिशा पाएका छन् भन्ने हो? (हो।) सत्यताले मानिसहरूको हृदय बदल्न सक्छ। सत्यताबाहेक, के त्यस्तो कुनै सिद्धान्त छ जसले तेरो हृदयलाई उत्प्रेरित गर्न र तेरा दृष्टिकोणहरू परिवर्तन गर्न सक्छ? कुनै छैन, सत्यताको मार्गले मात्र तेरा दृष्टिकोणहरू परिवर्तन गर्न सक्छ। किन यो मार्गले तेरा दृष्टिकोणहरू परिवर्तन गर्न सक्छ? किनकि यी सत्यताहरू यति व्यावहारिक छन् कि तिनलाई कसैले पनि नकार्न सक्दैन। यी सत्यताहरू मानिसको जीवन र मानिसको जीवनको मिसनसँग सम्बन्धित छन्। ती मानवजातिसँग घनिष्ठ रूपले जोडिएका छन्; ती तिनीहरूसँग असम्बन्धित छैनन्। ती कुनै महत्त्वहीन कुरा होइनन्, बरु मानिसको जीवनको मिसन अनि जियाइको मूल्य र अर्थसँग जोडिएका छन्। त्यसकारण, प्रस्ट रूपमा बताइएमा, यी वचनहरूले मानिसहरूको हृदय बदल्न सक्छन् जसले गर्दा तिनीहरूले यी वचनहरू स्विकार्नेछन् र आफ्नो दृष्टिकोण परिवर्तन गर्नेछन्। आजको सङ्गतिले आफ्ना कर्तव्यप्रति मानिसहरूका मनोवृत्ति बदल्नमा निश्चित भूमिका खेलेको हुनुपर्छ। यदि यी सत्यताहरूले मानिसहरूको जीवन, तिनीहरूको जिउने शैली, र तिनीहरूले आफ्नो पछ्याइमा पछ्याउने दिशा बदल्न सकेमा त्यो गजब हुनेछ। त्यसो भएमा आज मैले बोलेका यी वचनहरू व्यर्थै हुनेछैनन्। अब मैले यी सत्यताबारे मेरो सङ्गति पूरा गरेको छु, तिमीहरूले तिनलाई आफ्नो दैनिक जीवनमा बिस्तारै लागु गर्ने, अनुभव गर्ने र पचाउने गर्नुपर्छ। यी सत्यताहरू तेरो वास्तविकता र तेरो जीवन बनेपछि, परमेश्वरले तेरो सृष्टि गरिएको प्राणीको पदवी मेटाउनुहुनेछैन र तैँले साँच्चै केही उपलब्धि हासिल गरेको हुनेछस्। यस्तो समयमा, जब परमेश्वरले तँलाई साँच्चै तेरो जीवन अर्पण गर्न र तेरो जीवन प्रयोग गरेर उहाँका कार्य र उहाँको सुसमाचारको गवाही दिने माग गर्नुहुन्छ, तब तँ चिन्ता र डरबाट मुक्त हुनेछस्, र तैँले निश्चय नै नकार्नेछैनस्। तैँले खुसीसाथ स्विकार्नेछस्। त्यो तँलाई सृष्टिकर्ताले दिएको कार्यभार भएकाले, तैँले त्यो परमेश्वरबाट स्विकार्नेछस्। त्यसकारण, मानिसहरूले त्यस दिनलाई पर्खन र स्वागत गर्नका निम्ति, यी सत्यताहरू बुझ्न सक्षम हुनुबाहेक, अब आफूलाई परमेश्वरका वचनहरूले सुसज्जित पार्न र परमेश्वरको काम र उहाँको स्वभावबारे धेरै र गहन ज्ञान प्राप्त गर्न कडा मेहनत गर्नैपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो।

डिसेम्‍बर २५, २०१८

अघिल्लो: कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?

अर्को: मानिस र परमेश्‍वरको बीचका सम्बन्धहरूलाई सुधार गर्नु महत्त्वपूर्ण हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्